index
int64 1
6.39M
| Article
stringlengths 2
109k
| Source
stringclasses 99
values |
---|---|---|
2,897,073 | नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा १३।२२ बिन्दुले बढेर एक हजार ५८३.६० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.६५ बिन्दुले वृद्धि भई ३१३.५५ मा पुगेको छ । आज कूल १९३ कम्पनीका ५० लाख २४ हजार ५० कित्ता शेयर रु एक अर्ब २७ करोड १८ लाख २९ हजार ९९० मूल्यमा खरिद बिक्री भए । कारोबार भएका आज १२ वटै उपसमूहको शेयर बिक्री भएको छ । बैंकिङ ७.७४, व्यापार २.९६, होटल १९.२७, विकास बैंक २२.१९, जलविद्युुत् २७.७२, वित्त ८.६, निर्जीबन बीमा ५५.७६, उत्पादन २५.३६, अन्य ११.४, लघुवित्त १६.४४, जीवन बीमा ७८.१२ र सामूहिक लगानी कोष ०.११ बिन्दुले उकालो लागेको छ । कारोबारका आधारमा आज अरुण काबेली पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु नौ करोड एक लाख एक हजार ५८० बराबरको कारोबार भयो । यस्तै अपि पावर कम्पनी रु सात करोड ७४ लाख ८४ हजार ७४५, एचआइडिसीएल रु छ करोड दुई लाख दुई हजार ३४७, नागरिक लगानी कोष रु चार करोड एक लाख ७७ हजार २०२, हिमाल दोलखा हाइड्रोपावर रु तीन करोड ४३ लाख १५ हजार ४६१, शिखर इन्स्योरेन्स कम्पनी रु दुई करोड ७९ लाख ८५ हजार २४० र कुमारी बैंकको रु दुई करोड ६८ लाख १४ हजार ६९२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । कारोबारका आधारमा जनरल इन्स्योरेन्स ९.९१, माउण्टेन हाइड्रो ९.६६, हिमाल दोलखा हाइड्रोपावर ९.६०, जोशी हाइड्रोपावर ९.४०, घलेम्दी हाइड्रो ८.८७, अपि पावर कम्पनी ७.३२ र ङादी पावरका लगानीकर्ताले ७.२५ प्रतिशतले कमाए । यस्तै, नेपाल फाइनान्स १.८६, रिलायन्स फाइनान्स १.६४, मुक्तिनाथ विकास बैंक १.६२, एनआइसी एशिया समृद्धि फण्ड १.२२, घोडीघोडा लघुवित्त १.०१ र सूर्योदय लघुवित्तका लगानीकर्ताले ०.८६ प्रतिशतले गुमाए । | newsofnepal.com |
6,240,137 |
प्रदेश १ मा सत्तारुढ गठबन्धनको तर्फबाट एमाले नेता हिक्मत कार्कीले आज मुख्यमन्त्रीको दाबी पेस गर्ने भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले आज साँझ ५ बजेसम्म सरकार गठनको लागि समय दिएकोमा गठबन्धनको तर्फबाट एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्री दाबी गर्ने भएका हुन् । ‘आज हामी एमाले संसदीय दलको नेता हिक्मत कार्कीलाई मुख्यमन्त्रीका रूपमा नियुक्त गर्न प्रदेश प्रमुखसामु दाबी पेस गर्दैछौँ’, एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, ‘गठबन्धनका सबै दलहरू जानेछौँ।’ पुस १७ गते नै प्रदेश प्रमुखले एक साताको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न प्रमुख खापुङले आह्वान गरेका थिए । झापा ५ को क्षेत्र नम्बर १ बाट प्रदेशसभामा निर्वाचित कार्की एमाले स्थायी कमिटी सदस्य हुन् । उनी प्रदेशको पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए । ९३ सदस्यीय सभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ । एमालेसँग ४० र माओवादीसँग १३ सिट छ । केन्द्रीय गठबन्धनमा सामेल रहेको राप्रपाको ६ सिट र जसपाको १ सिट थपिँदा सरकारलाई ६० सांसदको समर्थन पुग्नेछ । सदनमा नेपाली कांग्रेससँग २९ र एकीकृत समाजवादीसँग ४ सांसद छन् ।
| shilapatra.com |
6,240,948 |
चितवनको सौराहामा जारी हात्ती सुन्दरी प्रतियोगितामा ७ वटा हात्तीलाई सहभागी गराइएको छ । चितवनको सौराहामा मंगलवारबाट सुरु भएको १७औँ संस्करणको चितवन पर्यटन तथा हात्ती महोत्सवको दोस्रो दिन आज (बुधवार) हात्ती सुन्दरी प्रतियोगिताअन्तर्गत ७ सुन्दरी हात्तीहरूको प्रतिष्पर्धा सुरु भएको हो । हात्ती सुन्दरी प्रतियोगितामा सेल्फिकली, समृद्धिकलि, लक्ष्मीकलि, बिजुलीकलि, रानीमायाकली, चम्पाकली र रिमझिमकलीलाई सहभागी गराइएको छ । पाँच जनाको निर्णयक टोलीले महोत्सवको अन्तिम दिन पहिलो, दोस्रो र तेस्रो हुने सुन्दरी हात्तीको नतिजा सार्वजनिक गर्नेछ । प्रतियोगिताको निर्णायक मण्डलका सदस्य विनोद तिमिल्सिनाले प्रतियोगिताको निर्णय आँखाको सुन्दरता, हिँडाई, शरीरको बनावट, माउतेले भनेको मान्ने, नमान्ने र रौँको अवस्था हेरेर मूल्यांकन गरिने जानकारी दिए । नङ फुटे/नफुटेको, हिँडाइलगायतका बारेमा मूल्यांकन गर्ने उनको भनाइ छ । निर्णयक मण्डलले आज यसको नतिजा आयोजकलाई बुझाउने र १४ गते मात्रै निर्णय गर्ने तिमिल्सिनाले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५, १० र ५ हजार रुपैयाँ पुरस्कार दिने र सहभागी सबैलाई एक हजार रुपैयाँले पुरस्कृत गर्ने उनको भनाइ छ । मानिसमा मात्रै सुन्दरता नहुने र जनावरमा पनि सुन्दरता हुने भएकाले प्रतियोगिताका रूपमा अघि बढाएको उनले बताए । कोरोना भन्दाअघि युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थामा ६० वटा हात्ती भएको र अहिले ३० वटा हात्ती मात्रै रहेको उनको भनाइ छ । कोरोनाका कारण हात्ती पाल्न नसकेकाले भाडामा ल्याएका हात्तीहरू भारत फिर्ता लगिएकाले हात्तीको संख्या कम भएको उनले जानकारी दिए ।
| shilapatra.com |
5,605,562 | लालबन्दी नगरपालिकामा कृषि क्याम्पस स्थापनाका लागि सहयोग गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष आग्रह गरिएको छ । लालबन्दीका नगरप्रमुख वासुदेव अधिकारीको नेतृत्वमा सङ्घीय राजधानी काठमाडौँ पुगेको जनप्रतिनिधिसहितको टोलीले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री प्रचण्डसमक्ष कृषि क्याम्पस स्थापनाका लागि आग्रह गरेको हो । काभे्रको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयसँग सहकार्य गरी लालबन्दीमा कृषि क्याम्पस स्थापनाका लागि पहल जारी छ । | gorkhapatraonline.com |
2,940,945 | गाउ पालिकाका अध्यक्ष सन्तोष थापा भन्छन–‘ यो वर्ष मात्रै चारपटक सम्म पहिरोले दुख दियो, वल्लतल्ल चारपटकको प्रयासमा वाटो सफा गरेर यातायात सुचारु गरिएको छ ।
मानिस र मालसामान ढुवानीकालागि गाउँ–गाउँमा सडक पु¥याउने होडसँगै विभिन्न स्थानमा अबैज्ञानिक तवरबाट ग्रामिण सडक निर्माण हुन थालेपछि वन विनाश, भू–क्षय र सवारी दुर्घटनामा समेत वृद्धि भएको छ । यसले पहिरोजाने समस्या त निम्त्याएकेै छ, अन्य वातावरणीय प्रभावहरु पनि देखापर्न थालेका छन ।
तानसेन नगरपालिकाले त सडक निर्माण वर्षकै रुपमा गएको आर्थिक वर्षलाई लियो र यस अवधिमा नगरपालिकाले ६५ किलोमिटर सडकको स्तरोन्नति, ३ किमि कालोपत्रे, १ किमि ग्राभेल र ६१ किमि ट्रयाक खोलेको छ । तर अधिकांश स्थानीय तहले कति सडक खन्ने, स्तरोन्नति गर्ने वा कालेपत्रे गर्ने भन्ने योजना बिना नै अगाडी बढेका छन् ।
सवारी साधनलाई पर्याप्त मोड्ने ठाउँ नहुँदा दुर्घटना हुन सक्ने प्रहरीको भनाइ छ ।
उनीहरुले वातावरणीय सन्तुलन कायम नगरी जथाभावी सडक निर्माण गरेको स्थानीय वासिन्दाहरुको गुनासो छ । गाउलेलाइ पायक पर्नै गरी र ठेकेदारको स्वार्थ अनुकुल निर्माण गरिने सडक दीर्घकालिन हुन नसक्ने प्राविधिकहरु बताउँछन् । यसै भएर जिल्लामा रहेको निस्दी गाउँपालिका पूर्वखोला गाउँपालिका,रम्भा गाउँपालिकामा वनेका ग्रामीण सडकहरुमा अहिले समस्या देखिएका छन । खनिएका सडकहरुको अधिकांश भागमा पहिरो खसेको छ । तिनाउँ गाउँपालिका–२ मा ३० लाख खर्चर गरेर ५ किलोमिटर सडक ग्राबेल बाटो बनाईएको छ तर अहिलेसम्म नियमित गाडी गुड्न सकेको छैन ।
डोजर र स्क्याभेटर लगाएर सडक बनाउँदा , कहिल्ल्ौ पहिरोको जोखिममा नपुग्ने जस्ता वस्तीहरु पहिरोका चपेटामा पर्नसक्ने खतरा वढेको गाउवस्ती पानीका स्रोतसमेत सुक्दै गएको र कतिपय गाउँमा खानेपानीको समस्या विकराल हुने गरेका छन । | newsofnepal.com |
4,178,307 | आगामी फागुनमा नेपालमा हुने तय भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा २७ खेलका ३ सय १५ इभेन्ट्समा प्रतिस्पर्धा हुने भएको छ। दक्षिण एसियाली ओलम्पिक काउन्सिलको शनिबार काठमाडौंमा बसेको बैठकले सागमा हुने खेल र इभेन्ट्सको टु्ंगो लगाएको हो। नेपाल ओलम्पिक कमिटी (एनओसी) एवं काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठले सागमा समावेश हुने खेल र इभेन्ट्सबारे जानकारी दिएका हुन्। यसअघि सागमा २३ खेलमा प्रतिस्पर्धा गराउने निर्णाय गरिएको थियो। तर नेपालले आयोजको हैसियतमा कराते र गल्फ थप्ने निर्णय गरेको थियो। शनिबार बसेको काउन्सिलको बैठकले क्रिकेट र प्याराग्लाइडिङ थप्ने निर्णय गरेसँगै सागमा २७ खेलमा प्रतिस्पर्धा हुने भएको हो। क्रिकेटमा यू–२३ खेलमा प्रतिस्पर्धा हुनेछ। जहाँ ३ जना सिनियर खेलाडी पनि टिममा राख्न पाइने प्रावधान छ। १३ औं साग आगामी फागुन २६ देखि चैत ८ गतेसम्म हुने तय छ। खेलहरु काठमाडौं र पोखरामा हुने बताइएको छ। आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फेन्सिङ, फुटबल, गल्फ, ह्यान्डबल, जुडो, कबड्डी, कराते, खोखो, सुटिङ, स्क्वास, स्विमिङ, टेबल टेनिस, तेक्वान्दो, टेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, क्रिकेट, प्याराग्लाइडिङ नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । | nepallive.com |
2,169,147 | नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर अनुभुति मापन गर्नका लागि प्रविधि मैत्री इन्टिग्रेटेड प्लेटफर्म सुचारु गरेको छ। यस इन्टिग्रेटेड प्लेटफर्ममा मोबाइल सेवाका ग्राहकहरुले मोबाइल एप, वेब एप, यूएसएसडी, आईभीआर जस्ता विभिन्न माध्यमबाट गुणस्तर सर्वेक्षणमा सहभागी हुने व्यवस्था गरिएको छ। गुणस्तर सर्वेक्षणमा प्राप्त रेस्पोन्सहरुलाई इन्टिग्रेटेड प्लेटफर्म विश्लेषण गरी प्रतिवेदन तयार गर्ने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ। उपरोक्त एप डाउनलोड गरी एपमा रजिस्ट्रेशन प्रकृया पुर्याई मोबाइल सेवा प्रदायकको भ्वाइस तथा डाटा सेवाको गुणस्तर, शुल्क तथा समग्र अनुभूतिका सम्बन्धमा सर्वेक्षणमा सहभागी हुन सकिने छ। मोबाइल सेवाको गुणस्तर सर्वेक्षणको लागि निर्माण भएको वेब एप्लिकेसन मा उपलब्ध रहेको छ। उपरोक्त वेब एपमा मोबाइल सेवा प्रदायकको भ्वाइस तथा डाटा सेवाको गुणस्तर, शुल्क तथा समग्र अनुभूतिका सम्बन्धमा सर्वेक्षणमा सहभागी हुन सकिने छ। मोबाइल फोनमा *३४५६७# डायल गरी यूएसएसडीमार्फत मोबाइल सेवा प्रदायकको भ्वाइस तथा डाटा सेवाको गुणस्तर, शुल्क तथा समग्र अनुभूतिका सम्बन्धमा सर्वेक्षणमा सहभागी हुन सकिने छ। मोबाइल फोनमा ३४५६७ डायल गरी सोधिएका प्रश्नहरु सुनी सेवग्राहीहरुले आफ्नो अनुभुति सम्बन्धमा डायल प्याडमा प्रतिकृया जनाई मोबाइल सेवाको गुणस्तर, शुल्क तथा समग्र अनुभूतिका सम्बन्धमा सर्वेक्षणमा सहभागी हुन सकिने छ । | technologykhabar.com |
1,241,588 | व्यावसायिक रुपमा तरकारी तथा फलफूल खेती गर्दै आएका जिल्लाकै अगुवा किसान गिरीले पछिल्लो समय किवी खेती पनि सुरु गरेका हुन्। जिल्ला सदरमुकाम मान्म बजारलाई लक्षित गरी २५ वर्षदेखि व्यावसायिक तरकारी गर्दै आएका कृषक गिरीले सुन्तला, जुनार खेतीका साथै यस वर्षबाट किवी खेती पनि सुरु गरेको बताए। उनका अनुसार परीक्षणका लागि पोखराबाट ५ र कीर्तिपुरबाट १५ गरी २० वटा किवीका बिरुवा रोपेर लोभ लाग्दो गरी फलेपछि व्यावसायिक रुपमा किवी खेती गर्न थालिएको हो। कृषक गिरीले भने, 'बराँतुमा रहेको २ रोपनी जग्गामा किवी खेती गर्नका लागि १ हजार २ सय बिरुवा रोपेको छु। किवीको बिरुवा रोपेको ३ वर्षपछि फल्न थाल्छ। सबै बिरुवा फल्न थालेपछि राम्रो आम्दानी लिन सकिन्छ।' कालीकोटमा यसअघि कसले पनि किवी खेती गरेको थिएन। कृषक गिरी जिल्लाकै पहिलो किवी खेती गर्ने किसान हुन्। नगदेबालीको तुलनामा किवी खेतीबाट कम लगानीमा राम्रो आम्दानी लिन सकिने उनी बताउँछन्। गिरीले गरेको किवीबाट एक बिरुवाबाट १ क्विन्टलसम्म फलेको छ। किवी प्रति किलो ३ सय रुपैयाँका दरले बिक्री हुन्छ। अहिले भएका २० वटा बिरुवाबाट वार्षिक रुपमा २० क्विन्टल किवी उत्पादन भइरहेको छ। जसबाट ६ लाख आम्दानी हुने गरेको छ। समुन्द्री सतहदेखि ८ सयदेखि २ हजार ५ सय मिटरसम्मको उचाइमा किवी खेती हुने गर्छ। जुन भूभाग कालीकोटमा धेरै छ। जसमा किवी खेती गरेर थोरै लगानीमा समेत धेरै लाभ लिन सकिन्छ। किवीको एक बिरुवाको १ सय रुपैयाँ पर्छ। किवीलाई बढी पौष्टिक आहारको रुपमा समेत लिइन्छ। परम्परागत अन्नबालीको खेतीबाट भन्दा किवी खेतीबाट ३ गुणा बढि आम्दानी हुने गिरीको भनाइ छ। उनका अनुसार अब आफूसँग भएको सबै जमिनमा किवी खेती विस्तार गर्ने योजना पनि रहेको छ। न्यून लगानीमा धेरै आम्दानीको राम्रो स्रोत बन्ने अधिक सम्भावना बोकेको किवी खेतीका लागि स्थानीय सरकारले भने कुनै चासो दिएका छैनन्। युवाहरू विदेश जान भन्दा गाउँमै पैसा फलाउने व्यवसाय रोज्नुपर्ने कृषक गिरीको सुझाव छ। किवीलाई सिधैं खान स्वादिष्ट हुनुका साथै प्रशोधन गरेर जुस, वाइन लगायत पेय बनाएर उपभोग गर्न सकिने उनले बताए। फलफूलको राजा उपनामले परिचित फल किवीलाई बजारीकरण गर्न समस्या नरहेको उनको अनुभव छ। स्थानीय सरकारले शीतभण्डारको व्यवस्था गरिदिएमा किवीलाई लामो समयसम्म स्टोर गरेर बर्षेभरी नै बिक्री वितरण गर्न सकिने उनको भनाइ छ । | annapurnapost.com |
5,964,632 | २०८१ साउन ८ मंगलबार दल गठन भएको वर्ष दिन नपुग्दै नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिमको सबैभन्दा ठूलो जिल्ला कैलालीमा ठूलै दल दलको रुपमा प्रस्तुत भएको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरेको उक्त दलले यहाँ पाँच वटा प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रमध्ये तीन र दश वटा प्रदेशसभा सदस्यको निर्वाचन क्षेत्रमध्ये पाँच वटा सिटमा विजय हाँसिल गरेको छ । गत पुसमा निलम्बित पूर्वसांसद रेमश चौधरीका श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको नेतृत्वमा उक्त राजनीतिक दल दर्ता गराएको छोटो समयमै पार्टीले निर्वाचनमा थारु बाहुल्यता रहेको क्षेत्रमा आफ्नो पक्षमा नतिजा ल्याउन सफल भएको हो । ढकीया चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गरेकोे उक्त दलले यहाँका प्रदेशसभाका धेरैजसो निर्वाचन क्षेत्रमा आफ्नो उपस्थिति देखाएको थियो । कैलालीमा मात्रै नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ ८७ हजार १२ मत र प्रतिनिधिसभा सदस्यतर्फ ८१ हजार छ सय २८ मत प्राप्त गरेको धनगढीस्थित सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत राजेश चौधरीले बताए । उनका अनुसार समानुपातिकतर्फको नतिजा अझै आउने क्रममा छ । पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता रहेको कैलालीमा तीन लाख ३७ हजार तीन सय ७३ मत खसेको थियो । जिल्लाको प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र १, २ र ३ जितेको उक्त पार्टीले सुदूरपश्चिममा कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ र २ समेत आफ्नो प्रभाव देखाएको छ । कैलाली निर्वाचन क्षेत्र नं १ मा पार्टी अध्यक्षसमेत रहेकी उम्मेदवार रञ्जिताले प्रतिनिधिसभा सदस्यमा जित्दा सोही क्षेत्रमा रहेको प्रदेशसभा सदस्यका लागि क्षेत्र नं (क) मा कैलाश चौधरी र क्षेत्र नं २(ख) मा लक्ष्मणकिशोर चौधरी निर्वाचित भएका छन् । त्यसैगरी क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धन र नेकपा (एमाले) का उम्मेदवारलाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी निर्वाचित भएका छन् भने सो क्षेत्रको प्रदेशसभा सदस्यका लागि क्षेत्र नं २(ख) मा सोही पार्टीका रामेश्वर चौधरी निर्वाचित भएका छन् । त्यस्तै कैलाली निर्वाचन क्षेत्र नं ३ मा पनि उन्मुिक्त पार्टीले नै कब्जा जमायो । यहाँ प्रतिनिधिसभातर्फ गङ्गा चौधरी निर्वाचित हुनुभयो भने प्रदेशसभातर्फ क्षेत्र नं १(क) मा घनश्याम चौधरी र २(ख) मा खुसीराम चौधरी विजयी भए । पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा ठूलो दल नेकपा (एमाले) को जीत शून्य हुँदा सत्ता गठबन्धनबाट कांग्रेसका दुई उम्मेदवार यहाँ निर्वाचित भए । निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित उन्मुक्ति पार्टीका उम्मेदवार गङ्गा चौधरीले आफ्नो पार्टीले गरेको अपेक्षा अनुसार नै नतिजा आएको बताए । “नयाँ पार्टी भए पनि हाम्रो ४५ जिल्लामा उम्मेदवारी थियो,” उनले भने–“जसमध्ये कैलालीमा तीन र बर्दियामा एक गरी चार सिट जित्न सफल भयौँ ।” उनले प्रदेशसभातर्फ कैलालीमा पाँच र बर्दियामा दुई गरी सात क्षेत्रमा जितेको बताए । “अब पार्टी सङ्गठन विस्तार र संरचना निर्माणमा पनि हामी जोड दिँदै जान्छौँ,” निर्वाचित सदस्य चौधरीले भने , “डेब्युमै नतिजा राम्रो आउँदा हामी उत्साहित छौँ ।” गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कैलालीमा नागरिक उन्मुिक्त पार्टी दोस्रो ठूलो दल बनेको थियो । यहाँका १३ वटा पालिकामध्ये स्थानीय तहको निर्वाचनमा उक्त पार्टीले चार वटा पालिकामा जितेको थियो । कञ्चनपुरमा प्रदेशसभा सदस्यतर्फ निर्वाचन क्षेत्र नं १(क) मा पल्टु राना र २(ख)मा काली चौधरी उम्मेदवार थिए । यहाँ काली चौधरीले भने पाँच हजार पाँच सय १७ मत ल्याएका थिए । यहाँको निर्वाचन क्षेत्र नंं २ (क)मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गीता चौधरीले पाँच हजार एक सय ५३ मत ल्याइन् । | sunaulonepal.com |
4,860,313 | अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी बजेटमा विलासी वस्तुको आयातमा झनै कडाइ गरिने संकेत गरेका छन्। नेपाल व्यवस्थापन संघले मंगलबार आयोजना गरेको आगामी आर्थिक वर्ष २०७६÷७७ को प्रि–बजेट छलफल कार्यक्रममा अर्थमन्त्री खतिवडाले विलासी वस्तुको आयातमा झनै कठोर रुपमा प्रस्तुत हुने संकेत गरेका हुन्। ‘राज्यको प्रष्ट नीति छ, केही वस्तुहरुमा आयात रोक्ने हो, राजस्व बढाउने नाममा अर्थतन्त्र धरापमा पार्ने काम हुन दिँदैनौं,’ उनले भने। विगतमा राजस्व बढाउनका लागि जुनसुकै वस्तुपनि आयात हुन दिँदा राष्ट्रिय अर्थतन्त्र धरापमा परेको बताउँदै उनले कुनै पनि बाहानामा विलासी वस्तुको आयात बढाउने भन्दा घटाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताए। गत वर्ष पनि केही वस्तु आयातमा कडाइ गरेको उल्लेख गर्दै करको दायरा यसपटक पनि बढाउन सक्ने संकेत अर्थमन्त्री खतिवाडले गरे। समाजिक सुरक्षाका विषयमा गम्भिर रहेको उल्लेख गर्दै उनले वृद्धप्रति छोराछोरीको प्रमुख दायित्व हुने भएकाले कानून बनाएर त्यसमा निश्चित प्रतिशत बाबुआमाको खातामा जाने व्यवस्था गर्न लागेको समेत जानकारी दिए। ‘सामाजिक सुरक्षामा राज्यको केही दायित्व हुन्छ। तर, त्यसमा परिवारको पनि त्यतिकै दायित्व हुने भएकाले कानून बनाएर अगाडि बढाउन लागेका छौं,’ अर्थमन्त्री खतिवडाले भने। कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले आयकरमा छुट दिए बैंकहरु मर्जरमा जान सक्ने बताए। ठूला बैंकको मर्जरको विषय राष्ट्र बैंकले उठाएको बताउँदै उनले त्यसका लागि आयकरमा छुट दिनुपर्ने बताए। कार्यक्रममा उनले कर्जा सूचना केन्द्रलाई पनि अब कर लाग्ने वातावरण बनाउन समेत सुझाव दिए। अध्यक्ष ढुंगानले केन्द्रसँग अहिलेसम्मको कर सरकारले लिने हो भने त्यो बन्द हुने अवस्थामा रहेको बताए। छलफलमा भाग लिँदै नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालले नेपालमा गाडी महँगो हुँदा भारतीय गाडीको प्रयोग बढेको बताए। उनले भारतीय गाडीहरुलाई ३० दिन भन्दा बढी नेपालमा चलाउन नपाउने व्यवस्था गर्न माग समेत गरेका थिए। कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले समाजवादका विषयले लगानीकर्तामा भ्रम फैलाएको भन्दै बजेटमार्फत सच्याउन माग गरे। राष्ट्रिय प्राकृति स्रोत साधान तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले संघीय बजेट नभएर राष्ट्रिय बजेट निर्माण हुने बताए। ‘यो संघीय बजेट होइन, स्थानीय सरकारका बजेट यही बजेटका आधारमा तयार हुने भएकाले राष्ट्रिय बजेट हो,’ पौडेलले भने। कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, उपभोक्तावादी संस्था तथा विज्ञहरुले आगामी बजेटका विषयमा अर्थमन्त्री खतिवडालाई सुझाव दिएका थिए । | kathmandupress.com |
2,241,874 | सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । अब सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षणको ८०० रुपैयाँ लिइने स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले बताए । यसअघि सरकारी अस्पतालमा एक हजार लिने गरिएको थियो । यस्तै निजी प्रयोगशालाहरुमा पीसीआर परीक्षणको शुल्क १५०० रुपैयाँ तोकिएको छ । यसअघि यो शुल्क दुई हजार थियो । | dcnepal.com |
3,400,552 | विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड–१९ को नयाँ भेरियन्टको नामकरण गरेको छ। विभिन्न देशमा भेटिएका नयाँ भेरियन्टको नाम ग्रिक अल्फाबेटअनुसार राखिएको डब्लुएचओले जनाएको छ। देशअनुसार नयाँ नयाँ प्रकारको भाइरस देखिन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तिनको नामकरण गरेको हो। यसअघि देशको नामका भाइसरको नामकरण गर्दा विवाद भएसँगै डब्लुएचओले ग्रिक शब्दबाट नयाँ नामकरण गरेको बीबीसीले जनाएको छ। यसअघि भारतमा देखिएको नयाँ भाइरसलाई नयाँ भेरियन्टलाई ‘भारतीय भेरियन्ट’ भनेकोप्रति भारतले आपत्ति जनाएको थियो। योसँगै यूके, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरियन्टलाई ग्रीक वर्णमालाका अक्षरका आधारमा नयाँ नामले चिनिनेछ। डब्लुएचओ बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’ नाम दिएको छ। नेपालमा भेटिएको भेरिएन्ट पनि भारतमै फेला परेकै प्रजातिको भएकाले यसको नेपालमा पनि यसलाई यही भारतकै नाम भन्नुपर्ने डब्लुएचओको भनाइ छ।यसअघि बेलातयमा भेटिएको कोभिड–१९ भाइरसलाई युके भेरियन्ट नाम दिइएको थियो। काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं । | drishtinews.com |
5,859,115 | राष्ट्रियसभा चुनावमा गठबन्धन गर्ने विषयमा नेपाली कांग्रेस र समाजवादी पार्टी नेपालबीच छलफल हुने भएको छ । विशेषगरि प्रदेश नम्बर दुईमा कांग्रेस र समाजवादी पार्टीले गठवन्धन गर्ने तयारी गरेका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दुई दलबीच आज छलफल हुने जानकारी दिए । दुई दलबीच राष्ट्रियसभा चुनाव लगायत अन्य समसामयिक विषयमा छलफल हुने उनको भनाइ थियो । सत्तारुढ दल नेकपा र राजपाबीच प्रदेश नम्बर दुईमा राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने यसअघि नै सहमति भएको थियो । राजपासँग नेकपा नजिकिएसँगै उपेन्द्र यादव सत्ताबाट बाहिरिएका थिए । प्रदेश नम्बर दुईमा चार सिट मध्ये २ राजपा र दुई नेकपाले लिने गरि सहमति भएको छ । कांग्रेस र समाजवादीबीच हुने गठवन्धनले सीटमा भने खासै प्रभाव पार्ने देखिएको छैन । तर समाजवादीले नेकपा र राजपाको भोट आफूले ल्याउन सक्ने आकल गरेको छ । | khabarhub.com |
