index
int64
1
6.39M
Article
stringlengths
2
109k
Source
stringclasses
99 values
3,051,533
ढुंगाको थुप्रो नजिकै पुगेर सुस्केरा हाल्छीन् । त्यसपछि सुरु हुन्छ दुर्गाको दिनचर्या । नगरपालिकाको कार्यालय नजिकै रहेको कर्णाली किनारमा गिट्टीको थुप्रो हेर्दै टोलाउछिन् । हातमा उठेका फोका हेर्दै उनि भावुक बन्छिन् । आफुले कुटेका गिट्टी हेर्दै वरिपरि रहेका ढुंगा आसार्दै एक ठाउँमा जम्मा गर्छिन् । एक हातमा हतौडा र अर्को हातमा पुराना चप्पलको सहायताले ढुंगा फुटाउन तल्लीन दुर्गा बेला बेला एकोहोरो टोलाउछिन् । श्रीमान गुमाएकी दुर्गा बेला बेला छोरा छोरीको भविष्यलाई सम्झेर निकै भावुक बन्छिन् । स्कुल समय भन्दा बाहिरको समयमा उनि संगै साना छोरा छोरी पनि संगै आउछन् । उनका ४ छोरी र १ छोरा छन् । श्रीमानको केहि बर्ष अगाडी नै मृत्यु भइसकेको छ । दुर्गाको जेठी छोरी सिता नेपाली अहिले कक्षा ७ मा पढ्दै छिन् । ३ बर्ष विद्यालय छाडेर भारतमा बसेकी सिता अहिले गाउँ फर्किएर विद्यालय जान सुरु गरेकी हुन् । पढ्नु पर्छ भन्ने भावना जागेर गाउँ फर्किए, सिताले भनिन् । उनकी अर्की छोरी रञ्जना नेपाली अहिले कक्षा ५ मा पढ्दै छिन् । डाक्टर बन्ने सपना बोकेकी रञ्जना आमा संगै स्कुल समय बाहेक कर्णाली किनारमा गिट्टी कुट्न आउछिन् । डाक्टर बन्ने धोको छ, रञ्जनाले भनिन् । डाक्टर बन्ने सपना बोकेकी रञ्जनालाई दैलेखका विभिन्न सामाजिक संघ संस्थाहरुले सहयोग गर्दै आएका छन् । दुर्गाले कर्णाली किनारमै गिट्टी कुटेरै दुर्गाका कान्छो छोरा छत्र नेपालीलाई भने बोडिङ्गमा पढाएकी छिन् । कर्णालीका किनारका ढुंगा फुटालेर घर खर्च संगै साना छोरा छोरीलाई स्कुल पढाउदै गरेकी दुर्गाले भनिन् ‘गरिबको पिडा कसैले सुन्दैन् । दुर्गा जस्तै आठवीस नगरपालिका वडा नं. ४ राकमकर्णालीकी ७० बर्षिया मन्दरी वि.क.को दिनचर्या पनि उस्तै छ । उनको श्रीमानको मृत्यु भएको ७ बर्ष भइसकेको छ । उनका छोरा पनि भारतमा मजदुरीका लागि गएको बेला भारतमै ज्यान गयो आँखा भरि आँसु पार्दै मन्दिरीले भनिन् ‘मजदुरीका लागि भारत गएको छोरा फर्केर आएन् ।’ उनका छोरा ४५ बर्षका दया वि.क. भारत गएको ७ दिनमै हत्या भएको थियो । अहिले उनि बुहारी र नातीहरु संगै बस्दै आएकी छिन् । घरमा सासु बुहारी नै विदुवा भएर बसेका छौ । नाती नातिनाको भविष्यका लागि पनि दुःख गरिरहेको छु । साना नाती नातीको लागि पनि दुःख गर्नैपर्छ । उनले भनिन् । उनि जस्तै ८० बर्षिया बृद्ध धनसरी वि.क.ले कर्णालीको किनारमा ढंगाको व्यापार गर्दै जिव गुजारा गर्न लागेको बर्षौ वितेछ । कर्णालीको किनारमा गिट्टी कुटेरै जिवीकोपार्ज गर्दै आएकी धनसरी पनि एकल महिला हुन् । एक्लो ज्यान यसरी नै पालेको छु । आँखाभरि आँसु पार्दै धनसरीले भनिन् । धनसरीको जस्तै ७० बर्षिया रंगा वि.क.को पनि पिडा उस्तै छ । धनसरीको गिट्टीको थुप्रो नजिकै रंगाको पनि ढुंगाको थुप्रो छ । केहि बर्ष अगाडी श्रीमान गुमाएकी रंगाको छोरा छोरी कोहि छैनन् । गाउँमा आम्नादीको अन्य स्रोत नभएका आठवीस नगरपालिका वडा नं. ४ का यि एक महिलाहरुको अवस्था दयनिय छ । कर्णालीको किनारमा हातमा ठेला उठाउदै ढुंगा कुटेर जिवन गुजारा गरेका यी महिलाहरुको कर्णाली किनारमा गिट्टी कुट्नु दिनचर्या जस्तै बनेको छ । उनिहरु दिनहँ जसो कर्णाली किनारमा गिट्टी कुटेर दिन धकेली रहेका छन् । श्रीमान गुमाएका र सहारा दिने कोहि नभएपछि हातमा फोका र आँखाबाट आसु झादै गिट्टी कुट्नुको विकल्प अरु केहि पनि नभएको रंगाले कर्णाली किनारमा गिट्टी कुट्दै गरको धनसरीले बताइन् । हामी गरिबको चपेटामा परेकाहरुको पिडा कसैले सुन्दैन ७० बर्षिया रंगा वि.क. ले भनिन् । आम्दानीको अरु स्रोत केहि पनि नभएपछि गिट्टी कुटेर जिवन धानेको रंगाले बताइन् । कर्णाली किनारमा गिट्टीको व्यापार गरेर जिवन चलाएका यि महिलाहरुको स्थानीय सरकार बाट थुप्रै आश गरेका छन् । स्थानीय सरकारले व्यवसाय संचालनको लागि केहि सहयोग गरेको भए हाम्रो जिवनको सहारा बन्ने दुर्गा नेपालीले बताइन् । स्थानीय सरकारले हाम्रा लागि आर्थीक सहायता दिएर व्यवसाय संचालनको लागि व्यवस्था गरिदिए जिवन निर्वाह गर्न सहज हुने उनको भनाई छ ।
newsofnepal.com
3,049,121
सभामुख ओनसरी घर्ती र अन्तरव्यवस्थापिका सङ्घ (आइपियु)का अध्यक्ष तथा बङ्गलादेशका सांसद सबेर होसाइन चौधरीबीच भेटवार्ता भएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा आज भएको भेटवार्तामा दुईपक्षीय चासो र हितका विषयमा उहाँहरुबीच कुराकानी भएको थियो । नेपालको व्यवस्थापिका–संसद्मा भइरहेका काम र समसामयिक अवस्थावारे आइपियुका अध्यक्षले सभामुख घर्तीसँग चासो व्यक्त गर्नुभएको उहाँका सञ्चारविज्ञ बबिन शर्माले जानकारी दिनुभयो । विश्वका केही देशमा संसद्लाई असजिलो पार्नेगरी काम भइरहेको उल्लेख गर्दै ती देशमा छिट्टै आइपियुले अध्ययन गरेर समस्या समाधानको पहल गर्ने बताउनुभयो । संसद्लाई अप्ठ्यारो पार्ने अवस्था सिर्जना भएमा आइपियु सधैँ संसद्को पक्षमा उभिने चौधरीले बताउनुभयो । सभामुख ओनसरी घर्तीले नेपालको समसामयिक अवस्थाबारे जानकारी गराउँदै केही दिनभित्रै स्थानीय तहको चुनाव हुन गइरहेको र यो चुनाव संविधान कार्यान्वयनका लागि महत्वपूर्ण रहेको बताउनुभयो । अघिल्लो आइपियुको बैठकका क्रममा आफूले बङ्गलादेशको चटगाउँ बन्दरगाह भ्रमण गरेको स्मरण गर्दै सभामुख घर्तीले नेपाल र बङ्गलादेश सरकारले आवश्यक थप समझदारी बनाएर सो बन्दरगाह नेपालले छिट्टै प्रयोग गर्न पाउने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभयो । उहाँले बङ्गलादेश र नेपालको संसद् र सांसदबीचको सम्बन्ध अझ बलियो र बाक्लो बनाउनुपर्ने धारणा राख्दै बङ्गलादेशका सभामुखलाई नेपाल भ्रमणको निम्तोसमेत दिनुभयो ।
newsofnepal.com
5,768,169
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि आइतबारबाट विषयवस्तुमा प्रवेश गरेर बहस सुुरु हुनेछ । उक्त विवादमा संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भनेर गत पुस २२, २९ गते हुँदै यही माघ १ गते संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय भएको हो । रिट निवेदक १३ जनामध्ये ११ जनाले उक्त विषय बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएकाले क्षेत्राधिकारका विषयमा लामै बहस र छलफल भयो । गत १० पुस गते सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश जारी गरेको थियो । आदेशानुसार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखले गत पुस १९ गते महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस भइसकेको छ । अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी सिफारिस र निर्णयको सक्कलप्रति राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट झिकाउने, प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता भएको खुल्ने गरी सक्कल रजिष्ट्रारसमेतका कागजात सङ्घीय सचिवालयबाट झिकाउने आदेश जारी गरेको थियो । त्यस्तै, अदालतले माग गरेको अदालतको सहयोगी (एमिकस क्युरी)मा नेपाल बारले एसोसिएसनले वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीलाई सिफारिस गरेको छ भने सर्वोच्च बार एसोसिएसनले निर्वाचित अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य र वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाको नाम सिफारिस गरेको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध १३ रिट निवेदन दर्ता भएको थियो । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले निवेदन दायर गरेका थिए । रिट निवेदनमा निवर्तमान सांसद्ले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने गरी गरेको निर्णयबाट प्रतिनिधिसभाको पाँच वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको जनाउँदै सो निर्णय बदर गर्न माग गरिएको छ । उक्त निवेदनमा राष्ट्रपति कार्यालयलाई लिखित जवाफ माग गरिएको छ । त्यस्तै, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता शालिकराम सापकोटा, ज्ञानेन्द्रराज आरण, समृत खरेल, कञ्चनकृष्ण न्यौपाने, सन्तोष भण्डारी, दीपक राई, अमिता गौतम, लोकेन्द्रबहादुर ओली, कमलबहादुर खत्री, मनिराम उपाध्याय, तुलसी सिंखडा र अच्युतप्रसाद खरेलले निवेदन दायर गरेका थिए । कानुन व्यवसायीले दायर गरेको रिट निवेदनमा प्रधानमन्त्रीले गरेको सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण काम–कारबाही र सो सिफारिसका आधारमा भए गरेका सम्पूर्ण कार्य नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषणका आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने काम सम्पन्न गर्न उपयुक्त आदेश गर्न माग गरिएको छ ।
baahrakhari.com
273,588
झण्डै दुई लाख नक्कली नोटसहित एक पक्राउ परेका छन्। वीरगंज महानगरपालिका-१३ राधेमाईस्थित सडकखण्डबाट प्रहरीले एक जनालाई पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा खटिएको टोलीले बिआर ०५ एएम ६०९७ नम्बरको भारतीय मोटरसाइलमा सवार युवकलाई रोकेको थियो। उनी मोतिहारीको रक्सौल बस्ने २२ वर्षीय अमनदिपकुमार सिंह थिए। उनीबाट प्रहरीले एक हजार दरको १ सय ९३ वटा नक्कली नोट बरामद गरेको थियो। जम्मा १ लाख ९३ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद भएको पर्सा प्रहरीले जनाएको छ। साथै उनीबाट प्रहरीले खैरो हिरोइन पनि बरामद गरेको छ। उनीबाट प्रहरीले तीन ग्राम लागू औषध खैरो हिरोइन बरामद गरेको हो। उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
setopati.com
4,741,836
आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको छ । न्यूजिल्यान्डले दिएको ३०३ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३८ रन मात्र बनाउन सक्यो ।
nepalpress.com
5,483,907
साङ्केतिक तस्बिर कपिलवस्तुमा विद्यालय जान हिँडेका दुई किशोरी तीन सातादेखि सम्पर्कविहीन भएका छन् । जिल्लाको वाणगंगा नगरपालिकाबाट १५ वर्षीया किशोरी बेपत्ता भएका हुन् । सम्पर्कविहीन हुनेमा वडा १ र २ का १५ वर्षीया किशोरी रहेका छन् । दुवै जना भदौ २९ शुक्रवार बिहान विद्यालय जाने भनेर हिँडेको परिवार स्रोतले बताएको छ । पढ्न गएकी छोरी घरमा नआएपछि खोजतलास सुरु गरेको एक अभिभावकले बताउनुभयो । दुवै जना नगरपालिकाको बाल माध्यमिक विद्यालय बैरीयामा कक्षा १० मा अध्ययनरत थिए । हराएको तीन सातासम्म पनि कतैबाट कुनै सूचना नआएको परिवार स्रोतले बताएको छ । तीमध्ये एक बालिकाले आफूले प्रयोग गर्दैआएको मोबाइल समेत लिएर गएको बताइएको छ । इलाका प्रहरी कार्यालय पिपराले किशोरी हराएको सन्दर्भमा हालसम्म कुनै उजुरी नआएको जनाएको छ ।
gorkhapatraonline.com
1,822,351
सीजी मोटर्सले नेपालका तीन नयाँ स्थानहरुमा नयाँ शोरुम खोलेको छ। तीन स्थानहरू बिर्तामोडमा फोटेक्स डिस्ट्रिब्यूटर, वीरगन्जमा मिनोल्टा इन्भेस्टमेन्ट तथा धनगढीमा ब्रम्हा मोटर्सले डिलरशिप पाएर शोरुम सञ्चालनमा लिएर आएका हुन । शोरुमका साथै ग्राहकहरूको सुविधाका लागि तीनै वटा स्थानहरुमा सर्भिस स्टेसन पनि छिटै नै सञ्चालनमा आउने कुरा कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाएको छ । सीजी मोटर्सले बिक्री गर्ने नेटा भी हाल इभी पारखीहरूमाझ लोकप्रिय रहेको छ । मुख्यतया यसको मूल्य तथा यसले दिने सुविधाहरू तथा ३८० किमीको रेन्जले गर्दा नेटा भी ग्राहकहरूको पहिलो रोजाइको रूपमा स्थापित भएको छ । १७० मि मि को ग्रोउन्ड किलिरेनश भएको नेटा भि मा ८ वर्ष अथवा १५०००० हजार कि मि को वारेन्टी रहेको छ। साथै नेपालको सर्वाधिक बिक्री हुने इे भि भ्यान सीजी मोटर्स केवाइसी तथा किङ्लोङ सहज तथा सुलभ किस्तामा पाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीले यसअघि काठमाडौंको नक्साल र पोखरा मा आफ्नो शोरुम खोलेर बिक्री वितरण गर्दै आइरहेको छ। कम्पनीले चाँडै नै विराटनगर, लहान, हेटौँडा, भक्तपुर, चितवन, बुटवल, कोहलपुर मा विस्तारित नयाँ शोरुम सहित सर्भिसको सुविधा उपलब्ध गराउने जानकारी दिएको छ। हाल नेपालभर ५० भन्दा धेरै चार्जिङ सेवा दिँदै आइरहेको र थप ५० ठाउँमा चार्जिङ सुविधा उपलब्ध गराउने उल्लेख गरेको छ ।
nepalviews.com
277,568
सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले गठन गरेको ११ सदस्यीय कार्यदल बैठकले मंगलबार बेलुकी सिट बाँडफाँटबारे सहमति गर्दै प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाउने भने पनि अझै सिट बाँडफाँट टुंगोमा पुगेको छैन। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ करिब तीन घन्टा कार्यदलबीच छलफल भएको थियो। १६५ निर्वाचन क्षेत्र कहाँ को बलियो छ भन्ने मतसहित क्षेत्र, क्षेत्र गरी छलफल र विश्लेषण भएका थिए। कार्यदलका सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले केही विषय टुंग्याउन बाँकी रहेकोले बुधबार पनि छलफल गरिने बताए। उनकाअनुसार बुधबार कार्यदलले प्रतिवेदन शीर्ष नेतालाई दिने तयारी गरेको छ। सिट बाँडफाँटबारे सहमतिनजिक पुगेको र कार्यदलका तर्फबाट सकेसम्म छिट्टै शीर्ष नेतृत्वलाई सो प्रतिवेदन बुझाइने उनले बताए। दलहरूलाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई समेत मध्यनजर गरी सबैलाई सम्मानजनक र न्याय हुने गरी सिट बाँडफाँटको खाका बनाइएको उनको भनाइ थियो। कार्यदलको बैठक बुधबार अपरान्ह साँझ ५ बजे बालुवाटारमा फेरि बस्दैछ। गठबन्धनमा आबद्ध दलहरूले आगामी मंसिर ४ मा हुने निर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कार्यदल गठन गरेका थिए। नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला उक्त कार्यदलको संयोजक छन्। कांग्रेसबाट महामन्त्री गगन थापा र मन्त्री कार्की, नेकपा माओवादी केन्द्रबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव वर्षमान पुन कार्यदल सदस्य छन्। साथै नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जसपाबाट नेता रामसहायप्रसाद यादव र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट नेता हिमलाल पुरी र आनन्द शर्मा कार्यदलमा सदस्य छन्। विवाद भएका ठाउँमा शीर्ष नेताबाट समाधान गर्ने गरी कार्यदलले प्रतिवेदन बुझाउने तयारी गरेका हुन् ।
setopati.com
3,348,189
संयुक्त राष्ट्रसङ्घले यमनको अर्थतन्त्रमा सहयोग पुर्याउन सबै विदेशी दाता तथा राष्ट्रहरुसँग आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घीय सहायता सम्बन्धी संयोजक तथा संयुक्त राष्ट्रसङ्घका उपमहासचिव मार्टिन ग्रिफिथले सो आग्रह गरेका हुन् । उनले सोमबार विश्वका देशहरुलाई सो आग्रह गरेको समाचारमा जनाइएको छ । उनले भने- ‘म विश्व समुदायलाई हाल यमनको अर्थतन्त्रको प्रवद्र्धनका लागि गरिरहेको सहयोगमा कम्तीमा पनि दोब्बर गर्नका लागि आग्रह गर्दछु ।’ युद्धग्रस्त यस देशको अर्थतन्त्र प्रतिदिन निकै कमजोर हुदै गएकाले यसका लागि सहयोग गर्न उनले सो आग्रह गरेका हुन् । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदको सोमबारको बैठकमा उनले सो आग्रह गरेको बताएका छन् । यस सन् २०२३ यमनका लागि निकै कठिन वर्ष हुन सक्ने खतरा रहेको पनि उनले बताएका छन् । यहाँको अर्थतन्त्र कमजोर हुदै गएकाले यो वर्ष यमनका लागि खतरा हुनसक्ने उनको भनाई छ । यहाँ मानवीय सहायताको खाँचो झन् बढ्दै गएको देखिएको र सन् २०२३ मा मात्र २ करोड १६ लाख नागरिकलाई यसको खाँचो पर्न जाने पनि उनले बताएका थिए । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
drishtinews.com
4,195,109
पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस शुक्रबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। पृथ्वीनारायण शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धासुमन अर्पण गरिनेछ। सोही अवसरमा प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम मुलद्वारस्थित उनको सालिकमा पुष्पहार अर्पण गरिँदैछ। पृथ्वी जयन्तीका अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ। तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबीसे राज्यलाई एकीकृत गरेका थिए। उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौममिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ। विसं १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेका थिए। उनले आफ्नो शासनकालमा दिएका ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्ने लगायत दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशास प्रवर्द्धन गर्ने सन्दर्भमा त्यतिकै समय सान्दर्भिक छन्। भौगोलिक अवस्थाको पाटोलाई ध्यान दिँदै उनले नेपाललाई दुई ढुङ्गाबीचको तरुल भनेका थिए। पछिल्ला वर्षमा उनको योगदानका कदर गर्दै सरकारले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बनाउन सार्वजनिक बिदाको परम्परा पुनः सुरु गरेको छ। पृ्थ्वीनारायण शाहको ५२ वर्षको उमेरमा विसं १८३१ मा निधन भएको थियो। - रासस नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
nepallive.com
6,057,793
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको आज बौद्ध परम्पराअनुसार अन्तिम संस्कार हुने भएको छ । गत शुक्रबार एक चुनावी प्रचार कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला गोली हानेर उनको हत्या गरिएको थियो । अन्तिम संस्कार गर्नुअघि शिन्जो आबेको परिवारले सोमबार निकटहरुको साथमा प्रार्थना सभा राखेको थियो । सो सभामा जापानका हालका प्रधानमन्त्री फुमिया किशिदा लगायत सहभागी भएका थिए । जापानको नारा भन्ने शहरमा चुनावी कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेलाई ४१ वर्षीय जापानी नागरिक तेत्सुया यामागामी नामका व्यक्तिले पछाडिबाट गोली हानेका थिए । गोली लागेर भुईंमा लडेका आबेको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो । प्रहरीले ती पुरुषलाई नियन्त्रणमा लिएको छ । हत्याको कारण खुलेको छैन ।
onlinekhabar.com
1,723,124
कनकाई नगरपालिकाका किसानले करिब रु एक करोड ५० लाख बराबरको विषादीरहित तरकारी उत्पादन गरेका छन् । नगरले विषादीरहित तरकारी उत्पादनका लागि सहयोग–सहजीकरण गर्न थालेसँगै सो रकम बराबरको तरकारी उत्पादन भएको कनकाइ नगरपालिका कृषि शाखा प्रमुख यदुकुमार उप्रेतीले जानकारी दिए । “विभिन्न किसान समूह बनाएर ‘आइपीएम’ तालिम दिएका छौँ”, उनले भने, “तालिम लिएसँगै किसानले तरकारीखेती गरिरहेका छन् ।” विषादीको प्रयोगले उपभोक्तामा गम्भीर असर पर्ने थाहा पाएसँगै यहाँ किसान विषादीरहित तरकारी उत्पादन लागेको उनकोे भनाइ छ । नगरपालिकाले दिएको तालिमले किसानले गुणस्तरीय र विषादिरहित तरकारी उत्पादन गर्न सक्षम हुनुका साथै कार्यालय स्थापना गरेर कृषिकर्ममा लाग्न सक्षम भएको उनले भने । कृर्षिकमा विषादी प्रयोग नगरी पनि राम्रो उत्पादन हुन्छ भन्ने विशवास बढेको उनले बताए । विषादीरहित तरकारी उत्पादन भएसँगै बजारको अभाव नभएको उनको भनाइ छ । “जहाँ–जहाँ विषादीरहित तरकारी उत्पादन हुन्छ, त्यो ठाउँमा व्यापारी गाडी लिएर पुग्ने गरेका छन”, कृषि शाखा प्रमुख उप्रेती भन्छन्, “जसले किसानलाई तरकारी उत्पादनमा थप ऊर्जा मिलेको छ ।” सरकारले तरकारीमा विषादीको मात्रा ३५ प्रतिशतसम्म रहे खानयोग्य भने पनि अनुगमनका क्रममा चारदेखि दुई प्रतिशत मात्र विषादीको मात्रा पाइएको नगर कृषि शाखाले जनाएको छ । नगरले कृषि समूह बनाएर तालिम दिने गरेको छ । हालसम्म सात वटा कृषि समूहले २१ बिघामा तरकारीखेती गरिरहेका छन् भने चार वटा कृषि समूह गठनको तयारी भइरहेको छ । नगरले नमुना खेतीका लागि आवश्यक बीउ, मल, प्राविधिक सहयोग गरिरहेको छ । यस वर्ष नगरले दिएको पाँच मन बीउ आलुको बीउबाट किसान समूहले एक सय २५ मन आलु फलाएका छन् भने गोलभेडा, बन्दा, लहरेबाली, काँक्रा, लौका, गाँजर, आलुलगायतका तरकारीखेती पनि गरिरहेका छन् । विषादीयुक्त खाद्यवस्तुले मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्दै गएकाले नगरलाई विषादीमुक्त बनाउन नगरपालिकाले योजना नै बनाएर अघि बढेको नगर प्रमुख राजेन्द्र पोखरेल बताउँछन् । “मानव जीवनका लागि अत्यावश्यक वस्तु नै विष सरह बन्दै गएको छ”, उनले भने, “समृद्धिको महत्वपूर्ण सूचक स्वास्थ्य हो, स्वस्थ्य हुन स्वस्थ खाना चाहिन्छ, त्यसका लागि कृषि क्षेत्रलाई विषादीमुक्त बनाउन जरुरी छ, हाम्रो अभियान पनि त्यही हो ।” नगरमा सिँचाइ सुविधा वृद्धि गर्न प्रत्येक वर्ष सिँचाइ मोटर वितरण गर्दै आएको छ । गतवर्ष रु ५० लाखको सिँचाइ मोटर वितरण गरेको नगरपालिकाले चालु आर्थिक वर्षमा करिब रु ७० लाखको सिँचाइ मोटर खरिदका लागि प्रक्रिया अघि बढाएको छ । कनकाईमा करिब दुई हजार पाँच सय बिघा खेतीयोग्य जमिन रहेको कृषि शाखाले जनाएको छ । वि.सं.२०८० चैत ५ सोमवार १६:२९ मा प्रकाशित काठमाडौँ । दाङमा जडीबुटी उत्पादन बढेको छ ।
sansarnews.com
6,256,066
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट्न शनिबार खुमलटार पुगे । बिहान ११ बजे पुगेका ओली त्यहाँ झण्डै डेढ घण्टा बसे । त्यहीबीचमा पार्टी उपाध्यक्ष वामदेव गौतम पनि आइपुगे । तीन नेताबीच पार्टी विवाद, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र स्थायी कमिटीमा पेस भएका अध्यक्षद्वयका प्रतिवेदनमाथि छलफल भएको खुमलटार स्रोत बताउँछ । प्रधानमन्त्री ओलीले स्थायी कमिटीमा संयुक्त प्रतिवेदन पेस गर्न प्रस्ताव गरेका थिए । पार्टी कमिटीमा पुगिसकेकाले ती प्रतिवेदन छलफल गरेरै निष्कर्षमा पुग्नुपर्ने प्रचण्डले बताए । पार्टी उपाध्यक्ष गौतम बैठकमा सहभागी भए पनि उनले प्रतिवेदनमाथि केही बोलेनन् । तर, पार्टी एकता जोगाउन नेताहरू मिलेर अघि बढ्नुपर्ने बताए । ओली–प्रचण्डबीच संवाद चलिरहँदा वरिष्ठ नेता नेपाल पनि खुमलटार पुगेका थिए । तर, उनी त्यो बैठकमा सामेल भएनन् । कतिसम्म भने दुवै खुमलटारमै भएर पनि प्रधानमन्त्री ओली र नेता नेपालबीच भेट भएन् । ओली निस्किएपछि मात्र नेपाल प्रचण्डको बैठक कक्षमा प्रवेश गरेका थिए । दुवै नेता एकै ठाउँमा भएर पनि 'हाइ-हेलो'समेत नभएको स्रोतले बतायो । ‘प्रचण्ड र नेपालबीच भेटको छुट्टै कार्यक्रम थियो । प्रधानमन्त्री र प्रचण्डबीच छलफल सकिने बेलामा नेता नेपाल पुग्नुभएको थियो । तर, उहाँहरूबीच भेट भएन’, खुमलटारनिकट स्रोतले भन्यो । प्रधानमन्त्री ओली खुमलटारबाट सीधै पुल्चोकस्थित मन्त्री निवास पुगेर गृहमन्त्री रामबहादुर थापा बादललाई भेटे । त्यहीँ मन्त्रीहरू भानुभक्त ढकाल, पद्मा अर्याल, बसन्त नेम्वाङलगायतलाई बोलाएर भेट गरेर दिउँसो साढे १ बजे बालुवाटार फर्किएका छन् । ओलीले सचिवालय सदस्यसमेत रहेका थापालाई स्थायी कमिटी बैठकमा सशक्त भूमिका देखाउन आग्रह गरेका थिए ।
shilapatra.com
6,077,917
आदिवासी जनजाति आयोगले विराटनगरमा प्रदेश नामकरणको विरोधमा भइरहेको आन्दोलनमा बल प्रयोग गर्नु लोकतन्त्रकै उपहास भएको बताएको छ। आइतबार अध्यक्ष रामबहादुर थापाले एक विज्ञप्ति जारी गरी आफ्नो हक अधिकार माग गर्ने आदिवासी जनजाति समुदायलाई आन्दोलनमा सहभागी हुनबाट वञ्चित हुने गरी निषेधाज्ञा जारी हुने, र आन्दोलनमा सहभागीहरुमाथि धरपकड गरी हिरासतमा लिनु लोकतन्त्रकै उपहास भएको बताएका हुन्। प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलनरत पहिचान पक्षधर विभिन्न राजनीतिक दल र संघसंस्थाले आइतबार विराटनगरमा प्रदर्शन गरेका थिए । त्यस क्रममा निषेधाज्ञा तोडेको भन्दै प्रहरीले १७ जना पक्राउ गरेको छ । आयोगले आदिवासी समुदायको माग गम्भीरतापूर्वक सुन्न र वार्ताको माध्यमबाट सम्बोधन गर्न संघीय सरकार र प्रदेश सरकारलाई आग्रह गरेको छ। त्यस्तै शान्तिपूर्ण रुपमा आफ्नो माग उठाउने नागरिकको आन्दोलनमा बल प्रयोग नगर्न सुरक्षा निकायलाई पनि आग्रह गरेको छ। संविधानले विना हात हतियार शान्तिपूर्ण रुपले भेला भई आफ्नो माग राख्न पाउने अधिकारलाई सुनिश्चित गरेको भन्दै आयोगले आदिवासी जनजातिलाई आफ्नो पहिचान, सम्मान र ऐतिहासिक थातथलोको सुरक्षा गर्ने र आत्मसम्मानपूर्वक बाँच्न पाउने अधिकार नेपालको संविधान र मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रले दिएको स्मरण गराइएको छ ।
