content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता यात्रुबाहक बसको ब्रेक फेल भई टिपरसँग ठोक्किँदा बसमा सवार १७ यात्रु घाइते भएका छन्। , लमही–घोराही सडक खण्डको लमही नगरपालिका–६ बेलदमारमा बसको ब्रेक फेल भएपछि टिपरसँग ठोक्किएको थियो। , घोराहीतर्फ आउँदै गरेको बालुवा बोकेको रा १ ख २०१७ नम्बरको टिपरसँग लमहीतर्फ जाँदै गरेको ग १ ख ९९७८ नम्बरको बस ब्रेक फेल भई दिउँसो साढे ३ बजेतिर ठोक्किएको थियो। , २६ जना यात्रु सवार बसमा १७ जना सामान्य घाइते भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिए।,  , बस ब्रेक फेल भएर टिपरसँग ठोक्किँदा १७ यात्रु घाइते
रासस काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले लाइसेन्स बनाइदिने तथा ट्रायल पास गराइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-१३ बस्ने ३० वर्षीय राजु परियार रहेका छन्।, पक्राउ परेका परियारले आफू यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी रहेको बताउँदै पीडितहरुलाई लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने, प्रदूषण जाँचपास गराइदिने लगायतका कार्य गरिदिन्छु भन्दै सुन र नगद गरी चार लाख ३० हजार बराबरको रकम ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।, परियारलाई लुभुबाट पक्राउ गरिएको उनले जानकारी दिए। यसैगरी उनले ठगी गरेको सुन खरिद गर्ने कृष्ण ज्वेलर्स एन्ड सन्स्का सञ्चालकलाई पनि कालीमाटीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।, पक्राउ परेका दुवै जनालाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए।, यातायातको कर्मचारी हुँ भन्दै ठगी गर्ने युवक पक्राउ
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ठूलो परिमाणको सुनबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय नक्सालले एसपी कृष्ण पंगेनीलाई पठाएको छ। , राजश्व अनुसन्धान विभागले प्रहरीको सहयोग मागेपछि प्रधान कार्यालयले एसपी कृष्ण पंगेनीलाई खटाएको प्रधान कार्यालयका प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए।, एसपी पंगेनी मानव बेचविखन अनुसन्धान ब्युरोमा कार्यरत छन्। , गत मंगलबारदेखि राजश्व अनुसन्धान विभागका अधिकृतहरूले अनुसन्धान गरिरहेको थिए।, यही प्रकरणमा भन्सार विभागले छानबिन समिति बनाएको थियो। अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा रहेको उक्त समितिले अहिले काम गरिरहेको छ। , विभागबाट खटिएको टोलीले गत मंगलबार विमानस्थलको भन्सार जाँचपास भएको अन्दाजी ८० देखि १०० किलो सुन बरामद गरेको थियो। हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्सको जहाजमा आएको ब्रेक शुमा लुकाएर ठूलो परिमाणको सुन भित्रिएको थियो।, उक्त सुन बरामद भएयता विभागले एक जना भारतीय र एक जना चिनियाँ नागरिकलाई समेत पक्राउ गरिसकेको छ। अहिलेसम्म यस प्रकरणमा १६ जना पक्राउ परेका छन्। , भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ पनि पक्राउ परेका छन्। , सुनको परिमाण यकिन गर्न विभागले बिहीबार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा पठाइसकेको छ। तर परिमाण कति छ भन्ने यकिन भइसकेको छैन। , सुन प्रकरणको अनुसन्धान गर्न प्रहरीले खटायो एसपी कृष्ण पंगेनीलाई
सेतोपाटी संवाददाता गृह मन्त्रालयले प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई बर्खास्त गरेको छ। , मंगलबारदेखि लागु हुने गरी मन्त्रालयले डिएसपी केसीलाई हटाएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी कुँवेर कडायतले जानकारी दिए। , ‘आजको मितिबाट गृहले नोकरीबाट हटाएको छ,’ उनले भने। , प्रहरी प्रधान कार्यालयले झन्डै एक महिना अघि उनलाई कारबाही गर्न सिफारिस गरेको थियो। , ईलाका प्रहरी कार्यालय बुटवलमा रहँदा सुन व्यापारीसँग रितपूर्वक सुन बरामद नगरेको र बदनियत राखेर आफैंले लिन खोजेको भन्दै प्रहरी प्रधान कार्यालयले उनलाई बर्खास्त गर्न भन्दै गृहमा सिफारिस गरेको थियो।, यस सम्बन्धमा छानबिन गर्न एसएसपी चन्द्रकुवेर खापुङ नेतृत्वको छानबिन समिति समेत बनेको थियो। , उक्त समितिले पनि उनलाई भ्रष्टाचार ऐन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो।, गत मंसिरमा बुटवलका सुन व्यापारी किसन बिकको साथबाट ३६ तोला ३२ लाल सुन बरामद गरे पनि केसीले सुनको वैध वा अवैध के हो भन्नेबारे छानबिनका लागि मुद्दा नचलाई आफैंले राखेको सूचना पाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले केसीलाई गत पुस ११ गते निवासबाटै नियन्त्रणमा लिएको थियो।, सिआइबीको टोलीले विकसँग बरामद गरेको सुन फिर्ता गर्न केसीले लिएको ८ लाख ५० हजार नगद रुपैयाँ र ९ लाख ५० हजार रुपैयाँको चेक समेत केसीको निवासबाट बरामद गरेको थियो।, त्यसपछि प्रहरी प्रधान कार्यालयले केसीलाई निलम्बन गरी अनुसन्धान गरेको थियो। केसीबारे छानबिन गर्न गठित समितिले छानबिन पूरा गरी तत्कालीन प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई प्रतिवेदन बुझाएको थियो।, गृहले बर्खास्त गर्‍यो डिएसपी ठगबहादुर केसीलाई
सेतोपाटी संवाददाता चितवनमा बाघको आक्रमणबाट राप्तीमा माछा मार्न गएका एक युवकको मृत्यु भएको छ।, सोमबार दिउँसो सवा ३ बजेतिर बाघको आक्रमणबाट भरतपुर महानगरपालिका-२८ कोटेनी बस्ने २६ वर्षीय आशबहादुर बोटेको मृत्यु भएको हो।, चितवन राष्ट्रिय निकुञ्जभित्र  पर्ने राप्ती नदीमा बोटेलाई बाघले आक्रमण गरेको थियो।, बोटेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।, राप्तीमा माछा मार्न गएका युवकको बाघको आक्रमणबाट मृत्यु
सेतोपाटी संवाददाता हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली  र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।, जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।, त्यस्तै मनसुनको न्यून चापीय रेखा पनि सरदर स्थानको दक्षिणतिर अवस्थित छ।, आज दिउँसो  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बांकी पहाडी भु-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।  , कोशी, गण्डकी  र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको  समेत सम्भावना रहेको छ ।, महाशाखाका अनुसार, आज राति देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बांकी भु-भागका एक-दुई स्थानहुरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।, कोशी, बागमती  र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।, भारी वर्षाका कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
विनोद सापकोटा सशस्त्र प्रहरीले सुनसरीको इनरूवाबाट प्रतिबन्धित भारतीय ब्रोइलर कुखुरा बरामद गरेको छ।, मंगलबार बिहान साढे ४ बजे सशस्त्र प्रहरीको इनरूवास्थित ४ नम्बर गणका प्रमुख डिएसपी प्रेम सिग्देल नेतृत्वको टोलीले एउटा जिपसहित जिउँदा कुखुरा बरामद गरेको हो।, मधेस प्रदेशको सिराहाबाट झापाको दमकतर्फ ल्याउँदै गरेको ब्रोइलर कुखुरा पूर्वपश्चिम राजमार्गको इनरूवा सडक खण्डबाट बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराहा बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अन्जनी कुमार पोख्रेलले जानकारी दिए।, उनका अनुसार स १ च १६८४ नम्बरको जिप र त्यसमा रहेका ४०० वटा भारतीय जिउँदो ब्रोइलर कुखुरा बरामद भएको हो।, प्रतिबन्धित भारतीय कुखुरा र माछा आयातमा कोशी प्रदेशमा प्रहरीले कडाइ गरेपछि तस्करले मधेस प्रदेशका नाकाबाट नेपाल भित्र्याउने गरेका छन्। यसरी भित्र्याइएका कुखुरा अवैध ढंगबाट कोशी प्रदेशमा ल्याउने गरिएको छ।, जिल्ला कुखुरा व्यवसायी संघ सुनसरीका अध्यक्ष डाक्टर राजकुमार यादवले तस्करले नेपालका बिचौलियासँगको मिलेमतोमा सुनसरीको कोशी ब्यारेज र चतराको कोशी पुलबाट प्रहरीको आँखा छलेर कोशी प्रदेशका विभिन्न सहरमा कुखुरा पुर्‍याउने गरेको बताए।, 'दैनिक १० देखि १५ वटा सम्मका गाडीले प्रतिबन्धित कुखुरा कोशीका दुइटा पुल प्रयोग गरेर सुनसरी, मोरङ र झापाको दमकसम्म लैजाने गरेका छन्,' अध्यक्ष यादवले भने।, सशस्त्र प्रहरीका डिएसपी सिग्देलका अनुसार सिराहाका पशु चिकित्सक जगतनारायण यादवले बरामद गरिएका कुखुराको निरोगिताको प्रमाण पत्र जारी गरेका छन्। डा. यादवले नेपाल भेटेरिनरी काउन्सिलबाट २८४ नम्बरको सदस्यता लिएको भेटेरिनरी पेपरमा उल्लेख भएको पनि उनले जानकारी दिएका छन्।, 'चिकित्सकले खोरमा गएर कुखुराको स्वास्थ्य र जात छुट्ट्याएर प्रमाणित गर्नुपर्छ। तर भारतीय कुखुरालाई नेपालमा वैधता दिन डा. यादवले फिल्डमै नपुगी प्रमाण पत्र जारी गरेका छन्,' डिएसपी सिग्देलले भने, 'उनले जारी गरेको प्रमाण पत्रमा 'कव ५००' उल्लेख छ। तर इनरूवा नगरपालिकाका पशु चिकित्सक डा राजकुमार यादवले ती कुखुरा भारतीय जात 'कव ४००' भएको पुष्टि गरे। बरामद भएका कुखुरा नेपालमा नपाइने जात हो।', डा. जगतनारायण यावदले पनि आफू फिल्डमा नपुगेको र कुखुराको भेटेरिनरी प्रमाण पत्र भुलवश जारी भएको स्वीकार गरेका छन्।, 'मैले कुखुराको स्थलगत जाँच गरेको होइन। सिराहाको जय कृष्ण ट्रेडर्सले मेरा नाममा काउन्सिलबाट जारी भएको भेटेरिनरी प्रमाण पत्रको दुरूपयोग गरेका रहेछन्। प्रतिबन्धित भारतीय कुखुरा दमकका कुखुरा व्यवसायी कुलबहादुर तामाङलाई पठाएको थाहा पाएँ,' उनले भने, 'भेटरिनरी प्रमाण पत्रमा मैले अगाडि नै हस्ताक्षर गरेको थिएँ। त्यही हस्ताक्षर दुरूपयोग गरेर जय कृष्ण ट्रडर्सले दमकका व्यवसायीलाई बिक्री गरेका रहेछन्।', पशु क्वारेन्टाइन सुनसरीका प्रमुख डा. सरिलाल चौधरीले कुखुराको जाँच नगरी भेटेरिनरी प्रमाण पत्र दिने डा. जगतनारायण यादवलाई कारबाहीका लागि भेटेरिनरी काउन्सिलमा सिफारिस गर्ने बताए। , बरामद गरिएका कुखुरा पशु क्वारेन्टाइन र जिप भने भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।, ती कुखुरा क्वारेन्टाइनले नष्ट गर्ने जानकारी दिएको छ।, ४०० वटा प्रतिबन्धित भारतीय कुखुरा बरामद
रासस बाढीपहिरोका कारण म्याग्दीका ग्रामीण सडक अवरुद्ध हुँदा पैदलयात्रा गर्न र सवारीसाधन सञ्चालनमा समस्या भएको छ। सडक बिग्रिएपछि ग्रामीण क्षेत्रमा सञ्चालित यातायात सेवा पूर्ण रूपमा प्रभावित हुँदा यात्रु मर्कामा परेका छन्।, भएका सडकको स्तरोन्नति गर्नुभन्दा नयाँ सडक निर्माण प्राथमिकतामा पर्ने गरेकाले जिल्लाका अधिकांश ग्रामीण सडक वर्षाको समयमा अवरुद्ध हुन्छन्। सडकमा खाल्डाखुल्डी हुनाका साथै हिलोका कारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीय बताउँछन्। जिल्लाको देविस्थान, मुदी, मुना, ओखरबोट, दिच्याम, रुम, निस्कोटलगायत क्षेत्रका ग्रामीण सडक अवरुद्ध छन्।, पहिरोले सवारीसाधन सञ्चालनमा कठिनाइ भएको दरवाङ–ओखरबोट सडकमा जीप चलाउँदै आएका विकल पुनले बताए। उनका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न स्थानीयले दबाब दिँदै आएका छन्।, बर्षाको समयमा कच्ची सडक सञ्चालनमा कठिनाइ हुने गरेको मालिका गाउँपालिका–५ देविस्थानका वडाध्यक्ष मीम पुन बताउँछन्।, ‘ग्रामीण सडक वर्षाको समयमा जति मर्मत गरे पनि एक दिनको झरीले पूरै बिग्रिने भएकाले तत्काल सञ्चालन गर्न समस्या छ,’ उनले भने, ‘अहिले अनावश्यकरुपमा रकम खर्च गर्नुभन्दा वर्षायाम सकिएपछि सडक स्तरोन्नति गर्दा प्रभावकारी हुने भएकाले वर्षापछि मर्मत गर्ने तयारी छ।’, धवलागिरि र मङ्गला गाउँपालिकाका अधिकांश सडक पनि अवरुद्ध छन्। सडक अवरुद्ध भएपछि गाउँमा उत्पादन भएका कृषि उपजलाई बजारसम्म पुर्‍याउन समस्या भइरहेको स्थानीयले बताएका छन्।, मालिका गाउँपालिका–५ देविस्थान र ३ रुममा उत्पादन भएका आलु तथा तरकारीका साथै जंगलमा सङ्कलन गरिएका रातो च्याउ बजारमा पुर्‍याउन समस्या भएको किसान प्रेम सिउथानी मगरले बताउँछन्। , ‘मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि वडा नं ५ को देवीस्थान जाने सडकमा यातायातका साधन नगुडेको डेढमहिना भयो,’ उनले भने, ‘सामान्य वर्षा हुँदासमेत बाटो बिग्रिएपछि दरवाङबाट चारघण्टा पैदल हिँडेर स्थानीय जाउआउ गर्न बाध्य भएका छन्।’, गाउँपालिका र नगरपालिकाबाट बजेट विनियोजन गरी निर्माण भएका अधिकांश सडक पहिराका कारण अवरुद्ध भएका दरवाङका व्यवसायी अमृत सापकोटाले बताए।, पालिकाले करोडौँ बजेट विनियोजन गरेर गाउँमा सडक खने पनि गाडी नचल्दा आवागमनमा सास्ती खेप्नु परेको उनको भनाइ छ।, उपभोक्ता समितिमार्फत निर्माण भएका धेरै सडक बिना नापजाँच खनिएकाले वर्षामा खाल्डाखुल्डीका कारण गाडी गुड्ने अवस्थामा नभएको सापकोटाले बताए।, ‘डेढदशक अगाडिसम्म यहाँका ग्रामीण क्षेत्रमा बेग्लै रौनक थियो। बस्ती मोटरबाटोले जोडिएका थिएनन्। सदरमुकाम बेनी बजारबाट गाउँ उक्लिन घोडा चढ्नु पर्थ्यो वा पैदल हिँड्नुपर्थ्यो। भारी बोक्ने भरिया र घोडा खच्चडको बथानले बाटो रमाइलो हुन्थ्यो,’ उनले भने, ‘अहिले जिल्लाका सबै वडा तथा टोलटोलमा सडक पुगेको छ। स्थानीय सरकारको स्थापनापछि पहिलो प्राथमिकतामा सडक परेको छ।’, धवलागिरि गाउँपालिका–१ गुर्जामा बाहेक बस्तीबस्तीमा सडक पुगेको उनको भनाइ छ।, पाँच वर्षको अवधिमा संघ, प्रदेश र स्थानीय तहको बजेटबाट जिल्लाका ६ स्थानीय तहमा ७४ ग्रामीण सडक निर्माण भएका जिल्लास्थित पूर्वाधार विकास कार्यालयको तथ्याङकमा उल्लेख छ। सडक विस्तारले ग्रामीण जनजीवनमा विकास र परिवर्तनत ल्याए पनि प्राकृतिक स्रोतको विनास पनि गरेको स्थानीय बताउँछन्।, ग्रामीण सडक स्तरोन्नति हुँदा ऐतिहासिक र पुरातात्विक सम्पदा नासिनुका साथै वर्षाको समय ती सडकमा ठूला–ठूला पहिरो जाँदा मानवीय तथा भौतिक क्षति भइरहेको बेनी बजारका नैनकुमार श्रेष्ठ बताउँछन्।, ‘विना इञ्जिनियरिङ धमाधम निर्माण भएका सडकले गाउँको सुन्दरता घटाएको छ भने पर्यावरणमा पनि नकारात्मक असर पुर्‍याइरहेको छ,’ उनले भने।, स्थानीय तहलेक हरेक वर्ष सडक निर्माणका लागि करोडौँ बजेट खर्च गरे पनि सडक गुणस्तरीय नहुँदा स्थानीयले सास्ती भोग्नु परेको श्रेष्ठ बताउँछन्।, उनका अनुसार ग्रामीण क्षेत्रका धेरैजसो सडकमा वर्षा सुरु भएपछि गाडी सञ्चालन हुन नसक्दा दैनिक उपभोग्य सामान बोकेरै ल्याउनुपर्ने बाध्यता छ।, ‘सदरमुकाम बेनी बजार र नगरपालिका क्षेत्रमा मात्रै नभई पाँच वर्ष अघिसम्म निकै दुर्गम र अनकण्टार मानिएका ठाउँमा समेत अहिले सडक पुगेको छ,’ श्रेष्ठले भने, ‘सडकले गाउँका नागरिकलाई सुविधासँगै सास्ती पनि दिएको छ।’, बर्षाको समयमा सडकका कारण पनि बाढीपहिरोको जोखिम बढेको उनले भने।, बर्खामा ठप्प हुन्छन् बर्सेनि करोडौं खर्चिएर स्तरोन्नति गरिएका ग्रामीण सडक
भगवती पाण्डे धादिङ धुनीवेशीकी सुदिक्षा खत्री एसइई पास गरेपछि प्लस टु पढ्न  काठमाडौं गइन्। खेती-किसानी गरेर छोराछोरी हुर्काइरहेका सुदिक्षाका बुवाआमाले छोरीको उच्च शिक्षाको लागि घरबाटै खर्च जोहो गरेर पठाउन सक्दैनथे।, सानोतिनो जागिर गरेर भएर पनि उच्च शिक्षा अध्ययन गर्ने सोच बनाउँदै सुदिक्षा काठमाडौं पुगेकी थिइन्। काम खोज्दै हिँडेकी उनले काठमाडौंको बाफलमा रहेको विश्व विराट सहकारीमा बचत संकलकको आवश्यकता रहेको थाहा पाइन्।, मध्यम आर्थिक अवस्थाकै बीचमा हुर्किएकी सुदिक्षालाई सहकारी संस्थामा सजिलै काम गर्न पाउनु अवसर थियो। एकातर्फ कामसँगै अध्ययन गर्न पाउने अर्कोतर्फ आफ्नो पढाइका लागि बुवाआमालाई आर्थिक भार पनि नपर्ने।, विश्व विराट सहकारीका सञ्चालकले बचतकर्ताहरूबाट दैनिक बचत संकलनको काम दिन्छु भन्दा उनको खुसीको सीमा रहेन।, मासिक १४ हजार ९०० रुपैयाँ दिने गरी सहकारी संस्थाले उनलाई नियुक्ति दिएको थियो। सहकारीका व्यवस्थापक देवराज बस्नेतले २०७८ साउन ७ गते उनलाई बचत संकलकको रूपमा नियुक्ति दिएका थिए।, सहकारीले उनलाई तलब दिन एक-दुई महिना ढिलो हुने भनिएको थियो। तर चार महिना बित्दा पनि उनले भने अनुसारको तलब पाइनन्। दिनहुँ बचतकर्ताको घर र पसल पुगेर बचत संकलन गरे पनि कोठा फर्किँदा सधैँ निराश हुनुपर्थ्यो।, व्यवस्थापक बस्नेतले तीन-चार महिनामा ८-१० हजार रुपैयाँ दिएर अरू रकम केही समयपछि दिने भन्दै टारिरहन्थे। उनी पनि बचतकर्ताहरूले लाखौं रुपैयाँ जम्मा गरेको सहकारीले एक दिन पक्कै दिन्छ भन्नेमा ढुक्क थिइन्।, यसैगरी डेढ वर्ष बित्यो। तर उनले महिनाभरिको तलब  बुझ्ने दिन आएन।, गत वर्ष कात्तिकमा एक दिन कार्यालय जाँदा उनी छाँगाबाट खसेजस्तै भइन्। कार्यालयमा जाँदा सहकारी सञ्चालक, व्यवस्थापक, कर्मचारीहरू सबै नयाँ थिए। अध्यक्ष मिनराज पन्थी, सचिव आकाश फुल्लेल र व्यवस्‍थापक देवराज बस्नेत सबै अनुपस्थित थिए। , नयाँ आएका सञ्चालकहरूले सबै सेयर र सम्पत्ति खरिद गरेको खबर सुदिक्षाले पाइन्। डेढ वर्षसम्म बचत संकलनमा हिँडेको परिश्रम र त्यसबापत् पाउनुपर्ने पारिश्रमिक ठगेर पुराना सञ्चालकहरू सम्पर्कविहीन भइसकेका थिए। नयाँ सञ्चालक र व्यवस्थापकले भने पुरानो हिसाबबारे जानकारी नभएको भन्दै उम्किए। , आफ्नो पारिश्रमिकसँगै सयौं बचतकर्ताको लाखौं बचत रकम ठगेर सम्पर्कविहीन भएका उनीहरू सबैले फेसबुक, मोबाइल, ह्वाट्स एप र भाइबर समेतमा पुराना कर्मचारी र बचतकर्तालाई ब्लक गरिसकेका थिए। सञ्चालकहरूले सहकारीको सबै सेयर बिक्री गरेर सम्पर्कविहीन भए पनि बचतकर्ताले भने संकलनका लागि घर र पसलमा जाने संकलकलाई घेर्ने गर्थे।, आफ्नो पारिश्रमिक त डुब्यो-डुब्यो बचतकर्ताको रकमसमेत ठगी गरेर हिँडेपछि सहकारीमा काम गर्ने सुदिक्षा लगायतका सबै कर्मचारीले सञ्चाचालक र व्यवस्थापकविरूद्ध कालिमाटी प्रहरी र नागार्जुन नगरपालिकामा निवेदन दिएका थिए। , सञ्चालकहरूबारे न प्रहरीले खोज्यो न त नगरपालिकाले सोधीखोजी गर्‍यो। उनीहरूले न्याय पाउने आशा पनि हरायो।, गत शुक्रबार सामाजिक सञ्जालमा भेटिएको एउटा भिडिओले भने काठमाडौंमा झन्डै नौ सय दैनिक बचतकर्ता र ६ जना कर्मचारीलाई ठगेर हिँडेका तिनै व्यक्तिहरूले बुटवलमा पनि सोही सहकारीको नाममा ठगी धन्दा चलाएको खुलेको छ। , काठमाडौंंको सहकारी संस्था बिक्री गरेका उनीहरूले बुटवलमा पनि सोही नाममा सहकारी चलाएका थिए। लुम्बिनी प्रदेश सहकारी रजिष्टार कार्यालयमा दर्ता नं. २७/०७७/७८ रहेको विश्व विराट बहुउद्देश्यीय सहकारी संस्थाले बुटवल ११ देवीनगरमा कार्यालय सञ्चालन गरी बचतकर्ताहरूबाट बचत संकलन गर्दै आएको थियो।, लुम्बिनी प्रदेशमा दर्ता भएको उक्त सहकारीमा आकाश फुल्लेल सचिव छन् भने उनका दाइ सागर फुल्लेल अध्यक्ष छन्। सुदिक्षा भन्छिन् –‘काठमाडौंमा ठगेर सम्पर्कविहीन भएको आकाश फुल्लेल बुटवल गएर पनि सहकारी चलाएको रहेछ यो मान्छे हामीलाई त रूवायो रूवायो, बुटवलमा पनि त्यस्तै गरेको रहेछ।, सुदिक्षाका अनुसार काठमाडौंमा सहकारी खोलेका आकाशले सहकारीका सेयर सदस्य कसैलाई पनि जानकारी नदिई साधारण सभाको निर्णय भन्दै आफैंले हस्ताक्षर गरेर सहकारी बेचेका थिए। , ‘मलगायत ६ जना बचत संकलक कर्मचारीहरूले विश्व विराटका ९ सय जना हाराहारी बचतकर्तासँग दैनिक र मासिक बचत संकलन गर्थ्यौं, हामीले तलब पनि पाएनौं। बचत जम्मा गरेकाहरूले पनि पैसा पाउनुभएन,’ सुदिक्षा भन्छिन्।, सञ्चालक र व्यवस्थापक सम्पर्कविहीन भए पनि काठमाडौंका बचतकर्ताहरूले अहिले पनि आफूहरूलाई रकम फिर्ता दिन भन्दै फोन गर्ने गरेको सुदिक्षाले बताइन्।, ‘हामीहरूसँग पैसा तिमीहरूले लैजाने गर्थ्यौ, तिमीहरूले नै फिर्ता दिनुपर्छ भन्दै बेलाबेलामा बचतकर्ताले हामीलाई नै थर्काउनुहुन्छ, हामी आफैंले पनि काम गरेको तलबसमेत पाएका छैनौं, उहाँहरूको पैसा कसरी दिने,’ उनले पीडा सुनाइन्।, ‘म त यहाँ पढ्न भनेर आएको थिएँ, यस्तो समस्यामा परें। अरू साथीहरूले मोबाइलको सिम फेरेर बसे पनि मैले त्यसो नगरी पुरानै सिम प्रयोग गरेको छु। अरूले गरेको बदमासीले हामीलाई निकै टर्चर भयो,’ सुदिक्षाले भनिन्। , बुटवलमा सञ्चालन गरिएको विराट सहकारी गएको मंसिरदेखि नै समस्यामा थियो। सहकारी दर्ता गर्दा अध्यक्ष बनाइएका नवराज फुल्लेलले सचिव रहेका सागरले काठमाडौंमा समेत ठगी गरेर आएको सूचना पाएसँगै सहकारी छोडेका थिए।, ‘उसको गतिविधि ठिक लागेन। मैले सहकारीको अध्यक्ष मात्रै होइन सेयर पनि फिर्ता लिएँ,’ नवराजले भने। , उनीहरूको योजना नै ठगी गर्ने भन्ने थाहा पाएपछि आफू सहकारीबाट अलग भएको उनले बताए।, ‘उनीहरूको योजना नै ठगीको रहेछ। मलाई दर्ता गर्दा अध्यक्ष भनेर हस्ताक्षर गराए, पछि मलाई नै थाहा नदिई उपाध्यक्षको अध्यक्षतामा बैठक बसेर विभिन्न निर्णय गराएछन्। मैले त्यसमा असहमति जनाएपछि विवाद बढ्यो। त्यसलगत्तै मैले मेरो कुनै संलग्नता नरहने गरी सहकारी छोडेको हुँ,’ नवराजले भने।, नवराजका अनुसार सहकारी दर्ता गर्दा सागरले गाउँका छिमेकी नवराजलाई अध्यक्ष, आफ्नै आमालाई उपाध्यक्ष र भाइ र मामालाई सचिव र कोषाध्यक्ष बनाएर दर्ता गरेका थिए। सहकारीका कोषाध्यक्ष रहेका उनका मामा नेपाल प्रहरीमा कार्यरत छन्।, अहिले सहकारीमा अध्यक्ष सागर फुल्लेल, उपाध्यक्षमा उनकै बहिनी गीता रेग्मी, सचिव भाइ आकाश र कोषाध्यक्षमा देवराज बस्नेत रहेका छन्। काठमाडौंमा सहकारी सञ्चालन गर्दा मिनराज पन्थी अध्यक्ष, बहिनी गीता रेग्मी उपाध्यक्ष, सचिव आकाश फुल्लेल सचिव र देवराज बस्नेत व्यवस्थापक थिए।  , विश्व विराटमा पैसा नपाएको भन्दै गएको मंसिरदेखि नै सहकारीका सदस्य र वचत संकलनकर्ताहरू बुटवल उपमहानगरपालिकामा पुगेका थिए। तर प्रदेश सहकारी रजिष्टारको कार्यालयमा दर्ता भएको सहकारी भएकाले बुटवल उपमहानगरले उनीहरूलाई प्रदेशमै जान सुझाएको थियो।, सहकारीका सेयर सदस्यहरूले नै रकम फिर्ता माग्न थालेपछि सागरले विभिन्न बहाना बनाएर अलमल पारेको सेयर सदस्य बिष्णु गिरीले बताए।, ‘हामीले उनको गतिविधि ठिक नलागेपछि सेयर सदस्यता रकम नै फिर्ता माग्न गएका थियौं, सागरले अडिट गरेपछि दिन्छु भन्दै एक वर्ष झुलाए,’ गिरीले भने। , एक वर्षसम्म समस्या समाधान हुँदैछ तपाईंहरूको सेयर रकम फिर्ता गर्छु भनेका सागरले गएको बिहीबार रकम फिर्ता माग्न जाँदा कुटपिटमा उत्रिएको गिरीले बताए। गिरीले सहकारीका पदाधिकारीसँग भएको झगडाको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। , तिनै गिरी र बचतकर्ता निर्मल रसाइलीले कुटाकुटको भिडिओ टिकटकमा राखेपछि काठमाडौंमा काम गरेकी सुदिक्षाले सागरले बुटवल पुगेर ठगीधन्दा चलाएको थाहा पाएकी थिइन्। , सागरले भने काठमाडौं रहेको विश्व विराट सहकारीमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरे।, ‘मेरा भाइहरूले खोलेका हुन् मैले होइन, बुटवल फर्केपछि भाइहरूसँग मिलेर सहकारी दर्ता गरेका हौं, काठमाडौंमा मेरो कुनै संलग्नता छैन,’ सागरले भने। , बुटवलको देवीनगर र सैनामैनाको मुर्गियामा कार्यालय भएको विश्व विराट सहकारीले सैनामैनामा सयौं बचतकर्ताहरूको रकम संकलन गरेर कार्यालय बन्द गरेको बचतकर्ता निर्मल रसाइलीले बताए। , अप्ठेरोमा काम लाग्ला भनेर नियमित बचत संकलन गरेका रानीबगियाका विजय चौधरीले आफूजस्ता २ सयभन्दा बढीले बच्चाका नाममा फिक्स डिपोजिट गराउने गरेको तर समय सकिएपछि सम्पर्कविहीन हुने गरेको बताए।, ‘मैले पैसा चाहियो नभए उजुरी दिन्छु भन्दा मलाई फोन गरेर प्रहरीमा उजुरी हालेर पैसा पाउँछस्? त्यसो भने जा उजुरी हालेर देखा भनेर धम्की दिए,’ चौधरीले भने।, आइतवार निर्मल रसाइली, कमल भट्टराई र विजय चौधरीसहित विश्व विराटका सञ्चालकबाट ठगिएकाहरूले लुम्बिनी प्रदेश सहकारी रजिष्टारको कार्यालयमा पुगेर कारबाहीका लागि निवेदन दिएका छन्। , काठमाडौंबाट भागेका विश्व विराट सहकारीका सञ्चालकको बुटवलमा पनि ठगी धन्दा
सेतोपाटी संवाददाता आइतबार सामाखुसीमा आएको बाढीमा बेपत्ता भएका बालक अझै फेला परेका छैनन्। , आइतबार अपराह्न साढे ४ बजे काठमाडौं महानगरपालिका-३ रानीबारीस्थित एनसिएमटी स्कुल अगाडिको खोलामा आएको बाढीले बगाउँदा बालक बेपत्ता भएका हुन्। , सामाखुसी घर भई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षीय साजन मगर बेपत्ता भएका हुन्। विद्यालयबाट घर आएर खेल्न निस्किएका उनलाई बाढीले बगाउँदा बेपत्ता भएका थिए। , सोमबार बिहान ११ बजेसम्म पनि उनी फेला परेका छैनन्। , उनको खोजी गर्न काठमाडौंका विभिन्न युनिटहरू खटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेश मैनालीले जानकारी दिए। , उनका अनुसार सामाखुसीमा खसेका बालक बगेर विभिन्न खोलामा पुगेको हुन सक्ने भएकाले छुट्टै प्रहरी परिचालन गरिएको छ। , अहिले प्रहरी वृत्त बालाजुका १० जना र प्रहरी वृत्त सोह्रखुट्टेका १० जनाले विष्णुमती खोलामा खोजी गरिरहेका छन्। , विपद् उद्धार महाशाखा सामाखुसीबाट २५ जनाको टोली पनि खटिएको छ।, ‘डेडिकेटेड टिम ४५ जना खटिएका छन्। अन्य विभिन्न मातहतका प्रहरीहरूलाई पनि हेर्न भनिएको छ,’ एसएसपी मैनालीले भने, ‘अन्तिममा बागमतीमा पुगिने भएकाले कालिमाटी र कीर्तिपुरलाई पनि आवश्यक खोजी गर्न भनेका छौं।’, यस्तै बालकको खोजी गर्न सशस्त्र प्रहरी बलको पनि छुट्टै टोली खटिएको छ। , सशस्त्र प्रहरी बलका सहायक प्रवक्‍ता डिएसपी शैलेन्द्र थापाका अनुसार विपद् व्यवस्थापन तालिम प्राप्त ५६ जनाको संयुक्त टोली खटिएको छ।, नं. १८ निलबाराही गणबाट डिएसपीको कमान्डमा २० जना, नं. २० विपद् उद्धार उपत्यका गणबाट इन्सपेक्टरको कमान्डमा १५ जना र नं. २४ बाघभैर गुल्मबाट इन्सपेक्टरको कमान्डमा २१ जना खटिएका छन्। , फेला परेनन् सामाखुसीबाट बाढीले बगाएका बालक, चोभारसम्म खोजी गरिँदै
सेतोपाटी संवाददाता आइतबार सामाखुसीमा आएको बाढीमा बेपत्ता भएका बालक २४ घन्टा बित्दा पनि फेला परेका छैनन्। , आइतबार अपराह्न साढे ४ बजे काठमाडौं महानगरपालिका-३ रानीबारीस्थित एनसिएमटी स्कुल अगाडिको नालामा आएको बाढीले बगाउँदा बालक बेपत्ता भएका थिए। , सामाखुसी घर भई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षीय साजन मगर बेपत्ता भएका हुन्। विद्यालयबाट घर आएर खेल्न निस्किएका उनलाई बाढीले बगाएको थियो। , सोमबार साँझ ५ बजेसम्म पनि उनी फेला परेका छैनन्। , उनको खोजी गर्न काठमाडौंका विभिन्न युनिटहरू खटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेश मैनालीले जानकारी दिए। , उनका अनुसार सामाखुसीमा खसेका बालक बगेर विभिन्न खोलामा पुगेको हुन सक्ने भएकाले छुट्टै प्रहरी परिचालन गरिएको छ। , अहिले प्रहरी वृत्त बालाजुका १० जना र प्रहरी वृत्त सोह्रखुट्टेका १० जनाले विष्णुमती खोलामा खोजी गरिरहेका छन्। , विपद् उद्धार महाशाखा सामाखुसीबाट २५ जनाको टोली पनि खटिएको छ।, ‘डेडिकेटेड टिम ४५ जना खटिएका छन्। अन्य विभिन्न मातहतका प्रहरीहरूलाई पनि हेर्न भनिएको छ,’ एसएसपी मैनालीले भने, ‘अन्तिममा बागमतीमा पुगिने भएकाले कालिमाटी र कीर्तिपुरलाई पनि आवश्यक खोजी गर्न भनेका छौं।’, यस्तै बालकको खोजी गर्न सशस्त्र प्रहरी बलको पनि छुट्टै टोली खटिएको छ। , सशस्त्र प्रहरी बलका सहायक प्रवक्‍ता डिएसपी शैलेन्द्र थापाका अनुसार विपद् व्यवस्थापन तालिम प्राप्त ५६ जनाको संयुक्त टोली खटिएको छ।, नं. १८ निलबाराही गणबाट डिएसपीको कमान्डमा २० जना, नं. २० विपद् उद्धार उपत्यका गणबाट इन्सपेक्टरको कमान्डमा १५ जना र नं. २४ बाघभैर गुल्मबाट इन्सपेक्टरको कमान्डमा २१ जना खटिएका छन्। , २४ घन्टासम्म भेटिएनन् सामाखुसीमा बाढीले बगाएका बालक, खोजी जारी
रासस दार्चुलामा एक बालिकाको बेवारिसे शव फेला परेको छ।, जिल्लाको व्यास गाउँपालिका–४ डोकटको सुनकोट महाकाली नदी किनार क्षेत्रमा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।, उनका अनुसार सडेको अवस्थामा अन्दाजी १५ वर्षीया बालिकाको शव मंगलबार दिउँसो फेला परेको हो।, बालिकाको शव भारतीय नागरिकले देखेपछि नेपाल प्रहरीलाई खबर गरेका थिए।, घटनाबारे थप अनुसन्धान गर्न अहिले सुन्सेरा प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालय हुतीबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्र सिंह कार्कीको टोली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।, नदी किनारमा बालिकाको शव फेला
