content
stringlengths 20
64.1k
⌀ |
---|
एनआरएनए चुनावः १५ पदाधिकारी निर्विरोध, नेतृत्वमा थापा र केसीबीच प्रतिस्पर्धा हुने काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी नेतृत्वका लागि वर्तमान उपाध्यक्षद्वय रविना थापा र डा. बद्री केसीबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । संघको निर्वाचन समितिले तोकेको समय सीमाभित्र दुई जनाको मात्र उम्मेद्वारी कायम भएपछि उनीहरूबीच प्रतिस्पर्धा हुने भएको हो ।
उम्मेद्वारी दर्ताका लागि दिइएको समय ७–११ मार्चसम्म एनआरएनएको विभिन्न ५१ पदका लागि ६१ जनाभन्दा बढीले उम्मेद्वारी दर्ता गराएका थिए । तीमध्ये विभिन्न १५ पदमा निर्विरोध चयन भएका छन् ।
हाल संघको संशोधित विधानअनुसार उपाध्यक्ष पदमा एक महिला र एक युवासहित ६ जना रहने व्यवस्था गरिएको छ । उपाध्यक्ष खुलातर्फ ६ जनाको उम्मेद्वारी परेको छ । खुला उपाध्यक्ष पदका लागि डा. हेमराज शर्मा (बेलायत), धर्मराज अधिकारी (अष्ट्रेलिया), डिबी क्षेत्री (ओमन), जयप्रकाश गुरुङ (बेलायत), आरके शर्मा (कतार) र टंक गैरे (जापान)ले उम्मेद्वारी दिएका छन् । यीमध्येबाट अत्याधिक मत ल्याउने चारजना मात्र निर्वाचित हुनेछन् ।
यस्तै महिला उपाध्यक्षमा साउदीबाट यासमिन बेगम सैयद र युवा उपाध्यक्षमा अफ्रिकाबाट रोशन थापाको उम्मेद्वारी परेको थियो । दोहोरो उम्मेद्वारी नपरेको कारण महिला र युवा उपाध्यक्ष निर्विरोध चयन भएका छन् ।
महासचिव पदको लागि अमेरिकाका गौरीराज जोशी र बेलायतका विनय अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै खुला सचिवतर्फ बेलायतबाट रामशरण सिम्खडा, जापानबाट ओम गुरुङ, अष्ट्रेलियाबाट अभिमासिंह बस्नेत, अमेरिकाबाट शंकर खड्का र क्यानाडाबाट चिरन्जीवी घिमिरेको उम्मेद्वारी परेको छ । यीमध्येबाट तीन जना निर्वाचित भएर आउनेछन् ।
महिला सचिवमा भने हङकङबाट राधिका गुरुङ ९टीका०को एकल उम्मेद्वारी परेकोले निर्विरोध चयन भएकी छिन् । यस्तै कोषाध्यक्षमा बेल्जियमबाट लोकप्रसाद दाहाल र नेदरल्याण्डबाट फडिन्द्र पन्तबीच चुनाव हुने पक्का भएको छ । यसैगरी दक्षिण कोरियाबाट यज्ञराज सुवेदी सहकोषाध्यक्षमा निर्विरोध चयन भएका छन् ।
त्यस्तै महिला सहकोषाध्यक्षको जिम्मेवारी अमेरिकाकी यमुना भट्टराइले पाएकी हुन् । त्यसैगरी महिला संयोजकमा संगीता मरहठ्ठा र युवा संयोजकमा रविन्द्र खड्का निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।
यता ५ क्षेत्रीय संयोजक पनि निर्विरोध चयन भएका छन् । मध्यपूर्व संयोजकमा राजेन्द्र अर्याल (जोन), एसिया प्यासिफिकमा पारसमणि पोखरेल, युरोप संयोजकमा सन्तोष कुमार भट्टराई, अमेरिकाज संयोजकमा प्रकाश सापकोटा, अफ्रिका संयोजकमा राजकुमार थापा निर्विरोध चुनिएका हुन् ।
ओसेनिया क्षेत्रीय संयोजकका लागि भने तीनजनाले उम्मेद्वारी दिएका छन् । न्युजिल्याण्डका लालबहादुर केसी तथा अष्टे«लियका दिपक शर्मा र दिनेशराज जोशीबीच प्रतिस्पर्धा हुने भएको हो ।
युरोप उपसंयोजक तीन पदको लागि चारजनाको उम्मेद्वारी परेकोमा सागर सुवेदीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि ललितकुमार न्यौपाने, डा। नवराज रोस्यारा, चित्रबहादुर सुवेदी निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै एसिया प्यासेफिकमा दुई पदको लागि तीन जनाको उम्मेदवारी परेको छ । ददिवल खड्का (जापान), नविन विक (चीन) र हरिप्रसाद भट्टराई (मलेसिया)बीच प्रतिस्पर्धा हुने भएको हो ।
त्यसैगरी अमेरिकाज क्षेत्रीय उपसंयोजकमा अभिमन्यु बस्नेत र पुरुषोत्तम बोहोरा निर्विरोध निर्वाचित भएका छन् । मध्यपूर्वको दुई उपसंयोजक पदमा तीनजनाबीच प्रतिस्पर्धा हुनेछ । लालप्रसाद पुन (बहराइन), अमित राई (कुवेत) र कृष्णबहादुर हमाल (यूएई) बीच भिडन्त हुने भएको हो ।
यता अफ्रिका क्षेत्रीय उपसंयोजकमा रामप्रसाद पन्त र ओसेनिया उपसंयोजकमा अशोक केसी र रामराज ओली निर्विरोध भएका छन् । यस्तै सबै क्षेत्रका महिला संयोजक निर्विरोध चुनिएका छन् । जसमा तृष्णा शर्मा अमेरिका, पानकुमारी मल्ल युरोप, शान्तिदेवी अधिकारी एसिया प्यासिफिक, उषा किरण बरिया ओसेनिया रहेका छन्।
यस्तै क्षेत्रीय महिला उपसंयोजकमा इन्दिरा त्रिपाठी अमेरिकाज र डा. इन्दिरा तिवारी एसियामा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै क्षेत्रीय युवा संयोजकमा किरण गुरुङ युरोप, स्वराज खाती क्षेत्रीय युवा संयोजक, दिपक प्रसाद कंडेल एसिया प्यासिफिक, रोजनराज घिमिरे अफ्रिका र प्रदीप रुपाखेतीले ओसेनिया युवा संयोजकमा निर्विरोध भए । संयोजकमा युरोपबाट रोबट लिम्बू र अमेरिका युवा उपसंयोजकमा ईश्वर खत्री निर्विरोध भएका छन् ।
संघको निर्वाचन आगामी २१ र २२ मार्चमा अनलाइनमार्फत हुँदै छ । |
निर्वाचन अनुगमन समिति गठन लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन २२ मार्चदेखि २५ मार्चसम्म काठमाडौंमा हुने भएको छ । महाधिवेशनमा हुने निर्वाचन मूल्यांकन गर्न संरक्षक परिषदले सोमबार पाँच सदस्यीय निर्वाचन अनुगमन समिति गठन गरेको छ ।
महाधिवेशनको नेतृत्व चयनको लागि हुने निर्वाचन मूल्यांकनका लागि संघको बिधान २०२१ को दफा २१ को उपदफा ८ अनुसार निर्वाचन अनुगमन समिति गठन गरिएको हो ।
अनुगमन समितिमा दिल गुरुङ, हिक्मत थापा, बिश्वो आदर्श पण्डित, नरेन्द्र भाट र सनिकुमार ओली छन् । |
श्रममन्त्री श्रेष्ठ नेतृत्वको टोली युएई, सेसेल्स र कतार जाँदै, यस्तो छ भ्रमण तालिका काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली युएई, सेसेल्स र कतारको भ्रमणका लागि सोमवार त्यसतर्फ प्रस्थान गर्दै छ ।
नेपाल–युएई संयुक्त समितिको बैठकका साथै रोजगारीका लागि पर्यटन भिसामा संयुक्त अरव इमिरेट्स पुगी अलपत्र परेका नेपालीहरुको समस्या समाधानका लागि मन्त्री श्रेष्ठ नेतृत्वको टोली युएई प्रस्थान गर्न लागेको हो ।
भ्रमण टोलीमा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा।थानेश्वर भुषाल, परराष्ट्र मन्त्रालयका उपसचिव प्रकाश अधिकारी र केन्द्रीय अनुसन्धान व्युरोका प्रहरी नायव उपरीक्षक रोशन खड्का छन् ।
भिजिट भिसामा लैजाने व्यक्ति\संस्थाहरूलाई कानुनी दायरामा ल्याउन केन्द्रीय अनुसन्धान व्युरोका प्रहरी नायव उपरीक्षकलाई पनि टोलीमा समावेश गरिएको हो ।
भ्रमणका क्रममा मन्त्री श्रेष्ठले संयुक्त अरव इमिरेट्सका आफ्ना समकक्षीका अतिरिक्त त्यहाँका उच्चपदस्थ अधिकारी र नेपाली श्रमिकहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ ।
मन्त्री श्रेष्ठले मंगलबार भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका उपायहरूबारे युएईका मानव संशाधनमन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारसँग छलफल गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।
मंंगलबार नै नेपाल–युएई संयुक्त समितिको बैठक उद्घाटन सत्रमा मन्त्री श्रेष्ठले सम्बोधन गर्नेछन् । नेपाल–युएई संयुक्त समिति बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सहसचिव राजीव पोखरेलले गर्नेछन् ।
नेपाल–युएई संयुक्त समितिको बैठकमा सन् २०१९ मा भएको श्रम–सम्झौता कार्यन्वयनमा देखापरेका समस्या समाधानबारे छलफल हुनेछ । बुधवार मन्त्री श्रेष्ठले आबुधावीस्थित नेपाली दूतावासमा नेपाली श्रमिकले भोगेका समस्या र समाधानबारे नेपाली समुदायसँग छलफल गर्नेछन् ।
मन्त्री श्रेष्ठ नेतृत्वको टोलीले बुधवार दुबईमा सरकार मातहत रहेका आप्रवासी घरेलु श्रमिक सेवा प्रदायक संस्थाहरु (तडवीर सेन्टर) मा भ्रमण गर्ने कार्यक्रम छ । सोही दिन उनले दुबईमा रहेका नेपाली समुदाय तथा श्रमिकहरुसँग अन्तरक्रिया गर्नेछन् ।
मन्त्री श्रेष्ठ नेतृत्वको टोली बिहिबार साँझ अफ्रिकी मुलुक गणतन्त्र सिसेल्स प्रस्थान गर्नेछ । वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकहरु लैजान गणतन्त्र सेसेल्सबाट प्राप्त द्विपक्षीय श्रम सम्झौताको प्रस्ताव र रोजगारीका थप अवसरहरुबारे त्यहाँका उच्च अधिकारीहरुसँग छलफल हुनेछ ।
भ्रमण टोली आइतबार कतार जाने र सोमबार कतारसँगको श्रम सम्झौता नविकरणबारे उच्चस्तरीय छलफल गर्ने कार्यक्रम छ । मन्त्री श्रेष्ठ नेतृत्वको टोली ८ चैत मंगलबार स्वदेश फर्कने कार्यक्रम छ । |
अमेरिकामा नेपालीहरुको राष्ट्रिय सम्मेलन हुँदै वाशिंगटन डिसी । अमेरिकामा बसेका नेपालीहरुको राष्ट्रिय सम्मेलन टेक्सासको ड्यालस शहरमा हुने भएको छ । एसोसिएसन अफ नेप्लिज इन अमेरिका (ए.एन.ए.) को अगुवाइमा सो सम्मेलन हुन लागेको हो । एएनएका अध्यक्ष विजयराज भट्टराईका अनुसार जुलाई २ र ३ मा नेपाली समाज टेक्सासको होष्टमा सो सम्मेलन आयोजना हुन लागेको हो ।
मार्च १२ शनिवार यसबारे पत्रकार तथा सामाजिक संघ संस्थाहरुलाई जानकारी दिन राखिएको कार्यक्रममा सम्मेलनका चेयर तथा ए.एन.ए. का अध्यक्ष विजयराज भट्टराई र नेपाली समाज टेक्सास (एन. एस. टी.) का अध्यक्ष तथा कन्भेनर राजेन्द्र वाग्लेले कार्यक्रमको बिस्तृत जानकारी दिएका थिए ।
ए.एन.ए. बोर्ड अफ डिरेक्टर कृष्ण कुसुमले संचालन गरेको उक्त कार्यक्रममा टेक्सासको डाल्लास क्षेत्रमा रहेका पत्रकारहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो ।
संसारका बिभिन्न देशमा रहेको प्रबुद्ध नेपालीहरु, आ–आफ्नो बिषयमा विज्ञता प्राप्त व्यक्तिहरु समेटेर बिशेष जानकारीमुलक कार्यक्रमहरु राखिएको एएनएले जनाएको छ ।
सम्मेलनका चेयर तथा कन्भेनर द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा सवै संघ संस्थाहरुलाई जोडेर यस सम्मेलनलाई नेपालीहरुको एउटै आवाजको रुपमा अघि बढाउन अनुरोध समेत गरिएको छ । सम्मेलनमा नेपाल फोरम, टेक्नोलोजिकल ट्रान्सफर्मेशन, बिजनेस फोरम, किड्स इभेन्ट्स, वुमेन्स फोरम, ब्रेन गेन\ब्रेन ड्रेन, डिजे\कन्सर्ट, स्पोर्ट्स को अलावा फिल्म फेस्टिभलको आयोजना गरिने भएको छ ।
अमेरिकामा संघ संस्थाको इतिहासमा जुलाई महिनालाई ए.एन.ए. महिना पनि भन्ने गरिन्छ । सन १९८३ को स्थापनाकालदेखि नै जुलाई ४ को सप्ताहन्त यस संस्थाले बिबिध कार्यक्रम तथा सम्मेलन आयोजना गर्दै आइरहेको छ ।
|
दुई वर्षदेखि बन्द मलेसियाको श्रम स्वीकृति खुला काठमाडौं । सरकारले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुनः सुरु गर्ने निर्णय गरेको छ।
दुई वर्षदेखि मलेसियाको श्रम स्वीकृति बन्द थियो । मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेको थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिब दुई वर्षदेखि रोकिएकोमा प्रचलित कानुन अनुसार पुनस् सुरु गर्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन्।
वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल–मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी दूतावासबाट प्रमाणिकरण भएर आएका मागपत्र अनुसार श्रम स्वीकृति दिने निर्णय भएको छ। |
बागलुङ सेवा समाज कतारको अध्यक्षमा पुनः सन्तोष पौडेल कतार। बागलुङ सेवा समाज दोहा कतारको शुक्रबार सम्पन्न १२औँ अधिवेशनबाट अध्यक्षमा पुनः सन्तोष पौडेल सर्वसम्मत चयन भएका छन्। बाग्लुङ नगरपालिका-१४ घर भएका पौडेल कतारमा लामो समय देखि कार्यरत छन्।
सामाजिक काममा निकै सकृय पौडेल ११ औं अधिवेशनबाट पहिलो पटक अध्यक्ष निर्वाचित भएका थिए। कोरोनाको प्रकोप बढेको बेला उनि समाज मार्फत नेपालमा राहत पुर्याएका थिए भने अन्तराष्ट्रिय बाग्लु समाजको सदस्य समेत रहेका कारण उक्त समितिमा पनि पौडेलले जिल्लाका विकट ठाउँमा कोरोना रोकथामका लागी राहत सामाग्री पुर्याउन महत्वपुर्ण सहयोग गरेका थिए।
कार्यसमितिका अन्य सदस्यहरूमा प्रथम उपाध्यक्षमा सत्यकि प्रताप दोस्रो उपाध्यक्षमा टेक रझाइली र त्रितिय उपाध्यक्षमा चेतन पुन निर्वाचित भएका छन् भने सचिवमा ईश्वर सापाकोटा र निराजन गौतम त्यस्तै सहसचिबमा बाबुराम गैरे ,कोषाध्यक्षमा गोपाल थापा, सह-कोषाध्यक्षमा कृष्ण सिर्पाली र सदस्यहरु जल पुन ,हिरा बि क ,कृष्ण गिरी ,इन्द्र बोहोरा ,चन्डी प्रसाद गौतम ,दोलिन्द सुबेदी , शरदा गिरी छन् । नवनिर्वाचित अध्यक्षका अनुसार थप १० जना जिल्लाको भेगलाई समेट्ने गरी पहिलो बैठकले गर्ने निर्णय बताए।
कार्यक्रममा अन्तराष्ट्रिय बागलुङ समाजका संरक्षक होमनाथ शर्मा, उपाध्यक्ष रमेश भट्ट लगायत अन्य संध संस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रम कतारको अलढोसरी गर्डन साहनीयामा सम्पन भएको थियो।
|
ऐतिहासिक नेपाल-जापान सम्बन्धः नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा काठमाडौं । सरकारीस्तरमै उच्च शिक्षाका लागि नेपाली विद्यार्थी जापान गएको १२० वर्ष पूरा भएको छ । राणाकालीन सुधारवादी प्रधानमन्त्री श्री ३ देवशम्शेरले आफ्नो छोटो कार्यकालमा आठ जना नेपाली विद्यार्थीलाई सरकारी खर्चमा विभिन्न विषयमा अध्ययनको लागि जापान पठाउने निर्णय गरेका थिए ।
त्यसपछिका प्रधानमन्त्री श्री ३ चन्द्र शम्शेरले ती विद्यार्थीलाई सन् १९०२ मार्च ८ मा भारत हुँदै जापान पठाएका थिए । आठ जना नेपाली विद्यार्थीलाई पढाइमा कुनै दुःख नहोस् भनेर उनीहरुको साथमा १७ जना सुसारे पनि जापान पठाइएको थियो । उनीहरुको गाइडका रुपमा स्वामी पुरानन्द गिरी पनि साथमा गएका थिए । यसरी पहिलोपटक जापानमा उच्च शिक्षा पढ्न जाने नेपाली विद्यार्थीहरुमा जंगनरसिंह राणा र भक्तबहादुर बस्न्यात हतियार इञ्जिनीयरिङ, देव नरसिंह राणा र बालनरसिंह रायमाझी खनिज, दीप नरसिंह राणा कृषि, हेमबहादुर राजभण्डारी मेकानिकल इञ्जिनिरिङ, रुद्रलाल सिंह व्यावहारिक रसायनशास्त्र र विचारमान सिंह सेरामिक्स (माटोको भाँडा, पछि रेशम खेती) बारे थिए ।
नेपाली विद्यार्थी जापानमा उच्च शिक्षा पढ्न जान थालेको १२० वर्ष पुगेको अवसरमा जापानमा उच्च शिक्षा पढेर फर्केका नेपाली विद्यार्थीहरुको संस्था ‘जुआन’ले आज राजधानीमा अन्तरक्रियाको आयोजना ग¥यो । कार्यक्रममा नेपालका लागि जापानी राजदूत युताका किकुताले नेपाल र जापानबीचको सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गर्दै कोरोना महामारीका कारण विगत दुई वर्षदेखि जापानमा पढ्न जान नपाएका नेपाली विद्यार्थीहरुका लागि सोमबार १४ मार्चदेखि राजदूतावासले सहज बनाउने बताए । पछिल्लो समय नेपाली युवा विद्यार्थीहरु अध्ययनको लागि जापानमा आर्कषित हुन थालेको राजदूत किकुताको भनाई थियो ।
सन् १९६० मा जापानमा उच्च शिक्षा अध्ययन गरेर नेपाल फर्केका तत्कालीन ‘जुसान’ का पूर्वअध्यक्ष हरेन्द्र वरुवाले नेपाली विद्यार्थी जापान गएर पढ्न थालेको इतिहासबारे जानकारी गराएका थिए । त्यतिखेर नेपाली विद्यार्थीले जापानबाट उच्च शिक्षाको साथै जापानी कला संस्कृति र आफ्नो राष्ट्रियताको सम्मान गर्ने शैली पनि सिकेर फर्केको उनले उल्लेख गरे । दोस्रो विश्वयुद्धपछि जापान आधुनिकीकरण भएको तर आफ्नो परम्परा र संस्कृतिलाई भने जीवित राख्न सफल भएको वरुवाले बताए ।
जुआनका अध्यक्ष डा. प्रवीण श्रेष्ठ, जापान वैदेशिक सहयोग नियोग ‘जाइका’ का प्रमुख प्रतिनिधि आकिमिचु ओकुबो, जुआनका उपाध्यक्ष डा खड्ग केसी, महासचिव डा जीवन भट्टराई, जानका अध्यक्ष डा रामचन्द्र भुषाल, ओट्सका अध्यक्ष प्रशन्नलाल श्रेष्ठ, जाल्टानका अध्यक्ष मनिष श्रेष्ठ, फुलब्राइटका अध्यक्ष किर्तिविलाश जोशी, ब्रिटिस एलुम्नाईका अध्यक्ष डा उत्तमबाबु पन्त, आनाका अध्यक्ष अनन्त पौडेल, राईसनका अध्यक्ष डा ताराप्रसाद सापकोटा, जुआनका पूर्वअध्यक्ष डा दिनेशराज भुजु, अशोक शम्शेर राणालगायतले नेपाल जापान सम्वन्धका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकको पहिलो वैदेशिक खाता जापानमा खोल्न विशेष योगदान गरेका नेपाल राष्ट्र बैंकका पहिलो गर्भनर हिमालय शम्शेर राणालाई जुआन संस्थाको संरक्षकमा मनोनित गरेको घोषणा गरियो । जुआनका संस्थापक अध्यक्ष इलेक्ट्रिकल इञ्जियीर पद्मसुन्दर मल्ल छन् र उनले सन् १९१६ मा जापानमा अध्ययन गरेका थिए । |
एनआरएनएको अध्यक्षमा थापा र केसीको भिड्न्त, आचार्य ‘रिङ आउट’ काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि दुई जनाको दावेदारी परेको छ।
अध्यक्ष पदमा अमेरिकाबाट रवीना थापा र रसियाबाट डा. बद्री केसीले उम्मेदवारी दर्ता गराएका हुन्। थापा र केसी दुवै वर्तमान कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारीमा छन् ।
संघको निर्वाचन समितिका अनुसार शुक्रबार बेलुका ५ बजेबाट मनोनय दर्ता सकिएको छ। नयाँ नेतृत्वका लागि निर्वाचन २१ र २२ मार्चमा अनलाइन प्रक्रियाबाट हुँदैछ ।
अमेरिकामा व्यवसाय गर्दै लामो समय एनआरएनएको अभियानमा सक्रिय थापा संघमा महिला नेतृत्वलाई स्थापित गर्ने अभियानमा छिन् ।
थापा जमुना घलेपछि एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने दोस्रो महिला बनेकी छिन् । विशेषतः महिला र युवाको पक्षमा आवाज बुलन्द पार्दै आएकी थापा पहिले जापानमा अन्य सामाजिक संघसंस्थामा समेत सक्रिय थिइन।
नेपालमा हाइड्रोलगायत विभिन्न व्यवसायमा सक्रिय उनी अन्तर्राष्ट्रिय मानवअधिकार जस्ता संघसंस्थामा लामो अनुभव बोकेकी नेतृ पनि हुन् । एनआरएनएको उपाध्यक्ष पदमा निर्वाचित भएपछि उनले संघको युवा तथा महिला विभागको संयोजक भएर काम गरेकी थिइन।
थापाको कार्यकालमा एनआरएनएमा महिला सहभागिता समेत बढेको थियो। उनको एक मात्र उद्देश्य छ–एनआरएनएको दुई दशक लामो इतिहासमा अब महिलाले नेतृत्वदायी भूमिका लिने बेला आइसकेको छ। उनी यसका लागि आफू योग्य उम्मेदवार भएको दावी पनि गर्छिन। थापालाई ‘डेमोक्रयाट’ खेमाको समर्थन छ।
अर्का प्रत्यासी केसी डा. केसी विगत ३१ वर्षदेखि रसियामा बस्दै आएका छन् । केसी संघ अन्तर्गतको वैदेशिक रोजगार तथा कल्याकारी विभागका प्रमुख समेत हुन् । स्थापनाकालदेखि सक्रिय डा. केसीले संघको आगामी नेतृत्वका लागि आफू स्वभाविक उम्मेदवार भएको बताए।
डा. केसीले आफू नेतृत्वमा निर्वाचित भएको खण्डमा संघले हालसम्म प्राप्त गरेको उपलब्धीलाई थप उचाईमा पुर्याउने दावी गरे। आफू दलीय भागबण्डाभन्दा पनि संस्थाको हितमा विश्वास राख्ने अभियन्ता भएको केसीको दावी छ । सबैको साझा उम्मेदवार भनेर चिनिए पनि डा. केसी वामपन्थी निकट मानिन्छन् ।
यता अध्यक्षका अर्का प्रत्यासी कुल आचार्य भने चुनावी मैदानमा सहभागी भएनन् । प्रतिनिधि छनोटमा धाँधली भएको भन्दै आचार्यसहित निकटका केही उम्मेदवारले मनोनय नै दर्ता गराएनन् । आचार्य अघिल्लो निर्वाचनमा अध्यक्ष पदमै कुमार पन्तसँग पराजित भएका थिए । दोस्रो पटक नेतृत्वमा आउने चाह राखेर तयारीमा जुटेका आचार्य अन्तिममा चुनावी प्रक्रियाबाट बाहिरिएका हुन् । |
एनआरएनए प्रमुख संरक्षक घलेद्वारा महाधिवेशन आयोजक समिति गठन, निर्वाचन समिति पुनर्गठन काठमाडौं । गैर आवासीय नेपाली संघ ९एनआरएनए० का प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेका छन् ।
गैर आवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधन सहित) को धारा १६.१.४ अनुसार उनले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति पनि गठन गरेका हुन् ।
गत वर्ष निर्वाचित एनआरएनएका ६५ राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरु मध्ये ५० भन्दा बढी एनसीसीहरुले गत आइतबार एक बैठक गरी प्रमुख संरक्षक घलेलाई संस्थाको संरक्षण गर्न आवश्यक सबै कदम चाल्न म्यान्डेट दिएका थिए ।
निर्वाचन समितिको प्रमुख निर्वाचन अधिकृतमा विश्व बराल (अमेरिका) तथा सदस्यहरुमा इन्द्रा बन (अस्ट्रेलिया), अधिवक्ता बासुदेव फुलारा (अमेरिका), मेजर (रिटायर्ड) डमर घले (युके), पुष्प थापा (जर्मनी), बिमल सुवेदी (कतार) तथा प्रकाश धमला (दक्षिण कोरिया) रहेका छन् ।
प्रमुख संरक्षक शेष घलेले संघको दशौँ महाधिवेशन आयोजना गर्न एक महाधिवेशन आयोजक समिति पनि गठन गरेका छन् । संघका उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा गठित महाधिवेशन आयोजक समितिको सह–संयोजकमा अर्का उपाध्यक्ष मन केसी रहेका छन् । आयोजक समितिको सदस्यमा सबै एनसीसी अध्यक्षहरु, आइसीसीका पदाधिकारीहरु, क्षेत्रीय संयोजक तथा क्षेत्रीय उपसंयोजकहरु लगायत रहने छन् ।
दशौँ महाधिवेशन मार्च २२ देखि २५ तारिख (चैत्र ८ देखि ११) सम्म काठमाडौँमा आयोजना हुने बताइएको छ ।
गत अक्टोबर २०२१ मा हुनुपर्ने दशौँ महाधिवेशन र निर्वाचन प्रतिनिधि विवादका कारण हुन नसकेपछि आइसीसीले प्रमुख संरक्षक डा. शेष घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो ।
उच्चस्तरीय समितिले झन्डै २ हजार ६०० मतदाताहरु रहेको सूची तयार गरेको छ । सोही सूचीको आधारमा निर्वाचन गराइने जनाइएको छ ।
प्रमुख संरक्षक घलेले संघका सबै डेलिगेट्स तथा अभियन्ताहरुलाई सकभर छिटो काठमाडौँ आउन आग्रह गरेका छन् । उनले संस्था जोगाउन र एकजुट पार्न विधानले दिएको अधिकार प्रयोग गरी आफुले उक्त निर्णय गरेको बताए । उनले नेपाल सरकारसंग सहकार्य गरी सभ्य र भव्य रुपमा दशौँ महाधिवेशन सम्पन्न गर्न सहयोग गर्न सबैलाई अपिल पनि गरेका छन् । |
युक्रेनबाट द्वन्द्व प्रभावित नेपालीकाे उद्धार सकियाे, ५८४ नेपाली सुरक्षित गन्तव्यमा काठमाडाैं। रुस-युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीको उद्धार कार्य सकिएकाे छ। जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको जनाए।
खड्काले अन्य देशको तुलनामा नेपालीहरुको उद्धार कार्य निकै छिटोछरितो भएका कारणले युद्धमा नेपालीको ज्यान सुरक्षित रहेको बताए। युद्ध सुरु भएपछि युक्रेनमा रहेका नेपाली पोल्याण्ड, स्लोभाकिया, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेछन्।
पछिल्लो तथ्यांक अनुसारपोल्याण्डमा ४६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा ८ जना, र ४ माल्दावामा नेपाली पुगेका हुन्। हाल सम्म ५८४ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन्।
राजदुत खड्का अनुसार ३ जना नेपालीलाई भारतीय उडानमार्फत उद्धार गरिएको छ। उनीहरु भारतको नयाँदिल्ली हुँदै नेपाल आउने तयारीमा छन् ।युक्रेनबाट निस्केकामध्ये ४० जना नेपालीले यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ।
करिब ३८ जनाको परिवार आफ्नो व्यवसायसहित स्थायी बसोबास गर्दे आएकाले पारिवारिक, कानुनी र व्यवहारिक कारणले युक्रेनमा रहेका छन्। उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष बद्री केसीले युक्रेनकाे युद्धमा परेका नेपालीको उद्धारका लागि नेपाली समुदायले ठूलो सहयोग गरेकाे बताए।
|
विवादमा परराष्ट्रमन्त्री खड्का : उद्धार गर्ने नेपाली, धन्यवाद पाउने भारत लण्डन। युक्रेन र रुसको युद्धबाट विस्थापितको उद्धारमा भारत सरकारको सहयोग रहेको नेपालका परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायले आपत्ति प्रकट गरेको छ।
मन्त्री खड्काले सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा युक्रेनमा रुसी आक्रमणपछि भारतको उद्धार टोलीको सहयोगमा नेपालीको उद्धार गरेको बताएपछि गैरआवासीय नेपाली संघ पोल्याण्डले आलोचना गरेको छ।
संघले मंगलबार विज्ञप्ति जारी गर्दै अलपत्र नेपालीको भारत लगायत देशले उद्धार गरी पोल्याण्ड लगायत देशमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको भन्ने भनाई आफैँमा प्रमाणविहीन, हास्यास्पद र लज्जाबोध भएको जनाएको छ।
विज्ञप्तिमा पोल्याण्डको गैरआवासीय नेपाली संघले जर्मनीको बर्लिनस्थित नेपाली दूतावासको समेत समन्वयमा युक्रेनमा रहेका १५ जनालाई सुरक्षित रुपमा पोल्याण्ड ल्याएको, २९८ जनाभन्दा धेरै नेपालीलाई पोल्याण्डमा खान, बस्न प्रबन्ध मिलाएको,युक्रेनबाट विस्थापित भएका नेपालीलाई सहयोग गर्न टास्क फोर्स गठन गरिएको उल्लेख छ । संघले एक सय जनाभन्दा बढीलाई आफ्नै व्यवस्थापनमा सहयोग गरिएको जनाएको छ।
विज्ञप्तिमा युक्रेनमा अलपत्र नेपालीको उत्थानमा नेपाल सरकारले यथोचित ध्यान नदिएको र नेपाली सस्था र समुदायको प्रयासले उद्धार गरिएका नेपालीलाई छिमेकी देशको मद्दतले भएको भन्ने भनाईले सरकारी संयन्त्र नै नेपाली संस्था र गैरआवासीय नेपाली संघमाथि अविश्वास पैदा गरेकाे उल्लेख छ।
यसअघि गैरआवासीय नपाली संघ र जर्मन, रुसस्थित नेपाली राजदूतहरु रहेको एक उच्चस्तीय समितिमार्फत् नेपालीको उद्धारको थियो । नेपालीको उद्धारका लागि नेपाली संघसंस्था, एनआरएनए, र जर्मनका लागि नेपाली राजदूत रामकाजी खड्का सीमा क्षेत्रमा खटिएका थिए।
|
रुस-युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ नेपाली सुरक्षित स्थानमा पुगे लन्डन। रुस-युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ जना नेपालीहरु सुरक्षित स्थानमा पुगेका छन्। गैरआवासीय नेपाली संघ, रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतका देशमा पुगेका हुन्।
