index
int64
1
6.39M
Article
stringlengths
2
109k
Source
stringclasses
99 values
2,881,824
सरकारले समयमै भुक्तानी नगरी दिँदा सो अस्पताल आर्थिक संकटमा परेको हो । सरकारले स्वास्थ्य बीमा, कोरोनाको उपचार र अन्य सेवाबापत धुलिखेल अस्पताललाई भदौ मसान्तसम्म २६ करोड रकम भुक्तानी दिन बाँकी रहेको अस्पताल प्रशासक प्रद्युम्न श्रेष्ठले बताउनुभयो । ‘स्वास्थ्य बिमाबापत सातामा १ करोड खर्च हुन थालेको छ’, श्रेष्ठले भन्नुभयो– ‘कर्मचारीले भदौदेखि तलब पाएका छैनन् भने कोरोनाको जोखिम भत्तासमेत उपलब्ध हुन सकेको छैन । दशैँ नजिकिन थालेपछि कर्मचारीलाई पेस्की भन्दा तलबको चिन्ता थपिएको छ ।’ कोरोना महामारीका कारण विद्यार्थीहरु भर्ना हुन नसक्दा शिक्षण अस्पतालसमेत रहेको धुलिखेललाई थप आर्थिक व्ययभार थपिएको हो । बिरामीको उपचार, शिक्षण शुल्कमार्फत व्यवस्थापन हुँदै आएको आर्थिक स्रोत कमजोर भएका कारण अस्पताललाई आर्थिक संकट पर्न थालेको हो । धुलिखेल अस्पतालले १ हजार ३ सय ९० कर्मचारीका लागि मासिक ७ करोड तलब भुक्तानी गर्नुपर्छ । भदौ र असोज महिनाको तलब १४ करोड र दशैं पेस्कीसमेत उपलब्ध गराउँदा १९ करोड भन्दा धेरै भुक्तानी गर्नुपर्नेछ । श्रेष्ठले औषधि खरिद, परीक्षणका लागि किटलगायतका अन्य सामग्री खरिद गर्न समेत रकम नभएको बताउनुभयो । सरकारले अस्पताललाई स्वास्थ्य बिमाबापत असार मसान्तसम्म ६ करोड रकम उपलब्ध गराउने बाँकी छ भने साउन र भदौ महिनाको १३ करोड रकम उपलब्ध गराउन बाँकी छ । असोज एक साताको १ करोड भइसकेको छ । ‘प्राप्त हुनुपर्ने स्थानबाट समयमै रकम प्राप्त नहुने तर भुक्तानी समयमै गर्नुपर्ने हुनाले सेवा प्रवाहको चिन्ता थपिन थालेको छ’, श्रेष्ठले भन्नुभयो– ‘बिरामी आएर सेवा दिन नसक्दा लज्जित हुनुको विकल्प छैन । बिरामीको सेवा प्रभावित नहोस् भनेर हामी संवेदनशील छौं तर समस्या पैसाकै छ ।’ कर्मचारीलाई घटस्थापनाको १५ दिनअघि पेस्की रकम उपलब्ध गराउनुपर्ने प्रावधान छ । भदौ महिनाकै तलब दिन नसकेको अस्पतालले सेवा प्रवाह रोकिन नदिन सरकारलाई ताकेता गरिरहेको छ । असार मसान्तसम्मको बिमाबापतको ६ करोड भुक्तानीको तयारी भए पनि अस्पताललाई २० करोडको संकट परेको छ । यता धुलिखेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले कोभिड महामारीको दोस्रो चरण सकिन लाग्दा समेत जोखिम भत्ता प्राप्त गर्न सकेका छैनन् । पहिलो चरणको कोभिडको समयमा धुलिखेल अस्पतालमा कार्यरत अधिकृत तह भन्दा माथिल्लो पदमा रहेर काम गर्ने चिकित्सक तथा कर्मचारीको २५ प्रतिशत तलब कटौती गरिएको थियो भने अधिकृत तहभन्दा तल्लो तहमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीको हकमा १० प्रतिशत तलब कटौती गरिएको थियो । यो वर्ष तलब कटौती नगरिए पनि स्रोत अभावका कारण मासिक हुने भुक्तानी दुई साता पर धकेलिन थालेको छ । तर पनि स्वास्थ्यकर्मी कर्मचारीले अझै कोभिडबापत सरकारले उपलब्ध गराउने भनेको जोखिम भत्ता प्राप्त गर्न सकेका छैनन् । २०७८ वैशाख १५ देखि असार मसान्तसम्म धुलिखेल अस्पतालमा कार्यरत ७ सय १७ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई जोखिम भत्ता उपलब्ध गराउनुपर्छ । जसमध्ये डाक्टर १ सय ८९, नर्स २ सय ७४, पारामेडिक्सअन्तर्गत एक्सरे र रेडियोलोजीमा कार्यरत ३१, माइक्रोबायोलोजीमा कार्यरत २९, २४ घण्टा सेवा प्रदान गर्ने २९, आइसोलेसनमा काम गर्ने ४०, काउन्टरमा काम गर्ने तथा चालक १७, सहयोगी कर्मचारी ९५र पोस्ट रेजिटेन्ड कन्सल्टेन्सी ११ गरी ७ सय १७ जनाले विभिन्न मितिमा कोभिडमा काम गरेको जोखिम भत्ता उपलब्ध गराउन बाँकी रहेको अस्पतालका जय राईले जानकारी दिनुभयो ।
newsofnepal.com
4,628,272
संविधानमा भएको व्यवस्थाअनुसार सात प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९०८० का लागि बजेट सार्वजनिक गरेका छन् । संघीय बजेट जेठ १५ गते ल्याउने व्यवस्था छ । यस्तै प्रत्येक वर्षको असार १ गते प्रदेशको बजेट ल्याउने व्यवस्था छ । सातवटै प्रदेश सरकारले ३ खर्ब ६ अर्ब रुपैयाँ बढीको बजेट ल््याएका छन् । सात प्रदेशमध्येमा सबैभन्दा बढी बागमती प्रदेश सरकारले ७१ अर्ब र सबैभन्दा कम कर्णाली प्रदेश सरकारले ३३ अर्ब रुपैयाँको बजेट ल्याएका छन् । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९/०८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ । यो बजेट चालु आर्थिक वर्षकोभन्दा करिब १३ अर्ब रुपैयाँ बढी हो ।चालु आर्थिक वर्षमा बागमती प्रदेश सरकारले ५७ अर्ब ७२ करोड ९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभाको बुधबारको वैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले प्रस्तुत गरेको बजेट अनुसार चालुतर्फ २७ प्रतिशत अर्थात १९ अर्ब २ करोड ४१ लाख, पुँजीगततर्फ ५८ प्रतिशत अर्थात ४१ अर्ब ५६ करोड २४ लाख, वित्तीय हस्तान्तरणतर्फ ११.७७ प्रतिशत अर्थात ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ र वित्तिय व्यवस्थातर्फ २.८१ प्रतिशत अर्थात २ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश सरकारले खर्च व्यहोर्ने स्रोततर्फ कर तथा राजस्वबाट २७ अर्ब ९७ करोड ११ लाख, अन्य राजस्वबाट ६ अर्ब २२ करोड ४४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट २१ अर्ब ६ करोड ८७ लाख, प्रदेश सञ्चिति कोषबाट १६ अर्ब ६७ करोड ५० लाख रुपैयाँ अनुमान गरेको मन्त्री जम्मकट्टेलले बताए । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष ०७९–०८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार प्रदेशको योजनाका लागि प्रदेश सरकारको आन्तरिक राजस्व आम्दानीबाट ४ अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड १४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख र सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड बजेट प्राप्त हुने अनुमान छ । यस्तै समपूरक अनुदान ९२ करोड र विशेष अनुदान मार्फत ४७ करोड ५० लाख रुपैयाँ प्राप्त हुनेछ । बाँकी रकम मौज्दात र वैदेशिक अनुदानमार्फत उपलब्ध हुने उनको भनाइ छ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९/०८० का लागि ३६ अर्ब ७४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबारको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री प्रकाश रावलले अगामी आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै ३६ अर्ब ७४ करोड रुपैयाँ बराबरको विनियोजन गरेको जानकारी दिएका छन । रावलले चालु खर्चतर्फ कुल विनियोजित बजेटको ३३.४६ प्रतिशत हुनेगरि १२ अर्ब २९ करोड र पुँजीगत खर्चतर्फ २४ अर्ब १४ करोड ४७ लाख रुपैयाँ विनियोजन गरिएको बताए । पुँजीगततर्फ कुल विनियोजित बजेटको ६५ दशमलव ७४ प्रतिशत छुट्याइएको छ । वित्तिय हस्तान्तरणतर्फ १ अर्ब ३६ करोड बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट २ अर्ब, चालु आर्थिक बर्षमा खर्चबाट बचत हुने अनुमानित रकम ७ अर्ब, संघीय सरकारबाट राजश्व बाँडफाँट वापत प्राप्त हुन आएको रकम ९ अर्ब ६० करोड, वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको ९ अर्ब २० करोड, सशर्त अनुदानबाट ६ अर्ब र संघीय रोयल्टीबाट ४ करोड २८ लाख रुपैयाँ परिचालन गरिने मन्त्री रावलले जानकारी दिए । कर्णाली सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको रुपैयाँको बजेट सार्वजनिक गरेको हो । प्रदेश सभामा बुधबार आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले बजेट प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा पूँजीगततर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको ५९.५८ प्रतिशत हो । यस्तै चालुतर्फ ९ अर्ब १६ करोड ९९ लाख १० हजार रहेको छ । यो कुल बजेटको अर्थात २८.११ प्रतिशत प्रतिशत हो । त्यसैगरी प्रदेश सरकारले वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब १ करोड ५७ लाख अर्थात १२.३१ प्रतिशत बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ७१ करोड २९ लाख ७४ हजार, चालु आर्थिक बर्षको खर्च नभएर बाँकी रहन जाने अनुमानित रकम ४ अर्ब ५५ करोड ४५ लाख ८५ हजार, संघीय सरकारबाट राजस्व बाँडफाँट वापत प्राप्त हुन आएको रकम ९ अर्ब २ करोड २० लाख, वित्तिय समानीकरण अनुदानबाट प्राप्त हुन आएको १० अर्ब ७२ करोड ६४ लाख र सशर्त अनुदानबाट ५ अर्ब ६९ करोड ६७ लाख ।रकम परिचालन गरिने मन्त्री विष्टले बताए । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी बरालले चालूतर्फ १३ अर्ब २६ करोड ८८ लाख र पुँजीगततर्फ २२ अर्ब १४ करोड रुपैयाँको बजेट बुधबार प्रदेशसभामा पेश गरेका हुन् । चालू आर्थिक वर्षमा भन्दा करिब ६ अर्ब बढी बजेट ल्याएका गण्डकी प्रदेश सरकारले वित्तीय व्यवस्थातर्फ ५० करोड, स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ११ करोड रुपैयाँ छ । आगामी आर्थिक वर्षको बजेटको खर्च बेहोर्ने स्रोतमध्ये सरकारबाट वित्तीय समानीकरण अनुदानमार्फत ७ अर्ब ९२ करोड, राजश्व बाँडफाँडबाट प्राप्त ९ अर्ब २३ करोड, शसर्त अनुदानतर्फ ६ अर्ब ९१ करोड ८३ लाख, समपुरक अनुदानतर्फ ८३ करोड, विशेष अनुदानतर्फ ८६ करोड रुपैयाँ प्राप्त गर्ने अनुमान गरिएको छ । प्रदेशको आन्तरिक राजस्वबाट ५ अर्ब ९ करोड र रोयल्टी बाँडफाँडबाट ३२ करोड रुपैयाँ प्राप्त हुने अनुमान छ । चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममा २ अर्ब ७१ करोड रुपैयाँ खर्च हुन नसकेर मौज्दात रहने अनुमान गरिएको अर्थमन्त्री बरालले बताए । मधेश सरकारले आगामी आर्थिक बर्ष ०७९०८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख रुपैयाँको बजेट ल्याएको छ । चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार र पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ९५ हजार विनियोजन गरिएको छ । यस्तै, वित्तीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०७९०८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आज बसेको प्रदेशसभाको बैठकमा आर्थिक ममिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले चालु खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार र पूँजीगततर्फ २४ अर्ब ४७ करोड ७० लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । समृद्ध लुम्बिनीःआत्मनिर्भर प्रदेशको सपना साकार गर्न कृषि, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारलाई प्राथमिकता राखेर बजेट बनाइएको मन्त्री खड्काले बताए। वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सःशर्त अनुदान र विशेष अनुदानमार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८३ करोड १० लाख विनियोजन गरिएको छ । कुल बजेटमा वित्तीय हस्तान्तरणको अंश ११.३३ प्रतिशत रहने गरी प्रस्ताव गरिएको मन्त्री खड्काले बताए ।
capitalnepal.com
4,485,615
वैशाख २० मा उपराष्ट्रपति कार्यालयका तत्कालीन सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका थिए। प्रकरण भने फरक थियो। पाण्डे नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा समातिएका थिए । एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बसेको मोर्चाको पहिलो बैठकले ६ महिनाका लागि नेपाललाई अध्यक्ष तोकेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए। ६/६ महिनामा नेतृत्व परिवर्तन हुने भए पनि सहमति नहुन्जेलका लागि नेपाल नै अध्यक्ष हुने पाण्डेले बताए । बिहीबार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल (जसपा) र एकीकृत समाजवादीको समर्थनमा कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बनेका छन्। उनी मुख्यमन्त्री हुँदा गठबन्धनसँग आवश्यक बहुमत थिएन। ९३ सदस्यीय प्रदेश सभामा संविधानको धारा १६८(२) अनुसार सरकार गठन गर्न ४७ जना सांसद आवश्यक थियो । ४ प्रदेशमा कांग्रेसको सरकार बनेको छ। एमालेको नाममा रहेको रेकर्डलाई कांग्रेसले सत्ता समीकरणमा अदलबदल गरेर खोसेको हो। कांग्रेसले प्रदेशमा सत्ता कब्जा गर्दा एमाले भने ठीक विपरित अवस्थामा छ, संघ र प्रदेशमा प्रतिपक्षी । तर, ६ महिने कार्यकाल ठिक उल्टो छ -भाषण ज्यादा, काम कम। अझ उनी विवादै विवादको भुमरीमा परे। कारण अरू होइन, आफ्नै फुक्काफाल बोली। सोमबारको घटना पनि यस्तै बन्न पुग्यो । प्रदेश प्रमुख परशुराम खापुङ्गले आइतबार सरकार गठनका लागि आह्वान गरेका हुन्। ५ दिनको समय दिएर असार २१ गते अपराह्न ५ बजेसम्म मुख्यमन्त्रीमा दाबीका लागि बोलाएका छन् । शुक्रबार पोखरामा भएको अन्तरप्रदेश बैठकमा मुख्यमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १७ बुँदे माग राखेका हुन्। जसलाई उनीहरुले साझा पत्र भनेका छन् । २०७४ को प्रतिनिधि सभाको निर्वाचनपछि संघमा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रदेशमा ओली निकट नेता सत्तामा पुगेका थिए। लुम्बिनी, गण्डकी, बाग्मती र कोशीमा एमालेले २०७४ को निर्वाचनपछि सरकार चलाएको थियो । यसअघि पटक पटक मोर्चा बनाउने बारे गृहकार्य भए पनि टुंगो लागेको थिएन। स्थानीय तह निर्वाचन र प्रतिनिधि सभा निर्वाचन अघि पनि तत्कालीन सत्ता गठबन्धनभित्रै उपगठबन्धनका रुपमा मोर्चा बनाउने कसरत भएको थियो। तर, त्यतिबेला दलहरु सिट बाडफाँटमै अल्झिएपछि समाजवादी मोर्चा बन्न सकेन । संसदीय सुनुवाइ समितिमा ‘सेड्युल’ थियो - पहिलो दिन कार्कीको कार्यायोजना र दोस्रो दिन ‘डिफेन्स’। सवाल जवाफ पछि अन्तत: कार्की नेपालको ३० औं प्रधान न्यायाधीश अनुमोदित भए। उनले शपथ लिएर पदभार ग्रहणसमेत गरिसकेका छन् । आजको बैठकमा कार्कीलाई समितिका सदस्यहरुले उनको नियुक्तिदेखि न्यायालयमा ढिलासुस्ता, बहालवाला न्यायाधीशले नै उजुरी गरेको विषय लगायतबारे प्रश्न गरेका थिए। सांसदहरुले कार्कीले समितिमाथि नै प्रश्न उठाएको विषय पनि उठाएका थिए ।
pahilopost.com
6,197,175
महिला एसियाक कप क्रिकेट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले बिहीबार २८ सदस्यीय बन्द प्रशिक्षण टिम घोषणा गरेको हो ।  टिमको कप्तानमा इन्दु बर्मा रहेकी छिन् । आगामी जुलाईमा श्रीलंकामा हुने प्रतियोगिताका लागि खेलाडीलाई बन्द प्रशिक्षाणमा बोलाइएको हो । बन्द प्रशिक्षणबाट टिम सेलेक्ट हुनेछ ।  नेपालले पहिलोपटक महिला एसिया कप क्रिकेट खेल्न लागेको हो । टी– २० प्रारुपमा हुने प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । भारत, पाकिस्तान र यूएई पनि छन् ।  नेपालले पहिलो खेल श्रीलंकाको दाम्बुलामा १९ जुलाईमा पाकिस्तानसँग खेल्नेछ । 
shilapatra.com
3,381,902
हालसालै अमेरिकी नागरिकता र अध्यागमन सेवा (युएससीआईएस) ले आधुनिकीकरण प्रयासहरूको आधारमा भीसाका लागि अस्थायी अन्तिम नियम (टीएफआर) घोषणा गरेको छ ।
drishtinews.com
2,719,400
यस्तै सम्मरीमाई गाउँपालिकामा १८ हजार १४६ मतदाता रहेका छन् । जिल्लाका १६ स्थानीय तहमध्ये नौवटा तहमा राष्ट्रिय जनता पार्टीको आन्दोलनका कारण केही संवेदनशील मानिएका छन् । निर्वाचन बहिष्कार र आन्दोलन गर्ने उक्त पार्टीको घोषणाले स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । निर्वाचनमा मनोनयन दर्ताका क्रममा भने आफ्नो प्रभाव रहेका स्थानीय तहमा राजपाका उम्मेदवारले समेत स्वतन्त्र रूपले मनोनयन दर्ता गरेपछि सुरक्षा चुनौती केही कम भएको अनुमान गरिएको छ ।
ratopati.com
4,308,390
उहाँले ७२औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै २००७ सालको क्रान्त्रिको जगमा उभिएर नै आज सबैले स्वतन्त्रता र आत्म सम्मानका साथ बाँच्न पाइरहेको, नागरिक हकअधिकारको उपभोग गर्न पाएको तथा राज्यको सबै तह र संरचनामा आम नागरिकको पहुँच स्थापित हुन सकेको बताउनुभएको छ । यसलाई अब सबैले थप सबल र सुदृढ तुल्याउन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभएको छ ।“वास्तवमै हामी आज स्वतन्त्र देशका सम्मानित र सार्वभौम नागरिक भएका छौँ । राजनीतिकरूपमा मुलुकले ठूलो फड्को मारेको छ । यसका लागि २००७ सालको राजनीतिक क्रान्तिदेखि २०४६ र २०६२÷६३ सालको जनआन्दोलनसम्मको ठूलो भूमिका रहेको छ”, प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभएको छ । विसं २००७ मा भएको प्रजातन्त्र प्राप्तिको राजनीतिक क्रान्ति नेपालको इतिहासमा दूरगामी र ऐतिहासिक महत्व राख्ने क्रान्ति हो । यसैको जगमा त्यसपछि विभिन्न क्रान्तिहरू सम्पन्न भई आज हामीले लोकतन्त्र, गणतन्त्र र सङ्घीय शासन प्रणालीसम्मको यात्रा पूरा गरेका छौँ । उहाँले नेपाली कांग्रेसको अगुवाइमा तत्कालीन राजा त्रिभुवन, विभिन्न राजनीतिक दल र नेपाली जनताको संयुक्त प्रयासमा एकतन्त्रीय शासनको अन्त्य भई जनताको हक अधिकार, स्वतन्त्रता र विधिको शासन स्थापना गर्न २००७ सालमा आजकै दिन प्रजातन्त्रको घोषणा भएको उल्लेख गर्नुभएको छ । उहाँले आजको दिन जनतालाई रैतीबाट नागरिक बनाउन, उनीहरूको मौलिक हक अधिकार स्थापित गर्न र शासन व्यवस्थामा जनताको प्रतिनिधित्व सुनिश्चित गराउन सफलता प्राप्त भएको दिनका रूपमा इतिहासमा स्मरणीय रहेको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले मुलुकमा युगान्तकारी राजनीतिक परिवर्तन गरेसँगै अब यसलाई संस्थागत गर्दै अघि बढ्न जरुरी रहेको उल्लेख गर्दै त्यसका लागि हामी सबै लोकतान्त्रिक विधि, पद्धतिप्रति प्रतिबद्ध भएर अघि बढ्नुपर्ने खाँचो औँल्याउनुभएको छ । उहाँले प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्ति र नागरिक अधिकार प्राप्तिका लागि विभिन्न समयमा भएका राजनैतिक आन्दोलनका क्रममा ज्यानको आहुति दिने शहीद, अग्रज नेता तथा कार्यकर्ता सबैमा सम्मान व्यक्त गर्दै सम्पूर्णमा प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
abcnepal.tv
2,862,394
मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा पेस गरिएको विवरणअनुसार मन्त्रालयको समष्टिगत प्रगति उल्लेख्य रहेको पाइएको हो । मन्त्रालयको ऊर्जातर्फ वार्षिक बजेट ५८ अर्ब १८ करोड २५ लाख रहेकामा हालसम्म ४२ अर्ब ९८ करोड १७ लाख बराबर भएको छ । जलस्रोत तथा सिँचाइतर्फ २५ अर्ब ३६ करोड तीन लाख वार्षिक बजेटमध्ये हालसम्म १६ अर्ब १८ करोड ४५ लाख बराबर खर्च भएको छ । विवरणअनुसार, ८० देखि एक सय प्रतिशतसम्म भौतिक प्रगति भएका आयोजनाको सङ्ख्या १४ छन् । ५० देखि ८० प्रतिशतसम्म भौतिक प्रगति भएका आयोजनाको सङ्ख्या ११ छन् । ५० प्रतिशत बराबरको प्रगति भएका आयोजनाको सङ्ख्या १३ छन् । भौतिक तथा वित्तीय प्रगतिमा उल्लेख्य सफलता हासिल गरेको मन्त्रालयका केही आयोजना भने सुरु नै हुन सकेका छैनन् । वार्षिक कार्ययोजनाअनुसार ‘माइलस्टोनहरु’को गत चैतसम्म सुरु हुनुपर्नेमध्ये काम नै सुरु नभएका आयोजनाको सङ्ख्या पाँच छन्  । त्यसमा महाकाली सिँचाइ आयोजना छ । सो आयोजनाअन्तर्गत दोधारा र चाँदनीमा नहर निर्माण गर्नुपर्नेमा त्यसमा कुनै प्रगति भएको छैन । दोधारा र चाँदनी मूल नहरका लागि भारतको शारदा नहरबाट पाउनुपर्ने पानीको सुनिश्चितता नभएकाले खरिदका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन नसकिएको तथा मुआब्जाका लागिसमेत रकम अपुग भएको मनत्रालयको भनाइ छ । सुनसरी मोरङ सिँचाइ आयोजनाअन्तर्गत सुनसरी खोलामा बाँध तथा नहर संरचना निर्माण गर्नुपर्ने थियो । सो काम सुरु नै हुन सकेको छैन । भारतीय अनुदान सहयोगमा सञ्चालित नदी नियन्त्रण आयोजनामा तटबन्ध निर्माण गर्ने भनिएकामा दुई देशका उच्च अधिकारी सम्मिलित बैठक बस्न नसक्दा आवश्यक निर्णय हुन  सकेको छैन । त्यसमा खाँडो र बाणगङ्गा नदी नियन्त्रणको कार्यक्रम रहेको छ । यस्तै, पश्चिम राप्ती नदी नियन्त्रण गर्ने कार्यक्रम समावेश थियो । ती आयोजनामा एक/एक किलोमिटर तटबन्ध निर्माण गर्ने गरी प्रस्ताव गरिएको थियो । दूधकोशी जलाशययुक्त आयोजनाको मुआब्जा निर्धारण गर्न स्रोतको अभाव रहेको पाइएको छ । माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँच मार्ग निर्माणका लागि रूख कटानको अनुमति नपाउँदा काम अगाडि बढाउन सकिएको छैन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार सडक निर्माणमा प्रयोग हुने उपकरण कार्यस्थलमा पुगे पनि वन तथा वातावरण मन्त्रालयले रूख कटानका लागि अनुमति नदिँदा काम नै सुरु हुन सकेको छैन । मन्त्रालय मातहत रहेका राष्ट्रिय गौरवका आयोजनामध्ये तुलनात्मक रुपमा सुनकोशी मरिण डाइभर्सन आयोजनाको प्रगति राम्रो छ । सो आयोजनाको भौतिक प्रगति एक सय ४१ प्रतिशत र वित्तीय प्रगति एक सय १८ प्रतिशत बराबर छ । अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम) ले कूल १३ दशमलव तीन किलोमिटर लामो सुरङ निर्माण सम्पन्न गरेको छ तर बाँध, विद्युत् गृह निर्माणको कामले भने गति लिन सकेको छैन । आर्थिक वर्ष २०७१/७२ मा सुरु भएको भेरी बबई डाइभर्सन आयोजनाको कूल १२ दशमलव २० किलोमिटर लामो सुरङ निर्माण सम्पन्न भए पनि बाँधस्थल, विद्युत् गृहलगायतका काममा अपेक्षित प्रगति हुन सकेको छैन । समितिको बैठकमा जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीले तोकिएका कामले अपेक्षित परिणाम निकालेको भए पनि सन्तोष मान्ने अवस्था नभएको भन्दै कार्यशैलीमा अझै सुधार जरुरी रहेको बताए । जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्माले स्रोतको सुनिश्चित गर्न, समस्या देखिएका आयोजनाको समयमै समाधान गर्न आवश्यक पहलकदमी जरुरी रहेको बताए। सामूहिक प्रयासबाट मात्रै समस्याको निराकरण हुने भएकाले त्यसमा ध्यान दिनुपर्ने उल्लेख गरे । ऊर्जा सचिव सुशीलचन्द्र तिवारीले ९५ प्रतिशत भन्दा बढी कार्यप्रगति हुने गरी काम गर्न मातहतका निकाय थप क्रियाशील हुनुपर्ने बताए । राष्ट्रिय योजना आयोगका सदस्य डा कुसेन्द्र महतले समस्याको पहिचान, समाधानका उपाय एवम् कार्य विन्यासमा सहजीकरण गरी शत्प्रतिशत परिणाम निकाल्ने गरी काम गर्नुपर्नेमा जोड दिए । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले कार्यशैलीमा सुधार गरी जनअपेक्षा सम्बोधन गर्ने गरी वार्षिक नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । सुरु नै हुन नसकेका आयोजनाको विशेष ध्यान दिन, भएको स्रोतको शत्प्रतिशत सदुपयोग गर्न, संरचनागत र प्रक्रियागत झन्झट समाधानका लागि वस्तुनिष्ठ पहल जरुरी रहेको बताए । हालसम्मको मन्त्रालयको समग्र प्रगति अपेक्षाकृत रुपमा सन्तोषजनक भए पनि यसलाई अझै सुधार गर्नुपर्नेमा जोड दिए ।
newskarobar.com
5,173,108