सेतोपाटी संवाददाता नक्कली उपसचिव बनेर लाखौं रुपैयाँ ठग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेका दुई जनालाई सोमबार सार्वजनिक गरेको हो। , पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका घर भई काठमाडौंको गोकर्णेश्वर-८ बस्ने ४७ वर्षीय घनश्याम कटुवाल र मकवानपुरको बागमती गाउँपालिका घर भई काठमाडौंको बुढानिलकण्ठ बस्ने ४० वर्षीय लीलाबहादुर भ्लोन छन्। , उनीहरूलाई परिसर र प्रहरी वृत्त महाराजगन्जको टोलीले आइतबार भक्तपुरबाट पक्राउ गरेको एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।, यस ठगी प्रकरणका तीन जना अझै फरार छन्। मकवानपुरका भीम भ्लोन, मिलन तामाङ र पेम्बा तामाङलाई प्रहरीले खोजिरहेको छ। , नक्कली कार्यालय खोलेको भवन। तस्बिर: प्रहरी।, एसएसपी कार्कीका अनुसार उनीहरूले बुढानिलकण्ठ नगरपालिका-५ स्थित बिष्णुबहादुर गुरूङको दुई तले भवन भाडामा लिएका थिए। त्यस घरमा उनीहरूले विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) को नक्कली कार्यालय खोलेका थिए। उक्त कार्यालय जेठ १ गतेदेखि सञ्चालनमा आएको थियो।, कार्यालय प्रमुखका रूपमा घनश्याम कटुवाल थिए। तर उनले आफ्नो नाम घनश्याम राखेका थिएनन्। उनी उक्त कार्यालयमा उपसचिव जयराम केसी बनेका थिए। , उनी यस कार्यालयका मात्रै प्रमुख बनेका थिएनन्, ठगी गर्नेमा पनि उनी प्रमुख नै देखिएका छन्। , उनले जस्तै लीलाबहादुरले पनि नाम परिवर्तन गरेका थिए। उनी कार्यालय सञ्चालक एवं शाखा अधिकृत दिनेश गुरूङको नामबाट कार्यरत थिए। , हाल फरार रहेका मिलन जनसम्पर्क अधिकृत, आकाश राई र भीम प्राविधिक इन्जिनियर दिपेश गुरूङको नामबाट कार्यरत थिए। , यस्तै उनीहरूले केही व्यक्तिहरूलाई पछि नियुक्ति दिने गरी खटाएका थिए। ती कर्मचारीहरूलाई उक्त संस्था नै नक्कली हो भन्नेसमेत थाहा थिएन।, उनीहरूले नक्कली कार्यालय सञ्चालन गरी टेन्डर आह्वान समेत गरी ठगी गर्दै आएको भन्ने सूचना प्रहरीले पाएको थियो। , यसरी नक्कली कार्यालय खोलेर ठगी गरिरहेको भन्ने सूचना हरिप्रसाद अर्यालले दिएका थिए। जो आफैं पीडित हुन्। , जयरामले उनीबाट डेस्कटप, कम्प्युटर, ल्यापटप गरी ८ लाख ३६ हजार ९०० रुपैयाँ बराबरको सामान लिइसकेका थिए। तर भुक्तानी दिएका थिएनन्। , राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित एक विज्ञापन देखेपछि हरिप्रसादले टेन्डरका लागि निवेदन दिएका थिए। त्यसअनुसार ४८ लाख बराबरको बोलपत्र स्वीकृत भएको थियो। , अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार हरिप्रसादका चिनजान कृषि मन्त्रालयमा कार्यरत एक जना कर्मचारीसँग थियो। यसरी सरकारी कार्यालयमा टेन्डर परेकोबारे उनले ती कर्मचारीलाई सुनाएका थिए। , ‘तर त्यस्तो खालको कार्यालय नै नभएको भनेर उनले हरिप्रसादलाई भनेपछि असार २९ गते प्रहरीलाई खबर आएको हो,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने। , ठगी भइरहेको खबर आएपछि प्रहरी वृत्त महाराजगन्जबाट डिएसपी अंगुर जिसी नेतृत्वको टोली खटियो। कार्यालयमा सबै नयाँ फर्निचर, नयाँ ल्यापटप कम्युटरहरू समेत राखिएका थिए। केही कर्मचारीहरू फेला परे पनि जयराम फेला परेनन्। , अनुसन्‍धानको क्रममा जयरामले हरिप्रसादलाई जस्तै अन्यलाई पनि ठगेको खुल्यो। फर्निचर, खाद्यका सामग्री लगायतका लागि पनि टेन्डर आह्वान गरी ठगी गर्ने गरेको खुलेको हो। , अहिलेसम्म ७ जनाले जाहेरीसमेत दिइसकेका छन्।, उक्त कार्यालय सञ्चालन भएको घरका धनी विश्वबहादुरले पनि रकम पाइसकेका छैनन्। उनलाई प्रतिमहिना एक लाख ८० हजार रुपैयाँ भाडा दिने भनिएको थियो। तर उक्त रकम भुक्तानी नहुँदै उनी फरार भए। , शंखर अर्याल भन्ने व्यक्तिबाट उनले स्कार्पियो गाडी भाडामा लिएका थिए। उनीबाट ६ लाख १२ हजार ५०० रुपैयाँसमेत ठगी गरेको आरोप छ। , ८५ हजारको स्टेशनरी सामान नवराज पाण्डेबाट खरिद गरी भुक्तानी दिएनन्। , त्यसैगरी दीपेन्द्र धरेलबाट कार्यालय स्थापनाका लागि कार्पेट, पर्दा, कुर्सी, टेबल, दराज लगायतका सामानहरू १५ लाख ६० हजार ३०४ रुपैयाँ बराबरको लगिसकेका थिए। , गणेश शाहबाट युनिफर्म कपडा र खाद्यान्न टेन्डरको लागि धरौटीको रूपमा ११ लाख २७ हजार ९५० रुपैयाँसमेत जम्मा गर्न लगाएर ठगी गरेको परिसरले जनाएको छ। , यस्तै विष्णु अर्यालबाट अर्को एउटा कार समेत भाडामा लिएको पाइएको छ। , ‘जयरामले कहीँ पनि पैसा तिरेका छैनन्। गाडीहरू भाडामा लिएर पनि पैसा तिर्दैनन्। गाडीमा तेल हाल्नलाई समेत उनले ड्राइभरको पैसा खर्च गरेका छन्,’ एक प्रहरीले भने। , उनलाई खोज्दै प्रहरी काठमाडौंको आरूबारीस्थित घरमा पनि पुगेको थियो। तर उनी त्यहाँ फेला परेनन्। त्यहाँ पुगेपछि बल्ल जयरामको वास्तविक नाम घनश्याम भएको खुलेको थियो। , उनको घरबाट प्रहरीले दुई लाख नगद बरामद गर्‍यो। आइतबार भने प्रहरीले उनलाई ट्र्याक गर्ने क्रममा भक्तपुरमा फेला पारेको हो। उनले भक्तपुरमा पनि कोठा भाडामा लिएर बसिसकेका थिए। , एसएसपी कार्कीका अनुसार उनी यसअघि पनि ठगी एवं बैंकिङ कसुरमा जेल परिसकेका छन्। , ‘जेल परेर हालसालै छुटेका व्यक्ति हुन्। तीन वर्ष जेल परे। पहिले पनि तराईका जिल्लाहरूमा पूर्वसिडिओ, पूर्वआइजिपी, पूर्वसचिव, पूर्वउपसचिव भनेर ठगी गरेको खुलेको छ,’ उनले भने।, घनश्याममाथि ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमतिसमेत लिइसकेको छ।  , यसरी विभिन्न ठाउँमा नक्कली अफिस खडा गर्न सक्ने भएकाले कार्यालयको वास्तविकताबारे पहिचान गरेर मात्रै काम गर्न प्रहरीले अनुरोध गरेको छ। , ‘वास्तविक कार्यालय हो कि होइन भनेर यकिन गर्न जरूरी छ। दर्ता भएको छ/छैन भनेर बुझ्ने र नक्कली हो भन्ने जानकारी भए प्रहरीलाई खबर गर्न म अनुरोध गर्छु,’ एसएसपी कार्कीले भने।,  , नक्कली उपसचिव बनेका घनश्यामले डब्ल्युएफपीको कार्यालय खोली टेन्डर आह्वान गरेर ठगे लाखौं रुपैयाँ
सेतोपाटी संवाददाता बर्दियामा ब्राउन सुगरसहित एक जना युवक पक्राउ परेका छन्। , मधुवन नगरपालिका-८ का २१ वर्षीय अनिश थापा मगर ९०० ग्राम ब्राउन सुगरसहित पक्राउ परेको बर्दियाका प्रहरी निरीक्षक हृदेशकुमार सापकोटाले जानकारी दिए।, प्रहरी चौकी हम्दमपुरबाट खटिएको टोलीले आइतबार मगरलाई गुलरिया नगरपालिका-११ गणेशपुर सडकखण्डबाट नियन्त्रणमा लिएको थियो। , भे ७ प ६२४८ नम्बरको स्कुटरमा भारतको लौकाही बोर्डरबाट आउँदै गरेका मगरलाई शंका लागेर जाँच गर्ने क्रममा ब्राउन सुगर फेला परेको प्रहरी निरीक्षक सापकोटाले बताए। , सोमबार जिल्ला अदालत बर्दियाबाट म्‍याद थप गरी मगरमाथि अनुसन्धान अघि बढाएको छ।, बर्दियामा ब्राउन सुगरसहित एक जना युवक पक्राउ
सरिशा अछामी आइतबार साँझ करिब साढे पाँच बजेतिर। केहीबेर भएको भारी वर्षाले काठमाडौं महानगरपालिका -३ रानीबारीस्थत एनसिएमटी कलेज अगाडिको सडक जलमग्न थियो।, ठूलो पानी परेकाले नालीको सतह भरिएर सडकसम्म आएको थियो। नालामा पानी भरिएर सडककै सतह बराबर हुँदा सडकको किनारा छुट्याउन मुस्किल थियो। पानी बग्ने नाला साँघुरो भएकाले वर्षाको पानी राम्ररी पास हुन सकेको थिएन र सडकमाथि बाट बगिरहेको थियो।, एनसिएमटी कलेज अगाडिसम्म सिमेन्टको स्ल्याबले नाला ढाकिएको छ तर अलि पर ह्वाङ्गै छ।, १२ वर्षीय साजन मगर भर्खर विद्यालयबाट घर आएका थिए । उनी पानीपोखरीस्थित भानुभक्त माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्छन्। पढाइमा अब्बल साजनको फुटबलमा रूची थियो। उनी राम्रो खेल्थे पनि।, फुटसल राम्रो खेल्ने भएकाले उनका बुवाले सामाखुसीको एक क्लबमा उनलाई भर्ना गरिदिएका थिए। साजन विद्यालय स्तरीय फुटसल प्रतियोगितामा पनि खेल्थे।, आइतबार विद्यालयबाट फर्केपछि उनी फुटसल खेल्न भनेर निस्के । उनको घरनजिकैका एक जना साथी पनि उनीसँगै फुटसल खेल्थे।, पानी अलिअलि रोकिएको थियो। बाहिर निस्कँदा सडक जलमग्न थियो। सडकको पारिपट्टि थिए, उनीसँगै फुटसल खेल्न जान लागेका साथी।, साजन जलमग्न सडकको किनारैकिनार हिँडिरहेका थिए। पारिपट्टिका साथी अगाडि थिए, उनी अलि पछि।, हिँड्दा-हिँड्दै साजन अचानक नालामा खसे।, नजिकै किराना पसल चलाउने शान्तिदेवी कँडेलले साजन खसेको देखिन्। एकछिन त उनी के गर्ने, के गर्ने भइन्।, केहीबेरमै बाहिर निस्किन् र बच्चा बगायो भन्दै कराउन थालिन्।, ‘तर कोही आएनन्,’ उनले भनिन्।, साजनसँगै हिँडेका बालकले घर पुगेर परिवारलाई घटनाबारे भने। उनको परिवार तत्काल साजनको घर गएर घटनाबारे जानकारी गराएपछि प्रहरीलाई खबर भयो।, त्यतिबेला साजनका बुवा घरमा थिएनन्। उनी कामका लागि गोंगबु गएका थिए। ‍ खबर पाएपछि उनी छोरा खसेको ठाउँमा आए। रानीबारी चोकमै प्रहरी बिट छ। तर घटना भएको आधा घन्टापछि मात्रै प्रहरी पुगेको उनी बताउँछन्।, उनका अनुसार घटनास्थलमा पुगेको प्रहरी पनि एकछिन अलमलमा पर्‍यो। केहीबेरमा थप प्रहरी आएपछि खोजी कार्य सुरू भए पनि सोमबार साँझसम्म साजन फेला परेका छैनन। , उनका बुवालाई  छोरा सकुशल भेटिने आशा छ।  , प्रहरी र सम्बन्धित निकायले संवेदनशील भएर नखोजेको उनको गुनासो छ।, ‘आधा घन्ट सम्म खसेकै ठाउँमै खोजेर प्रहरी बसिरह्यो, त्यस्तो नभएको भए मेरो छोरा हिँजै भेटिन्थ्यो होला,' उनले भने।, प्रहरीले भने साजनको खोजी तीव्र रूपमा भइरहेको बताएको छ। , उनको खोजी गर्न काठमाडौंका विभिन्न युनिटहरू खटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेश मैनालीले जानकारी दिए। , उनका अनुसार सामाखुसीमा खसेका बालक बगेर विभिन्न खोलामा पुगेको हुन सक्ने भएकाले छुट्टै प्रहरी परिचालन गरिएको छ। , अहिले प्रहरी वृत्त बालाजुका १० जना र प्रहरी वृत्त सोह्रखुट्टेका १० जनाले विष्णुमती खोलामा खोजी गरिरहेका छन्। , विपद् उद्धार महाशाखा सामाखुसीबाट २५ जनाको टोली पनि खटिएको छ।, ‘डेडिकेटेड टिम ४५ जना खटिएका छन्। अन्य विभिन्न मातहतका प्रहरीहरूलाई पनि हेर्न भनिएको छ,’ एसएसपी मैनालीले भने, ‘अन्तिममा बागमतीमा पुगिने भएकाले कालिमाटी र कीर्तिपुरलाई पनि आवश्यक खोजी गर्न भनेका छौं।’, यस्तै बालकको खोजी गर्न सशस्त्र प्रहरी बलको पनि छुट्टै टोली खटिएको छ। , सशस्त्र प्रहरी बलका सहायक प्रवक्‍ता डिएसपी शैलेन्द्र थापाका अनुसार विपद् व्यवस्थापन तालिम प्राप्त ५६ जनाको संयुक्त टोली खटिएको छ।, नं. १८ निलबाराही गणबाट डिएसपीको कमान्डमा २० जना, नं. २० विपद् उद्धार उपत्यका गणबाट इन्सपेक्टरको कमान्डमा १५ जना र नं. २४ बाघभैर गुल्मबाट इन्सपेक्टरको कमान्डमा २१ जना खटिएका छन्। , सामाखुसीमा हिँड्दा-हिँड्दै नालामा खसेका थिए फुटसल खेल्न निस्किएका साजन
सेतोपाटी संवाददाता अमेरिका पठाउने भन्दै मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, मानव बेचबिखन अनुसन्धान ब्युरोले पोखरा घर भई काठमाडौंको गुहेश्वरी पन्चकन्या मार्गमा डेरा गरी बस्ने ३४ वर्षीय कमल तामाङलाई पक्राउ गरेको हो।, उनलाई ब्युरोले आइतबार पक्राउ गरेको एसपी नरहरि रेग्मीले जानकारी दिए। , ‘सुन्दर भविष्य र सुविधा सम्पन्न जीवनशैली उपलब्ध हुने लोभलालच र भ्रममा पारेर अवैधानिक बाटो हुँदै अमेरिका लगिदिने भनेर उनी लगायतले धेरै नेपालीहरूलाई अन्य देशमा पुर्‍याएर अलपत्र पारेका छन्,’ रेग्मीले भने, ‘बन्धक बनाएर यातना दिने र फिरौती समेत लिएको पायौं।’, कमल तामाङसहित केही व्यक्तिहरूले अमेरिका लैजाने भन्दै मानव बेचबिखन गरेको भन्‍दै ब्युरोमा चारवटा जाहेरी परेको छ। , उनले हवाईमार्ग मार्फत अमेरिका लैजाने प्रलोभन देखाएर जनही ११ लाख ३० हजारदेखि ६० लाख रूपैयाँसम्म लिएको एसपी रेग्मीले बताए। उनीहरूले कुल २ करोड २६ लाख २३ हजार ८९० रूपैयाँ लिएको आरोप छ। , यसरी रकम लिएर पीडितहरूलाई अवैध बाटो भारतको नयाँ दिल्ली, श्रीलंका, दुबई, सिंगापुर, फिलिपिन्स, थाइल्यान्ड, लाओस र जाम्बिया लगायत देशहरूमा पुर्‍याएर अलपत्र पारेको एसपी रेग्मीले बताए। अलपत्र पारेर पीडितहरूसँग थप रकम माग गरेको समेत पाइएको छ। , अमेरिका लैजाने भनेर ओसारपसार गर्नेमा पनि नेपालीहरू नै संलग्न रहेको एसपी रेग्मीले बताए। उनका अनुसार तामाङ लगायतको समूह नेपाल लगायत विभिन्न देशहरूमा बसेर आआफ्नो जिम्मेवारी बाँडफाँट गरी संगठित रूपमै परिचालित भएको छ।, विशेषगरी १६ देखि ५० वर्ष उमेर समूहका पुरूषहरू मानव बेचबिखनको जोखिममा छन्। यस्तै पीडितहरूले ठूलो रकम बुझाए पनि होटल खर्च, टिकट खर्च लगायत पनि आफैंलाई बेहोर्न लगाउने गरेको पनि देखिएको प्रहरीले जनाएको छ। उनीहरूले विशेष गरी भिजिट भिसाको दुरूपयोग गरी त्यहाँ पुर्‍याउने गरेका हुन्। , ब्युरोले यस घटनामा थप व्यक्तिहरूको समेत संलग्नता रहेको भन्दै उनीहरूको खोजी गरिरहेको छ। , पक्राउ परेका तामाङमाथि भने थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट म्याद थप भएको ब्युरोले जनाएको छ। , अमेरिका लैजाने भन्दै मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ
सेतोपाटी संवाददाता कर्णाली प्रदेशमा जल तथा जंगल संरक्षणका लागि कार्ययोजना बनाउन थालिएको छ। कर्णाली प्रदेश सरकार र युएसएआइडीको जल–जंगल परियोजना मिलेर प्रदेशको जल तथा जंगल संरक्षणका लागि कार्ययोजना बनाउन थालेका हुन्।, जैविक विविधता संरक्षण, वातावरणीय अपराध नियन्त्रण, जलवायु उत्थानशीलता प्रवर्द्धन लगायतका उद्देश्य पूरा गर्ने गरी कार्ययोजना बनाउन थालिएको हो। परियोजनाले कर्णालीको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सहितका सरोकारवालाहरूबीच गोष्ठी सञ्चालन गरेर यसका लागि योजना तर्जुमा थालेको हो।, प्रदेशस्थित सरोकारवालाहरूले जल तथा जंगल संरक्षणका लागि सामुदायिक वनहरूमा संरक्षण समूह गठन, उनीहरूको क्षमता अभिवृद्धि, जथाभावी भौतिक संरचना निर्माणमा नियमन गर्नुपर्ने सुझाव दिएका छन्।, जथाभावी रूपमा निर्माण भइरहेका भौतिक संरचनाले जलाशयमा क्षतिसँगै जलचरहरूको वासस्थान तहसनहस पार्ने भएकाले यसलाई रोक्न कर्णाली प्रदेश सरकार र सम्बन्धित सरोकारवाला निकायबीच सहकार्य नियमित हुनुपर्नेमा जोड दिइएको छ। त्यस्तै हिउँचितुवा, रेडपान्डा, ओट, सर माछा, असला माछा संरक्षण गनुपर्नेमा जोड दिइएको छ।, जैविक विविधता संरक्षणको लक्ष्य पूरा गर्न कर्णाली प्रदेशको पर्यटन गुरूयोजनासँग जोडिएर काम गरिने युएसएआइडी जल–जंगल परियोजनाका उपप्रमुख दीपेश जोशीले बताए।, जल तथा जंगलसँग सम्बन्धित प्रदेशको मन्त्रालयका कार्यक्षेत्रभित्र परियोजनाका कार्यक्रम समायोजन गरेर अघि बढ्ने उनले बताए।, माथिल्लो र तल्लो तटीय क्षेत्रमा भएका समस्या पहिचान गरी समाधानको प्रयास गर्ने, प्रदेशमा वातावरण संरक्षणका लागि चेतना जगाउने जस्ता विषयमा केन्द्रित हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।, कर्णालीको प्रमुख उद्योगका रूपमा मानिने पर्यटनले जैविक विविधतामा पनि सहयोग पुग्ने भएकाले परियोजनाले लिएको लक्ष्य पूरा गर्न पर्यटनमा विशेष जोड दिनुपर्ने सरोकारवालाहरूले बताए।, परियोजनाका उपप्रमुख जोशीका अनुसार जलवायु उत्थानशीलता प्रवर्द्धनका लागि जलवायुमैत्री गाउँ बनाउने, निजी क्षेत्रको सहभागिता बढाउने, प्रदेश र स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्ने, स्थानीय र प्रदेश सरकारको जलवायु सम्बन्धी नीति निर्माणमा सहयोग गर्ने योजना परियोजनाले लिएको छ।, कर्णाली प्रदेशमा चोरीशिकाकारी जस्ता क्षतिजन्य क्रियाकलाप नियन्त्रण गर्न नसक्दा जल तथा जंगलको दिगो व्यवस्थापन गर्न नसकिएको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार बिसीले बताए।, उनले यससँग सम्बन्धित विकास साझेदार संस्थालाई आफ्ना कार्यक्रमहरू उपयुक्त क्षेत्रमा सञ्चालन गर्न आग्रह गरे।, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. विनोदप्रसाद देवकोटाले कर्णाली प्रदेश जल र जंगलका हिसाबले धनी भए पनि लाभ लिन नसकिएको बताए। जनस्तरमा जैविक विविधताको महत्व बुझाउन जरूरी रहेको उनले बताए।, प्रदेशको जल तथा जंगल संरक्षणका लागि काम गर्न थालेको विकास साझेदार परियोजनाका कार्यक्रम कार्यान्वयनमा सहकार्य गर्न सबै सरोकारवाला निकाय प्रतिबद्ध हुनुपर्ने पनि उनले बताए।, कर्णालीको जल–जंगल संरक्षणका लागि बनाउन थालियो कार्ययोजना
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले नियमित बुलेटिनमार्फत् जानकारी दिएको छ।, दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने उसले बताएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरू मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। कोशी, मधेश, लुम्बिनी, गण्डकी  र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको  समेत सम्भावना उसले देखाएको छ।, रातिपख भने देशभर सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको  समेत सम्भावना रहेको महाशाखाले बताएको छ।, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
सेतोपाटी संवाददाता नवलपरासीको, देउराली र आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, विनयीलगायत ससाना खोलाहरूको बहाव बढ्ने जोखिम रहेको उसले बताएको छ। बाढी पूर्वानुमान महाशाखा ट्विटरमार्फत् बताएको हो।, यस्तै तिनाउ नदीले जल सतह पार गरेको पनि उसले बताएको छ। तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने भएकाले होचा स्थानमा हुनेहरू दिउँसो १२ बजेसम्म सुरक्षित स्थानमा रहन पनि निर्देशन दिएको छ।, दाङको सुखबारेमा भारी वर्षा मापन भएको छ। त्यहाँ पछिल्लो ३ घन्टामा ५७.२ र पछिल्लो ६ घन्टामा १०५.२ मिलिमिटर वर्षा मापन गरिएको छ।, पाल्पाको बल्याङगडीमा भारी वर्षा भएको छ। त्यहाँ पछिल्लो ३ घन्टामा ७५, ६ घन्टामा १८७.४ र १२ घन्टामा २४१.२ मिलिमिटर वर्षा मापन गरिएको छ।, नवलपुरको देउराली स्टेसनमा पछिल्लो ६ घन्टामा १२९.४ मिलिमिटर वर्षा मापन भएको छ।, चितवनको भरतपुर विमानस्थल आसपासका क्षेत्रमा पनि पछिल्लो ६ घन्टामा १२६.४ मिलिमिटर वर्षा मापन गरिएको छ।, चितवनकै रामपुर आसपास क्षेत्रमा पनि पछिल्लो ३ घन्टामा ६८.८ र पछिल्लो ६ घन्टामा १०३.२ मिलिमिटर वर्षा भएको छ।,  , कहाँ-कहाँ भइरहेको छ भारी वर्षा?
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले ९ ठाउँमा भारी वर्षा भइरहेको बताएको छ।, महाशाखाले चितवन, दाङ, नवलपुर, पाल्पा आदि जिल्लाका ९ स्थानमा भारी वर्षा मापन भएको बताउँदै तटीय क्षेत्रमा सतर्क रहन भनेको हो।, महाशाखाले जानकारी दिएअनुसार चितवनको नारायणी, देवघाट क्षेत्रमा पछिल्लो ३ घन्टामा ५२.२ मिलिमिटर वर्षा भएको छ। त्यहाँ पछिल्लो २४ घन्टामा ११९.४ मिलिमिटर वर्षा मापन भएको छ।, दाङको सुखबारेमा पछिल्लो २४ घन्टामा ११० मिलिमिट वर्षा भएको छ। , त्यस्तै, दाङको गङगढीमा पछिल्लो ३ घन्टामा ३२.८, ६ घन्टामा ११३.८ र २४ घन्टामा ११८.८ मिलिमिटर वर्षा मापन भएको छ।, नवलपुरको डन्डाबजार आसपास पछिल्लो ६ घन्टामा १०९.८ र २४ घन्टामा ११४ मिलिमिटर वर्षा भएको छ। नवलपुरकै देउरालीमा पछिल्लो २४ घन्टामा १५७ मिलिमिटर वर्षा भएको छ।, पाल्पाको बल्याङगडी क्षेत्रमा पछिल्लो २४ घन्टामा २६६.६ मिलिमिटर वर्षा भएको छ। पाल्पाकै तानसेन क्षेत्रमा पछिल्लो ३ घन्टामा २६.८, ६ घन्टामा १०० मिलिमिटर र २४ घन्टामा १०३.८ मिलिमिटर वर्षा मापन भएको छ।, चितवनको भरतपुर विमानस्थल आसपास क्षेत्रमा पछिल्लो २४ घन्टामा १५७.४ मिलिमिटर वर्षा मापन भएको छ। चितवनकै रामपुर क्षेत्रमा पछिल्लो २४ घन्टामा १४३.६ मिलिमिटर वर्षा मापन गरिएकाले खोला, नदी तटीय क्षेत्रमा बाढीको अनुमान गरिएको छ।, यो बिहान ९ः०० बजेसम्मको तथ्यांक हो।, काठमाडौं उपत्यकामा पनि बिहानैदेखि वर्षा भइरहेको छ।,  , यी ९ स्थानमा भारी वर्षा
सेतोपाटी संवाददाता बिहान अवरूद्ध भएको नारायणगढ मुग्लिन सडकखण्डको अवरोध पन्छाइएको छ।, पहिरोग्रस्त क्षेत्रबाट अलिअलि ढुंगा झरिरहेकाले मंगलबार बिहान केहीबेर अवरूद्ध रहेको र अहिले दुवैतर्फ सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ।, ‘स-साना ढुंगासहितको पहिरो खसेपछि बिहान केहीबेर अवरूद्ध भएको थियो। अहिले दुवैतर्फ नै सञ्चालनमा छ। तर, पहिरो खस्न भने रोकिको छैन,’ सडक डिभिजन भरतपुरका सूचना अधिकारी चण्डेश्वर साहले जानकारी दिए।, सडक डिभिजनबाट तैनाथ अवस्थामा राखिएको उपकरणद्वारा तत्कालै पहिरो हटाएर यातायात सञ्चालन गराइएको पनि उनले बताए।, नारायणगढ-मुग्लिन सडकखण्डको अवरोध पन्छाइयो
सेतोपाटी संवाददाता अविरल वर्षात्पछि आएको बाढी–पहिरोका कारण तीनवटा राजमार्ज पूर्णरूपमा अवरूद्ध बनेका छन्।, सडक विभागकाअनुसा चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक जोड्ने तमोर करिडोर अन्तर्गतको सडक माझिटार, हेवाखोलामा अवरूद्ध छ,, त्यस्तै भालुवाङ लिवाङ रोल्पा माडीचौर दारबोट जोड्ने सडक प्युठानको खहरे खोलामा र गर्जेनीमा अवरूद्ध रहेको छ।, यस्तै, बेलहिया-भैरहवा-बुटवल-बर्तुङ-राम्दी-स्याङ्जा-पोखरा जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गतको सडक पाल्पाको ६ स्थानमा अवरूद्ध भएको सडक विभागले जानकारी दिएको छ।, यसवर्ष मनसुन सुरू भएयता ११४ स्थानमा सडक अवरूद्ध भएको विभागले जानकारी दिएको छ। त्यसमध्ये ३ राजमार्ग ८ ठाउँमा अवरूद्धको अवस्थामा छन् भने १९ स्थानमा एकतर्फी सञ्चालनमा छन्। ८७ स्थानमा दुवैतर्फ चालु रहेको विभागको भनाइ छ।, मौसमजन्य विपदका कारण  राजमार्गमा २४ करोड ९८ लाख ३० हजार बराबर क्षति पुगेको विभागको अनुमान छ।,  , ३ वटा राजमार्ग ८ ठाउँमा अवरूद्ध, १९ स्थानमा एकतर्फी
रासस नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चौधकिलोमा बस र ट्रक एकापसमा ठक्किँदा ३० जना घाइते भएका छन्। भरतपुर महानगरपालिका–२९ चौधकिलो पुलमा दुर्घटना भएको हो।, नारायणगढबाट–मुग्लिनतर्फ जाँदै गरेको रा १ ख २२३६* नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ख ४९४२ नम्बरको ट्रक एकापसमा ठोक्किँएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान सो दुर्घटना भएको हो।, घाइतेमध्ये चालकसहित १८ जनाको पुरानो मेडिकल कलेज र १२ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको उहाँले जानकारी दिए। चालक र अर्का एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था खतरामुक्त रहेको प्रनाउ पण्डितले बताए। दुर्घटनाको कारण अवरुद्ध भएको सडक सवारीसाधन पन्छाएर सञ्चालनमा ल्याइएको छ।, * सच्याइएको, नारायणगढ–मुग्लिन सडकमा बस र ट्रक आपसमा ठोक्किए, ३० जना घाइते
सेतोपाटी संवाददाता बागलुङमा इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज मृत अवस्थामा फेला परेका छन्। , बडिगाड गाउँपालिका-६ खाल सानो बजारस्थित एक होटलमा ४१ वर्षीय वरिष्ठ सई उज्ज्वल पौडेल मृत फेला परेका हुन्।, जिल्ला प्रहरी कार्यालयका एसपी योगेन्द्रकुमार खड्काका अनुसार मंगलबार बिहान २ बजेतिर मृत फेला परेका हुन्। उनी इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्जसमेत हुन्।, सोमबार राति ८ बजेतिर उनी त्यस होटलमा पुगेको एसपी खड्काले बताए। , ‘होटलको भुइँ तलामा शव उत्तानो परेको अवस्थामा फेला परेको छ। आफन्त आउँदै गरेकाले हामीले केही काम गरिसकेका छैनौं,’ उनले भने। , के कति कारणले मृत्यु भएको भन्ने पनि अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले उनले बताए। ,  , बागलुङमा मृत भेटिए वरिष्ठ सई
नारायण खड्का दाङ बंगलाचुली गाउँपालिका–५ मुर्कुटीका ६५ वर्षीय दलबहादुर मगर आफूले गाउँमै उत्पादन गरेका कृषि उपज भण्डारण गर्न मिल्ने कोल्ड स्टोर भवन निर्माण हुँदा दंग थिए।, गाउँघरका जान्ने सुन्ने र जनप्रतिनिधिले कोल्ड स्टोर प्रयोगमा आएपछि स्थानीय किसानले खेतबारीमा उत्पादन गरेका विभिन्न फलफूल तथा तरकारी भण्डारण गर्न सहज हुने बताउँदा उनी कोल्ड स्टोरमा आफूले उत्पादन गरेका सामग्री भण्डार गरेको सपना देख्थे। , ‘मूल्य नपाउँदा भण्डार गरी राख्ने र मूल्य राम्रो पाएको समयमा बिक्री गर्न सकिन्छ भन्ने कुराले हामी जस्ता किसान उत्साहित थियौं,’ मगरले भने, ‘तर, कोल्ड स्टोरमा सामान राख्ने हाम्रो सपना विपनामा परिणत हुन नपाउँदै भत्किएपछि न निको लागेको छ।’, बंगलाचुली रोल्पा र प्यूठानसँग सीमाना जोडिएको पहाडी भूभाग हो। यहाँ अमिलो जातका फलफूल र तरकारी उत्पादन राम्रो हुन्छ। बंगलाचुलीमा सुन्तला, अदुवा, कागती, आलु खेती हुन्छ। साथै पछिल्लो समय व्यावसायिक तरकारी खेती गर्नेहरूको संख्या पनि बढ्दै जान थालेको स्थानीय सुनिता वली बताउँछिन्।, पालिकाको साकिने र कुरूले सन्तुलाका साथै अदुवा, कागती उत्पादन हुने गरेको हुँदा कोल्ड स्टोर निर्माण भएको देख्दा खुसी भएका स्थानीय पहिरोले कोल्ड-स्टोर भत्किएपछि निराश भएको उनले बताइन्।, ‘यो पहाडमा करोड बढी खर्चमा किसानका उत्पादन राख्ने भनेर कोल्ड स्टोर बनाइनु निकै सकारात्मक पक्ष थियो,’ उनले भनिन्, ‘तर, के गर्नु त्यो कोल्ड स्टोर प्रयोग गर्न नपाई पहिरोका कारण भत्किएको हुँदा हामीले त्यसको अनुभव नै गर्न पाएनौं।’, स्थानीय किसानमा ऊर्जा थप्न र उनीहरूलाई व्यवसाय उन्मुख बनाउन सवा करोड बढी खर्चेर कोल्ड स्टोर बनाउन पालिकाले पहल थालेको थियो।, आर्थिक वर्ष २०७६/०७७ मा बंगलाचुली गाउँपालिकाको करिब ६० लाख, साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजना (रिजम) को ५३ लाख ४ हजार १०२ र लोहारपानी कृषि सहकारी संस्थाको १३ लाख १५ हजार ८०९ गरी कुल एक करोड २७ लाख लागतमा मुर्कुटी गाउँको काल्लो मुनि कोल्ड स्टोरको भवन निर्माण गरिएको थियो।, लोहार पानी कृषि सहकारी संस्थाका कोषाध्यक्ष गोपाल वलीका अनुसार उक्त कोल्ड स्टोर एक सय मेट्रिक टन क्षमताको थियो।  , २०७७ सालमै वर्षाले कोल्ड स्टोरको भवनमा आंशिक मात्रामा क्षति पुर्‍याएको भए पनि त्यसलाई मर्मत गरिएको थियो।, फेरि वर्ष असोज अन्तिममा भारी वर्षा पछि झरेको पहिरोका कारण कोल्ड स्टोरको भवनमा क्षति पुगेपछि त्यो उपयोगविहीन बनेको हो।, स्थानीयहरूले भने कोल्ड स्टोर भवन पुन: मर्मत गर्न माग गरिरहेका छन्। मर्मत गर्न स्थानीयले गाउँपालिकासँग बजेट पनि मागेका छन‍्। तर गाउँपालिकाले बजेट नदिएको उनीहरूको गुनासो छ। , कोषाध्यक्ष गोपाल वलीले पनि आवश्यक बजेट छुट्याइदिन गरिएको आग्रहमा गाउँपालिकाका पदाधिकारीले चासो नदेखाएको गुनासो गरे।, बंगलाचुली–५ का पूर्व वडाध्यक्ष यनुराज खत्रीले राम्रो उद्देश्यले कोल्ड स्टोर निर्माण गरिएको भए पनि स्थान छनोट गर्दा ध्यान नदिँदा करोड बढी लगानी खेर गएको प्रतिक्रिया दिए।, ‘कोल्ड स्टोर किसानको हितका लागि बनाइएको थियो,’ उनले भने, ‘हामी स्थान छनोटमा चुकेका हौं।’, कोल्ड स्टोर प्रयोगमा आएको हुन्थ्यो भने आज मुर्कुटी, सकिने, कुरुले, रिभानलगायत आसपासका किसानले लाभ लिन सक्ने उनले बताए। , नेकपा माओवादी केन्द्रका नेता खत्रीले रिभानको सम्भावना देखेरै २०७६ सालमा तरकारी खेती र कागतीका लागि स्मार्ट कृषि गाउँका रूपमा घोषणा गरिएको जानकारी दिए।, त्यहाँका तरकारी खेतीप्रति थप आकर्षित गर्न कृषि ज्ञान केन्द्रले किसानको क्षमता विकास तथा यान्त्रिकीरणका लागि त्यत्तिकै रकम खर्च गर्दै आएको थियो। तर कोल्ड स्टोर भत्किएसँगै स्थानीय किसानले देखेका सपना विपनामा परिणत हुन नसकेको खत्रीले बताए।, झन्डै साढे एक करोडमा बनाइएको कोल्ड स्टोर भवन भत्किएपछि...
