processed_text
stringlengths
0
373k
पेट्रोल पम्प सञ्चालकले उच्च प्रविधि प्रयोग गरेर उपभोक्ता ठगेको भेटिएको छ। काठमाडौं सानो भयाङको बंगलामुखी आयल स्टोर्सले हाइटेक’ प्रविधि प्रयोग गरेर उपभोक्ता ठगेको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको हो। अनुगमनको क्रममा डिजिटल पम्पको मदरबोर्डको सफ्टवेयरमा तेल कम दिने प्रोग्राम इन्स्टल’ गरेर कम तेल दिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । हाइटेक प्रविधि प्रयोग गरेर
पानी नपरेपछि गर्मी बढ्दै गएको छ । तत्काल ठूलो पानी पर्ने सम्भावना नभएकाले गर्मी अझै बढ्ने मौसमविद्ले अनुमान गरेका छन् । केही ठाउँमा फाट्टफुट्ट पानी परेपनि ठूलो पानी भने नपर्ने मौसमविद्ले बताएका छन् । शनिबार धेरै ठाउँको तापक्रम यसवर्षकै उच्च पुगेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार नेपालगन्जको तापक्रम तीन डिग्री बढेर ४२ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । यस्तै धनगढीको ४१ दशमलव २ डिग्री र काठमाडौंको ३१ दशमलव ५ डिग्री पुगेको छ । अरु ठाउँको पनि तापक्रम बढ्दै गएको महाशाखाले जनाएको छ । आज धेरै ठाउँको मौसम बदली हुने संभावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार बेलुकीपख केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।
शिवसताक्षी नगरपालिका कार्यालयको कर्मचारी नियुक्तिमा मनोमानी भएपछि मेयर चन्द्रकुमार शेर्माको आलोचना सुरु भएको छ । नेकपाको कार्यदललाई समेत पत्तै नदिइ नेताका छोरी तथा बुहारीलाई नगरपालिकाको कर्मचारी नियुक्ती गरेपछि मेयर शेर्माको आलोचना सुरु भएको हो । नगरपालिकामा पछिल्लो पटक चार जनालाई दैनिक ज्यालादारी पदमा ठाडो नियुक्ति गरिएको छ । मेयर शेर्माले नेकपाका जिम्मेवार नेताका छोरी तथा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निर्यात सम्भावना भएका कृषि उपजमा नेपाल र कतारबीच सहकार्य गरेर अघि बढ्नुुपर्ने धारणा राखेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको चारदिने औपचारिक भ्रमणका क्रममा निजी क्षेत्रको नेतृत्व गर्दै कतार पुगेकी राणाले अहिले सामान्य निर्यात हुँदै आइरहेको कृषि उपजलाई अझ बढवा दिन नेपाल र कतार सरकार मिलेर अघि बढ्नुपर्ने बताएकी सर्लाहीमा मंगलबार बिहान गोली प्रहारबाट एकजनाको हत्या भएको छ । रामनगर गाँउपालिका–४ बहुअर्वामा गोली प्रहारबाट स्थानीय राम विलास महतोको मृत्यु भएको हो । महतोलाई घर नजिकै दुई पक्षबीच विवाद हुँदा गोली प्रहार भएको स्थानीयको भनाई छ । घटना लगतै आक्रोशित स्थानीयले घटना स्थलबाट शव उठाउन अवरोध गरेका छन् । महतोमाथि गोली प्रहार गर्ने समूहको खोजी नयाँ पत्रिका सर्लाहीमा मंगलबार बिहान गोली प्रहारबाट एकजनाको हत्या भएको छ । रामनगर गाँउपालिका–४ बहुअर्वामा गोली प्रहारबाट स्थानीय राम विलास महतोको मृत्यु भएको हो । महतोलाई घर नजिकै दुई पक्षबीच विवाद हुँदा गोली प्रहार भएको स्थानीयको भनाई छ । घटना लगतै आक्रोशित स्थानीयले घटना स्थलबाट शव उठाउन अवरोध गरेका छन् । महतोमाथि गोली प्रहार गर्ने प्रहरी नै मोटरसाइकल चोरीमा संलग्न भएको पाइएको छ । चोरीको मोटरसाइकल सहित नेपाल प्रहरीका तीन जवान पक्राउ परेपछि घटना पुष्टि भएको हो । पक्राउ पर्ने प्रहरी जवान वासिङटन घर्ती दिपेन्द्र शाही र इन्द्रजीत कडरिया रहेका छन् । उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंका टोलीले मंगलबार दिउँसो पक्राउ गरेको हो । उनीहरुले बा ५७ प २५९९ नम्वरको
तर थानकोटकै दक्षिण–पश्चिममा अवस्थित एक कुनोको वास्तविकता फरक देखिन्छ। धुलो हिलो र धुँवा छोडेर २० मिनेट पैदल वा ३ मिनेट सवारी साधन कुदाएपछि केबल कारको ग्वान्डाला(डब्बा)सँगै एउटा बृहत् परियोजना देखिनेछ। त्यतिबेला तपाइँले भन्नुहुनेछ वाउ’ त्रिभुवन पार्कको पश्चिम—दक्षिण कुनो नजिकै चन्द्रागिरि चुचुरो पुग्न काडमाडौं फन पार्क लिमिटेडले निर्माण गरिरहेको केबलकार बहुउद्देश्यीय पर्यटन परियोजना नजिक पुग्नेको मुखबाट सुन्न पाइन्छ नेपालमै यस्तो ’ हो चन्द्रागिरि चुचुरो पुगेर विशाल काठमाडौं उपत्यका नियालेपछि हामीलाई पनि लाग्यो गर्न सक्दा नेपाललाई स्विटजरल्याण्ड जस्तै बनाउन सकिने रहेछ।’ चन्द्रागिरि त्यही पहाड हो जहाँबाट पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका हेर्दा मोहित भएर आफ्नो बनाउन रणनीति बनाएका थिए। यो त्यही पहाड हो जहाँ रक्सौलको बाटो हुँदै तीन दिन पैदल हिँडेर आएका न्युयोर्क टाइम्सका पत्रकार जोन ट्रोनबुल बास बसेका थिए। अमेरिका फर्केपछि सन् १९४० को दशकमा उनले लेखे चन्द्रागिरीको चुचुरोबाट देखिने साधु उपत्यका र साङ्ग्रिला हेर्दा जुकाको टोकाइ र तीन दिनको पैदल हिँडाइको थकाइ सबै मेटिने रहेछ।’ अब काठमाडौंबाट चन्द्रागिरि उक्लन पैदल हिँडिरहनु पर्दैन। पहाडका बेँसी उपत्यका र तराइको धुँवाधुलो भिडभाड र गर्मीबाट लखतरान भएर आउनेहरुका लागि १० मिनेटको केबलकारे यात्राले २५ सय ४० मिटर अग्लो चन्द्रागिरी चुचुरोमा पुर्‍याएर आनन्दानुभूति दिन्छ। छिनमै हुस्सु छिनमै वर्षा र छिनमै घाम लाग्ने चन्द्रागिरी चुचुरोको मौसम चमत्कारिक छ। केही बेरअघि बटम स्टेशनमा गर्मीले खलखल भएकाहरु चन्द्रागिरी चुचुरोकाे हुस्सुभित्र लुक्दा जाडोले आच्छु आच्छु भन्न थाल्नेछन्। दैनिक कार्य सञ्चालनको बोझबाट थाकेकाहरुलाई पुनर्ताजगी दिने यो मौसम प्रकृतिको अनुपम उपहार नै हो। यो बाहेक तपाइँले चन्द्रागिरि चुचुरोबाट देख्नुहुन्छ पूरै काठमाडौं उपत्यका अनि मौसम खुलेका बेला उत्तरका हिमश्रृङ्खला पनि। चन्द्रागिरि डाँडाबारे धार्मिक विषय र किंवदन्तीहरु पनि प्रशस्तै जोडिएका छन्। शिवले सतीदेवीको शव बोकेर पृथ्वी भ्रमण गर्दा चन्द्रागिरिमा निधार पतन भएको वर्णन स्वस्थानी कथामा छ। निधारलाई संस्कृतमा भाल’ भनिने कारण उक्त स्थानमा भालेश्वर महादेव उत्पत्ति भएको व्याख्या छ। धार्मिक आस्थालाई अक्षुण्ण राख्न फन पार्क लिमिटेडले चन्द्रागिरी परियोजनाअन्तर्गत विशाल र सुन्दर भालेश्व महादेव मन्दिर स्थापना गरेको छ। त्यहाँ पहिलैदेखि स्थानीयले पूजा गर्दै आएका शिवका प्रतिमाहरुलाई जोगाएर स्थापित गरिएका छन्। कम्पनीका अनुसार बृहत् परियोजनाको केवलकार पहिलो र मुख्य प्रडक्ट हो। केबलकारमा ३८ वटा ग्वान्डला सञ्चालन छन्। एउटा मेन्टिनेन्स क्यारिएर र दुई लगेज क्यारियर पनि जडान गरिएका छन्। प्रत्येक ग्वान्डलामा ८ जनासम्म यात्रु चढ्न वा ६ सय ४० किलो तौल राख्न मिल्छ। त्रिभुवन राजमार्गबाट करिब १ किलोमिटरको दूरीमा केबलकारको बटम स्टेशन अवस्थित छ। बटम स्टेशनमा करिब २ सय कार ४ सय मोटर साइकल र १ सय बस पार्किङ गर्न सकिने पूर्वाधार निर्माण गरिएको छ। बटम स्टेशनबाट साढे दुई किलोमिटर दूरीको उचाइमा ११ ओटा टावर गाडेर केबल तार टाँगिएको छ। प्रत्येक घन्टा १ हजार यात्रु बोक्ने क्षमता राख्ने केवलकारले बटम स्टेशनबाट चुचुरोसम्मको यात्रा गर्न सामान्यतः करिब १० मिनेट लगाउनेछ। हाइकिङ गरेर चन्द्रागिरिको डाँडामा पुग्नेहरुका लागि पनि कम्पनीले प्याकेज ल्याउने तयारी गर्दैछ। हाइकिङ गरेर चन्द्रागिरि उक्लिएकाहरुलाई केबलकार चढेर फर्किने सुविधा हुनेछ। कम्पनीका अध्यक्ष चन्द्र ढकाल निर्माण कम्पनीले केबलकारको सबै काम पूरा गरेर हस्तान्तरण गरिसकेको बताउँछन्। पटकपटकको परीक्षणमा सफल भएपछि निर्माण कम्पनीले हामीलाई हस्तान्तरण गरिसकेको छ’ ढकालले नागरिकन्युजसँग भने सबै उपकरणहरु अन्तर्राष्ट्रिय स्तरका ल्याएका छौं। हामीलाई अष्ट्रियाको कम्पनीले उपकरण आपूर्ति गरेको हो।’ रेस्टुरेन्टलगायत अन्य निर्माण कार्य नसकिँदा केवलकार सञ्चालनमा आउन ढिलाइ भइरहेको छ। अर्को महिनासम्ममा केवलकार सञ्चालनमा ल्याउने लक्ष्य सहित तयारी भइरहेको अध्यक्ष ढकालले जानकारी दिए। केबलकारमा यात्रुको सुरक्षाका लागि टावर र डब्बाको निगरानी कम्प्युटर जडित प्रविधिबाट गरिनेछ। केबलकारको अहिलेसम्मको नयाँ संस्करण भएकाले त्यसलाई कम्प्युटराइज्ड गर्न सहज भएको कम्पनीको दाबी छ। यात्रुको सुरक्षालाई ध्यान दिँदै हामीले उच्च प्रविधि जडान गरेका छौं। यात्रुको सुरक्षालाई हामीले सबैभन्दा पहिलो प्राथमिकतामा राखेका छौं’ कम्पनीका सेल्स एन्ड मार्केटिङ म्यानेजर विख्यात विक्रम राणाले नागरिकन्युजसँग भने। दैनिक १२ घण्टासम्म केवलकार चलाउन सक्ने तयारी व्यवस्थापनले गरेको छ। सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर केबलकार राति पनि केही घण्टा चलाउन सकिने रणाको भनाइ छ। केबलकार चढेर चन्द्रागिरि चुचुरोमा पुगेपछि पर्यटकका लागि अन्य सेवाहरु पनि छन्। भालेश्वर महादेव मन्दिर दर्शन बहुउद्देश्यीय सम्मेलन केन्द्र सांस्कृतिक डबली भ्यु टावर टावरबाट दूरबीन सेवा आवासका लागि रिसोर्ट बालबालिकाका लागि फन पार्क गार्डेन रेष्टुरेन्ट बार सोभेनियर सप तथा ब्राण्डेड पसलहरु सञ्चालनमा आउने छन्। सञ्चालनमा आएको केही समयअन्तरालमा शारीरिक अभ्यासमा आधारित जीप फ्लायर क्लाइम्बिङ स्विमिङ जस्ता खेलहरुका साथै एडुटेन्मेन्ट फोर–डी सिनेमा हल सञ्चालनमा ल्याउने योजनामा कम्पनीले काम गरिरहेको छ। यो पारिवारसहित घुम्ने रमाउने र रिफ्रेसमेन्ट हुने टुरिजम डेस्टिनेशन हुनेछ’ राणाले भने एउटा परिबार यहाँ केबलकार चढेर बिहान आएपछि बेलुकैसम्म मनोरञ्जनपूर्वक समय बिताउन सकुन् भन्ने हाम्रो प्रायास छ अझ रात बिताउन चाहनेहरुका लागि हामीले रिसोर्ट निर्माण गर्दैछौं।’ उनका अनुसार यस आयोजनाको बटम स्टेशन(चन्द्रागिरिको फेदी)मा कम्पनीले आफ्नै स्वामित्वमा रहेको १ सय २० रोपनी जमीनमा केबलकारको तल्लो स्टेशन पार्किङ रेष्टुरेन्ट ब्राण्डेड शप राख्ने पूर्वाधार निर्माण गरेको छ। माथिल्लो चुचुरोमा रहेको ३७ हेक्टर क्षेत्रफलको जमिन भने कम्पनीले सरकारसँग ४० वर्षका लागि भाडामा लिएको हो। परियोजनाले करिब ५ सय जनालाई प्रत्यक्ष रोजगारी दिनेछ। यो बाहेक काठमाडौंको चन्द्रागिरी नगरपालिका मकवानपुरको चित्लाङ र फाखेल गाविसका बासिन्दा यस परियोजनाबाट प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन्। परियोजनाको भवन सडकलगायत पूर्वाधार निर्माण कार्य हाल सिई कन्स्ट्रक्सन गौरा कन्स्ट्रक्सन स्वच्छन्द कन्स्ट्रक्सनले निर्माण गरिहेका छन्। निर्माण कम्पनीहरुले पनि परियोजनाका पूर्वाधार निर्माणमा सयौं कामदारलाई दैनिक ज्यालादारी र मासिक तलबमा रोजगारी दिइरहेका छन्। गत वैशाखबाट सञ्चालनमा ल्याउने तयारी गरिएको भए पनि २०७२ वैशाखको भूकम्प र भारतको नाकाबन्दीले आयोजना निर्माणलाई पछि धकेलेको थियो। केवल कार सञ्चालनमा नअाइसके पनि चन्द्रागिरि नगरपालिका—६ स्थित केबलकारको बटम स्टेशनमा हेर्न आउनेको भिड दिन दिनै बढ्दो छ। केबलकार निर्माण भएको सुनेर धेरै उत्सुकहरु आफैँ त्यहाँ पुगिरहेका छन्। त्यहाँ पुग्ने र अहिलेसम्म मनकामना केबल कार मात्र चढेकाहरुका लागि भाडा दर विशेष चासोको विषय हो। हामीले रचना गरेको नयाँ गन्तव्यमा रमाइसकेपछि सेवाको तुलनामा सस्तै पर्ने भाडादर हामी निर्धारण गर्नेछौं’ निर्देशक पौडेलले भने केबलकार नयाँ प्रविधि सहितको पछिल्लो परिमार्जित संस्करणको हो अन्य पूर्वाधारहरु पनि उत्तिकै सशक्त छन्। सेवाग्राहीले अनुभव गरेपछि यी कुरा आफैँ थाहा पाउनु हुनेछ।’ चन्द्रागिरि चुचुरो पुगेर फर्किन दुईतर्फी भाडा दर करिब ७ सय रुपैयाँ हाराहारी हुने अनुमान कम्पनीको छ।
झापाका विभिन्न नाकाबाट नेपाल ल्याइएको ठूलो परिमाणका पदका प्रहरीले बरामद गरेको छ। तिहार तथा छठ पर्वलाई लक्षित गर्दै भारतका विभिन्न स्थानका बजारबाट नेपाल ल्याउँदै गरेको अवस्थामा प्रहरीले ७ लाख ९४ हजार ५ सय ४६ रुपैयाँ बराबरको पटका बरामद गरेको हो। भारतको बिहार र बंगाल राज्यसँग जोडिएका झापाका विभिन्न नाकाबाट सो मुल्य बराबरको पटका बरामत तिहार अर्थात् दीपावलीमा पहिले पहिले गाउँघरमै कुमाले बनाएका माटाको दियोमा बत्ती बालेर घर आँगन र गाँउटोल झिलिमिली पारेर लक्ष्मीपूजा गरिन्थ्यो । तर केही वर्ष यताका तिहारमा माटाको दियोको भन्दा विद्युतीय बत्ती बाल्ने प्रचलन निक्कै बढेको छ । प्रयोग बढेसँगै भारत र तेस्रो मुलुकबाट विद्युतीय बत्तीको आयातमा पनि भारी मात्रामा बढोत्तरी भएको छ । यसवर्षको तिहारमा गोदावरी फूलको व्यवसायीक विकास बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । जावलाखेलको खेल मैदान ललितपुरमा सुरु भएको प्रदर्शनीको प्रदेश नम्बर ३ का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उदघाटन गरेका हुन् । पुष्प व्यवसायीलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायीहरु बीच प्रतिस्पर्धा गराउन विगत ११ अवकाश प्राप्त सहायक वन अधिकृत बिनोद कुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । एक करोड ९१ लाख ६१ हजार ६ सय २५ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुल्न नसक्दा आयोगले सोमबार मुद्दा दायर गरेको हो । सिंह २०४३ सालमा निजामती सेवामा भर्ना भएका थिए । त्यसयता उनले एक करोड ६० लाख २१
गोरखाको चुमनुब्री गाउँपालीका ४ को सर्दी भिरमा पहरा खोपेर पुल बनाइएको थियो । स्यार खोलाको बाढीले किनारमा कटान गरेर पदमार्ग बगाएपछि भिर खोपेर क्यान्टिलिभर पुल बनाइएको हो । डेढ वर्षअघि बनाइएको पुलका विभिन्न भागमा पहिरोसँगै खसेको ठूल्ठूला ढुंगाले क्षति पुर्‍याएको चुम्चेतका स्थानीयवासी गोपाल लामाले बताउनुभयो । २ सय २५ मिटर लामो पुलको दुई ठाउँमा झण्डै ६ मिटर पुलको भागमा क्षति पुर्‍याएको उहाँले बताउनुभयो । पुलको डेक र छेउको पोल भाँचिएको छ’ लामाले भन्नुभयो डेक भाँचिएको ठाउँमा काठको फल्याक राखेर हिँड्न मिल्ने बनाइएको छ ।’ पहिरोले पुलको एक भाग बाँङ्गिएको र बार पनि भाँचिएको उहाँले बताउनुभयो । छेउमा बार भाँचिएको र मानिस हिँड्ने भागमा फल्याक राखेर ओहोरदोहोर गर्दा जोखिम बढेको उहाँको भनाई छ । मनासलु पदमार्गबाट चुमभ्याली जाने पदमार्ग अन्तर्गत सर्दी भिरमा क्यान्टिलिभर पुल बनाइएको हो । पुलमा जोखिम भएपछि साविकको चुम्चेत र छेकम्पारका बासिन्दासहित चुमभ्याली घुम्न जाने पर्यटकलाई समस्या भएको छ । मान्छे त जोगिँदै हिँड्न सक्छ तर खच्चड हिँडाउन गाह्रो परेको छ’ चुमनुब्री–४ का वडाध्यक्ष लोप्साङ लामाले बताउनुभयो । सर्दी भिरबाट बेलाबेला ठूला ढुंगा खसिरहने भएकाले पहिरोसँगै पुलमा ठूलो क्षति पुग्ने सम्भावना रहेको उहाँको भनाई छ । अहिले क्षति पुगेको भागको मर्मतका लागि गाउँपालिकाले पहल गरेको छ । हामीले मर्मत गर्न सक्दैनौं मर्मत गर्न इञ्जिनियर नै चाहिन्छ’ गाउँपालिका उपाध्यक्ष कुमारी गुरुङले भन्नुभयो हामीले पुलको काम गरेको कम्पनीलाई खबर गरेका छौं ।’ २०७२ सालको भूकम्पपछिको पहिरो र स्यारखोलामा आएको बाढीले मनासलु पदमार्ग कटान गरेपछि चुमभ्यालीका बासिन्दाको आउजाउको बाटो बन्द भएको थियो । अवरुद्ध बाटो खुलाउन झोलुङ्गे पुलमै प्रयोग गरिने स्टिलका संरचनाहरु प्रयोग गरी भित्तामा खोपेर क्यान्टिलिभर पुल जडान गरिएको हो । बेलायतको दातृ संस्था युकेएडको आर्थिक सहयोगमा नेपाल बजार विकास कार्यक्रमले पुल निर्माण गरेको हो । मनासलु पदमार्ग अन्तर्गत लार्केपास गर्ने पदमार्गतर्फ यारु बगरमा ३ करोड ७५ लाख रुपैयाँमा १ शय ९५ मिटर र चुमभ्याली जानेबाटोतर्फ स्यारखोलाको भिरमा ४ कराडे १५ लाख लगानी गरी १ सय २७ मिटर लामो पुल बनाइएको छ । पुलको कम्तिमा ५० वर्षसम्म टिक्ने प्राविधिकहरुले बताएका छन् । तर पहिरोले ठाउँठाउँमा क्षति पुर्‍याएकाले समस्या परेको स्थानीय बासिन्दाको भनाई छ ।
