index
int64
1
6.39M
Article
stringlengths
2
109k
Source
stringclasses
99 values
4,583,112
स्वदेशमा रोजगारीका अवसर सिर्जना नहुँदा प्रत्येक वर्ष श्रमबजारमा आउने जनशक्तिले विदेशको बाटो समाउनुपर्ने बाध्यता छ । बर्सेनि श्रमबजारमा प्रवेश गर्ने करिब ५ लाख जनशक्तिमध्ये मुस्किलले ५० हजारजतिले मात्र स्वदेशमा रोजगारी पाउने र उद्यमी बन्ने गरेको तथ्यांक छ । विदेशमा कडा, खतरनाक र फोहर (डिफिकल्ट, डेन्जरस र डर्टी) काम गरेर पठाउने रेमिटेन्सले केही वर्षदेखि नेपालको अर्थतन्त्र धानिँदै आएको छ । पछिल्लोपटक गत आर्थिक वर्षमा औपचारिक माध्यमबाट खर्बौं रुपैयाँ नेपालमा रेमिटेन्स भित्रिएको थियो । वैदेशिक रोजगारीमा रहेका करिब २५ लाख जनशक्तिले पठाएको रेमिटेन्सले देशको अर्थतन्त्र मात्र होइन, तिनका परिवारको भरणपोषण पनि गर्दै आएको छ । वैदेशिक रोजगारीबाट आएको रेमिटेन्सको विवरण भए पनि त्यसको सामाजिक लागतको लेखाजोखा हुन सकेको छैन । वैदेशिक रोजगारी व्यवस्थित, मर्यादित र पारदर्शी हुन नसकेको वर्षौं भइसकेको छ । श्रमिककै नाम भजाएर राजनीतिमा पुगेका व्यक्तिलाई समेत यस क्षेत्रमा रहेको सिन्डिकेटले प्रभाव पार्ने गरेको छ। वैदेशिक रोजगारीमा जानेले गन्तव्य मुलुकमा पाएको दुःखका कथा सञ्चारमाध्यममा असरल्ल छन् । यसकारण पनि सरकारले यसमा ध्यान पु¥याउन सक्नुपर्छ । राज्य संयन्त्रमा रहेका व्यक्ति र व्यवसायी सबैको ध्यान वैदेशिक रोजगारीबाट कसरी फाइदा लिन सकिन्छ भन्नेमै बढी केन्द्रित हुँदा यस क्षेत्रमा सुशासनको चरम अभाव छ । एकाध अधिकारीले सुशासनको कुरा थाल्दा उल्टै निसानामा पर्नुपर्ने अवस्था छ । एकातिर पुराना नीतिनियम कार्यान्वयन हुन सकेका छैनन् भने अर्कोतर्फ नयाँ नियमकानुन बनाउने जिम्मेवारीमा रहेकालाई यसको मतलब छैन । जति अन्योल सिर्जना भयो, उति मनपरी गर्न पाइन्छ भन्ने मान्यतामा वैदेशिक रोजगारी क्षेत्र चलिरहेको छ । हुँदाहुँदा वैदेशिक रोजगारीमा जानेमध्ये स्रोत मुलुकदेखि गन्तव्य मुलुक पुग्दासम्म कतै न कतै शोषणमा नपरेका उदाहरण भेट्न गाह्रो छ । तर, उनीहरूका समस्या अन्त्य गर्नेभन्दा नियामक निकायमा बस्नेहरू पीडितलाई सहयोग गर्दा फाइदा के ? भन्न थालेका उदाहरण छन् । अधिकांश युवा सीपबिना वैदेशिक रोजगारीमा जाने भएकाले त्यस्तो जनशक्तिसँग आफूलाई सुरक्षित राख्ने सामान्य ज्ञानको अभाव छ । सरकारले उनीहरूलाई राहदानीबाहेक अरु कुनै सुविधा दिन सकेको छैन । बर्सेनि सात खर्ब रुपैयाँ हाराहारी रेमिटेन्स पठाउने त्यो जनशक्तिका लागि सरकारले सीप सिकाउन एक सुको लगानी गरेको छैन । मेनपावर व्यवसायी यति धेरै शक्तिशाली भइसकेका छन् कि कानुन संशोधनमा समेत उनीहरूको पहुँच देखिएको छ । भाषणमा भने फरक परिवेश र फरक भूगोल भएको मुलुकमा जाने कामदारका लागि धेरै कुरा सिकाउन जरुरी रहेको सरकारका अधिकारी नै बताउने गर्छन् । कामदारलाई सीप सिकाउने जिम्मा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई दिइएको भन्दै अधिकारीहरू ओठे जबाफ दिएर पन्छने गर्छन् । बोर्डले भने सीपका लागि न सरकारबाट बजेट पाउँछ न बोर्डमा आवश्यक जनशक्ति नै छ । बोर्डले शाखा विस्तारसमेत गर्न सकेको छैन । वैदेशिक रोजगार ऐन २०६४ ले मेनपावर दर्ता, अनुगमनदेखि कारबाही गर्नेसम्मको अधिकार वैदेशिक रोजगार विभागलाई दिएको छ । कानुनको धज्जी उडाउने खालको उक्त व्यवस्थाले विभागलाई अकर्मण्य बन्न उत्प्रेरित गरिरहेको छ । सोही ऐनकै आडमा व्यवसायीको मानसिकता विभागका कर्मचारी खुसी पारे सबथोक उपलब्धि हुन्छ भन्ने पाइन्छ । मेनपावर व्यवसायी यति धेरै शक्तिशाली भइसकेका छन् कि कानुन संशोधनमा समेत उनीहरूको पहुँच देखिएको छ ।
madheshvani.com
6,085,477
गएरातिदेखिको निरन्तर वर्षाका कारण त्रियुगा नगरपालिका–१५ तोरीबारीमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आठ वर्षका रुपकला मगरको मृत्यु भएको तथा ४० वर्षीया हीरामाया मगर र निजका सात वर्षीय छोरा योगेश मगर घाइते भएका हुन् । गम्भीर भएका उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । तोरीबारीमा पहिरोले चार घर पुरेको छभने अन्य पाँच घर उच्च जोखिममा छन् ।
onlinekhabar.com
1,807,202
बहुऔषधीय गुण भएको गानोडोर्मा (रातो) च्याउको व्यवसायिक उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण शुरु गरिएको छ ।
nepalviews.com
3,378,801
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी गतिरोध अन्त्य गर्ने सम्बन्धमा ६ बुँदे सम्झौता भएको छ । नियमित वृत्ति विकासको माग गर्दै शिक्षक/कर्मचारीहरू आन्दोलनमा रहेका थिए भने पठनपाठन सुचारु हुनुपर्ने माग राखी विद्यार्थीहरू पनि रिले अनसनमा थिए । आन्दोलनरत पक्ष र प्रतिष्ठान व्यवस्थापन बिच शनिबार प्रतिष्ठानका कामु उपकुलपति प्रह्लाद कार्कीको कार्यालयमा सहमति भएको हो । जसअनुसार अनुसार मिति २०७९/०९/२० तथा २०७९/१०/२५ मा प्रतिष्ठानद्वारा प्रकाशित विज्ञापन बमोजिम सुरु भई स्थगित रहेको अन्तर्वार्ता मिति २०८०/११/०६ गतेबाट सुरु गरि संलग्न तालिका बमोजिम सम्पन्न गर्ने तथा सो को नतिजा अन्तर्वार्ता समाप्त भएको मितिले १ हप्ताभित्र प्रकाशित गर्ने सहमति भएको छ । त्यस्तै भद्र अवज्ञामा सहभागी रहेका शिक्षक तथा कर्मचारीहरू प्रति प्रतिष्ठान व्यवस्थापन पक्षबाट पूर्वाग्रह राखी कुनै पनि प्रकारको कारबाही नगर्ने/नगराउने भनिएको छ । भद्र अवज्ञामा सहभागी रहेका शिक्षक तथा कर्मचारीहरू उपर भविष्यमा कुनै प्रकारको कानुनी झमेला आइपरेमा प्रतिष्ठानले आवश्यक साथ सहयोग गर्ने पनि सहमति गरिएको छ । वर्तमान परिस्थितिका कारण विद्यार्थीहरूको पठनपाठनमा परेको असरलाई गम्भीरतापूर्वक मनन गर्दै तत्कालै पठनपाठन सुचारु गर्ने र त्यसबाट भएको क्षतिलाई आपसी समझदारीमा न्यूनीकरण गरिने सहमतिमा उल्लेख छ । साथै भविष्यमा पठनपाठनको कार्यमा असर पुग्नेगरि कुनै गतिविधि नगर्न/नगराउन सबै सरोकारवाला पक्ष प्रतिबद्ध रहने बताइएको छ । शिक्षक तथा कर्मचारीहरूको जारी भद्र अवज्ञा आजकै मितिबाट स्थगित गरि आ–आफ्नो नियमित कार्यमा संलग्न हुने सहमतिमा भनिएको छ । त्यस्तै विद्यार्थीहरूको जारी रिले अनसन तथा सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू आजैका मितिदेखि अन्त्य गरि नियमित पठनपाठनमा सहभागी हुने सहमतिको छैटौँ बुँदामा भनिएको छ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
drishtinews.com
2,298,246
यो गर्मीमा भाडा निकै महँगो भएको छ । यदि तपाइँ दशैं र तिहारको लागि नेपाल भ्रमण गर्ने योजनामा ​​हुनुहुन्छ भने, कृपया तपाइँको टिकटहरू अहिले नै खरिद गर्नुहोस्। धेरैजसो सहरहरूको भाडा ११०० अमेरिकी डलरदेखि र १६७५ डलरसम्म (करसहित) को बीचमा हुनेछ। यी मूल्यहरू आगामी दिनहरूमा बढ्ने अपेक्षा गरिएको छ र हामी तपाईंलाई सकेसम्म चाँडो आफ्नो सिट सुरक्षित गर्न प्रोत्साहन गर्छौं। न्यूनतम भाडा सुरक्षित गर्न लचिलोपन आवश्यक हुनेछ । नेपालको स्वास्थ्य मन्त्रालय र सूचना मन्त्रालयको जुन २, २०२३ को आधिकारिक वक्तव्यअनुसार अब अमेरिकी आगन्तुकहरूलाई नेपाल भ्रमण गर्न पीसीआर परीक्षण आवश्यक छैन। (मितिहरू जाँच गर्न आवश्यक छ)। भाडा न्यूयोर्कबाट सस्तो र डलास, ह्युस्टन र मध्य राज्यहरूबाट महँगो छ। प्रत्येक एयरलाइन्सको छुट्टै भाडा छ र हामी हाम्रो कुराकानीको क्रममा तपाईंलाई सल्लाह दिनेछौं। यहाँ दशैं र तिहारको सबैभन्दा महत्त्वपूर्ण मितिहरू सहितको क्यालेन्डर छ ।
dcnepal.com
861,854
कर्णाली प्रदेश सरकारले युवालाई रोजगारी सिर्जना तथा श्रमिकको माग आपूर्ति गर्न श्रम तथा रोजगार प्रवर्द्धन नीति ल्याएको छ । युवालाई श्रमप्रति जागरुक बनाउने उद्देश्य पनि रहेको सामाजिक विकास मन्त्रालयको भनाइ छ ।नीतिमा प्रदेशभित्र र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा मागअनुसार दक्ष र सीफयुक्त जनशत्तिको विकास गर्ने भनिएको छ । ‘भारत, चीनलगायत अन्य अन्तर्राष्ट्रिय श्रमबजारमा सम्भाव्यता अध्ययन गरिनेछ,’ नीतिमा भनिएको छ, ‘दक्ष र प्रतिस्पर्धी जनशक्ति तयार गरी रोजगारबाट प्राप्त लाभलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्न प्रेरित गरिनेछ ।’मन्त्रालयकी शाखा अधिकृत रेश्मा बीसीले भूमिहीन किसानका लागि निजी, सार्वजनिक र वनक्षेत्रमा समेत कृषि तथा वनजन्य उच्च मूल्यवस्तु उत्पादनका लागि सामूहिक खेती प्रणालीको व्यवस्था मिलाइने बताइन् । उनका अनुसार सबै सरोकारवाला निकायबीच समन्वय कायम गरी रोजगारीका थप अवसर पहिचान गरिनेछ । ‘कर्णाली प्रदेशमा विद्यमान अनौपचारिक क्षेत्रको रोजगारीलाई औपचारिक रोजगारीमा क्रमशः रूपान्तरण गरिनेछ,’ नीतिमा उल्लिखित व्यवस्थाबारे उनले भनिन्, ‘यसले श्रम बजारलाई थप युवामैत्री बनाउनेछ ।’वैदेशिक रोजगारमा जान चाहने कामदारका लागि संघीय सरकारसँग समन्वय गरी प्रदेशस्तरबाटै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्थासमेत मिलाइएको छ । सोही व्यवस्थाअनुसार माघ ६ देखि सुर्खेतबाटै श्रम स्वीकृति दिन सुरु गरिएको छ । नीति कार्यान्वयनको लागि सामाजिक विकासमन्त्रीको संयोजकत्वमा ७ सदस्यीय श्रम तथा रोजगार नीति निर्देशन, अनुगमन तथा मूल्यांकन समिति गठन गर्ने व्यवस्था छ ।छानिए स्वयंसेवकमन्त्रालयले प्रदेशका १० वटै जिल्लाका लागि स्वयंसेवक छनोट गरेको छ । उनीहरूलाई एक महिनाभित्र जिल्लामा पठाउने तयारी मन्त्रालयको छ ।मन्त्रालयका अनुसार १० जिल्लामा २ सय ३० स्वयंसेवक छानिएका छन् । उनीहरूले सरकारले सेवा दिन नसकेका क्षेत्रमा सेवा दिनुपर्नेछ । स्वयंसेवक परिचालन कार्यविधिअनुसार यहाँका १० जिल्लालाई क, ख, ग र घ मा वर्गीकरण गरिएको छ । उनीहरूलाई जिल्लाको भौगोलिक अवस्थिति र शैक्षिक योग्यताअनुसार मासिक १४ हजार ४ सयदेखि २२ हजार २ सयसम्म पारिश्रमिक निर्धारण गरिएको छ । ‘स्वयंसेवकले जनताको जीवनस्तर उकास्न उत्पादन क्षेक्रमा कार्यरत सहकारी वा संघ–संस्थाद्वारा सञ्चालित कार्यत्रममा सहयोगीको भूमिका निर्वाह गर्नेछन्,’ शाखा अधिकृत बीसीले भनिन्, ‘यसले भौगोलिक रूपमा विकट र मानव विकास सूचकांकमा पिछडिएको कर्णालीको विकासमा टेवा पुग्नेछ  ।
ekantipur.com
2,329,072
परिषद्को मंगलवार बसेको बैठकले २२४ न्यायाधीशको सरुवा गरेको हो । परिषदको बैठकले जिल्ला अदालतका २१ जना न्यायाधीशका लागि ६३ जनाको सूची पनि सार्वजनिक गरेको छ । अब सर्वसाधारणले उनीहरूका विषयमा कुनै गुनासो वा उजुरी दिन पाउनेछन् । न्यायाधीश नियुक्तिसम्बन्धी मापदण्डमा न्यायाधीशका लागि सूचि सार्वजनिक गर्नुपर्ने र उजुरी वा गुनासो भए लिनुपर्ने व्यवस्था छ । त्यसैगरी उच्च अदालतमा रिक्त २७ जना न्यायाधीश नियुक्तिका लागि सूचना प्रकाशित गर्ने निर्णय गरेको छ ।
nepalghatana.com
2,194,033
नेपालले अस्करको ९४औँ संस्करणमा भाग नलिने भएकाे छ। नेपालको अस्कर कमिटीले १९ असाेजमा अन्तर्राष्ट्रिय फिचर विधाका लागि फिल्मको आवेदन खुलाएको थियो। तर, बिहीबारसम्म कुनै पनि फिल्म दर्ता नभएपछि यस वर्ष अस्कर अवार्डमा नेपालबाट सहभागिता नहुने भएको हाे। द एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइसेन्जले २२ मार्च २०२२ मा अमेरिकाको लस एन्जल्सस्थित डल्बी थिएटरमा अस्कर अवार्ड आयाेजना गर्दैछ। नेपालस्थित अस्कर कमिटी सदस्य सामिप्यराज तिमिल्सेनाले फिल्म प्राप्त नभएको बताए। कम्तिमा एक हप्ता फिल्म हलमा प्रदर्शन भएको हुनुपर्ने वा प्रसिद्ध अनलाइन स्ट्रिमिङमा रिलिज हुनु भएको हुनुपर्ने प्रावधान कुनै पनि फिल्मले पार नगरेको हुँदा यो वर्ष अस्करमा नेपालले सहभागी नजनाउने भएको हो। ‘हामी कहाँ हल नै ढिला खुल्यो यसले पनि अपेक्षित फिल्मले रिलिज गर्न पाएनन्,’ कमिटी सदस्य तिमल्सेनाले भने। विमल पौडेलको संयोजकत्वमा गठित सात सदस्यीय कमिटीले केही दिनमै अमेरिकास्थित अस्कर कमिटीलाई यसबारे औपचारिक जानकारी गराउने भएको छ ।
dcnepal.com
834,030
जातिका आधारमा भन्दा दक्षता र रुचिका आधारमा पेसाकर्म गर्ने बढदै गए पनि परम्परागत शैलीमा गाउँमा फलामको काम गर्ने बिरलै भेटिन्छन् । तर पाँचथर फालेलुङ ६ दवाइपानीका धनबहादुर राईको दैनिकी फलाम पिट्नमै बित्छ ।झिसमिसेदेखि साँझले नछोपिन्जेल भाटी तानेर फलाम तताउने उनको रुचि र बाध्यता दुबै हो । विकट र लेकाली गाउँ भएकाले आलु, मकैलगायतका परम्परागत खेती नै यो क्षेत्रका कृषकको मुखमा माड हाल्ने प्रमुख माध्यम हो । यो भएपछि खेती र पशुपालनका लागि अत्यावश्यक फलामे औजार नचाहिने त कुरै भएन । तर फलामका हतियार बनाउने र अर्जाप्ने मान्छेको हर्जाले सिंगो गाउँमा समस्या थियो । गाउँबासीको दु:ख देखेर धनबहादुरले आफैं आरन खोले अनि थाले फलामका हतियार बनाउन । १ वर्षजति भयो उनले यो काम गरेको । कोदालो, खुकुरी, हँसियालगायत फलामका सामग्री बनाउनेदेखि अर्जाप्ने काम बाक्लो गरी आउन थालेकाले उनले घरको अरू काम गर्नै भ्याउदैनन् । ‘पहिला गाउँमा आरन हुँदा नै धेरै कुरा सिकेको थिएँ,’ धनवहादुरले भने, ‘पहिला गर्नेले पेसा नै छाडै गएपछि आफैं गर्न थाले ।’ यस्तो पेसा गर्नेहरू कोही बसाइ गए भने कतिपयले छाडे । तर गाउँको आवश्यकता भने हटेको थिएन । ‘दैनिक उपभोग्य वस्तु जस्तै यो काम पनि अत्यावश्यक थियो,’ छिमेकी सुनिल वान्तवाले भने, ‘धनबहादुर दाइले गर्ने चासो देखाएपछि हामीले पनि सहयोग गर्यौं ।’ यो काम लागि उनलाई १० जना गाउँलले आर्थिकरूपमा सघाएका छन् । उनले यो काम गरेसँगै चाप पनि बढदो छ । दैनिक ३०/४० जना विभिन्न हतियार बनाउनेदेखि अर्जाप्न आउने गरेको धनबहादुरले वताए । अन्य गाउँमा पनि यस्तो काम गर्न कमै भएकाले टाढाबाट धाएर पनि उनीकहाँ पुग्छन् । चलन चल्तीअनुसार उनले नयाँ बनाएको र अर्जापेको रकम लिन्छन् ।यसले गर्दा ५४ वर्षे राईलाई ५ जनाको परिवार पाल्न पनि सहज छ भने गाउँबासीलाई त्यति कामका लागि टाढाको गाउँ जानुपर्ने बाध्यता पनि हटेको छ । ‘आफूले सीप सिकेर काम गर्दा परिवारदेखि सबैलाई फाइदा हुने भएकाले काम गर्न जाँगर आउछ,’ उनले भने, ‘अरुवेला घरमा गफ गर्ने साथीसमेत भेटिदैन थिए । तर अहिले इष्टमित्र बाक्लै आउने भएकाले झन रमाइलो भएको छ  ।
ekantipur.com
5,429,898
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणबाट फर्किनुभएपछि नेपाल समाजवादी पार्टीसँगको एकता टुङ्गो लाग्ने भएको छ । प्रधानमन्त्री प्रचण्ड र नेसपा अध्यक्षद्वय डा. बाबुराम भट्टराई भारत र महेन्द्र राय यादव चीन भ्रमणमा रहनुभएकाले स्वदेश फर्किनुभएपछि एकताको छिनोफानो लाग्ने भएको हो ।
gorkhapatraonline.com
5,928,117
एजेन्सी– सुडानी प्रधानमन्त्री अब्दल्ला हम्डोकलाई सेनाले रिहा गरेको छ । मङ्गलबार अबेर राति उनी रिहा भएको उनको कार्यालयले जानकारी दिएको छ ।  अन्तर्राष्ट्रिय रुपमा भएको कडा दबाबपछि उनलाई सैन्य कूबाट हटाइएको छ  । यद्यपि सेनाले हम्डोकलाई ‘निकट निगरानीमा’ राखिएको बताइएको छ । अन्य मन्त्रीहरु र नागरिक नेताहरू गिरफ्तारमा नै रहेका उनको कार्यालयले थप जानकारी दिएको छ । सैन्य कूपछि अमेरिका र ईयूले  सु्डानलाई दिइरहेको सहायता निलम्बन गर्ने चेतावनी दिएको थियो । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले सुरक्षा परिषद्को आपतकालीन बैठक शुरु हुनु भन्दा अगाडी नै हम्डोकलाई ‘तुरुन्त रिहा गर्न’ माग गरेका थिए । बैठकअघि, संयुक्त राष्ट्रसंघका लागि रुसका उपराजदूत दिमित्री पोल्यान्स्कीले काउन्सिलले “सबै पक्षबाट हिंसा रोक्न अपील गर्नुपर्ने बताएका थिए । लामो समयदेखि निरंकुश शासक ओमार अल–बशिरको सन् २०१९ अप्रिल मा विशाल सडक विरोधका क्रममा सेनाले अपदस्थ गरेपछि सेना र नागरिकहरू बीचको नाजुक शक्ति बाँडफाँड व्यवस्थाको परिणाम नै यो ‘कू’ भएको बताइन्छ । गत सोमबार सुडानको सेनाले प्रधानमन्त्री अब्दल्ला हम्डकसहित दर्जनौ नेताहरुलाई गरिफ्तार गरेको थियो  । प्रधानमन्त्री हम्डकलाई अपदस्थ नै गरेर सेनाले सत्ता नियन्त्रणमा लिएको विदेशी सञ्चार माध्यमहरुद्धारा जारी समाचारमा जनाइएको थियो । सत्ताविद्रोह गरेको सेनाले प्रधानमन्त्रीलाई पदत्याग गर्न भनेपनि उहाँले अस्वीकार गरेपछि सेनाले प्रधानमन्त्री हम्डकलाई नियन्त्रणमा लिएका थिए । नागरिक अगुवाहरु समेत सम्मिलित सुडानी सरकार र सेनाका बीचमा पछिल्लो केही समयदेखि सम्वन्धमा तिक्तता आएको थियो । सोमबार गरेको कूका विरुद्धमा व्यापक विरोध प्रदर्शन क्रममा सरकारी सुरक्षाकर्मीले दमन गर्दा कम्तीमा सात जनाको मृत्यु हुनुको साथै १४० भन्दा बढी  घाइते भएका थिए  । नागरिक अगुवा र सैनिक प्रतिनिधि सामेल भएर बनाइएको सरकारलाई अपदस्त गर्दै सैनिक नेतृत्वले सैन्य शासन लागू भएको घोषणा गरेपछि विरोध प्रदर्शन सुरु भएको थियो  । तत्कालीन राष्ट्रपति बशिरको विरोधमा सङ्गठित भएको सुडानिज प्रफेसनल एसोसिएसन र फोर्सेस फर फ्रिडम एन्ड चेन्जले सैनिक विद्रोहको प्रतिरोध गर्न आम जनतासमक्ष अनुरोध गरेको थियो  । तत्कालीन सरकारले मूल्यबृद्धि त्यसका विरुद्धमा सन् २०१९ मा सुरु भएको आन्दोलनले त्यो सरकार ढलाएर नयाँ सरकार गठन गरेको थियो । प्रधानमन्त्री अब्दल्ला हम्डकको सरकार सुडानमा उत्पन्न राजनीतिक गतिरोध अन्त्यका लागि नागरिकस्तरको सङ्क्रमणकालीन सरकारका रुपमा गठन भएको थियो । सर्वपक्षीय सहमतीमा बनेको नागरिक र सैन्य अधिकारीसहितको संयुक्त सरकारसमेतलाई अहिले सेनाले अपदस्त गरेको हो ।
khabarhub.com
3,662,824
मंगलबार राति डोटीमा भएको जिप दुर्घटनामा परी पद्मकन्या क्याम्पस काठमाडौंका तीन प्राध्यापकसहित ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी पद्मकन्या क्याम्पसका प्राध्यापक, साहित्यकार एवं डोटेली लोकसंस्कृतिका अनुसन्धानकर्ता ६२ वर्षीय डा. जयराज पन्त, उनकी धर्मपत्नी ५५ वर्षीया सहप्राध्यापक गुड्डी पन्त तथा भाइबुहारी ५२ वर्षीया सावित्रा पन्तको पनि मृत्यु भएको छ । गुड्डी र सावित्रा दुबै पद्मकन्या क्याम्पसमै प्राध्यापनरत् थिए । लामो समयदेखि प्राध्यापन गर्दै आएका डा. पन्त मध्यपश्चिम र सुदूरपश्चिम नेपालको र खास गरी डोटेली लोकसंस्कृतिको अनुसन्धानकर्ता रहेका थिए । पद्मकन्यामा प्राध्यापन गर्नुअघि उनले कैलाली बहुमुखी क्याम्पस धनगढीमा पनि केही समय अध्यापन गरेको उनका भाइ नन्दराजले बताए । संस्कृति सहित दुई विषयमा विद्यावारिधि गरेका प्रा.डा. पन्तका ‘अञ्जुलीभरि सगुन, पोल्टाभरि फाग, ‘भुवनेश्वरी‘ लगायतका कृति प्रकाशित छन् । यस्तै, सोही दुर्घटनामा परी डा. पन्तका काका पशुसेवा निर्देशनालयका पूर्वनिर्देशक र हाल बैतडीमा एक गैरसरकारी संस्थामा कार्यरत डा. गणेशराज र उनका भाइ कैलाली अत्तरिया नगरपालिकाका ५९ वर्षीय केशवराजकोसमेत मृत्यु भएको छ । आफ्नो जन्मथलो डोटीको जिजोडामाडौं गाविस—८ जैनोली गाउँमा यही वैशाख ३ गतेदेखि सप्ताहयज्ञको आयोजना गर्ने योजनानुसार बाङ्डुग्रीसैनबाट जिजोडामाडौंतर्फ जाँदै गरेको अवस्थामा उनीहरु सवार ना१ज ३२९४ नम्बरको जिप मंगलबार राति ९ बजे दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक डोटी वनलेक गाविसका– ४५ वर्षीय चेतराज बलायर, जिजोडामाडौं गाविसकी ३६ वर्षीया हरिना टमाटा र ठेगाना खुल्न नसकेकी १७ वर्षीया जानकी ताम्राकारकोसमेत मृत्यु भएको छ । घटनास्थलमा ६ जनाको र डडेलधुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचारकाक्रममा दुईजनाको मृत्यु भएको हो । तिनको शव आफन्तलाई बुझाउने तयारी भइरहेको छ । उद्वारका लागि राति नै घटनास्थल पुगेका डोटी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज विष्टले ठाडो उकालो, कच्ची–साँघुरो बाटो र धेरै मोड रहनु नै जिप दुर्घटनाको कारण भएको राससलाई बताए । सडकबाट झन्डै पाँच सय मिटर तल भीरमा खसेर भएको दुर्घटनामा जिपमा सवार ४५ वर्षीया नर्वदा पन्त, ३८ वर्षीय गौरव पन्त, नौ वर्षीया लक्ष्मी नेपाली, ३८ वर्षीय धनबहादुर टमटा र कलावती टमटा, धौली टमटा र २२ वर्षीया अनिता टमटा घाइते भएका छन् । घाइतेमध्ये नर्वदा र गौरवलाई थप उपचारका लागि नेपालगन्जतर्फ लगिएको तथा अन्यको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
imagekhabar.com
4,686,948
नेकपा एमाले रामेछाप जिल्ला कमिटीको अध्यक्षबाहेक सबै पदमा निर्वाचन भएको छ । अध्यक्षमा आनन्दकुमार श्रेष्ठ सर्वसम्मत भएका छन् । उपाध्यक्षमा इन्द्र तामाङले चुनावी प्रतिस्पर्धाबाट जितेका छन् । त्यस्तै सचिवमा पनि पुरुषोत्तम कडरियाले गोपाल श्रेष्ठलाई पराजित गरेका छन् । कडरिया गत वर्ष नेकपा विभाजनपछि केही समय तत्कालीन केपी ओली पक्षले बनाएको नेकपाको जिल्ला सचिव थिए । जिल्ला कमिटी उपसचिवमा प्रकाशकुमार कार्की र होतराज ढकाल निर्वाचित भएका छन् । कार्की यसअघि एमालेको जिल्ला प्रचार विभाग सदस्य तथा राष्ट्रिय युवा परिषदका जिल्ला अध्यक्ष थिए । जिल्ला कमिटी सदस्यतर्फ मन्थली नगरपालिका र खाँडादेवी तथा लिखु तामाकोशी गाउँपालिकाबाहेक भूगोलबाट सदस्य सर्वसम्मत भएका थिए ।
nepalpress.com
1,563,971
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो अग्रता बढाइरहेका छन् । डडेल्धुरामा २३ हजार ३६१ मत गणना हुँदासम्म प्रधानमन्त्री देउवाले ११ हजार ५५४ मत पाएका छन् । उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइरहेका छन् । ढकालको मत ६ हजार १०५ छ । यहाँ कांग्रेस बीपीका कर्णबहादुर मल्ल ३ हजार २९५ मतसहित तेस्रो स्थानमा छन् । देउवालाई सत्ता गठबन्धन अन्तर्गत माओवादीको साथ हुँदा मल्ललाई एमाले र नेकपा एसको साथ छ ।
kendrabindu.com
2,401,339