सेतोपाटी संवाददाता बिहानदेखिको अविरल वर्षाका कारण दाङको देउखुरी क्षेत्रमा एक दर्जन बढी सर्वसाधारणका घर डुबानमा परेका छन्। राजपुर र गढवा गाउँपालिकाका साथै लमही नगरपालिकामा केही घर डुबानमा परेका छन्। , राप्ती नदीमा आएको बाढीका कारण राजपुर गाउँपालिका–५ भुर्कीहवाका स्थानीयको १२ वटा घर जति डुबानमा परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिए। , वडाध्यक्ष टंकबहादुर विष्टका साथै प्रहरी सहायक निरीक्षक महावीर चौधरी घटनास्थलमा खटिएका छन्। , राजपुर– २ की ३२ वर्षीया पुष्पा नेपालीको एक तले फुसले छाएको कच्ची घर अविरल वर्षाका कारण भत्किएको छ। घटनास्थलमा खटिएका प्रहरी नायब निरीक्षक रकम खड्काले कुनै मानवीय क्षति नभएको र नेपाली छिमेकीको घरमा आश्रय लिइरहेको जानकारी दिए। , त्यस्तै, लमही नगरपालिका–१ सुनडबरी र वडा नं. ३ को कान्तिपुरमा चार जना स्थानीयको घर डुबानमा परेको छ। , सुनडबरीका ७० वर्षीय निमबहादुर सार्कीको घरमा पानी पसेपछि उनको दुई जनाको परिवारलाई छोरा छबे सार्कीको घरमा स्थानन्तरण  गरिएको प्रहरीले जानकारी दिएको छ। , कान्तिपुरका ३६ वर्षीय रामबहादुर कुमालको घरमा पानी पसेपछि उनीहरू छतमा बसेको र उनीहरुको उद्धार कार्य जारी रहेको प्रहरीले बताएको छ। , स्थानीय ४० वर्षीय सुशिल कुमाल र ६० वर्षीय दयाराम चौधरीको दुई तले कच्ची घरमा पानी पसे पनि उनीहरूको परिवार डुबान हुन थालेपछि निस्किएर सुरक्षित ठाउँमा पुगेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए। , डुबानमा परेका व्यक्तिहरूको उद्धारको लागि यहाँ दश जनाको प्रहरी टोली खटिएको छ। , त्यस्तै, तुलसीपुर उपमहानगरपालिका–१४ जनकपुरमा खोलामा आएको बाढीले एउटा स्कार्पियो बगाइदिएको छ। , तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको बा ११ च १५११ नम्बरको स्कार्पियो बिहान पौने ११ बजेतिर बगाएको प्रहरी सहायक निरीक्षक दीपक चन्दले बताए। , स्कार्पियो निकाल्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ। , अविरल वर्षापछि  ठाउँ-ठाउँमा पहिरो जाँदा कालाकाँटेदेखि गोबडिया हुँदै गढवा जोड्ने हुलाकी सडक खण्ड अवरूद्ध भएको छ। , प्रहरी सहायक निरीक्षक नेत्र केसीले बाढी आई ठाउँ-ठाउँमा हिलो माटो खसेको हुँदा सडकखण्ड अवरूद्ध भएको जानकारी दिए।, दाङको देउखुरी क्षेत्रमा बाढीका कारण दर्जन बढी घर डुबानमा
सरिशा अछामी ‘खड्काकी छोरी भएर कामीसँग विवाह गर्न लाज लाग्दैन?’, कैलालीकी २३ वर्षीया सरस्वती खड्काले गत असार २६ गते प्रहरी वृत्त गौशालामा पटक-पटक यही वाक्य सुनिन्।, नेपालको कानुनले जातीय विभेदलाई अपराध मान्छ। र, कानुन उल्लंघन गर्नेलाई कारबाही गर्ने कर्तव्य नेपाल प्रहरीको हो। तर त्यो दिन बर्दीमा रहेका प्रहरीहरू नै सरस्वतीलाई जातीय विभेदको हिंसा हुने गरी गिज्याइरहेका थिए। कानुन र आफ्नो कर्तव्यको खिल्ली उडाइरहेका थिए।, प्रहरी कार्यालयमा त्यो दिन हाँसो र दयाकी पात्र बनाइएकी सरस्वतीले कुनै अपराध गरेकी थिइनन्। आफूलाई मन पर्ने मान्छेसँग विवाह गरेकै कारण अभिभावकले उनलाई प्रहरी कार्यालयमा पुर्‍याएका थिए। कानुनको पालना गर्नुपर्ने प्रहरी सरस्वती र उनका श्रीमानको मजाक बनाइरहेका थिए।   , कैलालीको गौरीगंगा नगरपालिका-७ की सरस्वती र छिमेकी गोदावरी नगरपालिका-९ का सुरेश विश्वकर्मा लामो समयदेखि साथी थिए। सुरेशकी साथी मात्र हुँदा उनले घरमा अपमान र अपशब्द सहनुपरेको थियो।, ‘परिवार र छरछिमेकीले दलितबाहेक अरू साथी पाइनस् भन्दै गाली गर्थे,ʼ सरस्वतीले भनिन्, ‘८ वर्षदेखि यस्ता शब्द सुन्दै हुर्किएँ। गाउँघरका मान्छेले त्यस्तो भने पनि जाने-बुझेका मान्छेलाई  त्यस्तो लाग्दैन होला भन्ने सोच्थें। तर प्रहरीले नै गाउँघरमा सुनेको भन्दा तल्लो तहमा बोलेको देखेर मलाई उदेक लाग्यो।ʼ, डोटी पूर्वीचौकी गाउँपालिकामा २०५७ सालमा जन्मिएकी सरस्वतीले ११ वर्ष त्यतै बिताइन्। त्यसपश्चात उनको परिवार कैलालीको गौरीगंगा बसाइ सर्‍यो। उनका बुवा पूर्वप्रहरी हवलदार हुन्।, ८ कक्षासम्म बोर्डिङ स्कुलमा पढेको सरस्वती ९ कक्षामा राष्ट्रिय माध्यमिक विद्यालयमा भर्ना भइन्। उनकै कक्षामा सुरेश पनि पढ्थे।, सुरेश राम्रो गीत गाउँथे। स्कुलभरि उनको चर्चा थियो। सरस्वती पनि सुरेशबारे बुझ्न खोज्थिन्। तर सुरेश दैनिक विद्यालय आउँदैन थिए।, उनी सुरेशलाई दिनहुँ स्कुल आउन भन्थिन्।, आवारा पारामा हिँडेका सुरेशलाई सम्झाउने व्यक्ति भेटेपछि हौसला मिल्यो। उनी दिनहुँ स्कुल आउन थाले। उनीहरू दुबै जना मिल्ने साथी बने।, सरस्वती सुरेशसँग नजिकिएपछि कक्षाका गैरदलित साथीले उनलाई विभिन्न लान्छना लगाउन थाले। कामीलाई साथी बनाएको भन्दै गिज्याउँथे। सरस्वती सानो-ठूलो जात नहुने भन्दै साथीहरूलाई सम्झाउँथिन्।, स्कुलका साथीहरू र घरमा आफन्तले उनको कुरा बुझ्नै चाहेन।, सुरेशसँग घुलमिल बढ्दै जाँदा सरस्वतीलाई परिवारले मानसिक तनाव दिन थाले। उनले त्यसलाई बेवास्ता गरिरहिन्। २०७३ मा सरस्वती र सुरेश दुबै एसइई पास भए।  , दुर्गालक्ष्मी माध्यामिक विद्यालयबाट प्लस टु पनि सँगै पास गरे। विद्यालयदेखि नै सँगै भएकाले कलेजमा उनीहरू प्रेममा रहेको चर्चा भयो तर सरस्वती आफू प्रेममा परेको अस्वीकार गर्थिन्।, ‘साथी बनाउँदा त परिवारले मानसिक तानाव दिन्थें। त्यसैले त्यतिबेला प्रेम र विवाहबारे सोचेकै थिइनँ,ʼ सरस्वतीले भनिन्।, ११ मा पढ्दासम्म सरस्वतीले सुरेशलाई प्रेम गर्छु भनेकी पनि थिइनन्। तर उनको माया, केयर प्रेमिकाको भन्दा कम थिएन। त्यही बुझेर सुरेशले एकदिन सरस्वतीलाई भनेका थिए- तिमी मलाई प्रेम गर्छौ।, सुरेशले भनेपछि आफू प्रेममा रहेको महशुस भएको उनी बताउँछिन्।, आफू प्रेममा छु भन्ने महसुस हुँदा उनलाई खुसीभन्दा धेरै डर लागेको थियो रे। साथी बनाउँदा नै मानसिक यातना सहनु परेकाले प्रेमबारे थाहा पाए परिवारले के गर्लान् भन्ने डर थियो।, उनले परिवारलाई आफू प्रेम सम्बन्धमा रहेको भनिनन् तर गाउँमा चलेको हल्लाले सरस्वतीलाई परिवारले शंका गर्न थाले।, सुरेशसँग नजिकिएको थाहा पाएर परिवारले उनलाई ब्याचलर पढ्न धनगढी पठाए।, धनगढी बहुमुखी क्याम्पसमा उनी भर्ना भइन्। त्यहाँ पढ्दा लुकिछिपी सुरेशसँग बोल्थिन्।  दुई वर्ष त्यही बसिन्।, उनका भाइ काठमाडौंमा बसेर पढ्थे। उनलाई पनि उतै पठाइदिए आनन्दै हुन्छ भन्ने ठानेर २०७८ मा बुवा-आमाले काठमाडौं पठाइदिए।, धनगढीमा उनले ब्याचलर पहिलो वर्षमात्र सकेकी थिइन्। काठमाडौं आएपछि पद्मकन्या बहुमुखी क्याम्पसमा दोस्रो वर्षबाट पढाइ सुरू गरिन्। उनका बुवा र भाइ चाबहिल कालोपुलमा भाडामा बस्थे। उनी पनि त्यहीँ बस्न थालिन्।, सुरेश पनि काठमाडौं आएका थिए। सरस्वती काठमाडौं आएको महिना दिनमा उनका भाइले त्यो कुरा थाहा पाए। त्यसपछि उनलाई बुवा र भाइसँग बस्न  उनलाई सहज भएन।, कलेजबाट ढिला कोठा पुग्दा बुवा र भाइले सुरेशलाई भेटेर आएको आरोप लगाउन थाले। साथीहरूसँग घुम्न जाँदा पनि सुरेशसँगै गएको भनेर मानसिक यातना दिने गरेको उनको भनाइ छ।, यही बीचमा उनले एउटा जागिर खोजिन्। काममा जाँदा पनि सुरेशको नाम लिन परिवारले छोडेनन्।, आफू प्रेममा परे पनि परिवारको सहमतिबिना विवाह नगर्ने भनेकी थिइन् तर कसैले उनलाई विश्वास गरेनन्।, ‘परिवारले भनेकै केटासँग विवाह गर्छु भनेको थिएँ, विश्वास गर्नुभएन,ʼ उनले भनिन्, ‘सुरेशसँग विवाह गर्ने सोचेकी नै थिइनँ।ʼ, अन्तरजातीय विवाह गरेका दुई/चार जना दाइ-दिदी गाउँ फर्किएरै आउन पाएका छैनन्। त्यही देखेर हुर्किएकाले अन्तरजातीय विवाह गर्न सरस्वती डराएकी थिइन्।, भविष्यमा आत्मनिर्भर बनेर जातीय विभेदविरूद्ध लड्न सक्नेभए विवाहबारे सोच्ने  उनले सुरेशलाई बताएकी थिइन्। यसमा सुरेश पनि सहमत थिए।, एकातिर मनभरि सुरेशको माया, अर्कातिर जातीय विभेदको पर्खाल। भर्खर ब्याचलर पढ्दै गरेकी सरस्वती यी दुबैलाई कसरी सन्तुलन गर्न सकिएला भनेर सोचिरहेकी हुन्थिन्।, घरमा मान्छे भने  दैनिक दलितको जुठो, दलितसँग हिँड्छे, शारीरिक सम्बन्धका लागि त्योसँग लागेकी हो भनिरहन्थे।, ‘भाइ र बा-आमाले बोलेको शब्द सम्झिन पनि चाहन्नँ,’ केहीदिन अघि सेतोपाटीसँग कुरा गर्दागर्दै सरस्वती भक्कानिइन्,‘बुवाले बोलेको शब्द सुन्न नसकेर धेरैपटक आत्महत्याको प्रयास गरें।ʼ, परिवारको मानसिक यातना सहन नसक्ने अवस्थामा पुगेपछि उनले यी सबै कुरा सुरेशलाई सुनाइन्।, ‘उनी मर्छु भन्थिन्। म उनलाई मर्न दिन सक्दिनथें, मरे पनि सँगै मर्ने सोचेर विवाह गर्‍यौं,ʼ सुरेशले भने।, २०७९ फागुन २९ गते पशुपति मन्दिरमा बस्ने एक ज्योतिषलाई भनेर उनीहरूले विवाह गरे। विवाहपछि उनीहरू लुकेर भक्तपुरमा बस्न थाले।, ‘कोठामा चिठी लेखेर आएकी थिएँ, सात दिनपछि भाइले भेटेछ,ʼ सरस्वतीले भनिन्।, विवाह गरेर घरमा ल्यायो होला भन्ने सोचेर सरस्वतीका आफन्त दिनहुँ सुरेशको कैलालीमा रहेको घरमा धाउन थाले। परिवारका सदस्यलाई धम्की दिन थाले।, सुरक्षाको माग गर्दै सरस्वती र सुरेशले वैशाख १० गते राष्ट्रिय दलित आयोगमा निवेदन दिए।, माइती पक्षले धम्की दिएको निवेदन प्राप्त हुनासाथ सुरक्षाको लागि वैशाख ११ गते प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय कैलाली र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पत्राचार गरिएको आयोगका अध्यक्ष देवराज विश्वकर्मा बताउँछन्।, आयोगमा उजुरी आएको तीन महिना भइसक्यो। पीडित फेरि सम्पर्कमा नआएकाले आफूहरूले समस्या समाधान भयो होला भन्ने ठानेको अध्यक्ष विश्वकर्माले बताए।  , उनीहरूले आयोगमा निवेदन दिएपछि माइती पक्ष सुरेशको घरमा जान छोडेका थिए। सरस्वतीले बिस्तारै सबै कुरा सामान्य हने आशा गरेकी थिइन्।, तर त्यस्तो भएन।, स्नातक तेस्रो वर्षको परीक्षा दिन असार २६ गते उनी रत्नराज्यलक्ष्मी क्याम्पस गएकी थिइन्। पद्मकन्या क्याम्पसको सेन्टर त्यहाँ परेको थियो।, परीक्षा सकेर निस्किँदा कलेज अगाडि उनको बुवासँग जम्काभेट भयो।, आमनेसामने परेपछि उनी केही बोल्न सकिनन्। बुवाले उनलाई ‘कहाँ बस्छेस्? के गर्छेस्’ भन्दै सोधपुछ गरे।, बुवाले राम्रोसँग बोलेको देखेर सरस्वती निकै खुसी भइन्।, बुवाले सरस्वतीलाई कोठामा जाऔं भने। मायालु स्वरमा बुवाले कोठामा जाऔं भनेपछि उनी पछि लागिन्।, कोठा पुगेपछि बुवाले श्रीमानलाई बोलाउन भने। सरस्वतीले पनि सुरेशलाई फोन गरेर पशुपतिमा भेट्न बोलाइन्।, अपराह्र ४ बजेतिर सुरेश गौशला आइपुगेका थिए।, सरस्वतीले सुरेशलाई बुवा र भाइसँग चिनजान गराइन्। उनका बुवा सुरेशलाई अँगालो हाल्दै पशुपतिको जंगलतिर लगे।, सुरेश र उनका बुवा अघि-अघि थिए भने सरस्वती र उनका भाइ पछिपछि।, ‘जंगल पुगेपछि बुवाले सुरेशको टाउको रूखमा ठोक्याउन थाल्नुभयो,ʼ सरस्वतीले भनिन्, ‘त्यसपछि भाइले पनि पिट्न थाल्यो।ʼ, छुट्याउन खोज्दा भाइले उनैलाई बेस्सरी थप्पड हाने। त्यसपछि सरस्वती बेहोसजस्तै भइन्।, उनी चिच्याउँदा वरपरका मानिसले के भयो भन्दै सोधेका थिए तर उनका बुवाले नजिक आउनै दिएनन्।, मान्छेको भीड बढेपछि उनका बुवा फेरि सुरेशलाई अंगालो हाल्दै फर्किएको सरस्वतीको भनाइ छ।, गौशाला चोकमा पुगेपछि बुवाले उनीहरूलाई सिधै प्रहरी वृत्त गौशाला लगे। माइती पक्षले कुटपिट गरेको कुरा सरस्वती प्रहरीलाई सुनाउन चाहन्थिन् तर त्यहाँ उल्टो भयो।, उनका बुवाले छोरीलाई फकाइफुलाई लगेको भन्दै सुरेशलाई थुनामा राख्न प्रहरीलाई भने।, त्यहाँका प्रहरीसँग परिचय गर्दै उनका बुवाले आफू पनि पूर्वप्रहरी भएको बताए। त्यसपछि प्रहरीले आफ्नो कुनै कुरा नसुनेको सरस्वतीको भनाइ छ।, त्यही बीचमा एक प्रहरीले उनीहरू दुबै जनालाई सँगै उभ्याए र सरस्वतीसँग भने- तेरो खुट्टामा राखे पनि सुहाउँदैन। के देखेर योसँग बिहे गरिस्?  , कामीको छोरासँग विवाह किन गरेको, परिवारको बेइज्जत गराइछस्, कामीको छोराबाहेक अरू केटा पाइनस् भन्दै थर्काएको सुरेश र सरस्वती बताउँछन्।  , २४ वर्षका सुरेश र २३ वर्षकी सरस्वती नेपालको कानुनअनुसार विवाह गर्न स्वतन्त्र छन्। उमेर पुगेका नागरिकले आफूले चाहेको व्यक्तिसँग विवाह गर्न पाउनु उनीहरूको अधिकार हो। प्रहरीले उनका बुवालाई उमेर पुगेका केटाकेटीले आफूले इच्छाएको व्यक्तिसँग विवाह गर्न पाउँछन् भनेर सम्झाएनन्।, ‘उल्टै विवाह गरेको प्रमाण नभए घर फर्किन भनिरहेका थिए,’ सरस्वतीले भनिन्।, प्रहरीले सरस्वती र सुरेशमाथि त्यो दिन गरेको अपमान र अन्यायलाई सामान्य रूपमा लिएको छ।, गौशला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) सञ्जीवबाबु खड्का सरस्वती र सुरेशलाई उनकै परिवारले ल्याएको र प्रहरीले त्यस्तो शब्द प्रयोग नगरिएको बताउँछन्।, ‘पीडितले भनेझैं प्रहरीले त्यस्तो शब्द प्रयोग गरेको छैन,ʼ डिएसपी खड्काले भने, 'यहाँ काम गर्ने सबैलाई मैले सोधें तर कसैले पनि त्यस्तो नभनेको बताएका छन्।’, माइती पक्षले सरस्वती हराएको निवेदन प्रहरी वृत्त मालीगाउँमा दिइएको जानकारी पाएपछि त्यहीँ पुर्‍याइदिएको डिएसपी खड्का बताउँछन्।, सरस्वतीले कोठा छोडेपछि उनका बुवाले छोरी हराएको भन्दै मालीगाउँ प्रहरी कार्यालयमा निवेदन दिएका थिए।, प्रहरी वृत्त मालीगाउँका अनुसार डम्बरबहादुर खड्काले चैत २२ गते छोरी (सरस्वती) फागुन २९ गतेदेखि हराएको उजुरी दिएका थिए। प्रहरीले सरस्वतीलाई खोजिरहेको थियो।, प्रहरी वृत्त मालीगाउँका अनुसार असार २६ गते नै केटीलाई बुवाको जिम्मा लगाउने तयारी थियो। केटा पक्षको कोही आफन्त नआएकाले त्यो दिन उनीहरूलाई कार्यालय राख्नु परेको एक प्रहरीले बताए।, मालीगाउँका प्रहरीले पनि अन्तरजातीय विवाह गरेको भन्दै आफूलाई अपशब्द प्रयोग गरेको सरस्वती बताउँछिन्।, ‘खड्काको छोरी भएर कामीसँग किन बिहे गरिस्?’ भन्दै प्रहरीले गाली गरेको सरस्वतीको गुनासो छ।, ‘गल्ती गरेको भए सजाय दिनू, तर पटक/पटक कामीको छोरासँग किन विवाह गरिस् भनेर नसोध्न आग्रह गरें। कसैले मान्नुभएन,ʼ उनले भनिन्।  , २६ गते उनीहरूलाई थुनामा राखियो।, हत्या गरेर आएका, बलात्कारको आरोप लागेका, चोरीमा पक्राउ परेका व्यक्तिसँगै सरस्वती र सुरेशलाई पनि राखिएको थियो। त्यतिबेला जातलाई नेपाली समाजले दिने मान्यताबारे बुझेको सरस्वती बताउँछिन्।, प्रहरीले उनीहरूलाई कसैको हत्या गरेर आएकोजस्तो व्यवहार गरिरहेका थिए।  , २७ गते बिहान मेडिकल जाँच भन्दै प्रहरीले हत्कडी लगाएर उनीहरूलाई वीर अस्पताल लगे।, ‘हत्कडी लगाए अस्पताल लैजाँदा अन्तरजातीय विवाहलाई जघन्य अपराध मानिँदो रहेछ भन्ने महसुस गरें,ʼ सरस्वतीले भनिन्।, २७ गते बिहान सरस्वती र सुरेशलाई स्वास्थ्य परीक्षणका लागि ल्याइएको रेकर्ड अस्पतालमा छ।, वीर अस्पतालका सूचना अधिकारी सागर मिश्रले भने, ‘सरस्वती र सुरेशको नाममा बिहान साढे चार बजे टिकट काटेको रेकर्ड छ।ʼ, सुरेश र सस्वतीलाई अस्पतालमा स्वास्थ्य परीक्षणका लागि लगिएको थियो तर त्यहाँ औंठा छापमात्र लगाएर फर्काइयो।, दिउँसो उनका बुवा प्रहरी कार्यालयमा आए। हराएको निवेदन परेको भन्दै प्रहरीले सरस्वतीलाई बुवाको साथमा जान भने। उनले मानिनन्। उनी साथमा जान नमानेपछि सरस्वतीलाई परिवारले आफू बसेको कोठा देखाउन दबाब दिए।, उनी कोठा नदेखाउने सोचमा थिइन्।, तर कोठा नदेखाई प्रहरी कार्यालयबाट फुत्किन सम्भव थिएन। उनले हुन्छ भनिन्। मालीगाउँ प्रहरीले भक्तपुर आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै भक्तपुरकै प्रहरीलाई खबर गर्न भने।, भक्तपुर प्रहरी कार्यालयमा पुगेर उनले मालीगाउँबाट पठाएको र प्रहरी साथमा जान भनेको बताइन्।, ‘त्यहाँका प्रहरीले पनि त्यही प्रश्न गरे। दलितसँग विवाह गरेर बा-आमाको इज्जत फालिस् भन्दै गाली गरे,ʼ उनले भनिन्।, प्रहरीलाई साथमा लिएर उनी कोठातिर गइन्।, त्यहाँ उनका बुवाले कोठाका हरेक सामग्री देखाउन लगाए। उनले बुवाले जे भने त्यही-त्यही गरिन्।, कोठा देखाएपछि उनका भाइ र बुवा फर्किए। फर्केर आउने हुन् कि भन्ने डरले त्यो रात  सरस्वती र सुरेश त्यहाँ बसेनन्।, चावहिलस्थित साथीको कोठामा पुगे।  २७ गतेदेखि ३१ गतेसम्म उनीहरू साथीकै कोठामा बसे।, साउन १ गते दिउँसो भक्तपुरको कोठा नजिक पुग्दा उनीहरूले बा-आमा र भाइ कोठामा जाँदै गरेको देखे। उनीहरू साथीकै कोठामा फर्किए।, ‘एडमिट कार्ड लिन डराउँदै कोठामा गएँ,ʼ सरस्वतीले भनिन्, ‘बा-आमाको आक्रोश देख्दा कोठामा बस्न डर लाग्छ।’, बुवा-आमाको आक्रोश त एकातिर छ राज्यको निकाय प्रहरीले पनि अन्तरजातीय विवाहलाई अपराधजस्तो ठानेर व्यवहार गरेको सम्झिएर उनको मन कुँडिन्छ।, अँगालो हालेर पशुपतिको जंगलमा लगेपछि सुरेशलाई कुट्ने बुवा र भाइले फेरि पनि केही गर्ने हुन् कि भनेर उनलाई डर लाग्छ।, ‘डरडरैले अचेल म राति राम्ररी निदाउन सक्दिनँ,’ सरस्वतीले भनिन्।, ‘प्रहरीले उल्टै मलाई सोधे- खड्काकी छोरी भएर कामीसँग विवाह गर्न लाज लाग्दैन?’
नवीनबाबु गुरूङ मंगलबार दिउँसो काठमाडौंको नयाँबजार-बालाजु जोड्ने विष्णुमती नदीमाथि पुलमा गाडी कुदिरहेका थिए। व्यस्त शहरको व्यस्त बाटोको बीचमा मानिसको जस्तै भीड थियो कागको।, एक जना मानिस झोलाबाट मासुका टुक्रा झिक्दै कागको मुखैमा दिन्थे। नजिकै बिजुलीका तारमा हुल बाँधेर बसेका काग आफ्नो पालो कुर्दै पुलको बारमा आउँथे।  , कागलाई खानेकुरा खुवाइरहेका रूपक दर्शन निकै खुसी देखिन्थे। , काठमाडौंको जैसीदेवल कोहितीमा बस्ने दर्शन काठमाडौंका रैथाने हुन्। तर  उनी आफ्नो घरबार नभएको बताउँछन्। , आफूले कुनै बेला पाएको दु:ख, पीडा सम्झिएर पशु पक्षीलाई खाना खुवाउन थालेको उनी बताउँछन। , ‘हामी विवेकशील मानिस व्यवहारमा उल्टो छौं, म पशुपक्षीलाई सबै मानिस नराम्रा हुँदैनन्, हामी पनि तिमीहरूलाई माया गर्छौं भनेर बुझाउन चाहन्छु,’ उनले भने।  , वर्षौंदेखि काठमाडौंमा काग परेवा र कुकुरलाई खाना खुवाइरहेको उनले बताए। लकडाउनसम्म केही सहयोग आए पनि अहिले आफैंले खाना जोहो गरेर कागलाई खुवाउने गरेको उनले बताए।  , हेर्नुस् तस्बिरहरू:, कागलाई खाना खुवाउने रूपक (तस्बिरहरू)
सेतोपाटी संवाददाता बागलुङमा मृत भेटिएका वरिष्ठ सईको घटनामा प्रहरीले आमा-छोरालाई पक्राउ गरेको छ।, बडिगाड गाउँपालिका-६ खालबजारस्थित आशा होटलमा मंगलबार बिहान २ बजे प्रहरी वरिष्ठ सई उज्वल पौडेल मृत फेला परेको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, पक्राउ पर्नेमा ४५ वर्षीया आशा कुँवर र उनका २० वर्षीय छोरा बिनोद छन्।, प्रहरीले उनी मृत भेटिएकै होटलको घरबेटी र उनका छोरालाई पक्राउ गरेको हो।, अनुसन्धानको सिलसिलामा शंका लागेकाले जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। , यस घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। ,  , बागलुङमा मृत भेटिएका वरिष्ठ सईको घटनामा आमा-छोरा पक्राउ
सेतोपाटी संवाददाता बाढीले बगाएको ६ वर्षपछि मोरङको बेलबारी नगरपालिका र ग्रामथान गाउँपालिका जोड्ने लोहन्द्रा खोलाको पुल र नहर मंगलबार एकैपटक उद्घाटन भएको छ।, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले उद्घाटन गरेका हुन्। , लोहन्द्रा खोलाको पुल र नहर २०७४ को भीषण बाढीले बगाएको थियो। बाढीले पुल बगाउँदा यातायातका साधन खोलाबाटै आवतजावत हुँदै थियो भने नहरसमेत भत्किँदा स्थानीयबासीलाई सिँचाइको समस्या भएको थियो। , यहाँ बनेको नहर  सुनसरी मोरङ सिँचाइ आयोजना अन्तर्गतको हो।, लोहन्दाको यही पुलको तल्लो भागबाट साइफन निर्माण गरेर नहर चलाइएको थियो। त्यसबेलाको बाढीले पुल भत्काउँदा नहरसमेत भत्काएको थियो। , सुनसरी मोरङ सिँचाइ आयोजनाका अनुसार ३४ करोड ९ लाख रुपैयाँको लागतमा पुल निर्माण सकिएको हो।  , पुलले बेलबारी–ग्रामथान आवातजावत सहज भएको र नहर बनेसँगै लोहन्द्रा खोलाबाट  १४ हजार हेक्टर जमिनमा सिंँचाइ सुविधा पुग्ने आयोजनाले जनाएको छ। , आयोजनाका निर्देशक भिलानन्द यादवका अनुसार १५३ मिटर लम्बाइको पुलमा ६ वटा स्पान छन्। १६ मिटर गहिराइबाट उठाएको र १ डायमिटरमा रहेको पुल ‘हाइवे स्टेण्डर’मा बनाइएको उनले बताए। , पुल र नहर निर्माणको लागि कूल लागत अनुमान ४७ करोड ३२ लाख थियो। , सुनसरी मोरङ सिँचाइ आयोजनाले ६८ हजार हेक्टर  क्षेत्रफलमा खेती गर्न सिँचाइ सुविधा पुर्याउँदै आएको छ।, बाढीले बगाएको ६ वर्षपछि सञ्चालनमा आयो लोहन्द्रा पुल र नहर
सेतोपाटी संवाददाता दाङमा बाढीले बगाउँदा एक जना युवक बेत्तपा भएका छन्। , मंगलबार अपराह्नमा घोराही उपमहानगरपालिका–७ शुक्रबारेस्थित जंगुवा खोलामा आएको बाढीले एक जना युवकलाई बगाएर बेपत्ता बनाएको हो।, घोराही–१० का २८ वर्षीय सुनिल पुन मगर बेपत्ता भएको दाङका प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिए। , उनका अनुसार मगर अपराह्न साढे चार बजेतिर खोलामा माछा मार्न गएका थिए। त्यतिबेला आएको बाढीले उनलाई बगाएको हो। , मगरको खोजी गर्न प्रहरी सहायक निरीक्षक लुकप्रसाद चन्दको नेतृत्वमा १० जना खटाइएका छन्। स्थानीयले पनि उनको खोजी गरिरहेका छन्। , माछा मार्न गएका युवकलाई बाढीले बगायो
सेतोपाटी संवाददाता सप्तरीमा भारी वर्षा  मापन भएको छ।, जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाका अनुसार पछिल्लो तीन घन्टामा भारी वर्षा मापन भएको हो।, सप्तरीको फत्तेपुर स्टेशनको मापन अनुसार सप्तरीमा पछिल्लो तीन घन्टामा ८८.२ मिलिमिटर वर्षा भएको छ। यहाँ पछिल्लो एक घन्टामा २३.२ मिलिमिटर वर्षा मापन भएको छ।, केही दिनदेखि रोकिएको भारी वर्षाको क्रम पुनः सुरू भएको छ।, आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहँदा राति गण्डकी र सुदूरपश्चिमका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान् छ।, वर्षाबाट हुन सक्ने क्षतिबाट बँच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, सप्तरीमा भारी वर्षा
रासस काठमाडौंको सोह्रखुट्टेमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे उकालोमा आइतबार बा ४ ख ७४११ नम्बरको बससँग बा ६४ प ४९३२ नम्बरको मोटरसाइकल ठोक्किएको हो। उक्त दुर्घटना परी मोटरसाइकल चालक २३ वर्षीय शिवसुन्दर गजुरेलको मृत्यु भएको प्रहरीले जनाएको छ।, हाल बालुवाटार बस्ने शिवसुन्दरको स्थायी घर नुवाकोट बेलकोटगढी नगरपालिका–९ घर भएको प्रहरीले जानकारी दिएको छ।, काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले दुर्घटनामा गम्भीर घाइते भएका शिवसुन्दरको उपचारका क्रममा नयाँबजारस्थित पिपल्स अस्पतालमा मृत्यु भएको जानकारी दिए।, प्रहरीले बस र बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता भट्टले बताए।, सोह्रखुट्टेमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
सेतोपाटी संवाददाता मनसुनी वायुको प्रभावले आजदेखि देशका विभिन्न भूभागहरूमा भारी वर्षा हुने भएको छ।, मनसुनी वायुको प्रभाव आंशिक र न्युनचापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहँदा केही दिनसम्म कम पानी परेको थियो।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज मनसुनी वायुको प्रभावका कारण चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।, दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहँदा राति गण्डकी र सुदूरपश्चिमका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।  , अन्य प्रदेशका पहाडी भूभागहरुमा मध्यम वर्षा र बाँकी भूभागहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।, अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बदली छ। मधेश प्रदेशका एकदुई स्थान तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ। ‍, वर्षाका कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
रासस कञ्चनपुरमा पछिल्लो समय राहदानी बढाउनेको सङ्ख्यामा वृद्धि भएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि राहदानी वितरणलाई सहज बनाउन कार्यालय समयसँगै अतिरिक्त समय पनि सेवा दिँदै आएको छ।, त्यस्तै जिल्लाबाट गत वर्ष दश हजार एक सय ९४ जनाले राहदानी लिएको प्रशासन कार्यालयको राहदानी फाँटका कम्प्युटर अपरेटर कमल बोहराले जानकारी दिए।, ‘दुई हजार नौ सय १४ महिला र सात हजार दुई सय ८० पुरुषले राहदानी लिएको छ,’ उनले भने, ‘पछिल्लो समय प्रवीणता प्रमाणपत्र तह पास गरेर विदेश जाने युवायुवती राहदानी बनाउन आउने क्रम बढेको छ।’, पछिल्लो समय खाडीलगायत तेस्रो मुलुक जाने सङ्ख्या वृद्धि भएसँगै राहदानी बढाउनेको सङ्ख्या वृद्धि भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा १२ हजार तीन सय ३६ महिला तथा पुरुषले नागरिकता लिएका छन्।, बोहराले यहाँ वंशजका आधारमा १२ हजार तीन सय १५ जनाले र वैवाहिक अङ्गिकृतका आधारमा २१ जना महिलाले नयाँ नागरिक प्राप्त गरेको जानकारी दिए।, त्यसैगरी प्रशासनबाट नौ हजार ७६ जनाले नागरिकको प्रतिलिपि लिएको देखिएको छ। उनले नयाँ नागरिकसँगै राष्ट्रिय परिचयपत्र बनाउनुका साथै राहदानीसमेत सँगै बनाउने क्रम बढेको बताए।, त्यसैगरी गत वर्ष १७ हजार तीन सय २४ जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन्। भने अघिल्लो आवका चार हजार दुई सय ८१ राष्ट्रिय परिचयपत्र समेत वितरण गरिएको प्रशासनले जनाएको छ।, राहदानी वितरणलाई सहज बनाउन अतिरिक्त समय थप
रासस गत आर्थिक वर्ष २०७९/०८० मा जङ्गली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन्। तीमध्ये बाघ र गैँडाको आक्रमणबाट पाँच/पाँच जना र  हात्तीको आक्रमणबाट दुई जना रहेका छन्। , मृतकका परिवारहरुलाई जनही रु १० लाखका दरले राहत प्रदान गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार जङ्गली जनावरको आक्रमणका कारण गम्भीर घाइते भएका ३१ र सामान्य घाइते भएका २७ जना छन्। गम्भीर घाइते भएका ३१ जनाको परिवारलाई उपचार खर्चस्वरुप ३२ लाख ८० हजार १७ रूपैयाँ प्रदान गरिएको छ भने सामान्य घाइते भएका २७ जनाको परिवारलाई रु चार लाख २७ हजार एक सय २८ उपचार खर्चबापत प्रदान गरिएको उहाँले जानकारी दिए।,  , हात्तीको आक्रमणबाट १७, गैँडाको आक्रमणबाट २१ , बाघको आक्रमणबाट सात , भालुको आक्रमणबाट सात , जङ्गली बदेलको आक्रमणबाट छ जना घाइते भएको निकुञ्जका सूचना अधिकारी  तिवारीले बताए।,  , यस्तै जङ्गली जनावरका कारण दुई सय ३४ पशुधन क्षति भएको निकुञ्जको तथ्याङ्कले देखाएको छ। यसको राहत स्वरुप रु ३१ लाख ३८ हजार चार सय प्रदान गरिएको छ। भण्डारण गरी राखिएको अन्न बालीमा समेत क्षति पुगेको छ। यसबापत ५१ हजार राहत रकम भुक्तानी गरिएको छ। यस्तै सोही समयमा २७ वटा घरगोठमा जनावरले क्षति गरेको उनले जानकारी दिए। जसको क्षतिबापत  दुई लाख ३४ हजार नौ सय रूपैयाँ भुक्तानी गरिएको छ। यस्तै अन्नबालीमा क्षति पाँच सय १७ पटक गरेको पाइएको छ। जसको राहतस्वरुप निकुञ्जले रु ३९ लाख ५८ हजार छ सय २५ भुक्तानी गरेको छ।,  , निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार गत आवमा निकुञ्जका जनावरका कारण आठ सय ५६ घटना भएका छन्। यसको राहतस्वरुप निकुञ्जले रु दुई करोड ३० लाख ९० हजार ६९ राहत रकम स्थानीयलाई बुझाएको छ।, जङ्गली जनावरको आक्रमणबाट चितवनमा एक वर्षमा १२ को मृत्यु, ३१ जना घाइते
