processed_text
stringlengths
0
373k
 पार्टीको राजनीतिक निर्माणलाई मूल बनाएर नयाँ सफलतातर्फ लम्किने प्रत्याभूति उपलब्ध गराउनुपर्ने कुरामा राष्ट्राध्यक्ष सीको जोड_chinacom पार्टीको राजनीतिक निर्माणलाई मूल बनाएर नयाँ सफलतातर्फ लम्किने प्रत्याभूति उपलब्ध गराउनुपर्ने कुरामा राष्ट्राध्यक्ष सीको जोड चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको राजनीतिक व्यूरोले जुन 29 तारिख दिउँसो पार्टीको राजनीतिक निर्माणको प्रवर्द्धनबारे छैठौं सामूहिक अध्ययनको आयोजना गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिन फिङले उक्त सामूहिक अध्ययनको अध्यक्षता गर्दै मार्क्सवादको राजनीतिक पार्टी उच्च राजनैतिक सपना उच्च राजनैतिक अनुकरण स्वच्छ राजनीतिक गुणस्तर गम्भीर राजनैतिक अनुशासन रहेको कुरामा जोड दिनुभएको छ। राजनीति क्षेत्रमा मार्क्सवादको राजनीतिक पार्टीको प्रगति गुमाउने हो भने पार्टीको प्रगति र स्वच्छता नहुने कुरा पनि सीले बताउनुभयो। पार्टीको राजनीतिक निर्माण एक दीर्घकालीन विषय हो भन्दै राष्ट्राध्यक्ष सीले राजनीतिक दिशा सही बनाउनुपर्ने पार्टीमा राजनीतिक नेतृत्वलाई कायम राख्नुपर्ने राजनीतिक जग बसाल्नुपर्ने राजनीतिक पर्यावरणलाई यथेष्ट पार्नुपर्ने राजनीतिक जोखिमको प्रतिरोध गर्नुपर्ने राजनीतिक क्षमतालाई माथि उकास्नुपर्ने पार्टीको विकास तथा सफलताबाट नयाँ सफलतातर्फ लम्कनका लागि महत्वपूर्ण प्रत्याभूति गर्नुपर्ने बताउनुभयो।
द सिनेमा टाइम्स काठमाडौं – गत शुक्रवारदेखि प्रदर्शनमा आएको सिनेमा चंगाचेट’ ले दोस्रो हप्तामा पनि दर्शकको राम्रो … द सिनेमा टामइम्स काठमाडौं – हिन्दुहरुको दोस्रो ठुलो पर्व तिहार सकिएको छ । नेपाली सेलिव्रेटिले पनि…
सरकारले नेपाललाई आकर्षक लगानीको गन्तव्य स्थल बनाउने उद्देश्यसहित नयाँ विदेशी लगानी नीतिको मस्यौदा अन्तिम चरणमा पुगेको छ । सो नीतिमा आवश्यकताअनुसार व्यवसाय बन्द गर्नसक्ने सरल बहिर्गमन कार्यविधि लागू गरिने उल्लेख छ । सो नीतिमा विदेश बस्ने नेपाली (एनआरएन) र नेपाली मूलका विदेशी (पीएनओ) लाई नेपालमा लगानी गर्न आउन प्रोत्साहित गरिने उनीहरूले विदेशी मुद्रामा गर्ने लगानीलाई विदेशी लगानीसरह मानी सोहीअनुसारका सुविधा तथा सहुलियत उपलब्ध गराउने उल्लेख छ । योबाहेक नीतिमा पहिलोपटक नेपालीलाई विदेशमा लगानी गर्न पाउने नीतिगत व्यवस्था गरिएको छ । नेपालको प्रतिस्पर्धात्मक क्षमता भएको वस्तु र बजार पहुँच तथा विदेशी मुद्रा आर्जनमा हासिल गरेको सफलता आदिलाई ध्यानमा राखेर वस्तु उत्पादन गर्ने र व्यवसाय प्रवद्र्धन गर्न चाहने नेपाली फर्म कम्पनीलाई विदेशमा लगानी गर्न स्वीकृति प्रदान गर्ने व्यवस्था गरिने कुरा नीतिको मस्यौदामा उल्लेख छ । वस्तु–उत्पादनमूलक उद्योगमा विदेशी लगानीका लागि न्यूनतम एक लाख अमेरिकी डलर बराबरको लगानी हुनुपर्ने व्यवस्था गरिएको छ । बहुराष्ट्रिय कम्पनीबाट हुने लगानीको हकमा भने औद्योगिक प्रवद्र्धन बोर्डको सिफारिसमा न्यूनतम लगानी सीमा घटाउन सक्नेसमेत व्यवस्था प्रस्ताव गरिएको छ । साथै दुई लाख डलरभन्दा बढी लगानी गर्ने प्रस्ताव पेस भएपछि सम्बन्धित निकायले १५ दिनभित्र प्रतिकूल जवाफ नदिएमा त्यस्तो लगानी स्वतः स्वीकृत भएको मानिने पनि व्यवस्था प्रस्तावित गरिएको छ । नीतिमा अहिलेको औद्योगिक प्रवद्र्धन बोर्डलाई औद्योगिक लगानी बोर्ड’मा पुनर्संरचना गरिने सो बोर्डले प्रवद्र्धन नियमन तथा समस्या समाधानको कामसमेत गर्ने उल्लेख छ ।
आफ्नो डेब्यु चलचित्र लिलिबिली’ हेरेपछि आँशु सम्हाल्न सकिनन् नवनायिका जसिता गुरुङले हेर्नुस भिडियो सहित पिएनपिखबर शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र लिलिबिली’ले देशभरका अधिकांश सिंगल तथा मल्टिप्लेक्समा दर्शकको हुल तान्न सफल भएको छ । नायक प्रदिप खड्काको क्रेजसंगै नेपाली फिल्म क्षेत्रले सम्भावना बोकेको एक नायिका पाएको छ जसिता गुरुङ । चलचित्र रिलिज अगाडिसम्म युवा स्टार प्रदीप खड्काको स्टारडमको छायाँमा पर्ने जसिताको डर फिल्म रिलिजपछि भने प्रदीप नै उनीसँग डराउनु पर्ने स्थितिमा पुगेको छ । लिलिबिली’ रिलिज अगाडिदेखि चर्चा कमाउन सफल जसिताको गीतसंगीत र ट्रेलरबाटै तारिफ भएको थियो । फिल्म हेरेपछि उनको डाइलग डेलिभरी सुन्दरता र अभिनयको सबैभन्दा बढी प्रशंसा भैरहेको छ । चलचित्र हेरिसकेपछि नायिका जसिता गुरुङ पत्रकारहरुलाई प्रतिक्रिया दिने क्रममा भावुक हुदै आफ्नो आँशु सम्हाल्न सकेकी थिइनन । आगामी दिनमा राम्रो अभिनय दर्शकमाझ प्रस्तुत गर्ने उनले बताइन ।
मङ्सिर २२ मुस्ताङ । मुस्ताङबाट बाम गठबन्धनले विजयीको खाता खोलेको छ । मुस्ताङ प्रदेश सभा क मा इन्द्रधारा विष्ट ११६७ मत सहित विजयी भएका छन् । विष्ट एमालेका उम्मेदावर हुन् । उनका प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार मिक्युर गुरुङले ६ सय ५७ मत प्राप्त गरेका छन् । मंसिर २२ काठमाडौं । बाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका प्रेमप्रसाद तुलाचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । यससँगै प्रतिनिधिसभा निर्वाचनमा खाता समेत खोलिएको छ । तुलाचन मुस्ताङबाट निर्वाचित भएका हुन् । तुलाचनले ३५४४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली का मंसिर २२ काठमाडौं । वाम गठबन्धन प्रमुख घटक एमालेले प्रदेशसभामा पहिलो जित हासिल गरेको छ । मुस्ताङको प्रदेश क’ बाट एमाले उम्मेदवार इन्द्रधारा विष्ट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । मंसिर १० गते सम्पन्न मतदानको मतगणना बिहीबार साँझ ५ बजेबाट सुरु भएको थियो । प्रदेशसभा सदस्यमा निर्वाचित विष्टले ११ मङ्सिर १० मुस्ताङ । मुस्ताङमा दिउँसो चार बजेसम्म ७० प्रतिशत भन्दा बढी मतदान भएको छ । ३७ मतदान केन्द्र रहेको मुस्ताङमा मतदान अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बालकृष्ण मिश्रले जानकारी दिनुभयो । ९ हजार ४ सय २७ मतदाता रहेको मुस्ताङमा अहिलेसम्म ६ हजार ६ सय ५६ मतदाताले भ मङ्सिर १० पोखरा । दुई हिमाली जिल्ला मनाङ र मुस्ताङमा आज बिहानैदेखि मतदान प्रकृया शुरु भएको छ । चिसोको बाबजुद बिहानैदेखि लामबद्ध भएर मनाङका २८ वटै मतदान केन्द्रमा मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिनुभयो । अधिराज्यकै सबैभन्दा कम मतदाता भएको मनाङमा पाँ बैशाख ५ मुस्ताङ | पूर्व मुस्ताङी राजा स्व जिग्मेपरवल विष्टका सल्लाहकारका रुपमा काम गरेका इन्द्रधारा विष्टले लोमान्थाङ गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । जिग्मेपरवल विष्टको दुई महिनाअघि काठमाडौँमा उपचारको क्रममा निधन भएको थियो । २०६२÷०६३ पछि वैधानिक रुपमा उपल्लो मुस्ताङम चैत ११ मुस्ताङ । वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचनलाई हिमालपारिको जिल्ला मुस्ताङमा ३७ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला मतदान केन्द्र सिफारिस समितिले पाँच गाउँपालिकामा उक्त सङ्ख्यामा मतदान केन्द्र निर्धारण गर्न निर्वाचन आयोगलाई सिफारिस गरिएको हो । जिल्ला निर्वाचन अधिकारी सीत मङ्सिर १७ मुस्ताङ । मुस्ताङको टुकुचे र कोवाङ गाविसलाई छुट्टै गाउँपालिका बनाउन माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन् । स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले आफूहरुलाई कुनै जानकारी नदिई दुई गाविसलाई थासाङ गाउँपालिकामा समावेश गरेको भन्दै उनीहरु आन्दोलित बनेका हुन् । लामो समयदेखि दुई गा
काठमाडौं – सरकारले वार्षिक २८ अर्ब ५५ करोड रुपैयाँ लगानी गरे आउँदो नौ वर्षभित्र केरुङ–काठमाडौँ रेलमार्ग स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने देखिएको छ । रेल विभागका सिनियर डिभिजनल इन्जिनीयर प्रकाशभक्त उपाध्यायकाअनुसार केरुङ–काठमाडौं रेलमार्गको कूल लागत दुई खर्ब ५७ अर्ब रुपैयाँ हुने देखिएको छ । सोही आधारमा वार्षिक २८ अर्ब ५५ करोड रुपैयाँ लगानी गर्नुपर्ने देखिएको हो । चिनियाँ कम्पनीले तयार पारेको प्रारम्भीक अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिन नेपाली र चिनियाँ अधिकारी छलफलमा जुटेका बेला विभागबाट यस्तो जानकारी प्राप्त भएको हो । शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसुदन अधिकारी नेतृत्वको टोली चीन प्रस्थान गरेको छ । नेपाल–चीन अन्तर्राष्ट्रिय सीमा रसुवागढीदेखि काठमाडौँसम्मको दूरी ७२।२५ किमी छ । प्रतिकिमी तीन खर्ब ५५ करोड रुपैयाँ लागत रहने विभागले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको असार ५ देखि १० गतेसम्म गर्नुभएको चीन भ्रमणका क्रममा रेलमार्ग निर्माणका विषयमा राष्ट्रपति सिजिन फिङ र प्रधानमन्त्री लि खछ्याङसँग महत्वपूर्ण छलफल एवं सहमति भएको थियो । विभागका सिनियर डिभजनल इन्जिनीयर उपाध्यायका अनुसार काठमाडौं–केरुङ रेलमार्गमा ९८।५५ प्रतिशत पुल तथा सुरुङमार्ग निर्माण गर्नुपर्ने देखिएको छ । कमजोर भूभाग रहेको भन्दै विभिन्न आशङ्का व्यक्त भइरहेको बेला चिनियाँ प्राविधिक टोलीले गरेको अध्ययनअनुसार रेलमार्ग निर्माण गर्न उपयुक्त र सम्भाव्य देखिएको छ । नेपाल सरकार आफैँले पनि रेलमार्ग निर्माण गर्न सक्ने अध्ययनबाट देखिएको छ । नेपाली र चिनियाँ अधिकारीले प्रारम्भीक अध्ययन प्रतिवेदनलाई स्वीकृत गरेपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम सुरु हुनेछ ।
नागरिक लगानी कोष सञ्चालक समितिका निवर्तमान अध्यक्ष महाश्रम शर्माले कोषलाई २ वर्षको कार्यकालसम्ममा यसअघि रोकिएको वार्षिक साधारणसभा सञ्चालनमा ल्याउने काम गरे । आफ्नो सेवा प्रवाहमा सुधार ल्याउन कोष अहिलेको गतिमा हिँडेर मात्र नपुग्ने र दौडनुपर्ने शर्माको धारणा छ । निजामती सेवाको सचिव पदबाट सेवानिवृत्त भएपछि कोषको अध्यक्षमा नियुक्त भएका उनले ३ दिनअघि मात्र आफ्नो पदबाट राजीनामा दिएका छन् । तर स्वीकृति भने भइसकेको छैन । प्रस्तुत छ– कोषले सेवाग्राहीलाई थप सहज बनाउन ल्याएका नयाँ योजना र गतिविधिबारे आर्थिक अभियानकी ममता थापाले शर्मासँग गरेको कुराकानीको सम्पादित अंश मेरो करीब २ वर्ष ३ महीनाको कार्यकालमा कोष अत्यन्त कठिन अवस्थामा रह्यो । विगतको लेखापरीक्षण नभएको कारण सबैबाट प्रश्न उठिरहने अवस्था भने टुङ्गो लगाएको छु । यसबाहेक मलाई नेपाल सरकारले दिएको अन्य जिम्मेवारी र व्यक्तिगत कार्य व्यस्तताका कारण निरन्तर समय दिन नसकेकाले नै राजीनामा दिएको हुँ । कोषले गर्नुपर्ने धेरै बाँकी छ । अब नयाँ आर्थिक वर्षमा नयाँ नेतृत्वले काम गर्न सजिलो होस् भन्ने मनसायले पनि राजीनामा दिनु उचित ठानेँ । राज्यले आर्थिक समृद्धिका लागि धेरै काम अगाडि बढाउन खोेजेको छ । यस परिवेशमा विशेषगरी नागरिक लगानी कोष र सञ्चय कोष जस्ता संस्थाले पर्यटन जलविद्युत् र सामाजिक पूर्वाधारका परियोजनामा लगानी गरेर देशलाई आर्थिक समृद्धितर्फ अगाडि लैजाने दिशामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । कोषले आफ्नो लगानीलाई विविधीकरण गरी उत्पादनका क्षेत्रमा लगानी गर्ने भएको छ । विगत वर्षहरूको लेखापरीक्षण गर्न नसक्नुमा कोषको अत्यन्तै कमजोर अवस्था थियो । त्यो अवस्था अब पार भइसकेको छ । कोष अध्यक्ष भएर मैले काम गरेको करीब २ वर्षमा ४ वर्ष अघिदेखिको आर्थिक वर्षहरूको बाँकी रहेको लेखापरीक्षण सम्पन्न भएको छ । आव २०७१/७२ र २०७२/७३ को लेखापरीक्षण विगत २ वर्षकै अवधिमा सम्पन्न गरी वार्षिक साधारणसभासमेत गरिसकेका छौं । आव २०७३/७४ को लेखापरीक्षणसमेत सम्पन्न भएर वार्षिक साधारणसभाको सूचना पारदर्शी गर्ने चरणमा पुगेको छ । कोषका शेयरधनी र आम लगानीकर्तासँग विगतको जस्तो प्रश्न उठाउने अवस्था अब छैन । कोषले एउटा अन्त्यन्तै कठिन अवस्था पार गरी आफ्नो गन्तव्यको स्पष्ट बाटो तय गरिसकेको छ । तर यो बाटो हिँडेर मात्र कोष आफ्ना प्रतिस्पर्धीसँग अगाडि बढ्न सक्दैन । यसका लागि कोषले आफूलाई दौडने सक्षमतातर्फ लैजानुपर्ने देखिन्छ । आगामी मङ्सिरभित्र आव २०७४/७५ को समेत लेखापरीक्षण गर्न सक्ने हुनुपर्ने छ । विगतदेखि थाती रहेका बैङ्क रिकन्सिलेशन’को कार्य योजनाबद्ध रूपबाट अनिवार्य रूपमा गर्नुपर्छ । त्यसैले अब विगततर्फ फर्कनुभन्दा आगामी गन्तव्यलाई कसरी व्यवस्थित बनाउने भन्नेतर्फ लाग्नुपर्छ । यहाँसम्म आइपुग्न सहयोग पुर्‍याउने कोषका सबै शुभेच्छुकप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । एकै वर्ष दुई साधारणसभा सम्पन्न भइसकका छन् । आव २०७३/७४ को लेखापरीक्षणको आधारमा महालेखा परीक्षकको कार्यालयबाट प्राप्त सुझावबारे औंल्याइएका विषयमा कार्ययोजना नै बनाएर अघि बढ्न ढिलाइ भएको थियो । त्यसैले साधारणसभाको दिन तोक्न पनि केही ढिलाइ हुन पुगेको हो । उक्त अवधिको साधारणसभा गर्नेतर्फ कोषले छिट्टै निर्णय गर्नेछ । पुराना थाती रहेका काम सकिएकाले कोषले अब नियमित प्रक्रियाबाट आफ्ना काम सुचारु गर्न सक्ने वातावरण बनेको छ । कोषले त्यसतर्फ मेहनत गर्‍यो भने लक्ष्यअनुसारको काम सजिलै पूरा गर्न सकिन्छ । तर कोष व्यवस्थापकले यस काममा १ दिन पनि ढिलाइ गर्नु हुँदैन । कोष प्रतिस्पर्धी अन्य संस्थासँगै अगाडि जानुपर्ने अवस्था छ । यसका लागि कोषले आफूलाई सूचना तथा प्रविधिको क्षेत्रमा अब्बल बनाउनैपर्छ । यसका लागि आफ्ना रणनीतिलाई त्यसतर्फ केन्द्रित गरिँदै छ । सेवाग्राहीमैत्री सुविधा उपलब्ध गराउन नयाँ सफ्टवेयर निर्माण तथा सञ्चालन अन्तिम चरणमा पुगेको छ । चालू आवमा कोषको नयाँ सफ्टवेयर निर्माण सम्पन्न भई सञ्चालनमा आउने विश्वास छ । कोषको अहिलेको प्रविधि पुरानो भएकाले चाहेजस्तो चुस्त गतिमा सेवा अघि बढ्न सकेको छैन । नयाँ सफ्टवेयर आएपछि हिसाब मिलानदेखि आफ्नो कारोबारको स्थिति सेवाग्राहीले अनलाइनमार्फत नै हेर्न सक्नेछन् । यसका लागि कोषको कार्यालयमा आइरहनुपर्ने अवस्था अन्त्य हुनेछ । राम्रो प्रश्न गर्नुभयो । कोष प्रादेशिक संरचनाअनुसार नै अघि बढिरहेको छ । अहिले कोषले पोखरा र विराटनगरबाट मात्रै सेवा उपलब्ध गराइरहेको अवस्थामा चालू आर्थिक वर्ष प्रदेश नं २ र ५ मा कोषको शाखा खोल्ने योजना छ । त्यही शाखाबाट सबै सेवाग्राहीले सेवा पाउनेछन् । कोषले एकैचोटि सबै ठाउँमा शाखा विस्तार गर्न सक्दैन । तर त्यहाँ सञ्चालित विभिन्न संस्थासँगको साझेदारीमा काम गर्न सकिन्छ । त्यसैले सबै प्रदेशमा सेवा दिन पार्टनरशिप मोडालिटीसमेत अपनाउनेगरी बजेट तथा कार्यक्रम तय भइसकेको छ । कोषले चालू आवको पहिलो चौमासिकदेखि नै अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको पूर्वपट्टि रहेको जमीनमा व्यावसायिक भवन बनाउने योजना ल्याएको छ । भवन बनाउन काठमाडौं महानगरपालिकाबाट नक्सा पास भइसकेको छ । अब निर्माण प्रक्रिया पनि शुरू हुन्छ । यो व्यावसायिक भवन बनेपछि त्यस भवनबाट आम्दानी हुनुका साथै कोषबाट उपलब्ध सेवा पनि चुस्त हुनेछ । त्यसो होइन । तपाईंले भनेका विषयबाहेक सरल कर्जा सहभागी सापटी तथा आवास कर्जा शैक्षिक कर्जालगायत समसामयिक कर्जा प्रवाह गर्नेतर्फ पनि कोषले काम गरिरहेको छ । यस्तै नेपाल सरकारको ऋणपत्र सङ्गठित संस्थाको शेयर धितोपत्रलगायतमा पनि लगानी गरेको छ । कोषले भविष्यमा सरकारका ठूला विकास आयोजना तथा पूर्वाधारको क्षेत्रमा लगानी गर्ने योजनासमेत बनाएको छ । गतवर्ष कोषले नेपाल वायु सेवा निगमलाई १२ अर्ब ऋण स्वीकृत गरेको हो । कोषले लगानी विविधीकरण गर्नुपर्ने आवश्यकता देखिएको छ । लगानीका लागि कोषले जोखीम नहुने क्षेत्र रोज्दा धेरै विविधीकरण भएको छैन । बैङ्क तथा वित्तीय संस्थाजस्तो रूपमा कोषले जोखीम लिएर लगानी गर्ने गरेको छैन । चालू आवमा लगानी नीतिमात्रै पुनरवलोकन गरी विद्यमान अवस्थामा सुधार गर्ने योजना छ । लगानीकर्ताको मेहनतबाट जम्मा भएको रकमको सदुपयोग होस् भन्ने कोषको मुख्य ध्येय छ । त्यसका लागि कोषले काम गरिरहेको छ । यस विषयमा सरकारसँग पनि कोषले छलफल गरिरहेको छ । कोषले आगामी दिन सरकारसँग मिलेर लगानीका उपयुक्त क्षेत्र पहिल्याई काम गर्ने विश्वास लिएको छु । सरकारले पूँजीबजारमा संस्थागत लगानी भित्र्याउने बताएको लामो समय बितिसकेको छ । त्यतिखेर तपाईंहरूले स्टक डिलरको काम गर्ने भन्नुभएको थियो । त्यस सम्बन्धमा के भइरहेको छ कोषको यो उद्देस्य भए पनि पूँजीबजारको क्षेत्रमा कोषमा रहेको विद्यमान जनशक्तिबाट मात्र यो काम गर्न सकिने अवस्था छैन । कोषले यस क्षेत्रका विज्ञहरूको विज्ञता उपयोग गरी पूँजीबजारको क्षेत्रमा काम गर्नुपर्छ । यस सन्दर्भमा काम गर्न कोषले आफ्नो रणनीतिक योजना विगतमै तयार गरिसकेको छ । कोषको रणनीतिक योजनाअनुरूप चालू आवमा काम अगाडि बढाउनेछ भन्ने मलाई लाग्छ । दक्षिण कोरियामा कार्यरत नेपालीबाट रेमिट्यान्स भित्र्याउने भन्नुभएको थियो । हालसम्म कति रेमिट्यान्स भित्रियो कोषले दक्षिण कोरिया र मलेशियाबाट रेमिट्यान्स भित्र्याउनेतर्फ काम गरिरहेको छ । चालू आवमा कार्यक्रमको दायरा बढाउने लक्ष्यअनुसार अन्य मुलुकसँगको समन्वयमा कोषले काम गरिरहेको छ । आगामी दिनमा अन्य मुलुकबाट पनि रेमिट्न्यास भिœयाई लगानीको वातावरण बताउने योजना छ । शेयरधनी र लगानीकर्तालाई प्रवाह गर्ने सेवा चुस्त बनाउन कोष प्रयासरत छ । दीर्घकालीन र अल्पकालीन लक्ष्य पूरा गर्न कोषले आफ्नो कार्ययोजना केन्द्रित गरेको छ । कोषको सेवालाई प्रभावकारी र थप गतिशील बनाउन सहयोग पुर्‍याउने महालेखा परीक्षक कोष सञ्चालक समिति कोष कर्मचारी शेयरधनी लगानीकर्ता तथा शुभेच्छुक सबैप्रति आभारी छु । कोषको सबल तथा सुधारात्मक पक्षको बारेमा महालेखाबाट प्राप्त सुझाव मनन गर्दे योजनाबद्ध रूपमा अगाडि बढ्न कोष व्यवस्थापन लागिपर्नुपर्ने देखिएको छ । कोष व्यवस्थापन तथा सञ्चालक समिति यिनै विषयलाई केन्द्रित हुनुपर्छ । साथै बदलिँदो परिवेशमा कोषलाई प्रतिस्पर्धी बनाउने नयाँ गन्तव्य परिल्याएर अगाडि बढ्नुपर्ने देखिन्छ । यस कार्यमा कोषलाई सफलता मिलोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।
उज्यालो रेडियो नेटवर्क र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहकार्यमा तयार पारिएको कार्यक्रम प्रकृति हरेक हप्ता शुक्रबार बेलुकी ८ ३० बजे प्रसारण हुन्छ । कार्यक्रममा प्रकृति संरक्षण संरक्षणमा आम नागरिकको भूमिका र मानव जीवनमा प्रकृति संरक्षणको महत्वबारे चर्चा गरिन्छ । यो कार्यक्रम काठमाडौंमा उज्यालो रेडियो नेटवर्कसँगै बिभिन्न ५ वटा रेडियो स्टेशनबाट प्रसारण हुन्छ ।
लमजुङ कात्तिक ९ गते । बेसीसहर–५ बोहोराबेसीकी हुमा गुरुङलाई घाम उदाएदेखि अस्ताएसम्म फूलबारीमामा काम गर्न भ्याइनभ्याइ छ । माटो र फूलसँगै रम्न पाउँदा सारा दुःख पीडा भुलेको महसुस भएको गुरुङ बताउनुहुन्छ । फूलको हेरचाहमै दिन बित्छ बिहान उठेदेखि नै फूलमा पानी हाल्यो गोडमेल ग¥यो समय बितेको पत्तै हुँदैन । यसैमा खुसी र सुखी छु हुमाले भन्नुभयो । हुमाको फूलबारी नर्सरीमा सयभन्दा बढी प्रजातिका पूmलका बिरुवा हुर्किरहेका छन् । चार रोपनीमा फूलका बिरुवा र थप चार रोपनीमा चाइनिज दुबो खेती भइरहेको हुमाले बताउनुभयो । तीन वर्षअघि धान खेती भइरहेको जग्गा भाडामा लिएर पुष्प नर्सरी सुरु गर्दा हुमालाई हौसला दिनेभन्दा गिज्याउने धेरै भेटिएका थिए तर त्यतिबेला पुष्पखेती पनि हुन्छ र भनेर प्रश्न गर्नेहरू अहिले यसबाट भइरहेको आम्दानी देखेर जिब्रो टोक्न थालेका हुमा बताउनुहुन्छ । १० लाख रुपियाँबाट सुरु भएको व्यवसाय अहिले ६० लाखको पुगेको छ । हुमा २०७१ सालमा पुष्प व्यवसायमा प्रवेश गर्नुभएको हो । विभिन्न फूल र फलफूलका बिरुवा तयार गर्ने उद्देश्यका साथ सञ्चालित उहाँको पुष्प नर्सरी व्यवसायले अहिले फड्को मारेको छ । अहिले उहाँले नर्सरीमा बिरुवा तयार पार्नुका साथै फूल खेती पनि गर्दै आउनुभएको छ । दुईवटा ग्रिनहाउस नर्सरीमा सयपत्री बहुवर्षे जिरानियम जर्बेरा पिटुमिया डायन्थल्स बेगनबेलिया गुलाब धुपी क्रोटन क्रिसमस ट्रिलगायतका फूलका बिरुवा उत्पादन र बिक्री भइरहेको छ । यस्तै हाइब्रिड जातका कागती अम्बा आँप लिची एभोकार्डो सुन्तला मुन्तला अनार रुद्राक्ष बुद्धचित्तलगायतका बिरुवा पनि उपलब्ध छ । फूलमा भन्दा फूलका बिरुवा बेच्न फाइदा हुन्छ’ उहाँले सुनाउनुभयो । अहिले फूल नर्सरीमा तयार पारिएका बिरुवा बेचेर दैनिक १० हजार आम्दानी हुन्छ उहाँले भन्नुभयो यसरी हेर्दा मासिक तीन लाख आम्दानी हुन्छ । आफ्नो र कामदारको तलब बीउ जग्गा भाडा आदि कटाउँदा डेढ लाख चोखो बच्छ । दिनमा १० हजारदेखि डेढ लाखसम्मको फूलका बिरुवा बेचेँ । सार्वजनिक कार्यक्रममा खादाभन्दा मालाको माग बढ्दो छ हुमाले भन्नुभयो उत्पादनले बजार नपाउने चिन्ता छैन मागअनुसार पु¥याउनै सकेको छैन । फूल र रङको पर्व तिहारमा निकै फूल बिक्री भए । उपभोक्ताको मागलाई धान्न नसकेको र अर्को वर्ष अझ बढी उत्पादन गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो । हुमाले जिल्लामै पहिलोचोटि पुष्प व्यवसाय सञ्चालन गर्दा जिल्ला कृषि विकास कार्यालय लमजुङले बीउ खरिदका लागि केही रकम सहयोग गरेको थियो तर त्यसयता कृषि कार्यालयबाट सहयोग पाउन नसकेको उहाँको गुनासो छ ।
कञ्चनपुर ७ भदौ । निर्मला पन्त हत्याको विरोधमा आज पनि बिहानैदेखि प्रदर्शन जारी रहेपछि कञ्चनपुर अशान्त बनेको छ । पन्तको बलात्कारपछि हत्या भएको र स्थानीय प्रशासनले वास्तविक हत्यारालाई उम्काउन खोजेको दाबीसहित स्थानीयबासीले आन्दोलन गर्दै आएका छन् । प्रदर्शनकारीले टायर बालेर सडक अवरुद्ध गरेका छन् । बुधबार भएको प्रदर्शनले उग्र रूप लिएपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै केही प्रदर्शनकारीलाई नियन्त्रणमा पनि लिएको थियो । प्रदर्शनकारीले बल प्रयोगको आदेश दिने र प्रहरीलार्इ दमनमा उतार्ने प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवाको माग गरेका छन् । उनीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि ट्राफिक चोक लगायतका स्थानमा विरोध प्रदर्शन गरिरहेका छन् । प्रदर्शनस्थल वरपर सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ । भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मलाको शव गत साउनमा उखुबारीमा फेला परेको थियो । उनको बलात्कारपछि हत्या भएको भन्दै परिवारका सदस्यले साउन १० गते प्रहरीमा उजुरी दर्ता गरेका थिए । जिल्ला प्रहरी कार्यालयले भदौ ५ गते निर्मलाको हत्यामा संलग्न भएको भन्दै भीमदत्त नगरपालिका१९ बागफाँटाका वर्ष ४१ का दिलीपसिंह बिष्टलाई सार्वजनिक गरेको थियो । उनी मानसिक अवस्था ठीक नभएका व्यक्ति भएको र वास्तविक हत्यारालाई प्रहरीले लुकाएको स्थानीयवासीको आरोप छ ।
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति संवेग हरेक मंगलवार र शुक्रवार राती सवा नौ बजेदेखि १० बजेसम्म अच्युत घिमिरेका साथमा प्रसारण हुन्छ । कथा उपन्यास निबन्ध यात्रा संस्मरण जस्ता गद्य साहित्यलाई श्रृंखलावद्ध रुपमा वाचन गरिने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसंगै यससंग आबद्ध देशभरिका ७० वटा भन्दा बढी एफ एम हरुबाट एकैसाथ प्रसारण हुन्छ । श्रुति संवेगमा प्रसारण भएका पछिल्ला श्रृंखला डाउनलोडका लागि यहाँ उपलब्ध छन् । भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीले आउँदो लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध विपक्षी दलको उम्मेदवार को भन्ने विमर्श नै अनुचित भएको बताएका छन् । भारतीय जनता पार्टीबाट प्रधानमन्त्री मोदीलाई नै निरन्तरता दिने तयारी भएका बेला येचुरीले विपक्षीबाट उम्मेदवार को बन्छ भन्ने कुराले फरक नपार्ने बताउँदै आउँदो चुनाव मोदी भर्सेस भारत’ हुने बताएका छन् । शुक्रबार कांग्रेस नेता कपिल सिब्बलको पुस्तक शेड्स अफ् ट्रुथ’ को विमोचन कार्यक्रममा येचुरीले आउँदो चुनाव वर्तमान सरकारलाई हटाउनका लागि हुने बताए । उनले भने आउँदो चुनाव यो सरकारलाई हटाउनका लागि हुनेछ । यो चुनाव नेताहरुबीच हुनेछैन । यो चुनाव मोदीविरुद्ध भारत हुनेछ ।’ त्यस्तै लोकतान्त्रिक जनता दलका नेता शरद यादवले यसभन्दा पहिले पनि बिना नेता नै विपक्षी गठबन्धनले चुनावमा सफलता हासिल गरेको बताए । उनले भने १९७७ मा मोरारजी देसाईलाई चुनावपछि प्रधानमन्त्री चुनिएको थियो । १९८९ मा भीपी स्रिह र १९९० मा एचडी देवेगौडालाई पनि चुनावपछि नै विपक्षी गठबन्धनले प्रधानमन्त्रीका रुपमा चुनेका थिए ।’
स्वास्थ्य मन्त्रालयका सचिव डा सुशीलनाथ प्याकुरेलले बिहीबार सम्मेलन शुभारम्भ गर्दै क्यान्सर रोग जटिल प्रकृतिको रोग भएकाले यसको सहज र सरल उपचारका लागि सरकारले सहुलियत प्रदान गरिरहे पनि त्यसलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताए । क्यान्सर रोगको सहज उपचारका लागि नयाँ उपचार पद्धतिको समेत विकास भएको चर्चा गर्दै उनले यसविरुद्धको खोप शुरु गर्न लागिएको जानकारी दिए । स्वास्थ्य मन्त्रालय नेपाल अर्बुद रोग निवारण संस्था भक्तपुर क्यान्सर अस्पताल र अमेरिकन सोसाइटी अफ क्लिनिकल ओक्कोलोजीको संयुक्त आयोजनामा शुरु भएको गोष्ठीमा क्यान्सर विशेषज्ञले नेपालका विभिन्न अस्पतालका करीब २५० चिकित्सक र स्वास्थ्यकर्मीलाई पाठेघर मुखको क्यान्सरसम्बन्धी प्रशिक्षण गराउने भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर प्रा डा ऋषिकेश नारायण श्रेष्ठले बताए । गोष्ठीमा अमेरिकाका पाँच भारतका पाँच चीनका तीन र नेपालका २६ गरी ३९ क्यान्सर विशेषज्ञले प्रशिक्षण एवं क्यान्सरको अवस्था चुनौती र समाधानबारे जानकारी गराउने उनले जानकारी दिए । कात्तिक १७ गतेसम्म सञ्चालन हुने गोष्ठीमा नेपालमा महिलामा हुने पाठेघर मुखको क्यान्सरको न्यूनीकरण र उपचार पद्वतिका बारेमा सैद्धान्तिक एवं प्रयोगात्मक प्रशिक्षणसमेत दिइने अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले जानकारी दिए ।
योसिया येकोनिया र उसका भाइहरूका पिता थिए। (यो त्यसै समयको कुरा हो जुनबेला यहूदीहरूलाई दासका रूपमा बेबिलोनमा लगिएका थिए।) यसरी अब्राहामदेखि दाऊदसम्म चौध पुस्ताहरू थिए। दाऊदको समयदेखि मानिसहरूलाई बेबिलोन पुर्याइने बेलासम्म चौध पुस्ताहरू थिए। अनि यहूदीहरूलाई बेबिलोनमा लगिएदेखि ख्रीष्टसम्म चौध पुस्ताहरू थिए। येशू ख्रीष्टकी आमा मरियमको मगनी यूसुफसँग भएको थियो। तर तिनीहरूको विवाह हुनु भन्दा अघिनै मरियम पवित्र आत्माको शक्तिद्वारा गर्भवती भएकी थिइन्। तर जब यूसुफले यसो गर्ने विचार लिए परमप्रभुका एउटा दूत सपनामा उनीकहाँ आए। दूतले भने यूसुफ दाऊदको पुत्र मरियमलाई आफ्नी पत्नीको रूपमा ग्रहण गर्न तिमी डराउनु पर्दैन। उनको गर्भमा भएको नानी पवित्र आत्माबाट भएको हो। उनले एउटा पुत्रको जन्म दिनेछिन्। तिमीले उहाँको नाउँ येशू राख्नु। उनलाई त्यो नाउँ दिनु किनभने उहाँले नै आफ्ना मानिसहरूलाई तिनीहरूका पापहरूबाट उद्वार गर्नुहुनेछ। कन्या गर्भवती हुनेछिन् र एउटा पुत्र जन्माउने छिन् तिनीहरूले उहाँको नाउ इम्मानुएल राख्नेछन्। (इम्मानुएलको अर्थ हो परमेश्वर हामीहरूसित हुनुहुन्छ।)
केही समयअघि मात्र नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी बैठक काठमाडौंमा सम्पन्न भएको थियो । नेपालको तर्फबाट वाणिज्यसचिव चन्द्रकुमार घिमिरे र भारतबाट रीता टिओरियाले नेतृत्व गरेको सो बैठकमा नेपालले भारतसँगको व्यापार सन्धि संशोधन गर्नेमा जोड दियो । कतिपय विषयमा भारतीय पक्ष सकारात्मक देखिए पनि कतिपय विषयमा जति चासो दिनुपथ्र्यो त्यति भारतीय पक्षले देखाएन । बढ्दो व्यापारघाटा तथा भारतसँग विगतमा भएका सम्झौताको कार्यान्वयन सन्तोषजनक रूपमा नभएको बेला यही वैशाख २८ र २९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने भ्रमण सकेर स्वदेश फर्किसकेका छन् । यो भ्रमणमा भारतसँगको नेपालको व्यापारघाटा कम गर्न तथा विगतमा भएका सम्झौता कार्यान्वयन गर्न नेपालले जोड दिएको छ । यी सबै विषयका लागि नेपाली पक्षका आफ्ना अडान तथा केही समयपछि हुने नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी बैठकमा उठाउने एजेण्डालगायतका विषयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव घिमिरेसँग आर्थिक अभियानका टीपी भुसालले गरेको कुराकानीको सार केही दिनअघि सम्पन्न नेपालभारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी बैठकमा नेपालले भारतसँगको व्यापार सन्धि संशोधन गर्न जोड दिएको थियो त्यसको प्रगति के छ तयारीको कुराभन्दा पहिले यसको पृष्ठभूमिलाई हेर्न जरुरी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रिलको पहिलो हप्तामा भारतको भ्रमण गर्नुभएको थियो । त्यो बेलामा उहाँले उठाउनु भएका मुख्य कुरामध्ये पहिलो व्यापारघाटाकै विषय हो । त्यसका लागि केही नयाँ किसिमको बाटो पहिल्याउनु पर्छ भन्ने उहाँको जोड थियो । त्यसलगत्तै २ वर्षको अन्तरालमा गत अप्रिल अन्तिममा नेपालमा वाणिज्य सचिवस्तरीय अन्तरसरकारी बैठक सम्पन्न भयो । त्यो बैठकमा पनि प्राविधिकरूपमा स्पष्ट पार्ने गरी हामीले अहिलेको व्यापारघाटा कसरी कम गर्न सकिन्छ भन्ने कुरा नै उठायौं । गतवर्ष कुल रू ९ सय अर्ब व्यापारघाटामध्ये रू ६ सय अर्बभन्दा माथिको व्यापारघाटा त भारतसँग मात्रै छ जुन नेपालको अर्थतन्त्रले लामो समयसम्म थेग्न सक्दैन । यो कुरा राख्दा उहाँहरूले व्यापार सम्झौता पुनरवलोकन गर्ने सहमति गर्नुभएको छ । यसका लागि अहिले हामीले तयारी गरेका छौं । भारतीय पक्षका कारण कतिपय सम्झौता भएका वा गर्ने भनिएका कतिपय कामहरू नहुने गरेका छन् । यो विषयमा उहाँहरूको धारणा के हो पहिलो त वाणिज्य सन्धिको पुनरवलोकन गर्न भारतीय पक्ष तयार हुनु नै महœवपूर्ण कुरा हो । ३ महीनाको हाराहारीमा हामी अर्कोपल्ट बस्दा पूर्ण तयारीका साथ बस्छौं । त्यतिबेला हामी हाम्रो विषयमा कसरी प्रस्तुत हुने भनेर काम अगाडि बढिसकेको छ । अब उहाँहरू त्यो बेला कसरी प्रस्तुत हुनुहुन्छ भन्ने कुरा त्यति बेला नै थाहा हुन्छ । तर पनि भारतीय पक्षलाई अनुभूति भएको छ । त्यो बैठकमा हामीले उठाएका कतिपय कुराहरूका आधारमा भन्ने हो भने चरणबद्ध रूपमा हामीले हाम्रो माग वा समस्या राखेका छौं । यसमा भारतीय पक्षबाट गर्ने भनेको भारतीय बजारमा नेपाली सामानको पहँुचका लागि वातावरण निर्माण गरिदिने हो । यसमा मूलभूत कुरा सन्धिका केही बुँदाहरूमा हाम्रो चासो रहेको छ । त्यो भनेको भारतीय प्राथमिक वस्तुमा शून्य ट्यारिफ दिएका छौं । अरू पनि यसमा छन् । हामीले गर्नुपर्नेमा पहिलो कुरा त हामी हाम्रो विषयवस्तुको बारेमा प्राविधिक तथा राजनीतिक दुवै तहबाट स्पष्ट भएर जान जरुरी छ । यसमा सबैको आवाज एउटै हुनु पर्‍यो । अर्को कुरा हामीले बेच्नका लागि हामीसँग उत्पादन पनि हुनु पर्‍यो । तसर्थ उत्पादन बढाउने अर्को महत्वपूर्ण कुरा हो । अहिलेको बजेटले पनि यसमा ध्यान देला । यस्तै विभिन्न वस्तुहरूको प्राविधिक जाँचका सर्टिफिकेशनको विषय छ । हामीले जाँचपास गरेका वस्तुहरू पनि निर्बाध रूपमा भारत जान पाउनु पर्‍यो । यस्तै अर्को भनेको पूर्वाधार विकास हो । जसअन्तर्गत सीमामा भएका सडक तथा रेलवे सुख्खा बन्दरगाहलगायत सबै प्रकारका पूर्वाधारमा सुधार जरुरी छ । नेपालले कृषिजन्य वस्तुमा लगाउँदै आएको सुधार शुल्क हटाउने विषय नेपाली बुलेटको समस्या र भारतीय ५ सय र हजारका दरका नोट सटहीजस्ता विषय पनि हाम्रो चासोका हुन् । यस विषयमा उनीहरूको धारणा के छ सुधार शुल्क हटाउने विषयमा सन् २०१३ मा भएको आईजीसी बैठकमा भारतीय पक्षले यो विषय उठाएको हो । त्यति बेला यो मुद्दा सधैंका लागि ड्रप गरिएको हो । तर यो पटक भारतीय पक्षले यो विषय फेरि उठाएको छ । तर हामीले २०१३ मा भएको व्यवस्थालाई देखाएर यस विषयमा केही गर्न नसक्ने जानकारी गरायौं । त्यही ढङ्गको माइन्युट पनि गरेका छौं । नेपाली ग्यास बुलेटको विषय मध्यप्रदेशको अथोरिटीसँग क्रस ब्रोडर मुभमेण्टका लागि अनुमति लिनुपर्ने प्रावधान रहेकोले त्यहाँ यस विषयमा सम्बन्धित पक्षलाई जानकारी गराउने भनेर भारतीय पक्षले भनेको छ । यस्तै भारतीय नोटका विषयमा भारतमा नयाँ कानून आइसकेकोले यस विषयमा बाटो अवरुद्धजस्तै भएको अभिव्यक्ति दिनुभएको छ । तर हामीले यो विषय भारतमा डिमोनिटाइजेशन गर्दाकै समयदेखि नेपाल राष्ट्र बैङ्क परराष्ट्र मन्त्रालयलगायत सम्बन्धित निकायले भारतीय पक्षसँग कुरा उठाइरहेको हँदा यसको समाधानतर्फ ध्यान दिनुपर्छ भनेका छौं । तैपनि उहाँहरूले यस विषयलाई सम्बन्धित निकायमा लैजान्छौं भन्नु भएको छ । यो विषय त नेपाली प्रधानमन्त्री केपी ओलीले समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष पनि राख्नु भएको छ । हामीले गर्नुपर्ने कामको कुरा गर्दा वीरगञ्ज सुक्खा बन्दरगाहको क्षमता विस्तार हुन सकेको छैन । बन्दरगाह र आईसीपीबीचको ६२ बिगाहा जग्गा अधिग्रहण गरी क्षेत्र विस्तारको योजना अघि बढाउन मन्त्रालयले के गर्दै छ ६२ बिगाहा जग्गा अधिग्रहण गर्ने काम अर्थ मन्त्रालयमातहत भन्सार प्रशासनबाट भइरहेको छ । अर्को कुरा आईसीपी नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीबाट उद्घाटन गरी सञ्चालनमा आएको छ । तर त्यो अझै पूर्ण भएको छैन । यसमा मूल कुरा एप्रोच रोड अब करीब करीब सकिने अवस्थामा छ । त्यसैगरी आईसीपीबाट पनि ठूलो रोड बनेर आएको छ । तर बीचमा हुलाकी मार्गको करीब ७ सय मिटर सडक बन्न बाँकी रहेकोले सुक्खा बन्दरगाह पूर्णरूपमा सञ्चालनमा आउन नसकेको हो । यसको लागि अर्थ मन्त्रालयले बजेट पनि दिइसकेको छ । भौतिक पूर्वाधार मन्त्रालयले यो काम गर्नुपर्ने हो तर काम भएको छैन । हामीले यस विषयमा भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागसँग समन्वय तथा अनुगमन गरेका छौं । बीचको त्यही सडकको कारण आईसीपी प्रयोगमा आए पनि पूर्ण क्षमतामा सञ्चालन आउन अवरोध भइरहेको छ । यो बन्दरगाह पूर्णरूपमा सञ्चालनमा आएपछि व्यवसाय गर्दा आइपरेका धेरै समस्या समाधान हुन्छन् । वीरगञ्जबाहेक अन्य कुनै पनि बन्दरगाह रेलसँग जोडिएका छैनन् । अन्य नाकामा पनि रेल सेवा जोड्नुपर्ने कुरा आइरहेको छ । यसबारे सरकारको तयारी के छ हामीले कण्टेनर बल्क कार्गोबाट आउने सामान दुवैलाई रेलवेबाटै ल्याउने सोच हो । यसो गर्दा भारत वा तेस्रो मुलुकबाट आउने सामानहरूको ढुवानी सस्तो पर्न जान्छ । यसबाट हाम्रो प्रतिस्पर्धी क्षमता पनि राम्रो हुन्छ । यसको लागि पारवहन सन्धि संशोधनको कुरा गरेका छौं । अहिले बल्क कार्गो वीरगञ्जसम्म मात्र आउन दिइरहेको अवस्थामा संशोधनमार्फत त्यसलाई विराटनगर भैरहवा र नेपालगञ्जमा पनि आउन दिने एलओईको प्रस्ताव गरेका छौं । यो विषयमा दुवै तर्फबाट गृहकार्य भएको छ । सम्भव भयो भने अब हुने सचिवस्तरीय बैठकबाटै यसलाई टुङ्गोमा पु¥याउँछौं । यस्तै कण्टेनर पनि वीरगञ्जसम्म मात्र अनुमति रहेकोमा अन्य नाकामा पनि विस्तार गर्न खोजेका छौं । तर यी सबै ठाउँमा