अहिलेसम्म पोल्याण्डमा ४४३ जना, स्लोभाकिया ७८ जना, रोमानियामा २४, हंगेरीमा १३ जना, र ४ माल्दावा पुगेका हुन्। युक्रेन युद्धबाट बिस्थापित भएर बिभिन्न देशका सीमाबाट निस्किएका नेपालीहरु सुरक्षित बसोबास र भविष्यका लागि तेस्रो मुलुकतर्फ लागेका हुन्।
उनीहरुमध्ये करिब ४ दर्जन नेपाली गैरआवासीय नेपाली संघ प्रोर्चुगलको सम्पर्क पुगेको संघका महासचिव राज कुमार थापाले जनाकारी दिए। उनीहरुलाई एनआरएन प्रोर्चुगलले आवश्यक कानुनी तथा व्यवहारिक विषयमा सुझाव र सहयोग प्रदान गर्दै आएको छ।
यसैबीच युक्रेनको खारकिभ शहरमा अलपत्र परेका कमल पोखरेलसहित ६ जनाको समूह सुरक्षित ढंगले पोल्याण्डको सीमा क्षेत्रमा पुगेको उच्चस्तरीय समितिका सदस्य सचिव डा. चिरन्जीबी खड्काले जानकारी दिए।
युक्रेनबाट विस्थापितहरुलाई नेपाली समुदायकै सहयोगमा बिभिन्न स्थानमा खाना, बस्न र सामान्य उपचारको बन्दोबस्त समेत गरिएको बर्लिनस्थित नेपाली दूतावासले जनाएको छ।
दूतावासले युक्रेनबाट निस्केका नेपाली नागरिकहरुलाई भारत सरकारबाट सञ्चालित उडानमार्फत नेपाल पठाउन आवश्यक पहलसमेत भइरहेको जनाएको छ।
उद्धार समितिले युक्रेनबाट विस्थापित भएका नेपालीहरुको नियमित रुपमा तथ्यांक संकलन गर्दै आएको छ। |
नापाको तेस्रो अन्तराष्ट्रिय वैज्ञानिक सम्मेलन जर्जियामा हुँदै अमेरिका । एसोसियसन अफ नेप्लिज एग्रिकल्चरल प्रोफेसनल अफ अमेरिकाज (नापा) को तेस्रो अन्तराष्ट्रिय वैज्ञानिक सम्मेलन सन् २०२२ मे २७ (२९ मा एटलान्टा, जर्जियामा हुने भएको छ।
‘परिवर्तित विश्वमा कृषि आधुनिकीकरण’ भन्ने नारासहित सम्पन्न हुन गइरहेको उक्त सम्मेलनमा अमेरिका, क्यानडा, अस्ट्रेलिया, नेपाल लगायत अन्य मुलुकहरूमा रहेका कृषि र अन्य सम्बन्धित विषयका वैज्ञानिकहरुले विभिन्न विद्याहरूमा आफ्ना सोधपत्रहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
कार्यक्रममा वैज्ञानिक सोधपत्र प्रस्तुति बाहेक नापाको रणनीतिक छलफल, कृषि उद्यमी बीच अन्तरक्रिया तथा विद्यार्थीहरुलाइ लक्षित गरि विशेष कार्यक्रम हुन गइरहेको छ। विद्यार्थीहरुले मौखिक र पोस्टर दुवै माध्यममा आफ्नो सोधपत्रका साथै निबन्ध समेत प्रस्तुत गर्न सक्नेछन् र उत्कृष्ट विद्यार्थी प्रस्तोताले नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन ।
साथै कार्यक्रममा सहभागी जो कोहिले कृषि(कविता प्रतियोगितामा भाग लिई उत्कृष्ट हुनेले पुस्कार र प्रमाणपत्र समेत प्राप्त गर्न सक्नेछन । नापाका वर्तमान अध्यक्ष डा. मेघनाथ पराजुलीले नापाको सन् २०२०मा सम्पन्न दोश्रो अन्तराष्ट्रिय वैज्ञानिक सम्मेलनमा करिब १६० वैज्ञानिकहरुको प्रस्तुति रहेकोमा अहिले त्यो संख्या बढ्ने अपेक्षा रहेको जानकारी गराएका छन् । |
१७४ श्रमिक रोजगारीका लागि सोमबार कोरिया जाँदै काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगार अनुमति प्रणाली (इपिएस) पास गरेर रोजगारीका लागि कोरिया जाने पर्खाइमा रहेका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियाली पक्षसँग छलफल गरेका छन्।
कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी)का नेपाल प्रतिनिधि किम उन डकसँग मन्त्रालयमा भएको भेटमा उनले इपिएसअन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया जाने पर्खाइमा ठूलो सङ्ख्यामा नेपाली युवाहरु रहेकाले छिटो लैजाने वातावरण बनाउन आग्रह गरे।
मन्त्री श्रेष्ठले व्यावसायिक उडान खुला गरी छिटो पठाउने प्रबन्ध गर्न कोरियाली पक्षसँग आग्रह गरे। अहिले चार्टर्ड उडानमार्फत कोरिया लैजाने गरिएकामा व्यावसायिक उडान खुला भएपछि नियमित हुनेछ भने कम शुल्कमा जान पाउनेछन्।
भेटमा एचआरडी कोरियाका नेपाल प्रतिनिधि डकले अहिले दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमण तीव्ररूपमा फैलिरहेको बताउनुभएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। कोरोना महामारीका लागि रोकिएका कामदार छिटो ल्याउन कोरिया सरकार सकारात्मक भए पनि महामारीका कारण समस्या भएको उनको भनाइ छ।
विदेशी श्रमिक अनिवार्य क्वारेन्टिन बस्नुपर्ने भएकाले क्वारेन्टिन अभावले धेरै श्रमिक एकैपटक लैजान नसकिएको उनले सुनाए। व्यावसायिक उडान खुला गर्न आवश्यक प्रक्रिया सुरु गरिएको जानकारी दिँदै उनले छिटो सञ्चालन हुने विश्वास समेत दिलाए ।
यसअघि कोरोना सङ्क्रमणको जोखिमका कारण माघको दोस्रो सातादेखि श्रमिक लैजान रोकिएकामा हालै पुनः खुला गरिएको थियो । करिब सात हजार श्रमिक कोरिया जान छनोट भएकामा कोरोना सङ्क्रमणपछि ९८४ जना मात्र गएका छन् भने आज थप १७४ जना जाँदैछन् । यही मार्च १६ गते १७० जना जानेछन् । रासस |
विश्व शान्ति खल्बलिने भएपछि युक्रेनको पक्ष लिएका हौंः परराष्ट्रमन्त्री खड्का काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले युक्रेनमाथि रुसले आक्रमण गर्दा विश्व शान्ति खल्बलिने सम्भावना बढेकोले नेपाल युक्रेनको पक्षमा उभिनु परेको स्पष्ट पारेका छन् ।
सोमबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले रुसले सार्वभौम तथा स्वतन्त्र राष्ट्रमाथि हस्तक्षेप गरेको आरोप समेत लगाए ।
‘विश्व शान्ति खल्बलाउने, ठूला र साना देशको सम्बन्धलाई खल्बलाउने भएको कारण युक्रेनको पक्षमा उभिएका हौं,’ उनले भने ।
रुसले फेब्रुअरी २४ का दिन युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको थियो । परराष्ट्र मन्त्रालयले सोही दिन विज्ञप्ति निकालेर रुसलाई राष्ट्रसंघको बडापत्रको सम्मान गर्न भनेको थियो ।
‘हरेक सार्वभौम र स्वतन्त्र राष्ट्रको सार्वभौतिकता र स्वधिनताको सम्मान गर्नुपर्छ । कुनै ठूला देशले साना देशको सार्वभौमिकतामा हस्तक्षेत्र गर्न हुँदैन भनेर जोडदार आवाज उठाएका छौं,’ परराष्ट्रमन्त्री डा. खड्काले भने ।
असंलग्न नीतिकै आधरमा नेपालले युक्रेनको पक्ष लिएको उनले बताए । सहअस्तित्व असंलग्न परराष्ट्र नीतिको आधार भएको उनले जनाए ।
युक्रेनमा रहेका ५३३ जना नेपालीलाई सुरक्षित स्थानमा सारियो
मन्त्री खड्काले युक्रेनबाट हालसम्म ५३३ जना नेपालीलाई सुरक्षित स्थानमा सारिएको बताएका छन् ।
‘युक्रेनमा रहेका नेपालीलाई सुरक्षित राख्ने काय जारी छ,’ उनले बताए ।
मन्त्री खड्काका अनुसार युक्रेनबाट हालसम्मा ४२७ जनालाई पोल्याण्ड, ७१ जनालाई स्लोभाकिया, २७ जनालाई रोमानिया र ८ जनालाई हंगेरीमा सारिएको छ ।
रुसले गत फेब्रुअरी २४ बाट युक्रेनमा सैन्य आक्रमा सुरु गरेपछि त्यहाँ रहको नेपालीलाई सुरक्षित स्थानमा राख्ने कार्य सुरु गरिएको हो । अझै पनि केही नेपालीहरु युक्रनेको युद्वग्रस्त क्षेत्रमा रहेको जनाइएको छ ।
|
हङकङमा नारी दिवस : लैंगिक समानताका विषयमा वहस हङकङ। गैरआवासिय नेपाली संघ (एनआरएनए) हङकङको महिला विभाग र नेपाली महिला संघ हङकङले संयुक्त रुपमा ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएका छन्। एनआरएनए हङकङसँगको सहकार्यमा आइतबार एक कार्यक्रमको आयोजना गरी महिला दिवस मनाइएको हो।
महिला दिवस ८ मार्चमा पर्ने भएपनि हङकङका महिला दिदिबहिनीको साप्ताहिक विदालाई मध्यनजर गर्दै दुईदिन अघि नै कार्यक्रमको आयोजना गरिएको थियो।
कार्यक्रममा सहभागि वक्ताहरुले अन्तर्राष्ट्रिय समुदायमा नेपाली महिलाको अवस्था, उनीहरुले भोग्नु परेका समस्या, समाधानका उपायदेखि महिला सशक्तिकरण र महिला अधिकारको विषयमा संवाद भएको थियो।
कार्यक्रममा एकल महिला संस्थाकी संस्थापक अध्यक्ष तथा नेपाल मानव अधिकार संघकी सदस्य लिली थापाले लैंगिक समानता भोलिको लागि आवश्यक भएको बताइन्। उनले भनिन्, ‘यो संसारभरि नै चलिरहेको हो। नेपालमा पनि लैंगिक समानता र सामाजिक न्याय भोलिको सुनिश्चितता भनेर सरकारले विषय ल्याएको छ। महिलाको भोलिको अवस्थालाई अघि बढाउन आज नै समानता र सामाजिक न्यायमा काम गर्नुपर्छ भन्ने हो।’
पीए नेपालकी संस्थापन अध्यक्ष इन्दिरा राना मगरले कार्यक्रममा जेलमा परेका महिलाको नागरिकता नभएको र आफूले उनीहरुकै बच्चालाई हुर्काइरहेको प्रसंग सुनाउँदै महिलाहरुले फरक(फरक किसिमको विभेद भोग्नु परेको बताइन्। उनले भनिन्, ‘लैंगिक असमानताको असर त खोपमा पनि देखिएको छ। नागरिकता नभएका आमाहरुका बच्चाहरु मैले हुर्काएको छु। उनीहरुले नागरिकता नभएकै कारण खोपसम्म लगाउन नपाएको अवस्था छ।’
शक्ति समूहकी संस्थापक तथा अध्यक्ष चरिमाया तामाङले अधिकांश महिलाको समस्याबारे नेपाली समाज ज्ञात भएको तर, यसको समाधान नभएको बताइन्। उनले आफ्नो संस्था ‘शक्ति समूह’का महिलाहरु हिजो मानव बेचबिखनमा परेर आज त्यसविरुद्धमा जुटेका महिलाहरु भएको बताउँदै महिलाको समस्याको कुरा मात्रै नभएर सकरात्मक सोचसहित अघि बढ्न आवश्यक भएको बताइन्।
‘समस्यामा सकरात्मक सोचसहित कसरी अघि बढ्न सकिन्छ रु भन्ने सोच्नुपर्छ,’ उनले भनिन्, ‘जीवनका हरेक पलबाट मानिसले सिक्छ। अझ त्यसमा विगतका तितो अनुभवहरुले भोलिको लागि आजको दिनमा सिकाईको खुड्किलो बनाएर हिड्नुपर्ने यर्थाथपरक छ।’ यसको उदाहरण आफू पनि भएको उनले बताइन।
कार्यक्रममा एनआरएनए हङकङकी पूर्व अध्यक्षसमेत रहेकी टिका गुरुङ ९राधिका० ले ११२ औं अन्तराष्ट्रिय महिला दिवसको महिलाहरुलाई शुभकामना र स्वागत गर्दै हङकङमा आफूहरुले २०१५ देखि विविध कार्यक्रम गर्दै आएको बताइन्।
गुरुङले महिलामाथि भइरहेको पूर्वाग्रहलाई कसरी तोड्ने रु भन्ने विषयमा बहस हुनपर्ने बताइन्। पछिल्लो समय नेपाली महिलाहरु सक्षम भएको उनको भनाइ छ।
कार्यक्रममा एनआरएन हङकङका अध्यक्ष गोकर्ण ढकालले आफूहरुले महिला अधिकारको विषयमा निरन्तर कार्यक्रम गर्दै जाने बताए। उनले आफ्नो कार्यकालमा युवा सशक्तिकरण र महिला सशक्तिकरणलाई विशेष प्राथमिकता दिने समेत बताए।
कार्यक्रममा एकल महिला संस्थाकी संस्थापक अध्यक्ष तथा नेपाल मानव अधिकार संघकी सदस्य लिली थापा प्रमुख अतिथि थिइन्। यस्तै पीए नेपालकी संस्थापन अध्यक्ष इन्दिरा रानामगर र शक्ति समूहकी संस्थापक तथा अध्यक्ष चरिमाया तामाङ पनि कार्यक्रममा विशेष अतिथिका रुपमा सहभागी थिए।
|
एनआरएनएको भेलाद्वारा ४ बुंदे प्रस्ताव पारित काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसी) को अध्यक्षहरुको बैठक भर्चुएल माध्यमबाट बसेको छ।
संघमा अहिले देखिएको गम्भीर संकटबारे परामर्श गरी आगामी कार्यदिशाबारे छलफल गर्न संघका पूर्व अध्यक्षहरु शेष घले तथा देवमान हिराचनले उक्त बैठक बोलाएका थिए। आइतबार बसेको बैठकमा ४५ भन्दा बढी मुलुकका एनसीसी अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता थियो।
एनसीसी अध्यक्षहरुलाई सम्बोधन गर्दै पूर्व अध्यक्ष डा. शेष घलेले एनसीसीहरु लगायत सबैलाई ‘एकताबद्ध तथा बलियो एनआरएनए बनाउने’ एउटा मात्रै मुख्य ध्येय लिएर अगाडी बढ्न आग्रह गरेका थिए। उनले एनसीसीहरुलाई संस्थाभित्र भत्किएको एकता र सम्बन्धलाई फेरि पुनर्जीवन दिन आग्रह गरेका थिए।
‘यो कुनै व्यक्तिगत स्वार्थको लागि बनाएको संस्था होइन, संसारभरिका नेपालीहरुको हितको लागि बनाएको संस्था हो। हामीले संस्था फुटाउन लागेको भन्ने कुरामा विश्वास नगर्नोस् । कुनै पनि हालतमा यो संस्थालाई बचाउनु पर्छ । यो जग तपाईंहरुले बलियो बनाउनु पर्छ, त्यसपछि मात्रै आइसीसी बलियो हुन्छ,’ पूर्व अध्यक्ष देवमान हिराचनले भने।
बैठकलाई आइसीसीका सल्लाहकारहरु कुल आचार्य, विश्व आदर्श पण्डित, त्रिलोक गुरुग केन्द्रीय उपाध्यक्षहरु सोनाम लामा, मन केसी, सचिव आरके शर्मा, महिला संयोजक भोमा लिम्बु, अन्य पदाधिकारीहरु, युरोप संयोजक नारायण आचार्य, मध्यपुर्ब संयोजक प्रबिन गुरुग, सहसंयोजक मनोज गोर्खाली, एशिया प्याशिफिक संयोजक रोविन्द प्रसाद श्रेस्ठ लगायत ४५ देशका अध्यक्ष र पदाधिकारीले सम्बोधन गरेका थिए।
कार्यक्रममा सहभागी एनसीसी अध्यक्षहरुले संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) का पछिल्ला निर्णयहरुप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विधान विपरितका निर्णयहरु गर्ने, एकपक्षीय निर्वाचन कार्यक्रम अगाडी बढाउने, एनसीसीहरुलाई दबाब दिने जस्ता कामको कडा विरोध गरेका थिए।
बैठकपछि अध्यक्षहरुले चार बुँदे विज्ञप्ति जारी गरेका थिए। पहिलो बुँदमा संरक्षक परिषद् तथा उच्चस्तरीय समितिलाई पूर्ववत् रुपमा काम गर्न आव्हान गरिएको छ। दोस्रो बुँदामा संघका सदस्यहरुलाई विभिन्न प्रकारका दबाब र धम्की दिने कामहरु तत्काल बन्द गर्न आग्रह गरिएको छ। तेस्रो बुँदामा प्रतिनिधि विवाद समाधान गरेर मात्र निर्वाचन कार्यक्रम अगाडी बढाउन आह्वान गरिएको छ।
चौंथो बुँदामा स्वतन्त्र, निस्पक्ष र धांधलीरहित संघको निर्वाचन सुनिस्चित गर्न आइसीसी र निर्वाचन समितिलाई आग्रह गरेको छ। |
पासपोर्ट आफैँसँग राख्न पाउने नियम लागू भएको ३ वर्ष बितिसक्दा पनि मलेसियामा नेपाली श्रमिकले पासपोर्ट पाएनन् क्वालालम्पुर । नेपाली कामदारहरुको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मध्ये एक हो मलेसिया। नेपाली कामदार निर्यात गर्न थालेको १७ वर्ष पछि २८ अक्टोबर २०१८ मा पहिलोपटक नेपाल सरकार र मलेसिया सरकारबीच जिटुजी श्रम सम्झौता समेत भएको थियो।
उक्त श्रम सम्झौतामा नेपालको तर्फबाट तत्कालीन श्रम तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले हस्ताक्षर समेत गरेका थिए। उक्त श्रम सम्झौता औपचारिक रूपमा भएतापनि मलेसिया सरकारले तर्फबाट औपचारिक घोषणा भएको भएतापनि व्यावहारिक कार्यान्वयन आउन नसकेको अधिकांश नेपाली श्रमिकको गुनासो रहँदै आएको छ ।
आधिकारिक तथ्यांक नभए पनि हाल तीन लाख भन्दा धेरै नेपाली श्रमिक मलेसियामा कार्यरत रहेको अनुमान गरिँदै आएको छ, तर नेपाल सरकारसँगको जिटुजी श्रम सम्झौता हुनु अगाडिनै मलेसिया सरकारले आप्रवासी कामदारले आफ्नो राहदानी आफैले राख्नुपर्ने र कम्पनीले राख्न नपाउने निर्णय गरेको थियो।
नेपाल सरकार र मलेसिया सरकारबीच भएको श्रम सम्झौतामा समेत यो कुरा उल्लेख गरिएको भएतापनि मलेसियाका ठुला उत्पादक कम्पनीबाहेक अन्य कम्पनीहरुले नेपाली श्रमिकलाई आफ्नो राहदानी उपलब्ध नगराएको नेपाली श्रमिकहरुले बताउँदै आएका छन्।
यसरी राहदानी उपलब्ध नगराउनेहरुमा सबैभन्दा धेरै मलेसियाका सेक्युरेटी कम्पनीहरु छन्। मलेसियाका अधिकांश सेक्युरेटी क्षेत्रमा धेरै नेपाली श्रमिक कार्यरत छन्।
सबैभन्दा धेरै मारमा पर्ने नेपाली श्रमिकमध्ये सेक्युरेटी कम्पनीमा कार्यरत नेपाली श्रमिकहरु रहेका छन्। हाल मलेसियाका ५०० भन्दा धेरै सेक्युरेटी कम्पनी रहेको र ती कम्पनीहरुमा वैधानिक अवैधानिक गरेर लाखौंको हाराहारीमा नेपाली श्रमिक कार्यरत रहेका छन्। तर, सेक्युरेटी कम्पनीहरुमा सामान्यतया महिनामा ३० दिन नै काम गर्नुपर्ने, अधिकांश सेक्युरेटी कम्पनीले महिनामा एउटा पनि छुट्टी उपलब्ध नगराउनेदेखि कतिपय अवैधानिक हैसियतमा कार्यरत नेपाली श्रमिकले उचित पारिश्रमिक समेत नपाउने गुनासो उक्त क्षेत्रमा कार्यरत नेपालीहरुले गर्दै आएका छन्।
यस बारेमा नेपाली मजदुर एकता समाज र जनउद्वार केन्द्र मलेसियाले तत्कालिन मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डे मार्फत छुट्टाछुट्टै रूपमा ध्यानाकर्षण गराउने काम पनि भएको थियो ।
विगत एक वर्ष अगाडि नेपाली मजदुर एकता समाजको अन्तर्राष्ट्रिय समितिले समेत यी लगायत प्रवासमा कार्यरत नेपाली श्रमिकको प्रतिनिधित्व गर्दै तत्कालीन परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली मार्फत नेपाल सरकारलाई १३ बुँदे ज्ञापनपत्र समेत बुझाएको थियो ।
नेपाल सरकारको तर्फबाट प्रवासमा कार्यरत नेपाली श्रमिकको हितमा न कुनै पनि निर्णयनै हुन सके नत ज्ञापन पत्रमा समावेश विषयमा नेपाल सरकार नै गम्भीर भयो । तसर्थ यी र यस्तै समस्या आगामी कति समयसम्म नेपाली श्रमिकले भोगिरहनुपर्ने हो यो बारेमा रेमिटान्सको रनभुल्लमा परेको नेपाल सरकार आफै अनभिज्ञ देखिन्छ । |
पोर्चुगलमा सुतिरहेको अवस्थामा मृत भेटिए एक नेपाली लिस्वन । पोर्चुगलमा पुनः एक नेपालीको निधन भएको छ । नेपालको गुल्मी जिल्ला घर भएका अन्दाजी ४५ बर्षिय एक पुरुषको आफ्नै कोठामा सुतिरहेको अवस्थामा नै निधन भएको हो ।
लिस्वनस्थित ग्रासामा कोठा भाडामा लिएर बस्ने गरेका ती पुरुष मृगौलाको बिरामी भएको पनि थाहा हुन आएको छ । अहिले एनआरएनए पोर्चुगलका अध्यक्ष रविन अधिकरी तथा वरिष्ठ उपाध्यक्ष सीता श्रेष्ठ लगायतको टोली घटना स्थलमा पुगी घटनाको जानकारी लिई तथा शवलाई पोष्टमार्टमको लागि अस्पताल पुर्याईएको छ ।
घटनास्थलबाट एनआरएनए पोर्चुगलका अध्यक्ष रविन अधिकारीले दिएको जानकारी अनुसार बेलुका करिब ८ बजेको समयमा सुतिरहेकै अवस्थामा निजको निधन भएको देखिएको छ । घटनाको थप विवरण आउन बाँकी छ । |
एनआरएनएका पूर्व अध्यक्षहरु शेष घले र देवमान हिराचनले बोलाए एनसीसीहरुको भेला काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्षहरु शेष घले र देवमान हिराचनले राष्ट्रिय समन्वय परिषद (एनसीसी) अध्यक्षहरुको भेला बोलाएका छन्। गैरआवासीय नेपाली संघमा जारी गम्भिर संकटलाई मध्यनजर गर्दै एनआरएनएले एनसीसी अध्यक्षहरुको भेला बोलाएका हुन्।
गत २ मार्चमा बोलाइएको अन्तरराष्ट्रिय समन्वय परिषद (आइसीसी) को बैठकले संरक्षक परिषद र उच्चस्तरीय समिति विघटन गर्ने तथा ७० प्रतिशत सदस्यहरु रहेका अमेरिका, युके, अस्ट्रेलिया, क्यानाडा र जापानका एनसीसीहरु भंग गरी पुनर्गठन गर्ने भन्ने निर्णय गरे पछि संस्थाका प्रमुख संरक्षक पनि रहेका घले र संरक्षक हिराचनले बैठक बोलाएका हुन्।
बैठक आइतबार ६ मार्च (नेपालको समय अनुसार अपरान्ह ५ बजे) भर्चुएल माध्यमबाट बस्ने बताइएको छ।
पूर्व अध्यक्षहरुको अपिल :
गैरआवासीय नेपाली साथीहरु,
नमस्कार !
तपाईं हाम्रो रगत–पसिना सिञ्चेर बनेको गैरआवासीय नेपाली संघ अहिले आएर गम्भिर संकटको मोडमा उभिएको छ। समाज र मातृभूमीलाई केही योगदान गर्न बनेको यो संस्थामा पछिल्ला वर्षहरुमा देखिएका बिकृति र बिसंगतिप्रति हामी सबै जानकार नै छौं।
गैरआवासीय नेपाली संघको सदस्यता र मतदाता छनौटमा वर्तमान कार्यसमितिले अन्याय गरेको भन्दै संसारभरका ४० बढी देशका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले गरेको निरन्तरको विरोध र गुनासोलाई वर्तमान नेतृत्वले बेवास्ता गरी विधान विपरित छानिएका प्रतिनिधिका भरमा एकपक्षीय चुनाव घोषणा गरिएको छ।
संस्थाको एकता र प्रतिष्ठालाई कायम राख्दै विवाद समाधानका लागि पूर्व अध्यक्षको हैसियतले हामीहरुले निरन्तर कोसिस गर्दै आइरहेका छौं। हाल जारी विवाद समाधान गरी यथासक्य चाँडो दशौं महाधिवेशन हुन सकोस् भन्ने मनसायका साथ संघले हालै गठन गरेको ‘विवाद समाधान उच्चस्तरीय समिति’ मार्फत काम गरी विवाद समाधानका उपायहरु पेश गरेको यहाँहरुलाई जानकारी नै छ।
हामीले विगत ६ महिना यता विभिन्न चरणमा अनेक कोसिस गरी विवाद समाधान गर्न र संस्थाको साख बचाउन प्रयास गर्दै आइरहेका हौं। तर, यो प्रयास निरन्तर खेर गइरहेको छ।
असन्तुष्टिका आवाजलाई सम्बोधन गरी समस्या समाधान गर्न संघको वर्तमान नेतृत्व पुरै उदासिन देखिएको छ । विवाद समाधानका लागि दिएका सुझाव पालना गर्ने, सहमतिका आधारमा दशौं महाधिवेशन गर्ने आम गैरआवासीय नेपालीहरुको अपेक्षा विपरित संघको नेतृत्व संस्था कब्जा गर्ने अभियानमा केन्द्रीत देखिन्छ।
४० भन्दा धेरै देशका राष्ट्रिय समन्वय परिषद र करिव ७० हजार मतदाताले संस्थामा विधिसम्मत कार्य होस् भनी गरेको बारम्बारको अनुरोधप्रति संस्थाको नेतृत्व उदासीनमात्र देखिएको छैन, निरन्तर एकपछि अर्को विधान विपरितका काम भइरहेका छन्। विधि, पद्धति र पारदर्शिताको माग गर्ने एनसीसीहरुमाथि उल्टै अवैधानिक कारवाही थालिएको छ।
तसर्थ, संस्थालाई दुर्घटनाबाट बचाउन तपाईं हामी सबैले एउटा कठोर कदम चाल्नुपर्ने अवस्था आएको छ। के अझै पनि संस्थालाई सुधार गर्न सकिने अवस्था छ त ? यस बिषयमा परामर्श गर्न संस्थाको पूर्व अध्यक्षहरु एवं अभिभावकको हैसियतमा निम्न मितिमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदहरुको भेला बोलाइएको जानकारी गराउंदछौं।
मितिः मार्च ६, २०२२
समयः साँझ ५ बजे (नेपाली समय)
शेष घले, पूर्व अध्यक्ष
देवमान हिराचन, पूर्व अध्यक्ष
गैरआवासीय नेपाली संघ |
सदस्यता शुल्क तत्काल केन्द्रमा पठाउन एनआरएनए अमेरिकाका पदाधिकारीको आग्रह काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका आठ पदाधिकारीले सदस्यता शुल्क तत्काल केन्द्रमा पठाउन आग्रह गरेका छन् ।
एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण जीवी पन्त, उपाध्यक्ष बिकास उप्रेती, महिला उपाध्यक्ष दिक्षा बस्नेत, महिला सचीव सुनिता सापकोटा, बोर्ड अफ डायरेक्टर आशीष सड्गरौला, शान्ती वाग्ले, ज्ञानेन्द्र गुरुड्ग र आरसिसि मिडवेस्ट किरण बस्नेतले संयुक्त विज्ञप्ती जारी गरी सदस्यता शुल्क तुरुन्त केन्द्रमा पठाउन आग्रह गरेका हुन् ।
एनसीसी अमेरिकाले सदस्यको शुल्क वापात पठाउनु पर्ने रकम केन्द्रमा पठाएको छैन। सदस्यबाट पैसा उठाएर केन्द्रमा भुक्तानी नगरेपछि उनीहरुले विरोध जनाएका हुन्।
यता एनआरएनए आइसीसीले सदस्यता शुल्क नबुझाएमा खारेज गरिदिने चेतावनी दिएको छ। बुधबार बसेको ८२ औं बैठकले पञ्जिकृत सदस्यता शुल्क नतिर्ने अमेरिकासहित बेलायत, अष्ट्रेलिया, जापान र क्यानाडालाई ६ मार्चसम्म अन्तिम अवसर दिएको छ।
यो अवधिमा शुल्क भुक्तानी नगरेमा विधानको दफा १७.७ अनुसार यी एनसीसीहरुको मान्यता स्वतः समाप्त हुने र नयाँ एनसीसीको निर्वाचन गर्नको लागि एक तदर्थ समिति गठन गर्ने आइसीसीको तयारी छ।
अमेरिकाको कार्यसमितिको आकस्मिक बैठकमा रकम तोकिएको समयमा बुझाउनुपर्ने स्पष्ट विचार राखेको बताउँदै यसलाई तोडमोड गरेर आइसीसीलाई बुझाउने रकम निकासा नगरिएमा आफूहरुको असहमती रहने उनीहरुको भनाइ छ।
आठ जनाले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एनआरएनए अमेरिकाको आफ्नै साख झर्ने काम, आइसिसीसँगको सम्बन्ध र आबद्धतामा आँच आउने क्रियाकलाप जसले सँस्था र समाज विभाजनसम्म हुन सक्ने पूर्वानुमान गर्न सकिन्छ यदी यसो भएमा एनआरएनए अमेरिकाले जिम्मेवारी लिनुपर्ने हुन्छ।’
विज्ञप्तिमा अगाडी भनिएको छ, ‘आइसीले एनआरएनए अमेरिकासँगको आफ्नो आबद्धता खारेज गर्नेसम्मको पत्र काटी सकेको अवस्थामा एनआरएनए अमेरिकाको आफ्नै विधानको धारा १८, उपधारा ग (१)मा प्रत्येक आजीवन सदस्य र साधारण सदस्यको ५ डलर आइसीसीलाई बुझाउन पर्ने स्पष्ट किटान गरिएको छ।’
यस्तो छसंयुक्त प्रेस विज्ञप्ती:
मार्च ४, २०२२
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिका (NCC-USA) गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (ICC) को एक सदस्य राष्ट्र रहेको कुरा यहाँहरु सबैलाई सर्वविदित नै छ। गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद नेपाल सरकारको परराष्ट्र मन्त्रालयसँग आबद्ध रहेको र दोहोरो नागरिकता, नेपालमा लगानी, Knowledge Sharing आदि जस्ता हाम्रो प्रतक्ष्य सरोकारका बिषयहरुमा नेपाल सरकारसँग समन्वय गरि काम गरि रहेको पनि हामी सबैलाई जानकारी भएकै बिषय हो। नेपाल सरकार र यसका आधिकारिक निकायहरुले गैर आवासीय नेपाली संघ अर्थात यसको अन्तर्राष्ट्रिय समन्वय समितिलाई मात्र चिन्दछ, अर्थात संसार भरि रहेका सम्पूर्ण नेपालीका सयौं/हजारौं संस्थाहरुसँग प्रतक्ष्य समन्वय गर्न नसकिने हुनाले एउटा मात्र आधिकारिक संस्थाको रुपमा यो स्थापना भएको हो।
हाल आएर एनआरएनए, अमेरिका र ICC बिच, सदस्यता शुल्क बुझाउने बारेमा समस्या देखिएको यहाँहरुलाई अवगत नै छ। यस्तो भएको खण्डमा, ICC ले एनआरएनए, अमेरिकासँगको आफ्नो आबद्धता खारेज गर्ने सम्मको पत्र काटी सकेको अवस्था छ। एनआरएनए, अमेरिकाको आफ्नै बिधानको धारा १८, उपधारा ग (१) मा प्रत्येक आजीवन सदस्य र साधारण सदस्यको $५ ICC लाई बुझाउन पर्ने स्पष्ट किटान छ। एनआरएनए , अमेरिकाले आफ्नो भवन खरिद गर्नको लागी सो रकम मिनाह गर्नको लागी आईसीसीलाई यसअघी गरिएको अनुरोध अस्वीकार गरिसकेको छ।आज भएको गैरआवासीय नेपाली संघ, अमेरिकाको कार्यसमितिको आकस्मिक बैठकमा रकम तोकिएको समयमा बुझाउनुपर्ने हाम्रो बिचार स्पष्ट राखेका छौ । यसलाई तोडमोड गरेर आईसीसीलाई बुझाउने रकम निकासा नगरिएमा हाम्रो असहमती रहेको जानकारी सम्पूर्ण सम्मानित सदस्य ज्युहरुमा जानकारी गराउन चाहन्छौ ।एनआरएनए, अमेरिकाको आफ्नै साख झर्ने काम, ICC सँगको सम्बन्ध र आबद्धतामा आँच आउने क्रियाकलाप जसले सँस्था र समाज बिभाजन सम्म हुन सक्ने पूर्वानुमान गर्न सकिन्छ यदी यसो भएमा एनआरएनए , अमेरिकाले जिम्मेवारी लिनुपर्ने हुन्छ ।
आम गैर आवासीय नेपालीको साझा संस्था एनआरएनए, अमेरिकालाई यस कठीन परिस्थितिबाट जोगाउनको लागी आम साधारण तथा आजीवन सदस्य ज्युहरु, पत्रकार मित्रहरु एबं सम्पूर्ण अमेरिकावासी दाजुभाई दिदिबहिनीहरुलाई आ-आफ्नो क्षेत्रबाट सक्रिय सहभागिता जनाउनु हुन बिनम्र अनुरोध गर्दछौ !