सेतोपाटी संवाददाता काठमाडौंको सामाखुसीको नालामा खसेर एक जना बालक बेपत्ता भएका छन्। , सामाखुसी घर भई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षीय साजन मगर बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीले जानकारी दिए। , आइतबार अपराह्न साढे ४ बजे घरबाट फुटबल खेल्न भनेर साजन र अर्का एक जना बालक निस्किएका थिए। नालामाथि स्ल्याबहरू राखिएको भए पनि जहाँ स्ल्याब थिएन, त्यही ठाउँबाट बालक खसेको प्रहरीले जनाएको छ। , ‘खेल्न भनेर निस्किएका थिए,’ डिएसपी अधिकारीले भने, ‘पानी ठूलो परेकाले भेल आएको थियो। त्यही नालाको खाल्डोमा परेर बगायो।, प्रहरीको विपद व्यवस्थापन लगायत विभिन्न निकायको टोलीले खोजी गरिरहेको छ।,  , सामाखुसीको नालामा खस्दा एक जना बालक बेपत्ता
नारायण खड्का दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ रजौरास्थित कमल पोखरीको प्रवेशद्वार आइतबार बन्द गरिएको छ। बाँसका भाटाहरूले बारेर प्रवेशद्वार बन्द गरिएको हो।, कमल पोखरी संरक्षण समितिका अध्यक्ष दीपक न्यौपानेले युएसएआइडीको कार्यक्रम 'तयार नेपाल' ले पोखरीको प्रवेशद्वार बन्द गरेको जानकारी दिए।, पोखरीको कम्पाउन्डभित्र विभिन्न जातका बोटबिरूवा र फूलहरू रोपिएको हुँदा वस्तुचौपाया गएर खाइदिन सक्ने भनेर प्रवेशद्वार बन्द गरिएको न्यौपानेले बताए।, भित्र प्रवेश गर्ने व्यक्तिहरूले त्यहाँका संरचना तोडफोड गर्न पनि सक्ने भएकाले 'तयार नेपाल' को आग्रहअनुसार आइतबार प्रवेशद्वार बन्द गरिएको उनले जानकारी दिए।, 'तयार नेपाल' का फिल्ड कोर्डिनेटर श्रमलाल चौधरीले भने यसबारे अनभिज्ञता प्रकट गर्दै समुदायमा गएर बुझ्न आग्रह गरे।, वडाध्यक्ष दुजमान भण्डारीले पनि यसबारे अनभिज्ञता प्रकट गर्दै भने, 'त्यो कसले बन्द गर्‍यो मलाई थाहा भएन। समुदायलाई सोध्नुहोस्।', तयार नेपाल लगायत स्थानीय र प्रदेश सरकारको साझेदारीमा डेढ करोड रूपैयाँभन्दा बढी खर्च गरी यो पोखरीमा क्रंकिट संरचना निर्माण गरिएको छ। तर यहाँ साउनको वर्षामा समेत एक थोपा पानी छैन। यसले गर्दा  स्थानीय सरकारदेखि लगानीकर्ता तयार नेपालको समेत आलोचना हुन थालेको थियो। त्यसैले सर्वसाधारणलाई भित्र प्रवेशमा रोक लगाइएको हुन सक्ने आशंका कतिपयले गरेका छन्।, पढ्नुहोस् सम्बन्धित समाचार, डेढ करोड खर्चेर बनाएको पोखरीमा साउनमै छैन एक थोपा पानी, तुलसीपुरको कमलपोखरीमा २०७४ सालसम्म टन्न पानी हुन्थ्यो। साउनको महिना स्थानीय थारू समुदायका मानिस यो तालमा घोङ्गी खोजिरहेका हुन्थे। पुस-माघमा पानी कम हुँदा  उनीहरू प्राकृतिक रूपमा हुर्किएका माछा मार्थे।, वैशाख-जेठमा केही दिन पानी सुके पनि अघिपछि जहिल्यै पोखरी पानीले भरिएको हुन्थ्यो।, अहिले पोखरीमा माछा र घोङ्गी त परको कुरा एक थोपा पानी पनि छैन। झार उम्रिएर पोखरी चौरजस्तो बनेको छ। पोखरीको बीचमा कंक्रिटले बनाइएको रातो कमलको फूल ठिंग उभिएको छ। , माछा, भ्यागुता, घोङ्गीलगायत जीव जनावर बस्ने र आसपासका वस्तुभाउले पानी खाने कमलपोखरीलाई अहिले सुख्खा चौर हुनुका पछाडि सरकारी योजनाको हात छ।  पोखरीमा कंक्रिटका संरचना बनाउन  डेढ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ।, साउनमै पोखरीमा एक थोपा पानी नअडेपछि अहिले तुलसीपुर उपमहानगरपालिकाले गरेको 'विकास' माथि नै प्रश्न उठेको छ।, कमलपोखरीको छेउछाउमै हुर्किएका स्थानीय वृद्ध डिल्लीबहादुर डाँगीले राम्रो बनाउने नाममा तालको अस्तित्व समाप्त पार्ने काम भएको भन्दै असन्तुष्टि जनाए।, तुलसीपुर उपमहानगरपालिका-६ स्थित रजौराको कमलपोखरी बजारदेखि सबैभन्दा नजिकको ताल हो। यो तुलसीपुरको मुख्य बजारबाट डेढ किलोमिटर मात्र टाढा छ।, ३६ वर्षअघिसम्म रजौरासहित आसपासका गाउँहरूको पानीको संकट टार्ने यही कमलपोखरी थियो। तुलसीपुर आसपासका रजौरा, गोलौरा, साइखलियान, टरिगाउँ, गरिगैंजस्ता सुख्खा क्षेत्रका गाउँहरूका वस्तु-चौपाया गर्मीका बेला यही तालमा आएर प्यास मेट्थे।, रजौराका दुई तालमध्ये अर्को ताल मान्छेले नुहाउने, लुगा धुनेजस्ता सरसफाइका काममा प्रयोग हुन्थ्यो भने कमलपोखरी वस्तु-चौपायालाई पानी खुवाउन र सिँचाइका लागि।, २०४४ सालसम्म यो पोखरीमा ढकमक्क कमल फूलेका हुन्थे। तालनजिकै घर भएका दीपक न्यौपाने ३६ वर्ष अगाडिसम्म कमलपोखरीमा रातो कमलको फूलले पोखरी ढाक्दा निकै आकर्षक देखिने गरेको सम्झन्छन्।, ती कमलका फूल, फल र जरा आसपासका मानिसहरूले लैजान गर्थे। औषधीका रूपमा न्यौपानेको परिवारले पनि ती कमलका फल र जरा प्रयोग गरेको थियो।, रातो कमल फूल्ने भएकै कारण पोखरीको नाम स्थानीयले कमलपोखरी राखेका थिए।, २०४४ सालपछि गोविन्द रजौरे वडाध्यक्ष बनेको समयमा पोखरी खनेर थप गहिरो बनाइएको हो। त्यही क्रममा कमलको फूलको विनाश भएको न्यौपानेले जानकारी दिए।, रजौराका स्थानीयले ६०/६५ वर्षअघि पानीको संकट टार्न भनेर दुइटा छुट्टाछुट्टै पोखरी निर्माण गरेका थिए। प्राकृतिक रूपमा रहँदासम्म कमलपोखरीमा स्थानीय कुलोबाट पानी जान्थ्यो। क्रंकिट बनाउने क्रममा पानी जाने प्राकृतिक कुलोको मुहान पनि बन्द गरिएको आशंका गरिएको छ।, तुलसीपुरका मेयर टीकाराम खड्काले झनै राम्रो बनाउने सोचका साथ काम भए पनि पोखरीमा पानी नअडिएपछि अब के गर्ने भन्नेबारे सरसल्लाह भइरहेको बताए।, बजारको सबैभन्दा नजिकको पोखरीलाई चिटिक्क पारी आकर्षक पर्यटकीय स्थलका रूपमा विकास गर्ने लक्ष्य रहे पनि पानी नअडिने समस्या आएको उनले बताए।, संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारसमेत गरी साझेदारीको रकमबाट कमलपोखरी निर्माणको काम भएको उनले जानकारी दिए।, 'तुलसीपुर सहरको एउटा सुन्दर तलाउको रूपमा वा पर्यटकीय पार्कका रूपमा विकास गर्ने सोचका साथ काम भएको हो,' उनले भने, 'अझै तालमा काम बाँकी रहेको हुँदा पानी रोक्नका लागि केही व्यवस्थापन गर्नु जरूरी छ।', वर्षामा खोलाको हिलो लेदो राखे पानी रोकिन्छ भन्ने केहीले सुझाव दिएको हुँदा अब त्यसै गर्ने कि के गर्ने भनेर सल्लाह भइरहेको खड्काले जानकारी दिए।, तुलसी टावर निर्माणको क्रममा खनिएको रातो माटो लगेर पोखरीको सतहमा राख्ने योजना अनुरूप केही माटो लगेर थुपारिएको पनि उनले बताए।, 'माटो लगेर सतहमा केही फिलिङ गरी दाबेर पानी अड्याउने प्रयास हुने छ,' उनले भने, 'भित्र पानीले भरिएको दह र बाहिर वरिपरि विभिन्न फूलहरू रोपेर आकर्षक पर्यटकीय स्थल बनाइने छ।', तुलसीपुर बजारको नजिकमा त्यस्तो मन भुलाउने ठाउँहरू नभएको हुँदा कमलपोखरीलाई त्यही रूपमा विकास गर्न चाहेको उनले बताए। अझै पनि काम गर्न बाँकी नै रहेको हुँदा थप संरचना बनाएर लक्ष्यअनुसार विकास गरिने उनले जानकारी दिए।, पोखरीको विकासका लागि भनेर हालसम्म तुलसीपुर उपमहानगरपालिका, लुम्बिनी सरकारअन्तर्गत कोहलपुर पर्यटन डिभिजन कार्यालय र तयार नेपालले लगानी गरेका छन।, हालसम्म तुलसीपुरले २५ लाख, कोहलपुर पर्यटन डिभिजन कार्यालयले ४६ लाख ५४ हजार तीन सय ५२ र युएसएआइडीको तयार नेपालले भ्याटसहित ८० लाख पाँच हजार छ सय एक रुपैयाँ लगानी गरिसकेका छन्।, उपमहानगरपालिकाको बजेट स्थानीय उपभोक्ता समितिमार्फत् खर्च भएको दीपक न्यौपानेले जानकारी दिए। यसबाहेक तयार नेपाल र प्रदेश सरकारको बजेटमा टेन्डरमार्फत् निर्माण कम्पनीहरूले काम गरेका हुन्।, तयार नेपालको बजेटमा लोकमणि विल्डर्स घोराहीले काम गरेको निर्माण कम्पनीका प्राविधिक इञ्जिनियर कमल थापाले जानकारी दिए। उनले डिजाइनमा भविष्यमा हाल माटो रहेको तालको बीचको भागमा सोलिङ र पिपिसी ढलान गरी पानी रोक्ने भन्ने रहेको बताए।, तयार नेपालले विपद् जोखिम परियोजनाअन्तर्गत आगलागीजस्ता विपदका समयमा तालको पानी दमकलमा भरेर लैजान सजिलो होस् भनेर लगानी गरेको हो।, तुलसीपुर उपमहानगरपालिकाका विपद शाखाका प्रमुख टोपबहादुर डाँगीले करिब एक बिगाहा क्षेत्रफलमा रहेको कमल पोखरीमा पानी अड्याउन के गर्न सकिन्छ भन्नेबारे विभिन्न कोणबाट छलफल भइरहे पनि के गर्ने भन्ने एकिन भइनसकेको बताए।, 'अहिले सबैको राय बीचमा माटो भरौं भन्ने छ,' उनले भने, 'बीचमा बाहिरबाट माटो लगी कुलाको पानीले भर्ने भन्ने मोटामोटी कुरा भएको छ।', तयार नेपालका फिल्ड संयोजक श्रमलाल चौधरीले पोखरीमा पानी नअडिएपछि समस्या भएको भन्दै कसरी पानी अड्याउन सकिन्छ भन्ने बारे छलफल भइरहेको बताए।, 'हामीले पनि माथि जवाफ दिन गाह्रो भएको छ,' उनले भने, 'त्यत्रो लगानी भएको छ र एक थोपा पानी नहुँदा लाज भइरहेको छ।', कमलपोखरीको आसपासमा तीन चार वटा पानी बेच्ने डिप बोरिङहरू रहेको हुँदा त्यही कारण पानी सुकेको हुन सक्ने अनुमान भइरहेको उनले बताए।, तुलसीपुर- ६ का वडाध्यक्ष दुजमान भण्डारीले तीन दिनमात्रै आफूहरूले तालको अवलोकन गरेको र अब तालको बीचको भागलाई जोतेर वा हिलो माटो बाहिरबाट ल्याएर राखी पानी अड्याउन प्रयास गर्ने सल्लाह भएको बताए।, इन्जिनियरले आरसिसी ढलान गर्ने सल्लाह दिए पनि तालको प्राकृतिक अवस्था जोगाइराख्न पानी रहने भाग माटोकै रहन दिनुपर्छ भन्ने धेरैको राय रहेको उनले बताए।, प्रदेश सरकारको बजेटमा टिके इञ्जिनियरिङ कन्स्ट्रक्सन सप्लायर्सले काम गरेको थियो। तीन निकायको एक करोड ५१ लाख ५९ हजार ९ सय ५३ रुपैयाँले पोखरीको भित्री वाल, भर्‍याङ, वालको प्लाष्टर, कम्पाउन्ड, पर्खाल, कमल फूलको प्रतिमा र फूटपाथ निर्माण गरिएका छन्।, योजनाअनुसार कमलपोखरीको काम अझै बाँकी छ।, एउटा प्रशासनिक भवन, पाले भवन, गेट, पर्खालको प्लास्टर, बत्ती जडानजस्ता काम गर्नुपर्ने छ। प्राकृतिक सौन्दर्य हराएको कमल पोखरीलाई देख्नेहरू अचेल राम्रो बनाउने बहानामा क्रंकिट बनाउनु नै समस्याको जड भएको मान्ने गर्छन्।, 'ताल पनि कहीँ क्रंकिटको बनाएर हुन्छ,' स्थानीयले विनोद चौधरीले भने, 'साँच्ची पोखरी भनेको त पहिलाको जस्तै माछा, घोङ्गी, भ्यागुता र अन्य पानीमा पाइने जीवजन्तु बस्ने घर हुनुपर्छ।', उनले पोखरीको पहिचान जोगाइराख्न वर्षामा स्थानीय सिँचाइ कुलोबाट पानी राख्ने व्यवस्था गर्नुपर्ने र आवश्यक परे क्रंकिट संरचना भत्काउनु पर्ने तर्क गरे।,  , सबै तस्बिरहरू: नारायण खड्का/सेतोपाटी।, बन्द गरियो डेढ करोड खर्चेर बनाएको पोखरीको प्रवेशद्वार
सेतोपाटी संवाददाता इटहरी उपमहानगरपालिकाले छात्रवृत्ति विवरण नबुझाउने दुइटा निजी स्कुलको अनुमति रद्द गरेको छ।, इटहरी-१० मा रहेको 'इटहरी नमूना स्कुल' र ६ नम्बर वडामा रहेको 'इटहरी चिल्ड्रेन स्कुल' को अनुमति रद्द गरिएको मेयर हेमकर्ण पौडेलले जानकारी दिए।, प्रचलित शिक्षा ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम छात्रवृत्ति वितरणको विवरण पेस गर्न लिखित पत्राचार गरे पनि अटेर गरेपछि अनुमति रद्द गरिएको उनले बताए।, २०८० असार २९ को नगर शिक्षा समितिको बैठकले समयमा छात्रवृत्तिको विवरण नबुझाउने स्कुलको अनुमति रद्द गर्ने निर्णय गरेको थियो। त्यसअघि, असार २१ गतेको बैठकले तोकिएको समय सीमाभित्र विवरण नबुझाउने स्कुललाई एक लाख रूपैयाँ जरिवाना तोकेको थियो। जरिवाना पनि नबुझाएपछि उपमहानगरपालिकाले दुइटा स्कुलको अनुमति रद्द गरेको हो।, इटहरी नमूना स्कुलले कक्षा ६ सम्मको अनुमति लिएको थियो भने इटहरी चिल्ड्रेन स्कुलले कक्षा १० सम्मको अनुमति लिएको थियो। उपमहानगरले अनुमति रद्द गरेको पत्र आइतबार सम्बन्धित स्कुलहरूलाई पठाएएको छ।, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन-२०७५ अनुसार संस्थागत विद्यालयहरूले विद्यार्थी संख्याको अनुपातमा छात्रवृत्ति प्रदान गर्नुपर्ने व्यवस्था छ। नियमानुसार छात्रवृत्ति प्रदान गरेको विवरण स्थानीय सरकार समक्ष बुझाउनुपर्छ। , नियमअनुसार पाँच सय जनासम्म विद्यार्थी हुने स्कुलले १० प्रतिशतलाई अनिवार्य छात्रवृत्ति दिनुपर्छ। , त्यस्तै पाँच सयदेखि आठ सय जनासम्म विद्यार्थी हुनेले १२ प्रतिशत र आठ सयभन्दा माथि हुनेले १५ प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने कानुनी प्रावधान छ। बाल कक्षादेखि कक्षा १२ सम्मकै हकमा यो नियमअनुसार छात्रवृत्ति दिनुपर्ने हुन्छ।, इटहरीले रद्द गर्‍यो छात्रवृत्ति विवरण बुझाउन अटेरी गर्ने दुइटा स्कुलको अनुमति
सेतोपाटी संवाददाता केही दिनदेखि रोकिएको भारी वर्षा हुने क्रम आजदेखि पुनः सुरू भएको छ।, आज दिउँसो र राति कोशी, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान् छ।, भारी वर्षाका कारण विभिन्न जिल्ला भएर बहने नदी तथा खोलाहरूमा जलसतह बढ्ने बाढी पूर्वानुमान् महाशाखाको आकलन छ।, ‍महाशाखाका अनुसार इलाम, झापा, सप्तरी, पाँचथर, ताप्लेजुङ, संखुवासभा, धनकुटा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, काठमाडौं उपत्यका, मकवानपुर, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, बाग्लुङ, पाल्पा, रोल्पा, दैलेख, जाजरकोट,  बाजुरा, बझाङ, दार्चुला, अछाम, डोटी, कैलाली, बैतडी, डडेलधुरा र आसपास भइ बहने स-साना नदीहरूमा बहाव बढ्न सक्नेछ।, आज बिहानको मापन अनुसार कोशी, कन्काई, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ती, कमला, बागमती, पूर्वी राप्ती र यसका सहायक नदीहरूको बहाब सतर्कता तह भन्दा तल र सामान्य अवस्थामा रहेको महाशाखाले जनाएको छ।, आज बिहान सप्तरीको फत्तेपुर आसपास र इलामको बारपल्याङ आसपासका क्षेत्रमा भारी वर्षाको मापन भएको थियो, मध्यम र भारी वर्षाका कारण स-साना नदी र खोलाहरूको बहाब बढ्न सक्ने हुँदा तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, यी जिल्लाका नदी खोलामा बहाव बढ्न सक्ने
सेतोपाटी संवाददाता बैतडीमा  पहिरोमा घर पुरिँदा आमाछोराको मृत्यु भएको छ।, पुर्चौडी नगरपालिका–२, भैरुवामा मंगलवार बिहान करिब २ बजेतिर सडक भासिएर आएको पहिरोले स्थानीय महेश जागरीको घर पुरिँदा उनकी २५ वर्षीया श्रीमती अञ्जु जागरी र ५ वर्षीय  छोराको रिजन जाग्रीको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी प्रेमबहादुर शाहीका अनुसार पहिरोले पुरिएर १८ वर्षीय गोब्बर जागरी घाइते भएका छन्।, उनलाई राति ३ बजे उद्धार गरिएको पुर्चौडी-२ का वडाध्यक्ष चक्रबहादुर बमले जानकारी दिए। अञ्जु र  रिजनलाई भने मृत अवस्थामा बिहान ८ बजेतिर निकालिएको उनले बताए।, वडाध्यक्ष बमका अनुसार  महेश जागरी रोजगारका लागि भारतको चिथौरागढमा छन्। घटनाबारे उनलाई खबर गरिएको र भोलिसम्म आइपुग्ने  उनले बताए। , हिजो महेश जागरीकी आमा ४५ वर्षीय रायमति जागरी, श्रीमती रञ्जु, छोरा रिजन, भाइ गोब्बर र एकजना पाहुना सो घरमा सुतेका थिए।, उनको घरमाथीको सडक केही महिनाअघि मात्रै बनाइएको हो। सडक खनिएको माटो किनारमै रहेको र वर्षाले त्यहाँ थुपरिएको माटोसहित सडक नै भासिएर  पहिरो आएपछि घर पुरिएको  वडाध्यक्ष बमले बताए।, रायमति र पाहुना पहिरो जाँदाजाँदै घरबाट बाहिर निस्कन सफल भएका थिए भने तीन जना पुरिएका थिए।, पहिरोमा परी दुईवटा गाई, दुईवटा भैँसी, दुइवटा गोरू र एउटा बाख्रा पनि मरेका छन्। नजिकै रहेको गौरी भण्डारीको घर पनि जोखिममा रहेकाले त्यहाँ रहेका सबैलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष बमले बताए।, मृत आमाछोराको शव पोष्टमर्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको उनले बताए।, सडक भासिएर आएको पहिरोले घर पुरिँदा आमा-छोराको मृत्यु
सेतोपाटी संवाददाता नेपाल प्रहरीका ६४ जना वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवाका लागि सिफारिस भएका छन्।, शनिबार प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले ६४ जना वरिष्ठ सईलाई  इन्सपेक्टर बढुवाका लागि सिफारिस गरेको हो।, ६४ जनामध्ये नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय, सुर्खेतमा कार्यरत वरिष्ठ सई मोहन लाल आंगा श्रेष्ठ सूचीको एक नम्बरमा छन्।,  त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगालमा कार्यरत लोकराज पाठक दोस्रो सूचीको दोस्रो नम्बरमा छन्।, यस्तो छ सूचीः, नेपाल प्रहरीका ६४ वरिष्ठ सई इन्सपेक्टर बढुवामा सिफारिस (सूची)
विनोद सापकोटा झापा शिवसताक्षी नगरपालिका-११ का भवानीशंकर नेपालको घरमा एउटा ब्यानर छ। , जसमा लेखिएको छ, ‘यो घर र जग्गा मिटरब्याजीको फन्दामा छ।’ , यसरी उनको घरमा ब्यानर झुन्ड्याइएको दुई वर्ष भइसक्यो। त्यो ब्यानर मिटरब्याजीले राखेको होइन। बरू पीडित परिवार आफैले राखेका रहेछन्।, छरछिमेकमा आफूले भोगेका पीडा अरूले भोग्न नपरोस् भनेर पीडित परिवारले उक्त ब्यानर झुन्ड्याएका हुन्। , भवानीशंकरका नाती मञ्जिल भन्छन्, ‘हामी त सडकमा आयौं। हाम्रो जस्तो नियती कसैले भोग्न नपरोस् भनेर आफैंले ५ सय खर्च गरेर यो व्यानर घर अगाडि झुन्डाएका हौं।’, १० वर्ष अगाडि भवानीशंकरलाई घरासयी कामका लागि ३ लाख चाहिएको थियो। खेती किसानी गर्ने उनीसँग सम्पत्तिको नाममा आठ कट्ठा १२ धुर जग्गा र त्‍यसमाथि बनेको काठको घरमात्रै थियो। , पैसा माग्न उनी छिमेकी खड्गबहादुर काम्बाङ कहाँ पुगे। खड्गबहादुरले पनि उनले भनेजति नै पैसा तिर्न पनि तयार भए। तर शर्त तेर्स्याए- घरजग्गा धितो पास गर्नुपर्छ।, भवानीशंकरले पनि बैंकमा जग्गा धितो राखेजस्तै होला, पैसा फिर्ता गरेपछि पाइन्छ भन्ने सोचेर तयार भए। शर्तमा तीन वर्षमा सबै पैसा चुक्ता गर्ने भनियो। पैसा फिर्ता पाएपछि जग्गा फिर्ता गर्ने भनेर एक जना छिमेकीलाई साक्षी राखेर सही समेत गराएका थिए।, त्यसरी पैसा लिएपछि भवानीशंकरले मालपोत कार्यालय दमकमा गएर घर-जग्गा धितोको रूपमा खड्गबहादुरको नाममा पास गरिदिए। , तीन वर्षमा फिर्ता आउने भनिएको जग्गा १० वर्ष बितिसक्दा पनि फिर्ता आएको छैन। , ‘बुबाले लिएको पैसा तीन वर्ष नपुगी हामीले फिर्ता गर्न खोज्यौं। उहाँ (खड्गबहादुर)ले लिन मान्नुभएन। शंका लागेर बुझ्दा त जग्गा त हामीबाट गएपछि पनि धेरै जनाको नाममा पुगिसकेछ,’ छोरा महानन्दले भने, ‘अहिले पनि तीन लाखको साँवा–ब्याज दिन खोज्दा भोलि–भोलि भन्दै टार्छन्।’, भवानीशंकरको कित्ता नम्बर २७०१ (ख) र २८९४ (ख) को जग्गा खड्गबहादुरबाट अशोककुमार कोइराला, सुरजकुमार बस्नेत हुँदै अहिले हिमा लिम्बू र हरिमाया पौडेलको संयुक्त नाममा पुगेको छ। हिमा लिम्बूको संरक्षकमा श्रीमान् डम्बर पुलामी बसेका छन्। उनी नेकपा माओवादीनिकट वाइसिएल तत्कालीन प्रदेश-१ का संयोजक थिए।, आफ्नो घरजग्गा फिर्ता लिन महान्दले नगरपालिकाको न्यायिक समितिमा समेत उजुरी दिइसकेका छन्। महानन्दले २०७६ सालमै उजुरी गरेका थिए। , २०७६ भदौ ११ मा खड्गबहादुरले जग्गा तीन महिनामा फिर्ता गरिदिने भन्दै कागज समेत गरेका थिए। तर अझै फिर्ता भइसकेको छैन। , आफ्नो घरजग्गा फिर्ता पाउने आशमा बसेका भवानीशंकरको पनि तीन वर्षअघि नै मृत्यु भइसक्यो। , यता पुलामीले भने बारम्बार घर खाली गर्न धम्की दिने गरेको नाति मञ्जिल बताउँछन्। , ‘हजुरबुबा पनि यही पिरले बित्नुभयो। अहिले हामीलाई बारम्बार घर खाली गर्न माओवादीको नेता डम्बर पुलामीले धम्की दिनुहुन्छ,’ उनले भने। , अहिले उनीहरूले १ करोड ५ लाख साँवाव्याज तिरेर घरजग्गा फिर्ता लिन भनिरहेको पीडित परिवार बताउँछन्।, पीडित परिवार सोध्छन्, ‘३ लाख १० वर्षमा एक करोड कसरी नाघ्यो?’, पुलामीले घर खाली गर्न दबाब दिएपनि घर-जग्गा कुनै हालतमा नछाड्ने उनीहरूको अडान छ। , नेपालको घर जग्‍गा पूर्वपश्चिम राजमार्गको दुधे देखि करिब सात सय मिटर दक्षिण शिवगञ्ज रोडले छोएको छ। , नेपाल परिवारको आर्यस्रोत नै आठ कठ्ठा जग्गा हो।, ‘म रतुवामाई वृक्षरोपण आयोजनामा वनपालेको काम गर्छु। यहीँ खेती गरेर चार जनाको परिवार पालेको छु,’ महानन्द भन्छन्, ‘दुईवटा छोरा पनि यसले नै पढाएको छु। यदी यो डुब्यो भने त म सुकुम्बासी हुन्छु। बर्बाद हुन्छु।’, गत वैशाख १७ गतेदेखि जेठ १४ गतेसम्म सरकारले मिटरब्याजीविरूद्ध उजुरी गर्न भनेपछि उनीहरूले पनि जिल्‍ला प्रशासन कार्यालय झापामा पुगेर निवेदन दिएका छन्। प्रशासन कार्यालयमा उजुरी गरेपछि नेपाल परिवारले आफ्नो घरजग्गा फिर्ता पाउने सम्भावना बलियो रहेको बताउँछन्।  , उनीहरूजस्तै त्यहाँ १०२ जना मिटरब्याजी पीडितले उजुरी दिएको जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए। , उनका अनुसार तीन जना विपक्षीले समेत कार्यालयमा निवेदन दर्ता गराएका छन्। , निवेदन दर्ता गराउनेमा वार्षिक ३६ प्रतिशत व्याज तिर्ने शर्तमा जग्गा धितो पास गराउने बढी छन्। , मिटरब्याजी साहुले लिएको ऋणभन्दा बढीको कागज बनाएको, ऋण तिरेपछि पनि अझै धेरै ऋण बाँकी रहेको भन्दै कागज देखाएर घर जग्गा आफ्नो नाममा पास गरेका, सापटी पैसा लगेर पैसा नभएका बैंकको चेक दिएका लगायतका निवेदन छन्। , दुई वर्षदेखि नेपालको घरमा लेखिएको छ- यो घरजग्गा मिटरब्याजीको फन्दामा छ
सेतोपाटी संवाददाता महोत्तरीमा एकजना प्रहरी नायव उपरीक्षक (डिएसपी) कुटिएका छन्।, प्रदेश प्रहरी गण जनकपुरमा कार्यरत डिएसपी चन्देश्वर यादव कुटपिटबाट घाइते भएको प्रहरीले जनाएको छ।, शुक्रवार राति १० बजेतीर जलेश्वर नगरपालिका-२ बसपार्क नजिक विद्यापति नगरमा उनी घाइते अवस्थामा फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए।, घाइते अवस्थामा देखेपछि डिएसपी यादवलाई अस्पताल पुर्‍याइएको उनले बताए। उनका अनुसार डिएसपी यादवको दायाँ खुट्टा फ्याक्चर भएको छ।, अहिले काठमाडौं स्थित प्रहरी अस्पतालमा उनको उपचार भइरहेको छ। जनकपुरबाट उनी त्यसराति जलेश्वर किन पुगेको भन्ने खुलेको छैन।, घटनाको छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्य समिति गठन गरेको छ।, टोलीले अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका एसपी श्रेष्ठले बताए।, ‘अज्ञात व्यक्तिहरुले कुटपिट गरेको भन्ने आएको छ। किन  कुट्यो, कसले कुटयो कि आफै लडेर चोटपटक लागेको हो भन्ने अनुसन्धान हुँदैछ,’ उनले भने।, अज्ञात समूहबाट कुटिए डिएसपी
सेतोपाटी संवाददाता झापाको मेचीनगर क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा साल जातको गोलिया काठ बरामद गरेको छ।, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्याल नेतृत्वको टोलीले शुक्रबार राति अन्दाजी ७ सय क्युफिट गोलिया काठ बरामद गरेको हो।, एसपी अर्याल नेतृत्वको टोलीले मेचीनगर १ बाहुनडाँगीस्थित कृष्णथुम्की मन्दिर नजिकैबाट सो परिमाणको काठ बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गणले जनाएको छ।, कृष्णथुम्की नजिकैबाट गाडीमा साल जातको काठ चोरी-तस्करी भइरहेको गोप्य सूचना पाएलगत्तै सशस्त्र प्रहरी त्यहाँ पुगेको थियो। घटनास्थल पुग्दा जंगल धेरै भाग फँडानी गरी काठ लगिरहेको अवस्था रहेको एसपी अर्यालले सेतोपाटीलाई जानकारी दिए।, उनका अनुसार तस्कर समूह प्रहरीलाई देख्नेबित्तिकै काठ र ट्रयाक्टर छाडेर भागेको थियो। प्रहरीले तत्काल ट्रयाक्टर नियन्त्रणमा लिएर तस्कर समूहको खोजी गर्दा थप अर्को ट्रयाक्टरसहित काठ फेला परेको एसपी अर्यालले जानकारी दिए।, त्यसपछि कृष्णथुम्की मन्दिर आसपास थप खोजतलास गर्दा अन्य जातको २०० क्युफिट काठ र करिब एक ट्रक साल र अन्य जातको लाथ्रा फेला परेको उनले बताए।, काठ चोरी-तस्करी गर्ने व्यक्ति फेला नपरे पनि नियन्त्रणमा लिएको दुइटा ट्रयाक्टर र काठ गरी करिब ४० लाख रूपैयाँ मूल्यांकन तोकेर डिभिजन वन कार्यालय झापा बुझाइसकेको एसपी अर्यालले जानकारी दिए।, सशस्त्र प्रहरीले समात्यो लाखौं मूल्य पर्ने काठ
डा. शेरबहादुर पुन केहि दिनअघि धरानका एक जना डेंगी संक्रमित उपचारका लागि काठमाडौं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल आएका थिए।, धरानका अस्पतालहरूमा संक्रमितको चाप र सहज बेड उपलब्ध नभएकाले उनी उपचारका लागि काठमाडौं आएका रहेछन्।, उनले धरानमा डेंगी आतंक रहेको उल्लेख गर्दै अहिले धेरै मानिसहरू संक्रमित भएको सुनाए। उनीसँगको कुराकानीले गत वर्ष काठमाडौंमा डेंगी महामारी हुँदा देखिएको भयावह अवस्थाको सम्झना आयो।, सन् २०१९ मा फैलिएको डेंगीको तुलनामा गत वर्ष फैलिएको डेंगी संक्रमण जटिल प्रकृतिको थियो। अस्पतालका आकस्मिक कक्ष अगाडि बिरामीहरू बेहोस हुन्थे भने कतिपय बिरामी घरमै बेहोस भएर परिवारले अस्पताल ल्याउथे।, सरकारी तथ्यांक अनुसार गत वर्ष ५३ हजार ९५१ जनामा डेंगी संक्रमण भएको थियो भने ६२ जनाको मृत्यु भएको थियो। तर काठमाडौंमा मात्र यो तथ्यांक भन्दा बढी मानिसमा डेंगी संक्रमण भएको थियो। किनभने डेंगी संक्रमण व्यापक फैलिरहँदा पछि मानिसहरूले यो संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएपनि परीक्षण गराउन छोडेका थिए। जसले गर्दा सबै संक्रमितको संख्या तथ्यांकमा आउन पाएन।, डेंगीको इतिहासलाई सरसर्ती नियाल्ने र विश्लेषण गर्ने हो भने वर्षेनी डेंगीले झन् झन् जटिल स्वरुप अपनाउँदै गइरहेको देखिन्छ।नेपालमा सन् २०१० मा डेंगी फैलिँदा पहिलोपटक काठमाडौं बाहिर नगएका व्यक्तिमा डेंगी संक्रमण देखिएको थियो। अर्थात् त्यो काठमाडौं बाहिर जाँदा संक्रमित भएको केस थिएन। पछि सम्बन्धित निकायले गरेको सर्भेमा पनि डेंगी फैलाउने एडिस जातको लामखुट्टे काठमाडौंमा व्यापक रहेको पुष्टि गर्यो। त्यसयता काठमाडौंमा वर्षेनी डेंगीको प्रकोप फैलिने गरेको छ।, खासगरि सन् २०१९ र गत वर्ष काठमाडौंमा डेंगीले ठूलो प्रकोपको रूप लियो। विभिन्न कारणहरूमध्ये डेंगीको सेरोटाइप परिवर्तनलाई 'जटिल डेंगी' देखिनुको एक प्रमुख कारक मान्ने गरिन्छ। सन् २०१९ मा विशेषत डेंगीको सेरोटाइप '२' देखिएकोमा गत वर्ष सेरोटाइप '१' धेरै जनामा देखिएको विभिन्न अनुसन्धान/परीक्षणहरूले देखाएको थियो।, दोस्रो पटक फरक सेरोटाइपले पुनः संक्रमित भएको अवस्थामा 'जटिल डेंगी' देखिन सक्ने वैज्ञानिक पुष्टि भइसकेको छ। तसर्थ गत वर्ष महामारीको सुरूवातमा नै हामीले डेंगी सेरोटाइपबारे थाहा पाउनुपर्थ्यो। तर महामारी सकिएपछि मात्र सेरोटाइपबारे जानकारी भयो।, हाल धरानमा पनि पहिले र अहिले सेरोटाइप परिवर्तन भए नभएको थाहा पाउन सके डेंगी व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सकिन्थ्यो।, काठमाडौंमा देखिएको 'जटिल डेंगी' धरानमा पनि देखिएला?, सामान्यतय डेंगीले दुई-तीन वर्षको अन्तरालमा ठूलो प्रकोपको रूप लिने गरेको देखिन्छ। नेपालमा मात्र नभई विश्वमा नै यस्तो ट्रेन्ड देखिन्छ।, सन् २०१९ को डेंगी महामारी धरानबाट नै सुरू भएको थियो र त्यसले काठमाडौंलाई पनि ठूलो असर पारेको थियो। काठमाडौंमा गत वर्ष डेंगीले इतिहासकै सबैभन्दा ठूलो प्रकोपको रूप लियो।, धरानमा भने काठमाडौंमा देखिए जस्तो डेंगीको प्रकोप थिएन। सम्भवत महामारी अन्तरलको समयक्रममा धरानको लागि कठिन परिस्थिति योचोटी हुनसक्छ।, अर्को कुरा धरानमा देखिएको डेंगी सेरोटाइप परिवर्तन भएको हो भने गत वर्ष काठमाडौंमा जस्तै हजारौं मानिसमा जटिल डेंगी देखिने सम्भावन उच्च हुन्छ।, डेंगीबाट बच्न के-के कुरा ध्यान दिने?, डेंगी फैलाउने एडिस जातको लामखुट्टे विशेषत दिनमा सक्रिय हुने हुँदा संक्रमण फैलिने सम्भावना पनि त्यही बेला हुन्छ। दिनको समयमा सबै आ-आफ्नो काममा व्यस्त रहने हुँदा टोकेको धेरैलाई थाहा नहुन सक्छ। अथवा टोकी सकेपछि मात्र (चिलाउने हुँदा) थाहा हुने गर्छ। यसर्थ लामखुट्टेको लार्भा नष्ट गर्नु नै सबैभन्दा राम्रो हुन्छ।, लामखुट्टेको लार्भा नष्ट गर्न सबैभन्दा प्रभावकारी भूमिका स्थानीय सरकारको हुन्छ। किनभने लामुखुट्टेको लार्भा हुने ठाउँहरूको पहिचान गर्न पनि स्थानीय तहलाई नै सहज हुन्छ।, धरानमा पनि लार्भा नष्ट गर्ने काममा उदासीनता देखाए डेंगी संक्रमणले जटिल रूप नलेला भन्न सकिँदैन।, (लेखक शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।), (लेखकका अन्य लेख यहाँ पढ्न सकिन्छ।), काठमाडौंमा देखिएको 'जटिल डेंगी' धरानमा पनि देखिँदै!