पूर्वाधार बनिसकेको छैन । अहिले बन्ने क्रममा रहेको जनकपुर–बर्दिबाससम्म र अर्को विराटनगर–कटारीसम्म हो । अर्को जोगवनी नजीकै बथनाहसम्म त आइसक्यो । यसलाई नेपालको भित्रैसम्म ल्याउने योजना हो । सन् २०१८ को अन्तसम्म विराटनगरको आईसीडी बनिसक्छ । यो पनि भारततर्फको बनिसकेको छ । हाम्रोतर्फको बनाउन बाँकी छ । त्यो सँगसँगै रेलमार्गको काम पनि टुङ्ग्याउनु पर्नेछ । यसैगरी भैरहवा र नेपालगञ्जमा पनि हामीले मागिरहेका छौं । यो बीचमा कृष्णनगरमा पनि केही विकास गरिरहेका छौं । कोलकाता नजीकै रहेको हल्दियामा भारतीय रेलवे र कोन्कर दुवैको सेवा कमजोर भएकाले त्यो नाका उपयोग हुन पाएको छैन । नेपालका लागि कोन्करबाहेकका निजी रेल सेवा प्रदायकलाई पनि प्रवेश दिनुपर्ने भन्ने माग छ । यसप्रति किन चासो नगएको यो विषय हामीले नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी बैठकको यसअघि र त्योभन्दा अघि पनि उठाएको विषय हो । विशाखापत्तनम्भन्दा हाम्रो पोर्ट कोलकाता हल्दिया थियो । अहिले विशाखापत्तनम् पनि थपियो । त्यो गेट वे पोर्ट र नेपालको बीचमा कण्टेनर ढुवानी गर्न एउटामात्र अपरेटर थियो । रेल सर्भिसेज एग्रिमेण्ट (आरएसए) मा एउटामात्र अपरेटरलाई अनुमति दिएको थियो । सन् २०१४ मा मोदी सरकार आएपछि भारतको रेलवे सेवामा निजीक्षेत्रको लगानी बढाउने भनिएको छ । त्यसमा पूर्वाधार तथा सेवा दुवै कुरा उल्लेख थियो । अहिले हामीले त्यो विषयलाई भारतीय पक्षसँग मागको रूपमा अगाडि सारेका छौं । यो विषय लामो समयसम्म थाँती रहेको थियो । अब बस्ने रेल सर्भिसेज एग्रिमेण्टको बैठकमा हामीले प्रमुख मुद्दाकै रूपमा उठाउँछौं । यसरी एकभन्दा बढी प्रतिस्पर्धी भएपछि जसबाट फाइदा हुन्छ त्यससँग सेवा लिन सकियो । यसमा हाम्रो चासो छ । तेस्रो मुलुकसँगको व्यापारमा भारतका हामीलाई पायक पर्ने अन्य पोर्टहरूको विषयमा हाम्रो कुनै अध्ययन भएको छ कि हामीले बुझ्नुपर्ने कुरा सधैं सबै अण्डा एउटै बास्केटमा राख्नु हुँदैन । त्यसकारण ट्रान्जिटका विकल्प धेरै हुनुपर्छ । पोर्ट पनि मल्टिपल हुनुपर्छ । हामीले अहिले कोलकाता विशाखापत्तनम् प्रयोग गरिरहेका छौं । ती बाहेक हामीलाई कहाँ पायक पर्छ कहाँ सहज हुन्छ त्यो हेर्नुपर्छ । यो विषय पनि अघिल्लो सचिवस्तरीय बैठकमा उठाएका हौं । यो बारेमा सम्भाव्यता अध्ययन गरेर ल्याओस् भन्ने भारतीय पक्षको चाहना छ । हामी चाँडै नै यी दुईबाहेक अन्य कुन पोर्ट हामीलाई उपयुक्त हुन्छ भन्ने बारेमा धारणा बनाउँदै छौं । यो धारणा बनाउने क्रममा कञ्चनपुरको दोधारा–चाँदनीमा आईसीपी आईसीडी बनाउने तयारी हँुदै छ । यसले भारतको पश्चिमतर्फबाट तेस्रो मुलुकसँग हुने व्यापारमा हामीलाई तुलनात्मक लाभ हुनसक्छ । यस्तै पूर्वतर्फ पनि त्यस्तो सम्भाव्य पोर्ट भए त्यसमा पनि अध्ययन गर्दै छौं । तेस्रो मुलुकबाट आएको मालसामानको कोलकातामा भन्सार जाँचपासमा लाग्ने समय र प्रक्रियाले समय र लागत दुवै बढेको छ । यसो गर्नुको साटो नेपाल र भारतको सिमानामा भन्सार जाँचपास गर्नेतर्फ पहल नगर्नुको कारण के हो यो विषय हामीले लामो समयदेखि चाहना राख्दै आएको हो । यसमा भारतीय पक्षले पनि सकारात्मक जवाफ दिएको छ । यसपटक पनि हामीले यो विषय उठाएका छौं । हाम्रो ल्याण्ड पोर्टलाई सामुद्रिक पोर्टसरह मान्ने गरी सामान आदानप्रदान गर्ने अवस्था (ट्रान्सिपमेण्ट) का बारेमा भारतलाई हामीले एउटा डकुमेण्ट दिनु पर्नेछ । त्यो पठाउन हाम्रै तर्फबाट ढिला भएको छ । हामी चाँडै नै यो पठाउने तयारीमा छौं । लजिष्टिक व्यवसायका लागि कानूनको अभावले पारवहन सहजीकरण हुन नसकेको भन्ने छ । यसका लागि सरकारको के तयारी छ लजिष्टिक व्यवसाय गर्न चाहने व्यवसायीको चासोको विषय हो यो । यस विषयमा हामीकहाँ कानूनी ढाँचा अलि पुरानो छ । जुन रूपमा हुनु पथ्र्यो त्यो बन्न बाँकी छ । यसमा हाम्रो ध्यानाकर्षण भएको छ । यसमा अगाडि बढ्ने भनेर गृहकार्य भइरहेको छ । भारतले नेपालको आयातको जरीवानामा पनि जीएसटी लिने गरेको छ । जब कि यो लिन नहुने व्यवस्था छ । नेपालले किन नबोलेको हो यसमा जीएसटीका विषयमा देखिएका मुख्य कुराको त समाधान भइसकेको छ । जस्तै तेस्रो मुलुकबाट आउने कार्गोमा सन् २००६ देखि नै भारतले सेवा कर लगाउँदै आएको थियो । जीएसटी लागू भएपछि त्यो स्वतः जीएसटीमै परिणत भएर लगाउँदै आएको थियो । तेस्रो मुलुकबाट आउने कार्गोमा त्यो लगाउन पाइँदैन भनेपछि त्यो समाधान भएको छ । अर्को भारतबाट उपलब्ध गराइने कन्सल्टिङजस्ता सेवामा पनि जीएसटी थियो त्यो पनि अहिले हटेको छ । केही कुरा व्यवसायीबाट अलि ढिला गरी आएको हुनाले भारतबाट आएका सामानका हकमा अब बस्ने बैठकमा कहाँकहाँ समस्या छन् ती विषयमा हामीले कुरा उठाउँछौं । कोलकाता र हल्दियामा नेपालले लिजमा लिएको जग्गा उपयोगविहीन छ । त्यसलाई उपयोग गर्न पाए आयातमा जरीवानाको भार कम हुने थियो । रक्सौलमा पनि १६ बिगाहा जग्गा अतिक्रमणमा परेको छ । यसमा मन्त्रालयले के गर्दै छ कोलकाता र हल्दियामा भएको जग्गा धेरै वर्षदेखि नेपालको लागि भनेर नेपाल पारवहन तथा गोदाम कम्पनी लिमिटेड (एनटीडब्लूसीएल) लाई दिलाइएको हो । त्यो जग्गा कम्पनीले कोलकोतातर्फको जग्गा उपयोग गर्न नेपाल सरकारले समेत बजेट उपलब्ध गराएको हो । त्यो कामसमेत एनटीडब्लूसीएलले गर्न नसकेको हो । अहिले हामीले त्यो काम तत्काल सक्नोस् भनेका छौं र अनुगमन पनि गरेका छौं । यो विषयमा कोलकाताको महानगरपालिका र पोर्ट अथोरिटीका बीचमा करको समस्या छ भन्ने जानकारी आएको छ । यस विषयमा कोलकातास्थित महावाणिज्य दूतलाई समेत अनुगमन गर्न र समस्या समाधान गर्न भनेका छौं । हल्दियापट्टि भएको जमीन व्यावसायिक उपयोगमा ल्याउन भनेका छौं । कम्पनीले अब गर्छु भनेको अवस्था छ । त्यसको पनि अनुगमनमै छौं । अर्को १६ बिगाहा जमीनको विषयमा कागजातहरू खोज्ने काम भएको छ भने थप बुझ्न पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।
सार्कमा नेपालको गम्भीरता साफ खेलको आयोजना नेपालका लागि आफ्नै विषय होलान् । बिमष्टेकको यो लहर चलिरहेको समयमा सार्कको बहस गर्नु उचित पनि नरहला । तर यस प्रकारका सङ्गठनबाट नेपालले केकस्तो लाभ लियो भन्ने मूल्याङ्कन गर्न आवश्यक रहन्छ । सार्कमा आफ्नो भूमिका निर्वाह गर्न नसकेको नेपालले भारतको सहयोग पाएरै बिमष्टेक आयोजना गर्न सक्षम रहेको तथ्य प्रस्ट्याइरहनु नपर्ला । यूरोपेली सङ्घबाट बेलायत अलग भएको सन्दर्भमा यस्ता सङ्गठनको औचित्यबारे आलोचना र चर्चा हुनु स्वाभाविक हो । तर हरेक मुलुकले आफ्नो स्वार्थ हेर्नुपर्छ । जुन उद्देश्यका साथ यसको थालनी भएको थियो त्यसमा हामी कति सफल भयौं भन्ने विश्लेषण गर्नु आवश्यक छ चाहे त्यो सार्कमा होस् या बिमष्टेकमा । नेपालको प्रमुख समस्या बढ्दो मूल्यवृद्धि दर आर्थिक वृद्धिदरमा अस्थिरता बेरोजगारी आदि हुन् । यी सबै परिसूचक एकआपसमा सम्बन्धित छन् । बिमष्टेकमा आबद्ध हुँदैमा हानि हुँदैन तर आबद्ध भएर हाम्रा विकासका परिसूचकमा केकति सुधार आए त्यसको विश्लेषण अपेक्षित हुन्छ । चीनबाट अलि पर पाकिस्तानलाई पन्छ्याउन सहज भएको हुनाले शायद भारतलाई सार्कभन्दा बिमष्टेक अलि प्यारो लागेको हुन सक्छ । २००४ देखि नेपाल बिमष्टेकमा आबद्ध हुँदै आएको हो । तर यसबाट नेपालले खासै लाभ लिन सकेको छैन । २००४मा २ दशमलव ८ प्रतिशत मूल्यवृद्धि रहेकोमा यो बढेर २०१८ मा ८ दशमलव ७ प्रतिशत पुगेको विश्व बैङ्कले देखाएको छ । यस बीचमा औसत ८ प्रतिशत सधैं रहिरहेको सोही तथ्याङ्कले पुष्टि गर्छ । विश्व बैङ्ककै तथ्याङ्क हेर्दा न नेपालले आर्थिक वृद्धिदरमा यस अवधिमा सुधार गर्न सक्यो न बेरोगारी नै घटाउन । नेपालले भ्रष्टाचारमा पनि सुधार गर्न सकेको छैन । पूँजीगत खर्च गर्न सक्ने सरकारको सामथ्र्यमा समेत सुधार आएको पाइन्न । विदेशी लगानीमा भने झीनो सुधार गरेको देख्न सकिन्छ । नेपाल बेलायतजस्तो बलियो भएको भए शायद बिमष्टेकबाट पछि हटिसक्थ्यो । नेपालले समुद्री मार्ग स्थापना गर्न सकेको छैन न त रेलमार्ग नै । संसारले बुझेको र प्राथमिकतामा राखेको कारोबारलाई नेपालले कहिले बुझ्न सकेन र सधैं अनुदान’ र सहयोग’ को अपेक्षा गरिरह्यो जुन नेपालले यस बिमष्टेकमा पनि गरेको देख्न सकिन्छ । कसले आएर कोटेश्वरको जामको समस्या समाधान गरिदिन्छ भनेर आस गर्ने नेपालको सरकारलाई बिमष्टेक एउटा बजारसरह भएको छ । बोस्वानाको प्रगतिमा अफ्रिकन युनियन नभएर बोस्वानाको आफ्नै भूमिका बढी रहेको भारतको विकासमा कुनै समूहको नभई भारतले आपैm गरेको भन्ने तथ्य नेपालले कहित्यै आत्मसात् गर्न सकेन । सार्क सम्मेलनमा सजाइएको रानीपोखरी जस्तै काठमाडौंलाई फेरि एक फेर सजाउन थालिएको छ । एयरपोर्टमा स्वागतद्वारदेखि तिनकुनेमा आँखीझ्यालको प्रदर्शनसम्मको लहर चलेको छ । रातारात सडक पीच भइरहेको छ । हुन त पाहुना आउँदा मात्र कोठा सजाउने हामी सबैको बानी हो । तर नेपालले यसपालि पनि गर्ने विगतका जस्तै गफ हो– कनेक्टिभिटीको बहस । लगानी वृद्धिमा जतिसुकै बहस भए पनि लगानी गर्ने कारण उपलब्ध नहुन्जेल जोकोहीले पनि जोखीम उठाउने छैनन् । लगानी सुनिश्चित हुने हो भने नेपाल सानै भए पनि नाफायुक्त बजार भने हो । भारतले नेपाललगायत अन्य मुलुकमाथि कर लगाएर आफ्नो प्रभुत्व देखाइरहेको छ । यसविरुद्ध नेपाल या भुटानले आवाज उठाउने छैनन् । त्यस्तै नजीकैको बन्दरगाहसम्मको मार्गको सहजताको विषय उठाए पनि तिनको निकास निक्लिएको छैन । मूलतः आर्थिक र प्राविधिक क्षेत्र बढी केन्द्रित यस सङ्गठनले एक आपसी फाइदाका लागि आयातनिर्यातसम्बन्धी केही नियम बनाउनु पर्ने हो । तर यो विषयले तार्किक निष्कर्ष पाएको छैन । सुरक्षाका चुनौतीहरू लागू औषध कारोबार मानव बेचबिखन जलवायु परिवर्तनजस्ता विषयमा पनि ठोस उपलब्धि प्राप्त भएको छैन । अर्थतन्त्रको सुधार बिमष्टेकबाट कसरी सम्भव होला भन्नेमा आबद्ध राष्ट्रहरूले गम्भीर छलफल गर्नु जरुरी छ । बिमष्टेकले ठोस निर्णय लिएन भने यो केवल भेटघाट व्यक्तिगत चिनजान र तीर्थाटनको अवसरमात्र हुनेछ । हुन त यसलाई पनि नेपालले राम्ररी ब्राण्डिङ गर्न सक्यो भने पर्यटनका लागि ठूलै आधार दिनेछ । यसपटक प्राथमिकतामा राखिएको भनिएको कनेक्टिभिटीको विषय निकै अघि पहिचान भइसकेको हो । १ सयभन्दा बढी परियोजना पहिचानसमेत भइसकेका हुन् । जलस्रोत ग्यास चामलदेखि जुटसम्मको सम्भावना बिमष्टेकमा रहेको भए तापनि सिनर्जिक’ पद्धतिको उपयोग कसरी गर्ने भन्ने विषय सम्मेलनमा उठाउन आवश्यक थियो । बिमष्टेकले मान्दै आएको आतङ्कवादविरुद्धको लडाइँ कति सफल भयो त्यो पनि भन्न सकिन्न । आयोजकले भव्य सफल भनी प्रचार गर्ने अनि विगतकै एजेण्डालाई जोड दिएर संयुक्त वक्तव्य निकाल्नेबाहेक अरू काम नभएको सन्दर्भमा बिमष्टेक आबद्ध मुलुकहरूलाई भ्रमण र भेटघाटको अवसरमात्रै हो कि भन्न सकिन्छ । खुला बजार र कारोबार गर्ने लक्ष्य लिएर खोलेको यस सङ्गठनले यस विषयमा केकति प्रगति गर्‍यो थाइल्याण्ड होस् या बङ्गलादेश नेपाललाई ती मुलुकमा निर्यात गर्न कति सजिलो बनायो बिमष्टेकले अघिल्लो संस्करण म्यान्मारमा भएको थियो । यसमा भएको वातवरणीय सुरक्षा आर्थिक कारोबारको सहमति लगानी र खुला अर्थतन्त्रमा केकति सफलता प्राप्त ग¥यो त्यसको समीक्षा गर्नु आवश्यक छ । २०१४ मा सम्पन्न उक्त सम्मेलनको उपलब्धिको विश्लेषण गर्ने हो भने बिमष्टेक भेटघाटको अवसरमै सीमित देखिन्छ । नेपालले विभिन्न विषयमा प्रतिबद्धता व्यक्त गरेको छ । तर त्यो कार्यान्वयन गर्न कसैले चासो लिँदैन । प्रतिबद्धता पूरा गर्ने जिम्मेवारीबोध कसैमा रहँदैन । बिमष्टेकको प्रत्यक्ष फाइदा भनेको काठमाडौंका सडक केही क्षणका लागि भए पनि सफा देखिनु हो । यहाँ अस्थायी पीच हुनु हो । जोर बिजोर प्रणालीबाट स्थानीय बासिन्दाले बेहोर्ने हैरानी हो । कुनै पनि सङ्गठनमा आबद्ध हुनुपर्छ त्यसलाई विकासका लागि सकेसम्म उपयोग गर्नुपर्छ ।
तपाईं प्रतीक्षा तर केहि पनि हुन्छ कुनै फाईल डाउनलोड छैन सम्भवतः तपाईंले जडान टाइमआउट वा err_empty_response वा अन्य सन्देशहरू तपाईंको इन्टरनेट ब्राउजरको अनुसार त्रुटि सन्देश पाउने प्रतीक्षा गर्नु भएको छ। वास्तवमा rikoooo बाट डाउनलोडहरू पोर्ट 8888 (पूर्व http//downloadrikoooocom8888) मा अन्य स्थानीय सर्भरबाट पठाइएको छ जुन विशेष गरी धेरै गीगाबाइटहरूको फाइलहरूसँग डाउनलोड गर्दछ। समस्या यो हो कि केहि प्रयोगकर्ताहरु को राउटर (पूर्व livebox freebox neufbox) को फायरवाल को पोर्ट 8888 (र पोर्ट 8080) लाई मनाउन को लागी कन्फिगर गरिएको छ यदि तपाईंलाई यो मामला मा हो भने मा जानुहोस् simviationcom र अनियमिततामा कुनै पनि फाइल डाउनलोड गर्नुहोस् भने यदि डाउनलोड सुरु हुँदैन (जस्तै rikoooo मा) तपाइँ प्रयोगकर्ताहरूको सानो सानो प्रतिशत जसको रूटर ब्लक 8888 (र simnation को लागि 8080)। ती पोर्टहरू सामान्य रूपमा वेब इन्टरफेस स्ट्रिमिङ र http को लागि प्रयोग गरिन्छ त्यसैले खोल्न सुरक्षित छ। तपाईंले आफ्नो राउटर (पूर्व लाइबक्स) लाई जडान गर्नुपर्छ र एक नियम थप गर्नुहोस् जुन 8888 tcp / udp पोर्ट खोल्छ। यहाँ अंग्रेजीमा केहि लेखहरूको लिङ्कहरू छन् जुन तपाईंको बंदरगाहहरू कसरी खोल्ने भनेर व्याख्या गर्दछ google मा तपाईंको आफ्नै अनुसन्धान गर्न खोज्नको लागि तपाईको इन्टरनेट सेवा प्रदायकको प्रयोग गरी शब्दको रूपमा प्रयोग नगर्नुहोस्। दर्जनौं ट्यूटोरियलहरूसँग youtube भिडियोहरू लिंक गर्नुहोस् (तपाईंको इन्टरनेट सेवा प्रदायक एक शब्दको रूपमा थप्नुहोस्)
घडीमा चार बज्न लागेको थियो । इन्डियन एयरलाइन्सको आइसी–८१४ नम्बरको विमान चालक दलका ११ सदस्य र १८९ यात्रु बोकेर काठमाडौँबाट दिल्ली उड्छ । तर विमान दिल्ली पुग्दैन । सामान्यतया काठमाडौंबाट उडेको विमान १ देखि २ घण्टा १५ मिनेटको समयमा दिल्लीमा अवतरण भइसक्छ । तर इन्डियन एयरलाइन्सको त्यो विमान उडेको आधा घन्टामा नेपाली आकाशमै अपहरण भयो । विमानमा रहेका पाँच सशस्त्र अपहरणकारीले चालक दललाई नियन्त्रणमा लिएर विमान अपहरण गरेका थिए । भारतीय जेलमा रहेका हर्कत उल मुजाहिद्दिनमा आबद्ध रहेर स्वतन्त्र काश्मिरी अभियानका प्रभावशाली नेता मौलाना मोहम्मद महसुद अजहरसहितका ३५ नेताको रिहाइका लागि सशस्त्र अपहरणकारीले नेपाली आकाशमै भारतीय विमान अपरहरण गरेका थिए । नेपाली आकाशमा अपहरण गरिएको विमानमा इन्धन भर्ने र भारत सरकारलाई आफ्ना माग पूरा गर्न दबाब दिन अपहरणकारीले भारतीय विमानस्थल प्रयोग गर्ने योजना बनाएका थिए । योजनाअनुसार उनीहरूले भारतको लखनउमा विमान अवतरण प्रयास गरे तर अनुमति मिलने । पाकिस्तानको लाहोरमा अवतरण प्रयास पनि विफल भयो । पाकिस्तानमा विमान अवतरण हुँदा पाकिस्तानी सरकार अपहरण आरोपमा जाकिन सक्थ्यो । साना–साना विषयमा पनि बल्झिरहने भारतसँगको सम्बन्धमा थप चिसोपन थपिन सक्ने भन्दै पाकिस्तान सरकारले अपहरित विमान आफ्नो देशभित्र अवतरण गर्ने अनुमति दिएन । विमानमा इन्धन सकिँदै थियो कतै अवतरण गर्नु वा दुर्घटित हुनुको विकल्प थिएन । अवतरण नभए १८९ यात्रुको जीवन समाप्त हुने निश्चित थियो । आफ्नै भू–भागमा विमान ओराल्न दिन आखिर भारत नै राजी भयो । भारतको अमृतसरमा विमान अवतरण भयो । विमानमा इन्धन भर्ने र अर्को देश जाने अपहरणकारीको योजना थियो । माग पूरा नगरे यात्रुको हत्या गर्ने धम्की पछि भारत सरकार इन्धन भरिदिन राजी पनि भयो । तर प्राविधिक समस्या भन्दै विमानलाई इन्धन ट्याङ्करनजिक लैजानुपर्ने भारतीय पक्षले माग गरे पछि भारतले आफूविरुद्ध सैन्य अप्रेसन तयारी गरेको आशङ्कामा अपहरणकारीले भारतीय यात्रु रूपेन कट्याललाई छुरी धसेर मारिदिए । अनि जति इन्धन छ त्यसैको भरमा विमान उडाएर लाहोर लैजान चालक दललाई अह्राए । अपहरणकारी कुनै हालतमा विमान उडाउने तयारीमा रहेको सूचना प्राप्त भएपछि भारत सरकारले नै पाकिस्तानी सरकारलाई लाहोरमा विमान अवतरणको अनुमति दिन आग्रह गर्यो । भारतको आग्रह स्वीकार गर्दै थोरै समय विमान अवतरण गर्ने अनुमति दिन पाकिस्तान राजी भयो । विमान अमृतसरबाट लाहोर पुग्यो । उनीहरूको गन्तव्य अफगानिस्तान थियो । लाहोरमा इन्धन भरेर विमान अफगानी सहर कान्दाहारतिर हान्नियो । तर कान्दाहारमा बेलुका विमान अवतरण सम्भव भएन । उनीहरूले फेरि रुट परिर्वतन गरेर विमान संयुक्त अरब इमिरेट्स पुर्याए । युएई विमानस्थलमा अपहरणकारीले खाना औषधीलगायत सामग्री माग गरे । युएई सरकारले विमानमा रहेका महिला बालबालिका र वृद्धलाई छाड्नुपर्ने सर्त राख्यो । २५ यात्रु र हत्या गरिएका कट्यालको शव बुझाएपछि अपहरणकारीको माग पूरा भयो । भोलिपल्ट विमान अफगानिस्तानको कान्दाहार विमानस्थल पुग्यो । त्यसपछि भारत सरकारसँग अपहरणकारीको मोलमोलाइ सुरु भयो । विमान र यात्रुको बदलामा भारतीय जेलमा रहेका मौलाना मोहम्मद महसुद अजहरसहितका आफ्ना ३५ नेताको रिहाइ गर्नुपर्ने उनीहरूले माग राखे । वार्ता शुरु भयो । वार्ता सुरु भएको ६ दिनमा बल्ल भारत मौलाना अजहरसहित तीन बन्दी छाड्न राजी भयो । अपहरणकारी पनि विमान र यात्रु मुक्त गर्न सहमत भए । त्यसपछि पुस १६ गते (३१ डिसेम्बर) मा अपहरित यात्रुसहित विमान अपहरणमुक्त भयो । त्रिभुवन विमानस्थलमा खरिद गरेको टिकटमा राष्ट्रियता भारतीय उल्लेख गरे पनि अपहरणकारी दुई जना पाकिस्तानी र तीनजना काश्मिरी थिए । मौलानाका भाइ इब्राहिम अख्तरको योजनामा विमान अपहरण भएको थियो । र अपहरणमा उनी पनि संलग्न थिए ।
भीमदत्तनगर असार २७ गते । आवश्यकताअनुसार सहुलियत दरमा रासायनिक मल उपलब्ध नहुँदा यहाँका कृषक मर्कामा परेका छन् । कृषकको मागअनुसार ठूलो परिमाणमा रासायनिक मल जिल्लामा आयात नगरिएको वरिष्ठ कृषि विकास अधिकृत विष्णुहरि देवकोटाले बताउनुभयो । अछाममा धान गहुँ मकै कोदो फापर तथा विभिन्न तरकारीका जातलगायत ३१ भन्दा बढी जातका अन्न तथा खेतीबाली गर्ने गरिएको छ ।रासस
ap1 टेभिको सिङ्गिङ रियालिटी शो नेपाल आइडलको दोस्रो संस्करण चलिरहेको छ । अघिल्लो बर्ष झै यसपाली पनि पोखराका प्रतिनिधि निलिमा थापा मगर र बिक्रम बराल टप ८ मा पर्न सफल भएका छन् । स्मरण रहोरस नेपाल अाईडलको पहिलो संस्करण भोटिङको अाधारमा पोखरा कै बुद्द लामाले जितेका थिए । तर यसपालि नियम केही परिमार्जन भएको हुदा निर्णायक र भोटिङको निर्णयको आधारमा नेपाल आइडल घोषणा हुनेछ । निलिमा थापा मगरलाई जिताउन गण्डकी प्रदेश पोखरामा सहयोग समिति गठन भएको छ । सोमबार पोखरामा पत्रकार सम्मेलन गरि सहयोग समितिको घोषणा गरिएको थियो । दोस्रो संस्करणको नेपाल आइडल निलिमा थापा मगर बनाऊ अभियान सहयोग समितिमा सहदेव जोजिजू (विनित) संयोजक रहेका छन् । समितिले निलिमालाई जिताउन आवश्यक भब्य प्रचारप्रसार गरि भोटिङका लागि अपिल गर्ने छ । साथै बिक्रम बराललाई जिताउन पनि अर्को समिति गठन भएको थियो । २०५४ साल असार २९ गते भारतको सिलोङमा जन्मिएकी निलिमाको स्थायी घर भने बागलुङ जिल्लाको भकुण्डे हो । उनी हाल पोखरा महानगरपालिका वडा नं ११ फुलबारीमा परिवारसँगै बस्दछिन । परिवारमा आमा र दुई भाई छन् । पारिवारिक स्रोतका अनुसार निलिमाका बुबा भारतमा कामको शिलशिलामा गएका र उतै लापत्ता छन् । निलिमाले भारतको सिलोङमा कक्षा ३ सम्मको अध्ययन गरिन भने पोखरा आएर पोखरा एकेडेमीबाट प्रवेशिका परिक्षा उतीर्ण गरेकी हुन् । कालिका उच्च माविबाट कक्षा १२ उतीर्ण गरेकी निलिमाले पोखरा रानीपौवास्थित जोजिजू म्युजिक स्कुलबाट सांगीतिक प्रशिक्षण लिएकी हुन् । निलिमा यसअघि पश्मिाञ्चल गायन तारा—२०७४ मा बिजेता भईसकेकी छिन् । पोखराको विग एफएमले आयोजना गरेको बिग आइकनको सातौं संस्करणमा उत्कृष्ट ५ सम्म पर्न सफल भएकी निलिमाले नेपाल आइडल दोस्रो संस्करणको अडिसन पोखरा बाटै दिएका थिए । नेपाल अाईडल सिजन २को आइडलको उनि एकमात्र गोल्डेन माइक बिजेता महिला प्रतिस्पर्धी हुन् । कार्तिक २५ छबी राना मगर । म्याक्सन टिभी नेपाल । पोखरामा बसेर बिगत झण्डै दश बर्ष देखि चलचित्र क्षेत्रमा क्रियाशिल पाचथरका सन्तोष सारु कार्तिक ६ मगर चलचित्रकि नायिका तथा मगर विद्यार्थी संघ पाल्पाका निबर्तमान अध्यक्ष २१ बर्षिय रूपा थापा मगरको मृत्यु भएको छ । उहाको बिबाह म्याक्स टिभी नेपाल पोखरा असोज १० पोखरा २२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा उनकै छिमेक
झोउ yujun पार्टी समिति हेंगयांग शहर र जिल्ला पार्टी र सरकार डेलिगेसन मा yanfeng जिल्ला सचिव apr 14 2017 मा हाम्रो कम्पनी भ्रमण गर्न आउनुहोस्। नगर जनता कांग्रेस गणनामा xie hongzhi र आफ्नो entourage को पार्टी को सचिव समिति डिसेम्बर 27 2016 मा निरीक्षण र निर्देशन लागि हाम्रो companty आउँछन्। नगरपालिका पार्टी समिति deng qunce को उपाध्यक्ष सचिव र उपाध्यक्ष मेयर लिउ जेनgxig नेताहरू feb17 2016 मा छानबिन लागि हाम्रो कम्पनी आउँछन्। हाम्रो उत्पादनहरू वा pricelist बारेमा अनुसन्धानका लागि कृपया हामीलाई आफ्नो इमेल छोडेर हामी 24 घण्टा भित्र सम्पर्कमा हुनेछ।
मेरो मातृभूमी नेपालमा हिजो प्रजातन्त्रका पिता भनेर सम्मान गरिने लौहपुरुष गणेशमान सिंहको थुप्रै प्रसंग र परिवेशहरुमा सम्झना गरियो । उनले देखेका सपना गरेको प्रतिज्ञा त्याग र उनले खनेका आर्थिक क्रान्तिका बाटाहरु पछ्याउने थप अनि नियमित कर्मकाण्डी प्रणहरु गरियो । २०३६ सालदेखि आजको दिनसम्म आईपुग्दा पनि हामी लिने र पाउने आन्दोलनमै केन्द्रित छौं जहाँ संगठन र राजनीति मार्फत बिरासत को एकछत्र रजाई गर्दै ब्याजको प्रत्याभूति गर्न सकिन्छ । बीपीको सपनालाई जोडेर राज्य सत्तामा कमाई र रजाई गर्ने कोइराला परिवारबाद होस् अथवा त्यसैलाई भर्याङ्ग बनाएर पाँचौं पटक प्रधानमन्त्री बन्ने सपना देख्ने शेरबहादुर देउबा हुन या कांग्रेसी संस्थापन या लोकतन्त्रका पिता लौहपुरुष गणेशमान सिंहको अद्वितीय त्याग र समर्पणलाई भजाएर जनतालाई रैती र आफ्नो दसगजा क्षेत्रलाई पुर्खौली बिर्ता या बपौती ठान्ने प्रकाशमान सिंहहरु हुन । अथवा जनताको बहुदलीय जनबाद र मदन भण्डारीको बिरासतको सावाँ ब्याज असुलेर नयाँ श्री ५ बनेका राष्ट्रपति बिद्यादेबी भण्डारीहरु र पार्टीमा सदा सर्वदा एकत्र अनि एकछत्र राज गर्ने केपी शर्मा ओलीहरु नै किन नहुन । अझ प्रचण्डपथको अस्त्रले नेपाली राजनीतिमा परिवारवादको बामपन्थी एकाधिकारबादी अभ्यास गर्ने र निरन्तर गरिरहेका पुष्पकमल दाहालहरु नै किन नहुनसार अभिष्ट र अन्तर्यमा उनीहरु उस्तै उस्तै हुन । खोई कहाँ भएको छ साँचो अर्थमा सम्झना सम्मान या अनुशरण बीपी कोइराला गणेशमान सिंह मनमोहन अधिकारी र मदन भण्डारीहरुको महान समाजबादी बीपी कोइराला राजाबादी देख्ने कांग्रेसी संस्थापनले लौहपुरुष गणेशमान सिंहलाई रुवाएको घटना र परिदृश्य हाम्रो पुस्ताले देखेकै हौँ । देशीबिदेशी योजनामा तात्कालिक सर्वाधिक शक्तिशाली नेकपा (एमाले) फुटाएर मनमोहन अधिकारीहरुलाई रुवाउने बामदेब गौतम अहिले जसरी अनि जे गरेर भए पनि एकपल्ट नेपालको प्रधानमन्त्री बन्ने जिध्दी सपनामा नयाँ नयाँ गठबन्धन र सौदाबाजी गर्दैछन । दोश्रो आन्दोलन दबाउने मूल अभियुक्त कमल थापालाई अंगालो हाल्नासाथ उनै बीपी कोइरालाले परिकल्पना गरेको लोकतान्त्रिक गठबन्धन पूर्ण भएको छ । यिनै दण्डहिनता राजनैतिक अस्तव्यस्तता अपत्यारिलो सत्तास्वार्थमुखी गठबन्धन लामो जर्जर यथास्थितिबादकै कारण आज संसारभर छरिएर रहेका नेपालीहरु बिच बैकल्पिक राजनैतिक शक्तिको आवश्यकताका बारेमा घनिभूत अन्तरक्रियात्मक बहस हुने गरेको छ । त्यस्तो सम्भावना र आवश्यकतालाई वर्तमान यथास्थितिबाद र भ्रष्ट संस्थापनले मलजल गरिरहेको छ । तात्कालिक साझा पार्टी तथा वर्तमान बिबेकशील साझा पार्टीको ग्रासरुट अभियान नेतृत्वको चाहना र छोटै समयमा उनीहरुले स्थापना गरेको परिचयले अब त्यो सम्भावनालाई नकार्न नसकिने स्थिति बनाई दिएको छ । त्यो बैकल्पिक धार र विचारको नेतृत्व गर्न कस्सिएर लागेको रबीन्द्र मिश्रहरुको लोकप्रियता र आम अनुमोदनले अब त्यस्तो सम्भावनालाई अझ नजिक ल्याईदिएको छ । आफ्नै जीवनकालमा बिकास गर्ने र हेर्ने यी तन्नेरी पुस्ताको चाहना चाँही यथार्थमा गणेशमान सिंहले त्यसबेला देख्नु भएको आर्थिक क्रान्ति को चाहना र सपनासँग छ । तर मैले प्रवासबाट मनको आदेशमा रबीन्द्र मिश्र परिवर्तन सम्भावना र बैकल्पिक राजनैतिक धार अनि शक्तिका बारेमा पक्षपोषण गरेर लेखिरहँदा चौबिसै घण्टा परिवर्तनको चाहना राख्ने र वर्तमान भ्रष्ट ठुला नेता र संस्थापनको बिरोध गर्ने मेरै पुस्ताका र अझ अग्रजहरु चाँही नजानिदो किसिमले मनको डाहा ईर्ष्या अनि कुण्ठा लेखिरहेका बोलीरहेका छन । बिरोधको अन्तर्य र अर्थ गहिरिएर बुझ्दै जाँदा रबीन्द्र मिश्रहरुलाई निकम्बा र राजनैतिकरुपमा नालायक सावित गर्नेहरुको सानो भीडमा अहिले सबभन्दा बढी शब्द र संचारको खेती गर्नेहरु धेरै अग्रज अनि केहि प्रतिष्पर्धी अनुजहरु रहेछन । उनीहरुसंग पुराना दल र भ्रष्ट नेताहरु प्रतिको कुनै मोह तथा आंशिक आशक्ति त छैन तर उनीहरुको डाहा ईर्ष्या मिश्रित खुच्चिङ्ग चेतनालाई रबीन्द्रहरु सम्भाबनाको त्यान्द्रो र झिनो आशाको दियो अथवा एक्काईसौं शताब्दीको बिकल्प बन्न लागेको भने पटक्कै मन परेको छैन । केहि मेरा प्रवासमा रहेका उदार विचार चेतना र ब्रम्ह भएका मित्रहरु अहिले राजनैतिक सिण्डीकेसनले जर्जर बनेको नेपालमा नेल्सन मन्डेला हरु पो खोज्दैछन । देश र प्रवासमा पिडा र कुण्ठामा बाँचेको त्यो सानो जमातलाई रबीन्द्र मिश्रले बीबीसी मा जागिर खाँदा पनि डाहा ईर्ष्या र जलन थियो अन्तरवार्ता लिँदा पनि र अहिले दिंदा पनि बर्षको ११ महिना देश र विदेशबाट परिवर्तन चाहियो नयाँ पुस्ताले राजनीतिमा आउनु पर्यो भनेर भन्नेहरु अहिले रबीन्द्र मिश्रहरुलाई नालायक भन्न नयाँ बहाना र अन्तर चाहनाका बनिबनाउ बर्बराहट लिएर सामाजिक संजालमा सक्रिय हुन थालेका छन । वर्तमान ठुला दल भित्र थुप्रै असल तन्नेरी पुस्ताका नेताहरु हुँदा हुँदै पनि उनीहरूलाई उचित स्थान र जिम्मेवारी दिईएको छैन । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता धनराज गुरुङ एक निरिह पात्र मात्र हुन । यिनै र यावत यथार्थ भूराजनैतिक धरातलमा उभिएर अब मातृभूमी नेपालमा हुने संघ र प्रदेशहरुको निर्वाचनमा बिबेकशील साझा पार्टीमा रबीन्द्र मिश्र जस्तै सबल शिक्षित र संसारको राजनीति र कुटनीति बुझेका तन्नेरी पुस्ताका हाम्रा पार्टी का होइन राम्रा उम्मेदवार लाई जिताउन आआफ्नो ठाउँबाट आफ्नो गच्छे र औकात अनुहार लाग्नु हामी हरेक सचेत चेतनशील र स्वाधीन नेपाली मतदाता नागरिकहरुको जिम्मेवारी हो । सबै पार्टीको असल र ईमान्दारहरूलाई खोजी खोजी जिताऔं अनि डनबाद र न्यूयोर्क(अमेरिका) कानुनी सहयता नपाएर बिदेशमा दुख पाएका नेपालीको सहयोगका लागि स्थापना भएको एनआरएन लिगल डिफेन्स फाउण्डेशनले आफ्नो कामको शुरु गरेको छ । केहि दिन
१९ असार काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकार शोषक सामन्तीको पक्षमा उभिएको टिप्पणी गरेकी छन् ।राजधानीमा मंगलबार आयोजित कार्यक्रममा उनले माइतीघर मण्डला लगायतको स्थानमा प्रदर्शनमा रोक लगाएकोमा विरोध गरिन् । डागोविन्द केसीले गरीब जनताको छोराछोरी र तिनको स्वास्थ्यका लागि लडेको भन्दै उनले प्रश्न गरिन् के यो नाजायज हो र ’ केदारभक्त माथेमा आयोगको प्रतिवेदन विपरीत चिकित्सा शिक्षा विधेयक ल्याएर सरकारले शोषक सामन्ती व्यापारीहरुलाई सहयोग गरेको भन्दै पूर्वन्यायाधीश कार्कीले भनिन् तपाईं त सामन्ती हुनुहुँदो रहेछ ।’
कनकाइ विर्तामोड र अर्जुनधार नगरपालिकाहरुवाट उत्पादन हुने जैविक फोहोरहरुवाट संयुक्त रुपमा (बायोग्यास) सञ्चालन गर्नका लागि योग्य आवेदक (लगानीकर्ता) छनोट गर्ने सम्बन्धि सूचना
गंगातटमा बाबा विश्वनाथको पवित्र भूमि वाराणसी । नदी धार्मिक आस्था र मानव सभ्यतालाई नजिकबाट नियाल्न हामी उत्सुक थियौँ । सबै सिट भरिभराउ गरेर उडेको बुद्धको जहाजमा हामी चारजनाबाहेक सबै यात्रु भारतीय थिए । सिमसिम पानी पर्दापर्दै जहाज वाराणसी उड्न तम्तयार थियो । त्यहीवेला एक भारतीय यात्रु वर्षायाममा मनमोहक देखिएका नजिकका डाँडाकाँडा देखाउँदै भन्दै थिए आहा कस्तो सुन्दर  चारैतर्फ डाँडैडाँडाले ढाकेको सहर काठमाडौं ।’ उनले आफ्नो समूहका अन्य साथीलाई त्यसतर्फ ध्यानाकर्षण गराए । १८ असार साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरको एटिआर ४२ जहाज वाराणसीका लागि उड्यो । अनि त्यही विमानमा थियौँ हामी चारजना सञ्चारकर्मी । हिन्दू धर्मावलम्बीका लागि दुई पवित्र केन्द्र पशुपतिनाथको भूमि काठमाडौं र विश्वनाथको भूमि वाराणसीलाई बुद्धले नियमित उडानमार्फत जोडेको छ । करिब एक घन्टाको उडानपछि जहाज वाराणसीस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रियो । पुर्खाले ज्ञान आर्जन गरेको नेपाल र नेपालीसँग निकट नाता जोडिएको वाराणसी हामी सबैका लागि नौलो थियो । भारत भ्रमणमा जाँदा नेपालीले भिसा लगाउनुपर्दैन र भारतीय नागरिकले नेपाल आउँदा पनि । विमानस्थलको अध्यागमनमा पासपोर्ट बोकेर जाने नेपालीलाई खास समस्या छैन । तर पुरानो नागरिकता बोकेर जाँदा भने अध्यागमनका कर्मचारीले अलि बढी सोधखोज गर्छन् । नयाँ नागरिकतामा अंग्रेजी भाषाको समेत प्रयोग भएकाले समस्या हँुदैन । त्यसकारण जहाजबाट भारत जाँदा सकेसम्म पासपोर्ट नै बोक्दा अध्यागमनमा झन्झट नहुने रहेछ । दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भने पासपोर्ट अनिवार्य छ । झिसमिसेमा वाराणसी ब्युँझिने क्रममा थियो । सडकमा मट्का चिया पाक्न थालिसकेको थियो । सडकमै सुतेका बलिया साँढे र बाबाजीहरूको हरेरामले वातावरणमा रौनकता थप्दै थियो । होटेलबाट करिब १० किलोमिटर यात्रापछि हामी गंगाकिनार पुग्यौँ । गंगामा डुंगाबाट यात्रा गराउने र यहाँको महिमा जानकारी गराउने जिम्मा अर्जुन साहनीले लिए । २५ सय २५ किलोमिटर लामो गंगा नदी भारतको सबैभन्दा ठूली नदी हुन् । करिब ७ किलोमिटर लामो किनारमा ८४ घाट छन् । त्यसमध्ये असमीघाट दश्वमेयघाट आदिकेशवघाट पञ्चगंगाघाट र मणिककर्णिकघाट निकै महत्वपूर्ण रहेको साहनी बताउँदै थिए । गंगातटमा पुग्दा हिन्दू धर्मावलम्बीले भगवान्कै आँगनमा आइपुगेको अनुभू्ति गर्न सक्छन् । वाराणसीको गंगातटमा तत्कालीन राजाहरूले मन्दिर र घाट निर्माण गर्न लगाएका थिए । यी पुरातात्विक सम्पदा आज पनि अविरल अटल र सगौरव उभिएझैँ देखिन्छन् । हामी बोधगयाबाट झन्डै १७ किलोमिटर पर अवस्थित गयातर्फ लाग्यौँ । भगवान् विष्णुको पदचिह्नमा निर्माण भएको धार्मिक मान्यता बोकेको विष्णुपाद मन्दिर बिहारकै एक महत्वपूर्ण तीर्थस्थल मानिने रहेछ । यहाँ मानिस पितृदानका लागि पुग्छन् । भनिन्छ एकपटक गयामा पुगेर पितृको श्राद्ध गर्ने मानिसले हरेक वर्ष श्राद्ध गरिरहनुपर्दैन ।’ गयाका मन्दिरको भ्रमण सकेर हामी सोही दिन पुनः वाराणसी फर्कियौँ । बुद्ध एयरले काठमाडौं–वाराणसी रुटमा साताको दुई उडानमार्फत नियमित सेवा प्रारम्भ गरेको छ । यसले वाराणसी यात्रालाई निकै सहज बनाएको छ । बुद्धले दुईतर्फी १४ हजार रुपैयाँ हवाई भाडा र २५ हजार रुपैयाँमा वाराणासी प्याकेज बिक्री गरिरहेको छ । प्याकेजमा होटेल (बेड एन्ड ब्रेक फास्ट) यात्रा अवधिभर यातायात एकपटकका लागि डुंगा सयर र साइटसिनको खर्च जोडिएको हुन्छ । यात्रा अवधिभर खाना कोसेली र धार्मिक तथा ऐतिहासिक स्थल प्रवेशका लागि लाग्ने शुल्कको रकम भने यात्रु आफैँले बोकेर लैजानुपर्छ । बनारसी साडी विश्वप्रसिद्ध ब्रान्ड हो । यसलाई न्यूनतम एक हजार भारुमा किन्न सकिन्छ बनारसमा । बनारसमा नेपालको तुलनामा सस्तो मूल्यमा लत्ताकपडा उपलब्ध हुन्छ । यात्रामा केही अतिरिक्त रकम बोकेर लत्ताकपडा खरिद गरी परिवार र साथीभाइलाई उपहार ल्याउन सकिन्छ । बनारसी मिठाइ र पान पनि नेपालमा मीठो उपहार बन्छ । वाराणसीबाट हामी करिब तीन सय किलोमिटर पर बोधगयाका लागि निस्कियौँ । भगवान् गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको यो भूमि बिहार राज्यमा पर्छ । सडक यात्राका दौरान बनारसी पान बनारसी आँप बनारसी विर्यानी र लस्सीमा रमाउँदै हामी झन्डै ६ घन्टापछि बोधगया पुग्यौँ । सोही दिन हामी फाल्गु नदीको किनारस्थित बोधीवृक्ष ८० फिट अग्लो भव्य महाबोधी मन्दिर र त्यसआसपासका अन्य संरचनाको अवलोकनमा लाग्यौँ । भगवान् बुद्धले यही बोधी वृक्षमुनि बसेर ध्यान गरेका थिए । टिकट काटेर मात्र क्यामराभित्र लैजान मिल्ने तर मोबाइल लैजान रोक लगाइएको यो मन्दिर हिन्दू र बौद्ध दुवै धर्मावलम्बीका लागि उत्तिकै आस्थाको केन्द्र रहेको आभास मिल्छ । यहा विभिन्न मुलुकले आफ्नै शैलीका गुम्बा र मन्दिर बनाएका छन् । भगवान् गौतम बुद्धले पहिलोपटक आफ्ना शिष्यलाई उपदेश दिएको सारनाथबाट यात्रा प्रारम्भ गयौँ । सारनाथमा पनि विभिन्न देशले आफ्नो पहिचान झल्किने गरी गुम्बा र मन्दिर बनाएका छन् । शान्तिभूमिको भ्रमणपछि हाम्रो टोली नेपालमा रहेका आफन्तका लागि कोसेली किनमेलमा लाग्यो । करिब ३ बजे बनारसबाट लालबहादुर शास्त्री विमानस्थलतर्फ लागेको राजुको गाडी ४ बजे विमानस्थल पुयो । किनकि हामीले साँझ ६ बजे काठमाडौं उड्ने बुद्ध एयरको जहाज भेटाउनु अनिवार्य थियो ।
