text
stringlengths
0
285
अझै अहिले त समाज विज्ञान र प्रविधिको विकासले निम्त्याएको आधुनिक जीवन शैलीसँगैै धनको आवश्यकता र उपयोगिता बढ्दै गएको छ ।
धनमा मन गएपछि मानिसले आय आर्जनका अप्राकृतिक माध्यम अपनाउँदा विभिन्न समस्या उत्पन्न भएका दृष्टान्तहरू यत्रतत्र पाइन्छ ।
', 'त्यसो त धन भनेपछि महादेवका पनि तीन नेत्र भन्ने भनाइले पनि धनप्रतिको मोहलाई पुष्टि गर्दछ ।
अहिले समाजमा ‘लोभले लाभ लाभले विलाप’ भन्ने उक्ति चरितार्थ भएका परिघटनाहरू व्याप्त छन् ।
सम्पत्तिका खातिर भाइहरूमा झगडा, द्वन्द्व, कलह र पारिवारिक विघटनका उदाहरण प्रशस्त भेटिन्छन् ।
चोरी, डकैती, लुटपा धनकै लोभका कारण उत्पन्न भएका समस्या हुन् ।
धन कमाउने लोभले मानिसले अनेक हतकण्डा गरेको पाइन्छ ।
खाद्यान्नमा मिसावट, रासायनिक मलको प्रयोग, बिचौलियाहरूको बिगबिगी, कालो बजारी, दलाली, तस्करी, भ्रष्टाचार, आर्थिक अनियमिततालगायतका काममा मानिसहरू रातदिन लागेको देखिन्छ ।
उल्लिखित कार्य धन कमाउने लालसाबाट नै निर्देशित छन् ।
', 'समाज विकासको इतिहासको अध्ययनले मानिस कुनै न कुनै रूपमा लोभ, लालचबाट मुक्त हुन नसकेका दृष्टान्तहरू भेटिन्छन् ।
औं शताब्दीमा चाणक्यद्वारा लेखिएको अर्थशास्त्रमा पनि धनको लोभले भ्रष्टाचार हुने विषय उल्लेख गरेको पाइन्छ ।
चाणक्यले त्यस तत्कालीन अवस्थामा पनि कर्मचारीले भ्रष्टाचार गर्ने गरेको दृष्टान्त प्रस्तुत गरेका छन् ।
यसैगरी मध्ययुगमा पनि समाजमा मानापाथीको नाप तौलमा बेइमानी गर्नेलाई वर्ष सजाय दिने गरेको इतिहास छ ।
उल्लिखित ऐतिहासिक दृष्टान्तले मानिसमा हरेक कालखण्डमा जसरी भए पनि सम्पत्ति कमाएर ऐस, आराम र तडकभडकको जीवन जिउने लालसा रहेको पाइन्छ ।
', 'हाम्रो समाजमा आधुनिक जीवनशैलीका कारण धन कमाउने इच्छा वा लोभ झन्पछि झन् बढेको देखिन्छ ।
धनको मुख कालो भनेझंै मानिसले धनका अगाडिजस्ता सुकै कुकर्म पनि गर्न अगाडि सरेको देखिन्छ ।
राजनीति, प्रशासन, वाणिज्य, व्यापार, निर्माण कार्यलगायतका क्षेत्रहरूमा धन आर्जनका लागि भ्रष्टाचार, कमिसन, कालोबजारी, ठगी हुने गरेको छ ।
विश्व प्रख्यात कवि कार्ल कोरसले भ्रष्टाचार अत्यन्तै खराब कार्य भएको र यसले भ्रष्टाहरूलाई नैतिक पतन गराउनुका साथै सम्पूर्ण देशको नैतिकता नै ध्वस्त पार्ने कुरा उल्लेख गरेका छन् ।
उनले भनेजस्तै समाजका हरेक ठाउँमा भ्रष्टाचार मौलाएको छ ।
समाजमा अनैतिक, अवैधानिक, बेइमानी र खराब आचरणको विकास हुँदै गएको अग्रजहरूको अनुभव छ ।
', 'भ्रष्टाचारको मुख्य कारण धन आर्जनको लालसा हो ।
हरेक ठाउँमा हुने कमिसन, अनियमितता, मिलिजुली खाने प्रवृत्तिका कारण देशका संरचनाहरू कमजोर हुने गरेका छन् ।