रासस गोरखाको अजिरकोट गाउँपालिकाले गर्भवती र गर्भमा रहेका शिशुको पोषण सुधारका लागि गर्भवतीलाई लोकल भैँसीको घिउ र अन्डा वितरण गर्दै आएको छ।, गर्भवती  र गर्भमा रहेका शिशुको पोषणमा कमी हुन नदिन ‘माइतीको पोषिलो कोसेली’ कार्यक्रमअन्तर्गत पालिकाभित्रका गर्भवतीलाई लोकल भैँसीको घिउ र अन्डा वितरण गर्दै आएको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए।,   , ‘पोषिलो खानेकुराको अभावमा गर्भवती  र गर्भमा रहेको शिशुको शारीरिक तथा मानसिक वृद्धिविकासमा असर परिरहेको हुन्छ’, उनले भने ‘बालबालिकालाई कुपोषणबाट जोगाउनका लागि गर्भमा रहँदादेखि नै ध्यान पुर्याउन सकियोस् भन्ने उद्देश्यले ‘माइतीको पोषिलो कोसेली’ कार्यक्रम सञ्चालन ल्याइएको हो।’ , कार्यक्रमअन्तर्गत पालिकाभित्रका स्वास्थ्य संस्थामा गर्भ परीक्षणका आउने गर्भवतीलाई पोषिलो आहार वितरण गर्ने गरिएको उनले बताए।, ‘पोषण सुधारका लागि सञ्चालित ‘माइतीको पोषिलो कोसेली’ कार्यक्रमअन्तर्गत गाउँमै उत्पादित लोकल भैँसीको घिउ र अन्डा गर्भवतीलाई प्रदान गर्ने गरिएको छ’, गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ठाकुर भट्टले भने, ‘गर्भ परीक्षण गराउन आएको पहिलो, तेस्रो र चौथो भेटमा प्रत्येक पटक एक-एक मानाका दरले लोकल घिउ र एक-एक क्रेट अन्डा उपलब्ध गराउने गरिएको हा।’, स्थानीयस्तरमा उत्पादन भएको घिउमा मिसावट नहुने र पोषणयुक्त हुने भएकाले गाउँपालिकाले स्थानीय उत्पादन नै खरिद गरेर गर्भवतीलाई वितरण गर्दै आएको शाखा प्रमुख भट्टले बताए। चौथोपटकको भेटमा सुत्केरी गराउन आएका बेला भने भैँसीको घिउ र अन्डासँगै न्यानो पछ्यौरीसमेत प्रदान गर्ने गरिएको उनको भनाइ छ।, कार्यक्रमले गर्भवतीलाई नियमित गर्भ परीक्षण गराउन प्रोत्साहनसमेत मिलेको शाखा उनले बताए। ‘नियमित गर्भ परीक्षण गराए आमा र शिशुको स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी हुने र गाउँपालिकाबाट पोषण सामग्री पनि पाउने भएपछि नियमित गर्भ परीक्षण गराउनुपर्छ भन्ने सोचको विकास पनि हुँदै गएको छ’, उनले भने, ‘यसबाट गर्भवतीलाई स्वास्थ्य सुरक्षामा ध्यान पुर्‍यान पनि सजिलो भएको छ।’, गोरखाको अजिरकोटले गर्भवतीलाई बाँड्छ लोकल भैँसीको घिउ र अन्डा
सेतोपाटी संवाददाता ललितपुरको चापागाउँ दोबाटोमा ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ परेका छन्।, पक्राउ पर्नेमा ताप्लेजुङ घर भई चापागाउँ दोबाटोमा मोबाइल पसल गर्ने २६ वर्षीय विश्वास राई छन्।, उनलाई शुक्रबार अपराह्न पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीले जानकारी दिए।, शुक्रबार दिउँसो चापागाउँ दोबाटोमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवलदार सुनिल शाहमाथि राईले निर्घात कुटपिट गरेका थिए।, चापागाउँ दोबाटोमै मोबाइल पसल रहेको राईले ट्राफिक व्यवस्थापनमा काम गरिरहेका हवलदार  शाहसँग निहुँ खोजी एक्कासी कुटपिटमा उत्रिएको एसपी कार्कीले बताए।, ‘सिसीटिभी हेर्दा ड्युटी गरिरहेका हवलदारसँग सडकमा बसिरहेका ती व्यक्ति आफैले निहुँ खोजेको र अकास्मात् कुटपिटमा उत्रिएको देखिन्छ,’ उनले भने।, राईलाई सोही दिन पक्राउ गरी सातदोबाटो प्रहरी वृत्तमा राखिएको छ।, उनीविरूद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने र घटनाबारे थप अनुसन्धान भइरहेको एसपी कार्कीले जानकारी दिए।, बीच सडकमा ट्राफिक प्रहरी कुट्ने युवक पक्राउ
सेतोपाटी संवाददाता नेपाल-भारत सिमाना नजिक भारतीय क्षेत्रमा एक महिलाको गोली हानी हत्या भएको छ।, धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित रहेको दशगजा पारी महिलाको हत्या भएको प्रहरीले जनाएको छ।, पहिचान खुल्न नसकेको अन्दाजी ३५ वर्षीया महिलालाई गएराति सवा ८ बजे मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको प्रयक्षदर्शीले बताएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।, ती महिला भारतीय नै रहेको आशंका गरिएपनि यकिन हुन नसकेको धनुषाका एसपी विश्वराज खड्काले जानकारी दिए।, ‘घटनास्थल छेउछाउका टोलतर हामीले फोटो देखाइ देखाई शवको बारेमा सोधपुछ गरिरहेका छौँ तर अहिलेसम्म कसैले चिनेको भनेका छैनन्।ती महिलाले हातमा घडी लगाएकी छिन्।घडीको समय हेर्दा भारतीय समय नै देखिन्छ।त्यसले उनी भारतीय नै हुनसक्ने हाम्रो आशंका छ,’ उनले भने।, घटना दशगजा पारी भए पनि सीमा क्षेत्र नजिक भएकाले धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्कासहितको टोली पनि घटनास्थल पुगेका थिए।भारतीय भूमिमा घटना भएकाले भारतीय प्रहरीले नै शव पोस्टमर्टमका लागि लगेको एसपी खड्काले बताए।, घटना र शवबारे जानकारीका लागि त्यस क्षेत्रका मुखियासँग पनि समन्वय गरिरहेको उनले जनाए।, नेपाल-भारत सीमा क्षेत्रमा महिलाको गोली हानी हत्या
रासस लम्पी स्किनका कारण काभ्रेपलाञ्चोकमा ३० हजार सात सय ४३  पशु संक्रमित बनेका छन्। यो रोगबाट जिल्लामा छ सय ८१ पशुचौपाया मरेका भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।, पछिल्ला महिना काभ्रेपलाञ्चोकमा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलँदै पशुचौपायाको अवस्था भयावह बन्दै गएको हो। केन्द्रका अनुसार उक्त रोगबाट जिल्लाको १३ स्थानीय तहमा हालसम्ममा छ सय ८१ पशुको मृत्यु भएको छ। उक्त रोगका कारण गाई, गोरु, बाछाबाछी र केही भैँसीसमेत मरेका हुन्। केन्द्रका अनुसार जिल्लामा ३० हजार सात सय ४३ वटा पशु सङ्क्रमित बनेकामध्ये ३० हजार चार सय ६४ गाई, दुई सय ७९ भैँसी रहेका छन्।, केन्द्रका निमित्त प्रमुख डा. नितेश कार्कीले प्रभावित पशुचौपायाको सङ्ख्या पनि उत्तिकै रहेको बताए। उनका अनुसार ३३ हजार गाई र तीन सय ९९ भैँसी प्रभावित हुँदा हालसम्म ३२ हजार आठ सय पशुमा रोगविरुद्ध खोप लगाइएको छ। खोप लगाइएका पशुमा रोग देखिएको छैन। जिल्लामा तीन लाख गाईभैँसी रहेका छन्।, जिल्लाको बनेपा नगरपालिकामा सबैभन्दा धेरै सङ्क्रमणदर रहेको छ। बनेपाको  ६ वटा वडामा ११८ पशु मरिसकेको तथ्याङ्कले देखाएको छ।, बनेपामा भने गाईको मात्रै मृत्यु भएको नगरको पशु सेवा शाखाले जनाएको छ। बनेपामा छ हजार १५ वटा पशु सङ्क्रमण भएकामध्ये पाँच हजार गाईमा खोप लगाएको छ। यहाँ प्रभावित पशु सङ्ख्या छ हजार दुई सय छन्। वडा नं १ देखि ५ सम्म र १० नं वडामा सङ्क्रमण फैलिएको जनाइएको छ।, केन्द्रका अनुसार पाँचखाल नगरमा एक सय पशु मरिसकेका छन्। धुलिखेल नगरमा ७२, पनौती नगरमा २५, मण्डनदेउपुर नगरमा ६४, नमोबुद्ध नगरमा ४१ तथा तेमाल गाउँपालिकामा ३५, खानीखोलामा ७९, बेथानचोकमा २५, रोशीमा ३१, भुम्लुमा २०, चौँरीदेउरालीमा ४२ र महाभारत गाउँपालिकामा २९ पशु मरेका छन्।, चौँरीदेउराली गाउँपालिकाले पीडित कृषकलाई प्रतिपशु मरेवापत रु १० हजार तत्कालका लागि राहत दिने निर्णय गरेको छ भने धुलिखेलले बाछी खरिदका लागि साझेदारी गर्ने जनाएको छ।, जिल्लामा महामारीको रूप लिएको उक्त रोग नियन्त्रण बाहिर गएको बताइन्छ। उक्त रोगका कारण अहिले पशुपालन व्यवसाय नै सङ्कटमा परेको कृषक बताउँछन्। सरोकारवाला निकायले किसानलाई पशुहरूलाई सुरक्षित राख्न समयमै खोप लगाउन तथा घरायसी उपचारमा ध्यान दिन अनुरोध गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने पनि जनाएका छन्।, जिल्ला प्रशासन कार्यालयले भने जिल्लामा पशुहरूको ओसार–पसारमा विशेष सतर्कता अपनाउँदै उपचार, राहत, जनचेतना तथा बीमाको रकम भुक्तानीका लागि तीन तहकै सरकारको समन्वय र सरोकारवाला निकाय सचेत हुनुपर्नेमा जोड दिएको छ।, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले १३ वटै स्थानीय तहका पशु स्वास्थ्य शाखा तथा सम्पूर्ण कृषकलाई सचेत रहन अनुरोध गर्दै हरेक पालिकाबाट नियमित रिपोर्टिङ गर्न र थप पशु मर्न नदिन खोप लगाउन भनेको बताए।, उक्त रोग लागेपछि गाईभैँसीले कचेरा निकाल्ने, सिङ्गान बग्ने, तथा फिँज धेरै निकाल्ने, शरीरका विभिन्न भागमा विशेषगरी घाँटी, पछाडिका खुट्टामा, पेट तथा थुन वरिपरि साना–ठूला गिर्खा तथा फोका देखिन्छ।, रोगका कारण पशुबाट २५ देखि ८० प्रतिशतसम्म दूध उत्पादन घट्छ भने पशुको गर्भ तुहिने, मृत्युदर कम भए पनि धेरै पशु बिरामी हुने गर्छन्।, यो रोगको हालसम्म कुनै ठोस उपचार पत्ता लागेको छैन। लम्पी स्किन सङ्क्रमण सन् १८८८ मा अफ्रिकाबाट सुरु भएको थियो। सन् २०१२ पछि मध्यपूर्व, दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तान र बङ्गलादेश हुँदै विसं २०७७ असारमा नेपालको मोरङ जिल्लामा पहिलोपटक देखिएको थियो।, काभ्रेपलाञ्चोकमा भने सोही सालको साउनमा पनौतीको एक भैँसीमा देखिएको थियो।   , ‘लम्पी स्किन’बाट काभ्रेमा ६८१ पशु मरे
सेतोपाटी संवाददाता काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले परीक्षामार्फत् प्रधानाध्यापक नियुक्त गर्ने भएको छ। यसका लागि उसले परीक्षा तालिका सार्वजनिक गरेको छ। , परीक्षा साउन १८ गते गर्नेगरी उसले तालिका सार्वजनिक गरेको हो।, बूढानीलकण्ठभित्रका सामूदायिक विद्यालयहरूमा कार्यरत स्थायी शिक्षकहरूले आवेदन दिन सक्ने उपमेयर अनीता लामाले जानकारी दिइन्।, ‘यसअघि खुला प्रतिस्पर्धाद्वारा प्रधानाध्यापक नियुक्त गर्ने परिपाटी दिएन। नगरको शिक्षालाई स्तरीकृत गर्नका लागि हामीले यो प्रावधान ल्याएका हौं,’ उनले सेतोपाटीसँग भनिन्।, बूढानीलकण्ठ नगरपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधी २०८० को दफा १० को ‘क’, ‘ख’ र ‘ग’ र दफा २८ बमोजिम बूढानीकण्ठ नगरपालिकाभित्रका सामुदायिक विद्यालयको स्थायी शिक्षकको रूपमा कार्यरत शिक्षकले आवेदन दिन सक्नेछन्। साउन १७ गतेभित्र आवेदन दिइसक्नुपर्ने छ,’ उनले भनिन्।, आधारभूत तह कक्षा (१-५) र (१-८)  को लागि स्नातक तह वा सो सरह उतीर्ण गरेको र माध्यमिक तह कक्षा (१-१०/ १२) को लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने छ। त्यस्तै सम्बन्धित तहको शिक्षक पदमा कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको व्यक्तिले प्रधानाध्यापकमा आवेदन दिन पाउनेछन्।, बूढानीलकण्ठ नगरपालिकाले प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्ने
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ् सहित हल्का वर्षा भइरहेको छ।, आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू-भागका  थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।, राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।, वर्षाका कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोप र हावाहुरीको जोखिम तथा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, आज यी प्रदेशमा मध्यम वर्षाको सम्भावना
रासस तनहुँमा लम्पी स्किन रोगका कारण गोरु मरेपछि कृषकलाई खेत जोत्न समस्या भएको छ। धान रोपाइँको चटारोका बीचमा गोरु मरेपछि कृषकलाई समस्या भएको हो।, जिल्लाका दशवटै पालिकाका चार हजार एक सय ७६ पशुमा लम्पी स्किन रोग फैलिएकामा ४७ पशु मरेका छन्। तीमध्ये ४३ गोरू रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए।, ‘खेतीपातीको समयमा गोरु मर्दा कृषकलाई खेत जोत्न समस्या भएको छ। गोरुको विकल्प ट्र्याक्टर भए पनि कतिपय किसानले ट्र्याक्टर किन्न सक्ने अवस्था छैन,’ उनले भने।,  गोठको गोरू मरेपछि ट्याक्टर लगाउनसक्ने आर्थिक अवस्था नभएकाहरूलाई  रोपाइँ गर्न गाह्रो परेको छ। , उनका अनुसार लम्पी स्किन संक्रमण हुँदैमा पशु मरिहाल्ने होइन। ' बिरामी भएको अवस्थामा पनि काम गर्नुपर्दा पशुलाई गाह्रो भएर मृत्यु भएको देखिएको छ,’ डा. श्रेष्ठले भने।, लम्पी स्किनविरुद्ध जिल्लामा दस हजार पाँच सय पशुलाई खोप लगाइसकिएको छ। स्थानीय तहको समन्वयमा लम्पी स्किन संक्रमणबाट बचाउन दस हजार पाँच सय स्वस्थ पशुलाई खोप लगाइएको श्रेष्ठले जानकारी दिए।, उनले भने, ‘यो खोप संक्रमित भएको पशुलाई नभई संक्रमण नभएका पशुलाई रोगबाट बचाउन लगाउने हो।’, सबैभन्दा बढी व्यास नगरपालिकाका पशुलाई खोप लगाइएको छ। व्यासमा तीन हजार पशुलाई खोप लगाइएको कार्यालयले जनाएको छ। खोप लगाउनका लागि स्थानीय तहले आफै खरिद गरेका थिए।, नगरपालिकाले कृषकको गोठमै पुगेर खोप लगाइदिएको नगरपालिकाका पशुपन्छी विकास उपशाखा प्रमुख डा. मनोज विश्वकर्माले जानकारी दिए।, पशुमा पूर्ण खोप कार्यक्रमअन्तर्गत नगरपालिकाको वडामा खोपकर्ताको रुपमा खटिएका भेटेनरी प्राविधिकलाई पुनः यस आकस्मिक अवस्थामा खोप लगाउन परिचालित गरिएको उनले जानकारी दिए।, उक्त रोगबाट धेरैजसो व्यास नगरपालिका–१ चारकुने, व्यास नगरपालिका–१३ बेलबास, पोखरीभज्याङ, व्यास नगरपालिका– ११ फराकचौर र व्यास नगरपालिका–७ मा गाईभैँसी संक्रमित भएका थिए।, जिल्लाको म्याग्दे गाउँपालिकाले दुई हजार गाईभैँसीलाई उक्त खोप लगाएको छ। गाउँपालिकाले सातवटै वडामा पालिएका पशुलाई खोप लगाएको पशु सेवा शाखा प्रमुख डा. विनय शाहले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा दूध उत्पादन धेरै हुने वडाका पशुलाई प्राथमिकतामा राखेर खोप लगाइएको हो।, ‘व्यावसायिक रुपमा गाई भैँसीपालन गरिएका र दूध उत्पादन बढी गर्ने कृषकको गोठमै पुगेर खोप लगाएका छौँ,’ उनले भने।, पहिलो चरणमा दुई हजार खोपको मात्रा आएकाले सोहीअनुसार खोप लगाइएको र आवश्यक परे थप खोप खरिद गरिनेछ।, भानु नगरपालिकाका केही ठाउँमा भने कृषकले पशुलाई यो खोप लगाउन आनाकानी गरेका छन्। अन्य पालिकामा भने सहजरुपमा खोप लगाइएको छ।, 'लम्पी स्किन संक्रमणबाट गोरू मर्‍यो, रोपाइँ कसरी गर्ने ?'
सेतोपाटी संवाददाता राजश्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको प्रकरणमा विमानस्थलका भन्सार अधिकृतसहित ६ जनालाई पक्राउ गरेको छ।, स्रोतका अनुसार विभागले आइतबार भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठलाई पक्राउ गरेको छ। भन्सार विभागले उनीहरूको लापर्बाहीका कारण सुन जाँच पास भएको भन्दै उनीहरूलाई शनिबार  निलम्बन गरेको थियो। , एक्सरे मेसिनमा शंकास्पद देखिएपनि उनीहरूले जाँच पास गरेर दिएको छानबिनमा देखिएपछि भन्सारले उनीहरूलाई निलम्बन गरेको हो। , अहिले उनीहरूमाथि थप अनुसन्धानको आवश्यक भएकाले विभागले पक्राउ गरेको स्रोतले बतायो। , यस्तै भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम र रूकमिना सुब्बालाई पनि विभागले आइतबार पक्राउ गरेको छ।, भन्सारबाट छुटेर भाग्न लाग्दा राजश्व अनुसन्धान विभागले पाएको सुराकको आधारमा खटिएको टोलीले गत मंगलबार अन्दाजी ८० देखि १०० किलो सुन बरामद गरेको थियो। हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्सको जहाजमा आएको ब्रेक शुमा लुकाएर ठूलो परिमाणको सुन भित्रिएको थियो।, विभागले यसअघि १० जनालाई पक्राउ गरिसकेको छ। जसमा चिनियाँ नागरिक एक जना र भारतीय नागरिक एक जना छन्।, सुनको परिमाण यकिन गर्न विभागले बिहीबार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा पठाइसकेको छ। तर परिमाण कति छ भन्ने यकिन भइसकेको छैन। , यो पनि: ,सुन प्रकरणमा भन्सार जाँचपासमा संलग्न तीन जना कर्मचारी निलम्बित,  , सुन प्रकरणमा पक्राउ परे विमानस्थलका भन्सार अधिकृतसहित ६ जना
सेतोपाटी संवाददाता त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारी निलम्बनमा परेका छन्। , हङकङबाट क्याथे एयरवेजको जहाजबाट आएको ब्रेकशुमा लुकाएर ल्याएको ठूलो परिमाणको अन्दाजी ८० देखि १०० किलो सुन भन्सार जाँच पास भएर निस्किएको देखिएपछि तीन जनालाई निलम्बन गरिएको हो। , कर्मचारीको कमजोरी देखिएकाले निलम्बन गरिएको भन्सार विभाग स्रोतले जानकारी दियो। , भन्सार अधिकृत सन्तोष चन्द, खरिददार कुमार ढकाल र सरोज श्रेष्ठ निलम्बनमा परेका हुन्। , ब्रेक शु आउँदा भन्सार कार्यालयका कर्मचारी सरोज श्रेष्ठको ड्युटी एक्सरे मेसिनमा हेर्ने थियो। तर उनको लापरवाहीले उक्त सुन भित्रिएको स्रोतले बतायो। , ‘त्यो दिन एक्सरे हेर्ने सरोज थिए। उनले जिम्मेवारीपूर्वक काम गरेको देखिएन,’ स्रोतले भन्यो, ‘उनलाई नोटिस भएको थियो। रेड च्यानल चेक गर भनेर छाड्न पाउन्न। उनले होल्ड गरेर चेकजाँच गर्नुपर्थ्यो। त्यो गरेको देखिएन।’, शंकास्पद सामान आएको थाहा पाएर पनि उनले थप प्रक्रिया नपुर्‍याएको स्रोत बताउँछ। , रेडी प्रालीले आठ वटा ब्रेक शुका बक्स ल्याएको थियो। जसमध्ये पाँच वटा बक्सलाई हेर्न भनेर लेखेको पाइएको थियो। , ‘त्यसपछि पनि यसलाई हेर भनेर सम्बन्धित अधिकृतलाई बुझाउनुपर्छ। आफू पनि सँगै बस्नुपर्छ,’ स्रोतले भन्यो। , उनी टेलिफोन अपरेटर हुन्। उनले एक्सरे हेर्नेसम्बन्धी तालिम लिएका व्यक्ति हुन्। , यस्तै खरिददार कुमार ढकालले ब्रेक शुको बक्स खोलेर हेरेको देखिन्‍छ। तर पनि उनले सुन देखेनन्। , ‘सिसिटिभीमा हेर्दा कुमारले दुई वटा बक्स खोलेर हेरेको देखिन्छ। तर ब्रेक शुमात्रै देखेपछि उनले पठाइदिए। उनले पुन: एक्सरेबाट हेर्नुपर्थ्यो हेरेनन्,’ स्रोतले भन्यो। , त्यस्तै भन्सार अधिकृत सन्तोष चन्द भने उक्त सामान भएको ठाउँमै नपुगेको भन्सार विभागले जनाएको छ। त्यससमय भन्सारमा आएका सामान हेर्ने जिम्मेवारी उनको थियो। तर उनले एकपटक पनि नहेरेको पाइएपछि निलम्बन गरिएको हो।, अहिले निलम्बनमा परेका कर्मचारीहरू पनि अनुसन्धानको घेरामा छन्। उनीहरूसँग पनि राजश्व अनुसन्धान विभागले सोधपुछ गरी थप कारबाही गर्नसक्ने स्रोत बताउँछ। , यसरी कमजोरी गर्ने अन्य कर्मचारीहरूलाई पनि कारबाही गर्ने तयारी विभागको छ।, भन्सारबाट छुटेर भाग्न लाग्दा राजश्व अनुसन्धान विभागले पाएको सुराकको आधारमा खटिएको टोलीले मंगलबार अन्दाजी ८० देखि १०० किलो सुन बरामद गरेको थियो। , यस प्रकरणमा विभागले १० जनालाई पक्राउ गरिसकेको छ। जसमा चिनियाँ नागरिक एक जना र भारतीय नागरिक एक जना छन्।, सुनको परिमाण यकिन गर्न विभागले बिहीबार नेपाल राष्ट्र बैंकको टक्सार विभागमा पठाइसकेको छ। , सुन प्रकरणमा भन्सार जाँचपासमा संलग्न तीन जना कर्मचारी निलम्बित
सेतोपाटी संवाददाता पाल्पामा माछा मार्ने जालमा फसेर पानीमा डुब्दा एक जनाको मृत्यु भएको छ। , कालिगण्डकी नदीमा माछा मार्न गएका एक पुरूष जालमा फसेर डुब्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए। , मृतक रम्भा गाउँपालिका-२ रानीबास घर भई वडा नम्बर १ छापमा बस्ने २६ वर्षीय कोपिल पाँडे मगर छन्। , उनी घरदेखि १ किलोमिटर टाढा रहेको कालिगण्डकी नदीमा शुक्रबार माछा मार्न गएका थिए। माछा मार्न प्रयोग हुने जालमा फसेर उनी पानीमा डुबेका थिए। पानीमा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताए।, उनको शव पोष्टमर्टमको लागि रामपुर अस्पतालमा पठाइएको छ।, माछा मार्ने जालमा फसेर पानीमा डुब्दा एक जनाको मृत्यु
नवीनबाबु गुरूङ काठमाडौंमा लघुवित्तीय संस्थाविरूद्ध प्रदर्शन भएको छ। , आइतबार लघुवित्तीय संस्थाविरूद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिले विभिन्न माग राखेर काठमाडौंमा प्रदर्शन गरेका हुन्।, उनीहरूले माइतीघर मण्डलबाट जुलुस निकालेर थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जमल, घण्टाघर हुँदै भद्रकालीसम्म पुगेका थिए। , भद्रकाली पुगेर उनीहरूले कोणसभा समेत गरेका छन्। उनीहरूले वित्तीय दलाललाई कारबाही गर, लघुवित्त संस्था खारेज गर, कपाली कागज र बाउन्स चेक खारेज गर जस्ता नारा लेखिएका कागज बोकेका थिए। , लघुवित्त संस्थाहरू खारेज गर्नुपर्ने, संस्थाले लगाएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, गरिब किसानहरूलाई ऋण नि:शुल्क प्रदान गर्नुपर्ने लगायत माग राखेका छन्। , तस्बिरहरू:, लघुवित्तीय संस्था खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)
सेतोपाटी संवाददाता काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार थप एक जनालाई पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए। , पक्राउ पर्नेमा तत्कालीन नापीका कर्मचारी अरूणकुमार श्रेष्ठ छन्। उनलाई प्रहरीले जोरपाटीस्थित घरबाट पक्राउ गरेको हो।, एसएसपी आचार्यका अनुसार सरकारी जग्गा व्यक्तिको नाममा गर्नमा उनले पनि भूमिका खेलेका थिए। , योसँगै यस प्रकरणमा पक्राउ परेका १९ जना सिआइबीको हिरासतमा छन्। , यसअघि शुक्रबार सर्वोच्च अदालतले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई छाड्न आदेश दिएको थियो। अहिले उनलाई हिरासतमा नराखी नै अनुसन्धान भइरहेको हो। , राउतले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। , भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले पनि उक्त रिट दायर गरेका थिए। तर उनीहरूलाई सर्वोच्चले थुनामुक्त गरेको थिएन। , प्रहरीले समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे, समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल, नक्कली मोही देवनारायण महर्जन, तत्कालीन नापी अधिकृत ध्रुव अर्याल र गोपाल कार्कीलाई पक्राउ गरेको छ।, काठमाडौं महानगर वडा नम्बर ५ का तत्कालीन वडा सचिव शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र तत्कालीन नापी कार्यालयमा रहेका घमानकुमार कार्की पनि पक्राउ परेका छन्।, समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेल, भौतिक योजना मन्त्रालयका तत्कालीन सिनियर डिभिजन इन्जिनियर बालकृष्ण श्रेष्ठ, भूमि व्यवस्था विभागका तत्कालीन महानिर्देशक रूद्रप्रसाद श्रेष्ठ, तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्र प्रहरी हिरासतमा छन्।, यस्तै प्रहरीले केशव तुलाधरलाई पनि पक्राउ गरेको थियो। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाडेलगत्तै सिआइबीले ललिता निवास जग्गा प्रकरणमा पक्राउ गरेको हो। , मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा कलाधर देउजालाई पनि प्रहरीले पक्राउ गरेको हो। , उनीसहित १७ जनाले आफूहरूलाई पक्राउ नगर्न सर्वोच्च अदालतबाट स्टे अर्डर लिएका थिए। उनलाई सिआइबीले असार १२ गते नै पक्राउ गरेको थियो। तर स्टे अर्डर लिएकाले प्रहरीले उनलाई छाडेको थियो। , स्टे अर्डरविरूद्ध सिआइबीले भ्याकेट निवेदन दिएको थियो। त्यसपछि सर्वोच्चले आदेश दिएलगत्तै देउजालाई पक्राउ गरेको हो।, ललिता निवासको १४३ रोपनी जग्गा विभिन्न चरणमा व्यक्तिको नाममा गएको देखिएको छ। सरकारी जग्गा हडपेको पाइएपछि प्रहरीले पुन: अनुसन्धान गरी उनीहरूलाई पक्राउ गरेको हो। , ललिता निवास प्रकरणमा थप एक जना पक्राउ
रासस म्याग्दीका विभिन्न स्थानमा १३ पक्की पुल निर्माण भएका छन्। जिल्लाका ग्रामीण बस्तीलाई सहरसँग जोड्ने गरी सडकको पहुँच पुर्‍याउने उद्देश्यले गण्डकी प्रदेश र सङ्घ सरकारको लगानीमा १३ पक्की पुल निर्माण भएका हुन्।, प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले १०, सङ्घीय सरकारअन्तर्गतको सडक डिभिजन कार्यालय बागलुङले दुई र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत एक पक्की पुल निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिए। उनका अनुसार ६ पुल निर्माण सम्पन्न भई यातायातका साधन सञ्चालन भइसकेका छन्।, अन्य पुल निर्माण सम्पन्न भए पनि औपचारिक रुपमा सञ्चालनमा आउन बाँकी रहेको अधिकारीले बताए।, उनका अनुसार अन्नपूर्ण गाउँपालिकाको हिस्तान र राम्चेलाई जोड्ने सन्सारी खोला पुल, मालिका गाउँपालिका केन्द्र दरवाङको छयारछेरेको म्याग्दी खोलामा निर्माण भएको पुल र मराङ बेँसी अर्कला पुल निर्माणसँगै विकट ग्रामीण बस्ती पालिकाका केन्द्र र सदरमुकामसँग जोडिएका छन्।, मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि वडा नं ५ अर्मनलाई केन्द्रसँग जोड्न म्याग्दी खोलामा रू ११ करोड २४ लाख २५ हजार ५२ लागतमा निर्माण भएको पुलबाट यातायात सञ्चालन भइरहेका छन्।,  विसं २०७५ पुस २५ गते दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी लुम्बिनी प्राकृतिक जेभीसँग ठेक्का सम्झौता भएको थियो। कोरोना सङ्क्रमणका कारण निर्माण ढिला भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ। पुल ८० मिटर लम्बाइको छ।, त्यस्तै, १० करोड ७२ लाख १२ हजार लागतमा बेनी नगरपालिका–४ सिङ्गादेखि मङ्गला गाउँपालिका–३ वरङ्जालाई जोड्ने पक्की पुल निर्माण भएको छ। उक्त पुलको निर्माण लुम्बिनी प्राकृतिक जेभीले गरेको हो।, पूर्वाधार विकास कार्यालय म्याग्दीले मालिका–७ भारबाङघाटमा पक्की पुल निर्माण गरेको छ। भारवाङको पुल निर्माण गर्न देव एण्ड सायर बिएन जेभीसँग रू छ करोड २४ लाख २३ हजारमा ठेक्का सम्झौता भएको थियो।, पश्चिम म्याग्दीको मालिका–५ र धौलागिरि–७ को सिमाना दाङखोलामा रू एक करोड ९३ लाखमा पक्की पुल निर्माण भएको छ। उक्त पुल निर्माणका लागि इन्द्रेणी फेवा जेभीले ठेक्का सम्झौता लिएको थियो।, बिमदेखि मराङ र मल्कबाङलाई जोड्ने अर्कलामा दुई करोड ७२ लाखमा फेवा सावित्री जेभी पोखराले पुल निर्माणको जिम्मा लिएको थियो। म्याग्दीका विभिन्न बस्तीलाई सहरसँग जोड्ने गरी धमाधम पुल निर्माणले गति लिन थालेपछि स्थानीय उत्साहित भएका छन्।, अब हामी पनि सहरदेखि टाढा छैनौँ भन्ने महसुस हुन थालेको छ मालिका–६ का प्रेम सिउथानीले बताए। गाउँगाउँमा मोटर गुड्न थालेपछि बल्ल विकास भनेको यस्तो हुँदो रहेछ भनेर बुझ्न थालिएको स्थानीयको भनाइ छ।, म्याग्दीमा निर्माण सम्पन्न भएका १३ मध्ये ६ पुलमा चल्न थाल्यो गाडी
रासस गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने ११ हजार ४९१ व्यापारीलाई कारबाही गरेको छ।, कार्यालयले आर्थिक वर्ष २०७९/८० मा अनियमित रूपमा नाप्ने-तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गरेको आरोपमा उनीहरूलाई कारबाही गरेको हो ।, कार्यालयले समयमा अनुमतिपत्र नलिएका, समयमा जाँच नगराएका, समयभित्र नामसारी नगराएका, नापतौलमा घटिबढी गरेका व्यापारीलाई कारबाही गरेको हो। पछिल्लो समय नापतौल यन्त्रमार्फत् उपभोक्ता ठगी गर्ने क्रम बढेकाले कार्यालयले विशेष निगरानी बढाएको कार्यालय प्रमुख राकेशकुमार झाले जानकारी दिए। , ‘अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको भेटिएको छ,’ उनले भने। कार्यालयले आव २०७९/८० मा ३ हजार ४४० व्यापारीलाई नापतौल तथा नाप्ने-तौलने यन्त्र प्रयोग गर्न अनुमति प्रदान गर्नुका साथै इजाजतपत्र नवीकरणसमेत गरेको छ। , प्रमुख झाका अनुसार सीमित स्रोतसाधनका बीच पनि कार्यालयले नापतौलसम्बन्धी ७७ पटक एकल र ६३ पटक संयुक्त रुपमा बजार अनुगमन गरेको थियो। आव २०७९/८० मा ८ हजार ८५८ व्यापारीले नापतौल तथा नाप्ने-तौलने यन्त्र जाँच तथा नवीकरण गरेका छन्। सोही अवधिमा ६ हजार ८३७ ट्याक्सीको मिटर जाँच गरेको छ।, कार्यालयले आव २०७८/७९ मा अनियमित नापतौल तथा नाप्नेतौलने यन्त्र प्रयोग गरी ठगी गर्ने ८ हजार ८५१ व्यापारीलाई कारबाही गरेको थियो भने एक हजार ५०९ व्यापारीलाई नापतौल तथा नाप्ने-तौलने यन्त्र प्रयोग गर्न अनुमति प्रदान गर्नुका साथै इजाजतपत्र नवीकरण गरेको थियो।, आव २०७८/७९ मा ६ हजार ६२६ ट्यक्सीको मिटर जाँच गरेको कार्यालयका सूचना अधिकारी नीराजन पुडासैनीले जानकारी दिए। कार्यालयले एक करोड ८५ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।, ‘जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले कारबाहीलाई प्राथमिकता दिएका छौं,’ उनले भने, ‘नियतवश आम उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउँछौं।’ , कार्यालयले आव २०७९/८० मा दुई करोड नौ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट र रसुवामा नापतौलको अनुगमन तथा गल्ती गर्नेलाई कारबाही गर्दै आएको छ।, नापतौलमा ठगी गर्ने ११ हजार व्यापारीलाई कारबाही
नारायण खड्का प्युठान स्वर्गद्वारी नगरपालिकाकी ७३ वर्षीया वृद्धा दाङको घोराही उपमहानगरपालिका-१० स्थित एक संस्थामा* बस्दै आएकी थिइन्।, उनी आँखाको उपचार गर्न बिहीबार तुलसीपुर आएकी थिइन्। आउँदा-आउँदै झमक्क साँझ पर्‍यो। तुलसीपुर उनको लागि नयाँ ठाउँ थियो। नजिकै चिनेजानका पनि कोही थिएनन्।, होटलमा खान र बस्न पैसा नभएपछि वृद्धाले भोकै पेट सडकमा सुत्ने निधो गरिन्।, सडकपेटीमै बसिरहेको बेला मध्यरातमा दुई युवक आए। उनीहरूले सडक पेटीमा बसेकी वृद्धालाई केही खाए नखाएकोबारे सोधे। भोकै रहेको र जाने ठाउँ पनि कहीँ नभएको थाहा पाएपछि उनीहरूले वृद्धालाई फकाउन थाले।, खाना खुवाइदिने र बासको पनि व्यवस्था गरिदिने भनेपछि वृद्धा उनीहरूको पछि लागिन्। उनीहरूले वृद्धालाई तुलसीपूर बसपार्कमा पुर्‍याए।, बसपार्कभित्र पार्किङ गरिराखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र वृद्धालाई लगे। बसभित्र पुगेपछि वृद्धाले पनि केही राहतको महसुस गरिन्।, तर केहीबेरमा उनले सोच्दै नसोचेको भयो। छोरा नातिसरह व्यक्तिबाट आफूमाथि यतिसम्मको व्यवहार होला भनेर उनले सोचेकीसम्म थिइनन्।, गाडीभित्र लगेपछि दुई युवकले वृद्धामाथि पालैपालो बलात्कार गर्न थाले। असह्य भएर वृद्धा चिच्याइन्। उनको चिच्याहट सुनेर कसैले प्रहरीलाई खबर गरिदिएको थियो।, केहीबेरमा प्रहरी पुग्यो र घटना भइरहेकै अवस्थामा दुई जनालाई पक्राउ गरी वृद्धाको उद्धार गर्‍यो।, पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका-१५ का ३० वर्षीय पुस्कर रोका  र सल्यान जिल्ला कुमाख गाउँपालिका-७ का २० वर्षीय रेशम विक छन्।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार घटना भएको बससँग सम्बन्धित व्यक्ति होइनन्। ना ४ ख ७८४८ नम्बरको बसको ढोका नलगाएको पाइएपछि उनीहरूले वृद्धालाई त्यही बसभित्र लगेका थिए।, प्रहरीका अनुसार रोका अर्कै बस र विक ट्रकका सहचालक हुन्। , उनीहरूले सडक पेटीमा बास बसेकी वृद्धालाई खाना खान लैजाने भनेर ललाइफकाइ बसभित्र लगेर बलात्कार गरेको स्वीकार गरिसकेको डिएसपी मल्लले जानकारी दिए।, उद्धार गरिएको वृद्धाको स्वास्थ्य परीक्षण गरी उनलाई तुलसीपुरस्थित एक सेफ हाउसमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी मल्लले जानकारी दिए।, (*यसअघि अन्यथा पर्न गएकाले सच्याइएको।), खाना खुवाउन लैजाने भन्दै बसभित्र लगेर ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार
नारायण खड्का तुलसीपुरको कमलपोखरीमा २०७४ सालसम्म टन्न पानी हुन्थ्यो। साउनको महिना स्थानीय थारू समुदायका मानिस यो तालमा घोङ्गी खोजिरहेका हुन्थे। पुस-माघमा पानी कम हुँदा  उनीहरू प्राकृतिक रूपमा हुर्किएका माछा मार्थे।, वैशाख-जेठमा केही दिन पानी सुके पनि अघिपछि जहिल्यै पोखरी पानीले भरिएको हुन्थ्यो।, अहिले पोखरीमा माछा र घोङ्गी त परको कुरा एक थोपा पानी पनि छैन। झार उम्रिएर पोखरी चौरजस्तो बनेको छ। पोखरीको बीचमा कंक्रिटले बनाइएको रातो कमलको फूल ठिंग उभिएको छ। , माछा, भ्यागुता, घोङ्गीलगायत जीव जनावर बस्ने र आसपासका वस्तुभाउले पानी खाने कमलपोखरीलाई अहिले सुख्खा चौर हुनुका पछाडि सरकारी योजनाको हात छ।  पोखरीमा कंक्रिटका संरचना बनाउन  डेढ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ।, साउनमै पोखरीमा एक थोपा पानी नअडेपछि अहिले तुलसीपुर उपमहानगरपालिकाले गरेको ‘विकास’ माथि नै प्रश्न उठेको छ।, कमलपोखरीको छेउछाउमै हुर्किएका स्थानीय वृद्ध डिल्लीबहादुर डाँगीले राम्रो बनाउने नाममा तालको अस्तित्व समाप्त पार्ने काम भएको भन्दै असुन्तुष्टि जनाए।, तुलसीपुर उपमहानगरपालिका-६ स्थित रजौराको कमलपोखरी बजारदेखि सबैभन्दा नजिकको ताल हो। यो तुलसीपुरको मुख्य बजारबाट डेढ किलोमिटर मात्र टाढा छ।, ३६ वर्षअघिसम्म रजौरासहित आसपासका गाउँहरूको पानीको संकट टार्ने यही कमलपोखरी थियो। तुलसीपुर आसपासका रजौरा, गोलौरा, साइखलियान, टरिगाउँ, गरिगैंजस्ता सुख्खा क्षेत्रका गाउँहरूका वस्तु-चौपाया गर्मीका बेला यही तालमा आएर प्यास मेट्थे।, रजौराका दुई तालमध्ये अर्को ताल मान्छेले नुहाउने, लुगा धुनेजस्ता सरसफाइका काममा प्रयोग हुन्थ्यो भने कमलपोखरी वस्तु-चौपायालाई पानी खुवाउन र सिँचाइका लागि।, २०४४ सालसम्म यो पोखरीमा ढकमक्क कमल फूलेका हुन्थे। तालनजिकै घर भएका दीपक न्यौपाने ३६ वर्ष अगाडिसम्म कमलपोखरीमा रातो कमलको फूलले पोखरी ढाक्दा निकै आकर्षक देखिने गरेको सम्झन्छन्।, ती कमलका फूल, फल र जरा आसपासका मानिसहरूले लैजान गर्थे। औषधीका रूपमा न्यौपानेको परिवारले पनि ती कमलका फल र जरा प्रयोग गरेको थियो।, रातो कमल फूल्ने भएकै कारण पोखरीको नाम स्थानीयले कमलपोखरी राखेका थिए।, २०४४ सालपछि गोविन्द रजौरे वडाध्यक्ष बनेको समयमा पोखरी खनेर थप गहिरो बनाइएको हो। त्यही क्रममा कमलको फूलको विनाश भएको न्यौपानेले जानकारी दिए।, रजौराका स्थानीयले ६०/६५ वर्षअघि पानीको संकट टार्न भनेर दुइटा छुट्टाछुट्टै पोखरी निर्माण गरेका थिए। प्राकृतिक रूपमा रहँदासम्म कमलपोखरीमा स्थानीय कुलोबाट पानी जान्थ्यो। क्रंकिट बनाउने क्रममा पानी जाने प्राकृतिक कुलोको मुहान पनि बन्द गरिएको आशंका गरिएको छ।, तुलसीपुरका मेयर टीकाराम खड्काले झनै राम्रो बनाउने सोचका साथ काम भए पनि पोखरीमा पानी नअडिएपछि अब के गर्ने भन्नेबारे सरसल्लाह भइरहेको बताए।, बजारको सबैभन्दा नजिकको पोखरीलाई चिटिक्क पारी आकर्षक पर्यटकीय स्थलका रूपमा विकास गर्ने लक्ष्य रहे पनि पानी नअडिने समस्या आएको उनले बताए।, संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारसमेत गरी साझेदारीको रकमबाट कमलपोखरी निर्माणको काम भएको उनले जानकारी दिए।, ‘तुलसीपुर सहरको एउटा सुन्दर तलाउको रूपमा वा पर्यटकीय पार्कका रूपमा विकास गर्ने सोचका साथ काम भएको हो,’ उनले भने, ‘अझै तालमा काम बाँकी रहेको हुँदा पानी रोक्नका लागि केही व्यवस्थापन गर्नु जरूरी छ।’, वर्षामा खोलाको हिलो लेदो राखे पानी रोकिन्छ भन्ने केहीले सुझाव दिएको हुँदा अब त्यसै गर्ने कि के गर्ने भनेर सल्लाह भइरहेको खड्काले जानकारी दिए।, तुलसी टावर निर्माणको क्रममा खनिएको रातो माटो लगेर पोखरीको सतहमा राख्ने योजना अनुरूप केही माटो लगेर थुपारिएको पनि उनले बताए।, ‘माटो लगेर सतहमा केही फिलिङ गरी दाबेर पानी अड्याउने प्रयास हुने छ,’ उनले भने,‘भित्र पानीले भरिएको दह र बाहिर वरिपरि विभिन्न फूलहरू रोपेर आकर्षक पर्यटकीय स्थल बनाइने छ।’, तुलसीपुर बजारको नजिकमा त्यस्तो मन भुलाउने ठाउँहरू नभएको हुँदा कमलपोखरीलाई त्यही रूपमा विकास गर्न चाहेको उनले बताए। अझै पनि काम गर्न बाँकी नै रहेको हुँदा थप संरचना बनाएर लक्ष्यअनुसार विकास गरिने उनले जानकारी दिए।, पोखरीको विकासका लागि भनेर हालसम्म तुलसीपुर उपमहानगरपालिका, लुम्बिनी सरकारअन्तर्गत कोहलपुर पर्यटन डिभिजन कार्यालय र तयार नेपालले लगानी गरेका छन।, हालसम्म तुलसीपुरले २५ लाख, कोहलपुर पर्यटन डिभिजन कार्यालयले ४६ लाख ५४ हजार तीन सय ५२ र युएसएआइडीको तयार नेपालले भ्याटसहित ८० लाख पाँच हजार छ सय एक रुपैयाँ लगानी गरिसकेका छन्।, उपमहानगरपालिकाको बजेट स्थानीय उपभोक्ता समितिमार्फत् खर्च भएको दीपक न्यौपानेले जानकारी दिए। यसबाहेक तयार नेपाल र प्रदेश सरकारको बजेटमा टेन्डरमार्फत् निर्माण कम्पनीहरूले काम गरेका हुन्।, तयार नेपालको बजेटमा लोकमणि विल्डर्स घोराहीले काम गरेको निर्माण कम्पनीका प्राविधिक इञ्जिनियर कमल थापाले जानकारी दिए। उनले डिजाइनमा भविष्यमा हाल माटो रहेको तालको बीचको भागमा सोलिङ र पिपिसी ढलान गरी पानी रोक्ने भन्ने रहेको बताए।, तयार नेपालले विपद् जोखिम परियोजनाअन्तर्गत आगलागीजस्ता विपदका समयमा तालको पानी दमकलमा भरेर लैजान सजिलो होस् भनेर लगानी गरेको हो।, तुलसीपुर उपमहानगरपालिकाका विपद शाखाका प्रमुख टोपबहादुर डाँगीले करिब एक बिगाहा क्षेत्रफलमा रहेको कमल पोखरीमा पानी अड्याउन के गर्न सकिन्छ भन्नेबारे विभिन्न कोणबाट छलफल भइरहे पनि के गर्ने भन्ने एकिन भइनसकेको बताए।, ‘अहिले सबैको राय बीचमा माटो भरौं भन्ने छ,’ उनले भने, ‘बीचमा बाहिरबाट माटो लगी कुलाको पानीले भर्ने भन्ने मोटामोटी कुरा भएको छ।’, तयार नेपालका फिल्ड संयोजक श्रमलाल चौधरीले पोखरीमा पानी नअडिएपछि समस्या भएको भन्दै कसरी पानी अड्याउन सकिन्छ भन्ने बारे छलफल भइरहेको बताए।, ‘हामीले पनि माथि जवाफ दिन गाह्रो भएको छ,’ उनले भने, ‘त्यत्रो लगानी भएको छ र एक थोपा पानी नहुँदा लाज भइरहेको छ।’, कमलपोखरीको आसपासमा तीन चार वटा पानी बेच्ने डिप बोरिङहरू रहेको हुँदा त्यही कारण पानी सुकेको हुन सक्ने अनुमान भइरहेको उनले बताए।, तुलसीपुर- ६ का वडाध्यक्ष दुजमान भण्डारीले तीन दिनमात्रै आफूहरूले तालको अवलोकन गरेको र अब तालको बीचको भागलाई जोतेर वा हिलो माटो बाहिरबाट ल्याएर राखी पानी अड्याउन प्रयास गर्ने सल्लाह भएको बताए।, इन्जिनियरले आरसिसी ढलान गर्ने सल्लाह दिए पनि तालको प्राकृतिक अवस्था जोगाइराख्न पानी रहने भाग माटोकै रहन दिनुपर्छ भन्ने धेरैको राय रहेको उनले बताए।, प्रदेश सरकारको बजेटमा टिके इञ्जिनियरिङ कन्स्ट्रक्सन सप्लायर्सले काम गरेको थियो। तीन निकायको एक करोड ५१ लाख ५९ हजार ९ सय ५३ रुपैयाँले पोखरीको भित्री वाल, भर्‍याङ, वालको प्लाष्टर, कम्पाउन्ड, पर्खाल, कमल फूलको प्रतिमा र फूटपाथ निर्माण गरिएका छन्।, योजनाअनुसार कमलपोखरीको काम अझै बाँकी छ।, एउटा प्रशासनिक भवन, पाले भवन, गेट, पर्खालको प्लास्टर, बत्ती जडानजस्ता काम गर्नुपर्ने छ। प्राकृतिक सौन्दर्य हराएको कमल पोखरीलाई देख्नेहरू अचेल राम्रो बनाउने बहानामा क्रंकिट बनाउनु नै समस्याको जड भएको मान्ने गर्छन्।, ‘ताल पनि कहीँ क्रंकिटको बनाएर हुन्छ,’ स्थानीयले विनोद चौधरीले भने, ‘साँच्ची पोखरी भनेको त पहिलाको जस्तै माछा, घोङ्गी, भ्यागुता र अन्य पानीमा पाइने जीवजन्तु बस्ने घर हुनुपर्छ।’, उनले पोखरीको पहिचान जोगाइराख्न वर्षामा स्थानीय सिँचाइ कुलोबाट पानी राख्ने व्यवस्था गर्नुपर्ने र आवश्यक परे क्रंकिट संरचना भत्काउनु पर्ने तर्क गरे।,  ,  , सबै तस्बिरहरू: नारायण खड्का/सेतोपाटी।,  , डेढ करोड खर्चेर बनाएको पोखरीमा साउनमै छैन एक थोपा पानी
सेतोपाटी संवाददाता दैलेखमा सिँचाइ पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।, चामुण्डा विन्द्रासैनी नगरपालिका–३ का पानीखोलास्थित सिँचाइ गर्न बनाइएको पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। , मृत्यु हुनेमा स्थानीय ५ वर्षीया सपना खप्तडी र ८ वर्षीया विपना खत्री रहेको प्रहरीले जनाएको छ।, बिहीबार बेलुका घरदेखि ५० मिटर टाढा रहेको पोखरीमा खेल्न गएका उनीहरूको डुबेर मृत्यु भएको हो।, बालिकाहरू डुबेको थाहा पाएपछि अभिभावकले घरमा ल्याएर राखेका थिए।, प्रहरीले बेलुका ६ बजेमात्र खबर पाएको थियो। बालिकाहरूको शुक्रबार पोष्टमर्टम गरी आफन्तले शव बुझिसकेको प्रहरीले जनाएको छ।, सिँचाइ पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
सेतोपाटी संवाददाता स्थानीयको अवरोधका बीच काठमाडौं उपत्यकाको फोहोर धादिङ, धुनिबेसीको बञ्चरेडाँडामा विसर्जन गर्न थालिएको छ।, स्थानीयले फोहोर विसर्जनमा अवरोध गरेपछि शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंबाट एक सयभन्दा बढी प्रहरी परिचालन गरिएको थियो।, फोहोर लैजाने क्रममा धादिङ र नुवाकोटको सीमानामा पर्ने धुनिबेँसी नगरपालिका–१ मा स्थानीयले अवरोधको प्रयास गरेका थिए।, त्यहाँ केहीबेर झडपको स्थिति सिर्जना भएको स्थानीयले बताएका छन्।, काठमाडौं महानगरपालिकाका अनुसार प्रहरी स्कर्टिङमा एक सयवटा टिपर बञ्चरेडाँडा पठाइएको थियो। ती गाडीको फोहोर विसर्जन गरिएको हो।, स्थानीयले बञ्चरेडाँडा वरपरको मानव बस्ती खाली गर्नुपर्ने भन्दै साउन १ गतदेखि फोहोर विसर्जनमा अवरोध गरिरहेका थिए।, बुधबार सहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका स्थानीय बासिन्दासँग छलफल पनि भएको छ। तर, ठोस निष्कर्ष निस्कन सकेन।, आइतबार उपत्यका नगर फोरमका अतिरिक्त धुनिबेँसी नगरपालिका र ककनी गाउँपालिका प्रमुख सहितको बैठक बसेर दीर्घकालीन समाधान खोज्ने सहरी विकास मन्त्रालयले जानकारी दिएको छ।, अवरोधका बीच काठमाडौं उपत्यकाको फोहोर खसाल्न थालियो बञ्चरेडाँडामा
सेतोपाटी संवाददाता स्थानीयको अवरोधका बीच काठमाडौं उपत्यकाको फोहोर धादिङ, धुनिबेसीको बञ्चरेडाँडा लगिँदै छ।, स्थानीयले फोहोर विसर्जनमा अवरोध गरेपछि सय बढी प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए। अहिले प्रहरीले स्कर्टिङ गरेर फोहोर बञ्चरेडाँडा लगिरहेको स्थानीयले बताएका छन्।, तर, स्थानीयले धादिङ र नुवाकोटको सीमानामा पर्ने धुनिबेँसी नगरपालिका–१ मा अवरोधको प्रयास गरिरहेका छन्।, काठमाडौं महानगरपालिकाका अनुसार अहिले प्रहरी स्कर्टिङमा एक सयवटा टिपर बञ्चरेडाँडा पठाइएको छ।, यसअघिको सम्झौता अक्षरशः कार्यान्वयन नभएको र फोहोरसँगै बस्न नसकिने भन्दै साउन १ गतेदेखि स्थानीयवासी आन्दोलित छन्। जसका कारण काठमाडौंको फोहोर विसर्जन हुन सकेको छैन।, बुधबार सहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका स्थानीय बासिन्दासँग छलफल पनि भएको थियो। तर, ठोस निष्कर्ष निस्कन सकेन।, सबै तस्बिर: चन्द्रमान तामाङ, प्रहरी स्कर्टिङमा काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडा लगिँदै (तस्बिरहरू)
एजेन्सी गत मंगलबार दक्षिण कोरियामा रहेका एक जना अमेरिकी सैनिक जानजान तर गैरकानुनी रूपमा उत्तर कोरिया छिरेको घटनाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान तान्यो।, एक-अर्कालाई दुश्मनजस्तो व्यवहार गर्ने र कूटनीतिक सम्बन्ध नभएका यी दुई देशबीच सिधा कुराकानी गर्ने संयन्त्र पनि छैन।, यस्तो बेलामा उत्तर कोरिया छिरेका ती सैनिकलाई अहिले के भइरहेको छ भन्ने थाहा छैन।, जानाजान उत्तर कोरिया छिरेका ती अमेरिकी सैनिक २३ वर्षका प्राइभेट किङ हुन्।  , उनी सन् २०२१ जनवरीमा अमेरिकी सैनिकमा भर्ती भएका थिए।  उनी फर्स्ट ब्रिगेड कम्ब्याट टिममा थिए।, उनको ब्रिगेड २०२२ को फेब्रुअरीमा दक्षिण कोरिया जान थालेको हो।, गत अक्टोबरमा स्थानीय कोरियालीसँग उनको झगडा परेको थियो। त्यसक्रममा उनले प्रहरीको कारमा क्षति पुर्‍याएपछि उनीमाथि कारबाही भएको थियो।  , उनको ब्रिगेडका अरू सैनिक अमेरिका फर्किने बेला उनी कोरियाको जेलमा बस्नु परेको थियो।, जेलबाट छुटेपछि यो साताको सुरूमा उनी अमेरिका फर्किने योजना थियो।  उनलाई अमेरिकाको टेक्ससमा सैनिकसम्बन्धी अनुशासनको कारबाही हुने तयारी थियो।, दक्षिण कोरियाको इन्छन अन्तर्राष्ट्रिय विमानस्थलसम्म उनलाई अमेरिकी सेनाले स्कर्टिङ गरेर ल्याएको थियो।, विमानस्थलको सुरक्षा जाँचपासपछि उनलाई सैनिक सुरक्षा दिन सकिएको थिएन।, विमानस्थलको सुरक्षा जाँच पास गरेका किङ भने जहाजमा चढेनन्। बरू विमानस्थलबाट बाहिर निस्किएर उत्तर कोरियाको सीमातिर लागे।, सुरक्षा जाँच पास गरिसकेका उनी विमानस्थलबाट कसरी बाहिर निस्किए भन्ने प्रष्ट भइसकेको छैन।, उत्तर कोरियाको सीमासम्म उनी पर्यटकको एउटा समूहसँग घुम्न भनेर गएका थिए। उत्तर र दक्षिण कोरियाको सीमा छुट्याउने ठाउँमा चार किलोमिटर चौडा डिमिलिटराइज्ड जोन छ। त्यहीँ भित्र पान्मुनजोम भन्ने ठाउँ पर्छ। त्यहाँबाट उत्तर कोरियाको जमिन देखिन्छ। पर्यटकहरू उत्तर कोरियालाई नजिकबाट हेर्न त्यो क्षेत्रको भ्रमण गर्छन्।, दिनभरि समूहमा पान्मुनजोम घुमेका किङ साँझतिर अचानक उत्तर कोरियातिर लागे।, ‘हामीले दायाँतिरबाट हा.. हा.. गरेको आवाज सुन्यौं। दिनभरि हामीसँगै घुमेका एक युवक दुई भवन पार गरेर उत्तर कोरियातिर पुगे,’ किङको समूहमा रहेका एक पर्यटकले सामाजिक सञ्जालमा लेखेका छन्,‘के भएको हो भनेर हामी सबै एकछिन अचम्ममा पर्‍यौं।’, उनको समूहमा रहेकी अर्की एक जना पर्यटकले सुरूमा उनी उत्तर कोरियातिर जाँदा टिकटक भिडिओ बनाउन गएजस्तो लागेको बताएकी छन्।, ‘सुरूमा त मलाई के गरेको होला भन्ने लागेको थियो,’ उनले भनेकी छन्,‘केहीबेर पछि त उनी उत्तरतिर बेस्सरी दौडिए, रोकिँदै रोकिएनन्।’, दक्षिण कोरियामा खटिएका अमेरिकी सैनिक जानकारीबिनै उत्तर कोरिया गएको यो पहिलो पटक भने होइन। यसअघि पनि केही अमेरिकी सैनिकहरू उत्तर कोरिया गएका थिए।, तीमध्ये सबैभन्दा चर्चित घटना सन् १९६५ को अमेरिकी आर्मी सर्जेन्ट चार्ल्स रोबर्ट जेनकिन्सको हो। उनले भियतनाम युद्ध लड्न जानुपर्ने भन्दै अमेरिकी सैनिक त्यागेका थिए। दक्षिण कोरियाबाटै उनी उत्तर कोरिया गएका थिए।, उत्तर कोरियामा हुँदा उनले उत्तर कोरियाली सैनिकलाई अंग्रेजी भाषा पढाउने र अमेरिका विरोधी प्रोपोगान्डामा अभिनय गर्ने काम गरेका थिए। झन्डै ४० वर्षपछि सन् २००४ मा उनलाई उत्तर कोरियाले देशबाट बाहिर जान अनुमति दिएको थियो।, मंगलबार उत्तर कोरियातिर लागेका किङ पनि योजनावद्ध तरिकाले अमेरिकी सैनिकको जागिर त्यागेर उत्तर कोरिया गएका हुन् कि झुक्किएर गएका हुन् भन्ने स्पष्ट भइसकेको छैन।, चार दिन बित्दा पनि उनका बारेमा उत्तर कोरियाले कुनै प्रतिक्रिया दिएको छैन। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले किङका बारेमा जानकारी संकलन भइरहेको बताएका छन्।, (द न्युयोर्क टाइम्सलगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका विवरणहरूमा आधारित।), घर फर्किने जहाज छोडेर उत्तर कोरियातिर हिँडेका अमेरिकी सैनिक
सेतोपाटी संवाददाता सरकारले हिंसात्मक गतिविधि गरिरहेका समूह र पार्टीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन उनीहरूमाथि लगाइएको मुद्दा फिर्ता गर्न सक्नेगरी कानुन ल्याउन लागेकोप्रति राष्ट्रिय मानव अधिकार आयोगले असहमति जनाएको छ।, शुक्रबार पत्रकार सम्मेलन गरी आयोगले सरकारले ल्याउन लागेको कानुनले हिंसात्मक तथा गम्भीर प्रकृतिका फौजदारी अपराध गरेका व्यक्तिहरू राजनीतिक दल वा समूहको आवरणमा कारबाहीको दायराबाट उम्कन सक्ने भन्दै असहमति जनाएको हो।, सरकारको यस्तो निर्णयले सक्षम अदालतबाट न्यायिक परीक्षण हुन नपाउने र न्यायिक परीक्षण भइसकेको अवस्थामा पनि दोषीले उन्मुक्ति पाउने र आमजनसाधारणमा न्याय प्रणालीप्रतिको विश्वसनीयता ह्रास हुँदै जाने आयोगको ठहर छ।, ‘गौरहत्या जस्तो नरसंहारको घटना, द्वन्द्वकालीन हत्या, यौनहिंसा, बेपत्ता जस्ता मुद्दा समेत ओझेलमा पर्न सक्छ,’ आयोगले भनेको छ, ‘यसबाट १७ वर्षदेखि न्यायको पर्खाईमा रहेका द्वन्द्वपीडितहरू समेत न्यायको अधिकारबाट बञ्चित हुने सम्भावना रहन्छ।’, प्रचलित कानुनबमोजिम निवेदन दिने, अदालतले सुनुवाई गर्ने र अदालतको स्वीकृतिबाट मात्र मुद्दा फिर्ता लिने सामान्य कार्यविधिलाई वेवास्ता गरी न्यायपालिकाको भूमिकालाई समेत सीमित गर्दै गराजनीतिक आवरणमा मुद्दा फिर्ता लिने कार्यले पीडितको स्वच्छ सुनुवाइको अधिकार तथा राहत र क्षतिपूर्ति सहितको न्याय पाउने अधिकार माथि कुठाराघात हुने आयोगको ठहर छ।, आयोगले गम्भीर मानव अधिकार उल्लंघनका विषयमा यो वा त्यो बहानामा  कुनैपनि दोषीलाई कुनैपनि प्रकारबाट उन्मुक्ति दिने कार्यमा सहमत हुन नसक्ने बताएको छ। यसबारेमा सरकार सम्बद्ध पक्षलाई पटकपटक  पत्राचार, ध्यानाकर्षण र सुझाव प्रस्तुत गरेपनि कार्यान्वयन नभएको आयोगले बताएको छ।, सरकारले ल्याएको केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० व्यवस्थापिका संसदमा विचाराधिन अवस्थामा छ।, यसमा हिंसात्मक गतिविधि गरिरहेका पार्टी र समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन मुद्दा फिर्ता लिन सकिने प्रावधान थप गरेको थियो।, यो प्रावधानबारे प्रमुख प्रतिपक्षी दलले विरोध जनाएका छन्।, मुद्दा फिर्ता लिने विधेयकबारे आयोगले भन्यो- कुनै पनि बहानामा दोषीलाई उन्मुक्ति दिनेमा सहमत छैनौं
नवीनबाबु गुरूङ काठमाडौंका सडकमा फोहोर थुप्रिएका छन्।, यसअघिको सम्झौता अक्षरशः कार्यान्वयन नभएको र फोहोरसँगै बस्न नसकिने भन्दै साउन १ गतेदेखि स्थानीयवासी आन्दोलित छन्। जसका कारण काठमाडौंको फोहोर बञ्चरेडाँडामा विसर्जन हुन सकेको छैन।, काठमाडौंका मैतीदेवी, रातोपुल, न्यूरोडलगायत क्षेत्रमा फोहोर थुप्रिएको हो। बञ्चरेडाँडामा विसर्जनमा अवरोध भएपछि काठमाडौ उपत्यकामा ६ हजार ५ सय मेट्रिक टनभन्दा बढी फोहोर थुप्रिएको निजी संघ-संस्थाका संकलकले बताएका छन्।, यसैबीच, स्थानीयको अवरोधका बीच काठमाडौं उपत्यकाको फोहोर धादिङ, धुनिबेसीको बञ्चरेडाँडा लगिँदै छ।, स्थानीयले फोहोर विसर्जनमा अवरोध गरेपछि सय बढी प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए। अहिले प्रहरीले स्कर्टिङ गरेर फोहोर बञ्चरेडाँडा लगिरहेको स्थानीयले बताएका छन्।, तर, स्थानीयले धादिङ र नुवाकोटको सीमानामा पर्ने धुनिबेँसी नगरपालिका–१ मा अवरोधको प्रयास गरिरहेका छन्।, काठमाडौं महानगरपालिकाका अनुसार अहिले प्रहरी स्कर्टिङमा एक सयवटा टिपर बञ्चरेडाँडा पठाइएको छ।,  तस्बिरहरू:, काठमाडौंका सडकमा थुप्रियो फोहोर (तस्बिरहरू)
सेतोपाटी संवाददाता भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलिगंगा जलविद्युत् आयोजनाको बाँध खोलिएको छ।, आज बिहान पाँच बजेदेखि बाँध खोलिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।, एनएचपिसी लिमिटेड, धौलिगंगा पावर स्टेशन, धारचुला, पिथौरागढ भारतले साउन ६ गते बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म सिफ्ट फ्लसिङ सरसफाइको काम हुने भएकाले बाँध खोलिनेबारे यसअघि नै पत्राचार गरेको थियो। , बाँध खोलेपछि  महाकालीको नदीमा जलस्तर बढ्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।, बैतडीका प्रमखु जिल्ला अधिकारी पन्थीले यसपटक १५ घन्टा बाँध खोलिने भएकाले महाकाली नदीको जलसतह तुलनात्मक रूपमा बढ्ने अनुमान गरिएको जानकारी दिए। यद्यपि, जलसतहबारे बिहान १० बजेपछि मात्रै थाहा हुने उनले बताए।, यसअघि  असार २६ गते पनि उक्त परियोजनाको बाँध खोलिएको थियो।, ‘त्यतिबेला पनि महाकाली नदीको जलसतह बढेको थियो, यसपालि अलि धेरै बेर खोलिने भएकाले बढी नै जोखिम रहन्छ,’ प्रमुख जिल्ला अधिकारी पन्थीले भने।, बाँध खोलिने भएपछि महाकाली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको उनले बताए। जिल्लाभरका प्रत्येक वडा कार्यलयहरुमा फोन र एसएमएस गरी सतर्क रहन भनिएको र नदी तटीय क्षेत्रमा रहेका वस्तिहरू  खाली गराइएको उनले बताए।, धौलिगंगा बाँध खोलिँदा बैतडीमा भन्दा दार्चुलाका भूभाग जोखिममा पर्छन्।, दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले अहिलेसम्म कुनैपनि क्षति र जोखिमको जानकारी नआएको बताइन्। अहिले जलसतह खतराको तहमुनी नै रहेको उनले जानकारी दिइन्।, बाँध खोलिने पत्र प्राप्त गरेपछि दार्चुला प्रशासनले पनि सबैलाई सतर्क रहन आग्रह गरेको थियो। ‘बाँध खोलिनुभन्दा चारपाँच दिनअघि नै पत्र आउँछ, त्यसअनुसार हामी सबै पक्षलाई जानकारी गराउँछौं,’ प्रमुख जिल्ला अधिकारी जोशीले भनिन्।, यसअघि बाँध खोलिएको असार २६ गते पनि क्षति नभएको उनले बताइन्।, महाकालीको दार्चुला भेगको तटीय क्षेत्रमा त्यति बसोबास नरहेको र जोखिम धेरै नभएको प्रमुख जिल्ला अधिकारी जोशीले सेतोपाटीलाई जानकारी दिइन्।, भारतले खोल्यो धौलिगंगाको बाँध, महाकाली नदीमा जलसतह बढ्ने
भगवती पाण्डे निर्वाचित भएपछि रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले एक वर्षभित्रै छाडा चौपाया र फोहोरको समस्या समाधान गर्ने वाचा गरे। उनको अर्को वाचा थियो- पाँच वर्षभित्र आफूले पाएको मत बराबर वृक्षारोपण गर्ने।  , यी दुवै वाचामाथि उनले पहिलो निर्णयका रूपमा हस्ताक्षर गरेका थिए।, त्यसको १४ महिना नबित्दै आफ्ना तिनै नगरप्रमुख खानको टाउको दुखाइका विषय बनेका छन्।, बजारका मुख्य चोक र सडक किनारमा फोहोर थुपारिनु र छाडा छोडिएका पशुचौपायाले तिनै फोहोरका थुप्राहरू खोतलेर छरपष्ट पार्नु सिद्धार्थ नगरका वर्षौंदेखिका समस्या हुन्।, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानका अनुसार नगरभित्र हाल दैनिक ४० टन फोहोर उत्पादन हुन्छ। त्यो सबै फोहोर डण्डा खोलामा थुपारिन्छ।, वर्षायाममा पानी परेर कुहिएको फोहोरको दुर्गन्धले बस्ती नै छोडेर हिँड्नुपर्ने अवस्था आएको भन्दै पछिल्लो एक सातादेखि स्थानीयले डण्डाखोलामा फोहोर लैजान रोक लगाएका छन्।, दिउँसोमा स्थानीयले विरोध गरेपछि नगरपालिकाले रातिको समयमा फोहोर लगेर थुपार्न लागेपछि उनीहरू रातिको समयमा समेत जाग्राम बसेर फोहोर लैजान रोक्दै आएका छन्।, स्थानीयको विरोधका कारण पछिल्लो एक सातायता सिद्धार्थनगरको फोहोर उठ्न सकेको छैन।, सिद्धार्थनगर नगरपालिकाले ३० वर्षदेखि नगरका सबै वडाहरूको फोहोर वडा नम्बर २ को मेउडिहवा नजिकै डण्डाखोलामा थुपार्दै आएको छ।, मुख्य सडक र बजारका चोकहरूमै फोहोर थुपार्ने सिद्धार्थनगरमा यसपटक एक सातासम्म फोहोर नउठ्दा थप दुर्गन्धित भइरहेको छ।, वडा नम्बर १ र २ का बासिन्दाले यसअघि २०७६ सालमा पनि फोहोर लैजान रोक लगाएका थिए। स्थानीयको आन्दोलन र विरोधका कारण दुई महिनासम्म सडकबाट फोहोर उठ्न नसकेपछि तत्कालीन नेतृत्व आलोचित बनेको थियो।, नगरभित्रको फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै तत्कालीन नगर प्रमुख हरि अधिकारीलाई त ‘फोहोरी मेयरको’ संज्ञा दिइएको थियो।, स्थानीयको दुई महिना लामो विरोधपछि फोहोरको दीर्घकालीन व्यवस्थापनको लागि छिमेकी पालिका ओमसतियामा गाउँपालिका वडा नम्बर ५ पट्खौलीमा ६ विगाह जग्गा खरिद गरिएको थियो।, सिद्धार्थनगरको फोहोर ओमसतियामा ल्याउन पाइँदैन भन्दै विरोध भएपछि फोहोर व्यवस्थापनका लागि कुनै पनि संरचना निर्माण हुन सकेन। अहिले पनि सिद्धार्थनगर नगरपालिकाको नाममा रहेको उक्त जग्गा त्यत्तिकै अलपत्र परेको छ।, फोहोर व्यवस्थापनको लागि एसियाली विकास बैंकले उपलब्ध गराउने भनेको ३२ करोड ऋण अनुदान पनि आयोजना सुरू नहुँदै फिर्ता भयो।, नगरपालिकाले एक वर्ष भित्रमा अर्को विकल्प खोजेर सोही स्थानमा फोहोर व्यवस्थापन गर्ने भनेपछि वडा नम्बर १ र २ बासिन्दाले आन्दोलन रोकेर डण्डा खोलामा फोहोर फाल्न दिएका थिए।, तर एक वर्षमा विकल्प खोज्ने भनेको नगरपालिकाले ५ वर्षसम्म पनि न त विकल्प खोज्यो, न त डण्डा खोलामा फोहोर फाल्न नै रोकियो।, वर्षौंदेखिको समस्या पटक/पटक दोहोरिँदै गएपछि स्थानीयले यसपटक पुनः फोहोर लैजान रोक लगाउँदै आन्दोलनमा उत्रिएका छन्।, स्थानीयको आन्दोलन र विरोधमा वडा नम्बर १ र २ का जनप्रतिनिधिहरूले पनि साथ दिँदै आएका छन्।, वडा नम्बर २ का वडा अध्यक्ष छेदिलाल श्रीवास्तवले पहिले आफू वडाबासी र त्यसपछिमात्रै जनप्रतिनिधि भएकोले स्थानीयको आन्दोलन र विरोधलाई साथ दिँदै आएको बताए।, ‘म ५ वर्षको लागि मात्रै वडा अध्यक्ष बनेको हुँ, १ वर्ष पहिले र ४ वर्ष पछाडि म वडावासी नै हुँ, म आफू पनि यही वडामा बस्ने भएकोले मेरो र स्थानीयवासीका समस्या एउटै हुन्। त्यसैले वडावासीको आन्दोलनभन्दा बाहिर जान सक्दिनँ,’ श्रीवास्तवले भने।, उनले डण्डा खोला प्राकृतिक सम्पदा र भैरहवाको गहना भएको खोला नै पुरिने गरी फोहोर फालेर दुर्गन्धित पारिनु लाजमर्दो कुरा भएको बताए।, नगरपालिकाले नगरका ११ वटा वडालाई सफा र हराभरा बनाउने अभियान चलाउँदा वडा नम्बर १ र २ लाई दुर्गन्धित बनाउन नपाइने उनको भनाइ छ।, ‘नगरपालिकाभरीको फोहोर ३० वर्ष हामीले झेल्यौं, अब झेल्न सकिँदैन, ११ वटा वडालाई सफा, स्वस्थ र हराभरा बनाउन १ र २ नम्बर वडालाई फोहोरको डंगुरले ढाक्न कदापि पाइँदैन,’ वडाअध्यक्ष श्रीवास्तवले भने।, उनले फोहोरका कारण वर्षौंदेखि वडा नम्बर १ र २ का बासिन्दा समस्यामा परेकोले नगरपालिकाले तत्कालको लागि अन्यत्र विकल्प खोजेर दीर्घकालीन रूपमै समस्या समाधानको योजना बनाउनुपर्ने बताए।, पूर्वजनप्रतिनिधि समेत रहेका दीपक थापाले पनि विगत ३० वर्षदेखि बजारको फोहोर बोक्दै आएको वडाले अब पनि दुर्गन्धको त्यो भार बोक्न नसक्ने बताए।, ‘बरू हाम्रो टाउको फुटोस् तर फोहोर फाल्न दिँदैनौं,’ उनले भने।, यसअघिको नेतृत्वले एक वर्षका लागि मात्रै फोहोर फाल्न दिन भनेपछि चार वर्षसम्म अन्यत्र लैजाने कुनै सुरसार नगरेपछि स्थानीय रूष्ट भएका थिए।, अहिलेको नेतृत्वले पनि फोहोर व्यवस्थापको लागि कुनैपनि काम गर्न नसकेको भन्दै आक्रोशित बनेका छन्।, यसअघि वडा नम्बर १ बेलहिया नजिक डण्डा नदी किनारमा फोहोर फाल्दै आएको नगरपालिकाले विगत २३ वर्षदेखि भने अहिलेको मेउडिहवामा फाल्न सुरू गरेको थियो।, नगरपालिकाले फोहोर फाल्दै आएको डण्डा खोला किनारमा स्थानीयले स्वर्गद्वारी नामबाट शवहरूको दाहसंस्कारको लागि घाट निर्माण गरेका छन्।, नजिकै पार्क पनि बनाएको छ। शव दाहसंस्कारको लागि लैजाने उक्त घाटको मुखमै नगरभरीको फोहोर लगेर थुपार्दा घाटमा जानेहरूलाई समेत समस्या भएको छ।, सिद्धार्थनगर– २ का सञ्जीव गुरूङले ३० वर्षसम्म एउटै स्थानको नदी किनार र बस्ती नजिकै फोहोर फाल्दा स्थानीयवासीमा विभिन्न रोगको संक्रमण हुने गरेको बताए।, ‘कतिपय गाउँलेको क्यान्सरबाट निधन भइसकेको छ, कति पीडित हुनुहुन्छ, श्वासप्रस्वास, झाडापखाला र छालाजन्य रोगहरूको त कुनै लेखाजोखा नै हुँदैन,’ गुरूङले भने।, पक्लिहवा कृषि क्याम्पसका विद्यार्थीहरू पनि स्थानीयको आन्दोलनमा सहभागी हुने गरेका छन्।, क्याम्पसनजिकै फालिने फोहोरको दुर्गन्ध, फोहोर जलाउँदा निस्किने धुवाँ र खरानीले क्याम्पसमा बस्न नसकिने विद्यार्थीहरूको गुनासो छ।, नगरप्रमुख खानले भने आफूले नगरपालिकाको जिम्मेवारी सम्हालेदेखि नै फोहोरमैला व्यवस्थापनको लागि विभिन्न प्रयास गरिरहे पनि फोहोरमा राजनीति गर्दा समाधान निस्किन नसकेको बताए।, ‘नेतृत्वलाई असफल बनाउन फोहोरमा राजनीति गर्दा व्यवस्थापन जटिल बनिरहेको छ। विगतमा पनि यही समस्याले फोहोर व्यवस्थापनको काम अगाडि बढ्न सकेको थिएन, अहिले पनि त्यही समस्या दोहोरिएको छ,’ नगरप्रमुख खानले भने।, नगरपालिकाले चार वर्ष पहिले ओमसतियामा  किनेको ६ विगाह जग्गामा फोहोर फाल्न विरोध भएकोले प्रशोधन केन्द्र बनाउन रोक लगाइएको उनको दाबी छ।, ‘अब त्यहाँ बन्न सक्ने अवस्था देखिँदैन,’ खान भन्छन्।, अहिले रोहिणी गाउँपालिकामा जग्गा व्यवस्थापनको काम भइरहेकोले कात्तिकसम्म अहिलेकै स्थानमा फोहोर फाल्नुपर्ने बाध्यता रहेको उनले बताए।, ‘रोहिणी गाउँपालिकामा १५ विगाह जग्गा व्यवस्थापनको काम भइरहेको छ, दिपावलीसम्म यही व्यवस्थापन गरौं, सुख्खा समय आएपछि अन्यत्र लैजाउँला भनेर अनुरोध गरेको थिएँ स्थानीयले सुन्नै तयार हुनुभएको छैन,’ मेयर खानले भने।, वर्षाको समयमा अन्यत्र जग्गा व्यवस्थापन भए पनि फोहोर लैजान सक्ने अवस्था नभएको नगरप्रमुख खानले बताए।, ‘स्थान त कतै खोजिएला तर, फोहोर लिएर जाने गाडीहरूलाई बाटो चाहिन्छ, अब पनि फोहोर लगेर त्यतिकै थुपारेर मात्र भएन फोहोरको वर्गीकरण गरेर मल बनाउने, कवाड सामान छुट्याउने सबै तयारीको काम गर्दा ढिलो भइहाल्छ,’ उनले भने।, रोहिणी गाउँपालिकाको बस्तीभन्दा टाढा रहेको सार्वजनिक जग्गामा निर्माण हुने फोहोर प्रशोधन केन्द्रका लागि सिद्धार्थनगर, रोहिणी र ओमसतिया तीन वटै पालिकाको लगानी रहने नगरप्रमुख खानको भनाइ छ।, ‘सबैभन्दा बढी ६५ प्रतिशत लगानी सिद्धार्थनगरले गर्नेछ, त्यसमा २० प्रतिशत रोहिणीले र १५ प्रतिशत ओमसतियाले लगानी गर्ने सहमति समेत भएको छ,’ उनले भने।, उक्त कामको लागि एसियाली विकास बैंकले १ अर्ब बढी लगानी गर्ने सहमति समेत भइसकेको खानले दाबी गरे।, तर पटक पटक आश्वासन दिए पनि वर्षौंसम्म अन्यत्र व्यवस्थापनको कुनै तयारी नगरेको नगरपालिकाले यसपटक पनि आफूहरूलाई झुक्याउँदैन भनेर स्थानीय ढुक्क हुन सकेका छैनन्।, स्थानीय सञ्जीव गुरूङले नगरपालिकाले पटकपटक झुक्याउँदै आएकोले अब भने आश्वासनमा नफस्ने बताए।, सिद्धार्थनगरका १३ वटै वडाको फोहोर ट्याक्टरमा राखेर डण्डाखोलामा पुर्‍याउँदा पनि मेउडीहवा र झण्डीबजारको बीच बस्तीबाटै लैजाने गरिन्छ।, फेरि बल्झियो सिद्धार्थनगरको फोहोरको समस्या, स्थानीय आन्दोलित
सेतोपाटी संवाददाता काठमाडौं र ललितपुरका विभिन्न स्थानहरूमा आज विद्युत्  बन्द हुने भएको छ।, नेपाल विद्युत् प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै टेकु सबस्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरहरुमा आज बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म विद्युत् सेवा बन्द हुने जानकारी गराएको थियो। , प्राधिकरणले  टेकु  सबस्टेसन स्तरोन्नती गरी टेकू-स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने काम गरिरहेको छ।  , प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकू सबस्टेसनको विद्यमान इनकमर-१ प्यानल तथा दुईमध्ये एक पावर ट्रान्सफर्मर  बन्द गर्नुपर्ने भएकाले टेकु सबस्टेसनबाट आपूर्ति भइरहेको विभिन्न फिडरहरूमा विद्युत सेवा प्रभावित हुने प्राधिकरणले जानकारी दिएको छ। , प्राधिकरणका अनुसार बागमती फिडर अन्तर्गतका सानेपा राम मन्दिर, गुसिगाल, एडभान्स कलेज, अमरावती, सानेपा मोड र रेडिएण्ड स्कुल क्षेत्रमा विद्युत प्रभावित हुनेछ।, पुल्चोक फिडर अन्तर्गतका बल्खु, झम्सीखेल, पुल्चोक र  ठाडोढुंगा क्षेत्रमा विद्युत प्रभावित हुनेछ।, त्यस्तै  चमती फिडर अन्तर्गतका  ज्ञान तीर्थ मार्ग कालीमाटी सालिक चोक, छाउनी, डल्लु, बिजेश्वरी, स्वयम्भू, चमती, किमडोल र बारूदखाना क्षेत्र, कीर्तिपुर फिडर अन्तर्गतका  बल्खु, खसीबजार, त्रिभवुन विश्वविद्यालय, चोभार, टौदह र ट्यांलाफाँटका केही क्षेत्रमा विद्युत् प्रभावित हुने प्राधिकरणले जनाएको छ।, त्यसैगरी त्रिपुरेश्वर फिडरअन्तर्गतका  टेकूदेखि पचली भैरव, उद्योग वाणिज्य संघ हुँदै सुकुम्बासी वस्ती, वर्ल्ड ट्रेड सेन्टर तथा थापाथली स्विचिङ अन्तर्गतका टेकुदेखि त्रिपुरेश्वर  चोकसम्म, आशा अस्पताल, वर्ल्ड ट्रेड सेन्टर, रंगशाला, नर्भिक अस्पताल, प्रसूति गृह हुँदै बबरमहलसम्म, सेनपा, कुपन्डोल, स्थानीय विकास मन्त्रालय र पुल्चोक क्याम्पसम्म विद्युत् प्रभावित हुने छ।, प्राधिकरणका अनुसार  भैसेपाटी फिडर अन्तर्गत महतो मार्ग, भैँसेपाटी आवास, भैँसेपाटी चोक र एकल डाँडा तथा क्षेत्रपाटी फिडर अन्तर्गतका टेकुदेखि विष्णुमती खोला किनार हुँदै पुष्पलाल पार्क र ढल्कु चोकदेखि क्षेत्रपाटीसम्म विद्युत् अवरूद्ध हुनेछ।, प्राधिकरणले ती क्षेत्रहरूमा वैकल्पिक व्यवस्थाबाट विद्युत्  आपूर्ति कम प्रभावित हुनेगरी सबै फिडरमा नियमित विद्युत् आपूर्तिको प्रयास गरिने र निर्धारित समयअघि काम सकिए  लाइन सुचारू गर्ने जानकारी गराएको छ।, काठमाडौं र ललितपुरका यी क्षेत्रहरूमा आज ८ घन्टा विद्युत् बन्द हुने
रासस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैध रूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन बुधबार राजस्व अनुसन्धान विभागले बरामद गर्यो। यसरी बरामद भएको सुन गुणस्तर तथा तौल परीक्षणका लागि अहिले नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखामा पुर्याइएको छ। यद्यपि टक्सारले यसको परीक्षण प्रक्रिया भने सुरू गरिसकेको छैन।, पछिल्ला वर्षका अवैध सुन बरामद भएका घटना पटक–पटक दोहोरिएका छन्।, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरी लगायतका निकायले अवैध सुन समात्ने गरेका छन्।, राजस्व छलेर आएको सुन बरामद भएपछि त्यो स्वतः सरकारको सम्पत्ति हुन जान्छ। तर सरकारले सुन आफैं राख्ने नभई त्यो नेपाल राष्ट्र बैंकले राख्छ र सुनको मूल्य बराबरको रकम राष्ट्र बैंकले सरकारी खातामा जम्मा गर्छ।, गत बुधबार बरामद भएको सुन हाल अनुसन्धानकै क्रममा रहेको र परीक्षणसमेत हुन बाँकी रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।, ‘बरामद गरेर ल्याइएको वस्तु अनुसन्धान प्रक्रियाका लागि सुरक्षित राखिएको छ। राजस्व अनुसन्धान विभागले चिठी पठाएर प्रक्रिया अगाडि बढाउन भनिसकेपछि मात्रै यसको तौल र गुणस्तरको जाँच्ने प्रक्रिया सुरू हुन्छ’, नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले भने।, बरामद गरेर ल्याइएको वस्तु प्राविधिक परीक्षण पछि मात्रै कुन धातु, कस्तो गुणस्तरको र कति परिमाणमा छ भन्ने खुल्नेछ।, यसको प्राविधिक परीक्षणका लागि पनि निश्चित प्रक्रिया हुने आचार्य बताउँछन्।, ‘राजस्व अनुसन्धान विभाग, राष्ट्र बैंकको टक्सार महाशाखा, वित्त व्यवस्थापन विभाग, मुद्रा व्यवस्थापन विभाग लगायतका प्रतिनिधि रहेर त्यसलाई खोलिन्छ’, उनले भने, ‘बरामद गरेर ल्याइएको वस्तु मोटरसाइकलका पार्टस्भित्र लुकाइएको भनिएकामा ती के–के हुन सबै छुट्याएर त्यसलाई गाल्ने प्रक्रिया सुरू हुन्छ। गालेर ढिक्का बनाइन्छ र त्यसपछि तौल जोखिन्छ। त्यसपछि टक्सार महाशाखाको ल्याबमा सुन हो कि होइन भनेर प्राविधिक परीक्षण गरिनेछ। परीक्षण भइसकेपछि कुन गुणस्तर को हो भनेर छुट्याइनेछ।’, अनुसन्धान प्रक्रिया टुङ्गिसकेपछि उक्त सुन राष्ट्र बैंकले खरिद गर्नेछ।, यसरी सरकारसँग सुन खरिद गर्दा राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बजार मूल्यभन्दा पाँच प्रतिशत बढी रकम दिने गरेको आचार्यको भनाइ छ।, यो मुद्दाको अदालती प्रक्रिया पूरा सकिसकेपछि उक्त सुनको मूल्य बराबरको रकम सरकारको खातामा राजस्वका रूपमा जम्मा हुन्छ भने सुन राष्ट्र बैंकमा सञ्चितीका रूपमा रहन्छ। यस्तो सुनबाट राष्ट्र बैंकले असर्फी बनाउने र बिक्री वितरणसमेत गर्ने गर्छ।, बरामद भएको अवैध सुन अब के हुन्छ?
