index
int64 1
6.39M
| Article
stringlengths 2
109k
| Source
stringclasses 99
values |
---|---|---|
4,337,927 | उनले आफ्नो प्रस्तुति दिदै गर्दा उनको कलाबाट प्रभावित हुँदै कोच सनुप पौडेलले पहिलो बाज गरेका थिए भने त्यस पछि अर्का कोच दीप श्रेष्ठले बाज गरेका थिए । सुरु देखिनै एकोहोरो भएर सुनिरहेका अर्का कोच प्रमोद खरेलले अनित्ममा बाज गरेका थिए तर कोच अभय सुब्बाले भने बाज गरेकी थिइनन् । तिन जना कोचाहरुले बाजा गरेर उनलाई छाने पछि उनलाई आफ्नो कोच छान्न केही संकट परेको थियो तर अन्तत उनि कोच प्रमोदलाई छान्दै प्रमोदको समुहमा गए । दमदार प्रस्तुति दिएका गन्धर्बले भोजपुरको चिनारी झल्काउने भोजपुरैको डबली मेलैमा हाँसीराख भेट भाको बेलैमा बल्छी काँडैले हितैको मायालाई छेक्यो डाँडैले गाएका थिए । ‘मै हुँ शिवको शिवानी’ बोलको तीज गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत संगीतको सिर्जनामा क्रियाशील गीतकार रोज लामा योञ्जनको शब्दमा काठमाडौं । गीतकार सुमन योञ्जनको नयाँ गीत ‘ए हावा’ सार्वजनिक भएको छ । द भ्वाइस गायक हिमाल सागरको आवाजमा रहेको ‘पहिलो गीत’ सार्वजनिक भएको छ । | pariwartankhabar.com |
160,171 | समितिमा शर्मासहित रितेशकुमार शाक्य, महेश आचार्य, इश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् । संविधानमा जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । | nepalwatch.com |
6,228,166 |
भियतनामका एक युवकलाई कोरोना भाइरसको संक्रमण रोकथामका लागि लागू गरिएका नियम उल्लंघन गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाइएको छ । भियतनामको एक अदालतले कोरोना भाइरसको संक्रमण फैलाएको आरोपमा वान ट्री नाम गरेका ती व्यक्तिलाई पाँच वर्षको जेल सजाय सुनाएको हो । आठ जना व्यक्तिलाई कोरोना भाइरसको संक्रमण सारेको मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेको हो । संक्रमितमध्ये एक व्यक्तिको मृत्यु भइसकेको छ । जेल सजाय सुनाइएका २८ वर्षका ती युवक गएको जुलाईमा मोटरसाइकल चढेर होची मिन्ह सहरबाट आफ्नो घर माऊ पुगेका थिए । माऊमा उनले आइसोलेसन नियमको पालना गरेनन् र हो ची मिन्हबाट आएको कुरा पनि सरकारी अधिकारीहरूलाई जानकारी दिएनन् । त्यतिबेला स्थानीय नियमानुसार बाहिरबाट आउने कुनै पनि व्यक्तिले कम्तीमा २१ दिन आइसोलेसनमा रहनुपर्ने अनिवार्य थियो । तर आइसोलेसन नबसेका ती व्यक्तिमा पछि कोरोना संक्रमण पुष्टि भयो र उनको परिवारका सदस्यमा पनि संक्रमण देखियो । दोषी ठहर भएका ती व्यक्तिलाई अदालतले पाँच वर्षको जेल सजायका साथै ८८० डलरको जरिवाना पनि तोकेको छ । भियतनाममा कोरोना भाइरस संक्रमणको पहिलो लहरमा कम क्षति भए पनि दोस्रो लहरमा धेरै मानिसहरू संक्रमणको चपेटामा परेका छन् ।
| shilapatra.com |
1,676,509 | भारतको एक अदालतले आफ्ना विद्यार्थीहरुलाई जर्वजस्ती यौन कार्यमा लगाउने महिला प्राध्यापकलाई ससर्त जमानतमा रिहा गरेको छ । मद्र्रासको कामराज विश्वविद्यालयकी प्राध्यापक निर्मला देविलाई आफ्ना विद्यार्थीहरुलाई जर्बजस्ती यौन कार्यमा लगाउने काम गरेको आरोपमा विगत एघार महिना देखि जेल चलान गरिएको थियो । तल्लो अदालतले गरेको फैसलालाई परिमार्जन गर्दै मद्रास उच्च अदालतले मेडियामा अन्तरवार्ता नदिने र धेरै सार्वजनिक नहुने सर्तमा निर्मला देविलाई जमानतमा रिहा गरेको एनडिटिभि इण्डीयाले आफ्नो अनलाइन सस्करणमा लेखेको छ । निर्मला देविलाई कलेजका १९ देखि २५ बर्षका छात्राहरुलाई परीक्षामा उच्च अङक दिने भन्दै विश्वविद्यालयका उच्च ओहोदाका हाकिमसँग यौन कार्यमा लाग्न बाध्य पारको आरोप लगाइएको छ । निलम्वीत प्राध्यापक निर्मला देविलाई गतबर्ष सयौँ छात्राहरुलाई अनइिच्छत यौन कार्यमा लगाएर यौन शोषण गरेको आरोप लगाइएको थियो । वि.सं.२०७६ जेठ १७ शुक्रवार १६:०० मा प्रकाशित ढाका । | sansarnews.com |
3,811,020 | २०८१ श्रावन ०८ मंगलबार रुकुममा ‘२४ घण्टे स्वास्थ्यकर्मी’को परियच बनाउनु भएका स्वास्थ्यकर्मी दीपक विष्टको निधन भएको छ। विष्टको आइतबार बिहान निधन भएको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका अध्यक्ष झलक गौतमले जानकारी दिनुभयो। गौतमका अनुसार उहाँ जिल्ला अस्पताल रुकुममा जनस्वास्थ्य अधिकृतका रुपमा कार्यरत हुनुहुन्थ्यो। आपत परेका बेला जुनसुकै समयमा पनि उहाँ बिरामीको सेवामा उपस्थित हुनुहुन्थ्यो। २४ घण्टासम्म अस्पतालमै रहेर हरेक कठिन परिस्थितिमा काम गर्न सक्ने। कठिन केस आउँदा ह्याण्डल गर्ने भएर विष्टलाई रुकुममा ‘२४ घण्टे स्वास्थ्यकर्मी' भनेर समेत चिनिने गौतमको भनाइ छ। जिल्लामा स्वास्थ्य सम्बन्धी केही जानकारी लिनुपर्यो भनेर प्रायले उहाँसँगै सोध्ने गर्थे । विष्ट ५६ सालबाट स्वास्थ्य सेवामा प्रवेश गर्नुभएको थियो । द्वन्द्वको समयमा समेत जिल्लामा रहेर जिल्लामा रहेर काम गर्नुभएको गौतमले जानकारी दिनुभयो। राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ गौतमका अनुसार ४९ वर्षीय विष्ट पछिल्लो समय कलेजोको बिरामी हुनुहुन्थ्यो। विष्ट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको रुकुम जिल्लाको पूर्वअध्यक्ष हुनुहुन्थ्यो । | healthpati.com |
6,117,117 |
बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले फराकिलो मतान्तरले जित हासिल गरेका छन् । २०७४ को निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका पाण्डेले यसपटक एमालेका बाबुराम भट्टराईलाई सात हजार ५३३ मतान्तरले पराजित गरेका हुन् । पाण्डेयले ३० हजार १३० मत पाएर निर्वाचित हुँदा एमालेका भट्टराईले २२ हजार ५९७ मत पाएका छन् । ७ जेठ, बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले फराकिलो मतान्तरले जित हासिल गरेका छन् । २०७४ को निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका पाण्डेले यसपटक एमालेका बाबुराम भट्टराईलाई सात हजार ५३३ मतान्तरले पराजित गरेका हुन् । पाण्डेयले ३० हजार १३० मत पाएर निर्वाचित हुँदा एमालेका भट्टराईले २२ हजार ५९७ मत पाएका छन् । नेपाली कांग्रेसका बुटवल नगरसभापति समेत रहेका पाण्डेयलाई सत्तारुढ दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन थियो । पाण्डेयको यो जितसंगै बुटवलको नेतृत्वमा २५ वर्षपछि कांग्रेसले पुनरागमन गरेको छ । बुटवलमा २०५४ सालयताका सबैजसो चुनावमा नेकपा एमालेले जित्दै आएको थियो । नेकपा एमालेको विभाजन, राष्ट्रिय राजनीतिमा आएको फेरबदलसंगै बनेको ५ दलीय गठबन्धन र उम्मेदवार पाण्डेय निरन्तर जनताको घरदैलोमा पुग्ने बानी, सरल व्यवहार र व्यक्तिगत लोकप्रियताका कारण बुटवलमा एमालेको २५ वर्षे एकछत्र राज ढलेको विश्लेषण गरिएको छ । उपमेयरमा भने नेकपा एमालेकी सावित्रा अर्याल निर्वाचित भएकी छन् । एकीकृत समाजवादीका चिनबहादुर गुरुङलाई सात हजार ९२२ मतले पराजित गर्दै अर्याल निर्वाचित भएकी हुन् । अर्यालले २४ हजार ९०४ मत पाएर निर्वाचित हुँदा गुरुङले १६ हजार ९८० मत पाएका छन् । अघिल्लो निर्वाचनमा पराजित भएपनि पाण्डेय निरन्तर मतदाताको घरदैलोमा जाने र समस्या समाधानको पहल गरेका थिए । मोतीपुर औद्योगिक क्षेत्र र तिनाउ दानव कोरिडोरबाट प्रभावित झण्डै चार हजार परिवारको वैकल्पिक व्यवस्था गरेर मात्रै यी आयोजना अघि बढाउनुपर्ने स्थानीयको मागमा खेलराजले दरिलो साथ दिए । यस्तै सुकुम्बासी र अव्यवस्थित बसोबासी तथा ज्योतिनगर पहिरो प्रभावितको समस्यामा पनि उनले निरन्तर आवाज उठाए । यही कारण पाण्डेयले सहज जित निकालेका हुन् । बुटवलका १९ मध्ये नेपाली कांग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ । यसैगरी एमालेले वडा नं १०, ११, १४, १८ र १९ जितेको छ । नेकपा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडा जितेका छन् । बुटवलमा पाण्डेले जितेसँगै आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको शक्तिसमेत एमालेबाट खोसिने संकेत देखिएको छ । नगर प्रमुखमा निर्वाचित भएपछि पाण्डेयले बुटवल उपमहानगरलाई सबै दल र संघसंस्थाको साझा चौतारी बनाउने बताए । उनले सबैको राय सुझावका आधारमा काम गर्ने बताए । ‘गर्नुपर्ने काम धेरै छन्, तर पहिलो काम बुटवल उपहानगरलाई सबैले अपनत्व लिनेगरी सबै दल र संघसंस्थाको साझा चौतारी बनाउँछु’, पाण्डेयले भने, ‘कार्यपालिका गठनपछि सबैको राय सुझावका आधारमा मात्रै निर्णय गर्छु एक्लै केही गर्दिन, अर्को मुख्य कुरा म शासक बन्दिन सेवक बन्छु ।’ चौराहा–बुटवल सडक निर्माणलाई छिटो पूरा गराउने, खानेपानी समस्या, ज्योतिनगर पहिरो नियन्त्रण, मोतीपुर औद्योगिक क्षेत्र, तिनाउ दानव करिडोर प्रभावित र सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधान आफ्नो प्राथमिकतामा रहेको पाण्डेयले बताए । कार्यभार सुरु गरेपछि कानूनी व्यवस्था गरेर घर बहाल कर, हाटबजार वैठकी कर, ई रिक्सा सवारी कर र सिफारिस शुल्क घटाउने पाण्डेयले बताए । नगरवासीको दुर्घटना बिमाका लागि आर्थिक प्याकेजसहितको विशेष कार्यक्रम ल्याउने पनि पाण्डेयले घोषणा गरेका थिए । जनप्रतिनिधिले निजी तथा दलीय प्रयोजनका लागि सरकारी सवारी साधनको प्रयोग गर्ने परिपाटी अन्त्य गर्ने, जनप्रतिनिधिको एक महिनाको तलब नगरबासीहरुको स्वास्थ्य बिमा कार्यक्रमका लागि योगदान गर्ने पाण्डेयले बताए । आफू मेयरको कुर्सीमा बसेकै आर्थिक हैसियतमा पाँच वर्षपछि विदा हुने, कार्यालय समयको आधा समय मतदाताको घरदैलोमा पुग्ने योजना रहेको समेत बताए । ५ फागुन २०२६ मा बुबा लीलावल्लभ पाण्डे र आमा तारादेवी पाण्डेको कोखबाट स्याङ्जाको साविक आलमदेवी २ (हाल कालीगण्डकी गाउँपालिका- २) मा जन्मिएका पाण्डे हाल बुटवल उपमहानगरपालिका– ६ का बासिन्दा हुन् । १३ वर्षको उमेरमै २०३८ सालमा बुटवलमा झरेका पाण्डेले पार्टी राजनीति बुटवलबाटै सुरु गरे पनि विद्यार्थी संगठनमा आवद्ध भई स्याङ्जाबाट आफ्नो राजनीतिक जीवन सुरु गरेका हुन् । आदर्श मावि स्याङ्जाबाट २०३९ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएका पाण्डे २०४० सालमा पाल्पाको जेभीटी स्कुलमा पढ्दा नेविसंघकै समितिमा आवद्ध भए । त्यसपछि २०४३ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाल्पा क्याम्पसमा विज्ञान संकायको इकाइ सदस्य, २०४४ सालमा अमृत साइन्स क्याम्पसमा नेविसंघको सचिव, २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको नेविसंघ उपसभापति र २०५२ सालमा रूपन्देहीको नेविसंघ सचिव बनेका हुन् । विद्यार्थी राजनीतिपछि तरुण दलमा आवद्ध पाण्डे २०५९ सालमा नेपाल तरुण दल रूपन्देहीको अध्यक्ष, २०६० सालमा नेपाल तरुण दल केन्द्रीय सदस्य भए भने २०६७ सालमा नेपाली कांग्रेस बुटवल नगर सभापति भए । २०६७, २०७२ र २०७८ सालमा भएका अधिवेशनबाट पाण्डे निरन्तर नेपाली कांग्रेस बुटवल नगर समितिको सभापति रहे । श्रीमती सीता भट्टराई पाण्डेय र छोरा अभिषेकका साथ बुटवलमा बसोबास गर्दै आएका पाण्डेले स्नातक तहसम्मको अध्ययन गरेका छन् । आफ्नो निजी घर नभएका पाण्डे ३५ वर्षदेखि डेरामा बस्दै आएका छन् । उनको आफ्नो सवारी साधन पनि छैन । पार्टीका कार्यक्रमहरुमा उनी अरुको लिफ्ट मागेर या नजिकमा पैदल हिँडेर पुग्ने गर्छन् । बिहानैदेखि साँझ अबेरसम्म पार्टी र सामाजिक काममा व्यस्त रहने पाण्डे बुटवलका हरेक वडा र टोलसम्म परिचित व्यक्ति हुन् । | onlinekhabar.com |
3,275,397 | नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले महाधिवेशनलाई प्रभावित पार्ने गरी संस्थापन समूहले क्रियाशील सदस्यता वितरण गरेको दावी गरेको छ । अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई आफूखुसी ठूलो संख्यामा क्रियाशील वितरण गरिएको पौडेल समूहको आरोप छ । बिहीबार काठमाडौंमा पौडेल समूहले पार्टी समायोजन समिति र क्रियाशील सदस्यता छानविन समितिमा रहेका आफूनिकट नेताहरुसँग छलफल गर्दै क्रियाशील सदस्यताबारे छलफल गरेको हो । समायोजनका नाममा आएका क्रियाशील सदस्यतालाई लिएर छानविन समितिमा धेरैको उजुरी परेपछि पौडेल समूहको बैठक बसेको हो । ‘अन्य पार्टीबाट आएका नेताहरुलाई संस्थापन पक्षले प्रक्रिया उल्लंघन गरेर क्रियाशील सदस्यता वितरण गरेको पाइयो,’ बैठकमा सहभागी एक नेताले भने, ‘जति पनि उजुरी परेका छन्, त्यसमा चनाखो भएर छानविन गर्न हाम्रो टीमका साथीहरुलाई आग्रह गरेका छौं ।’ सात सदस्यीय क्रियाशील सदस्यता छानविन समितिमा पौडेल समूहबाट केन्द्रीय सदस्य जीवन परियार र कल्याण गुरुङ सदस्य छन् । त्यस्तै कृष्णप्रसाद सिटौला समूहबाट प्रदीप पौडेल समितिमा छन् । बैठकमा परियार, गुरुङसँगै सिटौला समूहका पौडेल पनि सहभागी थिए । समिति सदस्य परियारले अहिलेसम्म क्रियाशील सदस्यता छानविन र परेका उजुरीबारे छलफल भएको बताए । ‘हामीले अहिलेसम्म जति पनि काम भएको छ, त्यसका बारेमा जानकारी गरायौं,’ उनले भने, ‘सहमती भएकालाई टुंग्याउँदै लैजाने र विवाद नटुंगिएकालाई थाँती राख्ने काम भएको छ । असारभित्र सदस्यताको काम सकिन्छ भनेर जानकारी गराएका छौं ।’ उपसभापति विमलेन्द्र निधि संयोजक रहेको समायोजन समितिको सिफारिसमा अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका केन्द्रीय नेताहरुलाई क्रियाशील सदस्यता दिने निर्णय भएको थियो । पौडेल समूहको छलफलमा बरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा रामशरण महत, अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाललगायत सहभागी थिए । त्यस्तै समायोजन समितिमा रहेका नेताहरु दिलेन्द्र प्रसाद बडु र दीपक गिरी पनि छलफलमा सहभागी थिए । केन्द्रीय सदस्य गिरीले क्रियाशील सदस्यताका बारेमा जानकारी लिने काम भएको बताए । समिति सदस्य परियारका अनुसार बिहीबारसम्म ५५ जिल्लाको विवाद टुंगो लागेको छ । | nepalijanta.com |