गाउँपालिका अध्यक्ष जसले गाउँपालिकाको लागी गाडी किन्न आएको पैसा स्काभेटर र टिपर किनेर जनतालाई सेवा दिए nepali sandes गाउँपालिका अध्यक्ष जसले गाउँपालिकाको लागी गाडी किन्न आएको पैसा स्काभेटर र टिपर किनेर जनतालाई सेवा दिए रामेछाप / पोहोरको बर्खामा खिम्ती खोलाको बाढीले सदरमुकाम र राजधानी तथा तराईबाट रामेछापको उमाकुण्ड र गोकुलगंगा गाउँपालिका जाने सडकमा ठूलो क्षति पुर्यायो । बाटो बगाएपछि उमाकुण्ड र गोकुलगंगा गाउँपालिका पूरै नाकाबन्दीमा परे । तर सडक डिभिजन कार्यालयले ६ महिनाभन्दा पहिले बाटो बनाउन नसकिने बतायो । कसैले बनाउन सकिँदैन भनेको त्यो बाटो उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवारलाई साथ लिएर आफैले ढुंगा पल्टाएर एक हप्ताभित्रै खुलाए । सादगी जीवन होस् वा दिगो विकास शेरबहादुर सुनुवारको दृष्टिकोण उदाहरणीय छ । रामेछापका अन्य प्रमुख एवं अध्यक्ष आफ्नै नगरपालिका र गाउँपालिकाको नयाँ गाडी टल्काएर हिँड्दा उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवार भने सार्वजनिक गाडीमा धुलो खाँदै हिँड्छन् । उमाकुण्डबाट सदरमुकाम आउँदा गाडीमा ६/७ घण्टा लाग्छ । गाउँका अरु सर्वसाधारण त्यही गाडीमा चढ्छन् । भोलि गाउँपालिका अध्यक्षको पद सकिएपछि मैले चढ्ने पनि त्यही गाडी हो अहिले कसलाई सान देखाउनु त ’ सुनुवारले सहज तर मार्मिक जवाफ दिए नेपालको राजनीति सान मान र दामले बिगार्यो । त्यसैले म यी तीनै चिजबाट टाढा रहन चाहन्छु ।’ अन्य गाउँपालिका विकास योजनामा अलमलिइरहँदा उमाकुण्डले भने विकासको पूर्वाधार र आधारस्तम्भ तयार पारेको छ । ७ वटा वडा रहेको सो गाउँपालिका रामेछापको सबैभन्दा विकट र दुर्गम क्षेत्र समेटेर बनेको छ । सडक सञ्जालले समेत सबै वडामा छोएको छैन । उनकै कारण अहिले ३ वटा वडा बाह्रै महिना सडक चल्न सक्ने अवस्थामा छन् । बाँकी वडालाई पनि यस वर्षबाट नियमित यातायात चल्ने बनाउने योजनाका साथ काम भइरहेको सुनुवारको भनाइ छ ।\ गाउँका अरु सर्वसाधारण त्यही गाडीमा चढ्छन् । भोलि गाउँपालिका अध्यक्षको पद सकिएपछि मैले चढ्ने पनि त्यही गाडी हो अहिले कसलाई सान देखाउनु त ’ गाउँपालिकालाई गाडी किन्न आएको पैसाले एउटा स्काभेटर र एउटा टिपर किनेँ’ उनले भने जहाँ बाटो बन्द हुन्छ त्यहीँ गएर खोल्छ । मैले गाडी चढेर के हुन्छ स्काभेटर र टिपर भयो भने सडक त नियमित चल्छ ।’ कृषि वन जल र पर्यटनलाई गाउँपालिकाको समृद्धिको आधार देखेका उनले सोही अनुसार योजना बनाएका छन् । कृषिका लागि मैले बजेट छुट्याएको छु । अब जग्गा बाँझो राख्नेलाई ३ गुणा बढी कर लगाउने नीति ल्याउँदै छु । अनि आलु अलैंची चिया र जडीबुटी खेती गर्नेलाई अनुदानसहित सहयोग गर्ने कार्यक्रम ल्याएको छु’ उनले सुनाए अब सके व्यक्तिले गर्छ नसके प्राइभेट कम्पनीले आएर आलु चिया र जडीबुटीको खेती गर्छ । तर जग्गा बाँझो रहन दिन्नँ ।’ गौरीशंकर संरक्षण क्षेत्र र सगरमाथा आधारशिविरको प्रवेशद्वार समेत रहेको उमाकुण्ड गाउँपालिकामा पर्यटकहरुलाई विविधताको अनुभूति दिने योजना उनको छ । त्यसैले प्रितीको तामेमा भ्यू टावर र प्याराग्लाइडिङ स्पट बनाउने योजना छ । त्यहाँ त एक सय मिटरभन्दा लामो चिप्लेटी खेल्ने ठाउँ पनि छ । हामी त्यसलाई व्यवस्थापन गर्छौं त्यसको प्रचार भएपछि पर्यटकहरु आइहाल्छन् नि’ उनले ढुक्कका साथ सुनाए । विकासमा पछाडि भए पनि स्रोत र सम्पदामा धनी छ उमाकुण्ड । नेपालमा नै धेरै गुम्बा भएको गुम्देल यही गाउँपालिकामा पर्छ प्राकृतिक रुपमा बनेको कावा गुम्बा पनि यहीँ छ । नुम्बुर हिमाल विभिन्न पोखरी तथा चौंरीपालन क्षेत्र पनि यही गाउँपालिकामा पर्दछ । यिनै सम्पदाको सम्बर्धन र प्रचार गरी ५ वर्षभित्र गाउँपालिकाका हरेक नागरिकलाई विकासको पूर्वाधार तयार गरेरै छाड्ने सुनुवारको लक्ष्य छ । माइक्रोहाइड्रोहरुलाई करको दायरामा ल्याउने र नयाँ बनाउँदा त्यहीँका श्रमिक प्रयोग गरी उनीहरुले पाउने पारिश्रमिकको आधा पारिश्रमिक कटाएर त्यहीँ राखी सेयरका रुपमा लगानी गर्ने गरी गरिबलाई मालिक बनाउने नीति उनले गाउँपालिकाबाटै नै पास गर्दैछन् । सुनुवारले किसानलाई कृषिमा आकर्षित गर्न गाउँपालिकाबाट अनुदान दिन बजेट छुट्याएका छन् । किसानले आलु चिया जडीबुटी तरकारी लगायतमा यस्तो अनुदान पाउने छन् । यो अनुदानबाट उत्पादन गरेको उपज सहकारीमार्फत गाउँपालिकाले खरिद गरी बजारसम्म पुर्याइदिने छ । बिचौलियालाई किन खान दिनु किसानको उत्पादन सोझै बजारमा पुगोस् न । अलिअलि बचेको त्यही किसानहरुले नै बनाएको सहकारीमा बसोस्’ आफ्नो योजना सुनुवारले राजनीतिक र सामाजिक क्षेत्रमा काम गरेको सुनाए सबैभन्दा ठूलो कुरा लालच रहेछ । सबैले लालच छाडिदिने हो भने विकास आफै हुने रहेछ ।’ चौंरी नेपालको हिमाली क्षेत्रको गहना मात्र हैन आयआर्जन र पर्यटन प्रवर्धनको बलियो आधार पनि हो । त्यसैले चौंरी र चौंरीपालन व्यवसायलाई प्रबर्धन गर्ने योजनामा छन् सुनुवार । त्यसका लागि यस वर्ष मात्रै २२ लाखभन्दा बढी रकम विनियोजन गरेका छन् । यसबाट किसानलाई चौंरीपालनका लागि अनुदान दिने चौंरी र यसको दूधजन्य उत्पादनको महत्वबारे जानकारी दिई पर्यटन र व्यवसाय प्रवर्धनका लागि सहयोग पुग्ने उनको अपेक्षा छ । स्थानीय तहका जनप्रतिनिधिले चाहेमा अहिलेकै अवस्थामा पनि धेरै काम गर्न सकिन्छ भन्ने मान्यता राख्छन् शेरबहादुर सुनुवार । नेतृत्वले सान मान र दाम छाड्नैपर्छ । आफूलाई सर्वसाधारणभन्दा फरक हैन उनीहरुकै बीचमा राखेर हेर्ने हो भने समुदायलाई धेरै माथि उठाउन सकिन्छ । शेरबहादुरको मन्त्र सबैले ह्रदयंगम गरौं लालचले आफूलाई त बिगार्छ बिगार्छ समाज र देशलाई पनि बिगार्छ ।’(उज्यलो मिडिया बाट साभार )
नेपाल प्रहरीले १ लाख सेल अश्रुग्यास र २० हजार थान लाठी खरिद गर्न प्रस्ताव गरेको छ । कारोबार दैनिकमा समाचार छ । आफ्ना माग पूरा गराउने नाममा विभिन्न राजनीतिक दलजातीयक्षेत्रीय तथा विभिन्न धार्मिक संघसंस्थाहरु तोडफोड र आगजनीमा उत्रिएपछि प्रहरी प्रधान कार्यालयले भीड–दंगा नियन्त्रणका लागि करिब ३५ करोड रुपैयाँ बराबरको यी दंगा नियन्त्रण उपकरण मागेको हो । भीड आन्दोलन नियन्त्रणबाहिर जाने स्थितिमा प्रहरीले प्रदर्शनकारी तितरबितर पार्न अश्रुग्यास प्रहार गर्छ । एउटा अश्रुग्यासको मूल्य २०(३५ अमेरिकी डलरसम्म पर्छ । यो करिब २१ सयदेखि ३७ सय रुपैयाँसम्म हो । भीड नियन्त्रण गर्न प्रहरीले प्रयोग गर्ने एउटा बेटको लाठीको मूल्य ३ देखि ४ सय रुपैयाँसम्म पर्छ ।