धारामा मेलम्चीको पानी आउन बन्द भएर ट्याङ्करको पानी किनेर खानुपर्ने बाध्यतामा पुगेपछि काठमाडौँमा मेलम्चीको पानी पिउनका लागि संघर्ष समिति नै बनेको छ । हालै काठमाडौँ महानगरपालिका वडा नम्बर ३२, कोटेश्वरका स्थानीय मिलेर बनाएको मेलम्ची खानेपानी सङ्घर्ष समिति केवल समितिमा मात्रै सीमित नभई काठमाडौँमा पानी ल्याउनका लागि दौडधुपसमेत थालेको छ । समितिका ६ जना सदस्य स्थलगत अवलोकनका लागि पानी ल्याउने मुहानस्थल अम्बाथान पुगेर फर्किएका छन् । स्थलगत अवलोकन गरेर काठमाडौँमा आएका उनीहरुले मेलम्चीको पानी ल्याउन खासै समस्या नभएको औंल्याएका छन् । काठमाडौँ पानी पठाउने मुख अर्थात् इन्टेकमा फलामको पाताले छेकिएको पाइएकोले सो पाता हटाएर सुरुङभित्र पानी पठाएर काठमाडौँ ल्याउन सकिने उनीहरुको दाबी छ । शुक्रबार कोटेश्वर महादेवस्थनमा संघर्ष समितिले गरेको पत्रकार सम्मेलनमा समितिका संयोजक गोविन्दराज पन्तले समाचारमा आएको जस्तो मेलम्चीको पानी ल्याउन समस्या नभएको निष्कर्ष सुनाए । संघर्ष समितिले स्थलगत अवलोकन गर्दा पाइएको विषयहरुका फोटो तथा भिडियो पनि उनले देखाए । मङ्सिर ८ गते संघर्ष समितिले निर्णय गरेर ६ जना सदस्य मेलम्चीको वास्तविक अवस्था स्थलगतरुपमै थाहा पाउन मेलम्ची आयोजनाको हेडवक्र्ससम्म पुगेका थिए । मेलम्ची खानेपानी शीघ्र काठमाडौँ उपत्यकामा ल्याउन जनदबाब दिन आवश्यक भएकाले समिति बनाइएको पन्तले बताए । महानगरपालिका वडा नम्बर १० का स्थायी बासिन्दाहरूको पहलमा उपत्यकाका उपभोक्ताहरू समेत भेला भइ स्वतःस्फुर्त रुपमा मेलम्ची खानेपानी सङ्घर्ष समिति गठन गरिएको संयोजक पन्तले जानकारी दिए । करिब ७० अर्ब रुपैयाँ खर्च भएर २०७७ सालमा उद्घाटन भएर अझै राज्यले निरन्तर लगानी गरिरहेको तर वर्षायाम सकिएको २ महिनाभन्दा बढी समय बितिसक्दा पनि मेलम्चीको पानी वितरणमा सरकार उदासीन हुँदा उपत्यकाका ४० लाखभन्दा बढी जनता निराश भएकोप्रति संघर्ष समितिले सरकारको ध्यानाकर्षण गराएको छ । मेलम्चीको पानी काठमाडौँ ल्याउन गत गत असारदेखि बन्द भएको थियो । गत साउनमा गएको बाढीले आयोजनालाई ठुलो क्षति पुर्याएको र हेडवक्र्स अगाडि थुपारेको २० देखि २५ मिटर अग्लो गेग्रान हटाउन ठुलो धनरासी, लामो समय लाग्ने, अझै तीन चार महिनासम्म पानी आउनै नसक्ने भन्ने समाचार आए पनि स्थलगत रुपमा त्यस्तो अवस्था नभएको संयोजक पन्तले बताए । उनले भने, ‘यी सबै समाचार वास्तविकताको नजिक छैनन् । हाम्रो टोलीले सो ठाउँका जनता र जनप्रतिनिधिसँग गरेको छलफल तथा त्यस ठाउँमा खिचिएका तस्बिरहरूले उल्लेखित कुरालाई खण्डित गरेको छ । बाढी आउनुभन्दा अघिनै हेडवक्र्स बन्द गरिएकाले इन्टेक पूर्णरुपमा सुरक्षित रहेको पाइयो । इन्टेकमा फलामको पाता राखिएकाले हेडवक्र्स पूर्णरुपमा सुरक्षित रहेको छ । ’ न्यून मात्रामा थुप्रिएको गेग्रान दुई तीन दिनमै हटाउन सक्ने देखिएको उनले बताए । नहरमा जम्मा भएको हुनसक्ने केही माटो र बालुवाका कणहरू फ्लस गरिएमा सहजै सफा हुन सक्ने उनको भनाइ छ । इन्टेकमा राखिएको फलामको पाता झिकेर सुरुङमा पानी पठाएमा काठमाडौँमा पानी आउने उनको दाबी छ । मेलम्चीबाट फर्किएपछि उनीहरुले मेलम्ची खानेपानी विकास समितिका पदाधिकारीदेखि खानेपानी मन्त्रीसमेतलाई भेटेर ज्ञापनपत्र बुझाए । ज्ञापनपत्र बुझेका मन्त्रीले आफ्नो ध्यानाकर्षण भएकाले पानी ल्याउनका लागि आफूले कदम चाल्ने बताएका थिए । शुक्रबार खानेपानी मन्त्री महिद्रराय यादव सिन्धुपाल्चोकको मेलम्ची पुगेका छन् । उनीहरुले मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशकलाई ध्यानाकर्षण पत्र बुझाउँदै मेलम्ची आयोजनाको संक्षिप्त बस्तुस्थिति खुलाएर ३ दिनभित्र पानी खोल्न अल्टिमेटम समेत दिएका थिए । आफूहरुसँगको भेटमा खानेपानी मन्त्री यादव सकारात्मक देखिएको र १ हप्ताभित्र पानी खोल्ने बचनबद्धता दिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । संघर्ष समितिका संयोजक गोविन्दराज पन्तले स्थलगत भ्रमणको क्रममा मेलम्ची खानेपानी आयोजनाको काम छोडेर भागेको इटालीयन निर्माण व्यवसायी सीएमसीबाट स्थानीय व्यवसायीले झन्डै ११ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेकाले त्यो समस्या सरकारले समाधान गर्नुपर्ने बताए । भुक्तानी नपाएका व्यवसायीले पानी पठाउने कुरामा अवरोध गर्न सक्ने भएकाले खानेपानी मन्त्रीको पहलमा अर्थ मन्त्री प्रकाशशरण महतसँग स्थानीय हेलम्बु गाउँपालिका अध्यक्ष र भेण्डर प्रतिनिधिसहित पानीको नियमित आपूर्तिका लागि छलफल गरेको, केही कानुनी जटिलताका बाबजुद रकम निकासाका लागि सरकार सकारात्मक देखिएको संयोजक पन्तले दाबी गरे । साथै मुहानसम्म पुग्ने बाटो खोलाको छेउबाट बनाएको पाइएकाले सडकमा बढी क्षति भएकाले खोलाभन्दा माथिबाट मुहानसम्म पहुँचमार्ग बनाउन उनीहरुले सुझाव दिएका छन् । साथै स्थायी पहुँचमार्गका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई भेटेर त्यसका लागि रकम व्यवस्था गर्न र सो मार्गको काम नसकिएसम्म बहुवर्षीय योजनाको रुपमा रकमको सुनिश्चितता गर्न आग्रह गरिएको उनले जानकारी गराए । यस्तै काठमाडौँ निर्वाचन क्षेत्र २ ‘क’ का प्रदेश सांसद सुनील केसीले काठमाडौँका ४० लाख जनसंख्याले पानी खान नपाउने कुरालाई सहेर नबस्ने बताएका छन् । खानेपानी छिटो ल्याउनका लागि पहल गर्न जहाँ जानुपर्छ, आफू तयार रहेको उनले बताए । पन्तले भने, ‘काठमाडौंवासीलाई पानी नदिने यस्तो अन्याय सहेर बस्न सकिँदैन । पानी ल्याउनका लागि कहाँ जानुपर्छ, के गर्नुपर्छ त्यहाँ जान तयार छु । हामी मिटर अनुसार पैसा तिर्छौं भन्दा पनि पानी दिइएको छैन । जलस्रोतको दोस्रो धनी देश भने पनि दुधभन्दा पानी महँगो भएको छ । पानी छिटो ल्याउनका लागि कहाँ धर्ना बस्ने हो, कसलाई गएर भेट्ने हो त्यसका लागि तपाईंहरुको साथमा छु । ’ यता मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ज्याकी अहमद अन्सारीले पानी तत्काल सहजै ल्याउन सकिन्छ, एक दिनमै आउँछ, दुई दिनमै आउँछ भनेर हल्ला फैलाएजस्तो अवस्था नभएको बताए । शुक्रबार खानेपानी मन्त्री महिन्द्रराय यादवसँगै मेलम्ची खानेपानी आयोजना स्थल पुगेका अन्सारीले बाढी पहिरोले आयोजनास्थल पुरिएको, हेडवक्र्स पुरिएर समस्या उत्पन्न भएको बताए । टनेलको मुखबाट पानी हाल्ने ठाउँमा समस्या नभए पनि पानी बगाउनका लागि प्रयोग हुने अर्को प्रेसर टनेलमा समस्या रहेको उनले बताए । अन्सारीले भने, ‘पानी प्रेसर गराउने त्यो सिष्टमको टनेलको मुखमा १५ मिटर उचाइ पुरिएको छ । हेडवक्र्सको त्यो प्रणाली सञ्चालन गर्न सकिएन भने टनेलमा पानी जान समस्या हुन्छ । काठमाडौँ पानी पठाउन अम्बाथानको सुरुङको मुख र ९ नम्बर सुरुङको मुख हामीले खोल्नुपर्छ । यसका लागि हामीले निर्माण व्यवसायीहरुलाई परिचालन गरिसकेका छौँ । ’ हेडवक्र्ससम्म जाने बाटो तयार भइरहेको र बाढीले थुपारेका ठुला–ठुला ढुङ्गा हटाउने काम भइरहेको उनले बताए । त्यसका लागि ४ वटा डोजर परिचालन गरिएको उनको भनाइ छ । अन्सारीले भने, ‘मन्त्रीज्यू, सचिवज्यू सहित मेलम्ची खानेपानी आयोजनाका हामी पदाधिकारी पनि आयोजना स्थलमा छौँ । यहाँको अवस्था के छ, कसरी छिटोभन्दा छिटो पानी पठाउन सकिन्छ भन्ने बारेमा अवलोकन गरिरहेका छौँ । ’ मेलम्ची खानेपानी संघर्ष समितिले गरेको अवलोकन आम सर्वसाधारणको जस्तो अप्राविधक भएको उनले बताए । प्राविधिक रुपमा संघर्ष समितिले भनेजस्तो तत्काल पानी पठाइहाल्न सम्भव नभएको उनको भनाइ छ । टनेलबाट पानी छिराउँदैमा काठमाडौँ नजाने र त्यसअघि प्रेसर सिर्जना गर्ने टनेललाई सुचारु गर्नुपर्ने उनले बताए । अन्सारीले भने, ‘काठमाडौँमा पानी पठाउन आयोजना स्थलमा अब काम निरन्तर अगाडि बढ्छ । काम नरोकी अब लगातार काम गर्दा छिटोभन्दा छिटो पानी कहिले पठाउन सकिन्छ, त्यसका लागि प्रयास गरिरहेका छौँ । ’ वर्षात् सकिएको ३ महिना सकिँदा पनि मेलम्चीको पानी काठमाडौँ ल्याउने काम अघि नबढ्दा सरकारमाथि दबाब बढेको छ भने सर्वसाधारणहरु ट्याङ्करको पानी किनेर पिउन बाध्य भइरहेका छन् ।
ratopati.com
784,862
तीन महिनायता लगातार ऋणात्मक रहेको मुलुकको शोधनान्तर घाटा गत माघमा सवा १८ अर्ब रुपैयाँ पुगेको छ ।आयातमा भएको उच्च वृद्धि, घट्दो रेमिटयान्स आप्रवाह र विदेशी लगानीको लाभांश भुक्तानीमा भएको उच्च वृद्धिलगायतका कारण गत माघमा शोधनान्तर स्थिति ठूलो रकमले घाटामा गएको हो । चुलिँदो शोधनान्तर घाटाले समग्र अर्थव्यवस्थामा नकारात्मक असर पर्ने विज्ञहरूले बताउँदै आएका छन् ।शोधनान्तरले मुलुक भित्रने र बाहिरिने रकमबीचको अवस्था देखाउँछ । बाहिरिनेभन्दा भित्रने रकम बढी भएमा शोधनान्तर बचतमा हुन्छ । भित्रनेभन्दा बाहिरिने रकम बढी भएमा शोधनान्तर स्थिति घाटामा हुन्छ । शोधनान्तर घाटामा रहँदा खासगरी विदेशी लगानी निरुत्साहित हुन्छ । उत्पादनमा नकारात्मक प्रभाव पर्ने भएकाले मुलुकको परनिर्भरता बढ्छ र विदेशी विनिमय सञ्चितिमा ह्रास आउँछ । पछिल्ला महिनामा अर्थतन्त्रमा यही भइरहेको छ ।शोधनान्तर घाटा बढ्दै गएकाले वित्तीय प्रणाली दबाबमा रहेको राष्ट्र बैंकले स्वीकार गरेको छ । ‘वित्तीय अवस्था केही कसिलो रहेको छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ, ‘बढ्दो चालु खाता घाटासँगै समग्र शोधनान्तर स्थिति ऋणात्मक रहेकाले विदेशी मुद्रा सञ्चितिमा कमी आएकाले वित्तीय अवस्था कसिलो भएको हो ।’ राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको माघ महिनाको समग्र आर्थिक तथा वित्तीय स्थितिमा यस्तो बताएको हो ।राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको सात महिनासम्म मुलुकको शोधनान्तर घाटा १८ अर्ब २८ करोड रुपैयाँ छ । गत वर्षको सोही अवधिमा शोधनान्तर अवस्था ३६ अर्ब ९५ करोडले बचतमा थियो । यसैगरी यस्तो घाटा गएको मंसिरमा सवा ९ अर्ब र पुसमा साढे ६ रुपैयाँ थियो । आयातमा भएको विस्तार तथा विप्रेषण आप्रवाह घटेको कारण माघमा पनि शोधनान्तर स्थिति घाटामा रहेको जनाइएको छ ।‘अघिल्लो वर्षको सात महिनामा १० अर्ब ६६ करोड रुपैयाँले घाटामा रहेको चालु खाता गत माघमा १ खर्ब ४१ अर्ब ६ करोड रुपैयाँले घाटामा छ,’ राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले भने, ‘आयात तथा विदेशी लगानीको लाभांश भुक्तानीमा भएको उच्च वृद्धिका कारण चालु खाता उल्लेख्य घाटामा रहेको हो ।’ यसको प्रत्यक्ष असर विदेशी विनिमय सञ्चिति, तरलता र ब्याजदरमा पर्ने उनले बताए । ‘विदेशी विनिमम सञ्चिति घट्छ, वित्तीय प्रणालीमा तरलता अभाव हुन्छ र ब्याजदरमा चाप पर्छ,’ थापाले भने ।चुलिँदो व्यापार घाटा समग्र अर्थतन्त्रका लागि हानिकारक हुने भएकाले नियन्त्रणका लागि आर्थिक स्थायित्वका परिसूचकमा आउन सक्ने दबाबलाई ध्यानमा राखी राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशा समायोजन गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।उच्च दरले बढेको आयात नै शोधनान्तर घाटा बढ्दै जानुको प्रमुख कारण भएकाले त्यो नियन्त्रणतर्फ लाग्नुपर्ने अर्थविद् केशव आचार्यले बताए । ‘सरकारले योजनाबद्ध रूपमा आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि विशेष नीति ल्याउनुपर्छ,’ उनले भने, ‘पुँजीगत वस्तुभन्दा पनि उपभोग्य वस्तुको आयात धेरैले बढेपछि शोधनान्तर घाटामा गएको हो ।’ साधारण निर्देशन दिएको भरमा निजी क्षेत्रले उत्पादनमूलक र निर्यातजन्य क्षेत्रमा लगानी नगर्ने भएकाले सरकारले विशेष प्रकारको योजना ल्याउनुपर्ने उनको सुझाव छ । मुलुकको अर्थतन्त्र धान्ने मुख्य स्रोत रेमिटयान्स वृद्धिदर घट्दै गएको, निर्यात, पर्यटनलगायत बाहय क्षेत्रमा अपेक्षित सुधार हुन नसेकेको लगायत कारण बढ्दो शोधनान्तर नियन्त्रण जटिल बन्दै गएको आचार्यको भनाइ छ ।शोधनान्तर र चालु खातामा गत वर्षदेखि नै चाप पर्न थालेको थियो । गत आर्थिक वर्ष पहिलो २ महिना (साउन र भदौ) मा पनि शोधनान्तर ऋणात्मक थियो । त्यसपछिका महिनाहरूमा शोधनान्तरमा सुधार देखिँदै आए पनि चालु खाता ऋणात्मक रहेको थियो । यो आर्थिक वर्षको सुरुका दुई महिनामा पनि पुरानै प्रवृत्ति दोहोरियो र शोधनान्तर ऋणात्मक बन्यो । त्यसपछिका दुई महिना (असोज र कात्तिक) महिनामा शोधनान्तर बचतमा देखिए पनि आकार घट्दै गएको थियो । तर, मसिंर, पुस र माघमा फेरि पुरानै प्रवृत्ति दोहोरिएको हो ।बजार भाउ बढयो राष्ट्र बैंकको तथ्यांकअनुसार गत माघमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ५ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यस्तो वृद्धिदर ३.३ प्रतिशत थियो । चालु आर्थिक वर्षमा खाद्य वस्तुको मूल्यमा भएको वृद्धिका कारण समग्र मुद्रास्फीति गत वर्षको तुलनामा धेरै रहेको राष्ट्र बैंकले जनाएको छ ।चालु आर्थिक वर्षको ७ महिनामा खाद्य समूहअन्तर्गत तरकारी, दुग्धजन्य पदार्थ तथा अण्डा, फलफूल, मासु तथा माछा, घिउ तथा तेललगायतको मूल्य वृद्धिदर ४ प्रतिशतले बढेको छ । सोही अवधिमा गैरखाद्य वस्तुको मूल्य वृद्धिदर ५.८ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा गैरखाद्य मुद्रास्फीति ६.१ प्रतिशत थियो । यो समूहमा पर्ने लत्ताकपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, शिक्षालगायत वस्तुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा कम भएकाले गैरखाद्य वस्तुको मूल्य वृद्धिदर कम देखिएको हो । यद्यपि सात महिनासम्मको मूल्य वृद्धिदर राष्ट्र बैंकको लक्ष्य गरेको सीमाभित्रै छ ।रेमिटयान्समा सुधार अघिल्ला महिनामा ऋणात्मक रहेको रेमिटयान्स आप्रवाहमा गत माघमा सुधार देखिएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार गत माघसम्म ४ खर्ब १ अर्ब रुपैयाँ रेमिटयान्स मुलुक भित्रिएको छ । गत वर्षको तुलनामा गत माघमा रेमिटयान्स आप्रवाह १.७ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.२ प्रतिशतले बढेको थियो ।उक्त अवधिमा श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या (पुन: श्रम स्वीकृतिबाहेक) समीक्षा अवधिमा ४.९ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो संख्या ६.७ प्रतिशतले घटेको थियो ।विदेशी विनिमय सञ्चिति घट्दो गत माघमा मुलुकको विदेशी विनिमय सञ्चिति १० खर्ब ४९ अर्ब रुपैयाँ छ । गत असारको तुलनामा यो २.८ प्रतिशतले घटेको हो । गत असारमा यस्तो सञ्चिति १० खर्ब ७९ अर्ब रुपैयाँ थियो । चालु आर्थिक वर्षको सात महिनाको आयातलाई आधार मान्दा बंैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ११ महिना ३ दिन वस्तु आयात र ९ महिना ८ दिन वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ  ।
ekantipur.com
5,430,217
न्यायाधीशद्वय सुषमालता माथेमा र हरिप्रसाद फुँयालको संयुक्त इजलासले नागरिकलाई संविधानबारे जानकारी गराउनु राज्यको दायित्व भएको आदेश गरेको हो । छ महिनाभित्र नागरिकका घर घरमा एकप्रति संविधान पु¥याउने व्यवस्था मिलाउन अदालतले सरकारका नाममा परमादेश पनि जारी गरेको छ । संविधान निर्माण सरोकारवाला र नागरिकको प्रत्यक्ष अप्रत्यक्ष सहभागिता रहेकाले अन्तर्वस्तुबारे जान्ने हकलाई अन्यथा मान्न नमिल्ने अदालतको व्याख्या छ । संविधानमा आफूले दिएका सुझाव समेटिएका छन् वा छैनन् भनेर सूचना पाउनु नागरिकको सामान्य अपेक्षा भएको आदेशमा उल्लेख छ । आदेशमा भनिएको छ, “मूलतः आफूलाई समेत परामर्श गरी आफ्नो समेत सुझाव लिई जारी गरिएको संविधानमा आफ्ना सुझाव समेटिएको छ वा छैन र के कस्ता प्रावधान उल्लेख गरिएका छन् भन्ने कुराको सूचना पाउनु सचेत नागरिकको सामान्य अपेक्षा हो । संवैधानिक मूल्यमान्यता र प्रावधानको सम्बन्धमा सहज र प्रभावकारी रूपमा जनतालाई सुसूचित हुने अवसर प्रदान गरी संवैधानिक प्रावधानबारे जनतामा जागरण गराई संवैधानिक व्यवस्थाको पारदर्शिता कामय गर्नु राज्यको कर्तव्यभित्रकै विषय हो ।” अदालतले संविधान जारीअघि संविधानको मस्यौदा नागरिकस्तरमा पु¥याउन सम्भव भएको भन्दै संविधानको प्रति वितरण गर्न नसक्ने भन्ने प्रश्न नआउने पनि व्याख्यामा भनिएको छ । आफूले दिएका सुझाव समावेश भए नभएको विषय सहज र सर्वसुलभ रूपमा जान्न पाउनु नागरिकको अधिकार भएको व्याख्यामा भनिएको छ । यस्तो अधिकार नागरिकको मौलिक हकसमेत भएको अदालतले आदेशमा उल्लेख गरेको छ । नागरिकको हक, अधिकार स्थापित गराउने दस्ताबेजबारे जानकारी गराउनु राज्यको दायित्व भएको सर्वोच्चको आदेशमा उल्लेख छ । संविधानको एक प्रति निःशुल्क रूपमा घर घरमा पुग्ने गरी वितरण गर्नु राज्यको दायित्व भएको व्याख्यामा उल्लेख छ । संविधान वितरणको आवश्यकता नरहेको भन्ने निष्कर्षमा राज्य पुग्न नमिल्ने पनि आदेशमा भनिएको छ । सूचना प्रविधिमा पर्याप्त पहुँच नभएको, शैक्षिक स्तर र इन्टरनेटको विश्वसनीयताको कमीका कारण सबैको पहुँचमा संविधान नरहेको अदालतको व्याख्यामा भनिएको छ । नेपालको हकमा संविधानको एक एक प्रति प्रत्येक घरमा जनतालाई निःशुल्क वितरण गर्नु नागरिकको वैध अपेक्षा भएको व्याख्यामा उल्लेख छ । अदालतले कम खर्चिलो हुने गरी सानो आकारमा संविधानको प्रति छपाइ गरी हरेक घरमा पु¥याउन परमादेशसमेत जारी गरेको छ । यस्तै सङ्घ, प्रदेश र स्थानीय तहमार्फत विद्युतीय प्रति सहज रूपमा उतार गर्न सक्ने व्यवस्था मिलाउन पनि अदालतले व्याख्यामा भनेको छ । संविधानका आधारभूत विशेषता समेटिएको पुस्तिका प्रकाशन गरी सञ्चार माध्यम र सामाजिक सञ्जालसमेतबाट प्रचारको व्यवस्था मिलाउन पनि अदालतले आदेशमा भनेको छ । प्रदेश, जिल्ला र स्थानीय तहमा नियमित रूपमा संविधान खरिदको व्यवस्थासमेत मिलाउन पनि अदालतले आदेशमा भनेको छ । आदेश छ महिनाभित्र कार्यान्वयन गरी प्रतिवेदन अदालतमा समेत जानकारी गराउन अदालतले आदेशमा उल्लेख गरेको छ । कानुन किताब व्यवस्था समितिले चर्को मूल्य राखेका कारण संविधान जान्न पाउने नागरिकको अधिकार सङ्कुचन भएको रिटमा दाबी गरिएको थियो । साथै संविधानप्रदत्त सूचनाको हक हनन भएको रिटमा उल्लेख थियो । समितिले प्रकाशित संविधानको मूल्य १३० रुपियाँ कायम गरेको थियो । सबै नागरिकलाई एक एक प्रति संविधान निःशुल्क वितरणको व्यवस्था गर्न माग रिटमा गरिएको थियो ।
gorkhapatraonline.com
5,085,695
चार भेरियन्टका साथ उपलब्ध माइक्रोवेभ ओभनका नयाँ शृङ्खलाहरुमा २३ लि. डिजिटल ग्रिल माइक्रोवेभ ओभन, २० लि. डिजिटल ग्रिल माइक्रोवेभ ओभन, २० लि. मेकानिकल माइक्रोवेभ ओभन र डिसेम्बर २०२२ सम्ममा चौथो भेरियन्ट ३२ लि. कन्भेक्सन माइक्रोवेभ ओभन नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ। हिताचीको उच्च श्रेणीको माइक्रोवेभ ओभनहरूले उपभोक्ताहरूलाई स्वस्थ जीवनको फाइदाहरू र सहजै फ्याट, नुन र क्यालोरी घटाउने नवोत्पाद सुविधा प्रदान गर्दछ। साथै, हिताचीले यी माइक्रो ओभनमा १ वर्षको पूर्ण वारेन्टी र म्याग्नेट्रोनमा ५ वर्षको वारेन्टी प्रदान गर्दछ। कार्यकारी निर्देशक सञ्जय अग्रवालले परिवर्तित जीवनशैलीसँगै, माइक्रोवेभमा परम्परागत खाना पकाउने एक उपयुक्त वैकल्पिक समाधान भएको बताए। उनले भने, ‘ग्राहकहरुको बढ्दो मागलाई हेरेर हामीले माइक्रोवेभ ओभनको चार भेरियन्ट एकै पटक ल्याउने योजना बनाएका हौं। हिताचीले सहज जीवनयापनमा विश्वास गर्छ। हिताचीका यी मौलिक माइक्रोवेभ ओभनले उपभोक्ताहरूलाई समय बचत गर्न र उनीहरूको जीवनलाई सजिलो बनाउँदै बिजुलीको खपत घटाउन मद्दत गर्नेछ।’ डिजिटल ग्रिल माइक्रोवेभ ओभनका दुई मोडल एचएमआर–डीजी२३१२ र एचएमआर–डीजी२०१२ ओभन क्षमता २३ लि. र २० लि. मा उपलब्ध छ। एचएमआर–डीजी२३१२ मा पुल–ओपन मिरर ग्लास फ्रन्ट डोर र आईनोस फ्रेम ह्यान्डलको साथ आधुनिक र सुविधाजनक डिजाइन समावेश गरिएको छ। यसको डिजिटल डिस्प्ले प्यानल प्रयोग गर्न सजिलो छ किनकि यसमा बारम्बार प्रयोग हुने कार्यहरूको सूची समावेश गरिएको कम्पनीले जनाएको छ। यसमा ग्लास ट्रे र ग्रिल र्‍याक छ। ५ माइक्रोवेभ लेभल– ८ प्रि–सेट कुकिंग मेनु, समय र तौल अनुसार डिफ्रोस्ट, मल्टी–स्टेज कुकिंग, माइक्रोवेभ कुकिंग, ग्रिल कुकिंग, अटो रिहिट आदिको साथमा मल्टिफङ्शनल छ। यसको ८ प्रि–सेट अटो–कुक मेनुले समय बचत गर्न मद्दत गर्छ। भान्साकोठा र खानाको लागि पकाउने समय स्वचालित रूपमा सेट गरेर निरीक्षण गर्न आवश्यक पर्दैन। एचएमआर–डीजी२०१२ (२० लि.) मा कम्प्याक्ट डिजाइन र घडीको साथ ठूलो डिजिटल एलईडी डिस्प्ले जडान छ। यसको ग्लास फ्रन्ट डोर, ग्लास ट्रे प्रयोग गर्न र सफा गर्न सहज छ। यसमा ६ माइक्रोवेभ लेभल, वन टच ९ अटो कुकिंग प्रि–सेट, माइक्रोवेभ कुकिंग, ग्रिल कुकिंग, वजन द्धारा डिफ्रोस्ट र समय, अटो रिहिट, चाइल्ड सेफ्टी लक, मल्टिस्टेज कुकिंग, क्विक स्टार्ट आदि जस्ता उत्कृष्ट सुविधाहरू छन्। हिताची डिजिटल माइक्रोवेभ ओभनले एकै समयमा ग्रिल र माइक्रोवेभको संयोजनमा कार्यहरू गर्दछ जसले खानालाई स्वादिष्ट र क्रिस्पी बनाउनुका साथै भान्साको बहुमूल्य समय बचत गर्दछ। यसबाहेक, यी नवीन माइक्रोवेभ ओभनहरू क्रमशः कालो र सिल्भर कलरमा उपलब्ध छ। मेकानिकल माइक्रोवेभ ओभन–मोडेल कोड एचएमआर–एम२००२ २० लि. ओभन क्षमतामा उपलब्ध छ। यो कम्प्याक्ट डिजाइनमा उपलब्ध भएकाले सानो, शक्तिशाली र कुशल हुनुका साथै भान्साको ठाउँ धेरै ओगट्दैन। यो मेकानिकल माइक्रोवेभ ओभन सञ्चालन गर्न सजिलो छ त्यसैले यो प्रयोगकर्ता मैत्री छ। यसले पुनः तताउने कार्य छिटो र सहज रूपमा खानालाई डिफ्रोस्ट गर्ने सुविधा दिन्छ। यसमा सजिलै सफा गर्नको लागि ग्लास ट्रेको साथ मेकानिकल कन्ट्रोल प्रणाली राखिएको छ। यो किफायती मूल्य र कालो रंगमा उपलब्ध छ। कन्भेक्सन माइक्रोवेभ ओभन–मोडेल कोड एचएमआर–डीसी३२१२३२एल ३२ लि. ओभन क्षमता डिसेम्बर २०२२ सम्ममा उपलब्ध हुनेछ। यो अगाडिको बाहिरी भागमा स्टेनलेस स्टीलका साथ आधुनिक टच र सजिलै सफा गर्न, मिरर ग्लास र स्टेनलेस स्टील क्याभिटीका साथ डिजाइन गरिएको छ। माइक्रोवेभ र कन्भेक्सन कार्यको संयोजनले खाना पकाउने प्रक्रियालाई गति दिन मद्दत गर्दछ। यसमा ग्लास ट्रे र बेक ट्रे समावेश छ। यसले साधारण कन्ट्रोल प्यानलको साथ, क्विक स्टार्ट, प्रि–सेट कुकिंग, माइक्रोवेभ र ग्रिल कुकिंग, तौल र समय अनुसार डिफ्रोस्ट, स्वतः पुनः तताउने, अटो कुकिंग मेनु, चाइल्ड सेफ्टी लक, र मल्टि–स्टेज कुकिंग लगायत उत्कृष्ट कार्यक्षमता प्रदान गर्दछ। स्वतः कुक मेनुले ९ प्रिसेटहरुको कार्यहरू प्रदान गर्दछ जसले खानाको लागि स्वचालित रूपमा पकाउने समय सेट गरेर समय बचत गर्न मद्दत गर्दछ। यी प्राविधिक रूपमा उच्च माइक्रोवेभ ओभनहरूले खाना पकाउने समय कम, भित्रसम्मै तातो र समान रूपमा सबै पोषण मूल्यहरू सुरक्षित छन् भनी सुनिश्चित गर्दछ। उच्च प्रविधि, परिष्कृत कार्यहरू र प्रिमियम डिजाइन सुविधाहरूसहित, तीन नयाँ मोडेलहरू एचएमआर–डीजी२३१२, एचएमआर–डीजी२०१२ र एचएमआर–एम२००२ २३ लि. र २३ लि.निम्न भेरियन्ट र क्षमतामा उपलब्ध छन् ।
nepalkhabar.com
5,592,079
सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले २८ निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गरी सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम २८ निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखेको जनाएको छ । बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक आज अपराह्न १ः०० बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । खोला उत्खननमा अनियमितता गरेको भन्दै जिल्ला समन्वय समिति महोत्तरीले गौशाला नगरपालिकाविरुद्ध कारबाही अघि बढाएको छ । पानी ल्याउन प्रयोग गरिएको पम्प र पाइपलाइन जलेपछि धनकुटा बजारमा खानेपानीको हाहाकार भएको छ । झापाको बिर्तामोड–भद्रपुर सडकखण्डअन्तर्गत रहेको प्रकाश आयल ट्रेडर्सको पेट्रोलमा पानी मिसावट भेटिएपछि प्रहरी र नेपाल आयल निगमले तालाबन्दी गरेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका –४, दग्नाममा परम्परागत रुपमा प्रकृतिलाई खुसी बनाउन गरिने भुमे पूजाको अवसरमा आयोजित लिङ्गो जुधाउने प्रतियोगितामा दुवै गाउँ बराबरी भएका छन् । गैर आवासीय नेपाली सङ्घ, अमेरिकाले करिब तीन लाख डलरमा भवन खरिद गरेको छ । एक विशेष समारोहबिच मुटु रोग विशेषज्ञ डा. भगवान् कोइरालाले उक्त भवनको उद्घाटन गर्नुभयो ।
gorkhapatraonline.com
2,135,355
” मध्यजाडो गुज्रिसक्दा पनि मुस्ताङमा हिउँ परेको छैन । गाउँबस्ती सुक्खा छन् । डाँडाकाँडा फुस्रा र नाङ्गा । हिमपात नहुँदा किसानलाई खेतीबालीको पिरलो छ । सिँचाइ नभएका ठाउँमा त अन्नपात माटोमै सुक्ने स्थिति छ । हिउँ नपरे उवा, जौँ, गहुँ, लसुन, आलुलगायत बाली नसप्रने थकालीले बताए। हिउँमा खुल्ने मुस्ताङका पर्यटकीयस्थल पनि उजाड देखिन थालेको उनको भनाइ छ । घरपझोङ–२ मार्फाका स्याउ किसान दीपक लालचनले हिमपात नहुँदा फलफूल र अन्नबालीलाई चाहिने चिसोपना कम हुने उल्लेख गरे । “चिस्यान पुगेन भने स्याउ उत्पादनमा पनि ह्रास आउन सक्छ”, उनले भने, “मार्फामा भने सिँचाइ सुविधा भएकाले आत्तिहाल्नुपर्ने छैन ।” जौँ खेती बढी हुने थासाङ गाउँका किसानलाई भने मौसमले चिन्ता थपिदिएको उनको भनाइ छ । थासाङमा सिँचाइको उचित प्रबन्ध छैन । हिमपात र वर्षात् नहुँदा खेती प्रणालीसँगै हिमाली जनजीवन पनि प्रभावित भएको छ । लालचनले कडा जाडो हुनुपर्ने याममा न्यानो महसुस हुन थालेको बताए । “यो वर्ष पुस, माघमा पनि उति साह्रो जाडो भएन”, उनले सुनाए । चिसो छल्न बेँसी र सहर झरेका मुस्ताङी पनि हिउँ नपरेको सुन्दा अचम्मित छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका निमित्त प्रमुख प्रकाश बस्ताकोटीले मौसमअनुसार हिउँ र पानी नपर्दा बालीनालीको उब्जनी र गुणस्तर खस्कने बताए । “स्याउको फूल खेल्न र फल लाग्न जति चिसोपना चाहिने हो त्यो पुगेन भने उत्पादन घट्छ”, उनले भने । जौँ, गहुँ, उवा छरिसकेका र आलु लगाउने तयारीमा रहेका किसानले हिमपात पर्खिरहेको निमित्त प्रमुख बस्ताकोटीले बताए । “माघ घर्किन लाग्दासम्म हिमपात नुहुन जलवायु परिवर्तनको असर पनि हुनसक्छ”, उनले भने, “यस्तो क्रम दोहोरिरहे हिमाली भेगमा नयाँ बालीले प्रवेश पाउने, रैथानेको उत्पादन घट्ने हुन्छ ।” पछिल्लो समय मुस्ताङको उपल्लो भेगमासमेत काँक्रा, गोलभेँडाजस्ता तरकारीजन्य बाली उब्जाउ हुन थालेको उनले सुनाए । मुस्ताङमात्र नभएर गण्डकी प्रदेशका कुनै पनि हिमाली जिल्ला र उच्च पहाडी भेगमा अहिलेसम्म हिमपात भएको छैन । छिटपुट वर्षासमेत हुनसकेको छैन । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले मुस्ताङ, मनाङ, म्याग्दी र बागलुङको उच्च क्षेत्रमा लगाइएको हिउँदे बालीमा बढी असर पुगेको बताए । “बेलामा पानी नपर्दा, हिमपात नहुँदा असिञ्चित ठाउँको खेतीमा त क्षति नै पुग्छ”, उनले भने । बाह्रैमास नहर र कुलो सिँचाइको सुविधा भएका ठाउँमा भने समस्या नहुने प्रमुख रेग्मीले बताए। हिउँदे वर्षा होला र खेती सप्रला भन्ने आशमा रहेका किसानलाई भने खडेरीबाट ठूलो मार पर्ने उनले उल्लेख गरे । खडेरीले पहाडी क्षेत्रमा गहुँ, तोरीसहित तरकारी र फलफूलजन्य बालीमा बढी असर पर्ने उनको भनाइ छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले गण्डकी प्रदेशमा तत्काल पानी पर्ने सम्भावना नरहेको बताए । आकाश धुम्म भए पनि अहिलेको मौसम प्रणालीले वर्षा नहुने उनको भनाइ छ । “गण्डकी प्रदेशसहित देशैभर सामान्यतया मौसम बदलीको अवस्था रहेको छ”, उनले भने, “यो बदली वर्षामा परिणत हुने सम्भावना भने छैन ।” हिमाली भेगका केही ठाउँमा हल्का हिमपात भने हुनसक्ने महाशाखाको अनुमान छ । “यसपालिको हिउँदमा अहिलेसम्म हिमपात र वर्षा हुनसकेको छैन, नयाँ मौसम प्रणाली आएर वर्षा र हिमपात गराउन पनि सक्छ तर त्यो यकिन छैन”, मौसमविद् अधिकारीले भने ।
