content
stringlengths
31
27.4k
बिस्केट जात्रा सुरु भक्तपुर । आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा सोमबारबाट सुरु भएको छ । बिस्केट जात्रा टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै सुरु भएको हो । काठैकाठले प्यागोडा (छाने) शैलीमा निर्मित तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा छ । जात्राको दोस्रो दिन शून्य भनिन्छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । बिस्काको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह (हात नभएको) लिङ्गो उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ल्योसिङख्योमा ५५ हात लामो लिङ्गो उभ्याइन्छ । बिस्का जात्राको पाँचौँं दिन अर्थात् नयाँ वर्ष वैशाख १ गतेका दिन साँझ अघिल्लो दिन उभ्याएको ५५ हाते लिङ्गो ढालिन्छ । बिस्काको छैटौँ दिन महाकाली र महालक्ष्मीको जात्रा गरिन्छ भने सातौँ दिन ब्रम्हायणी र महेश्वरी देवीको चिराग बालेर मुस्याप्वा जात्रा मनाइन्छ । जात्राको अन्तिम दिन भैरवनाथको रथलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने र क्वने टोलका बासिन्दाबाट तानातान गरी रथलाई तमारीस्थित भैरवनाथको प्राङ्गणमा पु¥याई जात्रा सम्पन्न गरिन्छ ।
अमृतपाल खोज्न भारतीय सुरक्षा संयन्त्र नेपाल आउनु कानून बिपरित भयो : रघुजी पन्त (भिडियो) काठमाडौं ।  एमाले नेता रघुजी पन्तले भारतीय सुरक्षा संयन्त्र अमृतपाल सिंहलाई खोज्न नेपाल आउनु कानून बिपरित भएको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बैठकमा पन्तले यस विषयमा सरकारले गम्भीर ध्यान दिनुपर्ने बताएका हुन् । उनले बाह्य देशको सुरक्षाकर्मीलाई नेपालको कुनै पनि कानुनले नेपाल भित्र पसेर खोजविन गर्ने अधिकार नदिएकाले पनि सरकार सतर्क हुनुपर्ने जिकिर गरे । अमृतपाल खोज्न भारतीय सुरक्षाकर्मी नेपाल आउँदा मुलुककै सुरक्षा संयन्त्रमाथि अविश्वास पैदा भएको उनको भनाइ छ । अहिले विखण्डनको आन्दोलन गरेका अमृतपाललाई भारतीय प्रहरीले खोजिरहेको छ भने उनी नेपाल आएको हुनसक्ने भन्दै नेपालस्थीत भारतीय दूतावासले नेपाललाई पत्र समेत लेखेको समाचार प्रकाशित भएका थिए । हेनुहोस् भिडियो: b
अर्थतन्त्रका समस्या समाधान गर्न गम्भीर कदम चाल्न जरुरी छः प्रधानमन्त्री प्रचण्ड (भिडियो) काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि गम्भीर कदम चाल्न जरुरी रहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारणसभाको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमार्फत् केही नयाँ र गुणात्मक प्रकृतिका परियोजना अगाडि बढाउने र समस्या समाधानका लागि गम्भीर कदम चालिने बताएका हुन्। उनले आफुले बिकास, समृद्धि र मुलुकको गुणात्मक प्रगति बाहेक केहि सपना नदेखेको भन्दै सरकार नीजिक्षेत्रसंग अर्थपूर्ण र प्रभावकारी सहकार्य गर्न प्रतिवद्ध रहेको धारणा राखे। उनले पूर्वाधार निर्माण, औद्योगिक क्षेत्रको विकास, कृषिको आधुनिकीकरण गर्ने जस्ता विषयमा अझै बढी ध्यान पु¥याउन जरूरी रहेको बताए । चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा सुधार ल्याउन निजी क्षेत्रसँग सहकार्य गर्ने, निजी क्षेत्रमैत्री आर्थिक एवं मौद्रिक नीतिमा पहल गर्ने महत्वपूर्ण निर्णय आफुले यसअघि नै गरेको भन्दै उहाले आफु व्यवसायी, वित्तीय संस्थाका प्रतिनिधि र आर्थिक क्षेत्रसँग सरोकार राख्ने सबैसँग निरन्तर छलफलमा रहेको जानकारी दिए। त्यस्तै अर्थमन्त्री डा प्रकाशशरण महतले ऋण नै तिर्न सक्दैनौ भन्ने अभियानलाई राज्यले स्वीकार गर्न नसक्ने भन्दै व्याजदरका समस्यामा समाधान खोज्नुपर्ने बताए। । उनले निजी सहकार्यबिना मुलुकको आर्थिक बृद्धि तथा रोजगारी सम्भव नभएको भन्दै निजी व्यवसायीको समस्यालाई सरकारले आफ्नो समस्यामा रुपमा लिदै समाधानको बाटो खोजिने धारणा राखे । पछिल्लो समय अर्थतन्त्रमा केही समस्या आएको भएपनि पूरै नकारात्मक नरहेको उनको भनाइ छ । कार्यक्रममा चेम्वर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले लघुवित्त लगाएतका क्षेत्रमा देखिएका समस्या समाधानका लािग सरकार गम्भीर हुनुपर्ने बताए । मुलुकको बृहतर आर्थिक समृद्धिका लागि नेपाल चेम्बर अफ कमर्शले आवश्यक सुझावहरु दिइरहेको र यसमा सरकारको पूर्ण सहयोग हुने अपेक्षा गरे।
विस्केट जात्राको लागि रथ निर्माण अन्तिम चरणमा {भिडियो} भक्तपुर। भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक विस्केट जात्राको लागि रथ निर्माण अन्तिम चरणमा पुगेको छ । भक्तपुरको ऐतिहासिक तथा साँस्कृतिक विस्केट जात्रा सुरु हुँनै लाग्दा रथ निर्माण अन्तिम चरणमा पुगेको हो । भक्तपुरको प्रसिद्ध पाँचतल्ले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरबनाथको रथ तान्ने क्रमको सुरुवातसँंगै जात्रा सुरु हुनेछ । प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुदैछ । प्रत्येक वर्ष नयाँं वर्षको चार दिन अगाडिदेखि प्यागोडा शैलीमा बनाइएको तीन तल्ले भैरबनाथको रथ तान्ने क्रमसँंगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ । भैरबनाथको रथ तानेर सुरु हुने जात्रा वैशाख ५ गते पाँंचतल्ले मन्दिर अगाडि नै रहेको भैरबनाथको रथलाई तानेर सम्पन्न हुने गर्दछ । भक्तपुरको विस्केट जात्राको मुख्य आकर्षण ५५ हात लामो लिंगो उठाउनु, ढाल्नु र रथ तान्नु रहेको छ । साथै मध्यपुर थिमिमा मनाइने सिन्दुरे जात्रा र जिव्रो छेड्ने जात्रा पनि प्रख्यात छ । हेर्नुहोस् भिडियो:
थाइल्याण्डमा गोली चल्दा चारजनाको मृत्यु बैङ्कक । थाइल्याण्डको दक्षिणी भागमा शनिबार भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । राजधानी बैंककबाट करिब ६०० किलोमिटर दक्षिणमा पर्ने सुरत थानी प्रान्तको खिरी राट निखोम जिल्लामा स्थानीय समयअनुसार साँझ ५ बजे सशस्त्र आक्रमण सुरु भएको थियो । “सशस्त्र आक्रमणबाट चार जनाको मृत्यु भएको छ,” स्थानीय प्रहरी प्रमुख क्रिआङक्राई क्राइकाउले एएफपीसँग भने । स्थानीय सञ्चारमाध्यमका अनुसार गाउँका एक पूर्व मुखियाको घर नजिकै गोली चलेको थियो । थाइल्याण्डमा बन्दुकको स्वामित्वको उच्च दर छ र विगत १२ महिनामा हिंसात्मक घटनाहरू निरन्तर भइरहेका छन् । यो अवधिमा हालैका केही दशकभित्र भउका सबैभन्दा घातक आक्रमणहरूमध्ये एक पनि समावेश छ । गत अक्टोबरमा उत्तरपूर्वी नोङ बुआ लाम फु प्रान्तमा एक पूर्व प्रहरी हवल्दारले ३६ जनाको हत्या गरेका थिए, जसमध्ये २४ जना बालबालिका थिए । गत महिना फेचबुरी प्रान्तमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको थियो भने अन्य तीन जना घाइते भएका थिए ।
प्रहरी, त्रिभुवन क्लब, सुदूरपश्चिम र मधेस प्रदेश सेमिफाइनलमा मोरङ । गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय चौथो पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा नेपाली सेनाको त्रिभुवन क्लब, नेपाल प्रहरी, सुदूरपश्चिम र मधेस प्रदेश पुगेका छन् । विराटनगरको सहिद रङ्शालामा आज सम्पन्न भएको लिग चरणको खेलअन्तर्गत समूह ‘ए’तर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पहिलो र दोस्रो स्थानमा नेपाल प्रहरी छन् । यस्तै समूह ‘बी’तर्फ पहिलो सुदूरपश्चिम र दोस्रो मधेस प्रदेश छन् । विराटनगरको शहीद रङ्गशालामा आज भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई ५–३ गोलले पराजित गरेको छ । सुदूरपश्चिमका दीपकराज जोशीले दुई, धीरेन्द्रबहादुर, शेरबहादुर चन्द र महेश नेपालीले एक–एक गोल गरेका थिए । मधेस प्रदेशका विशाल क्षेत्री, रुपक दाहाल र रुपेश राईले एक–एक गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच सुदूरपश्चिमका महेश नेपाली भएका छन् । त्यस्तै अर्को खेलमा गण्डकी र कर्णाली प्रदेशबीच २–२ गोलले बराबरी भएको छ । गण्डकीका सङ्गम जेटी र असिम बाहेकले एक–एक गोल गरे भने कर्णालीका जीवन राउतले दुई गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच कर्णालीका राउत भएका थिए । प्रतियोगिताको आइतबार हुने सेमिफाइनलको पहिलो खेल त्रिभुवन क्लब र मधेस प्रदेश तथा दोस्रो खेल सुदूरपश्चिम र नेपाल प्रहरीका बीच प्रतिस्पर्धा हुनेछ ।
पोखरामा फेवा नववर्ष महोत्सव हुने कास्की । होटल सङ्घ पोखराको आयोजनामा ‘१८ औँ फेवा नववर्ष महोत्सव’ हुने भएको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी यही चैत २९, ३० र वैशाख १ मा पोखरामा महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिड–१९ लगायतका कारणबाट प्रभावित पर्यटन व्यवसायको पुनरुत्थान गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताए । उनले नयाँ वर्षमा पोखरा जाने पर्यटकलाई लक्षित गरी होटल बुकिङमा २० प्रतिशत छुट दिएको बताए । “कोरोनाबाट प्रभावित पर्यटन बिस्तारै सकारात्मक हुँदै गएका अवस्थामा पछिल्लो समयमा पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना र पृथ्वी राजमार्गको अव्यवस्थित तथा सुस्त गतिको स्तरोन्नतिले पर्यटन आगमनमा असर परेको छ”, उनले भने । अध्यक्ष सुवेदीले आन्तरिक पर्यटन प्रवद्र्धन गरी पोखराको पर्यटनलाई चलायमान बनाउन होटल सङ्घ पोखरा लागेको बताए । बैंक तथा वित्तीय संस्थाका तर्फबाट एकतर्फी रुपमा बढाइएको ब्याजदरका कारण होटल क्षेत्र धराशयी बन्दै गएको उनको भनाइ छ । “अहिलेको पर्यटकीय यामको ९० प्रतिशत वरपर ‘अकुपेन्सी’ हुनुपर्ने हाम्रा होटलमा क्षमताको २० प्रतिशत हाराहारी मात्र पर्यटक हुनु दुर्भाग्य हो”, अध्यक्ष सुवेदीले भने । होटल सङ्घ नेपालका द्वितीय उपाध्यक्ष प्रवीनबहादुर पाण्डेले नेपाल सरकारले पर्यटक भित्र्याउनका लागि विशेष पहल गर्नुपर्ने बताए । पर्यटन क्षेत्रको प्रवद्र्धन लागि राज्य र व्यवसायी एकाकार भएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । होटल सङ्घ पोखराका पूर्वअध्यक्ष भरतराज पराजुलीले नेपाली नयाँ वर्षका बारेमा विदेशीलाई चिनाउनका लागि नयाँ वर्ष पारेर महोत्सव आयोजना गरिएको जानकारी दिए । पोखराको लेकसाइडस्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्मको सडकमा महोत्सव आयोजना हुने उनको भनाइ छ । महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, विभिन्न खानाका परिकारको स्वाद लिन पाइने होटल सङ्घ पोखराले जनाएको छ ।
वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच पार्टी एकता {भिडियो} काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धमेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतबीच पार्टी एकताको घोषणा भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दुई पार्टीका शीर्ष नेताहरुले पार्टी एकताको घोषाण गरेका हुन् । आगामी मई दिवसका अवसरमा पार्टीको नयाँ नाम र दृष्टिकोण सार्वजनिक गर्ने दुई पार्टीले जनाएका छन् । पत्रकार सम्मेलनमा नेकपा क्रान्तिकारी माओवादीका महासचिव बैद्यले नेपालको सामाजिक क्रान्तिका साथ जनताका ज्वलन्त समस्या समाधानका र सामन्तवादका अवेशषहरुलाई अन्त्य गर्नका लागि अघि बढ्ने बताए। उनले अन्य कम्युनिष्ट घटकहरुलाई पनि एक ठाँउमा ल्याउनका लागि छलफल भइरहेको धारणा राखेका छन्। त्यस्तै नेकपा बहुमतका संयोजक बास्तोलाले देशको समस्या समाधानका लागि एकतावद्ध भएर अघि बढ्ने बताए । आगामी मइ दिवसको दिनमा पार्टीको नाम घोषणा हुने उनले जानकारी दिए। उनले नयाँ जनवाद आधारभूत कार्यक्रमका साथ पार्टी अघि बढ्ने बास्तोलाले बताए । परिवर्तनका लागि क्रान्ति गर्नका लागि अव अघि बढ्ने उनले बताए। उनले बिगतमा भएका फुट र त्यसपछिको एकताका बिषयमा गहन ढंगले छलफल भइरहेको बास्तोलाले बताएका छन् । हेनुहोस् भिडियो:
राष्ट्र हितभन्दा बाहिर गएर कुनै पनि विधेयक अघि बढ्दैंन : सञ्चारमन्त्री शर्मा {भिडियो} काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्र हितभन्दा बाहिर गएर कुनै पनि विधेयक अघि नवढ्ने स्पष्ट पारेकी छिन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा मन्त्री शर्माले दूरसञ्चार ऐनलाई लिएर भ्रमपूर्ण विषय बाहिर आइरहेको भन्दै राष्ट्र हितभन्दा बाहिर गएर कुनै पनि विधेयक अघि नवढ्ने बताएकी हुन् । मन्त्री शर्माले दूरसञ्चार विधेयक प्रारम्भिक मस्यौदा तयारीको अवस्थामा रहेकाले गलत काम हुन नदिने र गर्न नदिनेमा आफु स्पष्ट रहेको जिकिर गरिन्। दूरसञ्चार ऐनलाई अन्तिम रुप दिनका लागि सरोकारवालाहरुसंगको छलफल र यसअघिको कानूनलाई टेकेर मात्रै अघि बढ्ने उनले बताएकी छिन् । दूरसञ्चार ऐन २०५३ लाई खारेज गरेर नयाँ दूरसञ्चार विधेयक तर्जुमा गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट स्वीकृति प्राप्त गरिसकेको जानकारी दिदै मन्त्री शर्माले उक्त विधेयकको विषयमा प्रारम्भिक मस्यौदा तयार गर्न छलफल सुरु भएको बताएकी छिन् । त्यस्तै उनले दूरसञ्चार सेवाको गुणस्तर अभिवृद्धि गरी सर्वसुलभ र सबैको पहुँचमा पुर्याउनका लागि काम भइरहेको जानकारी दिएकी छिन् । हेर्नुहोस् भिडियो:
गगन थापाको प्रधानमन्त्रीलाई सुझाव: ‘परिणाममूखी काममा केन्द्रीत हुनू’ {भिडियो} काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले परिणाममूखी काममा केन्द्रीत हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा थापाले सरकारको साझा कार्यक्रम सार्वजनिक भइसकेको अवस्थामा अव प्रधानमन्त्रीले परिणाममूखी काममा केन्द्रीत हुनुपर्ने बताएका हुन्। उनले सरकारको साझा न्युनतम कार्यक्रमलाई संसदमा प्रस्तुत गर्ने परम्परा कायम गर्नुपर्ने बताए । साझा न्युनतम कार्यक्रममा उल्लेख प्राथमिकतालाई सम्बोधन गर्नका लागि सरकार केन्द्रीत हुनुपर्ने उनले बताए। थापाले प्रधानमन्त्री भएर प्रधानमन्त्रीले जस्तो काम गर्नका लागि चुस्त टीम बनाएर अघि बढ्नुपर्ने धारणा राखे। उनले प्रधानमन्त्रीको कामकारवाही हेर्दा आत्मविश्वास नभएको, बढी अलमल भएको जस्तो देखिएको तर्क गरेका छन् । थापाले जनतालाई प्रत्यक्ष अनुभव हुनेगरि काम गर्न प्रधानमन्त्रीले कार्यशैली नै परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । हेर्नुहोस् भिडियो:
मृत्यु बीमा वापतको रकम ठगी गर्ने गिरोह प्रहरीको फन्दामा {भिडियो} काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएकाहरुको परिवारले पाउने बीमा रकममा ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै मृत्यु बीमा वापत ठगी गरेको भन्दै बैदेशिक रोजगार बोर्डका एक कर्मचारीसहितको गिरोहलाई पक्राउ गरिएको जानकारी दिएको हो । पक्राउ परेका उनीहरुले विदेशमा मृत्यु भएकाहरुको परिवारलाई सहज रुपमा बीमा वापतको रकम उपलव्ध गराइदिने भन्दै बीमा रकम प्राप्त भएपछि आधा मात्रै परिवारलाई बुझाउने पाइएको प्रहरीले जनाएको छ । त्यस्तै बीमा रकम प्राप्तीका लागि सेटिङ गराएबापत बैदेशिक रोजगार बोर्डका एक कर्मचारीले पनि कमिशन लिने गरिएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक मनोज कुमार केसीले जानकारी दिए। पक्राउ पर्नेमा एक सरकारी कर्मचारीसहित काभ्रेका रामबहादुर तामाङ, सर्लाहीका विनोदकुमार लामा, डिकबहादुर मल्ल, रविन भन्ने रविन्द्र मोक्तान, प्रकाशबहादुर गोले र रुद्रमान गोले रहेका छन् । पक्राउ परेकाहरुबाट नागरिकता, राहदानी, मृत्यु दर्ता लगाएतका कागजात बरामद भएको प्रहरीले जनाएको छ । बीमा रकममा ठगी गर्ने बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । हेर्नुहोस् भिडियो:
मिटरब्याज पीडितको समस्या सरकारले समाधान गर्छ : माधव नेपाल {भिडियो} काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मिटरब्याज पीडितको समस्या सरकारले समाधान गर्ने बताएका छन् । शुक्रबार समाजवादी सहकारी संगठन नेपालको क्यालेन्डर विमोचन गर्दै अध्यक्ष नेपालले अहिले मिटरब्याज पीडितहरूको अवस्था विकराल भएको भन्दै सरकारको न्यूनतम साझा कार्यक्रममा समेत त्यसलाई सम्बोधन गरिएको बताए । त्यस्तै उनले सहकारीका नाममा देखिएका बिकृती र बिसंगतीलाई पनि अन्त्य गर्नुपर्ने उल्लेख गरेका छन् । अध्यक्ष नेपालले सहकारी ग्रासरुटको डेमोक्रेसी भएको सहभागिता मूलक लोकतन्त्र भएको भन्दै यसले आममानिसहरूको सर्वसाधारणको हित र जीवनमा काम गर्नुपर्ने बताए । उनले मिश्रित अर्थतन्त्रका मान्यता अनुरूप सहकारी निजी र राज्य सम्मिलित ३ खम्बे अर्थतन्त्रलाई संविधानले पनि अगाडि सारेकाले घर घरमा र विदेशमा छरिएका स–साना पूँजीहरुलाई एकीकृत गरी ठूलो आकार निर्माण गरी परिचालन गर्नुपर्नेमा जोड दिएका छन्। कार्यक्रममा संगठनका अध्यक्ष नवराज अर्यालले विश्वमै देखिएको अर्थतन्त्र संकटलाई समाधान गर्न सहकारीहरुले जिम्मेवार भएर अघि बढ्नुपर्ने धारणा राखे। हेर्नुहोस् भिडियो:
विज्ञापन व्यवसायलाई व्यवस्थित बनाउन राष्ट्रिय नीति ल्याउने (भिडियो) काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारले विज्ञापन व्यवसायलाई व्यवस्थित बनाउनका लागि राष्ट्रिय नीति ल्याउन लागेको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको राष्ट्रिय विज्ञापन संघ नेपालको प्रारम्भिक साधरण सभामा बोल्दै मन्त्री रिजालले सरकारले विज्ञापन व्यवसायलाई व्यवस्थित बनाउन राष्ट्रिय नीति ल्याउन लागेको भन्दै उक्त नीतिमा विज्ञापन व्यवसाय क्षेत्रको दायरा बढाउन सहयोग गर्ने बताएका हुन्। उनले अझै पनि धेरै क्षेत्र विज्ञापन संघको दायराभन्दा बाहिर रहेको भन्दै व्यवसायीहरुको दायरामा ल्याउन आवश्यक रहेको बताए । मन्त्री रिजालले नेपालमा अन्तर्राष्ट्रिय स्तरबाट सामानहरु बेच्ने गरेपनि विज्ञापन आउन नसकेको बताए। उनले त्यसलाई पनि कानुनी दायरामा ल्याएर आवश्यक रहेको बताए। उनले विज्ञापनको क्षेत्रमा आफूलाई सबै विषय जानकारीमा नभएको भन्दै व्यवसायीहरुको सल्लाह सुझावको माग समेत गरेका छन्। मन्त्री रिजालले विज्ञापन व्यवसायीहरुलाई परेको समस्या समाधानका लागि सहयोग गर्न सरकार तयार रहेको बताए। कार्यक्रममा राष्ट्रिय विज्ञापन संघ नेपालका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले देशभर छरिएर रहेका विज्ञापन एजेन्सीलाई एउटै मालामा गाँसेर सबैको हितका लागि सहकार्य गरेको बताए। उनले नेपालमा रहेको बेरोजगारी समस्यालाई सम्बोधन गर्न मुलुममा विज्ञापन उद्योग स्थापना गर्न तर्फ अग्रसर हुनुपर्ने दायित्व संघको रहेको बताए। हेर्नुहोस् भिडियो:
नेपाल भियतनामसँग ५-१ गोलले पराजित काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोली पेरिस ओलम्पिक २०२४ को एसिया छनोटको पहिलो खेलमा बलियो भियतनामसँग पराजित भएको छ। दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपाल भियतनामसँग ५–१ गोलले पराजित भएको हो। पहिलो हाफमा तीन गोल गरेको भियतनामले दोस्रो हाफमा दुई गोल थपेको थियो। भियतनामका लागि कप्तान हुन्ह न्हुले दुई गोल गरिन्। फाम हाइ यन, एनगुएन थि बिच थुए र एनगुएन थि नाले एक एक गोल थपिन् नेपालका लागि सावित्रा भण्डारीले सान्त्वना गोल फर्काइन् पेरिस ओलम्पिकको एसिया छनोटको पहिलो चरणको खेल नेपालमा भएको हो। समूह ‘सी’ अन्तर्गत नेपाल र भियतनामबीचको दोस्रो खेल शनिबार हुनेछ।
मुगुमा प्रहरी जवान मृत फेला काठमाडौं । मुगुमा एक प्रहरी जवान मृत फेला परेका छन् । जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिका-९ का २६ वर्षीय प्रहरी जवान अनिल बुढाको शव बुधबार दिउँसो अन्दाजी २:४५ बजेतिर फेला परेको प्रहरीको भनाइ छ । छाँयानाथ रारा नगरपालिका–१ स्थित रानिवन जंगलमा सल्लाको रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको हो । उनले आत्महत्या गरेको प्रहरीको अनुमान छ । उनी नेपाल प्रहरी विशेष सुरक्षा गण सुर्खेत, हाल नेपालगञ्ज, कोहलपुर बाँके दरबन्दी भई जिल्ला प्रहरी कार्यालय मुगुमा काजमा खटिएका थिए ।
वाणिज्य महासंघको निर्वाचनका लागि अन्जन श्रेष्ठले गरे प्रतिवद्धता पत्र सार्वजनिक (भिडियो) काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच श्रेष्ठले आफ्नो समूह घोषणा गर्दै प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । प्रतिवद्धता पत्र सार्वजनिक गर्दै श्रेष्ठले चूनौतिपूर्व आर्थिक संकट र व्यवसायीहरुको अवस्था सुधार गर्न महासंघमा सवल नेतृत्व आवश्यक रहेको बताए। उनले बस्तुगततर्फको उपाध्यक्ष पदमा रहदा आफुलाई हौसला प्रदान गरेको र अनुभवका आधारमा नेतृत्व उन्मुख हुन चाहेका जिकिर गरे। पिडा सुनाइरहने र सरकारका तर्फबाट उचित सम्बोधन नहुने अहिलेको अवस्थालाई सुधार्न आफु लाग्ने उनले बताएका छन् । महासंघको कार्यक्षमता र प्रभावकारिता बढाउन प्रदेश तथा स्थानीय सरकारहरूसँग सहकार्य गर्दै दोहोरो कर प्रणालीमा सुधार, व्यवसाय दर्ता सञ्चालन र खारेजी प्रक्रियामा सहजता, घरेलु तथा साना उद्योग तथा व्यवसायहरूको समस्या समाधानका लागि महासंघ र स्थानीय सरकारहरूसँगको सहकार्यलाई विशेष जोड दिने श्रेष्ठले बताएका छन्। उनले निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमतामा सुधारका लागि यथासक्य प्रयत्न गर्ने र यसका लागि गुणस्तरीय ऊर्जा, यातायात, डिजीटलाइजेसन तथा प्रबिधिको उच्चतम प्रयोग र अन्य आवश्यक पूर्वाधारको विकास गरी व्यावसायिक लागत कम गर्न निजी क्षेत्रको तर्फबाट सशक्त हस्तक्षेप गर्ने जिकिर गरे। हेर्नुहोस् भिडियो:
जनताले महशुस गर्नेगरि काम गर्न नसके प्राप्त उपलव्धी गुम्नेछः प्रधानमन्त्री प्रचण्ड (भिडियो) काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अव पनि जनताले महशुस गर्नेगरि काम गर्न नसके प्राप्त उपलब्धी गुम्ने खतरा उत्पन्न हुने बताएका छन् । बुधबार काठमाडौंमा नेकपा माओवादी केन्द्र केन्द्रीय सहकारी तथा गरिवी निवारण बिभागले आयोजना गरेको सहकारीकर्मीहरुको प्रथम राष्ट्रिय भेला उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले जनताले फरक र गुणात्मक रुपमा महशुस गर्ने गरि काम गर्न आफु लागिपरेको भन्दै अव पनि अल्मलिए परिवर्तन धरापमा पर्ने खतरा रहेको बताएका हुन् । उनले केहि दिनभित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउने र सरकारको सम्पूर्ण ध्यान नीति तथा कार्यक्रम र बजेट बनाउनेमा केन्द्रीत हुने धारणा राख्नुभयो । यसपटकको सरकारको कार्यक्रम परम्परागत भन्दा केहि भिन्न र नयाँ हुने उनले बताए प्रधानमन्त्री प्रचण्डले अहिले निकै चुनौतीपूर्ण अवस्थामा मोर्चा गरेर नेतृत्वको अवसर प्राप्त भएको भन्दै सवै मिलेर अर्थतन्त्र लगाएतका समस्या समाधानका लागि एकजुट हुनुपर्ने बताएका छन् । संविधान र संघीयताको कार्यान्वयनमा बहसहरु रहेको भन्दै उनले कतिपय शक्तिहरुले परिवर्तनका मुद्दाहरु उल्टाउने, समाजवादको आधार निर्माणमा अवरोध सिर्जना गर्ने काम गरिरहेको बताए। माओवादी अध्यक्ष समेत रहनुभएका प्रचण्डले सहकारी आन्दोलनलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्ने पनि बताएका छन्। प्रचण्डले नेपालको सन्दर्भमा आत्मनिर्भर अर्थतन्त्रको प्रमुख आधार कृषि क्षेत्र भएकाले ठीक ढंगले बुझेर राज्यले लगानी केन्द्रित गर्न आवश्यक रहेको बताए । उद्योगको हकमा पनि कृषिमा आधारित उद्योगबाहेक अरु उद्योग दीर्घकालीन समाधान नभएकाले कृषिको सहकारीकरणमार्फत् मात्र आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्र सुदृढ गर्न सकिने उनको भनाइ छ । हेर्नुहोस् भिडियो:
नाबालिगमाथि सामूहिक बलात्कार गर्ने दुईजना पक्राउ काठमाडौं । नाबालिगमाथि सामूहिक बलात्कारको आरोपमा दुईजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुुसन्धान कार्यालयले मंगबार अपरान्ह जारी गरेको विज्ञप्तिअनुसार ग्राण्डी अस्पताल नजिक रहेको गेष्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–३ घर भई हाल काठमाडौंको टोखा नगरपालिका–६ धापासी बस्ने २१ वर्षाीय  आशिष भन्ने निमा तामाङ र काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–७ घर भई हाल टोखा–६ धापासी बस्ने २१ वर्षीय कुशल श्रेष्ठ रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार निमा तामाङले नक्कली फेसबुक आईडी खोलेर पीडितलाई साथी बनाएर भेटघाट गरेका थिएइ । गत ६ फागुनमा तामाङ र श्रेष्ठले ग्राण्डी अस्पताल नजिक रहेको गेष्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । आरोपी दुवैजनालाई सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
लघुवित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै पीडितहरुको अनसन सुरु (भिडियो) काठमाडौं । लघुवित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै पीडितहरुले काठमाडौंमा अनसन सुरु गरेका छन् । लघुवित्त वित्तीय संस्थाहरुले गरिव जनताहरुलाई पिडा दिदा पनि राज्य मौन भएको भन्दै लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति, नेपालको अगुवाइमा मंगलबारबाट काठमाडौंको माइतिघरमा रिले अनसन सुरु गरिएको हो । उनीहरुले नव सामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिव किसानहरुलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने लगाएतका ५ बुँदे माग अघि सारेका छन् । संघर्ष समितिका अध्यक्ष मणिराम ज्ञवालीले आफ्ना माग पुरा नभएसम्म अनिश्चितकालीन अनसन सुरु गरिएको र बिभिन्न जिल्ला स्थीत प्रशासन कार्यालयहरुमा पनि धर्ना कार्यक्रम राखिएको जानकारी दिएका छन् । उनले लघुवित्त संस्थाहरुले मुनाफा केन्द्रीत लगानी गरेर जनतालाई मारमा गरेको गुनासो गरेका छन् । हेर्नुहोस् भिडियो:
शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्छ : सभामुख घिमिरे {भिडियो} काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आर्थिक, सामाजिक र साँस्कृतिक सुधारका लागि शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै सभामुख घिमिरेले शिक्षाले देशको भविष्य निर्धारण गर्ने भएकाले मुलुकको आर्थिक, सामाजिक र साँस्कृतिक सुधारका लागि शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्ने बताएका हुन् । उनले राजनीतिक क्षेत्रमा ठूलो परिवर्तन भए पनि सामुदायिक विद्यालयको शिक्षामा आधारभूत परिवर्तन हुन नसकेको उल्लेख गरे। सभामुख घिमिरेले संघीय शिक्षा ऐन आउन बाँकी रहे पनि भएका कानून पनि प्रभावकारी कार्यान्वयन नभएको धारणा राखेका छन् । सार्वजनिक विद्यालयको गुणस्तर कम हुँदा सर्वसाधारणले खर्च कटाएर भए पनि निजी विद्यालयमा छोराछोरी भर्ना गर्नुपर्ने अवस्था आएको र त्यसलाई अन्त्य गर्नुपर्ने उनले बताएका छन् । दुई दिनसम्म चल्ने सम्मेलनमा देशभरका ७५३ वटै स्थानीय तहहरुबाट विद्यालय व्यवस्थापन समितिको प्रतिनिधित्व रहेको आयोजक सामूदायिक विद्यालय व्यवस्थापन समिति महासंघले जनाएको छ । हेर्नुहोस् भिडियो:
पार्किङ शुल्क महङ्गो भएको भन्दै ट्याक्सी चालक आन्दोलित (भिडियो) काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ शुल्क महङ्गो भएको भन्दै ट्याक्सी चालकहरुले विरोध जनाएका छन् । विमानस्थलमा पार्किङ गरेपछि न्युनतम नै ८० रुपैया तिर्नुपरेकाले न्युनतम पार्किङ शुल्क कायम गर्नुपर्ने माग राख्दै उनीहरुले विरोध प्रदर्शन गर्दै केहिबेर सेवा बन्द गरेका हुन् । पार्किङ भाडा बढाएका कारण आफुहरु मारमा परेको उनीहरुले गुनासो गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, एयरपोर्ट मिटर ट्याक्सि इकाइ समितिका अध्यक्ष दिल बहादुर शाक्यले विमानस्थल क्षेत्रमा पार्किङ शुल्क महङ्गो भएको र आफुहरुमाथि ज्यादती गरेको भन्दै सेवा बन्द गर्नुपरेको बताएका छन् । विमानस्थलको जग्गा आईएमएस एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएको छ । यसअघि २० रुपैया लिने गरेकोमा अहिले ८० रुपैया लिएको र यसबाट सर्वसाधारणसंगै महङ्गो भाडा लिनुपरेको मजदुरहरुले जनाएका छन् । यस बिषयमा धेरै पटक पत्रचार गर्दा पनि सम्बन्धी निकायले कुनै सुनुवाई नगरेकाले बाध्य भएर आन्दोलन गनुपरेको उनीहरुले जनाएका छन् । हेर्नुहोस् भिडियो:
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा न्यौपाने चितवन। विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सञ्चालक समितिको अध्यक्ष पदमा डा विजयराज न्यौपाने नियुक्त भएका छन्। उनी सो अस्पतालमा पूर्वउपनिर्देशक पदमा कार्यरत छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको जनाइएको छ। नवनियुक्त अध्यक्ष डा न्यौपानेले अस्पताललाई क्यान्सरसम्बन्धी थप जनचेतना जगाउने, उपचार गर्ने, अध्यापन गराउने अनुसन्धानसँगै क्यान्सरको क्षेत्रमा देशकै मुख्य थलोका रूपमा विकास गर्ने जानकारी दिए। उनले चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसबाट विसं २०३७ मा हेल्थ असिस्टेन्ट उत्तीर्ण गरी छ वर्ष चितवन, नवलपरासी र पर्सा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा सेवा गरेका छन्। विसं २०४३ मा तत्कालीन सोभियत संघको युक्रेनमा उनले त्यहाँको एमडी (यहाँको एमबिबीएस सरह) अध्ययन गरे। विसं २०५० मा एमडी (यहाँको एमबिबीएस सरह)को चिकित्सक भई चिकित्सकीय सेवा दिन आफ्नै जिल्लालाई कर्मथलो बनाए। डा न्यौपानेले परिवार नियोजन संघमा छ वर्ष सेवा गरेका थिए। उनले विसं २०५६ मा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सेवा सुरुआत गरेका थिए। विसं २०५७ मा विपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स (विपीकेआइएचएस) धरानमा एनेस्थेसियोलोजिष्ट एन्ड क्रिटिकल केयरमा विशेषज्ञता हासिल गर्नका लागि तीन वर्ष त्यहाँ बिताए। विसं २०६० मा एमडी उत्तीर्ण गरी त्यसपछिको उनी विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत छन्। क्यान्सर अस्पतालमा विभागीय प्रमुखदेखि उपनिर्देशकसम्म रहेर लामो समयको अनुभवपछि अवकाश पाएका डा न्यौपाने क्यान्सर अस्पतालमा रहँदा हस्पिस एन्ड प्यालिएटिक कियर स्थापना गरी १६ वर्ष संयोजकको भूमिकामा रहेर योगदान गरेका थिए।
किसानः कतै चैते धान रोप्दैं कतै उखु खेती गर्दै (फोटो) काठमाडौं। किसानलाई यतिबेला चैते धान रोप्ने चटारो छ । यस्तै कतैका किसान चैते धान रोप्न व्यस्त छन् भने कतैका किसानहरु यतिबेला उखु खेती लगाउनमा व्यस्त भेटिन्छन् । कैलालीका भजन नगरपालिका–८ खैरामा चैत धान रोप्दै महिला । यस क्षेत्रमा बर्खामा डुबान हुने भएको हुँदा अधिकांश क्षेत्रमा चैत धान खेती गरिन्छ । पाल्पा रामपुरमा व्यावसायिक उखु खेती सुरु । यहाँका युवाले अहिले गाउँघरमा लोप हुँदै गरेको उखु खेतीलाई व्यावसायीकरण गर्न सामूहिकरुपमा सुरु गरेका छन् । भेरी नगरपालिका कृषि विकास शाखाले कृषक, कृषक समूह, कृषि फर्मको माग अनुसार ५० प्रतिशत मुल्य अनुदान र शतप्रतिशत ढुवानी सहयोगमा मिनी टिलर (हाते ट्रयाक्टर) २१ वटा, कम्बाईन मिल ३ वटा, ईलेक्ट्रोनिक कर्ण सेलर–१ वटा, बताउने पङ्खा ६ वटा, ब्रस कटर १ वटा र हिल्याउने चक्का १ वटा गरी जम्मा ३३ वटा कृषि औजार उपकरणहरु कृषकहरुलाई हस्तान्तरण हुँदै ।
एपीएफ र संकटा विजयी काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा एपीएफ क्लबले तेस्रो जित निकालेको छ । ललितपुरस्थीत च्यासल मैदानमा सोमबार नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै एपीएफले तेस्रो जित निकालेको हो । एपीएफको जितमा एडमा डोम्बिया र सबिन गुरुङले एक एक गोल गरे । खेलको ५७ औं मिनेटमा डोम्बियाले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा सबिनले गोल गर्दै एपीएफलाई २–० को जित दिलाए । जितसँगै एपीएफले ६ खेलमा १० अंक जोडेको छ । पुलिसले ६ खेलमा १ अंक जोडेको छ । त्यस्तै सोमबार नै भएको अर्को खेलमा संकटा फुटबल क्लबले एफसी खुमलटारलाई हराएको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले खुमलटारलाई १–० गोल अन्तरले हराएको हो । संकटाको जितमा जुनियर ओन्गुएनेले खेलको २७ औं मिनेटमा निर्णायक गोल गरे । संकटाले ६ खेलमा ९ अंक जोडेको छ । खुमलटार ६ अंक जोडेर नवौं स्थानमा रहेको छ । प्रतियोगीता अन्तर्गत मंगलबार न्युरोड टीम र चर्च व्याइज तथा जावलाखेल र सातदोवाटोबीच प्रतिष्पर्धा हुने छ ।
ऋषि बने नयाँ इण्डियन आइडल मुम्बई। भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल १३’ को उपाधि ऋषि सिंहले जितेका छन्। अडिसन राउण्डदेखि नै निर्णायक र दर्शकको नजरमा परेका उनले उपाधि जितेका हुन्। उत्तर प्रदेशको अयोध्याका ऋषिले २५ लाख रुपैंयाँ र एक कार पनि जितेका छन्। शोमा कोलकाताकी देवोष्मिता राय फस्ट रनरअप र जम्मू कश्मीरका चिराग कोतवाल सेकेण्ड रनरअप भए। शोको पछिल्लो भागको ड्रिम फिनालेमा ऋषिसहित सोनाक्षी कर, बिदिप्ता चक्रवर्ती, शिवम सिंह, चिराग कोतवाल र देवोष्मिता रायले गीत गाएका थिए । यो भागमा ‘इण्डियाज बेस्ट डान्सर’का निर्णायक गीता कपूर, टेरेन्स लुईस र सोनाली बेन्द्रे पुगेका थिए । शोको फिनाले सञ्चालन आदित्य नारायण झा र कमेडीयन भारती सिंहले गरेका थिए। शोको निर्णायकमा हिमेश रेशमिया, विशाल ददलानी र नेहा कक्कड थिए।
ब्रेललिपिमै एसइई दिन चाहन्छन् दृष्टिविहीन विद्यार्थी झापा। इलामको माई नगरपालिकाका दृष्टिविहीन सविन विक झापाको गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयबाट एसइई परीक्षा दिइरहेका छन्। उनी सो विद्यालयका आवासीय विद्यार्थी हुन्। राष्ट्रिय परीक्षा बोर्डले घरपायक (होम सेन्टर) विद्यालयमा परीक्षा दिन पाउने व्यवस्था गरेपछि उनी जस्तै झापाका तीन दृष्टिविहीनले आफू पढिरहेकै विद्यालयमा जाँच दिन पाएका छन्। सेतो छडीको सहारामा परीक्षा केन्द्रमा पुग्ने सविन आफूले पढिरहेको भन्दा एक कक्षामुनिका विद्यार्थीलाई लेखन सहयोगी राखेर एसइईको परीक्षामा सहभागी छन्। दृष्टिविहीन र अन्य परीक्षार्थीका लागि बोर्डले दिएको सुविधा त्यही लेखन सहयोगी मात्र हो। प्रश्नपत्र उही छ। बस्ने कोठा उस्तै हो। परीक्षाको समयमा आधा घण्टा थप गरिएको हुन्छ। राम्रो ग्रेड ल्याएर एसइई उत्तीर्ण गर्ने सपना साँचेका सविन लेखन सहयोगी राखेर परीक्षामा सहभागी हुनुपरेकोमा सन्तुष्ट छैनन्। आफ्नो मनको भावना सहयोगीले पूर्णरूपमा व्यक्त गर्न नसक्ने उनको अनुभव छ। “हामी परीक्षासँग डराउँदैनौँ, हामीले पनि राम्रो अध्ययन र परीक्षाको तयारी गरेका हुन्छौँ”, बलियो आत्मविश्वासका साथ उनी भन्छन्, “तर, ब्रेललिपिमा उत्तर दिने अवसर पाएनौँ।” सविनलाई अध्यापन गराउँदै आएका दुर्गा माध्यमिक विद्यालयका स्रोत शिक्षक चन्द्र भट्टराई ब्रेललिपिमा परीक्षा दिन पाउने हो भने दृष्टिविहीनले उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गर्छन्। शिक्षक भट्टराईले १२ दृष्टिविहीन विद्यार्थीलाई दुर्गा माविमा पढाउँदै आएका छन्। सो माविबाट एसइई परीक्षा दिइरहेका सविन विक र सन्देश लिम्बूले कक्षा ९ मा अध्ययनरत विद्यार्थीद्वय शिशिर मिश्र र फरिदा खातुनलाई लेखन सहयोगी राखेका छन्। दमकको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट दृष्टिविहीन निर्मला कार्कीले एसइई परीक्षा दिइरहेकी छन्। पढिरहेकै विद्यालयलाई नै उपकेन्द्र बनाएर राष्ट्रिय परीक्षा बोर्डले दृष्टिविहीन विद्यार्थीलाई परीक्षा दिने व्यवस्था मिलाएका कारण निर्मलाले पनि एक जना लेखन सहयोगी राखेर जाँच दिइरहेकी छन्। परीक्षा हलमा परीक्षार्थीले जे जे उत्तर लेख्नु भन्छन्, लेखन सहयोगीले त्यही विवरण लेखिदिने काम गर्दै आएका छन्। यसरी मनको भावना अर्कालाई सुनाएर लेखाउँदा बोल्ने र लेख्ने व्यक्तिको शतप्रतिशत तारतम्य नमिल्ने शिक्षक भट्टराई बताउँछन्। “दृष्टिविहीन परीक्षार्थीको मनमा जुन भावना आउँछ, त्यो लेखन सहयोगीको भरमा अभिव्यक्त हुन सक्दैन”, उनी भन्छन्, “भन्दाभन्दै आधा कुरा बिर्सने सम्भावना हुन्छ भने बोल्ने आफ्नो मन र लेख्ने अर्काको हातको तालमेल पनि मिल्दैन।” उनले आगामी