6,217,918 |
एनआईसी एशिया बैंकका ग्राहकलाई मेरो किराना अनलाईनबाट सामान खरिद गर्दा १० प्रतिशतसम्म रकम फिर्ता हुने गरी बैंक र मेरो किरानाबीच साझेदारी भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका खाद्य सामग्री पाइने यस ई-कमर्स साइटमार्फत् साझेदारीबमोजिम बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले सुविधा पाउने छन् । मेरो किरानाबाट अनलाईन सामान खरिद गरी रकम भुक्तानी गर्दा १० प्रतिशत वा प्रतिकारोबार ५०० रुपैयाँसम्म र बढीमा एक हजार रुपैयाँसम्म रकम फिर्ता पाइने सम्झौता भएको हो । यो योजना चैत मसान्तसम्म लागू हुनेछ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट जोगिन सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा डिजिटल बैंकिङ्ग प्रयोग गरी घरबाटै सामान खरिद गर्ने प्रोत्साहन गर्न यस्तो सुविधा ल्याइएको प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डे बताए । उनका अनुसार बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको प्रमुख सूचना अधिकारी पाण्डे बताए ।
| shilapatra.com |
1,873,893 | हाल चीनको ग्वान्जाओ–काठमाडौँ रुटमा हरेक दिन एउटा उडान गरिरहेको एयरलाइन्सले आजदेखि दैनिक दुईवटा उडान सुरु गरेको हो । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । मन्त्री तामाङ र चाइना साउदर्न एयरलाइन्सको नेपालस्थित प्रतिनिधिले चीनको ग्वान्जाओबाट काठमाडौं उडानको आधिकारिक थप उडानको क्याबिन क्रूहरूलाई विमानस्थलमा स्वागत गरेका थिए । मन्त्री तामाङले आगामी दिनमा चाइना साउदर्न एयरलाइन्सको व्यावसायिक उडान थप विश्वासिलो, सुरक्षित बनाउन अझै प्रभावकारिता अभिवृद्धि गर्दै पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे। विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार चाइना साउदर्न एयरलाइन्सको जहाज दिउँसो काठमाडौँ विमानस्थलमा अवतरण भई यहाँबाट यात्रु लिएर ग्वान्जाओका लागि उडान भरेको थियो । उक्त एयरलाइन्सले कोभिड–१९ महामारीपूर्व नेपालमा दैनिक दुई उडान गर्दै आएकामा त्यसयता एउटा उडान कटौती गरेको थियो । कटौती भएको उडान आजदेखि पुनः सञ्चालन गरेको हो । ग्वान्जाओबाट काठमाडौँ दिउँसो २ बजे अवतरण हुने जहाज काठमाडौँबाट ३ बजे ग्वान्जाओका लागि उडान भर्ने तालिका छ । त्यस्तै हरेक रात ११ बजे काठमाडौँ अवतरण हुने र राति १२ बजे ग्वाञ्जाओका लागि उडान गर्ने तालिका रहेको विमानस्थल कार्यालयले जनाएको छ । यो सहित चीनका चार एयरलाइन्सले काठमाडौँ गन्तव्यमा उडान गर्दै आएका छन् । एयर चाइना, चाइना साउदर्न एयरलाइन्स, चाइना इन्टर्न एयरलाइन्स र सिचुवान एयरलाइन्सले नेपालमा उडान गर्छन् । चीनबाट उडान बढेसँगै चिनियाँ पर्यटक आगमन बढ्ने विश्वास लिइएको छ । नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०ले पनि कोभिड–१९ अघि चीनको ग्वान्जाओमा उडानको तयारी गरे पनि महामारीका कारण रोकिएको थियो ।नेपालको पर्यटन बजारका लागि चीन भारतपछिको दोस्रो ठूलो गन्तव्य हो । साथै चीन विश्वको आउटवाउण्ड टुरिजममा शीर्षस्थानमा रहँदै आएको छ । चीनको कूल आउटबाउण्ड पर्यटकमध्ये एक प्रतिशत मात्रै पनि नेपाल ल्याउन सकियो भने पर्याप्त हुने जानकारहरु बताउँछन् । चीनबाट धेरैभन्दा धेरै चिनियाँ पर्यटक नेपालमा आकर्षित गर्न विभिन्न पर्यटन व्यापार मेला आयोजना हुँदै आएका छन् । दुई मुलुकबीच विभिन्न समयमा हुने कूटनीतिक भ्रमण र सांस्कृतिक भ्रमणले पर्यटन, संस्कृतिको माध्यमबाट सम्बन्धलाई थप प्रगाढ बनाइरहेको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । जसमा चिनियाँ पर्यटकको सङ्ख्या ६० हजार आठ सय ७८ थियो । पछिल्लो समय नेपालले चिनियाँ पर्यटकलाई भिसा शुल्क नलिने घोषणा गरिसकेको छ । गत वैशाख १९ गतेदेखि नेपालीलाई साधारणतर्फ भिसा शुल्क नलाग्ने चिनियाँ राजदूतावासले जनाएको थियो । नेपालले सन् २०१६ देखि नै चिनियाँ नागकिरलाई निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ । सन् २०२४ मा चिनियाँ पर्यटक आगमन बढिरहेको छ । बोर्डका अनुसार गत अप्रिलमा एक लाख ११ तीन सय ७६ विदेशी पर्यटकले नेपाल भ्रमण गरेकामा चीनबाट मात्रै नौ हजार सात सय ५० पर्यटक नेपाल आएका छन् । मार्चमा १२ हजार ९३, फेब्रुअरीमा नौ हजार एक सय ८० र जनवरीमा एक हजार चार सय ३६ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए । कोरोना महामारीपूर्व सन् २०१९ मा एक लाख ६९ हजार पाँच सय ४३ चिनियाँ पर्यटक नेपाल आएका थिए ।
यसले करिब तीन वर्षदेखि व्यवसायिक रुपमा पर्दाफास डटकम प्रकाशनगर्दे आइरहेको छ । यो नेपाली र अग्रेजी भाषामा प्रकाशन भइरहेको हो । पर्दाफास डट कम अपराध, सुरक्षा, कुटनीति, भ्रष्टाचार, न्याय, प्रशासन, व्यापार, खेलकुद, स्वास्थ्य, वातावरण र राजनीतिका भित्री खबर निरन्तर सम्प्रेषण गर्ने अनलाइन पत्रिका हो । | pardafas.com |
1,622,384 | भारतबाट अवैध आयात हुने कुखुरा रोक्न गृह मन्त्रालयले मातहतका निकायहरुलाई निर्देशन गरेको छ। भदौ ३ गते गृह मन्त्रालयमा भएको सरोकारवाला पक्षसँगको छलफलपछि यस्तो निर्देशन गरिएको मन्त्रालयले जनाएको छ। खुला सीमा नाकाको फाइदा उठाउँदै भारतबाट कुखुरा तथा कुखुराजन्य पदार्थको अवैध आयातमा भइरहेको भन्दै व्यवसायीहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गरेका थिए। सोही गुनासोका आधारमा मन्त्रालयले मंगलबार सीमास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी र सबै जिल्ला प्रशासन कार्यालयलाई अवैध कुखुराको आयात रोक्न निर्देशन दिएको हो। खुला सीमा नाकाबाट हुने गैरकानुनी पशुपन्छी जन्य वस्तुको ओसारपसार गरिए कानुन बमोजिम कारबाही गरिने मन्त्रालयले बताएको छ। यस्तो कार्यलाई रोक्न तत्काल सीमा क्षेत्रमा गस्ती बढाउने र अवैध ओसारपसारमा संलग्न व्यक्ति तथा प्रयोग हुने सवारी साधनलाई प्रचलित कानून बमोजिम कारबाही गरिने समेत मन्त्रालयले सार्वजनिक सूचना गरेको छ । | nepalsamaya.com |
1,908,599 | अग्रज पत्रकार रवीन्द्र बास्तोला संयोजक रहेको समितिका सदस्यमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. माधव तिवारी र शिव खकुरेल छन् । समितिले गण्डकी प्रदेशमा स्वास्थ्य बिटमा पत्रकारिता गरिरहेका एक पत्रकारलाई पुरस्कार प्रदान गर्ने निर्णय गर्ने छ । पुरस्कारको राशि नगद २० हजार र ताम्रपत्र छ । यसअघि यो पुरस्कारबाट ऋषि खतिवडा, यदुनाथ बञ्जारा र सुरेन्द्र पौडेल सम्मानित भइसकेका छन् ।गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले स्थापना गरेको यो पुरस्कार मंसिर २३ गते हुने युआरएलको सातौं वार्षिकोत्सव समारोहमा वितरण गरिने सञ्चालक ठाकुरप्रसाद पन्तले जानकारी दिए । यसैबीच, युआरएलले विश्व मधुमेह दिवसको उपलक्ष्यमा कात्तिक २२ देखि २९ गतेसम्म खानाअघि र खानापछिको मधुमेहसम्बन्धी रक्त परीक्षण सित्तैमा गरिरहेको छ । | pokharanews.com |
4,827,069 | वीर अस्पताल र सशस्त्र प्रहरी बलको अस्पतालको स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित पश्चिम रुकुम र जाजरकोट गएको छ। सशस्त्र प्रहरी बलको अस्पतालबाट ८ जना र वीर अस्पतालबाट ६ जना गरेर १४ जना स्वास्थ्यकर्मीको टोली नेपाली सेनाको स्काई ट्रकमार्फत भूकम्प प्रभावित क्षेत्र गएको हो। दाङबाट विपद् उद्दारका लागि डीआरएस (डिजास्टर रेस्पोन्स सिस्टम) को कन्टेनर पश्चिम रुकुमतर्फ पठाइएको । त्यस्तै, सुर्खेतबाट दुई वटा कन्टेनर जाजरकोटतर्फ पठाइएको सशस्त्र प्रहरी बलले जनाएको छ । | kathmandupress.com |
56,759 | तीस वर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका निमित्त सहयोग जुटाउने अभियानअनुरुप डा.पुन यस अभियानमा लागेका हुन् । प्रतिपुस्तक रु सात सय ५० मा बिक्री गर्ने गरिएको डा.पुनले बताए । जुनजुन स्थानबाट निम्तो आउँछ सोही स्थानमा पुगेर पुस्तक बिक्री गर्ने लक्ष्य रहेको उनले बताए । डा महावीर पुनको जीवन कथाका लेखक, केन्द्रका संस्थापक अध्यक्षसमेत रहेका डा पुनले यतिबेला पुस्तक बिक्रीका लागि देश दौरानमा दुई साता बिताइसकेका छन् । “नौ महिनाको समय लगाएर बन्द रहेको कारखानालाई मर्मत गरी सञ्चालन गर्ने वातावरण बनाएको छौँ”, उनले भने, “औजार उत्पादनका लागि आर्थिक स्रोत जुटाउन पुस्तक प्रकाशित गरी बिक्री अभियानमा लागेको छु ।” नेपालका प्रतिभालाई स्वदेशमा राखेर सहयोग गर्ने र उद्यमी बनाउने लक्ष्यअनुरुप राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेको पुनले बताए । उनका अनुसार युवा प्रतिभाले उद्योग कलकारखाना खोलुन्, रोजगारीको सिर्जना गरुन र अर्थतन्त्र सबल बनाउन लागुन् भन्ने मुख्य उद्देश्य राष्ट्रिय आविष्कार केन्द्रको रहेको छ । पुनले काठमाडौँबाट गजुरी हुँदै धादिङ, धादिङबेंसीबाट मलेखु, मुग्लिन, गोरखा, आँबुखैरेनी, लमजुङको बेंसीसहर र बन्दीपुर हुदै तनहुँका विभिन्न सहरमा पुगेर पुस्तक बिक्री गरेका छन् । कुनै पनि सरकारको पालामा अर्थतन्त्र सुधार्ने काम गर्न नसकेको डा पुनको आरोप रहेको छ । “बेरोजगारीलाई रोजगारी र अर्थतन्त्रलाई सबल बनाउनका लागि राज्यले उद्योग, कलकारखानामा लगानी बढाउनुपर्छ”, उनले भने, “सरकारसँग पैसा नभए पनि कारखाना संचालन गर्ने जिम्मा लिएका हौँ ।” देशव्यापी अभियान रहेकाले बैतडी, महेन्द्रनगर, धनगढी, नेपालगञ्जबाट बुटवल चितवन, वीरगञ्ज, जनकपुर, काँकडभिट्टा, पाँचथर, मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौँ पुग्ने योजना रहेको डा पुनले जानकारी दिए । “राज्यले कलकारखाना खोल्नुपर्छ र लगानी गर्नुपर्छ । विकास निर्माणमा लगानी गरिएको छ, त्यसरी नै कलकारखानामा पनि लगानी बढाउनुपर्छ”, उनले भने, “कलकारखाना चलाएर मात्रै हुँदैन, परिणाम आउने गरी उद्योग सञ्चालन गर्न सक्नुपर्छ ।” यतिदिन घुम्ने भन्ने सीमा अवधि नतोकिएको भन्दै पुनले भने, “जसरी हुन्छ धेरैभन्दा धेरै पुस्तक बिक्री गर्ने लक्ष्यअनुरुप देशव्यापी दौरानमा निस्किएको छु ।” उनका अनुसार हालसम्म २४ हजार पुस्तक बिक्री भइसकेका छन् । करिब तीन लाख पुस्तक बिक्री भएको अवस्थामा कृषि औजार कारखाना सञ्चालनमा ल्याउन सकिन्छ भन्ने विश्वास लिएको डा।पुनले बताए । तनहुँका विभिन्न पालिका र सर्वसाधारण नागरिकले पुस्तक किनेर सहयोग गरिदिएका छन् । | canadanepal.com |
3,961,367 | प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापा खरो बोल्छन् । उनले सरकारले ल्याएको अध्यादेशबो बचाऊ गरे । पार्टीका शिर्षस्थ नेताहरुबीच बसेर अध्यादेशका बारेमा छलफल भएको समेत बताए । अध्यादेशको विरोध गर्ने पार्टी नेताहरुको चर्को आलोचना गर्दै उनले बकवास नगर्न चेतावनी दिए ।
त्यसमध्ये उहाँ एक हुनुहुन्छ । स्थायी समिति सदस्य भनेको एउटा तहमा हुनुहुन्छ । तर, शीर्षस्थ भनेको पार्टी सिद्धान्त, नीति, व्यवहार बोलेर शीर्षस्थ हो कि होइन भन्ने थाहा हुन्छ । अहिले उहाँले असाध्यै झुठो बकवास गर्नुभएको छ । खास उहाँ शीर्षस्थ होइन कि धेरै तल हुनुहुन्छ भन्ने कुरा आफ्नो बोलीबाटै देखाउनु भएको छ ।
त्यसको बारेमा शीषस्थ नेताहरुबीच बसेर छलफल भएको छ । त्यसको आधारमा एउटा समझदारी पार्टीका नेतृत्वबाट अगाडि बढ्ने कुरा भएको छ । यो पार्टीको म्याटरभन्दा पनि सरकारको म्याटर हो । अहिलेको अवस्था आवश्यक ठानेर सरकारले अध्यादेश जारी गरेको हो । अहिलेको सन्दर्भमा सामान्य काम अगाडि बढाउन यी अध्यादेशहरु जारी भएका छन् । यसलाई उहाँले कसरी बुझ्नुभयो, कुन षड्यन्त्रमा उहाँ हुनुहुन्थ्यो, कस्ता अपेक्षा राख्नुभएको थियो । कस्तो खालको तानाबाना बुनिरहनुभएको थियो, कहाँनेर धक्का लाग्यो । कहाँनेरबाट उहाँ मानसिक विचलनमा पुग्नुभयो र यो खालको बकवास गर्नुभएको छ । केही टेलिभिजन कार्यक्रमहरुमा बकवास गरेको सुने । त्यो तहको मान्छे चाहीं जीवनभरि पार्टी फुटाउने, मोहन विक्रमदेखि यहाँसम्म आइपुग्दा यो खालको कुरा नगरेको भए राम्रो हुन्थ्यो ।
सरकारले ल्याएका अध्यादेशलाई के भनियो भनेर किन पढिरहनुपर्यो । आजको आवश्यकलाई परिपूर्ति गर्नका लागि गर्नुपर्ने कामका लागि अध्यादेशले बाटो खोजेको छ । यो अध्यादेश संविधान र कानुन बमोजिम जारी भएको छ । यो जारी गर्नका निम्ति कस्तो अवस्था हुनुपर्छ भन्ने स्पष्ट व्यवस्था छ । यस्तो अध्यादेश संसद् नबसेको बेलामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट जारी हुन्छ । फेरि नेपालमा पहिलो पटक यो अध्यादेश जारी भएको पनि होइन । यसले कुनै आकाश खस्ने काम पनि गरेको छैन । यी अध्यादेशलाई हाम्रा नेताज्यूहरु सनाई, बाजा के के भन्नुहुन्छ त्यसमा प्रक्रिया जनाउँदै म समय किन खेर फाल्नु ।
आफू सत्तामा हुँदा के गरिएको थियो, त्यसलाई सम्झेर टिक्काटिप्पणी गर्दा धेरै राम्रो हुन्छ । देश, जनता र पार्टीले विश्वास गरेको प्रधानमन्त्रीले देशको अवस्था हेरेर, संसद् नचलेको बेलामा हतार गरेर गर्नुपर्ने जरुरी कामका लागि यो अध्यादेश ल्याइएको हो ।
यो राजनीतिक दलसँग सम्बन्धित कानुनलाई अपडेट गर्ने मात्रै कुरा हो । यसमा एउटा ‘र’ को ठाउँमा ‘वा’ मात्रै व्यवस्था गरिएको छ । यस्तो कुरामा अत्तालिनुपर्ने कुनै जरुरी देख्दिनँ ।
प्रधानमन्त्रीज्यूले सचिवालयमा भनेको भन्नै पर्दैन नि आफै भन्नुहुन्छ । प्रधानमन्त्रीले भन्दै नभनेका कुराहरुलाई आफ्ना मनमा लागेका कुरा प्रचार गरेका विषयमा हामीले के टिकाटिप्पणी गर्नु ।
हल्ला गर्नेहरुले आफ्ना कुरा नबिकेर जनताका नाममा तथाकथित रुपमा जनताको हवाला दिएर गलत प्रचार गर्ने गरेका छन् । ती मान्छेले आफैले जितेको एक महिनामा के के गरे ? तिनको दैनिकीका बारेमा छलफल चलाउनुस् ।
कोरोनाविरुद्ध लडिरहँदा पनि देशका काम कारबाहीहरु चलिरहन्छ । यो दुट्टै विषय हो, कोरोनाविरुद्ध लड्ने छुट्टै विषय हो ।
साथै सामान्य प्रक्रियाअन्तर्गत पनि ल्याइन्छ । यो सामान्य प्रक्रियाअन्तर्गतको काम हो । यसलाई तरंगित पार्ने गरी दुश्प्रचार गर्न आवश्यक छैन । यसलाई तुष्टीकरण गरेर आफ्नो मार्केटिङ गर्ने काम कसैले नगरे हुन्छ ।
यति सामान्य कुरा थाहा पानुपर्छ जो कोही मान्छेहरुले । अध्यादेश जारी भइसकेको कुरा सचिवालयमा प्रधानमन्त्रीज्यूले अवगत गराउनुभयो । त्यसमा शीर्षस्थ नेताहरुले पनि आफ्ना धारणाहरु राख्नुभयो । अब कसलाई के मन लाग्छ अनि त्यो सुन्ने फिर्ता गर्ने हुँदैन । पार्टीको अन्य कामको लागि बैठक, मिटिङहरु होलान् अध्यादेश त जारी भइसकेको छ ।
प्रमुख प्रतिपक्षी दल भएको नाता आफ्नो ढंगले विरोध गर्न सक्छ । उसले अर्को चुनावको विषय बनाउन सक्छ । नेपाली कांग्रेसले आलोचना, विरोध गर्नु त विपक्षको कर्तय, धर्म र अधिकार हो नि । नेपाली कांग्रेसले गर्ने विरोधलाई र पार्टीभित्रका नेताहरुले गर्ने विरोधलाई मैंले फरक ढंगले विश्लेषण गरेको छु ।
उहाँ आफ्नो सिद्धान्त छाडेर, भड्किँदै, बरालिँदै, आफ्नो सिविर छोड्दै, सपना छोड्दै, आफूले बाँडेका आस्वासन छोड्दै प्रतिवद्धता, कबुल छोड्दै अनि नयाँ नेपाल, नयाँ शक्तिभन्दा अहिले कहाँ पुग्नुभएको छ । यसरी बीचमा १० वटा पार्टी छोड्दै र चहार्दै हिड्ने अनि लोकतन्त्र संकटमा पर्यो भनेर हिड्ने बेकारको बकवास हो । बाबुरामजीको निम्ति भनेर यो कानुनी प्रवन्ध गरिएको पनि होइन । कानुन भनेको उहाँलगायत जो कोही नेपालीका लागि पनि लागु हुन्छ । व्यक्ति लक्षित गरेर यो कानुन आएको पनि होइन र उहाँहरु उत्तेजित हुनुपर्ने जरुरी पनि छैन ।
के कारणले ती हडल भए ? के कारणले रोकिए, के कारणले अवरोध भयो ? भन्ने कुराहरुको विश्लेषण गरेर सरकारले धेरै कुराहरुको कदम चाल्छ नि त । विगत पाँच महिना अगाडि नै अध्यादेश ल्याउने कुरा भएको थियो । त्यसबेला सहमति हुन सकेन । त्यतारित छलफल गर्न नै रुचि राखिएन । छलफलमै रुचि भएन भने त अध्यादेश जारी हुन्छ नि । सरकारले हरेक कुरामा सहमतिका नाममा पाँच वर्ष बिताउन त सक्दैन नि ।
उहाँ रहने कुरालाई कसैले तलमाथि गरेको छैन । त्यसमा हाल कायम संख्याको बहुमत भनेपछि पाँच जनाको हाल कायम हो भने तीन जनाको उपस्थितिमा पनि बैठक गर्न सक्ने छ । त्यहाँ प्रधानमन्त्रीको अध्यक्षतामा, विपक्ष दलको नेता, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, सभामुख हुने हाल यो व्यवस्था छ । छलफलमा सबैलाई बोलाइन्छ तर काम विशेषले, तर्क, अर्घेल्याईं विशेषले कोही उपस्थिति हुनुभएन भने पनि गणपुरक संख्याले बैठक बसेर पनि निर्णय गर्न सक्ने गरी संशोधन गरिएको मात्रै हो । त्यसमा प्रधानमन्त्री, प्रतिपक्ष दलको नेता, राष्ट्रियसभा अध्यक्ष, सभामुख, प्रधानन्यायाधीश र उपसभामुख हुनेमा हाल रिक्त छ । अहिले भएका यी पाँच मध्ये बैठक त सबैलाई बोलाइन्छ ।
यो अध्यादेश सरकारले ल्याउने हो । ल्याएको छ र यो रितपूर्वक जारी भइसकेको छ । अब त्यसको कानुनी रुपमा अभ्यास हुन्छ । नीति बन्छ । पछि संसद्मा प्रतिस्थापन विधेयक हुन्छ । कसैलाई चित्त बुझेका छैनन् भने प्रतिस्थापन विधेयकमा गएर आफ्ना साय, सुझावहरु राख्न सकिन्छ । काठमाडाैँ, १६ असार । डेङ्गु रोग डेङ्गी भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ । काठमाडौं, १५ असार । आज असार १५ अर्थात् धान दिवस । किसानले धानको मुठी रोपेर काठमाडौँ, ७ असार । माओवादी विद्रोहको नेतृत्व तह हुँदै संसदीय राजनीतिमा स्थापित पूर्वप्रधानमन्त्री डा बाबुराम काठमाडौँ, ५ असार । २०३२ साउन १ गते शाखा अधिकृतका रुपमा नेपाल सरकारको सेवा प्रवेश काठमाडौँ, ३२ जेठ । विद्यार्थी जीवनदेखि मुलुकको रूपान्तरण र अग्रगतिका लागि आन्दोलनमा होमिएका युवा नेता काठमाडौँ, ३२ जेठ । देशमा प्रजातन्त्रको स्थापनासँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने काठमाडौं, ३१ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले आर्थिक वर्ष काठमाडौं,३१ जेठ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिकालाई जोखिम न्यूनीकरण काठमाडौं, ५ साउन । सरकारमा शरदसिंह भण्डारीको सत्तरोहणसँगै लोकतान्त्रिक समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ काठमाडौं, ५ साउन। नेपाल परिवार दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटि औपचारिक रुपमा सफल कार्यकालको काठमाडौं, ५ साउन । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी काठमाडौं, ५ साउन । | reportersnepal.com |
992,811 | विद्यार्थी लिन हिँडेको बसमाथि काठमाडौको कीर्तिपुरमा बुधबार बिहानै आगजनी गरिएको छ । मोर्डन इण्डियन स्कुलको ना १ क १०२३ नम्बरको बसमा पेट्रोल छर्केर आगो लगाइएको महानगरीय प्रहरी प्रभाग किर्तिपुरले जनाएको छ । | ekantipur.com |
3,425,140 | क्यानाडाको स्वास्थ्यसम्बन्धी एक संस्था हेल्थ क्यानाडाले सो खोपको अनुमति दिने विषयमा व्यापक अनुसन्धान भएको र यहाँको सरकारले क्यानाडाका १६ वर्षभन्दा माथिको उमेरका नागरिकलाई लगाउनका लागि अनुमति दिइएको बताएको छ ।
अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले क्यानाडा सरकारले यस फाइजर खोपको प्रभावकारिता र यसको स्वास्थ्य सुरक्षाका सम्बन्धमा व्यापक मात्रामा खोजी र अनुसन्धान गरेको र त्यसपछि यो खोप लगाउन सुरक्षित देखिएको भन्दै उक्त खोप सिफारिश गरेको हो । अर्काे हप्तादेखि क्यानाडामा सो खोप लगाइने भएको छ । समाचारमा जनाइएअनुसार यहाँका स्वास्थ्य अधिकारीहरुले अर्काे हप्तासम्ममा क्यानाडामा यो खोप आइपुग्ने र नागरिकलाई लगाउन थालिने जनाएका छन् ।
उहाँले सो खोपको प्रभावकारिताको अनुसन्धान भएको र क्यानाडाका १४ वटा वितरक कम्पनीहरुले उक्त खोप यहाँ ल्याएर वितरण गर्ने बताएका छन् ।
उता पछिल्लो समयमा झन् कोरोनाबाट अति प्रभवित देशको सूचीमा रहेको बेलायतले मंगलबारदेखि नै कोरोना विरुद्धको खोप लगाउने भएको यसअघि नै बताएको थियो । करिब एक साता पहिले नै फाइजर बायोएनटेक खोपको बेलायती नियामक निकायले अनुमति दिएको थियो । बेलायती कम्पनीहरुले यो खोप वितरण गरिसकेका छन् र नागरिकले पनि लगाउन थालेका छन् ।
यहाँका नागरिकको माग भए पनि लकडाउन खोल्न सरकार तयार भएको छैन । त्यसैले यहाँको सरकारले भने यस खोपका बारेमा कुनै निर्णय गरेको छैन । इंग्लयाण्ड, वेल्स तथा स्कटल्याण्डमा कोरोना विरुद्धको खोप शुरु भएको जानकारी बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् । सबै अस्पतालमा राम्रो र उच्च क्षमतामा फ्रिज नहुदा समस्या हुनसक्ने बताइएको छ । यहाँका मिडियाले करिब आठ लाख डोज खोप बेल्जियमबाट बेलायत पुगेको बताइएका छन् । बेलायतमा चाँडै नै यो खोप प्रयोग गर्ने विषयमा विभिन्न प्रश्न उठेको भए पनि बेलायत सरकारले खोप प्रयोग गर्ने नागरिकको सुक्ष्म निरीक्षण गरेर खोप शुरु गर्ने जानकारी गतहप्ता नै दिएको हो ।
अहिल्यै सबैलाई खोप दिनु जरुरी नभएको उसको भनाइ छ । यो खोपका लागि विश्वका विभिन्न देशले खरिद अनुमति दिएका छन् । यो खोप क्यानाडाले ३६ करोड, बेलायतले ३६ करोड इन्डोनेसियाले ३५ करोड, जापानले २९ करोड र ब्राजिलले १९ करोड डोजको भ्याक्सिनका लागि पहिले नै खरिदको अनुमति दिएका छन् ।
संसारभरमा हालसम्म ६ करोडभन्दा बढी कोरोना संक्रमित भइसकेका छन् भने त्यसमध्ये १५ लाख भन्दा बढीको ज्यान गइसकेको छ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं । | drishtinews.com |
567,527 |
बागमती प्रदेश न्यु डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगिता’ मंगलबारदेखि हुने भएको छ । कीर्तिपुरस्थित बहुउदेश्यीय कभर्ड हलमा हुने पाँच दिने प्रतियोगितामा आयोजक न्यु डायमन्डसहित सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब र परोपकार आदर्श माध्यमिक विद्यालय, काठमाडौं गरी चार टिमको सहभागिता रहनेछ । राउन्ड रोविन पद्दतिमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । बागमती प्रदेश खेलकुद विकास परिषद् र न्यु डायमन्ड स्पोर्टस् क्लबको संयुक्त आयोजनामा हुने प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार, तेस्रो हुनेले एक लाख २५ हजार प्राप्त गर्ने आयोजकले बताएको छ । यस्तै, चौथो हुने टिमले ७५ हजार रुपैंया प्राप्त गर्नेछन् । यस्तै, व्यक्तिगत विधातर्फको सर्वोत्कृष्ट खेलाडीले २५ हजार र विधागततर्फको उत्कृष्टले १० हजार रुपैयाँ पाउनेछन् । | lokpath.com |