sagarmatha.tv
5,664,939
माधव नेपालको साथ छाडेर मध्यमार्गी भूमिकामा बसेका नेताहरू अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा आज साेमवार भएको छलफलपछि प्रतिक्रिया दिँदै प्रवक्ता ज्ञवालीले यस्ताे बताउनुभएकाे हाे । पार्टी नै दर्ताकाे प्रकियामा पुगेकाे अवस्थामा माधव नेपाल एकतामा फर्किने विश्वास नभएकाे उहाँले बताउनुभयाे । ‘पार्टी नै दर्ताकाे अवस्थामा पुगिसकेके छ भने उहाँ एकतामा फर्किनुहुन्छ भन्ने विश्वास के रह्याे र ? तर हामीले दल दर्ताकाे प्रक्रियामा रहनुभएका साथीहरूलाई त्याे बाटाे गलत छ भनिनै रहेका छाैँ । भाेलि बैठकले पनि सम्भवतः त्यसबारेमा छलफल गर्नेछ । तर माधव नेपालले अलग्गै बाटाे हिँड्न सङ्कल्पित नै देखिनुभयाे । उहाँले विभाजनकै बाटाे राेज्नुभएकाे अवस्था छ तर त्याे विभाजनकाे बाटाेमा अरू साथीहरू नजाऊन् भन्नका लागि त्याे बाटाेमा नजानुस् भन्ने कुरा भाेलिकाे बैठकमा पनि हुनेछ’, प्रवक्ता ज्ञवालीले भन्नुभयाे । साथै उहाँले पार्टी जेठ २ मै फर्किसकेकाे बताउनुभयाे । यस्तै नवौँ महाधिवेशनपछि नेताले जे जिम्मेवारी पाएका थिए ती सबै जिम्मेवारी पनि पुनः क्रियाशील हुने एमालेले जनाएकाे छ । भोलि मङ्गलवार नै स्थायी कमिटीको बैठक बस्ने र केही दिनमै केन्द्रीय कमिटीको बैठक पनि बस्ने एमालेले बताएकाे छ ।
ujyaaloonline.com
2,935,195
रुकुम पश्चिमको सानीभेरी गाँउपालिका वडा नं ७ फुक्रु निबासी धर्मबहादुर ओलीलाई क्यासन्सर भएपछि उपचारमा सहयोग गरिदिन उहाँको परिवारले आग्रह गरेको हो । काठमान्ठौको नेपाल क्यान्सर हस्पीटल एण्ड रिसर्च सेन्टरमा ओलीको उपचार भइरहेको छ । उपचारमा आर्थिक स्रोत जुटाउन समस्या भएको ओलीकी पत्नी आसा रोका (ओली)ले बताउनुभयो । आसाले भन्नुभयो “उहाँ अस्पतालको शैयामा हुनुहुन्छ । आर्थिक अभाव भएको छ मेरो श्रीमानको ज्यान बचाइदिनहुन हुन सबैलाई अनुरोध गर्दछु ।” सहयोग गर्न चाहनेहरुले धर्मबहादुर ओलीकी श्रीमती आसाको मोवाइल नं ९८४७९९९४८६ र ९८४७९८२३१७ मा सम्पर्क समेत गर्न सक्नुहुनेछ ।
newsofnepal.com
246,582
राष्ट्रपति रामचन्द्र पौडेलले असनमा पुगेर मच्छिन्द्रनाथको रथको दर्शन गरी प्रसाद ग्रहण गरेका छन्। सेतो मच्छिन्द्रनाथको रथ तानेर असन ल्याइएको थियो। राष्ट्राध्यक्ष पौडेल बुधबार बेलुकी असनमै पुगेर पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गरेका हुन्। तीनधारा पाठशालाअघि ३२ हात लामो रथ बनाएर चैते दशैँका दिनदेखि तान्ने गरिएको छ। यो रथलाई नागराजको प्रतीक मानिन्छ। प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास छ। रथ दोस्रो दिन असनबाट वसन्तपुरस्थित कालभैरवअघि लगिन्छ। तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ। लगनमा सेतो मच्छिन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाउने गरिन्छ। राजधानीमा सेतो मच्छिन्द्रनाथको रथयात्रा सकेपछि रातो मच्छिन्द्रनाथको रथयात्रा हुन्छ ।
setopati.com
5,320,369
चिनियाँ कम्युनिष्ट पार्टीका नेता स्वर्गीय माओ त्सेतुङको समाधीस्थलमा पुष्पाहार अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रदीपराज वन्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (सोमबार) चीनको राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका नेता स्वर्गीय माओ त्सेतुङको समाधीस्थलमा पुष्पाहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । हाल चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डले आफ्ना चिनियाँ समकक्षीसँगको वार्तापछि तियानमेन स्क्वायर पुग्नुभएको थियो । प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुग्दा चिनियाँ उच्च अधिकारीहरूले उहाँको स्वागत गर्नुभएको थियो ।
gorkhapatraonline.com
421,873
युरोपेली युनियन इयूको निर्वाचन पर्यवेक्षण मिसनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पर्यवेक्षण प्रतिवेदनको प्रसंग दिनानुदिन पेचिलो बन्दै गएको छ । इयूले जातिय मुद्दामा आफ्नो कडा र विवादित विचारसहितको प्रतिवेदन सार्वजनिक गरेपछि स्वभावैले फेरि जातिय मुद्दा उठाउन खोजिएको छ । इयूले गत सोमबार (चैत ५ गते) सभामुख कृष्णबहादुर महरालाई निर्वाचन पर्यवेक्षण प्रतिवेदन बुझायो । त्यो प्रतिवेदन सबै पढेरमात्र प्रतिवेदन लिने कुरा पनि भएन । तर त्यो प्रतिवेदन जब मंगलबार (चैत ६ गते) निर्वाचन आयोगलाई बुझाइयो तब मिडियामा पनि आयो । मिडियाले भित्रका गुह्य कुरा निकाल्यो । त्यसपछि बल्ल इयूको भित्री मनसाय बाहिर आयो । बुधबार (चैत ७ गते) देखि दलका नेताहरुका प्रतिक्रिया आउन थाले । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले विज्ञप्ति नै जारी गरेर ईयूलाई आफ्नो ठाउँमा बस्न र हस्तक्षेप नगर्न चेतावनी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले गरीव भनेर नहेप्न समेत थप चेतावनी दिए । इयूका केही धार्मिकभिरुहरुलाई नेपाललाई फिर्ता पठाएपछि जातिय मुद्दा उठाएर ईयूले अस्थिरता निम्त्याउन खोजेको आरोप सरकारको छ । यो प्रतिवेदन निर्वाचन आयोग र सरकारले नस्वीकार्ने बताइसकेका छन् । आयोगले पनि प्रतिवेदन पहिले लिएर त्यसपछिका दिनमा मात्र नस्वीकार्ने प्रतिक्रिया दियो । सामाजिक संजालमा सरकारले नस्वीकारेको प्रतिवेदन सभामुखले स्वीकारेको भन्दै अर्को विद्वेश निम्त्याउन खोजिएको छ । यसबारे संसद सचिवालयका सह प्रवक्ता केसव अर्यालले हाम्राकुरासंग भने, ‘प्रतिवेदनमा के छ भनेर पढेर प्रतिवेदन बुझ्ने कुरा भएन, सभामुख ज्यूले बुझ्नु भयो, भित्र के छ भन्ने सामान्य जानकारी लिने काम भयो, विरोधको कुरा त त्यसपछिका दिनमा मात्र आएका हुन् ।’ अर्यालको भनाइ अनुसार सभामुखले त आफ्नो औपचारिकता पूरा गरे । ईयूको प्रतिवेदन प्रधानमन्त्री ओलीलाई दिएको भए पनि उनी बुझ्दथे । प्रतिक्रिया दिने त पछि नै हो । यतिबेला देशलाई अस्थीरतामा लगेर मज्जा लिन मान्नेहरु खुशी छन् भने सबै नेपालीलाई एकै मालामा गाँस्न प्रयासरतहरु चिन्तित बनेका छन् । मुलुक संघीयतामा गइसकेको छ । त्यसैअनुसारको संरचना पनि तयार भइरहेको छ । तर अझै पनि केही त्यस्ता शक्तिहरु छन् जो मुलुकलाई विखण्डन भएकै देख्न चाहन्छन् । घरभित्र र घर बाहिर ती शक्तिहरु सक्रिय छन् । एकपटक बेला आएको छ एकजुट हुने । सबै नेपालीमात्र भएर बाँच्ने । सामाजिक संजालहरुमा पनि विभिन्न किसिमका क्रियाप्रतिक्रिया आइरहँदा समस्या बल्झँदो छ । सरकारले यसप्रति गम्भीर ध्यान दिने हो भने पहिले आफू र त्यसपछि अरुलाई सही मार्गमा लैजानु पर्ने देखिएको छ । प्रधानमन्त्री ओलीले भाषणबाजी गरेर भन्दा पनि कुटनीतिक शैलीबाट यसको जवाफ दिने पो हो कि ! ईयूले उसको प्रतिवेदन दिएको हो । त्यसलाई प्रयोग गर्ने नगर्ने नेपाल सरकारको कुरा हो ।
hamrakura.com
2,251,508
हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले शुक्रबार युक्रेनका लागि युरोपेली युनियन (इयु) को ५० अर्ब युरो सहयोगलाई रोकेका छन्। यद्यपि नेताहरू उनको विरोधलाई किनारा लगाउँदै किएभलाई इयु गठबन्धनमा समावेश गर्ने सम्बन्धमा छलफल सुरु गर्न सहमत भएका छन्। हंगेरीका अधिनायकवादी नेता ओर्बानले आगामी चार वर्षमा युक्रेन सरकारलाई वित्तीय सहयोग गर्न अस्वीकार गरेपछि ब्रसेल्समा संकपूर्ण शिखर सम्मेलन एक दिनको झगडापछि भंग भयो। ओर्बानले सामाजिक सञ्जालमा लेखेका छन्, “नाइटसिफ्टको सारांश: युक्रेनलाई अतिरिक्त पैसाका लागि भिटो।” इयुका अन्य २६ नेता किएभलाई अत्यन्त आवश्यक समर्थनमा सम्झौतालाई अगाडि बढाउने प्रयास गर्न आगामी वर्षको सुरुमा नयाँ बैठकमा बहसमा फर्कन सहमत भएका छन्। “२६ देशसँग हामी सहमत छौं, अहिले हंगेरीबाट कुनै सम्झौता भएको छैन तर म आगामी वर्षका लागि धेरै विश्वस्त छु”, डच प्रधानमन्त्री मार्क रुटेले भने। सदस्यता वार्ता सुरु गर्नका लागि सहमत हुने इयुको प्रतीकात्मक कदमलाई लिएर खुशीयाली मनाएको बेला वित्तीय सहयोगका लागि इयुमा रुसको सबैभन्दा असल मित्र तथा हंगेरीका राष्ट्रवादी नेता ओर्बानको अवरोधले किएभ र उसका समर्थकहरूलाई चोट पुर्याएको छ । अमेरिकाको सहयोगमाथि आशंका बढिरहेको बेला किएभले तत्काल उसका पश्चिमी सहयोगीहरूबाट सहयोग कम हुँदै गएको बताएको छ। ओर्बनले पनि छलफल सुरु गर्न विरोध गरेका थिए तर इुयुका अन्य नेताहरूलाई आफूबिना सर्वसम्मतिले निर्णय लिन अनुमति दिन वार्ता कक्षबाट बाहिर निस्किन उनी सहमत भएका थिए। सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा अनुभवी नेताले ‘पूर्णरूपमा मूर्खतापूर्ण, तर्कहीन र गलत निर्णय’ को भर्त्सना गर्दै ‘अन्य २६ देशले उक्त निर्णय लिन आग्रह गरेको’ गुनासो गरे। एउटा महत्त्वपूर्ण क्षणका रूपमा माल्दोभासँग सम्मिलित वार्ता सुरु गर्न सहमति समावेश भएको कदमको अन्य युरोपली नेताहरूले स्वागत गरेका छन्। इस्टोनियाका प्रधानमन्त्री काजा कालासले लेखेका छन्, “ऐतिहासिक दिन ! सबै अवरोधविरुद्ध हामीले निर्णय हासिल गर्यौं” अत्यन्त सन्तुलित शिखर सम्मेलनमा सहभागी नहुनुभएका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त निर्णयप्रति भन्नुभयो, “उत्प्रेरित, प्रेरणा र मजबुत बनाउने विजय।” माल्दोभाका राष्ट्रपति माइया सान्डुले भने, “मेरो देशले इयुमा सम्मिलित वार्ताका लागि अगाडि बढेसँगै आज नयाँ पृष्ठ बदलेको छ, माल्दोभा चुनौतीको सामना गर्न तयार छ।” युक्रेनको समर्थनमा अमेरिकी रिपब्लिकनहरूको विरोधको सामना गरिरहेको ह्वाइट हाउसले ‘ऐतिहासिक निर्णय’ को स्वागत गरेको छ। किएभसँग सदस्यता वार्ता सुरु गर्ने सम्झौताको अर्थ युक्रेन चाँडै इयुमा सामेल हुनेछ भन्ने होइन। हंगेरीका प्रधानमन्त्री ओर्बानलाई प्रक्रियालाई पुनः रोक्ने पर्याप्त अवसर दिँदै वार्ता सुरु गर्नुअघि इयु राष्ट्रहरू वार्ता ढाँचामा सहमत हुनुपर्नेछ। धेरैजसो इयुका नेताहरूले यो साता शिखर सम्मेलनबाट रुसले युक्रेनमाथि चौतर्फी आक्रमण सुरु गरेको २२ महिनापछि युक्रेनलाई ऐक्यबद्धताको संकेत दिन चाहन्थे तर यसका लागि कुनै पनि निर्णय सर्वसम्मत हुनुपर्छ वा कम्तीमा पनि निर्विरोध हुनुपर्छ। ओर्बानले सुरुमै वित्तीय कोषमााथि निर्णय गर्नका लागि युरोपेली निर्वाचनहरूसम्म प्रतीक्षा गर्न सकिनेमा जोड दिए। आलोचकहरूले हंगेरीका नेतामाथि कानूनी विवादका कारण रोक्का गरिएको इयु कोषको अर्बौं युरो जारी गर्न ब्रसेल्सलाई दबाब दिनका लागि किएभको अस्तित्वलाई बन्धक बनाएको आरोप लगाएका छन्। यसलाई केही मानिसले अन्तिम समयमा अनुदानका रूपमा हेरेका छन् । युरोपेली आयोग र इयुका कार्यकारीले बुधबार उक्त नगदको १० अर्ब युरो खोल्न सहमति व्यक्त गरेका छन्। अरु २१ अर्ब युरो अहिले पनि ओर्बानको नियन्त्रण बाहिर छ तर उनले हंगेरीले नगद र उसको युक्रेनप्रतिको अडानबीच सम्बन्ध बनाएको कुरालाई अस्वीकार गरे। उनले भने, “यो हाम्रो शैली होइन।” जेलेन्स्कीले भिडियो लिंकमार्फत भावपूर्ण बिन्तीमा पहिला नेताहरूसँग भने, “अब आधा उपाय वा हिचकिचाउने समय होइन।” उनले युक्रेनसँग सदस्यता वार्ता सुरु गर्न असफल भए यसलाई ‘पुटिन (रुसी राष्ट्रपति भ्लादिमिर पुटिन) ले व्यक्तिगतरूपमा तपाईं र सम्पूर्ण युरोपविरुद्ध प्रयोग गर्नुहुनेछ’ भने। “उहाँलाई यो वर्षको पहिलो र एकमात्र विजय हुन नदिनुहोस”, उनले भने। पहिला अमेरिकी कांग्रेसमा वासिङ्टनको समर्थन खतरामा देखेका इयुका अन्य नेताहरूले ओर्बानभन्दा फरक धारणा राख्दै एकताको आवश्यकता र युक्रेनलाई सहयोगको एउटा बलियो संकेत पठाउन जोड दिएका थिए। नेताहरूले रुसको आकर्षक हिराको निर्यातलाई लक्षित गर्दै र तेल मूल्यमा कडाइ गर्न मस्कोमाथि १२औं चरणको प्रतिबन्धमा सहमति जनाए। यद्यपि युक्रेनको रणभूमिमा ग्रीष्मकालीन जवाफी हमलामा असफल भएपछि किएभका लागि आशाजनक देखिँदैन। पुटिनले बिहीबार युक्रेनमा उनको छ लाख १७ हजार सैनिक रहेको र रुसको स्थितिमा सुधार भइरहेको दाबी गरेका थिए। ब्रसेल्सस्थित नाटो मुख्यालयमा महासचिव जेन्स स्टोलटेनबर्गले युरोपको बाँकी भागको रक्षाका लागि पश्चिमले युक्रेनको समर्थनलाई जारी राख्नुपर्ने चेतावनी दिएका थिए। “यदि पुटिनले युक्रेनमा विजय हासिल गर्नुभयो भने उनको आक्रामकता त्यहीँ समाप्त हुनेछैन भन्ने वास्तविक जोखिम छ, हाम्रो समर्थन दान होइन-यो हाम्रो सुरक्षामा लगानी हो ।
dcnepal.com
3,290,876
जनकपुर बजार बन्द गराएको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । सुकुमबासीका नाममा अर्कै व्यक्तिले चुरे तथा वन, जंगलको अतिक्रमण गरिरहदा पनि सरकारले ध्यान नदिएको, सुकुमबासीलाई जग्गा नदिएको भन्दै यसअघि आन्दोलन गर्दै आएका उनीहरूले बिहीबार जनकपुरधाम बन्दको घोषणा गरेका थिए । घोषणा अनुसार बजार बन्द गराउादै हिडेका १०३ जनालाई प्रहरीले पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतका अनुसार ९४ जना महिला र ९ जना पुरुषलाई नियन्त्रणमा लिइएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । बलजफ्ती बजार बन्द गराउादै हिंडने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अभियानका संयोजक सुनिलकुमार यादवले सिरहास्थित मारुती सिमेन्ट उद्योगले अतिक्रमण गरेको वन क्षेत्रबारे प्रदेश सरकारले ४ भदौ २०७८ मा समिति बनाएर छानबिन गर्ने बताए पनि कुनै ध्यान नदिएको बताएका छन् । उनले वास्तविक भूमीहिन, दलितलाई जग्गा नदिई अर्कै व्यक्तिलाई दिने गरेको भन्दै आफूहरुले पटक-पटक आन्दोलन गर्दै आए पनि सरकारले ध्यान नदिंदा बन्दसम्मको कार्यक्रम घोषणा गर्न बाध्य भएको बताएका छन् । अभियानले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय धनुषा, उद्योग वाणिज्य संघ जनकपुरधाम र राजनीतिक दलका प्रतिनिधिलाई एक साथ ध्यानाकर्षण पत्र बुझाएको उनले जानकारी दिएका थिए । यसपछि मंगलबार लालटेन जुलुस र बुधबार झाडूसहित प्रदर्शन गरिएको यादवले बताएका छन् । काठमाडौं– नेपाल प्रहरीले पछिल्लो एक वर्षमा १४ हजार ७६४ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ काठमाडौं– काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा तत्कालका लागि निर्माणसम्बन्धी कुनै काम नगर्ने भएको छ ।
onlinetvnepal.com
5,535,214
काठमाडौंको नयाँ बसपार्कमा सवारी साधनहरुको पूजा आराधना गरेर विश्वकर्मा पूजा गरिएको छ । सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइएको हो । हरेक वर्ष आश्विन सङ्क्रान्तिका दिन सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाउने चलन छ । विश्वकर्माले नै देवताका हातहतियार बनाएको विश्वासका साथ विश्वकर्माको पूजा गर्ने गरिन्छ । विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा पनि विश्वकर्माको पूजा आराधना गर्ने प्रचलन छ । आज नयाँ सवारीसाधन किन्नेले विभिन्न शक्तिपीठमा गई सवारी साधन पूजा गर्ने गर्दछन् । विश्वकर्मा पूजाको अवसरमा काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा आयोजित कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नेपालको यातायात क्षेत्रलाई सुधार गर्नका लागि आफू अनवरत रुपमा खट्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले व्यवसायीको लगानी, मजदुर कर्मचारीको पेशा, व्यवसायप्रति तत्पर भएर खट्ने बताउनुभयो । उहाँले आउँदै गरेका चाडपर्वलाई लक्षित गरी यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउनुपर्ने बताउनुभयो ।
gorkhapatraonline.com
2,646,592
साथै यस संक्रमणबाट विश्वभर ८४ लाख ७ हजार ३७३ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार बिहीबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४४ लाख १७ हजार ५०९ जना निको भएका छन्. । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ३५ लाख ३८ हजार ४२५ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ४५० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २२ लाख ३४ हजार ४७५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १९ हजार ९४१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा १५ लाख ५४ हजार ९८१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ६५ हजार ८८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २५ लाख ७९ हजार २१७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४९ हजार ५७५ जनाको मृत्यु भएको छ । युरोपमा २२ लाख ५२ हजार ४११ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८४ हजार ६५९ को मृत्यु भएको छ । एसियामा १७ लाख ४० हजार ३७८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४४ हजार ७३० जनाको मृत्यु भएको छ । अफ्रिकामा २ लाख ७० हजार ६६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७ हजार २४९ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।
ratopati.com
4,013,575
सात प्रदेशमध्ये चारवटामा सरकार बनाउन लागेको नेकपा एमालेभित्र विवाद उत्कर्षमा पुगेको छ । प्रदेश नम्बर पाँचमा शंकर पोखरेललाई चुनौति दिने कोही नभए पनि बाँकी तीन प्रदेशमा मुख्यमन्त्रीका लागि एकभन्दा बढि सासंदले दाबी गरेपछि विवाद देखिएको हो । प्रदेश नम्वर १ को मुख्यमन्त्री कस्लाई बनाउने भन्ने विषयमा एमालेमा विशेषगरी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच विवाद चर्चिएको छ । ओली पक्षधर शेरधन राईले आफू नै प्रदेश १ को भावी मुख्यमन्त्री भन्दै प्रचार गर्दै आएका छन् भने माधव नेपाल पक्षले भने जीवन घिमिरेलाई मुख्यमन्त्री नबनाए ओलीलाई सहयोग नगर्ने चेतावनी दिँदै आएका छन् । सोही प्रदेशमा पार्टीका सचिव तथा प्रदेश नम्बर एकका संयोजनक भिम आचार्यले पनि दाबी गरेका छन् । उनले अध्यक्ष केपी ओली निकट मानिने राईलाई चुनौति दिएका हुन् । आचार्यले पार्टी हेडक्वार्टरले आफूलाई नै मूख्यमन्त्रीका रुपमा प्रस्तुत गर्ने दाबी गरिरहेका छन् । राइले पनि सोही दाबी गरिरहेका छन् । प्रदेश नम्बर तीनमा पनि अवस्था यस्तै छ । पोलिटव्यूरो सदस्य राजेन्द्र पाण्डे र उपाध्यक्ष अष्टलक्ष्मी शाक्यबिच सहमति हुन सकेको छैन । प्रदेश नम्बर ३ को प्रदेशसभामा निर्वाचित दुवै जनाले आफू नै यस प्रदेशको मुख्यमन्त्रीको दाबेदार भएको दाबी गरेका छन् । पाण्डे र शाक्य दुवै वरिष्ठ नेता नेपाल पक्षका भएकाले समस्या झन बढेको छ । यसैको फाइदा उठाउँदै अर्का नेता केशव स्थापितले आफूलाई ओली पक्षधर भएको प्रचार गर्दै मुख्यमन्त्रीमा दाबी गरेका छन् । यही प्रदेशबाट पशुपति चौलागाईलाई पनि दाबेदारको रुपमा हेरिएको छ । ४ मा अध्यक्ष ओली खेमाकै नेताहरु किरण र पृथ्वी सुब्बा नै रेसमा देखिएका हुन् । ओलीले एक जनालाई वाकओभर गर्न सुझाएपनि दुवै नेता यो मान्ने पक्षमा छैनन् । उनीहरुले जसरी पनि मुख्यमन्त्रीमा आफू ब्याक नहुने सन्देश पार्टी नेतृत्वलाई दिईसकेका छन् । यता नेतृत्वले भने आलोपालो गरेर चलाउन दुवै नेतालाई सुझाएको छ । उम्मेद्धवारका दाबेदारलेपनि आलोपालो गर्न सक्ने संकेत दिएको छन् । प्रदेश नम्बर ५ मा भने सचिव शंकर पोखरेल एक्ला उम्मेद्धवार हुन् । उनी सर्वसम्मतीले नै उम्मेद्धवार बनेका छन् । उनी संसदीय दलको नेता बनिसकेका छन् । त्यसैले यो प्रदेशमा कुनै विवाद छैन् । तर माथि चर्चा गरिएका बाँकी प्रदेशमा भने मुख्यमन्त्री बनाउनको लागि पार्टी नेतृत्वलाई अहिले फलामको चिउरा चपाएसरह भएको कतिपय एमाले शीर्ष नेताहरुले नै चर्चा गर्न थालेका छन् । काठमाडौं, साउन ६ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४२औँ स्मृति दिवस काठमाडौं, ५ साउन । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी काठमाडौं, ५ साउन । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार प्रदेश सभाबाट विश्वासको मत लिने काठमाडौं, ५ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने भएका छन् काठमाडौं, ५ साउन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले कांग्रेस–एमाले नेतृत्वको सरकार तानाशाही बन्छ भन्ने काठमाडौं, ५ साउन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले कांग्रेस–एमाले गठबन्धन सरकार पूरा अवधिसम्म अगाडि काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल काठमाडौं, ५ साउन । नेकपा (एमाले) नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले ‘जान्नेलाई छान्ने’ काठमाडौं, साउन ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले अमेरिकी भिसाका लागि काठमाडौं, साउन ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक आज ११ः३० बजे दलको काठमाडौं, साउन ६ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी काठमाडौं, साउन ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ ।
reportersnepal.com
4,271,215
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी महाधिवेशनलाई प्रभावित पार्न बागमती प्रदेशमा सत्ताको खेल हुनु दुःखद् भएको बताएका छन्। बागमती प्रदेश सरकारमा प्रधानमन्त्री शेरबहादुर देउवाले अढाइ महिना मुख्यमन्त्री मागेको कुराप्रति आफ्नो गम्भीर आपत्ति रहेको उनले सामाजिक सञ्जालमार्फत बताएका हुन्। नेता कोइरालाले नेकपा एकीकृत समाजवादी पार्टीलाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक भएको भन्दै अस्वीकार्य रहेको बताएका हुन्। यसअघि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बागमती प्रदेशमा अढाइ महिनाका लागि भए पनि मुख्यमन्त्रीमा आफू निकट इन्द्र बानियाँलाई बनाउन लविङ गरिरहेको समाचार बाहिरिएको थियो। देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग सो विषयमा छलफल गरेको बताइएको छ। बागमती प्रदेशमा एमालेकी अष्टलक्ष्मी शाक्य मुुख्यमन्त्री छन्। शाक्यको सरकार अल्पमतमा छ। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
nepallive.com
3,593,002
त्यस्तै योगाचार्य यदुनाथ पोखरेललाई १० हजार एक रुपैयाँ नगद राशीसहित आदर्श पुरस्कार प्रदान गरियो । पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रदान गरेका थिए । प्रमुख अतिथि कुलपति उप्रेतिले आफ्नो सम्वोधनमा डा. बिहारीलाल श्रेष्ठको सामाजिक र आध्यात्मिक सेवाका विषयमा चर्चा गरे । साहित्यकार श्रीओम रोदनले डा. विहारीलालसँगको आफ्नो सम्वन्ध विस्तारबारे उल्लेख गरे । मातृभूमि सेवक संघ नेपालका अध्यक्ष भरतमणी रिसालको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. विहारीलालका ठूल्दाजु बिन्दुलाल श्रेष्ठ, कोषकी संरक्षक निर्मला श्रेष्ठलगायतले बोलेका थिए । कार्यक्रममा हिन्दु विद्या पिठ थली तथा ललितपुरका विद्यार्थी तथा मातृसेवा आश्रमका दिदीबहिनीहरुले जागरण एवम् भजनहरु गाएर सुनाएका थिए ।
imagekhabar.com
4,364,451
प्रभु बैंक लिमिटेड र काठमाडाैं महानगरपालिकाबीच जमल तथा रत्नपार्क–बागबजारस्थित आकाशे पुलमुनिको ट्राफिक आइल्याण्ड र तीनधारा संस्कृत पाठाशाला अगाडिको ट्राफिक आइल्याण्डमा हरियाली बगैचा र फाउण्टेन निर्माण गर्ने सम्झाैता भएकाे छ । आइल्याण्डमा मर्मत संहार गर्ने, रेखदेख गर्ने त्यसकाे संचालन तथा शहरी सौन्दर्यकरण कामका लागि सम्झाैता पत्रमा हस्ताक्षर भएको हाे । काठमाडाैं महानगरपालिकाका मेयर बिद्याशुन्दर शाक्यको उस्थितीमा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा काठमाडाैं महानगरपालिकाकाे तर्फबाट सहसचिब राजेश्वर ज्ञवालीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
dainiknepal.com
487,020