भारतीय सञ्चारमाध्यमका अनुसार त्यही स्कार्पियो गाडीका मालिक भनिएका मनसुख हिरेन मृत फेला परेकै ठाउँ मुम्ब्रा खाडीमा अर्काे शव भेटिएको हो। यो घटना पनि अम्बानी प्रकरणसँगै जोडिएको हुन सक्ने आशंकासाथ प्रहरीले अनुसन्धान थालेको छ। घटनाबारे विस्तृत विवरण आइसकेको छैन ।
nepalkhabar.com
4,319,502
यसले प्रयोगकर्ताहरूलाई आफ्ना इन्स्टाग्राम साथीहरू कहाँ छन् भनेर हेर्न मद्दत गर्नेछ । इन्स्टाग्राम प्रयोगकर्ताहरूले म्यापमा कुन साथीहरू देख्छन् भनेर छनोट गर्न सक्षम हुनेछन् । यदी स्थान लुकाउन चाहँदा घोस्ट मोड अन गर्न सकिने छ । तर एपमा रहेको लोकेसन एन्ड–टु–इन्ड इन्क्रिप्टेड हुनेछ । इन्स्टाग्राममा आउने नयाँ फ्रेन्ड म्याप सुविधा पहिले नै उपलब्ध रहेको स्नापच्याटको स्नाप म्यापसँग मिल्दोजुल्दो हुनेछ । यस्ता सुविधाहरू एन्ड्रोइड र आईफोन दुवैमा छ । यो फिचरले प्रयोगकर्ताहरूलाई म्यापमा नोट लेख्न अनुमति दिनेछ ।
ictsamachar.com
5,974,993
रोनाल्डोले कीर्तिमानी रकममा साउदी अरेबियन क्लबमा आबद्ध भएको ६ महिना नबित्दै अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई पनि किर्तिमानी रकमको अफर आएको छ ।
sunaulonepal.com
2,709,717
त्यतिबेला कुनै प्रयोगशाला थिएनन् । त्यस कारण जडिबुटीहरुलाई आफ्नै शरीरमा प्रयोग गरेर औषधी र बिष छुट्याउने हाम्रै पुर्खा हुन्’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा पुर्खाहरु अन्धविश्वासमा होइन प्रयोगमा विस्वास गर्दथे । ’ भवन उद्घाटन पछि प्रधानमन्त्री ओलीले अस्पतालले कसैलाई भेदभाव नराखी उपचार गर्ने विश्वास व्यक्त गरे ।
ratopati.com
123,725
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले माइतीघर मण्डलामा कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाएको हो । प्रतिष्ठानले २०७५ पुस १ गते देखि यो दिवस मनाउँदै आएको छ । २०१९ पुस एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगिकृत गरिएको थियो । सोही दिनको सम्झनामा प्रतिष्ठानले २०७५ पुस १ गतेदेखि दिवसको रुपमा मनाउँदै आएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले नेपालको राष्ट्रिय झण्डाको पर्व मनाउनुपर्छ भन्ने उद्देश्यले दिवस मनाइएको बताउनुभयो । पछिल्लो समय राष्ट्रिय झण्डाको प्रयोग विभिन्न नारा, जुलुसमा भइरहेको भन्दै झण्डालाई राष्ट्रिय पहिचानको रुपमा मात्रै प्रयोग गर्नुपर्ने बताए । राष्ट्रिय झण्डाको महत्व नै नबुझेर प्रयोग गरिनु ठिक नभएको पनि उनले बताए । ‘राष्ट्र, राष्ट्रियता, स्वाधिनता, अन्तर्राष्ट्रिय पहिचान’ मूल नारा सहति दिवस मनाइएको हो । प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवस, राष्ट्रिय पोशाक दिवस र राष्ट्रिय टोपी दिवस समेत मनाउँदै आएको छ ।
nepalwatch.com
4,869,084
नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले उपाध्यक्षको उम्मेदवारबाट ब्याक नहुने घोषणा गरेका छन् । सौराहास्थित होटल सेभेन स्टारमा बन्दसत्र सुरु हुनुअघि सञ्चारकर्मीहरुसँग बोल्दै रावलले आफूले घोषणा गरिसकेको उम्मेदवारी फिर्ता नगर्ने बताएका हुन् । उनले अध्यक्ष पद सर्वसम्मत चयन गर्ने विषयमा ओलीले कुनैपनि किसिमको छलफल नगरेको पनि बताएका छन्। ‘मैले यसअघि नै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेको छु, मेरो उम्मेदवारी पर्छ’, उनले भने,‘‘सहमति खोज्ने कुरामा कहाँ के कुरा भयो मलाइ थाहा छैन ।’ उनले एमालेको विधानले नै आफ्नो प्रतिनिधि चुन्ने व्यवस्था गरेकोले सो व्यवस्थाप्रति विश्वस्त रहेको बताए। उपाध्यक्ष रावलले बन्दसत्र स्थलमा रहेका महाधिवेशन प्रतिनिधिसँग भोट समेत माग्न थालिसकेका छन् ।
kathmandupress.com
12,114
उनलाई जबर्जस्ती करणीको मुद्दामा सफाइ दिने नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत पोखरामा पुनरावेदन दिएको हो । गत बिहीबार सरकारी वकिलको कार्यालयले जबर्जस्ती करणीको मुद्दामा अभियोग मागदाबीअनुसार सजाय हुनुपर्ने भन्दै निवेदन दर्ता भएको छ । गत भदौ २१ गते बलात्कारको मुद्दामा पललाई सफाइ दिने नवलपुर अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दर्ता भएको हो । अदालतले बलात्कार मुद्दामा सफाइ दिए पनि बालयौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो । यो फैसलाविरुद्ध पलले उच्च अदालतमा पुनरावेदन गरिसकेका छन् । जबर्जस्ती करणीकै मुद्दामा पलले तनहुँ जिल्ला अदालतबाट भने माघ ३ गते सफाइ पाएका छन् । सहयोगी भूमिका खेलेको भनिएका कृष्ण जोशीले पनि तनहुँ अदालतबाट सफाइ पाइसकेका छन् । नाबालिकालाई बलात्कार गरेको आरोपमा गत फागुन ११ गते उनका बुबाले जिल्ला प्रहरी कार्यालय तनहुँ र नवलपुरमा शाहविरुद्ध उजुरी दिएका थिए । त्यसपछि फरार रहेका पलले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए ।
canadanepal.com
568,322
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार शनिबारको तुलनामा आइतबार कुनै फलफूल तथा तरकारीको मूल्य वृद्धि भएको छ भने कुनैमा मूल्य स्थिर छ । यो थोक मूल्य हो, बजारमा खुद्रा भाउ भने यो भन्दा बढी हुने गर्छ । समितिकाअनुसार आज आइतबार ठूलो गोलभेडाको औसत मूल्य प्रतिकेजी ८५ रुपैयाँ, लोकल सानो गोलभेडा ३५ रुपैयाँ, टनेल गोलभेडा ४६ रुपैयाँ, रातो आलु ४२ रुपैयाँ ५० पैसा, मुडेको आलु ३७ रुपैयाँ, सेतो आलु ३१ रुपैयाँ ३३ पैसा, सुकेको भारतीय प्याज ३५ रुपैयाँ ८० पैसा, लोकल बन्दा ८० रुपैयाँ, स्थानीय काउली ५६ रुपैयाँ ६७ पैसा, ज्यापु काउली ६६ रुपैयाँ ६७ पैसा, तने बोडी ६२ रुपैयाँ, मकै बोडी ७६ रुपैयाँ ६७ पैसा र लोकल सिमी ५५ रुपैयाँ रहेको छ । त्यस्तै, भिण्डी प्रतिकेजी ३० रुपैयाँ, स्कुस ४५ रुपैयाँ, स्कुस ४५ रुपैयाँ, रायोको साग ७६ रुपैयाँ ६७ पैसा, तोरीको साग ४५ रुपैयाँ, हरियो प्याज ८६ रुपैयाँ ६७ पैसा, पाकेको फर्सी ३२ रुपैयाँ ५० पैसा, लौका ४६ रुपैयाँ ६७ पैसा, तितो करेला २७ रुपैयाँ ५० पैसा, भटमास कोशा ९० रुपैयाँ, कन्य च्याउ २७५ रुपैयाँ, डल्ले च्याउ ३६० रुपैयाँ, कुरीलो २२५ रुपैयाँ, सेलरी २२५ रुपैयाँ, तामा ११५ रुपैयाँ, कागती १६५ रुपैयाँ, दसहरी र मालदह आँप ९० रुपैयाँ, भुईँ कटहर १७० रुपैयाँ, रुख कटहर ४६ रुपैयाँ ६७ पैसा र किवि ५२५ रुपैयाँ रहेको छ ।
lokpath.com
942,258
नेपाल सरकारले शुक्रबारको निर्णय अनुसार बढुवा भएका सेनाका रथी, सहायक रथी र महासेनानीलाई दज्र्यानी निच्ह दिइएको छ । जंगी अड्डामा आयोजित बिशेष समारोहबीच प्रधानसेनापति गौरबशम्शेर जबराले दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।
ekantipur.com
3,464,703
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त अरव ईमिरेट्स (युएई)का राजदूत अब्दुल्ला सईद जर्वान अलसम्सीले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा मंगलबार राजदूत सम्सीले राष्ट्रपति पौडेलसँग काठमाडौं । ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य संचालन नियमावली संशोधन मस्यौदा समिति’ गठन गरिएको छ ।
imagekhabar.com
920,374
ल्वाङ मसलाको एउटा प्रकार हो, जुन प्राय: नेपाली घरमा पाइन्छ । ल्वाङ आयुर्वेदिक गुणको भण्डार हो । यसले दन्त क्षय रोक्ने र मुखको दुर्गन्ध हटाउने काम गर्छ । यसमा कामोत्तेजक गुणसमेत पाइने दाबी गरिन्छ ।
ekantipur.com
5,957,088
सो घटना अर्काबुतला समुदायमा भएको थियो । टेट काउन्टी शेरिफ ब्राड लान्सले दिएको जानकारी अनुसार एउटा घटना अर्काबुतला रोडको स्टोर भित्र भएको थियो र सो घटनामा एक व्यक्तिलाई गोली हानिएको थियो। त्यसैगरी अर्काबुतला बाँध रोडमा रहेको घरभित्रै एक महिलाको पनि हत्या भएको र उनका श्रीमान् पनि घाइते भएको पाइएको छ । अर्काबुतला बाँध रोडमा एक सवारी साधनभित्र संदिग्ध व्यक्ति देकिएपछि टेट काउन्टीका प्रतिनिधिहरूले उनलाई नियन्त्रणमा लिएका छन् । उनको गिरफ्तारीपछि मारिएका थप अन्य चार व्यक्तिहरू फेला परेका छन् । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले सो हिंसामा मारिएकाहरूप्रति शोक व्यक्त गरेका छन् । साथै राष्ट्रपति बाइडेनले बन्दुकसम्बन्धी कानूनमा सुधारको आवश्यकता समेत औल्याएका छन् । घटनाबारे अनुसन्धान जारी रहेकाले विस्तृत विवरण आउन बाँकी छ ।
sunaulonepal.com
2,793,692
कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा आज मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले से ४ प ६९६६ नम्बरको मोटरसाइकल र म २ प ५२२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा १६ वर्षीय दिनदयाल रानाको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । “मोटरसाइकल दुर्घटनामा परी चार घाइते भएका थिए”, प्रहरी निरीक्षक भट्टले भने, “तीमध्ये एकको मृत्यु भएको खबर आएको छ ।” प्रहरीका अनुसार पुनर्वास बिचफाँटाका १८ वर्षीय धर्मेन्द्र सुनार गम्भीर घाइते भएका छन् भने पुनर्वास–७ का अर्जुन राना र कैलालीको गोदावरी नगरपालिकाका अनिल लामिछाने सामान्य घाइते भएका छन् । घाइते तीनै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । यसैबीच शनिबार टिपरको ठक्करबाट बालकको मृत्यु भएको विषयलाई लिएर आज कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालय स्थानीयले घेराउ गरेका छन् । म १ ख ८४९ नम्बरको टिपरले ठक्करबाट बेलौरी नगरपालिका–४ का नौ वर्षीया बालक आकाश रानाको मृत्यु भएको थियो । सोही विषयलाई लिएर आक्रोशित स्थानीयले टिपर चालकलाई कारवाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै नगरपालिका घेराउ गरेका हुन् । स्थानीयले बेलौरी बजारसमेत बन्द गरी यातायातका साधन सञ्चालनमा समेत अवरोध गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । बेलौरी क्षेत्रको प्रहरीले सुरक्षा व्यवस्थासमेत कडा पारेको छ । आक्रोशित स्थानीयले टिपरमा आगजनी गरेका छन् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । दियोपोस्ट प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद ।
diyopost.com
4,104,804
यसका लागि रु १ अर्ब ५० करोड बजेट विनियोजन समेत गरिइएको छ । जीर्ण अवस्थामा रहेको सिराहाको मिर्चैयादेखि सोलुखुम्बुसम्मको सडक यसैवर्ष स्तरोन्नति हुने भएको हो । मिर्चैया–कटारी–घुर्मी–ओखलढुंगा–सोलु सडक स्तरोन्नति गर्न उच्च प्राथमिकता दिइ आवश्यक रकम विनियोजन भएको प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले जानकारी दिनुभयो । ऐतिहासिक महत्व बोकेको उक्त सडक सरकारले विशेष बजेट माफर्त स्तरोन्नति गर्ने निर्णय गरेको उहाँको भनाइ छ । “यो सडक प्रदेश १ को समृद्धिसँग जोडिएको छ । यही मार्ग भएर माथिल्लो सगरमाथाका सोलु, खोटाङ, ओखलढुंगा र उदयपुरको उत्तरीक्षेत्रमा खाद्यन्न र निर्माण सामाग्री ढुवानी हुन्छ ।” उहाँले भन्नुभयो, “म त्यो क्षेत्रको सांसद भएकाले सिद्धिचरण लोकमार्ग स्तरोन्नति मेरो प्राथमिकतामा छ । प्रदेश सरकारको सिफारिस र समन्वयमा राष्ट्रिय गौरवको योजना बनाएर सरकारले विशेष बजेट व्यवस्था गरेको छ । अब तत्काल ठेक्का प्रक्रिया शुरुआत हुन्छ । लोकमार्गको सडक चौडाई बढाएर ढल निकास सहितको व्यवस्थित बनाइने छ ।” कटारी–घुर्मी–ओखलढुंगा सडक स्तरोन्नतिको माग गर्दै उदयुपरको उत्तरी क्षेत्रका स्थानीयले केही दिन अघि सडक अवरुद्ध समेत गरेका थिए । आन्दोलित स्थानीयलाई सम्बोधन गर्दै मन्त्री गुरुङले तत्काल सडक स्तरोन्नतिको प्रक्रिया शुरु गराउने प्रतिवद्धता जनाउनुभएको थियो । दशकौं अलपत्र बनेको सडक स्तरोन्नति हुने भएपछि स्थानीयले खुशी व्यक्त गरेका छन् । कटारी नगरपालिका १४ का रुद्र प्याकुरेलले लामो समयदेखि सिद्धिचरण लोकमार्ग स्तरोन्नति गर्न गर्दै आएको माग ढिलै भएपनि पुरा हुनेभएपछि खुशी व्यक्त बताउनुभयो । उहाँले भन्नुभयो “हामीले निकै हारगुहार ग¥यौँ । सडक मर्मत गर्न माग गरेर कहीँ कतैबाट सुनुवाइ भएको थिएन ।” कटारी–घुर्मी सडक मर्मत भएपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने यस क्षेत्रका नागरिकको बाध्यता अन्त्य हुनेछ ।- मान्म (कालीकोट), ६ साउन । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–८ को टाकुल्लामा पहिरो गएर अवरुद्ध दमौली (तनहुँ), ६ साउन । तनहुँमा एक वर्षको अवधिमा तीन लाख बढी पशुमा पूर्ण खोप पर्वत ६ साउन । वन्यजन्तुवाट हुने क्षतिलाई न्यूनीकरण गर्दै सिङ्गो गाउँपालिकालाई फलफूल उत्पादनमा आत्मनिर्भर बनाउने देउखुरी (दाङ), ६ साउन । घोराही उपमहानगरपालिका–६ का मनकला अधिकारी ८२ वर्षका पार गरे। पन्ध्र काठमाडौँ, ६ साउन । यहाँस्थित भारतीय राजदूतावासले आषाढ पूर्णिमाका अवसरमा आज एक विशेष कार्यक्रम आयोजना काठमाडौँ, ६ साउन । दर्शक–श्रोतासमक्ष नबोलेरै हास्य अभिनय प्रस्तुत गर्न सक्ने च्यार्ली च्याप्लिनको नाम हास्यव्यङ्ग्य कास्की, ६ साउन । विभिन्न रोगका कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा सुरु गोरखा, ६ साउन । जिल्लाको पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणका लागि नगर क्षेत्रभित्रका सामुदायिक वन तथा काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं ।
reportersnepal.com
533,936
गएराति अविरल आएको वर्षाले भीमफेदी गाउँपालिका–६ देउरालीमा करिब १५ मिटर पहिरो आई बाटो अवरुद्ध हुँदा भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा अवरुद्ध भएको भीमफेदी इलाका प्रहरी कार्यालयले जनाएको छ । अहिले पनि वर्षा भइरहेकाले मौसममा सुधार भएपछि उक्त पहिरो हटाई यातायात सञ्चालन गर्नेतर्फ डोजरसहितको प्राविधिक खटाइसकिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपराज नेपालले जानकारी दिए। वर्षाले इन्द्रसरोवर गाउँपालिका वडा नं २ र ४ मा पनि सिस्नेरी सडकखण्डको ठूलोभञ्ज्याङमा गएको पहिरो डोजरले हटाउने प्रयास भइरहेको सिस्नेरी प्रहरी चौकीले जनाएको छ ।
lokpath.com
3,393,459
प्रभु लाइफ इन्स्योरेन्सले बीमित परिवारलाई दाबी भुक्तानी गरेको छ । २०७८ पुस २८ गते प्रभु लाइफमा रु २० लाख बीमांक रकमको जीवन बीमा गरेका गणेश विश्वकर्माको यही असोज २८ गते मृत्यु भएको थियो । पहिलो प्रीमियम स्वरुप रु एक लाख ३६ हजार ६५४ रकम मात्र बीमा शुल्क बुझाएका उनको दोस्रो किस्ता रकम (बीमा शुल्क) बुझाउने समयअगावै मृत्यु भएको थियो । प्रभु लाइफले बीमित स्व गणेश विश्वकर्माकी श्रीमती सन्तमाया मगर र निजका बुवा धनबहादुर मगरलाई धरान शाखा कार्यालयमा एक कार्यक्रमका बीच रु २० लाखको चेक हस्तान्तरण गरेको थियो । प्रभु लाइफका प्रदेश नं १ प्रमुख पुष्कर भट्टराई र धरान शाखा प्रमुख सन्तोष राईले संयुक्तरूपमा परिवारलाई सो चेक हस्तान्तरण गरेका थिए । प्रभु लाइफका प्रदेश १ प्रमुख पुष्कर भट्टराईले जीवन बीमालाई विश्वासनीय बनाउन दाबी भुक्तानीलाई सरल, सहज र चुस्तरुपमा गरिने कम्पनीको नीति रहेको प्रष्ट पारे । जीवन बीमाले बीमित परिवारलाई यस किसिमका अकल्पनीय घटनाबाट आइपर्ने आर्थिक जोखिम बहन गर्ने र बीमित परिवारलाई आफ्नो जीवनयापनमा केही मात्रामा सहजता आउने बताए । दाबी भुक्तानी कार्यक्रममा धरान शाखामा कार्यरत सिनियर एजेन्सी मेनेजर, एजेन्सी मेनेजर, अभिकर्ता र स्थानीयवासीको सहभागिता थियो । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
drishtinews.com
4,043,527
जिल्लाको काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर, काठेखोला गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामिछाने सङ्क्रमितको घरघरमा स्वास्थ्यकर्मीसहित पुग्नुभएको छ । यस्तै बागलुङ नगरभित्रका कोरोना सङ्क्रमितलाई हौसला तथा औषधि वितरण गर्दै बागलुङ नगरपालिकाका प्रमुख तथा नगरपालिकाको स्वास्थ्य शाखाको टोली घरघरमा पुगिरहेका छन् । नगरपालिकाको टोलीले पालिकाभित्र रहेका होमआइसोलेसनमा रहेका बिरामीको स्वास्थ्य अवस्था मात्र बुझेका छैनन्, आवश्यक परामर्श पनि दिएका छन् । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल तथा स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनाललगायत स्वास्थ्यकर्मीको टोलीले नगरपालिकाका विभिन्न वडामा रहेका सक्रिय सङ्क्रमितको घरघरमै पुगी स्वास्थ्य अवस्था बुझ्दै, आवश्यक सिटामोल, जीवनजल, भिटामिनलगायतका औषधि वितरण गर्दै तथा आवश्यक परामर्श दिइरहेका छन् । भेटमा स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने, होमआइसोलेसनमा बस्दा अपनाउनुपर्ने विभिन्न विधिहरूको बारेमा जानकारी गराउने, मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री र पोषिलो खानेकुरा खानेलगायत स्वास्थ्य मापदण्डको बारेमा जानकारी दिइरहेका छन् । नगरपालिकाका प्रमुख जनकराज पौडेलले भने, “कोभिड–१९ ले निम्त्याएको तथा निम्त्याउने खतरा भयावह बन्दै गैरहेको छ, तैपनि सामान्य लक्षण हुँदा पनि सङ्क्रमित भइसकेपछि मानिसलाई मानसिकरुपमा असर पर्ने र आत्तिने गर्छन्, यस्तो बेलामा हामी नगरपालिकाको स्वास्थ्यर्मीसहित घरघरमा पुगेका छौँ ।” यसो गर्दा सङ्क्रमित तथा सङ्क्रमितका परिवारलाई थोरै भए पनि मानसिक तनाव कम हुने भन्दै अभियान थालिएको हो नगर स्वास्थ्य शाखाले जनाएको छ । पालिकाभित्र रहेको स्वास्थ्य चौकीले कसरी काम गरिरहेको र त्यसको अनुगमन पनि गर्नका निम्ति उक्त अभियान शुरु गरेको उनले बताए । बागलुङ नगरपालिकाका नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालका अनुसार सङ्क्रमितलाई मानसिक रुपमा तन्दुरुस्त गराउन सकेमा रोक छिटोभन्दा छिटो निको हुने बताए । “कोभिड–१९ को महामारी रोकथाम, व्यवस्थापन र नियन्त्रणको सिलसिलामा नगरप्रमुखको नेतृत्वमा नगर क्षेत्रभित्र रहेको कोरोना सङ्क्रमितको घरघरमा पुगरे सक्रिय सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्नुका साथै शिघ्र स्वास्थ्यलाभको कामना गर्दै औषधि पनि दिएको छौँ”, उनले भने “घरघरमा पुगी स्वास्थ्य अवस्था बुझ्दा सङ्क्रमितहरुको आत्मबल बढेको पाएका छौँ ।” सङ्क्रमित तथा सङ्क्रमितको परिवारले यस अभियानलाई सकारात्मक हिसाबले लिएको प्रतिक्रिया दिएका छन् । क्वारेन्टाइनमा बस्नभन्दा परिवारको रेखदेखमा बस्नाले रोगलाई छिटो परास्त गर्न सकिने कोरोना सङ्क्रमण पुष्टि भएर निको भएकाहरुको भनाइ छ । नगरप्रमुख तथा नगर स्वास्थ्य शाखाको टोली घरघरमा गएर कोरोना सङ्क्रमितलाई भेट्दा आफूहरुलाई ढुक्क भएको सङ्क्रमित तथा सङ्क्रमितका परिवारले बताएका छन् ।-रासस काठमाडौँ, ६ साउन । पछिल्लो समय देशभर लगातार पानी परिरहेकाले डेङ्गु सङ्क्रमण बढ्दै गएको छ उदयपुर (गाईघाट) ६ साउन । जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा भाइरल ज्वरोको बिरामी बढेका छन् । टीकापुर (कैलाली), ३ साउन । लामो प्रतीक्षापछि टीकापुर अस्पतालमा ‘हेमोडाइलिसिस’ सेवा सुरु भएको छ । पर्वत, ३१ असार । सरुवा रोगको सङ्क्रमण न्यूनीकरणमा बर्सेनि विभिन्न अभियान सञ्चालन गरिए पनि पर्वतमा तनहुँ, ३१ असार । मौसम परिवर्तनसँगै गर्मी बढेकाले दमौली अस्पतालमा भाइरल ज्वरो र झाडापखालाका बिरामीको टीकापुर, असार २७ । गत वर्षका तुलनामा यस वर्ष कैलालीमा डेङ्गीका बिरामी वृद्धि भएका छन् चितवन, असार २७ । भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालका मेडिकल काठमाडौं, असार २६ । नेपाल नेत्रज्योति सङ्घले नूर दुबई फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा ‘टेलिअफ्थाल्मोलोजी’ काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता गंगाराम चौधरी थारुले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई विश्वासको मत काठमाडौं,६ साउन । बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख यादवचन्द्र काठमाडौं, ६ साउन ।
reportersnepal.com
1,661,050
प्रदर्शनीमा विद्यार्थीले ड्रोन उडाउनुका साथै चित्रकला, हस्तकलाअन्तर्गत काठ, माटो, सिलाइबुनाइ, धातुमा कोरिएका चित्रकला, कागजका विभिन्न वस्तु, फोटो प्रदर्शनी, घर भवन मन्दिर र विभिन्न वस्तु तथा स्थलका मोडेल, फोटो फ्रेम, फोटो समेत प्रदर्शनी गरेका थिए । त्यसका साथै अटोमेटिक कार, सेन्सर लाइट, सेन्सर जडित पानी तान्ने मोटर, धुवाँ तथा मानव डिटेक्टिभ सेन्सरलगायतका विद्यार्थीद्वारा निर्माण गरिएका सामग्रीको प्रदर्शनी गरिएको थियो । रासस वि.सं.२०७३ माघ ५ बुधवार ०५:२८ मा प्रकाशित काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
sansarnews.com
874,458
गएराति दशगजामा ढुंगा हानाहान र पेट्रोल बम प्रहार भएको भन्दै भारतीय सीमा सशस्त्र बल (एसएसबी)ले नेपालगन्ज-रुपैडिहा नाका आउजाउ गर्न रोक लगाएको छ । धर्नाका लागि मोर्चाले दशगजामा गाडेको टेन्ट हटाउने क्रममा मोर्चा र प्रहरीबीच झडप भएको थियो ।त्यस क्रममा मोर्चाका कार्यकर्ताहरुले प्रहरी तर्फ करिव आधा दर्जन पेट्रोल बम प्रहार गरेका थिए । पेट्रोल बम लागेर एक प्रहरी जवान घाइते भएका छन् । ढुंगा लागेर दुवै पक्षका करिव एक दर्जन घाइते भएका छन् ।नेपालगन्ज-रुपैडिहा नाका दशगजामा मोर्चाका कार्यकर्ताहरुले बनाएको टेन्ट हटाउने क्रममा सोमबारराति भएको झडपका क्रममा मोर्चाका कार्यकर्ताहरुले प्रहार गरेको पेट्रोल बम । तस्बिर : ठाकुरसिंह थारुसोमबार राति ८ बजेदेखि करिव डेढ घण्टासम्म दशगजामा भएको उक्त घटनाले असुरक्षा बढेको भन्दै एसएसबीले नाकामा कडाई गरेको हो । उक्त घटनापछि एसएसबीले सवारी आउजाउ बन्द गरेको सीमास्थित इलाका प्रहरी कार्यालय, जमुनाहाले जनाएको छ । जमुनाहा प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक बिष्णु गिरीले उक्त घटनापछि इन्धन भर्ना जाने ट्यांकर र मालबाहक गाडीहरुले प्रवेश नपाएको बताए । नाका खोल्नका लागि माथिल्लो आदेश कुरिरहेको एसएसबीले जनाएको छ ।ढुंगा हानाहान र पेट्रोल बम प्रहारपछिलाई चोट लागेको छ । ५ प्रहरी एक दर्जन आन्दोलकारीहरुलाई पनि चोटपटक लागेको मोर्चाका सह-प्रवक्ता रामकुमार दिक्षितले बताए ।
ekantipur.com
2,392,656
यो प्रदेशले चालु आर्थिक वर्षका लागि रू ३५ अर्ब ९० करोड ९० लाख बराबरको बजेट ल्याएकोमा गत जेठ मसान्तसम्ममा रू १७ अर्ब ३० करोड बराबर खर्च गरेको हो । यो प्रदेशले हालसम्म चाल शीर्षकमा ५४ र पुँजीगत शीर्षकमा ४५ दशमलव ८२ प्रतिशत बजेट खर्च गरेको छ । चालु शीर्षकमा रू १२ अर्ब ८० करोड ९३ लाख बराबरको बजेट ल्याइएकोमा जेठ मसान्तसम्ममा रू ६ अर्ब ९५ करोड र पुँजीगत शीर्षकमा रू २२ अर्ब ५९ लाख बजेट छुट्याइएकोमा रू १० अर्ब ३५ करोड बराबर बजेट खर्च भएको छ । वित्तीय व्यवस्थापन शीर्षकमा रू ५० करोड बजेट छुट्याएको यो प्रदेशको उक्त शीर्षकको खर्च भने शून्य छ ।
ratopati.com
4,746,998