5,465,286 | दुर्घटनामा परेको ट्याक्टर । रुकुमपश्चिममा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुधबार बिहान मुसीकोट नगरपालिका –५ सेरीगाउँमा रा १ त ३७१७ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा परी दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिममले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार घाइते हुनेमा मुसीकोट नगरपालिका –२ का १८ बर्षिय चालक सागर परियार र वडा नम्बर –५ निवासी ४० वर्षीय हरिचन्द्र केसी रहनुभएको छ । घाइतेको उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको र थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको छ । दुबै जनाको छातीमा चोट लागेको प्रहरीको भनाइ छ । सेरीगाउँस्थित विद्युत् कार्यालयनजिक मध्यपहाडी राजमार्गबाट तीन मिटर तल ट्याक्टर खसेको छ । | gorkhapatraonline.com |
5,894,004 | धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा एक वर्षको अवधिमा भेटीवापत रु साढे सतासी लाखभन्दा बढी रकम सङ्कलन भएको छ ।विसं २०७५ असार १ गतेदेखि विसं २०७६ असार मसान्तसम्ममा नेपाली रु ८७ लाख ६६ हजार २७४ भेटीवापतको रकम सङ्कलन भएको हो । हलेसी सूचना केन्द्रले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार भारतीय रुपयाँ २७ हजार ८०, अमेरिकन डलर ४५ र सिङ्गापुर डलर १० सङ्कलन भएको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा सुन ११ दशमलव ५७ ग्राम र चाँदी ९२ तोला ८९ लाल जम्मा भएको छ । सङ्कलित भेटीबाट बसाहाथान पोखरी निर्माण, वेबसाइट निर्माण, सूचना डिस्प्ले बोर्ड निर्माण, मन्दिर व्यवस्थापन समितिको भवनको भर्याङ तथा रेलिङ निर्माण, मन्दिरका लागि खानेपानी ट्याङ्की निर्माण, मन्दिर परिसर रङरोगन, कर्मचारी तलब तथा अतिथि सत्कारमा रु ४२ लाख ६८ हजार २६७ खर्च भएको केन्द्रका निमित्त प्रमुख सयन्द्र राईले बताए । हलेसीको स्तरोन्नति तथा कर्मचारीलाई तलब दिएर बचेको रकम रु ४४ लाख ९८ हजार सात हलेसीस्थित माछापुच्छ्रे बैंकमा रहेको मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको जनाइएको छ । हलेसी आउने भक्तजन तथा पर्यटकले चढाउने भेटीलाई व्यवस्थित गर्न मन्दिर व्यवस्थापन समिति, हलेसी विकास समिति, हलेसी तुवाचुङ नगरपालिका र इलाका प्रहरी कार्यालयका प्रतिनिधिले एक-एक चाबी राख्ने गरेका छन् । एउटा पक्षले मात्र मन्दिरको चाबी राख्दा पादर्शी नहुने भएकाले चार जना प्रतिनिधिसँग चाबी राख्ने व्यवस्था मिलाइएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर राईले बताए । मध्यपहाडी लोकमार्गमा पर्ने हलेसीमा अहिले बोलबम मेला लागेको छ । महिना दिनसम्म मेला लाग्ने हलेसीमा नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुर, झापा, विराटनगर, इलाम तथा भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भुटान, चीनको तिब्बतलगायत ठाउँबाट दर्शनार्थी तथा भक्तजन आएका छन् । मेलालाई व्यवस्थित गर्न मन्दिर व्यवस्थापन समिति, हलेसी विकास समिति, नगरपालिका र इलाका प्रहरी कार्यालय खटिएका छन् । लगातारको वर्षा हुँदा पनि हलेसी आउने भक्तजन तथा दर्शनार्थीको संख्या उल्लेख्य रहेको जनाइएको छ । सङ्घीय सरकारको मातहतमा रहेको त्रिधार्मिकस्थल हलेसीमा अहिले जीर्णोद्धारको कामसमेत तीव्र गतिमा भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकाको संयुक्त रु ८२ लाख लगानीमा प्रतिक्षा कन्ट्रक्शन प्रालि काठमाडौँले जीर्णोद्धारको कामको जिम्मा लिएको हो । विसं २०४४/४५ मा सिमेन्ट प्रयोग गरेर निर्माण गरिएको सिँढी, शिवलिङ्गलाई घेरिएको सिमेन्टको पिल्लर, ध्यान तथा पूजाअर्चना गरिने ठाउँलगायतमा उक्त सिमेन्ट हटाएर प्राकृतिक रुपले नयाँ संरचना निर्माणको काम भइरहेको छ । शिवलिङ्गलाई घेरिएको सिमेन्टका पिल्लर हटाएर तामाका खम्बा राखिएका छन् । दर्शनार्थी र पर्यटकको बाह्रै महिना उत्तिकै घुइँचो लाग्ने हलेसीको समग्र विकासका लागि यस वर्ष रु ८० लाख बजेट विनियोजन भएको छ । धार्मिक रुपले मात्र नभई प्राकृतिक रुपले समेत प्रसिद्ध हलेसीको गुरुयोजना निर्माणको कामसमेत भइरहेको छ । | khabarhub.com |
4,837,670 | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा नजाने भएको छ । शुक्रबार साँझ बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा नजाने निर्णय गरेको छ। यस्तै, बैठकले पुष्पकमल दहाल नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ। बैठकपछि पत्रकार सम्मेलनमा सभापति रवि लामितानेले जनमत अनुसार आफूहरु प्रतिपक्षमा बस्न लागेको बताए। सरकारमा आइदिए हुन्थ्यो भन्ने सदासयता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको भए पनि सरकारको कार्यशैली र गति हेर्दा सरकारमा जान नसकेको उनले बताए । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएर सरकारमा गएको थियो । माघ २२ गते रास्वपा सरकारबाट बाहिरिए पनि समर्थन भने फिर्ता लिएको थिएन् । | kathmandupress.com |
6,127,414 | केही दिनयता टिकटकमा एउटा भिडियो भाइरल भएको छ । बिजुली जोडेर इलेक्ट्रिक गिजरमा पानी तताएर नुहाउँदा पानीसँगै करेन्ट प्रवाह भएर नुहाउने व्यक्तिलाई करेन्ट लाग्ने गरेको सन्देश भिडियोमा राखिएको छ । के यस्तै जोखिम हुन्छ त इलेक्ट्रिक गिजरमा ? लामो समयदेखि इलेक्ट्रिक गिजर बेच्दै आएका एसओएस इलेक्ट्रोनिक्सका सञ्चालक सुशील पराजुली अहिलेसम्म यसरी करेन्ट लागेको गुनासो नआएको बताउँछन् । तर पनि मेसिनरी सामान भएकाले बिजुलीको लाइनमा जोडेर सिधै ननुहाउन सुझाव दिने गरिएको उनी बताउँछन् । ‘पानी तताएर लाइन बन्द गरेर मात्रै नुहाउन सुझाव दिन्छौं,’ पराजुली भन्छन् । तर पनि अहिलेसम्म करेन्ट लागेको गुनासो भने नआएको उनको भनाइ छ । अहिले बिजुली खपत गर्न राज्यले पनि नीति लिइरहेको बेलामा अरु गिजरभन्दा इलेक्ट्रिक गिजरको प्रयोग उपयुक्त रहेको उनी बताउँछन् । त्यसो त मूल्यको आधारमा इलेक्ट्रिक गिजर बजारमा केही महँगो पर्ने गर्छ । किचनको लागि प्रयोग हुने गिजर ३ हजार रुपैयाँमा खरिद गर्न सकिन्छ भने नुहाउनका लागि प्रयोग हुने गिजर क्षमताको आधारमा १५ हजार रुपैयाँसम्म पर्ने गर्छ । ग्यास गिजरको बारेमा पनि बजारमा चेतावनीमूलक भिडियो प्रशस्तै भेटिन्छन् । भेन्टिलेसन नभएको शौचालयमा नुहाउँदा सास नपुगेर मृत्युको मुखसम्म पुगेका घटना पनि निक्कै देखिन्छन् । तर सबै ग्यास गिजरमा त्यस्तै समस्या हुन्छ त ? ग्यास गिजर अरु गिजरको तुलनामा कति प्रभावकारी हुन्छ ? नेपालटारमा ग्यास गिजर बेच्दै आएका अमित पाण्डे प्रयोग गर्दा सावधानी नअपनाए ग्यास गिजर पनि जोखिमयुक्त नरहेको बताउँछन् । ग्यास गिजर प्रयोग गर्न जाने यो विद्युतीय गिजरभन्दा सस्तो र कम जोखिमपूर्ण पनि रहेको उनी बताउँछन् । एउटा ग्यास गिजर बजारमा ६ हजारदेखि ९ हजार रुपैयाँसम्ममा पाइन्छ । ग्यास गिजरमा एउटा सिलिण्डरले १२० घण्टासम्म नुहाउन सकिने व्यवसायीहरुको भनाइ छ । बजारमा पाइने गिजरहरुमध्ये जोखिमको आधारमा भन्दा सबैभन्दा उपयुक्त सोलार गिजर नै हो । तर सोलार गिजर शहरी भेगमा भाडामा बस्नेहरुको लागि उपयुक्त नभए पनि सोलार गिजर राख्ने ठाउँ हुनेहरुको लागि यो उपयुक्त रहेको व्यवसायीहरु बताउँछन् । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले समय–समयमा सूचना जारी गर्दै गिजर, हिटर जस्ता प्रविधिको प्रयोग गर्दा सावधानी अपनाउन तथा हावा ओहोरदोहोर हुने ठाउँमा मात्रै त्यो प्रयोग गर्न सुझाव दिने गर्छ । कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्ने, आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्ने, आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाउने, हिटरको प्रयोग गर्दा समय–समयमा चलिरहेको हिटरलाई बन्द गर्ने, सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने, गिजरको मुख्य मेसिनलाई बाथरुमबाहिर खुला ठाउँमा जडान गर्ने र गिजर खोलेर लामो समयसम्म बाथरुममा नबस्न पनि केन्द्रले सूचनामार्फत आग्रह गरेको छ । तर लामो समय शौचालय बस्दा र गिजर चलाउँदा त्यसले स्वास्थ्यमा कस्तो असर गर्छ त ? त्रिवि शिक्षण अस्पतालका सहप्राध्यापक एवं छातीरोग विशेषज्ञ डा. निरज बम भेन्टिलेसन नभएको स्नान कक्ष वा कोठामा गिजरको प्रयोग गर्दा कार्बनमोनोअक्साइडको मात्रा धेरै भएर मान्छे बिरामी हुने वा कतिपय अवस्थामा मृत्युसमेत हुने गरेको बताउँछन् । ढोका बन्द गरेर हिटर वा गिजर चलाउँदा त्यसबाट कार्बनमोनोअक्साइड, कार्बनडाइअक्साइड र नाइट्रोजन डाइअक्साइड उत्पादन हुन्छ । बाथरुममा भेन्टिलेसन खुला छैन भने त्यही कोठामा ती हानिकारक ग्यास जम्मा भएर बस्छन् । त्यही ग्यास हामीले सास फेर्दा शरीरभित्र छिर्छ । यसरी कार्बन मोनोअक्साइड फोक्सोबाट रगतमा बगिरहेका रक्तकोषिकासम्म पुग्छ । यसले अक्सिहेमोग्लोबिन कोषिकाभित्र हुन्छ । त्यो ग्यासमा रहेको हानिकारक पदार्थ रगतमार्फत मुटु, मृगौला र गिदीसम्म पुग्छ । त्यहाँ अक्सिजन रिलिज हुनुपर्नेमा त्यो ठाउँमा कार्बन मोनोअक्साइड बस्छ । यसरी अक्सिजनको सट्टामा कार्बनमोनोअक्साइड जम्मा भएपछि कलेजो र मृगौलामा समस्या निम्तिन्छ । डा. बमका अनुसार यस्तो बेलामा शरीरले स्पष्ट संकेत गर्छ । त्यस्तो संकेत देखिएपछि तुरुन्त बाहिर निस्कने हो भने केहीबेरमा अक्सिजनले कार्बनमोनोअक्साइडलाई विस्थापित गरेर मान्छे पुरानै अवस्थामा आउँछ । अन्यथा मान्छेको अवस्था बिग्रँदै जान्छ । त्यसो त प्रयोग गर्दा नै झ्याल खोलेर पर्दा मात्रै लगाएर यस्ता मेसिन चलाउनुपर्छ । शरीरमा कार्बनमोनोअक्साइड धेरै हुँदै जाँदा टाउको दुख्ने, वान्ता हुने जस्ता लक्षण देखिन्छन् । स्नानगृहमा पनि झ्याल नखोली धेरैबेर नुहाउँदा पनि अक्सिजनको मात्रा कम भएर शुरुमा अर्धचेत हुने र पछि पूर्णतः बेहोस हुने हुन्छन् । त्यसपछि धेरै घण्टासम्म बेहोस भएर शौचालयमा नै थुनिएर बस्दा ४÷५ घण्टामै मान्छेको मृत्यु पनि हुन्छ । तर मान्छे बेहोस भएपछि पनि तत्कालै थाहा पाएर अस्पतालको आकस्मिक सेवामा पुर्याइएन भने हाइपो अक्सिजन दिने विधिमार्फत यसको समाधान गर्न सकिन्छ । | onlinekhabar.com |
3,834,856 | बिहीबार बसेको प्रदेश सभा बैठकमा सभामुख नेत्रराज अधिकारीले प्रदेश सभा सदस्य थापालाई जनमोर्चाले सांसदबाट हटाएको पत्र पढेर सुनाएका थिए। सभामुख अधिकारीले पत्र पढेर सुनाएसँगै थापा पदमुक्त भएका हुन्। आज बिहान बसेको जनमोर्चा केन्द्रीय समितिले बैठकले सांसद पदबाट हटाउने निर्णय गरेको थियो। जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्ट र प्रदेश सभामा जनमोर्चाकी सचेतक पियारी थापाले कारबाही गरिएको पत्र प्रदेश सभा सचिवालयमा बुझाएका थिए। त्यहि पत्र सभामुखले प्रदेश सभामा पढेर सुनाएका हुन्। थापा बागलुङ १ ‘ख’बाट निर्वाचित भएका थिए। उनले एमाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई सहयोग गरेपछि जनमोर्चाले कारबाही गरेको हो। गण्डकी प्रदेश सरकारविरुद्ध ल्याएको अविश्वास प्रस्तावमाथि जनमोर्चाले समर्थन जनाएको भएको थियो। तर, थापाले पार्टीको निर्देशन नमानेर मुख्यमन्त्री गुरुङलाई सहयोग गरेका थिए। बिहीबार बसेको प्रदेश सभा बैठकमा सभामुख नेत्रराज अधिकारीले प्रदेश सभा सदस्य थापालाई जनमोर्चाले सांसदबाट हटाएको पत्र पढेर सुनाएका थिए। सभामुख अधिकारीले पत्र पढेर सुनाएसँगै थापा पदमुक्त भएका हुन्। आज बिहान बसेको जनमोर्चा केन्द्रीय समितिले बैठकले सांसद पदबाट हटाउने निर्णय गरेको थियो। जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्ट र प्रदेश सभामा जनमोर्चाकी सचेतक पियारी थापाले कारबाही गरिएको पत्र प्रदेश सभा सचिवालयमा बुझाएका थिए। त्यहि पत्र सभामुखले प्रदेश सभामा पढेर सुनाएका हुन्। थापा बागलुङ १ ‘ख’बाट निर्वाचित भएका थिए। उनले एमाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई सहयोग गरेपछि जनमोर्चाले कारबाही गरेको हो। गण्डकी प्रदेश सरकारविरुद्ध ल्याएको अविश्वास प्रस्तावमाथि जनमोर्चाले समर्थन जनाएको भएको थियो। तर, थापाले पार्टीको निर्देशन नमानेर मुख्यमन्त्री गुरुङलाई सहयोग गरेका थिए । | himalkhabar.com |
3,414,724 | मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा २९ वर्षीया रीना बस्नेतको रहस्यमय अवस्थामा शव फेला परेपछि अपराधी पत्ता लगाउन माग गर्दै आएका आन्दोलित स्थानीयवासी र प्रहरीबीच आज दिउँसो झडप भएको छ । मोरङको पथरीमा स्थानीयवाशीले प्रहरी प्रसाशनमा ढुंगामुडा र नगरापालिकामा तोडफोड गरेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । स्थितीलाई नियन्त्रण बाहिर गएपछि प्रहरीले हवाई फायर गरेको हो । आन्दोलित पक्षले पथरी शनिश्चरेस्थित इलाका प्रहरी कार्यालयमा ढुंगा प्रहार गरेर प्रवेशद्वार तोडफोड गर्न खोजेपछि भिडलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिए । प्रहरीको लाठी प्रहारबाट पथरी शनिश्चरे–१ का जीतबहादुर लावती घाइते हुनुभएको छ । उहाँको स्थानीय पथरी अस्पतालमा उपचार भइरहेको छ । आन्दोलित पक्षले पथरी शनिश्चरे नगरपालिकाविरुद्ध समेत नाराबाजी गर्दै कार्यालयको प्रवेशद्वार तोड्नुका साथै कार्यालयमा तालाबन्दी गरेका छन् । पथरी उद्योग वाणिज्य सङ्घको कार्यालयमा समेत तालाबन्दी गरी स्थानीयवासीको भीड इलाका प्रहरी कार्यालय बाहिर नारावाजीमा उत्रिएको छ । सुरक्षा अवस्थालाई ख्याल गरेर बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ । आज बिहानैदेखि पथरी बजारका पसल बन्द गरेर स्थानीयवासी आन्दोलित बनेका थिए । बिहान १०.३० बजेदेखि स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध गरेर लगातार नाराबाजी गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठको नेतृत्वको टोलीले घटनाको छानबिनको जिम्मा लिएको छ । बस्नेतको रहस्यमय मृत्युसँग जोडिएका शंकास्पद अवस्थाका सुन्दरहरैंचा नगरपालिका–३ बस्ने ३८ वर्षीय कमल नेपाललाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पथरी शनिश्चरेका प्रहरी निरीक्षक कमल बजगाईँले बताए । पथरी शनिश्चरे–१ त्रिवेणीचोक साझा लाइनमा डेरा बस्ने एसआरएस कस्मेटिक एण्ड गिफ्ट हाउसका सञ्चालक बस्नेतको रहस्यमय अवस्थामा गत वैशाख ७ गते बिहान स्थानीयवासीले शव फेला पारेका थिए । वैशाख ६ गते राति स्थानीय रंगशालामा सञ्चालन भएको सांगीतिक कार्यक्रम हेरेर १३ वर्षीय छोरा साइमनसँग ११ बजे कोठा फर्किएकी बस्नेत वैशाख ७ गते बिहानै आफ्नै कोठा अगाडि बाटोमा निर्वस्त्र अवस्थामा मृत फेला परेकी थिइन् । टाउकोमा चोट लागेको अवस्थामा घोप्टो परेको शव बिहान स्थानीयवासीले सडकमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले हत्या नै भएको प्रमाण फेला पारिनसकेको बताए पनि स्थानीय तथा आफन्तले उनको नियोजित हत्या गरेको दाबी गरेका छन् । पथरी उद्योग वाणिज्य सङ्घका पूर्व उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा २५ सदस्यीय सङ्घर्ष समिति गठन गरेर आफन्त र स्थानीयवासी आन्दोलित बनेका हुन् । प्रहरीले हत्या नै भएको प्रमाण फेला पारिनसकेको बताए पनि स्थानीय तथा आफन्तले उनको नियोजित हत्या गरेको दाबी गरेका छन् । पथरी उद्योग वाणिज्य सङ्घका पूर्व उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा २५ सदस्यीय सङ्घर्ष समिति गठन गरेर आफन्त र स्थानीयवासी आन्दोलित बनेका हुन् । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं । | drishtinews.com |