सत्ता गठबन्धनमा दरार आएपछि बुधबार विहारको मुख्यमन्त्री पदबाट राजीनामा दिएका नितिश कुमार बिहीबार फेरि सत्तामा फर्किएका छन्। राष्ट्रिय जनता दलको समर्थनमा यस अघि मुख्यमन्त्री बनेका नितिश कुमारले भारतीय राष्ट्रपति निर्वाचनमा मतदानको विषयमा कुरा नमिलेपछि बुधबार मात्रै पदबाट राजीनामा दिएका थिए। उनलाई भ्रष्टाचारको आरोप लगाएर साझेदार दलले समर्थन फिर्ता लिने तयारी गरेपछि उनले राजीनामा दिएका हुन्। तर, राजीनामा दिएको २४ घण्टा पनि नवित्दै उनी भारतीय जनता पार्टीको सहयोगमा फेरि मुख्य मन्त्री बनेका हुन्। उनले भारतीय समय अनुसार बिहान १० बजे आफ्नो पद तथा गोपनीयताको सपथ लिएका छन्। विहारमा कूल २ सय ४३ जना सांसद्हरु मध्ये बहुमतको लागि १ सय २२ जना सांसद्को आवश्यकता पर्दछ। त्यसमध्ये नितिश कुमारको आफ्नै पार्टीबाट ७१ जना र भारतीय जनता पार्टीबाट ५८ जना गरी कूल १ सय २९ जना र बाँकी सानादलका सांसद् सहित कूल १ सय ३२ जनाको सहमतिका साथ १० बजे राजभवनमा सपथ ग्रहण भएको हो। यस अघि विहीबार साँझको लागि राखिएको सपथग्रहण समारोहको समय अघि सारेर विहान १० बजेको लागि नै राखेको हो। सत्ता समीकरण बदलिएपछि दिउँसो लालु यादवको आरजेडी र काँग्रेस आईको छुट्टाछुट्टै पार्टीको बैठक बस्दैछ ।
hamrakura.com
5,613,465
घोराहीको धारापानीस्थित प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर महादेव मन्दिरमा गङ्गा आरती लगाउन थालिएको छ। उक्त आरती हेर्न भक्तजन तथा दर्शनार्थीको बाक्लै भिड लाग्ने गरेको छ। यस मन्दिरमा बृहत् पुरुषोत्तम माहात्म्य प्रवचन एवं शृङ्गारिक महाआरती बोलबम महोत्सव आयोजना गरिएको छ। साउन महिनामा हुने मलमासको समयमा मात्र सञ्चालन गर्न मिल्ने महामहोत्सव पाण्डवेश्वर महादेव मन्दिरमा पहिलो पटक सञ्चालन भएको हो । साउन २ गतेदेखि मन्दिरमा साँझ नियमित रूपमा शृङ्गारिक गङ्गा आरती, मण्डव पूजा तथा हवन सञ्चालन, पुरुषोत्तम माहात्म्य पाठलगायतका कार्य भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा महामहोत्सव मूल व्यवस्थापन समितिका संयोजक गणेशकुमार अधिकारीले बताउनुभयो।
gorkhapatraonline.com
4,299,157
विज्ञहरुले कच्चा तेलको मूल्यवृद्धि हुने अनुमान गरेका छन् । विश्वमै ठूलो तेल उत्पादक राष्ट्र साउदी अरेबियाले विश्व बजारलाई स्थिर राख्न पहल नगरे बजारमा तेलको मूल्यवृद्धि हुनेछ । इनर्जी आस्पेक्टमा आबद्ध विज्ञ रिकार्डो फाबियानीले अर्को साता सबैका आँखा इरानी तेल निर्यातमा अडिएको बताउनुभयो । उहाँले अमेरिकी नाकाबन्दीका बाबजूद इरानी तेल कालोबजारी हुने खतरा रहेको समेत बताउनुभयो । इरानको आयस्रोतको मुख्य हिस्सा खनिज तेलले ओगटेको छ । सोमबारदेखि इरानी तेल आयातकर्ता विरुद्ध अमेरिकाले कडा निगरानी राख्ने बताइसकेको छ । इरानमाथि कच्चा तेल निकासीमा अमेरिकाले लगाएको प्रतिबन्धले इरानको आम्दानीमा ठूलो असर पर्नेछ भने विश्वमै तेलको आपूर्तिमा कठिनाइ आउने छ । ओपेकसँग आबद्ध राष्ट्रहरुमा अहिले इरान विश्वमै तेस्रो ठूलो तेल उत्पादक राष्ट्र हो । संयुक्तराज्य अमेरिकाले इरान विरुद्ध नाकाबन्दी लगाउने घोषणा गर्नुअघि गत अप्रिलमा इरानले प्रति दिन २५ लाख ब्यारेल तेल निकासी गरिरहेको थियो । “संयुक्तराज्य अमेरिकाले केही छुट दिए पनि इरानबाट आयात गरिने तेलमा निकै कमी आउने छ,” युबिएस विश्लेषक जिओभानी स्टाउनोभोले बताउनुभयो । उहाँले तेलको मूल्य बढ्ने चेतावनी समेत दिनुभयो । तर, एक महिनाभित्रकै अवधिमा तेलको मूल्यमा झण्डै १५ अमेरिकी डलरले कमी आएको छ । गत अक्टोबरमा कच्चा तेलको मूल्यमा वृद्धि भएर दुई वर्ष यताकै उच्चविन्दु अर्थात् प्रति ब्यारेल ८५ डलरसम्म पुगेको थियो । संयुक्तराज्य अमेरिकाले इरानी कच्चा तेल निकासी शून्य बनाउने यसअघि घोषणा गरेपनि पछिल्लो समयमा त्यसमा केही नरम नीति लिएको देखिएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले शुक्रबार आठवटा मुलुकलाई इरानी तेल किन्न पाउने छुट रहेको घोषणा गर्नुभएको थियो । तर, उहाँले ती देशहरुको नाम सार्वजनिक गर्नुभएको छैन । टर्कीले आफूले इरानी तेल खरिद गर्ने र त्यसमा अमेरिका सहमत रहेको सङ्केत दिइसकेको छ । विश्लेषकहरुले भारतले समेत त्यस्तो छुट पाएको बताएका छन् । विश्वमै भारत तेल आयात गर्ने ठूला देशमध्ये एक हो । “हाल मुद्रा सङ्कट झेलिरहेको भारतले मार्च अघि इरानी तेल खरिद रोक्न नसक्ने अमेरिकालाई जानकारी दिइसकेको छ,” नेटिक्सीसका विज्ञ जोल हान्ककले बताउनुभयो । तेल उत्पादक अरु कतिपय राष्ट्रले उत्पादन बढाउने र इरानी निकासी बन्द हुँदाको शोधभर्ना गर्ने अपेक्षा गरिएको छ । विश्वकै सबैभन्दा ठूलो तेल निकासीकर्ता साउदी अरेबियाले इरानले निकासी गरे बराबरको तेल आफूले उत्पादन गर्ने बताएको छ, तर विश्वका तेल व्यवस्थापकहरु साउदी अरेबियामाथि मात्र निर्भर हुन सकिरहेका छैनन् । “साउदी अरेबियाले प्रति दिन एक करोड २० लाख ब्यारेल तेल उत्पादन गर्न सक्दछ, तर यसको लागि ठूलो लगानी गर्नु पर्नेछ,” हान्ककले बताउनुभयो । अहिले प्रति दिन साउदी अरेबियाले एक करोड १० लाख ब्यारेल तेल उत्पादन गरिआएको छ । उहाँको विचारमा साउदी अरेबियासँग अहिले तीन लाख ब्यारेल मात्र अतिरिक्त उत्पादन गर्ने क्षमता छ । हान्ककले भन्नुभयो, “इराकी तेल उत्पादन बढाएर ४२ लाख ब्यारेल बनाउन सकिन्छ, तर विगतमा त्यति उत्पादन भएको कहिल्यै देखिएको छैन ।” विश्वमै सबैभन्दा ठूलो तेल उत्पादक राष्ट्र हुन लागेको संयुक्तराज्य अमेरिकाले मागको केही हिस्सा पूरा गर्न सक्नेछ, तर निकासी गर्न अपुग हुने विज्ञहरुले बताएका छन् ।
abcnepal.tv
2,478,457
उनले पछिल्लो समय सराय खेल्नेभन्दा हेर्नेको सङ्ख्या धेरै भएपछि यसपटकको दसैँका अवसरमा अभियान नै चलाएर सराय नाच संरक्षणमा युवा परिचालन भएको बताए । स्थानीय कुँवरले पुराना पुस्ता सकिँदै जाँदा पुराना कलासंस्कृति पनि हराउँदै जाने सङ्कट पैदा भएको जनाउँदै यसको संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिए । मन्दिरमा राखिएका तरबार निकालेर तिनै तरबारलाई घुमाउँदै एकआपसमा जोडिएर सराय नाच्ने गरिन्छ । सराय नाच धेरैजसो गुल्मीलगायत अर्घाखाँची, कपिलवस्तु, दाङ, प्यूठानलगनयतका जिल्लाका कोट र शक्तिपिठमा नाच्ने प्रचलन छ । यसरी सराय नाच्दा देवी भगवती प्रसन्न हुने जनविश्वास छ ।
ratopati.com
2,681,891
माओवादी केन्द्र निकट मजदुर नेता पिताम्बर गौतमले सञ्चालन गरेको फेवा दर्शन होटलमा जुवा खेल्दै गरेकालाई महानगरीय प्रहरी वृत सोह्रखुट्टेको टोलीले पक्राउ गरेको हो । जुवाखालबाट १० लाख ९७ हजार नगद बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । काठमाडौं महानगरपालिका–१६ स्थित सो जुवाखालबाट ३० बुक तास र जुवा खेल्न प्रयोग गरिएको २ सय ५० वटा क्वाइन पनि प्रहरीले बरामद गरेको छ । पक्राउ पर्नेमा होटल संचालक पिताम्बर गौतम, भारतिय नागरिक कानु प्रधान, काठमाडौं घर भएकी रञ्जना ढकाल, काभ्रेका पुरुषोत्तम न्यौपाने, महोत्तरीका मनोज कुमार मण्डल र बझाङका उमेश बिक सहित २५ जना छन् ।
ratopati.com
1,005,319
काठमाडौँ, १६ पुस : चालु आर्थिक वर्षको पहिलो चार महिनामा विभिन्न जातका एक लाख ९६ हजार ४५ मेट्रिक टन मकैका बीउ आयात भएका छन् । मकै खेती गर्ने मौसम सुरु हुनै लाग्दा सो परिमाणको मकैका बीउ आयात भएका हुन् । एक हजार किलोग्राम बराबर एक टन हुन्छ । केही वर्षदेखि मकैको बीउको आयात बढ्दै गएको तथ्याङ्क छ । मकैका बीउमा परनिर्भरता बढ्दै जान थालेपछि बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका वरिष्ठ बालीविज्ञ एवं सूचना अधिकारी प्रकाश आचार्यले तीन तहका सरकारबीच समन्वय हुन नसक्दा बीउको आयात बढेकोमा चिन्ता व्यक्त गर्नुभयो । मकैको मूल बीउ अर्थात् प्रजनन बीउ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र उन्नत बीउको उत्पादन निजी तथा सामुदायिक क्षेत्रमा हुने गरेका थिए । मुलुक सङ्घीयतामा प्रवेश गरेसँगै तीन तहका सरकारबीच समन्वय र सहकार्य हुन नसकेकाले सामुदायिक क्षेत्रमा उन्नत जात (हाइब्रिड) मकैका बीउ उत्पादन हुन लगभग बन्द भएकाले बीउमा परनिर्भरता ह्वात्तै बढेको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा अर्जेनटिन, ब्राजिल, भारत, क्यानडा दक्षिण अफ्रिका, टर्की, र अमेरिकाबाट रु छ अर्ब ९१ करोड ९८ लाख ६६ हजार मूल्य बराबरका एक लाख ९६ हजार ४५ मेट्रिक टन मकैका बीउ आयात भएका छन् । तीमध्ये सबैभन्दा बढी भारतबाट रु छ अर्ब २५ करोड ५७ लाख चार हजार मूल्य बराबरका १८ करोड ५५ लाख ८५ हजार ९५० किलोग्राम मकैको बीउ आयात भएको छ । त्यसपछि सबैभन्दा बढी मकैको बीउ आयात हुने मुलुकमा अर्जेनटिना हो । सोही अवधिमा सो मुलुकबाट रु ६५ करोड ४१ लाख ३४ हजार मूल्य बराबरका ७७ लाख ३२ हजार ५० केजी मकैका बीउ आयात भएको छ । तेस्रो मकैको बीउ आयात हुने मुलुकमा दक्षिण अफ्रिका पर्दछ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा सो मुलुकबाट रु १० करोड ९७ लाख ७० हजार मूल्य बराबरका १२ लाख ७४ हजार केजी मकैको बीउ आयात भएको छ । यसैगरी सो अवधिमा ब्राजिलबाट सात लाख ९२ हजार २४० केजी, टर्कीबाट तीन लाख ४५ हजार केजी, अमेरिकाबाट तीन लाख आठ हजार ४२० केजी र क्यानडाबाट सात हजार ८०० केजी मकैको बीउ आयात भएको भन्सार विभागले जनाएको छ । आयात भएको मकैको बीउ खरिद गर्दा नेपालले ब्राजिललाई रु छ करोड ४३ लाख ७० हजार, टर्की र अमेरिकालाई रु दुइ करोड ९६ लाख ९७ हजार र क्यानडालाई रु ६६ लाख २४ हजार भुक्तानी दिनुपरेको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मकैको बीउ आयातबाट राज्यले रु ३७ करोड चार लाख ४२ हजार भन्सार असुली गरेको छ । नेपालीका प्रमुख आहार धान पछि मकै हो । पहाडी क्षेत्रमा बसोबास गर्ने अधिकांश ग्रामीण जनताको दैनिक खाद्यान्न बाली मकै हो । मकैको बीउ आयातले स्थानीय जातको लोकल बीउलाई बहुर्राष्ट्रिय कम्पनीका बहुजातीय बीउले विस्थापित गर्ने सम्भावना बढेर गएको छ । मकैबाट पिठो बनाएर ढिडो, रोटी, पुवा एवं अन्य परिकार खाने चलन छ । मकै पोलेर, उसिनेर र कलिलो मकै तरकारी बनाएर खाने चलन छ तर, पछिल्लो समय पशुपन्छीको दाना बनाउन मकै धेरै प्रयोग हुन थालेको छ । नेपालले वार्षिक झण्डै पशुपन्छीको दानाको लागि चार लाख मेट्रिक टन मकै आयात गर्दै आएको छ । किसानले सहजरुपमा अझैसम्म गुणस्तरीय बीउ पाउन सकेका छैनन् । उनीहरुले उन्नत जातका बीउ सरलरुपमा प्राप्त गर्ने हो भने उत्पादन बढाउन सकिने विभिन्न अनुसन्धानले देखाएको छ । पछिल्लोपटक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मकै उत्पादनलाई प्राथमिकता दिएको छ । यो परियोजना आर्थिक वर्ष २०७४÷०७५ बाट सुरु भएको हो । नेपालमा झण्डै नौ लाख हेक्टर जमीनमा मकै खेती गरिन्छ । उच्च पहाडमा ११, मध्य पहाडमा ७१ र तराईमा १८ प्रतिशत जमिनमा मकै खेती गरिन्छ । नेपालमा मकैको उत्पादन झण्डै २२ लाख मेट्रिक टन छ । स्टार नेपाल इन्फोसिस एण्ड एजुकेशन प्रा. लि. द्वारा बिगत ९ बर्ष देखी संञ्चालनमा रहेको सफल न्युज डट कम नेपाली भाषामा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो । हामी यसको माध्यमबाट फरक ढंगले सत्य, तथ्य तथा हरपल ताजा खवरहरु उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दछौं ।
safalnews.com
2,898,003
शनिवार बलिउड महानायक अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । सो लगत्रै उनका सबै परिवारमा कोरोना परीक्षण गरिएकोमा ऐश्वर्यका पति तथा बलिउड अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । यद्यपी उनकी सासु जया बच्चनलाई भने कोरोनाको संक्रमण देखिएको छैन । पहिलो पटक गरिएको परिक्षणमा जया बच्चन, ऐश्वर्या र आराध्याको रिपोर्ट नेगेटिभ आएको थियो । दोस्रो परिक्षणमा भने ऐश्वर्या र आराध्याको रिपोर्ट पोजेटिभ आएको छ । कोरोना पुष्टि भएपछि ऐश्वर्या र आराध्या नानावती अस्पताल भर्ना भएका छन् । महाराष्ट्रको स्वास्थ्य मन्त्री राजेश टोपेले ट्विट गर्दै लेखेका छन्, ‘ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । जया बच्चनको रिपोर्ट भने नेगेटिभ छ ।’ कोरोनाको संक्रमण नदेखिएकाले जय बच्चन भने होम क्वारेन्टाइनमा रहने भारतीय मिडियाले बताएका छन् । शनिवार साँझ अमिताभ बच्चन र अभिषेक बच्चनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । दुवैलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको छ । अहिले दुवैको अस्पतालको आइसोलेशन वार्डमा उपचार भइरहेको छ । यसबीच, आइतवार कोलकाताको श्याम बजारका मानिसहरुले अमिताभ बच्चनको स्वास्थ्य लाभको कामना गर्दै पूजाआजा र यज्ञ गरेका छन् ।
newsofnepal.com
3,285,725
चीन र भारत दुवै तर्फबाट रेल सेवा जोड्ने चर्चा भइरहेको छ । दुवै देशले नेपालमा रेल ल्याउने विषयमा चासो देखाएका छन् ।सम्भाव्यता अध्ययनको पनि अहिले सम्भाव्यता अध्ययन भइरहेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको सबैभन्दा ठूलो सपना रेल सपना हो । उनले अक्सर भाषणमा रेल चर्चा गर्न छुटाउँदैनन् । चुनावी घोषणा पत्रमा रेललाई प्राथमिकता दिएका ओली निर्वाचन जितेर प्रधानमन्त्री नहुँदै रेल ल्याउने बाटो हेर्न केरूङ पुगेका थिए । जसरी पनि रेल ल्याइ छोड्ने उनले दावी गर्दै आएका छन् । नेपालमा रेल ल्याउने चर्चा भइरहँदा विश्वमा भने तिव्र गतीका रेल गुड्ने गरेका छन् ।युरोपमा रेलबाट यात्रा गर्नु प्लेनमा यात्रा गर्नुभन्दा छिटो हुने गरेको छ हिजोआज ।त्यस्तै जापानले उसको हाइ स्पिड रेलको सुप्रिम भर्सन परिक्षण गरि रहेको छ । २०२० मा जापानले आयोजना गर्न लागेको वीन्टर ओलम्पिक अघि उक्त सुप्रिम रेल संचालनमा ल्याउने तयारी जापानले गरेको छ ।विश्वका विभिन्न देशहरुले यात्रालाई सहज र छिटो बनाउन तिब्र गतिको रेल विकास गरि संचालन गरि रहेका छन् । यहाँ विश्वका उच्च गतिका ५ रेव सेवाका बारेमा चर्चा गरिएको छ । विश्वको सबैभन्दा छिटो कुद्ने रेल चीनमा छ । उक्त रेल प्रति घण्टा २ सय ६७ माइल (४ सय ३१ किलोमिटर प्रति घण्टा) कुद्छ । तर यो रेल सेवा सस्तो भने छैन । मागलेभ रेलमा सांघाईको पुडोङ इन्टरनेशनल एयरपोर्टदेखि लोङयाङ मेट्रो स्टसनसम्मको करिब १९ माइल यात्रा गर्दा ८ अमेरिकी डलर तिर्नुपर्छ । उक्त दुरी पार गर्न मागलेभ रेललाई जम्ममा ७ मिनेट मात्र लाग्छ । चीनले बनाएको अर्को रेल हो फक्सिङ हाओ रेल हो । यो रेल सेवा तिब्र गतिको भएपनि मागलेभ जस्तो महगो भने छैन । दुईवटा रेल सीआर४०० एएफ लाई डलफिन ब्लू र सीआर४००बीएफ लाई गोल्डेन फोनिक्स समेत भनिन्छ । सीआर भन्नाले चाइना रेलवेलाई बुझाउँछ । यो रेलले बेइजिङ साउथदेखि सांघाई होङकाइओ स्टेसनसम्म ५ सय ५६ यात्रु बोकेर ५ घण्टामै पुग्न सक्छ । यो वर्ष जापानले उच्च गतिको रेल संचालनमा ल्याएको ५४औं वर्ष मनाइ रहेको छ । जापानले १९६४ मा हिकारी नामक उच्च गतिको रेल विकास गरेको थियो । टोकियो र ओसाका बीचको दूरि विगतमा ७ घण्टाको थियो । तर जब जापानले उच्च गतिको रेल विकास ग¥यो त्यस पनि यो दूरि घटेर १ घण्टामा सीमित भयो । शिनकासेन एच५ र इ५ जापानको उच्च गतिको रेल हो । इटालीमा संचालित इटालो रेल सेवा पनि उच्च गतिको रेल हो । यो युरोपको तिब्र गतिको रेल सेवा हो । यो रेल यात्रु बोकेर मिलानबाट फ्लोरेन्स वा रोम ३ घण्टाभन्दा कम समयमा पुग्न सक्छ । यो रेलले युरोपको यात्रालाई निक्कै सहज बनाएको छ । यो स्पेनको रेल सेवा हो । यो रेलले स्पेनको मुख्य सहरको दूरिलाई छोट्याएको छ । स्पेनको बार्सिलोनादेखि फ्रान्सको पेरिससम्मको दूरिलाई यो रेलले ६ घण्टामा सीमित गरि दिएको छ । यो उच्च गतिको रेलले नै सम्भव भएको हो । कैलाली‍‍- धनगढीमा अस्पताल बनाउन भनेर निर्माण गरिएको भवनमा चर्च सञ्चालन गर्न थालेपछि स्थानीय आक्रोशित बनेका एजेन्सी– २४ वर्षीय नाइजेरियाली युवकले लगातार तीन दिनभन्दा बढी समयसम्म फुटबल भिडियो गेम खेलेर विश्व एजेन्सी- सर्पको टोकाइबाट मानिसको मृत्यु हुने गरेको तपाइले प्रायः सुन्नु भएको होला । तर, भारतको बिहारमा काठमाडौं, असार २२ ।
onlinetvnepal.com
3,435,684
गण्डकी प्रदेश सरकारले पूर्वाधारतर्फका एक सय ६६ बहुवर्षीय आयोजनाका लागि करिब रु १३ अर्बको स्रोत सुनिश्चित गरेको छ ।
drishtinews.com
2,134,616
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज बुधबार तीन खेलहरु हुँदैछन् । दोस्रो लेगको १२ औं चरण अन्तर्गत बुधबार तीन खेलहरु हुनेछन् । जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । त्यस्तै एक खेल च्यासल मैदानमा हुनेछ । दशरथ रंगशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन र मछिन्द्रबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । हिमालयन आज आठौं जित निकाल्ने योजनामा रहेको छ । हिमालयन २४ खेलमा ३१ अंक जोडेर आठौं स्थानमा रहेको छ । मछिन्द्र ११ औं जित निकाल्ने योजनामा रहेको छ । मछिन्द्र २४ खेलमा ३९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । रंगशालामा हुने दोस्रो खेलमा संकटा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । संकटा र फ्रेन्ड्सबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । संकटा आज आठौं जित निकाल्ने योजनामा रहेको छ । संकटा २४ खेलमा ३० अंक जोडेर दशौँ स्थानमा रहेको छ । फ्रेन्ड्स सातौं जितको खोजीमा हुनेछ । फ्रेन्ड्स २४ खेलमा २६ अंक जोडेर पुछारमा रहेको छ । यस्तै च्यासलमा मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुनेछ । मनाङ र एनआरटीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । मनाङ आठौं जितको योजनामा हुनेछ । मनाङ २४ खेलमा ३२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । एनआरटी पनि आठौं जितको खोजीमा हुनेछ । एनआरटी २४ खेलमा ३० अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
sagarmatha.tv
2,359,869
तपाईहरुले भन्नु होला कसरी म तपाईंलाई बताउन चाहन्छु– यसबारेमा धेरै विद्वानहरुले आफ्नो मत व्यक्त गरेका छन् । यसलाई विद्ववानहरुले व्यक्ति भन्ने व्यक्ति र राष्ट्र भन्ने राष्ट्र उत्पन्न भएको परिस्थिति भनेका छन् । पहिले समाजमा ‘इन्डिभिजुआलिजम’ थिएन । हलुवाईको छोरालाई ठूलो भएर म को हुँ भन्नु पर्दैन्थ्यो उसलाई पहिले नै थाहा हुन्थ्यो र आफ्नो जाति परम्परा अनुसारको काम गरिरहन्थ्यो । तर पुँजीवादले रोजगारीको सृजना गरेसँगै जसले जे काम गरे पनि भयो अनि बल्ल ‘इन्डिभिजुआलिजम’को जन्म भयो । त्यसपछि म जात, परिवार होइन म व्यक्ति हुँ भन्ने एउटा आधुनिक अवधारणा आयो । चीनमा त के थियो भने, माइलाले अपराध गरे साइलाले अपराधको सजाय भुक्तान गरे पनि हुन्थ्यो । त्यतिबेला व्यक्तिभन्दा परिवार ठूलो थियो । परिवारभन्दा जाति ठूलो थियो । जातिभन्दा समुदाय ठूलो थियो । त्यो पुँजीवादको विकाससँगै अन्त्य भयो । राष्ट्रको एकाइ कल्पनासाथ के जसरी व्यक्तिमा स्वार्थ, हिंसा, आत्मकेन्द्रिकता, पराइपनको बोध खडा हुन्छ राष्ट्रमा पनि त्यही हुन्छ । यसको सुरुवात युरोपियन सभ्यताको चिहानमा राष्ट्रवादको जन्म भएको हो । अब यो राज्यले आफूलाई समावेशी सहभागितामूलक बनाउनुपर्छ । त्यो समावेशी र सहभागितामूलक बनाउनका लागि राज्यले सर्वप्रथम विकासको यो आयातित, चोरिएको र देशका उपर लादिएको जुन धारणा छ, त्यो लादिएको धारणालाई चुनौती दिँदै अघि बढ्नुपर्छ । पाठकजीले भन्नु भएको पनि छ, लेखकले लेखेर मात्र हुँदैन, नेताले बोलेर मात्र हुँदैन । हामीले निकै धेरै काम गर्नु बाँकी नै छ । कर्मबाट चिन्तन निस्कन्छ । त्यसैले यो पुस्तक पाठकहरुले निकै मिहिनेतका साथ पढ्नुपर्छ ।
ratopati.com
915,604
फकाएर घुम्न जाउँ भन्दै एक १६ वषर्ीया किशोरीलाई जबर्जस्ती करणी गर्ने तनहुँको ब्यास १ का ३२ वर्षीय जीवन लम्साल कास्की जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा परेका छन् ।
ekantipur.com
4,788,301
नयाँ वर्षका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको पुस्तक प्रदर्शनीमा दर्शन र साहित्य विधाका पुस्तकमा पाठकको अभिरुचि देखिएको छ। प्रज्ञा प्रतिष्ठानको भानूभक्त प्रदर्शनी कक्षमा जारी प्रदर्शनीमा प्रज्ञाले २०३० सालदेखि २०७९ सम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिएको छ। प्रदशनीमा आउने पाठकहरुले बिशेषगरि इतिहास दर्शन, भाषा साहित्य विधाका पुस्तकमा अभिरुची देखाएको प्रतिष्ठानका सहायक बजार व्यवस्थापक भरत सुवेदीले जानकारी दिए। त्यस्तै प्रज्ञा शव्दकोषको बिक्रि पनि धेरै हुने गरेको उनको भनाइ छ। प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद, दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य लगाएतका पुस्तक एवं पत्रपत्रिका समावेश गरिएका छन्। प्रदर्शनी बैंशाख १८ गतेसम्म चल्ने प्रतिष्ठानले जनाएको छ ।
kathmandupress.com
398,646
नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले जनकपुरलाई सांस्कृतिक, धार्मिक, शैक्षिक केन्द्र बनाउने बताएका छन् । धनुषाको मुखियापट्टि मुसरनियामा आयोजित चुनवीसभामा बोल्दै नेता निधीले समग्र जनकपुरको विकासको ढोका खोल्न आफ्नो उम्मेदवारी रहेको उल्लेख गरे। उनले प्रदेश नम्बर २ लाई व्यापारिक क्षेत्र बनाउने भन्दै यसमा सबैको भुमिका महत्वपूर्ण हुने बताए । अहिलेको अवस्थामा नेपाली काँग्रेसको नेतृत्व आवश्यक रहेको भन्दै नेता निधी आसन्न निर्वाचनमा काँग्रेसलाई मतदान गर्न आग्रह गरे।उनले काँग्रेसले मुलुकको राजनितिक स्थायित्व कायम गरेको भन्दै अब विकासको गति अघि बढाउन काँग्रेस नेतृत्व आवश्यक रहेको बताए । उद्दले भद्दे,”संविधान निर्माणको काम पनि कांग्रेसको नेतृत्वमा भएको र कार्यान्वयनको पक्षमा पनि काँग्रेस गम्भीर भएको छ । ”मधेशका जनताको अधिकारलाई कुन्ठीत गरेर सविधान संशोधनको विपक्षमा एमाले उभिएको भन्दै जनताको अधिकारमाथि खेलवाड नगर्न पनि उद्दले आग्रह गउ ।
hamrakura.com
5,198,703
सर्वोच्चले प्रधानमन्त्रीसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेशमार्फत मन्त्रिपरिषद् विस्तार बदर गरेको थियो। त्यसको कारण माग गरेको प्रधानमन्त्रीले महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गरेका हुन्। जेठ २६ गते म्याद बुझे पनि म्याद थमौती गर्दै ढिला गरी जवाफ पेश गरेका हुन्। संविधानले कार्यकारिणी अधिकार आफूलाई दिएको भन्दै मुलुकको कार्यकारीणी हैसियतले गरेका कार्यलाई कसैको पनि नियन्त्रण हुन नसक्ने बताएका छन्। प्रधानमन्त्रीले जसपाका ११ सहित २० जना मन्त्री हेरफेर गरेपछि अधिवक्ता कन्चनकृष्ण न्यौपाने लगायतले रिट दायर गरेका थिए। सोही रिटपछि दुई पटक भएको मन्त्रिपरिषद् विस्तार अदालतले बदर गरिदिएको थियो। संविधानको धारा ७७ मा प्रधानमन्त्री पद रिक्त भएमा अर्को मन्त्रिपरिषद गठन नभएसम्मका लागि सोही मन्त्रिपरिषदले कार्यसञ्चालन गर्नेछ भन्ने उल्लेख छ। तर जेठ ८ गते प्रतिनिधि सभा विघटन गरेका ओलीले जेठ २१ गते नयाँ मन्त्रीहरु नियुक्त गरेका थिए । मन्त्री परिषद् विस्तार प्रधानमन्त्रीको विवेकमा हुने व्यवस्था रहेको ओलीको दाबी छ। संविधानले मन्त्रीहरुको चयन प्रधानमन्त्रीको इच्छामा छाडिएको भन्दै ओलीले मन्त्रीपरिषद विस्तार गर्न, कार्यविभाजन गर्न तथा कुनै मन्त्रालयको जिम्मेवारी हेरफेर गर्न नरोकेको बताएका छन्। सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेश संविधान, कानुन तथा नेपालले अंगिकार गरेको कार्यकारिणी प्रमुख प्रधानमन्त्रीय पद्धति विपरित रहेको जिकिर गरेका छन्। मन्त्रीहरु थप घट भएको विषयलाई मन्त्रिपरिषद् विस्तार भन्न नमिल्ने ओलीको जवाफमा उल्लेख छ ।
nepalkhabar.com
2,809,363
दुबै मुलुकबीच पछिल्लो समय बढेको तिक्तता र कुटनीतिक सम्बन्धमा आएको चिसोपनका कारण टर्कीका राष्ट्रपतिको अमेरिका भ्रमणमा अन्यौल बढेको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार ट्वीट गर्दै टर्कीका राष्ट्रपतिसँग टेलिफोनमा निकै राम्रो छलफल भएको जानकारी दिएका छन् । उनले ह्वाइट हाउसमा एर्डोगानसँग आगामी नोभेम्बर १३ मा भेटवार्ता हुने बताएका छन् । ‘सिरियासँगको सीमा, आतंकवादको निर्मूलन, कुर्दहरुसँगको तनाब समाप्ति तथा अरु धेरै विषयमा हामीबीच भलाकुसारी भए,’ ट्रम्पले भनेका छन् । उनले उत्तरी सिरियामा उत्पन्न गतिरोधका कारण त्यस क्षेत्रमा बन्दी बनाइएका इस्लामिक स्टेट्सका केही लडाकूहरु भागे पनि उनीहरुलाई पुनः पक्राउ गरिएको टर्कीका राष्ट्रपति एर्डोगानले जानकारी गराउनुभएको पनि बताए । टर्कीले सिरियाभित्र प्रवेश गरी आक्रमण गरेपछि टर्कीविरुद्ध आर्थिक नाकाबन्दी लगाउने भन्दै अमेरिकी संसदले विधेयक पारित गरेपछि टर्कीका राष्ट्रपतिले अमेरिका भ्रमण गर्ने वा नगर्ने अन्यौल बढेको थियो ।