भारतले दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला २-१ ले जितेको छ । तेस्रो, अन्तिम तथा निर्णायक खेलमा बिहीबार भारत ७८ रनले विजयी भयो । पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९६ रन जोड्यो । सन्जु सामसनले एक सय ८, तिलक वर्माले ५२ र रिंकु सिंहले ३८ रन बनाए। सन्जुले एक सय १४ बलमा ३ छक्का र ६ चौका प्रहार गरे। उनले चौथो विकेटका लागि तिलकसँग एक सय १३ रनको साझेदारी गरेका थिए । दक्षिण अफ्रिकाले ४५.५ओभरमा सबै विकेट गुमाएर २ सय १८ रन जोड्यो । टोनी डे जर्जीले ८१ र ऐडेन मक्रमले ३६ रन बनाए । भारतका अर्सदीप सिंहले ४ तथा आभेश खान र वासिङ्टन सुन्दरले २/२ विकेट हात पारे । सन्जु प्लेयर फ दी म्याच र अर्सदीप प्लेयर अफ दी सिरिज चुनिए । शृंखलाअन्तर्गत पहिलो खेलमा भारत र दोस्रो खेलमा दक्षिण अफ्रिका विजयी भएको थियो ।
nepalpress.com
4,860,149
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधबार मुलुकभर एकसाथ ‘हिमाल, पहाड, तराई मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ शुरु गर्दैछ। सबै जिल्ला, क्षेत्र, गाउँ-नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभर तीन चरणमा सम्पन्न हुनेछ। कांग्रेसले भोलि वैशाख २५ गतेदेखि शुरु हुने अभियानको प्रथम चरणको कार्यक्रमका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको जनाएको छ। काठमाडौँमा केन्द्रीय सभापति शेरबहादुर देउवाले एक समारोहबीच उद्घाटन गर्नेछन्। अन्य ७६ जिल्लामा पार्टी केन्द्रीय कार्यालयबाट जिम्मेवारी प्राप्त केन्द्रीय नेतृत्व या प्रतिनिधिहरुले उद्घाटन गर्नुहुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। तीन चरणमा हुने अभियानको प्रथम चरण यही वैशाख २५ गते प्रारम्भ भई आगामी जेठ २५ गते समापन हुनेछ। त्यस्तै दोस्रो चरण भदौ २४ गते (बिपी जयन्ती) दिन प्रारम्भ भई असोज ७ गते समापन हुने भने तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ गते (मेलमिलाप दिवस) समापन हुने उनले बताए। प्रथम चरण ७७ जिल्लामा, दोस्रो चरण ३३० प्रदेश निर्वाचन क्षेत्रमा र तेस्रो चरण ७५३ स्थानीय तहमा हुनेछ कार्यक्रम तालिका छ। अभियानले पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीमा एकता तथा सुदृढीकरणका गतिविधि अघि बढाउने र कांग्रेसको नेतृत्वमा मुलुकले हासिल गरेका राजनैतिक उपलब्धि एवं समृद्धिको सम्प्रेषण गर्नेलगायत उद्देश्य राखेको छ। जागरण अभियानका सबै उद्घाटन कार्यक्रम र भाषण छरितो ढङ्गले सम्पन्न हुनेछन् पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। जागरण अभियानअन्तर्गत अभियानको उद्देश्य सम्प्रेषण गर्ने, सदस्यता वितरण गर्ने, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, पार्टीको अभिलेख सङ्कलन कार्यक्रमलाई तीव्रता दिने र सङ्घर्षकालका ऐतिहासिक घटनास्थलमा पुगेर ‘श्रद्धा र प्रेरणा’ कार्यक्रम गरिनेछन्। त्यस्तै पार्टीका पुराना अग्रजलाई सम्मान गर्ने, स्वास्थ्य स्थिति, घरायसीस्थिति बुझ्नाका साथै पार्टीका लागि आवश्यक सल्लाह र सुझाव ग्रहण गर्ने, शहीदका घरपरिवार भेट्ने, श्रद्धा प्रकट गर्ने तथा मुलुक र पार्टीका लागि सुझावसमेत लिइने बताइएको छ। सो अवसरमा पार्टीबाट उम्मेदवार भई स्थानीय तहमा विजयी भएकाहरुसँग पार्टीको चुनावी घोषणापत्र र नागरिकको अपेक्षा अनुरूपका काम के–कस्तो रुपमा भएका छन् भन्ने सम्बन्धमा समेत समीक्षा कार्यक्रम गरिने बताइएको छ। परिमार्जित विधानमा उल्लेख भएबमोजिम पार्टीका तर्फबाट विभिन्न तहमा विजयी या उम्मेदवार र पार्टीको सम्बन्धित तहको कार्यसमितिबीच मासिक नियमित बैठकको प्रारम्भका लागि प्रथम बैठक आयोजना गरिनेछ। राष्ट्रिय जागरण अभियान मुलुकभरका साथै विदेशस्थित पार्टीका जनसम्पर्क समितिमा समेत सञ्चालन हुने पार्टी कार्यालयले जनाएको छ। सातै प्रदेशमा पार्टी पदाधिकारी र शीर्ष नेतृत्वले सम्बोधन गर्नुहुने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। सुदूरपश्चिमको धनगढीमा उपसभापति विमलेन्द्र निधि, कर्णालीको सुर्खेतमा कोषाध्यक्ष सीतादेवी यादव, प्रदेश नं ५ को रुपन्देहीमा महामन्त्री डा शशाङ्क कोइराला, गण्डकी प्रदेशको पोखरामा अर्का महामन्त्री पूर्णबहादुर खड्का, प्रदेश नं २ को धनुषामा वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रदेश नं १ को सुनसरीमा अर्का उपसभापति विजयकुमार गच्छदारले सम्बोधन गर्ने तय भएको उनले बताए। अभियानअन्तर्गत भिन्न भ्रातृ संस्था भिन्न मुद्दाका कार्यक्रम, आसनग्रहणमा परम्परागत शैलीको अन्त्य, स्वागत र विसर्जनबाहेक तीन वक्ता मात्र रहनेछन्। प्रवक्ता शर्माका अनुसार विषय प्रवेश, महिला वक्ताको मन्तव्य, प्रमुख अतिथिको मन्तव्य रहने र कार्यक्रमको मूल ब्यानर र प्रचार सामग्री देशव्यापीरुपमा सबै तहमा एउटै हुनेछ। यस अभियानमा ब्याज वितरण र धेरै तौलको मालाले स्वागत गर्ने परम्पराको अन्त्य हुनेछ। प्रवक्ता शर्माले अभियानका लागि मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा भाका र नेपाली गरी १२ भाषामा पार्टीको जागरण गीतको व्यवस्था गरेको बताए। पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले अभियानलाई थप प्रभावकारी बनाउन प्रशिक्षण कार्यक्रम गर्ने तयारी गरेको छ। त्यस्तै पार्टीको केन्द्रीय अनुशासन समितिले अभियानलाई अनुशासित र व्यवस्थित बनाउन ‘डेमोक्र्याटिक लयर्स एशोसियसन’को राष्ट्रव्यापी संरचनालाई पर्यवेक्षण अभिभारा सुम्पिइएको कांग्रेसले जनाएको छ ।
kathmandupress.com
2,054,854
उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएका अनुसार किमले अमेरिकालाई आफ्ना देशका विरुद्ध अमेरिकाले पहिलेदेखि नै सत्रुतापूर्ण नीति लिएकोले त्यसको अन्त्य गर्न आग्रह गरेका हुन् । उत्तर कोरियाली सत्तारुढ पार्टीको आठौं काँग्रेस बैठकमा नेता किमले सो कुरा बताएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । किमले अमेरिकाले उत्तर कोरियासँगको सत्रुतापूर्ण नीतिको अन्त्य गरेपछि मात्र उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्ध आगामी दिनहरुमा सहज हुने बताएका हुन् । अमेरिकामा डोनाल्ड ट्रम्पले निर्वाचन हारेर जो बाइडेन नयाँ राष्ट्रपतिका रुपमा निर्वाचित भएका छन् । तर पनि अहिलेसम्म उत्तर कोरियाली नेताले भने अमेरिकी निर्वाचन र त्यसपछिको नेतृत्वका बारेमा कुनै प्रतिक्रिया दिएका थिएनन् । नेता किमले यही जनवरी २० मा अमेरिकाको राष्ट्रतिमा जो बाइडेन नियुक्त हुन लागेको केही दिनअघि मात्र यस्तो प्रतिक्रिया दिएका हुन् । उनले दक्षिण कोरियाका बारेमा पनि यस्तै प्रतिक्रिया दिएका थिए । दक्षिण कोरियाले पनि आफ्नो देशप्रतिको विगतको जस्तो सत्रुतापूर्ण सम्बन्धको नीति नलिने हो भने दक्षिण कोरियासँगको सम्बन्ध पनि तीन वर्षअघिको जस्तै अवस्थामा पुग्ने बताएका थिए । उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच तीन वर्षअघि उच्चस्तरीय वार्ता पनि भएको थियो । त्यस वार्ताको समन्वय दक्षिण कोरियाले गरेको थियो । त्यसैले गएका कैयौँ दशकपछि पछिल्लो पटक करिब तीन वर्ष अघि भने उत्तर कोरिया र दक्षिण कोरियाबीचको सम्बन्धमा सुधार आएको थियोे ।
kathmandupati.com
4,299,314
नेता गान्धीले भन्नुभयो, “मलाई गर्व लागेको छ विपक्षी दलहरू एक भएर विजेपीलाई हराएका छन् । हामीले यसलाई जारी राख्ने छौँ । भारतमा जनताको इच्चा नै सर्वोच्च रहेको छ । म कर्नाटकका जनता, हाम्रो दल र जनता दलका नेता, कार्यकर्ता र शुभेच्छुकलार्ई कर्नाटकको निर्वाचनमा देखाएको भ्रष्टाचार विरुद्धको ऐक्यवद्धताका लागि धन्यवाद ज्ञापन गर्न चाहन्छु ।” भाजपा र राष्ट्रिय स्वयम्सेवक दल (आरएसएस) प्रति लक्षित गर्दै कंग्रेस–आईका अध्यक्षले भन्नुभयो, “ मलाई लाग्छ भाजपा र आरएसएसले पाठ सिक्नुपर्छ कि भारतीय समाज, जनता चाहना र व्यवस्थालाई यो देशमा अनादर गर्न सम्भव छैन ।” भाजपाका विधायक तथा सभामुख राष्ट्रिय गानभन्दा पहिले किन सदन छोडेर बाहिर गए यसले प्रश्न खडा गरेको गान्धीले उक्त अवसरमा बताउनुभयो । “तपाईलाई थाहा पाउनुभयो कर्नाटकमा सम्पूर्ण प्रयासका बाबाजुद पनि भाजपाका विधायक र सभामुख राष्ट्रिय गान पहिले नै निस्किए । आज हामी यसैका विरुद्ध लडिरहेका छौँ ।” कर्नाटकमा राज्य सरकारका गभर्नर भाजुभाई आर भालाले कंग्रेस र जनता दलको गठबनधनमा बहुमत विधायक रहँदारहँदै पनि भाजपालाई सरकार गठनका लागि बोलाएपछि राजनीतिक सङ्कट उत्पन्न भएको थियो । भालाले येद्युरप्पा सरकारलाई बहुमत पुष्टि गर्न १५ दिनको समय दिएको थियो । त्यसपछि कंग्रेसले भारतीय सर्वोच्च अदालतमा मुद्दा दायर गराए । तत्पश्चात उक्त मुद्दामा विरल मानिने मध्यरातमा तीन न्यायाधीश ए के सिक्री, एस ए वोब्दे र अशोक भुषणको बेन्चले सुनुवाई गरी येद्युरप्पालाई मुख्य मन्त्रीका रूपमा सपथ नखान तत्कालका लागि निर्देशन गरिएको थियो । यसले बिहीबार हुने भनिएको सपथ ग्रहण पछि सरेको थियो ।
abcnepal.tv
4,021,955
परराष्ट्रविद् डा. निश्चलनाथ पाण्डेले अफ्गानिस्तानबाट नेपालीहरुलाई तत्काल फिर्ता बोलाउनुपर्ने र उनीहरुलाई रेस्क्यु गर्न सरकारले उचित कदम चाल्नुपर्ने बताएका छन् । उनले तालिबानले अफगानिस्ताको मुख्य मुख्य शहर कब्जा गरिसकेको र अब राजधानी काबुल मात्रै कब्जा गर्न बाँकी रहेकोले नेपाल सरकारले आफ्ना नागरिकलाई यथाशक्य चाँडो नेपाल ल्याउनुपर्ने बताए । नेपाल सार्क राष्ट्रको अध्यक्ष भएको नाताले पनि प्रधानमन्त्रीले अफगानिस्तानबारे क्षेत्रिय दृष्टिकोण बनाउनको लागि सक्रियता लिनुपर्ने पनि उनको सुझाव छ। आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अफ्गानिस्तानमा लिगल/ईलेगल कति नेपाली छन्, त्यसको तथ्यांकसमेत हामीसँग यकिन छैन्, अहिले त्यहाँ रहेका नेपालीहरु अत्यन्तै भल्नरेवल अवस्थामा छन् । उनीहरुलाई तत्काल नेपाल फिर्ता ल्याउनुपर्छ ।’ त्यस्तै, उनले भारतले पछिल्ला वर्ष धेरै प्रगति गरेको पनि सुनाए । नेपालको विकास र समृद्धिमा पनि भारतले धेरै सहयोग गर्दै आएको उनले स्मरण गराए । हालै कोभिड–१९ को महामारीमा पनि भारत सरकारले सकारात्मक सहयोग गरेको पनि पाण्डेले उल्लेख गरे । भारतको विकासबाट नेपालले सिक्नुपर्ने, संघीयता र धर्मरिनपेक्षतालाई पनि भारतले राम्रोसँग ह्याण्डल गरेको उनको भनाई थियो । त्यस्तै, भारको परराष्ट्र नीति राष्ट्रिय सहमतिको आधारमा निर्माण हुने गरेको र बलियो रहेको पनि उनले स्मरण गराए । उनले भने,‘भारतको मुख्यमन्त्रीले विदेश भ्रमण गरेपनि त्यहाँको विदेश मन्त्रालयसँग अनुमति लिनुपर्छ ।’ छिमेकीलाई भारतले जहिलेपनि प्राथमिकतामा राखेको र नेपालमा पनि विभिन्न प्राकृतिक प्रकोप आईपर्दा भारतले फस्ट रेस्पोण्डरको रुपमा सहयोग गरेको उनको भनाई छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त छिमेक पहिलो प्राथमिकताको नीति नै लिएको उनले स्मरण गराए । डा. पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल सरकारलाई पूर्णता दिनको लागि सुझाव दिए । उनले भने,‘सरकार बनेको यतिका दिन भैसकेको छ, सरकारलाई पूर्णता दिनुपर्छ । फूल फ्लेज्डको परराष्ट्रमन्त्री नियुक्त गर्नुपर्छ ।’ उनले भारतले नेपालमा जो प्रधानमन्त्री भएपनि सरकारसँग डिल गर्ने भएकोले आगामी दिनमा नेपाल–भारत सम्बन्ध सुमधुर नै हुने विश्वास दिलाए । उनले भारतको ७५औं स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार र भारतीय जनतालाई शुभकामना समेत दिएका छन् । काठमाडौं,६ साउन । बागमी र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीद्धय शालीकराम जम्कट्टेल र जोखबहादुर महरा नेतृत्वको प्रदेश काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले दुई ठुला दल एकै ठाउँमा उभिएर काठमाडौं,६ साउन । अल्पमतमा परेका मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बागमती र लुम्बिनी प्रदेश सभाको काठमाडौं,६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘पाँच नेपालीलाई अमेरिका लैजान दूतावासलाई पत्र लेखेको’ म्याग्दी, ६ असार । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट काठमाडौं, साउन ६ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४२औँ स्मृति दिवस काठमाडौं, ५ साउन । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी काठमाडौं, ५ साउन । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार प्रदेश सभाबाट विश्वासको मत लिने काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने नदिनेबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको मनाङ, ६ साउन । हिमाली जिल्ला मनाङ प्रवेश गर्ने एकमात्रै बेँसीसहर–चामे सडक कालोपत्रसहित स्तरोन्नति हुने काठमाडौं, ६ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् काठमाडौँ, ६ साउन । सुनको मूल्य आज प्रतितोला एक हजार तीन सयले घटेको छ ।
reportersnepal.com
4,243,096
खोटाङको साकेला गाउँपालिका–२ रतन्छाका एक युवकमा कोरोना सङ्क्रमण देखिएपछि उक्त वडालाई एक हप्ताका लागि सिल गरिएको छ। काठमाडौंबाट गएका युवामा कोरोना सङ्क्रमण पुष्टि भएपछि उक्त वडालाई कात्तिक ३ गतेसम्मका लागि सिल गरिएको जनाइएको छ। सम्पूर्ण स्थानीयवासीलाई कोरोना संक्रमण हुनबाट बचाउन सिल गरिउको गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख छ । काठमाडौंलगायत देशका विभिन्न स्थान तथा विदेशबाट आएका समेत गरी २० जनाको स्वाब संकलन गरी परीक्षण गर्न पठाइएकोमा १ जनाको रिपोर्ट पोजिटिभ देखिएको हाे। वडामा संक्रमित भेटिएपछि गाउँपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवासमेत बन्द गरिएको गाउँपालिकाले जनाएको छ। यस अवधिमा गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङ आसपासमा सञ्चालनमा रहेका होटल तथा पसल, बैंक तथा वित्तीय संस्था, साना तथा ठूला सवारी साधन बन्द गरिएको गाउँपालिकाले जनाएको छ । साकेला गाउँपालिकामा यसअघि एक जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यससँगै दश स्थानीय तह रहेको जिल्लामा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३१ पुगेको छ। सङक्रमितमध्ये २१ जनाले कोरोना जितेर घर फर्किसकेका छन् भने १० जना उपचारमा रहेका छन्। हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सबैभन्दा बढी सङ्क्रमित भेटिएका छन्। उक्त नगरपालिकाका १६ जनालाई कोरोना पुष्टि भएको जनाइएको छ । हलेसी तुवाचुङ नगरपालिका र खोटेहाङ गाउँपालिकामा चार/चार, जन्तेढुङ्गा गाउँपालिकाका दुई, दिप्रुङ चुइचुम्मा, ऐसेलुखर्क, र बराहपोखरी गाउँपालिकाका एक÷एक जनालाई सङ्क्रमण पुष्टि भएको छ। केपिलासगढी गाउँपालिका र रावाबेँसी गाउँपालिकामा हालसम्म सङ्क्रमित फेला परेका छैनन् । कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मात्र यस वर्षको दशैँ, तिहारलगायतका चाडपर्व मनाउन जिल्लावासीलाई आग्रह गरेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको १९औँ बैठकले दिनानुदिन कोरोना भाइरसको सङक्रमण वृद्धि हुने दर निरन्तर बढिरहेको अवस्थामा एक ठाउँमा भेला हुँदा सङ्क्रमण फैलिने त्रास बढेकाले सामूहिक रूपमा भीडभाड नगरी आ–आफ्नो घरका सदस्यमात्र सहभागी भएर चाडवाड मनाउन आग्रह गरेको हो । भेला हुन तथा भीडभाड नगर्न आग्रह गरिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताए । समितिले सरकारको कोभिड–१९ सम्बन्धी नियमको पालना गर्दै विभिन्न खेलकूद, धार्मिक मेला, भीडभाडका बीचमा गरिने कार्यक्रम, भेलाजस्ता गतिविधि नगर्न आग्रह गरेको छ। प्रत्येक वडामा वडाध्यक्ष वा वडासदस्यको नेतृत्वमा निगरानी टोली बनाएर स्थानीयवासीलाई कोभिड–१९ को सङ्क्रमणबाट बँच्ने उपायका बारेमा सचेत गराउने तथा बाहिरबाट आएकालाई क्वारेन्टाइन, आइसोलेसन वा स्वास्थ्य संस्थामा पुर्‍याउने व्यवस्था मिलाउन समेत समितिले वडालाई अनुरोध गरेको छ । नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
nepallive.com
2,731,120
बिद्यार्थीहरुले अध्ययनमा सफलता पाउँनेछन् भने गुरुहरुको राम्रो सहयोग पाइने हुदा गन्तव्य पहिल्याउँन सहज हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको व्यापारमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । साझपख समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।
ratopati.com
4,061,582
उञ्जयन महाकुम्भ मेलाबाट विश्वका दुईसय ओजश्वी माहात्माहरु मध्येबाट आदी गुरु शंकराचार्यको चौथो सुचिमा साध्वी श्री हेमानन्द गिरी परेकी छन् । रिपोर्टर्स क्लब नेपालमा जुना अखडा नेपाल राष्ट्रिय समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै साध्वी श्री हेमानन्द गिरीले विश्वकै ठुला चार मठमा आसिन हुने सौभाग्य नेपाललाई मिलेको बताएकी छन् । उनले भनिन्,‘मातृ शक्तिको उजागर भएको बेला मलाई शंकराचार्य बन्ने अवसर आएको छ, नेपालमा पहिलो महिला राष्ट्रपति, महिला सभामुख र महिला प्रधानन्याधीश भएको बेलामा मलाई शंकराचार्यमा छनोट गरिएको छ, अब मलाई शंकराचार्य बन्नको लागि नेपालका सम्पूर्ण धार्मीक संघ–संस्थाहरुले सिफारिस गर्नुपर्ने हुन्छ, विश्वकै पवित्र मुलुक, सगरमाथाकी छोरी पहिलो महिला शंकराचार्य हुनु सबैको लागि गर्वको कुरा हो ।’ उनले अघि थपिन,‘यहाँ भन्दा पहिले महिलाले कहिले पनि शंकराचार्यको लागि आवेदन दिने गरेको ईतिहास छैन्, मैले यो अवसर अदालतबाट पाएकी हुँ, २ सयबाट, ५८ जना, ५८ जनाबाट म आज ४ नम्बरमा छु, म सानैदेखि ध्यान साधना र योगमा निस्कए, विगत ७ वर्षदेखि पूर्ण सन्यासी भएकी छु, १० हजार मन्दिर, १३ वर्षको उमेरमा नेपालका ७७ जिल्ला घुमेकी छु, हिन्दुस्तानले मलाई विश्वास गरेर अघि बढाएको छ, अब नेपालका विभिन्न संस्थाहरुले मेरो बारेमा प्रस्तावहरु पठाउनु पर्नेहुन्छ यसमा साथ दिन आग्रह गर्दछु ।’ हिमालयको कुनादेखि तराईका फाँटहरुसम्म आध्यात्मिक जागरण ल्याउने, कोटी होम गर्दै आएकी श्री हेमानन्द गिरीले भारत वर्षकै सबैभन्दा ठुलो दवंग मानिने नागा सम्प्रदायको जुना अखडाको पहिलो नेपाली श्री बिभूषित माहा मण्डलेश्वर हुन । ’ कार्यक्रममा वरिष्ठ पत्रकार एवम् सास्कृतिक विज्ञ प्रेम कैदीले श्री हेमानन्द गिरीले प्राप्त गर्ने उपाधि नेपालको लागि मात्रै नभएर विश्वकै गर्व गर्न लायक एको टिप्पणी गरे । उनले भने,‘मानव सभ्यताको शुरुवात, हिमालको देश, भगवानको देश, बुद्धको देश, भगवानकी छोरीलाई उपाधी प्राप्त गर्नको लागि नेपालका धार्मीक संघ सस्थाले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्न आग्रह गर्दछु।’ काठमाडौं, साउन ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक आज ११ः३० बजे दलको काठमाडौं, साउन ६ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले काठमाडौं, साउन ५ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले काठमाडौं,४ साउन । श्रीलंकामा आजबाट सुरु भएको नवौं संस्करणको एसीसी एसिया कप टी(२० महिला क्रिकेटको काठमाडौं, साउन ४ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले काठमाडौं, साउन ३ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । उक्त प्रभावका कारण काठमाडौं, साउन २ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । उक्त प्रभावका कारण काठमाडौं, १ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य मनिष सुमनले कांग्रेस–एमाले गठबन्धन काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं ।
reportersnepal.com
5,748,753
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली समूहका युवाहरुले नेता माधव नेपालको घर घेर्ने तयारी गरेका छन् । सुरक्षा स्रोतका अनुसार ओलीलाई बुधबार बालुवाटारबाट बालकोट पुर्‍याएको युवा दस्ताले कोटेश्वरस्थित नेपालको घर घेर्ने तयारी गरेको हो । सुरक्षा स्रोतका अनुसार युवाहरुको टोलीलाई माधव नेपालको घरतर्फ जानबाट रोक्न प्रहरी परिचालन गरिएको छ । आज मात्रै बालकोट पुगेका ओलीले नेता नेपाललाई एमालेमा कुनै स्थान नभएको बताएका थिए । ओली समूहका युवाहरुले भने नेपाललाई फाँसी दिन माग गरेका थिए ।
baahrakhari.com
10,830
म्याग्दी –नेपाल टेलिकमले धौलागिरि क्षेत्रका धार्मिक तथा पर्यटकीयस्थलमा थ्रीजी र फोरजी सेवा विस्तार गरेको छ । बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वतका धार्मिक र पर्यटकीयस्थलमा विस्तार गरिएको यो सेवाले पर्यटकीय क्षेत्रको भ्रमणमा निस्कने स्वदेशी तथा विदेशी पर्यटकलाई सहज भएको छ । नेपाल टेलिकम बागलुङ शाखाका प्रमुख केशव शर्माले १० देखि १५ घर बस्ती भएको स्थानदेखि पदमार्ग, राजमार्ग र सार्वजनिक महत्त्वको क्षेत्रमा सहजै इन्टरनेट प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको बताए । ‘यो व्यवस्थापछि धेरैले गाउँमा सुरक्षाको अनुभूति गरेका छन्, उनले भने,‘विशेष गरी म्याग्दी र मुस्ताङका उपभोक्ताले दुर्घटनापछिको खोजी, उद्धार, प्रसूति, सेवा र पर्यटकको सुरक्षामा बढी राहत महसुस गरेका छन् ।’ धौलागिरि बेसक्याम्प जाने पर्यटकका लागि पछिल्लो पटक बगरको डाँडामा राखिएको फोरजी टावरले सहयोग पुगेको छ । यहाँबाट गुर्जाघाट र ढोरपाटनको उत्तरी भेगमा टेलिफोन, मोबाइल र इन्टरनेट चल्न थालेको छ । ‘गाउँमा फोन लाग्दैनथ्यो, मोबाइलमा कुराकानी गर्न डाँडामा पुग्नुपर्ने समस्या थियो’, धवलागिरि–४ बगरका चित्र तिलिजाले भने, ‘अहिले घरमै बसेर इन्टरनेट चलाउन पाइएको छ ।’ मुक्तिनाथ, लोमान्थाङ, थोराङ्ला भज्ञ्याङ, रुकुम सिमानाको पातीहाल्ने, निसेलढोर लगायतमा पनि इन्टरनेट सेवा विस्तार भएको हो । टेलिकमले मुस्ताङको लोमान्थाङ, कोरला नाका र चराङ लगायत उच्च बस्तीमा पनि फोरजी सेवा विस्तार गरिसकेको छ । ती स्थानमा विदेशी पर्यटकका साथै आन्तरिक पर्यटक पनि सयौंको संख्यामा जान थालेकाले टेलिकमले सेवा विस्तार गरेको हो । बागलुङमा ६२ टावरमा टुजी, थ्रीजी ५७ र फोरजी ५४ वटा टावरमा जडान भएका छन् । म्याग्दीमा २२ टुजी, २१ थ्रीजी र १४ वटा फोरजी सेवा विस्तार भएको छ । मुस्ताङमा भने ३१ टुजी, २६ थ्रीजी र २४ वटा फोरजी टावरबाट सेवा सञ्चालनमा छ । पर्वतमा २८ टुजी, २१ थ्रीजी र २६ वटा फोरजी टावरसहितको सेवा विस्तार गरिएको बागलुङ टेलिकम शाखाले जनाएको छ ।
canadanepal.com
5,668,715
