index
int64
1
6.39M
Article
stringlengths
2
109k
Source
stringclasses
99 values
3,211,376
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७ वटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । आमसर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्देश्यले बैंकले ७ वटै प्रदेशमा रहेका १३४ शाखा कार्यालयहरूबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको हो । कोसी प्रदेशका २१, मधेस प्रदेशका ६, बाग्मती प्रदेशका ४७, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशका ३०, कर्णाली प्रदेशका ९ तथा सुदूरपश्चिम प्रदेशका ८ शाखामार्फत कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
souryaonline.com
4,527,462
दृष्टिबिहीन क्रिकेटर मनकेसी चौधरीले वर्षको उत्कृष्ट प्यारा ऐथलेटको अवार्ड जितेकी छिन्। नेपाल खेलकूद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्ड २०७५ मा चौधरीले अवार्ड हात पारेकी हुन्। मनकेसी पाकिस्तानसँग भएको पहिलो दृष्टिबिहीन सिरिजमा सहभागी ब्याट्स वुमन हुन्। उनले पाकिस्तानविरुद्धको सिरिजमा अर्धशतक प्रहार गरेकी थिइन्। दृष्टिबिहीन महिला क्रिकेट प्रतियोगितामा अर्धशतक प्रहार गर्ने उनी पहिलो खेलाडी हुन्। अवार्ड हात पारेपछि उनले टीम कप्तानसहित सबैलाई धन्यवाद दिइन् ।
pahilopost.com
3,875,809
पहिलो राउन्डमा गुडिसले पुलिसलाई ३–१ को सेटमा पराजित गरेको थियो । निकै नै प्रतिस्पर्धात्मक बनेको पहिलो र दोस्रो सेट गुडिसले २२–२५ र १८–२५ ले गुमाएको थियो । तर, त्यसपछि को तीनै सेट गुडिसले आफ्नो पक्षमा पार्न सफल भयो । तेस्रो सेट गुडिसले २७–२५ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्कने संकेत दिएका थिए । चौथो सेट गुडिसले २५–२३ ले अफ्नो पक्षमा पारेपछि खेल बराबरीमा पुग्दै पाँचौ सेटमा धकेलिएको थियो । पाँचौ सेटमा पनि गुडिसले १५–१३ ले खेल जित्दै पूनरागमन जित निकाल्न सफल भयो । गुडिसको जितमा श्रीलंकन गायनले उत्कृष्ट प्रदर्शन गरे । उनी खेलको म्यान अफ दि म्याच घोषित भए । अब दोस्रो राउन्डको दोस्रो खेलमा गुडिसले शनिबार स्पोधिवेही सिफेंगे क्लबसँग खेल्नेछ । मानबहादुरले अघिल्लो सिजन स्पोर्टस् क्लब सिटीबाट खेलेका थिए । माल्दिभ्स भलिबल लिगमा सहभागी टिमले दुई विदेशी खेलाडी राख्न पाइने प्रावधान अनुसार मानबहादुर गुडिसमा आबद्ध भएका हुन् । दोस्रो राउन्डमा शीर्ष चार टोलीले खेल्नेछन् । त्यसपछि वरियताका आधारमा चारै टोलीले सेमिफाइनल खेल्नेछन् । दोस्रो राउन्डको पहिलो र दोस्रो टोलीले पहिलो सेमिफाइनल खेल्नेछन् । विजेता टोली फाइनलमा प्रवेश गर्नेछन् । पराजित टोलीले तेस्रो र चौथोबीचको विजेतासँग पुनः सेमिफाइनल खेल्ने अवसर पाउनेछ । विजयी हुने टोली फाइनलमा प्रवेश गर्नेछ । माल्दिभ्सको लिग डिसेम्बर २५ देखि जनवरी १२ सम्म चल्नेछ । पहिलो त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज हुनेछ। खेल साँझ ५ बजे सुरु हुनेछ।नेपालस्थित रसियाको दूतावासको विशेष सहयोगमा मैत्रीपूर्ण खेल आयोजना हुन लागेको बताइएको छ ।दोस्रो खेल सोमबार हुनेछ। लिग चरणको अंक तालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रो टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने खेल तालिका अनुसार नेपाल त किर्गिजस्तानको भेट पक्का भएको हो ।
hamrokhelkud.com
1,464,562
अग्रता जोगाउन दक्षिण कोरिया अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कोलम्बियासँग बराबरीमा रोकिएको छ। दुई गोलको सहज अग्रता जोगाउन नसक्दा कोलम्बियासँग कोरिया २–२ को बराबरीमा रोकिन पुगेको हो। घरेलु मैदानमा सम्पन्न खेलको दशौँ मिनेटमा कप्तान सन ह्युङ मिनले गोल गर्दै कोरियालाई अग्रता दिलाएका थिए भने पहिलो हाफको इन्जुरी समयमा सनले कोरियाको अग्रता दोब्बर पारेकासमेत थिए । तर दोस्रो हाफको सुरुवाती ४६औं मिनेटमा जेम्स रोड्रिगेजले गोल गर्दै कोलम्बियालाई २–१ को अवस्थामा ल्याए। त्यसको तीन मिनेटपछि फेरी जोर्गे करास्कलले गोल गर्दै कोलम्बियालाई खेलमा फर्काएका थिए ।
kendrabindu.com
741,758
नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।दुई नम्बर गणका एसपी विक्रम चन्दको नेतृत्वमा रहेको चार पाँच जना प्रहरीको टोलीले सोमबार बिहान सिलवाललाई बालकुमारीस्थित सनराइज होमबाट नियन्त्रणमा लिएको हो । नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।दुई नम्बर गणका एसपी विक्रम चन्दको नेतृत्वमा रहेको चार पाँच जना प्रहरीको टोलीले सोमबार बिहान सिलवाललाई बालकुमारीस्थित सनराइज होमबाट नियन्त्रणमा लिएको हो । ‘तपाईंलाई बयानका लागि बोलाएको छ, जानुपर्यो’ भनेर पुगेका चन्दलाई सिलवालले फर्काउन खोजेका थिए ।चन्दले जबरजस्ती प्रहरीको गाडीमा चढाउन खोजेपछि सिलवाल आफ्नै गाडीमा आउँछु भनेर निस्किए । सिलवालले बालुवाटारस्थित निवास पुगेर कानुनी परामर्शका लागि वरिष्ठ अधिवक्ता शम्भू थापालाई लिएर प्रहरी हेडक्वार्टर गएका हुन् ।वरिष्ठ अधिवक्ता थापाले पनि आफू सिलवालसँगै प्रहरी हेडक्वार्टर गएको बताए । प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले भने सिलवाललाई बयानका लागि प्रहरी प्रधान कार्यालय नक्साल बोलाइएको तर पक्राउ नगरेको दाबी गरे ।प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालले बोलाएको प्रहरी समन्वय समिति (पीसीसी) लगायतका बैठकमा नगएपछि प्रहरी प्रधान कार्यालयले सिलवाललाई स्पष्टिकरण सोधेको थियो । सरकारले गत फागुनमै जयबहादुर चन्दलाई आईजीपी बनाएपछि त्यसविरुद्ध सिलवाल अदालत गएका थिए । अदालतले चन्दको बढुवा रद्द गरेपछि सरकारले अर्याललाई प्रहरी महानिरीक्षक बनाएको थियो । सिलवाल पुन: अदालत गए पनि अर्याललाई कामबाट रोक्न अन्तरिम आदेश जारी भएन । बरु, कार्यसम्पादन मूल्यांकनको सक्कल कपी मागिएको छ । यसबारे पूर्ण इजलासमा १९ गते सुनुवाई हुँदैछ ।
ekantipur.com
4,351,518
गायक नरेश गुरुङको सुमधुर स्वरमा सजिएको यस गीतलाई शंकर थापा ‘स्माइल’ले संगीतवद्द गरेका हुन्। गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ। भिडियोमा मोबिन सुब्बा र सुनिता डाँगी बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। मोबिन अमेरिकामा पाइलट विषय अध्ययन गरिरहेका छन्। भिडियोको सम्पूर्ण छायाँकन अमेरिकामा गरिएको हो जसलाई राज माझीले खिचेका हुन्। सुस्मिता राई सहायक निर्देशक रहेको भिडियोलाई बिक्रम साम्पाङको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो। यसअघि बिक्रमको शब्दमा रहेको ‘अतालिन्छ यो मन’ बोलको म्युजिक भिडियो सार्वजनिक भैसकेको छ। नयाँ भिडियो ‘न्यु क्रियशन प्रोडक्शन’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। निर्माण टिमले भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ। काठमाण्डौं । ‘मै हुँ शिवको शिवानी’ बोलको तीज गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत संगीतको सिर्जनामा क्रियाशील गीतकार रोज लामा योञ्जनको शब्दमा काठमाडौं । गीतकार सुमन योञ्जनको नयाँ गीत ‘ए हावा’ सार्वजनिक भएको छ । द भ्वाइस गायक हिमाल सागरको आवाजमा रहेको ‘पहिलो गीत’ सार्वजनिक भएको छ ।
pariwartankhabar.com
647,999
आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु न्यून चापीय रेखा नेपाल प्रवेश गरेकाले अहिले हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।  भारी वर्षाको सम्भावना नभएतापनि केही दिन निरन्तर वर्षा र केही दिन चर्को घाम तथा बेलुकीपख हल्का हावाहुरीसहित वर्षा भइरहने मौसमविद्सुले बताएका छन् । राति देशको पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भेगका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
lokpath.com
1,246,162
विश्वभरका नेपालीभाषीलाई एउटै एकता सूत्रमा बाँध्ने काम गरेको भन्दै आदिकवि भानुभक्त आचार्यलाई असार २९ का दिन सम्झने गरिन्छ। नेपालभन्दा बाहिरका नेपालीभाषीका लागि आदिकविको जन्मोत्सवले नेपालमा दसैंजत्तिकै महत्त्व पाउने पनि गरेको छ। तर सारा नेपालीलाई एकता सूत्रमा बाँध्ने आदिकविको जन्मदिनमा जति उत्साह देखिन्छ, उनको जन्मथलोमा भने उत्तिकै बैरागलाग्दो अवस्था छ। आदिकविको जन्मथलोलाई साहित्यिक तीर्थस्थलका रूपमा विकास गर्ने भनिए पनि भानुले आफ्ना काव्यकृति सिर्जना गरेको प्राचीन घरको अझै जीर्णोद्धार हुन सकेको छैन। डेढ दशकअघि दशकअघि यादव खरेलनिर्देशित चलचित्र भानुभक्तको छायांकनका क्रममा आदिकविको जन्मघरलाई पुनर्निर्माण गरिए पनि आगलागीका कारण भएको भग्नावशेष अझैसम्म उही अवस्थामा छ। सरकारी तवरबाट पुनर्निर्माण हुनुपर्नेमा नभएपछि एक गैरसरकारी संस्थाले भानुको जन्मघरलाई पुनर्निर्माण गर्ने जिम्मा लिएको थियो। पश्चिमाञ्चल विकास मञ्च नामक संस्थाले भानुको जन्मघरसँगै रामायण भवन तयार पारे पनि भानुको जन्मघर बन्ने छाँट भने अझै देखिएको छैन। भानुको जन्मघर तयार पार्न सकिए त्यसैका माध्यमबाट विश्वभरका नेपालीभाषी साहित्यकारहरूको चहलपहल बढाउन सकिने यस क्षेत्रका बुद्धिजीवीहरूको अपेक्षा छ। तर पर्यटक आएमा उनीहरूको सबैभन्दा धेरै चासो रहने जन्मघरकै अस्तित्व विलिन भएपछि यसले पार्ने प्रभाव पनि सकारात्मक नरहने धेरैको धारणा छ। २०५२ सरकारले भानुको जन्मथलोको विकासका लागि भानु जन्मस्थल विकास समिति गठन पनि गरेको थियो। तर, समितिका लागि आउने बजेट कर्मचारीकै लागि नपुग्ने भएकाले विगतमा धेरै काम गर्न नसकिएको तीनपटक अध्यक्ष रहिसकेका भानुकै वंशज श्रीभक्त आचार्यको भनाइ छ। ‘हामीकहाँ गर्नुपर्ने काम धेरै थिए’ उनले भने, ‘तर बजेट नै नपुग्ने भएपछि सोचेजस्तो काम हुन सकेन।’ त्यही समिति पनि हालै संघ सरकारले विघटन गरेपछि स्थानीय तहकै जिम्मामा पुगेको छ। राष्ट्रिय विभूति भनेर सरकारले सम्झने गरे पनि भानुको जन्मथलोको विकास आफ्नो हातबाट झिकेर स्थानीय सरकारमा पु¥याउनुले पनि उसको यस थलोप्रतिको उपेक्षा बुझ्न गाह्रो छैन। भानु नगरपालिकाका प्रमुख उदयराज गौली संघ सरकारले उपेक्षा गरेकाले अब आफूहरूले सक्दो विकासमा पहल गर्ने बताउँछन्। ‘यति नै भन्ने त छैन तर आवश्यक परेका बजेट रोक्दैनौं’, उनले भने। भानु जन्मथलोको साहित्यिक गरिमा उँचो छ। यसलाई सबैले एकपटक आउनैपर्ने ठाउँका रूपमा विकास गर्नुपर्छ। तर भानुको जन्मघरको निर्माण भने नगरपालिकाको वशमा नभएको उनको भनाइ छ। ‘कति लाग्छ भन्ने पनि यकिन छैन। करोडौं लाग्छ भन्ने सुनेको छु। डिजाइन सकिएपछि पश्चिमाञ्चल विकास मञ्चले नै बनाउँछ’ उनले भने, ‘अरू कुरामा हामी सघाउँछौं।’ भानुको नामबाट स्थापित नगरपालिकाले स्थानीय स्तरमा भानु जयन्तीमा सार्वजनिक बिदा तथा औपचारिक समारोहमा भानुको ‘बिर्के टोपी’ लगाउने प्रचलन थालेको छ। तर प्रदेश र संघ सरकारले भानुको विकासमा भरथेग नगर्दा विराट् महत्त्व बोकेको थलोको विकास स्थानीय योजनामा सीमित हुने खतरा बढेको छ। भानुको जन्मथलोलाई साहित्यिक तीर्थस्थल बनाउने कुरा चल्न थालेको दशक नाघिसक्यो। तत्कालीन अध्यक्ष आचार्यले अघि सारेको यो अवधारणामा तीनपटक आफैंले सम्हालेको कार्यकालमा इँटा थप्न सकेन। राज्यको उपेक्षा नै यसको कारक रहेको उनको ठम्याइ छ। सरकारले २०७१ सालमा भानुको द्विशतवार्षिकी पनि मनायो। तर राजधानीकेन्द्रित कार्यक्रमले भानु जन्मथलोको विकासमा एउटा इँटा पनि थप्न सकेन। बरु गत वर्ष स्थानीय साहित्यप्रेमीहरूको एक जमातले अन्तर्राष्ट्रिय कवि सम्मेलनको आयोजना गरेपछि भने स्थानीयमा केही हुन्छ कि भन्ने आशा पलाएको छ। ‘भानुको जन्मथलोको विकास र प्रचार गर्न सकिए यसलाई विश्वभर साहित्यिक तीर्थस्थलका रूपमा चिनाउन नसकिने होइन’ स्थानीय विक्रमबन्धु न्यौपाने भन्छन्, ‘तर त्यसका लागि स्थानीय सरकारको मात्र भर परेर हुँदैन, प्रदेश र संघले पनि उत्तिकै चासो दिनुपर्छ।’ भानुको जन्मथलोमा भारत, चीन तथा म्यानमारका कविका साथमा केही अघि पुगेका वरिष्ठ साहित्यकार तुलसी दिवसलाई पनि आदिकविको जन्मथलो उपेक्षामा परेकोमा चित्त बुझेको रहेनछ। ‘यो संसारभरका नेपालीभाषीका लागि साहित्यिक तीर्थस्थल बन्नुपर्छ’, उनले भने, ‘यस ठाउँको साहित्यिक गरिमा उँचो छ। सबै साहित्यकार एकपटक आउनैपर्ने ठाउँका रूपमा विकास हुनैपर्छ।’ अर्का साहित्यकार डा. नवराज लम्सालले भानु कसैको पेवा नभएको भन्दै भानुको थलोको संरक्षण र उनका रचनालाई जीवन्त पार्न सबै लाग्नुपर्ने बताए। ‘भानुबारे समालोचनात्मक टिप्पणी जरुरी छ’ उनले भने, ‘यसो भए भानुका कृति चीरकालसम्म सुरक्षित रहन्छन्।’ भानु जयन्तीलाई आफ्नो जातिकै ठूलो चाडका रूपमा मनाउने दाजिर्लिङभन्दा केही परको बस्ती डुबर्सका कवि दुर्गा चाम्लिङ राई उनकै जन्मघरमा आउन पाउँदा खुसी थिए। तर भानुको जन्मघर देख्दा भने उनको मन कुँडियो। ‘हामीले त उनको सालिकलाई पनि निकै माया गरेर राखेका छौं’, उनले भने। तर यहाँ सालिक हैन घरकै विजोग भएको देखेका मणिपुर पारिपट्टि म्यान्मारको टमुबाट आइपुगेका कवि अमित घिमिरेले भानुको जन्मथलोबाट धेरै कुरा सिक्न पाएको भन्दै खुसी प्रकट गरे पनि आफ्नो श्रद्धाको केन्द्र अझै विकसित भएको हेर्ने चाहना उनको भावबाट बुझिन्थ्यो। गीतल प्रतिष्ठान एवं नाटक मञ्च तनहुँका अध्यक्ष आकाश अधिकारीले राज्यस्तरबाट नभए पनि आफूहरूले देशविदेशका नेपालीभाषीको तीर्थस्थल बनाउन जमघट गरेको भन्दै यसबाट राज्यले सिक्ने अपेक्षा गरे। ‘राज्यले साथ नदिँदासम्म यस ठाउँले महत्त्व पाउँदैन’ उनले भने, ‘बेलैमा झक्झकिनु जरुरी छ।’ जसले जति अपेक्षा गरिरहे पनि भानुको जन्मस्थलमा यो लेखनी छापिने दिन पोहोरभन्दा पातलो जमघटमाझ उनलाई सम्झेर काव्यकृति सिर्जना गर्ने कविहरू भने यो ठाउँ ब्युँताउने अभियानमा धीमा गतिमा लागिरहेका भेटिनेछन् ।
annapurnapost.com
2,532,864
६ महिनाअघि मात्र अर्जुन वैवाहिक जीवनमा बाँधिएका थिए । तनहुँ दुले गौँडा अर्जुनको ससुराली हो । गोरखा नगरपालिका–६ को महेन्द्र ज्योति माध्यमिक विद्यालयसम्म अर्जुनले १० कक्षा पढेका हुन् । त्यसपछि ११/१२ पढ्न अर्जुन द्रव्य साह कलेजमा भर्ना भएका थिए । अर्जुनका भान्जा सुजीत थापा भन्छन्, ‘मामा ६ महिनाअघि मात्र नेपाल आएर विवाह गरेर फर्किएका थिए । ११ पढ्दापढ्दै लाहुरे हुनुभएको हो । साह्रै मिलनसार हुनहुन्थ्यो । ’ ‘अर्जुन सानैदेखि मेलापात, गोठालो जाने काम गर्थे । घरको एक्लो छोरा हुन् । आमा हुनुहुन्न,’ भान्जा सुजीतले रातोपाटीसँगको कुराकानीमा भने, ‘बुबा, श्रीमती र दिदीबहिनी घरमा हुनुहुन्छ । अर्जुनको निधनले परिवार बिचल्लीमा परेको छ । ’ बुढा बुबालाई अर्जुनले फोनमा बारम्बार ‘अब धेरै दुःख गर्ने होइन । अब त म पनि राम्रै ठाउँमा जागिरे भएको छु । हजुरलाई अब सुखको साथ पाल्नेछु,’ भनेका थिए । । भर्खरै विवाह गरेका अर्जुनले मङ्गलबार पनि श्रीमतीसँग अनलाइनमा कुराकानी गरेका थिए । श्रीमतीसँग अनलाइनमा कुरा गर्दागर्दै गोली चलेको हो । कुराकानीको क्रममा अर्जुनले ‘गोली चल्यो फोन राख–राख’ श्रीमतीलाई भनेका थिए । भान्जा सुजीतले भने, ‘पछि एकैछिनमा फोन गर्दा फोन अफ भएको रे ।
ratopati.com
3,499,549
दक्षिण भारतीय अभिनेता रामचरणले नयाँ फिल्मको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा यसबारे पोस्ट गर्दै उनले अब बन्न लागेको फिल्म ‘आरसी १५’ भारतव्यापी हुने समेत उल्लेख गरेका छन् । यो स्पोर्ट्स ड्रामालाई बुची बाबु सनाले निर्देशन गर्ने बताइएको छ । ‘आरसी १५’ नाम राखिएको यो फिल्मबारे रामचरणले ट्वीटरमा पोस्ट गरेका छन्, जुन भाइरल बनिरहेको छ । उनले लेखेका छन्, ‘म यसलाई लिएर उत्साहित छु । बुची बाबु साना र पूरै समूहसँग मिलेर काम गर्न ।’ भारतीय सञ्चार माध्यमका अनुसार हाल रामचरण फिल्म ‘शंकर’को छायांकन न्युजिल्याण्डमा गरिरहेका छन् । फिल्ममा उनले आईएस अफिसरको भूमिका निर्वाह गर्नेछन् । फिल्ममा उनको अपोजिटमा कियारा आडवाणी छिन् । यो एक्सन थ्रिलर फिल्म हो । यसअघि एसएस राजमौलीद्वारा निर्देशित ‘आरआरआर’ बाट उनले विश्वव्यापी चर्चा पाएका थिए ।
imagekhabar.com
6,307,993
कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले हरेक बहुवर्षे योजनाको अवधि तीन वर्ष हुने निर्देशिका पारित गरेको छ । बर्षेनी बहुवर्षे ठेक्काको नाममा हुने गरेको ढिलासुस्तीलाई समयमै सम्बोधन गर्न प्रदेश सरकारले यस्तो निर्देशिका ल्याएको हो । आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले बहुवर्षे ठेक्का जनाउँदै लामो समयसम्म अल्झिएर बसेको हुँदा यसलाई तत्काल सम्बोधन गर्न तीन वर्षे अवधि राखिएको जानकारी दिए । बहुवर्षे ठेक्कको लागि बजेट सुनिश्चित गर्दा एक चौथाइ बजेटको व्यवस्था गरेर मात्र काम सुरु गर्न लागिएको उनको भनाइ छ । बजेट सुनिश्चित गरेको ६ महिनाभित्र बोलपत्रमा गएर काम सुरु हुनुपर्ने निर्देशिकामा उल्लेख छ ।यसैगरी निर्देशिकामा यदि ठेक्का लाग्न नसके स्वतः खारेज हुने उल्लेख गरिएको छ । तीन वर्षभित्र सम्पन्न नहुने बहुवर्षे ठेक्काको हकमा ठेक्का खारेज तथा कारबाहीको लागि बाटो खुल्नेसमेत उनको भनाइ छ । अहिले दर्जनौँ आयोजना बहुवर्षेको नाममा अलपत्र पर्दै आएर आफूहरु समस्यमा परेको मन्त्री सिंहले बताउनुभयो । जथाभावी योजना बाँडेर कार्यान्वनमा आइरहेको समस्य अन्त्य गर्नका लागि नयाँ निर्देशिका निर्माण गरी मन्त्रिपरिषद्बाट पास भएको उनले बताए । अब पुराना योजनालाई आवश्यकपर्ने जती बजेट विनियोजन गरेर मात्र नयाँ योजनामा बजेट छुट्याउने काममा आर्थिक मामिला तथा योजना मन्त्रालय निर्देशिका बनाएर काममा जुटेको उनको भनाइ छ । चालु आर्थिक वर्षमा कार्यान्वन हुन नसकेका टुक्रे योजनाबारे पनि आउँदो मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने जनाइएको छ । सडक र भवनको हकमा रु २० लाखदेखि ३० लाखसम्मका योजना सुधार हुने छन्,भने अन्य योजनामा कार्यान्वन नगर्ने सोचमा आर्थिक मामिला तथा योजना मन्त्रालय रहेको छ । योजनाको प्रकृति र अवस्था हेरेर योजना कार्यान्वनमा जाने मन्त्रालयले जनाएको छ । टुक्रे योजनालाई कटौती गरेर बजेट कार्यान्वयनमा जोड दिएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट कार्यान्वयन जनमुखी र पारदर्शी बनाउन योजना पूर्णरूपमा कार्यान्वयन गर्ने नीति अवलम्बन गरेको हो । मन्त्री सिंहले भने, “योजनाको ठेक्का सम्झौता गर्दा सम्बन्धित मन्त्रालयले एक चौथाइ बजेट विनियोजन गर्नुपर्ने व्यवस्था गरिएको छ । यसले गर्दा बजेटको स्रोत सुनिश्चितताको अन्योलता हट्ने छ भने समयमै ठेक्का सम्झौता हुने छ । बहुवर्षीय ठेक्का तर्जुमा निर्देशिका २०७७ लाई संशोधन गरेर गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बहुवर्षीय ठेक्का अवधि निर्धारण गरेको छ । स्थानीय तहले प्राथमिकीकरण गरेका योजनालाई प्राथमिकतामा राखेर नयाँ ठेक्का सम्झौता गरिने मन्त्रालयको लक्ष्य रहेको छ । सरकार गठनको एकवर्ष निराशाजनक रहेपछि प्रदेश समृद्धिमा सघाउ पु¥याउने प्रकृतिको ‘कर्णाली समृद्धि अभियान’ सञ्चालन गरेर थुप्रै देखिने खालका कार्यक्रम सञ्चालन गर्ने योजना तय गरिएको छ । प्रथम चौमासिक सकिँदासम्म चालु आर्थिक वर्षको बजेट कार्यान्वयन सन्तोषजनक छैन । पाँच महिनाको अवधिमा प्रदेश सरकारले कूल बजेटको १२.९६ प्रतिशत बजेट कार्यान्वयन गरेको छ । गतवर्ष पुस मसान्तसम्म १३.४ प्रतिशत बजेट कार्यान्वयन गरेको थियो । पहिलो चौमासिकमा ठेक्का सम्झौताका काम बढी हुने भएकाले बजेट कार्यान्वयन हुन नसकेको उनले बताए । दोस्रो चौमासिकमा परिणाम आउने गरी काम हुने उनको दाबी छ । सरकारले रु ८३ करोड २९ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको हो । हालसम्म ३६ करोड राजस्व सङ्कलन भएको छ । १५ लाखभन्दा तलका योजना अहिले सरकारले कार्यान्वयन नगरेको र अरू ठूला कार्यक्रमको ठेक्का सम्झौता गरी कार्यान्वयनको चरणमा भएकाले खर्च प्रतिशत केही कम देखिएको उनले बताए । कर्णालीमा रु छ करोडको जडीबुटी निकासी कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले एक वर्षमा रु ६ करोडको जडीबुटी निकासीलाई आफ्नो उपलब्धिका रूपमा लिएको छ । जडीबुटीका लागि प्रख्यात मानिएको कर्णालीले जडीबुटीको सदुपयोग गर्न सकिरहेको छैन । सार्वजनिक विवरण अनुसार एक वर्षमा करिब नौ लाख बिरुवा उत्पादन गरेर वृक्षरोपण गरी औसतमा ३८.५७% वन क्षेत्र संरक्षण गरिएको छ, भने वन क्षेत्र र निजी जग्गामा गरी जम्मा दुई सय ५७ हेक्टर जमिनमा वृक्षरोपण भएको छ । मन्त्रालयका अनुसार प्रदेशमा तीन हजार पाँच सय ९७ वटा नयाँ उद्योग दर्ता भएका छन् भने उद्योगबाट नौ करोड ७४ लाख कूल राजस्व सङ्कलन भएको छ । दर्ता भएका उद्योग भनेका साना तथा लघु उद्यम सम्बन्धित हुन् । कर्णालीमा अहिलेसम्म ठूला तथा मझौला खालका उद्योग, कलकारखानाको विकास हुन सकिरहेको छैन । मन्त्रालयले मुगुको रारा, रुकुमको खारा, कालिकोटको पिली, पचालझरना र त्रिवेणी पाटनको पर्यटकीय पूर्वाधार विकासको लागि बहुवर्षीय आयोजना स्वीकृत भई कार्यान्वयन भइरहेको बताइएको छ । यी स्थानलाई युद्ध पर्यटकीय रूपमा विकास गर्ने योजना विगत सरकारकै हो । सामुदायिक वन, राष्ट्रिय वन र निजी वन गरी एक वर्षमा दुई लाख ६३ हजार क्यूफिट काठ उत्पादन भएको, २२५.६३ चट्टा दाउरा उत्पादन भएको कुरा पनि मन्त्रालयले प्रगतिमा राखेको छ । साथै अतिक्रमित वन क्षेत्र २८ हेक्टर, पुनःस्थापित वन क्षेत्र (अतिक्रमण नियन्त्रण) १४.०३ हेक्टर, वन डढेलोले क्षति गरेको वन क्षेत्र १९०१ हेक्टर संरक्षण गरिएको छ । वन अपराध सम्बन्धी ३६ मुद्दा दर्ता भई २३ वटा मुद्दा फछ्यौट भएका छन्,भने २८११ सामुदायिक वन (क्षेत्रफल ३६३८६४ हेक्टर), सामुदायिक वनबाट लाभान्वित घरधुरी सङ्ख्या दुई लाख ९१ हजार ९९६ (प्रदेशको कुल घरधुरीको ७९.७ प्रतिशत), ७८४ कबुलियती वन (क्षेत्रफल ८२२७ हेक्टर) र कबुलियती वनबाट लाभान्वित घरधुरी सङ्ख्या १९१२ रहेको उल्लेख गरिएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत एक वर्षमा १७ हजार बढीले रोजगारी पाएको दाबी गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माले विगत एक वर्षमा मुख्यमन्त्री रोजगार कार्यक्रमबाट १७ हजार पाँच सयभन्दा बढीले रोजगारी पाएको बताए । सरकारले यो कार्यक्रम विगतदेखिनै सञ्चालनमा ल्याएको तर, प्रभावकारी हुन नसकेको कार्यक्रम हो । यस्तै मुख्यमन्त्री रोजगारका नाममा झार उखाल्नेदेखि चौतारा बनाउनेसम्मका काम भएको र कार्यक्रमको प्रभावकारीतामाथि निरन्तर प्रश्न उठिरहेको छ । उनले गत एक वर्षमा कार्यक्रमबाट ८ लाख ४६ हजार १ सय ९२ कार्यदिन बराबरको रोजगारी सिर्जना भई १७ हजार ५ सयभन्दा बढीले रोजगारी प्राप्त गरेको विवरण सार्वजानिक गरे । “कर्णाली प्रदेशका बेरोजगार युवालाई रोजगारका विभिन्न अवसर उपलब्ध गराउने उद्देश्यले प्रदेशका सबै वडामा मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिएको छ,” शर्माले भने, “चालु आर्थिक वर्षमा यस कार्यक्रमलाई निरन्तरता दिई सात सय १८ वटै वडामा आयोजना÷कार्यक्रम सञ्चालनका लागि रकम पठाइसकिएको छ ।” यस वर्ष उक्त कार्यक्रमका लागि एक अर्ब १६ करोड ४० लाख रकम सशर्त अनुदानको रुपमा सबै स्थानीय तहमा पठाइएको उनले बताए ।
shikharnews.com
2,300,369
प्युठानमा सलह भगाउन खोज्दा गोठमा आगलागी भएको छ। प्युठानको झिमरुक गाउँपालिका ३, आफ्रेखोलामा सलह भगाउनका लागी आगो बाल्ने क्रममा कल्पना जिसीको एक गोठ जलेर पूर्णरुपमा नष्ट भएको हो। जिसी बारीमा सलह लखेट्दै गर्दा उनका १० वर्षीय छोराले बालेको आगो गोठमा सल्किँदा आगलागी भएको हो। गोठमा रहेको घाँस, दाउरा, परालमा आगो सल्किएर गोठमा पुग्दा गोठ पूर्णरुपमा नष्ट भएको जिसीले बताएकी छन्। जिसी भन्छिन्, ‘सलहबाट मकै बाली बँचाउन लाग्दा हजारौँको क्षति भयो । बरु मकै सलहले खाएको भए कम क्षति हुन्थ्यो, गोठ बँच्दथ्यो। नजिकैमा रहेको घरमा समेत आगो सल्किन लाग्दा स्थानीयहरुले सहयोग गरेर घर बँचाउनु भयो।’ पछिल्ला केही दिनदेखि नेपालका तराई तथा तल्लो पहाडी क्षेत्रका जिल्लामा सलह किरा भित्रिँदा लाखौँको अन्नवालीमा क्षति पुर्याएको छ ।
dcnepal.com
2,857,247
बा प्र ०३–००१ क ०५४९ नम्बरको टिपर सडकबाट अन्दाजी २५ मिटर तल झर्दा टिपर चालक र सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर प्यूठानको मान्डवी गाउँपालिका वडा नं. १ का टिपर चालक २८ वर्षीय भुवन थ्रेडी मगर र दाङको बबई गाउँपालिका वडा नं ३ का २१ वर्षीय नवीन विकको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी नहकुल पोखरेलले जानकारी दिए । दुर्घटनास्थलमा पुगेको प्रहरीले दुवै जनाको सव गाडीमुनि च्यापिएको अवस्थामा फेला पारेको एसपी पोखरेलले जानकारी दिए  ।
newskarobar.com
2,150,341
दक्षिण कोरियामा ओपनएआईको च्याटजीपीटी प्रयोगकर्ताहरूको संख्या मे महिनामा ३० प्रतिशतले बढेर पहिलो पटक १० लाख नाघेको बजार तथ्याङ्क विश्लेषण फर्म आईजीएएवर्क्सले उल्लेख गरेको छ। मोबाइल च्याटजीपीटी एप्लिकेसनमा १.२७ मिलियन प्रयोगकर्ताहरू थिए, जुन अप्रिलमा ९ लाख ८० हजार भन्दा बढि थियो। एपको प्रयोगकर्ता आधार लगातार बढ्दै गएको छ, फेब्रुअरीमा ६९७,००० र मार्चमा ८ लाख ८० हजार बाट बढ्दै गएको देखिन्छ ।
technologykhabar.com
3,378,791
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्मा पोखरेललाई दिइएको छ । त्यहाँ कार्यरत प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएपछि विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पोखरेललाई दिइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । प्रवक्ता ढकालका अनुसार विमानस्थलमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक दीपशम्शेर जबरालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको र बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीबाट पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको हो । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
drishtinews.com
5,834,171
काठमाडौँ– खोटाङ, बारा, कञ्चनपुर र सप्तरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । खोटाङ, बाह्रपोखरी गाउँपालिका-५ सोह्रखानीस्थित सडकमा को१ज ३४७० नम्बरको ट्याक्सी अनियन्त्रित भई बाटोबाट करिब २ सय ५० मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा बाह्रपोखरी गाउँपालिका-६ बस्ने ४५ वर्षीय दक्षुमान राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उदयपुर चौदण्डीगढी नगरपालिका-६ बस्ने २८ वर्षीय छत्र बहादुर राईको धरानस्थित विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । ट्याक्सीका चालक उदयपुर चौदण्डीगढी नगरपालिका-६ माझीगाउँ बस्ने २७ वर्षीय यम बहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बारा, कलैया उपमहानगरपालिका-१६ स्थित सडकमा बा२१ च ४९७ नम्बरको कारको ठक्करबाट मंगलबार साँझ सोही महानगरपालिका-६ बस्ने साइकलयात्री ३० वर्षीय गुड्डु शेखको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाईते भएका गुड्डुको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । फरार रहेका कार चालकको प्रहरीले खोजी गरिरहेको छ । कञ्चनपुर, शुक्लाफाटाँ नगरपालिका-११ बनहरास्थित सडकमा लु६०प ७१४० र म१प ९६२८ नम्बरका दुईवटा मोटरसाइकल आपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा म१प ९६२८ नम्बरको मोटरसाइकल चालक भिमदत्त नगरपालिका-६ ऐठपुर बस्ने गुल्मी घर भएका ४२ वर्षीय बिष्णु ज्ञवालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका ज्ञवालीको महाकाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका लु६०प ७१४० नम्बरको मोटरसाइकल चालक कैलाली गोदावरी नगरपालिका-१० बस्ने ३४ वर्षीय युवराज जोशीको शुक्लाफाँटा क्लिनिक झलारीमा उपचार भईरहेको छ । सप्तरी, कञ्चनरुप नगरपालिका-२ बरमझियास्थित सडकमा बुधबार बिहान बा१८च ७७३४ नम्बरको कारको ठक्करबाट सोही स्थान बस्ने ७० वर्षीय तिलक सुरतको घटनास्थलमै मृत्यु भएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