newskarobar.com
905,000
नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय निर्देशकले आर्थिक अनियमितता गरेको भन्दै कर्मचारीले उनको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
ekantipur.com
180,485
पश्चिम क्षेत्रको प्रमुख व्यापार केन्द्र बुटवलमा नेपाली कांग्रेसले तीन दशक पछि ‘कमब्याक’ गरेको छ। यसअघि २०४९ सालमा सूर्यप्रसाद प्रधानको नेतृत्वमा कांग्रेसले मेयर र उपमेयरसहित १२ वटा वडा जितेको थियो। त्यतिबेला १५ वटा वडा रहेको बुटवलमा एमालेले भने जम्मा तीन वडा मात्रै जितेको थियो। २०५४ सालमा भएको नगरपालिकाको चुनावमा एमालेले कांग्रेसको सत्ता उल्ट्याइदियो। एमालेले नगर प्रमुखमा भोजप्रसाद श्रेष्ठ, उपप्रमुखमा विमलबहादुर शाक्य र १२ वटा वडा जितेको थियो। नगरपालिकामा त्यसयता २०७४ सालमा मात्रै निर्वाचन भए पनि २०५६ सालको संघीय निर्वाचनबाहेक २०६४ र २०७० सालका संविधानसभा र २०७४ सालका संघ र प्रदेश सभा निर्वाचनमा एमालेले एकछत्र विजयको किल्ला गाडेको थियो। २०५६ सालको संसदीय निर्वाचनमा भने कांग्रेसका सुर्यप्रसाद प्रधान निर्वाचित भएका थिए। २५ वर्षपछि अहिले नेपाली कांग्रेसले एमालेको गढ भनिएको बुटवलमा आफ्नो विजयको झण्डा गाड्न सफल भएको छ। सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेका कांग्रेसका खेलराज पाण्डेयले बुटवलको मेयर जितेका छन्। अन्तिम मतपरिणामअनुसार पाण्डेयले ३० हजार १ सय ३० मत पाएर विजयी भएका छन् भने एमले उम्मेदवार बाबुराम भट्टराईले २२ हजार ५ सय ९७ मत पाएका छन्। पाण्डेय नेपाली कांग्रेसको बुटवल उपमहानगर समिति सभापति हुन्। अहिले उनी तेस्रो पटक नगर सभापति भएका हुन्। यसअघि स्थानीय निकाय जनप्रतिनिधिविहीन रहेको अवस्थामा उनले नेपाली कांग्रेसबाट बुटवल उपमहानगरपालिकाको राजनीतिक संयन्त्रमा रही स्थानीय निकायको काम बुझ्ने मौका पाए। २०२६ साल फागुन ५ गते स्याङ्जाको साविक आलमदेवी २ (हाल कालिगण्डकी २) मा जन्मिएका पाण्डे हाल बुटवल उपमहानगरपालिका वडा नं. ८ सुख्खानगरका बासिन्दा हुन्। १३ वर्षको उमेरमै २०३८ सालमा बुटवलमा झरेका पाण्डेले पार्टी राजनीति बुटवलबाटै सुरू गरे पनि विद्यार्थी संगठनमा आवद्ध भई स्याङ्जाबाटै राजनीतिक यात्रा सुरू गरेका थिए। आदर्श मावि स्याङ्जाबाट २०३९ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएका पाण्डेय २०४० सालमा पाल्पाको जेभिटी स्कुलमा पढ्दा नेविसंघकै समितिमा आबद्ध भए। त्यसपछि २०४३ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाल्पा क्याम्पसमा विज्ञान संकायको इकाइ सदस्य, २०४४ सालमा अमृत साइन्स क्याम्पसमा नेविसंघको सचिव, २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको नेविसंघ उपसभापति र २०५२ सालमा रूपन्देहीको नेविसंघ सचिव भए। विद्यार्थी राजनीतिपछि तरूण दलमा आबद्ध भएका पाण्डे २०५९ सालमा नेपाल तरूण दल रूपन्देहीको अध्यक्ष, २०६० सालमा नेपाल तरूण दल केन्द्रीय सदस्य भए भने २०६७ सालमा नेपाली कांग्रेस बुटवल नगर सभापति भए। २०६७, २०७२ र २०७८ सालमा भएका अधिवेशनबाट पाण्डे निरन्तर नेपाली कांग्रेस बुटवल नगर समितिको सभापति रहेर पार्टी र सामाजिक काममा क्रियाशील छन्। श्रीमती सीता भट्टराई पाण्डे र एक छोराका साथ बुटवलमा बसोबास गर्दै आएका पाण्डेले स्नातक तहसम्मको अध्ययन गरेका छन्। नेकपा एमाले रूपन्देहीका सचिवालय सदस्य तथा बुटवल उपमहानगरसमितिका निवर्तमान नगर अध्यक्ष बाबुराम पन्थी बुटवलमा एमालेको संगठन कमजोर भएर चुनाव हारेको नभई पाँच दलीय गठबन्धन, नेकपा विभाजन, दुई तिहाइको जनमत जोगाउन नसक्नु, लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट सर्नु र यसअघिको नेतृत्वले गरेका राम्रा कामहरूलाई पनि व्यवस्थित रूपमा जनताबीचमा लैजान नसक्नु हारका प्रमुख कारणहरू रहेको दाबी गर्छन्। पन्थीले अघिल्लो निर्वाचनमा दुई तिहाइको बहुमत दिएका जनताको विश्वासलाई जोगाउन नसक्दा अहिलेको परिणाम आएको बताउँछन्। ‘जनताले नेकपा विभाजनलाई स्वीकार गर्न सकेका रहेनछन् भन्ने अहिलेको परिणामले पनि पुष्टि गरेको छ,’ उनले भने। पन्थीले प्रदेशको राजधानी बुटवलबाट दाङ सर्नु र पार्टीले जनतालाई सही सूचना दिन नसक्नु पनि बुटवलमा एमालेले हार्नुको अर्को कारण रहेको बताए। ‘राजधानी कहाँ राख्ने भन्ने विषय एउटा पार्टीको विषय नभई प्रदेश सभाको विषय हो भन्ने कुरा जनतालाई बुझाउन सकिएन,’ पन्थीले भने। उनले एमालेले गरेका राम्रा का जनतासम्म पुर्‍याउन नसकिएको बताए। ‘यीसँगै यसअघिका जनप्रतिनिधिले गरेका राम्रा कामको प्रचारलाई व्यवस्थित गर्न सकिएन। विपक्षी पार्टीले राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक, ज्योतिनगर पहिरो, तिनाउ दानव कोरिडोर र मोतिपुर औद्योगिक क्षेत्रको विषयमा जनतालाई अनावश्यक रूपमा भड्काउँदै गर्दा हामीले त्यसलाई चिर्न पार्टी र संगठनलाई जसरी व्यवस्थित र परिचालित गर्नुपर्थ्यो त्यो गर्न सकिएन,’ पन्थीले भने। उम्मेदवार चयन गर्दा र जिम्मेवारी दिंदा भुगोलमा उसको अवस्था नहेरी माथिबाटै जिम्मेवारी दिने गर्दा पनि अहिलेको परिणाम आएको उनको भनाइ छ। बुटवलमा एमाले हार्नुमा पन्थीले भनेजस्तै कतिपय कारण रहे पनि नेपाली कांग्रेसले जित्नुमा राप्रपाले एमालेको भोट काट्नु र खेलराज पाण्डेयको व्यक्तिगत स्वभाव पनि मुख्य कारण हुन्। अघिल्लो निर्वाचनमा एमालेका शिवराज सुवेदीसग २ हजार ३ सय ९८ मतले हार व्यहोरेका पाण्डेय पछिल्लो पाँच वर्ष अहिलेको चुनावलाई केन्द्रित गरेर जनताको बीचमा पुगिरहे। सरल स्वभाव र सामान्य जीवनशैलीमा देखिने पाण्डेय दिनहुँजसो जनताकै बीचमा रहिरहे। निर्वाचित जनप्रतिनिधि सत्तामा केन्द्रित हुँदा उनी भने जनताका दु:खसुखमा सहभागी हुन्थे। वर्षौसम्म अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्बासीको समस्या, अस्तव्यस्त बनेको सडकको धुलो, धुवाँले आजित बनेका बुटवलवासीलाई धुलो धुवाँमुक्त गर्ने, साना व्यवसायीलाई व्यापार/व्यवसायमा प्रोत्साहित गर्दै करको भारबाट मुक्ति दिलाउने प्रतिवद्धता बोकेर घरघरमा पुगे। त्यो सँगै पार्टीका नेता कार्यकर्तामात्र होइन सर्वसाधारण जसले निमन्त्रणा गरे पनि विवाह, ब्रतबन्ध, पारिवारिक शुभकार्य, भोजभतेर तथा मृत्यु संस्कारमा समेत उनी सहभागी हुन्थे। आफूले चिने जानेका र भेटघाट भएकाहरूलाई विवाह उत्सव र जन्मदिनको अवसरमा समेत भेटेर, टेलिफोन गरेर वा सामाजिक सञ्जालमार्फत् भए पनि शुभकामना दिएर उनले धेरैको मन जितेका थिए। अघिल्लो निर्वाचनमा पराजित भएर पनि निर्वाचित भएका शिवराज सुवेदीलाई अविर र फूल माला लगाइदिएर बधाई दिएका पाण्डेयले त्यतिबेला नै धेरैको प्रशंसा र सहानुभूति बटुलेका थिए। बुटवलमा एमाले हारेर नेपाली कांग्रेसले जित्नुको अर्को कारण राप्रपाको उम्मेदवारी पनि हो। राप्रपाका मेयरका उम्मेदवार मृगेन्द्र शेरचनले प्राप्त गरेको धेरै मत अघिल्लो पटक एमालेले प्राप्त गरेको मत हो। उनले कांग्रेस र एमाले दुबै प्रमुख दलबाट मत ताने पनि कांग्रेसको तुलनामा एमालेको मत धेरै काटेको देखिन्छ। चुनावको दस दिनअघि सेतोपाटीले बुटवलका विभिन्न ठाउँका मतदातासँग गरेको कुराकानीमा पनि राप्रपालाई मत दिन्छु भन्नेमा अघिल्लो चुनावमा कांग्रेसलाई मत दिएका भन्दा एमालेलाई मत दिएका धेरै थिए ।
setopati.com
3,735,882
गुल्मीमा पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा शेरबहादुर बेल्वासेको निर्माणधीन घर माथिबाट पहिरो खस्दा मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा प्युठान जिल्ला गौमुखी गाउँपालिका वडानम्वर ३ निवासी १७ वर्षका डोरबहादुर घर्ती रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । पहिरोमा परेर रेसुङ्गा नगरपालिका वडानम्वर–३ निवासी घरधनी ७९ वर्षका शेरबहादुर बेल्बासे र प्युठान जिल्ला गौमुखी गाउँपालिका वडा नम्वर ३ निवासी २४ वर्षका टेकबहादुर घर्ती घाइते भएको प्रहरीले जनाएको छ ।
emountaintv.com
2,919,157
प्राकृतिक छटाले भरिपूर्ण हुनुका साथै धार्मिक महत्वको हिसाबले पनि रसुवा उच्चस्थानमा छ। जिल्लाभित्र अनेकांै धार्मिक महिमा बोकेका ठाउँहरू छन्, जुन स्थानीयलाई बाहेक बाहिरका मानिसलाई थाहा छैन। यस्तै धार्मिक महत्व बोकेको ठाउँ हो छङ्गमदेवी अर्थात् गोसाइँकुण्ड गाउँपालिका–६ बोकेझुण्डाको छङ्गम डाँडास्थित पौराणिक एवं ऐतिहासिक महत्व बोकेको छङ्गमदेवी मन्दिर। यस मन्दिरमा अबिर चढाउन र धूपबत्ती बाल्न नहुने मात्र होइन, रातो लुगा लगाएर समेत जान हुँदैन भन्ने जनविश्वास रहँदै आएको छ।गोसाइँकुण्ड गाउँपालिका–६ बोकेझुण्डा निवासी लवाङ ग्याल्बो घलेका अनुसार परापूर्वकालदेखि आफै उत्पीत्त भएको ढुङ्गाको ओडारजस्तो कोप्चेरोमा रहेको छङ्गमदेवी अरू देवीदेवताको भन्दा बेग्लै महिमा छ। देवीको दर्शन गर्न जाँदा महिला मात्र जाने नहुने र अबिरले पूजा गर्न नहुने धूपबत्तीसमेत गर्न नहुने जनविश्वास रहँदै आएको छ। सो मन्दिरमा सोही जंगलमा पाइने धूपी मात्र बाल्न र चढाउनुपर्ने परम्परा रहेको छ। मन्दिर वरपरका रूखसमेत काट्न नहुने धार्मिक मान्यता रहेको छ। धार्मिक मान्यताअनुरूप देवीको थाननजिक लापरबाही गरेर अरू देवीदेवतालाई जस्तो हेलचेक्र्याइँ गरेमा त्यस भेगमा बादल लाग्ने, अँध्यारो हुने गरेको स्थानीय बूढापाकाहरू बताउँछन्। देवीलाई सिक्का पैसा र गाईको दूध मात्र चढाउनुपर्ने धार्मिक मान्यता रहेको छ। पहिले पहिले यस ठाउँमा स्थानीयहरू गुफामा बस्ने गर्दथे। जंगलको बीचमा भएकाले बाघ कराउने गरेका कारण गुफा बस्न छोडेको स्थानीय बताउँछन्। छङ्गम भनेको लामा र झाँक्रीले तपस्या गरेर बस्ने ठाउँ हो।त्यस ठाउँमा नै देवीको उत्पत्ति भएको हुनाले त्यस ठाउँको नाम छङ्गम भनिएको धर्मग्रन्थमा उल्लेख छ। डाँडाको बीचमा भएकाले छङ्गम डाँडा भनिएको स्थानीय समाजसेवी लवाङ गयाल्बो घलेले बताउनुभयो। यस ठाउँमा साँझको सूर्य अस्ताएपछि जान नहुने किंवदन्ती रहेकाले घाम डुबेपछि कोही पनि जाने गरेका छैनन्। देवीलाई वर्षको दुईचोटि गाईको दूध चढाउने चलन रहेको छ। सोमबार र बिहीबार पारेर जानुपर्ने त्यहाँ जानुपर्ने परम्परा रहेको छ। त्यस क्षेत्रमा रहेको छङ्गमदेवी एउटा पवित्र र अरू जस्तो बेग्लै महिमा बोकेको देवीका रूपमा मानिन्छ। पासाङ ल्हामु राजर्मागको बोकेझुण्डाबाट ३० मिटर उकालो गएपछि ढुङ्गाको गुफा आकारको भाग रहेको छ वरपर हरियाली रूख–बिरुवा रहेका छन्। त्यसमा पहिले लामा झाँक्रीहरू गुफा बस्ने गरेको ठाउँ हो। पर्यटनका लागि उत्कृष्ट गन्तव्य हुन सक्ने यो ठाउँ आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्य हुन सक्छ। गोसाइँकुण्डजत्तिकै धार्मिक पर्यटकीयस्थलका रूपमा प्रचार–प्रसार हुन सक्छ। यस्ता धार्मिक स्थलहरूको खोजेर पनि प्रचारमा ल्याउन जरुरी छ। यस छङ्गमदेवीको संरक्षण गरी यसको महिमाका बारे विश्वव्यापीकरण गर्नुपर्ने देखिन्छ। यसबारे चासो राख्ने स्थानीय निकाय अहिले बेखबरको अवस्थमा रहेको छ।यहाँका स्थानीयहरू अझै पनि आफ्नो धर्म, संस्कृतिलाई जोगाउन लागिपरेका छन्। जसले यस्तो धार्मिक महत्त्वका साथै आस्थाको धरोहरलाई आजसम्म पनि जीवन्त राखेका छन्। यस्तो धार्मिक आस्था बोकेको ठाउँ मानिस आफैले बनाएका भने होइनन्। हजार वर्षदेखि नै यो प्रकृतिको देन नै हुनुपर्छ।निकुञ्जक्षेत्रभित्र पर्ने पुराना गुम्बा, मानी, क्षोर्तेन, गुफा दरबार कुण्ड आदि सांस्कृतिक पुरातात्विक तथा ऐतिहासिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। रसुवामा ८५ प्रतिशत बसोबास गर्ने स्थानीय तामाङ जातिले परम्परागतरूपमा प्रकृति, वनजंगल, हिमाल डाँडा (थुम्को) खोला, झर्ना, कुण्ड, वन्यजन्तु तथा सिमसार क्षेत्र आदिलाई हेर्ने दृष्टिकोण नै फरक छ र विश्वास गर्दछन्। धार्मिक दृष्टिकोणले रसुवालाई भगवानले लुकाएको स्वर्गको एउटा पवित्र भूमिको रूपमा लिने गरिन्छ। यो क्षेत्र धार्मिक, सांस्कृतिक र प्राकृतिकरूपमा महत्वपूर्ण छ। प्राकृतिक वन्यजन्तुको संरक्षण र प्रचार प्रसार एवं पर्यटकहरूका लागि यो क्षेत्रमा आकर्षित गर्न सके धार्मिक पर्यटकको संख्या बढ्ने स्थानीय दाबा तामाङले बताउनुभयो। जिल्लाका धर्म, कला, संस्कृति र सीपलाई जोगाएर त्यसबाट मनोरञ्जन दिन सके धार्मिक पर्यटकलाई यस क्षेत्रमा आकर्षित गर्न सकिने तामाङले बताउनुभयो।यो क्षेत्रको धार्मिक, सांस्कृतिक र प्राकृतिक स्रोत साधनको उपयोग र संरक्षण गर्नु जरुरी देखिएको स्थानीयहरू बताउँछन्। साँच्चै भन्नुपर्दा रसुवा जिल्लाभित्र छङ्गमदेवीको महिमाजस्तै धार्मिक महत्वका गुम्बा, गुफा, कुण्ड, देवीदेवताका थानहरू प्रशस्त छन्। त्यस्ता सम्पदाहरूमा धेरैको ध्यान जान सकेको छैन। भूगोल सानो भए तापनि धर्म र संस्कृतिमा भने रसुवा धनी जिल्लाको अग्रभागमा आउँछ। यहाँ हजारौं पर्यटक बाहै्र महिना घुम्न आउने गरेका छन्। जीवजन्तुप्रतिको मान्यता एवं विश्वासले यहाँका मानिसहरू अग्ला डाँडालगायतका अधिकांश स्थानमा फोहोरसमेत गर्दैनन्। स्थानीय सरकारले उचित प्रचार प्रसार गरी यस्ता धार्मिक क्षेत्रको संरक्षणमा जोड दिने हो भने पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने तामाङ बताउनुहुन्छ। देश विदेशबाट हजारौं पर्यटकहरू यस्ता धार्मिक क्षेत्रहरू घुम्न आउने भएकाले यसको संरक्षणमा लाग्नुपर्ने स्थानीय सुकुलाल वाइबाले बताउनुभयो। छङ्गमदेवी मन्दिर लाङटाङ राष्ट्रिय निकुञ्जभित्र रहेको छ। नेपालको सिमसार क्षेत्रमा सूचीकृत १० सिमसार क्षेत्रअन्तर्गत पर्ने गोसाइँकुण्ड धार्मिक र पर्यटकीय हिसाबले महत्वपुर्ण ताल हो। त्यस्तै पार्वतीकुण्ड, सूर्यकुण्ड, भैरवकुण्ड, सरस्वतीकुण्ड, गणेशकुण्ड, जागेश्वरकुण्ड, दूधकुण्डजस्ता कुण्ड/तालहरू जिल्लाको पर्यटकीय र धार्मिक आस्थाका केन्द्र हुन्। धर्म, संस्कारले भरिपूर्ण रसुवा आफैमा एक अनुपम जिल्लाका रूपमा रहेको छ। प्राकृतिक सुन्दरता र धार्मिक आस्थाले भरिपूर्ण भएपछि संसारका मानिसहरूको घुइँचो यस क्षेत्रमा लाग्ने गरेको छ। लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको यस्ता धार्मिक स्थलले विविध महत्व बोकेका छन्। पछिल्लो समयमा बोझोद्वारा पुरिन लागेको पार्वतीकुण्ड संरक्षणमा पनि नवीनतम आवाजहरू पनि आउन थालेका छन्। तर त्यसको संरक्षणमा धार्मिक चुनौती पनि छ। धार्मिक विश्वासअनुसार कुण्डमा खन्न नहुने र जैविक विविधताको संरक्षणमा विश्वास राख्दा कुण्डको वरिपरि वनस्पतिको संरक्षण अपरिहार्य हुँदै गएको छ। कुण्डको संरक्षणबिना वनस्पतिको पनि संरक्षण सुनिश्चित हुँदैन। यस्तै नेपाली इतिहासमा एक उदाहरणीय पात्र अमरसिंह थापाको हेल्वसानर अमरसिंह गुफा गोसाइँकुण्डमा रहनुले पनि जिल्ला तामाङ संस्कृतिअनुसार विभिन्न नाचको सांस्कृतिक महत्व राख्दछ। यिनै धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्वभित्र नेपालकै तेस्रो पर्यटकीय गन्तव्यका रूपमा यस क्षेत्रको महत्व बढेको छ। पौराणिक कथनअनुसार एक सय आठ कुण्डमध्येका विभिन्न कुण्डहरू यसै क्षेत्रमा रहेका छन्। यस्तै धार्मिक, जैविक विविधता, ऐतिहासिक तथा पर्यटकीय र सांस्कृतिक महत्वसँगै छङ्गमदेवी मन्दिरको पनि त्यतिकै महत्व रहेको छ। जीविकोपार्जनका लागि प्रत्यक्ष प्रभाव पुर्याउने गोसाइँकुण्ड क्षेत्रसँगै दुर्लभ वन्यजन्तु, चराचुरुङगीको संरक्षण गरी त्यस क्षेत्रलाई पनि विकासको मार्गमा जोड्नुपर्ने आवाज उठ्न थालेको छ। जंगलभित्र ठूलाठूला चट्टान रहेको यस पवित्र भूमिमा भगवान् शिव पानीको खोजीमा हिँड्दा ओझेलमा रहेको दुप्चेश्वर भन्ने ठाउँमा त्रिशूलले पानी निकालेको हो भन्ने किंवदन्ती रहेको छ। पछि सोले र बोकेझुण्डाका स्थानीयहरू निगालो काट्न जाँदा पत्ता लागेको भन्ने भनाइ रहेको छ। त्यसै वरपर महादेव सँगसँगै छङ्गमदेवी पनि उत्पत्ति भएको मानिन्छ। छङ्गमदेवी मन्दिर वरिपरि अहिलेसम्म मानव संरचना बनेको देखिँदैन । स्थानीय लवाङ फिन्जो घलेले बोकेझुण्डा पासाङ ल्हामु राजर्मागनजिकै रहे पनि धार्मिक हिसाबले स्थानीयलाई बाहेक कमैलाई थाहा छ। भ्रमण वर्ष २०२० लाई लक्षित गरी स्थानीय सरकारले यस्ता ठाउँहरू पनि छ है भनेर आन्तरिक तथा बाह्य पर्यटकलाई लैजान कुनै पहल गरेको देखिँदैन। आफ्नो कला, संस्कृतिलाई जोगाइराखेको यस भेगमा तामाङ समुदायको बाहुल्यता रहेको छ। २१औं शताब्दीमा पनि आफ्नो धर्मसंस्कार र संस्कृतिलाई जीवन्त राखी यस्ता धार्मिक क्षेत्रलाई स्थानीयले जोगाएर राखेका छन्। स्थानीय तामाङ जातिले परम्परागतरूपमा प्रकृति, वनजंगल, हिमाल, डाँडो, खोला, झर्ना, कुण्ड, वन्यजन्तु तथा सिमसारक्षेत्र आदिलाई भगवान् मानेर पूजा गर्छन्। रसुवामा तामाङ जातिको गाउँपिच्छे भेषभूषा, रहनसहन, कलासंस्कृति आदिमा अलग पहिचान भएकाले यी सबैको संरक्षण गर्न सके पर्यटकका लागि आर्कषणको केन्द्रविन्दु बन्न सक्छ। यस लाङटाङ राष्ट्रिय निकुञ्जभित्र हेर्न लायकका मुख्य आर्कषणहरू पनि रहेका छन् ती हुन्– गोसाइँकुण्ड, रसुवागढी, तिब्बत सीमाक्षेत्र भ्रमण, लाङटाङ, लिरुङ हिमाल (७ हजार दुइ सय ४५ मिटरको उचाइमा) रहेका छन् भने निकुञ्जमा विविधतामा अनेकता रहेको छ। यस ठाउँमा गुरु रिम्पोक्षेको पैतालाका डोब, गुरु रिम्पोक्षेले राक्षसनी टिमोलाई मारेको ठाउँ, याल्मो यति बस्ने ओढार वेनक्याप बोम्बो थान मुण्डु गुम्बा ज्योमोल्हाङ क्षोलिङ गुम्बालगायतका थुप्रै धार्मिक क्षेत्रको अवलोकन गर्न पाइन्छ। प्राकृतिक सम्पदको संरक्षण र प्रचारप्रसार एवं सेवा सुविधाको व्यवस्था गरेर प्रकृतिप्रेमी पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीय आमा समूहकी अध्यक्ष पिंकी लामा बताउनुहुन्छ। धार्मिक तथा सांस्कृतिक परम्परा र रीतिरिवाजमा प्राकृतिक स्रोत साधनको महत्वपूर्ण स्थान छ। प्राकृतिक स्रोत साधनको विनाशले धार्मिक तथा सांस्कृतिक परम्परा तथा रीतिरिवाजमा नकारात्मक असर पुर्याएको लामा बताउनुहुन्छ। लाङटाङ क्षेत्र धार्मिक तथा पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले यसको संरक्षणमा लाग्नुपर्ने उहाँ बताउनुहुन्छ। पर्यटन विकास र आधुनिकीकरणको प्रभावलले परापूर्वकालदेखि नै जगेर्ना गर्देै आएको प्र्रकृृति सम्बद्ध खास मूल्य, मान्यता र विश्वास रही धार्मिक हिसाबले रसुवाको माथिल्लो भेगलाई भगवान्ले लुकाएको स्वर्गको एक पवित्र भूमि मानिएको पनि लामा बताउनुहुन्छ। छङ्गमदेवीजस्तै उच्च महिमा यहाँका धेरै गाउँ ठाउँका नामसँग उहिलेका लोककथामा जोडिएका छन्। गोसाइँकुण्ड, भैरवकुण्ड र भैरव झर्ना सिमसार क्षेत्रमा विभिन्न प्रजातिका जडिबुटी पनि पाइन्छन् भने भगवान्लाई खुसी पार्न यहाँका स्थानीयले चोखोनितो र आफ्नो धर्म र संस्कृति छोडेका छैनन्। गुरु रिम्पोक्षेको तान्त्रिक शक्तिलाई बौद्ध र बोम्बो धर्म दुवैमा समानरूपमा प्रयोग भएको पाइन्छ ।
newsofnepal.com
1,717,012
वि.सं.२०८१ वैशाख २७ बिहीवार कोरोना महामारीसँगै आर्थिकमन्दीमा परेका पर्वतका ९१ साना उद्योग अन्ततः बन्द भएका छन् । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा एक सय ६२ वटा उद्योग, व्यवसाय फर्म दर्ता भएकामा ९१ वटा बन्द भएका पर्यटन तथा उद्योग कार्यालयका प्रमुख अशोककुमार नेपालीले जानकारी दिए । चालु आवको चैत मसान्तसम्म ८० वटा नयाँ उद्योग दर्ता भएका छन् । ८० वटा नयाँ उद्योग तथा व्यवसाय दर्ता भएका हुन् । आर्थिकमन्दी, युवा शक्तिको बढ्दो पलायन, आयातित बस्तुसँग प्रतिस्पर्धा गर्न नसक्नु, बजार अभावलगायत कारण उद्योग विस्थापित हुने क्रम बढेको कार्यालय प्रमुख नेपालीले बताए । कोरोना महामारीपछि दर्ता हुने उद्योगको तुलनामा खारेज हुनेको सङ्ख्या बढेको छ । पर्वतमा अघिल्लो आवमा ९२ वटा उद्योग खारेज भएका थिएभने दुई सय ७४ वटा व्यवसाय दर्ता भएका थिए । कार्यालय प्रमुख नेपालीका अनुसार कृषि, पशुपन्छी फार्म, फलफूल खेती, गाईपालन, भैँसीपालन, व्यावसायिक बाख्रापालनलगायत अन्य घरेलु उत्पादनका उद्योग दर्ता गर्ने बढ्दै गएकोछ । यसैबीच, उक्त कार्यालयले उद्योगको दिगोपनाका लागि २३ उद्योगीलाई प्रविधि र उपकरण सहयोग गर्ने भएको छ । पर्यटन पूर्वाधार विकास कार्यक्रमतर्फ यस वर्ष ५६ वटा योजना रहेकामा १९ वटा योजना सम्पन्न भएको र बाँकी योजना कार्यान्वयनको चरणमा रहेका कार्यालय प्रमुख नेपालीले बताए । दाङमा जडीबुटी उत्पादन बढेको छ ।
sansarnews.com
4,555,123
: राप्रपा नेपालले समान विचारधारा भएका दलसँग सहकार्य गर्न वार्ता समिति गठन गरेको छ। उपाध्यक्ष श्याम तिमिल्सिनाको संयोजकत्वमा गठन भएको वार्ता समितिमा महामन्त्रीद्वय इन्द्र चित्रकार र राजाराम बर्तौला, सहमहामन्त्री तेज कुरुम्बाङ्ग र मधेश प्रदेशका अध्यक्ष रामनरेश यादव रहेका छन्। पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा माघ ९ र १० गते काठमाडौंमा बसेको केन्द्रीय कार्य समितिको बैठक 'राप्रपा नेपाललाई फेरी उठाउँछौ' भन्ने संकल्पका साथ सम्पन्न थियो। बैठकले समान विचारधारा भएका व्यक्ति, समूह र दलहरुसँग सहकार्यको निम्ति वार्ता गर्ने निर्णयसमेत गरेको थियो। कमिटीका सदस्य बर्तौलाका अनुसार पार्टीले अबलम्बन गरेको नीति, बिचारसँग सहमत हुने पार्टी, संघसंस्था, समूहसँग वार्ता गरी राप्रपा नेपाललाई बलियो बनाउने अभियानलाई मुर्त रुप दिन यो कमिटीले काम गर्नेछ। निर्वाचन आयोगमा दर्ता भएका केही पार्टी र अन्य धार्मिक संघ-संस्थाहरुसँग तुरुन्तै संवाद शुरु हुने गरी तयारी गरिएको बताइएको छ ।
pahilopost.com
5,922,041
फाइल फोटो राजस्व अनुसन्धान विभागले झण्डै रु १६ करोड विगो बराबरको राजस्व छली गरेको आरोपमा १० जना विरुद्ध मुद्दा दर्ता गरेको छ । जसमा एक जना भारतीय नागरिक पनि छन् । उनीहरुले भन्सार छली एबं झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरी राजस्व चुहावट गरेको तथ्यको आधारमा उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ । झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक सुनसरीको धरान उप–महानगरपलिका–१२ बस्ने ग्लोवल इम्पेक्स ईन्टरनेशनलका प्रोपाइटर किसनकुमार अग्रवालले रु चार करोड ४२ लाख विगो बराबरको राजस्व छली गरेको विभागको अभियोग छ । उक्त विगो असुल गरी जरिवाना र कैद सजायको माग लिई उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागले आज एक सूचना जारी गरी जनाएको छ । उनले मालवस्तु स्थानीय खरिद तथा आयात नगरी, झुट्टा खरिद देखाई विभिन्न फर्मलाई विक्री बीजक जारी गरी उक्त फर्मबाट बिक्री रकम भुक्तानी लिई सो बीजकमार्फत असुल गरेको मूल्य अभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरेको पाइएको छ । साथै उनले विभिन्न फर्मलाई नक्कली एवं झुट्टा बीजक उपलब्ध गराई जालसाजीसमेत गरेको आरोप लगाइएको छ । सोही ठाउँका एसएन इन्टरनेशनलका सञ्चालक रामनिवास अग्रवालमाथि विभागले अहिले मुद्दा चलाएको छ । उनले चार करोड ५२ लाख विगो बराबरको राजस्व छली गरेको अनुसन्धानमा खुलेको छ । अग्रवालमाथि मालवस्तु खरिद तथा आयात नगरी, झुट्टा खरिद देखाई विभिन्न फर्मलाई विक्री बीजक जारी गरी उक्त फर्मबाट बिक्री रकम भुक्तानी लिई सो बीजकमार्फत असुल गरेको मूल्य अभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरेको आरोप छ । उता रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ का श्यामकुमार वानियासमेत दुई जनामाथि रु पाँच करोड ५० लाख राजस्व चुहावट गरेको आरोप छ । उनीहरुले विदेशी मुलुकबाट नेपालमा पैठारी हुने मालवस्तुको भन्सार जाँचपास नगराई राजस्व चुहावट गरेका थिए । विभागका अनुसार पर्साको वीरगञ्जस्थित भुसा सप्लायर्सका सञ्चालक दिपेन्द्रप्रसाद कलवारसहित ४ जनाले रु एक करोड विगो बराबरको भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेका छन् । उनीहरु विरुद्ध उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा मुद्दा दायर गरिएको छ । विल विजक नै जारी नगरी आयकर छली गर्ने भारत स्थायी वतन भई हाल काठमाण्डौ–१४ कुलेश्वर बस्ने सत्यनारायण प्रसादले पनि झण्डै रु १ करोड राजस्व छली गरेका छन् । यस्तै रौतहत वृन्दावन नगरपालिका–६ बस्ने अमनकुमार तिवारीले भन्सार चोरी गरी रु ४० लाख राजस्व चुहावट गरेको विभागले जारी गरेको सूचनामा जनाइएको छ । आरोपी विरुद्ध नजिकका उच्च आदालतमा मुद्दा चलाइएको विभागले जनाएको छ ।
khabarhub.com
5,902,107