गैरआवासीय नेपाली संघ, अमेरिकाको तर्फबाट :
१. कृण्ण जीबी पन्थ – बरिष्ठ उपाध्यक्ष
२. बिकाश उप्रेती – उपाध्यक्ष
३. दिक्षा बस्नेत – महिला उपाध्यक्ष
४. सुनिता सापकोटा – महिला सचीव
५. आशीष सड्गरौला – बोर्ड अफ डायरेक्टर
६. शान्ती वाग्ले- बोर्ड अफ डायरेक्टर
७. ज्ञानेन्द्र गुरुड्ग – बोर्ड अफ डायरेक्टर
८. किरण बस्नेत – आरसिसि मिडवेस्ट |
युक्रेनमा ६ नेपाली अलपत्र इटाली । रुस र युक्रेनबीच १० दिनदेखि युद्ध जारी छ। दुई देशबीच युद्ध चलिरहँदा युक्रेनको लुहान्स्क शहरमा रहेका ६ जना नेपालीहरु अलपत्र परेका छन्।
धेरै नेपालीहरुले युक्रेन छोडेको भनिएपनि ६ जना अझै युक्रेनमै अलपत्र छन्। पढ्नका लागि युक्रेन पुगेका उनीहरु १० दिनदेखि लुहान्स्क शहरबाट बाहिर निस्कन सकेका छैनन्।
युक्रेनको लुहान्स्क शहर रुसको सिमानजिकै छ। उनीहरु बसेको शहर रुसको बोर्डर बाट करीब १ सय ५७ किलोमिटरको दुरीमा रहेको छ। युक्रेनको राजधानी किभ सहर उनीहरु बसेको ठाउँबाट करिब ८ सय ३० किलोमिटरको दुरीमा रहेको छ।
जर्मनको बर्लिनमा रहेको नेपाली राजदुतावास र गैर आवासीय नेपाली संघहरुले पोल्याण्ड लगायत अन्य देशको सिमासम्म आउन भने पनि आफुहरु रुसको सिमा नजिक भएकोले सो ठाउँबाट निस्कन नसकेको नेपालीहरु बताउछन्।
‘यहाँ बाट निक्लन धेरै समस्या छ, ट्याक्सी चलेका छैनन्, ट्रेन स्टेसन सम्म पुग्न हामी सँग सवारी साधन छैन, ट्रेन स्टेशन नजिक पनि छैन, कुनै सवारीका साधन पनि चलेका छैनन,अनि हामी कसरी बोर्डर सम्म पुग्नु? यहाँबाट ट्रेन स्टेसन सम्म पुग्न करिब ३ घण्टाको बाटो छ तर स्टेशन सम्म पुग्न कुनै यातायातको साधन नै यहाँ पाँइदैन’ उनीहरुले भने।
‘दुतावास लगायत संघ संस्था जति पनि हाम्रो सम्पर्कमा आएका छन् सबैको एउटै भनाइ छ ”सिमा सम्म आउनुहोस हामी रेस्क्यु गर्छौ”, तर सिमा सम्म पुग्न सक्ने हामीसँग कुनै उपाय नै छैन, अब हामि कसरी यहाँ बाट निक्लन सकिन्छ र ?’ उनीहरुले भने।
‘हामी बंकर भित्र बस्दै आएका छौँ। बाहिर निक्लन सक्ने अवस्था छैन, नेपालमा रहेका परिवार पनि धरै तनावमा छन्। घरमा सम्पर्क गर्दा उनीहरु रुन्छन, घर परिवारमा सबैलाई तनाव भएको छ तर हामीले हाम्रा परिवारलाइ सम्झाउन सक्ने अवस्थामा हामी छैनौँ ।’ उनीहरुले भने, ‘अब त आश पनि मरिसक्यो, यहि मरिन्छ भन्ने सोच आउन थालिसकेको छ, कति बेला मारिने हो थाहा छैन। हामि पिडामा छौ तर हामी यहाँ बाट निस्कन सकेनौ।’
६ जना नेपालीहरु अहिले बंकर भित्र बस्दै आएका छन्। खानेकुरा पनि सकिन लागिसकेको उनीहरुले डिसी नेपाललार्इ बताए । नेपाल सरकार बर्लिनमा रहेको राजदुतावास, गैर आवासीय नेपाली संघ लगायत सबैले युक्रेनमा रहेका नेपालीलाई रेस्क्यु गरिरहेको बताईरहँदा बोर्डरसम्म आउन नसक्ने नेपालीहरुका लागि भने उनीहरु मौन छन्। अहिले सम्म रेस्क्यु गरिएका भनिएका नेपालीहरु आफै बोर्डर सम्म पुगेका नेपालीहरु हुन्।
६ जना नेपालीहरुको आग्रहमा यो समाचारमा उनीहरुको नाम राखिएको छैन। सबै ६ जनाको जानकारी डिसीनेपालसँग सुरक्षित छ । |
रुसविरुद्ध युद्ध लड्न युक्रेनको सेनामा सामेल भए नेपाली युवा इटाली । रुस र युक्रेनबीच ७ दिनदेखि युद्ध जारी छ। यसैबीच बुधबार एक जना नेपाली युवा रुस बिरुद्ध लड्न युक्रेनी सेनामा सामेल भएका छन्।
केहिदिन अघि मात्रै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस बिरुद्ध लड्न युक्रेनी सेनामा सामेल हुन् अनुरोध गरेका थिए। युक्रेनी सेनामा सामेल भएका नेपाली युवा हुन् प्रताप बस्नेत। उनको बारेमा सम्पूर्ण जानकारी प्राप्त हुन नसके पनि उनि युक्रेनको राजधानी किभमा बस्दै आएका थिए।
उनी सेनामा सामेल हुनु अघि उनले दिएको अन्तरवार्ता सामाजिक सञ्जालमा भाइरल भएको छ। उनले सेनामा सामेल हुनुअघि युक्रेन अहिले रुस विरुद्ध लडिरहेको र सार्वभौमसत्ताको रक्षाका लागि यो युद्धमा एक सच्चा देशभक्तको हैसियतमा आफुले युक्रेनको पक्षमा उभिने निर्णय गरेको बताएका छन।
‘यतिबेला युक्रेनलाई सहयोगको नितान्त आवश्यकता छ । युक्रेन सेनाको हिस्सा हुन र युद्ध लड्न पाउँदा मलाई गर्व लागेको छ’ उनले भनेका छन।
रुसी आक्रमणपछि युक्रेनमा बसोबास गर्दै आएका धेरै नेपाली राजधानी किभबाट बेलारुस, पोल्याण्ड, जर्मनीलगायत छिमेकी मुलुकमा गएका भएका छन् । उनीहरु त्यहाँबाट नेपाल फर्कने तयारीमा छन् । तर, बस्नेत भने आफ्ना साथीहरूको विपरीत युक्रेनको राजधानी कीभमा बसेर युक्रेनी सेनामा सामेल भएका छन।
|
युद्धग्रस्त मुलुक युक्रेनबाट ५११ नेपाली बाहिरिए काठमाडौं। रुस–युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपाली सुरक्षित स्थानमा पुगेका छन्। जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतको देशमा पुगेको जानकारी दिए।
उद्दार समितिका अनुसार हालसम्म ४ सय ३ जना पोल्याण्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, ६ जना हंगेरी, र ४ माल्दावा पुगेका हुन्। हालसम्म ५ सय ११ जना नेपालीहरु सुरक्षित गन्तन्यमा पुगेका छन्। उद्दार गरिएका मध्ये ४ जना नेपालीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ।
युक्रेनबाट निस्केका मध्ये ४० जना नेपालीले यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ। |
३०२ नेपालीले युद्धग्रस्त मुलुक युक्रेन छाडे : पाेल्याण्ड, स्लाेभाकिया, हंगेरी, राेमानिया र माल्दावा पुगे काठमाडाैं। युद्धग्रस्त मुलुक युक्रेनकाे राजधानीबाट सबै नेपाली बाहिरिएका छन्। रुस-युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका हुन्। जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको जानकारी दिए।
गैरआवासीय नेपाली संघ, रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार मंगलबारसम्म युक्रेन छाडेर २ सय ३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना रोमानिया र ४ माल्दावा पुगेका छन्।
यसअघि, समितिका अध्यक्षसमेत रहेका राजदूत खड्काको अध्यक्षतामा बसेको बैठकले युद्धका कारण विस्थापित नेपालीलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो। उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीले रुसमा रहेका नेपालीले समेत नियमित रुपमा युक्रेनमा रहेका नेपालीसँग सम्पर्क रहेको जानकारी दिए।
रुसका लागि कार्यवाहक राजदूत सुशील घिमिरेले युक्रेनको राजधानी केभमा रहेका सम्पूर्ण नेपालीले युक्रेन छोडेको जानकारी दिए। उनले पछिल्लो समयमा रुसमा रहेका नेपाली विद्यार्थी चिन्तित रहेर दूतावासको सम्पर्कमा आउन थालेको जानकारी दिए। पश्चिमी मुलुकले रुससँगको हवाई उडानमा प्रतिबन्ध लगाएका कारणले रुसमा बस्ने नेपालीमा समेत संसय थपिएको छ।
स्वास्थ्य समितिका संयोजक डा. बोध सुवेदीले गैरआवासीय नेपाली संघले अप्ठ्यारामा परेका नेपालीलाई खाना बस्नको व्यवस्था गरेको जानकारी दिए। एनआरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले नेपालीहरुलाई खाना बस्ने र परिचयपत्र लगायत बन्दोबस्तको व्यवस्था मिलाइएको जनाकारी दिए।
उनले अलपत्र परेर त्यहाँ पुगेका नेपालीले आफ्नो संजाल बनाएर एक अर्कालाई सहयोग गरेको बताए। गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त युद्ध पीडितको उद्धारका लागि सोमबारदेखि पोल्याण्डको सीमा क्षेत्रमा आफैँ खटिएका छन्। |
राष्ट्रसंघको मानवअधिकार परिषद्मा नेपालले दियो युक्रेनलाई साथ काठमाडौं । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्मा नेपालले युक्रेनलाई साथ दिएको छ । स्वीट्जरल्याण्डको जेनेभास्थित परिषद्को कार्यालयमा स्थानीय समयअनुसार सोमबार भएको मतदानमा नेपालले युक्रेनको समर्थन गरेको हो ।
परिषदले सोमबार ‘रुसले आक्रमण गरेपछि युक्रेनमा मानवअधिकारको अवस्था’ प्रस्तावमा छलफल गर्न आपत्कालिन बैठक बोलाएको थियो ।
बैठकमा उक्त विषयमा छलफल गराउने वा नगराउने भन्ने विषयमा मतदान भएको थियो । मतदानमा परिषद्का ४७ सदस्य राष्ट्रमध्ये प्रस्तावको पक्षका २९, विपक्षमा ५ र तटस्थ १३ राष्ट्र बसेका थिए ।
नेपालका दुई ठूला शक्तिशाली छिमेकी भारत तटस्थ र चीन विपक्षका उभिएका बेला नेपालले युक्रेनको पक्षमा खुलेर मतदान गरेको हो ।
प्रस्तावको पक्षमा मतदान गर्ने २९ राष्ट्रमा नेपाल, अर्जेन्टिना, बेनिन, बोलिभिया, ब्राजिल, आइभेरीकोस्ट, फिनल्याण्ड, फ्रान्स, जर्मनी, गाम्बिया, होन्डुरस, इन्डोनेसिया, जापान, लिथुवानिया, लिबिया, लक्जेम्बर्ग, मलावी, मलेसिया, मार्सेला आइल्याण्ड, मेक्सिको, मोन्टेनिग्रो, नेदरल्याण्ड्स, पराग्वे, पोल्याण्ड, कतार, दक्षिण कोरिया, बेलायत, अमेरिका र युक्रेन रहेका छन् ।
मतदानमा चीन, क्युबा, इरिट्रिया, रुस र भेनेजुयलाले प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।
मतदानमा तटस्थ बस्ने वा सहभागी नहुने १३ राष्ट्रमा अर्मेनिया, क्यामरुन, गाबोन, भारत, कजाकास्तान, मौरिटनिया, नामिबिया, पाकिस्तान, सेनेगल, सोमालिया, सुडान, युनाइटेड अरब इमिरेट्स र उज्वेकिस्तान रहेका छन् ।
प्रस्तावको पक्षमा बहुमत सदस्यले मतदान गरेपछि अब राष्ट्रसंघको मानवअधिकार परिषदमा ‘रुसले आक्रमण गरेपछि युक्रेनमा मानवअधिकारको अवस्था’ सम्बन्धमा बहस हुनेछ ।
रुसले युक्रेनमाथि गरेको आक्रमणको यसअघि नै विज्ञप्ति जारी गर्दै विरोध जनाइसकेको छ । नेपालले रुसलाई राष्ट्रसंघको बडापत्रको पालना गर्न समेत आग्रह गरेको छ ।
रुसले गत बिहीबारबाट युक्रेनमा सैन्य आक्रमण सुरु गरेको छ । रुसले स्थल र हवाई दुवै मार्गबाट युक्रेनमाथि आक्रमण गरिरहेको छ ।
रुसको आक्रमण गरेपछि आइतबार रातीसम्म युक्रेनमा सात जना बालबालिकासहित १०२ जना सर्वसाधरणको मृत्यु र ३०४ जना घाइते भएको जानकारी बैठकमा मानवअधिकारका लागि राष्ट्रसंघका उच्चायुक्त मिसेल ब्याचेलेटले दिएका थिए ।
यसअघि अमेरिका लगायत पश्चिमी देशले गत साता राष्ट्रसंघको सुरक्षा परिषदमा रुसले युक्रेनमाथि आक्रमण गरेकोमा निन्दा प्रस्ताव लगेका थिए । उक्त प्रस्तावको पक्षमा सुरक्षा परिषद्का १५ सदस्य राष्ट्रमध्ये ११ उभिएका थिए । चीन, भारत र युनाइटेड अरब इमिरेट्स तटस्थ बसेका थिए । प्रस्तावको पक्षमा बहुमत सदस्य भए पनि रुसले भिटो प्रयोग गरी सुरक्षा परिषद्बाट उक्त प्रस्ताव पास हुन रोकेको थियो । |
युक्रेनमा रहेका नेपालीलाई धैर्य गर्न एनआरएनएको आग्रह काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युक्रेनमा रहेका नेपालीलाई धैर्य गर्न आग्रह गरेको छ ।
‘अझै पनि केही साथीहरु युक्रेनपट्टिको समस्याका कारण पोल्याण्ड प्रवेश गर्न सक्नुभएको छैन । हामीले उहाँहरुलाई सुरक्षित रुपमा पोल्याण्ड प्रवेश गराउने कोशिस जारी राखेका छौं,’ एनआरएनएका अध्यक्ष कुमार पन्तले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
युद्धका कारण युक्रेन छोडेर सीमावर्ती देश प्रवेश गर्ने नेपालीहरुको अवस्था बुझ्न पन्त अहिले युक्रेन र पोल्याण्डको सीमा–नाका मेडिकामा पुगेका छन् ।
सीमामा कूटनीतिक सहजीकरण कसरी गर्न सकिन्छ भन्नेबारे जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्कासँग छलफल भइरहेको समेत उनले जनाएका छन् ।
‘यस युद्धको कठिन घडीमा चाहँदाचाहँदै पनि कतिपय विषय भनेजसरी अघि बढ्न सकिरहेको छैन । हामीले प्रयास जारी राखेकाले केही समय धैर्य गर्न म युक्रेनपट्टि रहनुभएका साथीहरुलाई आग्रह गर्दछु,’ अध्यक्ष पन्तले भने ।
सोमबार सिमानामा रहेका नेपालीमध्ये करिब ५० प्रतिशत लाई रेल र बस मार्फत गन्तव्यतर्फ पठाइएको उनले बताएका छन् ।
‘अहिले मुख्य गरी युक्रेनी सीमा पार गर्न र पोल्याण्ड प्रवेश गरेकालाई अन्य सहरमा लगेर राख्न सहजीकरण आवश्यक परेकाले त्यस कार्यमा म सक्रिय रुपमा लागिरहेको छु । यहाँहरु सबैको रचनात्मक सहयोगको अपेक्षासहित समस्यामा रहनुभएकाहरुको सक्दो चाँडो उद्धार हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु,’ उनले भनेका छन् । |
युक्रेनको लिभिव सहरमा युक्रेन छोड्न ट्रेन पर्खँदै एक्लो नेपाली इटली। युक्रेनको किभ सहरमा रहेका एक जना नेपाली र बिदेशी बिद्यार्थीहरु सोमबार किभ सहर छोडेका छन्। ६ दिनदेखि जारी रुस र युक्रेनको युद्धका बीच सोमबार दुई देशबीच वार्ता पनि भएको थियो तर बार्ता उपलब्धि मुलक हुन सकेन।
सोमबार दुइ देश बीच बार्ता चलिरहँदा किभ सहरमा रहेका नागरिकले सो शहर छोड्न पाउने अनुमति पाएसँगै उनीहरु सोमबार त्यो ठाउँबाट निक्लेका हुन्। किभ शहर छोडे पनि उनीहरु अझै युक्रेन मै छन्।
“पोल्याण्डको सीमासम्म पुग्न हामीलाई सोचे जस्तो सजिलो भने छैन। हामी थकित छौं , डर पनि उस्तै लागेको छ “निरन्जन गुप्ताले डिसी नेपाललाई बताए। “हिजो किभ सहरबाट निक्लेको हामी आज बल्ल लिभिव सहर आइपुगेका छौं, अब यहाँ बाट पोल्याण्डको सीमामा जान अहिले ट्रेन स्टेशनमा छौं।’
युक्रेन छोड्ने मानिसहरुको भिड एकदमै धरै भएको कारण सबैलाइ समस्या परिरहेको उनले बताए। युक्रेनको राजधानीबाट अहिले उनी भएको लिभिव सहर लगभग ५ सय ५० किलोमिटरको दूरीमा छ। आज साझसम्म उनी पोल्याण्डको सीमासम्म पुग्न सक्ने आशा राख्दै बसेका छन्। ‘ट्रेनमा हिँडेको ७ देखि ८ घण्टामा हामी पोल्याण्डको सीमामा पुग्ने उनले बताए ।
उनीहरु युक्रेनको राजधानी किभ सहरमा रहेको बोगोमोलेट्स राष्ट्रिय चिकित्सा विश्वविद्यालयमा अध्यनरत बिद्यार्थीहरु हुन्। पोल्याण्डको सीमासम्म पुग्न लिभिव सहरमा ट्रेनको पर्खाइमा बस्ने उनी एक्लो नेपाली हुन्। यो समाचार तयार पार्दा सम्म उनी युक्रेनको लिभिव सहर मै छन्।
यसैबीच पूर्वी युक्रेनी सहर खार्किभमा मंगलबार एक भारतीय विद्यार्थीको मृत्यु भएको छ। खाद्यान्न किन्न बंकर बाहिर निक्लदा रुसी सेनाले खसालेको बम बिस्फोटमा परी उनको ज्यान गएको हो।
भारतको कर्नाटक सहरका उनी अध्ययनका लागि युक्रेनको खार्किव सहरमा थिए। खार्किव युक्रेनको दोस्रो ठूलो सहर हो जुन रुसी सेनाको भारी गोलाबारीमा परेको छ। भारतको विदेश मन्त्रालयले विद्यार्थीको परिवारसँग सम्पर्कमा रहेको बताएको छ। |
युक्रेनबाट हिँडेर पोल्याण्डको सिमानामा पुगे नेपाली नागरिक (भिडियाे) पाेल्याण्ड । अहिले रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । यो युद्धले गर्दा युक्रेनीले मात्र नभएर युक्रेनमा बसोबास गर्ने नेपाली नागरिकहरुले पनि दुख पाएका छन्। युक्रेनमा भइरहेको युद्धले युक्रेन छोडेर पोल्याण्डको सिमाना पुगेका नेपालीहरुको अवस्था बुझ्न गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त पोल्याण्डको सिमानामा पुगेका छन्। पोल्याण्डको बोर्डरमा अलपत्र परेका नेपालीहरुलाई सहयोग गर्न अध्यक्ष पन्त पोल्याण्डको सिमानामा पुगेका हुन्।
जर्मनीबाट करिव १२ सय ५० किलोमिटरको यात्रा गरेर नेपालीहरुलाई सहयोग गर्न अध्यक्ष पन्त पोल्याण्डको सिमानामा पुगेका हुन्।
पोल्याण्डको सिमानामा पुगेपछि पोल्याण्डमा राखिएका सिविरमा धेरै दिनदेखि हिँडेर आएका नेपालीको खुट्टा सुनिएकाे छ। उनीहरु सयौं किलोमिटर हिँडेर युक्रेनबाट पोल्याण्डको सिमाना पुगेका हुन्।
पोल्याण्डको सिमाना पुगेपछि एक नेपालीले भने,’यो सबै रसियाको कारणले भएको हो। रसियाले बम पड्काएको हुनाले युक्रेन छोड्नु परेको हो। ‘ युक्रेनमा बम पड्केको दिनदेखि दुई दिन हिंडेर पोल्याण्डको सिमाना पुगेको उनले बताए। युक्रेनको सिमानामा बिदेशी नागरिकले सीमा पर गर्न कठिन रहेको पनि बताए। युक्रेनको सिमानामा बालबालिका, बृद्ध, युवती र त्यस देशका नागरिकहरुलाई पहिलो प्राथमिकतामा सिमा पर गराए। नेपाली र अन्य देशका नागरिकहरुलाई सिमा क्षेत्रमा कडाई गरिएको पनि एक नेपालीले बताए।
युक्रनबाट दुइ दिनदेखी हिंडेर आएको हुनाले आफुसँग भएको रकम सकिएको र त्यहाँ बसोबास गर्न रकम जुटाउनु पर्ने समस्या रहेको छ । २-३ सय माथि नै नेपालीहरु युक्रेन छोडेको अवस्थामा रहेको एक नेपालीले बताए।
युक्रनमा कति नेपाली छन् भन्ने एकिन तथ्यांक एनआरएनए र सरकारी निकाय संग पनि छैन । सरकारी निकायले अनुमानको भरमा ४ सय नेपाली युक्रेनमा हुन सक्ने बताएका छन्।
नेपालीहरु युक्रेन छोडेर पोल्याण्डको सिमाना आएको दिनदेखि त्यहाँ भएका संघ संस्था लागि परेको नेपाली नागरिक आशिष श्रेष्ठले बताए। अहिले नेपाली जनसम्पर्क समिति पोल्याण्ड त्यहाँ आएका नेपालीहरुलाई आवश्यक कुराको व्यवस्था गर्न निरन्तर रुपमा लागि परेको श्रेष्ठले बताए। अहिले पोल्याण्डमा आएका नेपालीहरुलाई त्यस क्षेत्रमा बसोबास गर्न बासस्थानको समस्या, भाषाको समस्या र अधिकांश विद्यार्थीहरु ट्रान्जिक भिसामा आएको हुनाले पैसाको समस्या देखिएको उनले बताए।
उनले भने,’अहिले सबै भन्दा बढी समस्या स्रोत र साधन रहेको छ । स्रोत फाइनान्सियल कसले गर्ने र कति सम्म गर्ने। दोस्रो कुरा भने साधन बस्ने स्थान रहेको छ।’ पोल्याण्डमा विश्वास गरेर युक्रेनबाट आएका नेपाली नागरिकलाई कसले राख्ने रहेको उनले बताए।
यो दुई समस्या तत्कालीन रुपमा समाधान गर्न सके भविष्यमा पोल्याण्डमा यस्तो समस्या पर्न नसकने उनले बताए। पोल्याण्ड युक्रेन भन्दा हरेक कुरामा सबल रहेको पनि बताए।
भिडियाे
|
एनआरएनएले बोलायो केन्द्रीय समितिको बैठक लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
गैरआवासीय नेपाली संघका महासचिव डा। हेम राज शर्माका अनुसार संघको ८२ औं बैठक आगामी बुधवार ९मार्च २ तारिख० भरर्चुअल माध्यमबाट बस्न लागेको हो ।
संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बस्ने सो बैठकको लागि महत्वपूर्ण एजेण्डाहरु प्रस्ताव गरिएको छ ।
बैठकमा गैरआवासीय नेपाली संघको सदस्यता शुल्क नतिर्ने युके, अमेरिका, क्यानाडा र अष्ट्रेलिया राष्ट्रिय समितिहरु, महाधिवेशन प्रतिनिधि विवाद मिलाउन संघका पूर्वअध्यष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समिति, संरक्षक परिषद् र निर्वाचन अनुगमन समिति, संघ र परराष्ट्र मन्त्रालयबीच रहेको अदालतको मुद्दा, रुस – युक्रेनबीचको युद्ध पिडित नेपालीहरुको उद्धार र संघको १० औं महाधिवेशन तयारीका सम्बन्धमा छलफल हुने भएको छ । गैरआवासीय नेपाली संघको नयां नेतृत्वको लागि मार्च २१ र २२ तारिख निर्वाचन हुँदैछ ।
|
युक्रेनबाट २ सय ४४ नेपालीकाे उद्धार लन्डन। युक्रेनबाट २ सय ४४ जना नेपालीहरु सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन्। ‘रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिले साे जानाकारी दिएकाे हाे। समितिका अनुसार युक्रेन छोडेर पोल्याण्डामा ६० जना, स्लोभाकियामा १२ जान, हंगेरी ४ जना, रोमानियामा १२ जना, माल्डावामा २ जना सकुशल पुगेका छन्।
यस्तै, युक्रेनबाट सुरक्षित गन्तव्यमा जाने क्रममा पोल्याण्डको सीमामा १ सय ३० जना, स्लोभाकियाको सीमामा १२ जना, रोमानियाको सीमामा १० जना र माेल्डावाको सीमामा २ जना नेपालीहरु रोकिएका छन्। उनीहरु सोमवार साँझसम्म सिमा पार गर्ने अनुमान गरिएको छ।
गैरआवासीय नेपाली संघ युक्रेनका अनुसार युक्रेनभित्र ४० परिवार स्थायी रुपमा बसोबास गर्दै आएका छन् भने केही नेपालीहरु पर्ख र हेरको अवस्थामा युक्रेनका बिभिन्न शहरमा अझै रहेका छन्।
रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अध्यक्ष तथा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षमा आइतवार बसेको बैठकले युद्धका कारण विस्थापित नेपालीहरुलाई सुरक्षित क्षेत्रमा स्थानान्तरणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ।
बैठकमा बोल्दै राजदूत खड्काले युक्रेनबाट विस्थापित ३४ जना नेपालीहरुलाई दूतावासले यात्रा अनुमतिपत्र (ट्राभल्स डकुमेन्ट) जारी गरेको जानकारी दिए। उच्चस्तरीय समितिका संयोजक तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त नेपालीहरुको उद्धारको लागि पोल्याण्डको सिमा क्षेत्रमा आफै परिचालित भएकाे जानकारी दिए।
गैरआवासीय नेपाली संघ पोल्याण्डका अध्यक्ष जीवन केसीले धेरै जना नेपाली सीमा क्षेत्रमा रोकिएकोमा सोमवारदेखि सीमा क्षेत्र केही खुकुलो भएकाे बताए।
स्वास्थ्य समितिका संयोजक डा. बोधराज सुबेदीले सीमा क्षेत्रमा आफै पुगेर ११ जना नेपालीहरुलाई उद्धार गरेर सुरक्षित स्थानमा पुराएको जानकारी दिए। उनले सीमा क्षेत्रमा महिला र बच्चाहरुलाई पुरुषको तुलनामा सहज भएको बताए । युक्रेन र पोल्याण्डको सीमा क्षेत्रमा नेपालीहरुको लागि खानाको कुनै समस्या नरहेको उनले जानाकारी दिए।
एनआरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले अप्ठ्यारोमा परेका ८ जना नेपालीहरुलाई आफ्नै रेष्टुरेन्ट खाली गरेर खाना बस्न प्रवन्ध गरेको जानकारी दिए । स्लोभाकिया पुगेका नेपालीहरुलाई सुरक्षित क्षेत्रमा पु-याउन सकृय रुपमा लागि परेको उनले बताए।
रोमानियाका लागि नेपाली काउन्सिलर नवराज पोखरेलले १२ जना नेपालीहरु सुरक्षित रुपमा रोमानिया भित्रिएको जानकारी दिए । उनले कयौ नेपालीहरु रोमानियाबाट हङगेरी गैरकानुनी रुपमा छिर्न खोजेको बताए।
उच्चस्तरीय समितिले सीमा क्षेत्रमा थप स्वयंसेवक परिचालन गर्ने, नेपाल फर्किन चाहनेहरुको लागि हवाई टिकटको लागि समन्वयन गर्ने, सीमा क्षेत्रमा आएका नेपालीलाई खाना बस्नको व्यवस्था गर्ने, कानुनी परामर्शको लागि एनआरएनए राष्ट्रिय समिति परिचालन, उद्धारको लागि स्थानीय रुपमा संयन्त्र गठन गर्ने, स्वयंसेवकहरुको लागि आवश्यक परिचयपत्र प्रदान गर्ने, आर्थिक संकलन गर्ने जस्ता गतिविधिलाई अघि बढाएको छ। |
लण्डनको हिलिङडन अस्पतालमा ‘नेपाल डे’ सम्पन्न लन्डन । बेलायतको पश्चिम लन्डनमा रहेको हिलिङडन अस्पतालले शुक्रबार भव्य रूपमा ‘नेपाल डे’ मनाएको छ । दिउँसो १२ बजे अस्पतालको चमेनागृहमा नेपालको राष्ट्रिय गान बजाएर शुरू गरिएको कार्यक्रममा करिब सय जनाको उपस्थिति थियो ।
कार्यक्रमलाइ सम्बोधन गर्दै हिलिङडन अस्पताल व्यवस्थापनमा विविधता र समावेशी प्रमुख रहेकी ड्यानी कार्यस्निनोजले नेपालीहरूको सकृयतामा भव्य कार्यक्रम भएकोमा अस्पताल ट्रष्टको तर्फबाट धेरै धेरै धन्यबाद एवं खुशी व्यक्त गरिन् ।
कार्यक्रमलाई सफल पार्न गठन गरिएको हिलिङडन अस्पतालमा कार्यरत नेपालीहरूको हिलिङडन हस्पिटल नेपाली ग्रुपका सदस्यहरूले नेपाली कला र संस्कृति झल्कउने पहिरनमा उपस्थित थिए । कार्यक्रम स्थलमा नेपाली कला र पहिचान बोकेका सामाग्रीहरूले सजाइएको थियो।
कार्यक्रममा नेपाली लोकगीतमा विभिन्न जातीगत पहिचानका पोशाक लगाएर नृत्य प्रस्तुत गरिएको थियो भने खानामा नेपाली परिकार राखिएको थियो । समारोहमा हिलिङडन हस्पिटल रेडियाका प्रमुख लोकगीतमा विभिन्न जातीगत पहिचानका पोशाक लगाएर नृत्य प्रस्तुत गरिएको थियो भने खानामा नेपाली परिकार राखिएको थियो ।
समारोहमा हिलिङडन हस्पिटल रेडियाका प्रमुख स्टिभ हिकम्यान, खानपान व्यवस्थापनका प्रमुख आन बर्न र चमेनागृहका प्रबन्धक डेभिड ब्लाकम्यान लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको संचालन हिलिङडन हस्पिटल नेपाली समुहका सदस्य मणी तामाङले, अतिथीहरूको व्यवस्थापन एवं संचारमा अन्जना गुरूङ, नेपाली संगीतमा नृत्य व्यवस्थापनमा याम गुरूङ , नेपाली कला संस्कृती झल्काउने सामाग्री प्रदर्शनिको व्यवस्थापनमा लीला भण्डारी र यायायात एवं कार्यक्रम स्थलको व्यवस्थापनमा रोशन श्रेष्ठले गरेका थिए ।
कार्यक्रम पछि बेलायतबाट प्रसारित बिएसबिएफ गोर्खा रेडियोले अस्पताल व्यवस्थापनका सदस्यहरूसगं संक्षिप्त कुराकानी गरेको थियो । |
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन काठमाडौं। युक्रेन द्वन्द्वमा फसेका नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन गरिएको छ। रुस र युक्रेनको युद्धबाट प्रभावित नेपालीको उद्धार एवं सहयोगका जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा भएकाे भर्चुअल कार्यक्रमबाट ‘रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ गठन गरिएको हो।
गैरआवासीय नेपाली संघका युरोपस्थित राष्ट्रिय समितिसमेत रहेको सो समितिको संयोजकमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसी (रुस) रहेका छन्।
समितिको सदस्य सचिवमा डा. चिरन्जिवी खड्का (चेक रिपब्लिका), सदस्यहरूमा जीवन केसी (पोल्याण्ड), हरिबहादुर मल्ल (युक्रेन), शिवकुमार भुर्तेल (रुस), जयाप्रसाद शिवाकोटी (स्लोभाकिया), नवराज पोखरेल (रोमानिया), सुरेन्द्र श्रेष्ठ (हङगेरी), यदुराम पन्थी (चेक रिपब्लिका), मिलन पन्त जर्मनी) र प्रेस संयोजकमा चिरन शर्मा (यूके) रहेका छन् ।
द्वन्द्वपीडितका लागि आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि डा. बोधराज सुवेदीको संयोजकत्वमा एक उपसमिति समेत गठन गरिएको छ ।
जर्मनीका लागि नेपाली राजदुत खड्काले युक्रेन र रुसको द्वन्द्वबाट प्रभावित २२० जना नेपाली दुतावासको सम्पर्कमा आएको जानकारी दिए ।उनले ती नेपालीहरुको सहयोगको लागि दुतावासले नेपाली सरकार, स्थानीय संघसंस्थासँग समन्वय गरिरहेको बताए । |
बेलायतमा स्नेहा श्रेष्ठ बनिन् पहिलो नेपाली महिला ब्यारिष्टर लण्डन। स्नेहा शाक्य श्रेष्ठ बेलायतमा प्राक्टिसिङ पहिलो नेपाली मूलकी महिला ब्यारिष्टर बनेकी छिन्।
ब्यारिष्टर बन्नका लागि अन्तिम तालिम (प्युपिलेज) यसै महिना (फेब्रुअरी) मा समाप्त गरे पछि उनी गत साता बेलायतको बार स्ट्याण्डर्ड बोर्डमा अभ्यासरत ब्यारिष्टरका रुपमा सूचीकृत भएकी हुन्। बार स्ट्याण्डर्ड बोर्डमा उल्लेख भएअनुसार उनले अपराध, परिवारसित सम्बन्धित [बालबालिका] र अध्यागमनका बारेमा कानुनी अभ्यास गर्नेछिन्।
सिन्धुपाल्चोक चौतारा स्थायी घर भएकी स्नेहा सात वर्षको उमेरमा बेलायत आएकी थिइन्। उनले युनिभर्सिटी अफ इसेक्सबाट कानुनमा स्नातक तथा किँग्स कलेज लण्डनबाट कानुनमै स्नातकोत्तर गरेकी छिन्।
प्राक्टिसिङ ब्यारिष्टरका रुपमा सूचीकृत भएपछि उनले आफूलाई खुशी लागेको प्रतिक्रिया दिइन्। धेरै लामो समयको अध्ययन र कठोर तालिम पछि ब्यारिष्टर हुन पाएको र यसक्रममा सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिइन्।
ब्यारिष्टर बनेपछि आफ्नो व्यावसायिक चुनौती बल्ल शुरु भएको बताउँदै उनले नेपालीहरुलाई कानुनी परामर्शका क्षेत्रमा सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन्। बेलायतमा ब्यारिष्टर बन्न धेरै लामो प्रक्रिया पूरा गर्नुपर्छ साथै तीव्र प्रतिस्पर्धा पनि छ।
कानुनमा विषयमा स्नातक गरेपछि बार प्रोफेसनल ट्रेनिङ कोर्स गर्नुपर्छ। बेलायतमा कानुन व्यवसायीलाई ब्यारिष्टर र सोलिसिटरमा वर्गीकरण गरिएको छ।
ब्यारिष्टरले अदालतमा न्यायाधीशसामू बहस गर्ने गर्दछन् भने सोलिसिटरले मुद्दा लिने र मुद्दा तयार गर्ने गर्दछन्। बेलायतमा करिब १६ हजार सक्रिय ब्यारिष्टर छन् । जसमध्ये नेपाली मूलका तीनजना प्रा। डा। सूर्यप्रसाद सुवेदी, देवेन्द्रसिंह श्रेष्ठ र स्नेहा शाक्य श्रेष्ठ रहेका छन्। |
नेपाली राजदूतावास जापानबाट पनि विद्युतीय राहदानी दिन सुरु टोकियो । नेपाली राजदूतावास जापानबाट पनि विद्युतीय राहदानी वितरण सुरु भएको छ। शुक्रबारबाट जापानमा विद्युतीय राहदानीको प्रि-इनरोलमेन्ट शुरुवात गरिएको हो।