शुक्रवार काठमाण्डाैमा भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै पाण्डेले चीनले नेपालबाट आफ्नो देशमा कुनै किसिमको हस्तक्षेप नहोस् भनेर बीआरआई सहयोग गर्ने नीति लिएको भन्दै नेपालले त्याे सहयाेगकाे ठूलो अपेक्षा गर्न नहुने बताउनुभएको हो । उहाँले बीआरआई परियोजना चीनकाे आक्रामक योजना नभएर सामान्य मात्रै रहेको बताउनुभयो । चीनसँगको बीआरआई सहयोगको जति व्यापक चर्चा भए पनि बीआरआई आउँछ भन्ने आशा नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालसँग चीनको सीमित मात्रै चाहना रहेको छ । जहाँ नेपालबाट चीनमा कुनै किसिमको हस्तक्षेप नहोस् भनेर मात्रै नेपाललाई सामान्य किसिमको सहयोग गरेर बस्ने नीति हो । बीआरआईको कुरा गर्दा पनि चीनको एग्रेसिभ योजना छैन सामान्य मात्रै देख्छु । काम गरिरहेको छ तर प्रगति केही छैन । अहिले जसरी बीआरआई एग्रेसिभ भएर नेपाल आउँछ त भनेर व्यापक चर्चा भएको छ । मलाई पत्यार लागेको छैन । चीनबाट बीआरआई आउँछ भन्ने लाग्दैन ।’ पूर्व अर्थमन्त्री पाण्डेले नेपाल चीनको मोनविज्ञान बुझेर मात्रै अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले नेपाल सरकारले अमेरिकी सहयोग एमसीसी पास गरेर ठिक गरेको उल्लेख गर्नुभयाे । उहाँले नेपालमा एमसीसी आउँदा चीनलाई चिन्ता भएर चासो उठाएको भन्दै नेपालमा अमेरिकाको उपस्थिति धेरै भयो भने चीनमात्रै नभएर भारत पनि रिसाउने अवस्था आउने बताउनुभयो । उहाँले भारतले नै नेपाललाई धेरै सहयोग आउन दिने अवस्था नभएको भन्दै विदेशी राष्ट्रको स्वार्थलाई बुझेर मात्रै वैदेशिक लगानीसम्बन्धी नीति बनाउन सुझाव दिनुभयाे । पाण्डेले नेपालले भारतसँगको व्यापार नीति परिर्वतन गर्न नसके कहिल्यै पनि अगाडि बढ्न नसक्ने बताउनुभयो । उहाँले देशको नेतृत्वले वास्तविक अन्तर्राष्ट्रिय कुटनीतिलाई बुझ्न नसके अब नेतृत्वमा आउने नयाँ नेतृत्वले समेत दुःख पाउने बताउनुभयो ।
ujyaaloonline.com
2,190,313
अमावस्यका प्रमुख देवता अर्यमा हुन्, जुन पितृहरूका प्रमुख देवता पनि हुन्। अमावास्यमा पितृहरुका नाममा तर्पण स्नान तथा पिण्डदान गरेमा सदैव पितृ प्रसन्न भएर प्रजावृद्धि, धन-रक्षा, आयु वृद्धि तथा बल-शक्ति प्रदान हुने धार्मिक मान्यता रहिआएको छ। विशेषगरी गाेकर्ण, विष्णुपादुका, गण्डकी, वराहक्षेत्र लगाएका तीर्थ स्थलमा स्नान, दान, श्राद्ध तथा पिण्डदानकाे विशेष महत्त्व रहेकाे छ। पूर्णीमामा चन्द्रमा पूर्णहुन्छन् भने ओँशीमा चन्द्रमा लुप्त अवस्थामा हुने भएकोले औँशी तिथिलाई बलप्रदायक पितृ तिथिका रुपमा पुराण तथा उपपुराण हरुमा व्याख्या गरिएको छ। अत: औँशीका दिन कुनै पनि तामसिक भाेजन तथा नसालु पदार्थको सेवन पूर्णरूपमा निशेध गरिएको छ। पाैष महिना भगवान् सूर्यदेकाे विशेष पुजा तथा आराधना गर्ने महिना हाे भने श्राद्धका समयमा सूर्य भगवानलाई प्रत्यक्ष पितृका रुपमा व्याख्या गरिएकाले पनि पाैषे औँशीकाे विशेष महत्त्व रहँदै आएकाे छ। साधारणतया मातापिता दिवंगत भएको तिथिलाई आधार मानेर प्रत्येक वर्ष वार्षिक श्राद्ध गरिन्छ। जसलाई ‘एकोद्दिष्ट श्राद्ध’ भनिन्छ भने आश्विन महिनाको पितृ पक्ष कृष्ण प्रतिपदा तिथिदेखि औंशीको दिनसम्म पर्ने श्राद्ध सोह्र श्राद्ध हाे। श्राद्ध पिता-माता दिवंगत भएको तिथिका हिसाबले गर्नुपर्दछ। यसबाहेक पौषे औंसीका दिन पनि मृत पितृहरूलाई श्राद्ध गरी सम्झना गर्ने वैदिक परम्परा रहिआएको छ। एकोद्दिष्ट श्राद्ध र सोह्र श्राद्धका अतिरिक्त तीर्थ जाँदा गरिने श्राद्धलाई ‘तीर्थ श्राद्ध’ भनिन्छ । यो सनातनदेखि चलिआएको शास्त्रीय विधि विधान र नियम हाे । नेपाली हिन्दू संस्कारअनुसार आफ्ना पितृहरुका लागि प्रथमत: भारतको गया तीर्थमा गई श्राद्ध गर्ने गरेको पाइन्छ। यसरी नै काशी, अयोध्या, गंगासागर, हरिद्वार, गंगोत्री, केदारनाथ, बद्रीनाथ धामको ब्रह्म कपाली आदि तीर्थहरुमा र नेपालका बागमती, पशुपति, गोकर्ण, मातातीर्थ, मुक्तिनाथको कागबेनी र नारायणीको देवघाट आदि तीर्थहरुमा श्राद्ध गरिन्छ। यस्ता तीर्थहरुमा गरिने श्राद्धलाई ‘तीर्थ श्राद्ध’ भनिन्छ। पौषे औँशीँका दिन विशेषगरी तीर्थ श्राद्धकाे विशेष महत्त्व हाे। माघबाट सूर्य उत्तरायण हुनेभएकाले पाैष महिना दक्षिणायनकाे अन्तिम बिन्दु पनि हो। यसरी दिक्षिणायनको अन्तिम विन्दुका रूपमा देखा परेको पाैषे औँसीलाई विशेषगरी पितृपर्वका रुपमा शास्त्रमा व्याख्या गरिएको छ। महर्षि याज्ञवल्क्यले आफ्नो याज्ञवल्क्य स्मृतिमा लेखेका छन्- पितृहरु श्राद्धबाट नै तृप्त हुन्छन् र तृप्त आत्माले दिएको आशिर्वादले हाम्रो आयु, धन, विद्या, स्वर्ग, मोक्ष, राज्य एवं अन्य सबै सुखभोग गर्न पाउने कुरा उल्लेख गरेका छन्। श्राद्धचन्द्रिका नामक पुस्तकमा कर्मपुराणको मध्यभागबाट भनिएको छ- श्राद्धभन्दा ठूलो अरु कुनै पनि कुराहरुबाट नहुने उल्लेख गरिएको छ। त्यसैले हरेक मनुष्यले जसरी भए पनि श्राद्धको कर्म गर्नु नै पर्ने कुरा शास्त्रले अह्राएको छ। वैदिक परम्परा अनुसार श्राद्धका चार विधि वर्णन गरिएको छ, ती पिण्डदान, हवन, तर्पण, ब्रह्मण भोजन हुन् ।
dcnepal.com
649,732
काठमाडौँ, २२ फागुन – दलित भएको कारण दर्शाएर दुई जना पत्रकारलाई घर मालिकले घरबाट निकालिदिएका छन् ।इमेज च्यानलमा आबद्ध पत्रकार विक्रम सुनार र आर्थिक अभियानमा कार्यरत मिलन विश्वकर्मालाई काठमाडौँको थापागाउँस्थित घरका मालिक श्यामप्रसाद गौतम र श्रीमती कमला गौतमले दलित भन्दै भाडा दिइसकेको कोठा अरूलाई नै दिएको यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।पत्रकार विश्कर्माले भन्नुभयो – “दुई कोठाको ११ हजार ५०० भनियो, कतै कोठा नपाएपछि हामी तिर्न पनि तयार भयौँ । भाडास्वरुप अग्रिम रु दुई हजार ५०० दिएका थियौँ । सर्ने दिनमा त अरू नै कोठामा बसिसकेको भेटियो । घर मालिक गौतम दम्पतीलाई सोध्दा दलितलाई बस्न दिँदैनौँ भन्दै उल्टै दुव्र्यवहार गरियो ।”¬कोठा भाडाको बैना आफूहरुले दिइसकेकाले बस्न पाउनुपर्ने बताएपछि घर मालिक गौतम दम्पतीले आफ्नो मान्छे डिएसपी र एसएसपी भएको बताएर धम्क्याएको विश्वकर्माको भनाइ छ । पत्रकार विश्वकर्मा र सुनारले दलित भएकै कारण आफूहरुमाथि दुव्र्यवहार भएको बताउँदै दलित, जातीय छुवाछूत तथा कसुर सजाय ऐन, २०६८ अनुसार घर मालिक गौतम दम्पतीमाथि कारबाहीको मागसमेत गर्नुभएको छ ।
lokpath.com
5,849,049
फाइल फोटो उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरुवा बढुका लागि नेताहरुको घरघरमा नजान प्रहरीलाई निर्देशन दिएका छन् । नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालमा शुक्रबार निरीक्षणका लागि पुगेका गृहमन्त्री लामिछानेले सरुवा बढुका लागि नेताहरुको घरघरमा नजान निर्देशन दिएका हुन् । उनले कानून र विधिसम्मत प्रहरीको बढुवा र सरुवा हुने भन्दै सोहीअनुसार आचारण देखाउन निर्देशन दिए । ‘उपप्रधान तथा गृहमन्त्रीज्यू आज प्रहरी प्रधान कार्यालयमा निरीक्षणका लागि आउनु भएको थियो,’ प्रहरी प्रवक्ता टेकप्रसाद राईले भने, ‘प्रहरीको सरुवा बढुका कानून र विधिसम्मत हुने गृहमन्त्रीज्यूले बताउनुभयो ।’ कानून र विधिसम्मत प्रहरीले गर्ने कार्यमा मन्त्रालयको सहयोग रहने र कुनै पनि हस्तक्षेप नहुने गृहमन्त्री लामिछानेले बताएका प्रवक्ता राईले जानकारी दिए । कामको सिलसिलाबाहेक राजनीतिक दलका नेता तथा कूटनीतिक नियोगका अधिकारीसँग विभागीय अनुमतिबिना नभेट्न प्रहरीलाई निर्देशन दिएको भोलिपल्ट उपप्रधान तथा गृहमन्त्री लामिछाने प्रहरी प्रधान कार्यालयमा पुगेका हुन् ।
khabarhub.com
5,225,538
पूर्वपश्चिम राजमार्गबाट झण्डै अढाई किमिनजिकै निर्मित यो पुल भएर अचेल टिपरसहितका कतिपय सवारीसाधनसमेत गुडिरहेका भेटिन्छन्। छँदाखाँदाको बागमतीको पुलनजिकै किन अर्को पुल निर्माण गर्नुपरेको होला? जिज्ञासा लाग्नसक्छ। अझ त्यो पुलबाट सवारीसाधनसमेत गुडेको देख्नेलाई ‘बागमती नदीको पुल जीर्ण भएर नयाँ पुल निर्माण गरिएको होला’ भन्नेसमेत लाग्नसक्छ। तर, नझुक्किनुहोला, यो पुल बस, ट्रकजस्ता सवारीसाधनका लागि निर्माण गरिएको होइन। यो पुल द्रूत गतिको मेची–महाकाली विद्युतीय रेल सञ्चालनका लागि बनाइएको हो। मेची महाकाली विद्युतीय रेल आयोजनाअन्तर्गत बर्दिबास (महोत्तरी) –चोचा (बारा) खण्डमा यतिबेला पुल, कल्भर्ट र ट्रयाक बेल्ट निर्माण तीव्र गतिमा भइरहेको छ। ७० किलोमिटर लामो बर्दिबास–चोचा खण्डमा साना–ठूला गरी १५ वटा पुल पर्छन्। जसमध्ये १४ वटा पुल निर्माण भइसकेको रेल योजना कार्यालय (लालबन्दी) सर्लाहीका इन्जिनियर सन्तोष कर्णले जानकारी दिए। ‘अब महोत्तरीको बर्दिबास-जलेश्वर सडकखण्डमा पर्ने एउटा पुल मात्रै निर्माण गर्न बाँकी छ,’ कर्णले नेपालखबरसँग भने, ‘अरु १४ वटा पुलको निर्माण पूरा भइसकेको छ।’ बर्दिबास–चोचा खण्डको ५० किमि रेलमार्गमध्ये ४२ किमिमा ट्रयाक बेल्टसमेत तयार भइसकेको उनले बताए। यस खण्डमा सबैभन्दा लामो पुल सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीकै हो। जुन पुलको निर्माण भर्खरै सकिएको छ। करिब पौने दुई अर्बको लागतमा निर्माण पूरा भएको यो पुलको लम्बाइ ७३५ मिटर छ। जसमा २१ वटा पिलर छन् भने पुलको स्पान साढे ४ मिटरको छ। सुरुमा एक अर्ब २० करोड रुपैयाँमा रसुवा कन्ट्रक्सनले यो पुल निर्माणको ठेक्का लिएको थियो। तर, पछि लागत बढेर पौने दुई अर्ब पुगेको कर्णले बताए। पुल निर्माण पूरा भए पनि त्यसमाथि रेल कहिलेबाट गुड्छ, ठेगान छैन। तर, आज भोलि फाट्टफुट्ट रुपमा मालबाहक टिपर, ट्रयाक्टर, मोटरसाइकल भने यो पुल भएर गुड्न थालेका छन्। पैदल यात्री र घाँसदाउरा गर्ने स्थानीयलाई पनि आवतजावत गर्न सजिलो भएको छ। मेची–महाकाली विद्युतीय रेलमार्ग आयोजनाअन्तर्गत सबैभन्दा द्रूत गतिमा बर्दिबास–चोचा खण्डमा मात्रै काम भइरहेको रेल योजना कार्यालय सर्लाहीले जनाएको छ। ‘पुल त बन्यो, अब त्यो पुलमाथि विद्युतीय रेल कहिले गुड्ला?’ नेपालखबरको जिज्ञासामा रेल योजना कार्यालय सर्लाहीका इन्जिनियर कर्णले भने, ‘त्यो अहिले भन्न सकिन्न। अहिलेसम्म रेल मार्गको पुल, कल्भर्ट र ट्रयाक बेल्टको काम मात्रै भइरहेको छ। त्यसमा लिक बनाउने, स्टेसन बनाउने कामको जिम्मा हामीलाई दिइएको छैन। त्यसको ठेक्का नै लागेको छैन।’ मुआब्जा विवाद नभएका र जंगल क्षेत्रमा नपर्ने ठाउँमा पुल, कल्भर्ट र ट्रयाक बेल्टको काम पूरा भएको उनले बताए। ‘ठेक्का लागेको ५० किमीमध्ये अब आठ किमी मात्रै ट्रयाक तयार गर्न बाँकी छ,’ कर्णले भने, ‘कतिपय ऐलानी जमिनमा मुआब्जा विवाद छ, केही विवाद सागरनाथ परियोजना क्षेत्रमा छ।’ रौटहटमा चार किमी, सर्लाहीको सागरनाथ वन विकास परियोजना क्षेत्र र महोत्तरीको बर्दिबास बजार क्षेत्रमा गरेर आठ किमी रेल मार्गमा ट्रयाक निर्माणको काम बाँकी रहेको उनले बताए। ‘त्यसमध्ये पनि धेरै ठाउँमा विवाद सुल्झिसकेको छ। यही आर्थिक वर्षभित्रमा सबै विवाद सुल्झाएर हामी हाम्रो जिम्माको काम पूरा गर्ने छौँ,’ उनले भने। मेची–महाकाली विद्युतीय रेलमार्ग अन्तर्गत बर्दिबास सिमरा खण्डको ७० किमीमध्ये २० किमी क्षेत्रमा रेल्वे ट्रयाक बेल्ट निर्माणको लागि सरकारले अझै बजेट नछुट्याएको रेल्वे विभागका सिनियर डिभिजन इन्जिनियर सञ्जय पन्थीले बताए। ‘हामीले सरकारलाई पूर्वपश्चिम विद्युतीय रेलमार्गलाई तत्कालको लागि जनकपुर वीरगन्ज खण्डमा मात्रै भए पनि सञ्चालन गर्नुपर्छ भनेर सरकारलाई सुझाव दिएका छौँ,’ पन्थीले नेपालखबरसँग भने। रेल विभागका अनुसार पूर्वपश्चिम विद्युतीय रेलमार्ग ९४५ किलोमिटर लामो हुनेछ। यो रेलमार्ग बनाउन प्रतिकिलोमिटर ३५ देखि ४० करोड रुपैयाँ खर्च हुने अनुमान विभागले गरेको छ। सरकारले राष्ट्रिय गौरवको आयोजनामा समेटेको मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणलाई सरकारले ७ खण्डमा विभाजन गरेर अघि बढाएको छ। हाल चालु अवस्थामा रहेको जयनगर–जनकपुर बिजलपुरा रेलमार्गलाई बर्दिबासमा पूर्वपश्चिम विद्युतीय रेलमार्गसँग जोड्ने रेल विभागको तयारी छ ।
nepalkhabar.com
2,488,815
काठमाडौँ–१ को क्षेत्रीय सभापतिमा प्रकाश राणा निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधिमा सांसद मोहनकुमार राई, सुरजचन्द्र लामिछाने, हरिबोल भट्टराई, लीलेन्द्रप्रसाद प्रधान, शान्ता ढकाल, ऋषिराज आचार्य, कल्याणकुमार पाण्डे, इन्द्र थापा, कुबेर रम्तेल, अर्जुनबहादुर श्रेष्ठ र अनिता निराला निर्वाचित भएका छन् ।
ratopati.com
4,086,436
विश्व सुन्दरीको ताज जितेकी भारतीय सुन्दरी मानुषी छिल्लरले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेकी छिन् । बुबा, आमा र भाइका साथ काठमाडौं, १५ मंसिर । गायक भरत परियारले सर्जकलाई स्टेज रोयल्टि प्रदान गर्ने भएका छन् । रिपोर्टर्सनेपालसँगको कुराकानिमा गायक परियारले भने,‘हाम्रो मुलुकमा गायक गायिकाहरुले स्टेजबाट मनग्य आम्दानी गर्ने तर तिनै गीत कास्कि, १५ मंसिर । पोखरामा नारायणगोपाल स्मृति साँझ २०७४ सम्पन्न भएको छ। कार्यक्रममा गायक रामभक्त जोजिजु, विनोद बानियाँ, रश्मि अमात्यसँगै पोखरेली स्थायिन कलाकारको आवाजमा नारायण गोपालका गीत गुन्जायमान भएका छन् काठमाडौं, १५ मंसिर । कल्पनामा कता कता हराएछु साँझमा, आज सारै डुबेको छु प्रिय तिम्रो यादमा, भावनाको आकाशमा बिरहको पर्खाल सँगै, सम्झनाको लहर भित्र आँसुको त्यो छाल सँगै, बिलाएछु नदी काठमाडौँ, १४ मंसिर । चीनको च्यांगसु प्रान्तको छाङचौं महानगरमा कलाकार लिउ फिङ छिउले नेपाल सम्बन्धमा कोरेका चित्रको प्रदर्शन गरिएको छ । नेपाल भ्रमण गरी फर्किएपछि चार वर्ष लगाएर लिउले आफूले काठमाडौं, १४ मंसिर । चर्चित गायक भागिरथ चलाउने र गायिका पुजा पौडेलको स्वर रहेको पञ्चेबाजामा आधारित लोकदोहोरी गित ‘सोच कान्छी बेलैमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा बसन्त लण्डन, १२ मङसिर : बेलायती राजकुमार ह्यारीको अमेरिकी एक नायिकासँग विवाह हुने सुनिश्चित भएको छ । अमेरिकी महिला मेगान मार्कलसँग राजकुमार ह्यारी सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहनुभएको खासगरी मनोरञ्जन क्षेत्रमा कार्य गर्दै आएको ड्रिम वल्र्ड ल्फिम मेकर्स प्रा.लि. ले अब पुरस्कार एवं सम्मानको श्रृंखला शुरु गर्ने भएको छ । पुरस्कार एवं सम्मान साहित्य, कला एवं संस्कृतिक क्षेत्रमा काठमाडौं । एरिका फिल्म्सको निर्माणमा बन्न लागेको चलचित्र “अनुराग“ को बिहिबार शुभ मुहर्त गरिएको छ । बरिष्ठ पत्रकार ऋषि धमालाकी श्रीमती एलिजा गौतम र समुन्द्र पण्डित मुख्य भूमिका रहने चलचित्रको काठमाडौं, ६ मंसिर । वाम गठवन्धनले चितवनको भरतपुरमा आयोजना गरेको चुनावी सभामा ढलेका जनवादी गायक खुसीराम पाख्रिनको निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको बताइएको छ । मंञ्चमा काठमाडौं, ४ मंसिर । लिखा ढाडी चम्कन हेरिदिने कोही छैन । माथि उल्लेखित शब्द डीपी खनालका हुन । गीतमा धनु ग्याङमी मगरको सङ्गीत रहेको छ भने चन्द्र गोर्खालीले एरेञ्ज गरेका मुम्बई, ३ मंसिर । रजनीकान्तका ज्वाइँ तथा एक्टर धनुषले हलिउड फिल्ममा पनि आफ्नो पाइला राखेका छन् । कोलावरी डीु फेम सिंगर तथा एक्टर धनुषको हलिउड फिल्म द एक्स्ट्रा अर्डिनरी जर्नी काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं ।
reportersnepal.com
4,522,217
रोमाञ्चक एक एकको बराबरी, अतिरिक्त समयमा पनि थप एक एक गोलले पेनाल्टी सुट आउटमा पुर्‍याएको विश्वकप आयोजक रसिया र क्रोएसियाबीचको खेलमा घरेलु टोली पराजित भएको छ। पेनाल्टीमा ४-३ गोल अन्तरमा क्रोएसियाले सेमिफाइनल यात्रा तय गर्दै आयोजक मुलुक रसियाको विश्वकप यात्रालाई पूर्णविराम लगाइदिएको छ । खेलको ३१ मिनेटमा रसियाका डेनिस चेरेसेभले गोल गर्दै अग्रता दिलाएका थिए। क्रोएसियाका आन्द्रेज क्रामारिकले ३९ मिनेटमा गोल फर्काउँदै बराबरीमा ल्याए। दोस्रो हाफमा दुवै गोल गर्न असफल भए। त्यसपछि खेल अतिरिक्त समयमा गयो। खेलको १०० मिनेटमा क्रोएसियका डेमोगेज भिदाले गोल गर्दा रसियालाई दवाव दिन सफल भयो। प्रत्युत्तरमा फेरि १ सय १५ मिनेट जाँदा रसियाले गोल फर्काउन सक्यो। आक्रमक रुपमा उत्रिएको रसियाका मारियो फर्नान्डेजले गोल फर्काउँदै खेललाई फेरि बराबरीमा पुर्‍याए । घरेलु दर्शकको चापले रसियालाई साथ दिए पनि बल पोसेसनमा भने क्रोएसियाले बढी समय होल्ड गरेको थियो। ६५ प्रतिशत क्रोएसियाको कब्जामा रह्यो बल। पेनाल्टी सुट आउटमा पहिलो प्रहरमै रसियाले गोल गर्न सकेन। दोस्रो बलमा क्रोएसिया पनि गोल गर्न असफल हुँदा खेल रोमाञ्चक बन्न पुगेको थियो। रसियाको एक बल गोलपोस्टभन्दा बाहिर जाँदा क्रोएसियाले जित सुनिश्चित गर्‍यो । प्रतियोगिता हेर्न क्रोएसियाका राष्ट्रपति कोलिन्दा ग्रावर कितरोभिक उपस्थित थिइन्। क्रोएसियाको पहिलो महिला राष्ट्रपति भिआइपी क्षेत्र नाघेर दर्शकसँगै टिमलाई सपोर्ट गर्न पुगेकी थिइन्। क्रोएसियाका खेलाडीले उनको रसिया यात्रालाई भब्य र सुखद बनाए। अब क्रोएसियाले इङ्ल्यान्डसँग सेमिफाइनलमा खेल्नेछ ।
pahilopost.com
6,368,465
जिल्लाको बडिमालिका नगरपालिका ६ जडङ्गा बस्ने तुले कार्कीको घर नजिकै रहेको कुखुरा फर्मभित्र हिटर सर्ट भई गएराति आगलागी भएको हो । आगलागीबाट कुखुरा फर्मभित्र रहेका ९ सय ८० ओटा कुखुरा, दाना लगायत जलेर नष्ट हुँदा ९ लाख ८८ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीले स्थानीय तथा दमकलको सहयोगमा आगलागी नियन्त्रण लिइएको जनाएको छ । पत्रकारिताका नयाँ र नवीन आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको पोको पन्त्यौरो खोली सुसूचीत गराउने, जनमानसको आवाजलाई बोक्ने लक्ष्य यस डिजिटल पत्रिकाले लिएको छ । व्यावसायीक, जनउत्तरदायी सञ्चारकर्म यस डिजिटल पत्रिकाले कालान्तरसम्म पनि कायम राख्नेछ ।
mahendranagarpost.com
3,340,516
झापामा राहदानीबाट एक वर्षमा आठ करोड ६५ लाख राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा जिल्ला प्रशासन कार्यालयले राहदानीबाट आठ करोड ६५ लाख १५ हजार राजस्व सङ्कलन गरेको जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए । सो अवधिमा ११ हजार सात सय ४६ राहदानी बनाएको न्यौपानेले बताए । आव २०७७/७८ मा छ हजार एक सय ८८ राहदानी बनाएइको थियो । जसबाट राजस्व रु तीन करोड ३५ लाख ३६ हजार, आव २०७६/७७ मा रु तीन करोड ८९ लाख ८५ हजार राजस्व सङ्कलन भएको थियो । कोभिड–१९ सुरु भएपछि रोकिएको विदेश भ्रमण पनि अहिले सहजरुपमा सञ्चालन भएकाले राहदानी बनाउन आउनेको सङ्ख्या बढेको हो । उहाँका अनुसार राहदानी बनाउन आउनेमा धेरै युवा रहेका छन् । त्यसमा पनि वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि विदेश जानेबाट राहदानीका लागि धेरै आवेदन आउने गरेका छन् । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
drishtinews.com
5,324,721
अर्थमन्त्री पुनले व्यवसायीको मागलाई आफूले सकारात्मक रूपमा लिएको उल्लेख गर्दै व्यवसायीले राखेका समस्यालाई कसरी समाधान गर्न सकिन्न त्यस विषयमा आवश्यक पहल गर्ने बताउनुभयो । सो अवसरमा नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले सुनमा वृद्धि गरिएको भन्सार खारेज गर्नुपर्ने बताउनुभयो । मुलुकभरका सुनचाँदी व्यवसायीसँग प्रत्यक्ष रूपमा जोडिएको र आआफ्नो धर्म, संस्कृति र परम्परा अनुसार मानिसलाई जन्मदेखि मृत्युसम्म कुनै न कुनै रूपमा आवश्यक पर्ने सुन जस्तो संवेदनशील वस्तुमा यसरी निरन्तर रूपमा भन्सार दर वृद्धि भएकोमा हामी तीन वटै महासङ्घको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । गत वर्ष पनि सरकारले भन्सार महसुल विधेयक २०८० मार्फत सुनको आयातमा लाग्ने भन्सार महसुल वृद्धि गरेको थियो । विश्व बजारमा निर्यात प्रतिस्पर्धामा उत्रन कठिनाइ भइरहेको अवस्थामा एकाएक भन्सार दर वृद्धि गरिएपछि सिङ्गो सुनचाँदी व्यवसायमा ठुलो समस्या पर्ने अवस्था सिर्जना भएको उहाँको भनाइ छ ।
gorkhapatraonline.com
1,650,723
नेपालमा श्रमस्वीकृति लिएर काम गर्नेमा सबैभन्दा धेरै चिनियाँ नागरिक छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चालू आवको पहिलो ५ महिनाको अवधिमा ६२६ विदेशी नागरिकले नयाँ श्रम इजाजत लिएका छन् भने ५७१ ज्नाले श्रम इजाजत नवीकरण गरेका छन् । जसमा झण्डै ७० प्रतिशत चिनियाँ नागरिक रहेको विभागले जनाएको छ । शुक्रबारको गोरखापत्र दैनिकबाट वि.सं.२०७६ फागुन १६ शुक्रवार ०७:५१ मा प्रकाशित काठमाडौँ ।
sansarnews.com
5,203,124