काठमाडौं– चीनको हुबेई प्रान्तको वुहानमा रहेका नेपालीलाई आज उद्दार गरी स्वदेश ल्याइँदैछ । उनीहरुलाई नेपाल विराटनगर – विराटनगर महानगरपालिका–४ को विराटनगर–धरान सडक खण्डमा टिपरको ठक्करबाट दुई जना मोटरसाइकलमा सवार विद्यार्थीको काठमाडौं– फिफा विश्वकप छनोट तथा एसियन कप छनोट अन्तर्गत अष्ट्रेलियासँगको खेलका लागि नेपालले प्रारम्भिक फुटबल जनकपुर– प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार सफल भएको दाबी गरेका छन् काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पास हुने बताएका छन् । चारजना परपुरुषसँग लसपस गरी आफूलाई धोका दिएको भन्दै एकजनाले आफ्नी श्रीमतीको गोप्य अंगलाई नै सुपर काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा कुनै सम्झौता नहुने बताउँदै भारतसँगको पेरिस– एशियाबाहिर पहिलो पटक कोरोनाभाइरसका कारण एक जनाको मृत्यु भएको छ । युरोपेली मुलुक फ्रान्समा धनुषा – प्रदेश नम्बर दुई का समाजिक विकास मन्त्री नवलकिशोर साहलाई कालोमोसो दल्न गएका १२ दोहा– अफगानिस्तानमा युद्धरत लडाकु समूह तालिबान र अमेरिकाबीच एक साताका लागि हिंसा अन्त्य गर्ने सम्झौता धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक असन्तुलित अवस्थामा रह्यो । बजारमा कारोवार काठमाडौं– आजबाट सकिएको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवास काठमाडौं–सहिद स्मारक ए डिभिजन लिग फुटबलको यो सिजन मछिन्द्रले जीतेको छ ।
khabarhub.com
5,284,815
काठमाडौंको असनमा बजार आउनेको चहलपहल। तस्बिर:केशब गुरुङ केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।
gorkhapatraonline.com
4,301,005
प्रहरी अधिकृत तथा जवानका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सातै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्न लागिएको हो । पहिला पाँच विकास क्षेत्रमा स्थापना भएको प्रहरी विद्यालय देश सङ्घीयतामा गएपछि सातै प्रदेशमा हुने गरी बाँकी दुई प्रदेशमा थप गर्न लागिएको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो । “जेठ २७ को मन्त्रिपरिषद्को बैठकअनुसार सबै प्रदेशमा प्रहरी विद्यालय पु¥याउने लक्ष्यअनुसार प्रदेश ३ को (भरतपुर) चितवन र कर्णाली प्रदेशकोे (छिन्चु) सुर्खेतमा प्रहरी विद्यालय स्थापना गर्न लागेका हौँ”, उहाँले भन्नुभयो । प्रदेश १ को धरान (सुनसरी), प्रदेश २ को गरुढा (रौतहट), गण्डकी प्रदेशको को बेलचौतारा (तनहुँ), प्रदेश ५ को घोराही (दाङ) र प्रदेश ७ को धनगढी (कैलाली) का प्रहरी विद्यालयमा विद्यार्थीले अध्ययन गर्दै आइरहेका छन् । सबै प्रदेशमा माध्यामिक तहसम्म पढाइ हुनेछ । प्रहरी विद्यालय साँगामा उच्च माध्यामिक तहसम्मको पढाइ हुँदै आएको छ । दुई प्रदेशमा विद्यालय थप गरेपछि प्रहरीबाट सञ्चालित नौ विद्यालय हुनेछन् । प्रहरी प्रधान कार्यालयले नयाँ बन्ने प्रहरी विद्यालयका लागि प्रहरी निरीक्षकको नेतृत्वमा २५ दरबन्दीसमेत निकाशा गरिसकेको छ । सबै प्रदेशमा विद्यालय स्थापना भएसँगै विद्यार्थीले गुणस्तरीय शिक्षा पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ । हाल देशभर सात प्रहरी विद्यालयमा झण्डै छ हजार विद्यार्थी अध्ययन गरिरहेका छन् ।
abcnepal.tv
776,980
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूह निर्वाचन आयोग पुगेको छ ।शुक्रबार दाहाल–नेपाल समूहका शीर्ष नेताहरु अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यहरु, प्रतिनिधिसभाका सांसदहरु, राष्ट्रिय सभाका सांसदहरु र केन्द्रीय सदस्यहरुलगायतका नेता कार्यकर्ताहरु उपस्थित भएर संसद विघटन विरुद्धमा आन्दोलन सुरु गरेका हुन् ।माइतीघरबाट सबै जना निर्वाचन आयोग गए पनि भित्र भने शीर्ष नेताहरुलाई मात्रै प्रवेश दिइएको छ । निर्वाचन आयोगका अधिकारीहरुलाई भेटेर आफूहरुसँग बहुमत केन्द्रीय सदस्य भएकाले आफ्नो समूह नै आधिकारिक नेकपा भएको जानकारी दाहाल-नेपाल समूहले जानकारी दिने बताएको छ ।‘प्रतिनिधसभा विघटनको असंवैधानिक कदम खारेज होस्’, ‘हामी यहाँ छौँ’ भन्ने नारा लेखिएका प्लेकार्ड सहित नेताहरु उपस्थित भएका छन् । विरोध प्रदर्शनमा नेता कार्यकर्ताले नाराबाजी समेत गरेका थिए ।
ekantipur.com
4,442,421
राप्रपा अछामको कमलबजार नगरपालिका अन्र्तगत वडानम्वर १ मुलीमा वडाभेला सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष नरेन्द्र ढकालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी जिल्ला कमिटी सदस्य शेर बहादुर बिष्ट रहेका छन् । जसको उपाध्यक्षमा मेयर सिंह भाट, सचिवमा गिरजा प्रसाद ढकाल लगायत अरु सदस्य चयन गरिएको छ । अन्य अतिथीमा नगर समिती अध्यक्ष तपेन्द्र ढकाल, महिला प्रतिनिधी कमला बिष्ट, दलित प्रतिनिधी अमर सिंह नेपाली लगायतले बोलका थिए ।
nayanepalnews.com
222,582
जोर-बिजोर प्रणाली लागु गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा थप कडाइ गरेको छ। कोरोनाभाइरसको जोखिम न्यूनीकरणका लागि भन्दै उपत्यकाका तीनै प्रशासन कार्यालयले शनिबारदेखि जोर-बिजोर प्रणाली लागू गरेका छन्। महाशाखाले जोर-बिजोर प्रणालीको पूर्णपालना गराउन विभिन्न ठाउँमा चेकप्वाइन्टहरू राखी थप कडाइ गरिरहेको छ। स्वास्थ्य मापदण्ड पालना गर्न, अनिवार्य मास्कको प्रयोग गर्न, भिडभाड नगर्न, अत्यावश्यक सेवा र कामबाहेक सवारी साधन नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत महाशाखाले आग्रह गरेको छ। जिल्ला प्रशासनका अनुसार सार्वजनिक र निजी सवारी साधनहरू (दुई पाँग्रेसहित) जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्नु पर्नेछ । औषधि एवं स्वास्थ्य सामग्री बोकेको सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अन्डा, माछामासु, पशुपंक्षीका दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधनलाई नरोकिने प्रशासनले जनाएको छ। यद्यपि यस्ता सवारी साधनमा चालक र सहचालकमात्रै रहनुपर्ने प्रशासनले प्रष्ट्याएको छ। बैंक, बीमा, बित्तीय संस्था, वायुसेवा कम्पनी, डाक तथा कुरियर सेवा, दूर सञ्चार सेवा प्रदायक निकायका कर्मचारीहरूले परिचयपत्रको आधारमा आवतजावत गर्न पाउनेछन्। यसैगरी पत्रकार तथा संचारकर्मीहरूले सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास तथा परिचयपत्रको आधारमा आवतजावत गर्न पाउनेछन्। सरकारी सवारीसाधन र कुटनैतिक नियोगका सवारीसाधनमा भने जोर-बिजोर प्रणाली लागू नहुने प्रशासन कार्यालयले जनाएको छ ।
setopati.com
3,176,290
सर्वसाधारणका उजुरी र गुनासोलाई पनि अब अख्तियारले छानबिनको दायरामा ल्याउने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी जनगुनासा सुन्न सर्वसाधरणसँग प्रमुख आयुक्त कार्यक्रम सञ्चालन गरी जनस्तरदेखि नै उठेका विषयवस्तुमा छानबिन गर्ने भएको हो । हालसम्म उजुरीका आधारमा भ्रष्टाचारको छानबिन गर्दै आएको अख्तियारले अब सर्वसाधारणसँगको भेटघाटमा उठेका विषयवस्तुलाई पनि छानबिनको दायरामा ल्याउन उक्त कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ । प्रमुख आयुक्त लोकमान सिंह कार्कीले पाक्षिक रूपमा सर्वसाधारणसँग प्रत्यक्ष भेट गरी गुनासा र उजुरी सुन्ने भएका छन् । पहिलो भेटघाट ४ कात्तिकलाई तय गरिएको अख्तियारले जनाएको छ । उक्त कार्यक्रम बिहान ११ बजेदेखि ३ बजेसम्म हुनेछ । कार्यक्रममा सहभागी हुन चाहनेलाई अग्रिम नाम दर्ता गर्न अख्तियारले आग्रहसमेत गरेको छ । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
souryaonline.com
136,403
मंगलवार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै वरिष्ठ नेता पौडेलले सरकार जनता र संसदप्रति उत्तरादायी निर्वाचित संस्था भएको उल्लेख गर्दै पाँच दलीय गठबन्धनको समन्वय समितिले सरकारको कुनैपनि काममा हस्तक्षेप नगर्ने स्पष्ट पारे । वर्तमान राजनीतिक व्यवस्थालाई सुनिश्चित गर्न र लोकतन्त्रलाई सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले त्यसैको समन्वय गर्नका लागि समन्वय समिति बनाइएको बताए । ‘सरकार भनेको जनताप्रति उत्तरदायी निर्वाचित संस्था हो। त्यो सबै किसिमले जनताप्रति, संसदप्रति उत्तरदायी बन्छ। त्यसकारण उसको काममा हामीले दख्खल दिने कुरो गर्नु हुन्न। लोकतन्त्रवादीको नाताले सरकारको क्रियाकलाप, गतिविधिमा हस्तक्षेप गर्ने अथवा त्यसलाई दख्खल दिने कुनैपनि कुरा गर्न उचित हुँदैन, उनले भने। पाँच दलको गठबन्धनले लोकतन्त्रको र व्यवस्थाको रक्षाको लागि समन्वय समिति गठन गरेको उनको भनाइ छ। ‘मैले जहिल्यैपनि भन्छु म सत्तालाई भन्दा अहिलेको अवस्थामा व्यवस्थालाई महत्व दिन्छु भनेर, किनभने व्यवस्था सुनिश्चित गर्नुछ नेपालमा। व्यवस्थाको टुंगो नलागेर, व्यवस्थालाई अस्थिर गराउने खेलहरुले गर्दा नेपाली जनताले दुःख पाएका छन्,’ उनले भने, ‘त्यसो भएको हुनाले यो पाँच दलले व्यवस्थालाई सुनिश्चित गर्नका लागि, लोकतन्त्रलाई सुनिश्चित गर्नका लागि, राष्ट्रियतालाई स्थिर दिशामा अगाडि बढाउनको लागि पाँच दलले योगदान गर्न सकुन् भनेर त्यसलाई समन्वय गर्नका लागि बनेको कमिटी हो यो ।’ वरिष्ठ नेता पौडेलले यस समन्वय समितिलाई कसैले राजनीतिक हतियारको रुपमा प्रयोग गर्नु नहुने बताए । समन्वय समितिको काम व्यवस्थामाथि आइपर्ने समस्याहरूको बारेमा पाँच दलीय गठबन्धनलाई सजग राख्दै गठबन्धनलाई संगठित राख्नु र समझदारी कायम राख्नु रहेको उनले उल्लेख गरे । उनले पाँच दलीय गठबन्धन समन्वय समितिको संयोजकको रुपमा आफु रहेपनि नेपाली कांग्रेस भित्रको आन्तरिक राजनीतिमा सभापति शेरबहादुर देउवासँगको लडाइँ भने कायमै रहने जनाए । समग्र व्यवस्थाको हित रक्षाको निम्ति एकै ठाउँ, एउटै सोचाइ र सहयोगात्मक सम्बन्ध भएपनि पार्टी भित्रको आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धा भने जहाँको त्यहीँ रहेको उनले प्रष्ट्याए । आगामी महाधिवेशनमा खुल्लम् खुल्ला लोकतान्त्रिक प्रतिस्पर्धा हुने उनको भनाइ छ । वरिष्ठ नेता पौडेलले समन्वय समितिमा देशमा हाल देखा परेका संकट र सकंट समाधानका निम्ति गठबन्धनले अपनाउनुपर्ने सावधानी र सजगताको सम्बन्धमा छलफल गरिने पनि बताए ।
nepalwatch.com
741,246
कांग्रेसले वैशाख ३१ मा एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने ‘बटमलाइन’ बनाएको छ । मधेसी मोर्चाले उठाएका सरोकारका विषयलाई सम्बोधन गरी उनीहरूलाई पनि निर्वाचनमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहालले केही समय मिति सार्न या दुई चरणमा चुनाव गर्न सत्तासाझेदार दलसँंग गरेको समझदारी प्रयास कांग्रेसले अस्वीकार गरेको छ । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर निर्वाचन सार्ने या दुई चरणमा गर्ने विषय कांग्रेसलाई मान्य नहुने बताएका हुन् । सभापति शेरबहादुर देउवासँंगको परामर्शपछि सिटौला प्रधानमन्त्री दाहाललाई भेट्न बिहानै बालुवाटार पुगेका थिए । ‘वैशाख ३१ मै निर्वाचन गर्ने हाम्रो पार्टीको बटमलाइन हो । यसबाट दायाँबायाँ गर्न सकिन्न,’ प्रधानमन्त्रीसँग भेटेपछि कान्तिपुरसँग सिटौलाले भने, ‘निर्वाचन सार्नुले राजनीतिक अन्योल खडा हुने र त्यसपछिका निर्वाचनसमेत प्रभावित हुन गई मुलुक रिक्तताको स्थितिमा पुग्छ ।’ यही परिस्थिति प्रधानमन्त्रीलाई अवगत गराउँदा प्रधानमन्त्रीले ‘हुन त हो’ भन्ने जवाफ दिएको सिटौलाले बताए । संविधान संशोधनका पाँच विषयमा सरकार र मधेसी मोर्चाबीच समझदारी जुटाएर वैशाख ३१ मै निर्वाचन गर्नुपर्ने अडानमा कांग्रेस देखिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनमा आउन मोर्चाले छुट मतदाता समावेश गर्न र जनसंख्याको आधारमा मधेसका केही भूभागमा स्थानीय तह थप गर्न माग गरेको कारण जनाउँदै त्यसलाई सम्बोधन गर्न निर्वाचन सार्ने या दुई चरणमा गर्ने प्रस्ताव गरेका हुन् । कांग्रेसले मोर्चाका पछिल्ला सरोकार सम्बोधन गर्दा निर्वाचन नै हुन नसक्ने बताउँदै आएको छ ।जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता र त्यसपछि वर्षा मौसम सुरु हुने भएकाले निर्वाचन सार्नु या दुई चरणमा गर्ने प्रस्ताव आउनु निर्वाचन नै नगराउने भन्ने निष्कर्षमा कांग्रेस पुगेको हो । प्रधानमन्त्रीसँगको भेटमा सिटौलाले संविधान संशोधनको पाँच विषयमै समझदारी जुटाएर मोर्चालाई निर्वाचनमा ल्याउन पहल गर्न सुझाव दिएका थिए । सरकार र मोर्चाबीच गठित अनौपचारिक तहको कार्यदलमा सीमांकनबाहेक नागरिकता, राष्ट्रिय सभाको प्रतिनिधित्व, भाषा, संविधानको धारा २७४ का व्यवस्था संशोधन गरी ‘भविष्यमा सीमांकन परिवर्तन गर्नुपरे सम्बन्धित प्रदेशको स्वीकृतिमा केन्द्रले गर्न सक्ने’ भन्ने वाक्यांश थप्ने र स्थानीय तहका प्रमुख, उपप्रमुखलाई राष्ट्रिय सभा निर्वाचनका लागि गठित हुने निर्वाचन मण्डलबाट हटाउने विषयमा समझदारी बनेको दाबी गरिएको छ । सीमांकन परिवर्तनसम्बन्धी विवादमा सुझाव पेस गर्न आयोग गठन गर्ने राजनीतिक सहमति पनि छ । आयोगले दिएको सुझावअनुसार तीन महिनाभित्र संविधान संशोधन गर्ने, संघीय संसद, प्रदेश र स्थानीय तहले कानुन बनाउँदा बाझिने गरी नबनाउने समझदारीसमेत कार्यदलले जुटाएको थियो । कार्यदलस्तरमा भएको सहमतिका आधारमा प्रधानमन्त्री दाहाल र कांग्रेस नेताले मोर्चासँग अनौपचारिक संवाद बढाएका छन् । तर, मोर्चाका नेताले भने मतदाता नामावली र स्थानीय तहको इकाई नथपेसम्म निर्वाचनमा आउन नसक्ने जवाफ दिएको स्रोतले बतायो । मोर्चाले पनि आफूहरूको सरोकार सम्बोधन गर्न समय लाग्ने भए दुई चरणबाट निर्वाचन गर्न सकिने प्रस्ताव गरेको छ । त्यसो गर्दा दाहाल नेतृत्वको सरकार जेठसम्म जाने भएकाले कांग्रेस सभापति शेरबहादुर देउवा नै यसमा सकारात्मक नरहेको स्रोतको दाबी छ ।
ekantipur.com
6,380,781
नेपालगन्ज १७ मंसिर : भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । निगम हाल २७ अर्ब घाटामा रहेकाले मूल्य समायोजन नगर्ने भएको हो । निगमले एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि नोक्सानीमा सञ्चालन हुँदै आएको उल्लेख गरेको छ । इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट यही १५ मङ्सिरमा प्राप्त खरिद मूल्यअनुसार एलपी ग्यासको मूल्य केही बढेको छ भने पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा केही घटेर आएको छ । ‘मङ्सिर १५ गते पाएको खरिद मूल्यसूचीबमोजिम एलपी ग्यासमा प्रतिसिलिण्डर रु ४३.९३ ले बढेर आएको छ । एलपी ग्यासमा निगमलाई हाल प्रतिसिलिन्डर दुई सय ७७.०२ घाटा भइरहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘निगमले इन्डियन आयल कर्पोरेसनलाई हालसम्म तिर्न बाँकी रकम, पुरानो बक्यौता तथा नेपाल सरकारलाई तिर्नुपर्ने ऋणसमेत गरी करिब रु २७ अर्ब तिर्न बाँकी छ ।’ ग्यास सिलिण्डर बिक्रीबाट मात्र निगमलाई १५ दिनमा रु ३६ करोड ८५ लाख घाटा हुने देखिएको निगमले जनाएको छ । यद्यपि पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा मूल्य घट्दा पनि यथावत् राख्दा १५ दिनमा करिब रु ५८ करोड नाफा हुने निगमले जनाएको छ । ‘हाल अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पदार्थको मूल्य पुनःघटबढ हुने क्रममा रहेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सञ्चालन राख्न र इन्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता एवं सरकारलाई उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई चुनौती रहेकाले हाललाई पेट्रोलियम पदार्थको खुद्रा मूल्य यथावत राखिएको छ’, विज्ञप्तिमा भनिएको छ ।
setokhari.com
5,382,586
अर्थमन्त्री डा. प्रकाशशरण महतले श्रोतको सुनिश्चितता गरेर मात्र आयोजना छनोट गर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरी वा उद्योग–व्यवसायलाई नकारात्मक प्रभाव पर्नेगरी कुनै कानुन नबनाउने बताउनुभएको छ । नयाँ वर्ष २०८० सालको पहिलो सातामा नेप्से परिसूचकमा गिरावट आएको छ। गत साता ६७.६८ अङ्कले बढेर १९३४.४७ बिन्दुमा पुगेको नेप्से यो साता ३०.०७ अङ्कले गिरावट आएको छ। भन्सार विभागका अनुसार समीक्षा अवधिमा दुई हजार चार सय ५१ वटा विद्युतीय सवारी साधन आयात भएको छ । गत आवको सोही अवधिमा एक हजार चार सय ७३ वटा विद्युतीय सवारी आयात भएका थिए ।
gorkhapatraonline.com
5,018,394
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रनको योगफल तयार पारेको हो। चौथो विकेटका लागि सुनम र रायन वर्लले ८४ रनको साझेदारी गरे। सुनम ६२ रनमा क्याच आउट भए। ४७ बलको सामना गरेका सुनमले ४ चौका र ४ छक्का हाने। रायन वर्ल ६१ ननटआउट रहे। ४० बलको सामना गरेका रायनले ४ चौका र ३ छक्का हाने। एलेक्स ब्लेक २०, अजमतुल्लाह ओम्जाइ १० र विरनदिप सिंह ९ रनमा पवेलियन फर्के। कप्तान ज्ञानेन्द्र मल्ल डकआउट भए। लिगका ५ खेलमध्ये ३ खेलमा मल्ल डक आउट भएका हुन्। लोकेश बम १० रनमा रनआउट भए। जनकपुरका जितेन्द्र मुखियाले ३ विकेट झारे। सरफुद्दिन अस्रफ, त्रिभोन ग्रिफ्रिटले एक एक विकेट आफ्नो नाममा गरे ।
nepalkhabar.com
2,868,232
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आयोजित सो विधान महाधिवेशन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर र मोबाइलको बटम थिचेर लोगो अनावरण गर्दै उद्घाटन गरेका हुन् । विधान महाधिवेशनको अध्यक्ष मण्डल गठन गरिएको छ । अध्यक्षमा केपी शर्मा ओली छन् । उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य छन् । स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा 'बादल', सुवास नेम्वाङ, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा अध्यक्ष मण्डलमा समेटिएका छन् । अध्यक्ष मण्डलमा भीम रावल भने समेटिएनन् । विधान महाधिवेशनमा देशभरका ६ हजार भन्दाबढी प्रतिनिधिहरु सहभागी भएका छन् । तीन दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन उद्घाटन सत्रमा आज नै अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गर्ने छन् । शनिबार समूहगत रुपमा छलफल गरी आवश्यक सुझावसहित ती प्रतिवेदनहरु पारित हुनेछन् । विधान महाधिवेशनले पार्टीको नीति र विधि तय गर्ने पार्टीका प्रवक्ता ज्ञवालीले बताए ।
newskarobar.com
41,890
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप उत्प्रेरित गर्न स्वयंसेवक परिचालन गरेको छ । सामुदायिक विद्यालयमा सरसफाइ, हरियाली, कलात्मक र आकर्षक वातावरण बनाउनका साथै विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप उत्प्रेरित गर्ने उद्देश्यले स्वयंसेवक परिचालन गरिएको महानगर शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेलले जानकारी दिए । महानगरले सार्वजनिक सूचनामार्फत सङ्कलन गरिएका आवेदकमध्ये एक सय ४५ जना स्वयंसेवक छनोट गरेर सामुदायिक विद्यालयमा परिचालन गरिएका पोखरेलले बताए । स्वयंसेवकमध्ये ४५ जनालाई युवा र बालबालिका ९सम्पदा० कार्यक्रम तथा एक सय जनालाई वातावरण र बालबालिका (बाबा) कार्यक्रमका लागि परिचालन गरिएका छन् । पोखरेलका अनुसार महानगरपालिकाभित्रका ८९ सामुदायिक विद्यालयमा छ महिनाका लागि स्वयंसेवक परिचालन गरिएका छन् । स्वयंसेवकले हरेक हप्ताको दुई दिन (बिहीबार र शुक्रबार) विद्यालयमा समय दिनुपर्ने र शिक्षक तथा विद्यार्थीहरूसँग सहकार्य गरी ‘सुन्दर विद्यालय’ कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेछ । त्यसैगरी हरेक बिहीबार सम्पर्क शिक्षकसँगको समन्वयमा शुक्रबार विद्यालयमा सञ्चालन गरिने कार्यक्रमको कार्ययोजना बनाउने र तिनलाई कार्यान्वयन गर्ने, विद्यालय हाता, कक्षाकोठा, बगैँचा, शौचालयको सरसफाइका लागि अगुवाइ र फोहरको वर्गीकरण अभ्यासलाई संस्थागत गर्नेलगायत काममा स्वयंसेवकबाट योगदान हुने महानगरपालिकाले अपेक्षा गरेको छ । उहाँहरूलाई महानगर स्वर्णिम योजना ‘स्मार्ट टोल’ कार्यक्रममासमेत सहभागी गराउन सकिने पोखरेलको भनाइ छ । महानगरपालिले स्वयंसेवकका लागि निश्चित आचारसंहिता पनि बनाइदिएको छ । आचारसंहिताको पालनाले बालबालिकाका अधिकार, विद्यार्थीहरूका व्यक्तिगत गोपनीयताबारे सचेत रहँदै शिक्षण सिकाइप्रति उत्प्रेरित गर्न तथा विद्यार्थीमाथि हुनसक्ने हिंसाबारे सचेतना बढाउनसमेत सघाउ पुग्ने अपेक्षा गरिएको छ ।
canadanepal.com
223,893
नेपाली कांग्रेसका सांसद सुनिल शर्माले कानुन, न्याय तथा मानव अधिकार समिति सभापति माओवादी केन्द्रको सांसद हुन नहुने बताएका छन्। संक्रमणकालीन न्यायसम्बन्धी छलफल गर्ने समितिको सभापति माओवादीको सांसद बन्न नहुने उनको भनाइ छ। अहिलेका सभापति विमला सुवेदी छन्। सभापतिले सभापतित्व नछोडे बैठक बहिष्कार गर्ने कांग्रेस सांसद शर्माले बताए। मंगलबार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संसोधन) विधेयकमाथि उपसमितिले तयार पारेको प्रतिवेदन पेश गर्ने कार्यसूचि थियो। छलफलका क्रममा: सांसद शर्माले द्वन्द्वरत पक्षमध्ये एउटा पक्ष माओवादी पनि भएकाले माओवादीकै सांसद सभापति हुँदा स्वार्थको द्वन्द्व हुने भन्दै बैठक बहिष्कार गर्ने घोषणा गरेका हुन्। शर्मापछि बोलेका कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री धनराज गुरुङले शर्मालाई धेरै आक्रोशित नहुन आग्रह गरेका थिए। मन्त्री गुरुङले शान्ति प्रक्रियापछि धेरै कुरा सहमतिमै भएको र मुलुकको संविधान पनि सहमतिमै बनेको बताए। ‘माननियज्यू अलि एग्रेसिभ हुनुहुन्छ कि जस्तो लाग्यो। डाक्टरसाव हुनुहुन्छ, सुई पनि लगाउने हो कि भन्ने डर पनि छ,’ मन्त्री गुरुङले भने, ‘हामी सबै मिलेर ०७२ मा सहमतिको संविधान जारी गरेका हौँ। इतिहासतिर फर्केर हेरौं। बहिष्कार गरिहाल्छु भन्न हुँदैन।’ सांसद शर्माले बैठक बहिष्कार गर्ने घोषणा गरे पनि बैठकै छाडेर भने निस्किएनन् ।
setopati.com
3,168,851
प्रदेश नं २ का आठ जिल्लाहरुको विद्युत प्रसारण र वितरण प्रणाली सुधारको काम सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणमार्फत सञ्चालित ग्रामिण बिद्युतिकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–२ मा निर्माण हुने सबस्टेसनको शुक्रबार शिलान्यास गरिएको छ । आयोजना संयोजक बोधराज ढकाल र प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत प्रादेशिक कार्यालय, जनकपुरका प्रमुख मुनिन्द्र ठाकुरले सबस्टेसनको संयुक्त रुपमा शिलान्यास गरे । आयोजनामार्फत प्रदेश नं २का सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको विद्युत वितरण प्रणालीको सुदृढीकरण तथा पुनस्र्थापना र पूर्ण विद्युतीकरण गरिने छ । आठ जिल्लाहरुको विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन आधुनिक उपकरणहरुसहितका ३३÷११ केभी क्षमताका १० वटा सबस्टेसनको निर्माण गरिने छ । साथै, ३२३ सर्किट किलोमिटर ३३ केभी प्रसारण लाइन, ९५० सर्किट किलोमिटर ११ केभी लाइन, एक हजार सर्किट किलोमिटर चार सय भोल्टको नयाँ लाइन निर्माण र विभिन्न क्षमताका पाँच सय थान नयाँ वितरण ट्रान्सफर्महरु जडान गरिने छ । शिलान्यास कार्यक्रममा वर्दिबास नगरपालिका–२का वडाध्यक्ष चोलाराज प्याकुरेलले सबस्टेसन निर्माणपछि त्यस क्षेत्रमा हाल रहेको न्यून भोल्टेज, बारम्बार लाइन जाने समस्याको समाधान भई उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत उपभोग गर्न पाउने विश्वास व्यक्त गरे । प्रदेश नं २ का जिल्लाहरुका धेरै स्थानमा पुरानो र जीर्ण संरचनामार्फत विद्युत वितरण भइरहेको उल्लेख गर्दै प्रादेशिक कार्यालय प्रमुख ठाकुरले आयोजनामार्फत जीर्ण संरचनालाई प्रतिस्थापन गरिने र सबै जिल्लाहरुलाई पूर्ण विद्युतीकरण गरिने बताए । संयोजक ढकालले प्रदेश नं २मा विद्युत वितरण लाइनको स्तरीयता, कृषि र औद्योगिक लाइनको थप क्षमता विस्तारलाई ध्यान दिई आयोजनामार्फत वितरण प्रणालीलाई आमूल परिवर्तन गर्न लागिएको बताए । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन भइरहेको आयोजनालाई ५ लटमा विभाजन गरिएको छ । सबै लटका निर्माणलाई एक साथ अगाडि बढाइएको छ । आयोजना निर्माणका लागि प्राधिकरण र निर्माण कम्पनी टाटा प्रोजेक्टबीच गत चैतमा करिब चार अर्ब रुपैयाँको ठेक्का सम्झौता भएको थियो । आयोजना निर्धारित समय ३० महिना भित्रमा सम्पन्न हुनेगरी काम भैरहेको कम्पनीका प्रोजेक्ट मेनेजर सन्दिप कुमारले बताए । आयोजना कार्यान्वयनका लागि नर्वे सरकारले ३ करोड ५० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ । यो अनुदान एसियाली विकास बैकमार्फत संचालित छ । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