म्याग्दीको मंगला र रघुगंगा गाउँपालिकाको सिमानामा पर्ने टोड्केमा सञ्चालनको तयारीमा रहेको रिसोर्ट र पृष्ठ भुमिमा देखिएको धौलागिरि हिमाल । तस्विर ः कमल खत्री रासस म्याग्दी
व्यक्तिहरू र परिवारहरू साना व्यवसाय को मालिक र उनीहरूका कर्मचारीहरूलाई बजारले के प्रदान गर्दछ र यसले कसरी काम गर्छ भनि बुझाउनको लागि सहायता गर्न न्यूयोर्क स्वास्थ्य राज्यसँग धेरै प्रकारका सामाग्रीहरू छन्। यदि तपाईंलाई सहायता चाहिन्छ वा निशुल्क दोभाषे चाहनुहुन्छ भने हाम्रो ग्राहक सेवा केन्द्रलाई 18553555777 (tty 18006621220) मा सम्पर्क गर्नुहोस्। यदि तपाईंसँग सुन्ने वा दृष्टि सम्बन्धी दुर्बलता छ भने सहयोग पनि निशुल्क उपलब्ध छ।
यिनै हुन् दोलखाका सरोज जिरेलजसले बनाए आफ्नो घरको ढोकामा निर्मला पन्तको रंगेली (भिडियो सहित) taja khabar काठमाडौँ कंचनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भएको १०० दिन नाघी सकेको छ। हत्या भएको सय दिन नाग्दा पनि प्रहरीले पन्तको हत्यारा को हुन त्यसको भेउसम्म पाउन सकेको छैन।छोरीको हत्याराको कारबाहीको मागसहित निर्मलाका बुवाआमासहित मानव अधिकारवादी स्थानीयवासीको चौतर्फी दवाब हुँदा पनि प्रहरीले हत्यारालाई कानुनी दायारामा ल्याउन सकेको छैन।निर्मलाकै कारण प्रहरीको चौतर्फी आलोचना समेत हुने गरेको छ।आज तिहारको तेस्रो दिन गाई तिहार अर्थात् लक्ष्मी पुजा । लक्ष्मी पुजाको दिन धेरैले आफ्नो आफ्नो तरिकाले रंगोली बनाउने चलन छ । धेरैको फेसबुकमा आफुले बनाएको रंगोली पोष्ट गरेको छ । यसै बीच निर्मलाको पन्तको रंगोली बनाएर लक्ष्मीको पुजा गरेको तस्बिर एकाएक भाइरल भएको छ । उक्त तस्बिर दोलखा जिल्लाको जिरी नगरपालिका स्थित वडा नम्बर ४ का सरोज जिरेलले बनाएका हुन् ।उनले आफ्नो फेसबुकमा निर्मला पन्तको रंगोली बनाएर निर्मला पन्त लाई न्याय दिन नसक्ने हरुले आजको दिनमा लक्ष्मीको पुजा गर्नु धिक्कार छ किनकी एउटि लक्ष्मी लाई अन्याय र अर्किलाई पुजेर अपराध लुकाउनुको कुनै अर्थ छैन’ लेखेको छ ।उक्त तस्बिर अहिले सामाजिक संजालमा भाइरल भएको छ ।
समयसँगै ल्यापटप वा कम्प्युटर प्रणालीमा डाटा सञ्चय बढ्दै जान्छ । धेरै मात्रामा डाटा सञ्चय हुँदा तिनको गतिमा नकारात्मक असर देखिन थाल्छ । हार्डडिस्कको मेमोरी फुल हुँदा उपकरणको कार्य क्षमतामा समेत ह्रास आउन थाल्छ । स्थानको अभावमा उपकरणमा रहेका सफ्टवेयर रेगुलेटर अपडेट हुन नसक्नु यसको मुख्य कारण हो । यसले गर्दा उपकरण बुट गर्न वा स्टार्ट हुन तुलनात्मक रूपमा धेरै समय लाग्छ । यी समस्या देखिन थालेपछि केही प्रयोगकर्ता उपकरणलाई शर्टडाउन गर्न मन पराउँदैनन् । घण्टौं प्रणाली वा उपकरण प्रयोगविहीन रहने अवस्थामा पनि सिष्टम अन गर्न लाग्ने समयका कारण तिनलाई स्लिप मोडमा राख्छन् । स्लिप मोडमा राख्दा उपकरण पूर्णतया बन्द हुँदैन र यो आंशिक रूपमा सञ्चालनमै रहन्छ । तर यसो गर्दा उपकरण र प्रणाली दुवैको आयु छोटो हुँदै जानेबारे भने अधिकांशलाई थाहा नहुन सक्छ । उपकरण अन नै राखेर सुत्दा बत्ती गएको थाहा हुँदैन । यसले गर्दा उपकरण पटकपटक डायरेक्ट बन्द हुने सम्भावना प्रबल हुन्छ । यसले कम्प्युटर प्रणाली वा उपकरणलाई नराम्रो असर गर्छ । साथै खराब मौसममा चम्कने चट्याङले सञ्चालनमा रहेको प्रणालीलाई हानि गर्ने सम्भावना पनि हुन्छ । यसरी विद्युत्सँग जडान गरेर हरेक समय उपकरण अन राख्दा यसको आयु कम हुन्छ भने विद्युत् खपत बढ्छ । कहिलेकाहीँ अपडेट गर्न कम्प्युटरलाई रातभर अन राख्नु नराम्रो भने होइन । खासगरी रातको बेला प्रणालीमा काम कम गरिने र इण्टरनेटको गति पनि राम्रो हुने भएकाले यसलाई राम्रो मानिन्छ । तर सँधै विनाकाम अन राख्नु ठीक होइन । वर्षाको समयमा भने सिष्टम अपडेट गर्नुपूर्व मौसमका बारेमा ध्यान दिन सके राम्रो हुन्छ । (एजेन्सी)
टोकियो — जापानका सबैभन्दा ज्येष्ठ नागरिक चियो मियाकोको ११७ वर्षको उमेरमा निधन भएको छ । जापानको स्वास्थ्य श्रम र समाज कल्याण मन्त्रालयले उनको गत आइतबार निधन भएको बिहीबार जानकारी दिएको हो । काठमाडौँ — शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानले रक्त क्यान्सरपीडित १२ वर्षीय सुनिल घलेलाई सहयोग हस्तान्तरण गरेको छ । देश विदेशमा रहेका नेपालीबाट संकलित ८२ हजार रुपैयाँ प्रदेश ३ की उपसभामुख राधिका तामाङले बिहीबार इसान अस्पताल बसुन्धारा पुगेर बालककी दिदी रोजिना घलेलाई हस्तान्तरण गरेकी हुन् । पीडित बालकको सोही अस्पतालमा उपचार चलिरहेको छ । प्रतिष्ठानले १ लाख ६४ हजार सहयोग संकलन गरेको थियो । बाँकी रहेको रकम बोनम्यारो प्रत्यारोपण गर्न सिभिल अस्पताल बानेश्वरमा उपचारत अनिता श्रेष्ठलाई हस्तान्तरण गरिने प्रतिष्ठानका कोषाध्यक्ष डिबी तामाङले बताए । श्रीलङ्काली राजनीतिक संकट संसदद्वारा नवनियुक्त प्रधानमन्त्री राजापाक्षविरुद्ध अविश्वास प्रस्ताव पारित
außerhalb der genannten zeiten können sie gerne per email mit uns kontakt aufnehmen wir melden uns dann schnellstmöglich bei ihnen zurück
chú ý nếu bạn nói tiếng việt có các dịch vụ hỗ trợ ngôn ngữ miễn phí dành cho bạn gọi số 18002255254 (tty 18002255254)
टेक्सस(अमेरिका)नेपाली चलचित्र अन्तर्राष्ट्रिय गुणस्तरको भइसकेको छ । यसलाई अझ अग्रस्थानमा पुर्याएर हाम्रो गन्तव्य ओस्कर सम्म हामी पुग्न सक्छौं । यो विश्वास सुपरिचित चलचित्रकर्मी सुनील थापाको हो । टेक्सस अमेरिकाको ड्यालसमा गत आइतबार सॉझ आयोजित एक कार्यक्रममा सुनील थापाले सबैसंग नेपाली चलचित्रलाई माया गर्न र हलमै गएर नेपाली चलचित्र हेरिदिन आग्रह गरे ।उनलाई नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापाले स्वागत गरेका थिए भने निर्देशक नारायण पुरीले थापाको सांगोपांग परिचय दिएका थिए । हिमालय खवरका शैलेश आचार्यसंग संवादको शैलीमा सम्पन्न सो कार्यक्रममा सुनील थापाले आफू सम्वद्ध विभिन्न विषयमा जानकारी गराएका थिए । भारतीय सेनामा प्रवेश गर्दा बुवा गणेश बहादुरको जातै परिवर्तन भएको रोचक जानकारी दिदै थापाले आफूहरु मूलत पाल्पाका गुरुंग भएको बताए । प्रारम्भमा फूटबल खेलाडी एवं खेलकूद पत्रकार रहेका सुनीललाई विख्यात हिन्दी चलचित्रकर्मी देवानन्दले साहेब बहादुरबाट चलचित्रमा ल्याएका हुन । एक दूजे के लिए मेरी कोम जस्ता कीर्तिमान हिन्दी चलचित्रमा महत्वपूर्ण भूमिका निभाएका थापा चिनोबाट नेपाली चलचित्रमा आएका हुन । उनले चार दशक लामो अभिनय यात्रामा सयौं चलचित्रमा काम गरिसकेका छन । हाल उनी नेपाली एवं भारतीय चलचित्रहरुमा निरन्तर सक्रिय छन । नेपालको अर्थतन्त्रको मुख्य समस्या पनि वढ्दो व्यापार घाटा नै हो । नेपालले विदेशमा विक्री गर्ने वस्तु र विदेशवाट आयात गर्ने वस्तुको मूल्य विचको अन्तरनै व्यापार घाटा हो
ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन बुधबार बेलुकी आठौं विदेश भ्रमणमा गएका छन्। महानगरपालिकाको प्रमुख पदमा निवार्चित भएयता यसबाहेक उनी सातपटक विदेश भ्रमण गरिसकेका छन्। आठौं विदेश भ्रमणको शिलशीलामा उनी यो पटक चीन सरकारले मकाउमा आयोजना गरेको भ्रमण कार्यक्रममा सहभागी भएका हुन्। उनको भ्रमण टोलीमा महानगरपालिकाकै–१९ का वडाअध्यक्ष विनोद ताम्राकार वडा ७ का वडाध्यक्ष कुल बहादुर महर्जन र स्वकीय सचिव राजु महर्जन रहेकोे महानगर श्रोतले जनाएको छ। श्रोतका अनुसार उनी चीन सरकारको निमन्त्रणमा त्यहाँ प्रस्थान गर्न गरेका हुन्। चीनसँग सिमाना जोडिएका देशका महानगरपालिकाका मेयरहरुलाई चीनले डाकेका छ’ श्रोतले भन्यो मेयरसाप पनि त्यही भेटघाटमा सामेल हुन लाग्नुभएको हो।’ उनी स्थानीय तहमा निर्वाचिर्त जनप्रतिनिधिहरूमध्ये सबैभन्दा बढी विदेश भ्रमण गर्ने मेयरमध्ये पर्छन। यसअघि उनले यसअघि वर्मा श्रीलंका कोरिया थाइल्याण जापानलगायत देशको भ्रमण गरिसकेका छन्। स्थानीय तहको निर्वाचन भएको १ वर्ष बित्नै लाग्दा जनताले प्रत्यक्ष अनुभूत गर्ने खालका काम गर्न नसकेका मेयर नगरवासीको गुनासोलाई वेवास्ता गर्दै उनी विदेश भ्रमणमा सामेल भएका हुन्। आजको नागरीक दैनिकले छापेको छ विदेश प्रस्थान गर्नुअघि नागरिकसँग कुरा गर्दै मेयर महर्जनले मित्र राष्ट्र चीनको विशेष निमन्त्रणालाई स्वीकार गर्दै त्यहाँ सहभागी हुन लागेको बताए। उनले अप्रिल १९ देखि २३ तारिकसम्म मकाउमा हुने एसएआर’ सम्मेलनमा सहभागी हुन लागेको बताए। उक्त कार्यक्रममा चीनले छिमेकी २३ भन्दा बढी देशका मेयरलाई निमन्त्रणा गरेको छ’ उनले भने नेपालको प्रतिनिधित्व गर्दै म त्यहाँ जान लागेको हुँ।’ उनले चीनले आयोजना गरेको उक्त कार्यक्रम मकाउमा हुने जनाए। गत असोज १ गते महर्जनले ललितपुरलाई जाममुक्त घोषणा गरे। त्यसै दिन पुल्चोकदेखि हरिहरभवनसम्म सोलारबत्ती जडान गर्ने योजना पनि सार्वजनिक गरे। अहिले भने सबैभन्दा बढी जाम ललितपुरमै देखिन्छ । सडकमा सोलार बत्ती पनि जडान गरिएको छैन। सस्तो लोकप्रियताका लागि आवश्यक पूर्वाधारविनै जाममुक्त घोषणा गर्दा धेरैले आपत्ति जनाएका थिए। तर महर्जनले जबर्जस्ती घोषणा गरेको निर्णय कार्यान्वयन हुन सकेको छैन। गत माघ २३ गते मंगलबजार प्रहरी प्रभागले गरेको सार्वजनिक सुनुवाइमा धेरैले त्यसको विरोध गरेका थिए। मेयर महर्जनले घोषणा गरेका पाटन अस्पतालअगाडि र लगनखेल चोकमा दुई अकासेपुल बनाउने पुल्चोकदेखि बाग्मती पुलसम्म फ्लाइओभर बनाउने सिसिटिभी र सोलारबत्ती जडान गर्नेलगायत कुनै पनि योजना सुरु हुन सकेका छैनन्।
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले संविधान संशोधन प्रक्रिया अघि बढाउने र स्थानीय तहको संख्या थप गर्ने निर्णय गरेको छ । साथै अनुशासन समिति बनाउने र चुनावमा अन्तरघात गर्नेलाई कारबाही गर्ने निर्णय पनि भएको छ । सोमबार सकिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सरकारको निर्णय अनुसार स्थानीय तहको संख्या बढाउनु पर्नेमा जोड दिएको छ । तत्कालीन प्रचण्ड सरकारले तराई मधेसका जिल्लाहरुमा २४ स्थानीय तह थप गर्ने निर्णय गरेको थियो । तर सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । यो मुद्दा अझै सर्वोच्चमा विचाराधीन छ । तर कांग्रेसका प्रदेश नम्बर २ को भेलाले मुद्दा टुंगोमा पुर्‍याएर संख्या बढाउनु पर्नेमा जोड दिएको थियो । साथै अनुशासन आयोग गठनका लागि सहमति दिएको छ । बैठकले स्थानीय चुनाव भएका ६७ जिल्लालाई १५ दिनभित्र चुनावी रिपोर्ट पठाउन पनि निर्देशन दिएको छ । बैठक समापन गर्दै पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहाददुर देउवाले अन्तरघातीलाई कारबाही गरिछाड्ने बताए । उनले अबको १/२ दिनमा नै मन्त्रिपरिषद् विस्तार गर्ने र पार्टीमा सबैलाई मिलाएर अघि बढ्ने बचन समेत दिएका छन् ।
लण्डन । अल्डरशट ग्रेटर रशमोर नेपाली कम्युनिटीले बिगतका वर्ष जस्तै नेपालबाट आउने नव आगन्तुक भुपू गोर्खा र उनका सन्तान एवं पहिले नै आइसकेका जेष्ठ नागरिकहरुलाई समेत सुसुचित गरि यहाँको रहन सहन उठबस शिक्षा स्वास्थ्य नागरिक अधिकार र कर्तव्य सेवा तथा सुबिधा आदि विषयमा सचेत गराउनको लागि आगामी २० सेप्टेम्बर २०१८ मा बिहान ठिक १००० बजे सुरु हुने गरी इन्फोर्मेशन डे कार्यक्रमको आयोजना गर्ने पूर्ण तयारी गरेको छ। ग्रेटर रशमोर नेपाली कम्युनिटीद्वारा आयोजना हुन गैरहेको उक्त कार्यक्रमको लागि क्यान (can) इन्टर्नेशनल र रशमोर ब्रो काउन्सिलको एक पार्टनरको रुपमा सहयोग रहेको छ। स्थानीय एम्पायर हाउस अल्डरशटमा हुने उक्त कार्यक्रमको लागि उपाध्यक्ष नेम थापालार्इ संयोजक तोकिएको कुरा प्रवक्ता प्रमिला राइले बताइन् भने अन्तिम तयारीको लागि रशमोर ब्रो काउन्सिल अफिसमा अध्यक्ष जीव बेलबासे उपाध्यक्ष नेम थापा र रशमोर कम्युनिटी डेभलभ्मेण्ट मेनेजर जेमी बिटन समेतको ७ सेप्टेम्बर २०१८ मा बसेको बैठकले सबै कुरा टुंगो लगाएको कुरा संयोजक एवं उपाध्यक्ष नेम थापाले बताए। कार्यक्रममा सिटिजन एड्भाइस ब्युरो रशमोर ब्रो काउन्सिल स्थानीय प्रहरी फ्रेमिली पार्क हस्पिटल रशमोर हेल्थी लिविंग १० qoglr टकप्लस हाउजिङ्ग रशमोर फायर एण्ड रेस्क्यु सर्भिस (can) इन्टर्नेशनल) जी आरएनसीलगायतले छोटकरीमा चाहिने जति जानकारी गराउनेछन् भने काउन्सिल लिडर डेभिड क्लिफोर्डले सम्पूर्ण कार्यक्रम अवलोकन गर्नेछन्। जेष्ठ नागरिकहरुको दैनिकी एवं बेलायती जीवनमा जान्नै पर्ने बिषयलाइ बिशेष प्राथमिकतामा राखिएको उक्त कार्यक्रममा करिव ५०० जनाको सहभागिता रहने आशा गरिएको र फान्ब्रो अल्डरशट मात्र नभई अन्य क्षेत्रबाट समेत सहभागिताको आव्हान गरिएको कुरा महासचिव मान गुरुङ्गले बताए।
उपप्रधानन्त्रीस्तरका शीर्ष नेताले एक सातापछि नेपालको औपचारिक भ्रमण गर्न लागेको परराष्ट्र स्रोतले जानकारी दियो। उपप्रधानमन्त्री एवं कृष्णबहादुर महराको निमन्त्रणामा उपप्रधानमन्त्री झाङ काओ ली नेपाल आउन लागेको बुझिएको छ। चीनमा उनीसहित चारजना उपप्रधानमन्त्री छन् । उपप्रधानमन्त्रीहरूमा झाङ काओ ली लिउ याङ वाङ याङ र मा काई रहेको
विसं २००८ साउन २३ गतेदेखि २०७० को अन्त्यसम्मका लागि एक लाख २० हजार राजपत्रलाई मुद्रण विभागले अभिलेखीकरण गरेको छ । मुद्रण विभागले आज आयोजना गरेको कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले वेवसाइटको उद्घाटन गर्दैे सम्पूर्ण सरकारी कार्यालयलाई कागजबिना नै काम गराउने सरकारको पेपरलेस’ अवधारणालाई उक्त वेबसाइटले मद्दत पु¥याउने बताउनुभयो । संचार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले विगतमा राजपत्र खोज्न र टिपोट गर्न लाग्ने अनावश्यक समयलाई अब राष्ट्र निर्माणमा लगाउन सबैलाई आग्रह गर्नुभयो । बदलिदो समय अनुसार मुद्रण विभागले आफ्ना कर्मचारीको कार्यक्षमता अभिवृद्धिका लागि थप पहल गर्न पर्ने बताउनु भयो ।
