processed_text
stringlengths
0
373k
पोखरा ९ जेठ । इण्डोनेशियामा हुने १८ औ यशियाली खेलमा नेपालका तर्फ बाट कराते खेलका ८ जना खेलाडी र २ जना प्रशिक्षक पोखरामा बन्द प्रशिक्षणमा व्यस्त रहेका छन्। उनीहरुको एक मात्र ध्येय भनेको यशियाडमा पदक ल्याउनु हो । त्यसैले पनि उनीहरु ढुक्कसंग भन्छन् कराते खेलबाट हामी निराश पार्ने छैनौ। परशुराम बास्तोला प्रशिक्षणमा व्यस्त मध्ये एक खेलाडी २२ वर्षदेखि लगातार कराते खेलिरहेका छन । १७ औ एशियाली खेलमा ५ औ स्थान भएका उनी यस पटक पदक प्राप्त गर्ने आशाका साथ प्रशिक्षणमा व्यस्त छन । उनी ११ औ दक्षिण एशियाली खेलकुद (साग) मा काश्य पदक बिजेता समेत हुन । उनले १८ औ एशियाडमा व्यक्तिगत कातातर्फ खेल्दै छन्। कातातर्फ महिला तर्फकी खेलाडी चञ्चला दनुवार १५ वर्षदेखि खेलिरहेकी छन । यस पटक बन्द प्रशिक्षणको अवधि छोटो भए पनि आफू पदक जित्नेमा विश्वस्त रहेको उनले बताइन्। १२ वर्षदेखि करातेको कुमुतेमा खेल्दै आएकी अनु अधिकारी ५५ केजी मुनीको तौल समूहबाट एशियाडमा सहभागिता जनाउँदै छिन । उनी ११ औ साग खेलेकी रजत पदक बिजेता समेत हुन । १७ औ एशियाडमा उनले सहभागिता जनाएकोले पनि आफू यस पटक पदक प्राप्त गर्ने लक्ष्यका साथ रिङ्गमा उत्रिने बताइन्। बन्द प्रशिक्षणमा ब्यस्त मध्येका दिवश श्रेष्ठ सागका तिन पटकका गोल्ड मेडलिष्ट हुन । उनी भन्छन–नौ वर्ष भयो खेल्न थालेको त्यसमा १७ औ एशियाडमा समेत म ५ औं स्थानमा आउन सफल भएको छु यस पटक पक्कै मेडल ल्याउनेमा ढुक्क छु ।’ यस अघि उनले दुवइ वोदोकान अष्ट्रेलियन ओपन र थाइलैण्ड ओपनमा समेत मेडल ल्याएका छन्। साग खेलमा दुइ पटकका गोल्ड मेडलिष्ट कुमुतेका तर्फका प्रशिक्षक हुन । २०५४ साल बाट लगातार करातेमा व्यस्त श्रेष्ठ यति बेला सम्पूर्ण ध्यान प्रशिक्षणमा नै रहेको बताए । उनी भन्छन–हामी मेडलको टारगेट प्राप्त गर्ने दिशा तर्फ अघि बढेका छौं ।’ उनले खेलाडीहरुलाई स्वदेशमा कम र विदेशमा बढी समय प्रशिक्षणमा राख्नुपर्ने बताए । खेलाडीलाई अन्तर्राष्ट्रिय एक्सपोजर दिन सक्ने हो भने मेडलको सम्भावना रहन्छ ।’ उनले पोखरामा राम्रो प्रशिक्षण भइरहेको समेत बताए। देशले यति बेला करातेबाट धेरै अपेक्षा गरेको बताउँदै प्रशिक्षक श्रेष्ठले युरोप वा जापानमा खेलाडीलाई प्रशिक्षणमा पठाउन चाहेको बताए । युरोपमा पठाइयो भने खेलाडीले धेरै सिक्ने अवसर प्राप्त गर्ने र त्यहाँका राष्ट्रिय खेलाडीसंग पनि खेल्ने मौका पाउने उनले बताए । उनले अन्य देशको दाँजोमा नेपालको प्रशिक्षण अवधी कम भए पनि पदकको आश गरेको बताए । उनले भने –उनीहरु ४ वर्ष देखि प्रशिक्षणमा छन हामी ४ महिनाको प्रशिक्षणमा।’ एक सातादेखि प्रशिक्षणमा व्यस्त काता तर्फका प्रशिक्षक हिरा सिंह डंगोल पोखराको वातावरणमा खेलाडीले प्रशिक्षण लिने मौका पाउनु सुखद रहेको बताए । इण्डोनेशिया र पोखराको हावा पानीमा खासै फरक नर्पने भएकोले पनि पोखरालाई रोजिएको बताए । उनी राष्ट्रिय खेलकुद परिषद प्रशिक्षण तथा तालिम विभागमा समेत कार्यरत छन। नेपालमा २०३९ सालमा स्थापना भएको कराते खेल १९९४ को १२ एशियाली खेलकुदमा काश्य पदक प्राप्त गरेको थियो । सिता राइले उक्त पदक ल्याएकी थिइन । थाइलैण्डमा सम्पन्न १६ औ एशियाडमा सम्मर बहादुर गोलेले रजत पदक र इन्चोइनमा सम्पन्न १७ औ एशियाडमा बिमला तामाङले रजत पदक ल्याएकी थिइन्।
गोरखा जिल्लाबाट करिब चार बर्ष अगाडि बुवा ध्रुब घिमिरेको ग्रिन कार्डमा सुनौलो सपना बोकेर आफ्नी माता राधिका घिमिरे सँग अमेरिका छिरेकी नौ बर्षकी बालिका ओशिन घिमिरे म्यासाचुसेट्स राज्यमा 'नेशनलस इन्क प्रेजेन्ट्स' द्धारा आयोजित 'मिस जुनियर प्रिटीन बोस्टन २००९' उपाधी जित्न सफल भएकी छिन् । अमेरिकाका प्रत्यक राज्यबाट छानिएर एक बिजेता लाइ आगामी डिसेम्बर महिनामा फ्लोरिडा राज्यको ओर्ल्यान्डओमा आयोजना गरिने 'मिस जुनियर प्रिटीन यू यस् ए २००९' मा प्रतिस्पर्धा गराइने प्रतियोगितामा ओशिन म्यासाचुसेट्स राज्यको प्रतिनिधित्वको साथमा प्रतिस्पर्धा गर्नेछिन । कक्षा चारमा अध्यरनत समरभिल नगर निवासी ओशिन म्यासाच्युसेट्स राज्यका १३५ प्रतिस्पर्धिलाई उछिनेर उक्त उपाधी चुम्न सफल भएकी हुन । तीन बर्षको उमेरदेखी नेपालमा रहंदा आफ्ना समाजमा आयोजना हुने सांस्कृतिक कार्यक्रमदेखी सहभागिता जनाइरहेकी उनी अमेरिका आएदेखी बोस्टन क्षेत्रमा आयोजना गरिने र गरिएका हरेक कार्यक्रममा आफ्नो सभागिताले प्रतिभा प्रदर्शन गर्दै आएकी छिन् । यसै शिलशिलामा अर्की बालिका श्वेता तमाङले पनि उक्त कार्यक्रममा ओशिनसङै 'फोटोकेनिक' को उपाधी जितेकी छिन् । सात समुन्द्र पारी आएर आफ्नो कला र कौशलताले प्रख्यात परदेशी उपाधी हात पार्नु पक्कै तमाम नेपालीको इज्जत र गौरबको कुरो त छदैंछ र फेरी अमेरिका भरिका प्रतिस्पर्धिलाई उछिनेर एक निश्चल नेपाली बालिका आगामी डिसेम्बरमा आयोजना हुने 'मिस जुनियर प्रिटीन यू एस् ए' मा सफल नहुने के नै कारण छ र त्यो गौरबमय उपाधिको लागि ओशिन घिमिरेलाई शुभकामना
हुन त म यस्ता प्रतियोगिताको बिरोधी होइन तर पनि ठुलाहरुको प्रतियोगिता मै प्रश्न उठिरहने गरे पनि साना नानीहरुको यस्ता प्रतियोगिता भने कत्ती पनि मन पर्दैन। यस्ता प्रतियोगिताले वुमेन आर अबजेक्ट भन्ने भनाइलाइ थप बल पुराउंछ। jonbenet ramsey को घटना पछी अमेरीकामा यस्ता नानीहरुको प्रतियोगितालाइ रोक्नुपर्छ भनेर निकै आबाज पनि उठेको छ।
मस्को — इंग्ल्यान्डका कप्तान ह्यारी केनले विश्वकपमा ६ गोल गर्दै गोल्डेन बुट जितेका छन् । उनले फाइनल खेलमा गोल गरेका फ्रान्सका खेलाडीद्वय एन्टोइन ग्रिज्मन र किलियन एम्बाप्पेलाई २ गोलले पछाडि पार्दै उपाधि जित्न सफल रहे । केन गोल्डेन बुट जित्ने इंग्ल्यान्डका दोस्रा खेलाडी हुन्। यसअघि ग्यारी लिनेकरले ३२ वर्षअगाडी भएको विश्वकपमा गोल्डेन बुट जितेका थिए। केनले प्रतियोगिताको पहिलो खेलमा ट्युनिसियाविरुद्ध दुई गोल गर्दै उत्कृष्ट सुरुआत गरेका थिए। दोस्रो खेलमा पानामासँग ह्याट्रिक गरेका उनले समूह चरणको अन्तिम खेलमा भने विश्राम पाए। त्यसपछि अन्तिम १६ को खेलमा उनले कोलोम्बियाविरुद्ध पेनाल्टीबाट गोल गर्दै गोल संख्या ६ पुर्याए। त्यसपछिका ३ खेलमा गोल गर्न नसकेपनि उनले गोल्डेन बुट कब्जा गर्न सफल रहे। चार गोल गर्ने सुचिमा फ्रान्सका ग्रिज्मन र एम्बाप्पेसँगै रुसका डेनिस चेरेसेभ पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र बेल्जियमका रोमेलु लुकाकु छन्। समान गोल भएकाले असिस्टका आधारमा सिल्भर बुट ग्रिज्मन र ब्रोन्ज बुट लुकाकुले प्राप्त गरे।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको प्रवर्द्धन लोकतन्त्रको संस्थागत विकास सामाजिक सहिष्णुता र समानताका आधारमा राष्ट्रिय एकताको सुदृढीकरण वर्तमान सरकारका प्रमुख प्राथमिकता भएको बताउनुभएको छ । नेपालको संविधानका सम्बन्धमा राजधानीमा आयोजित सम्मेलन समापन समारोहलाई साेमबार सम्बोधन गर्दै उहाँले असमानता भेदभाव र दमनको अन्त्य गरेर यथाशीघ्र आर्थिक विकास र समृद्धि हासिल गर्नु वर्तमान सरकारको मुख्य लक्ष्य [ ]
आ व २०७५७६ को स्वीकृत समाज कल्याण सम्बन्धि कार्यक्रम | कोशी गाउँपालिकागाउँ कार्यपालिकाको कार्यालय
नेपालमा वार्षिक साढे ४३ करोड रूपैयाँको सयपत्री फूलको कारोबार हुन्छ । तिहारमा मात्रै बेग्लै ११ करोड रूपैयाँको सयपत्री खरिद–बिक्री हुने नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान) ले जनाएको छ । सयपत्रीको माला वर्षभरिमा औसत ६२ लाख थान किनबेच हुन्छ । तिहारमा सबैभन्दा बढी सयपत्रीको माग हुन्छ’ एसोसिएसनका अध्यक्ष कुमारकसजु श्रेष्ठले भने– वर्षभरिमा एक चौथाइ सयपत्री भने भारतबाट आउँछ ।’ अध्यक्ष श्रेष्ठका अनुसार नेपालमा दैनिक १७ हजार थान सयपत्री फूलको माला खपत हुन्छ । एक थान मालाको खुद्रा मूल्य ७० रूपैयाँ पर्छ । उनका अनुसार वार्षिक रूपमा ४३ करोड ४३ लाख मूल्य बराबरको सयपत्री मालाको कारोबार हुँदै आएको छ । एसोसिएसनका अनुसार संघीय सरकारको उदासिनताका कारण सयपत्री फूलमा नेपाल आत्मनिर्भर हुन नसकेको हो । यो फूलमा आत्मनिर्भर हुनका लागि संघीय सरकारले कुनै योजना तथा बजेट नछुट्याएकाले कूल मागको करिव एक चौथाई भारतबाट आयात गर्नुपरेको खबर बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।
काठमाण्डौं २३ बैशाख । मानिस चाहे संसारको जुनसुकै ठाउंमा पुगोस् । तर उसलाई आफ्नो ठाउंको स्वादले भने तानेकै हुन्छ । विदेशी परिकारको स्वाद जति खाए पनि आफ्नो ठाउंको रैथाने खानाले सबैलाई मोहित बनाउँछ । बिरानो ठाउंमा बसेको बेलामा रैथाने खानाको स्वाद लिन पाउँदा कम्ति खुसी लाग्दैन । त्यस्तै रैथाने स्वाद लिनेहरुको पुरानो बानेश्वर चोकमा निकै ठूलो भिड देखिन थालेको छ । पुरानो बानेश्वर चोक देखि मैतिदेवी मोडिने तर्फ एउटा सानो कोठामा पुर्वेली परिकारको स्वाद लिनेहरुको अहिले लामै लाइन छ । बस्ने ठाउँ नपाएर उभिएरै अनि घण्टौं कुरेर बस्छन् काठमाडौंबासी । पुरानो बानेश्वर चोकैमा भर्खरै खुलेको छ भक्का हाउस । काठमाडौंमा मम बर्गर पिज्जाको स्वादले आजित बनेकाहरुका लागि भक्का नयाँ श्वाद बन्न सकेको छ । त्यसैले त पुरानो बानेश्वरको भक्का हाउस खचाखच ग्राहकले भरिएको हुन्छ । लाइट नेपालको टोली भक्का हाउस पुग्दा संचालकलाई केही बेर बोल्ने समेत फुर्सद थिएन । हामीले उनीसंग भक्का पकाउने स्थानमा उभिएरै कुरा गर्यौं । काठमाडौंमा पुर्वेली परिकार भक्का खानेको यस्तो लर्को होला भनेर संचालक दिवस काफ्लेले सोचेका पनि थिएनन् । दुई साथीले साझेदारीमा संचालन गरेका भक्का पसलको सुरुवात कसरी भयो । हेर्नुहोस् भिडियो
गुराँस गाउँपालिका हुँदै कर्णाली राजमार्ग जोड्ने रतिखोलमा पक्क्ी पुल नहुँदा यात्रुलार्य सास्ती भएको छ । खोलामा बाढी आएपछि स्थातीयवासी घण्टौँ अलपत्र पर्ने गरेका छन् । पुल नभएकै कारण सार्वजनिक सवारी साधन नचलेपछि रातिखोला भएर आवतजावत गर्ने यात्रुलार्य सास्ती भएको हो । स्थानीयले एक हजार रुपैयाँसम्म लिएर यात्रुलाई वारपार गराउँछन् । रातिखोलाको नजिकै बस्दै आएका रामेश्वर विकले आफ्ना लागि बर्षायाम रोजगारीको राम्रो माध्यम हुने बताए । दिनभरि खोला किनारमै बसेर यात्रुलाई वारिपारि तार्ने का
नेपालगन्जको प्रसिद्ध शक्ति पिठ बगेश्वरी मन्दिरबाट सुरु गरिएको साइकल यात्रालाई नेपालगन्ज साईक्लिङ क्लवका अध्यक्ष केशर आलेले शुभकामना दिदै बिदाइ गरेका थिए । यात्राका क्रममा ठाँउठाउँमा साइकल यात्रीहरुले स्वस्थ मुटुका सम्बन्धमा स्थानीयहरूलाई जानकारी समेत दिएका थिए । साइकल यात्रा अगैया पुगेपछि राप्तिसोनारि गाँउपालिकाले स्वागत गरेको थियो भने पालिकाको सभाकक्षमा एक कार्यक्रम को समेत आयोजना गरियो। वडा नं ८ का वडा अध्यक्ष खुम बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा गाँउपालिकाका अधिकृत नोक बहादुर वलिको समेत उपस्थिति रहेकाे थियाे । क्लवका उपाध्यक्ष लवराज श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वास्थ मुटु रहेमात्र मानव स्वास्थ्य स्वस्थ रहने भन्दै साईक्लिङका माध्यमबाट स्वस्थ रहन सकिनेमा जोड दिइयो। सो कार्यक्रममा क्लबका सचीव गगन थापा र सदस्य सतिश निरौलाले समेत मन्तव्य राखेका थिए । १५ जना साइक्लिस्टको सहभागिता रहेको साइकल यात्रामा १०० किमिको यात्रा पूरा गरिएको र सो कार्यक्रमलाई अर्घाखाँची ओपिसी सिमेन्ट र राप्ती सोनारी गाउँपालिकाले सहयोग गरेको क्लबले जनाएको छ।
काठमाडौं । साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित साहित्यकार यज्ञनिधिको शुक्रबार निधन भएको हो । अन्नपूर्ण न्यूरो अस्पतालमा आईसियुमा राखेर उपचार गराउँदै आएका यज्ञनिधि बिहीबार बिहानको खाना खाएपछि घरमै अचानक लडेर बेहोस भएपछि त्यहाँबाट सुमेरु अस्पताल लगिएको थियो । सुमेरु अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको उनका आफन्तले जानकारी दिएका छन् । उनको शव मण्डिखाटारस्थित निवासमा लगेर राखिने पारिवारिक स्रोतले जानकारी दिएका छन् । यद्यपी उ
काठमाडौं । सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा पुर्णचन्द्र थापालाई नियुक्त गर्ने निर्णय गरेको छ।मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले आगामी भदौ २४ गतेबाट लागु हुने गरी थापालाई प्रधानसेनापतिमा नियुक्त प्रधानमन्त्री केपी ओलीले हेरे राजाको श्रीपेच सर्वसाधारणले कात्तिक २१ गतेबाट हेर्न पाउने (तस्विर सहित)
सरकारी कर्मचारीलाई दसैंमा भत्ता वितरण गर्न करिव साढे ६ अर्ब रुपैयाँ निकासा हुने भएको छ । दसैं भत्ताका लागि सरकारी कर्मचारीले नियमित तलब बराबरको एक महिनाको थप तलब पाउनेछन् । निकासा हुने यो रकम घटस्थापना अगाडि वितरण गरिने महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता जगन्नाथ शर्माले जानकारी दिए । उनले भने– एक महिनाको तलब बराबरको चाडपर्व खर्च अर्थ मन्त्रालयले निकासा गर्नेछ ।’ अर्थ मन्त्रालयका अनुसार सार्वजनिक पद धारण गरेका निजामती सरकारी शिक्षक र सुरक्षा निकायका कर्मचारीका लागि चाडपर्व खर्च अन्तर्गत ६ अर्ब ४७ करोड रुपैयाँ निकासा गर्न लागिएको छ । दसैं भत्ता र नियमित तलब गरी सरकारले कर्मचारीलाई दसैंमा करिव १३ अर्ब रुपैयाँ खर्च गर्नेछ । सरकारले आफ्ना कर्मचारीका लागि वार्षिक ८४ अर्ब १० करोड ५३ लाख रुपैयाँ खर्च छुट्टयाएको छ । यसरी सरकारले सरकारी कर्मचारीका लागि पारिश्रमिक तथा भत्तासहित कूल १ खर्ब १७ अर्ब ३३ करोड ४ लाख रुपैयाँ बजेटमा विनियोजन गरेको खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।
दक्षिणकाली नेपालको बागमती अञ्चलको काठमाडौं जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउंमा ८२२ वटा घर छन्। काठमाण्डौ शहरको कोलाहल र दुषित वातावरणबाट टाढा यो गाउँ प्राकृतिकरूपमा धनी छ । दक्षिणतिर छैमले पश्चिमतिर टल्कुडुँडेचौर उत्तरतिर शेषनारायण र पूर्वतिरको के मनकामना/मनोकामना भगवति गोरखा को मनकामना पनि महत्वपूर्ण देवीस्थान शक्तिपीठ मानिन्छ। मनले चिताएको इच्छा पूरा गर्ने भगवती भन्ने अर्थमा मनकामना नाम रहन गएको हो। राम शाहकी रानी स्वयं मनकामना भगवतीको अवतार थिइन् भन्ने जनविश्वास छ। दशै मा पूजा गर्न आउनेहरूको यहाँ ठूलो भीड लाग्छ। य मुक्तिनाथ हिन्दू तथा बौद्धमार्गी हरूको लागि एक महत्वपूर्ण तिर्थस्थल हो । यो तिर्थस्थल ३७१० मीटरको उचाईमा मुस्ताङ जिल्लामा अवस्थित छ । यस मन्दिरलाई हिन्दूहरूले मुक्ति क्षेत्र तथा बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा (जसको अर्थ हुन्छ 'सय पानी&# नगरकोट काठमाडौं उपत्यका नजीकको प्रसिद्ध रमणीय स्थल हो । यो स्थान काठमाडौंबाट ३२ किलोमिटर उत्तरपूर्वमा र भक्तपुर नगरवाट २० किमी पूर्वमा अवस्थित रहेको छ । यो समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको छ । गर्मी मौसममा पनि चिसो वातावरण हुने नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमा पशुपतिनाथको मन्दिर काठमाडौं जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो। यो मन्दिर काठमाडौं जिल्लाको कामपा वडा नम्बर ८ मा बागमती नदीको किनारमा रहेको छ। यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ। पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत युनेस्को विश
काठमाडौं । सुर्खेतमा आइतबार भएको समुदाय प्रहरी साझेदारी कार्यक्रमको उदघाटन कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायत । तस्वीर दिपेन्द्र शर्मा सुर्खेत रासस
आज डिसेम्बर ७ तारिखका नेपालको संघीय संसद र प्रदेशसभाको अन्तिम चरणको मतदान सम्पन्न भएको छ। आज मतदानमा असर पर्ने भन्दै नेपालको राजधानी काठमाडौं र निर्वाचन भएका क्षेत्रमा मोटर गाडी निषेध गरिएको थियो। यस्तो परिस्थितिमा सामान्य दिनमा भिड भएको काठमाडौं शान्त थियो। विद्यालय बैंक तथा केही प्रशासनिक विभाग बन्द थिए। अत्यधिक पसल तथा रेस्टुराँ पनि बन्द थिए। काठमाडौं । भदौ १ गतेदेखि कार्यान्वयनमा आउने मुलुकी ऐनमा कुनै व्यक्तिको अनुमतिविना तस्वीर खिच्नेलाई १ वर्ष सम्म कैद हुने व्यवस्था गरिएको छ । साथै अनुमतिविना कुनै व्यक्तिको तस्वीर अर्को व्यक्तिको भागसँग राखी वा अन्य कुनै किसिमको विकृत रुपको तस्वीर बनाएमा वा प्रकाशन गरेमा दुई वर्ष कैद सजायको व्यवस्था गरिएको छ । मुलुकी ऐनमा गोपनीयताविरुद्धको कसुरमा [ ]
पुस १५ नेपालगन्ज । जापान सरकारले अनुदानमा दिएको चामल चार वर्षदेखि नेपालगन्जस्थित नेपाल खाद्य संस्थान अञ्चल कार्यालयको गोदाममा थन्किएर बसेको छ । कार्यालय प्रमुख मोतिराज ज्ञवालीका अनुसार चार वर्षअघि जापानी अनुदानबाट प्राप्त १० हजार ६ सय ६० बोरा चामल गोदाममा थन्किएको हो । उहाँले भन्नुभयो – प्रत्येक बोरामा ३० किलो चामल रहेको छ । केन्द्रबाट यो चामल के गर्ने भन्ने विषयमा निर्णय नगरिँदा गोदाममा रहेको चामल प्रयोग गर्न सकिएको छैन । नेपालगन्जमा संस्थानले धान खरिद गरिरहेको छ । किसानबाट किनेको धान राख्ने ठाउँ छैन । तर संस्थानको गोदाममा प्रयोग गर्न नमिल्ने ठूलो परिमाणको चामल भण्डारण गरिएको छ । रासस
बिकास समितिले तयार पारेको मुग्लिंग नारायणगढ सडक खण्ड स्थलगत प्रतिवेदनको पूर्ण पाठको लागि यहाँ थिच्नुस | बाढी पहिरोले पुर्याएको भौतिक क्षतिको तत्काल निर्माण गरी सेवा सुचारु गर्न भएका प्रयास सम्बन्धी निर्णय
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो । आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थपलियाले चितवन मेडिकल कलेजमा तीन पटक डायलासिस गरिएको बताउँदै आठ उपकरणमध्ये पाँच बिग्रिएपछि पालो नपाएर सरकारी अस्पताल आएको बताउनुभयो । अस्पतालमा १२ उपकरण रहेकाले एकै पटक १२ जनाको मिर्गौलाको डायलासिस गर्न सकिने छ । मरासिनीका अनुसार सेवाका लागि छ प्राविधिकले तालीम लिएर आइसकेका छन् । अन्य छ जना तालीममा नै छन् । शुरुमा दुई चरणमा २४ जनाको डायलासिस गरिने छ । थप प्राविधिक तालिम सकेर आएपछि दैनिक ३६ जनाको डायलासिस गरिने उहाँले बताउनुभयो । ती उपकरण सरकारले खरिद गरिदिएको हो भने अन्य व्यवस्थापन अस्पताल विकास समितिले गरेको हो । समितिका अध्यक्ष राजकुमार राजभण्डारीले बिरामीले दुःख पाएकाले यसअघिका स्वास्थ्यमन्त्री गगनकुमार थापासँग विशेष आग्रह गरेर बजेट निकासा गरी काम अघि बढाइएको बताउनुभयो । जिल्लाका विभिन्न अस्पतालमा थोरै बिरामीको मात्र डायलायसिस हुने गरेको छ । राजभण्डारीका अनुसार चितवनसहित छिमेकी जिल्लाका बिरामीलाई पनि सेवा दिन सकिने छ । भरतपुरका दुई मेडिकल कलेजमा १४ र रत्ननगरको मिर्गौलारोग केन्द्रमा छ मात्र उपकरण छन् । निजी क्षेत्रका मेडिकल कलेजमा उपकरण बिग्रिरहने समस्याका कारण बिरामीले सास्ती व्यहोर्दै आएका बेला सरकारी अस्पतालमा नयाँ उपकरणसहित डायलायसिस सेवा शुरु भएपछि बिरामी लाभान्वित हुने भएका छन् । रासस
८ जेठ भरतपुर ।आफ्नै भूमि पुग्नलाई भारतीय सुरक्षाकर्मीको अनुमति लिनुपर्छ भन्दा पत्यार नलाग्न सक्छ ।तर यथार्थ यही हो । चितवनको माडी ३ स्थित वाल्मिकी आरुम पुग्न नेपालीले भारतीय सुरक्षाकर्मीको अनुमति लिन ७ जेठ काठमाडौं ।घुम्न वा अन्य कामले भनेर नेपाल आएर आन्दोलन धर्म प्रचार लगायत गैर कानुनी काम गर्ने पश्चिमा देशहरु बल्ल केही चेत्न थालेको पाइएको छ ।तीन दिन अघि काठमाडौंमा मधेशी मोर्चाको आन्दोलनमा फेटा एजेन्सीबैशाख २९ । युद्ध अपराधको आरोपमा बंगलादेशको सबैभन्दा बढी इस्लामी कट्टरपन्थी पार्टीका नेतालाई फासी दिइएको छ। सन १९७२ मा पाकिस्तान स्वतन्त्र गर्नका लागि भएको युद्धमा अपराधी दोषी ठहर भक्तपुर वैशाख २६ । उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले बजेट आउनु अगाडि सरकार परिवर्तन नहुने बताएका छन्। रफत सञ्चार क्लबले आयोजना गरेको साक्षातकार कार्यक्रममा उनले सरकार बनाउने र ढाल्ने क्र रत्ननगर (चितवन) वैशाख २१ । नेपाल पत्रकार महासङ्घको विधानसभा (केन्द्रीय साधारणसभा) मा सहभागी हुन देशभरका पत्रकार चितवनको रत्ननगरमा भेला भएका छन् । प्रादेशिक संरचनाअनुसार विधान संशोधनको प्रस्तावमाथि छल काठमाडौंबैशाख २१ । नयाँ संविधानको उत्साहमा सरकार यस वर्ष साविकभन्दा छिटो वार्षिक बजेट ल्याउने तयारीमा छ । बजेट बनाउन व्यस्त अधिकारी भने दिनहुँ सरकार परिवर्तनको हल्ला’ले तर्सन्छन् नागरिक दैनिकमा समाच २१ वैशाख काठमाडौं । नयाँ संविधानको उत्साहमा सरकार यस वर्ष साविकभन्दा छिटो वार्षिक बजेट ल्याउने तयारीमा छ । बजेट बनाउन व्यस्त अधिकारी भने दिनहुँ सरकार परिवर्तनको हल्ला’ले तर्सन्छन् नागरिक दैनिक २० बैशाख काठमाडौं । संवैधानिक परिषद्को आजको बैठकले सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा कायम मुकायम प्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्ति गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बाल २० बैशाख काठमाडौं । राष्ट्रिय योजना आयोगको आइतबार बसेको बैठकले राष्ट्रिय बिकास परिषद्को बैठक आगामी जेठ २ र ३ गते गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा बसेको बैठकपछि संचारकर्मीसंग रत्ननगरबैशाख २० । नेपाल पत्रकार महासङ्घले एसएलसी मात्र गरेका व्यक्तिले पत्रकार बन्न नपाउने गरी विधान संशोधनको प्रस्ताव ल्याएको छ । मङ्गलबारदेखि चितवनको रत्ननगरमा हुन लागेकोे विधान सभामा उक्त संशोधन प काठमाडौंबैशाख १९ । आज मे १ अर्थात १२७ औं अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैँ छ । विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनहरुले विभिन्न कार्यक्रम आयोजना गर्दे मे १ मनाउन १९ वैशाख काठमाडौं । सवारीचालकलाई स्मार्ट लाइसेन्स’ वितरण तीव्र पारेको यातायात व्यावस्था विभागले ट्राफिक प्रहरीलाई तिनको जाँच गर्न आवश्यक उपकरण भने उपलव्ध गराएको छैन । उपकरण अभावमा प्रहरीलाई लाइस १२ बैशाख धरान । धन देख्दा महादेवकै तीन नेत्र।’ नेपाली समाजमा प्रचलित यो उक्तिलाई उल्ट्याउँदै पूर्वका दुई युवतीले उदाहरणीय काम देखाएका छन् । उनीहरुले दुर्घटनामा मृत्यु भएका एक व्यक्रिले हराएको १ १८ बैशाख काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकता समन्वय भ्रातृत्व र सहिष्णुताको प्रतीक नेपालका हिमशिखर अमूल्य निधि एवम् राष्ट्रिय धरोहर भएको बताउनुभएको छ । मनास्लु–ल्होत्से हि काठमाडौं वैशाख १८। बझाङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । शनिवार दिउँसो १२ बजेर २८ मिनेटमा बझाङ केन्द्रविन्दु ४ दशमलव २ रेक्टर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । १८ बैशाख काठमाडौं । प्रथम मनास्लु र ल्होत्से हिमालको हीरक महोत्सवमा सहभागी हुन आएका जापानी आरोहीको स्वागत गरिएको छ । मनास्लु हिमालका प्रथम आरोही मिनोरु हिगेटा लगायतको हिरक महोत्सवमा सहभागी हुन आउ १८ वैशाख काठमाडौं । सल्यानमा केही दिन अगाडी यौन आवेगमा एक २० वर्षिय युवकले ४ जनाको हत्या गरे । जसलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । उक्त हत्याकाण्डको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरले पनि १८ बैशाख काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज चढेर दोहा उड्न विहीबार साँझ ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका यात्रुहरुले ६ घन्टाको पर्खाईपछि अर्को दिनको विहान २ बजे फर्केर राजधानीकै हो १८ बैशाख मेलम्ची । इलाका प्रहरी कार्यालय बाह्रबिसेले १८ किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । तातोपानीबाट काठमाडौँतर्फ आउँदै गरेको बा ९ च १४६३ नंको कार जाँच गर्दा गाडीको डिकीमा लुकाएर राखेका अ १७ बैशाख गुल्मी । खरबारीमा लागेको आगो निभाउने क्रममा आज गुल्मीको दोहोली गाविसमा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । दोहोली–५ स्थित सौतेगौँडामा लागेको आगो निभाउने क्रममा दोहोली गाविस १७ बैशाख काठमाडौं । अमेरिकी बैंकमा लाखौं डलर अकुत सम्पती थुपारेका र आम्दानी भन्दा बढी खर्च गरेको देखाएपछि भ्रष्ट भएको प्रमाणमा अख्तियारले पक्राउ गरेको बताइएका कनकमणि दिक्षितको पक्षमा ४० जना वकिलले १७ बैशाख काठमाडौं । नेपाल प्रहरीले सवारी नियम उल्लंघन गर्ने चालकसँग असुल गर्ने जरिवानाको अनुपात ७५० प्रतिशतले बढाएको छ। कारोबार दैनिकमा समाचार छ। यातायात व्यवस्था ऐन २०४९ को दफा १६२ मा भएको प्रावधान १७ बैशाख सुर्खेत । सुर्खेतको आकाशमा अनुमतिबिना ड्रोन क्यामेरा उडाएपछि पक्राउ परेकी अमेरिकी नागरिक म्यागी डोयनलाई प्रहरीले मध्यरातमा छोडिदिएको छ। अन्नपूर्ण पोस्टमा समाचार छ। बुधवार वीरेन्द्रनगरको १२ बैशाख काठमाडौं । सर्जक तथा पत्रकार सूर्यकुमार क्षेत्रीको निधन भएको छ । २०७१ साल मंसिरदेखि व्रेन ट्युमरबाट पिडित भइ उपचारका क्रममा रहनुभएका क्षेत्रीको आज निधन भएको हो । क्षेत्रीको यसअघि शल्यक्र
१७ भदौ वीरगञ्ज । सर्लाहीको वागमतीमा प्रदेश स्तरीय नागरिक सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले ९ बुँदे सर्लाही घोषणपत्र जारी गरेको छ । प्रदेश नम्बर २ का आठवटै जिल्लामा क्रियाशील नागरिक सहभागी सम्मेलनमा नागरिक निगरानीको अवस्था र आवश्यकताबारे संवादसमेत भएको छ । प्रदेश २ का संवैधानिक अभ्यास आर्थिक अवस्था वातावरणीय ह्रास र बदलिँदो सामाजिक सम्बन्धबारे गहन छलफलपछि सम्मेलनले नागरिक निगरानीको आवश्यकता टड्कारो रहेको ठहर गरेको पत्रकार एवं राजनीतिक विश्लेषक चन्द्रकिशोरले बताए । नागरिक निगरानी गर्ने क्रममा स्थानीय र प्रादेशिक सरोकारका सवालहरुको प्राथमिकता पहिचान गर्ने काम र तिनको सार्वजनिक पहरेदारी गर्ने कामले पाउनुपर्ने गतिशीलता नपाएको ठहर गरियो’ उनले भने संघीय सरकारका कामकारवाही र संविधान कार्यान्वयको अवस्था नागरिकमैत्री बनाउन तथा बदलिँदो परिवेशमा समावेशी लोकतन्त्रलाई सुदृढ बनाउन प्रदेश २ मा पहरेदारी र निरन्तर नागरिक खबरदारी सशक्त हुन जरुरी ठानियो ।’
अहिले सर्वाधिक चर्चामा रहेका मन्त्रीमध्ये एक हुन् संस्कृति पर्यटन तथा उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी । अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घन्टासम्म सुचारु मात्र गरेनन् वर्षौसम्म उडान नभएर थन्किएका विमानस्थलमा पनि उडान सुरु गरिदिए । आन्तरिक उडानमा उनी आक्रामक भएर काम गरिरहेका छन् । तर यही विषयलाई लिएर उनको आलोचना’ पनि सुनिँदै आएको छ । केही दिनअघि अधिकारीले आफू मन्त्री भएपछि १०० दिनका काम तथा योजना सार्वजनिक गरे । सिर्जनात्मक आलोचना र सटिक टिप्पणीका कारण मन्त्री हुनुभन्दा पहिले नै चासो र अपेक्षा बटुलिसकेका अधिकारीसँग फरक धारका शिखर घिमिरे र रोशन सिग्देलले गरेको कुराकानीः निर्वाचनमा जाँदा जेजस्ता प्रतिबद्धता भएका थिए जनताले ती प्रतिबद्धता अनुभूत गर्न पाएका छैनन् । तर सरकारले सय दिनका उपलब्धिमा निकै धेरै विषय समावेश गरेको छ । सरकारले यी सय दिनमा साँच्चिकै आशानुरुप काम गरेको हाे र खासमा सरकारले सय दिनमा नै सबै काम सक्ने होइन । त्यो सम्भव पनि हुँदैन । तर सरकारले अबका दिनमा कसरी काम गर्छ भन्ने छनक सय दिनमा दिनसक्छ यो सरकारले पनि दिएको छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको यो सरकारले केही गर्छ भन्ने जनताले विश्वास लिनु भएको छ र सरकारले पनि जनताको अपेक्षाअनुसार नै काम गरेको छ । यी सय दिनलाई मूल्यांकन गर्ने हो भने जनतामा सरकारले सुशासन कायम गर्छ समृद्धिको यात्रामा देश बढ्छ भन्ने विश्वास छ । त्यो आशा यी सय दिनमा झन् बलियो भएको छ । भौतिक पूर्वाधारका कामबाट होस् या सामाजिक न्याय दिएर होस् वैदेशिक लगानी भित्र्याउने हिसाबले होस् या देशमा उत्पादन बढाउने कुरामा होस् सबै कुरामा सरकारले ठूलो फड्को मार्ने संकेत यी सय दिनमा मिलेको छ । त्यसैले सरकारले यी दिनमा काम गरेन भन्न सकिँदैन । तर जुनदेखि केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथ लिनुभयो त्यो दिनदेखि केहीअघिसम्म बालुवाटारमा सरकारका कामबारे डिस्कसन गर्ने नीति बनाउने भन्दा पनि पार्टी एकतामा नै फोकस्ड मिटिङ बढी भए । अहिले पनि एकोहोरो सरकार आफ्ना कुरा राख्छ न जनताका कुरा सुनिएको आभास भएको छ । आलोचना सुन्नै नसक्ने सरकार हो जस्तो लाग्दालाग्दै पनि जनताले यो सरकारले केही गर्छ भनेर विश्वास चाहिँ गर्नैपर्ने यसलाई नकार्नु हुँदैन बालुवाटारमा सुरुमा पार्टी एकताका सन्दर्भमा मिटिङहरु भए । तर बिर्सनु पनि के हुँदैन भने हामीले हाम्रो घोषणा पत्रमा पनि निर्वाचनलगत्तै पार्टी एकता गर्ने भनेका थियौँ । हाम्रो राजनीतिक अन्योल र अस्थिरता चिर्न बलियो वाम शक्ति हुनुपर्छ बलियो कम्युनिस्ट पार्टी हुनुपर्छ बलियो सरकार हुनपर्छ भन्ने कुरामा त जनता निर्वाचनमा नै कन्भिन्स्ड भएको निर्वाचन परिणामले देखायो । जनताले दिएको त्यही म्यान्डेटअनुरुप पार्टी एकता एउटा महत्वपूर्ण काम थियो त्यो भयो । तर त्यसका लागि मात्रै बालुवाटार प्रयोग भएको चाहिँ होइन । बालुवाटार र सिंहदरबारमा हामीले पार्टी एकताबाहेक हाम्रा मन्त्रालय कसरी अगाडि बढाउने सरकारका कामहरु कसरी बढाउने पोलिसी कसरी बनाउने कुन मन्त्रालयले के कुरालाई फोकस गर्ने विगतमा भएका कमीकमजोरी कसरी सच्याएर आउने बाटो तय गर्ने भन्ने सन्दर्भमा पनि व्यापक छलफल भएका छन् प्रशस्त गृहकार्य भएका छन् । यति हुँदहुँदै पनि पार्टी एकटा राष्ट्रिय अजेन्डा भएकाले दुई पार्टीको मिलनबारे थोरबहुत चर्चा चल्यो चल्नु पनि पथ्र्यो । त्यसो हो भने तपाईं अहिले आफू सम्मिलित यो सरकारका सय दिनलाई नम्बर दिनुपर्यो भने १० मा कति नम्बर दिनुहुन्छ किन म त १० मा १० नै दिन्छु । किनकि जनताका जुन अपेक्षा थिए हामीले ती अपेक्षा पुरा गरेका छौँ जे काम गर्ने भनेका छौँ त्यो गरेका छौँ । यो अवधिमा सकिने काम हामीले गरेका छौँ केही त अझ बढी पनि गरेका छौँ केही अब गर्दै जानेछौँ । अब तपाईंको मन्त्रालयमा आऔं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घन्टा सन्चालन गर्नुभयो । जुन सहरमा नौ बजे होटल बन्द गर्न प्रहरी उर्दी जारी गर्छ सार्वजनिक यातायात आठै बजे बन्द हुन्छन् ट्याक्सीहरुको भाडादरमा मनोमानी छ त्यो सहरमा २१ घन्टा विमानस्थल चलाउने कुरा अलिक असहज भएन र अनि फेरि राती काम गर्ने स्टाफहरुको तलबदेखि लिएर विमानस्थल सन्चालन खर्चका कारण यो कति फिजिबल छ होइन खासमा यो २१ घन्टा होइन २४ घन्टा नै फिजिबल छ । बरु दुःखको कुरा अहिले विमानस्थल २४ सै घन्टा चलाउन सकिएन । २४ घन्टा विमानस्थल चलाउनुस् विहान पाँच बजेदेखि हामी उडान भर्न तयार छौँ भन्ने एयरलाइन्स पनि छन् । अर्को कुरा काठमाडौंको भिजिबिलिटी सबैभन्दा राम्रो विहान ४ बजेदेखि ९ बजेसम्मको समयमा रहेछ त्यति बेला काठमाडौंमा कुहिरो देखिँदैन । फेरि हाम्रो विमानस्थलमा डोमेस्टिक पनि अन्तर्राष्ट्रिय पनि उडान भर्नु पर्ने छ । हेलिकोप्टर पनि यहीँ छन् । अर्कोतिर हामीले अध्ययन गरेका छौँ यसको इन्कमका हिसाबले पनि यो उपयुक्त नै