दिनमा दृष्टिविहीन परीक्षार्थीका लागि ब्रेललिपिमै परीक्षा दिन पाउने व्यवस्था गर्न राष्ट्रिय परीक्षा बोर्डलाई सुझाव दिए। ब्रेललिपिमा पढेका विद्यार्थीले ब्रेल लिपिमै परीक्षा दिन पाउनु जायज हुने उल्लेख गर्दै उनले दृष्टिविहीनका लागि प्रश्नपत्र बेग्लै हुनुपर्ने माग गरे। सामाजिक र विज्ञान विषयको चित्रात्मक प्रश्नपत्रको साटो दृष्टिविहीनका लागि वैकल्पिक प्रश्नपत्र दिइनु पर्ने शिक्षक भट्टराई सुझाव छ। दृष्टिविहीन विद्यार्थीका लागि गणित विषयको पठनपाठन र परीक्षा सबैभन्दा कठिन हुने गरेको छ। कक्षामा शिक्षकले प्रयोग गर्ने कालोपाटी उनीहरूका लागि उपयोगी हुँदैन। ज्यामितिमा प्रयोग हुने चित्र उनीहरूले नदेख्ने हुँदा सिकाइ नै प्रभावकारी हँुदैन। झापाका दृष्टिविहीनमध्ये तत्कालीन एसएलसी परीक्षा दिने पहिलो विद्यार्थी दीपक थापा पनि गरामनीस्थित दुर्गा माविकै हुन्। उनले २३ वर्षअघि २०५६ सालमा एसएलसी परीक्षा दिएका थिए। पहिले र अहिलेको परीक्षाको नाम फरक परे पनि परीक्षाको प्रणाली, शैली र विद्यार्थीले भोग्नु पर्ने समस्या उस्तै रहेको उनले बताए। ब्रेललिपिमा अध्ययन गरेकाहरूका लागि राज्यले ब्रेललिपिमै परीक्षा दिन पाउने व्यवस्था मिलाउन सक्नुपर्ने उनको भनाइ छ। “आफँैले लेख्न नपाएसम्म परीक्षा प्रभावकारी हुँदैन भनेर हामीले वर्षौंदेखि भन्दै आएका छौँ, तर कसैले हाम्रा माग सुनेनन्”, बिर्तामोड अपाङ्गता स्वावलम्बन संस्थाको अध्यक्षसमेत रहेका थापाले भने, “भाइबहिनीले कति दुःखले पढेका हुन्छन्। अर्काले लेखेर पास गरेको भनिदिँदा दृष्टिविहीन विद्यार्थीको स्वाभिमानमा पनि चोट पुग्ने गरेको छ।” दुर्गा माध्यमिक विद्यालयबाटै एसइई परीक्षा दिइरहेका दृष्टिविहीन सन्देश लिम्बूले पढाइमा तनमन लगाएर मेहनत गरेको जनाउँदै राम्रै नतिजा आउने अपेक्षा गरेका छन्। उनले पनि आफूले जाने र बुझेजति सबै उत्तर लेखन सहयोगीले लेखिदिन सम्भव नहुने बताउँदै ब्रेललिपिमा उत्तर लेख्न पाउने हो भने मन सन्तुष्ट हुने बताए। दुर्गा माध्यमिक विद्यालय परीक्षा केन्द्राध्यक्ष लक्ष्मण शिवाकोटीले यसपालि गणित विषयको प्रश्नपत्रमा दृष्टिविहीनका लागि वैकल्पिक प्रश्न राखिएको बताए। परीक्षार्थीहरू ब्रेललिपिमै परीक्षा दिन तयार रहेको कि नरहेको भनेर केही महिनाअघि केन्द्रीय बोर्डबाट सोध्दा ब्रेललिपिको सिफारिस गरिदिएको उनले बताए। सुस्त–श्रवण परीक्षार्थी १३ जना झापा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट १३ सुस्त–श्रवण विद्यार्थीले एसइई परीक्षा दिइरहेका छन्। तीमध्ये सात जना छात्र र छ छात्रा रहेको कनकाई–८ स्थित हिमाली माध्यमिक विद्यालयका स्रोत शिक्षक हरिप्रसाद अधिकारीले बताए। जिल्लाको कमलस्थित मङ्गलमय मावि, कनकाईस्थित हिमाली मावि र कनकाई मावि तथा बिर्तामोडको मोहनमाया माविमा सुस्त–श्रवण विद्यार्थीका लागि पढ्ने विशेष व्यवस्था रहेको छ। माध्यमिक तहको पढाइ भने हिमाली माविमा मात्र भइरहेको छ। साङ्केतिक भाषामा पढेका सुस्त–श्रवण विद्यार्थीलाई परीक्षा दिनभन्दा कक्षा कोठामा पढाएको बुझ्न गाह्रो हुने शिक्षक अधिकारी बताउँछन्।
गत आर्थिक वर्षमा १० अर्ब डलरको भारतीय स्मार्टफोन निर्यात नयाँ दिल्ली । आर्थिक वर्ष २०२२/०२३ मा भारतीय स्मार्ट फोनको निर्यातबाट १० अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी भएको तथ्याङ्कले देखाएको छ । यो अवधिमा एप्पलको ‘मेक इन इन्डिया’ स्मार्टफोनले कुल निर्यातको ५० प्रतिशत हिस्सा ओगटेको छ भने सामसुङले ४० प्रतिशत मोबाइल निर्यात गरेको छ । अन्य स्मार्टफोन कम्पनीहरुले निर्यातको बाँकी १० प्रतिशत हिस्सा ओगटेका छन् । भारत आफ्नो इलेक्ट्रोनिक्स उत्पादन क्षेत्रमा बलियो हुँदै गएको छ र विश्वव्यापी रूपमा आफ्नो छाप छोडिरहेको छ । स्मार्टफोन उत्पादनमा सरकारले निकै ध्यान दिइरहेको छ । भारतमा दूरसञ्चार उद्योग सरकारको प्राथमिकताको सूचीमा छ । अहिले भारतलाई विश्वका ठूला निर्माण कम्पनीहरूले प्राथमिकता दिइरहेका छन् । हालै सामसुङले भारतमा विश्वको सबैभन्दा ठूलो फोन उत्पादन एकाई खोलेको छ । एप्पल जस्ता अन्य प्रमुख वैश्विक विशाल कम्पनीहरूले पनि भारतमा महत्वपूर्ण निर्माण एकाइहरू स्थानान्तरण गरेका छन् । ओप्पो, भिभो, शाओमी र लाभाजस्ता विश्वव्यापी उद्यमहरूले पनि भारतमा आफ्नो आधार स्थापना गरेका छन् र कारोबार विस्तार गरेका एशियन लाइटले रिपोर्ट गरेको छ । आईसीईएका अध्यक्ष पङ्कज मोहिन्द्रुले भन्नुभयो, “मोबाइल फोन उद्योगले ४० अर्ब अमेरिकी डलरको उत्पादन पार गर्नेछ । १० अर्ब अमेरिकी डलरमा २५ प्रतिशत निर्यात एक उत्कृष्ट प्रदर्शन हो । उत्पादनसँग जोडिएको प्रोत्साहन (पीएलआई) योजनाका कारण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भारतबाट स्मार्टफोन निर्यात दोब्बर भएको छ । आईसीईएको तथ्याङ्कअनुसार भारतका लागि हाल संयुक्त अरब इमिरेट्स (युएई), अमेरिका, नेदरल्याण्ड्स, बेलायत र इटालीमा मोबाइल फोन निर्यात गर्ने शीर्ष पाँच गन्तव्य हुन् । सन् २०१४ मा भारतमा मोबाइल फोन र पार्टपूर्जा उत्पादन गर्ने २६० भन्दा बढी युनिट रहेका थिए ।
खेलकुद मानवीय जीवनको अङ्ग हो : पूर्वप्रधानमन्त्री नेपाल भक्तपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शिक्षाजस्तै खेलकुद पनि मानवीय जीवनमा अत्यावश्यक रहेको बताएका छन् । भक्तपुर जिल्ला खेलकुद विकास समितिले आजदेखि यहाँ सुरु गरेको दोस्रो बागमती प्रदेश खेलकुद–२०७९ खेलाडी छनोट प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुदको विकासले विश्वमा देशको नाम उच्च राख्न सकिने बताए । उनले भने, “खेलकुद मानवीय जीवनको अङ्ग हो, मानवीय जीवनमा शिक्षा जति आवश्यक छ, खेलकुद पनि उत्तिकै आवश्यक छ, भक्तपुरले पनि देश–विदेशका विभिन्न प्रतियोगितामा सहभागी भएर देशको नाम उच्च राख्न सक्ने गरी खेलाडी उत्पादन गर्न सफलता हासिल गर्नुपर्छ ।” उनले खेलकुदबाट भाग्ने होइन, अभिन्न अङ्ग बनाएर अगाडि जानुपर्नेमा जोड दिए । कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति दीपक थापाले भक्तपुरमा खेलुकुदको विकास तीव्रगतिमा भइरहेको बताउँदै भक्तपुरलाई सम्पदाको जिल्लाबाट मात्रै होइन, उत्कृष्ट खेलाडी रहेका खेलकुदको जिल्ला पनि हो भनेर चिनाउने गरी खेलकुदका गतिविधि भइरहेको बताए । प्रतियोगिता यही चैत २३ गतेसम्म सञ्चालन रहने बताउँदै उनले प्रतियागिताबाट कराते, तेक्वान्दो, एथलेष्टिक, बक्सिङ, आइटीएफ तेक्वान्दो, उसु, जुडो, फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन, पौडीलगायतका खेलका उत्कृष्ट खेलाडी छनोट गरिने बताए ।
झापामा हावाहुरीसहितको असिनाले क्षति झापा । झापामा हावाहुरीसहित आएको वर्षा र असिनाले अन्न तथा तरकारी बालीमा क्षति पुर्‍याएको छ । शुक्रबार राति हावाहुरीसहित आएको वर्षा र असिनाले मकै, खरबुजा र तरकारी बालीमा क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए । “हावाहुरीसहित वर्षा र असिना परेपछि कृषकले क्षतिबारे जानकारी गराइरहनुभएको छ”, उनले भने, “स्थलगत अनुगमन गरेर क्षतिको यकिन विवरण निकाल्छौँ ।” झापाको कनकाईमा सबैभन्दा बढी क्षति भएको कृषकबाट जानकारी आएको उनले बताए । कनकाई नगरपालिकाको कृषि शाखासँग समन्वय गरेर अनुगमन भइरहेकाले बेलुकासम्म क्षतिको विवरण आउने उनले बताए । कनकाईसँगै भद्रपुर, बिर्तामोडलगायतका क्षेत्रमा समेत वर्षासहित आएको असिनाले क्षति पु¥याएको छ । असिना परेको ठाउँमा धेरै क्षति पुगेको छ । तरकारी खेती गर्ने कृषि फार्महरूमा लगाइएको तरकारी धेरै क्षति पुगेको कार्यालयले जनाएको छ । झापामा यो वर्ष करिब ४० हजार हेक्टरमा मकैखेती लगाइएको छ । मकैबालीमा बढी क्षति पुगेको प्रमुख विष्टले बताए । यता जिल्लामा हावाहुरीले बिजुलीको पोल, घर तथा विद्यालयको टिनको छाना उडाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
७ केजीबढी कोकिनसहित दुई भारतीय महिलालाई पक्राउ (भिडियो) काठमाडौं । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले ७ केजी ८ सय ८७ ग्राम लागूऔषध कोकिन सहित दुई जना भारतीय महिलालाई पक्राउ गरेको छ । व्युरोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँ दिल्लीलैजान लागेको अवस्थामा कोकिन सहित एक भारतीय महिला र काठमाडौंको ठमेलस्थीत एक होटलबाट अर्का एक भारतीय महिलालाई पक्राउ गरिएको जनाएको हो । पक्राउ पर्नेमा ४५ वर्षीया भन्लालमी र २९ वर्षीया इस्थर लाह्लिमपुई रहेको व्युरोले जनाएको छ । बरामद भएको कोकिनको अवैध बजार मूल्य १७ करोड तीन लाख ५१ हजार रहेको व्युरोका प्रमुख ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍प्रहरी वरिष्ठ उपरीक्षक विकास राज खनालले जानकारी दिए । फाल्गुन १४ गते दिल्ली जान लागेकी भन्लालमीको लगेज चेकजाच गर्ने क्रममा लगेजभित्र चार वटा लेडिज फल्सबटम बनाई लागू औषध लैजान लागेको अवस्था पक्राउ गरिएको खनालले बताएका छन् । त्यस्तै इस्थर लाह्लिमपुइलाई बिशेष सूचनाका आधारमा हाटेलमा चेकजाँच गर्दा सुकटेसभित्र फल्सबटम बनाई कोकिन लुकाईराखेको अवस्थामा पक्राउ गरिएको उनले बताए । पक्राउ परेका भारतीय नागरिकविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हेर्नुहोस् भिडियो:
पशुपतिनाथ मन्दिर नेपालको धार्मिक पर्यटकीय गन्तव्यस्थल हो: राष्ट्रपति पौडेल (भिडियो) काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिर नेपालको महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । बिहीबार पशुपतिनाथ क्षेत्रमा ऐतिहासिक पौराणिक महत्वको वनकाली उद्यानको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व रहेको र पशुपतिनाथ मन्दिर नेपालको महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यस्थल भएको बताएका हुन् । उनले हिन्दू धर्मावलम्वी तथा पर्यटकसमेत आउने तीर्थस्थललाई यथोचित रुपमा व्यवस्थित गर्न वनकाली उद्यानको विशेष महत्व रहेको उल्लेख गरे । पशुपति परिसरभित्र पूजाआजा र अन्य व्यवस्थापनका सम्पूर्ण काम पशुपति क्षेत्र विकास कोषबाट हुनुपर्ने उनले बताए। उनले पशुपति क्षेत्रको विकासका लागि वृहत् गुरुयोजना निर्माण गरी यस क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिएका छन् । हेर्नुहोस् भिडियो: ;
मिटरब्याजी पीडितहरुको समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण {भिडियो} काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले मिटरब्याजी पीडितहरुको समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बिहिबार बसेको राष्ट्रियसभाको बैठकमा उनीहरुले मिटरब्याजी पीडितहरु समस्या समाधानका लागि काठमाडौंसम्म हिडेर आउन बाध्य भएको र धेरै समस्या भोग्नुपरेको भन्दै तत्काल सरकारले पीडितहरुको समस्या समाधान गर्नुपर्ने बताएका हुन् । बैठकको शुन्य समयमा सांसद डा. बिमला राई पौडयालले मिटरब्याजसम्बन्धी तत्काल कानून संशोधन गरी कानूनी दायरामा ल्याएर पीडितलाई न्याय दिनुपर्ने बताए । त्यस्तै सांसद जयन्तीदेवी राईले मिटरब्याजी पीडितको समस्यालाई गम्भीरतापूर्वक लिँदै वार्ता र संवादका माध्यमबाट तत्काल समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए भने सांसद राधेश्याम पासवानले मिटरब्याजी पीडितहरु मानसिक र शारीरिक रुपमा पीडित रहेकाले सरकारले समस्या समाधानमा ध्यान दिनुपर्ने उल्लेख गरेका छन् । बैठकमा थारु आयोगको चौँथो वार्षिक प्रतिवेदन, राष्ट्रिय समावेशी आयोगको चौँथो वार्षिक प्रतिवेदन, राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन र आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश भएको छ भने बैठकले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । राष्ट्रियसभाको अर्को बैठक चैत २१ गते मंगलबार बोलाइएको छ ।
भोजपुर गोल्डकप : साविक विजेता रुपन्देहीलाई हराउँदै क्यामरुन फाइनलमा भोजपुर । भोजपुरमा जारी जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता रुपन्देहीलाई ०–३ गोलले हराउँदै क्यामरुन फाइनल यात्रा तय गरेको छ । निर्धारित समयमा एभिनियर फुटबल क्लब क्यामरुनका तर्फबाट तीन गोल हुँदा प्रतिस्पर्धामा रहेको गोर्खा ब्वाइज रुपन्देहीले गोल फर्काउन सकेन । प्रतियोगिताका लागि एभिनियर फुटबल क्लब क्यामरुनका तर्फबाट जर्सी नम्बर १३ का खेलाडी मेसीले खेलको ३४ औँ मिनेट, जर्सी नम्बर १० का खेलाडी टिम्बाले खेलको ३९ औँ मिनेट र जर्सी नम्बर ४ का खेलाडी बोयोमोले ६८ औँ मिनेटमा एक एक गोल गरी खेललाई ३–० को अवस्थामा पु¥याएका थिए । प्रतियोगिताको म्यान अफ द म्याच क्यामरुनका जर्सी नम्बर १० का खेलाडी टिम्बा भएका छन् । बिहीबार हुने फाइनल खेल अर्को सेमिफाइनलका विजेता आयोजक घरेलु टिम भोजपुर जिल्ला फुटबल सङ्घ र एभिनियर फुटबल क्लब क्यामरुनका बीच हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले बताए । मङ्गलबार भएको सेमिफाइनल खेलमा पेनाल्टी सुट आउटमा डाँगीहाट युथ क्लब मोरङलाई हराउँदै आयोजक घरेलु भोजपुरको टिम फाइनलमा प्रवेश गरेको थियो । प्रतियोगितामा दुई बाहिरी र छ नेपाली गरी आठ टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा युकेएफसी दार्जिलिङ भारत, एभिनियर फुटबल क्लब क्यामरुन, भोजपुर जिल्ला फुटबल सङ्घ, एनबिवाइसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट युथ क्लब मोरङ, भगवती स्पोर्टस् क्लब खोटाङ र बसाहा क्लब उदयपुर सहभागिता रहेकोे खेल संयोजक आङपासाङ शेर्पाले बताए ।
मन्त्री र प्रधानमन्त्रीले संसदलाई महत्व नदिएको एमालको आरोप {भिडियो} काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारका मन्त्री र प्रधानमन्त्रीले संसदलाई महत्व नदिएको आरोप लगाएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमै एमाले सांसद रघुजी पन्तले मन्त्रीको व्यस्तताले संसदको कार्यसूची नै परिवर्तन भएको भन्दै सरकारका मन्त्री र प्रधानमन्त्रीले संसदलाई महत्व नदिएको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री माओवादी केन्द्रको रहेको र माओवादीको राजनीतिक दस्तावेज पढ्दा कही पनि संसदीय व्यवस्था स्वीकार गरेको नदेखेको भन्दै संसदीय व्यवस्था नस्वीकारे कै कारण संसद्को मर्यादा बढाउन चासो नगएको हो कि भन्ने आशंका व्यक्त गरे । सरकारको अकर्मण्यताकै कारण आज संसदप्रति बिभिन्न टिकाटिप्पणी हुन थालेको उनको भनाइ छ । पन्तले संसद्लाई प्रभावकारी बनाउने, समयमा विधेयक प्रस्तुत गर्ने लगाएतका काम प्रधानमन्त्री र मन्त्रिपरिषद्को भएकाले संसदीय गरिमा कायमका लागि सरकारलाई रुलिङ गर्न माग गरे। हर्नुहोस् भिडियो:
देश र जनताको समृद्धिको लागि सफल हुने प्रधानमन्त्री सञ्‍चारमन्त्रीको दावी (भिडियो) काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको तेस्रो प्रधानमन्त्री कार्यकाल देश र जनताको समृद्धिको लागि सफल हुने दावी  गरेकी छिन् । रिपोटर्स क्लव नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले वर्तमान सरकारले देश र जनतालाई प्राथमिकतामा राखेको भन्दै प्रधानमन्त्री प्रचण्डको तेश्रो कार्यकाल सफल हुने दावी गरेकी हुन् । मन्त्री शर्माले प्रधानमन्त्री तेस्रो पटक प्रधानमन्त्री बन्दै गर्दा आम जनतामा नयाँ आशा र अपेक्षा देखिएको बताएकी छिन् । मन्त्री शर्माले सरकारले केही महत्वपूर्ण कामको थालनी गरेको भन्दै छिटोभन्दा छिटो संक्रमणकालिन न्यायलाई टुँगोमा पर्याउने बताएकी छिन् । उनले यसमा सर्वोच्चका फैसलाका नजिरलगायत सबैलाई समेट्ने कोशिस गरिएको धारणा राखिन् । यस्तै, उनले नेपालमा पछिल्लो समय मिडियाको विकास तिव्र भएको उल्लेख गर्दै त्यसको लागि आम सञ्चार ऐन जरुरी रहेको जिकिर गरेकी छिन् । उनले भारत भ्रमणको क्रममा आफूले एकपक्षीय र द्धिपक्षीय थुप्रै भेटवार्ता गरेको पनि जानकारी दिएकी छिन् । हेर्नुहोस् भिडियो:
वर्तमान सरकार पाँच बर्षसम्म टिक्छः प्रधानमन्त्री प्रचण्ड (भिडियो) काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पाँच बर्षसम्म टिक्ने दावी गरेका छन् । बुधबार काठमाडौंमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकार पाँच वर्षसम्म चल्ने भन्दै सरकार फेरिने चिन्ता नगर्न आग्रह गरे । उनले संविधानले राज्यको अग्रगामी पुनर्संरचनासहित अधिकारको व्यवस्थित बाँडफाँट गरेको भन्दै यसको ठीक ढंगले प्रयोग र अभ्यास गर्न सकेमा नेपालको संघीय प्रणाली विश्वकै निम्ति अनुपम उदाहरण बन्न सक्ने उल्लेख गरे। संविधानले व्यवस्था गरेअनुरूप राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूको सही विन्यास गर्न संघीय कानुनहरू यथाशीघ्र निर्माण गर्नुपर्ने राष्ट्रिय दायित्व गरेकाले वर्तमान सरकार संघीय शिक्षा ऐन, संघीय निजामती ऐन लगायत महत्वपूर्ण ऐनहरू निर्माण गर्न सक्रियताका साथ लागिरहेको उनले बताए । उनले स्थानीय तहको सेवाप्रवाहरुलाई चुस्त र जनउत्तरदायी बनाउदै नागरिकको आत्मीयता र अपनत्वबोधका निम्ति गम्भीर भूमिका खेल्नुपर्ने बताए । सरकारले जारी गरेका १६ ऐनहरूमा न्यायिक समितिको भूमिकाबारे व्यवस्था गरिएको भन्दै प्रधानमन्त्री प्रचण्डले यसका माध्यमबाट न्याय निरूपणमा ध्यान दिनुपर्ने धारणा राखे। काठमाडौंमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले केन्द्रको सरकार पाँच बर्ष नटिक्दा स्थानीय तहले समन्वय गर्न समस्या हुने गरेको बताए । उनले महानगर सभ्यता जोगाउन र सार्वजनिक सम्पती जोगाउन लागिपरेको भन्दै यसमा केन्द्र सरकारले साथ दिनुपर्ने जिकिर गरे। बिहीबारसम्म चल्ने सम्मेलनमा सवै पालिकाका न्यायिक समितिका संयोजक वा सदस्य मध्येबाट एक–एक जना गरि ४ सय ५० पालिकाबाट सहभागीता रहेको छ । विवाद निरुपण काठमाडौं घोषणा पत्र जारी गर्दै सम्मेलन समापन हुने महानगरकी उपप्रमुख सुनिता ढंगोलले बताएकी छिन् । हेर्नुहोस् भिडियो:
न्यायसम्बन्धी विधेयकलाई संशोधन गर्न सभामुख घिमिरेलाई बुझाए ज्ञापन पत्र (भिडियो) काठमाडौं । द्वन्दपिडित सुरक्षाकर्मी परिवार संस्थाले संक्रमणकालिन न्यायसम्बन्धी विधेयकलाई संशोधन गरेर अघि बढाउनुपर्ने भन्दै सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाएका छन् । सरकारले हालै ल्याएको संक्रमणकालिन न्यायसम्बन्धी विधेयकले आफुहरुको माग सम्बोधन हुन नसक्ने भएकाले यसलाई संशोधन गरेर अघि बढाउनुपर्ने भन्दै बुधबार संस्थाले सभामुख घिमिरेलाई ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले सरकारले ल्याएको बिधेयकका केहि दफाहरुमा संशोधन गर्नुपर्ने बुँदाहरुका बारेमा पनि जानकारी गराएका छन् । संस्थाको ज्ञापन पत्र बुझ्दै सभामुख घिमिरेले संक्रमणकालिन न्यायसम्बन्धी विधेयकलाई बिधिसम्वत ढंगबाट अघि बढाउने बताएका छन्। उनले सरकारले ल्याएको बिधेयकमाथि संशोधन आइरहेको भन्दै त्यसलाई समेटेर अघि बढ्ने धारणा राखे । संस्थाले दिएको सुझावहरुलाई आफुले दलहरुबीच छलफल चलाउने उनको भनाइ छ । संस्थाले सशस्त्र द्वन्द्व कारण जनधनको क्षति व्यहोरेका पीडित सुरक्षाकर्मीहरू माथि अन्याय भएको भन्दै विधेयकमा आफूहरुको माग समावेश हुनुपर्ने जनाएका छन् । हेर्नुहोस् भिडियो:
विस्केट जात्राको तयारी तीव्र रुपमा अघि बढ्दै (भिडियो) भक्तपुर। भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक विस्केट जात्राको तयारी तीव्रताका साथ अघि बढेको छ । भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा भैरव र भद्रकालीको रथ निर्माण तीव्रताका साथ अघि बढेको हो । रथ निर्माणका लागि बिभिन्न आकारका काठ तयार गर्ने, पाङ्ग्रा बनाउने, बिग्रिएका सामानको मर्मत गर्ने, बुट्टा बनाउने कार्य भइरहेको छ । प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुँदैछ। जात्रा व्यवस्थापन समितिका अनुसार रथ तान्नका लागि बलियो र कसिलो डोरी ल्याउने तयारी गरिएको छ । रथ निर्माणमा खटिएका प्रेमलाल सिल्पकारले चैत्र २५ गतेसम्म रथ निर्माण कार्य सम्पन्न हुने बताएका छन् । नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिङ्खेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढालेर जात्रा मनाइन्छ । चैत २७ गते दिउँसो तान्त्रिक विधिअनुसार भैरवनाथको रथमा खड्ग, तरबार र निसान राखिसकेपछि अपराह्नदेखि रथ तान्ने क्रम सुरु गर्ने परम्परा रहेको छ । त्यस्तै वैशाख ५ गते जात्राको अन्तिम दिन सुरुको दिनजस्तै प्रसिद्ध पाँचतले मन्दिरस्थित तौमढी टोलबाट भैरवको रथ दुई सय फिट लामो चार–चारवटा डोरीले बाँधेर तल्लो र माथ्लो टोलका बासिन्दाले आ–आफ्नो टोलमा लैजान दुवैतिर तान्ने परम्परा छ । हेर्नुहोस् भिडियो:
भूमि अभियान्तामाथि लगाइएको झुठो मुद्धा खारेज गर्नुपर्ने माग (भिडियो) काठमाडौं । भूमि अभियान्तामाथि लगाइएको झुठो मुद्धा खारेज गर्नुपर्ने माग राख्दै सुकुम्वासीहरुले मंगलबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । भूमि अभियान्तालाई निसर्त रिहाई गर्नुपर्ने र झुठो मुद्धा खारेज गर्नुपर्ने भन्दै संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाको नेतृत्वमा काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरुले बसोबासको अधिकार सुनिश्चित गर, भूस्वामित्वको ग्यारेन्टी गर, भूमि अभियान्ताहरुलाई रिहाई गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले आफुहरुलाई अहिले बसोबास गरिरहेको स्थानबाट हटाउन लागिएको भन्दै काठमाडौं महानगरबिरुद्ध नारावाजी गरेका थिए ।
बर्दिवासदेखि काठमाडौंसम्म पैदल आएका मिटरब्याज पीडितले दिए धर्ना (भिडियो) काठमाडौं । बर्दिवासदेखि हेटौंडा हुँदै काठमाडौंसम्म पैदल आएका मिटरब्याज पीडितहरुले मंगलबार काठमाडौंको माइतिघरमा धर्ना दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन जाने क्रममा टंगालमा रोकिएपछि उनीहरुले त्यहाबाट फर्केर माइतिघरमा धर्ना दिएका हुन् । प्रदर्शनमा सहभागीहरुले मिटर व्याजर विरुद्ध कानून निर्माण गर, झुटा मुद्धामा गिरफ्तार गरिएका पिडितलाई रिहा गर, मिटर व्याज विरुद्ध कानून निर्माण गर, सहुलियत दरमा ऋणको व्यवस्था गर, पिडितलाई न्याय दे लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । मिटरब्याज पीडितहरु माइतिघरमा धर्नामा बस्न सुरु गरेपछि बिभिन्न संघ संस्था तथा दलका नेताहरु ऐकवद्धता जनाउन पुगेका छन् । सो क्रममा मिटर ब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका राप्रपा सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी भएको थियो । शाहीले आफुहरु वास्तविक पिडितको पक्षमा भएको भन्दै यसलाई राजनीतिकरण नगर्न आग्रह गरेका थिए । हेर्नुहोस् भिडियो:
चैती छठः अस्ताउँदो सूर्यलाई अर्घ चढाइयो जनकपुर। मधेस प्रदेशका जनकपुरसहित विभिन्न ठाउँमा सोमबार चैती छठ पर्व मनाइएको छ। चैती छठको महत्वपूर्ण दिन सोमबार अस्ताउँदो सूर्यलाई सन्ध्या अध्र्य दिइएको छ भने मंगलबार बिहान उदाउँदो सूर्यको अध्र्य दिएपछि सम्पन्न हुनेछ। जनकपुरधामको गंगासागर, अंगराजसर सागर, धनुष सागर लगायत विभिन्न जलासयहरुमा छठ पर्व मनाउने व्रतालु महिलाहरुको भिड लागेको थियो। धार्मिक मान्यता अनुसार चैती छठ पर्व गर्नाले सोचेको मनोकामना पूरा हुने शरीरमा हुने चर्म रोग निको हुने, सन्तान प्राप्त हुने विश्वास रहेको छ।
ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेटबाट ललितपुर ११ बाहिरियो {भिडियो} ललितपुर ।  ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा ललितपुर मेयर्स ११ आयोजक ललितपुर ११ प्रतियोगिताबाट बाहिरिएको छ । सोमबार टियु मैदान कीर्तिपुरमा भएको खेलमा मधेशले ललितपुरलाई १ विकेटले पराजित गरेको हो । ललितपुरले दिएको ९७ रनको लक्ष्य मधेशले १९ ओभर २ बलमा ९ विकेट गुमाएर पूरा गर्यो । मधेशका लागि सरस्वती चौधरीले ३२ रन बनाईन् । ओपनर अलिशा यादवले सर्वाधिक १६ रन बनाईन् । सिमा कुँवरले १५ रन बनाईन् । ललितपुरका लागि सोनी पाख्रिन र कृतिका मरासिनीले समान २-२ तथा कप्तान अस्मिना कर्माचार्य र मनिशा उपाध्यायले समान १-१ विकेट लिईन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुर मेयर्स ११ ले २० ओभरमा ५ विकेट गुमाएर ९६ रन बनाएको हो । ललितपुरका लागि सोनी पाख्रिनले सर्वाधिक ३४ रन बनाईन् । सोनीले ४३ बलमा ३ चौकाको सहयोगमा ३४ रन बनाईन् । लक्ष्मी चौधरीले २७ बलमा २३ रन बनाउँदा श्रृष्टि जैशीले अविजित १५ रन बनाईन् । मधेशका लागि सरस्वती कुमारीले २ तथा रोजी कडारी,अनुराधा चौधरी र कप्तान कविता गौतमले समान १–१ विकेट लिईन् । लिग चरणको पहिलो र दोस्रो स्थानको टोलीका बीचमा फाइनल हुनेछ । चैत १६ मा प्रतियोगिताको फाइनल खेल रहेको छ । हेनुहोस् भिडियो:
सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित भएको छ। सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको मुद्दाको सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेसी चढेको थियो । तर,  सन्दीप पक्षले पेसी स्थगित गरेका हुन्। यसअघि न्यायाधीश घिमिरेकै इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।
दुई म्युचुअल फण्डले पाए निष्काशन अनुमति काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई म्युचुअल फण्डलाई निष्कासन अनुमति दिएको छ। बोर्डले सिटिजन्स सुपर ३० म्युचुअल फन्ड र आरबीबी म्युचुअल फन्डलाई निष्कासन गर्नको लागि अनुमति दिएको हो। सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने सिटिजन्स सुपर ३० म्युचुअल फण्डले १ अर्ब रुपैयाँबराबरको इकाइ बिक्री खुला गरिनेछ। जसअनुसार यो योजनाका १० अंकित दरका कुल १० करोड इकाइको सार्वजनिक निष्कासन गरिनेछ। यो म्युचुअल फन्डको योजना व्यवस्थापकमा सीबीआईएल क्यापिटल रहेको छ। यसैगरी आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने आरबीबी म्युचुअल फन्ड–२ले १ अर्ब २० करोड रुपैयाँबराबरको इकाइहरु बिक्री गर्नेछ। जसअनुसार १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ। यो म्युचुअल फन्डको योजना व्यवस्थापनमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।
कालीमार्सी धानको बीउ राख्न सार्वजनिक बिदा जुम्ला। जुम्लाका किसानलाई यो याममा कालीमार्सी धानको बीउ राख्ने चटारो परेको छ। यहाँका किसानले मार्सीधानको बीउ राख्ने चैत १२ भएकाले कर्णाली प्रदेश सरकारले विशेषगरी जुम्लामा आज सार्वजनिक बिदासमेत दिएको छ। जुम्ली किसानहरू आज आफ्नो कृषि क्यालेन्डरअनुसार धमाधम बीउ छरी ‘विसुवा पर्व’ मनाइरहेको तातोपानी गाउँपालिका–४ का स्थानीयवासी सत्यदेवी पाण्डेले जानकारी दिए। कालीमार्सी धानको बीउ चैत १२ गते भिजाउने, १६ गते उतार्ने र २० गते बेर्ना राख्ने परम्परा रहिआएको यहाँका स्थानीयवासी बताउँछन्। जिल्लामा करिब दुई हजार आठ सय हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। ऊर्जा विकास तथा सिँचाइ कार्यालय जुम्लाका प्रमुख अनुप श्रेष्ठले जिल्लाभर विपत्ले खेतीयोग्य जमिन र कुलो बगाएका छन्। कार्यालयमा आएका निवेदनअनुसार कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा ऊर्जा विकास मन्त्रालयमा ३४ वटा कुलाको योजना निर्माणका लागि पठाएको कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ। सिञ्जा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालका अनुसार पालिकाभित्र जाँच कुलो, घोडेङ्गा, चुलेलगाउँ, धिताललिहीसहित विभिन्न स्थानमा ठूलो मात्रामा मार्सीधान सिँचाइ हुने कुलो विपत्ले क्षतविक्षत बनाएपछि मर्मत गर्न समस्या भइरहेको बताए। गत असोजमा आएको बाढी र पहिराले गएको कुलो निर्माण हुन नसक्दा यस पटक धेरैजसो किसानलाई बीउ राख्न कठिन भएको छ स्थानीय तहका कृषि शाखाले जनाएका छन्।
राष्ट्रपति पौडेलद्वारा गोरखा दरबार अवलोकन {तस्बिर} काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार गोरखाको सदरमुकामस्थित गोरखकाली मन्दिरमा पूजा अर्चनापछि गोरखा दरबार अवलोकन गरका छन् । गोरखाको गोरखकाली मन्दिर र गोरखनाथ मन्दिरमा पूजाअर्चना गरको हुन् । आइतबार राष्ट्रपति पौडेल र उनकी धर्मपत्नी गोरखाको सदरमुकाम पुगेका हुन् ।
दोस्रो एनएसजी फुटसल प्रतियोगीतामा बालाजु युथ क्लब बिजयी भक्तपुर । भक्तपुरमा आयोजना भएको दोस्रो एनएसजी फुटसल प्रतियोगीता २०७९ मा बालाजु युथ क्लबले उपाधी जितको छ । खेलमा बालाजु युथले बुढाशुब्बालाई पराजित गर्दै जित हात पारेको हो । खेलमा बालाजु युथले बुढाशुब्बालाई ६–१ स्कोरको अन्तरले हराएको हो । खेलमा बिजेता टिमले नगद ५० हजार पुरस्कार प्राप्त गरेका थिए भने उपबिजेता बुढासुब्बाले २५ हजार नगद र ट्रफि प्राप्त गरेका थिए । भक्पुरको सल्लाघारी स्थित फुटसलमा भएको प्रतियोगीता शुक्रबार र शनिबार सञ्चालन भएको थियो ।
ईयू र जर्मनीबीच जीवाश्म ईन्धन प्रयोग हुने कार हटाउने योजनामा सम्झौता ब्रसेल्स । युरोपेली सङ्घ (ईयू) र जर्मनीबीच सन् २०३५ सम्ममा जीवाश्म इन्धन प्रयोग गर्ने कार बिक्रीलाई चरणबद्ध बनाउने पूर्व विवादित विषयमा सम्झौता भएको छ । सन् २०३५ देखि जीवाश्म ईन्धन कारहरूको नयाँ बिक्रीमा प्रतिबन्ध लगाउने ऐतिहासिक सम्झौताले सन् २०५० सम्ममा शुद्ध–शून्य हरितगृह ग्याँस उत्सर्जनको साथ ‘जलवायु–तटस्थ’ अर्थव्यवस्था बन्ने ईयूको महत्वाकाङ्क्षी योजनाको लागि महत्वपूर्ण छ । तर यस महिनाको सुरुमा एक अभूतपूर्व कदममा, अग्रणी कार निर्माता मुलुक जर्मनीले अन्तिम समयमा सम्झौतालाई रोकेपछि यो पहिले नै परम्परागत ईयू विधायी प्रक्रिया अन्तर्गत अनुमोदित भएको थियो । शनिबार घोषणा गरिएको सम्झौता अनुसार कानूनले ‘सिन्थेटिक ईन्धन’मा चल्ने दहन इन्जिनको साथ नयाँ कारहरूको बिक्रीलाई बर्लिनले ब्रसेल्सलाई अनुमति दिनेछ । ईयूका वातावरण आयुक्त फ्रान्स टिमरम्यान्सले ट्वीटरमा सम्झौताबारे भनेका छन्, “हामीले भविष्यमा कारमा विद्युतीय इन्धनको प्रयोगका लागि जर्मनीसँग सम्झौता गरेका छौं ।” “हामी अब जतिसक्दो चाँडो कार नियमनको लागि कार्बनडाईअक्साइड उत्सर्जन नियनत्रण गर्ने मानकहरू अपनाउने काम गर्नेछौं । जर्मनीका यातायातमन्त्री भोल्कर विसिङल भनेका छन्, “यदि दहन इन्जिन भएका सवारी साधनले कार्बन डाइअक्साइड उत्सर्जनमा ‘तटस्थ इन्धन’ मात्र प्रयोग गरेमा सन् २०३५ पछि पनि दर्ता भइरहन सक्छन् । युरोपेली आयोग र जर्मनीबीच गतिरोध तोड्न हप्तौं लामो वार्ता प्रारम्भिक पाठमा प्रस्तुत गरिएको भन्दा ‘सिन्थेटिक ईन्धन’मा बलियो प्रतिबद्धताको लागि बर्लिनको इच्छामा केन्द्रित थियो ।
आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा सरकारले रु एक खर्ब ३८ अर्ब ५६ करोड १० लाख बराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ । अर्थ मन्त्रालयका अनुसार आठ महिनामा नेपालले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट रु २४ अर्ब ५६ करोड १० लाख बराबर अनुदान र रु एक खर्ब १४ अर्ब बराबर वैदेशिक ऋणको प्रतिबद्धता पाएको हो । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले रु दुई खर्ब ४२ अर्ब २६ करोड बराबर वैदेशिक ऋण र रु ५५ अर्ब ४६ करोड बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेको थियो । लक्ष्यको तुलनामा वैदेशिक ऋण प्रतिबद्धता ४७ प्रतिशत र वैदेशिक अनुदान प्रतिबद्धता ४४ दशमलव २८ प्रतिशत बराबर हो । अर्थ मन्त्रालयका अनुसार यो अवधिमा जापान सहयोग नियोग (जाइका)बाट ‘प्राजेक्ट फर ह्युमन रिसोर्स डेभलपमेन्ट स्कलरसीप’ (जेडिएस) कार्यक्रमका लागि रु ३५ करोड अनुदानको प्रतिबद्धता सरकारले पाएको छ । त्यस्तै जाइकाले ‘तराई क्षेत्र सिँचाइ प्रणाली सुदृढीकरण परियोजना’का लागि रु दुई अर्ब अनुदान प्रतिबद्धता जनाएको छ । युरोपियन युनियनबाट ‘वास फर अल’ परियोजनाका लागि रु एक अर्ब ३७ करोड र ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रमका लागि रु दुई अर्ब अनुदान प्रतिबद्धता पाएको छ । आठ महिनामा स्वीटजरल्यान्ड सरकारबाट ‘प्राविधिक तथा व्यावसायिक शिक्षा कार्यक्रम’का लागि रु ९९ करोड १० लाख बराबर अनुदान सहायताका प्रतिबद्धता आएको छ । दक्षिण कोरिया सरकारले कोरियाबाट फर्किएका कामदारको उद्यमशीलता विकासका लागि लागि रु एक अर्ब र नेपाल प्रहरीको साइबर ब्यूरोको क्षमता विकासका लागि रु एक अर्ब अनुदानको प्रतिबद्धता जनाएको छ । त्यसैगरी एसियाली विकास बैंक (एडिबी)ले नेपालको पहाडी क्षेत्रमा फलफूल तथा ओखरखेती प्रवद्र्धनका लागि रु दुई अर्ब ४७ करोड र महिलाको क्षमता विकास कार्यक्रमका लागि रु एक अर्ब ५७ करोड अनुदान प्रतिबद्धता जनाएको मन्त्रालयले जनाएको छ । बेलायत सरकारले सुरक्षा तथा न्याय प्रणाली क्षमता विकास कार्यक्रम फेज–२ का लागि रु पाँच अर्ब २६ करोड र स्थानीय पूर्वाधार कार्यक्रमका रू एक अर्ब ४४ करोड अनुदान प्रतिबद्धता जनाएको छ । त्यस्तै नर्वे सरकारले विद्यालय शिक्षा क्षेत्र कार्यक्रमका लागि रु दुई अर्ब ५७ करोड र फिनल्यान्ड सरकारले विद्यालय शिक्षा क्षेत्र योजनाका लागि रु दुई अर्ब ५४ करोड प्रतिबद्धता जनाएको छ । वैदेशिक ऋण सहायतातर्फ विश्व बैंकमार्फत ‘ग्रिन रेजिलेन्स एन्ड इन्क्लुसिभ डेभलपमेन्ट’ (ग्रिड) कार्यक्रमका लागि रु १२ अर्ब ७५ करोड ऋण प्रतिबद्धता आएको छ । त्यस्तै विश्व बैंकले क्षेत्रीय यातायात तथा व्यापार कनेक्टिभिटी परियोजनाका लागि रु ३४ अर्ब ९६ करोड र ‘डिजिटल नेपाल एक्सिलेरेसन कार्यक्रम’का लागि रु १७ अर्ब ७९ करोड बराबर ऋण दिने प्रतिबद्धता जनाएको अर्थ मन्त्रालयले जनाएको छ । यो अवधिमा जाइकाबाट सहरी क्षेत्रको विद्युत् प्रणाली व्यवस्थापन परियोजनाका लागि रु एक अर्ब ४२ करोड ऋणका लागि सम्झौता भएको छ । त्यस्तै एसियाली विकास बैंकले पहाडी क्षेत्रमा फलफूल तथा ओखरखेती प्रवद्र्धनका लागि रु सात अर्ब ७९ करोड र विद्यालय शिक्षा क्षेत्र योजनाका लागि रु २६ अर्ब ५१ करोड बराबरको ऋण प्रतिबद्धता जनाएको छ ।
बेलारुसमा अलपत्र पारिएका ९ जना महिलाहरुलाई नेपाल फर्काइयो काठमाडौं । बेलारुसमा अलपत्र पारिएका नौ जना नेपाली महिलाहरुलाई आम जनदवाव र सामाजिक अभियन्ताहरु मिलेर स्वदेश फर्काइएको छ । स्वदेश फर्किनेमा सानुमाया तामाङ, कविता थापा मगर, अन्जना मगर, रत्नमाया राई, पावती तिलुङ, रमिता राई, सानुमाया तामाङ, मीना गुरुङ र मार्था सोताङ राई गरेर ९ जना नेपाली चेलिहरु रहेका छन् । उक्त कार्यमा नेपाल सरकारका विभिन्न निकायहरु विशेषत रुसमा रहेका नेपाली राजदूताबास, नेपालको कन्सुलर विभाग, वैदेशिक रोजगार विभाग, नेपाल प्रहरीको राम्रो साथ सहयोग प्रदान भएको सामाजिक अभियन्ता कृतु भण्डारीले जानकारी दिएकी छिन् । उनले भने, ‘यो कार्यमा नेपाल सरकारका विभिन्न निकायहरु विशेपत रुसमा रहेका नेपाली राजदूताबास नेपालको कन्सुलर विभाग, वैदेशिक रोजगार विभाग, नेपाल पहीले पनि यसमा राम्रो साथ सहयोग प्रदान गरेको छ । विभिन्न राजनीतिक दलहरुले यसमा चासो राखी उत्प्रेरणा प्रदान गरेको, एक राजनीतिक दल नेकपा एकीकृत समाजवादीले वक्तव्य नै जारी गरी नेपाल सरकारलाई दवाव सिर्जना गरेको र आम नागरिकहरुले विभिन्न तरिकाले सहयोग प्रदान गर्नुभएको छ ।’ उनले ९ जना महिलाहरुलाई गलत कागजात बनाई विदेशमा अलपत्र पार्नेहरुको खोजी गरी कानूनी कारवाहीको साथै ठगी वा मानव बेचविखनको आपराधिक जालोमा नपर्ने प्रकारको कानूनी व्यवस्था र आधुनिक प्रणालीहरुको व्यवस्था गर्न माग गरेकी छिन् । वैदेशिक रोजगारमा जानका लागि कुनै पनि प्रकारको स्वीकृति दिने सरकारी निकाय भएपनि यस्तो कार्यबाट सिर्जित समस्या विभागको कार्यक्षेत्र भित्र नपर्ने व्याख्या गरेको भन्दै यस्तो कामको जिम्मेवारी सरकारले लिनुपर्ने पनि उनको भनाई छ । यस विषयप्रति चासो देखाउदैँ उत्प्रेरणा प्रदान गर्ने नेकपा एकीकृत समाजवादी, आम नागरिक र प्रतिनिधि संगठन अखिल नेपाल महिला संघलगायत सम्पूर्ण सहयोगी हातहरुलाई पनि उनले धन्यवाद ज्ञापन गरेकी छिन् ।