भ्रष्टाचारको जालो बालुवाटार, सिंहदरबारदेखि स्थानीय तहसम्म फैलिएको जानकार बताउँछन् ।
हाम्रो देशमा भ्रष्ट आचरण भएको राजनीतिक नेतृत्व एवं प्रशासकका कारण सुशासन कायम हुन सकेन भन्ने प्रशासनविद्हरूको भनाइ छ ।
सुशासन नभई विकासले गति लिन सक्दैन ।
मुलुकमा सुशासन कायम हुन नसक्नुमा राजनीतिक व्यक्ति एवं व्यक्तित्वहरूमा धन लाभका लागि भ्रष्ट आचरण जोडिएर आउँछ ।
अहिले पद, पैसा र प्रतिष्ठाका खातिर हरेक राजनीतिक पार्टीहरू घात, अन्तरघात, प्रतिघात हुँदै आपसी खिचातानी र स्वार्थमा लागि रहेका छन् ।
राजनीतिक दलका कतिपय नेताहरू कुन नेताका पछाडि लाग्दा सत्तामा जान पाइन्छ भन्ने अवस्थालाई बकुल्लाले माछा ढुकेजस्तो गरी पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ ।
आपूलाई पदलाभ र धनलाभ हुन्छ भने समाज, देश एवं नैतिकतासँगै कुनै सरोकार नराख्नेहरूको बिगबिगी छ ।
काले काले मिलेर खाउँ भालेको संस्कृति जताततै मौलाएको छ ।
', 'हाम्रो देशमा पटकपटकका राजनीतिक परिवर्तनहरूलाइ संस्थागत हुन नसक्नु, राजनीतिक दलहरू आपसमा नमिल्नु, आफन्तवादले जरो गाड्नुको पछाडि लोभ, लालसा र धनमोह नै मुख्य भूमिका खेलेको हुन्छ ।
राजनीतिमा लोभमा अडिएको खेलभित्र विकास एजेन्डा, सिद्घान्त र दृष्टिकोण गौण भएको छ ।
अहिले यही मुलुकमा जन्मिएर, यहीको माटोमा हुर्किएर, यहीका नागरिकहरूको समर्थनप्राप्त गरी गरिब जनताबाट उठेको करमा रजाइ गर्दै राज्यको नेतृत्व तहमा पुगेका व्यक्तिहरूको नाम भ्रष्टाचारमा मुछिने गरेको छ ।
दूध उम्लिएपछि पोखिन्छ भनेजस्तै अहिले नेपाल कम्युनिस्ट पार्टी पद, पैसा र लोभका कारण क्षतविक्षत भएको छ ।
', 'जननिर्वाचित प्रधानमन्त्रीले साथीहरूले काम गर्न दिएनन् भन्दै संसद् विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेका छन् ।
जननिर्वाचित प्रधानमन्त्री काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तै नागरिकहरूका दःुख, पीडा र कष्टहरूलाई छाडेर मै खाऊँ मै लाऊँ सुखसयल वा मोज मै गरूँ, मै बाचूँ मै नाचूँ अरू सब मन् दुर्बलहरू भन्ने आसयको सोंच द्वारा निर्देसित भएको देखिन्छ ।
उनको यो कार्य पद, पैसा र लोलुपताको पराकाष्ठा हो ।
अति गरे खति हुन्छ भन्ने नेपाली लोकोक्ति नेपाल कम्युनिस्ट पार्टीले भोगेको छ ।
', 'कन्प्युसियसले आपूले इज्जत पाउनका लागि अरूलाई इज्जत दिनुपर्ने धारणा राखेका छन् ।
गौतम बुद्घले मानिसलाई महान् बनाउने सदाचार र उच्च विचारले हो, भनेका छन् ।
महाकवि देवकोटाले मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन, भन्ने धारणा राखेका छन् ।
कन्प्युसियसले भनेझैं राज्यले जनताबाट इज्जत पाउन उनीहरूको विकासको चाहना पूरा गर्न सकेन ।
जनताबाट इज्जत पाउन सकेन ।