छ । खर्च धान्न गाह्रो होला कि भन्ने त कुरै छाडौं विमानस्थलले नाफा नै कमाउन पनि सक्छ । हो २४ घन्टा सर्भिस दिँदा थोरै खर्च पनि बढ्छ । अझ रातीको समयको सर्भिस खर्चालु हुन्छ । तर बिर्सनु हुँदैन खर्चसँगसँगै हामीले कस्ट कभर पनि सजिलै सक्छौँ । अहिलेका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको ट्राफिक कम गर्नु हो कन्जेसन घटाउनु हो कुनै पनि विमान होल्ड हुनु भएन । त्यसैले यो समय बढाएका हौँ । कोही विहान कोही दिउँसो कोही राती चले भने न समयको व्यवस्थापन हुन्छ । हामीले यही हिसाबमा समय व्यवस्थापन मात्र गरेका हौँ नत्र त हाम्रो आकाश जामैजामले भरिन्छ । यो सबै अध्ययन गर्दा हामी अब २४ घन्टा नै विमानस्थाल सुचारु गर्ने लक्ष्य लिएका छौँ । हो खोलिदिअाैँ चलाऔं भन्दा त विमानस्थाल चल्ला तर एउटा यात्री सुन्धारा ठमेल कलंकी र काठमाडौंका अन्य ठाउँबाट राती विमानस्थल कसरी पुग्ने वा विमानस्थलमा उत्रिएर गन्तव्य कसरी पुग्ने यस्ता कुराको प्लानिङ नभइ विमानस्थलमात्र चलाउनुले फाइदा होला अहिले तत्कालका लागि विमानस्थलमा प्रिपेड ट्याक्सीको व्यवस्था हामीले गरेका छौँ । प्रिपेड ट्याक्सीहरु २१ घन्टा नै विमानस्थालमा उपलब्ध छन् । हो उनीहरुले पनि केही बदमासी गरे भने केही कमजोरी देखियो भने हामीलाई गुनासो गर्नुहोस् । तत्काल कार्यान्वयनमा गएर समस्या समाधान गर्न म प्रतिबद्ध छु । संसारमा त्यस्तो कुनै देश विकसित छैन जहाँको वर्किङ आउर दिनमा ७/८ घन्टामात्र हुन्छ । हामी अहिले पनि त्यही वर्किङ आउरमा छौँ बढीमा ८ घन्टा हामी काम गरिरहेका छौँ । अब यो परिवर्तन गर्नुपर्छ । एक सिफ्टको कामले कुनै पनि देश विकास भएको छैन । कम्तिमा तीन सिफ्टमा काम सुरु गर्न थाल्ने हो भने हाम्रो देश पनि विकासको यात्रामा अगाडि बढ्छ । कतिपय अपरेसनल काम हामीले पनि चार सिफ्ट गरेर २४ सैं घन्टा गर्न सक्छौँ । त्यसैले अब काठमाडौंलाई राती पनि जागा बनाउनुपर्छ त्यसका लागि कामहरु भएका छन् । जस्तो हाम्रै मन्त्रालय अहिले हाम्रा सम्पदाहरु राती आठ बजेसम्म घुम्नका लागि खोल्ने योजनामा काम गरिरहेको छ । हामी त्यस्ता ठाउँहरुमा लाइटको व्यवस्थापन गर्दै छौँ त्यहाँको सुरक्षाको विषयमा काम गरिरहेका छौँ । अब कम्तिमा पनि काठमाडौंमा नेपालीको वर्किङ आउर बढाउनु पर्छ । जबसम्म हाम्रो वर्किङ आउर धेरै हुँदैन तबसम्म देश धनी हुन सक्दैन । चर्चा त अन्तर्राष्ट्रिय विमानस्थल २१ घन्टा चलाएर भन्दा पनि जहाँजहाँ पुग्नुहुन्छ त्यहाँत्यहाँ विमानस्थल चलाउँछु भनेर पनि पाइरहनु भएको छ नि मैले त तीन ठाउँमा मात्र प्रतिबद्धता जनाएको थिएँ । ती तिनै ठाउँमा काम भएका छन् । राजविराज चलाउँछु भनेको थिएँ चलाएँ । साँफेबगर निर्माण गर्छु भनेको थिएँ त्यो पनि भएको छ । अब त्यहाँ पनि चल्छ । अनि अर्को नागीडाँडा । नागीडाँडा अहिलेका लागि सबैभन्दा आवश्यक विमानस्थल पनि हो । अहिले त्रिभुवन विमानस्थलमा डोमेस्टिक हेलिकोप्टर सबै छन् । अब एउटै हाइवेमा रिक्सा साइकल टेम्पु ट्याक्सी कार जिप भ्यान बस ट्रक हिँड्न थाल्यो भने त्यो हाइवे रहिँरहँदैन । नेचरका हिसाबले पनि र त्यसको कार्यशैलीका कारणले पनि । त्यसैले अहिले त्रिभुवन विमानस्थलको पनि त्यस्तै सबै साधन चल्ने हाइवेको जस्तो हालत छ । अनि हामीले काठमाडौंबाट नजिक पर्ने सबैभन्दा उपयुक्त ठाउँ नागीडाँडा खोजेका हौँ । त्यो मात्रै बन्दा पनि अहिले ठूलो परिवर्तन देखिन्छ विकास हुन्छ काठमाडौंमा एयर ट्राफिक कम हुन्छ कन्जेसन कम हुन्छ । हामीले त्रिभुवन विमानस्थल नै काभ्रे सार्न खोजेका त होइनौँ नि माउन्टेन फ्लाइट हेलिकोप्टर पूर्वी पहाडतिर जाने विमान र अन्य केही डोमेस्टिक विमानलाई त्यहाँ लगियो भने यताको चाप घट्छ भन्ने न हो । अहिलेसम्म देशमा एउटा पनि जहाज नचल्ने ठाउँमा त विमानस्थल बनेका छन् भने नागीडाँडा त्यस्तो होइन । फेरि यो ठाउँबाट काठमाडौंको कनेक्सन पनि सहज छ त्यसैले त्यहाँ लगानी गर्न लागेको हो । जहाँ आवश्यक छ त्यहाँ लगानी त गर्न पाउनु पर्यो नि । हिजो त्यसै भनेर बनाइएका दर्जनभन्दा बढी विमानस्थल अहिले बन्द छन् तपाईंले बनाएको यो विमानस्थल पनि बनिसकेको पाँच/सात वर्षमा बन्द नहोला भन्ने के आधार छ र किन अहिलेसम्म हामीले राजविराज विमानस्थल २२ वर्षदेखि बन्द भएको विषयमा सोच्दैनौँ किन विमानस्थल बन्द भए भन्ने कुरामा हामीले यसअघि ध्यान किन दिएनौँ के विमानस्थल भनेको काठमाडौंमा मात्र चाहिने कुरा हो होइन म के कुरामा क्लियर छु भने जहाँ विमानस्थल चाहिँदैन त्यहाँ नचलाऔँ । तर जहाँ आवश्यक छ त्यहाँ चलाउनै पर्छ । हेर्नुस् अतिआवश्यक केही ठाउँमा हाम्रा विमान नपुग्नुको कारण हाम्रा एयरलाइन्स काठमाडौं केन्द्रीत हुनु हो । अब एयरलाइन्सहरुलाई पनि डिसेन्ट्रलाइज गर्नुपर्छ त्यही अवधारणामा चलाउनु पर्छ । अब विमानहरु भैरहवा नेपालगन्ज पोखराजस्ता ठाउँमा राख्नुपर्छ । विराटनगरमा १ जुनदेखि बुद्ध एयरले नाइट स्टे गर्दै छ । सिता र अरु एयरले नेपालगन्जमा स्टे गर्दै छन् बुद्ध र यतिले पोखरामा स्टे गर्दै छन् । त्यसपछि हामी अन्तरप्रादेशिक संरचनामा पनि विमानहरु उडाउनेमा केन्द्रीत हुनेछौँ । अहिले भरतपुरबाट पोखरा उडान छ अब पोखराबाट विराटनगर पनि उडान भएको छ । यसरी प्रदेश टु प्रदेश उडान गर्न सक्ने हो भने यो क्षेत्रमा विकास छिटो हुन्छ । हामीले त राष्ट्रिय प्लान बनाएर आवश्यकतालाई अध्ययन गरेर विमानस्थलबारे काम गर्दै छौँ हचुवाको आधारमा होइन । मैले त बरु जहाँ पायो त्यहीँ विमानस्थल बन्नबाट रोकेको छु त्यसैले जहाँ गए पनि विमानस्थल बनाउँछु भनेको छैन । हेर्नुस् म अर्थशास्त्र र व्यवस्थापनको विद्यार्थी भएकाले नाताले पनि यो कुरामा सिरियस छु । मलाई थाहा छ कतिपय ठाउँमा विमानस्थल सन्चालन अप्ठ्यारो होला तर त्यस्ता ठाउँमा राज्यले सब्सिडी दिएर पनि विमान लैजानु पर्छ । किनकि जहाँ बाटो पुगेको छैन स्थलमार्ग सहज छैन त्यहाँका जनताका लागि हवाइ यात्रा बाध्यता हुन्छ आवश्यकता हुन्छ । बाटो नभएकैले र जहाज पनि नहुँदा कोही व्यक्ति कुनै पनि ठाउँमा बिरामी पर्यो भने उपचार नपाउन सक्छ उसका लागि बाध्यताको हिसाबमा पनि त विमानस्थल चाहियो । अर्कोतिर के नेपालीहरुको पर्चेजिङ पावर यति धेरै बढिसकेको छ कि उनीहरु विमानमा यात्रा गर्न सकुन् यतातिर पनि तपाईंहरुको अध्ययन भएको होला यो खासमा पर्चेजिङ वा एक्सपेन्स क्षमताका आधारमा मात्र हुँदैन आवश्यकता पनि हुन्छ । अब कहिलेकांही कोही बिरामी होला उसलाई अस्पतालसम्म पुग्न सहयोग गर्नका लागि पनि विमान चाहिन्छ । अर्को सुविधाको कुरा पनि हुन्छ । त्यसैले पनि एकपटक जहाज पुगिसकेको ठाउँमा फेरि जहाज पुग्दा देश नै बर्बाद भयो भन्ने तर्क सुहाउँदैन । फेरि केही ठाउँमा जहाज लैजाँदा हुने खर्चलाई व्यवस्थापन पनि सहजै गर्न सकिन्छ । किनकि एक ठाउँमा कमाउने हो र अर्को ठाउँमा सेवा सुविधा दिने हो । विराटनगर पोखरा वा लुक्लाबाट कमाउन सकिन्छ अनि डोल्पामा थोरै खर्च गर्न सकिन्छ । यही आधारमा पनि एयरलाइन्स कम्पनीहरुले काम गर्दा देशकै भलो हुन्छ सबै क्षेत्रमा विकासको लहर समान रुपमा पुग्छ । तपाईं त उड्ड्यन मात्र होइन संस्कृति र पर्यटन मन्त्री पनि हुनुहुन्छ । तर किन यति धेरै विमानस्थलकै पछाडि मात्र लागिरहनु भएको छ सम्पदा पर्यटनका क्षेत्रमा चाहिँ कहिलेदेखि काम सुरु गर्नुहुन्छ वास्तवमा भन्ने हो भने मैले सबैभन्दा धेरै काम नै सम्पदा र संस्कृतिको क्षेत्रमा गरेको छु । मैले जिम्मेवारी सम्हालेको यो छोटो समयमा कामको रिजल्ट पनि यीनै दुई क्षेत्रमा धेरै आएको छ । तर अहिले समस्या उड्ड्यनको क्षेत्रमा थियो त्यसैले त्यसको चर्चा बढी भयो । हाम्रो एयर ट्राफिक बढी थियो त्यसको चर्चा बढी भयो । उड्ड्यनमा अनेकौं समस्या थिए त्यसलाई मानिसहरुले बढी वाच गरिरहेका थिए त्यसले मानिसहरुलाई बढी छोयो । तर मैले हाम्रा सम्पदाको पुनर्निर्माणमा पनि काम गरिरहेको छु टुरिजमको सेक्टरमा पनि राम्रो काम भएको छ हामीले योजना बनाएका छौँ र अगाडि बढिरहेका नै छौँ । एउटा उदाहरणकै रुपमा पर्यटक भित्र्याउने कुरामा हामी काम गरिरहेका छौँ त्यसलाई भिजन बनाएर लक्ष्य बनाएर अगाडि बढेका छौँ । हो हामीले मास टुरिस्ट ल्याएर मात्र पनि हुँदैन । हामीले क्वालिटी टुरिस्ट ल्याउनै पर्छ । क्वालिटी टुरिस्ट मात्रै भएर पनि हामीलाई पुग्दैन मास टुरिस्ट पनि फेरि चाहिन्छ । अहिले हामी विराटनगर र नेपालगन्जबाट छिमेकी देश भारतमा उडान भर्ने तयारी गरिरहेका छौँ एयर रुटको कुरा भइरहेका छ । त्यसैले पर्यटक आउने ठाउँमा अन्य सेवासुविधाबारे पनि हामी सचेत छौँ । अब पर्यटकहरुलाई रारा ताल खप्तड लैजाने योजनामा हामी काम गरिरहेका छौँ नैनीताल र कर्णाली जोड्न खोजिरहेका छौँ । त्यसैले हाइसाउन्डिङ कुरा अर्कै हुन्छ प्यारलल्ली क्वालिटी र मास टुरिस्ट भित्र्याउनु नै अहिलेको आवश्यकता हुन्छ । तर सँगसँगै के ख्याल पनि गर्नुपर्छ भने क्वालिटी टुरिस्टलाई नेपालका कुन कुन ठाउँ लैजान सकिन्छ त आज क्वालिटी टुरिस्ट आउँदा हाम्रा होटल तथा अन्य पूर्वाधारहरु कुन स्तरका छन् भन्ने पनि ख्याल गर्नुपर्छ । अहिले पर्यटकका लागि काठमाडौं पोखर र चितवन मात्रै चर्चामा छन् । अब विस्तारै लुम्बिनी नेपालगन्जतिर पनि पर्यटकको फ्लो बढाउन हामी काम गरिरहेका छौँ । त्यसपछि एभरेष्टका लागि गृहकार्य गर्ने छौँ । यी ठाउँहरुमा हामीले पूर्वाधार विकास गर्न सक्यौँ भने वास्तवमै राम्रो हुन्छ । र पूर्वाधारहरु निर्माणका लागि मैले मन्त्री भइसकेपछि धेरै जनालाई इनकरेज गरिरहेको छु । अब ठूलो आशा बनाएर हामी गएका छौँ अगाडि बढ्ने छौँ । धरहरा निर्माणका लागि बोलपत्र आह्वान भएको छ । अबको पाँच वर्षभित्र धरहरा बनिसकेको हुन्छ । अझ भनौँ पाँच वर्ष नै लाग्दैन ३ वर्षमा धरहरा रेडी हुन्छ । अहिले बोलपत्र आह्वान भएको छ कस्ता कम्पनी आउँछन् कन्ट्र्याक्ट कोसँग हुन्छ त्यसपछि म ठ्याक्कै यो मितिमा धरहरा बनिसक्छ भन्न सक्छु । अहिले तत्कालका लागि तपाईंले गर्नुभएका कामहरुको फेहरिस्त केही अघि सार्वजनिक गर्नुभयो । यी सर्ट टर्म प्लान र काम भए अबको पाँच वर्षपछि तपाईंले यी सबै क्षेत्रमा के–के परिवर्तन गरेर देखाउँदै हुनुहुन्छ पाँच वर्षमा थुप्रै काम हुनेछन् । त्रिभुवन विमानस्थलमा पार्क निर्माण हुनेछ प्यारलल ट्याक्सी वे र पार्किङ आयल निगमको भण्डारण अन्डर ग्राउन्ड हुनेछ । अब टुरिजमको सेक्टरमा नेपालमा २०–२५ लाख पर्यटक आइसकेका हुनेछन् । पर्यटकका लागि नयाँ गन्तव्यहरु पहिचान भएर त्यहाँ पर्यटकहरु पुगेका हुनेछन् । पश्चिम नेपालमा नयाँ डेस्टिनेसनको खोजी हुनेछ त्यही अनुरुप ती ठाउँहरुमा पूर्वाधारको विकास पनि हुनेछ । सबैभन्दा महत्वपूर्ण कुरा त नेपालको जिडिपीमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत पुर्याउने सोचका साथ अगाडि बढेका छौँ कम्तिमा पनि १० प्रतिशत चाहिँ हासिल हुन्छ भन्नेमा पनि ढुक्क छौँ । अहिले त नेपालको जिडिपीमा यसको कन्ट्रिब्युसन नै छैन । हुन त डब्लूटीले यसको योगदान ८ प्रतिशत भनेको छ तर हाम्रै तथ्याङ्क हेर्ने हो भने अहिले जिडिपीमा ३ प्रतिशतमात्र योगदान छ । पाँच वर्षमा त्यसलाई २५ प्रतिशत पुर्याउने प्रयास अत्यन्त धेरै हुनेछ । पाँच वर्षमा नेपालमा वर्षेनी ५० लाख पर्यटक भित्र्याउने लक्ष्य पनि मिट हुन्छ । हुन त नेपालमा ५० लाख पर्यटक ल्याउँछु भन्दा मान्छेहरु उडाउँछन् । तर फेरि लाओस् कम्बोडिया गएर नेपालमा ५० लाख पर्यटक ल्याउने कुरा गर्ने हो भने उनीहरु पनि उडाउँछन् । यताकाले कहाँ सकिन्छ भन्छन् उताकाले नेपालजस्तो देशमा जम्मा पचास लाख भन्छन् यी त तपाईंका योजना भए । तर अहिले मन्त्री भएपछि तपाईं एयरपोर्ट अनुगमन गर्न गएको एक्सनमा मात्र बढी फोकस भएको भन्दै आलोचना पनि व्यापक हुन्छ नि अन्य मन्त्रीहरुबारे पनि यस्तै कुरा उठेको हुन्छ । संघीय सरकारको एउटा मन्त्रीले फिल्डमा गएर याक्सनमा उत्रिने कि नीति बनाएर कार्यान्वयन पक्षमा जोड दिने मेरो सन्दर्भमा कुरा गर्नुपर्दा पहिला संघीय सरकारको क्षेत्रबारे बुझ्नुपर्छ । एभियसन त आखिर संघीय सरकारको क्षेत्रभित्रकै कुरा हो नि । न यो प्रदेश सरकारको हो न स्थानीय सरकारको । जब यो मेरो सरकारको क्षेत्र हो भने म नगएर फिल्डमा को जाने त अब संस्कृतिको कुरा गर्दा म कुनै स्थानीय निकायमा बन्न लागेको मन्दीरको उद्‌घाटन गर्न त पुगेको छैन नि हो त्यो पनि मेरो जिम्मेवारी हो तर स्थानीय सरकारको क्षेत्रमा मेरो हस्तक्षेप हुँदैन । म मन्दीर उद्‌घाटनमा जान्नँ तर नीति मात्र बनाएर पनि बस्दिनँ एक्सनमा पनि उत्रिन्छु । मलाई थाहा छ सबैभन्दा पहिले सिस्टमले काम गर्ने बनाउनु पर्छ । तर जब म पब्लिकका कुरा सुन्छु त्यसलाई कार्यान्वयन नगरी पनि सक्दिनँ नहेरी चुपचाप बस्न पनि सक्दिनँ । यसमा केही उदाहरण छन् । जस्तो त्रिभुवन विमानस्थलको डोमेस्टिक सेक्सनमा फिजिकल्ली पनि अहिले धेरै परिवर्तन आएका छन् त्यो म त्यहाँ गएकाले मात्र सम्भव भएको हो । अर्को हाम्रो इमिग्रेसनमा नेपालीले भरिरहेको फर्म भर्न नै नपर्ने रहेछ मलाई ट्विटरमा मेन्सन आएपछि त्योबारे मैले बुझेँ अहिले भर्न नपर्ने त्यो फर्म नेपाली नागरिकले भर्नै पर्दैन । अब यो कुरा म आफैं नलागेको भए थाहा हुने थिएन । जस्तो त्रिभुवन विमानस्थलको ट्राफिक म्यानेजमेन्ट खासमा मेरो काम होइन तर राम्रै होला छिटो होला भनेर म त्यो काममा पनि इन्भल्भ भएँ त्यो काम पनि गरेँ । यसले चेन्ज ल्यायो मलाई त्यहाँका कर्मचारी र अन्य मानिसहरुले पनि यो चेन्जको कुरा गर्नु भएको छ । परिवर्तन र सुधारका लागि म उपस्थित हुँदा फिल्डमा गएर याक्सनमा उत्रिने काम गर्नु पनि नराम्रो हो भन्ने लाग्दैन । तर यसको अर्थ के होइन भने मैले नीति नै बनाएको छैन । म नीति पनि बनाइरहेको छु एयरपोर्ट पोलिसी बनाइरहेको छु बिजनेस प्लानिङमा काम गरिरहेको छु । नागरिक उड्ड्यन प्राधिकरणलाई कसरी बलियो बनाउन सकिन्छ भन्नेमा काम गरिरहेको छु । एनएसीको विकासमा लागिरहेको छु त्यसका लागि पनि योजना बनाएको छु । हो नीतिगत कुरामा लागिरहेको छु भनेर म फिल्ड एक्सनमा नजान चाहिँ सक्दिनँ किनकि त्यसो गर्यो भने काम गरेको देखिँदैन । एकैपटक पोलिसी मेकिङमा र एक्सनमा लाग्नु त झन् राम्रो हो । तर म के कुरामा विश्वस्त छु भने मैले बनाएका यी प्लान र पोलिसी सबै मन्त्रालय तथा साथीहरुको सपोर्टमा मात्र सफल हुन्छ ।
डोटी – डोटीको जोरायल गाउँपालिका–५ धुपारीस्थित मोहनबहादुर बोगटीको घरमा गाईले तीन वटा बाच्छी जन्माएको छ । स्थानीय जातको गाइले ३ वटा बाच्छी पाएपछि उनको घरमा बाच्छी हेर्न आउनेको भिड लाग्ने गरेको स्थानीयवासी तथा शिक्षक प्रकाशबहादुर रावलले बताउनुभयो । उहाँले भन्नुभयो गाईले ३ वटा बाच्छी पायो अहिले पनि लक्ष्मीको संज्ञा दिँदै हेर्नेको भिड लाग्ने गरेको छ ।’ एउटै गाईले ३ वटा बाच्छी पाएको डोटीमा पहिलो घटना भएको भन्दै स्थानीयहरु चकित परेका छन् । गाईले ३ वटा बाच्छी पाएपछि अहिले दूध खुवाउन समस्या भएको किसान मोहनबहादुर बोगटीले बताउनुभयो । गाईले पाएका ३ वटा बाच्छीमध्ये एउटा बाच्छी भने गाईले कुल्चेर मरेको कृषक बोगटीले बताउनुभयो ।
तेह्रथुम – असार वितिसक्दा पनि पर्याप्त पानी नपरेपछि तेह्रथुमका अधिकांश खेत बाँझै छन् । पानी नपर्दा किसानले लगाएको मकै बालीसमेत नष्ट हुन थालेको छ ।मकैको बोट नै सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । तेह्रथुमका सुख्खाग्रस्त दर्जनभन्दा बढी गाउँका किसानले लगाएको मकैका बोटै सुक्न थालेपछि किसानलाई वर्षभरी के खाने भन्ने चिन्ताले सताउन थालेको छ । बारीमा फल लाग्ने बेला भएको मकैको बोटै सुक्न थालेपछि गाउँमा भोकमरीको सम्भावना निम्तिने सम्भावना बढेको छथर गाउँपालिका–४ फाक्चामाराका विष्णु सुवेदीले बताउनुभयो । छथर गाउँपालिकाको फाक्चामारा पञ्चकन्या हमरजुङ सुदाप र ओख्रेका विभिन्न गाउँका किसानले लगाएको मकैका बोटै सुक्न थालेका छन् । फेदाप गाउँपालिकाको सिम्ले र जलजलेमा पनि मकै खडेरीले सुकाएको गाउँपालिकाका उपाध्यक्ष गीतादेवी थापाले बताउनुभयो । वैशाख र जेठमा केही पानी परे पनि त्यसयता पानी परेको छैन’ उपाध्यक्ष थापाले भन्नुभयो त्यसैले गाउँमा खेतमा रोपाइँ हैन बारीमा लगाएको मक समेत सुकेर जाने अवस्था आएको छ ।’ आठराई गाउँपालिकाको थोक्लुङ चुहानडाँडा सक्रान्ति छातेढुंगालगायत गाउँमा पनि खडेरीले मकै सुक्न थालेको छ । असार वितिसक्दा समेत पानी परेको छैन । किसानले लगाएको मकै बाली मात्र हैन गहत कोदोलगायत बालीमा समेत खडेरीले प्रभाव पारेको छ । उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । उहाँलाई फेसबुकमा पनि भेट्न सकिन्छ ।
home अन्तरराष्ट्रिय मूल्यवृद्धिको विरोधमा विपक्षी काङ्ग्रेससहित २० दलद्वारा भारत बन्द हिंस्रक झडप र आगजनी भदौ २५ नयाँ दिल्ली (भारत) । पेट्रोल र डिजेलको भाउमा लगातार भइरहेको वृद्धिको विरोध गर्दै सोमवार भारत बन्द गरिएको छ । प्रतिपक्षी दल काङ्ग्रेसले बिहान ९ बजेदेखि ३ बजेसम्म बन्दको आह्वान गरेको हो । बन्दका कारण सोमवार देशभर विरोध प्रदर्शन भइरहेको छ । सो बन्दलाई झण्डै २० राजनीतिक दलको समर्थन रहेको बताइएको छ । प्रदर्शनमा काङ्ग्रेस अध्यक्ष राहुल गान्धीलगायत शीर्ष नेताहरुको समेत सहभागिता छ । आम मानिस सरकारसँग रुष्ट छन् भन्ने कुरा सरकारलाई थाहा होस् भनेर बन्दको आयोजना गरिएको काङ्ग्रेसले बताएको छ । बन्दको क्रममा कार्यकर्ताहरुले कयौं स्थानमा रेल सेवा ठप्प पारेका छन् । यस क्रममा कयौं स्थानमा हिंस्रक झडप र आगजनी समेत भएको छ । तेलको भाउ वा अन्तःशुल्क घटाउनु पर्ने माग विपक्षीहरुले राखेका छन् । यस क्रममा कर्नाटकलगायतका राज्यमा विद्यालय र कार्यालयहरु बन्द गरिएको छ । अन्य राज्यहरुमा रेल सेवा प्रभावित भएको छ । सम्भावित क्षति रोक्न अधिकांश पेट्रोल पम्पहरु बन्द गरिएका छन् । एजेन्सी
काठमाडौं । गायिका टिका प्रसाईंको स्वरमा रहेको गीत मायाँ लुकी लुकी’ करोड क्लबको नजिक पुगेको छ । जुन ७ मा प्रसाईंले आफ्नै युट्युब च्यानलमा अपलोड गरेको गीत एक महिनामै करोड क्लबको नजिक पुगेको हो । युट्युब भिवर्सका आधारमा अहिलेसम्म चलचित्र दुई रुपैयाँको गीत कुटुमा कुटु’ सबैभन्दा छिटो करोड क्लबमा प्रवेश गर्ने गीत हो । कुटुमा कुटु’ ४९ दिनमा १ करोड ५ लाख पटक सर्च भएको थियो । यसअघि कुटुमा कुटु’ले यसअघिका सबै रेकर्ड ब्रेक गरेको थियो मायाँ लुकी लुकी’ को ३४ दिनमा करोड भ्यू पुग्न लागेको छ गायिका प्रसाईंले भनिन् झण्डै दैनिक तीन लाखका दरले यो गीत हेरिरहनु भएको छ । यही अनुपातमा सर्च हुँदै जाने हो भने यसअघिको रेकर्ड ब्रेक हुनेछ । मायाँ लुकी लुकी’ आनन्द अधिकारीले लेखेका हुन् भने आशिस अविरलको संगीत भरेका छन् । काटूर्न क्रिउ गीतको म्युजिक भिडियोमा छ । कोरियोग्राफी काटूर्न क्रिउले गरेको भिडियोको निर्देशन काटूर्न क्रिउ का सरोज अधिकारीले गरेका छन् । ओसियाना एजुकेसन सोलुसनद्वारा आयोजित मायाँ लुकी लुकीगीतको कभर डान्स भिडियो कम्पिटिसन सुरु भैसकेको छ । अक्टोबर ३१ सम्ममा कभर भिडियो तयार पारी पठाइसक्नु पर्नेछ । उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार दिइने पनि प्रसाईंले बताइन् । तिमी भन्छौ भने म तिम्रै हुँ नाइँ मलाई थाहा छैन एउटा कुरा भनुम् चट्ट सलाम सेल्फिको जमाना तिम्ले साथ दिदा कान्छी रे परेँ माया जालैमा नतोडन पहिलो भेटैमा उनले गाएका गीत हुन् । काठमाडौं । सप्तरी क्रिकेट संघको आयोजनामा प्रथम मेयर कप सप्तरी प्रिमियर लिग प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा बोदे बर्साइन थन्डरले तिलाठी कोइलाडी महिन्द्रा हिरोजलाई ४ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सिद्धान्त लोहनी कप्तान रहेको बोदे बर्साइनले १९१ ओभरमा ८६ रन बनाउन सक्यो । जवाफमा ८७ रन लक्ष्य पछ्याउने क्रममा जित नजिक पुगेको तिलाठी कोइलाडी ४ रनले चुक्न पुग्यो । अन्तिम ओभरमा जितको लागि २४ रन आवस्यक रहँदा तिलाठी कोइलाडीका ब्याट्सम्यान विकास दासले लेग स्पिनर बिक्रम भुसालको पहिलो २ बलमा तथा ओभरको चौथो बलमा छक्का प्रहार गर्दै खेल रोमाञ्चक स्थितिमा पुर्याएका थिए । अन्तिम २ बलमा ६ रन आवस्यक रहंदा पाँचौ बलमा रन बनेन भने अन्तिम बलमा विकासले १ रन मात्रै बनाउन सक्दा मेहबुब आलम कप्तानीको टिमले हार बेहोर्न बाध्य भयो । पहिलो इनिंगमा बोदे बर्साइनको लागि रोहन बिकले सर्वाधिक १८ रन तथा सन्दीप ढुंगानाले १३ रन बनाएका थिए । तिलाठीका बलर घनश्याम साहले ४ विकेट तथा दिब्यान्शु मालिक र मेहबुब आलमले समान २–२ विकेट लिए । दोश्रो इनिङमा तिलाठीका ब्याट्सम्यान विकास दासले अविजित २४ रन तथा मिनास थापाले १५ रन बनाए । प्रतियोगिताअन्र्तगत शुक्रबार सिद्धान्त लोहनी कप्तानीको बोदे बर्साइन थन्डर र हसिम अन्सारी कप्तानीको बजाज खडक वारियार्सबीच प्रतिस्पर्धा हुनेछ । ३ टिम सहभागी प्रतियोगिताको खेलाडीहरु अक्सनमार्फत चयन गरिएको थियो ।
भरतपुर महानगरपालिका नगर कार्यापालिकाको कार्यालयको आव २०७४/७५ को लागी प्रथम नगरसभा उद्घाटन समारोहमा पेश भएका निति तथा कार्यक्रम नेपालीहरुले मनाउने महान पर्वहरु शुभ दिपावली नेपाल सम्वत् ११३९ तथा छठ पर्वको पावन अवरसमा सम्पूर्ण महानगरबासीहरुमा सुख शान्ति सम्बृदीको मंगलमय शुभकामना व्यक्त गर्दछौँ । रेनु दाहाल प्रमुख भरतपुर महानगरपालिका परिवार
एनएलजी इन्स्योरेन्स कम्पनीले गत आव २०७४/७५ को चौथो त्रैमासमा रू २६ करोड ४ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १२ प्रतिशतले वृद्धि हो । कम्पनीले अघिल्लो आवमा रू २३ करोड ९ लाख नाफा कमाएको थियो । कम्पनीले असार मसान्तसम्ममा रू ४५ करोड ४८ लाख आम्दानी गर्न सफल भएकाले नाफा बढेको हो । बैङ्कले रिजर्भ कोषमा रू १४ करोड छुट्याएको छ भने बीमा कोषमा रू ७१ करोड १५ लाख जम्मा भएको छ । असार मसान्तसम्ममा रू १ अर्ब ५१ करोड बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा ११ प्रतिशतले बढी हो । कम्पनीको चुक्तापूँजी ४५ प्रतिशतले बढेर रू ६४ करोड ४ लाख पुगेको छ । बीमा समितिले तोकेको पूँजी अझै पुगेको छैन । साथै कम्पनीले अपुग रकम हकप्रद र बोनस शेयर वितरण गरेर पूँजी पु¥याउने योजना रहेको बताएको छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी रू १ अर्ब पुर्‍याउन निर्देशन दिएको थियो । कम्पनीले महाविपत्ति कोषमा रू ४ करोड २१ लाख छुट्याएको छ । दीर्घकालीन लगानी रू २९ करोड ८६ लाख रहेको छ भने खुद चालू सम्पत्ति ३३ प्रतिशतले बढेर रू १ अर्ब १८ करोड पुगेको छ । असार मसान्तसम्ममा कम्पनीले रू ४५ करोड ४८ लाख आम्दानी गर्दा रू १९ करोड ४३ लाख खर्च भएको छ । कम्पनीले पुनर्बीमा कमिशनबाट रू १९ करोड ५१ लाख आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १७ प्रतिशतले बढी हो । जारी बीमालेखको सङ्ख्या १ लाख ६७ हजार ४ सय ६१ र नवीकरण गरिएको बीमालेखको सङ्ख्या ३३ हजार ४ सय ४८ रहेको छ । कम्पनीले ५ हजार ३ सय जनालाई रू ८२ करोड ७१ लाख दाबी भुक्तानी गरेको छ भने १ हजार ६ सय ४४ जनालाई रू ६० करोड ९ लाख दाबी भुक्तानी गर्न बाँकी छ । स्तरीय सेवाका कारण बीमितको विश्वास हासिल गर्न कम्पनी सफल भएको छ । यसैले कम्पनीको व्यवसाय उल्लेखनीय रूपमा निरन्तर वृद्धि हुँदै गएको छ । फलस्वरूप कम्पनीले मुनाफा वृद्धि भएकाले लगानीकर्तालाई बढीभन्दा बढी प्रतिफल दिन सफल भएको छ । कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू ४० दशमलव ६७ मूल्य आम्दानी अनुपात २२ दशमलव ८७ तरलता अनुपात १ दशमलव ८७ र प्रतिशेयर नेटवर्थ रू २ सय ३९ दशमलव ६४ रहेको छ । बुधवारको शेयर मूल्य नेटवर्थको ३ गुणा छ । खरीद चाप कम्पनीको बिहीवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप ३ गुणा बढी रहेको छ । सो अवधिसम्म ४ हजार १ सय ३४ कित्ता शेयर खरीद र १ हजार २ सय ३५ कित्ता शेयर विक्री गर्ने माग रहेको थियो । मैनबत्ती विश्लेषण कम्पनीको ६५ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो मारोबोजु आकृति बनेको छ । यस आकृतिले कम्पनीको शेयर मूल्य बढ्ने सङ्केत गर्दछ । आरएसआई कम्पनीको ६५ दिनको करोबारमा न्युट्रल जोन (४७२ दशमलव ०३ स्केल)मा छ । यसले खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्याण्डर्ड डेभिएशन कम्पनीको ६५ दिनको करोबारमा ९ दशमलव १९ विन्दुमा छ । यसले उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा जोखीम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । मुभिङ एभरेज कम्पनीको ६५ दिनको करोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने मूल्यरेखा आपसमा टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल रहेको छ । बिहीवारको शेयर मूल्य रू ८ सय १७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू ८ सय २८ मा प्रतिरोध र मूल्य सस्तिएमा रू ८ सय ४ मा टेवा पाउने देखिन्छ ।
(जीवन अचम्मको छ । साधारण लाग्छ हेर्दा । तर बुझ्दै जाँदा यो गहिरो र रहस्यमयी लाग्छ । सामान्य लाग्ने मानिसका पनि जीवनमा अनेक असमान्य घटना घट्छन् । कुनैबेला कसैको जीवनका ती अनुभवहरू अरुकालागि उदाहरण र प्रेरणा श्रोत बन्न सक्छन् । मानिसको जीवन त एउटै हुन्छ तर त्यहाँ धेरै मोडहरू पार गर्नु पर्ने हुन्छ । जीवनभित्र संघर्षका कथाहरू हुन्छन् । खुशी र उन्मादका क्षणहरु आउँछन् । आफूले कल्पनै नगरेका सफलताका मोडहरू फेला पर्छन् । यिनै सेरोफेरोमा हामीले प्रवासमा बसेर समयसँग कुस्ती खेल्दै जीवनको यात्रालाई डोर्याइरहेका नेपालीहरूको खुशी अनि कथा व्यथा प्रस्तुत गर्ने यो स्तम्भ प्रारम्भ गरेका हौ सम्पादक ) न्युअर्लिन्सबाट हिडेको ७ घन्टामा एटलान्टाको नरक्रस शहर अन्तर्गत मङ्गोलिया पार्क लेनको ६८७० नम्बरको घर पुग्दा साँझ आगमनले सुरसार गर्दैथियो । छिन् छिनको झरीले त्यसैपनि आकास खुल्न सकेको थिएन । थोरै ओरालोमा अवस्थित त्यो घर वरिपरिको वातावरण सुन्दर र लोभलाग्दो थियो । त्यसो त एटलान्टा आफैं लोभलाग्दो ल्याण्डस्केपिङ्ग र हरियालीले सुन्दर शहर रहेछ । हिमालयखबरको टीम ड्यालास ह्युस्टन र न्युअर्लिन्स हुंदै यो पंक्तिकारको स्तम्भकोलागि एटलान्टा मिसन मा थियो । विकास राज न्यौपाने र अमॢत कट्टेल मेरा अन्तरङ्ग सहयोगी मसंगै थिए । जीउ तन्काउँदै म गाडीबाट उत्रिएँ । विकास र अमॢत गाडीमै बसे । मैले घरको मूलढोकाको घण्टी थिचें । कुर्नु परेन छिनमै ढोका खुल्यो । गोरो हँसिलो अनुहार भएको मानिसले अभिवादन गर्दै भित्र बोलाए । ती मानिस उनै राजा घले थिए जस्लाई आठ वर्षअघि मैले ह्युस्टनमा भेटेको थिएँ । मैले त्योबेला भेटेको राजा अहिले पनि उस्तै फर्स्याइलो र आत्मीय लाग्यो । हामीले राजा घलेसंग उनको जीवनका विविध मोडहरू बारे जान्नु थियो । उनका सुख दुखका कथाहरु सुन्नु थियो । उनीसंग अन्तरङ्ग कुरा भए धेरै कुरा नलुकाइ भने केही कुरा धक मान्दै पनि लुकाए । शारिरिक तन्दुरुस्तीले अझै पनि उनलाई तन्नेरी नै भन्नु पर्छ । उनको जिवन्त जीवन शैली हेर्दा लाग्छ विन्दास छन् राजा । पूर्वी नेपालको सुन्दर ठाउँ रूम्जाटारमा जन्मिएका राजा घले आफ्नो बुबाआमाका एक्लो छोरा हुन् । छोरीछोरी हुँदा हुँदा लामो पर्खाइपछि जन्मिएका राजा त्यसैले बुबाआमाले पुल्पुल्याएका छोरा हुन् । रूम्जाटारमै प्रारम्भिक शिक्षा लिएर काठमाण्डु पुगेका राजा बानेश्वरको अमर आदर्श इङ्लिस स्कुलमा पढ्नथाले । एसएलसी भने उनले भानु माध्यमिक विध्यालयबाट पुरा गरे । पढ्नमा राजा कहिल्यै दोश्रो भएनन् । पढाइमा जति अब्बल थिए अरु क्रियाकलापमा पनि उत्तिकै बेजोड । सम्पन्न परिवार हुनाले उनलाई कुनै कुराको कमी थिएन । एक्लो छोरोले जे मागेपनि बुबाआमाले पुर्याइदिन्थे ।नेपालबाट बीएस्सी एमएड र एमपीए सकेर राजा सन् १९९० मा उच्च शिक्षाकोलागि अमेरिका हानिए । अरु नै विषय पढ्न आएका उनले बुबाको इच्छा विपरित पाइलट बन्ने सुर कसेर ppl (private pilot licence)कोर्स गर्न थाले । अमेरिका आएपछि मात्र जीवनलाई नजिकबाट बुझ्नथाले राजाले । सजिलो थिएन अमेरिका घन्टौं काम नगरी सुख थिएन । पुल्पुलिएको कान्छो घले कहिल्यै काम नगरेको आमाको ममताबाट टाढा परदेशमा लखतरान भएर कामबाट थाकेर कोठामा आएपछि रुन्थे । अहिले पनि ती पीडादायी क्षण सम्झेर जीवनलाई पर्गेल्ने प्रयास गर्छन् राजा । संघर्षका ती दिनहरुमा साथीभाइहरुले पुर्याएको सहयोगको स्मरण गर्दै भन्छन् म भाग्यमानी थिएँ । शुरुशुरुमा घण्टौं अर्काको स्टोरमा काम गरेका राजाले त्यसपछि आफ्नै व्यापारव्यवसायमा समय र पसिना खर्च गरे । त्यसले उनलाई आर्थिकरुपले बलियो बनाउन सहयोग गर्यो । अहिलेका राजा घले एटलान्टाको नेपाली समाजमा एउटा स्थापित व्यक्तित्त्व भएका छन् । जीवन भोगाइको यो अवस्थामा आइपुग्दा उनको आफ्नै दॢष्टिकोण छ । उनले यसरी बुझ्छन् जीवनलाई जिन्दगी एकचोटी पाइन्छ त्यसको पुरापुर मजा लिन जान्नु पर्दछ । रमाउन सक्नु पर्छ चाहे दुख होस् या संघर्ष । माछामासु जाँडरक्सी खाँदैनन् तर खानेहरुसंग बसेर घण्टौं रमाइलो गर्छन् । गीत संगीत र साहित्यमा रमाउँछन् । रोमान्टिजम् उनको नशा नशामा देखिन्छ । मन खोलेर बोल्छन् विन्दास स्वभाव नै उनको आकर्षण हो । योबेला राजा घले आकासमा हुनुपर्ने हवाइजहाजको ककपिटमा । प्राइभेट पाइलट लाइसेन्स त लिए जहाज उडाउने सपना पनि हो उनको । तर नियतिले उनलाई अन्तै मोडिदियो । उनले वाध्यतावस कमर्सियल पाइलट कोर्स गर्न पाएननन् त्यसैले अमेरिकाको ह्याभर्सम एभिएसनको सर्टिफिकेट बाकसमा थन्काएर राजा अहिले एटलान्टाको सामाजिक हिरो भएकाछन्। करीब २० वर्षको एटलान्टा बसाइले उनलाई त्यहींको रैथाने बनाएकोछ सामाजिक अभियन्ताको भूमिकामा उनी दिनरात व्यस्त देखिन्छन् । समुदाय मात्रै हैन कसैको व्यक्तिगत काममा पनि मन खोलेर सहयोग गर्छन् उनी । उनको यही बानीले एटलान्टाको नेपाली समुदाय प्रभावित छ । त्यसैले कुनै न कुनै संस्थामा राजाको सहभागिता अनिवार्य जस्तै भएको छ त्यहाँ । अहिले उनी एटलान्टाकोलागि नेपालको पर्यटन दूत भएका छन् । अमेरिकामा भएका अरु पर्यटन दूतहरुका बारेमा सकारात्मक प्रतिक्रिया पाइदैन । भनिन्छ तिनीहरु कुइराको कागझैं भएका छन् भूमिका र सक्रियताविहीन । तर राजा घलेले एटलान्टामा नेपाली समुदाय मात्र हैन त्यहाँको अमेरिकी मूलधारको सामाजिक परिवेशमा समेत परिचय बनाइसकेको हुँदा पर्यटन दूतको भूमिकामा न्याय गर्छन् भन्ने विश्वास गर्न सकिन्छ । उनले आफ्नो कार्ययोजना तयार गर्दैछन् । नेपाल कला र संस्कॢतिमा मात्र हैन प्राकॢतिक सुन्दरताको अनुपम नमुना हो भनेर अमेरिकी समाजलाई आकर्षित गर्ने कार्यक्रमहरु उनीसंग छन् । त्यसैले आत्मविश्वाससाथ भन्छन् आफूभित्र इच्छाशक्ति र इमान्दार लगन हुनुपर्छ जस्तोसुकै काम पनि गर्न सकिन्छ । सन् २०१० मा nepalse association of southeast america को प्रथम निर्वाचित अध्यक्ष राजा सन् २०११ मा उत्तर अमेरिकाकोलागि भिजिट नेपाल २०११ को संयोजक भएर काम गरे । गैरआवासीय नेपालीहरुको राष्ट्रिय अन्तर्राष्ट्रिय संघको विभिन्न पदमा रहेर उनले सक्रिय भूमिका देखाइसकेका छन् । सन् २०१४ २०१५ मा उनी अमेरिकाबाट nrn_icc मा सदस्य थिए । त्यति मात्र हैन राजाले सन् २०१० मा nepali complete count committee for us census को संयोजकको भूमिका पूरा गरे । सन् २०१२ २०१४ कालागि नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै उनी asia pacific american council (apac) को महासचिवमा निर्वाचित भएका थिए । उनले सामाजिक क्षेत्रमा पुर्याएको योगदानकोलागि सन् २०१३ मा नेप्लिज एसोशिएसन अफ जर्जियाले social hero of the year पुरस्कारले सम्मान गरेको थियो । नेपालबाट एटलान्टा आइपुग्ने नेता अभिनेता गायक संगितकार र राजनीतिज्ञ प्राय सबैले राजा घलेको आतिथ्यको न्यानो अनुभव गरेका छन् । कुनैबेला त उनको घर धर्मशाला झैं हुन्छ जहाँ पच्चिसौं नेपाली पाहुनाहरु आश्रय लिन्छन् । उनी झर्को नमानी पाहुनाहरुको स्वागत गर्छन् । राजा घलेको शब्दकोषमा शायद अल्छी भन्ने शब्दनै छैन । गीत संगीतका अत्यन्त शौखीन राजा आफू भने गाउँदैनन् । तर सुसेली हाल्न र गुनगुनाउन उनलाई कस्ले रोक्ने गीत कविता र गजल सुन्न पाए रात बितेको थाहा हुदैन राजालाई । अमेरिकी भूमीमा नेपाली राजनीति चित्त बुझ्दैन उनलाई । जातीय र क्षेत्रीय संस्थाको आवश्यक्ता छैन भन्नेमा उनी प्रतिबध्द देखिन्छन् । यहाँका नेपालीहरुले यहीँको मूलधारमा आफ्नो भूमिका खोज्नु पर्छ बाँडिएर हैन एकजुट भएर बसौंन हामी । राजाले यसो भनिरहँदा उनको अनुहारमा यो पंक्तिकारले निश्चल अविराम भाव देख्यो नेपाल र नेपालीप्रति अगाध स्नेह पायो । सकारात्मक सोच भएकै कारण राजा घले प्राय सबैका मित्र छन् । लाग्छ उनीभित्र मैलो अहम् छैन । आफ्नो समाज र मातॣभुमीसंग सधैं जोडिन चाहन्छन् । नेपालमा सुशासन शान्ति र स्थायित्व भैदिए कसैले पनि विदेश पलायन हुनुपर्ने थिएन राजाको यो भनाई सुनिरहंदा मलाई लाग्यो उनलाई पनि स्वदेश फर्केर शान्त जीवन बिताउने अभिलाषा रहेछ । खप्तडबाबाले बिचार बिज्ञानमा भने झैँ हरेक काममा सम्भावनाहरु छन । तर सम्भावना तिनैबाट सम्भव छ जो लक्ष्य प्राप्तिका लागि बिचारमा दृढ छन । विचार यस्तो जन्मनु पर्छ कि जसले