khabarhub.com
5,902,443
पूर्वी पहाडसँग परिचित प्रधानमन्त्री केपी शर्मा ओली आइतबार पाँचथरको कुम्मायकको यासोकमा खानेपानी आयोजना र विद्युतीकरण उद्घाटन गर्न पुग्दा दङ्ग भए । आफू ५० वर्षअघि कुम्मायककै यासोकमा पुग्दा तमोरबाट डोकोमा बोकेर खानेपानी प्रयोग गर्नुपर्ने विकराल अवस्थाको प्रधानमन्त्रीले स्मरण गरे । “पचास वर्षअघि यो बाटो हिँड्दा तल सिटौलाको पुल तरेर रानीगाउँसम्म आइपुग्दा त्यो उकालोमा डोकामा पानी बोकेर ल्याउनुपर्ने कुरा मैले देखेको छु, मैले भोगेको थिएँ । यी ठाउँहरुमा कसरी खानेपानी पुर्‍याउने होला भन्ने त्यो चिन्ता थियो”, यी स्थानमा बिजुली, बाटो र खानेपानी पुगेकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्रीले भने, “यहाँ मोटरहरुबाट हिँड्न पाउँदा, यहाँ खानेपानीको धारा सरर बग्न पाउँदा, यहाँ विद्युत् उद्घाटन गर्न पाउँदा मलाई त अघि नै च्याब्रुङसँगै नाचौँ नाचौँजस्तो लागेको थियो ।”, प्रधानमन्त्री ओलीले भने । उन यो अवस्था आफ्ना लागि औधि खुशीको क्षण रहेको बताए । यासोक बृहत् पम्पिङ खानेपानी आयोजना सञ्चालन गर्दा वार्षिक रु एक करोड २० लाख शुल्क उठ्ने र उक्त शुल्क तिर्न कठिन पर्ने भन्दै मिनाहा गरिदिन स्थानीयवासीले माग गरेका थिए । उक्त मागमा सकारात्मक प्रधानमन्त्रीले भने, “देश अलि सम्पन्न भएपछि विद्युत् शुल्क तिर्न पनि कुनै समस्या पर्दैन, तैपनि म सकारात्मक छु ।” खानेपानीको समस्या हल भएकामा प्रधानमन्त्री ओलीले कुम्मायकका महिलालाई बधाई दिए । “खासगरी दिदीबहिनीहरुलाई बधाई भन्न चाहन्छु, जसले टाढाबाट दुःखका साथ पानी बोकेर ल्याउनुपथ्र्यो । आवश्यक पर्ने जति पनि पानी खर्च गर्ने बेलामा ढाड भाँचिनेगरी पानी बोक्दाको दुःख सम्झनुपर्थ्यो । त्यो अब हटेको छ ।” प्रधानमन्त्री ओलीले कुम्मायकको यासोकसहित पूर्वी पहाड अब पर्यटकीय क्षेत्र बन्ने बताउँदै पूर्वाधार तयार पार्न स्थानीयवासीलाई आग्रह गरे । राँके–रवि–भेँडेटार सडक र दमक–चिसापानी–रवि सडकले एक/दुई घण्टामै पूर्वी तराईबाट यहाँ आउन सम्भव भएको बताउँदै प्रधानमन्त्रीले पर्यटकलाई न्यायो आतिथ्यको व्यवस्था गर्न स्थानीयवासीलाई आग्रह गरे । “अब म सुझाव भन्न चाहन्छु, यो ठाउँ मान्छेले आराम, रमाइलो गर्ने, स्वच्छ वातावरणमा आउने, जैविक उत्पादन खान आउने, न्यानो आतिथ्यबाट लोभिएर आउने दिन बन्दैछ । त्यसैले राम्रा रेष्टुराँ, राम्रा लज खोल्नुस्”, प्रधानमन्त्री ओलीले भने, “अब तीन वर्षभित्र तराईका मान्छे यहाँ आइपुग्छन् । गर्मीको बेला यहाँको लजमा बास बस्नु, त्योभन्दा आनन्द के होला ? उता हपहप गर्मी भएको हुन्छ, यहाँ आएपछि शीतल हावा, कञ्चनजङ्घा, कुम्भकर्णबाट बगेर आएको, फिल्टर गरिएको स्वच्छ पानी त्यो खान पाइने ठाउँ बन्छ यो ।” कार्यक्रममा प्रधानमन्त्री ओलीलाई उहाँको ६९औँ जन्मदिनका अवसरमा सामूहिक शुभकामनासमेत व्यक्त गरिएको थियो । उक्त अवसरमा प्रधानमन्त्री ओलीले पछिल्लो पटक आफ्नो एपेन्डिक्सको उपचारमा संलग्न चिकित्सकहरुलाई नागरिकमाझ परिचय गराए । आफूसँग आएका साथीहरुमध्ये केहीलाई चिनाउनु उपयुक्त हुन्छ भन्दै प्रधानमन्त्री ओलीले एपेन्डिक्सको उपचारमा संलग्न चिकित्सकहरुबारे करीब पाँच मिनेट परिचयात्मक मन्तव्य व्यक्त गरे । “म अचानक गम्भीर बिरामी परेको थिएँ । अचानक ठूलो शल्यक्रिया गरेर उपचार गर्नुपर्ने डाक्टर पनि यहाँ हुनुहुन्छ, डा रमेशसिंह भण्डारी । उहाँ पाँचथरकै पल्लो छेउ बैतडीको वासिन्दा हुनुहुन्छ ।” प्रधानमन्त्री ओलीले डा दिलीप शर्मालगायत चिकित्सकहरुलाई परिचय गराउँदा सहभागीहरुले तालीले स्वागत गरेका थिए ।
khabarhub.com
3,473,380
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । शुक्रबारको बैठकमा पनि सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल हुने कार्यसूचि रहेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा नेकपा (एस) को केन्द्रीय कमिटीको बैठक अहिले सुरु भएको नेकपा (एस) का नेता काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ ।
imagekhabar.com
5,722,317
कर्मा र भोलाराज सापकोटा मुख्य भूमिकामा रहेको चलचित्र ‘षट्कोण’को टिजर सार्वजनिक गरिएको छ । साइकोलोजिक थ्रिलर जानरामा निर्माण भएको चलचित्रको टिजरले दर्शकमा कौतुहलता जगाउँछ ।    चलचित्रमा कर्मा एक मर्डर मिस्ट्रीको खोजीमा लागेको पत्रकारको भूमिकामा छन् ।  चलचित्रमा कर्मा र भोलाराज सापकोटासँगै लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बूलगायतको अभिनय छ । शिशिर लिम्बू वानेमको कथा तथा पटकथा रहेको चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन् । मिलन डि काप्रीले निर्देशन गरेको चलचित्र वैशाख २३ गते रिलिज हुनेछ । चलचित्र कोरोना महामारी अगाडि नै निर्माण भएको थियो ।
baahrakhari.com
612,269
जान्हवी कपूर बलिउडकी ती अभिनेत्री हुन् जसले फिल्मी दुनियाँमा छिट्टै आफ्नो पहिचान बनाएकी छिन् । जान्हवीले फिल्म ‘धडक’ बाट इन्डस्ट्रीमा डेब्यु गरेकी हुन् । यसपछि जान्हवीले धेरै यस्ता फिल्म गरिन्, जसमा उनको अभिनय देखेर फ्यानहरु निकै प्रभावित भए । आफ्नो अभिनयका साथसाथै जान्हवीले आफ्नो ग्ल्यामरस स्टाइलका कारण पनि फ्यानमाझ लोकप्रिय छिन् । अभिनेत्री प्रायः आफ्ना हट र बोल्ड तस्बिर सेयर गरिरहेकी हुन्छिन् । जान्हवीले साडी लगाएका आफ्ना आकर्षक तस्बिरहरु सेयर गरेकी छिन् । यी तस्बिरमा जान्हवीको सुन्दरता देख्न सकिन्छ । फ्यानले पनि अभिनेत्रीको तारिफ गरिरहेका छन् । यी तस्बिरहरूमा जान्हवी कपूर पहेंलो साडीमा निकै सुन्दर देखिएकी छिन् । केही घण्टामै यी तस्बिरलाई ४ लाख ३९ हजारभन्दा बढीले लाइक गरेका छन् । धेरै फ्यानहरूले पोस्टमा टिप्पणी गर्दै हार्ट इमोजीहरू साझा गरेका छन्। त्यसैले केही फ्यानले जान्हवीलाई सबैभन्दा हट भनेका छन् । यसका साथै फ्यानहरूले जान्हवीलाई सुन्दर पनि भनेका छन् ।
lokpath.com
4,066,165
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको जगगा अनियमिततामा संलग्न रहेको अभियोगमा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छादार र तीन पूर्वमन्त्री सहित १७५ जनाविरूद्व विशेष अदालत काठमाडौँमा मुद्वा दायर गरेको छ । करिब २१ अर्व मागदाबी सहित दायर गरिएको मुद्वामा ११ण् जनालाई भ्रष्टाचार गरेको आरोपमा र ६५ जनालाई सरकारी जग्गा जफत गर्ने प्रयोजनका लागि भन्दै अख्तियारले प्रतिवादी जनाएको समाचार आजको देशान्तर साप्ताहिकले प्रकाशित गरेको छ । काठमाडौं, साउन ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक आज ११ः३० बजे दलको काठमाडौं, साउन ६ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले काठमाडौं, साउन ५ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले काठमाडौं,४ साउन । श्रीलंकामा आजबाट सुरु भएको नवौं संस्करणको एसीसी एसिया कप टी(२० महिला क्रिकेटको काठमाडौं, साउन ४ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले काठमाडौं, साउन ३ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । उक्त प्रभावका कारण काठमाडौं, साउन २ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । उक्त प्रभावका कारण काठमाडौं, १ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य मनिष सुमनले कांग्रेस–एमाले गठबन्धन काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं ।
reportersnepal.com
1,241,583
जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका-४ की २० वर्षीया लक्ष्मी शाहीलाई हेलिकोप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको जिल्ला अस्पताल कालीकोटका डा.बन्दिता कार्कीले बताइन्। वैशाख ८ गते सुत्केरी भएकी उनको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि शुक्रबार जिल्ला अस्पताल मान्म ल्याइए पनि सुधार हुन सक्ने अवस्था नभएपछि रिफर गरिएको हो। सुत्केरी शाहीको शरीरमा अक्सिजनको मात्रा न्यून भई स्वास्थ्य अवस्था जटिल देखिएपछि उनलाई हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत लगिएको बिरामी सँगै गएकी डा. रोशनी प्रजापतिले बताइन्। उनका अनुसार मुटुमा समस्या देखा परेकाले उनको यता उपचार सम्भव नभएपछि सुर्खेत पठाइएको छ। प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको समन्वयमा थप उपचारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हेलिकोप्टर मगाएर प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ। बच्चा जन्मिसकेको भए पनि सुत्केरी शाहीको मुटुमा समस्या देखा परेको र शरीर सुनिँदै गएका कारण कालीकोटमा उपचार सम्भव नभएकाले सुर्खेत लगिएको प्रजिअ नेपालीको भनाइ छ। सुत्केरी महिलाको उद्धारमा सामाजिक अभियन्ता हिक्मतजंग मल्ल र रमेश विक्रम शाहीको टिम खटिएको थियो। सामाजिक अभियन्ता मल्लले भने कर्णालीमा बर्सेनि सुत्केरी हुने दर्जनौं महिलाको समयमै उद्धार नभई मृत्यु हुने गर्छ ।
annapurnapost.com
2,647,134
हालसम्म यस्ता सय घटना सार्वजनिक भइसकेका छन् । यो एक दुर्लभ तथा खतरनाक रोग हो र कोरोनाभाइरसका कारण यस्तो भएको डाक्टरले विश्वास गरेका छन् । यो सिन्ड्रोमले बालबालिकाको शरीरमा रगत पुर्याउने रक्त धमनी सुन्निने गर्छ । हालसम्म कम्तीमा ६ देश – ब्रिटेन, अमेरिका, फ्रान्स, इटली, स्पेन र स्विटजरल्याण्डमा लगभग यस्ता १० घटना देखिएका छन् । कोरोनाभाइरसको उपचारमा महत्वपूर्ण मानिएको रेमडेसिवियर औषधीमाथि चीन र अमेरिकाको धारणा बाझिएको देख्न सकिन्छ । अमेरिकाको एलर्जी तथा संक्रामका रोगको राष्ट्रिय संस्थानका प्रमुख डा. एन्थोनी फाउचीले कोभिड–१९ सँग जुधिरहेका बिरामीलाई एन्टीभाइरल औषधी रेमडेसिवियर दिँदा एक स्पष्ट प्रभाव देखिएको छ । यस्तै, चिनियाँ विशेषज्ञका अनुसार यो औषधीको प्रयोगले कुनै प्रकारको ‘उल्लेखनीय चिकित्सकीय लाभ’ देखिएको छैन । ब्रिटेनले कोरोनाभाइरससँग जोडिएको नयाँ आँकडालाई जनतासामू सार्वजनिक गरेको छ । तर यसपटक कोरोनाभाइरसका कारण अस्पताल बाहिर भएको मृत्यु पनि समावेश गरिएको छ । यो हिसाबले ब्रिटोमा हालसम्म २६ हजार १ सय ६६ भन्दा बढीको मृत्यु भइसकेको छ जुन इटली र स्पेनभन्दा पनि बढी हो । जोन होपकिन्स युनिर्भिटीका अनुसार संसारभरी कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या दुई लाख २५ हजारभन्दा बढी भइसकेको छ । यसका साथै संसारभरी कम्तीमा ३१ लाख कोरोनाभाइरसद्वारा संक्रमित भइसकेका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनको सरकारले बिहिबार समाप्त हुँदै गरेको सामाजिक दुरीको दिशानिर्देशलाई अघि नबढाउने बताएका छन् । यसैबीच अमेरिकामा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ६० हजार पार भइसकेको छ । कोरोनाका कारण संसारभरीकै सबैभन्दा धेरै संक्रमित र मृतकको संख्या अमेरिकामा छ । अन्तर्राष्ट्रिय श्रम संगठनले संसारभरी डेढ अर्बभन्दा बढी व्यक्तिमाथि उनीहरुको जिविकोपार्जनको माध्यम नष्ट हुने खतरा निम्तिएको बताएको छ । ब्राजिलमा पछिल्लो २४ घण्टामा ६ हजार बढी नयाँ संक्रमित भेटिएका छन् । यससँगै यहाँ संक्रमितको संख्या ७८ हजार पार भइसकेको छ । आयरल्याण्डमा पाँच मेमा समाप्त हुने लकडाउनलाई थप बढाइने सम्भावना बढेको छ । आयरल्याण्डका प्रधानमन्त्री लिओ वरडकरले संक्रमितको संख्यामा वृद्धि भइरहेकोले लकडाउनको नियमलाई खुकुलो बनाउनु उचित नभएको बताएका छन् । स्विटजरल्याण्डको सरकारले सार्वजनिक आयोजनामाथिको प्रतिबन्ध बढाएको छ । अब यो प्रतिबन्धको सीमालाई बढाएर अगस्टसम्म सारिएको छ । यद्यपि, सरकारले खेलकुदसँग जोडिएको प्रतियोगिता, पसल, रेष्टुरेन्ट र संग्रहालय खोल्ने अनुमती दिएको छ । स्विडेनमा हालसम्म कोरोना भाइरसद्वारा संक्रमित हुनेको संख्या २० हजार पार भइसकेको छ । युद्धग्रस्त देश यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले दक्षिणी यमनको एडेन इलाकामा कोरोनाभाइरस संक्रमणका पाँच नयाँ संक्रमित भेटिएका छन् । जसका कारण यमनमा कोरोनाभाइरस फैलने आशंका बढेको छ । चीनमा आगामी २२ मेदेखि संसदको वार्षिक बैठक सुरु हुनेछ जसलाई दुई महिना अघि आयोजना गर्नुपर्दथ्यो । यो निर्णय लिने व्यक्तिमा समावेश एक व्यक्तिले भने, ‘कोरोनाभाइरसका बेला जुन स्थितीमा बैठक बस्न सकिन्थ्यो, तयो समय अब आइसकेको छ । ’ रुसमा कोरोनाभाइरस संक्रमितको संख्या एक लाख नजिक पुगेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार बुधबार ५ हजार ८ सय ४१ नयाँ संक्रमित भेटिएपछि यहाँ संक्रमितका कूल संख्या ९९ हजार ३ सय ९९ पुगेको छ । बेलायती मन्त्री जर्ज इस्टाइसले बेलायती सरकार बिहिबार पनि प्रतिदिन एक लाख परीक्षण गर्ने लक्ष्यमा डटिरहेको जानकारी दिएका छन् । उनले एक प्रभावशाली एन्टीबडीको खोजी जारी भएको र केयर होम्समा पहिले परीक्षण गरेको भए थुप्रै जीवनलाई बचाउन सकिन्थ्यो भन्ने आरोपको खण्डन गरेका छन् । जापानी प्रधानमन्त्री शिन्जो आबेले सन् २०२१ मा ओलम्पिक खेल सुरु हुनु अघि कोरोनाभाइरस नियन्त्रणमा ल्याउन आवश्यक भएको बताएका छन् । उनले भने, ‘ओलम्पिक खेल यस्तो तरिकाले आयोजना गर्नु पर्छ जसमार्फत् यस्तो देखियोस् कि कोरोनाभाइरसविरुद्धको युद्ध जितिएको होस् । ’ बेलायती गृहमन्त्री प्रीति पटेलले बेलायती सांसदलाई ब्रिटेनमा हवाई यात्रा गर्नेको संख्या ९९ प्रतिशतको गिरावट आएको बताएकी छिन् । गत शुक्रबार कूल ९ हजार ९ सय ६ जना ब्रिटेन पुगेका थिए ।
ratopati.com
3,675,589
रिटमा निर्वाचन आयोगले सत्तापक्षको प्रभावमा परेर भरतपुरको १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको आरोप लगाउँदै निर्णय खारेजीको माग गरिएको छ । च्यातिएका ९० मतलाई बदर मानेर बाँकी मत गणना गर्ने आदेशको माग पनि रिटमा गरिएको छ । निर्वाचन आयोगको निर्णय बदर नभएमा भविष्यमा आपराधिक कार्यले प्रश्रय पाउने, निर्वाचन अन्तहीन प्रक्रिया बन्ने र दोस्रो चरणको निर्वाचनमा समेत सत्तापक्षको प्रभावमा परि निर्वाचन आयोगले निष्पक्ष निर्वाचन गराउन नसक्ने रिट निवेदकको दावी छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम मतगणनास्थल अनधिकृत कब्जा भएको भन्दै १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो । गत जेठ १४ गते भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणनाका क्रममा माओवादीका मतगणना प्रतिनिधिले मतपत्र च्यातेका थिए । मतपत्र च्यातिएको ५ दिनपछि निर्वाचन आयोगले फेरि मतदान गर्ने निर्णय गरेको थियो ।
imagekhabar.com
5,146,831
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीको अध्यक्षतामा सोमबार बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिँदै सरकारमा रहेका आफ्ना मन्त्रीलाई २४ घण्टाभित्र बाहिरिन निर्देशन दिएको थियो। यद्यपी एमालेको नेपाल–खनाल समूहका मन्त्रीले पार्टी केन्द्रको निर्णय कार्यान्वय गरेका छैनन्। एमालेका तीनमन्त्री अहिले पनि माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्टकै सरकारमा सहभागी छन्। सरकारबाट बाहिरिने निर्णयको विषयमा छलफल गर्न बुधवार बिहान एमाले प्रदेश संसदीय दलको बैठक बोलाइएको छ। मंगलबार एमालेको नेपाल–खनाल निकट सांसद मात्रै सहभागी संसदीय दलको बैठक बस्ने तयारी भएको थियो। तर सो समूहमै मतभेद देखिँदा पछि बैठक स्थगित गर्नु परेको थियो। बुधवार बिहान आह्वान गरिएको संसदीय दलको बैठकमा एमालेको ओली पक्ष पनि सहभागी हुने स्रोतले जनाएको छ। सरकारबाट बाहिरिन आधिकारिक निर्देशन आफूहरुलाई प्राप्त नभएको एमाले सुदूरपश्चिम प्रदेशका प्रमुख सचेतक तारालामा तामाङले बताए। उनी खनाल–नेपाल समूहमा आवद्ध छन्। ‘सरकारबाट बाहिरिने आधिकारिक जानकारी हामीलाई आएको छैन् । मिडियाहरुबाट कुरा सुनिएको मात्रै हो। त्यसैले अहिले नै राजीनामा दिएर बाहिरिने कुरा आउँदैन,’ उनले भने, ‘संसदीय दलको बैठकमा आज छलफल हुन्छ । त्यस पछि केही निकास निस्केला।’ एमालेको नेपाल–खनाल समूहका तीन जना सांसद प्रदेश सरकारमा मन्त्री छन् । संसदीय दलका नेता प्रकाश बहादुर शाह आन्तरिक मामिला तथा कानून मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीमा छन्। यस्तै नेपाल–खनाल समूहकै कृष्णराज सुवेदीले सामाजिक विकास मन्त्रालय र माया भट्टले उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हालेकी छन्। एमालेको ओली समूह यस अघि नै सरकारबाट बाहिरिएर माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट नेतृत्वको सरकार ढाल्न सक्रिय छ। पहिलो पटक प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेकपा विभाजित भएका बेला ओली निकट भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्री भट्टले पदमुक्त गरेका थिए। नेकपा माओवादी केन्द्रबाट विजयी आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा मन्त्री पदबाट राजिनामा दिँदै ओली खेमामा उभिएका थिए। सरकारबाट फिर्ता हुने वा नहुने पक्षमा नेपाल–खनाल समूहभित्रै मतभेद छ । प्रदेश संसदीय दलको नेता शाह भीम रावल निकट नेता मानिन्छन्। एमालेको संस्थापन पक्षले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा नेपाल–खनाल पक्षका नेता शाहले समर्थन यथावत राख्न चाहेको नेपाल–खनाल समूहकै नेताहरुको विश्लेषण छ। नेपाल–खनाल समूहमा केन्द्रको निर्देशन पालना गर्नुपर्ने मत पनि जोडबलका साथ उठिरहेको सांसदहरु बताउँछन्। ‘दुई÷तीन जनाको सरकारमा बस्ने इच्छाले हुदैन । पार्टीको निर्देशन अनुसार चल्नु पर्छ,’ ओली निकट सांसद रतन बहादुर थापाले भने, ‘अहिले सरकारबाट बाहिरिएर नयाँ बिकल्पका साथ अगाडि बढ्नु पर्ने धेरै साथीहरुको मत छ।’ पार्टीको निर्देशन विपरित गए कारबाही समेत भोग्नु पर्ने उनले चेतावनी दिए । ‘आज बस्ने संसदीय दलको बैठकमा यस विषयमा छलफल हुने छ। धेरै साथीहरुको भनाई अहिले पार्टीको निर्णय मानेर जानु पर्छ आएको छ,’ उनले भने, ‘त्यसैले सरकारबाट फिर्ता हुनुको बिकल्प छैन्।’ सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेको नेपाल–खनाल समूह बलियो छ । ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा नेकपा (एमाले) को सभामुखसहित २५ सांसद छन् । तीमध्ये १८ जना नेपाल–खनाल समूहमा छन् भने ६ जना मात्रै प्रधानमन्त्री एंवम् अध्यक्ष ओली समूहमा खुलेका छन् ।
nepalkhabar.com
1,808,032
महाशिवरात्रि मनाउन धनुषाबाट आएका साधक बाबुजी मुखिया अहिले पनि पुशपती मन्दिरमा व्यस्त छन्। शिवरात्रि पर्व सकिएको दुई दिन भइसकेको छ। अरू साधकहरू घर फर्किसकेका छन्। फर्कन बाँकी कतिपय साधकहरू फुर्सदमा छन्। तर, मुखिया भने व्यस्त छन्। उनी व्यस्त हुनुको कारणको फरक हुलिया। भारतको वाराणसीदेखि पशुपतिनाथ आएका उनी हनुमानको भेषमा देखिएका छन्। उनी हनुमानको भेषमा भएकैले पशुपति मन्दिर परिसर जाने अधिकांश मानिसहरू उनको हुलिया देखेर चकित हुन्छन्। उनीसँग फोटो खिच्न टिकटक भिडिओ खिच्नेहरूको लाइन नै लागेको छ। एक हातमा गदा, अर्को हातमा कमण्डलु बोकेर पशुपति मन्दिर परिसरमा डुलिरहेका उनलाई विशेषगरी युवतीहरूले पछ्याएका छन्। ‘पशुपतिको हनुमान, पशुपतिको हनुमान’ भन्दै उनको अघिपछि केटाकेटीहरू दौडन्छन्। अरू वयस्कहरू समेत उनीसँग फोटो, भिडियो खिच्न झुम्मिन्छन्। शिवरात्रिको मुख्य दिन सकिए पनि पशुपतिमा शिवरात्रिको रौनक सकिएको छैन। यो अवसरमा पशुपति घुम्न आएका स्वदेशी–स्वदेशी पर्यटकले मुखिया हनुमानसँग फोटो, भिडिओ खिच्छन्। फोटो भिडिओ खिचाएपछि कमण्डलुमा गच्छेअनुसार पैसा हालिदिन्छन्। उनी भन्छन्, ‘‘कतिपयले पैसा दिन्छन्। पैसा नहुनेलाई नदिए पनि हुन्छन् भन्ने गर्छ। आशीर्वाद दिएर पठाउँछु।’’ मुखिया हनुमानका लागि पशुपति नयाँ ठाउँ होइन। उनी २०५८ सालदेखि पशुपति आउन थालेका हुन्। उनी पशुपति आएपछि लामै समय बस्छन्। उनी हनुमान बनेर पशुपतिमा आउन थालेको २० वर्ष भइसकेको बताउँछन्। ‘‘शुरुमा म यहाँ आउँदा पहिलो पटक देख्दा हेर्नेको मेला नै लागेको थियो। अहिले भने धेरैले हेर्दैनन्’’, उनी भन्छन्। अरू साधकहरू जोगीको भेषमा भए पनि उनी फरक भेषमा थिए। भगवान् रामले सपनामा आएर ‘तिमी हनुमान बन’ भनेपछि आफू हनुमान बनेको उनले सुनाए। साधक बनेपछि दैनिक खानपानको लागि समस्या हुने भएकाले पनि हनुमान बन्दा फाइदा भएको उनी बताउँछन्।‘‘साधकको साधारण भेषमा हुँदा कसैले पैसा दिँदैनथ्यो। किनकि त्यस्ता साधक धेरै हुन्थे। हनुमान भएपछि एक छाक खान राम्रोसँग पुगेको छ’’, मुखिया भन्छन्। दिनभरमा आफ्नो कमण्डलुमा दैनिक पाँचसय बढी रकम जम्मा हुने उनी बताउँछन्। घरमा परिवारलाई समेत पैसा पठाउने उनी बताउँछन्। उनी भन्छन्, ‘‘भगवान् श्रीरामको कृपाले अहिलेसम्म राम्रै भइरहेको छ। खुशी छु।’’ पशुपति क्षेत्रमा शिव बहानामा गाँजा सेवन विकृति बढेकोमा उनी चिन्तित छन्। उनी ती बस्तु आफू पनि सेवा नगर्ने बताउँदै अरू केही साधकहरू यसैको व्यापार गरिरहेको आरोप लगाए। तर, अरू साधकहरूको आम्दानीको स्रोत नहुँदा गाँजा बेच्न बाध्य भएको उनको बुझाइ छ। साधक हुँदैमा गाँजा सेवन गर्नुपर्छ भन्ने मान्यता सत्य नरहेको उनको भनाइ छ। आफू पनि भाङ, धतुरो, गाँजालगायत नशालु पदार्थ सेवन नगर्ने भन्दै उनी अरूलाई सेवन नगर्न उनी सुझाव दिन्छन् ।
nepalviews.com
2,567,025
नयाँ नेतृत्वका लागि भएको लामो प्रयासबाट सर्वसम्मत र निर्वाचनमार्फत विजयी भएका पदाधिकारीले आधिकारिकरुपमा जिम्मेवारी पाएका हुन् । सर्वसम्मत हुन नसकेर निर्वाचनमा सहभागी भई हारेका र निर्वाचन प्रक्रियामा असन्तुष्टि जनाएकाको विवादका कारण आधिकारिकता पाउन नसकेका पदाधिकारीले पद तथा गोपनीयताको शपथसँगै जिम्मेवारी सम्हालेका छन् । जिम्मेवारी सम्हाल्ने नयाँ कार्यसमतिको अध्यक्षमा टासी वाङ्दी लामा रहेका छन् । समितिको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महिला उपाध्यक्ष पदमा क्रमशः देवीलाल भण्डारी, शिवप्रसाद पौडेल, सरोजकुमार खत्री र अनिता गुरुङ रहेका छन् । उनीहरुमध्ये पौडेल र खत्री निर्वाचनबाट र भण्डारी र गुरुङ सहमतिमा चयन भएका थिए । त्यस्तै, कोषाध्यक्ष, महासचिव र सचिवमा क्रमशः अनिता लामा, बुद्धिराज घिमिरे र जनकविक्रम शाही रहेका छन् । शाही निर्वाचित र सहकोषाध्यक्षका रामबहादुर थापा एकल उम्मेदवारीबाट चुनिएका हुन् । यसैगरी, सदस्यमा बालकृष्ण कँडेल, लालबहादुर रावल, नारायण खड्का, राजनकुमार पौडेल र महिला सदस्यमा सिर्जना पाण्डे विजयी भएका छन् । सदस्य पाँचैजना निर्वाचन प्रक्रियाबाट आएका हुन् । लामा नेतृत्वका पदाधिकारीलाई निर्वतमान अध्यक्ष सुदन थापाले सोमबार जिम्मेवारी हस्तान्तरण गरेका थिए । अन्तरराष्ट्रिय समन्वय परिषद् सदस्यमा अनुज थापा, डिलाराम खरेल, दिनेशकुमार गुरुङ, कपिलदेव थापा, केशर गिरी पनि सहमतिमा निर्विरोध चयन भएका थिए ।
ratopati.com
5,273,188
ऋतुअनुसार हावापानी पनि परिवर्तन भइरहन्छ । त्यसरी परिवर्तन भइरहने हावापानी सकारात्मक र नकारात्मक दुवै पक्ष छन् । नेपालमा वर्षा आएपछि बाढी र पहिरोले... प्रतिनिधिसभा विघटनबारे प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले ढुलमुले चरित्र देखाएको छ । काङ्ग्रेसका केही नेताहरू संसद् विघटन ‘असंवैधानिक’ र ‘निर्वाचन हुनैनसक्ने’ रटान लगाइरहँदा काङ्ग्रेस सभापति शेरबहादुर देउवाले भने चुनावमा जान तयार... नेपाली राजनीतिमा ऐन मौकामा ठोकिन आउने नाम हो–एसडी मुनी । भारतमा नेपालविद् भनी परिचय बनाएका मुनीले ‘ट्रान्जिसन इन नेपाल’ पुस्तकमा नेपालका माओवादी नेताहरूले भारतीय संस्थापनसँग कसरी सम्पर्क राखेका थिए भन्ने... प्रतिनिधिसभा विघटनको मुद्दा यतिबेला सर्वोच्च अदालतमा विचाराधीन छ । विघटनविरुद्ध अदालतमा परेको मुद्दाको सुनुवाइ सुरु भइसकेको छ । प्रधानमन्त्रीको नाममा अदालतले जारी गरेको कारण देखाउ आदेशअनुसार प्रधानमन्त्रीले जवाफ पनि पठाएका छन् ।... अमेरिकी स्वतन्त्रता आन्दोलनका नेता र योद्धाहरूले कुनै दिन चुनावमा पराजय भएकै रिसमा अमेरिकी संसद् भवनमाथि अमेरिकाकै कोही सन्काहा नेताबाट हमला हुनसक्ला भनी सायद कहिल्यै कल्पना गरेका थिएनन् । बेलायती उपनिवेशवादविरूद्ध... कोरियाली मजदुर पार्टीको आठौँ महाधिवेशन मङ्गलबारबाट सुरू भएको छ । प्रजग कोरियाको आधिकारिक सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्वीरमा हजारौँको सङ्ख्यामा कोरियाली मजदुर पार्टीका नेता–कार्यकर्ता प्योङयाङको एउटा भव्य सभा कक्षमा भेला भएको... छिमेकी देश भारतले नेपालको भूमि मिच्ने काम अहिले पनि छोडेको छैन । भारतीय पक्षले कालापानी, लिपुलेक र लिम्पियाधुराको नेपाली भूमि मिचेको विरोधमा सल्केको नेपालीको स्वर सेलाएको छैन । नेपाली भूमि मिचेको... केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले विभिन्न उदारपन्थी विचारका बुद्धिजीवीहरूका तर्कलाई अघि सार्दै संरा अमेरिकामा जो बाइडेनले कार्यकाल सम्हालेपछि अमेरिकामा ‘परिवर्तन’ आउने विश्लेषण गरेका छन् ।
onlinemajdoor.com
2,382,850