हाललाई प्रारम्भिक चरणमा केही दिनको लागि मात्र खुल्ला गरिएको नेपाली राजदुतावासले जनाएको छ । उक्त अवधिभर राहदानी हराएका, म्याद समाप्त भएका र ३ महिना मात्र म्याद बाँकी भएकाहरुले प्रि -इनरोलमेन्ट गरी समय बुकिङ गर्न सक्नेछन् । प्रि-इनरोलमेन्ट्रको लागि भने दुताबासमा प्रत्यक्ष उपस्थित हुनुपर्नेछ ।
|
युक्रेनमा रहेका १९३ जना नेपाली आए दूतावासको सम्पर्कमा काठमाडौं। युक्रनेमा रहेका १९३ जना नेपाली जर्मनीको बर्लिनस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन्। सम्पर्कमा आएका सबै नेपाली सुरक्षित रहेको दूतावासले जनाएको छ।
‘दूतावासमा सम्पर्कमा आउनुभएका १९३ जना नेपाली नागरिकहरु हालसम्म सुरक्षित हुनुहुन्छ,’ जर्मनीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
युक्रेनमा उत्पन्न पछिल्लो संकटपछि त्यस मुलुकका विभिन्न सहरमा रहेका नेपाली नागरिकहरुको स्थिति सम्बन्धमा थप जानकारी हासिल गर्ने कार्य निरन्तर भइरहेको दूतावासले जनाएको छ।
रुसले बिहीबारबाट युक्रेनमा सैन्य आक्रमण सुरु गरेपछि त्यहाँ रहेका नेपालीको खोजी गर्न थालिएको हो। दूतावासले यसअघि स्थायी रुपमा बसोबास गर्दै आएको ३८ जना र युरोप र अमेरिका जाने क्रममा करिव दुई सय नेपाली युक्रेनमा रहेको बताएको थियो।
तीमध्ये १९३ जना दूतावासको सम्पर्कमा आएका हुन्। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भने युक्रेनमा करिव ४ सय नेपाली रहेको जनाएको छ।
|
युक्रेन रुस युद्धः अलपत्र नेपालीको उद्धारमा के गर्दैछ एनआरएनए ? (भिडियो) काठमाडौं । रुस र युक्रेनको युद्धको चपेटामा परेका नेपालीको उद्धारको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सक्रियता देखाएको छ ।
संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार संघले त्यहाँस्थित नेपाली समुदायसंग प्रत्यक्ष सम्पर्कमा एक अन्तरक्रियाको आयोजना गर्दै उनीहरुको अवस्था र उद्धारका सम्भवनाका बारेमा पहल शुरु गरेको हो ।
युक्रेनमा हाल ४०० जना नेपाली रहेको आकलन गरिएको छ । संघले पहिलो चरणमा नेपालीको तथ्यांक संकलन गर्ने र आपतकालमा परेका नेपालीहरुलाई तत्काल उद्धारको प्रयास गर्ने तयारी गरेको छ ।
नेपाली दूतावास जर्मनीको सहकार्यमा गैरआवासीय नेपाली संघको आयोजनामा शनिबार हुने अन्तरक्रिया कार्यक्रममा युक्रेनमा रहेका नेपालीहरु, जर्मनीको लागि नेपाली राजदूत रामकाजी खड्का, गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त लगायत एनआरएनएका पदाधिकारीहरु, तथा रुस र जर्मजीमा रहेका नेपाली दूतावासका प्रतिनिधिहरु सहभागी हुने छन् ।
केसीका अनुसार त्यहाँ अप्ठ्यारोमा परेका नेपालीहरुलाई पोल्याण्ड, हङगेरी, रोमेनिया, माल्डावा र सोलोभाकिया बोर्डरमार्फत तेस्रो देशमा पठाउने सम्भवनाको बारेमा संघले छलफल थालेको हो ।
युरोपियन युनियनका कयौ मुलुकहरुले युक्रेनमा अप्ठ्यारोमा परेका मानिसहरुलाई आआफ्नो देशमा सेल्टर दिने तयारी गरेका छन् । यसैबीच चेक रिपब्लिकाले युक्रेनबाट आएका युद्ध पिडितको लागि विना कागजात आफ्नो देशमै बस्न दिने निर्णय गरेको छ ।
|
युक्रेन-रुस युद्धः अलपत्र नेपालीको उद्धारमा एनआरएनए सक्रिय लण्डन । रुस र युक्रेनको युद्धको चपेटामा परेका नेपालीको उद्धारको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सक्रियता देखाएको छ ।
संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार संघले त्यहाँस्थित नेपाली समुदायसंग प्रत्यक्ष सम्पर्कमा एक अन्तरक्रियाको आयोजना गर्दै उनीहरुको अवस्था र उद्धारका सम्भवनाका बारेमा पहल शुरु गरेको हो ।
युक्रेनमा हाल ४०० जना नेपाली रहेको आकलन गरिएको छ । संघले पहिलो चरणमा नेपालीको तथ्यांक संकलन गर्ने र आपतकालमा परेका नेपालीहरुलाई तत्काल उद्धारको प्रयास गर्ने तयारी गरेको छ ।
नेपाली दूतावास जर्मनीको सहकार्यमा गैरआवासीय नेपाली संघको आयोजनामा शनिबार हुने अन्तरक्रिया कार्यक्रममा युक्रेनमा रहेका नेपालीहरु, जर्मनीको लागि नेपाली राजदूत रामकाजी खड्का, गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त लगायत एनआरएनएका पदाधिकारीहरु, तथा रुस र जर्मजीमा रहेका नेपाली दूतावासका प्रतिनिधिहरु सहभागी हुने छन् ।
केसीका अनुसार त्यहाँ अप्ठ्यारोमा परेका नेपालीहरुलाई पोल्याण्ड, हङगेरी, रोमेनिया, माल्डावा र सोलोभाकिया बोर्डरमार्फत तेस्रो देशमा पठाउने सम्भवनाको बारेमा संघले छलफल थालेको हो ।
युरोपियन युनियनका कयौ मुलुकहरुले युक्रेनमा अप्ठ्यारोमा परेका मानिसहरुलाई आआफ्नो देशमा सेल्टर दिने तयारी गरेका छन् । यसैबीच चेक रिपब्लिकाले युक्रेनबाट आएका युद्ध पिडितको लागि विना कागजात आफ्नो देशमै बस्न दिने निर्णय गरेको छ ।
शनिवार नेपाली समय साँझ ७ बजे सुरु हुने कार्यक्रममा सहभागी हुन् संघका महासचिव डा. हेम राज शर्माले आग्रह गरेका छन् । उनले युक्रेनमा रहेका नेपालीहरुको सहयोग र उद्धारको लागि जुट्न सबै पक्षलाई आग्रह गरेका छन् । |
युक्रेनमा रहेका नेपाली त्रसित, सहयोग माग्न कहाँ सम्पर्क गर्ने भन्नेमै अन्योल इटाली। रुस र युक्रेनबीच तनाव उत्कर्षमा पुगेका बेला युक्रेनको विभिन्न सहरमा रहेका नेपालीहरु त्रसित छन्। बिहीबार रुसले युक्रेनमाथि हमला सुरु गरेको हो । कति बेला कहाँ बम पड्किने हो ? कता भागेर ज्यान जोगाउने भन्ने कुराको तनावमा
नेपालीहरु रहेका छन् ।
युक्रेनको राजधानी किभ सहरबाट करिब ६ सय किलोमिटरको दुरीमा रहेको लीभीभ सहरमा बस्दै आएका प्रकाश खनालले बिहीबार बिहान रुसले युक्रेनमाथि हमला गरेको सुन्नेबित्तिकै नेपालीहरुसँग सम्पर्क गर्दा किभ सहरमा बसोवास गर्दै आएका नेपालीहरु डरले आत्तिएर त्यहाँबाट अन्यत्र जान खोजेको बताए।
लगातार विष्फोटका आवाज आइरहँदा सो ठाउँ बाट अन्यत्र जान पनि यातायातका साधनहरु नहुदा सो ठाउँबाट भागेर अन्तै जान नेपालीहरुलाई समस्या परेको बताए।
अहिले युक्रेनी नागरिक र युक्रेनमा रहेका बिदेशी नागरिकहरु आतंकित र त्रसित छन्। त्रासै त्रासमा बस्दै गर्दा पनि खनाल सामाजिक सञ्जालको सहयोगमा करिब दुइसय नेपाली सँग सम्पर्कमा छन्। खनालका अनुसार अहिले सपिङ्ग सेन्टरहरुमा पनि खा्न्न अभाब हुन सुरु भैसकेको छ।
अहिले नेपालीहरु नेपाल फर्कन चाहेर पनि फर्कन पाउन सक्ने अवस्था नरहेको र प्लेन टिकट नै पाउन मुस्किल रहेको उनले बताए।
नेपालको परराष्ट्र मन्त्रालयले बुधवार एउटा सूचना निकाल्दै अत्यावश्यक परेर युक्रेनमा बस्नुपर्ने बाहेक सबै नागरिकलाई स्वदेश फर्कन आग्रह गरेको थियो। सुचनामा युक्रेन नजान पनि नेपाली नागरिकहरूलाई आग्रह गरिएको थियो भने बुधबारसम्म ३८ भन्दा बढी नेपाली नागरिकहरू सम्पर्कमा आएको जानकारी गराइएको थियो।
त्यस्तै बिहीबार जर्मनीको बर्लिनमा रहेको नेपाली राजदूतावासले एउटा सूचना निकाल्दै युक्रेन र रुसबीच विकसित पछिल्लो परिस्थितमा युक्रेनको हवाइ क्षेत्र नागरिक उडानका लागि बन्द रहेकाले घरमै बस्न आग्रह गरेको छ ।
सुचनामा हवाइमार्गबाट तत्काल युक्रेन छाड्न सम्भव नहुने देखिएकाले संयमता अपनाइ हाल बसोबास गरिरहेको स्थानमा सुरक्षित बस्न, युक्रेन सरकार र सम्बन्धित कलेज, विश्वविद्यालयद्वारा जारी निर्देशनको पालना गर्न तथा सम्भव भएका सडक तथा रेलमार्गबाट युक्रेनकै पश्चिमी तर्फका बढी सुरक्षित स्थानमा जान राजदूतावासले आग्रह गरेको छ ।
त्यस्तै राजदूतावासले परिवार तथा नियोगसँग नियमित सम्पर्कमा रहन आग्रह गरेको छ ।
|
युक्रेनमा रहेका नेपालीलाई राजदूतावासको सुझाव : उडान बन्द छ, सुरक्षित रुपमा घरमै बस्नुस् काठमाडौं । युक्रेनमा रहेका नेपालीलाई संयमता अपनाइ हाल बसोबास गरिरहेको घरभित्रै सुरक्षित बस्न सरकारले आग्रह गरेको छ ।
जर्मनीको बर्लिनमा रहेको नेपाली राजदूतावासले युक्रेन र रुसबीच विकसित पछिल्लो परिस्थितमा युक्रेनको हवाइ क्षेत्र नागरिक उडानका लागि बन्द रहेकाले घरमै बस्न आग्रह गरिएको हो।
हवाइमार्गबाट तत्काल युक्रेन छाड्न सम्भव नहुने देखिएकाले संयमता अपनाइ हाल बसोबास गरिरहेको स्थानमा सुरक्षित बस्न, युक्रेन सरकार र सम्बन्धित कलेज, विश्वविद्यालयद्वारा जारी निर्देशनको पालना गर्न तथा सम्भव भएका सडक तथा रेलमार्गबाट युक्रेनकै पश्चिमी तर्फका बढी सुरक्षित स्थानमा जान राजदूतावासले आग्रह गरेको छ ।
त्यस्तै राजदूतावासले परिवार तथा नियोगसँग नियमित सम्पर्कमा रहन आग्रह गरेको छ ।
रुसले आज विहानबाट युक्रेनमा सैन्य कारबाही थालेको छ । यसक्रममा दर्जनौंको मृत्यु भएको छ । राजधानी किभ लगायतका कयौं स्थानमा बम विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छ्न् । |
एनआरएनए जापानले नेपाली राजदूताबासमा बुझायो कार्य प्रगति, जुलाइमा नेपाल फेस्टिबल गर्ने तयारी टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए ) जापानले नेपाली राजदूताबास जापानलाई आफुले गरेका कार्य प्रगति बुझाएको छ। साथै, जापानमा व्यवसायी गरेर बसेका नेपाली र अन्य नेपालीहरुलाई कोरोना महामारीबीच पर्न गएको समस्या बारे छलफल गरेको छ ।
टोकियोस्थित नेपाली राजदूताबास कार्यालयमा आयोजित छ्लफल कार्यक्रममा दूतावासको तर्फबाट अम्बिका प्रसाद जोसी र गैरआवासीय नेपाली संघको तर्फबाट अध्यक्ष शिब प्रसाद पौडेल लगाएत सहभागी भएका थिए ।
सोमबार भएको छ्लफलमा एनआरएनएले गरेका सामाजिक कामको कार्य प्रगतिका साथै भावी योजनाको बारेमा दूतावासलाई जानकारी गराइएको छ । जसअनुसार, जापानमा पछिल्लो समय कोरोनाको कारण नेपालीहरुलाई पर्न गएको समस्या, नेपाली विद्यार्थीहरुको समस्या, बढ्दो आत्महत्याको रोकथाम, नेपालीहरुको बसाई, बालबालिकाहरुको शिक्षासम्बन्धी चुनौती/अवसर र जापानमा नेपालीहरुलाइ परेको समस्यामा केही मलम लगाउन सफल भएका छन्।
नेपाली राजदूताबास जापानसँग जापानमा बसोबास गरेका नेपाली नागरिकको लागि गरेको कार्य र नेपालमा सामाजिक काममा गरेको सहयोगलगायतका बिषयमा छलफल भएको एनआरएनए प्रवक्ता सुवास लामिछानेले बताएका छन् ।
उक्त छ्लफलमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जुलाइ महिनाको अन्तिम साता जापानमा गर्न लागेको नेपाली फेस्टिबलको बारेमा समेत जानकारी गरायो । हाल नेपाली फेस्टिबल कुन स्थानमा गर्ने भन्ने कुराको निर्णय नभएको तर उपयुक्त ठाउँको खोजी हुँदै गरेको जानकारी दिइएको छ। दूतावासले गैरआवासीय संघ (एन आरएनए )ले गर्ने हरेक काम प्रति सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ ।
साथै, गैरआवासीय नेपाली संघका अध्यक्ष शिब प्रसाद पौडेलले मार्च ५ तारिकमा गर्न लागेको गैरआवासीय नेपाली संघको क्षेत्रीय भेलामा उपस्थित भइदिन समेत आग्रह गरेका थिए । |
लण्डनको हिलिङ्डन अस्पतालले ‘नेपाल डे’ मनाउँदै लण्डन। बेलायतको लण्डनमा रहेको हिलिङ्डन अस्पतालले यही फेब्रुअरी २५ का दिन नेपाल डे मनाउने भएको छ। हिलिङ्डन अस्पताल व्यवस्थापनमा विविधता र समावेशी प्रमुखका रुपमा कार्यरत ड्यानी कार्यस्निनोजले इमेलमार्फत यहाँ कार्यरत कर्मचारीलाई जानकारी गराएका छन्।
यहाँ हाल ७८ देशका मानिस विभिन्न पदमा कार्यरत छन् । कार्यक्रमलाई सहयोग गर्न हिलिङ्डन अस्पतालमा कार्यरत नेपालीको ‘हिलिङ्डन हस्पिटल नेपाली ग्रुप’ लागिपरेको छ। उक्त समूहमा अस्पतालको जर्सी वार्डमा प्रबन्धक रहनुभएकी रस्मितासिंह दर्लामी, आकस्मिक कक्षमा कार्यरत मणि तामाङ, अञ्जना गुरुङलगायत नेपाली आवद्ध छन्।
कार्यक्रम व्यवस्थापनको जिम्मा लिएको उक्त समूहका अनुसार सो दिन दिनको १२ बजे अस्पतालको चमेनागृहमा नेपालको राष्ट्रिय गीत बजाएर कार्यक्रम सुरू गरिने र नेपाली राष्ट्रिय गीतको अङ्ग्रेजी अनुवाद गरेको पर्चासमेत वितरण गरिने भएको छ। नेपाली वेषभूषा झल्किने विभिन्न जातिका पहिरनसहित नेपाली गीत पनि बजाइने समूहकी सदस्य अञ्जना गरूङले बताए।
नेपालको भौगोलिक र ऐतिहासिकता झल्काउने विभिन्न पर्यटकीयस्थल समेटिएको श्रव्यदृश्य पनि देखाइने छ । यसका साथै अस्पतालको कार्यक्रमस्थलमा नेपाली कला, सङ्गीत तथा अन्य रमणीय स्थानका तस्वीर र नेपाली कला प्रदर्शनी गरिने रस्मितासिंह दर्लालीले जानकारी दिए। अस्पतालमा करिब १५० नेपाली कार्यरत छन्। |
नेपालमा लगानी गर्न राजदूत अधिकारीको आग्रह काठमाडौं । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानका उद्यमी–व्यवसायीहरूलाई नेपालमा लगानी गर्न र व्यापारका अवसरहरू खोज्न आग्रह गरेका छन् ।
पाकिस्तानको सबैभन्दा पुरानो सुक्कर उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूसँग आज भएको छलफलमा उनले उक्त आग्रह गरेका हुन् ।
राजदूत अधिकारीले नेपाल–पाकिस्तान सम्बन्धका विविध पक्षबारे चर्चा गर्दै त्यसलाई अझ सुदृढ तुल्याउन आफू प्रतिबद्ध रहेको बताएको इस्लामावादस्थित नेपाली दूतावासले जनाएको छ । दुई देशबीचको आर्थिक सहकार्यको सम्भावनाबारे प्रकाश पार्दै उनले सांस्कृतिक र हिमाली पर्यटनको केन्द्र नेपाल दक्षिण एसियामा उत्कृष्ट आतिथ्यता उद्योग भएको मुलुकका रूपमा परिचित रहेको जानकारी गराएका थिए ।
चेम्बरका अध्यक्ष आमिर अलीखान घौरी र सदस्यहरूले नेपाल भ्रमण गरी व्यापारका अवसरका बारेमा जानकारी लिने आश्वासन दिएका थिए । सुक्कर क्षेत्र कृषि उत्पादन, सुक्खा फल र मसला उद्योगका निम्ति प्रसिद्ध छ । रासस |
भयावह दुर्घटनामा युरोपको माल्टामा नेपाली युवाको मृत्यु माल्टा। युरोपको पर्यटकीय क्षेत्र माल्टामा रोजगारीका सिलसिलामा पुगेका नेपाली युवा अजय श्रेष्ठको सडक दुर्घटनामा परी निधन भएको छ। फुड डेलिभरीको काम गर्ने गरेका श्रेष्ठको फेब्रुअरी १६ का दिन विहान कामको सिलसिलामा स्कूटरमा फुड डेलिभरी गर्ने क्रममै दुर्घटना भएको थियो। समाचारअनुसार, उनको घटनास्थलमै मृत्यु भएको थियो।
नेपालको नेपालगञ्ज स्थायी घर भएको २६ बर्षीय युवा श्रेष्ठ माल्टामा वल्ड नामक फुड डेलिभरी कम्पनीमा कार्यरत थिए। सो कम्पनीको एपमा खानाको अर्डर आउने र एपबाटै काम स्वीकार गरी तयारी खानामा अर्डरकर्ताको घर पुर्याउने काम श्रेष्ठले गर्दै आएका थिए।
विहान सवा ११ बजेतिर खाना खाने समयमा डेलिभरीको काममा निस्केका उनलाई माल्टाको अल्डो मोरो स्ट्रीटमा विपरीत दिशाबाट आएको एउटा ट्रकले दुर्घटना गराएको थियो। विपरीत दिशाबाट आएको ट्रक अनियन्त्रित भई रोड क्रस बारमा ठोक्किएको र विजुलीको पोल ठल्दा सो पोलले लागेर स्कूटरमा रहेका श्रेष्ठको मृत्यु भएको थियो। (हेर्नुहोस् दुर्घटनास्थलको फोटो)
घटनापछि घटनास्थल पुगेका गैरआवासीय नेपाली संघ माल्टाका बरिष्ठ उपाध्यक्ष नविन गिरीले डिसी नेपाललाई दिएको जानकारीअनुसार, उनलाई उद्दार गरी तत्काल अस्पताल लगिए पनि डाक्टरले मृत घोषणा गरेका थिए।
तीन वर्षअघि रोजगारीका लागि नेपालबाट माल्टा पुगेका श्रेष्ठले भयावह सडक दुर्घटनमा परेर ज्यान गुमाएपछि गैरआवासीय नेपाली संघले उनको पार्थिव शरीरलाई नेपाल पठाउने गरी काम शुरु गरेको छ । माल्टामा दूतावास नभएकोले बेलायतको लण्डनस्थित नेपाली दूतावाससंग समन्वय शुरु गरिएको छ।
उनको रोजगारदाता कम्पनीसंगसमेत प्रारम्भिक कुराकानी एनआरएनएले गरेको छ। श्रेष्ठको पार्थिव शरीरलाई परिवारजनसमक्ष नेपाल पुर्याउन र आवश्यक काम गर्न एनआरएनएले अध्यक्ष भुवन अर्यालको संयोजकत्वमा रेम्स खनाल,सन्देश केसी, सत्या झा र शंकर खत्री रहेको ५ सदस्यीय समिति पनि गठन गरेको छ।
यो समितिले मृतक श्रेष्ठको कम्पनीसँग पनि संयोजन गरी उनले पाउने कुनै रकम भए त्यसबारे पनि पहल गर्ने छ भने तत्काल उनको पार्थिव शरीरलाई नेपाल पठाउन आवश्यक पर्ने रकम समुदायबाट संकलनको पहल गर्ने छ।
यति भयावह दुर्घटनामा नेपालीको मृत्यु भएको विषय नेपाली समुदाय माल्टाका धेरै बर्षयता नभएकोले सो समितिले कानुनी परामर्शसमेत गरेर क्षतिपूर्ति लगायतको कामका लागि पनि संयोजन गर्ने भएको छ। मृतक श्रेष्ठका दाजु हाल माल्टामै रहेको बताइएको छ । दुवईबाट उनी एकसाताअघि मात्र भाइ बस्ने गरेको माल्टामा कामका लागि पुगेका थिए।
एनआरएनए माल्टाले श्रेष्ठको दुर्घटनामा परी निधन भएकोमा उनको आत्माको शान्तिको कामना गर्दै उनको पार्थिव शरीर राखिएको स्थानीय अस्पतालमा दीप प्रज्वलन गरेको छ।
स्थानीय अखवार माल्टा टुडेले लेखेको समाचारअनुसार, करिव ५०० जना नेपालीहरु सो दीप प्रज्वलनमा सहभागी भई स्वर्गीय श्रेष्ठको आत्मा शान्तिको कामना गरेका थिए ।
(तस्वीर र भिडियो सौजन्य नवीन गिरी, माल्टा) |
मर्यादाभित्र रहन हिराचनलाई एनआरएनए अध्यक्ष पन्तको चेतावनी जर्मनी । आफ्नो कार्यक्षेत्र नाघेर गैरआवासीय नेपाली संघ जापान राष्ट्रिय समिति विघटन गर्ने पूर्वअध्यक्ष देवमान हिराचनलाई संस्थागत मर्यादामा रहन गैर आवासीय नेपाली संघले चेतावनी दिएको छ ।
हिराचनलाई संघका अध्यक्ष कुमार पन्तले मंगलबार एक पत्र देख्दै सहमति र सहकार्यको वातावरण तयार गर्नुको सट्टा विधानलाई आफ्नो हातमा लिएर गरेका भ्रमपूर्ण गतिविधि आइसीसीलाई अस्वीकार्य हुने उल्लेख गरिएको छ ।
पन्तले राष्ट्रिय समन्वय परिषद भङ्ग गर्ने अधिकार उच्चस्तरीय समितिलाई नभएकोले शिव प्रसाद पौडेलको नेतृत्वमा रहेको हालको राष्ट्रिय समन्वय परिषदलाई नियमित कामकारवाही अगाडि बढाउन निर्देशन समेत दिएका छन् ।
पन्तले आइसीसीको तर्फबाट १० औ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिको नामावली निर्वाचन समितिलाई पठाईसकेको जनाउँदै अहिले निर्वाचन समितिले प्रकृया अगाडि बढाई सकेको अवस्थामा निर्वाचनको वातावरण नधमिलाउनको लागि अनुरोध समेत गरेका छन् ।
हिराचनले संघको महाधिवेशन प्रतिनिधि विवाद मिलाउन गठित विघठित उच्च्स्तरीय समितिको निर्णय भन्दै ८ बुँदे पत्र जारी गरेका थिए । सो समितिमा संघका पूर्वअध्यक्ष शेष घले समेत रहेका थिए । विवाद मिलाउन जिम्मा लिएका घलेद्धारा गठित कार्यदलको प्रतिवेदन आफु अनुकुल नभएको र उच्चस्तरीय समितिको महाधिवेशन विवाद मिलाउन जारी गरिएको पत्रलाई राष्ट्रिय समितिले अस्वीकार गरे पछि घले सो समितिबाट पछि हटेका थिए ।
पत्रको पूर्णपाठ
श्री देवमान हिराचन, संरक्षक, गैरआवासीय नेपाली संघ
बोधार्थः
श्री शिव प्रसाद पौडेल, अध्यक्ष, राष्ट्रिय समन्वय परिषद् जापान
श्री अम्बिका जोशी, कार्यबाहक राजदुत, नेपाली राजदुतावास, टोकियो
बिषयः राष्ट्रिय समन्वय परिषद् जापान भङ्ग गर्ने कथित बक्तव्य बारे ध्यानाकर्षण ।
महोदय,
उपर्युक्त सम्बन्धमा तपाईले मिति २०२२ फेब्रुअरी १५ तारिखमा उच्चस्तरीय समितिको नाममा राष्ट्रिय समन्वय परिषद् ९एनसिसि० जापान भङ्ग गरिएको भनी जारी बक्तव्य प्रति मेरो गंभीर ध्यानाकर्षण भएको छ ।
एनसिसि जापानका सम्बन्ध उचित निकास निकाल्नका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद ९आइसिसि० को ८१ आंै बैठकले निवर्तमान अध्यक्ष भवन भट्टलाई जिम्मेबारी दिएको र उहाँले सबै पक्षसँग परामर्श गर्ने क्रममा रहनु भएको तपाईलाई जानकारी छ ।
उहाँले यथाशिघ्र समाधान निकाल्नु हुनेमा हामी विस्वस्त छौ । उच्चस्तरीय समितिलाई एनसिसि जापानका सम्बन्धमा काम गर्ने कार्यक्षेत्र तोकिएको छैन ।
बक्तव्यमा हबला दिए जस्तो उच्चस्तरीय समितिमा एनसिसि जापान भङ्ग गर्ने बारे कुनै पनि छलफल र निर्णय नभएको तपाई स्वयं जानकार हुँदा हुदै यस्तो भ्रमपूर्ण बक्तव्य जारी गर्नु भएकोमा म आश्चर्य चकित भएको छु ।
आइसिसिको तर्फबाट १० औ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिको नामावली निर्वाचन समितिलाई पठाए सकेको छु र अहिले निर्वाचन समितिले प्रकृया अगाडि बढाई सकेको छ ।
अतः यस्ता गतिविधिहरु गरी निर्वाचनको वातावरण नधमिलाउनको लागि अनुरोध गर्दछु ।
उच्चस्तरीय समितिले आइसिसिलाई सुझाव दिन सक्छ तर यस समितिले परिषदको कार्यकारी अधिकार प्रयोग गर्न सक्दैन् । राष्ट्रिय समन्वय परिषद भङ्ग गर्ने अधिकार उच्च स्तरीय समितिलाई नभएकोले शिव प्रसाद पौडेलको नेतृत्वमा रहेको हालको राष्ट्रिय समन्वय परिषदलाई नियमित कामकारवाही अगाडि बढाउनुको लागि म अनुरोध गर्दछु ।
संरक्षकको हैसियतले तपाईले सबै पक्ष बिच सहमती र सहकार्यको वातावरण तयार गर्नुको सट्टा विधानलाई आफ्नो हातमा लिएर गरेका भ्रमपूर्ण गतिविधि आइसिसिलाई अस्वीकार्य छ ।
संरक्षकको मर्यादा भित्र रहेर यस्ता गतिविधि तुरुन्त बन्द गर्न म तपाईलाई सचेत गराउँछु ।
कुमार पन्त
अध्यक्ष, गैरआवासीय नेपाली संघ
२०२२ फेब्रुअरी १५
|
कोलोराडोमा नेपाली संस्कृति प्रवर्द्धन गर्न योमरी मयजुको प्रचार प्रसार कार्यक्रम कोलोराडो । अमेरिकाको कोलोराडो डेनभरस्थित नेपालीहरुबीच योमरी मयजुको सांस्कृतिक प्रस्तुति प्रदर्शन भएको छ । सो कार्यक्रममा योमरीको इतिहास, योमरी बनाउने तरिका, योमरीको सांस्कृतिक र सामाजिक महत्वका बारेमा योमरी मयजुका अध्यक्ष अनुपा श्रेष्ठ बताएकी थिइन्। यस्तै कार्यक्रममा नेपाली खानपानमा पञ्च तत्वको महत्वको बारे बिनिशा श्रेष्ठले प्रकाश पारेकी थिइन ।
मौलिक नेपाली गीत संगीतको प्रस्तुति उक्त कार्यक्रममा नेपाली शैलीमा जन्मोत्सव मनाइने प्रक्रियाको पनि प्रदर्शन गरिएको थियो। भने कार्यक्रममा मौलिक नेपाली गीत संगीतको पनि प्रस्तुति रहेको थियो।
साथै नेपाली हस्तकलाका सामान तथा नेपाली पोशाकहरु प्रदर्शन तथा बिक्री वितरणका लागि राखिएको थियो।
आफ्नो कला र संस्कृति जोगाउने उद्देश्यले योमरी मय्जुको शुभारम्भ गरिएको हो । र विशेष अमेरिकामा पनि नेपालीहरुको उल्लेखनीय संख्या रहेकोले डेनभरबाट शुभारम्भ भएको हो।
के हो योमरी?
भौतिक रूपमा वर्णन गर्दा, चामलको पिठो मुछेर चोसिलो खोक्रो अण्डाकार बनाई त्यसभित्र चाकु र तिलको मिश्रण राखी बफ्याएर योमरी बनाइन्छ । सांस्कृतिक, धार्मिक र पौष्टिक रूपले हेर्दा, यसभित्र सिंगो नेवार समुदायको सभ्यता र संस्कृति समेटिएको मान्न सकिन्छ ।
यसैले नेवार समाजले योमरीलाई जीवनको अभिन्न अंगका रूपमा प्रतिस्थापन गरेको छ । यसलाई मानसपटलबाट विमुख गर्न नसकिएकै कारण मंसिर पूर्णिमा अर्थात् धान्यपूर्णिमालाई समेत स्थानीयकरण गरी योमरी पूर्णिमाको रूपमा नामाकरण गरिएको छ । सांस्कृतिक, धार्मिक र पौष्टिक रूपले महत्त्वपूर्ण मानिने योमरी सिंगो नेवार समुदायको सभ्यता र संस्कृतिको परिकार हो ।
नेवार भाषमा योमरी को अर्थ मनपर्ने रोटी हो भने यसले समग्र नेवार समुदायको संस्कृतिलाई झल्काउने गर्छ । योमरीलाई काठमाडौं उपत्यकाको खाद्य पदार्थका रूपमा सीमित गरे पनि विस्तारै यसको महत्वलाई बढाउने उनीहरूको उद्देश्य छ । विशेष गरी ठूला उत्सवमा योमरीको माला लगाउने र पुष्पवृष्टिको सट्टा योमरी वृष्टि गराउने पनि गरिन्छ ।
नेवार समाजको अभिन्न अंग, यःमरीको धार्मिक एवं सांस्कृतिक महत्त्व छ । पूजापर्वदेखि जीवन संस्कारमा समेत उपयोगमा ल्याइने मनपर्ने रोटी योमरी निकै मिठो र स्वस्थ्यवर्द्धक हुन्छ ।
|
दर्जनभन्दा बढी देशले आफ्ना नागरिकलाई युक्रेन छोड्न दिए निर्देशन, नेपालले कहिले दिने ? काठमाडौं । पछिल्ला केही दिनयता एक दर्जनभन्दा बढी देशले आफ्ना नागरिकलाई युक्रेन छोड्न निर्देशन दिएका छन् ।
रुसले कुनै पनि बेला युक्रेनमाथि आक्रमण गर्ने अमेरिकी सूचनालाई आधार बनाउँदै ती राष्ट्रले आफ्ना नागरिकलाई युक्रेन छोड्न भनेका हुन् ।
आफ्ना नागरिकलाई युक्रेन छोड्न निर्देशन दिने राष्ट्रहरुमा अमेरिका, इराक, जर्मनी, क्यानडा, बेलायत, अष्ट्रेलिया, इटाली, इजरायल, नेदरल्याण्ड्स, जापान लगायत छन् ।
पछिल्ला महिनाहरुमा रुसले युक्रेनको सीमा नजिक ठूलो संख्यामा सैनिक र अत्याधुनिक हातहतियार तैनाथ गरेपछि आक्रमणको आशंका गरिएको हो ।
अमेरिका लगायत पश्चिमी देशहरुले अहिले रुसले युक्रेनमाथि आक्रमण गर्ने तयारी गरिरहेको र त्यो जुनसुकै बेला हुन सक्ने बताउँदै आएका छन् ।
रुसले भने पश्चिमी राष्ट्रहरुको भनाईमा सत्यता नभएको बताउँदै आएको छ । युक्रेनमाथि आक्रमण गर्ने कुनै तयारी नभएको रुसले बताएको छ ।
अन्तर्राष्ट्रिय मिडियाहरुका अनुसार रुसले युक्रेनको सीमामा अहिले एक लाख २० हजारभन्दा बढी सैनिक तैनाथ गरेको छ । युक्रेनको सीमामा ठूलो संख्यामा ट्याङ्क, लडाकु विमान समेत रुसले तैनाथ गरेको जनाइएको छ ।
युक्रेनलाई सहयोग गर्न पश्चिमी देशहरुले हातहतियार पठाइरहेका छन् । नेटोले पनि युक्रेनलाई सहयोग गर्ने जनाएको छ । अमेरिकाले त आफ्ना साढे ८ हजार सैनिकलाई हाई अलर्टमा राखेको छ ।
रुस र युक्रेनबीच युद्धको खतरा बढ्दै गएपछि पछिल्ला दिन आफ्ना नागरिकलाई युक्रेन छोड्न निर्देशन दिने राष्ट्रको संख्या बढ्दै गएको हो ।
अमेरिकाले युक्रेनको किवमा रहेको दूतावास खाली गर्ने तयारी गरेको छ । क्यानडाले पनि किवस्थित दूतावासमा रहेका आफ्ना नागरिकलाई पश्चिमी युक्रेनमा रहेको लिभिभमा सह।मा सार्ने घोषणा गरेको छ ।
यदि रुसले युक्रेनमाथि आक्रमण गरे ५० हजारभन्दा बढी सर्वसाधरणले ज्यान गुमाउने चेतावनी अमेरिकाले दिंदै आएको छ । यसैकारण अहिले आफ्ना नागरिकलाई युक्रेन छोड्न बिभिन्न देशहरुले निर्देशन दिएका हुन् ।
शक्ति राष्ट्रहरुले आफ्ना नागरिकलाई सुरक्षित स्थानमा सार्न सुरु गरिसकेको अवस्थामा युक्रेनमा नेपालीको अवस्था के छ रु कति नेपाली छन् रु भन्नेबारे न्युज कारखानाले परराष्ट्र मन्त्रालय समक्ष जिज्ञासा राखेको थियो ।
‘अहिलेसम्म यहाँ खतरा छ वा हामी खतरामा छौं भनेर युक्रेनबाट कसैले पनि सम्पर्क गरेको छैन,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, ‘युक्रेनमा के कति नेपाली हुनुहुन्छ भन्ने हामी बुझ्दै छौं ।’
युक्रेनमा कति नेपाली कुन कुन स्थानमा छन् भन्ने तथ्याङ्क नेपाल सरकारसँग छैन ।
वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८\७९ सुरु भएपछिको ६ महिनामा १३५ जना नेपाली श्रम स्वीकृति लिई युक्रेन गएका छन् ।
विभागका अनुसार साउनमा २२, भदौमा २५, असोजमा २५, कात्तिकमा ११, मंसिरमा २४ र पुसमा २८ जना नेपाली वैदेशिक रोजगारीको सिलसिलामा युक्रेन गएका छन् ।
यस्तै, आर्थिक वर्ष २०७५\७६ मा ८ जना, २०७६\७७ मा २४ जना र २०७७\७८ मा ५३ जना नेपाली श्रम स्वीकृति लिई युक्रेन गएको देखिन्छ । पछिल्लो साढे तीन वर्षको अवधिमा वैधानिक बाटोबाट २२० जना नेपाली युक्रेन गएका छन् । तर यीमध्ये कति युक्रेनमा छन् र कति स्वदेश फर्किसके भन्ने तथ्याङ्क सरकारसँग छैन ।
|
अमेरिकाको मोटेलमा मृत भेटिएका नेपालीको स्थानीय समुदायद्वारा दाहसंस्कार वासिंगटन डिसी । अमेरिकाको कोलोराडोस्थित डेनभर शहरको एउटा मोटेलमा मृत अवस्थामा फेला परेका नेपाली राजेन्द्र कार्कीको स्थानीय नेपाली समाजका सदस्यहरुले दाहसंस्कार गरेका छन् । उनी स्थायी ठेगाना नेपालको ओखलढुंगा रहेको पत्ता लागेको छ ।
उनी डेनभर शहरमा रहेको काठमाडौं नामक नेपाली रेष्टुरांमा काम छोडेर हिडेको एक महिनाभन्दा केही बढी दिनपछि शहरको मध्यभागमा रहेको एउटा मोटेलमा मृत फेला परेका थिए ।
उनी मोटेलमा गएर केही दिन बसेका रहेछन्, उनको कोठाको ढोका नखुलेको पाएपछि मोटेल व्यबस्थापनले स्थानीय प्रहरीलाई बोलाई ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा पाइएका थिए । तै पनि प्रहरीले उनलाई शुरुमा अस्पताल लगेको र डाक्टरले उनलाई मृत घोषित गरेको जानकारी स्थानीय नेपाली समाजका अभियन्ताहरुले पाएका छन् ।