4,029,426 | डडेल्धुरा जिल्लाको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना कार्य जारी छ । हालसम्म ३२ हजार सात सय मत गणना हुँदा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १६ हजार एक सय १८ मत प्राप्त गरेका छन् । उनी सुरूआती चरणबाट नै अग्रस्थानमा छन् । प्रधानमन्त्री देउवालाई स्वतन्त्र उमेदवार सागर ढकालले पछ्याउँदै आएका छन् । सागरले आठ हजार छ सय मत ल्याएका छन् । अब १८ हजार नौ सय ६० मत गणना हुन बाँकी रहँदा नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्लले चार हजार सात सय एक मत ल्याएर तेस्रो स्थानमा रहेका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए । दुई हजार ७२ मत बदर भएको छ । प्रतिनिधिसभा सदस्यको मतगणना सकिएपश्चात प्रदेशसभा सदस्यको मतगणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काठमाडौं,६ साउन । नेकपा एमालेले पनि उपसभामुख इन्दिरा रानाको राजीनामा मागेको छ । आज बसेको काठमाडौं, ६ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत काठमाडौं, ६ असार । उपसभामुख इन्दिरा रानाले भिसाका लागि अमेरिकी राजदूतावासलाई लेखेको पत्र सम्बन्धि विवाद काठमाडौं, ६ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री अमनलाल मोदीले आफूहरुलाई सरकारको काठमाडौँ, ६ साउन (रासस) । प्रजातन्त्रका लागि फुट्दै गरेका आवाजहरू थुन्नका लागि तत्कालीन राणा शासकहरूले काठमाडौं, ६ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसीहरु पढ्दैनन् भन्ने भाष्य चिर्न जरुरी काठमाडौं, ६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर जबराले आफूहरुले प्रधानमन्त्री केपी शर्मा काठमाडौं, ६ असार । नेपाल कम्युनिष्ट पार्टी मालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले राष्ट्रिय काठमाडौँ, ६ साउन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा दुईवटा काठमाडौं,६ साउन । नेकपा एमालेले पनि उपसभामुख इन्दिरा रानाको राजीनामा मागेको छ । आज बसेको वासिङ्टन डिसी, ६ साउन । नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण सहयोग पु¥याउँदै आएको अमेरिकी सहयोग काठमाडौं, ६ साउन । | reportersnepal.com |
3,465,415 | दिक्तेलमा जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ । दिक्तेल स्थित रत्नपार्कको किँरात चोकमा आज बिहान संसद विघटन गरेको विरुद्धमा जसपाले पूर्वघोषित आन्दोलनलाई मूर्तरुप दिँदै प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले संसद विघटन गरेको भन्दै जसपाका कार्यकर्ताहरुले एकोहोरो शंख बजाउँदै ओली र भण्डारीविरुद्ध नाराबाजी गरेका थिए । पुत्ला दहन कार्यक्रमलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो । | imagekhabar.com |
4,556,039 | मिलन चाम्सद्वारा निर्देशित फिल्म ‘वर एन्ड बधु’को प्रदर्शन मिति तय भएको छ। लभ स्टोरी र कमेडी जनरामा तयार भएको यो फिल्म आगामी फागुन १९ गतेबाट रिलिज हुनेछ। रोमानियामा फिल्मको पहिलो चरणको छायाङ्कन सकेर नेपाल आएलगतै निर्माण टिमले प्रदर्शन मिति तय गरेको हो। वितरकसँग सल्लाह गरेर फागुनलाई प्रदर्शन मिति तोकिएको निर्देशक चाम्सले जानकारी दिए। एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा आँचल शर्मा र विवेक कर्माचार्यको मुख्य भूमिका छ। फिल्ममा आँचल र विवेकसँगै विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, किरण केसी, बुद्धि तामाङ, हिमेश पन्त, रविना केसी, सृष्टि खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहनेछ। यो फिल्म सुरज पाण्डे निर्देशित फिल्म ‘परस्त्री’सँग भिड्दैछ। फिल्म ‘परस्त्री’ पनि आगामी फागुन १९ मा प्रदर्शन हुँदैछ। भदौ र असोजमा नेपाली फिल्मकाो रिलिज सेड्युल निकै व्यस्त छ। मंसिरको निर्वाचन र त्यसलगतै आउने विश्वकप फुटबलका कारण पनि धेरै निर्माता फागुन र चैत्रलाई रिलिज मिति टार्गेट गरिरहेका छन्। फागुन ५ मा प्रकाश सपुतको ‘परदेशी २’सँग दयाहाङ राईको फिल्म ‘बिहेपास’ पनि जुध्ने पक्का भएको छ । | pahilopost.com |
4,296,243 | नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न गर्नुपर्ने विषयमा जोड दिनुभएको छ । नेकपा कास्की–प्रचारप्रसार उपसमिति, निर्वाचन परिचालन उपसमितिद्वारा पोखरामा आयोजित पत्रकार भेटघाटमा उहाँले स्वास्थ्य प्रतिस्पर्धाको माध्यमबाट लोकतान्त्रिक अभ्यासको रुपमा निर्वाचन सम्पन्न हुनुपर्ने बताउनुभयो । अध्यक्ष दाहालले राजनीतिक स्थिरता र समृद्ध नेपालको निर्माणका लागि यो उपनिर्वाचन खुड्किलो हुने उल्लेख गर्नुभयो । उपनिर्वाचनका लागि मुलुकका विभिन्न स्थानमा उत्साहवद्र्धक ढङ्गले मनोनयन दर्ता भएकाले निर्वाचन पनि उत्साहका शान्तिपूर्ण ढङ्गले सम्पन्न हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले कास्की क्षेत्र नं २ बाट नेकपाका उम्मेदवारलाई जिताउन कार्यकर्तालाई एकजुट भएर प्रचारप्रसारमा जुट्न आह्वान गर्दै कास्की क्षेत्र नं २ लगायत अन्य प्रदेशसभा सदस्यको निर्वाचनको उम्मेदवार सर्वसम्मत रुपमा छनोट भएको जानकारी गराउनुभयो । तत्कालीन कास्की क्षेत्र नं २ का सांसद रवीन्द्र अधिकारीप्रति श्रद्धासुमन अर्पन गर्दै अध्यक्ष दाहालले कास्की नेकपाको क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार विद्या भट्टराई निर्वाचनमा सफलताको कामना गर्नुभयो । भारतले नेपाली भूमि लिपुलेकलाई आफ्नो नक्साभित्र पारेको सन्दर्भमा पत्रकारको जिज्ञासामा अध्यक्ष दाहालले भौगोलिक अखण्डाको विषयमा नेपाली एकजुट रहेको र लिपुलेक हाम्रो भएकाले यस विषय सह्य हुन नसक्ने दृढता प्रकट गर्नुभयो । उहाँले विषयमा सरकारको पनि धारणा आइसकेकाले कूटनीतिक माध्यमबाट यसलाई सच्याउनुपर्ने विषयमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “भारत भ्रमणको क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष लिपुलेकको विषयमा कुरा उठाएको थिए र अहिले भारतले नक्सामा पारेको विषयमा हाम्रो गम्भीर आपत्ति छ ।” प्रदेश प्रमुखलाई हटाइएको सन्दर्भमा अध्यक्ष दाहालले नयाँ सरकार गठन भएपछि नैतिकरुपमा राजीनामा गर्नुपर्ने नगरिएको एवं राजनीतिक संस्कार प्रदर्शन गर्नुपर्ने नगरिएको उल्लेख गर्दै दुई तिहाइको सरकारले उदार र लचिलो भएको कारणले दुई वर्ष परिवर्तन नगरेको स्पष्ट पार्नुभयो । | abcnepal.tv |
5,123,392 | १३१औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानीलगायत देशका विभिन्न सरहमा रहेका मजदुरका लागि खाद्यान्यलगायत राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । | nepalkhabar.com |
4,996,173 | अमेरिकाको राजधानी वाशिंगटन डिसी नजिकै भर्जिनियाको मनासस शहर स्थित वाएन्दम् होटलमा आईतबार हुन गईरहेको समारोहमा ११ जना सर्बोकृस्ट ब्यक्तित्वहरूलाई कुलपतीको हातबाट रू. १५ लाख बराबरको साहित्यिक पुरूस्कारहरू बितरण गर्ने कार्यक्रम रहेको आयोजक संस्था अन्तरास्ट्रिय नेपाली साहित्य समाजको बोर्ड अफ् ट्रस्टीका अध्यक्ष पदम बिश्वकर्माले कोलोराडो देखि जानाकारी गराए । कार्यक्रमको संयोजनमा अहोरात्र खटिरहेका आयोजक संस्थाको बोर्ड अफ् ट्रस्टीका सचिब प्रकास नेपालले डिसी मेट्रो क्षेत्रका इच्छुक सबैलाई कार्यक्रममा उपस्थितीको लागी यसै सूचनाबाट निमन्त्रणा गरेका छन् । प्रज्ञा प्रतिस्ठानका प्राज्ञ बाबा बस्नेत र कुलपती राई कार्यक्रम हुनु अघि नै अमेरिका आईपुगेकाले – खेम भट्टचन , कबिन्द्र सिटौला लगायतको टोलीले उहॉहरूलाई डिसी , भर्जिनिया , म्यारिल्यॉण्ड घुमाई रहेका छन् । यसै सन्धर्भमा : म्यारिल्यॉण्ड राज्यको ईण्डियन हेड नगरपालिकाका उप-मेयर किरण सिटौलाले कुलपती राईलाई बिहीबार आफ्नो नगरपालिकामा स्वागत गर्दै पोटोम्याक नदीको किनार घुमाई दिए । | enepalese.com |
3,015,274 | बझाङमा नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उनका परिवार सवार जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीले जानकारी दिए । जीप दुर्घटना हुँदा सभापति का जेठा छोरा को मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएका हो । दुर्घनामा परी सुर्माका विनोद बोहराको घटनास्थलमै ज्यान गएको छ भने ३ जना घाइतेको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ । प्रहरीका अनुसार जीप गएराति १२: ४० बजे दुर्घटना भएको हो । जीपमा ३ जना महिला र ६ जना पुरुष गरी ९ जना सवार थिए । नेटवर्क समस्याका कारण घटनाको विस्तृत विवरण आउन बाँकी छ । | newsofnepal.com |
2,900,081 | मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुस्मा नगरपालिका–१ सहस्रधारामा तीन दिनदेखि लगातार पहिरो झर्दा यातायात सञ्चालनमा समस्या भएको छ। पोखरा–बाग्लुङ सडक पर्ने उक्त ठाउँमा शनिबार राति पहिरो खसेको थियो। पहिरो खस्ने क्रम मंगलबार बिहानसम्म पनि नरोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक कृष्णबहादुर खड्काले बताउनुभयो। पहिरो झर्ने क्रम रोकिएपछि मात्रै सडक खुलाउने काम शुरु हुने उहाँले बताउनुभयो । पहिरोको बीच भागमा केही ढुंगाहरू पनि अडकिएका छन । शनिबार राति र आइतबार दिनभर खसेको गेगर र ढुंगालाई हटाएर आइतबार साँझपखबाट सडक सञ्चालन गराइएको थियो। तर आइतबार राति र सोमबार दिनभर पनि पहिरो खस्ने क्रम नरोकिँदा मंगलबार बिहानसम्म पनि बाटो अवरुद्ध रहेको छ। सडकमा जम्मा भएको हिलो र गेगर हटाउन एक्स्काभेटर व्यवस्थापन गर्न लागिरहेको र काम सुरु गरेको दुई घण्टापछि सडक खुल्ने बिश्वास लिइएको प्रमुख खडकाले बताउनुभयो । सडकबाट झन्डै आधा किलोमिटर माथिबाट खसेको पहिरोले सडकको करिब ५० मिटरभन्दा बढी भाग पुरिएको छ। सहस्रधाराको पहिरोको कारण बाग्लुङ, म्याग्दी र मुस्ताङबाट सवारी साधान बाहिरिन पाएका छैनन्। ती जिल्ला जानका लागि पोखरा लगायतका ठाउँबाट छुटेका सवारी पर्वत सदरमुकाम कुस्मामा नै रोकिएका छन्। तीन दिनसम्म सडक बन्द रहँदा जागिरका बाग्लुङ–कुस्मा आउजाउ गर्ने सरकारी तथा गैरसरकारी कर्मचारीहरूलाई समस्या भएको छ। बाग्लुङ, म्याग्दी र मुस्ताङबाट आकस्मिक अवस्थाका बिरामी थप उपचारको लागि पठाउँदा सोही बाटो हुँदै पोखरा जानुपर्छ। त्यस्ता खालका बिरामी रिफर भएमा सडककै कारण ज्यान समेत जान सक्ने भएकोले पहिरो खस्दै गर्दा पनि पन्छाउँदै, सडक सुचारु गराउनुपर्ने बाध्यता भएको ट्राफिक प्रहरी प्रमुख खड्काको भनाइ छ । | newsofnepal.com |
3,219,297 | मर्जरपश्चात् बैंकहरूको संख्या क्रमशः घट्दै गएपछि सिइओ फालाफाल हुन थालेको हो । बैंकबीच सिइओे तान्ने र फाल्ने खेल प्रारम्भ भएको अवस्थामा नेपाल राष्ट्र बैंकका ठूलाबडाले समेत उक्त खेलमा मिलेमतो गरेको आशंका छ । केही समय अघिसम्म बैंकर्स संघ अध्यक्ष र एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका सशिन जोशीले चार वर्षका लागि नियुक्ति लिएको नबिल बैंकबाट दुई वर्षमै हात धुनुपर्ने भएको छ । उता, ८ वर्ष बसेर अनिल शाहले नबिल फर्कन चाहेपछि जोशीले पनि सबै हत्कण्डा प्रयोग गरेको आरोप लागेको छ । जोशीले राष्ट्र बैंकका एकजना डेपुटी गभर्नर आफ्नै नजिकको नातेदार भन्दै र उनैका अनन्य मित्र कार्यकारी निर्देशक नारायणप्रसाद पौडेललाई प्रभावमा पारेर शाहलाई नबिलमा तत्काल नियुक्ती लिन अप्ठेरो पर्नेगरी पुस १४ गते एउटा निर्देशन जारी गराइदिएका छन् । अघिल्लो दिनको मिति राखेर । पुस १३ गतेको मिति राखिएको उक्त निर्देशनको सम्पूर्ण प्रक्रिया नै भोलिपल्ट मात्र पु¥याइएको थियो । १४ गते शुक्रबार अपराह्नसम्म पौडेल १० जना अधिकृतलाई थापाथलीमा पूर्वसेवाकालीन तालिम दिइरहेका थिए । नबिल बैंक सञ्चालक समितिको अघिल्लो दिउ“सोको बैठकले शाहलाई फागुन ५ गतेदेखि लागू हुनेगरी सिइओेमा नियुक्त गर्ने प्रस्ताव पारित गरेको जानकारी जोशीले पनि भोलिपल्ट मात्र थाहा पाएका थिए । लगत्तै उक्त निर्णयलाई प्रभाव पार्नेगरी पौडेलले अघिल्लो दिनको मिति राखेर शुक्रबार जारी गरेको सिइओेसम्बन्धी निर्देशनमा सिइओेको शितांग अवधि (ऋययष्लिन एभचष्यम) तोकिएको छ । यसअघि पौडेलमार्फत जारी बैंकहरूले विदेशबाट प्राप्त गर्ने पुरस्कार तथा निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाका अधिकारीहरूबाट हुने गरेको विदेश भ्रमणमा रोक लगाउनेसम्बन्धी निर्देशन पनि अमुक व्यक्तिको आग्रहमा आएको आरोप लागेको छ । | janaaastha.com |
3,417,824 | यसमध्ये चैत महिनामा मात्रै २५१ विदेशबाट घर फर्किएको पाइएको कार्यालय प्रमुख डा नरेन्द्र झाले जानकारी दिए । उनले भने, ‘घर फर्केका सबैको स्वास्थ्य परीक्षण गरी होम क्वारेन्टाइनमै बसाइएको छ, उनीहरुको स्थानीय स्वास्थ्यकर्मीले निगरानी गरिरहेका छन् ।’ कोरोना भाइरस, (कोभिड—१९)को जोखिम हुन नदिन यहाँका स्थानीय तहले विदेशबाट आएका सबैलाई सम्पर्कमा ल्याएका हुन् । जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई आफ्ना क्षेत्रमा विदेशबाट घर फर्केकाको विवरण संकलन गर्न चैत दास्रो साता पत्राचार गरेपछि पहिचान गर्न थालिएको हो । ‘कोराना भाइरसको जोखिम बढ्दै गएपछि चैत महिनामा विदेशबाट अधिकांश घर फर्किएको पाइएको छ’ प्रमुख डा झाले भने ।
यसअघि मण्डनदेउपुर नगरपालिकामा विदेशबाट फर्किएका आठलाई क्वारेन्टाइनमा राखिएकोमा सातलाई १४ दिनका बसाइँपछि स्वास्थ्य जाँच गरी घर फर्काइएको नगर उपप्रमुख निर्मला शाहीले जानकारी दिए । उनले भने, ‘बाँकी एक पुरुषको आज वा भोलि स्वास्थ्य जाँच गरी घर फर्काइनेछ ।’ यसपछि यहाँका सबै क्वारेन्टाइन खाली हुनेछ ।
ती मध्ये धुलिखेल नपामा ६५, बनेपा नपामा ५०, पनौती नपामा १०, नमोबुद्ध नपामा १८, पाँचखाल नपामा ११ श्यया तथा रोशी गाउँपालिकामा १०, महाभारतमा ३५, भुम्लुमा ३०, बेथानचोकमा १०, तेमालमा चार र खानीखोला गाउँपालिकामा १५ श्ययाको क्वारेन्टाइन व्यवस्थित गरिएको हो । काभ्रेपलाञ्चोकमा छ नपा र सात गाउँपालिका छन् ।
धुलिखेल अस्पतालमा आठ र बनेपास्थित शीर मेमारियल अस्पतालमा पाँच श्ययाको आइसोलेसन कक्ष व्यवस्थित गरिएको छ । धुलिखेलमा हालसम्म ओइसोलेसनमा राखी कोरोना भाइरस परीक्षण गरिएका १७ सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।
विदेशबाट फर्किएर सम्पर्कमा आएकाको हालसम्मको प्रारम्भिक स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको कुनै पनि लक्षण नदेखिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए । जिल्लामा २७ देशबाट घर फर्किएको पाइएको हो भने भारतपछि दुबईबाट फर्कनेको संख्या अधिक रहेको देखिन्छ ।
नियमित औषधी सेवन गर्दै आएका दीर्घरोगीको स्वास्थ्य अवस्था थप नबिग्रियोस् भन्ने उद्देश्यले दीर्घरोगीको घरमै औषधी पु¥याउन थालिएको नगरप्रमुख टीपी शर्माले जानकारी दिए । उनले भने, ‘रोगीलाई चिकित्सकले दिएको प्रेस्क्रिप्शनका आधारमा निःशुल्क औषधी उपलब्ध गराइरहेका छौँ ।’ उनका अनुसार दीर्घ रोगी पहिचान अभियानसँगै औषधी वितरणको काम थालिएको हो ।
नगरले हाल मधुमेय, रक्तचाप, बाथ, छारेरोग तथा मुटुरोगीका विरामीलाई उनीहरुको घरमै औषधी निःशुल्क उपलब्ध थालेको हो । वडाका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीले रोगीको विवरण पहिचान गर्दै औषधी वितरण गरिरहेको शर्माले बताए । उनले लकडाउनका कारण समस्यामा परेकालाई सहयोग गरेको भन्दै सामाजिक सञ्जालमा फोटो तथा भिडियो राख्न नदिन वडा कार्यालयलाई परिपत्रसमेत गरेका छन् । रासस काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं । | drishtinews.com |
2,679,504 | पक्राउ पर्नेमा रामेछापको मन्थली लिखु घर भई हाल जरङ्खु बस्ने वर्ष २९ को शनि तामाङ रहेका छन् । काठमाडौँ तारकेश्वर नगरपालिका–८ शेषमतीस्थित लामवजार नजिक सामान्य विषयमा विवाद हुँदा उनले सोही ठाउँका २९ वर्षीय सुवास तामाङलाई धारिलो हतियार खुकुरीले टाउको र घाँटीको पछाडिबाट हिर्काइ घाइते बनाएका थिए । त्यसपछि सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजु मातहत प्रभाग धर्मस्थलीमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । सोही क्रममा उनले प्रहरी माथि नै आक्रमण गरेका महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । दुवै घाइतेको ट्रमा सेन्टरमा उपचार गरिएको छ । | ratopati.com |
1,970,334 | भारत विहार घर भई हेटौंडा–५ मा डेरा गरी बस्ने २५ वर्षीय महम्द रम्जान मियाँ दर्जीलाई सो हत्याको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले जानकारी दिए । सोही हत्यामा संलग्नको आरोप लागेका रम्जानका भाइ अरमान फरार रहेको र उनको खोजी भइरहेको बताइएको छ । हत्याका आरोपित रम्जानले पटकपटक श्रीमतीसँग झगडा भएको र श्रीमतीको अरुसँग सम्बन्ध रहेको शङ्का गर्दै हेटौंडा–१९ नेवारीपानीस्थित रातु खोलामा हत्या गरेको स्वीकार गरेको बताइएको छ । अभियुक्त रमजानमियाले आफ्नो श्रीमती २५ वर्षकी लालमुन खातुन र एक वर्षकी छोरी रोशन खातुनलाई हत्या गरेको छानविनका क्रममा पाइएको दावी गरिएको छ । घटना विवरणअनुसार मङ्सिर १८ गते हेटौँडा–१९ मा एक वर्षकी बालिका र २५ वर्षीय एक महिलाको शव फेला परेपछि प्रहरीले खोजतलास गर्दा निजको हत्या श्रीमान् रम्जानले गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । मृतक खातुनबाट फेला परेको मोबाइल र डायरीबाट घटनाको विवरण सार्वजनिक भएको र सोही मोबाइलबाट मृतकका पिता मोतिहारी आधापुरथाना वडा नं ६ बस्ने आरिक मियाँको छोरा ४० वर्षीय अलियर मियाँले शव सनाखत गरी लगेको प्रहरीले जनाएको छ । | kathmandupati.com |
3,807,815 | पछिल्लो २४ घण्टामा १३ संक्रमितको मृत्यु भएको छ । यो संख्या झण्डै २ महिना यताकै उच्च हो । आज मृत्यु भएकासँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ । आज देशभर ५५९ जनालाई कोरोना पुष्टि भएको थियो भने १३८ जना कोरोनामुक्त भएका थिए । २४ घण्टामा पीसीआर ४३ सय ७८ र एन्टीजेन ७२७ जना गरि जम्मा ५१ सय ५ जनाको भएको छ । हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५२४ पुगेको छ जसमध्ये २ लाख ७४ हजार १६५ जना निको भएका छन् ।
२४ घण्टामा पीसीआर ४३ सय ७८ र एन्टीजेन ७२७ जना गरि जम्मा ५१ सय ५ जनाको भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५९ जनामा कोरोना पुष्टि भएको छ । ४ सय ९६ जना पिसिआर र ६३ जना एन्टीजेन परीक्षणमा गरी ५५९ जनामा कोरोना पुष्टि भएको हो । | healthpati.com |
5,492,568 | पञ्चायतकालमा मौलाएका भ्रष्टाचारयुक्त वन काण्ड, गलैँचा काण्ड, गाई काण्ड, छिन्ताङ काण्ड, नमिता सुनिता काण्ड, पिस्कर काण्ड, मूर्ति काण्डमा कसैले पनि विरोध गर्न पाइन्नथ्यो । विरोध ग-यो कि जेल जीवत बिताउनुपथ्र्यो । २०४६ सालयता पनि थुप्रै काण्ड भए । चर्चामा रहेका वाइडबडी, ओम्नी औषधी आयात काण्ड, सुरक्षण प्रेस खरिद काण्ड, लाउडा काण्ड, बालुवाटार जग्गा काण्ड, गिरिबन्धु टिस्टेट जग्गा काण्ड सबै सेलाएर गएका छन् । विश्व नै आक्रान्त भइरहेको बेलामा समेत भ्याक्सिन खरिद गर्दा पनि नेपालमा मौलाएको भ्रष्टाचारको संस्कृति सतहमा चीनका महान् लेखक लुसुनले एउटा सन्दर्भमा भन्नुभएको थियो ‘तपाईंहरू कसैको घरमा गएर उनका बालबच्चालाई आशीर्वाद दिएर बाबु तिमी ठुलो मान्छे बन्नु डाक्टर, इन्जिनियर बन्नु भन्नुभयो भने केटाकेटीको आमाबुवाले खुसी भएर मिठो मिठो खानेकुरा खुवाएर पठाउँछन् । तर तपाईंको छोराले भविष्यमा मर्छ भन्नुभयो भने लठ्ठीले हानेर खेदाउँछन्, रिसाउँछन् । तितो कुरा उनीहरूलाई पच्दैन । किनकि भविष्यमा केटाकेटी डाक्टर, इन्जिनियर बन्नेत ग्यारेन्टी हुँदैन तर मर्ने त ग्यारेन्टी हुन्छ नि ।’ अहिले देशमा त्यस्तै देखिन्छ । पार्टीका कार्यकर्तालाई तिम्रो यो प्रसङ्ग किन उठाइएको छ भने, पार्टीका कार्यकर्ता अन्धभक्त, चाटुकार, दलाल बनेका छन् । उनीहरू आँखा जुधाएर भ्रष्टाचार भएको छ भनेर भन्न सक्तैनन् । जसको कारण नेताहरू सुध्रिन पाउँदैनन् । एउटा पार्टीमात यस्ता कार्यकर्ता पाइयो कि उसका नेतालाई सही कुरोमा थोरै आलोचना गर्दा मात्र पनि सामाजिक सञ्जालमा छाडा कुरा लेखेर मनपरी गाली गर्दछन् । कस्तो संस्कृति देशमा हुर्कंदै छ ? यसले हामीलाई कहाँ भ्रष्टाचारको सिकारमा जहिले पनि सबैभन्दा तल्लो वर्ग, जसले दिनभरि काम गरेर पसिना बगाएर आफ्नो केटा केटीलाई दुई छाक मुस्किलले पु¥याएका हुन्छन्, तिनीहरू पर्दछन् । समाजका हरेक तप्काबाट हेपिएका, मिचिएका, थिचिएका हुन्छन् । उनीहरूको पेटमा लात हान्ने कोसिस नगरौँ । यो भनेको अर्कालाई दबाउने र ‘मै खाउँ मै लाउँ सुखसयल मोज म गरुँ अरू सब मरुन् दुर्बलहरू’ भन्ने संस्कृतिको विकास हो । कृपया भ्रष्टाचारलाई अँगालो नहालौँ । राष्ट्रका सेना, प्रहरी, राजनीतिक नेता कार्यकर्ता, कर्मचारी हामी सबै देश र इथोपियाका मानिस भात त के माड पनि खान नपाउने स्थिति बनेको हामीलाई थाहा छ । देश भनेको एउटा परिवार हो । त्यसैले परिवारलाई सम्पन्न बनाउन सबै लाग्नु पर्छ तर एउटाले मात्र कोसिस गरेर हुनेवाला छैन । अहिले लोकतान्त्रिक गणतन्त्र राज्य व्यवस्था चलिरहेको छ र स्वतःस्फूर्त रूपमा भ्रष्टाचारको खुलेर विरोध गर्नु पाइन्छ । चाहे त्यो सडक होस् वा संसद् आफ्नो मत राख्न पाइन्छ । त्यसैले संसद्मा केही व्यक्तिले उछितो काढेर अराजक भएर बोलिरहेका छन् । पञ्चायतकाल भएको भए बोल्ने माइक खोसिन्थ्यो वा बन्द गरिन्थ्यो हत्कडी लगाएर जेल बस्नु पर्दथ्यो । पार्टीका नेता भनेका देशका अभिभावक हुन् तिनले नै भ्रष्टाचार गरे भने सारा देशका सेवक, जनतासमेतले त्यही भ्रष्टाचार संस्कृतिको पिछलग्गु बन्छन् । त्यसो हुनाले नेताहरूले असल संस्कृतिको सुरुवात आफैँबाट गर्नु पर्छ । आलोचना सुन्न नसक्ने नेता हुन सक्दैनन् । नक्कली भुटानी शरणार्थीको विषयमा पक्ष र विपक्षमा घुमाउरो ढङ्गले थुप्रै लेख रचना प्रकाशित भएका छन् । सडकमा पनि विभिन्न तप्काबाट भ्रष्टाचारको विपक्षमा नारा जुलुस लागिरहेका छन् । संसद्मा पनि प्रधानमन्त्रीले भ्रष्टाचारको विषयमा बोल्नुभएको छ । उहाँले दरबार हत्याकाण्ड, मदन आश्रित हत्याकाण्डको पनि नयाँ शिराबाट छानबिन गरिने बताउनुभयो । सबैभन्दा रोचक कुरा उहाँ आफैँले क्यान्टोन्मेन्टमा भ्रष्टाचार भएको भए जेल जान तयार छु भन्नुभयो । यो चानचुने कुरा होइन । यो ती भ्रष्टहरू जो आफूहरू भ्रष्ट छन् अनि भ्रष्टाचारका कुरा उठाउँछन् तिनीहरूलाई कडा व्यङ्ग्य पनि हो । प्रधानमन्त्रीको संसद्मा आफ्नो पार्टीको बहुमत नभए पनि उहाँले भ्र्रष्टलाई ढाडमा टेकेर टाउकोमा हान्नुभएको छ । यो निकै साहसिलो पाइला हो । हजार माइलको यात्रा जहिल्यै पहिलो पाइलाबाट सुरु हुन्छ । यो सुरुवात हो । यो फायरभित्र र बाहिर दुवैतिर सोझिएको छ । यो आफ्नै पार्टीभित्र रहेका भ्रष्टाचारीका विरुद्ध पनि हो । भ्रष्टहरू जो कोही हुन् तिनीहरूका विरुद्ध सोझिएको फायर हो । यसलाई आफ्नो टाउकोमा आफैँ आगो झोसेर गरिएको शुद्धीकरणको सुरुवाती हो भन्दा फरक पर्दैन । विचारको एकथरी मानिस भट्याउने गर्छन् अर्काको देशको नेता, अर्काको देशको विचारको पछि लागेर कहाँ पुग्ने होला ? विचार जोसुकैको होस् ग्रहण गर्दा राम्रो हुन्छ । चीनका नेता माओले पनि पार्टीभित्रका भ्रष्ट र बाहिरका दलाल प्रवृत्तिविरुद्ध सर्वहारा सांस्कृतिक क्रान्ति सुरु गरेका थिए । ‘बमवार्ड द हेडक्वार्टर’ भन्दै निकै जटिल, मार्मिक र साहसिक काम गरेका थिए । देश, समाज र पार्टी शुद्धीकरणका लागि त्यस्तै अहिले सांस्कृतिक क्रान्तिकै झल्को दिने गरी भ्रष्टलाई तह लगाउने कामको सुरुवात प्रधानमन्त्रीबाट भएको छ । यसमा सबै जनता, सबै पार्टीका कार्यकर्तासमेतले साथ दिन जरुरी छ । यो | gorkhapatraonline.com |