नेकपा (माओवादी केन्द्र) करिब ९ वर्षपछि प्रतिपक्षमा पुग्ने परिस्थिति निर्माण भएको छ । सोमबार मध्यराति कांग्रेस र एमाले मिलेर सत्ता समीकरण फेरबदल गर्ने निर्णय गरेपछि माओवादी प्रतिपक्षमा पुग्ने परिस्थिति बनेको हो । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पार्टीले सर्मनाक हार व्यहोरेपछि २०७२ असोजसम्म माओवादी प्रमुख प्रतिपक्षमा बसेको थियो । त्यतिबेला कांग्रेस र एमालेसहितका दलले सरकार बनाएका थिए भने कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री भएका थिए । यसैबिच २०७७ साल पुस ५ गते एमालेका अध्यक्ष केपी ओली नेतृत्वको नेकपा सरकारले संसद् विघटन गरेपछि माओवादी सत्ताबाट बाहिरिएको थियो । नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला सर्वोच्च अदालतले २०७७ फागुन २३ गते विघटन गरी साबिक एमाले र माओवादी अस्तित्वमा आएका थिए । तर संसदमा दोस्रो ठुलो दल कांग्रेस भएकाले माओवादीले प्रमुख प्रतिपक्षको भूमिकाबाट वञ्चित भएको थियो । २०६२ साल मंसिरमा १२ बुँदे सम्झौतामार्फत माओवादीले सशस्त्र विद्रोह त्यागेर शान्ति प्रक्रियामा आएको थियो । सोही सम्झौताको जगमा भएको ०६२÷६३ को जनआन्दोलनले २४० वर्षे लामो राजतन्त्र ढाल्यो । र, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको थियो । शान्ति प्रक्रियाको करिब १८ वर्षमा माओवादीले सत्ताको लाभैलाभ लिएको छ । राजतन्त्र ढलेपछि ०६३ सालमा तत्कालीन कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वको अन्तरिम सरकारबाट माओवादीले सत्ता यात्रा प्रारम्भ गरेका थियो । गणतन्त्र स्थापनापछि १८ वर्षमा देशमा १४ मध्ये १३ वटा सरकार बनिसकेको छ । नयाँ सत्ता समीकरण बनेपछि ओली फेरी प्रधानमन्त्री बन्ने तयारीमा छन् । यसबिचमा बनेको १३ वटा सरकारमध्ये माओवादीले ४ वटा सरकारको नेतृत्व गरेको छ । १० वटा सरकारमा महत्त्वपूर्ण हिस्सासहित माओवादी सरकारमा सहभागी भएको छ । तीन वटा सरकारमा प्रतिपक्ष दलको भूमिका निर्वाह गरेको छ । ०६३ सालमा बनेको कोइराला नेतृत्वको संयुक्त अन्तरिम सरकार बनेको थियो । २०६४ को पहिलो संविधानसभा निर्वाचनपछि सबैभन्दा ठुलो दल रहेको नेकपा माओवादीको नेतृत्वमा सरकार बन्यो । एमाले, मधेसी दलहरूको समर्थनमा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री प्रचण्ड भएका थिए । दुई तिहाइको सरकार प्रधान सेनापति रुपमाङ्गत कटुवाल प्रकरणमा ९ महिनामै प्रचण्डले राजीनामा दिए । उनको राजीनामापछि एमालेका नेता माधव नेपाल २०६६ सालमा प्रधानमन्त्री भए । संविधानसभा निर्वाचनमा दुईदुई ठाउँबाट पराजित भएका नेपाल कांग्रेसको समर्थनमा प्रधानमन्त्री भएका थिए । तर एमालेभित्र चरम विवाद भएपछि नेपालले राजीनामा दिए । त्यतिबेला नेपाल नेतृत्वको सरकारमा माओवादी सहभागी भएन । नेपाल नेतृत्वको सरकार गिरेपछि माओवादीको समर्थमा अध्यक्ष झलनाथ खनाल २०६७ सालमा प्रधानमन्त्री भए । खनाल नेतृत्वको सरकार ६ महिनामै ढलेपछि २०६८ सालमा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री भए । २०७९ साल जेठ १४ गते संविधानसभा भङ्ग भएपछि भट्टराई पदमुक्त भएका थिए । त्यसपछि दलहरूबिच अविश्वास गहिरिएर एकले अर्कालाई स्वीकार गर्ने अवस्था भएन । अन्तरिम संविधानमा भएको बाधा अड्काउ फुकाउको व्यवस्थालाई टेकेर सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा गैरराजनीतिक सरकार गठन भएको थियो । ०७२ सालमा सुशील कोइरालाको नेतृत्वमा कांग्रेस र एमाले लगायत दलहरू मिलेर संयुक्त सरकार गठन गरे । संविधान सभामा पहिलो र दोस्रो ठुलो दल सरकारमा गएपछि माओवादी प्रतिपक्षमा बसेको थियो । २०७२ साल असोज ३ गते नयाँ संविधान जारी भएपछि एमालेका अध्यक्ष केपी ओली माओवादीको समर्थनमा प्रधानमन्त्री भए । तर ९ महिना नपुग्दै ०७३ सालमा कांग्रेसको समर्थनमा प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री भए । कांग्रेस र माओवादीबिच आलोपालो प्रधानमन्त्री बन्ने सहमति अनुसार पहिलो चरणमा उनी प्रधानमन्त्री भएका थिए । २०७४ को चुनावी सरकारको नेतृत्व कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेका थिए । सो निर्वाचनमा एमाले र माओवादी मिलेर चुनावी तालमेल गरी झन्डै दुई तिहाइ बहुमत ल्याएका थिए । ०७४ फागुन ३ गते ओली माओवादीको समर्थनमा ओली दोस्रो पटक प्रधानमन्त्री भए । तर ४० महिना नपुग्दै सत्ता नेतृत्व दल नेकपा विभाजन भएपछि संविधानको धारा ७६(५) बमोजिम सर्वोच्चको परमादेश अनुसार २०७८ साल असार २९ गते देउवा प्रधानमन्त्री भए । २०७९ को निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धन गरेर निर्वाचनमा होमिएका थिए । निर्वाचनपछि कांग्रेसलाई जिल्ल्याउँदै एमालेको समर्थनमा प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बन्न सफल भएका थिए । तीमध्ये माधव नेपाल(२०६६), खिलराज रेग्मी(२०६९), सुशील कोइराला(२०७०) नेतृत्वको सरकारमा माओवादी सहभागी भएको छैन । २०६३ साल असार २ गते प्रधानमन्त्री निवास बालुवाटारबाट सार्वजनिक भएका प्रचण्ड यस अवधिमा तीन पटक प्रधानमन्त्री बने ।
ratopati.com
3,344,983
भर्खरै सम्पन्न आम निर्वाचन–२०७९ को नतिजा हेर्दा ओखलढुंगामा एमाले कमजोर देखिएको छ । अघिल्लो निर्वाचन ०७४ मा नेकपा माओवादी केन्द्रले साथ दिँदा ‘प्रचण्ड’ बहुमत ल्याएर एमालेका यज्ञराज सुनुवार निर्वाचित भएका थिए । उनले ३२ हजार ५ सय ८० मत ल्याएर विजयी हुँदा कांग्रेसका रामहरि खतिवडाले २७ हजार ३ सय २७ मत पाएका थिए । तर, यसपटक भने परिस्थिती फेरिएको छ । त्यहाँ माओवादीले अन्य दलसँग मिलेर एमालेलाई हराउन सफल भयो । प्रतिनिधिसभातर्फ एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा एमाले सबै सिटमा पराजित भएको छ ।प्रतिनिधिसभा र एक प्रदेशसभामा नेपाली कांग्रेस विजयी भएको छ भने प्रदेशसभा २ मा माओवादी केन्द्र विजयी भएको छ । प्रतिनिधिसभामा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका खतिवडा निर्वाचित भएका छन् । त्यस्तै प्रदेशसभा १ मा कांग्रेसकै उम्मेदवार प्रदीप सुनुवार र २ मा माओवादी केन्द्रका बाबुराम गौतम विजयी भएका छन् । कांग्रेसका खतिवडाले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारलाई ६ हजार ८१८ मतान्तरले पराजित गरेका हुन् । खतिवडाले ३३ हजार ५५६ मत पाउँदा सुनुवारले २६ हजार ७३८ मत प्राप्त गरे । प्रदेशसभा १ मा प्रदीपले निकटम प्रतिस्पर्धी एमालेका अम्बिरबाबु गुरुङलाई ३ सय ६० मतले पराजित गरेका हुन् । उनी १४ हजार ९ सय १६ मत ल्याएर विजयी भए भने एमालेका गुरुङले १४ हजार ५ सय ५६ मत ल्याएर दोस्रो भए । यता प्रदेशसभा २ मा माओवादीका गौतमले एमालेका ज्ञानबहादुर खड्कालाई एक हजार ९६ मतले पराजित गरे । उनले १५ हजार ७३८ मत ल्याए भने एमालेका खड्काले १४ हजार ६४२ मत प्राप्त गरेका छन् । २०६४ को पहिलो संविधानसभा निर्वाचन अगाडि ओखलढुंगामा सधैं कांग्रेस निर्वाचित हुँदै आएको थियो । जिल्लालाई कांग्रेसको गढ मानिदै आएकोमा ०६४ पछिका निर्वाचनमा कांग्रेस कमजोर हुँदै गएको थियो । तर यो पटकको चुनावी नतिजाले फेरि जिल्लामा कांग्रेस ठूलो दल बनेको छ । एक नगरपालिकासहित ८ स्थानीय तह रहेको जिल्लामा गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले चार स्थानीय तह जित्दै ठूलो दल बनेको थियो । गत स्थानीय तहको नतिजा र भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनबाट पराजित भएसँगै जिल्लामा एमाले कमजोर हुँदै गएको देखिन्छ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
drishtinews.com
354,346
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएकी अनितादेवी साहले आज शपथ लिँदै छिन् । जनमत पार्टीका तर्फबाट साहले आज बिहान मन्त्रालयको जिम्मेवारीको शपथ लिने भएकी छन् । आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ लिने कार्यक्रम रहेको जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए । उनले भने, “हामीले उनको नाम धेरै अघिदेखि पठाएका थियौँ । सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा शपथका लागि खबर आएको छ ।” जनमत पार्टीको सचिवसमेत रहेका साह समानुपातिकतर्फ प्रतिनिधिसभाको सांसद हुन् । साह जनमत पार्टी स्थापनाकालदेखि नै पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएकी छन् । यसअघि उनले विसं २०७९ को स्थानीय तहको निर्वाचनमा जनकपुर उपमहानगरपालिकाको प्रमुखका रूपमा उम्मेदवारी दिएकी थिइन् । उनी जनकपुरमा भएको पार्टीको महाधिवेशनको आयोजक समितिको अध्यक्ष समेत बनिन् । विसं २०३९ मा औरही गाउँपालिकामा जन्मिएकी उनले जनसङ्ख्या विषयमा स्नातकसम्म अध्ययन गरेकी छन् ।
hamrakura.com
9,643
मैथिलहरूले हजारौं वर्ष पहिलेबाट उत्सवका लागि चित्रकलालाई विकसित पारेको देखिन्छ । चित्रहरू तान्त्रिक प्रतीकहरूले परिपूर्ण रही जीवनको तान्त्रिक विचारधाराको प्रतिनिधित्व गरिरहेका छन् । कोहवर, अरिपन र पौराणिक कथामा आधारित दृश्य मिथिला चित्रकलामा जनप्रिय रहेका छन् । अरिपनको पदचिह्नले सूर्य, चन्द्र तथा पृथ्वीको आत्माको रुप पाइन्छ । सिन्दृरको रातो बिन्दृले प्रकृतिको शक्ति रुपलाई बोध गराउँछ । कोहवरमा वासनात्मक मुद्रा, अरिपनमा शास्त्रोक्त क्रिया पद्धति एवं घरेलु धार्मिक उत्सवहरूका लागि पवित्र ठाउँको प्रतिनिधित्व पनि गरिरहेको छ । चित्रहरू पुरातन शैलीको भए तापनि स्पष्टरूपले भाव र प्रतीकमा श्रेष्ठ छन् । चित्रमा मुख सधैँ पाश्र्व दृश्यमा हुन्छन् भने आँखा अगाडिबाट देखिने हुन्छन् । खुट्टाहरू तिर्यक, लामा चुच्चे नाक र ठूला आँखा भएका अनुहारले मङ्गोलियन प्रभाव निर्मित नदेखाई आर्य सन्ततिको बोध गराउनु यसको उत्कृष्टता मानिन्छ । आज–भोलि पनि मिथिलाका नारीहरू कुनै धार्मिक काम र उत्सवमा आफ्ना घर, भित्ता एवं आँगन चित्रहरू बनाउँछन्, बनाइएका चित्रहरू प्राचीन र मध्यकालीन चित्रहरूको जस्तै साधारण हुन्छन् तथा तत्कालीन समयको मिथिलाको पुरातन परम्परालाई जीवित रूपमा देखाउँछन् । मूल रूपमा यो कला नारी वर्गसँग सम्बद्ध छ । यो आश्चर्य तर सत्य हो कि पुरूष वर्गले अपवाद रूपमा नै कला साधनामा भाग लिएका छन् । मिथिलाको संस्कृति लोक वैदिक संस्कृति हो । यसको कला परम्परा लोक वैदिक संस्कृतिकै उपज हो, चित्रकला पुस्ताले अर्जित गरेको सम्पत्ति हो र युगानुरूप नयाँ आयाम थपिदै गएका छन् । विषय–वस्तु, रङ्गमा परिवर्तन आए पनि मौलिक संस्कार र प्रवृत्ति अझ पनि त्यसै रूपमा सुरक्षित छ । यस कलाको सांस्कृतिक महत्वसहितको इतिहास हर्षवद्र्धन (सन् ६०३–६४३ ) को समयमा रचित हर्षचरित र नैषद्ध चरित ग्रन्थहरुमा उल्लेखित ग्रहवर्मनको कोहवर भित्ति चित्रमा देवता र कामदेवको चित्र तथा अरिपनहरुको चर्चा पाइन्छ । कालिदासको महाकाव्य मेघदूतमा पनि काव्यका चरित्र नायक नवविवाहित यक्षको कोहवर घरको प्रवेश द्वारको भित्तिमा कमल शङ्खका चित्र बनाएको उल्लेख छ । त्यतिखेर विवाहका लागि वरवधुको वरण गरेअनुसार वरको अनुपस्थितिमा वरको प्रतीक फलक (काठ/हाती दाँत) बनाएर पडाउने वा मगाएर हेर्ने र यज्ञ वरको चित्र राखेर विवाह गर्ने प्रचलन रहेको पनि तत्कालीन साहित्यमा चर्चा भएको पाइन्छ । यस कलाको प्रशंसात्मक चर्चा चौधौँ शताब्दीका विद्वान त्योतिरीश्वरले पनि वर्ण रत्नाकर नामक पुस्तकमा गरेका छन् तर यसको परम्परालाई हेर्ने हो भने अझ प्राचीन कालको हिन्दू सभ्यता र संस्कृतिको स्वर्णिम युगको इतिहासका पानालाई पल्टाउनु पर्ला जस्तो लाग्छ । डा. उपेन्द्र ठाकुरको ‘हिस्ट्री अफ मिथिला’ पुस्तकमा भगवान रामचन्द्रको विवाहमा पनि राजा जनकको दरबारमा भित्तीचित्रहरु बनाइएको उल्लेख छ । मिथिला चित्रकलामा सेतो रङ्ग अर्बा चामलको पीठो, सिन्दूरी रङ्ग सिन्दूर र बाख्रीको दूधको मिश्रण, नीलो रङ्ग वनस्पति नील, रातो रङ्ग कुसुम फूल, पीत रङ्ग डोका, घोंंघाबाट चूनामा वरगदको दूध मिश्रण, हरियो रङ्ग सिमी वा बेलको पात र कालो रङ्ग जौका खरानी र गाईको गोबर वा बेलको गुंदको मिश्रणको चलन रहेकोमा वर्तमानमा रासायनिक रङ्गले प्रश्रय पाएको छ । प्राकृतिक रङ्गहरुमा स्थायीत्व हुन्छ भने रसायनिक रङ्गमा स्थायीत्वको अभाव देखिएको छ । प्राकृतिक रङ्गहरु घरैमा बनाउने चलन थियो । यसका विषयवस्तुहरूमा मुख्यतयाः लौकिक, पारलौकिक र प्रतीकात्मक पक्षहरूलाई समेटिएको पाइन्छ । लौकिक विषयवस्तु अन्तर्गत धार्मिक, सांस्कृतिक र काल्पनिक विषयवस्तुमा प्राकृतिक दृश्यहरू नदी, पहाड, बगैंँचा, लहरा, कदम, कटहर, चरा, माङ्गलिक वस्तुहरूको साथै सजावटका विभिन्न चित्रहरू र पारलौकिकमा देवीदेवताका सुन्दर चित्रहरू पर्दछन् । प्रस्तुत शिव, विष्णु, लक्ष्मी, सरस्वती, रामसीता, राधाकृष्णका चित्रमा मानवीय भाव, स्नेह एवं ममताको प्रतीकात्मक अभिव्यक्तिको बोध गराउँछ । त्यस्तै प्रतीकात्मक विषयअन्तर्गत विभिन्न वनस्पति, प्राणीलगायत चराचुरूङ्गीको बाहुल्यता पाइन्छ । धार्मिक अनुष्ठान र लोकाचारमा आधारित यो कला जीवनको अभिन्न अङ्ग हो । यस कलामा समान्यतः सात किसिमको रङ्गको प्रयोग देखिन्छ । प्राकृतिक र घरेलु उपकरणबाट तयार गरिएको रङ्गले भिन्दा भिन्दै वस्तुहरूको भावलाई उजिल्याउने गरेको छ जो पुस्तौं पुस्तादेखि आमसमुदायमा स्थापित हँुदै आएको छ । पूजाआजा, चाडपर्व अन्य संस्कारहरू उपनयन, विवाह जस्ता अवसरमा कुन–कुन प्रतीकको प्रयोग गर्नेबारे एउटा परम्परा नै बसेको पाइन्छ । मिथिला चित्रकलामा लौकिक अन्तर्गत जीवन र प्रकृतिलाई आधार बनाई वस्तुसत्तात्मक र धारणात्मक प्रतीक परिलक्षित हुने गरेको छ । मिथिला चित्रकलामा प्रतीक संयोजन अत्यन्त कलात्मक रूपमा गरिएको पाइन्छ । कलामा संयोजन गरिएका हात्तीलाई शुभ, वैभव र नारी जातिको प्रतीकका रूपमा मानिएको छ भने घोडालाई सूर्य, बल र पुरूष जाति, गाईलाई पवित्रता र मातृत्वका प्रतीक मानिएको छ । त्यस्तै सुगालाई गुरू र मित्रता, माछालाई उत्पादनशक्ति र नारी जातिको प्रतीक मानिएको पाइन्छ । अन्य जीवजन्तुमा कछुवालाई विष्णु, पुरुष वर्ग र दीर्घायु, हाँसलाई सौन्दर्य तथा संसारका कठिनाई पार गर्दै जाने र ज्ञानका प्रतीक मानिएको छ भने युगल जोडी हाँसलाई प्रणय र सुखद् दाम्पत्य जीवनको सङ्केतका रूपमा लिइएको छ । कला मानव संस्कृतिको उपज भएकाले कला र संस्कृतिमा लोककलाको अनौठौ संयाजन पाइन्छ । मिथिला चित्रकलामा मयुरलाई नृत्य, सौन्दर्य एवं प्रेमको निवेदक र अनारलाई सौन्दर्यको प्रतीक मानिन्छ । त्यस्तै कदमको फूललाई प्रेमको र कमल फूललाई कोमलता, अनुराग, सौन्दर्य, नारीको शरीरका साथै लक्ष्मीको सङ्केत प्रदान गरी वैभवलाई औंल्याएको हुन्छ । त्यस्तै बाँसलाई वंश वृद्धि र पुरूष जातिको प्रतीकका रूपमा मानी चित्रहरूमा अङ्कित गरिएको पाइन्छ । सरसता, समरसता एवं संवेदनशीलतासहितको यो प्रतीकात्मक परम्परा मैथिल संस्कृतिको एउटा यस्तो शिल्प हो जो मैथिलहरूको जीवनशैलीमा यसको दखल नङ–मासुजस्तो देखिन्छ । चित्र तथा मूर्ति बनाइएको घर शून्य हुँदैन भन्ने प्रचीन मान्यताका आधारमा चित्रका अलङ्कारिक अंशका गुणग्राहक तत्वलाई महत्व दिएर त्यसलाई आफ्नो संस्कृतिको आत्माका रूपमा चिरस्थायी बनाएको पाइन्छ । मैथिल संस्कृतिमा विवाहको चतुर्थीको विधि नहुन्जेलसम्मको भित्ते चित्र पनि रङ्गाउने गरिन्छ । यसमा केटाकेटी र घोडाको चित्रद्वारा प्रतीकात्मक रूपमा यौन शिक्षा प्रदान गर्ने जमर्को गरिएको हुन्छ । कोहबर घरका चित्रहरु प्रतीकात्मक अर्थमा सम्पूर्ण जविनचक्रको कथा नै हो । मिथिला लोक चित्रकलाले वंशगत शिल्पगत तथ्यअन्तर्गत संसार स्वर्गीय र मानवीय कुराको गठबन्धन जस्तो हो भन्ने भावभूमिमा प्रतीकात्मतालाई आत्मसात गर्दै समाजलाई एक सूत्रमा आबद्ध गर्ने द्योतकसमेत मानिएको छ । मैथिल महिला जुन हातले चित्र बनाउँछन् तिनीहरू तिनै हातले भित्तामा उस्तै कलाकृतिको पनि सिर्जना गर्दछन् । तिनै हातले सिकी, मोथी, मुञ्ज आदिका अनेक शिल्पी सामग्री पनि रङ्गीन चित्रावली समान रचना गर्दछन् । ती कलाहरूमा जीवन, प्रकृति र कल्पनालाई विषय वस्तुगत रूपमा संयोजित गर्दा कसैकसैले प्रकृतिको निरीक्षण गर्ने चेष्टा गरेका हुन्छन् भने कसैले जीवनको गतिशीलता र कसैले काल्पनिक भावनालाई गीतात्मक रूपमा संप्रेषण गर्न खोजेको पाइन्छ । मिथिला चित्रकलामा जानेर–नजानेर धार्मिक आस्थाका आधारमा वैज्ञानिक तथ्य पनि पर्याप्त छन् । देवीदेवता, सूर्य, चन्द्र, तारा, नवग्रह, पृथ्वी, सर्प, जलाशय, माछा, विच्छी आदिको धार्मिक महत्वसँगै वातावरणसँगसमेत सम्बन्धित छ । तिनीहरूको चित्र बनाएर पूजा गर्नु धार्मिक मान्यताअनुसार डरबाट मुक्ति र सुरक्षित रहनु पनि मानिन्छ । भित्ती र भूमिबाट कागत र कपडामा नियमित प्रयोजनमा सीमित मिथिला चित्रकला विश्वका सामुन्ने कला पारखी र प्रेमीलाई आनन्द दिन पनि सफल तथा लोकप्रिय भएको छ । मिथिला चित्रकलाले विदेशी कलाप्रेमीका पर्व र समारोहमा शुभकामना आदान प्रदान गरी जित्न सफल भएको पनि देखिन्छ । यसरी हजारौं वर्षदेखि मैथिल जनजीवनमा प्रतीक विधानद्वारा छाप छोड्दै आइरहेको मिथिला चित्रकलाका यी विशिष्ट चित्र शैलीहरु पनि आफ्नो रहस्यमयता र तान्त्रिक अर्थबोधको लागि निरन्तर अध्ययन शोधको विषयका रुपमा स्थापित भइसकेकाले यसलाई पाठ्यक्रममा राखी जीवन्त राख्नु पर्दछ ।
canadanepal.com
4,652,879
अर्थमन्त्री डा. प्रकाश शरण महतले बिमा कम्पनीप्रतिको विश्वास बढाउन आवश्यक भएको बताएका छन्। नेपाल बिमा प्राधिकरणको ५५ औं वार्षिकोत्सबको अवसरमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री महतले त्यस्तो बताएका हुन्। 'बिमा भनेको सुरक्षा हो। त्यसैले यसलाई सबैको पहुँचमा पुर्‍याउन आवश्यक छ,' अर्थमन्त्री महतले भने, 'आम नागरिकलाई बिमा सम्म जोड्न सबैभन्दा पहिला बिमा कम्पनीप्रतिको विश्वास बढाउन आवश्यक छ।' उनले नेपालको सन्दर्भमा बिमा कम्पनी धेरैले भएको भन्दै बढीभन्दा बढी बिमा कम्पनीलाई मर्जको बाटोमा जानुको विकल्प नभएको बताए। 'बिमा कम्पनीहरुको बारेमा यथेष्ट विस्वास भएन भने सरकारले जतिसुकै चाहे पनि यसलाई अगाडि बढाउन सकिदैन,' महतले भने, 'नेपाल जस्तो देशमा यति धेरै बिमा कम्पनी रहनु सुरक्षा तथा खर्चको हिसाबले पनि ठिक होइन।' उनले बिमा प्राधिकरणले बिमाको हकमा महत्त्वपूर्ण भूमिका खेल्छ भन्नेमा विस्वस्त रहेको बताए। 'सरकारले बिमालाई उच्च प्राथमिकता दिएको छ। सरकारको दायित्व बढिरहेको, रेभ्युन्यु बढिरहेकाले यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय पनि महत्त्वपूर्ण छ,' महतले भने, 'आजैको बजेटले सबै समस्या समाधान हुन्छ भन्ने दाबी म गर्दिन तर अब विस्तारै सुधार हुनेक्रम सुरु भइसकेको छ ।
capitalnepal.com
1,208,391
बाँच्नका लागि हरसम्भव उपाय अपनाएर सुरक्षित हुने कोसिस गरिरहेका छौं। अहिले मानव समाजले सामना गर्नुपरेको अस्तित्वको संकट पनि प्रकृतिसँगको मानवको असन्तुलित सम्बन्धको कारणले नै भएको हो। मानवको पर्यावरण प्रणाली र अन्य जीव प्राणीसँगको सम्बन्धको प्रकृति, उसको खानपिन र सामाजिक संस्कृति इत्यादिले सिर्जना गरेको संकट हो। पशुपन्छी तथा अन्य जीवबाट मानवमा संक्रमण भएका रोग मानवले पर्यावरण प्रणालीमा ल्याएको विचलनका कारणले भएका तथ्य प्रकाशमा आएका छन्। हामी सबैलाई थाहा छ, हामीले एक दिन यस धर्तीबाट बिदा लिनुपर्छ। तर जब अप्रत्याशित घटना हुन्छन् र त्यस्ता घटनाले हाम्रो अस्तित्व संकटग्रस्त हुन्छ तब हाम्रो सोच, चिन्तन र मनोविज्ञानले ठूलो चुनौतीको सामना गर्नुपर्ने हुन्छ। संकटमा परेको आफ्नो अस्तिव जोगाउनुभन्दा ठूलो सफलता अर्को केही हुन सक्दैन भन्ने सबै जीव प्राणीमा हुन्छ नै। मानव त जीव प्राणीमा चेतनाको उच्चतम विकास भएको प्राणी हो। लाखौं वर्षको विकासको क्रममा प्राकृतिक छनौटको प्रक्रियाबाट मानव चेतनाको विकास भएको हो। विगत ६० वर्षदेखि हालसम्म आइपुग्दा विज्ञान र प्रविधिको तीव्र विकासले मानवलाई प्रकृतिको एउटा डरलाग्दो प्रतिद्वन्द्वीको रूपमा खडा गरेको छ। यसले उसलाई धेरै दम्भी बनाएको छ जसको परिणामस्वरुप प्रकृतिमाथि जसरी पनि विजय प्राप्त गर्नुपर्छ भन्ने सोचबाट ऊ परिचालित र निर्र्देिशत भएको छ। प्रकृति, जीवजगत् र पृथ्वीको पर्यावरण प्रणालीसँगको उसको अन्योन्या िश्रत सम्बन्ध र अन्तरनिर्भरतालाई बुझेर बुद्धिमत्ताापूर्ण सोच, व्यवहार, र क्रियाकलापबाट आफ्ना आवश्यकता पूरा गर्नुको सट्टा त्यसको ठीक विपरीत प्रकृति र पृथ्वीको पर्यावरण प्रणालीमाथि नै धावा बोल्नु उसको मुर्खतासिवाय केही हुन सक्दैन। मानवले विज्ञान र प्रविधिलाई प्रकृतिमाथि विजय प्राप्त गर्ने उद्देश्यले हतियारको रूपमा प्रयोग गर्दै आएको छ जो विल्कुल गलत र अनैतिक पनि छ। जब प्रकृतिको सन्तुलन ध्वस्त हुन्छ र फेरि प्रकृति आफ्नो सुरुको सन्तुलनमा फर्किन नसक्ने अवस्थामा पुग्छ, तब मानवताले आफ्नै विनासको दुष्चक्रमा फस्नुपर्ने अवस्था सिर्जना हुन्छ। मानवले आज भिन्न युगमा प्रवेश गरिसकेको छ। यस युगमा प्राकृतिक छनौटभन्दा पनि सांस्कृतिक छनौट (सामाजिक, आर्थिक, विज्ञान तथा प्रविधि) ले मानवको चेतना जगतलाई प्रभावित पार्ने मात्र होइन कि ऊ यो नयाँ युगमा कसरी बाँच्न चाहन्छ, त्योसमेत निर्धारण गर्ने छ। यदि मानव चेतनाले वर्तमान अवस्थामा ऊ बाँचिरहेको संस्कृतिलाई रूपान्तरण गरी प्रकृति तथा पृथ्वीको पर्यावरण प्रणालीसँग बिग्रेको सम्बन्धलाई पुनस्र्थापना गरी पर्यावरणीय संस्कृति तथा सभ्यताको सुरुवात गर्ने सके, भावी सन्तति र मानव अस्तित्वको दिगो व्यवस्थापन हुन सक्छ। लाखौं वर्षको विकासको प्रक्रियाबाट सिर्जना भएको प्राकृतिक सन्तुलन जब मानव क्रियाकलापबाट पुनस्र्थापना हुनै नसकिने गरी विखलन हुन्छ, त्यस्तो अवस्थामा प्रकृतिले नयाँ सन्तुलन कायम गर्न प्रतिक्रियास्वरूप जुन क्रियाकलाप देखाउने हुन्छ, त्यसले सोच्नै नसकिने किसिमका विकराल परिस्थितिको सिर्जना गर्छ। यही अवस्थाले मानवलगायत प्राणी जगत्को अस्तित्व नै संकटग्रस्त बनाउने हुन्छ। मानवले समयमा नै आफ्नो बुद्धि, विवेक र चेतनालाई पर्यावरणीय संस्कृति सिर्जना गर्ने दिशामा विज्ञान-प्रविधि र आफ्ना दैनिक क्रियाकलापलाई चलायमान नगराउने हो भने आउने दिनहरूमा दोहोरिरहने यस्ता महाविपत् र संकटको सामना गरिरहनुपर्ने हुन्छ। मानवले विगत ६÷७ दशकमा प्रकृति तथा पृथ्वीको भौतिक, रासायनिक, जैविक तथा पर्यावरण प्रणालीलाई यति तीव्र गतिमा नकारात्मक दिशामा रूपान्तरण गरिसकेको छ कि एकातिर यसले प्रकृतिको सन्तुलनमा विचलन ल्याउने काम गरेको छ भने, अर्कोतिर प्रकृतिको रचनात्मक तथा पुनरुत्पादन गर्ने क्षमता नै ध्वस्त बनाउने काम गरेको छ। धेरै लामो समयको निरन्तर विकासवादी प्रक्रियाबाट अस्तित्वमा आएको प्राकृतिक तथा पर्यावरण प्रणालीको सन्तुलनमा विचलन आउनाले, प्राकृतिक प्रणालीले नयाँ सन्तुलनमा जानुपर्दा, परिवर्तनको गति, स्वरूप र ढाँचा मानवका लागि कल्याणकारी नहुनु स्वाभाविक हो। प्रकृतिको नयाँ समतोलमा मानवले आफूलाई अनुकुलनीकरण गर्ने प्रक्रियामा धेरै ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ। यसबाट मानव अस्तित्व नै लोप हुनसक्ने अवस्था आउन सक्छ। मानवले प्रकृतिमाथि विजय प्राप्त गर्न सुरु गरेको यो युद्घ एकदिन आफ्नैविरुद्ध लड्नुपर्ने छ भनेर सोचेको थिएन। अहिले चलिरहेको मूलधारको बजारमुखी र नाफाखोर आर्थिक प्रणालीले जमिन, समुद्र र पृथ्वीको भूमण्डलीय प्रणालीबाट जुन मात्रामा स्रोतसम्पदा उत्खनन गरी एकातिर केही सीमित मानिस तथा बहुदेशीय निगम कर्पोरेसनको धनदौलत तथा सम्पत्तिा आर्जन गर्ने अति लालसी मनोकांक्षा पूरा गरिरहेको छ भने, अर्कोतिर प्रकृतिको संरचना, प्राकृतिक प्रक्रिया तथा मानिसलगायत सम्पूर्ण जीवजगतको अन्तर्सम्बन्ध र अन्नान्योन्याश्रित अन्तरनिर्भरताको जालो नै ध्वस्त पार्दै लगेको प्रस्ट नै छ। जब प्रकृतिको सन्तुलन ध्वस्त हुन्छ र फेरि प्रकृति आफ्नो सुरुको सन्तुलनमा फर्किन नसक्ने अवस्थामा पुग्छ, तब मानवताले आफ्नै विनासको दुष्चक्रमा फस्नुपर्ने अवस्था सिर्जना हुन्छ। वर्तमान अवस्थाले मानव सभ्यतालाई ठीक यही बिन्दुमा पुग्न सघाउँदै लगेको छ। पृथ्वीको पर्यावरणमा देखा परेका हानिकारक तथा नकारात्मक लक्षणहरुले यो प्रस्ट पार्दै लागेका छन्। दसौं लाख जैविक विविधताको लोप, वायुमण्डलमा कार्बोन र मेथिन ग्यास अत्यधिक मात्रामा बढ्नु, ओजोन तह ध्वस्त हुनु, हिमालय र आर्टिक क्षेत्रमा तापक्रम बढ्नुको साथै बरफ तीव्र गतिमा पग्लँदै जानु, सामुद्रिक सतह बढ्नु र मानव सहरहरू डुबानमा पर्नु, आँधी, हुरी, समुद्री आँधी, आगलागी जस्ता घटना तीव्र गतिमा बढ्नु, भूमध्यक्षत्रीय जंगल र अमाजोंन जंगल तीव्र गतिमा विनाश हुँदै जानु, वायुमण्डल तथा पृथ्वीको तापक्रम तीव्र गतिमा बढ्नु, खतरनाक रोगका नयाँ किटाणु तथा जीवाणु देखा पर्नु र जलवायु परिवर्तनले मानिसलगायत प्राणीजगतको अस्तित्व नै संकटमा पर्दै जानु यस्ता केही उदाहरण मात्र हुन्। प्रकृतिसितको अन्तरसम्बन्ध र अन्तरनिर्भरताको जालो बचाउने, प्राकृतिक प्रक्रिया र पृथ्वीको पर्यवरणीय प्रणालीलाई ध्वस्त हुनबाट बचाउने विज्ञान तथा प्रविधको आजको आवश्यकता हो न कि प्रकृतिमाथि विजय प्राप्त गर्ने र पृथ्वीको पर्यावरणीय प्रणालीलाई नैध्वस्त गर्ने विज्ञान तथा प्रविधको। हालसम्मको विज्ञान तथा प्रविधिको विकासको मूलधार यही दिशामा उद्वेलित छ। विज्ञान तथा प्रविधिले मानिसको चेतनालाई प्रभाव त पार्छ नै तर मानव चेतना त्यसको दास हुनबाट बच्न सक्नुपर्ने हुन्छ विज्ञान तथा प्रविधिको दिशानिर्देश गर्ने पनि मानिसको चेतना नै हो। अहिलेको मानव चेतनामा व्यापक परिवर्तनको आवश्यकता छ। वातावरणी तथा पर्यावरणीय चेतना मानिसको मूलधार चेतना हुनसक्दा मात्र प्रकृतिसँगको अन्तरसम्बन्ध र अन्तरनिर्भरताको जालो बचाउन सकिने हुन्छ। जबसम्म मूलधारको बजारमुखी र नाफाखोर आर्थिक प्रणालीका आधारभूत मान्यता तथा परिकल्पना प्राकृतिक पुँजीजस्तो जमिन, जल, हावा, जैविक विविधता, पर्यावरण प्रणालीको जीवन धान्ने सेवा तथा प्रक्रियालाई नाफा तथा नोक्सानको विश्लेषणमा आन्तरिकीकरण गर्ने गरी परिवर्तन गरिँदैन र विकासको लक्ष्य र उद्देश्य मानिसको आवश्यकता पूरा गर्दै प्राकृतिक पुँजीलाई घट्न नदिनुका साथसाथै त्यसको वृद्घि गर्ने विकासको नैतिक अवधारणाबाट निर्देशित हुँदैनन्, तबसम्म दिगो विकास र प्रकृति संरक्षणको कुरा गर्नु हास्यस्पद हुन्छ। यो बिल्कुल सम्भव छ तर मानिसको आवस्यकता पूरा गर्नेभन्दा पनि धन जम्मा गर्ने लालची र दम्भी स्वभावको संस्कृतिले यो हुन दिएको छैन। महात्मा गान्धीले मानव स्वभावको यो संस्कृति बुझेर नै भन्नुभएको यो भनाइ निकै सान्दर्भिक र मननयोग्य छ। गान्धीले भन्नुभएको छ- पृथ्वीसँग मानिसको आवश्यकता पूरा गर्ने प्रशस्त स्रोतसम्पदा छ तर उसको लालच पूरा गर्ने सम्पदा भने छैन।’ बुद्ध दर्शन नै एक यस्तो दर्शन हो जसले मानवको प्रकृति र सम्पूर्ण जीवजगतसँगको अन्तरसम्बन्ध र अन्तरनिर्भरताको जालोका बारेमा वैज्ञानिक व्याख्या दिन सकेको छ। बुद्धका उपदेशहरू मानवले प्रकृति र सम्पूर्ण जीवजगतसितको अन्तरसम्बन्ध र अन्तरनिर्भरताको सन्तुलन कायम गरी आफ्नो दुखः कम गरी कसरी एउटा सार्थक र अर्थपूर्ण जीवन बाँच्न सक्छ भन्ने बारेमा लक्षित रहेका छन्। बुद्ध दर्शनले अंगीकार गरेका विचार र चिन्तन आज धेरै सान्दर्भिक भएका छन् जो प्रकृति तथा पर्यावरण प्रणालीको संरचना तथा प्रक्रियाहरूको अध्ययन गर्ने प्रणाली सिद्घान्तसँग मेल खान्छन्। अनित्यता प्रकृतिको नियम हो। संसारमा कुनै पनि वस्तु नित्यरूपले शाश्वत छैन। सबै क्षणभंगुर छ। समयको चक्रमा आउने र जाने भई नै रहन्छ। हामी सबै शून्यमा विलीन हुन्छौं। यो शून्यमा समाहित हुनुभन्दा अगाडिको समय हाम्रा लागि अति महत्तवपूर्ण हुन्छ। हामी हाम्रो र सम्पूर्ण जीवजगतसहितको प्रकृतिको आयु लम्ब्याउन र दुःख कम गर्नका लागि आफ्नो चेतनाको उच्चतम विकास गर्न सक्छौं ता कि हामी अनुकम्पा, करुणा, बुद्धि र विवेकको प्रकाशबाट आफूलाई यो अन्तरसम्बन्ध र अन्तरनिर्भरताको जालो बचाउन निर्देशित गर्न सकौं। यो नै मानव र सम्पूर्ण प्रकृति जीवजगतको सहअस्तित्वको निरन्तरताको आधारशीला हो। हाम्रो अस्तित्व संकटमा परेको यो समय हाम्रा लागि आत्मसमीक्षा र आत्मनिरीक्षण गर्ने समय पनि हो ।
annapurnapost.com
5,701,242