2,174,945 | प्राइभेसी इन्टरनेसनलले गरेको एक अध्ययनअनुसारअनुसार महिलाहरुले प्रयोग गर्ने पिरियड ट्रयाकर एप्सले उनीहरुको स्वास्थ्यसम्बन्धी विभिन्न नितान्त व्यक्तिगत जानकारीहरु सामाजिक नेटवर्कमा के के शेयर भयो भन्ने जानकारी राख्दछ । यसबाहेक सो एपले महिलाहरुको महिनावारी चक्र तथा उनीहरुले कहिले गर्भनिरोधक साधनहरु प्रयोग गरे भन्ने बारेमा पनि फेसबुकले थाहा पाउँछ। पिरियड ट्रयाकर एपले महिलाहरुको स्वास्थ्यसम्बन्धी विभिन्न नितान्त व्यक्तिगत जानकारीहरु लिएर तेश्रो पक्षअर्थात् थर्ड पार्टीलाई समेत उपलब्ध गगराउने गरेको रिपोर्टमा उल्लेख छ । त्यस्ता तेश्रो पक्ष सर्भिसहरु लिनेमा सोसल नेटवर्किङ्ग साइट फेसबुकसमेत रहेको छ । सो महिनावारी चक्रको बारेमा जानकारी राख्ने मेन्सुरेसन एप्सले नितान्त व्यक्तिगत जानकारीसमेत संकलन गर्ने गरेको छ, जसमा सामान्य स्वास्थ्य अवस्था, यौन सम्पर्कको बारेमा जानकारी, मानिसको मुड, र सो एप प्रयोगकर्ताले के खाए, पिए वा कहिले र कुन प्रकारको स्यानिटरी प्याड उनीहरुले प्रयोग गरे भन्ने बारेमा जानकारी राख्दछ । सो एपले यूजरलाई अर्को महिनावारी चक्र कहिले हुनसक्छ भन्ने अनुमान गर्ने मितिहरु समेत सुझाव दिन्छ । फेसबुकसँग भने सोसल नेटवर्कको सफ्टवेयर डेभलपमेन्ट किट एसडिकेमार्फत डाटा शेयर हुने गरेको छ जून टूल विभिन्न एप्सहरुले विज्ञापनदाताहरुसम्म पुग्न प्रयोग गर्ने गर्दछ । सो संस्थाले यो क्याटोगरीमा लोकप्रिय एप्सहरु पिरियड ट्र्याकर, पिरियड ट्र्याक फ्लो र क्लू पिरियड ट्र्याकरले भने फेसबुकसँग डाटाहरु शेयर नगर्ने भेटेको थियो । तर अन्य एप्सहरुमये प्लाकल टेकले बनाएको माया, मोबएप डेभलपमेन्ट लिमिटेडले बनाएको एमआईए र लिन्चपिन हेल्थले बनाएको माई पिरियड ट्रयाकरले भने व्यक्तिगत डाटा संकलन गर्ने गरेका छन् । अनुसन्धानकाअनुसार प्रयोगकर्ताका निजी जानकारीहरु शेयर गर्ने माया एप गुगल प्ले स्टोरमा मात्रै अहिलेसम्म ५० लाख पटक डाउनलोड भैसकेको छ भने मिया एप १० लाख पटक डाउनलोड भैसकेको छ । त्यसैगरि माई पिरियड ट्रयाकर एप पनि १० लाख पटक डाउनलोड भईसकेको छ । यी एप बनाउनेले फेसबुकको सफ्टवेयर डेभलपमेन्ट किटका माध्यमबाट एप्सलाई केही खास फिचर्सले अपडेट गरी प्रयोगकर्ताका डाटाहरु संकलन गर्ने गर्दछन् । प्रयोगकर्ताले यी एपमा राखेको आफ्नो नितान्त व्यक्तिगत जानकारी तथा सबै विवरणहरु सफ्टवेयर डेभलपमेन्ट किटका माध्यमबाट सीधै फेसबुकलाई पठाउने गर्दछन् । रिपोर्टअनुसार प्रयोगकर्ताले माया एपको गोपनीयता नीति स्वीकार गर्नुअघि नै प्रयोगकर्ताको विवरण फेसबुकसँग शेयर गरिसक्दछ। केही फिचर्सको सहायताले उक्त एपले प्रयोगकर्ताको मुडसमेत पहिचान गरी फेसबुकलाई जानकारी दिन्छ ता कि फेसबुकले प्रयोगकर्ताको मुडको समय र अवस्थाअनुसार विज्ञापन देखाउन सकोस् । यसले प्रयोगकर्तासम्म लक्षित विज्ञापन पुर्याउन कम्पनीहरुलाई सजिलो हुन्छ । शोधकर्ताहरुका अनुसार यसबाट कम्पनीहरुलाई निकै फाइदा हुन्छ किनकि जो महिलाहरु गर्भवती छन् वा हुनेवाला छन् उनीहरुको शपिङ गर्ने तरिकामा निकै परिवर्तन आउने सम्भावना हुन्छ । रजश्वला तथा गर्भलाई ट्रयाकिङ्ग गर्ने एपका बारेमा खुलासा भएसँगै कैयन् महिलाहरुले यो एपको प्रयोग बन्द गरेका छन् । आफ्ना व्यक्तिगत स्वास्थ्य सम्बन्धी डाटाहरुलाई यी एपले आफ्ना रोजगारदाता तथा विमा कम्पनीहरुसँग पनि शेयर गर्नसक्ने उनीहरुको आशंका छ । फेसबुकले सफ्टवेयर डेभलपमेन्ट किटको माध्यमबाट डाटा शेयर गर्ने एप्सको पहिचान गर्ने प्रयास भैरहेको जनाएको छ। कम्पनीले आफ्नो टम्र्स अफ सर्भिसले डेभलपरहरुलाई संवेदनशिल स्वास्थ्य सूचनाहरु पठाउन रोक लगाएको छ र यो भएको थाहा पाएसँगै कम्पनीले डेभलपरहरुलाई त्यसलाई रोक्न दबाब दिएको उल्लेख गरेको छ । योसँगै फेसबुकले यूजर्सका लागि ती एप्स र बिजनेसहरु बन्द गर्ने टूल लन्च गर्ने घोषणा गरेको छ, जसले सोसियल नेटवर्कमा उनीहरुको व्यक्तिगत डाटाहरु शेयर गर्दछ । | technologykhabar.com |
3,723,997 | मंसिर १४ गते हुने उपनिर्वाचनको लागि अहिले निर्वाचन आचार संहिता कार्यान्वयनमा रहेको छ । निर्वाचन आचार संहिता कार्यान्वयन भइसकेको अवस्थामा सरकारले सातै प्रदेश प्रमुखलाई हटाई नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ । कार्तिक ८ गतेदेखि आचार संहिता लागु हुँदा प्रदेश प्रमुखको नियुक्ति के हुन्छ ? अहिले राजनीतिक वृत्त तथा सर्वसाधारणको मनमा यही कुराले खुल्दुली भएको छ । सरकारले दुई दिन भित्र सातै प्रदेश प्रमुखलाई पदमुक्त गरी सातै प्रदेशमा नयाँ प्रदेश प्रमुखलाई नियुक्ति गरेको छ । नियुक्त प्रदेश प्रमुखले राष्ट्रपतिबाट पद तथा गोपनीयताको समथ पनि लिइसकेका छन् । कार्तिक ८ गतेदेखि उपनिर्वाचनको आचार संहिता कार्यान्वयनमा आइसकेको अवस्थामा पदमुक्त र नयाँ नियुक्ती के होला ? सबैको मनमा उठ्ने जिज्ञासा हो यो । दुई तिहाईको सरकार बनेको झण्डै २ वर्षसम्म प्रदेश प्रमुखलाई नहटाएको यो सरकारले निर्वाचन आचार संहिताको समयमा प्रदेश प्रमुख परिवर्तन गरेको छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिताले नयाँ पदपुर्ति नगर्न तीनै तहको सरकारलाई भनेको छ । तर केन्द्र सरकारबाटै हटाउने र नयाँ राख्ने काम भएको छ । यसलाई निर्वाचन आयोगले कसरी हेरेको छ त ? निर्वाचन आचारसंहिताको यो समयमा अहिले सरकारले गरेको निर्णय अनिवार्य हैन । सरकारले यो समयमा नभई आचारसंहिता सुरु हुनु अघि या निर्वाचनपछि मात्र नियुक्ति गरेको भए उपयुक्त हुने कानुनविदहरु बताउँछन । निर्वाचन आचारसंहिताको समयमा नै सरकारले नियुक्ति या पदमुक्त गर्नुले सरकार नै आचारसंहिताको खिलाप लागेको सर्वसाधारणको बुझाइ छ । कानुनी व्यवस्था अनुसार नै रहेको भएपनि यो समयमा यस्तो कार्य गर्न नहुने उनीहरुको तर्क छ । निर्वाचन आचारसंहिताको दृष्टिले निर्वाचन सानो या ठुलो भन्ने हुँदैन । अहिले नियुक्त भएका सबै प्रदेश प्रमुखहरु राजनीति वृतकै हुन् । प्रदेश प्रमुख आलंकारिक पद भएपनि यो विश्वविद्यालयको उपकुलपति भन्दा निर्वाचनमा असर पार्ने पद हो । पूर्ववर्ति सरकारको निर्णय मन नपरेकोमा सरकारलाई कानुन अनुसार फेरबदल गर्न सक्ने अधिकार छ । सरकार बनेको करिब २ वर्षसम्म मौन रहेर निर्वाचनको बेलामा यस्तो निर्णय गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कसैकसैले यसलाई अघिल्लो सरकारलाई रिस फेर्ने शैलीका रुपमा पनि बुझेका छन् । अघिल्लो नेपाली कांग्रेसको नेतृत्वमा रहेको देउवा सरकारले, नयाँ निर्वाचनका परिणाम आइसकेपछि सरकार छोड्ने बेलामा प्रदेश प्रमुखहरुको सिफारिस गरेको थियो । अहिले भने सरकारले निर्वाचन आचार संहिता लागू भएको बेला प्रदेश प्रमुखको निर्णय गरेको छ । | emountaintv.com |
2,652,865 | यो मेसिनमा नै सुनके मोटो पत्र लगाइएको हुन्छ । यहाँ एटियम प्रयोगकर्तालाई सुन छान्न थुप्रै विकल्प दिइएको हुन्छ । यहाँ मुश्किलले १३ प्रतिशत मानिसहरु अरबी छन् । यहाँ बसिरहेका मानिसहरुमा भारतीय, पाकिस्तानी र बंगलादेशी बढि छन् । यो केही सेकेन्डमा नै २४० किलोमिटर प्रति घण्टाको स्पिड लिन सक्छ । यस्तै, फरारी वर्ल्डलाई संसारको सबैभन्दा ठूलो इनडोर थिम पार्कको रुपमा चिनिन्छ । | ratopati.com |
1,568,637 | नेकपा एमालेका सांसद सूर्य थापाले राष्ट्रपति रामचन्द्र पौडेलको उपचारमा भएको खर्च सदनलाई जानकारी गराउन माग गरेका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसद थापाले सामाजिक सञ्जालहरूमा राष्ट्रपतिको उपचारमा अढाइ करोड बढी खर्च भएको भन्दै त्यसको विवरण आइरहेकोले सत्यतथ्य सरकारले सदनलाई जानकारी गराउनुपर्ने बताएका हुन् । उनले भने, ‘राष्ट्रपतिको उपचारमा अढाइ करोड बढी खर्च भएको सामाजिक सञ्जालमा विवरण आइरहेका छन्, भएको के हो ? सरकारले संसदलाई जानकारी गराएको छैन । सामान्य पेट दुख्दा एयर एम्बुलेन्समा जानुपर्ने यति समृद्ध र यति हैसियतवाला मुलुक नेपाल हो कि होइन ?’ उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिलाई जोड गरेर भारत उपचार गर्न पठाएको भन्ने व्यहोराको विज्ञप्ति राष्ट्रपति कार्यालयबाट जारी भएको भन्दै यसबारे स्पष्ट पार्न पनि माग गरे । | kendrabindu.com |
2,466,183 | नेपाल ट्रेड युनियन कांग्रेस दोस्रो केन्द्रीय समिति बैठक विभिन्न निर्णय गरी सम्पन्न भएको छ । माघ ७ र ८ गते जनकपुरमा बसेको बैठकले महासचिव अजयकुमार राईद्वारा प्रस्तुत सांगठनिक र कोषाध्यक्ष संजय कुमार दाहालद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन संशोधनसहित पारित गरेको हो । यस्तै ट्रेड युनियन कांग्रेसले संगठन विस्तार, परिचालन, श्रमिक आन्दोलनलाई सशक्त बनाउन कार्ययोजनासहित अगाडि बढ्ने र महासंघको कार्ययोजना निर्माण गर्न उपाध्यक्ष गणेश बहादुर केसीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ । ट्रेड युनियन कांग्रेस वरिष्ठ उपाध्यक्ष तेजेन्दजंग कार्कीले बैठकमा माउ पार्टी नेपाली कांग्रेसलाई सहयोग गर्दै आएपनि श्रमिकको प्रतिनिधित्वमा खासै चासो नदेखाइएकोमा बैठकमा गम्भीर छलफल भएको बताए । बैठकमा आगामी दिनमा पार्टीसँग कस्तो सम्बन्ध हुने भन्ने विषयमा महासंघको अवधारण निर्माण गर्न वरिष्ठ उपाध्यक्ष कार्कीको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरेको छ । कांग्रेसको आगामी महासमिति बैठकमा श्रमिक प्रतिनिधित्वका लागि दबाबमूलक कार्यक्रम गर्ने ट्रेड युनियन कांग्रेसले निर्णय गरेको महासचिव अजय राईले बताए । विगत लामो समयदेखि आधिकारिक ट्रेड युनियनको निर्वाचन नियमित नभएकोले नियमित हुनुपर्ने बैठकको निर्णय छ । श्रम ऐन र सामाजिक सुरक्षा योजना प्रभावकारी लागू गर्न र उपदानमा लाग्दै आएको १५ % करलाई ५% कायम गराउन महासंघले विशेष कदम चाल्ने महासचिव राईको भनाइ छ । होटललगायत सत्कार क्षेत्रमा श्रमिकले पाउँदै आएको सेवा शुल्क कायम हुनुपर्ने र श्रमिकलाई स्थानीय तहमा पञ्जिकरण गराउन विशेष अभियान थाल्ने भएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको समायोजनले कर्मचारी कटौती तथा सेवा सुविधा एवं ट्रेड युनियन अधिकार कुण्ठित भएकोप्रति तत्काल नसच्चिए कडा अभियान चाल्ने उनको भनाइ छ । कार्यस्थलबाट नै मताधिकार, विदेश जानुपूर्व दिने अभिमुखीकरण तालिममा बढाइएको शुल्क फिर्ता लिनुपर्ने र युवालाई स्वदेशमा नै रोजगारीको सृजना गराउनुपर्ने उनले बताए । ट्रेड युनियन कांग्रेसले ८ वटा विभाग र ४ वटा सेलको संयोजक, सहसंयोजक र सचिव पनि तोकेको छ । संगठन विभाग प्रमुखमा तेजेन्द्रजंग कार्की, उपप्रमुखमा अर्चना बस्नेत, सचिवमा उत्तम गौतमलाई मनोनीत गरिएको छ । बैठकले मानव अधिकार तथा ट्रेड युनियन विभाग प्रमुखमा गणेश बहादुर केसी, उपप्रमुख जर्नादन भट्टराई, सचिव कृष्ण अर्याललाई मनोनीत गरेको छ । आर्थिक विभाग प्रमुखमा ज्योति कोइराला, उप प्रमुखमा रशा गुरुंग र सचिवमा घनश्याम चापागाईँ मनोनीत हुँदा प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुखमा राधिका कुइँकेल, उप प्रमुखमा कमलकुमार खत्री र सचिवमा सुदिप बुढाथोकीले मौका पाएका छन् । सामाजिक सुरक्षा तथा श्रम सहकारी विभाग प्रमुखमा ललित बहादुर श्रेष्ठ, उप प्रमुखमा कुल बहादुर खडका र सचिवमा शान्ति सिंहले जिम्मेवारी पाउँदा श्रम सम्बन्ध विभाग प्रमुखमा नेत्रबहादुर थापा, उपप्रमुखमा देवदत्त बडू र सचिवमा माधव उपाध्याय मनोनीत भएका छन् । यस्तै योजना तथा अनुसन्धान विभाग प्रमुखमा राजेश पालिखे, उप प्रमुखमा तारा राई कार्की र सचिवमा विष्णु अधिकारी रहेका छन् । | ratopati.com |
6,170,506 |