मृत्युको कारण नेचुरल डेथ भनिएको रिपोर्ट दिइएको छ । थप अनुसन्धानका लागि रगतको स्याम्पल परीक्षणका लागि लगेको र त्यसको रिपोर्ट १२ हप्तामा मात्र दिइने जानकारी पनि पाएको एनआरएनएका बोर्ड सदस्य सुशील दाहालले डिसी नेपाललाई बताए ।
कार्कीको पासपोर्ट नम्बर राखेर वेवारिसे मृत्युसम्बन्धी अनुसन्धान गर्ने निकाय कोरोनर अफिसका अनुसन्धानकर्ता केली वारेनले वासिंगटन डिसीस्थित नेपाली दूतावासलाई पत्र लेख्दै आफन्त, नातेदारलाई सम्पर्कमा ल्याइदिन आग्रह गरेका थिए । दूतावासले गैरआवासीय नेपाली संघ (एनआरएनए),कोलोराडो च्याप्टरलाई सो जानकारी गराएपछि च्याप्टरले उनका बारेमा नेपालसम्म सोधखोज गरेको थियो ।
केही बर्षअघि अमेरिका आएका उनी कोलोराडो बस्दै आएका र विभिन्न नेपाली रेष्टुरांहरुमा काम गरेको पाइएको र उनको परिवारसंग पनि नेपालमा सम्पर्क गरी अन्तिम संस्कारको अनुमति लिइएको कोलोरोडो च्याप्टरका अध्यक्ष आरसी पन्तले डिसी नेपाललाई बताए ।
मोटेलमा मृत भेटिएका कार्कीको साथमा पासपोर्ट रहेको र खल्तीमा चारसय पचास डलर रहेको जानकारी प्रहरीले नेपाली समाजलाई गराएको थियो । उनको अन्तिम संस्कारका लागि गैरआवासीय नेपाली संघ कोलोराडो च्याप्टरले स्थानीय नेपाली समुदायसंग रकम संकलन गरेको र सोही रकमबाट फेब्रुअरी ११ तारिक शुक्रबार विहान स्थानीय शवदाह गृहमा उनको अन्तिम संस्कार गरिएको थियो । उनको खल्तीमा फेला परेको रकम अन्तिम संस्कारका बेला दान गर्ने इच्छा परिवारले व्यक्त गरेपछि सोही अनुसार दान गरिएको थियो ।
कार्कीका एकजना भाइ नर्थ क्यारोलिनाबाट र अर्का सालो नाताका आफन्त पनि अन्तिम संस्कारका लागि कोलोराडो पुगेका थिए । |
कोरिया सरकारले कोरोना बढेसंगै नेपाली श्रमिक लैजान रोक काठमाडौ । केही दिनदेखि दक्षिण कोरियामा पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीव्र गतिमा फैलन थालेपछि कोरिया सरकारले नेपाललगायत अन्य देशबाट श्रमिक लैजान रोक लगाएको छ ।
पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीव्र गतिमा फैलन थालेपछि नेपाललगायत अन्य देशबाट समेत श्रमिक लैजान रोक लगाइएको र १४ फेब्रुअरीमा तय भएको नियमित उडान तालिका स्थगन गरिएको दक्षिण कोरियाको श्रम तथा रोजगार मन्त्रालयलाई उद्धत गर्दै सउलस्थित नेपाली दूतावासले जानकारी गराएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जान भाषा परीक्षा पास गरी लामो पर्खाइपछि १४ फेब्रुअरीमा उडान तय भइ रोकिएका श्रमिकहरूको अर्को उडान तालिका छिट्टै सार्वजनिक गर्न पहल भइरहेको बताए ।
उनले सङ्क्रमण दर कम हुनासाथ रोकिएका श्रमिकहरूलाई तत्काल पठाउने व्यवस्था गर्ने विश्वास दिलाएका छन । रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया जाने पर्खाइमा रहेका नेपाली श्रमिक लामो समयदेखि रोकिएकामा सरकारले पहल गरेर नियमित रूपमा जाने व्यवस्था गरेको थियो । |
नेपाल–कोरिया हवाई उडान सञ्चालन गर्न माग काठमाडौं । नेपाल कोरिया कल्चर सेन्टरका प्रतिनिधीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले समक्ष नेपाल एरलाइन्समार्फत नेपाल–कोरिया सिधा हवाई उडान सञ्चालन गर्न माग गरेका छन् ।
आज मन्त्रालयमा भएको भेटघाटमा नेपाल–कोरिया कल्चर सेन्टर कोरियाका निर्देशक ह्वाङ्क्युले दुवै देशको पर्यटन विकास, कृषि पर्यटनका लागि नेपाल एरलाइन्सको जहाजमार्फत सिधा उडान गर्नुपर्ने माग गरे । उनले भने, “नेपालमा पर्यटन क्षेत्रको विकास र पर्यटक भित्र्याउनका लागि नेपाल–कोरिया सिधा हवाई उडान हुन आवश्यक छ, सरकारको तर्फबाट पहलहोस् ।”
निर्देशक ह्वाङ्क्युले राखेको प्रस्तावमा मन्त्री आलेले नेपाल–कोरिया सिधा हवाई उडानका लागि आवश्यक छलफल गरिने बताए । उनले भने, “तपाईहरूले राख्नु भएको प्रस्ताव राम्रो छ, हामी छलफल गरी खबर गर्छौँ ।” रासस |
दुबई एक्स्पोमा नेपाल दिवस मनाइयो काठमाडौं । दुबईमा भइरहेको एक्स्पो २०२० मा नेपाल दिवस पनि मनाइएको होटल सङ्घ नेपाल (हान) ले जनाएको छ । यही माघ २० गते सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय गानका साथ राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिएको थियो ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका दबईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल तथा संयुक्त अरब इमिरेट्सका प्रतिनिधिमण्डलका नेता त्यहाँका परराष्ट्र तथा अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी सहायकमन्त्री युसुफ अल होसानीले सभालाई सम्बोधन गर्दै दुई देशबीचको बहुआयामिक सम्बन्ध एक्स्पोका कारणले थप उचाइ लिएको बताएका थिए । दुवैले संयुक्त अरब इमिरेट्सको आर्थिक विकासमा त्यहाँ कार्यरत झण्डै साढे दुई लाख नेपाली कामदारहरुको योगदानको चर्चा गरेका थिए ।
नेपाली प्रतिनिधिमण्डल तथा दुबईमा कार्यरत उल्लेख्य नेपाली समुदायको सहभागितामा सो एक्स्पोका लागि नेपाल सरकारबाट नियुक्त नेपाली आयोजक इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुप (आइइजी) ले नेपालबाट तयार गरी लगेको मच्छेन्द्रनाथको आकर्षक प्रतिमूर्तिका साथ मच्छेन्द्रनाथको सानो कदको रथ तानेर दुबईमा पानी परोस् भन्ने प्रार्थना गर्दै नाचगान बाजागाजाका साथ झाँकी प्रस्तुत गरिएको थियो ।
दुबईमा रहेका नेपाली कलाकारलगायत सांस्कृतिक संस्थानबाट गएका कलाकारले नेपाल दिवसमा प्रस्तुत गरेका हिमाल, पहाड, उपत्यका तथा तराईका मौलिक नाचगान सङ्गीत एक्स्पोमा निकै रुचाइएको नेपालका राष्ट्रिय संयोजक तथा प्याभिलियन डाइरेक्टर विनायक शाहले बताए । सो एक्स्पोका लागि नेपाली आयोजक इम्प्लिमेन्टिङ ग्रूपका अध्यक्ष तथा डेपुटी कमिश्नर जनरल अमृत शाक्यले नेपाली तथा संयुक्त अरब इमिरेट्सका प्रतिनिधिमण्डललाई नेपाल मण्डपमा स्वागत गर्दै प्रमुख विषयवस्तुहरुबारे जानकारी गराए ।
सन् २०२१ को अक्टोबर १ मा कोरोनाका कारण एक वर्ष ढिलो गरी सुरु भएको एक्स्पो २०२० दुबईमा विश्वका १९२ राष्ट्र तथा ५० भन्दा बढी अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनहरुको प्रतिनिधित्व छ । ‘आपसी सम्पर्क र सम्बन्धबाट समुन्नत भविष्य’ को नारा लिएर मार्चसम्म सञ्चालित छ महिने सो एक्स्पोमा नेपाली कला कौशल संस्कृति झल्काउने आकर्षक नेपाली मण्डपले हालसम्म झण्डै १७ लाख दर्शकलाई स्वागत गरिसकेको आयोजकले जनाएको छ ।
युरोप, अमेरिका र एसियालाई जोडेर छोटो समयमा दुबईले हासिल गरेको आर्थिक चमत्कार जस्तै भारत र चीनको बीचमा रहेको नेपालमा पनि जलविद्युत्, पर्यटन, सूचना प्रविधि, कृषि, वन र खनिजजन्य उत्पादनहरुको युवा जनशक्तिको उपयोगबाट अपार आर्थिक लाभ लिन प्रत्यक्ष वैदेशिक लगानी तथा व्यापारका लागि नेपाल मण्डपले विश्व समुदायलाई आह्वान गर्दै प्रदर्शनी तथा प्रवद्र्धनका नियमित कार्यहरु गर्दै आएको छ ।
सो एक्स्पोमा रहेको नेपाल मण्डपको सञ्चालन तथा व्यवस्थापन इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुपले गरेको छ । एक्स्पो २०२० दुबईमा सम्पन्न नेपाल दिवसका सहभागी नेपाली प्रतिनिधिमण्डलमा नेपाली राजदूत, राजदूतावासका अधिकारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अधिकारी, एक्स्पोका लागि नेपाली आयोजक संस्थाका पदाधिकारी रहेका थिए । साथै सांस्कृतिक संस्थानका कलाकार, युएईमा रहेका विभिन्न नेपाली सङ्घ संस्थाका प्रतिनिधिहरु र सयौँको सङ्ख्यामा त्यहाँ कार्यरत आआफ्नो मौलिक वेशभूषामा सुसज्जित नेपाली सहभागी रहेका थिए । रासस |
कतारमा रहेका नेपालीले अब दूतावासबाटै ई–पासपोर्ट पाउने काठमाडौं। कतारको दोहास्थित नेपाली दूतावासबाट लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी (ई–पासपोर्ट) सफलतापूर्वक छापिएको छ । आइतबार यसको सफल परिक्षण गरिएको हो ।
विदेशस्थित नेपाली नियोगबाट उत्पादन भएको यो पहिलो ई–पासपोर्ट भएको राहदानी विभागले जनाएको छ ।
सफल परिक्षण भएसँगै ई–पासपोर्टको लागि कतारस्थित नेपाली दूतावासले बुकिङ्ग खुला गरेको छ । ‘सुरुको एक हप्ताको लागि सीमित मात्रामा बुकिङ्ग खोलिएको छ,’ विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अन्य खाडी मुलुक र मलेशियामा रहेको नेपाली नियोगहरुमा ई–पासपोर्टको लागि आवश्यक पर्ने उपकरणहरु पठाइ सकिएको विभागले बताएको छ । उक्त सामानहरु जडान हुनासाथ ती दूतावासबाट केही दिन भित्रै ई–पासपोर्ट सेवा शुरु गरिनेछ ।
विभागका अनुसार अहिले अन्य मुलुकहरुमा रहेका नेपाली नियोगहरुमा पनि उपकरणहरू पठाउने कार्य भइ रहेको छ ।
नेपाल भित्र ३६ वटा जिल्ला प्रशासन कार्यालय र ५ वटा इलाका प्रशासन कार्यालय गरी ४१ स्थानबाट विद्युतीय राहदानीको लागि लाइभ इनरोलमेन्ट सुरु भइ सकेको छ । अन्य जिल्लाहरुमा तीन वटा प्राविधिक टोलीहरुले नेटवर्किङ्ग गर्ने, उपकरणहरू जडान गर्ने र तालीम प्रदान गर्ने कार्य भइरहेको छ । |
अलपत्र नेपालीको व्यवस्थापनका लागि श्रममन्त्री युएई जाने काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युएईमा अलपत्र नेपालीको व्यवस्थापनका लागि आगामी साता युएई जाने भएका छन् ।
वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भीसामा युएई गई अलपत्र परेका नेपालीको व्यवस्थापनका विषयमा युएई सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ युएई जान लागेका हुन् । नेपाली नागरिकलाई युएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे मन्त्री श्रेष्ठले नेपालका लागि युनाइटेड अरब इमिरेट्स ९युएई० का राजदूत साइद हमदान अल नाकीसँग आज मन्त्रालयमा छलफलसमेत गरेका छन् ।
मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभनमा यूएई गई अलपत्र परेका नेपालीहरूको समस्या समाधानमा सहयोग गर्न राजदूत साइदसँग आग्रह गरे । मन्त्री श्रेष्ठले अलपत्र परेका नेपालीहरूलाई युएईमै रोजगारीको अवसर प्रदान गर्ने, भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानुनी रूपमा बस्नुपर्ने बाध्यता भएकाहरूलाई आममाफी दिनुपर्ने तथा उद्धार गर्नुपर्नेलाई नेपाल फिर्ता गर्ने क्रममा युएई सरकारबाट सहयोगको अपेक्षा गरिएको बताए ।
नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट नेपालीलाई युएई पुर्याउने कार्यमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन पनि युएई सरकारबाट सहयोगको अपेक्षा गरिएको मन्त्री श्रेष्ठको भनाइ छ ।
राजदूत साइदले अलपत्र परेका नेपालीलाई युएईमा नै रोजगारी दिलाउन तथा उद्धार गर्नुपर्नेलाई पनि आवश्यक सहयोग गर्ने बताए । मन्त्री श्रेष्ठको युएई भ्रमणको क्रममा नेपाल(युएई संयुक्त समितिको बैठक पनि आयोजना हुनेछ । |
प्रवासी नेपाली मञ्च अमेरिकाको राष्ट्रिय सम्मेलन अप्रिलमा हुने काठमाडौं । प्रवासी नेपाली मञ्च अमेरिकाको तेस्रो राष्ट्रिय सम्मेलन आगामी अप्रिलमा हुने भएको छ ।
जनवरी १५ मा बसेको मञ्चको सचिवालय बैठकले आगामी अप्रिलमा राष्ट्रीय सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलनस्थल भने अर्को बैठकले निर्णय गर्नेछ ।
बैठकमा पोखरास्थित गण्डकी अस्पतालमा स्थापना गरिएको अक्सिजन प्लान्ट सहयोगका लागि संकलित रकमको विस्तृत बिवरण सचिवले सबैलाई जानकारी गराएका थिए । |
८ सय ६० म्यानपावर कम्पनीको वर्गीकरण गर्दै श्रम मन्त्रालय काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ८ सय ६० वटा वैदेशिक रोजगार प्रदायक संस्था (म्यान पावर कम्पनी)को वर्गीकरण गर्ने भएको छ ।
वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था वर्गीकरण गर्नका लागप सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार म्यानपावर कम्पनीको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार गर्न पोखरेलको नेतृत्वमा वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा ‘मेनपावर कम्पनी’का प्रतिनिधि सदस्य रहने गरी कार्यदल गठन गरिएको हाे।
सो कार्यदलले ‘म्यानपावर कम्पनी’ लाई विभिन्न समूहमा वर्गीकरण गर्न मापदण्ड तथा सूचक तयार गर्नेछ । |
दुबईबाट मलद्वारमा लुकाएर ल्याएको एक किलो बढी सुन र आइफोनसहित तीन पक्राउ काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ९९ लाख २९ हजार ६९८ रुपैयाँ बराबरको ११५५ ग्राम सुन र ५ वटा आइफोन १३ प्रो म्याक्स मोबाइलसहित तीन जनालाई पक्राउ गरेको छ।
बुधबार विमानस्थलको आगमन टनेल गेटबाट करिब एक करोड बराबरको सुन र मोबाइलसहित तीन जनालाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जानकारी दिएको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ३ का ३९ वर्षीय दावा छिरिङ शेर्पा, रौतहट गौर नगरपालिका १० सोबगाढाका ३२ वर्षीय सुनिलकुमार साह र मकवानपुर मनहरी नगरपालिका ७ का २८ वर्षीय नवराज परियार छन्।
शारजाहबाट एयर अरेबियामा काठमाडौं आएका शेर्पाबाट ८३ लाख ३९ हजार २४७.५ रुपैयाँ बराबरको एक किलो ५५ ग्रामको सुनलाई अर्धठोस बनाएर तीन वटा पोका बनाएर मलद्वारमा लुकाएर ल्याएको अवस्थामा प्रहरीले बरामद गरेको थियो।
यस्तै दुबईबाट हिमालयन एयरमा काठमाडौं आएका साहबाट प्रहरीले ६ लाख ४० हजार बराबरको चार वटा आइफोन १३ प्रो म्याक्स र ३ लाख ९५ हजार २२५ रुपैयाँ बराबरको सुनको बेरूवा औंठी र एउटा सिक्री बरामद गरेको थियो।
त्यस्तै दुबईबाट हिमालयन एयरबाट काठमाडौं आएका परियारबाट पनि एक लाख ६० हजार बराबरको एउटा आइफोन १३ प्रो म्याक्स र ३ लाख ९५ हजार २२५ रुपैयाँ बराबरको दुइटा बेरूवा औंठी बरामद गरेको छ।
पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान गर्न कार्यालयले बिहीबार त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाएको छ।
|
अमेरिकन ओपन टेनिस च्याम्पियनको पछि लागेर हैरान पार्ने नेपाली युवा अदालतबाट दोषी ठहर काठमाडौं। अमेरिकन ओपन टेनिस प्रतियोगितागी च्याम्पियन रहेकी बेलायती टेनिस स्टार एम्मा राडुकानुको पछि लागेर हैरान पार्ने एक नेपाली युवा अदालतबाट दोषी ठहर भएका छन् । अमेजन कम्पनीमा डेलिभरी ब्वायको रुपमा काम गर्ने नेपाली युवा ३५ वर्षका अमृत मगरलाई अदालतले दोषी ठहर गरेको हो ।
अदालतमा सुनुवाइको क्रममा एम्माले ती नेपाली युवा पटक पटक उनको घरमा आउको र उनका पिताको जुत्ता ‘सम्झनाको लागि’ भन्दै चोरी गरेको भन्दै आफूले अत्यन्तै असुरक्षित महसुस गरेको बताएकी थिइन् । उनका अनुसार अमेजनका डेलिभरी ड्राइभरले उनको ठेगाना पत्ता लगाएर उनको घरमा नोटहरु, फूलहरु र क्रिसमस डेकोरेसन समेत छोड्न थालेका थिए ।
अमृत मगर विवाहित हुन् । डेलीमेलको एक रिपोर्टअनुसार उनले आफू बेरोजगार भएको समयमा एम्मालाई टेलिभिजनमा देखेपछि लण्डन गएर एम्माको ठेगाना सोधखोज गर्न थालेका थिए । एम्मा लण्डनमा मातापिताको साथमा बस्छिन् । उनको घर पत्ता लगाएपछि उनले एम्माको नाममा नोटहरु छोड्न थालेका थिए ।
उनले एम्माको सम्झेर एक जोर जुत्ता पनि चोरी गरेका थिए तर त्यो जुत्ता एम्माका पिता इयानको थियो । उनले डोरबेल क्यामेराबाट मगरलाई चिनेपछि पुलिसलाई सूचना दिएका थिए र उनको पिछा पनि गरेका थिए । पक्राउ परेपछि मगरको साथमा एक जोर जुत्ता भेटियो जुन उनले सम्झनाको लागि चोरी गरेको बताएका थिए । ब्राम्ले मजिस्ट्रेट कोर्टमा भएको सुनुवाइमा अदालतले मगरलाई दोषी ठहर गरेको छ । उनलाई अर्को महिना सजाय सुनाइनेछ । |
अझै कार्यान्वयनमा आएन ‘फ्री भिषा फ्री टिकट’ काठमाडौँ। वैदेशिक रोजगारीका लागि लागतभन्दा १० गुणा बढीसम्म रकम तिर्नुपर्ने बाध्यता रहेको छ । विशेष गरी रोजगारीका खाडी मुलुकमा जानका लागि १० हजार रकम तिर्नुपर्ने भए पनि हाल एक लाखदेखि अढाई लाखसम्म तिर्नुपर्ने बाध्यता रहेको हालै यहाँ आयोजित कार्यक्रमका सहभागीले गुनासो गरेका थिए । सुरक्षित आप्रवासन परियोजनाद्वारा आयोजित कार्यक्रमका सहभागीले अझै पनि वैदेशिक रोजगारीमा जाने युवाले दुःख र वढी शुल्क तिर्नुपर्ने अवस्था रहेको जनाएका थिए ।
परियोजनाको एक अध्ययनअनुसार खाडी मुलुक जानकै लागि २४१ जनाले दुई लाखभन्दा बढी रकम तिरेका थिए । ‘फ्री भिषा फ्री टिकट’मा ती देशमा २१ जना मात्र गएको अध्ययनले देखाएको छ । विनाप्रमाण धेरै रकम दिएर विदेश जानेको सङ्ख्या अहिलेसम्म घट्न नसकेको बताइएको छ । कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भुजेलले वैदेशिक रोजगारीमा जान चाहनेले नै बढी सजगता अपनाउनुपर्नेमा जोड दिनुभयो । रोजगारीमा जानेले बढी रकम दिएर कम मूल्यको बिल लिने, प्रमाण नै नष्ट गर्ने जस्ता गतिविधि गर्नाले अन्याय पर्दा क्षतिपूर्ति लिनसमेत कठिन हुने गरेको पाइएको छ ।
नगरपालिकाभित्र वैदेशिक रोजगारीसम्बन्धी गरिएको अध्ययनअनुसार रोजगारीमा गएका विवाहित महिलाका श्रीमान्ले अर्को विवाह गर्ने क्रम बढेको छ । सो परियोजनाले गरेको अध्ययनअनुसार विदेश गएका १३६ महिलामध्ये २६ जना अर्थात् १३ प्रतिशत यहाँ रहेका पुरुषले अर्को विवाह गरेको बताए । तर विदेश गएका ८७९ विवाहित पुरुषमध्ये यहाँ रहेका २२ महिलाले मात्र अर्को विवाह गरेको तथ्याङ्क रहेको कार्यक्रम संयोजक ईश्वरी तामाङले जानकारी दिए ।
विभिन्न अध्ययनले समाजमा वास्तविकताभन्दा फरक प्रकृतिको हल्ला हुँदा सबैभन्दा धेरै वैदेशिक रोजगारीमा गएका व्यक्तिका श्रीमती समस्या पर्ने गरेको समेत कार्यक्रममा जानकारी दिए । परियोजनाका झापा, पाँचथर र इलामका कार्यक्रम अधिकृत रामुकमार कर्णका अनुसार भ्रम चिर्नका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सूचना तथा समाचार प्रसारण प्रकाशन गर्दा सञ्चारकर्मीले अरू बढी संवेदनशीलताका क्षेत्रमा समेत हेर्नुपर्ने बताए ।
आप्रवासी कामदारको सकारात्मक फाइदा धेरै भए पनि नकारात्मक कुराहरु बाहिर आउने भएकाले सामाजिक समस्या आउने गरेको परियोजना संयोजक तामाङले बताए ।इलाम, सूर्योदय, देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिकामा सञ्चालित परियोजनाले वैदेशिक रोजगारीमा जानपूर्व लिनुपर्ने आवश्यक सूचना प्रदान गर्ने, सीप सिकेर मात्र विदेश जान सुझाउने गरेको छ । भरसक स्वदेशमा नै आयआर्जनको बाटो खोज्न प्रोत्साहित गर्ने परियोजनाको लक्ष्य छ । |
पोर्चुगलमा अस्ताए २४ बर्षीय नेपाली युवा लिस्बन । पोर्चुगलमा एक नेपाली युवाको निधन भएको छ। काम गर्दागर्दै बेहोस भएका २४ बर्षका उनि नेपाल स्याङ्जा निवासी हुन्।
उनको उपचारको क्रममा अस्पतालमा निधन भएको हो। भिरकोट नगरपालिका वार्ड नम्बर ५ स्याङ्जा घर भै हाल पोर्चुगलमा रहेका अंकित सिह ठकुरी काम गर्ने क्रममा बेहोस भएको र तत्कालै उपचारको लागि हस्पिटल पुर्याइएको थियो।
जनवरी २९मा हस्पिटलले बचाउन नसकेको कुरा जानकारी गराएको छ। केही महिना अगाडि मात्रै ग्रिस हुदै युरोप छिरेका उनले पोर्चुगललाई आफ्नो गन्तब्य बनाएका थिए ।
दुई दिन अगाडि मात्रै पोर्चुगलमा नेपाल कन्चनपुर घर भएका अर्का युवकले सुसाइड नोट लेख्दै झुण्डिएर आत्महत्या गरेका थिए। |
आदिवासी जनजाति महासंघको प्रवास समितिको जिम्मेवारी हेरफेर काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले प्रवास समितिको जिम्मेवारी हेरफेर गरेको छ। महासंघका उपाध्यक्ष तथा विदेश विभाग इञ्चार्ज गोविन्द छन्त्यालका अनुसार अन्तर्राष्ट्रिय प्रवास तदर्थ समितिको रिक्त पदमा विधिसम्मत पदपूर्ति तथा जिम्मेजारी हेरफेर गर्दै पदाधिकारी मनोनित गरिएको हो।
जसअनुसार महासंघले अन्तर्राष्ट्रिय संयोजकको जिम्मेवारी यूएई निवासी पासाङ शेर्पालाई दिएको छ। सामाजिक क्षेत्रमा क्रियासिल शेर्पा यूएईमा रोजगारीसँगै व्यवसायमा समेत संग्लन छन्।
छन्त्यालका अनुसार प्रवास समितिको उपसंयोजकको जिम्मेवारी पोर्चुगलका हेम गुरुङलाई दिइएको छ। यस्तै सदस्यसचिवमा बेलायत निवासी विमला सेन लिम्बु चयन भएकी छिन्। यसैगरी बहराइन निवासी मिलन राईले सहसचिवको जिम्मेवारी पाएका छन्। त्यस्तै आर्थिक संयोजकमा भने अष्ट्रेलियाका अरुण तामाङ चयन भएका छन्। |
बाल्टिमोरमा बानाको रक्तदानमा लोगो हटाउन एनआरएनएको दबाब बाल्टिमोर । अमेरिकाको बाल्टिमोरस्थित नेपालीहरुको साझा संस्था बाल्टिमोर एशोसियशन अफ नेप्लिज ईन अमेरिका (बाना) आयोजनामा गैरआवासीय नेपाली संघसमेतको संलग्नतामा आयोजित रक्तदान कार्यक्रम चल्दा चल्दै संघको अमेरिकाका महासचिवले आफ्नो लोगो हटाउन दबाब दिएका छन् ।
बानाले अमेरिकन रेडक्रस र विभिन्न २० वटा संस्थाहरूसंगको सहकार्यमा जनवरी २९ शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा आफ्नो संस्थाको लोगो तुरून्त हटाउन एनआरएनए, अमेरिकाका महासचिव अन्जनकुमार चौलागाईले दबाब दिएपछि रक्तदान नै एकछिनसमेत अन्यौल भएको थियो ।
अमेरिकन रेडक्रसको प्राविधिक सहयोगमा एनआरएन मेरिल्याण्ड शाखा सहित २० वटा संस्थाहरूको सहकार्यमा रक्तदान कार्यक्रममा लोगो हटाउन बानाका महासचिव किरण ढकाललाई फोन गरी दबाब दिएका थिए । एनआरएनएको सहभागिता हुँदा लोगो किन हटाउनु परेको हो भन्नेबारे भने उनले स्पष्ट कुरा नगरेको वानाका महासचिव ढकालले बताए ।
एनआरएनए मेरिल्याण्ड शाखा अध्यक्षसँग समन्वय गरेर राखिएको हो, कुनै अपराध गरेका होईनौ, भन्नुस के गरौ भनेर प्रश्न गर्दा “मलाई अरू कुरामा जानु छैन, लोगो हटाउदा राम्रो हुन्छ” भन्ने जवाफ दिएको ढकालले बताए ।
कार्यक्रम शुरु भइसकेको अवस्थामा सहआयोजकमध्येको एक संस्थाको लोगो कसरी हटाउने भन्ने समस्या आयोजकहरुलाई परेको थियो । तर, एनआरएनए अमेरिकाका महासचिव चौलागाईंले भने संस्थाको लोगो अनाधिकृतरुपमा प्रयोग हुनु राम्रो नभएकोले आफूले लोगो हटाउन भनेको बताए ।
डिसी नेपालसँग कुरा गर्दै उनले रक्तदान राम्रो कार्यक्रम हो तर संस्थाको लोगो प्रयोग गर्दा जानकारीसमेत नदिनु राम्रो होइन, सोधेर राख्नुपर्छ भनेको हुँ, च्याप्टरसँग कुरा भएको भए च्याप्टरको लोगो राख्नुपर्यो, केन्द्रको होइन ।
एनआरएनए मेरिल्याण्डका अध्यक्ष राजु पराजुलीले आफूले अनुमति दिएको बताए । च्याप्टरको भए पनि एनसीसीको भए पनि एनआरएन हो । हटाउने कुरा हुँदैन नहटाउनु भनेर मैँले भनेको हुँ । सामाजिक काममा सहभागी हुन पाउंदा खुसी लागेको पनि उनले बताए ।
रक्तदान कार्यक्रममा ३८ जना दाताले रक्तदान गरेका थिए । अब हरेक त्रैमासिक रूपमा रक्तदान कार्यक्रम आयोजना गर्ने बानाका अध्यक्ष सुबोध विलास पन्तले जानकारी दिए । |
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान सरकारको अपिल काठमाडौं। भिजिट भिसामा खाडीलगायत मुलुक पुगेर कयौँ नेपाली अलपत्र परेका विषय सार्वजनिक भएसँगै सरकारले श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अपिल गरेको छ ।
वैदेशिक रोजगारीको प्रलोभन देखाएर पर्यटन तथा अन्य भिसामा खाडी क्षेत्रका विभिन्न मुलुक, दक्षिणपूर्वी एसियाली मुलुक, युरोपेली तथा अमेरिकी मुलुक र अफ्रिकी महादेशका केही देशहरूमा गैरकानूनी रूपमा पु¥याई नेपाली नागरिकलाई अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारामा परेको गुनासो आइरहेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सो अपिल गरेको हो ।
राम्रो रोजगारी र आकर्षक तलब सुविधा पाउने लोभमा कानूनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट वैदेशिक रोजगारीमा जान नमिल्नेतर्फ ध्यानाकर्षण गराउँदै मन्त्रालयले गन्तव्य मुलुकका बारेमा पूर्ण जानकारी लिई नियमअनुसार श्रम स्वीकृति प्राप्त गरी मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरेको हो ।
वैदेशिक रोजगारीको प्रलोभन देखाइ विदेशका कयौँ मुलुकमा नेपाली नागरिकलाई अलपत्र पारेको भनी इजाजतपत्र प्राप्त संस्था, शैक्षिक परामर्शदाता संस्था, ट्राभल्स एजेन्सी र विभिन्न विचौलियाविरुद्ध उजुरीहरू प्राप्त भएको श्रम मन्त्रालयका सहप्रवक्ता थानेश्वर भुसालले जानकारी दिए।
“विदेशमा रोजगारीको अवसर प्राप्त भइसकेपछि यस मन्त्रालयअन्तर्गत निकायबाट श्रम स्वीकृति नलिई विभिन्न वहानामा वैदेशिक रोजगारीमा जानु पूर्णतः गैरकानूनी कार्य हो”, उनले भने। वैदेशिक रोजगारीको सन्दर्भमा नेपाली नागरिकलाई विदेशी भूमिमा अलपत्र पार्ने जो सुकै संस्था वा व्यक्तिलाई प्रचलित कानूनबमोजिम कारबाहीको दायरामा ल्याउन र पीडितलाई न्याय दिलाउन प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ ।
सरकारले वैदेशिक रोजगारीमा पुगेर पीडित बनेकालाई न्याय दिलाउन गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदलसमेत गठन गरेको छ । श्रम मन्त्रालयलेसमेत वैदेशिक रोजगार विभागका निर्देशकको संयोजकत्वमा तत्काल प्रतिउत्तर कार्यटोली र यस मन्त्रालयका उपसचिवको संयोजकत्वमा मार्सल टोली गठन गरिसकेको छ । वैदेशिक रोजगार ऐन, २०६४ र यसअन्तर्गत बनेका नियमका अधिनमा रही सरकार, इजाजतपत्र प्राप्त संस्थाहरु (मेनपावर कम्पनी) र व्यक्ति स्वयम् जिम्मेवार भई वैदेशिक रोजगारीमा पठाउन सकिने व्यवस्था छ। रासस |
साउदीमा बिच्चलीमा परेका ६ युवालाई एनआरएनएले गर्यो उद्धार काठमाडौं । रोजगारीको लागि साउदी पुगेका ६ नेपाली युवा बिच्चलीमा परेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उद्धार गरेर स्वदेश फर्काएको छ।विभिन्न कारणले अवैधानिक हैसियतमा पुगेका उनीहरुलाई संघको पहलमा स्वदेश फर्काइएको हो।
संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार कल्याणकारी विभागका संयोजक डा. बद्री केसीका अनुसार आवासीय अनुमतिपत्र नवीकरण हुन नसक्दा उनीहरु साउदीमा बन्दी जीवन बिताउन बाध्य थिए।
भिसाविहीन भइ अलपत्र परेका ताप्लेजुङका यज्ञप्रसाद विष्ट, सिन्धुपाल्चोकका यकराज तामाङ, झापाका मदन कुमार उप्रेती, काभ्रेपलाञ्चोकका शंकर बिक,सप्तरीका जितेन कुमार मण्डल र सुनिल कुमार यादवलाई शुक्रबार बिहान उद्धार गरी स्वदेश फर्काइएको उनले बताए।
भनेजस्तो सेवासुविधा नपाएपछि उनीहरुले गर्दै आएको कम्पनी छोडेर अन्यत्र भागेका थिए। राम्रो कमाइ हुने प्रलोभनमा परी कम्पनी छोडेका उनीहरु त्यसपछि भने थप समस्यामा परेका थिए।
‘डेढ सालमा पनि ऋण तिर्न नसकेपछि घरबाट आमाबुवाले कराइरहे। अन्यत्र राम्रो कमाइ हुन्छ भनेर कम्पनी छोडेर भागियो। तर,उल्टै दुःख पाइयो,’सप्तरीका जितेन कुमार मण्डलले भने। उनलाई साउदीमै रहेका झापाका दुर्गा नाम गरेका एजेण्टले प्रलोभन देखाएर कम्पनी छोड्न उक्साएका थिए।
‘नेपाली भनेर विश्वास गरिहालियो । तर, उल्टै ठग्यो। तीन महिनासम्मको तलब पनि दिएन,’ मण्डलले सुनाए, ‘आफै अवैध रुपमा बसेकोले तलब पाएन, दुःख दियो भनेर कतै उजुरी गर्ने ठाउँ पनि थिएन। अन्त्यमा एनआरएनएका सरहरुले सहयोग गर्नुभयो।’
ताप्लेजुङका विष्टले भागेर काम गर्दा धेरै कठिनाइ भोग्नु परेको बताए। उनी साउदी पुगेको १६ महिनापछि कम्पनी छोडेर भागेका थिए।
‘भागेर काम त पाइँदो रहेछ । तर, पैसा भने नपाइने। तलब माग्दा उल्टै धम्की दिँदा रहेछन्,’ विदेशमा रहेका अन्य नेपालीलाई कम्पनी नछोड्न सुझाव दिँदै विष्टले भने, ‘कोही पनि भागेर काम नगर्नुहोला।अवैध हुँदा धेरै दुःख पाइने रहेछ।’
संघका नेपालमा रहेका स्वंसेवकहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गएर उनीहरुलाई स्वागत गर्दै घरसम्म जान यातयात खर्चको व्यवस्था समेत गरेका थिए।