2,398,513 | गुटबन्दीले पार्टीलाई कमजोर बनाउँदैछ । ’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ का पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठकमा आइतबार दिएको निर्देशनात्मक अभिव्यक्ति हो यो । गुटबन्दीले गर्दा पटक पटक विवादमा रुमल्लिने गरेको प्रदेश २ को पार्टी संगठनका बारेमा अध्यक्ष प्रचण्डले त्यहाँका पदाधिकारी तथा केन्द्रीय सदस्यसँग दुई दिन छलफल गरे । छलफलको अन्तिम दिन आइतबार अध्यक्ष प्रचण्डले आफ्नो धारणा राख्दै प्रदेश २ मा पार्टीभित्र धेरै गुटबन्दी भएको बताए । उनले भने, ‘गुटबन्दीले धेरै बदनाम पनि भयो, ज–जसले गुटबन्दी गरिरहेका छन्, आजैको मितिबाट त्यसलाई त्याग गरी पार्टीलाई विधि र पद्धतिबाट सञ्चालन गर्नुस् । ’ प्रदेश कमिटीले गरेको निर्णय र निर्देशन अनुसार प्रदेशमा माओवादी संगठन अगाडि बढ्ने भन्दै अध्यक्ष प्रचण्डले कुनै पनि नेता प्रदेशमा जाँदा प्रदेश कमिटीलाई जानकारी गराएर मात्र जान निर्देशनसमेत दिए । ‘केन्द्रबाट कुनै पनि नेता कार्यक्रम लिएर प्रदेश २ मा जाँदा प्रदेश समितिलाई जानकारी गराउनुपर्छ, प्रदेश समितिबाट हुने कार्यक्रमका आधारमा सहभागी हुनुपर्छ,’ उनले भने, ‘प्रदेश २ का नेताहरू आफूखुसी गएर संगठन बनाउने, सदस्यता बाँड्ने, पार्टी प्रवेश गराउने, उद्घाटन गर्ने, गुटगत बैठकहरू गर्ने गरेको पाइन्छ, अब आइन्दा त्यस्तो काम गरेको पाइएमा कारवाहीको भागिदार बन्नुपर्छ । ’ प्रचण्डले यस्तो निर्देशन दिइरहँदा मातृका यादव भने बैठकमा उपस्थित थिएनन् । प्रभु साहले माओवादी केन्द्र छाडेपछि मधेसमा नारायणकाजी श्रेष्ठ र मातृका यादवले गुट सञ्चालन गरिरहेको आरोप लाग्दै आएको छ । यसबारे बैठकमा कुरा पनि उठेको स्रोतको भनाइ छ । नारायणकाजी श्रेष्ठले पूर्वजनमोर्चालाई संरक्षण गर्छन् भने मातृका यादवले आफ्ना गुटका खासगरी विगतमा माओवादीबाट अलग हुँदा उनलाई साथ दिएका नेता तथा कार्यकर्तालाई संरक्षण गरिरहेका छन् । छलफलमा अधिकांश नेताले प्रदेश २ मा गुटबन्दी भएको गुनासो गरेको केन्द्रीय सदस्य रामकुमार शर्माले बताए । प्रदेश २ मा दुईटा गुट चलिरहेको र कुनै पनि गुटमा नभएका नेता तथा कार्यकर्ताको अस्तित्व नै संकटमा परेको गुनासो आफूले बैठकमा राखेको उनको भनाइ छ । बैठकमा सहभागी अर्का एक नेताका अनुसार नारायणकाजी श्रेष्ठ र मातृका यादवले एक अर्कालाई गुटबन्दी गरेको आरोप बैठकमै लगाएका थिए । मातृका यादवले प्रदेश २ मा नारायणकाजी श्रेष्ठलगायतका नेताहरूले पूर्वजनमोर्चाको गुट बनाउने गरेको आरोप लगाएका थिए । नारायणकाजी र मातृका यादवले चलाएका दुईटा गुटमध्ये कुनै गुटमा आफू नरहेको बताउँदै उनले आफूजस्ता थुप्रै नेता कुनै गुटमा नरहेको बताएका थिए । आफूजस्ता गुटविहीनका बारेमा पार्टीले सोच्नुपर्नेमा उनले नेतृत्वको ध्यानाकर्षण गराए । अर्का केन्द्रीय सदस्य रामेश्वर राय यादवले प्रदेश २ मा गुट सञ्चालन भइरहेको कुरा पार्टी अध्यक्ष प्रचण्डले पनि महसुस गरेको बताए । त्यहीअनुसार आज अध्यक्ष प्रचण्डले निर्देशनात्मक धारणा राखेको उनको भनाइ छ । छलफलको अधिकांश समय प्रदेश २ मा विद्यमान गुटबन्दीमै केन्द्रित रहेको उनले रातोपाटीलाई बताए । प्रदेश २ मा देखिएको गुटबन्दी अन्त्य गर्न अध्यक्ष प्रचण्डलाई नेताहरूले आग्रह गरेको जानकारीसमेत उनले दिए । बैठकमा सहभागी अर्का एक नेताका अनुसार नारायणकाजी श्रेष्ठ र मातृका यादवले एक अर्कालाई गुटबन्दी गरेको आरोप बैठकमै लगाएका थिए । मातृका यादवले प्रदेश २ मा नारायणकाजी श्रेष्ठलगायतका नेताहरूले पूर्वजनमोर्चाको गुट बनाउने गरेको आरोप लगाएका थिए । स्रोतका अनुसार यादवले जहाँ पनि पूर्व जनमोर्चाका नेताहरूलाई सिफारिस गर्ने काम भइरहेको, माओवादी पार्टी र जनमोर्चाबीच एकीकरण भएको यत्रो दिन भइसक्दा पनि अझै जनमोर्चा जीवित रहेको र भागबण्डा पाइरहेको चर्चा गरेका थिए । यसरी गुटबन्दी बनाउन बन्द नगरे आफूले पनि समानान्तर कमिटी बनाएर अगाडि बढ्ने चेतावनीसमेत उनले दिएको स्रोत बताउँछ । ‘पूर्व जनमोर्चालाई मात्र संगठनमा राख्ने हो भने बाँकी माओवादी केन्द्रका नेताहरूले के गर्ने भन्ने पनि छिनोफानो हुनुपर्&;यो या त्यहाँ आरक्षित गर्नुपर्यो,’ यादवको भनाइ थियो । जवाफमा नारायणकाजी श्रेष्ठले आफूबाट गुटबन्दी नभएको बताएका थिए । प्रदेश २ मा मातृका यादवले नै गुटबन्दी गरिरहेको छर्लङ्ग भएको भन्दै उनले यसमा लुकाउने छिपाउने कुरा केही नरहेको बताएका थिए । उनले पार्टीमा पूर्व जनमोर्चा नरहेको र सबै माओवादी भइसकेको पनि प्रष्ट पारेका थिए । पार्टीमा जसले जति योगदान दिएका छन्, त्यसको आधारमा मूल्याङ्कन गरेर पार्टीले जिम्मेवारी दिने गरेको उनको भनाइ थियो । स्रोतका अनुसार मातृका यादवले गुटबन्दी गरेको भन्दै गिरिराजमणि पोखरेल, विश्वनाथ साहलगायतका नेताहरूले पनि आरोप लगाएका थिए । त्यस्तै मातृका यादवको पक्षबाट भरत साह, जगत यादवलगायतका नेताहरूले नारायणकाजी श्रेष्ठले गुटबन्दी गरेको आरोप लगाएका थिए । एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । | ratopati.com |
190,175 | सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले आइतबार विशेष अदालतमा ६ जनाविरूद्ध मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले बताए। पौडेलसँगै राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सिडिई (मेकानिकल) नवीनकुमार पोखरेल, सुरक्षण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्कबहादुर थापा, शाखा अधिकृत हरिबल्लभ घिमिरे र म्याक्स इन्टरनेशनल तथा कम्पनीका सिइओ अकबर हुसेनविरूद्ध आरोपपत्र दायर भएको हो। प्रवक्ता घिमिरेका अनुसार सुरक्षण प्रेसको सफ्टवेयर र अन्य उपकरण खरिदको लागि बोलपत्र आह्वान गरेको थियो। त्यसमा सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुनबमोजिम हुनुपर्नेमा केही सीमित व्यक्ति विशेष वा कम्पनीसँग मिल्ने गरी तथा स्वस्थ प्रतिस्पर्धा नहुने गरी भएकाले सरकारी रकम हानिनोक्सानी र दुरूपयोग गरेको भन्ने उजुरी परेको थियो। त्यसमा अख्तियारले अनुसन्धान गर्दा विकल, सफल र नविनकुमारको मिलेमतोमा भ्रष्टाचार भएको पाइएको भन्दै आरोपपत्र दायर गरेको हो। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ७, सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ५ तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७३ को दफा ९ (३) अनुसार खरिद प्रक्रिया अघि बढाउनुपर्ने प्रावधान छ। त्यसअनुसार खरिद ईकाइको गठन, खरिद माग संकलन, सम्भाव्यता अध्ययन, विस्तृत अध्ययन, नर्म्स, ड्रइङ्ग तथा डिजाइन, स्वीकृत खरिद गुरूयोजना तथा वार्षिक खरिद योजना तयार लगायतका कार्यहरू र सुरक्षण मुद्रण विकास समिति (गठन) आदेश, २०७३ को दफा ५ को उपदफा (क) बमोजिम सुरक्षण मुद्रण सम्बन्धी नीति, योजना, बजेट तथा कार्यक्रम सुरक्षण मुद्रण विकास समितिबाट स्वीकृत गराउनुपर्ने थियो। तर समितिमा पेश नै नगरी आफैंले दुई वटा छुट्टै कार्यक्रमका लागि बजेट माग गरेका थिए। त्यसअनुसार बजेट समेत विनियोजन समेत भएको थियो। दुई वटा कार्यक्रमका लागि छुट्याइएको बजेट आफूखुसी एउटै कार्यक्रम ‘पेपर बेस्ड प्रेस मेसिनरी’को लागि खर्च गरेको देखिएको हो। खरिद गर्न खरिद इकाइ स्थापना नगरी सफल र नविनकुमारले आफ्नै संयोजकत्वमा समिति बनाएर ठेक्का प्रदान गर्न पूर्वपरिचित म्याक्स इन्टरनेशनल तथा कम्पनीका सिइओ अकबर हुसेनसँग मिलेमतो गरेको देखिएको हो। विकल पौडेलको एकल निर्णयले हुसेनका कम्पनीहरूसँग एकै दिनमा दरभाउ लिएर लागत अनुमान तयार गरेको देखिएको हो। यसरी पौडेलले ठेक्का दिएको खुलेको हो। सामान आपूर्ति गर्ने विदेशी कम्पनी बान्कोटेक पिटिइ लिमिटेड सिंगापुरले कमिसनबापत पौडेलको सिंगापुरमा रहेको युनाइटेड ओभरसिज बैंमा एकल खाता र बैंक अफ अमेरिका, न्यूयोर्कमा रहेको उनी र उनकी श्रीमतीको संयुक्त खातामा जम्मा गरेको देखिएको हो। उनीहरूले कार्ड बेस्ड प्रेस मेसिनरी सफ्टवेयर एन्ड हार्डवेयर रिलेटेड इक्विपमेन्ट खरिद गर्नुपर्नेमा पेपर बेस्ड प्रेस मेसिनरी किनेका थिए। जसअन्तर्गत एउटा मात्रै प्रिन्टिङ प्रेस खरिद गर्नुपर्नेमा आवश्यकता भन्दा बढी दुई वटा खरिद गरेको पाइएको हो। प्रिन्टिङ प्रेसमा इनलाइन हुने कम क्षमताको डाइ कटिङ मेसिन खरिद गर्दा पर्याप्त हुनेमा मनासिब कारणबिना २० गुणा बढी क्षमताको आवश्यक नै नदेखिएको मेसिन खरिद गरेको हो। यसरी उनीहरूले सरकारलाई ४० करोड ८५ लाख ७५ हजार ७४० रुपैयाँ क्षति गर्ने बदनियत देखिएको भन्दै अख्तियारले उक्त रकमलाई बिगो कायम गरेको छ। त्यस्तै उनीहरूले भुक्तानी गरेको ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ असुल गर्न भन्दै मुद्दा दायर गरेको हो। उनीहरूलाई अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ८ अनुसार तीन महिनादेखि तीन वर्षसम्म कैद माग गरिएको छ। पौडेललाई दफा २४ अनुसार थप सजाय पनि माग गरेको छ। उनलाई थप तीन वर्षसम्म कैद सजाय माग गरेको हो । | setopati.com |
3,977,275 | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल प्रहरीको महानिरीक्षक(आइजीपी)मा बसन्त बहादुर कुवँरलाई नियुक्त गर्न दबाब दिएका छन्। सभापति देउवाले आइजीपी टुङ्गयाउन मन्त्रिपरिषद् बैठकबस्नु अघि प्रधानमन्त्री दाहाललाई फोन गर्दै नयाँ आइजीपीमा कुँवरलाई नियुक्त गर्न भनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। तर माओवादीका केही नेताहरु एमालेनिकट मानिने श्यामलाल ज्ञवालीलाई आइजीपी नियुक्त गर्न लागीपरिरहेका छन्। आज मन्त्रिपरिषद् बैठकले शनिबारदेखि नेतृत्व लिनेगरी आईजीपी नियुक्त गर्ने छ। काठमाडौं, ३१ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले आर्थिक वर्ष काठमाडौं,३१ जेठ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिकालाई जोखिम न्यूनीकरण काठमाडौं,३१ जेठ । नेकपा एमालेकी सांसद विद्या भट्टराई अधिकारीले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र काठमाडौं, ३१ जेठ । नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले गण्डकी प्रदेश सभा सदस्य काठमाडौं, जेठ ३१। प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेका लागि काठमाडौं,३१ जेठ । कोशी सरकार गठनको विवाद आज पनि समाधान नहुने भएको छ । बिहीबार चितवन,३१ जेठ । नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको डिभिजन सडक कार्यालय चितवनले जनाएको काठमाडौं, ३० जेठ । गण्डकी प्रदेश सभा सदस्य एवं मन्त्री फणीन्द्र देवकोटालाई नेकपा (माओवादी केन्द्र) काठमाडौं, ५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् काठमाडौं, ५ साउन । सरकारमा शरदसिंह भण्डारीको सत्तरोहणसँगै लोकतान्त्रिक समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ काठमाडौं, ५ साउन। नेपाल परिवार दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटि औपचारिक रुपमा सफल कार्यकालको काठमाडौं, ५ साउन । | reportersnepal.com |
1,336,764 | भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रस्ताव गरेको पूर्वाधार विकास प्राधिकरण गठन गर्ने सम्बन्धमा बनेको विधेयकलाई मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सैद्धान्तिक सहमति प्रदान निर्णय गरेको सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले जानकारी दिए । यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा प्रस्तावित ‘प्राङ्गारिक कृषि विधेयक, २०७५’ प्रदेशसभा समक्ष पेश गर्नका लागि स्वीकृति प्रदान गर्ने, ‘खाद्य उत्पादन, संरक्षण तथा खाद्य अधिकारको प्रवद्र्घन विधेयक, २०७५’ लाई मन्त्रिपरिषद्को विधेयक समितिमा पठाउने र सोही मन्त्रालयले सरकारी भवन निर्माण गर्न जग्गा प्राप्तिका लागि गरेको प्रस्ताव सङ्घीय सरकारलाई पठाउने निर्णय गरिएको प्रवक्ता केसीले बताए । सामाजिक विकास मन्त्रालयले प्रस्ताव गरेको श्रम तथा रोजगार प्रवद्र्धन नीति २०७५ स्वीकृत गर्नाका साथै सोही मन्त्रालयद्वारा प्रस्तावित ‘प्रदेशमा खेलकूदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र ‘घरेलु हिंसा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको उनले बताए । उनका अनुसार आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रस्ताव गरेको ‘सुशासनसम्बन्धी विधेयक २०७५ र सोही मन्त्रालयलद्वारा प्रस्तावित ‘सार्वजनिक प्रसारणसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेशसभामा पेश गर्नका लागि स्वीकृति प्रदान गर्ने निर्णय पारित भएको छ । प्रदेश समन्वय परिषद्को पहिलो ऐतिहासिक बैठकलाई सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिने निर्णय गरेको प्रदेश सरकारले कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आगामी फागुन १५ गते अपराह्न १ बजे आह्वानका लागि सिफारिश गर्ने निर्णय बैठकमा भएको जनाइएको छ । | annapurnapost.com |
333,502 | नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले सँगसँगै हिँडिरहेका राजनीतिक दलहरू छुट्टिनै नसक्ने गरी एकैठाउँमा उभिएको बताएका छन्। चितवनको भरतपुर नगरपालिकाको चौंथो नगरसभा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले अहिलेको विशेष परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आफ्नो एकता बलियो रहेको बताएका हुन्। ‘अहिले हामीहरू एक अर्काबाट फुत्किन सक्ने अवस्थामा छैनौं, फुत्किनु भनेको अर्को दुर्घटना निम्त्याउनु हो,’ उनले भने। उनले अहिले नै आफूलाई प्रधानमन्त्री नभन्न नगरसभाका सहभागीहरूसँग आग्रह पनि गरेका छन्। कार्यक्रममा आएका केही सहभागीले उनलाई प्रधानमन्त्री भनेर सम्बोधन गरेपछि त्यसको जवाफमा उनले भने,‘मलाई हत्त न पत्त प्रधानमन्त्री नभनिदिनुस् न। तपाईंहरूले भन्दा त मुखमा आएको पनि जान बेर छैन।’ अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले अबको पाँच वर्षभित्रमा चितवनवासीले धूलो देख्न नपर्ने गरी विकासको मिसन अघि बढेको पनि बताए। उनले चिवतनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला पैसाको अभावले नरोकिने स्पष्ट पारे। ‘चितवन क्रिकेट रंगशाला चितवनका लागि मात्रै हैन राष्ट्रका लागि नै बनाउन लागिएको हो। अहिले नीति तथा कार्यक्रममा निजी क्षेत्रबाट अगाडि बढाउन लागिएको रंगशालालाई निर्माणमा सरकारले प्रोत्साहन गर्नेछ भनेको यही रंगशालालाई हो। पैसाको कारणले रंगशाला निर्माणमा रोकिँदैन,’ अध्यक्ष प्रचण्डले भने। प्रचण्डले भरतपुर भ्रष्टाचार नहुने महानगरपालिका बन्ने संभावना आफूले देखेको बताउँदै भने, ‘कम्तीमा पनि रेणुलाई त म राम्रोसँग चिन्छु नि । | setopati.com |
3,416,999 | पाकिस्तानले दक्षिणी अफगानिस्तानमा रकेट प्रहार गरेको अफगान सेनाले बताएको छ । | drishtinews.com |
6,297,981 | हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै हाल बंगलादेशको उत्तरी भू-भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ। राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशको केही स्थानहरुमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको तथा यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । | shikharnews.com |
68,918 | यही मङ्सिर ११ गते नलगाड नगरपालिका–८ हल्चौरकी गर्भवती लक्ष्मी खत्रीको अत्यधिक रक्तश्राव भयो। उनको घरबाट झण्डै ३ घण्टा टाढा रहेको स्थानीय अस्पतालमा उपचार सम्भव भएन। यसपछि १४ हजार जिप भाडामा लिएर २५ कोस टाढा सदरमुकाम ल्याएर उपचार सुरु भयो। उपचारलगत्तै छोरीको जन्म दिएकी उनीलाइ तत्काल ‘बी’ पोजेटिभ रगतको आवश्यकता परेको जनाउँदै स्वास्थ्यकर्मीले विष्णु खत्रीलाई अह्राए। जिल्लामै ‘ब्लड बैंक’ नभएका कारण खत्रीले तत्काल जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालय हुँदै नेपाली सेनासम्म रगत चाहिएको सम्पर्क गरे। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले तत्काल प्रहरी जवान महेन्द्र थापालाई रक्तदान गर्न अस्पताल पठाए। त्यस्तै डोल्पामा अस्पतालमा गत शनिबार रुकुमपश्चिम आठबीसकोट नगरपालिका–४ की कमला विकको पाठेघरभन्दा बाहिर नलीमा नवजात शिशु बसेका कारण समस्या आयो। सो समस्या आएपछि उनी डोल्पा अस्पताल पुगेकी थिइन्। उक्त जटिल खालको एक्सप्लोरेट्री ल्यापारोटामी शल्यक्रिया जिल्ला अस्पतालमै भयो। सो शल्यक्रियाका लागि रगतको आवश्यकता पर्दा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी जवानकै रगतको सहाराबाट विकको ज्यान बच्यो। यी त प्रतिनिधिमूलक घटनामात्र हुन्। जाजरकोट अस्पताल र डोल्पाको जिल्ला अस्पतालमा मासिक सातभन्दा बढी रगत दिनुपर्ने बिरामी आउँदा सेना, प्रहरी र स्वास्थ्यकर्मी आफैँले रगत दिएर ज्यान बचाउने गरेको डोल्पा अस्पतालमा डा.अखण्ड उपाध्यायले बताए । यातायातको सहज पहुँच नभएको डोल्पामा सबैभन्दा बढी समस्या आउने गरेको छ। जाजरकोट सदरमुकाममा समेत रगत व्यवस्थापन नहुञ्जेलसम्म दैनिक रगतकै समस्या हुने गरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख नवराज कँडेलले जानकारी दिए। यस वर्षमात्र जाजरकोटमा १४ जनाको रगतकै समस्या समाधान भएको छ। छिमेकी जिल्ला रुकुमपश्चिममा समेत यही समस्या छ। कर्णालीका पहाडी जिल्लामा रगतको समस्या पर्नासाथ प्रहरी, सेना, स्वास्थ्यकर्मी र स्थानीयवासी नै खोज्नुपरेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ। कहिलेकाहीँ रगतै नपाउँदा बिरामीका आफन्त रुने, कराउनेसम्म गर्दा उपचारमा खटिने स्वास्थ्यकर्मीसमेत आँखाबाट आँसु झार्नुपरेको घेरै घटना देखापरेको जाजरकोट अस्पतालमा कार्यरत स्टाफ नर्स नेप्लिजा पुनले बताए। डोल्पा अस्पतालका डा उपाध्यायका अनुसार अघिल्लो आर्थिक वर्ष र यो आर्थिक वर्षमा मात्र डोल्पा अस्पतालमा कम्तीमा १० जनालाई रगत दिइएको छ। सबैभन्दा बढी हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत प्रदेश अस्पतालमा लैजाने सुत्केरीको सङ्ख्या डोल्पाकै रहेको छ। दुर्गम ठाउँमा सुत्केरी हुने अधिकांशको ज्यान रगत अभावकै जाने गरेको छ। घरमै असुरक्षितरूपमा सुत्केरी हुने र अत्यधिक समस्या परेपछि मात्र अस्पताल आउने अधिकांश सुत्केरी, घाइतेको ज्यान रगत अभावकै कारण जाने गरेको छ। पर्याप्त उपकरणका साथै स्रोत, साधन नभएका कारण दुर्गममा उपचार गर्न मुस्किल हुने र विश्वास गुमाउने गरेका छन् । | canadanepal.com |
694,318 | काठमाडौंः भारतीय क्रिकेटर रवीन्द्र जडेजा र सञ्जय मान्जेकर बेलाबेला एक अर्काविरुद्ध उत्रिएका हुन्छन् । प्रायः मान्जेकरले जडेजाप्रति दिने अभिव्यक्तिका कारण यी दुईबीच सामाजिक सञ्जालमा चर्चाका पात्र भइरहन्छन् । यसैबीच फेरि मान्जेकर र जडेजाबीच सामाजिक सञ्जालमा ‘वार’ चलेको छ । दुवै बीचको सम्बन्धमा सुधार आएको होकि भनेर अनुमान गरिरहेका बेला मान्जेकरले न्यूजिल्याण्ड विरुद्धको दोस्रो टी–२० पछि जडेजाको फोटो सेयर गर्दै उनको नाम भन्न आग्रह गरेपछि फेरि मनमुटाव बाहिर आएको छ । क्रिकेट कमेन्टटेटर समेत रहेका मान्जेकरले केएल राहूललाई ‘म्यान अफ द म्याच’को अवार्ड दिएको विषयमा पनि प्रश्न उठाएका छन् । भारतका लागि ३७ टेस्ट र ७४ एक दिवसीय क्रिकेट खेलेका मान्जेकरले भनेका छन्, ‘म्यान अफ द म्याच अवार्ड कुनै बलरलाई दिनुपर्ने थियो, भन्दै जडेजाको फोटो सेयर गरेर सबैलाई नाम सोध्न चाहन्छु ।’ रवीन्द्र जडेजाले मान्जेकरलाई रिप्लाई गर्दै नाम मेन्सन गर्न आग्रह गरेका थिए । जवाफमा फेरि मान्जेकरले हाँस्दै भनेका छन्, ‘तिमी अथवा बुमराह । बुमराहले तेस्रो, १० औं, १८ औं र २० ओभरमा बलिङ गर्दै थोरै रन दिएका थिए ।
यो नतिजापछि एटलान्टा ४–१ कुल गोल भिन्नताका आधारमा फाइनलमा प्रवेश गरेको हो । अघिल्लो साता खेलिएको सेमिफाइनलको पहिलो खेल भने १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो लेग खेल एटलान्टाको घरेलु मैदानमा खेलिएको थियो ।
सोही गोलका कारण पहिलो हाफमा अगाडि रहेको एटलाण्टाका लागि ५२औँ मिनेटमा माटियो रुगेरीले दोस्रो गोल थपे । टोलीका लागि तेस्रो गोल भने इन्जुरी समयको चौथो मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदानभित्र प्रवेश गरेका अल बिलाल टुरेले गरे । | everestdainik.com |
6,076,145 | मंगलबार विहान बस्ने भनेको संसदको कृषि र अर्थ समितिको संयुक्त बैठक बस्दै नबसी सकिएको छ । १२ः२० बजेसम्म पनि कोरम नपुगेपछि बैठक नबसी उपस्थित सदस्यहरु हिंडेका थिए । उपस्थित संख्या नपुगेकोले बैठक नबसेको बैठकस्थलबाट फर्किएका डां. बाबुराम भट्टराईले जानकारी दिए । १ बजे अर्थसमितिको बैठक बसेपछि कृषि र अर्थ समितिको संयुक्त बैठक बस्ने तयारी गरिएको छ । आजको बैठकमा पुँजी बजारमा देखिएको समस्याका बारेमा छलफल हुने त । | onlinekhabar.com |
5,555,496 | नेपाली विद्यार्थीको आकर्षक गन्तव्य बनेको छ– अस्ट्रेलिया । मुख्य रूपमा पढ्दै कमाउँदै गर्नका लागि नेपाली विद्यार्थीले अस्ट्रेलिया रोज्ने गरेको देखिन्छ । रोजगारीका अवसर, आकर्षक जीवनशैली, भौतिक सुविधा र स्थायी बसोबास (पिआर) लिन सकिने परिवेशले विद्यार्थीमा अस्ट्रेलिया मोह छ । आंशिक र पूर्णकालीन रोजगारीका अवसर प्राप्त हुनु, अन्तर्राष्ट्रिय मान्यताका विश्वविद्यालय र उच्च गुणस्तरको शिक्षा हुनु, अध्ययन गर्ने प्रकृति, सांस्कृतिक विविधता र नयाँ अवसरबारे ज्ञान हासिल गर्न सकिने अवस्था अस्ट्रेलियामा छ । | gorkhapatraonline.com |