तर, संघीयता आएको ६ वर्ष र स्थानीय तथा प्रदेश सरकार स्थापना भएको चार वर्ष बितिसक्दा पनि सातै प्रदेशले अहिलेसम्म एक जना पनि प्रहरी भर्ना गर्न सकेका छैनन्। केही स्थानीय सरकारले नगर प्रहरी भर्ना गरेका छन्। प्रदेश २ सरकारले प्रदेश प्रहरी ऐन, २०७५ बनाए पनि सोअनुसार आफ्ना सुरक्षा संयन्त्र भर्ना गर्न सकेको छैन। त्यतिबेला संघीय सरकारले प्रहरी कर्मचारी समायोजन ऐन बनाउन सकेको थिएन। त्यसैले प्रदेश २ को राउत सरकार र प्रधानमन्त्री केपी शर्मा ओली सरकारबीच यही विषयमा रस्साकस्सी समेत चल्यो। प्रदेश सरकारले ‘ओभरटेक’ गरेर प्रहरी भर्ना गरे देश नै दुर्घटनातिर जानसक्ने ओलीको धम्कीपछि मुख्यमन्त्री राउत पछि हटेका थिए। एक वर्षपछि प्रहरी कर्मचारी समायोजन ऐन, २०७६ पनि बन्यो। संघीय संसदबाट बनेको प्रहरी कर्मचारी समायोजन ऐन, २०७६, १० माघ २०७६ मा प्रमाणीकरण भइसकेको छ। प्रमाणीकरणको ८ औं दिनमा लागू भएको प्रहरी कर्मचारी समायोजन ऐनको दफा ४ मा यो ऐन प्रारम्भ भएको ३० दिनभित्रै प्रहरी समायोजनका लागि प्रहरी कर्मचारीको विवरण तयार गर्ने उल्लेख छ। तर, ऐन बनेको दुई वर्ष बित्नलाग्दा समेत सरकारले प्रहरी समायोजनको काम अगाडि बढाउन सकेको छैन। जसका कारण सबै प्रहरी संघकै नियन्त्रणमा छन् भने ७ वटै प्रदेश सरकार सुरक्षा संयन्त्रविहीन छन्। प्रदेश २ लगायत कतिपय सरकारले आफैँले प्रहरी भर्ना गर्न सक्ने प्रदेश प्रहरी ऐन बनाए पनि त्यसको कार्यान्वयनमा प्रहरी कर्मचारी समायोजन ऐन तगारो बनेको छ। प्रहरी कर्मचारी समायोजन ऐनको दफा (२०) मा लेखिएको छ, ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन बमोजिम समायोजनको कार्य सम्पन्न नभएसम्म दफा ३ बमोजिमको अवस्थामा बाहेक नेपाल प्रहरी र प्रदेश प्रहरीको कुनै निकायका लागि संगठन संरचना र दरबन्दी सिर्जना गरिने छैन।’ प्रदेश सरकारहरुसँग आफ्नो सुरक्षा संयन्त्र नहुँदा उनीहरु आफैँ पनि संघीय प्रहरीको सुरक्षामा बस्न बाध्य छन्। प्रहरी प्रशासनबिना प्रदेश सरकारहरुले आफूलाई कमजोर महसुस गरिरहेको प्रदेश २ सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्र प्रसादसाह बताउँछन्। ‘सरकारको अर्थ हो आफ्नो शासन, आफ्नो प्रशासन। आज आम नागरिकलाई प्रदेश सरकारको अनुभूति हुन सकेको छैन। यसको मूल कारण हो– आफ्नो प्रहरी प्रशासन नहुनु,’ मन्त्री साहले भने, ‘यसले प्रदेश सरकारलाई नै संघीयता र सुरक्षाको प्रत्याभूति हुन सकेको छैन।’ जिल्लाहरुमा जाँदा मन्त्रीहरुले नै असुरक्षित महसुस गर्ने गरेका छन्। संघीय प्रहरीलाई आफूहरुको सुरक्षाप्रति कुनै वास्ता नभएको प्रदेशका मन्त्रीहरु बताउँछन्। ‘प्रदेशभित्र विसंगति, अपराध छ। तर, त्यसलाई नियन्त्रण गर्न चाहेर पनि केही गर्न सकेका छैनौँ। प्रहरी हामीसँग समन्वय नै गर्न चाहँदैन। आफ्नो प्रहरी नै छैन,’ मन्त्री साह भन्छन्, ‘प्रहरीको बेवास्ताले हामीलाई आफैँ सुरक्षित महसुस हुँदैन।’ संविधानले प्रत्याभूत गरेको कुरा कार्यान्वयनमा संघीय सरकारले अवरोध खडा गरेको विश्लेषकहरुको भनाइ छ। ‘जुन गतिमा काम गर्नुपर्ने हो, त्यो भएको छैन। संविधान कार्यान्वयनको सवालमा संघीय सरकारले सुरुदेखि नै अड्चन खडा गर्ने गरेको छ , चाहे त्यो ओली सरकार होस् वा देउवा सरकार,’ वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक चन्द्र किशोर भन्छन्। कुनै पनि सरकारको प्रभावकारिता देखाउने एउटा अवयव सुरक्षा संयन्त्र भएको उनको भनाइ छ। ‘प्रहरी प्रशासन अर्थात् सीडीओ र एसपी मुख्यमन्त्रीमाथि भारी हुन्छन्। सुरक्षा र प्रशासनलाई नियमित गर्ने जिम्मेवारी प्रदेशको हो। त्यो नहुँदा प्रदेश सरकारको प्रभावकारितामा एउटा कमी देखिन्छ,’ चन्द्र किशोरले भने। २०७५ मा प्रदेश प्रहरी ऐन बनाएर प्रहरी भर्ना गर्ने तयारी गरेर पछाडि हटेका मुख्यमन्त्री लालबाबु राउतको सरकारले पुनः सोही प्रक्रियालाई अगाडि बढाउने तयारी गरेको छ। प्रहरी कर्मचारी समायोजन ऐन २०७६ अनुसार प्रहरी समायोजन नगरे १५ दिनभित्र प्रहरी भर्ना प्रक्रिया सुरु गर्ने प्रदेश सरकारको तयारी छ। यसबारे गृहमन्त्री बालकृष्ण खाण र प्रदेश २ का प्रहरी प्रमुख डीआईजी उमेश रञ्जितकारलाई जानकारी दिइसकिएको आर्थिक मामिला तथा योजनामन्त्री साहले बताए। यस विषयमा एक साताअघि नै गृहमन्त्री खाँणलाई भेटेर आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले जानकारी गराइसकेको मन्त्रालय स्रोतले जनाएको छ। ‘सोमबार हामीले डीआईजीसँग पनि प्रहरी समायोजन र प्रदेश प्रहरी भर्ना विषयमा सल्लाह गर्यौँ। डीआईजीले समन्वय गर्छु भन्नुभएको छ। काम भएन भने जति दरबन्दी खाली छ, त्यति विज्ञापन हामी गर्छौं। जे हुन्छ हुन्छ।, मन्त्री साहले भने। उनले सरकारभित्र सल्लाह भइरहेको र अबको १० दिनभित्र संघीय सरकारले समायोजन प्रक्रिया अघि नबढाए प्रहरी भर्ना गर्ने तयारी भइरहेको पनि बताए। संघीय सरकारले प्रहरी कर्मचारी समायोजन ऐन अगाडि नबढाए र प्रदेश सरकार प्रहरी भर्ना गर्न अघि बढे यस विषयमा पुनः विवाद हुने देखिएको छ। तर, प्रदेश सरकारले भर्ना प्रक्रिया अघि बढाउन नसक्ने विश्लेषक चन्द्रकिशोरको भनाइ छ। ‘यो पोलिटिकल प्रोपोगान्डा हो। भर्ना अगाडि बढाउन सक्दैन,’ उनले भने। उनले अड्चन भएको ठाउँमा प्रदेश सरकारहरुले समन्वय गरेर संघीय सरकारलाई कार्यान्वयन गर्न दबाब दिनुपर्ने बताए। ‘यसअघि पनि प्रदेश सरकारले प्रदेश प्रहरी ऐन ल्यायो। जसका कारण केन्द्र र प्रदेशबीचमा मनमुटाब बढ्यो। प्रचार गराएर सफलता प्राप्त हुँदैन,’ उनी भन्छन्, ‘अन्य प्रदेशलाई पनि प्रहरी चाहिन्छ नि। अन्य प्रदेशसँग समन्वय गरी एउटा दबाबको वातावरण कायम गर्दा राम्रो हुन्छ ।
nepalkhabar.com
3,414,965
सशस्त्र प्रहरीको टोलीले गए राति सिरहाको गोलबजारबाट स्रोत नखुलेको अवैध सुनसहित दुई युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बेसक्याम्प गोलबजारबाट खटिएको टोलीले २०० ग्राम अवैध सुनसहित सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ निवासी जीवछकुमार मण्डल र मोहम्मद साउद्दीन खानलाई पक्राउ गरेको हो । गस्तीमा खटिएको प्रहरीलाई देखेर झोला र मोटरसाइकल छाडेर भागेपछि पछ्याउँदै दुवैलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बेसक्याम्प गोलबजारका सशस्त्र प्रहरी निरीक्षक श्यामबाबु यादवले जानकारी दिए । पक्राउ परेको सुनसहित दुवैजनालाई आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने प्रहरीले जनाएको छ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
drishtinews.com
975,804
नेपालले भुटानलाई पराजित गर्दा तीनै गोल विमलले गरेका थिए । त्यस ह्याट्रिकको पहिलो र तेस्रो गोल अब्बल दर्जाको थियो । विमलले देखाएका थिए, उनमा अरु खेलाडीको तुलनामा केही विशेष क्षमता छ । नेपाली फुटबलमा विमल घर्तिमगरबारे चर्चा सुरु भएको धेरै भइसकेको छ । धेरैको आश छ, उनी चाँडै ठूला स्टार बन्ने छन् । उनी दक्षिण एसियाको घेरा तोडेर पनि माथि उक्लन सक्ने खेलाडी हुन् ।दक्षिण एसियामै धेरै किशोर फुटबल खेलाडीले सपनामा मात्र सोच्न सक्छन्, युरोपमा प्रशिक्षण लिने र पछि त्यहीं खेल्ने । विमलले केही हदसम्म त्यसलाई आत्मसात् गरिसकेका छन् । उनले युरोपमा खेल्ने नखेल्ने विषय भविष्यले तय गर्नेछ ।अहिले काठमाडौंमा यू–१९ साफ च्याम्पियनसिप चलिरहेको छ । विमलकै नेतृत्वमा नेपाली टिमले खेलिरहेको छ । नेपाल प्रतियोगिताको समूह ‘ए’मा छ र भुटानलाई पहिलो खेलमा ३–१ ले हराउन सफल रहेको थियो । नेपाल प्रतियोगिताको सेमिफाइनल पनि पुगिसकेको छ, किनभने समूहको अर्को टिम बंगलादेशले पनि भुटानलाई २–० हराइसकेको छ ।आज समूहको शीर्ष स्थानमा रहने टिमको निर्णय गर्न नेपाल र बंगलादेश सातदोबाटोको एन्फा कम्प्लेक्सको टर्फ मैदानमा भिड्ने छन् । दुवै टिम अन्तिम चार पुगिसकेको स्थितिमा आरामले खेल्ने अवसर पनि हुनेछ । तर सेमिफाइल समीकरणका दृष्टिकोणले दुवै टिमका लागि समूहको शीर्ष स्थानमा रहनु पनि उत्तिकै आवश्यक पनि छ । किनभने यसको अर्थ हो, सेमिफाइनलमा बलियो भारतको सामना गर्नबाट बच्नु ।अझ भनौं, भुटानले एक खेलाडीका रूपमा विमललाई रोक्न सकेको थिएन, भलै नेपाली टिमको प्रदर्शन राम्रो हुन सकेको थिएन । धेरैले नेपालको खेलको आलोचना नै गरे ।यसरी आलोचना गर्ने एक थिए, टिमका प्रशिक्षक बालगोपाल महर्जन स्वंय । उनी भन्थे, ‘नेपाली टिमले भुटानविरुद्ध जस्तो खेल्ने अपेक्षा थियो, त्यसको छेउछाउ पनि खेल्न सकेन । खालि विमल मात्र राम्रो भएर पुग्दैन ।’ तर ठीक यही बेला विमल नै टिमको प्रमुख अस्त्र रहेको तथ्य पनि कसैबाट लुकेको छैन ।यस्तोमा प्रशिक्षक महर्जन पनि मान्छन्, विमलबाट धेरै अपेक्षा हुनु स्वभाविक हो । विमल आफैं पनि के मान्छन् भने आफ्नो खेल त एक हदसम्म ठीक छ र तर के टिमका बाँकी खेलाडी उनलाई उत्तिकै साथ दिन तयार छन् त ? बंगलादेशले भुटानलाई हराएयता उसका प्रशिक्षक साइफल टिटु पनि आफ्नो खेलको विश्लेषण भन्दा बढी विमलमै केन्द्रित हुन रूचाए । उनले विमलको प्रशंसा गर्न बिर्सेनन् र उनी आफ्नो टिमका लागि सबैभन्दा ठूलो समस्या हुन सक्ने पनि माने ।यस्तोमा प्रश्न उठ्नु स्वभाविक छ, के विमल ‘एक्स फ्याक्टर’ हुन सक्छन् त ? उनले राम्रो खेल्ने छन् र आफ्नो टिमको प्रदर्शनलाई पनि माथि उचाल्न सक्ने छन् त ? यो प्रश्न आजको खेलमा मात्र सीमित हुने छैन । एक अर्थमा आजको खेल औपचारिक मात्र हो, नेपाल सेमिफाइलन पुगिसेको छ । नेपालका लागि लागि अर्को समूहबाट भारत प्रतिद्वन्द्वी परोस् अथवा अफगानिस्तान, त्यसमा धेरै ध्यान दिनु पनि ठीक हुन्न ।राष्ट्रिय टिम अथवा उमेर समूहमै सही, अथवा महिला फुटबलमै, नेपालले उपाधि नजितेको धेरै भइसकेको छ । अहिले आफ्नै घरेलु मैदानमा खेल्ने अवसर प्राप्त छ । नेपालका लागि यू–१९ साफ च्याम्पियनसिप जित्ने यो भन्दा राम्रो अवसर प्राप्त हुन गाह्रो छ । तर यसका लागि त्यही आवश्यकता प्रश्न बनेर अगाडि आउने छ– विमल ‘एक्स फ्याक्टर’ हुन सक्छन् त ? अपेक्षा गरौं, यस्तो हुनेछ ।
ekantipur.com
2,979,498
साथै महाधिवेशन सम्पन्न गर्न विभिन्न ११ वटा उपसमितिहरू पनि गठन गरेको छ। सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले अध्यक्ष थापाको नेतृत्वमा एकता महाधिवेशन मूल आयोजक समिति गठन गरेको हो। मूल आयोजक समितिमा राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा, नेताहरू लोकेन्द्रबहादुर चन्द, विश्वबन्धु थापा र डा. प्रकाशचन्द्र लोहनीसहितका नेताहरू छन्। समितिको सदस्य सचिवमा पार्टीका महामन्त्रीद्वय टंक ढकाल र विक्रम पाण्डे रहेको सहप्रवक्ता मोहन श्रेष्ठले नेपाल समाचारपत्रलाई जानकारी दिनुभएको छ। एकता महाधिवेशन मूल आयोजक समितिको सदस्यहरूमा पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू, सांसदहरू, पार्टी जनवर्गीय संगठनका सभापतिहरू बाग्मती अञ्चलका जिल्ला अध्यक्षहरू छन्। कार्यसम्पादन समितिको बैठकले एकता महाधिवेशन भव्य रूपमा सम्पनन गर्न उपाध्यक्ष दीपक बोहोराको संयोजकत्वमा आर्थिक समिति, उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा मञ्च तथा बैठकस्थल व्यवस्थापन समिति, उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा आमसभा व्यवस्थापन समिति, उपाध्यक्ष हरिनारायण यादवको संयोजकत्वमा भोजन व्यवस्थापन समिति, उपाध्यक्ष प्रतिभा राणाको संयोजकत्वमा स्वागत समिति पनि गठन गरेको छ। कार्यसम्पादन समितिको बैठकले महामन्त्री ध्रुवबहादुर प्रधानको संयोजकत्वमा विदेशी अतिथि स्वागत तथा व्यवस्थापन समिति, महामन्त्री टंक ढकालको संयोजकत्वमा कार्यक्रम तथा व्यवस्थापन समिति, महामन्त्री राजेन्द्र लिङ्देनको संयोजकत्वमा प्रचारप्रसार समिति, महामन्त्री विक्रम पाण्डेको संयोजकत्वमा स्वयंसेवक समिति, महामन्त्री डा. धवलशमशेर राणाको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम समिति र महामन्त्री नरेन्द्र चौधरीको संयोजकत्वमा झाँकी व्यवस्थापन समिति पनि गठन गरेको छ। राप्रपाको कार्यसम्पादन समितिको बैठकले पछिल्लो समय योजनबद्ध ढंगले सुन तस्करी भइरहेको र यसले राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पारेको भनी चिन्तासमेत व्यक्त गरेको थियो। राप्रपा कार्यसम्पादन समितिको बैठकले सुन तस्करीबारे सरकारले विस्तृत अनुसन्धान गरी सत्यतत्थ सार्वजनिक गर्नुका साथै दोषीलाई माथि कडा कारबाही गर्न पनि माग गरेको छ। बैठकले सरकारलाई तिर्नुपर्ने सम्पूर्ण राजस्व नबुझाएसम्म एनसेल कम्पनीलाई फोरजी सञ्चालनको स्वीकृति नदिन पनि माग गरेको छ ।
newsofnepal.com
1,519,909
यदि तपाईं एक्लै हुँदा पनि दिक्क मान्नुहुन्छ भने, अवश्य नै तपाईं खराब सङ्गतमा हुनुहुन्छ ! दिन बित्दै जाँदा, तपाईं दुःखी महसुस गर्नुहुन्छ भने, तपाईं एकदमै खराब सङ्गतमा हुनुहुन्छ। तपाईंको आधारभूत प्रश्न यही हो—“मेरो समस्या के हो ? मेरा हात-खुट्टाहरू ठीकै छन्, म देख्न सक्छु, सुन्न सक्छु, सुँघ्न सक्छु, चाख्न सक्छु, फेरि मेरो समस्या के हो ?" हो, त्यही तपाईंको समस्या हो। यो तपाईंलाई तबमात्र थाहा हुन्छ, जब तपाईं एक्लै बस्नुहुन्छ। जब तपाईंको सेरोफेरोमा मानिसहरू हुन्छन्, तपाईं बहानाहरू भेट्टाउनु हुन्छ। यदि तपाईं अरू कसैसँग रहनुहुन्छ भने, त्यसबेला तपाईं सजिलै यो भन्न सक्नुहुन्छ, "यो मान्छे खत्तम छ, त्यसैले म चिढिएको हुँ। ऊ ठीक छैने, यो ठीक छैन, त्यो ठीक छैन।" तर, जब तपाईं एक्लै बस्नुहुन्छ, अनि तब पनि समस्या जहीँको त्यहीँ रहन्छ भने, अब तपाईंलाई यो समस्याको जड के हो भनेर थाहा हुन्छ । अचेल थुप्रै मानिसहरू गल्फ खेलमा थुप्रै कुराहरू चाहिन्छ, यो अरू खेल जस्तो होइन भनेर बढाइचढाइ गर्छन्—उनीहरू यसको गुणगान गाउँछन्। थुप्रै मानिसहरू यसलाई सबैभन्दा कठिन र असम्भव खेल ठान्छन्, किनकि उनीहरू बललाई हान्न खोज्दाखेरि प्रायः भुइँमा हिर्काउँछन्। त्यसैले, उनीहरू यो खेलमा एकदमै बढी एकाग्रता र ध्यान आवश्यक छ भन्ने सोच्दछन्। तर, यदि तपाईंले अरू कुनै पनि खेल हेर्नुभयो भने, ती खेलहरूमा बल तपाईंतर्फ आइरहेको हुन्छ। फरक-फरक वेगहरूमा, फरक-फरक कोणहरूमा अनि फरक-फरक तरिकाहरूले घुम्दै बल तपाईंतिर आइरहेको हुन्छ अनि तपाईंले एक पलमै अनुमान लगाएर त्यसलाई हिर्काउनु पर्ने हुन्छ। यता गल्फमा भने बल त्यहीँ थुचुक्क बसिरहेको हुन्छ ! तपाईंसँग समय नै समय हुन्छ। तपाईं सोच्न सक्नुहुन्छ, उभिन सक्नुहुन्छ, घरी यसरी घरी त्यसरी गर्दै भिन्न-भिन्न स्थितिमा रहन सक्नुहुन्छ—त्यो बल जहीँको त्यहीँ हुन्छ ! यति हुँदा समेत थुप्रै मानिसहरू बलको सट्टा भुईंमा हिर्काउँछन्। एक्लै बस्नु भनेको पनि ठीक त्यस्तै हो। तपाईंले न त पहाड चढ्नु पर्ने हो, न गीत गाउनु पर्ने हो, न त विशाल समस्या समाधान गर्नुपर्ने हो—तपाईंले गर्नुपर्ने भनेको यत्तिकै बस्नु हो। वास्तवमा यही ध्यान हो— केही पनि नगर्नु; यत्तिकै बसिरहनु। यो नै सबैभन्दा सजिलो कुरा हो, होइन र? तर, तपाईं आफैँ हेर्नुहोस् यत्तिकै एक्लै बस्दा तपाईंलाई कति धेरै कठिनाइ भइरहेको छ! सबैथोक अनावश्यक रूपमा यति धेरै जटिल देखिनुको कारण के हो भने जसलाई हामी "आफू" भन्छौँ, त्यसमा हामीले ध्यान नै दिएका छैनौँ । यसमा कुनै पनि कुरा जटिल छैन। यो वास्तवमा एउटा सुन्दर यन्त्र हो। यो शान्त हुँदा पनि राम्रो छ, खैलाबैला मच्चाउँदा पनि राम्रो छ। यदि तपाईंले यसलाई ठीकसँग राख्नुभयो भने, यसले दुवै कुरा राम्रोसँग गर्न सक्छ। यदि तपाईंले यसलाई ठीकसँग राख्नुभएन भने, शान्त हुनुपर्ने बेलामा यसले भित्र खैलाबैला मच्चाउँछ, अनि खैलाबैला मच्चाउनु पर्ने बेलामा बाहिर केही पनि निस्किँदैन । उसलाई मात्रै दिव्यताले साथ दिनेछन्, जसले अरूको साथ खोज्दैनन् ! यदि तपाईंसँग बाँड्नको लागि केही छ भने, त्यो बेग्लै कुरा हो। तर, यदि तपाईं कसैको साथ खोज्दै हुनुहुन्छ भने, दिव्यताले पनि सोच्ने छन् कि "ठीकै छ, उसले अरू कसैको साथ खोजिरहेको छ। अब मेरो आवश्यकता नै छैन !" मलाई यो कुरा धरै चाँडै अनुभूति भयो—जबसम्म तपाईं एक्लै बस्नुहुन्न, तपाईंले केही पनि जान्नुहुन्न। अरू मानिसहरूसँग रहँदा तपाईं थुप्रै कुराहरू लुकाउन सक्नुहुन्छ। तर, जब तपाईं एक्लै बस्नुहुन्छ, तपाईंले आफ्नो बुद्धिको परीक्षामा खरो उत्रिनुपर्ने हुन्छ, जुन सबैभन्दा भयानक हुन्छ। तपाईं त्यसबाट पन्छिन सक्नुहुन्न। सबैभन्दा उत्तम यही हुन्छ कि तपाईं आफ्नो जीवनमा जतिसक्दो चाँडो सम्भव भएसम्मको कठोर र कठिन परिस्थितिबाट गुज्रिनुहोस्। अन्यथा, तपाईंको उमेर ढल्किँदै जाँदा तपाईं झन् मूर्ख बन्दै जानुहुनेछ। जवान छँदा मूर्ख हुनु ठीकै हो, तर तपाईं मूर्ख रहरै बूढो हुनुहुँदैन ।
kendrabindu.com
4,126,745
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पछिल्लोसमय कोभिड–१९ संक्रमण निकै उच्च गतिमा फैलिरहेको उल्लेख गर्दै सबैले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने काठमाडौं, १७ बैशाख । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको सफल शल्यक्रिया सम्पन्न भएको छ । भट्टराईको पेटमा रहेको न्युरो–इन्डोक्राइनको ट्युमरको आज वीर अस्पतालमा शल्यक्रिया गरिएको काठमाडौं, १७ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातले आफूलाई थुनामुक्त गरि पाउँ भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन् । ललिता निवास जग्गा प्रकरणमा आफूलाई मोरङ, १७ वैशा: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोराना महामारीको भयावह अन्त्य गर्न विराटनगरमा निषेधाज्ञा लगाउनसकिने बताएका छन् । कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रअन्तर्गत सञ्चालित नागरिक केयर सेन्टरको जलेश्वर, १७ वैशाख: गत फागुन १० गते राति घरमा सुतिरहेको अवस्थामा महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ बस्ने ६५ वर्षीय मुसाफिर झा र ५८ वर्षीया गीतादेवी झा दम्पतीलाई ओछ्यानसहित बेपत्ता पारी हत्या याङ्गुन, १७ बैशाख (रासस-सिन्ह्वा) : म्यानमारको सेनाले युद्ध विरामको समयावधि एक महिना थप गरेको छ । आगामी मे ३१ सम्म सेनाबाट हुने कारबाही सम्बन्धी कुनै पनि क्रियाकलाप नहुने सेनाले शुक्रबार काठमाडौँ, १७ वैशाख: सर्वोच्च अदातलले कोभिड–१९ को महामारीका कारण बन्दाबन्दी भएको अवस्थामा रिट निवेदन दर्ता गर्ने र सुनुवाइको समय निर्धारण गरेको छ । अदालतले तोकेको समयानुसार बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट तथा १७ बैशाख: चिनियाँ औषधि निर्माता कम्पनीहरुले उत्पादन गरेका कोभिड–१९ विरुद्धका खोपहरु पुनः शुक्रबार इन्डोनेसिया आइपुगेको छ । सञ्चार मन्त्री जोनी प्लेटले शुक्रबार सिनोभ्याक बायोटेक लिमिटेडबाट उत्पादित ६० लाख तथा चाइना १७ बैशाख : दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले शुक्रबार कोरोनाभाइरस विरुद्धको दोस्रो खोप लगाएका छन् । राष्ट्रपति कार्यालय ब्लु हाउसले दिएको जानकारी अनुसार उनले राजधानी सोलमा रहेको जनस्वास्थ्य केन्द्रमा खलङ्गा,१७ वैशाख: जुम्ला सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयले कोरोना सङ्क्रमणका कारण भर्चुअल कक्षा सञ्चालन गर्ने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समिति जुम्लाको बैठकले जुम्लाका विद्यालय, कलेज, ट्युशन सेन्टर र कर्णाली, १७ वैशाख: दोस्रो लहरको कोभिड–१९ को सङ्क्रमण बढ्दै जान थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि नेकपा माओवादी केन्द्रबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्यहरुले आधा महिनाको पारिश्रमिक विपद् कोषमा सहयोग गर्ने १७ बैशाख : भारतमा कारोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या दिन प्रतिदिन बृद्धि हुँदै गएको छ । तिब्र गतिमा फैलिएको कोरोनाभाइरसबाट एकै दिनमा तीन लाख ८६ हजार ४५२ जना सङ्क्रमित भएका काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं ।
reportersnepal.com
1,016,902
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु भएको नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी हुनुभएको थापाले बताउनुभयो । आजै बिहान पार्टीभित्रको विवाद समाधानलगायत विषयमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । उहाँहरुबीच भएको छलफलपछि मात्र बैठक बस्न थालेको हो । स्टार नेपाल इन्फोसिस एण्ड एजुकेशन प्रा. लि. द्वारा बिगत ९ बर्ष देखी संञ्चालनमा रहेको सफल न्युज डट कम नेपाली भाषामा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो । हामी यसको माध्यमबाट फरक ढंगले सत्य, तथ्य तथा हरपल ताजा खवरहरु उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दछौं ।
safalnews.com
2,728,114
नेशनल हस्पिटल एण्ड क्यान्सर रिर्सच सेन्टर प्रालि र क्यान्सर केयर नेपालले आयोजना गरेको ‘डिम्बाशयको क्यान्सर’ विषयको अन्तक्र्रियामा आफ्ना अनुभव सुनाउन भारतबाट नेपाल आएकी नायिका कोइरालाले आफू अस्पतालको श्ययामा उपचार गराइरहँदा आफ्नो जीवनशैली, खानपानले स्वास्थ्यमा कस्तो असर पारिरहेको छ भन्ने महसुस गरेको अनुभव सुनाइन् । ‘करियर एउटा उचाइमा पुगेको थियो, त्यही समयमा क्यान्सर भएको थाहा भयो, क्यान्सर भन्ने शब्द नै डरलाग्दो छ, यसले सिधैँ मृत्युलाई बुझाउने सोचका कारण थप पीडा भएको थियो तर परिवारको आत्मविश्वास र शुभकामनाले मलाई दोस्रो जीवन दियो’– उनले भने । पछिल्लो समय गाउँबाट शहर केन्द्रित हुनेक्रम बढेकाले खानपान र जीवनशैलीमा आएको परिवर्तनले विकसित देशमा भन्दा विकासोन्मुख देशमा क्यान्सरका बिरामी बढेको अभिनेत्री कोइरालाले अर्गानिक खानपान, स्वस्थ जीवनशैली अपनाउन आग्रह गरे । समाज, नातागोता, घरपरिवार र बिरामी स्वयंले क्यान्सर लाग्नुलाई मृत्युको मुखमा पुगेको जस्तै ठान्ने बानीलाई आफ्नो शक्तिमा बदलेर काम गर्न उनले आग्रह गरिन् । ‘क्यान्सर मृत्युदण्ड होइन, अब हामी सबै मिलेर यसको जनचेतना फैलाउने काममा लागौँ”– उनले भनिन् । करिब ८० भन्दा हिन्दी सिनेमाका साथै तेलेगु, तमिल, बेङलुरु, नेपाली सिनेमामासमेत अभिनय गरेकी कोइरालाले क्यान्सरविरुद्ध जीत हासिल गरेपछि भने क्यान्सरबारे जनचेतनामूलक कार्यक्रममा आफूलाई सक्रिय राख्दै आएकी छिन् । पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले क्यान्सर चर्चा अझै बढी गर्न आवश्यक भएको बताए । उनले भने, ‘व्यक्तिले पनि आफ्ना आचरण स्वस्थ बनाउनैपर्छ तर सरकारले विशेषगरी औषधि सस्तो बनाउन पहल गर्नुपर्छ, महँगो औषधिका कारण धेरैले उपचार उचित तवरले पाएका छैनन् । ’ वरिष्ठ क्यान्सर रोग विशेषज्ञ सन्ध्या चापागार्इं आचार्यले विश्वको पाँचौँ र नेपालमा चौथो नम्बरमा डिम्बाशयको क्यान्सर रहेको बताइन् । उनले भनिन्, ‘डिम्बाशयको क्यान्सर महिलामा पाठेघरको दुईतिर हुने सानो अण्डा आकारको अंगलाई अण्डाशय भनिन्छ, जुन प्रजनन् प्रणालीको एक महत्पूर्ण अंग भएको हो, डिम्बाशयको क्यान्सरका कारण आजसम्म पत्ता नलागे पनि विभिन्न कारक तत्वले डिम्बाशयको क्यान्सर हुने सम्भावनालाई बढाउने गर्छ । ’ ४०÷५० वर्षका महिला पहिले नै स्तन, पाठेघर, लामो आन्द्राको क्यान्सर भएका बिरामी, परिवारमा अरु कुनै क्यान्सर भएको छ भने बच्चा नजन्माएका महिलामा डिम्बाशयको क्यान्सर हुने उच्च सम्भावना रहेको डा आचार्यले बताए । तल्लो पेट दुख्ने, कम्मर दुख्ने, पेट बिनाकारण बढ्ने, पेट फुलेको जस्तो, मासुको डल्लो जस्तो लाग्नु, अपच, वाकवाक लाग्नु, योनीबाट कहिलेकाहीँ रगत बग्ने, चाँडै थाक्नु, श्वासप्रश्वास समस्या, कहिलेकाही पातलो दिसा कहिले कब्जियत हुनेजस्ता लक्षण भएमा डिम्बाशयको क्यान्सर हुन सक्छन् । यसबाहेक अन्य कारणले पनि डिम्बाशयको क्यान्सर हुनसक्ने भएकाले चिकित्सकसँग जाँच गराउनु आवश्यक छ । विश्व स्वास्थ्य संगठन नेपालका प्रतिनिधि डा मीरा थापा उपाध्यायले नेपालमा अझै दक्ष जनशक्ति, जनचेतनामा कमी, उपचार प्रणालीमा पछाडि भएकाले पनि क्यान्सरको न्यूनीकरणमा पछि परेको बताए । उनले क्यान्सर गराउने कारकतत्वबारे सजक हुन सकेमा जोखिमको सम्भावना कम हुनसक्ने भएकाले जनचेतना फैलाउनुपर्नेमा जोड दिए । विश्वभर सेप्टेम्बर महिनाभर डिम्बाशयको क्यान्सरबारे जनचेतनामूलक र अन्य कार्यक्रम गर्ने गरिन्छ ।
ratopati.com
533,200