भूपु सैनिकको जीवन सहज तुल्याउन कल्याणकारी कोषः प्रधानसेनापति खैरेनीटार। प्रधानसेनापति प्रभुराम शर्माले भूपु सैनिकको जीवन सरल, सहज र सुखी तुल्याउन कल्याणकारी सेवामार्फत विभिन्न प्रयास भइरहेको बताएका छन्। नेपाली सेनाको ३ नं बाहिनी खैरेनीटारमा आज आयोजित कार्यक्रममा उनले नेपाली सेना भूपु सैनिक सङ्गठनको प्रतिनिधिपात्र भएकाले सवल, सक्रिय र स्वावलम्बी भएको हेर्न चाहेको धारणा व्यक्त गरे। प्रधानसेनापति शर्माले भने, “हिताधिकारीको चाहाना र आकाङ्क्षा असीमित भए पनि सङ्गठनले सीमित साधनस्रोतलाई अधिकतम परिचालन गरी जीवनस्तर उकास्न विभिन्न प्रयास गरिरहेको छ।” बलाधिकृत रथी सरोजप्रताप राणाले भूपु सैनिकले समाजमा गरेको योगदान र अनुशासनले सङ्गठनको ओझ बढाएको बताए। सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तन्डुलले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सहकार्यमा सञ्चालित सहुलियत कर्जा ३२ हजार ७७३ जनाले रु सात अर्ब १८ करोड ३६ लाख ९९ हजार कर्जा सुविधा लिइ भूपु सैनिक र उनका परिवारले विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिए। नेपाल राष्ट्रिय भूपु सैनिक सङ्घका सभापति दिगम्बर शर्मा राणाले कल्याणकारी कोषबाट सञ्चालित विभिन्न कार्यक्रमबाट भूपु सैनिक र परिवारजनलाई जीवनस्तर उकास्न प्रत्यक्ष र परोक्ष सहयोग पुगिरहेको बताए। अवकाश सैनिककोतर्फबाट अवकाश प्राविधिक रथी प्रतिनिधि पूर्वरथी अम्मर पन्तले भूपु सैनिकको आर्थिक सामाजिक जीवनस्तर उठाउने लक्षित कार्यक्रम प्रभावकारी रहेको उल्लेख गरे। गोरखा, लमजुङ र तनहुँका भूपु सैनिकलाई लक्षित गरी आयोजना गरिएको सम्मेलनमा छ हजार चार सय जनाको सहभागिता थियो। सम्मेलनमा भूपु सैनिक र एकल महिलालाई सम्मान अपाङ्ग तथा अशक्तलाई ह्लिचियर वितरण लघु उद्यम व्यवसायीलाई प्रशंसापत्र एवं पुरस्कार प्रदान गरियो। सो अवसरमा चार वा सोभन्दा बढी सन्ततिलाई सेनामा राष्ट्रसेवामा पठाउने मातापितालाई सम्मान गरियो। सम्मेलनमा जिल्लागत झाँकीका साथै राष्ट्रिय एकता झल्कने सामूहिक नृत्य सैनिक व्याण्ड प्रस्तुत गरियो । सम्मेलनका क्रममा खुकुरी ड्रिल, तेक्वान्दो तथा पिटी सामूहिक प्रदर्शन गरिएको थियो।
आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता (भिडियो) काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच दुई पार्टीबीच एकताको घोषणा गरिएको हो । एकतापछि पार्टीको नाम आम जनता पार्टी नै रहेको छ । एकता घोषणा कार्यक्रममा आम जनता पार्टीका अध्यक्ष साहले मुलुक अप्ठेरो अवस्थामा पुगेका कारण बिभिन्न शक्तिहरु एकीकृत हुनुपरेको बताएका हुन्। अर्थतन्त्रको भ्रष्ट नीतिका कारण मुलुकको अर्थतन्त्र धरासयी बनेको भन्दै उहाले यसमा नीति निर्माण तहमा पुगेका व्यक्तिहरु गम्भीर हुनुपर्ने धारणा राखे । अब सरकार गम्भीर भएर मुलुकमा देखिएका समस्याहरु समाधान गर्न ध्यान केन्द्रीत गर्नुपर्ने उनले बताए। अहिले नेताहरु कुर्सीको व्यापारी बनेकाले जनताहरु निराश हुनुपरेको उनको भनाइ छ । एकता कार्यक्रममा आम जनता पार्टीको दोश्रो संशोधित अन्तरिम विधान सार्वजनिक गरिएको थियो । हेर्नुहोस् भिडियो:
पुरानो नेकपालाई ब्युँताउन प्रस्ताव गरेपनि ओलीले अस्वीकार गरे : माधव नेपाल {भिडियो} काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पुरानो नेकपालाई ब्युँताउन प्रस्ताव गरेपनि केपी ओलीले अस्वीकार गरेको बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) को तेश्रो केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष नेपालले कम्युनिष्टलाई एकतावद्ध गर्नका लागि सवैले त्याग गरेर नेकपा ब्युँताउन प्रस्ताव गरेपनि ओलीले अस्वीकार गरेको बताएका हुन् । उनले बिहीबार नै प्रचण्डसंगको भेटमा पनि पुरानो पार्टी नेकपालाई ब्युँताउन प्रस्ताव गरेको जिकिर गरे । अध्यक्ष नेपालले बिभिन्न पार्टी भित्र गलत प्रवृतिबिरुद्ध जुध्नुपर्ने आवाज उठेको भन्दै समाजलाई परिवर्तन गर्न एकतावद्ध कम्युनिष्ट पार्टी आवश्यक रहेको धारणा राखे । कम्युनिष्ट पार्टीभित्र अवसर हावी भएको भन्दै आफुहरु कम्युनिष्ट पार्टीलाई सहि बाटोमा लैजान प्रत्यनशिल रहेको उनको भनाइ छ । उनले पार्टीलाई बलियो बनाउनका लागि संगठनमा रहेकाहरुले सवै स्थानीय तहमा पार्टी सञ्जाल विस्तार गर्नुपर्ने बताए । हेर्नुहोस् भिडियो:
जनगणनाबाट राष्ट्रिय विकास लक्ष्यको अनुगमन गर्न सघाउ पुग्छ: प्रधानमन्त्री दाहाल (भिडियो) काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगणनाबाट राष्ट्रिय विकास लक्ष्यको अनुगमन तथा मूल्याङ्कन र विद्यमान सूचकको विश्लेषणमा सघाउ पुग्ने बताएका छन् । शुक्रबार काठमाडौंमा राष्ट्रिय जनगणना–२०७८ को राष्ट्रिय प्रतिवेदन सार्वजनिक गर्दै प्रधानमन्त्री प्रचण्डले जनगणनाबाट जनसङ्ख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले गरेका प्रतिबद्धता, राष्ट्रिय विकास लक्ष्यको अनुगमन तथा मूल्याङ्कन र विद्यमान सूचकको विश्लेषणमा सघाउ पुग्ने बताए। सङ्घीय व्यवस्थाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहलाई नीति, योजना तथा कार्यक्रम तयार गर्दा तथ्यमा आधारित निर्णय गर्न थप आधारसमेत प्राप्त हुने उनको भनाइ छ । उहाले जनगणनाका धेरैजसो सूचकमा ग्रामीण र सहरी क्षेत्रकाबीच असमानता देखिएको र यसलाई सम्बोधन गरी नेपालमा विद्यमान असन्तुलित बसाइँसराइलाई व्यवस्थित गर्नुपर्ने देखिएको बताए। जनसङ्ख्या तथ्याङ्क नेपालको तथ्याङ्क प्रणालीको एक अभिन्न अङ्ग भएको जनाउँदै उनले सङ्घ, प्रदेश र स्थानीय तहमा उत्पादन हुने सबै विषयका तथ्याङ्कको गुणस्तर अभिवृद्धि गरी नियमितरुपमा तथ्याङ्कको आपूर्ति हुने व्यवस्था मिलाउन जरुरी रहेको बताए । प्रधानमन्त्री प्रचण्डले तथ्याङ्क प्रणालीको सुदृढीकरण तथा एकीकृत तथ्याङ्क पद्धतिको निर्माण गर्ने उद्देश्यले हालसालै जारी भएको तथ्याङ्क ऐन, २०७९ को कार्यान्वयनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए। कार्यक्रममा केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको जानकारी दिए । जसमा महिलाको सख्ंया १ करोड ४९ लाख ११ हजार २७ र पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ पुगेको छ । जनगणनाको विवरणअनुसार हिमाली तथा पहाडी क्षेत्रमा जनघनत्व क्रमशः कम हुँदै गएको पाइएको छ । सबैभन्दा बढी जनसङ्ख्या शहरी क्षेत्रमा बढेको रेग्मीले बताए। काठमाडौंमा कूल २० लाख ४१ हजार पाँच सय ८७ जनसङ्ख्या रहदा मनाङमा कूल पाँच हजार छ सय ५८ जनाको अक्सर बसोबास रहेको तथ्याङ्क बिभागले जनाएको छ । नेपालमा विसं १९६८ बाट जनगणना सुरु भएको थियो । प्रत्येक १०÷१० वर्षमा जनगणना हुँदै आएको छ । राष्ट्रिय जनगणनाको बाह्रौँ शृङ्खलाअन्तर्गत गत कात्तिक–मङ्सिर महिनामा जनगणना सम्पन्न भएको थियो । हेर्नुहोस् भिडियो:
सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन काठमाडौं । वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ । रेडियो नेपालकी पूर्वसमाचार सम्पादक एवं समाचार वाचिका ताम्राकारको बासबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको उहाँकी छोरी एवम् सञ्चारकर्मी गृष्मा राजभण्डारीले जानकारी दिए। विसं २०१८ मा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनका साथै नासो, हाम्रो देशको माटो, हाम्रो वन हाम्रो जीवनलगायत कार्यक्रम सञ्चालन गरेकी थिइन् । पछिल्लो समय ताम्राकार पर्यटन क्षेत्रमा पनि सक्रिय थिइन् । ताम्राकार चराचुरुङ्गी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियान सञ्चालन गरेर समाजसेवामा पनि समर्पित थिइन् । स्व ताम्राकारको केहीबेरपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
अधिकांश आँखा रोगी धामी–झाँक्रीकै विश्वासमा चौतारा । सिन्धुपाल्चोकको सदरमुकाम चौताराका अधिकांश आँखारोगी झारफुकमा नै विश्वास गर्ने गरेको पाइएको छ । चिकित्साशास्त्रमा अध्ययनरत विद्यार्थीको टोलीले गरेको एक सर्वेक्षणअनुसार आँखारोगी अस्पताल जानुको साटो धामी झाँक्रीकहाँ जाने गरेको पाइएको हो । अप्थाल्मोलोजी विभाग महारागञ्ज मेडिकल क्याम्पस चिकित्साशास्त्रमा अध्ययनरत ब्याचलर अफ अप्टोमेट्री एक्काइसौँ ब्याचका विद्यार्थीहरूले सदरमुकाम चौतारामा तीन सय घरधुरीमा शारीरिक, मानसिक र आँखा स्वास्थ्यको अवस्थाबारे सर्वेक्षण गरेका थिए । एक महिने सो सर्वेक्षणमा उनीहरूले अधिकांशमा उच्च रक्तचापको समस्या भएको तथ्याङ्क पनि सार्वजनिक गरेका छन् । सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रमअन्तर्गत द्वितीय सामुदायिक प्रस्तुतीकरण कार्यक्रमका क्रममा उनीहरूले उच्च रक्तचापबाट मुटुमा समस्या उत्पन्न गर्ने सवालमा पनि चौतारावासी अनविज्ञ रहेको खुलासा गरे । खासगरी उच्च रक्तचापबाट जोडिएर आउने अन्य रोगका बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि स्थानीय सरकारले कार्यक्रम बनाउनुपर्नेमा कार्यक्रममा विद्यार्थीहरूले स्थानीय सरकारका प्रमुख, प्रतिनिधि र सरोकारवालाको ध्यानाकर्षित गरे । कार्यक्रममा चेवन आचार्यले प्रस्तुत गरेको प्रतिवेदनअनुसार अधिकांश वडावासीमा दृष्टिदोष, सुक्खा आँखा, छड््के आँखा र अन्धोपनको समस्या रहेको छ । वडावासीका घरघरमा पुगी सवेक्षणसँगै उपचार र उचित परामर्श सेवा प्रदान गरेको विद्यार्थी चिरञ्जीवी शाहले जानकारी दिए । चिकित्साशास्त्रमा अध्ययनरत १० जनाको टोलीले श्रीकृष्ण रत्नगङ्गा माविमा आँखा स्क्रिनिङ सेवा र वडा नं ५ को कार्यालयमा निःशुल्क आँखा शिविर पनि सञ्चालन गरेको थियो । प्रस्तुतीकरण कार्यक्रममा उपप्रमुख सीता थापाले आगामी दिनमा पनि यस्ता कार्यक्रमको निरन्तरताको अपेक्षा व्यक्त गरिन् । वडाध्यक्ष शिव श्रेष्ठले सर्वेक्षणमात्र नभई स्थानीय जनताको स्वास्थ्य परीक्षण र उपचार गरेकामा विद्यार्थीलाई धन्यवाद दिए । चौतारा साँगाचोकगढी नगरपालिका–५ र विपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र काठमाडौँको समन्वयमा एक महिनाअघिदेखि समुदायिक स्वास्थ्य निरुपण कार्यक्रम सञ्चालन हुँदै आएको थियो ।
लघुवित्तिय संस्थाहरुले ज्यादती गरेको भन्दै विरोध प्रदर्शन {भिडियो} काठमाडौं । लघुवित्तिय संस्थाहरुले ज्यादती गरेको भन्दै नेकपा बहुमतले काठमाडौंम विरोध प्रदर्शन गरेको छ । लघुवित्तिय संस्थाहरुका कारण सर्वसाधारणहरु पीडित हुनुपरेको र ठगी गरेको भन्दै नेकपा बहुमतको बागमती उपत्यका व्युरोले काठमाडौंको कमलपोखरीस्थीत निर्धन उत्थान लघुबित्तको कार्यालय अगाडी प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले लघुवित्तिय संस्था खारेज गर, पीडितको ऋण मिनाहा गर, जनताको जीवनशैली सहज गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । नेकपा बहुमतका नेता गुणराज लोहनीले नेपालका ७५ प्रतिशत मान्छेहरु बितिय संस्थाबाट पिडित रहेको बताउनुभयो । उहाले लघुवित्तिय संस्थाहरुले ज्यादती नरोकिएसम्म निरन्तर संघर्ष गर्ने चेतावनी दिए । लघुवित्तिय संस्थाहरुका कारण पीडित हुनुपरेको भन्दै पछिल्लो समय विरोध प्रदर्शन हुदै आएको छ । हेर्नुहोस् भिडियो:
स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गरिने छ: प्रधानमन्त्री प्रचण्ड {भिडियो} काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गरिने बताएका छन् । बिहीबार काठमाडौंमा सामुदायिक रेडियो प्रसारक संघको राष्ट्रिय सम्मेलन तथा १७औँ साधारण सभा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूति, सम्पूर्ण पत्रकारहरूको स्वास्थ्य, दुर्घटना तथा हुलदंगा वा आतंकको बीमा, साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गरिने बताएका हुन् । उनले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्धनको नीति लिँदै आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गर्न प्रतिवद्ध रहेको पनि बताए । उनले सञ्चारकर्मीहरूको सीप तथा दक्षता अभिवृद्धि र अद्यावधिक गर्न एवं उच्चतम व्यावसायिक अभ्यासका लागि प्रेरित गर्न संघ र प्रदेश तहमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने सरकारको प्रतिवद्धता रहेको जानकारी दिए। वाक तथा प्रेस स्वतन्त्रता र सञ्चारमाध्यमहरूको सबलीकरणमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग हुने उनले बताए । प्रधानमन्त्री प्रचण्डले प्रविधिमैत्री सरकार र नेतृत्वको सकारात्मक भूमिका एवं पहलबाट मात्रै सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न सकिने उल्लेख गरे । उनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा व्यक्त जनादेशका आधारमा राजनीतिक व्यवस्थापनको कामसहित विकास र समृद्धिको यात्रामा द्रूततर रूपमा अगाडि बढ्ने संकल्पमा रहेको धारणा राखे। त्यस्तै नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अहिले नागरिकहरु निराश भइरहेको भन्दै सरकार सजक हुनुपर्ने बताए । अहिले कुर्सीमा बसेका प्रधानमन्त्री डराउनुपर्ने भन्दै प्रधानमन्त्री डराए नागरिक डरबाट मुक्त हुने उनले बताए। नागरिकको स्वतन्त्रतासँग हरेक सरकार त्रसित हुने गरेको उल्लेख गर्दै नागरिकको स्वतन्त्रताका बारेमा सञ्चारमाध्यम सचेत हुनुपर्ने थापाको भनाइ छ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सामुदायिक रेडियोको दिगोपनाका लागि राज्यले अभिभावकको भूमिका निर्वाह गर्न नसकेको उल्लेख गर्दै रेडियोमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिए । हेर्नुहोस् भिडियो:
चैते धान रोप्ने तयारीमा जुट्दै किसान संखुवासभा । चैते धान रोप्ने समय सुरु भएको छ । किसानहरु चैते धान रोप्नका लागि खेतमा व्यस्त भेटिन्छन् । संखुवासभा जिल्लाको धर्मदेवी नपा– ४ छुमुङमा चैते धान रोप्नका लागि गोरूमार्फत् खेत जोट्दै कृषक परिवार । यस क्षेत्रमा वर्षको दुईपटक धान रोप्ने गरिन्छ ।
ह्विलचेयर क्रिकेट टोली भारत जाँदै काठमाडौं । ह्विलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुने १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली भोलि बिहीबार भारतको गुजरात प्रस्थान गर्ने भएको छ । हिमाल अर्यालको कप्तानीमा रहेको टोलीको अन्य सदस्यमा रामबहादुर तामाङ, राजु गुरुङ, दानबहादुर थिङ, सागर पाण्डे, डिगमसिंह चेम्जोङ, दीपक तिमल्सेना, सोमनाथ राई, फणिनारायण पौडेल, रमेश खत्री, बरुण बुढा मगर र राजु कट्वाल रहेका छन् । प्रशिक्षकमा भरतकुमार कार्की छन् । टोली प्रमुखमा नेपाल पारालिम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला तथा अफिसियलमा महासचिव प्रकाश चिलवाल रहेका छन् । मार्च २३ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र श्रीलङ्का गरी चार राष्ट्रको सहभागिता रहनेछ । चार टिमबीच राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ । लिगमा शीर्ष दुई स्थान हात पार्ने टिमले पुनः उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । नेपालले मार्च २४ मा श्रीलङ्का, मार्च २५ मा भारत र मार्च २७ मा बङ्गलादेशविरुद्ध राउन्ड रोविन लिगमा प्रतिस्पर्धा गर्नेछ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले आज यहाँ आयोजित एक एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाई गरे ।
२४ चैतमा बहाव, सुरक्षा भन्छिन्– दुई महिना सुगासँग समय बिताएँ काठमाडौं । अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘बहाव’ यही चैत २४ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा सुरक्षाले प्रेमी, विद्रोही र साइको किसिमको चरित्रमा अभिनय गरेकी छन् । फिल्मको सार्वजनिक ट्रेलरमा सुरक्षालाई सुँगासँग संवाद गरेको र सुँगाको निकट रहेको देख्न सकिन्छ । चितवनमा फिल्मको दुई महिने वर्कसप र सुटिङ चल्दा सुरक्षा सुँगासँग बढी नजिकिइन् । ‘म सुँगासँग दुई महिना वर्कसपमा बसें । हामी जनावर भन्नेबित्तिकै छि छि दूरदूर गर्छौ । सुँगासँगको मेरो अनुभव केही फरक रह्यो’, सुरक्षा भन्छिन्, ‘मैले सुँगालाई निस्की भनेर पिँजडाको ढोका खोलिदिए पनि उ निस्किएन । उसमा अन्यौल थियो । उसमा डर पनि हुँदो रहेछ । उसले हाम्रो भाषा बुझ्ने भए पनि ऊ समझदार थियो । जनावरमा आफैंमा अनौठो किसिमको गुण हुँदो रहेछ । फिल्मको कथा पनि केही हिसाबमा सुँगासँग मिल्छ ।’ सुरक्षाको अनुभवमा सुरुमा सुँगा उनीसँग नजिकिएन । तर विस्तारै सुँगा सुरक्षासँग नजिकियो । ‘मसँग सुँगा सुरुमा मानेन । तर ऊसँग बस्दै बोल्दै गएपछि उसले मलाई पत्यायो । जबकी मबाहेक अन्य व्यक्तिसँग सुँगा नजिकिएन’, उनी भन्छिन्, ‘बिस्तारै सुँगा मसँग यति नजिकियो कि मेरो खुट्टा वरपर नै घुम्न थाल्यो । राती सुत्दा पनि सुँगा मेरो सिरान छेउमा रहेको स्टेण्ड लाइटमा गएर खुट्टा अड्काएर सुतिरहेको हुन्थ्यो ।’ ट्रेलरमा सुरक्षाले सुँगासँग ‘तलाई उड्न मन लाग्दैन हो’भनेर सोधेकी छन् । तर सुरक्षाको अनुभवमा सुँगालाई उड्न मन लागे पनि ऊभित्र एक किसिमको डर छ । ‘सुँगामा उड्न चाहने इच्छा भए पनि उडानमा उसलाई खस्ने डर छ । अथवा उसको गन्तव्य निश्चित छैन । किनकी ऊ पिँजडाभित्रै रमाइरहेको छ’, सुरक्षा भन्छिन् । सुरक्षाले आफू फिल्मको अर्को सुँगा भएको दाबी गरिन् । ‘म घरबाट निस्कन चाहन्छु र तर समय तथा बाध्यताले त्यो अवस्था हुन दिँदैन । म बहावको अर्को सुँगा हुँ’, उनले भनिन् । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती रहेको फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ । ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ लाई प्रमुख विषय बनाइएको फिल्ममा श्रीधर पौडेलको लगानी छ । श्रीधरले यसअघि नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त फिल्म ‘गोपी’ निर्माण गरेका थिए । फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ । सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत रहेको फिल्ममा सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ । फिल्ममा निगम श्रेष्ठको प्रोडक्सन डिजाइन, भारद्वाजसिंह माहिदाको फस्ट युनिट डिरेक्सन, विकास ठाकुरको स्टोरी एडिटर, प्रतीक श्रीवास्तवको स्टोरी डेभलपमेन्ट एण्ड आर्ट डिरेक्सन, सम्राट खनालको साउण्ड रेकर्ड, सीमा गुरुङको मेकअप, रञ्जीत क्षेत्रीको कस्ट्युम, सनीष सचुको पोस्टर डिजाइन, सुदीप दवाडीको मार्केटिङ स्ट्राटेजी, निर्वाना फिल्म स्कुलको प्रोडक्सन मेनेजमेन्ट र सिने जोनको पोस्ट प्रोडक्सन मेनेजमेन्ट छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।