गीत, संगीत र भजन मात्र होइन् मन्त्रोचारणले समेत मानव मस्तिष्कमा सकारात्मक प्रभाव पार्ने गरेको तथ्य कसैसंग लुकेको छैन । तर जस्तो सुकै सुमधुर संगीत होस या भजन कीर्तन यदि कोलाहलपूर्ण छ भने त्यसलाई ध्वनि प्रदूषणको रुपमा लिईन्छ । र सो ध्वनि प्रदूषणले मानवको कार्य क्षमतामा कमी हुनु लगायतका समस्याहरु उत्पन्न हुने गरेको छ । अहिले जनकपुरधाम सहित आसपासको क्षेत्रमा विजयादशमीको चहल– पहल बढेको छ । गाउँ–गाउँमा दुर्गा पूजाको मेला आयोजना गरिएको छ । शक्तिपीठसहित ठाउँ ठाउँमा माटोको प्रतिमा बनाई आयोजित पूजा स्थलमा लाउडस्पिकरको प्रयोगले सर्वसाधारणलाई दिक्क बनाएको जलेश्वर निवासी पत्रकार राकेश प्रसाद चौधरीले गुनासो गरे । उनी भन्छन –‘ पूजा अर्चना हुनुपर्छ, सांगीतिक भजनहरु पनि बज्नुपर्छ । यो आस्थाको कुरम हो । तर त्यसमा प्रयोग गरिने लाउडस्पिकरले अमुख क्षेत्र नै कोलाहलपूर्ण बन्ने गरेको छ यस्तो प्रवृत्तिमाथि चाँही अंकुश लगाउनै पर्छ ।’ जनकपुरधामकै कुरा गर्ने हो भने राजदेवी मन्दिर ,बौधी देवी मन्दिर, पिररिया माई मन्दिर लगायतका शक्तिपीठ तथा रामानन्द चोक, पिडारी चोक र विद्यापति चोकमा आयोजित दुर्गा पूजाको पण्डाल होस् जहाँ पनि लाउडस्पिकरको प्रयोग गरिएको छ । त्यस्तै जलेश्वरस्थित राजदेवी मन्दिरमा चार वटा ठूल–ठूला लाउडस्पिकर जडान गरिएको छ । लगातार बजिरहने गरेकोले जलेश्वरवासीलाई सास्ती मात्र भएको छैन् । ध्वनि प्रदूषण नियन्त्रणको लागि कतैबाट आवाज उठ्न नसक्नु दुर्भाग्यपूर्ण रहेको स्वास्थ्यकर्मी गिरेन्द्र कुमार झाको कथन छ । सो लाउडस्पिकरले सर्वसाधारणको स्वास्थ्यमा गंभिर असर पार्ने भएपनि यसको नियन्त्रण गर्न कुनै पनि निकायले गंभिरता नदेखाएको वातावरण अभियानी एवं प्रदेश २ का साँसद रामअशिष यादव बताउँछन् । उनी भन्छन्–‘ पूजा गर्नुपर्छ, तर समग्र वातावरण नै प्रदूषित हुने गरि लाउडस्पिकर जडान गर्ने प्रवृति भने पक्कै अन्त्य हुनुपर्छ । यसको लागि सम्बन्धित निकायले कानुन बमोजिम कारवाही गर्न सक्नुपर्छ अन्यथा नियन्त्रण सम्भव छैन् । ’ त्यस्तै सर्वसाधारणमा चेतनाको अभाव, आयोजकहरुमा समेत चेतनाको कमीले गर्दा यो अवस्था आएको हो । तसर्थ ध्वनि प्रदूषण सम्बन्धि सचेतना कार्यक्रम समेत आवश्यक रहेको साँसद यादवले थपे । विश्व स्वास्थ्य संगठनले ध्वनि दिनमा ४५ डीबी र रातको समयमा ३५ डीबीको ध्वनिलाई निश्चित गरिएको छ । सो भन्दा अधिक स्वरमा लाउडस्पिकर या डीजे बजाउनु कानुन विपरित भएपनि नियमन गर्ने निकाय नै मौन देखिएको छ । ध्वनि प्रदूषणले मानवको एकाग्रता भंग मात्रै गर्ने होइन् । यसले गर्दा मानवको कार्यक्षमतामा समेत कमी आउने गरेको चिकित्सक एवं प्रादेशिक अस्पताल जनकपुधामका मेडिकल सुपरिटेण्डेन्ट डा.प्रमोद कुमार यादवले बताए । उनले भने –‘ ७० डीबी भन्दा कम स्तरको ध्वनि मानवका लागि त्यति खतरनाक हुँदैन् । तर ८५ डीबी भन्दा बढि ध्वनि लगातार ८ घण्टा सम्म सुनेपछि व्यक्तिको श्रवण शक्ति समेत नष्ट हुन सक्छ । ’ विश्व स्वास्थ्य संगठनका अनुसार १ सय डीबीको आवाज मानवको लागि धेरै नै हानिकारक छ । ध्वनि प्रदूषणले व्यक्तिको पाचन एवं ह्दय संबंधी रोग, मानसिक रोगी समेत हुन सक्ने डा.यादवले बताए । उनले गर्भबोकेकी महिलाहरुलाई ध्वनि प्रदूषणको कारण गर्भ तुहिने जोखिम समेत रहेकोले ध्वनी प्रदूषणलाई स्वीकार गर्न नसकिने डा.यादवले थपे ।
ejanakpuronline.com
1,058,100
युरोपेली सङ्घ (इयू)को हवाई सुरक्षा ‘कालोसूची’मा परेको नेपालको हवाई उडान खुलाउन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्रक्रिया अघि बढाएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को गम्भीर सुरक्षा चासो सूची (एसएससी)बाट मुक्त भएलगत्तै क्यानले इयूको सूचीबाट पनि मुक्त गराउन पहल थालेको हो । आइकाओले सन् २०१३ (२०६९÷७०) देखि नेपालमाथि लगाएको एसएससीलाई यही २० जुलाई २०१७ (२०७४ साउन ५) मा औपचारिक रुपमा हटाएको थियो । क्यानको प्रगति प्रतिवेदनका आधारमा इयूलाई यही साता पत्राचार गरिने क्यानका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिनुभयो । “हामीले एक÷दुई दिनभित्रै प्रगति प्रतिवेदन पठाउछौँ, तर त्यसैको आधारमा निर्णय हँुदैन । आगामी नोभेम्बर (कात्तिक)मा बस्ने इयूको हवाई सुरक्षा समिति (सेफ्टी कमिटी)को बैठकले निर्णय गर्छ,” उहाँले भन्नुभयो । इयूका छब्बिस वटै राष्ट्रका प्रतिनिधि सहभागी रहने समितिको बैठक शक्तिशाली फोरम मानिन्छ । त्यसबाट निर्णय भएपछि मात्र नेपाल इयूको कालो सूचीबाट हट्नेछ । आइकाओको सुरक्षा सूचीमा परेलगत्तै इयूले पनि नेपाललाई कालोसूचीमा राखेको थियो । नेपाल २०७० मङ्सिर २० देखि इयूको कालो सूचीमा छ जसका कारण नेपाली वायु सेवालाई युरोपको आकासमा उडान गर्न प्रतिबन्ध लागेको थियो ।
makalukhabar.com
5,515,690
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएको छ । कोरोनाको चौथो लहर सुरु भएसँगै एकै दिन यति धेरै सङ्क्रमितको मृत्यु भएको यो पहिलो पटक हो । नेपालमा कोरोना महामारी सुरु भएदेखि हालसम्म ११ हजार ९८२ जनाले सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा थप ८१५ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ५३४ कोरोना परीक्षण गर्दा ८१५ जनामा सङ्क्रमण पुष्टि भएको हो । दुई हजार ४११ पीसीआर परीक्षण गर्दा ४६५ र दुई हजार १२३ एन्टिजेन परीक्षण गर्दा ३५० जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ४७६ जना सङ्क्रमण मुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ८६९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३१ हजार ७६१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
gorkhapatraonline.com
4,573,548
बाणिज्य बैंकहरूले असारमा निक्षेप तथा कर्जाको व्याजदर स्थिर राख्ने निर्णय गरेका छन् । आज बसेको नेपाल बैंकर्स संघको बैठकले मुद्दती निक्षेपमा दिँदै आएको ९.९९ प्रतिशतको व्याजलाई यथावत् राखेको छ । यस्तै संस्थागत मुद्दती निक्षेपको व्याज ७.९९ प्रतिशत रहनेछ । बैकर्स संघका सदस्य तथा एभरेष्ट बैंकका सीईओ सुदेश खालिङले असारमा निक्षेपको व्याजदर तलमाथि नगर्ने निर्णय गरेको जानकारी दिए । यता कर्जाको मामलामा भने महिनैपिच्छे आधारदर चलाउन सकिने राष्ट्र बैंकको प्रावधानअनुसार केही तलमाथि हुनसक्ने खालिङले बताए । अहिले साधारण निक्षेपमा भने ५ देखि साढे ८ प्रतिशतसम्म व्याजदर रहेको छ ।
hamrobiratnagar.com
4,342,049
जूनकीरी अविश्रान्त उज्यालो नामक सामाजिक संस्थाले २५ सय थान पुस्तक उपलब्ध गराएपछि पुस्तकालय स्थापना भएको हो । पुस्तकालय खाँदबारीमा रहेको गुठीद्वारा संचालित बरुण सेकेन्डरी इङ्लिस स्कुलमा स्थापना गरिएको संस्थाका अध्यक्ष प्रशान्त शर्माले जानकारी दिए । लामो मिहेनत पछि किताब संकलन गर्न सफल भएको संस्थाले जनाएको छ । शुक्रबार एक कार्यक्रमकाबीच संखुवासभाका जिल्ला शिक्षा अधिकारी केशव भट्टराईले पुस्तकालयको उद्घाटन गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश थपलियालाई पुस्तकको बजार मूल्य १० लाख बराबर रहेको पुस्तकालयको चाबी हस्तान्तरण गरिएको होे । गोकर्णेश्वर नगरपालिका ०६ मा केन्द्रिय कार्यालय रहेको उक्त संस्था सामाजिक एवं साहित्य कार्यक्रममा सक्रिय छ । काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ र म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले चालु शैक्षिक सत्रमा विद्यार्थी सङ्ख्या न्यून भएका सातवटा विद्यालयको कक्षा बागलुङ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा पछिल्लो तीन वर्षमा विद्यार्थीको सङ्ख्या काठमाडौँ ।
pariwartankhabar.com
3,252,074
सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार हर्कराज राईले ४ हजार १५९ मतको अग्रता लिएका छन् । आज बिहान साढे ९ बजेसम्मको मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार हर्कराज राईले १९ हजार १५५ मत प्राप्त गरेका छन् । अर्का प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १४ हजार ९९६ र एमालेकी उम्मेदवार मञ्जु भण्डारीले १२ हजार १४३ मत पाएकी छन् । अब ४ हजार ६२१ मत गन्न मात्र बाँकी छ । यो अवस्थामा हर्कराज राई एमालेकी मञ्जुभन्दा ७ हजार १२ मतले र कांग्रेसका किशोर राई भन्दा ४ हजार १५९ मतले अगाडि छन् । धरान उपमहानगरमा मत ६२ हजार ८९८ मा खसेकोमा ५८ हजार २७७ मत गणना भइसकेको छ । उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अइन्द्र विक्रम बेघाको अग्रता जारी छ । उनले १८ हजार ८६४ मत पाउँदा नेकपा एमालेका पदम प्रसाद लिम्बुले १६ हजार ५८१ मत पाएका छन् । उनीहरुबीच २२८३ मत अन्तर छ ।
nepalijanta.com
5,576,415
कैलालीको कैलारी गाउँपालिका–३, खोनपुरका स्थानीयले काठेपुलबाट उठेको रकमले मोहना नदीमा तटबन्ध निर्माण सुरु गरेका छन् । नदीमा काठेपुल र डुङ्गा सञ्चालन गर्दै आएकाले त्यसबापत उठेको रकमले नदीको कटान नियन्त्रणका लागि भौतिक तटबन्ध निर्माण सुरु गरेका हुन । करिब १० लाख रुपियाँ लागतको तटबन्ध निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको स्थानीय सुजित चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार नदीले बढी कटान गर्दै आएको क्षेत्रमा करिब ७० मिटर तटबन्ध गर्ने योजना रहेको छ ।
gorkhapatraonline.com
620,731
अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकू सैनिकहरूलाई इराकबाट फिर्ता बोलाउने बताएका छन । उनले तर पनि अमेरिकाको सेनाले थोरै संख्यामा मात्र भए पनि इराकमा बसेर इराकी सेनालाई तालिम र आवश्यक सरसल्लाह भने दिने जानकारी दिएका छन्। इराकी प्रधानमन्त्रीसँगको भेटवार्ताका क्रममा राष्ट्रपति बाइडेनले सो जानकारी गराएको बताइएको छ । हाल इराकी प्रधानमन्त्री मुस्ताफा अल–खादिमी अमेरिकाको भ्रमणमा रहेका छन् । प्रधानमन्त्री मुस्ताफासँग ह्वाइट हाउसमा भएको कुराकानीका क्रममा राष्ट्रपति बाइडेनले यस्तो घोषणा गरेका हुन् । प्राप्त समाचारमा जनाइएको छ । उनीहरुबीच सोमबार ह्वाइट हाउसमा भेटवार्ता भएको थियो । इराकमा हाल २ हजार ५०० जना भन्दा बढी अमेरिकी सैनिक रहेका छन् । इराकमा पछिल्लो समयमा इस्लामिक स्टेट नामक आतंककारी समूहको उपस्थिति बढ्दै गएको बताइएको छ ।हाल इराकमा रहेका अमेरिकी सैनिकहरूले इराकी फौजलाई इस्लामिक स्टेट लडाकूका विरुद्ध लड्न सहयोग गरिरहेको बताइएको छ । अमेरिकाको यो घोषणापछि पनि केही अमेरिकी सैनिक भने इराकमै रहने बताइएको छ । यो घोषणाको इराकले भने स्वागत गरेको छ ।अमेरिकाले इराकी प्रधानमन्त्रीलाई सहयोगका लागि यो घोषणा गरेको हुनसक्ने अनुमान गरिएको बताइएको छ । इराकी प्रधानमन्त्री खादिमीले इराकमा कुनै पनि विदेशी सेना आवश्यक नरहेको बताए । उनले अमेरिकाको सो घोषणाको समर्थन गर्दै भनेका छन्– ?हामीलाई अमेरिकाको सैन्य सहयोग त आवश्यक छ, तर पनि इराकमै आएर सैनिक परिचालन नभएर इराकलाई सुरक्षा सामाग्री र तालिमका विषयमा सहयोग दिँदा राम्रो हुनेछ । गत वर्ष इराकको राजधानी बग्दादमा अमेरिकी सेनाले ड्रोन हमला गर्दा एकजना उच्च इरानी सैन्य जनरल कासिम सुलेमानी र इरानको समर्थन पाएको शिया मुस्लिम मिलिसिया समूहका एक जना नेता मारिएका थिए । त्यसयता इराकमा अमेरिकी सेनाको झन् ठूलो विरोध भएको थियो । यहाँका राजनीतिक दलहरूले अमेरिकी नेतृत्वमा आईएसविरुद्ध लड्ने अन्तर्राष्ट्रिय फौज हट्नुपर्ने माग गरिरहेका छन् ।
lokpath.com
4,941,294
भनिन्छ नेपाल एक कृषि प्रधान देश । विडम्बना ! कृषि प्रधान मुलुकमा किसानहरु श्रमको ज्याला लिन आन्दोलन गर्न विवस छन् । आन्दोलनकै क्रममा एकजना किसानले आज ज्यान गुमाए । चिनीमिलले लामो समयदेखि उखुको बक्यौता नदिएको भन्दै पुसको चिसोमा काठमाडौँको माइतिघर मण्डलमा आन्दोलन गरिरहेको किसानमध्ये नारायण राय यादवको मंगलबार हृदयघातले मृत्यु भएको छ । काठमाडाैंले पैसा दिलाइदिन्छ कि भन्दै अाएका यादवले पैसा त पाएनन्, ज्यान भने गुमाए । रायलगायतका किसान सरकारले चिनी उद्योगीबाट पैसा दिलाइ दिन्छ कि भन्ने आशले पुसको चिसोमा १६ दिनसम्म माइतिघर मण्डललमा धर्ना बसे । तर दुःखको कुरा चिनी उद्योगीबाट उखुको पैसा त पाइन् बरु आन्दोलन गर्दा गर्दै सलार्हीका एक उखु किसानले ज्यान गुमाए । उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले मंगलबार हृदयघातपछि उपचारका क्रममा उखु किसान नारायण राय यादवको निधन भएको जानकारी दिए । मिश्रका अनुसार मृतक यादवको अन्नपूर्ण चिनी मिलसँग २४ लाख ६३ हजार रुपैयाँ लिन बाँकी छ । उनी ६५ वर्षका थिए । मंगलबार गंगालाल अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । यादवलाई मंगलबार बिहान छाती दुखेपछि चाबहिलस्थित हेल्पिङ ह्यान्ड्स अस्पतालमा भर्ना गरिएको थियो । ‘हेल्पिङ ह्याण्ड अस्पतालले गंगालल रिफर ग¥यो, अस्पताल पु¥याएको दुई घण्टामा उनको निधन भयो ।’ मिश्रले भने । १६ दिन आन्दोलन गरेपछि यादवले अन्नपूर्ण सुगर मिलबाट १ लाख ६० हजार रुपैयाँ मात्र पाएका थिए । महेन्द्र राय यादव मृतक यादवको नातेदार हुन् । राय यादवका अनुसार मृतक यादवले उखु खेती गर्दा बैंकबाट १८ लाख रुपैयाँ ऋण लिएका छन् । ब्याजसहित उनको अहिले बैंकलाई तिर्नुपर्ने करिब २२ लाख रुपैयाँ पुगेको छ । गतवर्ष पुस १८ मा सरकारसँग गरेको पाँच बुदे सम्झौता कार्यान्वयन नभएपछि उखु किसान २९ मंसिरदेखि आन्दोलन गरिरहेका थिए । उखु किसानको निरन्तरको आन्दोलनपछि चिनी मिलले उखु किसानलाई किस्तामा भुक्तानी गरिरहेको थियो । यादवले पनि अन्नपूर्ण मिलबाट करिब १ लाख ६० हजार रुपैयाँ पाएका थिए । उनले चिनी मिलले सबै पैसा नदिएसम्म घर नफर्किने बताउँदै आएका थिए । गतवर्ष सरकारले उखु किसानसँग गरेको सहमति कार्यान्यन नहुँदा यस पटक चिनी उद्योगबाट बाँकी लिनु पर्ने सबै पैसा नलिएर घर नजाने र सरकारसँग पनि कुनै सहमति नगर्ने बरु आन्दोलनमै मर्ने उखु किसान बताउँदै आएका थिए । चिनी उद्योगसँग पैसा लिन बाँकी किसानहरु यस पटक सरकारसँग कुनै सहमति गर्ने सोचमा थिएनन् । केही उखु किसानको असहमति हुँदा हुँदै सोमबार उखु किसान संर्षघ समितिले फेरी सरकारसँग चार बुँदे सहमति गरे । संर्षघ समितिले सरकारसँग चार बुँदे सहमति पछि उखु किसान नारायण राय यादव तनाबमा थिए । पुसको चिसोमा १६ दिन लामो आन्दोलन गरी फेरी रित्तै घर जानु पर्ने भयो भन्ने चिन्ताले तनाब बढ्दै गएपछि उनको छाति दुख्न सुरु भएको नातेदार यादले जानकारी दिए । एक्कसी तनाव बढ्दै गएपछि हृदयघातपछि उपचारका क्रममा उखु किसान नारायण राय यादवको निधन भएको नातेदार यादले जानकारी दिए ।
rajdhanidaily.com
3,749,009
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणमा निर्वाचन भएका जिल्लामा बामगठबन्धनको स्थान दुई तिहाई भन्दा माथि रहेको ठोकुवा गरेका छन् । चितवनमा चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वामगठबन्धनले दुई तिहाई सिट सुरक्षित गर्ने सुनिश्चित भएको दाबी गरे । चुनावी परिणामको मतगणना नहुँदै अध्यक्ष दाहालले पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लामा बामगठबन्धनले दुई तिहाई भन्दा माथिको स्थान हासिल गरेको दाबी गरेका हुन् । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा मतदान सम्पन्न भएको छ । दोश्रो चरणमा ४३ जिल्लामा आगामी २१ गते निर्वाचन हुँदैछ ।
emountaintv.com
2,587,160
थोमस टुचेललको प्रशिक्षकत्वमा चेल्सीले पुनः एफए कपको फाइनल खेल्दैछ । टुचेलले पछिल्लो सयम लिभरपुलको लय हेर्दा प्रतिस्पर्धा कठिन हुने बताएका छन् ।
ratopati.com
2,572,911
हिट फिल्म ‘छ माया छपक्कै’का निर्देशक दीपेन्द्र लामाको नयाँ प्रोजेक्ट ‘२ नम्बरी’मा भुटानी अभिनेत्रीले उगेन छोदेनको समेत अभिनय रहने भएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण युनिटले फिल्मको अभिनेत्रीको रुपमा छोदेनलाई सार्वजनिक गरेको हो । भुटानी फिल्मको निर्माता, अभिनेत्री तथा निर्देशक समेत रहेकी छोदेनले नेपाली फिल्ममा यसैबाट डेब्यु गर्न लागेकी हुन् । फागुन २८ गतेबाट छायाँकनमा जाने बताइएको फिल्ममा छोदेन अभिनेता दयाहाङको जोडी बन्नेछिन् । कार्यक्रममा निर्देशक लामाले फिल्ममा छोदेन भूमिका भुटानी नागरिक हुने जानकारी दिए । ‘मेरो छोदेनसँग एक फिल्म फेस्टिभलमा भेट भएको थियो । त्यहाँ उहाँको फिल्म हेर्ने मौका समेत पाए’ निर्देशक लामाले भने, ‘म उहाँको अभिनयबाट प्रभावित छु । ’ अभिनेत्री उगेनले नेपाली फिल्ममा अभिनय गर्ने अवसर पाउनु आफ्नो लागि सौभाग्यको कुरा रहेको बताइन् । भुटानमा विदेशी फिल्म प्रतिबन्ध भएपनि यूट्युबमार्फत् नेपाली फिल्म हेर्ने गरेको उनले सुनाइन् । अभिनेता दयाहाङले उगेनसँग अभिनयका लागि आफु उत्साहित रहेको बताए । दुई साथीको कथामा बन्ने ‘२ नम्बरी’ को कथा निर्देशक लामाकै हो । फिल्ममा कलाकार बुद्धि तामाङको पनि अभिनय रहनेछ । फिल्म किरण नेपालीले निर्माण गर्न लागेका हुन् ।
ratopati.com
4,104,548
लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले उत्तम ओलीतन्त्रपछि झनै उत्तम देउवातन्त्रको उदय भएको बताएका छन् । संग्रौलाले आज सामाजीक सञ्जाल ट्विटरमार्फत यस्तो टिप्पणी गरेका हुन् । उनले केपी शर्मा ओलीको सरकारलाई चटके ओलीतन्त्रको संज्ञा दिँदै देउवा सरकारले मन्त्रिपरिषद्लाई पुर्णता दिन नसकेको प्रति व्यग गर्दै लेखेका छन्, मान्म (कालीकोट), ६ साउन । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–८ को टाकुल्लामा पहिरो गएर अवरुद्ध दमौली (तनहुँ), ६ साउन । तनहुँमा एक वर्षको अवधिमा तीन लाख बढी पशुमा पूर्ण खोप पर्वत ६ साउन । वन्यजन्तुवाट हुने क्षतिलाई न्यूनीकरण गर्दै सिङ्गो गाउँपालिकालाई फलफूल उत्पादनमा आत्मनिर्भर बनाउने देउखुरी (दाङ), ६ साउन । घोराही उपमहानगरपालिका–६ का मनकला अधिकारी ८२ वर्षका पार गरे। पन्ध्र काठमाडौँ, ६ साउन । यहाँस्थित भारतीय राजदूतावासले आषाढ पूर्णिमाका अवसरमा आज एक विशेष कार्यक्रम आयोजना काठमाडौँ, ६ साउन । दर्शक–श्रोतासमक्ष नबोलेरै हास्य अभिनय प्रस्तुत गर्न सक्ने च्यार्ली च्याप्लिनको नाम हास्यव्यङ्ग्य कास्की, ६ साउन । विभिन्न रोगका कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा सुरु गोरखा, ६ साउन । जिल्लाको पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणका लागि नगर क्षेत्रभित्रका सामुदायिक वन तथा काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं ।
reportersnepal.com
3,420,675
पिन सुदूरपश्चिमका अध्यक्ष गोकुलदेव जोशीले अस्पतालका अध्यक्ष दुर्गा जोशीलाई सो स्यानिटाइजेशन टनेल हस्तान्तरण गरी जडान गरिएको हो । टनेलको शुभारम्भ गर्दै पूर्वसामाजिक विकासमन्त्री एवं सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य दीर्घराज सोडारीले टनेलको प्रयोगले अस्पतालमा कोराना भाइरसबाट हुने संक्रमणको जोखिम कम गर्न मद्दत पुग्ने बताए । उक्त टनेलको प्रयोग गर्दा चार सेकेन्डमा पूरै शरीरमा स्यानिटाइजर पुग्ने र कोरोनाको सङ्क्रमण फैलन जोखिम नरहने बताइएको छ । स्थानीय स्रोत साधनको प्रयोग गरी स्यानिटाइजेशन टनेल निर्माण गरिएको पिन सुदूरपश्चिम प्रदेशका अध्यक्ष जोशीको भनाइ छ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
drishtinews.com
1,051,515
२०८१ साउन ८ गते सूचनाको घर, मकालुखबर सीमा क्षेत्रमा निर्वाचनविरोधी गतिविधि हुन नदिन जिल्ला प्रशासन कार्यालय कैलालीले तीन दिनका लागि कैलालीको सम्पूर्ण सीमानाका बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गर्दै १८ मंसिरको बेलुका ५ बजेदेखि २१ गते बेलुका ५ बजेसम्म कैलालीको सम्पूर्ण सीमानाका बन्द गरेको जनाएको छ । केही दिनअघि भारतको पलियामा बसेको अन्तरदेशीय बैठकमा निर्वाचनका लागि सीमानाका बन्द गर्ने सहमति भएको थियो । यस अवधिमा मतदातालाई भने आवागमनमा कुनै रोक नलगाइने प्रमुख जिल्ला अधिकारी रिजालले बताए । ‘मतदानका लागि नेपाल आउनेलाई भने सहज प्रवेशको व्यवस्था गर्नेछौँ,’ उनले भने । निर्वाचन नजिकिएसँगै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरीसँगै नेपाली सेनाले पनि विभिन्न स्थानमा अस्थायी बेसक्याम्प खडा गरेर सुरक्षा व्यवस्था मजबुत पारेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।
makalukhabar.com
4,516,273
सर्वोच्च अदालतले स्थानीय तहको संख्या थप्ने विषयमा दिएको आफ्नै अन्तरिम आदेश खारेज गरेको छ। सरकारले स्थानीय तहको संख्या बढाउने निर्णय विरुद्ध अधिवक्ता धनबहादुर श्रेष्ठको रिटमा अन्तरिम आदेश दिँदै न्यायाधीशद्वय ईश्वर खतिवडा र सपना प्रधान मल्लको इजलासले स । न्यायाधीश प्रधानको इजलाशको अन्तरिम आदेश प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको इजलासबाट खारेज भएको हो। अन्तरिम आदेश खारेज गरेसँगै सरकारलाई आफ्नो निर्णय कार्यान्वयन गर्ने बाटो खुलेको छ। तर, यबाट स्थानीय तह थप भएका प्रदेश नम्बर – १, प्रदेश नम्बर - ५ र प्रदेश नम्बर – ७ मा पहिले कायम भएका स्थानीय तह अनुरुप निर्वाचन सम्पन्न भइसकेकाले अब स्थानीय तहको निर्वाचन हुन बाँकी प्रदेश नम्बर-२ मा मात्र संख्या बढाउने निर्णय कार्यान्वन गर्ने/नगर्ने भने सरकारले निर्णय गर्नुपर्ने छ ।
pahilopost.com
4,100,513
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर भूकम्पको साढे सात वर्षपछि माटोको जोडाइबाट ठडिएको छ । सम्पन्न जयवागेश्वरी मन्दिर माटोको जोडाइबाट पुनःनिर्माण हुनसक्छ भन्ने उदाहरण बन्न सफल भएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भरत मरासिनीले बताए । उनले भने,“मन्दिरको गारो जोड्न साँखु र लुभुबाट माटो ल्याइएको थियो, पहेँलो र बलौटे माटो मिसाएर जोड्दा काम गर्न सहज भएको हो” । भूकम्पले पूर्ण क्षति भएको मन्दिर पुनःनिर्माणका लागि भत्काउने क्रममा तीनवटा गजुर भेटिएको थियो । पुनःनिर्माणका क्रममा तीनवटै गजुरलाई एक तह छोपिएको छ । त्यसमाथि अर्को तहले छोपेर बाहिर देखिने गजुर राखिएको कोषका निर्देशक मरासिनीले बताए । जयवागेश्वरीको उदाहरणपछि एक तले मन्दिर माटोको जोडाइबाट बनाउन सकिन्छ भन्ने पुष्टि भएको छ । मन्दिर ठडिए पनि तान्त्रिकविधिले कोरिएको भित्तेचित्रको काम भने बाँकी छ । कोषका इञ्जिनीयर पशुपति ठाकुर तान्त्रिक विधिले भित्तेचित्र निर्माण गर्न तीन महिना लाग्ने बताउछन् । मन्दिर पुनःनिर्माणका लागि पटक–पटक थपिएको म्याद भने आगामी कात्तिक २ गते सकिँदैछ । मन्दिर पुनःनिर्माणका लागि भत्काउने क्रममा मन्दिरभित्र भैरवलगायत विभिन्न देवीदेवताका चित्र, तीन गजुरको मन्दिरलगायत संरचना भेटिएको थियो । यसको अध्ययनका लागि पुरातत्व, संस्कृतिविद्लगायत विज्ञको समिति गठन गरी थप अनुसन्धान गरिएकाले पुनःनिर्माणमा ढिलाइ भएको हो । समितिले माटोको जोडाइबाट मन्दिर पुनःनिर्माण गर्नुपर्ने सिफारिस सहितको प्रतिवेदन दिएको थियो । सम्झौता अनुसार मन्दिर पुनःनिर्माणका लागि भत्काउने क्रममा तीन गजुरसहितको भित्री मन्दिर, भैरवसहित विभिन्न देवीदेवताका भित्तेचित्रलगायत संरचना भेटिएको थियो । जसका कारण निर्माण अवधि बढेर दोब्बर समय लागेको हो । पुरातत्व विभागका महानिर्देशक एवं विज्ञ समितिका सदस्य दामोदर गौतम ऐतिहासिक, पुरातात्विक महत्वका मन्दिर पहिले प्रयोग भएकै निर्माण सामग्री प्रयोग गरेर बनाउनुपर्ने कानुनी व्यवस्था अनुसार कोषलाई सुझाव दिएको बताउछन् । उनले भने, “माटो परीक्षण गरेर पहिलेकै जस्तो गुणस्तरीय माटोबाट मन्दिर बनाउनुपर्ने प्रतिवेदन दिएका छौँ, माटोको जोडाइबाट पुनःनिर्माण गर्दा भित्र भेटिएका चित्र फेरि राख्न भनेका थियौँ” । विज्ञ समितिको प्रतिवेदन अनुसार कोषले यसअघि माटोको जोडाइबाट बनाइएका मन्दिरको अध्ययन गरेको थियो । साँखुस्थित बज्रयोगिनी मन्दिरमा इट्टाको बीचमा राखिएको माटोको परीक्षण गरिएको कोषका प्रशासकीय अधिकृत सीताराम रिसालले बताए । रु तीन करोड १४ लाखमा जयवागेश्वरी मन्दिर समग्र पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको हो । विश्व सम्पदा सूचीमा सूचीकृतस्थल भएकाले प्राचीन स्मारक संरक्षण ऐन अनुसार यहाँ पुनःनिर्माणको काम गरिएको छ । कोषका निर्देशक मरासिनी जयवागेश्वरीको पुरानो संरचना अनुसार पुनःनिर्माणको काम भएको बताउछन् । कोषले २०७२ जेठ ४ गते एड्भेन्चर टुर एण्ड ट्राभलसका सञ्चालक कल्याण शर्मालाई पुनःनिर्माणको सैद्धान्तिक स्वीकृति दिएको थियो । शर्माले पुनःनिर्माणको काम सुरु गर्न नसकेपछि २०७४ सालमा सम्झौता रद्द गरियो । जिम्मा लिएका दाताले क्षतिग्रस्त मन्दिरको पुनःनिर्माण ३५ महिना बित्दा पनि नगरेपछि कोषले सम्झौता रद्द गरेको थियो । दाता शर्मा सुरुमा पुरातत्वले नक्शा र डिजाइन स्वीकृत गर्न समय लगाएको, स्वीकृत भएर पुनःनिर्माण सुरु गर्दा स्थानीयवासीले अवरोध गरेकाले आफू पुनःनिर्माणबाट पछि हट्न बाध्य हुनुपरेको बताउछन् । सती प्रथा रहुञ्जेल राजा महाराजाको निधनमा सती जाने रानीको गरगहना सबै जयवागेश्वरीलाई चढाइने गरिन्थ्यो भन्ने भनाइ स्थानीयवासीबीच चर्चित छ । चढाइएको गरगहनालगायत सम्पत्तिको कुनै अभिलेख नरहेको पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव एवं संस्कृतिविद् डा गोविन्द टण्डन बताउछन् । पशुपति क्षेत्रमा रहेका पाँच सय १८ स्मारकमध्ये ९५ वटामा भूकम्पले क्षति पु¥याएको थियो । १५ सम्पदा पूर्ण रुपमा क्षति भएका थिए । पशुपति क्षेत्रका ८० वटा सम्पदामा आंशिक क्षति भएको थियो । भूकम्पले प्रभावित ३२ जिल्लामध्ये २९ जिल्लाका नौ सय २० सम्पदामा क्षति पुगेको थियो । तीमध्ये हालसम्म छ सय ७० वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए । उनले भने, “भूकम्पले अन्य संरचनामा क्षति पुगेका नवलपरासीका दुई जिल्ला र मुस्ताङका सम्पदामा भने क्षति गरेन” । जयवागेश्वरीको ऐतिहासिक पृष्ठभूमि जयवागेश्वरीको निर्माण कलिगत संवत् ३२३२ मा सुरु भएर ४७ वर्षपछि ३२७४ मा सम्पन्न भएको थियो । विसं १९९० को भूकम्पले क्षति पुगेको मन्दिर त्यसबेला जीर्णोद्धार गरिएको थियो । मन्दिरको कलेबर १२÷१२ वर्षमा फेर्ने गरिएको छ । कलेवर फेर्दा जयवागेश्वरी, गणेश र भैरवको माटाको नयाँ मूर्ति बनाइन्छ । जयवागेश्वरीमा टाउको काटिनु अघिको गणेशको मूर्ति रहेको छ । यसैले यहाँको गणेशको मूर्तिमा सूँढ नभएको स्थानीयवासी सन्देश मुनिकारले बताए । जयवागेश्वरीलाई महासरस्वती, महाकाली र महालक्ष्मीका रुपमा मानिए पनि विद्याकी देवीका रुपमा बढी पुज्ने गरिएको छ । तन्त्र साधना गर्नेले अन्तिममा जयवागेश्वरीमै आएर पूजा गर्ने परम्परा छ । मन्दिरसँगै सुन्धारा पनि स्थापना भएकामा हाल यसको अस्तित्व लोप हुने अवस्थामा पुगेको छ । जयवागेश्वरीको ठीक अघि तलेजु भवानीको मन्दिर स्थापना गरिएको छ । जयवागेश्वरी उपत्यकाको पुरानो राजधानी मानिन्छ । स्थानीयवासी मुनिकार ‘गोल’ भनिने जयवागेश्वरी उपत्यकाकै पहिलो बस्ती भएको बताउछन् । यो बस्तीमा नौथरी जात, नौ पोखरी, नौ पाटी, नौ ढोकालगायत संरचना रहेकामा यो पनि लोपोन्मुखको अवस्थामा पुगेको छ । गोपाल र किरात शासनकालको राजधानी जयवागेश्वरी थियो । लिच्छविकालको राजधानी यहीँबाट सुरु भएर पछि हाँडीगाउँमा सरेको हो । मल्लकालमा हाँडीगाउँबाट हनुमानढोकामा राजधानी सारिएको इतिहासविद्हरुको भनाइ छ । ऐतिहासिक एवं सांस्कृतिक रुपले महत्वपूर्ण क्षेत्र भए पनि जयवागेश्वरीका सम्पदाको संरक्षण हुन नसकेकोको स्थानीयवासीको गुनासो छ । रासस मान्म (कालीकोट), ६ साउन । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–८ को टाकुल्लामा पहिरो गएर अवरुद्ध दमौली (तनहुँ), ६ साउन । तनहुँमा एक वर्षको अवधिमा तीन लाख बढी पशुमा पूर्ण खोप पर्वत ६ साउन । वन्यजन्तुवाट हुने क्षतिलाई न्यूनीकरण गर्दै सिङ्गो गाउँपालिकालाई फलफूल उत्पादनमा आत्मनिर्भर बनाउने देउखुरी (दाङ), ६ साउन । घोराही उपमहानगरपालिका–६ का मनकला अधिकारी ८२ वर्षका पार गरे। पन्ध्र काठमाडौँ, ६ साउन । यहाँस्थित भारतीय राजदूतावासले आषाढ पूर्णिमाका अवसरमा आज एक विशेष कार्यक्रम आयोजना काठमाडौँ, ६ साउन । दर्शक–श्रोतासमक्ष नबोलेरै हास्य अभिनय प्रस्तुत गर्न सक्ने च्यार्ली च्याप्लिनको नाम हास्यव्यङ्ग्य कास्की, ६ साउन । विभिन्न रोगका कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा सुरु गोरखा, ६ साउन । जिल्लाको पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणका लागि नगर क्षेत्रभित्रका सामुदायिक वन तथा काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं ।