त्यसै त कम बोल्ने ललिता राई (वर्ष ३५) को बोली बाढीको पीडाले आजकल झनै मत्थर बनेको छ । चार लाख रुपैयाँ जोडजाम गरेर खोलेको ‘राई खाजा घर’ को अस्तित्व गत हप्ता बाढीले मेटाइदियो । साढे दुई वर्षअघि पोखरा-१८ चंखपुरमा ललिता र उनका श्रीमान् कर्णबहादुरले खाजा घर खोलेका थिए । १९ असारमा फेवातालको पानीको मुख्य स्रोत हर्पन खोलामा बाढी आयो । छिमेकीको सहयोगमा खाजा घरको कटेज बोकेर जोगाए । २४ असारमा खोला आसपासकै धानखेतसहित संरचना बगर बगेसँगै यो परिवार विस्थापित भएको छ । पोहोरको बर्खामा पनि बाढी नआएको होइन । तर, अहिलेको जस्तै सबै खेत नै बगर बनाएको थिएन । केही नहोला भनेर बसिरहे । यसपालि खोलामा आएको बाढीले केही बाँकी राखेन । ‘खोलाले हामीलाई खेद्न खोजेको पोहोरदेखि नै हो । परार केही भएन । पोहोर साल अलिअलि लगेको थियो । अहिलेको साल मज्जाले लग्दियो,’ निराश चेहरासहित ललिता बोलिन् । ललिता–कर्णको जोडी तीन वर्ष पहिला खोटाङबाट पोखरा आएको हो । पोखरा आएपछि केही समय जेठाजु मनिष राईसँग बसे । पछि आफैँ व्यापार थाले । वारिको चंखपुर बस्तीबाट हर्पन खोला तरेर धान खेत जान चार वर्ष पहिला पुल बनाइएको थियो । ‘सेल्फी पुल’ को रूपमा चिनिएको पुलमा राम्रै चहलपहल हुने भएकाले पनि व्यापार राम्रै थियो । पहिलो वर्ष राम्रो चले पनि दोस्रो वर्ष कोरोनाले थिच्यो । अहिले खोलाले फर्कनै नमिल्ने गरी लखेटेको छ । ‘चपपटे, खाजा, खाना सबै पकाइन्थ्यो । बेचिन्थ्यो,’ ललिता निराश देखिन्छिन्, ‘मेरा बच्चाहरू पालेको थियो । राम्रै थियो पछि लकडाउन भइदियो । अहिले खोलाले हामीलाई क्षति गर्यो ।’ खोला छेउकै खेतमा तल फलाम गाडेर कर्ण र ललिताले अस्थायी कटेज बनाएका थिए । वडासँग भने कुनै समन्वय गरेका थिएनन् । उनीहरूले जग्गाधनीलाई वार्षिक २५ हजार रुपैयाँ तिर्थे । राई परिवार १९ असारयता ‘घर न घाट’ को अवस्थामा छ । लकडाउनले बन्द रहेको चंखपुरकै एउटा रेस्टुरेन्टमा यो परिवार ओत लागेको छ । सात जनाको परिवारलाई स्थानीय गोकर्ण शर्माको जग्गामा बनेको रेस्टुरेन्ट पीडाल्पकको बाटो भएको छ । ललिताको अनुहार बोल्छ – अब कहाँ जाने, के काम गर्ने, ६ जना बच्चालाई कसरी पाल्ने ? पीडा सुनाउन ललितासँग कर्ण, कर्णसँग ललितामात्रै छन् । भौगोलिक अवस्थिति र सुविधाको हिसाबले प्रदेश नम्बर १ को पहाडी जिल्ला खोटाङ दुर्गम मानिन्छ । सेवासुविधा राम्रै हुने र बच्चालाई राम्रोसँग पढाउने आशमा कर्ण र ललिता साढे चार सय किलोमिटर टाढा पोखरा आएका थिए । ‘बालबच्चालाई पाल्न, राम्रोसँग पढाउन सकिन्छ भनेर आएको । खोटाङ अल्ली दुर्गम नै छ । पोखरा राम्रो ठाउँ हो,’ ललिताले पोखरा आउनुको कारण खुलाइन् । सुगम शहर पोखराले राई परिवारलाई बिल्लाबाठ बनाएको छ । बाढीबाट जोगिन तीन पटक ललिता–कर्णले खाजा घरको क्याबिननै बोकेर सारेका थिए । अन्ततः हर्पन खोलाले लखेटेरै छोड्यो । कर्ण र ललिताले तत्काल के काम गर्ने भन्ने योजना बनाएका छैनन् । ललिता र कर्णका छिमेकी पहिल्यै सरिसके । पामेमा एउटा कोठा पाएकाले त्यहीँ सर्ने ललिताले सुनाइन् । कटेजको फलाम र सिमेन्टको पर्खाल २४ असारमा आएको बाढीले बगाएको छ । पोहोर पनि बर्खामा खोला बढेको थियो । पोहोर भाँडाकुँडा र केही थान कपडा बगायो । केही नहोला भनेर पोहोर त्यहीँ बसिरहे, भएन पनि । ललिता–कर्णको खाजा घर अरुको भन्दा पछाडिपट्टि, खोलाको नजिकै पर्थ्यो । चार जनाले व्यवसाय गरिरहेकोमा एक जनाले चैतमा गुन्टागुन्टी कसे । ललिता–कर्णको काँधमा आफ्ना पाँचबाहेक टुहुरा भान्जाको पनि जिम्मेवारी छ । पोखरा-१८, भकुण्डेस्थित शान्त माविमा तीन जना पढ्छन् । अर्कै विद्यालयमा पढिरहेका अरू दुई बच्चालाई पनि भकुण्डेमै पढाउने तयारीमा ललिता छिन् । एउटा छोरा उदयपुर छन् । २४ असारमा पोखरा-२३ स्थित हर्पन खोलामा बनाइएको ड्याम भत्कियो । त्यही दिन बिहानदेखि हर्पन खोलामा झनै ठूलो बाढी आयो । हर्पन खोला पोखरा-२३ र पोखरा-१८ लाई छोएर फेवातालमा आइपुग्छ । पोखरा-२३ को कार्कीको तगेरोमा १० घर डुबानको जोखिममा रहेकोमा तत्काललाई टरेको छ । चंखपुरमा पनि ठूलो पानी परे बस्ती नै लैजाने जोखिम छ । स्थानीय ६४ वर्षीय गंगाबहादुर भुजेल खोला छेउका सात घर अझै जोखिममा रहेको भन्दै चिन्ता गर्छन् । ३५ वर्षदेखि त्यहाँ बसिरहेका ६४ वर्षीय भुजेल पोहोरदेखि खोलाको धार किन फेरियो भन्नेमा अनुत्तरित छन् । ‘पहिला त्यो टुँडो (ललितालगायतले खाजा घर चलाइरहेको ठाउँ) घुमेर सेल्फी पुल मुनिबाट भकुण्डेतिर जान्थ्यो,’ उनी सुनाउँछन्, ‘अहिले खेततिर बगर बनायो । पहिला यस्तो भएको याद छैन है ।’ चंखपुरमा हर्पन खोला छेउमा १० वटा घर छन् । बर्खाको सुरुवातसँगै भएको क्षति देखेर उनीहरूको मनमा डर पसेको छ । खोलालाई घरभन्दा परै राख्न ढुंगाले धार परिवर्तन गर्न उपाय स्थानीयले लगाएका छन् । पोखरा-१८ का वडाध्यक्ष रणबहादुर थापा तत्काललाई जोगाए पनि पानी पर्दा जोखिम नै रहने सुनाउँछन् । ‘ठूला ढुंगा राखेर अहिले चंखपुरमा धार परिवर्तन गरिएको छ,’ उनले भने, ‘त्यहाँ अझै पनि जोखिम छ । बल्ल असार हो । पानी आउने सिजन बाँकी नै छ ।’
| shilapatra.com |
1,834,416 | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (शुक्रबार) प्रति १० ग्राम सुनको मूल्य ७६ हजार ८ सय २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ८ सय १ रुपैयाँ ५० पैसा कायम गरेको छ । | arthasarokar.com |
3,024,619 | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई आर्थिक वर्ष २०८०÷०८१ बजेटको विवरण मन्त्रालयमा पठाउन फेरि ताकेता गरेको छ । नया“ आर्थिक वर्ष शुरू भइसक्दा पनि बजेट विवरण नबुझाउने स्थानीय तहहरू रहेकोलाई मध्यनजर गर्दै मन्त्रालयले सो ताकेता गरेको हो । असार १० गतेभित्र सम्बन्धित नगरसभामा बजेट पेस नगरेका र असार मसान्तभित्र बजेट पारित नगरेका स्थानीय तहको हकमा मन्त्रालयले पत्रमार्फत ताकेता गरेको हो । मन्त्रालयल बजेट विवरण बुझाउन जिल्लामा रहेका स्थानीय तहलाई सहजीकरण र समन्वय गर्न पनि जिल्ला समन्वय समितिलाई आग्रह गरेको छ । मन्त्रालयले असार १० गतेभित्रमा बजेट पेस गर्ने, तोकिएको समयभन्दा पछि बजेट पेस गर्ने, असार मसान्तभित्र बजेट पेस नगर्ने, असार मसान्तभित्र बजेट पारित गर्नेको संख्या, असार मसान्तभित्रमा बजेट पारित नगर्नेको संख्या वर्गीकरण गरी मन्त्रालयलाई जानकारी गराउन आग्रह गरेको प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिनुभयो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ बमोजिम गाउ“पालिका, नगरपालिकाले हरेक आर्थिक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको समेत अनुमान (बजेट) कार्यपालिकाबाट स्वीकृति लिई सभामा पेस गर्नुपर्ने व्यवस्था छ । त्यसै गरी अन्तर–सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को उपदफा (३) मा अनुसार गाउ“ कार्यपालिका र नगर कार्यपालिकाले स्थानीय तहले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउ“सभा÷नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ । त्यसरी पेस गरेको बजेट असार मसान्तसम्ममा नगरसभा र गाउ“सभाबाट पारित गर्नुपर्ने छ । श्रावण १ गतेदेखि नया“ बजेट लागू हुनेछ । यस्तो कानुनी अवस्था रहे पनि तोकिएको समयसीमामै बजेट पेस भएको विवरण मन्त्रालयमा नपठाएको पाइएको हो । बजेट प्रस्तुति सम्बन्धित एकीकृत विवरण समयमै प्राप्त गर्ने उद्देश्यले मन्त्रालयले गत आर्थिक वर्षको बजेटदेखि सभामा पेस भएको र स्वीकृति भएको विवरण पोस्ट गर्न मन्त्रालयले पोर्टल तयारी गरी मन्त्रालयको वेवसाइटमा राखेको थियो । नगरसभामा बजेट पेस भएको विवरण मन्त्रालयको पोर्टलमा प्रविष्ट गर्न मन्त्रालयले अनुरोध गरे पनि हालसम्म २० देखि २४ वटा स्थानीय तहले बजेट विवरण पेस नगरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहायक प्रवक्ता अश्विनकुमार पोखरेलका अनुसार आइतबारसम्ममा विवरण नबुझाउने स्थानीय तहको संख्या २४ थियो भने सोमबार दुई, तीनवटा स्थानीय तहले विवरण बुझाएको जानकारी मन्त्रालयमा आएको छ । विवरण नबुझाउने बा“की स्थानीय तहमा ९ वटा नगरपालिका र अरु गाउ“पालिका रहेका छन् । त्यसमध्ये अधिकांश मधेस प्रदेशका स्थानीय तह रहेको पनि सहायक प्रवक्ता पोखरेलले बताउनुभयो । वेभसाइटमा बजेट विवरण पेस नगर्नुको कारण तोकिएको समयसीमा बजेट पेस नगरेको वा पेस गरे पनि विवरण प्रविष्ट गर्न बा“की रहेको हुन सक्ने मन्त्रालयले जनाएको छ । गाउ“पालिका राष्ट्रिय महासंघका अनुसार गाउ“सभामा बजेट पेस हुन नसक्नुको कारण गाउँपालिका अध्यक्ष अस्वस्थ भई कार्यक्षेत्रबाहिर रहनु, प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थिति, जनप्रतिनिधिबीच आपसी द्वन्द्व, बजेट विनियोजनमा विवाद तथा बजेट तयारी गर्न समय नपुगेको लगायत रहेका छन् । नगरपालिका संघका अनुसार नगरपालिकाले बजेट ल्याउन नसक्नुको कारण बहुमत नहुनु, प्रमुख र उपप्रमुखबीचको व्यक्तित्व टकराब, जनप्रतिनिधिलाई साझा जनप्रतिनिधिका रूपमा स्वीकार नगरिनु, निमित्त प्रमुख प्रशासकीय अधिकृत रहनुलगायत रहेको छ । स्थानीय तहहरू स्वायत्त भएका कारण बजेट समयमै नल्याउने स्थानीय सरकारलाई केन्द्रले कानुनी रूपमा कारबाही भने गर्न सक्दैन । कानुनबमोजिम बजेटसम्बन्धी प्रक्रिया पालना नभए नेपाल सरकारबाट हस्तान्तरण हुने सबै प्रकारका अनुदानको निकासा र राजस्व बा“डफाँटको रकम हस्तान्तरण प्रक्रियामा पनि कठिनाइ आउने प्रवक्ता भट्टराईको भनाइ रहेको छ । सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा स्थानीय तहलाई वित्तीय समानीकरण, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान दिने प्रावधान रहेको छ । | newsofnepal.com |
138,722 | सोही अवधिमा थप ३४३ जनाको कोरोनाका कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ। यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ७६ हजार ४७८ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ। भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितको सङ्ख्या ८७ हजार २४५ रहेको छ। अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कुल सङ्क्रमितको सङ्ख्याको ०.२५ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ। यो सङ्ख्या सन् २०२० को मार्च पछिकै सबैभन्दा कम रहेको अधिकारीले जनाएका छन्। गएको २४ घण्टामा भारतमा आठ हजार ९४८ कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४१ लाख ५४ हजार ८७९ जनालाई कोरोना सङ्क्रमण निको भएका छन्। भारतमा कोरोना भाइरस निको हुने दर ९८.३८ प्रतिशत रहेको जनाइएको छ । यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ। भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६६ करोड २ लाख व्यक्तिको कोरोना परीक्षण भएको छ। त्यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ३५ करोड २५ लाख डोज खोप लगाइएको जनाइएको छ । | nepalwatch.com |
5,779,005 | नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गर्ने भएका छन् । भेटवार्ता दिउँसो ३ बजे गृह मन्त्रालयमा हुने गृहमन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए । महासचिव गुटेरेल लुम्बिनीबाट फर्केपछि गृहमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको हो । गृहमन्त्रीसँग भेटवार्ता गरेपछि महासचिव गुटेरेसले संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् । | baahrakhari.com |
5,390,713 | पछिल्लो समय खुम्बु क्षेत्रमा पर्यटक बेपत्ता भएको खबर सुन्न छाडिएको छ । यस अघि प्रत्येक सिजनमा पर्यटक बेपत्ता हुने गरेको तथ्याङ्क छ । गाइड विना नै (एफआइटी) पदयात्रामा जाने पर्यटकहरूले बाटो र भौगोलिक बनावट पत्तो लगाउन नसक्दा बेपत्ता भएर मृत्यु हुने गरेको सङ्ख्या बढ्दै गएपछि खुम्बु क्षेत्रमा गत असोज महिना देखि ट्रेक कार्ड वितरण सुरु भएको छ । | gorkhapatraonline.com |
2,506,996 | बैंक तथा बित्तीय संस्था मार्फत दशैंमा ५ सय र एक हजार दरका ५८ अर्ब रुपैयाँ वरावरका नयाँ नोट बजारमा गएको हो । यो रकम दशैं, तिहार र छट सकिएपछि क्रमश बैंकमा फर्कने गरेको छ । ती चाडवाड सकिएपछि क्रमिक रुपमा अहिले बजारमा गएको रकम बैंकहरुमा फर्कने पण्डितले बताए । तर, सबै रकम फर्कने भने हुदैन । बैंकवाट वाहिरिएको मध्ये ६० प्रतिशत रकम ठूला चाड सकिएपछि बैंकमा फर्कने गरेको छ । | ratopati.com |
922,948 | भूकम्पले चर्काएर पहिरोको जोखिममा परेका बासिन्दाले थातथलो छाडेर अन्यत्र जान अनिच्छुक भएपछि पुनर्वास कार्यक्रम प्रभावित भएको छ ।भूकम्पबाट अति प्रभावित, केरौंजा, मान्वु लापु, गुम्दा, सिर्दिवास र सौरपानी गाविसका बासिन्दा नयाँ ठाउँमा पुनर्वास जान मानेका छैनन् । | ekantipur.com |
4,739,535 | गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खांणको वडामा नेकपा एमालेको प्यानलै निर्वाचित भएको छ। रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ८ मा एमालेको प्यानल विजयी भएको हो । यो नगरपालिका मा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार रामकृष्ण खांण समेतको उक्त वडामा नेकपा एमालेले क्लिन स्वीप गरेको हो। तिलोत्तमा नगरपालिकाको वडा नं ८ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र र जनमोर्चा समेतको गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार कृष्ण पौडेल १ सय ८९ मतान्तरका साथ विजयी भएका छन्। पौडेल २०७४ सालको स्थानीय तह निर्वाचनमा समेत नेपाली कांग्रेसका नगरसभापति हरिलाल पाण्डेलाई ५०७ मतको अन्तरले पराजित गरी वडाअध्यक्ष निर्वाचित भएका थिए। ३ हजार ४ सय ६८ मत खसेको उक्त वडाको वडाअध्यक्षमा नेकपा एमालेको प्यानलै बिजयी भएको छ। वडाअध्यक्षमा नेकपा एमालेका कृष्ण प्रसाद पौडेलले १ हजार ६१५ मत पाएर बिजयी हुँदा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका केशवराज अर्यालले १ हजार ४२६ मत पाए। त्यसैगरी नेकपा एमालेका उम्मेदवारहरु महिला सदस्य कमला पराजुली, दलित महिला सदस्यमा सावित्रा दमाई र खुल्ला सदस्यमा कमलकान्त गौतम र खुमबहादुर खासु विजयी भएका छन् । | nepalpress.com |