नेपालमा थप १२ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगे नेपालमा कोरोना संक्मण जित्नेको संख्या २ सय ९० पुगेको छ । नारायणी अस्पतालबाट ५ जनाले कोरोना जितेर घर फर्केका छन् ।  उनीहरु कोरोना संक्रमण देखिएको ९ दिनमा डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले जानकारी दिए । उनीहरु २५ देखि ७० वर्षिय पुरुष रहेको उनले बताए । त्यस्तै, कलैया अस्पताल बाराबाट ७ जना डिस्चार्ज भएका छन् । उनीहरु कोरोना संक्रमण देखिएको १० देखि १७ दिनमा डिस्चार्ज भएका हुन् । उनीहरु २८ देखि ४९ वर्षिय पुरुष रहेको प्रवक्ता देवकोटाले बताए । कुल कोरोना संक्रमण जित्नेको संख्या २९० पुगेको छ । जसमा २ सय ३४ जना पुरुष र ५६ जना महिला रहेका छन् ।   नेपालमा कोरोना भाइरसको कारण थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरुष रहेको खुलेको छ । उनी ५ दिन अघि मात्र भारतबाट नेपाल आएका थिए । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा ३ दिन अघि मृत्यु भएको थियो । स्वास्थ्यमा समस्या आएपछि उनलाई तानसेनस्थित अस्पतालमा भर्ना गरिएको थियो । मृत्युपछि उनको स्वाब भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो । यससँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।   नेपालमा आज (बिहीवार) एकैपटक ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ हजार ६३४ पुगेको छ । उनका अनुसार संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । यसैबीच नेपालमा हिजो (बुधवार) एकैपटक २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । नेपालमा अहिले सम्म कोरोना संक्रमणको कारण १० जनाको मृत्यु भएको छ भने कुल संक्रमित मध्ये २९० जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
lokpath.com
4,354,706
अध्यक्ष गौतमले धरहरा बनाउन स्थानीयको सहयोग आवश्यक रहेपनि त्यसलाई सहयोग गर्न आफूहरु तयार भएको तर प्रहरीले केही नै नभनी डाँका शैलीमा एक्कासी भ्यानमा राखेर प्रहरी हिरासतमा पुर्याउँदा आफूहरुको मानमर्दन हुनुका साथै निरंकुश शासनको झल्को मिलेकोे दुखेसो गरे । पक्राउ परेका बटुवाहरुले आफूहरुलाई किन धरपकड गरेको नै थाहा नभएको बताएका छन् । उनीहरुले सरकारी प्रहरी प्रशासनको यस्तो कदमको घोर बिरोध पनि गरेका छन् । गौतमको नेतृत्वमा रहेको राष्ट्रिय सम्पदा धरहरा बचाउँ अभियान स्थानीय संघर्ष समितिले धरहरा पुरातात्विक क्षेत्रभित्र विना नक्सा कम्पाउण्ड वाल निर्माण कार्य रोक्का राख्ने व्यवस्था गरिपाउँ भन्दै विगत लामो समयदेखि सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । यसअघि पनि काठमाडौं महानगरपालिका, पुरातत्व विभाग, प्रधानमन्त्रीको कार्यालय लगायत स्थानमा धरहरा बचाऔं भन्दै उनीहरुले दशौं हजारको हस्ताक्षरसहित ज्ञापनपत्र र आर्थिक संकलन गरेर बुझाएका थिए ।
pariwartankhabar.com
5,151,235
विश्वमा बर्सेनी लाखौँ मानिसको मृत्यु फोक्सोको क्यान्सरले हुने गरेको छ। नेपालमा क्यान्सरका कारण हुने मृत्युमध्ये फोक्सोको क्यान्सर अग्रणी स्थानमा छ। यो जानकारी आजको ले लेखेकी छन्। हाम्रो शरीरमा दुईवटा फोक्सो हुन्छन्, जसले अक्सिनज लिने र अन्य हावा बाहिर फाल्ने गर्छन्। कतिपय समयमा फोक्सोमा अप्राकृतिक रुपमा कोष (गिर्खा) बढ्न थाल्छन्। यसले गर्दा फोक्सोले काम गर्न सक्दैन। ती गिर्खा विस्तारै अन्य अंगमा पनि फेलिन थाल्छ, जसलाई क्यान्सर भनिन्छ। फोक्सो क्यान्सरको प्रमुख कारण धूम्रपान हो। धूम्रपान गर्ने र त्यसको नजिक बस्ने मानिसमा पनि फोक्सो क्यान्सर हुने सम्भावना उच्च हुन्छ। करिब १० प्रतिशत वातावरणीय प्रदूषणका कारण पनि क्यान्सर हुन्छ। ज्यादै जोरै प्रतिशतमा वंशाणुगत गुणका कारणले पनि फोक्सोको क्यान्सर हुन्छ। धूम्रपान नगर्नु फोक्सोको क्यान्सरबाट जोगिने सबैभन्दा राम्रो उपाय हो। धूम्रपान गर्ने मानिसले कम्तीमा वर्षमा एक पटक स्वास्थ्य परीक्षण गराउनु पर्छ। धुलो धुँवा भएको स्थानमा जाँदा अनिवार्य मास्कको प्रयोग गर्नुपर्छ। क्यान्सरका चार स्टेज हुन्छन्। सुरुवाती चरणमा उपचार गरेमा क्यान्सर पूर्ण रुपमा निको हुन्छ। फोक्सोभन्दा बाहिरसम्म फैलिएको क्यान्सर चौथो चरणको क्यान्सर हो। जुन पूर्ण रुपमा निको हुने सम्भावना एकदमै न्यून हुन्छ। यसका लागि पनि आवश्यकताअनुसार किमोथेरापी र रेडियोथेरामी गर्न सकिन्छ ।
nepalkhabar.com
5,206,992
प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद पोखरेलले जनार्दन शर्माको अपराध लुकाउन एम अधिकारीको कुरा उठाएको बताएका हुन्। 'एम अधिकारी राष्ट्र बैंकको गभर्नर हो भनेर माओवादीले अर्थमन्त्रीको असक्षमता लुकाउन खोज्यो', उनले भने, 'गभर्नर महाप्रसाद अधिकारीले म कुनै पार्टीमा छैन भनिसकेपछि यसमा विवाद गर्नुको अर्थै छैन।' उनले अवैध अर्बौं रुपैयाँ लुकाउन गरिएको आग्रह नमान्दा गभर्नर अधिकारीलाई निलम्बन गरिएको पनि आरोप लगाएका छन्। 'अर्बौं अवैध रुपमा खुलाउन नमान्दा गभर्नरलाई निलम्बन गरियो', उनले भने, 'माफियाहरूलाई कर छुट दिन नसक्दा गभर्नरलाई निलम्बन गराउनेले अहिले मुद्दा विषयान्तर गराउन खोजे, अर्थमन्त्रीको अपराध ढाकछोप गर्न खोजे ।
nepalkhabar.com
5,039,120
अख्तियार टोलीले मंगलबार राति निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्रसुन्दर मल्लसहित चार जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको हो। दैलेखको भगवतीमाई गाउँपालिका­३ सानतडा खोला तटबन्धन निर्माण कार्य सम्पन्न भएपछि भुक्तानीमा सहजीकरण गरेबापत मल्ल र सब–इन्जिनियर वीरेन्द्र चन्दले सेवाग्राहीसँग रु दुई लाख ४१ हजार १६ घुस मागेको अख्तियारले जनाएको छ। अख्तियारले मल्लका साथै सब–इन्जिनियर रञ्जित श्रेष्ठ र सुपरभाइजर लक्ष्मी पाण्डेसमेतलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। अख्तियार टोलीले इन्जिनीयर मल्ललाई कार्यालय परिसरबाट र सब—इन्जिनीयर चन्दलाई कार्यस्थलबाटै नियन्त्रणमा लिएको हो। हिजो राति सदरमुकामस्थित मल्लको क्वाटरमा खानतलासी गर्दा सो रकम फेला परेको हो। अख्तियार सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले पक्राउ परेका चारै जनाको पीसीआर परीक्षण गरेर काठमाडौं पठाउने जानकारी दिए ।
nepalkhabar.com
4,433,619
दक्षिण एसियाली क्षेत्रीय ट्रेड युनियन परिषदका महासचिव लक्षमण बहादुर बस्नेतले राज्यको निति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व तत्काल कार्यान्वयन गर्न माग गर्नु भएको छ । निर्वाचन आयोगका प्रमुख दिनेश कुमार थपलियालाई भेटी यस्तो आग्रह गर्नु भएको हो । बस्नेतले नेपालको संविधान-२०७२ ले मौलिक हकको रुपमा व्यवस्था गरेको धारा ४२ बमोजिम सामाजिक न्यायको हक अन्तर्गत महिला, दलित, आदिवासी ,जनजाति ,मधेशी,थारु, अल्पसंख्यक ,अपांगता भएका व्यक्ती, सिमान्तकृत, मुस्लिम ,लैङ्गिक तथा यौनिक अल्पसंख्यक युवा, पिछडिएकाको क्षेत्र र खस आर्यलाई झै किसान श्रमिकलाई पनि त्यही क्लष्टरमै वैधानिक व्यवस्था गरेकोले समावेशी सिद्धान्तका आधारमा राज्यको हरेक नीति निर्माणको निकायहरुमा श्रमिकको प्रतिनिधित्व हुनु पर्ने धारणा राख्नु भएको हो । उहाँले भन्नु भयो – त्यही क्लष्टरमा रहेका विभिन्न वर्ग, क्षेत्र , समुदाय , लिङ्ग, जातिले राज्यको हरेक निकायमा प्रतिनिधित्व हुने तर त्यही क्लष्टरको किसान श्रमिकले किन नपाउने रु यो त लोकतान्त्रिक मुलुकमा सोझै विभेद भएन र रु प्रश्न गर्नु भयो । साथै उहाले वैदेशिक रोजगारीमा रहेका लाखौ युवाहरुलाई कार्यस्थलबाटै मतदान गर्न पाउने अधिकार दिनु पर्ने माग समेत गर्नु भयो । जवाफमा आयोगका प्रमुख थपलियाले राज्यको निकायमा श्रमिकको प्रतिनिधित्वको विषयमा पहल गर्ने आश्वासन दिनु भयो भने अप्रावसी कामदारहरुको कार्यस्थलबाटै मतदान गर्न पाउने व्यवस्थाबारे धेरै काम अगाडि बढिसकेको बताउनु भयो । यस अघि नै सर्वोच्च अदालतले कार्यस्थलबाटै मतदान गर्न दिनु पर्ने फैसला गरिसकेको छ ।
nayanepalnews.com
4,813,098
खोटाङको साकेला गाउँपालिका-४ हुपापुमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ। साकेला गाउँपालिका-५ कामिसरामा रहेको भिरमा रातो माटो खन्ने क्रममा सोमबार दिउँसो माथिबाट ढिस्को खस्दा पुरिएर साकेला गाउँपालिका-४ की ३५ वर्षीय तारा खड्काको मृत्यु भएको हो। खड्काको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खोटाङ पठाइएको इलाका प्रहरी कार्यालय मात्तिमविर्ताले जनाएको छ ।
kathmandupress.com
5,364,407
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उहाँहरूबीच समसामयिक विषयवस्तु, राजनीतिक घटनाक्रमको विषयमा भेटवार्ता जारी रहेको जानकारी प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बताउनुभयो । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएपछि तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको हो ।
gorkhapatraonline.com
1,062,508
कजाखस्तानको दक्षिण पश्चिममा सैनिक हेलिकप्टर दुर्घटना हुँदा १३ जना सैनिकको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार रुसमा निर्मित एमआई–८ हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । कजाखस्तानका नवनिर्वाचित राष्ट्रपति कास्सिम जोमार्ट टोकायेभले घटनाको छानबिन गर्न आदेश दिएका छन् । तर पछिल्लो समय यी हेलिकप्टरहरु दुर्घटना हुनेक्रम बढेको छ । गत वर्ष अगस्टमा साइबेरियामा यही मोडेलको हेलिकप्टर दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।
makalukhabar.com
575,382
चेन्नई सुपर किङ्सलाई ११ रनले हराउदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पन्जाब किङ्सले चौथो जित निकालेको छ । मुम्बईमा सोमबार राति पन्जाबले दिएको १८८ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ६ विकेट गुमाएर मात्र १७६ रन बनाउन सक्यो । चेन्नईका अम्बाती रायडुले सर्वाधिक ७८ रन बनाए । रुतुराज गायकवाडले ३० रनको योगदान गरे । पन्जाबका कागिसो रबडा र ऋषि धवनले २-२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १८७ रनको योगफल तयार पारेको थियो । पन्जाबका शिखर धवनले अविजित ८८ रन बनाए । यस्तै भानुका राजपाक्षेले ४२ रनको योगदान गरे । चेन्नईका ड्वाने ब्राभोले २ विकेट लिए । प्रतियोगितामा पन्जाबले ८ खेलबाट ८ अंक जोड्दै छैटौं स्थानमा छ । छैटौं हार बेहोरेको चेन्नई ८ खेलबाट ४ अंक जोडेर नवौं स्थानमा छ ।
lokpath.com
3,447,597
नेपाली कांग्रेसका नेता गगन थापाले रुपा सुनारमाथि भएको जातीय विभेदको घटनामा सरकारले आफ्नो दायित्व बिर्सिएर द्वन्द्व चर्काएकाे बताएका छन् ।
drishtinews.com
2,195,274
शोभित बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमा ‘जय हो’को मुक्तिनाथमा अन्तिम सट खिच्दै ३० दिनमा सम्पूर्ण छायांकन सकिएको छ। कास्की र मुस्ताङको विभिन्न स्थानमा सिनेमाको छायांकन गरिएको हो। टेक पौरखी राईको निर्देशन गरेको सिनेमामा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतको अभिनय रहेको छ। सिनेमामा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, समीर मियाँको भिएफएक्स, केबलमान सिङ बस्नेत प्रोडक्सन म्यानेजरमा रहेका छन्। सुरेश न्यौपानेको कथा लेखन रहेको सिनेमामा सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ। कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहको सिनेमा आगामी भाद्र ८ अर्थात अगष्ट २५ मा रिलिज गरिने निर्माण टिमले जानकारी गराएको छ। सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा राज के अधिकारी र सुरज सरकार छन् ।
dcnepal.com
5,090,736
माल्दिभ्समा भएको एसियन भलिबल फेडेरेसन (एभीसी) सेन्ट्रल जोन भलिबल प्रतियोगितामा प्राप्त गरेको काँस्य पदक नै नेपाली भलिबलको हालसम्मको एकमात्रै औपचारिक पदक हो। सन् १९७६ मा पाकिस्तानमा भएको काइदे आजम भलिबल प्रतियोगितामार्फत नेपालको अन्तर्राष्ट्रिय सहभागिता शुरु भएको हो। त्यसको चार दशकपछि मध्य एसियाका तल्लो वरीयताप्राप्त देशहरुबीच प्रतिस्पर्धा हुने सेन्ट्रल जोन भलिबलमा नेपालले पदक प्राप्त गर्‍यो। पदक पाएको दुई महिनापछि मन्त्रीपरिषद्ले भलिबललाई नेपालको राष्ट्रिय खेल समेत घोषणा गरेको थियो। राष्ट्रिय खेलको मान्यता पाएको दुईवर्ष पछि घरेलु मैदान हुन लागेको पाँचौ एभीसी सेन्ट्रल जोन भलिबलमा नेपाललाई इतिहास रच्ने अवसर छ। सोमबार(भाद्र २)बाट सुरु हुने प्रतियोगितामा यसपटक भने नेपालले कम्तिमा फाइनल पुग्दै इतिहास रच्ने लक्ष्य राखेको छ। ‘यसपटक हाम्रा लागि ऐतिहासिक उपलब्धि हासिल गर्ने अवसर छ। यसपाली हाम्रो लक्ष्य कम्तिमा फाइनलमा पुग्नुहुनेछ,’ सेन्ट्रल जोनमा यसअघिका चारवटै संस्करण खेलेको नेपाली कप्तान इम रानामगर भन्छन्, ‘विदेशी प्रशिक्षक आएपछि हामी कमजोरीहरु सुधार्दै अघि बढेका छौं। घरेलु मैदानमा घरेलु दर्शकको साथले पनि लक्ष्यमा पुग्न सहयोग पुर्‍याउनेछ।’ ललितपुरको लगनखेलस्थित आर्मीको कभर्ड हलमा हुने प्रतियोगितामा नेपालसहित माल्दिभ्स, बंगलादेश, अफगानिस्तान, उज्वेकिस्तान, कीर्गिस्तान र तुर्कमिनिस्तान प्रतिस्पर्धा गर्दैछन्। गत संस्करणसँगै पहिलो संस्करण गरि तुर्कमेनिस्तानले दुई पटक तथा बंगलादेश र किर्गिस्तानले पनि १–१ पटक प्रतियोगिताको उपाधि उचालेका छन्। नेपाल भने सेमिफाइनल भन्दामाथि उठ्न सकेको छैन्। यसै प्रतियोगिताका लागि नेपालले दुई महिना अघि नेदरल्याण्ड्सका प्रशिक्षक हान एबिङलाई झिकाएको थियो। नेदरल्याण्ड्स, जर्मन लगायतका देशमा प्रशिक्षणको अनुभव सम्हालेका एबिङको दुई महिनाको नेपाली टोलीको प्रशिक्षण गराए पश्चात गत हप्ता नेपालले अफगानिस्तानसँग अन्तिम तयारी स्वरुप दुईवटा मैत्रीपूर्ण खेल खेल्यो। दुईवटैमा नेपालले उत्कृष्ट जित निकालेपछि नेपाल अझै उत्साहित बनेको छ। ‘हामीले राम्रो तयारी गरेका छौं। अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा जितले पनि टोलीको मनोबल उच्च छ,’ अबिङले भने, ‘हामीले विपक्षी प्रतिद्वन्द्वीलाई कन्ट्रोल गर्न त सक्दैनौं तर आफ्नो राम्रो प्रदर्शनमा नचुक्नेमा हामी प्रतिबद्ध छौं। त्यसले अवश्य नतिजा दिनेछ। हामी एकपछि अर्को खेल जित्दै जाने प्रयास गर्नेछौं।’ अफगानिस्ताविरुद्धका दुबै मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेपालले पुनरागमनसहित जित निकालेको थियो। पहिलो खेलमा पहिलो र चौथो सेट गुमाएपनि दोस्रो, तेस्रो र पाँचौ सेट आफ्नो पक्षमा पार्यो। उक्त खेलमा कप्तान इमसहित अर्का अनुभवी खेलाडी धनबहादुर भट्ट घाइते भएका थिए। जसकारण उनीहरुले दोस्रो मैत्रीपूर्ण खेल समेत गुमाए। उनीहरुको स्थानमा अवसर पाएका अन्य खेलाडीले प्रशिक्षक अबिङलाई निराश हुन दिएनन। दोस्रो मैत्रीपूर्ण खेलमा पहिलो दुई सेटमा गुमाउँदै हारको संघारमा पुगेको नेपाली टोलीले सनसनीपूर्ण पूनरागमन गर्दै लगातार तीन सेट जितेर खेल आफ्नो पक्षमा पा¥यो। ‘टिममा रहेका १४ खेलाडी नै एक से एक छन्,’ उक्त खेलपछि प्रशिक्षक अबिङले भने, ‘पहिलो र दोस्रो सेटमा हामीले योजनाअनुसार प्रदर्शन गर्न सकेनौं तर त्यसपछि टोलीले टिमका रुपमा खेल्यो। खेलाडीहरुले आफूलाई इम्प्रुभ गरेका छन्। यो नेपालका लागि राम्रो लक्षण हो।’ कप्तान इमले आफूहरु चोटबाट मुक्त भैसकेको बताउँदै प्रतियोगिताका लागि तयार रहेको बताए। ‘एक्सरेमा खासै समस्या देखिएन। दोस्रो मैत्रीपूर्ण खेलमा आराम पश्चात म अभ्यासमा फर्किसकेको छु र प्रतियोगिताका लागि उत्साहित छु,’ इमले नेपालखबरसँग भने। समूह ए मा रहेको नेपालले पहिलो खेल किर्गिस्तान दोस्रो खेलमा भने माल्दिभ्सको सामना गर्दैछ। नेपालको पहिलो भेट नै उद्घाटन दिन किर्गिस्तानसँग छ। किर्गिस्तान तेस्रो संस्करणको विजेता तथा दोस्रो संस्करणको उपविजेता पनि हो। किर्गिस्तानसँगका पछिल्ला ५ पटक भेटमा नेपाल चारपटक पराजित भएको छ। गतवर्ष इन्डोनेसियाको जाकर्तामा भएको एसीयाली खेलकुदको १५औं वरीयताको लागि हुने खेलमा किर्गिस्तान अनुपस्थित रहेपछि आयोजकले नेपाललाई ३–० ले विजेता घोषणा गरेको थियो। किर्गिस्तानमाथि नेपालको एकमात्रै ‘वाक ओभर’मा पाएको जित हो। तर, सेन्ट्रल जोनमा यसअघि भएका चार भेटमा नेपाल किर्गिस्तानसँग पराजित हुँदै आएको छ। कप्तान इम समूहमा माल्दिभ्स आफूस्तरकै टोली भएपनि किर्गिस्तानसँग उचाईको फाइदा रहेको बताउछन्। ‘माल्दिभ्सलाई यसअघि पनि हामीले हराउँदै आएका छौं। तर, उपाधि जितिसकेको किर्गिस्तानका खेलाडीहरु भने अग्ला कदका हुनाले त्यसको फाइदा उनीहरुलाई हुन्छ। प्राविधिक रुपमा पनि उनीहरु बलिया हुन्छन्। उनीहरुसँगको खेल प्रतिस्पर्धात्मक हुनेछ। हामी उनीहरुको चुनौतीका लागि तयार छौं,’ इमले भने। एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल नेपालमा आयोजना हुन लागेको हालसम्मकै सबैभन्दा ठूलो भलिबल प्रतियोगिता समेत हो। नेपाल भलिबल संघले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भैसकेको बताएको छ। संघका महासचिव जितेन्द्रबहादुर चन्दले सम्पूर्ण टोलीहरु नेपाल आइसकेको, उनीहरुलाई खान, आवास लगायतका सम्पूर्ण व्यवस्थापन मिलाइसकेको, खेल तालिका सार्वजनिक भैसकेको, प्राविधिक टोलीहरु समेत नेपाल आइसकेको र आयोजना स्थलपनि तयारी अवस्थामा रहेको जानकारी दिए। ‘नेपालले पाएको ठूलो अवसरलाई ऐतिहासिक बनाउँन हामीले आयोजक समिति तथा उपसमितिहरु नै गठन गरेर जिम्मेवारी बाँडफाँड गरेका छौ,’ महासचिव चन्दले भने, ‘प्रतियोगितालाई भव्य बनाउँन कुनै कसुर बाँकी राख्नेछैनौं।’ लगनखेलमा रहेको आर्मी कभर्डहलमा भदौ ७ गतेसम्म हुने प्रतियोगिता हेर्न दर्शकहरुलाई भने निशुल्क व्यवस्था गरिएको छ। तर, आयोजकले हलको क्षमता अनुरुप निश्चित संख्यामा मात्रै दर्शकहरु प्रवेश गराउने जनाएको छ। नेपाल भर्सेस किर्गिस्तान(दिउँसो ४ बजे) नेपाल भर्सेस माल्दिभ्स(दिउँसो ५ बजे) सेमिफाइनल (समूह ए विजेता भर्सेस समूह बी उपविजेता, समूह बी विजेता भर्सेस समूह ए उपविजेता) फाइनल (दुवै सेमिफाइनलको विजेता) इम रानामगर (कप्तान), हरिहजुर थापा, ईश्वर थापामगर, विनोद चन्द, धनबहादुर) भट्ट, कुलबहादुर थापा, टेकराज अवस्थी, राजेन्द्र विष्ट, हरि अधिकारी, दुर्गा खडका, दीपकराज जोशी, विशाल विक, राजकुमार निरौला र नरेन्द्र गिरी ।
nepalkhabar.com
1,748,655
खासगरी जाडोमा नुहाएपछि छाला एकदमै सुख्खा तथा रुखो हुन्छ । यस्तोमा छालालाई मोइस्चराइज गर्न एकदमै जरुरी हुन्छ । आज यो लेखमा जानौं त्यस्ता पाँच तेलका बारेमा जसलाई नुहाएपछि लगाउन फाइदाजनक हुन्छ । साथमा यसको प्रयोगले छाला चिल्लो तथा चम्किलो हुन्छ । यसले सुख्खा छाला भएर हुने एलर्जी पनि हुन दिँदैन । यदी तपाईंलाई छाला सम्बन्धी कुनै विमारी छ वा लगातार एलर्जी भइरहेको छ भने छाला रोग विशेषज्ञसँग बुझेर मात्र कुनै पनि तेल वा क्रिमको प्रयोग गर्नुहोस् ।
nepalviews.com
5,434,828
लुम्बिनी प्रदेशमा विषयगत समितिअन्तर्गत नेतृत्व टुङ्ग्याएर मात्र सरकार विस्तार हुने भएको छ। मुख्यमन्त्री लीला गिरीले विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन। सत्ता साझेदार दल धेरै र मन्त्रालयको सङ्ख्या घटाएका कारण मन्त्रालय बाँडफाँटमा कुरा नमिल्दा सरकार विस्तारमा ढिलाइ भएको सत्ता साझेदार दलहरूले बताएका छन्। प्रदेशमा रहेको विषयगत समितिको नेतृत्व मिलाउँदा मन्त्रालय बाँडफाँटमा सहज हुने नेपाल कम्युनिस्ट पार्टी एमालेको बुझाइ छ।
gorkhapatraonline.com
6,207,715
नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि सरकारले प्रतिवन्ध लगाएलगत्तै सत्तासीन पार्टी नेकपाका नेताहरुको नेकपा अध्यक्ष पुष्पकमल दाहाल निवासमा गोप्य बैठक बसेको छ । मंगलवार बसेको मन्त्रिपरिषद बैठकले प्रतिवन्ध लगाएलगत्तै पार्टी सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री राम बहादुर थापा बादल भने अष्ट्रिया उडेका छन् । बैठकमा नेकपा अध्यक्ष दाहाल, बरिष्ठ नेता माधब नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी थिए । बिहान आठ बजे वसेको बैठक एक घण्टा चलेको नेकपाका एक नेताले बताएकाछन् । विप्लव नेतृत्वको पार्टीमाथि प्रतिवन्ध लगाएपछि अव कस्तो रणनीति अपनाउने भन्ने बिषयमा नेताहरुवीच छलफल भएको एक नेताले लाई बताए । उनका अनुसार बिप्लवका तर्फबाट हुनसक्ने सम्भावित हिंसात्मक राजनीतिका बिषयमा नेताहरुवीच छलफल भएको छ । बैठकमा पार्टी एकताका बाँकी काम कसरी टुङग्याउने भन्नेबारेमा समेत छलफल भएको ती नेताले बताए ।  
shilapatra.com
737,428
अटलान्टामा नेपाली उद्धमी सुर्य लम्सालबाट संचालित ‘मून इन्डियन कुजिन’मा मार्च ५ तारिख आइतवार दिउँसो ११:३० देखि १ बजे सम्म भएको उक्त भेलाको छलफल २ वटा अजेण्डाहरुमा केन्द्रित थियो ( १)एन. आर. एन.सदस्यता नवीकरण तथा बनाउने, र (२) एन. आर. एन. जर्जियाको ११-सदस्यीय बोर्डको गठन। कार्यक्रममा १३ जना सहभागी थिए- १२ जना उपस्थित तथा १ जना फोनबाट। उपस्थित हुनेहरुमा जनक बराल, मोहन तिमिल्सिना, गोबिन्द श्रेष्ठ, विश्वमान आङ्गदेम्बे, सुर्य लम्साल, श्याम सेढाई, कपिल शरण वाग्ले, दीपक के.सी., बाबुराम तिमिल्सिना, जयलाल शर्मा, केशव शर्मा, र तारा पून हुनुन्थ्यो। फोन बाट भने डा. संजीव सापकोटा सहभागी हुनुन्थ्यो। एन. आर. एन. जर्जियाको फेसबुक पेजबाट फेसबुक लाइभ भएको थियो । कार्यक्रममा बोल्दै नेपाली एसोसिसेयन अफ जर्जिया (नाग) का सल्लाहकार जनक बराल, एन. आर. एन.जर्जिया च्याप्टरका अध्यक्ष मोहन तिमिल्सिना, तथा च्याप्टरका बोर्ड सदस्यरकोषाध्यक्ष सुर्य लम्सालले एन। आर। एन। संसारभरी अपरिहार्य भएको कुरा राख्नुभयो। नेपाली एसोसिसेयन अफ जर्जिया (नाग) का अर्का सल्लाहकार कपिल शरण वाग्ले तथा सदस्य दीपक के.सी., तथा नागका उपाध्यक्ष तथा अवको नागको अध्यक्षका उम्मेदवार केशव शर्माले (नाग) र एन. आर. एन.जर्जिया च्याप्टरू वीच नांग र मासु जस्तो सम्बन्ध हुनुपर्ने कुरा राख्नुभयो। साथै, अझैपनि एन. आर. एन. च्याप्टरको आवश्यकता जनमानसले बुझिनसकेको अवस्थामा राम्रो संग बुझाउन सक्नुपर्ने कुरा राख्नुभयो। त्यस्तै, स्थानीय उद्धमीद्वय बाबुराम शर्मा तथा जय लाल शर्माले च्याप्टरको लागि सहयोग गर्ने कुरा राख्नु भयो। एन. आर. एन. अमेरिकाको (स्वास्थ्य तथा सेवा समितिका) अध्यक्ष डा. सन्जीब सापकोटा र एन. आर. एन.अमेरिका बोर्डका सदस्य गोबिन्द श्रेष्ठले अव एन। आर। एन। जर्जिया च्याप्टरलाई आन्तरिक रूपले संगठित र बलियो बनाउन सबै लाग्नु पर्ने धारणा राख्नु भयो। च्याप्टरका उपाध्यक्ष विश्वमान आङ्गदेम्बे र च्याप्टरका सदस्य श्याम सेढाईले एन. आर. एन. ले अरु संस्थाले दिन नसक्ने दुईटा कुरा नेपालि समुदायलाई दिनसक्ने कुरा राख्नुभयो ( १ ) ७८ वटा देशभरीको नेटवर्क जसबाट देश र समाजको लागि एककृत भएर योगदान दिन सकिन्छ तथा संसारभरिका नेपालीहरुको हकहित र विभिन्न समस्याहरुको वकालत तथा समाधान गर्न सकिने, र (२) नेपाली समुदायलाई हीत गर्ने कुनै पनि आर्थिक, सामाजिक, सांस्कृतिक, तथा राजनीतिक विचार तथा उद्धमलाई संसारभरी ७८ वटा राष्ट्र सम्म फैलनसक्ने फोरम दिन सक्ने । कार्यक्रमको अन्तमा एन. आर. एन. जर्जिया च्याप्टरको आगामी २०१७-१९को २ वर्षे कार्यकालको लागि ७ जनाको नाम आएको थियो ( मोहन तिमिल्सिना, सुर्य लम्साल, श्याम सेढाई, दीपक के.सी., बाबुराम शर्मा, जयलाल शर्मा, र दिलिप बानिया। बाँकी ४ जनाको नाम पनि चाडै आउने पक्का भएको थियो । र, जर्जियामा स्थानीय संस्था (नाग)तथा अन्य संस्थाको सहयोग लिएरएन. आर. एन.सदस्यता नवीकरण तथा बनाउने कार्यलाई तिब्र पार्ने निर्णय भएको थियो ।