चर्चित पप गायक नविन के भट्टराइले मेरो नाम बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । नबीन के भट्टराई नेपालका चर्चित पप गायक रचनाकार तथा सङ्गीतकार हुन्। उनको यो गीत हिजो जेष्ठ २४ गते विहिवारका दिन म्युजिक नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । म्युजिक भिडियो नविना भट्टराईले निर्देशन गरेका हुन भने गीतको शब्द नरेश देव पन्तले लेखेका छन् । गीतमा संगीत भने गायक नविन के भट्टराई स्वयंकै रहेको छ । संगीत संयोजन इमान विक्रम शाहले गरेका छन् । मेरो नाम गीतको म्युजिक भिडियोमा टिना आरबी र संजय भट्टराईले निकै राम्रो अभिनय गरेका छन् भने भिडियोलार्इ ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन । हेर्नुहोस् भिडियो शुक्र जेष्ठ २५ २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस लभस्टोरी जनरामा निर्माण गरीएको चलचित्र हो।गौरी मल्ल बिनोद न्यौपाने रिचा सिहं ठकुरी राजेश ढुंगाना एनि कँवर यस चलचित्रमा मुख्य अभिनय रहेको छ । त्रिकोणात्मक प्रेम कथामा आधारित यस चलचित्रमा बिनोद न्यौपानेलाई लभर ब्वाईको रुपमा देखाईएको छ भने नाई नभन्नु ल मार्फत चलचित्रमा डेब्यु गरेकी नायिका रिचा सिंह ठकुरी ५ बर्ष पश्चात यसै चलचित्र मार्फत पुर्नआगमन गर्दैछिन् । यस्तै यो चलचित्रमा गौरी मल्ल पनि ससक्त भूमिकामा छिन् । यो चलचित्रलाई निर्देशन कल्याण अधिकारीले गरेका हुन् । उनको पनि यो डेब्यु फिल्म हो । चलचित्रको प्रदर्शनीका लागि आफु निकै उत्साहित रहेको कल्याणको भनाई छ । यो चलचित्रमा अर्जुन पोखरेलको संगीत राजु किरात राईको द्धन्द्ध निर्देशन दयाराम पाण्डेको गीत रहेको छ । आफुले कार्यक्रम गरेर पहिला फिल्म घोषणा गरेपनि यो पागल मनले अरु तीन नेपाली चलचित्रसँग जुध्नु पर्ने भएको छ । यसरी जुधाएकोमा दुःख व्यक्त गर्दै नेपाली फिल्महरु एक आपसमा जुध्दा कुनै पनि फिल्मलाई फाईदा नहुने निर्देशक एवम् निर्माता कल्याण अधिकारी बताउँछन् । धेरै दुःख गरी आफुले ३ बर्षको समय पश्चात रिलिज गर्न खोजे पनि काठमाडौं उपत्यका र मोफसलमा धेरै हल पाउन नसकेको उनको गुनासो छ । यो चलचित्रले काठमाडौं उपत्यकामा ७ ओटा सिनेमा हल र मोफसलमा १२ ओटा सिनेमा हल पाएको पनि निर्देशक तथा निर्माता कल्याण अधिकारीले जानकारी गराए । थोरै सिनेमा हल पाए पनि यस फिल्मलाई दर्शकले मन पराउनेमा उनि बिश्वस्त छु भन्छन् । शुक्र असार २९ २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ भारत हुँदै नेपाल आउने संकेत बेइजिङले दिएको छ । ६ महिनापछि दिल्लीमा हुने ब्रिक्स सम्मेलनमा सहभागी हुने क्रममा नेपाल भ्रमण गर्न राष्ट्रपति उत्सुक रहेको चीन सरकारनिकट स्रोतले बताएका छन्।नागरिक दैनिकमा समाचार छ। उदीयमान पाँच अर्थतन्त्र (ब्राजिल रुस भारत चीन र दक्षिण अफ्रिका) को समूह ब्रिक्सको अध्यक्षता गत फेब्रुअरीदेखि भारतले गरिरहेको छ । डिसेम्बरसम्म अध्यक्षता गर्ने क्रममा भारतले दिल्लीमा ब्रिक्स सम्मेलन आयोजना गर्ने तयारीमा छ । सेप्टेम्बर–अक्टोबरमा हुने सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसहित ब्रिक्स राष्ट्र प्रमुखहरू सहभागी हुनेछन् । ब्रिक्स सम्मेलनमा सहभागी हुन दिल्ली जाने क्रममा चिनियाँ राष्ट्रपतिले दक्षिण एसियाका भारत नेपाल र बंगलादेश भ्रमण गर्ने तयारी गरिरहेको स्रोतले उल्लेख गरेका छन् । दुई वर्षअघि चिनियाँ राष्ट्रपतिले माल्दिभ्स श्रीलंका र भारत भ्रमण गरेका थिए भने गत वर्ष पाकिस्तान गएका थिए । दक्षिण एसियाका नेपाल र बंगलादेशमा राष्ट्रपति सीको यो पहिलो भ्रमण हुनेछ ।
रियल मड्रिड छोडेर जाँदै गर्दा रोनाल्डोको भाबुक पत्र म जादैँछु तर मेरो जर्सी ती ट्रफी र सेन्टियागो बेर्नाबेउ कहिले भुल्ने छैन || सुनौलो नेपाल रियल मड्रिड छोडेर जाँदै गर्दा रोनाल्डोको भाबुक पत्र म जादैँछु तर मेरो जर्सी ती ट्रफी र सेन्टियागो बेर्नाबेउ कहिले भुल्ने छैन स्पेनिस क्लब रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो विश्वको चौथो महंगो खेलाडी बन्दै मंगलबार राति इटालियन क्लब यूभेन्ट्ससँग अनुबन्धित भए।१ सय १२ मिलियन पाउन्डमा रोनाल्डो चारवर्षका लागि यूभेन्ट्स पुगेसँगै उनको रियल मड्रिडको ९ वर्षे करिअर अन्त्य भएको छ।२००९ मा म्यानचेस्टर यूनाइटेडबाट ८० मिलियन पाउन्डमा रियल आएका रोनाल्डोले क्लबका लागि सर्बाधिक ४ सय ५१ गोल गर्दै कीर्तिमान राखे।पछिल्ला पाँच सिजनमा रियल मड्रिडलाई उनले चार पटक च्याम्पियन्स लिगको उपाधि जिताएका उनले रियल छाड्ने निश्चित भएपछि आफूले बिताएका वर्षहरुको सम्झना गर्दै पत्र लेखेका छन् रियल मड्रिड क्लब र मड्रिड शहरसँग बिताएका यी वर्षहरु मेरा जीवन कै सबैभन्दा खुशीका क्षणहरु थिए। यस क्लब र यस शहरप्रति ममा सधै कृतज्ञताको भावमात्रै रह्यो। मलाई मायाँ र सद्भाव देखाउने सम्पूर्णप्रति आभारी छु। मलाई लाग्यो कि यो मेरो जीवनको नयाँ चरणमा प्रवेश गर्ने समय हो र मैले क्लबलाई मेरो सरुवाको अनुरोध ग्रहण गरिदिन भनेको थिएँ। हाम्रा समर्थकसँग मलाई बुझिदिन अनुरोध गर्दछु।यहाँ बिताएका यी ९ वर्ष उत्साहपूर्ण रहे। तिनीहरु रोकिएर हैन लगातारका बिताएका ९ वर्ष थिए। यी वर्षहरु मेरा लागि उत्साहजनक रहे र उत्तिकै गार्‍हो पनि।किनकी रियल मड्रिडमा रहन कडा मेहनत गर्नुपर्थ्यो। तर यस क्लबमा रहँदा मैले अद्धितीय हिसाबले फुटबलमा रमाएको कुरा म कहिलै बिर्सने छैन।मैदानमा अनि ड्रेसिङ रुममा म सधैँ उत्कृष्ट सहकर्मीहरुले घेरिएको हुन्थेँ। हामीले पाँच वर्षमा चार पटक अनि लगातार तीनपटक च्याम्पियन्स लिग जित्दा समर्थकहरुको न्यानो र अविश्वसनीय मायाँ पायौँ। व्यक्तिगत रुपमा पनि यस उत्कृष्ट र असाधारण क्लबमा रहँदा मैले ४ गोल्डेन बल र ३ गोल्डेन बुट जितेँ। यो उपलब्धिप्रति म निकै सन्तुष्ट छु।रियल मड्रिडले मसँगै मेरो परिवारको पनि हृदय जित्यो। त्यसैकारण पनि म क्लब क्लबका अध्यक्ष निर्देशकहरु सहकर्मी प्राबिधिकहरु चिकित्सकहरु र कामदारहरुलाई धन्यवाद भन्न चाहान्छु।पुनः हाम्रा समर्थक र स्पेनिस फुटबललाई धन्यवाद दोहोर्‍याउन चाहान्छु। यी ९ वर्षमा मेरा अगाडि उत्कृष्ट खेलाडीहरु पनि रहनुभयो। उहाँहरुप्रति मेरो सदा आभार रहनेछु।म धेरैपटक क्लबको प्रतिबिम्बका रुपमा पनि चिनिएँ। तर अब क्लबका लागि नयाँ चरण आइसक्यो। म जादैँछु तर मेरो जर्सी ती ट्रफी र सेन्टियागो बेर्नाबेउलाई म जहाँ भएपनि सधैँ आफ्नो महसुस गरिरहनेछु।सबैलाई धन्यवाद अनि ९ वर्ष अघि यहाँ आउँदा स्टेडियममा मैले भनेको शब्द दोहोर्‍याउन चाहन्छु बुध असार २७ २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस
१ देशमा जताततै राजनीतिको चर्चा छ।केही महिना पहिले स्थानीय तह प्रदेश र संघीय चुनाव भएको थियो भने अहिले देशकै शीर्ष पदहरूको निर्वाचन हुनगइरहेको छ। यही हप्ता भित्र राष्ट्रपति उपराष्ट्रपतिसभामुख र उपसभामुख सबै पदहरूको निर्वाचन सम्पन्न हुँदैछ। त्यस हिसावले यो साता महत्वपूर्ण हुन गएको हो। २ सभामुखको पदमा निर्विरोध निर्वाचन भएको छ। सभामुख पदमा एमाओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएका हुन्। उनका विरुद्धमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले त्यसरी विरोधमा उम्मेदवार खडा नगर्नु सदाशयता देखाउनु हो भन्ने मानिएको छ। ३ तर त्यही काँग्रेसले राष्ट्रपति पदमा भने आफ्नो उम्मेदवार खडा गरेको छ। एमालेले चाहिँ वर्तमान राष्ट्रपति विद्या भण्डारीलाइ नै आफ्नो प्रत्याशी बनएको छ। काँग्रेसले पनि कुमारीलक्ष्मी राईलाई उम्मेदवार बनाएर राष्ट्रपति विद्याभण्डारीलाई निर्विरोध हुनबाट रोकेको छ। काँग्रेसले त्यसो गर्नुपर्नाको कारण राष्ट्रपतिले काँग्रेसद्वारा सिफारिस गरिएका तीनजनालाई राष्ट्रियसभामा मनोनीत नगरेकोमा असन्तोष जाहेर गरेको उल्लेख गरेको छ। ४ राष्ट्रपतिको चुनावको लगत्तै उपराष्ट्रपतिको चुनाव हुनेभएको छ भने उता उपसभामुखको चुनाव पनि त्यही क्रममा हुने भएको छ। त्यसैले पनि देशको लागि यो साता ज्यादै महत्वको सावित भएको छ।संविधानलाई पूर्ण कार्यान्वयन गर्ने क्रममा यी चुनावहरू अत्यावश्यक मानिन्छन्। ५ केन्द्रको अवस्था यस्तो छ भने प्रदेशहरूमा प्रदेशका मुख्यमन्त्री नियुक्त भएकाहरूले विश्वासको मत लिएपछि आफ्नो मन्त्रीमण्डल विस्तार गर्ने भएका छन्। यो साता सबै प्रदेशहरूका सरकारहरूले पूर्णता पाउने छन्। त्यसपछि तिनीहरूको कामले गतिलिने अपेक्षा गरिएको छ। ६ केन्द्रको अवस्था पनि त्यस्तै छ। प्रधानमन्त्री केपीओलीले पनि विश्वासको मत लिएपछि नै मन्त्रीपरिषदलाई पूर्णता दिने अनुमान गरिएको छ।सरकारमा संघीय समाजवादी फोरम भित्रिनेकुरा निश्चित भएको छ भने राष्ट्रिय जनता पार्टीे पनि सरकारमा जान खुट्टा उचालीसकेको छ। यस हिसावले प्रधानमन्त्री ओलीको सरकार दुर्इतिहाई बहुमतको सरकार हुँदैछ। ७ सरकार शक्तिशाली बन्नेमा शंका छैन। त्यसमाथि राष्ट्रपति पनि आफ्नै पार्टीका हुने भएकोले राष्ट्रपतिबाट बाधा अवरोध हुने अवस्था देखिँदैन। यस्तो स्थिति सिर्जना हुनु काम गर्नका लागि अनुकूल वातावरण बन्नु हो। यस्तो अवस्था विरलै हुन्छ। प्रधानमन्त्री मन्त्रीहरू र सत्तारुढ पार्टीका नेताहरूले यसलाई ठूलै अवसर सम्झनु पर्दछ। तिनीहरू के कसरी अगाडि बढ्छन् त्यो भने हेर्न बाँकी नै छ। १ भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा बुद्ध धर्मको महत्वपूर्ण एवम् पवित्र ग्रन्थ त्रिपिटकको आजदेखि तीन दिनसम्म पाठ हुने भएको छ। आजदेखि पाठ गरिने सो कार्यक्रममा देश विदेशका ५०० भिक्षुहरु सहभागी हुनेछन्। नेपालमा पहिलो पटक आयोजित यस कार्यक्रमलाई बडो महत्वका साथ हेरिएको छ। २… १ नेपालीहरुको सबभन्दा ठूला चाड दशैं र तिहार दुवै सकिएको छ। दशैं र तिहार चाडमा मस्त साथ रमाइरहेका नेपालीहरु विस्तारै आआफ्नो काममा फर्केका छन्। सरकारी कार्यालयहरुमा हाकिमहरुको उपस्थिति बाक्लै गरी देखिन थालेको छ भने राजनीति गर्ने नेताहरु जिल्लाबाट काठमाडौं जाने क्रम जारी… १ कार्तिक २४/२५ गते नेपालको राजनीतिक इतिहासमा एक यस्तो दिवस हो जसले नेपालको राजनीतिका शिखर व्यक्तित्व सुवर्णशम्सेरलाई स्मरण गराउँछ। नेता सुवर्णशम्सेरको कलकत्तामा २०३४ साल कार्तिक २४ गते निधन भएको थियो भने २५ गते अन्तिम दाहसंस्कार गरिएको थियो। २ फेरि कार्तिक २४ गते…
ध्यान दिनुहोस् तपार्इंले नेपाली बोल्नुहुन्छ भने तपार्इंको निम्ति भाषा सहायता सेवाहरू निःशुल्क रूपमा उपलब्ध छ । फोन गर्नुहोस्
– न्यूनतम तलब र आधारभूत अधिकार नदिने पुराना कामदारलाई समस्यामा पारेका कम्पनीको मागपत्र स्वीकृत नहुने काठमाडौँ — खाडीका सबै प्रकृतिका रोजगारदाता कम्पनीले नेपाली कामदार लान नपाउने भएका छन् । कामदारलाई न्यूनतम आधारभूत अधिकार नदिने साउदी अरब कतार यूएई कुवेत बहराइन र ओमनका रोजगारदाता कम्पनीमाथि नेपाली दूतावासहरूले नयाँ नेपाली कामदार लैजान नपाउने नीति कडाइका साथ लागू गर्न थालेका हुन् । साउदी अरबस्थित नेपाली दूतावासका उपनियोग प्रमुख आनन्दराज शर्माले कम्पनीको हैसियत हेरेर मात्रै नेपाली ल्याउन अनुमति दिन थालिएको बताए । जुन कम्पनीले नेपाल सरकारले तोकेको न्यूनतम तलब निर्धारण गरेको छ । नेपाली कामदारले समस्या भोगेका छैनन् त्यस्तोलाई मात्रै कामदार ल्याउन अनुमति दिन थालेका छौं’ शर्माले भने । शर्माका अनुसार साउदीमा कामदार अलपत्र बनाउने म्यानपावरको नयाँ डिमान्डसमेत रोकिएको छ । जुन म्यानपावरले ल्याएका कामदार समस्यामा छन् र उसले अर्को कम्पनीको डिमान्ड ल्याएर अनुमति मागेको अवस्थामा कामदार ल्याउने अनुमति दिइएको छैन’ उनले भने । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैशाख ३१ देखि वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका’ कार्यान्वयन गर्न नेपाली दूतावासलाई अख्तियारी दिएपछि कम्पनी र म्यानपावरमाथि कडाइ गर्न थालिएको हो । नेपाली दूतावासलाई विश्वास लाग्ने कागजात पेस गरे मात्रै रोजगारदाताले नेपाली कामदार लैजान पाउनेछन् । निर्देशिकाअनुसार रोजगारदाताले दूतावाससमक्ष कार्यरत नेपाली कामदारको अवस्था उनीहरूको पछिल्लो तीन महिनाको पारिश्रमिक वितरणको अवस्था कार्यस्थल आवास स्वास्थ्य र सुरक्षासम्बन्धी अवस्था रोजगारदाताको वैधानिकता श्रम गन्तव्य मुलुकको सरकारबाट प्राप्त नेपाली कामदार माग गर्न दिइएको स्वीकृतिजस्ता कागजात पेस गर्नुपर्छ । यसबाहेक दूतावासले थप कागजात पनि माग्न सक्छ । निर्देशिकाअनुसार अब नेपाली कामदार लैजाने कम्पनी मागपत्र प्रमाणीकरण गर्न आफैं नेपाली दूतावास पुग्नुपर्छ । दूतावासले मागपत्र प्रमाणीकरण/अभिलेख नगरेसम्म कामदार ल्याउने प्रक्रिया सुरु हुँदैन । हामीले कतारका कम्पनीलाई तीन तहमा वर्गीकरण गरेका छौं । भिसा टिकटको खर्च बेहोर्नुका साथै म्यानपावरलाई सेवा शुल्क दिने कम्पनीलाई कामदार ल्याउन तुरुन्तै अनुमति दिन्छौं । भिसा र टिकट खर्च बेहोर्ने तर म्यानपावरलाई सेवा शुल्क नदिने रोजगारदातालाई दुई दिनभित्र अनुमति दिनेछौं । नयाँ कम्पनीको हकमा भने १० दिनको समय लिन्छौं’ कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले भने धेरैजसो कम्पनीको अवस्था बुझ्न फिल्ड अनुगमनसमेत गरिएको छ ।’ मागपत्र दूतावासबाट मात्रै प्रमाणीकरण हुने भएपछि रोजगारदाता कम्पनी दूतावासप्रति गम्भीर देखिन थालेका छन् । कुनै कम्पनीमा पुराना नेपाली कामदारको समस्या छ भने त्यो समाधान नगरेसम्म नयाँ कामदार लान पाउने स्थिति अब छैन’ साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले भने अहिले दूतावास र कम्पनीबीच सिधा सम्पर्क कायम हुन थालेको छ ।’ प्रमाणीकरणले रोजगारदाता कम्पनीबाट नेपाली कामदारले तलब सेवासुविधा पाउने ग्यारेन्टी हुने स्थिति बनेको छ । खाडी देशमध्ये कतारले मात्रै न्यूनतम तलब ७ सय ५० रियाल तोकेको छ । अरू देशले कामदार र कम्पनीबीच जति सम्झौता हुन्छ त्यति नै तलब दिलाउने जिम्मेवारी लिन्छन् । नेपाल सरकारले भने खानाबाहेक कामदारको न्यूनतम तलब करिब २५ हजार रुपैयाँ निर्धारण गरेको छ । आर्थिक अवस्था बलियो भएका कम्पनीमा मात्रै कामदार आइपुग्छन्’ कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले भने जस्तो पायो उस्तै कम्पनीमा आउने स्थिति बन्द हुन्छ ।’ यसअघि रोजगारदाता कम्पनी वा म्यानपावर कम्पनीले चेम्बर अफ कमर्स’ बाट मात्रै मागपत्र प्रमाणीकरण गराए पनि वैदेशिक रोजगार विभागले कामदार लैजान श्रम स्वीकृति दिँदै आएको थियो । अब दूतावासबाट प्रमाणीकरण/अभिलेखीकरण नभएका कम्पनीमा नयाँ कामदार पठाउन विभागबाट श्रम स्वीकृति दिन मिल्दैन । म्यानपावर व्यवसायीका अनुसार रोजगारदाताले भने नेपालबाट कामदार लाने प्रक्रिया झन्झटिलो मानेका छन् । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले दूतावासको भूमिका समन्वयकारी हुनुपर्ने बताए । दूतावासले रोजगारदाता कम्पनीलाई सहजीकरण गर्न सहयोग गर्छ कि अनावश्यक दुख दिन्छ अहिले व्यवसायीले दूतावासबाट रोजगारदाता कम्पनीलाई दुख दिने काम भइरहेको गुनासो गरिरहेका छन्’ उनले भने । नेपाली श्रम शक्तिको ज्याला निकै सस्तो हुँदा गन्तव्य देशका रोजगारदाता कम्पनीमा नेपाली कामदारको माग उच्च छ । मागअनुसार आपूर्ति हुन सकेको छैन । निर्देशिका कार्यान्वयनमा आएपछि वैदेशिक रोजगार कार्यालयमा पूर्वस्वीकृतिका लागि आउने मागपत्रमा कमी आएको छ । एउटा प्रणालीमा भइरहेको काम अर्को प्रणालीमा जाँदा केही समय लाग्छ हामी नयाँ ढंगले जाँदैछौं’ श्रम मन्त्रालयका एक अधिकारी भन्छन् कि कामदारमाथि शोषण भइराख्न दिनुपर्‍यो । नत्र दुख दिने कम्पनीमा कामदार रोक्नुलाई अन्यथा लिनुहुन्न ।’ मागपत्र प्रमाणीकरण गर्दा दूतावासको कार्यसम्पादन कति विश्वसनीय हुन्छ भन्नेमा म्यानपावर व्यवसायीहरूले आशंका व्यक्त गरेका छन् ।
१२ अगष्ठ अल्डरसट स्थित भेटघाट रेस्टुरेनटमा ग्रेटर रशमोर नेपाली कम्युनिटीको बार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका महासचिब मान गुरुङले संचालन गरेका उक्त कार्यक्रममा बरिष्ठ उपाध्यक्ष रामधन राईले स्वागत मन्तब्य दिए पश्चात संस्थाका अध्यक्ष जीव बेलबासे र सल्लाहकार क्याप्टेन रिटायर्ड बिर बहादुर थापाले सयुक्त रुपमा दीप प्रज्वलन गरि कार्यक्रमको औपचारिक रुपमा उदघाटन गरेका थिए । बरिष्ठ उपाध्यक्ष राम धन राईले भेट्रान फण्ड उपाध्यक्ष नेम थापाले इन्फर्मेसन डे महिला बिभागका सहसंयोजक सुस्मा गुरुङले नारी दिवस र साँस्कृतिक बिभाग संयोजक दिनेश गुरुङले आआफ्नो सबकमिटिको प्रतिबेदन पेश गरेका थिए भने संस्थाका कोषाध्यक्ष टोप पल्लिले आर्थिक प्रतिबेदन पेस गरेका थिए ।कार्यक्रममा संस्थाका महासचिब मान गुरुंगले बार्षिक प्रतिबेदन क्रमैसंगले पावर पोइन्टद्वारा प्रस्तुत गरेका थिए । पहिलो चरणको औपचारिक कार्यक्रम समापन गर्दै अध्यक्ष जीव बेलबासेले कार्यसमितिसल्लाहकारहरु लगायत उपस्थित सम्पूर्ण महानुभाबहरुलाई बिशेस धन्यवाद दिदै ग्रेटर रशमोर नेपाली कम्युनिटीको बारेमा धेरै कुराहरु प्रस्ट पर्नु भएको थियो। ग्रेटर रशमोर एरियामा झन्डै २२००० को हाराहारीमा नेपालीहरुको बसोबसो रहेको छ र यो नेपाली कम्युनिटीलाई अझै ससक्त बनाउनको लागि ग्रेटर रशमोर एरिया भित्र रहेका विभिन्न जातीय एवं अरु संस्थाहरुका अध्यक्षलाई समेत निम्तिएको थियो भने सभामा किरात राई यायोक्खा रशमोर शाखाका अध्यक्ष किर्त राई फान्ब्रो साइ सेन्टरका अध्यक्ष सुस्मा गुरुङ सुनुवार समाज बेलायतका अध्यक्ष यादब सुनुवारबि सी सी यु केका अध्यक्ष क्याप्टेन नारायण प्रसाद गुरुङ मगर संघ रशमोर शाखाका अध्यक्ष लेख राना पूर्व प्रहरी मंच बेलायतका अध्यक्ष प्रनाउ बाचाश्पति रेग्मी लगायतको सहभागिता रहेको थियो। ग्रेटर रस्मूर नेपाली कम्युनिटीको अरु नेपाली कम्युनिटी बीचको सम्बन्ध तथा स्थानीय काउन्सिल एवं प्रहरी र प्रशासनसंगको पारस्परिकता सम्बन्धको बारेमा बृहत रुपमा छलफल भएको थियो । वर्तमान अवस्थामा नेपाली जेष्ठ नागरिक बीच देखिएको समस्या र युवा पिढीहरुलाई संस्थामा कसरी आकर्षण गर्न्र सकिन्छ भन्ने बिषयमा पनि छलफल भएको थियो । ग्रेटर रशमोर नेपाली कम्युनिटीले बर्ष भरिमा धेरै कार्यक्रमहरु जस्तै नेपाली नयाँ वर्ष भिक्टोरिया डे इन्फर्मेसन डे १० के रन नारी दिवस रसमोर फूड फेस्टिबल जस्ता कार्यक्रम गर्नुका साथै चिफ इनिस्पेक्टर रशामूर डिस्ट्रिक काउन्सिल लिडर र काउन्सिलर रशमोर ब्रो काउन्सिल क्मयुनिटी डेभ्लभ्मेण्ट शाखा प्रमुख र रशमोर भोलेटीयर सर्भिस लगायत अरु पक्षसंग रेगुलर बैठक बैठक बस्ने गर्दछ। बैठकको बरिष्ठ उपाध्यक्ष राम धन राइलाइ स्थानिय संघसंस्था समन्वय गर्न संयोजक तोकिएको थियो भने केहि आजीवन सदस्यहरुलाई अध्यक्षद्वारा सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो। अन्त्यमा पुन अध्यक्षले सल्लाहाकार एवं कार्यसमिति प्रति आभार व्यक्त गर्दै भेटघाट रेष्टुरेन्टका प्रबन्धक एवम सल्लाहाकार शेर सुनार र समस्त स्टाफहरुलाई हाल व्यबस्थापन एवं खानाको लागि धन्यबाद दिएका थिए।
पोखरा ५ साउन ।कस्केली अधिकृत समाज कास्कीले शनिवार स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा वरिष्ठ फिजिसियन डा मुकुन्दप्रसाद आचार्य तथा डा तीर्थराज उपाध्यायबाट मधुमेह थाइराइज तथा क्षयरोग विषयमा सचेतना गराइएको थियो। त्यस अवसरमा सहभागीकातर्फबाट वरिष्ठ पत्रकार वद्री विनोद प्रतिकले शुभकामना व्यक्त गर्दै विज्ञहरु रहेको संस्थाबाट विविध क्षेत्रमा स्थानीय सरकार तथा समुदायलाई सहयोग पुर्याउन सकिने बताए।समाजका तर्फबाट सल्लाहकार शिवप्रसाद पराजुली र समाजसेवी विश्वमोहन गौचनले डाक्टरद्वयलाई सम्मान पत्र प्रदान गरे।समाजक अध्यक्ष दुर्गाबहादुर शाह बाबाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन सचिव लोकनाथ दवाडीले गरेका थिए।
एक्कासी लाखौँ मुल्यका गहना लगाएको बिरालो गायव भएपछि भयो हंगामा घटना प्रहरी कहाँसम्म पुग्यो taja khabar एजेन्सी – मानिसले अनुहार भरी गहना लगाएर तस्विर खिचेको तपाई हामीले देख्दै भोग्दै आएका छौँ । तर बिरालो गहनाले पूरै ढाकिएको खबर पहिलो पटक भारतको राजस्थानबाट सार्वजनिक भएको छ ।अझ रोचक त के छ भने सुनै सुनका गहनाले ढाकीएको बिरालो फोटो खिच्न खोज्दा फरार बन्न पुगेको इन्डियालाइभ टुडेले उल्लेख गरेको छ । समाचार स्रोतका अनुसार राजस्थानकी फूलारामकी श्रीमती र उनका छोरीछोरील एक दिन अचानक फुराएको बिरालोलाई गहनाले पुरेर फोटो खिच्ने आइडियाले परिवार मा नै तनाव सिर्जना गर्यो जतिबेला बिरालो एकाएक गायब भयो ।बिरालो गायब भ एपछि घटना प्रहरी कहाँसम्म पनि पुग्यो । प्रहरीले गाउँलेले नै गहनाका लागी बिरालो लुकाएको हुन सक्ने अनुमान गरेको छ । यी ७ व्यक्तिले भुलेर पनि नखानुहोस् अनार नत्र ज्यान पनि जान सक्छ । जनचेतनको लागि शेएर गर्न नभुल्नुहोला
स्थानीय तहको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन२०७५ ७४/७५ 07/09/2018 1043 स्थानीय तहको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐनpdf नगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानून २०७५ ७४/७५ 07/09/2018 1042 नगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानून २०७४pdf कृषि व्यवसाय प्रवर्धनमा व्यवस्था गर्न बनेको ऐन २०७५ ७४/७५ 07/09/2018 1040 कृषि व्यवसाय प्रवर्धनमा व्यवस्था गर्न बनेको ऐनpdf
कस्तो अचम्म पोखरामै भेटियो २ लाख पर्ने लोकल भाले १६ वर्षको भालेले कुखुरा बोलाएर दिनहुँ मिटिङ गर्छ taja khabar एउटा कुखराको भालेको मुल्य कति पर्ला बढीमा १० हजार तर पोखराका एक किसानको फर्ममा भएको भालेको मुल्य २ लाख पाउँदा पनी उनले बिक्री गरेनन् । १५ बर्ष बुढो भाले बार्षिक २० लाख भन्दा बढी आम्दानी गराईदिन्छ कृषकलाई । भालेको मुल्य सुनेर त तपाई छक्क पर्नु भयो होला अर्को कुरा सुनेर झन छक्क पर्नुहुनेछ । २ लाख पाउँदा नबेच्ने भालेले सबै कुखुरा बोलाएर भाषण दिन सम्म सक्छ । पोल्टीफर्मका संचालक राजेन्द्र अधिकारी भन्दै थिए यो भालेले मानिसको इसारा बुझ्छ र अरु कुखुरा बोलाएर मानिसको कुरा सम्प्रेषण गर्छ । यो भाले अरु भालेको तुलनामा अत्यन्त चनाखो छ । कतै आकाशमा चिल घुम्यो भने सबै कुखुरालाई खबर गर्छ कुनै कुखुरा हरायो भने पनि खोजेर ल्याउँछ । यो बीउको लागी पालेको र यसको बीउ उत्पादन गर्न बिभिन्न संघसंस्था आएर २ लाख दिदाँ पनि नदिएको संचालक अधिकारीले बताए । अधिकारीका अनुसार यो भालेले बार्षिक २० लाख भन्दा बढी आन्दानी गराईरहेको छ । २ लाखको भाले हेर्नको लागी र पशुपंक्षिबारे अनुसन्धान गर्नको लागी उनको फार्ममा मन्त्रीदेखी सर्वसाधरणको घुईचो समेत हुन्छ राजेन्द्रले ओएसनेपाल डटकमलाई जानकारी दिए । । पोखराको लेखनाथ स्थित डाँडाको नाकमा रहेको उनको फार्म पछिल्लो समय लोकल कुखुरा क्रस लुइँचे बनराजा हाँस लगायत पशुपंक्षिका लागी परिचित बन्दैछ । हेरौं यो २ लाख पर्ने भालेको बारेमा कृषक राजेन्द्र अधिकारीकै फर्ममा पुगेर लिएको अन्तरवार्ता ।
जाडो मौसममा खाने खानेकुराहरु जाडो मौसममा कार्बोहाइड्रेड प्रोटिन भिटामिन मिनरल्स पानी सबै समावेश भएको सन्तुलित खाना आवश्यक हुन्छ । जाडो मौसममा चिसोले सताउने भएकाले तातो खानेकुरा खानुपर्छ । तातोमा बस्दा तथा तातो कपडा लगाउँदा शरीर सुख्खा हुन सक्ने भएकाले झोल खानेकुरामा जोड दिनुपर्छ भने शरीरलाई प्रतिरक्षात्मक शक्ति वृद्धि गर्ने फलफूल र तरकारीजस्ता भिटामिन र खनिजयुक्त खाद्य पदार्थको मात्रा बढाउनुपर्छ । लसुन अदुवा दालचिनीको पात वा बोक्रा मरिच टिम्मुर आदिलाई तरकारी तथा सूपमा समावेश गर्नु उपयुक्त हुन्छ । उमेर र काम अनुसार खानेकुराको मात्रा फरक पर्छ । स–साना शिशु बालबालिका एवं बूढाबूढीलाई चिसोले बढी सताउने भएकाले तातो तरकारीको सूप मासुको सूप गेडागुडीको सूप तातो दूधका साथै फलफूलहरू खान दिनुपर्छ जसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ । जाडो मौसममा फलफूलमा भिटामिन मिनरल्स एन्टीअक्सिडेन्ट हुने भएकाले फलफूलको मात्रालाई जाडो भनेर घटाउनु हुँदैन। जाडोमा गेडागुडीको प्रयोग बढी नै गर्नुपर्छ । गेडागुडीमा पोटासियम म्याग्नेसियमजस्ता तत्व हुन्छन् जसले रक्तचाप लाई एक समान राख्दछ र मुटुको रोगलाई टाढै राख्दछ । चिसो मौसममा दिनमा ४ देखि ५ वटासम्म नट्स खान सक्छन् । भरसक गेडागुडीलाई मिश्रण गरेर भिजाउने अनी टुसा पलाएपछि पकाएर खाने गरेमा चिसो लाग्दैन । माछा मासु पनि बढी खाने गर्नुहोस् । माछामा जिंक र ओमेगा थ्री फ्याटी एसिड हुन्छ जसले छाला रुखो हुनबाट बचाउँछ । यिनीहरुले शरीरलाई चाहिने शक्तीको मात्रा प्रदान गर्नुका साथै तापक्रम बढाई चिसोवाट बचाउछ । जाडो मौसममा पाइने विभिन्न खानेकुरामध्ये बदाम पनि एक हो । बदाममा चिल्लो प्रोटिन र विभिन्न प्रकारका भिटामिन तथा खनिज पाइन्छ । यसले शरिरमा कोलेस्ट्रोलको स्तरलाई कम गर्दछ र मुटुको रोग लाग्नबाट बचाउँछ । यसमा राम्रो फ्याट हुन्छ जसले छालालाई नरम बनाइराख्न सहयोग गर्दछ । ओखरमा ओमेगा थ्री पर्याप्त हुने भएकाले खासगरी पुरुषका लागि यो निकै लाभदायक मानिन्छ । शुक्राणु वृद्धि र गुणस्तरमा सघाउ पुर्याउँछ। त्यस्तै शरीरका प्रत्येक अंगमा रगतको सर्कुलरलाई यसले सघाउ पुग्ने भएकाले जाडो मौसममा नियमित यसको प्रयोग गर्नुहोस् । हाड मजबुत बनाउन क्याल्सियमा चाहिने हुँदा अण्डा वा दूध खानुपर्छ । जाडोमा अरु समयको भन्दा अझै बढी हामिलाई प्रोटिन तथा क्याल्सियम चाहिन्छ । अण्डामा फोलिक एसिड र भिटामिन डी हुन्छ जसले हड्डी बलियो बनाउँछ । तर अण्डा र दुध एकैपटक भुलेर पनि नखानुहोस्। एकै पटक खानु शरीरका लागि विषसरह’ हुन्छ।यस्तै प्रोटिनले शरीरमा तापक्रम बढाउनुका अलवा छाला फुस्रो हुनबाट पनि जोगाउँछ। सुन्तला जाडो मौसममा नै पाईने फल हो तर धेरै यसलाई खान डराउछन् । यो चिसो भएपनि स्वास्थ्यलाई असर गर्दै जति पनि खान सक्नुहुन्छ । फ्रिजमा राखेर भने नखानुहोस्। बजारमा उपलव्ध भएसम्म अंगुर खानु असाध्यै राम्रो हुन्छ। यसमा एन्टीअक्सिडेन्टको मात्रा भरपुर हुनाले छालालाई तन्दुरुस्त राख्न मद्दत गर्दछ। फलफूल बिहान खाली पेटमा नै खाँदा लाभदायक हुन्छ। तर फलफूल विषादीमुक्त र सफा हुनु जरुरी छ। नियमित स्वाउ खानु भयो भने तपाईलाई रोगले छुदैन अर्थात चिकित्सकहरु नै भन्छन् नियमित स्वाउ खानुहोस् र अस्पतालबाट टाडा रहनुहोस् । यसमा भिटामिन तथा मिनरल्सको मात्रा हुने हुँदा शरीरलाई ताजा राख्न मद्दत पुग्दछ। अनारमा एन्टिअक्सिडेन्ट र एन्टिइन्फ्लामेटरी प्रचुर मात्रामा पाइने भएकाले यसले उच्च कोलेस्ट्रोल उच्च रक्तचाप हृदयघात हुनबाट बचाउँछ । यसले रगत बढाउन पनि मद्दत गर्छ । अमला तथा अम्बामा भिटामिन सी पर्याप्त हुन्छ। रगतलाई सुद्धीकरण तथा सन्तुलित सर्कुलरका लागि भिटामिन सी जरुरी हुन्छ। त्यसबाहेक स्वास गन्हाउने मुखभित्र तथा गिँजामा आउने खटिराका लागि पनि अमला अम्बा जस्ता फलफुल उपयोगी हुन्छन्। खानामा दैनिक सागपातको प्रयोग गर्नुहोस् । यसबाट पाइने भिटामिनले सुख्खा छाला तथा आँखालाई राम्रो राख्न सघाउ पुग्दछ। त्यसैले दैनिक हरियो सागको प्रयोग गर्न नहिच्कीचाउनुहोस् । जाडोमा कुरिलोको कलिलो मुन्टा तरकारीको रूपमा खाइन्छ । आयुर्वेदमा यसलाई बुध्दिबर्धक अग्नीबर्धक बात पित्त तथा शुक्र दुर्वलता निवारक मानिन्छ। गाजरमा भिटामिन ए’ को मात्रा अत्यधिक हुन्छ । यो खाँदा शरिरमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ र रोगबाट बचाउँछ । यसलाई काँचो वा यसको हलुवा वा जूस बनाएर पिउन सक्नुहुन्छ । सखरखण्डमा फाइबरको मात्रा अधिक हुन्छ त्यसरकाण यो धेरै खाँदा पनि यसले तौल बढाउँदैन । यसलाई उसिने र तारेर खान सकिन्छ । लसुन अदुवा दालचिनी मरिच टिम्मुर मेथी तिल आदिलाई तरकारी तथा सूपमा समावेश गर्नु उपयुक्त हुन्छ । अदुवामा जिन्जेरोल्स हुन्छ जसका कारण शरिरको प्रतिरोधक क्षमता बढाउँछ । यसको चिया बनाएर पनि पिउनसक्नुहुन्छ र खानामा पनि मिसाउन सक्नुहुन्छ । मेथीमा पोटासियम र आइरन हुन्छ जसका कारण यसले कमजोरी हटाउँछ र मुटुको रोगीलाई पनि राहत दिन्छ । तिलमा एन्टिअक्सिडेन्ट हुन्छ जसले चिसो मौसममा लाग्ने रोगबाट बचाउँछ । यसले पाचन शक्तिलाई पनि बलियो बनाउँछ । यसको लड्डु वा अचार बनाएर खान सक्नुहुन्छ ।
जस्तोसुकै जमेर बसेको पुरानो दिसालाई निकाली पेटको जिद्धी बोसो घटाउने अचुक घरेलु औषधी ►अति स्वस्थकर [पढेर सेयर गरौ] taja khabar जस्तोसुकै जमेर बसेको पुरानो दिसालाई निकाली पेटको जिद्धी बोसो घटाउने अचुक घरेलु औषधी ►अति स्वस्थकर [पढेर सेयर गरौ] नियमित रुपमा दिसा नहुने पेट फुलेर डम्मा हुने पेटमा ग्यास जम्मा भएर बस्ने जस्ता समस्या हरेक व्यक्तिमा देखिने आम समस्या हो। जब हाम्रो पेट ठिक हुँदैन तब यस्ता अनेक समस्याहरु देखा पर्छन्। पाचन शक्तिको कमीले हुने यी र यस्ता समस्याबाट नै ठुलो समस्या निम्त्याउछ। चर्पी खुलेर नहुँदा पेट सम्बन्धी विभिन्न रोग लाग्नुका साथै पेटमा बोसो जम्मा भएर बस्छ। यसको कारण विस्तारै मोटोपन बढेर जान्छ। शरीर भित्र जमेर बसेको विकार पदार्थ बाहिर खुलेर आउन नपाउँदा मोटोपन देखि कयौँ समस्या देखा पर्न थाल्छ। आज हामी पेटको चर्पीलाई नियमित रुपमा खुलाई पेटको बोसो घटाउने अचुक घरेलु उपचार विधि बताउन गइरहेका छौँ जुन १०० प्रतिशत प्राकृतिक प्रभावकरी र लाभदायी छ। २ अब एउटा सफा कचौरामा एक चम्चा करी पातको पाउडर तीन चम्चा सौफ र धनियाँको दानाको मिक्स्चर र दुई चम्चा सुकेको जीरा राखेर यी सम्पूर्ण सामग्रीलाई राम्ररी मिसाउने। त्यसपछि यी सामग्रीहरुलाई पिसेर पाउडर बनाउने। पाउडर बनाइसकेपछी एक गिलास मन तातो पानीमा एक चम्चा यो घरेलु औषधी मिसाएर सेवन गर्नुहोस्। यो औषधी अर्थात् मिक्स्चर पाउडरलाई दिनमा एकपटक जुनसुकै समयमा पनि सेवन गर्न सकिने छ। यदि दिउँसोको समयमा यो औषधी खानु परेमा दिउँसोको खाजा खानु भन्दा १ घण्टा पहिले सेवन गर्नु पर्ने हुन्छ। त्यस्तै रातीको समयमा खाँदै हुनु हुन्छ भने रातीको भोजन सुत्नु भन्दा २ घण्टा पहिले लिनु पर्छ र यस औषधीलाई सुत्नु भन्दा १० मिनेट अगाडी सेवन गर्नु होस्। यो औषधी प्रयोग गर्ने अवधिमा फास्ट फुड र मिठाई खान कम गर्नु होस् । सके सम्म प्रशस्त पानी पिउनुहोस्। यो औषधी उपयोग गरेको केहि दिनमै जस्तोसुकै जिद्दी चर्पीलाई पनि निकाली वजन तीब्र रुपमा घटाउँछ । लगातार यसको सेवन गर्नाले २ हप्तामै भ्यात्ता परेको भुँडी स्लिम र चिटिक्क बनाउँछ। नोट माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्रपत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला। छतबाट खसेर १६ वर्षीया छात्राको दर्दनाक मृत्यु – छतबाट खस्दा खस्दैको यस्तो डरलाग्दो दृश्य जुन एक एक भाइरल भयो
सन्तोषीकी १३ वर्षीया छोरीको बलात्कार गरी हत्या गर्ने विश्वराम रनपैलीलाई जिल्ला अदालत काठमाडौंले सर्वस्वसहित जन्मकैदको फैसला सुनायो। मोरङ बाहुनीका रनपैलीले २०७४ जेठ ५ गते स्वयम्भू बस्ने अमृताको बलात्कार गरी हत्या गरेका थिए। बलात्कार र हत्यामा संलग्नलाई सजाय दिलाउन उनी एक वर्षदेखि कानुनी लडाइँ लडिरहेकी थिइन्। दोषीमाथि कारबाही नभएसम्म छोरीको शव नबुझ्ने र दाहसंस्कार नगर्ने उनको प्रतिज्ञा थियो। पोस्टमार्टमका लागि टिचिङ अस्पताल महाराजगन्ज लगिएको अमृताको शव त्यहीँ छ। मंगलबार दिउँसो हामी डेरामा पुग्दा सन्तोषी अस्पताल जान ठिक्क परेकी थिइन्। शव फिर्ता लिन केके गर्नुपर्छ भनेर कसैलाई सोध्न पठाएकी रहिछन्। उनी त्यही खबर कुर्दै थिइन्। न्यायाधीशले हिजो फैसला सुनाउँदै तपाईंको माग पूरा भएको छ भन्नुभयो ५० हजार क्षतिपूर्ति पनि दिलानुभयो’ सन्तोषीले भनिन् त्यसलाई (रनपैली) हत्यामा जन्मकैद र बलात्कारमा १० वर्ष सजाय भएको सुनेपछि बल्ल छोरीको आत्माले शान्ति पायो भन्ने लाग्यो।’ सन्तोषी स्वयम्भू क्षेत्रको एउटा गल्लीमा दुई छोरा र एक छोरीसँग बस्थिन्। चार वर्षअघि श्रीमानले दोस्रो बिहे गरेपछि उनी ललितपुरको लेलेबाट यहाँ सरेकी थिइन्। हतारहतार डेरा पुग्दा छोरी घोप्टो परेकी थिइन्। बिहान लरक्क परेको कपाल खजमजिएको थियो। झ्यालमा झुण्डिएको देखेपछि आफैंले दिदीको पासो काटिदिएको कान्छो छोराले बताए। अस्पताल लैजाने कुरा भयो। ट्याक्सी बोलाइन्। त्यतिञ्जेल वरिपरिका मान्छे जम्मा भैसकेका थिए। कसैले छोरी उठाउन सहयोग गरेनन्। के भयो भनेर पनि सोधेनन्। बहिनी र चिनेजानेका दाजु आएपछि बल्ल अस्पताल लगिन्। गरेको छैन’ सन्तोषीले जवाफ दिइन् चुनावको दिन विश्वराम रनपैलीले एक हप्तामा तेरो छोराछोरी ठेगान लगाइदिन्छु भनेको थियो।’ अमृताको शव पोस्टमार्टमका लागि टिचिङ लगियो। यता विश्वराम पक्राउ परे। सार्वजनिक झैझगडा गरेको भनी केही दिन थुनामा रहेर छुटे। पछि अदालतले नै उनलाई पुर्पक्षका लागि थुनामा पठायो। त्यसले मलाई नराम्रो व्यवहार गरेको थियो। छोरीलाई पनि कुदृष्टि लगाएको मलाई याद छ मैले प्रतिकार गर्दा हप्ता दिनमा तेरा छोराछोरी ठेगान लगाउँछु भनेको थियो’ उनले सम्झिन् एक हप्ता नपुग्दै छोरीको हत्या गर्‍यो।’ उनले विश्वरामविरुद्ध किटानी जाहेरीको निवेदन दिन खोजिन्। त्यसपछि सुरु भयो प्रहरीले दिएको मानसिक तनाव। मैले डिएसपी कमल साहलाई जाहेरी बुझाएँ। उसले के हो यो भनेर सोध्यो। मैले किटानी जाहेरी भन्नेबित्तिकै निवेदन मेरै हातमा फ्यात्त फाल्यो र तपाईंको जाहेरी तपाईं नै राख्नुस म लिन्नँ भन्यो। किन भन्दा उत्तरै दिएन’ सन्तोषीले भनिन्। मुद्दा फाँटका प्रहरीले एक स्वरमै भने साइकल चलाउँदा पनि कन्याजाली च्यातिन्छ तपाईंकी छोरी मरेको बलात्कारले हैन झुन्डिएर हो।’ मुद्दा फाँटमा विष्णु खतिवडा भन्ने प्रहरी थियो उसले त फाइलै नहेरी जे पायो त्यही भन्न थाल्यो। मैले थर्काएँ पढेर बोल्ने गर्नुस् भनेँ’ उनले भनिन् अर्को एक जना पुलिसले मेरो छोरी नै उस्तो भन्दै हप्कायो।’ प्रहरीले जाहेरी लिन नमानेपछि छोरीका शिक्षक र साथीहरुले साथ दिए। स्कुलका अरु केटाकेटी बोलाएर ल्याए। हजारभन्दा बढी विद्यार्थीले चौकी घेरेपछि घटनाको २५ औँ दिनमा बल्ल किटानी जाहेरी दर्ता भयो। पुलिसले नै मलाई अन्याय र असहयोग गरेको थियो। त्यही भएर छोरीले न्याय नपाएसम्म शव दाहसंस्कार नगर्ने प्रतिज्ञा गरेँ’ सन्तोषीले भनिन् मेरी छोरीको शव नै सबभन्दा ठूलो प्रमाण हुन्छ भन्ने लाग्यो।’ यसबीच उनलाई शव बुझ्न प्रहरीबाट दबाब आयो। परिवारले पनि दबाब दियो। उनले कसैको सुनिनन्। बरु छोरीको शव बुझ्नेलाई जेल पुर्‍याउने धम्की दिइन्। जिल्ला अदालतको आदेशपछि छोरीको दाहसंस्कार गर्ने समय आएको उनी बताउँछिन्। मंगलबारै शव बुझ्ने तयारीमा थिइन्। पाइनन्। पोहोर त दिनको ५ सय लाग्छ भन्थे अहिले १५ सय भन्दैछन् रे’ सन्तोषीले चिन्तित हुँदै भनिन् मसँग एक पैसा छैन अब कसरी जुटाउने हो छोरीलाई कहिले लिन जाने हो’ एकछिनअिघ फोनमा छोरी लिन जाने’ भन्दा सन्तोषी जति उत्साही सुनिएकी थिइन् चार लाख तिर्नुपर्ने खबर पाएपछि उनी खिन्न भइन्। मेरी छोरीले अझै केही दिन अस्पतालको चिसोमै बस्नुपर्ने भयो। आजसम्म त लडेँ अब पनि केही उपाय त लाग्ला नि’ उनले भनिन्। यो एक वर्षमा उनी कहिल्यै मृत छोरीको अनुहार हेर्न गइनन्। धोको नभएको हैन आफन्तले रोके। आज कसैले रोक्दैनथ्यो पैसाले रोक्यो। छोरी सँगै हुँदा सन्तोषीको जिन्दगी सजिलो गरी बितेको थियो। अमृता भान्छाको काम गर्थिन्। भाइ पनि हेर्थिन्। आफ्नी आमालाई हेला गर्ने बाबुलाई दुईचार कुरा सुनाइ पनि दिन्थिन्। एकदिन उसको बाउ यहाँ आएको थियो। त्यो बेला छोरीले सानैदेखि हामीलाई आमाले पाल्नुभयो अब तपाईं हामीलाई चाहिन्न’ भनिदिई’ उनले सम्झिइन् त्यति सानीले पनि मेरो सुखदुख बुझ्थी।’ जब छोरीको हत्या भयो उनको पेटमा हत्यारालाई सजाय दिलाउने आगो बल्यो। अदालती बहसमा विपक्षी वकिलले छोरी मारेको आमाले नै हो’ भन्ने आरोप लगाएको सुन्दा उनले मन थाम्न सकिनन्। उसका वकिलले त मैले नै मारेकोसम्म भने। मन कटक्क भयो इजलासमै बस्न सकिनँ’ सन्तोषीका आँखा भरिए अदालत परिसरमा भेट्दा पनि यहाँबाट निस्के तँलाई मार्छु’ भन्दै धम्की दिएको थियो।’ उनलाई छोरीको शव झिक्ने पैसाको मात्र चिन्ता छैन। यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्दा विश्वरामले सफाइ पाउने त हैन भन्ने डर पनि छ। मलेसियन सरकारले नेपाली श्रमिकमाथि भार पार्ने नीति ल्याएपछि त्यसलाई सच्याउन नेपाल सरकारले पटक पटक आग्रह यी ७ व्यक्तिले भुलेर पनि नखानुहोस् अनार नत्र ज्यान पनि जान सक्छ । जनचेतनको लागि शेएर गर्न नभुल्नुहोला taja khabar हरेक फलफुल खानु स्वास्थ्यको लागि फाइदाजनक नै हुन्छ। तर केहि फलफुल यस्ता रोगीहरुले नखानु राम्रो हुन्छ। अनारले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्दछ। तर यी ७ व्यक्तिले अनारले खानु राम्रो हुदैन। स्वस्थ्यमा सुधार आउनुको साटो झन् बिग्रिन सक्छ।१ तौल घटाउन चाहने व्यक्ति – यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ। २ प्रेसर लो हुने व्यक्ति – अनारमा पाइने एंटीऑक्सीडेंट्सका कारण प्रेसर लो हुने हुँदा प्रेसर लो हुने ब्यक्तिले अनार खानु हुदैन।३ मधुमेह रोगि – अनार खानाले सुगरको मात्रा बढ्ने हुदा मधुमेह रोगीले अनार खानु हुदैन।४ कलेजोमा समस्या भएका व्यक्ति – अनारमा पाइने एंजाइम्सले कलेजोको एंजाइम्समा असर पुर्याउने हुनाले कलेजोमा समस्या भएका व्यक्तिले अनार खानु हुदैन। ५ कब्जियत – अनारमा फाईबर्सको मात्रा अधिक हुने हुदा कब्जियत र पेटमा ग्यास बढाउछ। त्यसैले अनार खानु हुदैन।६ औषधि लिइरहेको व्यक्ति – यदि तपाई बिपी वा कोलेस्ट्रोल कम गर्ने औषधि लिइरहनु भा छ भने अनार खानु हुदैन। अनार खादा औषधिले काम गर्दैन।७ दम रोगी – दम रोगीले अनार खादा दम झन् बढ्ने हुदा दम रोगीले अनार खानु हुदैन ।