आर्थिक सूचना प्रणालीको माध्यमबाट पारदर्शी अर्थतन्त्र स्वच्छ एवम् उत्तरदायी राजस्व प्रशासनको विकास गरी राजस्व चुहावट तथा आर्थिक अपराध नियन्त्रण गर्ने । निर्दिष्ट सोचतर्फ उन्मुख भई उपरोक्त उद्देश्य परिपूर्तिका लागि विभागले आफ्नो कार्य सम्पादन गर्दा देहायका रणनीतिहरु अवलम्वन गर्ने गर्दछ उपचारात्मक रणनीति कब्जा गर्ने छापा मार्ने जफत गर्ने दण्डित गर्ने थुनछेक गर्ने क्षतिपूर्ति लिने लिलाम विक्री गर्ने आदि ।
सानफ्रान्सिस्को (अमेरिका) पश्चिम अमरिकी राज्य क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा सम्पन्न गैर गैरआवासीय नेपाली संघ (एनअरएन) को विज्ञ भेलाले नेपाल भ्रमण वर्षलाइ सफल बनाउन सहयोग गर्ने प्रतिवध्दता व्यक्त गरेको छ । शनिबारको विज्ञ भेला तथा अइतबारको साधारण सभाले पारित गरेका निष्कर्शहरू सार्वजनिक गर्दै एनअरएनले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२०’ मा एनआरएनएलाई प्रमुख साझेदार बनाउने पर्यटन मन्त्री रबिन्द्र अधिकारीको आग्रहलाई स्विकार्दै यसका लागि सकृय भई सफल बनाउन संजाललाई अधिकतम् उपयोग गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । भेलाले संविधानमा उल्लेखित गैर आवासीय नेपालीलाई नागरिकता दिने प्रावधानलाई सकेसम्म छिटो आवश्यक कानुन बनाएर लागु गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाद्धारा १६ जुन २०१८ मा संयुक्त रुपमा आयोजित नेपालमा सीप ज्ञान र प्रविधि हस्तान्तरणका निम्ति विज्ञ भेला सनफ्रान्सिस्को शहरमा भव्यताका साथ सम्पन्न भएको हो । भेलामा तीनसय जना भन्दा बढीको सहभागिता थियो । नेपालको समृद्धि र विकासका लागि नेपाली डायोस्पोराको भूमिकालाई अझ बृहत बनाउने विषयमा भेला केन्द्रित थियो । सम्मेलनमा विभिन्न सात विषयहरु शिक्षा र विकास स्वास्थ्य विज्ञान प्रविधि सूचना प्रविधि वातावरण पर्यटन र नविकरणीय उर्जा आर्थिक समाजिक क्षेत्रसंग सम्वन्धित ३० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । विदेशमा कार्यरत बौद्धिक समुदायको ज्ञान सिप र दक्षतालाई नेपालको आर्थिक प्राविधिक वैज्ञानिक सामाजिक विकास लगायतका क्षेत्रमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषमा केन्द्रित रही कार्यपत्रहरु प्रस्तुत गरिएका थिए । प्रस्तुत कार्यपत्र माथि नेपालमा कसरी दक्षता ज्ञान र सिप उपयोग गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रही कार्यपत्रहरुमाथि छलफल भएको गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका प्रवक्ता भुषण घिमिरेद्वार जारी विज्ञप्तीमा उल्लेख छ । कार्यक्रम एनआरएनए अमेरिका क्षेत्रका संयोजक गौरी जोशीको संयोजनमा भएको थियो । एनआरएनए अमेरिकाको साधारणसभाको पुर्वसन्ध्यामा क्यालिफोर्निया शाखाको आतिथ्यतामा भेला सम्पन्न भयो । विज्ञ भेलाको कार्यपत्र र प्रस्तुतीको संयोजन डा रुद्र अर्यालको समुहले गरेको थियो । गैरआवासीय नेपाली बौद्धिक समुदायले विदेशमा आर्जन गरेको सिप ज्ञान र दक्षतालाई नेपालको समृद्धि र उच्च दरको आर्थिक विकासका लागि उपयोग आवश्यक रहेको निष्कर्श भेलाको छ । एनआरएनए विदेशमा हुनुभएका विविध क्षेत्रका विज्ञहरुसँग सवन्वय गरेर पुलको रुपमा नेपाल सरकार नीति निमार्ता र निजी क्षेत्रसंग काम गर्न प्रतिवद्ध रहेको पनि विज्ञप्तिमा जनाइएको छ । नेपाल सरकारकारमा माननीय मन्त्री रविन्द्र अधिकारीले विज्ञ सम्मेलनको निष्कर्षलाई सरकारले आत्मसात गर्ने प्रतिवद्धता गर्नुभएकाले एनअरएनलाइ थप हौसला मिलेको पनि विज्ञप्तीमा उल्लेख छ । गैर आवासीय नेपाली विज्ञहरुले विदेशमा आर्जन गरेको सिप दक्षता ज्ञान र अनुसन्धान दस्तावेज लगायतको पहिचान गर्दै देशको समृद्धिका लागि उपयोग गर्न सहयोग हुनेगरी विवरण राख्ने व्यवस्था एनआरएनएले गर्ने उल्लेख छ । विज्ञ भेला तथा काठमाडौंमा हुने सम्मेलनबाट आएका निष्कर्षलाई नेपालको समृद्धिमा उपयोग गर्न नेपाल सरकारसंग सहकार्य गर्दै संघले दिर्घकालिन कार्यक्रमहरुको तर्जुमा गर्नेछ । क्षेत्रिय रुपमा सम्पन्न हुने विज्ञ भेलाहरु र आगामी अक्टोबरमा काठमाडांैमा हुने सम्मेलनबाट आएका निष्कर्षहरुलाई श्वेतपत्र तयार गरी नेपाल सरकारका सम्बन्धित निकायलाई हस्तान्तरण गरिने प्रेस विज्ञप्तीमा उल्लेख छ । ड्यालस (अमेरिका) – गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिका टेक्सस च्याप्टरले आउँदो बुधबार ड्यालसमा विशेष अन्तरकृया गर्ने भएको छ । एनआरएन अन्तर्राष्ट्रिय समितिका
वर्तमान सरकारलाई पूर्णता दिने अभियानमा नेपाली काँग्रेस सक्षम भए लगत्तैै सरकारी सक्रियतामा समेत तेजी आएको छ । सरकार गठन भएको लगभग तीन सातासम्म काँग्रेसले आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्री पठाउन नसकेका कारण निष्क्रिय देखिएको सरकारी काम अब भने द्रूत रफ्तारमा अघि बढेको छ । यसै क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनपछि पहिलो पटक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितको सहभागितामा राष्ट्रिय मुद्दामा संवाद थाल्नुभएको छ । अस्ति मङ्गलबार उहाँले सत्तारुढ मुख्य घटक नेपाली काँग्रेस र एमालेलाई बालुवाटारस्थित सरकारी निवासमा डाकेर समसामयिक विषयमा छलफल गर्नुभएको हो । अब प्रधानमन्त्री प्रचण्ड आफ्नो कार्यभार पूरा गर्न बेतोडले दगुर्ने मनस्थितिमा देखिनुभएको छ जो आफैँमा गलत होइन । किनभने यो सरकारको कार्यकाल छोटो अवधिका लागि रहेको राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ । नेपाली काँग्रेस र माओवादी केन्द्रबीच भएको सत्ता सहमतिको सन्दर्भ सही हो भने वर्तमान सरकारको कार्यकाल केवल नौ महिनाको हो । यो अवस्थामा सरकारको काम गर्ने शैली तीव्र हुनु स्वाभाविक हो । कार्यकाल छोटो भए पनि सरकारको कार्यभार भने गहन रहेको छ । बढो कठिन अवस्थामा गठन भएको नयाँ सरकारका अघिल्तिर चुनौतीका पहाड उभिएका छन् । मुलुक लामो समयदेखि राजनीतिक सङ्क्रमणमा रुमल्लिएको छ । यसलाई अन्त्य गरी समृद्ध नेपाल निर्माणको जग निर्माण गर्नुपर्ने परिस्थिति विद्यमान छ । यस परिप्रेक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका लागि यो अवसर पनि हो । बढो चामत्कारिक रूपमा मुलुकी कार्यकारी पदमा दोहोरिनुभएका प्रचण्ड स्वयंले आफूलाई प्राप्त यो अन्तिम अवसर भन्नुभएको छ । यसलाई कसरी सदुपयोग गर्ने भन्ने सवालमा उहाँको सुझबुझपूर्ण कदमले सही दिशा निर्धारण गर्नेछ । गएको असोज ३ गते जारी भएको संविधानको सहज र सफल कार्यान्वयन नै यतिबेलाको मूल चुनौती हो । संविधान जारी गर्ने बेला असहमत रहेका मधेस केन्द्रित दलका नेताहरूकै समर्थनमा सत्तारुढ भएका प्रधानमन्त्री प्रचण्डका लागि आगामी दिन वास्तवमै अग्निपरीक्षाका रूपमा रहनेछ । मधेस केन्द्रित दलसँग सार्थक छलफल गरी उनीहरूका जायज माग सम्बोधन गर्नु यतिबेलाको मुख्य कार्यभार हो । झण्डै तीन करोड नेपालीको साझा र आस्थाको धरोहरका रूप्मा नयाँ संविधानलाई स्वीकार्य तुल्याउन सक्दो लचकता देखाउनुपर्ने दायित्व मूलधारका दलहरूको थाप्लोमा आइपरेको छ । यतातिर प्रमुख दलहरूको साझा धारणा निर्माण हुनसके मात्र सङ्क्रमणकाल छोट्टिन बल पुग्छ तर दलबीच देखिएको विश्वासको सङ्कट र असमझदारीले त्यो सम्भावनालाई दुरुह बनाउँदै लगेको छ । खासगरी सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीचको तिक्तता र दूरी साँघुरो नभएसम्म सहज अवतरणको कुनै गुञ्जायस देखिएको छैन । अहिले बढेको अविश्वास र दूरी कम गर्न सरकारी सक्रियता ज्यादै अर्थपूर्ण हुनसक्छ । समय छोटो छ तर गर्नुपर्ने काम असीमित छन् । त्यसैले पनि सरकारी चाल वायुपङ्खी हुनु जरुरी छ । अब सरकार खरायो चालमा हिँडेन भने संविधान कार्यान्वयन प्रक्रिया भड्खालोमा पर्न सक्छ । आगामी २०७४ माघ ८ अगावै स्थानीय प्रान्तीय तथा प्रतिनिधिसभासमेतको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ तर यो कामको व्यवस्थापन सहज छैन । किनभने समय थोरै मात्र छ । सरकारले आगामी चैत मसान्तभित्र स्थानीय तहको निर्वाचन गराउने रणनीतिक योजना बनाएर पहल भने सुरु गरिसकेको छ । यसै प्रयोजनका लागि प्रधानमन्त्रीले अस्ति मङ्गलबार नेपाली काँग्रेस र एमालेलाई छलफल गर्न बालुवाटारमा बैठक गर्नुभएको थियो । नयाँ सरकार गठन भएपछि प्रतिपक्षी एमाले सम्मिलित पहिलो बैठकमा स्थानीय तहको पुनर्संरचनाबारे सहमति खोज्न छलफल गरिएको थियो तर यसबारे सत्तारुढ काँग्रेस र प्रतिपक्षी एमालेबीच सहमति निर्माण हुनुभन्दा बरु विवाद बढेर गएको छ । काँग्रेसले पुरानै संरचना अनुसार स्थानीय चुनावमा जानुपर्ने धारणा राखेको छ भने प्रतिपक्षी एमालेले आयोगले प्रस्ताव गरे बमोजिम ५६५ तहको हुनुपर्ने अडान दोहो¥याएको छ । यस विषयमा प्रमुख दलबीच सहमति बन्न नसक्दा स्थानीय निर्वाचन नै अन्योलमा परेको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेको सहयोगविना निर्वाचन सम्भव छैन । साथै मधेस केन्द्रित दलहरू पनि यस सन्दर्भमा सकारात्मक भएको जस्तो लाग्दैन । यी सबै विषय र सन्दर्भलाई समायोजन गरी लैजान सक्ने खुबी सत्ता पक्षबाटै बढी अपेक्षित हुन्छ । उता संविधान संशोधनको विषय ज्यादै पेचिलो छ । सत्तारुढ दलको मात्र चाहनामा संशोधन प्रक्रियाले पूर्णता पाउन गाह्रै छ । एमालेको समर्थनविना संविधान संशोधन लगभग असम्भव नै छ । मधेसी मोर्चाको माग सम्बोधन गर्दा एमालेको विश्वास अनिवार्य छ । यसका लागि खुला र सार्थक वार्ता आवश्यक छ । मोर्चासँग गरिने सहमतिमा एमालेको समर्थन लिन अहिल्यैबाट गम्भीर वार्ता जरुरी छ । मङ्गलबार बालुवाटारमा एमाले सहभागी रहेको छलफलमा संविधान संशोधनको विषयले पनि प्रवेश पाएको थियो तर काँग्रेस र एमालेबीच यसमा पनि बेमेल देखिएको छ । मधेसी मोर्चाको माग सम्बोधन गर्न संविधानमा संशोधन गर्ने विषयमा सत्ता पक्ष र प्रतिपक्षबीच गम्भीर असहमति देखिएको छ । संशोधनको औचित्य र आवश्यकताको विषयमा एमाले उपाध्यक्ष भीम रावल र काँग्रेस नेतासमेत रहेका गुहमन्त्री विमलेन्द्र निधीबीच चर्काचर्की नै परेको थियो । यसले पनि संविधान संशोधनको मुद्दा बढो गम्भीर रहेको प्रतीत हुन्छ । एमालेको साथ र समर्थनविनाको संविधान संशोधन सजिलो हुने छैन । मधेसी मोर्चाले उठाएको सीमाङ्कनको विषय सजिलो छैन । यसमा एमालेको सहमति नलिइकन गरिने संशोधनको प्रयास फलदायी हुन मुस्किल छ । संविधान संशोधन नभएसम्म मधेसी मोर्चाको माग पूरा हुने लक्षण पनि छैन । यस्तो अवस्थामा ठूला राजनीतिक दलहरूले गम्भीरता देखाउन सकेनन् भने राजनीतिक सङ्क्रमण अझै लम्बिने निश्चित छ । जे भए पनि सत्ता पक्ष र प्रतिपक्षबीच संवादको थालनिभएको छ । यो आफैँमा उपलब्धि हो । एमालेको सहयोगविना संविधानमा संशोधन असम्भव रहेको यथार्थलाई सत्ता पक्षले सकारात्मक रूपमा लिनु जरुरी पनि छ । भर्खरै मात्र सत्ताबाट बाहिरिएको एमालेबाट यस्ता अभिव्यक्ति आउनु स्वाभाविक हो । यो मुद्दामा सत्ता पक्ष र प्रतिपक्षबीच संवाद थालिएको विषय नै महœवपूर्ण हो । सुरुमा प्रतिपक्षबाट आएको प्रतिक्रिया गलत होइन तर वार्ता गर्दैजाँदा सहमति नहोला भन्न सकिन्न । किनभने एमालेको पनि मधेसमा राम्रो पकड छ । धेरै नेता कार्यकर्ताले मधेस आन्दोलनको सहज अवतरणको लागि पार्टीमा आवाज उठाउने र दबाब दिने काम गरिरहेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल आफैँ रौतहटबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ । यो परिवेशमा एमालेले मधेसका माग र मुद्दालाई विल्कुलै मिल्काएर जाला भन्नु गलत हुनेछ । मधेस यो देशको ज्यादै महœवपूर्ण भूभाग हो । यहाँ बसोबास गर्नेहरूको चाहना र आकांक्षालाई नजरअन्दाज गरेर मात्र जान खोजियो भने त्यो सही निर्णय हुने छैन । मूलधारका हरेक पार्टीका नेता कार्यकर्ताको चाहना मधेसको आवाजको सुनुवाइ हुनुपर्छ भन्ने रहेको छ । यो माग र मुद्दा केवल मधेस केन्द्रित दलका नेता कार्यकर्ताको मात्रै हो भन्नु किमार्थ उचित होइन । त्यही भएकाले प्रमुख राजनीतिक दलहरू यस सन्दर्भमा गम्भीर हुनैपर्छ । संवाद सुरु भएको छ बिस्तारै असहज परिस्थिति सहज बन्ने छ र एमालेसहितको समर्थनमा मधेस मुद्दाको सम्बोधन हुने अनुमान लगाउनु गलत हुने छैन । यसका निम्ति सत्ता पक्ष र प्रतिपक्ष शालीन र गम्भीररूपमा संवाद प्रक्रियामा संलग्न हुनु पहिलो र अनिवार्य सर्त हो । केपी ओलीको नेतृत्वमा गठित वर्तमान सरकार २०१५ सालमा बीपी कोइरालाका नेतृत्वमा गठित सरकारपछिको शक्तिशाली सरकार बन्ने देखिएको छ । यसले मुलुकलाई चाहिने नीति नियम ऐन र कानुन बनाउन मार्ग प्रशस्त गरेको छ । विकास र निर्माणमा अग्रसर हुन ढोका खोल्नेछ । संविधानप्रति असन्तुष्टि प्रकट गरिरहेका जनताका जायज असन्तुष्टि भए तिनको सम्बोधन गर्दै संविधान संशोधन गर्ने बाटो खुल्नेछ । उनको सरकारले नेपालको समृद्धिको महान् यात्रा तय गर्ने श्रेय प्राप्त गरेको पनि छ । सँगसँगै उनले शक्तिलाई सत्कार्यमा उपयोग गरे त्यसले सकारात्मक परिणाम दिने नै छ । यदि उनले गरेका कार्यमा चित्त नबुझी कसैले सर्वोच्च अदालतमा रिट दायर गरेमा त्यसमा न्यायपालिकाले परमादेश जारी गरी टाङ अडाउने कार्य गरेको स्थितिमा प्रधानन्यायाधीशमाथि नै महाभियोग लगाउने हैसियत समेत हुने भएकाले कार्यपालिका तथा व्यवस्थापिकाबाट न्यायपालिका नराम्ररी प्रभावित बन्नसक्ने केहीको टिप्पणी छ । उनको यस्तो शक्तिबाट शक्ति पृथकीकरण न्यायपालिका कार्यपालिका र व्यवस्थापिकामाथि दरार पैदा हुनसक्ने आशंका व्यक्त गरिएको छ । हुनत न्यायालय कतिपय अवस्थामा कार्यपालिकाले गर्न खोजेका राम्रा कार्यमा समेत साधक बन्नुको सट्टा बाधक बन्ने गरेको पनि छ । एनसेल प्रकरण नै यसको गतिलो दृष्टान्त बनेको छ । यदाकदा सम्मानित अदालत पनि आग्रह र पूर्वाग्रहबाट प्रभावित हुने गरेको पनि छ । वर्तमान प्रधानन्यायाधीशको जन्ममिति विवाद र त्यसपछि विकसित घटनाक्रम पनि देखिए । यहाँ स्मरणीय के छ भने जुन न्यायालयमाथि जनताको अपार विश्वास र भरोसा छ । त्यसैमाथि त्यसैका संरक्षक सम्बद्र्धक र परिपोषकहरूबाटै आक्रमण गर्ने र थिल्थिलो पार्ने कार्य हिजो पनि भएको थियो आगामी दिनमा पनि हुन सक्छ । वास्तवमा यही नै दुःखद् विषय हो । जबसम्म न्यायालयमा राजनीतिक भागबण्डा अन्त्य हुँदैन जबसम्म न्यायालयभित्र एक खालको असजिलो अवस्था रहिरहन्छ । जबसम्म न्यायालयकै सम्बन्धित पक्ष जिम्मेवार बन्दैनन् तबसम्म यस्ता घटना भइरहन्छन् । नातागोता इष्टमित्र र पार्टीगत सम्बन्धहरू भएर न्यायालय गुज्रन्छ भने न्यायालय कसरी पवित्र रहला विचारणीय प्रश्न छ । यसर्थ न्यायालय प्रणाली निकै रुग्ण र विसंगतियुक्त थियो र छ । यस्ता दुष्प्रवृत्ति नहटाएसम्म न्यायालयमाथिको जनविश्वास अपेक्षित उचाइमा पुग्न सक्ने देखिन्न । हुनत राम्रो इतिहास दोहो¥याउनका लागि हो । खराब इतिहास भुल्नका लागि हो । तर हामीकहाँ चाहे राजनीतिमा होस् या अन्य क्षेत्रमा खराब इतिहास चाहिँ दोहोरिने गर्छ । यस्ता खराब इतिहास दोहो¥याउनका लागि हुनुहुन्न । यस्ता इतिहासको पटाक्षेप गर्नु जरुरी छ । अब यस्ता प्रवृत्तिलाई इतिहासकै सोकेशमा राख्ने र नयाँ युग अवतरण गर्ने जिम्मा नयाँ प्रधानन्यायाधीशका काँधमा आएको छ । हुन त न्यायालय सधैँ कार्यपालिका र व्यवस्थापिका सँगै कदम मिलाएर हिँड्न सक्दैन । कार्यपालिकाका अनुचित कदमलाई अघि बढ्नबाट रोक्ने मात्र होइन । अनुचित रहेछ भने बढाइसकिएको कदमलाई पनि उही किसिमले फिर्ता गर्ने दायित्व पनि न्यायापालिकाकै काँधमा रहेको हुन्छ । कार्यपालिकाका हरेक गलत कदमलाई सच्याएर सही मार्गमा हिाडाउने असली गुरु अनि अभिभावक पनि हो । सर्वशक्तिशाली सरकार भएकाले यसले आगामी दिनमा रचनात्मक भूमिका खेल्ने प्रचुर सम्भावना हुँदाहुँदै पनि कहीँ कतै चुकेको अवस्थामा यसले उसका पाइलामा पूर्णविराम लगाउनुपर्छ । तर कतिपय गलत व्यक्ति समूहले गरेका कानुन विपरीतका कार्यमाथि सरकारले अंकुश लगाउँदा न्यायालय बाधक बन्नु चाहिँ हुँदैन । विगतमा सरकारले पक्रने र अदालतले छोड्ने अनन्त खेल भए । यस्तै स्थिति अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दायर मुद्दा दायर गरिई पुर्पक्ष हुँदा विशेष अदालतले दोषी करार गरिएका व्यक्ति सर्वोच्चबाट निर्दोष सिद्ध गरिए । अख्तियारले दाबी गरिएको रकम खोजबिन र पुर्पक्ष गर्दा विशेष अदालतले ठूलो रकम घोटाला भएको भनी गरिएको फैसलालाई सम्मानित सर्वोच्च अदालतबाट कम दण्ड रकम निर्धारित गर्ने पनि गरियो । सर्वोच्च अदालत मातहतका अदालतद्वारा गरिएका फैसला उपर चित्त नबुझे सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाइने कानुनी व्यवस्था छ । तर एउटा सर्वसाधारणको नजरबाट अख्तियार जस्तो संवैधानिक निकायले गरेको अनुसन्धान र विशेष अदालतले गरेको बहस पैरवीबाट निकालिएको निष्कर्ष त्यति फितलो हुने सम्भावना कसरी रहन्छ त्यस्तो गहिरो अध्ययन अनुसन्धानात्मक मुद्दा र त्यसमाथि टेकेर गरिएको फैसलालाई कमजोर बनाउन र कुनै मुद्दालाई त भूmठा सिद्ध गर्न सक्ने सारतìव के हो त हो प्रतिपक्षी सदा सरकारका कमजोरी नियालिरहेको हुन्छ । अझ प्रतिपक्षीले छाया सरकार बनाउने घोषणा गरेको छ । यस स्थितिमा सरकारका काममाथि उसले थोरै पनि चित्त नबुभ्mने बित्तिकै मुद्दा हाल्नेछ । दुई तिहाइको दम्भ प्रस्तुत भएमा वा न्यायालय पनि राजनीतिक प्रभावमा तरङ्गिएमा सरकार र अदालतका बीचमा जुहारी हुने स्थिति पैदा हुन्छ । हुन त ओलीले राजपा र फोरमबिना नै तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरे । यसबाट दुवै दल सशंकित भएका छन् । पहिले उपराष्ट्रपति पद दिने भनिए पनि पछि दिइएन । यसबाट त्यसै राजपा असन्तुष्ट बनेको छ । फोरम पनि भनिएका मन्त्रालय नपाएपछि त्यसै अधकल्चिएको छ । पार्टीभित्रका आकांक्षीको व्यवस्थापन गर्न पनि उसलाई सकस भइरहेको अवस्था छ । कैलाली घटनाका मुख्य योजनाकार रेशम चौधरीलाई आम माफी दिएर रिहा गर्ने शर्तमा राजपा सरकारमा जान तयार रहेको बुझिएको छ । सँगै मानव अधिकारकर्मीले रेशम चौधरीलाई रिहाइ गर्ने कुराको विरोध गरेका छन् । यस स्थितिमा सरकारलाई अपेक्षित दुईतिहाई आउने अझै सुनिश्चित भइसकेको छैन । दुईतिहाइ नआएकै परिस्थितिमा पनि सरकारलाई बहुमत प्राप्त छ । यसकै बलमा पनि सरकार न्यायालयप्रति कडा बन्न सक्ने परिस्थिति छ । कठिन परिस्थितिमा उसले मधेश केन्द्रित दलका जायज माग सम्बोधन गरेरै भए पनि न्यायालयमाथि अंकुश लगाउने परिस्थिति बन्न सक्छ । तर ओलीले भ्रष्टाचार आपूm पनि नगर्ने र अरुले गरेको पनि नसहने सार्वजनिक अभिव्यक्ति दिएका छन् । यसबाट न्यायालयले भ्रष्टाचार निवारण गर्ने कार्यमा अख्तियारलाई अनुसन्धान दण्ड जरिवाना गर्ने कार्यमा सकारात्मक सहयोग पुग्न सक्छ । साथसाथै न्यायालय पनि अख्तियारले गहिरो अनुसन्धान गरी ल्याइएका मुद्दामा सकारात्मक भई फटाफट न्याय निरुपण गरी आपूmलाई अब्बल साबित गर्न सक्छ । कतिपय विषयमा न्यायालय अव्यावहारिक बन्ने गरेको छ । यसबाट मुलुकलाई ठूलो आर्थिक क्षय भइरहेको छ । यसतर्फ गम्भीर ध्यान पुग्नु जरुरी छ । कुनै प्रभावशाली व्यक्तिका मुद्दा आए तत्काल पेसी तोकिने परमादेश जारी हुने र मुद्दाको अन्तिम किनारा पनि लगाइहाल्ने अनि कुनै मुद्दा दुई दशकदेखि पाँच दशक पुग्दा पनि तारेख धाइरहनुपर्ने स्थिति छ । यस्तो विभेदपूर्ण नीति अन्त्य गर्न कुनै कुनै प्रधानन्यायाधीशले क्रान्तिकारी कदम चाले र आंशिक सफलता पनि प्राप्त गरे । तर उसको कार्यकाल सिद्धिएर अर्को आउनासाथ त्यही गतिमा तिरोहित पुग्ने परिस्थितिले न्यायालयमा न्याय निरुपण हुन नसकी हजारौँ मुद्दा न्यायको पर्खाइमा कुरिरहेका छन् । त्यस्ता असंख्य मुद्दाहरू किनारा लगाउने कार्यमा समेत अदालतको ध्यान जानु आवश्यक छ । सरकारले भ्रष्टाचार र भ्रष्टाचारीमाथि शून्य सहनशीलता अपनाउने बताइरहँदा त्यसलाई कार्यमा रूपान्तर गरेरै देखाउनु अपेक्षित छ । समय बोल्ने नभई गरेर देखाउनेको हो । जनता एक्सन चाहन्छन् तसर्थ अब सरकारको बोली नै एक्सन हुनुपर्छ । एक्सनबाटै जनतालाई बुझाउनुपर्छ । सरकार र न्यायालय परस्परमा बाधक नभई साधक बन्नुपर्छ । सरकारले दुईतिहाइ पाए पनि दम्भ प्रस्तुत गर्नु कदाचित उपयुक्त हुँदैन । व्यवस्थापिका पनि सरकारले दिएको बिजनेस अनुरूप चल्ने भए पनि उसैको गोटी हुनुहुन्न । शक्तिपृथकीकरणका मूल्यलाई आत्मसात् गर्दै शान्ति स्थिरता र समृद्धिको मार्गमा अघि बढ्नु नै आजको राष्ट्रिय कार्यभार हो भन्ने बुभ्mनु अपरिहार्य छ ।
लन्डन — ग्लोवल पोलिसी फोरम फर नेपालका अध्यक्ष तथा बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक क्यूसी प्रा सूर्यप्रसाद सुवेदीले डा गोविन्द केसीको गिरफ्तारी निन्दनीय’ भन्दै विरोध गरेका छन् । सुवेदीले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै राष्ट्रिय महत्वका विषयमा आफ्ना केही माग राखी शान्तिपूर्ण तरिकाले अनसन बसेका केसीलाई पक्रनुले नेपालको छवि अन्तर्राष्ट्रियस्तरमा धुमिल भएको उल्लेख गरेका छन्। उनले नेपालको न्याय छापामार शैली’को भन्दै चिन्ता समेत व्यक्त गरेका छन्। माओवादी र कांग्रेस गठबन्धनले छापामार शैलीमा रातारात तत्कालीन प्रधानन्यायधीश सुशीला कार्कीलाई निर्लज्ज तरिकाले महाअभियोग लगाएको धेरै समय नबित्दै अहिले सर्वोच्च अदालत आफैंले हतार हतार छापामार शैलीमा केसीलाई गिरफ्तारगर्न आदेश दिनु र प्रहरी प्रशासनले पक्रनु निन्दनीय छ। यसले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि धुमिल भएको छ’ सुवेदीको वक्तव्यमा छ।
काठमाडौं । द्वन्द्वकालीन मुद्दामा जेल परेका बालकृष्ण ढुंगेल रिहा भएका छन् ।सरकारले कैद मिनाहका लागि गरेकाे सिफारिस राष्ट्रपतिले स्वीकृत गरेपछि ढुंगेल मंगलबार बिहान छुटेका हुन् । ढुंगेललाई स्वागत गर्न मंगलबार बिहानै उनका समर्थक डिल्लीबजार कारागार पुगेका थिए । समर्थकले उनलाई माला लगाएर स्वागत गरे भने ढुंगेलले केहीबेर सम्बोधन गरेका थिए । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोग लागेका ढुंगेले द्वन्द्वकालमै ७ वर्ष जेल परेका थिए । शान्ति प्रक्रियापछि सर्वोच्च अदालतले ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो । तर ढुंगेल अदालतको फैसलासँगै फरार थिए । चौतर्फी आलोचनाका बीच उनी गत कात्तिक १४ गते ललितपुरबाट पक्राउ परे । जेल परेको झण्डै ६ महिनापछि उनलाई जेलबाट मुक्ति मिलेको छ । मङ्ल जेष्ठ १५ २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस काठमाडौँ जेठ २० निजामति सेवामा खरीदार पदमा विज्ञापन नखुलाइने भएको छ । संघीय निजामती सेवा ऐनको मस्यौदामा राजपत्र अनंकित द्वितीय श्रेणी –खरिदार) पदमा खुल्ला प्रतियोगिताबाट पदपूर्ति नगर्ने उल्लेख गरिएको हो । यसअघि खरिदार पदमा खुल्ला विज्ञापनबाट ७० प्रतिशत पदपूर्ति गरिन्थ्यो । हाल कानुन मन्त्रालयमा सुझावका लागि पुगेको संघीय निजामती सेवा ऐनको मस्यौदाको दफा ८ मा खरिदार पदमा खुल्ला प्रतियोगिताबाट पदपूर्ति नगर्ने उल्लेख छ । अब आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट २० प्रतिशत र जेष्ठताको बढुवाको आधारमा १० प्रतिशत खरिदार पदमा पूर्ति गर्ने संघीय निजामती सेवा ऐनको मस्यौदामा उल्लेख छ । यसको अर्थ एसएलसी परीक्षा उत्तीर्ण कार्यालय सहयोगीहरु आन्तरिक परीक्षाबाट र बढुवाबाट खरिदार बन्नेछन् । र खरिदार पदमा रहेका कर्मचारीहरु सेवा निवृत्त भएमा दरबन्दी स्वतः खारेज हुँदै जानेछ । संघीय निजामती सेवा ऐनको मस्यौदामा कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटर पदमा पनि खुल्ला विज्ञापन नगराउने उल्लेख छ । यसैबीच नायबसुब्बा पदमा अबदेखि ७० प्रतिशत खुल्ला प्रतियोगिताबाट पदपूर्ति गरिने भएको छ । यसअघि सुब्बामा ४० प्रतिशत मात्रै खुल्लाबाट पदपूर्ति हुने गर्दथ्यो । यसैगरी कार्यक्षमताको मूल्यांकनबाट २० प्रतिशत तथा जेष्ठता र कार्यसम्पादन मूल्यांकनबाट ४० प्रतिशत पदपूर्ति गरिन्थ्यो । यस्तै आन्तरिक प्रतियोगिताबाट १० प्रतिशत र जेष्ठताको बढुवाबाट २० प्रतिशत सुब्बा सरकारी सेवामा भर्ना हुनेछन् । आइत जेष्ठ २० २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस
नारायणगढ मुग्लिन सडकखण्डमा यात्रा गर्ने योजनामा हुनुहुन्छ एसएमएस गरि जानकारी लिएर मात्र गर्नुस यात्रा || सुनौलो नेपाल नारायणगढ मुग्लिन सडकखण्डमा यात्रा गर्ने योजनामा हुनुहुन्छ एसएमएस गरि जानकारी लिएर मात्र गर्नुस यात्रा १७ असार काठमाडौं । अब नारायणगढ–मुग्लिन सडकखण्डमा सडक अबरुद्ध भए/नभएको सूचना एसएमएसबाटै पाइने भएको छ । महाशाखाका अनुसार nmt टाइप गरेर 34848 मा पठाए सडकको स्थितिको बारेमा सूचना सर्वसाधारणले प्राप्त गर्नेछन् । यो सडकखण्डमा पटकपटक पहिरो गएर सडक अबरुद्ध भइ सर्वसाधारणले दुःख पाउने गरेको हुँदा नारायणगढदेखि मौवा खोलासम्मको ताजा अपडेट लागि यो सेवा सुरु गरेको हौं’ महाशाखाले भनेको छ । आइत असार १७ २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस
काठमाडौँ ३० जेठ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अघि सारेको समृद्धिको नारा गफ मात्रै भएको टिप्पणी गरेका छन् । नेपाल टे«ड युनियन काँग्रेसको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले जनताका दैनिक उपभोग्य वस्तुमा महंगी बढाएर समृद्धि नआउने बताए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला सरकारले देखाएको व्यवहारले सरकार राष्ट्रवादी नभएको आरोप लगाउँदै सभापति देउवाले प्रश्न गरे पहिले अरुण तेस्रो जलविद्युत परियोजना हुन नदिने अहिले त्यही परियोजना भारतलाई बोलाएर उद्घाटन गर्न लगाउने यो कस्तो राष्ट्रवाद हो पार्टीभित्रको विवादका सम्बन्धमा उनले आफूलाई गाली गरेर पार्टी बलियो नहुने भन्दै मुलुकमा देखिएको चुनौतीको सामना गर्न एकढिक्का भएर काँग्रेसलाई बलियो बनाउनुपर्ने धारणा व्यक्त गरे । पार्टी विधान वा सहमति अनुसार चल्नुपर्ने बताउँदै सभापति देउवाले भने आफूलाई आवश्यक परे सहमतिअनुसार भन्ने आवश्यक नभए विधानअनुसार चल्नुपर्छ भन्नु हुँदैन । कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसकै पहलमा नेपाल टेड युनियन काँग्रेसका धेरै माग संविधानमा लिपिबद्ध भएको बताउँदै सबैको सहभागिता हुने गरी राष्ट्रिय श्रम आयोग गठन हुनुपर्ने माग गरे । सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने संवैधानिक व्यवस्थाका सम्बन्धमा सरकारमा सहभागी दलहरुले गरेको व्यख्याको विरोध गर्दै वरिष्ठ नेता पौडेलले त्यस विरुद्ध काँग्रेसले सशक्त प्रतिवाद गर्ने उदघोष गरे । सरकारले विभिन्न कानुनका नाममा टे«ड युनियनका अधिकार माथि धावा बोल्न सक्ने आशंका व्यक्त गर्दै उनले त्यस्तो अवस्था आउन नदिन नेपाल ट्रेड युनियन काँग्रेसलाई सजग हुन सुझाव दिए । पार्टीमा एकता कायम गर्न न्याय निश्पक्षता र पारदर्शी मूल्यांकनको व्यवस्था हुनुुपर्ने वरिष्ठ नेता पौडेलको सुझाव थियो । सो अवसरमा पार्टी उपसभापति विमलेन्द्र निधिले वर्तमान अवस्थामा नेपाल ट्रेड युनियन काँग्रेसमाथि श्रमिकका हकहितको प्रवद्र्धन गर्ने र सरकारले श्रमिकका अधिकारमाथि गर्नसक्ने कटौतीविरुद्ध संघर्ष गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी देखिएको बताए । महामन्त्री डा शशांक कोइरालाले काँग्रेसमा एकता कायम गर्न पार्टीभित्रका तिक्तता मेटेर अघि बढ्न नेतृत्वलाई सुझाव दिँदै त्यसका लागि आफू हैसियतअनुसार जिम्मेवारी निर्वाह गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले स्वतन्त्र न्यायापालिकाको आर्दशअनुसार न्यायाधीशले आफ्नो स्वाभिमान बचाउन दलका नेताका घर धाउन नहुने भन्दै सञ्चारमाध्यमले पनि सरकारका लगत कदम औँल्याएर विपक्षीको भूमिका खेल्न सक्नुपर्ने सुझाव दिए । प्रवक्ता विश्वप्रकाश शर्माले विगतमा मुलुकका ठूला आन्दोलनमा तुलनात्मक रुपमा नेतृत्व विद्यार्थीहरुले गरेको स्मरण गर्दै आजको अवस्थामा श्रमिकको संख्या धेरै भएकाले श्रमिकले गर्नुपर्ने अवस्था आएको बताए । नेता गगनकुमार थापाले काँग्रेसले संसद्मा रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि भने कुनै पनि आँच आउन नदिने दृढता व्यक्त गरे । कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहाल वरिष्ठ नेता पुष्कर आचार्य पूर्वअध्यक्ष लक्ष्मणबहादुर बस्नेत अन्तर्राष्ट्रिय श्रम संगठन नेपालका निर्देशक रिचार्ड हवार्ड हिन्द मजदुर संघका महासचिव हरभजन सिंह एफ इ एसका नेपाल प्रतिनिधि आनाते स्विचलिटलगायतले विश्वको टे«ड युनियन आन्दोलनको चर्चा गर्दै नेपाल ट्रेड युनियन काँग्रेसको महाधिवेशन सफलताको शुभकामना दिएका थिए । तीन दिनसम्म चल्ने ट्रेड युनियन काँग्रेसको महाधिवेशनमा मुलुकभरका एक हजार ४०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ । ट्रेड युनियन काँग्रेसमा विभिन्न क्षेत्रका २६ संघ आबद्ध हुनुका साथै सदस्य संख्या चार लाख २५ हजार सदस्य रहेको छन् । नेपाल ट्रेड युनियन काँग्रेस गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नेपाल मजदुर संघका नाममा २००३ सालमा स्थापना भएको हो । बुध असार २ २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस
विश्वकपको आजको खेल स्पेन बिरुद्द पोर्चुगल रोनाल्डो विरुद्ध रामोस कसले मार्ला बाजी || सुनौलो नेपाल काठमाडौं ०१ असार । विश्वकप फुटबलअन्तर्गत शुक्रबार पोर्चुगल र स्पेनबीच बहुप्रतीक्षित भिडन्त हुँदै छ । उपाधि दाबेदार मानिएको स्पेन र पोर्चुगलबीचको प्रतिस्पर्धालाई क्रिस्टियानो रोनाल्डोविरुद्ध सर्जिओ रामोसको भिडन्तका रूपमा समेत हेरिएको छ  । जबकि दुवै स्टार खेलाडी रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् । मैत्रीपूर्ण खेलमा पोर्चुगलको प्रदर्शन औसत रहे पनि युरो च्याम्पियन पोर्चुगललाई पहिलोपटक विश्वकप जित्नुपर्ने चुनौती रहँदा २०१० पछि दोस्रोपटक स्पेन उपाधि यात्रामा छ । तर विश्वकप सुरु हुन एक दिनअघि मात्र प्रशिक्षकलाई बर्खास्त गरेको स्पेनको रणनीति कस्तो हुने भन्ने अन्योलता रहने सम्भावना बलियो छ । क्रिस्टियानो रोनाल्डो र रामोस रियल म्याड्रिडमा रहँदा निकै नजिकका मित्रहरू हुन् । तर शुक्रबार मध्यरातको ९० मिनेट एक अर्का्विरुद्ध देशका लागि प्रतिस्पर्धा गर्दै छन् । ट्याकलका लागि निकै माहिर मानिने रामोसले रोनाल्डोलाई कसरी रोक्लान् भन्ने चासो सर्वा्धिक बढी छ । त्यस्तै रोनाल्डोले पनि रामोसलाई चिर्दै गोल गर्नु कम चुनौतीपूर्ण हुनेछैन । रियल स्टार रोनाल्डोले स्पेनविरुद्ध गोल गर्न नसकेकाले उनीमाथि थप मानसिक दबाब छ । करिअरका दुई ठूला प्रतियोगिताहरू विश्वकप २०१० र युरो २०१२ मा आमनेसामने भएका पोर्चुगल र स्पेन दुवैका लागि जारी विश्वकपको पहिलो खेल नै अर्थपूर्ण हुनेछ ।
२० वर्षीय युवती आफ्नो मनै लोभ्याउने अति सुन्दर तस्विरको कारण भइन् सामाजिक सञ्जालमा भाइरल taja khabar काठमाडौ । अमेरिकामा हेर्दा नै अचम्म लाग्ने एक सुन्दरीको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । २० वर्षीय जेलिनी ओजेडा ओचोआ नाम गरेकी उनी अमेरिकाकी एरिजोना बस्दै आएकी छिन् । उनको फोटो सामाजिक सञ्जाल देख्ने जो कोहीले पनि उनको सुन्दरताको बयान गरेको छ । आकर्षक जीउडालकी धनी उनीले बार्बिजोन मोडलिंग एण्ड एक्टिंग स्कुलमा समेत अध्ययन गरेकी छन् । त्यसका साथै उनले बिभिन्न र्याम्पमा समेत क्याटवाक गरिसकेकी छन् । त्यसैगरी उनले विभिन्न म्युजिक भिडियोहरू र विज्ञापनमा समेत अभिनय गरिसकेकी छिन् भने उनको ९० लाखभन्दा बढी फलोअर्स रहेको जनाइएको छ । उनको यो देखिएको तस्विर देखेर दिनानुदिन उनको तस्विर झनै भाइरल हुदै गएको छ । उनको यो सब हुनुको पछाडि उनको सुन्दरताको ठुलो देन रहेको छ । किनभने उनको शारिरिक शरिरको संरचना चिटिक्क मिलेको रहेको छ । त्यसैगरी उनको अनुहारको मुस्कान सुन्दरता सबै मेल खाएको छ । साथै फोटोमा देखिएको उनको कपडाले पनि त्यतिकै सुहाएको छ । त्यसैगरी उनको खुट्टामा लगाएको जुताको पनि चर्चा भएको छ । त्यसैले उनीलाइ सामाजिक संजालले मानिसलाई राता –रात चर्चित बनाएको छ ।media np कस्तो अचम्म पोखरामै भेटियो २ लाख पर्ने लोकल भाले १६ वर्षको भालेले कुखुरा बोलाएर दिनहुँ मिटिङ गर्छ अस्ट्रेलिया जान लत्ताकपडा किनमेल गरि नारायणगढ बजारबाट फर्केका सुदिप एकाएक बेपत्ता परिवारले रुवाबासी गर्दै खोजिदिन आग्रह गरे ४ दिन सम्म सुत्नेबेला एक पोटी लसुन चपाएर सुत्ने गर्नुस यस्ता गज्जबको फाईदा पाउनुहोस पुरा हेर्नुस==>>
काठमाडाैं सरकारले निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा प्रस्तुत गर्ने भएको छ। मन्त्रिपरिषद्को साेमबार साँझ बसेकाे बैठकले ती विधेयक संघीय संसद्मा पेश गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए। यस्तै बैठकले कृषि तथा पशुपक्षी सहकारी तथा गरिबी निवारण मन्त्रालयको संगठन संरचना स्वीकृत गरेको छ। केही दिन पहिलेमात्रै ती दुई मन्त्रालय गठन गरिएको थियो। तत्कालका लागि दुई वटै मन्त्रालयको कार्यभारसमेत कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनाललाई जिम्मा दिइएको छ। यस्तै बैठकले नेपाल र भारतबीच सन् २००९ मा भएको वाणिज्य सन्धि पुनरावलोकनसम्बन्धी पहिलो बैठकका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैजुको नेतृत्वमा आठ सदस्यीय वार्ता टोली गठन गरेको छ। सो टोलीलाई सहमति भएका विषयमा राष्ट्रिय हितलाई ध्यानमा राखेर हस्ताक्षर गर्ने अख्तियारी दिने निर्णय भएको सरकारका प्रवक्ता बाँस्कोटाले जानकारी दिए। त्यस्तै बैठकले गण्डकी प्रदेशका कामु प्रमुख सचिव नारायणप्रसाद विडारीलाई विशिष्ठ श्रेणीमा बढुवा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बुद्धिबहादुर खड्कालाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै प्रदेश नं १ का प्रमुख सचिव सुरेश प्रधानलाई महालेखा नियन्त्रणको कार्यालयमा सरुवा गरिएको छ। महालेखा नियन्त्रण कार्यालयका सचिव रामकुमार आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ। यस्तै बैठकले विभिन्न १७ विधेयक मन्त्रिपरिषद्का विभिन्न समिति छलफलका लागि पठाइएको छ। त्यसमा उपभोक्ता संरक्षणसम्बन्धी विधेयक अपराधबाट पीडितको संरक्षणसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक नागरिकता ऐनसम्बन्धी विधेयक अध्यागमनसम्बन्धी विधेयक रहेका छन्। ती विधेयक शीघ्र संघीय संसद्मा पेश गर्ने र केहीमा संशोधन गर्नुपर्ने देखिएकाले मन्त्रिपरिषद्को समितिमा छलफलका लागि पठाइएको सञ्चारमन्त्री बाँस्काेटाले बताए। रासस
स्व देवान कि धर्मपत्नी श्रीमती रुपा देवान ले आफ्नो पति को इच्छा इनै अन्तर्वार्ताहरु को संगालो हाम्रा केही प्रतिभाहरु प्रकाशित गर्ने थियो आज उनको इच्छा आफुले पुरा गरिदिए aug 17 2016 dt admin general comments off on स्व देवान कि धर्मपत्नी श्रीमती रुपा देवान ले आफ्नो पति को इच्छा इनै अन्तर्वार्ताहरु को संगालो हाम्रा केही प्रतिभाहरु प्रकाशित गर्ने थियो आज उनको इच्छा आफुले पुरा गरिदिए मुख्य अतिथि बिशिस्ट अतिथिहरु को करकमलबाट उक्त कृति को लोकार्पण गरियो i स्व देवान कि धर्मपत्नी श्रीमती रुपा देवान ले आफ्नो पति को इच्छा इनै अन्तर्वार्ताहरु को संगालो प्रकाशित गर्ने थियो भनि बताउदै आज उनको इच्छा आफुले पुरा गरिदिएको बताईंन i तारा घिमिरे र ज्योति गिरि द्वारा संचालित कार्यक्रम मा समस्टी सभासद अरुण सिग्ची उद्धमी किसान डीबी तुम्रुक लाई पनि सौजन्य संघ को पक्ष बाट भब्य सम्मान जनाउदै दुवै लाई अंग वस्त्र स्मृति चिन्ह प्रदान गरियो i यस अवसर मा पाइनहल अकादमी ग्रिनलन स्कूल का बिध्यर्थिहरु ले संस्कृतिक कार्यक्रम प्रस्तुत गरे भने साहित्य सुनौ परिवार का सदस्यहरुले कविता पाठ गरेका थिए i
अभिनेता आमीर खानको आगामी फिल्म दंगल’को ट्रेलरले इतिहास बनाइदिएको छ । युट्युबमा रिलिज भएका फिल्मका ट्रेलरमा सबैभन्दा धेरै हेरिने यही फिल्मको ट्रेलर बनेको छ। रिलिज भएको २४ घन्टामा यो फिल्मको ट्रेलर सबैभन्दा धेरै हेरिएको छ। ट्रेलर रिलिज भएको ६ दिनमा यसलाई २४ करोडभन्दा धेरैले हेरेका छन्। आमीर खानको दंगल बायोपिक फिल्म हो । यो हरियाणाका पहलमान महावीर सिंह फोगटमाथि बनेको फिल्म हो। फिल्ममा आमीरले उनको भूमिकामा खेलेका छन् । ट्रेलरमा आमीरको अभिनय र बोलीको व्यापक प्रशंसा गरिएको छ। उनले हरियाणवी (हरियाणामा बोलिने भाषा) शुद्ध बोलेको भन्दै दर्शकले उनलाई मिस्टर पर्फेक्सनिस्ट’समेत भनेका छन्। (नयाँपत्रिकाबाट)
सृष्टिको आदिदेखि सूर्यको गतिको आधारमा दक्षिणायन र उत्तरायणको विधान चल्दैआएको छ । भगवान् नारायण चतुर्मासभर पातालमा बलिको दरबारमा सुकला हुने र समापन हुनेछ । उत्तरायनमा देवकाल र दक्षिणायनमा आसुरीकाल मानिएको छ । दक्षिणायन देवकाल नहुनाको कारण सत्गुण क्षीण हुनबाट वचन बचाउनको लागि उपासना तथा व्रतविधान शास्त्रमा वर्णित गरिएको छ । कर्कटराशिमा सूर्यको आगमनको साथसाथै दक्षिणायन कालको प्रारम्भ हुन्छ । कार्तिक महिना यसै दक्षिणायन र चतुर्मासको अवधिमा नै उपस्थित हुन्छ । पुराण आदि शास्त्रमा कार्तिक महिनाको विशेष महत्व निर्देश गरिएको छ । हरेक महिनाको आफ्नैआफ्नै महत्व हुन्छ तर व्रत र तपको दृष्टिबाट कार्तिक महिनालाई ठूलो महिमा दर्शाउँदै स्कन्द पुराणले यसरी बताएको छ । अर्थात् भगवान् विष्णु एवं विष्णुतीर्थको सदृश नै कार्तिक महिनालाई श्रेष्ठ र दुर्लभ बताइएको छ । कार्तिक महिनालाई कल्याणकारी महिना बताइएको छ । स्कन्दपुराणअनुसार नै कार्तिक महिना बराबर अर्को कुनै महिना छैन सत्ययुगको समान अर्को युग छैन वेदको समान अर्को कुनै शास्त्र छैन र गङ्काजीको समान अर्को कुनै तीर्थ छैन भनी यसरी बताइएको छ — सामान्य रूपबाट तुलाराशिमा सूर्यनारायण प्रवेश हुनेबित्तिकै कार्तिक महिना प्रारम्भ हुन्छ । कार्तिक महिनाको माहात्म्यबारे पद्म पुराण र स्कन्द पुराणमा विशेष रूपबाट वर्णन गरिएको छ । कार्तिक महिनामा महिलाहरू ब्रम्हा मुहूर्तमा स्नान गरेर राधा—दामोदरको पूजा गर्दछन् । यसरी पूजा गर्दा व्रत बस्दा मोक्ष प्राप्त हुन्छ भन्ने विश्वास छ । यी चतुर्मास चारमहिना व्रत र पूजा गर्दा धर्म अर्थ काम र मोक्ष प्राप्त हुन्छ । यस विषयमा भगवान् नारायणले ब्रम्हा लाई ब्रम्हाले नारदलाई र नारदले महाराज पृथुलाई कार्तिक महिना नै सर्वगुण सम्पन्न महात्म्यको सम्वन्धमा बताउनुभएको हो । यस संसारमा सबै मानिस सुख शान्ति र परम आनन्द चाहन्छन् । कोही पनि यस्ता हुँदैनन जो आफू र आफ्ना परिवारलाई अशान्ति र दुःख चाहोस् । तर मानिसले बुझ्नपर्दछ कि दुःखबाट मुक्ति कसरी प्राप्त गर्न सकिन्छ । शास्त्रको भनाइअनुसार कार्तिक महिनामा स्नान व्रत जस्ले गर्दछ उसले संयमका साथ नियमको पालना गर्नुपर्दछ । साथै श्रद्धा भक्तिपूर्वक भगवान्को आराधना गर्नुपर्दछ । जसले यसरी नियममा रहेर कार्तिक महिनाभर स्नान व्रत गर्दछ ऊ सपरिवार आनन्द प्राप्त गर्दछ । यस महिनामा व्रत बस्नेले अमलाको बोट मुनि बसेर भगवान् कार्तिकेयको कथा सुन्नुपर्दछ । साथै कन्या कुमारीलाई भोजन गराई आफूहरू पनि भोजन गर्नुपर्दछ । स्कन्दपुराणको वैष्णव खण्डमा कार्तिक व्रतको महत्व को विषयमा यस महिनालाई रोग विनाशककारी भनी बताइएको छ । कार्तिक महिनाभर तुलसीको पूजा आकाश दीप पाताल दीप बालेर सेवा गर्नुपर्दछ । किनभने तुलसी जहाँ रोपिन्छ । त्यस ठाउँमा यमराजका दूतहरू पनि आउन सक्दैनन् । यस किसिमको महिमा छ । यस महिनाभर व्रतीले खाटमा सुत्नु हुँदैन ब्रम्हचर्य पालना गर्नुपर्दछ । दूषित पदार्थ खानु हुँदैन । हरिकीर्तन गर्नुपर्दछ किनभने कलौ केशव कीर्तनात्’ भनी बताइएको छ । यस महिनामा श्रीमहाभागवत रामचरितमानस आदि श्रवण गर्नु उत्तम मानिएको छ । तसर्थ जो मानिस विष्णुप्रियकारी समस्त पातकलाई नाश गर्ने सत्पुत्र तथा धनधान्य वृद्धिकारक कार्तिक व्रतको पालना गर्दछ उसलाई तीर्थयात्रा गरेको फल प्राप्त हुन्छ । मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ । जनमत सर्वेक्षण – सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ ऋण दिने गरेको ब्यबस्था तपाईलाई कस्तो लाग्यो साइन्स इन्फोटेक डट कम डट एनपी (साईन्स इन्फोटेक) अनलाइन विज्ञान समाचार पोर्टल हो। साईन्स इन्फोटेक तीन शब्दहरू विज्ञान सूचना तथा प्रविधिको संयोजनबाट बनेको छ जसको अर्थ हुन्छ विज्ञान सूचना र प्रविधिका माध्यमबाट संसारको परिवर्तन । विज्ञान सूचना प्रविधिको प्रगतिले संसारभरि जीवन परिवर्तन गरेको छ। बिज्ञान सूचना तथा प्रविधिका साथै राजनीतिक सामाजिक आर्थिक सांस्कृतिक साहित्य खेलकुद स्वास्थ्य लगायत सबै क्षेत्रका निष्पक्ष समाचारहरु र लेखहरु रुपमा समावेश गर्दै आई रहेका छौ । साईन्स इन्फोटेक राष्ट्र राष्ट्रियता लोकतन्त्र र आमजनताको पक्षधर समाचार पोर्टलका रुपमा रहदै आई रहेको छ ।
निद्रा लागेन भने यसो गर्नुस् मनमा कुरा खेल्ने चिन्ता र तनाव लगायत कारणले कतिपयलाई निद्रा नलाग्ने समस्याले सताउँछ । भनिन्छ घरको वास्तुवास्तु ठीक छैन भने पनि त्यो घरमा मानिसलाई निद्रा आउँदैन । पर्याप्त निदाइएन भने डायबेटिज डिप्रेसन मोटोपन जस्ता समस्या उत्पन्न हुने गर्छन् । राति राम्ररी निदाउन घरमा सुत्ने वातावरण हुनुपर्छ । बिछयाउनमा जानुभन्दा एक घन्टाअघि टेलिभिजन ल्यापटप मोबाइल आदि बन्द गर्नुपर्छ । सुत्ने कोठा अँध्यारो हुनुको साथै शान्त हुनुपर्छ । निद्रा लागेन भने यसो गर्नुस् । बढी मात्रामा पेय पदार्थ चिया चुरोट खैनी सेवन नगर्नुस् । दिउँसो दुई बजेपछि चिया कफीजस्ता केफिनयुक्त पेय नलिनुस् । सुत्नुअघि चिया कफी खाने बानी छ भने बानी सुधार्नुहोस् । केफिनयुक्त पेयले राम्रो निद्रा पर्न दिँदैन । सुत्नुभन्दा ३ घन्टा पहिले खाना खानुस् । राति अघाउँजी खाने बानी छ भने त्यो सुधार्नुहोस् । तरकारी दाल फलफूल सलाद दूधजस्ता हलुका खानाले राति मीठो निद्रा लगाउँछ । निद्रा लगाउन मदिराको चुस्की लिने बानी छ भने छोडिहाल्नुस् । किनकि मदिराले केहीबेर मात्र निद्रा लगाउँछ । एक पटक बिउँझिएपछि छिनछिनमा बिउँझिने समस्या हुन्छ । मदिरा खानै परेमा सुत्नुभन्दा दुई घण्टाअघि मात्र खाने गर्नुपर्छ । निद्रा नलागेको झोकमा बढी मदिरा पिउने गर्नु हुँदैन । बढीमा दुई पेग मदिरा पिउनुपर्छ । बढी मदिरापान गरेमा शरीर डिहाइड्रेट हुन्छ जस कारण मीठो निद्रा लाग्दैन । बढी मदिरा पिउँदा छिनछिनमा पिसाब फेर्न गइरहनुपर्छ जसले निद्रालाई भंग गरिदिन्छ । अफिसबाट फर्किएर फ्रेस हुन कतिपयले तातो पानीले नुहाउने गर्छन् । तर तातो पानीले नुहाउँदा गहिरो निद्रा पर्दैन । किनकि निदाउन शरीर एक हदसम्म चिसो हुनुपर्छ । नुहाउनै परे सुत्नुभन्दा तीन घण्टाजति अघि नै बाथरुम छिरिसक्नुपर्छ । ओछ्यानमा पल्टिएपछि मोबाइल चलाउँदा निद्रा लाग्दैन । त्यसैले मोबाइल स्विच अफ गरेर अथवा मोबाइल साइलेन्समा राखेर सुत्नुपर्छ । सुत्नुअघि कडा व्यायाम गरे शरीरमा रक्तसञ्चार तीव्र हुन्छ । जसले गर्दा निद्रा लाग्दैन । त्यही भएर सुत्नुभन्दा कम्तीमा चार घण्टाअघि मात्रै व्यायाम गर्नुपर्छ । चुरोट खानेभन्दा नखानेहरू चार गुणा राम्रोसँग निदाउन सक्छन् भन्ने अनुसन्धानले पुष्टि गरिसकेको छ । चुरोटमा पाइने निकोटिनले राम्रोसँग निदाउन दिँदैन । त्यही भएर चुरोटको अम्मलीले पनि सुत्नुअघि भरसक चुरोट नखानु राम्रो । प्रेसर डिप्रेसनलगायत औषधि नियमित सेवन गर्ने गरिन्छ । यस्ता औषधि सुत्नुभन्दा ढेड अथवा दुई घण्टाअघि खाने गरेमा ननिदाउने समस्या कम हुन्छ । नराम्रो चिताउने र सोच्ने बानीले पनि निदाउन गाह्रो गर्छ । अरूको भलो चिताउने जीवनप्रति सकारात्मक बन्ने अभ्यास गर्नुपर्छ । फुर्सदमा गहिरो र लामो सास लिने गरेमा दिमागमा इन्डोर्फिन नामक केमिकल उत्सर्जन हुन्छ । जसले व्यक्तिलाई तनावरहित मुद्रामा पुयाउँछ । गहिरो श्वास लिँदा पाँच सेकेन्डसम्म श्वास तान्ने तीन सेकेन्ड रोकिरहने र पाँच सेकेन्डमा श्वास फाल्ने गर्नुपर्छ । मीठो निद्राका लागि माछा दही केरा चना प्याजजस्ता खाद्य पदार्थमध्ये कुनै एक वा बढीलाई हरेक दिनको खानामा समावेश गर्नुपर्छ । निद्रा लागेन भने हस्तमैथुन गर्नाले पनि राहत दिन्छ । हस्तमैथुन गर्दा दिमागमा डोपामाइन र इन्डोर्फिन जस्ता केमिकल उत्सर्जन हुन्छन् जसले मानिसलाई आनन्दित र तनावरहित बनाई निदाउन मद्दत गर्छ । सुत्नुअघि सेक्स गर्नाले पनि मीठो निद्रा लाग्छ । ज्योतिष बिज्ञानमा ध्यान दिनुहोस । भनिन्छ घरको वास्तुवास्तु ठीक छैन भने पनि त्यो घरमा मानिसलाई निद्रा आउँदैन । घरमा तुलसीको विरुवा लगाउनुहोस् । घरको आसपास हमेशा सफा राख्नुहोस् । घरमा नियमित गौमूत्र छर्किनुहोस् । घरमा नीमको धुनी जगाउनुहोस् । घरमा वनस्पती द्वारा हवन गराउनुहोस् ।
नेपाली लोक दोहोरी क्षेत्रमा वर्ष २०७३ मध्यम रह्यो । वर्षको सुरुवातबाट नै लोकदोहोरी कलाकारलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला अञ्चल र केन्द्रसम्म नेतृत्वमा पुग्ने दौडधूप सुरु भयो । फलस्वरुप जिल्ला अञ्चल र केन्द्रमा नयाँ नेतृत्व यो वर्षमा दोहोरी क्षेत्रले पायो । जस अनुसार प्रतिष्ठान नेपालको केन्द्रिय अध्यक्षमा वद्री पंगेनीले बाजी मारे । तर जिल्ला देखि केन्द्रसम्म भएका अधिवेशनले लोक दोहोरी कलाकारलाई विभिन्न समूह गुट उपगुटमा विभाजित गरायो । लोक दोहोरी क्षेत्रमा राजनीतिक प्रभाव देखियो । कतिपय ठाउँमा नेतृत्वमा पुग्न दोहोरी कलाकारले देखिनेगरी राजनीति गरे । यसले कलाकारलाई विभाजित पनि ग¥यो । बाहिर बाहिर राजनीति छिराउन हुन्न भन्ने र भित्र विभिन्न राजनीति दलमा आवद्ध हुनेक्रम भने चलिरह्यो । केहि कलाकार आफ्नो सर्मथन हुने राजनीतिक दलका कार्यक्रममा खुलेरै कलाकार देखिए । लोक गायिका कोमल ओली विधिवत रुपमा राप्रपा प्रवेश गरिन् । उनी अहिले केन्द्रिय सदस्य बनेकी छन् । यता राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा पराजित भएपछि नेपाली काँग्रेस पार्टी निकट कलाकारले नयाँ समुह जन्माए । संस्थागत महत्व बुझ्दै धेरै युवा कलाकारको लोकदोहोरी गीत प्रतिष्ठानमा आवद्धता रह्यो । नेपाली काँग्रेस छोडेर माओवादी केन्द्रमा रहेका लोकदोहोरी कलाकार कृष्ण देवकोटा पुनः नेपाली काँग्रेसमा फर्किए । प्रतिष्ठानकै केन्द्रिय अध्यक्ष वद्रि पंगेनी एमालेको कार्यक्रममा गीत गाउन पुगे । स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा राजनीतिक दलका कार्यक्रममा सहभागिता जनाउने र विभिन्न राजनीतिक दलका भातृ तथा शुभेच्छुक संस्थाको रुपमा साँस्कृतिक संघ–संगठनमा आवद्ध रहेर खुलेरै राजनीति गरिरहेका छन् । पार्टी परिवर्तन गर्ने क्रम र खुलेरै पार्टीको प्रचारमा लाग्ने क्रम बढ्दै गयो । यो वर्ष दोहोरी क्षेत्रमा सम्झनलायक गीत खासै आउन सकेनन् । एल्बम बजारमा आउने र विक्रि हुने क्रम लगभग ठप्प नै देखियो । गीतको भिडियो बनाएर युटुव मार्फत सार्वजनिक गर्दै चर्चामा आउने प्रयास भइ नै रहे । यसले म्यूजिक भिडियो निर्माणमा व्यापकता पायो । लोक संस्कृतिलाई भुल्दै केहि गीत पैसा कमाउने उद्देश्यलेमात्र बजारमा आए । म्युजिक भिडियोमार्फत चर्चामा आउने प्रयास गरिए । भिडियोको कारण पुष्कल शर्मा विवादमा आए । उनले आफ्नो गीत मलामी’ मा दर्शककको ध्यान खिच्न आफू मरेको अभिनय गरे । दर्शक झुक्किए । म्युजिक भिडियो रिलिज भएको केहि समयमानै उनको साच्चिकै निधन भएको भन्दै समवेदना आए । यो भिडियोको बारेमा चौतर्फी आलोचना भयो । स्थापित कलाकार समेतलाई राखेर बनाइएको वास्तविक जस्तो लाग्ने यो भिडियोका कारण यहि वर्ष पुष्कल शर्मा म मरेको छैन’ भन्दै गीत निकाल्नुप¥यो । गीतमा अंग प्रदर्शन गर्दै विभिन्न स्टाटस लेख्दै दर्शकलाई हेर्न बाध्य पार्ने प्रयास भइ रहे । यो वर्ष आएका म्युजिक भिडियोमा ज्योती मगर पार्वती राई बिमल अधिकारी शंकर विसी दुर्गेष कार्की करिष्मा ढकाल आशा खड्का लगायतका मोडल चर्चामा रहे । ज्योती मगर वर्षभरिनै आफ्ना विभिन्न हर्कतले मिडियामा छाहिरहिन् । उनले लोकदोहोरी गीतमा विकृति भित्र्याएको भन्ने आरोप गरिएपनि म्युजिक भिडियो तथा विभिन्न कार्यक्रममा उनको व्यस्ततालाई झनै बढायो । नवोदित कलाकारको अलावा केही पुराना कलाकारले समेत यो वर्ष एल्बम निकालेर निरन्तरता दिने प्रयास भने गरे । यो वर्ष खुमन थापा र सुस्मिता घर्तीको सारंगीको धुन राजेन्द्र कँडेल र पूर्णकला विसीको क्यारि भुल्न सक्छु रामजी खाँड र मैना रेश्मी मगरको बोली सुन्न मन छ कुलेन्द्र विक पूर्णकला विसी र धु्रव शर्माको लुग लुग जाडो बनायो लोक विश्वकर्माको फौजीको जुनी पुष्कल शार्मा कृष्ण सापाकोटा र देवी घर्तीको पागल हुन्छु कि त मर्छु विष्णु माझी र मोहन खड्काको मर्ने मिति हुदैन पात्रोमा रामजी खाँड र कुसुम सिंखडा क्षेत्रीको दाइ भनेर मोरी बुद्धिराम सुनार र रेश्मी विश्वकर्माको तनहुँ बन्दीपुर विष्णु खत्री र पूर्णकला विसीको कसलाई होला देवी घर्ती र बाबुराम पन्थीको माली गाई नविन भट्टराई र देवी घर्तीमगरको तिम्रै झल्को दियो विष्णु माझी र ऋषि खड्काको यी आँखाको नानी भगत खड्का र तुलसी घर्ती मगरको तिम्रै यादमा टोलाउँदै दिनेश खत्री र देवी घर्तीको ठेलागाडा विष्णु माझी र आकाश पाखिनको एक्लै भाकी छु विष्णु माझी र खेम सेन्चुरीको दास बनेर दिनेश बजगाई र देवी घर्तीको रात्रि बसमा देवी घर्ती र कुमार विसीको तिम्रो होइन नभन लक्ष्मी मल्ल प्रेम दिप र दिपक केसीको ल्याङ ल्याङ खुमन अधिकारी र निरु गुरुङको उर्लदो बैस रामजी खाँड भिमु गुरुङको अमिलो रसैले मिना राना र सुमन परियारको झम्के साँझैमा रामजी खाँड र सन्ध्या बुढाको सानु तिमी मुटुको शक्त्ति चन्द र ज्योती मगरको पिरतीको जुवा गोपाल नेपाल र तुलसी घर्ती मगरको हावा सरर पुष्कल शर्मा र देवी घर्तीको सम्झना छ धेरै वीरवल ढकाल र देवी घर्तीको बासी सक्यो भाले तुलसा घर्ती र लोकेन्द्र महराको लाहुरे रोल्पाली राजकुमार बानियाँ र राधिका हमालको फेसबुक वसन्त थापा र शान्तिश्री परियारको राजनीति भो गीत दर्शकमाझ आए । यसैगरी खुमन अधिकारी र ऋत्तिका कुँवरको केटी पट्याउन अस्मिता सुवेदी र आकाश प्राखिनको परदेशीको कथा मुना थापा र निर्मल केसीको कस्ले यहाँ चिन्ने विष्णु माझी र गणेश अधिकारीको मेरो असल साथी सन्दिप न्यौपाने र देविका केसीको काठमाण्डौमा घर छ शिव हमाल र शर्मिला कँडेलको नाच्यो झिल्के नाच्यो कृष्ण लामीछाने भावना बस्नेतको तिमि राम्रो ढाका चोलीमा बालकृष्ण वाग्ले र देवी घर्तीको फूल फुलेको डाली विष्णु माझी र राजेश सेनको नलाउ झुटो पिरती देवी घर्ती र लक्ष्मण रानाको सिरिरि बतासै चल्यो वद्रि पगेनी र रेखा लामाको पाकेको फल पुष्कल शर्मा र देवी घर्तीको यो मुटुको ढुकढुकी राजु परियारको पापी मायाले पुष्कल शर्माको घाटी रेटिदेउ खुमन अधिकारी र रमिला न्यौपानेको झिम्कायो परेली सर्मिला गुरुङ र मदन परियारको आँधी खोला कुमार पुन र प्रिति आलेको फुल्यो बामरी चोलेन्द्र पौडेल र तुलसा जिसीको जाम झोला बोकेर राजेश वर्देवाको झिमझिम परेली पुरुषोत्तम पौडेलको कान्छीमाया पशुपती शर्माको आमा राजु गुरुङ र दिपिका थापा मगरको यो पिरती कस्तो रामजी खाँड र कृष्ण गुरुङको राम्रो नि छैन राजन कार्की घनश्याम रिजाल र सिता केसीको पुतली रेलैमा कुमार पुन र तुलसा क्षेत्रीको के मा बस्यो मोहनी रिमा शाहीको दहीको ठेकीमा पशुपती शर्मा र सम्झना लामिछानेको बा आमाको पालाको विहे जमुना राना मगरको सिन्दुर किरण बाबु पुन र टिका पुनको मनको सन्देश राजु परियार र टीका पुनको अफगानस्तान घटना विष्णु माझी कसलाई होला मायाले जोवन साचेको प्रिति आले र मिलन लामाको ल्याङ सुपारी मरिच रेशम निर्दोषको पूर्णिमाको रात राम्रो लगायतका सयौँ लोक दोहोरी गीत यो वर्ष विभिन्न माध्यमबाट दर्शक श्रोता माझ आए । केहि कलाकारको भने देश विदेशका विभिन्न कार्यक्रममा व्यस्त रहे । लोक दोहोरी कलाकारको मुख्य आम्दानीको श्रोत बन्यो मेला महोत्सव अनि विदेशका कार्यक्रम । यस्ता कार्यक्रममा सहभागिता जनाउने होडबाजी वर्षभरिनै देखियो । मेला महोत्सवमा हुने कार्यक्रममा जिम्मा लिने र आफ्नो विचार मिल्ने कलाकारलाई कार्यक्रममा बोलाउने होडबाजी चलिरह्यो । आयोजकसँग बढी रकम लिने अनि बीचमा बसेर रकम खाई केहि थोरै रकम मात्र सम्बन्धित कलाकारलाई दिने क्रमले यो वर्ष पनि निरन्तरता पायो । मेला महोत्सवमा प्रायः एकैथरी कलाकारको हालीमुहाली चलिरह्यो । यो वर्ष बद्री पगेनी पशुपती शर्मा चन्द्र शर्मा कोमल ओली रामजी खाँड प्रिति आले प्रजापती पराजुली पुरुषोत्तम न्यौपाने भूमिका गिरी शिव हमाल देवी घर्ती पूर्णकला विसी जमुना राना चोलेन्द्र पौडेल खुमन अधिकारी राधिका हमाल शर्मिला गुरुङ जीवन दाहाल तारापती सुवेदी कुमार पुन तुलसा क्षेत्री राजन कार्की घनश्याम रिजाल शंकर विरही गुरुङ्ग पार्वती जिसी कृष्णा गुरुङ रमेश बाबु थापा लगायतका कलाकारको व्यस्तता बढी देखियो । लोक दोहोरी गीत प्रतियोगिता आयोजना हुने हुने क्रम निष्क्रिय रह्यो । राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा काठमाण्डौमा अन्तर दोहोरी साँझ दोहोरी गीत प्रतियोगिता भएपनि यो मात्र पर्याप्त भएन । यो वर्ष दोहोरी साँझ र प्रतियोगितामा गाउन मिल्ने खालका गीत कमै मात्र आए । संगीत रोयल्टी संकलन समाजले रोयल्टी मार्फत आएको रकम सम्बन्धित कलाकारलाई वितरण गर्दै केहि सकारात्मक सन्देश दियो ।
सामाजिक संजाल र संसदमा समेतमा कंचनपुर घटनापछि नेपाल र भारतको खुल्ला सिमानालाई नियन्त्रण गर्न पर्खाल वा तार लगाउनुपर्छ भनेर सरकारलाई तीब्र दवाव बढेको छ । कतिपय सच्चा देशभक्त नेपालीले त पर्खाल वा तार लगाउन सरकारलाई सहयोग नै गर्ने प्रतिबद्ता समेत जनाएका छन् । नेपालको सार्वभौमिकता भौगोलिक अखण्डता र स्वाभिमानको रक्षा गर्न सबै देशभक्त नेपालीहरु एकजुट हुनुको विकल्प छैन।
गर्मी महिनामा सर्पदंशका घटना निकै बढ्छन्। खासगरी नेपालको तराईं भेगमा सर्पदंशका घटना बढी हुन्छन्। अमेरिकामा हरेक वर्ष ८ हजार मानिसहरु सर्पले टोकेर अस्पताल पुग्छन्। तीमध्ये ५ जनाको मृत्यु हुने गरेको छ। अधिकांश अवस्थामा सर्पदंश खतरनाक हुन्छन्। सर्पले टोकेको स्थानमा पीडा हुने सुन्निने हुनुका साथै तन्तुहरुलाई क्षति पु¥याउँछन्। यसका साथै आन्तरिक रक्तस्राब पनि गराउँछन्। अमेरिकी चिकित्सकले सर्पले टोक्दा के गर्ने र के नगर्न भन्ने विषयमा केही सल्लाह दिएका छन्। तत्काल इमर्जेन्सीमा गइहाल्नुपर्छ। टोकेको त्यति विषालु नभएपनि टिटानस र केही गम्भीर ब्याक्टेरियल संक्रमणको खतरा हुनसक्छ। सर्प कस्तो थियो भन्ने पनि याद गर्नुहोला। यसले चिकित्सकलाई उपचारमा सहयोग पुग्नेछ। सकेसम्म कुन स्थानमा टोकेको थियो भनेर पनि भन्नुहोला।
नेपालमा अटो मोबाइल व्यवसायको स्थिति सम्भावनाका साथै पछिल्लो अवस्थामा देखिएका चुनौतीलगायतका विषयमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् नेपाल अटो मोबाइल डिलर्स एसोसिएसनका पूर्वअध्यक्ष शेखर गोल्छासँग नेपाल समाचारपत्रका लागि राजु अटोमोबाइलको क्षेत्रमा ख्याती कमाएको टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नेपालको अटोमोबाइलको क्षेत्रमा ठूलो हिस्सा ओगट्दै आएको छ। पछिल्ला दिनमा देखिएको तरलता अभावलगायत विभिन्न कारणले नेपालमा अटो सुरेश आचार्य युवा नेता राप्रपा गणतन्त्र स्थापना भएको झन्डै एक दशकपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्र र हिन्दुराष्ट्र पुनःस्थापना गर्ने संस्थागत नीति लिने तय गरेको छ। राजतन्त्र र हिन्दुराष्ट्र स्थापना गर्न मन्त्री खानेपानी तथा सरसफाइ वर्तमान सरकार गठन भएको ६ महिनासम्म रिक्त रहेका खानेपानी तथा सरसफाइ र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले मन्त्री पाए। पूर्ववर्ती सरकारमा खानेपानी तथा सरसफाइ मन्त्रालयको व्यस्त जीवन र बदलिँदो जीवनशैलीसँगै सामाजिक विधि व्यवहारअन्तर्गत बिहे ब्रतबन्ध पास्नीलगायत सामाजिक व्यवहारहरू पनि विभिन्न इभेन्ट म्यानेजमेन्ट कम्पनीमार्फत् गराउने क्रम बढेको छ। साथै व्यावसायिक काम त छँदैछ। यसले करको नयाँ जुनसुकै सरकार आए पनि हाम्रो लागि केही गर्दैन भन्ने भावनाले काठमाडौं उपत्यकामा व्यापक रूप लिएको छ। देखिएको झगडा झगडा होइन। झगडा भनेको लेन–देनको झगडा हो। अहिलेको अवस्थामा पुरानो संरचनाको आधारमा कही नभएको जात्रा हाडी गाउँमा भएको छ। माओवादी केन्द्रलाई ईमान्दार होइन भन्दिन। हल्ला फिजाउनु बालापन हो। एमाले भित्री दिलैदेखि पहिचान विरोधी हो । संविधान संशोधन विधेयक परिमार्जन सहित पारित नभए तत्काल चुनाव घोषणा गर्नुपर्छ तर चुनाव नयाँ संरचनाअनुसार अहिले हुन सक्दैन। अस्थिर राजनीतिले गर्दा नै तस्करीका घटना भएका हुन्। विधेयक फेल भए पुनः आन्दोलनमा जाने भन्ने मधेसी मोर्चाको कुरा जायज मेकअप कत्तिको गर्नुहुन्छ घरमा छु भने पटक्कै मेकअप गर्दिनँ। तर बाहिर जाँदै छु भने कस्तो ठाउँमा जाँदै छु त्योअनुसार मेकअप गर्छु। फेसन शो वा इभेन्ट केमा जाने हो त्यो माधवकुमार नेपाल पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता नेकपा एमाले संविधान कार्यान्वयनमा लाग्नुपर्ने प्रमुख राजनीतिक दलहरू संविधान संशोधन विधेयक पारित गर्ने कि नगर्ने विवादमा अल्झिएका छन्। ७ माघ २०७४ भित्र तीन निकायको प्राडा रामकण्ठ माकजू श्रेष्ठ नवनियुक्त उपकुलपति काठमाडौं विश्वविद्यालय लामो रस्साकस्सीपछि काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा रामकण्ठ माकजू श्रेष्ठ पुनः नियुक्त हुनुभएको छ । माकजूको पहिलो चारवर्षे कार्यकाल मंसिर २६ गते समाप्त देश अहिले संविधान कार्यान्वयनको चरणमा छ । संविधान कार्यान्वयनका लागि सबै दलहरू एकताबद्ध हुनुको विकल्प छैन । संविधान संशोधन प्रस्ताव सदनमा टेबुल भएको छ । केही दलहरूले संविधानकै विरोध गर्दै अजयशंकर नायक कानुनन्या तथा संसदीय मामिला मन्त्री सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक फिर्ता लिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ३९ दिनदेखि व्यवस्थापिका संसद चल्न दिएको छैन। अनिल झा अध्यक्ष नेपाल सदभावना पार्टी एमालेलाई आफ्नै सांसदसँग विश्वास छैन। प्रक्रियामा गएमा फ्लोर क्रस हुने हो कि भन्ने चिन्ता छ। सैयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गर्न सरकारले व्यवस्थापिका आठ वर्ष अगाडि स्थापना भएको नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात संघले ऊनीजन्य सामग्रीको निर्यात गर्दै आएको छ। संघमा आबद्ध ५० हजार महिलाले रोजगारी पाउँदै आएका छन्। निर्यातमा राज्यले दिन लक्ष्मीदास मानन्धर व्यवसायी तथा राजनीतिकर्मी लक्ष्मीदास मानन्धर नेपाल साल्ट ट्रेनिङ कर्पोरेसनका एकमात्र जीवित संस्थापक हुनुहुन्छ । सो कर्पोरेसनका अध्यक्ष मानन्धर यसअघि राष्ट्रिय सभा र अन्तरिम विधायकसमेत रहिसक्नुभएको छ । नेकपा महानगरीय प्रहरी परिसर ललितपुरको प्रमुख भएर काम गरिरहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पिताम्बर अधिकारी जिल्लाको सुरक्षाको अवस्थाका बारेमा के भन्नुहुन्छ नेपाल समाचारपत्रका लागि सुनील महर्जनले उहाँसँग गरेको कुराकानीका मुख्य चन्द्र भण्डारी नेता नेपाली कांग्रेस संविधानसभाबाट जारी भएको संविधानप्रति मधेसवादी दलहरूले राख्दै आएको असन्तुष्टिलाई सम्बोधन गर्न सरकारले दोस्रो संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता गरेको छ। सीमांकनको विवाद मिलाउन सरकारले बुद्धकुमारी थेवे सेनानी सुरक्षा निकायमा महिला सहभागिता बढ्दो अवस्थामा रहेको छ । नेपाली सेनामा महिलाको सहभागिता बढाउन नेपाली सेनाले अहिले नीतिगत निर्णय नै गरेको छ । पछिल्लोपटक महिलाको सहभागिता संगठनमा खुमबहादुर खड्का नेता नेपाली कांग्रेस खुमबहादुर खड्का पदमा भए पनि नभए पनि राष्ट्रिय राजनीतिमा सदाबहार छाउनु भएको छ। भ्रष्टाचारको आरोपमा जेल परे पनि आफ्नो पार्टीमा उहाँको पकड बलियो देखिन्छ। हिन्दु