कवयित्री अनिता लामाले कवितामार्फत नारी सशक्तीकरणको वकालत गरेकी छन्। धुम्बाराहीस्थित महिला सामुदायिक कार्यक्रम सञ्चालक समिति र महिला सामुदायिक केन्द्रले आयोजना गरेको एकल कविता वाचनमा उनले नारी आवाज बुलन्द गरेकी हुन्। अनिताले सलाम आदरणीय आमाबुवा’ कवितामार्फत वाचन सुरु गरिन्। त्यसपछि नागरिकता’ र रगत’ शीर्षक कवितामा नारी शक्तिको प्रशंसा गर्दै राजनीतिक सांस्कृतिक र प्रशासनिक विभेदप्रति व्यंग्य कसिन्। जीवन अर्थात् बटरफ्लाई जीवन अनन्त सागरबीचमा बनेको रहस्यमय टापुजस्तो हो । टापुमा जीवनका उतारचढावका विविध छाल उर्लन्छन् । हरेक छाल संघर्षका स्ट्रोकजस्तो हो । कुनै टापु उजाड हुन पनि सक्छ बालुवाको थाक मात्रै । कुनै टापुको जमिनलाई फुटाएर कुनै घाँस उम्रियो भने मानौँ त्यो चेतना हो । जहाँ चेतना हुन्छ त्यही जीवनको हरियो हो । चेतना छ जीवनको रङ छ । रङको मधुवन साहित्य प्रतिष्ठानको नयाँ कार्यसमितिले काव्य शृङ्खला सम्पन्न गरेको छ। शृङ्खलामा चार पुस्ताका १५ कविले आफ्ना समसामयिक स्वर बुलन्द गरे । कार्यक्रममा प्रमुख अतिथि विष्णुविभु घिमिरेले चार पुस्तालाई एकै ठाउँमा सुन्न पाउँदा कुनै उत्सव मनाएको आभास भएको बताए । उनले छन्द गद्य र गजल सबै विधालाई एकै ठाउँमा सुन्न पाउँदा खुसी महसूस भएको बताउदै मधुवनलाई बलिउड अभिनेता सञ्जय मिश्रालाई धेरैले कमेडियनका रूपमा चिन्छन्। तर उनका दुुई फिल्म आँखो देखी’ र मसान’ हेरिसकेपछि लाग्छ उनी अलग कलाकार हुुन्। उनी दर्शकलाई हँसाउने मात्रै होइन गम्भीर फिल्ममा समेत काम गर्छन्। उनी भारतीय फिल्म निर्देशक सत्यजित रायबाट प्रभावित छन्। रायको पाथेर पाञ्चाली’ उनलाई मनपर्ने सिनेमा हो। पछिल्लो समय भारतीय सिने जगत् यथार्थवादतिर ढल्केको उनको गायक अमृत खातीले चर्चित गायक–गायिकासँगको सहकार्यमा हजुरको आँगनीमा’ बोलको तिहार गीतको म्युजिक भिडियो युट्युबमार्फत सर्वजनिक गरेका छन् । पूर्ण मनोरञ्जनात्मक यस गीतले परम्परागत चाडपर्वका बारेमा सन्देश प्रवाह गरेको छ । खातीसहित चर्चित गायक–गायिका उमा श्रेष्ठ डिबी लोप्चन भीमसेन खतिवडा स्मृति गौतम बिन्दा परियारले गीतमा स्वर भरेका छन् । संगीत र शब्द भने माधव प्रधानको छ गायिका निशु ढकालको तीहार विशेष नयाँ गीत सार्वजनिक भएको छ । गायिका ढकालको तिहार सुहाउँदो गीतको भिडियो आयो तिहार लिएर देउसी’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा नवीन के तिमल्सिनाका शब्द तथा संगीत छ । गीतलाई एरेन्ज पनि तिमल्सिनाले नै गरेका छन् । एन्जिला शिल्पा र रूपा लगायतको अभिनय रहेको भिडियोमा नेपाली मौलिकता झल्किएको समयले भुइँको धूलोलाई पनि कहिलेकाहीँ पातसम्म पुयाइदिन्छ’ यो उक्ति संयोग गुरागाईंको जीवनमा पनि मेल खान्छ । इलामका संयोग गुरागाईं धुलोबाट उठेका रंगकर्मी हुन् । चाहना दृढता र साधनाको वेगसँगै उडेका उनी कसैको आँखामा बिझाएनन् बरु रंगमञ्चबाट दर्शक/श्रोताको आँखा मन मस्तिष्कमा बसेका छन् । सडक नाटक मञ्च थिएटर हुँदै अगाडि बढिरहेको उनको रंगयात्रा अहिले युट्युब सिरिजसम्म नृत्यनाटिका राजेन्द्रलक्ष्मी’ भारतको बैंगलोरमा जारी रंगशंकरा थिएटर फेस्टिभलमा प्रदर्शनीका लागि छानिएको छ। यो नाटक एस्थेटिक डान्स स्टुडियोको प्रस्तुति हो। दक्षिण भारतको प्रतिष्ठितमध्येको एक मानिने यो नाट्य महोत्सवमा नेपालबाट पहिलोपटक नाटक छानिएको हो। राजेन्द्रलक्ष्मीलाई रंगशंकरा महोत्सवको यसअघि मुस्किलले मञ्चन भएका नाटकहरू’ शीर्षकअन्तर्गत छनोट भएको हो। २८ अक्टोबर साँझ साढे ७ बजे जेपीनगरस्थित रंगशंकरा प्रेक्षालयमा राजेन्द्रलक्ष्मी मञ्चन बालबालिकालाई देउडा गीतमार्फत नेपाली वर्ण सिकाउन देउडा बाह्रखरी नामक पुस्तक नै तयार पारिएको छ । कालिकोटका स्रष्टा तथा पत्रकार कृष्णराज धमाला अपूर्ण’ले नेपाली स्वर वर्ण र व्यञ्जन वर्णका सबै अक्षरहरूबाट सुरुवात गरी देउडा गीतको रचना गरेको पुस्तक बजारमा ल्याएका हुन् । नेपाली भाषाको स्वर वर्णमा सबै अक्षरहरू र व्यञ्जन वर्णका बाह्रखरीको हरेक अक्षरबाट गीत रचना गरिएको हो । काभ्रेको हाक्से भन्ने एउटा गाउँ । जहाँ हरेकले घरमा जस्ताको छाना लगाएका छन् । उनीहरूको घरको छानोबाट पानी चुहिँदैन । किताब–कापी भिज्दैन छोराछोरीले टुकी बालेर भविष्यको रेखाचित्र कोर्न पाउँछन् । धुवाँसँग निस्सासिँदै चिसो दाउराबाट दालभात पाक्छ र मृत्युले अर्को दिनसम्म कुर्नुपर्छ । तर यसको लागि एउटै सर्त छ उनीहरूले पेट चिरेर मृगौला बेच्नुपर्छ । र मात्र हाक्सेमा सुख आइपुग्छ । इतिहासकै कुरा
देशको परिस्थिति जस्तै असहज बन्दै डा केसीको स्वास्थ्य अनशन अन्त्य गर्न दबाव दिँदै सरकार देशको परिस्थिति जस्तै असहज बन्दै डा केसीको स्वास्थ्य अनशन अन्त्य गर्न दबाव दिँदै सरकार २९ साउन काठमाडौं । प्रा डा गोविन्द केसीका माग सम्बोधन गर्न नेपाल सरकारद्वारा गठित वार्ता समितिले मुलुकमा भएको प्राकृतिक प्रकोपमा चिकित्सा सेवाको अपरिहार्यता र आफ्नो बिग्रदो स्वास्थ्यलाई समेत मनन् गर्दै तत्काल अनशन अन्त्य गर्न डा केसीसँग हार्दिक अपिल गरेको छ । समितिले प्रधानमन्त्री शेरबहादुर देउवाको समुपस्थितिमा नागरिक समाजका वरिष्ठ व्यक्तित्व नीलाम्बर आचार्य प्रा केदारभक्त माथेमा कनकमणि दीक्षितसमेतको उपस्थितिमा शनिबार प्रा डा केसीले प्रस्तुत गरेका माग सम्बोधन गर्न व्यवस्थापिका–संसद्को महिला बालबालिका ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिबाट पारित राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४’मा डा केसीद्वारा प्रस्तुत परिमार्जन गरिएका विषयवस्तु समेत समायोजन गरिएको र अन्य माग तत्काल सम्बोधन सकिने व्यहोराका साथ डा केसी र नागरिक समाजका वरिष्ठ व्यक्तित्वबीच सम्पन्न वार्तामा अनशन अन्त्य गर्न अनुरोध गरिएकामा डा केसीले असहमति जनाउदै आएका छन् । समितिले आज पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र डा केसीका वार्ता समितिका सदस्यबीच उनका माग सम्बोधनका लागि भएको छलफलका आधारमा पुनः अनशन अन्त्य गर्न गरिएको आग्रह पनि डा केसीले अस्वीकार गरेका छन् । हालसम्म भएका वार्ताका प्रगति र अवस्थाका सम्बन्धमा आजै प्रधानमन्त्रीलाई अवतग गराइएको तथा प्रधानमन्त्रीबाट विभिन्न राजनीतिक दलका प्रमुख व्यवस्थापिका–संसद्का सदस्य नागरिक समाजका व्यक्तित्वहरुसँग भएको परामर्श र मुलुक प्राकृतिक प्रकोपको चपेटामा परेका बेला चिकित्सा सेवाको अपरिहार्यतालाई मनन् गरी अनशन अन्त्य गर्न भएको आग्रहलाई पनि डा केसीले पुनः अस्वीकार गरेको वार्ता समितिले आज साँझ प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
दुर्घटनामा परी गृहमन्त्रीका स्वकिय सचिव प्यूठान विदुरनगर १ का बिजय विराज विष्ट र सिराहा पोर्ताहा ५ का अशोक यादव गम्भिर घाइते भएका हुन । सिराहाको लहानमा भएको कार्यक्रममा सहभागी भई सप्तरीको बरमझियामा पेडा लिई फर्कने क्रममा बा १ झ ८५२४ नम्वरको जीपको टायर पडकिएर अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । दुर्घटना भएको थाहा पाउनासाथ इलाका प्रहरी कार्यालय रुपनीको प्रहरी टोलीले घाइतेहरुको उद्दार गरी उपचारको लागी अस्पताल पठाएको छ । घाइते दुवैको स्थानिय रायपुर स्थित युनिक अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि विराटनगर पठाईएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी क्षतिग्रस्त जीप इलाका प्रहरी कार्यालय रुपनीको नियन्त्रणमा रहेको तथा घाइतेहरुको अवश्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय रुपनीका इन्चार्ज प्रहरी नायव निरीक्षक शम्भु बस्नेतले जानकारी गराएका छन् ।