1,587,362 | मोरङ (बूढीगंगा)– बूढीगंगा–६ का ३८ वर्षीय सत्यनारायण चौधरीका अधिकांश साथी वैदेशिक रोजगारीमा छन्। साथीहरु विदेश गइरहँदा उनी भने गाउँमा कृषिमै रमाए। चौधरीले कृषिबाटै राम्रै आम्दानी गरिरहेका थिए– विदेश गएका साथीका लागि पनि इष्र्यालाग्दो। तर, अहिलेको बन्दाबन्दीमा उनी खिन्न छन्। उत्पादित कृषि उपज बजारसम्म लैजान नसक्दा बारीमै कुहिन थालेको छ। भन्छन्, ‘हाम्रो समूहले दुई बिघा क्षेत्रफलमा लगाएको दुई लाखभन्दा बढी मूल्यको कागती बिक्री हुन सकेन।’ स्थानीय सृष्टि कृषक समूहका सचिव पनि हुन् उनी। चैतयताको उत्पादनले बजार पाउन नसकेको उनले जानकारी दिए। तरकारी बारीमै सड्न थालेपछि दिक्क बनेका उनी धानमा रासायनिक मल हाल्न नपाउँदा निराश छन्। ‘गोड्ने बेला मजदुर नपाएर समस्या भयो, अहिले बजारमा मल छैन। यसपटक धानखेतीले पनि घाटा लगाउने भयो,’ उनी भन्छन्। बूढीगंगाकै उन्नत विश्वासले चार बिघा क्षेत्रफलमा मकैखेती गरे। गत वर्ष मकैबाट मनग्य आम्दानी भए पनि यो वर्ष सोचेजस्तो भएन। हरियोमै बेच्नका लागि उत्पादन गरिएको मकै सुकेर भित्र्याइसक्दा पनि बिक्री हुन सकेको छैन। कोरोनाका कारण उद्योगहरुले मकै लिन पनि मानेका छैनन्। विश्वासले मकैबाट तीन लाख रुपैयाँ नोक्सान भएको सुनाए। धानका लागि पनि सरकारले मल उपलब्ध नगराउँदा उनी मर्कामा छन्। बूढीगंगा–६ का किसानले करिब १५० बिघा क्षेत्रफलमा मकै लगाएका थिए। धान उत्पादनपछि गाईबस्तुको चरन क्षेत्र बन्ने गरेको बाँझो खेतलाई प्रयोगमा ल्याउनका लागि मकै लगाउने अभियान चलेको थियो। तर, किसानले उत्पादन गरेको करिब २५ प्रतिशतमात्र मकै बिक्री हुन सक्यो। बूढीगंगाका अगुवा कृषक विनोद चौधरीले छाडा पशु नियन्त्रणका लागि स्थानीय कृषक मिलेर गत वर्षदेखि मकै अभियान चलाइएको बताए। चौधरीले भने, ‘गत वर्ष राम्रो आम्दानी भएपछि क्षेत्रफल बढाएर खेती गरिएको थियो। तर यस वर्ष धेरै मकै नष्ट भयो।’ नेपाली किसानले उत्पादन गरेको मकै स्थानीय उद्योगले नलिँदा पनि समस्या भएको किसान विष्णु मगरले बताए। डेढ सय बिघामा लगाइएको मकै उद्योगमा बिक्रीका लागि पटक–पटक धाए पनि उद्योगले भारतबाट मकै ल्याएको उनको गुनासो छ। यसअघि स्थानीय बियर र दाना उद्योगले नेपाली किसानको मकै किन्ने गरे पनि यस वर्ष ती उद्योगले भारतबाट मकै खरिद गरेको कृषकहरु बताउँछन्। कोरोनाको प्रत्यक्ष असर कृषकलाई परेको बताउने चौधरी उत्पादित वस्तुले बजार नपाउँदा तरकारी खेती सुरु गर्न नसकिएको सुनाए। चौधरीले भने, ‘उत्पादन त गरौंला तर तरकारीले बजार नपाउला भन्ने चिन्ता छ।’ सृष्टि कृषक समूहका अध्यक्ष आशनारायण चौधरी सरकारको किसानलाई प्रोत्साहन गर्ने नीति कागजमै सीमित हुँदा आफूहरु मारमा परेको बताउँछन्। उनी भन्छन्, ‘स्वदेशमै बसौं, केही गरौं भन्ने युवालाई पनि विदेशतिरै लखेट्न उद्यत छ सरकार।’ बूढीगंगाका किसानहरु सामूहिक खेतीमा आकर्षित भए पनि सरकारबाट कुनै सहयोग नपाएको चौधरीले बताए । | nepalsamaya.com |
770,221 | काठमाडौंलगायत देशका विभिन्न ठाउँबाट घर फर्किनेहरुलाई क्वारेन्टाइनमा नराखी सिधै घर पठाउँदा जोखिम बढेको छ। कञ्चनपुर भित्रिनेहरुको कैलाली–कञ्चनपुर सीमामा सामान्य जाँच गरेर सिधै घर पठाउने गरिएको छ।सुरुका दिनमा कञ्चनपुर भित्रिनेको सीमामै आरडीटी परीक्षण गरिए पनि त्यसपछि भने ज्वरो मापन गरेर छाडिन लागेको छ। वैशाख ८ र ९ गते जिल्ला भित्रिने ८३ जनाको आरडीटी गरेर छाडिएको थियो। त्यसयता २ सय ८३ पुरुष र ९४ महिला गरी ३७७ जना जिल्लामा भित्रिए पनि सबैलाई होम क्वारेन्टाइनमै बस्न भनेर छाडिएको छ।जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहलाई क्वारेन्टाइनमा राख्न सचेत गरेको जनाएको छ। तर स्थानीय तहले सामान्य भन्दै घरमै पठाएका छन्। ‘हामीले ल्याउन भनेका पनि होइनौं, स्थानीय तह आफैले ल्याएका हुन्,’ कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले भने, ‘हामीले पटकपटक क्वारेन्टाइनमा राख्न भनिरहेका छौं, तर स्थानीय तहले घरमै पठाएको सुनिएको छ।’स्वास्थ्य निर्देशनालयको मापदण्डअनुसार जोखिमग्रस्त क्षेत्रबाट आएका व्यक्तिलाई १४ दिन क्वारेन्टाइनमा राख्ने र अन्य क्षेत्रबाट आएकालाई होम क्वारेन्टाइनमै बस्ने गरी घर पठाइने गरेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टले बताए। उनका अनुसार कञ्चनपुर भित्रिनेको सीमामै परीक्षण गर्ने भने पनि किटको अभावका कारण रोकिएको हो।‘संक्रमण फैलिएको क्षेत्रबाट आउनेलाई क्वारेन्टाइनमा राखिएको छ,’ भट्टले भने, ‘अन्य क्षेत्रबाट आएकालाई भने विवरण संकलनका साथै होम क्वारेन्टाइनमा बस्न सुझाव दिएर पठाउने गरिएको छ।’ उनका अनुसार अहिले जिल्लाभरिमा १ सय १६ जना क्वारेन्टाइनमा रहेका छन्। जिल्लामा हालसम्म १२ सयभन्दा बढीको आरडीटी किटबाट परीक्षण गरिएको उनले बताए।कैलाली र कञ्चनपुरको सीमा क्षेत्रमा हेल्थ डेस्कसमेत राखिएको छ। हेल्थ डेस्कमा भित्रिनेको ज्वरो मापनसँगै विवरण संकलन पनि गरिन्छ। ‘हामीले शंकास्पद देखिएकालाई क्वारेन्टाइनमा राखिरहेका छौं,’ कृष्णपुर नगरपालिकाका प्रमुख कर्ण हमालले भने, ‘शंकास्पद नदेखिएकालाई भने स्वास्थ्यकर्मीले काउन्सिलिङ गरेर घर पठाउँछौं।’ पछिल्लो सयम भारतबाट भित्रिने क्रम रोकिएको छ। तर देशकै विभिन्न क्षेत्रबाट दिनहुँ भित्रिने ठूलो भिडले कञ्चनपुरमा समेत संक्रमणको जोखिम बढाएको स्थानीय बताउँछन्। फर्किनेहरुमा सबैभन्दा बढी काठमाडौं बस्नेहरु छन् । | ekantipur.com |
4,519,108 | दलहरुले पत्राचार गरेको तीन दिनभित्र समानुपातिक सूची सच्यार पठाउनु पर्ने छ। आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेले भने, ‘दलहरुले तीन दिनभित्र समानुपातिक सूची सच्याएर नपठाए ऐनमा भएको व्यवस्था अनुसार कारबाही प्रक्रिया अघि बढाइने छ । | pahilopost.com |
4,415,089 | सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु पाँच सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख तीन हजारमा कारोबार भएको सुनको मूल्य बुधबार रु एक लाख दुई हजार पाँच सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख दुई हजार पाँच सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार दुई सय ८५ मा आएको महासङ्घले जनाएको छ । | palikakhabar.com |
3,058,673 | जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दूधौली नगरपालिका– १ कुर्थौलीका १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडीको मृत्यु भएको हो । ओछ्यानमा सुतिरहेका बालकलाई आज विहान ३ बजे सर्पले डसेको थियो । उनीहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको र थप उपचारका लागि जानकी हेल्थ केयर जनकपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । सर्पले ग्रिसलाई बाँया हातको औँलामा र ग्रिस्मको बाँया खुट्टामा डसेको थियो । | newsofnepal.com |
4,818,901 | बूढानीलकण्ठ नगरपालिका वडा नं. १०मा फोहर व्यवस्थापन र वातावरण संरक्षण लगायतका काम गर्न समिति गठन गरिएको छ। वडा नं. १० नीलोपुल प्रगतिनगरको विकासका लागि समाजसेवी विद्या सुवेदी ज्ञवालीका संयोजकत्वमा नौ सदस्यीय टोल सुधार तदर्थ समिति गठन गरिएको हो। समितिका सदस्यमा आङ्निमा शेर्पा, सुमन उप्रेती, राजन रिमाल, अविनारायण श्रेष्ठ, हरिबहादुर गुरुङ, हिमाल गुरुङ, लक्ष्मी अधिकारी र ममता पोखरेल छन्। रुबी टेलरिङ, राई ग्यास पसल र खनाल मेडिकलभित्र तथा धोबीखोला करिडोर उत्तर क्षेत्र समेटिएको नयाँ टोल सुधार समितिले आगामी असार मसान्त अगावै अर्को भेला बोलाई रामजी खड्का नेतृत्वको पुरानो समितिलाई आफ्नो प्रगति विवरण र हरहिसाब पेस गर्न लगाउने छ । समितिले शान्तिसुरक्षा, फोहर व्यवस्थापन र वातावरण संरक्षण, बाटो सुधार, बिजुलीबत्ती जडान आदि कार्य गर्नाका साथै नगरपालिकाको योजनामा आफ्ना सुझाव पेस गर्ने संयोजक ज्ञवालीले जानकारी दिइन् । | kathmandupress.com |
2,120,478 | तर सरकारको बदनामी हुँदै गएपछि प्रधानमन्त्री ओलीले पत्नीसहित बालुवाटार बोलाएर मन्त्री तामाङलाई राजीनामा दिन अह्राएका थिए। माधव नेपाल गुटबाट मन्त्री बनेका तामाङलाई नेपालले पनि राजीनामा दिन सुझाएपछि उनले राजीनामा नदिई धरै भएन। आजको वक्तव्यमा उनले आफूलाई निकाल्न षड्यन्त्र भएको बताएका छन्। उनले आफूले त्यो कुरा बोलेकै हो भन्दै हिंसा भएकै छैन भनेर हामी कसरी समाधान गर्न सक्छौँ भनेर पनि सोधेका छन् । | mysansar.com |
3,569,792 | छिमेकी भारतमा दोस्रो लहरको कोरोना संक्रमण भयावह बन्दै गएपछि नाकामा स्वदेश फर्किने नेपालीको भिड बढ्दै छ । तर, उनीहरू सबैको स्वास्थ्य परीक्षण हुन सकेको छैन । स्वदेश फर्किने १० प्रतिशतको मात्रै परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो दुई सातामा कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर, बाँकेको जमुनाह र रुपन्देहीको बेलहिया नाकाबाट मात्रै १७ हजार ४५ जना स्वदेश फर्किएका छन् । उनीहरूमध्ये एक हजार ६ सय ९१ जनाको मात्रै कोरोना परीक्षण गरिएको छ । जसमा ६८ जनामा संक्रमण देखिएको छ । शुक्रबार मात्रै १६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले गत ६ चैतदेखि तराईका १४ नाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट फर्किनेको स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको थियो । तर, अहिले पाँच नाकामा मात्रै परीक्षणको काम भइरहेको छ । बाँकी नाकामा एन्टिजेन परीक्षण नै गरिएको छैन । त्यसकारण भारतबाट फर्किएका संक्रमितको संख्या अझ धेरै हुन सक्ने अनुमान मन्त्रालयको छ । कोरोनाको लक्षण देखिएकाको मात्रै एन्टिजेन परीक्षण भइरहेको छ । मन्त्रालयका अनुसार सुदूरपश्चिमका नाकाबाट फर्किएकामा सबैभन्दा धेरै संक्रमण देखिएको छ । त्रिनगर नाकाबाट भित्रिएका ५८ जना र गड्डाचौकी नाकाबाट भित्रिएका पाँचजनामा संक्रमण देखिएको छ । त्यस्तै, जमुनाह नाकामा चार र बेलहिया नाकाबाट भित्रिएका एकजनामा संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार भेटिएका १६ जना पनि त्रिनगर नाकाबाट भित्रिएका हुन् । | imagekhabar.com |
2,289,646 | नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता नेपाली खेलाडी टोलीले करातेकर्मी पुरेन्द्रविक्रम लाखेलाई बुधबार एक कार्यक्रमबीच स्वागत गर्दै बधाइ दिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा नियुक्त भएकोमा लाखको सम्मानमा स्वागत तथा बधाइ कार्यक्रम आयोजना गरिएको हो । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, कार्यक्रमका संयोजक एवं १३ औं सागअन्तर्गत करातेका दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठ, खेलाडी, प्रशिक्षकलगायतले लाखेलाई खादा लगाइ दिनुका साथै मायाको चिनो प्रदान गरेका थिए । सो अवसरमा टोकियो ओलम्पिकका लागि प्रशिक्षणमा रहेका कराते खेलाडी नवीन रसाइली र अनु अधिकारी तथा प्रशिक्षक दीपक श्रेष्ठलाई शुभकामना दिदै ट्रयाकसुट प्रदान गरिएको थियो । | dcnepal.com |
3,544,747 | भारतमा अझै पनि एक लाखभन्दा बढी नै रहेको पाइएको छ । पछिल्ला केही दिनदेखि दैनिक संक्रमितहरुको संख्या घट्दै गइरहे पनि यो समाचार तयार पर्दा सम्म एक लाख ११ हजार ८९७ सकृय संक्रमित रहेको हो । ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा ६ हजार २२६ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । भारतमा अहिलेसम्म तीन करोड ४५ लाख ७८ हजार ७४९ जना संक्रमित भएका छन् । पछिल्लो एक दिनमा भारतमा कोरोनाभाइरसका कारण २० जनाको मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कुल मृतकको संख्या चार लाख ६८ हजार ५७४ पुगेको छ । कोरोनाभाइरसबाट संक्रमित भएर पनि गत २४ घण्टामा ९ हजार ४८१ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको कुल संख्या भने तीन करोड ३९ लाख ९८ लाख २७८ पुगेको छ । | imagekhabar.com |
3,180,805 | २०७२ साल वैशाखको भूकम्पबाट क्षति पुगेका थापाथलीस्थित परोपकार प्रसुति गृहको मुख्य भवन र वीर अस्पतालको एउटा भवनको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । एक महिनाभित्रमा दुवै भवन सञ्चालनमा ल्याइने अस्पताल प्रशासनले जनाएको छ । पुनर्निर्माण कार्यक्रम अन्तर्गत जापान सरकारको आर्थिक सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् पुनर्निर्माण गरिएको हो । प्रसुति गृहको अत्याधुनिक मुख्य भवनमा १९२ वटा शैया छन् । प्रसुति गृहको भवनमा इमरजेन्सी डेलिभरी रुम, बर्थिङ सेन्टर, पोष्ट अप्रेसन वार्ड लगायतका सेवा हुनेछन् । प्रसुति गृहका प्रशासक रानु थापाले भवन पुनर्निर्माण कार्य करिब सकिएको भन्दै आन्तरिक रुपमा संरचना मिलाउने कार्य भइरहेको बताए । वीर अस्पतालको भवनमा भने ९४ शैया छन् । नयाँ भवनमा कार्डियोलोजी वार्ड, ग्याट्रोलोजी वार्ड, नेफ्रोलोजी वार्ड लगायत हुनेछन् । पुनर्निर्माण भइरहेका दुवै अस्पतालको निरीक्षणपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणमा अबलम्वन गरिएको अझ राम्रो र बलियो अवधारणा अनुसार स्वास्थ्य संस्थाहरुको पुनर्निर्माण भइरहेको बताए । उनले सुविधा सम्पन्न पूर्वाधार भएका संरचनाबाट स्वास्थ्य सेवा प्रदान गर्दा सरकारी अस्पतालप्रति जनताको विश्वास अझ बढ्ने धारणा व्यक्त गरे । वीर अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले भवनको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको भन्दै उदघाटनपछि सञ्चालनमा ल्याइने बताए । जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)का पुनस्र्थापना तथा पुनर्लाभ कार्यक्रम सल्लाहकार नानाको काहाराका अनुसार प्रसुति गृह र वीर अस्पताल पुननिर्माणको लागत दुई अर्व १० करोड रुपैयाँ (२.४ बिलियन जापनी यन) छ । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं । | souryaonline.com |
1,272,548 | विराटनगर महानगरपालिका ४ राजवंशी चोकमा रहेमा अर्पण स्कुल शिक्षक निमेष बस्नेतले कक्षा ८ मा अध्ययनरत बूढीगंगा गाउँपालिका २ टंकीसिनवारी घर भएकी रोश्नी भण्डारीलाई पाइपले कुटपिट गरेका हुन् । स्कुलका सञ्चालक समेत रहेका बस्नेतको कुटाईबाट उनको शरीरको पछाडि कम्मर मुनीको भागमा चोट लागेको छ । स्कुलले लिएको दोस्रो त्रैमासिक परीक्षामा अनउत्तिर्ण भएको र पढ्नलाई नियमित स्कुल नआउने भन्दै सोमबार दिउँसो छात्रामाथि कुटपिट भएको विद्यार्थीले बताए। स्कुलको मैदानमा लगेर पाइपले निर्घात कुटपिट गरेको रोश्नीले बताइन् । रुँदै उनले भनिन्, 'स्कुलले लिएको विज्ञान, स्वास्थ्य र भोकेसनल विषयमा फेल भएको भन्दै मलाई सरले कक्षा कोठादेखि बाहिर निकालेर कुट्नु भयो ।' कुटपिटबाट शरीरको पछाडि कम्मर मुनीको भागमा चोट लागेको आमा पुष्पाले जानकारी दिइन् । बस्न र सुत्नसम्म नहुने गरी छोरीमाथि शिक्षकले कुटपिट गरेको उनको आरोप छ । त्यही पीडाले रातभरी छोरी नसुतेको पुष्पाले बताइन् । 'स्कुलबाट आएर छोरीले घटनाका बारेमा कोही कसैलाई पनि सुनाइनन्,' उनले भनिन्, 'राति दुखेर सुत्न नसकेपछि रुन थालेपछि हामीले के भएछ भनेर सोधीखोजी गर्दा थाहा भयो ।' हेर्दा पछाडि पट्टी कम्मर मुनीको भागमा निलडाम र चोट रहेको उनको भनाइ छ । स्कुलका विद्यार्थीले यसअघि पनि शिक्षक बस्नेतले विभिन्न बहानामा पटक-पटक विद्यार्थीमाथि कुटपिट गर्ने गरेको आरोप लगाएका छन् । स्कुलका प्रिन्सिपल सुवास विष्टले विद्यार्थीमाथि कुटपिट भएको स्वीकार गर्दै भने, 'नियमित स्कुल नआएपछि रिसको झोकमा तर्साउनका लागि शिक्षकले कुटपिट गरेको पाइयो । यसरी कुटपिट नगर्न सबै शिक्षकलाई भनिसकिएको छ ।' पीडितका आफन्तले निर्घात कुटपिट गर्ने शिक्षकलाई कारबाहीको माग राख्दै जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिने तयारी गरेका छन् । कुटपिटबाट घाइते बालिकाको स्वास्थ्य परीक्षण र उपचार कोसी अस्पतालमा गरिएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले घटनाका बारेमा जानकारी रहेको बताउँदै कोही कसैले जाहेरी दिएमा दर्ता गरेर छात्रालाई कुटपिट गर्ने शिक्षकमाथि कारबाही अघि बढाइने जानकारी दिए । | annapurnapost.com |
2,853,005 | प्रजातन्त्र सेनानी तनहुँको शुक्लागण्डकी नगरपालिका- ४ का स्व. एकनारायण खनालको नवौँ पुण्यतिथिमा शनिबार आयोजित शोकसभालाई सम्बोधन गर्दै उनले देशलाई अस्थिरताको भुमरीबाट बचाउन संसद् पुनःस्थापन हुनुपर्ने बताए । वरिष्ठ नेता पौडेलले संविधानबमोजिम नै अदालतमा विचाराधीन मुद्दामा फैसला हुनेमा सबै लोकतन्त्रवादी विश्वस्त रहेको बताउँदै मुलुकमा अस्थिरता कायम गरेर विकास रोक्ने षड्यन्त्र भएको हुँदा त्यसलाई चिर्न आवश्यक रहेकोमा जोड दिए । ‘चुनावमा जान काँग्रेसलाई कुनै हतार भएको छैन,’ उनले भने, ‘अब चुनाव आयो, कांग्रेस ठूलो पार्टी बन्छ भनेर चुनावमा जान हतार गर्नु हुँदैन । कांग्रेस स्वार्थका लागि लड्ने पार्टी होइन ।’ संविधान बचाएर त्यही संविधानबमोजिम चुनावमा जान कांग्रेस तयार रहेको बताउँदै चुनाव त पञ्चायतकालमा पनि हुन्थ्यो, त्यस्तो चुनाव बहिष्कार गर्दै आएको वरिष्ठ नेता पौडेलले बताए । जनताले विश्वास गरेर कम्युनिष्टलाई बहुमत दिए पनि जनताको विश्वासमाथि घात गर्ने काम भएको उनले आरोप लगाए । | newskarobar.com |
1,908,367 | पोखरामा ४४ जनासहित गण्डकी प्रदेशमा शनिबार दिउसो थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का ३ पुरुष तथा १ महिला, २ का २८ महिने बालकसहित ३ पुरुष तथा १ महिला, ४ का १ पुरुष, ५ का २ पुरुष तथा १ महिला, ६ का १ पुरुष, ७ का १ पुरुष, ८ का १ पुरुष, १० का १ पुरुष, ११ का ३ महिला, १३ का २ पुरुष, १४ का ३ पुरुष तथा १ महिला, १५ का १ पुरुष तथा २ महिला, १६ का १ पुरुष तथा १ महिला, १७ का ५ पुरुष तथा ३ महिला, १९ की १ महिला, २२ का १ पुरुष, २६ का १ पुरुष तथा १ महिला, ३० का १ पुरुष तथा १ महिला रहेका छन् । त्यस्तै संक्रमित हुनेहरुमा कास्की माछापुच्छ्रे गाउँपालिकाका १ पुरुष, बागलुङ जिल्ला बागलुङ नगरपालिकाका १ पुरुष तथा १ महिला, बागलुङ जैमिनीका २ पुरुष तथा २ महिला, काठेखोलाका १ पुरुष, गलकोट नगरपालिकाका १ पुरुष, लमजुङ जिल्ला सुन्दरबजारका १ पुरुष, दुधपोखरीका १ पुरुष, राइनासका ४ पुरुष तथा १ महिला, बेँसीशहरका ३ पुरुष तथा ३ महिला, म्याग्दी जिल्ला बेनी नगरपालिकाकी १ महिला, पर्वत कुश्माकी १ महिला, फलेवासका १ पुरुष, तनहुँ जिल्ला शुक्लागण्डकीका ३ पुरुष तथा ३ महिला रहेका छन् । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ५ सय ५६ पुगेको छ । | pokharanews.com |
1,177,673 | अल बायत स्टेडियममा बिहीबार राति कोस्टारिकालाई ४-२ गोल अन्तरले पराजित गरेपनि जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो । १० औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएका थिए । ५८ औं मिनेटमा येल्त्सिन तेजेडाले गोल गर्दै कोस्टारिकालाई १-१ गोलको बराबरीमा ल्याए । ७० औं मिनेटमा जुआन पाब्लो भेर्गासले गोल गर्दै कोस्टारिकालाई २-१ को अग्रता दिलाए । खेलको ७३ औं मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका काइ हार्भट्जले गोल गर्दै जर्मनीलाई २-२ को बराबरीमा ल्याए । खेलको ८५ औं मिनेटमा हार्भट्जले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई ३-२ को अग्रता दिलाए । त्यसपछि खेलको ८९ औं मिनेटमा निकलस फुल्करुगले गोल गर्दै जर्मनीलाई ४-२ को जित दिलाए । जितका बाबजुत समूह ‘ई’ मा जर्मनी तेस्रो स्थानमा रह्यो । र, प्रतियोगिताबाट बाहिरिएको छ। जर्मनी लगातार दोस्रो पटक समूह चरणबाट बाहिरिएको हो । जर्मनीले ३ खेलमा ४ अंक जोड्यो । यस समूहमा स्पेन ४ अंक जोडेपनि गोल अन्तरमा अघि रहदै दोस्रो स्थानमा रहेर नकआउट चरणमा पुगेको छ । कोस्टारिका ३ अंक जोडेर पुछारमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ । | kantipath.com |
3,476,289 | अभिनेत्री नोरा फतेहीलाई ठग सुकेश चन्द्रशेखरको मुद्रा अपचलन (मनी लान्ड्रिङ) मुद्दामा शुक्रबार दिल्ली प्रहरीले पहिलो पटक सोधपुछ गरेको छ। दिल्ली प्रहरीले उनलाई ६ घण्टामा करिब ५० वटा प्रश्न सोधेको हाे । सुकेशबाट उपहार कहिले लिनुभयो ? उसलाई कहाँ भेट्नुभयो ? जस्ता प्रश्नहरु समावेश गरिएका थिए । यस मुद्दामा प्रर्वतन निर्देशन (ईडी) ले अभिनेत्रीसँग यसअघि पनि ३ पटकसम्म सोधपुछ गरिसकेको छ । दिल्ली प्रहरीको पश्नमा नोराले भनिन्, ‘मैले सुकेशकी श्रीमतीलाई नेल आर्ट समारोहमा भेटें । त्यहीँ उनले मलाई बीएमडब्ल्यू कार उपहार दिएकी हुन् । मलाई उनीहरू दुवैको अपराधिक इतिहासको बारेमा थाहा थिएन्।’ साथै नोराले साेही मुद्दामा आरोपी बनेकी ज्याकलिन फर्नान्डिजसँग आफ्नो कुनै सम्बन्ध नभएको बताएकी छन् । अर्कोतर्फ ज्याकलिनलाई यहि सेप्टेम्बर १२ मा सोधपुछका लागि दिल्ली प्रहरीले बोलाएको छ । दिल्ली प्रहरी र ईडीले यस विषयमा अनुसन्धान गरिरहेको छन् । सुकेश चन्द्रशेखरमाथि २ सय करोड रुपैयाँ ठगीको आरोप समेत लागेको थियाे । | imagekhabar.com |
2,092,475 | सतिश सिंहलाई मधेश प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने जनमत पार्टीले निर्णय गरेको छ । पार्टीको केन्द्रीय सचिवालय बैठकले उनलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको पार्टी सचिव विपी साहले जानकारी दिए । मधेशमा जनमतको नेतृत्वमा सरकार बनाउन एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सहमति भइसकेको जनाइएको छ । पहिले संसदीय दलका नेता महेशप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने भनिए पनि जनमत पार्टीले अन्तिममा सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । सिंह सप्तरी क्षेत्र–२ (क)बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हो । यादव २०७९ पौष २७ गते मुख्यमन्त्री बनेका थिए । मधेश प्रदेशका मुख्यमन्त्री तथा जसपाका नेता सरोजकुमार यादवले बुधबार प्रदेश सभा बैठकमा विश्वासको मत नपाएपछि उनको नेतृत्वको सरकार ढलेको हो । मुख्यमन्त्री यादवले राखेको विश्वासको मतको पक्षमा ५० मतपरेको थियो भने विपक्षमा ५३ मत परेको थियो । १०७ सदस्य रहेको मधेश प्रदेशसभाको बुधबारको बैठकमा १०३ सांसद उपस्थित थिए । ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं र पनि जोडिन सक्नुहुन्छ । काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल काठमाडौँ । बङ्गलादेशमा सरकारी आरक्षण कोटाको विरोधमा भएको आन्दोलन हिंसात्मक हुन थालेपछि नेपाली विद्यार्थी धमाधम स्वदेश फर्कन थालेका छन् । एजेन्सी । अमेरिकी राष्ट्रपतिको उम्मेदवारको रुपमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले आफु निर्वाचनमा पुन उम्मेदवार नबन्ने घोषणा गरेका छन् । काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा दुई तिहाइ बहुमतको विश्वास प्राप्त गरेका छन् । आइतवार प्रतिनिधि सभामा उनले काठमाडौँ । बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा काठमाडौँ । | nepalipatra.com |