brtnepal.com
2,268,548
अफगानिस्तानमा बालबालिकाहरुका लागि तत्काल ठूलो सहयोग नगरे दश लाख बालबालिकाको मृत्यु हुनसक्ने दाबी गरिएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको राष्ट्रसंघीय बालकोष (यूनिसेफ)ले बालबालिकाको जीवन खतरापूर्ण अवस्थामा रहेको चेतावनी दिएको हो । यूनिसेफले बालबालिकाको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विश्व समुदायले तत्काल सहयोग गर्नुपर्नेमा जोड दिएको छ । विषेश गरेर आधारभूत खाद्य सेवासमेत नभएकाले बालबालिकाहरुमा कुपोषणलगायतका रोगसँगै विभिन्न समस्याहरू उत्पन्न भएकाले उनीहरूको जीवन जोखिममा रहेको यूनिसेफका अधिकारीहरूको भनाइ छ । “तत्काल ठोस सहयोग गर्ने कार्य गरिएन भने कम्तीमा दश लाख बालबालिकाको ज्यान जान सक्छ, त्यसैले उच्च प्राथमिकताका साथ सहयोगका लागि काम गर्नुपर्ने टट्कारो आवश्यकता छ,” अफगानिस्तानस्थित यूनिफेसको कार्यालयले उल्लेख गरेको छ । कुपोषणलगायतका विभिन्न समस्याबाट ग्रसित बालबालिकाहरूको सङ्ख्या पनि दिन प्रतिदिन बढी रहेको यूनिसेफले जनाएको छ । बालबालिकालाई आवश्यकताअनुसार पोषणयुक्त खाद्य पदार्थ उपलब्ध गराउन सरकारले नसकेको अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले पनि स्वीकार गरेको छ ।
dcnepal.com
2,832,775
भिजि ईम्पेक्स प्रालि नेपालमा जिडब्लुएम सवारीसाधनहरुको एकमात्र आधिकारिक आयातकर्ता र वितरकले एभरेष्ट बैंक लिमिटेडसँग आईसीई सवारीसाधनहरु हाभल जोलायन, हाभल एच ६, पावर र विङ्गल र इलेक्ट्रिक गाडी ओरा ३ लगायतका विभिन्न प्रकारका सवारी साधनहरूमा ग्राहकहरुका लागि फाइनान्सिङ सुविधा पहुँच योग्य बनाउका लागि सम्झौता गरेको हो । उक्त सम्झौतामा आज भिजि ईम्पेक्स, जि.डब्लु. एम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र र एभरेष्ट बैंक लिमिटेडका उप–महाप्रबन्धक गौरव कुमारले हस्ताक्षर गरेका हुन् । जिडब्लु एमका सवारी साधनलाई ग्राहकहरुका लागि फाइनान्सिङ सुविधा पहुँच योग्य बनाउने दिशामा महत्वपूर्ण कदमको रुपमा हस्ताक्षर गरेका छन् । जिडब्लुएमका कुनै पनि सवारीसाधन खरीद गर्न चाहने ग्राहकहरुलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्ने उद्देश्यका साथ, यो सहकार्य गरिएको हो । यसले ग्राहकहरुलाई प्रतिस्पर्धी ब्याज दरहरू, डाउन पेमेनट र कर्जा अवधि सहित विभिन्न प्याकेजहरू उपलब्ध गराउने लक्ष्य राखेको छ, जुन ग्राहहरुले आफ्नो आवश्यकताहरुको आधारमा छनौट गर्न सक्छन् । एभरेष्ट बैंकले अधिकतम ७ वर्षको अवधिको लागि उत्कृष्ट ब्याजदर सहितको अधिकतम ८० प्रतिशत ऋण उपलब्ध गराउने छ । ३ वर्ष सम्मको कर्जा अवधिको लागि, न्युनतम प्रभावकारी ब्याजदर १०।८० प्रतिशत ८ रहने कम्पनीले जानकारी दिएको छ । जिडब्लुएमका इलेक्ट्रिक गाडी इनेक्टिककोे लोन–टु–भ्यालु ९लोन–टु–भ्यालुरबैंक फाइनान्स० मा ५० प्रतिशत सम्मको लगानीमा ब्याजदरमा थप ०।५० प्रतिशत छुट उपलब्ध गराइएको छ । सबै गाडीहरुको लागि कर्जा प्रशोधन शुल्क स्वीकृत कर्जाको मात्र ०।५० प्रतिशत निर्धारित गरिएको छ ।
newskarobar.com
6,353,360
१९ जेठमा उच्च अदालतका न्यायाधीशद्वय नरीश्वर भण्डारी र हरिप्रसाद पौडेलको संयुक्त इजलासले यस्तो अन्तरिम आदेश दिएको हो । समयमा मल नल्याएको भन्दै कृषि सामग्रीले सम्झौता तोडेपछि सिल्क सिनोम्याच रिट निवेदन लिएर उच्च अदालत पुगेको थियो । मल आयात गर्ने जिम्मा पाएको कम्पनीले काबुबाहिरको परिस्थितिका कारण समयमा मल आयात गर्न नसकेकाले त्यस आधारमा सम्झौता भंग गर्न नमिल्ने अदालतको आदेशमा उल्लेख छ । रिटको अन्तिम टुंगो नलागेसम्म मल ल्याउने ठेक्का रद्द नगर्न आदेश दिएको हो । तातोपानी भन्सार कार्यालयमा रोकिएको भनिएको मल र सम्झौताअनुसार झिकाउनुपर्ने परिमाणको मलसमेत नेपाल भित्र्याउन सहजीकरण गर्नू–गराउनू भनेर अदालतले अन्तरिम आदेश दिएको छ । जापान बसाईका क्रममा तपाईले भोगेका अनुभव, जानकारी तथा आफ्ना लेख तथा रचनाहरु जापानको लोकप्रिय अनलाइन समुद्रपारि डट कममा प्रकाशन गर्न चाहानुहुन्छ भने मा इमेल गरि वा हाम्रो गरि पठाउन सक्नुहुन्छ । सात समुद्रपारमा रहेर प्रवासी नेपालीहरुलाई लक्षित गरी सूचनाको सेवा प्रवाह गर्ने मुलभूत उद्देश्यले १९९९ देखि फ्याक्स पत्रकारिताबाट सुरु भएको हाम्रो यात्रा डिजिटल युगसम्म आईपुग्दा थुप्रै आरोह अवरोहहरु पार गरिसकेका छौं । नेपाल समाचार साप्ताहिक, समुद्रपारि मासिक म्यागजिन, समुद्रपारि डट कम हुँदै, समुद्रपारि अनलाईन रेडियोसम्मको हाम्रो लामो यात्रामा हाम्रो ध्यान केवल डायस्पोरिक नेपाली समुदायलाई सूचनाको सेवा प्रवाह गर्ने र नेपाली एकतालाई सुदृढ एवं समुन्नत बनाउने दिशामा केन्द्रित रह्यो ।
samudrapari.com
5,278,437
गणतन्त्र दिवसका अवसरमा संयुक्त राज्य अमेरिका र संयुक्त अरब इमिरेट्स (युएई) मा विशेष कार्यक्रम आयोजना गरिएको छ । गण्डकी प्रदेश सरकारले विभिन्न कार्यक्रम गरेर १७ औँ गणतन्त्र दिवस मनाएको छ। प्रदेश सरकारले मङ्गलबार आयोजना गरेको विशेष समारोहमा गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले गणतन्त्र जनताको बलिदानपूर्ण सङ्घर्षको प्रतिफल भएको बताउनुभयो। १७ औँ गणतन्त्र दिवसका अवसरमा मङ्गलबार घोराहीमा प्रभातफेरी कार्यक्रम गरिएको छ । गणतन्त्र दिवस जिल्ला समारोह समिति दाङको आयोजनामा कर्मचारी, जनप्रतिनिधि, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधिलगायत विभिन्न सङ्घसंस्थाको सहभागितामा प्रभातफेरी कार्यक्रम गरिएको हो । लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अनेक दुःख र दमन सहेर सडक–सडकमा पुगेर चेतनायुक्त कविताका स्वर घन्काउनेमध्येमा कवि अर्जुन पराजुली छुटाउन नमिल्ने नाम हो । आन्दोलनको सफलता र परिवर्तनपछि पनि भूइँ तहका जनताको आवाजलाई व्यङ्ग्य चेतसहित सशक्त र सरल कविता प्रवाहको उहाँको यात्रा अविरल बगिरहेको छ । निरंकुशताको विरोध र लोकतन्त्र स्थापनाका लागि सङ्घर्षको इतिहास लामै भए पनि नेपालको गणतान्त्रिक यात्रालाई त्यति लामो भन्न मिल्दैन । तर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि हुंदै आएका अभ्यास, स्थापना गरिएका संरचना र संयन्त्रहरूलाई क्रमशः अगाडि बढाउने प्रयत्न भने हुंदै आएका छन् । राष्ट्रपति रामचन्द्र पौडेल गणतन्त्र दिवस २०८१ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा मङगलबार आयोजित विशेष समारोहमा सरिक हुनुभयो । सो अवसरमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो।
gorkhapatraonline.com
4,911,625
उनको गीतअनुसार जसरी फूलको थुंगा गंगामा बग्यो, त्यस्तै उनको जीवन पनि पञ्चतत्वको रूपमा बगेर गंगामा पुगेको छ । उनले छोडेका सुन्दर कृतिहरू हिमालका अग्ला उचाइदेखि तराईका समतल फाँटसम्म गुञ्जायमान हुने नै छन् । उनको यो सिर्जना जस्तै सबै नेपाली जनले यश-कृतिको गीत यसरी कालान्तरसम्म गाउने नै छन् :
rajdhanidaily.com
2,286,894
तेस्रो लेजेन्ड्स लिग क्रिकेट शुक्रबार दोहामा सुरु भएको छ । प्रतियोगिताको पहिलो खेल गौतम गम्भीरको भारत महाराजा र पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीको एसिया लायन्सबीच भएको थियो । यस खेलमा गौतम गम्भीरको टोली ९ रनले पराजित भएपनि सामाजिक सञ्जालमा उनको र शाहिद अफ्रिदीको तस्विरको चर्चा खेलको नतिजाभन्दा बढी भइरहेको छ । यो तस्बिर टसको समयमा हात मिलाउँदै गरेको शाहिद अफ्रिदी र गौतम गम्भीरको हो । तस्बिरमा अफ्रिदी मुस्कुराउँदै हात मिलाउँदै छन् भने गौतम गंभीरको अनुहार अलि बिग्रिएको देखिन्छ। यो तस्विरको यसकारण चर्चा भइरहेको छ किनकी गम्भीर र अफ्रिदी सन्यास अघि खेलको क्रममा मैदानमा धेरै पटक बहसमा परेका छन् । यो तस्विरलाई लिएर मानिसहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । एलएलसी लिगको तेस्रो टोली अष्ट्रेलियाका पूर्व खेलाडी आरोन फिन्चको टोली हो । यस लिगको फाइनल खेल २० मार्चमा हुनेछ ।
dcnepal.com
4,264,220
अमेरिकाको फ्लोरिडास्थित पार्कल्यान्डमा रहेको एक उच्च माध्यामिक विद्यालयमा एक युवकले अन्धाधुन्ध गोली चलाउँदा १७ जनाको मृत्यु भएको छ। मार्जोरी स्टोनम्यान डोग्लास उच्च माध्यामिक विद्यालयमा बुधबारको कक्षा सकिए लगत्तै गोली प्रहार भएको हो। गोलीप्रहार गर्ने १९ वर्षिय युवक निकोलस क्रुज सोहि विद्यालयका निष्काशित विद्यार्थी रहेको प्रहरीले बताएको छ। प्रहरीले आक्रमणकारी माथि जवाफी आक्रमण गर्दा विद्यार्थीहरु विद्यालय भवन भित्रै लुक्न बाध्य भएका थिए। ब्रोवार्ड प्रान्तका अधिकारी सेरिफ स्कट इसरेलका अनुसार क्रुजले विद्यालय हाताभित्र प्रवेश गर्ने क्रममा ३ जनालाई गेट बाहिर नै गोली प्रहार गरेका थिए। गोली प्रहारबाट विद्यालय भित्र अन्य १२ जनाको मृत्यु भएको थियो। ब्रोवार्ड स्वास्थ्य केन्द्रका डा.इभान बोयरले बुधबार रातिसम्ममा १७ जना घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको बताए। बोयरका अनुसार गोली प्रहार गर्ने क्रुज पनि घाइते भएकोले पुलिसको निगरानीमा उपचार भइरहेको छ। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको तथा अन्य ३ को भने स्थिर रहेको उनले जानकारी दिए। मृतकमध्ये एक जना फुटबल प्रशिक्षक रहेको तर उनको नाम भने खुल्न नसकेको प्रहरीले जनाएको छ। अन्य मृतकहरुको भने हालसम्म सनाखत हुन सकेको छैन। प्रहरीका अनुसार मृत्यु हुने अधिकांश विद्यार्थी छन्। गोली प्रहार गर्नुअघि क्रुजले अग्निसूचक(फायर अलार्म) बजाएका प्रत्यक्षदर्शीले बताएका छन्। प्रहरीले गोली प्रहार भएको करिब १ घण्टामा सबै विद्यार्थीहरुलाई सुरक्षित बाहिर निकालेका थिए। अनुशासनको कारण विद्यालयबाट निष्काशित भएका कु्रजलाई घटनाको करिब आधा घण्टापछि नै प्रहरीले अस्पतालबाट नियन्त्रणमा लिएको थियो। फ्लोरिडाका सिनेटर मार्को रुवियोले घटना पहिलेदेखि नै योजनाबद्ध रहेको र धेरै मानिसको हताहती होस् भन्ने उद्देश्यले गराइएको बताए। उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै मृतकहरुको आत्माको शान्तीको कामना गर्दै शोकमा रहेका परिवारमा समवेदना व्यक्त गरेका छन्। ट्विटमा उनले लेखेका छन्,‘बालबालिका, अभिभावक तथा कसैले पनि अबका दिनमा विद्यालयमा असुरक्षित वातावरणको महशुष गर्नुपर्ने छैन।’ सन् २०१२ मा कनेक्टिकटमा २६ जनाको मृत्यु हुनेगरि भएको यस्तै गोली प्रहारपछि विद्यालयमा भएको यो घटना ठूलो मानविय क्षति भएको घटना हो। स्यान्डी हुक एलिमेन्ट्री स्कुलमा एडम लान्जाले गोली चलाउँदा २० किशोर विद्यार्थीसहित २६ जना मारिएका थिए। एक अध्ययनकाअनुसार पछिल्लो एक वर्षमा भएका १८ वटा गोली प्रहारका घटना विद्यालय परिसरमा गराइएको थियो। यस वर्ष मात्रै विद्यालयमा गोली प्रहार भएको यो छैटौँ घटना भएको अमेरिकी मानवअधिकारवादी संस्था एड्भोकेसी फोरमले जनाएको छ। सन् २०१३ मा २ सय ९१ वटा गोली प्रहारका यस्तै घटनाहरु रजिस्टर भएका थिए। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
nepallive.com
4,827,883
अस्ट्रेलियामा पहिलो पटक श्रीमद्भागवत् सप्ताह सम्पन्न भएको छ । सनातन समाज अस्ट्रेलियाको आयोजनामा गत अगष्ट १७ देखि २३ गतेसम्म क्यानबेराको ग्रेहाउन्ड रेसिंग क्लब न्याराबुन्डामा सप्ताह सम्पन्न भएको हो । अस्ट्रेलियामै पशुपति बनाउने उद्धेश्यका साथ सप्ताह आयोजना गरिएको समाजका अध्यक्ष सन्तोष मल्लले बताए । सप्ताहमा नेपाली र विदेशी भक्तजनकाे भव्य उपस्थिति भएको श्रीमद्भागवत महापुराण सप्ताह मुल समारोह समितिका सचिव विक्रम सुवेदीले जानकारी दिए । समाजले करिब एक महिना अघिदेखि नै सप्ताह आयोजना गर्ने तयारी सुरु गरेको थियो । त्यसका लागि अस्ट्रेलियामा रहेका विभिन्न संघसंस्थाहरुलाई समेत निमन्त्रणा गरिएको र सोही अनुसार विभिन्न संघ संस्थाका प्रतिनिधिहरु पनि सप्ताहमा उपस्थित भएको अध्यक्ष मल्लले बताए । सप्ताहबाट करिब साढे सात लाख अष्ट्रेलियन डलर संकलन भएको समाजले जनाएको छ । संकलित रकम कोष खडा गरि जम्मा गरिने र अस्ट्रेलियामै पशुपतिनाथ मन्दिर बनाउन खर्च गरिने अध्यक्ष मल्लले बताए । समाजले सप्ताहमा सबैभन्दा बढी दान गर्ने दाताहरुको नाम पनि सार्वजनिक गरेको छ । राजेश पाठक र रीता पाठक, विवेक लोहनी र सुमित्रा लोहनी, आदर्श पाण्डे र श्रीजना पाण्डे, रामबाबु अधिकारी र सुष्मा अधिकारी, लगायतले सप्ताहमा सबैभन्दा बढी दान गरेको समितिका सचिव सुवेदीले जानकारी दिए ।
kathmandupress.com
45,058
गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराले जिल्ला प्रहरी कार्यालय मुस्ताङसँग समन्वय गरेर घरपझोङ गाउँपालिका–४ जोमसोम स्थित पर्यटक प्रहरी चोक पोष्ट परिसरमा आइतबार शिविर स्थापना गरेर स्वास्थ्य परीक्षण गर्न थालेको हो । प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले तिर्थयात्रा, भ्रमण, पदयात्रा र अवलोकनका लागि मुस्ताङ आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर शिविर सञ्चालन गरिएको जानकारी दिए । “चैते दशैको सोह्र श्रद्धा तिथी पारेर कागबेनीमा पिण्डदान र मुक्तिनाथ दर्शनका लागि तिर्थयात्रीको साथै अनुकुल मौसमसँगै विद्यालय र विभिन्न संघ संस्थाबाट मुस्ताङ घुम्न आउनेहरुको चाप बढेको छ,” उनले भने, “लेक लाग्ने (अक्सिजन कमी हुने), बिरामी हुने, ढल्ने जस्ता समस्या सिर्जना भई मानवीय क्षति समेत हुन सक्ने भएकाले स्वास्थ्य परिक्षण गर्न थालिएको हो ।” जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्म २ जना नेपाली र ६ जना विदेशीको मुस्ताङमा लेक लागेर मृत्यु भएको छ । पछिल्लो ३ वर्षमा लेक लागेर २८ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा अधिकांश समुन्द्रि सतहदेखि ३ हजार ८०० मिटर उचाईमा रहेको मुक्तिनाथ दर्शनका लागि आएका तिर्थयात्री हुन् । एक हप्ता सम्म सञ्चालन हुने शिविरमा अशक्त, जेष्ठ नागरिक र दिर्घरोगीहरुको स्वास्थ्य परीक्षण गरि परामर्श, प्राथमिक उपचारको व्यवस्था मिलाइएको छ । प्रदेश प्रहरी अस्पताल गण्डकीका मेडिकल अधिकृत डा. मृदुषा श्रेष्ठको नेतृत्वमा ३ जना स्वास्थ्यकर्मी खटिएको शिविर सञ्चालन गर्न मुस्ताङ अस्पतालले प्राविधिक सहयोग गरेको छ । समुन्द्रि सतहदेखि २ हजार ५०० मिटर भन्दा माथिल्लो उचाईमा अक्सीजनको कमीले स्या स्या हुने, टाउँको दुख्ने, वाकवाकी हुने, रिङगटा लाग्ने, आँखा धमिलो हुने, निद्रा नलाग्ने, खान मन नलाग्ने, फोक्सो सुन्निने, स्मरण शक्ति हराउँदै जाने र सास फेर्न गाहे महसुस हुन्छ । प्रहरीले म्याग्दीको सिमानामा रहेको घाँसामा पनि पर्यटक र तिर्थयात्रीहरुलाई अक्सिजनको कमीका कारण हुने स्वास्थ्य समस्याका बारेमा सचेतनामुलक कार्यक्रम गरेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले प्रहरीको स्वास्थ्य शिविर र सचेतनामुलक कार्यक्रमले अक्सिजनको कमीका कारण मानवीय क्षति न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको बताए । मुस्ताङमा आइतबार एक हजार २०७ वटा गाडीमा ११ हजार १९२ नेपाली र ३४७ जना रसिया, अमेरिका, जर्मन, स्पेन र फ्रान्सका पर्यटक भित्रिएका प्रहरीको तथ्यांक छ । शनिबार ४३७ वटा गाडीमा ३ हजार ५२७ नेपाली र ४५६ जना विदेशी पर्यटक भित्रिएका थिए । बडादसैँ र चैतै दसैँ अघिको सोह्र श्रद्धा तथा औंषी तिथिमा कागबेनीमा दिंवगत आफन्तलाई पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने तिर्थयात्रीको भिड लाग्ने गर्छ ।
canadanepal.com
1,980,666
प्रतिनिधिसभाको बैठकमा सोमबार बजेट छलफलमा धारणा राख्ने क्रममा नेकपा महासचिव विष्णु पौडेलले वृद्धभत्ता बढेको विषयमा विरोध गरेर देखाउन चुनौती दिएका थिए ।
kathmandupati.com
4,226,812
- जर्मनीका एक प्रान्तीय अर्थमन्त्रीले आत्महत्या गरेका छन्। समाचार संस्था रोयटर्सले जर्मनीको हेस्से राज्यका अर्थमन्त्री थोमस स्काफरले आत्महत्या गरेको उल्लेख गरेको छ। ५४ वर्षीय स्काफर शनिबार रेलवे ट्रयाक नजिकै मृत अवस्थामा भेटिएको पनि समाचारमा जनाइएको छ। स्काफर जर्मनीको आर्थिक केन्द्र फ्रांकफर्टका स्थायी बासिन्दा हुन्। युरोपेली केन्द्रीय बैंकदेखि जर्मनीका ठूला बैंक यही शहरमा केन्द्रीय कार्यालय राखेर बसेका छन्। उनको आत्महत्याको कारण खुलेको छैन। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
nepallive.com
2,056,994
नेकपा माओवादी केन्द्रका ७ नम्बर प्रदेश इन्चार्ज तथा पूूर्वमन्त्री लेखराज भट्ट नेतृत्वको टोली प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो। पुनर्वासको बीचफाँटामा हात्ती आतंक नियन्त्रणका लागि सोलार तारबार लगाउँदा भारतीय सुरक्षाकर्मीले अवरोध गरेपछि विवाद उत्पन्न भएको छ। ज्ञापनपत्रमा भट्टसहित खानेपानी मन्त्री तथा पुनर्वासबाट निर्वाचित प्रतिनिधिसभा सदस्य बिना मगर, ७ नम्बर प्रदेशका आर्थिक मामिला मन्त्री झपट बोहरा, प्रतिनिधिसभा सदस्यहरु डा दिपकप्रकाश भट्ट, नरबहादुर धामी, निरुदेवी पाल, निरा जैरु, राष्ट्रियसभा सदस्य महेशकुमार महरा, हरिराम चौधरी, पुर्वसभासद देवीलाल चौधरी र नरेन्द्र कुवर र स्थानीय वडा अध्यक्ष नारायणप्रसाद जैशीले हस्ताक्षर गरेका छन्। भारतको दुधुवा नेसनल पार्कबाट आउने हात्तीको आतंक नियन्त्रणका लागि सोलार तारबार गरिएपछि भारतीय पक्षले भत्काएको छ। हात्ती आतंक नियन्त्रणका लागि गत वर्ष नेतृ बिना मगरको पहलमा सोलार तारबार गरिएको थियो। हाल स्थानीय तहको बजेटबाट वडा अध्यक्ष नारायण जैशीको नेतृत्वमा तारबारको काम भइरहेको छ। नेपाली भुमिमा तारबार गरिरहदा समेत भारतीय पक्षले अवरोध गरेकाले समस्या समाधानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको टोलीका सदस्य ओमविक्रम भाट सरलले बताए। ज्ञापनपत्रमा भत्काइएको तारबार गर्ने व्यवस्था मिलाउन, सीमा सर्भे टोलीको म्याद थप्न, ७ नम्बर प्रदेशका विवादित सीमा क्षेत्रमा सीमा निर्धारण गर्न र भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका बेला सीमा समस्याबारे एजेन्डा तय गर्न माग गरिएको छ। ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले सीमाको विषय समाधानका लागि गम्भीरताका साथ पहल गर्ने बताए। ज्ञापनपत्र परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयलाई बोधार्थ पठाइएको छ। भारतीय पार्कबाट आएका हात्तीको आक्रमणबाट २०७३ माघ महिनामा बीचफाटाका मनबहादुर सुनारको मृत्यु भएको थियो। पुनर्वासमा उत्पन्न सीमा विवादका क्रममा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट गत वर्ष गोविन्द गौतम सहिद भएका थिए । विषय ः ज्ञापनपत्र ऐतिहासिकरुपमा नेपालको सार्वभौमसत्ता तथा अखण्डतालाई अक्षुण राख्न सामरिक, आर्थिक तथा राजनैतिक दृष्टिकोणबाट अत्यन्तै महत्वपूर्ण भूमिका खेल्दै आएको प्रदेश नम्बर ७ अन्तर्गतको तराई क्षेत्रका कैलाली र कञ्चनपुर जिल्लाको दक्षिणी र पश्चिमी सीमाका साथै डडेल्धुरा, बैतडी र दार्चुला (लिपुलेक, कालापानी) लगायत भारतसँग जोडिएको सन्दर्भमा स्थानीय स्तरमा सीमासम्बन्धी विवादको वैज्ञानिक किसिमले हल हुन नसक्दा बेला बखतमा समस्या आइरहने र जनताको ज्यूधनमा नै संकट पर्ने गरेको सम्माननीय प्रधानमन्त्री ज्यूलाई स्मरण गराउन चाहन्छौं । दुधुवा पार्कबाट आएका हात्तिको आक्रमणबाट २०७३ माघ २१ गते बीचफाँटाकै मनबहादुर सुनारको मृत्यु भएको थियो । त्यसपछि हात्तिलाई रोक्न सीमा क्षेत्रको नेपालपट्टि सोलार तारबार गर्ने काम हुँदै आएको हो । दुधुवा नेसनल पार्कबाट आउने हात्तीको आक्रमणबाट जोगिन स्थानीय जनता र सरकारको प्रयासमा विगतदेखि नै उक्त तारबार डोकेबजारसम्म पु¥याउने योजना अनुसार तारबार लगाइएपछि भारतीय पक्षले अनावश्यक दावी गर्दै नेपालीलाई धम्क्याउने र आक्रमणमा समेत उत्रिएको जानकारी गराउन चाहन्छौं । सीमा सर्भेको काम सुरु भएर पटक–पटक स्थगित र अवरुद्ध हुँदै आएको छ । घटना भएको क्षेत्रका बारेमा नेपाली पक्षले दशगजा क्षेत्रभित्रै विगतकै कामलाई निरन्तरता दिएर तारबार जडान गर्न खोजेको भएपनि भारतीय पक्षले नेपाली भूमिलाई आफ्नो भनेपछि विवाद सिर्जना हुँदै आइरहेको छ । कतिपय अवस्थामा भारतीय सुरक्षाकर्मीको संरक्षणमा भारतका अतिक्रमणकारीले नेपाली वस्तीमा आएर धम्क्याउने, कुटपिट गर्ने, जग्गा कब्जा गर्ने, नेपाली भूमिमा ट्रयाक्टर चलाउने समेतका घटनाहरू सामान्य बनेका छन् । सीमा क्षेत्रमा हुने विविध खाले हस्तक्षेपविरुद्ध स्थानीय जनताले प्रतिकार समेत गर्दै आएका छन् । यस्तै, प्रतिकारका क्रममा पुनर्वास नगरपालिका अन्तर्गतको आनन्दबजारमा गत वर्ष बैशाख १३ गते भारतीय सुरक्षाकर्मीको फौजी हस्तक्षेप र गोली प्रहारबाट १ जना नेपाली युवा गोविन्द गौतमको शहादत समेत हुन गएको थियो । जसले गर्दा संघीय सरकारले तत्कालै कुटनीतिक पहल गरी तारबार लगाउन दिने व्यवस्था मिलाउनुपर्ने देखिन्छ । अन्यथा, स्थानीय वासिन्दाको आक्रोश बढ्दै गएर अप्रिय घटना हुन सक्ने सम्भावनालाई नजरअन्दाज गर्न सकिँदैन । कञ्चनपुर र कैलाली जिल्लाको पश्चिमी र दक्षिणी सीमा क्षेत्रमा देखिने विवादका सम्बन्धमा स्थानीय प्रशासनका तर्फबाट समकक्षी भारतीय पक्षसँग संवाद र छलफल गरिएपनि भारतीय पक्षबाट हुने ज्यादतीमा कुनै कमी आएको देखिन्न । सीमा व्यवस्थापनका लागि दुबै क्षेत्रका स्थानीय प्रशासनको सहमतिमा सर्भे टोली खटिएपनि भारतीय पक्षबाट हुने ज्यादती बढ्दै गएकाले सीमा समस्याको समाधान स्थानीय प्रशासनको तहबाट हुन नसक्ने देखिएकाले नेपाल सरकारका तर्फबाट नै भारतीय सरकारसँग गम्भीरतापूर्वक पहल हुनुपर्ने हाम्रो निष्कर्ष छ । भारतसँग आर्थिक, सामाजिक र सांस्कृतिकरुपमा अन्यौन्याश्रित सम्बन्ध रहिआएको ऐतिहासिक तथ्यलाई ध्यानमा राखेर तत्काल कुटनीतिक पहल गर्न सकिएन भने यसले २ देशबीचको सम्बन्धमा थप नकारात्मक प्रभाव पार्न सक्ने भएकाले यस विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बेला वार्ताको एजेण्डा बनाउन समेत सम्माननीय प्रधानमन्त्री ज्यूसँग माग गर्दछौं ।
kathmandupati.com
3,700,763