4,626,055 | व्यवसायीले मुस्ताङी च्याङ्ग्रा बजार भित्र्याएका छन् । बागलुङ, पर्वतसहित आसपासमा सोमबार च्याङ्ग्रा आइपुगेका हुन् । व्यवसायीले हप्तौँ लगाएर बर्सेनि दसैंमा च्याङ्ग्रा भित्र्याउँछन् । दसैंमा च्याङ्ग्राको माग उच्च हुन्छ । बागलुङका व्यवसायी महेन्द्र केसीले स्थानीय बलबहादुर थापासहित पर्वत र काठमाडौंका दुई–दुई व्यवसायी मिलेर २ सय ५० च्याङ्ग्रा ल्याएको बताए। “सानो बगालमा किन्न नमिलेपछि छ जना मिलेर ल्यायौँ”, उनले भने, “यीमध्ये केही च्याङ्ग्रा काठमाडौं पुग्छन्, अरु बागलुङ र पर्वतमा बेच्छौं ।” उनका अनुसार मुस्ताङ पुगेका अरू व्यापारी च्याङ्ग्रा ल्याएर बाटोमा फर्कंदैछन् । मुस्ताङको जोमसोम, कागबेनी, चमरलगायत ठाउँमा पुगेर व्यवसायीले च्याङ्ग्रा ल्याउँछन् । त्यहाँबाट म्याग्दी, बागलुङ हुँदै पर्वत ल्याइपुर्याउन हप्ता दिनसम्म लाग्छ । बर्सेनि मुस्ताङी च्याङ्ग्रा पोखरा हुँदै काठमाडौँ पनि पुग्छ । सात वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आएका केसीले यसपालि पनि भाउ महँगो परेको सुनाए। “रोज्जा च्याङ्ग्रालाई मुस्ताङमै ४० हजार रूपैयाँ जति पर्यो, यहाँ बेच्दा त ४५ हजारमाथि पुग्छ”, उनले भने, “तिब्बतबाट च्याङ्ग्रा आएन, मुस्ताङको आफ्नै उत्पादन कम छ ।” कोराला नाका नखुल्दा तिब्बतका व्यापारीले च्याङ्ग्रा मुस्ताङ भित्र्याउन पाएका छैनन् । मुस्ताङमा पालिने च्याङ्ग्राले मात्र बजार माग धान्दैन । च्याङ्ग्रै कम आएका कारण मूल्य बढेको व्यवसायी बताउँछन् । दुई वर्षअघि रोज्जा च्याङ्ग्रालाई मुस्ताङमा २७ हजार ५ सय रूपैयाँ परेकामा अहिले त्यो बढेर ४० हजार रूपैयाँ पुगेको छ । मूल्य चर्को परेपछि कतिपय पुराना व्यवसायी यसपालि च्याङ्ग्रा किन्नै नगएको पर्वत, कुश्माका व्यवसायी राजु पुनले बताए । “च्याङ्ग्रामा पहिलेको झैं व्यापार छैन”, उनले भने, “महँगो परेपछि व्यवसायीले पनि झट्ट हात हाल्न आँट गर्दैनन् ।” बर्सेनि भाउ महँगिदै जान थालेपछि च्याङ्ग्राको कारोबार कम छ । ठूलो लगानी चाहिने हुँदा व्यवसायीमा पनि रुचि घट्दो छ । “बाटोको आउजाउ कठिन हुन्छ, खर्चपर्च धेरै लाग्छ, खेतला लगाउनुपर्छ”, केसीले भने, “तैपनि दसैंमा उपभोक्तालाई च्याङ्ग्रा चखाउनुपर्छ भनेर व्यवसायीले ल्याइरहेका छन् ।” उनका अनुसार केही वर्षअघिसम्म बागलुङमा मात्रै दुई हजार बढी च्याङ्ग्रा भित्रिने गरेकामा अहिले त्यो सङ्ख्या केही सयमा मात्र सीमित हुन पुगेको छ । सदरमुकाममा मासु पसलसमेत सञ्चालन गर्दै आएका केसीले दसैमा च्याङ्ग्राको मासुको माग अत्यधिक हुने बताए। अहिले च्याङ्ग्राको मासु प्रतिकिलो २ हजार रूपैयाँ बढी पर्ने देखिएको उनको भनाइ छ । हुनेखानेले महँगै परे पनि दसैंमा च्याङ्ग्राको मासु खोजीखोजी किन्ने गर्छन् । कोभिड–१९ महाव्याधिपछि च्याङ्ग्रा महँगिएको व्यवसायी बताउँछन् । च्याङ्ग्रा कम आउनु, बढ्दो करजस्ता कारणले पनि मूल्य बढ्दै गएको हो । स्थानीय तहसहित ठाउँठाउँमा दस्तुर र कर तिर्नुपर्दा थप मर्का पर्ने गरेको व्यवसायीको गुनासो छ । यस क्षेत्रमा मुख्य गरी मुस्ताङ र डोल्पाको च्याङ्ग्रा आउने गरेको छ । नाका नखुल्दा तिब्बतको च्याङ्ग्रा भित्रिनसकेको छैन । पछिल्लो पाँच वर्षमा २० हजार रूपैयाँभन्दा बढीले च्याङ्ग्राको भाउ बढेको व्यवसायी बताउँछन् । व्यवसायीले एउटा च्याङ्ग्रामा १–२ हजारसम्म फाइदा राखेर बेच्ने गरेका छन् । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्रा स्वादिष्ट र स्वस्थकर मानिन्छ । मासुजन्य अरू परिकार बाह्रैमास पाइने भए पनि च्याङ्ग्राका लागि भने उपभोक्ताले दसैं नै कुनुपर्छ । | capitalnepal.com |
4,076,275 | संबिधान बमोजिम संसदबाट अब बन्ने ऐन कानुन लैङ्गिक मैत्री बनाउन सांसदहरुको भुमिका महत्वपुर्ण हुने बताइएको छ । जागरण नेपालको आयोजनामा राजधानीमा भएको लैङ्गिक मैत्री संघीय कानुन निर्माणमा महिला सांसदहरुको भुमिका बिषयक कार्यक्रममा सांसदहरुले नेपाल नयाँ युगमा प्रबेश गरेकोले अब नयाँ ढंगले अगाडि बढाउनुपर्ने बताएका छन् । सबिधानसभाले बनाएको संबिधान बमोजिम संसदबाट बन्ने ऐन कानुन निर्माण र ती ऐन कानुन जनतामुखी बनाउन सबै सांसदको प्रभाबकारी सक्रियता हुनुपर्ने कुरामा जोड दिएका छन । सबै खाले हिंसा र अन्याय अन्त नभए सम्म समृद्धि र बिकास हुन नसक्ने भन्दै सांसदहरुले समाजमा रहेका बिकृतिहरुलाई हटाएर सुखी र समृद्धि नेपाल बनाउन आफुहरु लागि पर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । स्थायी खालको नयाँ सरकार बनेको सन्दर्भमा बिगतका बिकृति हटाएर सामाजिक न्यायसहितको सुशासनयुक्त समाजको खाँचो रहेको र त्यसका लागि परिबर्तनको प्रारम्भ आफैबाट गर्नु पर्ने आबश्यकता माथि पनि सांसदहरुले जोड दिएका छन । संसदमा रहेका ५ वटै राष्ट्रिय पार्टीका सांसदहरुको उपस्थिति रहेको कार्यक्रममा स्वास्थ्य राज्य मन्त्री पद्मा अर्यालले राजनीतिमा महिलाको सहभागिता जति प्रभाबकारी रहेको छ त्यत्तिकै रुपमा अब प्रभाबकारी कानुन निर्माणमा पनि सबै पक्षको सहयोगी भुमिका हुनुपर्ने बताएकी छन । मन्त्री अर्यालले सांसदहरुकै सुझाबका आधारमा बर्तमान सरकारले सामाजिक न्याय सहितको नीति तथा कार्यक्रम ल्याउने र स्वास्थ्यसंग सम्बन्धित बिषयमा पनि आफुले समानता र महिलामुखी , जनमुखी भएर योजना बनाएर लागु गर्ने प्रतिबद्धता ब्यक्त गरेकी छन । जागरण नेपालकी अध्यक्ष सम्झना पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कानुनविद् सबिन श्रेष्ठले कानुन निर्माणमा सांसदहरुको भुमिका कस्तो हुने र बिधेयक निर्माण प्रक्रिया बारे जानकारी गराएका थिए । समानतामुखी कानुन निर्माणका लागि बिगतमा जस्तै महिलाहरुको ककस बनाउन पनि उनले सुझाब दिएका थिए । तर बिगतमा बनेको महिला ककसको ब्यापक दुरुपयोग भएको र त्यसले नकारात्मक सन्देश दिएको कारण जिम्मेबार राजनीतिक दलका नेताहरु भने ककस बनाउनुपर्ने कुरमा सोच्नुपर्ने हुन्छ भनेका छन् । स्वयं महिला सांसदहरु पनि खुलेर ककस बनाउने पक्षमा देखिएका छैनन । संबिधान निर्माणका समयमा ककसको दुरुपयोग कतिपय डोनर एजेन्सीले गरेको र जातजातिबीच रहेका सहिष्णुतालाई खलबल्याउन खोजेको आरोप समेत जिम्मेबार राजनीतिक दलका नेताहरुको रहने गरेको छ । अखिल नेपाल महिला संघकी नेतृ एवं जागरण नेपालकी संस्थापक अध्यक्ष शर्मिला कार्कीले राजनीतिमा महिला सहभागिता जस्ता बिषयमा ठुलो उपलब्धि हाँसिल भएकोले त्यसलाई अब सस्थागत गर्नुपर्ने बताएकी छन । कार्यक्रमको सहजीकरण गरेका बरिष्ठ पत्रकार टंक पन्तले संसदमा सांसदहरुको भुमिका कसरी प्रभाबकारी हुन सक्छ र सासदहरु कसरी संसदमा प्रस्तुत हुँदा राम्रो हुन्छ भन्ने बिषयमा प्रकाश पारेका थिए । संसद समितिहरुमा हुने छलफल महत्वपुर्ण हुने भएको हुँदा कुनै पनि बिषयमा कुरा राख्नु अघि गहिरो अध्ययन गरी विचार राख्न सुझाव दिएका थिए । कार्यक्रममा सांसदहरु गोमा देबकोटा , अमृता थापा , आशाकुमारी बिक , धर्मशिला चापागाई , डा पुष्पा कर्ण, मीना पाण्डे , मैना भण्डारी, नीरा जैरु, जयपुरी घर्ती , बिकास साझेदार संस्थाका गोबिन्द न्यौपाने लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको संचालन जागरण नेपालका दिपक वस्यालले गरेका थिए । काठमाडौं, साउन ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक आज ११ः३० बजे दलको काठमाडौं, साउन ६ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले काठमाडौं, साउन ५ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले काठमाडौं,४ साउन । श्रीलंकामा आजबाट सुरु भएको नवौं संस्करणको एसीसी एसिया कप टी(२० महिला क्रिकेटको काठमाडौं, साउन ४ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले काठमाडौं, साउन ३ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । उक्त प्रभावका कारण काठमाडौं, साउन २ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । उक्त प्रभावका कारण काठमाडौं, १ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य मनिष सुमनले कांग्रेस–एमाले गठबन्धन काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं । | reportersnepal.com |
3,284,816 | यहि विषयमा आज कार्यक्रमका लागि विदेश जादै गरेका कलाकारहरुले आफ्नो धारणा व्यक्त गरेका छन् । प्रिती आले, द भ्वाइसका टिम, प्रमोद खरेल, दुर्गेश थापा सहितका कलाकारहरु आज कार्यक्रमका लागि विदेश उडेका छन् । विदेश उड्दै गर्दा केहि कलाकारहरुले आफुले पनि भोगेको पि’डाहरु सुनाएका छन् भने केहि कलाकारहरुले आस्था राउतको विषयले गर्दा आफु सतर्क हुने उल्लेख गरेका छन् । द भ्वाइसका टिमले आफु चेकजाँचका क्रममा ज्याकेट खोलेर नै जाने भन्दै आस्था राउतको विवादमा सटायर समेत हानेका छन् । गायिका प्रिती आलेले आफुले धेरैचोटि प्रहरीबाट पि’डा पाएको र आस्था राउतको ठाउँमा आफु पनि भएको भए रिसाउने कुरा उल्लेख गरेकि छिन । हेर्नुस् भिडियो काठमाडौं– काठमाडौं महानगरपालिकाको शिक्षा विभागलेसातवटा सामुदायिक विद्यालयले बहालमा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ काठमाडौं,१६ वैशाख । शनिबार भएको उपनिर्वाचनअन्तर्गत इलाम २ को मतपरिणाम आउनेक्रम जारी छ । | onlinetvnepal.com |
330,245 | प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले संसदमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुनुपर्ने बताएका छन्। चालु अधिवेशनको सुरूदेखि नै प्रधानमन्त्री संसदमा उपस्थित नभएको भन्दै सांसद बडुले के काममा व्यस्त हो सदनमा जानकारी दिनुपर्ने बताए। ‘प्रधानमन्त्रीजी चालु अधिवेशनको सुरू दिनदेखि नै संसदमा देखिनुभएको छैन,’ मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बडुले भने, ‘मिडियाबाट जानकारी भएअनुसार उहाँले आफ्नो उत्तराधिकारीका रूपमा भावी प्रधानमन्त्री घोषणा गरेको पनि सुनियो। आफ्नो उत्तराधिकारी आफैंले तोक्नुपर्ने यो कुन संविधानको बन्दोबस्त हो, वर्तमान संविधानमा देखिएन।’ उनले प्रधानमन्त्री के कारणले संसद उपस्थित हुन नसकेको भन्ने जानकारी गराउनुपर्ने बताए। ‘उहाँ के काममा व्यस्त हो? संसदमा जानकारी गराउनुपर्छ, संसद जान्न चाहन्छ,’ सांसद बडुले भने। केही समयअघि नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले भावी प्रधानमन्त्रीका रूपमा नेकपा उपाध्यक्ष वामदेव गौतमको नाम प्रस्ताव गरेका थिए । | setopati.com |
5,649,350 | शुक्रवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले श्रम मन्त्री र सचिवसँग राम्रो जानकारी लिएर श्रम ऐन संशोधनदेखि वैदेशिक रोजगार व्यवसायलाई पारदर्शी र सम्मानित बनाउन तयार रहेको बताउनुभएको हो । उहाँले वैदेशिक रोजगारीको क्षेत्रमा विगतमा धेरै विकृति विसङ्गतिहरु रोक्न व्यवसायीहरुको सहयोगको आवश्यकता रहेको बताउनु भयो । उहाँले समय अनुसार वैदेशिक रोजगार व्यवसायलाई सम्मानित पारदर्शी,प्रभावकारी बनाउने र अवाञ्छित र गलत क्रियाकलापहरुलाई निरुत्साहीत गर्ने प्रक्रियामा केही प्रगति भइरहेको बताउनु भयो । प्रधानमन्त्री दाहालले हेरक क्षेत्रमा जनता र राष्ट्रको निम्ति केही नयाँ शुरुवात गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘वैदेशिक रोजगारीको क्षेत्रमा विगतमा धेरै विकृति विसङ्गतिका तथ्यहरु नभएको होइनन् । समय अनुसार यो व्यवसायलाई सम्मानित पारर्दर्शी, प्रभावकारी बनाउने र अवाञ्छित र गलत क्रियाकलापहरुलाई निरुत्साहित गर्ने प्रक्रियामा केही प्रगति भएको छ । अहिले रोजगारी ऐन २०६४ परिर्माजन गर्नुपर्ने आवश्यकता बारेमा र सरकारले श्रमिकका हक हितलाई उच्च प्राथमिकताका साथ श्रमिकको जीवन र पसिना बगाएर कमाएको सम्पतिको सुरक्षा र सम्मानको निम्ति दोस्रो कार्यकाल प्रधानमन्त्री भएको बेला ध्यान केन्द्रित भएको थियो । श्रममन्त्री र सचिवसँग राम्रो जानकारी लिएर ऐन संशोधनदेखि वैदेशिक व्यवसायलाई पारदर्शी सम्मानित बनाउनको लागि कुनै कसर बाँकी राख्नेछैन । मैले हेरक क्षेत्रमा जनता र राष्ट्रको निम्ति केही नयाँ शुरुवात गर्नुछ । त्यसको लागि सबैको सहयोगको आवश्यकता रहन्छ । व्यवसायीहरुले नै वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका विकृति विसङ्गतिहरुलाई रोक्न सहयोग गर्न सक्नुहुन्छ । व्यवसायीहरुले सरकारलाई सहयोग गर्दा सरकार मैत्रीपूर्ण सम्बन्ध कायम गर्न तयार छ ।’ प्रधानमन्त्री दाहालले वैदेशिक रोजगार व्यवसायीहरुले नै वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका विकृति विसङ्गतिहरुलाई रोक्न सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले व्यवसायीहरुले सरकारलाई सहयोग गर्दा सरकार मैत्रीपूर्ण सम्बन्ध कायम गर्न तयार रहेको पनि बताउनु भयो । | ujyaaloonline.com |
1,534,851 | नेपाली बजारमा आज सुनको भाउ ५ सय रूपैयाँले बढेकाे छ। मंगलबार १ लाख १२ हजार २ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार ७ सय रूपैयाँमा काराेवार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनकाे मूल्य ताेलामा १ लाख १२ हजार १ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ। आज चाँदीको मूल्य १० रूपैयाँले बढेकाे छ। मंगलबार प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ६५ रूपैयाँमा काराेवार भइरहेकाे छ । | kendrabindu.com |
441,386 | नेपालमा पछिल्लो २४ घण्टामा २४ सय ४० जना कोभिड १९का नयाँ विरामी फेला परेका छन् । स्वास्थ तथा जनसँख्या मन्त्रालयले सोमबार गराएको जानकारी अनुसार कोभिड १९का विरामीको उक्त सँख्या फेला परेको हो । कोभिड १९ संक्रमितको उक्त सँख्यासँगै नेपालको कुल संक्रमितको सँख्या ८९ हजार २ सय ६३ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । हालसम्म कुल ६५ हजार २ सय २ जना कोभिड १९ संक्रमणमुक्त भइसकेका स्वास्थ तथा जनसँख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार हाल २३ हजार ७ सय ५ जना कोभिड १९का सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ११ सय ३३ जना संक्रमणमुक्त भएका र हालसम्म ५ सय ५४ जनाको कोभिड १९का कारण मृत्यु भएको स्वास्थ तथा जनसँख्या मन्त्रालयले जनाएको छ । | hamrakura.com |