onlinekhabar.com
2,276,572
मंगलबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर ११९ रुपैयाँ ०८ पैसा र बिक्री दर ११९ रुपैयाँ ६८ पैसा कायम गरेको छ । सोमबार अमेरिकी डलर एकको खरिद दर ११९ रुपैयाँ ७७ पैसा र बिक्री दर १२० रुपैयाँ ३७ पैसा रहेको थियो । यस्तै, युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ०८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ११ पैसा र बिक्री दर १६० रुपैयाँ ९२ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२७ रुपैयाँ ७४ पैसा र बिक्री दर १२८ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८३ रुपैयाँ ९७ पैसा र बिक्री दर ८४ रुपैयाँ ३९ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ९४ पैसा छ । जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३१ पैसा र बिक्री दर १० रुपैयाँ ३६ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७२ पैसा र बिक्री दर १८ रुपैयाँ ८१ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ । साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ७४ पैसा र बिक्री दर ३१ रुपैयाँ ९० पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ७१ पैसा र बिक्री दर ३२ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८५ पैसा र बिक्री दर ९ रुपैयाँ ९० पैसा कायम भएको छ ।
dcnepal.com
1,623,566
टीकापुर हत्याकाण्डका योजनाकार भनिएका रेशम लाल चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्। सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरी दोषी ठहर भएको आदेशसहितको पूर्णपाठ सार्वजनिक गर्दा उनी भने दुबई पुगेका छन्। दुबईबाटै उनले सामाजिक सञ्‍जाल फेसबुकमार्फत लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे सडक,सदन,सरकारको साथै सबै प्रकारको आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन्। उनले लेखेका छन्, 'लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ। अब प्रतिवेदन सार्वजनिक नगरे हामी सडक, सदन, सरकारको साथै सबै प्रकारको आन्दोलन गर्न बाध्य हुनेछौं।' उनले आफूहरुले धेरै कुरा सहेकोले अब कहिलेसम्म सहने भन्दै प्रश्‍नसमेत गरेका छन्। भनेका छन्, 'सबैकुरा मैले बोल्नैपर्छ भन्‍ने छैन, अन्तरंग सबैकुराले हामीमाथिको व्यबहार पुष्टि गर्छ। हामीले सबैकुरा सह्यौं, सहिराखेकाछौं तर कहिलेसम्म सहने?' राजनीतिक घुसपैठ गराएर आफूहरुलाई अलग्‍याउन खोजिएको पनि उनको आरोप छ। उनले थपेका छन्, 'हाम्रो विशुद्ध राजनीतिमा घुसपैठ गराएर अझै पुनः हाम्रै मान्छे प्रयोग गरेर हामीलाई अलग्याउन खोज्‍नु कदापि राम्रो होइन। हामीले हामी भित्रका गद्दार चिनेका छौं तर मुख खोलेका छैनौं, यसको मतलब यो होइन कि हामी अन्जान छौं। समय आए सबै प्रकारको सामना गरिन्छ।' सर्वोच्च अदालतले बुधबार सार्वजनिक गरेको पूर्ण पाठमा चौधरीमाथिको जन्मकैद मिनाहाप्रति सर्वोच्च अदालते प्रश्न उठाएको छ। गत १५ जेठको गणतन्त्र दिवसका अवसरमा राजनीतिक रङ दिएर सरकारले राष्ट्रपतिबाट आममाफी दिलाएर रेशमलाई ८ वर्षसम्मको कैदपछि बाँकी मिनाहा गरी रिहा गरेको थियो। सर्वोच्चले पूर्वसांसद चौधरीलाई राष्ट्रपति पौडेलले गरेको माफी मिनाहालाई लिएर प्रश्न उठाएको हो। चौधरी गत १५ जेठमा ८ वर्ष कैद भुक्तान गरी बाँकी सजाय माफी मिनाहा गर्ने निर्णय गरेसँगै थुनामुक्त भएका थिए। सोही विषयमा सर्वोच्चले क्रुर र अमानवीय रुपमा ज्यान मारेको कसुर पुष्टि भएको व्यक्तिलाई माफी मिनाहा गर्न नहुने भन्दै प्रश्न उठाएको छ। उक्त घटनालाई सर्वोच्चले ‘क्रुर अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको घटना’ भनी व्याख्या गरेको छ। सर्वोच्चले व्याख्यामा भनेको छ, ‘रेशम चौधरी नेतृत्वको भीडले जीवनदानको भीख मागेका ८ जना प्रहरी कर्मचारीलाई लाठी, ढुंगा, बन्चरो प्रहार गरी, आँखामा भाला रोपी शरीरमा खर, पेट्रोल, मट्टीतेल खन्याई जलाउने र शवहरू क्षत–विक्षत गर्नेजस्तो सभ्य समाजको अपेक्षा र मानवीय चेतनाविरुद्ध अत्यन्त अमानवीय, क्रुर र निर्मम ढंगले ज्यान मारेको देखिन आई कसुर शंकारहित तवरले पुष्टि हुन आयो।’ आठ वर्षअघि एक नाबालकसहित आठ जना प्रहरीको ज्यान जाने गरी भएको हत्याकाण्डबारे गत २ जेठमा न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले फैसला गरेको थियो। फैसलाको पूर्णपाठमा उक्त घटनामा मुख्य योजनाकार भनिएका रेशम चौधरीलगायतको मुद्दा फिर्ता लिन सरकारले बेलाबेला गरेका प्रयासबारे असन्तुष्टि देखिन्छ। फौजदारी कानुन उल्लंघन भएर निहत्था मानिसको ज्यान गएको घटनालाई राजनीतिकरण गरिन नहुने पनि सुझाइएको छ ।
nepalsamaya.com
3,837,384
पशुपतिनाथ परिसर छेउको गौचरमा राणा शासकहरू गल्फ खेल्दथे, र उनीहरूको त्यहाँको विश्राम घरलाई नै कन्ट्रोल टावर बनाएर ‘गौचर हवाईअड्डा’ को थालनी भयो। त्यही बेलादेखि नै डीसी–थ्री डेकोटा विमानको इन्जिनको ‘घ्यार–घ्यार’ र ब्रेक लगाउँदाको ‘कुइँ–कुइँ’ ले नेपालीलाई रोमाञ्चित पार्‍यो। पहिला उडान भर्नेमध्ये कलकत्तामा बसोबास गर्ने महावीर शमशेरको परिवारले सञ्चालन गरेको ‘हिमालयन एभिएशन’ थियो, जो पछि अन्य भारतीय निजी हवाईसेवा सहित ‘इण्डियन एअरलाइन्स’ मा गाभियो। नेपाली आकाशमा उडेका विमानका यस्तै वैयक्तिक इतिहास समेटिएको को स्तम्भ 'उकालो लाग्दा' । यो वर्षको मनसुनमा भेल पहिरो ठूलो समस्या बनेको छ। किन बढ्दैछ भेल पहिरो? -मुकेश पोखरेलको रिपोर्ट। साथमा भन्नेबारे खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् का विचार। विदेशबाट मानिसहरू आउने क्रम बढेसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या पनि उल्लेख्य बढ्न पुग्यो। कोरोनासँगै यो महामारी र बन्दाबन्दीले निम्त्याएको आर्थिक शिथिलताका कारण खाद्यान्न अभावको समस्या देखिन थालेको छ। महामारीका कारण रोजगारी गुमाएर विदेशबाट फर्केकाहरूलाई व्यवस्थापन गर्न समस्या खेपिरहेको सुदूरपश्चिम प्रदेशसामु सम्भावित खाद्य संकट टार्ने चुनौती पनि छ। - को विशेष रिपोर्ट। नेकपाको विवाद केन्द्रीय कमिटी बैठकतर्फ उन्मुख भएको चर्चा भइरहेकै समयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले सचिवालय बैठकमा आउँदो मंसीरमा पार्टीको महाधिवेशन गर्ने प्रस्ताव गरे, जसलाई अर्का अध्यक्ष पुष्पकमल दाहालले समर्थन जनाए। नेकपामा चुलिएको संकटबीच अध्यक्ष दाहालका पछिल्ला केही अनौठा ‘मूभ’को अर्थ दाहालले आफूलाई अर्का अध्यक्ष ओलीमा समाहित गर्न थालेका संकेत हुन् - जसले तत्कालका लागि ओली सरकार माथिको संकट टारेको देखाउँछ। - रामेश्वर बोहराको टिप्पणी। कृषि अर्थशास्त्री उल्फ आइज्याक ल्याडजिन्स्कीसँग जापान, चीन, दक्षिण कोरिया र ताइवानमा भूमिसुधार सम्बन्धी नीति बनाइसकेको अनुभव थियो। प्रधानमन्त्री बीपी कोइराला उनै ल्याडजिन्स्कीलाई नेपालको भूमिसूधार नीतिको बनाउने जिम्मा दिन चाहन्थे । नेपाल आएका ल्याडजिन्स्की बीपीबाट औधि प्रभावित भए । तर, राजा महेन्द्रको 'कु' पछि बीपी थुनिए । परिणाम, जनपक्षीय भूमिसूधार नीति बनाउने बीपीको सपना शुरु नहुँदै अन्त्य भयो । - बीपी स्मृति दिवसका अवसरमा संविधानविद् (पीएचडी) को लेख । नेपालको फौजदारी कानूनमा रहेका कतिपय कमी कमजोरीलाई सर्वोच्च अदालतले लोपोन्मुख वन्यजन्तु गैंडाको चोरी शिकार र व्यापारसम्बन्धी मुद्दाको फैसला मार्फत सुधारेको छ। सर्वोच्च अदालतले गैंडाको चोरी शिकारका मुद्दा मार्फत सैनिक अदालतको अधिकार क्षेत्र निर्धारण गर्न, बढी उमेर भएका व्यक्तिलाई सजायमा दिइने छुटको कानूनी व्यवस्था कार्यान्वयन गर्न र अर्ध न्यायिक निकायमा भएको बयानलाई प्रमाणमा लिन विकास गरेका सिद्धान्तबारे चर्चा गरिएको को सामग्री। ३ साउन मध्याह्न १२ बजेतिर चितवन राष्ट्रिय निकुञ्जका अधिकारीहरू चितवनको माडी नगरपालिका–९ कुसुमखोलाको चेपाङ बस्ती पुगे। सात वटा हात्तीको लावालस्कर र सेनासहितको यो टोलीबाट क्षणभरमै बस्ती तहसनहस भयो। चितवन राष्ट्रिय निकुञ्जले वन क्षेत्र छाड्ने पूर्वसूचना नदिई माडी नगरपालिका–९ कुसुमखोलाको बस्ती ध्वस्त बनाउँदा वर्षाको वेला त्यहाँका चेपाङ समुदायको बिजोग भयो । -काठमाडौंबाट र चितवनबाट ले तयार पारेको सामग्री। सरकारले ६ साउन मध्यरात देखि लागू हुने गरी बन्दाबन्दी अन्त्य गर्ने निर्णय गरेको छ। गएको ११ चैतदेखि शुरू भएको बन्दाबन्दीलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अन्त्य गर्ने निर्णय गरेको हो। तर विज्ञ चिकित्सकका अनुसार सरकारले व्यवस्थित रुपमा बताएका छन्। साथै, कोरोना संक्रमणको जोखिम थप बढेका वेला सरकार बन्दाबन्दी खोल्न बाध्य हुनुको कारण हो– मा परेको व्यवधान। काठमाडौंको ‘प्राइम लोकेसन’ महांकालस्थानमा रहेको त्रि–चन्द्र मिलिटरी हस्पिटल भत्काएर बनाइएको भवन अब औपचारिक रुपमै ‘सपिङ मल’ बनेको छ। नेपाली सेनाले करीब ९० वर्ष पुरानो ऐतिहासिक त्रि–चन्द्र मिलिटरी हस्पिटल मासेर बनाएको भवन अन्ततः सपिङ मल बनेको छ। चौतर्फी विरोध हुँदाहुँदै सेनाले वार्षिक रु.४९ करोड ३३ लाख भाडामा लगाएपछि यो ठाउँ ‘होलसेल सपिङ मल’का रुपमा सञ्चालनमा आएको छ। श्रीमतीको हत्या गरेको अभियोगमा सर्वश्वसहित जन्मकैदको सजाय काटिरहेका सशस्त्र प्रहरी बलका तत्कालीन डीआईजी रञ्जन कोइराला जेलबाट छुटेका छन्। १५ असारमा भएका हुन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइराला साढे ८ वर्ष जेल बस्दा पनि ‘सजायको मकसद पूरा हुने’ भन्दै सजाय घटाउने फैसला गरेको हो। यस्तो फैसलाले महिलामाथि गम्भीर प्रकृतिका, बर्बर र निकृष्ट घटना झन् बढ्दै जाने र न्याय प्रणाली तथा न्यायमूर्तिहरुमाथिको विश्वास गुम्ने खतरा भएको भन्दै आलोचना हुन थालेको छ । साथै, कोइरालालाई सजायमा छुट दिने सर्वोच्च अदालतको फैसला विरुद्ध महान्यायाधिवक्ताको कार्यालय मा गएको छ । फैसला बारे छोरी गुमाएका बुबा सँग हिमालखबरका लागि ले गरेको कुराकानी। पितृसत्तात्मक र विवाहलाई मात्र सम्बन्ध मान्ने पुरातनवादी नागरिकता विधेयकले लैङ्गिक तथा यौनिक अल्पसंख्यक जनसंख्याको विविधता चिन्दैन। बरु एकोहोरो भनिरहन्छ–‘अन्य’ त राखिदिएकै छ नि ? नागरिकता विधेयक लामो समयदेखि विवादित नै छ। तर, विवाद, विचार र विमर्शमा एक उल्लेख्य जनसंख्याको मुद्दा भने सधैं ओझेलमै परिरहेको छ। त्यो हो– लैङ्गिक तथा यौनिक अल्पसंख्यक जनसंख्याको मुद्दा। समाजमा व्याप्त लैङ्गिक प्रथा र जरा गाडेका मूल्यमान्यताहरूका अघि यो जनसंख्या केवल अन्यकरणमा सीमित हुन पुगेको छ। - पारलैङ्गिक महिला को टिप्पणी। गएको आर्थिक वर्ष २०७६/७७ मा अख्तियारले ४४० वटा मुद्दा विशेष अदालतमा दर्ता गरेकोमा २०६ वटा मुद्दा घूस लिएको सम्बन्धी छन्। तीमध्ये १८१ वटामा ‘स्टिङ अपरेशन’ गरिएको थियो। जसमा आधाभन्दा बढी अर्थात् ९९ वटा रु.२५ हजार भन्दा कम घूसका लागि भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक पदमा रहेका व्यक्तिलाई पक्राउ गर्ने योजना बनाएर घूस ‘अफर’ गर्ने र त्यसबापत रकम उपलब्ध गराउनेसम्मको काम गर्दै आएको छ। यस्तो कार्य राज्यको संवैधानिक निकायले गर्न मिल्छ कि मिल्दैन? - ले का लागि तयार पारेको रिपोर्ट। विशेष परिस्थितिका कारण उद्योग वाणिज्य महासंघको यही कार्यसमितिलाई समय थप गर्न वा तीन महीना भन्दा बढी समय काम गर्न यसको विधानले नै दिंदैन । तर, महासंघका पदाधिकारीहरुले सहमतिमा चुनाव गर्नुपर्नेमा चुनाव गराइहाल्ने र जतिसक्दो पछाडि धकेल्ने खेमामा विभक्त देखिन्छन् । समग्र निजी क्षेत्रमा थिति बसाउन अग्रसर हुनपर्ने महासंघ तिथिमै रडाको मच्चाइरहेको छ । - को रिपोर्ट। चिनियाँहरु रेशम व्यापारका क्रममा हिमालय भञ्ज्याङ पार गरी नेपालबाट क्रमशः पश्चिम कुमाऊँ, कश्मीर, लद्दाख, हिन्दूकुश, इरान– इराक हुँदै बेबिलोनियाँको कस्साइट साम्राज्यसम्म पुगेका थिए। कतिपय अनुसन्धानदाताको मतमा यो मार्ग हाम्रै प्राचीन खशमार्ग हो अर्थात् खश जातिले यात्रा गरेको उल्लिखित मार्ग नै आज रेशम परिपथको रुपमा परिचित छ। यस आधारमा हिमाली भञ्ज्याङ शृंखलाहरु र कालीगण्डकी क्षेत्रमा विचरण गर्ने खशजाति र प्राचीन रेशम परिपथको ऐतिहासिक सम्बन्ध देखिन्छ।‍‍‍‍ –संस्कृति र इतिहासका विद्यार्थी को विशेष अनुसन्धानमूलक आलेख। पशुपतिनाथ परिसर छेउको गौचरमा राणा शासकहरू गल्फ खेल्दथे, र उनीहरूको त्यहाँको विश्राम घरलाई नै कन्ट्रोल टावर बनाएर ‘गौचर हवाईअड्डा’ को थालनी भयो। त्यही बेलादेखि नै डीसी–थ्री डेकोटा विमानको इन्जिनको ‘घ्यार–घ्यार’ र ब्रेक लगाउँदाको ‘कुइँ–कुइँ’ ले नेपालीलाई रोमाञ्चित पार्‍यो। पहिला उडान भर्नेमध्ये कलकत्तामा बसोबास गर्ने महावीर शमशेरको परिवारले सञ्चालन गरेको ‘हिमालयन एभिएशन’ थियो, जो पछि अन्य भारतीय निजी हवाईसेवा सहित ‘इण्डियन एअरलाइन्स’ मा गाभियो। नेपाली आकाशमा उडेका विमानका यस्तै वैयक्तिक इतिहास समेटिएको को स्तम्भ 'उकालो लाग्दा' । यो वर्षको मनसुनमा भेल पहिरो ठूलो समस्या बनेको छ। किन बढ्दैछ भेल पहिरो? -मुकेश पोखरेलको रिपोर्ट। साथमा भन्नेबारे खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् का विचार। विदेशबाट मानिसहरू आउने क्रम बढेसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या पनि उल्लेख्य बढ्न पुग्यो। कोरोनासँगै यो महामारी र बन्दाबन्दीले निम्त्याएको आर्थिक शिथिलताका कारण खाद्यान्न अभावको समस्या देखिन थालेको छ। महामारीका कारण रोजगारी गुमाएर विदेशबाट फर्केकाहरूलाई व्यवस्थापन गर्न समस्या खेपिरहेको सुदूरपश्चिम प्रदेशसामु सम्भावित खाद्य संकट टार्ने चुनौती पनि छ। - को विशेष रिपोर्ट। नेकपाको विवाद केन्द्रीय कमिटी बैठकतर्फ उन्मुख भएको चर्चा भइरहेकै समयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले सचिवालय बैठकमा आउँदो मंसीरमा पार्टीको महाधिवेशन गर्ने प्रस्ताव गरे, जसलाई अर्का अध्यक्ष पुष्पकमल दाहालले समर्थन जनाए। नेकपामा चुलिएको संकटबीच अध्यक्ष दाहालका पछिल्ला केही अनौठा ‘मूभ’को अर्थ दाहालले आफूलाई अर्का अध्यक्ष ओलीमा समाहित गर्न थालेका संकेत हुन् - जसले तत्कालका लागि ओली सरकार माथिको संकट टारेको देखाउँछ। - रामेश्वर बोहराको टिप्पणी। कृषि अर्थशास्त्री उल्फ आइज्याक ल्याडजिन्स्कीसँग जापान, चीन, दक्षिण कोरिया र ताइवानमा भूमिसुधार सम्बन्धी नीति बनाइसकेको अनुभव थियो। प्रधानमन्त्री बीपी कोइराला उनै ल्याडजिन्स्कीलाई नेपालको भूमिसूधार नीतिको बनाउने जिम्मा दिन चाहन्थे । नेपाल आएका ल्याडजिन्स्की बीपीबाट औधि प्रभावित भए । तर, राजा महेन्द्रको 'कु' पछि बीपी थुनिए । परिणाम, जनपक्षीय भूमिसूधार नीति बनाउने बीपीको सपना शुरु नहुँदै अन्त्य भयो । - बीपी स्मृति दिवसका अवसरमा संविधानविद् (पीएचडी) को लेख । नेपालको फौजदारी कानूनमा रहेका कतिपय कमी कमजोरीलाई सर्वोच्च अदालतले लोपोन्मुख वन्यजन्तु गैंडाको चोरी शिकार र व्यापारसम्बन्धी मुद्दाको फैसला मार्फत सुधारेको छ। सर्वोच्च अदालतले गैंडाको चोरी शिकारका मुद्दा मार्फत सैनिक अदालतको अधिकार क्षेत्र निर्धारण गर्न, बढी उमेर भएका व्यक्तिलाई सजायमा दिइने छुटको कानूनी व्यवस्था कार्यान्वयन गर्न र अर्ध न्यायिक निकायमा भएको बयानलाई प्रमाणमा लिन विकास गरेका सिद्धान्तबारे चर्चा गरिएको को सामग्री। ३ साउन मध्याह्न १२ बजेतिर चितवन राष्ट्रिय निकुञ्जका अधिकारीहरू चितवनको माडी नगरपालिका–९ कुसुमखोलाको चेपाङ बस्ती पुगे। सात वटा हात्तीको लावालस्कर र सेनासहितको यो टोलीबाट क्षणभरमै बस्ती तहसनहस भयो। चितवन राष्ट्रिय निकुञ्जले वन क्षेत्र छाड्ने पूर्वसूचना नदिई माडी नगरपालिका–९ कुसुमखोलाको बस्ती ध्वस्त बनाउँदा वर्षाको वेला त्यहाँका चेपाङ समुदायको बिजोग भयो । -काठमाडौंबाट र चितवनबाट ले तयार पारेको सामग्री। सरकारले ६ साउन मध्यरात देखि लागू हुने गरी बन्दाबन्दी अन्त्य गर्ने निर्णय गरेको छ। गएको ११ चैतदेखि शुरू भएको बन्दाबन्दीलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अन्त्य गर्ने निर्णय गरेको हो। तर विज्ञ चिकित्सकका अनुसार सरकारले व्यवस्थित रुपमा बताएका छन्। साथै, कोरोना संक्रमणको जोखिम थप बढेका वेला सरकार बन्दाबन्दी खोल्न बाध्य हुनुको कारण हो– मा परेको व्यवधान। काठमाडौंको ‘प्राइम लोकेसन’ महांकालस्थानमा रहेको त्रि–चन्द्र मिलिटरी हस्पिटल भत्काएर बनाइएको भवन अब औपचारिक रुपमै ‘सपिङ मल’ बनेको छ। नेपाली सेनाले करीब ९० वर्ष पुरानो ऐतिहासिक त्रि–चन्द्र मिलिटरी हस्पिटल मासेर बनाएको भवन अन्ततः सपिङ मल बनेको छ। चौतर्फी विरोध हुँदाहुँदै सेनाले वार्षिक रु.४९ करोड ३३ लाख भाडामा लगाएपछि यो ठाउँ ‘होलसेल सपिङ मल’का रुपमा सञ्चालनमा आएको छ। श्रीमतीको हत्या गरेको अभियोगमा सर्वश्वसहित जन्मकैदको सजाय काटिरहेका सशस्त्र प्रहरी बलका तत्कालीन डीआईजी रञ्जन कोइराला जेलबाट छुटेका छन्। १५ असारमा भएका हुन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइराला साढे ८ वर्ष जेल बस्दा पनि ‘सजायको मकसद पूरा हुने’ भन्दै सजाय घटाउने फैसला गरेको हो। यस्तो फैसलाले महिलामाथि गम्भीर प्रकृतिका, बर्बर र निकृष्ट घटना झन् बढ्दै जाने र न्याय प्रणाली तथा न्यायमूर्तिहरुमाथिको विश्वास गुम्ने खतरा भएको भन्दै आलोचना हुन थालेको छ । साथै, कोइरालालाई सजायमा छुट दिने सर्वोच्च अदालतको फैसला विरुद्ध महान्यायाधिवक्ताको कार्यालय मा गएको छ । फैसला बारे छोरी गुमाएका बुबा सँग हिमालखबरका लागि ले गरेको कुराकानी। पितृसत्तात्मक र विवाहलाई मात्र सम्बन्ध मान्ने पुरातनवादी नागरिकता विधेयकले लैङ्गिक तथा यौनिक अल्पसंख्यक जनसंख्याको विविधता चिन्दैन। बरु एकोहोरो भनिरहन्छ–‘अन्य’ त राखिदिएकै छ नि ? नागरिकता विधेयक लामो समयदेखि विवादित नै छ। तर, विवाद, विचार र विमर्शमा एक उल्लेख्य जनसंख्याको मुद्दा भने सधैं ओझेलमै परिरहेको छ। त्यो हो– लैङ्गिक तथा यौनिक अल्पसंख्यक जनसंख्याको मुद्दा। समाजमा व्याप्त लैङ्गिक प्रथा र जरा गाडेका मूल्यमान्यताहरूका अघि यो जनसंख्या केवल अन्यकरणमा सीमित हुन पुगेको छ। - पारलैङ्गिक महिला को टिप्पणी। गएको आर्थिक वर्ष २०७६/७७ मा अख्तियारले ४४० वटा मुद्दा विशेष अदालतमा दर्ता गरेकोमा २०६ वटा मुद्दा घूस लिएको सम्बन्धी छन्। तीमध्ये १८१ वटामा ‘स्टिङ अपरेशन’ गरिएको थियो। जसमा आधाभन्दा बढी अर्थात् ९९ वटा रु.२५ हजार भन्दा कम घूसका लागि भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक पदमा रहेका व्यक्तिलाई पक्राउ गर्ने योजना बनाएर घूस ‘अफर’ गर्ने र त्यसबापत रकम उपलब्ध गराउनेसम्मको काम गर्दै आएको छ। यस्तो कार्य राज्यको संवैधानिक निकायले गर्न मिल्छ कि मिल्दैन? - ले का लागि तयार पारेको रिपोर्ट। विशेष परिस्थितिका कारण उद्योग वाणिज्य महासंघको यही कार्यसमितिलाई समय थप गर्न वा तीन महीना भन्दा बढी समय काम गर्न यसको विधानले नै दिंदैन । तर, महासंघका पदाधिकारीहरुले सहमतिमा चुनाव गर्नुपर्नेमा चुनाव गराइहाल्ने र जतिसक्दो पछाडि धकेल्ने खेमामा विभक्त देखिन्छन् । समग्र निजी क्षेत्रमा थिति बसाउन अग्रसर हुनपर्ने महासंघ तिथिमै रडाको मच्चाइरहेको छ । - को रिपोर्ट। चिनियाँहरु रेशम व्यापारका क्रममा हिमालय भञ्ज्याङ पार गरी नेपालबाट क्रमशः पश्चिम कुमाऊँ, कश्मीर, लद्दाख, हिन्दूकुश, इरान– इराक हुँदै बेबिलोनियाँको कस्साइट साम्राज्यसम्म पुगेका थिए। कतिपय अनुसन्धानदाताको मतमा यो मार्ग हाम्रै प्राचीन खशमार्ग हो अर्थात् खश जातिले यात्रा गरेको उल्लिखित मार्ग नै आज रेशम परिपथको रुपमा परिचित छ। यस आधारमा हिमाली भञ्ज्याङ शृंखलाहरु र कालीगण्डकी क्षेत्रमा विचरण गर्ने खशजाति र प्राचीन रेशम परिपथको ऐतिहासिक सम्बन्ध देखिन्छ।‍‍‍‍ –संस्कृति र इतिहासका विद्यार्थी को विशेष अनुसन्धानमूलक आलेख ।
himalkhabar.com
1,312,441
भारतको उत्तराखण्डमा हुन गइरहेको विधानसभा निर्वाचनका लागि नेपाल-भारत सीमानाका बन्द गरिने भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्धराज उपाध्यायले जानकारी दिए। उनका अनुसार माघ २९ गते साझ देखि फागुन ३ गते बिहानसम्म नेपाल-भारत सीमानाका बन्द हुनेछन्। नेपाल-भारत जोड्ने दार्चुला र बैतडीका सीमा नाकाहरु बन्द हुने प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले अन्नपूर्णलाई जानकारी दिए। उनका अनुसार हालसम्म कुनै औपचारीक जानकारी नआएपनि यहाँको पुरानो चलनचल्ती अनुसार निर्वाचन अवधिभर ४ दिन सीमानाका बन्द हुनेछन् ।
annapurnapost.com
741,964
निलम्बनमा परेकी प्रधानन्यायाधीश सोमबारै नयाँ घरमा सर्ने तयारी गरेकी छन् । स्रोतका अनुसार, धापासीमा निर्माणधीन घरमा उनी सर्ने तयारी भएको छ ।उनको धापासीस्थित जग्गामा गत एक वर्षदेखि घर निर्माण हुँदै आएको थियो । गत असारमा नै उनले संसदीय सुनुवाईका क्रममा आफ्नो मेहनतले सानो घर बनाउन लागेको बताएकी थिइन् ।सम्पत्ति थुपारेको भनी आएको उजुरीमाथि संसदीय सुनुवाईका क्रममा एक सांसदले प्रश्न गरेपछि त्यसको जवाफमा उनले आफ्नो विराटनगरमा केही सम्पत्ति रहेकोमा पति दुर्गा सुवेदी लडेर विरामी भएपछि त्यो बेचेर काठमाडौंमा बसाई सरेको बताएकी थिइन् । ‘मेरो कमाई, पुर्ख्यौली सम्पत्ति र नपुगेको हकमा सञ्चयकोषबाट ऋण निकालेर साना घर बनाउन लगेकी हुँ,’ उनले भनेकी थिइन्, ‘एक रुपैयाँ पनि गलत ढंगले आर्जन भएको पुष्टि गरिदिनुस, जेसुकै भोग्न तयार छु ।’ स्रोतका अनुसार, गतवर्षदेखि नै निर्माण सुरु भएको घरमा आज प्रवेश गर्ने कार्यक्रम छ ।उनी प्रधानन्यायाधीश भएपछि बालुवाटारस्थित सरकारी निवासमा बस्दै आएकी थिइन् ।
ekantipur.com
5,476,878
अन्तिम चरणमा पुगेको विधान मस्यौदालाई समितिले पुस २१ गते स्थायी समितिमा पेस गर्दै छ । समितिले विभागमा रहने सदस्यको सङ्ख्या पनि घटाएर बढीमा १५ सदस्य प्रस्ताव गरेको छ । समितिका सदस्य गणेश साहले केन्द्रीय समिति र विभागहरू चुस्त राख्ने गरी प्रस्ताव गरिएको जानकारी दिनुभयो । जिल्ला र प्रदेश समितिलाई कार्यकारी बनाउने र जनवर्गीय सङ्गठनलाई स्वायत्तता दिने प्रस्ताव भएको छ । “प्रदेश जिल्ला समन्वय समितिलाई कार्यकारी बनाउने जनवर्गीय सङ्गठनलाई स्वायत्त बनाउने तर उनीहरूको विधान पार्टीले अनुमोदन गर्ने प्रस्ताव भएको छ । विभागहरूमा विज्ञ सदस्य राख्नुपर्ने प्रस्ताव छ,” सदस्य साहले भन्नुभयो । उहाँले प्रस्तावित केन्द्रीय समिति अनुसार प्रदेश, जिल्ला, पालिका र वडा समिति पनि सानो बनाउनुपर्ने प्रस्ताव गरिएको जानकारी दिनुभयो । मस्यौदामा अध्यक्षात्मक बहुपदीय प्रणालीलाई यथावत् राखिएको छ । केन्द्रीय सदस्य सङ्ख्याको एकतिहाइ केन्द्रीय पदाधिकारी रहने छन् । माओवादीले फागुनमा विधान अधिवेशन गर्दै छ । “पुस २१ गते हामीले बुझाउँछौँ, स्थायी समितिले अनुमोदन गरेपछि जिल्ला तहमा छलफलका लागि पठाउने हो,” सदस्य साहले भन्नुभयो । पुस ५ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्यीय मस्यौदा समिति गठन गरेको थियो ।
gorkhapatraonline.com
5,368,516