श्रमिकलाई पेन्सनसहितको सामाजिक सुरक्षा योजना शुभाम्भ {भिडियो} काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पेन्सनसहितको सामाजिक सुरक्षा योजना शुभाम्भ गरेको छ । बुधबार काठमाडौंमा सामाजिक सुरक्षा कोषले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारमा रहेका श्रमिक, विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ गरेका हुन् । वैदेशिक स्वरोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गरिएको कोषले जनाएको छ । योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक लाभान्वित हुने प्रधानमन्त्री प्रचण्डले बताए । उनले वैदेशिक रोजगारीका लागि जाने युवालाई दुःख दिने काम अन्त्य भएको सहज वातावरण बनाईएको धारणा राखे । प्रधानमन्त्री प्रचण्डले विभिन्न परिस्थिति र बाध्यताले वैदेशिक रोजगारीमा जान परेको अवस्थालाई अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको उल्लेख गरे । कोषमा आबद्ध हुने वैदेशिक रोजगारमा रहेका श्रमिकले पनि जीवनको उत्तरार्धमा पेन्सन पाउने अवस्था बनेकाले श्रमिकको जीवनमा ठूलो मद्दत पुग्ने उनको भनाइ छ । त्यस्तै प्रधानमन्त्री प्रचण्डले पहिलो पटक प्रधानमन्त्री हुँदा बिदेशमा रहेका नागरिकको समस्या समाधान गर्न पहल गरेको, दोश्रो पटक प्रधानमन्त्री हुँदा श्रमिकको सुरक्षा, स्वास्थ र वीमाको समस्या समाधान गर्न प्रयास गरेको र अहिले विदेशमा रहेका श्रमिकको सुरक्षा कार्यक्रम शुभारम्भ गर्न पाउदा खुसी लागेको बताए । त्यस्तै कोष सञ्चालक समितिका अध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले कोषको योजनाले वैदेशिक क्षेत्र र विदेशमा स्वरोजगारमा रहेका नागरिक सामाजिक सुरक्षाको दायरामा समेटिने बताउनुभयो । विप्रेषणलाई वैधानिक बाटोबाट भित्र्याउन पनि यस योजनाले सघाउ पु¥याउने उनले बताए । उनले अव विदेश जाँदा चक्रवृति व्याज लिनुनपर्ने र कोषबाटै आवश्यक रकम लिन सकिने व्यवस्था गर्न लागिएको जानकारी दिए कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोषले शुभारम्भ गरेको योजनाबाट लाखौँ श्रमिक र आश्रित परिवार लाभान्वित हुने विश्वास व्यक्त गरे। हेनुहोस् भिडियो:
बिभिन्न माग पुरा गर्नुपर्ने भन्दै किसान संघ महासंघको प्रदर्शन [भिडियो] काठमाडौं । किसानका बिभिन्न माग पुरा गर्नुपर्ने माग राख्दै विभिन्न ६ वटा कम्युनिष्ट पार्टी निकटका किसान संघ महासंघले काठमाडौंमा प्रदर्शन गरेका छन् । सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल किसान महासंघलगायतका संगठन आवद्ध संयुक्त किसान संघर्ष समितिले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले लघुवित्तको ज्यादती रोक्नु पर्ने , मीटरब्याजीका कारण कृषक पलायन हुनुपरेको भन्दै आक्रोश ब्यक्त गरेका छन् । रासायनिक मलखादको समस्यालाई तत्काल समाधान गर्नुपर्ने, सरकारसंग यसअघि भएको सहमति कार्यान्वयन गर्नुपर्ने लगाएतका मागका साथ राज्यलाई ध्यानाकर्षण गराउन सांकेतिक विरोध प्रदर्शन गरेको नेकपा एस निकट अखिल नेपाल किसान संगठनका अध्यक्ष बलराम बास्कोटाले बताएका छन् । उनीहरुले कृषिमा वैदेशिक लगानी हुन नहुने, भूमि बैंक खारेज गर्नु पर्ने लगायतका माग समेत राखेका छन् । शान्तिपूर्ण विरोधका कार्यक्रमबाट आफ्ना मागहरु सुनुवाई नभए सशक्त आन्दोलन गर्ने संघर्ष समितिको चेतावनी छ । हेर्नुहोस् भिडियो:
क्रिकेटर राजवंशी र कँडेललाई नगदसहित सम्मान {भिडियो} काठमाडौं । नेपाल खेलकूद महासङ्घ मोरङले नेपालका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी ललित नारायण राजवंशी र दिपेश प्रसाद कँडेललाई आज यहाँ नगद सहित सम्मान गरेको छ। महासङ्घका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले नेपाललाई विश्वकप छनौटमा पुर्याउन महत्वपूर्ण योगदान गरेका राष्ट्रिय क्रिकेट टोलीका सदस्यद्वय राजवंशी र कँडेललाई जनही नगद रु २५ हजार सहित सम्मान गरेका हुन् । राजवंशी र कँडेलले नेपालको क्रिकेटलाई उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण प्रोत्साहित गर्न नगदसहित सम्मान गरिएको बताउँदै उनले खेल क्षेत्रको विकास र पूर्वाधार निर्माणमा सहकार्य गर्ने विचार राखेका छन् । महासङ्घका मोरङ अध्यक्ष मनोज खड्का र सचिव अनन्त बस्नेतले खेलाडी देशका लागि गौरव भएको विचार व्यक्त गरे । सो अवसरमा नेपाल क्रिकेट संघको कोषाध्यक्ष रोशन वहादुर सिह, राजवंशीका वुवा आमालाई समेत सम्मान गरिएको थियो । हेर्नुहोस् भिडियो:
बेनी बजारमा अव्यवस्थित तार हटाउन शुरु {भिडियो} म्याग्दी। म्याग्दीको बेनी बजारमा अव्यवस्थित तार हटाउन शुरु भएको छ । बेनी नगरपालिकाको ७ र ८ नम्बर वडामा पर्ने बेनी म्याग्दीको जिल्ला सदरमुकाम हो । बेनी नगरपालिकाले नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, केबुल र इन्टरनेट सेवा प्रदायक संस्थाहरुसँग समन्वय गरेर उपयोग विहिन, बजारको सौन्दर्यकरणमा असर गरेका र जोखिमयुक्त अव्वस्थित तार हटाउन थालिएको हो । विद्युतका पोलमा गुजुल्टा परेका तारका कारण विद्युतीय दुर्घटना, बजार व्यवस्थापनका साथै सौन्दर्यमा पनि असर परेको छ । जनप्रतिनिधि, नगर प्रहरी, विद्युत प्राधिकरण, टेलिकम र इन्टरनेट तथा केबुल सेवा प्रदायक कम्पनी तथा संस्थाका प्रतिनिधिहरुले प्रयोग विहिन तार पहिचान गरेर त्यसलाई पोलबाट निकाल्न थालेका हुन् । बर्षौ पुराना र काम नलाग्ने तारको गुजुल्टाले विद्युतका पोल फेटा गुटाएको जस्तो भएका छन् । जसका कारण विद्युत पोलमा भार बढेको छ । लत्रिएका तारमा सवारी साधन अल्झिने र पैदलयात्रुलाई आवत जावतमा समस्या भएको छ । प्रयोग हुन छाडेका तार नहटाउने तर नयाँ तार थपिने क्रम बढेपछि बजार अव्यवस्थित बनेको थियो । अव्यवस्थित तारका कारण विद्युत, टेलिफोन, केवुल, सडक वक्ति, सिसिटिभी र इन्टरनेट सेवा अवरुद्ध हुँदा मर्मतमा समस्या भएको बजारबासीले बताएका छन् । वाइट नवराज पौडेल, स्थानीयबासी, बेनी बजार म्याग्दीमा नेपाल टेलिकमका साथै दुई वटा केबल टिभी र पाँच वटा इन्टरनेट सेवा प्रदायकले बिद्युत प्राधिकरणको पोल प्रयोग गरेका छन् । हेर्नुहोस् भिडियो:
राष्ट्रपति पौडेल वनकाली क्षेत्रमा बृक्षरोपण कार्यक्रममा (तस्बिर) काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बुधबार पशुपतिनाथस्थित वनकाली क्षेत्रमा बृक्षरोपण गरेका छन् । उनले उक्त स्थानमा नागचम्पा फूलको वृक्ष रोपण गरेका थिए ।
वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन्। सामाजिक सुरक्षा कोषले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गर्दैछ। वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गर्न लागिएको सामाजिक सुरक्षा कोष कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए। उक्त योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक लाभान्वित हुने अनुमान गरिएको छ। वैदेशिक रोजगारी र विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको छातामुनि ल्याउन कोषले यसअघि नै अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्नेसम्बन्धी कार्यविधि स्वीकृत गरिसकेको छ। उक्त कार्यविधिले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका लाखौँ श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउने बाटो खोलेको थियो। ट्रेड युनियन सङ्घ सङ्गठनले लामो समयदेखि अनौपचारिक र स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरमा ल्याउन माग गर्दै आएका थिए। नेपालको औपचारिक क्षेत्रका श्रमिकले तीन वर्षदेखि सामाजिक सुरक्षा योजनाबाट लाभ लिन थाले पनि वैदेशिक रोजगारी र विदेशमा स्वरोजगारमा रहेका श्रमिक त्यसबाट बञ्चित हुँदै आएका थिए। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले पनि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गराउन पैरवी गर्दै आएको थियो। नयाँ श्रम स्वीकृति लिनेलाई आजदेखि कोषमा सूचीकृत हुने व्यवस्था अनिवार्य गरिएको छ। हाल दैनिक करिब दुई हजार जनाले श्रम स्वीकृति लिने गरेका छन्। श्रम स्वीकृति लिनेले कोषमा एक महिनाको योगदान रकम जम्मा गर्नुपर्ने छ। वैदेशिक रोजगारीमा जाने श्रमिकले छ महिनाको योगदान रकम जम्मा गर्दा १० प्रतिशत छुट पाउने प्रवक्ता पन्थीले बताए। विदेशमा रहेका श्रमिकले कोषको वेभसाइटबाट सूचीकरण गरी योगदान रकम जम्मा गर्न सक्नेछन्। स्वीकृत कार्यविधिबमोजिम वैदेशिक रोजगारीमा रहेका वा विदेशमा स्वरोजगार रहेका श्रमिकले कम्तीमा आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात् न्यूनतम रु दुई हजार मासिकरूपमा र अधिकतम त्यसको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुन सक्नेछन्। प्रवक्ता पन्थीका अनुसार कोषमा हालसम्म औपचारिक क्षेत्रका तीन लाख ९९ हजार पाँच सय ६६ श्रमिक आबद्ध भइसकेका छन्। कोषमा रु ३० अर्ब ८७ करोड योगदान रकम सङ्कलन भएको छ। कोषले योगदानकर्तालाई रु तीन अर्ब ८१ करोड दाबी भुक्तानी गरेको छ । विसं २०७५ मङ्सिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको थियो।
अयोध्या र रेसुङ्गाको सम्बन्ध विस्तार गर्न शन्त सम्मेलन गुल्मी । गुल्मीको धार्मिक एवं पर्यटकीय क्षेत्र रेसुङ्गामा शन्त सम्मेलन गरिने भएको छ । भारतको अयोध्या र रेसुङ्गाको पुरानो सम्बन्धलाई विस्तार गरी धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने उद्देश्यले वैशाखको तेस्रो साता सम्मेलन गर्न लागिएको हो । रेसुङ्गा संरक्षण समितिको आयोजनामा वैशाख २३ देखि ३१ गतेसम्म रेसुङ्गाको पोखरी क्षेत्रमा श्रीराम महायज्ञ कथा वाचन महोत्सव एवं विराट शन्त भक्त दर्शन मेलाको आयोजनासहित सम्मेलन गर्न लागिएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष शुरेसचन्द्र भुसालले जानकारी गराए। त्रेतायुगदेखि रेसुङ्गा सम्बन्ध अयोध्यासँग जोडिएको भए पनि यी दुई बीचको धार्मिक सम्बन्ध र महत्वका बारेमा प्रचारप्रसार हुन सकेको थिएन । दुई धार्मिकस्थलको सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि भारतको राम अयोध्या धामका स्वामी राजेन्द्रनन्द र राजस्थानका योगी शम्भुनाथ सम्बन्ध विस्तारमा लाग्नुभएको छ । उहाँहरू दुवै जनाले पवित्र तपोभूमि रेसुङ्गा पुगी जिल्लाका सबै सरोकारवालासँग शन्त सम्मेलन र यसको मुख्य उद्देश्यबारे जानकारी गराएका थिए । सम्मेलनका लागि चार सय शन्त भारतबाट रेसुङ्गामा आउने कार्यक्रमसमेत तय भइसकेको संरक्षण समितिले जनाएको छ । रेसुङ्गा क्षेत्रको विकासबाट जिल्लाको अन्य धार्मिक र पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा टेवा पुग्ने भन्दै सम्मेलनको तयारी थालिएको हो । रेसुङ्गा नगरपालिकासहित छिमेकी पालिका, स्थानीय प्रशासन र विभिन्न सङ्घसंस्थाले वैशाख तेस्रो साता सम्मेलन आयोजना गर्ने विषयमा सहमति भइसकेको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए । रेसुङ्गा नगरपालिकाले पनि रेसुङ्गा क्षेत्रको विकासका लागि केही दिनमै ‘जाउँ हिँड रेसुङ्गा’ भन्ने अभियान शुभारम्भ गर्न लागेको बताइएको छ । रेसुङ्गा नगरपालिकाको नीति तथा कार्यक्रममा रेसुङ्गाको पर्यटकीय विकासलाई मुख्य प्राथमिकतामा राखेको भन्दै यो सम्मेलनले रेसुङ्गालाई पर्यटकीय गन्तव्यस्थलका रुपमा प्रचार प्रसार गर्न थप सहयोग पुग्ने नगर प्रमुख पन्थीले बताए । योगी शम्भुनाथले ऐतिहासिक, धार्मिक तथा प्राकृतिरुपले विचित्र र रमणीय रेसुङ्गा क्षेत्र ओझेलमा परेकोप्रति दुःख व्यक्त गरेका थिए । उनले अयोध्याका राजा दशरथलाई पुत्र नभएपछि रेसुङ्गाका ऋष्यश्रृङ्ग ऋषिलाई अयोध्या लगेर यज्ञ गरेपछि पुत्र प्राप्त भएको बताए । रेसुङ्गा र अयोध्यासँगको पुरानो धार्मिक सम्बन्ध विस्तार गर्दै साधुशन्तको आवतजावत बढाउने उद्देश्यले सम्मेलनमार्फत अभियान सञ्चालन गर्न लागिएको रेसुङ्गा संरक्षण समितिले बताएको छ ।
null
एकीकृत समाजवादी: सरकारमा जाने बिषयमा गृहकार्य गर्न कार्यदल गठन {भिडियो} काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा जाने बिषयमा गृहकार्य गर्न कार्यदल बनाएको छ । पार्टी कार्यालय तीनकुनेमा मंगलबार बसेको नेकपा समाजवादीको सचिवालय बैठकले सरकार गठनको सम्पूर्ण प्रक्रियाको गृहकार्य गर्नका लागि कार्यदल बनाउने निर्णय गरेको हो । कार्यदलमा अध्यक्ष माधवकुमार नेपाल र उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल रहनुभएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । कार्यदलले पार्टीका तर्फबाट सरकारमा जाने मन्त्रीहरुले गर्ने काम, नीति निर्माणका बिषयमा छलफल गर्ने उनले बताए । त्यस्तै कार्यदलले केन्द्रदेखि प्रदेश मन्त्रालयको बाँडफाँट र सरकारको एजेन्डाहरुका बारेमा छलफल गर्ने उनले बताए । त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले सरकारमा जानका लागि नीति, सिद्धान्त र कार्यक्रम, मन्त्रीको बाडफाट, लगाएतका बिषयमा कार्यदलले प्याकेजमै निर्णय गर्ने जानकारी दिए। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा बिषयमा पनि छलफल भएको नेताहरुले जानकारी दिएका छन् । हेर्नुहोस् भिडियो:
विराट गोल्ड कप चैत ९ गतेदेखि– विजेतालाई २० लाख पुरस्कार मोरङ । विराटनगरमा यही चैत ९ देखि १६ गतेसम्म सञ्चालन हुन लागेको ‘विराट गोल्डकप’को सम्पूर्ण तयारी पूरा भएको छ । विराट गोल्ड कप आयोजक समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्थानीय शहीद रङ्शालामा रात्रिकालीन प्रतियोगिता सञ्चालन हुने जानकारी दिइयो । प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका छ क्लब, भारतको एक र भूटानको एक क्लबले ‘नकआउट’ आधारमा प्रतिस्पर्धा गर्नेछन् । नेपालका विभागीय क्लबहरू एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिसका साथै, सङ्कटा, जवालाखेल र विराटनगर सिटी फुटबल क्लब छन् भने लुका सकर क्लब केरला भारत र ड्रुक लयुल फुटबल क्लब भूटान रहेका छन् । प्रतियोगिताको उपाधि विजेताले रु २० लाख १५ हजार तथा उपविजेताले रु १० लाख २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजक समितिका सहसंयोजक सुभाशिष कोइरालाले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न रु दुई करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
भारतमा उपचाररत कांग्रेस नेता भण्डारीलाई सामान्य आहार प्रदान काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई समान्य आहार दिन सुरु गरिएको छ । बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट घाइते भएपछि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचाररत भण्डारीलाई सामान्य आहार दिन सुरु गरिएको हो । आगलागीबाट गम्भीर घाइते भएका डा भण्डारीको आज ३३ दिन पुग्दा स्वास्थ्यमा सुधार भइरहेको र अनुहारको छाला राम्रो हुँदै गएको डा भण्डारीका दाजु मीनप्रसाद भण्डारीले जानकारी दिए । “डा भण्डारीको फिजियोथेरापी भइरहेको छ, कलमी गरिएको छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ, स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ”, डा भण्डारीका दाजु मीनप्रसादले भने । डा भण्डारीको फिजियोथेरापी जारी रहेको र केही समय सहयोगबिना बस्न थालेको दाजु मीनप्रसादको भनाइ थियो । अनुहारको छाला राम्रो हुँदै गएकाले तत्काल अप्रेसन गर्नुनपर्ने चिकित्सकले बताएका छन् । सङ्क्रमण नियन्त्रण गर्न अस्पताल प्रशासनले आगन्तुकलाई कडाइका साथ निषेध गरेको छ । आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते नै निधन भएको थियो ।
प्रधानमन्त्रीले पुष १० गतेको सहमतिबाट पछि हट्नुको कारण इतिहास खोज्नेछः बिष्णु पौडेल {भिडियो} काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले प्रधानमन्त्री बन्नका लागि प्रचण्डले पुष १० गते गरेको सहमतिबाट पछि हट्नुको कारण इतिहासले खोजिरहने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विश्वासको मतमाथिको प्रस्तावको छलफलमा पौडेलले प्रधानमन्त्री बन्नैका लागि प्रचण्ड बालकोट गएको र पुष १० गते सहमति भएको भन्दै पुरानो गठबन्धनमा फर्किनुपर्ने कारण इतिहासले खोजिरहने बताएका हुन्। पौडेलले प्रधानमन्त्री बन्न एमाले लगायत राजनीतिक दल चाहिने तर २ महिना पनि नपुग्दै, प्रधानमन्त्री पाउनेवित्तिकै दूरीको सम्बन्ध कायम गर्दै किन पुरानै गठबन्धनतिर फर्किनुपर्यो भन्दै प्रश्न गरे । उनले प्रधानमन्त्री प्रचण्डले पटक पटक राष्ट्रिय सहमति भनेपनि एमालेबिनाको राष्ट्रिय सहमति हुन नसक्ने बताए। एमाले बिनाको राष्ट्रिय सहमतिको कुरा गरेको भए त्यसको सख्त विरोधमा एमाले रहेको भन्दै उनले जनता र मुलुकले त्यस्तो राष्ट्रिय सहमति नचाहेको जिकिर गरे । प्रधानमन्त्री प्रचण्डबाट राष्ट्रिय सहमति नभइ देशलाई द्वन्द्वतर्फ र सम्बन्धलाई कटुतापूर्ण र शत्रुतापूर्ण दिशातर्फ लग्ने प्रयास भइरहेको उनको आरोप छ । त्यस्तै पौडेलले प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिएको र फेरि विश्वासको मत लिइरहेको भन्दै अब कहिले विश्वासको मत लिने भन्दै कटाक्ष गरे । उनले एमालेबाट परराष्ट्रमन्त्री रहेकी विमला राई पौडेलप्रति प्रधानमन्त्रीले गरेको व्यहारका कारण एमालेले सरकारबाट समर्थन फिर्ता लिएको स्पष्ट पारेका छन् । हेर्नुहोस् भिडियो:
एमाले र राप्रपा राजनीतिक अस्थिरतातिर अग्रसर भयो : प्रधानमन्त्री प्रचण्ड (भिडियो) काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले एमाले र राप्रपा राजनीतिक अस्थिरतातिर अग्रसर भएको आरोप लगाएका छन् । सोमबार संसद भवन नयाँ बानेश्वरमा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारबाहिर रहेका पार्टीहरुलाई समेत जोडेर राष्ट्रिय सहमतिको वातावरण बनाउन प्रयत्नशील रहेपनि राष्ट्रसामु स्थिरताको प्रतिबद्धता जनाएका दुई दल अस्थिरतातिर अग्रसर भएको आरोप लगाएका हुन् । उनले राजनीतिक स्थिरताको प्रतिवद्धतासहित सरकार गठन गरेको भन्दै फेरि विश्वासको मत माग्नुपर्ला भनेर नसोचेको जिकिर गरे । न्यूनतम साझा कार्यक्रम नै बनाएर सहमतिको आधार तयार गरेको र विगतका मतभेदलाई नउठाउने समझदारी गरेपनि केही पक्षबाट त्यसको पालना नभएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले राष्ट्रका संकट र सम्भावना दुबैले राष्ट्रिय सहमतिको माग गरेको बताए । उनले वर्तमान सरकारले गरेको प्रयासका कारण अर्थतन्त्रको बाह्य क्षेत्र सुधारको क्रममा रहेको जिकिर गरे । संसारभरिका कूटनीतिक र आर्थिक नियोगहरुलाई वैदेशिक लगानीका लागि परिचालनको सुरुआत भइसकेको युवा जनसंख्याबाट जनसांख्यिक लाभ लिन मुलुकभित्रै रोजगारीको व्यवस्थाका लागि हाल सञ्चालनमा रहेका रोजगारी सम्बन्धि संस्था, आयोजना तथा कार्यक्रमलाई एकीकरण र पुनर्संरचना गरी नतिजामुखी बनाउन खोजिएको उनले बताए । शान्ति प्रक्रियाका बाँकी काम र सङ्क्रमणकालीन न्यायलाई चाँडै टुङ्ग्याउने विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि उनले बताए। उनले सरकार नेपालको विकासको नयाँ मोडेलको तयारीमा रहेको बताए । आगामी आर्थिक वर्षको बजेटमा खर्च कटौती र उपलव्ध स्रोतको अधिकतम उपयोग हुने क्षेत्रमा बजेट विनियोजनमा जोड दिएको उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले सबै सरकारी सेवाहरूको लागत र समय पनि घटाएर अनलाइन प्रणालीबाटै सबै सेवा चुस्त र सहज रूपमा उपलब्ध गराउन आवश्यक काम भइरहेको बताए । भिडियो हेर्नुहोस्:
३३ हत्याको आरोपमा १३१० वर्ष कैद, गुन्डा नाइकेलाई यस्तो खतरनाक सजाय काठमाडौं । ल्याटिन अमेरिकी देश एल साल्भाडोरमा ३३ वटा हत्या, नौ हत्याको षड्यन्त्र र अन्य आपराधिक गतिविधिमा दोषी ठहर भएका एक गुण्डा नाइकेलाई १३१० वर्षको जेल सजाय सुनाइएको छ । विल्मर सेगोभिया नामको यो ग्याङ्स्टर एमएस-१३ गिरोहको सदस्य रहेको बताइएको छ। विल्मर बाहेक अर्का ग्याङ्गस्टर मिगुएल एन्जेल पोर्टिलोलाई पनि २२ हत्यामा ९४५ वर्षको सजाय सुनाइएको छ । मिगुएल विरुद्ध ज्यान मार्ने प्रयास, आगजनी र जबरजस्ती करणीका धेरै मुद्दा दर्ता छन्। यी सजायलाई एल साल्भाडोरमा हालसम्मकै सबैभन्दा कडा सजायको रूपमा वर्णन गरिएको छ। एल साल्भाडोरमा यी कठोर सजायहरू देशका राष्ट्रपति, नायब बुकेलेको प्रयासको परिणाम हो, जसमा उनले देशमा फस्टाउँदै गएका यी गिरोहहरू विरुद्ध अभियान सुरु गरेका छन्। देशका कारागारमा कैयौं खतरनाक गुण्डाहरू बन्द छन् । केही दिनअघि सरकारले हजारौं गुण्डालाई पनि मेगा जेलमा सारेको थियो । यसको जानकारी राष्ट्रपति आफैले ट्विट गरेका हुन् । एल साल्भाडोरका राष्ट्रपति नायब बुकेलेले २४ फेब्रुअरीमा ट्वीट गरेका थिए कि आज हामीले २ हजार गैंगस्टरहरूलाई स्थानान्तरण गरेका छौं। उनीहरूलाई नयाँ मेगा जेलमा राखिएको छ, जहाँ उनीहरू दशकौंसम्म सीमा पर्खालभित्र बस्नेछन् र आम जनतालाई कुनै हानि गर्न सक्ने छैनन्। यस मेगा जेलमा करिब २००० गुण्डालाई सारिएको जानकारी गराइन्छ । ४० हजार कैदी राख्ने क्षमता भएको यो जेल अमेरिकाको सबैभन्दा ठूलो जेल मानिन्छ ।
थ्री नेसन्स कप प्रतियोगितः लाओस र भुटानको फुटबल टोली नेपालमा (भिडियो) काठमाडौं । प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लागि लाओस र भुटानको राष्ट्रिय फुटबल टोली नेपाल आईपुगेका छन् । भुटानको राष्ट्रिय फुटबल टोली सोमबार बिहान र लाओसको टाली मध्यान्ह नेपाल आएका हुन् । लाओसको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाह लगायतले स्वागत गरे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम्म हुँदैछ । प्रतियोगितामा नेपाल, भुटान र लाओसले प्रतिस्पर्धा गर्ने छन् । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् । पहिलो खेलमा नेपालले लाओससँग चैत ८ गते खेल्नेछ । चैत ११ गते भुटान र लाओस भिड्ने छन् । त्यस्तै चैत १४ गते नेपाल र भुटान भिड्ने छन् । नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसको प्रशिक्षणमा प्रतियोगिता खेल्नेछ ।यस अघि नेपालले २०७७ सालमा थ्री नेसन्स कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । फाइनलमा बंगलादेशलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो । भिडियो हेर्नुहोस्:
null
रास्वपाले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत कायम राख्ने (भिडियो) काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत कायम राख्ने निर्णय गरेको छ । पार्टी कार्यालय बसुन्धारामा आइतबार बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले आफ्ना मुद्धाहरुलाई अघि बढाउनका लागि सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको रास्वपाका केन्द्रीय सदस्य रमेश प्रसाईले जानकारी दिएका छन् । न्युनतम साझा कार्यक्रमका रहेका रास्वपाका शिक्षा, स्वास्थ्य, भ्रष्टाचार लगाएतका मुद्धाहरुलाई कार्यान्वयनका लागि पनि सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरिएको उनको भनाइ छ । प्रसाईले आफुहरुको मुद्धा कार्यान्वयन नहुने अवस्था आए सरकारलाई दिएको समर्थनमा पुनर्बिचार गर्न सकिने जिकिर गरे । त्यस्तै अहिले नै सरकारमा जाने बिषयमा कुनै छलफल नभएको भएपनि सरकारमा गएर जनताका मुद्धाहरुलाई अघि बढाउनुपर्नेमा आफ्नो जोड रहेको प्रसाइले बताए। भिडियो हेर्नुहोस्:
एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने {भिडियो} काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । पार्टी कार्यालय तीनकुनेमा आइतबार बसेको समाजवादीको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने र संसदमा सत्तापक्षको बेञ्चमा बस्ने निर्णय गरेको हो । सरकारमा जाने नजाने बिषयमा अहिले कुनै छलफल नभएपनि सत्तापक्षको बेञ्चमा बसेपछि सरकारमा जान सकारात्मक नै रहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । त्यस्तै बैठकले पार्टी महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष मनोनयन गरिएको छ भने घनश्याम भुसाललाई महासचिवमा मनोनयन गर्ने निर्णय गरेको खतिवडाले बताए। यस्तै बैठकले पार्टीका ४ जना केन्द्रिय उपाध्यक्षहरु घनेन्द्र वस्नेत, केदार न्यौपाने, धर्मनाथ प्रसाद शाह र केशवलाल श्रेष्ठलाई पार्टीको केन्द्रिय सचिवालयमा सर्वसम्मत मनोनयन गरी केन्द्रिय सचिवालयको संख्या १९ पुगेको प्रवक्ता खतिवडाले बताएका हुन् । महासचिवमा मनोनित भएका भुसाल केहि समय अघि मात्रै समाजवादीमा प्रवेश गरेका थिए । हेर्नुहोस् भिडियो:
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गर्ने कांग्रेसको निर्णय (भिडियो) काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको छ । संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले सोमबार प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गर्ने निर्णय गरेको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए । संसदीय दलको बैठकले कार्यसम्पादन समितिको बैठक अनुसार प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको लेखकले बताए । बैठकले राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा निर्वाचित रामसहाय प्रसाद यादवलाई बधाई दिदै सफल कार्यकालको कामना गर्दै राष्ट्रपति–उपराष्ट्रपति निर्वाचन सफलताका साथ सम्पन्न गर्न भूमिका खेल्ने सवैप्रति धन्यवाद दिने निर्णय गरेको उनले बताए। बैठकले नेपाली क्रिकेट टोलीको सफलताका लागि खेलाडीहरुलाई बधाई दिने र क्यान प्रशिक्षक लगाएत सवैलाई धन्यवाद दिने प्रस्ताव पारित गरेको लेखकले बताए। हेर्नुहोस् भिडियो:
क्रेडिट सुइस बैंक पनि गम्भीर संकटमा फस्यो, प्रतिद्वन्द्वी युबीएस बैंकले किनिदिन सक्ने काठमाडौं । स्विट्जरल्याण्डको सबैभन्दा ठूलो बैंक युबीएसले संकटग्रस्त प्रतिद्वन्द्वी बैंक क्रेडिट सुइसको सम्पूर्ण वा केही अंश किन्न वार्ताको अन्तिम चरणमा रहेको बताइएको छ। पछिल्लो समय क्रेडिट सुइस बैंकको सेयरमा भारी गिरावट आएको छ । बैंकले आफ्नो आर्थिक अवस्थाबारे जानकारी दिँदै आफ्नो वित्तीय खातामा ‘गम्भीर त्रुटि’ भएको थाहा पाएको बताएको थियो । स्वीस नेशनल बैंकले क्रेडिट सुइसलाई संकटबाट बाहिर निकाल्नका लागि ५४ अर्ब डलरको आपतकालीन सहयोग गरेको थियो तर त्यसले संकट समाधान गर्न सकेन । नियामकहरूले सोमबार बजार खुल्नुअघि खरिद बिक्री सम्झौता पूरा गर्ने प्रयास गरिरहेका छन्। बुधबार बैंकको सेयर २४ प्रतिशतले घटेपछि क्रेडिट सुइसको सेयर अझै ओरालो लाग्ने चिन्ता थियो । त्यसबेलादेखि युरोपेली बजारमा बिक्रीको अवधि सुरु भएको थियो र ठूलो वित्तीय संकटको चिन्ता व्यक्त गरिएको थियो। स्वीट्जरल्याण्ड सरकारले शनिबार राति आपतकालीन बैठक बोलाएको छ तर अहिलेसम्म सम्झौताको वार्ताका सम्बन्धमा आधिकारिक धारणा आएको छैन । समाचार एजेन्सी रोयटर्सले स्रोतलाई उद्धृत गर्दै यूबीएसले क्रेडिट सुइस खरिद गरेमा सरकारले नै ६ अर्ब डलरको मूल्य तिर्नुपर्ने माग गरेको बताएको छ । बैंक बिक्री गर्ने सम्झौता भएमा ठूलो परिमाणमा रोजगारी गुम्ने खतरा हुन्छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यदि दुवै बैंक एकसाथ आउने सम्भावना छ भने १० हजारसम्मको रोजगारी गुम्न सक्छ । स्विट्जरल्याण्डको बैंकमा यो संकट यस्तो बेला आएको हो जब अमेरिकाका दुई बैंक सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक असफल भएका छन् । त्यसयता विश्वभर नै बैंकिङ प्रणालीलाई लिएर चिन्ता बढिरहेको छ । सिग्नेचर बैंकले ठूलो नोक्सानको बारेमा कुरा गर्‍यो र भन्यो कि यो रकम जुटाउन गाह्रो हुन सक्छ, जसले विश्वभरका स्टार्टअपहरूलाई असर गर्नेछ। क्रेडिट सुइस १६७ वर्षअघि सन् १८५६ मा गठन भएको थियो। बैंकले हालैका वर्षहरूमा धेरै घोटालाहरूको सामना गरेको छ, जसमा सम्पत्ति शुद्धीकरणको आरोप पनि छ। बैंकले सन् २०२१ मा घाटा बेहोरेको थियो । त्यसपछि सन् २०२२ मा ७.९ अर्ब डलरको नोक्सानी बेहोरेको थियो । यो बैंकको लागि सन् २००८ यताकै सबैभन्दा खराब आर्थिक वर्ष थियो । बैंकले सन् २०२४ अघि नाफा दर्ता गर्न नसक्ने चेतावनी दिएको छ । बैंकले सन् २०२४ सम्म नाफामा जान नसक्ने चिन्ता व्यक्त गरेको छ । यससँगै युबीएसले सन् २०२२ मा ७.६ अर्ब डलर नाफा कमाएको थियो ।
कांग्रेस वर्तमान सरकारमा सहभागी हुने निर्णय {भिडियो} काठमाडौं । नेपाली कांग्रेसले वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको छ । आइतबार संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुनका लागि चारवटा मापदण्ड निर्धारण गरिएको छ । जसमा योग्यता, योगदान, समावेशीता र प्रादेशिक सन्तुलन रहेको प्रवक्ता महतले बताए। उनले संविधानको रक्षा, बृहतर देशको बिकास र समृद्धि तर्फ सरकारले काम गर्ने अपेक्षा सहित सरकारमा सहभागी हुने निर्णय गरेको उनले बताए। बैठकले उपराष्ट्रपति पदमा निर्वाचित रामसहाय प्रसाद यादवलाई बधाई र शुभकामना व्यक्त गरेको छ ।
विश्वकप छनोटमा पुग्न सफल नेपाली टिमलाई एमडीएसी स्पोर्ट्सद्वारा सम्मान काठमाडौं । एमडीएसी स्पोर्ट्सले आइसिसी विश्वकपको ग्लोबल छनोटमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको छ । ए डिभिजन लिगको मार्केटिङ कम्पनी समेत रहेको एमडीएसीले शनिबार दशरथ रंगशालामा राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको हो । ए डिभिजन लिग अन्तर्गत मनाङ मस्र्याङ्दी क्लब र एपीएफ क्लबबीचको खेल दौरान अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लगायतले खेलाडीलाई सम्मान गरेका हुन् । विश्वकप क्रिकेट लिग टू मा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप छनोटमा सोझै छनोट भएको भन्दै क्रिकेट टिमलाई सम्मान गरिएको एमडीएसी स्पोर्ट्सले जनाएको छ । लिग टू अन्तर्गत टियु क्रिकेट मैदानमा भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा बिहीबार युएईलाई पराजित गर्दै नेपाल जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा सोझै छनोट भएको थियो ।
पशुपतिप्रसादको नयाँ शृङ्खला ‘भष्मे डन’ बन्ने काठमाडौं । सात वर्ष अगाडि प्रदर्शन भएर समीक्षात्मक रूपमा सफल ‘पशुपतिप्रसाद’ को नयाँ शृङ्खला बन्ने भएको छ । धेरै रुचाइएको पात्र ‘भष्मे डन’ लाई लिएर बन्ने चलचित्रको नाम नै ’पशुपतिप्रसादः भष्मे डन’ राखिएको छ । शुक्रबार बिहान पशुपति क्षेत्रमै मुहूर्त गर्दै यही चैत १० गतेदेखि छायाङ्कन गर्ने जानकारी लेखक तथा निर्माता खगेन्द्र लामिछानेले दिए । अभिनेता विपिन कार्की शीर्ष भूमिकामा रहने चलचित्रमा सौगात मल्ल, स्वस्तिमा खड्का र वर्षा सिवाकोटीको अभिनय रहनेछ । लेखक लामिछानेले नाम मात्रको शृङ्खला नभई अर्थपूर्ण र तर्कपूर्ण चलचित्र बन्ने बताए । “जहाँ सात वर्ष अगाडि चलचित्र सकिएको थियो त्यहीँबाट सुरू हुनेछ । यो समय भइरहेको परिवर्तनसँगै भष्मेमा आएको बदलावलाई देखाउने छौँ”, लेखक लामिछानेले भने । यसमा नीरज कँडेलले छायाङ्कन निर्देशन, कृष्ण थापाले छायाङ्कन, दीर्घ खड्काले सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुसालले सङ्गीतको काम गर्नेछन् ।
वीरगञ्ज महानगरपालिकाले क्रिकेटर आसिफ र आरिफलाई मोटरसाइकल दिने वीरगञ्ज । वीरगन्ज महानगरपालिकाका नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई खेलाडीलाई मोटरसाइकल दिने घोषणा गरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग–२ मा देशको शिर उचोँ राखेको भन्दै वीरगञ्जका क्रिकेटर आसिफ शेख र आरिफ शेखलाई महानगरपालिकाले मोटरसाइकल दिने मेयर राजेशमान सिंहले घोषणा गरेका हुन् । वीरगञ्ज निवासी उनीहरू सहोदर दाजुभाइ हुन् । विश्व मानचित्रमा नेपालको नाम जाज्वल्य पार्ने खेलमा वीरगन्जका खेलाडीहरू ओपनिङ ब्याट्सम्यान आसिफ शेख र अलराउण्डर आरिफ शेखले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै मेयर सिंहले दुबैलाई पुरस्कार स्वरुप मोटरसाइकल प्रदान गर्ने जनाएका छन् । महानगरपालिकाले नेपाललाई ग्लोबल क्वालिफायरमा पुर्‍याई राष्ट्रको शिर उच्च बनाउने नेपाली क्रिकेट टोलीलाई पनि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
इरानले कुर्दिश ‘राजनीतिक बन्दी’ लाई फाँसी दियो पेरिस । प्रतिबन्धित समूहको सदस्यताका लागि राजनीतिक बन्दीका रूपमा हेरिएका एक कुर्दिश व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिएको अधिकारवादी समूहले बताएका छन् । नर्वेस्थित इरानी मानव अधिकार (आईएचआर) र हेन्गाव अधिकार समूहले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै मोहायदीन एब्राहिमीलाई उत्तर–पश्चिमी इरानको उर्मिया जेलमा शुक्रबार बिहान फाँसी दिइएको जनाएको छ । अन्य पाँच जनालाई पनि शुक्रबार बिहान उर्मियामा लागूऔषधसम्बन्धी आरोपमा मृत्युदण्ड दिइएको समूहले जनाएको छ । सन् २०१७ मा पक्राउ परेका र सन् २०१८ मा मृत्युदण्डको सजाय सुनाइएका इब्राहिमीमाथि इरानको कुर्दिस बाहुल्य क्षेत्रको आत्मनिर्णयका लागि सशस्त्र सङ्घर्ष गर्दै आएको प्रतिबन्धित समूह कुर्दिस डेमोक्र्याटिक पार्टीमा संलग्न भएको आरोप लागेको थियो । इब्राहिमीले उक्त आरोप अस्वीकार गर्दै आएका थिए । अधिकारवादी समूहहरूले उनी इराकबाट सामान बोक्ने भरियाको रूपमा मात्र काम गर्दै आएको बताएका छन् । आईएचआर र हेन्गाव दुवैले उनलाई ‘राजनीतिक बन्दी’ को रूपमा वर्णन गरेका छन् । आईएचआरका अनुसार इब्राहिमीलाई मृत्युदण्ड दिइने निश्चित भएपछि उनका छोरालाई पक्राउ गरिएको थियो । यसको विरोधमा उर्मिया जेलको ढोकाबाहिर बिहीबार अबेर प्रदर्शन पनि गरिएको थियो । हेन्गावका अनुसार इब्राहिमीको परिवारलाई सुरुमा सजाय निलम्बन भएपछि उनलाई अर्को जेलमा पठाउन लागेको बताइएको थियो । गत सेप्टेम्बर १६ मा २२ वर्षीया इरानी कुर्द महसा अमिनीको मृत्युभएपछि सुरु भएको प्रदर्शनको विरोधमा इरानले चार जनालाई मृत्युदण्ड दिएको छ । अधिकारवादी समूहहरूले सबै प्रकारका अभियोगमा मृत्युदण्ड दिने क्रम बढ्दो क्रममा रहेको भन्दै यसले समाजलाई विरोध गर्नेहरूलाई तर्साउन खोजेको तर्क गरेका छन् । आईएचआरका अनुसार इरानमा यस वर्ष कम्तीमा १४४ जनालाई मृत्युदण्ड दिइएको छ ।
चर्च ब्वाइज र मछिन्द्रको बराबरी, जावलाखेल विजयी काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाईटेड र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । च्यासल मैदानमा शुक्रबार भएको खेलमा चर्च ब्वाइज र १० खेलाडीमा समेटिएको मछिन्द्रले गोलरहित बराबरी खेलेका हुन् । खेलको ४१ औं मिनेटमा पुजन उपरकोटीले रातो कार्ड पाएपछि मछिन्द्र १० खेलाडीमा समेटिएको थियो । चर्च ब्वाइजका जोसेपलाई फउल गरेपछि रेफ्री नविन्द्र महर्जनले पुजनलाई रातो कार्ड देखाएका थिए । यस बराबरीसँगै चर्च ब्वाइजले ५ खेलमा ११ अंक जोडेको छ । मछिन्द्रले ५ खेलमा ५ अंक जोडेको छ । त्यस्तै शुक्रबार नै भएको अर्को खेलमा जावलाखेल युथ क्लबले थ्री स्टार क्लबलाइ पराजित गरेको छ । एन्फा कम्प्लेक्समा थ्री स्टार क्लबलाई १–० गोल अन्तरले हराउँदै जावलाखेलले तेस्रो जित निकालेको हो । जावलाखेलको जितमा एन्कोटो मासोबीले खेलको १६ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै जावलाखेलले ५ खेलमा १० अंक जोडेको छ । थ्री स्टारले ५ खेलमा ७ अंक जोडेको छ ।