गाेलढुंगा स्थित सञ्चालित सृजना ज्ञानसागर स्कुलकाे मुख्य तथा मनमैजुकाे हिमरश्मी स्कुलकाे संयाेजनमा अाेप्स खेलकुद महाेत्सव २०७४ अायाेजना हुन लागेकाे छ । माघ २ गते देखि ७ गते सम्म अायाेजना हुन लागेकाे उक्त खेलकुद कार्यक्रममा फुटबल र एथ्लेटिक्ससँग सम्बन्धित खेलहरू समेटिएका छन् । खेलकुदमा १६ अाेटा विद्यालयहरू संलग्न रहेकाे र अझै केही विद्यालयहरू थपिन सक्ने अाज सृजना स्कुलमा अायाेजित पत्रकार सम्मेलनमा अायाेजक पक्षबाट जानकारी दिइयाे । अाेप्सकाे बार्षिक कार्यक्रम अनुसार नै याे कार्यक्रम अायाेजना हुन लागेकाे बताउँदै खेल अन्तराष्ट्रिय प्रचलित नियमानुसार खेलाउन लागिएकाे समेत जानकारी गराइएकाे छ । यसपटककाे खेलकुद कार्यक्रममा खेलकुदकाे अायाेजना सिर्जना ज्ञानसागर स्कुल तथा एथ्लेटिक्सकाे संयाेजन हिम रश्मी स्कुलले गर्दैछ । शारीरिक तन्दुरूस्तिका लागि खेलकुद र समाजका लागि खेलाडी’ नाराकाे साथ अायाेजना हुन लागेकाे यस खेलकुद कार्यक्रमले विर्थार्थीहरूलार्इ अनुशासित वहुअायामिक सहयाेगी र सर्वगुणी बनाउन सफल हुने अाेप्सकाे अपेक्षा छ । विजेताहरूलार्इ अार्थिक पुरष्कारकाे अलावा बेष्ट डिफेन्डर बेष्ट गाेल किपर बेष्ट स्ट्राइकर बेष्ट काेच लगायतमा समेत पुरष्कृत गरिनेे प्रेस विज्ञप्तिमा उल्लेख छ । कार्यक्रम सम्पन्न गर्न करिब ४ लाख लाग्ने र सबै रकम विद्यालयहरूबाट नै व्यवस्थापन गरिने समेत बताइएकाे छ ।
काठमाडौं । देशको मुख्य प्रशासकीय केन्द्र सिंहदरबारभित्र आईतबार एक उपसचिव कुटिएको’संगै भएको तोडफोडको घटनाले निकै कोलाहल मच्चियो ।
द सिनेमा टाइम्स काठमाण्डौ – सिनेमा रानीमहल’बाट अभिनेत्री बर्षा सिवाकोटीले हात झिकेकी छन् । साइन गरेको नौ महिनासम्म पनि सिनेमा छायाँकनमा जान नसकेपछी अन्तत वर्षाले रानीमहल’ छोडेकी हुन् । वर्षा सिनेमाकी मुख्य अभिनेत्रीमा फाईनल भएकी थिइन् । असारबाट छायाँकन सुरु हुने गरि निर्माण टिमले मलाई साइन गराएको थियो । करिब ९ महिना बित्दा पनि छायाँकनको सुरसार नै छैन । अहिले आएर स्क्रिप्ट र ड्रेस डिजाइनर पनि परिवर्तन हुने भएपछी अझ समय लम्बिने हुँदा रानीमहल’बाट मैले हात झिकेकी हु ।’ बर्षाले भनिन् । साईनिङ अमाउन्ट पनि फिर्ता गरिसकेकी वर्षाले रानीमहल’कै लागि ३४ ओटा राम्रा व्यानरका सिनेमा पनि छोड्नु परेको बताइन । १ महिना भित्रै अमेरिका उड्न लागेकी वर्षा उताबाट फर्के लगतै विर बिक्रम २’ र नाइँ नभन्नु ल ५’मा व्यस्त हुनेछिन् । साता दिन अगाडी मात्र शुभमुर्हत गरिएको रानीमहल’ माघ १४ बाट छायाँकनमा जाने बताईएको थियो । लगतै सिनेमाबाट प्रशान्त ताम्राकारले समेत हात झिकेका थिए । वर्षाले पनि छोड्दा रानीमहल’ बन्ने/नबन्ने निश्चित छैन । द सिनेमा टाइम्स काठमाडौं – प्रदर्शनको तयारीमा रहेको सिनेमा पुरानो बुलेट’को टिजर सार्वजनिक गरिएको छ…
पछिल्लो समय सरकार विभिन्न बहानाबाजीमा वातावरणीय नियम कानुन उल्लंघन गर्दै विश्व सम्पदा सूचीमा सूचीकृत नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जलाई चितामा राखेर मलामी हिँड्न तम्तयार भइरहेको देखिन्छ । नेपालको सन्दर्भमा सत्ता र सरकारमा पहँुच भएकाबाट चाहे राजनीतिक चाहे व्यक्तिगत स्वार्थ पूर्तिका लागि प्राकृतिक स्रोतसाधनको विनाश गरिनु नौलो भने होइन । तर सरकारले चितवन राष्ट्रिय निकुञ्जजस्तो संवेदनशील क्षेत्रमा सडक तथा रेलवे सेवा विस्तार गर्ने निर्णय गरेर आफ्नै खुट्टामा बन्चरो प्रहार गरेको छ । यी र यस्तै कार्यबाट सरकार पछि नहटे विश्व सम्पदा सूचीबाट चितवन हट्ने निश्चितप्राय छ । योपटक यस्तो विषय राम्रैसँग सञ्चारमाध्यममा आए तापनि यसअघि पनि थुप्रै यस्ता अध्ययनबिनाका काम सरकारी पक्षबाट भएका थिए । केही महिनाअघि वन मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र निजी हात्ती छिर्न दिने निर्णय पनि त्यस्तैमध्येको एक थियो । सम्बन्धित सरोकारवाला निकायहरूसँग छलफल र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरी उक्त निर्णय गरिएको कारण त्यसबेलासमेत नागरिक समाजदेखि संयुक्त राष्ट्रसंघीय निकाय (युनेस्को) बाट समेत कडा चासो व्यक्त गरेपछि निकुञ्जले उक्त कार्य रोक्नुपर्‍यो । त्यसको केही समयपछि सरकार फेरि अर्को वातावरणीय मुद्दाको विवादमा तानिएको छ भौतिक योजना मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्रबाट ठोरीदेखि त्रिवेणी जोड्ने सडकखण्ड बनाउने निर्णय गरेर । र यो विषयसमेत कति कमजोर गृहकार्यमा आधारित रहेर गरिएको रहेछ भन्ने पुष्टि सर्वोच्च अदालतले समेत यसरी निकुञ्ज मासेर सडक नबनाउन आदेश जारी गर्नुबाट बुझिन्छ । दुवै संवेदनशील रूपमा उठेका मुद्दाहरू यसरी विवादमा आउनुमा सतही कारण भने एउटै छप्रभावकारी रुपमा इआइए नगरिनु । दुवै निर्णय प्रत्यक्ष रूपमा वातावरणीय सवालसँग जोडिएका मुद्दा हुन् । सरकारका यस्ता निर्णयले चितवन राष्ट्रिय निकुञ्जजस्तो जैविक विविधतामा धनी तथा लोपोन्मुख जनावरहरूको वासस्थान संकटतर्फ धकेलिन सक्छ । आमचासो पनि यही हो कि विकास निर्माणका कामलाई यसरी अघि बढाउँदा निकुञ्जको विनाश हुनु भएन । तर प्रभावकारी रुपमा इआइए गर्न आफैँले बनाएका कानुन मिच्न सरकार नै जहिले पनि अघि सरेको पाइन्छ । वातावरण संरक्षण ऐन–२०५३ ले कुनै पनि वातावरणसँग जोडिएको विकास निर्माणको काम गर्दा बाध्यकारी रूपमा इआइए गर्नुपर्ने व्यवस्था गरेको छ । गरिएका इआइएका समेत आफ्नै खाले कमजोर पक्ष होलान् तर गर्दै नगर्दा त्यसले झनै ठूलो समस्या सिर्जना गर्न सक्छ । इआइए नगरीकन विकास निर्माणको कार्य अगाडि बढाउँदा कस्तो अवस्थाको सामना गर्नुपर्छ भन्ने प्रश्नको राम्रो उदाहरणका रूपमा चीनको थ्री गोर्ज ड्याम’ छ । जडान क्षमताको आधारमा विश्वको सबैभन्दा ठूलो जलविद्युत् केन्द्र मानिने थ्री गोर्ज ड्यामको सपना सन् १९१९ मा नै बुनिएको थियो । जसबारे सन् १९५६ मा माओले कवितासमेत लेखेका छन् । सन् १९९४ मा सुरु भएको उक्त परियोजना सन् २००६ मा सकियो जसलाई चिनकै एउटा ठूलो सफलताका रूपमा निकै खुसीयालीसमेत मनाइयो । तर ड्याममा पानी भरिन नपाउँदै १३ लाखभन्दा बढी मानिस विस्थापित हुनुपर्‍यो । हजारौं गाउँहरू तलाउमा परिणत भए । पहिरोले बेजोड रूप लियो । भौगोलिक र जैविक बिपत्तिले जैविक संकट ल्यायो । अहिले चीन सरकारका लागि तिब्बत र ताइवानजस्तै तेस्रो समस्याका रूपमा थ्री गोर्ज ड्याम’ थपिएको छ । जुन वातावरणविज्ञहरूको सुझाबको बेवास्ता गर्दै वातावरणीय प्रभावको उचित मूल्यांकन नगरी बनाइएको थियो । निकुञ्जमा हात्ती पठाउने वा नपठाउने यो कुरा इआइएपछि मात्र थाहा हुन्छ । सडक खन्नु नै हुन्न भनेर मात्र मूल्यांकन हुँदैन । उल्लेखनीय प्रभाव पार्ने वा नपार्ने त्यस्तो प्रभावलाई कुनै उपायद्वारा हटाउन वा कम गर्न सकिने वा नसकिने सम्बन्धमा वैज्ञानिक विश्लेषण गर्न सकिन्छ । विकल्पका बाटाहरू समेत भेटिन सक्छन् । तरप्रभावकारी रुपमा इआइए नै नभए त्यस्ता सम्भावनाहरू सुरु नहुँदै मेटिन्छन् । मैले श्रीलंकामा यस्तै विकल्प निस्किएको एउटा काम देखेको थिएँ । राजधानी कोलम्बोदेखि दक्षिणी सहर मातरा जोड्ने एक सय एक किलोमिटर लामो सडक जंगलबीचबाटै बनाइएको भए पनि प्रभाव न्यूनीकरण गर्न राम्रा अभ्यास भएका छन् । सडकको दुवैतर्फ तार बारिएको छ । त्यहाँ हर्न बजाउन निषेध गर्ने नियम बनाइएको छ । जंगली जनावर आवतजावत गर्न सकुन् भनेर धेरै ठाउँमा थुप्रै ओभर हेड ब्रिज र सब–वे बनाइएका छन् । वातावरणीय नियम कानुन विकासविरोधी नीति नभई वातावरणमैत्री दिगो विकास प्रवद्र्धनका लागि हुन् । यद्यपि नेपालमा वातावरणीय प्रभाव मूल्यांकनविना नै निर्णयहरू गरिन्छन् । मूल्यांकन गरिएकाहरू पनि झारा टार्ने काम मात्र भएको छ जसले वातावरणीय संकट त निम्त्याउँछ नै विकास निर्माणका कार्यसमेत दिगो रूपमा सुसम्पन्न नहुने निश्चित छ ।
नेपालीविवाहले धेरै नेपालीहरुलाई जीवनसाथी खोज्न मदद गरेको छ। तपाईंको जीवनसाथीको खोजमा हामी तपाईंसंग छौं।
ज्वाइँले रड प्रहार गर्दा बिरुवा गाउँपालिका३ राङभाङ बस्ने एक दम्पती घाइते भएका छन् । ७८ वर्षीय मोहनसिंह थापा र श्रीमती ६९ वर्षीया चित्रकुमारीलाई ज्वाइँ खुमबहादुर थापाले रड प्रहार गरेका थिए । पर्यटकीय नगरी पोखरामा चरा महोत्सव हुने भएको छ । आयोजक पोखरा पंछी समाजले सोमबार पत्रकार सम्मेलन गर्दै तीन दिने महोत्सव चरा पर्यटन प्रवर्द्धनका लागि हुन लागेको जनाएको छ । गत सातादेखिको वर्षा बाढी र पहिरोले कालीगण्डकी कोरिडोरको बागलुङ खण्डका सडक बिगारेको छ । बाटो बिग्रिएपछि एक सातायता सवारीसाधन चल्न छाडेका छन् । पैदलयात्रीले पनि सास्ती खेप्नु परेको छ । वर्षाले यहाँको जमिनमा धाँजा फाट्ने र घर चर्किने भएपछि स्थानीय विस्थापित भएका छन् । काठेखोला ५ स्थित बिहुँ पोखराको मिलनचोक र काउलेका १३ घरका बासिन्दा विस्थापित भएका हुन् । खानेपानीको समस्या टार्न जलजला २ ३ र ४ (वारिबेनी) का बासिन्दाले कालीगण्डकीको पानी ल्याउने भएका छन् । डेढ सय मिटरमाथि (भर्टिकल हाइट) लिफ्टिङ गरेर पानी बजारमा वितरण गर्न लागिएको हो । एक सातादेखि बेपत्ता पोखरा–लेखनाथ महानगरपालिकाका वरिष्ठ सामाजिक विकास अधिकृत ओमराज पौडेलको अवस्था अझै खुल्न सकेको छैन । पोखराको बजार क्षेत्रभित्र ठेला डोको र क्रेट राखेर कुनै पनि सार्वजनिक स्थलमा व्यापार गर्न पाइँदैन । भेटेका खण्डमा नगररक्षकले सबै सामान जफत गर्छन् । अभिभावकले वैशाख महिनाभर भर्ना अभियान चलाए त्यही समयमा यहाँको एक विद्यालयकी प्रधानाध्यापक घरमा बसिदिँदा बालबालिकाले पढ्न पाएनन् । भर्ना भएकाहरू पनि छाडेर अरू विद्यालयमा जान बाध्य भए । जिल्लाको अन्नभण्डार मानिएको मंगला गाउँपालिकाले विज्ञको सहयोगमा कृषि गुरुयोजना बनाउन अध्ययन सुरु गरेको छ । विज्ञ टोली बोलाएर कृषि पशुपालन र मत्स्यपालनको सम्भाव्यता अध्ययन थालिएको हो
आमा तिमी एउटी थियौ मेरो आफ्नो भन्नलाई तर आज बिरानो ठानी गयौ नि छोडी मलाई आँशु पुछ्थ्यौ आमा तिमी मैले आँशु झार्दा रुन्थ्यौ तिमी लुकी लुकी म बिरामी हुँदा चोट लाग्दा मलाई आमा दुख्थ्यो नि तिमीलाई याद आउँछ घरीघरी मायाले गाली गरेको मलाई लुक्थें म तिमै्र काखमा निदाउँथें त्यही काखमा खोजेर पाउन गाह्रो आमा तिमी […]
यस बर्षको प्रतिक्षित चलचित्रको रुपमा सर्बत्र चर्चामा रहेको द विनर’को ट्रेलर पछिल्लो समय चर्चामा छ । टिजर र ट्रेलरकै कारण फिल्म प्रतिक्षित बनेको हो । हलिउड शैलीमा निर्माण गरिएको हुनाले दर्शक तथा चलचित्रकर्मी स्वयम् पनि चलचित्रको पर्खाईमा छन् । अष्ट्रेलियादुबई र नेपालमा चलचित्रको छाँयाकन गरिएको हुनाले पनि फिल्मको लागत अन्य फिल्मको तुलनामा बढी हुनु स्वभाविक नै हो । निर्माण पक्षले ठुलो रकमको जोखिम मोल्दै यस किसिमको चलचित्र निर्माण गर्दै गर्दा बलिउड शैलीको ट्याग दिएका छन् । नेपाली चलचित्र उद्योगका लागि तीन देशमा छाँयाकन गरिएको चलचित्रको हिसाबले पहिलो चलचित्र बनेको छ । निर्माण पक्षले छाँयाकनका केहि तस्बिर सार्बजनिक गरेका छन् । एक्सन र थ्रिलर जनरामा निर्मित चलचित्रलाई हिक्मत बिष्टले निर्देशन गरेका हुन् । भनेचलचित्रलाई डायमण्ड स्टार फिल्मसको ब्यानरमा सुबोध ठकुरीबिकास खरेलरितेश राणासृजना शाहले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्मको रिलिज मिति भने तय भईसकेको छैन । यद्दपी चलचित्रको रेड कार्पेट प्रिमियर अष्ट्रेलियाको सिड्नीमा हुने भएको छ ।
यमपञ्चकको पहिलो दिन सोमबार रमेश दुलाल कागे’ रत्नपार्कस्थित शान्ति वाटिकामा आयोजित काग सम्मेलनमा काग बोलाउँदै । १७३ जीव जनावर तथा चराचुङङ्गीको आवाज निकाल्ने दुलालले विगत १४ वर्षदेखि काग तिहारको अवसरमा काग सम्मेलन गर्दै आएका छन् ।
बागेश्वरी मन्दीर गुठी व्यवस्थापन समितिद्वारा नेपालगन्जस्थित बागेश्वरी मन्दीर परिसरमा रहेको तलाउमा सञ्चालन गरिएको डुङ्गामा जलयात्रा गर्दै आन्तरिक पर्यटक ।
महिनावारी गडबडी प्रजनन् क्षमता प्राप्त भएको चिनो स्वरूप युवतीहरूमा नियमित रूपमा महिनावारी सुरु हुन थाल्छ । प्रायः सामान्य खालको महिनाव प्रजनन् क्षमता प्राप्त भएको चिनो स्वरूप युवतीहरूमा नियमित रूपमा महिनावारी सुरु हुन थाल्छ । प्रायः सामान्य खालको महिनावारी प्रत्येक २१ देखि ३५ दिनमा तीनदेखि सात दिनसम्म र बढीमा ८० देखि एक सय मिलिलिटरसम्म रक्तस्राब हुने गर्दछ । यसभन्दा तलमाथि हुनासाथ असामान्य मानिन्छ । महिलाको उमेर समूह अनुसार महिनावारी असामान्य हुनाका कारक तत्व फरक–फरक हुन सक्छ । नियमित महिनावारीमा बढी रगत जाने र धेरै दिनसम्म रगत आउने वा दुवै स्थितिलाई मेनोरेजिया भनिन्छ । यस्तै छिटोछिटो हुने महिनावारी (२१ दिनको अन्तरालभन्दा कम) लाई पोलिमेनोरिया ३५ दिनभन्दा बढी अन्तरालमा (ढिलो) हुने परिस्थितिलाई ओलिगोमेनोरिया र थोरै मात्रामा रगत जाने एवं दुई दिनभन्दा कम समयसम्म मात्र रगत जाने अवस्थालाई हाइपोमेनोरिया भनिन्छ । यसैगरी मासिकस्रावको अन्तराल अनियमित हुने परिस्थितिलाई मेट्रोरेजिया भनिन्छ जुन किशोरी अवस्थामा त्यति धेरै हुदैन । धेरै दिनसम्म रगत बग्ने रगतको चोक्टाचोक्टा पनि जाने रक्तअल्पता हुने र शरीरमा हेमोग्लोबिनको मात्रामा कमी हुने अवस्था आयो भने चिकित्सकको सल्लाह लिएर उपचार गराउनुपर्दछ ।
मकवानपुर – औद्योगिक क्षेत्रको बीच भागमा छ हेटौंडा कपडा उद्योग । उद्योगको मूलगेटमा सुरक्षा गार्ड छन् । अघिल्तिर लेउ लागेर पुरानो भएको उद्योगको भवन छ । आसपासका सडकमा औद्योगिक क्षेत्रमा तयारी सामान लिएर जाने र कच्चा पदार्थ लिएर आउने गाडीको ताँती छ । तर उद्योगभित्र पस्दा कुनै जंगलमा पुगे जस्तै लाग्छ । ठूला साना रुख बनमाराका झारैझारका बीचमा साना ठूला भवन छन् । वरपर रुख र झाडी छ । चीन सरकारको सहयोगमा निर्माण भएर २०५६ फागुनदेखि पूर्ण रुपमा बन्द भएको हेटौंडा कपडा उद्योगको अहिलेको हालत हो यो । कपडा उद्योगमा मेसिन भएको ठूला भवन ४ वटा र अरु अफिसियल स्टोर भवन गरी १० वटा छन् । ती भवनभित्र जाँदा सबै भवन चुहिएर भित्रका सबैजसो सामान अहिले काम नलाग्ने भएको छ । फलाममा खिया लागेका छन् । पुरानो अफिसियल भवनका सबै कोठा चुहिएर भित्र बस्न समेत मिल्ने देखिँदैन । बन्द उद्योग कुर्नुपर्दा रातको समयमा त डर नै लाग्ने गरेको सुरक्षागार्ड विष्णु बास्तोलाले भन्नुभयो । पहिले देश विदेशमा घरेलु कपडा बिक्री गरेर चर्चा कमाएको यो कपडा उद्योग यस्तो हालतमा कुर्नुपर्दा धेरै चिन्ता लागेर आउँछ । रेडियो टीभी र पत्रिकाबाट उद्योग चलाउने भनिएको सुनिन्छ । तर उद्योग भने चलेको छैन’ उहाँले दुखेसो पोख्नुभयो । १९ वर्ष अघिसम्म औद्योगिक क्षेत्रको सबैभन्दा बढी चहलपहल हुने कपडा उद्योग अहिले खण्डहर भएको देख्दा सबै यसैगरी चिन्तित हुन्छन् । सबैभन्दा बढी औद्योगिक क्षेत्रको जग्गा ओगटेको यस उद्योग सञ्चालन गर्ने भनेर यसअघि धेरै कुरा भए । तर हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई यसबारे आधिकारिक जानकारी नै छैन । लिमिटेडका प्रमुख नेपाल भुषण बैद्य भन्नुहुन्छ हामीले मिडियामाफर्त सरकारले चलाउने भनेर जानकारी पायौं तर आधिकारिक रुपमा थाहा छैन ।’ अहिलेकै अवस्थामा उद्योग चल्नै नसक्ने र धेरै खालका मर्मतपछि मात्र चलाउन सकिने उहाँको भनाइ छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०३२ सालमा उद्योग निर्माण सुरु भएको थियो । २०४८ को आर्थिक उदारीकरणपछि उद्योगलाई निजीकरण गर्ने भनिए पनि प्राथमिकतामा पर्न सकेन । बन्द हेटौंडा कपडा उद्योग एकसय ८८ रोपनीमा फैलिएको छ । तीनलाख ५५ हजार स्क्वायर फिटका भवन छन् । उद्योगको वार्षिक क्षमता २ हजार ३ सय मेट्रिक टन धागो २ करोड ५० लाख मिटर कपडा उत्पादन क्षमता थियो । उद्योग सञ्चालन हुँदा १५ सयभन्दा धेरैले रोजगारी पाएका थिए । स्वदेशमा उत्पादन भएको कपास प्रयोग गर्दै सुती कपडामा आत्मनिर्भर पनि बनाएको थियो । हाल उद्योगमा कुरुवा मात्र छन् । दुई छिमेकी देश चीन र भारतबाट सस्तो दरमा कपडा भित्रिएपछि २०५६ फागुनदेखि उद्योग पूर्ण रुपमा बन्द भयो । त्यसपछि सरकार परिवर्तन भएसँगै उद्योग सञ्चालनको चर्चा हुने गरेको छ । यसपटक पनि यस्तै चर्चा छ तर त्यसअनुसार काम अघि बढेको छैन । कपडा उद्योग चलाउँछु भन्नेहरुले उद्योग कस्तो हालतमा छ भनेर हेर्न नआएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रमुख नेपाल भुषण बैद्य बताउनुहुन्छ । अहिले बन्द कपडा उद्योग नेपाली सेनाले चलाउने चर्चा छ । आठ महिनाअघि नेपाली सेनाका प्राविधिकले कपडा उद्योगको निरीक्षण गरेर गएका थिए । कपडा उद्योग सरकार मात्रले चलाउन नसक्ने उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल बताउनुहुन्छ । उद्योग संघलाई जिम्मा दिएमा आफूहरुले भने चलाउन सक्ने वातावरण तयार पार्ने बताउँदै अर्याल भन्नुहुन्छ अब सरकारले सहकारीको अवधारणमा वा निजीकरण गरेर मात्र यो उद्योग सञ्चालन गर्न सक्छ ।’ देशकै गौरवका रुपमा रहेको हेटौंडा कपडा उद्योग सञ्चालनको लागि नेता र मन्त्रीहरुले भाषण मात्रै होइन रकम पनि खन्याएका छन् । तर त्यो पैसा कहाँ पुग्यो भनेर अहिले भेटिने ठाउँ पनि छैन । बाबुराम भटराई अर्थमन्त्री हुँदाको समयमा पाँच करोड रुपैयाँ खर्च गरेर कपडा उद्योग सञ्चालन गर्ने भनियो । मेसिनहरु मर्मत गरेर चलाउने हालतमा पनि ल्याइयो । तर सञ्चालन भने हुनै सकेन । उद्योगका सबै भवनमा रहेका मेसिनहरु मर्मत गरेर सबैतिर हराभरा सुन्दर बनाइएपनि चलाउन भने नसकिएको उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल बताउनुहुन्छ । त्यतिबेला भवनहरु सामान्य मर्मत मात्र गरे हुन्थ्यो तर अहिले भने भवन नै चुहिने अवस्थामा छ । कपडा उद्योगलाई केन्द्रीत गरेर तत्कालीन नेकपा माओवादीले आफ्नो केन्द्रीय महाधिवेशन कपडा उद्योगकै प्राङगणमा गरेको थियो । तर महाधिवेशन सकिएपछि नेतृत्वले बिर्सियो । गएको जेठ २१ गते तीन नम्बर प्रदेशको राजधानी हेटौंडामा प्रदेश संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हेटौंडाको कपडा कारखाना सञ्चालन गर्ने बताउनुभएको थियो । अहिले भैरहेको मेसिन भन्दा पनि नयाँ मेसिन ल्याएर कपडा उद्योग चलाउने उहाँको भनाई थियो । हेटौंडा कपडा उद्योग चलाइन्छ त्यसका लागि नयाँ मेसिन ल्याइन्छ’ उहाँले भन्नुभयोे यसमा प्राइभेट सेक्टर (निजी क्षेत्र) पनि ल्याइन्छ ।’ कपडा उद्योग सरकारले मात्र चलाउँदा त्यसले प्रतिफल नदिने उहाँको भनाई थियो । सरकारी मात्र भयो भने घाँस हाल्ने कोही हुँदैन दूध खाने मात्र हुन्छ’ उहाँले त्यतिबेला भन्नुभएको थियो । उहाँ मात्र होइन संघीय सरकारका मन्त्री सांसद नेता धेरैले कपडा उद्योग चलाउने भनेर पटक पटक भन्दै आउका छन् । तर कपडा उद्योग चलाउने ठोस आधार भने तयार भैनसकेको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत बताउनुहुन्छ । सरकारी क्षेत्र मात्रले कपडा उद्योग सञ्चालन गर्ने अवस्थामा नरहेको मेयर महतको भनाई छ । हेटौंडा कपडा उद्योग सञ्चालनको जिम्मा नेपाली सेनाले पाउने करिब निश्चित भएको छ । तीन दशकदेखि बन्द उद्योग चलाउन सरकारले सेनालाई प्राथमिकता दिने भएको हो । सुरक्षा निकायको लगानीसहित संयुक्त व्यवस्थापनमा उद्योग चलाउने निर्णय भएको उद्योग मन्त्रालयका सहसचिव शत्रुघन पुडासैनीले बताउनुभयो । उद्योग सञ्चालनको नेतृत्व नेपाली सेनाले गर्नेछ । उद्योग सञ्चालनका लागि सात सदस्यीय कार्यदल गठन हुनेछ । त्यसमा नेपाली सेनाले मेकानिकल मार्केटिङ र टेक्सटाइल सम्बन्धी ज्ञान भएका तीनजना अधिकृतस्तरका कर्मचारी पठाउनेछ । उद्योग मन्त्रालयले प्रशासन तथा संस्थान महाशाखाका प्रमुख र मेकानिकल इञ्जिनियर गरी दुईजना कार्यदलमा पठाउनेछ । अर्थ मन्त्रालयका संस्थान समन्वय शाखाका उपसचिव र विज्ञको रुपमा मन्त्रालयबाट मनोनित एक जना मेकानिकल रहनेछन् । कार्यदलले उद्योगको विश्लेषण गरी १५ दिनभित्र सेना र उद्योग मन्त्रालयमा प्रतिवेदन दिने निर्णय भएको छ । १५ दिनभित्रमा कार्यशर्तअनुसार मूल्यांकन गरी अवधारणापत्र बनाएर पेस गरिने छ । त्यसै अवधारणा पत्रका आधारमा अध्ययन गरी उद्योगको मोडालिटी तयार पारेर सञ्चालनमा ल्याइने तयारी छ । कपडा उद्योगको कुनै दायित्व बाकी नरहेकाले यसलाई सञ्चालनमा ल्याउन सहज देखिएको उद्योग सचिव यामकुमारी खतिवडाले बताउनुभयो । मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको जिल्ला अध्यक्ष समेत हुनुहुन्छ । उहाँलाई फेसबुकमा भेट्न सकिन्छ ।
वासिङटन — अमेरिकामा मंगलबार भएको मध्यावधि निर्वाचनमा सत्तारूढ रिपब्लिकन पार्टीले संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा नियन्त्रण गुमाएको छ । हाउसमा बहुमतका लागि २१८ सिट आवश्यक पर्नेमा डेमोक्रेटिकले नेपाली समयअनुसार बुधबार साँझसम्म २२१ सिट हासिल गरेको छ भने रिपब्लिकनले १९९ सिट प्राप्त गरेको छ । हाउसको ४३५ सिटका लागि चुनाव भएको थियो । रिपब्लिकन पार्टीलेसिनेटमा भने बहुमत हासिल गरेको छ । सिनेटको १ सय स्थानमध्ये ३५ सिटमा चुनाव भएको हो । चुनावी नतिजापछि सिनेटमा डेमोक्रेटिकको ४५ सिट र रिपब्लिकनको ५१ सिट रहनेछ । मंगलबारको मध्यावधि निर्वाचन राष्ट्रपति ट्रम्पको दुई वर्षको कार्यकालको जनमत संग्रह’ का रूपमा लिइएको थियो । सिनेटमा सत्तारूढ रिपब्लिकन पार्टीलाई बहुमतको अर्थ हो ट्रम्पको कार्यकारी र न्यायिक नियुक्तिले चुनौतीको सामना गर्नुपर्ने छैन । तर हाउसमा डेमोक्रेटिकको बहुमत हुँदा ट्रम्पको नीति पारित हुन विभिन्न अवरोध सामना गर्नुपर्नेछ । डेमोक्रेटिक पार्टीले भर्जिनिया इलिनोइस र फ्लोरिडामा जित हासिल गरेको छ । यस्तै डेमोक्रेटिक पार्टीकी २९ वर्षीया अलेक्जेन्ड्रिया कोर्टेज अमेरिकी कांग्रेसमा निर्वाचित हुने सबैभन्दा कम उमेरकी प्रतिनिधिबनेकी छन् । यस्तै सोही पार्टीबाट दुई मुस्लिम महिला चुनिएका छन् । जसमा इल्हान उमर र राशिदा तालिब छन् । हाउसमा २ मुस्लिम महिलासहित ८९ महिला निर्वाचित भएका छन् । यसअघि ८४ महिला चुनिएका थिए । डेमोक्रेटिककी हाउस नेता न्यान्सी पेलोसीले विजयपछि वासिङटनमा सम्बोधनका क्रममा मतदातालाई धन्यवाद दिँदै अब नयाँ अमेरिका हुने बताएकी छन् । मध्यावधि चुनावको परिणामका विषयमा राष्ट्रपति ट्रम्पले शृंखलाबद्ध ट्विट गरेका छन् । एक ट्विटमा उनले भनेका छन् १०५ वर्षको इतिहासमा पहिलो पटक राष्ट्रपतिको पार्टीबाट सिनेटमा बहुमत हासिल भएको छ । ट्रम्पसँग जादु छ । जब पूरैमिडिया मेरोविरुद्ध थियो हरेक दिन तिनीहरूले आक्रमण गर्थे तर पनि ट्रम्पको जादु चल्यो ।’ यस्तै ५० गभर्नरमध्ये ३६ का लागि चुनाव भएकोमा मिसिगन इलिनोइस र कान्ससमा डेमोक्रेटिक पार्टी विजयी भएको छ । अमेरिकाको यो मध्यावधि निर्वाचनमा ५० वर्षयता सबैभन्दा बढी मतदान भएको थियो । यसअघि अमेरिकी नागरिक यस चुनावलाई राष्ट्रपति चुनावजति गम्भीर रूपमा लिँदैनथे । अमेरिकी कांग्रेसको यो निर्वाचन हरेक ४ वर्षमा नोभेम्बरमहिनामा हुन्छ । राष्ट्रपतिको कार्यकालको बीच समयमा हुने भएकाले यसलाई मध्यावधि (मिड–टर्म) निर्वाचन भनिन्छ । यही चुनावले राष्ट्रपतिको बाँकी कार्यकाल कस्तो हुन्छ भन्ने तय गर्छ । काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वत्‌का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वा न्याय र समानताका अभियन्ता भएको उल्लेख गरेका छन् । नेपाल सम्वतको नयाँ वर्ष ११३९ का अवसरमा बिहीबार शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् । प्रधानमन्त्री ओलीले साख्वा कै योगदानका कारण नेपालको मौलिक संवत् नेपाल सम्वत् प्रचलनमा आएको र साख्वाको योगदान आज पनि नेपाली समाजमा उत्तिकै सान्दर्भिक रहेको जनाएका छन् । प्रधानमन्त्री ओलीले नेपाल सम्वत्‌काे सुरुवातका घटना नै प्रेरणादायी भएको सन्दर्भ पनि उल्लेख गरेका छन् । शंखधर साख्वाले ११३९ वर्षअघि ऋणमा बाँधिएका गरिब किसानहरुलाई आफ्नै सम्पत्ति खर्च गरेर ऋणबाट मुक्त गराउनु भएको थियो । त्यही बेलादेखि सुरु भएको नेपाल संवत्‌ले हामीलाई हरेक वर्ष नेपाली संस्कृतिमा विद्यमान परोपरकारी भावनाको बारेमा बताउँदै आएको छ’ प्रधानमन्त्री ओलीले सन्देशमा छ नेपाली समाजको गौरवशाली विगत र मूल्यमान्यतालाई अक्षुण्ण राख्नसमेत यो सम्वत्‌ले हामीलाई झक्झक्याउँदै आएको छ ।’ शंखधर साख्वाले ऋणमा डुबेर दासत्व जीवन बिताइरहेका सर्वसाधरणलाई ऋणबाट मुक्त गराएर स्वतन्त्रता दिलाएकै कारण शताब्दीऔं पछि पनि नेपालीको मानसपटलमा बस्न सफलभएको प्रधानमन्त्री ओलीको सन्देशमा छ । काठमाडौं उपत्यकामा समाज सुधारका लागि आफूलाई समर्पित गर्ने नेपाल संवत्का प्रवर्तक समाज सुधारक तथा प्रगतिशिल व्यक्तित्व शंखधर साख्वाको विशेष स्मरण गर्न चाहन्छु’ प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ । तिहारको गोवर्धन पूजाका दिन नेपाल सम्वत्‌काे पहिलो दिन नयाँ वर्ष मनाउने चलन छ । विशेष गरेर उपत्यकाको तीन सहर काठमाडौं भक्तपुर र ललितपुरको नेवार समुदायले छुट्टाछुट्टै रुपमा विशेष तामझाम मोटर साइकल भिन्तुना र्‍याली शुभकामना आदानप्रदान गर्ने गरिन्थ्यो । यो वर्ष मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधनका कारण सबै कार्यक्रम स्थगित गरिएको जनाइएको छ । नेवा देय दबूका अध्यक्ष नरेश ताम्राकारले नेपालभाषा आन्दोलनका नेता पद्मरत्न तुलाधरको असामयिक निधन भएकोले उहााको सम्मानमा न्हु दाय भिन्तुना कार्यक्रम स्थगित भएको बताए । हरेक वर्ष बसन्तपुर ललितपुर र ललितपुरमा हुने न्हु दा भिन्तुना विशेष समारोह प्रधानमन्त्री मुख्य आतिथ्यमा हुने गर्थ्याे । भने म यसपालि कही पनि भाग लिन गइन ।’ भक्तपुरको ठिमीस्थित राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले औपचारिक कार्यक्रम सामान्य रुपमा सम्पन्न गर्ने जनाएको छ । प्रतिष्ठानले अरनिको राजमार्गसागै ठिमी चोकमा राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमा निर्माण गरेको छ । नेपाल भाषा आन्दोलनका नेता पद्मरत्न तुलाधरको निधन यो वर्ष विशिष्ट परिस्थिति भएकोले राष्ट्रिय विभूतिको प्रतिमामा सामान्य माल्यार्पण कार्यक्रममात्र हुनेछ’ प्रतिष्ठानका सचिव ज्ञानराम श्रेष्ठले भने प्रतिमामा माल्यार्पणपछि सम्मान कार्यक्रम हुनेछ ।’ प्रतिष्ठानले यो वर्ष संस्थागततर्फ नेपाल संवत्को पञ्चांगपत्र निर्माण समिति र नेपालभाषाका साहित्यकार राजा शाक्यलाई सम्मान गर्ने जनाइएको छ । सम्मान प्रदान गर्न स्थानीय जनप्रतिनिधिबाट हुनेसमेत श्रेष्ठले जनाए । टोखा बलम्बु बनेपा धुलिखेल लगायत स्थानमा समेत न्हु दा भिन्तुना कार्यक्रमहरु स्थगित भएको जनाइएको छ ।
लण्डन — बेलायतको लिड्स विश्वविद्यालयका प्राडा सूर्यप्रसाद सुवेदीले एक विज्ञप्ति प्रकाशित गरी नेपालमा हालै सम्पन्न संसदीय निर्वाचन सफल भएकोमा सबै नेपाली जनता निर्वाचन आयोग नेपाल सरकार र सबै दलका नेताहरुलाई हार्दिक बधाई व्यक्त गरेका छन्। 'यो निर्वाचनले नेपालको लामो राजनीतिक तथा संवैधानिक संक्रमणकालको अन्त्य भएको र धेरै उतारचढाव पछि लोकतन्त्रको नयाँ युग सुरु हुन लागेको छ' विज्ञप्तिमा भनिएको छ । प्राडा सुवेदीले देशलाई राजनीतिक स्थिरता दिन आर्थिक समृद्धीमा अगाडि बढाउन लोकतन्त्र विधिको शासन र मानवअधिकारलाई संस्थागत र सुदृढीकरण गर्न तथा अन्य चुनौतीहरुलाई सामना गर्न अन्तर्राष्ट्रिय क्षेत्रमा फैलिएको बौद्धिक समुदायलाई परिचालन गर्न आफू व्यक्तिगत र संस्थागत दुवै रुपमा क्रियाशिल हुने बताएका छन् । ब्रिटेननेपाल प्राज्ञिक फोरम फर नेपालका अध्यक्ष तथा अन्तर्राष्ट्रिय कानुन इन्स्टिच्युटका निर्वाचित सदस्य रहेका प्रा सुवेदीले नेपाल सरकारलाई नितान्त राष्ट्रियहितको सवालमा गैरदलीय निष्पक्ष र सवतन्त्र रुपमा नीतिनिर्माणमा सहयोग गर्न आफू तत्पर रहेको पनि बताएका छन् ।
गाविसहरुको न्यूनतम शर्तमापन प्रतिवदेन अाब २०७२/०७३ अा‍ व‍ २०७४।७५ काे लागि सामाजिक सुरक्षा भत्ता सम्बन्धी विवरण आ व २०७४।७५ काे लागि इलाका स्तरीय याेजना तर्जुमा गाेष्ठी हुने समय तालिका र स्थान अा व २०७३।७४ मा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत सञ्चालन हुने याेजनाहरु सल्यान अावधिक जिल्ला विकास योजना २०७२/७३ बार्षिक समीक्षा गोष्ठी सल्यान जिल्लाको आ ब २०७३/०७४ को आन्तरिक आय सम्बन्धि ठेक्का सूचना २२ औ जिल्ला परिसद को निर्णय अनुसूची ११ आव२०७३।०७४ को सासु विवरण कर तथा शुल्कहरु
नेपाल सरकारका मन्त्रीले विदेशमा वस्ने नेपाली प्रति गरेका विवादस्पद अभिव्यक्ति प्रति एआरएनएका महासचिवको आपत्ति गैर आवासिय नेपाली संघका महासचिव आउने शनिवार र आइतवार गते अमेरिकामा हुन लागेको विज्ञ सम्मेलन र एनआरएन अमेरिकाको साधारण सभामा भाग लिने क्रममा अमेरिकामा हुनुहुन्छ । क्यालिफोर्निया लसएञ्जल्समा हिमालय खवरले महासचिव केसीसंग विज्ञ सम्मेलन एनआरएन अभियानको भविष्य प्रवासमा रहेका नेपालीको नेपालमा भूमिका सरकारका मन्त्रीवाट हालै आएका विवादस्पद अभिव्यक्ति लगायतका विषयमा कुराकानी गरेको थियो । एक जना मन्त्रीका हालैका अभिव्यक्ति प्रति महासचिव केसीले आपत्ति जनाउनु भएको छ । विदेशी विज्ञ नेपालमा गएर काम गरिरहेको वेला विदेशमा कार्यरत आफ्नो क्षेत्रका दक्ष र विज्ञ नेपालीलाई सकृय बनाउंदा देशलाई फाइदा हुने वताउनु भयो । एजेन्सी । विश्वकप फुटबलको चार वर्ष लामो व्यग्र प्रतीक्षापश्चात् आज बिहीबारदेखि २१औं संस्करणको विश्वकप सुरु हुँदैछ । अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र साउदी