souryaonline.com
3,384,294
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशी विरुद्धको भ्रष्टाचार मुद्दामा आजदेखि अन्तिम सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशहरु विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले गत मंगलबारबाट मुद्दाको सुनुवाइ शुरु गरेर हेर्दाहेर्दैैमा राखेकाे मुद्दामा आजदेखि फेरि त्यही इजलासमा निरन्तर सुनुवाइ हुने भएको हो । सम्भवतः यही इजलासले नै जोहीको मुद्दा अन्तिम रुपमा टुंग्याउने छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ पुस, २०६० सालमा पूर्वमन्त्री जोशी विरुद्ध विशेष अदालतमा गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले त्यतिबेला उनीमाथि ३ करोड ९३ लाख ६२ हजार ५७६ रुपैयाँ भ्रष्टाचार गरेको मुद्दा दायर थियो । यो मुद्दा सर्वोच्च अदालतमा पुगेकै ११ वर्ष बितिसकेको छ । पूर्वमन्त्री जोशीको गैरकानूनी सम्पत्ति लुकाएको आरोपमा अख्तियारले पत्नी सविता पन्त, उनकी दिदी चोलाकुमारी पन्त, सासु नीरकुमारी, साला बासुदेव पन्त, अनि बासुदेवका कान्छा ससुरा ताराराज पाण्डेलाई समेत मुद्दा चलाएको थियो । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
drishtinews.com
4,102,160
प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धनमा जोड दिंदै नेपालका पत्रकारहरुले पनि आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदैछन् । सन् १९९३ को संयुक्त राष्ट्रसंघको साधारण सभाले अनुमोदन गरेपछि यो दिन संसारभरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो । हरेक वर्षको मे महिनाको ३ तारिखमा विश्वभरि सञ्चारका माध्यमहरूको स्वतन्त्रताका मुद्दा, मापदण्ड र महत्वको विषयमा पैरवी अनि बहस गरिँदै समाचार संकलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरूको योगदानको सम्झना सहित र सम्मान गर्दै मनाइन्छ । संयुक्त राष्ट्र संघीय युनेस्कोको आह्वानमा यो दिवस मनाइने क्रमको सुरुआत भएको हो । प्रेस स्वतन्त्रता संचारमाध्यमको मात्र मुद्दा नभई समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न बिषय भएको बताउँदै पत्रकारहरुले यसको संरक्षणका लागि नीतिगत, कानुनी र संरचनागत सुदृढिकरणको माग पनि गरेका छन् । मान्म (कालीकोट), ६ साउन । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–८ को टाकुल्लामा पहिरो गएर अवरुद्ध दमौली (तनहुँ), ६ साउन । तनहुँमा एक वर्षको अवधिमा तीन लाख बढी पशुमा पूर्ण खोप पर्वत ६ साउन । वन्यजन्तुवाट हुने क्षतिलाई न्यूनीकरण गर्दै सिङ्गो गाउँपालिकालाई फलफूल उत्पादनमा आत्मनिर्भर बनाउने देउखुरी (दाङ), ६ साउन । घोराही उपमहानगरपालिका–६ का मनकला अधिकारी ८२ वर्षका पार गरे। पन्ध्र काठमाडौँ, ६ साउन । यहाँस्थित भारतीय राजदूतावासले आषाढ पूर्णिमाका अवसरमा आज एक विशेष कार्यक्रम आयोजना काठमाडौँ, ६ साउन । दर्शक–श्रोतासमक्ष नबोलेरै हास्य अभिनय प्रस्तुत गर्न सक्ने च्यार्ली च्याप्लिनको नाम हास्यव्यङ्ग्य कास्की, ६ साउन । विभिन्न रोगका कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा सुरु गोरखा, ६ साउन । जिल्लाको पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणका लागि नगर क्षेत्रभित्रका सामुदायिक वन तथा काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं ।
reportersnepal.com
1,756,509
पोखरा महानगरपालिकाको स्थानीय उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत यही कात्तिक २५ देखि २८ गतेसम्म श्री कम्प्लेक्स परिसरमा सञ्चालित फूलमेला तथा प्रदर्शनीमा नबिकेका फूलमालाका लागि प्रोत्साहनस्वरुप रु २० प्रदान गरिने भएको छ ।
nepalviews.com
3,093,758
सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिअन्तर्गत गुजेश्वरी फाँट र टेकु दोभानमा निर्माण भइरहेका पुरातात्त्विक संरचनाको अनुगमन गरेकी छिन् । बुधबार अनुगमनका गर्दै उनले आयोजना क्षेत्र अस्तव्यस्त देखिएको भन्दै यसबारे मन्त्रालयमा थप छलफल गरिने बताइन् । मन्त्री झाँक्रीले आयोाजनाको काम तोकिएको समयमा सक्न पनि निर्देशन दिइन् । मन्त्री झाँक्रीले निर्माण क्षेत्रमा रहेका सत्तलमा आश्रित रहेका परिवारहरूको व्यवस्थानबारे मन्त्रालयले सकारात्मक पहल गर्ने बताउँदै मन्त्रालयको एकल निर्णयले मात्र आश्रित परिवारको व्यवस्थापन गर्न नसकिने बताइन् । उनले अन्य सरोकारवाला निकायहरूसँग छलफल गरेर नयाँ ठाउँमा पुनर्स्थापना गर्न सकिने विकल्प खोज्नुपर्ने बताइन् । अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेलले पहिलो क्षेत्रको काम सम्पन्न भइसकेको बताउँदै दोस्रो र तेस्रो साइट निर्माण कार्य करिब ७० प्रतिशत सकिएको जानकारी दिए । पुरातात्त्विक र सांस्कृतिक संरचना निर्माण गर्नुपर्ने आयोजना भएकाले काम गर्न अत्यन्तै संवेदनशील र चुनौतीपूर्ण रहेको उनको भनाइ थियो । आगामी असारसम्म आयोजनाको म्याद रहेकाले आफूहरू समयमै काम सक्न प्रतिबद्ध रहेको बताउँदै प्याकुरेलले आफूले निर्माण व्यवसायी र परामर्शदातालाई आयोजना समयमै सक्न ताकेता गरिरहेको बताए । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
souryaonline.com
519,794
कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीबाट ५ लाख ४६ हजार ६०१ जनाको मृत्यु भईसकेको छ भने १ करोड १९ लाख ४९ हजार २८१ जनालाई संक्रमण भएको छ । त्यस्तै ६८ लाख ४९ हजार ५४५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ५८ हजार २२७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच मेक्सिकोमा अहिलेसम्म कोरोना भाइरसका कारण ३२ हजाचर १४ जनाको मृत्यु भईसकेको छ भने २ लाख ६८ हजार ८ जनालाई संक्रमण भएको छ । त्यस्तै १ लाख ६३ हजार ६४६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । मेक्सिकोमा पछिल्लो २४ घण्टामा ८९५ जनाको मृत्यु भएको छ भने ६ हजार २५८ जना नयाँ संक्रमित थपिएका छन् । मेक्सिकोमा मंगलवार मात्रै ४ हजार ९०२ जना संक्रमित थपिएका थिए भने ४८० जनाको मृत्यु भएको थियो ।
lokpath.com
1,411,060
उनले अन्नपूर्णसँग भने, ‘लोकतन्त्र र लोकतन्त्रवादीविरुद्ध भएको यस्ता कायरतापूर्ण घटनाको सरकार निन्दा गर्दछ । आगामी दिनमा मुलुकमा शान्ति र स्थायित्व कायम गर्न सरकारले बम र एम्बुसका डिजाइनरदेखि प्रयोगकर्तासमेतलाई कारबाहीको दायारामा ल्याउँछ।' काठमाडौं क्षेत्र नं ४ का कांग्रेस उम्मेदवार गगन थापालक्षित बम विस्फोटको घटनालगत्तै प्रतिक्रिया जनाउँदै उपप्रधानमन्त्री श्रेष्ठले भने, हिंसात्मक गतिविधिमा संलग्न जो–कोहीलाई सरकारले कारबाही गर्नेछ।' जनताको मतदानको अधिकार सुरक्षित गर्न सरकारले भयरहित वातावरणमा चुनाव गराउने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् । घरदैलो कार्यक्रममा रहेकै बेला आफू लक्षित विस्फोटबाट संयोगले आफू बाँचेको प्रतिक्रिया गगनले दिएका छन्। उनले भने, ‘घरदैलो अभियान हिँडिरहँदा विस्फोट भयो।' हिंसात्मक घटनाबाट आतंकित नहुन गगनले आफ्ना मतदातालाई अपिल गरेका छन्। उनले मतदातालाई अपिल गर्दै भनेका छन्, ‘ममाथि योजनाबद्ध तरिकाले आक्रमण भएको छ।' आफूमाथि भौतिक आक्रमण भए पनि उनले मतदातालाई आतंकित नहुन र मतदानमा सहभागी हुन अपिल गरेका छन् । यो घटनाले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको उनको प्रतिक्रिया थियो। रक्षामन्त्री भीमसेनदास प्रधानले चुनावका मुखमा गराइएका घटनामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी संलग्न रहेको दाबी गरे। रक्षामन्त्री प्रधानकै घरमा आइतबार बम भेटिएको थियो। उनले भने, ‘ निर्वाचनविरोधी गतिविधिमा संलग्न जो–कोहीलाई कारबाही गर्न सरकार सक्षम छ।' विप्लव समूह वार्तामा आयो भने उनीहरूका कुरा सुन्न सरकार तयार रहेको जनाउँदै उनले भने, ‘संविधान ल्याउन विप्लव समूहको पनि भूमिका भएकाले आफूहरू वार्ताका लागि तयार रहेका हौं।' २४ घन्टायता कांग्रेस महामन्त्री एवं नवलपरासी जिल्ला प्रतिनिधिसभा १ नं क्षेत्रका उम्मेदवार डा.शशांक कोइराला, उपप्रधानमन्त्री एवं स्याङ्जा २ नं क्षेत्रका उम्मेदवार गोपालमान श्रेष्ठ, काठमाडौं ६ नं क्षेत्रका उम्मेदवार रक्षामन्त्री भीमसेन दास प्रधान, काठमाडौं ४ नं क्षेत्रका उम्मेदवार गगन थापा, नेपाल महिला संघकी केन्द्रीय सदस्य मञ्जु खाण लक्षित बम आक्रमणका घटनाप्रति कांग्रेसले चिन्ता व्यक्त गरेको छ। कांग्रेस महामन्त्री डा.कोइरालाको प्रचारमा प्रयोग भएको लालकुमार श्रेष्ठको कारमा आइतबार राति आगजनी भएको छ। केन्द्रीय सदस्य, उपप्रधान श्रेष्ठ स्याङ्जाको भीरकोट नगरपालिका वडा नं. ८ को ढापुक सिमल भञ्ज्याङ्मा भएको चुनावी सभालाई सम्बोधन गरी फर्कने क्रममा ढापुकफेदीको बाटोमा उनी चढेको सवारी साधनलाई लक्ष्य गर्दै आइतबार बेलुकी बम प्रहार भएको थियो। यसैगरी, रक्षामन्त्री प्रधानको ठमेल ज्याठास्थित घरमा आइतबार बम भेटिएको थियो। कांग्रेसका समानुपातिक उम्मेदवार मञ्जु खाण लगायतमाथि आक्रमण भएको कांग्रेसले जनाएको छ। कांग्रेसले लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले लोकतन्त्रविरोधी तत्वले सुनियोजित तवरबाट शृंखलाबद्ध रूपमा आक्रमण गरिरहेको आरोप लगाएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आफ्ना नेता, उम्मेदवार एवं कार्यकर्ताको हत्या गर्ने मनसायले गरिएको अक्रमणप्रति घोर निन्दा र भत्र्सना गर्दै विज्ञप्ति प्रकाशन गरेका छन्। शान्तिपूर्ण एवं निर्वाध निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अधिकारमाथि ठाडो उल्लंघन गर्ने÷गराउनेलाई तत्काल कडा कारबाही गर्न तथा घाइतेको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग कांग्रेसले माग गरेको छ ।
annapurnapost.com
1,132,034
पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा गर्न नेकपा एमालेले सचिवालय बैठक डाकेको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा यही असार ३० गते सचिवालय बैठक डाकिएको हो । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा अहिले भइरहेको राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजनअनुसार कामको मूल्याङ्कन, पार्टी स्कुल विभाग, पार्टी प्रचार र जनसङ्गठनको कामको अवस्था र अब पार्टीलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुनेछ । यसैगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टीका उपाध्यक्षसँग पार्टी गतिविधिबारे छलफल गरेका थिए । अध्यक्ष ओलीले उपाध्यक्षहरूसँग पार्टीको गतिविधि र आगामी बस्ने सचिवालय बैठकको तयारीबारे छलफल गरेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । छलफलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सुभासचन्द्र नेम्वाङ र विष्णुप्रसाद पौडेल सहभागी थिए ।
makalukhabar.com
3,435,794
राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन शासकहरूका विरुद्ध क्रान्तियोद्धा योगमाया न्यौपानेको नेतृत्वमा अरुण नदीमा गरिएको जलसमाधि विश्वका लागिसमेत नौलो र साहसिक विद्रोह रहेको बताएका छन् । आज भोजपुरको साल्पासिलिछो–१ गौडेनीमा आयोजना गरिएको योगमायाको प्रतिमा अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएका हुन् । ‘तत्कालीन शासकहरूका विरुद्ध योगमायाले गरेको विद्रोह विश्वको लागि नौलो छ’, राष्ट्रपति भण्डारीले भने, ‘यो पुण्यभूमिलाई धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न आवश्यक छ ।’ सतिप्रथा विरुद्ध योगमायाले अतुलनीय योगदान पु¥याएको उनको भनाइ छ । योगमाया र षडानन्दको योगदान रहेको यहाँका क्षेत्रको विकासमा ध्यान दिनुपर्ने राष्ट्रपति भण्डारीले बताए । राष्ट्रपति भण्डारीको उपस्थितिमा षडानन्द नगरपालिका–१ मझुवाबेँसीमा रहेको योगमायाको समाधिस्थल पार्कको प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की शिलान्यास गरे । विस्तृत परियोजना प्रतिवेदन तयार गरेर निर्माण गर्न लागिएको पार्कमा योगमायासँगै जलसमाधि लिएका ६७ जनाको प्रतिमा राख्ने लक्ष्य रहेको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिए । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
drishtinews.com
2,715,392
अबको हाम्रो सर्वोपरि राष्ट्रिय अभिभारा, संकल्प र कामको केन्द्रबिन्दु आर्थिक समृद्धि हो । विगतका गुमाइएका मूल्यवान समयको समेत शोधभर्ना गर्न आर्थिक विकासको गतिलाई असाधारण तीव्रता दिइनेछ । हामीले सन् २०२२ सम्ममा नेपाललाई अति अल्पविकसित अवस्थाबाट स्तरोन्नत गर्नुछ र सन् २०३० सम्ममा दिगो विकास लक्ष्यका १७ लक्ष्य तथा १६९ सहायक लक्ष्यका प्रतिबद्धतालाई पूरा गर्नु छ । कतिपयलाई यो उद्घोष महत्वाकांक्षी लाग्न सक्छ । तर उच्च आकांक्षा नलिइकन, त्यसका लागि जोखिम नमोलिकन र त्यस निम्ति नयाँ नीति, संरचना र शैलीको अवलम्बन नगरीकन कुनै पनि राष्ट्रले फड्को मार्न सक्दैन । यसलाई हामीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारामा अभिव्यक्त गरेका छौँ । सरकार विकासका गतिलाई योजनाबद्ध ढंगले अघि बढाउन प्रतिबद्ध छ । त्यसका निम्ति देशभित्रको प्राकृतिक र मानव स्रोत, पूँजी र सीप परिचालन गर्न सबै सामथ्र्यका साथ सरकार केन्द्रित हुनेछ । राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अंगका रुपमा निजी क्षेत्रलाई सहभागी बनाउँदै लगानीमैत्री वातावरण, अनुकूल श्रम सम्बन्ध र लगानी तथा मुनाफाको सुरक्षाको प्रत्याभूति गरिनेछ । ज्ञ अबका सहकारीहरुले उत्पादनको ढाँचा र उत्पादन सम्बन्धको परिवर्तन र आधुनिकीकरणको वाहकको भूमिका खेल्नु पर्नेछ । तसर्थ, सहकारीहरु समाजवादउन्मुख अर्थतन्त्रका महत्वपूर्ण आधार हुनेछन् । सार्वजनिक–निजी–साझेदारीलाई महत्वका साथ अघि बढाइनेछ । यस प्रसंगमा हामी एक्लैकाफी छौँ भन्दैनौँ, छिमेकी तथा अन्तर्राष्ट्रिय मित्रहरु, वैदेशिक लगानीकर्ताहरु तथा वित्तिय संस्थाहरुसँग हातेमालो गरिनेछ । त्यसैले म यहीँबाट आह्वान गर्दछु, स्वदेशी तथा विदेशी लगानीकर्ताहरु ढुक्कसँग लगानी गर्नुहोस् । पारदर्शी कर, श्रमिकहरुको हित र वातावरणीय पक्षप्रति संवेदनशील हँुदै समृद्ध नेपाल निर्माणको महाअभियानमा योगदानका लागि सरिक बन्नुहोस् । तपाईको लगानी र मुनाफाको सुरक्षाप्रति सरकार सजग छ, अनावश्यक कानूनी र प्रशासनिक झण्झट अब तपाइँहरुले सामना गर्नु पर्ने छैन । कुनैअतिरिक्त सेवा सुविधा र कमिशन दिन नसकेका कारण लगानीको अवसर प्राप्त नहुने या लगानी फिर्ता लैजानेजस्ता विगतका वाध्यता सामना गर्नुपर्ने छैन । आन्तरिक र बाह्य लगानीमा सन्तुलनको नीति सहित लगानीको सुरक्षा, लगानी मैत्री वातावरण निर्माण तथा मुनाफाको व्यवस्थापन लगायतमा प्रचलित व्यवस्थाहरुलाई सहज र छरितो बनाइनेछ । औद्योगिक विकासका लागि आवश्यक विशेष आर्थिक क्षेत्र र विशेष औद्योगिक क्षेत्र निर्माणमा हाम्रो जोड रहनेछ ।
ratopati.com
3,144,070
लोक गायक बिज्ञान रोकाया र गायिका निशा सुनारको आवाजमा रहेको गीत ‘हात लाग्यो २’ सार्वजनिक गरिएको छ । बिज्ञान रोकाया नामको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा लोकेश बमको लय/शब्द रहेको छ, भने बिज्ञान रोकायाको संगीत रहेको छ । गीतको एरेन्जमेन्ट ओम सुनारले गरेका हुन भने, मिक्सिङ मास्टरिङ कुमार रानाले गरेका हुन । गीतको म्युजिक भिडियोमा निकै नै रमाईलो तथा आर्कषक नृत्य प्रस्तुत गरिको छ । भिडियोमा चक्र बम, करिष्मा ढकाल र नरेश बोहराले आर्कषक नृत्य तथा अभिनय गरेका छन । बिक्रम चौहानले निर्देशन गरेको गीत भिडियो अरोन अशोक कुमारले खिचेका हुन । भिडियोको सम्पादन भने मिलन विशवकर्माले गरेका हुन । युवा गायक तथा संगीतकार रोकाया कर्णलीको मौलिक लोक संस्किृतिको उजागर गर्दै गीत संगीत उत्पादन गरिरहेका छन । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
souryaonline.com
6,146,829
 थुनामा रहेको व्‍यक्तिलाई छुटाइदिन्छु भन्‍दै ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका-४ घर भई हाल ललितपुर महानगरपालिका-२३ धापाखेल बस्‍ने ४५ वर्षीय मुन्ना सिह भन्‍ने सुजित कुमार सिंह रहेका छन् । उनलाई विशेष सूचनाको आधारमा प्रहरीले धापाखेलबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि ठगी सम्बन्धी कसूरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ । उनले जुवा तास तथा सट्टेबाजी सम्बन्धी कसूर मुद्दामा पक्राउ परी थुनामा रहेका सञ्जय बुमार साहलाई छुटाइदिन्छु भन्‍दै आफन्तलाई विश्सामा लिई नगद २० लाख र चेकमार्फत २५ लाख गरी ४५ लाख रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ ।
onlinekhabar.com
781,958
पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई सरकारले २४ घण्टाभित्र जवाफ पेस गर्ने गरी स्पष्टीकरणको अर्को पत्र पठाउने भएको छ । बुधबार पेस गरेको जवाफ चित्तबुझ्दो नभएको भन्दै ‘तपाईंलाई किन नहटाउने ?’ भन्ने प्रश्न गरी ज्ञवालीलाई अर्को पत्राचार गर्ने भएको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सीईओको स्पष्टीकरण र त्यसबारे निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई जिम्मेवारी दिएको थियो । ‘मन्त्रिपरिषद्को निर्णयअनुसार स्पष्टीकरणको अर्को पत्र तयार भएको छ,’ मुख्य सचिव सोमलाल सुवेदीले भने । स्रोतका अनुसार प्रधानमन्त्री दाहालले स्पष्टीकरणको अर्को पत्राचार गर्नु भनेपछि प्रधानमन्त्री कार्यालयले बिहीबार साँझ स्पष्टीकरण पत्र तयार पारेको हो ।पत्र ज्ञवालीले बुझिसकेका छैनन् । प्रधानमन्त्री कार्यालयमा मुख्य सचिव, केही सचिव र सहसचिव पत्र तयार गर्न बिहीबार साँझ अबेरसम्म कार्यालयमै बसेका थिए । प्रधानमन्त्री कार्यालयमा ज्ञवालीलाई बरखास्तको पत्र दिनेबारे छलफल भए पनि कानुनी अफ्ठयारो पर्न सक्ने भन्दै उनलाई दोस्रो पत्राचार गरिएको एक अधिकारीले बताए । ‘महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठसँग छलफल गर्दा अर्को पत्राचार गर्नुपर्छ भन्ने सुझाव आयो,’ प्रधानमन्त्री कार्यालयका एक अर्का अधिकारीले भने, ‘उहाँको सुझावअनुसार नै स्पष्टीकरणको अर्को पत्र तयार भएको छ । शुक्रबार कार्यालय समय सुरु भएपछि उनलाई बोलाएर पत्र दिइनेछ ।’गत साता बसेको मन्त्रिपरिषद् बैठकले पुनर्निर्माणको काममा भइरहेको ढिलाइबारे ५ वटा प्रश्न गर्दै ज्ञवालीलाई स्पष्टीकरण सोधेको थियो । पुनर्निर्माणसम्बन्धी कार्यलाई प्रभावकारी ढंगले यथाशीघ्र अगाडि बढाउन विभिन्न निकायहरूबीच आवश्यक समन्वय कायम गर्न नसकेको, प्राधिकरणमा खटिएका कर्मचारीलाई परिचालन गर्न नसकेको, निर्देशक समितिले दिएका निर्देशनहरूको कार्यान्वयन गर्न, भूकम्पबाट प्रभावित व्यक्ति तथा परिवारलाई समयमा नै पुनर्वासको व्यवस्था मिलाउन र अनुदानबापतको रकम समयमै उपलब्ध गराउन नसकेको भन्दै स्पष्टीकरण सोधेको थियो । तोकिएको समयको सातौं दिनमा ज्ञवालीले बुधबार स्पष्टीकरणको जवाफ सरकारलाई बुझाएका छन् । उनको स्पष्टीकरण बिहीबारको मन्त्रिपरिषद् बैठकमा पेस भएको थियो । ‘सीईओबारे निर्णयमा पुग्न प्रधानमन्त्रीज्यूलाई जिम्मेवादी दिइएको हो,’ बैठकपछि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले कान्तिपुरसित भने । त्यसपछि प्रधानमन्त्री दाहालले न्यायाधिवक्ता तथा सरकारका कानुनी अधिकारीहरूसँग छलफल गरेका हुन् । सीईओ ज्ञवालीले बुधबार बुझाएको स्पष्टीकरणमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ र सामान्य प्रशासन मन्त्रालयको असहयोगका कारण पुनर्निर्माण उल्लेख्य उपलब्धि हासिल गर्न नसकेको भनेका छन् । ज्ञवालीले हालसम्मका तथ्यांकहरू पेस गरी उक्त प्रगतिलाई सन्तोषजनक रहेको जनाउँदै पुनर्निर्माणमा उल्लेख्य उपलब्धि हासिल गर्न नसक्नुको पछाडि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ र सामान्य प्रशासन मन्त्रालय रहेको जनाएका हुन् । प्रमुख कार्यकारी अधिकृतका रूपमा सम्पादन गरिएको भुमिकालाई सन्तोषजनक नरहेको भन्ने कुनै पनि आधार, कारण र अवस्था नरहेको उनले दाबी गरेका छन् । अर्थ मन्त्रालयले बजेट उपलब्ध नगराएको, सामान्य प्रशासन मन्त्रालयले कर्मचारी उपलब्ध नगराएको र मन्त्रिपरिषद् कार्यालयले नीतिगत विषयमा ढिलाइ गरेको स्पष्टीकरणमा उल्लेख गरेका छन् ।भूकम्पबाट प्रभावित संरचनाहरूको पुनर्निर्माणसम्बन्धी ऐन २०७२ अनुसार सीईओलाई हटाउनुपूर्व सफाइको मौका दिनुपर्नेछ । ‘प्रमुख कार्यकारी अधिकृतको काम सन्तोषजनक नभएमा नेपाल सरकारले निजलाई जुनसुकै बेला हटाउन सक्नेछ,’ ऐनको दफा ११ भनिएको छ, ‘तर, त्यसरी पदबाट हटाउनुअघि निजलाई सफाइ पेस गर्ने मौका दिनुपर्नेछ ।’ उक्त दफा प्रयोग गरी सरकारले ज्ञवालीलाई स्पष्टीकरण सोधेको हो । सीईओ ज्ञवालीले बिहीबार साँझ ५ बजेसम्म सरकारको पत्र नआएको जनाएका छन् । उनले सहयोगीमार्फत इमेल गरी भनेका छन्, ‘साँझा ५ बजेसम्म म कार्यालयको काममा सदा झैं व्यस्त भएँ । यो समयसम्म पत्र आएको जानकारी मलाई छैन ।’ ज्ञवालीलाई केपी ओली नेतृत्वको सरकारले भूकम्प गएको झन्डै ९ महिनापछि सीईओमा नियुक्त गरेको हो । राजनीतिक किचलोका कारण पुनर्निर्माण प्राधिकरण ऐन जारी हुन नै ९ महिना लाग्यो । ऐन जारी भएपछि ०७२ पुस १० गते उनलाई नियुक्त गरेको हो । प्राधिकरणमा आउनुपूर्व उनी नगर विकास कोषमा कार्यकारी निर्देशक थिए । सीईओ ज्ञवालीलाई मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको हल्ला चलेपछि पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले ज्ञवालीलाई हटाएर सरकारले ‘घटिया’ काम गरेको टिप्पणी गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा प्रेस चौतारीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आफ्ना कार्यकर्ता भर्ना गर्न सरकारले ज्ञवालीलाई हटाएको आरोप लगाएका थिए ।
ekantipur.com
5,580,099
मधेस प्रदेशस्थित धनुषा जिल्लाको अधिकांश पालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनअन्तर्गत भएको निर्वाचनमा जिल्लाको १८ वटा पालिकामध्ये १० वटा पालिका प्रमुखमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् । नेपाली कांग्रेसबाट सात नगरपालिका र तीन गाउँपालिका रहेका छन् । जसमध्ये हंसपुर नगरपालिकामा प्रदीपकुमार यादव, कमला नगरपालिकामा विशेश्वर यादव, गणेशमान चारनाथ नगरपालिकामा जितनारायण यादव, धनुषाधाम नगरपालिकामा बालेश्वर मण्डल, नगराइन नगरपालिकामा विनयकुमार यादव, मिथिला नगरपालिकामा महेन्द्र महतो र मिथिला बिहारी नगरपालिकामा राजेन्द्रप्रसाद यादव हुनुहुन्छ । तीन गाउँपालिकामा लक्ष्मीनिया गाउँपालिकामा भोगेन्द्र मिश्र, बटेश्वर गाउँपालिकामा रामअशिष महतो र धनोजी गाउँपालिकामा राजकुमार साह हुनुहुन्छ ।
gorkhapatraonline.com
997,786
एमालेले पूर्वमहासचिव माधवकुमार नेपाललाई तेस्रो बरियतामा राखेको छ ।केन्द्रीय कमिटीको शनिबार बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई तेस्रो बरियतामा राख्ने प्रस्ताव गरेका थिए ।
ekantipur.com
4,000,258