राष्ट्रिय सहकारी महासङ्घ तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी तेस्रो सहकारी सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्नुहुँदै मन्त्रालयका सचिव डा. दामोदर रेग्मी । तस्बिर : रासस भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सामाजिक, आर्थिक रूपान्तरणमा सहकारीले महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घ तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी तेस्रो सहकारी सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्नुहुँदै उहाँले सहकारी विस्तार भएका ठाउँमा आर्थिक, सामाजिक सुधार भएकाले मानव विकास सूचकाङ्कमा सुधार ल्याउन पनि सहकारीको योगदान हुने धारणा राख्नुभयो । डा. रेग्मीले भन्नुभयो, “सहकारी क्षेत्रले नेतृत्व विकास, स्वरोजगार, उद्यमशीलतामा विशेष योगदान गरेको छ, सहकारीको माध्यबाट उत्पादन वृद्धि गरेर आयात कम गराउन सकिनेछ ।” केही सहकारीमा समस्या आउँदा सिङ्गो सहकारी बदनाम बन्न पुगेको उल्लेख गर्दै उहाँले सुरक्षित अवतरणका लागि सबैको सहयोग र योगदानको खाँचो औँल्याउनुभयो । पूर्वसचिव गोपीनाथ मैनालीले स्वनियमन सिद्धान्त आदर्श भए पनि सहकारीका लागि आत्मा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भित्रैको मान्छेले समस्या देख्ने भएकाले स्वनियमन महत्त्वपूर्ण हुन्छ, सदस्य नै ठूलो नियामक भएकाले चासो राख्नुपर्छ, नियमन गर्नुपर्छ ।” काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. विनोदकृष्ण श्रेष्ठले बिग्रेका सहकारीलाई सही बाटोमा ल्याउन र स्वनियमन मात्र नभई नियमन पनि गर्न आवश्यक छ भन्नुभयो । राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक डिबी बस्नेतले जानी जानी सहकारीलाई आफ्नो व्यवसाय बनाउनेलाई कारबाही गरिनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय सहकारी महासङ्घका पूर्वअध्यक्ष केशवप्रसाद बडालले सदस्यको पैसा संरक्षण गर्न सञ्चालक, व्यवस्थापन र लेखा समिति सक्रिय हुनुपर्छ भन्नुभयो ।
gorkhapatraonline.com
3,278,171
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नं. १ का सुकुम्वासी समस्या समाधानका लागि पहल गर्ने बताएका छन् । समस्या समाधानका लागि भूमि आयोग बनेको भन्दै त्यसले दिने प्रतिवेदनलाई आधार मानेर समस्याको समाधान निकाल्ने बताए । ‘भूमि आयोगले काम सुरु गरिसकेको छ । निर्वाचन आयोगले निर्वाचनको समयमा काम रोक्नु भनेकाले अहिले रोकिएको छ,’ आइतबार बिहान थापाथलीस्थित बागमती नदी किनारको वस्तीमा आयोजित कार्यक्रममा उनले भने, ‘त्यसको प्रतिवेदन आइसकेपछि त्यसलाई अध्ययन गरेर स्थायी समाधान निकाल्छौं ।’ समस्या समाधान गर्दा जबरजस्ती नभई भूमिहीनको पनि चित्त बुझाएर गर्ने उनले बताए । ‘सरकार र तपाईंहरुलाई पनि हुने गरीकन, विनविन सिचुयसन दुवैलाई हुने गरी गर्नका लागि हामी जोड दिन्छौं,’ उनले भने । मतदाताले सरकारी कार्यालयका कामकाज झन्झटिलो र ढिलो भएको भन्ने गुनासो गरेको भन्दै उनले त्यसको सरल र छिटोछरीतो बनाउन पनि पहल गर्ने बताए ।
nepalijanta.com
4,550,600
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता शनिवारदेखि हुने भएको छ। प्रतियोगितामा साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश भलिबल संघ र एभरेष्ट भलिबल क्लब गरी ६ टोलीको सहभागिता रहनेछ। नेपाल भलिबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेल सञ्चालन गरिने भएको छ। माघ २४ गतेसम्म आयोजना हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुनेछ। प्रतियोगिताका विजेता टोलीले नगद तीन लाख रुपैयाँ पुरस्कार पाउने छन्। यस्तै, उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन्। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए। यस्तै, विधागततर्फका उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने भएको छ। प्रतियोगिताको उदयमान खेलाडीलाई नगद १५ हजारसहित इमर्जिङ प्लेयर अवार्डबाट सम्मानित गरिने खड्काले जानकारी दिए। यसैगरी, छैटौं संस्करणको उद्घाटनका अवसरमा एक जना राष्ट्रिय खेलाडीलाई नगद ५० हजार रुपैयाँसहित स्पेसल अवार्डबाट सम्मानित पनि गरिने भएको छ। बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा हुने प्रतियोगिता सञ्चालन गर्न करिब ४० लाख रुपैयाँ खर्च लाग्ने अध्यक्ष खड्काले जानकारी दिए। उनले महिला भलिबल खेलाडीको सशक्तिकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्य अनुरुप प्रतिष्ठानले भलिबल प्रतियोगिता आयोजना गर्दै आएको बताए ।
pahilopost.com
3,194,438
नेकपा एमालेले पार्टीका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । अर्को सूचना जारी नभएसम्म पार्टीका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए । ‘पार्टी र पार्टी जनसंगठन सम्बद्ध कार्यक्रम अर्काे सूचना नभएसम्मका लागि स्थगित गरिएको छ,’ नेता ज्ञवालीले भने । पार्टी उपाध्यक्षसमेत रहेका नेता सुवास नेम्वाङको निधन भएपछि एमालेले पार्टीका सम्पूर्ण कार्यक्रम स्थगन गरेको हो । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
souryaonline.com
3,409,106
सूर्या लाइफ र ज्योति लाइफ मर्जरपश्चात संयुक्त कारोबारको शुभारम्भ गरेको छ ।
drishtinews.com
4,535,874
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले संघर्ष समितिले बनाएको योजना जानकारी बिनै परिवर्तन गरेकाले शुक्रबार आयोजित विरोधसभामा आफूले मञ्चमै असन्तुष्टि जनाएको बताएका छन्। पुष्पकमल दाहाल प्रचण्ड तथा मावधकुमार नेपाल समूहले शुक्रबार आयोजना गरेको प्रतिनिधिसभा विघटनविरुद्धको विरोधसभाको संघर्ष समितिले बनाएको कार्यक्रम हेरफेर गरेकोमा असन्तुष्टि जनाएको उनले स्पस्टीकरण दिएका छन्। शुक्रबार विरोधसभामा श्रेष्ठसँग पार्टी अध्यक्षद्वय प्रचण्ड र नेपालसँग भनाभन नै भएको थियो। मुखामुख भएपछि श्रेष्ठले कार्यक्रम समापनमा समेत बोल्न मानेका थिएनन् ।
pahilopost.com
2,044,636
देशभर मनसुनी वायुको प्रभाव रहेकाले देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ। यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ । साथै प्रदेश १, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा हुने सम्भावना रहेको छ ।
kathmandupati.com
352,075
ग्लोबल आइएमई बैङ्कको अगुवाइमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुशनको स्विचिङ सुविधा र स्विफ्ट टेक्नोलोजीको प्राविधिक सहयोगमा “भिजा स्क्यान टू पे” भुक्तानी प्रणालीको सुरु गरिएको छ। काठमाडौँमा आयोजित एक विशेष समारोहमा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा.गुणाकर भट्ट, ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुशनका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा र स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत नीरज ढुङ्गानाले क्युआर स्क्यान गरी प्रथम कारोबार सहित उक्त सेवाको संयुक्त रूपमा शुभारम्भ गरेका हुन्। उक्त प्रविधिमार्फत ग्लोबल आइएमई बैङ्कका भिजा कार्ड बाहक ग्राहकहरूले अब फिजिकल कार्डको प्रयोग बिना नै ग्लोबल आइएमई बैङ्कको मोबाइल एप ग्लोबल स्मार्ट प्लसमार्फत क्युआर स्क्यान गरी कुनै पनि पेमेन्ट गर्न बैङ्कले जनाएको छ। भिजा स्क्यान टू पे एउटा कार्ड–देखि–व्यापारी भुक्तानी सेवा हो। यसबाट कार्ड स्वाइप नगरी आफ्नो स्मार्टफोन प्रयोग गरेर भुक्तानी गर्न सकिन्छ। कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक भट्टले बैङ्कले जारी गरेको यो प्रविधि डिजिटल प्रविधिको विकासमा कोशे ढुङ्गा साबित हुने बताए। उनले नेपाल सरकार र नेपाल राष्ट्र बैङ्कले लिएको डिजिटल नेपाल निर्माणको लक्ष्य अनुसार नयाँ नयाँ प्रविधिको विकास गरेकोमा बैङ्क लगायत संलग्न सबैलाई धन्यवाद ज्ञापन गरेका छन्। ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले ग्लोबल आइएमई बैङ्क नयाँ प्रविधिको विकास र विस्तारमा सधैँ अग्रणी रहेको बताउँदै नयाँ प्रविधिको विकासका साथसाथै यसको प्रयोग पनि उत्तिकै जरुरी भएको र सबै सरोकारवाला मिलेर यसको प्रवर्द्धन गर्न जरुरी रहेको बताए। नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुशनका प्रमुख कार्यकारी अधिकृत सुब्बाले प्रविधिको विकास र विस्तारमा सबै सरोकारवालाहरूबिच ठूलो सहकार्यको आवश्यकता रहेको बताए। स्विफ्ट टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाले डिजिटल प्रविधिको विकास अहिलेको चर्चाको विषय रहेको बताए। भिजाका नेपाल, बङ्गलादेश तथा भुटानका लागि कन्ट्री म्यानेजर सौम्य बासुले नयाँ प्रविधिको अनुसरण गर्न नेपाल अगाडि रहेको बताए। ग्लोबल आइएमई बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले नयाँ डिजिटल प्रविधिको विकासभन्दा यसलाई अनुसरण गर्न ठूलो समस्या रहेको बताउँदै डिजिटल प्रविधिको प्रयोग बढाउन आवश्यक पूर्वाधार विकासमा सहयोग गर्न नेपाल सरकार र नेपाल राष्ट्र बैङ्कको ध्यानाकर्षण गराए। कार्यक्रममा ग्लोबल आइएमई बैङ्कका ट्रान्ज्याक्सन बैङ्किङ सेल्स तथा बिजनेस प्रमुख प्रकाश पौडेलले नयाँ प्रविधिको प्रयोग तथा यसका फाइदाबारे बताएका थिए ।
hamrakura.com
2,443,409
कार्यक्रमका प्रमुख अतिथि फोनिज सुदूरपश्चिम अध्यक्ष लखन चौधरीले महुवाको पर्यावरणीय महत्व मात्रै नभइ आदिवासी जनजातिको संस्कृति, संस्कार र पहिचानसँग जोडिएकोले संरक्षणमा जोड दिए । फोनिज स्थापनाको अन्तर्य बारेमा प्रकाश पार्दै अध्यक्ष चौधरीले भने– ‘प्रेस स्वतन्त्रको रक्षा तथा पत्रकार हक हितको लागि नेपाल पत्रकार महासंघको स्थापना हो । यद्यपि पत्रकार महासंघबाट विशिष्टिकृत रुपमा उत्पीडित वर्ग समुदाय, राज्यको मूल प्रवाहमा आउन नसकेका समुदायका पत्रकारहरुको उत्थान तथा ती समुदायको आर्थिक, सामाजिक, राजनीतिक, साांस्कृतिकलगायत सवालको उठान हुन नसक्दा फोनिजको स्थापना भएको हो । ’ बिट पत्रकारिताजस्तै सम्बन्धित समुदायबाट आएका पत्रकारले मात्रै सम्बन्धित समुदायको अन्तरवस्तुबारेको ज्ञान हुने भएकाले ती समुदायको सवाल तथा मुद्दाबारे गहन रुपमा उठान गर्न सक्ने भएकाले जनजाति पत्रकारले जनजजातिको सवालमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ । फोनिजकी सुदूरपश्चिम महासचिव उन्नती चौधरीले राज्यको विभेदकारी नीतिका कारण जनजाति समुदायका पत्रकार तथा पत्रकारले सञ्चालन गरेको मिडियालाई टिकाउन गाह्रो रहेको बताइन् । जसकारण जनजातिको सवालहरु ओझेलमा पर्दै गएकोले जसप्रति भूमिका खेल्नुपर्ने औल्याइन् । फोनिज कैलालीका अध्यक्ष राम दहितको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य थारु पत्रकार संघ कैलालीका अध्यक्ष दिनेश दहितले गरे । महुवा प्रायः तराईको वनमा पाइन्छ, जुन वसन्त ऋतुमा फुल्छ । गैरकाष्ठ तथा मझौला किसिमको रुख अन्तर्गत पर्ने महुवाको बोटमा झुप्पा–झुप्पा रसिला फूल फुल्छन् । सो फुल संकलन गरेर प्रशोधन गरी रक्सी बनाउने कार्यमा थारू समुदाय उहिल्यैदेखि पारङ्गत छ । महुवालाई शक्तिवद्र्धक जडीबुटीको रूपमा लिइन्छ ।
ratopati.com
4,012,332
तर, एउटा बालिका हाँच्छयूको आश्र्चय लाग्दो रोगबाट पिडित भएकी छिन् । बेलायतमा बस्ने भारतीय मुलकी ईरा सक्सेनाले एक दिनमा करिब आठ हजार पटकसम्म हाँच्छयू गर्छिन् । तीन हप्ता अघिसम्म ईरा ठिक थिइन् । तर एक दिन बिहान उठ्नासाथ नौ वर्षकी ईरालाई लगातार हाँच्छयू आइरह्यो । उनका अभिभावकलाई पहिला त सामान्य लाग्यो तर घन्टौसम्म लागेपछि भने एलर्जी वा चीसोको कारण भएको बताएका थिए । उनकी आमाले औषधी खुवाएपनि कुनै असर नगरेको र झन झन् हाँच्छयू बढ्दै गएको थियो । आजभोलि उनले दिनमा आठ हजार पटक हाँच्छयू गर्ने गरेकी छिन् । ईरा उठेपछि भने निरन्तर आइरहन्छ । यस्तो समस्याको कारण उनी स्कुलपनि जान पाइरहेकी छैनन् । उनलाई खाना खान पनि मुश्किल हुने गरेको छ । डाक्टरले पनि ईराको यस्तो रोगको बारेमा बुझ्न सकेको छैन । काठमाडौं,९ साउन । सडकमा मागेर आफ्नो विहान बेलुकाको छाक टार्ने एक भिखारी ‘विश्वकै सबैभन्दा धनी काठमाडौं, २८ असार । संसारमा धेरै कुरा यस्ता छन्, जसलाई सुन्दा नै छक्क परिन्छ। केही काठमाडौं, २५ असार । हामीले धेरै अनौठो गाउँ र तिनीहरूको परम्पराको बारेमा सुनेका छौं तर काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको काठमाडौं, १४ असार । दिनभर काम गरेपछि थाकिएपछि राति आराम गरिन्छ। हाम्रो शरीरले हामी सुतेपछि काठमाडौं, ७ असार । धेरै मानिस रक्सी पिउन मन पराउँछन्। रक्सीमा प्रायजसो मानिसहरू चिसो पानी सविता सिंह ठकुरी काठमाडौं, ३२ जेठ । संसारमा धेरै प्रकारका जीवहरू छन्। केही जीवहरू अन्य काठमाडौं, १६ जेठ । संसारको एक यस्तो जेलको सत्यता बाहिर आएको छ जसको बारेमा सायद काठमाडौं, साउन ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले अमेरिकी भिसाका लागि काठमाडौं, साउन ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक आज ११ः३० बजे दलको काठमाडौं, साउन ६ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी काठमाडौं, साउन ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ ।
reportersnepal.com
4,372,327
मकवानपुरको हेटौंडा अस्पतालले मिर्गौला रोगीका लागि डायलाइसिस उपचार सेवालाई सहज बनाएको छ । यहाँ हाल मधेस प्रदेशको सिराहा, बारा, पर्सा तथा बागमती प्रदेशको सिन्धुली र मकवानपुरका गरी कूल ६६ मिर्गौला रोगीले दैनिक आलोपालो गरी डायलाइयसिस सेवा लिइरहेका छन् । हेटौंडा अस्पतालको डायलाइसिस युनिटका इन्चार्ज सीमा कणेलका अनुसार डायलाइसिस सेवा लिनेमा १८ महिला छन् । मिर्गौला बिरामीले हप्ताको दुईपटक अनिवार्यरुपमा चिकित्सकको परामर्शअनुसार डायलाइसिस सेवा लिइरहेका छन् । उनका अनुसार हेटौंडा अस्पतालमा हाल मिर्गौला रोग विशेषज्ञ चिकित्सक उपलब्ध नहुँदा डायलाइसिस गरिरहेका बिरामीको उपचारमा समस्या भएको कणेल बताउँछिन् । बिरामीलाई थप उपचार गर्नुपर्ने अवस्था आए कहाँ लैजाने भन्ने समस्या रहेको उनको भनाइ छ । “विषेशज्ञ चिकित्सक नहुँदा मिर्गौलाका बिरामीले समस्या भोग्नु परिरहेको छ । अस्पतालका अन्य चिकित्सकलाई देखाउने गरिएको छ”, उनले भनिन् । अहिले डायलाइसिस युनिट कक्षमा १३ डायलाइसिस मेसिनबाट दैनिक बिहान, दिउँसो र साझँ गरी तीनपटक प्रत्येक बिरामीलाई आलोपालो डायलाइसिस सेवा दिने गरिएको छ । डायलाइसिस युनिटमा सङ्घीय सरकारको स्वास्थ तथा जनसङ्ख्या मन्त्रालय, हेटौंडा उपमहानगरपालिका, रोटरी क्लब हेटौंडा र आरोग्य स्वास्थ प्रतिष्ठान ललितपुरले डायलाइसिस मेसिन खरिद गरी उपलब्ध गराएको मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालका प्रमुख चिकित्सक डा. रामचन्द्र सापकोटाले बताए । उनका अनुसार पुराना चारवटा डायलाइसिस मेसिन बिग्रेकाले केही दिनमा प्राविधिक बोलाएर मर्मतसम्भार गरी सञ्चालनमा ल्याइने भएको उनले जानकारी दिए । मकवानपुरमा मिर्गौला बिरामी चार सयभन्दा बढी पहिचान भएको र उनीहरुले आ–आफ्नो सुविधाअनुसार काठमाडौं, ललितपुर, भक्तपुर र चितवनका विभिन्न अस्पतालमा डायलाइसिस सेवा लिँदैआएका जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्यमणप्रसाद घिमिरेले जानकारी दिए । मिर्गौलाका बिरामीलाई तत्काल डायलाइसिस उपचार सेवा पाउन प्रत्येक स्थानीय निकायबाट अनिवार्य सिफारिस लिनुपर्ने र सोही अनुसार विपन्न नागरिक उपचार सेवा कोषअन्तर्गत निःशुल्क डायलाइसिस उपचार सेवा दिने गरिएको छ । सम्बन्धित अस्पताललाई सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको महाशाखामार्फत वार्षिक रकम भुक्तानी दिने गरेको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दीपक तिवारीले बताए । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तथा हेटौंडा अस्पताल सञ्चालन समितिका अध्यक्ष राजेश प्रसाईंले हेटौंडा अस्पतालमा विगत एक वर्षअघि सो प्रतिष्ठानले एक मिर्गौला रोग विशेषज्ञ चिकित्सक दरबन्दी सिर्जना गरी बिरामीको उपचार गर्दैआएकामा हाल सो प्रतिष्ठानमा प्रदेश सरकारबाट बजेट विनियोजित हुँदा उत्त चिकित्सकको दरबन्दी हटाइएकाले सो चिकित्सकलाई बिदाइ गर्नु परेको र सम्बन्धित निकायमा सो चिकित्सकको दरबन्दी उपलब्ध गराउन माग गरिरहेको बताए । उनले हेटौंडा अस्पताल सञ्चालन समितिद्वारा अब तीन हप्ताभित्रै मिर्गौला रोग विशेषज्ञ चिकित्सकलाई अस्पतालमा उपलब्ध गराउन विज्ञापनद्वारा पदपूर्ति गर्न प्रक्रिया थालेको जानकारी दिए ।
dainiknepal.com
707,637
यसअघि पूर्ववर्ती सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विशेष दूतका रूपमा महराले ३१ साउन ०७३ मा चीनको औपचारिक भ्रमण गरेका थिए । उनी त्यतिवेला उपप्रधानमन्त्री तथा अर्थमन्त्री थिए । उनीसँगै पूर्ववर्ती सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्रीका विशेष दूतका रूपमा भारतको औपचारिक भ्रमण गरेका थिए । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा परराष्ट्रमन्त्री भएलगत्तै महराले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा १८ असारमा भारतको भ्रमण गरेका थिए । परराष्ट्र अधिकारीका अनुसार महरालाई चीन र भारतबाट एकैसाथ औपचारिक भ्रमणको निमन्त्रणा आएको थियो । ‘उपप्रधानमन्त्रीज्यूको यो सद्भाव भ्रमण हो,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले नयाँ पत्रिसकासँग भने, ‘भ्रमणमा द्विपक्षीय सम्बन्धका विभिन्न आयामका बारेमा कुराकानी हुन्छ ।’ सानो आकारको प्रतिनिधिमण्डल लिएर महरा बेइजिङ जाँदै छन् । चीनका परराष्ट्रमन्त्री वाङ यीले संविधान जारीपछि निमन्त्रणा गरेका महरा दोस्रो परराष्ट्रमन्त्री हुन् । महरासँग परराष्ट्र मन्त्रालयको चीन डेस्क हेर्ने सहसचिव गणेश ढकाल, मन्त्रालयका उपसचिव कुमार राई, महराका प्रेस तथा जनसम्पर्क संयोजक हरि लामिछाने जाँदै छन् । चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, उपनियोग प्रमुख सुशीलकुमार लम्साल, राजनीतिक काउन्सिलर हरिश्चन्द्र घिमिरे बेइजिङबाट महराको भ्रमण दलमा सामेल हुनेछन् । उनको भ्रमणमा नेपाल र चीनबीच कुनै पनि सम्झौतामा हस्ताक्षर नहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । महराले चीनका प्रधानमन्त्री ली खछियाङसँग शिष्टाचार भेटवार्ता गर्ने सम्भावना छ । तर, चिनियाँ पक्षले चीनका वरिष्ठतम नेतामध्ये कोसँग महराको भेट हुने भन्ने अझै खुलाएको छैन । ‘यो चीनले निकै ढिलो मात्रै तय गर्छ,’ परराष्ट्र स्रोतले भन्यो । महराको भ्रमणमा नेपाल चीनबीच भएको ओबिओआरको फ्रेमवर्क एग्रिमेन्टपछि क्षेत्रगत विषयहरूमा छलफल हुनेछ । ‘यसअघि नै सम्झौता भएअनुसार रेल्वे कनेक्टिभिटी, तातोपानीलगायत नाका खोल्ने विषयमा नेपालले जोड दिनेछ,’ परराष्ट्रका अधिकारीले भने । चीनले केरुङ–रसुवागढी नाकालाई १४ भदौमा अन्तर्राष्ट्रिय नाका घोषणा गरिसकेको छ । १५ मंसिर ०७१ देखि सो नाका सञ्चालन हुँदै आएको थियो । महरा २६ भदौमा स्वदेश फर्किने कार्यक्रम छ । नेपालले चीनको ग्वान्जाओमा महावाणिज्य दूतावास स्थापना गरिसकेको छ । ६ महिनाअघि नै त्यहाँका लागि महावाणिज्य दूत रवि भट्टराईले कार्यभार सम्हालिसकेका छन् । महावाणिज्यदूत गएको ६ महिनापछि २५ भदौमा उपप्रधानमन्त्री महराले दूतावास कार्यालयको औपचारिक उद्घाटन गर्नेछन् । चीनमा स्थापना भएको यो नेपालको दोस्रो महावाणिज्य दूतावास हो । यसअघि तिब्बत स्वशासित क्षेत्रको राजधानी ल्हासामा नेपाली महावाणिज्य दूतावास सञ्चालन हुँदै आएको छ । नेपालले सिचुआन प्रान्तको छेन्दुमा पनि महावाणिज्य दूतावास स्थापना गर्ने निर्णय गरे पनि कार्यान्वयन हुन बाँकी छ । दुवै देशबीच ३१ साउनमा उच्च राजनीतिकस्तरमा छलफल भएको थियो । चीनका उपप्रधानमन्त्री वाङ याङको नेपाल भ्रमणका वेला भएको औपचारिक वार्तामा आर्थिक तथा प्राविधिक सहयोग, अरनिको राजमार्ग मर्मतलगायत सम्बन्धी सम्झौता, लगानी तथा आर्थिक साझेदारी अभिवृद्धि गर्ने फ्रेमवर्क सम्झौता तथा पेट्रोलियम पदार्थ तथा ग्यास अन्वेषणसम्बन्धी सम्झौतासम्बन्धी आपसी पत्राचार भएको थियो । सो बैठकमा नेपालतर्फबाट उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री विजय गच्छदारले नेतृत्व गरेका थिए । सोही बैठकमा चिनियाँ उपप्रधानमन्त्री वाङले नेपालका बाढीपीडितलाई १० लाख अमेरिकी डलर अनुदान दिने घोषणा गरेका थिए । संविधान जारीपछि तत्कालीन उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले ८ पुस ०७२ मा ६ दिने औपचारिक चीन भ्रमण गरेका थिए । थापासँग त्यतिवेला कानुनमन्त्री अग्नि खरेल, परराष्ट्रसचिव शंकरदास बैरागी, तत्कालीन वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्याय, तत्कालीन अर्थसचिव लोकदर्शन रेग्मीसहित परराष्ट्र, कानुन तथा वाणिज्य मन्त्रालयका अधिकारी चीन गएका थिए । थापाले उपराष्ट्रपति ली युयान छाओसँग भेटवार्ता गरेका थिए । सो भ्रमणमा चीनले नेपाललाई १६ करोड ६० लाख रुपैयाँबराबरको युरो–४ मापदण्डको पेट्रोल अनुदानमा दिने निर्णय थापालाई सुनाएको थियो । यो भनेको करिब १३ लाख लिटर पेट्रोल हो । तर, सो तेल अहिलेसम्म नेपालले ल्याएको छैन । थापाले १४ पुसमा स्वदेश फर्किंदा सो इन्धन केरुङ नाका भएर नेपाल आउने बताएका थिए । भारतले लगाएको नाकाबन्दीका वेला भने चीनले नेपाललाई दिँदै आएको वार्षिक अनुदानमा कट्टा हुने गरी १३ लाख लिटर पेट्रोल केरुङ नाका हुँदै पठाएको थियो । तत्कालीन राजदूत डा. महेश मास्के नेतृत्वको टोली आफैँ केरुङ हुँदै पेट्रोल लिएर आएका थिए । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिने उच्च अदालत पाटनको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। फैसलाको पूर्ण पाठमा पीडित गौशाला २६ नकराएको, नचिच्याएको र तेस्रो व्यक्तिसँग सहयोगको याचना नगरेको विषय सन्दीपलाई सफाइ दिने आधार बनाइएको छ । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेका छन् । बैठक सकिएपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भने, ‘हामीले आइतबार ओलीजीलाई विश्वासको मत नदिने निर्णय गरेका छौं । नयाँ सरकार ७६ (३) अनुसार गठन हुनुपर्नेमा ७६ (२) मा पुनः सरकार बन्नु असंवैधानिक हो भन्ने हाम्रो निष्कर्ष छ।’ ठूला दल मिल्दा निरंकुशताको खतरा हुने भएकाले सशक्त प्रतिपक्ष बनेर लोकतान्त्रिक मूल्यमान्यता जोगाउन भूमिका खेल्ने सहमति भएको उनले बताए । आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति अन्तिम समयममा आएर रोकिएको छ। आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको नेपाल राष्ट्र बैंकले अन्तिम समयमा प्रधानमन्त्रीको आथिक सल्लाहकारको चासोलाई सम्बोधन गर्न आएर आज सार्वजनिक नगर्ने भएको हो । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको अध्यक्ष गभर्नर महाप्रसाद अधिकारी छन् । त्यस्तै, सञ्चालक समितिको सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी, डेपुटी गभर्नरहरू निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, डा.शंकरप्रसाद आचार्य र रविन्द्रप्रसाद पाण्डे छन् ।
everestdainik.com
5,825,096
प्रतिनिधिसभामा करिब दुई तिहाइ सांसद रहेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान गतिशील दस्तावेज भएको भन्दै संशोधन गर्न सकिने कुरा स्वीकार गरेको छ। औपचारिक रूपमा सार्वजनिक भइनसकेको पार्टीको राजनीतिक दस्तावेजमा नेकपाले उक्त कुरा स्पष्ट गरेको छ। मधेस केन्द्रित दलहरूले सविधान संशोधनको मुद्दा उठाउँदै आएका छन्। उनीहरूले संविधान संशोधनको मुद्दामा बेलाबेला संसद् अवरोध गर्नुका साथै आन्दोलन गर्ने बताउँदै आएका छन्। सङ्घीय समाजवादी फोरम संविधान संशोधनको सर्तमा वर्तमान सरकारमा सहभागी छ। उसले बेलाबेला संविधान संशोधनको मुद्दा उठाउने गरेको छ। नेकपाले प्रकाशनमा ल्याएको तर वितरण नगरेको राजनीतिक दस्तावेजमा संविधान गतिशील दस्तावेज हो भनेको छ। नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र नेपाली जनतामा निहित सार्वभौमसत्ताबाहेक कुनै पनि कुरा असंशोधनीय वा अपरिवर्तनीय नरहेको उल्लेख छ। राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र नेपाली जनतामा निहित सार्वभौमसत्ताबाहेक नेपाली जनताले चाहेमा सबै विषय संवैधानिक बाटोबाट परिवर्तन गर्न सकिन्छ भन्ने कुरा संविधानतः स्थापित भएको उल्लेख गर्दै नेकपाले यसलाई दूरगामी महत्वको परिवर्तन भनेको छ। यो खबर गोरखापत्र दैनिकमा छापिएको छ ।