एनआरएनएको यो विभागले दातृसंस्थाको सहकार्यमा कोभिड–१९ राहत, व्यवस्थापन तथा उद्धार कार्यक्रममार्फत विदेशमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गर्दै आएको छ। हालसम्म यो कार्यक्रममार्फत विदेशमा समस्यामा परेका २६ हजारभन्दा बढी नेपालीलाई विभिन्न सहयोग पुर्याइएको परियोजना प्रमुख सुजता शर्माले बताइन्। |
कन्चनपुरका एक युवाले गरे पोर्चुगलमा आत्महत्या ! पोर्चुगल। कन्चनपुर महेन्द्रनगरका एक युवाले पोर्चुगलमा आत्महत्या गरेका छन्। अल्गार्भ क्षेत्रको एक कृषि कम्पनीमा कार्यरत महेन्द्रनगरका तर्कराज भट्टले झुण्डिएर आत्महत्या गरेका हुन्। अल्बुफ़ेइरा नजिकै अल्मोग्राफ जियामा बस्दै आएका भट्टले आज बिहान घर नजिकैको रुखमा पासो लगाएर आत्महत्या गरेका छन्।
मृतक भट्टको शवलाई प्रहरीले पोष्टमार्टमका लागि अस्पताल लगेको बताइएको छ। दुई बर्षअघि मात्रै रोजगारीको सिलसिलामा पोर्चुगल आएका भट्ट नेपालमा त्रिचन्द्र कलेजबाट आइएस्सी पास गरेर शिक्षण पेशामा संलग्न थिए।
उनले केही समय अघि मात्रै अस्थायी बसोबास अनुमति पत्र पाएका थिए। पछिल्लो एक महिनामा पोर्चुगलमा नेपाली समुदायमा आत्महत्याको यो दोश्रो घटना हो। एक महिनाअघि मात्रै चितवनका तोक नारायण गुरुङले पोर्चुगलमा आत्महत्या गरेका थिए। |
सामेल सार्कीको उपचारका लागि सहयोग रकम हस्तान्तरण कुर्दिस्तान। दश वर्षीय बालक सामेल सार्कीको मृगौलामा समस्या देखिएपछि विगत ६ वर्षदेखि अस्पतालमा उपचाररत छन्।
धरान–१४ विजयपुर घर भइ हाल कुर्दिस्तान इराक सुलेमानीमा कार्यरत उनको पिता सरोज सार्कीले छोराको उपचारमा सहयोगका लागि कुर्दिस्तान प्रवासी नेपाली समाज, सुलेमानीलाई सहयोग अभियान चलाउन अनुरोध गरेका छन्।
सार्कीको उपचारका लागि १९ डिसेम्बर २०२१ मा तीन सय अमेरिकी डलर र चार लाख पाँच हजार इराकी डिनार निकासा गरी स्वेच्छिक अभियान सुरु गरिएको थियो।
स्वेच्छिक अभियानमा कर्दिस्तान सुलेमानीमा कार्यरत नेपालीमार्फत कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानीका पदाधिकारीले सहयोग उपलब्ध गराएका थिए।
युथ किङ क्लबले पनि आफ्नै सक्रियतामा सामेल सार्की बचाउ अभियान चलाएर रकम संकलन गरेको थियो। स्वेच्छिक सहयोगमा तमु समाज सुलेमानी, ख्रिष्टियन समाज नेपाल, नेपाली रेष्टुरेन्ट एण्ड बारलगायत सुलेमानीमा कार्यरत नेपालीले खुलेर सहयोग गरेका थिए।
सबैको प्रयासबाट २१ जनवरी २०२२ मा कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानीले सुलेमानीस्थित नेपाली पार्कमा औपचारिक कार्यक्रम गर्दै २६ लाख ८६ हजार ५ सय इराकी डिनार र एक हजार ४ सय २० अमेरिकी डलर गरी कुल दुई हजार ९ सय ४७ अमेरिकी डलर पीडितका बुवा सरोज सार्कीलाई हस्तान्तरण गरिएको छ। |
भिजिट भिसामा खाडी मुलुक गई काम गर्ने र अलपत्र परेका समस्या समाधान गर्न छानबिन समिति गठन काठमाडौं । नेपाली युवाहरु भिजिट भिसामा खाडी मुलुक गई काम गर्ने र त्यहाँ समस्या परेपछि दूतावास गुहार्ने समस्या देखिएपछि गृहमन्त्रालयले त्यसविषयमा छानबिन गर्न सात सदस्यीय समिति गठन गरेको छ ।
नेपाली युवाहरु अलपत्र परी विभिन्न समस्यामा परेको गुनासोलाई सम्बोधन गर्न र समस्या समाधान गर्नका लागि गृहमन्त्रालयले सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो ।
सो समितिका सदस्यहरूमा सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव शेषनारायण पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव हरिसचन्द्र घिमिरे, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका वरिष्ठ प्रहरी उपरीक्षक भीम ढकाल र अध्यागमन विभागका निर्देशक (उपसचिव) प्रकाशचन्द्र अधिकारी रहेका छन् ।
समितिको सदस्यसचिवमा वैदेशिक रोजगार बोर्डका उपसचिव दिनबन्धु सुवेदी रहेका छन् । गृहमन्त्री बालकृष्ण खाँणको संयोजकत्वमा बसेको बैठकले सो समिति गठन गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न निकायको समन्वयात्मक परिचालन र व्यवस्थापनबारे सरोकारवाला निकायबीच छलफलपछि सो समिति गठन भएको थियो ।
बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, परराष्ट्रसचिव भरतराज पौड्याल, सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने, गृहसचिव टेकनारायण पाण्डेसहितको बैठकले नेपाली युवाहरू भिजिट भिसा प्रयोग गरी दुबईलगायतका खाडी मुलुकमा गई भोग्नु परेका विभिन्न कठिनाई र त्यसबारे देखिएका समस्या समाधान गर्न ठोस कार्यान्वयनको योजना पेस गर्न निर्दैशन दिएको हो ।
बैठकमा विदेशमा जाने नेपालीहरूका श्रमजन्य गतिविधि र श्रमका लागि भिजिट भिसाको प्रयोग, अध्यागमन प्रणाली र विदेशमा कार्यरत नेपालीहरूका समस्या समाधानबारे छलफल भएको गृह मन्त्रालयका सहसचिव मुकुन्दप्रसाद निरौलाले जानकारी दिए ।
बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टा«न्जिट प्यासेन्जर्सको सहज अवस्था सिर्जना गर्न उपयुक्त संरचनात्मक सुधार तथा व्यवस्थापन गर्न सस्कृति पर्याटन तथा नागरिक उड्डयन मन्त्रालयले समन्वय गर्ने निर्णय निर्णय गरेको छ । त्यस्तै पर्यटन मन्त्रालयले नै अन्तर्राष्ट्रिय उडानको आगमन तथा प्रस्थानलाई व्यवस्थित बनाउन उपयुक्त समय अन्तरालसहितको उडान तालिका व्यवस्थापन गर्ने निर्णय पनि बैठकमा भएको छ । |
नेपाली नर्स बेलायत आइपुग्न अझै एक वर्ष लाग्ने, सजग हुन् अपील लण्डन । नेपाल र बेलायत सरकारबीच श्रम सम्झौता भई नेपाली नर्सहरू बेलायत ल्याउने प्रक्रिया पुरा गर्न अझै एक वर्ष लाग्ने भएको छ । बेलायतमा रहेका नेपाली नर्सहरूको संस्था नेप्लिज नर्सिङ एसोसिएसन (एनएनए) युकेले आइतबार पत्रकार सम्मेलन आयोजना गरी सोको जानकारी गराएको हो ।
एनएनए युकेले बेलायतको स्वास्थ्य मन्त्रालय (डिपार्टमेण्ट अफ हेल्थ एण्ड सोसल केयर) सँग गरेको छलफलमा मन्त्रालयका अधिकारीहरूले सो सुझाव दिएको पत्रकार सम्मेलनमा जानकारी दिएको थियो । एनएनए युकेका अध्यक्ष सुनिता गौतमले बेलायतको स्वास्थ्य मन्त्रालयसँग हालै भएको छलफलमा उनीहरूले नेपाल सरकारसँगको पहिलो छलफल सकारात्मक भएको र नेपालबाट नर्स ल्याउन एक वर्ष लाग्न सक्ने बताएको जानकारी दिइन् ।
एनएनए युकेकी महासचिव बिनु लामिछानेले एउटा नर्सलाई बेलायत ल्याउँदा करिब चार हजार पाउण्ड खर्च लाग्न सक्छ । यो सबै पैसा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) वा त्यसमार्फतको एजेन्सीले तिर्नेछ । नेपाली नर्सहरूले एक पैसा पनि तिर्न नपर्ने उनले बताइन् । एनएनए युकेका पूर्व अध्यक्ष बासु लामिछानेले नेपालबाट बेलायत आउन चाहने नर्सहरूलाई बेलायतमा दर्ताका लागि बेग्लै व्यवस्था नभएको प्रष्ट पारे । उनले बेलायतले बिरामीहरूको सेवामा स्तर कायम गर्न अंग्रेजी भाषाको मापदण्ड बनाएको र नेपालबाट आउनेका लागि मात्र अंग्रेजी भाषाको स्तर घटाउने सम्भावना नभएका बताए ।
अध्यक्ष गौतमले बेलायतको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले नेपालबाट बेलायत आउन चाहने नर्सहरूलाई धेरै नहौसिन, नआत्तिन र खाईपाई आएको जागिर अहिल्यै नछोड्न अपील गरेको बताए । उनले प्रशस्त जागीर भएकाले नआत्तिन, धैर्य गरी अंग्रेजी भाषाको परीक्षा पास गरेर मात्र बेलायत आउन उनले आग्रह गरिन् ।
नेपालका मिडियाहरूमा बेलायतमा नर्सहरूले पाउने तलबका बारेमा बढाइचढाइ गरिएकोमा अध्यक्ष गौतमले बेलायतमा नर्सहरूको शुरुवाती तलब वार्षिक करिब २५ हजार पाउण्ड रहेको र लण्डन लगायतका क्षेत्रमा भत्ताबापत २० प्रतिशतसम्म अतिरिक्त रकम दिइने गौतमले प्रष्ट पारिन् ।
बेलायतमा कार्यरत अर्का नर्स राजेन्द्र पुडासैनीले पनि नेपाली नर्सहरूलाई जागिर नछाड्न, धेरै उत्साहित नहुन र बेलायत आउनका लागि कसैलाई पैसा नतिर्न सचेत हुुन आग्रह गरे । एनएनए युकेकै इन्दिरा बस्यालले एनएनए युकेले बेलायतमा कार्यरत नेपाली नर्सहरूको हितका लागि विभिन्न कार्यक्रम गरिँदै गरेको जानकारी दिइन् ।
नेपाल नर्सिङ एसोसिएनका अध्यक्ष मन राईले नेपालबाट बेलायत नर्स लैजाने बारेमा नेपाल सरकारले आफूहरूसित आधिकारिक रुपमा छलफल नगरेको बताइन् । नेपालको मोडल नर्सिङ कलेजकी प्रिन्सिपल सुमिता पाठकले राज्यकै प्रत्यक्ष संलग्नतामा विदेशमा नर्सहरु पठाउँदा नेपालको नर्सिङ क्षेत्रमा भविष्यमा पर्ने असरका बारेमा ध्यान दिनुपर्ने बताइन् । |
मलेसिया र खाडी देशहरुमा भिजिट भिसामा को को जान पाउँछन् ? काठमाडौं । सरकारले मलेसिया तथा खाडी राष्ट्रहरुमा भिजिट भिसामा जान रोक लगाएको छ ।
गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै माघ १० गतेदेखि अर्को आदेश नभएसम्मका लागि मलेसिया र खाडी मुलुकमा भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको जनाएको हो । कोभिड १९ ओमिक्रोन भेरिएन्टको संक्रमण स्वदेश तथा विदेशमा तीव्र रुपमा फैलिदै गइरहेको हुँदा विभिन्न उद्देश्यले खाडी राष्ट्रहरु र मलेशियामा गई बिचल्लीमा पर्ने गरेका गुनासो, समाचार र सूचनाहरु प्राप्त भएकोले माघ १० गतेदेखि लागु हुने गरी अर्को आदेश नभएसम्मको लागि त्यस्ता राष्ट्रहरुको भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको सूचनामा जनाइएको छ।
तर सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने सरकारी निकायका प्रतिनिधिहरु, अन्तराष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तिय संघ संस्थाका प्रतिनिधि एवं अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाका प्रतिनिधि भई भ्रमण गर्न जाने प्रतिनिधिहरु, नेपालमा सामान आयात(निर्यात गर्ने व्यावसायिक संस्थाका प्रतिनिधिहरु (आयात निर्यात सम्बन्धीकार्यका लागि मात्र) र व्यवसायिक कम्पनीरफर्मका सञ्चालक वा व्यवसायीहरुलाई भने अनुमति रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै खाडी राष्ट्रहरु बाहेक कम्तिमा २ वटा अन्य मुलूक पर्यटकको रुपमा भ्रमण गरिसकेका यात्रुहरु, वार्षिक न्यूनतम ६ लाख रुपैयाँ कर योग्य आय भै कम्तिमा सो को आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आवद्धता भएका व्यक्तिहरु, औद्योगिक तथा व्यवसायिक गतिविधिमा अन्तर्राष्ट्रिय सञ्जालमा आवद्ध विशिष्ट संस्थाको विशिष्ट कार्यका लागि जानुपर्ने संस्थासँग सम्बन्धित आधिकारिक प्रतिनिधिहरु तथा वैदेशिक रोजगार व्यवसायको बजार प्रबर्द्धनको लागि जाने म्यानपावर व्यवसायीहरु र बिरामी कुरुवा वा बिरामीको रेखदेखको रुपमा जाने (३ पुस्ता भित्रका) पारिवारिक सदस्यहरु भने जान पाउने मन्त्रालयले जनाएको छ ।
|
नेपाल विवेकशील पार्टीको कतार समिति घोषणा काठमाडौं । ‘मानवता, समानता, स्वतन्त्रता र स्वाभिमान’ नारा बोकेको कर्मा लामा तामाङ अध्यक्ष रहेको नेपाल विवेकशील पार्टीको कतार समिति घोषणा भएको छ ।
भर्चुअल जुम माध्यमबाट बसेको समिति घोषणा कार्यक्रममा अथिति वक्ताको रूपमा विवेकशील साझा पार्टीका अन्तर्राष्ट्रीय समिति संयोजक तथा केन्द्रीय सदस्य सुरेश भट्टको उपस्थित रहेको थियो ।
त्यसैगरी नेपाल विवेकशील पार्टीको प्रवास संगठन अन्तर्गत जर्मन, साउदी, जापान लगायत विभिन्न देशहरूबाट सहभागी भएका थिए । कतार समिति घोषणा कार्यक्रमलाई औपचारिकता दिनका लागी नेपाल विवेकशील पार्टीको केन्द्रिय नेताहरू अध्यक्ष कर्मा लामा तामाङ, उपाध्यक्ष अजिता राई, प्रवक्ता विजयबाबु सिबाकोटी, सशी विक्रम कार्की लगायत थुप्रै केन्द्रिय नेताहरूको उपस्थित रहेको थियो ।
अथिति वक्ता सुरेश भट्ट तथा नेपाल विवेकशील पार्टीको केन्द्रिय अध्यक्ष कर्मा लामा तामाङले नव गठित तदर्थ समितिलाई र समितिको अध्यक्षमा चयन भएका टंकनाथ कोइरालालाई शुभकामना व्यक्त गरे ।
नेपाल विवेकशील पार्टीको कतार समिति यस्तो छ ।
टंकनाथ कोईरालाः अध्यक्ष
दिपक बुढाथोकीः सचिव, प्रशिक्षण तथा क्षमता विकास
शुशिल न्यौपानेः सचिव, अभियान तथा संजाल
सुमेश घिमिरेः प्रमुख, अर्थ विभाग
बाचस्पति आचार्यः सदस्य
धन कुमार गिरिः सदस्य
हरि प्रसाद शिवाकोटीः सदस्य
लोकेन्द्र दर्नालः सदस्य
नन्दबिनोद कोईरालाः सदस्य
निर्मला त्रिखत्री र एकलाल पौडेलः प्रमुख, सल्लाहकार रहेका छन् ।
|
वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बीमा अनिवार्य गरिँदै काठमाडौँ। सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने प्रक्रिया सुरु गरेको छ । वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई सर्वसुलभ स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने उद्देश्यले स्वास्थ्य बीमा बोर्डले उक्त प्रक्रिया सुरु गरेको हो ।
बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ ले निर्दिष्ट गरेअनुसार ‘वैदेशिक रोजगारमा जाने कामदारका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने कार्यविधि, २०७८’ स्वीकृत गरेको छ । ऐनमा भएको व्यवस्थालाई कार्यान्वयन गर्न बोर्डले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल गरिरहेको बोर्डका सूचना अधिकारी शोभित रिजालले जानकारी दिए ।
“वैदेशिक रोजगारमा गएका व्यक्तिका परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ भएको व्यवस्था अनुसार कार्यविधि जारी गरेको छ, उक्त व्यवस्था कार्यान्वयन गर्न श्रम मन्त्रालयसँग छलफल भइरहेको छ, श्रम मन्त्रालयले स्वीकृत गरेपछि कार्यान्वयनमा जान्छ,” उनले भने ।
कार्यविधि स्वीकृतिमा आएसँगै वैदेशिक रोजगारीमा जाने प्रत्येक व्यक्तिले अनुमति लिँदा परिवारको स्वास्थ्य बीमाको अद्यावधिक परिचयपत्र पेस गर्नुपर्नेछ । कार्यक्रममा आबद्धताका लागि बोर्डले वैदेशिक रोजगार विभागसँग समन्वय गरी श्रम स्वीकृति दिने कार्यालयमा स्वास्थ्य बीमा कार्यक्रममा आबद्धता हुने व्यवस्था मिलाउनुपर्नेछ ।
वैदेशिक रोजगारमा गएको व्यक्तिको परिवारको बीमालेख नवीकरण बीमालेखको म्याद समाप्त हुनु एक महिना अगावै गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । बीमालेख अनलाइन वा दर्ता सहयोगीमार्फत गर्न सकिनेछ ।
बोर्डले सातै प्रदेशका प्रदेश शाखा कार्यालय र ७७ जिल्लाका सम्पर्क शाखा कार्यालयलाई पत्र लेख्दै वैदेशिक रोजगारमा जाने कामदारका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने कार्यमा आवश्यक सहयोग, सहजीकरण र समन्वय गर्न निर्देशन दिएको छ ।
नेपालको संविधानको धारा (५१) को उपधारा ज (१५) मा ‘नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने’ व्यवस्था गरेको छ । त्यस्तै, स्वास्थ्य बीमा ऐन, २०७४ को दफा (३) को उपदफा (४) मा ‘वैदेशिक रोजगारीमा जाने कामदारको परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुनुपर्नेछ’ भनी उल्लेख गरिएको छ । |
पहिलाे चरणमा ९९ श्रमिक इजरायल प्रस्थान, श्रममन्त्री र इजरायली राजदूतले गरे बिदाइ काठमाडाैं। नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार ९९ नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका छन्। बुधबार राति ६३ महिला र ३६ पुरुष गरी ९९ नेपाली श्रमिक इजरायल प्रस्थान गरेका हुन्।
इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा उनीहरु रोजगारीका लागि इजरायल गएका हुन्। यसपछि यही माघ १५ र १६ गते दुई उडानमार्फत थप श्रमिक इजरायल जानेछन्। वैदेशिक रोजगार विभागले गत कात्तिकमा ५०० र मङ्सिरमा ६७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो।
छनोटमा परेका एक हजार १७५ मध्ये ८२१ महिला र ३५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको छ। नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो । नेपाली श्रमिकले इजरायलमा मासिक करिब रु दुई लाख पारिश्रमिक पाउनेछन्। उनीहरुले इजरायली श्रमिकसरहको पारिश्रमिक, बिदा र स्वास्थ्योपचार सुविधा प्राप्त गर्ने काठमाडौँस्थित इजरायली दूतावासले जनाएको छ।
इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भई पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र नेपालका लागि इजरायली राजदूत हनान गोदारले बिदाइ गरे।
पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकलाई शुभकामना दिँदै मन्त्री श्रेष्ठले नेपालको प्रतिष्ठा उँचो पार्ने गरी अनुशासित भएर काम गर्न आग्रह गरे। सो अवसरमा नेपालका लागि इजरायली राजदूत गोदारले नेपाली श्रमिकले नेपाली परिवार र इजरायली परिवारबीच सेतुका रुपमा भूमिका निर्वाह गर्ने बताए। दूतावासले इजरायल प्रस्थान गरेका नेपाली श्रमिकको इजरायल बसाई फलदायी रहोस् भनी कामनासमेत गरेको छ। रासस |
भिजिट भिसामा युएइ गएर काम गर्नेलाई ३ महिना जेल र ३ लाख रुपैयाँ जरिवाना काठमाडौं। के तपाइँ भिजिट भिसामा युएइ जाने र त्यहाँ गएर काम गर्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने सचेत बन्नुस् । कामको अनुमति नलिइ भिजिट भिसामा युएइ गएर काम गर्नेलाई ३ महिना जेल र १० हजार दिराम जरिवाना हुनेछ । युएइमा बिना ‘वर्क परमिट’ काम गर्नु त्यहाँको श्रम कानुनको गम्भीर उल्लंघन हो ।
गल्फ न्यूजमा प्रकाशित एक समाचार अनुसार दुबइ सार्वजनिक अभियोजनले जनवरी १२ मा ट्वीटरमा पोस्ट गरेको एक सूचनामा आवश्यक वर्क परमिट नलिइ काम गरिरहेकाहरुलाई चेतावनी दिँदै यसरी अनुमति नलिइ काम गर्नेहरुले ३ महिना जेल र १० हजार दिराम जरिवानाको सजाय पाउन सक्ने बताएको छ ।
पोस्ट गरिएको सूचनामा भनएको छ ‘देशमा भिजिट भिसामा प्रवेश गरेका र यो देशभित्र काम गर्न चाहने प्रत्येक विदेशीले सम्बन्धित निकायबाट अनिवार्य अनुमति लिनुपर्नेछ । यदि यसो नगरेमा उसलाई ३ महिनामा नबढ्ने गरी जेल सजाय वा १० हजार दिराममा नबढ्ने गरी जरिवाना वा दुवै सजाय समेत हुन सक्छ । यसबाहेक अदालतले देशनिकालाको आदेश पनि दिन सक्छ ।’ |
इराकमा सोनाम र ग्याल्पो ल्होसारको संयुक्त सांस्कृतिक कार्यक्रम कुर्दिस्तान । इराकको कुर्दिस्तानमा गठित गौरीशंकर सिन्धुपाल्चोक कुर्दिस्तान समाजद्वारा प्रथम पटक बौद्ध धर्मावलम्बीहरुको महान पर्व सोनाम र ग्याल्पो ल्होसारलाई समेटिने संयुक्त सांस्कृतिक कार्यक्रम गरी मनाइने भएको छ ।
फेब्रुअरी १८ तारिकमा ‘जहाँ जाउ, जता जाउ, नबिर्सनु आफ्नो धर्म, आफ्नो संस्कृति, आफ्नो देश, आफ्नो भेष’ भन्ने नाराका साथ सांस्कृतिक कार्यक्रम होली नवरोज हलमा मनाईने भएको हो।
सोनाम ल्होसार र ग्याल्पो ल्होसार छुट्टै मनाउन कार्य व्यस्तताले गर्दा र समय नमिल्ने भएकोले दुवै ल्होसारलाई समेट्ने गरी संयुक्त रुपमा ल्होसार मनाउने र शुभकामना आदानप्रदान गर्ने साथै मनोरञ्जन गर्न कार्यक्रमको आयोजना गरिएको संस्थाको उपाध्यक्ष मेघराज लामाले बताए।
|
एनआरएनएको चुनाव गराउन शेष घलेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विवाद समाधान गरी निर्वाचन तथा महाधिवेशन गराउन संघका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ ।
महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर विवाद बढेपछि महाधिवेशन गराउन नसकेको संघमा निर्वाचन कार्यक्रम अघि बढाउन र महाधिवशेन प्रतिनिधिमा देखिएका असन्तुष्टीहरुलाई सम्बोधन गर्न गठन गरिएको समितिमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संरक्षकहरु देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट, राम प्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त सदस्य रहेका छन् ।
समितिले संघको विधान अनुरुप २६ जनवरी २०२२ सम्म महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली तयार गरि संघका अध्यक्ष कुमार पन्तमार्फत निर्वाचन समिति समक्ष पेश गर्नेछ ।
संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८१ औँ बैठकले २८ फेब्रुअरी २०२२ तारिखमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरुको निर्वाचन गर्ने निर्णय समेत गरेको छ ।
बैठकले आगामी १० औं महाधिवेशनमा पेश हुने महासचिव डा. हेम राज शर्माको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठको आर्थिक प्रतिवेदनलाई पारित गरेको छ ।
|
जापानमा नेपाली विद्यार्थीको निधन टोकियो । जापानको कोबे शहरको सुमियोसीमा बस्दै आएका एक नेपाली विद्यार्थीको निधन भएको छ । विश्वविद्यालय दोस्रो तहमा अध्ययनरत बाग्लुङ घर भएका खड्का थरका नेपाली विद्यार्थी जनवरी १२ तारिख बिहान मृत फेला परेका हुन् । उनको पूरा नाम स्पष्ट भइसकेको छैन ।
मृतकका साथीहरुका अनुसार आफनै कोठामा बुधवार बिहान अन्दाजी २२ बर्षिय खड्कालाई मृुत अवस्थामा भेटिएको थियो । घटनास्थलको प्रकृति हेर्दा खड्काले आत्महत्या गरेको हुनसक्ने मृतकका साथीहरुले नेपाली संघ संस्थाहरूलाई जानकारी दिएका छन् । तर यसबारे थप विवरण भने आउन बाँकी रहेको छ
|
एनआरएनए निर्वाचन गर्न सात बुँदे सहमति लन्डन। लामो समयदेखि विवादमा अल्झिएको गैरआवासीय नेपाली संघको निर्वाचन गर्न बाटो खुलेको छ। १०औं महाधिवेशनको लागि लामो समयसम्म रहेको प्रतिनिधि विवाद साम्य पार्न संघभित्र सहमति जुटेपछि निर्वाचन हुने निश्चित भएको हो।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तद्वारा गठित विवाद समाधान उपसमितिले सात बुँदे सहमति गर्दै विवादलाई टुंग्गोमा पुर्याएको हो। सहमति पत्रमा अध्यक्षका प्रत्यासी डा. बद्री केसी, रविना थापा र अर्का प्रत्यासी कुल आचार्यको तर्फबाट समितिका सदस्य डा. यादव पण्डितले हस्ताक्षर गरेका छन्।
नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ र एनआरएनए बेल्जियमका पूर्वसभापति गंगाधर गौतमले सहजकर्ताको रुपमा रहेर सो सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
प्राविधिक रुपमा संघका राष्ट्रिय समितिमा रहेरका पूर्वपदाधिकारीहरू, पूर्वअध्यक्षहरू, आईसीसी सदस्यहरूको नाम महाधिवेशन प्रतिनिधिमा छुटेको भए संघको विधि र विधानमा रहेर महाधिवेशन प्रतिनिधिको रुपमा समावेश गर्ने, महाधिवेशन प्रतिनिधिहरूको नाम सहमति भएर आएका देशको नामावली संघभित्र मतदाता नामावलीमा समावेश गर्ने, १५ अगष्टपछि कसैको नाम महाधिवेशन प्रतिनिधि समावेश भएको भए रद्द गर्ने, संघको निर्वाचन सम्पन्न गर्न अनुगमन तथा सुपरिवेक्षण गर्न पाँच सदस्यीय निर्वाचन अनुगमन समिति गठन गर्ने लगायतका विषयमा संघभित्र सहमति जुटेको हो।
सहमति पत्रमा विवाद मिलाउन गठित उपसमितिका पाँच सदस्यमध्ये चार जनाले हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्नेमा गौरीराज जोशी, डा. यादव पण्डित, डिबी क्षेत्री र नारायण थापा रहेका छन् । सहमति अनुरुप संघको निर्वाचन ८ र ९ फेब्रुअरी कार्यतालिका तय भएको छ।
संघको गत अक्टोबरमा हुने भनिएको निर्वाचन मन्त्रालयको हस्तक्षेप पछि रोकिएको थियो। पाटन उच्च अदालतले मन्त्रालयको पत्र खारेज गरिदिए पछि संघको निर्वाचन प्रक्रियाअघि बढेको हो।
संघको नयाँ नेतृत्वको लागि संघका उपाध्यक्षद्वय डा. बद्री केसी, रविना थापा र सल्लाहकार कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्। संघको केन्द्रीय सदस्यहरूको निर्वाचन राष्ट्रिय समितिमार्फत यसअघिनै सम्पन्न भए पनि क्षेत्रीय पदाधिकारीसहित ५१ पदको लागि निर्वाचन हुन बाँकी छ।
|
बाल शोषणको चपेटमा नेपाली युवा, परिवार खोज्दै भुवन थापा काठमाडौँ। भारतको जम्मु कास्मिरमा एक नेपालीलाई ६ वर्षसम्म बन्धक बनाइ शोषण ( बाल – मजदुर ) गरेको जानकारी आएको छ । पिडितले जानकारी दिए अनुसार उनी एघार वर्षको उमेर हुँदा आफ्नै आफन्तले कमिशनको लालचमा उनलाई घरेलु काम र राम्रो तलब भन्दै विदेशीको कब्जामा दिएको बताए। यस पश्चात आफन्तले पिडितसंग कहिलैपनि सम्पर्क गरेनन्। विगतका ६ वर्ष उनी आफन्त खोज्न आउछन भन्ने आशाले प्रतीक्षा गर्दै बसे तर काम लगाई दिने आफन्त सम्पर्क बिहिन थिए नै साथै परिवारको जानकारी पनि आएन।
अहिले १७ वर्ष पुगेका आफ्नो नाम भुवन थापा बताउने पिडित ११ वर्षको हुँदा उनकै पारिवारिक आफन्त पुरन गिरीले कामको व्यवस्था गरिदिएको र उनलाई भारतको जम्मु स्थित हिरानगरमा सजिलो घरेलु काम साथै राम्रो तलब दिनेछन् भन्दै विदेशीको घरमा छोडेर आएका थिए । पिडितले बताए अनुसार विगत ६ वर्षसम्म न कुनै तलब दियो न कुनै आफन्त संग भेट हुन्। यसरी बन्धक बनाएर काम गराउनु भारतमा गैर-कानुनी हो तर आफन्तको अभावले गर्दा ६ वर्ष सम्म पिडितले दुखः भोग्नु पर्यो। ११ वर्षको कलिलो उमेरदेखि १७ वर्षसम्म उनलाई बन्धक बनाएर जबरजस्ती काम गराए र यस अवधिमा उनले आफ्नो नेपालको ठेगानासम्म भुलेका छन्के। उनले केहि आफन्तको नाम र ठाउँको भरमा आफन्त भेट्ने आशाले जम्मुबाट भागेको डिसी नेपाललाई बताए।
जनवरी ६ को दिन दलित एकता संजाल भारतकि उपाध्यक्ष ममता बिकलाई उक्त बालक नयाँ दिल्लीको रेल्वे स्टेशनमा भौतारी रहेको जानकारी आउन साथ उनी आफ्नो समूहको सहयोगले पिडित युवालाइ आफ्नो संरक्षणमा लिएको दलिक एकता संजाल भारतका अध्यक्ष अर्जुन बिकले बताए। यस घटना र पिडितको पूर्ण जानकारीसहित आफन्त खोज्ने अनुरोध संस्थाले दिल्ली स्थित दुताबासलाई गरेको तर दुताबासले यस घटना सम्बन्धमा कुनै जानकारी नलिएको अध्यक्ष अर्जुन बिकले बताए। भारतमा नेपाली चेली बेच बिखन साथै जातिय भेद-भाव विरुद्ध अवाज बुलन्द गर्दै आइरहेको संस्था दलित एकता संजालले नेपाली युवा-युवतिहरु पनि बाल-मजदुर शोषणको चपेटमा आएको र वर्तमान समयमा बाल शोषणले गर्दा हजारौ बाल-बालिकाहरुले आफ्नो कलिलो जीवन काल कोठरीमा बिताउनु परेको यसकारण अब संस्थाले यस विरुद्धपनि भारतमा आफ्नो बुलन्द गर्ने बताए ।
पिडित युवाले डिसी नेपाल मिडियालाई दिएको जानकारी अनुसार उनको पूर्ण नाम भुवन थापा, बुवाको नाम बिर बहादुर थापा आमाको नाम हरिकला बिक बसोवास बुटवल साथै उनको मामाको घर कंचनपुर सुक्लाफाटा नगरपालिका झलारी दोमिल्ला रहेको र मामाहरुको नाम शेर बहादुर बिक, जय बहादुर बिक र मोहन बिक रहेको बताए। पिडित युवकसंग आफ्नो परिवारको यती मात्रै जानकारी भएको र यस आधारमा उक्त युवा संग सम्बन्धित कुनै पनि जानकारी भएमा यस नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ +९१७०११३९०१९५ (अर्जुन बिक) |
मलेसियामा मृत्युदण्ड सुनाइएकासहित २५ नेपालीको उद्धार गर्याे एनआरएनएले मलेसिया। गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा मलेसियामा रहेका २५ नेपालीको उद्धार गरिएको छ। गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार वैदेशिक रोजगारीको लागि मलेसिया पुगेर त्यहाँ विभिन्न कारणले जेल जीवन विताइरहेका २५ नेपाली बिहीबार स्वदेश फर्किएका हुन्।
यसरी घर फर्किनेमा मलेसियामा मृत्युदण्ड सुनाइएका सप्तरीका ३८ वर्षीय राजकुमार साहसमेत दुई महिलासहित २५ नेपाली रहेका छन्। सन् २०१८ को २९ जुलाइमा उच्च अदालतले राजकुमारसहित मलेसियाका अन्य दुई व्यक्तिलार्ई ‘लागूऔषध’ कारोवारमा दोषी ठहर गर्दै मृत्यु दण्डको फैसला सुनाएको थियो।
उच्च अदालतले मृत्युदण्डको सजाय सुनाएपछि त्यहाँस्थित नेपाली दूतावासको आर्थिक र अन्य सहयोगमा राजकुमारले माथिल्लो अदालतमा पुनरावेदन गरेका थिए। संघका उपाध्यक्ष डा बद्री केसीले संयोजन गरिरहेको संघको वैदेशिक रोजगार तथा कल्याणकारी विभाग अन्तर्गतको राहत तथा उद्धार कार्यक्रममार्फत ती नेपालीलाई जेलबाट छुटाएर स्वदेश फर्काइएको हो।