4,802,959 | शिशिर यामको उत्तराद्र्धमा परेको हिउँ र शक्तिशाली आँधीका कारण एरिजोनादेखि वायोमिङसम्मको जनजीवन अस्तव्यस्त भएको छ । उडानहरू रद्द भएका छन्भने राजमार्गहरू बन्द भएका छन् । विद्युत्विहीन आवासहरूमा प्रकाश र न्यानो नहुँदा सयौँ हजार अमेरिकीको जीवन कष्टकर बनेको छ । प्रतिकूल मौसमका कारण राजमार्ग बन्द हुँदा गाडीमा नै मानिस फसेका छन् । सडकमा बाक्लो हिउँ जमेकाले सवारी साधन सञ्चालन नगर्न अधिकारीहरूले चेतावनी दिएका छन् । दशकौँपछि दक्षिणी क्यालिफोर्नियाको अवस्था अझ खराब भएको छ । परिस्थिति सामान्य हुन अझै केही दिन लाग्ने उनीहरूले बताएका छन् । लगातारको हिमपात र आँधीका कारण विद्यालय, कार्यालयमात्र होइन सदन पनि बन्द भएका छन् । आज मिनेसोटा विधायिका पनि बन्द रह्यो । यात्रामा निस्केकाहरू उडान नहुँदा विमानस्थलमा अलपत्र परेका छन् । मौसम अनुकूल नहुँदा एक हजार छ सयभन्दा बढी उडान रद्द भएका छन् । मिनियापोलिस–सेन्टबाट आउने र जाने चार सय उडानमा विलम्ब वा पुनर्तालिका गर्नुपरेको छ भने देशभरि पाँच हजारभन्दा बढी उडानमा ढिलाइ भएको छ । डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आज दुई घण्टाभन्दा बढी समय उडानमा विलम्ब भएको थियो । वायोमिङमा उद्धारकर्ताहरू सवारीसाधनमा फसेका मानिससम्म पुग्न अथक प्रयास गरिरहेका छन् तर शक्तिशाली आँधी र अविरल हिमपातले उद्धार गर्न नसकिएको राजमार्ग गस्तीमा खटिएका सुरक्षा अधिकारीले बताएका छन् । वायोमिङको यातायात विभागले सामाजिक सञ्जालमा चेतावनीका सन्देश जारी गर्दै राज्यको दक्षिणी भागका अधिकांश सडक अगम्य भएकाले यात्रामा ननिस्कन सुझाएको छ । शक्तिशाली आँधीले क्यालिफोर्नियामा सबैभन्दा ठूलो क्षति भएको छ । जताजतै रूख ढलेका छन् भने विद्युत् आपूर्तिका लाइनमा पनि क्षति भएको छ । राज्यका ६५हजारभन्दा बढी ग्राहक बिजुलीविहीन भएका छन् । सन् १९८९ पछि पहिलोपटक लस एन्जलस, भेन्चुरा र शान्ताबरबरा काउन्टीका पहाडठमा बिहीबार बिहान चार बजेदेखि हिमपातको चेतावनी जारी गरिएको छ । यो सप्ताहान्तमा व्यापक हिमपात हुने मौसमविद्ले बताएका छन् । मध्य एरिजोनादेखि न्युमेक्सिकोसम्मको अवस्था पनि उस्तै छ । मिनेसोटा र विस्कान्सिनमा हिमपातसँगै वर्षा हुने राष्ट्रिय मौसम विज्ञान विभागले जनाएको छ । हिमपात र आँधीका कारण विद्युत् आपूर्ति अवरुद्ध हुने चेतावनी पनि सम्बद्ध निकायका अधिकारीले दिएका छन् । | kathmandupress.com |
5,812,714 | राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका ज्ञानमणि नेपालको निधनमा शोक प्रकट गरेका छन् । राष्ट्रपति पौडेलले शुक्रबार शोक प्रकट गर्दै परिवारका सदस्यलाई समवेदनापत्र पठाएका छन् । राष्ट्रपतिको समवेदनामा भनिएको छ, “तथ्य र प्रमाणको कसीमा रहेर नेपालको राजनीति, साहित्यलगायतको इतिहास लेखनमा जीवन समर्पित गर्नुभएका विद्वान इतिहासकार ज्ञानमणि संस्कृत वाङ्मय, शिलालेख तथा ऐतिहासिक दस्ताबेजलाई समेटेर इतिहास लेखनमा दख्खल राख्नुहुन्थ्यो ।” राष्ट्रपति पौडेलले ज्ञानमणिका ‘नेपालको महाभारत’, ‘नेपाल निरुक्त’लगायतका कृतिसहित कयौँ अनुसन्धान र खोजमूलक लेख रचना चिरकालसम्म ज्ञानका भण्डारकारूपमा रहिरहेने उल्लेख गरेका छन् । राष्ट्रपति पौडेलकी पुत्रीसमेत रहेकी स्वकीय सचिव अवज्ञा पौडेल र प्रेस सल्लाहकार किरण पोखरेलले उनको परिवारलाई समवेदनापत्र हस्तान्तरण गरेका छन् । | baahrakhari.com |
1,451,450 | लिबियाबाट शरणार्थी बोकेको डुंगा भूमध्य सागरमा डुब्दा कम्तीमा ९० आप्रावासीको मृत्यु भएको छ। क्षमताभन्दा बढी यात्रु बोकेको सो डुंगा केही दिनअघि लिबिया छोडेको थियो। दुर्घटनामा ४ जनाको जीवितै उद्धार भएको प्राप्त विवरणहरुमा जनाइएको छ। एलेग्रिया १ नामक एक व्यवसायिक ट्यांकरले शनिबार बिहान भूमध्यसागरमा ४ जनाको उद्धार गरेको डक्टर्स विदाउट बोर्डर्सले जनाएको छ। डुंगामा एक सय जनाले यात्रा गरेको उद्धार गरिएका व्यक्तिहरूले बताएका छन्। एक दशकको द्वन्द्व र अराजकताबाट ग्रस्त लिबिया अफ्रिकी र एसियाली आप्रवासीहरूका लागि युरोप जाने प्रमुख प्रस्थान बिन्दु बनेको छ। आप्रवासनका लागि अन्तराष्ट्रिय संगठनका अनुसार पछिल्लो हताहतीबाहेक यस वर्ष भूमध्यसागरमा डुबेर ३६७ जनाको मृत्यु भएको छ । | kendrabindu.com |
2,057,854 | चुनाव प्रचारका क्रममा मोरङमा आचारसंहिता उल्लंघन गरे कारबाही गर्ने प्रदेश निर्वाचन कार्यालय मोरङले चेतावनी दिएको छ। आइतबार विराटनगरमा आयोजित राजनीतिक दलहरूसँगको छलफलमा निर्वाचन आचारसंहिता उल्लंघन गरे कारबाही गर्ने चेतावनी दिएको हो। प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवनकश्यप अधिकारीले चुनाव प्रचारका क्रममा उम्मेदवार तथा राजनीतिक दलहरूले आचारसंहिता उल्लंघन गरिरहेको उजुरी निर्वाचन कार्यालयमा परेको जानकारी दिए। अधिकारीका अनुसार हालसम्म १५ वटा निर्वाचन आचारसंहिता उल्लंघन सम्बन्धी उजुरी आएको बताए। अधिकारीले विशेष गरी उम्मेदवारहरूले सिटी रिक्सामा व्यानर,झण्डा राख्ने, माइकिङ् गर्ने, मोटरसाईकल ¥याली गर्ने लगायतका आचारसंहिता विपरितका गतिविधि गरिरहेको निर्वाचन अनुगमन समितिको अनुगमनका क्रममा पाइएको छ। यस्तै आचारसंहिता उल्लंघनका उजुरीहरू पनि मौखिक र लिखितरुपमा आएको अधिकारीले बताए। उनले भने ‘उम्मेदवारहरूले चुनाव प्रचारका क्रममा सिटिसफारीमा झण्डा, व्यानर र ठूला पम्पलेटहरू राखेर माइकिङ् गरिरहेको र त्यस्ता गतिविधिलाई निरन्तरता दिइरहे कारबाहीको भागिदार हुनुपर्नेछ।’ अधिकारीले निर्वाचन आचारसंहिताको उलंघन गर्नेलाई १ लाख रुपैयाँसम्म नगद जरीवानालगायतका कारबाही हुने कानुनी व्यवस्था रहेको बताए। मोरङका प्रमुख जिल्ला अधिकारी काँसिराज दाहालले निर्वाचन आचारसंहिता पालना गर्दै चुनावका गतिबिधिहरू सञ्चालन गर्न सबैलाई आग्रह गरे। उनले निर्वाचन आचारसँहिता , राजनीतिक दल, उमेदवार, कर्मचारी,पत्रकार सबैलाई लाग्ने भएकाले आचारसँहिताको सबै पक्षलाई पालना गर्न आग्रह गरे। छलफलमा मोरङका विभिन्न राजनीतिकदलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। | nagariknews.com |
3,878,562 | पाँचौं दिन पोखरा रंगशालामा चन्द्रकलाले ४७.६० मिटरको कीर्तिमानका साथ स्वर्ण जितिन् । उनले तीन वर्षअघि आर्मीकी लक्ष्मी थारुले बनाएको कीर्तिमान भंग गरेकी हुन् । अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–१ ले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । पोखरा रंगशालाको भलिबल कोर्टमा बुधबार भएको पहिलो सेमिफाइनलमा आर्मीले पुलिसलाई २५–१८, २१–२५, २५–२३ र २५–१९ ले हराएको थियो । नवौंमा यो उनको दोस्रो स्वर्ण पदक हो । पोखरा रंगशालाको एथलेटिक्स ट्रयाकमा बुधबार १ मिनेट ५४.०८ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । नवौंमा यो उनको दोस्रो स्वर्ण पदक हो । पोखरा रंगशालाको ट्रयाकमा १७ मिनेट ०५.२९ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान प्राप्त गरेकी छिन् । राष्ट्रिय कीर्तिमानको लक्ष्यका साथ दौड सुरु गरेपनि सोचे जस्तो हुन नसकेको सन्तोषले बताइन् । आर्मीले पाँचौ दिनको खेल सकिदा आफ्ना प्रतिद्धन्द्धीविरुद्ध दोब्बरभन्दा बढी स्वर्णको अग्रता बनाएको छ । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षमा ए डिभिजन क्लबका प्रतिनिधिसहितको मंगलबार बसेको बैठकले ए डिभिजन लिगको नयाँ मिति तय भएको एन्फाले जनाएको छ । नेपाल एपिएफ क्लबलाई फाइनलमा पुर्याउन नेरीले सानदार अलराउन्ड प्रदर्शन गरिन् । नेरीले यस प्रतियोगिताभर सानदार प्रदर्शन गरिन् । वालिङ खेल मैदानमा मंगलबार अर्को विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० ले हराउँदै उपाधि रक्षा नजिक पुगेको छ । एपिएफ साविक विजेता हो । सावित्रा भण्डारी सम्बाले गरेको गोल खेलको निर्णायक बनेको छ । मंगलबार फाइनलमा नेपाल एपिएफ क्लबलाई ५ रनले हराउँदै पुलिसले डेब्यू प्रतियोगितामै स्वर्ण जितेको हो । जितको लागि ९० रनको विजयी लक्ष्य पछ्याएको एपिएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८४ रन बनायो । मंगलबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० ले स्तब्ध पार्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । | hamrokhelkud.com |
860,640 | प्रदेश राजधानी वीरेन्द्रनगरसँग कर्णालीका विकट जिल्लामा आन्तरिक हवाई उडान सुरु हुने भएको छ । सीता एयरले जुम्ला, हुम्ला, मुगु र डोल्पामा असार १५ देखि हवाई सेवा सञ्चालन गर्ने भएको हो ।मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको पहलमा मंगलबार मुख्यमन्त्री कार्यालयमा भएको छलफलपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव वेसिन्दराज सुवेदी र सीता एयरका वरिष्ठ महाप्रबन्धक घनश्याम आचार्यले हवाई सेवा सञ्चालनसम्बन्धी प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् । ‘कर्णाली प्रदेशमा पर्यटन र हवाई यातायात सेवाको अभिवृद्धिका लागि प्रदेश राजधानीसँग जिल्ला सदरमुकाममा रहेका विमानस्थलमा डोर्नियर २२८ को जहाजबाट उडान गरिने’ उल्लेख छ ।सीताले अहिले नेपालगन्जबाट कर्णाली प्रदेशका विभिन्न जिल्लामा हवाई उडान भरिरहेको छ । हवाई यातायात सञ्चालन भएपछि दुर्गम जिल्लाबाट आउने नागरिकलाई सजिलो हुनेछ । अहिले नेपालगन्जसम्म हवाई यात्रापछि सडक मार्ग हुँदै सुर्खेत आउनुपर्ने बाध्यता छ । प्रदेश राजधानीसँग हवाई उडान सुरु भएपछि भाडादर पनि सस्तो पर्ने वरिष्ठ महाप्रबन्धक आचार्यले बताए । | ekantipur.com |
6,252,000 |
सर्वोच्च अदालतले प्रधानन्यायाधीशविना संवैधानिक इजलास नगर्न अन्तरिम आदेश दिएको छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र नियुक्तिविरुद्ध परेको रिटमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीश हरि फुयाँलको एकल इजलासले प्रधानन्यायाधीशविना संवैधानिक इजलास नगर्न अन्तरिम आदेश दिएको हो । संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश समेत सहभागी रहेकाले उनीबाहेक वरिष्ठ न्यायाधीशको अध्यक्षतामा संवैधानिक इजलास गठन गर्ने तय भएपछि अधिवक्ता गणेश रेग्मीले रिट दायर गरेका थिए । अधिवक्ता रेग्मीले प्रधानन्यायाधीशले संवैधानिक इजलासको नेतृत्व नगर्नु संविधानको विपरीत हुने दाबी गर्दै अन्तरिम आदेश माग गर्दै मुद्दा दायर गरेका थिए । पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले अध्यादेश ल्याएर संवैधानिक निकायमा ५२ जना नियुक्ति गरेका थिए । त्यसविरुद्ध परेको रिट सुनुवाइका क्रममा निवेदकले प्रधानन्यायाधीश उपस्थित हुन नमिल्ने जिकिर गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा इजलासमा नबस्ने घोषणा गरेका थिए । प्रधानन्यायाधीशको अध्यक्षता हुने नहुनेबारे १५ दिनभित्र लिखित जवाफ दिन समेत आदेश दिइएको छ । प्रधानन्यायाधीश वा न्यायाधीशले आफ्नो स्वार्थ जोडिएका मुद्दा हेर्न नहुने भन्दै अधिवक्ता दीपकविक्रम मिश्रले दिएको रिटमा भने सोही इजलासले कारण देखाऊ आदेश जारी गरेको छ ।
| shilapatra.com |
3,096,459 | नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आज सकिँदैछ । दिउँसो छलफल गरेपछि बिहीबार अपरान्ह साँढे ५ बजे पत्रकार सम्मेलन गरेर भेला सम्पन्न गरिने प्रचार प्रसार संयोजक योगेश भट्टराईले जानकारी दिए । हिजो देखि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शुरु भएको भेला महत्वपूर्ण निर्णय गर्दै सकिने बताइएको छ । पुराना कम्युनिष्ट नेताहरुलाई समेत मञ्चमा उपस्थित गराएर शुरु भएको भेलाको उद्घाटन सत्रमै नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले नेकपा हुँदै एमालेलाई पनि विभाजन र बिसर्जन गर्न लागेको आरोप लगाएका थिए । खनाल–नेपाल पक्षको भेलालाई ओली समूहले समेत गम्भीरताका साथ हेरेको बताएको छ । प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले पार्टी विधान संसोधन गरी आफूइतरका नेताको जिम्मेवारी खोसेपछि माधव नेपाल समूहले राष्ट्रिय भेला बोलाएको थियो । भेलाको पहिलो दिन नेताहरुले एमालेको इतिहास, संगठन र विचारका विषयमा धारणाहरु राखेका थिए । भेलामा सहभागी भएका देशभरका नेता–कार्यकर्ताको सुझाव र भावनाअनुसार निर्णय हुने नेताहरुको भनाइ छ । यो समूहले अध्यक्ष ओलीकै अहंकार, आडम्बर र गुटगत कार्यशैलीका कारण एमाले विग्रह र विभाजनको संघारमा पुगेको बताएका थिए । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं । | souryaonline.com |
732,491 | ६० जना घाइते भएका छन् । ठाणे जिल्लाको डोम्बिवलीमा रहेको फ्याक्ट्रीमा विष्फोट हुँदा वरपरका घरमा समेत क्षति पुगेको बीबीसी हिन्दीले जनाएको छ । महाराष्ट्र सरकारका अनुसार विष्फोटका कारण हिजो भएको आगलागीबाट अरु ३ वटा फ्याक्ट्रीमा पनि नोक्सानी भएको छ । १२ वटा गाडीमा आगलागी भएको छ । कामदारहरू फ्याक्ट्रीमा रसायनसँग सम्बन्धित काम गरिरहँदा आगलागी भएर विष्फोट भएको बताइएको छ । घटनापछि महाराष्ट्र सरकारले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । घटनाबारे थप छानबिन हुने खबरमा उल्लेख छ । | brtnepal.com |
2,272,488 | थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई प्यारोलमा रिहा गरिएको छ । रिहा भएपछि उनी बैंककस्थित आफ्नो घर पुगेका थिए । सिनावात्रालाई भ्रष्टाचार र शक्तिको दुरुपयोग गरेको आरोपमा एक वर्षको जेल सजाय सुनाइएको थियो । यसै क्रममा उनलाई जेल अस्पतालमा भर्ना गरिएको थियो, जहाँबाट उनी रिहा भएका थिए । तर स्वास्थ्यमा समस्या देखिएपछि एक दिन पनि जेल बस्नु परेन । ७४ वर्षीय अर्बपति सिनावात्रा १५ वर्षको निर्वासनपछि थाइल्याण्ड फर्किएपछि गत वर्ष अगस्टमा हिरासतमा परेका थिए । स्व-निर्वासनबाट फर्केको केही दिनपछि थाइल्याण्डका राजाले उनको आठ वर्षको जेल सजाय घटाएर एक वर्ष गरेका थिए। तर, उनलाई दिइएको यो छुटको निकै आलोचना भएको थियो । थाइल्यान्डका जनताले देशका धनी र सुविधाप्राप्त व्यक्तिलाई छुट दिएको बताएका छन् । | dcnepal.com |