रासस हेटौँडा सिमेन्ट उद्योगमा सिमेन्ट उत्पादन बन्द भएको छ ।, उद्योगमा क्लिङ्करको सिमेन्ट उत्पादनका लागि आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएकाले बाध्यतावश उत्पादन बन्द गर्नुपरेको उद्योग व्यवस्थापनको महाशाखाले जनाएको छ ।, सो उद्योगमा अहिले पर्याप्त कोइलाको अभाव भएकाले पनि क्लिङ्कर उत्पादन गर्ने कार्यलाई तत्काल सञ्चालन गर्न कठिनाइ भएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए।  , उद्योगमा बाह्य देशबाट गुणस्तरीय कोइला करिब दुई हप्ताभित्र ल्याएको र प्रथम चरणमा एक हजार मेट्रिक टन केही दिनभित्रै आइपुगेपछि सिमेन्टको उत्पादन कार्य सुरु गरिने उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बताए।, उनका अनुसार अहिले सिमेन्ट उद्योगको भण्डारमा करिब आठ सय मेट्रिक टन कोइला रहेको भएपनि पर्याप्त कोइला नहुँदासम्म क्लिङ्कर उत्पादन गर्न समस्या आइपरेको हो।, महाप्रबन्धक पाण्डेले उद्योगमा अहिले दुई लाख ५० हजार बोरा सिमेन्ट रहेको र त्यसलाई काठमाडौँलगायत विभिन्न सहरमा खपतको लागि तयारी अवस्थामा राखिएको जानकारी दिए।, उद्योगको क्लिङ्कर उत्पादन गर्ने आगो बाल्ने भट्टीको केही उपकरणको आगामी एक हप्ताभित्रै मर्मतसम्भार गर्ने लक्ष्य रहेको उद्योगका नायब महाप्रबन्धक कर्णले जानकारी दिए।, करिब चार दशक पुरानो हेटौँडा सिमेन्ट उद्योगबाट विसं २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिकरूपमा उत्पादन सुरु गरिएको हो।  , हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द
रासस ‘लम्पी स्किन’ रोगको संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा हालसम्म २५ हजार ९९१ पशुचौपाया मरेका छन्। प्रदेशका ९ वटै जिल्लामा ६ लाख ३४ हजार ७९९ पशुचौपायामा लम्पी स्किनको संक्रमण पुष्टि भएको छ।, तीन वर्षदेखि छिटपुटरूपमा देखापर्दै आएको लम्पी स्किन हाल सुदूरपश्चिममका सबै जिल्लामा फैलिएको छ।, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा. हेमराज अवस्थीका अनुसार लम्पी स्किनबाट सबैभन्दा बढी बैतडीमा ११ हजार १८ पशुचौपाया मरेका छन्।, पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलले पशु सेवा विभागलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार प्रदेशमा ६३० पशुचौपायालाई सो रोगविरुद्धको खोप लगायएको छ।, ‘तीन वर्षदेखि लम्पी स्किनबाट पशुचौपाया संक्रमित हुँदै आएका छन्,’ डा. अवस्थीले भने, ‘यस वर्ष पहाडी जिल्लामा कडा खालको सङ्क्रमण देखियो।’, ‘पोक्स’ भाइरसको सङ्क्रमणबाट हुने लम्पी स्किनबाट सबैभन्दा बढी कैलालीमा २ लाख ३३ हजार ५ सय पशुचौपाया संक्रमित भएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय डोटीका अधिकृत पुष्करराज नाथले जानकारी दिए।, कैलालीमा १५ हजार बाच्छाबाच्छी, ८३ हजार तीन सय ९३ गाई, २१ हजार तीन सय ५१ गोरु र एक लाख १३ हजार तीन सय २७ भैँसी यसबाट संक्रमित भएका छन्। कैलालीमा लम्पी स्किनबाट हालसम्म ६५७ पशुचौपाया मरेको तथ्यांक छ।, यसैगरी लम्पी स्किनबाट बझाङमा चार हजार छ सय २३ पशुचौपाया मरेका छन्। सबैभन्दा कम कञ्चनपुरमा १८ पशुचौपाया सो रोगबाट मरेको तथ्यांक छ।, अछाममा एक हजार छ सय ७८, डोटीमा तीन हजार छ सय ७९, बाजुरामा सात सय ५३ र दार्चुलामा एक हजार छ सय ६९ र डडेल्धुरामा दुई हजार तीन सय ९६ पशुचौपाया लम्पी स्किनबाट मरेको तथ्यांक छ। , भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीमा प्रमुख गुमानीदत्त पन्तले रोगको नियन्त्रणका लागि पहल भइरहेको जानकारी दिए।, ‘मन्त्रालय र स्थानीय तहको पहलमा औषधि वितरण गर्ने काम भइरहेको छ। पालिकामार्फत पशुपालक किसानलाई औषधि वितरण गरिँदै छ,’ उनले भने। प्रदेशमा औषधि र खोपको अभाव भएको पन्तले बताए।, लम्पी स्किनबाट सुदूरपश्चिममा मात्रै २६ हजार पशुचौपाया मरे, ६ लाख संक्रमित
सेतोपाटी संवाददाता सुनसरीमा गोली हानेर एक युवकको हत्या भएको छ।, शुक्रबार साँझ साढे ५ बजे इटहरी उपमहानगरपालिका-२० स्थित धरान-इटहरी सडकखण्डमा गोली हानेर एक जना पुरूषको हत्या भएको हो।, जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभुप्रसाद ढकालका अनुसार विराटनगरका बासिन्दा २८ वर्षीय रोहित चौधरीको हत्या भएको हो। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचारको क्रममा मृत्यु भएको हो।, एसपी ढकालका अनुसार मृतक चौधरी र अर्का एक जना महिला साथी उक्त सडकखण्डमा पानी खाएर बसिरहेको बेलामा अपरिचित तीन जना व्यक्तिहरू आएका थिए। पुरूषको उक्त समूहमध्येका एक जनाले चौधरीमाथि गोली प्रहार गरेका थिए।, चौधरीको दाहिने कुममा गोली लागेको थियो। महिला भने सकुशल रहेको एसपी ढकालले बताए।, गोली प्रहार गर्ने व्यक्तिहरूको पहिचान प्रहरीले गरिसकेको छ। उनीहरूको खोजी गर्न प्रहरी टोली खटिइसकेको पनि उनले जानकारी दिए।, 'उनीहरू तत्काल जंगलमा भागे। हामीले उनीहरूको हुलिया पहिचान गरिसकेका छौं। प्राविधिक र फिल्डमा खटिने टिम बनाएर अनुसन्धान थालिसक्यौं,' एसपी ढकालले भने, 'हामी छिट्टै पक्राउ गर्छौं।', हत्या गर्ने समूहका व्यक्तिहरूले कुनै सवारीसाधन प्रयोग गरेको पनि नदेखिएको उनले बताए।, प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।, गोली हानेर एक युवकको हत्या
सेतोपाटी संवाददाता युवतीलाई लक्षित गरी एसिड प्रहार गर्ने एक जना पक्राउ परेका छन्।, शुक्रबार साँझ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ मैकल बजार नजिक युवतीलाई लक्षित गरी एसिड प्रहार गर्न खोज्ने वीरेन्द्रनगर–१४ का १६ वर्षीय आशिष सुनारलाई पक्राउ गरिएको हो।, बेलुका पाँच बजेतिर विनपा–१४ को मैकल बजार नजिक बराहताल गाउँपालिका १० की अन्दाजी १७ वर्षकी सोविता बुढालाई उनले एसिड प्रहार गर्न खोजेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए।, ‘उक्त एसिड युवतीलाई हान्न खोजिएपछि निजलाई नलागेर सोही ठाउँका नेत्रबहादुर शाहीको बायाँ हातमा लागेर घाइते भएका छन्, घाइतेको उपचार भइरहेको छ,’ डिएसपी शाहीले भने, ‘प्रत्यक्षदर्शीले जानकारी गराएपछि प्रहरी चौकी बांगेसीमलबाट गएको टोलीले पौने ६ बजे एक जना युवकलाई पक्राउ गरेको छ।’, उनका अनुसार एसिड प्रहार गर्ने पक्षमा अर्का युवा पनि थिए। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।, युवतीलाई लक्षित गरी एसिड प्रहार गर्ने एक जना पक्राउ
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहि गण्डकी, लुम्बिनी,  सुदुरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।, महमाशाखाका अनुसार, राति   सबै प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।, लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।, वर्षाका कारण जलसतह बढ्ने र बाढी पहिरो जान सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाले अनुरोध गरेको छ।, आज यी प्रदेशमा मध्यम वर्षाको सम्भावना
एजेन्सी भारतको पूर्वोत्तर राज्य मणिपुरमा गत वैशाखदेखि तनावको अवस्था छ।, मणिपुरको उच्च अदालतले त्यहाँको बहुसंख्यक मैतेई समुदायलाई अनुसूचित जनजातिको श्रेणीमा राख्ने विषयमा विचार गर्न राज्य सरकारलाई आदेशपछि  सुरू भएको तनावले भारतमा मात्र होइन अन्तर्राष्ट्रियस्तरमा पनि चर्चा पाएको थियो।, बुधबार सामाजिक सञ्जालमा आएको एउटा भयावह भिडिओले भने मणिपुरको तनावमा मानिसहरू कति क्रुर तरिकाले प्रस्तुत भइरहेका छन् भन्ने देखाउँछ।, भारतीय सञ्चारमाध्यमहरूका अनुसार गत मे ४ तारिखका दिन कुकी-जोमी समुदायकी दुई महिलालाई मैतेई बहुल जिल्ला थोबलमा नांगै पारेर भीडसँगै सडकमा हिँडाइएको थियो। अन्दाजी २० वर्षकी एक महिलामाथि सामुहिक बलात्कार पनि भएको थियो।, पीडित महिलाहरूले मे १८ मा प्रहरी चौकीमा उजुरी दिएका थिए। उजुरी दिएको दुई महिनासम्म पनि प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न सकेको छैन।, उजुरीमा उल्लेख भएअनुसार मे ३ मा हतियारसहित आएको ८ सयदेखि हजार जनासम्मको समूहले उनीहरूको गाउँमा आक्रमण गरेको थियो। आक्रमणकारीले गाउँमा लुटपाट र आगजनी गरे।, त्यसपछि भिडिओमा देखिएकी पीडित २ जना महिला र भिडिओमा नदेखिएकी अर्की महिला जंगलतिर भागे। सामुहिक बलात्कारमा परेकी २० वर्षकी महिलाका बुवा र भाइ पनि सँगै थिए।, प्रहरीले उनीहरूलाई आफूसँग राखेर जोगाएको थियो। उनीहरूलाई प्रहरी चौकीमा लैजान लाग्दा चौकीदेखि २ किलोमिटर टाढा भीडले उनीहरूलाई रोक्यो। प्रहरीमाथि आक्रमण गर्‍यो र उनीहरूलाई आफ्नो कब्जामा लियो।, भीडले उनीहरूसँगै गएका २० वर्षकी महिलाका बुवाको हत्या गरिदियो।, उजुरीमा उल्लेख भएअनुसार त्यसपछि भीडले तीन महिलालाई नांगै बनाएर भीडमा सँगै हिँडाउन थाल्यो। त्यहीबीचमा २० वर्षकी महिलाको सामूहिक बलात्कार भयो।, दिदीमाथि सामूहिक बलात्कार हुँदा बचाउन गएका उनका भाइलाई पनि भीडले मारिदियो।, मणिपुरमा यति अमानवीय र क्रुर घटना हुँदा पनि प्रहरी-प्रशासनले अहिलेसम्म दोषी पक्राउ गर्न नसकेको भन्दै अहिले भारतमा आक्रोश व्यक्त भइरहेको छ। विपक्षी दलहरू र सामाजिक सञ्जाल प्रयोगकर्ताले केन्द्र र प्रदेश सरकारमाथि प्रश्न उठाइरहेका छन्।, झन्डै चार महिनादेखि मणिपुरमा हिंसा फैलिएकोबारे प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि कुनै सार्वजनिक अभिव्यक्ति दिएका थिएनन्।, बिहीबार संसदको मनसुन सिजन सुरू हुनुभन्दाअघि मिडियालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले मणिपुरमा भएको उक्त घटना १४० करोड भारतीयका लागि लज्जाको विषय भएको बताए।, ‘मणिपुरमा भएको घटनाले १४० करोड भारतीयलाई लज्जा भएको छ। म सबै देशवासीलाई आश्वस्त पार्न चाहन्छु, यसमा संलग्न कसैले पनि छुट पाउने छैनन्,’ उनले भने।, यो घटनाका विषयमा भारतीय सर्वोच्च अदालतले पनि चासो देखाएको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश धनञ्जय चन्द्रचुदले बिहीबार मणिपुर घटनाको भिडिओ देखेर आफू विक्षिप्त भएको र सर्वोच्चले सरकारसँग घटनाबारे के-के भयो भनेर जानकारी लिने बताएका छन्।, किन हिंसा भड्कियो मणिपुरमा, मणिपुरमा हिंसाको पछिल्लो गत वैशाखदेखि भए पनि यसमा वर्षौं पुरानो जातीय द्वन्द्व जोडिएको छ।, गत अप्रिल १९ मा मणिपुरको उच्च अदालतले बहुसंख्यक मैतेई समुदायलाई अनुसूचित जनजातिको श्रेणीमा राख्ने विषयमा विचार गर्न राज्य सरकारलाई आदेश दिएको थियो। यस विषयमा विचार गर्नका लागि केन्द्र सरकारले पनि सिफारिस गर्न अदालतले भनेको थियो।, अदालतको उक्त आदेशविरूद्ध बुधबार अल ट्राइबल स्टुडेन्ट्स युनियन मणिपुरले राजधानी इम्फालबाट ६५ किलोमिटर टाढाको चुराचाँदपुरमा विरोध र्‍याली निकालेको थियो।  ‘आदिवासी एकजुट मार्च’ नाम दिइएको उक्त र्‍यालीमा हजारौं मानिस सहभागी भएका थिए।  र्‍यालीका क्रममा हिंसा भड्किएको थियो र त्यो पछि अरू ठाउँमा पनि फैलिएको थियो।, आदिवासीहरूले मैतेई समुदायलाई अनुसूचीत जनजातिको श्रेणीमा राख्न नहुने माग गरेका छन्।, राजधानी इम्फाल उपत्यकामा मैतेई समुदाय बस्छन्। इम्फाल उपत्यकाले मणिपुर राज्यको भू-भागको १० प्रतिशतमात्र ओगट्छ। तर यहाँ बस्ने मैतेई समुदायको जनसंख्या भने राज्यको कुल जनसंख्याको ६० प्रतिशतभन्दा बढी छ।, मणिपुरको ६० सदस्यीय विधान सभामा ४० जना सदस्य मैतेई समुदायका छन्। मैतेई हिन्दुबहुल समुदाय हो।, इम्फाल उपत्यकासँग जोडिएका पहाडी क्षेत्रमा भने विभिन्न आदिवासी जनजाति समुदायका मानिसहरू बस्छन्। यस्ता आदिवासीको जनसंख्या झन्डै ३५ प्रतिशत छ। विधान सभामा पनि उनीहरूको प्रतिनिधित्व एक तिहाइ मात्र छ।, मणिपुरको मौजुदा कानुनअनुसार मैतेई समुदायका मानिसहरूले इम्फाल उपत्यकाबाहिरका पहाडी क्षेत्रमा जग्गा जमिन किन्न पाउँदैनन्। पहाडी आदिवासीहरू भने इम्फालमा जग्गा किनेर बस्न सक्छन्।, मैतेईलाई अनुसूचीत जनजातिको श्रेणीमा राखे उनीहरूले अहिले नै सामाजिक, आर्थिक र राजनीतिक रूपले प्रभावशाली रहेको उक्त समुदायले आफूहरूलाई थप किनारा पार्ने आदिवासी जनजाति समुदायको चिन्ता छ। मैतेईले पहाडी क्षेत्रमा पनि जग्गा किन्न पाउने कानुन भए उनीहरूले आफ्नो जग्गा जमिन कब्जा गर्ने उनीहरूको चिन्ता छ।, मैतेईहरूले भने पहाडी क्षेत्रबाट आउने आदिवासी जनजाति समुदायले इम्फालमा जग्गा किन्न पाउने तर आफूहरूले उनीहरूको ठाउँमा जग्गा-जमिन किन्न नपाउने कानुन असमान भएको बताएको तर्क गरेका छन्।, (विभिन्न भारतीय सञ्चारमाध्यमका विवरणहरूमा आधारित।),  , मणिपुरबाट आएको भयावह भिडिओ
नवीनबाबु गुरूङ बर्खाकालको साउन महिना नारीका लागि विशेष हुन्छ।, साउन भगवान शिवको प्रिय महिना मानिने विश्वास गरिन्छ। साउनमै पनि सोमबारको त अझ विशिष्ट महत्व छ। साउने सोमबारका दिन भगवान शिवलाई पुकारा गरी पूजाआराधना गरेर व्रत बसे मनोकामना पूरा हुने जनविश्वास छ।, हरियो चुराको विशिष्ट महत्वले गर्दा अहिले बजार हरियो चुरा, पोतेले रौनक छाएको छ। हरियो चुरा अटल सौभाग्यको सौन्दर्य प्रसाधन मानिने हुँदा साउने सोमबारी व्रतमा महिलाले यो रोज्ने गरेका हुन्।, विवाहित नारी अटल सौभाग्य र अविवाहित युवती सुन्दर वर (दुलाहा) को कामनाले साउने सोमबारी व्रत बस्छन्।, साउने यो पर्वका अवसरमा हरियो चुरामात्र नभएर हरियो पोते, हरियो सारी र अन्य शृंगार प्रसाधनका पसल जताततै सजिएका छन्।, चुरासँगै अहिले मेहन्दीको व्यापार पनि फस्टाएको छ। साउनमा हरियो चुराजस्तै हत्केला, नाडी र नङमा मेहन्दी लगाउने चलन छ। साउनमा हत्केला, नङ, औंला र नाडीसम्म कलात्मक ढङ्गले लगाइने मेहन्दीले पतिपत्नीबीच प्रेममा प्रगाढता हुने र सर्पको भय नहुने विश्वास गरिन्छ। हरियो रङलाई समृद्धिको प्रतीक पनि मानिन्छ।, तस्बिरहरू:, साउने रमझम: मेहन्दी, हरियो चुरा र पोतेको (तस्बिरहरू)
सेतोपाटी संवाददाता व्यवसायी दीपक मल्होत्राले मंगलबार त्रिभुवन विमास्थलबाट बरामद भएको सुन आफूले नल्याएको बताएका छन्।, बिहीबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरेर मल्होत्राले बरामद भएको सुनमा आफ्नो कुनै सम्बन्ध नरहेको बताएका हुन्।, मंगलबार बरामद भएको झन्डै एक क्विन्टल सुन व्यवसायी मल्होत्राको भएको समाचार आएको थियो।, मल्होत्राले उक्त समाचारमा आफ्नो तस्बिर राखिएको र यसबारे आफूलाई सम्पर्क पनि नगरेको दाबी गरेका छन्।, उनले उक्त समाचारप्रति आफ्नो आपत्ति रहेको र त्यसको खण्डन पठाउने बताए।, ‘खण्डन नछापे म त्यो सञ्चारमाध्यमविरूद्ध कानुनी उपचारमा जान्छु,’ उनले भने।, उनले आफू कुनै अवैध धन्दामा संलग्न नरहेको र त्यसबारे सोच्दा पनि नसोचेको बताए।  , ‘मेरो संलग्नता पुष्टि भए म सबै कानुनी सजाय भोग्न तयार छु,’ उनले भने।   , दीपक मल्होत्राले भने- विमानस्थलबाट बरामद भएको सुनमा मेरो संलग्नता छैन
सेतोपाटी संवाददाता त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर छुटेको सुन बरामद भए पनि थप सुन हुनसक्ने आशंका गरिएको छ। , थप सुन लुकाएर राखेको हुनसक्ने आशंकामा काठमाडौंका विभिन्न ठाउँमा खोजी भइरहेको स्रोतले बतायो। विमानस्थलमा रहेका अन्य सामान पनि चेकजाँच भइरहेको छ।  , मंगलबार हङकङबाट क्याथे प्यासिफिकको जहाजमा आएको ब्रेक शुमा लुकाइएको अन्दाजी ८० देखि १०० किलो सुन बरामद भएको थियो। ब्रेक शु रेड ट्रेड कम्पनीले मगाएको थियो। , उक्त कम्पनीकै अन्य सामान पनि भन्सार कार्यालयमा भेटिएपछि कार्यालयमै जाँच गर्न थालेको हो। , भन्सार स्रोतका अनुसार १०-११ वटा प्याकेजहरू जाँच भइसकेका छन्। यद्यपि थप सुन फेला परिसकेको छैन। अझै १३ वटा प्याकेज बाँकी छन्। ती सामानको पनि जाँच भइरहेको स्रोत बताउँछ। , ‘हामीले १०-११ वटा हेरिसक्यौं। १३ वटा जतिमा हेर्न बाँकी छ। त्यसमा केही टाँसिएको छ भन्ने सूचना छ,’ उनले भने। , त्यससँगै यसमा संलग्न भएको आरोपमा ६ जना पक्राउ परेका छन्। उनीहरूसँगको सोधपुछ एवं सुराकको आधारमा कार्यालयले  थप अपरेसन जारी राखेको हो। , सशस्त्र प्रहरी स्रोतले काठमाडौंका केही ठाउँमा पनि खानतलासी लिएको छ। थप सुन भेटिने आशंकामा अपरेसन चलाइएको हो।, अहिले विमानस्थलमा राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना पनि पुगेका छन्। उनीसँगै भन्सार विभागका कर्मचारीहरू पनि खटिएर सुनको खोजीमा जुटेका छन्। , यता मंगलबार बरामद भएको सुन भने जोख्नका लागि नेपाल राष्ट्र बैंकको टक्सार कार्यालय पुर्‍याइएको छ। आठ वटा पोकामा उक्त सुन राखिएको छ।, यसमा संलग्न रहेको आरोपमा दोलखा घर हुने रामकुमार भुजेल, दिलिप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ पक्राउ परेका छन्। , एजेन्ट राजन राई र ट्याक्सी ड्राइभर अशोक लामा पनि पक्राउ परेका हुन्। , बा २ च २३२४ नम्बरको ट्याक्सी पनि विभागले बरामद गरेको छ। उक्त ट्याक्सीबाट नै सुन लग्ने तयारी भएको थियो। , यस घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास कसरी भएर निस्कियो भन्नेबारे छानबिन गर्न भन्सार विभाग अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा समिति गठन भएको छ। , समितिले भन्सार अधिकृत लगायत अन्य कर्मचारीहरूको संलग्नताबारे पनि छानबिन गर्न लागेको हो। , विमानस्थलभित्र थप सुन रहेको आशंकामा अपरेसन जारी
नवीनबाबु गुरूङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा पुर्‍याइएको छ।, बिहीबार दिउँसो राजश्व अनुसन्धानको कार्यालयबाट सुन बबरमहलस्थित टक्सार महाशाखामा पुर्‍याइएको हो।, महाशाखामा सुन परीक्षण र नापतौल गरिन्छ। त्यहाँ ८ वटा पोकामा १६० ढिक्का सुन नापजाँचका लागि लगिएको हो। राजश्व अनुसन्धान कार्यालयका कर्मचारी र सशस्त्र प्रहरी बलले उक्त सुन महाशाखामा पुर्‍याएको हो।, राजस्व अनुसन्धान विभागको टोलीले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास भएर निस्किएको ट्याक्सीबाट सुन बरामद गरेको थियो।, क्याथे प्यासिफिक एयरको जहाजमा मोटरसाइकल/ स्कुटरको ब्रेक शु भित्र सुन राखेर भित्र्याएको पाइएको हो। सुन अन्दाजी ८० देखि १०० किलो हुनसक्ने अनुमान छ।, उक्त प्रकरणमा प्रहरीले अहिलेसम्म ६ जनालाई पक्राउ गरिसकेको छ।  , ८ वटा पोकामा टक्सार महाशाखा पुर्‍याइयो विमानस्थलबाट बरामद गरिएको सुन (तस्बिरहरू)
सेतोपाटी संवाददाता कान्तिपुर टेलिभिजनले शनिबार बेलुकी प्रशारण हुँदै आएको ‘ह्वाट् द फ्लप’ शो बन्द गरेको छ।, गत असार २३ गते कार्यक्रम प्रस्तोता सन्दीप क्षेत्रीले बलात्कार अभियोगमा सफाइ पाएका पूर्णविक्रम शाह (पल)लाई बोलाएर अन्तर्वार्ता लिएपछि कार्यक्रम विवादमा परेको थियो।, कार्यक्रममा शाहले जेल अनुभव सुनाउँदा यौनजन्य हिंसापीडितहरूको भावनामा ठेस पुगेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। कान्तिपुर टेलिभिजनले त्यस दिनको कार्यक्रम युट्युबबाट हटाएको थियो।, बिहीबार कान्तिपुर टेलिभिजनले महिलाको स्वाभिमान र सामाजको चेतनालाई सम्मान गर्दै ‘ह्वाट द फ्लप’ कार्यक्रमको उत्पादन र प्रसारणसमेत पूर्णतः रोकिएको जानकारी गराएको छ।, ‘गत असार २३, शनिबार प्रसारित ‘ह्वाट द फ्लप’ मा छनोट गरिएका पात्रसँगको संवाद हाम्रो सम्पादकीय नीतिविपरीत रहेकाले उक्त भिडियो हामीले युट्युबबाट हटाइसकेका छौं । महिलाको स्वाभिमान र सामाजको चेतनालाई सम्मान गर्दै ‘ह्वाट द फ्लप’ कार्यक्रमको उत्पादन र प्रसारणसमेत पूर्णतः रोकिएको जानकारी गराउँछौं । चाँडै नै उत्कृष्ट कार्यक्रम लिएर आउने विश्वास दिलाउँछौं,’ कान्तिपुर टेलिभिजनले फेसबुक पेजमार्फत् जानकारी दिएको छ।,  , कान्तिपुर टेलिभिजनले बन्द गर्‍यो ‘ह्वाट् द फ्लप’ शो
रासस हिमाली जिल्ला मनाङका पशुमा लम्पी स्किनको सङ्क्रमण फैलिँदै गएको छ।जिल्लामा पहिलो पटक असार २४ गते पशुमा सङ्क्रमण देखिएको थियो।, जिल्लाका पशुमा हालसम्म लम्पी स्किनबाट दुई सय ३६ गाई, गोरु र याक सङ्क्रमित भएको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नारायण कुसुमले जानकारी दिए। उनका अनुसार ८९ गाई, ९६ गोरु र ५१ याक, नाक (झोपा) र चौँरी लम्पी स्किनबाट सङ्क्रमित भएका छन्।, ‘लम्पी स्किनको सङ्क्रमण फैलिँदै गएकाले नियन्त्रणका लागि भेटेरिनरी अस्पतालले खोपको व्यवस्थापन गरिरहेको छ,’ उनले भने, ‘लम्पी स्किन नियन्त्रण गर्न खोप र अन्य आवश्यक सामग्री भेटेरिनरी अस्पतालले व्यवस्थापन गर्नेछ।’, भेटेरिनरी अस्पतालले दुई हजार डोज खोप ल्याइसकेको छ। नार्पाभूमि गाउँपालिकामा बाहेक नासों गाउँपालिकामा ३६, चामे गाउँपालिकामा ९६ र मनाङ ङिस्याङ गाउँपालिकामा एक सय १४ पशुमा सङ्क्रमण देखिएको उनले बताए। चामे–२ स्थित थानचोक, मनाङ ङिस्याङको हुम्देस्थित क्युपार र नासों–२ को नाचे आलुबारीका पुशमा पनि सङ्क्रमणको जोखिम देखिएको छ।, ‘सरकारबाट बजेट व्यवस्थापन गर्न समस्या भएको अवस्थामा पालिकालाई हेर्नुपर्ने भनेका थियौँ, अहिले सरकारबाट खोपको व्यवस्थापन भइसकेको छ,’ उनले भने, ‘अब पालिकाले पशुको सहायक उपचारको लागि एन्टिबायोटिक सुई (जिट, मेलोक्सीकाम र रेष्टोवल इम्युनोवुष्टर)लगायत औषधि खरिद गर्न सक्ने छ।’, यी औषधि खरिदका लागि पालिकासँग सहकार्य गरिने प्रमुख कुसुमले उल्लेख गर्दै पशुपालक किसानको गोठमै पुगेर पशु प्राविधिकले लम्पी स्किन रोग नियन्त्रणका लागि खोप लगाउन पुग्ने गरेको जानकारी दिए।, रोग नियन्त्रणका लागि स्थानीय तहले पशु प्राविधिकलाई खटाएको छ। पशुमा लम्पी स्किन देखिनासाथ सगोलमा रहेका पशुलाई छुट्याएर राख्न सुझाव दिइएको, पशुलाई टोक्ने लामखुट्टे र झिङ्गाबाट जोगाउन पशुपालक किसानलाई सचेत गराउन लागिएको, बिरामी परेका पशुलाई स्याहारसुसार गर्न र  सङ्क्रमण नभएका पशुको नजिक नजान भनिएको र सरसफाइ गरेर मात्र अन्य वस्तुको स्याहार सुसार गर्न सुझाव दिइएको उनको भनाइ थियो।, हिमाली भेगमा पनि फैलियो लम्पी स्किन, ढल्न थाले चौँरी र याक
सेतोपाटी संवाददाता अवैध तरिकाले नेपालमा भित्रिएको ठूलो परिमाणको सुनसहित अहिलेसम्म ६ जना पक्राउ परेका छन्। , राजस्व अनुसन्धान विभागको टोलीले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास भएर निस्किएको ट्याक्सीबाट सुन बरामद गरेको थियो। , क्याथे प्यासिफिक एयरको जहाजमा मोटरसाइकल/ स्कुटरको ब्रेक शुभित्र सुन राखेर भित्र्याएको पाइएको हो। सुन अन्दाजी ८० देखि १०० किलो हुनसक्ने अनुमान छ। , पक्राउ पर्नेमा दोलखाका रामकुमार भुजेल, दीलिप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ छन्। एजेन्ट राजेन्द्र राई र ट्याक्सी ड्राइभर अशोक लामा पनि पक्राउ परेका छन्। , बा २ च २३२४ नम्बरको ट्याक्सी पनि विभागले बरामद गरेको छ। उक्त ट्याक्सीबाट नै सुन लग्ने तयारी भएको थियो। , यस घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास कसरी भएर निस्कियो भन्नेबारे छानबिन गर्न भन्सार विभाग अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा समिति गठन भएको छ। , समितिले भन्सार अधिकृत लगायत अन्य कर्मचारीहरूको संलग्नताबारे पनि छानबिन गर्न लागेको हो। विमानस्थलमा रहेका सिसिटिभी फुटेजमा पनि हेर्नेछ। , त्यस्तै, अहिलेलाई भन्सार जाँच पासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने तयारी समेत गरेको छ। अन्यको पनि संलग्नता खुले त्यस अनुसार कारबाही अघि बढाइने भन्सार विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए। , को हुन् सुनसहित पक्राउ परेका ६ जना?