4,402,869 | पूर्वेली लोक लयमा तयार पारिएको गीत ‘सुपारी सुटुक्कै’ नेपाल मिडियाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ । डीआर अटुको रचना रहेको सो गीतमा पुर्वेली लोक संस्कृति, किराँती जनजीवन(राई/लिम्बू)लाई चित्रणको परम्परागत लोक सभ्यतालाई देखाइएको छ । गीतमा प्रेमील मनका प्रेमका बोलीहरुलाई समेटिएको छ । द भ्वाइस अफ किड्सीकी फाइनलिष्ट पेमा दिछेन तामाङ र गायक संगाम शेर्मा को स्वरमा रहेको यो गीतमा संगीत चर्चित संगीतकार डीआर अटुले ले भरेका छन् । गीतको एरेन्जमा राजु कार्कीले सहयोग गरेका छन् । लिम्दुनी क्रियसन र कोरियन स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई निरु लाबती लिम्बुले लगानी गरेकी हुन । पुर्वेली लोकजीवन र रहनसहनलाई मायाप्रेमसँग फ्युजन गरेर उत्पादन गरिएको यो भिडियोलाई दिनेश माङबो निर्देशन गरेका छन् । गीतमा मुख्य अभिनय विल्सन विक्रम राई, पेमा दिछेन तामाङ, पुष्पाञ्जली तिलिङ मादेन, रुद्ध पाहिम, चन्द्र गोले तामाङ, प्रिया लिम्बुले पनि साथ दिएका छन् । यस गीत तथा भिडियोलाई सम्पादन अनिल रानाले गरेका छन् यसैगरी क्यामेरा बुद्ध थापाले घुमाएका छन् । | dainiknepal.com |
3,985,777 | विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीले विगतमा जितेका केही स्थानमा हार्नुको मुख्य कारण स्थानीय निकायको कामकारवारी, उम्मेदवारको चयनलगायत मात्र भएको प्रष्ट पारे । जनताको गुनासो सुन्नु, पारदर्शिता अपनाउनु, पार्टी सुदृढीकरण, सुशासन कायम गर्नुपर्नेजस्ता सुझाव जनताले उपनिर्वाचनमार्फत दिएको मान्नु पर्ने उनले बताए । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले पार्टीभित्र एक व्यक्ति एक पदअनुसार प्रधानमन्त्री र पार्टी अध्यक्ष अलग अगल हुनुले सरकार सञ्चालन र पार्टी सङ्गठन सुदृढीकरण अभियानमा सहयोग पुग्ने धारणा व्यक्त गरे । उनले कालापानी र लिपुलेकका सम्बन्धमा सत्य र प्रमाणसहितको प्रतिवेदन भारत सरकारलाई बुझाई सकिएको जानकारी दिँदै अब सरकारीस्तरमा वार्ता भई समस्याको समाधान हुने विश्वास व्यक्त गरे । उनले सीमा विवादलाई अन्तरराष्ट्रिय अदालतमा लैजानुले दुई देशबीच विवाद सिर्जना गर्नु मात्र हुने भन्दै यो समस्यालाई छलफल र वार्ताबाट समाधान गर्नुपर्नेमा जोड दिए । नेता नेपालले आफूलाई सीमा विवाद सम्बन्धमा विशेषदूत नियुक्त गरिएको कुरा हल्ला मात्र भएकाले यस्तो कुनै किसिमको जिम्मेवारी अहिलेसम्म नपाएको जानकारी दिए । काठमाडौं, ५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् काठमाडौं, ५ साउन । सरकारमा शरदसिंह भण्डारीको सत्तरोहणसँगै लोकतान्त्रिक समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ काठमाडौं, ५ साउन। नेपाल परिवार दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटि औपचारिक रुपमा सफल कार्यकालको काठमाडौं, ५ साउन । चितवनको नारायणगढ–मुग्लिङ सडकअन्तर्गत पर्ने भतेरीमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा काठमाडौं, ५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन बद्रीप्रसाद पाण्डेले बाध्यतामा कांग्रेस–एमाले सत्ता समीकरण काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय दलको प्रमुख सचेतकमा सिन्धुलीबाट काठमाडौं, ५ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीको रूपमा तेस्रो कार्यकाल काठमाडौँ, ५ साउन । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट पानी काठमाडौं, ५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् काठमाडौं, ५ साउन । सरकारमा शरदसिंह भण्डारीको सत्तरोहणसँगै लोकतान्त्रिक समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ काठमाडौं, ५ साउन। नेपाल परिवार दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटि औपचारिक रुपमा सफल कार्यकालको काठमाडौं, ५ साउन । | reportersnepal.com |
582,212 |
इक्वेडरको बन्दरगाह सहर ग्वायाकिलमा भएको विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएका छन् । एक पत्रकार सम्मेलनको क्रममा इक्वेडरका गृहमन्त्री प्याट्रिसियो क्यारिलोले उक्त आक्रमण ‘कुकाराचा’ र ‘जुनियर’ उपनामले चिनिने दुई स्थानीयलाई लक्षित गरिएको बताए । उनीहरु टिग्युरिओनेस अपराधिक समूहमा आबद्ध रहेको बताए । देशको दोस्रो ठूलो शहर ग्वायाकिलमामा विस्फोटले आठ घर र दुईवटा कारहरू ध्वस्त पारेको छ । उक्त क्षेत्रमा राष्ट्रपति गुइलेर्मो लासोले आपत्काल घोषणा गरेका छन् । संगठित अपराधले देशलाई नियन्त्रण गर्न नदिने उनले प्रतिबद्धता जनाएका छन् । तटीय सहरमा ३० दिन आपत्काल घोषणा गरिने सुरक्षामन्त्री डिएगो ओर्डोनेजले घोषणा गरे । | lokpath.com |
55,720 | शुक्रबार बिहान अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए । मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्ने क्रममा विवाद हुँदा प्रहरीले हातपात गरेका हुन् । | canadanepal.com |
1,779,684 | जनताले लामो समयदेखि सास्ती व्यहोर्दै आएको राहदानी तथा सवारी चालक अनुमतिपत्र प्राप्तिमा सहजीकरण गरिएको जानकारी दिँदै उनले अर्थतन्त्रमा देखिएको डरलाग्दो अवस्थालाई सही ट्र्याकमा ल्याइएको दाबी गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताएका छन् । गैरआवासीय नेपाली सङ्घ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा आज इटालीको रोममा आयोजित कार्यक्रममा उनले भ्रष्टाचार र बेथितीका विरुद्धमा सरकारले कडा कदम चालेको बताए । प्रचण्डले आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएलगत्तै बेथितीको नियन्त्रण, सेवा प्रवाहमा सहजीकरण र नागरिकको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ महत्त्वपूर्ण कामको थालनी गरेको बताए । जनताले लामो समयदेखि सास्ती व्यहोर्दै आएको राहदानी तथा सवारी चालक अनुमतिपत्र प्राप्तिमा सहजीकरण गरिएको जानकारी दिँदै उनले अर्थतन्त्रमा देखिएको डरलाग्दो अवस्थालाई सही ट्र्याकमा ल्याइएको दाबी गरे । “सामाजिक सुरक्षा कोषमा बढीभन्दा बढी श्रमिकलाई आबद्ध गर्ने, अझ विदेशमा बस्ने श्रमिकलाई कोषमा जोड्ने काम गरेका छौँ”, प्रधानमन्त्री दाहालले भने “सामाजिक सेवा तथा जनतालाई प्रत्यक्ष राहत दिनेबाट सरकारले कामको थालनी गरेको छ ।” नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रहित विपरित र सङ्गठित अपराधका रुपमा काम भएको देखिएकाले सरकारले उक्त कदम चालेको बताए । “शरणार्थी प्रकरणमा राष्ट्रहित विपरितको काम भएको देखियो, सरकारले फोहोर सफा गर्न यो कदम चालेको हो”, उनले भने । प्रधानमन्त्री दाहालले ललिता निवास प्रकरणको छानविनबाट राज्यको सम्पत्ति व्यक्तिमा लैजाने अपराधको अन्त्य गर्ने क्रम सुरु भएको बताए । “यो राज्यको सम्पत्ति राज्यलाई नै फिर्ता गराउने अभियान हो । यो प्रकरण ललिता निवासको कुरा मात्रै होइन, देशभर चलेको माफियागिरीको अन्त्य र नयाँ भूमि नीतिमार्फत आर्थिक समृद्धिको अभियानसँग जोडिएको छ”, उनले भने । नेपालमा थुप्रिएको बेथिती र विसङ्गतीको चाङ अन्त्य गर्ने विषय रातारात एक जनाले चाहँदैमा भइहाल्ने अवस्था नरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विकृति र विसङ्गित अन्त्यका लागि सम्पूर्ण नेपालीको साथ आवश्यक रहेको बताए । पछिल्लो राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न जसरी भए पनि नेपाल र नेपालीको अवस्थामा सुधार ल्याउनुपर्नेमा जोड दिँदै उनले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नसकिए यसको औचित्य सावित नहुने बताए । “हामीले नेपालमा राजनीतिक परिवर्तन राजनीतिका लागि मात्र ल्याएको होइन, राष्ट्र र जनताको वृहत्तर हित हुने गरी पविर्तन ल्याउने भनेका हौँ”, उनले भने, “यदि जनताको जीवनस्तरमा परिवर्तन हुँदैन भने यसको दिगोपन र औचित्य पनि इतिहासमा सिद्ध हुँदैन ।” आफूले यसपटक प्रधानमन्त्री हुँदा देश र जनताका लागि केही गर्नुपर्छ भन्ने सङ्कल्प लिएको उल्लेख गर्दै उनले सोही सङ्कल्पअनुसार मुलुकको अवस्था बदल्न लागि परेको उल्लेख गरे । “जसले परिवर्तन ल्याउन लड्यो, त्यही पार्टी, विचार र नेतालाई चिन्ता हुन्छ”, उहाँले भन्नुभयो, “यो परिवर्तनले जनतालाई राम्रो गर्यो कि गरेन । यो पटक मैले प्रधानमन्त्रीको जिम्मेवारी लिँदा गरेको सङ्कल्प त्यही नै हो ।” सात दशक लडेर ल्याएको परिवर्तनले राष्ट्र र जनताको हित गर्न सकेन भने त्यो दुर्भाग्य पूर्ण हुनेछ भन्दै उनले परिवर्तन असफल भयो भने राष्ट्र दुर्घटनामा पर्ने खतरा रहेको बताए । “यो परिवर्तन असफल भयो भने राजनीतिक परिवर्तन मात्रै असफल हुँदैन, नेपाल राष्ट्र नै असफल हुने र दुर्घटनामा पर्ने खतरा रहन्छ”, प्रचण्डले भने, “त्यसकारण देश र जनतालाई दुर्घटनाबाट बचाउन पनि यस पटक सरकारको नेतृत्वको हैसियतले कठोर कदम चाल्नै पर्छ भनेर महत्त्वपूर्ण काम थालिएका छन् ।” नेपालमा उत्पादित सामग्रीले युरोपको बजार पाउन नसकेको, राहदानीसम्बन्धी समस्या, इटालीले ल्याउने मौसमी कामदारको सूचीमा नेपाल नसमेटिएकालगायत गैरआवासीय नेपालीले उठाएका विषयलाई सम्बोधन गर्न सरकार तयार रहेको उनको भनाइ थियो । “कानूनी तथा संरचनात्मक जटिलतालाई हल गरेर यी विषयमा सरलीकरण गरिन्छ”, उनले भने । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनले आयोजना गरेको कार्यक्रमको दौरानमा इटालीका प्रधानमन्त्री र राष्ट्रसङ्घका महासचिवसँग अनौपचारिकरुपमा महत्त्वपूर्ण कुराकानी भएको जानकारी दिँदै उनले आफूले औपचारिक कार्यक्रममा दिएको वक्तव्यपछिको प्रतिक्रिया पनि निकै सकारात्मक भएको पाएको बताए । “अब इटाली सरकारसँग नेपाल सरकारको सम्बन्ध अझ गहन हुने र अगाडि बढ्ने विश्वास लिएको छु”, उनले भने, “तपाईंहरु (एनआरएन)ले उठाएका विषय सम्बोधनको पहलका लागि आधार मिलेको छ ।” परराष्ट्र सचिव भरतराज पौडेलले गैरआवासी नेपालीको नागरिकतासम्बन्धी विषय सम्बोधन भएको बताए । अस्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मीले आफूहरु इटालीमा रहेका नेपाली समुदायसँग अत्यन्त नजिक रहेको उल्लेख गर्दै नेपालीले भोग्दै आएका समस्यालाई नेपाल सरकारसमक्ष पुर्याउने गरेको दाबी गरे । कार्यक्रममा सहभागी मुलुकबाहिर रहेका नेपालीले आफ्नो परिवारको भन्दा पनि मातृभूमिको माया गरी आएको उल्लेख गर्दै सहभागीले गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्ने वातावरण बनेकामा सरकारलाई धन्यवाद दिएका थिए । पछिल्लो दुई वर्ष गैरआवासीय सङ्घका लागि सुखद नरहेको भन्दै उनीहरुले विभाजित एनआरएनएलाई प्रधानमन्त्रीको उपस्थितिमा एक ठाउँमा ल्याउने सम्झौता भएकामा आभार व्यक्त गरेका थिए । | nepalviews.com |
5,291,278 | सरकारले यस वर्षको मानवअधिकार पुरस्कार–२०७९ बाट व्यक्तितर्फ मानवअधिकारकर्मी प्रा.डा. कपिलमान श्रेष्ठ र संस्थातर्फ मानव सेवा आश्रमलाई दिने भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले लामो समयदेखि मानवअधिकारका विभिन्न विधामा अध्ययन, अनुसन्धान, अध्यापन, लेख रचनाको प्रकाशन, प्रवर्द्धन पैरवी, संरक्षण र सम्मानसम्बन्धी कार्यमा निरन्तररूपमा पुर्याएको योगदानको लागि मानवअधिकार पुरस्कार प्रा डा श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको जनाएको छ । त्यसैगरी, संस्थातर्फ मानव सेवा आश्रम, (काठमाडौं) लाई सडकपेटी तथा अन्य सार्वजनिक स्थलमा परित्यक्त, असहाय, असमर्थ, बेवारिस रूपमा रही अत्यन्तै कष्टपूर्णरुपमा जीवनयापन गरिरहेका व्यक्तिको उद्धार, उपचार, परामर्श, लालन पालन, संरक्षण र त्यस्ता व्यक्तिको शवको सद्गत वा व्यवस्थापनलगायतका कार्य गरी मानवअधिकारको संरक्षणमा पुर्याएको योगदानको लागि मानवअधिकार पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । नेपाल सरकारले मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको उपलक्ष्यमा मानवअधिकारको क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थालाई कदर गर्ने उद्देश्यले मानवअधिकार पुरस्कार अक्षय कोष स्थापना गरी विसं २०७८ देखि मानवअधिकारको सम्मान, संरक्षण र सम्वद्र्धनमा उल्लेखनीय योगदान पुर्याउने एक व्यक्ति र एउटा संस्थालाई पुरस्कृत गर्ने कार्य प्रारम्भ गरेको थियो । | gorkhapatraonline.com |
4,795,749 | धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो। यस साता विशेषगरी नेप्सेको ओरालो यात्रा कायम रहन पुग्यो। झण्डै तीन हजार ३०० विन्दुको नजिक पुगेको नेप्से ओरालो लागेर दुई हजार ९०० विन्दुमा ओर्लिएको छ। साताभर कूल २३० कम्पनीको कूल आठ करोड ३२ लाख ९० हजार ८६४ कित्ता शेयर रु ४७ अर्ब ६७ करोड ८७ लाख ११ हजार ८९ मूल्यमा खरिदबिक्री भए। नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा सीमा लगाएपछि बजारमा त्यसले प्रभाव पारेको अनुमान गरिएको छ। यस साता कूल चार दिन शेयर कारोबार भयो। सोमबार सार्वजनिक बिदा परेकाले कारोबार भएन। साताको पहिलो दिन निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त र जलविद्युत् उपसमूहको शेयर मूल्य उच्च अङ्कले ओरालो लागेपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लाग्यो। साताको पहिलो कारोबार दिनमा बजार उकालो लाग्ने अनुमानका बीच नेप्से ओरालो यात्रा तय गरेको थियो। त्यस दिन नेप्से ४९.१८ विन्दुले ओरालो लागेर तीन हजार ४४.८६ विन्दुमा सीमित भयो। ठूला कम्पनीको शेयर कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक ८.५७ विन्दुले घटेर ५६२.८८ मा ओर्लियो। कूल २२७ कम्पनीको दुई करोड ४८ लाख ८८ हजार ३१३ कित्ता शेयर रु १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार ५०५ मूल्यमा खरिदबिक्री भए। कारोबार भएका कूल १३ उपसमूहमध्ये वित्त उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि भयो। आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ४२ खर्ब ५४ अर्ब ३२ करोड १९ लाख दुई हजार ८४६ बराबर कायम भयो। कारोबारका आधारमा त्यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रही रु एक अर्ब ३१ करोड ८३ लाख ४४ हजार ७७८ बराबरको कारोबार भयो। त्यस दिन नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो। साताको तेस्रो दिन मङ्गलबार शेयर बजारमा उच्च अङ्कको पहिरो लाग्यो र नेप्से र कारोबार रकम दुवै घटे। जीवन बीमा तथा निर्जीवन बीमा समूहको शेयरमा उच्च अङ्कले गिरावट आएपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ। लगातार करेक्सन देखिन थालेको शेयर बजारमा देखिएको गिरावट पछिल्ला दिनहरु मध्येको सबैभन्दा ठूलो हो। झन्डै तीन हजार ३०० विन्दुको नजिक पुगेको नेप्से ओरालो लागेर दुई हजार ९०० को विन्दुमा ओर्लियो। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ६९.०५ विन्दुले घटेर दुई हजार ९७५.८४ मा ओर्लियो। यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.३४ विन्दुले घटेर ५५०.५२ मा ओर्लियो। कूल २२७ कम्पनीको दुई करोड ३१ लाख नौ हजार ७१३ कित्ता शेयर रु १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १०७ मूल्यमा खरिदबिक्री भए। कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ। मङ्गलबारको कारोबारपछि बजार पूँजीकरणसमेत रु ४१ खर्ब ५७ अर्ब ८४ करोड ४१ लाख ८० हजारको हाराहारीमा ओर्लियो। कारोबार भएकामध्ये अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रही रु एक अर्ब एक करोड पाँच लाख ७३ हजार ३८३ बराबरको देखियो। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार झिनो अङ्कले सुधार भयो। त्यस दिन नेप्से १।१८ बिन्दुले सुधार भई दुई हजार ९७७.०२ मा पुग्यो। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१७ विन्दुले बढेर ५५०.६९ मा पुग्यो। कूल २२६ कम्पनीको एक करोड ७१ लाख ८२ हजार ८७१ कित्ता शेयर रु नौ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६५५ मूल्यमा कारोबार भयो। नेप्सेमा सोमबार र मङ्गलबार मात्रै झन्डै १२० अङ्कको गिरावट भएको थियो। कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लागेको छ भने नौ उपसमूहको शेयर ओरालो लाग्यो। बैंकिङ ७.८९, होटेल तथा पर्यटन १३०.४३, जीवन बीमा ७४.५९ र लगानी ०.०१ विन्दुले उकालो लाग्यो। कारोबारका आधारमा त्यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रही रु ५९ करोड ९९ लाख ३६ हजार बराबरको कारोबार भयो। बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब ५९ अर्ब ४९ करोड १४ लाख पाँच हजार ४६४ बराबर पुग्यो। बिहीबार नेप्सेमा पुनः उच्च अङ्कको गिरावट देखियो। त्यस दिन नेप्से ५०.१३ विन्दुले घटेर दुई हजार ९२६.८९ मा ओर्लियो। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.९० विन्दुले ओरालो लागेर ५४१.७७ विन्दुमा ओर्लेको छ। नेप्से ओरोलो लागेसँगै कारोबार रकमसमेत ओरालो लाग्यो। कूल २३० कम्पनीको एक करोड ८१ लाख नौ हजार ९६७ कित्ता शेयर रु नौ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ मूल्यमा खरिद बिक्री भए। कारोबार भएका कूल १३ उपसमूहकै शेयर ओरालो लाग्यो। त्यस दिन कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको रु ५७ करोड ४० लाख १२ हजार २९१ बराबरको कारोबार भयो। शेयर कारोबार हुने साताको अन्तिम दिनको अवस्थामा बजार पूँजीकरण रु ४० खर्ब ८९ अर्ब ५८ करोड ९४ लाख ६५ हजार ३९ बराबर पुग्यो । | kathmandupress.com |
3,157,318 | जिल्लामा विभिन्न स्थानमा बजार अनुगमन तीव्र पारिएको छ । अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालित २२ वटा डेरी तथा पानी उद्योगको उत्पादन तथा बिक्रीमा रोक लगाएको छ भने पाँच वटा डेरीमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा मापदण्ड विपरीत, दुर्गन्धित तथा कागजपत्रविनै सञ्चालन गरिरहेको पाइएपछि २२ वटालाई तत्काल उत्पादन, बिक्री वितरण बन्द गराएको छ भने पाँच वटा डेरी उद्योगहरूमा शिलबन्दी गरिएको हो । सिरहाको च्वाइस दही तथा आइसक्रिम उद्योग, बजरंग डेरी उद्योग, सुखचैनास्थित लक्ष्मी डेरी उद्योग, नरहास्थित सुधा दूध डेरी उद्योग र मिर्चैया नगरपालिका–५ स्थित जयरामनाथ डेरी उद्योगलाई सिलबन्दी गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीका सुरेशकुमार सिंहले जानकारी दिए । यस्तै नरहा गाउँपालिका–३ स्थित गंगा डेरी उद्योग, मिर्चैया नगरापलिका–६ स्थित शिव दूध डेरी उद्योग, माँ शेराबाली आइसक्रिम उद्योग, जयराम डेरी उद्योग, विष्णुपुर गाउँपालिका–१ स्थित जनसेवा डेरी उद्योग, सगरमाथा डेरी उद्योग, सिरहा नगरपालिका–१ स्थित सिरहा डेरी उद्योग, गणेश दूध डेरी उद्योग, लहान नगरपालिका–८ स्थित सन्तोषी डेरी उद्योग, मुनीसाह दूध डेरी उद्योग, केबी एन्ड सन्न डेरी उद्योग, न्यू राधाकृष्ण डेरी उद्योग, सुखीपुर नगरपालिका–८ स्थित कृष्णबलराम डेरी उद्योगलाई उत्पादन र बिक्री वितरण गर्न रोक लगाइएको प्रमुख सिंहले बताए । त्यस्तै लहान नगरपालिका–१ स्थित सीता मिनरल वाटर उद्योग, फ्रेन्डस् इन्टरनेसनल, मिल्को इन्डस्ट्रिज, धनकोट माता मिनरल वाटर उद्योग, डी एन्ड डी ट्रेडर्स, सुखीपुरस्थित गणेश सेल मिल, मनोज मिष्ठान भण्डार, माँ दुर्गा किराना किराना स्टोर र जलसो डेरी उद्योगलाई समेत उत्पादन र बिक्री वितरणमा रोक लगाइएको सिंहले जानकारी दिए । अनुगमनका क्रममा अधिकांश डेरी उद्योगले गाईभैँसीको दूधको साटो प्याकेटवाला पाउडर दूधको प्रयोग गरेको तथा सरकारले तोकिएको मापदण्ड २५ प्रतिशत पनि पालना नगरेको पाइएकाले कसुरको मात्रा हेरेर उत्पादन र बिक्री वितरणमा रोक लगाउनुदेखि शिलबन्दीसमेत गरिएको प्रमुख सिंहको भनाइ छ । डेरी उद्योगीलाई पटकपटक तोकिएको मापदण्ड अपनाउन निर्देशन दिए पनि बेवास्ता गरेकाले यस्तो गरेको प्रमुख सिंहले बताए । कारवाही गरिएको उद्योगलाई मापदण्ड अपनाएको कागजात र प्रमाण पेस गर्नसमेत निर्देशन दिएको र आवश्यक प्रमाण ल्याएपछि उत्पादन र बिक्री वितरण गर्न अनुमति दिने उनको कथन छ । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं । | souryaonline.com |
157,335 | प्रधानमन्त्री शरिफले बाढीका कारण पाकिस्तानमा अहिले इतिहासमै सबैभन्दा बढी क्षति पुगेको बताउँदै सहयोगका लागि सबैसँग अपिल गरेका हुन् । उनले पाकिस्तानी नागरिकका साथै विदेशी दाता निकाय तथा देशसँग सो अपिल गरेको प्राप्त समाचारमा जनाइएको छ ।
बाढीका कारण विस्थापित भएका व्यक्तिको संख्या दशौँ लाख भएकाले उनीहरुको उद्वार, पुनस्र्थापना र राहतका लागि ठूलो आर्थिक सहयोग आवश्यक रहेको भन्दै यसका लागि उहाँले आग्रह गरेका छन् । यहाँका कैयौँ प्रान्तमा बाढीले गरेको क्षति न्युनिकरणका लागि सरकारले प्रयत्न गरिरहेको भए पनि सबै नागरिकलाई बास र खानपिनको उचित व्यवस्थापन गर्न सम्भव हुन सकेको छैन । त्यसैले उनीहरुलाई राहात र पुनस्र्थापनाका लागि ठूलो मात्रामा आर्थिक सहयोग आवश्यक परेको भन्दै अन्तरराष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेका हुन् । पाकिस्तानका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर एक हजार एक सयभन्दा बढी मानिसको मृत्यु भएको छ । यो बाढीमा परेर तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । यहाँ गएको हप्तादेखि अविरलरुपमा वर्षा भएको छ ।
राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई महिनामा वर्षाजन्य दुर्घटनामा परेर ती व्यक्तिको मृत्यु भएको हो । यहाँका एक हजार छ सय ३४ जना घाइते भई अस्पतालमा रहेका छन् । पाकिस्तानी अधिकारीका अनुसार यहाँका बलुचिस्तान, गिलगिट बाल्टिस्तान, खैबर पख्तुनख्वा र सिन्ध प्रान्त बाढी र त्यसपछि आएको पहिरोबाट बढी मात्रामा प्रभावित छन् । बाढी र पहिरोले सडक बगाएको, पशु चौपाया बगाएको, पुल भत्काएको तथा ठूलो क्षेत्रमा लगाएको बाली पनि नष्ट गरिदिएको बताइएको छ । | nepalwatch.com |