काठमाडौं सरकारले नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदबाट हटाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको हो । सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले उनलाई पदबाट हटाउने निर्णय गरेको बैठकपछि सञ्चारकर्मीलाई जानकारी गराए ।
काठमाडौं ४ भदौ । नेपालमा बिम्स्टिेकको शिखर सम्मेलन हुँदैछ । नेपालले आयोजकका रुपमा भुमिका निर्वाह गर्दैछ । तर विषय सम्मेलनको संयोजन र अरु देशका पाहुनाको स्वागत मात्रै होकि केही ठोस र दिर्घकालिन योजना पनि तय भए भन्ने प्रश्न उब्जिएको छ । हाम्रो प्राथमिकता र एजेण्डामा अलमल जस्तो देखिन्छ । नेता सांसदहरु के गर्ने कसो गर्ने [ ] मन्त्री महासेठको टिप्पणी–सडकका खाल्डा पुर्ने दायित्व हाम्रो मन्त्रालयको मात्रै होइन सवारीसाधन कहिल्यै बूढो हुँदैन
उमेर २४ वर्ष । घर सुदुरपश्चिम । झट्ट हेर्दा लाउँलाउँ खाउँखाउँको उमेर । लवाइखुवाइ पनि राम्रै । व्यायम निरन्तर गर्ने भएकाले राम्रै ज्यान बनेको थियो । महिनाको झन्डै ५० हजार रुपैयाँ जसोतसो बच्ने । त्यसरी सुखदुःखले कमाएको ५० हजार महिना बिराएर पालैपालो नेपाल पठाउने गर्दथे । गएको सोमबार नेपालमा भएको परिवारलाई घरखर्चसहित व्यवहारिक हिसाबकिताबका लागि भन्दै युएईको अजमानमा कार्यरत कन्चनपुर ६ बनगाउका मनोज ठगुन्ना भरत सिंहले साथी प्रज्वलसँग मिलेर घरमा एक लाख रुपैया पैसा पठाउनु भएको थियो । साँझपख पैसा पठाएर मनोज सहकर्मी प्रज्वलसँगै आफूबस्ने कम्पनीको कोठामा आउनुभयो । घरमा पैसा पठाएकोबारे कोठामै आएर काठमाडौमा बुवाआमासँगै बस्ने दाइभाउजुलाई फोन गरेर पैसा पठाएको नम्बर टिपाउनु भयो । आज पैसा पठाएँ । भोली पैसा पाउनुहुन्छ निकाल्नुहोला’ फोनमा मनोजले यही कुरा दोहोर्‍याएर भन्नुभएको थियो । फोनमा कुरा गरि सकेर मनोजले कोठामा साथीहरुसँगै मिलेर खाना पकाउँदै गर्दा उहाँलाई छाती दुख्न सुरु भयो । सहकर्मीहरुले खाना खान बोलाउदा छाती दुख्यो भन्दै ओछ्यानबाट उठेर आउनु भयो । खाना खाएर बिस्तारामा पल्टिएका उहाँको छाती दुखिरहेकै थियो । साथीभाइले अस्पताल जाउँ एम्बुलेन्स बोलाउँछौ भन्दा आत्तिनु पर्दैन खटाउछु बरु पानी दिनुस् न भनेर माग्नुभयो । पानी पिएको केही छिनमा उहाँ अचेत हुनुभयो । सहकर्मीहरु आत्तिएर एम्बुलेन्स बोलाए । एम्बुलेन्स मार्फत अस्पताल पुर्‍याउदा डाक्टरले उहाँको हृदयघातका कारण ज्यान गईसकेको बताए । हिजो पैसा पठाएको मान्छे । घरमा पैसा पाए नपाएको अत्तोपत्तो थिएन । १० महिना पहिले युएईको आबुधाबीमा रहेको अलधाबी कन्स्ट्रक्सन कम्पनीको अजमान शाखामा सुरक्षा गार्डको रुपमा कार्यरत मनोज भने सधैंका लागि युएईमै अस्ताई सक्नुभएको थियो । हिजो पैसा पठाउन सँगै गएको र आज सहकर्मीको निधनबारे घरमा कसरी खबर गर्ने सहकर्मीहरुलाई अप्ठेरो परेको थियो । सहकर्मीहरुले मृतकका दाजुलाई सम्पर्क गरेर मनोजको ज्यान गएकोबारे खबर गरे । परिवारमा रुवावासी छ । मृत्युको खबर पाएको परिवारमा बुवाआमा अहिले अचेत अवस्थामा हुनुहुन्छ । यता मृतकको शव सक्दो छिट्टो नेपाल लैजान उहाँका छिमेकी तथा नातेदार सुदुरपश्चिम सेवा समाज युएई अलऐन क्षेत्रीय समितिका अध्यक्ष दिनेश महरा तथा चेतन थापा लागि पर्नुभएको छ । आबुधाबी पुलिस फोर्समा कार्यरत उहाँहरु कामबाट बिदा मिलाएर शव नेपाल पठाउन अस्पताल प्रशाशन तथा दूतावासको कागजी प्रक्रिया पूरा गर्न खटिनुभएको छ । कम्पनीले दिनुपर्ने सेवा सुविधा बापतको रकम खुलाएर आवश्यक सबै प्रक्रिया पूरा गरेर सक्दो छिट्टो शव नेपाल पठाउने दूतावासका द्वितिय सचिव कृष्ण अर्यालले जानकारी दिनुभयो । मृतकको शव अहिले अजमानको सेख खलिफा अस्पतालमा राखिएको र कम्पनी मालिक युएई भन्दा बाहिर रहेको तथा शुक्रबार र शनिबार सार्वजनिक बिदा हुने भएकोले सोमबारसम्ममा शव नेपाल पठाउने तयारी गरिएको छ । उज्यालो अनलाइनबाट
झापा जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चलमा पर्ने अत्याधिक उर्वर तथा घना वस्ती भएको जिल्ला हो। यो जिल्ला १६०६ बर्ग किमी मा फैलिएको छ। यो जिल्लाको पूर्व र दक्षिणमा भारत उत्तरमा इलाम पश्चिममा मोरङ जिल्ला पर्दछन्। मानव विकास समग्र सूचकाङ्कमा तेस्रो स्थानमा रहेको यस जिल्लाको सदरमुकाम भद्रपुर हो जुन पूर्व पश्चिम राजमार्गको बिर्तामोडबाट १३ किमी दक्षिणमा पर्दछ । नेपालको सबभन्दा होचो भूभाग केचना कवल ५८ मी र सबभन्दा लामो पक्की पुल कन्काई (७०२ मी) पनि यसै जिल्लामा पर्दछ। झापा जिल्ला खाद्यान्न उत्पादनको लागि पनि महत्वपूर्ण जिल्ला हो। कात्तिक २७ झापा । घर छेउको पसलेले जतिबेला मलाई दुई रुपैयाँका लागि पनि पत्याउँदैनथे आयस्रोत नभएका कारण तिर्न सक्दिन भनेर पसलेले मलाई ऋण दिनै मान्दैनथे विगत सम्झँदै मोरङको पथरी शनिश्चरे नगरपालिका८ की ४३ वर्षीया विमला भण्डारीले भन्नुभयो कामले काम सिकाउँदोरहेछ अहिले म मासिक ५० हजार कमाउन सक्ने भएकी छु । एक दसक अगाडिसम्म श्रीमानलाई विदेश पठाएको ऋण तिर्न त के उनलाई घर फर्काउने रकमसमेत ऋण गरेर तिर्नु परेको सम्झँदा विमलालाई अहिले सपना जस्तो लाग्छ । कामले काम सिकाउँछ र मेहनतले आर्जन’ भनाइ अहिले त्यो गाउँमा अरुका कुरा काटेर बस्नेका लागि गतिलो उदाहरण भएको छ । विमला आज त्यही ठाउँमा मेहनती महिला उद्यमीका रुपमा कहलिएकी छन् । व्यापार व्यवसाय शुरु गर्दाका दिनमा स–साना काममा पनि अल्छी नमानी लाग्ने विमला अहिलेसम्म आइपुग्दा कुखुरापालन र कुखुरको मासु बिक्री गर्ने काममा तल्लिन छन् । उनले अहिले मनग्य आम्दानी आर्जन गरिरहेकी छन् । गाउँमा मलाई दुई रुपैयाँका लागि समेत नपत्याउने अवस्था थियो आज मलाई यहाँँसम्म ल्याइपु¥याउन सहाराको ठूलो हात छ उनले भनिन् । मेहनती महिलाका रुपमा परिचित विमलाले अहिले घरैमा कुखुरा फार्म खोल्नुका साथै फ्रेस हाउस समेत खोलेकी छन् । विदेश पठाएका श्रीमान्लाई पैसा कमाउनु त कता हो कता उल्टै ऋण खोजेर नेपाल फर्काउनुप¥यो । भोकभोकै कैयौँ रात सुतेकी छु तै पनि मैले हरेस खाइनँ काममा लागिरहेँ उनले भनिन् पहिलोपटक सहारा नेपाल साकोसले सञ्चालन गरेको लघुवित्त कार्यक्रममा सहभागी भएर समूहमा आबद्ध भएपछि रु पाँच हजार कर्जा लिई जुत्ता चप्पल व्यापार सुरु गरे । जुत्ता चप्पल बेच्न उहाँ साइकलमा पोका बोकेर बयरवन रमाइलोलगायत बजारसम्म पुग्थिन । मासिक ५० हजारभन्दा बढी कमाइ गर्न थालेपछि अहिले उनको जीवनशैली फेरिएको छ । उनको व्यापार पथरी शनिश्चरेमा मात्र सीमित छैन । इटहरीसम्म फैलिएको छ । अहिले आफूलाई मात्र होइन अरुलाई पनि आत्मनिर्भर गराउन सक्ने अवस्थामा छु उनले भनिन् । सहारा नेपाल साकोसको पथरी सेवा केन्द्रका प्रबन्धक महेश तामाङ भन्छन् विमला अत्यन्त मेहनती र ऊर्जाशील महिला हुन् । उनमा काम गरिखाने आँट र साहस भेटिन्छ विमलाले आफ्नो जस्तो काममा आउन अरुलाई पनि प्रेरणा दिनुभएको छ । फूलबारी सहारा महिला समूह नं ५८ की सदस्य विमला कुनै बेला त्यही समूहकी अध्यक्ष थिइन्। त्यहीबेला उनले नै प्रवर्द्धन गरेका समूह अहिले सो क्षेत्रमा क्रियाशील छन् । यही बीचमा उनले दुई कट्ठा जमिन जोडेकी छन् । ठूली छोरीको बिहे गर्न खर्च जुटाइन् । अरु दुई छोरी र एउटा छोरो राम्रै स्कूलमा पढाइरहेकी छन्। यही मेहनत र परिश्रम देखेर सहकारी क्षेत्रकै ठूलो पुरस्कार हामीले विमलालाई प्रदान गरेका हौँ सहारा नेपाल साकोसका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले भनिन् । विमलाले आफूसँगै अरुलाई पनि स्वावलम्बी बनाउन खेलेको योगदानको कदर गर्दै उनलाई यसवर्ष प्रो मोहमद युनुस सहारा पुुुरस्कार’ प्रदान गरिएको छ । ५० हजार सहकारी क्षेत्रकै ठूलो धन राशिको पुरस्कार हो । उनलाई गत शनिबार सो पुरस्कारबाट सम्मान गरिएको थियो । सुरेन्द्र भण्डारी/रासस
अन्तर्राष्ट्रिय बजारमा निर्यात व्यापार विस्तार नगरी उच्च आर्थिक वृद्धिदर हासिल गर्न कठिन हुनेछ । यसका लागि औद्योगिकीकरण र व्यापार विविधिकरण त गर्नैपर्छ तर यी सबैको पूर्वसर्त हो भरपर्दो रकम खर्चिलो यातायात सुविधा जसको हामीकहाँ अभाव छ । काठमाडौँ — यो चर्चित भनाइ सबैका लागि उत्तिकै महत्त्वपूर्ण छ । किनभने स्याउ खाँदाका फाइदा धेरै छन् । स्याउमा पर्याप्त पौष्टिक तत्त्वहरू छन् । यसमा भिटामिन ए’ र सी’ तथा क्याल्सियम पाइन्छ । विज्ञहरूका अनुसार स्याउ पेट तथा पाचनशक्तिका लागि लाभदायक छ । स्याउ खानाले मधुमेहको सम्भावना कम हुन्छ । यसले हड्डीलाई स्वस्थ्य राख्छ । तौल घटाउन मद्दत गर्छ । मुटु रोगीका लागि पनि फाइदाजनक छ । स्याउमा हुने तत्त्वहरूले क्यान्सर लाग्नबाट जोगाउन सक्छ । दमसँग लड्न सक्ने क्षमता बढाउँछ । यसमा भएको एन्टिअक्सिडेन्टले वृद्धावस्थामा मस्तिष्क बलियो राख्नसमेत मद्दत गर्छ । यति लाभदायक स्याउ पाउन पनि खासै गाह्रो छैन । किनभने हाम्रै मुलुममा पनि स्याउको पर्याप्त उत्पादन हुन्छ । विदेशबाट पनि आउँछ । नेपालमा खासगरी रेड डेलिसियस रोयल डेलिसियस गोल्डेन डेलिसियस रिचा रेड र फुजी जातका स्याउ फल्छन् । जातअनुसार स्याउको रंग फरक–फरक हुन्छ । धेरैजसो स्याउ गाढा रातो रातो सुनौलो पहेंलो र हरियो हुन्छन् । स्याउ भदौ अन्तिमदेखि कात्तिक अन्तिमसम्म टिप्ने गरिन्छ । यो सिजनमा स्याउका बोट राताम्ये हुन्छन् । नेपालका ३३ जिल्लामा स्याउ फल्छ । जुम्ला मनाङ मुस्ताङ डोल्पा मुगु कालिकोट र हुम्लामा यसको व्यावसायिक खेती हुने गरेको छ । सबैभन्दा बढी स्याउ जुम्लामा पाइन्छ । यसलाई ७ डिग्री सेल्सियसभन्दा कम तापक्रम चाहिन्छ । एउटा दानाको तौल औसतमा १ सय ८५ ग्राम हुन्छ । एउटा बोटमा १ सय केजीसम्म फल्छ । नेपालमा श्री ३ चन्द्रशमशेरका पालामा जापान र इटालीबाट स्याउका केही बोट ल्याएर काठमाडौंको छाउनी बालाजु र गोदावरीमा लगाइएको इतिहास छ । स्याउका बिरुवा पुस माघमा रोपिन्छ । रोप्दा बिरुवा १० फिटको हुन्छ । रोपेको ५ वर्षमा फल्न थाल्छ । नेपालमा समुद्री सतहदेखि ३ हजार मिटर उचाइमा स्याउ खेती गर्न सकिन्छ । स्याउ फुल्ने समयमा कम तापक्रम वर्षा हिमपात र मौसम बदली भइरहे परागसेचन प्रक्रियामा बाधा पुग्छ । भदौ र असोजमा नेपालमै फलेको स्याउले बजार धान्छ । अरू बेला बाहिरबाट ल्याउनुपर्छ । चीन र भारतबाट धेरै स्याउ आयात हुन्छ । केही मात्रमा न्युजिल्यान्ड र अस्ट्रेलियाबाट पनि आउँछ । स्याउबाट रक्सी (ब्रान्डी) जुस जाम सुकुटी पनि बनाइन्छ । यसलाई दानै र काटेर चाना बनाएर खाना सकिन्छ । नेपालमा १२ हजार हेक्टर क्षेत्रफलमा स्याउ लगाइएको छ । वार्षिक २० हजार मेट्रिक टन स्याउ उत्पादन हुन्छ । ५ वर्षमा फल्ने स्याउ एक रोपनीमा २५ बोट लगाइन्छ । नेपालमा फलेको स्याउ स्वादिलो र रसिलो हुन्छ’ वरिष्ठ फलफूल विकास अधिकृत दीपक भट्टराई भन्छन् त्यही भएर बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेरकाले यसको स्वाद मन पराउँछन् ।’ उनका अनुसार स्याउबाट राम्रो आम्दानी पनि हुने हुँदा खेती गर्ने किसान बर्सेनि बढ्दै गएका छन् । पछिल्लो समय एक वर्षमै फल्ने उच्च घनत्व स्याउ खेती प्रविधि नेपालमा भित्रिएको छ । यो प्रविधिमार्फत सर्भिया र इटालीबाट बिरुवा ल्याएर सन् २०१५ देखि खेती गर्न थालिएको हो । काठमाडौँ — अचेल धेरै साथीको गुनासो हुन्छ– किन हो मलाई त पढ्नै मन लाग्दैन   म त परीक्षा आएपछि मात्रै पढ्ने हो । अब त पढ्छु भन्यो दिमागमा बसे पो धेरैको मनमा यस्तै कुराहरू खेलिरहेको हुन्छ । मनोवैज्ञानिकहरूले यसो हुनुका केही कारण पत्ता लगाएका छन् । ती कारण बुझेर अघि बढ्न सके पढाई झर्कोलाग्दो हुँदैन । परीक्षामा हाउगुजी बन्दैन । पढ्न मन लगाउने १० मुख्य उपाय यस्ता छन्– १ केन्द्रित हुने हामी जुन विषय पढिरहेका हुुन्छाँै त्यसमै केन्द्रित हुनुपर्छ । गणितका समस्या समाधान गरिरहेका बेला मनमा अंग्रेजीको कुरा खेलाउनुहुन्न । नेपालीको समयमा गणित या विज्ञानको चिन्ता लिनुभएन । एक पटक या एकै समयमा धेरै विषयलाई मनमा स्थान दिनुहुन्न । जे पढिरहेको हो त्यसैमा मात्र केन्द्रित हुनु पर्छ । २ पकड राख्ने कुनै विषयमा पकड कमजोर छ भने त्यो विषयमा अझ धेरै ध्यान दिनुपर्छ । हामी त्यो विषय पढ्न बढी रुचाउँछौँ जुन राम्ररी आउँछ । पकड भएको विषय राम्ररी बुझ्न सक्छौँ । त्यसमा अंक पनि राम्रै आएको हुन्छ । आफूले रुचाएको विषय पढ्दा समय बितेको पत्तै हुन्न । त्यसैले कमजोर विषयमा आफ्नो पकड बढाउने प्रयास गर्नुपर्छ । ३ रुचि बढाउने कुनै विषयमा रुचि छैन भने त्यसमा रुचि जगाउनुपर्छ । रुचि नभएको विषयमा रुचि बढाउन ४–५ दिन नियमपूर्वक लगातार अभ्यास गर्नुपर्छ । सुरु–सुरुमा यसो गर्दा दिक्क लाग्न सक्छ । तर त्यो अवधिभरिमा थोरै मात्र रुचि बढ्यो भने त्यो पहिले नरुचाएको विषय पनि रुचिकर लाग्न सक्छ । ४ सीमित किताब पढ्ने टेबल खाट या भुइँमा सबै विषयको पुस्तक छरपष्ट राख्नु हुँदैन । जुन विषय पढ्ने हो त्यो मात्रै राख्नुपर्छ । बाँकी र्‍याक या झोलामै रहन दिनुपर्छ । सबै विषयका धेरै किताब छेउमै छ भने यो पढौं कि त्यो भन्ने लाग्न सक्छ । गृहकार्य गर्दा पनि सम्बन्धित विषयलाई मात्रै आफ्नो टेबलमा राख्नुपर्छ । एउटा सकिनेबित्तिकै अर्को निकाल्नुपर्छ । पढ्ने कोठा अस्तव्यस्त बनाउनुहुन्न । ५ निश्चित समय पढ्ने निश्चित समय हुनुपर्छ । जुनसुकै किताब जुनसुकै झोला या र्‍याकबाट निकालेर पढ्ने बानी खासै प्रभावकारी होइन । यसले एकाग्र हुन सकिन्न । पढाइको एउटा निश्चित क्रम हुनुपर्छ । बरु यसका लागि एउटा टाइम– टेबल बनाउन सकिन्छ । त्यसैका आधारमा पढे पढाइ नियमित हुन सक्छ । ६ लक्ष्य निर्धारण निश्चित लक्ष्यबिनाको पढाइ पनि बोझिलो हुन सक्छ । लक्ष्य नै निर्धारित छैन भने गन्तव्यमा कसरी पुग्न सकिन्छ  कुन विषय पढ्ने अनि त्यो पढेर के बन्ने भन्ने निर्धारण गर्न नसक्नाले पनि पढाइमा रुचि नलागेको हुन सक्छ । त्यसैले पढ्नुअघि लक्ष्य विचार गर्नु महत्त्वपूर्ण छ। ७ सञ्चारका प्रविधि अहिलेको डिजिटल युगमा हरेक समय हामी मोबाइल फोन ट्याबलेट ल्यापटप लगायतले घेरिएका हुन्छाँै । यीमध्ये खासगरी मोबाइल फोनले हाम्रो ध्यानलाई अन्यत्र मोडिदिन्छ । फोनमा कुनै कुरा नआए पनि छिटोछिटो हेर्न मन लाग्छ । फेसबुकमा साथीसँग च्याट गर्न मन लाग्छ । मोबाइल गेम खेल्न मन हुन्छ । यी सबैले पढाइलाई चौपट पार्छन् । त्यसैले पढ्ने बेला यी उपकरणबाट टाढै बस्नुपर्छ । सम्भव भए फोन अफ गरिदिनुपर्छ । ८ साथीसंगत साथीको सही कुरालाई समर्थन गर्नुपर्छ । गलतलाई नाइँ’ भन्न सक्नुपर्छ । पढाइमा रुचि राख्नेलाई साथी बनाउनुपर्छ । गलत गतिविधिमा लागेकासँग टाढै बस्नुपर्छ । यदि यसो नगरिए दौतरीको दबाबमा गलत क्रियाकलापमा पनि लाग्न सकिन्छ । अनि स्वत पढाइको स्तर खस्किन्छ । ९ प्रेरणा प्रेरणाले हामीलाई सफलताका लागि नयाँ ऊर्जा प्रदान गर्छ । हाम्रा वरपर संघर्ष गरेर सफल भएका मानिस प्रशस्तै भेटिन्छन् । तिनीहरूबारे थाहा पाउँदा हामीलाई प्रेरणा प्राप्त हुन सक्छ । आफ्नै अभिभावकका संघर्षका कुरालाई पनि शिक्षाका रूपमा लिन सकिन्छ । सफल व्यक्तिका जीवनी पढ्नुपर्छ । १० खास रुचि जुन विषयमा आफ्नो ज्यादा रुचि छ हामी त्यसैतर्फ बढी अग्रसर हुनुपर्छ । सिर्जनात्मक क्षेत्रमा रुचि छ भने त्यसलाई पढाइसँग जोडेर अघि बढ्नुपर्छ । आफ्नो रचनात्मकतालाई पढाइको विषयमा पनि लागू गर्न सकिन्छ । कलामा रुचि छ भने चित्र बनाएर पढ्न सकिन्छ । नृत्यमा रुचि छ भने नाच्दै कठिन पाठ सम्झन सकिन्छ । पढाइसँगै अन्य रुचिकर विषयलाई पनि अगाडि बढाउन सकिए झनै राम्रो हुन्छ । काठमाडौँ — सांसदले सामाजिक सञ्जालमा जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी सन्देश प्रवाह गर्नेलाई पनि सजाय हुनुपर्ने माग गरेका छन् । संसद्मा लगिएको जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ संशोधन गर्न बनेको विधेयकमा उनीहरूले यस्तो व्यवस्था माग्दै संशोधन हालेका हुन् । जातीय भेदभाव र छुवाछूत गर्नेलाई सरकारले २० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने प्रस्ताव गरेको थियो । सांसदहरूले न्यूनतम २५ हजारदेखि ३ लाख रुपैयाँ जरिवाना तीन वर्षदेखि ५ वर्षसम्म कैद हुनुपर्ने संशोधन दर्ता गरेका छन् । ऐनमा तीन महिनादेखि तीन वर्षसम्म कैद एक हजारदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । कुनै व्यक्ति प्रथा परम्परा धर्म संस्कृति रीतिरिवाज जातजाति वंश समुदाय वा पेसाका आधारमा भेदभाव वा छुवाछूत नियन्त्रण प्रतिबन्ध सार्वजनिक स्थानबाट निष्कासन र सार्वजनिक सेवा उपभोग गर्नबाट वञ्चित गरे यस्तो जरिवाना हुने प्रावधान ल्याउन लागिएको हो । सरकारको प्रस्तावमा कृष्णभक्त पोखरेल पदम गिरी झपड रावल मनकुमारी जिसी पवित्रा निरौला बिनाकुमारी श्रेष्ठ र विष्णु शर्माले पीडकबाट असुलउपर गरेको रकम तत्काल पीडितलाई दिनुपर्ने संशोधन हालेका छन् । नुवाकोट — अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव आइतबार काठमाडौं ल्याउने तयारी भइरहेको छ । दुर्घटनास्थल धादिङको मेघाम डाँडाको जंगलबाट रातभर हिडेर आइतबार बिहान नुवाकोटको त्रिशुली अस्पताल पुर्‍याइएको छ । पोष्टमार्टमका लागि हेलिकप्टरबाट शव काठमाडौं ल्याउने तयारी भइरहेको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम पछि आफन्तलाई बुझाइने छ। गोरखाको सामागाउँबाट शनिबार बिहान पाइलटसहित ६ जना नेपाली र एक जापानी नागरिक बोकेर आएको अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटको मेघाङ गाँउपालिका–१ बर्सुन्चेतको मैलुङ पाखास्थित खोँचमा दुर्घटना भएको थियाे। हेलिकप्टरमा सवार ७ जना मध्ये ६ काे मृत्यु भएको छ। एक जना महिलाकाे जिवितै उद्धार गरिएकोथियाे। उनकाे राजधानीस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ।
रतिलाई लाग्छ– महिलाका दीन हीन कुरा लेखेर मात्रै नारीवादी भइँदैन । यसो गर्नु छद्म नारीवाद’ हो । महिलालाई सामाजिक जागरणका हिस्सा बनाउन हाम्रा रचना कति सहायक भएका छन्  उनीहरूभित्रको शौर्य र शक्तिलाई सार्वजनिक गर्न हामीले कति मिहिनेत गरेका छौं  काठमाडौँ — महिलालाई एक बिचरी र निरुपायका रूपमा मात्रै चित्रित गर्ने कुराको म जहिल्यै विरोधी हुँ । महिला दया र कृपाका पात्र होइनन् । यसको मतलब उनीहरू महान् र सौर्यवान् मात्रै छन् भन्ने पनि होइन तर महिलाका विषयलाई लिएर बोल्दा वा लेख्दा दैनन्दिन उनीहरू कति सामान्य तरिकाले कति असामान्य जिन्दगी बाँचिरहेका छन् भन्ने पनि बुझ्नु जरुरी छ । प्रगतिशील लेखक संघ राजस्थानद्वारा जयपुरमा आयोजित समानान्तर साहित्य उत्सवको पहिलो दिन— जनवरी २७ २०१८ । पछिल्ला केही वर्षयता खुब हल्लीखल्लीका साथ जयपुरकै डिग्गी प्यालेसमा आयोजना हुने जयपुर लिटरेचर फेस्टिभलबारे त हामी भलिभाँती जानकार नै छौं । तर त्यो फेस्टिभलबारे भारतीय लेखक र बौद्धिक समुदायबीचका कैयौंं मतान्तर हामीलाई थाहा छैन । भारतीय माक्र्सवादी लेखकहरू यसले मार्केट ओरिएन्डेड’ (अ) लेखकहरूलाई नै धेरै स्पेस दिएको यसका मञ्चमा साहित्य वा लेखनबारे गम्भीर छलफल नहुने बरु सेलिब्रेटी’ लेखकको नाम बेचेर विचारको दुनियालाई कर्पोरेटहरूले हस्तक्षेप गरिरहेको जस्ता आरोपसहित यहाँ असहभागी हुँदै आएका छन् । यस पटक जेएलएफकै समानान्तरमा त्यो पनि मिति जुधाएरै आयोजना गरियो— पीएलएफ अर्थात् समानान्तर साहित्य उत्सव । अभिजात लिट्–फेस्ट कल्चर’ विरुद्ध जनस्तरबाट लेखकहरू स्वयंले खर्च हालेर थालेको भनिएको थियो । प्रलेस राजस्थानका ईशमधु तलवारको निम्तो मान्न नेपालबाट साइकलयात्री तथा फोटो पत्रकार उषा तितिक्षुको नेतृत्वमा लेखकहरू अभय श्रेष्ठ युग पाठक पत्रकार रोहेज खतिवडा र जिज्ञासु पाठक मित्र कृष्ण यात्रीसहित हामी छ जना थियौं । लोकबाजा र नृत्यसहित पहिलो दिनको रौनक विशेष थियो । मुक्तिबोध मञ्चमा उद्घाटन सत्र सकिएपछि हामी बिज्जिकी बैठक’ को पण्डालभित्र छिरेका थियौंं— भारतीय स्त्रीलेखन र स्त्रीविमर्शमाथिको बहस सुन्न । आकासे नीलो सारीमा च्याट्ट परेर बसेकी यी कवि यति वाचाल होलिन् भन्ने मलाई लागेको थिएन । औंलाहरूमा चाँदी र ढुंगाका कलात्मक औंठी औंलाभन्दा पनि लामा र ठूला † मुखमण्डलमा विशेष सतर्कता र व्यक्तित्वमा वास्तविक उमेरलाई छेकिरहेको तेज † कतिपय लेखक देख्छु लेखनको भन्दा लुगा र गहनाको प्रदर्शनी गर्न बढ्ता रुचि राख्ने लेखक । यिनी पनि त्यस्तै पो हुन् कि क्या हो  तर उनले बोलिरहेका कुराले मेरो प्रारम्भिक अनुमान र अनुभवजन्य तर्जुमा फेल ख्वाइरहेका थिए । आक्रामक शैलीमा यिनी भन्दै थिइन् महिलाको आत्मशक्ति र दैनन्दिन जिन्दगीका रुटिनभित्र उसको सहभागिताको प्राकृत रूपलाई न मिडियाले महत्त्व दिएर छाप्छ न लेखकले नै । केरलाको एउटा घटनालाई जोड्दै उनले भनिन् एउटी माझी महिलामाथि बीच बजारबाटै घिसार्दै लगेर सामूहिक बलात्कार भयो । त्यसबारे चौतर्फी हल्ला मच्चिएपछि भोलिपल्ट राज्यका मुख्यदेखि कनिष्ठ सबै प्रकारका अखबारका संवाददाता उनको घरमा पुगे । बिचरी’ ती बलात्कृत दुखी’ महिलालाई भेटेर कुरा गर्न र समाचार बनाउन । तर कसैले उनलाई घरमा भेट्न सकेनन् । उनी त सबेरै उठेर माछाबजार पुगिसकेकी थिइन् । माछा बेच्न व्यस्त थिइन् । कसैले उनलाई सोध्यो यस्तो बेलामा पनि तिमी माछा बेच्न आएको  तिनले भनिन् मैले मेरो काम गर्न नआए भोलिदेखि मेरा बच्चा भोकभोकै मर्छन् । मेरा लागि बलात्कारभन्दा असहनीय पीडा मेरा बच्चाको भोक हो । के म विलाप गरेर चुपचाप बसूँ र मेरा बच्चाहरू भोकले छटपटिएको हेरिरहूँ ’ केरलाकी स्थायी निवासी भएकाले ऊबेला दिल्लीका कुनै सम्पादकले रतिलाई गरिब माझी महिलामाथि एउटा कविता लेखेर पठाउन पत्र लेखेको स्मरण गर्दै यिनले अगाडि भनिन्— म मध्यमवर्गीय महिला हुँ । म निम्नवर्गका महिलाको विषयमा न्याय गरेर त्यस्तो गतिलो कविता लेख्न सक्दिनँ जति अनुभव र आधिकारिकतासाथ मध्यमवर्गीय महिलाको विद्रोह र संवेदनालाई उतार्न सक्छु । म स्वस्फूर्त रूपले जे आउँछ त्यही नै लेख्न सक्छु । माछा बेच्ने उक्त महिलाको बीस–बाइस वर्ष पुरानो प्रसंगलाई ताजा गर्दै उनले भनिन् केरलाका माझी महिलाजत्तिको आत्मविश्वासी महिलाहरू मैले आजसम्म कहीं देखेकी छैन । उच्च या मध्यमवर्गीय महिलाभन्दा यी कति हो कति निडर र दुस्साहसी हुन्छन् । न लोग्नेको कमाइ खाएर पराधीन बाँच्छन् न जीवनका कुनै दुर्घटनाले गलित र थकित हुन्छन् । कम्मरमुनि धोतीजस्तै देखिने मुन्ड’ बेर्ने र माथि ब्लाउज लगाउने केरल मछुवारन’ हरू हामीझैं वक्षस्थलका उभार छेक्न कुनै पछ्यौरा या दुपट्टा ओढ्दैनन् । गलामा पातलो गम्छा हुन्छ बस् । टाउकामाथि माछाको टोकरी लिए हिँडे । ऊ बेला म तिनीहरूको आत्मविश्वासले भरिएको हिँडाइसँग मोहितै हुन्थें । ठान्थें अरे मसित पनि होओस् यस्तो शक्ति † आर्थिक विपन्नताले पनि नलतार्ने नझुकाउने तिनको त्यो अद्भुत आत्मविश्वास † म बडो सम्मान र कौतूहलले यिनलाई हेर्थेँ । रातिको नौ/नौ दस/दस बजेतिर बल्ल बजारबाट घर फर्किरहेका हुन्थे । ऊ बेला त्यो शक्ति र निडरता मध्यमवर्गका महिलाका लागि त दुर्लभ नै थियो ।’ रतिलाई लाग्छ— महिलाका दीन हीन कुरा लेखेर मात्रै नारीवादी भइँदैन । यसो गर्नु छद्म नारीवाद’ हो । महिलालाई सामाजिक जागरणका हिस्सा बनाउन हाम्रा रचना कति सहायक भएका छन्  उनीहरूभित्रको शौर्य र शक्तिलाई सार्वजनिक गर्न हामीले कति मिहिनेत गरेका छौं ’ उनले भनिन् । महिला आत्मिक रूपले कमजोर छैनन् बरु परम्परादेखि विभिन्न मिथक कथेर कमजोर बनाइएका छन् भन्न उनले अरू केही दृष्टान्त पनि थपिन् । यसो हुनुमा संस्थापनावादी मिडिया र लेखकवर्गको पनि उत्तिकै दोष छ’ रतिको कथन थियो । जन्मले राजस्थानी रति हिन्दी र अंग्रेजी दुवै भाषामा लेख्छिन् । केरलाको त्रिवन्द्रुम निवासी यिनी कविता सुनाउन संसार डुल्ने थोरै भारतीय कविमध्ये पर्छिन् । यिनी कहाँ–कहाँ पुगिनन् कविता सुनाउन  एक छिन औंला भाँचेरै गन्नुपर्छ । नियात्रा अनुवाद र सम्पादनमा पनि ईष्र्यालाग्दो गरी यिनको हात चलिरहेको छ । हिन्दीकी निवृत्त प्राध्यापक वैदिक दर्शनमाथि अनुसन्धान गरेकी यिनीसँग प्राज्ञिक डाक्टरको उपाधि पनि छ । आफ्नै पहल र निर्देशनमा दसौं वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको कविता उत्सव गर्ने उत्साहीकर्मी पनि हुन् यिनी † त्यसो त संसारका दर्जनभन्दा बढी भाषामा यिनका कविताहरू अनुवाद भइसकेका छन् । दुई महिनाअघि मात्रै टर्किस भाषामा अनूदित कवितासहित इस्तानबुल पुगेर फर्केकी यी कवि हालसालै चिनियाँ भाषामा प्रकाशित संसारभरका कविहरूका कविताको संकलनमा परेकी सय समकालीन कविमध्ये एक मात्र भारतीय कवि हुन् । विद्यार्थीकालमा माक्र्सवादी रुझानबाट प्रभावित हुन्— रति । पार्टीको क्रियाशील सदस्यसमेत रहिन् तर अहिले आफूलाई एक स्वतन्त्र लेखक भन्न बढ्ता रुचाउँछिन् । पछिल्ला केही वर्षयतादेखि वल्र्ड पोइट्री मुभमेन्टकी संस्थापक सदस्य र पोइट्री थेरापी’ की अभियन्ताका रूपमा कवितालक्षित विश्व संगठनकी सहकर्मीसमेत रहँदै आएकी छन् । यही अभियानको सहजीकरणले पनि उनी अनेक विदेशी भाषामा अनूदित भएकी हुन् । भारतमै भने उनको उतिसारो प्रचार छैन रे यिनले आफैं भनेकी । भन्न त भन्छिन् मलाई यस्तो कुराले केही फरक पार्दैन’ तर त्यस्तो कुन कवि होला जसलाई आफ्नो देशभित्रको ख्याति र प्रशंसाले नलोभ्याओस् ’ सप्रसंग मैले उनको नाम यसअघि नसुनेको कुरा गर्दा भृकुटी खुम्च्याउँदै उनले भनिन् खासमा म कुनै त्यस्तो विशेष गुट वा समूहमा छैन नि त जसले मेरो वा मेरा कविताहरूको प्रचार गरोस् ।’ समानान्तर साहित्य उत्सवको एउटा सत्रमा नेपाली कविताहरूको वाचन र छलफल पनि राखिएको थियो । सत्रभरि यिनी हाम्रा कुरा ध्यानपूर्वक सुनिरहेकी मात्रै थिइनन् २०५२–२०६२ युद्धोपरान्त नेपाली कविताको दिशाबारे अन्तरक्रिया गर्नसमेत उत्साहित भइन् । नेपाली कविताको ध्वनि यति स्टनिङ’ र जबर्जस्त होला भन्ने मलाई थिएन । तर अनुवादमा प्रशस्त काम गर्नुपर्नेछ जस्तो लाग्यो है †’ हामीले वाचन गरेका कवितामाथि तिनले उपयोगी टिप्पणीसमेत गरिन् । एक जिज्ञासुले मलाई बारम्बार कमरेड’ सम्बोधन गर्दै नेपालमा माओवादी आन्दोलनको बैठानबारे केही गम्भीर छलफल गर्दै थिएँ । म यो सम्बोधनको ओज र उत्तरको प्राधिकार बोक्न आफैंमा कति समर्थ थिएँ  त्यो अलग्गै प्रश्न थियो तर ती कवि भने जिज्ञासु मित्रसँगको त्यो वार्ता रुचिपूर्वक सुन्दै थिइन् । उनको मतलब कम्युनिस्ट कार्यकर्ता हो भन्ने बुझ्न गाह्रो थिएन । अहिले हुनुहुन्न  मैले सोधें । आफूलाई साम्यवादी भनेर सत्तारोहण गर्नेहरूले श्रमजीवी जनतामाथि कहिल्यै न्याय गरेनन् । केरलामा यी सब चीज मैले नाङ्गा आँखाले देखेकी छु ।’ उनलाई अहिले पनि लाग्छ— माक्र्सवाद एउटा समृद्ध विचार हो यो जरुरी छ । तर केरलाको कम्युनिस्ट पार्टीले माक्र्सवादका दार्शनिकतालाई भोटको राजनीतिका लागि दुरुपयोग मात्रै’ गरिरहेको दृश्यले उनलाई दुखी बनाएको छ । सर्वहाराको नाममा मध्यमवर्गको त उच्चवर्गमा उत्थान भयो तर पद्धतिबाट वास्तविक गरिब वर्ग लाभान्वित हुन पाएन । यसले उनलाई माक्र्सवादको छद्म राजनीति गर्नेप्रति चिढ्याउँछ । तर कमरेड’ शब्दप्रतिको प्रेम अझै उस्तै हुँदो हो र त भनेकी हुँदी हुन् म पनि कुनै बेला कमरेड थिएँ’ भनेर । हामीले यहाँ पनि देखेका छौं पार्टी राजनीतिसँग वा सरकारमा गएपछि कम्युनिस्टहरूले देखाउने रवैयासँग जति झोंक चले पनि लेखक र बौद्धिकहरू कमरेड’ शब्दको मोह त्याग्न सक्दैनन् । यो पनि आफैंमा कम रोचक कुरा होइन । रति दक्षिण भारतमा बसेर वर्षौंदेखि कविताको अन्तर्राष्ट्रिय इभेन्ट’ मात्रै गरिरहेकी छैनन् संसारभर सञ्जाल फैलिएको पोइट्री थेरापी अभियानको पनि प्रवक्ताजस्तै बनेकी छन् । भौतिक विज्ञान र अध्यात्मलाई नजोडी मानिस सुखी हुनै सक्तैन रहेछ उनको अनुभव छ । क्वान्टम भौतिकी र सापेक्षतावादको सिद्धान्त निर्देशित भौतिकविज्ञान र पूर्वीय वैदिक दर्शनलाई मिलाएर बोधको क्षितिजमा उभिँदा बल्ल ब्रह्माण्डको लीला बुझिन्छ भन्ने यिनी दलाई लामाको कथ्य उद्धृत गर्दै अगाडि तर्क गर्छिन्— केही भिन्नताका बाबजुद बुद्ध दर्शन र क्वान्टम भौतिकीले कहींनेर हात मिलाएका छन् । पोइट्री थेरापीबारे एउटा लामो लेखमा उनको सार कथन छ अध्यात्मलाई धार्मिक रुढीबाट झिकेर विज्ञानसम्मत स्थिर चित्तमा पुर्‍याउन सक्दा त्यसबाट एउटा रोगी मानिसको अवचेतन तन्त्रीले राहत महसुस गर्न सुरु गर्छ ।’ निराशा र विचलनको किनारमा पुगेका मानिसलाई धार्मिक अन्धता र नाम नामका ईश्वरको शरणमा छोड्दिने कि अध्यात्मतर्फ ल्याउने भन्ने नै मूल कुरा हो यिनी भन्छिन् । हुन त औषधि विज्ञानमा एउटा विभाग नै छ साइकोथेरापी । पोइट्री थेरापी र साइकोथेरापी अलिअलि त मिल्छन् पनि । तर पोइट्री थेरापी साइकोथेरापीजस्तो अध्ययनको छुट्टै विधा होइन । पोइट्री थेरापी मेडिकल प्राज्ञहरू र कविहरूको अगुवाइमा प्रयोगमा आइरहेको बिरामीको मानसिक उपचारको एउटा पूरक विधि मात्रै हो । यद्यपि यो उस्तो नयाँ कुरा भने होइन । यसलाई चार हजार वर्षअघि इजिप्टवासीद्वारा बिरामीको थप उपचारका रूपमा प्रयोगमा ल्याइएको पाइन्छ भने मध्यकालमा ग्रीक डाक्टरहरूले समेत प्रयोग गर्थे भन्ने तथ्य भेटिन्छ । अठारौं शताब्दीदेखि अमेरिकाको पेन्सिल्भेनिया हस्पिटलबाट फेरि प्रयोगमा आएको यो विधिलाई डा बेन्जामिन रसले पुनर्प्रचलित गरेको मानिन्छ जुन पछिल्ला केही दशकयता लागूपदार्थका दुव्र्यसनी र विभिन्न किसिमका अभिघात संक्रमितलाई जीवनको लयतर्फ तान्नका लागि प्रचलित छ । रति भन्छिन् विज्ञान र कविता फरक कुरा हुन् । कविता अवचेतनका पत्रहरूभित्र पुगेर काम गर्ने कला हो भने विज्ञानसँग सुस्पष्ट परिभाषा र निश्चित तथ्य हुन्छन् । विज्ञानसँग तर्क र तथ्यले तय गरेको सीमित शब्दले बाँधिएको भाषा हुन्छ तर कवितामा शब्दको शक्ति अथाह र अनन्त हुन्छ । कवितासँग संवेग हुन्छ । यसमा थोरै शब्दले पनि बोक्न सक्ने असीमित अर्थ हुन्छन् । जोड–घटाउमा विज्ञानको पल्ला कम होला र आवेगहरूको पल्ला भारी । तर विज्ञानका क्षेत्रमा पसेर कविताले गरेको एउटा मानवीय हितको कर्म हो नै यो ।’ एउटा शब्दकर्मी कविका लागि यो पनि रमाइलो र गौरवयोग्य कुरा हो । जता फर्कौँ अन्तत दुनियाँलाई कविता नै चाहिने रहेछ † कविताको सामथ्र्य कहाँ–कहाँ र कतिसम्म फैलिएको छ  तर्क आउँछ— आखिर हरेकजसो असल कवि थेरापिस्ट नै हो । कविका शब्दको शक्ति नै हो त्यो चीज जसले ब्यक्तिका मात्र होइन समाज र मानवजातिले भोगिरहेको चेतनाको अभिघात निको पार्छ । तर रतिहरू घोषित थेरापिस्ट कवि हुन् । पश्चिमबाट उदाएको थेरापी कविताको मर्मलाई अथर्ववेदका कतिपय सुक्त र सार प्रयोग गरेर आफूले पूर्वीय दर्शनको सुगन्धले गार्निस’ गरेको यिनको दाबी छ । मूलत कवि नै हुन्— रति सक्सेना । कविका रूपमा चिनाउन उनका चार कविताकृति पर्याप्त छन् । माया महाठगिनी अजन्मी कविता की कोख से जन्मी कविता सपने देखता समुद्र र एक खिड्की आठ सलाखें । उनका संस्मरण पनि छन् चिटीं की पर’ (हिन्दी) र अंग्रेजीमा लिखित एभ्रिथिङ् इज पास्ट टेन्स’ लगायत । कविता र गद्य गरी मलयालम भाषाबाट हिन्दीमा गरिएका अनुवाद पनि छन् १२ वटा । यिनै अनुवादका लागि रतिले भारतको केन्द्रीय अकादमी पुरस्कारसमेत पाएकी छन् । साम्यवादी विचारकी कार्यकर्तादेखि अथर्ववेदकी प्राज्ञसम्म रतिको यात्रा रोचक छ । अ सिड अफ माइन्ड ए फ्रेस अप्रोच टु अथर्ववेदिक स्टडी’ रतिले गरेको महत्त्वपूर्ण अनुसन्धान हो जसले उनलाई देशको एक उच्च सम्मानित अध्येतावृत्तिसमेत दिलायो । वेद अध्ययनको प्रभाव उनको बोलीपिच्छे भेटिन्छ । पोइट्री थेरापीकै प्रसंगमा पनि अथर्ववेदका सुक्तहरूको बारम्बार उल्लेख गरिरहन्छिन् । उनलाई लाग्छ— वेद एक साम्यवादी दर्शन नै हो जसले भन्छ— सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामया।’ तर वेदको समर्थन गर्न माक्र्सवाद छोड्नुपर्छ भन्ने छैन यिनी भन्छिन् । माक्र्सवाद त्यागेर वेदविज्ञानी बनेकी होइनन् यिनी बरु अपिल गर्छिन् वेदलाई माक्र्सवादीहरूले बिनाआग्रह वैज्ञानिक दृष्टिले पढून । पार्टी प्रतिबद्धताको घेरा बाहिर भएकाले पनि वेद र माक्र्सवादको फ्युजनका कुरा गरिहिँड्न सजिलो भएको हो कि  प्रश्न अनुमानित मात्र हो । रतिका कविताको भाषा र ध्वनि एक्टिभिस्ट’ कविताको जस्तो लाग्दैन । पुराना केही कविताबाहेक यिनका अधिकांश कविताको रूप झेन कवितासँग मिल्छ— छोटा तर गम्भीर । यिनका कविता कमरेड कवि’ का कविताजस्ता पटक्कै छैनन् । बात मारेजस्ता छन् ध्यानबाट जागृत मानिसले गर्नेजस्ता मिहिन र गहिरा कुराले भरिएका । रमाइलो कुराचाहिँ के हो भने यिनलाई अझै पनि उस्तै छ कमरेड’ शब्दसँगको प्रेम । यी अझै पनि भन्छिन्— विचारले म साम्यवादी हुँ र रहिरहन्छु।
शरणार्थीहरू चढेको डुंगा दुर्घटना हुँदा बुधबार साइप्रसमा १९ जनाको मृत्यु भएको छ । साइप्रसको उत्तरी क्षेत्रमा भएको दुर्घटनामा परी अरू ३० यात्रु बेपत्ता भएको स्थानीय सुरक्षा अधिकारीहरूले जनाएका छन् । दक्षिण कोरियाली सेनाको हेलिकोप्टर मंगलबार दुर्घटनामा परेको छ । दुर्घटनामा परी पाँच जना सैनिकको मृत्यु भएको र एक जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् । अमेरिकाले एक २९ वर्षीया रूसी महिलालाई पक्राउ गरेको छ । अमेरिकी अधिकारीहरूले मरिया बुटिनामाथि रूस सरकारको एजेन्टका रूपमा काम गर्ने षड्यन्त्र र राजनीतिक समूहमा घूसपैठ गरेको अभियोग लगाएका छन् । यसपालिको विश्वकप फुटबल प्रतियोगिताको अन्त्यसँगै नयाँ विजेता बन्यो फ्रान्स । विश्वकपले विजेता मात्रै दिएन केही स्टारहरू पनि जन्मायो । रूसले आयोजना गरेको विश्वकपकै कारण लुका मोड्रिच किलिएन एम्बाप्पेलगायत दर्जनौं फुटबल स्टार विश्वमै चिनिए । अमेरिकाले एक २९ वर्षीया रूसी महिलालाई पक्राउ गरेको छ । अमेरिकी अधिकारीहरुले मरिया बुटिनामाथि रूस सरकारको एजेन्टका रूपमा काम गर्ने षड्यन्त्र र राजनीतिक समूहमा घूसपैठ गरेको अभियोग लगाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनसँगको प्रत्यक्ष वार्ता’ दुई देशको सम्बन्ध सुधारका लागि राम्रो सुरुवात भएको बताएका छन् । पाकिस्तानको सिन्ध प्रान्तमा जन्ती बोकेको एक बस दुर्घटनामा पर्दा त्यसमा रहेका १७ जना को मृत्यु भएको छ । लन्डनबाट स्वदेश फर्केलगत्तै शुक्रबार पक्राउ परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफलाई क’ श्रेणीको कैदीको सुविधा प्रदान गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपबारे पूर्वराष्ट्रपति बाराक ओबामाको आलोचना गरेका छन् ।