27 जनवरीको उपस्थिति यस्तो होस् जुन उपस्थितिले दार्जीलिङ पहाडको नयाँ राजनैतिक अनुहार स्पष्ट हुनेछ। त्यसदिनको उपस्थितिको आभास दार्जीलिङ पहाडमा मात्र होइन तराईडुवर्स र कोलकाता अनि दिल्लीले पनि पावोस्।’ पाब्रिङटार क्षेत्र अन्तर्गत बरबोट बजारमा आयोजित जनसभालाई सम्बोधन गर्दै विधायक डा हर्कबहादुर छेत्रीले ग्रामीण सुदुरवर्ती क्षेत्रहरूमा पनि देखिरहेको राजनैतिक परिवर्तनको आभाष 27 जनवरीका दिन भारी सङ्ख्यमा उपस्थित भएर दर्शाउनुपर्ने आह्वान गरेका छन्। जिल्ला माग समितिको आयोजनामा सम्पन्न जनसभालाई सम्बोधन गर्ने क्रममा छेत्रीले 27 जनवरीका दिनदेखि जिल्ला माग समितिको अन्त भएर पहाडमा नयाँ सोच लिएर नयाँ राजनैतिक दल गठन हुने भन्दै अझ भने यो राजनैतिक परिवर्तन विगत 4 दशकदेखि क्षेत्रका जनताले भोगेको शोषण र गलत प्रशासन विरूद्ध व्यक्त भएको आक्रोश हो। यो आवाजहिनहरूले विस्तारै बोल्नथालेको लक्षण हो। यसभित्र बहुमतको आकांक्षा लुकेको छ। यसभित्र वर्षौँदेखि अन्धकारमा बसेकाहरूको आशा मात्र होइन एउटा निर्दिष्ट दिशा पनि छ। छेत्रीले 27 जनवरीको जनसभामा उपस्थिति दिन नसक्नु भनेको कवि गोपालप्रसाद रिमालले भनेझैँ एक युगमा आउने एकदिन’लाई गुमाइपठाउनु सरह रहेको बताए। याङ्माखुम सुरूक समथार खानी सिञ्जी आदि क्षेत्रका सैयौँ मानिसहरूलाई सम्बोधन गर्ने क्रममा गोजमुमोले जनआकांक्षा पूर्ण गर्न नसक्ने छेत्रीले दावी गरे। अलग राज्यप्रति मोर्चा इमान्दार नरहेको भन्दै छेत्रीले भने यदि गोजमुमो गोर्खाल्याण्डप्रति इमान्दार छ भने जीटीए त्यागेर देखावस्। म पार्टी खोल्दिन उनीहरूकै पछि कुद्नेछु। मोर्चालाई चौकीमा पाउने सुखसुविधाको आदत् भइरहेको छ त्यसैले उनीहरूले चौकी छोडेर आन्दोलन गर्न सक्दैनन्। छेत्रीले नवगठित कालेबुङ जिल्ला गोजमुमोको हाताम जान दिनुनहुने सङ्केत गर्दै भने हामीले पाएको राम्रो चिज गलत हाताम गए बाँदरको हातमा नरिवल सरह हुनसक्छ। गोरामुमोले दागोपाप ल्यायो अनि गोजमुमोले जीटीए ल्यायो। यी व्यवस्थाहरू परिवर्तन भइरहन्छ तर हामीले ल्याएको कालेबुङ जिल्ला गोर्खाल्याण्ड नै गठन भएपनि सँधै अस्तिवामा रहिरहन्छ। सरकार हाम्रो दुश्मन छैन दुष्मन हाम्रो सोच हो। हामीले ठिकसँगले चलाउन सक्नुपर्छ। पश्चिम बङ्गाल राज्यको बार्षिक बजेट 49 हजार करोड रुपियाँको तयार हुँदा जीटीएले केवल 178 करोड रूपियाँको मात्र माग गरेकोमा व्यङ्ग कस्दै छेत्रीले भने जीटीएको बजेट कन्ट्र्याक्टरले बनाउँछ सभासद् र विशेषज्ञहरूले होइन। आजसम्म हामीसित दुर्दर्शी नेताहरू नभएका कारण नै हामीले दुःख पाएका हौँ। नत्र बङ्गालको बजेटमा कम्तिमा पनि 35 सय करोड पहाडको निम्ति माग गर्न सकिन्थ्यो। डा छेत्रीले कालेबुङ जिल्लालाई ठिकसित सञ्चालन गरेर लानुपर्ने सुझाउ राख्दै कालेबुङ जिल्लालाई गलत हातमा जानबाच बचाउन पनि नयाँ दल गठन गर्न आवश्यक परेको बताए। उनले भने जबसम्म दल बनाएर निस्किँदैनौँ तबसम्म कालेबुङ जिल्लाई सशक्त रूपमा अघि लैजान सक्दैनौँ। यसैले नयाँ दलको गठन आवश्यक परेको हो। आफ्नो सम्बोधनमा छेत्रीले कालेबुङ जिल्ला पूर्ण रूपमा कृषिजन्य जिल्लाको रूपमा स्थापित हुने बताउँदै भने दार्जीलिङ जिल्लामा सबथोक छ। विश्वविद्यालय छ हवाईअड्डा छ रेलवे जंक्सन छ मेडिकल कलेज छ। दुर्भाग्यवश दार्जीलिङ जिल्लामा भएपनि जिल्लामा हुनुपर्ने कुराहरू जम्मै सिलगढीमा छ। अब कालेबुङ जिल्ला छुट्टिएपछि कालेबुङ जिल्लाभित्र हुनुपर्ने जम्मै कुरा हामी माग गर्नसक्छौँ। केन्द्रको व्याकवार्ड रिजन ग्रान्ट फन्टबाट यी सबै विकासमूलक कामहरू गर्न सकिने छेत्रीको सोच रहेको छ। हाल सिक्किम प्रधानमन्त्री नरेद्र मोदीको भ्रमणलाई केन्द्र गर्दै छेत्रीले भने सिक्किममा एकजना पनि भाजपा सासंद छैनन्। भाजपाको सङ्गठन छैन। तरैपनि पवन कुमार चामलिङले राजनीति गर्न जान्दछन् कुटनीति बुझ्छन्। यसैले सिक्किममा प्रधानमन्त्रीलाई ल्याउन सके। तर दार्जीलिङबाट भाजपाको निम्ति दुईजना सासंद जिताएर पठाएपनि प्रधामन्त्रीलाई सिक्किम आउँदा दार्जीलिङसम्म ल्याउन नसकेकोमा छेत्रीले खेद प्रकट गरे। उनले अझ भने तिमीहरू चिया बनाउने म बेच्ने भनेर नरेन्द्र मोदीले भनेका थिए। म साक्षी छु। उनले चियाको बोर्ड मात्र किन मन्त्रालय नै बनाउनुपर्छ भनेका थिए। तर भएन। स्थानीय नेतृत्वहरूले दैलो नदेखेर भित्ता ढकढकाउने गरेको कारण नै यी समस्याहरू उत्पन्न भइरहेको छेत्रीको आरोप रहेको छ। सबैभन्दा धैर गोजमुमो अनि जीटीएको कार्यप्रणालीमाथि नै असन्तुष्टि व्यक्त गर्दै छेत्रीले आफूले जुन मागहरू उठान गरिरहेको छ त्यही मागहरू मोर्चाले पनि माग्न शुरू गरेको बताए। उनले भने मोर्चा मेरो विद्यार्थी होला जस्तो लाग्दैछ। किनभने मोर्चाले मेरोबाट सिक्दैछ मैले उठाएको माग उठाउँदैछ। मैले जिल्लाको माग उठाए मोर्चाले अरू थुप्रै जिल्ला हुनुपर्छ भन्दैछ। सक्छ भने खरसाङलाई जिल्ला बनाएर देखावोस् सक्दैन भने सक्दिन भनेर मलाई मगावोस्। टिस्टाभेल्ली सरह धेरै ठाउँहरूमा मोर्चाका नेतृत्वहरूले जनहितमा काम गर्न नसकेकै कारण आफूलाई त्यस क्षेत्रमा नेतृत्वका निम्ति निम्त्याइने काम भइरहेको छेत्रीले बताए। यदि ठिकठाउँमा ठिकसित माग्न सकियो भने धेरैवटा थोक हासिल गर्नसिकिने कुराको प्रमाण कालेबुङ जिल्लाले दिएको डा छेत्रीको तर्क छ। यसैले हाल कलेक्टरेटका निम्ति कालेबुङमा जमीन खोज्ने काम आरम्भ भइसकेको जानकारी गराउँदै छेत्रीले कालेबुङले धेरैथोक पाउन सकेको बताए। केही दिनअघि जनताको नाममा टाँसिएको पोष्टरबारे बोल्दै छेत्रीले अधिवक्ता अनमोल प्रसादले 145 पन्ने दस्तावेज तयार पारेर केन्द्रमा पेश गर्दा नै छैटौँ अनूसूचित रद्द भएको कारण गोजमुमो अस्तिवमा आउनसकेको भएपनि आज अनमोल प्रसादहरूलाई नै बङ्गालको दलाल भन्ने मोर्चाले उनीहरूको योगदानको कदर गर्न नसकेको आरोप लगाए। आफ्नो सम्बोधनमा छेत्रीले क्षेत्रीय समस्याहरूबारे चर्चा गर्दै जिल्ला पूर्ण रूपमा अस्तिवमा आएपछि आफ्नो दलको माध्मयबाट क्षेत्रमा धेरै विकासमूलक कार्यहरू गर्नसकिने बताए। आजसम्म जनताले आफूसँग मात्र बात गर्ने नेतृत्वहरू छानेको कारण नै समस्या उत्पन्न भएको कारण अब सरकारसित बात गर्नसक्ने नेतृत्व छान्नुपर्ने छेत्रीको सुझाउ रहेको थियो। यसरी नै अर्कोतिर जिल्ला माग समितिका संयोजक नयन प्रधानले अब जनतामा आतङ्क सृजना गरेर राजनीति गर्ने संस्कारको अन्त भइसकेका कारण नयाँ दलले बौधितक राजनीति गर्ने बताए। उनले भने अहिलसम्म विभिन्न राजनैतिक दलहरू आए। गोर्खाल्याण्डको नाममा भाषण दिएर गए। भोट मागे। तर जनताको समस्या समाधान भएन। अब जनताको समस्या बुझ्ने बुद्धिजीवि नेतृत्वलाई साथ दिनुपर्छ। उनले बरबोटनिम्बोङ क्षेत्राम खण्ड पञ्चायत आदिको गठन ठिकसित नभएका कारण ग्रामीण स्तरहरूकै यी सबै निकायहरूको नयाँ गरी विकेन्द्रिकरण गरिन जरूरी रहेको बताए।
शहिद तथा द्वन्द पीडित परिवारका छोराछोरी वा उनिहरुका अभिभावकको लागि सुचना स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रमको बैठक बारे । निजी आवास पुनर्निर्माण अपडेट भाडादर कायम गरिएको बारे अन्तरकृया कार्यक्रममा सहभागिता सम्बन्धमा । स्थानीय तह सबै लमजुङ ।। लिलाम बढाबढको सूचना जिल्ला भित्रका सरकारी गैरसरकारी तथा गाउँपालिका/नगरपालिका प्रमुखहरुको बिबरण संबिधान दिवस २०७५ मनाउने सम्बन्धमा सरसफाई कार्यक्रममा उपस्थित हुने वारे । संविधान दिवस मनाउने सन्दर्भमा (स्थानीय तहहरु सबै) प्रदेश न ४ को प्रदेश सभा सचिवालयको पत्र अनुसार प्रदेशको नामकरण र राजधानी बारे छलफलको कार्यक्रममा उपस्थितिको लागि सबैमा अनुरोध छ |
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चनं ५८५३ मिति २०७४।१२।२३ को पत्रानुसार गठित सम्पत्ति स्थानान्तरण सम्बन्धी जिल्लास्तरीय उपसमितिको मिति २०७४।१२।२७ गतेको बैठकको निर्णायानुसार तहाँ कार्यालयमा मौज्दात रहेका जिन्सी तथा चल अचल सम्पत्ति र बजेट तथा कार्यक्रम सम्बन्धी विवरण संलग्न ढाँचामा तयार गरी ७ (सात) दिन भित्रमा तयार गरी यस कार्यालयमा उपलब्ध गर्राई सहयोग गरिदिनु हुन अनुरोध छ । साथै बैठकको निर्णयको फोटोकपी यसैसाथ संलग्न छ ।
प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति विवादबारे कान्तिपुरमा प्रकाशित समाचारका सन्दर्भमा उनकै इजलासले अन्तरिम आदेश जारी गर्दै प्रेसमाथि नै सेन्सरसिप’ लगाउन खोजेको छ । आदेशमा मुद्दाको पक्ष नै नभएको प्रेस काउन्सिललाई त्यस सम्बन्धमा छानबिन गरी आफूविरुद्धका समाचार भविष्यमा पुनः प्रकाशित हुन नदिने व्यवस्था मिलाउन पनि भनिएको छ। आदेशमा कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया निर्देशक स्वस्तिका सिरोहिया प्रधान सम्पादक सुधीर शर्मा र संवाददाता कृष्ण ज्ञवालीलाई म्याद पाएको तीन दिनभित्र अदालतमा बयानका लागि आफैं उपस्थित हुन भनिएको छ। कान्तिपुरमा प्रकाशित प्रधानन्यायाधीश पराजुलीको जन्ममिति विवादसम्बन्धी समाचार सामग्रीहरूले जनमानसमा भ्रम पैदा गरेको’ दाबी गर्दै त्यस्ता समाचारहरू पुन प्रकाशन हुन नदिनेलगायतका अधिकारको तत्काल कार्यान्वयन गर्न’ प्रेस काउन्सिललाई आदेश दिइएको छ। ती समाचारले पत्रकार आचारसंहिता उल्लंघन गरे/नगरेकोतर्फ तत्काल छानबिन गर्न पनि काउन्सिललाई भनिएको खबर आजको कान्तिपुरमा छ।
प्रदेश नम्बर ४ र ५ मा चार जना सांसद सपथ ग्रहरणमा अनुपस्थित भएका छन्। अनुपस्थित हुनेमा एमालेका २ जना छन्। प्रदेश नम्बर ५ मा एमालेकी सांसद जालपा भुषाल र राजपाकी विन पन्त अनुपस्थित भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। त्यस्तै प्रदेश नम्बर ४ का एमाले सांसद राम बहादुर गुरुङ पनि बिदेशमा भएकाले सपथमा उपस्थित भएनन्। उनी तनहुँका सांसद हुन्। त्यस्तै फरार रहेका राजीव गुरुङ भनिने दीपक मनाङे समेत सपथमा अनुपस्थित भएका छन्।
सुर्खेत – एक वर्षअघि संसद्बाट पारित ऐनबारे सरकारले प्रचारप्रसार नगर्दा कार्यान्वयनमा अन्योल देखिएको छ। कान्तिपुरको कर्णाली प्रदेश ब्युरोको समाचारअनुसार मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता शुक्रबारदेखि लागू भए पनि पहिलो दिन मुद्दाका सरोकारवाला पक्ष नै अनभिज्ञ देखिए । नयाँ कानुनअनुसार शुक्रबार सुर्खेत जिल्ला प्रहरी कार्यालय र अदालतमा कुनै मुद्दा दर्ता भएनन् । अदालतमा नयाँ सफ्टवेयरसमेत भित्रिसकेको छैन । नयाँ मुलुकी ऐन लागू भएको पहिलो दिन शुक्रबार कानुन व्यवसायीका ल फर्म’ प्रहरी कार्यालय र अदालत सुनसानजस्तै देखिए । कानुन व्यवसायीले नयाँ कानुनबारे सरोकारवाला अनभिज्ञ रहेकाले सम्पर्कमा आएजति सबै मुद्दा बिहीबारै प्रहरी र अदालत पठाइसकेका थिए । नेपाल बार एसोसिएसनका जिल्ला इकाई अध्यक्ष नन्द भण्डारीले नयाँ ऐनबारे सरोकारवाला सबै पक्ष अपडेट हुन बाँकी रहेको बताए । कान्तिपुरमा खबर छ।
डोल्पाबाट चुनाव लड्ने वातावरण नभएपछि नेकपाका नेता वामदेव गौतमले बाँकेबाट चुनाव लड्ने तयारी गरेका छन् । बाँकेको क्षेत्र नम्बर ३ बाट चुनाव लड्न उनले गृहकार्य थालेका छन् । बाँके क्षेत्र नम्बर ३ मा तत्कालिन एमालेबाट नन्दलाल रोकाय विजयी भएका थिए । उनलाई राजिनामा दिन लगाई उपनिर्वाचनमार्फत गौतम त्यहाँबाट चुनाव लडेर सांसद बन्न लागेको नेकपा उच्च स्रोतले दृष्टिलाई जानकारी दिएको छ । तर सांसद रोकायले राजिनामा दिन नमानेको स्रोत बताउँछ । रोकाय ३१ हजार ५ सय ९३ मत ल्याई विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी बादशाह कुर्मीले २६ हजार ६ स १७ मत ल्याएका थिए । पर्यटनमन्त्री रहेकासांसद धनबहादृुर बुढालाई राजिनामा दिन लगाएर डोल्पामा चुनाव उठ्ने वामदेवको योजना थियो । बुढा राजिनामा दिन तयार भए तर जनताले राजिनामा दिए वामदेवलाई भोट नदिने बताएपछि वामदेव पछि हटेका हुन् । त्यसपछि उनी बाँके–३ बाट चुनाव लड्न लागेका हुन् । तर हल्ला सुरु भएपछि बाँकेमा पनि असन्तुष्टि सुरु भइसकेको छ । ग्त वर्षको प्रतिनिधिसभाको निर्वाचनमा उनी बर्दियाबाट चुनाव हारेका थिए । अन्र्तघातका कारण हारेको बताईपनि छानबिनको क्रममा आफ्नै कारण हारेको प्रतिवेदन बनेको थियो । ​नेपाल भारत सम्बन्धमा आएका अप्ठ्याराहरु नेकपा एमालेका कारण भएको होइन डा राजन भट्टराई परराष्ट्र मामिला विज्ञ (नेकपा एमाले) एमालेमा बौद्धिक छवि बनाएका डा राजन भट्टराई परराष्ट्र मामिला विज्ञ हुन् । सिन्धुपाल्चोकको सिन्धुकोटमा ४९ वर्षअघि जन्मिएका भट्टराईको बाल्यकाल र अध्ययन भने काठमाडौंमै बित्यो । बेलायतबाट स्नातकोत्तर गरेका उनले जहावरलाल नेहरु विश्वविद्यालयबाट विदेश नीतिमा विद्यावारिधी गरेका छन् । एमाले नेता माधवकुमार नेपालको सरकारमा परराष्ट्र मामिला सल्लाहकार रहेका भट्टराई अहिले नेपाल भारत प्रबुद्ध समूह (ईपीजी) सदस्यकोरुपमा कार्यरत छन् । हालै भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणलगायतका विषयमा केन्द्रित रहेर गरेको कुराकानीको सम्पादित अंश सामान्यतया छिमेकी देशको विदेशमन्त्री आउँदा चर्चा हुनु अस्वभाविक होइन स्वभाविक नै हो । संविधान जारी भएपछि हामीले तीनवटा निर्वाचन सम्पन्न ग¥यौं निर्वाचन सम्पन्न गर्ने राजनीतिक शक्तिलाई बधाई दिन र सँगसँगै विजयी भएका दललाई बधाई तथा शुभकामना दिन उहाँ नेपाल आउनुभएको हो । साथै नयाँ सरकारसँग सहकार्य गर्न भारत इच्छुक छ भन्न नेपाल आउनुभएको जस्तो बुझिन्छ । त्यही सन्दर्भमा दलका नेताहरुसँग भेट गनर््ुभयो । हामीसँग भएको भेटमा पनि तिनै कुराहरु गर्नुभयो । यो उहाँको शिष्टाचार भ्रमण हो । भारतीय प्रधानमन्त्रीको बधाई र शुभकामना सन्देश बोकेर आएको कुरा त उहाँले त्रिभूवन विमानस्थलदेखि हामीसँगको भेटमा पनि त्यही कुरा भन्नुभयो । संविधान जारी गर्दा ताका जस्ता अप्ठयारा व्यहोर्नुप¥यो संविधानका विषयहरु संविधान कार्यान्वयमा जाने कि नजाने स्वागत गर्ने कि नगर्नेजस्ता कुराहरु जसरी अड्किएका थिए मलाई लाग्छ ती सबै अन्त्य भएको छ । भारतीय प्रधानमन्त्रीको दूतकोरुपमा विदेश मन्त्री तहको मान्छे आउने भनेपछि हामीले स्वागत गर्नु सामान्य कुटनीतिक अभ्यास हो । कुन समयमा आउने भन्ने उहाँहरुको कुरा हो । निमन्त्रणा गरेर आएको भए दुवै पक्षको पारस्परिक सम्वादका आधारमा उपयुक्त समयमा गर्ने भन्ने हुन्थ्यो । त्यसरी उहाँको भ्रमण तय भएको होइन । नेपालले ऐतिहासिक उपलब्धी हासिल गरेको छ जसको सरकार बने पनि अबको सरकारसँग सहकार्य गर्न तयार छौं त्यसकारण आउने भनेपछि कुन बेला आउने भन्ने कुरा उहाँहरुले विचार गर्ने हो । स्वतन्त्र सुझाव दिंदा भन्ने कुरा अलग हो । आउने समय बेठीक होइन तर प्रधानमन्त्रीको चुनाव भएपछि आएको भए हुन्थ्यो भन्ने धारणा आएको छ त्यो चाँही उहाँहरुले नै बुझ्नुपर्ने हो । उसो भए भारतीय विदेशमन्त्रीको यसपटकको भ्रमण नितान्त नयाँ सरकारसँग सहकार्य गर्नकै लागि केन्द्रित थियो त स्वभाविकरुपमा उहाँहरुमा संविधान निर्माणदेखि नै बुझाइमा फरक थियो । हामीले बनाएको संविधान हो कार्यान्वयन गर्नुपर्छ भनेर हामीले अडान राख्यौं । हाम्रो नितान्त निजी मामिला हो भन्ने राख्दै आयौं । त्यस मामिलामा नेपाल भारतबीच सहकार्य गर्ने कुरामा केही हुन्छ कि भन्ने थियो । तर चुनावपछि जसको नेतृत्व आयो ऊ सँग सहकार्य गर्नुपर्छ भन्ने हाम्रो दायित्व हो भन्ने उहाँहरुको बुझाइ रहेको देखिन्छ । त्यस हिसावले यसलाई अन्यथा लिनु हुँदैन । भारतले अहिले नेपालको नयाँ संविधानलाई स्वागत गरेको छैन । तर संविधान अन्तर्गत भएको चुनावबाट निर्वाचित बाम गठबन्धनलाई बधाई दिएपछि संविधान स्वीकार गरेको अर्थमा बुझ्न सकिन्छ हाम्रो संविधान जारी भएपछि संविधान अन्तर्गत राज्यका निकायहरुको निर्माण गर्नुपर्ने थियो । संविधान अन्तर्गत नै स्थानीय तह प्रदेश र संघीय निर्वाचन सम्पन्न भइसकेको छ । निर्वाचन सम्पन्न भएकोमा पनि भारतले बधाई भनेको छ निर्वाचित शक्तिलाई पनि बधाई र सहकार्य गर्ने भनिसकेपछि यस विषयमा धेरै बोलिनरहन आवश्यक छैन । कुटनीतिमा भनिन्छ एउटा गरिन्छ अर्को । भारतीय विदेश मन्त्री बाम गठबन्धनसँग सहकार्य गर्न आउनुभएको हो कि एमालेइतरको गठबन्धन बनाइदिन भन्ने शंका पनि उत्तिकै छ नि म चाँही शंका गर्ने ठाउँमा छैन । तर मान्छेहरुले प्रश्न उठाएका छन् । प्रश्न उठाएअनुसार भएछ भने त्यो दुर्भाग्यपूर्ण हो । सार्वभौमत्तासम्पन्न मुलुकका जनताले लोकतान्त्रिक विधिबाट अभिमतको सम्मान गर्नु राष्ट्रिय÷अन्तर्राष्ट्रियरुपमै स्थापित छ । नेपालबाट फर्केर गएपछि नेपाल–भारतबीचको सम्बन्धलाई नयाँ उचाईबाट लैजाने कुराहरु बक्तव्यमा उल्लेख गर्नुभएको छ । यदि त्यसो हो भने विगतमा भएका हाम्रा आशंकाहरुको अन्त्य भएको भन्ने बुझेका छौं । दुई सार्वभौमसत्तासम्पन्न मुलुकमा पारस्परिक हित पारस्परिक समानता र पारस्परिक सम्मानका आधारमा संयुक्त राष्ट्रसंघको बडापत्रका आधारमा अहस्तक्षेपको नीति लिनुपर्छ । यो कुरामै हाम्रो पनि र भारतको पनि भलो छ । जनताको अभिमत र आजका जनताको चेतनाका आधारमा उहाँहरु अगाडि बढ्नुहुन्छ भन्ने लाग्छ । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि चीनसँग बनाउनुभएको सम्बन्धबाट भारत शसंकित हुँदै सहकार्य गर्न हतारिएको त होइन सुष्मा स्वराज नेपाल आएपछि जस्तो बक्तव्य दिनुभएको छ अनि हामीसँगको भेटमा जे कुरा भन्नुभएको छ म अहिले आशंका गर्ने पक्षमा छैन । आशंका नहोस् जसले आशंका गरिरहेका छन् ती गलत ठहरिऊन् । कुन पार्टीले जित्यो भन्दा पनि लोकतान्त्रिक प्रक्रिया अपनाइयो कि अपनाइएन लोकतान्त्रिक विधिबाट भएको चुनावलाई स्वीकार्ने अन्तर्राष्ट्रिय मान्यता हो । भारतजस्तो मुलुकले अर्को छिमेकीलाई गलत ढंगले बुझ्छ भन्ने मलाई लाग्दैन । नेपाल भारत सम्बन्धमा आएका अप्ठ्याराहरु नेकपा एमालेका कारण भएको होइन । एमाले भारतसँग राम्रो सम्बन्ध राख्ने नीतिगत मान्यता हो । पार्टीको नीति नै दुवै छिमेकीसँग निकट र राम्रो सम्बन्ध बनाउन चाहन्छौं । भारतमात्र होइन अन्य राष्ट्रसँग पनि राम्रो सम्बन्ध बनाउनुपर्छ भन्ने मान्यता राख्न चाहन्छौं । हाम्रो मुलुक र हाम्रा जनताको हितलाई केन्द्रमा राखेर सम्बन्धहरु अगाडि बढाउन चाहन्छौं । सँगै मित्रराष्ट्रको पनि अहित होस् भन्ने चाहँदैनौं । इतिहासमा नेपाल भारतबीचको सम्बन्धमा फरक खालको अवस्था थियो । किनभने हामी कमजोर थियौं भारत पनि उपनिवेश अवस्थामा थियो । हामीसँग राज्यका निकायहरु थिएनन् हिजो हाम्रो विश्वविद्यालय नहुँदा पटना विश्वविद्यालयबाट सम्बन्धन थियो हाम्रो नोट नहुँदा भारतीय नोटहरु चलाउँथ्यौं निजामति संगठन नहुँदा सहयोग लिएका छौं । जसरी अरु विकाशील मुलुकले लिए त्यसरी नै लियौं । तर हिजोको सहयोगको तौरतरिकाहरु फरक छन् । अन्तर्राष्ट्रिय कानुनहरु फरक छन् । मुलुक आफैँ सबलिकरण हुँदै गएको छ । यस्तो अवस्थामा २१ औं शताब्दीमा नेपाल भारत सम्बन्ध कस्तो बनाउने भन्नेतिर ध्यान दिनुपर्छ । हामी दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन चाहन्छौं । दुई छिमेकीमात्र होइन अरु मित्रराष्ट्रबाट विगतमा पनि हामीले सहयोग पाउँदै आएका थियौं । अब हामीले सम्बन्धलाई अघि बढाउँदा हाम्रो मुलुकको भौगोलिक अवस्थालाई ख्याल गर्नुपर्छ । भौगोलिक अवस्थितिले दुई छिमेकीसँग सन्तुलित सम्बन्ध राख्नेबाहेक अर्को कुनै सुविधाजनक विकल्प नै छैन । दुई छिमेकीसँगै अरु मुलुकसँगको सम्बन्धलाई पनि सन्तुलित हिसावले अगाढि बढाउनुपर्छ । नेपाल भारत नेपाल चीन वा नेपाल र अरु मुलुकबीचको सम्बन्ध फरक फरक हो । नेपालले भारतसँग नजिक हुँदा चीन रिसाउनुपर्ने चीनसँग नजिक हुँदा भारत रिसाउनुपर्ने अरुसँग सम्बन्ध राम्रो बनाउँदा भारत र चीनले कान ठाडो पार्नुपर्ने अवस्था रहनु हुँदैन । त्यसलाई हामी राम्रो मान्दैनौं । हामीले ध्यान दिनुपर्ने कुरा यतिमात्रै छ कि हाम्रो मुलुकबाट अर्को कुनै मुलुकलाई अप्ठ्यारो पर्ने आधात पार्ने गतिविधिहरु हुन दिनु हुँदैन । ठीकै हो । समयक्रममा अद्यावधिक गर्नुपर्छ । तर पुनर्भाषित भनेको पुरै नयाँ होइन नयाँ उचाईबाट अगाडि लैजानुपर्छ । मुलुकका प्राथमिकताका आधारमा भारतसँग हामी के के कुरामा सहकार्य गर्न सक्छौं पूर्वाधारको हिसावमा कनेक्टिभीटी कसरी अगाडि बढाएर लैजान्छौं सडकका क्षेत्रमा रेलको क्षेत्रमा ट्रान्समिसनका क्षेत्रमा । समयक्रममा प्राथमिकताका आधारमा अद्यावधिक गर्दै जानुपर्छ । जस्तो तिब्बत केही वर्ष अगाडिसम्म दुर्गम थियो । तर आज त्यहाँ रेल सडक सञ्चार बजार उपलब्ध भएको छ । अब त्यो विकसित भएको तिब्बतसँग हाम्रा सम्बन्धहरु कसरी अगाडि बढाउने त्यसबाट हामीले लिन सक्ने फाइदाहरु के के छन् चीन र हाम्रा बीचमा के के विषयमा सहमति हुन सक्छ ती हामीले दुईपक्षीयरुपमा निर्धारण गर्ने कुरा हुन् । पारस्परिक हितका आधारमा अघि बढ्ने कुरा हुन् । धेरै फाइदा लिन सकिन्छ । भारतको विकासबाट के के फाइदा लिने भनेर ल्याटिन अमेरिका र अफ्रिकामा थिंक ट्यांकमा छलफल भइरहेको छ । तर हामी दुइटा छिमेकी मुलुकको बीचमा रहेर के के फाइदा लिने भन्ने बहस जति हुनुपथ्र्यो भएको छैन । दुईपक्षीय ब्यापार लगानी पर्यटन जलस्रोतका क्षेत्रमा लिने फाइदाको विषयमा बहस नै भएन । राजनीतिक संक्रमणले पनि त्यसो हुन दिएन । अबको सरकारको विशेष ध्यान विकास र समृद्धितिर छ । छिमेकीसँग कसरी फाइदा लिने भन्ने ध्यान नयाँ सरकारले दिन्छ । स्वभाविकरुपमा परराष्ट्र नीति पुनरावलोकन हुनुपर्छ । विगतमा पार्टीपिच्छे अलग अलग हुने अझ पार्टीमा पनि नेतापिच्छे अलग अलग हुने अवस्था रह्यो । हामीले मुलुकको साझा परराष्ट्र नीति बनाउन सकेका छैनौं । अब समय आएको छ मुलुकलाई केन्द्रमा राखेर परराष्ट्र नीति बनाउनुपर्छ । ईपीजीका ६ वटा बैठक सम्पन्न भएका छन् । हामीलाई नेपाल भारतबीचका समग्र पक्षको सन्धी सम्झौता र सहमतिको पुनरावलोकन गर्ने र २१ औं शताब्दीमा नेपाल भारत सम्बन्ध कस्तो हुनुपर्छ भनेर सिफारिस पनि गर्ने जिम्मेवारी दिइएको छ । आगामी असारसम्ममा हाम्रो दुई वर्षे कार्यकाल सकिँदैछ । त्योभन्दा अगाडि नै भारतका चार र नेपालका चार जनाबीच छलफल गरेर एउटै प्रतिवेदन बुझाउने तयारीमा छौं । हामीले नेपाल र भारतका सम्बन्धका दायराहरुबारे सघन छलफल गरेका छौं । कतिपय विषयमा टुंगोमा पुगको छौं कतिपयमा थप बहस आवश्यक भएको छ तथ्य तथ्यांंक जुटाउनुपर्ने भएको छ त्यही काम अहिले गरिरहेका छौं ।
आ व २०७५७६ को स्वीकृत वडा नं ३ को योजना तथा कार्यक्रम | कोशी गाउँपालिकागाउँ कार्यपालिकाको कार्यालय
दबंग ब्वाई’ सलमान खानले यस बर्षभरी अर्थात २०१७ मा अरु सबै बलिउडकर्मीको भन्दा बढी कमाइ गरेछन् । फोर्ब्सले हालै जारी गरेको सूचीले यसै भन्छ । बलिउड सेलिब्रेटीमा सलमान सबैभन्दा अगाडि रहेको फोब्र्सको सूचीले देखाएको छ । यसपटक उनले आफुलाई बलिउडको सुल्तान सावित गरे भारु २ सय ३२ करोड आर्जन गरेर । फोर्ब्सले टप १०० सेलिब्रेटीमा सलमानको नाम राखेको छ । सर्वाधिक कमाई गर्ने बलिउड सेलिब्रेटीको दोस्रो पंक्तिमा छन् शाहरुख खान । उनले भारु एक सय ७० करोड कमाएका छन् । शाहरुखलाई पच्छ्याएका छन् विराट कोहलीले । क्रिकेटर कोहलीले यस बर्ष सय करोड भारु आर्जन गरेका छन् । अब पालो आउँछ खिलाडी ब्वाईको । खिलाडी ब्वाई अक्षयको कुल कमाई भारु ९८ करोड छ । उनीपछि क्रमस सचिन तेन्दुलकर आमिर खान प्रियंका चोपडा महेन्द्र सिंह धोनी र हृतिक रोशन छन् । दशौं स्थानमा रणवीर सिंह अटाएका छन् । मिस्टर परफेक्शनिस्ट आमिर खान यस सूचीमा छैठों नम्बरमा छन् । सातौ नम्बरमा प्रियंका छिन् । आइत पुस ९ २०७४ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस
एचकेनेपाल डट कम संवाददाता – पोखरा १५ पौष। पोखराको १४ चाउथे प्रगति टोलमा बुधवार बिहान एकै घरका ४ जना मृत भेटिएका छन्। उनीहरुको निसास्सिएर मृत्यु भएको अनुमान गरिएको छ। तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम मृत्यु हुनेहरुमा घर धनि ३६ वर्षीया सिता राना ११ बर्षीय छोरा सिमान्त राना सिताकी […] जलबायुको प्रभाब पुसको जाडोमा पनि पोखराबाट मंगलबार बिहान देखिएको हिउँबिनाको माच्छापुच्छ्रे। तस्बिरः सुदर्शन रंजित / एचकेनेपाल डट कम अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसर पारेर आप्रवासी कामदार दिवस मूल समारोह समितिले वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका नेपाली कामदारहरुको सम्झनामा माइतिघर मण्डलामा दीप प्रज्वलन गर्दै। फोटो रासस पेट्रोल पाउने आशमा हप्तौदेखि पोखराको नयाँबजारस्थित पेट्रोलपम्पको लाईनमा राखिएका पुराना थन्किएका कारहरु। पोखरामा आज पेट्रोल बाँडिदै छ। तस्बिरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम पोखरामा तेस्रो लिङ्गीहरुको संस्था नौलो बिहानीले खेलेको देउसी भैलोमा नृत्य गर्दै तेस्रो लिङ्गी कलाकारहरु तस्बिरः सुदर्शन रंजित / एचकेनेपाल डट कम
फिके खोलामा आएको बाढीले बस्ती छेउको धनमाया महर्जन र पूर्णबहादुर माझीको घर आडमै भङ्गालो बनाएपछि बस्ती जोखिममा परेको हो। खोलाको पुछारमा थुप्रिएको माटो फाल्न लगिएको जेसिभी हिलोमा फसेकोमा निकाल्ने क्रममा तटबन्ध फोडिएपछि फिके खोलाको बाढी पसेको स्थानीय बाबुराम अधिकारीले जानकारी दिए। सम्बन्धित निकायसँग हार गुहार गर्दा उद्धारमा ढिलाई भएपछि स्थानीय वासिन्दा मिलेर शनिवार बोरामा माटो भरेर रेलिङ बार राखेर खोलाको धार छेक्ने प्रयास गरिए पनि राती ढुक्क भएर सुत्ने अवस्था नरहेको अधिकारीले बताए। लेखनाथ २७ कात्तिक । राईजिङ स्टार युथ क्लबले बौद्धिक अपाङगता भएका बालबालिका रेखदेख गर्दै आएको सुनैालो बिहानी कास्की नेपाललाई सहयोग गरेको छ । पोखरा ३० पावरहाउसमा रहेको सुनौलो बिहानीलार्ई क्लबको सक्रियतामा पोखराका युवराज गुरुङ र प्रीया गुरुङले आफ्नी छोरी सोहनाज गुरुङको नामबाट २० हजार… पोखरा २७ कात्तिक । एकाबिहान उज्यालो नखस्दै मानिसहरु सडक किनारमा आफ्नो झोला तथा परिचय खुल्ने कुनै बस्तु राखेर पंक्तिबद्ध हुन्छन् । मर्निङवाक निस्कनेहरु तथा बटुवाले सो दृश्य छक्क पर्दै एकटक हेर्छन् । र कौतुहलता मेटाउँदै बाटो लाग्छन् । पोखराको सभागृहचोकस्थित उरी पोखरा सेन्टर प्रालिको आकर्षणका कारण त्यस…
मिच्चेट १७ डिसेम्बर २०१७ ग्रेटर रशमोर नेपाली कम्युनिटीले रशमोर एरियामा पहिलोपटक आगोमा हिड्ने कार्यक्रम सम्पन्न गरेको छ। जीवनमा डरदेखि सदाको लागि मुक्त हुन सहयोगी सिद्ध मानिएको उक्त आगोमा हिड्ने कार्यक्रम ग्रेटर रशमोर नेपाली कम्युनिटीले आयोजना गरेको हो भने तमुधी यु के ले सपोर्ट गरेको थियो। संस्थाका सल्लाहाकार एवं मास्टर कृष्ण गुरुङको बिशेष भूमिका रहेको सो कार्यक्रमको लागि अर्का मास्टर लोटी read more अलडरशट २० नोबेम्बर २०१७ ग्रेटर रशमोर नेपाली कम्युनिटी र स्थानिय रशमोर ब्रो काउन्सिलका काउन्सिल क्याबिनेट लिडर र काउन्सिलरको साझेदारीमा अरु नेपाली लिडरहरुलाइ समेत सहभागी गराई बैठक सम्पन्न भएको छ। हरेक त्रैमासिक रुपमा गरिने उक्त बैठक यसपटक रशमोर फायर एण्ड रेस्क्यु सर्विसेजको बैठक कक्षमा सम्पन्न भएको छ। नेपाली समूदायुलाई बेलायति संस्कार चलन चल्ती नियम कानून उठ बस लगायत जिवन सम्बध्द हरेक read more अल्डरशट २९ अक्टुबर २०१७ ग्रेटर रशमोर नेपाली कम्युनिटीको त्रैमासिक बैठक सम्पन्न भएको छ। बैठकमा गत २२ जुलाई २०१७ मा नयाँ कार्यसमिति चयन भए पश्चात गरिएका समस्त प्रगति विवरण उपर महासचिब मान गुरुङ र अध्यक्ष जीव बेलबासेले प्रकाश पारे। बैठकले दिर्घकालिन र अल्पकालीन क्रियाकलापलाइ प्रभावकारी रुपमा सम्पन्न गर्न सहजताको लागि विभिन्न विधालाई समेट्ने गरि टास्क फोर्स गठन गरि संयोजक समेत तोकेको read more अल्डरशट ०८ अक्टुबर २०१७ ग्रेटर रशमूर नेपाली कम्युनिटीले बिगत वर्षहरुमा जस्तै यस वर्ष पनि रशमूर ब्रो काउन्सिल र बेल्याक वाटर भ्याली रनर्ससंगको साझेदारीमा १० किलोमिटर र २५०किलोमिटरको फन रन सम्पन्न गरेको छ। यस वर्ष १०के तर्फ १००० जना र फन रनतर्फ ३०० देखि ५०० जनाको सहभागिता गराउने लक्ष्य रहेकोमा १० के तर्फ समय भन्दा पहिले नै १००० जनाले बुक गरेकोले read more २३ सेप्टेम्बेर २०१७ यहाँ स्थित हवलि एरियामा नेपाली र स्थानिय समूदायको पहलमा स्थापित हवलि सामूदायिक करेसाबारी ( हवलि कम्युनिटी गार्डेन )को ग्रान्ड ओपनिङ्ग सम्पन्न भएको छ। रशमोर ब्रो काउन्सिलका उपमेयर स्टिभ ग्रेटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेलबासे र हवलि कम्युनिटी गार्डेनका अध्यक्ष वेटी होल्टद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको उक्त कार्यक्रममा नेपाली तथा स्थानिय समूदायको बराबरी उपस्थिति रहेको थियो भने read more अल्डरशट १६ सेप्टेम्बर २०१७ ग्रेटर रशमोर नेपाली कम्युनिटी लगायत रशमोर स्थित विभिन्न अरु कम्युनिटी सेन्ट ओमार ब्यारेक र रशमोर ब्रो काउन्सिलको साझेदारीमा रशमोर कम्युनिटी फूड फेस्टिबल अत्यन्तै सफलतापूर्बक सम्पन्न भएको छ। मुख्य गरि इंलिश नेपाली भारितीयफिजियन रुमानियन पोलिस र जिम्बाबियन खानाको प्रबन्ध गरिएको उक्त कार्यक्रमको फूड सेफ्टी र पकाउने काम कर्नल मेक ग्रेगरको प्रत्यक्ष निगरानीमा भएको थियो। अल्डरशट स्थित वेस्टन read more फान्ब्रो ३१ अगष्ट २०१७ ग्रेटर रशमूर नेपाली कम्युनिटीले नव मनोतित सल्लाहाकारहरुलाई रशमूर ब्रो काउन्सिलको च्याम्बरमा स्वागत तथा सम्मान गरेको छ। संस्थाका महासचिव मान गुरुङ्गद्वारा संचालित एवं अध्यक्ष जीव बेलबासेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बरिष्ठ उपाध्यक्ष राम धन राइले स्वागत मन्तव्य दिएका थिए भने निबर्तमान अध्यक्ष ओम थापाले उनको कार्यकालमा पुरा गरिएका लक्ष्य र बाँकी रहेका कामको बिषयमा प्रकाश पारेका थिए। यसै read more फान्ब्रो ग्रेटर रशमूर नेपाली कम्युनिटीले बिगत वर्षहरुमा जस्तै यस वर्ष पनि रशमूर ब्रो काउन्सिल बेल्याक वाटर भ्याली रनर्स र नया युवासंगको साझेदारीमा १० के रन लाई निरन्तरता दिने भएको छ भने यो वर्ष थप छोटो दुरीको ( दूइ किलोमिटर ) फन रनको समेत आयोजना गरिने छ। यस वर्ष १०के तर्फ १००० जना र फन रनतर्फ ३०० देखि ५०० जनाको सहभागिता read more फान्ब्रो १७ अगष्ट २०१७ ग्रेटर रशमोर नेपाली कम्युनिटी र स्थानिय रशमोर ब्रो काउन्सिलका काउन्सिल क्याबिनेट लिडर र काउन्सिलरको साझेदारीमा अरु नेपाली लिडरहरुलाइ समेत सहभागी गराई बैठक सम्पन्न भएको छ। हरेक त्रैमासिक रुपमा गरिने उक्त बैठक बिशेस गरि सामाजिक विसंगति सामाजिक अप्ठेरा जीवनका दैनिक गतिविधिमा बाधक बिषय नेपाली र स्थानिय समूदाय बिचको दुरी कम गर्ने कुरामा बाधक बिषय अस्पताल तथा हेल्थसेन्टरमा read more आदरणीय समस्त रशमोर बासि अग्रजज्युहरु सल्लाहाकारज्युहरु कार्यसमितिका साथीहरु एवं सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनिज्युहरु बिगतमा गएको भुइचालोको कहरबाट पूर्ण रुपमा उभर्न नपाउदै पुन हाम्रो मातृभुमी नेपालका विभिन्न भागमा निरन्तरको अतिवृष्टिसंगै तराईमा बाढी र पहाडमा पहिरो जाँदा जनधनको ठूलो क्षति हुन पुगेको कुरा हजुरहरु सबैलाई बिभिन्न माध्यमबाट अबगत भएकै छ। हाल सम्म करिब १४० जना नेपालीले ज्यान गुमाई सक्नु भएको 2 दर्जन read more फान्ब्रो १३ अगष्ट २०१७ नेपालीहरुको साझा संस्था ग्रेटर रशमोर नेपाली कम्युनिटी सातौँ कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ। संस्थाका अध्यक्ष जीव बेल्बासेको अध्यक्षतामा सम्पन्न उक्त बैठकले विभिन्न महत्वपुर्ण प्रश्ताव उपर छलफल गर्दै निर्णय समेत गरेको छ। नेपाली समूदाय र स्थानिय समूदायबीच आपसी सदभाव अभिवृद्धि गर्नको लागि आगामी ०८ अक्टुवर मा गरिने १० किलोमिटर रन र २ किलोमिटर फन रन लागुऔसध read more फान्ब्रो ग्रेटर रशमूर नेपाली कम्युनिटीले बिगत वर्षहरुमा जस्तै यस वर्ष पनि रशमूर ब्रो काउन्सिल बेल्याक वाटर भ्याली रनर्स र नया युवासंगको साझेदारीमा १० के रन लाई निरन्तरता दिने भएको छ भने यो वर्ष थप छोटो दुरीको फन रनको समेत आयोजना गरिने छ। यस वर्ष १०के तर्फ १००० जना र फन रनतर्फ ३०० देखि ५०० जनाको सहभागिता गराउने लक्ष्य रहेको छ। read more बेलायत बसोबासको दृष्टीकोणले सबैभन्दा घनाबस्ती भयको ठाउ अल्डरसटमा नेपाली कम्युनिटीको अध्यक्षमा जीव नारायण बेलाबासे निर्बिरोध निर्वाचीत भयकाछन् । आज भयको बार्षिक साधारण सभापछी भयको निर्वाचनबाट अध्यक्ष बेलवासे र उनको टीम सबै निर्बिरोध निर्वाचीत भएको हो। मुख्य अतिथी एनआरएन युकेका अध्यक्ष मुक्षेत्र गुरुड् रहेको सो बार्षिक साधारण सभाको सभापतित्व ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष ओम थापामगरले गर्नु भयको थियो । जेष्ठ read more फान्ब्रो ०६ जुलाई २०१७ ग्रेटर रशमोर नेपाली कम्युनिटी र स्थानिय रशमोर ब्रो काउन्सिलको संयुक्त पहलमा स्थानिय नेपाली नेतृत्व बर्गलाई हाउजिङ्ग सम्बन्धि बिषयमा अनुशिक्षण तालिम दिइएको छ। बिगत बर्षदेखि नेपाली समूदायुलाई बेलायति संस्कार चलन चल्ती नियम कानून उठ बस लगायत जिवन सम्बध्द हरेक बिषयमा जानकारी गराउने एवं नेपाली र स्थानिय समूदाय बीचमा आपसी सकारात्मक पारास्पारिकताको विकास गर्ने उदेश्यकासाथ हरेक तीन महिनामा read more लन्डन । ब्रिगेड अफ गोर्खाजभित्र लोकप्रिय फुटबल प्रतियोगिता नेपाल कप ०१७’ यसवर्ष ८ जुलाइ शनिबारका दिन हुने भएको छ । सन् १९४९ देखि निरन्तर हुन थालेको उक्त प्रतियोगिता क्वीन्स एभिन्यू अल्डरसटमा हुन लागेको हो । नेपाल कपमा दश पल्टनका सर्भिङ गोर्खाहरुबीच प्रतिष्पर्धा हुने संयोजक क्याप्टेन ललित गुरुङ (एमभिओ) ले जानकारी दिए । त्यसै दिन भेट्रानहरुबीचको काठमाण्डौं कप पनि हुने छ read more लण्डन । ग्रेटर रश्मोर नेपाली कम्युनिटीको कार्यसमिति बैठकले आगामी जुलाई २२ मा साधारणसभा गर्ने निर्णय गरेको छ। साधारणसभाबाट नयाँ कार्यसमिति समेत चयन हुने हुदाँ निर्वाचन सम्पन्न गर्नको लागि एकेन्द्र गुरुङको अध्यक्षतामा सह अध्यक्ष मेजर कुल थापा सचिव रोहित गुरुङ सदस्य पदम राई र रत्न राई रहने गरि निर्वाचन कमिटी समेत तोकिएको छ। उक्त साधारणसभामा सभागी भइ कार्यक्रमलाई भव्य रुपमा सम्पन्न read more आल्डरशट १0 जुन २०१७ बेलायतकी महारानी एलिजाबेथ द्वीतियको जन्म दिन (भिक्टोरिया डे) मनाउने काम भब्य रुपमा सम्पन्न भएको छ। यो वर्ष पनि ग्रेटर रशमॊर नेपाली कम्युनिटीको सक्रिय पहलमा स्थानिय काउन्सिल एवं ब्रिटिश समुदायसंग प्रत्यक्ष रुपमा साझेदारी सहित सहकार्य गरि प्रथम नौमती बाजा लगायत प्राय सबैजसो नेपाली सम्बद्ध संघ संस्थाको सहभागितामा भिक्टोरिया डे मनाइएको कुरा संस्थाका अध्यक्ष ओम थापाले बताए। कार्यक्रममा read more फान्ब्रो १९ मे २०१७ यहाँ स्थित स्थानिय युवाहरुको संस्था नयायुवाको भर्खरै निर्बाचित कार्यसमितिलाई ग्रेटर रशमोर नेपाली कम्युनिटीले एक कार्यक्रमका बीच खादा ओढाई स्वागत सम्मान एवं बधाई ज्ञापन गरेको छ। कार्यक्रममा ग्रेटर रशमोर नेपाली कम्युनिटीका तर्फबाट अध्यक्ष ओम थापा बरिष्ठ उपाध्यक्ष जीव बेलबासे र काउन्सिल समन्वयकर्ता नेम थापाले पूर्व अध्यक्ष निलम राई नब निर्बाचित अध्यक्ष सतिश थापा उपाध्यक्ष शेरा लिम्बु महासचिब read more आऊ १० जुन २०१७ दिन अल्डरसट जाऊ सबै रशमोर बासी नेपालीहरू अन्य कम्युनिती संग एकै ठाउ रमाउ आदर्णिय रशमोर बासी नेपाली बुवा आमा साथै दाजु भाई दिदी बैनी नवयुवा भान्जा भान्जी हरू लाई सक्दो समय मिलाएर यस हाम्रो नेपाली हरूको साझा सस्था ग्रेटर रशमोर नेपाली कम्युनीती सहयोग गर्नु को लागी साथै हाम्रो यस ईलाका मा रशमोर बरो काउन्सेल ले read more आल्डरशट ग्रेटर रशमॊर नेपाली कम्युनिटीले यहि आगामी १0 जुन २०१७ बेलायतकी महारानी एलिजाबेथ द्वीतियको जन्म दिन (भिक्टोरिया डे) मनाउने काम भब्य रुपमा सम्पन्न गर्ने भएको छ। यस वर्ष ग्रेटर रशमॊर नेपाली कम्युनिटीको सक्रिय पहलमा स्थानिय काउन्सिल एवं ब्रिटिश समुदायसंग प्रत्यक्ष रुपमा साझेदारी सहित सहकार्य गरि प्रथम नौमती बाजा लगायत प्राय सबैजसो नेपाली सम्बद्ध संघ संस्थाको सहभागितामा भिक्टोरिया डे मनाइने कुरा संस्थाका अध्यक्ष ओम read more