कोसी प्रदेश नामकरणको विषयमा असन्तुष्टि जनाउँदै मङ्गलवार साँझ झापाको दमकमा निस्केको राँके जुलुसको क्रममा भएको झडपमा परेर प्रहरी नायव उपरीक्षक मनोजकुमार काठमाडौं, २७ वैशाख । नेपाली कांग्रेसका नेता एवं सांसद उदयशमशेर राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपालको मात्र नभएर अमेरिका र अन्तर्राष्ट्रिय एजेन्सीको समेत सरोकार जोडिएको बताएका छन् । ‘नेपालीलाई नक्कली काठमाडौं, वैशाख २७ । नेपाल प्रहरीलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रक्रियामा मुछिएका हाइप्रोफाइललाई पक्राउ गर्नै हम्मेहम्मे परेको छ । प्रहरीले सो प्रकरणमा जोडिएका पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव काभ्रेपलाञ्चोक, २६ बैशाख । जिल्लाको डाँडापारिस्थित दक्षिणी क्षेत्रमा अवस्थित महाभारत गाउँपालिकाको तीन हजार दुई सय परिवारलाई आजदेखि केन्द्रीय विद्युत् उपलब्ध गराइएको छ। सरकारको उज्यालो अभियान कार्यक्रमअन्तर्गत महाभारतका सबै परिवारमा पुर्याइएको काठमाडौं, २६ बैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशको १५ बर्षे परिकल्पना अर्थात ‘भिजन-९५’ प्रस्तुत गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री शर्माले १५ बर्षे परिकल्पना अर्थात ‘भिजन-९५’ प्रस्तुत काठमाडौं, २६ बैशाख । मन्त्रिपरिषद् बैठकले बिदेशबाट आउँदा २ मोबाइल ल्याउन पाउने र सहकारी सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। काठमाडौं, २६ बैशाख । नेकपा (एमाले)ले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा पार्टी सचिव टोपबहादुर रायमाझीले सघाउनुपर्ने निर्णय गरेको छ। मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टी सचिव रायमाझीले सो काठमाडौं, २६ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार थप दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रामशरण केसी काठमाडौं, २६ बैशाख । मन्त्रिपरिषद् बैठकले ४४ जना सहसचिवको सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारका ४४ जना सहसचिवको सरुवा गरेको हो। काठमाडौं, २६ बैशाख । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ। मंगलबार उनीहरुबीच एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा काठमाडौँ, २६ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक स्वतन्त्रता र प्रेस स्वतन्त्रता एकअर्कासँग जोडिएको बताएका छन् । तिसौँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा युनेस्कोसँगको सहकार्यमा राष्ट्रिय मानवअधिकार काठमाडौं, २६ बैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच पार्टी एकता गर्नेबारे छलफल भएको छ । अध्यक्ष नेपाललाई भेट्नको लागि श्री शाके १९४६ । बि स २०८१ साल साउन ६ गते आइतबार । इश्वी सन काठमाडौं, ५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् काठमाडौं, ५ साउन । सरकारमा शरदसिंह भण्डारीको सत्तरोहणसँगै लोकतान्त्रिक समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ काठमाडौं, ५ साउन ।
reportersnepal.com
2,626,299
भारतको कोचीमा शुक्रबारदेखि आयोजित ग्लोबल डिलर्स कन्फ्रेन्समा अशोक लेलैन्डले आइएमई मोटर्सका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई उक्त अवार्डबाट सम्मानित गरेको हो । आइएमई मोटर्स नेपालका लागि अशोक लेलैन्ड इन्डियाको आधिकारिक बिक्रेता हो । अशोक लेलैन्ड इन्डियाले आइएमई मोटर्सलाई गत आर्थिक वर्षमा उत्कृष्ट व्यापार गरेबापत उक्त अवार्डबाट सम्मानित गरेको हो । उक्त ग्लोबल कन्फ्रेन्स शनिबार सकिएको छ ।
ratopati.com
2,431,518
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद जितजंग बस्नेतले राष्ट्रिय सतर्कता केन्द्रलाई प्रधानमन्त्री मातहत राख्न नहुने बताएका छन् । बुधबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । सांसद बस्नेतले राष्ट्रिय सतर्कता केन्द्रले प्रधानमन्त्रीको दबाब झेल्नुपर्ने हुनाले भ्रष्टाचार निवारणको क्षेत्रमा काम गर्न नसकेको जिकिर पनि गरे । उनले सो केन्द्रलाई स्वतन्त्र भूमिकामा नल्याएसम्म उसले काम गर्न नसक्नेतर्फ पनि सरकारलाई सचेत गराए । कांग्रेसका अर्का सांसद कृष्णप्रसाद पौडेलले सो केन्द्र निरीह भएकाले त्यसलाई राजनीतिक दबाबमुक्त हुनेगरी कानुनी व्यवस्था गर्नुपर्ने बताए । उनले सो केन्द्रजस्ता भ्रष्टाचार निवारणको क्षेत्रमा कार्यरत निकायहरुलाई स्रोत, साधन र जनशक्तिको अभाव हुन नदिन पनि सरकारलाई सचेत गराए । यता सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद विष्णुबहादुर विश्वकर्माले पनि मुलुकमा सुशासन कायम गर्नका लागि कर्मचारीहरू बढी जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याए । उनले देश र जनताको पक्षमा काम गर्ने कर्तव्यवोधका साथ कर्मचारीले काम गरे मुलुकमा सुशासनको प्रवर्द्धनमा महत्त्वपूर्ण काम हुने बताए । सांसद विश्वकर्माले मुलुकलाई सुशासन र समृद्धिको बाटोमा अघि बढाउन राजनीतिक नेतृत्व र कर्मचारीले मिलेर काम गर्नुपर्ने बताए ।
ratopati.com
3,639,792
संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले नाइजेरियाको विद्रोही संगठन बोको हराम र इस्लामिक स्टेट आइएसबीच सम्बन्ध रहेको भन्दै चिन्ता व्यक्त गरेको छ । सिरिया तथा इराकसहितका देशमा हिंसात्मक गतिविधि गरिरहेको आइएससँग बोको हरामले सहकार्य गरेको र यो मानवीय सुरक्षा र शान्ति स्थापनाका लागि ठूलो खतरा रहेको भन्दै सुरक्षा परिषद्ले चिन्ता व्यक्त गरेको हो । गत वर्ष आइएससँग सम्बद्ध बोको हरामका लडाकुले पश्चिम तथा मध्यअफ्रिकामा शान्ति स्थापनामा बाधा पुर्‍याएको सुरक्षा परिषदले जारी गरेको वक्तव्यमा उल्लेख छ एक उच्च अमेरिकी अधिकारीले बोको हरामका लडाकु लिबियामा गएर आइएसमा सामेल भएको जनाएका छन् । नाइजेरियामा आज बोको हरामविरुद्धको कारबाही अभियानलाई प्रभावकारी बनाउने विषयमा सम्मेलन हुँदैछ । सम्मेलनमा नाइजेरियाका राष्ट्रपतिसहित छिमेकी मुलुकहरु बेनिन, क्यामरुन, चाड तथा नाइजरका राष्ट्रपति सहभागी हुनेछन् । सम्मेलनमा फ्रान्सका राष्ट्रपति फ्रांस्वा ओलान्ड, बेलायती विदेशमन्त्री फिलिप हेमान्ड तथा अमेरिकी विदेश उपमन्त्री एन्टोनी ब्लिन्केन पनि सहभागी हुने छन् । नाइजेरिया तथा छिमेकी मुलुकमा गएको वर्ष बोको हरामको आक्रमणमा २० हजारको ज्यान गएको थियो ।
imagekhabar.com
4,459,239
अन्त्येष्टीअघि श्रद्धाञ्जली दिन नक्सालस्थित संगीत तथा नाट्य एकेडेमी नक्सालमा उनको शव राखिएको थियो। सरकारको तर्फबाट संचार मन्त्री रेखा शर्मा र पर्यटन मन्त्री सुदन किराँतीले तामाङको शवमा राष्ट्रिय झण्डा ओडाएका थिए। श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका नेता गगन थापा पनि मन्त्रीहरुसँग नक्साल पुगेका थिए । अनि त्यही चर्को होडबाजी – एकपछि अर्को विलाशिता पाउनका लागि। प्रतिस्पर्धाकै कोलाहलपूर्ण भिड। त्यही भिडबाट उम्केर जहाँ पुगिरहेको छु ठीक उल्टो छ दृश्य। मैले बुझेको ‘लग्जरी’ यहाँ लापता छ। सुविधाका शब्द पनि सुनिन्न। अनि सुख? त्यो चाहिँ उनीहरुले मानिरहेकै देखियो। रमाइरहेकै छन्। हाँसिरहेका छन्। निसंकोच मुस्कान छरिरहेकै छन्। हाम्रो भ्रमपूर्ण सोचको विपरीत । आज यस पर्व मनाउन मुस्लिम समुदायका मानिसहरु मस्जिद पुगेर नमाज पढ्छन्। काठमाडौंको घण्टाघरमा रहेको कास्मिरी तकिया जामे मस्जिदमा पर्वको विशेष रौनक देखियो। बिहान ८ बजेदेखि नमाज पढ्ने र एकअर्का अंकमाल गर्दै शुभकामना आदानप्रदान गरेका दृश्य दखिन्थ्यो । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरि मनाउने गरिन्छ। यसै दिवसको अवसर पारेर आज महाराजगञ्जस्थित नेपाल पुलिस एकाडेमीमा पनि योश शिविर आयोजना गरिएको छ । आफूलाई आक्रमण गर्ने नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघका नेताहरुविरुद्धको मुद्दा फिर्ता लिने मन्त्रिपरिषद्ले निर्णय गरेपछि उनी प्रदर्शनमा उत्रिएका हुन्। उनले आमरण अनशन सुरु गर्ने पनि घोषणा गरेका छन् । भँगेरा वर्गमा पर्ने यो चरालाई चराहरूको ‘इन्जिनियर’ पनि भनेर चिनिन्छ। कलात्मक ढंगले बनाउने यसको गुँडका कारण यसलाई इन्जिनियर चरा भनिने हो। रुखका टुप्पातिर झुन्डिएर रहेको यसको गुँडमा बचेरालाई सुरक्षित राख्‍न यसले धेरै नै मेहनत गरेको हुन्छ। तोप चराको गुँड सजिलै झुन्डिएको देखिए पनि झर्न चाहिँ झर्दैन । हरेक दिन सयौं नागरिक आफ्ना समस्या बोकेर मन्त्रालय धाउँछन्। एउटा कोठादेखि अर्को, एउटा मन्त्रालयबाट अर्को। यसरी दिनभर सरकारी कार्यालय चहार्दै गर्दा कतिपय समय कार्यकक्ष खाली हुन्छ। जसकारण सेवाग्राही प्रभावित हुने गरेका छन् । उच्च शिक्षा ऐन २०७६, संघीय शिक्षा ऐन लगायतका विभिन्न शिक्षा सम्बन्धी ऐनहरु संसदमा नलगिएको र शिक्षा क्षेत्रको लागि नीतिगत निर्णय गर्न नसकिएको उनीहरुको आरोप थियो। उनीहरुले रोकिएका ऐनहरु सदनमा पेस गर्न माग गरेका थिए । बीस वर्षीया विपना थापाको रोजगारी यसैबाट चलेको छ। त्रिवेणी नगरपालिकामा रहेको उनको पानी घट्टले आधा घन्टामा २५ किलो मकै पिस्छ। त्यसैबाट उनको गुजारा चलिरहेको छ । आइतवार बेलुकी जय वागेश्वरी भन्दा केही माथि रहेको सत्तलबाट दुई कन्या केटी र एक कुमार केटालाई त्रिशुलमा घोचेर खटमा राखेर नगर परिक्रमा गराइयो। स्थानीय भाषामा यसलाई 'मचाति जात्रा' अर्थात बच्चालाई त्रिशुलले घोचेर गरिने जात्रा भनिन्छ ।
pahilopost.com
4,096,800
कृषि ज्ञान केन्द्र तनहुँले बाँदरले हैरान पार्न थालेपछि वैकल्पिक बालीका रूपमा ‘बेसार खेती’लाई प्राथामिकता दिएको छ । बाँदरले अन्नबाली र फलफूल खाएर सताउन थालेपछि केन्द्रले बेसार खेती प्रवर्द्धन गर्न लागेको हो । व्यास नगरपालिका–८ सोतीबेँसीका २० कृषकले दुई सय रोपनी जग्गामा बेसार खेतीको सुरुआत गरेका कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । यसका लागि कृषकलाई ८५ प्रतिशत अनुदानका रुपमा रु चार लाख बजेट विनियोजन गरिएको छ । उनले भने, “यस वर्ष परीक्षणका रूपमा बेसार खेती थालेका छौँ । बिक्री–वितरण सहजै भए खेती विस्तार गर्दै लैजाने योजना छ ।” कार्यालयले बजेट विनियोजन गरेपछि आवश्यक बीउ खरिदका साथै कृषकले बेसार राखेर उमाल्ने ड्रम, कुटानीपिसानी गर्ने मेसिन, प्याक गर्ने मेसिनलगायत सामग्रीसमेत खरिद गरिसकेका छन् । समूहमा आबद्व सदस्यले बेसार लगाउने, गोडमेल गर्नेदेखि बेसार उत्पादनपश्चात धोइपखाली गरी उमाल्ने, कुटानीपिसानी गरेर लेबल टाँस गरी अग्र्यानिक बेसारका रूपमा बिक्री गर्नेछन् । व्यास नगरपालिका कार्यालयले व्यास–३ अनसन चौतारी नजिक निर्माण गरेको कक्षमा ल्याएर कृषकले बिक्री गर्ने शर्तमा कार्यालयले यस कार्यक्रमलाई अघि बढाएको हो । उत्पादित वस्तुलाई स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहयोगमा प्याक गरेर विदेश निर्यात गर्ने लक्ष्य छ । कार्यालयले कृषकलाई जग्गा बाँझो नराख्न र आयआर्जन गरी आत्मनिर्भर बनाउन बेसार (हलेदो) खेती प्रवर्द्धन कार्यलाई प्राथामिकता दिएको हो । उत्पादन भएका वस्तु स्थानीय बजारमा बिक्री भएन भने तीनवटै तहका सरकारले सहजीकरण गरी बिक्री–वितरणमा सहयोग गरेको अवस्थामा कार्यक्रम अझ प्रभावकारी हुने देखिन्छ । रासस मान्म (कालीकोट), ६ साउन । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–८ को टाकुल्लामा पहिरो गएर अवरुद्ध दमौली (तनहुँ), ६ साउन । तनहुँमा एक वर्षको अवधिमा तीन लाख बढी पशुमा पूर्ण खोप पर्वत ६ साउन । वन्यजन्तुवाट हुने क्षतिलाई न्यूनीकरण गर्दै सिङ्गो गाउँपालिकालाई फलफूल उत्पादनमा आत्मनिर्भर बनाउने देउखुरी (दाङ), ६ साउन । घोराही उपमहानगरपालिका–६ का मनकला अधिकारी ८२ वर्षका पार गरे। पन्ध्र काठमाडौँ, ६ साउन । यहाँस्थित भारतीय राजदूतावासले आषाढ पूर्णिमाका अवसरमा आज एक विशेष कार्यक्रम आयोजना काठमाडौँ, ६ साउन । दर्शक–श्रोतासमक्ष नबोलेरै हास्य अभिनय प्रस्तुत गर्न सक्ने च्यार्ली च्याप्लिनको नाम हास्यव्यङ्ग्य कास्की, ६ साउन । विभिन्न रोगका कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा सुरु गोरखा, ६ साउन । जिल्लाको पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणका लागि नगर क्षेत्रभित्रका सामुदायिक वन तथा काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं ।
reportersnepal.com
6,046,390
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा ३ वटा भ्रष्टाचार मुद्दा दायर गर्‍यो । आयोगले २०७६/७७ को अवधिमा २१ वटा फाइलमाथि अनुसन्धान सकेर मुद्दा नचल्ने निर्णय गरी तामेलीमा पठाएको छ । भ्रष्टाचारको आरोपमा मुद्दा दायर गर्न प्रमाण नभेटिएमा फाइल तामेलीमा राख्ने गरिन्छ । अख्तियारले गतवर्ष भदौ र असोजमा गैरकानूनी सम्पत्ति आर्जनका तीनवटा मुद्दा विशेष अदालतमा दायर गरेको छ । एउटामा सिनियर डिभिजनल इञ्जिनियर(सीडीई) काशीप्रसाद गुप्ता सहित १३ जनाविरुद्ध १६ करोड ७२ लाख रुपयाँ विगो मागदावी गरिएको छ । त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालिन उपकुलपति डा. बलभद्रप्रसाद दास विरुद्ध ७ करोड ७१ लाख रुपैयाँ विगो मागदावी सहित अर्को मुद्दा विशेष अदालतमा दर्ता गरिएको छ । सिनियर डिभिजनल इन्जिनियर सुरेशकुमार शर्मा विरुद्ध तीन करोड ६ लाख रुपैयाँ विगो मागदावी गरी तेस्रो मुद्दा दायर गरिएको छ । अख्तियारले यो अवधिमा २१ जना सार्वजनिक पद धारण गरेका व्यक्तिविरुद्ध परेको गैरकानूनी सम्पत्ति आर्जनको आरोपका फाइलहरु मुद्दा नचलाउने निर्णय गरी तामेलीमा राखेको छ । सशस्त्र प्रहरी बलका तत्कालिन महानिरीक्षक कोषराज वन्तदेखि कर फर्स्यौट आयोगका तत्कालिन अध्यक्ष लुम्बध्वज महत विरुद्धको फाइल तामेलीमा पठाएको हो ।
onlinekhabar.com
4,108,366
गत फागुनबाट शुरु भएको योजनाको एक वर्षमा २० प्रतिशत काम सकिएको छ । शुरुमा तीव्र गतिमा काम भए पनि हालसम्मको निर्माण प्रगति हेर्दा तोकिएको मितिमा यो सडक काम सम्पन्न हुने देखिदैन । एक वर्षमा पाँच प्रतिशतमात्र रकम खर्च भएको निर्माण कम्पनीले बताएको छ । चन्द्रौटादेखि कृष्णनगरसम्म यो सडकखण्ड २० किलोमिटर छ । दुईलेनको यस सडकमा २१ मिटर चौडाइमा चारलेन सडक निर्माण गरिने निर्माण कम्पनीका नवीन गुरुङले जानकारी दिए । रुख कटान, विद्युत्को खम्बा सार्ने, खानेपानीको पाइप व्यवस्थापन लगायतको कामले केही ढिलाइ भएको सडक सुधार विकास आयोजना लमहिका आयोजना प्रमुख सुबोधकुमार देवकोटाले बताए । जटिल काम सम्पन्न भइसकेकाले बाँकी दुई वर्षमा चारलेन सडक काम सम्पन्न गर्न सकिने देवकोटाले बताए। अहिले सडकमा ज्वाइन सर्वे, माटो फिलिङ, टप स्वाइलको काम सकिएको छ । सडक निर्माणमा पानी परेपछि एक हप्ता प्रभावित हुने गरेकाले पनि केही ढिलाइ भएको उक्त योजना परामर्श सेवाका इञ्जिनीयर रमेशलाल श्रेष्ठले बताउनुभयो । भारतीय सहयोग रहेकाले रकम निकासामा झन्झटिलो भएको हुँदा निर्माण कम्पनीलाई समस्या रहेको र समय अपुग भए केही समय थप गर्ने योजना रहेको उहाँले बताउनुभयो । सडक सुधार विकास आयोजना र एक्जिम बैंकबीच सडक निर्माणका लागि भएको सम्झौताअनुसार यो सडक निर्माण हुन लागेको हो । सम्झौतापछि यो सडकखण्डको ठेक्का कालिका दिनेशचन्द्र जेभीले लिएको छ । कालिका नेपालको कन्ट्रक्सन हो भने दिनेश जेभी भारतीय हो । सडक निर्माणको ५१ प्रतिशत सामग्री भारतबाट आयात गरिने छ । भारतीय सीमासँग जोडिएको सडक चार लेन निर्माणसँगै दुई देशीय आयातनिर्यातमा सहज हुने विश्वास छ । यो आयोजना सक्न अझै २५ महिना लाग्ने निर्माण कम्पनी दिनेशचन्द्र कालिका कन्ट्रक्सन जेभीले जनाएको छ । सडकभित्र पर्ने ५१६ रुख काटिएको छ भने विद्युत्को खम्बा सार्ने काम भइरहेको छ । अब ग्राबेल गरी पिच भत्काउने काम शुरु हुने निर्माण कम्पनीले जनाएको छ । रु ७५ करोड बजेटमा निर्माण हुन लागेको चारलेन सडक निर्माणमा २२० ले रोजगारी पाएका छन् । मान्म (कालीकोट), ६ साउन । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–८ को टाकुल्लामा पहिरो गएर अवरुद्ध दमौली (तनहुँ), ६ साउन । तनहुँमा एक वर्षको अवधिमा तीन लाख बढी पशुमा पूर्ण खोप पर्वत ६ साउन । वन्यजन्तुवाट हुने क्षतिलाई न्यूनीकरण गर्दै सिङ्गो गाउँपालिकालाई फलफूल उत्पादनमा आत्मनिर्भर बनाउने देउखुरी (दाङ), ६ साउन । घोराही उपमहानगरपालिका–६ का मनकला अधिकारी ८२ वर्षका पार गरे। पन्ध्र काठमाडौँ, ६ साउन । यहाँस्थित भारतीय राजदूतावासले आषाढ पूर्णिमाका अवसरमा आज एक विशेष कार्यक्रम आयोजना काठमाडौँ, ६ साउन । दर्शक–श्रोतासमक्ष नबोलेरै हास्य अभिनय प्रस्तुत गर्न सक्ने च्यार्ली च्याप्लिनको नाम हास्यव्यङ्ग्य कास्की, ६ साउन । विभिन्न रोगका कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा सुरु गोरखा, ६ साउन । जिल्लाको पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणका लागि नगर क्षेत्रभित्रका सामुदायिक वन तथा काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं ।
reportersnepal.com
4,512,479
प्रेस चौतारी रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै उनले सत्तारुढ दलले संविधान सर्वस्वीकार्यका नाममा संविधान संशोधनबाट १० प्रतिशतलाई रिझाउने र ३३ प्रतिशतलाई अलग्याउने खेल भइरहेको बताए। 'संविधान संशोधन प्रस्ताव नेपाल, नेपाली जनता र मधेसी समुदायको समेत हितविरुद्ध रहेकाले यसलाई असफल बनाउनेमा नेकपा (एमाले) को स्पष्ट अडानमा छ,' उनले भने ।
pahilopost.com
4,373,875
राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले राष्ट्रपति रामचन्द्र पौडेलको राजीनामा माग गरेका छन् । शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै थापाले राष्ट्रपति पौडेलको राजीनामा मागेका हुन् । कोशी प्रदेशमा मुख्यमन्त्री छान्ने प्रक्रियामा गठबन्धनको पक्षमा राष्ट्रपति पौडेलको सक्रियता देखिएको बताउँदै थापाले राष्ट्रपति पौडेलको राजीनामा मागेका हुन् । ‘कोशी प्रदेशमा मुख्यमन्त्री छान्ने प्रक्रियामा गठबन्धनको पक्षमा राष्ट्रपति रामचन्द्र पौडेलको सक्रियताले नेपालमा राष्ट्रपति सबैको साझा हुनसक्दैन भन्ने फेरि प्रमाणित भएको छ । पार्टी राजनीतिमा संलग्न पौडेललाई पदमा बस्ने नैतिकता छैन् । तत्काल राजीनामा दिन रामचन्द्र पौडेललाई आग्रह गर्दछु ।’ थापाले भनेका छन् ।
dainiknepal.com
3,211,319
निर्माण थालिएको नौ वर्ष हुँदा पनि इलाम नगरपालिका र माइजोगमाई गाउँपालिका जोड्ने पक्की पुल अझैसम्म पूरा हुन हुन सकेको छैन । ०७४ सालमै सम्पन्न गर्नेगरी ०७१ असार २७ मा ठेक्का सम्झौता गरिएकोे पक्की पुल हालसम्म पनि सम्पन्न नहुँदा स्थानीयवासी निराश भएका छन् । हिउँदमा त खोलाबाट नै गाडी वारपार गर्छन् तर बर्खायाम सुरु भएसँगै पारिको गाडी पारि नै वारिको वारि नै हुने हुँदा खाद्यान्न ढुवानी गर्न र बिरामी पर्दा समस्या हुने गरेको छ । पक्की पुलदेखि नजिकै माथि झोलंगे पुल छ । स्थानीयवासीले सोही झोलुंगे पुलबाट मोटरसाइकल वारपार गर्दै आएका छन् । पुलको मुख दुवैतिर निकै जोखिम मोलेर मोटरसाइकल तार्नुपरेको सम्बद्ध यात्रुको गुनासो छ । इलाम नगरपालिका–५ को बरबोटे र माइजोगमाई ५ को सोयाङ जोड्ने दूधाङमा पक्की पुल निर्माणका लागि ०७१ असार २७ मा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ । सम्झौतामा ०७४ सालमा नै सम्पन्न गर्नुपर्ने उल्लेख भए पनि पुल हालसम्म सम्पन्न नहुँदा स्थानीयवासी निराश भएका छन् । पटकपटक म्याद थप भएर पनि निर्माण सम्पन्न नहुँदा पुलबाट आवतजावत गर्न पाइने आशामा रहेका यहाँका बासिन्दामा उत्तिकै निराशा छाएको स्थानीयवासी बालकुमार पोख्रेलले बताए । उनले वर्षौंदेखिको आशा अब नयाँ जनप्रतिनिधिले पूरा गर्ने विश्वाससमेत व्यक्त गरे । डिभिजन सडक कार्यालयका अनुसार सम्झौता अवधिमा काम नसकिएपछि ०७४ पुस २७ सम्मलाई पहिलोपटक म्याद थपिएको हो । नेसनल नीलगिरि जेभीले ठेक्का पाएर पनि निर्माण सम्पन्न गर्न सकेको छैन । उक्त कार्यालयले ५ करोड ८५ लाखमा ठेक्का लगाएको सो काम नीलगिरि जेभीले दुई वर्षभित्रै सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियो । इलाम सदरमुकामबाट माइजोगमाई केन्द्रसम्म दैनिक दर्जनौँ सवारी साधन चल्छन् । इलाम र नयाँ बजार करिब २२ किलोमिटरमा सडकबीचको पुल सम्पन्न नहुँदा खोलाबाटै कठिन यात्रा गर्नुपरेको स्थानीयवासी र चालकको भनाइ थियो । अर्का स्थानीयवासी टीकानाथ ढुंगानाले हिउँदमा जे भए पनि बर्खायाममा भने सास्ती खेप्नुपर्ने भएको बताए । यो पुलको एकातर्फ नेकपा (एमाले)का संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङ र अर्कातर्फ पूर्व प्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र हो । पुल सञ्चालनका लागि अब पहल गरिने इलाम नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले बताए । अब यो पुल निर्माण गर्ने कम्पनीसँग छलफल गरेर अघि बढ्ने इलाम नगरपालिकाका प्रवक्ता नुतेदेव दुलालको भनाइ थियो । उनले के कारणले यति समय भइसक्दा पनि यो पुल निर्माण हुन नसकेको हो यस विषयमा आफूहरूले चासो बढाउने बताए । निर्माणधीन पुलबाट इलाम नगरपालिका तथा माइजोगमाई गाउँपालिका हुँदै सूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिका एवं भारतका विभिन्न ठाउँका बासिन्दालाई सहज हुन्छ । स्थानीयवासीको सहजताका लागि आफूहरूले सम्बन्धित निकायसम्म पुगेर खबरदारी गर्ने नवनिर्वाचित नगरप्रमुख केदार थापाले बताए । उनले अब निराशा नहुन पनि स्थानीयवासीलाई आग्रह गरे । नगरप्रमुख थापाले समस्या समाधानका लागि आफ्नो ध्यान गइसकेको र तत्काल निर्माणकार्य सम्पन्न गराउन पहल गरिएको बताए । इलाम सदरमुकामदेखि माइजोगमाईको केन्द्र नयाँ बजारसम्म पुग्ने मोटरबाटो ग्राभेल गरिएको छ । केही हदसम्म बर्खायाममा पनि सवारीसाधन सञ्चालन हुने सडकको बीचमा रहेको खोलामा पुल नहुँदा समस्या हुँदै आएको छ । काम गर्ने ठेकेदार कम्पनीले नै हो तर स्थानीयवासी तथा जनप्रतिनिधिले खबरदारी गर्न नसक्दा पनि यो पुल निर्माण हुन नसकेको हो । इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाबिचको माइखोलामा निर्माणाधीन यो पुल थालिएको नौ वर्ष पूरा हुँदा पनि अलपत्रै छ । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
souryaonline.com
3,538,127
पूर्व पश्चिम मदन भण्डारी लोकमार्ग निर्माण भएपनि पुल र एप्रोच सडक निर्माण नहुँदा सार्वजनिक यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । सरकारको उच्च प्राथमिकतामा परेको यो राजमार्ग मध्यपहाडी लोकमार्ग र चुरे आसपासका क्षेत्रमा रहेका १४ वटा जिल्लाको विकासको ढोका खोल्ने बताइएको छ । पहिलो चरणमा निर्माण भएको चौदण्डी गढी नगरपालिका विरेन्द्र चोकदेखि सिन्धुली भिमान १ सय ३४ किलोमिटर सडक खण्डमा पर्ने ५६ वटा पुलमध्ये ४३ वटा निर्माण सम्पन्न भएको छ । बनेका पुलको वर्षौ बित्दासमेत दुवैतर्फ एप्रोच सडक बनेका छैनन् ।
imagekhabar.com
6,100,723
नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम–१ को निर्वाचन बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट दिएका छन् । निर्वाचन अधिकृतले गरेको निर्वाचन परिणाम घोषणा बदर गरी फेरि मतदान हुनुपर्ने उनको माग छ । धाँधली गरी आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराइएको भन्दै खनालले मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको निवेदनमा उनले निर्वाचन आयोग, इलाम १ को निर्वाचन अधिकृतको कार्यालय, इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारी अनि संघीय संसद सचिवालयलाई समेत विपक्षी बनाएका छन् । यो क्षेत्रबाट खनाललाई हराउँदै नेकपा एमालेका महेश बस्नेत निर्वाचित भएका थिए । इलाम–१ मा एमाले उम्मेदवार महेश बस्नेत २५ हजार ७५३ मतसहित निर्वाचित भएका थिए भने खनालले २३ हजार ८९ मत पाएका थिए ।
onlinekhabar.com
2,353,019
बिहिबार सरकारी वकिल कार्यालयमा लिइएको बयानमा दिनेशले बलात्कार पछि हत्या गरेको स्वीकारेका दिनेशका बुवा दीपकराज भट्टले जानकारी दिनुभयो । बुधबार सार्वजनिक गरिएका दिनेशले यसअघि आफूले हत्या मात्रै गरेको बताउँदै आएका थिए । तर आज दिनेशका बुबा, प्रहरी अनुसन्धान अधिकृत, सरकारी वकिल सहित रहेको टोलीले संयुक्त रुपमा लिएको बयानमा बलात्कारपछि हत्या गरेको स्वीकारेका हुन् । यस्तै आजै बयानका क्रममा दिनेशले घटनास्थलमै भागरथीको घडी पनि रहेका बताएका थिए । दिनेशले भनेकै आधारमा प्रहरीले घटनास्थलमा खोज्दै जाँदा घडी पनि फेला पारेको थियो । दीपकराजले भन्नुभयो, “पुरानो घरायसी रिसिइबी र विद्यालयको हाफ टाइममा जिस्क्याएको भनेर भनेको छ ।” लवलेक जङ्गलमा पुगेपछि पहिला सडकबाट धकेलेर भिरमा लडाएको त्यसपछि बेहोस अवस्थामा बलात्कार गरेको र पछि घाँटी निमोठेर हत्या गरेको समेत दिनेशले बयान दिएका छन् । गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लबलेक जंगलमा विभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन् । त्यसपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको थियो । भागरथीको शव परीक्षण रिपोर्टमा भने बलात्कारपछि हत्या गरिएको भन्ने उल्लेख गरिएको छ । बुधबार नै मृतक भागरथीका दाजु शङ्कर भट्टले दिनेश विरुद्ध कर्तव्य ज्यान र बलात्कार सम्बन्धी कसुरमा कारवाहीका लागि जाहेरी दर्ता गरेकाले जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान गर्न बैतडी प्रहरीलाई अनुमति दिइएको छ ।
nepalghatana.com