यौन रोग शारीरिक मानसिक दुवै कारणले हुन्छन् ।केएमसीका डा गोविन्दका अनुसारएसटीआई (सेक्सुअल्ली ट्रान्समिटेड इन्फेक्सन) मात्र सरुवा हुन्छन् ।ब्याक्टेरिया तथा फंगसबाट हुने एसटीआईको उपचार हुन सक्छ । भाइरसबाट हुने प्रायः रोगको उपचार सम्भव छैन ।यस्ता समस्या समय–समयमा बल्झिरन्छन् । अहिलेको कमन एसटीआई यौनांगमा मुसा आउने हो । हातमा देखिने मुसाभन्दा अलि फरक हुन्छ । यो सरुवा हुन्छ । यसको खतरनाक असर भनेको इन्फेक्सन क्यान्सरमा परिणत हुने सम्भावना करिब १० प्रतिशत रहन्छ । यौनांगमा मसिना पानीका थोपाजस्ता दाना आउने समस्या पनि छ । भाइरल इन्फेक्सन भएकाले वर्षमा चारपाँच पटक आउँछ यो । यस्तै ब्याक्टेरियाबाट हुने सिफिलिस पनि केहीमा हुन्छ ।यौनांगमा काई परेजस्तो ढुसी जम्मा हुने पिसाब पोल्ने पिप आउने समस्याले पनि धेरैलाई सताउँछ ।यौनांगमा सानो होस् वा ठूलो घाउखटिरा आउँछ भने लुकाउनुहुँदैन’डा गोविन्दले भने जचाइहाल्नुपर्छ । समयमै उपचार पाएनिको हुन सक्छ ।’केएमसीले गरेको एक अध्ययनले धेरैजसो मुसा गोनोरिया र क्यानडिडा (सेतो पानीबग्ने) समस्या आउँछन् । आठदेखि७८ वर्ष उमेरसम्मका मान्छे यौनरोग लिएर आएका छन्केएमसीमा । डा एलिज भन्छिन् यौनरोगबाट पीडित आर्मी पुलिस र ड्राइभर धेरै आउँछन् उपचारका लागि । सामूहिक संसर्ग गर्नेहरू धेरैमा यौनरोग देखिन्छ ।’ स्किन हस्पिटलकी डा अनुपमाको अनुभवमा मल्टिपल पार्टनर’सँग संसर्ग गर्नेहरू धेरै आउँछन् । यौनजीवनमा धेरै कुराले प्रभाव पार्छ’ उनी भन्छिन् अरू कुनै पिरले हो कि सम्बन्ध ठीक छैन कि गे पो हो कि । या त सेक्सगर्ने माहोल नै छैन कि ’ यौनांगमा फंगस आउने समस्या पनि बढी देखिन्छ । डा अनुपमाका अनुसार एकदम संवेदनशील क्षेत्र हो यौनांग । पसिना आउने र यौनांग गुम्म राखिने भएपछिफंगस बढ्ने मौका पाएरसक्रिय बन्छ’ उनी भन्छिन् नुहाएको पानी नपुछ्दा सुख्खा हुँदैन यौनांग ।गन्हाउने पनि हुन्छ । अनि के पो भइहाल्यो भनेर साह्रै आत्तिन्छन् । अरूबाट पनि सर्छ फंगस । यौनांगको सुरक्षा र सफाइ नियमित गरे यो समस्या ठूलो होइन ।’ ठूलो लडाइ जितेको जस्तो भइराछु’फंगसबाट सताइएका राहुल (३५) ले लामो सास फेरे मलाई केही भएको रहेनछ ।’फंगसकै कारण शरीर नै डुङडुङ गन्हाउन थालेपछि उनलाई लाग्यो मलाई त यौनरोग लागेछ ।’दुई वर्षअघिको यौनसम्पर्कले यौनरोग लागेको डर थियो उनमा । टोपीलाएरै गरेको थिएँ’ उनले भने कन्डम लाउँदा पनि यौनरोग सर्ने सम्भावना हुन्छ भन्ने सुनेको थिएँ । त्यही भएर एकदम डराएँ । अझ अरूको नजिक जानै डर लाग्नेगरी गन्ध आउन थाल्यो ।’यौनांगको सरसफाइमा ध्यान नदिँदा उनमा फंगसको क्रियाशीलता बढेको रहेछ ।
उनले त्यतिखेर जवाफ दिएका थिए–अमेरिका आएर लामो समय टेलिभिजन पत्रकारिताबाट म हराएँ । अहिले फेरि सुरु गर्दैछु । म जस्तै हरेकले यहाँ जीवन नयाँ रुपमा सुरु गर्नुपर्छ । त्यसैले कार्यक्रमको नामनै यू स्टार्ट अगेन राखेको हुँ ।’ जवाफ जसरी दिएपनि सत्य एउटै हो अमेरिकामा । तेस्रो विश्वका मुलुकहरुबाट आउने जो कोहीले यहाँ आफ्नो जीवनलाई फेरि सुरु गर्नुपर्छ । आफ्नो जन्मभूमिमा स्याचुरेसन’ मा पुगेको जीवनलाई छाडेर यहाँ आएपछि जीवनलाई नयाँ रुपमा थालनी गर्नैपर्छ । अर्थात शून्यबाट फेरि सुरु गर्नुपर्छ यहाँको जीवन । शून्यबाट जीवन सुरु गर्दाको अवस्थामा भाषा संस्कृति हिँड्ने तरिका किनमेलमात्र होइन मानिससँग गर्ने व्यबहारमा समेत ध्यान दिनैपर्छ । यहाँको चलन बोली व्यबहारमा ध्यान दिन सकिएन भने नेपालमा सही ठानिएको व्यबहारले यहाँ कानुनी कारवाहीको भागिदार बनाउन बेर लाग्दैन । हरेक क्षेत्रमा नयाँ रुपबाट सोच विचार पुर्याउनु पर्नाले गर्दा हरेकले यहाँ जीवनलाई स्टार्ट अगेन’ कै रुपमा लिन जरुरी छ । जीवनमा मैले यस्तो अनुभव हाँसिल गरेको छु जसलाई नत कुनै ट्युसन फि तिरेर पाइन्छ । नत कुनै विश्वविद्यालयमै पढेर सिकिन्छ । यी अनुभवलाई बाँड्दा अरुलाई पनि जीवनमा यस्ता समस्या परिहाल्दा समाधान गर्न सहज हुनेछ भन्ने लागेको छ । हाम्रो पूर्बिय संस्कारले दुःख पर्दा कोही दुःखीहरु देख्दा आफै तत्पर भएर सहयोग गर्छौ । दुःखीहरुले सहयोगका लागि याचना नगरेपनि आपत परेको देख्दा सहयोग गर्नुपर्छ भनेर हामीले सिकेका छौँ जानेका छौँ । हाम्रा धर्मग्रन्थ समाज गुरू माता–पिताबाट हामीले सिकेको यो पनि हो । तर अमेरिकामा कसैले नमागेसम्म कुनै सहयोग गर्नु त्यति ठीक मानिने रहेनछ । सहयोग मागेको खण्डमा भने सहयोग गर्ने हातहरु धेरै हुन्छन् । नमागेको सहयोग गर्न तत्परता देखाउँदा समस्यामा फँसिने कतिपय अवस्थामा मागेको अवस्थामा सहयोग गर्दा पनि लफडा आइलाग्ने गरेका दृष्टान्तहरु धेरै छन् । साढे तीन वर्ष पहिलेको घटना हो । म ओक्लाहोमा सिटीमा बस्थेँ त्यतिखेर । फेब्रुअरी महिना थियो । अघिल्लो दिनरात पुरै भारी हिमपात भएको थियो । हिउँले वरिपरि सबै छोपेको थियो । म ग्याँस स्टेशनमा काम गर्थे । हिउँले गर्दा ग्राहकहरु आउने क्रम पातलो थियो । बाहिर असाध्यै चिसो र शीतलहर चलिरहेको थियो । म बेलाबखतमा स्टोर बाहिर निस्कँन्थे । हिउँले पुरै ढाकिएको वातावरण रमाइलै थियो । त्यतिनैखेर एउटा दृश्यले मेरो ध्यान तान्यो । बाहिर ४/५ इन्च हिउँ छ । पातलो एकसरो कपडा अनि खुट्टामा चप्पलमात्र लगाएकी एक महिला स्टोरको पछाडीपट्टि हिँडिरहेकी थिइन् । पछाडी पिठ्युमा उनले सानो व्याकप्याक (झोला) बोकेकी थिइन् । पुरै खुट्टा छोपिने हिउँ थियो उनी त्यही हिउँलाई खुद्दै चप्पल र मोजाको भरमा केही हराएर खोजी रहेजस्तै गरि हिँडिरहेकी थिइन् । यसो नियालेर हेरेँ । कता कता नेपाली अनुहार झल्कियो । तर सोधिहाल्न सकिन । मेरो भित्री मनले ठान्यो–कति दुःखी होलिन् यी महिला ।’ मनमा किन किन दयाको भाव पलाएर आयो । झण्डै १० मिनेटपछि तिनै महिला स्टोरभित्र पसिन् । पिठ्युमा बोकिरहेको झोलालाई ढोका नजिकै बिसाउँदै सोधिन्–म रेष्टरुम प्रयोग गर्न सक्छु ’ मैले स्विकृती दिएँ । झण्डै १५ मिनेटपछि उनी रेष्टरुमबाट बाहिर आइन् । स्टोरभित्रै केही किन्न खोजेजस्तो गर्दै टहलिन थालिन् । चिसोले गर्दा उनको अनुसार पुरै निलो थियो । ओठहरु फुटेका थिए । असाध्यै दयालाग्दो अनुहार देखिन्थ्यो । म केही बेर यहाँ बस्न सक्छु बाहिर असाध्यै चिसो छ’ ती महिलाले अनुरोध गरिन् । ग्राहकहरुका निम्ति बसेर खाजा खानको लागि केही कुर्सीहरु र टेबुल थियो । उनी त्यही बसिन् । म आफ्नो काममा लागेँ । उनी भोकाएकी जस्तो देखिन्थिन् । तर किन्न नसकेको जस्तो भाव उनको थियो । किनकी पहिले सामान हेरेर उनले छाडेकी थिइन् । मैले उनलाई सोधेँ–केही खान खोजेको हो ’ मलाई उनी प्रति असाध्यै दया लाग्यो । उनको अनुहारमा नेपालीपन थियो । उनको अवस्था हेर्दा दुःख पाएर घरबाट निस्किएकी जस्तो लाग्थ्यो । उनलाई खानेकुरा सहयोग गर्न पाएकोमा मलाई मनमा सन्तोष लागेको थियो । उनले मसँग नजिकै एकरातको लागि सेल्टर भए नभएको सोधिन् । मलाई पनि सेल्टरको बारेमा त्यति जानकारी थिएन । नजिकै चर्च थियो। बेलाबखतमा चर्चका गार्ड पास्टरहरु त्यहाँ बस्ने मानिसहरु आएर किनमेल गर्थे । स्टोरमा एकजना नियमित ग्राहक बृद्धा महिला पसिन् । जो बृद्धा थिइन् । सहयोगी स्वभावकी पनि थिइन उनी । मैले ती ग्राहकलाई सेल्टरको बारेमा जिज्ञासा राखेँ । ती महिला ग्राहकले चर्चमा सेल्टर भएको जानकारी दिँदै मलाई सोधिन्–कसका लागि सेल्टर चाहिएको हो ’ उनीहरुबीच कुराकानी भयो । स्टोरकी नियमित ग्राहक महिलाले एक रातका लागि आपूmले घरमा लगेर राख्न सकिने बताइन् । त्यसैबेला उनीहरु दुईबीच खासखुुस कुराकानी भयो । कुराकानी सकिने बित्तिकै ती बृद्धाले आत्तिएजस्तो व्यबहार देखाइन् । उनले भने–ओहो माफ पाउँ । मेरो घरमा बच्चाहरु पनि छन् । शौचायल एउटैमात्र छ । म तिमीलाई घरमा बास दिन सक्दिन । मलाई माफ गरिदेउ ।’ अघिसम्म आफ्नो घरमा बास दिन तयार भएकी ती बृद्धा अत्तालिएको देखेर म आफैँ अचम्ममा परेँ । मैले के भयो सोध्न पनि सकिन । ती बृद्धा ग्राहक किन्न आएको सामान लिएर छिटोछिटो स्टोरबाट बाहिरिइन् । उनी निस्किएपछि ती महिलालाई मैले उनको घर परिवारका बारेमा जिज्ञासा राखेँ । उनले आफू ओक्लाहोमाकै रहेको र परिवार नभएको कुरालाई सहज रुपमा बताइन् । त्यो भन्दा मैले केही सोध्नु उचित पनि ठानिन । म आफ्नै काममा लागेँ । उनी कुर्सीमा आराम गरिरहेकी थिइन् । त्यतिनै खेर मेरो मोबाइलमा स्टोरमालिकको फोन आयो । म फोनमा कुराकानी गर्नतिर केन्द्रित भएँ । फोनमा कुराकानी गर्दैगर्दा ती महिलाले मलाई इसारा गरेर केही लेख्नका लागि कागज मागिन् । मैले कागजको एउटा टुक्रा दिएँ र फोनमै कुराकानी गर्दै काममै लागेँ । केहीबेर पछि ती महिलाले केही लेखेर त्यही कागजको टुक्रा मेरो हातमा दिइन् । म फोनमै कुराकानी गर्दै थिएँ । उनले लेखेको दुई लाइनको वाक्यमात्र थियो । जुन पढ्दापढ्दै मेरो दिमाग फन्फनी घुम्न लाग्यो । मलाई भाउन्न छुट्यो । जमिन भासिएझैँ भयो । त्यो पढिसकेपछि अघि किन ती बृद्धा तर्सिएकी रहिछन् भन्ने पनि ज्ञान भयो । ती महिला किन बिरामी जस्ती कमजोर देखिएकी रहिछन् भन्ने पनि अनुमान भयो । मलाई थाहा छैन उनी वास्तविक रुपमा एचआइभी पोजेटिभ हुन् या होइनन् । तर उनले आफू एचआइभी पोजेटिभ अर्थात पीडित भएको कुरा कागजको टुक्रामा लेखेकी थिइन् । मैले मनमनै सोधेँ–मैले यी महिलालाई कुनै दुव्र्यबहार गरेको थिएँ त ’ मेरो मनले त्यो ठान्दै ठानेन । बरु बाहिर त्यस्तो चिसो बतास चलिरहेको समयमा भित्र न्यायोमा बस्न दिएको थिएँ । दया गरेर खानेकुरा सित्तैमा दिएको छु । उनलाई रातिको सेल्टरका लागि सहयोगको प्रयास गरिरहेको छु । तर उनले मलाई उल्टै आफू एचआइभी पीडित भएको उल्लेख गर्दै पक्राउ पर्नसक्ने धम्की पो दिइन् । तर मलाई त्यो लफडातिर लाग्नुभन्दा ती महिलालाई स्टोर बाहिर पठाउनुनै श्रेयष्कर लाग्यो । मैले अलि कडा रुपमा प्रस्तुत हुँदै भने–तिमी अब बाहिर निस्किहाल । नभए बरु म आफैँ पुलिस बोलाएर जिम्मा लगाउँछु ।’ मैले त्यति भन्ने बित्तिकै उनी सरी’ भन्दै झोला बोकेर उनी बाहिर निस्किइन् । फेरि हिउँ खुँद्दै ती ती महिला सडकसम्म पुगेको देखेँ । त्यसपछि उनी कता लागिन् चासो दिइन मैले । त्यो घटनाले मलाई जिन्दगीमा ठूलो पाठ सिकायो । कसैलाई सितिमिति दया गर्दा उल्टै फँसिन्छ । मानिसलाई सहयोग गर्दा धेरै विचार पुर्याउनुपर्छ भन्ने पाठ मलाई त्यो घटनाले सिकायो । स्टोरमा आएका ग्राहकलाई मैले दया गरेर भित्र न्यायोमा राखेँ। खानेकुरा दिएँ । तर तिनले मलाई सिधै भन्न नसकेर किन कागजको टुक्रा मागेर लेखेर धम्की दिइन् त्यो मैले बुझ्नै सकिन । त्यो घटनापछि मैले सहयोग गर्नुपरेको अवस्थामा निकै सोचेर गर्दै आएको छु । सहयोग माग्नेलाई पनि कतिपय अवस्थामा सरी’ भन्दै हिँडेको छु । त्यो घटनाको झण्डै दुई महिनापछि एक साँझ म कामबाट ड्राइभिङ गरेर घर जाँदैथिएँ । ती महिला सडक छेउमा उस्तै हालतमा हिँडिरहेकी थिइन् । ती महिलालाई देख्नासाथ अति घृणा लाग्यो । किनभने सहयोगको बदलामा धम्की दिने त्यति निकृष्ठ मानिस मैले संसारमा भेटेको पनि थिइन र भेट्नु पनि नपरोस् । अमेरिकामा बोल्दा पनि निकै ख्याल गर्नुपर्ने हुन्छ । नेपालको जस्तै तरिका अपनाउँदा दुःख पाएको अनुभव केही दिन अघि मेरा एक साथी सुनाउँथिए । केही वर्ष अघि उनी ह्युस्टनको ग्याँस स्टेशनमा उनी काम गर्दा रहेछन् । एकजना बृद्धा महिला नियमित रुपमा चुरोट लगायत सामान किन्न त्यहाँ आउने रहिछन् । म बुढीलाई कति कुराउँछौ तिमी । तिमीको स्टोरमा आउँदा धेरै बेर लाइन बस्नुपर्छ म बुढीलाई पनि’ ती महिलाले बेलाबखतमा यसो बन्दै जिस्कने गर्थिन । एक दिन ग्राहकको चाप कम भएको बेलामा ती बृद्धा आइछिन् । साथीले जिस्किएर भनेछन्–अलि बुढी पो देखियौ तिमी ।’ यति भनेको कुरालाई लिएर ती महिला असाध्यै रिसाइछन् । पहिले पहिले आफैँले आपूmलाई बुढी भनेर जिस्किने गरेकी उनी त्यसदिन मेरो साथीले बुढी भनेको विषयलाई लिएर कडा रुपमा प्रस्तुत भइछन् । मेरा साथीले माफी मागेपछिमात्र त्यो विषयले चर्को रुप लिन पाएनछ । नेपालमा जस्तो गरि दया माया र भावनात्मक रुपमा चलेर अमेरिकामा निकै गाह्रो पर्छ । सबैलाई आफू कसरी जिउने भनेर स्वतन्त्रता छ । तर अर्काको निजी जीवनमा कसैले दख्खल पुर्याउन पाउँदैन । कसैले कुनै काम वा सहयोगका लागि आग्रह गर्यो भने पनि सरी’ भन्दै अस्विकार गर्न हिच्किचाउनु पर्दैन । राम्रो पक्ष के हो भने कसैले गरेको आग्रहलाई अस्विकार गरेमा पनि आग्रह गर्नेले धन्यवाद’ दिन कञ्जुस्याई गर्दैनन् । बाटोमा अलपत्र परेको भन्ने ठानेर कसैलाई लिफ्ट दिइयो भने अर्को ठूलो समस्यामा फँसिइन्छ अमेरिकामा । घटना उल्लेख नगरौं–एकजना केटीले लिफ्टका लागि गरेको आग्रह टार्न नसकेका एक नेपाली कानुनको फन्दामा परेका छन् । ती केटीले आफूलाई दुर्व्यहार भएको भन्दै प्रहरीलाई फोन गरेपछि नेपाली कानुनी कारवाहीको भागीदार भएका थिए । अमेरिकामा हरेक सेकेण्ड हरेक घण्टा हरेक दिनले नयाँ कुरा सिकाएकै हुन्छ । किनकी हामीले यहाँ जीवनलाई फेरि नयाँ परिवेश नयाँ कानुन नयाँ सिस्टम नयाँ संस्कारसँग भिजाउनैपर्छ । नेपालमा सहज लाग्ने कतिपय गतिविधि यहाँ कानुनी रुपमा दण्डनीय हुन्छ । नेपालमा बीमा नगरि सवारी साधन चलाउन सकिन्छ तर अमेरिकामा त्यसो गर्ने हो भने ठूलो दण्डको भागिदार हुनैपर्छ । यहाँ कोही महिलालाई यु आर लुकिङ सो सेक्सी’ भनियो भने धन्यवाद’ दिनेछन् । तर नेपालमा त्यही वाक्य प्रयोग गरियो भने नतिजा राम्रो अवश्य निस्कनेछैन । यस्तै छ अमेरिका । हरेक दिन नयाँनयाँ कुराहरु सिकिन्छ । नयाँ व्यबहार जानिन्छ । सबैभन्दा जान्नैपर्ने विषय चाहि रहेछ–जानकारी नभएको कुरामा थाहा छैन भनेर बोल्नुनै ठीक हुन्छ । त्यसैले त यहाँ धेरै अमेरिकी समुदायले ठ्याक्कै जानकारी नभएको कुरामा अँ यसो होला यसो गर्नु ठीक हुन्छ होला’ भनेर कसैले पनि भन्दैनन् । बरु भन्छन्–आइएम सरी ।’ ड्यालस (टेक्सस) – नेपाली नारीहरुको महान पर्ब तीज धुमधामसाथ मनाउने क्रममा टेक्ससको ड्यालस क्षेत्रमा नेपाली समाजमा सांस्कृतिक क्षेत्रमा बिशेष पहिचान राख्ने संस्था
विश्व इतिहासका महानतम् आविष्कारकहरुको नाम लिनुपर्दा तपाईंले अवश्य पनि थोमस अल्वा एडिसन ग्राहम बेल लियोनार्दो दा भिन्ची आदिको नाम लिनुहुन्छ होला । तर के तपाईंलाई मेरी एन्डरसन तथा एन सुकामोटोको बारेमा थाहा छ तपाईंले उनीहरुका बारेमा कहिल्यै थाहै नपाउनुभएको हुनसक्छ । तर यी दुई महिला वैज्ञानिकहरुले आविष्कारले तपाईं हाम्रो जीवनलाई निकै सहज बनाइरहेको छ […] आजकल स्मार्टफोन सवैभन्दा सहज र सर्वसुभल ग्याजेट भइसक्यो । यसको अर्थ अब तपाइले सामाजिक सञ्जालमा स्टाटस लेख्न इमेल लेख्न वा भिडियो हेर्न कम्प्युटर नै खोज्नु पर्दैन । तर अंग्रेजी भाषाको ज्ञान नहुने वा नेपाली भाषामै लेख्न खोज्नेहरुलाई मोबाइलबाट नेपालीमा टाइप गर्न सहज मान्दैनन् । त्यसैले धेरैले स्टाटस वा इमेल रोमनमा लेख्ने वा अनलाइन रुपान्तर टुल […] वैज्ञानिकहरुले एउटा यस्तो क्यामरा तयार गरेका छन् जसका माध्यमद्वारा मानव शरीरका सबै भित्री अंगहरु हेर्न सकिन्छ । डाक्टरहरुले बिरामीको शरीरको भित्री जाँच गर्नका लागि मेडिकल औजार इन्डोस्कोपको प्रयोग गर्दछन् । र उक्त क्यामरा सोही इन्डोस्कोपीको प्रक्रियामा मद्दतका लागि तयार गरिएको हो । अहिलेसम्म डाक्टरहरुले महँगो स्क्यान र एक्सरे मेसिनको भर पर्नु पर्दथ्यो । तर यो […] सोसल मिडिया अर्थात् फेसबुक ट्विटर इन्स्टाग्राम जस्ता प्लेटफर्म जहाँ हामी टाढा टाढा बसेरै आफ्ना साथीभाई तथा जोकोहीसँग पनि सम्बन्धमा गाँसिन सक्दछौं । अनि हाम्रो दैनिक जीवनका क्षणहरु शेयर गर्दछौं । यो भयो हामीजस्ता मामुली मान्छेको कुरा । हामी आफू मामुली नै किन नहोऔं । तर आज जोकोही पनि दुनियाँकै धनी मानिसहरुको जीवन उनीहरुको जीवनशैली तथा […] गुनासो छ ११५१ मा निशुल्क फोन गर्नुहोस् १९ भदौ काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्राविधिक कारणबस बत्ति जाने समयमा जनतालाई जानकारी गराउनको लागि एप ल्याएको छ । ट्रान्सफर्मर पड्कदा र विद्युतका पोलहरु ढल्दा अहिले विभिन्न समयमा विद्युत जाने गरेको छ । वास्तविक कुरा थाहा नपाउँदा उपभोक्ताले भने यसलाई लोडसेडिङ मान्दै आएका छन् ।यो एप […] टेक्निोलोजी कम्पनीहरु स्काई ट्याक्सी वा एयर क्याब बनाउने होडबाजीमा लागेका छन् र दुवईमा हावामा उड्ने यस्ता ड्रोन ट्याक्सीको सफलताका लागि प्रयासरत छन् । गत जुन महिनामा दुबईको सडक एवं यातायात प्राधिकरणले जर्मनीको स्टार्ट अप कम्पनी बोलोकप्टरसँग एक सम्झौता गरेको छ जसको माध्यमबाट यसै वर्षको अन्तिमसम्म स्काई ट्याक्सीको परीक्षण गरिनेछ ।उनीहरु ब्याट्रीबाट चल्ने यस्ता स्काई ट्याक्सीको […] फेसबुकका जन्मदाता मार्क जुकरबर्ग र उनकी पत्नी प्रिसिला चानको फेसबुक प्रोफाइल निकै विशेष छ । हामीले फेसबुकमा जो कोहीको फेसबुक अकाउन्ट ब्लक गर्न सक्छौं । तर तपाईंलाई थाहा छ यी दुईलाई फेसबुकमा ब्लक गर्नै सकिँदैन । आखिर आफ्नै हात जगन्नाथ भन्ने उखान जुकरबर्गको मामिलामा पनि लागू भएर होला । आफ्नै कम्पनी फेसबुकमा आफुलाई नै […] काठमाडौं । फुटबलमा औधि रुची राख्ने तर खेलाडी बन्न नसकेकाहरुले आफ्नो तलतल मेट्न भिडियो गेमको सहारा लिन्छन् । विगत दुई दशकयता विश्वभरी खेलिन थालिएका फिफा र पिइएसजस्ता कम्प्युटर खेलहरुबाट नेपाली फुटबलप्रेमीहरु अछुृतो छैनन् । तर ती खेलहरुभन्दा पृथक र खेलमैदानमा हुने वास्तविक घटनामा आधारित रहेर खेलिने फ्यान्टसी फुटबल’ केही वर्षदेखि नेपाली फुटबल प्रेमीमाझ निकै लोकप्रिय […] लामो पर्खाइ तथा अनेकन अड्कलबाजीपछि आखिर बहुप्रतीक्षित आइफोनएट सार्वजनिक हुने मिति तय भएको छ । एप्पलको यो अत्याधुनिक आइफोन आगामी सेप्टेम्बर १२ का दिन लञ्च हुनेछ । तर अन्ततः एप्पलले सेप्टेम्बरमै आइफोन एट सार्वजनिक गर्ने भएको हो । आइफोनएट लञ्चिङ समारोहका लागि एप्पलले प्रेस निम्तो पठाउन सुरु गरिसकेको छ ।यसअघि पाटपुर्जा उत्पादनमा ढिलाई भएका कारण […] काठमाण्डौ । नेपाली प्रयोगकर्ताहरुले आजभोलि गुगलका सेवाहरु ढिला खुल्ने गरेको गुनासो गर्न थालेका छन् । पछिल्ला केही दिनमा जीमेल गुगल सर्चसँगै युट्युव पनि ढिलो खुल्ने र युट्युवमा बफरिङ समय लाग्ने गरेको देखिएको छ । केही बर्षयता नेपालमा गुगलका सेवा निकै द्रुत गतिमा खुल्दै आएका थिए । तर अचानक किन यस्तो भयो भनेर प्रयोगकर्ताहरुले अहिले इन्टरेनट […]
२१ पुस काठमाडौं । प्राइमिनिस्टर इन वेटिङ’ केपी ओलीले चीन सीमावर्ती रसुवागढी पुगेर काठमाडौंबाट नाकासम्म चार लेनको सडक बनाउने बताएको धेरै दिन भएको छैन । यसबीचमा काठमाडौं र चीनसँगको व्यापारिक नाका रसुवागढीलाई सडकमार्गबाट नजिक्याउने गरी तयार भएको सुरुङमार्ग निर्माणको प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ । सडक विभागले काठमाडौंको टोखाबाट नुवाकोटको छहरेसम्म बन्ने सुरुङमार्गको प्रारम्भिक अध्ययन […] २० पुस सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो व्यक्तिगत स्वार्थका लागि संविधान बनाउनेहरु स्वयं संविधानकै कारण फँसिरहेको बताएका छन् । आफूहरुले बारम्बार संविधान त्रुटिपूर्ण रहेको बताइरहेपनि बलजफ्ती जारी गराएकै कारण उनीहरु फसेको उनले बताए । संविधान त्रुटिपूर्ण छ भनेर हामीले बारम्बार भन्यौं’ यादवले भने बलजफ्ती रुपमा संविधान जारी गर्नेहरु नै अहिले […] काठमाडौं– अधिकांश मन्त्रालयहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएका निर्देशनहरु नमानेपछि आयोगले बुधबार कर्मचारीलाई कारबाहीको चेतावनी दिएको छ। सबै मन्त्रालयका सम्पर्क व्यक्तिहरुलाई आयोगमा बोलाएर सचिव राजन खनालले एक महिनाभित्र निर्देशनहरु नमाने कारबाहीको चेतावनी दिएका हुन्। कार्यक्रममा राजन खनालले आयोगका निर्णय कार्यान्वयनमा प्रभावकारिता ल्याउन आवश्यक रहेको भन्दै सम्पर्क व्यक्तिहरूको ध्यानाकर्षण गराएको आयोगद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। विभिन्न निकायहरूबाट आयोगको निर्णय […] काठमाडौं प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै मंगलबार प्रदर्शनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच झडप भएको छ । अनेरास्ववियुले सोमबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवको पुत्लासहित प्रदर्शन गरेपछि झडप भएको हो । त्रिचन्द्र क्याम्पस अगाडि विद्यार्थीले प्रधानमन्त्री देउवा र प्रमुख […] १८ पुस चितवन । निर्माणाधीन नारायणगढमुग्लिन सडकखण्ड मंगलबार रातिदेखि दैनिक ६ घण्टासम्म बन्द हुने भएको छ । निर्माणको कामलाई गति दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म ६ घण्टा सडक बन्द गरिने आयोजनाले जनाएको छ । १२ पुसमा जिल्ला प्रशासन कार्यालयमा ठेकेदार र आयोजना प्रमुखसहित बसेको प्रशासनको बैठकले १८ पुसदेखि सडक बन्द गरी कटिङको काम […] बनेपा काभ्रेपलाञ्चोकमा दुर्घटनामा मृत्यु भएको विषयलाई लिएर स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेपछि आज प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरेको छ । धुलिखेल नगरपलिका–११ स्थित पात्लेखेतमा अश्रुग्यास प्रहारपछि अरनिको राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिए । दुर्घटनामा मृत्यु भएपछि क्षतिपूर्तिको कुरा नमिलेका कारण स्थानीयवासीले राजमार्ग बन्द गरेका थिए त्यसलाई खुलाउन […] १८ पुस पोखरा । अन्नपूर्ण गाउँपालिकामा समावेश भएपछि साविकको ढिकुरपोखरी गाविसबासी पोखरा महानगरमा पार्नुपर्ने भन्दै आन्दोलनमा उत्रिए । सबै हिसाबले महानगरमा समावेश गर्न सकिने विकल्प हुँदाहुँदै गाउँपालिका बनाइएको भन्दै ढिकुरपोखरीबासीले सडक संघर्षदेखि नेताको ध्यानाकर्षण गराउनेसम्मको काम गरे । तर उनीहरुको आन्दोलनको जोर चलेन अन्नपूर्ण गाउँपालिकामै समाहित भए । अहिलेसम्म पनि साविकको ढिकुरपोखरीलाई महानगरमा गाभ्नुपर्ने उनीहरुको […] १८ पुस काठमाडौं । विश्व कीर्तिमान राख्ने उद्देश्यले ७५ हजार नेपालीले एकैपटक राष्ट्रिय विभूती गौतम बुद्धको उपदेश वाचन गर्ने भएका छन् । आगामी माघ २७ गते टुँडीखेलमा भेला भएर बुद्धको उपदेश र धम्मपदको सामुहिक वाचन गर्ने कार्यक्रम राखिएको आयोजक विश्व कीर्तिमानी परिषद नेपाल (विकीपने) ले जनाएको छ । काठमाडौँ नेपाल आयल निगमले सोमबार राति १२ बजेपछि लागू हुने गरी इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल डिजेल मट्टितेल खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल डिजल र मट्टितेलमा प्रतिलिटर एक एक मूल्यवृद्धि गरिएको छ । यसैगरी खाना […]
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल’ले सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गरिरहेको बताउँदै आगामी दिनमा अझै कठोरताका साथ सरकार प्रस्तुत हुने चेतावनी दिएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रमपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले भनेभ्रष्टहरुलाई कारबाही गर्ने र जेल हाल्ने प्रक्रिया चलिरहेकै छ । देशबाट भ्रष्टाचार तस्करी र बेथितिहरु ती अपराधहरुलाई निर्मुल गर्ने नियन्त्रण गर्ने अभियान चलिरहेको छ । भ्रष्टाचारीहरुलाई जेल हाल्ने प्रक्रियापनि चलिरहेको छ । निश्चयपनि यो अलिक मन्द छ । अब आउने दिनहरुमा त्यो प्रक्रियाहरुलाई अझै तिव्र पार्नेछौं । अझै व्यापक बनाउनेछौं ।’ मुलुकमा सुशासन कायम गर्न र जनताको जनधन दुवैको सुरक्षा गर्ने जिम्मेवारी आफूहरुको काँधमा रहेकोले उल्लेख गर्दै सरकारले सोही अनुसार आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको मन्त्री थापाको भनाई छ । उनले भनेहामी त्यो काममा दृढतापूर्वक लागिरहेका छौं । म सम्पूर्ण लगानीकर्ताहरुलाई देशलाई समृद्ध गर्नमा उहाँहरुको भूमिका अझै वृद्धि होस् । र उहाँहरुको लगानीको सुरक्षा गर्ने जिम्मेवारी हाम्रो हो र हामी सुरक्षाको प्रत्याभुति गर्छौं भनेर भरोशा दिलाउन चाहन्छु ।’ सडक दुर्घटनाहरु दिनदिनै बढिरहेकोप्रति दुःख व्यक्त मन्त्री थापाले भनेयो दुर्घट्ना हुनुको पछाडि ठेक्कासम्बन्धी र यातायातसम्बन्धी नीतिमा कहीँ खोट छ की सडक निर्माण गर्न दिईरहेको बेला कहीँ कतै त्रुटिहरु भएका छन् । अब त्यसलाई हामीले सच्याउन जरुरी छ । सडकहरुको अवस्थाबारे निर्माण व्यवसायीहरुको पनि धेरै हदसम्म जिम्मेवारी छ । नीतिगत रुपमा अब सच्याउनुपर्छ ।’
अश्लील गतिविधिको आरोपमा प्रहरीले एक हाइप्रोफाइल धर्मगुरुलाई पक्राउ गरेको छ । यौनदुराचारको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले चोभारस्थित एक गुम्बाका धर्मगुरु टुल्के लामालाई मंगलबार पक्राउ गरेको हो । बिहिबार पत्रकार सम्मेलन गरी प्रहरीले घटनाको विस्तृत विवरण सार्वजनिक गर्दै छ । ती धर्मगुरुविरुद्ध आधा दर्जन उजुरी परेको छ । बिद्युतीय कारोबार ऐन अन्र्तगत सिआईबीले बुधबार नै काठमाडौं जिल्ला अदालतमा म्याद थप गरीसकेको छ । पक्राउ परेका धर्मगुरु हाइप्रोफाइल’ व्यक्ति भएको स्रोत बताउछ । उनले विभिन्न युवतीहरुसँग अश्लील सम्बन्ध राखी फोटो र भिडियो बनाएका थिए । भारतमा केही समयअघि जेल परेका धर्मगुरु रामरहिम जस्तै उनको गतिविधि फेला परेको सिआईबीका एक अधिकारीले बताए ।
बैशाख १२ गतेको भूकम्पबाट घरबार भएका हरुको जीवन कस्टकर नै छ तर सरकारले गर्नुपर्ने काम अझै गरेको छैन्। भूकम्प पीडित जाडोबाट मरिरहेका छन्। पिडैपिडामा उनीहरुले गर्मी बर्खा र कठ्याङ्रिदो जाँडोको कहर काट्न विवश छन्। उनीहरुको दुख र पिडालाई उनीहरुकै साथमा अनुभव गर्ने सिन्धुपाल्चोकको सेलाङ् पुगेका राजेश पिडितहरुको यस अवस्थाबाट चिन्तित र दुखित छन्। सरकार निक्ममा भएको उनको ठम्याइ छ। उनले बसाइका क्रममा खिचेका फोटो पेसबुकमा सेयर गरेका छन्। त्यसले भूकम्पपीडितहरूको बसाइ कष्टप्रद रहेको स्पष्ट हुन्छ।
लमजुङ २७ कात्तिक। याक अट्याक२०१८ माउन्टेन बाइक साइकल रेस प्रतियोगितामा क्यानेडियन नागरिक ३४ वर्षे करी वालेस च्याम्पियन भएका छन्। उनको यो जितसँगै उपाधिमा हृयाटि्रक गरे । हरेक वर्ष वेशीसहरबाट शुरु हुने विश्वकै चर्चित अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको यसपालिको १२ औं संस्करणको सो प्रतियोगिता…
काठमाडौं जेठ १३। बेलायतको संस्था चार्टर्ड इन्ष्टिच्युट अफ म्यानेजमेन्ट अकाउन्टेन्स्ले आयोजना गरेको सीमा ग्लोबल विजनेश च्यालेन्जमा नेपालबाट द व्रिटिश कलेज सर्वोत्कृष्ट भएको छ। मंगलबार होटल र्याडिसनमा भएको प्रतिस्पार्धामा व्रिटिश कलेजले उपाधि हात पारेको हो। प्रतिस्पर्धामा नेपालका १४८ टीम सहभागी थिए। त्यसमध्ये उनीहरुले पेश गरेको रिपोर्टको आधारमा उत्कृष्ट ४ टीम छनौट गरिएको थियो। छानिएका चार टीम मध्ये द व्रिटिश कलेजको टीम डुअर्स’ सर्वोत्कृट भएको हो। व्रिटिश कलेजको तर्फबाट विद्यार्थीहरु कल्पना पन्त सफलता श्रेष्ठ एन्जल शर्मा र प्रियंका पुरी सहभागी थिए। द व्रिटिश कलेजका तर्फबाट सहभागि टीमकी लिडर कल्पना पन्तले प्रतिस्पर्धामा पाएको सफलताले निकै उत्साही बनाएको बताइन्। यो सफलतापछि विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्न पाइन्छ भन्ने कुराले झनै उत्साहित भएका छौ। मेहनतको फल प्राप्त गरेका छौ भन्ने लागेको छ’ उनले भनिन् विश्वव्यापी प्रतिस्पर्धामा उत्कृष्ट प्रस्तुति दिएर नेपालको लागि अवार्ड ल्याउने प्रयास गर्नेछौं।’ प्रतियोगितामा आफ्ना विद्यार्थी उत्कृष्ट भएपछि कलेजका प्रमुख कार्यकारी अधिकृत राजन कंडेलले यस्तो उत्कृष्ट प्रतिस्पर्धा नेपालमा आयोजना हुनु नेपाली विद्यार्थीको लागि ठूलो अवसर भएको बताए। यस्ता खालका प्रतियोगिता हुंदा विद्यार्थीले विश्वका अरु विद्यार्थीसंग पनि प्रतिस्पर्धा गर्न पाउंछ’ उनले भने। प्रतिस्पर्धाका लागि आयोजकले नै व्यवसायिक क्षेत्रसंग सम्वन्धित विषय दिएको थियो। त्यसैको आधारमा रिपोर्ट तयार गरेर सहभागीहरु प्रतिस्पर्धामा उत्रिएका थिए। वार्कलेज बैंकको स्पोन्सरमा सीमाद्धारा आयोजित सीमा ग्लोबल विजनेश च्यालेन्जको विश्वव्यापी प्रतिस्पर्धा अगस्ट ३ देखि ७ सम्म पोल्याण्डको वार्सामा हुनेछ। नेपालबाट उत्कृष्ट टिमले उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने छ। प्रतिस्पर्धाको उत्कृष्ट वक्ताको उपाधि पनि द व्रिटिश कलेजका एन्जेल शर्माले पाएका छन्। प्रतियोगितामा नेपाल कमर्स क्याम्पसको टीम अव्स्ट्रयाक्ट द्धितीय काठमाडौ विश्वविद्यालयको कलेज अफ म्यानेजमेन्ट टीम फ्याल्कन्स’ तृतीय र इस्लिङ्टन कलेजको टीम आईआर स्क्वायर चौथो भएको छ।
२०७५ जेष्ठ २९ देखि असार १ गते सम्म भूकम्पीय आवास पुन निर्माण अन्तर्गत लाभग्राहीहरुको खातामा रकम पठाएको चेकको विवरण र लाभग्राहीहरुको विवरण
तेरो र मेरो । फलानाको यस्तो ढिस्कानाको त उस्तो । म पराइ तपाईं आफन्त । अचम्मको छ यो संसारको रीत । हेर रामे पढेको रात भारी बत्ती झिपिक्कै नपारी पढ्या र'च । हाम्रो चाँही एकाबिहानै पधेंर जांदा बत्ती बलेको देखि हजुरआमाको रिस हो यो आफ्नै दुई नाती बीचको । बत्ती बाले रामे पराइ नपढ्ने श्याम आफ्नु । आबैको गजबको भेदभाब । आबैको मायाले केही फुरुक्क देखिए पनि अल्छी श्यामे सम्झदो हो आफ्नै कोखका दुई फरक छोराका हामी छोराहरु बीच किन आबैको फरक माया हो यसरी नजानिंदो तरिकाले डेरा गाड्न थाल्दो रहेछ मान्छेको मनमा इर्श्याले । राजाका जहानमा जन्मेका राजकुमारहरु होउन् वा कटेराको छेउमा जन्मेका निमुखा हुन् मात्रा मात्रै फरक चिज हुंदोरहेछ इर्श्याको । जब मान्छे ठुलो हुन्छ परिवारमा सिकेको बानी र इर्श्यालाई फोटोकपी गर्न थाल्छ । रवाफ र घमन्ड माथि इर्श्याले राज गर्‍यो भने चितवनको लजमा सुजाताको ज्वाँई र पारसको गोली काण्ड जस्तो घटनाले स्थान पाउंछ । हावामा हानेको पारसको त्यो गोली 'ज्वाइं बिचरो'लाई लागेको भए यो धर्तिबाट बिदा अनी अबैध रुपमा नेपालमा बसेर दुई नम्बरी काम गर्ने उसको सपना चकनाचुर धन्न बांच्यो अब सासूले हेर्लिन नि ज्वाइसाहेबलाई पैसा कमाउने धन्दाका अबसरहरु । एउटी महिला शिक्षिकाले निरन्तर आफुमाथी शक्तिको भरमा बलत्कार गरेको आरोपमा छुरा रोपेर मारिदिइन भारतका एक सांसदलाई । शक्तिको भरमा गाउंकी सोझी महिलालाई बलत्कार गर्ने बिहारीले ज्यान गुमायो । पाकिस्तानको पन्जाब प्रान्तका गभर्नरलाई आफ्नै अङ्गरक्षकले आज गोली हानी मारिदियो । जीवन मरणको सजाय पाएको पापीलाई बचाउन खोजेकोले गार्डले ६ गोली ठोकेको रे तर हाम्रो मुलुकका एउटा इमान्दार प्रहरीले समाएको अबैध पजेरोका भोकाहरु बन्दुकको भरमा प्रहरी अड्डामा चाबी बुझ्न शरम मान्दैनन् कोहि यिनीहरुलाई गोली ठोक्नेहरु जहाज बेच्न खोज्नेहरु जहाज किनेर कमिशन खाने र खान खोज्ने तस्करहरु पत्रकार मार्ने हत्याराहरु आफ्नै चेली बेच्ने पिपाशुहरु भ्रश्टचारी र घूसखोरीहरुलाई जांकेर चिस्याउनेहरु खोइ कांग्रेसमा गगन थापा छन् यिनी कहीले माथि आउने जहाँ परिवारबाद मात्रै लागु हुन्छ । माओबादिका बाबुरामलाई कहिल्यै माथि आउन दिएनन बन्दुकेहरुले । निर्बिकल्प प्रधानमन्त्री उनका हरेक काम लाग्ने बिषयहरु केबल 'नोट अफ डिसेन्ट' बनेर थन्किन्छ जहाँ राणाबाद लागु हुन्छ । बरु पोइल आका प्रकाशहरुको बोलवाला हुन्छ तर डा साहेबलाई कोहि सुन्दैनन । प्रहरीका रमेश खरेलले केही गर्लान भन्ने आश् थियो चाकरिवाजको कारखाना नेपाल पुलिस । रावल र चन्दका भरौटे पुरस्क्रित खरेल बिदामा । माथिका उदाहरण र सत्य चिजहरु जिबनमा मान्छेले पाउने कर्म रहेछ । जिम्मेवारी र कर्म सत्य सम्झेर गर्नेहरु जिन्दगीमा हार्दैनन भने सांसद भएर शिक्षिका बलत्कार गर्नेहरु शक्तिको भरमा लाशमाथी राजनीति गर्नेहरु नै हुन असफल हुने । सबैलाई थाहा छ जिबनमा मरी लाने केही छैन । पृथ्वीनारायण शाहको पालादेखीको सम्पत्ति सोरेका राजा बिरेन्द्रको बंशै सखाप भो । त्यत्रो तागत भा'का तिनैका भाईलाई नपुग्दो के थियो र आज एउटा डांडांमा जोगी भएर बस्नु परेको छ । तिनी भन्दा चैनले बसेका छन पल्लो पाटोमा बरु ओशो आश्रमका गुरुहरु । त्यसैले जन्मेर मान्छेले लाने भनेको सम्झना मात्र रहेछ । अरुले सम्झेर स्वर्गमा लाग्ने बाडुल्की रहेछ जिन्दगीको धन । पैसापैसा भनेर नेपालको बिल गेटस बन्ने सपना बोकेका नारायण सिंह पुनलाई एक चम्चा ग्लुकोज खुवाउने मान्छे भएन रे मर्ने बेलामा । उनका तरुनीहरु त नेपालको एउटा राम्रै पार्टीको भाइ संगठनका कार्यकर्ताहरु जति थिए रे । पैसाका पछाडि दकुरेका ती 'दुइ दिनेहरु' पुनलाई ओखती खुवाउन्जेल के बस्थे र भारतको अस्पतालमा रोइ रोइ प्राण त्यागे बिचरा पुनले । नेपाली राजनेताका भन्दा बढी पावर चलाउने मोहन खेतान मरे न गोरखा ब्रुवरी संगै गयो न त पैसाको मारबाडी बोरा नै । रित्तो हात गए उनी पनि । सबैको प्राण केबल प्राण मात्रै त्यागेर जान्छ । मारबाडी नेता भ्रस्टाचारी तपाईं हामी सबैको । अपराध गरेर बनेको भारतिय ती सांसदको मरण पनि मरण् माहात्मा गान्धीको पनि मरण । अङगरक्षकको गोलीले मर्ने गभर्नरको पनि मरण बेनिजिर भुट्टोको पनि मरण । मिर्जा दिलसा बेगको पनि मरण बी पी कोइरालाको पनि मरण । समर्पणमा जस्सका जिन्दगी त्यागले बिते तिनका जिन्दगी सफल । बेइमान र रवाफले मर्ने बेलामा जेरिजुलाफी दिंदोरहेनछ । मरेका सहि आत्माका सम्झना पो जिन्दगी धनको रवाफले अडेको के जिन्दगी आफुले दुध हालेको चिया पिए निमुखालाई कालो चिया पिलाउने साहस पो जिन्दगि खीरको खाएर सुकुम्बासी बस्तिमा झुसीले डकार डकार्नेको के जिन्दगी झुपरीको सुखद दाम्पत्य पो जिन्दगि आलिशान महलका महंगा बत्ती र फर्निचर भांचिने झगडाको के जिन्दगी संबिधान नै नलेखिएको बेलायती कानुनी राजको जनताको पो जिन्दगी हाम्रा पसिना र करले एउटा मिटिङ्गमा जांदा तीन चोटि खाने अनी हामीलाई स्संबिधान नदिने ६०१ बेइज्जेतीहरुको के जिन्दगी त्यसो त जसले जसरी निर्बाह गरे पनि लास्टां कसैले साथमा लाने केही कुरो बनेको रहेनछ यो धर्तिमा किनकी कात्रोमा खल्ती नहुने रहेछ । के गर्ने गोकुल दाइ कुरा गरेर नै साध्य छैन खै सबैले कात्रोमा खल्ति हुदै हुदैन भनेर बुझिदिने भए कति जाति हुन्थ्यो होला