लण्डन । नेपालीहरुको सर्वाधिक बसोबास रहेको बेलायतको रसमुर क्षेत्रमा नेपाली नयाँ वर्ष २०७४ मनाइएको छ । बेलायतका लागि नेपाली राजदुत डा दुर्गाबहादुर सुवेदी प्रमुख अतिथि रहेको सो कार्यक्रममा स्थानीय रसमुरका मेयर ज्याकी भास्पर र आयोजक ग्रेटर रसमुर नेपाली समाजका अध्यक्ष ओमप्रसाद थापाले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै राजदुत क्षेत्रीले आफूले काम गरेका विभिन्न देशहरुमध्ये बेलायतमा नेपालीहरुले नेपाली परम्परा read more
پريشان نه ٿيو، ivan ivanovolov، of one of the most experienced experts सेल्टल्ट ، यस लेखमा कम्प्यूटर भाइरस संक्रमण से बचने व्यावहारिक तरिकाहरू tongkat forte 60 انهن ۾ شامل آهن
फान्ब्रो १९ मे २०१७ यहाँ स्थित स्थानिय युवाहरुको संस्था नयायुवाको भर्खरै निर्बाचित कार्यसमितिलाई ग्रेटर रशमोर नेपाली कम्युनिटीले एक कार्यक्रमका बीच खादा ओढाई स्वागत सम्मान एवं बधाई ज्ञापन गरेको छ। संस्थापक अध्यक्ष शिला लिम्बुद्वारा संचालित उक्त कार्यक्रममा युवाहरुको समाज प्रतिको सशक्त योगदानको सराहाना गर्दै बिगत बर्षहरुमा जस्तै आगामी दिनहरुमा पनि आपशी सहकार्य गर्दै अघि बढने कुरामा अठोट ब्यक्त गरिएको थियो।
काठमाडौं भदौ १ गतेदेखि कार्यान्वयनमा आउने मुलुकी ऐनमा कुनै व्यक्तिको अनुमतिविना तस्वीर खिच्नेलाई १ वर्ष सम्म कैद हुने व्यवस्था गरिएको छ । साथै अनुमतिविना कुनै व्यक्तिको तस्वीर अर्को व्यक्तिको भागसँग राखी वा अन्य कुनै किसिमको विकृत रुपको तस्वीर बनाएमा वा प्रकाशन गरेमा दुई वर्ष कैद सजायको व्यवस्था गरिएको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।मुलुकी ऐनमा गोपनीयताविरुद्धको कसुरमा अनुमतिविना कुनै पनि व्यक्तिको तस्वीर खिच्न नपाइने व्यवस्था गरिएको छ । अनुमतिविना कुनै व्यक्तिको तस्वी
भारतीय पर्यटकलाई निम्तो बाँड्न पर्यटन व्यवसायी एवं सञ्चारकर्मीको टोली भारत प्रस्थान गरेको छ। पश्चिमाञ्चल होटल संघको आयोजना एवं नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको प्रवद्र्धनमा भारतीय पर्यटकलाई निम्तो बाँड्न टोली भारत गएको हो। यस समयमा भारतका पटना बनारस लखनउलगायतका क्षेत्रमा अत्यधिक गर्मी हुने भएकाले भारतीय पर्यटकलाई अहिले पोखरा घुम्न उपयुक्त समय छ भन्ने सन्देश दिने मुख्य उद्देश्य रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकाल तुलाचनले जानकारी दिनुभयो। पोखरा आउने भारतीय पर्यटक हिमाली दृष्यावलोकनका लागि लोभिने गरेको बताउँदै नेपाल पर्यटक बोर्ड प्रदेश कार्यालयका प्रमुख सूर्य थपलियाले पोखरा हुँदै धेरै भारतीय पर्यटक प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ पुग्ने गरेको बताउनुभयो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालै भएको मुक्तिनाथ दर्शन भ्रमणसँगै यस क्षेत्रमा भारतीय पर्यटकको चाप बढेको पर्यटन व्यवसायी बताउँछन्। 'चलिये पोखरा' कार्यक्रमले पोखराको पर्यटनमा सकारात्मक प्रभाव पारेको बताउने पश्चिमाञ्चल होटल संघका निवर्तमान अध्यक्ष भरतराज पराजुली गर्मीको समयमा मात्र नभएर बाह्रै महिना भारतीय पर्यटक आउन भन्ने सोचका साथ कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभयो। हालै पोखराको पर्यटकको अवस्थालाई दृष्टिगत गर्दा कूल विदेशी पर्यटकमध्ये ६० प्रतिशत भारतीय रहेको उहाँले जानकारी दिनुभयो।
खैर गुगल सिर्फ आफ्नो अनुवाद ब्लग मा घोषणा कि उनि लाओ समर्थन गर्नेछ लाओस कामकाजको भाषा त्यसैले हामी आवश्यक कोड जोडी र यो भाषा समर्थन संग एक त्वरित जारी गर्नुभएको थियो पनि समर्थन छ जो एक घन्टा अनुबाद संस्करण केही दिन को लागि बाहिर नै छ तर यस पोस्ट live हो रही संग वास्तविक समस्या एक तस्वीर बृद्धि भएको थियो हामी यो सबै भन्दा उपयुक्त चित्र हो निश्चित छैन तर कम से कम यो गाया यो तीन वर्ष भएको छ (र तीन दिन र तीस तीन घन्टा) transposh प्लगइन को पहिलो संस्करण wordpressorg प्लगइन भण्डार मा प्रसारित भइरहेको छ यो पहिलो छलांग वर्ष गरिएको छ (29औं फेब्रुअरी) र transposh लागि एक वास्तविक छलांग वर्ष प्लगइन मा भण्डार बाट डाउनलोड गरिएको छ 50000 पटक यो वर्ष र सुविधाहरु र समर्थित भाषाहरु कुल सङ्ख्या एक स्थिर वृद्धि गरेको छ अनि आज ह्मोङ daw को वाहेक संग हामी को कुल संख्या समर्थन गर्न पहिलो प्लगइन हो 66 भाषा यो एक धेरै दिलचस्प थियो (जस्तै एक रोचक जीवन छ) स्वचालित अनुवाद उद्योग र plugins लागि वर्ष गुगल लगभग आफ्नो api समर्थन हटाइएको छ जहाँ (मात्र तलब मोडेल स्विच गर्न) बिंग नयाँ सीमा लगाएको समय transposh सफलतापूर्वक ती परिवर्तनहरू राख्यो छ अन्य प्लगइन बाँच्न थिएन जबकि भविष्यमा transposh लागि आयोजित के हामी बिस्तारै केही नयाँ सामान उबलते छ वेबसाइट अनुवाद सुधार गर्न हाम्रो दृष्टि मा काम थोक तयार हुनेछ जब – तिनीहरू बाहिर हुनेछ यसैबीच आफ्नो समर्थन जारी हाम्रो लागि महत्वपूर्ण छ कृपया कहिलेकाहीं एक सरल इमेल आफ्नो प्लगइन ठूलो छ हामीलाई जारी गर्न drives त्यसैले हामी राम्रो तरिकाले गर्दै छन् विश्वास भने हामीलाई एक पंक्ति ड्रप तपाईं हामी कुराहरू सुधार गर्नु पर्छ भने हामीलाई एक नोट ड्रप र तपाईं हामी suck भन्ने लाग्छ भने we fail to understand why you have read this message up to this point 😉 गर्मी पछि एक दिन आधिकारिक उत्तरी गोलार्द्ध मा शुरू भएको छ हामी संस्करण प्रस्तुत गर्न गर्व छ 075 हाम्रो प्लगइनको यो संस्करण समर्थित गुगल अनुवाद गरेर आज घोषणा गरियो कि नयाँ भाषा लागि समर्थन भन्छन् – बङ्गाली गुजराती कन्नड तमिल र तेलुगु आफ्नो ब्लग को लागि ती भाषा थप्न हतार अघि ती भाषा सही काम गर्न एक ajax प्रोक्सी प्रयोग भनेर सम्झाउन गर्नुहोस् जो तिनीहरूले नयाँ अनुवाद स्ट्रिङ संग पहिलो भेट मा आफ्नो सर्भर मा एक लोड सिर्जना मतलब (गुगलबाट अनुवाद ल्याउन यो मजबूर) त्यसैले छनोट तपाईंकै हो तर तपाईं सूचीत गरिएको छ… यसबाहेक थप यो संस्करण transposh पूर्वनिर्धारित भाषा संग पूर्वनिर्धारित लोक्याल अधिरोहण गर्न होइन विकल्प भन्छन् यो व्यवहार (मा नयाँ 074) mu प्रयोगकर्ताहरू आफ्नो भाषा मा व्यवस्थापक पृष्ठ राख्न तर अर्कोतर्फ आफ्नो पूर्वनिर्धारित भन्दा फरक भाषा मा साइट व्यवस्थापन गर्न चाहन्थे कि प्रयोगकर्ताहरु नाराज त्यसैले अब यो कन्फिगर गर्न योग्य छ हामी पनि अनुवाद ui सुधार भएको छ अर्को र पछिल्लो बटन अब गरेको परिवर्तनहरू बचत र संवाद यी बटन क्लिक मा पुन केन्द्रित हुनु छैन transposh को अर्को प्रमुख संस्करण जारी यहाँ छ र अवसर मनाउन हामी छोटो भिडियो बनाएको छ (बारेमा 11 मिनेट) नयाँ संस्करण मा उपलब्ध नयाँ सुविधाहरू परिचय तपाईं भिडियो हेर्न स्वागत भन्दा बढी छन् र अनुवाद प्लगइन अद्यावधिक फिल्म अर्को अकादमी पुरस्कार पुरस्कार यो मनोनीत तपाईं नयाँ संस्करण मा सूचना हुनेछ पहिलो कुरा प्रयोगकर्ता इन्टरफेस प्रमुख अपडेट हो हामी यस्तो पछिल्लो / अघिल्लो बटन रूपमा इन्टरफेस अत्यधिक अनुरोध विशेषताहरु को एक जोडी जोडी छन् अनुवाद गर्दै छन् कि स्वचालित अनुवाद अनुमोदन र पा वाक्यांश यो पहिले देखि नै स्वयं भने भाषा अनुवाद थियो भने हामी जोडी अर्को रोचक पक्ष विभिन्न भाषामा मूल वाक्यांश देख्न अनुवादकको लागि क्षमता छ यति अड्कल काट्ने तपाईं अंग्रेजी अनुवाद जो एक हिब्रू ब्लग छ अनुवादकको अर्को भाषामा अंग्रेजी देखि आफ्नो साइट अनुवाद गर्न सके हुन सक्छ उहाँलाई सजिलो हुन सक्छ जो म धन्यवाद दिन चाहन्छौं hanan सुरुमा यो सुविधा मागेर लागि यो इतिहास संवाद देखि अनुवाद हटाउन अब पनि सम्भव छ अनुवाद गुणस्तरमा सख्त नियन्त्रण काम गर्ने दिशा मा एक कदम जो छ इन्टरफेस पनि sleeker छ nicer ui पनि अनुवाद गर्न र themable छ कि तपाईं विजेट सेटिङ मा विषय सेट गर्न सक्नुहुन्छ र एक राम्रो ठाँउ यो दिखेगा कसरी एक पकड छ प्राप्त गर्न themeroller तपाईं यसको लागि क्रेडिट आफ्नो भाषा गर्न इन्टरफेस अनुवाद र रही हामीलाई मद्दत गर्न चाहनुहुन्छ भने माथि हामीलाई विकल्प सम्पर्क प्रयोग गरेर हामीलाई थाहा दिनु कृपया यो संशोधन माथि टपिंग http देखि कोड प्रयोग भर्चुअल किबोर्ड समर्थन छ//wwwgreywyverncom/code/javascript/keyboard जो अझै पनि ie मा भङ्ग छ तर अन्य ब्राउजरहरूमा मा काम गर्नेछन् हतियार दौड प्रगति अझै पनि छ र transposh पहिलो प्लगइन छ (हामी को थाह) समर्थन गर्न (साँच्चै समर्थन काम समर्थन) लागि 60 प्रयोग एस्पेरान्तो समर्थन जोडेर भाषा apertium इन्जिन अब लागि यो मात्र अंग्रेजी र स्पेनी ब्लग लागि काम गर्दछ तर मांग मा अधिक भाषा थप्न हुनेछ धेरै बढी समावेश छन् तय डेटाबेस अद्यावधिक लामो मेटा चाबी अनुवाद पछि खोजे र बढी – मा अन्तिम ~ 15 टिकट हाम्रो trac पछिल्लो तर कम से कम – यस रिलीज मा अनुवादकहरूको लागि क्रेडिट जाने अमिर हिब्रू र आफ्नो अनुवाद लागि ignacio स्पेनी अनुवाद लागि धन्यवाद मान्छे मत्ती हो तिमी अन्त सट्टा वरिपरि hacking को मंच संग एकीकृत गर्दै म तँलाई अन्त समय लिएर आफ्नो प्लगइन इन्टरफेस र प्रशासन पृष्ठ अनुवाद योग्य बनाउनुभएको वास्तवमा रुचि र तपाईं कि राम्रो हो किनभने तपाईं एक निःशुल्क ब्लग प्राप्त मत्ती चलो म सधैं भन्दै छु कि लागि एक प्लगइन त्यहाँ छ तपाईं आफै अनुवाद र अलिकता फिक्स योगदान हुँदा तपाईं शायद जान्दछन् गर्नुपर्छ मत्ती धन्यवाद अर्को समय प्रमुख पक्ष मा मलाई साक्षात्कार गर्नुहोस् म wordpress मा हरेक साना प्लगइन रिहाई को लागि नक्कली साक्षात्कार गर्न थियो म वास्तवमा wordpress सुधार र wordcamps आउन समय छ बढ्नुपर्छ खैर धन्यवाद मत्ती हामीलाई शामिल लागि पनि यो संस्करण आर्किटेक्चर केही सुविधाहरु लाई जोडा ल्याटिन अनुवाद छ (google अनुवाद सहयोग) बिंग आर्किटेक्चर तीन नयाँ भाषामा अनुवाद यो समस्या हुन्छ जहाँ गेटटेक्स्ट समायोजन निष्क्रिय गर्ने क्षमता अन्य केही सुधार संग
हुम्ला १२ मंसिर । तारा एयरको 9nabm कलसाइन रहेको ट्वीनेटर विमान हुम्लाको सिमिकोटमा दुर्घटना भएको छ । विमानमा निर्वाचनमा खटिएका प्रहरी सवार थिए । मंगलबार बिहान सुर्खेतका लागि उडान भर्ने क्रममा अगाडिको टायर पञ्चर भएपछि विमान दुर्घटना भएको हो । विमान नजिकैको खेतमा खसेको छ । विमानको अगाडिको भागमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार दुर्घटनामा पाइलटसहित पाँचजना घाइते भएका छन् । घाइतेहरूमा पाइलटद्वय बसन्त लामा र अनुप गुरूङ रहेका छन् । अन्य तीन जना चुनाव सकेर फर्किदै गरेका प्रहरी रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए । घाइतेहरूको हुम्लाकै सिमकोटमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी बास्कोटाले जानकारी दिए । अस्पतालका अनुसार घाइतेहरूको अवस्था सामान्य भएको प्रजिअ बास्कोटाले बताए ।
 विभिन्न मुलुक बहुपक्षीय व्यापार प्रणाली र नियमको संरक्षणमा उभिन राष्ट्रसंघका लागि चिनियाँ प्रतिनिधिको धारणा_chinacom विभिन्न मुलुक बहुपक्षीय व्यापार प्रणाली र नियमको संरक्षणमा उभिन राष्ट्रसंघका लागि चिनियाँ प्रतिनिधिको धारणा संयुक्त राष्ट्रसंघका लागि चिनियाँ स्थायी प्रतिनिधि मा छाउ स्युले दश तारिख न्यूयोर्कमा सन् 2018 संयुक्त राष्ट्रसंघ दिगो विकास उच्चस्तर राजनैतिक मञ्च अन्तर्गत एउटा सम्मेलनमा विभिन्न मुलुकद्वारा बहुपक्षीय व्यापार प्रणाली र नियमलाई सुरक्षा गर्नुपर्ने बताउनुभएको छ। दश तारिख चिनियाँ नागरिक संगठन अन्तर्राष्ट्रिय आदानप्रदान प्रवर्द्धन सम्मेलन र अमेरिकी मेर्सि ग्रुपको संयोजनमा दिगो विकासको उद्देष्य साकार तुल्याउन विश्व साझेदारी सम्बन्धमा चीनको भूमिका विषयक गोष्ठी न्यूयोर्कमा संयुक्त रुपमा आयोजित भएको थियो। प्रतिनिधि माले सम्मेलनमा सम्बोधन गर्दै यस्तो धारणा राख्नुभएको हो। उहाँले विश्व आर्थिक पुनरुत्थान धेरै कठिनाइबाट पार भैरहेको र व्यापार तथा लगानीको वृद्धि शक्ति कमजोर भएको जनाउनुभयो। उहाँले अमेरिकाले इतिहासमा सबैभन्दा ठूलो व्यापार युद्ध थालेको भन्दै सो बाट विश्व व्यापार संगठनको नियम उल्लंघन हुनुका साथै विश्व व्यापार नियम ध्वस्त गरी विश्व आर्थिक पुनरुत्थानमा अवरोध ल्याउने चेतावनी दिनुभयो। उहाँले चीन विश्वको सबैभन्दा ठूलो विकासोन्मुख मुलुक भएको बताउँदै विकास नै चीनको पहिलो लक्ष हो भन्नुभयो। उहाँले चीनले एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहयोगलाई ठूलो शक्तिका रूपमा बढाउने र सम्बन्धित मुलुकबीचको दिगो विकासलाई अघि बढाउने जानकारी दिनुभयो। सम्मेलनमा सहभागी प्रतिनिधिहरुले दिगो विकास बढाउने स्वतन्त्रता व्यापार र बहुपक्षीय प्रणाली सुरक्षा गर्ने विषयमा चीनको महत्वपूर्ण भूमिकाको उच्च मूल्यांकन गरेका छन्।
चिसो मौसम शुरु भयो कि ब्लग लेख्न शुरु गरेको याद आउंछ । नजानिकनै जे आयो त्यहि र जे पायो त्यहि लेखेरै शुरु गरेको दुई बर्ष भएछ । परदेशमा कामकै चटारो । नगरी केही फेरि लाग्दैन मुखमा माड । आफ्नै देशमा भए त केही अर्थ लाग्थ्यो होला । परदेशमा जिन्दगी सोचे जस्तो पटक्कै हुंदोरहेनछ । न खान भ्याइन्छ न सुत्न पाईन्छ । दांत माझ्न र नुहाउन त जसरी पनि पर्‍यो । अरु कुराका कुनै ठेगान छैनन । राजदुत होउन् वा परदेशी कम्पनिका अफिसर । पत्रकार होउन वा लेखक सबैको हालत यस्तै छ । बिद्धार्थी र घण्टामा काम गर्ने हामीहरु जस्ताको हबिगत त जापनी सरकारले फोहोर उठाउन गोरखालाई दिएको र दुई महिनामै बिग्रिएर झाडिमा थन्किएको 'डम्फर' जस्तो छ । जिन्दगी नै ब्लग हालतै ब्लग परिबेश र वरपरका सारा चिजहरु पनि ब्लग भा'का छन् आजकाल । बाटामा हिंड्दा यसो सम्झियो केहि लेखुंला भरे भन्यो समयै मिल्दैन । निद्राले मरिसक्छ ज्यान । सम्झेका र कल्पेका सारा 'शिर्शक'हरु भुलिन्छन । फेरि रगत बगेको ब्लग भन्दा पसिना बगाउने 'त्यो फेसबूक्' भन्ने जन्तुले पनि सबै बिगार्यो । ब्लग लेख्न समय लाग्ने बरु फेसबूक खोल्यो नानाभाती हेर्यो झपक्क निद्रा लागिसकेको हुन्छ त्यतै पल्टियो । पल्टिन भ्याको छैन बिहानी हुन्छ । भाले त यतातिर बास्दारहेनछन । भाले गाडीहरु कराउन थाल्छन् बलजफ्ती उठ्यो शुरु भो दैनिकी । फर्क्यो फेरि फेसबूक । यताबाट एउटाले हेल्लो भन्छ आर्कोले हाइ भन्छ । आफ्नो हाइ मरिसकेको हुन्छ सकिनसकी पल्टियो पारा उही । र पनि एकचोटि नखोली सन्तोकै लाग्दैन । अनि कहीले लेख्ने ब्लग के राख्ने लेखेर बर्बादै भाको छ । पहिला खुबै जांगर लाग्थ्यो लेख्नलाई । ज्यान गलेर आजकाल त लेख्न मात्रै होईन देख्न पनि जागर मरिसक्यो । यसो भनिरह्यो भने त एउटा बिरामी निद्रामा बरबराएको जस्तो ठहरिएला । तर सांचो के रहेछ भने ओखती पसलमा पराय सबै रोग निदानका ओखती भए पो बिरामीले किन्छन । बिरामीले ओखती किने पो पसलेले अरु धेरै सिटामोलहरु राख्छन । यस्तै रहेछ ब्लगमा पनि । हप्तै पिच्छे या नसके पाक्षिक तबरले सिटामोलहरु राख्न सके पो लेख्ने जांगर चल्छ र नयाँ सिटामोलरुपी शिर्शकहरुले पालो पाउंछन । सडेका सिटामोलले दोकान कुरेर बसेर यसै बित्यो ब्लगको यो दुई बर्ष । पसिना पुछ्दै उक्लनु पर्छ भन्ज्याङ । उकालो बाटो सजिलो त कहां हुन्छ र जिम्मेवारी र कर्तब्यपछी बचेका समयमा जे जति टांसोहरु टांसे त्यसप्रति खुशी नै लाग्छ । समय ब्यबस्थित गर्नै गार्हो हुन्छ । एउटा मुला संबिधान दिन त भत्तावाले ६०१ सभासदहरुले सकेका छैनन् भने म मामुलीले पनि मेरो यो ब्लगे संसदलाई समय दिनै सकेको छैन । चिसो कुलरमा पसेर रेड बुल भत्ता पीई बचेँको शक्तिले धेरै लेख्न सकिदोंरहेनछ । नसके पनि एउटा उकालो पार गरेर दोस्रो बर्शे ओराली झर्दै छु पल्लो डांडांको भञ्ज्याङ पुग्नलाई । ब्लागिङ उपन्यास जस्तो एउटै पुस्तक पनि भएन । भरिएको संगितको सि डि पनि भएन । धोका सपना रहर र पिडालाई अटाउने उकालीको सिढी रहेछ बरु ब्लग । दुई बर्ष पहिले ब्लग नहुंदा जसरी मडारिन्थ्यो यो मन । अहिले २ बर्षको यो हुंदा जन्मेर बिरामी भएर पनि मुश्किलले बांचेको छोरोको जस्तै माया लाग्छ भित्रैबाट । यो अबधिमा सबैभन्दा धेरै पढिएको 'एउटा बिरामीको बिछोड प्रेम कथा' सम्झदां लाग्छ म पनि कति भाग्यमानी । त्यो पिडा मैले ब्लगमा डिपोजिट गर्न पाएं । मन लागेको बेलामा ए टी एमले निकाल्छु सम्झनाको नगद गन्छु पिडाको नोट पढ्छु आंशुले खर्च चलाउंछु म म ब्लगबाट पिडा झिकेर । भावना र कल्पना संगाल्ने तर आवाज नआउने सि डि चाँही भएको छ मलाई ब्लग । लखतरान जिन्दगीलाई छहारी दिने चौतारी भएको छ मलाई ब्लग । ओरालिमा टेक्ने लौरी र उकालिमा 'तिर्खाएको भरियालाई महि' भएको छ मलाइ ब्लग र उत्सब अनि उमंगमा अक्षताको दही भएको छ मलाइ ब्लग । बैंकमा पैसा नभएपनि खाता भए जस्तो । मौसम सफा रहे पनि साथमा छाता भए जस्तो । एक हल गोरु नभएपनि अग्राखको हलो भए जस्तो भएको छ मलाइ ब्लग । नराखे पनि नभए पनि छ न त छ । हावाहुरी बर्शात्असिना र उकालीओराली हुंदै दुई बर्शे यो चौतारिमा सुस्केरा सुस्काउन पाउनु पनि काम भाग्यमानी र आनन्ददायक कुरो होईन । यस अवसरमा मलाइ सहयोग गर्नुहुने सम्पुर्ण मित्रजन टाढा टाढाबाट पनि हौसला प्रदान गराउनुहुने महानुभाब र सधैं उन्नति र प्रगति मात्रै रुचाउनुहुने शुभेच्छुकहरुमा हार्दिक आभार ब्यक्त गर्न चाह्न्छु । बिगतमा दौंतरीले गरेका ब्लगिङ भेलाहरु र अग्रज ब्लगर दाजुहरु र मित्रहरुको प्रयाशमा निकट भबिश्यमा आफ्नै मुलुकमा गरिन लागिएको 'ब्लगर भेला'को लागि मेरो पनि सात समुद्र पारीको यो परदेशबाट मंगलमय शुभकामना । तपाईं हाम्रो दैलोमा आएकी लक्ष्मीको पर्व शुभ दिपावलिको पुनित उपलक्ष्यमा यहाँहरुको उन्नति र खुशीको मंगलमय कामना गर्दछु । ह्याप्पी ब्लगिङ महान चाड बिजया दशमीको सुखद उपलक्ष्यमा नेपाल र परदेशमा रहनुभएका सम्पुर्ण दिदीबहिनि दाजुभाइ बुवाआमा लगायत मित्रजनहरुमा सुस्वास्थ्य र उन्नतिको हार्दिक मंगलमय शुभकामना
वाणिज्य कारोबार वातावरण व्यवसायको जिवन्त शक्ति र सिर्जनशील क्षमतासँग सम्बन्धित रहेको मात्र नभई अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक शक्तिको महत्वपूर्ण सूचकाङ्क पनि हो। चीनका विविध मन्त्रालयका पदाधिकारीहरूले नोभेम्बर 9 तारिख चीनको राज्य परिषद्को प्रेस कार्यालयद्बारा आयोजित नीतिको ब्याख्या कार्यक्रममा वाणिज्य कारोबार वातावरणको नीतिगत रुपमा ब्याख्या गरेका छन्। केही वर्षयता चीनले विविध कदम चालेर निरन्तर रुपमा वाणिज्य कारोबार वातावरणलाई सुधार गर्दै आएको छ। चीनको राष्ट्रिय विकास र सुधार परिषद्का उप महासचिव चौ स्याउ फैले 9 तारिख सम्बद्ध नीति र कदमद्बारा सकारात्मक प्रगति प्राप्त गर्नुका साथै उपलब्धि पनि स्पष्टसँग देख्न थालिएको जानकारी दिनुभएको छ। यस वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म चीनमा नयाँ थपिएको विदेशी लगानीद्बारा सञ्चालित व्यवसायको संख्या 45 हजार 9 सय 22 रहेको छ भने गत वर्षको सोही अवधिको तुलनामा 95 दशमलब 1 प्रतिशतले बृद्धि भएको छ।
कास्की क्षेत्र नं तिन’ बाट दुइ ओटै संबिधान सभा निर्वाचनमा जित हासिल गरेका एमालेका नेता अधिकारी बिद्यार्थी राजनीति बाट लाइमलाइटमा आएका हुन | अघिल्लो व्यवस्थापिका संसदको सार्बजनिक लेखा समितिमा रहेर निकै लोकप्रिय भएका अधिकारी यसपटक भने संसदीय समिति अन्तर्गतको बिकास समितिका सभापति हुन | बिद्यालय देखि नै राजनितिमा चासो राख्ने हुनाले क्याम्पस पुगे पछि बिद्यार्थी राजनैतिक गतिबिधिमा सक्रिय रहनु मात्र भएन २०४४ सालमा अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष २०४५ सालमा स्वबियु पृथ्वीनारायण क्याम्पस सदस्य २०४५ सालमा नै अनेरास्वबियु कास्की जिल्ला कमिटी अध्यक्ष २०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्वबियु केन्द्रीय सदस्य र २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ सालमा त्रिभुवन बिश्वबिद्यालय केन्द्रीय क्याम्पस किर्तीपुरमा स्वबियु सभापति निर्वाचित हुनु भयो | २०५६ सालमा अनेरास्वबियुका केन्द्रीय अध्यक्ष बन्नू भएका अधिकारी २०५३ सालमा नै स्वबियु काउन्सिल नेपालका संयोजक निर्वाचित हुनु भएको थियो for more story please click here
मानसरोवर कैलाश तिब्बतमा रहेको हिन्दू र बुद्ध धर्मको महत्वका हिसाबले हेरिएको ताल हो । तिब्बती भाषामा मापाम युम सोनामका नामले चिनिने यो ताल समुद्री सहतबाट करिब ४५०० मिटर उचाइमा छ । यो तालको पश्चिममा राक्षस ताल र उत्तरमा कैलाश पर्वत छ । मानसरोवरको खास चिनारी भनेको यो धार्मिक तीर्थस्थल हो । हिन्दू तथा बौद्ध दुवै धर्मावलम्बीका लागि यो क्षेत्र पवित्र स्थल मानिन्छ । कैलाश दर्शन गरेपछि स्वर्ग गइन्छ भन्ने जनविश्वास छ । नेपालीभन्दा बढी भारतीय तीर्थयात्री मानसरोवर पुग्ने गरेका छन् । धार्मिक मात्र नभएर पर्यटकीय दृष्टिले पनि प्रख्यात छ मानसरोवर । तीन सय ५० वर्गमिटरमा फैलिएको मानसरोवर ताल तीन सय फिट गहिरो छ । यो ताल देख्दा कुनै समुद्रको किनारमा उभिएको भान पर्छ । हिन्दू धर्मावलम्वी कैलाश पर्वतसँग महादेव र पार्वतीको कथा जोडेर व्याख्या गर्छन् । भगवान् शिवको वासस्थान कैलाश पर्वत निकै आकर्षक मानिन्छ । बुद्ध धर्मावलम्बीले बुद्धसँग जोडेर यसको व्याख्या गर्ने गरेका छन् । मानसरोवर निकै चिसो क्षेत्र हो । तर पनि यहाँको मनमोहक दृश्यले न्यानो दिन्छ शान्ति दिन्छ । कैलाश पर्वतसँग भारतको ब्रह्मपुत्र नदीको सम्बन्ध पनि जोडिन्छ । नेपालको कर्णाली नदीसँग पनि नाता छ कैलाश पर्वतको । मोहक तालको दृश्यपछि पर्यटकले कैलाश पर्वतलाई फेरो लगाउँछन् । अर्थात् पुण्यप्राप्तिका लागि कैलाश पर्वतको परिक्रममा गर्नुपर्छ भनिन्छ । तीर्थालुहरू चिसो ठिहीमा पनि पैदलयात्राबाट परिक्रमा गर्छन् । कोही भने घोडाबाट पर्वतको परिक्रमा गर्छन् । अर्को आकर्षक गन्तव्य हो राक्षस ताल । मानसरोवरको पश्चिमतिर पर्ने यो ताल ४७५२ मिटरको उचाइमा छ । निकैै चिसो स्थानमा रहेको यो तालको पानी नुनिलो हुन्छ । जब नेपालको हुम्ला पुगिन्छ त्यहीँबाट सुरु हुन्छ आकर्षण । हुम्लाको सिमिकोट बजार हुँदै हिल्सा पुगिन्छ । सिमिकोटबाट चार दिन पैदलपछि पुगिन्छ हिल्सा । यही बीचमा देखिन्छ च्याछहरा झरना उच्च हिमाली क्षेत्रमा तोरी फल्ने यारी गाउँ अनि हुम्लामा पालिएका चौँरी गाई । हुम्लामा अर्को गन्तव्य छ कान्छो कैलाश भनेर चिनिने खार्पुनाथ तीर्थ । हिल्सा कटेपछि देखिन्छ ताक्लाकोट । तिब्बतको ताक्लाकोटको दृश्य अर्को आकर्षण हो । सुरुमै आउने राक्षस तालले मानसरोवरको तृष्णालाई बढाइदिन्छ । बाटोमा देखिने गुम्बा र मन्दिरले साँच्चिकै आकर्षण थपेको छ । भारतीय तीर्थयात्रीले चीनको भिसा लिनुपर्छ र छुट्टै परमिट पनि । भिसा र परमिट भएपछि मात्रै भारतीय तीर्थयात्री तिब्बतको मानसरोवर कैलाश दर्शन गर्न पाउँछन् । भारतीय पर्यटक नेपालको नेपालगन्ज हुँदै हुम्लाको सिमिकोट विमानस्थलमा ओर्लिन्छन् । सिमिकोटबाट हिल्सा नाकासम्म सडक यातायात छैन । सिमिकोट विमानस्थलबाट हिल्सा नाकासम्म हेलिकोप्टरले सेवा दिँदै आएका छन् । विमानस्थलबाट हिँडेरै मानसरोवर पुगिन्छ । हुम्लाको हिल्सा नाकासम्म तिब्बतले सडक कालोपत्र गरेपछि त्यहाँबाट मानसरोवर कैलाश सजिलैसँग पुगिन्छ । मानसरोवर पुग्ने छिटो र छोटो नाका नेपालको हिल्सा नै हो । गत वर्ष करिब १२ हजार भारतीय पर्यटक मानसरोवर यात्राका लागि आएका थिए । सिमिकोटका १२ वटा ट्राभल्स एजेन्सीले भारतीय तीर्थयात्रीलाई मानसरोवर दर्शन गराउने गरेका छन् । मानसरोवर जान नेपालगनज र हुम्लामा वास बस्नुपर्छ । सिमिकोटबाट मानसरोवर जाँदा–आउँदा एक÷एक रात वास बस्नुपर्छ । १५ मिनेटमा हेलिकोप्टरबाट हिल्सा नाका पुगिन्छ । हुम्लाको हिल्सा नाकामा प्रशस्त होटेल र पसल छन् । चीनको ताक्लाकोटमा पनि वासको समस्या हुँदैन । कैलाश पर्वत दर्शन गर्न दुई दिन लाग्ने भएकाले दुई रात ताक्लाकोट बस्नुपर्छ । समुद्री सतहदेखि ४५ सय मिटर उचाइमा अवस्थित रहेकाले कैलाश पर्वतमा लेक लाग्ने सम्भावना हुन्छ । न्यानोका लागि बाक्लो ज्याकेट टोपी चस्मा तातोपानीका लागि थर्मस स्पोर्टस् सुज बोक्नुपर्छ । सकेसम्मा झोला हलुका हुनुपर्छ । हाई अल्टिच्युड सिकनेसको औषधि बोक्नुपर्छ । खानेकुरा जतिवेला पनि नपाइन सक्छ त्यसैले साथमै बोक्नुपर्छ । कैलाश मानसरोवर पुग्दा दिउँसोको समय ड्राइफुड बोक्नुपर्छ । भारतीय तीर्थयात्री आठदेखि १० दिनको प्याकेजमा मानसरोवर कैलाश दर्शन गर्ने आउँछन् । उनीहरू दुई लाख भारु खर्च गरी १० दिनको प्याकेजमा हुम्लाको हिल्सा नाका हुँदै चीनको मानसरोवर पुग्छन् । नेपालीका लागि भने विशेष प्याकेज छैन ।
काठमाडौं । करीव दुई साता अघि काठमाडौंमा दुर्घटना भएको युएस बंगला एयरलाइन्सको विमान चालककी पत्नीको पनि शुक्रबार विहान मृत्यु भएको छ । विमान चालक पति अबिदको मृत्युको खवर पछि सुल्तानकी पत्नी अफ्सना खानमलाई हार्टअट्याक भएको थियो ।उपचारको लागि उनलाई राजधानी ढाकाको नेशनल इन्ष्टिच्युट अफ न्युरो साइन्स एण्ड हस्पिटलमा भर्ना गरीएकोमा शुक्रबार विहान साढे ९ बजे उनको मृत्यु भएको हो । बंगलादेशी सञ्चार माध्यम द डेली स्टारको अनुसार गत फागुन २८ गते काठमाडौंमा मृत्यु भएका पति अबिदको चिहान नजीकै मुस्लिम धर्म अनुसार पत्नी अफ्सना खानमको पनि दाहसंस्कार गरिने छ ।
गायक तथा सङीतकार कृष्ण लिम्बुको शब्द संगीतमा केही महिना अगाडि तयार भएको'मनमा छ देउता'बोलको गीतको म्युजिक भिडियो युट्यूब र टेलिभ गायक तथा सङीतकार कृष्ण लिम्बुको शब्द संगीतमा केही महिना अगाडि तयार भएको'मनमा छ देउता'बोलको गीतको म्युजिक भिडियो युट्यूब र टेलिभिजन च्यानल बाट सार्वजनिक भएकोछ।यथार्थ बादी उक्त गीतलाई आफ्नो सुमधुर स्वरले अझ रङ्याउने काम गरेकाछन अर्का गायक जीबन कालाप्रेमिले।जीबन पेसागत रूपमै पनि गायक हुन। बिगत ४/५ बर्ष देखी दरबार्मार्ग स्थित मधुशाला गजलमा गाएर धेरै स्रोता तथा ग्राहकहरुको मनमा छाईसकेका उनको यो गीत मिडियामा भने पहिलो प्रयास हो। पहिलो प्रयासनै स्रोता र दर्शकहरुले मन पराई दिएकोमा उक्त गीतका सर्जक कृष्ण लिम्बु र गायक जीबन दुबई खुशीछन।उसोत वास्तविक जिबनमा पनि कृष्ण र जिबन एकदमै नजिकका हितैशी मित्र हुन। सुफी फ्लेभरको यो गीतलाई यसका संगीत तथा गीतकार कृष्णले जिबनको आवाज र स्वरको स्केललाई सुहाउँदो हुनेगरि जिबनकै लागि भनेर सिर्जना गरिदिएको बताउँछन।कृष्ण भन्छन जिबनले गीतलाई एकदमै न्याय गरेकोछ भनेर। 'मनमा छ देउता'गीतको संगीत संयोजन अहिलेको एकदमै चल्तिमा रहेका एरेञ्जर अल्मोडा उप्रेतीले गरेका हुन त्यसै गरी भिडीयो निर्देशन सुरज श्रेष्ठले गरेका छन।उक्त भिडियोमा चर्चित कलाकार सुनिल थापा र बिबेक सिङ ठकुरी आदिको अभिनय देख्न सकिन्छ।भिडियोलाई प्रबिन श्रेष्ठले सम्पादन गरेका हुन भने ज्ञानेन्द्र शर्माको छायान्कन रहेकोछ। साउन १३ गतेलाई रिलिज लक गरिएको निखिल उप्रेती स्टारर फिल्म 'रुद्र'को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोज उजन नेम्बाङ। काठमाडौं। गायन क्षेत्रमा चर्चा कमाएका गायक यमन माझी यतिबेला म्युजिक भिडियो निर्देशन तर्फ लागेका छन । यमन माझीले निर्देशन गरेक काठमाडौँ मिस नेपाल २०१७ को उपाधि निकिता चन्दकले जितेकी छन्। शुक्रबार राजधानीमा भएको ग्रान्ड फिनालेमा १९ जना सुन्दरीलाई पछि पार्दै चन्दकले उ चलचित्र ऐश्वर्या’ बाट फिल्मी करियर सुरु गरेकी अभिनेत्री दिपिका प्रसाँई र निर्देशक दिवाकर भट्टराई बिच ईङगेज्मेन्ट भएको छ । लामो समय दे उजन नेम्बाङकाठमाडौँ। यही असार २९ मा देशभर रिलिज हुने चलचित्र वीराङ्गना’ को पोष्टर सार्वजनिक गरिएको छ । लभस्टोरी एक्सन वीराङ्गना’