daunnenews.com
2,320,613
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनतासामू चुनावमा गरेका प्रतिबद्धता पूरा गर्नू आजको आवश्यकता रहेको बताएका छन् । शनिबार भक्तरपुरमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले चुनाव जित्नु मात्र ठूलो कुरा नभएकाले चुनावमा गरेका प्रतिबद्धता पूरा गर्नू मूख्य कुरा भएको बताएका हुन् । उनले जनताका आवाज सुनेर सम्भव भएसम्म समस्यालाई सम्बोधन गर्न समेत आग्रह गरे । अध्यक्ष नेपालले विगतमा जनतालाई पुरा हुन नसक्ने आश्वासनहरु दिइएको बताउँदै अब धेरै आश्वासन दिँदा पनि गाह्रो हुने बताए। उनले जनताका असीमित आकांक्षालाई पूरा गर्न नसकेपनि गर्नैपर्ने कुराका निम्ति सक्दो कोसिस गर्नुपर्ने आवश्यकता रहेको धारणा राखे । त्यस्तै अध्यक्ष नेपालले विश्वव्यापी मन्दीको असर नेपालमा पनि परेकाले देशको अर्थतन्त्र संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको बताए । उनले देशको अर्थतन्त्र सुधार गर्न र राष्ट्रिय पुँजीलाई प्रोत्साहन दिन समीक्षा गर्नु आवश्यक रहेको धारणा राखे । कार्यक्रममा भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित भएका कांग्रेसका सांसद दुर्लभ थापाले मंसिर ४ को निर्वाचन मार्फत स्थिर सरकार निर्माण गरी सम्वृद्धिको बाटो तर्फ लाग्न सबै राजनीतिक दलहरुलाई आग्रह गरे । उनले देशले अब बन्द, हड्ताल र अस्थिरता थेग्न नसक्ने भन्दै स्थायित्व मार्फत सम्वृद्धितर्फ जानुको विकल्प नरहेको समेत बताए । त्यस्तै थापाले अहिले किसानलाई समयै मल उपलब्ध गराउन नसकिएको भन्दै जनताका सामान्य मागलाई सम्बोधन गर्न सके अर्को निर्वाचनपछि मुलुकले आर्थिक रुपमा फड्को मार्ने विश्वास व्यक्त गरे ।
dcnepal.com
6,339,259
सभामुख कृष्णबहादुर महराले बिहीबार चौधरीलाई सिंहदरबारमा शपथ खुवाएका हुन्। चौधरीको पार्टी राजपाले उनको मुद्दा फिर्तालाई प्रमुख एजेन्डा बनाउँदै पटक–पटक सरकारमाथि दबाब दिँदै आएको थियो। संविधानविद् विपीन अधिकारीले फौजदारी अभियोगमा थुनामा रहेका व्यक्तिलाई सांसद पदको शपथ गराउन नमिल्ने तर्क गर्नुभएको छ । फौजदारी अभियोगसम्बन्धी मुद्दा न्यायिक प्रक्रियामा रहेका बेला चौधरीलाई कानुनविपरीत शपथ गराइएको अधिकारीले दाबी गर्नुभयो । ‘संसद् भनेको जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने स्थल हो’, अधिकारीले भन्नुभयाे, ‘जनताको प्रतिनिधि हुन न्यूनतम चारित्रिक स्तर कानुनले निर्धारण गरेको छ। चौधरीको शपथ कानुनसम्मत छैन।’ सभामुख महराले प्रतिपक्ष दल र अन्य कानुनी परामर्शबिना कार्यकारीको जस्तो अधिकार प्रयोग गरी शपथ गराउनु गलत भएको अधिकारीले जिकिर गर्नुभयो। जापान बसाईका क्रममा तपाईले भोगेका अनुभव, जानकारी तथा आफ्ना लेख तथा रचनाहरु जापानको लोकप्रिय अनलाइन समुद्रपारि डट कममा प्रकाशन गर्न चाहानुहुन्छ भने मा इमेल गरि वा हाम्रो गरि पठाउन सक्नुहुन्छ । सात समुद्रपारमा रहेर प्रवासी नेपालीहरुलाई लक्षित गरी सूचनाको सेवा प्रवाह गर्ने मुलभूत उद्देश्यले १९९९ देखि फ्याक्स पत्रकारिताबाट सुरु भएको हाम्रो यात्रा डिजिटल युगसम्म आईपुग्दा थुप्रै आरोह अवरोहहरु पार गरिसकेका छौं । नेपाल समाचार साप्ताहिक, समुद्रपारि मासिक म्यागजिन, समुद्रपारि डट कम हुँदै, समुद्रपारि अनलाईन रेडियोसम्मको हाम्रो लामो यात्रामा हाम्रो ध्यान केवल डायस्पोरिक नेपाली समुदायलाई सूचनाको सेवा प्रवाह गर्ने र नेपाली एकतालाई सुदृढ एवं समुन्नत बनाउने दिशामा केन्द्रित रह्यो ।
samudrapari.com
1,385,763
राजनीतिक अस्थितरता, अशिक्षा, गरिबी र स्वास्थ्य सेवा प्रदायकको लापरवाहीले मध्यतराईका आठ जिल्लामा जनस्वास्थ्य कमजोर बनेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सातवटै प्रदेशको स्वास्थ्य अवस्थाबारे स्थलगत अध्ययन गर्ने क्रममा मन्त्रालयले प्रदेश २ मा खासगरी बाल तथा मातृ स्वास्थ्य, जनस्वास्थ्य र उपचारात्मक सेवा प्रवाह निकै कमजोर रहेको निष्कर्ष निकालेको हो। स्थलगत अध्ययनको नेतृत्व गरेका मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक रमेश अधिकारीले सामाजिक समस्यासँगै स्वास्थ्य सेवा प्रदायकहरू 'अनुशासित' नहुँदा प्रदेश २ स्वास्थ्य सुधारमा पछि परेको बताए। अध्ययन प्रतिवेदनअनुसार उक्त प्रदेशमा ५० प्रतिशत मात्रै गर्भवती महिलाले आइरन चक्की खाँदै आएका छन्। आठ जिल्लामध्ये सातवटामा स्वास्थ्य संस्थामा दक्ष प्रसूतिकर्मीबाट सुत्केरी हुने संख्या निकै कम छ। महोत्तरी, बारा, सप्तरी, सिरहा र रौतहटमा संस्थागत सुत्केरी गराउनेको संख्या राष्ट्रिय तथ्यांकभन्दा धेरै तल छ। आठ जिल्लामा सात सय ४२ वटा स्वास्थ्य चौकी, ३५ वटा प्राथमिक स्वास्थ्य केन्द्र, १० वटा जिल्ला अस्पताल, तीनवटा अञ्चल, उपक्षेत्रीय र क्षेत्रीय अस्पताल छन् । दुईवटा निजी मेडिकल कलेजसमेत रहेको प्रदेश २ मा चारपटक जाँच गराउने गर्भवतीको संख्या राष्ट्रिय तथ्यांकभन्दा ८८ प्रतिशत कम छ। यस्तै किशोरी गर्भवती हुने दर पनि सबैभन्दा धेरै छ। मन्त्रालयका अनुसार परिवार नियोजनका साधन सबै स्वास्थ्य संस्थामा नपुग्नु र साधन उपलब्ध हुने सरकारी स्वास्थ्य संस्था पनि किशोरकिशोरीमैत्री नहुँदा २१ प्रतिशत महिला किशोरावस्थामै गर्भवती हुन बाध्य छन्। खोप सेवा प्रवाहमा पनि यो प्रदेश कमजोर देखिएको छ । अन्य प्रदेशमा पूर्णखोपयुक्त पालिका वा जिल्ला घोषणा भइरहेका बेला यो प्रदेशका कुनै स्थानमा पूर्ण खोपयुक्त अभियान चलेको छैन। बालबालिका तथा गर्भवती महिलामा कुपोषण धेरै रहेको अधिकारी बताउँछन्। उनका अनुसार सरकारले स्वास्थ्य संस्थामा सुत्केरी हुनेका लागि छुट्याउने बजेट अपर्याप्त छ। खोपको अनियमित वितरणले बालबालिकामा नयाँ प्रकारका संक्रामक रोगसमेत देखिन थालेको अध्ययन प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनका अनुसार स्वास्थ्य संस्थाले प्रवाह गर्ने सेवाबारे राखिने रेकर्डसमेत भरपर्दो छैन। स्वास्थ्यसम्बन्धी सूचना यो क्षेत्रमा ढिलो पुग्ने गरेको छ। सरकारले वितरण गर्दै आएको निःशुल्क औषधि अधिकांश समय अभाव हुने गरेको छ। अस्पतालबाट निस्कने फोहोरजन्य सामग्रीको व्यवस्थापन जथाभावी गरिन्छ। उक्त क्षेत्रका आधादर्जन बढी अस्पताल ५० शड्ढयामा स्तरवृद्धि गरिए पनि तोकिएका सेवा उपलब्ध छैनन्। नियन्त्रणमा आइसकेका औलो, कालाजारजस्ता रोग पुनः देखिन थालेका छन्। क्षयरोगका सबै बिरामीलाई सम्पर्कमा ल्याउन नसक्नु चुनौती बनेको छ। अधिकांश स्वास्थ्य संस्थाले प्राकृतिक प्रकोप व्यवस्थापनको पूर्वतयारी गरेका छैनन्। स्वास्थ्य संस्थाका अधिकांश भवनको निर्माण कार्य अलपत्र परेको छ । अस्पताल आफैँले फार्मेसी सञ्चालन गर्ने कार्यसमेत अघि बढ्न सकेको छैन। आर्थिक वर्षको सुरुवातमै बाढीले क्षति पुर्‍याएको क्षेत्रमा स्वास्थ्य सुधारमा चुनौती थपिएको स्वास्थ्यसचिव डा. किरण रेग्मीले बताइन्। 'यसै त हरेक क्षेत्रमा कमजोर यो प्रदेशमा बाढीले स्वास्थ्य सेवा प्रवाह गर्ने संरचनामा असर पुर्‍याएको छ,' उनले भनिन्, 'यहाँको स्वास्थ्य सुधार गर्न राजनीतिक प्रतिबद्धता, पारदर्शिता र कर्मचारी व्यवस्थापनमा ध्यान दिन जरुरी छ ।
annapurnapost.com
5,224,960
केन्द्रबाट प्रवाह भइआएको सेवालाई सहज र सरल बनाउने उद्देश्यले सरकारले जिल्ला हुलाक कार्यालयलाई यस्तो अधिकार प्रत्यायोजन गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले (मन्त्रिस्तरीय निर्णयमार्फत) ७७ वटै जिल्लामा रहेका हुलाक कार्यालय र हुलाक निर्देशनालयबाट प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण गर्न सकिने व्यवस्था गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पार्वत गुरुङले प्रेस पास लिन काठमाडौँ नै धाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्दै सम्बन्धित जिल्लाबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण गर्ने गरी अधिकार प्रत्यायोजन गरिएको बताए। ‘परिचयपत्र नवीकरणकै लागि पत्रकारले ठूलो आर्थिक व्ययभार व्यहोर्नुपर्ने, प्रेस पास लिने झण्झटिलो व्यवस्था, काठमाडौँ आउनुपर्ने, लामो लाइन बस्नुपर्ने, तत्काल परिचय पत्र नपाउने, पत्रकार महासंघलाई गुहार्नुपर्ने अवस्थालाई अन्त्य गर्न मन्त्रिस्तरीय निर्णयबाट ७७ जिल्लाका हुलाक कार्यालय र हुलाक निर्देशनालयबाट प्रेस प्रनिनिधि प्रमाणपत्र नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ,’ उनले भने। सम्बन्धित जिल्लाका हुलाक कार्यालयबाट प्रेस पास नवीकरण हुने व्यवस्था सँगसँगै नयाँ परिचयपत्र लिने पत्रकारका लागि पनि आवश्यक कागजपत्र सम्बन्धित जिल्लामा पेश गर्न सकिने व्यवस्था भएको छ। प्रेस पास नवीकरण गर्न सूचना तथा प्रसारण विभागमा ठूलो भीड लाग्दै आएको छ। प्रेस पास लिन तथा नवीकरण गर्न पत्रकारले विभागमा कोठाकोठा चाहार्दै घण्टौं बिताउर्नुे अवस्थाको यो व्यवस्थाले अन्त्य गर्नेछ। यसबाट विभागको कार्यबोझ घट्ने निश्चित छ भने निष्क्रिय प्रायः रहेका हुलाक कार्यालयहरुले जिम्मेवारी पाएका छन्। लामो समयसम्म पत्रकारितामा सक्रिय भएका तर विविध कारणले प्रेस प्रतिनिधि परिचयपत्र लिन नसकेका, अपाङ्गता जस्ता कारणले सूचना विभागसम्मको पहुँच नभएका पत्रकारलाई सहजै जिल्लाबाटै सेवा उपलब्ध हुने भएपछि निरन्तर कार्यक्षेत्रमा लाग्न चाहने सञ्चारकर्मीलाई बेरोकटोक काम गर्ने अवसर मिल्नेछ। यसले उनीहरुको मनोबल बढ्न गई अन्ततः समाचार प्रवाहमा गुणस्तरीयता आउने अपेक्षा गर्न सकिन्छ। नयाँ परियचपत्रका लागि पनि जिल्लाबाटै आवेदन दिने व्यवस्था मिलाउने प्रतिबद्धता सरकारबाट आउनु प्रशंसनीय छ। नेपाल पत्रकार महासंघले पनि सम्बन्धित जिल्लाबाटै प्रेस प्रतिनिधि परिचयपत्र नवीकरण गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो। नेपाल पत्रकार महासंघले सम्बन्धित जिल्लाबाटै प्रेस पास तथा अनलाइन नवीकरण गर्न सकिने सरकारको निर्णयको स्वागत गरेको छ। महासंघका महासचिव रमेश विष्टले रासससँग कुराकानी गर्दैै संघीय शासन प्रणालीमा अधिकारलाई विकेन्द्रीत गर्ने सिद्धान्तको कार्यान्वयन सञ्चार मन्त्रालयबाट भएको बताए। ‘सञ्चार क्षेत्रमा संघीयता त्यति धेरै अनुभूति गर्न पाइएको थिएन, यो निर्णयले अधिकार जिल्लातहमा विस्तार भएको छ। अब सेवा सहज हुन्छ,’ उनले भने, ‘नीतिगरुपमा निर्णय भएको छ। यसलाई सरलीकृत गर्न पत्रकारका तर्फबाट पनि योगदान आवश्यक छ। सरकारको निर्णयको प्रभावकारी कार्यान्वयन गर्न पत्रकार महासंघ र सरकारले संयुक्तरुपमा अनुगमन गर्नुपर्छ।’ सरकारको निर्णय कार्यान्वयनमा आउने जटिलतालाई हल गर्दै जानुपर्नेमा उनले जोड दिए। जिल्लाबाटै प्रेस पास नवीकरण गर्न व्यवस्थाले दुर्गम क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका पत्रकार उत्साहित बनेका छन्। नयाँ प्रेस पास लिन तथा नवीकरणका लागि राजधानी आउनुपर्ने अवस्था हुँदा अधिकांश पत्रकारले प्रेस पास नै नलिई काम गर्दैआएका थिए। प्रेस पास लिएकाले निर्धारित समयमै नवीकरण गर्न सकेका थिएनन्। नेपाल पत्रकार महासंघ डोल्पाका संस्थापक अध्यक्ष विष्णुबहादुर बुढा जिल्लाबाटै प्रेस पास नवीकरण गर्न सकिने सरकारको निर्णयबाट दुर्गमका पत्रकारमा उत्साह थपेको बताउँछन्। महासंघमार्फत दुर्गमका पत्रकारले सम्बन्धित जिल्लाबाटै प्रेस पास नवीकरणको माग गर्दै आएका थिए। ‘हामीले लामो समयदेखि प्रत्येक फोरममा जिल्लाबाटै प्रेस पासको व्यवस्था हुनुपर्ने माग गर्दै आएका थियौँ,’ उनले भने, ‘सरकारले ढिलै भए पनि जिल्ला हुलाक कार्यालयबाट प्रेस पास नवीकरण गर्ने व्यवस्था मिलाएको छ। हामी अत्यन्त खुशी भएका छौँ, सरकारलाई धन्यवाद दिन चाहन्छौँ।’ प्रेस पास नवीकरणका लागि राजधानी नै आउनुपर्ने बाध्यात्मक अवस्था हुँदा आफ्नो प्रेस पास चार पटकसम्म नवीकरण गर्न नपाएको उनको भनाइ छ। ‘प्रेस पास नवीकरणका लागि तोकिएको समयमै काठमाडौँ जानुपर्ने अवस्था थियो, केही पत्रकारले प्रेस पास लिए पनि नियमित नवीकरण गर्न सकेका थिएनन्,’ उनले भने, ‘अब प्रेस पास लिने तथा नियमित नवीकरण गर्नेको संख्या बढ्ने निश्चित छ।’ गतवर्ष प्रेस काउन्सिल नेपालको टोली डोल्पा आउँदा पनि आफूहरुले जिल्लाबाटै प्रेस पास नवीकरण गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको बुढाले स्मरण गरे। विभागले चालु आवको प्रथम चौमासिकमा ६७८ नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र तथा परिचयपत्र जारी गरेको तथ्यांक छ। यही अवधिमा एक हजार २२० प्रमाणपत्र नवीकरण भए। यसैगरी स्वतन्त्र प्रेस पास चार, विदेशी पत्रकार प्रेस पास पाँच र अध्यक्ष÷प्रकाशक परिचयपत्र ४५ वटा जारी भएका छन्। सोही अवधिमा १६० वटा नयाँ अनलाइन दर्ता र १५१ अनलाइन नवीकरण गरिएको विभागले जनाएको छ। यस्तै १३ वटा पत्रिका स्थायी दर्ता सिफारिश र ५९ वटा पत्रिका अस्थायी दर्ता सिफारिश भएका छन् ।
nepalkhabar.com
2,881,080
‘चार पाँच दिन अघिदेखि अरव सागरमा वायु नाम गरेको चक्रवात विकसित भएको छ, सो चक्रवादले नेपालतर्फ आउने जलवाष्पयुक्त हावा छेकेको छ, मौसमविद् मीनकुमार अर्यालले भन्नुभयो–‘मनसुन भित्रिँन ढिलो हुँदा पनि अहिले गर्मी बढेको हो । भारतको असाम र बंगलादेशको आंशिक क्षेत्रमा पनि मनसुनी प्रभाव देखिएको बताउँदै अर्यालले भन्नुभयो–‘सामान्यता केरलामा मनसुन शुरु भएको १० दिनपछि त्यस्तो प्रभाव नेपालमा देखिनुपर्ने हो, तर अहिलेको अवस्था नियाल्दा केही दिन कुर्नैैपर्छ । सामान्यता अंग्रेजी महिनाको मे ३० तारिख आसपासमा शुरु हुने मनसुन गत वर्ष चार दिन अगावै मे २६ तारिखमा शुरु भएको थियो । यस वर्ष धेरै ढिलो जुन ८ तारिखमा मात्रै मनसुन सक्रिय बनेको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । केही दिनयता दिपायल, धनगढी, नेपालगञ्ज, भैरहवा र आसपासका भेगको तापक्रम ४० डिग्री माथि छ । शनिवार भैरहवाको तापक्रम सबै भन्दा बढी ४३ दशमलव ३ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ । दिपायल र नेपालगञ्जको समान ४३ डिग्री र धनगढीको ४२ दशमलव ५ डिग्री पुगको छ । शुक्रवारको तुलनामा काठमाडौं र विराटनगरको तापक्रम भने केही घटेको छ । शुक्रवार विराटनगर र काठमाडौंको अधिकतम तापक्रम ३८ र ३३ दशमलव ५ डिग्री मापन भएकोमा शनिवार विराटनगरको ३४ दशमलव ५ र काठमाडौंमा ३३ डिग्री मापन भएको महाशाखाले जनाएको छ । बैशाख, जेठ, असारलाई हामीले गर्मी महिनाका रुपमा बुझ्दै आएका छौ त्यसैले अहिले भएको तापक्रम बृद्धिलाई अस्वभाविक मान्न हुँदैन । अहिलेको समयको विशेषता नै यस्तै हो । गर्मी समयमा काठमाडौं उपत्यकाको तापक्रम ३५ डिग्री हाराहारी पुगेको रेकर्ड पनि छ, नेपालगञ्ज, धनगढी लगायत तराईका धेरै जिल्लाको तापक्रम ४० डिग्री माथि नै हुन्छ । मनसुन सक्रिय हुन गर्मी आवश्यक हुन्छ । मनसुनले पर्याप्त मात्रामा जलवाष्पयुक्त हावा भित्र्¥याउँछ, वायुमण्डलमा बादल विकास हुन्छ । त्यसैले गर्मी घट्न मनसुन शुरु हुनुपर्छ, त्यसका लागि केही दिन कुर्नै पर्छ । विगत १०÷१२ वर्षयताको रेकर्ड नियाल्ने हो भने मनसुनी क्यालेन्डर धकेलिन थालेको छ । मनसुन ढिलो गरी शुरु हुने गरेको छ । नेपालमा मात्रै होइन, समग्र दक्षिण एसियामा यस्तो प्रभाव देखिन थालेको छ । ढिलो शुरु हुने मनसुन ढिलै गरी निस्कृय हुन थालेको छ । सेप्टेम्बर चौथो साताभित्रै निस्कृय हुनुपर्ने मनसुन अक्टोबरमा मात्रै निस्कृय हुन थालेको छ । हिन्द, प्रशान्त महासागर, अरेवियन सागर सहित आसपासको मौसमी वस्तुस्थिती विश्लेषण गरेर नेपाल सहित दक्षिण एसियामा मनसुनबारेको दृृष्टिकोण सार्वजनिक हुँदै आएको छ । प्रशान्त महासागरको पूर्वी भेगको पानी औसत भन्दा बढी तात्ने प्रकृया (एलनिनो) र औसत भन्दा कम चिसिने प्रकृया (ल्यालिना)ले गर्दा मनसुनी क्यालेन्डर प्रभावित हुने गरेको छ ।
newsofnepal.com
2,734,290
नेपाली कांग्रेसको मधेस प्रदेश सम्मेलन आज हुँदै छ । प्रदेश कार्यसमिति गठन भएपछि पहिलो पटक प्रदेशस्तरीय सम्मेलन हुन लागेको हो । प्रदेश राजधानी जनकपुरधाममा हुने सम्मेलनको उद्घाटन सभालाई सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै, उपसभापति एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहित शीर्ष नेताहरूले पनि सभालाई सम्बोधन गर्नेछन् । सहमहामन्त्री महेन्द्र यादव र उमाकान्त चौधरी मधेसकै हुन् । त्यस्तै, पूर्वउपसभापति विमलेन्द्र निधिको गृह प्रदेश समेत हो । सम्मेलनमा पार्टीका प्रतिपक्षी नेता शेखर कोइराला भने सहभागी नहुने भएका छन् । यसअघि लुम्बिनी र गण्डकी प्रदेशका सम्मेलनमा निरन्तर सहभागी कोइराला बिहीबार भने प्रदेश सम्मेलन छोडेर सुनसरीमा हुने कार्यक्रममा सहभागी हुन जाँदैछन् । प्रदेश कार्यसमितिले कोइरालालाई विशेष अतिथिका रुपमा नबोलाएपछि उनीनिकट नेताहरूले प्रदेश कार्यसमितिको बैठकमै नोट अफ डिसेण्ट लेखेका थिए । बिहीबार हुने मधेस सम्मेलनमा नेता कोइराला सहभागी नहुने उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी गराएका छन् । ‘मिति ०८० पौष ५ गते बिहीबार कांग्रेस सुनसरीको बृहत् कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न नेता डा. शेखर कोइराला त्यसतर्फ जानुहुने जानकारी गराउँदछु,’ थपलियाले सामाजिक सञ्जालमा लेखेका छन् । मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवले भने बिहीबारदेखि हुने प्रदेश सम्मेलनका लागि केन्द्रीय कार्यसमितिका सभापतिसहित पदाधिकारी र केन्द्रीय समितिका नेताहरूलाई निमन्त्रणा गरिएको बताए । ‘पार्टीको निर्वाचित केन्द्रीय कार्यसमिति छ । हामीले केन्द्रीय समितिका पदाधिकारीसहित अन्य केन्द्रीय सदस्यहरूलाई पनि निमन्त्रणा गरेका छौँ,’ उनले भने, ‘सभापतिजी, उपसभापतिजी र पदाधिकारीहरू आउनुहुन्छ, अरूको विषयमा थाहा भएन । ’ सम्मेलनमा मधेस प्रदेशका आठ जिल्लाबाट आठ सय २५ जना प्रदेश प्रतिनिधिहरू सहभागी हुनेछन् ।
ratopati.com
4,053,299
दुई हप्ता अघि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलन शाकाहारीमा सिमित नहुने बताएका थिए । उनले आफूनिकट युवाविद्यार्थीलाई आक्रामक बन्न भनेका थिए । प्रचण्डले त्यसो भनेको दुई हप्तापछि आज आमहडताल गरिएको छ । त्यस क्रममा तोडफोड र आगजनी भएको छ । चितवनमा विहानै ट्रकमा तोडफोड भएको छ । काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरको दुईवटा र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रकमा तोडफोड भएको हो । गोङ्गबुमा विहानै ट्याक्सी जलाइएको छ । जलाइएको ट्याक्सी ध्वस्तप्रायः छ । बन्दका क्रममा ठाउँ ठाउँमा झडप भएका छन् । धरानमा झडप भएको छ । भिडन्तको घटनालाई दृष्टिगत गरी सुरक्षा शतर्कता बढाइएको छ । मान्म (कालीकोट), ६ साउन । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–८ को टाकुल्लामा पहिरो गएर अवरुद्ध दमौली (तनहुँ), ६ साउन । तनहुँमा एक वर्षको अवधिमा तीन लाख बढी पशुमा पूर्ण खोप पर्वत ६ साउन । वन्यजन्तुवाट हुने क्षतिलाई न्यूनीकरण गर्दै सिङ्गो गाउँपालिकालाई फलफूल उत्पादनमा आत्मनिर्भर बनाउने देउखुरी (दाङ), ६ साउन । घोराही उपमहानगरपालिका–६ का मनकला अधिकारी ८२ वर्षका पार गरे। पन्ध्र काठमाडौँ, ६ साउन । यहाँस्थित भारतीय राजदूतावासले आषाढ पूर्णिमाका अवसरमा आज एक विशेष कार्यक्रम आयोजना काठमाडौँ, ६ साउन । दर्शक–श्रोतासमक्ष नबोलेरै हास्य अभिनय प्रस्तुत गर्न सक्ने च्यार्ली च्याप्लिनको नाम हास्यव्यङ्ग्य कास्की, ६ साउन । विभिन्न रोगका कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा सुरु गोरखा, ६ साउन । जिल्लाको पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणका लागि नगर क्षेत्रभित्रका सामुदायिक वन तथा काठमाडौं,६ साउन । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सदनबाट विश्वासको मत पाएका छ्न । आज बसेको काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मत सम्बन्धीको प्रस्तावमाथि मतदान सुरु भएको छ काठमाडौं,६ साउन । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संविधान र लोकतन्त्रप्रति आफू सदैव निष्ठावान रहेको जिकिर काठमाडौं, ६ साउन ।
reportersnepal.com
3,994,540
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह वडामा चुनाव लड्न एक शिक्षकले राजीनामा दिएका छन्। जिल्लाको गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम मावि रुवाखोलाका शिक्षक चन्द्रबहादुर देउवाले वडा अध्यक्षमा चुनाव लड्न राजीनामा दिएका हुन्। चन्द्रबहादुर २०४६ देखि स्थायी प्रावि द्वितीय श्रेणी शिक्षकका रूपमा रहेका थिए। उनकाे राजीनामा बिहीबारदेखि नै स्वीकृत भई लागू भएको शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराका इकाई प्रमुख नारदप्रसाद जोशीले जानकारी दिए। यस्तै, जिल्लाको नवदुर्गा गाउँपालिका–५ विजयाशैनी मावि चामाचौडका शिक्षक प्रेमबहादुर ऐरले पनि वडाअध्यक्षमा चुनाव लड्न राजीनामा दिएका छन्। २०४१ मा स्थायी निमावि द्वितीय शिक्षक ऐरको राजीनामा शुक्रबार स्वीकृत भएको छ। उनको राजीनामा आइतबारदेखि लागू हुने इकाई प्रमुख जोशीले बताए। ऐर नेकपा एकिकृत समाजवादीबाट नवदुर्गा–५ को अध्यक्षमा चुनाव लड्ने तयारीमा रहेको बताइएको छ। काठमाडौं, ५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् काठमाडौं, ५ साउन । सरकारमा शरदसिंह भण्डारीको सत्तरोहणसँगै लोकतान्त्रिक समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ काठमाडौं, ५ साउन। नेपाल परिवार दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटि औपचारिक रुपमा सफल कार्यकालको काठमाडौं, ५ साउन । चितवनको नारायणगढ–मुग्लिङ सडकअन्तर्गत पर्ने भतेरीमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा काठमाडौं, ५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन बद्रीप्रसाद पाण्डेले बाध्यतामा कांग्रेस–एमाले सत्ता समीकरण काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय दलको प्रमुख सचेतकमा सिन्धुलीबाट काठमाडौं, ५ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीको रूपमा तेस्रो कार्यकाल काठमाडौँ, ५ साउन । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट पानी काठमाडौं, ५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् काठमाडौं, ५ साउन । सरकारमा शरदसिंह भण्डारीको सत्तरोहणसँगै लोकतान्त्रिक समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ काठमाडौं, ५ साउन। नेपाल परिवार दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटि औपचारिक रुपमा सफल कार्यकालको काठमाडौं, ५ साउन ।
reportersnepal.com
2,015,096
कार्यदलमा रक्षा मन्त्रालयको नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा र मानव संशोधन विकास महाशाखा प्रमुख, नेपाली सेनाको व्यवस्था, नीति तथा योजना महानिर्देशनालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सदस्य तथा रक्षा मन्त्रालयकै कानुन सेवाका उपसचिव सदस्य सचिव तोकिएको छ। रक्षा मन्त्रालयका प्रवक्ता बाबुराम गौतमका अनुसार सैनिक अधिकृत तथा जवानको सरुवा–बढुवा तथा वृत्तिविकास लगायतका विषयलाई समय अनुकूल बनाउँन नियमावली संशोधन कार्य अघि बढाइएको छ ।
kathmandupati.com
1,514,133
काभ्रे जिल्लाको मण्डनदेउपुर १० जोगिटार निवासी शंकर नेपाल लामो समयदेखि क्यान्सरपीडित भएका छन् । हाल भक्तपुरको गोठाटार बसोबास गर्दै आएका ४७ वर्षिय उनी पेशाले ड्राइभिङ गर्थे । तर उनी अहिले क्यान्सर जस्तो गम्भिर रोगबाट पीडित भएका छन् ।भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत उनको आर्थिक अवस्था ज्यादै कमजोर छ ।
kendrabindu.com
3,256,823
नवौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा नेपाल भारत मान विकास तथा मैत्री संघले योग शिविर आयोजना गरेको छ । गान्धी ग्लोबल फेमिली नेपाल र लाइन्स क्लव सिम्रिक ग्रुपसमेतको आयोजनामा नयाँ बानेश्वरको आनन्द इभेन्टमा आयोजित शिविरमा नेपालस्थित भारतीय दूतावासको राजनीति तथा शैक्षिक मामिला हेर्ने प्रथम सचिव प्रियदर्शिन आर सहभागी थिइन् । राष्ट्रियसभा सदस्य नारायण दाहाल, प्रतिनिधिसभा सदस्य ऐनबहादुर शाही, मैना कार्कीसमेतको उपस्थिति रहेको शिविरको सांयेजन पाण्डी भण्डारी र राजु हुमागाईंले गरेको आयोजकले जनाएको छ । तीन घण्टा चलेको शिविरमा स्थानीयको सहभागिता थियो ।
nepalijanta.com
103,467
सर्लाहीको बरहथवामा टिपरको ठक्करबाट मृत्यु भएका युवकको शव १० घण्टापछि घटनास्थलबाट उठाइएको छ । बरहथवा नगरपालिका-१० किसानपुरमा शुक्रबार बिहान पौने ९ बजे बागमती प्रदेश ०३-००१ क ०१९६ नम्बरको टिपरले ना २१ प ७४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २१ वर्षीय मुकेश साहको मृत्यु भएको हो । रौतहटको इशनाथ नगरपालिका-५ घर भएका साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिए । साहको मृत्युपछि स्थानीय र उनका आफन्तले दोषीलाई कारबाही माग गर्दै शव घटनास्थलमै राखेर शुक्रबार दिनभर विरोध प्रदर्शन गरेका थिए । शुक्रबार साँझ ७ बजे साहको शव घटनास्थलबाट उठाएर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको यादवले बताए । टिपर चालक मकवानपुरको भीमफेदी गाउँपालिका-६ का २७ वर्षीय राजु लामालाई प्रहरीले पक्राउ गरेको छ ।
canadanepal.com
1,290,189
बुधबारबाट महानगरपालिका आफैंले मास्क उत्पादन सुरु गरेको हो। महानगरपालिकाको सामाजिक विकास तथा विपद् व्यवस्थापन समितिको निर्णय अनुसार मास्कको उत्पादन सुरु भएको प्रवक्ता राजु महर्जनले जानकारी दिए। महानगरका २९ वटै वडामा सिलाईबुनाई तालिम लिएर बसेका महिलाले मास्क सिलाउने उनले जनाए। महर्जनले भने, ‘जुन ठाउँमा धेरै आवश्यक पर्छ त्यहाँ मास्क सिलाउन प्राथमिकता दिइनेछ।’ मास्का लागि उत्तम खालको कटनको कपडा महानगरले उपलब्ध गराएको छ। महानगरले पहिलादेखि नै महिलालाई सिलाइबुनाईका विभिन्न कार्यक्रम ल्याएको थियो। यतिबेला मौसमी रुघाखोकीको समय भएकाले मास्क अत्यन्त आवश्यक छ। आफु र अरु पनि सुरक्षित हुने भएकाले मास्क उत्पादन गर्न लागेको महानगरले जनाएको छ। साथै महानगरले आफना नागरिकलाई कोरोनाको जोखिमबाट बच्नका लागि सतर्कता अपनाउन पनि अपिल गरेको छ ।
annapurnapost.com
3,163,028
जलवायुजन्य प्रकोप न्यूनीकरण गर्दै कृषि सूचना प्रदान गरी प्रविधिको हस्तान्तरण गर्न चितवनमा किसानका लागि नयाँ कार्यक्रम सुरु भएको छ । कृषि मन्त्रालयले जिल्ला कृषि विकास कार्यालयमार्फत उक्त कार्यक्रम सञ्चालन गरेको हो । जलवायुजन्य प्रकोप समुत्थान निर्माण आयोजनाअन्तर्गत चितवनका विभिन्न ६३ वटा कृषि तथा पशुपालन कृषक समूहमा उक्त कार्यक्रम लागू भएको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत तथा स्रोतव्यक्ति श्रीकृष्ण न्यौपानेले जानकारी दिए । उनका अनुसार अधिकांश समूहका किसानलाई मोबाइल र सिम वितरण गर्नाका साथै केही कृषि प्रविधिसमेत उपलब्ध गराइएको छ । यो वर्ष जिल्लाका ३८ वटा कृषि समूह र २५ वटा पशुपालन कृषक समूहमा कार्यक्रम सञ्चालन गरिएको छ । ती समूहका मुख्य व्यक्तिले मोबाइल र सिम प्रयोग गर्ने र आएका सूचना सबै किसानलाई जानकारी दिने गरी कार्यक्रम सञ्चालन गरिएको हो । कृषि मन्त्रालयले नै कृषि सूचना तथा प्रकोपको अवस्था, वर्षा तथा बाढीको अवस्थाका बारेमा मोबाइलमा सूचना पठाउने र त्यही सूचनाका आधारमा जिल्लाका किसानले सावधानी अपनाउने र आवश्यक जानकारी लिन सक्नेछन् । उक्त कार्यक्रम नेपाललगायत देशका विभिन्न २५ जिल्लामा लागू भएको जनाइएको छ । कार्यक्रमअन्तर्गत किसानलाई तापक्रम नाप्ने थकर्मामिटर, वर्षा मापन यन्त्र, विभिन्न कृषि बुलेटिन उपलब्ध गराइनेछ । यसमार्फत किसानलाई घरमै बसीबसी कृषि सूचना र प्रविधिबारे जानकारी हुने जिल्ला कृषि विकास कार्यालयका प्रमुख सुधीर श्रेष्ठले बताए । उनले जिल्लाका पाँच हजार किसानका मोबाइलमा यो सुविधाको नेटवर्क विस्तार गर्ने योजना रहेको जानकारी दिए । शीतलहर चल्ने, पानी पर्ने, कति पानी पर्दा बाढी आउँछ, कुन मौसममा कस्तो रोगकिरा लाग्न सक्छजस्ता विषयमा मन्त्रालयबाटै मोबाइलमा सूचना आउने भएकाले किसानले सावधानी अपनाउन सक्ने कृषि कार्यालयले जनाएको छ । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
souryaonline.com
5,339,121
फाइल तस्बिर उसका लागि ओपनर एवम् विकेटकिपर सैयद अजिजले सर्वाधिक ६८ रन बनाए । उनले ४९ बलमा दुई छक्का र आठ चौका प्रहार गरे । साथै जुवैदी जुल्किल्फले २४, शाविन मेनाइडी र विजय उन्नीले समान १३-१३ रन बनाएका छन् । नेपालका लागि अविनाश बोहोराले चार विकेट लिए भने सन्दीप लामिछाने, गुलसन झा र राेहित पौडेलले एक÷एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा छ ।
gorkhapatraonline.com
5,532,995
खतिवडासँगै विद्युत् प्राधिकरण, ओखलढुङ्गा वितरण केन्द्रका तत्कालीन कार्यालय प्रमुख सञ्जीव साह, वडा नम्बर १० का तत्कालीन वडा अध्यक्ष दामोदर धमला, तत्कालीन इन्जिनियर अमृतकुमार दाहाल र तत्कालीन खानेपानी तथा सरसफाइ प्राविधिक दिलकुमार बुढाथोकीविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । भ्रष्टाचारको मुद्दा लागेपछि आइतबारबाटै खतिवडालाई निलम्बन गरेको गृह मन्त्रालयले जनाएको छ । खतिवडा निलम्बनमा परेपछि अर्का प्रजिअ पठाउने निर्णय भने भइसकेको छैन । हाललाई सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाहले निमित्त प्रजिअको भूमिका निर्वाह गर्ने मन्त्रालयले जनाएको छ ।
gorkhapatraonline.com
837,726
कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले सोमबारदेखि लागू हुने गरी दसैंमा सामूहिक पूजा नगर्न भन्दै निषेधाज्ञा आदेश जारी गरेको छ । १५ कात्तिक पूर्णिमाको मध्यरातिसम्म यसको पालना गर्नुपर्ने मोरङको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कोशहरि निरौलाद्वारा आइतबार अबेर साँझ जारी विज्ञप्तिमा उल्लेख छ । उनले तिहार एवं छठसम्म यो आदेशको पालना गर्न आदेश दिएका छन् । विज्ञप्तिअनुसार आदेशको उल्लघंन गर्ने वा आदेशको पालना गर्ने/गराउने कार्यमा अवरोध गर्नेलाई प्रचलित कानून बमोजिम कारबाही हुनेछ ।यी महापर्वहरुमा अघिल्ला वर्षहरुमा मन्दिर, शक्तिपीठ, जलासय किनार र टोलटोलमा हर्षोल्लासकासाथ सामूहिक गतिविधिको आयोजना हुँदै आएको थियो । कोभिडको बढ्दो जोखिम नियन्त्रणका लागि सर्वपक्षीय साथ, सहयोग तथा निरन्तर सजगता आवश्यक देखिएको प्रजिअ निरौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।उक्त आदेशअनुसार सामूहिक रुपमा भेला भई पूजा, प्रार्थना, भजन, कीर्तन, रथयात्रा, कलशयात्रा, बलि पूजा, मूर्ति पूजा र बिर्सजन गर्न पाइने छैन । सामूहिक रुपमा शुभकामना आदानप्रदान र चियापान समारोह जस्ता कार्यक्रम यो वर्ष गर्न नपाइने भनिएको छ । भीड निम्त्याउने शिलान्यास, उद्घाटन, प्रशिक्षण, सभा र सम्मेलनमा पनि प्रजिअले रोक लगाएका छन् ।राजमार्गमा चल्ने लामो दूरीका सवारीबाहेक उक्त अवधिभर राति ८ बजेदखि बिहान ५ बजेसम्म आवतजावत गर्न नपाइने उक्त आदेशमा स्पष्ट भनिएको छ । आइतबार २ सय ६५ जना थपिएसँगै मोरङमा संक्रमितको संख्या ६ हजार ६ सय २४ र विराटनगरमा १ सय ५४ जना थपिएसँगै ४ हजार २ सय ८२ पुगेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयको अनुसार मोरङमा कोरोनाले आइतबारसम्म ज्यान गुमाएका ५३ जनामध्ये ३१ विराटनगरका छन् । प्रदेश १ मा आइतबारसम्म कोरोना संक्रमित हुनेको संख्या १३ हजार ६ सय ५६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
ekantipur.com
628,270
आजभोलि धेरै ग्यास्ट्रिकको समस्या लिएर अस्पताल जाने गर्छन् । ग्यास्ट्रिक नभएका मानिस भेट्न मुस्किल पर्छ । यो समस्या विभिन्न कारणले देखा पर्छ । ग्यास्ट्रिक नेपालीको राष्ट्रिय रोग हो भन्दा पनि केही फरक पर्दैन । धेरैको ग्यास्ट्रिक गुनासो सुन्न पाइन्छ हिजोआज । मानिस खान नपाएरभन्दा पनि खान नजानेर रोगी छ हिजोआज । त्यसो भए के गर्ने त रु यदि ग्यास्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्, तपाईंको समस्या च्वाट्टै निको हुन सक्छ स् लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन । जिउमा समेत पानीको सन्तुलन कायम राख्छ । तर, पानीको सट्टा कोक, फेन्टाजस्ता कोल्डड्रिङसकको प्रयोग गर्नु हुँदैन । यसले पेटमा ग्यास बढाउँछ । बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकाहरूलाई फाइदा गर्छ । उच्च रक्तचाप भएकालाई समेत यसले फाइदा गर्छ । ग्यास्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने गर्नुपर्छ । लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ । पेटमा धेरै ग्यास भएको अवस्थामा कागतीपानी पिउने गर्नुपर्छ । यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन । खाली पेटमा कागतीपानी खानाले पेटमा ग्यास कम हुन्छ । पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राज्मा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ । ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ । यसको सट्टा दही र दूधबाट बनेका अन्य परिकार खानु राम्रो हुन्छ ।
lokpath.com
4,007,572
काठमाडौँ महानगरपालिकाले नयाँ सडकमा थालेको फुटपाथ (सडक पेटी) विस्तारको काम निरन्तर गर्न पाउने भएको छ । महानगरपालिकाले पैदल मार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालय, काठमाडौँको अवरोधपछि रोकिएको काम उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश भएपछि कामलाई निरन्तरता दिन बाटो खुलेको हो । सडकलाई पैदलयामैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो । जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौँले भौतिक रुपमा हस्तक्षेप गरेको थियो । यसपछि काम रोक्नका लागि १३ गते र १६ गते गरी २ वटा पत्र पठायो । डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । ‘संविधानको व्यवस्था, कानुनका प्रावधान, सडक नीति र मापदण्ड समेतलाई दृष्टिगत गर्दा निवेदक महानगरपालिकाले सञ्चालन गर्न लागेको फुटपाथ (सडक पेटी) विस्तार सम्बन्धी योजना सञ्चालन एवं सम्पन्न गर्न रोक लगाउने गरी विपक्षी सडक डिभिजन कार्यालय काठमाडौँबाट निवेदक काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको कार्यालयका नाममा प्रेषित गरेको मिति २०८१/०२/१३ च.नं. १८०८ र मिति २०८१/०२/१६ को च.नं.१८३० को पत्र प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कार्यान्वयन नगर्नु नगराउनु यथास्थितिमा राख्नु भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) बमोजिम अन्तरिम आदेश जारी गरि दिएको छ,’– आदेशमा भनिएको छ । काठमाडौं, साउन ६ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र काठमाडौं, ५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् काठमाडौं, ५ साउन । सरकारमा शरदसिंह भण्डारीको सत्तरोहणसँगै लोकतान्त्रिक समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ काठमाडौं, ५ साउन। नेपाल परिवार दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटि औपचारिक रुपमा सफल कार्यकालको काठमाडौं, ५ साउन । चितवनको नारायणगढ–मुग्लिङ सडकअन्तर्गत पर्ने भतेरीमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा काठमाडौं, ५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन बद्रीप्रसाद पाण्डेले बाध्यतामा कांग्रेस–एमाले सत्ता समीकरण काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय दलको प्रमुख सचेतकमा सिन्धुलीबाट काठमाडौं, ५ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीको रूपमा तेस्रो कार्यकाल काठमाडौं, साउन ६ । आज नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित काठमाडौं, साउन ६ । श्रीलंकामा जारी एसीसी महिला एशिया कप २०२४ अन्तर्गत समूह चरणको आफ्नो काठमाडौं, साउन ६ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। काठमाडौं, साउन ६ ।
reportersnepal.com
6,129,945
बुद्धजयन्तीको अवसर पारेर बिहीबारदेखि रिलिज भएका दुई नेपाली फिल्म ‘फर्की फर्की’ र ‘पुजार सार्की’ले घरेलु बक्स अफिसमा उत्साहजनक ओपनिङ गर्ने देखिएको छ । काठमाडौं उपत्यका र बाहिरका हलमा बिहानैदेखि दुवै फिल्मको अकुपेन्सी सुखद् छ, जुन पहिलो सप्ताहन्तका लागि राहतपूर्ण खबर हो । बिहीबार बिहान ३० देखि ४० प्रतिशत अकुपेन्सी हाराहारीमा प्रदर्शन थालेका दुवै फिल्मले अपरान्हदेखि पिकअप लिने देखिन्छ । अनमोल केसी स्टारर ‘फर्की फर्की’ले काठमाडौंका मुख्य मल्टिप्लेक्स चेनसहित पोखरा, बुटवल, नारायणगढ लगायतका सहरी क्षेत्रमा राम्रो अकुपेन्सी आत्मसात गरेको छ । क्यूएफएक्स र एफक्युब लगायतका हलमा बेलुकासम्मै ‘फर्की फर्की’को अकुपेन्सी शतप्रतिशत हुने देखिन्छ । प्रिमियरबाट ‘वर्ड अफ माउथ’ पनि सकारात्मक आएकाले यसको फाइदा सप्ताहन्तको ओपनिङमा पर्ने निश्चित छ । फेन्टासी जनराको यो फिल्मको लक्षित समूह सहरी क्षेत्र र त्यसमा पनि युवावर्गका हुने देखिन्छ । ‘फर्की फर्की’मा अनमोल केसी, जसिता गुरुङ लगायतको शीर्ष भूमिका छ । यसको रनटाइम १४६ मिनेट छ । ‘पुजार सार्की’ले काठमाडौंका मुख्य मल्टिप्लेक्स चेनसहित उपत्यकाबाहिरका हलमा समेत राम्रो अकुपेन्सी प्राप्त गरेको देखिएको छ । मध्यान्हदेखि दिनेश राउत निर्देशित फिल्मले पिकअप लिएको छ । दमौलीजस्ता साना स्टेसनमा पनि फिल्मको अकुपेन्सी मध्यान्हमा ५० प्रतिशत पुग्नु यसको राम्रो पक्ष हो । ‘पुजार सार्की’ सामाजिक कथावस्तुमा आधारित फिल्म हो । २०४६ सालको जनआन्दोलनको सेटिङमा तयार भएको यो फिल्ममा मुख्य पात्रले जातीय विभेदविरुद्ध गर्ने संघर्षको कथावस्तु छ । ‘पुजार सार्की’मा आर्यन सिग्देल, पल शाह, प्रदीप खड्का, परीक्षा लिम्बू र अञ्जना बराइलीको शीर्ष भूमिका छ । यसको रनटाइम १३८ मिनेट छ । ‘फर्की फर्की’ फेन्टासी र ‘पुजार सार्की’ सोसल-ड्रामा फिल्म भएकाले एकअर्काले अर्को फिल्मको व्यापार प्रभावित तुल्याउने सम्भावना देखिंदैन । किनभने आफ्नो रुचिअनुसार दर्शकलाई फिल्म हेर्ने सुविधा छ । हल सञ्चालकले शुक्रबार र शनिबारको शो पनि प्रकाशित गरेका छन् । जसमा शुक्रबार रिलिज तयारीमा रहेको ‘म्याड म्याक्स : फ्युरिओसा’ र चलिरहेको ‘बोक्सीको घर’ले पनि शो प्राप्त गरेका छन् ।
onlinekhabar.com
5,281,586
समानुपातिक निर्वाचन प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार प्रतिनिधि सभा सदस्यतर्फ दुईवटा दलले मात्रै बन्दसूची पेस गरेका छन्। समानुपातिकतर्फका सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले प्रतिनिधि सभातर्फ दुई र तीनवटा प्रदेशका लागि एक/एक राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेस गरेको जानकारी दिनुभयो। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिनका लागि दलहरूबाट निवेदन आह्वान गर्दा प्रतिनिधि सभाका लागि ७६ वटा दलबाट ६८ निवेदन परेको थियो। प्रदेशगत रूपमा सबैभन्दा बढी मधेश प्रदेशमा ६६ वटा दलबाट ५८ वटा निवेदन परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रतिनिधि सभातर्फ तराई मधेश लोकतान्त्रिक पार्टी र नेपाल समावेशी पार्टीले उम्मेदवारको बन्दसूची बुझाएका हुन्। प्रदेशतर्फ बागमती प्रदेशमा ताम्सालिङ पार्टी, मधेश प्रदेशमा तराई मधेश लोकतान्त्रिक पार्टी र प्रदेश १ मा किराँत खम्बुवान पार्टीले उम्मेदवारको बन्दसूची बुझाएको निर्वाचन अधिकृत भट्टराईले बताउनुभयो। उहाँले भन्नुभयो, “कुन दलले कति र कुन–कुन व्यक्तिलाई उम्मेदवार बनाए आयोगले छानबिन गरेर अन्तिम नामावली प्रकाशन गर्दा सार्वजनिक हुन्छ।” प्रमुख राजनीतिक दलहरूले भने बन्दसूचीका उम्मेदवारको नाम टुङ्ग्याउन सकेको छैन। छलफललाई तीव्रता दिए पनि सोमबार मात्रै प्रमुख राजनीतिक दलले बन्दसूचीका उम्मेदवार टुङ्ग्याएर निर्वाचन आयोग पुग्नेछन्।
gorkhapatraonline.com
396,721
कञ्चनपुरको पुनर्वास नगरपालिकामा राती १० बजेसम्मको मत परिणाम अनुसार नेकपा एमाले भारी मतले अगाडि देखिएको छ । अहिलेसम्मको कूल मत गणनामा एमालेबाट मेयरका उम्मेदवारको ८ सय ४१ र उपप्रमुखमा ८ सय ८१ मत आएको छ । उसको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवारको ७ सय ३६ मत र उपमेयरमा ६ सय ५३ मत आएको छ । तेस्रोमा भने नेपाली काँग्रेसका उम्मेदवार रहेका छन् । उनीहरु मध्ये मेयरका उम्मेदवारको ३ सय ३७ र उपप्रमुखमा ५ सय ३० मत आएको छ । त्यसपछि मेयर र उपमेयरमा राप्रपाको १ सय १ र उपमेयरमा २०मत, फोरम लोकतान्त्रिकबाट मेयरका उम्मेदवारको १ सय ३० र उपमेयरका उम्मेदवारको १ सय ३६ मत आएको छ ।
hamrakura.com
1,914,740
पोखरा विमानस्थल र पश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरालाई शनिवार फ्री वाइफाइ जोन घोषणा गरिएको छ । इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेशन प्रा.लि.को सहयोग तथा पोखरा लेखनाथ महानगरको सहकार्यमा पोखरा लेखनाथ महानगरको पश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र पोखरा बिमानस्थलमा शनिवार नया वर्षको अवसर पारी फ्री वाइफाइ जोन घोषणा गरिएको हो । फ्री वाइफाइ जोनको चार नम्बर प्रदेशका प्रमुख पृथ्वी सुब्बा गुरुले आफ्नो मोफाइलमा फ्री वाइफाइ कनेक्ट गरी पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई फ्री वाइफाइ जोन घोषणा गरेका थिएभने पोखरा बिमानस्थलमा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले विमानस्थलका प्रमुख भोला गुरागाइलाई वाइफाइ बक्सको सांचो हस्तान्तरण गरी फ्री वाइफाइ जोनको घोषणा गरेका थिए । फ्री वाइफाइ जोन घोषणा गर्दै प्रदेश नम्बर चारका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले बाम गठबन्धनले प्रदेश र प्रतिनिधी सभाको चुनावको वेलामा नेपालको विभिन्न ठाउमा फ्री वाइफाइ जोन निर्माण गर्ने उद्देश्य अनुरुप हाल आएर नयावर्ष २०७५ को शुरुवातको दिन जनताले प्रत्यक्ष सरोकार राख्ने ठाउबाट फ्री वाइफाइ जोन घोषणा गर्न पाउदा निकै खुसी लागेको वताउदै आगामी दिनमा जनताले प्रत्यक्ष सरोकार राख्ने ठाउहरुमा फ्री वाइफाइ जोन निर्माण गर्ने समेत वताए । उक्त समारोहमा वोल्दै पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले सर्वसाधारणमा इन्टरनेटको सहजै पहुच पुगोस भन्ने उद्देश्यले नयावर्षको दिन पोखराको दुइ ठाउबाट फ्री वाइफाइ जोन घोषणा गरिएको वताए । आगामी वैशाख १५ भित्रमा लेखनाथको शिसुवा हस्पिटल र बाटुलेचौरको मातृशिसु अस्पतालमा फ्री वाइफाइ जडान गरि गाउपालिकाहरुमा पनि इन्टरनेट जडानलाई प्राथमिकता दिने जिसीको भनाइ रहेको थियो । पछिल्लो समय पोखरामा फाइबरको माध्यामबाट इन्टरनेटमा छुट्टै पहिचान बनाउन सफल वल्र्डलिंकले पहिलो चरण अन्तरगत पोखरा विमान स्थल र पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिवारदेखी फ्रि वाइफाइ सञ्चालनमा ल्याइएको वल्र्डलिंक कम्युनिकेशन प्रा. लि. पोखरा शाखाका प्रमुख युशफ श्रेष्ठले वताए । श्रेष्ठका अनुसार शनिवार देखि पोखराको पश्चिमाञ्चल स्वास्थ्य बिज्ञान प्रतिष्ठान र पोखरा विमान स्थलमा सञ्चालनमा ल्याइएको फ्री वाइफाइ जोनमा एकै पटकमा ५० जनाले ५ एम बीपीएस क्षमताको इन्टरनेट चलाउन सक्नेछन ।
pokharanews.com
6,091,041
मलयालम अभिनेता तथा निर्माता विजय बाबुमाथि एक महिलालाई यौन शोषण गरेको आरोप लागेको छ । केरला प्रहरीमा उनीविरुद्ध जाहेरी परेको छ । एक महिलाले एर्नकुलम दक्षिण प्रहरीमा विजय बाबुविरुद्ध उजुरी दर्ता गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विजयले ती महिलामाथि पटकपटक यौन शोषण गरेको आरोप छ । प्रहरीका अनुसार महिलाले विजयले कोच्ची जाने क्रममा विमानमा समेत यौन दुर्व्यवहार गरेको जाहेरीमा उल्लेख गरेकी छन् । अप्रिल २२ मा दर्ता भएको मुद्दाबारे अनुसन्धान प्रक्रिया भने खासै अगाडि नबढेको बताइएको छ ।
onlinekhabar.com
6,138,324
अनुमति विना गैरसरकारी संस्थाको कुन पनि प्रकारको सहयोग नलिन प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले संसदीय समितिहरूलाई निर्देशन दिएका छन् । मंगलबार सभामुख देवराज घिमिरे र अध्यक्ष नारायणप्रसाद दाहालको तर्फबाट पत्र जारी गर्दै संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी एवं अनुमति विना सहयोग नलिन निर्देशन दिएका हुन् । ‘संसद्को संस्थागत जानकारी एवं अनुमति विना कतिपय गैरसरकारी संस्थाहरूले संसदीय समिति तथा सचिवालयलाई सहयोग गर्ने, माननीय सांसदहरूको संलग्नतामा कार्यक्रम गर्ने र यसबाट कानुन निर्माण एवं निर्णय प्रक्रियामा प्रभाव पर्ने गरेको गुनासोहरू आइरहेकाले ध्यानाकर्षण गराइएको छ,’ पत्रमा भनिएको छ । संसद् सचिवालयले सहयोग नलिन यसअघि पनि पटकपटक सतर्क गराइएको जनाएको छ । आइतबार एक गैरसरकारी संस्थाका कर्मचारी खाजासहित उपस्थित भएपछि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको थियो ।
onlinekhabar.com
5,974,879
आन्तरिक उडान गर्ने वायुयान कम्पनीहरूले विमानस्थलले दिएको उडान योग्य तालिका (फ्लाइट प्लान क्लियरेन्स) का आधारमा मात्र उडान गर्न पाउने भएका छन् ।
sunaulonepal.com
1,026,609
ईलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसका विद्यार्थीहरू विभिन्न मागसहित आन्दोलित भएका छन् । बीएस्सी हर्टिकल्चर(बागवानी)का विद्यार्थीले मापदण्ड पुगेका कृषि सेवा समूह (बागवानी, कृषि प्रसार, बाली संरक्षण, माटो विज्ञान र बाली विकास) मा लोकसेवाको सुनिश्चितता हुनुपर्ने माग गरेका हुन् । असार १३ गते देखि सुरु भएको रचनात्मक आन्दोलनमा विद्यार्थीले मापदण्ड पुगेका विषयहरुमा कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट एमएस्सी एग्रिकल्चर (कृषि) गर्न पाउनुपर्ने माग पनि अघि सारेका छन् । विद्यार्थीहरुले आन्दोलनको विभिन्न चरणहरू अघि सारेका छन् । उनीहरुले रचनात्मक आन्दोलनको रुपमा कालो ब्यानरमा आफ्ना मुद्दा लेखेर गेटमा राख्ने, कालो पट्टी बाँधेर प्रशासन अगाडि धर्ना दिने, दिउँसै मैनबत्ती बालेर रचनात्मक आन्दोलन गरिएको बागवानी संघर्ष समितिकी सचिव महिमा गोतामेले बताइन् । विद्यार्थीले पोस्टर प्रदर्शनी, बालुवामा पानी खन्याउने, नाटक प्रस्तुत गरेर आन्दोलन गर्दै आएको गोतामेले बताइन् । विद्यार्थीले ४ वर्षसम्म गरेको लगानी पालुवामा पानी खन्याएको जस्तै हुने भएकाले विरोधको स्वरुपमा बालुवामा पानी खन्याउने गरिएको उनको भनाइ छ । बागवानीमा बिएस्सी गरेका सबैले बागवानीसँगै कृषि प्रसार, बाली संरक्षण, माटो विज्ञान, बाली विकासमा पनि लोकसेवा दिन पाउनुपर्ने मुख्य माग रहेको गोतामेले बताइन् । ‘बागवानी विकास अधिकृत बाहेक अन्य कृषि प्रसार, बाली संरक्षण, माटो विज्ञान र बाली विकासमा बिएस्सी एग्रिकल्चर वा सो सरह भनेर माग गर्ने गरिएको छ,’ उनले भनिन्, ‘बागवानीमा बिएस्सी पढेका व्यक्तिले फर्म नै भर्न नपाउने व्यवस्था रहेकाले लोकसेवाले ती पदमा बिएस्सी एग्रिकल्चर वा बिएस्सी हर्टीकल्चर वा सोरह हुनुपर्छ भन्ने हाम्रो माग हो ।’ कृषि र वागवानीलाई एकै ठाउँमा नराख्दा मेहनत गरेर पढेका विद्यार्थीहरू सरकारी जागिरका लागि अयोग्यजस्तै हुने गरेको उनीहरूको भनाइ छ । बिएस्सी कृषि वा बिएस्सी बागवानी भयो भने अहिले पढेर लोकसेवाको तयारी गरेका र भोलिका दिनमा लोकसेवामार्फत् सरकारी जागिर खाने लक्ष्य लिएका विद्यार्थीका लागि बाटो खुल्ने उनीहरुरूको भनाइ छ । कृषि विज्ञान अध्ययन संस्थानमार्फत अनुमति लिएर क्याम्पसले २०६९ सालदेखि बागवानी विज्ञान पढाउँदै आएको छ । कृषि तथा वन विज्ञान अध्ययन संस्थान त्रिभुवन विश्वविद्यालय अन्तर्गतको हो । कृषि तथा वन विज्ञान अध्ययन संस्थानका ८ वटा क्याम्पसमध्ये नयाँ विषय पढाउने महेन्द्ररत्न बहुमुखी क्याम्पस एउटा हो । आठवटा मध्येकै नयाँ कार्यक्रम बागवानी यसै क्याम्पसले संचालन गर्‍यो । त्रिभुवन विश्वविद्यालयको कार्यकारी समितिको निर्णयबाट बागवानी पढाउने सम्बन्धन पाएको महेन्द्ररत्न बहुमुखी क्याम्पसले २०६८/०६९ देखि बागवानी पढाउन थालेको थियो । बागवानी विज्ञान नयाँ डिग्री भएकाले लोकसेवा लड्न पाइएन भन्ने विद्यार्थीको माग रहेको क्याम्पसको भनाइ छ । कृषि सेवा समूह गठन नियमावली २०५० ले बिएस्सी हर्टीकल्चरको शैक्षिक योग्यतालाई समावेश गरिएको छैन । बागवानीमा बिएस्सी गरेपछि ५ वटा समूहमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने हो, त्यो डिग्री प्राप्त गरेका विद्यार्थीले प्रतिस्पर्धा गर्न पाएनौँ भन्ने विद्यार्थीको भनाइ छ, महेन्द्ररत्न बहुमुखी क्याम्पसका सहायक क्याम्पप्रमुख पोषराज लामिछानेले भने, ‘कृषि तथा वन विज्ञान विश्वविद्यालयमा भएको व्यवस्था बिएस्सी एग्रिकल्चरको जस्तै मान्यता बिएस्सी हर्टीकल्चरलाई पनि दिनुपर्छ भन्ने हाम्रो पनि भनाइ हो ।’ बागवानी विकास अधिकृतमा प्रतिस्पर्धा गर्न पाएपनि अन्य सेवा समूह ५ वटैमा प्रतिस्पर्धा गर्न पाउनुपर्छ भन्ने विद्यार्थीको माग केही समय पहिलादेखि नै उठ्दै आएको लामिछानेले मकालु खबरलाई बताए । विद्यार्थीको मागलाई लिएर पटक पटक त्रिभुवन विश्वविद्यालय तथा मन्त्रालयमा गए पनि मागको सुनुवाइ नै नभएको उनी बताउँछन् । जुनबेला क्याम्पस प्रशासनले यो विषय पठन पाठन गर्न थाल्यो‚ त्योबेला नै निक्कै छलफल गरेर ल्याइएको क्याम्पस प्रशासनको दाबी छ । त्यो बेलाको विश्वविद्यालयको पदाधिकारी नभएको, डिन कार्यालयको नेतृत्व नभएको, मन्त्रालय तथा लोकसेवा आयोगको कुनैपनि नेतृत्व नभएको र नयाँ नेतृत्वले बुझ्न नचाहेको तथा बेवास्ता गरेको लामिछानेको भनाइ छ । ‘पहिला क्याम्पसले नै पहल गर्दै आएको थियो, अहिले विश्वविद्यालयलाई जिम्मा दिएका छौँ,’ उनले भने, ‘यो समस्या समाधान गर्ने निकाय भनेको मन्त्रालय र लोकसेवा आयोग हो, मन्त्रालयले कृषि सेवा समूह गठन नियमावली २०५० लाई संशोधन गरी राजपत्राङ्कित द्वितीय श्रोणीको शैक्षिक योग्यतामा बिएस्सी एग्रिकल्चर वा सोसरह भनिएकाले त्यसलाई संशोधन गरी बिएस्सी एग्रिकल्चर वा बिएस्सी हर्टीकल्चर वा सोसरह बनाउनासाथ समस्या समाधान हुन्छ ।’ महेन्द्ररत्न बहुमुखी क्याम्पसमा हालसम्म २२८ जनाले बागवानीमा बिएस्सी गर्दैछन् । १२० जनाले अध्ययन सकेर गइसकेका छन् भने १०८ जना अहिले अध्ययनरत रहेको क्याम्पस प्रशासनले जनाएको छ ।
makalukhabar.com
2,370,499
उनले गाएको गीतको टुक्रा थियो नउठी भएन नेपालका दिदी बहिनी सभाध्यक्षले दरमा खिर, फलफूल र मिठाई खुवाएका थिए । नाँच्न रौसिएका सभाध्यक्ष नाँच्न भने गएनन् । संविधानसभा भवनको पुस्तकालयको बीचमा आयोजना गरिएको दर खाने कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालालगायतका शीर्ष नेताहरु पनि सहभागी भएका थिए । माइत जान नपाए पनि मनभरी नाचियो त सभासद् सिन्धु जलेसा बुढाथोकी भनिन् दर त मज्जैले खाइयो ।
ratopati.com
3,413,869
संसद अधिबेशन अन्त्य गरेर प्रधानमन्त्रीले अध्यादेश ल्याउन लागिएको आशंका गरिएको छ । बिहीबार स्थायी कमिटी बैठक समेत बस्न सकेको छैन । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
drishtinews.com
4,529,991
संसदीय सुनुवाई विशेष समितिले चीनका लागि प्रस्तावित राजदूत महेन्द्र बहादुर पाण्डेविरुद्ध उजुरी आह्वान गरेको छ। बुधवार सिंहदरबारमा बसेको समिति बैठकले पाण्डेविरुद्ध उजुरी दिन सरकारी सञ्चार माध्यममा १० दिने सूचना निकाल्न निर्देशन दिएको हो। समिति सभापति लक्ष्मणलाल कर्णले मन्त्रिपरिषद्बाट चीनको आवासीय र उत्तर कोरिया तथा मंगोलियाको गैरआवासिय राजदूतका लागि प्रस्ताव गरिएका पाण्डेविरुद्ध उजुरी आह्वान गरिएको बताए। समिति सदस्यहरुलाई पाण्डेको व्यक्तिगत विवरण वितरण गरिएको र गुनासो तथा सूचना संकलनका लागि उजुरी आह्वान गरिएको उनले बताए। गत फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको थियो। पौडेललाई फिर्ता बोलाएर पाण्डेको नाम सिफरिस भएको थियो। समितिले नाम अनुमोदन गरेपछि मात्रै पाण्डे राजदूतमा नियुक्तिको बाटो खुल्नेछ ।
pahilopost.com
4,271,438
नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बस्दै छ। आज दिउँसो साढे २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी समितिको बैठक बोलाइएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए। पार्टीको निर्वाचन निर्देशिका पारित गर्ने अजेन्डा आजको बैठकमा रहेको छ। यस्तै पछिल्लो राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा प्रधानमन्त्रीसँग भएको छलफलका बारेमा पनि पार्टी अध्यक्ष पुष्पकमल दाहालले बैठकमा जानकारी गराउने बताइएको छ। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
nepallive.com
2,412,084
अन्तर्राष्ट्रिय बजार मुल्यको प्रभावका कारण शुक्रवार एकैदिन प्रति तोला ५ सय बढेको सुनको भाउ निरन्तर वृद्धि भएको हो । यसअघि पनि इयुवाट वेलायत वाहिरिने घोषणापछि सुन एकैदिन तोलामा ३ हजार रुपैयाँ वढेर नेपाली वजारमा प्रति तोला ५९ हजार रुपैयाँ पुगेको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाल सुन प्रति तोला ५८ हजार ८ सय र तेजावी सुन प्रतितोला ५८ हजार ५ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ५८ हजार ५ सय र तेजावी सुन प्रतितोला ५८ हजार २ सय ५० रुपैयाँमा कारोवार भएको थियो । अमेरिकी डलरको भाउ वढेसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उकालो लागेको हो । सोही कारण नेपाली बजारपनि प्रभावित बनेको छ । महासंघका अनुसार चाँदीको भाउ पनि निरन्तर उकालो लागेर प्रति तोला ९ सयको हाराहारीमा पुगेको छ । आइतवार चाँदी प्रति तोला ८ सय ९० रुपैयाँमा कारोवार भएको छ ।
ratopati.com
5,815,921
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नक्कली नागरिकता र सहकारी ठगी तथा सरकारी जग्गा हडप्ने जो कोही भए पनि कारबाहीको दायरामा आउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । विशेष समयमा आफ्ना धारणा राख्दै भने, “नेपालको सार्वजनिक जग्गा हड्पछ भने सजाय दण्ड पाउनुपर्दैन ? जतिसुकै शक्तिशाली होस् जुनसुकै पदमा बसेको होस् तागतवाला होस्, कलम होस् । नागरिकता बनाउन किर्ते गर्छ भने फलानो दलसँग जोडिएको छ त्यसकारणले किर्ते माफी हुन्छ, चल्छ ? जुनसुकै तागत भएको होस् आम नागरिकहरुले निक्षेप संकलन गरेर जम्मा गरेको सहकारीमा ठगीको धन्दा चलाउँछ ठगीको मतियार हुन्छ भने कानुनी कारवाहीको दायरमा आउनु पर्दैन ? कानुनले कारबाही गर्नुपर्दैन ?” जाहे जग्गा मिच्ने वा हडप्ने होस् चाहे नागरिकता किर्ते गर्ने होस् चाहे सहकारीमा ठग्ने होस् कानुनको दायरामा आउनुपर्ने बताए ।
baahrakhari.com
6,285,068
आहा–रारा गोल्डकप फुटवल प्रतियोगिताको १६ औं संस्करणको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पोखरा रङगशालामा शनिबार भएको फाइनल खेलमा थ्रीस्टार क्लबलाई १–० गोलको अन्तरले हराउँदै नेपाल पुलिस क्लबले उपाधि जितेको हो । सो प्रतियोगिताको निर्धारित समयमा दुबैतर्फबाट कुनै पनि गोल हुन नसकेपछि अतिरिक्त थपिएको कुल २० मिनेटको पहिलो हाफको इञ्जुरी समयको दोस्रो मिनेटमा नेपाल पुलिस क्लवका नीरकुमार राईले दिएको पासलाई सदुपयोग गर्दै राम वाजीले गोलमा परिणत गरेका थिए । सोही गोलनै पुलिसका लागि जितको वरदान भयो । प्रतियोगिताको विजयी टीम नेपाल पुलिस क्लबले रु सात लाख एक हजारसहित गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता थ्रीस्टार क्लबले रु तीन लाख ५१ हजार प्राप्त गरेको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबका रवि पासवान घोषित भई एक थान स्कूटर प्राप्त गरे भने खेल अवधिमा सर्वाधिक गोलकर्तामा पुलिसका सुमन लामा र थ्रीस्टारका विश्वास श्रेष्ठले तीन तीन गोल गरेर जनही रु १२ हजार ५०० पुरस्कार प्राप्त गरे । प्रतियोगिता अवधिभर दर्शकले काटेका टिकटबाट गोला प्रथाबाट घाचोकका उज्वल पोख्रेललाई स्कुटर तथा पोखरा लेखनाथ महानगरपालिका–१० का उत्तमबहादुर कार्कीलाई रु २५ हजार मूल्य बराबरको एलजी टिभी उपहार प्राप्त गरेका थिए ।
aajakonews.com
1,506,499
सुदूरपश्चिमका वरिष्ठ साहित्यकार तथा संस्कृत विद पद्मराज जोशी 'प्रभात' दीनबन्धु गोयल प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन्। लामो समयदेखि धनगढीमा रहेर साहित्य साधनामा लागेका जोशीलाई ५० हजार राशिको दीनबन्धु गोयल प्रतिभा पुरस्कारबाट आज सम्मान गरिएको हो। कोसी प्रदेश प्रमुख परशुराम खापुङले भानु जयन्तीका अवसरमा विराटनगरमा आयोजित एक भव्य समारोहबीच नगद, दोसल्ला र सम्मान पत्रद्वारा जोशीलाई सम्मान गरेका हुन्। प्रतिष्ठानका अध्यक्ष समालोचक एवं साहित्यकार दधिराज सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
kendrabindu.com
1,506,635
अहिलेसम्मको अध्ययन, खोज अनुसन्धान र जानकारीका आधारमा यो ठाउँको नाम ‘तोस्तुङ ग्रामिणा’ हो । मिति बि.सं. २०२७ माघ १९ गते गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित समाचारमा यहाँको शिलापत्रमा ‘तोस्तुंग ग्रामिणा’ शब्द फेला परेको प्रष्ट पारेको छ । अहिलेसम्मको अध्ययन, खोज अनुसन्धान र जानकारीका आधारमा यो ठाउँको नाम ‘तोस्तुङ ग्रामिणा’ हो । मिति बि.सं. २०२७ माघ १९ गते गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित समाचारमा यहाँको शिलापत्रमा ‘तोस्तुंग ग्रामिणा’ शब्द फेला परेको प्रष्ट पारेको छ । ग्रामिणा भनेको सानो बजार हो । किराँतकालमा ‘तोस्तुङ’ भए पनि लिच्छविकालसम्म आइपुग्दा अप्रभ्रंस हुँदै ‘टिष्टुङ’ हुन गएको कतिपयको भनाई छ । तर टिष्टुङकोतमा रहेको ने.सं. ८५९ उल्लेखित शिलालेखमा समेत ‘त्यस्तु’ उल्लेख छ । यद्यपि यो शिलालेख नेवारी भाषामा रहेको र अहिले पनि नेवार समुदायले टिष्टुङलाई ‘त्यस्तु’ नै भन्ने गरेकाले नेपाली भाषामा टिष्टुङ नै हो कि भन्न सकिन्छ । त्यतिबेलाका आधिकारिक कागजातहरु जस्तै नागरिकता, लालपूर्जा, तिरो तिरेको प्रमाणपत्र सबैमा टिष्टुुङ नै उल्लेख छ । बि.सं. २०३८ सालमा यहाँको बज्रवाराही अजिमाको नामबाट यस ठाउँको नाम बज्रवाराही गाउँ पञ्चायत बनेको हो । त्यसैगरी बि.सं. २०४६ पछि बज्रबाराही गाविस नामाकरण गरियो । पछिल्लो पुस्ताले यो ठाउँलाई बज्रावराहीका रुपमा चिन्न थालेका छन् भने मेत्राङलाई टिष्टुङका रुपमा चिनिन थालेका छन् । यसले एकातिर टिष्टुङबाट टिष्टुङ नाम स्थानान्तरण भएसँगै बिलय भयो भने अर्काेतिर मेत्राङको अस्तित्व संकटमा प¥यो । अहिले टिष्टुङ भनेर चिनिँदै आएको ठाउँको बास्तविक नाम ‘मेत्राङ’ हो । थाहा नगरपालिकास्थित मालपोत कार्यालयका ढड्डाहरुमा समेत बज्रवाराहीका जमिनलाई टिष्टुङ र टिष्टुङका जमिनहरुको रेकर्ड मेत्राङका रुपमा उल्लेख छ । यो ठाउँलाई बज्रवाराहीका रुपमा जतिले चिन्छन् त्यो भन्दा कयौ गुणा बढीले टिष्टुङकारुपमा चिन्छन् । राजधानीबाट बाहिरिने प्रमुख मार्गका रुपमा त्रिभुवन राजपथ बनेपछि टिष्टुङको नाम सर्वत्र फैलिएको हो । अहिले टिष्टुङ (पहिले मेत्राङ) भनेर चिनिँदै आएको ठाउको देउराली पुगेर हालको बज्रवाराहीलाई देखाउँदै टिष्टुङ भनेर चिनाईन्थ्यो । यहाँका वासिन्दाले मात्रै होईन अहिलेका टिष्टुङवासी (पहिलेका मेत्राङवासी), पालुङवासी, चित्लाङवासी लगायतले समेत टिष्टुङ भनेर अहिलेको बज्रबाराहीलाई नै चिन्दै चिनाउँदै आएका थिए । तर सरकारी कागजातमा बज्रबाराही लेखिन थालेपछि पछिल्लो पुस्ताले भने मेत्राङलाई टिष्टुङ र टिष्टुङलाई बज्रवाराही भनेर चिन्दै र चिनाउदै आएका छन् । आफ्नो बास्तविक पहिचान बनेको ‘टिष्टुङ’ नामलाई अन्त दिएर यो ठाउँलाई किन ‘बज्रवराही’ नामाकरण गरियो भन्ने जल्दोबल्दो प्रश्न पटक पटक उठ्ने गरेका छन् । यसो भनिरहंदा पञ्चायत कालमा सञ्चालन भएको ‘टिष्टुङ फर्काउ अभियान’ लाई पनि बिर्सिन हुन्न । त्यसपछि पनि यो ठाउँको नाम ‘बज्रवराही’ लाई हटाएर पुनः ‘टिष्टुङ’ नै गराउन गाविसले निर्णय पारित गरि जिल्ला परिषदमार्फत स्थानीय विकास मन्त्रालयसम्म फाइल पुगेको थियो । तर विडम्बना देशमा एकाएक राजनीतिक संक्रमण फैलियो । यद्यपि यो ठाउँलाई पौराणिक नाम ‘एकापुर सहर’ का रुपमा पनि चिनिन्छ । (हालै विमोचित यो पुस्तकमा टिष्टुङको गोपालवंशदेखि गणतन्त्रसम्मका कुराहरु समावेश छन् ।
kendrabindu.com
4,125,745
लेखा विषयका शिक्षक नवीन घिमिरेको कुटाइबाट कक्षा १० मा अध्ययनरत १७ वर्षीय राजन पौडेलको करङ भाँचिएका हुन् । शिक्षक घिमिरेले कक्षा कोठामै पाइपले निलडाम र चोट पर्ने गरी टाउको र ढाडमा पिटेको पौडेलले बताए । “बिना कारण सरले पाइपले पिटे , अफिसमा गएर कुरा गरौँ भन्दा पनि मान्नुभएन्”, उनले भने “बोल्न र सास फेर्न गाहे भएको छ ।” पौडेलका अनुसार उनीसहित कृष्ण तामाङ, निशान गर्बुजा, रुपेश बोहोरा र विपन पुर्जालाई पनि शिक्षक घिमिरेले शुक्रबार दिउँसो यातना दिएका थिए । वान्ता गर्ने, खाना नखाने, सास फेर्न गाहे हुने र दुखाइ बढेपछि शनिबार साँझ बेनी अस्पतालमा एक्सरे र स्वास्थ्यपरीक्षण गरिएको थियो । पौडेलकी दिदी मनकुमारी सुवेदीले टाउको सुन्निएकाले शनिबार रातिनै पोखरा लगेर कालीगण्डकी डायग्नेस्टिक एण्ड रिसर्च सेन्टरमा सिटिस्क्यान गरी बिहान बेनी ल्याएको बताए । “बेनी अस्पतालका चिकित्सकले करङ भाँचिएको पुष्टि गरेर आराम गर्न र औषधि दिनुभएको छ”, उनले भने “सम्बन्धित सर र विद्यालय प्रशासनमा शनिबार बिहानै फोनबाट जानकारी गराउँदा वास्ता गर्नुभएन् ।” पौडेलका बुबा भीमप्रसाद पौडेलले मर्यादा विपरीत बालमनोवैज्ञानिक असर पर्ने गरी यातना दिने शिक्षक घिमिरेलाई कारबाहीको माग गर्दै आज विद्यालयमा निवेदन दिएका छन् । पौडेल प्रकाश माविमा तीन वर्षदेखि अध्ययनरत थिए । विद्यालयका निमित्त प्रअ लेखबहादुर हमालले शनिबार बिहान फोनबाट पौडेलकी दिदीले अनौपचारिक जानकारी गराएको र आज छलफलका लागि बोलाएको बताए । “शुक्रबार ५ बजेसम्म कक्षा भएको थियो । नवीन सरको पिरियड दिउँसो १२.१० देखि १२ः५० सम्म हो । राजनले त्यो दिन पूरै कक्षा पढेका थिए । लेखापछिको विषयका सरहरुले पनि उनको स्वास्थ्य अवस्था सामान्य भएको बताउनुभएको थियो”, उनले भने, “आज बिहान लाइनमा सोध्दा कागजको डल्ला फालेकाले हल्का एक्सन लिएको बताए । थप छानबिन र छलफल गर्दैछौ ।”- काठमाडौं, २ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ५२० काठमाडौं, २९ असार । १६ वर्षीया किशोरीलाई भारतमा लगेर बेचविखनको प्रयास गर्ने समूहलाई मानव बेचविखन काठमाडौं,२५ असार । विराटनगरमा एकजना युवकको हत्या भएको छ । दुई जना गम्भीर घाइते भएका काठमाडौं, १९ असार । महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या आरोपमा पक्राउ काठमाडौं, १७ असार । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अवैध सुन तस्करीका लागि काठमाडौं,१६ असार । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा पक्राउ परेका २ काठमाडौं,१५ असार । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न रहेको आरोपमा काठमाडौं,१५ असार । ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ परेका काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं ।
reportersnepal.com
588,610
नेपाल एशोसियशन अफ ट्राभल्स एन्ड टुर एजेन्ट–(नाट्टा) लुम्बिनी प्रदेशले राष्ट्रिय टोपी दिवसको अवसरमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको माग गरेको छ । नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तको अगुवाइमा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा त्यहाँ कार्यरत कर्मचारीलाई नेपाली ढाका टोपी लगाइदिएर उडान नियमित गर्न सबैलाई सहकार्यको लागि आह्वान गरिएको थियो । कर्मचारीलाई टोपी लगाउँदै अध्यक्ष पन्तले भने, “जसरी शिरको शान ढाका टोपी रहेको छ, त्यसैगरी लुम्बिनी प्रदेशवासी र नेपालका सबै पर्यटन व्यवसायीका लागि गौतमबुद्ध विमानस्थल शान र मान हो”, उनले भने, “यसको गरिमा बढाउने भनेको यहाँबाट अन्तर्राष्ट्रिय जहाजको उडान निरन्तरताको लागि कर्मचारीको पनि सक्रियता र सकारात्मक सहयोग जरुरी छ ।” कार्यक्रममा पर्यटन व्यवसायी सागर अधिकारीले कुनै पनि बहानामा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान कटौती गर्न नहुने बताउँदै कटौती गरेमा सबै लुम्बिनीवासीले आन्दोलन गर्ने चेतावनीसमेत दिए । पर्यटन व्यवसायी तथा सिद्धार्थ उद्योग वाणिज्य सङ्घका पूर्वध्यक्ष विष्णुप्रसाद शर्माले ४० अर्ब भन्दा बढी लगानी विमानस्थलमा भएको र सय अर्ब भन्दा बढी निजी क्षेत्रको लगानी भैरहवा आसपासमा भइरहेको बताए । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सात महिनाको अवधिमा ३१ हजार छ सय १८ यात्रुले सेवा लिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी गराए । गत जेठ २ गते देखि पुस ३ गते सम्म सात महिनाको अवधिमा एक सय ५४ वटा उडान र अवतरण भएको उहाँले जानकारी दिए। यतिबेला अल जजिरा एअरलायन्सले उडान कटौती गरेको छ । हिमालय एअरलायन्सले पनि उडान रोकेको छ । अर्कोतिर भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिविलिटी कम हुँदा आन्तरिक उडानसमेत प्रभावित हुँदै आएको छ । यद्यपि यो समस्यालाई निराकर गर्ने गरी अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रमेट ल्याण्डिङ सिस्टम (आइएलएस) जोडिएको भए तापनि उक्त उपकरण सञ्चालन नहुँदा समस्या सिर्जना भएको छ । पर्यटन व्यवसायीले आइएलएस तत्काल सञ्चालन गर्न माग गरेका छन् । उडानका लागि कम्तीमा एक हजार पाँच सयको हाराहारीमा भिजिविलिटी आवश्यक पर्छ तर यतिबेला चार /पाँच सयको हाराहारीमा भिजिबिलिटी पुग्दा बेला बेला उडान प्रभावित हुने गरेको छ ।
lokpath.com
3,400,686
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बाढी पहिरामा परी हराइरहेका नागरिकको खोजी, उद्धार तथा राहतका लागि पार्टीका नेता तथा कार्यकर्ता र सरकारसँग आग्रह गरेका छन् । उनले बुधबार सामाजिक सञ्जालमार्फत केही दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र कटानले विकराल रूप लिएको भन्दै कठिन अवस्थामा उद्धार र राहतमा खटिन पार्टीका नेता–कार्यकर्ता तथा सरकारी निकायसँग आग्रह गरेका हुन् । पूर्वप्रधानमन्त्री नेपालले सरकारलाई तत्काल विपद्मा परेका जनतालाई उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरुलाई आवश्यक लत्ताकपडा एवम् स्वास्थ्य सामग्री सहितको व्यवस्था गर्न सरकारसँग माग पनि गरेका छन् । मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन भारी वर्षा हुने जनाएकाले नदी आसपासका क्षेत्रमा पानीको बहाव बढ्ने, पहिरो र डुबानसमेत हुने खतरा रहेको भन्दै सबैलाई हतर्क रहन उनको अनुरोध छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण मनाङमा दर्जनौँ घर बगाउनका साथै सिन्धुपाल्चोकको मेलम्ची बजारलगायत अन्य क्षेत्रमा समेत क्षति र दर्जनौँ व्यक्ति वेपत्ता भएका छन् । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
drishtinews.com
4,696,188
खोटाङ जिल्ला अदालतले कृषिविद् मदन राईमाथि बाल यौन दुरुपयोग मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई ७ दिनको समय दिएको छ । राई शुक्रबार पक्राउ परेका थिए । उनलाई खोटाङस्थित राईले सन्चालन गरिरहेको फाउन्डेसनबाटै पक्राउ गरिएको थियो । खोटाङ प्रहरी प्रमुख मन्जिल मुकारुङले राईमाथि अनुसन्धान भइरहेको बताए ।
nepalpress.com
6,119,809
क्रिकेटर सन्दीप लामिछानेले धेरै पछि क्रिकेट खेल्न पाउँदा आफूलाई डेब्यू गरेजस्तो लागेको बताएका छन् । वेष्ट इण्डिजमा टी–२० विश्वकप खेलेर शनिबार नेपाल फर्र्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले धेरै उतारचढावका बीच क्रिकेट खेल्न पाएको बताए । ‘धेरै लामो समयदेखि क्रिक्रेट फिल्डमा पाइला राख्दा डेब्यू गरेजस्तो लागेको थियो’, उनले भने, ‘यहाँदेखि त्यहाँसम्म जाँदा धेरै अप्स एण्ड डाउन्सहरु भए, धेरै प्रेसर भयो ।’ आफूलाई विश्वकप क्रिकेट खेल्ने वातावरण बनाउन नेपाल क्रिकेट संघले मिहिनेत गरेको भन्दै उनले धन्यवाद दिए । ‘उहाँहरुले तिमी जसरी भए पनि विश्वकप खेल्छौं भन्नुभएको थियो’, सन्दीपले भने । टी–२० विश्वकपमा दक्षिण अफ्रिकासँग १ रनले पराजित हुनु धेरै दुःखको कुरा भएको सन्दीपले बताए । सो खेलमा सबै खेलाडीले आआफ्नो भूमिका राम्रोसँग निर्वाह गरेको र केही अनुभवको कमी भएको उनको भनाइ छ ।
onlinekhabar.com
5,532,091
सो अवसरमा उहाँले नेपाल शान्ति सैनिक पठाउने दोस्रो ठुलो राष्ट्र भएकोमा प्रशन्‍नता व्यक्त गर्दै नेपाल सरकारले करिब दुई हजार फौजको सात वटा युनिटलाई संयुक्त राष्ट्रसङ्घबाट माग भएको छोटो अवधिमै खटाउने गरी तयारी अवस्थामा राखिएको जानकारी गराउनुभएको रक्षा मन्त्रालयले जनाएको छ । भेटवार्तामा उपप्रधानमन्त्री खड्काले नेपाल र संयुक्त राष्ट्रसङ्घबिच घनिष्ठ सम्बन्ध रहेको, नेपालले संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा सक्रियतापूर्वक सहभागी हुँदै आएको र महासचिवले अगाडि बढाउनुभएको ‘एक्सन फर पिस’ तथा ‘एक्सन फर पिस प्लस’ प्रति नेपाल सरकार प्रतिबद्ध रहेको मन्त्री खड्काले उल्लेख गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यलाई प्रभावकारी बनाउन नेपालले प्रत्येक मिसनमा आवश्यक पर्ने उपकरण एवं सवारीसाधनको व्यवस्थापन तथा शान्ति कार्यमा खटिने सैनिकलाई मिसन इलाकामा खटाउनुपूर्वको तालिम प्रभावकारी रूपमा दिँदै आएको चर्चा गर्नुभयो । राष्ट्रसङ्घको वातावरण संरक्षण रणनीतिप्रति नेपाल प्रतिबद्ध रहेको बताउँदै उहाँले राष्ट्रसङ्घसँगकै सहकार्यमा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र तथा विभिन्न मिसनमा कार्बन उत्सर्जन कम गर्ने वैकल्पिक ऊर्जासम्बन्धी आयोजना सञ्चालन गर्नुका साथै सबै मिसनलाई न्यून कार्बनयुक्त बनाउने गरी प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्नुभयो । राष्ट्रसङ्घका उपमहासचिव लाक्रोइसले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाली शान्ति सैनिक अनुशासन र कार्यसम्पादनमा समेत अब्बल रहेको बताउनुभयो । शान्ति स्थापनाको सुरक्षा वातावरण चुनौतीपूर्ण हुँदै गएको स्थितिमा पनि नेपालले निःसर्त रूपमा संयुक्त राष्ट्रसङ्घको आह्वानमा निरन्तर शान्ति सैनिक खटाइरहेकोमा नेपाल सरकार र नेपाली सेनाको प्रशंसा गर्नुभयो ।
gorkhapatraonline.com
2,659,821
यस दिन १.३६ प्रतिशतले बजार घटेको हो । १६० कम्पनी सामेल भएको बजारमा ९ लाख ८३ हजार कित्ता सेयर किनबेच भएको छ । बजार १२७०.२३ अंकमा आएर रोकिएको छ । यस्तै उत्पादन तथा प्रशोधन समुह ६९.५८ अंकले घटेको छ । जलविद्युत तर्फ ४०.५८ अंकको गिरावट आएको छ ।
ratopati.com
6,137,405
नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १८ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १७ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता वैशाख २४ गतेदेखि हुने भएको छ । प्रतियोगिताको पुरुषमा ४ र महिलामा १ गरी ५ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचनले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पुरुषमा ५० केजीमुनि, ६० केजीमुनि, ७० केजीमुनि र ७० केजीमाथि तौलसमूहमा भिडन्त हुनेछ । महिलामा खुला तौलसमूहमा खेल हुनेछ । प्रतियोगितामा सात प्रदेश, नेपाल आर्मी र एपीएफबाट ७५ पुरुष र ३५ महिला गरी १ सय १० खेलाडीको सहभागिता रहने आयोजक संघका उपाध्यक्ष पुष्प मानन्धरले जानकारी दिए । पुरुष/महिला दुवैको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेलाई क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने छ । चौथो हुने खेलाडीलाई पनि नगद पुरस्कार दिइने छ । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । अध्यक्ष गौचनले विभिन्न मार्सल आर्ट्सको राम्रो पक्षलाई समेटेर वज्रको प्रतिपादन गरेको बताए ।