reportersnepal.com
5,998,178
प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित भएको छ । सभामुख अग्नि सापकोटाले बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको साेमबारको बैठकपछि सभामुख सापकाेटाले अर्काे बैठक ३० गतेका लागि बाेलाएका हुन् । साेमबारकाे बैठकमा ओली विश्वासको मत लिन असफल भएका छन् । संसदमा विश्वासकाे मत प्राप्त नगरेपछि ओली नेतृत्वकाे सरकार ढलेकाे छ ।
sunaulonepal.com
1,218,581
सोमबार बिहान बसेको समितिको बैठकले गृहमन्त्रीलाई हत्याका विषयमा सत्य तथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो। समिति बैठकमा उपस्थित गृहमन्त्री रामबहादुर थापाले पौडेल हत्याका विषयमा समितिमा आफ्ना धारणा राखेका थिए । उनले प्रहरी मुठभेडमै उनको मृत्यु भएको दाबी गरे । गत बिहीबार विप्लवका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीको गोलीले मारिएका थिए । प्रहरीले आफूहरुमाथि आक्रमण गरेको र जवाफी कारबाहीमा मारिएको दाबी गरेको छ । पौडेललाई पक्राउ गरी गोली हानेर मारिएको र मुठभेड भनी प्रचार गरेको भनी प्रहरीलाई आरोप लागेको छ ।
annapurnapost.com
2,428,904
यसले चुनावलाई पनि प्रत्यक्ष असर गर्ने भएकाले चुनाव नहुने सम्भावना हुन्छ । यसले संविधानमा नै अवरोध उत्पन्न गराउँछ । संविधान फेल हुन्छ । राज्य पनि फेल हुन्छ । यो एमालेका लागि आत्मघाती निर्णय हुन सक्छ । चार न्यायाधीशमाथि महाभियोग लाग्यो भने अदालत शटडाउन हुन्छ लाग्छ । वरिष्ठतम् न्यायाधीश नै निलम्बनमा परेपछि न्यायपरिषद्को बैठक बस्न सक्दैन । निर्वाचन आयोगले मागेका निर्वाचन अधिकृत (न्यायाधीश) हरू न्यायापरिषद्ले पठाउन नपाएपछि स्थानीय चुनाव पनि हुँदैन । नेकपा एमाले संविधानबमोजिम खडा भएको पार्टी हो । संविधानविरुद्धको क्रियाकलाप भनेको संविधानलाई ध्वस्त गर्न खोज्नु हो । मुलुकलाई कानुनी राज्यको विरुद्धमा पुर्‍याउनु हो । सम्पूर्ण संवैधानिक संरचनाहरू तहस नहस गर्नु हो । एमालेजस्तो पार्टीले यस्तो निर्णय लिन्छजस्तो मलाई लाग्दैन । नेकपा एमालेमा अब यस विषयमा छलफल होला । ओलीको एकलौटी भएकाले मात्रै विगतमा गडबडी भएको हो । तर, एमालेमा अन्य नेता पनि छन् । चार न्यायाधीशमाथि महाभियोग लगाइयो भने यसले उनीहरूको राजनीतिक जीवनमा पूर्णविराम लाग्न सक्छ । एमालेको राजनीतिक विश्वसनीयता खराब भएपछि अन्य नेताको पनि राजनीतिक जीवन समाप्त हुने भएकाले एमालेले आत्मघाती गोल गर्ला भन्ने मलाई लाग्दैन ।
ratopati.com
3,825,389
लिम्बू जातिभित्र मावोहाङ, फागो, चोङबाङ, सेनिहाङ, थिन्दोलुङ खोयाहाङ जस्ता विभिन्न समूह छन्। ती समूहभित्र विभिन्न थरका लिम्बू छन्। चोङबाङ अन्तर्गत पर्ने एक थर हो, सेरेङ। कसैले सिरेङ, कसैले श्रेङ पनि लेख्ने गरेका छन्। यो थरका लिम्बूहरूको प्रसंग परेको पृथ्वीनारायण शाहकालीन दुई वटा पत्र उपलब्ध छन्। तीमध्ये एउटामा ‘श्रृंग्या’ र अर्कोमा ‘सिरिङ्ग्या’ उल्लेख छ। यो थरका लिम्बूहरूलाई पृथ्वीनारायण शाहले मात्र होइन, रणबहादुर शाहसम्मले उच्च महत्त्व दिंदै आफूसँग मिल्न आउन पत्राचार गरेका ऐतिहासिक पत्रहरू उपलब्ध छन्। यसबाट विसं १८३१ साउनमा अभिमानसिंह बस्न्यातको नेतृत्वमा गोरखालीले विजयपुर हात लिए पनि सेरेङ लिम्बूहरू गोरखाली मातहतमा आउन नमानेको प्रमाणित हुन्छ। साथै, त्यस समय सेरेङ लिम्बूहरू महत्त्वपूर्ण राजनीतिक शक्तिका रूपमा थिए भन्ने पनि देखिन्छ। यो लेख यसै ऐतिहासिक प्रसंगसँग सम्बन्धित छ। ताप्लेजुङको सान्थाक्रामा आवाद रही त्यहाँको किपट सम्हाल्ने सेरेङ चोङबाङहरूको विरासत निकै पुरानो देखिन्छ। यस सन्दर्भमा यहाँ एक अनुश्रुति उल्लेख गरिन्छ। सेरेङहाङलाई उनका शत्रुहरूले वेलावेला आक्रमण गर्थे। आक्रमणको सामना गर्न आफू असमर्थ भएपछि उनले छिमेकी राजा पोमुहाङसँग सहयोग मागे। पोमुहाङले यक्सोहरूसँग सहयोग माग्न सुुझाव दिए। सेरेङहाङलाई सहयोग गर्न यक्सोहरूमध्ये दुई शूरवीर थाकमिया र मुरेगन तयार भए। उनीहरूले शत्रुका राजालाई झुक्याएर मारी सेरेङहाङको संकट टारिदिए। यक्सोहरूको पुर्खामध्ये मावोहाङलाई प्रतापी र धार्मिक राजा मानिन्छ। उनी आराध्यदेवी युमाका ठूला उपासक थिए। उनै राजाका सन्तानले आफूहरूलाई मावोहाङ भन्छन्। जस्तैः मावोहाङ यक्सो, मावोहाङ चेम्जोङ आदि। मावोहाङ यक्सोको माङ्गेना (गाथा)मा गाइने मुन्धुममा थाक्मिया र मुरेगनको विशेष गुणगान गाइन्छ। जस्तैः मावोहाङ यक्सो वंशावलीमा वीरका रूपमा गाथा गाइने थाकमिया र मुरेगनको नाम उल्लेख छ। यक्सोहरूको वंशावली ‘यक्सो इत्लाम’ का अनुसार मावोहाङका छोरा मुदाहाङका तीन भाइ छोरा थिएः थाक्मिया, मुरेगन र काप्पेनहाङ। इतिहासकार इमानसिंह चेम्जोङको पुस्तक (२०६३ः८९) अनुसार मावोहाङको शासनकाल सन् ८६५ देखि ८८० सम्म थियो। वंशावली अनुसार मावोहाङपछि राजाका रूपमा मुदाहाङको सक्रियता सन् ८८० बाट शुरू भयो। यही आसपास वा १० देखि १५ वर्षपछि सेरेङहाङलाई समस्या पर्दा सहयोग गर्न थाकमिया र मुरेगन गएका हुन सक्छन्। यसरी हेर्दा सेरेङहरूको यस क्षेत्रको ऐतिहासिक विरासत एक हजार वर्षभन्दा पुरानो देखिन्छ। यसबाट पनि सेरेङ चोङबाङहरूको प्राचीनताको झलक नियाल्न सकिन्छ। सेरेङहरूको इतिहासको जरो गहिरो भए जस्तै लहरा पनि लामो देखिन्छ। विजयनारायण राय विजयपुरका अन्तिम राजा हुन्। उनीपछि उनका सन्तानलाई त्यहाँका मन्त्री मुरेहाङका सन्तानले विजयनारायणका उत्तराधिकारीहरूलाई राजा बन्न दिएनन्। बरु उनीहरूले सेनहरूलाई गुहारे र लोहाङ सेनलाई विजयपुरका राजा बनाए। आफूहरू चाहिं त्यहाँका दिवान (मन्त्री) बने। विजयपुरमा सेन राजा भए पनि शासनको हर्ताकर्ता मन्त्रीका रूपमा लिम्बूहरू नै हुन्थे। सेनहरूले लिम्बूहरूलाई निकै विश्वासमा लिएको देखिन्छ। इमानसिंह चेम्जोङको पुस्तक (२०३२ः३९–४०)लाई उद्धृत गर्दै इतिहासकार डा. राजाराम सुवेदीले पुरातत्त्व विभागको मुखपत्र को पूर्णांक १४७ मा (असार २०५८ः४३)मा लेखेको लेख ‘मकवानपुर राज्य’ मा उल्लेख गरे अनुसार किरातहरूमा मोरङमा विद्याचन्द्र राय, सप्तरीमा चोङबाङ राय, महोत्तरीमा लिवाङ राय र मकवानपुरमा सेरिङ रायलाई इज्जतसाथ राखिएको थियो। यसबाट हेर्दा सेरेङहरू प्रशासन चलाउँदै मकवानपुरसम्म पुगेको देखिन्छ। सेरेङहरू मकवानी सेन राजाहरूसँगै भएको प्रमाण शाहकालीन एक पत्रबाट पनि पुष्टि हुन्छ। इतिहासप्रधान पत्रिका को पूर्णांक ५८ (चैत २०४०ः३९–४०) मा त्यस वेला रणबहादुर शाहले विजयपुरमा रहेर गोरखाली प्रशासन चलाइरहेका सुब्बा जोगनारायण मल्ललाई लेखेको पत्र हेर्दा सेरेङहरू मकवानपुरका सेनहरूसँग नजिक थिए भन्ने प्रमाणित हुन्छ। यस प्रसंगमा पत्रको व्यहोरा यस्तो छः “...उप्रान्त लिंवु श्रृंग्याहरु मिल्न आउँदैछन् भन्ने कुरो तिमीले लेखेछौ। हिजो मकवानीका पालामा पनि ती किरातले बहुतै गर्‍यो। हाम्रा पालामा पनि तन्ले २/४ बेर मिल्न आउँदै फट्टाउँदै गर्‍या जस्तो गरी बीरभद्र राई जस्तो आयथ्यो। त्यस्तै गरी निख्रिकन आया पिछा लेऊ।” यस पत्रमा उल्लिखित वाक्यांश ‘हिजो मकवानीका पालामा पनि ती किरातले बहुतै गर्‍यो। हाम्रा पालामा पनि तन्ले २/४ बेर मिल्न आउँदै फट्टाउँदै गर्‍या जस्तो गरी...’ उल्लेख हुनुले सेरेङहरू पहिल्यैदेखि मकवानी सेनहरूसँग नजिक थिए र गोरखाली शाहहरूले उनीहरूलाई हात लिन पटक पटक प्रयास गर्दा पनि सफल नभएको भन्ने पुष्टि गर्छ। लिम्बूहरूमा दुई खालको समूह थियो। तर समयक्रममा लिम्बूहरूले आफूहरू विभाजित रहेको यस्तो समूहबारे बिर्सिसकेका थिए। बेलायतको ब्रिटिश लाइब्रेरीमा हज्सन पाण्डुलिपि अध्ययन गरेर फर्केपछि इतिहासकार डा. रमेश ढुङ्गेलले प्रवचन तथा लेखन मार्फत लिम्बूहरूमा ‘नीति’ र ‘स्मृति’ समूह रहेको तथ्य उजागर गरिदिए। गोरखाली शासकहरूले आफ्नो शासन र धर्म–संस्कृति स्विकार्नेहरूलाई आफू समान रीतिस्थिति मान्ने अर्थात् ‘समरीति’ र लिम्बू धर्म–संस्कृतिमै अडिग रहेर गोरखाको शासन नमान्ने, विद्रोही लिम्बूहरूलाई ‘नीति’ समूहको रूपमा चिन्ने/चिनाउने चलन चलाइदिए । समरीतिलाई ‘स्मृति’ तथा ‘संपृति’ पनि लेख्ने गरिएको छ। ब्रिटिश लाइब्रेरीमा सुरक्षित ब्रायन हज्सनको संकलन रहेका सामग्रीको खण्ड ६० पत्र १२९–१४९ मा उल्लेख भए अनुसार स्मृति समूहमा फागु (फागो चोङवाङ), सिरिङ (सेरेङ) र युङ्याहाङ (योङहाङ) छन् भने ‘नीति’ समूहमा आङ्वोहाङ र साँवाहरू छन्। यो लेखोट विसं १९०० तिर इलामका जोभानसिंह फागो लिम्बूले लिम्बू भाषा र सिरिजङ्गा लिपिमा पुनर्लेखन गरेर तयार पारेका हुन् (ढुङ्गेल, २०६२ः६०)। यस्तै, विसं १८७५ फागुन वदि ६ रोज ३ मा विजयपुर हुँदै धनकुटा पुगेका काजीबहादुर भण्डारीलाई लेखिएको पत्रमा लिम्बूहरूमा सेनकालदेखि नै नीति र स्मृति समूह रहेको स्पष्ट संकेत पाइन्छ। पत्रमा ‘...लिम्बू किरातीहरूका नीति स्मृतिका कुरामा अघि पनि कोही नीति कोही स्मृति मान्याका हुन् पछि वीरभद्र कुवर जाँदा स्मृतिमा सबै राजी छन् भनी बिन्ती सर्कारमा आउँदा स्मृतिकै लालमोहर भै गयाको हो। पंथ काजी जाँदा हाम्रा ता अघिदेषि स्मृति हो तेसैमा राजी छौं मज(कुर) काजीले नीति गराया भन्छन् भन्या अर्जी उनको आउदा स्मृतिकै लालमोहर भै गएथ्यो फेरि पंथ काजीले नीतिमा राजी छौं भन्छन् भनी लेषता नीतिकै लालमोहर भै गयोथ्यो’ भन्ने उल्लेख छ (ज्ञानमणि नेपाल, –२०५५ः२६९)। समूह अन्तर्गतको सेरेङ चोङवाङकै सन्दर्भ सोही पत्रमा स्पष्टसँग जोडिएको छ। यसमा सेरेङहरूले सेनकालदेखि नै स्मृति समूह अन्तर्गत रहेर लालमोहर लिने गरेको देखिन्छ। पत्रमा ‘...हाम्रो त अघि सेन राजाका पालामा पनि स्मृति हो (श्री पृथ्वीनारायण शाह) अमल भयापछि पनी हामीलाई स्मृतिमा रहनु भन्या हुकुम लालमोहर बक्सनु भयाको छ। हामी स्मृतिमा राजी छौं भनी फागु सिरिंग्या गैरह दर्वारमा विन्ती गर्न आइरह्याका छन्। एकै मूलुकमा कोही नीति मान्या कोही स्मृति मान्या दुई फ्याक भै रह्या छन् तसर्थ तिमीले लिम्बू किराती गैह्र छ थर दश थर सबै बाटुल गरी बझ्नु र सबैको एक मतो नीति स्मृति क्यामा हुन्छ सो विस्तार लेषखु’ भनेर लेखिएको छ (नेपाल, २०५५ः२६९–२७०)। यो ऐतिहासिक पत्रबाट पनि सेरेङ चोङवाङ लिम्बूहरू ‘स्मृति’ समूहमा थिए भन्ने स्पष्ट हुन्छ। गोरखालीहरू राज्य विस्तार अभियानका क्रममा लिम्बुवान पुग्दा त्यहाँका लिम्बू सुब्बाहरूको फौजसँग भीषण युद्ध भयो। युद्धमा गोरखालीहरूले बल, छल र कूटनीति सबै प्रयोग गरेको इतिहास पढ्न पाइन्छ। यसो हुँदा लिम्बू सुब्बाहरूमा फुट आयो र केहीले गोरखालीसँग सन्धि गरे, केही सिक्किम पसेर गोरखालीहरूसँग पुनः युद्धका लागि तयारी गर्न थाले। त्यस्तो अवस्थामा सेरेङहरू चाहिं न त सन्धिमा तत्कालै सहभागी भए न सिक्किम पलायन भए। उनीहरूलाई आफूतिर मिलाउन गोरखालीहरूले निरन्तर प्रयास गरिरहे। गोरखालीहरूको अधीनमा पुगेको लिम्बुवान क्षेत्रमै बसेर सेरेङहरूले नयाँ शासकलाई त्रस्त पार्दै आफ्नो राजनीतिक अस्तित्व कायम गरिरहेका थिए। गोरखालीहरूले युद्ध र सन्धि मार्फत लिम्बुवान हात पारिसकेपछि पृथ्वीनारायण शाहले आफ्ना भारदारसँग सेरेङहरूबारे विशेष चासो राखेका थिए। विसं १८३१ आश्विन बदी ३० मा पूर्वतिर खटिएका अभिमानसिंह बस्न्यात, पारथ भण्डारी, कीर्तिसिंह खवास, बली बानियालाई पृथ्वीनारायणले लेखेको पत्रमा ‘...चौदंड महा गढि तुल्याउनको विस्तार औ. कुह्रिल्याबाट फौज हिड्याको. तिनै मुषले गर्न्या काजको चांजो. लिम्बु श्रृंग्याका सुवा. सुवाले मान्न आयाको. सवै विस्तार विंति गरि पठाया छौ विधि विस्तार सुन्यौ...’ भन्ने उल्लेख छ (बाबुराम आचार्य, –२०६१ः४३१)। पत्रमा उल्लिखित ‘श्रृंग्या लिंवु’ सेरेङ लिम्बू हुन्। उसो त लिम्बुवानलाई हात लिनुअघि नै पनि पृथ्वीनारायणले सेरेङ लिम्बूहरूको बारेमा चासो राख्दै उनीहरूलाई आफूसँग मिलाइदिन आग्रह गरेका थिए। लिम्बुवानमा आक्रमण गर्नुअघि उनले लिम्बूहरूलाई हात लिन आफ्ना दूतहरू घुसाउँदै थिए। माघ सुदी ४ रोज ३ मा मुकाम कान्तिपुरबाट कालंपुरी गोसाई मार्फत पुनि राय लिम्बूलाई पत्र पठाएका थिए। हाल फाल्गुनन्द गाउँपालिका, नवमीडाँडाका हर्कबहादुर आङ्देम्वेसँग सुरक्षित उक्त पत्रमा सेरेङहरूलाई आफूहरूको हात लगाइदिए सुन, मोती, हात्ती लगायत उपहार दिइने प्रलोभन देखाइएको छ। पत्रमा भनिएको छ, “...कामदत्त सेनको पालोमा या आज उनको परलोक भै गयो तपनि कुन उनका सेवक कुनं हाम्रो तुम्रो दपहा जति लिंवु सिरिङ्ग्या छन् हात गरी हाम्रो पाव भन्या तेतावाट काज गर्‍याका दिन सुनका कंडा मोति हातिसर सिर्पाउ विशेष गरी र कट काज गर...।” यो पत्रमा महीना उल्लेख भए पनि साल लेखिएको छैन। तर विसं १८३० को माघमै लेखिएको हो भन्न गाह्रो छैन। किनकि विसं १८३१ को माघमा त पृथ्वीनारायणको निधन भइसकेको थियो। यी पत्रहरूबाट के स्पष्ट हुन्छ भने पृथ्वीनारायणले सेरेङ लिम्बूहरूलाई विशेष महत्त्व दिएका थिए, र उनीहरूलाई हात लिन जरूरी ठानेका थिए। यहाँ उल्लिखित पृथ्वीनारायण शाहको विसं १८३१ आश्विन वदी ३० को लालमोहरमा गोरखाली सैन्य अधिकारीहरूले पृथ्वीनारायणलाई सेरेङहरू आफूहरूसँग मिल्न आएको भनी जानकारी गराएको स्पष्ट हुन्छ। तर उनीहरू पछिसम्म गोरखालीहरूसँग नमिलेको र तिनका लागि खतरनाक समूह भइबसेको संकेत मिल्ने अन्य पत्रहरू पनि छन्। इतिहासकार दिनेशराज पन्तले को पूर्णाङ्क ५८ (चैत २०४०ः३०–४४) मा ‘श्री ५ रणबहादुर शाहका नौ वटा अप्रकाशित लालमोहर’ शीर्षकमा प्रकाशित ऐतिहासिक पत्रहरूमध्ये तीन वटामा सेरेङहरूको प्रसंग परेको छ। एउटा प्रसंग माथि उल्लेख गरिसकिएको छ। रणबहादुर शाहले विजयपुरमा बसेर प्रशासन चलाइरहेका सुब्बा योगनारायण (कतै जोगनारायण लेखिएको) मल्ललाई लेखेको पत्रमध्ये एउटामा लिम्बू साँवा र सेरेङहरूले गोरखाली गुहारेको कुरा गोरखाली प्रशासकबाट राजा समक्ष पुगेको बुझिन्छ। पत्रमा ‘सांभा र सिरिंले फेदावबाट पनि गुहार मागी पठायो। सुब्बा २/३ हामीतिर भयाका छन्। प्रजा भोट्यातिर छन् भनी लेखेछौ। योग्यै हो...’ उल्लेख छ। त्यस वेला भोटबाट पनि वेलावेलामा लिम्बुवानमा आक्रमण र हस्तक्षेप हुँदो रहेछ। त्यस्तो अवस्थामा सेरेङ र साँवाहरूले गोरखालीहरूसँग सहयोग मागेका थिए भन्ने बुझिन्छ। तर अर्को पत्र पढ्दा गोरखालीहरूले सेरेङहरूलाई तत्कालै विश्वास गर्न नसकेको, बरु उनीहरू आफूहरूका लागि खतरनाक छन् भन्ने भयमा रहेको बुझिन्छ। त्यो समय सेन राज्य फर्काउने उद्योगमा विस्थापित मकवानी राजघरानासँग भारतमा रहेर अंग्रेजहरूसँग सरसल्लाह गरिरहेका थिए, स्वरूपसिंह कार्की। त्यस वेला विस्थापित सेन राजघराना पूर्वतिरबाट गोरखालीका लागि खतरनाक थिए। कार्की पहिले चौदण्डीका काजी थिए। उनलाई दक्षिणतिरबाट खतरनाक मानिएको छ। सेरेङहरू चाहिं उत्तरतिरबाट आफूहरूका लागि खतरा रहेको गोरखालीहरूलाई महसूस भएको संकेत अर्को एउटा पत्रबाट मिल्छ। सेरेङहरूले गोरखालीसँग गुहार मागेको पत्रपछिको क्रममा राखिएको यो पत्र सम्भवतः अघिल्लो पत्रभन्दा पछि नै लेखिएको हुन सक्छ। पत्रमा मिति खुलेको छैन। पृष्ठ ४३–४४ मा प्रकाशित पत्रमा सेरेङको प्रसंग यस्तो छः “...मकवानी साहेव पनि यहाँबाट भागेर मुगलानमा हांगामा गर्न लागि रहेछ पूर्वतिर पनि उत्तर भन्या लिंवु श्रृंग्या दषिन नी सरुप छदैछन्...।” यसबाट सेरेङहरू कहिले आफूहरूसँग मिल्ने र कहिले फुट्ने गरेकाले गोरखालीहरूको टाउको दुखाइ बनेर लामो समय टिकिरहेको देखिन्छ। अघिल्ला पत्रहरूको मिति खुले पनि सेरेङहरूको प्रसंग परेका ती पत्रमा मिति खुल्दैनन्। अघिल्ला पत्रहरू विसं १८३४ देखि १८३७ सम्ममा लेखिएको देखिन्छ। त्यसैले सेरेङहरूको प्रसंग परेको पत्र १८३७/३८ ताकाको हुन सक्छ। प्रामाणिक ऐतिहासिक स्रोतहरू अनुसार पृथ्वीनारायणले आफ्नो जीवनकालमा सेरेङ लिम्बूहरूलाई हात लिन सकेनन्। उनका छोरा प्रतापसिंह शाहका उत्तराधिकारी रणबहादुर शाहको राज्यकालमा १८३९ तिर मात्र सेरेङहरू बल्ल गोरखालीहरूसँग मिल्न पुगे। यसको अगुवाइ सेरेङका सुब्बा रैनसिंह रायले गरेका थिए। रणबहादुर शाहले उनलाई सम्बोधन गरेको लालमोहर शिवकुमार श्रेष्ठ लिखित पुस्तक (२०६८ः११७) मा पढ्न पाइन्छ। यस पत्रमा रैनसिंहलाई हतियार लिन आउन राजधानी बोलाइएको छ (श्रेष्ठ, २०६८ः११८)। त्यस अनुसार रैनसिंहले राजधानी पुगेर १८४० जेठ सुदी १२ रोज १ मा ३०० खुँडा, ३२ नाल बन्दूक र २२८ थान धनुकाँड रणबहादुर शाहबाट बुझे। लिम्बू जातिभित्र मावोहाङ, फागो, चोङबाङ, सेनिहाङ, थिन्दोलुङ खोयाहाङ जस्ता विभिन्न समूह छन्। ती समूहभित्र विभिन्न थरका लिम्बू छन्। चोङबाङ अन्तर्गत पर्ने एक थर हो, सेरेङ। कसैले सिरेङ, कसैले श्रेङ पनि लेख्ने गरेका छन्। यो थरका लिम्बूहरूको प्रसंग परेको पृथ्वीनारायण शाहकालीन दुई वटा पत्र उपलब्ध छन्। तीमध्ये एउटामा ‘श्रृंग्या’ र अर्कोमा ‘सिरिङ्ग्या’ उल्लेख छ। यो थरका लिम्बूहरूलाई पृथ्वीनारायण शाहले मात्र होइन, रणबहादुर शाहसम्मले उच्च महत्त्व दिंदै आफूसँग मिल्न आउन पत्राचार गरेका ऐतिहासिक पत्रहरू उपलब्ध छन्। यसबाट विसं १८३१ साउनमा अभिमानसिंह बस्न्यातको नेतृत्वमा गोरखालीले विजयपुर हात लिए पनि सेरेङ लिम्बूहरू गोरखाली मातहतमा आउन नमानेको प्रमाणित हुन्छ। साथै, त्यस समय सेरेङ लिम्बूहरू महत्त्वपूर्ण राजनीतिक शक्तिका रूपमा थिए भन्ने पनि देखिन्छ। यो लेख यसै ऐतिहासिक प्रसंगसँग सम्बन्धित छ। ताप्लेजुङको सान्थाक्रामा आवाद रही त्यहाँको किपट सम्हाल्ने सेरेङ चोङबाङहरूको विरासत निकै पुरानो देखिन्छ। यस सन्दर्भमा यहाँ एक अनुश्रुति उल्लेख गरिन्छ। सेरेङहाङलाई उनका शत्रुहरूले वेलावेला आक्रमण गर्थे। आक्रमणको सामना गर्न आफू असमर्थ भएपछि उनले छिमेकी राजा पोमुहाङसँग सहयोग मागे। पोमुहाङले यक्सोहरूसँग सहयोग माग्न सुुझाव दिए। सेरेङहाङलाई सहयोग गर्न यक्सोहरूमध्ये दुई शूरवीर थाकमिया र मुरेगन तयार भए। उनीहरूले शत्रुका राजालाई झुक्याएर मारी सेरेङहाङको संकट टारिदिए। यक्सोहरूको पुर्खामध्ये मावोहाङलाई प्रतापी र धार्मिक राजा मानिन्छ। उनी आराध्यदेवी युमाका ठूला उपासक थिए। उनै राजाका सन्तानले आफूहरूलाई मावोहाङ भन्छन्। जस्तैः मावोहाङ यक्सो, मावोहाङ चेम्जोङ आदि। मावोहाङ यक्सोको माङ्गेना (गाथा)मा गाइने मुन्धुममा थाक्मिया र मुरेगनको विशेष गुणगान गाइन्छ। जस्तैः मावोहाङ यक्सो वंशावलीमा वीरका रूपमा गाथा गाइने थाकमिया र मुरेगनको नाम उल्लेख छ। यक्सोहरूको वंशावली ‘यक्सो इत्लाम’ का अनुसार मावोहाङका छोरा मुदाहाङका तीन भाइ छोरा थिएः थाक्मिया, मुरेगन र काप्पेनहाङ। इतिहासकार इमानसिंह चेम्जोङको पुस्तक (२०६३ः८९) अनुसार मावोहाङको शासनकाल सन् ८६५ देखि ८८० सम्म थियो। वंशावली अनुसार मावोहाङपछि राजाका रूपमा मुदाहाङको सक्रियता सन् ८८० बाट शुरू भयो। यही आसपास वा १० देखि १५ वर्षपछि सेरेङहाङलाई समस्या पर्दा सहयोग गर्न थाकमिया र मुरेगन गएका हुन सक्छन्। यसरी हेर्दा सेरेङहरूको यस क्षेत्रको ऐतिहासिक विरासत एक हजार वर्षभन्दा पुरानो देखिन्छ। यसबाट पनि सेरेङ चोङबाङहरूको प्राचीनताको झलक नियाल्न सकिन्छ। सेरेङहरूको इतिहासको जरो गहिरो भए जस्तै लहरा पनि लामो देखिन्छ। विजयनारायण राय विजयपुरका अन्तिम राजा हुन्। उनीपछि उनका सन्तानलाई त्यहाँका मन्त्री मुरेहाङका सन्तानले विजयनारायणका उत्तराधिकारीहरूलाई राजा बन्न दिएनन्। बरु उनीहरूले सेनहरूलाई गुहारे र लोहाङ सेनलाई विजयपुरका राजा बनाए। आफूहरू चाहिं त्यहाँका दिवान (मन्त्री) बने। विजयपुरमा सेन राजा भए पनि शासनको हर्ताकर्ता मन्त्रीका रूपमा लिम्बूहरू नै हुन्थे। सेनहरूले लिम्बूहरूलाई निकै विश्वासमा लिएको देखिन्छ। इमानसिंह चेम्जोङको पुस्तक (२०३२ः३९–४०)लाई उद्धृत गर्दै इतिहासकार डा. राजाराम सुवेदीले पुरातत्त्व विभागको मुखपत्र को पूर्णांक १४७ मा (असार २०५८ः४३)मा लेखेको लेख ‘मकवानपुर राज्य’ मा उल्लेख गरे अनुसार किरातहरूमा मोरङमा विद्याचन्द्र राय, सप्तरीमा चोङबाङ राय, महोत्तरीमा लिवाङ राय र मकवानपुरमा सेरिङ रायलाई इज्जतसाथ राखिएको थियो। यसबाट हेर्दा सेरेङहरू प्रशासन चलाउँदै मकवानपुरसम्म पुगेको देखिन्छ। सेरेङहरू मकवानी सेन राजाहरूसँगै भएको प्रमाण शाहकालीन एक पत्रबाट पनि पुष्टि हुन्छ। इतिहासप्रधान पत्रिका को पूर्णांक ५८ (चैत २०४०ः३९–४०) मा त्यस वेला रणबहादुर शाहले विजयपुरमा रहेर गोरखाली प्रशासन चलाइरहेका सुब्बा जोगनारायण मल्ललाई लेखेको पत्र हेर्दा सेरेङहरू मकवानपुरका सेनहरूसँग नजिक थिए भन्ने प्रमाणित हुन्छ। यस प्रसंगमा पत्रको व्यहोरा यस्तो छः “...उप्रान्त लिंवु श्रृंग्याहरु मिल्न आउँदैछन् भन्ने कुरो तिमीले लेखेछौ। हिजो मकवानीका पालामा पनि ती किरातले बहुतै गर्‍यो। हाम्रा पालामा पनि तन्ले २/४ बेर मिल्न आउँदै फट्टाउँदै गर्‍या जस्तो गरी बीरभद्र राई जस्तो आयथ्यो। त्यस्तै गरी निख्रिकन आया पिछा लेऊ।” यस पत्रमा उल्लिखित वाक्यांश ‘हिजो मकवानीका पालामा पनि ती किरातले बहुतै गर्‍यो। हाम्रा पालामा पनि तन्ले २/४ बेर मिल्न आउँदै फट्टाउँदै गर्‍या जस्तो गरी...’ उल्लेख हुनुले सेरेङहरू पहिल्यैदेखि मकवानी सेनहरूसँग नजिक थिए र गोरखाली शाहहरूले उनीहरूलाई हात लिन पटक पटक प्रयास गर्दा पनि सफल नभएको भन्ने पुष्टि गर्छ। लिम्बूहरूमा दुई खालको समूह थियो। तर समयक्रममा लिम्बूहरूले आफूहरू विभाजित रहेको यस्तो समूहबारे बिर्सिसकेका थिए। बेलायतको ब्रिटिश लाइब्रेरीमा हज्सन पाण्डुलिपि अध्ययन गरेर फर्केपछि इतिहासकार डा. रमेश ढुङ्गेलले प्रवचन तथा लेखन मार्फत लिम्बूहरूमा ‘नीति’ र ‘स्मृति’ समूह रहेको तथ्य उजागर गरिदिए। गोरखाली शासकहरूले आफ्नो शासन र धर्म–संस्कृति स्विकार्नेहरूलाई आफू समान रीतिस्थिति मान्ने अर्थात् ‘समरीति’ र लिम्बू धर्म–संस्कृतिमै अडिग रहेर गोरखाको शासन नमान्ने, विद्रोही लिम्बूहरूलाई ‘नीति’ समूहको रूपमा चिन्ने/चिनाउने चलन चलाइदिए । समरीतिलाई ‘स्मृति’ तथा ‘संपृति’ पनि लेख्ने गरिएको छ। ब्रिटिश लाइब्रेरीमा सुरक्षित ब्रायन हज्सनको संकलन रहेका सामग्रीको खण्ड ६० पत्र १२९–१४९ मा उल्लेख भए अनुसार स्मृति समूहमा फागु (फागो चोङवाङ), सिरिङ (सेरेङ) र युङ्याहाङ (योङहाङ) छन् भने ‘नीति’ समूहमा आङ्वोहाङ र साँवाहरू छन्। यो लेखोट विसं १९०० तिर इलामका जोभानसिंह फागो लिम्बूले लिम्बू भाषा र सिरिजङ्गा लिपिमा पुनर्लेखन गरेर तयार पारेका हुन् (ढुङ्गेल, २०६२ः६०)। यस्तै, विसं १८७५ फागुन वदि ६ रोज ३ मा विजयपुर हुँदै धनकुटा पुगेका काजीबहादुर भण्डारीलाई लेखिएको पत्रमा लिम्बूहरूमा सेनकालदेखि नै नीति र स्मृति समूह रहेको स्पष्ट संकेत पाइन्छ। पत्रमा ‘...लिम्बू किरातीहरूका नीति स्मृतिका कुरामा अघि पनि कोही नीति कोही स्मृति मान्याका हुन् पछि वीरभद्र कुवर जाँदा स्मृतिमा सबै राजी छन् भनी बिन्ती सर्कारमा आउँदा स्मृतिकै लालमोहर भै गयाको हो। पंथ काजी जाँदा हाम्रा ता अघिदेषि स्मृति हो तेसैमा राजी छौं मज(कुर) काजीले नीति गराया भन्छन् भन्या अर्जी उनको आउदा स्मृतिकै लालमोहर भै गएथ्यो फेरि पंथ काजीले नीतिमा राजी छौं भन्छन् भनी लेषता नीतिकै लालमोहर भै गयोथ्यो’ भन्ने उल्लेख छ (ज्ञानमणि नेपाल, –२०५५ः२६९)। समूह अन्तर्गतको सेरेङ चोङवाङकै सन्दर्भ सोही पत्रमा स्पष्टसँग जोडिएको छ। यसमा सेरेङहरूले सेनकालदेखि नै स्मृति समूह अन्तर्गत रहेर लालमोहर लिने गरेको देखिन्छ। पत्रमा ‘...हाम्रो त अघि सेन राजाका पालामा पनि स्मृति हो (श्री पृथ्वीनारायण शाह) अमल भयापछि पनी हामीलाई स्मृतिमा रहनु भन्या हुकुम लालमोहर बक्सनु भयाको छ। हामी स्मृतिमा राजी छौं भनी फागु सिरिंग्या गैरह दर्वारमा विन्ती गर्न आइरह्याका छन्। एकै मूलुकमा कोही नीति मान्या कोही स्मृति मान्या दुई फ्याक भै रह्या छन् तसर्थ तिमीले लिम्बू किराती गैह्र छ थर दश थर सबै बाटुल गरी बझ्नु र सबैको एक मतो नीति स्मृति क्यामा हुन्छ सो विस्तार लेषखु’ भनेर लेखिएको छ (नेपाल, २०५५ः२६९–२७०)। यो ऐतिहासिक पत्रबाट पनि सेरेङ चोङवाङ लिम्बूहरू ‘स्मृति’ समूहमा थिए भन्ने स्पष्ट हुन्छ। गोरखालीहरू राज्य विस्तार अभियानका क्रममा लिम्बुवान पुग्दा त्यहाँका लिम्बू सुब्बाहरूको फौजसँग भीषण युद्ध भयो। युद्धमा गोरखालीहरूले बल, छल र कूटनीति सबै प्रयोग गरेको इतिहास पढ्न पाइन्छ। यसो हुँदा लिम्बू सुब्बाहरूमा फुट आयो र केहीले गोरखालीसँग सन्धि गरे, केही सिक्किम पसेर गोरखालीहरूसँग पुनः युद्धका लागि तयारी गर्न थाले। त्यस्तो अवस्थामा सेरेङहरू चाहिं न त सन्धिमा तत्कालै सहभागी भए न सिक्किम पलायन भए। उनीहरूलाई आफूतिर मिलाउन गोरखालीहरूले निरन्तर प्रयास गरिरहे। गोरखालीहरूको अधीनमा पुगेको लिम्बुवान क्षेत्रमै बसेर सेरेङहरूले नयाँ शासकलाई त्रस्त पार्दै आफ्नो राजनीतिक अस्तित्व कायम गरिरहेका थिए। गोरखालीहरूले युद्ध र सन्धि मार्फत लिम्बुवान हात पारिसकेपछि पृथ्वीनारायण शाहले आफ्ना भारदारसँग सेरेङहरूबारे विशेष चासो राखेका थिए। विसं १८३१ आश्विन बदी ३० मा पूर्वतिर खटिएका अभिमानसिंह बस्न्यात, पारथ भण्डारी, कीर्तिसिंह खवास, बली बानियालाई पृथ्वीनारायणले लेखेको पत्रमा ‘...चौदंड महा गढि तुल्याउनको विस्तार औ. कुह्रिल्याबाट फौज हिड्याको. तिनै मुषले गर्न्या काजको चांजो. लिम्बु श्रृंग्याका सुवा. सुवाले मान्न आयाको. सवै विस्तार विंति गरि पठाया छौ विधि विस्तार सुन्यौ...’ भन्ने उल्लेख छ (बाबुराम आचार्य, –२०६१ः४३१)। पत्रमा उल्लिखित ‘श्रृंग्या लिंवु’ सेरेङ लिम्बू हुन्। उसो त लिम्बुवानलाई हात लिनुअघि नै पनि पृथ्वीनारायणले सेरेङ लिम्बूहरूको बारेमा चासो राख्दै उनीहरूलाई आफूसँग मिलाइदिन आग्रह गरेका थिए। लिम्बुवानमा आक्रमण गर्नुअघि उनले लिम्बूहरूलाई हात लिन आफ्ना दूतहरू घुसाउँदै थिए। माघ सुदी ४ रोज ३ मा मुकाम कान्तिपुरबाट कालंपुरी गोसाई मार्फत पुनि राय लिम्बूलाई पत्र पठाएका थिए। हाल फाल्गुनन्द गाउँपालिका, नवमीडाँडाका हर्कबहादुर आङ्देम्वेसँग सुरक्षित उक्त पत्रमा सेरेङहरूलाई आफूहरूको हात लगाइदिए सुन, मोती, हात्ती लगायत उपहार दिइने प्रलोभन देखाइएको छ। पत्रमा भनिएको छ, “...कामदत्त सेनको पालोमा या आज उनको परलोक भै गयो तपनि कुन उनका सेवक कुनं हाम्रो तुम्रो दपहा जति लिंवु सिरिङ्ग्या छन् हात गरी हाम्रो पाव भन्या तेतावाट काज गर्‍याका दिन सुनका कंडा मोति हातिसर सिर्पाउ विशेष गरी र कट काज गर...।” यो पत्रमा महीना उल्लेख भए पनि साल लेखिएको छैन। तर विसं १८३० को माघमै लेखिएको हो भन्न गाह्रो छैन। किनकि विसं १८३१ को माघमा त पृथ्वीनारायणको निधन भइसकेको थियो। यी पत्रहरूबाट के स्पष्ट हुन्छ भने पृथ्वीनारायणले सेरेङ लिम्बूहरूलाई विशेष महत्त्व दिएका थिए, र उनीहरूलाई हात लिन जरूरी ठानेका थिए। यहाँ उल्लिखित पृथ्वीनारायण शाहको विसं १८३१ आश्विन वदी ३० को लालमोहरमा गोरखाली सैन्य अधिकारीहरूले पृथ्वीनारायणलाई सेरेङहरू आफूहरूसँग मिल्न आएको भनी जानकारी गराएको स्पष्ट हुन्छ। तर उनीहरू पछिसम्म गोरखालीहरूसँग नमिलेको र तिनका लागि खतरनाक समूह भइबसेको संकेत मिल्ने अन्य पत्रहरू पनि छन्। इतिहासकार दिनेशराज पन्तले को पूर्णाङ्क ५८ (चैत २०४०ः३०–४४) मा ‘श्री ५ रणबहादुर शाहका नौ वटा अप्रकाशित लालमोहर’ शीर्षकमा प्रकाशित ऐतिहासिक पत्रहरूमध्ये तीन वटामा सेरेङहरूको प्रसंग परेको छ। एउटा प्रसंग माथि उल्लेख गरिसकिएको छ। रणबहादुर शाहले विजयपुरमा बसेर प्रशासन चलाइरहेका सुब्बा योगनारायण (कतै जोगनारायण लेखिएको) मल्ललाई लेखेको पत्रमध्ये एउटामा लिम्बू साँवा र सेरेङहरूले गोरखाली गुहारेको कुरा गोरखाली प्रशासकबाट राजा समक्ष पुगेको बुझिन्छ। पत्रमा ‘सांभा र सिरिंले फेदावबाट पनि गुहार मागी पठायो। सुब्बा २/३ हामीतिर भयाका छन्। प्रजा भोट्यातिर छन् भनी लेखेछौ। योग्यै हो...’ उल्लेख छ। त्यस वेला भोटबाट पनि वेलावेलामा लिम्बुवानमा आक्रमण र हस्तक्षेप हुँदो रहेछ। त्यस्तो अवस्थामा सेरेङ र साँवाहरूले गोरखालीहरूसँग सहयोग मागेका थिए भन्ने बुझिन्छ। तर अर्को पत्र पढ्दा गोरखालीहरूले सेरेङहरूलाई तत्कालै विश्वास गर्न नसकेको, बरु उनीहरू आफूहरूका लागि खतरनाक छन् भन्ने भयमा रहेको बुझिन्छ। त्यो समय सेन राज्य फर्काउने उद्योगमा विस्थापित मकवानी राजघरानासँग भारतमा रहेर अंग्रेजहरूसँग सरसल्लाह गरिरहेका थिए, स्वरूपसिंह कार्की। त्यस वेला विस्थापित सेन राजघराना पूर्वतिरबाट गोरखालीका लागि खतरनाक थिए। कार्की पहिले चौदण्डीका काजी थिए। उनलाई दक्षिणतिरबाट खतरनाक मानिएको छ। सेरेङहरू चाहिं उत्तरतिरबाट आफूहरूका लागि खतरा रहेको गोरखालीहरूलाई महसूस भएको संकेत अर्को एउटा पत्रबाट मिल्छ। सेरेङहरूले गोरखालीसँग गुहार मागेको पत्रपछिको क्रममा राखिएको यो पत्र सम्भवतः अघिल्लो पत्रभन्दा पछि नै लेखिएको हुन सक्छ। पत्रमा मिति खुलेको छैन। पृष्ठ ४३–४४ मा प्रकाशित पत्रमा सेरेङको प्रसंग यस्तो छः “...मकवानी साहेव पनि यहाँबाट भागेर मुगलानमा हांगामा गर्न लागि रहेछ पूर्वतिर पनि उत्तर भन्या लिंवु श्रृंग्या दषिन नी सरुप छदैछन्...।” यसबाट सेरेङहरू कहिले आफूहरूसँग मिल्ने र कहिले फुट्ने गरेकाले गोरखालीहरूको टाउको दुखाइ बनेर लामो समय टिकिरहेको देखिन्छ। अघिल्ला पत्रहरूको मिति खुले पनि सेरेङहरूको प्रसंग परेका ती पत्रमा मिति खुल्दैनन्। अघिल्ला पत्रहरू विसं १८३४ देखि १८३७ सम्ममा लेखिएको देखिन्छ। त्यसैले सेरेङहरूको प्रसंग परेको पत्र १८३७/३८ ताकाको हुन सक्छ। प्रामाणिक ऐतिहासिक स्रोतहरू अनुसार पृथ्वीनारायणले आफ्नो जीवनकालमा सेरेङ लिम्बूहरूलाई हात लिन सकेनन्। उनका छोरा प्रतापसिंह शाहका उत्तराधिकारी रणबहादुर शाहको राज्यकालमा १८३९ तिर मात्र सेरेङहरू बल्ल गोरखालीहरूसँग मिल्न पुगे। यसको अगुवाइ सेरेङका सुब्बा रैनसिंह रायले गरेका थिए। रणबहादुर शाहले उनलाई सम्बोधन गरेको लालमोहर शिवकुमार श्रेष्ठ लिखित पुस्तक (२०६८ः११७) मा पढ्न पाइन्छ। यस पत्रमा रैनसिंहलाई हतियार लिन आउन राजधानी बोलाइएको छ (श्रेष्ठ, २०६८ः११८)। त्यस अनुसार रैनसिंहले राजधानी पुगेर १८४० जेठ सुदी १२ रोज १ मा ३०० खुँडा, ३२ नाल बन्दूक र २२८ थान धनुकाँड रणबहादुर शाहबाट बुझे ।