यसरी हेर्दा हाम्रो समाज, राजनीतिककर्मी, राज्यका संघसंस्थालगायत हेरक व्यक्तिमा सदाचार, सत्कर्म, नैतिकता एवं सेवाभावको क्षय हुँदै गएको देखिन्छ ।
यसो हुनमा मानिसमा त्यागको भावना हराउँदै जानु हो ।
लोभ, लालच र तृष्णाका पछाडि लाग्नु हो ।
', 'मुलुकमा विधिको शासनको पालना गर्न राज्य सक्षम नभएकाले राजनीतिक संक्रमणको आडमा कालो धन आर्जन गर्नेहरूको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।
राजनीतिक शक्तिको आडमा आप्ना दल वा गुटका कार्यकर्ताले गर्ने आर्थिक अनियमिताप्रति उच्च पदस्थ व्यक्तिहरूले आँखा चिम्लिनु नै भ्रष्टाचारलाई प्रश्रय दिनु हो ।
भ्रष्टहरूलाई कारबाही गर्नुको साटो भ्रष्टाचारीको मुद्दालाई राजनीतिकरण गर्ने जस्ता राजनीतिक दलका क्रियाकलापहरू नै देशमा समस्याहरू बढ्दै गएका छन् ।
', 'लोभ, लालसा, भ्रष्टाचार मानव निर्मित समस्या हुन् ।
भ्रष्टाचार बढाउन, घटाउन, नियन्त्रणगर्न वा निराकरण गर्ने कुरा राज्य र नागरिकको इच्छाशक्तिमा निर्भर हुन्छ ।
विधिको शासनले आर्थिक अनियमितता एवं भ्रष्टाचारलाई नियन्त्रण गर्दछ ।
ट्रास्परेन्सी इन्टरनेसनलको तथ्यांकअनुसार भ्रष्टाचार नहुने देशहरूको सूचीको पहिलो नम्बरमा डेनमार्क छ ।
यसै गरी क्रमशः न्युजिल्यान्ड, फिनल्यान्ड, सिंगापुर एवं स्विडेनलगायतका देश पर्दछन् ।
यी राष्ट्रका राज्य प्रमुख, उच्चपदस्थ कर्मचारलगायत सचेत नागरिकले देश र जनताप्रति गर्नुपर्ने कर्तव्य र सामाजिक दायित्वप्रति इमानदार भएकोले भ्रष्टाचार नभएको हो ।
त्यहाँको राज्य नागरिकप्रति जवाफदेही भई विधिको शासनमा राज्य सञ्चालन गरेकाले समाजमा कालो धन कमाउनेहरू निरुत्साहित भएका हुन् ।
', 'हाम्रो देशको भ्रष्टाचार दुरुपयोग निवारण आयोगमा बर्सेनि ÷ हजार भ्रष्टाचारसम्बन्धी उजुरीहरू पर्ने गरेता पनि भ्रष्टहरूलाई कारबाही भएको पाइँदैन ।
धन भनेपछि महादेवका त तीन नेत्र हुन्छन् भने मानिसहरूमा धनमोह हुनु अस्वाभाविक होइन ।
तथापि, अहिले समाजमा सबैभन्दा ठूलो धन भन्ने चिन्तनबाट ग्रसित भएकोल व्यक्ति, समाजको आत्मिक सुख क्षीण हुँदै गएको छ ।
सिंगो राष्ट्रको आर्थिक जीवन लथालिंग भएको छ ।
यसर्थ, को कसैले पनि धन आर्जनका लागि ठगी कार्य नगरांै ।
', 'सदाचार, कल्याणकारी भावना, सादा जीवन, उच्च विचारलाई हरेक मानिसले अवलम्बन गरौं ।
आप्नो फाइदाका लागि भ्रष्टहरू खोज्दै हिँड्ने बानीको अन्त्य गरौं ।
भ्रष्टहरूलाई सामाजिक बहिष्कार गरांै ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले भनेजस्तै घुस लिन्या र दिन्या दुवै भ्रष्ट हुन् ।
दुवै देशका शत्रु हुन् भने झंै लोभ, लालच, तृष्णा एवं भ्रष्ट आचरण भएका हरेक मानिसहरू समाजका शत्रु हुन् ।