1,098,997 | अर्घाखाँचीको सन्धीखर्क–६ मा जीप दुर्घटना भएको छ । विदाको समय जो कोही पनि रमाउन चाहन्छन् । चितवनमा आज गैंडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ । यस पटककाे दशैं हिले दशैं नै हुने भएकाे छ । घरघरमा महान् चाड बडा दशैंले छोइसकेको छ । | makalukhabar.com |
5,778,478 |
लोक कल्याणकारी राज्यको अवधारणाले दिने सन्देश र अहिलेको सरकारले अँगालेको राज्यको अवधारणामा केही कतै मेल खाँदैन । नेपालको संविधानमा प्रष्टरुपमा लेखिएको समाजवाद उन्मुख अर्थ व्यवस्थाको मूल मर्म पनि यसमा प्रतिविम्बित हुँदैन । नेपालको संविधानको धारा ५० मा राष्ट्रिय जीवनका सबै क्षेत्रमा न्यायपूर्ण व्यवस्था कायम गर्दै लोक कल्याणकारी राज्यव्यवस्थाको स्थापना गर्ने उल्लेख छ । त्यस्तै धारा ५० को उपधारा ३ मा राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा गतिशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य हुनेछ भनेर लेखिएको छ । अहिले उपयोगमा आएका सामान्य अर्थ राज्य प्रणाली र तिनीहरुको अभ्यासलाई नियाल्दा नेपालमा हाल भइरहेको अभ्यास न त लोक कल्याणकारी राज्य स्थापना गर्नेमा केन्द्रित छ न त समाजवाद उन्मुख अर्थ व्यवस्था निर्माणमा नै अगाडि बढेको देखिन्छ । लोक कल्याणकारी राज्यको मुख्य उद्देश्य गरिब तथा सीमान्तकृत जनताको सामाजिक, आर्थिक र स्वास्थ्य सेवामा पहुँच पुर्याउनु मानिन्छ । स्वास्थ्य सेवामा पहुँचको अर्थ उनीहरुलाई स्वास्थ्य संकटको समयमा सामान्य आधारभूत सेवा प्रदान गर्नु हो । मध्यम र धनी वर्गका मानिसहरुले आवश्यकताअनुसार कम्तीमा न्यूनतम सेवा लिन सक्छन तर गरिब र सीमान्तकृत समुदाय त्यस्तो अवसरबाट समेत वञ्चित हुन्छ । फलस्वरूप, राज्यमा गरिबी, असमानता, अपराध र राज्यविरोधी भावनामा विस्तार हुन्छ । कालान्तरमा गएर देशमा अशान्ति र गृहयुद्धको समस्या आउन सक्छ । यो नेपालले भोगिसकेको छ र त्यसबाट राज्यले चुकाउनु पर्ने मूल्यको पनि हाम्रा शासकहरुलाई अवगत नै छ । झन्डै एक वर्षदेखि विश्व नै कोराना भाइरसबाट आक्रान्त छ । हालसम्म ४ करोडभन्दा बढी मानिस यस भाइरसबाट प्रत्यक्ष संक्रमित भइसकेका छन् भने झन्डै ११ लाख २० हजार मानिसहरुले जीवन गुमाइसकेका छन् । अमेरिका, भारत, ब्राजिल तथा रुसजस्ता ठूला देशहरुले पनि यो भाइरस नियन्त्रण गर्न नसकिरहेको अवस्थामा नेपालजस्तो सानो अर्थ व्यवस्था र प्रविधिमा पछाडि रहेको देशमा सो अपेक्षा त नमिल्ला तर केहि यस्ता देशहरु छन् जसले सफल अभ्यास देखाएका छन् । हामीले ठूलो अर्थ प्रणाली भएका देशहरुको अवस्थासँग हाम्रो देशको अवस्थालाई दाँज्नु पक्कै पनि उपयुक्त हुँदैन तर अहिलेसम्म के गरियो भनेर हेर्न त पक्कै पनि सकिन्छ । भाइरस देखिएको र सबैभन्दा बढी प्रभावित भएको दोस्रो मुलुकको बीचमा रहेर पनि नेपालमा भाइरस धेरै पछिमात्र देखा परेको थियो । सरकारले चाहेको भए धेरै तयारी गर्न सक्थ्यो । समय र स्रोत दुवैको अभाव थिएन । तर सरकारले के कुरामा ध्यान केन्द्रित गरेको थियो ? नेपाल ‘कोरोना फ्री’ देश भनेर प्रचार गरियो । सिमानामा रहेका र सीमापारबाट नेपाल आउन चाहने नेपालीहरुलाई व्यवस्थापन गर्न सकेन । क्वारेन्टिन र रोकथामका नाममा अर्बौंको रकम हचुवाको निर्णयमा खर्च गरियो जुन सम्बन्धित स्थानमा पुग्न सकेन । अर्कोतिर स्वास्थ्य सामाग्री खरिदमा अर्बौको भ्रष्टाचार भएको बाहिरै प्रष्ट देखियो । सरकारले पहिले विश्व स्वास्थ्य संगठनको हवाला दिँदै मरेका संक्रमितका आफन्तहरुलाई अन्तिम संस्कार गर्न दिएन । अहिले आएर सरकारले शवको व्यवस्थापनसमेत आफैँ गर्न भनेको छ । अहिले परिवारका सदस्यहरुले आफैँ शव व्यवस्थापन गर्न सक्ने हो भने पहिले किन यत्रो नाटक गरियो ? त्यसका साथै अब उपरान्त सरकारले कोरानाका बिरामीहरुको उपचार र परीक्षणसमेत नगर्ने भनेको छ । यो जनताको उपहास र राज्यहीनताको अवस्था हो । सरकारले राजस्व संकलनका लागि पटक पटक बन्दाबन्दी र निषेधाज्ञाको रूप बदल्यो र कार्यालय खुलायो । राज्यको ढुकुटी रित्तियो भनेर कर तिर्न ताकेतासमेत गरियो । देशभरको सबै व्यापार व्यवसायहरु बन्द थिए तर पनि सरकारले अभिभावकको भूमिका खेल्नु पर्ने समयमा अनैतिक दबाब दिइरहयो । अब यहाँ ठूलो प्रश्न खडा हुन्छ, सरकारलाई हामीले कर केका लागि तिर्ने? कुनै पनि करदाता वा नागरिकको करबापतको अपेक्षा हुन्छ शान्ति सुरक्षा र संकटमा अभिभावकत्व । अहिलेको यो संकट स्वास्थ्य र आर्थिक संकटको हो । यस समयमा सरकारको उपस्थिति हुनुपर्थ्यो । सरकारले नीति तथा सार्वजनिक क्षेत्रमा विशेष भूमिका खेल्नु पर्थ्यो । तर त्यसको ठीक उल्टो दाताहरुबाट ऋण लिने र राजनीतिक भागबन्डामा मग्न रहने गरेको छ । ऋण लिने संकटको समयमा हो । तर, त्यो ऋणको उपयोग कहाँ कसरी हुन्छ भन्ने महत्वपूर्ण हुन्छ । देशको कुल गार्हस्थ्य उत्पादनको ६० प्रतिशतसम्म पनि ऋण लिइएको देखिन्छ तर हाम्रोजस्तो आयातमा आधारित अर्थ व्यवस्थामा भने यो हानिकारक हो । हाम्रो अर्थव्यवस्थाको संरचनाले अधिकतम ५० प्रतिशतभन्दा बढी ऋणको भार बोक्न सक्दैन । तर, हाम्रा अर्थ मन्त्रालयका अधिकारी र मन्त्रीहरु भने कसले कति ऋण लिन सक्छ भन्ने प्रतिस्पर्धामा देखिए । यो पक्कै पनि राम्रो होइन । राज्यले ऋण उठाउँदा धेरै कुरामा ध्यान दिनुपर्छ । सार्वजनिक खर्च कटौतीसम्बन्धी आयोगको प्रतिवेदनमा धेरै महत्त्वपूर्ण र आवश्यक सुझावहरु दिइएको थियो । प्रतिवेदन अहिले सायद कुनै टेबलको घर्रामा होला । नेपाल सरकार र सरकारका अंगहरुमा भएको बेथिति र अराजकताले वास्तविक समाजवाद र लोक कल्याणकारी राज्य निर्माण गर्न सक्दैन । समाजवादी व्यवस्थाका पक्षधरहरुको सरकार छ । यो समयमा पनि उनीहरु सफल हुन सकेनन् भने त्यो परिकल्पानामात्र सीमित हुनेछ । अहिलेको सरकारको आयु अब करिब २ वर्षमात्र बाँकी छ । यही सरकारले लोक कल्याणका कार्यक्रम ल्याउँछ र गरिबी न्यूनीकरण गर्दै देशले फड्को मार्छ भन्नेमा ठूलो सन्देह उत्पन्न भएको छ । सरकार भने कोरोनाका कारण हामीले गर्न चाहेको चौतर्फी विकासमा असर पुग्योे भनेर पन्छिरहेको छ । यो सत्य होइन । अहिलेको सरकारी रबैयाले पुष्टि गर्न सक्दैन । | baahrakhari.com |
2,526,910 | नजिकको भारतीय बजार कुनौलीमा आवतजावत गरेका कारण लौनियामा यति ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिएको हो । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पछिल्लोपटक थप पाँच जनामा कोरोना सङ्क्रमण देखिएपछि लौनियामा सङ्क्रमितको सङ्ख्या ४२ जना पुगेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए । तिलाठी कोइलाडी गाउँपालिका भरिमा भने १२ महिलासहित ८८ सङ्क्रमित छन् । सप्तरी जिल्लामा सङ्क्रमितको सङ्ख्या ६७ महिलासहित ५७६ पुगेको छ । सप्तरी जिल्लामै सबभन्दा बढी सङ्क्रमित भएको स्थानीय तहमा तिलाठी कोइलाडी दोस्रो स्थानमा छ । तिलाठी कोइलाडीमा भएका सङ्क्रमितको आधा सङ्ख्या लौनियामै छन् । लौनियाका पान पसले, चिया पसले, कपाल काटने ठाकुरसहित २५ जना सर्वसाधारणको साउन १८ गते एकै दिन सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि लौनियामा समुदायस्तरमै स्वाब सङ्कलन परीक्षण गरिएको थियो । विषसेवनपछि गम्भीर अवस्था भएका लौनियाका ५० वर्षीय एक व्यक्तिलाई गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा उपचार भएको थियो । उपचारकै क्रममा उनमा साउन ९ गते कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि ट्रयाकिङ र ट्रेसिङ गर्दै जाँदा उनको परिवारका पाँच जना, सम्पर्कमा आएका पुरुष र उनको उपचारमा सङ्लग्न तीन स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको थियो । खुला सिमानाका कारण भारतको कुनौली बजारमा लुकिछिपी आवतजावत गर्नेहरूका कारण गाउँ आक्रान्त बनेको भन्दै गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले अवस्था नियन्त्रण गर्न कुनौली नाकामा भइरहेको आवतजावतलाई रोकिएको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा देवराम प्रसाद यादवले लेखेका छन् । | ratopati.com |
2,762,676 | पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार चैत २० गतेका लागि केन्द्रीय समिति बैठक बोलाइएको हो। बैठकको एजेण्डा १४ औं महाधिवेशनको कार्यतालिका रहेको पौडेलले जानकारी दिए। आगामी भदौ ७ गतेदेखि गर्ने गरी महाधिवेशनको मिति तोकिएको छ। तर, महाधिवेशनको तयारीका लागि ल्याइएको कार्यतालिका अनुसार काम हुन सकेको छैन। चैत १० गतेभित्र क्रियाशिल सदस्यता बुझाइसक्नुपर्ने गरी समयसीमा तोकिएको थियो। तर, सबै जिल्लाले क्रियाशील सदस्यको विवरण सफ्टवेयरमा इन्ट्री गरेका छैनन्। अझै ९ जिल्लाले विवरण भर्न थालेका छैनन्। कांग्रेसले १४ औं महाधिवेशनसम्ममा १० लाख क्रियाशील सदस्य पु¥याउने नीति लिएको छ। सोही अनुसार क्रियाशील सदस्यता नवीकरण र वितरण गरिए पनि हालसम्म करिब ४ लाखको मात्रै विवरण केन्द्रीय कार्यालयले प्राप्त गरेको छ। सोमबारको पदाधिकारी बैठकमा समेत क्रियाशील सदस्यताका बारेमा छलफल भएको थियो। बैठकमा केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले भएका काम र समस्याका बारेमा ब्रिफ गरेको थियो। क्रियाशील सदस्यता बुझाउने मिति घर्किइसकेकाले केन्द्रीय समितिको बैठकले म्याद थप गर्ने निर्णय लिने बताइएको छ। यस्तै बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा समेत छलफल हुनेछ । | eadarsha.com |
1,356,458 | त्यसमध्येकी एक हुन्, विश्वविख्यात गायिका माइली साइरस । नवनिर्वाचित राष्ट्रपति ट्रम्प साँच्चिकै खतरनाक व्यक्ति भएकाले उनको जितमा केही खुसी नलागेको भन्दै माइलीले मुलुक छोड्ने अभिव्यक्ति दिएकी हुन् । | annapurnapost.com |
1,355,319 | र संयोगवश १२ वर्षीय यी बालकले महत्वपूर्ण अन्वेषण गरिसकेका छन् । उनले हालै क्यानडाको अल्बेर्टास्थित एक संरक्षित क्षेत्रतिर आफ्ना बाबुसँग हिँड्ने क्रममा एउटा दुर्लभ र निकै पुरानो डाइनोसरको अस्थिपञ्जर भेट्टाए । ‘यसरी वास्तविक चिज नै भेट्न सक्नु एकदमै अचम्मको हो, यो एक किसिमले मेरो सपना जस्तै कुरा थियो,’ रुस्किनले भने । रुस्किन ७ कक्षामा पढ्ने विद्यार्थी पनि हुन् । क्यानेडियन स्थानीय मिडियामा जनाइए अनुसार उनले पत्ता लगाएको डाइनोसरको अस्थिपञ्जर ६ करोड ९० लाख वर्ष पुरानो थियो । नथान र उनका बाबु डियोनले यसअघि यही क्षेत्रमा यसै गरी हिँड्ने क्रममा एउटा हड्डीको टुक्रा फेला पारेका थिए । तर उनीहरुले त्यस हड्डीलाई पहाडमाथिबाट बगेर आएको हुनसक्ने सोचे । नाथानले पछि पहाडको टुप्पोतिर पुगेरै यसलाई खोज्न थाले । नाथानले धेरै मेहनत गरी यस क्षेत्रमा केही भेटिनसक्ने भन्दै खोज्न थाले । र यस काममा बाबु डियोनको पनि सहयोग लिए । नाथानका बाबु भन्छन् कि, छोराले त्यहाँ अस्थिपञ्जर पक्कै पनि भेटिनसक्छ । जस्तै कि टिभी शो वा कार्टुन वा केहीमा देखिए झैँ त्यहाँ जीवाशेष हुनसक्ने आंकलन गरे । यसैले बाबु छोराले उक्त हड्डीको तस्बिर ‘रोयल ट्यारेल म्युजियम अफ पाल्योन्टोलोजी’ मा पठाइदिए । जुन चाहिँ जीवाशेष भएको पहिचान भयो र उक्त संग्रहालयबाट विज्ञहरुको एक टोली उक्त ठाउँमा पुग्यो । अल्बर्टा क्षेत्रमा यस्ता जीवाश्महरु कानुनमार्फत संरक्षण गरिन्छ । उक्त टोलीले यस क्षेत्रमा दुई महिनादेखि काम गरिरहेको छ । जहाँ ३० देखि ५० वटा हड्डी भेटिसकेका पनि छन् । संग्रहालयका क्युरेटर फ्रान्कोइस थेरियनले भनेका छन्, ‘नाथान र डियोनको खोजले डाइनोसर विकासको हाम्रो ज्ञानमा भएको अभावलाई पूर्णता दिने काम गर्छ । | annapurnapost.com |
2,274,145 | आज बिहीबार पुनः सुनको भाउ ह्वात्तै घटेको छ । बुधबार प्रतितोला एक हजार रुपैयाँ बढेको सुनको भाउ आज तोलामा १ हजार ५ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघको सूची अनुसार, आज छापावाल सुन प्रतितोला ७५ हजार तथा तेजावी सुन प्रतितोला ७४ हजार ७ सय रुपैयाँ रहेको छ । बुधबार छापावाल सुन प्रतिताला ७६ हजार ५ सय तथा तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज सुनको मूल्यमा पनि भारी गिरावट आएको छ । आज चाँदी प्रतितोला ६ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ। बुधबार चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भएको थियो । विश्वभर देखिएको कोरोनाको महाभारीले अन्तर्राष्ट्रिय बजारमा उतारचढाव भइरहेको र यसका प्रभाव नेपाली बजारमा पनि परेकाले मूल्य तलमाथि भइरहेको महासंघले जनाएको छ । | dcnepal.com |
5,388,139 | वैदेशिक रोजगार विभागको सर्भरमा आएको समस्याका कारण सेवाग्राहीले सास्ती खेप्न बाध्य भएका छन् । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा सोमबार दिनभर समस्या आएपछि वैदेशिक रोजगारीमा जाने श्रमिक समस्यामा परेका हुन् । फेमिसको ‘सर्भर डाउन’ भएर कार्यालयबाट हुने काम ठप्प हुँदा वैदेशिक रोजगारीमा जानका लागि टिकट काटेर बसेकाहरू श्रम स्वीकृति नपाउँदा समस्यामा परेका छन् । विदेश जानेहरू श्रम स्वीकृतिका लागि बिहानदेखि ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमै पुगेर पर्खेर बसेका छन् । वैदेशिक रोजगार कार्यालयको सर्भरमा आएको समस्या यो पहिलो पटक भने होइन । | gorkhapatraonline.com |
1,442,633 | मोरङको उर्लाबारी नगरपालिका–३ केर्खाली चोकबाट लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित ३ जना पक्राउ परेका छन् । विश्वास धिमालको घरमा लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धिमालसहित २२ वर्षीय आलोक धिमाल र भक्तपुर घर भएका २८ वर्षीय उपेन्द्र खड्कालाई पक्राउ गरेको हो । मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार तीनै जनालाई सोमबार राति ११:३० बजेतिर पक्राउ गरिएको हो । पक्राउ परेकाहरुको साथबाट २१ ग्राम खैरो हेरोइन बरामद भएको एसपी पोखरेलले बताए । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । | kendrabindu.com |
1,177,003 | सरकारी अधिकारीका अनुसार नेपालले त्यसलाई प्रारम्भिक सहमति भनेर अर्थ्याएको छ । नेपाल, भारत र बङ्गलादेशबीच बिजुली निर्यातका लागि आवश्यक सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । प्रारम्भिक चरणमा बङ्गलादेशले नेपालबाट ४० मेगावाट बराबरको बिजुली लैजाने जनाएको छ । हाललाई ४० मेगावाट धेरै नभए पनि नेपालको बिजुली तेस्रो देश निर्यात गर्ने विषय भने महत्वपूर्ण रहेको यस क्षेत्रका जानकारहरुको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणले भारतीय नोडल एजेन्सी एनभीभिएन बङ्गलादेश निर्यातका लागि सहमति गरिसकेको छ । सोही संस्थामार्फत नेपालको बिजुली बङ्गलादेश पुग्नेछ । बिजुली निर्यातका लागि आवश्यक सहमति भएको र केही विषय बाँकी रहेपनि त्यसलाई छिट्टै टुङ्गोमा पुर्याइने प्राधिकरणका प्रबल अधिकारीले जानकारी दिनुभयो । इमेल आदानप्रदान गरेर एकापसमा सहमति जनाइएको र त्यसलाई भौतिक उपस्थितिमा नै दुई देशका अधिकारीले हस्ताक्षर गर्ने सहमति भएको छ । कुन आयोजनाको बिजुली बङ्गलादेश पठाउने, प्रतियुनिट कति मूल्य लिने र प्रसारण शुल्कबापत भारतीय कम्पनीलाई के कति भुक्तानी गर्ने भन्ने विषयमा सहमति हुनबाँकी छ । यसलाई निष्कर्षमा पुर्याउन धेरै समय नलाग्ने यसमा संलग्न पदाधिकारीको भनाइ छ । स्वतन्त्र ऊर्जा उतपादकको संस्था नेपाल (इपान)का अध्यक्ष गणेश कार्कीका अनुसार तत्कालका लागि कति मात्रामा बङ्गलादेश बिजुली पठाउन लागियो भन्ने भन्दा पनि बाटो खुल्यो भन्ने विषय महत्वपूर्ण हो । यसले नेपालको बिजुली तेस्रो देश पनि निर्यात हुन थाल्यो भन्ने सन्देश प्रवाह हुने र लगानी भित्र्याउन सहज हुने उहाँको भनाइ छ । अध्यक्ष कार्कीले निजी क्षेत्रलाई पनि बिजुली निर्यातका लागि अनुमति दिन आग्रह गर्नुभयो । “हामीले अनुमति पाएको खण्डमा भारत र बङ्गलादेशका निजी क्षेत्रसँग छलफल गरेर थप निर्यातका लागि मार्ग प्रशस्त गर्न सक्छौँ” उहाँले भन्नुभयो “यसमा सरकार र निजी क्षेत्र दुवैको साझा प्रयास हुनु जरुरी छ । हामी त्यसका लागि तयार छौँ । ” सन् २०४० सम्म बङ्गलादेशले नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने आफ्नो रणनीतिक योजनामा समावेश गरेको छ । हाल भारतले बङ्गलादेशलाई बिजुली निर्यात गरिरहेको छ । स्वच्छ ऊर्जाको खोजीमा रहेको बङ्गलादेशले नेपालका केही महत्वपूर्ण आयोजनामा लगानीका लागि चासोसमेत व्यक्त गरेको छ । गत जेठ २ मा बङ्गलादेशमा सम्पन्न नेपाल बङ्गलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको पाँचौँ बैठकले बिजुली निर्यातको निर्णय गरेको थियो । सो बैठकले अन्तरदेशीय प्रसारण लाइनको निर्माण तथा व्यवस्थापन गर्ने, सुनकोशी तेस्रो जलविद्युत् आयोजनाको निर्माण र विकास गर्ने तथा अन्तरदेशीय विद्युत् आयात निर्यात गर्नेलगायतका विषयमा गम्भीर छलफल भएको थियो । सोही बैठकले ४० मेगावाट बिजुली निर्यातका लागि नेपाल विद्युत् प्राधिकरण, एनटिपीसी विद्युत् व्यापार निगम, भारत र बङ्गलादेशबीच पावर डेभलपमेन्ट बोर्डबीच विद्युत् बिक्री सम्झौतामा यथाशीघ्र हस्ताक्षर गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार त्रिपक्षीय सम्झौता भएको हो । नेपालबाट खरिद गर्ने बिजुलीको खरिद दरका विषयमा आवश्यक निर्णय गर्न एक समिति आवश्यकपर्ने बङ्गलादेशको नियम रहेको छ । सो समितिमा रहने सदस्यको नाम समेत प्रस्ताव भइसकेको बङ्गलादेशले जानकारी गराइसकेको छ । नेपालका तर्फबाट यही भदौको दोस्रो सातासम्म आवश्यक सबै प्रक्रिया टुङ्गो लगाउन प्रस्ताव गरिएको छ । सबै प्रक्रिया मिलाएर निर्यात सुरु गरी हाल्ने योजना तय गरिएको छ । “वर्षायामको बिजुली नै ‘टोकन’का रुपमा पठाउन लागिएको हो । हिउँद लागेपछि त्यसको कुनै सम्भावना नै रहन्न । सोही भएर हामीले आवश्यक तयारी छिटोछिटो गरिरहेका छौँ” यस प्रक्रियामा सहभागी ऊर्जा मन्त्रालयका एक सहसचिवले भन्नुभयो “दुई देशका ऊर्जा सचिवस्तरीय बैठकले गरेको निर्णय क्रमशः कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।” नेपाल र भारतका ऊर्जा सचिवबीच गत फागुनमा सम्पन्न १०औँ बैठकमा बङ्गलादेश बिजुली निर्यातका लागि आवश्यक सहमति भएको थियो । तत्कालका लागि ५० मेगावाट बिजुली निर्यातका लागि भारतीय प्रसारण प्रणाली प्रयोग गर्न दिन भारतीय पक्ष सहमत भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो भारत भ्रमणमा समेत यस विषयमा महत्वपूर्ण सहमति भएको छ । आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्नेदेखि नेपालको बिजुली बङ्गलादेश निर्यातका लागिसमेत भारत सहमत भएको थियो । कूल छ सय ८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो आयोजना निर्माणका लागि आवश्यक पूर्वतयारीको काम समेत भइरहेको छ । गत जेठमा सम्पन्न नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय बैठकले छ महिनाभित्र आयोजना विकासका लागि संयुक्त उपक्रम तयार पार्ने सहमति भएको थियो । बङ्गलादेशले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको पाँच सय मेगावाट बिजुली खरिद गर्ने तयारी गरेको छ । यद्यपि, सो आयोजनाको प्रवद्र्धक ग्रान्धी माल्ल्किाजुर्न राव (जिएमआर)ले वित्तीय व्यवसथापन गर्न नसक्दा अगाडि बढ्नसकेको छैन । लगानी बोर्डको प्रस्तावमा सरकारले आयोजनाको म्याद अन्तिम पटक दुई वर्षका लागि थप गरेपनि हालसम्म कुनै प्रगति हुनसकेको छैन । नेपाल र बङ्गलादेशबीच भारतीय भूमि प्रयोग गरेर ‘डेडिकेटेड’ रुपमा उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने विषयमासमेत सहमति भएको छ । नेपालको प्राधिकरण र बङ्गलादेशको बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबीच सहमति गरेर छिट्टै बिजुली निर्यातका लागि आवश्यक निर्णय गर्ने तयारी गरिएको छ । | kantipath.com |
5,395,653 | हुम्लाको सर्केगाड गाउँपालिकामा राष्ट्रिय कलाकारको उपस्थितिमा १६ दिने लैङ्गिक हिंसाविरुद्ध साङ्गीतिक महोत्सव सम्पन्न भएको छ । महिला हिंसाविरुद्धको अभियानका अवसरमा मर्यादित महिनावारी तथा विभेद जोखिम न्यूनीकरण व्यवस्थापनसम्बन्धी साङ्गीतिक महोत्सव गरिएको हो । महोत्सवमा कलाकार रेखा जोशी, इब्सु सञ्याल, सुनिता बुढा क्षेत्री र तुलसी विकको सहभागिता रहेको गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले बताउनुभयो । महिनावारी हुँदा ‘पर होइन घर भन्ने’ मूल नाराका साथ महोत्सव सञ्चालन गरिएको हो । | gorkhapatraonline.com |
5,102,536 | गायिका जमुना आचार्य र गोकर्ण राना मगरको आवाजमा रहेको ‘ए कान्छा’ गीतको भिडियो युट्युवमा सार्वजनिक भए सँगै चर्चाको शिखरमा रहेको छ। मौलिक लोक लय र सामाजिक विषयवस्तुलाई समेटेर गीत तयार गरिएको गायिका जमुना आचार्यले बताइन्। मायालु प्रेमी प्रेमीकाको जीवन भोगाइलाई गीतमा समेटिएको छ । जमुना आचार्यको शब्द तथा लय सिर्जना गीतमा रहेको छ। धन कमाउने सपना बोकेर परदेश जाने परदेशीको जीवन भोगाइलाई गीतमा समेटिएको छ। बहुमुखी प्रतिभाकी धनी रुपा थापा अधिकारी विगतमा नेपाली मौलिक गीत संगीतमा नृत्य निर्देशकको रुपमा साथै सर्वोकृष्ट महिला गिटारिष्टको रुपमा परिचित हुन्। उनले आफूमा भएको प्रतिभालाई ‘ए कान्छा’ गीत मार्फत ब्यक्त गरेको बताइन्। प्रतिक बहादुर श्रेष्ठको छायाँकन, दिनेश मुस्कानको सम्पादन तथा रुपा थापा अधिकारीको निर्देशन तथा कोरियाग्राफी भिडियोमा रहेको छ। ‘ए कान्छा’ गीतको भिडियोमा रुपा थापा अधिकारी र कमल खनालको अभिनय तथा नृत्य रहेको छ । | nepalkhabar.com |