2,769,317 | नारीको पूजा गर्ने ठाउँमा देउता रमाएर बस्दछन् भनी हाम्रो धर्मशास्त्रमा उल्लेख गरिएको छ। नेताहरूले भाषण गर्दा नारीको सम्मान, इज्जत र मान मर्यादा गर्नुपर्दछ भनी चको स्वरमा बोलिरहेका हुन्छन्। सन् २०१० लाई महिला हिंसा विरुद्धको वर्षको रूपमा मनाउने कार्य भएको थियो। रेडियो र टि.भी.ले महिला हिंसाविरुद्ध खबर प्रसारण गरी रहेका हुन्छन् तर दाईजो ल्याइन भनेर, बोक्सी भनेर, छोरा जन्माइन् भनेर महिलामाथि हुने हिंसा यथावत नै छ। दैनिक तथा साप्ताहिक पत्रिकाहरूमा महिलामाथि हत्या बलात्कार, यातना, बाल विवाह, बैवाहिक बलात्कार, यौन शोषण आदि घटनासम्बन्धी खबर प्रति दिन पढ्न पाइने गरेको छ। महिलाविरुद्ध हिंसा गम्भीर मानवाधिकार उल्लङ्घनको सवाल हो। आर्थिक अधिकार र स्वामित्व निर्धारण गर्ने सर्न्दर्भमा पनि महिलाहरूको अवस्था दयनीय छ। महिलाहरूका नाउँमा ठूलाठूला उद्योग पनि छैनन्। ५१% महिलामध्ये १९% प्रतिशतको नाउँमा मात्र भू स्वामित्व छ। राजनीतिक तथा सामाजिक जीवनमा पनि पुरुषहरूको वर्चश्व रहिआएको छ। ५० को दशक पछि नेपाली महिलाहरू राजनीतिक आन्दोलनमा सक्रिय हुन थालेतापनि शिक्षाको अभाव, घुमफिरमा प्रतिबन्ध, परम्परागत लघुताभाषपूर्ण व्यवहार, आर्थिक कमजोरी आदि कारणले स्थानीय र राष्ट्रिय राजनीतिमा महिलाहरूको समुचित प्रतिनिधित्व हुन सकेको छैन। महिलाहरू हरेक क्षेत्रमा हालसम्म पुरुषको नियन्त्रणमा रहेकोमा केही मात्रामा घुम्टो उर्घार्न थालेका छन्। नेपालमा महिला हक सम्बन्धी कानुनी बन्न थाले तापनि ती कानुनीहरू प्राचिन हिन्दू कानुनी र धर्मगन्थहरूवाट प्रभावित छन्। अझै थुप्रै महिलाका हित विरुद्धका कानुनीहरू विद्यमान छन्। नेपालमा महिलाको हक सम्बन्धमा अन्तरिम संविधान २००७ मा कानुनीका अगाडि समानता भन्ने लेखिए तापनि पुरुष र महिलाबीचको विभेदको खाडल गहिरो थियो नेपाल अधिराज्यको संविधान २०१५ र नेपालको संविधान २०१९ मा धर्म, वर्णन लि·को आधारमा कुनै कुरामा भेदभाव नगरिने भनिए तापनि संसद अथवा महत्त्वपूर्ण निकायहरूमा महिलाहरूको उपस्थिति शून्य प्रायः थियो। नेपाल अधिराज्यको संविधान २०४७ को धारा ११ मा समानताको हक प्रदान गरिएको छ। धर्म, वर्णन लि·को आधारमा कुनै कुरामा भेदभाव नगरिने र समान कामका लागि महिला र पुरुषका बीच पारिश्रमिकमा भेदभाव गरिने छैन भनिएको थियो तर महिला प्रति भेदभावपूर्ण कार्यहरू जस्तै ज्याला, काम, व्यवहार यथावत छँदैछ। सो संविधानको राज्यका नीति शिर्षक अन्तर्गत उपधारा (७) मा महिला वर्गको शिक्षा, स्वास्थ्य र रोजगारीको विशेष व्यवस्था गर्ने भनिए तापनि महिलाको हक हितका निमित्त कुनै प्रकारको विशेष व्यवस्था गरिएको थिएन सो संविधानको राजनीतिक दलका उम्मेदवारहरूमध्ये कम्तीमा पाँच प्रतिशत महिला उम्मेदवार हुनु अनिवार्य हुनेछ भनिएको र पाँच प्रतिशत उम्मेदवार भएता पनि संसद्मा तीन प्रतिशत भन्दा बढी महिलाको उपस्थिति हुन सकेको थिएन। नेपालको अन्तरिम संविधान २०६३ को धारा १३ मा समानताको हक प्रदान गरिएको छ। लि·को आधारमा भेदभाव नगरिने कुरा उल्लेख गरिनुको साथै धारा २० मा महिलाको हक उल्लेख गरिएको र सो अन्तर्गत प्रत्येक महिलालाई प्रजनन स्वास्थ्य तथा प्रजननसम्बन्धी हक हुने, महिलाविरुद्ध शारीरिक मानसिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य गरिने छैन भन्ने उल्लेख गरिएको र त्यस्तो कार्य कानुनीद्वारा दण्डनीय हुनेछ र पैतृक सम्पत्तिमा छोरा छोरीलाई समान हक हुनेछ भन्ने उल्लेख गरिएको छ। साथै यो घोषणाले घर परिवार सार्वजनिक स्थल र कार्यक्षेत्र, शिक्षालय र राज्यसम्बन्धी निकाय जुनसुकै ठाउँमा महिला विरुद्ध हुने शारीरिक, मानसिक र यौनिक हिंसाहरूलाई महिलाविरुद्ध हिंसा हुने भनिएको छ। कुटपिट, अ·भ·, दाइँजोको निहुँमा यातना तथा हिंसा वैवाहिक वलात्कार, महिलाहरूलाई क्षति पुर्याउने, घरेलु हिंसा, परिवारका अन्य सदस्यबाट हुने हिंसा, महिलाहरूको बेचविखन, जबर्जस्ती यौन कार्यमा लगाउने जस्ता घटनाको व्याख्या गरिएको छ। हाम्रो देशमा द्वन्द्वकालमा १०२३ महिलालाई यौन शोषण गरिएको, हत्या गरिएको तथ्याड्ढ प्रकाशित भएको थियो। अन्तर्राष्ट्रिय क्षेत्रमा द्वन्द्वकालमा यौन हिंसा दुर्र्व्यवहारका सिकार हुने गरेका छन्। नेपालको द्वन्द्वकालमा करिब ६००० महिला विधवा भएका थिए। उदाहरणका निमित्त रुवाण्डाका जातीय हिंसामा २ लाख महिला यौन हिंसाका सिकार भएका थिए। १९७२ को युद्धकालमा बंगलादेशमा पाकिस्तान सेनाद्वारा दुर्इलाख बंगालादेशी महिलालाई वलात्कारको सिकार बनाइएको थियो। द्वितीय विश्वयुद्धकालमा जापनी सेनाले लाखौं कोरियाली महिलालाई यौनदासी बनाएका थिए। सो सयुक्त राष्ट्रसङ्घको घोषणाले महिलाको आर्थिक, सामाजिक, सांस्कृतिक, नागरिक, राजनीतिक अधिकार र स्वतन्त्रता समानताको अधिकार उपभोग गर्न पाउने सुरक्षित जीवनको अधिकार, कानुनीद्वारा समान संरक्षणको अधिकार कुनै पनि खाले यातना अमानवीय व्यवहारबाट संरक्षणका लागि राज्यले विशेष उपायहरू अपनाउनुपर्ने कुरामा संयुक्त राष्ट्रसङ्घको घोषणा पत्रमा विशेष जोड दिएको छ। नेपालले पनि संयुक्त राष्ट्रसङ्घद्वारा प्रतिपादित भेदभाव उन्मूलनसम्बन्धी सन्धिलाई अनुमोदन गरेको छ र महिला अधिकार मानवाधिकार हुन भनी समानता र भेदभावको अन्त्य गर्ने अन्तर्राष्ट्रिय कानुनी दायित्वलाई सम्बोधन गर्न महिला घरेलु हिंसाका घटना घट्नुका सट्टा बढोत्तरी हुँदै गएकोले संविधानको धारा २० को व्यवस्थाका आधारमा घरेलु हिंसा (कसुर र सजायँ ऐन) २०६६।१।१४ गते बनेको हो। यस ऐनको दफा २ मा घरेलु हिंसा, घरेलु सम्बन्ध, शारीरिक यातना, मानसिक यातना, यौनजन्य यातना, आर्थिक यातना आदिको परिभाषा दिइएको छ। घरेलु हिंसा भएकोमा जुनसुकै व्यक्तिले प्रहरी, स्थानीय निकाय, महिला आयोगमा उजुर गर्न सक्ने व्यवस्था गरिएको छ। पीडित पीडक दुवैलाई मेल मिलाप गराउने, नभएमा अदालतमा मुद्दा चल्ने पीडितलाई क्षतिपूर्ति भराइदिन सक्ने र घरेलु हिंसा गर्ने व्यक्तीलाई ३०००। देखि २५०००। सम्म जरिवाना गर्न सक्ने ६ महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ। पुनः सोही कसुर गरेमा पटकैपिच्छे दोब्बर सजायँ हुन सक्ने व्यवस्था गरिएको छ। महिला हिंसाविरुद्ध कानुनी बने तापनि महिला हिंसा रोकिएको छैन। हुन त महिला अधिकारको सम्वन्धमा विश्वव्यापी रूपमा नयाँ चेतना र जागरण पैदा भएको छ। महिलाहरू अधिकारको सुनिश्चितता र स्वतन्त्रता तथा समानताको हक प्रचलनका निमित्त अझै कृतसंकल्पित हुनुपर्दछ। विश्वको आधा जनसङ्ख्या ओगटेको महिलाहरूको स्वतन्त्रता गतिशीलता एवं उर्जाले समाजलाई नयाँ वाटोमा अग्रसर वनाउन सक्तछ। महिलाको हक अधिकार र समानतालाई सुनिश्चित गर्न अन्तर्राष्ट्रिय कानुनीको निरन्तर विकास भइराखेको छ। नेपाल अन्तर्राष्ट्रिय कानुनीको पक्ष राष्ट्र भएको छ। मुलुकी ऐन अंश बण्डाको १ नं.मा छोरीले अंश पाउने भन्ने उल्लेख भएको १) क नं. विवाह भएपछि अंश नपाउने पाएको अंश फिर्ता गर्नुपर्ने भनी पैतृक सम्पत्तिबाट बञ्चित गरिएको छ। अंशबण्डाको १९ नं. मा जग्गा बेचविखन गर्दा अविवाहिता छोरी र विधवा बुहारीको मन्जुरी लिनुपर्ने व्यवस्था गरिएको छ। स्त्री अंश धनको १ नं. मा निजी आर्जनको सम्पत्ति र २ नं. मा आफ्नो अंशको सम्पत्ति आफ्नो खुस गर्न पाउने व्यवस्था छ तर कतिपय ठाउँमा उक्त कानुनी व्यवस्थाको प्रतिकूल निर्णन गर्ने गरिएको पनि देखिन्छ। लोग्ने स्वास्नीको ४ नं. अनुसार लोग्नेसँग सम्बन्ध भएपछि पनि महिलाले अंश पाउने व्यवस्था गरिएको छ। संविधान सभा निर्वाचन ऐन अनुसार संविधान सभाका सदस्यहरूमध्ये एक तिहाई महिला उम्मेदवार उठाउनुपर्ने व्यवस्था भएकोले विगतको संविधान सभाका ६०१ सदस्यमध्ये १९७ जना महिला जन प्रतिनिधि चुनिएका छन् तर दोस्रो संविधानसभामा महिलाको सङ्ख्या घटन गएको छ। एक तिहाई सभासद् हुन पाउनु महिलाको सौभाग्यको कुरा हो। परराष्ट्रको अधिकृतमा २८ जनामध्ये १४ महिला अधिकृत नियुक्ति भएको कुरा प्रकाशमा आएको थियो। एक ठाउँमा महिलाहरूको स्थिति सुध्रिएको देखिए तापनि तर समाजमा महिला र पुरुष बीचको भेदभाव अन्त भएको छैन। नेपालका महिलाहरूको पुरुष अधिनस्थ र उत्पीडित अवस्थाको अन्त्य गरी समानता स्थापित गर्न आवश्यक छ। मुलुकी ऐन २०१९ अन्तर्गत लै·कि समानता कायम गर्न केही नेपाल ऐन संशोधन परिमार्जन गर्न बनेको ऐन २०६३ र घरेलु हिंसा र कसुर र सजायँ ऐन २०६६ लगायत दर्जन ऐनहरूमा महिला अधिकारसम्बन्धी व्यवस्था भएकोले महिलाको अधिकार स्थापित गर्न सरलीकरण भएको छ। २०५३ सालमा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको स्थापना र २०५८ सालमा महिला आयोगको स्थापना भएबाट महिला हक हितको संरक्षण र सर्म्वर्द्धन गर्न नेपाल अघि बढेको स्पष्ट हुन्छ। महिला हिंसाविरुद्ध अभियान विश्वभरि नै व्यप्त छ। मुस्िलम मुलुकहरू र दक्षिण एशियाली मुलुकहरूमा महिला हिंसाका घटना अझ बढी मात्रामा देखिन्छन्। अमेरिका आदि विकसित मुलुकमा महिला हिंसा जारी नै छ। मानवता विरुद्ध अपराधअन्तर्गत महिलाविरुद्ध अनेक अपराध पर्दछन्। मानवता विरुद्धका अपराधभित्र दास बनाउने, कमलरी राख्ने यौन दासी राख्ने, यातना दिने जबर्जस्ती करणी गर्ने करकापका साथ वेश्यावृत्तिमा लगाउने यौन जन्य सबै प्रकारका अपराध पर्दछन्। वलात्कार र यौनजन्य अष्पराधका घटना नेपालका विभिन्न क्षेत्रमा र सबभन्दा बढी तराईमा घट्ने गर्दछन् सयौं घटना मध्ये दुर्इ-चारवटा घटनामा उजुरी पर्दछन्। कयौं घटनामा प्रहरीले उजुरी लिन मान्दैनन् लिए पनि पीडकसँग मिलेमतो गरेर वादी पक्षले मुद्दा चलाउँदैन मुद्दा चलाए पनि मुद्दा कमजोर बनाएर, प्रमाण विलुप्त गराएर अदालतमा मुद्दा पेश गरिन्छ पीडकले नै मुद्दा जित्ने अवस्था पैदा हुन्छ। राजनीतिक पार्टीका नेताहरू पनि पीडकका पक्षमा लाग्दछन् अथवा पीडकलाई कानुनी दायराबाट बाहिर ल्याउन मद्दत गरिन्छ। पीडकलाई अपराध गर्ने उत्साहट थपिन्छ। च्ष्नजत तय म्ष्नलषष्भम षिभ महिलाले प्राप्त गर्नुपर्दछ। महिला विरुद्धको हिंसा ग्लभत्रगब उियधभच च्भबितष्यलकजष्उ हो। महिला र पुरुषका बीचमा न्भलमभच ाचष्भलमथि तुल्याउनु पर्दछ ःभचष्तब च्िबउभ लाई सवोर्च्च अदालतले फैसलाहरूद्वारा अपराध घोषित गरिसकेको छ। हिंसा हत्या बलात्कार र महिलाहरूप्रति गरिने यौन जन्य अपराध रोक्नका निमित्त यौनजन्य अपराध गर्ने व्यक्तिलाई कडा सजायँको व्यवस्था गरिनुपर्दछ। चल अचल सम्पत्तिमा महिला पुरुषलाई बराबर अधिकार दिइनुपर्दछ। बाबु आमाबाट छोराछोरीले समान समान रूपमा सम्पत्ति प्राप्त गर्ने कानुनी व्यवस्था हुनुपर्दछ। महिलाप्रति भेदभाव गरिने कानुनी व्यवस्था खारेज गरिनुपर्दछ। महिला हिंसाको उजुरीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रयत्नशील हुनुपर्दछ। सरकारद्वारा लै·कि हिंसाविरुद्ध कोष स्थापना गर्नुपर्दछ। पीडित असहाय महिलालाई सो कोषबाट उचित मुआब्जा दिने व्यवस्था गरिनुपर्दछ। हिंसाबाट पीडित महिलालाई निःशुल्क औषधि उपचार र निःशुल्क कानुनी उपचार प्रदान गर्ने व्यवस्था गर्नुपर्दछ। पुरुषका बराबर महिलालाई आर्थिक सामाजिक राजनीतिक अधिकार प्रदान गरिनुपर्दछ। एकल महिलालाई यथोचित आर्थिक अनुदान दिने व्यवस्था गरिनुपर्दछ। सीमान्तकृत गरिब वर्गका महिलालाई व्यवसायीक रोजगारमूलक तालिम दिनुपर्दछ र समुचित रोजगारी दिइनुपर्दछ। लै·कि जोखिममा परेका महिलालाई उचित शिक्षा दिक्षा दिने र जीविको पार्जनको व्यवस्था मिलाइदिनुपर्दछ। कसुरबाट पीडित महिलाका अधिकार संरक्षण गर्न अमेरिका र बेलायतको स्तारमा कानुनी निर्माण गर्नुपर्दछ। पीडितलाई क्षतिपूर्ति कसुरदारबाट अशुल उपर गर्ने र राज्यकोषबाट पनि केही रकम दिने व्यवस्था गरिनुपर्दछ। अब बनाइने नयाँ संविधानमा पुरुष र महिलालाई समान अधिकार प्रदान गरिनुपर्दछ। उपरोक्त कुराहरू कार्यान्वयन गर्न कानुनी निर्माण गर्नुपर्दछ। (लेखक वरिष्ठ अधिवक्ता हुन् । | eadarsha.com |
1,405,829 | वैदेशिक रोजगारीका क्रममा तीन वर्षअघि रोजगारदाता कम्पनी र म्यानपावरबाटै ठगिन पुगेपछि स्वदेश फर्किएर दूध डेरी सञ्चालन गर्न थालेका थापाले दूधको खुवा बिक्रीबाट मासिक ५० हजारभन्दा बढी आम्दानी लिन थालेका हुन् । लागतको तुलनामा बढी शुल्क तिरेर मलेसिया पुगेका थापा म्यानपावर कम्पनीले भनेको भन्दा फरक काम र कम पैसा दिएपछि एक वर्षमै गाउँ फर्किएका थिए। वैदेशिक रोजगारीका क्रममा ठगिएपछि स्वदेशमै व्यवसाय गर्ने लक्ष्यसहित गाउँ फर्किएका थापाले स्थानीयस्तरमा दूध डेरी सञ्चालन गरी संकलन गरेको दूधबाट खुवा उत्पादन गरी यस्तो आम्दानी गर्न थालेका हुन्। थापाले सिन्धुलीको गोलन्जोर गाउँपालिका ६, बासेश्वरमा दूध डेरी सञ्चालन गरी दैनिक ७० देखि एक सय किलोग्रामसम्म खुवा उत्पादन गर्न थालेको बताएका छन्। एकजना काम गर्ने कर्मचारी राखेर गाउँभरको दूध संकलन गरी खुवा बनाउने र त्यसको बिक्रीवितरणबाट कम्तीमा मासिक ७५ हजार रुपैयाँसम्म आम्दानी लिन सफल भएको उनको भनाइ छ। ‘दैनिक एक सय ५० लिटर दूधको खुवा बनाउने गरेको उनले बताए। मैले बासेश्वर र रतनचुराका किसानसँग दूध लिने गरेको छु । दैनिक ७० देखि एक सय किलोसम्म खुवा उत्पादन गरेर बिक्री गर्ने गरेको छु', थापाले भने। प्रतिकिलो चार सय रुपैयाँमा खुवा बिक्री हुने गरेको छ। स्थानीयस्तरमै बिक्री हुने र धेरैजसो बनेपा तथा काठमाडौंमा खुवाको खपत हुने गरेको उनले जनाए। ‘मासिक तीन लाख २४ हजार रुपैयाँसम्मको खुवा बिक्री हुने गरेको छ। यसबाट दूध, कर्मचारीको खर्च कटाएर ७० देखि ७५ हजार रुपैयाँसम्म मासिक आम्दानी हुन्छ', उनले भने। खुवाको माग अत्यधिक भए पनि स्थानीयस्तरमा पर्याप्त दूध नपाइने उनको गुनासो छ। ३६ रुपैयाँदेखि ६० रुपैयाँसम्म प्रतिलिटर फ्याटका आधारमा कृषकलाई दूधको पैसा दिने गरेका छन् । | annapurnapost.com |
1,263,864 | पुर्वी पहाडि जिल्लाहरुमा लगातारको बर्षात भएपछि सप्तकोसी नदीमा पानीको बहाब बढेर यो वर्षकै उच्च भएको हो। सप्तकोसीमा पानीको बहाब बढेपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राइले बताए। उनले सप्तकोसीमा पानीको बहाब उच्च भएपछि आसपासका बासिन्दालाई सुरक्षामा उच्च सर्तकता अपनाउन अनुरोध गरिएको जानकारी दिए। सप्तकोसीमा आइतबार राति पानीको बहाब प्रति सेकेन्ड ४ लाख ४२ हजार क्युसेक पुगेको थियो। सोमबार बिहान पानीको बहाब प्रतिसेकेन्ड ४ लाख ३९ हजार क्युसेकमा झरेको डीएसपी राइले बताए। सप्तकोसीमा पानीको बहाब प्रतिसेकेन्ड एकलाख ५० हजार क्युसेक पुगेपछि खतरा मानिन्छ। भारतको नियन्त्रणमा रहेको कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ति बालिएको छ । | annapurnapost.com |
3,042,658 | चिरञ्जीवी मास्के, दोलखा । दोलखामा सशस्त्र प्रहरी बलको स्थापना भएको नौ महिनाको अवधिमा बन्यजन्तु तस्करी सरोज यादव, विराटनगर । प्रदेश नं १ सरकारले प्रदेश सभाको चौथो तथा चालु आर्थिक बर्षको. अनिल खत्री, गुल्मी । योजना तर्जुमामा नागरिकको सहभागिता बढाउन सहभागिले जोड दिएका छन् । बुद्ध काठमाडौं । राष्ट्रिय जनता पार्टीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न पुष्कर बुढाथोकी, भक्तपुर । भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आन्दोलनरत नर्स र ब्यबस्थापन बीच सिर्जना पन्त, बागलुङ । बागलुङका पत्रकारहरुले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक विरुद्ध सञ्चार विनोद सिंह विष्ट, बैतडी । बैतडीमा महिलाको नाममा जग्गा दर्ता गर्ने क्रम बढ्दै गएको छ विमल विष्ट, डोटी । जिल्लाका पछिल्लो समय एकाएक तरकारीको माग अनुसारको उत्पादन नभएपछि तरकारीको मूल्य दुर्गाप्रसाद शर्मा, पर्वत । | newsofnepal.com |