उनले तपाईलाई प्रेम गर्छिन् भन्ने कुरा थाहा पाउने सुत्रहरु संसारमा सबैभन्दा बढी चर्चा भएको कुरा प्रेम नै हो । संसारमा सबभन्दा बढी परिभाषा गरेर पनि परिभाषित हुन नसकेको शब्द शायद प्रेम’ हुनुपर्छ । प्रेमको विषयमा जति गीत र कविता कुनै पनि विषयमा लेखिएका छैनन् । अधिकाँश कथा उपन्यास र चलचित्रको मुख्य विषय पनि प्रेम नै हुन्छ । आज संसारमा जति पनि चलचित्रहरु बनेका छन् जति जति गीतहरु सुन्नमा आएका छन् ती सबैमा कुनै न कुनै तरिकाले माया र प्रेमकै भाव र गुणगान गाइएको हुन्छ। तर अझै पनि कसैले प्रेम यो हो रयसकारण हुन्छ भन्न सकेको छैन । बैज्ञानिकहरुले प्रेम किन हुन्छ भन्ने विषयमा विभिन्न तर्क अघि सारेका छन् तर ती पनि सर्वमान्य छैनन् । मानिसहरु प्रेम किन हुन्छ र के हो प्रेम भन्ने विषयमा सदियौंदेखि खोज र अनुसन्धान गर्दै आएका छन् । आफूले मन पराएको कुनै केटी वा युवतीले आफूलाई मन पराउँछिन् वा पराउदिनन् जान्ने इच्छा पनि सबैमा हुन्छ । तर जान्ने कसरी – एक अर्कासित पूर्णतया नखुलेसम्म सोझै सोधी हाल्ने वा आइ लभ यू’ भनि हाल्ने अवस्था पनि हुन्न । त्यसैले अनेक व्यक्ति महिनौ द्धिविधामा हुन्छन् । तर यहाँ हामीले केही टिप्स दिएको छौ । यसको आधारले तपाईले चाहेको साथीले तपाईलाई प्रेम गर्छ वा गर्दैन भन्ने कुरा बुझ्न सकिन्छ । उसले तपाईलाई प्रेम गर्छिन् भन्ने कुरा थाहा पाउने सुत्रहरु यस प्रकार छन्।
२१ औँ सस्ंकरणको विश्वकप फुटबल प्रतियोागिता अन्तरगत बिहीबार राति भएको उद्घाटन खेलमा आयोजक रसियाले शानदार सुरुवात गरेको छ । लुझ्न्की स्टेडियममा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनसहित विश्वका विभिन्न नेताको उपस्थितिमा भएको खेलमा रसियाले साउदी अरेबियालाई ५–० गोलअन्रतले पराजित गरेको हो । समूह ए को पहिलो खेलमा रसियाले साउदी अरेबियामाथि गोलबर्षा गर्ने क्रममा पहिलो हाफमा २ र दोस्रो हाफमा ३ गोल गर्यो । उसका लागि पहिलो गोल खेलको १२ औँ मिनेटमा युरी गाजिन्सकीले हेडमार्फत् गरेका थिए । अधिकांश घरेलु दर्शकले भरिएको मैदानमा देशका लागि तथा यो विश्वकपमा समेत गाजिन्सकीले पहिलो गोल गर्दै नयाँ रेकर्ड बनाए । यतिमा रसिया रोकिने सुरमा थिए । उसका लागि खेलको अतिरिक्ति समयको पाँचौ मिनेमा अलेक्जेन्डर ग्लोभिनले गोल गरेपछि रसियाले साउदीलाई फराकिलो अन्तरले पराजित गरेन मात्रै समूह ए मा तीन अंक पनि बटुल्यो । बलिया प्रतिस्पर्धी मानिएका उरुग्वे र इजिप्ट समेत रहेको यो समूहको उद्घाटन खेलमा शानदार प्रदर्शन गरेपछि रसियाको मनोबल पनि उच्च भएको छ ।
चाणक्य नीतिका अनुसार पुरुषले सधैं गोप्य राख्नुपर्ने ४ कुराहरु चाणक्य प्राचीन समयका एक महान दार्शनिक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए। उनले अर्थशास्त्र राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका थिए। उनले जीवनमा जो अनुभव प्राप्त गरे जुन नियम बनाए ती आज पनि उत्तिकै सान्दर्भिक छन् । उनी कुटिल रणनीतिकार समेत थिए । चन्द्रगुप्त जस्ता एक सामान्य बालकलाई उनले भारतको सम्राट नै बनाईदिए । चाणक्य नीतिका अनुसार पुरुषले सधैं गोप्य राख्नुपर्ने ४ कुराहरु यस प्रकार छन । चाणक्य नीतिका अनुसार पुरुषहरुले गोप्य राख्नुपर्ने पहिलो कुरा हो दुःख । चाणक्यका अनुसार यदिमा मनका केही दुःख छ भने त्यो पनि कसैसँग अभिब्यक्त गर्नुहुँदैंन किनभने संसारमा सच्चा हितैषी एकदमैं कम हुन्छन् । हुनसक्छ जुन मानिससँग दुःख अभिब्यक्त गरिन्छ उसैले पिठ्युपछि यसको मजाक उडाउन सक्छ । जसका कारण यसले झन दुःखी बनाउँछ । चाणक्य नीतिका अनुसार पुरुषहरुले गोप्य राख्नुपर्ने दोस्रो कुरा हो अपमान । भनिन्छ–ज्ञानी त्यही हो जो मान तथा अपमानलाई सदैव समान रुपमा लिन्छ । तर यस्तै गर्न सक्नु एकदमै कठिन मानिन्छ । चाणक्यको भनाइ छ–जीवनमा मिलेको अपमानलाई कहिल्यै पनि अरुको सामुन्ने चर्चाको विषय बनाउनु हुँदैंन । हुन सक्छ तपाई अरुलाई भनेर मनको भावना पोख्न चाहनुहुन्छ परन्तु सुन्ने मानिसले यो कुरा दोस्रो मानिसलाई बतायो भने अपमान झन वृद्धि हुन्छ । यसकारण अपमानसँग जोडिएका घटना कहिल्यै कसैसँग पनि बताउनुहुँदैंन । चाणक्य नीतिका अनुसार पुरुषहरुले गोप्य राख्नुपर्ने तेस्रो कुरा हो घरको भित्री कुरा । पुरुषले आफ्नो घरको भित्री कुरा कसैलाई पनि बताउनुहुन्न । विशेष गरी आफ्नी पत्नीको चरित्रका विषयमा अर्कोसँग कुनै पनि टिप्पणी गर्नुहुँदैंन । यसो गर्नालले पुरुषको प्रतिष्ठा र सम्मानको नाश हुन्छ । भविष्यमा उसले विभिन्न समस्याहरु सामना गर्नुपर्ने हुन सक्छ । चाणक्य नीतिका अनुसार पुरुषहरुले गोप्य राख्नुपर्ने चौथो कुरा हो धनको क्षति । चाणक्य भन्छन–धनको क्षति भयो भने त्यसको बारेमा कसैलाई पनि भन्नु हुँदैंन । यसको कारण मानिसको प्रतिष्ठा नष्ट हुन्छ र मानिसहरुको उसको सम्मान गर्न छाड्छन् । मानिसहरु उसलाई मद्धत गर्नुको साटो उसको अवस्थालाई हाँसोको विषय बनाउँदछन् ।
राजधानीमै भेटियो बर्डफ्लु संक्रमण देखिएपछि संत्रास फैलिएको खबर आजको राजधानी दैनिकले छापेको छ । nepali sandes काठमाडौं । राजधानीमा नै बर्डफ्लुको संक्रमण देखिएपछि संत्रास फैलिएको खबर आजको राजधानी दैनिकले छापेको छ । समाचारका अनुसार राजधानीको पश्चिम क्षेत्रमा रहेको २ वटा पोल्टी र्फममा पालिएका कुखुरामा बर्डफलु देखिएको स्वास्थ्य सेवा बिभागले जनाएको छ । बिभागका अनुसार धर्मस्थली क्षेत्रमा रहेको २ पोल्ट्री फर्ममा पालिएको कुखुरामा बर्डफ्लू भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । बर्डफलु देखिएपछि राजधानीमा सर्तकता अफ्नाइएको छ । राजधानी बाहिरबाट काठमाडौ भित्रने र राजधानीका वरिपरि पालिएका कुखुरा फर्मबाट कुखुरा नउठाउन पनि सरकारले निर्देशन दिएको छ ।
आठ वर्षको कलीलो उमेरदेखि २५ वर्ष सम्म जमीन्दारको घरमा कम्हलरी बसेर विना पैसा काम गरेकी चौधरी त्यसपछि विद्रोह गरी सामाजिक कार्यमा सक्रिय भइन् । समसामयिक राजनीतिक विषयमा उनले गरेको अर्थपूर्ण टिप्पणी सामाजिक सञ्जालहरूमा अधिक रुचाइएने गरिएको छ । उनको जीवनमा यो छोटो समयमा भएको ठुलो राजनैतिक छलाङ हो । नेकपा एमालेको समानुपातिक तर्फबाट प्रतिनिधिसभा सांसद बनेकी लामालाई हामीले अब संसदमा तपाईको सहभागिता खबरदारी र पहरेदारी कस्तो रहन्छ भनी सोधेका छौं । केही समय अघिसम्म रेडियो नेपालमा एउटा आवाज खुबै गुञ्जन्थ्यो नमस्कार यो रेडियो नेपाल हो । अब कोमल वलीबाट समाचार सुन्नुहोस् । कहिलेकाहिँ कडा रुपमा प्रस्तुत हुँदै अरुको अन्तवार्ता लिएको पनि सुनिन्थ्यो । उनको त्यो आवाज औधी रुचाइँएको पनि थियो … यति मात्र होइन विभिन्न खालका लोक गीतमा पनि उनको आवाज सुनिन्छ । कहिले छमछमी नाच्ने […] खबरमञ्चले पहिलो वर्ष पूरा गरी दोस्रो वर्ष प्रवेश गरेको अवसरमा हामीले खबरमञ्चमा कुनै न कुनै समय प्रत्यक्ष तथा परोक्ष रुपमा सहभागी साहित्यकारहरुको खबरमञ्चप्रतिको धारण बुझ्ने प्रयास गरेका थियौं । प्रस्तुत छ उनीहरुको भनाइ जस्तो तस्तैः खबरमञ्च दोस्रो वर्ष पुगेको अवसरमा हामीले केही युवालाई तपाईंलाई खबरमञ्च कस्तो लाग्छ केके सुधार गर्नु पर्ला कस्तो सामग्रीको अपेक्षा गर्नु भएको छ भनेर सोधका थियौं । प्रस्तुत छ उनीहरुको धारणाको सम्पादित अंशः –