चालू आर्थिक वर्ष कर्णाली प्रदेश सरकारले कार्यान्वयन हुन नसकेका योजनाबाट बजेट रकमान्तर गरी अन्य शीर्षकमा लगेको छ । बितेको आठ महिनामा कर्णाली प्रदेश सरकारको विकास खर्च १६ प्रतिशतमात्रै भएको छ । सात महिनामा कर्णाली प्रदेश सरकारको आन्तरिक आम्दानी वृद्धिका लागि अध्ययन समिति गठन गरिएको छ । नवनियुक्त आर्थिक कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री राजकुमार शर्माले बुधबार चारमन्त्री र एक राज्यमन्त्री कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्रीमा नियुक्त कर्णाली प्रदेश सरकारको विकास बजेट खर्च सधैं निरासाजनक हुने गरेको छ । कर्णालीका निवर्तमान मुख्यमन्त्री कर्णाली प्रदेश सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा जलवायु परिवर्तनलाई ध्यानमा राख्दै समावेशीकरण बजेट ल्याउनुपर्नेमा जोड रुकुम पश्चिमको चौखाबाङ्ग गाउँका किसान व्यवसायिक लसुन खेतीमा लागेका छन् ।अन्नबाली भन्दा लसुन खेतीबाट मनग्ये सुर्खेत-कर्णाली प्रदेश सरकारले कृषि क्षेत्रको सुधारका लागि सुर्खेतम एकै पटक साढे दस करोड लगानी गरेको तातोपानी गाउँपालिका २ जर्मीका हर्केश दमाई यतिबेला बाँझो जगाा खनजोतमा जुटेका छन् ।
karobardaily.com
878,660
एक वर्षको विद्यार्थी भिसा लगाएर २०६५ साल भदौमा इजरायल पुगेको थिएँ । पढ्नेभन्दा पनि पैसा कमाउने मेरो उद्देश्य थियो । हप्ताको एक दिन कलेज जान्थें ।
ekantipur.com
1,890,862
यसले करिब तीन वर्षदेखि व्यवसायिक रुपमा पर्दाफास डटकम प्रकाशनगर्दे आइरहेको छ । यो नेपाली र अग्रेजी भाषामा प्रकाशन भइरहेको हो । पर्दाफास डट कम अपराध, सुरक्षा, कुटनीति, भ्रष्टाचार, न्याय, प्रशासन, व्यापार, खेलकुद, स्वास्थ्य, वातावरण र राजनीतिका भित्री खबर निरन्तर सम्प्रेषण गर्ने अनलाइन पत्रिका हो ।
pardafas.com
718,250
नेपाल समाचारपत्रको सह प्रकाशन कामना सिने मासिकको आयोजना तथा सिजी ईन्टरनेन्मेन्टको प्रस्तुतिमा पांचौ संस्करणको सीजी गोदरेज नम्बर वन कामना फिल्म अवार्ड २०७६ शनिवार ललितपुर स्थित हेरीटेज गार्डेनमा भव्य रूपमा सम्पन्न भएको छ । सीजी गोदरेज नम्बर वन कामना फिल्म अवार्ड २०७६ मा यस वर्ष दुई अवार्ड थपिएका छन् । कामना न्युज पब्लिकेसनका संस्थापक अध्यक्ष, पहिलो नेपाली फिल्म अवार्डका प्रणेता, समाजसेवी तथा लायन्स क्लबका पूर्व डिस्ट्रिक्ट गभर्नर स्व. भरतलाल श्रेष्ठको नाममा भरतलाल ह्युम्यानिटेरियन अवार्ड तथा कामना न्युज पब्लिकेसन्स्का प्रधान सम्पादक स्व. पुष्करलाल श्रेष्ठको नाममा पुष्कर मिडिया अवार्ड स्थापना गरी २ व्यक्तित्वलाई प्रदान गरियो । समाजसेवाका क्षेत्रमा योगदान पुर्याउनेलाई प्रदान गरिने भरतलाल ह्युम्यानिटेरियन अवार्ड २०७६ नगद १ लाख रुपियाँ सहित पहिलो पटक पोखराका समाजसेवी लायन सोनाम साङ्पोलाई प्रदान गरिएको छ भने सञ्चार क्षेत्रमा योगदान पुर्याउनेलाई प्रदान गरिने पुष्कर मिडिया अवार्ड २०७६ नगद १ लाख रुपियाँ सहित इमेज ग्रुप अफ कम्पनिजका अध्यक्ष तथा प्रबन्ध निर्देशक रामकृष्ण मानन्धरलाई प्रदान गरिएको छ । उहाँहरूलाई काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, कीर्तिपुर महानगरपालिकाका मेयर रमेश महर्जन, कामनाका निर्देशक अनुजलाल श्रेष्ठ, प्रमेश कृष्ण श्रेष्ठ र समीप श्रेष्ठले अवार्ड प्रदान गर्नुभएको थियो । प्रधान सम्पादक श्रेष्ठको जीवनी झल्काउने मार्मिक श्रव्य दृश्य सामग्री प्रदर्शनपश्चात् यी दुई सम्मान प्रदान गरेर सुरु गरिएको कार्यक्रममा नेपाली फिल्म क्षेत्रको पर्दा अगाडी र पर्दा पछाडि रहेर योगदान पु¥याउने दुई फिल्म कर्मीलाई कृतिमय दीर्घ योगदान सम्मान (लाईफटाईम अचिभमेन्ट अवार्ड) समर्पण गरिएको थियो । प्रधान सम्पादक श्रेष्ठको निधनका कारण अभिनेता राजेश हमालले भावुक भएर कार्यक्रम सञ्चालन सुरु गरेको समारोहमा अभिनेता, निर्माता, निर्देशक तथा गीतकार नीर शाहलाई नगद १ लाख रुपियाँ सहित कलातर्फको कीर्तिमय दीर्घ योगदान सम्मान २०७६ तथा मेकअप आर्टिष्ट सन्तु तामाङलाई नगद १ लाख रुपियाँ सहित पर्दा पछाडिको कलाकार तर्फको कृतिमय दीर्घ योगदान सम्मान २०७६ समर्पण गरिएको थियो । उहाहरुलाई कामनाका प्रेसिडेन्ट एवं सिईओ दिरेकलाल श्रेष्ठ, सिजी ईन्टरटेन्मेन्टकी प्रबन्ध निर्देशक मेघा चौधरी, कामनाका सम्पादक विदुर गिरी, प्रहरी महा निरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महा निरीक्षक शैलेन्द्र खनालले यो अवार्ड समर्पण गर्नुभएको थियो । सम्मान प्रदान गरिदा समारोहका सहभागीहरूले स्वस्फुर्त रूपमा उठेर सम्मान गरेका थिए । समारोहमा प्रतिस्पर्धात्मक २६ विधा र अन्य ९ गरी कुल ३५ विधामा अवार्ड प्रदान गरिएको थियो भने लोकप्रिय १४ विधामा भोटिङको व्यवस्था गरिएको थियो । जुरीको ९० र भोटिङको १० प्रतिशत अङ्क जोडी अवार्ड प्रदान गरिएको समारोहमा सर्वोत्कृष्ट चलचित्रको अवार्ड प्रसादले चुमेको छ । १० विधाको मनोनयनमा परेको प्रसादले अवार्डका मुख्य विधाहरू सर्वोत्कृष्ट चलचित्र सहित निर्देशक, अभिनेता, अभिनेत्री र पटकथा गरी ५ विधाको अवार्ड चुमेको छ । यो चलचित्रबाट दिनेश राउत यो वर्षको सर्वोत्कृष्ट निर्देशक, विपिन कार्की सर्वोत्कृष्ट अभिनेता, नम्रता श्रेष्ठ सर्वोत्कृष्ट अभिनेत्री तथा सुशील पौडेल सर्वोत्कृष्ट पटकथा लेखकको अवार्ड विजेता भए । समारोहमा सर्वाधिक १५ विधाको मनोनयनमा परेको चलचित्र नाई नभन्नु ल ५ ले पनि सह अभिनेत्री, बाल कलाकार, गीतकार, सङ्गीतकार तथा छायाङ्कन गरी ५ विधाको अवार्ड चुमेको छ । यो चलचित्रबाट प्रियङ्का कार्की सर्वोत्कृष्ट सह अभिनेत्री, सेड्रिना शर्मा बाल कलाकार, दिनेश थापा गीतकार, वसन्त सापकोटा सङ्गीतकार र पुरुषोत्तम प्रधान छायाकारको अवार्ड चुम्न सफल भए । यो फिल्मबाट २ बाल कलाकार अनुभव रेग्मी र सेड्रिना शर्मा मनोनयनमा परेका थिए भने वसन्त सापकोटा बोबी र नाई नभन्नु ल ५ गरी २ फिल्मबाट सङ्गीतकारको मनोनयनमा परेका थिए । गीत, सङ्गीत, नृत्य र ठट्यौलीजस्ता विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिका साथ अघि बढेको समारोहमा १२ विधाको मनोनयनमा परेको छक्का पन्जा ३ ले हास्य कलाकार, नृत्य निर्देशक संवाद र ध्वनि मिश्रण गरी ३ विधाको अवार्ड चुमेको छ । हास्य विधाको अवार्ड केदार घिमिरेले चुमे । उनी चलचित्र रामकहानीबाट पनि मनोनयनमा थिए भने नृत्य निर्देशकको अवार्ड चुमेका कविराज गहतराज ४ चलचित्रबाट मनोनयनमा परेका थिए । यससँगै कविराज कामना फिल्म अवार्डमा लगातार ५ औँ अवार्ड चुम्न सफल भएका छन् । १२ विधाकै मनोनयनमा परेको चलचित्र डमरुको डण्डीबियोले सर्वोत्कृष्ट नव निर्देशकसँगै कथा, पार्श्व सङ्गीत र सम्पादन गरी ४ विधाको अवार्ड चुमेको छ । समारोहमा चलचित्र साइँलीबाट अभिनेता दयाहाङ राईले सहअभिनेताको अवार्ड चुमेका छन् भने यो चलचित्रले पार्श्व गायकको अवार्डलाई पनि आफ्नो बनाएको छ । यस वर्षको गोदरेज नम्बर वन कामना फिल्म अवार्डस् २०७६ मा चलचित्र बोबीबाट उमेश थापाले नव अभिनेता र ए मेरो हजुरबाट सुहाना थापाले नव अभिनेत्रीको अवार्ड चुमे भने प्रमोद अग्रहरी कथा काठमाडौँबाट वर्षको सर्वोत्कृष्ट खल पात्र ठहरिए। त्यसै गरी चलचित्र भिलेन सर्वोत्कृष्ट द्धन्द निर्देशक, चलचित्र बाध मायाले पार्श्व गायिका र चलचित्र चक्कर श्रृगार विधाको अवार्ड विजेता भएको छ। समारोहमा चलचित्र हरिलाई जुरी अवार्ड प्रदान गरिएको छ । राजेश हमालको कार्यक्रम प्रस्तुतिबाट सुरु भएको कार्यक्रमलाई नरेश भट्टराई र मन्दीरा ढुङ्गेलले अगाडि बढाएका थिए भने तारा थापा, प्रविशा अधिकारी, समीक्षा अधिकारी, आनन्द कार्की, देवीका वन्दना, शम्भुजित बास्कोटा, प्रह्लाद तिमिल्सिना, टीका भण्डारी, गौरी मल्ल, वसन्त सापकोटा, र मदनकृष्ण श्रेष्ठले मेड्ले गीत गाएर रोचक तुल्याएका थिए भने नायक भुवन केसीले छुट्टै गीत गाएर रोमाञ्चक तुल्याएका थिए । त्यसै गरी अभिनेत्री मिथिला शर्माले एकल नृत्य गरेर वाह वाही पाइन् भने विनु शाक्य, यसराज गरच, प्रमोद अग्रहरी, छुल्ठिम गुरुङ, पल शाह र पूजा शर्माले अर्को मेड्ले डान्स गरेर दर्शकलाई रोमाञ्चित तुल्याए। अर्को मेड्ले डान्समा गौरी मल्ल र नरेशवीर सिंहका साथमा कोरियोग्राफर कविराज गहतराजले तालीमाथि ताली पाए। त्यसै गरी राजा राजेन्द्र पोखरेलले अभिनेता राजेश हमाल र आनन्द कार्कीको सहयोग लिएर दर्शक हँसाए ।
brtnepal.com
5,728,986
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । उनले भने, “केही स्थानमा सामान्य बुथ निर्माण र सर्वदलीय बैठक गर्नेबाहेक निर्वाचन व्यवस्थापनका लागि गर्नुपर्ने शान्ति सुरक्षा, स्वास्थ्य मापदण्डलगायत अरू सबै तयारी पूरा भइसकेको छ । बाँकी ती केही काम पनि आजै सम्पन्न हुनेछ ।” निर्वाचनको मौन अवधि सुरु भइसकेकाले प्रचारप्रसार रोकिएको छ भने निर्वाचनमा खटिने सुरक्षाकर्मी, निर्वाचन कर्मचारी र स्वास्थ्यकर्मीसहितको टोलीको व्यवस्थापन भइसकेको छ । मुलुकका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बुधबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । आउँदो फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुने भएकाले रिक्त स्थानका लागि निर्वाचन हुन लागेको हो । सदस्यको पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । संघीय संसद्मा प्रतिनिधित्व गर्ने नौ राजनीतिक दलका उमेदवार चुनावी मैदानमा छन् । आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचनमा भाग लिएका छन् । निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छ । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ । निर्वाचनमा स्थानीय तहका एक हजार ४९३ र प्रदेशसभाका ५३२ मतदाता रहनेछन् । मतदाता आज साँझसम्म मतदानस्थल र केन्द्र तोकिएका स्थानमा पुग्ने अपेक्षा गरिएको छ । निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र सात अन्य समूहका उमेदवार निर्वाचित हुनेछन् । प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रियसभाका एकतिहाइ सदस्यको प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ ।
baahrakhari.com
5,025,951
बैठक सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा केही बेरअघि सुरु भएको हो। बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी सांसदहरूको सहभागिता छ। बैठकमा बजेट अधिवेशन तथा समसामयिक राजनीतिबारे छलफल हुने नेताहरूले बताएका छन् ।
nepalkhabar.com
6,247,991
शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नयाँ शहर बनाउन आवश्यक बजेट र नीतिको खाँचो रहेको बताएकी छिन् । समाजवादी सङ्गठन नेपाल कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले दीर्घकालीन नीति बनाएर अघि बढ्नसके मात्र नयाँ र सुन्दर शहर बनाउन सकिने बताएकी हुन् ।   मन्त्री झाँक्रीले सरकारको एक्लै प्रयासले मात्र नयाँ शहर बनाउन नसकिने बताइन् । भनिन्, 'निजी क्षेत्रकाे पनि सहयाेग चाहिन्छ ।' उनले ग्रामीण क्षेत्रबाट शहरतिर बसाइँसराइकाे क्रम बढ्दै गएकाले त्यसलाई रोक्न ग्रामीण शहरीकरणको विकासलाई प्राथमिकता दिनुपर्नेमा जाेड दिइन् । 'ग्रामीण शहरीकरणले स्थानीयस्तरमा रोजगारीकाे अवसर सिर्जना गर्ने भएकाले दीर्घकालीन नीति बनाएर अघि बढ्ने तयारी सरकारको छ', मन्त्री झाँक्रीले भनिन् । सरकारले घोषणा गरेका नयाँ शहर निर्माणका लागि आवश्यक बजेटको अभावसमेत रहेकाे उनले बताइन् ।
shilapatra.com
4,562,623
ठूला-ठूला आँखा, कुनै पुरै काला अनि कुनै राता घेरा भएका। टाउको घुमाएर अनौठो आवाज निकाल्दा डरलाग्दो सुनिन्छ। कसैले भूत-प्रेत समेत भन्छन्। सानालाई लाटोकोसेरो भनिन्छ भने ठूलालाई हुचील, हाप्सिलो आदि। सुन्दा डर लागे पनि यी साह्रै उपयोगी चरा हुन्। मुसा खाएर हामीलाई सहयोग गर्ने यिनीहरूलाई किसानको साथी पनि भनिन्छ। हामीलाई बिगार नगर्ने यी चराहरू घाइते अवस्थामा भेटिएको खबरहरू दिनहुँ आइरहन्छ। कुनै पनि चरा घाइते हुँदा तनावमा हुन्छन्। उद्दारको पहिलो काम भनेकै यिनको तनावलाई कम गर्नु हो। उद्दार गर्दा मानिसहरू धेरै भएको ठाउँमा हातले धेरै चलाउने, फोटो खिच्ने र हल्ला गर्ने कार्य तत्कालै रोक्नु पर्दछ। यस्तो बेला तिनको नजिक जानु कहिलेकाहीँ जोखिमपूर्ण पनि हुन्छ। यसले चुच्चो बजाएर ‘ट्वाक ट्वाक’ आवाज निकालेर नजिक नआउन सचेत पनि गराउँछ। सा-साना चल्लाहरू प्रायःगरी उड्ने बेलामा गुँडबाट झर्ने गर्छ। कुनै कुनै लाटोकोसेरोको बच्चाहरू गुँडबाट बाहिर निस्केर दगुर्ने समेत गर्दछन्। हामीले भने चरा घाइते भएको ठान्छौं। यदि सार्वजनिक बाटोमा छैनन् वा कसैबाट कुल्चिने, हानी पुग्ने सम्भावना छैन भने सोही ठाउँमा छाडिदिनु पर्छ। केही समयपछि यिनको माउले ती चल्लालाई लिएर जान्छन्। घाइते लाटोकोसेरो वा हुचीललाई भिडभाड भएको ठाउँबाट सकेसम्म कागतको कार्टुनमा राखेर सुरक्षित स्थानमा लैजानु पर्दछ। तर, त्यस्ता ठाउँमा छाड्दा बिरालो, कुकुर र काग आदिले आक्रमण गर्ने सम्भावना छ भने सुरक्षित स्थानमा छाड्न सँगै लिएर जानु ठिक हुन्छ। मान्छे तथा यातायातको भिडभाड हुने क्षेत्र छ भने पनि घाइते चरालाई त्यसै छाड्नु हुँदैन। गाडीमा ठोक्किएको अवस्थामा भेटियो भने आँखा बन्द गरेको हुन सक्छ। यस्ता बेलामा न्यानो कपडाले बेरेर शान्त ठाउँमा राख्न सकिन्छ। सँगै लैजानुपर्दा कागजको कार्टुनमा साना–साना प्वाल पारेर घाइते लाटोकोसेरोलाई राख्नुपर्छ। भित्र बस्ने ठाउँमा नरम कपडा प्रयोग गर्नुपर्दछ। सकेसम्म लाटोकोसेरोलाई चुच्चो मात्रै खुला छाडेर न्यानो कपडाले छोप्नु पर्दछ। कार्टुनमा राखिएको लाटोकोसेरोलाई मान्छेको आवाज कम भएको तर, हावा लाग्ने ठाउँमा राख्दा तनाव कम गर्न सकिन्छ। यस्तो बेलामा पानी वा कुनै पनि खानेकुरा दिनुहुँदैन, यस्तो गर्दा मर्ने सम्भावना धेरै हुन्छ। जस्तो कि तपाईँ बिरामी परी आइसीयुमा राख्दा जबर्जस्ती मम ख्वाए जस्तो हुनसक्छ। यिनीहरुले दूध, भात वा यस्तै घरयसी खाना खादैनन्। १/२ दिन राख्दा केही नदिँदा पनि फरक पर्दैन। तर, लामो समय राख्नु परे सकेसम्म जिउँदो किरा, फट्यांग्रा, मुसा दिन सकिन्छ। नेपालमा धेरै हुचीलहरुलाई कुखुराको मासु दिएर पालिएको अनुभव पनि छ। कार्टुनको आकार ठिक्कको हुनुपर्छ, जसले गर्दा चरालाई चाहिने ठाउँ पुगोस् र ढुवानी गर्दा भित्र लड्ने सम्भावना पनि थोरै होस्। घाइते अवस्थामा एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा तारको पिँजडा सकेसम्म प्रयोग गर्नुहुँदैन। यदि शरीरको कुनै भागमा चोट लागेको तर, हड्डी बाहिर देखिएको छैन भने ती चराहरू आफ्नो वासस्थानमा फर्कन सक्छन्। छाड्नका लागि कोलाहल युक्त वातावरणबाट अलि पर अग्लो ठाउँमा लैजान सकिन्छ। यस्तो सम्भव भएन भने घरको छाना पनि प्रयोग गर्न सक्छौं। कार्टुनमा लगेको चरालाई कार्टुन नखोली केही बेर त्यतिकै राख्नुपर्छ। केही समयपछि कार्टुन खोलेर छाडिदिनु पर्छ। कहिलेकाहीँ कार्टुनबाट झिकेर हातमा राखी थोरै बल प्रयोग गरेर माथितिर छोड्दा चरालाई उड्न सजिलो हुन्छ। यसरी छोड्दा मानिसहरू एकातिर बसेर सम्भावित उड्ने ठाउँतिर स्थान खाली गरिदिनु पर्दछ। हुचीलहरुलाई बाँधेर राख्दा थप घाइते हुन सक्छ। त्यसैले लामो समय राख्नु परे खोरमा खुला राख्नु पर्दछ। अलि उज्यालोमा छाड्दा काग वा अन्य चराहरूले लखेटेर फेरि घाइते बनाउन सक्ने भएकाले बेलुकी वा बिहानको समयमा मात्रै छोड्नु पर्छ। यदि प्वाँखहरू काटिएको, भाँचिएको अवस्थामा भेटिएको छ भने उक्त लाटोकोसेरोलाई सञ्चो वा उड्न सक्ने हुञ्जेल पाल्नु आवश्यक हुन्छ। यसको लागि महिनौँ (३-६ महिना) लाग्न सक्छ। पखेटाहरू पलाइसकेपछि फेरि उड्न योग्य हुन्छन्। यस्तो अवस्थामा नजिकको चिडियाखाना वा उद्दार केन्द्र वा वन कार्यालयमा पनि राख्न सकिन्छ। उद्दार केन्द्रहरुमा राख्दा बस्नका लागि अँधेरो बक्स वा गुडको व्यवस्था गर्नु पर्दछ। त्यस्ता चराहरूलाई मानिसको पहुँचभन्दा सकेसम्म पर राख्नु पर्दछ। यदि लाटोकोसेरालाई उभिन गाह्रो भएको छ, खुट्टा बाङ्गो देखिएको छ र झोक्राएको छ भने यिनले विषादी भएको मुसा खाएको हुन सक्छन्। यस्तो अवस्थामा पुनर्स्थापना केन्द्रमा बिस्तारै आफैँ ठिक हुँदै जान्छन्। तर, यसका लागि भेटेनरी प्राविधिक वा स्वास्थ्यकर्मीको मद्धत आवश्यक हुन्छ। आन्तरिक रक्तस्राव रोक्न उनीहरूले भिटामिनको इन्जेक्सन दिने गर्दछन्। यसले रगतलाई बाक्लो बनाउने र रगत निस्कने गतिलाई नियन्त्रण गर्दछ। तार वा कुनै पासोमा परेको अवस्थामा लाटोकोसेरोहरू एकदमै आक्रामक हुन्छन्। यस्तो बेलामा हामीले उद्दार गर्दा हातमा बाक्लो पञ्जाको प्रयोग गर्नु जरुरी हुन्छ। समात्नका लागि आफूसँग भएको कपडाले अलि टाढाबाट छोपेर मात्र समाउनु पर्दछ। समाउँदा यिनको तिघ्रामा समाएर पछाडिबाट पासो हटाउनु पर्दछ। सकेसम्म पन्जा र चस्माको प्रयोग गर्दा उद्दारकर्मीहरु सुरक्षित हुन्छन्। भेटनरी डाक्टरहरूसँग नियमित सम्पर्कमा तथा सल्लाहमा उद्दार र पुनर्स्थापना गर्दा लाटोकोसेरोको बाँच्ने सम्भावना जहिले पनि बढी हुन्छ। विदेशतिर यस्ता चरालाई प्राकृतिक वासस्थानमा फर्कन सक्ने भएपछिमात्र फर्काइन्छ। यदि फर्कन नसके पनि बाँच्न सक्छ भने संरक्षणका कामहरूमा प्रयोग गरिन्छ ।
pahilopost.com
1,503,483
चलचित्र ‘नम्बरी सुन’को पहिलो गीत रेकर्ड गरिएको छ । सुवर्ण सिभान्स फिल्मस्को ब्यानरमा निर्माण हुनलागेको नम्बरी सुनको पहिलो गीत रेकर्ड गरिएको छ । संगीतकार सन्तोष श्रेष्ठले सङ्गीतबद्ध रहेको गीतमा नारायण खातीको शब्द र शान्तिश्री परियारको स्वर रहेको छ । करिब ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथालाई चलचित्रमा देखाउन लागिएको छ ।
kendrabindu.com
324,756
उपप्रधान तथा गृहमन्त्री बिष्णु पौडेलले बाढीपहिरोलगायत विपदमा परेकालाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन्। उद्धार, राहत र पुनर्स्थापनालाई उच्च प्राथमिकता दिएर काम गर्न पनि उनले निर्देशन दिएका छन्। गृह मन्त्रालयमा आज बसेको विपद सम्बन्धी बैठकमा उनले अविरल वर्षाले देशका विभिन्न भागमा जनधनको क्षति भएका विवरण आइरहेकाले उद्धार र राहतका लागि निर्देशन दिएका छन्। उनले उद्धार तथा राहतका लागि स्रोतको अभाव नहुने पनि बताए। बाढीपहिरोले भत्काएका सडक छिट्टै मर्मत गरिने पनि उनले बताए। गृह सचिव महेश्वर न्यौपानेले उद्धार तथा राहत कोषमा पाँच अर्बभन्दा बढी रकम रहेकोले राहत तथा उद्धारमा स्रोतको अभाव नहुने बताए ।
setopati.com
132,484
विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत विदेशी पर्यटक आवागमनको सङ्ख्या निरासाजनक देखिन्छ । महामारीकैबीच पनि झिनो सङ्ख्यामा भए पनि विदेशी पर्यटक नेपाल आइरहेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२१ को ६ महिनामा ५८ हजार ५८ विदेशी पर्यटक भित्रिएका छन् । वर्षको जुन महिनामा जम्मा एक हजार १४३ पर्यटक हवाई मार्ग भएर नेपाल आएका छन् । सोही महिनामा अघिल्लो सन् २०१९ मा ४४ हजार ३६९ थियो । सन् २०२० को यही महिनामा १०२ जना मात्रै विदेशी नेपाल आएका थिए । बोर्डका प्रवक्ता मणि लामिछानेका अनुसार यो वर्षको जनवरीमा आठ हजार ८७४, फेब्रुअरीमा नौ हजार १४६, मार्चमा १४ हजार ९७७ र अप्रिलमा सबैभन्दा बढी २२ हजार ४५० विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यस्तै मेमा एक हजार ४६८ र जुनमा एक हजार १४३ पर्यटक नेपाल आएका छन् । जुनमा नेपालबाट तीन हजार ६०६ विदेशी बाहिरिएका छन् ।
nepalwatch.com
6,054,227
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले विवादित बतास समूहमा आफ्नो आवद्धता नरहेको बताएकी छन् । उनले बिहीबार विज्ञप्ति जारी गरी आफू आवद्ध संस्थाको नाम सार्वजनिक गर्दै बतासमा आफ्नो संलग्नता नरहेको बताएकी हुन् । नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न लागेको र पशुपति धर्मशालामा होटल र व्यापारिक प्रतिष्ठान सञ्चालन गरेको बतास समूहको सल्लाहकारमा प्रधानमन्त्री पत्नी देउवा रहेको सार्वजनिक भएपछि उनले विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेकी हुन् । आरजुले आफू ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) को संस्थापक अध्यक्ष तथा सल्लाहकार, साथी नेपालको संस्थापक, पूर्वअध्यक्ष र सल्लाहकार, सुरक्षित मातृत्व सञ्जाल महासंघको संस्थापक तथा अध्यक्ष, नामीको अध्यक्ष रहेको उल्लेख गरेकी छन् । त्यस्तै यूलेन्स स्कुलको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र रक्तदाता संघको संरक्षकबाहेक कुनै पनि संस्थाहरुमा सल्लाहकार वा अन्य कुनै पदमा संलग्नता नरहेको आरजुले दावी गरेकी छन् ।
onlinekhabar.com
4,896,679
पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको महुली खण्डमा आईतबार राती मोटरसाईकल र म्याजिक भ्यान ठोकिएर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । राती १० बजेतिर पश्चिमबाट पुर्व तर्फ आई रहेको स ५ प ९५४५ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट गईरहेको ना ३ प ८५२८ नम्बरको म्याजिक भ्यान एक आपसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाईकल चालक सप्तरीको अग्नीसाईर कृष्णाशवरण गाउँपालिका ५ बस्ने २४ बर्षिय प्रकाश चौधरी र सोही मोटरसाईकलमा पछाडी सवार अग्नीसाईर कृष्णाशवरण गाउँपालिका ६ बस्ने २३ बर्षिय अनिल चोधरीको मृत्यु भएको हो । टाउँकोमा गम्भीर चोट लागेका दुवै जनाको विराटनगर स्थित नोबेल हस्पिटलमा उपचारको क्रममा सोमबार विहान मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानिय अस्पतालमा प्रारम्भिक उपचार पछि दुवैलाई नोबेल अस्पतालमा पठाईएको थियो, प्रहरी निरिक्षक यमलाल बन्जारेले भने, उपचारकै क्रममा सोमबार दुवैको मृत्यु भएको जानकारी प्राप्त भएको छ । तिब्र गतिका कारण अनियन्त्रित भई सो दुर्घटना भएको प्रहरीको अनुमान छ । प्रहरीले म्याजिक भ्यान र चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटना पछि अग्नीसाईर कृष्णाशवरण गाउँपालिका शोकमा छ । प्रकश र अनिलको घरमा आईतबार देखि नै होली पर्वको तयारी हुदै थियो । आधी घण्टा अघि उनीहरुले आ–आफना घरमा फौन गरी केही बेरमै पुग्ने जानकारी दिएका थिए । घरबाट मुस्किलले २ किलोमिटर टाढा थियो घटनास्थल । परिवारका सदस्यहरु पर्खाइमा थिए । तर एक्कासी दुर्घटनाको खबर आयो । होलीको रमझममा डुबेको परिवार जन एकाएक दुर्घटनाको खबरले शोकमग्न भयो । सोमबार एकाबिहान उपचारकै क्रममा दुवैको मृत्यु भएको खबर आउँदा परिवारमा भुईचालो गएको छ । परिवारजन विक्षिप्त छन । उनीहरुलाई सम्हाल्न छरछिमेकलाई हम्मेहम्मे परेको कारुनीक दृश्य घरमा देखिएको छ । जिल्लामा सवारी दुर्घटनामा ज्यान गुमाउनेमा सवै भन्दा बढी मोटरसाईक देखिएको छ । प्रहरीक ाअनुसार जिल्लामा भएका सवारी दुर्घटना मध्ये ७५ प्रतिशत दुर्घटना मोटरसाईकलकै देखिएको छ । दुर्घटनामा पर्नेमा प्राय किशोर उमेरका सवारी चालक छन् ।
rajdhanidaily.com