onlinekhabar.com
2,425,592
पछिल्लो समय परेको निरन्तर वर्षाको कारण त्रिशूली नदी मडारिएको बगेको छ । त्रिशुली नदीमा रहेका झोलुङ्गे पुलदेखि पक्की पुलहरु उच्च जोखिममा परेका छन् । त्रिशूली नदीमा पानीको सतह बढेपछि चितवनको भरतपुर महानगरपालिका–१, दासढुङ्गाको पक्की पुल समेत खतरनाक अवस्थामा पुगेको छ । पक्की पुलको पिल्लर पुरै पानीमा डुबेको छ । गोरखा–धादिङ हुँदै बग्दै आएको बुढीगण्डकी नदी बेनिघाटमा मिसिएर सुरु हुने त्रिशुली नदी उर्लिएको हो । त्यस्तै भरतपुर महानगरपालिका–२९, सिमलतालमा रहेको झोलुङ्गे पुलको बीच भागलाई त्रिशुली नदीले नाघेको छ । सिमलताललाई तनहुँसँग जोड्ने पुलको मध्यभागमा बाढीले हिर्काइरहेकाले पुल बग्ने खतरा बढेको छ । बाढीले पुल छोएपछि त्यहाँ आवतजावत बन्द भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार त्रिशुली नदीमा रहेका सबै पुल उच्च जोखिममा छ । उनले भने, ‘सिमलतालमा रहेको झोलुङ्गे पुलको दुवैतिर रहेको पर्खालसमेत भत्किने अवस्थामा छ । ’ त्रिशुली नदी उर्लिएसँगै चितवन, धादिङ, गोरखा र तनहुँ जिल्लाका विभिन्न क्षेत्रमा समेत बाढीको जोखिम बढेको छ । बिहान ५ बजेदेखिको वर्षाको कारण मुग्लिन–नारायणघाट सडकखण्डमा मात्र एक दर्जनभन्दा बढी ठाउँमा पहिरो समेत गएको इन्सपेक्टर भट्टले जानकारी दिए । सोमबार साँझ चितवन र धादिङ जोड्ने मौवाखोला पुल बगाएपछि आवतजावत नै ठप्प भएको छ । लगातारको वर्षाका कारण पृथ्वी राजमार्गको बेनिघाट रोराङ गाउँपालिका–१० बाँदरे, फुर्के खोला र महेश दोभानमा ठूलो पहिरो खसेको छ ।
ratopati.com
3,547,793
निषेधाज्ञा जारी भएको पहिलो दिन काठमाडौं उपत्यकाको अधिकांश स्थानमा प्रभावकारी पालना भएको देखिएको छ । चेकजाँचमा प्रहरीले कडाइ गरेको छ । बिहीबार दिउँसो १ बजेसम्ममात्रै ट्राफिक प्रहरीले ८९३ ओटा सवारी-साधन नियन्त्रणमा लिएको छ । उपत्यकाका ४० ठाउँमा प्रहरीले ‘चेकिङ’ गरिरहेको छ । तर, कतिपय स्थानमा भने चेकजाँचकै कारण ट्राफिक जामसमेत भएको छ । निषेधाज्ञा पालना गराउन विभिन्न चोक-चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडाइका साथ चेकजाँच गरिरहेको पाइएको छ । निषेधाज्ञा उल्लंघन गर्ने सवारी-साधन नियन्त्रणमा लिने काम पनि भइरहेको छ । चेकजाँचकाक्रममा ट्राफिकहरुबाट पक्षपात भएको भन्दै केही आक्रोशित पनि भेटिए । उपत्यकाको बाहिरी सडकमात्र नभइ भित्री भागमा समेत निषेधाज्ञाको पालना भएको देखिन्छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बिहीबारबाट भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरिएको हो । यस अवधिमा अत्यावश्यकबाहेकका सबै क्षेत्र बन्द हुनेछन् । बिनाकाम कुनैपनि व्यक्ति घरबाहिर निस्कन पाउने छैन । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखसहितको संयुक्त बैठकले कोरोनाको जोखिम बढ्दै गएसँगै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । प्रमुख जिल्ला अधिकारीहरुले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम निषेधाज्ञाको निर्णय गरेका हुन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निषेधाज्ञाभर बिनाकाम कोहीपनि घरबाट निस्कन नपाउने र निस्किएको पाइए कानुनअनुसार कडा कारबाही अघि बढाइने बताउनुभयो । उपत्यकामा निषेधाज्ञा पालना गराउन नेपाल प्रहरी र ट्राफिक प्रहरी गरी ३३ सय र सशस्त्र प्रहरीका १५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।
imagekhabar.com
3,795,576
 अमेरिका महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । फ्रान्समा जारी प्रतियोगिता अन्तर्गत मंगलबार राति भएको सेमिफाइनलमा इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै अमेरिकाले फाइनलमा स्थान पक्का गरेको हो । अमेरिकाको जितमा क्रिष्टिन प्रेस र एलेक्स मोर्गनले गोल गरिन् । इंग्ल्याण्डका लागि एलन ह्वाइटले गोल गरिन् । दुवै तर्फको गरी तीनै गोल पहिलो हाफमा भएको हो । १० औँ मिनेटमा प्रेसले गोल गर्दै अमेरिकालाई सुरुवाति अग्रता दिलाइन् । १९ औँ मिनेटमा ह्वाइटले इंग्ल्याण्डका लागि गोल गर्दै खेल बराबरीमा ल्याइन् । तर ३१ औँ मिनेटमा मोर्गनले गोल गरेर पुनः अमेरिकालाई अग्रता दिलाइन् ।दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन । खेलको दोस्रो हाफमा ह्वाइटले गोल गरेकी थिइन् । तर, भिएआरबाट हेर्दा अफसाइड रहेको देखियो र मान्यता पाएन उनको गोलले । त्यसपछिको अर्को भिएआरमा इंग्ल्याण्डले पेनाल्टी पायो तर त्यसमा स्टेफ होग्टनले गोल गर्न सकिनन् र इंग्ल्याण्ड पराजित भयो । लगातार तेस्रो पटक विश्वकपको फाइनलमा पुगेको अमेरिकाले आउँदो आइतबार उपाधिका लागि स्वीडेन वा युरोपियन च्याम्पियन नेदरल्याण्डससँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्याण्डले तेस्रो स्थानका लागि बुधबार हुने दोस्रो सेमिफाइनलमा पराजित भएको टिमसँग शनिबार प्ले–अफ खेल्नेछ ।
emountaintv.com
4,199,449
चाइल्ड केयरमा केटाकेटीलाई पढाउने गोमा आफ्नै छोरालाई भने ध्यान दिएर नपढेको भनेर कुट्दै थिइन्। छोराले अरु बच्चाहरुले जस्तो नपढी एकोहोरो भएर बसिरहने गरेको गोमाको भनाइ थियो। तर, उनका श्रीमान् भने आफ्नो छोराको बचाउ गरिरहेका थिए। गोमालाई सिकाइमा व्यक्तिगत भिन्नता रहन्छ, सबैको क्षमता एकैनासको हुँदैन, मानसिक अथवा बौद्धिक क्षमताको विकास निश्चित उमेर समूहको बुद्धिअनुसार नै हुँदै जाने हुन् भन्ने ज्ञान थिएन। श्रीमान् भने गोमासँग आफ्नो नानीमा फरक समस्या रहेको जिकिर गरिरहन्थे। छोरा अटेरी, जिद्दी भएको भन्दै गोमा अफ्नो चार वर्षीय छोरालाई कराइरहन्थिन्। श्रीमानको अगुवाइमा जब बच्चालाई बाल रोग विशेषज्ञकोमा लगियो, अनि थाहा लाग्यो- नानी विशेष प्रकारको उपचारको पर्खाइमा पो रहेछ। त्यसपछि उसलाई व्यावहारिक थेरापीका लागि काउन्सिलिङमा लगियो। त्यो बच्चालाई सामाजिक थेरापी अनि स्पिच थेरापीका निमित्त सम्बन्धित एक्सपर्टको सम्पर्कमा लगियो। डाक्टरले त्यो नानीलाई 'अटिजम' भएको जानकारी गराए। त्यसपछि डाक्टरको सल्लाहबमोजिम उनको उपचार भइरहेको छ। आज अटिजम सचेतना दिवस अथवा अटिजमका बारेमा सचेतना जगाउने दिन। आज सबै शिक्षित, अनुभवी र योसम्बन्धी जानकारले कम्तीमा आफ्ना सम्पर्कका परिवारलाई बुझाउने दिन। भनिन्छ, विश्वको जनसंख्याको १ प्रतिशत, त्यसमा नेपालमा मात्र करिब तीन लाख बालबालिका अटिजमको शिकार बनिरहेका छन्। अटिजम एक प्रकारको 'न्युरो डेभलपमेन्ट डिसअर्डर' हो। यसमा बालबालिकाहरु सामान्य बालबालिकासरह गतिबिधि देखाउन असक्षम हुन्छन् भने केही अस्वभाविक गतिविधि देखाउने गर्छन्। यसमा बच्चाको उमेरअनुसार हुनुपर्ने व्यावहारिक विकास, सामाजिक विकास अनि एकअर्कामा सञ्चार गर्ने क्षमताको विकास भएको पाइँदैन। छरछिमेकीले सल्लाह दिँदासमेत त्यस्तै हो मेरो पनि ढिलो बोलेको, ढिलो हिंडेको, अलिक पछाडि मात्र पढ्न थालेको जस्ता जवाफ दिने गर्छन्, जसले अटिजम भएको ढिलो पत्ता लाग्ने र समाधानमा कठिनाइ आउने गर्छ। बालबालिकाको शारीरिक गतिविधिको प्रारम्भिक चरण भनेको दुई वर्षदेखि तीन वर्षलाई मानिन्छ। यसै उमेरमा बालबालिकाले हातखुट्टाको प्रयोग गर्ने, साथिभाइसँग इसाराले बोल्ने, शब्द र वाक्य प्रयोग गरेर बोल्ने अथवा सञ्चार गर्ने, साथीभाइ बनाउने, मिलेर खेल्ने, ईर्ष्या गर्ने गर्छन्। तर, यदि नानीहरुमा सो प्रकृतिका क्रियाकलापहरु हामीले पाउन सकेनौं भने अन्य शारीरिक दुर्बलता हो या अटिजमको सिकार बनिरहेछ भनेर गहिरो चासो दिनु पर्छ। बालबालिका दुईदेखि तीन वर्षको हुँदा अटिजमका लक्षण तथा चिह्न निगरानी गरिनुपर्छ। सामान्यत: अटिजममा निम्नानुसारका लक्षण चिह्न तथा संकेत देखापर्छन्: – साथीभाइलाई धकेल्ने, कुटपिट गर्ने – सिधा आँखा जुधाएर गफ गर्न नसक्ने – रोइरहने – एउटै खेलौनासँग धेरैबेरसम्म खेलिरहने – कुनै क्रियाकलाप गर्दा एकोहोरिने – आफूलाई चोटपटक लागेको थाहा नपाउने – पढाइलेखाइमा ध्यान केन्द्रित नहुने – अरुलाई हानि पुर्याउने गतिविधि गर्ने – बोलेर आफ्ना कुराहरु व्यक्त गर्न नसक्ने – मनमा लागेको कुरा भन्न नसक्ने – साथीभाइसँग दोहोरो सञ्चार गर्न नसक्ने अटिजम यही कारणले हुन्छ भन्ने यकिन तथ्य विज्ञहरुसँगै नै नरहे पनि जेनेटिकलाई प्रमुख कारण मान्नेहरु बहुमतमा छन्। यसको कुनै उपचारभन्दा पनि नानीहरू दुई वर्ष हुँदा अथवा उसमा शारीरिक क्रियाकलाप र सञ्चारका बारेमा अवलोकन र निदान नै यो समस्याको रोकथाम हो। साथै समयमा नै गरिने मनोवैज्ञानिक परामर्श, सामजिक परामर्श, बोलीमा समस्या भएकाहरुलाई स्पिच थेरापी, कम्युनिकेसन यसको प्रतिशत कम गर्ने उत्तम उपाय हुन्। विशेषगरी दुई वर्षसम्मको हुँदा बच्चाको निम्न कुरामा विकास भएको छैन भने ख्याल गर्नुपर्छ: – १८ महिनपछि पनि हिंड्न सक्दैन भने, – दैनिक प्रयोग गर्ने सामान चलाउन सक्दैन भने, – १८ महिना हुँदा पनि कम्तीमा ६ शब्द प्रयोग गर्न सक्दैन भने, – २४ महिनाको हुँदा २ शब्द जोडेर हरफ बनाउन सक्दैन भने, – बोली वा ठूलोले गर्ने कार्य नक्कल गर्दैन भने, – सरल कुरा गर भन्दा पनि बुझ्दैन/गर्दैन भने, – पहिला सिकेको कुरा बिर्सिंदै जान्छ भने, – आफ्नो परिवारभन्दा बाहिरको मान्छेसँग घुलमिल गर्दैन भने, – अरु बच्चाहरुसँग खेल्दैन भने, – अरुसँग आँखा जुधाउन सक्दैन भने, – बल फ्याँक्न सक्दैन वा उफ्रिन सक्दैन भने, – २ खुट्टाले १-१ गरी सिंढी चढ्न सक्दैन भने, – लेख्न सक्दैन भने, – बोल्दा १ हरफमा ३ वटाभन्दा बढी शब्द प्रयोग गर्न सक्दैन भने, – हरफ पूरा गर्न सक्दैन, बीचमा अड्किन्छ भने, – बोली प्रस्ट छैन भने, बाहिरको मान्छेले बोली बुझ्दैनन भने, – दिनहुँ गरिने सामान्य कार्य आफैं गर्न सक्दैन जस्तै: लुगा लगाउने, सुत्न जाने – पहिले सिकेको कला बिर्सिंदै गयो भने। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
nepallive.com
4,920,977
प्रतिनिधि सभाको बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको खोजी भयो । संसद्मा सांसदहरूले प्रधानमन्त्रीको खोजी गरिरहे तर उनी संसद्मा नगएर बाहिरी कार्यक्रममा नै व्यस्त भए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयको जिम्मेवारीमा रहेका प्रधानमन्त्री देउवाले बिहीबार मन्त्रालयगत रूपमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम थियो । तर, प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिएपछि प्रधानमन्त्रीको खोजी गरिएको हो । संसद्मा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री किन संसद्मा उपस्थित नभएको हो भन्ने प्रश्न गरे । ‘यो संसद्मा प्रधानमन्त्री किन उपस्थित हुन सक्नुभएन ?,’ उनले प्रश्न गरे, ‘बिरामी हुनुहुन्छ कि कुनै अस्पताल भर्ना हुनुभएको हो कि ? विदेश जानुभएको हो कि ?’ प्रधानमन्त्रीले आफ्नो जिम्मेवारीअनुसार संसद्मा जवाफ दिनुपर्ने बताए । ‘बिरामी र विदेश गएको हो भने संसद्लाई जानकारी हुनुपर्छ,’ उनले भने, ‘विनाजानकारी प्रधानमन्त्री अनुपस्थित हुनुभएको छ । यो मिल्दैन ।’ पहिले पनि प्रधानमन्त्रीले अर्को मन्त्रीलाई जवाफ दिन लगाएको र प्रश्न उठेपछि प्रधानमन्त्री नै आएर जवाफ दिएको पनि उनले बताए । ‘प्रधानमन्त्रीलाई नै आफ्नो जिम्मेवारीअनुसार जवाफ दिन लगाउनुपर्छ । होइन भने के कारणले आउन सक्नुभएन ?,’ उनले भने, ‘विदेश जानुभएको भए यहाँ अर्को मन्त्रीले बोल्न पाउनुहुन्छ ।’ यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीबाट संसद्मा पत्र पठाएर जानकारी दिएको बताएका थिए । प्रधानमन्त्री देउवा एनआरएनएको ‘गैरआवासीय नेपाली नागरिकता’लगायत विषयमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । आर्थिक वर्ष २०७९÷८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको विषयमा अर्थमन्त्री जनार्दन शर्माले दिएको स्पष्टीकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चित्त बुझाएको थिएन । बिहीबारको संसद् बैठकमा भने अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)’ प्रतिपक्षीसँगै सत्तारूढ सांसदले पनि प्रश्न उठाएका थिए । उनीहरूले प्रधानमन्त्री देउवाको जवाफ खोजेका थिए । बिहीबार अर्थ मन्त्रालयका लागि विनियोजन भएको बजेटमाथि उठेका प्रश्नहरूको अर्थमन्त्री शर्माले जवाफ दिन लाग्दा एमाले सांसदहरूले आफ्नो स्थानमा उभिएर विरोध गरे । संसदीय छानबिन गर्नुपर्ने माग गर्दै एमालेले शर्मालाई अर्थमन्त्रीका रूपमा स्वीकार नगर्ने बतायो । तर, न संसदीय छानबिन समिति बन्यो न प्रधानमन्त्री देउवाले एमालेको माग नै सम्बोधन गर्ने प्रयास गरे । उनीले आफूले सम्हालेको मन्त्रालयगत छलफलमा समेत समय दिन असमर्थ भए । उनले संसद्लाई इन्कार गरेको देखियो । प्रमुख प्रतिपक्षले यति गम्भीर उठाउँदा प्रधानमन्त्री मौन बस्नुलाई गलत अभ्यासका रूपमा लिने गरिन्छ । प्रमख प्रतिपक्षी दलले कुनै आधार भएर नै प्रश्न उठाएको हुन सक्ने भएकाले प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने तर्क संसद्भित्रैबाट उठिरहेको थियो । संसद्मा प्रधानमन्त्रीले नेतृत्व गरिहेको पार्टी कांग्रेसबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूलेसमेत एसपीपीको विषयमा प्रश्न उठाइरहेको सन्दर्भमा प्रधानमन्त्रीले वेवास्ता गर्नु जनप्रतिनिधिलाई अटेर गर्नुजस्तै भएको हो । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवाल पनि प्रमुख प्रतिपक्षलाई जिउँदो लास बनाउने काम भएको टिप्पणी गरे । छानबिन गर्नुपर्ने आफूहरूको पनि माग रहेको भन्दै उनले भने, ‘संसदीय व्यवस्थामा छाया सरकारलाई एकदमै कम आँक्ने काम भयो । यो संसदीय व्यवस्थाविपरीत छ ।’ बिहीबारको संसद् बैठकमा एमाले सांसदहरूको विरोधका बीच मन्त्री शर्माले अर्थ मन्त्रालयको बजेटमा उठेका प्रश्नको जवाफ दिए । आफ्नो विरोधका बीच सभामुखले अर्थमन्त्रीलाई बोल्न दिएपछि अलमलका परेका एमाले सांसदहरूले प्रश्नउत्तरको समयमा बैठकस्थलबाट बाहिरिए । त्यसपछि रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिनुपर्ने थियो । यस्तोबेला सभामुख सापकोटाले प्रधानमन्त्री स्वयंले जवाफ दिनुपर्ने भनी रुलिङ गर्न सक्थे तर गरेनन् । बरु प्रधानमन्त्रीले कार्यव्यस्तताका कारण जवाफ दिन गृहमन्त्रीलाई तोकेको भनी पत्र पठाएको जानकारी गराए । सांसद सुवालले चित्त बुझाएनन् । तर, सभामुखले भने यो परम्परा पहिला पनि छ भन्दै नेमकिपाका सांसद सुवाललाई बस्न लगाए र गृहमन्त्री खाँणले जवाफ दिए । त्यसपछि पालो आयो, राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयसम्बन्धी विनियोजन बजेटमा उठेका प्रश्नको जवाफ दिने । प्रधानमन्त्री देउवा संसद्मा थिएनन् । बैठकको अध्यक्षता गरेका मानबहादुर विकले प्रधानमन्त्रीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिए । एमाले सांसद भीम रावलले नियमापत्ति गरे । प्रधानमन्त्रीको अनुपस्थिति’ प्रश्न गर्दै उनले भने, ‘उहाँ कतै उपचार गर्नुभएको छ भन्ने हल्ला सुनेको थिएँ । कपाल कि पेट के दुख्यो के भन्ने सुनेको थिएँ । त्यो मन्त्रीजीलाई थाहा होला ।’ सांसद रावलले फेरि व्यंग्य गरे, ‘प्रधानमन्त्रीजी सिकिस्त बिरामी हुनुहुन्छ भने कुन अस्पतालमा हुनुहुन्छ ? एसपीपीका सम्बन्धमा अमेरिका जाने कुरा थियो । भर्खरै गृहमन्त्रीजीले त्यता जान्नौं भनेपछि उहाँको त्यो भ्रमण र रद्द भइसकेको हुनुपर्छ ।’ पछिल्लो समय प्रतिपक्षी सांसदसँगै सत्तारूढ सांसदहरूले पनि संसद्मा प्रधानमन्त्रीको जवाफ मागेका थिए । प्रधानमन्त्रीको अमेरिका भ्रमण तयारी, एसपीपी सम्झौतामा हस्ताक्षर, बाह्य सम्बन्ध’ सांसदहरूले लगातार प्रश्न उठाएका थिए । सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगन थापा, माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङलगायतले एसपीपी’ जवाफ मागेका थिए । प्रधानमन्त्रीले चाहेको अवस्थामा समय लिएर राष्ट्रिय महत्वको विषयमा सम्बोधन गर्न सक्छन् । प्रधामन्त्रीले रुचि नदेखाउँदा सांसदहरूले उठाएको प्रश्नमा जवाफ दिलाउने दायित्व सभामुखको हो । तर, सभामुखले पनि रुलिङ गरेनन् । बिहीबार आफूले सम्हालेको मन्त्रालयको जवाफ दिने समयलाई पनि प्रधानमन्त्री देउवाले एसपीपीलगायतका विषयमा उठेको प्रश्नको जवाफ दिन सक्थे । प्रधानमन्त्रीको तर्फबाट रक्षा मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिएका गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राममा नेपाल संलग्न नभएको र हुन पनि नसक्ने स्पष्टीकरण दिए । सत्तारूढ सांसदहरूका अनुसार प्रधानमन्त्रीले आफैं संसद्मा उभिएर यही मत राखेको भए एसपीपीलाई दिएर उब्जिएको आशंका निवारण हुने थियो जुन अवसर उनले गुमाएका छन् । प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक, २०७९ लाई पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९-८० को ‘विनियोजन विधेयक, २०७९’ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई प्रतिनिधिसभाको बैठकले बहुमतले पारित गरेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्ने क्रममा अनधिकृत व्यक्तिलाई सहभागी गराएको आरोप लगाउँदै बैठक बहिष्कार गरेको थियो । विनियोजन विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गरेका थिए । सभामुख सापकोटाले आर्थिक विधेयक २०७९ माथि दफाबार छलफलका लागि आगामी असार ६ गतेको मिति तोकेका छन् । राष्ट्र ऋण उठाउने विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री जनार्दन शर्माले आवश्यक पर्दा मात्रै ऋण उठाइने गरिएको जानकारी दिए ।
rajdhanidaily.com
3,026,905
भारतले वीरगञ्ज सीमानाका बन्द गर्ने भएको छ । सीमावर्ती शहर रक्सौल नगरमा निर्वाचन रूपन्देही । रूपन्देहीमा जबरजस्ती करणी मुद्दाका फरार रहेका प्रतिवादलाई ५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ भक्तपुर । भक्तपुरमा जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर पक्षले महासचिव गगनकुमार थापालाई नै संसदीय दलको उम्मेदवार बनाउने निर्णय काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर पक्षले महामन्त्री गगन थापालाई नै संसदीय दलको साझा उम्मेदवार बनाउने काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निकट विद्यार्थीहरु सडकमा आन्दोलित भएका छन् काठमाडौं । गत मंसिर ४ मा सम्पन्न प्रनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत प्रतिनिधिसभाका सांसदहरुले मातृभाषामा शपथ काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस संस्थापनइतर पक्ष डा.शेखर कोइराला–गगनकुमार थापाको बैठक बसेको काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गर्ने काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माद्वारा दज्र्यानी चिन्ह प्रदान गरिएको छ ।
newsofnepal.com
2,723,113
सामाजिक सुरक्षाको दायरा फराकिलो पारिनेछ । योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई परिमार्जन गरिनेछ, यस प्रणालीमा आबद्ध सबै श्रमिकहरुको सामाजिक सुरक्षा कोषमा गर्नुपर्ने योगदान रकम हाललाई सरकारी कोषबाटै मिलान गरिनेछ ।
ratopati.com
6,185,836
लहान नगरपालिका-२३ गढिया चोकस्थित अनिता ज्वेलर्सका सञ्चालक प्रदीप विश्वकर्मामाथि शनिबार मध्यराति छ/सात जनाको हतियारधारी डाका समूहले आक्रमण गर्‍यो । प्रतिकार गर्न खोज्दा उनको हत्या गरियो । डाका समूहले लुटपाट गरी उनलाई शरीरमा धारिलो हतियार र छातीमा गोली हानेर मार्‍यो । उनी सोही वडाका वडाअध्यक्ष कन्हैया गुप्ताको घरमा डेरा गरी पसल गर्थे र आफ्नो परिवारसहित बस्थे । उनकी पत्नी अनिता विश्वकर्मा पनि डाका समूहको आक्रमणबाट घाइते भइन् । डाका समूहले विश्वकर्माको हत्या मात्रै गरेन, उनीसँग भएको सुनचाँदी र नगद पनि लुटेर लग्यो ।   लहान नगरपालिका-२ मिलन चोकस्थित विन्देश्वर यादवको घरमा २४ चैतमा डाका समूहले लुटपाट गर्‍यो । उनको २ लाख ५० हजार नगद, पौने २ तोला सुन र ७० तोला चाँदी डाका समूहले लुटेर लग्यो । विन्देश्वर र उनकी पत्नी सवितालाई पनि कुटपिट गर्‍यो । ८ चैतमा मिर्चैया नगरपालिका-७ का २४ वर्षीय शिवकुमार यादवको हत्या भयो । आपराधिक समूहले  उनीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको थियो । हत्या आरोपमा सोही वडाका विष्णु यादव र ९ नम्बर वडाका इन्द्रदेव सिंह यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विष्णु मृतकका आफ्नै काकाका छोेरा हुन् भने इन्द्रदेव विष्णुका जेठान । पारिवारिक रिइसवी साँध्न हत्या गरेको उनीहरूले बयान दिएका छन् । गत सोमबार साँझ हतियारधारी लुटेराको समूहले लहान-७ स्थित सुनचाँदी व्यवसायी राजेश सारडाको घरमा डकैती गर्‍यो । लुटेराको समूहले राजेशका बाबु भगिरथ सारडा र राजेशका श्रीमतीको कन्चटमा पेस्तोल तेर्साएर सुनचाँदी र जीपको साँचो बलजफ्ती खोसेर जीपसमेत लुटेर लगे । यद्यपि, प्रहरी घटना भएको ३ घण्टापछि जीपसहित लुटिएको भनिएका सुनचाँदी कल्याणपुर- १२, बेल्हाबाट बरामद गर्‍यो । घटनामा संलग्नहरूको खोजी भइरहेको प्रहरीले बताएको छ । १ चैतमा लहान नगरपालिका-८ स्थित मालपोत कार्यालयमा आपराधिक समूहले बम विस्फोट गरायो । विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (गोइत समूह) ले लियो । सो घटनामा एक कर्मचारीसहित ८ जना घाइते भएका थिए । एक जनाको उपचार अझै काठमाडौंमा भइरहेको छ । विस्फोटनमा संग्लनता रहेको आरोपमा प्रहरीले तीनलाई पक्राउ गरेको छ ।  यति मात्रै होइन, गत २० माघमा सिरहा नगरपालिका- १, रामजानकी चोकबाट अपहरणकारीले प्रदीप यादवको दुईवर्षे छोरा इशान्त भन्ने प्रियान्सुलाई अपहरण गरी भारत पुर्‍याइदिएका थिए । प्रहरीले ती बालकलाई पारिका सुरक्षाकर्मीसँग समन्वय गरी भारतको मधुवनी जिल्लाको खाजेडी भन्ने गाउँबाट उद्धार गर्‍यो ।  सुनचाँदी व्यवसायी प्रदीपमाथि आक्रमण हुँदा उनका १५ वर्षीय छोरा प्रेम रुचाल घरमै थिए । आपराधिक समूह घरपछाडिबाट छिर्न थालेपछि बुबाले स्थानीयसँग गुहार मागेको उनले बताए । ‘बुबाले एक-दुई जनालाई फोन पनि गर्नुभयो । उनीहरू ढोका फोडेर भित्र छिरेपछि बुबाआमालाई कुटपिट गर्न थालेपछि हामी खाटमुनि लुक्यौँ,’ उनले भने, ‘घटनापछि स्थानीयहरू घरबाहिर आएर होहल्ला गरेपछि डाका समूह धारिलो हतियार र गोली प्रहार गरेर भागे ।’ छातीमा गोली लागेर घाइते भएका विश्वकर्माको आइतबार सप्तऋषि अपस्पतालमा उपचारका क्रममा मुत्यु भएको थियो । मध्यराति होहल्ला भएपछि आफू ब्युँझिएको छिमेकी तेजनारायण ठाकुरले बताए । डकैती भइरहेको बुझेपछि आफूले मृतक विश्वकर्मा बस्ने घरको मालिक वडाअध्यक्ष गुप्तालाई फोन गरेको उनले बताए । गुप्ताले प्रहरीलाई खबर गरेपछि प्रहरीको टोली ३५ मिनेटपछि घटनास्थल पुगेको थियो । ‘समयमा प्रदीपको गुहार स्थानीयले सुनिदिएको भए ज्यान बच्ने थियो,’ उनले सँग भने । जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी सुदीपराज भण्डारीका अनुसार हत्यामा संलग्न भएको आशंकामा प्रहरीले लहान नगरपालिका-७ का रामकृष्ण चौधरी र लहान नगरपालिका- २३ का सूर्य सहनीलाई फलामको छिनोसहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाको तथ्यांकअनुसार यी मुख्य घटनाबाहेक पछिल्लो समय दर्जनभन्दा बढी मोटरसाइकल चोरी र स-साना चोरी भएका छन् ।  अन्य घटनामा पनि आरोपितहरू पक्राउ परेको उनले बताए । खुला सीमाबाट भित्रिने हतियार प्रहरीलाई चुनौतीपूर्ण बनेको छ । वारि अपराध गर्ने अनि पारि गएर लुक्ने गरेकाले अनुसन्धानमा पनि समस्या भोग्नुपरेको एक प्रहरी अधिकारीले बताए । पछिल्लो समय सिरहामा आपराधिक घटना मौलाइरहँदा प्रहरी शान्ति सुरक्षा कायम राख्न चुकेको मानवअधिकारकर्मी राजकुमार राउतले बताए ।