समस्याहरूका कारक तŒव हुन् ।
यसर्थ, मिहिनेतको कमाइमा रमाउने बानीको विकास गरौं ।
'] ।
'पछिल्ला बर्षदेखि, ह्वावेले नेपालको आईसीटी उद्योगमा सेवा गर्दै आएको छ ।
सूचना र सञ्चार प्रविधि आईसीटी पूर्वाधार र स्मार्ट उपकरणहरूको विश्वाको एक अग्रणी प्रदायकको रूपमा, ह्वावे प्रत्येक व्यक्ति, घर, र संगठनको लागि पूर्ण कनेक्टेड, इन्टेलिगेन्ट संसारको लागि डिजिटल ल्याउन प्रतिबद्ध छौं ।
आर एन्ड डीमा दिगो र ठूलो लगानी ह्वावे प्रविधिको अग्रणी स्थानमा रहनुको मुख्य कारक हो ।
ह्वावेले भन्दा बढी देशहरूमा विश्वको तीन अर्ब भन्दा बढी जनसंख्यालाई जोडेको छ, नेपाल तिनीहरू मध्ये एक हो ।
', 'नेपालमा टेलिकम अपरेटरहरूसँगको संयुक्त प्रयासबाट ह्वावेले // टेक्नोलोजी नेपालमा ल्यायो र देशभर हिमालयदेखि तराईसम्म कनेक्टिविटी पु-याएको छ ।
फाेरजी टेक्नोलोजीको साथसाथै नेपालले विगतका वर्षहरूमा उच्च गुण र वेगका साथ इन्टरनेटको प्रयोगमा ठूलो बृद्धि देखेको छ ।
यस टेक्नोलोजीले संचार क्षेत्रका लागि मात्र नभई ईकमर्स, अनलाइन शिक्षा, डिजिटल फाइनान्स, अनलाइन भिडियो स्ट्रिमिङ, अनलाईन सोसल नेटवर्किङ र समग्र सामाजिक आर्थिक क्षेत्रलाई फाइदा पु-याउने अन्य अनलाइन गतिविधिहरूका लागि पनि देशलाई प्रगतिशील बनाएको छ ।
', 'कनेक्टिविटी निर्माणका साथै ह्वावेको आईसीटी टेक्नोलोजी र इकोसिस्टमले सरकारदेखी लिएर वित्तीय संस्था, एयरलाइन्स, इन्टरनेट सेवा प्रदायक, मिडिया आदिमा जस्ता विभिन्न क्षेत्रका संगठनहरूलाई मद्दत गरिरहेको छ ।
यसले आईसीटी टेक्नोलोजी प्रयोग गरेर आन्तरिक दक्षता, र उनीहरुको सेवाहरू अधिक सुविधाजनक, सजिलो, र द्रुत प्रसंस्करण बनाई डिजिटल रूपान्तरणको प्रगतिलाई गति दिन मद्दत गरेको छ ।
उपभोक्ता व्यवसायमा ह्वावे नेपालको बजारमा सब भन्दा मनपर्ने स्मार्टफोन र स्मार्ट उपकरण ब्रान्ड हो ।
ह्वावे स्मार्टफोनहरू नेपालमा सबै क्षेत्रका मानिसहरूले व्यापक रूपमा प्रयोग गर्दछन् जसले उनीहरूको जीवनलाई बढी सुविधाजनक बनाईरहेको छ ।
', 'ह्वावेले नेपालमा सधैं हाम्रो कर्पोरेट सामाजिक उत्तरदायित्वको कदर गर्दछ ।
हामीले गत बर्षदेखि नेपालमा दस हजार भन्दा बढी आईसीटी प्रतिभा विकास गर्न सफल भएका छौं ।
ह्वावे नेपालमा अनुभवी धेरै प्रतिभाहरू अहिले शीर्ष टेलिकम अपरेटरहरू, सरकारी परियोजनाहरू र नेपालका आईटी क्षेत्रहरूमा काम गरिरहेका छन् ।
ह्वावे नेपाल उत्कृष्ट प्रतिभाको लागि एक आकर्षक संस्था भएको छ, र महत्वाकांक्षी टेक्नोफाईलहरूका लागि अन्तर्राष्ट्रिय टेक्नोलोजी क्षेत्रको प्रवेशद्वार बनेको छ ।
', ' को महा भूकम्प, र मा तराई क्षेत्रको बाढी र आँधी जस्ता प्राकृतिक प्रकोपहरूमा पनि निरन्तर काम र प्रयासबाट ह्वावे नेपालको समर्पण झल्किन्छ ।