सुन्दर सपनाहरु बोकेर बिदेशिनु सोचेजस्तो कहाँ सबल हुन्छ र धन कमाउंला जस्ताको छानो छाउंला साहुहरुको ॠण तिरौंला केही बचेका सुकीहरु लागेर परिवार संगै बाँकी जिन्दगी मानो पाथिमा बिताउंला भन्ने सपना पनि सबैका कहाँ सफल हुंदा रहेछन् र सबल सपना सफल हुनु सजिलो रहेनछ । दशैंमा टीका लगाउन तयार निधार ॠणको पोको बोकेर धनको धोकोमा हिड्नु शायदै सहज होला । हाम्रा पसिना चुसेर पनि नपुगेर राश्ट्रको ढुकुटी लुट्ने भ्रश्टाचारीहरु दिनभरी भारी बोकेर खाने कांधमा गोली ठोक्ने लठैतहरु संबिधान बनाउने नाममा घरको छाक बचाएर संसद भवनमा लन्च र डिनर खान पल्केका बकम्फुसेहरुको जगजगीले अबसर गुमेपछी परदेश भासिएका लाखौं नेपाली युबक र चेलिहरुका सपना कहाँ साकार भएका छन र उपायनास्ती जिन्दगीलाई दुई पैसा कमाउने प्रलोभनले जब अरबको मरुभुमी पुर्याउंछ ती नेपालाई चेली त्यहि बलात्क्रीत र हत्या भएका कयौं घटनाहरु ताजै छन् हाम्रा सामु । धेरै कमाउने अशामा जायज्याथा बेचेर किनिएको हवाइ टिकेटको म्याद नसकिदैं कामको सट्टा जेलमा चिसिनुपर्ने बाध्यताहरु पनि हाम्रै दाजुभाईहरुले भोगेकै कुरा हो । गत बर्ष अमेरिकाको बोस्टनमा एउटा सन्कीले वहियातमा हाम्रा दाजुको हत्या गर्‍यो । अमेरिकाको टेक्सास पनि यस्ता हत्या बढी नै हुने स्थानमा गनिन्छ । बाल्टिमोरमा कन्चटमा पेस्तोल नतेर्स्याइएका कमै नेपाली होलान् । अबसरको खोजिमा यसरी परदेशिंदा आफ्नो कर्तब्य निर्बाहको क्रममा सित्तैमा यहाँका 'साला' अपराधीहरुको गोलिमा जिन्दगी जाने डराइमर्दो अवस्था छ । र हिजो झापाका हाम्रा भाई रोशन भण्डारीको हत्या भएको छ । दर्दनाक यस्ता घटनाका पछाडि धेरै खेलहरु छन् त्यो भन्दा बढी संसारमा आफूलाई सर्बेसर्बा ठान्ने कथित अमेरिकी कानुनको । आफूले काम गर्ने ठाउंमा कसैले डकैत (robbery) गर्‍यो । आफ्नै आंखा अगाडि घटेका घटनाको बेलिबिस्तार स्थानिय प्रशाशनलाई जानकारी गराउनै पर्ने । प्रशाशनले चोर् देखेको थीइस् भन्छ सांचो बोलुं चोरको अगाडि अदालतमा साक्षी बस्न जानु पर्ने । नभनुं साहुले चोरीले आफूलाई घाटा लागेको बहानामा जागिरबाट लात मारिदिने । जाबो सात डलरको लोभमा काम गर्नुपर्ने हाम्रो मजदुरी जिन्दगी त्यो पनि सालाहरुको पेस्तोलको गोलीको डरमा । कर्तब्यवान रोशनले चोरको अगाडि प्रस्तुत हुन अदालत जानुपर्ने भो । साला अपराधीहरुले उनलाई अदालत जना लगेकै बखत रोशनले काम गर्ने स्टोरकै अगाडि उनकै कारभित्र गोली ठोके उनी त्यहिं मरे । कानुनी राजको बखान गरि नथाक्ने अमेरिकी आडम्बरी नियम् चोरको अगाडि 'हो त्यहि हो अपराधि' भन्न जानु पर्ने । साहु हामीले जाबो पानी मिसाएको कोक पियौं कि भनेर घरमा बसेर भिडियो हेर्छ हामी भने साहुको दोकानमा पानी मिसाएको कोक पनि खेर नजाओस भनेर ट्र्यासमा फ्यांकिएका कपहरु पनि धोइ पखाली राखिदिन्छौं । कसैले मात्रा भन्दा बढी पिएमा 'रिफिल चार्ज' भन्दै ९९ सेन्टस चार्ज लगाउछौं झगडा गर्छौं बिएर चोरेर भाग्न लागे भने आफ्नो अगाडि भएको स्टापलरले चोरको टाउकोमा हान्छौं । इमन्दारिताको त्यो प्रयास कहाँ लागु हुन्छ र कहाँ अमेरिकी जिससले देख्छन र बदालामा साला अपराधीहरुको गोली हामि नै खान्छौं । लस एन्जलसमा हिजो अपराधीहरुले 'साक्षि' बिचरा भाइ रोशनको जिन्दगी नै उडाइदिए २ घन्टा पछि पुलिस आयो रे अपराधी भग्यो । साहुले के गुमायो त मुला सात डलरे हाम्रो जिन्दगी त्यसै जान्छ । बेरोजगारीले डकैती बढेको छा अमेरिकाको कुनै पनि कुनामा । फेरि जहाँ कुनो त्यहि ७११ भने स्टोर । डकैतहरु त लुट्न कुनो खोइज्दै न आंउछन् त्यहि कुनामा हामीहरु काम गरिराखेका हुन्छम् अनाहकमा आफ्नै दुनो मासिरहेका हुन्छौं त्यहां सिंगो अमेरिका हुन्छ जहां अपराधीहरु धेरै हुन्छन् । त्यो सुन्दर जन्मभुमिमा बत्ति बल्दैन । यहाँ बत्ति बलिराखेकै बेलामा हामीलाई गोली ठोक्छन । चोर नेताहरुका सन्तान पजेरोमा सवार हुदैं भारतिय बोर्डिङ पढ्छन् यहाँ हामि घन्टाको सात डलरमा काम गरेर कलेजको शुल्क तिरेर बचेँको पैसाले एउटा खटारो किन्छम । रास्ट्रको ढुकुती डकैत गर्नेका सन्तानहरु सुरा र सुन्दरीको साथमा तिनका बाउका शेयर भएको क्यासिनोमा च्याखे थाप्छन् यहाँ हामी थोत्रो फ्रिजरमा राखेको बासी पिज्जा टोक्दै साहुलाई अझै साहु बनाउन छातीमा गोली थाप्छम । जांदले लठ्ठ भ्रश्टाचारिका सन्तान लिन क्यासिनो र नाङ्गा बारमा गार्ड सहित पजेराहरु पुग्छन् ती अर्धम्रित जाडका पोकाहरु उठाउन । यहाँ हाम्रो लाश उठाउने कोहि हुदैन । बियोग र बेदनामा बित्दो रहेछ परदेशको जिन्दगी । कसलाई भनेर के नै पो मिल्दो रहेछ र रामेश्वर खनाल जस्ता कर्मठ कर्मचारी अट्दैनन् देशको काममा । कुलेखानी सुक्यो मर्श्याङ्दी बग्दैन । कालिगन्डकी कहीले बनेर देश्ले बिजुली पाउने भारतबाट 'दो रुपये' लिएर नेपाल छिरेका धोतीहरुको भलाइका लागि झलनाथ खनाल र भरतमोहनहरुको लालमोहर लाग्छ । १० औं खर्ब रुपैया कर छल्ने चौधरी र गोल्छहरुको पन्जामा अडेको छ मुलुक । रास्ट्र बनाउन खलाती खियाउने गोल्छेहरुको आरान बन्द आवाज बन्द र आवास बन्द । ससुरालीको आडमा अबैध धन्दा गर्ने रुबेल चौधरीहरुको पेवा रहेछ नेपाल । मामाघरमा मजाले फलेको मेवा रहेछ नेपाल बिनोद चौधरीहरुको । यी देश् लुटुवाहरुलाई दिने पैसा नेपाल आमाले अरबको खाडिमा पसिना चुहाउने ज्यानहरुलाई दिएको भए कति कुखुराहरु पालिन्थे होला काउली कति फल्दाहुन् खोरियाहरुमा कोरियाहरुमा सपना सजाउन पासपोर्ट लिना पररास्ट्र मन्त्रालयमा तीन दिनदेखी लाइन लागेका 'शक्ति'लाई सक्छन भने झलनाथले लाइनमै कम्तिमा १० हजार रुपैया ॠण हातमा राखिदिने शाहस गरुन् । अनी हेरौं कहाँ के फल्दोरहेछ त्यसो त हाम्रो त न पेवा न मेवा आमाले पेवामा पाल्नुभाको रतौली बाख्रा र मामघरका हजुरबुवाले दिनुभाको खोरिया बेचेर परदेश आइयो । काम नगरौ के खाने ॠणको त कुरै छाडौं गरौं सालाहरुको पेस्तोलको डराइमर्दो जिन्दगी । खोइ हामी जहिले पनि बेचिएकै छौ मारिएकै छौ | भुडी भर्नेहरुको भरिरहेकै छ | पशुपति नाथले पनि कस्ताको मात्र कल्याण गर्ने रहेछा भन्या
पोखरा २१ फागुन।नेपाल वोटल वाटर उद्योग संघ प्रदेश नं ४ कास्कीको आयोजनामा वनभोज तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ। संघमा आवद्ध पानी उद्योगी र डिलरहरुबीच पारस्परिक सम्बन्ध प्रगाढ राख्न र वजारमा शुद्ध पिउने पानी उपलब्ध गराउन एकरुपता ल्याउने उद्देश्यले अन्तरक्रिया र रमाइलो वनभोज कार्यक्रम राखिएको संघका अध्यक्ष यदुनाथ अधिकारीले वताए। कार्यक्रममासंघका द्धितिय उपाध्यक्ष रविन्द्रमोहन अधिकारीले उद्योगी र डिलरहरु एक आपसमा मिलेर काम गर्नुपर्ने वताए। सल्लाहकारहरु ऋषिराम सापकोटालेे पानी अति महत्वपूर्ण खाद्य भएकोले ल्यावद्धारा प्रमाणित गरेरमात्रै विक्रि वितरण गर्नुपर्ने सुझाव दिएका थिए। कार्यक्रममा सल्लाहकार रामबहादुर कोइराला संघका सचिव एवम् कार्यक्रम संयोजक महेन्द्र राना डिलरहरुको तर्फबाट देवबहादुर लामिछाने दिपक सुवेदी रामकुमार श्रेष्ठ अर्जुन गुरुङ विश्वराज वञ्जरा सागर गिरी केदार पहाडी अर्जुन गुरुङ स्िप्रङ्ले) लगायतले वोलेका थिए । संघका अध्यक्ष यदुनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष गंगाबहादुर गुरुङले स्वागत अनुगमन संयोजक प्रेम क्षेत्रीले कार्यक्रमबारे प्रकाश र महासचिव लेखबहादुर प्रधानले कार्यक्रम सञ्चालन गरेका थिए।
काठमाडौँ । सरकारले पदमुक्त गरेपछि नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी सर्वोच्चमा अदालत गएकी छन् । उनले आफूमाथि अन्याय भएकाे भन्दै पुनर्बहालीको माग गर्दै सर्वाेच्च अदालतमा निवेदन दिएकी हुन् । अाफू प्रतिस्पर्धाबाट छानिएर साे पदमा पुगेकाे दाबी गर्दै कामिनीले पद पुनर्बहालीको माग गरेकी हुन् । उनले नयाँ प्रबन्ध निर्देशक नियुक्तिको प्रक्रिया रोक्न र अाफ्नाे पद [ ]
प्रमुख अतिथि नेपाल राष्ट्र बैंक भैरहवा शाखाका निर्देशक अशोककुमार पौडेलले भैरहवा बहुमुखी क्याम्पसका विद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रवृद्धि घोषणा गर्दै शाखाको समुद्घाटन गरेका थिए। बैंकले माघ मसान्तसम्म १७ अर्ब ७१ करोड निक्षेप संकलन गरी १६ अर्ब १० करोड कर्जा लगानी गरेको छ जनाएको छ । यस्तै शाखा संख्या ५२ कर्मचारी ३ सय ९९ ग्राहक करिब २ लाख ३१ हजार एटिएम संख्या ११ रहेको र ग्राहकलाई निःशुल्क सिआश्वा सेवा प्रदान गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिए । उनका अनुसार बैंकले बिनाधितो १५ लाख सम्म प्रोफेशनल कर्जा प्रदान गर्दै आएको छ । बैंकले सेयरधनीलाई १७६९ प्रतिशत लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भइसकेको छ भने फागुन २५ मा पोखरामा हुने वाषिर्क साधारणसभाले प्रस्ताव पारित गरेपछि वितरण हुने जनाइएको छ। हालसालै बैंकले जर्मनीको केएफडब्लु बैंकसँग साना तथा मझौला कर्जाअन्तर्गत २ लाखदेखि ४० लाखसम्मको कर्जा लगानी गर्नको लागि सम्भौता गरी कर्जा लगानी शुरु गरिरहेको जानकारी बैंकका अध्यक्ष सुशीलकुमार गोशलीले जनाए ।
२८ वर्षीय को छङ यान पहिला जुडो खेलाडी थिइन्। उनले ६ वर्षको उमेरदेखि नै बास्केटबल टेबुल टेनिस जुडोलगायतका खेलहरू खेल्न थालेकी थिइन्। उनी खेलका सौखिन भइन्। उनको शारीरिक वजन बढ्दै गएको थियो र कसरत गरे तापनि कम भएको थिएन। जुडोबाट अवकाश लिएपछि ठूलो शरीर र वजनका कारण बाहिर घुम्नजान समस्या भएको छ। हाल २ सय किलोग्राम पुगेकी को छङ यानले वजन घटाउने उपचार लिएकी छन्। उनकाअनुसार वजन घटेपछि अरू मोटा मानिसहरूलाई मानसिक सामञ्जस्यता गर्ने आशा लिएकी छन्।
चितवन । चालू आर्थिक वर्षको नौ महिनामा जिल्लामा दुर्घटनाका कारण ९७ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार १९५ वटा सवारी दुर्घटनामा परी मृत्यु भएको हो । गत वर्ष २०७३ वैशाखदेखि चैत मसान्तसम्ममा १८२ वटा सवारी दुर्घटना भएका थिए । त्यस दुर्घटनामा परी १२९ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ । यस्तै ट्राफिक प्रहरीले २०७४ चैत मसान्तसम्ममा ट्राफिक नियम उल्लंघन गर्ने ३० हजार १०० सवारी साधन कारवाही गरेको छ । मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने मात्रै ५९१ जना कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ । यसवर्ष मात्रै ट्राफिक प्रहरीले रु दुई करोड २४ लाख ५१ हजार राजश्व संकलन गरेको छ । गतवर्ष २०७३ चैतसम्ममा ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने ३२ हजार २५० सवारी र मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने मात्रै एक हजार १८६ जनालाई कारवाही गर्दै रु दुई करोड ४५ लाख ६८ हजार ५०० राजश्व संकलन गरेको थियो । सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सचेतनात्मक कार्यक्रमलाई पनि निरन्तर अघि बढाइ रहेको छ । चैत महिनामा मात्रै ट्राफिक प्रहरीले विभिन्न व्यक्ति संघसंस्थाको समन्वयमा ३१ भन्दा बढी कार्यक्रम गरेको जनाएको छ । यी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने ट्राफिक प्रमुख पन्तले बताउनुभयो । ज्योतिषको डर लाग्दो भबिस्यबाणी २०७५ सालमा राष्ट्रपति वा प्रधानमन्त्री चढेको बिमान दुर्घटना हुने सम्भाबना छ(भिडियो सहित)
लन्डन । बेलायतस्थित ग्लोवल पोलिसी फोरम फर नेपालले नेपालको संघीय संरचनाभित्र गुणात्मक शिक्षाका लागि सहयोग गर्ने भएको छ । फोरमले आगामी साता (२३ २४ फेब्रुअरीमा) काठमाडौंमा हुने नेपालको संघीय संरचनाभित्र गुणात्मक शिक्षा विषयक एक अन्तर्राष्ट्रिय सम्मेलनमा देश विदेशका विद्वानहरु बोलाइ उनीहरुका देशको अनुभवबाटनेपालले पनि फाइदा लिन सकोस् भन्ने अभिप्रायले एक अन्तरक्रिया गर्ने भएको छ । नेपालको त्रिभुवन विश्वविद्यालय लगायत सातवटै विश्वविद्यालय विदेशका ६ वटा विश्वविद्यालय र ग्लोवल पोलिसी फोरम फर नेपालको संयुक्त तत्वावधानमा नेपालको उच्चशिक्षण संस्था र उच्च विद्यालय संघले आयोजना गर्न लागेको उक्त उच्चस्तरिय अन्तर्राष्ट्रिय सम्मेलनमा ग्लोवल पोलिसी फोरम फर नेपालको तर्फबाट अमेरिकामा कार्यरतप्राध्यापक उपेन्द्र आचार्य र बेलायतमा कार्यरत प्रा पदम सिम्खडाले नेतृत्व गर्ने भएका छन् । प्राध्यापक आचार्यले संयोजन गर्ने उक्त विशेष अन्तरक्रियामा सहभागी हुन संसारका विभिन्न देशका अनुभवी प्राज्ञहरुलाई फोरमले आमन्त्रण गरेको छ । उक्त फोरमका संस्थापक सदस्य स्वीडेनस्थित प्राध्यापक कटक मल्ले गुणात्मक शिक्षा प्रवर्धनमा स्वीडेनको अनुभव सम्बन्धि एक कार्यपत्र प्रस्तुत गर्दैछन् । त्यसैगरि फोरमकाकार्यकारी सदस्यहरु अमेरिकामा कार्यरत प्राध्यापक शिव गौतम र डा अम्बिका अधिकारीले पनि कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । बेलायतको लिड्स विश्वविद्यालयका प्राध्यापक डा सूर्यप्रसाद सुवेदीको अध्यक्षतामा तीन वर्ष अघि स्थापित फोरमले विभिन्न प्रकारका प्राज्ञिक कार्यक्रम गरि नेपालको नीतिनिर्माणमा सहयोगी भूमिका निर्वाह गर्दै आएको छ ।
चीनले लामो दुरीको मारक क्षमताको बमबर्षक बिकसित गरिरहेको पेन्टागनको तर्फजारी गरिएको नयाँ अन्तरिक्ष प्रतिवेदनले खुलासा गरेको छ । सम्भवत चीनले अमेरिका र उसका सहयोगीहरु माथि हमला गर्न तालिम पनि दिइरहेको हुन सक्ने प्रतिवदेनमा उल्लेख गरिएको छ। रक्षा क्षेत्रमा ब्यापक लगानी बृद्धि गर्दै चीनले विश्व स्तरमा आफनो प्रभाव बढाउने प्रयास गरिरहेको पेन्टागनले जनाएको छ । गतबर्ष चीनले रक्षा क्षेत्रमा १ खर्ब ९० अर्ब डलर खर्च गरेको पनि प्रतिवेदनले दावी गरेको छ । विगत तीन बर्षमा पीएलएले आफनो ओवरवाटर बम्बर क्षेत्रमा क्षेत्रलाई तिब्र रुपमा विस्तार गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । उसले महत्वपुर्ण समुद्री क्षेत्रमा अनुभव हासिल गरिरहेको र अमेरिका तथा उसका सहयोगीहरु विरुद्ध हमलाका लागि प्रशिक्षण लिइरहेको प्रतिवेदनले जनाएको छ । प्रतिवेदनमा भनिएको छ परमाणु सक्षम बम्बर्सको तैनाथ र एकिकरणबाट पहिलो पटक चीनलाई परमाणु त्रिभुज पाउनेछ जुन भुमि समुद्र र वायुमा फैलिएको हुनेछ । चीनका राष्टपति सी जिनपिंगको नेतृत्वमा चीनले पहिले नै जिबौटीमा आफ्नो सैन्य अड्डा बनाएको छ र लामो समयदेखि आफनो मित्र रहेको देश जस्ता पाकिस्तानमा पनि अतिरिक्त सैन्य अड्डा बनाउन चाहेको प्रतिवेदनमा उल्लेख गरेको छ । चीनले पुरै ग्रह र अन्तरिक्षमा निगरानी राख्ने विशेष निगरानी क्षमतालाई बढाउने तर्फ पनि काम गरिरहेको पेन्टागनले जनाएको छ । अमेरिका र चीनबीच आगामी दिनमा ब्यापार युद्धलाई लिएर वार्ता हुन गइरहेको बेला पेन्टागनको यो नयाँ प्रतिवेदन आएको खबर नेपाल समाचारपत्रमा छ।
भक्तपुरको सूर्यविनायकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिएपछि घटनास्थल तनावग्रस्त भएको छ । प्रहरीले आक्रोशित भीडलाई नियन्त्रणमा लिनका लागि केही सेल अश्रुग्यास समेत प्रहार गरेको । आन्दोलनकारीले टिप्परलाई आगजनी गरेर ध्वस्त पारेको भक्तपुरका प्रहरी प्रवक्ता डिएसपी रेवतीरमण भण्डारीले जानकारी दिए । नेता पौडेलले भने आफू १२ वर्षपछि हलमा आएर चलचित्र हेरेको प्रतिक्रिया दिए । उनले भने ऋषि धमलाले बनाएको फिल्म राम्रो छ । विषयवस्तु राम्रो छ । धमलाजीको कुरा हार्न नसकेर म हलमा आएको हुँ । कलाकारहरुको अभिनय जर्बजस्त छ ।’ चलचित्रले युवा पुस्ताहरुको मन जितेको पनि नेता पौडेलले बताए । त्यस्तै कांग्रेस नेता अर्जुननरसिंह केसीले पनि चलचित्र सफल हुने विश्वास दिलाए । उनले चलचित्र क्षेत्रमा भएको एकाधिकार तोड्न पत्रकार धमलालाई साथ दिने प्रतिबद्धता व्यक्त गरे । उनले भने देश र जनताको लागि निरन्तर खट्ने पत्रकार फिल्म क्षेत्रमा आउनुभएको छ उहाँलाई हल वितरकहरुले किन प्रोत्साहन नगरेको किन सहयोग नगरेको मलाई यसमा दुःख लागेको छ । सबैले साथ दिनुपर्छ । मुलुकमा विद्यमान सबै प्रकारका एकाधिकार तोड्नुपर्छ । धमलाजीले भनेकोजस्तो चलचित्र क्षेत्रमा रहेको सिण्डिकेट तोड्न मेरो पूर्ण साथ छ ।’ नायिका थापाले पत्रकार ऋषि धमलाले चलचित्र क्षेत्रमा हात हालेर यो क्षेत्रमा ठूलो योगदान पुर्याएको बताए । उनले भनिन् ऋषि धमला यो देशलाई र यो देशको माटोलाई माया गर्ने व्यक्ति हो । म उहाँको योगदानको म उच्च कदर गर्न चाहन्छु ।’ नायिका थापाले चलचित्र क्षेत्रमा नयाँ अनुहार भएपनि नायिका एलिजा गौतमको प्रस्तुति दमदार रहेको भन्दै उनको अभिनयको खुलेर प्रशंसा गरिन् । उनले भनिन् म त जहिलेपनि नयाँ आर्टिष्ट ल्याउने मान्छे हो । एलिजा नयाँ आर्टिष्ट भएकोले कस्तो अभिनय गरेको होला भनेर मलाई सुरुमा कौतुहलता थियो । त्यही भएर म अनुराग हेर्न आएकी हुँ । उ आगामी दिनमा अझै स्थापित हुन्छ जस्तो मलाई लाग्छ ।’ अनुराग’ धमलाको नयाँ प्रयास भएको सुनाउँदै उनले पहिलो प्रयासमै यसले लोकप्रियता हाँसिल गरेको सुनाईन् । उनले नेपाली चलचित्रलाई हल वितरण गर्ने कुरामा माया गर्ने कुरामा कतिको माया गरियो भन्ने कुराबारे उल्लेख गर्दै चलचित्र क्षेत्रको एकाधिकार तोड्ने कुरामा ऋषि धमलाले हिम्मत गरेको र त्यसमा आफ्नो पूर्ण साथ रहेको विश्वास दिलाईन् ।
हिन्दु युवा संघ नेपालका अध्यक्ष काशी तिवारीको हत्यामा संलग्न सियारामप्रसाद कुशवाह जेल चलान भएका छन् । विसं २०६७ असारमा पर्साको वीरगन्जस्थित अशोक वाटिकामा तिवारीको हत्यामा संलग्न कुशवाहलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार पक्राउ गरी आज जेल चलान गरेको हो । बबिता तिवारीको जाहेरीमा कर्तव्य ज्यान मुद्धामा उच्च अदालत जनकपुरको फैसलाअनुसार सर्वस्वसहित जन्मकैदको सजाय ठहर भएपछि फरार रहेका ३४ वर्षीय कुशवाहलाई ब्यूरोको टोलीले बिहीबार काठमाडौँको शान्तिनगरबाट पक्राउ गरेको हो । कुशवाहलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेकामा अदालतको आदेशले कैद भुक्तानका लागि आज कारागार कार्यालय डिल्लीबजार पठाएको हो ।
च्याङ्ग सी प्रान्तको सिन यु शहरको यु श्वी क्षेत्रको खेतमा धानका बाला लहलह झुलेको छ। आकाशबाट हेर्दा सुनौलो धान खेत र नजिकैको हरिया पहाड,आबास क्षेत्र,नदी र बाटोबाट एक सुन्दर पर्यावर्णीय चित्रको संयोजन भएको छ।
क्रान्तिकारी पत्रकार संगठनको समानान्तर समिति बनाउनेलाई नेकपाद्वारा पार्टीबाट निष्काशन गर्ने कार्य तीब्र पार्टी र संगठनको हित बिपरित काम गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले आफु निकट भनिएका पत्रकारहरुलाई कारबाही गर्दै पार्टी र संगठनबाट निष्कासन गर्ने कार्यलाई तिब्रता दिएको छ l पार्टीले अघि सारेको प्रकाश डुम्रे नेतृत्वको क्रान्तिकारी संगठनकाबिरुद्ध समानान्तर समिति घोषणा गर्ने पत्रकारहरुलाई नेकपाले कारबाही गर्दै पार्टी र संगठनबाट निष्कासन गरिरहेको छ l नेकपाले क्रान्तिकारी पत्रकार संगठनको समानान्तर समिति निर्माण गरी नेतृत्व गर्ने सल्यानका डिल्लीराज रावतलाई पार्टीको साधारण समेत नरहने गरी पार्टीबाट निष्काशन गएको छ l त्यस्तै राउतको समानान्तर समितिमा कोशाध्यक्ष पदमा रहेका मकवानपुरका तिलक अधिकारी र केन्द्रीय सदस्य मकवानपुरकै रुपा गुरुङलाई पनि नेकपा मकवानपुरले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ l क्रान्तिकारी पत्रकार संगठनको सोही समानान्तर समितिमा रहेका उपाध्यक्ष जन्मदेव जैसी र महासचिव बाबुराम भुसाललाई पनि नेकपाले पार्टी र संगठन हित बिपरित काम गरेको भन्दै पार्टीले कारवाही स्वरूप पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ l नेपाल कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी पत्रकार संगठन नेपालको नाममा स्वघोषित अध्यक्ष बनेका सल्यानका पत्रकार डिल्लीराज रावतलाई पार्टी र संगठनको निर्णयविरुद्ध अराजक गतिविधि गरेको ठहर गर्दै नेकपा राप्ती ब्यूरो र सल्यान जिल्ला पार्टीले निष्कासन गरेर साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । नेकपा सल्यान जिल्ला सेक्रेटरी लोकपाल केसीले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले क्रान्तिकारी पत्रकार संगठन नेपालको अध्यक्षमा प्रकाश डुम्रेको नेतृत्व चयन गरी वैधानिकता दिइसकेको अवस्थामा पार्टी र संगठनको निर्णयलाई तिलाञ्जली दिँदै आफ्नो नेतृत्वमा संगठन पुनर्गठन गरेको भ्रम फैलाएको भन्दै रावतलाई जिल्ला सदस्य र राप्ती ब्यूरोबाट पार्टीको कुनै तहमा नरहने गरी निष्कासन गरेको जानकारी दिएका छन् । नेपाल कम्युनिस्ट पार्टीको मकवानपुर जिल्ला कमिटीले जिल्ला सदस्य तिलक अधिकारी र रुपा गुरुङसहित तीन जनालाई निस्कासन गरेर साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ । त्यस्तै क्रान्तिकारी पत्रकार संगठन नेपालको मकवानपुर जिल्ला सचिव राज सापकोटालाई पनि निस्कासन कारवाही गरेको छ नेकपा मकवानपुर जिल्ला सेक्रेटरी अनुरागले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै अधिकारी गुरुङ र सापकोटाले पार्टीको निर्णयविरुद्ध अराजक गतिविधि गरेको र पार्टीको पत्रकारहरुको पेशागत आधिकारिक संगठन प्रकाश डुम्रेको अध्यक्षमा गठित क्रान्तिकारी पत्रकार संगठन नेपालको विरुद्धमा चलाइएको गुटबन्दीमा सहभागी भई पार्टी निर्णयविरुद्ध हर्कत गरेको ठहरसहित निष्कासन गरेर कारवाही गरेको जानकारी दिएका छन् ।
आउँदो असार ३ गते कात्तिक नाच पहिलोपटक राष्ट्रिय नाचघरमा प्रदर्शन हुन लागेको छ । यसअघि मंगलबजार कात्तिक डबलीमा प्रत्येक वर्ष कार्तिकमा उत्त नाच प्रदर्शन हुने ऐतिहासिक परम्परा रहिआएको थियो । कात्तिक नाच पाटनका मल्ल राजा सिद्धीनरसिंह मल्लले तीनसय ८० वर्ष अघि शुरुवात गर्नुभएको हो। कात्तिक नाच विगतमा कात्तिक महिनाभर कात्तिक डबलीमा प्रदर्शन गरिन्थ्यो। केही वर्ष अघि आर्थिक अभावका कारणले कात्तिक नाच प्रदर्शन हुन छोडेको थियो । कात्तिक नाच विष्णुको अवतार नरसिंह राजा हिरन्य कस्यप र विष्णु भक्त प्रल्हादको कथामा आधारित छ। कात्तिक नाच शुरु गर्दा राजा सिद्धीनरसिंह मल्ल आँफैले अभिनय गर्नुभएको इतिहास छ। नेपाली मौलिक नृत्यहरुलाई डबलीभन्दा बाहिर प्रदर्शन गरेर ऐतिहासिक नाचलाई आर्थिक रुपमा जीवित राख्न पहिलो पटक नाचघरमा प्रदर्शन गर्न लागेको नृत्य निर्देशक संघ नेपाल ललितपुर शाखाले दावी गरेको छ। नेपालमा नृत्य विधामा एकल साँझको रुपमा 'स्वजन रघुवंशी एकल साँझ' मार्फत् उक्त नाच प्रदर्शन हुँदैछ। कलाकार स्वजन रघुवंशीको कात्तिक नाचमा मुख्य अभिनय हुनेछ। लोपोन्मुख नृत्यहरुको संरक्षण गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा यसको पहिचान गराउने उद्देश्यसहित कात्तिक नाच चर्या नृत्य भरत नाट््यम कत्थक झ्याउरे र साल्सा नृत्य समेत कलाकार स्वजन रघुवंशीबाट प्रस्तुत हुने आयोजकले जानकारी दिएको छ । पाँचौं विश्व इन्टरनेट सम्मेलन आज नोभेम्बर 9 तारिख चच्याङ प्रान्तको ऊ चनमा सम्पन्न भएको छ। तीन दिनसम्म विभिन्न मुलुक र क्षेत्रका अतिथिहरूले पारस्परिक विश्वास र साझा सञ्चालन सहित डिजिटल विश्वको सिर्जना हातमा हात मिलाएर नेटवर्क क्षेत्र सम्बन्धी भाग्यको एकरुपताको निर्माण भन्ने मुख्य विषयबारे विचारविमर्श गरेका छन्। सम्मेलनमा मुख्यत जैविक बुद्धि फाइभ जी प्रविधि र नेटवर्कको सुरक्षा समस्यामा निकै महत्व दिएकाले यस सम्मेलनबाट नयाँ जिवन्त शक्ति थपिएको देखिन्छ। उक्त इन्टरनेट सम्मेलन अवधिमा विश्व इन्टरनेट विकास प्रतिवेदन 2018 र चीनको इन्टरनेट विकास प्रतिवेदन 2018 निलोपत्र पनि औपचारिक रुपमा सार्वजनिक गरिएको छ।
काठमाडौँ — प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरु र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी बीच नागरिक उड्डयन क्षेत्रका विषयमा प्रश्नोत्तर भयो । अधिकारीले सार्वजनिक महत्वका विषयमा जानकारी दिएपछि प्रश्नोत्तर सुरू भएको थियो । उनले युरोपको उडान रोक्का भएको विषयमा पनि छलफल सुरू भएको बताए । दुई वर्षदेखि नेपालको जहाज युरोपको आकाशमा उडान गर्न रोक लागेको छ । आउँदो सेप्टेम्बरमा युरोपियन युनियनका प्रतिनिधि अनुगमनमा नेपाल आउने उनले सदनलाई जानकारी गराए । सांसद र मन्त्री अधिकारीबीचको प्रश्नोत्तर रंगमती शाही पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले जहाज चार्टरको सिन्डिकेट तोडिएको छ भन्नुभयो । यो हामीलाई मान्य हुँदैछ । चार्टर फ्लाइट चाहिन्छ । हामी चार्टर फ्लाइटको १२ हजार तिर्न पनि तयार छौं । दुर्गममा सहुलियत फ्लाइट काटिएको छ । त्यो नदिएसम्म प्राइभेट जहाजहरूले स्वीकृति नै पाउँदैनन् । यस्तोमा सरकारले सहुलियत फ्लाइट किन कटाएको हो  स्पष्ट हुन चाहन्छु । मन्त्री अधिकारी खासमा सहुलियत फ्लाइट व्यवस्था दुर्गम क्षेत्रमा थिएन । नियमित मात्रै थियो । यस्तोमा भाडा कम थियो । जसले गर्दा नियमित जहाज चल्दैनथ्यो । चार्टर जहाज भने चलिरहन्थ्यो । यसमा भाडा बढी थियो । चार्टर चलाउने केही मान्छेहरू बिचौलियाको प्रभावमा रहेकालाई त सहुलियत दिन्थे । तर खास नागरिकले पाउँदैनथे । अब जहाज चार्टर गरेर यात्रा गर्नुपर्ने अवस्था छैन । विगतमा जहाज चार्टर एउटाले गथ्र्यो अर्कोले ब्लाकमा टिकट बेच्थ्यो । तेब्बर भाडासम्म लिन्थे । मान्छे भएन भने थोरै मूल्यमा पनि पठाउँथ्यो । त्यसैले हामीले चार्टरलाई बन्द गर्‍यौं । समय अनुकूल भाडा निर्धारण गर्‍यौं । अहिले नियमित फ्लाइटबाट नागरिकले सहुलियत प्राप्त गरेका छन् । समयअनुसार भाडा वृद्धि भएको छ । नियमित गरेर नागरिकलाई सहुलियत दिन सरकार प्रतिबद्ध र कटिबद्ध छ । खगराज अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गर्न विशेषज्ञ समूह बनाइयो । समूहले विमानस्थल सञ्चालन हुन नसक्ने रिपोर्ट दिएको छ । प्रतिवेदन दिनेमाथि कारबाही हुन्छ कि हुँदैन  मन्त्री अधिकारी पोखरा विमानस्थलको विषयमा तपाईंले भन्नुभएको कुरा विज्ञ समूहको छलफलमा उठेको विषय मात्रै हो । यो कुनै प्रतिवेदनमा आएको छैन । यसलाई अतिरिन्जित गरियो । यति सिटको जहाज चल्न सक्दैनन् भन्ने सन्दर्भमा उठेको थियो तर पोखरामा एयरपोर्ट हुन सक्दैन भन्ने हिसाबले प्रचार गरियो । विज्ञ समूहले त्यस्तो प्रतिवेदन दिएको छैन । त्रिभुवन विमानस्थल हब होइन निजगढ विमानस्थल जताबाट पनि विमान आउने भएकाले हब हो । विमानस्थलका फरक विशेषता छन् । तिनको व्याख्या गर्दा पोखरा विमानस्थलको पनि भएको हो । यसको काम रोकिँदैन । अगाडि बढिरहेको छ । सन् २०२१ सम्ममा विमानस्थल सञ्चालनमा ल्याउँछौं । प्रकाश रसाइली विज्ञ समूहले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्न नसक्ने प्रतिवेदन दियो भन्ने कुरा बाहिर आएको छ । यदि यस्तो हो भने त्यो प्रतिवेदन संसद्बाट सार्वजनिक गरेर जनताले थाहा पाउनुपर्छ । धावनमार्गदेखि हाइवेसम्म पुग्ने बाटो र नाला चिनियाँ कम्पनीले बनाउनुपर्ने भनिएको छ । तर नागरिक उड्डयन प्राधिकरणले बनायो । यसमा करोडौंको घोटाला भएको छ । मन्त्री अधिकारी उक्त प्रतिवेदन चारवटा टिमले प्रस्तुत गरेका हुन् । कम्पाइल गरेर एउटै बनाउँछौं । त्यो प्रतिवेदन एक महिनाभित्र सदनमा पेस गर्नेछौं । मन्त्री अधिकारी नेपालगन्जबाट दिल्ली उडान गर्न आज (शुक्रबार) मात्रै स्वीकृतिको प्रक्रिया अघि बढाएका छौं । नेपालगन्जलाई क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्न त्यसको मास्टर प्लान बनाएर २५ करोडको टेन्डर गरी स्वीकृत गर्ने प्रक्रियामा छ । अहिले जहाज चलाउन लागि क्वारेन्टाइन अध्यागमनलगायत व्यवस्था साढे तीन महिनामा गरिसक्ने र एयररुटको स्वीकृत पनि भइसक्छ ।
खोटाङको मेवाखोला हाईड्रोपावरबाट दुई हप्तापछि बत्ती बल्ने भएको छ । १ मेगावाट क्षमताको हाईड्रोपावरको निर्माणका सबै काम पूरा भएकाले दुई हप्ताभित्र टेस्टिङ र कमिसनिङका काम गरेर बत्ती बालिने हाईड्रोपावर कम्पनी प्रालिका प्रबन्ध निर्देशक अर्जुन राईले जानकारी दिनुभयो । बिहिबार सदरमुकाम दिक्तेलमा सार्वजनिक कार्यक्रम गरेर हाईड्रोपावर कम्पनीले हाईड्रोपावरको ड्राई टेस्ट गरि सकिएकाले बत्ती बाल्न र केन्द्रीय प्रसारणलाईनमा जोड्न मात्र बाँकी रहेको जनाएको छ । चीनबाट आउने तीन सदस्यीय ईन्जिनियरले टेस्टिङ र कमिसनिङ गरेपछि बिद्युत बल्ने प्रबन्ध निर्देशक राईले बताउनुभयो । समुदायको ३० प्रतिशत तथा सानिमा बैंकको अगुवाईमा बैंक आफ काठ्माण्डौंको ७० प्रतिशत गरी २१ करोड ५० लाखको लागतमा दिक्तेल नगरपालिका–१० लफ्याङस्थित मेवा खोलाबाट विद्युत उत्पादन गर्न लागिएको हो । लोडसेडिङको मार खेपीरहेका जिल्लाबासी दुई हप्ताभित्र मेवा खोला जलविद्युत सञ्चालन हुने खबरले उत्साहित बनेका छन् । हाल २५ मेगावाट विद्युत खपत भइरहेको जिल्लामा मेवा खोलाको १ मेगावाट थप हुँदा उर्जा संकटमा कमी आउने दाबी गरिएको छ । जिल्लालाई लोडसेढिङमुक्त बनाउने लक्ष्यकासाथ साप्सु–कालिका हाईड्रोपावर कम्पनी प्रालि काठमाण्डौंको प्रबद्र्धनमा पीपीपी मोडलमा जिल्लामै पहिलोपल्ट २०७१ साल मंसिरदेखि हाईड्रोपावरको काम सुरु गरिएको हो । २०७२ साल असोजमा बत्ती बाल्ने भनिएको हाईड्रोपावरको काम लगातार दुई पटक आएको बाढी भूकम्प र भारतीय नाकाबन्दीका कारण वर्षदिन पछि धकेलिएको आयोजना प्रमुख ललितकुमार राईले बताउनुभयो । बाढीको क्षतीका कारण सुरुमा स्टीमेट गरेभन्दा २ करोड ५० लाख बढि खर्च लागेको हो । खोलाबाट निकालिने हाईड्रोपावरको काम पूरा भएपछि एक नगरपालिका र ७२ गाविस रहेको जिल्लाका ४० गाविस लोडसेढिङमुक्त बन्ने साप्सु–कालिका हाईड्रोपावर कम्पनीले जनाएको छ ।
म ऐले कतार मा छु म यस मा मेरो जीवन को कथा पोस्ट गर्न को लागि मैले यस मा कसरि तपाई हरु लाई पोस्ट गर्न सक्छु
युवानेता रविन्द्र अधिकारी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन्। मन्त्री हुने बित्तिकै सयदिने कार्ययोजना बनाएर र कार्यान्वयनमा ल्याए।विकास समितिको सभापति भएर विकास निर्माणलार्इ गति दिन निर्देशन दिने अधिकारी आफै कार्यान्वयन गर्ने ड्राइभिङ सीटमा छन्। मन्त्री अधिकारीलाई बिजमाण्डूका सुदर्शन सापकोटा र सविन मिश्रले सोधे संसदको विकास समितिको सभापति हुनुभयो। विकास आयोजनाको निरन्तर अनुगमन गरी त्यसमा तीव्रता ल्याउन पहल पनि गर्नुभयो। त्यतिबेला सबैले अनुमान गरेका थिए तपाईं भौतिक मन्त्री बन्नुहुन्छ भनेर। तर तपाईंको भागमा पर्यटन मन्त्रालयमा पर्यो। कस्तो लागिरहेको छ मलाई यही नै जिम्मेवारी प्राप्त भयो। सबै कुरा रोजेकै र खोजेको त पाइँदैन नि। मलाई जे जेम्मेवारी प्राप्त गरेको छु। त्यसमा अघि बढ्न खोजेको छु। पर्यटन म आफैंले जानकारी लिइरहेको क्षेत्र हो। अर्को कुरा म जहाँबाट प्रतिनिधित्व गर्छु त्यो पनि पर्यटकीय क्षेत्र नै छ। अर्कोतर्फ म कन्भिन्स’ भएको कहाँ हो भने अब हामीले धेरै उपलब्धी हासिल गर्नुपर्ने क्षेत्र पर्यटन हो। त्यसकारण यो मन्त्रालयमा अलि गतिशील मान्छे चाहिन्छ भन्ने पनि भयो। त्यसैले म यो जिम्मेवारी लिन तयार भएँ। लोकतन्त्र स्थापनापछि पर्यटन मन्त्रालय मन्त्रीका लागि तातो तावा जस्तो लाग्छ। किनभने पर्यटनमा जुन जुन समूह सक्रिय छ त्यो समूह मन्त्रीभन्दा शक्तिशाली छ। माथिल्ला तहसम्म सिधा पहुँच राख्छ। अर्को कुरा पहिलेको एमालेका तर्फबाट जो जो मन्त्री भए उनीहरुले पुरा समय काम गर्नै पाएनन्। तपाईंलाई कार्यकाल पुरा गर्छु भन्ने लाग्छ म आफ्नो कर्ममा विश्वास गर्छु र काम गर्छु। म लागेको काम गर्दै अघि बढ्ने मान्छे हुँ। म एउटा पृष्ठभूमिबाट आएको मान्छे हुँ। मेरा विगत वर्तमान सबै कुरा छर्लंग छ। म आलोचना पनि खुला रुपमा लिन्छु। यो सँगसँगै पर्यटन मन्त्रालय ग्लामर’ भएको तर भयंकर विवादास्पद रहेछ। सानासाना कुरा विवादस्पद रहेछ। कतिकुरा विवादास्पद पनि बनाइन्छ। यो मन्त्रालय निजी क्षेत्रसँग पनि सीधा जोडिएकाले विजनेस मिनिस्ट्री जस्तै छ। हाम्रा निकायले पनि बिजनेश गर्छन्। हाम्रो क्यान वायुसेवा निगम वा पर्यटन बोर्ड भन्नुस् सबैले बिजनेस गरिरहेका छन्। गृह मन्त्रालय जस्तो धेरै कर्मचारी भएर काम गर्ने संस्था यो होइन। थोरै संरचनामा ठूलो क्षेत्रलाई यसले कभर गरिरहेको छ। व्यावसायिक क्षेत्रलाई सहजीकरण गर्ने नियमन गर्ने विषय हाम्रो दायित्वमा धेरै पर्छ। कि केही नगरी चुप लागेर बस्नु पर्यो। केही गर्ने हो भने धेरै कुरा आउँछन्। अर्कोतर्फ धेरै कुरा बनाएर भन्ने चलन पनि छ। त्यो भन्छन्। तर मैले अहिलेसम्म भोग्नु परेको छैन। पर्यटन र नागरिक उड्डयनका विद्यमान नियम र कानुनी व्यवस्था तथा मूल्य मान्यता भित्र बसेर यी क्षेत्रको प्रवर्द्धन हाम्रो मुख्य उद्देश्य हो। त्योभन्दा बाहेक अन्य कुराले मलाई प्रभाव पार्दैन। पर्यटन क्षेत्रमा एक/दुई निश्चित समूह छ र उनीहरुको सम्बन्ध प्रधानमन्त्री केपीशर्मा ओलीसँग छ भनेर भन्छन्। त्यो समूहको इन्ट्रस्ट सर्भ गर्न नसक्ने मन्त्री यहाँ टिक्दैन भनिन्छ… सबैभन्दा मूख्य कुरा हाम्रो सम्माननीय प्रधानमन्त्रीले सबै मन्त्रीहरुलाई आफ्नो विभागीय कामका निम्ती पूर्ण स्वतन्त्रता दिनुभएको छ। मन्त्रीहरु नै आफ्नो काम प्रति पूर्ण जवाफदेही हुनुपर्छ। राष्ट्र र जनताको पक्षमा सपथ खाए जस्तै गरी काम गर्नुपर्छ। मलाई नतिजा चाहिएको छ भनेर उहाँले भन्नुभएको छ। मन्त्रीहरुलाई राम्रो काम गर्दा कुनै पनि अवस्थामा मेरो सहयोग चाहियो भने म त्यसका लागि सहयोग गर्छु भन्नुभएको छ। उहाँको जोड सुशासनमा छ। नचाहिने कुरामा नलाग्नु भनेर भन्नुभएको छ। मलाई अहिलेसम्म कुनै दबाब छैन। स्वतन्त्र भएर काम गरिरहेको छु। म फेरि पनि भन्छु पर्यटन क्षेत्रमा छोटो समयमा देखिने काम म गर्छु। व्यवसायी र आम जनताले महसुश गर्ने गरी काम गर्छु। तपाईंले त्यसो भन्दैगर्दा तपाईं ५ वर्षे सरकारको मन्त्री हुनुहुन्छ। तपाईंको कार्यकाल लामो छ। तर सय दिने कार्ययोजना भन्दै लोकप्रिय हुने र सस्ता कार्यक्रममा अल्झिनु भयो। मेल खाने काम भयो र एकदम ठिक भन्नुभयो। प्रधानमन्त्री नियुक्त भएको दिनलाई आधार मानेर सयदिन भनिएको हो। मैले त्यतिबेला पनि भनेको थिएँ मेरो मन्त्रालयको काम गर्ने क्षमता जाँच्नु थियो। सय दिनको होमवर्क दिँदा मेरो मन्त्रालयको जनशक्तिले कसरी काम गर्न सक्छ भनेर हेर्नुपर्ने थियो। जनशक्तिको क्षमता पनि जाँच्नुपर्ने थियो। विद्यमान कानुन र समन्वयका अभावमा के के हुँदो रहेछ हेर्नुपर्ने थियो। आफ्नो काम र अरुको सहयोगमा के के गर्न सकिँदो रहेछ त्यो पनि जान्नुपर्ने थियो। के गर्न सकिँदो रहेछ के गर्न सकिँदो रहेनछ थाहा पाउन सय दिने कार्ययोजना ल्याइएको हो। सुरुमा म आउने बेलामा नीति कार्यक्रम थिएन। बजेट आएको थिएन। अब त सबै कुरा आएको छ। अर्को बाटो जान सकिन्छ। तत्कालीन विषय अघि सारेर काम गर्दा धेरै कुरा सिकिन्छ र मन्त्रालय बुझ्न पाइन्छ भनेर लागेको हुँ। त्यसबाट मैले धेरै लेसन लर्न’ गरेको छु। जुन कुरा त्यत्तिकै जान्न मलाई एक वर्ष लाग्थ्यो। तपाईंले सयदिने कार्ययोजनाको ९५ प्रतिशत काम गरेँ भन्नुभयो। एक दुई ठाउँमा सार्वजनिक रुपमा नै कर्मचारीले सहयोग नगरेको गुनासो पनि तपाईंले गरेको हामीले सुनेका छौँ। तपाईं एक्लैले यति उपलब्धी हासिल गर्नुभएको हो सबै कर्मचारीमा क्षमता छैन भनिएको होइन। कतिपय साथीहरु क्षमतावान् हुनुहुन्छ। मन्त्रालयमा जति म सक्रिय भएँ मलाई सचिवले जस्तै काम गर्छ। सचिवले