shilapatra.com
4,741,982
न्यूजील्यान्डले आईसीसी विश्वकप २०२३ अन्तर्गत बुधबार भएको खेलमा अफगानिस्तानलाई १४९ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यस जीतसँगै न्यूजील्यान्डले प्रतियोगितामा लगातार चौथो जीत दर्ता गराएको छ । न्यूजील्यान्डले यसअघि इङ्ग्ल्यान्डलाई नौ विकेट, नेदरल्यान्ड्सलाई ९९ रन तथा बङ्गलादेशलाई ८ विकेटले हराएको थियो । जीतका लागि २८९ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तान ३४.४ ओभरमा सबै विकेट गुमाउँदै १३९ रनमा समेटियो । अफगानिस्तानका लागि रहमात शाहले सर्वाधिक ३६ रनको योगदान दिए । उनले ६२ बलमा एक चौकासहित सर्वाधिक ३६ रन बनाए । त्यस्तै आजमतुल्लाह ओमरजाई २७, रहमानउल्लाह गुरबाज ११, इब्राहिम जद्रान १४, मोहम्मद नाबी ७, राशिद खान ८ र मुजिब उर रहमान ४ रनमा आउट भए । न्यूजील्यान्डका मिचेल सान्टनार र लोकी फर्गुसनले समान तीन÷तीन विकेट लिए भने ट्रेन्ट बोल्टले २ विकेट लिए । त्यस्तै म्याट हेनरीले १ विकेट झारे । त्यसअघि भारतको चेन्नइमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्यूजील्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २८८ रनको योगफल बनायो । न्यूजील्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ७१ रनको योगदान दिए । उनले ८० बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए । त्यस्तै कप्तान टम लाथमले ६८ रन जोडे । उनले ७४ बलमा ३ चौका र २ छक्कासहित ६८ रन बनाए । विल योगले ५४ रन बनाए । उनले ६४ बलमा ४ चौका र ३ छक्कासहित ५४ रनमा आउट भए । रचिन रविन्द्रले ४१ बलमा २ चौका र १ छक्कासहित ३२ रन जोडे । अफगानिस्तानका आजमतुल्लाह ओमरजाई र नवीन उल हकले समान दुई÷दुई विकेट लिए । त्यस्तै राशिद खान र मुजिब उर रहमानले समान एक÷एक विकेट झारे ।
nepalpress.com
542,356
महोत्तरी प्रहरीले मङ्गलबार चोरीका मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका–८ बस्ने १९ वर्षीय सुरेन्द्रकुमार साह र २२ वर्षीय सुनिलकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । उनीहरुले आइतबार जिल्लाको सम्सी गाउँपालिका–७ स्थित मन्दिर नजिकबाट भारत बिहारको सीतामढी जिल्ला भेडियाही ग्रामपञ्चायत बस्ने गोविन्द यादवको बीआर ३० एफ ६४३८ को मोटरसाइकल चोरी गरेर मङ्गलबार सोही मोटरसाइक चढेर सम्सीबाट गौशालातर्फ जाँदै गरेको अवस्थामा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । चोरीका मोटरसाइकलसहित पक्राउ परेका दुवै जनालाई मङ्गलबार नै चोरी मुद्दामा महोत्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जनाइएको छ ।
lokpath.com
2,712,946
सभापति देउवाले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकारलाई प्रेरित गर्ने काम पनि आफ्नो पार्टीले गरिरहेको दावी गरे । नेपाल भ्रमणमा रहेका डेनिस सांसदहरुसँग बुधबार पार्टी केन्द्रिय कार्यालय सानेपामा भएको भेटवार्तामा पूर्व प्रधानमन्त्री समेत रहनुभएका देउवाले लोकतान्त्रिक पद्धतिलाई सुदृढ बनाउने अभियानमा आफ्नो पार्टी केन्द्रित रहेको बताउनुभएको भेटमा सहभागी काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । मोगेन्स जोनसन नेतृत्वको डेनिसका सांसदहरुको प्रतिनिधिमण्डलले त्यस अवसरमा काँग्रेस नेतृत्वसँग नेपालको आर्थिक, सामाजिक तथा राजनीतिक परिस्थितिका बारेमा पनि चासो व्यक्त गरेको थियो । सभापति देउवाले नेपालमा बन्द गरिएको डेनिस दुतावास खोल्न पनि आग्रह गरेका थिए । सभापतिले दुतावास पुनः खोल्न पनि डेनिस सांसदहरुसँग आग्रह गर्नुभएको पनि सहमहामन्त्री महतले बताए । त्यसैगरी सभापति देउवाले नेपालको आर्थिक विकासमा डेनिस सरकारले गर्दै आएको सहयोगप्रति पनि आभार व्यक्त गरेका थिए । डेनिस सांसदहरुसँगको भेटवार्तामा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइरालासहितका काँग्रेस नेताहरु सहभागी भएका थिए । भेटमा दुई देशबीचको सम्बन्ध र पार्टीहरुबीचको सम्बन्धका विषयमा पनि छलफल भएको नेपाली काँग्रेसले जनाएको छ ।
ratopati.com
2,816,414
त्रिवि क्रिकेट मैदानमा भइरहेको त्रिदेशीय सिरिजको फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध २१ रन जोड्दै उनले टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गरेका हुन् । टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन बनाउने उनी एसोसियट राष्ट्रका छैटौं खेलाडी हुन् । उनी नेपालबाट एक हजार रन पूरा गर्ने पहिलो खेलाडी हुन् ।
newskarobar.com
3,588,491
भारतमा कोरोना संक्रमित बाबुको उपचार गर्न नसकेपछि एक छोराले दुखी भएर सुई लगाएर आफ्नो बुबालाई मारिदिन भनेका छन् । महाराष्ट्रका ७१ वर्षीय वृद्ध आफ्नो बुबाको उपचारका लागि एम्बुलेन्समा अक्सिजन लगाएर अस्पतालको खोजीमा तीन दिन सम्म भौतारिदासम्म पनि बेड नपाएपछि उनका छोराले दुखी भएर बरु सुई लगाएर मारिदिन भनेका हुन् । उनीले आफ्नो बुबाको उपचार हुन्छ कि यति भनेपछि भनेर यस्तो भनेका हुन् तर पनि उनले बेड पाउन सकेनन् । भारतमा कोरोना संक्रमणले भयावह अवस्था सिर्जना गरेको छ । अस्पतालहरु बिरामीले भरिभराउ छन् । अस्पतालमा बेड र स्वास्थ्य सामग्रीको अभाव हुन थालेको छ । महाराष्ट्रका सागर नारशेट्टीबारले बाबुको उपचारका लागि महाराष्ट्रका साथसाथै छिमेकी राज्यहरुमा समेत चक्कर लगाए । तर कतै उनीहरुले उपचारका लागि अस्पतालमा बेड पाउन सकेनन् । जुनै अस्पतालमा लगेपनि एउटै जवाफ आउँछ ‘बेड खाली छैन्’ । बिरामीका छोरा सागरले भने, ‘तीन दिनदेखि अस्पतालमा बेड पाउन भौतारिरहेको छु सरकारी तथा निजी कुनै अस्पतालमा एउटा पनि बेड पाइएन् ।’ एम्बुलेन्समा तेलगंनाको मंचेरियालसम्म गयौं तर त्यहाँ पनि बेड पाइएन् । भौतारिदा भौतारिदै उनीहरु चन्द्रपुर कोभिड अस्पताल अगाडि एमबुलेन्स राखेर प्रशासनलाई गुहार्न पुगे । बिरामीले अस्पतालमा भर्ना त लियो तर बेड पाइएन । सागर भन्छन्, ‘बुबाको हालत यस्तो खराब छ, घर लान पनि सकिन्न् ।’ कोरोना भाइरसको दोस्रो लहरले भारतको अवस्था निकै खराब छ । कोरोनाबाट सबैभन्दा प्रभावित महाराष्ट्र छ । जहाँ संक्रमण नियन्त्रणका लागि कर्फ्यु लगाइएको छ ।
imagekhabar.com
3,612,147
निर्माण व्यवसायीहरुले नचिनेको नम्बरबाट बारम्बार फोन गरी ज्यान मार्नेसम्मको धम्की आइरहेको बताएका छन् । धम्की आएकोबारे सरकारलाई जानकारी गराएपनि वास्ता नगरेको भन्दै निर्माण व्यवसायी महासंघले दुःखेसो पनि व्यक्त गरेको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी महासंघले प्रधानमन्त्री, गृहमन्त्री तथा विभिन्न सुरक्षाका निकायहरुलाई सुरक्षाका लागि आग्रह गर्दासमेत वास्ता नगरिएको बतायो । व्यवसायीहरुलाई फोनमार्फत् फिरौती माग्ने गरेको तथा ज्यान मार्नेसम्मको धम्की आएकाले आफूहरु त्रासमा बाँच्नुपरेको महासंघले जनाएको छ । महासंघका अध्यक्ष रवि सिंहले ज्यान मार्नेसम्मको धम्की आउँदासमेत सरकारलेसमेत वास्ता नगर्दा आफूहरुले असुरक्षित महसुस गर्नुपरिरहेको बताए । महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले केही व्यवसायीलाई आफूले पाएको आयोजनाको कुल रकममध्ये ३ प्रतिशत र अन्यलाई भने एक करोड ५० लाख रुपैयाँ माग्ने गरेको बताए । नेपाली निर्माण व्यवसायीहरुलाई सुरक्षाको कुनैपनि प्रत्याभूति हुन नसकेको उनको भनाइ छ । महासंघका करिब २५ जना व्यवसायीलाई बारम्बार फोन आइरहेको भन्दै महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।
imagekhabar.com
6,365,662
मृत्यु हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्री रहेका छन्। उनको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो। मृत्यु भएका किशोर ससुराली गएका थिए। दैलेख प्रहरीका अनुसार गएराति भैरबी गाउँपालिका–४ मा रहेको सिलङ्गी बजारमा दुई समुहबीच भएको सामान्य विवादमा झडप भएको थियो। मोटरसाइकलमा आएका केही युवाहरुले गाली गलौज गर्दै, अपशब्द बोल्ने गरेका थिए। मान्छेहरुलाई सुन्न नसकिने अपशब्दका गाली गलौज किन गरेको भनी स्थानीयले सम्झाउन खोज्दा झडपको स्थिति आएको प्रहरी जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक कमल आचार्यले जानकारी दिए। झडपका घाइते भएका भैरबी गाउँपालिका–५ सैनचौरका २१ वर्षीय सुमन शाही दुल्लू अस्पतालमा सामान्य उपचार गरी डिस्चार्ज भइसकेका छन्। घटनाको अनुसन्धान र आरोपितहरुको खोजी भइरहेको आचार्यले जानकारी दिए । पत्रकारिताका नयाँ र नवीन आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको पोको पन्त्यौरो खोली सुसूचीत गराउने, जनमानसको आवाजलाई बोक्ने लक्ष्य यस डिजिटल पत्रिकाले लिएको छ । व्यावसायीक, जनउत्तरदायी सञ्चारकर्म यस डिजिटल पत्रिकाले कालान्तरसम्म पनि कायम राख्नेछ ।
mahendranagarpost.com
2,973,876
मारिनेहरूको उमेर ५ देखि ७२ वर्षबीचको रहेको टेक्टसासका गर्भनर ग्रेग अबोटले बताइएका छन्। उनले आफ्नो राज्यमा अहिलेसम्मकै यो सबैभन्दा ठूलो नरसंहार भएको बताएका छन्। आइतबार विल्सन काउन्टिमा रहेको बाप्टिस्ट चर्चमा स्थानीय समयअनुसार ११ बजे बिहान उक्त घटना भएको थियो। अल जजिरा टेलिभिजनले गुडालुप काउन्टी सेरिफका सार्जेन्ट रोबर्ट मर्फीको भनाइलाई उद्धृत गर्दै गोली काण्डका संदिग्ध आक्रमणकारीको मृत्यु भइसकेको जनाएको छ। प्रहरी अधिकारीहरूका अनुसार गोली काण्डका संदिग्ध आक्रमणकारी आफ्नै गाडीमा मृत्त फेला परेका थिए। उनी प्रहरी कारबाहीमा मारिएका हुन् वा उनले आत्महत्या गरेका हुन् भन्ने यकिन भइसकेको छैन। प्रहरी अधिकारिका अनुसार २३ जनाको चर्चभित्र, २ जनाको चर्चबाहिर र १ जनाको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो। ती आक्रमणकारीलाई लखेट्ने २ जना पुरुषलाई अमेरिकामा योद्धाको रूपमा प्रशंसा गरिएको छ। उनलाई लखेट्नेमध्ये एक जोहन्नी लान्जेन्डोर्फले ‘दुई जनाबीच गोली हानाहान’ भइरहेको देखेपछि आफूले आक्रमणकारीलाई लखेटेको स्थानीय सञ्चारमाध्यमलाई बताएका छन्। उनले भने– ‘आक्रमणकारी सवारीसाधनमा बसेर भाग्न थालेपछि, अर्को एक जनाले आएर मलाई उनलाई लखेटौं भने।’ हाल एसियाको १२ दिने भ्रमणमा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घटनालाई ‘भयानक आक्रमण’ को संज्ञा दिएका छन्। प्रारम्भिक अनुसन्धानबाट संदिग्ध आक्रमणकारी २६ वर्षीय पूर्वअमेरिकी सैनिक तथा बाइबलका शिक्षक डेभिन प्याट्रिक केली रहेको पत्ता लागेको डेली मेलले जनाएको छ। उनी आफ्नो पत्नी र सन्तानलाई कुटेको आरोपमा अमेरिकी वायुसेनाबाट निकालिएका थिए। प्रहरीका अनुसार उनी कालो लुगा लगाएर एसल्ट राइफलसहित चर्च पुगेका थिए। सान एन्टोनियोको न्यु ब्राउनफेल्स निवासी उनले हालै मात्र आफ्नो फेसबुकमा एआर–१५ राइफलको तस्वीर पोस्ट गरेका थिए। यस वर्ष मात्र अमेरिकामा १ हजार ४ सय ९५ वटा गोली काण्डका घटना भइसकेका छन्। पूर्वराष्ट्रपति बाराक ओबामाले अमेरिकामा बन्दुकसम्बन्धी कडा कानुन ल्याउन खोज्दा राइफल्स क्ल्बले विरोध गर्नुका साथै निकै विवाद उत्पन्न भएको थियो ।
newsofnepal.com
2,196,983
फिल्म अभिनेता सूरज पंचोलीले जिया खान मुद्दामा सफाइ पाएका छन् । उनीमाथि अभिनेत्री जिया खानलाई आत्महत्या गर्न उक्साएको आरोप लागेको थियो । सुरज पञ्चोलीलाई सफाइ दिने निर्णय सुनाउँदै सीबीआई अदालतका न्यायाधीश एएस सैयदले प्रमाणको अभावमा यो अदालतले उनलाई दोषी ठहराउन नसक्ने भएकाले उनलाई सफाइ दिएको बताए । पञ्चोलीका वकिल प्रशान्त पाटिलले बीबीसीलाई बताए कि अभिनेत्री जिया खानलाई आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा मुम्बईको अदालतले सुरज पंचोलीलाई सफाइ दिएको छ। विशेष न्यायाधीश एएस सैयदको ​​इजलासले अप्रिल २० मा यस मुद्दामा बहसको सुनुवाइ पूरा गरेको थियो । यसपछि निर्णय सुरक्षित राखिएको थियो । जुन ३, २०१३ मा २५ वर्षीया अमेरिकी नागरिक जियाको शव उनको जुहुको घरबाट शंकास्पद अवस्थामा भेटिएको थियो, जहाँ उनी आफ्नी आमासँग बसेकी थिइन् । त्यसपछि मुम्बई पुलिसले जिया खानलाई कूपर अस्पतालमा मृत ल्याइएको बताएको थियो। जियाले यस मामिलामा ६ पृष्ठको चिठी लेखेकी थिइन्, जसको आधारमा प्रहरीले सुरजलाई पक्राउ गरी आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दा दर्ता गरेको थियो । मुम्बई प्रहरीले बरामद गरेको चिठी जिया खानले लेखेको सीबीआईले जनाएको छ । सन् २०२१ मा, सत्र अदालतले यस मुद्दाको अनुसन्धान सीबीआईले गरेको छ, त्यसैले यो विषय आफ्नो क्षेत्राधिकार बाहिर रहेको बताएको थियो, त्यसपछि यो विशेष सीबीआई अदालतलाई सुम्पिएको थियो ।
dcnepal.com
1,702,390
वि.सं.२०८० वैशाख १० आइतवार प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नं १ मा दिउँसो १ः४५ बजेसम्म ३५ प्रतिशत मतदान भएको छ । निर्वाचन कार्यालय तनहुँका अनुसार बिहान ७ बजेदेखि मतदान सुरु भएकामा करिब सात घण्टामा ३५ प्रतिशत मत खसेको हो । यस क्षेत्रमा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेकामा ४३ हजार एक सय ५६ मत खसेको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार एक सय ५२ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान चलिरहेको छ । निर्वाचन क्षेत्रमा व्यास नगरपालिकाका ५ र ६ बाहेक १२ वडा, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिका पर्दछ । उपनिर्वाचनमा सबैभन्दा बढी मतदाता भानु नगरपालिकामा छन् । भानु नगरपालिकाका १३ वडामा ४० हजार आठ सय ४४ मतदाता छन् । भानुमा २१ मतदानस्थल र ५० मतदान केन्द्र रहेका छन् । त्यस्तै कम मतदाता देवघाट गाउँपालिकामा रहेको कार्यालयले जनाएको छ । देवघाटका पाँच वडामा १२ हजार सात सय १२ मतदाता छन् । देवघाटमा आठ मतदानस्थल र १५ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै आँबुखैरेनी गाउँपालिकाका छ वडामा १३ हजार छ सय २२ मतदाता कायम भएका छन् । आँबुखैरेनीमा नौ मतदानस्थल र १७ मतदान केन्द्र छन् । बन्दीपुर गाउँपालिकाका छ वडामा १५ हजार छ सय ७८ मतदाता कायम भएका छन् । बन्दीपुरमा ११ मतदानस्थल र२२ मतदान केन्द्र छन् । व्यास नगरपालिकाका वडा नम्बर ५ र ६ बाहेकका १२ वडामा ४० हजार चार सय ४९ मतदाता छन् । व्यासमा २० मतदानस्थल र ४८ मतदान केन्द्र छन् । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएपछि रिक्त ठाउँमा उपनिर्वाचन गरिएको हो । उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसबाट गोविन्द भट्टराई, नेकपा (एमाले) बाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार चुनावी मैदानमा छन् । साथै, बारा निर्वाचन क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा दिउँसो साढे २ बजेसम्म ४० प्रतिशत मतदान भएको छ । निर्वाचन शान्तिपूर्ण अवस्थामा सञ्चालन भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए । निर्वाचन आयोगका अनुसार तीन वटै क्षेत्रमा दिउँसो २ बजेसम्म करिब ४५ प्रतिशत मतदान भएको छ । मतदान साँझ ५ बजेसम्म हुनेछ । रासस वि.सं.२०८० वैशाख १० आइतवार १४:४० मा प्रकाशित देउखुरी (दाङ) । दाङमा जडीबुटी उत्पादन बढेको छ ।
sansarnews.com
3,076,728
पक्राउ पर्नेमा सुन्दरबजार नगरपालिका–८ बस्ने १९ वर्षीय विशाल कुमाल र सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–२ बस्ने २४ वर्षीय अनिष बानियाँ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु सुन्दरबजार नगरपालिका–९ स्थित युभराज गुरुङले आफ्नो कोठा अगाडि पार्किङ गरी राखेको प्रदेश ०३–०२, ००६ प २७६१ नम्बरको २०० सीसी एनएस पल्सर मोटरसाइकल चोरी गरी फरार थिए । दुधपोखरी गाउँपालिका –३ बस्ने ३३ वर्षीय श्याम गुरुङको नाममा रहेको उक्त मोटरसाइकल चोरी भएको उजुरी भएपश्चात् प्रहरीले अनुसन्धान गर्दा उनीहरुलाई मंसिर २९ गते बिहीबार काठमाडौंट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्पेक्टर थानेश्वर चपाईले जानकारी दिए । चपाइका अनुसार फरार रहेका उनीहरुलाई तार्केश्वर नगरपालिका–११ मा मोटरसाइकलसहित लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको थियो । पक्राउ परेका उनीहरुलाई आइतबार लमजुङ जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
souryaonline.com
4,516,551
सोलुखुम्बुमा पनि स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ। गत आर्थिक वर्षदेखि नै सोलुखुम्बुमा स्वास्थ्य बिमा कार्यक्रम शुरु गर्ने सरकारको घोषणा रहेको भएपनि विविध कारणले ढिलाइ भएको र यस आवमा स्वास्थ्य बिमा सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख डा. मिङमार ग्याल्जेन शेर्पाले जानकारी दिए। प्रमुख डा. शेर्पाका अनुसार स्वास्थ्य बिमा कार्यक्रम शुरु गर्न सोमबार जिल्लाका ५२ वटै वडाका लागि सहयोगी कार्यकर्ता भर्ना गर्न दरखास्त आह्वान गरिएको छ। कर्मचारी छनोटपछि उनीहरुलाई तालिम दिएर कार्यक्षेत्रमा खटाइने जनाइएको छ। सरकारी स्वास्थ्य बिमाको सदस्यता लिएका परिवारका सदस्यले प्राथमिक स्वास्थ्य केन्द्रदेखि केन्द्रीय अस्पतालसम्म आवश्यक स्वास्थ्य सेवा लिन सक्ने डाक्टर शेर्पाले बताए। बहिरंग विभागको सेवादेखि ६६ प्रकारका रोगको निःशुल्क उपचार वा शल्यक्रिया गरिने र अन्य आवश्यक स्वास्थ्य समस्याको पनि निःशुल्क उपचार हुने भएकाले कुनै पनि दुविधामा नपरी बिमा सदस्यता लिन कार्यालयले आग्रह गरेको छ। बिमा सदस्यता लिएको एक महिनापछि निःशुल्क उपचार सेवा लिन पाइनेछ। बिमा कार्यक्रममा दर्ता भइसकेका प्रतिपरिवार (पाँचजना) ले वार्षिक रु दुई हजार ५०० ‘प्रिमियम’ बुझाएपछि रु ५० हजारसम्मको उपचार पाउनेछन्। एउटा परिवारमा पाँचभन्दा बढी सदस्य रहे थप सदस्यले रु ४५० वार्षिक प्रिमियम बुझाएमा रु १० हजारको उपचार सेवा थप हुनेछ ।
pahilopost.com
5,928,455
काठमाडौँ– होचो कद, तीव्र गतिको खेल, साथै उत्कृष्ट फिनिसिङ । यिनै कारण गत भदौमा भएको काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ काठमाडौँ– नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहे पनि देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान शुक्रबार दिउँसो नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)को मुम्बईस्थित लमजुङ– लमजुङमा दीपावलीको अवसरमा जुवा खेलिरहेको अवस्थामा नगदसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं – स्वर्गिय गायक कुमार कान्छाको स्वर रहेको अन्तिम गीत ‘नैना रेशम’ सार्वजनिक भएको छ काठमाडौँ– बागलुङ नगरपालिका वडा नं १२ स्थित अमलाचौर निवासी शिक्षासेवी डिल्लीप्रसाद शर्माको ८३ वर्षको उमेरमा जाजकोट– नेपाल कम्युनिष्ट पार्टी (एमाले) जाजरकोटले सात वटै स्थानीय तह र ७७ वटै वडामा अधिवेशन काठमाडौँ– नेपाल संवत् ११४२ शुक्रबार सुरु भएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ काठमाडौं– फिल्म ‘गोर्खा वारियर–२’को लागि ३४ जना कलाकार छानिएका छन् । फिल्मको लागि आवश्यक गोर्खा सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफू मुख्यमन्त्री भएको चार दिन बित्दासमेत मन्त्रिमण्डल विस्तार गर्न महोत्तरी– बर्दिबासको ब्यवस्त सडकमा तिहारको किनमेलले मानिसहरुको ठूलो भिड छ । कोही कपडा किन्न ब्यस्त काठमाडौ‌–नेपालमा पछिल्लो २४ घण्टामा १८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा बाँके– बाँकेको नरैनापुर गाउँपालिकामा रहेका सामुदायिक विद्यालय र मदरसामा दिवा खाजाको कार्यक्रम सञ्चालनमा ल्याइएपछि विद्यालयमा पाल्पा– तिहारमा देउसीभैलो खेल्ने परम्परा छ । बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन तनहुँ– घरसँगै जोडिएको बारीमा ढकमक्क सयपत्री फुलेको छ ।
khabarhub.com
1,632,782
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार स्वयम्सेवकहरूलाई युक्रेनमा लड्न अनुमति दिने योजनालाई समर्थन गरेका छन । उनले युक्रेनमा जारी युद्ध-कारबाहीलाई “विशेष सैन्य कारबाही” भनेका छन । “यदि तपाईंले स्वैच्छिक आधारमा (पूर्वी युक्रेनका पृथकतावादीहरूलाई मद्दत गर्न) चाहने मानिसहरू देख्नुभयो भने, तपाईंले उनीहरूलाई आधा बाटोमा भेट्नुपर्छ र उनीहरूलाई लडाई क्षेत्रहरूमा जान मद्दत गर्नुपर्छ,” पुटिनले रक्षामन्त्री सर्गेई शोइगु दुरलाई भने। वि.सं.२०७८ फागुन २७ शुक्रवार १५:१३ मा प्रकाशित ढाका ।
sansarnews.com
475,473
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको १९ वर्ष पुरा गरी २० औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सातै प्रदेशमा असहाय बृद्ध–बृद्धा, महिला तथा अनाथ बालबालिकालाई सहयोग गरेको जनाएको छ । वि.स. २०५८ साल देखि बीमित, सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा आएको जनाएको छ । २० औं वर्ष प्रवेश गरेको अवसरमा कर्मचारीहरुको तर्फबाट ८ लाख ४७ हजार ५ सय रुपैयाँ बराबरको नगद, खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु सहयोग स्वरुप प्रदान गरेको जनाएको छ । जस अन्तर्गत प्रदेश नं. १ मा प्रदेश सरकारले स्थापना गरेको ‘प्रदेश नं. १ कोरोना जनसुरक्षा कोष’ मा रु. १ लाख २१ हजार रकम प्रदान गरेको छ । त्यसैगरी प्रदेश नं. २ भित्र रहेका विभिन्न अनाथाश्रम, महिला आश्रम तथा बृद्धाश्रमहरुमा खाद्यान्न, अत्यावश्य वस्तुहरु, लत्ता कपडा, पानी ट्यांकी, पंखा, इन्भटर लगायतका सामाग्री सहयोग गरेको जनाएको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं. ५, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा सम्बन्धीत प्रदेश भित्र रहेको विभिन्न अनाथाश्रम तथा बृद्धाश्रमहरुमा खाद्यान्न तथा अत्यावश्यक वस्तुहरु प्रदान गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सका सम्बन्धित प्रदेशका क्षेत्रीय प्रमुखको नेतृत्वमा कर्मचारीहरुले उक्त सहयोग गरेको कम्पनीले जारी गरेको विज्ञप्तीमा जनाएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यस अघि नै कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि रु. १ (एक) करोड रकम योगदान गरिसकेको छ । २० औं वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत विवेक झाले बीमा समिति, बीमित, शेयरधनी, सञ्चालक समिति, नियमनकारी निकाय लगायत कर्मचारी, अभिकर्ता तथा सरोकारवालाहरुलाई हार्दिक कृतज्ञताका साथै धन्यवाद दिएका छन् । रातपछि सधैं नयाँ विहानी आउने हुनाले अहिलेको चुनौतीपूर्ण अवस्थाबाट पनि मानव जीवनले धैर्यताका साथ एकजुट भै अगाडि बढेमा विजय प्राप्त गर्ने कुरामा सबै विश्वस्त हुनु पर्ने प्रमुख कार्यकारी अधिकृत विवेक झाले बताए । सञ्चालक समितिका तर्फबाट नेपाल लाइफका अध्यक्ष गोविन्द संघईले सबैलाई धन्यवाद दिनुका साथै आगामी दिनमा सबैको सहयोग, सद्भाव र मार्गदर्शनको निरन्तरताको अपेक्षा गरेका छन् । समयसापेक्ष नेपाल लाइफले प्रविधिमैत्री सेवा प्रदान गर्दै नेपाल लाइफको बीमा शुल्क (प्रिमियम) विभिन्न ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको जनाएको छ । हाल नेपाल लाइफले जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजारहिस्सा ओगटेको छ । २० वर्ष प्रवेश गर्दा नेपाल लाइफको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रू. ५ अर्ब ५० करोड रहेको छ भने लगानी रू. ८६ अर्ब ३३ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ८२ अर्ब रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ६० करोडभन्दा बढी रहेको छ । १ लाख ५४ हजार ५ सय ६ जना प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका २ सय शाखा तथा उप शाखा कार्यालयहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको बताएको छ । हालसम्म स्वदेश र विदेशमा गरी २७ लाख ३६ हजार ३ सय ११ व्यक्ति यस कम्पनीमा बीमित भइसकेको बताएको छ ।
hamrakura.com