को भूकम्पमा ह्वावेले टेलिकमलाई ठीक गर्न वास्तवमै छिटो काम गरेर सञ्चार प्रणाली र उद्धार सञ्चालनमा मद्दत ग-यो ।
हामीले सगरमाथा बेस क्याम्पमा वायरलेस बेस स्टेशन साइट निर्माण गर्न टेलिकम अपरेटरहरूलाई पनि मद्दत ग-यौं, जसले सञ्चार ब्लाइन्ड स्पटलाई बाहिरी विश्वमा पूर्ण रूपमा कनेक्ट गर्न मद्दत ग-यो ।
कोभिड महामारीको बेला पनि, द्धन्रछन् टोली नेटवर्क को सहज संचालन सुनिश्चित गर्न दूरसंचार अपरेटरहरु संग रह्यो ।
', ' मा कोभिड को अचानक प्रकोपले हामी सबैलाई अपरिवर्तनीय र अन्धाधुन्ध प्रभाव पार्यो र हामी बाँचिरहेको संसारलाई सदाका लागि परिवर्तन गर्यो ।
/ मोबाइल ब्रोडब्यान्ड नेटवर्क कभरेज, डाटा सेन्टर, क्लाउड प्लेटफर्म र अन्य मजबूत आईसीटी पूर्वाधारले महामारी लड्न टेली मेडिसिन र अनलाइन भाइरस सम्पर्क ट्र्याकिंग जस्ता डिजिटल विधिलाई मात्र नभई डिजिटल अर्थव्यवस्थालाई अर्थतन्त्र सुधारको लागि एक प्लेटफर्म निर्माण गर्न सक्षम गर्दछ ।
', 'महामारीपछि नेपालमा इन्टरनेटको डाटा उपभोग दिनदिनै बृद्धि भएको छ ।
धेरै भन्दा धेरै मानिसहरू घरबाट काम र घरबाट अध्ययन गर्ने ढाँचामा लागिरहेको हुँदा दिनको समयमा अनलाइन गतिविधिहरू पनि बढेको छ ।
यद्यपि, विशेष गरी ग्रामीण क्षेत्रमा, कमजोर इन्टर्नेट ब्रोडब्यान्ड कभरेजका कारण अनलाइन प्लेटफर्म प्रयोग गर्नका लागि मानिसहरुको संख्या सीमित छ ।
काठमाडौं, पोखरा, बुटवल, चितवन जस्ता प्रमुख शहरहरू बाहेक नेपालका अधिकांश दुर्गम भागहरू अझै पनि ब्रोडब्यान्ड कनेक्टिभिटीले कभर गरिएको छैन जसले जनताको दैनिक जीवन र आर्थिक क्रियाकलापहरूलाई असर गरिरहेको छ ।
', 'सरकारले स्कूलहरूलाई डिजिटल शिक्षाका लागि सुझाव पनि दिएको छ तर ग्रामीण क्षेत्रमा कनेक्टिविटीको अभावका कारण विद्यार्थीहरू महिनौंसम्म शिक्षाबाट वञ्चित छन् ।
नेपाल सरकारले यो सुझाव पनि दिएको छ, “डिजिटल नेपालको सोच केवल प्रमुख शहरहरूलाई इन्टरनेट सेवा प्रदान गर्ने मात्र होइन तर ग्रामीण क्षेत्रमा पनि यसलाई सुलभ बनाउने बारेमा हो ।
“ तसर्थ, हामी सबैले सबै मानिसहरुमा ब्रोडब्याण्ड कनेक्टिविटी ल्याउने दिशामा सँगै काम गर्नु पर्छ, विशेष गरी महामारी पछि, ताकि सबैले डिजिटल संसार र डिजिटल एप्लिकसन जस्तै ईकमर्स, अनलाइन शिक्षा, डिजिटल फाइनान्स, अनलाइन भिडियो स्ट्रिमिङ, र अनलाइन सामाजिक नेटवर्किंगबाट लाभान्वित हुन सक्दछ ।
', 'कनेक्टिविटीको बृद्धिले जनसंख्याको विशाल बहुमतलाई असर गर्ने डाटाको उपयोगमा उल्लेखनीय वृद्धि हुनेछ ।
यद्यपि कनेक्टिविटीको सहज र राम्रो प्रदर्शन, डाटाको बहाव र आईटी स्रोतको मागको लागि आईसीटी पूर्वाधार र डाटा सेन्टरको आवश्यक पर्नेछ ।