himalkhabar.com
1,006,465
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु ६८ करोड ४२ लाख १० हजार मूल्य बराबरको ६८ लाख ४२ हजार १०० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ)को बिक्री खुला गरेको हो । आयोजनाले प्रभावित रसुवा जिल्लावासीका लागि छुट्याइएको १० प्रतिशतले हुन आउने ६८ लाख ४२ हजार १०० कित्ता शेयर आयोजनाबाट अतिप्रभावित गोसाइकुण्ड गाउँपालिका–१ र २, प्रभावित आमाछोदिङ्मो गाउँपालिका–४ र ५ तथा गोसाइँकुण्ड गाउँपालिकाका ३, ४, ५ र ६ का साथै सामान्य प्रभावित उल्लेखित क्षेत्रभन्दा बाहिर बसोबास गर्ने जिल्लावासीमा ४.५ः १.५ः १ का दरले शेयर बाँडफाँड गरिने आह्वानपत्रमा उल्लेख छ । जिल्लाका स्थानीय बासिन्दाले आजदेखि असार २७ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी साउन १० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले जनाएको छ । कम्पनीले रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका हुँदै बहने भोटेकोसी नदीमा १११ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । स्टार नेपाल इन्फोसिस एण्ड एजुकेशन प्रा. लि. द्वारा बिगत ९ बर्ष देखी संञ्चालनमा रहेको सफल न्युज डट कम नेपाली भाषामा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो । हामी यसको माध्यमबाट फरक ढंगले सत्य, तथ्य तथा हरपल ताजा खवरहरु उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दछौं ।
safalnews.com
43,757
काठमाडौँ - हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको थोरै र बाँकी पहाडी भूभागको एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा मध्यान्ह पछि हावा हुरीको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ । सोमबार पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको थोरै स्थानहरू र बाँकी पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
canadanepal.com
5,894,034
काठमाडौं – आगामी अगस्टमा आयोजना हुने यू–१५ साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ डोल्पा– डोल्पामा निरन्तरको वर्षापछि आएको बाढीले सिँचाइ कुलाको बाँध बगाएको छ । बाढीले त्रिपुरासुन्दरी नगरपालिका– काठमाडौं– सोमबार राति काठमाडौंको कलंकीमा भएको गोली प्रहारमा संलग्नको आशंकामा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ काठमाडौं– नेपालमा अवैधानिक गतिविधिमा संलग्न रहेका २ जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् । पक्राउ मुम्बई – अभिनेत्री आलिया भट्टले फिल्म ‘सडक २’ को छायांकन पूरा गरेकी छिन् । यसैबीच एजेन्सी– प्रेम सबैका लागि एकै किसिमको हुन्न । त्यसमा पनि प्रेम भाव कसरी, कहाँ, कुन अवस्थामा काठमाडौं – यसपालिको दशैँमा प्रतीक्षित फिल्मको भिडन्त हुने पक्का भएको छ । दुई सिरिज सफल काठमाडौं- वैदेशिक रोजगार व्यवसाय संघले एक वर्षदेखि बन्द मलेसियाको रोजगार खुलाउन माग गदै वैदेशिक रोजगार काठमाडौं – नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्राविधिक निर्देशकमा अस्ट्रेलियन नागरिक दिपायल– चार जना सरकारी चिकित्सकको दरबन्दी रहेको डोटी अस्पतालमा पछिल्लो समय गैरसरकारी संस्थाले खटाएका चिकित्सकका काठमाडौं-मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भागभन्दा दक्षिणतिर अवस्थित रहेकाले मनसुनी गतिविधि कम सक्रिय रहेको जल काठमाडौं– सोमबार राति काठमाडौंको कलंकीस्थित १ घरमा गोली प्रहार भएको छ । कलंकीमाई मन्दिर नजिकै मुम्बई – अनुष्का शर्मा सन् २०१८ मा खुबै व्यस्त रहिन् । उनका चार फिल्म एकै काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) मंगलबार विहान संयुक्त अरब काठमाडौं– काठमाडौंको दरबारमार्गस्थित डेजाभु लाउन्ज (क्लब)का अध्यक्ष मनोज श्रेष्ठ पक्राउ परेका छन् । गत पुसदेखि वीरगन्ज– पर्सा प्रहरीले ८९ किलो गाँजासहित ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
khabarhub.com
3,109,179
घरेलु भलिबलको चर्चित न्यु डायमन्ड स्पोर्ट्स क्लबको आफ्नै इन्डोर हल निर्माण गर्ने भएको छ । क्लबले शुक्रबार चन्द्रागिरी नगरपालिका १३ पुरानो नैकापमा इन्डोर हल बन्ने जग्गामा भुमि पुजा गर्दै इन्डोर हल निर्माणको कार्य सुरुवात गरेको छ । क्लबले दुई रोपनी ८ आना दुई पैसा जग्गा १० वर्षको लागि भाडामा हल निर्माण गर्न लागेको हो । सोही जग्गामा क्लबले १२ महिनै प्रशिक्षण गर्न मिल्ने भलिबल कोर्ट, जिम हल, क्यान्टिन, चेन्जिङ रुम, ट्वाइलेट, वाथ रुम र आवास निर्माण गर्ने क्लबका प्रशिक्षक कुमार राईले जानकारी गराए । शिलन्यास केही दिनमा हुने र डिपिआरको दुई मोडल तयार भइरहेको र प्रारम्भिक चरणमा कार्य सुरु गरिने क्लबका अध्यक्ष सुनकेशरी मालीले बताइन् । ‘दुई मोडलमध्ये प्याराफिटसहितको इन्डोर हलको लागत ३ करोड, प्याराफिटरहितको हलको लागत २ करोड रुपैयाँ भन्दा माथि लागत लाग्ने अनुमान छ ’ अध्यक्ष मालीले भनिन्, ‘अब मुख्य कुरा आर्थिक पाटो नै हो । नेपाल सरकार, प्रदेश सरकार, स्थानिय सरकार, निजी संघ सस्था र शुभेच्छुकहरुबाट आर्थिक सहयोग पाएको खण्डमा आउदो जेठ ८ (भलिबल दिवस) मा यही इन्डोर हलमा भलिबल दिवस मनाउने लक्ष्य छ । प्रशिक्षक राईले अहिलेको मुख्य प्राथमिकता भने भलिबल कोर्ट, चेन्जिङ रुम, ट्वाइलेट र बाथ रुम नै रहेको बताए । उनले भलिबल खेल्ने खेलाडीलाई पनि यही राख्ने र ४० जनासम्मलाई त्यही आवासमा राखिने योजना रहेको सुनाए । यसमा विशेष गरी महिला नै हुन्छ । उनले स्पोर्ट्स क्लबलाई नेपालको नमुना ट्रेनिङ सेन्टर बनाउने लक्ष्य रहेको योजना सुनाए । सोही कोर्टबाट उत्पादित खेलाडीले राष्ट्रिय टोलीको ढोका खोल्दै आफ्नो प्रतिभा देखाइसकेका छन् । रमिला तण्डुकार, रेश्मा भण्डारी, प्रतिभा माली, कृपा अधिकारी र सलिना श्रेष्ठ सोही एकेडेमीबाट उत्पादिन खेलाडी हुन् । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
souryaonline.com
4,749,764
नेपाल डिस्टिलरिजले उच्चकोटीको न्युड सुपेरियर भोड्का बजारमा ल्याएको छ । काठमाडौंमा आयोजित फेसन विकअन्तर्गत नेपालकै प्रतिष्ठित डिजाइनर शिवाङ्गी प्रधान तथा चुपलाग स्टुडियो र शो स्टपर साम्राज्ञी आरएल शाहको सिक्वेन्समा बिहीबार साँझ न्यूड सुपेरियर भोड्का अनावरण गरिएको हो । न्यूड सुपेरियर भोड्का सम्भवतः नेपालको पहिलो राइसबेस्ड भोड्का हो । राइसबेस्ड भएका कारण यसमा अभूतपूर्व प्राकृतिक मिठास पाउन सकिने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यसमा अतिरिक्त चिनी मिश्रण गरिएको छैन । साथै ग्लुटेन फ्री तथा ग्लिसरिन फ्री जस्ता विशेषताले भोड्कालाई थप उच्चकोटीको बनाएको कम्पनी बताएको छ । विभिन्न स्पिरिटमध्ये भोड्का एक ‘फन स्पिरिट’ हो । यस्तो पेयमा मुख्यतया युवाहरुको बढी रुचि देखिन्छ । शतप्रतिशत स्थानीय सामग्री प्रयोग गरी ४० वर्षभन्दा बढी अनुभवी अन्तर्राष्ट्रियस्तरका ख्यातिप्राप्त ब्लेण्डर क्रिस्टोफर आर्मसले न्युड सुपेरियर भोड्का डिजाइन गरेका हुन् । यो भोड्का निट पिउँदा घाँटीमा अतिरिक्त जलनको कुनै अनुभव हुँदैन ।
nepalpress.com
1,566,078
नेपाली कांग्रेसले गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तरघात गरी असहयोग गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म तोकेको छ । पार्टीका स्थानीय निकायले त्यस्ता उजुरीका सम्बन्धमा निर्णय गरी केन्द्रमा पठाउने यसअघि निर्धारण गरेको यही माघ १५ सम्मको समय बढाएर माघ मसान्तसम्म तोकिएको कांग्रेसको केन्द्रीय अनुशासन समितिले आज जनाएको छ ।
kendrabindu.com
5,193,465
अमेरिकी सञ्चार माध्यम सिएनएनले पेन्सिलभेनिया राज्यमा जितेको प्रोजेक्सन गर्दै डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेन निर्वाचित भएको जनाएको हो। बाइडेनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक पर्ने २ सय ७० इलेक्ट्रोल कलेज सुनिश्चित गरेको टेक्सासबाट नेपालखबरका विशेष प्रतिनिधि सन्जय घिमिरेले जनाएका छन्। घिमिरेका अनुसार बाइडेनले पेन्सिलभेनिया राज्यमा जितेर २८४ इलेक्ट्रोल कलेज सुरक्षित गरेका छन्। अमेरिकामा निर्वाचन भएको चार दिनपछि को राष्ट्रपति हुन्छ भनेर निश्चित भएको हो। तर राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले पराजय स्वीकार गरिसकेका छैनन्। उनीसँग अहिलेसम्म २१४ इलेक्ट्रोल कलेज रहेको छ। दोस्रो विश्वयुद्धपछि दोस्रो कार्यकालमा लागि निर्वाचित हुन नसक्ने ट्रम्प तेस्रो राष्ट्रपति बनेका छन् ।
nepalkhabar.com
4,539,836
जनमत पार्टीले प्रदेश २ सरकारविरुद्ध बर्दिवासमा प्रदर्शन गरेको छ। बुधवार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान अयोग बर्दिवासको कार्यालय घेराउ गर्दै सिके राउत नेतृत्वको उक्त पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका हुन्। ‘भ्रष्टाचारीलाई कारबाही गर, भ्रष्ट सरकार राजीनामा दे, मधेशी जनता के भन्छ ? भ्रष्टाचारीलाई जेल दे भन्छ’ लगायतका नारा लगाउँदै मुख्यमन्त्री लालबाबु राउतको विरोधमा प्रदर्शन गरेका थिए। लालबाबु राउत नेतृत्वको सरकारलाई कारबाहीको माग गर्दै जनमत पार्टीका नेता कार्यकर्ताले आज बर्दिवासस्थित अख्तियारको मुलगेट अगाडि पनि प्रदर्शन गरेका थिए। मुख्यमन्त्री कार्यालय मातहत सञ्चालित ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’मा अनियमितता भएको उजुरी परेपछि १३ असोजमा प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको थियो। यसअघि सोमवार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको विरोध गर्दै सिके राउत नेतृत्वको जनमत पार्टीले जनकपुरधाममा प्रदर्शन गरेको थियो ।
pahilopost.com
5,757,131
पछिल्लो २४ घण्टामा ७ हजार ४४८ जना कोभिड १९ संक्रमित थपिएका छन् । त्यस्तै कोभिड संक्रमणका कारण पछिल्लो २४  घण्टामा ३७ जनाको मृत्यु भएको छ ।  यो कोभिड अवधिभरकै उच्च मृत्युको संख्या हो । योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३६२ र संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।
baahrakhari.com
3,067,275
स्थानीय समयअनुसार बिहान ८ बजेदेखि मतदान शुरु भएको थियो । जसमा २ हजार १५५ निर्वाचन क्षेत्रहरूमा ४ हजार ६८५ मतदान केन्द्र र ८ हजार १७४ मतदान केन्द्रहरू स्थापना गरिएको छ । निर्वाचनमा ९० लाखभन्दा बढी मतदाताले आफ्नो स्थानीय प्रतिनिधि छान्न मतदान गर्ने अपेक्षा गरिएको छ । कुल ७ हजार २०५ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् भने २७९ स्थानीय परिषद्को निर्वाचन हुने अनुमान गरिएको छ । संसदीय निर्वाचनको प्रारम्भिक नतिजा बुधवार घोषणा गरिने बताइएको छ ।
samacharpati.com
3,188,549
पछिल्लो २४ घण्टामा नेपालमा १५८ जना कोरोना संक्रमित भएका छन् । ५ हजार ४८३ जनामा पीसीआर परीक्षण गर्दा १५८ जनामा कोभिड-१९ पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । यस्तै २ हजार ५१४ जनामा एन्टीजेन परीक्षण गर्दा ३१ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन विधिद्वारा गरिएको ७ हजार ९९७ परीक्षणमा १८९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणअनुसार कोरोना संक्रमितको संख्या ८ लाख २५ हजार ६०३ पुगेको छ । २४ घण्टामा २५० जना संक्रमणमुक्त भएका छन् । नेपाल कोरोना निको हुने दर ९७.९ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । शनिबार २ जना मृतक थपिएका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७२ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ४२८ रहेको छ । २४ घण्टामा १ लाख ११ हजार ९३८ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
souryaonline.com
745,933
तिलाठी कोइलाडी गाउँपालिका २ का सीमा बचाउ अभियानका अगुवा देवनारायण यादव र उनका छोरा अजयकुमार यादवलाई छुटाउन शुक्रवार भारतको सुपौल जिल्लास्थित बिरपुरको अनुमण्डलीय व्यबहार न्यायलयमा उनकी बुहारीको बयान हुने भएको छ । भारतीय सुरक्षा अधिकारीको सल्लाह अनुसार यादव बाबुछोरालाई छुटाउन अपहरण भएको भनिएकी देवनारायणकी बुहारी ज्योती कुमारीलाई न्यायलयमा बयानका लागि सप्तरीका स्थानीय प्रशासनले मंगलवारदेखि पठाइरहेको छ । न्यायलयमा समयमा न्यायाधीश उपस्थित नहुँदा बुधवार बयान सुरु गर्ने प्रक्रिया पुरा गरेर शुक्रवार बयानका लागि बोलाएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले बताए ।यादवकी बुहारी ज्योती कुमारीले मंगलवारदेखि न्यायालयमा बयान दिन गइरहँदा पनि न्यायिक अधिकारीहरुले मुद्दा लम्ब्याउने खेलमा लागेको गुनासो पोखिन् । उनले आफ्नै कारण आफ्ना पति र ससुरालाई भारतीय अधिकारीले जेलमा राखेको र आफु आउँदा न्यायिक अधिकारी नभएको भन्दै फर्काउने गरेकोबाट उनीहरुको पूर्वाग्रही व्यबहार उजागर भएको बताइन् । उनले बुधवार एक कर्मचारीले सामान्य नाम ठेगाना सोधेर शुक्रवार पुन: बयानका लागि बोलाएको सुनाइन् । त्यहाँको न्यायालयमा बयान गराउने र आदेश गर्ने न्यायधीश छुट्टाछुट्टै रहने गरेको र विदाका कारण एउटा मात्रै न्यायधीश उपस्थित रहेकोले केही समस्या आएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । उनले शुक्रवार संभवत ज्योतीको बयान सकिने र आदेश गर्ने न्यायधीश न्यायालयमा फर्केको भए आदेश पनि हुने आशा रहेको सुनाए । उनले आदेश गर्ने न्यायधीशले सामान्य तारेखमा देवनारायणलाई बेल दिने आफ्नो विश्वास रहेको बताए । छोरालाई पनि धरौटीमा बेल दिन सक्ने संभावना रहेको उनी भन्छन् । नेपालमा आरोपित पक्राउ परेको २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनु पर्ने हुन्छ । तर यादव बाबुछोरालाई पक्राउ गरेर ५ दिनदेखि भारतको बिरपुर जेलमा राखेपनि त्यहाँको न्यायलयमा उपस्थित गराएइको छैन । प्रमुख जिल्ला अधिकारी पाण्डेले न्यायलयमा उपस्थित गराउनु पर्ने हो तर खोई न्यायाधीश नभएर होकी अर्कै कानूनी प्रक्रियाले नबुझाएको आफूलाई जानकारी नभएको बताए । अदालतमा एफआईआर नै दर्ज गरेको अबस्था रहेकोले भारतीय सुरक्षा अधिकारीले पनि केही गर्न नसक्ने अबस्था रहेको उनी बताउँछन् । भारतको कुनौली थानाध्यक्ष बिनोद कुमार यादवले देवनारायणलाई पहिलेदेखि ज्योती कुमारीलाई थानामा ल्याएर बयान गराइहाल्न गरेको आग्रहको अटेरी गर्दै आएकोले पक्राउ गर्न बाध्य भएको सुनाए ।भारतको कुनौली १ का ज्योती कुमारीलाई देबनारायणका छोरा अजयले भगाएर प्रेम विवाह गरेकोले ज्योतीको दाजु संजितकुमार साहले नाबालिका अपहरण गरेको उजुरी दिएको थियो । बिरपुर अदालतमा देबनारायण, उनका छोरा अजय, दिपक कुमार यादव र ननु यादवबिरुद्ध मानव अपहरण मुद्दा दर्ता रहेको छ । भारतको कुनौली १ का संजिब कुमार साहले आफ्नी बहिनी ज्योती कुमारीलाई देबनारायण, उनका छोरालगायतले अपहरण गरेको भन्दै कुनौली थानामा जाहेरी दिएको आधारमा देवनारायण र उनको छोरालाई कुनौली प्रहरीले आइतवार पक्राउ गरि सोमवार जेल चलान गरेको हो ।
ekantipur.com
4,832,537
नेकपा एमालेले बूढीगंगा गापामा घरदैलो अभियानलाई तिब्र बनाएको छ । बूढीगंगा गाउँपालिकामा घरदैलो अभियानलाई तिब्र पारेको हो । नागरिकको अभिमतलाई सदुपयोग गर्दै आगामी दिनमा नागरिकको अपेक्षा अनुसारको काम गर्ने एमालेको दाबी छ । नेकपा एमालेको तर्फबाट बुढीगंगा गाउँपालिकाका अध्यक्षका उम्मेदवार बलभद्र सरदार र उपाध्यक्षकी उम्मेदवा तुलसीकुमारी कुवँर विष्ट सहितको टोली घरदैलोमा जाँदा जनताको यस अघिको जवनप्रतिनिधिले आशा अपेक्षा अनुसाका काम नभएको गुनासो मतदाताले गरेका छन् । ‘अधिकांश मतदाता यस अघिको जनप्रतिनिधि खुसी देखिएनन्, घरदैलोमा पुगेका सरदारले भने, नागरिकको आशा एमाले प्रति देखिएको छ।’ वडा नम्बर १, २, ६ र ७ मा घरदैलो गरिसकेको उनले बताए । ‘बिहीवार साँझसम्ममा हामीले दुई नम्बर वडाको घरदैलो सक्छौँ, उनले भने, भोलिदेखि वडाको ३ मा हाम्रो घरदैलो अभियान चल्नेछ ।’ वडा नम्बर २ को गंगाचोक, बकबोन, बहुराहा, पटुवारी, मुस्लिम टोलमा नागरिकको उत्साह देखिएको घरदैलोमा सहभागी उपाध्यक्षकी उम्मेदवार तुलसीकुमारी विष्टले बताईन् । घरदैलोमा सहभागी हुनका लागि नेकपा एमालेका नेता कार्यकर्ताहरु निरन्तर घर घरमा देखिएका छन् । एमालेका मोरङ ईन्चार्ज विनोद ढकालसहितको टोली पनि उम्मेदवारलाई हौसला प्रदान गर्न गाउँ गाउँमा पुगेका छन् । नेकपा एमाले बुढिगंगा गाउँपालिका ईन्चार्ज रिता न्यौपानेले नागरिकमा चुनावी उत्साह देखिएको बताईन् । यसअघिको जनप्रतिनिधि प्रतिको नागरिकको बितृष्णाको कारण पनि मतदाताको उत्साह एमालेमा देखिएको उनले सुनाईन् । ‘हामी निरन्तर घरदैलोमा हाम्रा एजेण्डा बोकेर पुगेका छौँ, उनले भनिन्, हाम्रा प्रतिवद्धता पत्रमा सबैको साथ देखिन्छ ।’ हरेक दिन २ देखि ३ सय घरहरुमा दैनिक पुग्ने गरेको अभियानमा सहभागी नेताहरुले बताएका छन् ।
kathmandupress.com
2,077,263
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ। बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने बताइएको छ। आजको बैठकमा अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुनेछ।
nagariknews.com
5,269,623
२०३९ सालमा निर्वाचित तत्कालीन जनप्रतिनिधिहरूले प्रत्येक सामुदायिक विद्यालयमा १/१ जना शिक्षक नियुक्त गरेर ७ कक्षासम्म निःशुल्कको व्यवस्था गर्नुभयो । त्यतिबेला पञ्चायती सरकारले देशभर ५ कक्षासम्म मात्रै निःशुल्कको व्यवस्था गरेको थियो । २०५६ सालमा ख्वप माविको स्थापना पनि नेपाल मजदुर किसान पार्टीको शिक्षालाई जोड दिने नीतिकै सिलसिला थियो । आज ख्वप माविको जगमा आधा दर्जनभन्दा बढी उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरू सफलताका साथ सञ्चालनमा छन् । इन्जिनियरिङ, विज्ञान, व्यवस्थापन, मानविकीजस्ता विभिन्न विषयहरूमा हाम्रा कलेजहरूले स्नातकोत्तरसम्मको शिक्षा प्रदान गरिरहेका छन् भने ख्वप विश्वविद्यालयको स्थापनाको लागि पनि निरन्तर पहल भइरहेको छ । शिशुस्याहार केन्द्रदेखि कलेजसम्म सञ्चालन गर्ने भक्तपुर नै एक मात्र नगरपालिका हो । झण्डै १० वर्षदेखि नै हामीले ख्वप विश्वविद्यालय स्थापनाको लागि जोड दिँदै आयौँ । धेरै माननीयहरू र संसदीय टोलीका प्रतिनिधिहरूले पनि पटक पटक हाम्रा पूर्वाधारहरूबारे अनुगमन गर्नुभयो । उहाँहरू ख्वप विश्वविद्यालयको लागि आवश्यक पूर्वाधारहरू पर्याप्त रहेको अनुभव गरिसक्नुभएको छ । संसदीय टोलीले सिफारिससमेत गरिसकेको छ । विधेयक सांसदहरूको हातहातमा पुगिसक्दा पनि अहिलेसम्म छलफल प्रक्रियामै लगिएको छैन । हिजो मात्रै पनि शिक्षा मन्त्रालयबाट गठित अध्ययन टोलीका सदस्यहरूले विधेयकबारे छलफल गर्नुभयो । हामीले नगरपालिकाकै पूर्ण स्वामित्व हुने गरी सञ्चालन गर्न आवश्यक केही सुझावहरू दियौँ । यो वर्ष ख्वप विश्वविद्यालय विधेयक संसदबाट पारित हुनेमा हामी आशावादी छौँ । भक्तपुर नगरपालिकाले सम्पूर्ण जनताका छोराछोरीका लागि उच्च शिक्षाको अवसर प्रदान गर्दै आएको छ । स्थानीय जनताको करबाट नगरपालिका सञ्चालन हुने हुँदा यहाँका सम्पूर्ण विद्यार्थीलाई आर्थिक कारण उच्च शिक्षा हासिल गर्नबाट वञ्चित हुन नपर्ने व्यवस्था मिलाउँदै आएका छौँ । गरिब परिवारका विद्यार्थीलाई रु. ५ लाखसम्म शैक्षिक ऋण प्रदान गर्ने नीतिअनुसार हाल ४९४ जना विद्यार्थी नपाको शैक्षिक ऋणमा पढिरहेका छन् भने यो वर्ष १०७ जना विद्यार्थीलाई शैक्षिक ऋण स्वीकृत गरिसकेका छौँ । शैक्षिक ऋण दिएर गरिब परिवारलाई उच्च शिक्षाको व्यवस्था गर्ने पनि भक्तपुर पहिलो नगरपालिका हो । समाजलाई बुद्धिजीवीकरण गरी सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने हाम्रो घोषित नीतिलाई पूरा गर्न नगरपालिकाले यो नीतिलाई अगाडि बढाएको हो । नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरूमा पर्याप्त छात्रवृत्तिको व्यवस्था गर्दै आएका छौँ । गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई वार्षिक सवा चार करोडभन्दा बढी छात्रवृत्तिको व्यवस्था गर्दै आएका छौँ । भूगोल, इतिहास, संस्कृति, नेपालभाषा, अर्थशास्त्र, दर्शनशास्त्रजस्ता थुप्रै विषयहरूमा जुनसुकै कलेज तथा विश्वविद्यालयमा अध्ययन गरे पनि विद्यावारिधिसम्म छात्रवृत्तिको व्यवस्था गरेका छौँ । अहिले ती विषयहरू लिएर भक्तपुरका धेरै विद्यार्थीहरूले स्नातक, स्नातकोत्तर र विद्यावारिधि गरिरहेका छन् । भविष्यमा देशको लागि आवश्यक विभिन्न विषयका जनशक्तिको अभाव नहोस् भन्ने उद्देश्यले यो नीति कार्यान्वयन गर्दै छौँ । यसले गर्दा ती विषयहरूमा युवाहरूको आकर्षण बढेको पनि हाम्रो अनुभव छ । भक्तपुर सांस्कृतिक नगर भएकोले सम्पदा संरक्षणमा पनि हाम्रो त्यत्तिकै जोड रहिआएको छ । भक्तपुरमा अवस्थित मूर्त र अमूर्त सम्पदाहरू हाम्रा अमूल्य निधिहरू हुन् । त्यसको संरक्षण गरी भावी पुस्तालाई हस्तान्तरण गर्नु हामीले आफ्नो कर्तव्य सम्झेका छौँ । विभिन्न सम्पदाहरू हेर्नकै लागि अहिले भक्तपुरमा वर्षको लाखौँ पर्यटकहरू आउने गर्छन् । भक्तपुर पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै छ । पर्यटकहरूबाट उठेका पर्यटन शुल्कबाट भक्तपुरको शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, खेलकुदलगायतको विकासको निम्ति खर्च गर्दै आएका छौँ । यसले प्राचीन कला र संस्कृतिबाट नयाँ पुस्ताको सेवा भएको छ । ‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ नाराले पनि सार्थकता प्राप्त गर्दै छ । भक्तपुर नगरपालिकाले युवाहरूलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिमहरू प्रदान गर्दै आएको छ । चिनियाँ भाषा, जापानी भाषालगायत विभिन्न विदेशी भाषाको पनि प्रशिक्षण दिई हरेक युवालाई ३–४ वटा भाषाको जानकार बनाउने कोसिस हुँदै छ । साथै युवाहरूलाई लक्षित गरी युवा उद्यमशिलता कोषको व्यवस्था गरी रु. ५ लाखसम्मको ऋणको व्यवस्था पनि गर्दै आएको छ । घरदैलो नर्सिङ, वडा वडामा स्वास्थ्य केन्द्र स्थापनादेखि १०० शय्याको आफ्नै अस्पताल सञ्चालन गरी सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा पनि हामीले प्रदान गर्दै छौँ । शिक्षा, स्वास्थ्य, विकास निर्माण, सम्पदा संरक्षणजस्ता कामहरू जनतालाई केन्द्रमा राखी कार्य गर्दै आए पनि सङ्घ र प्रदेश सरकारहरू भने भक्तपुर नगरपालिकाप्रति सहयोगी बनेनन् । ख्वप अस्पतालको बीमाको शोध भर्ना १२।१३ करोड बाँकी छ भने वाग्मती प्रदेश सरकारको तर्फबाट यो वर्ष कानुनबमोजिम दिनुपर्ने विशेष र समपूरक अनुदान समेत नदिई पक्षपात र पूर्वाग्रही भावनाको प्रदर्शन गर्यो । नेपालको संविधान निर्माणपछि सङ्घीयता कार्यान्वयनमा आएसँगै भक्तपुर नगरपालिकाले संविधानको भावना र मर्मअनुसार समाजवादउन्मुख कार्य गर्दै आएको छ । तर सङ्घ, प्रदेश र स्थानीय तहबिचको समन्वयको अभावले हामीले धेरै समस्याहरू भोग्दै आएका छौँ । सङ्घ र प्रदेश सरकारको नेतृत्व गरिरहेका नेता, मन्त्रीहरूले नै स्थानीय तहलाई आफ्नै मातहतको एकाइजस्तो व्यवहार गर्छन् भने त्यो सङ्घीयता र संविधानको भावनाविपरीत छ । पालिकाहरू जनताको सबभन्दा नजिकको सरकार भएको हुँदा सङ्घ र प्रदेशले दिने सशर्त अनुदान घटाउँदै विशेष अनुदान वृद्धि गर्दै लानुपर्ने थियो तर त्यसको ठीक उल्टो विशेष अनुदान घटाउँदै लगेको छ । त्यो स्थानीय तहलाई सङ्घ र प्रदेशको नियन्त्रणमा राख्ने जालसाजी हो । स्वायत्तताको पक्षमा लडिरहेका कुनै पनि नगरपालिकाको लागि त्यो स्वीकार्य हुनसक्दैन । सङ्घीयता कार्यान्वयन भएको ८ वर्ष भइसक्दा पनि संविधानबमोजिम साझा सूचीमा रहेका विषयमा अहिलेसम्म कानुन निर्माण भएको छैन । कानुन निर्माणबिना जनताको काम सहजरूपमा सम्पन्न हुन सम्भव हुँदैन । सङ्घ र प्रदेशले समयमा आवश्यक कानुनहरू निर्माण गरी दिएको भए स्थानीय तहमार्फत अहिलेको भन्दा धेरै कामहरू हुनसक्थ्यो । सरकारको काम जनताको हितलाई ध्यानमा राख्नुभन्दा देशघाती एमसीसी सम्झौता पारित गर्न र नागरिकता विधेयक पारित गर्नमा केन्द्रित भयो । सरकारले जनताको हितमा काम गर्न नसकेकै कारण अहिले गणतन्त्रको विकल्प खोज्नुपर्ने मागहरू पनि उठ्न थालेका छन् । यो २०४६ सालपछि सरकारमा बस्ने दल र नेताहरूको गलत कामकै परिणाम हो । राजनीति जनताको सेवाको लागि हुनुपर्नेमा राजनीतिलाई छोटो समयमा छिटो सम्पत्ति आर्जन गर्ने व्यापारमा रूपान्तरण गरियो । देश र जनताको सेवा गर्ने भनेर सरकारमा पुगेका नेताहरूले पञ्चायती व्यवस्थामा जेल, प्रवास, भूमिगत बसेको वर्ष, महिना हिसाब गरेर सावाँ ब्याज असुल गर्न खोजे । त्यसैको परिणाम राजनीतिकै बदनाम भयो । हाम्रो कलेजहरूबाट उत्पादित जनशक्ति देश र जनताको सेवामा समर्पित भएर लाग्ने अपेक्षा गर्दछौँ ।
onlinemajdoor.com
1,717,230