सेतोपाटी संवाददाता मंगलबार बरामद भएको ठूलो परिमाणको सुनसहितको ब्रेक शुको तौल १५५ केजी रहेको पाइएको छ। , टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले सुनसहितको ब्रेक शुको तौल १५५ किलो रहेको बताएका हुन्।, ‘परीक्षण गर्न बाँकी नै छ। अरू धातुको मात्रा कति छ थाहा छैन’, उनले भने, ‘सिलबन्दी गरेर ल्याइएको छ।’, त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर छुटेको सुन बरामद भएको थियो। क्याथे प्यासिफिक एयरको जहाजमा मोटरसाइकल/ स्कुटरको ब्रेक शु भित्र सुन राखेर भित्र्याएको पाइएको थियो।, उक्त सुन जोख्नका लागि बिहीबार नेपाल राष्ट्र बैंकको टक्सार कार्यालय पुर्‍याइएको थियो।, आठ वटा पोकामा उक्त सुन राखिएको छ।, यसमा संलग्न रहेको आरोपमा दोलखा घर हुने रामकुमार भुजेल, दिलिप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ पक्राउ परेका छन्। , एजेन्ट राजन राई र ट्याक्सी ड्राइभर अशोक लामा पनि पक्राउ परेका हुन्। , बा २ च २३२४ नम्बरको ट्याक्सी पनि विभागले बरामद गरेको छ। उक्त ट्याक्सीबाट नै सुन लग्ने तयारी भएको थियो। , यस घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास कसरी भएर निस्कियो भन्नेबारे छानबिन गर्न भन्सार विभाग अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा समिति गठन भएको छ। , समितिले भन्सार अधिकृत लगायत अन्य कर्मचारीहरूको संलग्नताबारे पनि छानबिन गर्न लागेको हो। , * यसअघि अन्यथा पर्न गएकोमा सच्याइएको छ।- सम्पादक, यी पनि:, विमानस्थलभित्र थप सुन रहेको आशंकामा अपरेसन जारी, नेपालमा सुन तस्करी गरेको आशंकामा चिनियाँ नागरिक पक्राउ, ८ वटा पोकामा टक्सार महाशाखा पुर्‍याइयो विमानस्थलबाट बरामद गरिएको सुन (तस्बिरहरू), त्रिभुवन विमानस्थलको भन्सार जाँचपासका कर्मचारीलाई निलम्बन गर्ने तयारी, छानबिन समिति बनाइँदै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद, नेपालमा सुन तस्करी गरेको आशंकामा चिनियाँ नागरिक पक्राउ, विमानस्थलबाट बरामद गरिएको सुनसहित ब्रेक शुको तौल १५५ किलो*
सेतोपाटी संवाददाता अवैध रूपमा आएको सुन बरामदको घटनामा थप एक जना पक्राउ परेका छन्। , राजश्व अनुसन्धान कार्यालयले बिहीबार चिनियाँ नागरिकलाई पक्राउ गरेको हो। लिन जेछियाङ नामका ती चिनियाँ नागरिक नेपालमा अवैध सुन भित्र्याउने प्रमुख व्यक्ति हुनसक्ने देखिएको स्रोतले बतायो। , ‘अहिलेसम्मको अनुसन्धानमा उनी नै प्रमुख देखिन्छन्। थप अनुसन्धानबाट यो भन्दा माथिका मानिस समातिन सक्छन्,’ स्रोतले भन्यो। , बुधबार साँझ उनी बस्ने ठाउँमा राजश्व अनुसन्धान कार्यालय र त्यहाँ रहेको सशस्त्र प्रहरी बलको टोलीले छापा मारेको थियो। छापा मारेर उनको पासपोर्टहरू समेत बरामद गरेको थियो। , जसकारण उनी भाग्न सकेनन्। उनी अध्यागन कार्यालयमा पुगेको बेलामा पक्राउ परेका हुन्। उनी बिगत ४-५ महिनादेखि नेपालमा थिए। , मंगलबार विमानस्‍थलको भन्सार जाँचपास भएर निस्किएको ब्रेक शुबाट प्रहरीले अन्दाजी ८० देखि १०० किलो सुन बरामद गरेको अनुमान गरेको छ।, त्यसको यकिन गर्न कार्यालयले सुन राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको छ।, यसअघि यसै घटनामा संलग्न भएको आरोपमा छ जनालाई पक्राउ गरिएको छ।  , नेपालमा सुन तस्करी गरेको आशंकामा चिनियाँ नागरिक पक्राउ
नवीनबाबु गुरूङ नेपाली सेनाले काठमाडौंको सिनामंगलमा भेटिएको शंकास्पद वस्तुलाई निष्क्रिय पारेको छ। , बुधबार बिहान काठमाडौं मेडिकल कलेजबाट पुरानो बानेश्वर जाने सडकपेटीमा फेला परेको शंकास्पद वस्तुलाई निष्क्रिय पारेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। , नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई निष्क्रिय पारेको हो।, खोटाङ हलेसी ज्वेलर्स अगाडि उक्त शंकास्पद वस्तु फेला परेको हो। नेपाल उत्थान क्रान्तिकारी पार्टी लेखिएको पर्चा समेत फेला परेको थियो। उक्त घटनामा प्रहरीले एक जनालाई पक्राउ समेत छ।, प्रहरीले यस घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ।, सेनाले यसरी गर्‍यो सिनामंगलमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय (तस्बिरहरू)
सेतोपाटी संवाददाता सिसडोल–बञ्चरेडाँडावासीसँग सहरी विकास मन्त्रालयमा छलफल सुरू भएको छ।, काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा अवरोध गर्दै आएका नुवाकोटको सिसडोलवासी र धादिङको बञ्चरेडाँडावासीसँग सहरी विकास मन्त्रालयमा छलफल सुरू भएको हो।, ‘प्रभावित क्षेत्रबाट हामी ८–९ जना आएका छौं। सहरी विकास मन्त्रालयले बोलाएर आएका हौं,’ ककनी गाउँपालिका–१ वडाध्यक्ष घननाथ बजगाईंले सेतोपाटीसँग भने।, सहरी विकास मन्त्रालयले फोहोर व्यवस्थापनको सहजीकरण गरिरहेको छ।, यसअघि भएका सम्झौता कार्यान्वयनमा नआएको र फोहोरसँगै बस्नु परेको भन्दै बञ्चरेडाँडा क्षेत्रका स्थानीयले काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा रोक लगाएका थिए।, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको निर्देशन सहरी विकास मन्त्रालयले अटेर गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन्।, गत जेठ २१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएको निर्देशन कार्यान्वयनमा नआएपछि बाध्य भएर आन्दोलनको बाटो रोज्नुपरेको घननाथ बजगाईंले जानकारी दिए।, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रभावित क्षेत्रको समस्या सम्बोधन गर्नेगरी १० दिनभित्र प्रतिवेदन बुझाउन भने पनि सहरी विकास मन्त्रालयले अटेर गरेको बजगाईंले बताए।, ‘हाम्रो माग भनेकै प्रभावित क्षेत्रको १२ सयदेखि १५ सय रोपनी जग्गा अधिग्रहण हो। बञ्चरडाँडालाई केन्द्रमा राखेर त्यसको एक किलोमिटरदेखि डेढ किलोमिटर वरिपरिको जग्गा अधिग्रहण गरेर बस्ती खाली गर्दा समस्या समाधान हुन्छ। संघ सरकारलाई यसो गर्न गाह्रो छैन,’ उनले भने।, यसअघि ककनी गाउँपालिकाले साउन १ गतेदेखि फोहोर बोकेका साना गाडीबाट एक हजार र ठूला गाडीबाट १५ सय प्रतिटिप प्रवेश शुल्क लिने निर्णय गरेर आर्थिक ऐन पारित गरेको थियो।, त्यसविरूद्ध फोहोरमैला व्यवस्थापन संघले मुद्दा दर्ता गरेर सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइसकेको छ।, सिसडोल–बञ्चरेडाँडा क्षेत्रमा काठमाडौं उपत्यकाको फोहोर फाल्न थालिएको १८ वर्ष भयो। यो १८ वर्षमा ५० पटकभन्दा बढी आन्दोलन भएर सम्झौता भइसकेको छ। , तथापि त्यहाँको समस्या दीर्घकालीनरूपमा समाधान गर्न सरकारले चासो नदेखाएको स्थानीयको आरोप छ।,  , सिसडोल–बञ्चरेडाँडावासीसँग सिंहदरबारमा छलफल
रोहित महतो धनुषाको विदेह नगरपालिका–२ का सुरेशकुमार ठाकुरले भारतबाट सिभिल इन्जिनियरिङमा डिप्लोमा पूरा गरे। उनी आफ्नै देशमा जागिर गर्न चाहन्थे। कामको खोजीमा अनेक कन्सल्टेन्सी, संघसंस्था र सरकारी निकायहरू चहारे।, उनको प्रयास कतै सफल भएन। दैनिक घर खर्च जुटाउनु परिगयो। पढाइका क्रममा केही ऋण पनि लागेको थियो। आफ्नो देशमा काम नपाएपछि उनले वैदेशिक रोजगारीमा जाने विचार गरे।, डेढ वर्षअघिको कुरा, रोजगारीका लागि विदेश जाने तयारीमा लाग्दै गर्दा सबैला नगरपालिका–१०, अमरखानाका शिवनाथ ठाकुरले थाहा पाए। उनले सुरेशसँग सम्पर्क गरे अनि युरोपेली मुलुक पोल्यान्डको सपना देखाए।, अलिक राम्रो देश जान चाहेका सुरेश पोल्यान्ड जाने सपनाले गदगद भए। सबै प्रक्रिया मिलाउने र पठाउने जिम्मा शिवनाथले लिने भए। शिवनाथकी दिदीको घर पनि सुरेशकै गाउँमा छ। यही आधारमा सुरेशले विश्वास गरे।, ‘एकपटक पोल्यान्ड पुगेपछि जिन्दगी बनिहाल्छ, परिवारको गरिबी भाग्छ भन्यो। यति धेरै पैसा कमाउने लोभ दियो कि म पोल्यान्ड जान तुरून्तै तयार भएँ,’ सुरेशले भने, ‘विश्वास गरेर सबै कागजात बुझाएँ। गाउँबाट सयकडा तीन रुपैयाँ (३६ प्रतिशत) ब्याज तिर्ने गरी १० लाख रुपैयाँ ऋण लिएँ।’, गाउँको साहुले सजिलै ऋण दिने होइन। ब्याज ३६ प्रतिशत अनि १० लाख रुपैयाँ लिएर ३० लाख रुपैयाँ लिएको लिखत बनाएपछि मात्रै ऋण पाए।, शिवनाथले पोल्यान्डको वर्क परमिट, भिसा र अन्य आवश्यक कागजातहरू देखाए। सबै तयारी भयो भनेपछि सुरेशले पटकपटक गरेर बैंकमार्फत १२ लाख ९० हजार रुपैयाँ दिए। यति पैसा बुझाएको छ महिनाभन्दा बढी भयो, राहदानी बुझाएको त डेढ वर्ष भयो। तर जान पाएका छैनन्।, राहदानी बुझाएको केही दिनमै शिवनाथले वर्क परमिटको कागज पठाए। अनि दुई लाख रुपैयाँ मागे। सुरेशले तुरून्तै बैंकबाट पठाइदिए। पैसा पठाएको तीन महिनापछि पोल्यान्डको भिसा लागेको राहदानी दिए अनि साढे तीन लाख रुपैयाँ मागे। सुरेशले त्यो पनि पठाए।, सुरेश भिसा जाँच गर्ने विचारले जनकपुर गए तर त्यहाँ युरोपेली मुलुकको भिसा जाँच नहुने जानकारी पाए। शिवनाथले पोल्यान्ड जान दिल्लीबाट उड्नुपर्छ भनेका थिए।, सुरेश एक्लै थिएनन्, उनीजस्ता पाँच जना थिए। शिवनाथले पाँचै जनालाई दिल्ली लगे तर त्यहाँ एक महिना बस्दा पनि उडान भएन। एक दिन उनले रुस र युक्रेनको युद्धले अहिले उडान नहुने भयो भने।, आखिर पाँचै जना घर फर्के।, ‘ऋण लिएको पैसाको ब्याज बढेको बढ्यै भयो तर हामी पोल्यान्ड जाने कुनै छाँटकाँट देखिएन,’ सुरेशले भने, ‘हामीले दिनरात फोन गरेर छिटो पठाइदेऊ भन्दै कर गरेपछि एजेन्ट (शिवनाथ) ले टुरिस्ट भिसामा एक महिनाका लागि अजरबैजान जाऊ, यहाँबाट उडान हुन्छ भन्यो। हामी एक महिनाको भिसामा अरबैजान गयौँ।’, फेरि पैसा दिए।, अजरबैजान पुगेपछि एजेन्टले साढे चार लाख रुपैयाँ मागे। घरबाट तुरून्तै पठाइदिए तर पनि उडान भएन। त्यहाँ चिनजान भएका एक जना पाकिस्तानीसँग बसे। एक महिनाको भिसामा गएका सुरेश र उनका साथीहरू आजभोलि भन्दाभन्दै छ महिना त्यहीँ बसे। उडान भएन। अन्ततः उनीहरू घर फर्के।, ‘हामी गत डिसेम्बरमा घर फर्क्यौं। अजरबैजान बस्दा भएको खर्च पाकिस्तानी साथीलाई पठायौँ,’ सुरेशले भने, ‘एजेन्टले तीन महिनापछि पैसा फिर्ता दिने भन्यो तर दिएन। अहिले त फोन पनि उठाउँदैन, उठायो भने धम्की दिन्छ, जे गर्नु छ गर भन्छ। न पासपोर्ट फिर्ता दियो न पैसा।’, ठगीमा परेको पक्का भएपछि सुरेशले गत असार २१ गते शिवनाथविरूद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी गरेका छन्।, जिल्ला प्रशासन कार्यालय, धनुषा परिसरमा रहेको आप्रवासी स्रोत केन्द्रका अनुसार चालु आर्थिक वर्षमा मात्रै वैदेशिक रोजगारीमा जाने क्रममा तीन सय जनाभन्दा धेरै ठगिएको भन्ने उजुरी परेको छ। तीमध्ये अधिकांश खाडी मुलुकमा जान चाहनेहरू छन्।, ठगीमा परेका औरही गाउँपालिका–३, कपटौलका २५ वर्षीय वीरु दास एजेन्टलाई दिएको पैसा र पासपोर्ट फिर्ताका लागि जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय धाइरहेका छन्। उनले उजुरी गरेको छ महिना भयो।, विरुसँगै उनकै गाउँका अक्षय दास, इन्द्रजित दास, रामसुख दास र लक्ष्मी दासले गणेशमान चारनाथ नगरपालिका, बरमझियाका एजेन्ट सुरेश साहलाई पचास–पचास हजार रुपैयाँ दिएका थिए। तीन लाख रुपैयाँमा मलेसिया पठाइदिने भनेकोमा पैसा लिएपछि एजेन्टले फोन उठाउन छाडेको छ।, ‘काठमाडौं लगेर उसले मेडिकल गर्न लगायो। एडभान्स भनेर पैसा मागेपछि हामी पाँच जनाले ५०–५० हजार दियौँ। पैसा बैँकबाट लिन मानेन,’ वीरुले भने, ‘पैसा लिएदेखि एजेन्ट सम्पर्कविहीन छ।’, ठगीमा परेपछि पाँचै जनाले आप्रवासी स्रोत केन्द्रमा उजुरी गरे तर एजेन्ट सम्पर्कमा आएन। यसपछि उनीहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिए।, वीरुले भने, ‘जिल्ला प्रहरी कार्यालयमा डिएसपी, एसपी सबैलाई भन्यौँ तर वैदेशिक रोजगारीसम्बन्धी मुद्दा हामीले हेर्ने होइन भने।’, उनीहरूसँग एजेन्टलाई पैसा दिएको कागजी प्रमाण छैन।, ‘वैदेशिक रोजागरीसम्बन्धी मुद्दा चलाउने हामीले होइन। पीडित हामीकहाँ आउँदा दुबै पक्षबीच छलफल गराइदिने गरेका छौं,’ धनुषााका डिएसपी वेदप्रसाद गौतम भन्छन्, ‘मुद्दा त (वैदेशिक रोजगार) विभागले चलाउने हो।’, यस्तै किसिमले बटेश्वर गाउँपालिका–४ का राजेश महतो पनि ठगिएका छन्। सम्पत्ति बेच्दा पनि आमाको उपचार र बहिनीको बिहेको ऋण तिर्न नपुगेपछि उनी विदेश जाने विचार गरेका थिए।, उनी मुखियापट्टी मुसहरनियाँ गाउँपालिका, फेचहाका रामप्रसाद यादवको सम्पर्कमा पुगे।, राजेशसँगै उनका मामा राजकुमार महतो पनि विदेश जाने भए। गत चैत ५ गते काठमाडौं पुगेर दुबै जनाले रामप्रसादले भने अनुसार मेडिकल परीक्षण गराए। भिसा प्रक्रियाका लागि भनेर दुबै जनाले ५०–५० हजार रुपैयाँ दिए।, केही दिनपछि रामप्रसादले भिसा आइसक्यो उड्नका लागि बाँकी पैसा पनि व्यवस्था गरिराख्नू भनेर खबर गरे। मामाभान्जाले ऋण लिएर पैसा जम्मा गरे तर उनीहरू उड्ने दिन आएन।, ‘हामीलाई धेरै पटक काठमाडौँ बोलाएर खर्च गरायो। उडाउन पनि उडाउँदैन, पासपोर्ट (राहदानी) पनि फिर्ता गर्दैन,’ राजेशले भने, ‘अहिले त तिमीहरूको बारेमा म केही पनि जान्दिनँ भन्छ।’, आप्रवासी स्रोत केन्द्रमा सहजकर्ताको भूमिकामा रहेका हेल्भटास नेपालका अधिकृत देवनारायण मण्डलका अनुसार वैदेशिक रोजगारीका नाममा धनुषामा मात्रै सरदर दिनको एक जना ठगीमा पर्छन्। देशभरिमै वैदेशिक रोजागरीमा जानेको संख्या सबैभन्दा धेरै धनुषामा छ।, गाउँका कतिले त उजुरी नै गर्दैनन्। आप्रवासी स्रोत केन्द्रले आएका उजुरीमा दुबै पक्षलाई छलफलमा बोलाएर पैसा र पासपोर्ट फिर्ता गराउने काम गर्छ। यहाँबाट हुन सकेन भने वैदेशिक रोजगार विभागमा उजुरी गर्न सल्लाह दिन्छ।, देवनारायणका अनुसार वैदेशिक रोजगारीका नाममा युवाहरू मुख्यतः तीन कारणले ठगिन्छन्। पैसा र पासपोर्ट बुझाउनुअघि पर्याप्त सूचना नलिनु नै ठगिनुको मुख्य कारण हो।, ‘मधेशका युवा गाउँका एजेन्टका भरमा विदेश जान्छन्। यस्तो एजेन्टलाई सरकारले मान्यता दिएको छैन। युवाहरू छिटो काम गर्न एजेन्टका भरमा पर्छन्,’ उनी भन्छन्, ‘मेनपावर कम्पनीमा गएर डिमान्ड हेरेर कुरा गर्ने र सबै जानकारी लिने हो भने ठगिने सम्भावना हुँदैन।’, ठगिनुको दोस्रो कारण एजेन्टलाई कुनै लिखित प्रमाणबिना पैसा दिनु हो।, देवनारायण भन्छन्, ‘बैंकमार्फत् दिने वा नगदै दिँदा पनि १० जना जति साक्षी राखेर दिने हो भने फिर्ता लिन सजिलो हुन्छ। यहाँ त विश्वासका भरमा एजेन्टलाई नै दुई–तीन लाख रुपैयाँ दिन्छन्। एजेन्टले प्रमाण देखाऊ भन्छ।’, सोझै मेनपावर कम्पनी नभएर एजेन्टकहाँ जानु ठगिनुको तेस्रो कारण हो।, वैदेशिक रोजगारीमा जाने युवाको संख्या सबैभन्दा धेरै मधेश प्रदेशमा भए पनि यहाँ मेनपावर कम्पनी छैनन्। यसकारणले पनि युवाहरू एजेन्टका भरमा पर्छन्। एजेन्टहरूले माग नै नआई प्रमाणबिना पैसा लिन्छन्। यसो गर्दा युवाहरू ठगिन्छन्।, वैदेशिक रोजगारीका नाममा यसरी ठगिन्छन् युवाहरू
सेतोपाटी संवाददाता काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , बुधबार बिहान सिनामंगलको खोटाङ हलेसी ज्वेलर्स अगाडि शंकास्पद वस्तु फेला परेको थियो।, उक्त शंकास्पद वस्तु राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौं‌का प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। , उनका अनुसार पक्राउ पर्नेमा रौतहटका खजाञ्ची पासवान छन्। , ‘एक जना पक्राउ परेका छन्। अरू हेर्दैछौं,’ एसएसपी कार्कीले भने। , बिहान साढे ६ बजेतिर आएर शंकास्पद वस्तु हालेको सिसिटिभी फुटेजमा देखिएको एआइजी श्याम ज्ञवालीले बताए। , ‘त्यसपछि सिसिटिभी फुटेजबाट मनिटर गर्ने क्रममा ती व्यक्ति फेला परेका हुन्’, उनले भने, ‘घटनापछि त्यहाँ खटिएको सशस्त्र प्रहरीको पछाडि बसेर लुकेर हेरिरहेका थिए। मनिटरमा देखिएको हुलिया अनुसार मिलेकोले उनलाई पक्रेका हौं।’, सिसिटिभीमा दुई जना युवाहरू आएर शंकास्पद वस्तु राखेर गएको देखिएको उनले बताए।, ज्वेलर्स अगाडि फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिसकेको छ। त्यसमा बिस्‍फोटक पदार्थ नरहेको सेनाले जनाएको छ। , ज्वेलर्स अगाडिबाट प्रहरीले एउटा पर्चा पनि बरामद गरेको छ। जसमा नेपाल उत्थान क्रान्तिकारी पार्टी उल्लेख छ। , प्रहरीको पछाडि बसेर शंकास्पद वस्तु हेरिरहेका थिए सिनामंगलमा पक्राउ परेका पासवान
सेतोपाटी संवाददाता नेपालमा डेंगी देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागु गरेको छ।, सरकारले अहिलेसम्म डेंगी नियन्त्रण कार्यक्रम गर्दै आए पनि स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको यो पहिलो पटक हो।, यसअघि सरकारले डेंगी रोकथामका लागि वार्षिक कार्यक्रम गर्दै आएको थियो। यस पटक डेंगी नियन्त्रणका लागि स्पष्ट वार्षिक कार्ययोजना बनाई ७७ वटै जिल्लामा कार्यान्वयनका लागि पठाइसकेको छ।, सरकारले बनाएको कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास रोक्ने उपाय, उपचार पद्धति, स्थानीय तह,  रेडक्रस लगायतका स्वास्थ्यसँग सम्बन्धित संस्थाहरूको भूमिका बारेमा स्पष्ट पारिएको छ।, बुधबार ,न्युज एजेन्सी नेपाल,सँगको कुराकानीमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख रूद्र मरासिनीले बढी जोखिम भएका ९२ वटा स्थानीय तहमा एक्सन प्लानसहित विशेष सर्कुलर जारी गरेको बताए।, ‘डेंगीको जोखिम बढ्नसक्छ भनेर केही कार्ययोजना बनाएका छौं। यो वर्षको कार्ययोजना बनिसकेको छ। कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास कसरी रोक्ने? उपचारमा केके गर्ने? स्थानीय तहको भूमिका के हो? रेडक्रसको भूमिका के हो? भन्ने विषय समेटेका छौं’, मरासिनीले भने, ‘कार्ययोजना ७७ वटै जिल्लामा पठाइसकेका छौं। बढी जोखिम भएका ९२ वटा पालिकामा एक्सन प्लानसहित विशेष सर्कुलर गरिसकेका छौं। बढी जोखिम भएका ठाउँहरू काठमाडौं ललितपुर,भक्तपुर चितवन र मकवानपुरका सरोकारवालाहरूसँग बसेर कार्यक्रम गरिसकेका छौं।’, डा. मरासिनीले नेपालमा सन् २००४ देखि हालसम्म १९ वर्षको अवधिमा ८३ हजार ६८१ जनामा डेंगी संक्रमण देखिएको बताए।, उनले पछिल्लो तथ्याङ्क अनुसार असार ३० सम्म २ हजार ९ सय ३० जनामा डेंगी संक्रमण देखिएको उल्लेख गरे।, उनले भने, ‘सन् २००४ देखि २०२३ सम्म १९ वर्षको अवधिमा ८३ हजार ६८१ जनामा डेंगी संक्रमण देखिएको छ। पछिल्लो तथ्याङ्कअनुसार असार ३० सम्म २ हजार नौ सय ३० जनामा डेंगी संक्रमण देखिएको छ।’, मरासिनीले डेंगीको रोकथामका लागि संघ, प्रदेश र स्थानीय तहबिच समन्वय भइरहेको पनि बताए। , सरकारको प्राथमिकता लामखुट्टे बस्ने ठाउँहरूको नष्ट गर्नु,  घर आँगन, कार्यालय वरीपरी पानी जमेको ठाउँको नष्ट गर्नु रहेको बताए।, लामखुट्टेको वृत्तिविकास खासगरी सफा र सङ्लो पानी जम्मा भएको ठाउँमा हुने बताए।, अहिले पनि देशभरका धेरै ठाउँहरूबाट केसहरू बढ्दै गएको उनको भनाइ छ।, लामखुट्टेको वृत्तिविकास हुन नदिने वातावरणको सृजना गर्नुपर्ने आवश्यकता औंल्याए। , उनले मनसुन बढेसँगै डेंगीका बिरामीको संख्या बढेको बताए।, ‘प्रदेश र संघ सरकारबीच समन्वय राम्रो छ। उहाँहरूसँग हामीले छलफल गरिरहेका छौं। स्थानीय तह त्यसमा पनि जोखिम बढी भएका स्थानीय तहहरूसँग हामीले समन्वय गरेका छौं। यद्यपि यसको गम्भिरताका बारेमा सबै स्थानीय तहका जिम्मेवार अधिकारीहरूमा जानकारी नभएको हुनसक्छ। हामी सबैको प्राथमिकता के हो भने डेंगी सार्ने लामखुट्टेको वृत्तिविकास सङ्लो पानीमा हुन्छ। थोरै पानी जम्यो भने पनि त्यसमा लामखुट्टेले अण्डा पारेर लामखुट्टे बढ्छ। त्यसकारण प्रत्यक दिन हाम्रो घर आँगन, कार्यालय वरिपरि घुमेर पानी जमेको ठाउँ कतै छ भने पानी भएको ठाउँ नष्ट गर्नुपर्छ।’ उनले थपे। , ‘डेँगु बर्षायामको शुरुसँगै बढ्ने किटजन्य रोग हो । एडिस एजिप्टाई÷एल्बोपिक्टर्स जातको संक्रमित  लामखुट्टेको टोकाइबाट यो रोग सर्छ । एक जना संक्रमित बिरामीबाट अर्को बिरामीमा सार्छ । लामखुट्टेको वृत्ति विकास खासगरी सफा र सङ्लो पानी जम्मा भएको ठाउँमा हुन्छ । अहिलेपनि देशभरका धेरै ठाउँहरुबाट केसहरु बढ्दै गएको अवस्था देखिन्छ । गत वर्ष जुलाई, अगष्ट र सेप्टेम्बरमा करिब ५४ हजारमा डेंगी संक्रमण देखिएको थियो । गत जुलाई १५ सम्म करिव तीन हजार केस रिपोर्टिङ भइसकेको छ ।’, डा.मरासिनीले डेंगी रोकथाममा सरकार गम्भीर भएर लागेको बताए।, लामखुट्टेलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा आम नागरिकमा सचेतना पुर्‍याउनुपर्ने बताए।, डेंगी सरूवा रोग भएकाले आफ्नो ठाउँबाट सबैले सचेत भएर लाग्नुपर्ने बताए।, उनले अस्पतालहरू पनि सतर्क र सुदृढ हुन जरूरी रहेको बताए।, ‘डेंगी रोकथाम नै नभएको भन्ने त होइन। यो सरूवा रोग हो। हामीले यसमा काम गरेनौं भने विकराल अवस्था आउँछ थाम्नै नसक्ने अवस्था आउँछ। अपेक्षाकृत रूपमा केस बढ्दै जानु भनेको हामी पनि सजग हुनुपर्छ र रोकथाममा काम गर्नुपर्छ भन्ने हो। अस्पतालहरू पनि सुदृढ हुन जरूरी छ। डेंगीको रोकथाममा स्थानीय तह र आम मानिसको योगदान नै बढी हुने हुनाले जबसम्म उहाँहरू सचेत हुनुहुन्न, डेंगी बिरामी सार्ने लामखुट्टेको वृत्ति विकास कसरी हुन्छ? र लामखुट्टेलाई कसरी हामीहरूले नियन्त्रण गर्ने भन्ने विषयमा आम जनताहरूको सचेतना पुग्दैन। तबसम्म नियन्त्रणको काम जटिल हुन्छ,’ उनले भने।, सरकारले बनायो डेंगी रोकथाम र नियन्त्रणको कार्ययोजना
सेतोपाटी संवाददाता ग्यास बुलेटको टुलबक्समा लुकाइएको ७० किलो गाँजासहित दुई जना पक्राउ परेका छन्। बुधबार दिउँसो साढे १ बजेतिर राप्ती-१ लोथरबाट गाँजासहित उनीहरु पक्राउ परेका हुन्।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर कार्कीले भारतीय नम्बर प्लेटको खाली ग्यास बुलेटको सिटमूनि र टुलबक्समा लुकाइएको ११ पोका गाँजा नियन्त्रणमा लिइएको जानकारी दिए।, खैरहनी पर्साबाट पूर्वतर्फ जाँदै गरेको ग्यास बुलेटमा चेक जाँच गर्ने क्रममा गाँजा फेला परेपछि दुई जना व्यक्तिलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको उनले बताए।, पक्राउ पर्नेहरू भारतको झारखण्ड कोर्डमा बस्ने ३५ वर्षीय मनोजकुमार पासवान र मकवानपुरको मनहरी-७ का ४५ वर्षीय राजु वाइवा हुन्। दुबै जना गाडीका चालक हुन्।, 'प्रारम्भिक अनुसन्धानमा यो गाँजा भारततर्फ लैजान लागेको बुझिएको छ,' एसपी कार्कीले भने, 'चितवन, मकवानपुरको पहाडी क्षेत्रमा लगाइएको गाँजा हुनसक्छ।', भारतीय ग्यास बुलेटको टुलबक्समा लुकाइएको ७० किलो गाँजासहित दुईजना पक्राउ
नवीनबाबु गुरूङ काठमाडाैं महानगरपालिकाले अनामनगरस्थित भद्रकुमारी घले सेवा सदनमा डोजर चलाएको छ। , सार्वजनिक जग्गा कब्जा गरेर 'भद्रकुमारी घले सेवा सदन' सञ्चालन गरेपछि उक्त भवन खाली गराइएको महानगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए। , उनका अनुसार नगर प्रहरीले तीन दिनअघि नै भवन खाली गर्न निर्देशन दिएको थियो। तर समय बितिसक्दा पनि खाली नगराएपछि डोजर चलाइएको उनले बताए। , 'अहिले सार्वजनिक जगामा भएको संरचना हटाउने काम भइरहेको छ,' उनले भने, उक्त भवनमा २०६२ सालदेखि आश्रम सञ्चालन गरिरहेको छ। त्यहाँ असहाय अशक्त वृद्धवृद्धाहरुलाई आश्रय दिइरहेकाे छ। , अब त्यहाँ रहेका सबैलाई मानव सेवा आश्रममा लगिने महानगरपालिकाले जनाएको छ।, यस्तै, त्यहाँको विद्यालय व्यवस्थापन महानगरकाे शिक्षा विभागले गर्ने बताइएको छ।, तस्बिरहरूः, काठमाडौं महानगरले हटायो भद्र घले सदनको अनधिकृत संरचना (तस्बिरहरू)
सेतोपाटी संवाददाता कर्तव्य ज्यान मुद्दामा १४ वर्ष कैद सजाय तोकिएका पुरूष ८ वर्षपछि पक्राउ परेका छन्।, पक्राउ पर्नेमा मुस्ताङको थासाङ गाउँपालिका -२ घर भई  काठमाडौंको जोरपाटी बस्दै आएका ४६ वर्षीय सम्राट शेरचन छन्।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई मंगलबार गोकर्णश्वर नगरपालिका-८ अत्तरखेलबाट पक्राउ गरेको हो।, कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले ०७२  भदौ १ गते उनलाई  १४ वर्षको जेल सजाय सुनाएको थियो। त्यसयता उनी फरार रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए , उनीविरूद्ध  ०६६ मा राधा पुनले जाहेरी दिएका थिए। त्यतिबेला मुस्ताङ जिल्ला अदालतले शेरचनलाई एक वर्ष चार महिना कैद सुनाएको थियो। , त्यसविरूद्ध पुनरावेदन दिएका उनीविरूद्ध  बागलुङ अदालतले जन्मकैदको सजाय सुनाएको थियो। पुनरावदेनको आदेशविरुद्ध सर्वोच्चले उनलाई १४ वर्षको कैद सजाय सुनाएको हो। , पक्राउ परेका सम्राटलाई  फैसला कार्यान्वयनक‍ा लागि काठमाडौं जिल्ला अदालतमा पठाएको छ। , ८ वर्षपछि पक्राउ परे कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त
सेतोपाटी संवाददाता सुनसरीको सप्तकोशी किनारमा भएको कुटपिटको घटनामा थप दुई जना पक्राउ परेका छन्। , जिल्ला प्रहरी कार्यालय सुनसरीले थप दुई जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो। , कुटपिट गरेको आरोपमा बराहक्षेत्र नगरपालिका-८ की १८ वर्षीया दुर्गा राई र २२ वर्षीया बिनिता उराँउ पक्राउ परेका छन्। , उनीहरूलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक राजेश दत्तको कमाण्डमा खटिएको टोलीले मंगलबार पक्राउ गरेको हो। यसअघि सुनसरी बराहक्षेत्र नगरपालिका-१० की १९ वर्षीया प्रिति लिम्बु पक्राउ परिसकेकी थिइन्।, घटना गत असार २९ गते बराहक्षेत्र नगरपालिका चिहानडाँडामा भएको थियो। पाँच जना युवतीहरूको समूहले बराहक्षेत्र-९ की १९ वर्षीया मनिषा राईसहित तीन जनालाई बोलाएका थिए। अन्य दुई पीडित नाबालिग हुन्। , उनीहरूलाई चिहानडाँडामा बोलाएर कुटपिट गरेका थिए।  , त्यस्तै कुटपिट गरेपछि आफैले भिडिओ बनाएर सामाजिक सञ्जालमा समेत राखेको प्रहरीले जनाएको छ।, घटनामा संलग्न रहेको आरोपमा दुई जना फरार छन‍्। उनीहरूको खोजी भइरहेको कार्यालयले जनाएको छ। , सप्तकोशी किनारमा कुटपिट घटना: थप दुई जना युवती पक्राउ
सेतोपाटी संवाददाता मलेखु-धादिङवेशी सडकखण्ड अवरूद्ध भएको छ।, जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी सन्तु जैसवालका अनुसार बुधबार मध्याह्न नीलकण्ठ नगरपालिका-८ च्याडु घुम्तीनजिकै सडक माथिबाट खसेको पहिरोले दुबैतर्फ सडक अवरुद्ध बनाएको हो।, अवरूद्ध सडक खुलाउने क्रम जारी भइरहेको डिएसपी जैसवालले बताए।, ‘ठूला-ठूला ढुंगाहरू खसेका छन्, रूखहरू पनि ढलेका छन्,’ डिएसपी जैसवालले भने।, स्काभेटर परिचालन गरी पहिरो पन्छाउने कार्य भइरहेको र अझै केही समय लाग्ने जैसवालले  बताए।, पहिराका कारण काठमाडौंबाट धादिङ सदरमुकाम धादिङवेशी हिँडेका र धादिङबाट काठमाडौं जान लागेका सवारी साधन बीचमै  रोकिएका छन्।,  ,  , पहिरोले मलेखु-धादिङवेशी सडक अवरूद्ध
सेतोपाटी संवाददाता भक्तपुरको साँगामा बस खस्दा आठ जना घाइते भएका छन्। , काठमाडौंबाट काभ्रे जाँदै गरेको बा ४ ख ९३९६ नम्बरको बस साँगामा खसेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए। , उनका अनुसार दुर्घटनामा ८ जना घाइते भएका छन्। उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ। , मध्यपुर थिमी अस्पतालमा पाँच जना र डा. इवामुरा अस्पतालमा तीन जनाको उपचार भइरहेको हो। , उक्त बसमा सवार अन्यको पनि प्रहरीले उद्धार गरिसकेको छ। उक्त बसमा अन्दाजी १५-२० जना सवार थिए।, के कारणले दुर्घटना भएको हो भन्नेबारे अनुसन्धानपछि थाहा हुने डिएसपी पाठकले बताए। ,  , साँगामा सडकबाट बस खस्दा ८ जना घाइते
सेतोपाटी संवाददाता सिसडोल र बञ्चरेडाँडा क्षेत्रको समस्या समाधान गर्न सहरी विकास मन्त्रालयले तदारूकता देखाए पनि काठमाडौं उपत्यकाको फोहोर भने तत्काल विसर्जन नहुने भएको छ।, बुधबार आन्दोलनरत बञ्चरेडाँडा– सिसडोलवासीसँग सहरी विकास मन्त्रालयमा छलफल भएको थियो। , छलफलले ठोस समाधान दिन नसकेको र आइतबार बस्ने उपत्यकाका मेयर फोरमको बैठकपछि मात्रै टुंगो लाग्ने ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईंले जानकारी दिए।, आजको छलफलमा सिसडोल र बञ्चरेडाँडामा अव्यवस्थित तवरले फालिएको फोहोर व्यवस्थापन गर्ने र प्रकोपको रूप लिएको झिँगा नियन्त्रण गर्नेबारे कुराकानी भएको वडाध्यक्ष बजगाईंले जानकारी दिए।, ‘फोहोरलाई १५ सेन्टिमिटर माटोले पुर्नेबारे कुराकानी भएको छ। त्यस्तै झिँगा नियन्त्रणका लागि बिहीबार नै चिकित्सक सहितको टोली पठाउनेबारे छलफल भयो,’ उनले सेतोपाटीसँग भने, ‘नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले त्यस क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन गरेर तीन महिनाभित्र प्रतिवेदन बुझाउने र त्यसपछि जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाउने सैद्धान्तिक कुराकानी भएको छ।’, सहरी विकास मन्त्रालयमा आज भएको छलफल अनुसार आइतबार काठमाडौं उपत्यकाका २३ वटा स्थानीय तह, ककनी गाउँपालिका र धुनीबेसी नगरपालिकाको संयुक्त बैठक बसेर वैज्ञानिक ढंगले फोहोर व्यवस्थापनबारे छलफल गर्ने समझदारी भएको उनले बताए।, गत जेठ २१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएअनुरूप सहरी विकास मन्त्रालयले आइतबार बेलुका प्रतिवेदन बुझाउने तयारी गरेको छ।, ‘त्यसपछि प्रधानमन्त्रीले फोहोर व्यवस्थापनको सहजीकरणका लागि मन्त्रालयलाई जिम्मेवारी दिनुहोला,’ उनले भने।, आजको बैठकमा ककनी गाउँपालिका वडा नम्बर १ र ३ का वडाध्यक्ष तथा १०–१२ जना स्थानीय सहभागी रहेको बजगाईंले बताए। सहरी विकास मन्त्रालयका तर्फबाट भने मन्त्री सीता गुरूङ, सोही मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयोजना प्रमुख रवीन्द्र बोहोरा थिए।, आजै काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृतसँग छलफल गरेर फोहोर पुर्न थालिने प्रतिबद्धता सहरी विकास मन्त्रालयले गरेको उनले बताए।, ‘आजै सहरी विकास मन्त्रालयका अधिकारी र काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत बैठक बसेर फोहोर पुर्न थालिने बताउनु भएको छ। काठमाडौं महानगरपालिकाले नगरे सहरी विकास मन्त्रालय आफैंले तदारूकता देखाउने उहाँहरूको कुरा छ,’ उनले भने।, यसपछिमात्रै काठमाडौंको फोहो बञ्चरेडाँडा जाने पनि उनले बताए।, ‘त्यहाँको फोहोर नपुरी, झिँगा नियन्त्रण नगरी काठमाडौंको फोहोर जाँदैन,’ उनले भने।, बञ्चरेडाँडा र सिसडोलवासीले फोहोर विसर्जनमा रोक लगाएपछि काठमाडौंमा फोहोर उठ्न मंगलबारदेखि नै ठप्प छ।, यसअघि भएका सम्झौता कार्यान्वयनमा नआएको र फोहोरसँगै बस्नु परेको भन्दै बञ्चरेडाँडा क्षेत्रका स्थानीयले काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा रोक लगाएका छन्।, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको निर्देशन सहरी विकास मन्त्रालयले अटेर गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन्।, गत जेठ २१ गते प्रधानमन्त्री प्रचण्डले दिएको निर्देशन कार्यान्वयनमा नआएपछि बाध्य भएर आन्दोलनको बाटो रोज्नुपरेको बजगाईंले जानकारी दिए।, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रभावित क्षेत्रको समस्या सम्बोधन गर्नेगरी १० दिनभित्र प्रतिवेदन बुझाउन भने पनि सहरी विकास मन्त्रालयले अटेर गरेको बजगाईंले बताए।, ‘हाम्रो माग भनेकै प्रभावित क्षेत्रको १२ सयदेखि १५ सय रोपनी जग्गा अधिग्रहण हो। बञ्चरडाँडालाई केन्द्रमा राखेर त्यसको एक किलोमिटरदेखि डेढ किलोमिटर वरिपरिको जग्गा अधिग्रहण गरेर बस्ती खाली गर्दा समस्या समाधान हुन्छ। संघ सरकारलाई यसो गर्न गाह्रो छैन,’ उनले भने।, यसअघि ककनी गाउँपालिकाले साउन १ गतेदेखि फोहोर बोकेका साना गाडीबाट एक हजार र ठूला गाडीबाट १५ सय प्रति टिप प्रवेश शुल्क लिने निर्णय गरेर आर्थिक ऐन पारित गरेको थियो।, त्यसमा फोहोरमैला व्यवस्थापन संघले मुद्दा दर्ता गरेर सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइसकेको छ।, सिसडोल–बञ्चरेडाँडा क्षेत्रमा काठमाडौं उपत्यकाको फोहोर फाल्न थालिएको १८ वर्ष भयो। सुरूमा आलेटार, त्यसपछि सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा विसर्जन गरिँदै आएको छ। बञ्चरेडाँडामा अघिल्लो वर्षको जेठदेखि फोहोर फाल्न थालिएको हो।, यो १८ वर्षमा ५० पटकभन्दा बढी आन्दोलन भएर सम्झौता भइसकेको छ। , तथापि त्यहाँको समस्या दीर्घकालीनरूपमा समाधान गर्न सरकारले चासो नदेखाएको स्थानीयको आरोप छ।, उपत्यकाको फोहोर वैज्ञानिक ढंगले व्यवस्थापन नहुँदा नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेसी नगरपालिका आक्रान्त बन्न पुगेको छ।, ककनी र धुनीबेसी १ नम्बर वडामा घरघरै दीर्घ रोगी बढेको बजगाईंले जानकारी दिए। महिनामा २ जनाका दरले आर्थिक सहायता दिनुपर्ने विकराल अवस्था रहेको उनले बताए। , सिसडोल–बञ्चरेडाँडावासी सँगको छलफल आज पुगेन टुंगोमा
सेतोपाटी संवाददाता रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सडक किनारका विद्युतका पोलहरूमा जथाभावी टाँगिएका विभिन्न सेवाप्रदायक कम्पनीका तारहरू व्यवस्थित बनाउन सुरू गरेको छ।, मेयर रामकृष्ण खाणले आफैंले विद्युतको पोलमा चढेर जथाभावी झुण्डाइएका तारलाई हटाएर उक्त कार्यको सुरूआत गरेका हुन्।, बुधबार बिहान बुटवल र तिलोत्तमाको सीमा क्षेत्र योगिकुटी चोकबाट उक्त कार्यको  सुरूआत गरिएको नगरपालिकाले जनाएको छ।, नगरप्रमुख खाणले पोलहरूमा जथाभावी टाँगिएका तारहरूले नगरलाई कुरूप बनाएको मात्र नभई आगलागी र दुर्घटनाको जोखिम समेत निम्त्याएकोले तारहरूलाई व्यवस्थित बनाउन सुरू गरिएको बताए।, ‘एउटै पोलमा विद्युतको तारसँगै इन्टरनेट र केबलका दर्जनौं कम्पनीका तारहरू जथाभावी टाँगिदा आगलागीका घटना समेत हुने गरेका छन्, पोलमा आगलागी हुँदा नजिकैका घरमा आगलागी हुनसक्ने र विद्युतीय उपकरणहरू सर्ट हुने जोखिम बढिरहेको छ,’ खाणले भने।, नगरका मुख्य चोक, सडक किनार र घर अगाडि नै कुरूप बनाउने गरी टाँगिएका तारहरूलाई हटाउन नगरपालिकाले सरोकारवालालाई आग्रह गरेको थियो।, नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले तारहरूको व्यवस्थापन हुन नसक्दा नगर नै कुरूप भइरहेको बताइन्।, ‘हामीले पटक पटक अनावश्यक तारहरू हटाउन आग्रह गरेका थियौं, अहिले सबैसँग छलफल गरेर व्यवस्थित गर्न थालिएको हो,’ उनले भनिन्।, विद्युतीय तार व्यवस्थित गर्दै तिलोत्तमा