जस्तै काम गर्छ भन्थे। धेरै ठाउँमा म आफैँ भिडेर काममा लागेँ। म सक्रिय हुँदा सुरुसुरुमा बेवास्ता गरेका साथी पनि काममा लागे। मेरो व्यक्तिगत प्रयासभन्दा पनि प्रणाली बलियो बनाउँ भन्ने मेरो योजना थियो। त्यसैअनुसार अघि बढेको छु। सकेसम्म कर्मचारी नहटाई भइरहेका कर्मचारीबाट अधिकतम उपलब्धी हासिल गर्न म लागेको छु। कर्मचारी हटाएर तपाईं कहाँ पुर्याउन सक्नुहुन्छ एक ठाउँबाट अर्को ठाउँ वा मन्त्रालय त्यसले के नतिजा ल्याउँछ राम्रो कर्मचारी ल्याउने र अरुलाई फाल्ने भन्ने पनि सुनिन्छ। फालेर कहाँ जाने भए कर्णाली वा विकट ठाउँमा जालान्। सरकारले आफ्नो सेवा प्रवाह कहाँ बढी लैजानुपर्ने त्यही ठाउँ हो। सबैभन्दा काम नलाग्ने भनिएका मान्छे त्यहाँ पुग्दा उसले के सेवा दिन्छ त्यसकारण यसमा पुनर्विचार गर्नु आवश्यक छ। तपाईंको सयदिनमा केही नतिजा पनि देखियो। त्रिभुवन विमानस्थल २१ घण्टा चल्न थाल्यो। अझ कतिपय जानेबुझेका मान्छेहरु विमानस्थलमा कुलमान जस्तै कोही भए धेरै व्यवस्थापन हुन्छ भन्छन् नी यो यथार्थ कुरा हो। एउटा साम्रो सिइओ हुने हो भने त्यहाँ अझै राम्रो गर्न सकिन्छ। २१ घण्टा विमानस्थल चल्न थालेपछि एयर ट्राफिक म्यानेजमेन्टमा नयाँ परिवर्तन देखिएको छ। म आफैँ पनि एक प्रकारको सिइओ भएर काम गरेको छु। मैले विज्ञ समूह बनाएँ त्यसले मलाई धेरै सहयोग गर्यो। भनेपछि नयाँ सिइओ ल्याउन सकियो भने त्यहाँको व्यवस्थापनमा अझै सुधार गर्न सकिन्छ भन्ने तपाईंको भनाइ हो त्यहाँको पूर्ण व्यवस्थापन सुधार गर्न सकिन्छ। त्यसका लागि कि भएकाकै क्षमता अधिक उपयोग गर्नुपर्छ कि नयाँ ल्याउनुपर्छ। अहिले गरेको त भएकै व्यवस्थापनले हो। यसको जस त क्यानको महानिर्देशक र एयरपोर्टको व्यवस्थापनलाई नै जान्छ नि। मान्छे भन्दा पनि क्यानको संरचनामा परिवर्तन आवश्यक छ। हाम्रोमा दुईवटा हवाई सेवा प्रदायक कम्पनी छन्। ती एभिएसन कम्पनीको सिन्डिकेट नै छ। तेस्रो कोही आउनै सक्दैन। यो अवस्था कहिलेसम्म तेस्रो आउन सकेन भनेर तपाईंहरुकैमा पनि समाचार आइरहेको थियो। तर मैले त्यसका लागि सहजीकरण गरिसकेको छु। यसमा यो वा त्यो नभनौँ जब कुनै विजनेसमा निश्चित समूहको मात्रै लगानी रहन्छ त्यसमा कुनै किसिमको सिन्डिकेट वा एकाधिकार सुरु भइहाल्छ। अब निजी क्षेत्र धेरै आइसके। अब उनीहरुले प्रतिस्पर्धा गर्नुपर्छ। पहिले पहिले निजी क्षेत्र आउनै नसक्दा सरकारी संरक्षण पनि पाए होलान्। अब त्यस्तो हुनु हुँदैन। नागरिक उड्डनको विवरण हेर्ने हो भने सबै जहाज काठमाडौं केन्द्रित छन्। कुनै पनि विमानस्थलमा जहाज नबस्ने। राम्रो व्यापार हुने बाहेकका रुटमा जहाज चल्न छाडेका थिए। उनीहरुको चैँ सामाजिक उत्तरदायित्व हुँदैन राजविराज विमानस्थल चल्न थालेपछि धेरै मलाई त्यो चल्दैन भने। मैले त्यतिबेलै भनेको थिए अन्यत्रबाट कमाउने राजविराजमा सेवा दिने। दुर्गममा चल्दैन भने धेरै नाफा हुने रुटमा पनि चलाएका छन् नि। अहिले सुर्खेतमा स्टेसन बनाएर कर्णालीमा उडान सुरु भएको छ। बुद्धले विराटनगरमा स्टेसन बनाएर काम गरिरहेका छन्। अब यती र बुद्ध दुवै पोखरा जाँदैछन्। सीता एयर सुर्खेत गयो। त्यसैले हामीले विमान कम्पनीहरुलाई क्षेत्रीयस्तरमा आधार बनाएर अघि बढ्ने वातावरण बनाइदिन्छौँ। उनीहरुले सेवा दिनुपर्छ। काठमाडौंमा सधैँ ट्राफिक जाम। पार्किङ सधैँ फुल। त्यसको परिवर्तनका लागि रातिमा सेवा थपिएको छ। अहिले ५/६ बजेकोलाई नाइट भनिन्छ। हामीले ७/८ बजेसम्म उडाउने कुरा अघि बढाएका छौँ। यहाँ पिक आवर र लेन आवरको मतलब नै छैन। पिक आवरको भार लेन आवरमा ट्रान्सफर गर्न खोजिएको छ। अबको एक वर्षमा समानान्तर ट्याक्सी वे बनाउछौँ। यसले पनि धेरै ठुलो परिवर्तन ल्याउँछ। आवश्यक पर्ने ठाउँमा चल्छन्। जहाँ आवस्यकता छ त्यहाँ विमान चल्छ। तर हाम्रो कर्मचारीतन्त्रको क्षमताका कारण हाम्रो बिजनेस मोडालिटी नभएका कारण बन्द अवस्थामा रहेका विमानस्थल चल्छन्। प्यासेन्जरलाई पनि आवश्यक छैन भने त्यस्ता विमानस्थल चलाउँदैनौँ। तर कुनै प्रदेशले हामी चलाउछौँ भन्यो भने दिन सकिन्छ। तपाईंको मातहतमा पोखरा र भैरहवा विमानस्थल निर्माणाधीन छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको काम भइरहेको छ। निजगढको मोडालिटी छिट्टै टुंग्याउछौँ भन्नुभयो। यो सबैलाई थाँती राखेर नयाँ विमानस्थल खोज्न दौडिरहनुभएको छ तपाईंले बजेटमा हेर्नुभयो भने कुनै पपुलर कार्यक्रम राखेको छैन। मैले राष्ट्रिय विमानस्थल नीति बनाउँछु भनेको छु। जहाँ पायो त्यँही विमानस्थल बनाउँदै हिँड्ने भन्ने कुरा ठीक होइन। जहाँसम्म नागीडाँडाको कुरा हो आन्तरिक उडानको मुख्य हिस्सा सार्न त्यहाँ विमानस्थल बनाउने भनिएको हो। अहिलेको अवस्थामा करिब ३०० र त्यो बन्दासम्म करिब ५०० फ्लाइट त्यहाँबाट सञ्चालन गर्ने अवधारणासहित अघि बढाउन खोजिएको हो। त्यसले काठमाडौंको ३१ प्रतिशत कन्जेक्सन’ घटाउँछ। काभ्रे काठमाडौंबाट नजिक छ। काभ्रे विकसित बन्दै छ। भोली प्रदेशको राजधानी पनि होला। कम खर्चमा बनिहाल्ने भएकाले त्यहाँ गएको हो। सुर्खेत कुरामा चाँही कर्णाली प्रदेश र राजधानीलाई सीधा जोड्न हवाईजहाज चलाउने भनिएको हो। अहिले भएको विमानस्थल विस्तार गर्न सकिँदैन। मैले अध्ययन पनि गर्न लगाएँ। कमिलो हिँडिरहेको विमानस्थलमा जहाजको फ्लो हेर्नुस् त। कर्णाली चल्ने जहाजलाई पनि सहज भएको छ। कर्णाली प्रदेशलाई पर्यटकीय हिसाबले अघि बढाउने हो भने त्यहाँ मात्रै होइन मैले अर्को पनि अध्ययन गराउँदैछु मानसरोवर वा राराको नजिक ७० सिटसम्म जहाजको क्षमता भएको विमानस्थल चाहिएको छ। अन्यत्र चाँहिदैन। कहिल्यै जहाज नचल्ने तर विमानस्थल मात्रै बनाउने कुरामा म छैन। नागीडाँडाको सबैभन्दा राम्रो भनेको काठमाडौंमा हुस्सु लाग्दा त्यहाँ प्रभावित हुँदैन। माउन्टेन फ्लाइटहरु त्यहाँबाट हुन सक्छन्। सबै डोमेस्टिक फ्लाइट त्यहाँबाट चल्ने भन्ने हुँदैन। त्यहाँ ४० सिटे जहाज मात्रै अवतरण र उडान हुन सक्छन्। आन्तरिकतर्फका मध्यम आकारका विमान चलाउन त्यहाँ विमानस्थल भनिएको हो। अर्को हामीले लुक्ला हेरौँ त्यहाँ पूर्ण क्षमतामा चलाउने हो भने २/३ सय फ्लाइट अहिल्यै हुन्छन्। जान नपाएर मात्रै हो। त्यसले गर्दा नागीडाँडा भनिएको हो। धादिङ वा अन्यत्र किन नसकिएको भन्दा होटल चाहियो। पूर्वाधार पनि बलियो हुनुपर्यो। एक हजार प्यासेन्जर बस्न सक्ने क्षमता चाहियो नि। धुलिखेलको मुख्य बजार पनि बिग्रिँदैन। यसको काम अघि बढ्छ। यो अघि बढ्दा निजगढ नबन्ने भन्ने होइन। निजगढ भनेको हाम्रो देश नेपालालई ग्लोबल’ स्टाण्डर्डमा उभ्याउने आयोजना हो। यो काम गौतम बुद्ध विमानस्थलबाट पनि हुँदैन पोखराबाट पनि हुँदैन। नागीडाँडा भन्दा निजगढमा तपाईंको सक्रियता भएन भन्ने पनि छ। अर्कोतर्फ वातावरणविदहरुले पनि त्यसमा प्रश्न उठाएका छन्। यो सबै समस्याका बीच कसरी अघि बढ्नुहुन्छ निजगढ विमानस्थल अघि बढ्छ। यो दुई महिनामा निजगढको जति काम भएको त्यो त काम फाँडेको हो। इआइए पास भएको छ। मोडालिटी पास हुने चरणमा छ। हामीले विभिन्न मोडालिटीमा १०० अंक भार दिएर कुनबाट जाँदा कस्तो हुन्छ भनेर अध्ययन गराएका छौँ। लगानी बोर्डसँग पनि मिलेर काम गरेका छौँ। कुन मोडलमा कति नम्बर आउँछ भनेर तयार गरिएको छ। मैले त्यसको चारकिल्लालाई अन्तिम रुप दिएको छु। अहिले २४ लाख रुख काट्ने भनेर कुरा ल्याइएको छ। हामीले त्यति रुख काट्ने नै होइन। काट्ने भनेको ८ लाख जति हो। त्यसलाई पनि २ लाखमा घटाएर अघि बढ्न सकिन्छ कि भनेर हेर्दैछौँ। वैकल्पिक शहर अन्यत्र खोजिरहेका छौँ। त्यसो हुँदा कम रुख काटे पुग्छ। पुनर्वासको काम अन्तिम रुपमा पुर्याएका छौँ। स्थानीय बासिन्दालाई पनि मनाएर अघि बढेको छु। मुआब्जालाई मिलाएका छौँ। हात्ती हिँड्ने बाटो र पानीको मुहानको संरक्षण गर्दै अघि बढ्ने विधि खोजेका छौँ। एउटा लार्ज प्रोजेक्टको लागि वन्डरफुल काम भएको छ। हाम्रा विकास साझेदारहरुले मलाई यति छिटै काम हुन सक्दो रहेछ भन्छन्। भैरहवा विमानस्थलमा तीव्र गतिमा काम भइरहेको छ। यो महिनाको अन्तिमसम्ममा त्यहाँ ४८ प्रतिशत काम हुन्छ। त्यहाँ जे समस्या थियो म आफैँ अघि सरेर समाधान गरेको छु। त्यसमा म खुशी छु। त्यसलाई छिटो बनाउन सकियो भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रिहाभ’ गर्न पाइन्छ। त्यसले विकल्प दिन्छ। म आउने बित्तिकै त्यसको द्रुत गतिमा काम अघि बढाएको छु। निजगढको काम भएको कुरा तपाईं जति खुशीसाथ सुनाउँदै हुनुहुन्छ जब त्यो रन वेमा विमान ल्याण्ड गर्छ त्यो त उच्चतम होला। त्यो दिन कहिले आउँछ विमान ल्याण्ड हुने एकुरेट डेट’ तोक्न सक्दिनँ। तर अबको ५ वर्षमा आधाभन्दा धेरै काम भइसकेको हुनेछ। अबको ६७ वर्षमा निजगढमा प्लेन ल्याण्ड हुन्छ। त्यहाँ एभिएसन हब हुन्छ। २५/२६ वटा जहाजको कनेक्टिङ हब हुन सक्छ। हाम्रोमा इन्धन अलि महँगो छ। तर हामीले त्यसलाई पनि मिलाउनु पर्छ। निजगढ बनेपछि हामी ग्लोबल नेटवर्कमा प्रवेश गर्छौँ। त्यो गेम चेन्जर पनि हो। कार्गो व्यवस्थापनदेखि सबै काम फरक हिसाबले हुन्छन्। यही जुनको १४१५ मा भारतीय उड्डयन क्षेत्रका उच्च अधिकारीहरु नेपाल आउनेछन्। मैले धेरै प्रयास पनि गरेको छु। यही संकेत पछि बुद्ध एयरले नेपालगञ्जबाट नयाँदिल्ली फ्लाइटको कुरा गरेको छ। हामी त्यो बैठकमा एयररुटका विषयमा धेरै कुरा अघि बढ्छौँ। त्यसले हाम्रो देशको हित गर्छ। हाम्रो र मित्र राष्ट्रहरुको हितालाई ध्यानमा राखेर अघि बढ्छौँ। हाम्रो नेपाल वायुसेवा निगममा धेरै समस्या छन्। जति प्रभावकारी काम गर्न सक्थ्यो त्यति छैन। चिनियाँ जहाज अलपत्र छन्। अन्य काम पनि उस्तै छन्। त्यसको सुधारमा के गर्नुहुन्छ चिनियाँ जहाज सय दिनभित्र उडाउने भनिएको हो। तर त्यो लक्ष्य पुरा हुन्न कि भन्ने डर छ। मैले पाइलट खोज्न लगाइरहेको छु। एनएसीभित्र डोमेस्टिक र इन्टरनेसनललाई छुट्याएको छु। एनएसीको सामाजिक उत्तरदायित्व पनि छ। एयरपोर्ट ह्यान्डलिङबाट पैसा लिन्छ। त्यो त राज्यको पैसा हो। एनएसीले अन्तर्राष्ट्रिय उडानबाट पनि पैसा कमाएको छ। तर डोमेस्टिकमा नउडाई बस्ने भन्ने त भएन नि। यो त नमिल्ने कुरा भयो। मलाई साफेँबगर किन गएको भनेर सोधे त्यहाँ अब जहाज चल्दैछ। अब सबै काठमाडौंबाट भन्दा पनि रिजनल फ्लाइटका लागि काम गर्नुपर्छ। काठमाडौंबाट जान अनिवार्य भएका ठाउँमा यहीँबाट उडान हुन्छ। रणनीतिक साझेदार आवश्यक छ। म विकास समितिमा हुँदा पनि यो कुरा भनेको थिएँ। म निजी क्षेत्र र प्रतिस्पर्धालाई बुझ्ने मान्छे हुँ जस्तो लाग्छ। तर हामीकहाँ कागजी साझेदार आउने भए। ब्रोकर मात्रै आउने भए। उनीहरु जहाज र लगानीसहित आउनुपर्यो। लुफ्थान्सा आफैं आउँछ भने खुशी भएर दिनुपर्छ। तर त्यसको नाममा कुन आउँछ। पेटी ठेकदारको पनि पेटी ठेकेदार आउने अवस्था हुँदैन। लुफ्थान्सा आफैं उपस्थित हुनुपर्छ। हाम्रा कानुनी व्यवस्थाले पनि केही बाधा पुर्याएको छ। त्यसबाहेक उसलाई खुला आकासमा पुर्याउन केही काम गर्नुपर्ने छ। हामी व्यवस्थित गर्ने चरणमा छौँ। पहिले अन एयर मार्क त्यसपछि सेट्। सेट् आइपुगेको छैन। हाम्रो स्वामित्व र झण्डामा साझेदार भित्र्याएर काम गर्छौं। हामी ५० लाख पर्यटक भनिरहेका छौँ। आफ्नो एयरलाइन्स र उसका एयरक्राफ्ट छैनन् भने संसारमा कसैले पनि पर्यटन विकास गर्न सक्दैन। भैरहवा विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रलाई दिन सकिन्छ। एक दुई होइन म पाँच वर्षका लागि सञ्चालनमा दिन सक्छु। अर्को बुट मोडलमा विश्वसनीय कोही आयो भने निजगढ र नागिडाँडा दिन्छौँ। कार्यक्षमता र विश्वसनीयता भएको टिम आउनुपर्छ। नेपालमा अहिले पनि सरकारी संरचना स्टेबल भइसकेका छैनन्। हामीले त्यो विश्वास दिलाउनुपर्छ। भोलि म मन्त्रीबाट हट्दा पनि नीतिगत निरन्तरता दिनुपर्नेछ। यो व्यवस्थामा कसरी टिक्न सकिन्छ त्यसरी नै निजी क्षेत्र बनेका छन्। हाम्रो व्यवस्थाले जस्तो बनाएको त्यस्तै निजी क्षेत्र भए। क्रोनी क्यापिटलिजम’ले यस्तै चरित्रको व्यापार विस्तार गर्दो रहेछ। नेपालमा बनिरहेका र बनेका होटलले १८ लाख पर्यटक थेग्न सक्छन्। मैले गरेको अध्ययनले यही देखाएको छ। त्यतिबेलासम्म भैरहवा सुरु भइसक्छ। आज पनि लुम्बिनी आउने मात्रै वास्तविक पर्यटकको गणना भएको छैन। जो त्यहाँ आउँछ उसलाई बस्ने र खर्च गर्ने वातावरण बनाउनु पर्छ। भारतीय बाटो हुँदै तेस्रो देशबाट आउने पर्यटकको गणना भएको छैन। त्यसैले अहिले पनि १२/१३ लाख छन्। त्यतिबेलासम्ममा २० लाख पुर्याउन सकिन्छ।
राम केसी | असोज १४ चौतारा | जिल्लाका किसान आर्थिक दृष्टिकोणले सवल एवं भरपर्दो माध्यम बन्नसक्ने देखेपछि किबी खेतीतर्फ आकर्षित हुन थालेका छन् । एक पटक लगाएपछि ४०–५० वर्षसम्म लगातार फल दिने पोषिलो र विभिन्न रोगको औषधिका साथै बजारको अभाव नभएपछि किसान किबी खेतीतर्फ आकर्षित हँुदै गएका हुन् । पश्चि राम केसी | साउन २९ चौतारा | पर्यटकीयस्थल सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा अर्थोडक्स चिया खेती शुरु गरिएको छ । करीब तीन दशकअघि स्याउखेतीमा चर्चित उक्त गाउँमा स्याउमा लाग्ने रोग नियन्त्रण नभइ सबै स्याउ सखाप भएपछि गाउँपालिकाभर चिया खेती शुरु गरिएको उक्त गाउँपालिकाले जनाएको छ । गत वर्ष जेठ २३ काठमाडौँ | हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा भने पर्न सकेको देखिँदैन । नेपालमा पछिल्लो दुई दशकयता यार्सागुम्बाको व्यावसायिक रुपमा संकलन तथा ओसारपसार हँुदै आए पनि सरकारले यसमा अझै स्पष्ट नीति र कानूनको व्यवस्थ माघ १५ मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको हिमाली क्षेत्रमा पर्ने थाङ्पालकोट गाविसलाई शुक्रबार अलैँची पकेट क्षेत्र घोषणा गरियो । जिल्ला कृषि विकास कार्यालय र टालटुलेश्वरी लघु उद्यमी समूह थाङ्पालकोटद्वारा आयोजित घोषणा कार्यक्रममा वरिष्ठ कृषि विकास अधिकृत हिक्मतकुमार श्रेष्ठले अलैँची खेतीे निकै वि माघ १० मेलम्ची । सिन्धुपाल्चोक जिल्ला मेलम्ची क्षेत्रका कृषक व्यावसायिक कृषिबाट आत्मनिर्भर हुन थालेका छन् । कृषि पेसाबाटै लाखौँ आम्दानी गर्न सफल मेलम्ची नगरपालिका–९ थाक्लेका रमेश पराजुली यस क्षेत्रकै उदाहरण बन्नुभएको छ । दुई दशकअघिबाट कृषिमा व्यावसायिकरुपले संलग्न हुनुभएका उहाँले यो पेसा आफ्न माघ ७ मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको हिमाली क्षेत्रमा पर्ने थाङ्पालकोट गाविस यही माघ १४ गते अलैँची पकेट क्षेत्र घोषणा हुने भएको छ । अलैंचीको निकै विस्तार भएको खेतीको प्रचुर सम्भावाना रहेको र खेतीका लागि यो स्थान उपयुक्त रहेको भन्दै जिल्ला कृिष विकास कार्यालयले थाङ्पालकोटलाई अलँैची पकेट क्ष पुस १० बनेपा । कृषि विकासका लागि योजना तथा नीति निर्माण गर्न र उत्पादन लागत तथ्याङ्क उपलब्ध गराउनका लागि सर्वेक्षण सुरु हुन लागेको छ । अनुमानलाई वस्तुपरक बनाउन काभ्रेपलाञ्चोक सिन्धुपालचोक र दोलखामा सुरु हुन लागेको सर्वेक्षणमा मुख्य बालीको उत्पादन कृषि सामाग्री तथा श्रमको लागतअनुसार तथ्याङ्क कात्तिक १३ फलेवास (पर्वत) | किसानलाई यसै वर्ष निवृत्तिभरण दिइने र प्रधानमन्त्री कृषि परियोजना लागू गरिने भएको छ । कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले जिल्ला कृषि विकास कार्यालयमा जडित सिसी क्यामेरा शुक्रबार उद्घाटन गर्दै कृषिमा नीतिगत रुपमा सीमान्तकृत समुदायलाई पहुँच प¥याउने खालका कार्यक्रम स जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने काठमाडौँ । कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले जमिन बाँझो राख्ने जग्गा धनीलाई निवृत्तिभरण दिन नसकिने बताएका छन् । बजेट कार्यान्वयनका सन्दर्भमा रासससँग कुरा गर्दै मन्त्री गजुरेलले किसानलाई निवृत्तिभरण दिने व्यवस्था यसै वर्षको चैतदेखि थालनी गरिने बताए । उनल सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका अधिकांश क्षेत्रमा क्रसर र भूकम्पपछिको केही महिना बाली नलाएका कारण खेत बाँझै रहेपछि उत्पादनमा कमी आएको छ । क्रसरका कारण नदी गहिरो हुँदै गएकाले नहरमा पानी नचढ्ने र भुइँचालोले गर्दा कृषकले बीउ समयमा नै राख्न नसकेकाले उत्पादनमा कमी आएको कृषकले बताएका छन्।&nb जुम्ला । जिल्ला पशुसेवा कार्यालय जुम्लाले एक स्याउ फार्म एक जर्सी गाई’ कार्यक्रम लागू गरेको छ । यो कार्यक्रमअन्तर्गत कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा जर्सीगाई वितरण गरेको हो । बार्हजना कृषकलाई सोमबार १२ वटा उन्नत जातका जर्सी गाई वितरण गरिएको पशु विकास अधिकृत ज्ञानेन्द्रसिंह बुढ् काठमाडौँ ३१ जेठ । नेपाल अन्डा तथा मासुमा आत्मनिर्भर उन्मुख रहेको तथ्याङ्कले देखाएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१/७२’ प्रतिवेदन प्रस्तुत गर्दै आगामी एक वर्षभित्र अन्डामा दुई वर्षमा मासुमा र तीन वर्षमा दूधमा आत्मनिर्भर बन्ने बुटवल बैशाख । भनिन्छ कृषि कर्म गर्नको लागि नत उमेरले नै छेक्छ नत कुनै पदपेशा र मर्यादाले । भित्रैबाट ईच्छा शक्ति हुने हो भने कृषि कर्म गर्नको लागि कुनै दायरा नै चाहिदैन । जसको उदाहरण बनेका छन् साविक रुपन्देहीको टिकुलीगढ गाविस–३ देवीनगरका किसान जीवनप्रकाश उपाध्याय । २४ बर्ष सम्म शिक्षण पेशाम बुटवल । भनिन्छ–मिहिनेत गर्ने हो भने डलर आफ्नै देशमा आउँछ परिश्रम गर्ने हो भने ढुङ्गामा पनि सुन फलाउन सकिन्छ ।’ यो यहि भनाईलाई चरितार्थ गर्दै रोल्पा जिल्लाको लिवाङ्ग–१ घर भई हाल रुपन्देहीको देवदह नगरपालिका –९ मा किसान थम बहादुर वलीले १ विघा जग्गा भाडामा लिएर व्यवसायी तरकारी खेती सुरु गरेका छन् । १ सिन्धुली असार । जुनारको राजधानीका रुपमा चिनिएको सिन्धुली जिल्लाका किसानहरुले व्यवसायिक रुपमा लगाएको जुनारमा रोगकिराको सङ्क्रमण देखिएपछि किसान चिन्तामा परेका छन् । जुनारमा रोगकिराको संक्रमण देखिएपछि जिल्ला कृषि विकास कार्यालयले बेलैमा बगैचाको व्यवस्थापन गर्न आग्रह गरेको छ । वितग दुई वर्षदेखि जुनारम नवलपरासी । जिल्लाको गङ्गापुरस्थित इन्दिरा एग्रो एन्ड सुगर्स मिलमा किसानले अनिश्चितकालीन तालावन्दी गरेका छन्। समयमै मिलले उखुको भुक्तानी नदिएको भन्दै किसानले सो उद्योगमा बिहीबारदेखि तालावन्दी गरेका हुन्। उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार दुई करोड बढी रकम चिनी तश्विरमा शान्ति तथा पुर्ननिर्माण मन्त्री एकनाथ ढकाल खर्पनमा धानको बीउ ओसार्दै | तश्विर krishionline
सिन्धुपाल्चोक जिल्ला नेपालको मध्यमाञ्चल विकास क्षेत्रको एउटा जिल्ला हो। यो जिल्ला बागमती अञ्चलमा पर्दछ। सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा हो। सिन्धुपाल्चोक जिल्लामा ७९ गाविसहरू रहेका छन। यो जिल्ला विकासको हिसाबले पछाडी परेको पहाडी जिल्ला हो। नेपाल अधिराज्यलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नु अघि सिन्धुपाल्चोक जिल्ला पूर्व १ नम्बर प्रशासनिक क्षेत्र अन्तर्गत पर्दथ्यो। काभ्रे र सिन्धुपाल्चोक दुबै इलाकाहरू समाहित पूर्व १ नम्बरको मुख्य प्रशासनिक मुकाम चौतारा थियो भनॆ धुलिखेलमा चाहि छोटी मुकाम। जुन समयमा सिन्धुपाल्चोक पूर्व १ नम्बर अन्तर्गत थियो त्यसबखत प्रशासनिक सुविधाका लागि ४० वटा थुमहरू खडा गरिएका थिए। ती ४० थुमहरू भित्र सिन्धु र पाल्चोक नामका दुई वटा थुमहरू पनि थिए। तिनै दुई थुमहरूको संश्लेषणबाट सिन्धुपाल्चोक जिल्लाको नामाकरण भएको बुझिन्छ। सिमाना पूर्व चीनको तिब्बत र दोलखा दक्षिण काभ्रेपलाञ्चोक र रामेछाप पश्चिममा काठमाडौं र नुवाकोट तथा उत्तर रसुवा र चीनको तिब्बत ऋषि विश्वामित्रको तपोवन पाँचपोखरीमा थियो। श्रृङ्ग ऋषि पनि हिमालका छेउमा तपस्या गरी बसेका थिए। एकपटक नारद उनलाई भेट्न गएछन्। ठण्डीले गर्दा नारदले चिसो पानीमा नुहाउन सकेनन् र श्रृङ्ग ऋषिले तातोपानीको धारा खोलिदिए। पर्वतराजकी छोरी पार्वती यहींका हिमचुलीहरूमा टेक्थिन् र खेल्थिन्। हिमवत्खण्डमा जनाइए अनुसार उनी एक समय हिरण्यशेखर नामको पर्वतमा गइन् र त्यहाँ उनले सनातन नाम गरेका ऋषिलाई पूजा गरिन् अनि दान दिइन्। त्यसबखत पार्वतीको ओठको छेउबाट पसिना खस्यो अनि तुरुन्तै पहेंलो रङ्गको भई नदी बनेर पहाडमा बग्यो त्यही नदी सुनकोशी नदी हो। राजा इन्द्रले कुनै बेला स्वर्गको राजपाट सबै छोडेर नदीका तीरमा आई तपस्या गर्न लागे। उनी नहुँदा स्वर्गमा बाधा पर्‍यो र इन्द्राणी आई विलाप गर्न लागिन। उनको विलाप सुनेर इन्द्रको मति फिरेछ। उनी फेरि स्वर्गमा गएर राजपाट सम्हाल्न थाले। इन्द्रको मति फिरेको हुनाले त्यस नदीको नाम इन्द्रावती नदी रह्यो। यसबाहेक इतिहासका विभिन्न नायक एवं पात्रहरूको नाम यस जिल्लाका देवस्थल भूस्थल युद्धस्थल र सीमास्थलसँग सन्दर्भित भएर आउँछन्। ती पात्रहरूमध्ये हेलम्बु निर्वासित भएकी राजराजेश्वरी (रणबहादुर शाहकी जेठी रानी) दुगुनागढी र बहादुर शाह जनरल भीमसेन थापा र भोताङ अभयानन्द स्वामीका नामले प्रख्यात जनरल रणवीरिसंह थापा रणनैनेश्वर शिवालय र सिपा हवेली तिब्बतसँग सन्धि गरेर फर्केका काजी भीम मल्ल सुनकोशी एवं इन्द्रावती संगममा क्रूरतापूर्वक उनको हत्या र उनकी पत्नीको श्राप आदि शताब्दीयौंसम्म नर्बिसने महत्वपूर्ण घटनाहरू हुन्। इन्द्रावती भोटेकोशी सुनकोशी नदीहरूदेखि बलेफी (ब्रम्हायणी) मेलम्ची सिन्धुखोला गोहोरेखोला झ्याँडीखोला हाँडिखोला मादेवखोला तौथलीखोला वाफलखोला जस्ता खोलाहरू यहाँका प्रमुख नदीनालाहरू हुन्।[२] पाँचपोखरीसिपाखोला भैरवकुण्ड गुम्वा ताल सूर्यकुण्ड नौलिङ्ग कुण्ड धुप कुण्ड गुन्यु ताल आदी यहाँका प्रमुख ताल तथा पोखरीहरू हुन्।[२] माघ २२ चौतारा (रासस) | भूकम्पबाट सबैभन्दा प्रभावित सिन्धुपाल्चोकका ३५ प्रतिशत पीडितले अझै घर निर्माण गर्न सकेका छैनन् । पहिलो किस्ता अनुदान घरायसी प्रयोजनमा खर्च गरेको र आर्थिक तथा दक्ष कामदार अभाव आकासिँदो मूल्य वृद्धिका कारण घर निर्माण गर्न कठिनाइ भएको पीडितले बताएका छन् । जिल्लामा भूकम्प पीडित लाभग्राही ७८ हजार ५३७ परिवार रहेका छन् । पहिलो सूचीमा समावेश नभएका पाँच हजार १२६ परिवारले गुनासो दर्ता गराए सँगै ८३ हजार ६६३ परिवार लाभग्राही सूचीमा समावेश भएका छन् । हालसम्म जिल्लामा ६५ प्रतिशतले मात्र घर निर्माण शुरु गरेका छन् भने ३५ प्रतिशतले अझै शुरु नगरेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख टंक गौतमले बताउनुभयो । दोस्रो किस्ताका लागि ४० हजार ३५० परिवारका लागि सिफारिश गरिएको छ । तेस्रो किस्ताका लागि भने पाँच हजार ४८६ परिवारको मात्र सिफारिश गरिएको सो कार्यालयले जनाएको छ । पुस मसान्तपछि आउने लाभग्राहीका लागि सिफारिश नगरिएको बताउँदै म्याद थप्ने/नथप्ने बारेका अहिलेसम्म जानकारी नआएकाले सिफारिश नगरिएको प्रमुख गौतमले बताउनुभयो । यसैबीच भूकम्पबाट जमिन चिराचिरा परी बस्नै नहुने ६३ परिवारलाई उपयुक्त स्थानमा घडेरी खरिद गरी स्थानान्तरण गरिएको छ । जोखिममा परेका बस्तीका पीडितलाइ सुरक्षित स्थानमा स्थानान्तरण गर्ने सिलसिलामा बाह्रबिसे नपा १८ र इन्द्रावती गापाका ४३ सहित ६१ परिवारलाई घडेरी खरिद गरी जग्गा धनीपुर्जा वितरण गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट त्यस्ता परिवारका लागि घडेरी खरिद गर्न रु दुई लाखका दरले अनुदान दिने क्रममा पीडितले उपयुक्त ठानेको स्थानमा घडेरी खरिद गरी जग्गा धनीपुर्जा वितरण गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण सिन्धुपाल्चोकका प्रमुख रुद्रबहादुर मल्लले बताउनुभयो । केन्द्रले जिल्लामा हालसम्म ५२१ परिवार जोखिमपूर्ण बस्तीमा रहेको तथ्यांक पठाएको उल्लेख गर्दै त्यसमा अझ बढ्न सक्ने सम्भावना रहेको प्रमुख मल्लले जानकारी दिनुभयो ।
काठमाडौं – साउदी अरबमा आजिवन जेल सजाय पाएका नवलपरासीका थानेश्वर भुषाल शुक्रबार नेपाल फर्किनुभएको छ । शुक्रबार बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाट थानेश्वर हाँस्दै बाहिर निस्कनुभयो । मृत्युलाई जितेर फर्किएका थानेश्वर विमानस्थल पुग्ने सबैलाई हेरेर मुस्कुराइरहनुभयो । छोरो फर्किँदाको खुशी आमा यमकला भुषालका आँखामा प्रष्टै देखिन्थ्यो । छोरा जेलबाट छुटाउन हारगुहार माग्दा गलेकी यमकला आफ्नै आँखा अगाडि छोरालाई देख्दा अचम्म मान्दै मुस्कुराइ रहनुभयाे । थानेश्वरले भने विमानस्थलको भिड देख्दा अनौठो मानेझंै व्यवहार गर्नुभयो । घरि भिडतिर हेर्नुहुन्थ्यो त घरिघरी रुनुहुन्थ्यो । एक लाख २५ हजार रुपैयाँ ऋण काढेर २०६७ सालमा साउदी गएका थानेश्वरले १० महिनाभन्दा काम गर्न पाउनुभएन । १० महिना थानेश्वरले चलाएको गाडी दुर्घट्नामा पर्दा दुई जनाको ज्यान गएको थियो । । थानेश्वरले चलाउने गाडीलाई पछाडिको गाडीले ठक्कर दिएको थियो । उहाँले चलाएको गाडीलाई पछाडिको गाडीले ठक्कर दिँदा अगाडिको गाडीलाई थानेश्वरले चलाएको गाडिले ठक्कर दियो । र दुवै गाडीमा रहेका दुई जनाको ज्यान गएको थियो । यही आरोपमा अदालतले भुषालले एक लाख ५० हजार रियाल अर्थात झण्डै ४५ लाख रुपैयाँ ब्लड मनी तिर्नु पर्ने फैसला सुनाएको थियो । झण्डै ७ वर्ष जेलमा बस्दा थानेश्वरलाई पनि फर्किन पाउँछु भन्ने आश मरेको थियो । म त आउनै सक्ने थिइन तपाईँहरुकै सहयोगले फर्किन पाएँ एकदमै खुसी लागेको छ’ थानेश्वरले भन्नुभयो । थानेश्वरले जेलमा छँदा उहाँलाई फोन गर्ने र सहयोग गर्नेहरुको नाम टिपेर राख्नुभएको रहेछ । सहयोग गर्ने मानिसहरुको नाम हेर्दै थानेश्वरले सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । आमा यमकलाले पनि छोरो फर्काउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । तपाईँहरुकै सहयोगले मेरो छोरो फर्कियो सबैलाई धन्यवाद दिन चाहन्छु’ यमकलाले भन्नुभयो । थानेश्वर जेठ १४ गते जेलमुक्त हुनुभएको थियो । साउदीमा सबै कानुनी प्रक्रिया मिलाएर फर्किएको प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले जानकारी दिनुभयो । थानेश्वर जेल परेपछि आमा यमकलाले धेरै तिर हारगुहार माग्नुभयो । थानेश्वरले तिर्नुपर्ने ब्लडमनी जुटाउन काठमाडौंको अनामनगरमा रहेको प्रवासी नेपाली समन्वय समितिले यमकलालाई साथ दियो । पिएनसिसीको अगुवाइमा थानेश्वर भुसालको सहयोगका लागि ब्लड मनी रकम संकलन अभियान सञ्चालन गरेर ४५ लाख रुपैयाँ ब्लडमनी बुझाएपछि थानेश्वर नेपाल फर्किनुभएको हो ।
काठमाडौं निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई कारबाहीको माग गर्दै भैरहेको आन्दोलन चर्किएपछि सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । साथै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का एसपी डिल्लीराज बिस्ट र डीएसपी ज्ञानबहादुर सेटीलाई मन्त्रालयले फिर्ता बोलाएको छ । कञ्चनपुरकाे नयाँ प्रमुख जिल्ला अधिकारीमा तारानाथ अधिकारी एसपी कुवेरसिंह कठायत र डीएसपी कृष्णराज अाेझालाई खटाइएको प्रवक्ता सुवेदीले उज्यालाेलाई जानकारी दिनुभयाे । साथै गृहमन्त्रालयले दोषीलाई कडा कारबाही हुने बताउँदै अनुसन्धानमा संलग्न पदाधिकारी दोषी पाइएमा पनि कारबाही हुने स्पष्टीरण दिएको छ । समस्याको समाधान शान्तिपूर्ण ढंगबाटै हुने भन्दै मन्त्रालयले सबैलाई शान्ति सुव्यवस्था कायम राख्न सबैलाई आग्रह गरेको छ ।
काठमाडौं । यस वर्षको पद्मश्री साधना सम्मानबाट वरिष्ठ साहित्यकार डा तारानाथ शर्मा सम्मानित भएका छन् । सोमलाल हरिकला लामिछाने समाजकल्याण प्रतिष्ठानले बुधबार राजधानीमा गरेको कार्यक्रममा उनलाई सम्मान गरिएको हो । डा शर्माले नेपाली समालोचनालगायत साहित्यका विभिन्न विधामा पुर्‍याएको विशिष्ठ योगदानस्वरुप दुई लाख रुपैयाँ राशीको सो पुरस्कारबाट सम्मानित गरिएको हो । यसैगरी यस वर्षको पद्मश्री साहित्य पुरस्कार साहित्यकार नयनराज पाण्डेको कृति यार’लाई प्रदान गरिएको छ । प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले स्रष्टाहरुको सम्मान गर्नु समाजको दायित्व भएको भन्दै प्रतिष्ठानले विशिष्ठ प्रतिभाहरुको सम्मानलाई निरन्तरता दिने बताए । प्रतिष्ठानले २०६३ सालदेखि वर्षको उत्कृष्ट कृति र २०६७ देखि साहित्य र कला क्षेत्रमा महत्पूर्ण योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मानित गर्दै आएको छ । पुरस्कारको राशी जनही दुई लाख रुपैयाँ रहेको छ ।
निर्यातयोग्य कृषि उपज निर्यात हुन नसकेर गोदममै थन्किने घटना दोहोरिइरहने गरेको छ । कहिले अलैंची कहिले अदुवा क नेपालले आर्थिक विकासका लागि वैदेशिक लगानी खोजिरहेको छ । तर विदेशी लगानीकर्ताहरू नेपाल बौद्धिक सम्पत्ति संरक्ष तिहारको बिदापछि खुलेको शेयरबजारको परिसूचक १६ दशमलव ७४ अड्ढले घट्यो । नेपालको शेयरबजारमा ठूलो फड्को मानिएको अनल नेपाली अर्थतन्त्रको ठूलो अंश मानिने दशैंले बिदा लिएको छ र आँगनमा उभिएको छ तिहार । तिहारमा प्रयोग हुने सामान स तिहारमा करोडौं मूल्यका फूल र माला आयात हुन्छन् । अरू वस्तुको आयात बढ्दै गए पनि यिनको आयात भने घट्दो छ । उपभोग सरकारले पर्यटन विकासका लागि मुलुकमा सयओटा नयाँ पर्यटकीय गन्तव्य छनोट गरेको छ । झट्ट हेर्दा यो पर्यटन व्यवसायका शेयरबजारमा वास्तविक क्षेत्रको उपस्थितिनिजीक्षेत्रका उद्योगीव्यवसायीहरूले सरकारी नीति परिवर्तन भएमा उत्पादनमूलक कम्पनीहरू पनि शेयरबजारमा जान तयार रहेको बताएका छन् । अहिले नेपालको शेयरबजारमा बिस्तृतमा अर्थहीन बजार अनुगमनवस्तुबजारको मात्र अनुगमन गर्दै आएको वाणिज्य विभागले अब सेवाक्षेत्रको समेत अनुगमन गर्ने तयारी गरेको छ । झट्ट सुन्दा सेवाक्षेत्रको समेत अनुगमन गरेर वाणिज्य विभागले अब जनताला बिस्तृतमा वित्तीय क्षेत्र सुधारको निरन्तरताविगत ८ वर्षदेखि सञ्चालित वित्तीय क्षेत्र सुधार कार्यक्रमका लागि प्राप्त सहयोगको अवधि यही मार्च महीनादेखि सकिँदै छ । यो कार्यक्रम सकिनै लाग्दा वित्तीय क्षेत्र बिस्तृतमा जलविद्युत् विकास कोषको शीघ्र स्थापना जरुरीदेशको ऊर्जा विकासका लागि जलविद्युत् विकास कोष (एचपीडीएफ)को स्थापनाको कार्यले विस्तारै गति लिन थालेको छ । नेपालमा विशेषगरी ठूला विद्युत् आयोजना बिस्तृतमा ढिलो गरी भएको जहाजलिलामको निर्णयत्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले विभिन्न कारणले लामो समयसम्म ग्राउण्डेड विभिन्न कम्पनीहरूका जहाज लिलाम गर्ने भएको छ । यसका लागि मन्त्रालयको स्वीकृ बिस्तृतमा महालेखा परीक्षकको कार्यालय नै खारेज गरमहालेखा परीक्षकको आर्थिक वर्ष२०६६/६७ को प्रतिवेदनले हालसम्म १ खर्ब ६२ अर्ब रुपैयाँ बेरुजू र असुलउपर गर्नुपर्ने रकम पुगेको देखाएको छ । देशको वार्षि बिस्तृतमा नेपाल ट्रष्टको कार्याधिकारदेशमा गणतन्त्र स्थापना भएपछि स्वर्गीय राजा वीरेन्द्रको परिवारको नाममा रहेको सम्पत्तिको संरक्षण तथा त्यसलाई जनहितमा परिचालन गर्ने जिम्मेवारीसहित स्थापना भएको नेपाल ट बिस्तृतमा सबै समस्याको समाधान ग्रीन जब’ होइनवातावरण विनाश कम गर्ने उद्देश्यले नेपालमा पनि ग्रीन जब’को अवधारणा शुरू गरिने भएको छ । यसबाट वातावरण संरक्षण तथा मानव श्रमशक्तिको अ बिस्तृतमा वित्तीय प्रणालीको रक्षा पहिलो प्राथमिकता हुनुपर्छहाल देशको वित्तीय क्षेत्र गम्भीर रूपले सङ्कटोन्मुख छ । यसभित्र वर्षंदेखि थाती रहेर बसेका समस्याहरू छन् । कमजोर सुशासन कमजोर अनुगमन तथा नियन् बिस्तृतमा
हाम्रो वन्यजन्तु सम्बन्धि कार्यनीति के साँच्चै वैज्ञानिक र व्यावहारिक छ ’ ढोरपाटन बन्यजन्तु शिकार आरक्षको अध्ययन भ्रमणमा पुग्दा मनमा झट्ट उब्जिएको प्रश्न हो यो । विश्वमा पाइने १४ प्रजातिका भेडामध्ये नाउरको (ब्लु सीप) प्रमुख बासस्थानको रुपमा रहेको यहाँ पहिलोपटक सन् २००७ मा गणना गर्दा यस जंगली भेँडाको कुल सङ्ख्या ८ सय ५२ पाइएको थियो । आरक्षको कुल ७ ब्लकमध्ये ६ वटामा नीलो भेंडा नाउर’ पाइन्छ जसलाई नेपाल सरकारले कानुनी रुपबाट शिकार गर्न अनुमति दिएको छ । तर बदलिँदो समयमा यसको संरक्षण र शिकारीको नियममा पुर्नविचार गर्नुपर्नेमा ध्यान पुग्न सकेको छैन । कुनै पनि वन्यजन्तुको अवस्था सधैभरी एकनासको रहन सक्दैन भन्ने संरक्षण क्षेत्रको एउटा सामान्य मान्यता नै हो । अझ चोरी शिकारी र तस्करी बढिरहेको पछिल्लो समयमा यस मान्यताले झनै महत्व राख्छ । त्यसका लागि विभिन्न समयमा गणना गरिनु र सोहि अनुसारको नीति तथा कार्यक्रम अध्यावधिक हुनुपर्छ । तर हाम्रो कमजोरीको पाटो पनि यहीँनेर छ । ढोरपाटनमा यसपटक त्यसै भयो । स्थापना कालदेखि शिकारको अनुमति दिएर राखिएको बन्यजन्तु नाउरको सन् २००७ मा एक हजारभन्दा कम सङ्ख्यामा पाइँदा पनि अझै त्यो मानिसले शिकार गर्न पाउने दर्जाको बन्यजन्तुमै छ । न त त्यसको सङ्ख्या बृद्धि गर्न विशेष संरक्षण कार्यक्रम र नीति नै ल्याइएको छ । २०११ गरिनुपर्ने नयाँ गणना समेत पूरा हुन सकेन । २ वटा ब्लकमा गणना हुँदा हुँदै अन्यको लागि पैसा तथा स्रोतको अभाव भन्दै गणनाको कामलाई रोकियो । र ति दुई वटा ब्लकमा भएको गणना समेत पछिल्ला वैज्ञानिक प्रकृयाबाट नभई दूरबिनबाट हेरेर सामान्य रुपमा गरियो । नाउर शिकारको लागि एउटा विदेशी ढोरपाटन आउँदा करबापत ४० हजार तिर्नुपर्छ भने त्यसक्रममा उसले हेलिकप्टर स्थानिय गाइड क्याम्पिङजस्ता कुरामा नै लाखौं खर्चन्छ । अर्कोतर्फ स्थानियहरुले छुट्टै १ लाख बढि उठाउँछन् । यसरी बहुआयामिक पक्षबाट राम्रो मानिएको नाउरको सङ्ख्या कम हुँदै गयो भने त्यहाँका मध्यवर्ती क्षेत्रमा बस्ने हजारौंको जीवनमा नै समस्या आउन सक्छ । राष्ट्रिय निकुञ्ज संरक्षण तथा वन्यजन्तु ऐन २०२९ ले हिमाली क्षेत्रका संरक्षित ठाउँहरुमा मध्यवर्ती क्षेत्रका जनताका पशु निकुञ्ज क्षेत्रमा चरण गर्न पाइने व्यवस्था छ । तर नाउर सँरक्षको मामिलामा यसले समस्या सिर्जना गरिराखेको छ । शान्ति प्रिय’ जनावरको रुपमा रहेको नाउर घरेलु जनावरको अतिक्रमणमा पर्नाले उच्च हिमाली भेगतर्फ बसाई सरीराखेको छ । त्यसले नाउरको सङ्ख्यामा त कमी आउनुका साथै ढोरपाटनको मुख्य अर्थोपार्जनको स्रोत गुम्न सक्छ । १४ प्रजातिका सबै जंगली भेडाहरुलाई उनीहरुकै वासस्थानमा पुगेर शिकार गर्न सक्नेलाई अमेरिकामा सुपरसल्म’ पुरस्कारबाट सम्मानित गरिने हुँदा पनि यसकोे शिकारीका लागि उत्तर अमेरिकीहरु बढिभन्दा बढि खर्च गर्न समेत हिचकिचाउँदैनन् । र यसको शिकारीका लागि पनि आरक्ष क्षेत्रमा लामो समय खर्चनु पर्ने हुँदा पनि बन्यजन्तु पर्यटनको यस विशेष पक्षलाई हामीले अझै महत्वको केन्द्रमा पार्न सकेका छैनौं । समस्याको समाधानका रुपमा स्थानिय जनतालाई दिगो विकासको अवधारणा सिकाउनु पनि उत्तिकै आवश्यक छ । उनीहरुलाई आफ्नो स्थानिय स्रोतको अपनत्वको भावनामा समेत कमि आउन नदिनेगरी संरक्षणको ज्ञान नदिसम्म राष्ट्रिय नीतिले मात्र प्रभावकारी काम गर्न सक्दैन । त्यहाँ पर्यटन उद्योगको बिकास गर्न सकिने अनेकौं तरिकाहरु भएता पनि स्थानियहरुमा त्यसको बोध हुन नसक्दा जिम्मेवार युवाहरु गाउँबाट बाहिरीरहेका छन् । सिकारका लागि आएका पर्यटकले सरकारी र स्थानिय गरेर लाखौं कर तिर्दा समेत उक्त पैसको स्थानिय स्तरमा सही सदुपयोग हुन सकिराखेको छैन । हिउँ–चितुवा हाबे्र कस्तुरी ध्वाँसे चितुवा हिमालयन कालो भालु ब्वाँसो डाँफे मुनाल चिरजस्ता दुर्लव बन्यजन्तुको वासस्थानको रुपमा ढोरपाटन रहेता पनि संरक्षणको क्षेत्रमा कार्यरत संस्थाहरुको पहुँच देखिँदैन । उता चितवनमा हेर्ने हो भने संरक्षण क्षेत्रमा कार्यरत दर्जनौं गैरसरकारी संस्थाहरु भेटिन्छन् । यसले हाम्रो संरक्षणको काम के बिकटताकै कारण पछि परिराखेको त होइन भन्ने प्रश्न जन्माउँछ । हालै सम्पन्न ढोरपाटन महोत्सव–२०६८’ मा हेलिकप्टरमा चढेर मन्त्रीसहित देशका प्रतिष्ठित व्यक्तिहरु पुगे । जसले कम्तिमा महोत्सव अवधिको लागि भए पनि ढोरपाटको माहोललाई रमाइलो बनायो । पत्रपत्रिकाले ढोरपाटनको सुन्दरताको बारेमा पत्रपत्रिकामा दर्जनौं सामाग्रीहरु छापिए । तर ढोरपाटनको भित्री दुःखमा कसैको ध्यान पुग्न सकिराखेका छैन । मलाई त्यहाँको निलो भेडा (नाउर) देख्दा जति मन फुरुंग भएको थियो भित्री समस्या र त्यसले ल्याउन सक्ने भावी समस्याको कल्पना गर्दामै मन अमिलो भएर आउँछ ।