डा केसीको पहलमा एनआरएनए एनसीसी मलेसिया र क्वालालम्पुरस्थित नेपाली दूतावासले उनीहरुको स्वदेश फिर्तीका लागि समन्वय गरेका थिए। संघले जरिवाना तिरेर जेलबाट छुटाउने, कागजी प्रक्रिया मिलाउने र ट्राभल डकुमेण्ट बनाएर पीसीआर परीक्षण गरेपछि उनीहरु स्वदेश फर्कन बाटो खुलेको थियो।
साहसहित भूपेन्द्र भण्डारी, हिमानचल मौरिया, ओके कुमार यादव, टिकाराम प्रजा, पारसनाथ यादव, कर्णबहादुर तामाङ, हृदेश केवत, राजकुमार साह, कृष्णकुमार मण्डल, कैमुल्ला मिया, राजकुमार माझी, कर्णबहादुर पुन, बेलबहादुर थामी, पूर्णबहादुर सुनारी, आशबहादुर कामी, बाबुराम थापा, दिशन सुनार, सन्जय कुमार यादव, जगलाल तामाङ, रामनाथ पण्डित, सपना तामाङ, जुनु माया बोम्जन, बलन राई र छत्रबहादुर न्यौपानेलाई जेलबाट उद्धार गरी नेपाल ल्याइएको हो।
काठमाडौं ओर्लिएपछि उनीहरुलाई संघको समन्वयमा प्रवासी नेपाली समन्वय समिति (पीएनसीस) को सेल्टरमा बसोबासको व्यवस्था गरिएको थियो। उनीहरुलाई संघका स्वयंसेवकले विमानस्थलमै पुगेर रिसिभ गरेका थिए । बेखर्ची भएर आएका उनीहरुलाई आआफ्ना गन्तब्यसम्म पुर्याउन एनआरएनएले नै यातयात खर्च उपलब्ध गराएको संघले जनाएको छ। |
मलेसियामा नेपाली कामदार माथि कुटपिट, भिडियो सहित क्वालालम्पुर। मलेसिया नेपाली कामदार माथि मलेसियन नागरिकले कुटपिट गरेको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल बनेको छ। उक्त घटना मलेसियाको कुन ठाउँ र कुन कम्पनी अनि कुटाइ खाने नेपाली र घटनाको आधिकारिक कारण भनेको खुलेको छैन।
तर, भिडियो अनुसार नेपाली कामदारले मदिरा सेवन गरेको भनेर कुटपिट गर्ने व्यक्तिले मलेशियान भाषामा बताए पनि कुटाइ खाने नेपाली भने भिडियो मदिरा सेवन गरेको र नराम्रो गतिविधि गरेको वा अपशब्द बोलेको देखिँदैन।
घटना कहिलेको भन्ने श्रोत नखुले पनि नेपाली मजदुर एकता समाजले उक्त भिडियो क्वालालम्पुरस्थित नेपाली राजदूतावास र श्रममन्त्रीलाईसमेत पठाएको र यस बारे उनीहरूकाे कुनै प्रतिक्रिया प्राप्त नभएको नेपाली मजदुर एकता समाजका महासचिव समर्पण भट्टराईले डिसी नेपाललाई जानकारी दिए।
यस घटनाबारे आवश्यक जानकारी लिने काम भैरहेको नेपाली मजदुर एकता समाजका महासचिव भट्टराईले आफ्नो फेसबुक वालमा उक्त भिडियो पोस्ट गर्दै लेखेका छन्।
गल्ती सम्बन्धित कामदार कै भएपनि भिडियमा कामदारको गल्ती स्पष्ट देखिँदैन। विश्वका जुनसुकै देशमा पनि गल्ती अनुसारको सजाय पाउने र भोग्नुपर्ने कानुनी व्यवस्था हुन्छ। तर यसरी एउटा श्रमिक माथि हातपात गर्ने अधिकार मलेसियन नागरिकलाई नभएकाे भन्दै विराेध भएकाे छ।
भिडियाे
|
मताधिकार सुनिश्चित गर्न सेती महाकाली प्रवास सेवा समितिले कूटनीतिक नियोगहरुलाई बुझायो ज्ञापन पत्र काठमाडौं । सेती महाकाली प्रवास सेवा समितिले प्रवासी नेपालीको मताधिकार सुनिश्चित गर्न विभिन्न कूटनीतिक नियोगहरूको ध्यानाकर्षण गराएको छ । आइतबार सेती महाकाली प्रवास सेवा समिति भारत केन्द्रीय अध्यक्ष अम्मर बिष्टसहितको टोलीले कूटनीतिक नियोगहरुलाई पत्र पठाउँदै ध्यानाकर्षण गराएको हो ।
स्वच्छ, पारदर्शी, शान्तिपूर्ण र समावेशी निर्वाचन हुँदा लोकतन्त्र बलियो हुने भन्दै सबै नागरिकको सहभागितामूलक निर्वाचन गर्न अब विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने भन्दै नियोगहरुलाई पत्र पठाएको अध्यक्ष बिष्टले बताए ।
पत्रमा लेखिएको छ, ‘हामीले लामो राजनीतिक संघर्षपश्चात् प्राप्त लोकतान्त्रिक गणतन्त्रको स्थापना जस्ता उपलब्धिलाई संविधानमा लिपिबद्ध गरिसकेका छौं । लोकतन्त्रको सुन्दर पक्षमध्ये आवधिक निर्वाचन पनि हो । संविधानले प्रदत्त यस अधिकारको उपयोग गर्न पाउने माग आज विदेशमा राजनीतिक, शैक्षिक, सामाजिक र आर्थिक कारणले विदेशिएका नेपाली युवाहरूले गर्दै आएका छन् ।’
सेती महाकाली प्रवास सेवा समितिले विदेशमा रहेका नेपालीले आगामी निर्वाचन मतदान गर्न पाउने मौलिक हकको कार्यान्वयन गर्ने व्यवस्था सुनिश्चित गर्न नेपाल सरकार, निर्वाचन आयोग र परराष्ट्र मन्त्रालयमार्फत् सबै देशका राजदूतावास र कूटनीतिक नियोगहरूलाई ज्ञापन पत्र बुझाएको बिष्टले बताए ।
|
गैर आवासीय नेपाली संघलाई अनिर्णयको बन्दी बनाइयोः कुल आचार्य काठमाडौं। गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार तथा अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले भ्रमको खेती गरेर डेलिगेट्स चयनमा संस्थालाई अनिर्णयको बन्दी बनाइएको आरोप लगाएका छन् । संघको रोकिएको महाधिवेशन र चुनावका विषयमा बोल्दै आचार्यले आफूहरूमा भएको कमीकमजोरी सबैले सुधार्न आवश्यक रहेको बताए ।
‘जुनजुन देशहरूबाट डेलिगेट्स समस्या भएको छ । निवेदन दिनुभएको छ तिनको सम्बोधन गर्नुस् । विधि विधानबाट डेलिगेट्स चयन होस् । त्यसो भयो भने हामी भोलि चुनावमा जान्छौं,’ उनले भने, ‘विभिन्न यो वा त्यो बहानामा डेलिगेट्स थपघट गर्ने काम बन्द गरेर सुधारेर अघि बढ्नुस् । हाम्रो तर्फबाट केही पनि रोकेका छैनौं । सहमति, वार्ताका लागि तयार छौं । सबैलाई सम्हालेर नेपाल सरकारसँग सुमधुर सम्बन्ध बनाएर अघि बढ्न चाहन्छौं ।’ भ्रमका कुरा धेरै नफैलाउन उनले आग्रहसमेत गरे ।
कुनै कार्यकारी पदमा नरहेर पनि नेपाल र नेपालीको हितको लागि आफुले निरन्तर काम गरिरहेको उनले बताए । आचार्यले चाहेको बेला विदेशी मुद्रामै फिर्ता ल्याउन मिल्ने गरी एनआरएनहरूलाई डलर अकाउन्ट खोल्न नेपाल सरकारले ल्याएको योजनाको स्वागत गरे । उक्त योजनाबाट लाभान्वित हुन उनले एनआरएनहरूलाई आग्रह पनि गरे।
विमानस्थलमा गैर आवासीय नेपालीहरूका लागि एनआरएन डेस्क व्यवस्थित गर्ने, दोहोरो नागरिकता कार्यान्वयन गर्ने सवालमा पनि नयाँ वर्षमा प्रगति होस् भन्ने उनले कामना गरे। |
जापानले सिओईको म्याद फेरि बढायो टोकियो । जापान सरकारले जारी गरिएका तथा जारी हुने सिओईको म्याद लम्ब्याउने भएको छ । योसँगै जापान आउने तयारी गरेर बसेकाहरुको पर्खाई अझै लम्बिने भएको छ ।
जापानको अध्यागमनका अनुसार सन २०२० को जनवरी १ बाट सन २०२१ को अक्टोबर ३१ सम्ममा जारी भएका सिओईहरुको म्याद अब सन २०२२ को अप्रील ३० सम्म पु र्याइएको छ । त्यस्तै सन २०२१ को नोभेम्बर १ बाट सन २०२२ को अप्रीलसम्म जारी गरिएका तथा जारी हुने सिओईहरुको म्याद भने जारी गरेको मितीले ६ महिना सम्म म्याद जारी रहनेछ ।
लामो समय कोरोनाको कारण बन्द भएर केहि समय अघि जापान आउनेहरुलाई सीमा खुल्ला गरेको जापानले फेरि ओमिक्रोन भेरियन्टको संक्रमण रोकथाम गर्न भन्दै नवप्रवेशीहरुको प्रवेश प्रतिबन्ध गरिरहेको छ ।
पछील्लो एक महिनाका लागि भनेर सीमा बन्द गरेको भएतापनि हाल जापान तथा विश्वका विभिन् मुलुकहरुमा फैलिरहेको नयाँ ओमिक्रोन भेरियन्टको कारण तत्काल पुनः सीमा खोलिहाल्ने संकेत देखिएको छैन ।
|
दुबइमा कपडा सुकाउँदा पनि भारी जरिवाना तिर्नुपर्ने कानुन, यी थप कुराहरु पनि ख्याल गर्नुस् काठमाडौं। दुबइ नगरपालिकाले केही यस्ता कानुन लागू गरेको छ जुन कानुन नेपालीहरुलाई अनौठो लाग्न सक्छ । तर, दुबइमा ठूलो संख्यामा नेपालीहरु छन् जसले यी नियमको पालना गर्नुपर्नेछ । नियम उल्लंघन गरे भारी रकम जरिवाना तिर्नुपर्नेछ । दुबइमा यदि कसैले आफ्नो बाल्कोनीमा कपडा सुकाएमा भारी जरिवाना तिर्नुपर्नेछ । यतिमात्र होइन दुबइमा आफ्नै बाल्कोनीमा बसेर चुरोट खाँदा त्यसको खरानी तल खस्यो भने पनि जरिवाना तिर्नुपर्नेछ ।
नगरपालिकाले सहरलाई अझै सफा र सुन्दर राख्नको लागि यस्ता नियम लागू गरिएको बताएको छ । दुबइ नगरपालिकाले त्यहाँ बस्ने सबैलाई आफ्नो अपार्टमेन्टको बाल्कोनीको ‘दुरुपयोग’ नगर्न भनेको छ । नगरपालिकाले सामाजिक संजालमार्फत बासिन्दाहरुलाई आफ्नो बाल्कोनी भद्दा देखिने कुनै काम नगर्न सूचित गरेको छ । नगरपालिकाले ट्वीटमा लेखेको छ ‘पर्यावरणको आवश्यकता र मानकबारे समुदायको जागरुकता बढाउनको लागि दुबइ नगरपालिका सबै युएइ निवासीहरुसँग सहरको सौन्दर्य र स्वरुप बिगार्नबाट बच्न आग्रह गर्छ ।’
In line with #DubaiMunicipality’s keenness to raise the community’s awareness of the requirements and standards for a sustainable environment, it urges all UAE residents to avoid distorting the city’s general aesthetic and civilised appearance. pic.twitter.com/PmQRs7iJL8
— بلدية دبي | Dubai Municipality (@DMunicipality) December 27, 2021
नगरपालिकाले बाल्कोनीको दुरुपयोग मानिने कामहरुबारे पनि बताएको छ । जसअनुसार बाल्कोनी वा झ्यालमा कपडा सुकाउनु, चुरोटको ठुटो वा खरानी बाल्कोनीबाट तल खसाल्नु, बाल्कोनीबाट तल फोहर फ्याँक्नु, बाल्कोनी पखाल्दा पानी तल खस्नु वा एसीको पानी तल खस्नु, बाल्कोनीमा चरालाई चारो खुवाउनु पनि गैरकानुनी हुनेछ किनकि चराले बाल्कोनी फोहर पार्छन् र बाल्कोनीमा स्याटेलाइट डिश वा कुनै पनि किसिमको उन्टेना जडान गर्दा पनि जरिवाना लाग्नेछ ।
यदि कसैले नगरपालिकाको नयाँ नियमको उल्लंघन गरेमा ५०० देखि १५०० दिराम (१६ हजारदेखि ४८ हजार रुपैयाँसम्म) जरिवाना तिर्नुपर्नेछ । २०१८ मा खाडी देश कुवेतले पनि आफ्ना नागरिकहरुको लागि यस्तै नियम बनाएको थियो । गत वर्ष बहराइनको दक्षिणी राज्यले पनि यस्तै किसिमको प्रतिबन्ध लगाएको थियो जब केही निवासीले भित्री वस्त्र बाल्कोनीमा सुकाउनु उत्तेजक, अपमानजनक र लज्जाजनक हुने गुनासो गरेका थिए । |
नेपाली समाज टेक्सासको अध्यक्षमा राजेन्द्र वाग्ले विजयी टेक्सास, अमेरिका । नेपाली समाज टेक्सास(एनएसटी) को अध्यक्षमा राजेन्द्र वाग्ले निर्वाचित भएका छन्। आफ्ना प्रतिप्पर्धी उम्मेद्वार कमल सापकोटालाई पराजित गर्दै वाग्ले निर्वाचित भएका हुन्।
आइतबार अवेरसम्म मतदानको परिणाम सोमबार अपरान्ह आएको थियो। लगभग ४ हजार मतदाता रहेको नेपालीहरुको साझा संस्था एनएसटीमा वाग्ले र सापकोटा आ-आफ्ना प्यानल नै बनाएर चुनावी प्रतिष्पर्धामा उत्रेका थिए।
निर्वाचनमा वाग्लेको लगभग पूरै प्यानल नै विजयी भएको छ। वाग्ले बरिष्ठ उपाध्यक्ष पदमा सोही संस्थामा कार्यरत थिए । उनले ११२० मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी सापकोटाले ८६२ मत प्राप्त गरेका छन्।
संस्थाको बरिष्ठ उपाध्यक्षमा विवेक कँडेल र महासचिवमा सन्देश उप्रेती जित हात पारेका छन्। त्यसैगरी उपाध्यक्षमा जनक भण्डारी,सचिवमा हरिप्रसाद खनाल,कोषाध्यक्षमा दिनेश न्यौपाने, सहकोषाध्यक्षमा गोविन्द गौतम, महिला संयोजकमा गुन्जन भण्डारी र युवा तथा विद्यार्थी संयोजकमा जेनिन पुरी निर्वाचित भएका छन्।
कार्यसमिति सदस्यहरुमा महेन्द्र पुन,विजयराज भुसाल, पुण्य पाण्डे, रोविन पाठक, सरोज सिग्देल, विक्रम पौडेल र शान्ताकुमारी गिरी विजयी भएका छन्। |
नेपाल भारतबीच सांस्कृतिक सम्बन्ध बढाउने उद्धेश्यले बनारसमा विशेष कार्यक्रम सम्पन्न नयाँ दिल्ली। नेपाल भारतबीचको सांस्कृतिक सम्बन्धलाई थप बढाउने उद्धेश्यले उत्तर प्रदेशको बनारसमा नेपाल-भारत सांस्कृतिक आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।
शनिवार बनारसस्थित होटल अमायामा सम्पन्न कार्यक्रममा भारतका लागि नेपालका कार्यवाहक राजदूत रामप्रसाद सुवेदी प्रमुख अतिथिका रुपमा उपस्थित रहेका थिए।
त्यस्तै, भारतीय उद्योग परिसंघका राष्ट्रीय उपाध्यक्ष आर के चौधरी, महानगर उद्योग व्यापार समिती, वाराणसीका अध्यक्ष प्रेम मिश्रा र उत्तर प्रदेशको पर्यटन कल्याण संघका अध्यक्ष राहुल मेहता विशेष अतिथिका रुपमा उपस्थित रहेका थिए । ।
समारोहमा बोल्दै कार्यवाहक राजदूत राम प्रसाद सुवेदीले गंगामा नदी मात्रै नभई नेपाल भारतको सम्बन्ध पनि बगिरहेको बताए । नेपालबाट बग्दै आउने नदी गंगामा बग्नु त्यही हाम्रो विशिष्टता भएको उनले बताए।
उनले काशीमा विश्वनाथ र काठमाडौंमा पशुपतीनाथको उदहारण दिँदै यो अवसर नेपाल भारतबिचको सदियौंदेखिको सांस्कृतिक सम्बन्धलाई मनाउनु पर्नेमा जोड दिए । उनले भारतीय नागरिक विशेषगरि काँशीका वासिन्दालाई नेपालको धार्मिक क्षेत्रहरुको भ्रमण गर्न पनि आग्रह गरे ।
त्यसैगरी समारोहमा पर्यटन कल्याण संघका अध्यक्ष राहुल मेहताले काशीबाट कुनै पनि कामको शंखनाद भए त्यसको प्रभाव पुरै विश्वमा पर्ने भन्दै नेपाल-भारतको सांस्कृतिक सम्बन्ध आदान प्रदानको कार्यक्रम बनारसबाट शुरुवात भएको भन्दै यसले पक्कै पनि दुई देशको सम्बन्ध झन उचाईमा पुग्ने विश्वास व्यक्त गरे । यस्तै अन्य वक्ताहरुले पनि दुई देशको सम्बन्ध अनादी कालबाट रहेको भन्दै यो सदा रहीरहने बताए ।
बीपी कोइराला इन्डिया नेपाल फाउन्डेसन नयाँ दिल्लीको सहयोगमा पत्रकार एवं सामाजिक कार्यकर्ता रुचि सिंहले आयोजना गरेको नेपाल-भारत सांस्कृतिक आदान-प्रदान कार्यक्रममा नेपालको मारुनी, देउडा, तामाङ सेलो शैलीसहित देश भक्ती गीत र भारतका कत्थक एवं भरत नाट्यमसहित चर्चीत शैलीका नृत्यहरु प्रस्तुत गरिएको थियो।
नेपाली नृत्य टोलीको नेतृत्व उमेश शाहीले गरेका थिए भने भारतको नेतृत्व बनारसका प्रसिद्ध कत्थक नृत्यकार शिव आनन्दले गरेका थिए । कार्यक्रममा बनारसस्थित भारतीय र नेपाली नागरिकहरुको उपस्थिती रहेको थियो । |
परदेश पुगेका १७ इञ्जिनियरहरुको ‘आंगन छाडेपछि’ प्रकाशित काठमाडौं । इञ्जिनियरिङ विषय अध्ययन गरी विविध कारणले परदेशमा बसोबास गर्ने आप्रवासी नेपाली इञ्जिनियर लेखकहरूको सपना र संघर्षको कथा ‘आँगन छोडेपछि’ सार्वजनिक भएको छ ।
शुक्रबार पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा सो पुस्तक सार्वजनिक गरिएको हो । विशेष कारण वा विदेशिनुपर्ने सन्दर्भ, तात्कालीन मनोदशा, मानसिक र पेशागत अन्तरद्वन्द्व साथै विदेश आइसकेपछिको सुरुवाती अनुभवहरूको संकलनका रूपमा पुस्तकलाई चित्रण गरिएको छ ।
ऋषिराम पराजुली, कुसुम ज्ञवाली, कृष्ण कुसुम, केशव शर्मा, केशवराज ज्ञवाली, गोविन्दप्रसाद गौतम, जीवा लामिछाने, प्रमोद अमात्य, नगेन्द्र न्यौपाने, विजयराज भट्टराई, मधु माधुर्य, मनोज कार्की, राजन महर्जन, सतिश त्रिपाठी, सन्तोष न्यौपाने, शर्मिला पोखरेल र सुशील ताम्राकार गरेर १७ जनाले आफ्ना परदेशी अनुभव पुस्तकमा समावेश गरेका छन् । पुस्तकलाई सम्पादन कृष्ण कुसुम र केशवराज ज्ञवालीले गरेका हुन् भने सम्पादन समूहमा कुसुम ज्ञवाली, सतिश त्रिपाठी, विजयराज भट्टराई रहेका छन् ।
पुस्तकमा विश्वभरिका विभिन्न देशमा बसेर, इन्जिनियरिंग पेशासंग सम्बन्ध १७ जना इन्जिनियरहरुको विदेशी भूमिमा गरेको संघर्षको सस्मरण लेखिएको छ । सो पुस्तक शिखा प्रकाशनले बजारमा ल्याएको छ । कार्यक्रममा लेखक÷इन्जिनियर खड्गसेन वली र समालोचक राजकुमार बानियाले पुस्तकमाथि टिप्पणी गरेका थिए ।
नियात्राकार जीबा लामिछाने र गोविन्दप्रसाद गौतमले लेखकीय अनुभव, पुस्तकका दुई मध्ये एक सम्पादक केशवराज ज्ञवालीले सम्पादनको अनुभव सुनाएका थिए । |
आफ्नै कम्पनीले जेल कोचेपछि साउदी अरबमा बिचल्लीमा परे दामोदर साउदी अरब । वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया पुगेका बुटवल नगरपालिका–११ घर भएका दामोदर क्षेत्री बिगत ११ बर्षदेखि नेपाल फर्कन नपाउदा साउदीमै अड्किएका छन् ।
२०६८ साल असारमा ड्राइभर भिसामा साउदी पुगेका उनी नेपालबाट एजेन्टले ड्राइभर भिसामा भनेर पठाए पनि त्यहाँ पुग्दा लेबर भिसामा पठाइएको थाहा पाएका थिए ।
आफू ठगिएको थाहा पाएपछि उनले ड्राइभर भिसामा परिवर्तन गर्न अनुरोध गर्दा कम्पनीले २५ सय साउदी रियाल मागेपछि कम्पनी छोडेका थिए ।
उनले कम्पनी छोडेपछि जुबेल भन्ने ठाउँमा १ वर्ष अवैध रूपमै काम गरे । त्यहीबेला अवैध कामदारहरूलाई साउदी सरकारले आममाफी दियो र मालिकले काला (१ वर्षपछि पालो–पालो गरेर घर पठाउँछु) भनेपछि त्यहीबेला नै उनले नेपाल फर्कनका लागि आउटपास लिएर बसेको थिए ।
तर, दुर्भाग्य नेपाल उड्नु ‘१०–१५ दिन बाँकी हुँदा उनले चलाएको गाडीको ड्राइभर साइडको अगाडिको टायर पड्कियो र उनले चलाएको गाडी दुर्घटनामा पर्यो ।
आफूले चलाएको गाडी अर्को साइडमा गएर उताबाट आएको ट्रेलामा (ठूलो गाडी) ठोकिएर आगलागी भएर दुवै गाडी जलेर नष्ट भयो र अर्को गाडीको चालक पाकिस्तानी नागरिकको घटनास्थलमै मृत्यु भएको दामोदर बताउँछन् ।
दुर्घटनापछि दामोदर पक्राउ परे । त्यस घटनामा मृत्यु हुने पक्षबाट कसैले पनि उजुर नगरेको साउदी अरबको जेनरल कोर्टले जनाएको र घटना नियोजित नभई एक दुर्घटना भएको पुष्टि भयो ।
नियमअनुसार दामोदरले तीन महिना जेल सजाय काटे र जेलबाट निस्कनेबित्तिकै दामोदरलाई पहिलेकै कम्पनीले गाडी चलाउन भन्यो । दामोदरले नेपाल जान चाहेको बताए पनि कम्पनीले अब केस सक्किएकाले आत्तिन नपर्ने र नेपाल जान पाउने भनेर दामोदरलाई आश्वासन दिइरहेको थियो ।
तर‚ गाडी दुर्घटना भएको कम्पनीले दामोदरलाई दुर्घटनामा बिग्रिएको गाडीको क्षतिपूर्ति रकम स्वरूप ७९ हजार साउदी रियाल अर्थात् करिब २५ लाख नेपाली रुपैयाँ माग गर्यो ।
दामोदरले रकम तिर्न नसकेपछि उनलाई दुर्घटना भएको दुई वर्षपछि जेल हालियो । दुर्घटनामा ज्यान गुमाउनेको तर्फबाट उजुरी नपरे पनि उनलाई रोजगारी दिएको कम्पनीले नै जेल हाल्यो ।
सन् २०१७ देखि साउदीको जुवेल जेलमा कैदी जीवन बिताएका उनी सन् २०२१ मार्च २४ मा छुटे । तर‚ त्यसपछि पनि नेपाल फर्किन भने पाएनन् । साउदीको कानुनअनुसार ७९ हजार साउदी रियाल (२५ लाख नेपाली) नतिरेसम्म उनी कानुनी रूपमा नेपाल फर्किन पाउँदैनन् ।
४ वर्षपछि जेलबाट निस्किएका उनले क्षतिपूर्ति तिर्न सकेका छैनन् । जेलबाट छुटेको ९ महिना भइसक्यो । दूतावासले आश्वासन दिनेबाहेक केही नगरेको उनको भनाइ छ । दूतावासको वकिलले क्षतिपूर्ति तिरेर नेपाल जान सक्ने बताए पनि आफूसँग त्यो रकम नहुँदा उनी साउदीमै छन् ।
|
अमेरिकामा नेपालीभाषी भुटानीले हाने आफन्तलाई गोली कोलम्बस\ओहायो । अमेरिकाको ओहायो राज्यको कोलम्बसमा एक नेपालीभाषी भुटानीले आफ्नै नातेदारलाई गोली हानेका छन् । गत २० डिसेम्बर अपरान्ह ४:३५ तिर आफ्नै सालोले भिनाजुलाई गोली हानेर भागेका थिए । उनलाई घाटीमा गोली लागेको कोलम्बस प्रहरीले जनाएको छ ।
गोली लागेका व्यक्ति कोलम्बसको मोर्स रोर्डको ट्यामर्याक ब्यलुबर्डको सन्नी कोर्टमा एउटा अपार्टमेन्टमा परिवारसहित बस्दै आएका थिए । हाल उनको ओहायो स्टेट युर्निभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ ।
गोली हानेर फरार भएका सोम प्रसाईलाई प्रहरीले पक्राउ गरिसकेको छ । घट्ना भएको क्षेत्र आसपासका अपार्टमेन्टमा धेरै नेपालीभाषी भुटानी बस्छन् । यसको वरिपरि ३ दर्जन नेपाली ब्यवसाय छन् ।
अहीले घर किनेर अरु ठाउमा सरे पनि शुरुवाती समयमा यो ठाउका अपार्टमेन्टमा धेरै नेपालीभाषी बस्थे । घाइतेको अवसथा सुधार उन्मुख रहेको बताइएको छ । घट्नाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
कोलम्बस प्रहरीले सार्वजानिक गरेको जानकारीमा गोली लाग्ने व्यक्तिको विवरण छैन तर गोली हान्ने शंकास्पद व्यक्ति सोम प्रसाईं २५ बर्षका भएको उल्लेख छ ।
हेर्नुहोस् प्रहरीले जारी गरेको सार्वजानिक जानकारी
घटना के कारणले घटेको हो ? भन्नेबारे स्थानीय प्रहरीले कुनै विवरण दिएको छैन । ओहायोस्थित नेपाली भाषी भुटानी समुदायका स्थानीय अगुवाहरुले पनि यसबारे केही बोलेका छैनन् । घटना अझै अनुसन्धानमै रहेको कोलम्बस प्रहरीले जनाएको छ । |
अवैध आप्रवासी कामदारलाई मलेसियामा आममाफी दिइने समयावधि तेस्रोपटक थप क्वालालम्पुर । अवैधानिक आप्रवासी कामदारहरुको हितमा मलेसिया सरकारले सन् २०२० को डिसेम्बरदेखि सञ्चालनमा ल्याएको अवैधानिक हैसियतमा रहेका रहेका आप्रवासी कामदारहरुलाइ अध्यागमन विभागले निर्धारण गरेको शर्त बमोजिम घरफिर्ती हुने वा पुन वैधानिक भएर बस्न पाउने ( रिक्यालिब्रेशी पुलाङ्) कार्यक्रमको समय अवधि तेस्रोपटक थप गरेको छ ।
मलेसियन अध्यागमन बिभागको कार्यालयले एक बिज्ञप्ति सार्वजनिक गर्दै कार्यक्रमको अवधि ३० जुन २०२२ सम्मलाई थप गरिएको उल्लेख गरेको छ ।
मलेसिया सरकारले यो कार्यक्रम २०२० को डिसेम्बरदेखि नै सञ्चालनमा ल्याएको भपनि कोभिड १९ का कारण लामो सम्म प्रभावित बन्न पुगेको थियो । यद्यपि कोभिड १९ नियन्त्रण उन्मुख बन्दै गएपछि पछिल्लो समयमा भने कार्यक्रम प्रभावकारी बन्दै आएको छ । अध्यागमन विभागको जानकारी अनुसार २०२१ को डिसेम्बर २१ सम्ममा १ लाख ९२ हजार २८१ जना अवैधानिक आप्रवासी कामदारहरुले स्वदेश फर्किनलाई आवेदन दिइसकेका छ्न्। कुल आवेदकमध्ये अहिलेसम्म १ लाख ६२ हजार ८२७ जना अवैधानिक आप्रवासी श्रमिक मलेसियाबाट स्वदेश फर्किसकेका छ्न्।
यस कार्यक्रमको उपयोग गर्दै स्वदेश फर्किन केयलआईए स्थिति अन्तर्राष्ट्रिय विमानस्थलमा भएको तथ्यांकअनुसार अवैधानिक आप्रवासी कामदारहरु मध्ये सबैभन्दा धेरै इन्डोनेसियन नागरिक ९९ हजार ४७ जना , यस्तैगरी २६ हजार ८२१ जना बङ्लादेशी नागरिक रहेका छन् । यस्तै २३ हजार ८४४ भरतिय र बाँकी ४२ हजार ५६९ जना नेपाल, भियतनाम, थाइल्यान्ड, कम्बोडिया, म्यानमार, श्रिलङ्का, लगायतका देशका अवैधानिक श्रमिकहरु स्वदेश फर्किएको अध्यागमन विभागले जनाएको छ । |
नेपालीभाषी भुटानीले बनाए अमेरिकामा छोटो फिल्म कोलम्बस/ओहायो। तेस्रो देश पुनर्वासपछि नेपाली मुलका भुटानीहरु बिस्तारै विभिन्न क्षेत्रमा आफ्नो उपस्थिति जनाउन थालेका छन्। तेस्रो देशको पुनर्वाससगै साहित्य लेखन, गीतसंगीत क्षेत्रबाट आइरहेका उनीहरु चलचित्र बिधामा पनि आफ्नो उपस्थिति देखाउन थालेका छन्।
अमेरिकाको ओहायो राज्यको कोलम्बसमा रहेका केही नेपालीभाषी भुटानी युवाहरुले हालैमात्र कोलम्बसबाटै एडिक्सन नामक छोटो चलचित्र बनाएका छन्। समुदायका युवाहरु कुलतमा लागेको विषयमाथि बनाइएको यो चलचित्रलाई भुटानी नेपाली समुदायमा रहेर सामाजिक क्षेत्रमा काम गर्दै आएका अर्जुन सुबेदीले निर्माण गरेका हुन्।
‘लागुपदार्थ सेवनमा लागेर हाम्रै समुदायका केही युवाहरुको जीवन तहसनहस भएको छ’ चलचित्रका कथाकार तथा मुख्य कलाकार श्याम क्षेत्री भन्छन्, ‘यसको परिणाम विकराल देखिँदै गएको छ, त्यसैले सचेतनाका लागि यो फिल्म बनाएका हौं।’
कोलम्बस र यसका बरिपरिका रेनोल्ड्बर्ग, पिक्रिन्टन, क्यानल विन्चेष्टर, पटासकला, एट्ना, ब्ल्याकलिक, जस्ता स्थानमा छायांकन गरिएकोे यो चलचित्र ४० मिनेट लामो रहेको निर्माण पक्षले बताएको छ।
तेस्रो मुलुकमा पुनर्वास भएपछि नेपाली कला संस्कृति जोगाउनेदेखि नेपाली भाषी भुटानीको हितको लागि काम गर्दै आएको संस्था नक्षत्र फाउन्डेसनको प्रस्तुति रहेको यो चलचित्रमा पटकथा /निर्देशन काशी कँडेलको रहेको छ भने सिनेमाटोग्राफ्री पृथ्वी ठटालको रहेको छ। प्रभाकर थापाको सम्पादन, सुरज सिवाको संगीत रहेको यो चलचित्रमा रमेश तिमिल्सिनाले निर्माण नियन्त्रकको भुमिका निर्वाह गरेका छन्।
श्याम क्षेत्री, अश्मिता रसाइली, सन्तोष रामदाम, नवीन जेके, पुरु भण्डारीको मुख्य भुमिका रहेको यो चलचित्रमा कमल ढकाल, लाल थापा, देवी घिमिरे, गंगा धिताल, हेमा मैनाली, मणि विश्व, मुना सिंह राहाया लगायतका कलाकारको अभिनय रहेको छ।
थुप्रै भुटानी नेपालीहरु तेस्रो मुलुक अमेरिकामा आफ्नो, बल, मेहनत र पौरखले समृद्घितर्फ लम्किरहेका छन् तर कतिपय युवाहरु यहाँ आएपछि कुलत तिर पनि फसेको देखेपछि यस विषयमा फिल्म बनाएको निर्माता अर्जुन बताउँछन्।
भन्छन्, ‘लागुपदार्थ दुब्र्यसनिले जीवन बर्वादीबारे सचेतना फैलाएर युवाहरुलाई यसबाट टाढा राख्न भुमिका खेलोस भन्ने उद्देश्यले यो शिक्षामुलक/सन्देशमुलक सिनेमा बनाएका हौंं।’
रेनोल्सबर्गको सिटी काउन्सिल सदस्य तथा नेपालीभाषी भुटानी समुदायका अगुवा भुवन प्याकुरेल लागुऔषधको दुरुपयोगले आफ्नो समुदायमात्रै नभएर अमेरिकी समाज नै प्रताडित रहेको बताउँदै समुदायका युवाहरुलाई सही मार्गमा हिड्न सचेतना जगाउने यस्ता फिल्मले ठूलो भुमिका खेल्ने बताउँछन्। भन्छन ‘यस चलचित्रका निर्माता अर्जुन सुवेदीको समाजका लागि सह्रानीय काम हो।’ |
अवैधानिक आप्रवासी कामदारहरुको हितमा मलेसिया सरकारः वैधानिक भएर बस्न पाउने समय अवधि थप क्वालालम्पुर / अवैधानिक आप्रवासी कामदारहरुको हितको निम्ति मलेसिया सरकारले वैधानिक भएर बस्न पाउने (रिक्यालिब्रेशी पुलाङ्) कार्यक्रमको समय अवधि तेस्रोपटक थप गरेको छ ।
मलेसिया सरकारले गत बर्ष २०२० को डिसेम्बर महिनादेखि यहाँ रहेका अवैधानिक हैसियतमा रहेका आप्रवासी कामदारहरुलाइ अध्यागमन विभागले निर्धारण गरेको सर्त बमोजिम पुन: वैधानिक भएर बस्न पाउने कार्यक्रमको समय अवधि तेस्रोपटक थप गरेको हो।
मलेसियन अध्यागमन विभागको कार्यालयले आज सामाजिक संजाल मार्फत उक्त कुरा उल्लेख गरेको छ । प्रेस बिज्ञप्तिका अनुसार ‘यहीँ डिसेम्बर २२ तारिखदेखि विभिन्न क्षेत्रमा अवैधानिक हैसियतमा काम गर्दै आएका विदेशी श्रमिकहरुले स्वदेश फर्किन र पुन वैधानिक भएर बस्न पाउने कार्यक्रम (रिक्यालिब्रेशन पुलाङ्) को समय अवधि ३० जुन २०२२ सम्मलाई पुन तेस्रोपटक थप गर्ने निर्णय गरिएको छ ।’
मलेसिया सरकारले यो कार्यक्रम २०२० को डिसेम्बरदेखि नै सञ्चालनमा ल्याएको भए पनि कोभिड १९ को कारण यस कार्यक्रम लामो सम्म प्रभावित बन्न पुगेको थियो । कोभिड १९ नियन्त्रण उन्मुख बन्दै गएपछि यो कार्यक्रम प्रभावकारी रूपमा संचालन हुँदै आएको छ ।
विभागको अनुसार २०२१ को डिसेम्बर २१ तारिखसम्ममा १ लाख ९२ हजार २८१ जना अवैधानिक आप्रवासी कामदारहरु स्वदेश फर्किनलाई आवेदन दिईसकेका छ्न् भने, कुल आवेदक मध्य अहिलेसम्म १ लाख ६२ हजार ८२७ जना अवैधानिक आप्रवासी श्रमिक मलेसियाबाट स्वदेश फर्किसकेका छ्न्।
अहिलेसम्म पनि यस कार्यक्रम मार्फत कम्पनीहरु खोजेर बैधानिक हुन चाहनाने र स्वदेश फर्किन चाहाने कामदारहरु मलेसियाको अध्यागमन मुख्यालय पुत्राजय र केयलआईए अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेश फर्किनेहरुको चाप बढेर स्थिति सम्हाल्न गाह्रो परिरहेको अवस्था थियो ।
स्वदेश फर्किनेहरुले समयमा नै फिङ्गरिङ्ग गर्न नपाएर कतिपयको हवाई टिकटको समयावधि सकिएर हवाई उडानसमेत प्रभावित हुँदैआएको थियो। विमानस्थलमा अध्यागमन मुख्यालयमा आप्रवासी कामदारहरुको चापलाई मध्य नजरगर्दै समय अवधी थप गर्नु परेको अध्यागमन विभागले जनाएको छ।
अन्तर्राष्ट्रिय विमानस्थलमा भएको तथ्यांकअनुसार अवैधानिक आप्रवासी कामदारहरु मध्ये सबैभन्दा धेरै इन्डोनेसियन नागरिक ९९ हजार ४७ जना, २६ हजार ८२१ जना बङ्लादेशी नागरिक, २३ हजार ८४४ भारतीय र बाँकी ४२ हजार ५६९ मा नेपाल, भियतनाम, थाइल्यान्ड, कम्बोडिया, म्यानमार,श्रीलङ्का लगाएतका देशका अवैधानिक श्रमिकहरु स्वदेश फर्किएको जनाएको छ । |
एनआरएनए कतारले मनायाे १९औँ स्थापना दिवस दोहा। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कतारले १९औँ स्थापना दिवस मनाएको छ। एनआरएनए आइसिसीको दोस्रो एनसिसिको रूपमा सन् २००३ मा स्थापित संस्थाले एक कार्यक्रमका बीच स्थापना दिवस मनाएको हो।
कतारका लागि नेपाली कार्यवाहक राजदूत लक्ष्मण खनालले संघले कोरानाको समयमा गरेको मानवीय कार्यको प्रशंसा गरे । खनालले सरकारले एनआरएनएले देशको समृद्धि र विकासका कार्यमा सहयोग गर्छन भन्ने अपेक्षा गरेको बताए।