यस गाउँपालिकाको ठेक्का सम्बन्धी बोलपत्र आह्वान गरिएको सूचना | | कोशी गाउँपालिकागाउँ कार्यपालिकाको कार्यालय
वासिङटन । अफगानिस्तानको हेलमन्ड प्रान्तमा भएको बम विस्फोटमा परी एक अमेरिकी सैनिकको मृत्यु भएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले सोमबार जानकारी दिएको छ । अमेरिकी सैन्य बलका ३६ बर्षीय एक कर्मचारीको आइतबार भएको विस्फोटमा परी मृत्यु भएको हो । अमेरिकी सेनाले यस विषयमा अनुसन्धान जारी रहेको बताएको छ । तालिबान विरुद्धको लडाईमा अफगान सुरक्षाफौज अग्र मोर्चामा रहे पनि अमेरिकी दुतावासकी प्रवक्ता एन्डी डी आर्मेन्टले नेपाली गित गाइन् जसको स्वरले सामाजिक सञ्जालमा हगंमा नै मच्चायो यस्तो छ यसको भिडियो पनि हेर्नुहोस
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेशभन्दा तल्ला समितिको एकीकरण प्रक्रिया अगाडि बढाएको छ । पार्टी केन्द्रीय सचिवालयको असोज ६ गते बसेको बैठकले प्रदेश इन्चार्ज सह–इन्चार्ज तथा प्रदेश समिति अध्यक्ष र सचिवको टुङ्गो लगाएपछि प्रदेश समितिले जिल्ला समिति गाउँ तथा नगर समिति वडा समितिको एकीकरण गर्न गृहकार्य थालेका हुन् । एकीकरणको तयारी चलिरहेको अवस्थामा पार्टीको काम कारवाही सञ्चालनका लागि गण्डकी प्रदेश समितिले प्रदेशका सबै जिल्लामा तत्कालका लागि पार्टी संयन्त्र समेत गठन गरेको छ । गण्डकी प्रदेश समितिका अध्यक्ष हितराज पाण्डेले जिल्ला महानगर नगरपालिका तथा गाउँपालिकामा तत्काललाई पार्टीको काम नियमित सञ्चालन गर्न संयन्त्र गठन गरिएको जानकारी दिए । पाण्डेले जिल्ला संयन्त्रमा तत्कालिन एमालेका तर्फबाट जिल्ला इञ्चार्ज अध्यक्ष उपाध्यक्ष सचिव र उपसचिव तथा तत्कालीन माओवादी केन्द्रबाट इञ्चार्ज सहइञ्चार्ज र संयोजकसहित पाँच जना गरी १० जनाको संयन्त्र रहने व्यवस्था गरिएको बताए । महानगरपालिकामा १० नगरपालिकामा ८ र गाउँपालिकमा ६ सदस्यीय पार्टी संयन्त्र गठन गर्ने निर्णय पनि समितिले गरेको छ । पार्टीको विधान नियमावली र पार्टीको निर्देशनबमोजिम तल्ला समितिको एकीकरण हुने उनले बताए । त्यस्तै प्रदेश १ र २ मा पनि जिल्ला समितिको एकीकरण दशैंअघि नै टुङ्गो लगाउने गृहकार्य भैरहेको छ । प्रदेश १ का इन्चार्ज भीम आचार्यले दशैंअघि तल्ला समितिको एकीकरण टुङ्गो लगाउने तयारी भइरहेको जानकारी दिए । यो समाचार आजको गोरखापत्रमा छापिएको छ । previous previous post जग्गा दलालद्वारा ६० वर्षदेखि चर्चेको निम्नवर्गीय डोमको घरमा डोजर १८ जनाको बिचल्ली
सामाजिक संगठन मि ला सिङ छ्यौ सन् 2014देखि अटिजमसित सम्बन्धित उत्पादितवस्तुको डिजाइन र विकासमा लागिरहेको छ। यो संगठनले अटिजमआदि कमजोर समूहको सहयोगार्थ दानमार्फत् परोपकार गर्नका लागि सामानको बिक्रीमार्फत अटिजमको व्यापाक र गहिरो रुपमा प्रचारप्रसार गरिरहेको छ। सन् 2014को डिसेम्बर 24 तारिखदेखि सन् 2015को फेब्रुअरी 15 तारिखसम्मको हरेक सप्तहान्तमा मि ला सिङ छ्यौ संगठनले पैचिंगस्थित लान स काङ वान शोपिङ मलको एक फेशनवाल ट्रेड मार्का काउन्टरअगाडि परोपकारका लागि दान भन्दै सामानको बिक्री गरिरहने छ। बिक्री गरिएका सामानमा मोबाइल फोनका खोलहरु नोटबुक पात्रो आदि समावेश छन्। ती सामानमा छापिएको चित्र अटिजम भएका बालबालिकाका चित्रकारी वस्तु हुन्। सबै नाफाले चन्दास्वरुप सिङ सिङ युको अटिजम कोषलाई दिने छ। मि ला सिङ छ्यौ संगठनका स्थापक छु थङ फैले भनेका छन् मि ला सिङ छ्यौ संगठनले सिङ सिङ यु लगायत अटिजम संगठनहरुलाई मद्दत गरिरहेको छ। गत वर्षदेखि हामीले ती संगठनहरुलाई केही उत्पादितवस्तुको डिजाइन गरिरहेका छौं। परोपकारी दानका लागि सामानको बिक्री एक राम्रो तरीका हो। यो तरीकाले रकम जुटाउनुका साथै नागरिक समाज समक्ष अटिजमको प्रचारप्रसार गर्नसक्छ। त्यसैले हामीले लान स काङ वानजस्तै पसल र शोपिङ मल छानेका छौं। हाम्रो सबैभन्दा ठूलो लक्ष्य नागरिकसामु अटिजमको प्रचारप्रसार गर्नु हो। खुशी लाग्दो कुरा के हो भने परोपकारी दानका लागि सामानको बिक्री कार्यक्रम लान स काङ वान शोपिङ मल र धेरै विद्यार्थी स्वयं सेवकसेविकाहरुले सक्दो सहयोग गरिरहेका छन्। यस पटकको कार्यक्रमका लागि स्थल उपलब्ध गराएको यो ट्रेड मार्काले यो कार्यक्रम आयोजना भएको बेलामा बिक्री रकमको 10प्रतिशतलाई सिङ सिङ यु अटिजम कोषलाई चन्दा दिने छ। सो ट्रेड मार्काका जिम्मेवार व्यक्ति कु काङले भनेकी छिन् सबैभन्दा पहिला मैले अटिजम बालबालिकाहरुका चित्रकला देखें। किनभने हामी रङ्गसित सम्बन्धित कारोबार गर्छौं। मैले त्यस बेलामा हामीले डिजाइन गर्ने गलबन्दीमा कारकतत्वको प्रयोग गर्ने विचार गर्दै गएको छु। ती बालबालिकाका चित्रकला देखेपछि मैले सकारात्मक विचार निकालेको छु। पैचिंग शहरको हाई तेन क्षेत्रको ल्याङ च्या तेन प्राथमिक स्कुलका शिक्षिका छाउ लीङ लीङले उनको कक्षाका विद्यार्थीहरुलाई स्वयं सेवकको हैसियतमा यो कार्यक्रममा संलग्न हुन निर्देशन दिएकी छिन्। शिक्षिका छाउले भनेकी छिन् हाम्रो स्कुलले विद्यार्थीहरुलाई नागरिकसमक्ष सकारात्मक सूचनाको प्रचारप्रसार गर्न निर्देशन गरिरहेको छ। हामी मि ला सिङ छ्यौ संगठनसँग यो सामाजिक हितका कार्यक्रममा सहभागी भएकोमा विद्यार्थीहरुको सामाजिक दायित्व वहन गराइएको छ साथै विद्यार्थीहरुको सदिच्छाले पनि अझै मानिसहरुलाई अटिजममाथि ध्यान दिन आकर्षित गरेको छ। ल्याङ च्या तेन प्राथमिक स्कुलका तेस्रो तहका विद्यार्थी रन यु सिआन स्वयं सेवकसेविकामध्येको एक हुन्। उनले भनेकी छिन् अटिजम भएका बालबालिका अवस्था निकै दयनीय छन्। उनीहरुले अरुसँग आदानप्रदान गर्ने आँट गर्न सकेका छैनन्। सबैले अटिजम बालबालिकालाई मद्दत दिने र उनीहरुको संरक्षण गर्ने आशा मैले लिएको छु।
बाँके मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सबै भन्दा विकसित जिल्ला हो । यो नेपालको तराईमा पर्दछ। बिसं१९१४मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले इष्ट इण्डिया कम्पनीलाई सहयोग गरे बापत बिसं १८७३को सुगौली सन्धिबाट गुमेको भूभाग मध्ये पुरस्कार स्वरूप बिसं १९१७मा बाँके बर्दिया कैलाली कञ्चनपुर नेपाललाई फिर्ता आएकोले उपर्युक्त बाँके लगायतका जिल्लाहरूलाई नयाँ मुलुकका रूपमा चिनिन्छ। आर्थिक दृष्टिकोणले समग्र मध्य तथा सुदुर नेपालको मेरुदण्डको रुपमा यो जिल्ला रहिआएको छ । यातायात विद्युत उद्योग तथा विकासका हरेक पुर्वाधारको राम्रो विकास भएको यो जिल्लामा पश्चिम नेपालको ठुलो शहर नेपालगञ्जको नाका भारत सँग जोडिएको छ । नेपालगञ्ज देखी १६ कीमी को दुरीमा रहेको कोहलपुर यहाँको अर्को महत्वपुर्ण व्यापारिक केन्द्र हो । नगरपालिका कायम भएको कोहलपुर सिङ्गो मध्य तथा सुदुर पश्चिमको पर्वेशद्वार हो । स्वर्गीय प्रधानमन्त्री सुशील कोइरालाको गृहनगर को रुपमा परिचित बाँके जिल्ला यो क्षेत्रको शैक्षिक र स्वास्थ्य को राजधानी मानीन्छ । अती विकट कर्णाली र सुदुर पश्चिमका पहाडी जिल्लाहरुमा यहाँबाट खाद्यान्न तथा आवश्यक वस्तुको ढुवानी हुने गर्छ। नेपालगञ्ज विमानस्थल क्षेत्रीय वीमानस्थल को रुपमा रहेको छ । यो जिल्लाको मुख्य विशेषता भनेको सदीयौंदेखि हरेक धर्म र जातजातिका मानीसहरू मिलेर बसोबास गरि भाईचाराको सन्देश दिनु हो । यहाँ रहेका बागेश्वरी मन्दीर जामे मस्जिद गुरुद्वार र बौद्ध गुम्बाहरू यहाँको सांस्कृतिक धरोहरहरू हुन । साथै नेपालको कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्ज यो क्षेत्रको गौरब हो । यहाँको नेपालगंज मेडीकल कलेजमा छिमेकी भारत सहित श्रीलंका बंगलादेश पाकिस्तान आदी देशहरूबाट विद्यार्थी आई अध्यन गर्ने गर्छन । यस जिल्लाको नाम बाँके रहनुको पछाडी विभिन्न जनश्रुति धार्मिक एवं पौराणिक आख्यानहरू रहेको पाइन्छ। ती मध्य केही यस प्रकार छन् परापूर्वकालमा तराई क्षेत्रमा औलो कालाजार जस्ता रोगहरूको प्रकोपले गर्दा यस क्षेत्रमा वसोवास गर्ने अधिकांश मानिसहरूको मृत्यु हुन गइ थोरै मानिसहरू मात्र यस क्षेत्रमा बाँकी रहेकोले बाँकी मानिसले बसोवास गरेको ठाउँ भन्दै जाँदा पछि अपभ्रंस भइ यस ठाँउलाई बाँके भन्न थालिएको पाइन्छ। सत्ययुगमा सतीदेवीको जिब्रो पतन भइ त्यस ठाँउमा वाक्यस्वरी देवी उत्पन्न भइ स्थापित वाक्यस्वरी हाल वागेस्वरी मन्दिर रहेको स्थानलाई छोटकरीमा वाक्य भनिदै जाँदा पछि बाँकेमा परिणत भएको भनाइ पनि रहेको छ। परापूर्वकालमा यहाँका मानिसहरूले घाम पानी हुरी वतास आदि बाट सुरक्षित रहन वरिपरी घुमाएर बाँके खालका घरहरू निर्माण गर्ने गर्थे रे। अधिकांश बाँके घरहरू रहेको बस्तीलाई बाँके बस्ती भन्दै जाँदा पछि जिल्लाको नाम नै बाँके रहन गएको हो भन्ने जनश्रुति पनि पाइन्छ। यस जिल्लाको भौगोलिक बनावट अनुसार हावापानी पनि दुई प्रकारको पाइन्छ। चूरे क्षेत्रमा शितोष्ण र तराई क्षेत्रमा उष्ण प्रकारको हावापानी पाइन्छ। यहाँको अधिकतम तापक्रम ४६° से र न्यूनतम तापक्रम ४२° से सम्म रेकर्ड भएको पाइन्छ भने अधिकतम वार्षिक वर्षा १९१२ मिमि रेकर्ड भएको पाइन्छ। यस जिल्लाको औसत सापेक्षिक आद्रता ७१४ छ। हावाको औसत वेग ३ किमि प्रति घण्टा छ। नेपालकै सर्वाधिक गर्मी हुने स्थान नेपालगञ्ज यो जिल्लाको सदरमुकाम हो । जिल्ला कृषि विकास कार्यालयकाअनुसार गत वर्ष ३६ हजार ५०० हेक्टरमा धानखेती गर्दा एक लाख ३६ हजार १४५ मेट्रिक टन उत्पादन भएको थियो । यसवर्ष सोही क्षेत्रफलमा एक लाख ३६ हजार २९८ मेट्रिक टन धान उत्पादन भएको छ । कृषि विकास कार्यालयका सूचना अधिकारी धनबहादुर पुनका अनुसार जिल्लामा राधा–४ धान (मोटो) र रामधान (मसिनो) को खेती बढी मात्रामा गरिन्छ । यस बाहेक हाइब्रेड धान श्यामा मन्सुली धान काला नमकलगायत जातको धानखेती गरिन्छ । जानकी गाउँपालिकाको खजुराखुर्दमा निजी क्षेत्रबाट शीतभण्डार निर्माणको कार्य भइरहेको छ । नेपालगञ्जका व्यवसायीको एक समूहले करिब रु २० करोडको लागतमा उक्त शीतभण्डार निर्माण शुरु गरेको हो । करिब १० हजार टन भण्डारण क्षमताको शीतभण्डार यही फागुनबाट सञ्चालनमा ल्याउने गरी निर्माणलाई तीव्रता दिइएको सञ्चालक टंकप्रसाद शर्माले बताउनुभयो । नेपालगञ्जबाट करिब पाँच किलोमिटर पश्चिमतर्फ गुलरिया सडकअन्तर्गत खजुरा नजिक दुई बिगाहा जग्गामा शीतभण्डार निर्माण भइरहेको छ । विसं २०७१ वैशाखदेखि शीतभण्डार निर्माण शुरु गरिएको हो ।
काठमाडाैँ । नेपाल कम्युष्टि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ले दुई नम्बर प्रदेशमा चलखेल गरेर मधेष छुट्छकी भन्ने डर समाप्त भएको बताएका छन् । दुई नम्बर प्रदेशलाई बाँकी प्रदेशको स्थित भन्दा अलग गरेर चलखेल गर्दै केन्द्र सरकारलाई अस्थीर बनाउने कोशिस भएकाले संघीय समाजवादी फोरमलाई केन्द्रलाई सरकारमा ल्याउएर समाप्त पारेको बताए । उनले केन्द्र सरकारकै प्रभावमा प्रदेश दुईमा सरकार बन्ने बाटो समेत खुलेको बताए । नेपाल पत्रकार महासंघ चार नम्बर प्रदेशले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा दुई नम्बर प्रदेशलाई बाँकी प्रदेशहरुको स्थितिभन्दा अलग गराउने र त्यहाँ चलखेल गरेर सरकारलाई अस्थीर बनाउने कसैले सपना देखेको कारण त्यसको ढोका चाहिँ गरेको बताए । प्रचण्डले अर्को प्रसंगमा अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएकाले त्यसको विकल्पबारे छलफल भएको बताए । नेपालका निर्वाचन प्रणाली निकै खर्चिलो भएको भन्दै अध्यक्ष प्रचण्डले कमखर्चिलो र सवसाधारणले पनि निर्वाचन लड्न सक्ने खाल्को निर्वाचन प्रणाली अपनाउने पर्ने बताए । पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले निर्वाचनबारे अहिलेको जस्तो मानसिकताबाट बदल्नु पर्ने बताए । उनले आमजनताको पहुँच भित्र रहने गरि निर्वाचन प्रणाली बनाउन सासकिय प्रणाली परिर्वतन गर्न सकिने बताए । उनले आर्थिक वर्ष २०७५र७६ को बजेट पहिले वर्ष पहिलो गियरमा चलेको बताए । अको वर्ष दुई तीन चार हुदै बजेट बताउने उल्लेख गरे । विगतमा छिटो–छिटो सरकार परिवर्तन हुने भएकाले जनताको भोट तान्ने उद्देश्यले लोकप्रिय कार्यक्रम बजेटमा राख्ने गरिए पनि अहिले त्यस्तो नगरिएको प्रचण्डको भनाई छ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा कम्युनिस्टहरुकै मुख्य भूमिका रहेकाले सरकार तानाशाही बन्ने सम्भव नभएको उनले स्पष्ट पारे ।
असाेज १६ । सुदूरपश्चिम प्रदेशको राजधानी घोषित गोदावरीको तेघरी समुद्री सतहबाट २१० मिटर उचाइमा छ । २३० मिटरबाट चुरे सुरु हुन्छ । चुरेको अलिकति भित्र छिर्नेबित्तिकै पहिरोहरू सुरु हुन्छन् ।गोदावरी नगरपालिकाको चुरे क्षेत्रमा मात्र १ सय ९६ वटा सानाठूला पहिरो छन् । गोदावरी नगरपालिकासँग जोडिएका आसपासका चुरे क्षेत्रमा ८ सय हाराहारीमा पहिरो छन् । विशेषज्ञहरूले ४ सय मिटरभन्दा बढी लम्बाइ भएका पहिरोलाई मात्र पहिरोको गणना’ मा राखेका छन् । भीमदत्त राजमार्गस्थित गोदावरी खोलाको पुलबाट करिब एक किलोमिटरमाथि भीमकाय पहिरो रहेको सूदूरपश्चिमको चुरे क्षेत्रका पहिरोबारे अध्ययन गरेका इन्जिनियरिङ भूगर्भविद् सुबोध ढकालले जानकारी दिए । उनका अनुसार गोदावरीमाथिको चुरेको शिरमा केही सय मिटरको ग्यापमा कयौं पहिरो छन् । ती पहिरो कमलो माटोबाट बनेकाले मनसुनका बेला वेगमा बग्ने गेग्रानले तल्लो तटीय क्षेत्रमा असुरक्षा बढाउने उनले बताए । अध्ययनमा संलग्न विभागका तत्कालीन प्रमुख प्राध्यापक केदार रिजालले चुरेका पहिरो र विनाश रोक्नेतिर ध्यान दिनुपर्नेमा राजधानी घोषणा गरिनु गलत भएको टिप्पणी गरे । बेलैमा चुरे र त्यहाँ देखिएका पहिरो नियन्त्रण तथा रोकथाममा ध्यान नदिने हो भने गोदावरीमा मात्र होइन तल्लो तटीय क्षेत्रका बहुमूल्य संरचना कृषियोग्य जमिन र भारतीय सीमासम्मै मरुभूमीकरण निम्तिन सक्ने रिजालको विश्लेषण छ । गोदावरीको तेघरी चुरे पर्वत शृंखलाको काखमा छ । भूगर्भविद् ढकालका अनुसार चुरेबाट बगेर आउने गेग्रानले भावर र समथर भाग बर्सेनि पुरिने क्रम बढिरहेको छ । गोदावरी क्षेत्रमा पनि त्यो समस्या निम्तिन सक्ने उनको बुझाइ छ । चुरेमै विद्यावारिधि गरेका विजयसिंह दनुवारका अनुसार झापादेखि कञ्चनपुरसम्मै भावर र तराई क्षेत्रमा चुरेले बगाएर ल्याएका गेग्रानले मलिलो जमिन र भौतिक संरचना पुरिने क्रम बढिरहेको छ । विकास निर्माण गर्दा त्यसबाट पनि पाठ सिक्नुपर्ने उनले बताए । पूर्वपश्चिम राजमार्गमा रहेका धेरै पुल गेग्रानले पुरिने अवस्थामा पुग्नुले पनि दनुवारको भनाइलाई पुष्टि गर्छ । धेरै पुल नदी छुने अवस्थामा पुगेका छन् भने कयौं सहर मनसुनको समयमा बाढी र गेग्रानको चपेटामा पर्ने गरेका छन् । सुदूरपश्चिमको कैलालीसहित डोटी र डडेलधुराका चुरेको पहिरो अध्ययन गरेका त्रिविको वातावरण र विज्ञान केन्द्रीय विभागका विज्ञले तल्लो तटीय क्षेत्रको दिगो संरक्षणका लागि ठूला पहिरोको उपचार (नियन्त्रण) गर्न सुझाएका थिए । पूर्वसचिव रामेश्वर खनालले चुरे समितिको नेतृत्व गर्दा चुरेको पहिरो नियन्त्रणलाई प्राथमिकता दिएका थिए । उनकै सोचअनुसार बढी क्षति निम्त्याउन सक्ने खतरा भएका स्थानमा चुरेको पहिरो अध्ययन गरी नियन्त्रणको काम अघि बढाइएको थियो । उनीपछिको नेतृत्वले त्यसमा खासै चासो देखाएको देखिन्न । पूर्वदेखि पश्चिमसम्मै चुरेबाट निम्तिएका पहिरोले राजमार्ग र आसपासका बस्तीलाई विनाश गर्न सक्ने भएकाले नियन्त्रण गर्नुपर्छ भन्नेमा हामी एकमत थियौं’ खनाल नेतृत्वको समितिमा बोर्ड सदस्य भएर काम गरेका दनुवारले भने चुरे समितिले पहिरोको अवस्था बुझेर काम गर्न सुरु गरेको भए अहिलेजस्तो विकास आयोजना चुरे र वन क्षेत्रतिर सोझिने थिएनन् ।’ कान्तिपुरमा खबर छ ।
आज डिसेम्बर ७ तारिख चीनको पश्चिमी भागमा रहेको युद्ध क्षेत्रको स्टाफ अन्तर्गत युद्ध व्यूरोका उपप्रमुख चाङ श्वै लीले भारतको मानवरहित एयरक्राफ्ट चीनको वायु क्षेत्रमा प्रवेश गरी खसेको कुराबारे प्रतिक्रिया व्यक्त गर्नुभएको छ। हालै भारतको एउटा मानवरहित एयरक्राफ्ट चीनको वायु क्षेत्रमा प्रवेश गरी खसेको कुराले चीनको प्रादेशिक सार्वभौमिक्तामाथि गम्भिरताका साथ उल्लंघन भएको कुरा चाङ श्वै लीले बताउनुभयो। चाङ श्वै लीले यस कुराप्रति चीनले कडाइका साथ असन्तोष तथा विरोध गरेका भन्दै चीनले जिम्मेवारी लिएर राष्ट्रको सार्वभौमिक्ताको सुरक्षाको दृढताका साथ संरक्षण गर्ने कुरा बताउनुभयो। काठमाडौँ / भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फुटबल अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा बङ्गलादेशको सामना गर्दैछ । खेल साँझ पौन ७ बजे थिम्पुमा हुनेछ । यसअघि शनिबारको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ४–० को फराकिलो जीत हासिल गरेको थियो । नेपालको तुलनमा बङ्गलादेश निकै बलियो टोली हो । पहिलो संस्करणको विजेता बङ्गलादेशले जारी the post महिला फुटबल नेपाल आज बङ्गलादेशसँग भिड्दै appeared first on purbeli news
काठमाडौँ । नेपाल–भूगोलभित्र प्रशस्त मात्रामा बहुमूल्य खनिज पदार्थको भण्डारण रहेको विभिन्न अध्ययनले प्रमाणित गरिसकेको छ । प्राकृतिक तथा भौगिलिक विविधताका कारण पनि यहाँ खनिज पदार्थको प्रशस्त खानीहरु भएको पुष्टि भएको हो । तर प्रक्रियागत तथा कानूनी जटिलताका कारण खानीहरुको खोजी नै प्रभावकारी ढंगमा हुन सकेको छैन । खानीको खोजीसँगै त्यसको उत्खनन् प्रशोधन वस्तु उत्पादन र [ ]
जुम्ला जिल्ला कर्णाली अञ्चलमा पर्दछ ।खलङ्गा बजार कर्णाली अञ्चलको सदरमुकाम हुनुका साथै जुम्ला जिल्लाको पनि सदरमुकाम तथा यस क्षेत्रको शिक्षा स्वास्थ्य तथा व्यापारिक केन्द्र पनि हो । १२ औं सताब्दीका राजा नागराजको राज्य स्थापना भएको जिल्लाको रुपमा पनि यो जिल्ला चिनिन्छ । यहाँ जुम्लाको रैका मल्ल राजा को एक शक्तिशाली राज्य मुकाम थियो । जुम्लाको रैका मल्ल राजाको राज्यको अर्को स्थान दुल्लु मानिन्थ्यो । यिनै ताम्रपत्रमा रैका/राईका आदेशलेखाउने जुम्लाको रैका मल्ल राजाको वंशज १४औं सताब्दी पछि डोटी गयो । यहाँका रैका राजा डोटी बिस्थापित भए पछि यस जिल्ला क्षेत्रमा कल्याल राजाको आधिपत्य स्थापित भएको थियो । यस भेगका कल्याल शाही ठकुरीहरू रैका राजा पछि स्थापित जुम्ला कल्याल बलिराजाका सन्तान हुन् । परापूर्व कालदेखि यस जिल्लाको सदरमुकाममा रहेको स्वामी दत्तात्रेय मूर्तिलाई डस्न/टोक्न दुईवटा अजिंगर (नाग) आउँदा भेट्टाउन नपाउँदै स्वामी दत्तात्रेयको शक्तिले ती दुवै नाग एकैचोटी भष्म भए । यसरी भष्म भएका ती नागहरू पछि जुम्ल्याहा पहाडको रूपमा देखिएकाले जुम्ल्याहा शब्दको अपभ्रंश हुँदै यस जिल्लाको नाम जुम्ला रहन गएको हो भन्ने जनश्रुती छ । तिला हिमा नदी जुवा नदीहरू हुन् भने विष्णु ताल हुड्के ताल जोगीनी ताल शङ्ख दह ठाकुरज्यू दह गिडी दह आदि प्रमुख ताल र दहहरू हुन् । यस जिल्लाको मुख्य व्यापारिक केन्द्र जुम्लाखलङ्गा बजार हो भने अन्य केही साना व्यापारिक केन्द्रहरू यसप्रकार छन् तलिउम तातोपानी नाग्मा नराकोट हाटिसंजा उर्थु चौतारा डिल्लीचौर चौथा मणिसांघु नन्दराम जैशी/पुस ३० जुम्ला । कर्णालीकै पहिलो र ठुलो हेरिटेज ट्रेल रेसको सम्पुर्ण तयारी पुरा भएको छ । कर्णालीको जुम्लामा माघ १ गते अर्थात भोलि सोमबार बिहान हुने हेरिटेज ट्रेल रेसको सबै तयारी पुरा भएको आयोजक संस्था कर्णाली स्पोर्ट्स् क्लबले जनाएको छ । जेआर केबिएस हेरिटेज ट्रेल रेस– २०१८’ को उद्घाटन गर्न नेपालका प्रख्यात खेलाडी बैकुण्ड मानन्धर जुम्ला आउनु भएको छ । ४ जना विदेशी सहित नेपालका विभिन्न जिल्लाका १ सय २० जना बढि खेलाडीले प्रतियोगितामा भाग लिने भएका छन् । खेलकुद मार्फत कर्णालीको संस्कृति संरक्षण र खेलको प्रबद्र्धन गर्न प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष सरोज शाहीले बताए । जुम्लाकै भूमिमा दौड सिकेर जिल्लाका खेलाडीले स्वदेश तथा विदेशका विभिन्न म्याराथन प्रतियोगितामा सफलता हासिल गरेकोले हेरिटेज ट्रेल रेस जुम्लामा पनि हुन संभव छ भन्ने सन्देश दिन उक्त प्रतियोगिताको आयोजना गरीएको उनको भनाई छ । अध्यक्ष शाहीका अनुसार १२ किलोमिटरको रेसमा महिला तथा पुरुष सबै खेलाडीले खुलारुपमा भाग लिने भएका छन् । उनले यो खेल सञ्चालन गर्न साढे १ लाख बढि रकम खर्च हुने जनाएका छन् । प्रतियोगितामा भाग लिने खेलाडीलाई खाने बस्ने ब्यवस्था मिलाइएको छ । ट्रेल रेसमा भाग लिने खेलाडीहरुले रुड पार गर्दा जुम्लामा अवस्थीत नेपालकै प्रसिद्ध चन्दननाथ मन्दिरबाट दौड सुरु गरी जुम्लाको बोहोरा गाउँमा रहेको गणेश मन्दिर दानसाँघु आचार्यवाडा भगवती मन्दिर भण्डारीवाडा हुदै २४ नं बाहिनी अड्डा खोलिकोट भएर मालाभिड मन्दिर र सिंगाचौरमाथिको बौद्ध स्तुपा हुँदै विजयनगर भएर पुन चन्दननाथ मन्दिरमा पुग्नुपर्ने छ । म्याराथन धावक हरिबहादुर रोकायाले गत बर्ष जुम्लामा भएको अल्ट्रा म्याराथुन आयोजनाले पनि कर्णालीमा यो पटक ट्रेल रेस’ सम्भव भएको बताए । उनले यो खेलबाट कर्णालीमा अन्य खेलहरु संचालन हुन सक्छन् भन्ने सन्देश ब्यक्त भएको बताए । हाल उनिसँग जुम्लाका करीब २० बढि खेलाडीले प्रशिक्षण लिइरहेका छन् । प्रतियोगितामा प्रथम द्वित्तिय र तृतीय हुने खेलाडीलाई १५ हजार १२ हजार र १० हजार नगद तथा मेडल पुरस्कार स्वरुप प्रदान गरिने छ । प्रतियोगिताका लागि जेआर कर्णाली बोडिङ स्कूलले ८५ हजार जिल्ला खेलकुल विकास समितिले २० हजार चन्दननाथ नगरपालिकाले २० हजार योङ विपि डव्लुले १५ हजार र न्यू मनकामना ढुवानी सेवाले १५ हजार रुपैया सहयोग गरेका छन् । धावक हरी बहादुर रोकायासँग म्याराथन प्रशिक्षण लिईरहेका जुम्लाका खेलाडीहरु । तस्विर नन्दराम जैशी जुम्ला सास वैशाख १३ रौतहट | पूर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड’ले देशकै मुहार फेर्ने नीति तथा योजना वाम गठबन्धनको सरकारले ल्याउने तयारीमा रहेको बताउनुभएको छ । रौतहटको उत्तरीभेग चन्द्रपुर नगरपालिका–२ जुडिबेलास्थित स्मार्ट सिटीअन्तर्गत विभिन्न सडक तथा नाला शिलान्यास कार्यक्रमल माघ ७ रौतहट । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आलोपालो गरेर प्रधानमन्त्री बनाउन नहुने बताउनुभएको छ । पार्टी एकतापछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ले प्रधानमन्त्री पदमा आलोपालो गर्ने सहमति भएको चर्चाप्रति टि फागुन ७ रौतहट | नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अब राष्ट्र राजनीतिक विकास एवं समृद्धिको पथमा अघि बढेको र यसको नेतृत्व एमालेले गर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपालले रौतहटको गौरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले एमाले र माओवादी केन मङ्सिर २८ काठमाडौँ | सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २ मङ्सिर २४ गौर रौतहट (रासस) | रौतहटको प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फको चारवटै क्षेत्रको नतिजा सार्वजनिक भएका छन् । दुईवटा क्षेत्रमा नेपाली काँग्रेसले विजयी हासिल गरेको छ भने राजपा र माओवादीले एक÷एक क्षेत्रमा विजयी भएको छ । क्षेत्र नं १ मा राष्ट्रिय जनता पार्टीका उमेदवार अनिल झा विजयी भएका छ मङ्सिर २४ काठमाडौं | रौतहट क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका उम्मेदवार प्रभू शाह विजयी भएका छन् । शाह २७७९९ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटम् प्रतिद्वन्द्धी कांग्रेसका सुनिल कुमार यादवले १८२०६ मत प्राप्त गरे । यस्तै राजपाका ओमप्रमाश ६ मंसिर २४ काठमाडौं । रौतहटको क्षेत्र नं २ को राजपुर नगरपालिकामा नेपाली कांग्रेसको विजयी जुलुसमा गोली चलेको छ । कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताव आलमको विजय जुलुसका क्रममा संघीय समाजवादी फोरमका कार्यकर्ता समर्थकबीच झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर गरेको छ भने दर्ज असोज ९ रौतहट । गरुडा नगरपालिकाको प्रमुख पदमा संघीय समाजवादी फोरमका इन्दुराय यादव र उपप्रमुख पदमा नेपाली काँग्रेसकी रंगिला देवी निर्वाचित हुनुभएको छ । आइतबार राति सम्पन्न मतगणनामा यादवले तीन हजार ८७६ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुुनिलकुुमार यादवले तीन हजार ८ असोज ६ काठमाडौँ। तेस्रो चरणको असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म ४० वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट आज बिहान ९ बजे प्राप्त विवरणअनुसार स्थानीय तहको प्रमुख एवं अध्यक असोज ५ काठमाडौं । प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा पहिलो महिला मेयरको रुपमा रौतहटको मौलापुर नगरपालिकाबाट रिना कुमारी साह (कविता) विजयी भएकी छिन् । साह नेकपा (माओवादी केन्द्र) को तर्फबाट मेयर पदको उम्मेदवार बनेकी थिइन् । निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टीका उम्मेदवारलाई भारी मतले पछ असोज ५ काठमाडौँ | तेश्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ कै पहिलो महिला मेयर जित्दै माओवादी केन्द्रले पाँचौं स्थानमा जित दर्ता गराएको छ । रौतहट जिल्लाको मौलापुरकी माओवादी केन्द्रकि उम्मेदवार रिनाकुमारी साह प्रदेश नम्बर २ कै पहिलो महिला मेयर बन्न सफल बनेकी हुन् । साहले ३९१२ मत पाएकी छन् । त्य असोज ५ काठमाडौं । प्रदेश २ का १३६ स्थानीय तह मध्ये २१ तहको मतपरिणाम सार्बजनिक भएको छ । सार्बजनिक मत परिणाम अनुसार कांग्रेसले ८ तहमा जित हासिल गरेको छ भने एमाले ४ माओवादी केन्द्रले ३ तह र नेपाल लोकतान्त्रिक फोरम संघीय समाजवादी फोरम र राजपा समान २ २ तहमा तहमा विजयी भउका छन् । कांग्रेस ८ असोज ५ रौतहट । कटहरिया नगरपालिकामा नेपाली काँग्रेस र राजपाका कार्यकर्ताबीच भएको झडपमा एक राजपा कार्यकर्ताको घटनास्थलमै मृत्यु भएको छ । काँग्रेस कार्यकर्ताको कुटाइबाट राजपा कार्यकर्ता ५० वर्षीय रामपुकार यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले बताउनुभयो ।& असोज५ काठमाडौं । प्रदेश २ का १३६ स्थानीय तहमध्ये १७ स्थानीय तहको मतपरिणाम सार्बजनिक भएको छ । सार्बजनिक मत परिणाम अनुसार कांग्रेस अगाडि देखिएको छ भने एमालेले कांग्रेसलाई पछ्याईरहेको छ । बिहान १० बजेसम्मको अपडेटमा कांग्रेसले ५ र एमालेले चार स्थानीय तह जितेका छन् । माओवादी राजपा संघीय फोरम र असोज ३ काठमाडौँ | तेश्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ को आठै जिल्लामा मतगणना जारी छ । ८ जिल्ला मध्ये ४ जिल्ला सर्लाही रौतहट बारा र पर्साको मत परिणाम कुन दलले कहाँकहाँ अग्रता ल्याएको छ भन्ने बारेमा यो समाचार तयार पारिएको छ । प्रदेश २ को पुर्बी जिल्लाहरु अन्तर्गत पर्ने असोज २ झापा। नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य अग्नि खरेलले प्रदेश नम्बर–२ मा भएको स्थानीय तहको निर्वाचनमा पनि नेकपा एमाले पहिलो शक्ति हुने दाबी गर्नुभएको छ । पूर्व कानून मन्त्रीसमेत रहनुभएका खरेलले मधेश र मधेशी जनताप्रति एमालेको आशा र विश्वास नडग्मगाएका कारण नेकपा एमाले पहिलो शक्ति हुन्छ भन् असोज २ काठमाडौँ। स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदका लागि भएको निर्वाचनअन्तर्गत आज बिहान ७०० बजेदेखि मतदान शुरु भएको छ । प्रदेश नं २ मा १ महानगरपालिका तीन उपमहानगरपालिका ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा यो भदौ १५ काठमाडौँ | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ । प्रधानमन्त्री श साउन ३० इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ । आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन जेठ १० रौतहट | सरकारले रौतहटको गौर नगरपालिकाको ७ वटा वडालाई समेटेर छुट्टै राजदेवी नगरपालिका गठन गरेको छ । यसको केन्द्र राजदेवी गाविसको कार्यालयलाई तोकिएको छ । यस्तै गौर नगरपालिकाको १३ नम्बर वडा र अन्य दुई गाउँपालिकाको केही वडालाई समेटेर नयाँ यमुनामाई गाउँपालिका गठन गरिएको छ । गाउँपालिकाको केन्द्र स अभिमनु कुमार पटेल | जेठ ४ रौतहट | रौतहट गरुडा नगरपालिकाको मलाहीटोल बजार स्थित रहेको १७ घर धुरीमा करीब ५०० को संख्यामा बसोवास गर्दै आइरहेका स्थानीय सुकुमवासी ओम प्र्रकाश सहनी बिगु सहनी लगाएत दर्जनौको घरको छाना माथी काँग्रेस तथा एमालेका कार्यकर्ताहरुले सामुहिक हमला गरी घरका छाना तथा घरको पर्खाल समे बैशाख १२ रौतहट | दुई नम्बर प्रदेशमा स्थानीय तहको निर्बाचन कार्यतालिका भन्दा ठिक एक महिना पछि धकेलिएको छ तर पनि स्थानीय मतदातामा उत्साह उतिकै रहेको छ । दुई दशक पछि हुन लागेको स्थानीय तहको निर्बाचनले मात्र मतदाता उत्साहि भएका होईनन् सपटक भने उनीहरुले पाट्रीमा आबद्ध राम्रा र योग्य ब्यक्तिनै मेयर चंचल कुमार झा | बैशाख ११ रौतहट । रौतहट जिल्लाको दुर्गा भगवति गाँऊपालिकामा नेकपा माओवादी केन्द्रको कार्यकर्ता भेला सम्पन्न भएको छ । दुर्गा भगवति गाँऊपालिका वडा नम्बर ६ पचरुखीमा आज सोमवार कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । आज भएको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार अभिमनु कु पटेल | चैत ३० रौतहट | रौतहट जिल्ला समन्वय समितिका प्रमुख स्थानीय विकास अधिकारी उमेश बस्नेत र सीमाक्षेत्र विकास कार्यक्रमका सम्पर्क व्यक्ति मनोज कर्ण कार्यक्रम बिक्री वितरण गरेको खुल्ला भएपछि रौतहटमा सीमाक्षेत्र विकास कार्यक्रम प्रभावित भएका छन । मधेशका २० औँ जिल्लाहरुमा ततकालिन जिल्ला वि चैत ५ रौतहट । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सीमाङ्कनको टुङ्गो नलगाइकन गरिने स्थानीय तहको निर्वाचन हुन नसक्ने बताउनुभएको छ । शनिबार सदरमुकाम गौरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो स्थानीय तहको निर्वाचन प्रदेशले गराउनुपर्नेमा सोको टुङ्गो नलगाई निर्वाचनको मिति तोक अभिमनु कुमार पटेल | फागुन १५ रौतहट | नेकपा एमालेका वरिष्ट नेता एवं पूर्व प्रधानमन्त्री मावध कुमार नेपालको प्रमुख आतित्यमा बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम रौतहटको सदरमुकाममा आयोजना गरिएको छ । सो कार्यक्रमलाई हुन नदिने मोर्चाका नेताहरुले गौर सदरमुकाम गरुडा शिवनगर लगायत ठाउँम फागुन ३ रौतहट | स्थानीय निकाय ट्रेड युनियन संयुक्त समन्वय समिति रौतहटद्धारा आज तेस्रो दिन जिल्ला विकास समितिको कार्यालयमा धर्ना दिई तालावन्दी कार्यजारी नै रहेको छ । देश व्यापी जारी रहेको स्थानी निकाय कर्मचारीहरुको बिरोध तथा धर्ना कार्यक्रममा राजनीतिक दलहरुका सदभावना पार्टीका केन्द्रीय सदस्य महेन्द्र केसी। आज संविधान दिवस मनाइदै छ । गणतन्त्र स्थापना पछि दोस्रो संविधानसभाबाट संविधान जारी भएको एक बर्ष पुरा भएको अबसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउन लागिएको हो । २०६२÷६३ को जनआन्दोलन र १२ बुदेँ विस्तृत शान्ति सम्झौता पछि दोस्रो संविधानसभा बाट असोज ३ गते संविधान
बाह्रौं चीन अन्तर्राष्ट्रिय एरोस्पेश मेला नोभेम्बर ६ तारिखबाट शुरु भएको छ। चिनियाँ वायु सेनाका विभिन्न किसिमका नयाँ विमानहरु उक्त मेलामा प्रदर्शन गरिएका छन्।