वि.सं.२०८१ वैशाख २४ सोमवार बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । जिल्ला वन कार्यालय, बाँकेका अनुसार नेपालगञ्ज सव डिभिजन कार्यालयअन्तर्गतका १०, नरैनापुर सव डिभिजनअन्तर्गतका नौ, सिक्टा सव डिभिजनका १८, राप्तीसोनारी सव डिभिजजनका चार, कोहलपुर सव डिभिजनका २२ र शम्शेरगञ्ज सव डिभिजनको एउटा चक्ला वनसहित गरी कूल ७६ सामुदायिक वनमा डढेलो लागेको छ । बाँकेमा एक सयको हाराहारीमा सामुदायिक वन छन् । जिल्ला वन कार्यालयका सहायक वन अधिकृत तथा सूचना अधिकारी वीरेन्द्र रोकाले अधिकांश स्थानमा डढेलो नियन्त्रणमा आएको उल्लेख गर्दै डढेलो लागेको वनमा सात सय लिटर ट्याङ्की भएको अग्नि नियन्त्रक गाडीमार्फत आगो निभाइएको जानकारी दिए । उनले डढेलो नियन्त्रण गर्न आठ अग्नि हेरालुसमेत परिचालन गरिएको बताए । डढेलो नियन्त्रण गर्न चक्ला वनमा ३० किलोमिटर र विभिन्न सामुदायिक वनमा २० किलोमिटर अग्निरेखा निर्माण गरिएको छ । लामो समयको सुक्खा खडेरी, जङ्गलमा मौवा टिप्न जाने बहानामा र चरिचरण गर्न जानेहरुको लापर्वाहीका कारण डढेलो लागेको अनुमान गरिएको छ । राप्तीसोनारी–१ को सतिभवानी र गाइलेख सामुदायिक वनमा सबैभन्दा बढी दुई सय ५० देखि दुई सय ८० हेक्टर क्षेत्रफलमा डढेलो लागेको थियो भने सबैभन्दा कम कोहलपुरको बागेश्वरी सामुदायिक वनमा एक दशमलव २० हेक्टर क्षेत्रफलमा डढेलो लागेको सहायक वन अधिकृत रोकाले बताए । डढेलोका कारण खरायो, सर्प, विभिन्न प्रजातिका चरालगायत मरेका छन् । शम्शेरगञ्जको चक्ला वन तथा कोहलपुरको रानी सामुदायिक वन क्षेत्रमा लागेको आगो १२ घण्टाभन्दा बढी समय लगाएर निभाइएको थियो । आवश्यक परेको स्थानमा कोहलपुर, नेपालगञ्ज तथा नरैनापुरको बारुणयन्त्रको समेत सहयोग लिइएको थियो । शम्शेरगञ्ज क्षेत्रमा डिभिजन वन कार्यालयको अग्नि नियन्त्रक सवारी साधन चौबिसै घण्टा तैनाथ राखिएको छ । शम्शेरगञ्ज सव डिभिजन कार्यालयका वन अधिकृत सुशील सुवेदीले फाट्टफुट्ट घटनाबाहेक बाँकेमा डढेलो नियन्त्रणमा आएको उल्लेख गरे । बाँकेका विभिन्न स्थानीय तहमा आगलागीका एक सय पाँच घटना भएका छन् । विसं २०८० साउनदेखि वैशाखसम्म भएका उक्त घटनामा एक जनाको मृत्यु भएको भने ६ जना घाइते भएका जिल्ला प्रशासन कार्यालय, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी जोरासिंह माझीले जानकारी दिए । ती आगलागीका घटनामा एक सय चार पशु चौपाया मरेका छन् । आगलागीका घटनाबाट रु एक करोड ७७ लाख ५९ हजार बराबरको क्षति भएको छ । जिल्लाको नरैनापुर, राप्तीसोनारी, जानकी गाउँपालिका र नेपालगञ्जमा आगलागीका घटना भएका हुन् । रासस वि.सं.२०८१ वैशाख २४ सोमवार ०८:५७ मा प्रकाशित गण्डकी । दाङमा जडीबुटी उत्पादन बढेको छ ।
sansarnews.com
1,268,767
एकपछि अर्को फिल्म असफल हुँदै गएपछि बिचरा सुशीलको करिअर नै धराशायी बन्ने खतरा बढेको छ। फ्लप फिल्मले दिने तनाव त छँदै छ। पहिलो फिल्मबाट लोभलाग्दो सफलता हात पारेका सुशीलले त्यसयता सफलताको ‘स’ पनि सुन्न पाएका छैनन्। ‘सायद २’, ‘कारखाना’, ‘बादशाह’ पालैसँग चिप्लिए। सुशीलको अन्तिम आश अब ‘लभ डायरिज’मा टिकेको छ। तर, दर्शक हलसम्म तान्ने मुख्य हतियार मानिने ट्रेलरले सुखद संकेत देखाएको छैन। फिल्मका दुई गीतले राम्रै छनक दिएका थिए, तर हप्तादिनअघि रिलिज भएको ट्रेलरले मुश्किलले दुई लाख भ्युज पाएको छ। जबकि फिल्मको ट्रेलर अहिले चर्चामा रहेको कमेडी च्याम्पियनमा रिलिज गरिएको थियो ।
annapurnapost.com
42,780
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र संसारभरका पाँच सय बढी वैज्ञानिकले अन्ततः कोभिड संक्रमण हावाबाट फैलिएको स्वीकार गरेका छन् । यस सम्बन्धमा अहिलेसम्म विभिन्न विज्ञहरूले विभिन्न दाबी गर्दै आएका थिए । यस सम्बन्धमा प्रमाणसहितका प्राविधिक कागजातहरू बिहीबार डब्ल्यूएचओको जेनेभा मुख्यालयबाट जारी गरिएको छ । डब्ल्यूएचओले प्राविधिक कागजातले दादुरा र भविष्यमा महामारीको खतरा जस्ता विद्यमान रोगहरूको प्रसारलाई राम्रोसँग व्यवस्थापन गर्न रणनीतिहरू बनाउन पनि जोड दिएको छ । कोभिड संक्रमण हावाबाट सर्ने सङ्क्रामक रोगको श्रेणीमा राख्न सकिने पनि उल्लेख गरिएको छ । भाइरस हावाबाट मानिसहरूमा पुग्ने र त्यसले संक्रमित गराउन मद्दत गर्ने निष्कर्ष पनि वैज्ञानिकहरूले निकालेका छन् ।
canadanepal.com
4,799,732
चितवनको रत्ननगर–८ देवौलीस्थित शिवशक्ति खाद्य उद्योग प्रालिका सञ्चालक दिनेशकुमार अग्रवालसहित तीन जनाको मिलेमतोमा ९ करोडभन्दा बढीको राजस्व छली भएको खुलेको छ। अनुसन्धानमा करोडौँ कर छली गरेको पाइएकाले राजस्व अनुसन्धान विभागले आज (बुधबार) उनीहरुविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। विभागका अनुसार कैफियत गरेर ९ करोड २७ लाख ३७ हजार बिगो बराबरको राजस्व छली गरेकाले जरिवाना र कैद सजाय माग दाबीसहित मुद्दा दायर गरिएको हो। विभागले सञ्चालकद्वय दिनेशकुमार र सीमा अग्रवाल तथा थपलिया ट्रेड सप्लायर्सका प्रोपाइटर रामप्रसाद थपलियाले वास्तविक खरिद तथा बिक्री नदेखाई मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकरसमेत राजस्व चुहावट गरेको जानकारी दिएको छ। उनीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संशोधन २०७६) को दफा ३ ले निषेधित गरेको तथा सोही ऐनको दफा ४ को खण्ड (क), (ख) र (छ) बमोजिम कसुर गरेको विभागको दाबी छ । उनीहरुमाथि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संशोधन–२०७६) को दफा २ (छ १) बमोजिम मूल्य अभिवृद्धि करतर्फ ६ करोड ८६ लाख ७ हजार र आयकरतर्फ २ करोड ४१ लाख ३० हजार रुपैयाँ राजस्व छली गरेको आरोप छ ।
kathmandupress.com
2,630,044
बजारमा हरेक मोवाइल कम्पनीले १ बर्षको मात्र वारेन्टी उपलब्ध गराउँदै आएका छन् । विश्वज्योति मोवाइल मार्टले कम्पनीको वारेन्टीमा थप १ बर्ष गरेर दुई बर्ष वारेन्टी दिन थालेको प्रबन्ध निर्देशक महर्जनले जानकारी दिए । कक्षा ७ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरेर आथिृक साक्षरता सचेतना कायृक्रम सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वको एक अंशको रुपमा शैषिक कार्यक्रम, विज्ञान तथा प्रविधी, स्वास्थ्य, साहित्य तथा कलाका क्षत्रमा सहयोग गरिरहेको जनाइएको छ । विजेता घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रबन्ध निर्देशक हेमराज ढकालले आईएमईका सेवाग्राहीलाई धन्यवाद व्यक्त गरेका थिए । आगामी दिनमा आइएमई सेवालाई अझै परिष्कृत र प्रविधिमैत्री बनाउदै लैजाने प्रतिबद्धता उनले व्यक्त गरे । १७औँ वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न प्रतियोगितात्मक खेलकुदका विजेता तथा उपबिजेतालाई प्रबन्ध निर्देशक हेमराज ढकालले पदक, ट्रफी एवम् शिल्ड प्रदान गरे । कम्पनीमा कार्यरत उत्कृष्ट कर्मचारीलाई उक्त अवसरमा सम्मान गरिएको थियो ।
ratopati.com
727,701
सो आगलागीमा तीनदेखि पन्ध्र वर्षका पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिनले लियोन सहरको भक्स–एन–भेलिन स्थित एउटा ७ तले भवनमा आगलागी भएको बताएका छन् । आगो निभाउन १८० वटा दमकल प्रयोग गरिएको थियो । पछि आगो नियन्त्रणमा आएको थियो । आगलागी के कति कारणले भएको हो भन्ने कुराको अनुसन्धान सुरु गरिने पनि गृहमन्त्री गेराल्डले बताएका छन् । आगलागीबारे राष्ट्रपति इमानुएल म्याक्रोनसँग पनि कुराकानी भएको र राष्ट्रपतिले घटनाबारे दुःख ब्यक्त गरेका गेराल्डको भनाई छ । स्थानीय समय अनुसार शुक्रबार बिहान करिब ३ बजे आगलागी सुरु भएको थियो । तर आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । घटनामा १४ जना घाइते भएका छन् जसमध्ये एकको अवस्था चिन्ताजनक रहेको छ । आगो निभाउने क्रममा दुई जना दमकलका कर्मचारी सामान्य घाइते भएका छन् । भवनको भुइँ तल्लाबाट सुरु भएको आगो माथितिर फैलिएको थियो ।
brtnepal.com
3,607,625
महिन्द्रा एन्ड महिन्द्राले नेपाली बजारमा प्लस ‘प्लस एक्सयुभी ५००’ सार्वजनिक गरेको छ । महिन्द्रा एन्ड महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नि इन्करपोरेटेडले सोमबार राजधानीमा एक कार्यक्रम गरी गाडीको नयाँ मोडल नेपाली बजारमा ल्याएको हो । आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, उच्च शक्ति र टर्कयुक्त यी गाडी चाँडै नै नेपाली उपभोक्तामाझ लोकप्रिय बन्ने कम्पनीको दाबी छ । ६ ओटा एअरब्याग रहेको, उकालो र ओरालोमा पनि नियन्त्रणमा राख्नसकिनेजस्ता विशेषताले यी गाडी सुरक्षित रहेको कम्पनीको दाबी छ । आफ्नो श्रेणीमा आकस्मिक कल गर्नसक्ने सुविधासमेत रहेको पहिलो गाडी रहेको पनि कम्पनीको दाबी छ । यस्तै, गाडीमा विद्युतीय सन्प्रुफ र स्मार्ट कनेक्टिभिटी तथा जीपीएसयुक्त ७ इन्चको इनफोटेन्मेन्ट रहेका छन् । सन् २०११ मा ‘एक्सयुभी ५००’ बजारमा आएको हो । महिन्द्रा एन्ड महिन्द्राका अन्तर्राष्ट्रिय विभागका उपाध्यक्ष सञ्जय जादवले यो नयाँ मोडलसँगै यो सेग्मेन्टमै नयाँ मापदन्डहरु कायम गरी सवारीचालकको उत्साहलाई नै नयाँ उचाइमा पुर्‍याउने दाबी गरे ।
imagekhabar.com
4,962,607
नोबेल कोरोना भाइरस (कोभिड १९) को केन्द्रबिन्दु बनेको उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केमा उदयपुर । नेपालकै सबैभन्दा बढी कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केका ५५ उदयपुर । उदयपुरमा कोरोना भाइरस (कोभिड १९) संक्रमण भेटिएसँगै यहाँ १ हजार ४ सय ११ इटहरी । माछा मार्ने क्रममा करेन्ट लागेर इटहरीमा एक जनाको मृत्यु भएको छ । इटहरी संखुवासभा । सभापोखरी गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेका मध्ये थप एक जनाको आइतबार मृत्यु काठमाडौं । भारतमा कोरोना संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । दिल्लीस्थित नेपाली राजदूतावासले दिएको धनकुटा । तेह्रथुमको फेदाप गाउँपालिका–५ मा हिजो बिहीबार साँझ एक युवाले आफ्नै बाबु -आमाको बिभत्स धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा ३१ लाख भन्दा बढी रकम जम्मा भएको मोरङ । विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक बुधबार डिस्चार्ज भएका छन् विराटनगर । कोशी अञ्चल कोरोना विशेष अस्पतालमा उपचारार्थ भर्ना भएका छ जना आज बुधबार डिस्चार्ज राजधानी भवन सरस्वती नगर, चाबहिल, पो.ब.न. : २०५०३, काठमाडौं – नेपाल फोन : ९७७–०१–४८११०८० सचिन शेरचन आशिस शेरचन
rajdhanidaily.com
299,038
गोल्छा अर्गनाइजेशनको भगिनी कम्पनी हिम इलेकट्रोनिक्स प्रा. लि.ले दशैं र तिहारको अवसर पारेर हिमस्टारको अप्लाएन्समा उपहारसहित ‘ अजबको गजब’ योजना सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत ग्राहकहरुले हरेक हिमस्टार प्रोडक्ट हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा ए.सी. लगायतको खरिदमा हात खाली नजाने योजना ल्याएको छ । ग्राहकहरुले उपहारमा हिमस्टारका ब्लेन्डर, मिक्स्चर, इलेक्ट्रिक किट्ली ,ड्राइ आइरन तथा स्टिम आइरन प्राप्त गर्न सक्नेछन् । हिम इलेक्ट्रोनिक्सले नेपाली बजारमा स्तरिय, स्टेट–अफ–आर्ट होम अप्लाएन्सेसहरु उपलब्ध गराउँदै आएको छ ।
setopati.com
2,058,053
गाडीको ठक्करबाट कुवेतमा मृत्यु भएका तीन नेपाली युवाको शव तत्काल ल्याउनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले निर्देशन दिएका छन्। वैदेशिक रोजगारीमा कुवेतको महाबुल्ला एरियामा मंगलबार बिहान बाटो काट्ने क्रममा गाडीको ठक्करबाट तीन जना नेपालीको ज्यान गएको थियो। गाडीको ठक्करबाट सानो भर्‍याङका सुजन कार्की, अछामका सुरत बहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगरको मृत्यु भएको हो। कुवेतस्थित नेपाली राजदूतावासका श्रम काउन्सलर गिरीप्रसाद आचार्यका अनुसार पोस्टमार्टम तथा आवश्यक कानुनी प्रक्रिया पुरा गरेर उनीहरूको शव नेपाल ल्याउने तयारीका रहेको हो। कुवेती महाबुल्लास्थित साथी भेट्न सुरतको कोठामा हवालीमा बस्दै आएका सुजन र धिरज गत सोमबार राती पुगेका थिए। मंगलवार बिहान आफ्नो कोठा फर्किने क्रममा बस चढाउन आएका सुरतसहित तीनै जनालाई कुवेती नागरिकले नै चलाएको गाडीले ठक्कर दिएकै भरमा उनीहरूको ज्यान गएको कुवेती राजदूतावासले जानकार दिएका छन्। उक्त घटनाबारे श्रममन्त्री अर्यालले समेत जानकारी लिएका छन्। कुवेतस्थित नेपाली दूतावाससँग मन्त्री अर्यालले मृतक श्रमिक र उनका परिवारको विषयमा जानकारी लिएका हुन्। मन्त्री अर्यालले मृतकको शव नेपाल ल्याउन दूतावास तथा वैदेशिक रोजगार बोर्डलाई आवश्यक पहल गर्न निर्देशन समेत दिएका छन्। मृतक श्रमिकको परिवारले पाउने राहत प्रक्रिया समेत अघि बढाउन श्रममन्त्रीले भनेका छन्। ‘कुवेत पुगेका मृतक तिनै जना पापाजोन कम्पनीमा कार्यरत थिए,’ उनले भने, ‘उनीहरूको शव पोस्टमार्टमका लागि फरवानिया हस्पिटलमा राखिएको र पोस्टमार्टमपछि शवहरू नेपाल पठाइने छ।’ बाटो क्रस गर्ने क्रममा गाडीको ठक्करबाट तीनै जनाको घटनास्थलमै मृत्युको प्राप्त भएको सूचना नेपाली दूतावासले जनाएको छ।
nagariknews.com
5,633,851
” देशमा आँखाको उपचार सेवा व्यापक गर्न, दुर्गम र सुविधाविहीन क्षेत्रमा आँखा उपचार शिविर सञ्चालनका लागि स्थानीय तहसँग सहकार्य गरी काम गर्ने उहाँले बताउनुभयो । कार्यक्रममा अस्पतालका मेडिकल अधिकृत डा कमलबहादुर खड्काले अस्पताले पूर्वाधार, उपकरणयुक्त सेवा स्तरीकरणमा ध्यान दिएको बताउँदै व्यवस्थापकीय पक्षमा सुधार गरी सेवालाई छिटो र छरितो बनाउने प्रयास भइरहेको उल्लेख गर्नुभयो । अस्पतालका रिफ्याक्टिभ सर्जरी डा किशोर प्रधानले गुणस्तरीय दृष्टि आमनागरिकको अधिकार भएकाले हरेक छ महिनामा दृष्टि परीक्षण गरी आँखाको हेरचाहमा ध्यान दिन सबैलाई अनुरोध गर्नुभयो । उहाँले रिफ्याक्टिभ सेवाबारे नागरिकलाई सचेत बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा व्यवस्थापन दमनबहादुर घलेले सानो संस्थादेखि उच्च सरकारी निकायमा व्यवस्थापकीय पक्ष महत्वपूर्ण रहेकाले व्यवस्थापकीय नेतृत्व व्यावसायिक भएमा मात्रै संस्थागत सुधार गरी प्रगति हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । अस्पताल सञ्चालक समितिका सचिव मेघराज गजुरेलले अस्पतालले भौतिक संरचनाका साथै दक्ष चिकित्सक र अत्यावश्यक उपकरणयुक्त सेवा दिइरहेको उल्लेख गर्नुभयो । विसं २०३० चैत २६ मा स्थापना भएको नेपाल आँखा अस्पतालले आइतबार स्थापनाको स्वर्णमहोत्सव मनाउँदैछ । अस्पतालले हालसम्म ३१ लाख ८२ हजार पाँच सय ७९ जनालाई सेवा उपलब्ध गराएको छ भने एक लाख २५ हजार तीन सय ७९ जनाको आँखाको शल्यक्रिया गरेको छ । हाल १४ नेत्र विशेषज्ञ रहेको अस्पतालमा कर्निया, मोतिबिन्दु, जलबिन्दु, रेटिना, अकुलोप्लाष्टी एवं बाल आँखा उपचारलगायत सेवा उपलब्ध छन् । हाल अस्पतालबाट दैनिक सात सय बिरामीले बहिरङ्ग सेवा लिने गरेका छन् । अस्पतालले विभिन्न समयमा विद्यार्थीका लागि निःशुल्क आँखा परीक्षणका साथै चस्मा वितरण गर्दै आएको जनाएको छ । अस्पतालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत एमडी, अप्टोमेट्री र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत नेत्र सहायक तालिम दिँदै आएको सचिव गजुरेलले बताउनुभयो ।
ujyaaloonline.com
3,644,811
श्रीलंकाको सर्वोच्च अदालतले संसद विघटन गर्ने राष्ट्रपति मैत्रीपाला सिरिसेनाको कदम अवैधानिक भएको ठहर गरेको छ । सर्वोच्च अदालतले आफ्नो निर्णय सुनाउँदै राष्ट्रपति सिरिसेनाले गत महिना गरेको निर्णय अवैधानिक भएको ठहर गरेको हो । सर्वोच्च अदालतका सात जना न्यायाधीश सम्मिलित इजलासले सर्वसम्मतरूपमा राष्ट्रपतिको संसद विघटन गर्ने निर्णय गलत भएको ठहर गरेको हो । संसद् विघटन गरेर राष्ट्रपति सिरिसेनाले संविधानको उल्लंघन गरेको निष्कर्ष पनि अदालतले निकालेको छ । राष्ट्रपति सिरिसेनाले अघिल्लो महिना संसद विघटन गर्दै निर्वाचनको मिति घोषणा गरेका थिए । संसदको समयावधि झन्डै दुई बर्ष बाँकी छँदै राष्ट्रपति सिरिसेनाले निर्वाचन घोषणा गरेका थिए । उनले संसद विघटन गरेर निर्वाचन घोषणा गरेपछि अदालतमा मुद्दा परेको थियो । मुद्दामा प्रारम्भिक सुनुवाई गर्दै अदालतले यसअघि कुनै प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश दिएको थियो । त्यही मुद्दाको अन्तिम फैसला गर्दै अदालतले संसद विघटन गर्ने राष्ट्रपतिको निर्णय अवैध भएको फैसला सुनाएको हो । राष्ट्रपति सिरिसेनाले तत्कालिन प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अपदस्थ गर्दै पूर्वराष्ट्रपति महिन्द्रा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि श्रीलंकामा राजनीतिक संकट सुरु भएको हो ।  यसअघि बुधबार बसेको संसद बैठकले अपदस्थ प्रधानमन्त्री विक्रमासिंघेलाई पुनः स्थापित गर्नुपर्ने प्रस्ताव पारित गरेको थियो । विक्रमासिंघेको पार्टीबाट संसदमा सदस्य रहेकाहरु र त्यससँग गठबन्धन गरेको पार्टीबाट सदस्य भएकाहरु गरी संसदका कूल २२५ मध्ये ११७ जना सदस्यले उनको पुनः स्थापनाको पक्षमा मतदान गरेका हुन् । उनीहरुले सो प्रस्ताव तत्काल कार्यान्वयन गर्न राष्ट्रपति मैत्रीपाला सिरिसेनाको ध्यानाकर्षण समेत गराएको बताइएको छ ।
imagekhabar.com
2,307,504
प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदहरुले काठमाडौँमा फोहर थुप्रिँदै गएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।सांसद अमृता थापामगरले काठमाडौँमा दैनिक फोहर थुप्रिँदा नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको र जनजीवन कष्टकर बन्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । उनले सरकारले काठमाडौँसहित देशभरका सहरमा फोहर व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिँदै फोहरका कारण नेपालका मुख्य सहर कुरुप बन्दै गएकोप्रति सबैले ध्यान दिनुपर्नेमा जोड दिएकी छिन्। सांसद कलिना खातुनले फोहर व्यवस्थापन वर्गीकरण गरेर तीनै तहका सरकारले व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिँदै व्यवस्थापन गर्न वडा, नगर, प्रदेश र सङ्घ सबै जुट्नुपर्नेमा जोड दिइन् । सांसद अञ्जना विसङ्खेले नागरिकतासम्बन्धी विधेयक सबैले छलफल गरेर आवश्यक संशोधन गरी सम्मानजनक तरिकाले पठाउनुपर्ने बताइन् । सांसद कृष्णगोपाल श्रेष्ठले नागरिकता विधेयकमा गम्भीर त्रुटि देखिएपछि राष्ट्रपतिले संसद्समक्ष फिर्ता पठाएपछि त्यसका विषयमा गम्भीर छलफल गर्नुपर्ने सुझाव दिए । सांसद खेमप्रसाद लोहनीले नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाउनु संवैधानिक अधिकार भएको र विवाह गर्ना साथ नागरिकता दिने व्यवस्था राख्न नहुने बताए । सांसद गणेश ठगुन्नाले दार्चुलामा बुधबार भएको जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । सांसद जयकुमार राईले देशभरका सडक, पुल समयमै ठेकेदारले निर्माण सम्पन्न नगर्दा यात्रुले सास्ती भोग्नुपरेको हुँदा सरकारले त्यस्ता ठेकेदारलाई समयमै काम गर्न लगाउन ध्यानाकर्षण गराए । सांसद झपटबहादुर रावलले कैलालीमा डेङ्गु फैलिएर समस्या देखिएकाले तत्काल रोकथामका लागि सरकारसँग आग्रह गरे ।
dcnepal.com
2,538,935
नयाँदिल्लीस्थित नेपाली दूतावासमा स्वागत कार्यक्रम चलिरहँदा चियागफका लागि मोदीसँग तत्काल भेटवार्ताको व्यवस्था मिलाइएको अधिकारीहरूले बताएका छन् । नेपाली र भारतीय पक्षले देउवा र मोदीबीचको वार्तामा के भयो भन्ने स्पष्ट खुलाएका छैनन् ।
ratopati.com
4,672,944
कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहर शुरु भएसँगै काठमाडौंमा आजबाट अघोषित लकडाउन शुरु भएको छ । कोरोना संक्रमण रोक्न भन्दै लगाइएको लकडाउनका कारण जनताले अनेक सास्ति भोगिरहेका छन् । यसअघि अघिल्लो वर्ष पनि देशब्यापी लकडाउन गरिएको थियो । सुरुमा एक साताका लागि घोषणा गरिएको लकडाउन महिनौंसम्म लम्बियो । यद्यपि त्यतिबेलाको भन्दा अहिलेको लकडाउन खुकुलो देखिएको छ । त्योबेला जस्तो सन्नाटा अहिले छैन । आज बिहान अफिस टाइममा पासवाला सवारीसाधनहरु बाक्लै संख्यामा गुडेका थिए । अघिल्लो वर्ष अत्यधिक त्राशले गर्दा मानिसहरु सडकमा निस्किन डराएका थिए । तर, यो पाली त्राश घटेको छ । सुरक्षा निकायले पनि पहिलेको लकडाउनमा जस्तो कडाइ यसपालि गरेको छैन । पहिलेको लकडाउनमा अटेर गर्ने सवारीसाधन र सर्बसाधारणलाई प्रहरीले सडकमै होल्डिङमा राखी कारवाही गर्ने गरेका थिए । कतिपय ठाउँमा प्रहरीले लाठी चार्जसमेत गरेको थियो । इटहरी र सप्तरी लगायतका ठाउँमा प्रहरीले लाठीचार्ज गरेका तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसबेला प्रहरीले देशभर कडाइका साथ लकडाउन कार्यान्वयन गरेको थियो । लकडाउनको पालना नगरी खोलिएका खाजा घर, मदिरा पसलमा पनि छापा मारी बन्द गराइएका थिए । लोकल मदिरा प्रहरीले सडकमा खन्याई नष्ट गर्ने गरेको थियो । सरकारले काठमाडौंमा आजबाट फेरी दुई साताका लागि लकडाउन गरेको छ । लकडाउनमा अत्यावश्यक सवारी साधन, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, बैंकका कर्मचारी, फलफुल, तरकारी, मेडिकल, खाद्यान्न लगायतलाई आवतजावतमा रोक लगाइएको छैन । आज लकडाउनको पहिलो दिन सडकमा एकैपटक धेरै मानिस र सवारीसाधन निस्किदा ठाउँ-ठाउँमा जाम समेत भएको थियो ।
nepalpress.com
3,040,495
नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमलाई प्रहरीले रौतहटस्थित उनकै निवासबाट हेटौंडा, (नेस) । मकवानपुरमा परम्परागत् लिंगेपिङ हराउँदै गएको छ । हेटौंडा–१८, हर्नामाडीमा कयौं स्थानमा देखिने न्युज अफ नेपाल, हेटौंडा । उत्तरी मकवानपुरको थाहा नगरपालिका–५ वडा कार्यालयमा आगवजनी भएको छ । नानीराम नेपाल, सिन्धुपाल्चोक । भूकम्पमा ध्वस्त जिल्लाका विभिन्न ७ बिद्यालयले सुविधासम्पन्न नयाँ भवन पाएका छन् कालीवहादुर मल्ल, कालिकोट । जिल्लाको मानवअधिकार संरक्षण, सम्वद्र्धनका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेकले महत्वपूर्ण सुभेन्द्र दास, लहान । लहान २० का वडाध्यक्ष गणेशकुमार चौधरीको नाममा जिल्ला अदालत सिरहाबाट पक्राउ एजेन्सी, पाकिस्तानको खैबर पख्तुनख्वामा सोमवार ५.८ म्याग्निच्युडको भूकम्प आएको त्यहाँको नेसनल सीइस्मिक मोनिटरिङ सेन्टरले जनाएको दुर्गाप्रसाद शर्मा, पर्वत । उमेर ८३ बर्ष भैसक्यो तर उनका हात अहिले पनि खलाती (आरनमा न्युज अफ नेपाल, काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्थाका प्रा.डा.गोविन्द केसीले विगतमा अनसन तोड्ने क्रममा न्युज अफ नेपाल, दमौली ।
newsofnepal.com
3,387,173
प्रवासी भुजेल समाज सेवा समिती युएईको अध्यक्षमा तुल बहादुर घर्ती चयन भएका छन् । वर दुबई स्थित नेपाली ट्राभल्सको सभा कक्षमा सम्पन्न छैटौ अधिवेशनले घर्तीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संस्थापक अध्यक्ष एवं वरिष्ठ सल्लाहकार सुर्य बहादुर खवासको संयोजकत्वमा गठित ५ सदस्यीय निर्वाचन समितिले घर्तिलाई पुनः २ वर्षे कार्यकालको लागी सर्वसम्मत चयन गरेको हो । त्यस्तै वरिष्ठ उपाध्यक्षमा मीन बहादुर भुजेल (स्याङ्जा), उपाध्यक्ष द्वयमा महिला तर्फ सुनिता घर्ती (रुपन्देही) र देव बहादुर घर्ती (लमजुङ), महासचिवमा हरि खवास (झापा), सचिवमा विनोद भुजेल (मोरङ), कोषाध्यक्षमा संजय भुजेल (चितवन), सहकोषाध्यक्षमा वसन्ती जिएम (स्याङ्जा) चयन भएका छन् । यसैगरी सदस्यहरुमा क्रमशः प्रीतम भुजेल (झापा), खडक भुजेल (स्याङ्जा), अरुणा भुजेल (चितवन), गिता भुजेल (सुनसरी), खड्ग बहादुर भुजेल (चितवन), ओम जिसि (चितवन) र अनिल घर्ती (तनहुँ) रहेका छन् । अधिवेशनमा संस्थापक अध्यक्ष, संस्थापक उपाध्यक्ष, सल्लाहकारहरु, पुर्व अध्यक्ष लगायत दुवईमा रहने भुजेल बन्धुहरु उपस्थित थिए । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
drishtinews.com
4,513,203
: स्थानीय निर्वाचनको तयारी गर्न सरकारले निर्वाचन आयोगलाई लेखेको पत्र स्पष्ट नभएको भन्दै निर्वाचन आयोगले सरकारलाई अर्को पत्र लेख्ने निर्णय गरेको छ। आयोगले सोमबार विभागीय मन्त्रालयमार्फत पत्राचारको तयारी गरेको हो । आयोगले निर्वाचनको मिति, स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन, कर्मचारी व्यवस्थापन, खर्च व्यवस्थापना लगायतका विषयमा स्पष्टता खोज्दै सरकारलाई पत्रचार गर्ने गरेको हो। प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको नेतृत्वको आइतबारको बैठकले सरकारलाई थप स्पष्टताका लागि पत्राचार गर्ने निर्णय गरेको थियो । आयोग सचिव गोपीनाथ मैनालीले चुनाव तयारीका लागि सरकारले पठाएको पत्रको स्वागत गर्दै थप स्पष्टताका लागि पत्राचार गर्ने निर्णय भएको बताए। मैनालीले पहिलोपोस्टसँग भने, ‘सरकारले पठाएको पत्रमा केही अस्पष्टता छन्। त्यसलाई स्पष्ट हुनुपर्ने जनाकारी गराउने निर्णय गरेका हौं।' निर्वाचनको मिति नतोकिएसम्म आफूहरुलाई काम गर्न असजिलो हुने उनले बताए । प्रतिवेदन कार्यान्वयन स्पष्ट नभई स्थानीय तह वा निकाय कुनको निर्वाचन गर्ने स्पष्ट हुँदैन। प्रतिवेदन टुंगो नलागेसम्म अहिले कायम वडाको हैसियत के हुने र मतदाता नामावली कसरी अद्यावधिक गर्ने भन्ने निर्क्यौल हुन सक्दैन । तर, सरकारले भने आयोगको प्रतिवेदन अध्ययनका लागि संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ। समितिले काम नसक्दासम्म प्रतिवेदनबारे कुनै निर्णय लिन सक्ने अवस्था छैन । यस्तै निर्वाचन आयोगलाई सरकारले पठाएको पत्रमा बैसाख अन्तिमदेखि जेठ दोस्रो सातासम्म निर्वाचन गर्नेगरी तयार थाल्न भनिए पनि मिति खुलाइएको छैन। मिति नभएसम्म निर्वाचनको तयारीमा तीव्रता नहुने भन्दै आयोगले मितिमा स्पष्टता खोजेको छ । आयोगले निर्वाचनका लागि आवश्यक कर्मचारी व्यवस्थापन र बजेटबारे पनि सरकारलाई पत्रमा उल्लेख गर्ने निर्णय गरेको छ। आयोगले स्थानीय निर्वाचनका लागि पाँच अर्ब बजेट लाग्दै प्रारम्भिक अनुमान गरेको छ। आफ्नै कर्मचारी नभएका कारण आयोगले यसअघि न्याय, कानुन र संसद्का कर्मचारीलाई काजमा लगेर काम चलाउँदै आएको थियो। यस्तै, मतदान अधिकृतका रुपमा शिक्षक र स्थानीय निकायका कर्मचारीलाई काजमा काम लगाउँदै आएको छ। सुरक्षाका लागि तीन वटै सुरक्षा निकाय परिचालन हुँदै आएका छन् ।
pahilopost.com
2,107,410
प्रचण्ड सरकारले यो साता गरेको एउटा निर्णय भने राजनीतिक प्रकृतिको छ- राजनीतिक आधारमा सिफारिश गरिएका राजदूतहरुको निर्णय फिर्ता लिने। केपी ओली सरकारले परराष्ट्र सेवाका ८ सहित २२ देशका लागि राजदूत सिफारिस गरेको थियो। यसमा परराष्ट्र सेवाका सिफारिशलाई कायम राखी बाँकीको भने खारेज गर्ने निर्णय गरेको हो ।
mysansar.com
1,313,828
सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सुरक्षाकर्मीको पनि न्यूनतम पेन्सन अवधि एउटै बनाउने तयारी भइरहेको गृहमन्त्रालयले जनाएको हो। पेन्सन अवधिबारे निर्णय गर्न मन्त्रिपरिषद्को विधेयक समितिले लोकसेवाको सहमति लिन लागेको छ। पेन्सनको प्रस्तावको निर्णय गर्नु अगाडि लोकसेवा आयोगको सहमतिसमेत आवश्यक पर्ने भएकाले सहमतिका लागि आयोगलाई पत्र पठाइएको छ। नेपाली सेनामा हाल न्यूनतम पेन्सन अवधि १६ वर्ष र २० वर्ष पुगेपछि मात्र पेन्सन लिन पाउने व्यवस्था गरेको छ। गृह मन्त्रालयले तीनवटै सुरक्षा निकायमा दर्जाअनुरूप समान पेन्सन अवधि कायम गर्ने गरी विधेयक ल्याउन लागेको बताइएको छ। नेपाल छ। हाल प्रहरी नियमावली २०७१ र सशस्त्र प्रहरी नियमावली २०७२ कार्यान्वयनमा छन्। गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइराला कामअनुसारको जिम्मेवारी फरक भएको बताउँछन्। ‘विभेद हैन। सशस्त्र प्रहरी हतियार लिएर हिँड्छ उसको फरक आवश्यकता हुन्छ। मिलेसम्म समान गरौं भन्ने हो’, प्रवक्ता कोइराला भन्छन्, ‘अब बन्ने नियमावलीमा केही परिवर्तन हुन्छ। काम र जिम्मेवारीको हिसाबले बनेका नियमहरूलाई असमान भयो भन्न नमिल्ला।’ मन्त्रालयले नियमावली संशोधन गर्न लागेको उनको भनाइ छ। भन्छन्, ‘एकरूपता ल्याउन प्रहरी नियमावली संशोधनको प्रक्रियामा छ। जिम्मेवारी र कामको हिसावमा नै पहिला फरक व्यवस्था गरिएको हुन सक्छ। सेवासुविधा समान बनाउने तयारी छ।’ प्रहरीमा कार्यालय सहयोगीको जागिर अवधिभर स्तरवृद्धि हुँदैन। तर, सशस्त्र प्रहरीमा पाँच वर्ष पुगेपछि एक स्तर बढ्दै जान्छ। प्रहरीमा डीएसपीसम्मले अनिवार्य अवकाश प्राप्त गर्ने बेला एक तह पदोन्नति पाउन सोही पदमा १२ वर्ष पूरा गरेको हुनुपर्छ। सशस्त्रमा पाँच वर्ष पुगेपछि एसपीसम्मले पदोन्नति पाउँछन्। प्रहरीमा एसएसपीको पदावधि ६ वर्ष हुन्छ। सशस्त्रको सोही पदमा ७ वर्षे पदावधि तोकिएको छ। प्रहरीमा ग्रेड थप हुन स्तरवृद्धि भएको एक वर्ष काम गरेको हुनुपर्छ। सशस्त्रको स्तरवृद्धि हुँदा नै एक ग्रेड थप गरिएको हुन्छ। अवकाशपछि पाउने औषधोपचार खर्च पनि असमान छ। ३० वर्ष काम गरेर अवकाश प्राप्त प्रहरीले आफूले पाउने औषधोपचार खर्चको १० प्रतिशत थप रकम मात्रै पाउँछन्। यही अवस्थामा सशस्त्रले २० प्रतिशत थप रकम पाउने व्यवस्था छ। एउटै मन्त्रालयअन्तर्गतका उस्तै प्रकृतिका दुई संगठनमा असमान सुविधा हुनु न्यायसंगत नरहेको प्रहरीका पूर्वएसएसपी डा. गणेश रेग्मी बताउँछन्। ‘पाँच वर्ष एउटा तहमा बसेको सशस्त्र प्रहरी एक तह बढुवा हुने तर नेपाल प्रहरी उही पदमा नै रिटायर्ड हुनुपर्ने ? यस्तो असमान व्यवस्थाले उसले पाउनुपर्ने सुविधा, वैध अपेक्षामा असर पर्छ। मनोबल कमजोर हुने हुन्छ’, अधिवक्तासमेत रहेका डा. रेग्मी भन्छन् ।
annapurnapost.com
3,104,671
पोखरामा जारी सफल पोखरा कप फुटबलको उपाधिका लागि आज नेपालका दुई महारथी क्लब थ्रीस्टार र मनाङ मर्‍र्यास्याङ्दी भिड्दै छन् । लगातार दोस्रो पटक उपाधि जित्ने अभियानमा रहेको मनाङलाई कडा टक्कर दिदै‘ लिग विजेता थ्रीस्टार पहिलो पटक उपाधि हात पार्ने दाउमा छ । राष्ट्रिय टिमका अधिकांश खेलाडी थ्रीस्टारमा रहेपनि मनाङले पछिल्लो समय राम्रो टिम बनाउन कन्जूस्यॉई गरेको छैन् । त्यसैले फाइनल भिडन्त निकै रोमान्चक हुने अनुमान अधिकांशको छ । यसअघि गत वर्ष मच्छिन्द्रलाई फाइनलमा हराउ‘दै मनाङले उपाधि जितेको थियो । त्यतिबेला मच्छिन्द्रबाट फाइनल खेलेका केही खेलाडी अहिले मनाङमा छन् । शिव श्रेष्ठ, सुजल श्रेष्ठ, विशाल राई, दीपक राई, सुलभ मास्के लगायतका युवा खेलाडीहरू फर्ममा रहेका कारण पनि मनाङ उपाधि रक्षा गर्न उत्साहित छ । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
souryaonline.com
4,718,871
पूर्वराजारानीले विजया दशमीको दिन सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । ज्ञानेन्द्र शाह र कोमल शाहले कात्तिक ७ गते वडादशैंका दिन निर्मल निवासमा अपरान्ह ४ बजे सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम रहेको संवाद सचिवालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । अघिल्ला वर्षहरुमा पनि शाहले सर्वसाधारणलाई टीका लगाइदिँदै आएका छन् ।
nepalpress.com
3,375,314
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रुकुमपश्चिमका पत्रकारलाई सहयोग हस्तान्तरण गरेका छन् । जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिममा आयोजित कार्यक्रममा मन्त्री शर्माले नेपाल पत्रकार महासङ्घ रुकुमपश्चिमका अध्यक्ष लक्ष्मण केसीलाई सहयोग हस्तान्तरण गरेका हुन् । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल, उपाध्यक्ष उदय जीएमलगायतको उपस्थितिमा मन्त्री शर्माले ३० थान स्लिपिङ ब्याग र ३० थान ज्याकेट समेत हस्तान्तरण गरेका हुन् । भूकम्प प्रभावित र प्रभावितस्थलको रिपोर्टिङमा रहेका पत्रकारलाई सहयोग पुगोस भनेर न्यानो कपडा हस्तान्तरण गरिएको मन्त्री शर्माले जानकारी दिए । मन्त्री शर्मा भूकम्प प्रभावित क्षेत्रको भ्रमणमा रहएका छन् । उनले शनिबार सल्यानमा पुनर्निर्माणका लागि स्वयंसेवक परिचालन अभियान उद्घाटन गरेका थिए । आइतबार रुकुम र जाजरकोटका भूकम्प प्रभावितस्थल जाने कार्यक्रम रहेको मन्त्री शर्माका सन्चार बिज्ञ नरेन्द्र केसीले जानकारी दिए । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
drishtinews.com
382,289
गैरआवासीय नेपाली संघ, पोर्चुगलको नयाँ नेतृत्वका लागि दुई पक्षीय प्रतिस्पर्धा हुने भएको छ । २०१९—२०२१ कार्यकालका लागि कांग्रेस र बामपन्थी समूहबीच प्रतिस्पर्धा हुन लागेको हो । अध्यक्षमा कांग्रेस निकट नेपाली जनसम्पर्क समितिका तिलक गैरे र नेकपा निकट प्रवासी एकता मञ्चका ईश्वर रिजालले उम्मेदवारी दिएका छन् । गैरे वर्तमान समितिका वरिष्ठ उपाध्यक्ष हुन् भने रिजाल उपाध्यक्ष हुन् । त्यस्तै, अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यसहित अधिकांश पदमा दुवैतर्फबाट उम्मेदवारी परेको छ । आइसीसी सदस्य पदमा कांग्रेस निकट रविन अधिकारी र नारायणकाजी मगरले उम्मेदवारी दिएका छन् भने नेकपासहितको गठबन्धनबाट गोविन्द सापकोटा र धनराज शेर्पाले उम्मेदवारी दर्ता गराएका छन् । पोर्चुगलबाट आइसीसीमा दुई सदस्य निर्वाचित हुनेछन् । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा भीमसेन थापा र आनन्द गुरुङ तथा उपाध्यक्षमा अशोक गुरुङ, गणेश पाण्डे, पेमछिरी शेर्पा र मच्छिन्द्र अर्यालले उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्षमा एक र उपाध्यक्षमा दुई जना निर्वाचित हुने छन् । महिला उपाध्यक्षमा भने जनसम्पर्क समितिकी सीता श्रेष्ठको मात्रै उम्मेदवारी परेको छ । महासचिवमा जनसम्पर्क समितिका प्रकाश कडरिया, प्रवासी मञ्चका हेमराज सुवेदी र आदिवासी जनजाति महासंघका पेम्बागेलु शेर्पाले उम्मेदवारी दिएका छन् । दुई सचिवमा यामेन्द्रकुमार घर्ती र प्रकाश ढकालको मात्रै उम्मेदवारी परेको छ । घर्ती कांग्रेस निकट हुन् भने ढकाल मञ्च निकट हुन् । कोषाध्यक्षमा जनसम्पर्क समिति निकट बिक्रमजंग कुँवर र मञ्च निकट हरि थापाको उम्मेदवारी परेको छ । कुँवर वर्तमान समितिका सदस्य हुन् । सह कोषाध्यक्षमा भने तिलक कँडेलको मात्रै उम्मेदवारी परेको छ भने महिला संयोजकमा सुशीला थापा उम्मेदवार रहेकी छिन् । त्यस्तै, युवा संयोजकमा दिनेश भण्डारी र मिलन रेग्मी उम्मेदवार बनेका छन् । सदस्य पदमा पन्ध्र जनाको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक अशोक घिमिरेले जानकारी दिए । नेतृत्व चयनका लागि अगष्ट २५ मा निर्वाचन हुने जनाइएको छ । सहमतिको प्रयास विफल भएपछि दुवै पक्ष मुख्य पदमा प्यानलैसहित चुनावी मैदानमा उत्रिएका हुन् । अध्यक्ष पदका लागि पोर्चुगलमा निर्वाचन हुन लागेको पहिलो पटक हो । गत अधिवेशनमा केही पदका लागि निर्वाचन भए पनि अध्यक्ष, आइसीसी र महासचिव सर्वसम्मत चयन गरिएको छ । कांग्रेस निकट जनसम्पर्क समिति एक्लै चुनावी मैदानमा छ भने प्रवासी मञ्चले आदिवासी जनजाति महासंघ र संघीय समाजवादी पार्टी निकट नेपाली समाजसँग गठबन्धन बनाएको छ । जनसम्पर्क समिति विरुद्ध गठबन्धन बनेपनि समाजमा गरेको योगदान र बहुसंख्यक सदस्य रहेकाले मतपरिणाम जनसम्पर्क समितिकै पक्षमा आउने समितिका अध्यक्ष विनोद घिमिरेले बताए । निर्वाचन समितिका अनुसार करिव २१ सय मतदाता रहेका छन् ।
hamrakura.com
3,779,173
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशलाई सही बाटोमा हिडाउन खोजेको बताएका छन् । आज पार्टीको कन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीका नेता, कार्यकर्ता र सर्वसाधरणसँग भेटघाट गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले सुशासन ल्याउने प्रतिवद्धताबाट आफू बिचलित नहुने बताएका छन् । संविधान, नियम, कानुन र विधि अनुसार सरकारले काम गर्छ प्रधानमन्त्री ओलीले भने ‘जसले जे माग राख्यो त्यो पुरा गर्ने, कसैले थर्काउँदा थर्किने वा दबाबमा परेर निर्णय हुँदैन ।’ प्रधानमन्त्री ओलीले भने ‘यस सरकारका उद्देश्य अन्य सरकारका भन्दा फरक छन् । वर्तमान सरकारले देशलाई थितीमा हिडाउन चाहेको छ ।’ जनताले सरकारलाई सुम्पिएको अभिभारा गर्नेमा कुनै सन्देह नभएको प्रधानमन्त्री ओलीले बताए। सरकारले जनताका आकांक्षा पुरा गर्छ भन्ने बुझेका विरोधीहरुले, सामाजिक न्याय हुन नदिनेहरुले सरकारका विरुद्ध अफवाह फैलाएका छन् प्रधानमन्त्री ओलीले भने ‘पार्टीका नेता कार्यकर्ता र सर्वसाधरणले यस्ता कुराको प्रतिवाद गर्नुपर्दछ।’ दुई –चार महिना मै समृद्धि हासिल गर्न नसकिने भएकोले धैर्य गर्न प्रधानमन्त्री ओलीले आग्रह गरे । “चुनाव भन्दा अघिको सरकारले देशमा जथाभावी गरेकोले त्यसलाई सही ठाउँमा ल्याउन पनि समय लागेको छ” प्रधानमन्त्री ओलीले भने “निर्वाचन आचार संहिता लागेपछि जथाभावी नियुक्ति, निर्वाचन परिणाम आएको तीन महिनासम्म सत्ता हस्तान्तरण नगरेर काँग्रेसले विधि विधान विपरीत ग-यो ।
emountaintv.com
638,917
साताको तेस्रो दिन आज (मंगलबार) पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । आज सेयर बजारमा सामान्य अंकको गिरावट देखिएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक १.६४ अंकले घटेर २६२८.३७ बिन्दुमा झरेको छ । यता, ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक भने ०.१८ अंकले बढेर ४९५.६३ बिन्दुमा पुगेको छ । आइतबार कुल २२५ कम्पनीको ६४ लाख ४७ हजार ४४९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९९१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । कुल १३ उपसमूहमा ६ वटा मात्र समूहको सेयरमूल्य बढेको छ भने बाँकी ७ वटा समूहको सेयर मूल्य घटेको छ । आज न्यादी हाइड्रोपावर र सामलिङ्ग पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् भने इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज कारोबार रकमको आधारमा आईसीएफसी फाइनान्सले अग्रता कायम गरेको छ । कम्पनीले १६ करोड २ लाख ७६ हजार ५५२ रुपैयाँको कारोबार गरेको छ ।
lokpath.com
5,653,171
२०५५ सालमा त्रिभुवन विश्वविद्यालयबाट सामान्य प्रशासन विषयमा स्नातकोत्तर गर्नुभएका घिमिरेको प्रमुख कार्यक्षेत्र सामान्य प्रशासन, विकास प्रशासन तथा सुरक्षा व्यवस्था हो । घिमिरेसँग सामान्य प्रशासन, विकास प्रशासन, सुरक्षा व्यवस्था, संरक्षण प्रशासन तथा लैंगिक क्षेत्रमा ३५ वर्षभन्दा बढी समय काम गरेको अनुभव छ । उहाँमा सिर्जनात्मक लेखनको अवधारण विकास गर्ने, शाब्दिक सञ्चार गर्ने क्षमताका साथै रणनितिक ज्ञान व्यवस्थापन तथा सञ्चार रणनीतिको विकास गर्ने तथा अगुवाइ गर्ने क्षमता छ । यसबाहेक घिमिरेमा ज्ञान, अनुभव, सूचना आदिलाई व्यवस्थापन गर्नसक्ने दक्षता छ । साथै उहाँ दिगो विकास व्यवस्थापका विविध उपायहरु तथा स्रोत व्यवस्थापनका उपायहरुको योजना तर्जुमा गर्ने, खाका बनाउने, व्यवस्थापन गर्ने तथा मूल्यांकन तथा अनुगमन गर्ने दक्षता राख्नुहुन्छ। नवीन घिमिरेले करिब ३ दशक सचिव, सह सचिव, महानिर्देशक, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी आदिका रुपमा प्रशासनिक उत्तरदायित्व वहन गर्नुभएकाे छ। घिमिरेसँग जिल्ला प्रशासनको निर्देशन तथा व्यवस्थापन गरेको, सुरक्षा निकायहरु परिचालन गरेको, विकासका कार्यहरुको सुपरिवेक्षण गरेको, सेवा प्रवाहको सुनिश्चितता गरेको तथा प्रशासनिक सुधारका क्षेत्रमा काम गरेको लामो अनुभव छ । विकास प्रशासन अन्तर्गत घिमिरेले स्थानीय सामाजिक आर्थिक विकासमा केन्द्रित रही योजना, नीति, कार्यक्रम तथा परियोजनाहरु तयार गरेका छन् । साथै व्यवस्थापन तथा लैंगिक क्षेत्रसम्बन्धी मानव संसाधन व्यवस्थापन, अर्थ, बजेट तथा तालीमहरु सञ्चालनमा योगदान गर्नुभएकाे छ । त्यसबाहेक उहाँसँग प्रशासनिक क्षेत्रलाई सेवामुखी, उद्धेश्यपरक तथा विकासमा केन्द्रित भई पुनर्अभिमुखीकरण गरेको र लक्ष्य प्राप्तिका लागि निजामति कर्मचारीहरुको प्रतिभा तथा विज्ञता परिचालन गरेको अनुभव छ । घिमिरेले सन् १९७८ देखि विभिन्न पदमा रही राष्ट्रसेवा गर्नुभएकाे छ : लामो समय निजामति सेवामा अनुभव बटुलेका घिमिरेले सुप्रवल जनसेवा श्री पदक प्राप्त गर्नुभएकाे छ । त्यस्तै राष्ट्रसेवाकै क्रममा उहाँले ३१ राष्ट्रको भ्रमण गरिसक्नुभएकाे छ। त्यसबाहेक सन् १९९३ देखि २०१३ सम्म देश विदेशमा भएका सुरक्षा, आप्रवासन, भूमिसुधार, शहरी विकास आदि विषयका विभिन्न तालीम तथा गोष्ठीहरुमा सहभागिता जनाउनुभएकाे छ ।
ujyaaloonline.com
3,678,860
imagekhabar.com
3,240,590
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नर्सिङ होममा ‘ब्रेन एन्यूरिज्म’ भनिने मस्तिष्कको नसा सम्बन्धी दुर्लभ र जटिल शल्यक्रिया सफल भएको चिकित्सकहरुले बताएका छन् । दिमागको रक्त नली फुलेर बेलुनजस्तो हुँदै फुटेर आन्तरिक रक्तश्राव हुनुलाई ‘ब्रेन एन्यूरिज्म’ भनिन्छ । यस समस्याबाट पीडित दाङको दंगीशरण गाउँपालिकाकी ५३ वर्षीया खगा श्रेष्ठको न्युरोसर्जनद्वय डा. निरज घिमिरे र डा. सुवोध गौतमले पाँच घण्टा लगाएर शल्यक्रिया गरेका हुन् । यही साउन १४ गते शल्यक्रिया गरिएकी खगा साउन २८ गते अस्पतालबाट डिस्चार्ज भएकी छन् । खगा यही साउन १४ गते घरमै बसिरहेको बेला एक्कासी टाउको दुखेर अचेत भएर लडेकी थिइन् । सोही दिन उनलाई दाङको घोराहीस्थित राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान हुँदै बाँकेको नेपालगञ्जस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, नर्सिङ होमको इमरजेन्सी कक्षमा पुर्याइएको थियो । टाउकोको सिटीस्क्यान गर्दा दिमागको रक्त नली फुटेको (ब्रेन एन्यूरिज्म) समस्या पत्ता लागेपछि अप्रेशन गरिएको थियो । ‘यो निकै जटिल र दुर्लभ केस थियो । यस्तो समस्या भएका बिरामीमा जतिसक्यो छिटो अप्रेशन गर्नुको विकल्प हुँदैन,’ न्यूरो सर्जन डा. निरज घिमिरेले भने, ‘हामीले पनि समय खेर नफाली अप्रेशन गर्यौं र सफल भयौं ।’ राम्रो टिमवर्कका कारण सफल शल्यक्रिया भएको बताउँदै उनले भने, ‘पश्चिम नेपालमा ब्रेन एन्यूरिज्मको बिरामीको शल्यक्रिया सफल भएको यो नै पहिलो केस हो ।’ चिकित्सकका अनुसार यस्ता बिरामीलाई दुई तरिकाले उपचार गरिन्छ । एउटा– टाउको पूरै खोलेर (क्लिपिङ) विधिबाट र अर्को– खुट्टाको नसाबाट तार छिराएर दिमागको फुटेको नसा बन्द गराउने विधिबाट । खगाको भने क्लिपिङ विधिबाट उपचार गरिएको थियो । बिरामीको जीवन जोखिममा पर्ने हुँदा क्लिपिङ पनि निकै जटिल मानिन्छ । ‘ब्रेन एन्यूरिज्म’को समस्या भएका करिब ५० प्रतिशत बिरामीको समयमा अस्पताल नपुर्याउँदा र कतिपयको समयमै अस्पताल पुर्याए पनि उपचार जारी रहेको बेला र उपचारपछि पनि ज्यान जाने जोखिम रहन्छ । तर दाङकी खगा श्रेष्ठ सफल शल्यक्रियापछि केही दिन अस्पतालमै आराम गरेर घर फर्किएकी छन् । ‘बिरामीको ज्यान जोगाउनु पर्ने थियो र हामीलाई च्यालेन्ज पनि थियो,’ न्युरोसर्जन डा. गौतमले उपचारको क्षण सम्झिए, ‘हामीले रिस्क फ्याक्टरबारे बिरामीका आफन्तलाई भनेका थियौं । उहाँहरु बुझ्ने हुनुहुँदो रहेछ, हामीलाई अघि बढ्नुस् भनेपछि हौसला मिल्यो ।’ डा. गौतम काठमाडौंको वीर अस्पतालबाट र डा. घिमिरे भारतको दिल्लीस्थित जिबी पन्त अस्पतालबाट एम.सी.एच न्यूरोसर्जरी सकेर नेपालगञ्जमा कार्यरत छन् । उनीहरुसँगै ऐनेस्थेसियोलोजिष्ट एसोसिएट प्रोफेसर डा. नविन रेग्मी, ऐनेस्थेसियोलोजिष्ट डा. कपिल पोखरेल, एसिस्टेन्ट डा. अनिशा घिमिरे, न्यूरोसर्जन एसिस्टेन्ट अर्सद खान तथा स्टाफ नर्स रोशनी बस्नेत र कमला वली शल्यक्रियामा संलग्न थिए । अप्रेशनको बेलामा बिरामीको प्रेसर बढाउन नपाइने भएकाले ऐनेस्थेसियोलोजिष्टको ठूलो भूमिका रहने एसोसिएट प्रोफेसर डा. नविन रेग्मी बताउँछन् । ‘ब्रेनमा यति सानो नसा हुन्छ कि माइक्रोस्कोपमा हेरेर अप्रेशन गर्नुपर्छ । एकपटक नसा फुटिसकेको बिरामीमा फेरि प्रेसर बढेर नसा फुट्यो भने बचाउन सकिँदैन । तर हामी यस्तो जोखिमका बीच सफल भएका छौं ।’ अस्पतालबाट डिस्चार्ज हुनुअघि बिरामी, बिरामीका आफन्त र उपचारमा संलग्न चिकित्सक तथा नर्सको टोली । अप्रेशन सकिएको केही घण्टापछि नै होस आएर खानपिन गर्न थालेकी ५३ वर्षीया खगा श्रेष्ठले नयाँ जीवन पाएको अनुभूति भएको बताइन् । ‘एक्कासी टाउको दुखेर अचेत भएछु, अहिले होसमा आउँदा पो थाहा भयो यति ठूलो समस्या रहेछ,’ उनले भनिन्, ‘उपचारपछि नयाँ जीवन पाएँ ।’ चिकित्सकका अनुसार ‘ब्रेन एन्यूरिज्म’का अधिकांश बिरामीमा पूर्व लक्षण देखिँदैनन् । कसैकसैले एक–दुई हप्ता अगाडि टाउको दुखेको अनुभव सुनाउँछन् । यदि नसा फुटिसकेको रहेछ भने बिरामीलाई असह्यै हुने गरी बेस्सरी टाउको दुख्ने र बेहोस् हुने हुन्छ । यदि टाउको दुख्यो भने सामान्य रुपमा नलिइ चिकित्सकको सल्लाह लिइहाल्नुपर्छ । चिकित्सकको सल्लाहविना आफूखुसी दुखाइ कम गर्ने औषधि खाएमा बिरामीको अवस्था झन् जटिल हुने डा. गौतम बताउँछन् । चिकित्सकहरुले अस्पतालमा सीटी एनजीओग्राफी गरेर मस्तिष्कको अवस्था हेर्छन् । यदि नसा फुटेको पाइए अप्रेशन गरेर उपचार गरिन्छ । ‘प्रायजसो यस खालको समस्या पत्ता नै नलागेर अधिकांश बिरामीहरुको मृत्यु हुने गर्दछ । रोग पत्ता लगाइहाले पनि प्रयाप्त स्रोत साधन र जनशक्ति अभावले बिरामीहरुको जीवन समाप्त हुन्छ,’ डा. गौतम भन्छन्, ‘सफल अप्रेशनपछि बिरामीको ज्यान जोगाउन सफल भयौं । बिरामी र बिरामीका आफन्तबाट स्याबासी पायौं । यसबाट उपचारमा अझ बढी प्रेरणा र ऊर्जा मिलेको छ ।
nepalijanta.com
5,857,568
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार हेलिकप्टर दुर्घटनामा परेको छ । दुर्घटनामा मन्त्री अधिकारीसहति सबैको मृत्यु भएको छ । एयर डाइनास्टिकको विमान दुर्घटनामा परेको हो । लगातार तीन पटक चुनाव जितेका मन्त्री अधिकारी कास्कीका हुन् । लोकप्रिय मतसहति निर्वाचित हुँदै आएका उनी तेस्रो पटक चुनाव जितेपछि मन्त्री बनेका थिए । २०२६ बैशाख २२ गते आइतबार कास्की जिल्लाको भरतपोखरी गाबिस जामुनाबोटमा आमा लक्ष्मी अधिकारी र पिता इन्द्र प्रसाद अधिकारीका जेष्ठ सुपुत्रको रुपमा जन्मनु भएका रबिन्द्र अधिकारी,आफ्नो गाऊँकै श्री ब्रह्म ज्योति प्रा.बी शान्ति पंधेरा गैरागाऊं बाट प्राथमिक शिक्षा र शान्ति उदय मा.बि.(हालको उच्च माबी) बरपाण्डेथुम बाट माध्यामिक शिक्षा हांसील गर्नु भएको थियो । बुवा इन्द्र प्रसाद अधिकारी माध्यमिक बिद्यालयका शिक्षक हुनुहुन्थ्यो जसका कारण पनि उंहालाई शिक्षाका लागी राम्रो बाताबरण घर देखि नै थियो । सानै उमेर देखि राजनीतिक गतिबिधिमा  चासो राख्ने अधिकारी बिद्यालयमा अनेरास्वबियु, रेडक्रस, र क्लबहरुमा संलग्न हुनु भयो । बिद्यार्थीका लागी निशुल्क कोचिंग कक्षा, पुस्तकालय, सरसफाई, खेलकूद, सांस्कृतिक कार्यक्रम, नाटक, प्रहसन, लगाएतका मध्यमबाट राजनितिक जागरण सृजना गर्न सफल अधिकारी हाईस्कुले जीबनमा बिद्यालयका जेहन्दार, लगनशील अध्ययनशील, र अनुशासित बिद्यार्थी हुनुहुन्थ्यो । उहाँहरुले हजारौं दर्शकको बिचमा आमा गीति नाटक तथा प्रगतिशील सांस्कृतिक कार्यक्रम  बिद्यालय जीबनमै प्रदर्शन गरेको कुरा कसी बाट पनि  छिपेको छैन । त्यस समयमा उहाँले  बिद्यालयमा मात्र होइन त्यस क्षेत्रमै अनेरास्वबियुको नेतृत्व पनि गर्नु भएको थियो । प्रबेशिका उतीर्ण गर्ने बित्तिकै बन बिज्ञान अध्ययन संस्थानमा भर्ना भएको भए पनि  केही समय पछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन  शुरू गर्नु भयो । बिद्यालय देखि नै राजनितिमा चासो राख्ने हुनाले क्याम्पस पुगे पछि बिद्यार्थी राजनैतिक गतिबिधिमा सक्रिय रहनु मात्र भएन, २०४४ सालमा अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष, २०४५ सालमा स्वबियु पृथ्वीनारायण क्याम्पस सदस्य ,२०४५ सालमा नै अनेरास्वबियु कास्की जिल्ला कमिटी अध्यक्ष,२०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्वबियु केन्द्रीय सदस्य र २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ सालमा त्रिभुवन बिश्वबिद्यालय केन्द्रीय क्याम्पस किर्तीपुरमा स्वबियु सभापति निर्वाचित हुनु भयो । २०५६ सालमा अनेरास्वबियुका केन्द्रीय अध्यक्ष बन्नू भएका अधिकारी २०५३ सालमा नै स्वबियु काउन्सिल नेपालका संयोजक निर्वाचित हुनु भएको थियो । त्रि.बि. बाट ब्यबस्थापनमा स्नातकोत्तर गर्नु भएका उंहाले संबिधान सभा लोकतन्त्र र पुनर्संरचना पुस्तक २०६३ मा प्रकाशित गर्नु भएको छ । बिगत दुई दशक देखि उंहाका सयौ अनुसन्धान र राजनितिक लेखहरु छापिएका छन । २०४५ मा १ बर्ष माध्यमिक बिद्यालयमा अध्यापन गर्नु भएका अधिकारी अहिले  पनि बिभिन्न क्याम्पसहरुमा अतिथिको रुपमा अध्यापन गर्नु हुन्छ ।  एशियाली बिद्यार्थी संगठन (), बिश्व प्रजातान्त्रिक युबा संघ लगाएत अन्तराष्ट्रीय युबा बिद्यार्थी संगठनमा संलग्न भएर भूमिका निर्वाह गर्नु भएका अधिकारी बिभिन्न अन्तराष्ट्रीय सम्मलेनमा भाग लिनु भएको छ । पंचायतकालमा बिद्यार्थी आन्दोलन स्वतन्त्रता,प्रजातन्त्र,प्राज्ञिक स्वतन्त्रताको पक्षमा क्रियाशील थियो । पञ्चायती निरंकुशता लाई समाप्त पार्ने आन्दोलनको अभिष्ट थियो । शैक्षिक मुद्दा र माग पनि ब्यबस्था संग नै जोडिएका हुन्थे । आजको आबश्यकता संयुक्त संघर्ष प्रजातन्त्रका लागी पञ्चाएतको अन्त्य भन्ने नाराका साथ ०४६को जनआन्दोलनमा क्रियाशील रबिन्द्र पञ्चायतकालमा पटक-पटक गरी छ महीना जेल र हिरासतमा बिताउनु भयो । ०४६ सालको आन्दोलनको केन्द्र पोखरा थियो ।त्यतिबेला उहाँ क्याम्पस, जिल्ला र सयुक्त आन्दोलन परिचालन कमिटीका हैसियतले सफल नेतृत्व गर्नु भएको थियो । ०४६को  परिबर्तन पछि बिद्यार्थी आन्दोलन रचनात्मक र बढ्ता शैक्षिक मुद्दामा केन्द्रित हुनु पर्छ भन्ने बिचार राख्ने अधिकारीले पृथ्वीनारायण क्याम्पसमा त्यसलाई सफल प्रयोग र कार्यान्वयन गर्नु भयो ।कलेज भवन निर्माण, क्याम्पसगेट, बाटो निर्माण, शैक्षिक बाताबरण, पुस्तकालय, रचनात्मक क्रियाकलाप शैक्षिक गुणस्तर सुधार,क्याम्पसमा  बिद्यार्थीको पोशाक आदि कुराहरुमा ठुलो सुधार र परिबर्तन भयो । त्रिबि का स्वबियु सभापति हुदा पुस्तकालय, शैक्षिक बाताबरण, शैक्षिक गुणस्तर खेल मैदान निर्माण, प्रबेश परीक्षा, बरिष्ट प्राध्यापक हरुको सम्मान जस्ता रचनात्मक कार्यक्रम संचालन गरेर लोकप्रियता कमाउनु भएका अधिकारीले बिश्वबिद्यालयमा निरंतर प्राज्ञिक बहस संचालन गर्नु हुन्थ्यो ।अर्थशास्त्र बिभागका प्राध्यापक टि.पि चौधरी लाई बरिष्ट प्राध्यापकको उपाधि उहाँकै पहलमा सम्भब भएको थियो । शिक्षामा भएको निजीकरण र ब्यापारिकरण, प्रबिधिक शिक्षाको बिस्तार र गुणस्तरियता, सबैका लाई गुणस्तरिय शिक्षा, जस्ता आन्दोलन र राष्ट्रीयताको पहरेदारी, कालापानी मार्च, सीमा सुरक्षा अभियान, नेपाली भू –भाग डूबाउने लक्ष्मणपुर बांधको बिरोध तथा शाहज्यादा पारस शाहको ज्यादती बिरुद्द आन्दोलन, हत्यारा बस्ने दरबारमा हैंन जेलखानमा हो भन्दै पांच लाख २३ ह़जार हस्ताक्षर दरबारमा बुझाउने, यातायात लगाएत सार्बजनिक क्षेत्रमा ३३ प्रतिशत बिद्यार्थी सहूलियतको आन्दोलनको प्रमुख अगुवाई गरेकै कारण बिद्यार्थी आन्दोलनमा उहाँको नाम नमेटीने गरी लेखिएको छ । २०४५ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गर्नु भएका अधिकारी २०३९ सालमा पार्टीको रेडगार्ड अर्गनाइजेसनमा संगठित हुनु भएको थियो । २०४०मा इलाका पार्टी कमिटीमा,२०४६/४७ मा पोखरा नगर कमिटी र २०४८ मा पार्टी जिल्ला कमिटीमा र त्यस पछि लगातार जिल्ला कमिटीमा सक्रिय रहनु भयो । २०६०मा पार्टीको कास्की जिल्ला कमिटीको सचिब र ०६३ मा पनी पुन: सचिबमा निर्वाचित हुनु भयो । ०६२/६३ को अन्दोलन र त्यस अगाडिको प्रतिगमन बिरुद्दको आन्दोलनमा पटक-पटक गरी पांच महिना जेल बस्नु भयो । पार्टीको राष्ट्रीय परिषद् सदस्य, अन्चल कमिटी सदस्य भएर काम गरी सक्नु भएका अधिकारी हाल पार्टीको राष्ट्रीय प्रतिनिधि परिषद्को सदस्य, केन्द्रीय पार्टी स्कुल बिभाग र संसदीय बिभागको सदस्य हुनुहुन्छ ।   २०६४ र २०७० सालको संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित भए पछि संसदमा खेलेको भूमिका सबै लाई अबगत भएकै कुरा हो । सार्बजनिक लेखा समितिमा रहेर जलबिद्युत,फ्रिक्योंसी,सार्बजनिक संस्थान,बैंक, उद्योग, सेना, बिकास खर्च, मेसिन रीडएबल पासर्पोर्ट() आदि बिषयमा बिभिन्न उप-समितिमा रहेर त्यसको नेतृत्व गरी काम गर्नु भएको छ । संबिधानसभामा राष्ट्रीय हितको संरक्षण समिति र युबाहरुको दबाब समिति निर्माण गरी संबिधान सभा निर्माणमा निरन्तर खबरदारी गर्नु भएको थियो । संबिधानसभा निर्माणमा सुरक्षा र अन्तराष्ट्रीय सीमाका बिषयमा उपसमितिको नेतृत्व गर्नु भएको थियो । २०७० को चुनाब पछी संसदको बिकास समितिमा सभापति रहनु भयो । संसद्को बिकास समितिमा रहदा नेपालमा बिकासको बहसलाई नयाँ उच्चाई दिन सफल अधिकारीले राष्ट्रिय गौरवका योजनाहरु र अन्य बिकास निर्माणका योजनालाई सफल बनाउन क्रियाशिल रहनुभयो । भने २०७४* सालको संघीय संसदमा कास्की क्षेत्र नं. २ बाट निर्वाचित हुनुभएको छ । लगातार तेश्रो पटक निर्वाचित अधिकारी हाल नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री हुनुहुन्छ । बिद्यार्थी नेता,पार्टी नेता र संबिधानसभा/संसद सदस्यका हैसियतले नेपालको प्रतिनिधित्व गरेर उहाँले अमेरिका, जापान, दक्षिण कोरिया, भारत, चीन, थाईलैण्ड, भियतनाम, इटाली, श्रीलंका, रूस, क्यूबा, पाराग्वे, दक्षिण अफ्रीका, अल्जेरिया, कम्बोडिया, नर्वे, लगायतका देशको भ्रमण गरिसक्नु भएको छ । राजनीति र बिकास एक अर्काका अन्तर-सम्बंधित हुन भन्ने ठान्ने रबिन्द्र अधिकारी संबिधानसभा/संसदमा रहदा कास्की जिल्लाको बिकासमा महत्वपूर्ण भूमिका खेल्नु भयो । पोखराको पर्यटन बिकास, ग्रामीण बाटो, फेवा बेगनास, रूपा लगायत ताल तलैयाको संरक्षण, सरसफाई,पोखरा फराकिलो बनाउने,पुलहरू निर्माण गर्ने ,पोखरा बिश्वबिद्यालय ,पृथ्वीनारायण क्याम्पस लगायत बिभिन्न  बिद्यालयहरुको  निर्माण, पोखराको खानेपानी, क्लबहरु,खेलकूदको क्षेत्रमा पनि उलेख्य भूमिका खेल्नु भएको छ । पोखरालाई  बिश्वकै उत्कृष्ट शहर बनाउने अभिष्ट बोक्नु भएका अधिकारी पोखरामा अन्तराष्ट्रीय बिमानस्थल, चक्रपथ, काठमाण्डू पोखरा लुम्बिनी फाष्ट ट्र्याक, काठमांडू पोखरा रेल वे, मध्यपहाड़ी राजमार्ग, जस्ता पुर्बाधार निर्माणको दबाब सृजना गर्ने काम गर्न महत्वपूर्ण भूमिका खेल्नु भयो । बिकासका लागी राजनीति भन्ने मान्यता अनुसार कास्की जिल्ला मात्र हैन मुलुककै आर्थिक बिकासको दृष्टिकोण दिदै आउनु भएका अधिकारी एक जना बिकासप्रेमी राजनेता हुन्हुन्छ । पछील्लो समय व्यवस्थिका संसदको विकास समितिको सभापति भएपछि उहाँलाई नेपालको विकासमा केही हस्तक्षेप गर्न, केही परिवर्तन ल्याउन सकिन्छ कि भन्ने लागेर विकासका कार्यमा झनै सक्रियताका साथ उहाँ  लागी पर्नु भएको छ । र, उहाँ पछिल्लो सयम मेलम्ची खानेपानी आयोजना, कर्णाली करिडोर, बागमती करिडोर, कालिगण्डकी करिडोर, नेपाल–चीन जोड्ने नाकाहरु, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, निजगढ–काठमाडौं फास्टट्रयाक, नीजगढ अन्तराष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल लगाएतका आयोजनाको अनुगमन तथा निरक्षण र उक्त आयोजनाहरु कार्यान्वयनका लागि क्रियाशिल हुनुहुन्छ  । १) संविधानसभा: लोकतन्त्र र पुनर्संरचना २) समृद्द नेपाल सँगै  राजनीति एवं विकाससम्बन्धी लेख तथा रचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकासित हुदै आएका छन् ।
khabarhub.com