उपराष्ट्रपतिको निर्वाचन लोकतान्त्रिकभन्दा पनि साँठगाँठ प्रणालीमा चल्यो: ओली {भिडियो} काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन लोकतान्त्रिक भन्दा पनि साँठगाँठ प्रणालीमा चलेको आरोप लगाएका छन् । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा उपराष्ट्रपति निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले लोकतान्त्रिक प्रणालीमा हारजित हुनु स्वभाविक भएपनि अहिले साँठगाँठको प्रणाली भएको बताएका हुन्। उनले कांग्रेससंगको सहकार्यका बिषयमा अहिले नै भन्ने बेला नआएको जिकिर गरे। आफ्नो कांग्रेससंग सहकार्य हुन सक्छ भन्ने अभिव्यक्तिप्रति कांग्रेसकै केहि नेताहरु त्रसित भएको उनले बताए । एक जना चर्का कांग्रेसले कति सालपछि प्रतिपक्षमा भेट होला भनेर अभिव्यक्ति दिएको र यसले कांग्रेसभित्रै ठुलो गडबडी रहेको हुनसक्ने उनको भनाइ छ । त्यस्तै उनले एमाले देश र जनताका लागि काम गर्ने भन्दै केन्द्र लगाएत प्रदेश सरकारमा प्रतिपक्षीमा बसेर काम गर्दा राजनीति नगुम्ने तर्क गरे। ओलीले शान्तिप्रक्रियाका बाँकी काम समयमा नै टुङ्गाउनुपर्ने र संक्रमणकालीन न्यायसम्बन्धी संशोधन बिधेयकमा एमालेले आवश्यक धारणा तय गर्ने बताए। हेर्नुहोस् भिडियो:
उपराष्ट्रपति पदमा मतदान गर्न सहभागी सांसद {फोटो} काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान गर्न शुक्रबार नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा लामबद्ध सांसदहरुका केहि तस्बिर ।
१३५ मेगावाट मनाङ–मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माण कार्य तिव्र लमजुङ। हिमाली जिल्ला मनाङअन्तर्गत मर्स्याङ्दी नदीमा १ सय ३५ मेगावाटको मनाङ–मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माण कार्यधमाधम भइरहेकोे छ। कोरोना संक्रमणका कारण निर्माण हुन नसकेको सो जलविद्युत आयोजनाको निर्माण कार्य पुस अन्तिम साताबाट सुरु भएको हो। मनाङ–मस्र्याङ्दी जलविद्युत आयोजना निर्माणका लागि केही वर्ष पहिले नै तयारी भए पनि विश्वव्यापी कोरोना संक्रमण जोखिमका कारण निर्माण कार्य सुरु हुन सकेको थिएन। आगामी चार वर्षमा निर्माण सम्पन्न गर्नेगरी एक नेपाली र तीन चिनियाँ कम्पनीले साझेदारीमा सो जलविद्युत आयोजना निर्माण गर्न लागेका हुन्। आयोजना निर्माणका लागि बुटवल पावर कम्पनीसहित एससीआईजी इन्टरनेसनल, छिङचेङ इन्टरनेसनल र चिनियाँ लगानीकर्ता क्यूवाईसी इन्टरनेसनलले निर्माण गर्ने भएका हुन्। आयोजनामा नेपाली साझेदार बीपीसीको २० प्रतिशत र तीन चिनियाँ कम्पनीको संयुक्त रूपमा ८० प्रतिशत लगानी रहेको छ। कुल लागत ३३ अर्ब ३८ करोडमध्ये २० प्रतिशत स्वपुँजी र ८० प्रतिशत ऋण लगानी रहने आयोजनाले जनाएको छ। रन अफ द रिभर प्रकृतिमा बन्न लागेको सो आयोजनाबाट वार्षिक ७ सय ६६ दशमलव ५ सय ९३ गिगावाट विद्युत शक्ति उत्पादन हुने जनाइएको छ। आयोजनाबाट वार्षिक ७५ करोड नौ लाख ४८ हजार ८ सय ७५ युनिट विद्युत उत्पादन हुने प्रारम्भिक अध्ययनले देखाएको छ। सम्भाव्यता अध्ययनअनुसार यो आयोजनाको ग्रस हेड ४ सय ३० दशमलव २० मिटर र हेडरेस टनेल ६ दशमलव ०७५ किमि रहेको छ। आयोजना निर्माणका लागि सम्बन्धित कम्पनी र नेपाल सरकारबीच ३ पुसमा सम्झौता भएको थियो।
सुरू भयो निफ काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को छैटौँ संस्करण काठमाडौँमा सुरू भएको छ। ‘विश्वभरिका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नारासहित महोत्सवको सुरुआत कोरिन शर्मा निर्देशित ‘चरी’ मार्फत भयो। पैँतीस देशबाट ९५ चलचित्र सहभागी महोत्सवको उद्घाटन समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले उत्सवको रूपमा मनाउन आग्रह गरे। “महोत्सवले दुई देशको संस्कृति र पर्यटनलाई टेवा पुर्‍याउनेछ। हाम्रो चलचित्र र अन्तर्राष्ट्रिय चलचित्र एकसाथ हुँदा बन्ने शैलीसँगै विविध पक्षको बारेमा जानकारी आदानप्रदान हुनेमा म विश्वस्त छु”, बोर्ड अध्यक्ष केसीले भने, “नेपाल खुल्ला स्टुडियो झैँ छ। यहाँको सुन्दरतालाई कैद गर्न म अन्तर्राष्ट्रिय चलचित्रकर्मीलाई आग्रह गर्दछु। छायाङ्कनका लागि सहज वातावरण बनाउन म र बोर्ड तत्पर छौँ।” महोत्सवका अध्यक्ष केपी पाठकले पछिल्लो तीन महिनाको मेहनतले निफ सुरुआत गर्न सफल भएको जानकारी दिए। “यस किसिमको महोत्सव वा कार्यक्रमलाई नेपाल सरकारले वार्षिक कार्ययोजनामै राखेर सञ्चालन गर्न आग्रह गरेका छौँ। चलचित्रमार्फत देशको संस्कृति अगाडि बढ्ने भएकाले यसलाई महत्त्वपूर्ण रूपमा लिन जरुरी छ”, अध्यक्ष पाठकले भने, “हामीले मूलधारका चलचित्रमार्फत समाजको विकासमा योगदान होस् भन्ने चाहना राखेर यसको सुरुआत गरेका हौँ।” उनका अनुसार महोत्सवमा २० देशबाट ५० बढी चलचित्रकर्मी सहभागी छन्। उनीहरूले विभिन्न चलचित्र हेर्नुका साथै महोत्सवमा हुने अन्तरक्रिया र छलफलमा सहभागिता जनाउनेछन्। यही चैत ६ गतेसम्म चल्ने महोत्सवमा रचनात्मक कार्यक्रमलाई विशेष महत्त्व दिइएको उनले जानकारी दिए। सात विधामा १४ पुरस्कार वितरण हुने महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र प्रतिस्पर्धामा छन्। नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले आयोजना गरेको महोत्सवको उद्घाटन समारोहमा चिनियाँ राजदूत चेन सोङ, भारत, ब्राजिल र युरोपेली आयोगका कूटनीतिज्ञहरू, फिचर चलचित्रतर्फका जुरी प्रमुख प्रेमेन्द्र मजुमदार र छोटो तथा डकुमेन्ट्री चलचित्रतर्फकी जुरी प्रमुख ली रानको उपस्थिति रहेको थियो। चिनियाँ फिल्म एकेडेमीकी प्राध्यापक ली रानले ‘चिनियाँ फिल्मको भाष्य, बुझाइ र विश्वकै ठूलो फिल्म बजार’, भारतीय निर्देशक प्रेमेन्द्र मजुमदारले घरेलु फिल्म, प्राध्यापक इटामी बोर्जनको मास्टरक्लास महोत्सवमा रहनेछ। भूराजनीतिमा चलचित्रको भूमिका, नेपाली दर्शकको विकासक्रम, चलचित्र नीतिः नीति मात्रै कि व्यवहार पनि, चलचित्र कास्टिङः महत्त्व र अभ्यास, हास्य–व्यङ्ग्यले हौसिएको नेपाली चलचित्र र आमा नायिकाः जिम्मेवारी र करिअर जस्ता विषयमा अन्तरक्रिया तथा छलफल हुनेछ।
मलमा दिँदै आएको अनुदान कटौती गरेको भन्दै किसान आन्दोलित {भिडियो} काठमाडौं । सरकारले किसानलाई मलमा दिँदै आएको अनुदान कटौती गरेको बिरोधमा बिभिन्न दल निकट किसान संगठनहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । एमाले निकट अखिल नेपाल किसान महासंघ, राष्ट्रिय प्रजातन्त्र पार्टी निकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन लगाएतका संघहरुले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गर्दै अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले नेपाली किसानको बजा सुनिश्चित गर, किसान मार्न पाइदैन प्रचण्ड सरकार चाहिदैन, मलको भयो हाहाकार, राजिनामा देउ कम्र्फटेबर सरकार लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । वर्तमान सरकारले किसान बिरोधी निर्णय गरेको भन्दै निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने उनीहरुले चेतावनी दिएका छन् । किसानहरुलाई दिइँदै आएको अनुदान अविलम्ब फिर्ता गराउनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने तयारी उनीहरुको छ । सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११ दशमलब ८ प्रतिशतले घटाउने निर्णय गरेको थियो । अनुदान कटौतीसंगै किसानहरुले प्रदर्शन गर्दै आएका छन् । हेर्नुहोस् भिडियो:
मलमा दिइदै आएको अनुदान कटौती गरिएको भन्दै प्रदर्शन {भिडियो} काठमाडौं । रसायनिक मलमा दिइदै आएको अनुदान कटौती गरिएको भन्दै राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । अनुदान कटौती गर्ने सरकारको निर्णय किसान विरोध रहेको भन्दै उनीहरुले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले हाम्रो खुसी अन्न र उपज, हाम्रो उत्पादनमा मलको सहज, खेत त जोगियो, मल बिउ कहा छ लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले तत्काल सरकारले अनुदान कटौतीको निर्णय फिर्ता दिनुपर्ने माग गरेका छन् । चेकजाच नगरि भारतीय तरकारी भित्राएर किसालको उत्पादनलाई महत्व नदिने, रसायनिक मलको अनुदान कटौती गरेर स्वदेशी उत्पादनको मूल्यबृद्धि गर्ने काम तत्काल रोकिनुपर्ने राप्रपाको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष सुजित केसीले बताए। उनीहरुले अहिले सांकेतिक बिरोधमात्रै भएकाले सरकारको निर्णय फिर्ता नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् । यसअघि सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११ दशमलब ८ प्रतिशतले घटाउने निर्णय गरेको थियो । अनुदान कटौतीसंगै रासायनिक मल बढ्ने देखिएको छ । हेर्नुहोस् भिडियो:
च्याम्पियन इंग्ल्याण्डविरुद्ध बंगलादेशकाे क्लीन स्वीप काठमाडौं । बंगलादेशले टी२० विश्वकप विजेता इंग्ल्याण्डविरुद्ध क्लीन स्वीप गरेको छ । घरेलु मैदानमा भएको तीन खेलको टी२० सिरिजमा बंगलादेशले तीन ओटै खेल जित्दै इंग्ल्याण्डविरुद्ध ऐतिहासिक सिरिज जित हासिल गरेको छ । पहिलो खेलमा ६ विकेट, दोस्रोमा ४ विकेटले विजयी भएको बंगलादेशले अन्तिम खेलमा १६ रनले च्याम्पियन इंग्ल्याण्डलाई पराजित गरेको छ । मिरपुरमा भएको खेलमा बंगलादेशले दिएको १५९ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १४२ रन बनायो । इंग्ल्यनण्डका डेविड मलानले अर्धसतक प्रहार गर्दै ५३ रन तथा जोस बटलरले ४० रन बनाए भने अन्य ब्याटरले रन बनाउन सकेनन् । बंगलादेशका टस्कीन अहमदले २ विकेट तथा तनविर इस्लाम, शाकिब अल हशन र मुस्ताफिजुर रहमानले समान एक एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले २० अ‍ोभरमा २ विकेट गुमाएर १५८ रन बनाएको थियो । बंगलादेशका लिटन दासले सर्वाधिक ७३ रनको अर्धसतकीय पारी खेले । यस्तै नजमुद होसेन शान्तोले ४७ तथा रोनी तालुकदारले २४ रन बनाए । इंग्ल्याण्डका आदिल रशीद र क्रिस जोर्डनले एक एक विकेट लिए ।
एक साताभित्र कांग्रेस सरकारमा सहभागी हुन्छ : नेता रिजाल वीरगञ्ज । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य रमेश रिजालले नेपाली कांग्रेस एक साताभित्र सरकारमा सहभागी हुने बताएका छन् । वीरगञ्जका सञ्चारकर्मीसँग आज कुरा गर्दै सांसद रिजालले चैतको ५ वा ६ गतेभित्र कांग्रेसमा सहभागी हुने तयारी भइरहेको बताए । “कुन–कुन मन्त्रालय लिने र क-कस्लाई मन्त्री बनाउने विषयमा पार्टीभित्र र सरकारमा सहभागी दलहरुसँग छलफल भइरहेको छ”, उनले भने, “उपराष्ट्रपतिको चुनाव सकिने बित्तिकै हामी सरकारमा जान्छौँ ।” नेपाली कांग्रेसले नौ वा १० मन्त्रालय लिएर सरकारमा जाने करिब–करिब सहमति भएको उनको भनाइ थियो । “कुन नेताको नेतृत्वमा सरकारमा जाने विषयमा कुनै ठोस निर्णय भइसकेको छैन”, सांसद रिजालले भने, “पार्टीले जसको आवश्यकता देख्छ, सरकारको नेतृत्व उसैले गर्छ, तर पार्टीले निर्णय गरिसकेको छैन ।” आठ दलीय गठबन्धनबाट उपराष्ट्रपतिका लागि तीनजनाको उम्मेदवारी परे पनि अन्तिम समयसम्ममा एकजना उम्मेदवारमा सहमति हुने जिकिर गर्दै उनले यस विषयमा गठबन्धन आबद्ध दलबीच प्रयास भइरहेको बताए । राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल तटस्थ भूमिका निर्वाह गर्नुहुने विश्वास व्यक्त गर्दै नेता रिजालले राष्ट्रपति पौडेलबाट प्रजातन्त्रको स्थायित्व र संविधानको रक्षा हुने उल्लेख गरे ।
बहराइनका समकक्षी मुसलामसँग सभामुख घिमिरेको शिष्टाचार भेटवार्ता मनामा। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बहराइनका सभामुख अहमद बिन सलमान अल मुसलामसँग शिष्टाचार भेटवार्ता गरेका छन्। अन्तरव्यवस्थापिका संघ (आईपीयु)को १४६ औं महासभामा भाग लिन मनामामा रहेका सभामुख घिमिरेले बहराइनका सभामुख मुसलामसँग भेट गरेका हुन्। सभामुख घिमिरेले आईपीयुको १४६ औं महासभा सफलतापूर्वक सञ्चालन गरेकोमा बहराइनको संसद्, बहराइन सरकार र सभामुखलाई धन्यवाद दिए। उनले नेपाली नागरिकलाई विभिन्न पेशामा रोजगारी प्रदान गरेकोमा बहराइन सरकारलाई धन्यवाद व्यक्त गरे। ‘आशा छ, आगामी दिनमा बहराइनले सूचना प्रविधि र मेडिकल क्षेत्रका दक्ष नागरिकलाई पनि रोजगारको व्यवस्था गर्नेछ,’ उनको भनाइ थियो। सभामुख घिमिरेले नेपाल–बहराइन सिधा उडान हवाइ उडान स्थापित गर्न, नेपालमा जलविद्युत् लगायतका क्षेत्रमा लगानी गर्न र बहराइनको दूतावास काठमाडौंमा खोल्ने वातावरण बनाउन ध्यानाकर्षण गराए। सभामुख घिमिरेले नेपालका आँखाका डाक्टर सन्दुक रुइतलाई हालै बहराइन सरकारले १० लाख अमेरिकी डलरको इशा अवार्ड प्रदान गरेकोमा पनि धन्यवाद दिए। जवाफमा बहराइनका सभामुख मुसलामले आफ्नो मुलुकमा नेपालीहरुले इमान्दारितापूर्वक काम गरेकोमा खुसी व्यक्त गरेका थिए। उनले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन उच्चस्तरीय भ्रमण लगायतका क्रियाकलापमा जोड दिए।
म मन्त्री बन्दिनँ, सांसदको रुपमा जनताको सेवा गर्छुः गगन थापा काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारमा आफू सहभागी नहुने बताएका छन्। नेपाल आर्थिक पत्रकार समाजले आइतबार काठमाडौंमा आयोजना गरेको ‘वर्तमान सरकारको अबको आर्थिक प्राथमिकता बिषयक कार्यक्रममा थापाले सरकारले पाँच महिनामा नै सुधारका संकेत देखाउनुपर्ने बताएका छन्। उनले पाँच बर्षका लागि बनेको सरकारले जनताले अपेक्षा गरेअनुसार पाँच महिनामा नै सुधारका संकेत देखाउनुपर्ने बताएका हुन्। राजनीतिक अलमलमा समय खेर फाल्ने समय वर्तमान सरकारलाई नरहेको भन्दै थापाले छिटो भन्दा छिटो मन्त्रीपरिषद् बिस्तार गरेर सरकार आफ्नो गन्तव्यतर्फ अघि बढ्नुपर्ने धारणा राखे। अबको पाँच महिनामा हरेक नागरिकलाई सरकारले कामको अनुभुति जनतालाई गराउन नसके गठबन्धनको कुनै अर्थ नरहने उनले बताए। उनले आफु प्रधानमन्त्री बन्नका लागि पार्टीको संसदीय दलको नेतामा उठेको र पराजित भइसकेको अवस्थामा मन्त्री बन्ने चाहना नभएको बरु सांसदको रुपमा जनताको सेवा गर्ने जिकिर गरे। महामन्त्री थापाले प्रधानमन्त्री अर्थतन्त्रप्रति बढी चिन्तित हुनुपर्ने भन्दै अर्थतन्त्र सुधारलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
आजको मौसमः देशको पहाडी भू-भागमा वर्षाकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ। उता राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहनुका साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले जनाएको छ।
जनमत, लोसपा र नागरिक उन्मुक्तिबीच कार्यगत एकताको सहमति जनमत, लोसपा र नागरिक उन्मुक्तिबीच कार्यगत एकताको सहमतिकाठमाडौं। जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको सहमति भएको छ। शनिबार जनमत पार्टीको तर्फबाट उपराष्ट्रपति पदका लागि ममता झाले उम्मेदवारी दर्ता गरेसँगै लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कार्यगत एकता गर्ने सहमति गरेका हुन्। उपराष्ट्रपतिको निर्वाचन, मधेस र थरूहट आन्दोलनका मुद्दाहरूको सम्बोधन, नागरिकता विधेयक, आन्दोलनकारीमाथिको मुद्दा फिर्ता, राजबन्दीहरूको रिहाइ, विगतका सहमतिहरूको कार्यान्वयनसहितका एजेन्डामा सहकार्य गर्दै अगाडि बढ्न लोसपा, नाउपा र जनमत पार्टी सहमत भएको उल्लेख गरेका छन्। जनमत पार्टीको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार ममता झाले संविधानलाई जीवित राख्नका लागि उम्मेदवारी दिएको अध्यक्ष डा. सीके राउतले बताए। उनले सबै जातजातिको राज्यको निकायमा प्रतिनिधित्व हुनुपर्ने संविधानको मर्म रहेको उल्लेख गर्दै आफू मधेसको महिला हुनुले पनि उम्मेदवारी दिएको बताए। उनले आफू संविधानलाई सशक्त रूपमा पालना गर्नुपर्छ भन्नेमा स्पष्ट रहेको बताए। उनले गठबन्धनभित्र आफ्नो पार्टीकै उम्मेदवारलाई साझा उम्मेदवार बनाउने निर्णय हुनेमा विश्वास व्यक्त गरे। आफ्नो पार्टीको उम्मेदवारलाई गठबन्धनको साझा उम्मेदवार नबनाए पनि आफूहरूले उम्मेदवारी फिर्ता नलिने उनले बताए। उपराष्ट्रपति निर्वाचनका लागि १० दलीय गठबन्धनबाट जसपा र जनमत पार्टीबाट उम्मेदवारी दर्ता भएको छ। तीन दलको यो सहमतिसँगै जनता समाजवादी पार्टीविरुद्ध मोर्चाबन्दी भएको छ।
राष्ट्रपति पौडेलले गरे पुष्पलालको शालिकमा माल्यार्पण कीर्तिपुर। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज कीर्तिपुर नगरपालिका–४ चम्पादेवीस्थित पुष्पलाल स्मृति उद्यान गई नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको प्रतिमामा माल्यार्पण गरेका छन्। राष्ट्रपति पौडेललाई त्यहाँ पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, काठमाडौँ क्षेत्र नं १० का सांसद राजेन्द्रकुमार केसी, प्रदेशसभा सदस्य पुकार महर्जन, कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मी, वडाध्यक्ष श्याम केसीलगायतले स्वागत गरेका थिए। माल्यार्पणपछि नवनिर्वाचित राष्ट्रपति पौडेलले प्रतिष्ठानको आगन्तुक कक्षमा रहेको पुस्तिकामा हस्ताक्षरसमेत गरेका थिए। पुस्तिकामा उनले पुष्पलालको स्मृति उद्यानको अवलोकन गर्दा आफूलाई खुसी लागेको उल्लेख गर्दै यसको विकास तथा प्रगतिको कामना गरेका छन्। आगन्तुक कक्षमा नवनिर्वाचित राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच समसामयिक विषयमा कुराकानी भएको थियो। सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई अध्यक्ष नेपालले पुष्पलालसम्बन्धी स्मृति ग्रन्थ प्रदान गरेका थिए।