काठमाडौं सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो १७औं वार्षिकोत्सवको पुनित अवसरमा विभिन्न जनचेतनामुलक व्यानर तथा प्लेकार्डका साथ शनिबार जनचेतना मुलक प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । धुम्रपान मद्यपान नगरौं लैंगिकमैत्री वातावरण बनाऔं नारीलाई आदर गरौं कुरितीमा परिवर्तन ल्याऔं शिक्षामा जोड दिऊँ सभ्य समाजमा सकारात्मक सोच अपरिहार्य लगायतका जनचेतना मुलक नारा उल्लेख गरिएका व्यानर तथा प्लेकार्डसहित सकाठमाडौंको न्यूरोड गेटबाट सुरु भएको उक्त प्रभातफेरी विशाल बजार इन्द्रचोक वाङ्गेमुडा क्षेत्रपाटी ठमेल हुँदै जमल पुगेर समाप्त भएको थियो । सशस्त्र प्रहरीको वैण्डसहितको प्रभातफेरी कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनाल लगायत संघका पदाधिकारीहरु सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल लगायत सशस्त्र प्रहरी बलका उच्च अधिकृत तथा सशस्त्र प्रहरी कर्मचारीहरु विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकवर्ग एवं विभिन्न निकायका महानुभावहरुको सहभागिता रहेको थियो । उक्त प्रभातफेरी कार्यक्रमको अन्त्यमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले समाजसेवाको क्षेत्रमा विविध प्रकृतीका रचनात्मक कार्य गर्दैआएको सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो वार्षिकोत्सवको अवसर पारेर जनचेतना मुलक व्यानर तथा प्लेकार्डसहित प्रभातफेरी कार्यक्रमको आयोजना गर्नु प्रशंसायोग्य भएको बताउनुभयो । सो संघले गर्ने हरेक रचनात्मक कार्यमा सशस्त्र प्रहरी बलले सधैं सहयोग पु¥याउने चर्चा गर्नुहँुदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले लागूऔषधको समस्याबाट बच्न र बचाउन समाजका हरेक सचेत नागरीकले सधैं ध्यान पु¥याउनु पर्ने उल्लेख गर्नुभयो । लागूऔषध विरुद्धका व्यानर तथा प्लेकार्डसहित निकालीएको उक्त ¥यालीले स्थानीय स्तरमा जनचेतनामा अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुहँुदै उहाँले सशस्त्र प्रहरी बल नेपालले आफुलाई राज्यले सुम्पिएको जिम्मेवारी व्यावसायिक कूशलतापूर्वक पुरागर्दै विभिन्न प्रकृतीका सामाजिक कामकारवाहीमा समेत सहभागिता जनाउँदै आईरहेको उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो वार्षिकोत्सवको अवसरमा देशकालागि ज्यानको आहुती दिएका शहिदहरुको आत्माको चिर शान्तिको कामना गर्दै स्वयम्भूनाथ स्तुपामा शनिबार द्विप प्रज्वलन कार्यक्रमको समेत आयोजना गरेको छ ।
शनिबार बिहान ८ बजेर १० मिनेटमा उहाँले सगरमाथाको शिखर चुम्नुभएको हो । यससंगै श्रेष्ठ सगरमाथा आरोहण गर्ने पहिलो नेपाली फोटो पत्रकार बन्नुभएको छ ।उहाँले सगरमाथाको आधार शिविरबाट चुचुरोसम्म मुस्कुराइरहेका नेपाली महिलाहरू’ नामक एकल फोटो प्रदर्शनी समेत गरेको फोटो पत्रकार क्लबले जनाएको छ । नेपालको संस्कृति तथा पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यका साथ नेपाल पर्यटन बोर्डको ३ फोटो नेपाल अभियान अन्तर्गत फोटो पत्रकार क्लबको प्राबिधिक सहयोगमा उहाँले फोटो प्रदर्शनी गर्नुभएको हो । गोर्खाको आरुघाटमा जन्मिएकी २६ वर्षीय श्रेष्ठले यसअघि ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमालको पनि आरोहण गर्नुभएको थियो ।
काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा कुलप्रसाद कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा अपराधीलाईजस्तो छापामार शैलीमा आफूलाई विमानस्थलबाट नियन्त्रणमा लिइएको आरोप लगाएका छन् । रिपोटर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरेर कोइरालाले यस्तो आरोप लगाएका हुन् । क्यानडाको भ्यानकुभर शहरमा आयोजना हुन लागेको १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन जाने क्रममा शनिबार सरकारले त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको थियो । उनले वर्तमान सरकार सर्वसत्तावादको चंगुलमा फसेको र प्राज्ञिक क्षेत्रलाई कब्जामा लिन उद्धत रहेकोसमेत आरोप लगाए । त्यसैगरी उनले कम्युनिस्टले संस्कार र र संस्कृति मास्न लागेको आरोपसमेत लगाए । उनले भने क्यानडामा हुने विश्व संस्कृत सम्मेलनमा भाग लिनको लागि अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको थिएँ प्रहरी लगाएर मलाई पक्राउ गरियो कुनै कारण देखाइएन ।’ तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ नेतृत्वको सरकार हुँदापनि आफू क्यानडामा हुन लागेकैजस्तो कार्यक्रममा भाग लिन चीन गएको स्मरण गराउँदै कोइरालाले भने चीन जाँदा जुन प्रक्रिया अपनाएको थिएँ त्यही प्रक्रिया र नियम अहिले पनि पालना गरेको थिएँ ।’ कोइरालाले भने मैले एक साताअघि नै यसबारेमा सरकारको सम्बन्धित निकायलाई जानकारी गराएको थिएँ तर त्यस विषयमा कुनै जानकारी नगराइकन मलाई विमानस्थलबाट एकैचोटी छापामार शैलीमा अपराधीलाईजस्तो पक्राउ गरियो यो खेदजनक छ यो अपमान मप्रति मात्रै नभएर सिङ्गो प्राज्ञिक जगतमाथिको अपमान हो ।’ काठमाडौँ । आगामी एक वर्षभित्र गौतमबुद्ध विमानस्थललाई सञ्चालनमा ल्याउने गरी सरकारले निर्माणलाई तीव्रता दिएको छ । वर्तमान सरकार गठन भएको पछिल्लो चार महिनामा
खोटाङ — खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको माटिकोरे खेल मैदानमा दोश्रो अन्तर्राष्ट्रिय कँराते प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । प्रतियोगितामा भारत श्रीलंका लगायत नेपालका विभिन्न घरेलु टोलीसहित ११ टिम सहभागी छन् । खेलको पहिलो दिन पुरुष टिम काता महिला टिम काता एकल पुरुष कता एकल महिला काता सकिएको छ । यस अन्तर्गत पुरुष टिम कातातर्फ नेपाली सेनाका डम्बर आले मगर जुहारिला खत्री सानुकुमार रुम्बा प्रथम मोतिचन्द्र राई अर्जुन श्रेष्ठ रुरीहाङ दुमी आयोजक टिम दोश्रो र प्रदेश नं–६ दिपक विक लवराज आचार्य सुरज नेपाली तेश्रो भएका छन् । महिला कातातर्फ नेपाली सेनाका सुनिता नेपाली संगीता मगर र पूर्णकुमार कुमाल प्रथम भारतका भन्सीका तनवार अङ्किता र अपर्णा चौहान दोश्रो र आयोजकका रोस्मा राई विद्याकला राई र नन्जु राई तथा प्रदेश नं–३ का कोपिला बुढाथोकी एलिना तामाङ र पूर्णीमा रानामगर तेश्रो भएका छन् । पुरुष एकल कातातर्फ नेपाली सेनाका डम्बरबहादुर आलेमगर प्रथम आयोजक मोतिचन्द्र राई दोश्रो भारतका चौहान दत्तचौट र प्रदेश १ का विनय लिम्बु तेश्रो भएका छन् । महिला एकल कातातर्फ भारतकी भन्सिका तनवार प्रथम नेपाली सेनाकी कर्मा लामा दोश्रो आयोजक रोस्मा राई र प्रदेश नं १ की स्वस्तिका राई तेश्रो भएका छन् । खेलमा प्रथम हुनेले नगद ७० हजारसहित मेडल कप र प्रमाणपत्र दोश्रो हुनेले नगद ३५ हजार मेडल कप र प्रमाणपत्र तथा तेश्रोले २५ हजार नगद मेडल कप र प्रमाणपत्र पाउने आयोजक सितोरियो कँराते संघ खोटाङका अध्यक्ष सन्जयकुमार राईले बताए । कार्यक्रमको उद्घाटन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले गरेका हुन् । कार्यक्रममा सितोरियो कँराते महासंघका अध्यक्ष दावा सेर्पा लगायत अन्तर्राष्ट्रिय प्रशिक्षकहरु समेत उपस्थित भएका छन् ।
काठमाडौं अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूस्थित नेपाल एपीएफ रंगशालामा शुक्रबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एक समारोहका बीच फुटबल खेलका मुख्य रेफ्री दिनेश अधिकारीलाई फुटबल हस्तान्तरण गरी सो प्रतियोगिताको शुभारम्भ गर्नुभएको हो । सो अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय टिम र सशस्त्र प्रहरी बल नेपाल उपत्यका सुरक्षा कार्यालय टिम बीच फुटबल खेल भएको थियो । सो प्रतियोगितामा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय टिम विजयी भएको छ । सो टिम शुन्यको विरुद्ध ३ गोलले विजयी भएको हो । उक्त प्रतियोगिता सकिएपछि सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरज कुमार श्रेष्ठले विजयी टिमका खेलाडीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।