वर्तमान समय मा शिक्षा रोजगारी य अन्य कारणवस विदेशमा रहेका केटाकेटी अथवा विदेशमा रहेका दम्पत्ती को विदेश मै जन्मे हुर्केका सन्तान को विवाह को लागि वर वधू खोज्नु र धेरै मध्ये कुनै एक लाई रोज्नु भनेको अत्यन्तै कठिन काम हुन पुगेको ले तमाम केटा केटी ३५४०४५ वर्षका भैसक्दा पनि दम्पती सुख देखी टाढा बस्नु पर्दा को अवस्था लाइ आज भोली त विवाह को उमेर नै यस्तै हो भन्छन् । तर मेरो बुझाइ मा परिस्थिति सिर्जित असमर्थता जस्तो बुझ्छु । संस्कार र स्थिति परिस्थिति नमिल्ने अनमेल विवाहबाट कैयौं परिवारमा तनाव र छोड्पत्र जस्ता नेपाली मन र परीवेश देखी भिन्न असहज स्थिती ले तिक्तता जन्माएको छ । यसबाट छुटकारा पाउन अब इन्टर्नेट मा wwwnepalivivahcom नाम को नेपाली लमी सेवा शुरु गरिएको छ । यस वेव साइट मा प्रवेश गरे पछी हजारौं केटाकेटी हरुको फोटो सहीतको विवरण र संपर्क नम्बर हरु उल्लेख रहेका छन् । यसबाट जो सुकै ले पनि सेवा लिन सक्दछ । आजको प्राविधिक अनि ब्यस्त जीवनशैलीमा हरेक ब्यक्तिले कुनै न कुनै रूपमा सूचना प्रबिधिलाई आश्रय बनाएको देखिन्छ । सूचना प्रबिधिले हरेक क्षेत्रमा दर्हो जरो गाडेको पाइन्छ । त्यही व्यवस्थाको एक पाटोलाई सजिलो बनाउने तर्खर नेपाली वीवाहले गरेको वेभसाइट संचालकको दावी छ ।
विश्वमा आन्तरिक राजीतिक विवाद हिंसात्मक विद्रोह जातीय दङ्गा र आतङ्कवादी क्रियाकलापका कारण आन्तरिकरुपमा विस्थापित र शरणार्थीको सङ्ख्या दिनप्रतिदिन बढ्दो मात्रामा देखिएको छ । यसरी शरणार्थी बनेकामध्ये धेरैजसो आन्तरिक राजनीतिक कारणले हिंसा सुरु भएका देशका नै बढी भएको देखिन्छन् । लामो समयदेखि देशमा राजनीतिक अस्थिरता बढ्नाले उत्पन्न विवाद र विद्रोहले ती देशबाट नागरिक लखेटिएर आन्तरिकरुपमा विस्थापित भई शरणार्थी बन्नुपरेको देखिन्छ । संयुक्त राष्ट्रसंघले हालै मात्र सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा विश्वमा सन् २०१७ को अन्त्यसम्ममा छ करोड ८५ लाख व्यक्ति विस्थापित भएका छन् । सन् २०१७ को अन्त्यसम्ममा विश्वभरबाट विस्थापित हुने व्यक्तिको संख्या अघिल्लो वर्षको तुलनामा ३० लाखले बढेको जनाइएको छ । गत एक दशकयता विस्थापित भएका व्यक्तिकोे करिब ५० प्रतिशतले वृद्धि भएको पाइएको छ । संयुक्त राष्ट्र संघका अनुसार एक दशकमात्र यो सङ्ख्या चार करोड २७ लाख रहेको थियो । वर्षेनी विस्थापितको संख्या बढिरहेका देखिन्छ । आन्तरिकरुपमा विस्थापित भएरै देशभित्रै पनि शरणार्थीका रुपमा बाँँच्नु परेको र देश छोडेर शरणार्थीका रुपमा बाहिरिनुपरेको व्यक्ति समेत पर्दछन् । यसरी विस्थापित हुनेमा धेरैजसो सिरिया अफगानिस्तान म्यानमार र दक्षिण सुडानका नागरिक नै बढी रहेका छन् । सिरियामा सन् २०११ को मार्च महिनाबाट त्यहाँको तत्कालिन राष्ट्रपति बसर अल असद्को राजिनामाको मागगर्दैै जनआन्दोलन सुरु भएको थियो । सो जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो । सो गृहयुद्धमा अल कायदा र इस्लामिक स्ट्टेट ९आइएस० समूहका आतङ्ककारीको घुसपैठ सुरुभयो । यसले नै शरणार्थीको सङ्ख्या बढ्दै गएको छ । यसैकारण सिरियाको द्वन्द्वमा परी चार लाखभन्दा बढीको ज्यानसमेत गएको छ । तर सिरियामा परिवेक्षण गरिरहेका मानवअधिकारवादी संस्थाले भने द्वन्द्वमा परी मारिनेको सङ्ख्या यो भन्दा घेरै बढी भएको दाबी र शरणार्थीको सङ्ख्या अत्यन्त भयावह देखिन्छ । एक तथ्याङ्क भन्छ सिरियाका ६३ लाख नागरिक देशबाहिर नै विस्थापिन हुनपुगेका छन् । यसरी देश छोडेर हिँडेका ती नागरिक विभिन्न छिमेकी देशमा शरणार्थीको जिवन विताउन बाध्य भएका छन् । यो सङ्ख्या विश्वकै विस्थापित नागरिकको करिब एक तिहाइँ हुन आउँछ । छिमेकी देश टर्की र जोर्डनमा सिरियाली प्रायःशरणार्थीले शरण पाएका छन् । अरु लगभग त्यति नै सिरियाली देशभित्र विस्थापित भएका छन् । यो अर्को खतरनाक अवस्था हो । उनीहरु खान लाउन अथवा आधारभूत आवश्यकता पनि प्राप्त नगरिरहेको अवस्थामा जिउन बाध्य छन् । हालै मनाइएको विश्व शरणार्थी दिवसका अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले विश्वभर हिंसाको कारण हरेक दिन हजारौँ परिवार शरणार्थी बन्न बाध्य भएका भन्दै सहयोगका लागि सबैसँग अपिल गरेका थिए । यी शरणार्थीलाई सहयोग गर्नु विश्वका सबै देश र समुदायको दायित्व भएको उनले बताएका थिए । द्वन्द्वगस्त राष्ट्रमा विविध खाले हिंसाका कारण हरेक दिन हजारौैँ नागरिकले कुनै न कुनै देशबाट भाग्नुपरेकाले उनीहरुको बचाउ र सहयोग गर्नु मानवीय कर्तव्य भएको उनको भनाइ थियो । दोस्रो सबैभन्दा धेरै शरणार्थी बनाइरहेको देश हो अफगानिस्तान । सन् २००१ बाट अफगान युद्ध’को घोषणा गर्दै अफगान सरकारसँग युद्ध गर्दै आएका तालिबान र हाल आएर आइएस आतङ्ककारीको ठूलो बिगबिगी रहेको देश अफगानिस्तानबाट पनि ठूलो संख्यामा सर्वसधारण विस्थापित भएका छन् । यस देशमा सन् २०१७ मा मात्र कम्तीमा पनि २६ लाख नागरिक आन्तरिक तथा वाह्यरुपमा विस्थापित भएका थिए । उता म्यानमारको हालत त्यस्तै छ । म्यानमारमा गतवर्ष मात्र १२ लाख शरणार्थी बनेका छन् । विशेषगरी रोहिङ्ग्या मुसलमान समुदायका नागरिक यसरी शरणार्थी बन्नेमा परेका छन् । हाल बंगलादेशमामात्र म्यानमारका करिब सात लाख शरणार्थी पुगेका छन् । ती शरणार्थी गएको अगष्ट महिनाबाट बढ्दै गएका हुन् । उनीको सङ्ख्या आजका दिनसम्म यतिधेरै पुगेको छ एकै देशको एउटै स्थानमा । तर उनीलाई फिर्ता गर्ने सम्बन्धमा म्यानमारको कुनै भरपर्दो चासो केही देखिँदैन सुनिँदैन । म्यानमारका शरणार्थी त्यहाँको सेनाका कारण बढेका छन् । देशभित्रै आफ्नै देशको सेनाले ती अल्पसङ्ख्यक मुस्लिम आदिवासीमाथि धरपकड गरेको आरोप उनीहरुको छ । उनीहरुमात्र नभएर सेनाले धरपकड गर्ने गरेको कुरा राष्ट्रसंघीय कैयौँ खोज अनुसन्धानले पनि देखाएका छन् । सेनाले धरपकड गर्ने गरेका कैयौँ उदाहरण यी खोजीका क्रममा भेटिएका पनि छन् । विश्वको कान्छो राष्ट्रका रुपमा उदाएको दक्षिण सुडान विश्वमा आफ्ना देशका नागरिकलाई शरणार्थी बनाउने देशका रुपमा गनिएको छ । यस देशमा गतवर्षको अन्त्यसम्ममा २४ लाख नागरिक शरणार्थी भएका थिए । उनीहरु उक्त वर्ष विशेषगरी हिंसात्मक विद्रोहका कारण यसरी देश छोड्न बाध्य भएका थिए । दक्षिण सुडान पछिल्लो समयमा हिंसाको खतरनाक चपेटमा परेको देश हो । यहाँको हिंसा अत्यन्तै क्रुर छ र नयाँ देश भएपनि हिंसाको फैलावट अति दू्रत गतिमा छ । यसलाई संयुक्त राष्ट्रसंघ र अरु सम्बन्धित निकाय वा व्यक्तिले हिंसाको विकराल रुप भनेर अध्ययन गरेका छन् । अहिलेकै अवस्थामा दक्षिण सुडानको हिंसा अघि बढ्ने हो भने यसले आगामी केही वर्षमै विश्वका अरु देशको हिंसाको तुलनामा ठूलो रुप लिने शरणार्थीसम्बन्धी राष्ट्रसंघीय निकायले भनेको छ । राष्ट्रसंघीय शरणार्थी निकायका एकजना अधिकारीले भनेका छन् दक्षिण सुडानको हालत एकदमै खतरा छ यसले आगामी दिनमा विश्वलाई नै स्तब्ध बनाउने छ किनकी यहाँको हिंसाको रुप क्रुर र खतरनाक छ । उनले हालैमात्र यस देशमा त्यहाँको सरकार र विद्रोहीपक्षबीच युद्धविराम भएको र यसपछि वार्ता गर्ने भनिएकोले समयमै शान्तिवार्ताको माध्यमबाट यो समस्याको समाधान गर्न आग्रह पनि उनले गरे । त्यस्तै इराक सोमालिया सुडान कंगो यमन युगाण्डा लेबनानजस्ता देशहरुबाट पनि लाखौँको सङ्ख्यामा नागरिक विस्थापित भएका छन् । ती देशबाट पनि आन्तरिक राजनीतिक कारण र हिंसात्मक विद्रोहकै कारण यसरी नागरिक विस्थापित बन्नु परिरहेको उक्त राष्ट्रसंघीय प्रतिवेदनमा छ । यसरी विस्थापितहरुमध्ये अधिकांश गरिब देशहरुबाट बढी देखिएका छन् । यसरी विस्थापितमध्येका ८५ शरणार्थी गरिब देशका भएको बताइन्छ । शरणार्थीहरुको यो सङ्ख्या दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा बढी हो भनिएको छ । विश्वका विकासशिल राष्ट्रबाट औषतमा हरेक दुई मिनेटमा एक व्यक्ति विस्थापित हुने गरेको छ । युद्ध हिंसा र अत्याचारबाट भागेर शरणमा आएका शरणार्थीको रक्षाको लागि विश्वको कुनै पनि व्यक्ति समुदाय र राष्ट्रको कर्तब्य हो भन्ने भावनाका साथ काम गर्न राष्ट्रसंघ एवम् विश्वका दाताराष्ट्रको मान्यता रहेको भए पनि व्यवहारमा भने यसो हुन सकिरहेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई आप्रवासीको शिविर बन्न नदिने धारणा राख्दै आएका छन् । उता युरोपेली देशहरु पनि शरणार्थीकै मामिलामा विभाजित छन् । यता शरणार्थीको सङ्ख्या प्रतिदिन बढ्दै गर्दा यसले वर्तमान मै दुःख पाइरहेका शरणार्थीको भविश्य पनि त्यति सुरक्षित र सुनिश्चित देखिन्न । नयाँदिल्ली । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीको उत्तरी क्षेत्रमा रहेको एक निजी आवासमा एघार जनाको शव भेटिएको छ । बुरारी भन्ने ठाउँमा रहेको एउटा घरभित्र ती शवहरु
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको भावनानुसार प्रवासमा रहेका नेपालीको मताधिकार सुरक्षित हुनुपर्ने बताएका छन् । पार्टीको प्रवास विभागद्वारा आज आयोजित कार्यक्रममा अध्यक्ष थापाले कामविशेषले बाहिर रहेका प्रवासीले आफ्नो मुलुकको विकास निर्माणका साथै निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउनुपर्नेमा जोड दिए । पार्टी सङ्गठनलाई महत्व दिई उच्च मनोबलका साथ सङ्गठन निर्माणको काममा अगाडि […] काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ले संविधानमा उल्लेखित समाजवादी व्यवस्थाको लक्ष्य हासिल गर्न विद्यमान शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने जनाएका छन । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले केन्द्रीकृत र एकात्मक नीतिका कारण नेपालमा शैक्षिक बेरोजगारको समस्या बढेको उल्लेख गरेको जनाइएको छ । शिक्षा स्वास्थ्य […] काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा लागेको बताएका छन् । चीनका पर्यटन तथा सँस्कृति मन्त्री लु सुगाङसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले नेपालले हिँड्न थालेको समृद्धिको बाटोमा मित्र राष्ट्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरिएको बताए । समृद्धिको लक्ष्य हासिल गर्नका लागि मित्र […] विराटनगर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी पुस मसान्तसम्ममा तीनवटै तहमा कर्मचारी समायोजन भइसक्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने कर्मचारी समायोजनासम्बन्धी अध्यादेश मन्त्रिपरिषद्मा छलफल भएर परामर्शका लागि लोकसेवा आयोगमा पठाइएको छ त्यो अध्यादेश पारित भएर ऐनका रुपमा आएपछि तीनवटै तहमा देखिएको कर्मचारीसम्बन्धी समस्या समाधान हुनेछ।’ मन्त्री पण्डितले […] काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयको कामको प्रगति विवरण अनलाइनमार्फत अनुगमन गरिरहनु भएको छ । उहाँले आफ्नै कार्यालयमा बसेर मन्त्रालयका काम कारवाहीबारे नियमित अनुगमन गरिरहनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिनुभयो । प्रधानमन्त्री कार्यालयले विकास गरेको सफ्टवेयरमा सबै मन्त्रालयका सचिवले आफ्नो मन्त्रालयको कार्ययोजनाको कार्यप्रगति विवरण राख्ने गर्छन् । ती विवरण […] काठमाडौँ । काभ्रेमा नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ । पक्राउ परेका आफ्ना नेताको रिहाईको माग राखेर विरोधमा उत्रिएको नेविसंघले प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो । मण्डन देउपुर नगरपालिकाको तपेश्वर उच्च माविका नेविसंघ इकाई सभापति कृष्ण ढकाललाई प्रधानमन्त्रीको तस्बिर बिगारेर फेसबुकमा सेयर गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । त्यसको विरोधमा […]
सुनौलो नेपाल/काठमाडौँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणलाई लिएर नेपालमा अनेक विश्लेषण र चर्चा परिचर्चा भएका छन नेपाल माथी लगभग ५ महिना नाकाबन्दी लगाउने छिमेकी देशका राष्ट्र प्रमुख आउदा जनस्तरमा समेत यसको निकै चासो रहयो । यसलाई राजनैतिक वृत बिशेष गरी तत्कालिन नाकाबन्दीको सामना गर्ने सत्ता घटक र अहिलेको समेत सत्ता साझेदार नेकपा माओबादी केन्द्रले कसरी लिएको छ त यी र यस्तै बिषयमा सुनौलो नेपालले माओबादी केन्द्रका सचिवालय सदस्य प्रदेश नम्बर तीनका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालका राजनैतिक सल्लाहकार नारायण दाहालसंग कुरा गरेका छौ । एमाले र माओबादी केन्द्रको एकता प्रक्रिया त्यसैगरी मोदीको नेपाल भ्रमण यी र यस्तै समसामयिक बिषयमा सुनौलो नेपालका नारायण दाहालसंग गरीएको कुराकानी । सोम बैशाख ३१ २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस
केहिदिन पहिले भारतको तामिलनाडु प्रान्तमा पर्ने वेल्लोर शहरमा एक इन्जिनियरिङ कलेज परिसरमा एक बस ड्राइभरको मृत्यु भयो। आकासबाट ठूलो आवाजसाथ खसेको कुनै वस्तुका कारण ती ड्राइभरको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन्। उक्त स्थानमा एउटा गहिरोखाडल समेत बनेको छ भने पार्किङमा राखिएका बसका शीसा समेत फुटेका छन्। कलेजका प्रिन्सिपल जी बास्तरले त्यसबेला लामो समय भवनमा कम्पन भएको बताए। उनले भने ' त्यसपछि सबै विद्यार्थी र शिक्षक बाहिर निस्कियौं। हामील त्यहाँ माटाको एउटा ढिस्को देख्यौं। यहाँ एउटा ठूलो विष्फोटजस्तै भएको थियो र पानी ट्यांकीसमेत फुट्यो। त्यसैले पानी पिउन गएको बस ड्राइभरको मृत्यु भयो।' तामिलानाडुकी मुख्यमन्त्री जयललिताले पनि उल्कापिण्ड खसेका कारण ड्राइभरको मृत्यु भएको बताएकी छन्। तर वैज्ञानिकहरुले भने यो घटना उल्कापिण्डकै कारण हो भन्ने पुष्टी गरेका छैनन्। वैज्ञानिकहरुले अनुसन्धान अगाडि बढाएका छन्। दश दिन पहिला पनि स्थानीयले आकाशबाट बलिरहेको वस्तु खेतमा खसेको देखेका थिए। उक्त स्थानमा खाल्डो बनेको स्थानीय बताउँछन्।
काठमाडौँ। नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) को उपाधि शरद भेसवाकर नेतृत्वकाे पोखरा पल्टनले जितेको छ । आज भएको फाइनलमा पनरस खड्का नेतृत्वकाे चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै पहिलो पिपिएलको उपाधि घरेलु टिम पोखराले जितेको हो । चितवन राइनोजले दिएको १६१ रनको लक्ष्य पछाएको पोखराले १९२ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । […] by खबर मञ्च / november 6 2018 / खेलकुद / comments off on पोखरा प्रिमियर लिग (पीपीएल)काे फाइनल अाजः उपाधिका लागि पोखरा पल्टन र चितवन राइनोज भिड्दै पोखरा। पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको उपाधिका लागि आज घरेलु टिम पोखरा पल्टन र चितवन राइनोज भिड्दै छन् । पोखरा संगशालामा हुने खेलको विजेताले घरेलु क्रिकेटको इतिहासमै सर्वाधिक २७ लाख रुपैयाँ पुरस्कार पाउने छन् । लिग चरणमा ५ मध्ये ३ खेल जितेको शरद भेषावकरको कप्तानीमा रहेको पोखराले तालिकाको शीर्ष स्थानमा रहँदै सिधै फाइनलमा ठाउँ बनाएको […] काठमाडौँ । चौथो संस्करणको साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि बंगलादेशले जितेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा आज भएको फाइनल खेलमा पाकिस्तानलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समयमा एक÷एक गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी […] काठमाडाैं । साफ यू–१५ फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि नेपाल र भारत आज दिउँसो प्रतिस्पर्धा गर्दैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा उक्त खेल आयोजना हुँदैछ । नेपाल सेमिफाइनलमा बिहीबार पाकिस्तानसँग ४–० गोलले पराजित भएको थियो भने भारत पनि बङ्गलादेशसँग पराजित भएको थियो । प्रतियोगितामा समूह चरणको पहिलो खेलमा माल्दिभ्सविरुद्धको जित नै नेपालको […] by खबर मञ्च / october 28 2018 / खेलकुद / comments off on पिपिएलमा बुटवल ब्लास्टर्स र एक्सपर्ट धनगढी ब्लुजको जित कास्की । पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका दुई खेलमा बुटवल ब्लास्टर्स र एक्सपर्ट धनगढी ब्लुज विजयी भएका छन् । प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ता गर्ने क्रममा बुटवलले पोखरा पल्टनलाई ३३ रनले पराजित गर्न सफल भयो । पोखरा रङ्गशालाको खेल मैदानमा जारी प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको बुटवलले २० ओभरको खेलमा सात […] काठमाडौं । विश्व यात्रामा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेट ट्रफीका बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज जानकारी लिएकी छन् । संयुक्त अरब इमिरेट्स (युएइ) बाट यही कार्तिक ९ गते नेपाल ल्याइएको सो ट्रफी आज शीतल निवास पुर्‍याइएको थियो । राष्ट्रपति भण्डारीले उक्त ट्रफी नेपाल ल्याइएकामा खुशी व्यक्त गर्दै आफ्नो हातमा उचालेकी थिइन् । आजै […]
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ऋणपत्रमार्फत जनताको प्रत्यक्ष सहयोगबाट विकास निर्माणका कार्य गर्न सकिने बताएका छन् । समृद्धि नेपालको आर्थिक आधार–गतिशील विश्वसनीय तथा पूँजी बजार’ भन्ने मूलनाराका साथ नेपाल धितोपत्र बोर्डद्वारा आयोजित पहिलो प्रादेशिक पूँजी बजार प्रदर्शनी–२०७५ को आज उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन् । मुख्यमन्त्री राईले महानगरपालिका नगरपालिका र गाउँपालिकाले ऋणपत्र जारी गरेर जनतालाई प्रत्यक्ष लाभमा सहभागी गराई पूँजीको विकासबाट ठूला तथा मझौला विकास निर्माण कार्य गर्नुपर्नेमा जोड दिए । जनताको प्रत्यक्ष सहयोगमार्फत प्रदेश नं १ मा खेर गइरहेका पानीको सदुपयोग गरी जलविद्युत् सिँचाइजस्ता योजना कार्यान्वयन गर्नका लागि प्रदेश सरकारले सहयोगको नीति लिएको उल्लेख गर्दै उनले यसबाट यस क्षेत्रका जनताले रोजगारी प्राप्त गरी आर्थिक समृिद्धमा सहयोग पुर्याउने बताए ।
पोखरा १५ फागुन । काठमाडौको बालुवाटारमा प्रधानकार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक र एपोलो हस्पीटल इन्डीयाबीच सेवा आदानप्रदान विषयमा सम्झौता भएको छ। सम्झौतापछि एपोलो हस्पिटलमा बैंकका ग्राहक सेयरधनी कर्मचारी र तिनका परिवारले सेवा लिँदा उक्त सेवामा १० प्रतिशतसम्म छुट प्रदान गरिने द्विपक्षीय सहमति भएको हो। सम्झौता अनुरुप विकास बैंकका ३ लाख भन्दा बढी ग्राहक १५ हजारभन्दा बढी सेयरधनी ४ सय भन्दा बढी कर्मचारी र तिनका परिवारले सर्वसुलभ तरिकाबाट गुणस्तरीय स्वास्थ्य सेवा लिन सक्नेछन्। उक्त सेवा लिनको लागि ग्राहकले बैंकले प्रदान गर्ने भिसा डेबिट कार्ड लिएको हुनुपर्नेछ। हस्पिटलका प्रबन्ध निर्देशक अशोक बाजपाईका अनुसार हस्पिटलको काठमाडौंस्थित सूचना केन्द्रबाट सेवाग्राहीले हस्पिटलसँग सिधैँ समन्वय गर्न सक्ने र उपचारको लागि जानु पर्दाको अवस्थामा ग्राहकले अग्रिम सयम लिएको खण्डमा ग्राहकलाई विमानस्थलबाट हस्पिटल वा होटलसम्मको यातायातको सुविधा हस्पिटलले नै प्रदान र होटलको पनि सुविधा प्रदान गर्ने सहमति भएको छ। कार्यक्रममा बैंकका अध्यक्ष प्राडा रविन्द्रप्रसाद श्रेष्ठले यो सम्झौता विकास बैंकको सक्रियतामा भएको र यसले विकास बैंकका ग्राहकलाई मात्र नभई सम्पूर्ण नेपालीलाई भारतमा स्वास्थ्य सेवा लिनको लागि सहज हुने बताए। पोखरा २० कात्तिक । बगैँचा बचत तथा ऋण सहकारी संस्था लि पोखरा५ पस्र्याङलेे सहकारी अवलोकन तथा धार्मिक एवं ऐतिहासिक पर्यटकीयस्तरको चारदिने अवलोकन भ्रमण पूरा गरेको छ । सहकारी उपाध्यक्ष ताराप्रसाद पोखरेलको नेतृत्वमा गत कात्तिक १६ देखि १९ सम्म स्याङ्जा रुपन्देहीहुँदै पश्चिम महेन्द्रनगर टनकपुरसम्म भ्रमण… पोखरा १४ कात्तिक। बचत तथा ऋण सहकारी संस्थाहरुको जोखिम न्यूनिकरण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपाल सरकार भूमि व्यवस्था तथा गरीबी निवारण मन्त्रालय सहकारी विभागको सहयोगमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड पोखरा फिल्ड कार्यालयले पोखरामा वुधवार आयोजना गरेको सहकारीहरुको जोखिम… पोखरा १४ कात्तिक । महिला सीप विकास संस्था पोखराले सञ्चालन गरेको तीनमहिने हाते तान बुनाइ तालिम सकिएको छ । तालिममा ४१ जना प्रशिक्षार्थीको सहभागिता थियो । प्रमुख अतिथि प्रदेश सांसद बिन्दुकुमार थापाले तालिमपश्चात रोजगारीबाट आत्मनिर्भर बनी पारिवारिक सुखशान्ति अनुशासित र सभ्य समाजको निर्माणमा लाग्न प्रशिक्षार्थीलाई…
वेल्डिंग positioner पनि वेल्डिंग स्थिति उपकरण भनिन्छ मुख्य रूप केही विशेष संरचना निर्माण मिसिन सानो राउन्ड workpieces र थप लागि प्रयोग। र यो मुख्य रूप खोल्दै उपकरण यन्त्र बिजुलीसञ्चालन उपकरण stander र बिजुली मन्त्री overturning एक काम तालिका हुन्छन्। यसको काम तालिका कडाई गर्ने काम तालिका अडिएको workpieces सुनिश्चित गर्न 6 टीशैली स्लट संग परिवर्तन उपकरण संचालित छ। संग नियन्त्रण tilting लागि डिजिटल परिक्रमा गति readout र खुट्टा पेडल नियन्त्रण 2remote हात नियन्त्रण बक्स। 3the worktable घुमाइयो सकिएन (360 ° मा) वा ढल्केको (0120 ° मा) अनुमति काम टुक्रा सबै भन्दा राम्रो स्थितिमा वेल्डेड गर्न। 1 पाइप वेल्डिंग positioners पाइप spooling देखि धेरै ठूलो बोझिल भागहरु को स्थिति लिएर विविध आवेदन प्रयोग गरिन्छ। 3 वेल्डिंग turntables संग ठूलो अफसेट भार संग घुमाउँदा वा स्थिति workpieces गर्दा पाइप खोल्दै positioners विशेष उपयोगी छन्। एक हो हामी एक पेशेवर निर्माता बारेमा 15 वर्ष positioner वेल्डिंग मा माहिर छन्। हामी ग्राहकहरु आवश्यकताहरू पूरा गर्न बलियो डिजाइन टोली छ। एक हो हामी एक पेशेवर निर्माता बारेमा 15 वर्ष वेल्डिंग उपकरणों मा माहिर छन्। हामी ग्राहकहरु आवश्यकताहरू पूरा गर्न बलियो डिजाइन टोली छ। एक सबै मिसिन ढुवानी अघि परीक्षण गरिन्छ। एक 30min परीक्षण काम मिसिन faultless हुन ग्यारेन्टी गर्न कार्यान्वयन गरिएको छ। 2 वायरलेस / रेडियो हात तालिका वेल्डिंग positioner खोल्दै लागि नियन्त्रण उपलब्ध तर सामान्यतया भारी कर्तव्य र लामो पाइप / ट्यांक लागि हो। 1 अर्डर positioner वेल्डिंग एक / दुई सेट भने त्यसपछि हामी lcl ढुवानी लागि काठ मामला संग पैकेज हुनेछ। 1 हामी संसारमा 30 भन्दा बढी देशहरूमा हाम्रो positioners निर्यात गरेको छ। युरोपेली र अमेरिका स्टक उपलब्ध छ।
हिन्दू अनुसार विवाहका प्रकार विवाह दुई व्यक्तिहरूको सामाजिक धार्मिक अथवा कानूनी रूपबाट एक अर्का संगै जीवन ब्यतित गर्ने सम्बन्ध हो। विवाहले दुइ परिबार बिच नया नाता सम्बन्ध जोड्ने काम गर्छ । मनुस्मृतिले विवाहलाई दुई आत्माबीचको पवित्र मिलन भनेको छ। आफूले चाहेर मात्र नहुने विवाहका लागि सूर्य भगवान्ले नै तोकिदिएको हुने कुरा उक्त स्मृतिमा चर्चा छ। स्कन्धपुराणको केदारखण्डको श्रीस्वस्थानीले पनि यही विचारलाई समर्थन गरेको छ। हिन्दूको जीवनलाई सफलीभूत पार्न विवाह संस्कारको ठूलो महत्व रहेको छ । यदि व्यक्तिमा वैदिक सनातन हिन्दूधर्म प्रति श्रद्धा भक्ति र विश्वास भरिएको छैन वेदले बताएको कर्म र धर्म प्रति आस्था छैन भने ऊ पुरुषार्थ निम्ति पात्र बन्न सक्दैन । हिन्दूधर्म अनुसार विवाहलाई आठ प्रकारमा विभाजन गरिएको छ । ब्रहृम विवाह दैव विवाह आर्य विवाह प्रजापत्य विवाह आसुर विवाह गन्धर्व विवाह राक्षस विवाह र पैशाच विवाह गरी शास्त्रीयरूपमा आठ प्रकारका विवाहहरू वणिर्त छन्। यी परम्परागत विवाहलाई नेपाली समाजले मागी विवाह भागी विवाह चोरी विवाह जारी विवाह प्रेम विवाह आदि नाम दिने गरेको पाइन्छ। परम्परागत रूपमा मागी विवाहको सर्वव्यापकता थियो। कतिपय जातजातिहरूमा चोरी विवाह र मागी विवाह पनि प्रचलित थिए। हाल सबै शिक्षित समाजमा प्रेम विवाह फस्टाउँदै गएको छ। एक प्रकारले यो मान्य भइसकेको छ। जारी विवाहको प्रचलन हराउँदै गएको छ। गाउँघरमा दुईचारजना गएर सामान्य किसिमले विवाह सम्पन्न गरी केटी लिएर आउने विवाहलाई कुम्ले विवाह’ र निकै ठूलो तयारी गरी बाजा र जन्ती लिएर गई केटी लिएर आउने विवाहलाई वरियाती’ भन्ने चलन छ। विवाहमा पन्चे बाजा बजाउने पनि गरिन्छ।
ग्लोवल पोलिसी फोरम फर नेपालका अध्यक्ष प्रा डा सूर्यप्रसाद सुवेदी (क्यूसी) ले हालै मात्र देखिएको नेपालको न्यायपालिका भित्रका विसंगति र त्यसभित्रका विभिन्न पात्रहरुको अपरिपक्व र लज्जास्पद क्रीयाकलापले न्यायपालिकाप्रतिको जनआस्थामा गम्भीर ह्रास आएकोमा गहिरो चिन्ता व्यक्त गर्दै न्यायपालिका भित्रका यस्ता विसंगतिलाई रोक्नेबारे सुझाव दिन एक उच्चस्तरीय न्याय सुधार आयोग गठन गर्न नेपाल सरकारलाई आव्हान गरेका छन् । शनिबार लन्डनबाट एक प्रेस विज्ञप्ति जारी गर्दै प्रा सुवेदीले नेपालका हालका कुनै पनि नेता राजनेताको उचाईंमा पुगिनसकेको नयां संविधान लागू गर्ने क्रममा केवल चुनावी कर्मकाण्डमात्र पुरा भएको सही रुपमा नेपालमा कानुन बमोजिमको शासन भइनसकेको र लोकतन्त्र कागजमा आएको तर व्यवहारमा आइनसकेको अवस्थामा लोकतन्त्र कानुनी राज्यको अवधारणा र नागरिकका मौलिक अधिकार संरक्षण गर्ने क्रममा उच्च नैतिक धरातलमा रही न्यायपालिकाले मार्ग निर्देशन गर्नुपर्ने अवस्थामा न्यायपालिकाका प्रमुख पात्रहरुबाट नै त्यस्ता लज्जास्पद र अपरिपक्व क्रीयाकलाप हुनु खेदपूर्ण भएको र यसले नेपालको छवि अन्तर्राष्ट्रीय स्तरमा धुमिल हुन पुगेको उल्लेख गरेका छन् । विगतमा नेपालको एक उच्च स्तररीय न्यायसुधार आयोगमा काम गरेको अनुभव संगालेका हाल बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रीय कानुनका प्राध्यापक सुवेदीले न्यायपालिकालाई दलीय भागवण्डा र दलीय प्रभावबाट मुक्त राख्न र न्यायपालिकाभित्र गम्भीर सुधार गर्न सम्मानित र स्वच्छ छवि भएका एक भूतपूर्व प्रधानन्यायधिशको अध्यक्षतामा आवश्यक सुधारका उपायहरु सुझाव दिन एक उच्चस्तरीय न्याय सुधार आयोग गठन गर्नु अहिलेको आवश्यकता रहेकोमा जोड दिएका छन् ।
पाँचौँ विश्व इन्टर्नेट सम्मेलन नोभेम्बर ७ तारिखदेखि ९ तारिखसम्म चीनको ऊचनमा आयोजना भएको छ। सो अवसरमा आपसी विश्वास आधारित संयुक्त व्यवस्थापन गर्ने डिजिटल विश्वको सिर्जनाहात मिलाएर इन्टर्नेटको भाग्य समूदायको रचना शीर्षकबारे छलफल भएको छ। गत जुन महिनाको अन्तसम्ममा विश्वमा इन्टर्नेटको लोकप्रियता दर पच्पन्न प्रतिशत पुगेको छ भने लगभग चालीस अर्ब बीस करोड जनाले इन्टर्नेटमार्फत सूचना प्राप्त गर्छन् साथै इन्टर्नेटबाट आफ्नो जीवन शैली सोचाई तथा मूल्य धारणामा समेत परिवर्तन गर्छन्। त्यस कारणले इन्टर्नेटमा फैलिने विषय निकै महत्वपूर्ण बनेको छ। वल्ड वाइड वेबका आविष्कारक एवम बेलायतका कम्प्युटर विशेषज्ञ टिम बर्नर्स लीको विचारमा माध्यमको रुपमा रहेको इन्टर्नेटमा सक्रिय विषय घट्दैछ र इन्टर्नेटलाई अझै बढी माया र हेरचाह चाहिन्छ। हाल हाम्रो जीवनशैलीको अभिन्न अङ्गको रूपमा रहेको इन्टर्नेट र परिवर्तनीय इन्टर्नेटमा फैलिने विषयको व्यवस्थापन गर्न वा सञ्चार माध्यमको पर्यवेक्षण गर्न अन्तर्राष्ट्रिय समूहको बहुपक्षीय सहभागी हुनैपर्छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले पनि यस्तै भन्नुभएको छ 'इन्टर्नेट अदृश्य छ तर इन्टर्नेट प्रयोगकर्ता देखिन्छ त्यसैले विभिन्न मुलुकले इन्टर्नेटको भाग्य समूदायको संयुक्त रुपमा रचना गर्नुपर्छ।'
पवित्र कुरअानको नेपाली अनुवादः यस पृष्ठमा पवित्र कुरअानको नेपाली अनुवाद र व्याखा प्रसारित गरिएको छ र यो लिपि राजा फहदले प्रचलित गरेको पवित्र कुरअानको प्रकाशन केन्द्रबाट प्रकाशित गरिएको लिपिबाट फोटो कापी गरिएको हो । र यसको अनुवाद केन्द्रीय जमिअत अहले हदीस नेपालले गरेको हो र राजा फहदको पवित्र कुरअानको प्रकाशन केन्द्रको तर्फबाट यस अनुवादको पुनरावलोकन शैख अतीकुर्रहमान मुहम्मद इदरीस खानले गर्नु भएको छ । यस किताबमा संकलनकर्ताले इस्लामीय निर्देशनसित संलग्न जीवनका समस्त क्षेत्रहरूमा अावश्यक पर्ने हदीसहरूलार्इ जम्मा गरेका छन् जसको अावश्यकता समस्त मुसलमानहरूलार्इ पर्छ । पूजाहरूका विधिहरूको बारेमा ज्ञान (ती त्रुटिहरूको वर्णन जुन हज्जमा भइहाल्छन् जसबाट सावधान रहनु आवश्यक छ)
इस्लाम मध्यमार्गी र प्रकृतिक धर्म हो ज्ञान र नैतिकताको धर्म हो दया र सरलताको धर्म हो व्यापक र परिपूर्ण धर्म हो यस्तो धर्म जुन समस्त स्थान र युगको लागि उपयुक्त छ यस्तो धर्म जसमा समस्त समस्याहरूको समाधान छ । र यो त्यो धर्म हो जुन भक्तलार्इ त्यसको स्रष्टा र प्रतिपालकसित सम्पर्क गराउँछ र ती सम्पर्कका माध्यमहरूमध्ये ती पूजाहरू हुन् जसमा भक्त आफ्नो प्रतिपालकसित कानेखुसी गर्छ । त यस किताबमा लेखक शैख मुहम्मद बिन सालेह अल् उसैमीन ज्यूले पूजाको क्षेत्रसित संलग्न रसूल सल्लल्लाहो अलैहे वसल्लमको पद्धतिलार्इ पूर्णतया स्पष्ट गर्ने प्रयास गरेका छन् जुन कि यस धर्मलार्इ व्यवहारिक रूपले कार्यन्वयन गर्नु हो । र यो कुरो ज्ञात नै छ कि अल्लाह कुनै पूजालार्इ तबसम्म स्वीकार गर्दैनन् जबसम्म त्यो नबी सल्लल्लाहो अलैहे वसल्लमको पद्धति अनुकूल नहोस् यसर्थ भक्तमाथि यो अनिवार्य छ कि त्यो यस क्षेत्रमा रसूल सल्लल्लाहो अलैहे वसल्लमको पद्धतिबारे ज्ञान ग्रहण गरोस् ताकि त्यो ज्ञानको आधारमा त्यस तरिकाले पूजा गर्न सकोस् जुन रसूल सल्लल्लाहो अलैहे वसल्लमको पद्धति र विधान अनुकूल होस् । त यो किताब ती किताबहरूमध्ये एक हो जुन पूजाशैलीलार्इ विस्तृत र मोहक एवं व्यवस्थित तरिकाले प्रस्तुत गरेको छ ताकि पाठकवर्गलार्इ यसलार्इ बुझनु र यसको आधारमा कर्म गर्नु अति सजिलो भइहालोस् ।
यो किताब अरबीबाट अनुवाद गरिएको छ यसमा लेखकले नमाजको महत्व त्यसको विधि र त्यसको श्रेष्ठता र त्यससित संलग्न समस्त कुराहरूलार्इ कुरआन हदीस र सहाबा एवं ताबर्इन र अन्य विधिशास्त्रीहरूको कथनको प्रकाशमा विस्तारले चर्चा गरेका छन् ।
इस्लाम एउटा प्रकृतिक र मध्यमार्गी धर्म हो र ज्ञान एवं नैतिकताको धर्म हो दया र सरलताको धर्म हो यस्तो धर्म जुन समस्त स्थान र युगहरूको लागि उपयुक्त छ र समस्त समस्याहरूको समाधान गर्छ । यसर्थ हामीलार्इ वर्तमान युगमा यस कुराको अत्याधिक अवश्यकता छ कि यस धर्मका विशेषताहरूलार्इ पूर्ण विश्व समक्ष राखौं ताकि पूर्ण विश्व अगाडि इस्लामको वास्तविक चित्र प्रष्ट भइहालोस् । त यस किताबमा लेखक ज्युले रसूल सल्लल्लाहो अलैहे वसल्लमको जीवनशैलीलार्इ चित्रण गरेका छन् जुन कि वास्तवमा इस्लाम धर्मको चित्रण सरह छ कनकि रसूल सल्लल्लाहो अलैहे वसल्लमको जीवनशैली तिनै विशेषाताहरूमा अधारित थियो जुन इस्लामका प्रमुख विशेषात हुन र जसलेगर्दा मानिसहरू अति सरलताले इस्लामलार्इ अंगीकार गरिरहेका छन् । यस किताबमा आशूराको वास्तविकताको बारेमा र त्यस दिन केही अनभिज्ञ मुसलमानहरूद्वारा गरिने केही अवैधानिक र अनैतिक कार्यहरूको बारेमा चर्चा गरिएको छ साथै यस दिन प्रत्येक मुसलमानको लागि सुन्नतीय कार्य के हो यस कुरालार्इ पनि संक्षेपमा कुरआन र हदीसको प्रकाशमा स्पष्ट गरिएको छ ।
यो किताब अरबी भाषाबाट अनुवाद गरिएको छ यस किताबका मूल लेखक शैख अब्दुल अजीज बिन अब्दुल्लाह बिन बाज रहेमहुल्लाह हुनुहुन्छ यस किताबमा उहाँले जकात र व्रतको बारेमा संक्षेपमा कुरआन र हदीसको प्रकाशमा चर्चा गर्नु भएको छ । यो किताब अरबी भाषाबाट अनुवाद गरिएको छ यस किताबमा हज्ज र उमराको बारेमा संक्षेपमा वर्णन छ र हज्जका मीकातहरू र हज्जका विधि एवं त्यसको तरिका र त्यससित संलग्न समस्याहरूसमेतको जानकारी गराइएको छ ।
यो किताब अरबी भाषाबाट अनुवाद गरिएको छ यस किताबको मूल लेखक शैख अब्दुर्रहमान बिन नासिर अस्सअदी ज्यू हुनुहुन्छ । उहाँले यस किताबमा इस्लाम धर्मका केही विशेषताहरूलार्इ वर्णन गर्नु भएको छ ।
यो किताब अरबी भाषाबाट अनुवाद गरिएको छ यस किताबको मूल लेखक शैख अब्दुल्लाह बिन सालेह अल कुसैयिर ज्यू हुनुहुन्छ । उहाँले यस किताबमा सहाबाहरूको श्रेष्ठता र उहाँहरूप्रति उम्मतको दायित्व र हक अधिकारलार्इ स्पष्ट गर्नुको साथै त्यस मान्छेको हुकुम पनि वर्णन गर्नु भएको छ जुन उहाँहरूलार्इ गाली गरोस् वा उहाँहरूलार्इ प्राप्त श्रेष्ठतामा कमी गरोस् ।
यो किताब अरबी भाषाबाट अनुवाद गरिएको छ यस किताबको मूल लेखक शैख अब्दुर्रहमान बिन अब्दुल करीम अश्शीहा ज्यू हुनुहुन्छ । उहाँले यस किताबको माध्यमले यस्ता अकाट्य र सत्यतामा आधारित तथ्यहरू पाठक समक्ष प्रस्तुत गरेका छन् जुन अरबको मरुस्थलमा अन्तिम सन्देष्टाको रूपमा अएका मुहम्मद नामक सन्देष्टाको दूतत्वको सत्यतालार्इ प्रमणीकरण गर्छ । र यसै सन्दर्भमा उहाँले गैर मुस्लिम विद् र पश्चिमी विद्हरूका उदगारहरूलार्इ पनि प्रस्तुत गरेका छन् जस्तो कि उहाँले यस किताबको प्रक्काथनमा एउटा यस्तै वार्तालापलार्इ प्रस्तुत गरेका छन् जुन यसरी छः उहाँको भनार्इ छ कि प्राध्यापक हसन अली नूरुल इस्लाम (इस्लामको प्रकाश) नामक पत्रिकामा भन्छन् कि मेरो एउटा ब्रहमण साथी थियो अनि त्यसले मसित भन्योः मेरो दृष्टिमा इस्लामका सन्देष्टा मुहम्मद यस विश्वका सबैभन्दा महान र परिपूर्ण व्यक्ति थिए । त हसन ज्यूले त्यससित सोधे तिमीले कसरी यो थाहा पायौ त त्यसले भन्योः किनकि म इस्लामको सन्देष्टा मुहम्मदमा सराहनीय नैतिकताहरू र यस्ता यस्ता विचित्र कुराहरू हेर्दछु जुन विश्वको कुनै आर्को मान्छेमा देखा पर्दैन । यस किताबमा इस्लामीय भाइचाराबारे विस्तृत चर्चा गरिएको छ साथै उम्मतको लागि त्यसमा नीहित लभहरूबारे र त्यसलार्इ कार्यन्वयन नगरेमा त्यसका दुष्परिणामको बाररेमा पनि कुरआन र हदीसको प्रकाशमा पुष्टि गरिएको छ । यस किताबमा व्यवसायको तरिका इस्लामीय नियमानुसार संक्षेपमा वर्णन गरिएको छ साथै इस्लामीय नियमानुसार व्यापार गर्नुमा के कस्ता लाभ र तत्वदर्शिता नीहित छन् समस्तलार्इ प्रमाणसहीत वर्णन गरिएको छ ।