text
stringlengths
0
285
यसले व्यावासायिक अवसरहरू प्रदान गर्न र डिजिटल अर्थव्यवस्था बजारलाई बढावा गर्न मद्दत गर्दछ ।
शहरको केन्द्रबाट ग्रामीण क्षेत्रहरुमा कनेक्टिविटीले डाटा ट्राफिकको ग्राफ बदल्छ ।
निश्चित रूपमा यसले डाटा सेन्टर अवधारणाको तीव्र वृद्धिमा प्रभाव पार्नेछ ।
डाटा प्रवाहको कनेक्टिविटी र बृद्धिसँगै, अन्य आईसीटी सेटअपको साथ डाटा सेन्टरको आवश्यकताहरूमा वृद्धि हुनेछ ।
देशका विभिन्न भागहरूमा डाटा सेन्टरहरू निर्माण गर्दा सुरक्षित र सहज रूपमा कनेक्ट गर्न मद्दत गर्दछ ।
', 'हामी मान्दछौं, देशभरि कनेक्टिविटी बृद्धिसँगै धेरै सरकारी र सहयोगी कार्यालयहरूले शहरका केन्द्रहरूमा भर पर्नु पर्दैन ।
कनेक्टिविटीको ब्रिद्धीले उनीहरूलाई समग्र देशमा उनीहरूका कार्यालयहरू निर्माण गर्ने सुविधा प्रदान गर्दछ ।
दुबै सरकारी र निजी संस्थाहरूमा आईसीटी पूर्वाधारको बृद्धिसँगै डाटा सेन्टरको निर्माण गर्नुपर्नेछ ।
त्यस्तै, नेपालका छिमेकी देशहरुबाट अन्तर्राष्ट्रिय ब्यान्डविथ कनेक्टिभिटी बढ्न थालेपछी यस क्षेत्रबाट डाटा फ्लो पनि बढ्ने छ ।
तसर्थ, डाटाबेस सेन्टरको साथै अन्य पूर्वाधारहरूको आवश्यकता एक प्रमुख आवश्यकता हुनेछ ।