855,842 | फोहोर र धूलोले आक्रान्त नेपालगन्ज वर्षौंपछि सफासुग्घर देखिएको छ । टोलटोलमा एकसाथ गरिएको सरसफाइले नेपालगन्ज सुन्दर र सफा देखिएको हो । शनिबार सडकमा निस्किएका कोही झाडु लगाउँदै थिए भने कोही प्लास्टिक र कागज टिप्दै व्यवस्थापनमा सक्रिय थिए । सर्वसाधारणको अभियानलाई जनप्रतिनिधि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विद्यार्थी र अभियानकर्ताले साथ दिए । राँझादेखि जमुनाहासम्म सरसफाइका लागि टोली परिचालन भएको हो । त्यससँगै नगरका २३ वटै वडाका भित्री सडक, गल्ली सफा भए । नेपालगन्जका गल्लीगल्लीमा एकसाथ सरसफाइ गरिएको यो पहिलोपटक हो । नेपालगन्ज उपमहानगरपालिकाले यो अभियानलाई सरसफाइ महाअभियान बनाउने बताएको छ । ‘नेपालगन्जलाई सरसफाइको नमुना सहरका रूपमा विकास गर्ने प्रयासमा छौं,’ नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत हरि प्याकुरेलले भने, ‘नेपालगन्ज सडकमा जमेको धूलो पनि सफा गरिरहेका छौं ।’ नेपालगन्जका सडकभरि धूलो जमेका कारण सवारीसाधन गुड्दा उड्ने गर्छ । नेपालगन्ज मुलुककै पुरानो ऐतिहासिक सहर हो । अव्यवस्थित बस्तीका कारण फोहोरले दुर्गन्धित बन्दै आएको थियो । मुलुककै फोहोरी सहरको सूचीमा परेपछि बल्ल उपमहानगर सरसफाइका लागि तातिएको हो । यसअघि क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्ज अभियान सुरु गरिएको थियो । त्यसबाहेक नेपालगन्ज उपमहानगरका कर्मचारीले मात्रै सरसफाइ गर्दै आएका थिए । अहिले सर्वसाधारण पनि अभियानमा सहभागी भएपछि यसले गति लिएको छ । नगर प्रमुख धवलशमशेर राणाले विकास निर्माणको गतिसँगै सरसफाइ अभियानलाई पनि तीव्रता दिइएको बताए । ‘सरसफाइ हाम्रो सभ्यतासँग पनि जोडिएको छ । अब नेपालगन्ज फोहोरमुक्त हुनेछ,’ उनले भने, ‘यसैगरी सर्वसाधारणले सफाइ अभियानमा साथ दिए सुन्दर सहरका रूपमा स्थापित हुनेछ ।’ घरबाट निस्किने फोहोर सडकमा फाल्ने संस्कार परिवर्तन गर्दै निश्चित स्थानमा फोहोर थुपार्न नगरपालिकाले आग्रह गर्दै आएको छ । नगर उपप्रमुख उमा थापामगरले नेपालगन्जमा फोहोर नगर्ने संस्कृतिको विकास भइरहेको बताइन् । ‘फोहोर होइन, सफा नगरपालिका बनाउने अभियानमा सबै लाग्न आवश्यक छ,’ उनले भनिन् । नेपालगन्ज उपमहानगरपालिकाले फोहोर व्यवस्थापनका लागि हिरमिनियामा ल्यान्ड फिल्ड निर्माण गरिरहेको छ । नेपालगन्जमा मात्रै दैनिक करिब ३५ टन फोहोर उत्पादन हुन्छ । १३ बिघामा निर्माण भइरहेको ल्यान्ड फिल्डको काम जग्गा विवादका कारण लम्बिँदै गएको छ । एसियाली विकास बैंक (एडीबी)को आर्थिक सहयोगमा निर्माण भइरहेको ल्यान्डफिल्डमा फोहोर प्रशोधन गरिने लक्ष्य छ । प्लास्टिकको फोहोर व्यवस्थापन पनि उस्तै समस्या छ । नगर सफा गर्न हरेक वडाबाटै वडाध्यक्षले समेत अगुवाइ गर्ने नगरपालिकाले जनाएको छ । | ekantipur.com |
2,808,125 | राजधानीमा एक समारोहमा बोल्दै तेन्नाकुनले भने, “माथिका व्यक्तिहरू अपराधमा संलग्न छन् र लागुऔषध व्यापारमा संलग्न छन् ।” टेन्नाकुनले इन्टरपोलको सहयोगमा विदेशमा रहेका अपराधीलाई स्वदेश फर्काउन सकिनेमा आफू विश्वस्त रहेको बताए । दुबईमा लुकेर बसेका श्रीलङ्काको एउटा ठूलो गिरोहका एक प्रमुख सदस्य ‘पियुमा’ भनिने पियुम हस्तिकालाई बिहीबार बिहान श्रीलङ्का फर्काइएको उनले बताए । “‘पियुमा’ लाई सोधपुछ गर्दा श्रीलङ्कामा सङ्गठित अपराधका धेरै पक्षहरू पत्ता लाग्ने छन्”, टेन्नाकुनले भने । “इन्टरपोलको सहयोगमा उनीहरूले शरण लिएका देशहरूबाट चाँडै नै अन्य धेरै अपराधीहरूलाई फर्काइनेछ । | newskarobar.com |
2,809,165 | सर्वोच्च अदालतले होटेल, रेस्टुरेन्टले ग्राहकबाट लिँदै आएको सेवा शुल्क लिन नपाउने फैसला गरेको हो। होटेल, रेस्टुरेन्टहरुले श्रम ऐन २०७४ को दफा ८७ (३) र श्रम निमावली २०७५ को नियम ८२ को प्रावधानका आधारमा ग्राहकबाट अतिरिक्त १० प्रतिशत सेवा शुल्क लिँदै आएका थिए । तर सर्वोच्चले संविधानको धारा ४४ र धारा ११५ (१) को भावना र मर्म अनुकुल नदेखिएको भन्दै श्रम ऐन र नियमावलीको ती व्यवस्था माघ ११ गते देखि लागू हुने गरी अमान्य र बदर घोषित गरिदिएको छ। सेवा शुल्क खारेजीको माग गर्दै २३ जेठ, २०७५ मा प्रेमलाल महर्जनले दायर गरेको रिटमा बुधबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले फैसला सुनाएको हो । फैसलामा भनिएको छ, ‘विधायिकाद्वारा निर्मित ऐनले प्रष्ट र किटानी रुपमा शुल्कको निश्चित दर तोकी असुल गर्ने गरी अख्तियारी दिएको अवस्थामा बाहेक रोजगारदाताले सामूहिक सम्झौताको आधारमा शुल्क असुल गर्न नपाउने भएकाले यसरी साूमहिक सम्झौता बमोजिम शुल्क रकम लिने कार्य गर्न नदिनु, नदिलाउनू भनी परमादेश समेत जारी हुने ठहर्छ ।’ यो फैसलासंगै अब होटेल, लज, मोटेल, रेस्टुरेन्ट, फुडकोर्ट एवं यस्तै खाना, खाजा तथा नास्ताको सेवा उपलब्ध गराउने व्यवसायीले ग्राहकसँग बिक्री गर्ने खाना तथा खाजाको मूल्यमा १० प्रतिशत सेवा शुल्क उठाउन नपाउने भएका छन् । ‘उपभोक्ताबाट सेवा शुल्क बापत १० प्रतिशत रकम उठाएर श्रमिकरकर्मचारी, मालिक र राजनीतिक दलका कार्यकर्ताले खाइरहेका थिए,’ रिट निवेदक मर्हजनले भने, ‘अब सर्वोच्चको फैसलासंगै त्यो खारेज भएको छ ।’ श्रम ऐन, २०७४ को दफा ८७ (३) मा होटेल, मोटेल, रेष्टरेन्ट, जंगल सफारी वा अन्य व्यवसाय गर्ने रोजगारदाताले सामुहिक सम्झौता बमोजिम लिइएको सेवा शुल्क रकम तोकिएबमोजिम बितरण गर्नुपर्ने प्रावधान रहेको छ । यस्तै श्रम नियमावली, २०७५ को नियम ८२ मा ग्राहकबाट लिएको सेवा शुल्क वितरण गर्ने प्रावधान छ । जसमा ग्राहकबाट सेवा शुल्कवापत उठाएको रकम श्रमिकहरुका लागि ७१ प्रतिशत, ब्रेकेज तथा अपरेशनल लिकेजका लागि रोजगारदातालाई २४ प्रतिशत र होटल व्यवसायसँग सम्बन्धित रोजगारदाताको संगठनलाई २ दशमलव ५ प्रतिशत र मजदुरको ट्रेड युनियनलाई २ दशमलव५ प्रतिशत वितरण गर्ने व्यवस्था छ । संवैधानिक इजलासले यसरी सेवा शुल्क उठाउँनु संविधानको धारा ४४ विपरीत भएको ठहर गरेको छ । धारा ४४ मा लेखिएको छ, ‘प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ । गुणस्तरीय वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ ।’ फैसलामा अगाडि भनिएको छ ,‘यसपछि निर्धारण हुन पुग्ने मूल्यको अंकमा कर समेत लाग्ने भएबाट उपभोक्ता उपर करको दायित्व विधायिकाद्वार निर्मित कानुनको आधारमा नभएर रोजगारदाताले गरेको सामूहिक सम्झौतामा आधारित हुन पुग्ने अवस्था रहेको समेत देखिन आयो ।’ संविधानको धारा ११५ (१) मा कानुन बमोजिमबाहेक कुनै कर नलाउने उल्लेख छ । होटेल तथा रेस्टुरेन्टमा रोजगारदाता र कामदारबीचको सामूहिक सम्झौताका नाममा उपभोक्तामा थप १० प्रतिशत रकम थपिनु गैर कानुनी भएको सर्वोच्चको फैसलामा उल्लेख छ । | newskarobar.com |
4,968,266 | निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरक्षामा ससस्त्र प्रहरी परिचालन गरिएको उदयपुर । उदयपुरको कटारी नगरपालिका– ८ स्थित माध्यमिक विद्यालय पट्ना भञ्ज्याङ्गमा कार्यरत शिक्षकले बिद्यालयको छात्रा मोरङ । मोरङको अलग अलग स्थानमा दुई जना मृत फेला परेका छन् । पथरीशनिश्चरे नगरपालिका केही स्थानीयको दादागिरीबाट आजित मोरङ । सुरक्षाको माग राख्दै सुनसरी बराहक्षेत्रको चतरादेखि भोजपुरको हतुवागढी ९ इलाम । इलाम जिल्ला अदालत चालु वर्षको हालसम्म एक सय ७४ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–३ मा टिपर दुर्घटनाबाट गम्भीर घाइते भएकाको हेलिकप्टरबाट उद्धार गरिएको छ उदयपुर । उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) को उत्पादन गैंडा सिमेन्टको बजार निजी सिमेन्ट कम्पनीको भोजपुर । तन्नाको पिङ बनाएर खेल्ने क्रममा भोजपुरमा पासो लागेर एक बालिकाको ज्यान गएको छ धनकुटा । धनकुटाका २६ वटा निजी विद्यालयमा बिहीबार शोक बिदा दिइएको छ । निजी विद्यालयहरुको इलाम । पूर्वकै प्रतिष्ठित माइभ्याली गोल्डकप प्रतियोगीताको छैठौ संस्करण माघ १५ गतेदेखि शुरु हुने भएको राजधानी भवन सरस्वती नगर, चाबहिल, पो.ब.न. : २०५०३, काठमाडौं – नेपाल फोन : ९७७–०१–४८११०८० सचिन शेरचन आशिस शेरचन | rajdhanidaily.com |
3,174,803 | मानव स्रोतका एआइजी नवराज ढकालले थप दरबन्दी महिला तथा बालबालिका सेवा केन्द्रका लागि रहेको बताए । उनका अनुसार थप गरिएको दरबन्दीमा एसपीदेखि प्रहरी जवान र परिचरसम्म छन् । एआइजी ढकालले भने, ‘दरबन्दीमा एसपी ६ जना छन्, त्यहीअनुसार डिएसपी, इन्स्पेक्टर, सई, असई, प्रहरी जवान र परिचर रहेका छन् ।
जनसंख्याको अनुपातमा प्रहरीको संख्या कम भएको भन्दै प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमार्फत १० हजार ४१ दरबन्दी थप गर्न सरकारलाई प्रस्ताव पठाएको थियो । प्रस्तावअनुसार यसअघि नै सरकारले चार हजार दरबन्दी थप गरेको थियो । सरकारले सोमबार गरेको निर्णयपछि नेपाल प्रहरीमा प्रहरीको कुल संख्या ६१ हजारभन्दा धेरै पुगेको छ । प्रधान कार्यालयको प्रस्ताव सबै पास भए प्रहरीको संख्या ६६ हजारभन्दा बढी हुनेछ । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं । | souryaonline.com |
4,764,516 | नवनियुक्त सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले पदभार ग्रहण गरेकी छन् । उनले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेलगत्तै सिंहदरबार आएर पदभार ग्रहण गरेकी हुन् । आजै अन्य मन्त्रीहरुले पनि पदभार गरिरहेका छन् । शर्मा यसअघि पनि सञ्चारमन्त्री रहेकी थिइन् । | nepalpress.com |
3,745,056 | ओखलढुंगामा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । आइतबार खोटाङको हलेसीबाट काठमाडौं आउँदै गरेको गरेको बा १६ च २२०७ नम्बरको स्कारपियो जीप ओखलढुंगाको मानेभञ्ज्यांग गाउँपालिका वडानम्बर ७ स्थित भण्डारे खोलामा दुर्घटनामा परेको हो । मृत्यु हुनेमा २ जना महिला र ४ जना पुरुष रहेका प्रहरीले जनाइएको छ । दुर्घटनामा अन्य तीनजना गम्भीर घाइते भएका छन । घाइते भएकाहरुलाई उपचारका लागि काठमाण्डौ ल्याइँदै गरेको जनाइएको छ । जीप सडकबाट ५ सय मीटर तल खसेको थियो । | emountaintv.com |
5,963,675 | सडक दुर्घटना बढ्दै गएपछि न्यूनीकरण गर्न सवारी साधन जाँचमा कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेश चन्दले बताए । “पछिल्लो समय ट्राफिक नियमको पालना नगर्दा सडक दुर्घटना बढ्दो छ, हामीले सडकमा चल्ने सवारी साधनको जाँचमा कडाइ गरेका छौँ”, उनले भने, “ट्राफिक नियम पालना गर्न लापरबाही गर्दा दुर्घटना बढिरहेका छन् ।” उनका अनुसार दैनिक चार/पाँच पटक पूर्व–पश्चिम महेन्द्र राजमार्गलगायत विभिन्न सडकमा ट्राफिक जाँच गर्ने गरिएको छ । ट्राफिक नियम उल्लङ्घन गर्नेलाई जरिवाना भराउनाका साथै सचेत गर्ने गरिएको प्रहरी निरीक्षक चन्दले बताए । “ट्राफिक जाँचमा कडाइ गरेपछि राजस्व सङ्कलनमा पनि बढोत्तरी भएको छ”, उनले भने, “मादक पदार्थ सेवन, हेल्मेटविना साधन चलाउने, लाइसेन्स लगायतजाँच गर्ने गरिन्छ ।” ट्राफिक जाँचका क्रममा सबैभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने फेला पर्ने गरेका छन् । सवारी साधनको नम्बर प्लेटमा राख्ने गरिएको नेपालको झन्डा हटाउने अभियान पनि सञ्चालन गरिएको प्रहरी निरीक्षक चन्दले बताए । “नम्बर प्लेटमा राख्ने गरिएको झन्डाले नम्बर सानो देखिने भयो, टाढाबाट पनि स्पष्ट देखिएन”, उनले भने, “त्यसैले झन्डा हटाएर प्लेटमा नम्बर मात्रै लेख्न लगाउने गरेका छौँ ।” जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार सडक दुर्घटना बढ्दो क्रममा छ । पछिल्लो दुई वर्षमा कञ्चनपुरमा एक सय ९० सवारी दुर्घटनाका घटना भएका छन् । त्यसमा ६८ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७७/७८ मा ९३ र आव २०७८/७९ मा ९७ सडक दुर्घटना भएका थिए । चालू आव २०७९/८० को अहिलेसम्म ३३ दुर्घटना भएका छन् । सवारी दुर्घटनामा परेर आव २०७७/७८ मा ३५ र २०७८/७९ मा ३३ जनाको मृत्यु भएको थियो । | sunaulonepal.com |
5,365,371 | आज बिहीबार पैदलयात्रीलाई ठक्कर दिएको हाइस । तस्बिर : चाँदनी आचार्य कैलालीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका वडा ९ बल्मीमा बिहीबार हाइस गाडीको ठक्करबाट उहाँको मृत्यु भएको हो । दुर्घटनामा परी गौरीगङ्गा नगरपालिका–६ का पैदलयात्री केहुवा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको बा ५ ख ४०३२ नम्बरको हाइसले चौधरीलाई ठक्कर दिएको थियो । हाइसको ठक्करबाट ६५ वर्षीय चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हाइस चालक कोहलपुर –२ बाँकेका नवीन सिंह र हाइसलाई प्रहरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । लास पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको प्रहरीले जनाएको छ । | gorkhapatraonline.com |
6,257,845 |
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा पूर्वविद्यार्थी नेताहरू हाबी भएका छन् । माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीका पूर्वनेताहरूले राज्यमन्त्री सरहको सुविधासहित नियुक्ति बुझेका छन् । अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष देवेन्द्र पराजुली जनसम्पर्क सल्लाहकार नियुक्त भएका छन् । माओवादीको सशस्त्र युद्धकालमा अखिल क्रान्तिकारीको अध्यक्ष रहेका पराजुली गुटको हिसाबमा चाहिँ बाबुराम भट्टराईतिर थिए । अखिल क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेभन्दा पहिला अध्यक्ष रहेका पराजुलीले बाबुराम भट्टराईसँगै पार्टी छोडेका थिए । तर, बाबुराम भट्टराई जसपासँग एकता गर्न लागेपछि पराजुली भने माओवादी केन्द्रमै फर्किएका थिए । पराजुलीकी श्रीमती कल्पना धमला गत चुनावमा काठमाडौं ९ बाट उम्मेदवार थिइन् । यसअघि धमला विज्ञान तथा प्रविधि मन्त्रीसमेत भएकी थिइन् । प्रचण्डसँग खासै नजिकको सम्बन्ध नभएका पराजुलीले पहिलोपटक अवसर पाएका हुन् । माओवादी स्रोतका अनुसार पराजुलीभन्दा पहिला प्रचण्डले लेखनाथ न्यौपानेलाई प्रस्ताव गरेका थिए । न्यौपानेले आफू सचिवालयमा नबस्ने भन्दै पार्टीको जिम्मेवारी दिएर देश दौडाहमा पठाउन आग्रह गरेका थिए । न्यौपानेपछि पराजुली प्रचण्डको रोजाइमा परेका हुन् । पराजुलीपछि प्रधानमन्त्रीको सचिवालयमा पुग्नेमा रामदीप आचार्य रहेका छन् । प्रशासन सल्लाहकारमा नियुक्त भएका आचार्य अखिल क्रान्तिकारीको उपाध्यक्ष थिए । आचार्यले जाजरकोटमा गत चुनावमा टिकट खोजेका थिए । गठबन्धनका कारण आचार्यले टिकट पाएका थिएनन् । आचार्य माओवादी विभाजन हुँदा मोहन वैद्य किरणको साथमा ड्यास माओवादीमा लागेका थिए । ड्यास माओवादीका नेताहरू रामबहादुर थापा बादल, पम्फा भुसालहरूसँगै माओवादी केन्द्रमा फर्किएका हुन् । प्रचण्डको सचिवालयमा यसअघि देखि नै रमेश मल्लले काम गर्दै आएका छन् । मल्ल पनि अखिल क्रान्तिकारीको अध्यक्ष भइसकेका नेता हुन् । पराजुली, आचार्य र मल्ल तिनै जना पार्टीको केन्द्रीय सदस्यसमेत हुन् । प्रधानमन्त्री कार्यालयले उनीहरूको नियुक्तिका लागि पत्र तयार गरिसकेको छ । तर, नियुक्त हुने सम्बन्धित व्यक्तिले पत्र भने बुुझेका छैनन् । सोमबार नै उनीहरूलाई नियुक्ति पत्र दिने तयारी थियो । तर प्रधानमन्त्री प्रचण्डको व्यस्तताका कारण रोकिएको र आज सार्वजनिक बिदा भएका कारण सम्भवत भोलि नियुक्ति बुुझ्नेछन् ।
| shilapatra.com |
3,808,790 | २०८१ श्रावन ०८ मंगलबार झन्डै एक महिनाअघि एक पत्रकारले मलाई फोन गरिन् र सोधिन्, ‘मेरो गुप्तांगमा चिलाउँछ, रातो छ के गर्ने होला ? कुन स्त्रीरोग विशेषज्ञकहाँ जाने होला ?’ मैले उनको जीवनशैलीको बारेमा सोधेँ । उनी धेरै चिनी हालेको पेयपदार्थ र पत्रु खाना त दिनदिनै खाने रहिछन् । त्यसैगरी उनी अनेक किसिमका साबुन र क्रिमले गुप्तांग सफा गर्दिरहिछिन्। मैले उनलाई सल्लाह दिएँ, ‘पहिले त चिनी र पत्रु खाना खान छोड। अनेक थरिका साबुन प्रयोग नगर। साथै चिलाउने समस्या कम गर्न तीतेपाती वा नुन उमालेर मनतातो भएपछि चौडा मुख भएको लुगा धुने बाटामा थचक्क बस्नू । बिहानबेलुका यसो गरेपछि चिलाउन र दुख्न कम हुन्छ । यदि दुई दिनपछि सहज भएन भने कहाँ जचाउने भनेर सल्लाह दिऊँला ।
अहिले भारतबाट प्रसारण हुने टेलिभिजनमा ‘महिलाहरुको लागि विशेष’ भनेर उनका गोप्य अंगहरू सफा गर्नका निम्ति केही मलमहरूको विज्ञापन आउँछ । वास्तवमा कुनै पनि साबुन, मलम आदिको प्रयोग गरेर ‘गुप्तांगलाई जीवाणुरहित’ बनाउनुपर्दैन, हुँदैन । सेतो पानी बग्नु महिलाको समस्या हो, सेतो पानी बगे शरीर कमजोर हुन्छ भन्ने भ्रमपूर्ण विचार धेरैले पालेको पाइन्छ । तर वास्तवमा प्रजनन अंगबाट नगन्हाउने सेतो पानी बग्नु प्राकृतिक कुरा हो । यसले प्राकृतिक रुपले नै प्रजनन अंग सफा राख्छ । यदि पीपजस्तो बग्न थाल्यो, गन्हाउने माछाजस्तो पानी बग्न थाल्यो, धेरै चिलायो भनेचाहिँ कुनै संक्रमण भयो कि भनेर सम्झनु र उपचार गर्नुपर्छ । सामान्य सेतो पानी बग्दा केही डराउनुपर्दैन। महिनावारीको बेलामा यदि शारीरिक सरसफाइ भएन भने नराम्रो गन्ध आउन सक्छ । त्यसबाट बच्न पर्याप्त मात्रामा सफा पानीको प्रयोग गरेर जननेन्द्रिय पखाल्नुपर्छ । जननेन्द्रियलाई पानीले पखालेपछि नरम कपडाले पुछेर सुख्खा राख्नुपर्छ । भिजेको ठाउँमा ढुसी संक्रमण हुनसक्छ । यस्तो बेलामा र अन्य समयमा पनि गुप्तांगमा विभिन्न प्रकारका स्प्रे, बास्ना आउने वस्तु (डियोडोरेन्ट) आदि छर्कन हुँदैन। यस्ता वस्तुले शरीरको प्राकृतिक रसायनहरूलाई बिगार्छ । स्वस्थ र सफा राख्ने नाममा अनेक थरीका पाउडरहरूको प्रयोग गर्नु पनि उचित हुन्न। कसै–कसैको महिनावारी सुरु हुनुभन्दा अघि सेतो स्राव बढी हुन्छ, यो सामान्य हो। कतिपय महिलाहरूले भित्री वस्त्रहरू फोहोर र सफा नगरी लगाउँदाचाहिँ संक्रमण हुनसक्छ। यसका लागि सरसफाइमा बढी ध्यान दिनुपर्छ। तर महिलाको स्वास्थ्यमा नै असर पर्ने गरी अनेक थरीका ‘इन्टिमेट वास’ अर्थात् गोप्य अंगलाई सफा गर्नुपर्ने भनेर आउने वस्तु प्रयोग गर्न जरुरी हुँदैन । | healthpati.com |
1,401,165 | यस एकेडेमीको मुख्य उद्देश्य बैंकको कर्मचारीलाई उत्कृष्ट प्रशिक्षणको वातावरण तयार गरी उनीलाई भविष्यमा आइपर्ने सबै प्रकार चुनौतीको सामना गर्न सक्षम बनाउनु रहेको छ । एकेडेमीको स्थापनाबाट बैंकको जनशक्ति अझै सक्षम हुने बैंकले जनाएको छ । बैंकका कार्यकारी अधिकृत सुनील केसीले यो आफ्नै प्रकारको पहिलो प्रयास भएको र बैंकिङ क्षेत्रमा आन्तरिक प्रशिक्षण केन्द्रको सुविधा सञ्चालन गर्ने एनएमबी पहिलो बैंक भएको बताउनुभएको छ । | annapurnapost.com |
2,904,258 | जर्मनीको हेल नगरमा बुधबार भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडाैं । यस वर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्त न्युज अफ नेपाल, धनुषा । धनुषाको सिमावर्ती क्षेत्रमा प्रहरीले दुई जना बालकलाई हातपात गर्दै हत्कडी न्युज अफ नेपाल, भाेजपुर । भाेजपुरकाे हतुवागढी गाउँपालिकामा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको न्युज अफ नेपाल, काठमाडाैँ । पश्चिमी अफगानिस्तानमा अमेरिकाले गरेको हवाई आक्रमणमा परी कम्तीमा ३० सर्वसाधारण न्युज अफ नेपाल, काठमाडाैँ । कुर्दिश फौजविरुद्धको हमलाको लागि आफू तयार रहेको टर्कीले जानकारी दिएको न्युज अफ नेपाल, सिरहा । सिरहामा मुस्लिम समूदायका दुई पक्षबीच झडप हुँदा १६ जना गम्भीर न्युज अफ नेपाल, काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने भएपछि सुरक्षा व्यवस्थालाई कडा न्युज अफ नेपाल, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सभामुख भवन बालुवाटार लगेर उनकै उपस्थितिमा न्युज अफ नेपाल, कैलाली । | newsofnepal.com |
2,986,116 | चिसोले कठ्यांग्रिएर मजदुर र विपन्न वर्गको विजोग अवस्था भएको बन्ने गरेका छ । पूर्वी नेपालको तराई मधेस र पश्चिम नेपालको पहाडी जिल्लामा बढ्दै गरेको चिसोको कारण जनजीवन प्रभावित बन्ने देखिन्छ । चिसो बढेसँगै देशभरका अस्पताल स्वास्थ्य चौकीहरूमा बिरामीको चाप पनि बढ्ने गरेको छ । चिसोसँगै भाइरलज्वरोको प्रकोप अझै बढ्ने सम्भावना रहन्छ । सम्पन्न व्यक्तिहरूभन्दा विपन्न वर्गमा शीतलहर र भाइरलज्वरोको प्रकोपले पिरोल्छ । पश्चिम नेपालको जुम्ला र हुम्ला जिल्लामा तापक्रम माइनस ८ डिग्री सेल्सियससम्म रेकर्ड पुग्छ । त्यस क्षेत्रको जनजीवन अत्यन्त कष्टकर बन्ने गरेको छ । पूर्वी तराईका विभिन्न जिल्लामा विद्यालयहरू जाडोको कारण बन्द नै हुने गरेका छन् । तराईका जिल्लामा न्यानो कपडाको अभावमा गरिब र विपन्न समुदायका ज्येष्ठ नागरिकहरूको बर्सेनि चिसोले कठ्यांग्रिएर मृत्यु हुने गरेको छ । बढ्दो चिसोका कारण स्वास्थ्य संस्थाहरूमा कोल्ड डाइरिया, ज्वरो, रुघाखोकी र स्वासप्रश्वासका बिरामीको बढेका समाचारहरू आइरहेका छन् । चिसोले दम, निमोनिया, कोल्ड डायरिया, घाँटी दुख्नेजस्ता समस्याले पीडित मानिसहरूलाई सताउँछ । चिसोको मौसमी प्रताडना भोग्नुपरे पनि सरकारले राहतको व्यवस्था गर्न सकेको छैन । तत्काल राहत उपलब्ध गराउनु पर्दछ । पश्चिम र पूर्वी तराईमा बाक्लो हुस्सुसहित शीतलहर परेका कारण जनजीवन अत्यन्त कष्टकर बन्न थालेको छ । तराईमा फुसको छानामा बस्नेहरूको आङमा न्यानो कपडा नपरेरै मृत्यु हुनुपर्ने नियति छ । महोत्तरी, सिरहा, सप्तरीलगायत धेरै जिल्लामा बसोबास गर्ने मुसहर, माझी, दलितलगायतका समुदाय चिसोको चपेटामा परेका छन् । उनीहरूलाई चिसोको कहरबाट जोगाउन ज्यान छोप्ने न्यानो लुगा र ओढ्ने–ओछ्याउनेको प्रबन्ध गर्नुका साथै चिसोका कारण बिरामी पर्नेहरूलाई उचित उपचारको व्यवस्था मिलाउन जरूरी देखिन्छ । तराईका जाडो पीडितलाई सरकारले चिसोबाट बच्न स्थायी उपाय सिकाएको छैन । समस्या झनै बढेर गएको छ । यी सबै प्रतिकूल परिस्थितिको मार खेप्न विवश भएका छन्, गरिब र विपन्न जनता । केही दिनयता चिसो ह्वात्तै बढेको छ । तत्काचिसोबाट जोगिन अस्थायी उपाय अपनाउनुको विकल्प छैन । सर्वप्रथम चिसोमा ओत लाग्न नसक्ने घरलाई शीत नचुहिने बनाएर पीडितका लागि लत्ताकपडा र खाद्यान्नसमेत व्यवस्था गर्नु जरूरी हुन्छ । चिसोमा झोलयुक्त तातो परिकारले स्वास्थ्य स्थिति सहज हुन्छ । त्यसैले सरकारले जनप्रतिनिधिमार्फत दाल, गेडागुडीलगायत खाद्यान्न वितरण गर्नुपर्छ । चिसोको कहर सहन विवश जनताका लागि स्थायी उपाय खोज्नेतर्फ सरकारले गम्भीरतापूर्वक पहल गर्नु आवश्यक देखिएको छ । नेपाल सरकारले यो विषयलाई गम्भीरतापूर्वक लिओस् । चिसोबाट जोगिन धूवाँ धूलोबाट बच्ने, न्यानो लुगा लगाउने, पोषणयुक्त सन्तुलित खाना खाने, भिटामिन सी पर्याप्त मात्रामा भएको र मौसमअनुसारका ताजा फलफूल तथा सागपात पर्याप्त मात्रामा खाने, सरसफाइमा बढी ध्यान दिने, प्रशस्त मात्रामा तातो झोलपदार्थ खाने गर्दा चिसोबाट बच्न सकिन्छ । यसका अतिरिक्त धूलो, धूवाँ, चिसो र संक्रमणबाट जोगिन मास्क लगाउने गर्नुपर्छ । शरीर तथा कोठा न्यानो बनाउने निहुँमा धूमपान, मद्यपानको सेवन गर्ने, झ्याल, ढोका थुनेर गुइँठा, दाउराको आगो बाल्ने गर्नुहुँदैन । सबै नागरिक सचेत बनेर पुष र माघलाई कसरी सकुसल धकेल्ने भन्ने विषयमै केन्द्रत हुनुपर्ने भएको छ । बिरामी र केटाकेटीका लागि कालकै रूप भएर चिसो आएको छ । चिसो र हुस्सुबाट जोगिएर खानपिनमा पनि विशेष ध्यान दिनु जरुरी छ । | newsofnepal.com |