खनालले नेपालको आर्थिक विकासमा प्रवासी नेपालीको महत्त्वपूर्ण भूमिका रहने भन्दै प्रवासमा रहदा नेपालको पर्यटनबारे प्रचारप्रसार गरेर नेपालमा पर्यटक पुर्याउन तथा अन्य क्षेत्रमा लगानी भित्र्याउन पहल गर्न आग्रह गरे।
आइसीसी सचिव आरके शर्माले संस्था विभाजन गर्ने कुरा सोच्न पनि नहुने बताए । ‘८० लाख नेपालीहरुको आत्मा जोडिएको संस्थाको समस्या समाधानको बाटोमा गैरहेको जनाउँदै शर्माले यो संस्थाप्रति धेरै नेपालीको आस्था र भरोसा रहेको बताए । २०२१–२३ का लागि केन्द्रीय उपाध्यक्ष पदका उम्मेदवार शर्माले चुनावी दौरानमा धेरै मतभेद भएको तर समस्या समाधान हुने दाबी गरे ।
मानार्थ आइसीसी सदस्य शनि कुमार ओलीले एनआरएनएमा संगठनात्मक समस्या पैदा भएको र यो समस्या समाधान गर्न वर्तमान नेतृत्व असफल भएको बताए ।
एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तदाले एनआरएनए आइसीसीमा देखिएको समस्या आइसीसीबाट मात्रै नभएर एनसीसीबाट नै सुरुवात भएको बताए । |
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको छैटौं वार्षिक सम्मेलन सम्पन्न अमेरिका । युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको छैठौं वार्षिक सम्मेलन सम्पन्न भएको छ । “नेपालको उच्च शिक्षाका संस्थागत यथार्थता: हिजो, आज र भोलि” विषयमा नितिगत र संरचनाका बारेमा बृहत छलफलका साथ सम्मेलन सम्पन्न भएको हो ।
कार्यक्रमका मुख्य वक्ता त्रिभुवन विश्व विद्यालयका पूर्व उपकुलपति एवं जापानका लागि पूर्व राजदुत केदारभक्त माथेमाले नेपालका शैक्षिक क्षेत्र सुधार्न विद्यालय र विश्वविद्यालयमा राजनिति रोक्नु पर्नेमा जोड दिएका थिए । साथै, राज्यले शैक्षिक क्षेत्रमा लगानी बढाउनु पर्ने र त्रिभुवन विश्व विद्यालयको भार कम गर्नु पर्ने माथेमाले जोड दिए ।
संस्थाका अध्यक्ष डा. राजन पन्तको सभापतित्वमा भएको कार्यक्रममा क्यालीफोर्निया स्टेट विश्व विद्यालयका भाइस प्रेसिडेन्ट तथा डिन प्रोफेसर डा. जित जोशी, द आर्टिक युनिभर्सिटी अफ नर्वेका प्रोफेसर पुरुषोत्तम बस्नेत, रोअन विश्व विद्यालय अमेरिकाका असिस्टेन्ट प्रोफेसर डा. कुल काप्री, काठमाण्डौ विश्व विद्यालयकि भिजिटिङ प्रोफेसर डा. सुचेता प्याकुरेल, सोगाङ विश्व विद्यालय दक्षिण कोरियाका प्रोफेसर डा. अग्नी राज कोईराला र त्रिभुवन विश्व विद्यालयका पाठ्यक्रम तथा मुल्यांकनका प्रोफेसर गणेश बहादुर सिंहले आफ्नो प्रस्तुती दिएका थिए । उक्त सम्मेलनमा २० जनाले सोधिएका प्रश्नहरुको जवाफ बक्ताहरुले दिएका थिए ।
कार्यक्रमको विषयमा र संस्थाको बारेमा कार्यकारी सचिव डा. सुमन पराजुलीले प्रकास पर्दै डा. सुरेन्द्र राज देवकोटाले धन्यवाद मन्तब्य दिएका थिए । दोश्रो सत्रमा संस्थाको गत वर्षको समिक्षा र आगामी वर्षको योजनाका बारेमा छलफल भएको थियो । |
बेलायतमा नेपाली एथलेटिक्सकाे दाैड लण्डन। शारीरिक तन्दुरुस्ती तथा दौडलाई प्रोत्साहन गर्ने उद्देश्यले बेलायतमा दौड प्रतियोगिता हुने भएको छ। नेपाल बाहिर दर्ता भएको नेपाली एथलेटिक्स क्लब ‘नेपाल रन’ को संयोजन तथा पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई प्रवर्द्धन गर्दै आएको पोखरेली मञ्चको आयोजनामा नेपाली नयाँ वर्ष २०७९ (१६ एप्रिल २०२२) का अवसरमा दाैड हुन लागेको हो।
बेलायत लगायत विश्वभर दौडलाई खेलकुदको माध्यमको रूपमा मात्र नभएर शारीरिक तन्दुरुस्ती र समाजसेवाको माध्यमको रूपमा हेर्ने गरिएको छ। प्रविधिसँग़ै बढ़दो निस्क्रिय जीवन शैलीलाई शारीरिक तन्दुरुस्तीका माध्यमबाट समुदायलाई स्वस्थ राख्ने उद्देश्यले दौड संस्कृति प्रवर्द्धनमा लागेको र यस कार्यक्रमबाट समुदायमा शारीरिक तन्दुरुस्तीबारे चेतना फैलाउने उद्देश्य रहेको नेपाल रन क्लबका संयोजक एवं धरान रन तथा नेवा च्यारिटीका संस्थापक संतोस राईले बताए।
कार्यक्रम मार्फत जुटेको सहयोग राशीले पोखरा र धरानमा हरेक वर्ष आयोजना हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथन र धरान रनलाई सहयोग गरिने पोखरेली मञ्च युकेका अध्यक्ष मनप्रसाद गुरुङले बताए।
बेजिङ्स्टकमा आयोजना हुने उक्त कार्यक्रममा स्थानीय बेजिङ्गस्टक नेपाली समाजका अध्यक्ष ओम गुरुङ र बेजिङ्गस्टक तमु समाजका संयाेजक दुर्गा गुरुङले स्थानीय समुदायले भरपुर सहयोग गर्ने जानकारी दिए ।
आगामी अप्रिलमा हुने उक्त कार्यक्रममा पोखरेली मञ्चले गैरआवासिय नेपाली संघकी निवर्तमान अध्यक्ष पुनम गुरुङलाई संयोजक तोकेको छ भने मिस नेपाल युके टेनिसा रानालाई कार्यक्रमको सहसंयोजकको जिम्मेवारी दिएको छ । कार्यक्रमको प्राविधिक पक्षको संयोजन नेपाल रनले गर्ने बताइएको छ ।
कार्यक्रमले नेपाली समुदायको गरिमा बढाउने, देशको बहुआयामिक क्षेत्रको प्रवर्द्धन गर्ने, समाज सेवा लगायत नयाँ पुस्तालाई पनि सकारात्मक सन्देश दिने साथै बहुआयामिक रुपमा उपयोगी हुने भएकोले बेलायतस्थित नेपाली समुदाय, नेपाललाई माया गर्ने बेलायती समुदाय, बेलायतस्थित संघसंस्थालाई सहभागिता र सहयोगको अपेक्षा राखिएको संयोजक पुनम गुरुङले जानकारी दिइन् । |
अमेरिकामा बसेर नेपाली गीत गाउँदा गर्व गर्छन् यी भुटानी नेपाली कोलम्बस, अमेरिका । पुर्बी नेपालको झापाको बेलडाँगी शरणार्थी शिविरमै रहदाँ लोक पौडेलले एउटा सपना साचेका थिए, राम्रो गायक बन्ने। तर शिविर भित्रको दुख सघर्षबीच त्यो सपना सोचे जस्तो सहज थिएन। दुखले चिमोटिरहने त्यो ठाउँबाट उठेर गायक बन्न अफ्ठ्यारा घुम्तीहरु धेरै थिए। तर तेस्रो देश पुनर्वासपछि उनको गायन सपनाले मुर्त रुप लिँदैछ।
११ वर्षअघि धेरैको सपनाको देश अमेरिका आइपुगेका लोक पछिल्ला बर्षहरुमा संगीतकर्ममा आफ्ना निरन्तर उपस्थिति जनाइरहेका छन्। भन्छन्, ‘अब सपना पूरा हुदैछ, अब यही बाटोबाट आफूलाई निरन्तर अगाडि बढाउने छु। ’ नेपाली संगीतकी चर्चित गायिका मेलिना राईसँग गाएको चर्चित गीत निलो कुर्ताले उनलाई चर्चित बनायो।
यो गीत यति लोकप्रिय बन्यो कि युट्युवमा मात्र ६१ लाख पटक हेरिएको छ हालसम्म। नेपाली टिकटक प्रयोगकर्ता माझ पनि यो गीत एकताका निकै लोक प्रिय बन्यो। ‘६ मिलियन भ्युज पाएको यही गीतबाट मलाई गायकको रुपमा धेरै माझ चिनाउन मद्दत गर्यो’, उनले हर्ष मिश्रित स्वरमा भने ‘अब त संगीत जीवनको अभिन्न अंग भयो।’ पछिल्ला वर्षहरुमा अमेरिकाबाटै नियमित जसो नेपाली गीत संगीत पस्किरहेका छन्।
२०१० मा नेपालबाट अमेरिकाको साउथडाकोटा राज्यको सुफल शहरमा आएका आएका उनी त्यसपछि नेपालीभाषी भुटानी धेरै भएको ओहायो राज्यको राजधानी कोलम्बस बसाइ सरे। साउथ डाकोटामा काम गरेका लोकले कोलम्बस आएपछि आफ्नै ब्यबसाय शुरु गरे। उनले मेनमार्ट नामक नेपाली ग्रोसरी पसल कोलम्बस नजिकैको रेनोल्ड्वर्गमा खोलेका छन्।
पौडेलको गायन आधुनिक, भजनदेखि चलचित्रसम्म फैलिएदो छ अहिले। पुर्णिमा, क्यारेङग्याङ २, निलकाँडालगायतका नेपाली चलचित्रमा गाएका उनले लगाइ दिन्थे तिमीलाई ,भो भो मलाई नगर माया, आमा तिमी छहारी मेरो, वल्ली हैन पल्ली, अर्काको नासो, बेरुवाकाको औठी, कस्तो लाग्यो तिमीलाई जस्ता २ दर्जन गीतमा गायकी पस्केका छन्।
‘त्यसपछि केही जीवन कम्फर्टेवल हुँदै गयो, अनि आफ्नो शिविरदेखि टुटेको सपनामा फेरि जोडिएँ’, लोक भन्छन्। त्यही बेलाउनको गीतकार हरि उप्रेतीस“ग भेट भयो, ‘त्यसपछि उहाँस“गको संगत, सहकार्यले गीतसंगीतमा सक्रियहुन थालें’, उनी भन्छन्। हरि भुटानी नेपाली समुदायका अब्बल गीतकार हुन्।
पौडेलको गायन आधुनिक, भजनदेखि चलचित्रसम्म फैलिएदो छ अहिले। पुर्णिमा, क्यारेङग्याङ २, निलकाँडालगायतका नेपाली चलचित्रमा गाएका उनले लगाइ दिन्थे तिमीलाई ,भो भो मलाई नगर माया, आमा तिमी छहारी मेरो, वल्ली हैन पल्ली, अर्काको नासो, बेरुवाकाको औठी, कस्तो लाग्यो तिमीलाई जस्ता २ दर्जन गीतमा गायकी पस्केका छन्।
अलमल नगरौ (कृष्णभजन) इश्वर बस्छन् मनमालगायतका केही भजनमा स्वर दिएका लोकका केही गीत रेडडिङकै क्रममा तथा बजारमा आउने क्रममा छन्। अहिलेका चल्तीका अस्मिता अधिकारी, मेलिना राईजस्ता गायिकासँग धेरै जसो गाएका छन्। नेपालमा म्युजिक ट्रयाक बन्छ, उनी अमेरिकाकै स्टुडियोमा स्वर भर्छन् उनी नेपाल पठाउ“छन्। ‘खास भन्ने हो भने यहाँ संगीतिक बाताबरण छैन, समय निकाल्न गाह्रो हुन्छ, हाम्रो खाले गीतसंगीतको लागि नेपालजस्तो सबै स्रोत साधन उपलब्ध छैनन्’, उनी भन्छन्, ‘ यद्धपि आफ्नोतर्फबाट सक्दो यो क्षेत्रबाट गरिरहेकोछु।’
नेपालमै शरणर्थी जीवन बिताइरहेका बेला नेपाली संगीत क्षेत्रमा ३ गायकको बोलवाला थियो आधुनिक संगीतमा रामकृष्णढकाल, राजेशपायल राई, यम बराल। उनीहरुकै गायकी देखेर उनले सपना पालेका थिए म पनि यस्तै गायक बन्छु भनेर। भुटानको दागना जिल्लाको दोरोना लालीथप्परमा जन्मेका लोक त्यही सपनाले बेलडाँगी शिविर भित्रै त्यही सपनाले चिमोटेर संगीतको बाटोमा लागेका थिए।
संगीतको भोक यति थियो कि उनले ७ कक्षामा पढ्दै हारमोनियम किनेर शिविरभित्रै राग अलंकार सिके। त्यसपछि मोरङको उर्लाबारीमा रहेको सनलाईट संगीत विद्यालयबाट संगीत सिकेर शिविर भित्रैपनि संगीत सिकाए । शिविरमा उनले झण्डै २ दशक बिताएका थिए।
गायक बन्ने हुटहुटीले परिवार कसैलाई नभनी शिविर छोडेर काठमाडौ आए तर चिनेको कोही थिएन, पैसा थिएन फेरि झापाको बस चढेर फर्किए। ‘संगीतमा केही गरौं भन्ने उर्वर समयमा अभाव, विभिन्न समस्याले केही गर्न सकिएन’ सेट्रलओहायोको एट्नामा बसोबास गरिरहेका पौडेलले भने, ‘त्यो शिविरदेखिको संगीत सपनाअहिले पूरा गर्दै छु।’
तर ढिलै किन नहोस् आफ्नो शिविरदेखिको सपना पूरा गर्न पाउँदा छाती गर्वले फुल्छ उनको अहिले। निलो कुर्ताले लगायतका गीतबाट चर्चित बनेका भुटानी नेपाली गायक लोक पौडेल अमेरिका बसेर नेपाली गीत संगीतको क्षेत्रमा सक्रिय छन्। वास्तवमा यिनी शरणार्थी शिविरबाट उठेको एउटा सांगीतिक स्वर हुन्।
|
भर्खर इराक पुगेका दुई नेपालीको बाढीले बगाएर गाडीभित्रै मृत्यु इराक । विदेशमा काम गरी कमाइ गर्ने सपना देखेर इराक पुगेका दुईजना नेपालीहरुको बाढीमा परी मृत्यु भएको छ । कामका लागि इराक आएका नेपालको दोलखा जिल्ला विगु गाउका पाल्देन शेर्पा र मोरङ्ग जिल्लाको लेटाङ्ग ४ का औराज राईको डिसेम्बर १७ तारिक शुक्रबार विहान मृत्यु भएको हो ।
बैदेशिक रोजगारीका लागि प्रतिबन्धित मुलुक इराकको कुर्दिस्तानमा यी दुबै नेपालीहरु आइपुगेको केही समयमात्र भएको थियो । समाचारअनुसार, मोरङ्गका राई केही महिनाअघिमात्र इराक पुगेका थिए भने दोलखाका पाल्देन शेर्पा एकसाता अघिमात्र इराक पुगेका थिए । उनीहरु दुबैजना सवार सवारी साधनलाई बाढीले बगाउंदा सोही सवारी साधनभित्र परी निधन भएको हो । उनीहरु इराकको कुर्दिस्तानस्थित अर्विलमा कार्यरत थिए । उनीहरु कार्यरत कम्पनीका कामदारहरुले उनीहरुको शव व्यबस्थापन र क्षतिपूर्तिका लागि आवाज उठाएका छन् । कामदारहरुले शुक्रबारको एकदिन कामसमेत ठप्प पारेका छन् । त्यसपछि कम्पनीले शव व्यवस्थापन र क्षतिपूर्ति दिने आश्वासन दिएको बताइएको छ । इराकको कुर्दिस्तानमा अहिले अविरल बर्षा भइरहेको र बाढीले जताततै क्षति पुर्याएको छ । |
कतारमा उधौली मनाउँदै किरात समुदाय खोटाङ । कतारमा रहेका किरात समुदायले साकेला उद्यौली, रापवा स्यादर पिदार र चासोक तङ्नाम मनाउने तयारी गरेका छन् । किरात राई यायोक्खा, सुनुवार सेवा समाज र किरात याक्थुङ चुम्लुङ शाखा कतारको संयुक्त आयोजनामा शुक्रबार सहानियाको अलदोसरी पार्कमा साकेला उद्यौली, रापवा स्यादर पिदार र चासोक तङ्नाम मनाउने तयारी गरिएको हो ।
कोरोना महामारी केही साम्य भएकाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चक्रिय प्रणाली अनुसार साकेला उद्यौली, रापवा स्यादर पिदार र चासोक तङ्नाम मनाउन लागिएको किरात राई यायोक्खा शाखा कतारका प्रथम उपाध्यक्ष गजेन्द्र खालिङ राईले जानकारी दिए । साकेला उद्यौली, रापवा स्यादर पिदार र चासोक तङ्नामको अवशरमा शुभकामना आदान–प्रदान तथा किरातीको मौलिक सांस्कृतिक झाँकी प्रदर्शन लगायत स्थानीय कलाकारको साँस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।
किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष शंकरमान राईको संयोजकत्वमा हुने कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष पुरुस्वोत्तम सुनुवार, सुनुवार सेवा समाज शाखा कतारका कार्यबाहक अध्यक्ष शेरबहादुर सुनुवार र किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष हर्क खजुम लिम्बु, विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, व्यवसायी, बुद्धिजीवि लगायतको सहभागीता रहने छ ।
कोरोना महाकारीका कारण गत वर्ष साकेला उद्यौली, रापवा स्यादर पिदार र चासोक तङ्नाम रोकिएको थियो । दोहा कतारमा सन् २००४ देखि साकेला उद्यौली, रापवा स्यादर पिदार र चासोक तङ्नाम मनाउने गरिएको छ ।
के हो किरात समुदायको उधौली ?
किरात समुदाय प्रकृति पुजक हुन् । यिनीहरुका हरेक चाड तथा संस्कार संस्कृति प्रकृतिसँग जोडिएको हुन्छ । त्यी मध्ये उधौली चाड एक हो । उधौलीलाई राई समुदायले साकेला उधौली, सुनुवार समुदायले रापावा श्यादर पिदार र लिम्बु समुदायले चासोक तङ्नाम भन्ने गर्दछ ।
आदिम कालमा किराती पुर्खाले अन्नबालीको खोज गरी बाली लगाउने बेला र उठाउने बेलालाई सिजनको रुपमा मान्न थालियो । दुई सिजनमध्ये बैसाख महिना अर्थात गर्मीको समयमा अन्नबाली लगाउने सिजनमा ‘बाली सप्रियोस्’ भनेर भूमिको पुजा गर्ने चलन छ । त्यही बेला प्रकृतिका चराचुरुङ्गी, जिव जनावरहरु गर्मीको कारण उभो लेकतिर जाने, खोलाको माछा पनि उभो खोलाको शिरतिर चढ्ने भएकाले यसलाई उभौली चाडको रुपमा मान्ने गरिएको छ ।
त्यस्तै, अर्को सिजन मंसिर महिना अर्थात जाडोको सिजन । अन्नवाली भित्र्याउने समयमा पाकेको बाली आफुले खानअघि पितृलाई चढाउँदै पितृको पुजा गर्ने चलन छ जुन बेला चराचुरुङ्गी, जिवजनावरहरु जाडोको कारण बेँसीतिर झर्ने, खोलाको माछा पनि तल झर्ने भएकाले यसलाई उधौली चाडको रुपमा मान्ने गरिन्छ ।
मंसिरे पुर्णिमाको सिजनमा अन्नबाली भित्र्याइने हुनाले किरातीहरुले आफ्नो पितृलाई फेदाङ्बारनछुङ् राखेर पितृपुजा गर्दै न्वागी खाने र ढोल झ्याम्टा बजाउदै साकेला सिलीरधान नाचरश्यादरसिल नाँच्दै धुमधामका साथ उधौली मनाउने प्रचलन छ । |
वैदेशिक रोजगारीको सम्पूर्ण लागत रोजगारदाताले बेहोर्ने व्यवस्था कार्यान्वयन गर्न सुझाव काठमाडौं । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले वैदेशिक रोजगारीका क्रममा लाग्ने सम्पूर्ण लागत रोजगारदाताले नै बेहोर्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्न सरकारलाई सुझाव दिएको छ ।
‘माइग्रेन्ट रिक्रुटमेन्ट एडभाइजर’ प्रयोगकर्ता श्रमिकद्वारा आफूले सेवा लिएका म्यानपावर कम्पनीको सेवा मूल्याङ्कनका सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन आज सार्वजनिक गर्दै जिफन्टले रोजगारदाताले नै भर्ना शुल्क र खर्च बेहोर्ने व्यवस्थाको कडाइका साथ कार्यान्वयन गरी न्यायोचित भर्ना प्रक्रिया अगाडि बढाउन सुझाव दिएको हो । अध्ययनमा सहभागी एक हजार ५९३ मध्ये ९८ प्रतिशत बढी व्यक्तिले आफूले चर्को भर्ना शुल्क तिरेको बताएका थिए । उनीहरुले औषत रु एक लाख भर्ना शुल्क तिर्नुपरेको अध्ययनले जनाएको छ । अध्ययनमा संलग्न दुई प्रतिशतभन्दा कम व्यक्तिले आफूले कुनै पनि शुल्क तथा खर्च बेहोर्नु नपरेको बताएका थिए ।
सरकारले पछिल्ला केही वर्षयता वैदेशिक रोजगारीका क्रममा श्रमिकको भर्नाबापतको सम्पूर्ण लागत रोजगारदाताले बेहोर्नुपर्ने व्यवस्था गरेको छ । श्रमिक भर्नाको सम्पूर्ण लागत रोजगारदाताले नै बेहोर्नुपर्ने विषयलाई गन्तव्य मुलुकसँगको श्रम समझदारीमा समेटिएको छ । जोर्डन, मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), मरिससलगायत मुलुकसँगको द्विपक्षीय श्रम सम्झौतामा सम्पूर्ण खर्च रोजगारदाताले बेहोर्ने विषय उल्लेख गरिएको छ । श्रम सम्झौतामा भर्ना प्रक्रिया निःशुल्क बनाइने उल्लेख भए पनि वैदेशिक रोजगारीमा जाने श्रमिकले चर्को शुल्क तिर्दै आएका छन् ।
श्रमिकले भर्ना शुल्क तिर्नुपर्ने अवस्थाको अन्त्यका लागि अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउन पनि जिफन्टले सुझाव दिएको छ । श्रमिकले कुनै शुल्क तिर्नुपरेमा त्यसको अनिवार्य रसिद पाउने विषयलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै जिफन्टले सरोकारवाला निकायको प्रभावकारिता वृद्धि गर्न सुझाव दिएको छ ।
घटेन एजेन्टको सक्रियता
सरकारले वैदेशिक रोजगार ऐन, २०६४ लाई संशोधन गर्दै म्यानपावर एजेन्ट खारेज गरेको छ । ऐनले एजेन्ट खारेज गरे पनि अझै एजेन्टको सक्रियता नघटेको अध्ययनमा पाइएको छ । वैदेशिक रोजगारीमा जान चाहनेमध्ये ४० प्रतिशत व्यक्ति एजेन्टमा नै निर्भर रहेका छन् । बत्तीस प्रतिशत व्यक्ति भने प्रत्यक्षरुपमा सम्बन्धित म्यानपावर कम्पनी पुगेका छन् ।
अध्ययनमा संलग्न अधिकांशले आफूले रोजगार करार सम्झौता प्राप्त गरेको र त्यसमध्ये ९५ प्रतिशत सहभागीले आफूले सम्झौतामा लेखिएको भाषा बुझेको बताएका छन् । कतिपयले आफूले सम्झौतामा उल्लेखित भाषा पढ्न नसकेको तर म्यानपावर कम्पनीका प्रतिनिधिले पढेर सुनाएको बताएका थिए । प्रतिवेदनमा हरेक श्रमिकले नेपाली भाषामा लेखिएको रोजगार करार सम्झौता रोजगारीमा जानु अगाडि पर्याप्त समय बाँकी रहँदै प्राप्त गर्नुपर्ने औँल्याइएको छ ।
अध्ययनमा सहभागीमध्ये ९६ प्रतिशतले रोजगारीका क्रममा आफ्नो व्यक्तिगत कागजात (राहदानीलगायत) आफूले राख्न नपाएको बताएका थिए । चार प्रतिशतले गन्तव्य मुलुकमा रहँदा ट्रेड युनियनमा आबद्ध हुने अधिकार पाएको बताएका थिए । जिफन्टले श्रमिकको अधिकार स्थापित गर्न र मर्यादित काम, समान एवं उचित पारिश्रमिक कार्यान्वयनलगायतका विषयमा पैरवी गर्दै आएको छ ।
वैदेशिक रोजगारको योजनामा रहेका व्यक्तिलाई उपयुक्त सेवा प्रदान गर्ने वैदेशिक रोजगार कम्पनी खोज्न सहयोग गर्ने उद्देश्यले जिफन्टले अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ (आइटियूसी)सँगको साझेदारीमा रिक्रुटमेन्ट एडभाइजरमा सहकार्य गर्दै आएको छ । |
इराकमा ‘नेपाली रेष्टुरेन्ट एण्ड बार’ले डिजे पार्टी कार्यक्रम गर्ने काठमाडौं। सरकारले प्रतिबन्ध लगाएको देश इराकको कुर्दिस्तान सुलेमानिमा नेपालीको लगानीमा संचालन गरिएको ‘नेपाली रेष्टुरेन्ट एण्ड बार’ले अंग्रेजी बर्ष २०२२ को अवसरमा सुलेमानी सर्चनार स्थित ओस्कार हलमा ७ जनवरी २०२२ शुक्रबारका दिन डिजे पार्टी कार्यक्रमको आयोजना गरेको छ।प्रतिबन्धित देशमा रहेर पनि नेपालीहरुले कुर्दिस्तानमा होटल व्यवसाय र सुपर मार्केटहरु व्यक्तिगत लगानीमा लाइसेन्स लिएर संचालन गरेका छन् ।
कार्यक्रममा डिजे नरेश ,डिजे मोक र भिगुरुङको टिमले मनोरञ्जन गराउने आयोजक नेपाली ‘रेष्टुरेन्ट एण्ड बार’ले जनाएको छ। प्रतिबन्धित देशमा रहेको नेपाली रेष्टुरेन्टलाई अन्य देश माझ चिनाउनको लागि पनि उक्त कार्यक्रम गरेको संचालक आर्यन मोक्तानले बताए । |
अर्जुन सुवेदी : पितामाथि गोली दागिएको त्यो दिन, शरणार्थीको झुप्रो र अमेरिकाको वैभव कोलम्बस/ ओहायो। शरणार्थी शिविरको छाप्रोमा जीवनका १८ बर्ष बिताउँदा अर्जुन सुवेदीे धेरै दुख, पीडा भोगे। धेरै सास्ती र अभावको जीवन बाँचे। जातीय सफायाको नाममा भुटानी शासकले नेपाली भाषी भुटानी (ल्होत्साम्पा) लाई जन्मभूमिबाट लखेटेसँगै भुटानको त्यो जन्मघर, गाईबस्तुले भरिएको गोठ, खेतबारी, फलफूलले भरिएको बगान अनि आफ्नो माटो छोडेर हिँड्दा उनको जीवनमा चट्याङ परे जस्तै भयो।
एक्कासि जीवनमा कालो बादल मडारियो। त्यसमाथि अर्को अकल्पनीय घट्ना घट्यो, आफ्नो बुबामाथि बन्दुकको गोली बर्सियो। बुवा बिष्णु सुवेदी भुटान र भारतको सीमावर्ती क्षेत्रमा पाखुरामा गोली लागेर घाइते भए। सन् १९९० मै नेपाल आएका ५२ परिवार सँगै गोली लागेका पिता अनि रोगी आमासहित अर्जुन पिता पुर्खाको देश नेपाल आइपुगे भुटानको सर्वाङगेलेफुबाट। भएभरको सम्पति उतै छोडेर दुखको हुन्डरीमा, अनिश्चिताको भुमरीमा।
झापाको माइखोलाको बगरमा केही महिना दुख, पीडाको पराकाष्टा छिचोलेर बेलडाँगी शरणर्थी शिविरको छाप्रोमा जीवनका चरम दुख, पीडा, ताप, सँघर्षका रंगहरु भोगे उनले। प्लाष्टिकले बारेका छाप्रो भित्रका दुखका भब सागर छिचोले। अनागरिक भएर अथाह दुख भोगेका अर्जुन बिगत १२ बर्षदेखि धेरैको सपनाको देश अमेरिकामा छन्।
तर अमेरिकामा समृद्धशाली जीवन बिताएपनि हिजोको दुख, सघर्षका पल अनि शिविरमै रहेकाहरुलाई बिर्सेका छैनन्। अमेरिकामै घर, गाडी जोडेर चिल्लो सडकमा हुँइकिने उनले शिविरको छाप्रो भुलेका छैनन्। त्यसैले त उनीहरुको दुखमा बेलाबेला मलम लगाउन खोज्छन् सकेको। ‘हिजो आफूले शिविरमा भोगेको कष्टप्रद जीवनको कथा भुलेको छैन’, अर्जुन भन्छन्, ‘त्यसैले त्यहाँ रहेकाहरुको दुखमा आफ्नोतर्फबाट थोरै भएपनि आडभरोसा गरिरहेको छु।’
अहिले झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा एउटा स्कुलको भवन बनिरहेको छ, शिविरभित्रका बालबालिकाको शिक्षाको लागि। उनीपढेको हुर्केको र जीवनका धेरै बसन्त बिताएको त्यो ठाँउमा बन्दै गरेको ३ कोठा मध्ये एउटा उनै अर्जुनले बनाइरहेका छन्।
‘शिविर भित्र रहेका असहाय र दिनहीन बालबालिकाको लागि शिक्षामा थोरै भएपनि साहारा बनौं भनेर होस्टेमा हैसे गरेको हुँ’ सुबेदीले भने, ‘आफ्नो बलबुताले भ्याएसम्म केही गरौं भनेजस्तो लाग्छ।’ अझैपनि करिव साढे ६ हजार भुटानीहरु बेलडाँगी र पथरी शनिश्चरे शरणार्थी शिविरमा रहेका छन्।
वर्षौं शरणार्थी शिविरको छाप्रोमा रहेर दुखको महासागर झेलेका भुटानी नेपाली युवाअर्जुन सुवेदी अहिले अमेरिकामा बसेर नेपालभाषी भुटानी समुदायको हितका लागि काम गरिहेका छन्।
अमेरिकाको मध्यपश्चिमी राज्य ओहायोको राजधानी कोलम्बसमा नक्षत्र फाउन्डेसन नामक गैरनाफामुखी संस्था खोलेर सामाजिक तथा साँस्कृतिक गतिविधिमा सक्रिय छन् उनी विगत ३–४ वर्षयता। यो संस्थाले अमेरिकामा नेपाली कला, संस्कृति जोगाउने खालका गतिविधि तथा सामुदायिक हितका काम गर्दै आएको छ भने नेपालमा शरणार्थी शिविरमा रहेका दिनहीन परिवार र बालबालिकालाई सकेको सहयोग गर्दै आएको छ। अर्जुन भन्छन्, ‘सानै सहयोग किन नहोस, समुदायको राम्रो कामको लागिसक्दो सहयोग गर्ने कुरामा हातेमालो गर्दै आएको छौं।’
आइओएम (इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन) मार्फत शुरुमा अमेरिकाको क्यालिफोर्नियाको स्यान्डियागो शहर ल्याइएका उनी त्यसपछि न्यू मेक्सिको हुँदै २०१६ बाट ओहायोको राजधानी कोलम्बस आएका थिए। त्यसपछि सेन्ट्रल ओहायोलाई कर्म थलो बनाएका छन्। कोलम्बस र यसका वरिपरिका रेनोल्ड्बर्ग, पिक्रिन्टन, क्यानलविन्चेष्टर, पटासकला, एट्ना, ब्ल्याकलिक, गाहानालगायतलाई सेन्ट्रल ओहायो भनिन्छ।
भुटानी नेपाली हब मानिने यहाँ झण्डै ३० हजार भुटानी नेपाली रहेको बताइन्छ। अर्जुनले कोलम्बस शहर नजिकैको रेनोल्ड्वर्गमा आइभोरी होम हेल्थ सर्भिसेज् नामक ब्यवसाय संचालन गर्दै आएका छन्। होम हेल्थले अशक्त बृद्धबृद्धा तथा अपांगता भएकाहरुलाई घरमै नर्समार्फत स्वास्थ्य सम्बन्धी सहायता प्रदान गर्छ। उनको यो ब्यवसाय कोलम्बस सँगै ओहायोको अर्को नेपालीभाषी भुटानी जनघनत्व धेरै भएको एक्रोन शहरमा पनि छ।
अर्जुनसहित ३ जनाले बनाएको सो बेलडाँगी २ को स्कुलभवन २०२२ बाट जिबीओ (ग्लोवलभुटनिज अर्गनाइजेसन) ले संचालन गर्ने छ। ‘शिविरमै रहेपनि गुणस्तरीय शिक्षाका लागि हामी स्कुलदेखि शिक्षकको ब्यवस्थापनआफै गर्दैछौं,’ जिबीओका अध्यक्षडिबी राई भन्छन्।
गतवर्ष दशैमा सुवेदीले बेलडाँगी २ को शिबिरका ३८ जना बालबालिकालाई १० हजारका दरले नेपाली रुपैयाँ ३ लाख ८० हजार आार्थिक सहायता गरेका थिए। त्यसअघि २०१९ मा राजेश हमाल, हिमाल सागर, सुगम पोखरेलजस्ता कलाकार शिविरमा पु¥याएर शिविर भित्र बसेका भुटानीहरुलाई मनोरन्जन दिलाएका थिए।
त्यसो त यसै वर्षको १६ जुलाइमा नेपालमा बेलडाँगी रहेका विपन्न १४४ परिवारलाई अर्जुनका दुई संस्था नक्षत्र फान्डेसन र आइभोरी होम हेल्थ सर्भिसेज्ले चामल, दाल, नुन, तेल, सावुनलगायतका अत्याबश्यक सामाग्री शिविर ब्यवस्थापन समितिमार्फत प्रदान गरेको थियो। कोरोनाको कारणकाम गर्न नपाएका र काम गुमाएका विपन्न परिवारलाई सो सहयोग सामाग्री प्रदान गरेको अर्जुनले बताए। त्यस्तै सोही कार्यक्रममा ३ दर्जन विधार्थीलाई स्कुल ब्यागसहित शैक्षिक सामाग्री प्रदान गरिएको थियो।
यता अमेरिकामा कोरोनाको महामारीले बालबालिका घरमै थन्केका बेला १६ वर्षमुनिका आफ्नो समुदायका बालबालिकालाई लक्षित गरी जुनिअर अनलाइन डान्स कम्पिटिसन गराए। जुन प्रतियोगिता २०२१ कोे जुलाईमा सम्पन्न गरिएको थियो।
२०२१ को अप्रिलमा नेपालमा रहँदा शिविर भित्र पढाएका शिक्षकहरुलाई सम्मान गरियो कोलम्बसमा टिचरर्स एप्रिसियसन प्रोग्राम नाम दिएर। ‘उहाँहरुले दिएको शिक्षाले हामी यो ठाँउमा आएर केही गर्न सक्ने भएका छौं,’ अर्जुनले कार्यक्रमको औचित्य प्रष्टाए, ‘यसैले सात समुन्द्रवारिको देशमा आएर उहाँहरुलाई सम्मान दिएका हौैं।’
कहिले उनी नेपालदेखि चल्तीका कलाकार ल्याएर साँस्कृतिक/सांगितिक कार्यक्रम गर्छन, कहिले यँही बसोबास गरिरहेका प्रतिभावान नेपालीमुलका भुटानी कलाकारको गीत निकालि दिन्छन्। समुदायमा अब्बलकाम गरिरहेका प्रतिभालाई प्रोत्साहित गर्छन्।
कहिले फुटवल त कहिले भलिबल अनि क्रिकेटका खेलाडीहरुलाई विभिन्न प्रतियोगिता गर्न, खेल्न सहयोग गर्दै आएका छन् उनले। यसै महिनामात्र लसभेगसमा सम्पन्न बडी बिल्डिङ कम्पिटिसनमा नेपालीमुलका भुटानी गोपाल क्षेत्रीलाई त्यो प्रतियोगितामा पुग्न स्पोन्सर गरिदिए।
भुटानी नेपाली संगीत क्षेत्रका अग्रज संगीतकार अमर तुम्बापो सुब्बाको संगीतमा भ्वाइस अफ नेपाल जितेका किरण गजमेरले गाएका गीत मोहनीमन्तरको म्युजिक भिडियो बनाइ दिए। जुन गीतको भिडियो ११ लाख भन्दा बढीले हेरेका छन्। संगीतकार तुम्बापो भन्छन्, ‘ समाजको दुखमा हातेमालो गर्नेमात्र नभई आफ्नो समुदायको राम्रो प्रतिभा र राम्रो काम गर्नेको लागि उदाहरणीय ब्यक्ति हुनुहुन्छ उहाँ। समाजमा यस्ता ब्यक्ति हुनु हाम्रोलागि गर्वको कुरा हो।’
हालै मात्र कोलम्बसबाटै एडिक्सन नामकछोटो चलचित्र बनाएका छन् अर्जुनले। थुपै्र भुटानी नेपालीहरु तेस्रो मुलुकमा आफ्नो, बल, मेहनत र पौरखले समृद्घितर्फ लम्किरहेका छन् तर कतिपय युवाहरु यहाँ आएपछि कुलततिर पनि फसेको देखे उनले। ‘लागुपदार्थ दुब्र्यसनीले जीवन बर्वादीबारे सचेतना फैलाएर युवाहरुलाई यसबाट टाढा राख्न भुमिका खेलोस भन्ने उद्देश्यले यो सिनेमा बनाएका हौं’, फिल्म बनाउनुको कारण प्रष्टाए अर्जुनले।
भुट्निज कम्युनिटी अफ सेन्ट्रल ओहायोका पुर्वअध्यक्ष तथा रेनोल्सबर्गको सिटीकाउन्सिल सदस्य भुवन प्याकुरेल अर्जुनले भुटानी नेपाली समुदायको हितकालागि गरिरहेको काम उदाहरणीय भएको बताउँछन्। भन्छन्, ‘तेस्रो मुलुकमा पुर्नवास भएपछि ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर हाम्रो समाजकालागि उहाँले मन बचन र कर्मले गरेकोे सहयोग साच्चिकै सह्रानीय छ। ’ |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.