1,532,623 | उद्योगी व्यवसायीहरुले मुलुकको बिग्रँदो अर्थतन्त्र र अर्थनीति सही नभएको गुनासो गरेका छन् । नेपाली काँग्रेसका नेता डा. शेखर कोईराला र गगन थापाले बोलाएको छलफलमा अधिकांश उद्योगी व्यवसायीहरुले मुलुकको अर्थतन्त्र र सरकारको मौद्रिक नीतिको विषयमा गुनासो गरेका हुन् । उद्योगी व्यवसायीहरुले राजनीतिक अस्थिरता र स्थिर मौद्रिक नीति नहुँदा अर्थतन्त्रमा संकट पैदा भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उद्योगी व्यवसायीहरुले संकटपूर्ण अर्थतन्त्रको समाधान गर्न नेपाली काँग्रेसले अग्रणी भुमिका खेल्न सुझाव दिए । व्यवसायीहरुले नेपाली काँग्रेसले अर्थ मन्त्रालय सम्हाल्दै गर्दा वर्तमान अर्थतन्त्रको चुनौति समाधान गरी उद्योग व्यवसाय गर्न सहजिकरण गर्न सुझाव दिए । छलफलमा अधिकांश व्यवसायीहरुले नेपाली काँग्रेसले अर्थमन्त्री पाएपछि सबैभन्दा पहिला बैंकको उच्च ब्याजदर नियन्त्रण गर्न सुझाव दिए । उनीहरुले मुलुकको अर्थतन्त्र इतिहासकै खराब अवस्थामा आएको भन्दै उद्योगी व्यवसायीहरु बाच्न नसक्ने अवस्था समेत नभएको बताए । व्यवसायीहरुले सरकारले उद्योग व्यवसाय बढाएर राजश्वमा वृद्धि गर्न लगानीको वातावरण बनाउन आवश्यक रहेको बताए । छलफलमा बोल्दै उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमुल परिवर्तनको आवश्यकता रहेको बताए । उनले निजी क्षेत्रले मुलुकमा उत्पादन अभिवृद्धिदेखि रोजगारी सिर्जनासम्म योगदान गर्दा समेत राज्यको दृष्टिकोण सकारात्मक नभएको गुनासो गरे । उनले उद्योगी,व्यवसायीले नाफा गर्नु पाप हो ? भन्दै प्रश्न गरे । उनले सरकारको नीतिको कारण उद्योगीहरु उद्योग छाडेर व्यापारतिर सिफ्ट भइरहेको बताउँदै किन व्यापारमा सिफ्ट भए भन्ने विषय राज्यले खोजि गर्न आवश्यक रहेको बताए । उनले उद्योगबाट राज्यले अतिरिक्त आम्दानी लिएर ठूलो फाइदा लिने तर, कतिपय प्रशासनिक कारण र नियम कानूनले गर्दा उद्योगमा धेरै समस्या रहेको बताए । पूर्वअध्यक्ष मुरारकाले प्रशासनिक र कानूनी समस्याकै कारण नेपालमा उद्योग गर्दा लागत बढ्दा उद्योगीलाई निरुत्साहित बनाएको बताए । उनले सरकारले उद्योग स्थापना गर्दा लाग्ने लागत शुल्क संरक्षण नदिने हो भने एउटा पनि उद्योग सञ्चालन गर्नसक्ने अवस्था नभएको बताए । उनले देशमा उद्योग सञ्चालन गर्न सहज वातावरण नभएको भन्दै उद्योग दर्ताका लागि कोठामा छिर्नकै लागि प्रवेश शुल्क लगाइदिएको बता । उनले १० करोड पुँजीको उद्योग छ भने २ लाख दर्ता शुल्क लाग्ने र १ अर्ब पुँजीको भए २० लाख रुपैयाँ लाग्ने बताए । पूर्वअध्यक्ष मुरारकाले उद्योगीले आफ्नो पैसाले जग्गा किन्नुपर्ने तर, त्यो उद्योग कुनै कारणले चल्न सकेन भने जग्गा राज्यलाई बुझाउने व्यवस्था रहेको बताए । उनले सरकारका अन्तरमन्त्रालय समन्वय नभएको गुनासो गरे । उनले अहिले भएका ऐन, नियम, कानूनहरु उद्योगलाई कसरी रोक्ने भन्ने मात्रै रहेको बताए । उनले उद्योगीले आफ्नो पीडा सुनाउन जाने ठाउँ नभएको भन्दै अब बन्ने सरकारले त्यो ठाउँ दिनुपर्ने बताए । उनले बनेका कतिपय ऐन पनि कार्यान्वयनमा नआएका र कतिपय सान्दर्भिक नहुँदा उद्योगी–व्यवसायीले धेरै दुःख पाइरहेको बताए । आयकर ऐनको दफा ५७ को पनि मनपरी व्याख्या भइरहेको उनले बताए । त्यस्तै, नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष विष्णुकुमार अग्रवालले व्यापार व्यवसाय ४० प्रतिशतले गिरावट आएको भन्दै अर्थतन्त्रमा आशा गर्न सकिने ठाउँ नै नभएको बताए । उनले करिव ९० प्रतिशत उद्योगीले लगानीको योजना पछाडि धकेलेको बताए । सहकारीको पैसा सबै जग्गा र शेयर बजारमा जाँदा ठूलो समस्या निम्तिएको उनले बताए । अध्यक्ष अग्रवालले कोभिड महामारी पुनःउत्थानका लागि चालिएका कदमको प्रभाव अहिले देखिएको बताए । उनले व्यवसायीहरुलाई सरकारले कडा एन्टिबायोटिक दिएकाले त्यसैको साइड एफेक्ट अहिले देखिएको बताए । उनले एक वर्षअघि नै राजश्व कम हुने, मागको सङ्कुचन हुनेबारे हामी जानकारी सरकारलाई दिएपनि त्यसतर्फ ध्यान नदिएको गुनासो गरे । उनले अहिले आन्तरिक उत्पादनमा मात्र नभइ समग्र आपूर्ति श्रृङ्खलामा नै समस्या देखिएको बताए । उनले वर्तमान समस्या समाधानको लागि उद्योगी व्यवसायी,अर्थमन्त्री,गभर्नर र बैंक बसेर छलफल गरी ब्याजदर घटाउन आवश्यक रहेको बताए । कार्यक्रममा परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले अर्थतन्त्र इतिहासकै खराब अवस्थामा रहेको बताए । उनले प्रेडिक्टेबल इकोनोमिक पोलिसी नै नभएको देशमा लगानी बढ्न नसक्ने भन्दै राजनीतिक पार्टीहरुले आफ्नो आर्थिक नीति स्पष्ट गर्न जरुरी रहेको बताए । उनले सरकारले विकास निर्माण र उत्पादन मुलुक क्षेत्रमा भन्दा पनि सित्तैमा मानिसहरुलाई सामाजिक सुरक्षाको नाममा पैसा बाँडेर बसेको बताए । उनले ३ करोड जनसख्या भएको देशमा निजी क्षेत्रको एउटा कम्पनीले १० जनालाई रोजगारी दिन नसक्ने अवस्था नरहेको बताए । सामाजिक सुरक्षाको लागि बजेटको ३१ प्रतिशत रकम एकै ठाउँमा बजेट राख्ने हो भने मुलुकको अर्थतन्त्र एक दिन सखाप हुने उनले बताए । अध्यक्ष अग्रवालले नेपालमा १७ वटा कानून व्यवसायीहरुले पढ्नु पर्ने र २१ वटा कानूनले थुन्न मिल्ने रहेको भन्दै व्यवसायीले सबै कानून बढ्दा उद्योग खोल्न नसक्ने बताए । उनले संविधानसँग बाझिने गरी कतिपय कानून निर्माण गरिने र कानूनमै नभएका कुरा नियमावलीमा ल्याएर दुःख दिइने गरेको गुनासो गरे । महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रका समस्याबारे राजनीतिक दल र नेताहरू गम्भीर हुन नसकेको बताए । उनले अर्थतन्त्रको बाटो के हो भन्नेमा पार्टीहरू आफैं स्पष्ट हुन नसकेको आरोप लगाए । वर्तमान अर्थतन्त्रका चुनौति र समस्या सुधारका योजना बनाएर सरकारले काम गर्न आवश्यक रहेको उनले बताए । उनले राष्ट्र बैंक मौद्रिक नीति र सरकारको आर्थिक नीतिको कारण मुलुकको अर्थतन्त्र अरालो लाग्ने परिस्थिति आएको दाबी गरे । उनले वर्तमान सरकार अर्थतन्त्रको पुनारावलोनमा जान नसके पनि बैंकिङ नीति परिमार्जनमा जानुपर्ने बताए । बैंकहरुले जोखिम व्यवस्थापनको आधारमा ब्याज लिएर भएको पुँजीमा रमाइरहेको उनले बताए । त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले सरकारले अवैधानिक कारोबार गर्ने समूहसँग डराएर एडीएस प्रणाली लागू गर्न रोक लगाइएको गुनासो गरे । उनले राजश्व प्रणालीमा जोडिएको मोवाइल कारोबार रोकेर सरकारले चोरी पैठारी भएका आएका मोबाइल कारोबारलाई प्रश्रय दिइरहेको बताए । उनले सरकारले एमडिएमएस प्रणाली लागू गर्न रोक लगाएको चार महिनामा २७ लाख मोवाइलहरु चोरी पैठारी भएको बताए । उनले त्यो तथ्याङ्क दुरसञ्चार प्राधिकरणको डाटाले देखाएको बताए । अहिले काठमाडौंको न्युरोड लगायत नेपालभर चोरी पैठारीमा मोबाइलहरु खुलेआम रुपमा बिक्रीवितरण भइरहेको उपाध्यक्ष मल्होत्राले बताए । उनले वर्तमान सरकारले तत्काल एमडिएमएस प्रणाली रोक्ने नभएर लागू गर्न माग गरे । सरकारले व्यापार व्यवसायमा बैंकको उच्च ब्याजदरको कारण समस्यामा परेको भन्दै तत्काल ब्याजदर कम हुन आवश्यक रहेको उनले बताए ।
छलफल कार्यक्रममा सहभागि उद्योगी व्यवसायीहरुले आर्थिक विषयमा वृहत छलफल जरुरी भएकाले सबै पार्टीमा आर्थिक विषयमा बहस गर्न आवश्यक रहेको बताएका छन् । उनीहरुले सरकारले आर्थिक नीति तथा मौद्रिक नीति व्यवसायीहरुको हीतमा परिमार्जन गर्नसके अर्थतन्त्र लयमा आउने सुझाव दिएका छन् । उनीहरुले अब बन्ने सरकारमा अर्थमन्त्री काँग्रेसले लिएर संकटपूर्ण अर्थतन्त्र चलायमान गर्न सुझाव दिए । व्यवसायीहरुले काँग्रेसले अर्थतन्त्र बुझ्न र वर्तमान समस्या समाधान गर्न सक्ने व्यक्ति अर्थमन्त्री बनाउन समेत सुझाव दिएका छन् । | kendrabindu.com |
5,212,750 | चीनले यसै साता बीआरआईको शिखर सम्मेलनमा भाग लिन आउने एक सय ३० देशका प्रतिनिधिलाई स्वागत गरेको छ। अतिथिको शीर्ष सूचीमा पुटिन छन्। युक्रेनविरुद्ध रुसको आक्रमणले आफ्नो शासन अन्तर्राष्ट्रिय रूपमा एक्लिएपछि प्रमुख विश्व शक्तिका रूपमा पुटिनको यो पहिलो विदेश भ्रमण हो। क्रेमलिनका अनुसार बीआरआई फोरमका क्रममा उनले चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गर्नेछन्। इजराइल र प्यालेस्टिनी लडाकु समूह हमासबीचको युद्ध सुरु भएपछि बीआरआई शिखर सम्मेलनलाई छायामा परेको छ। “वार्ताका क्रममा अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूलाई विशेष ध्यान दिइने छ”, क्रेमलिनले विज्ञप्तिमा भनेको छ। यही अक्टोबर ७ मा इजराइलको इतिहासमै हमासले घातक हमला गरेपछि अमेरिकाको नेतृत्वमा पश्चिमा मुलुकहरूले इजराइलका पक्षमा आफ्नो उपस्थिति देखाइरहेका छन्। हमासले गरेको उक्त आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार चार सयभन्दा बढी जनाको मृत्यु भएको छ। अमेरिकाले चीनलाई आफ्नो ‘प्रभाव’ प्रयोग गरेर युद्धलाई घटाउन आग्रह गरेको छ। हमासको आक्रमणको बदला लिन इजरायलले गाजापट्टीमा बमबारी सुरु गरेपछि १० लाखभन्दा बढी सर्वसाधारण आफ्नो घर छाडेर भागेका छन्। यसै वर्षको सुरुमा चीनले पूर्व क्षेत्री शत्रुहरू इरान र साउदी अरेबियाबीच मध्यस्थता गरेको थियो। साथै इजराइल–हमास द्वन्द्वको युद्धविराम गर्न र शान्ति वार्तालाई अघि बढाउन विशेष दूत झाई जुनले यसै साता मध्यपूर्व पठाएको छ। यद्यपि चीनको सरकारी प्रसारक संस्था सीसीटिभीले मध्यपूर्वको झाईले कुन मुलुकको भ्रमण गर्ने हो भन्ने केही उल्लेख गरेको छैन। परम्परागत रूपमा इजराइल र प्यालेस्टिनी अधिकारीहरूसँग राम्रो सम्बन्ध राखेको रुसले तत्काल युद्धविरामका लागि आह्वान गरेको छ। बेइजिङमा रुसी राष्ट्रपति पुटिन चीनसँग पहिलेदेखि मजबुत भएको सम्बन्धलाई अझ बलियो बनाउने अभियानमा छन् तर विज्ञहरूका अनुसार चीनसँगको सम्बन्धमा मस्को तीव्र रूपमा सानो साझेदार बनिरहेको छ। चीन रुसको सबैभन्दा व्यापारिक साझेदार मुलुक हो। गत वर्ष यी दुई मुलुकबीचको व्यापार एक खर्ब ९० अर्ब डलर पुगेको बेइजिङ भन्सार तथ्याङ्कले देखाएको छ। युक्रेन युद्धमा बेइजिङको धारणाप्रति पश्चिमा मुलुकहरूले चीनको आलोचना गरिरहेका छन्। रुसले युक्रेनविरुद्ध आक्रमण गरेकामा चीनले मस्कोको आलोचना गर्न अस्वीकार गरेको छ र आफू यस मामिलामा तटस्थ रहेको बताइरहेको छ। बीआरआईले पुटिन र सीलाई उनीहरूको गठबन्धनलाई प्रदर्शन गर्ने नयाँ अवसर दिए पनि विज्ञहरूले दुई मुलुकबीच कुनै नयाँ ठूलो सम्झौताको घोषणा नहुने अपेक्षा गरेका छन्। “चीनले उच्च प्रचारका लागि कुनै पनि सम्झौतामा हस्ताक्षर गर्न मान्ने छैन भन्ने रुसलाई थाहा छ”, कार्नेगी रसीया युरेसीया सेन्टरका निर्देशक अलेक्जेन्डर गाबेयेभले भने, “सबै कार्ड चीनको हातमा छ।” चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार चिनियाँ राष्ट्रपति सीले चिलीका राष्ट्रपति ग्याब्रियल बोरिक र कजाकस्तानका राष्ट्रपति कासिम–जोमर्ट टोकायेभसँग भेटवार्ता गरेर मङ्गलबार बीआरआई फोरमको सुरुआत गरेका थिए। शिखर सम्मेलन सुरु हुनुभन्दा अघि चीन र रुसका उच्च कूटनीतिज्ञहरूले सोमबार बेइजिङमा भेट गर्दा एउटै गीत गाएका थिए। मस्कोका अनुसार पुटिनलाई शिखर सम्मेलनको ‘प्रमुख अतिथि’का रूपमा आमन्त्रित गरेकामा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले चीनलाई धन्यवाद दिएका थिए। पुटिनले चीनपछि उत्तर कोरियाको भ्रमण गर्ने जनाइएको छ। आफ्ना चिनियाँ समकक्षी वाङ यीसँगको भेटमा रुसी विदेशमन्त्री लाभरोभले पुटिन र सीले यसै हप्ता भेट हुँदा दुई मुलुकबीच ‘सम्पूर्ण रूपमा’ छलफल गर्ने बताए। जवाफमा वाङले बीआरआईमा रुसको समर्थनप्रति ‘आभार’ प्रकट गरे । | nepalkhabar.com |
5,187,730 | बुधबार काठमाडौंमा भएको अखिल क्रान्तिकारीको अखिल फोर्स कार्यक्रममा बोल्ने क्रममा अध्यक्ष प्रचण्ड र शर्माबीच छेडछाड भएको हो। प्रचण्ड अगाडि बोलेका शर्माले प्रचण्डको आलोचक र रक्षक आफैं भएको दाबी गरेका थिए। त्यसको जवाफ दिँदै प्रचण्डले जनार्दनलाई हुर्काएको र रक्षा पनि आँफैले गरेको बताए। ‘जनार्दनजीले जाँदाजाँदै भन्नुभयो, नीति र नेतृत्वको रक्षा,’ प्रचण्डले औला तोक्दै भने, ‘ जनार्दनलाई रक्षा गर्ने र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो भन्ने कुरा तराईँहरु सबैले बुझन् जरुरी छ।’ प्रचण्डले आफूले सबै खालको आन्दोलनको नेतृत्व गरिसकेकोले राम्रो उत्तराधिकारीको खोजी गरिरहेको बताए। तर, गुटगट प्रवृत्तिबाट माथि उठ्ने उत्तराधिकारी नभएको प्रचण्डको भनाई थियो। ‘मैले त जनयुद्धको तयारीको पनि नेतृत्व गरेँ, जनयुद्धको पनि नेतृत्व गरेँ, संविधानसभाको पनि नेतृत्व गरेँ, संघीय लोकतान्त्रिक गणतन्त्रको पनि, मेरो लागि धेरै चिज भएकै छ। अब मेरो सपना के हो त? –राम्रो उत्तराधिकारीहरू तयार हुन् । तिनले होल पार्टीलाई एकतावद्ध गरेर लैजाउन,’ प्रचण्डले थपे, ‘तिनले तमाम क्रान्तिकारीलाई सही स्कुलिङ गरुन्। हाम्रो क्रान्तिकारी विरासतलाई अगाडि बढाउन सम्पूर्ण उदारताको साथ ठूलो छाती गरेर अगाडि बढुन। यही मेरो सपना छ। विद्यार्थी साथीहरुले एकतावद्ध भएर यो सपना पूरा गर्न लाग्नुहोस्।’ जम्मा ८ मिनेट बोलेका अध्यक्ष प्रचण्डले माओवादी केन्द्र, आन्दोलनलाई बलियो बनाउन सबैलाई फिल्डमा जान निर्देशन दिए । | nepalkhabar.com |
1,161,350 | फ्रेन्च लिग वान अन्तर्गत पीएसजीले एन्जर्समाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पीएसजीले एन्जर्समाथि १-० गोल अन्तरको जित हासिल गरेको हो । पीएसजीको जितमा खेलको ७०औँ मिनेटमा लायिभिन कुर्जावाले गोल गरेका थिए । यस खेलमा पीएसजीका प्रशिक्षक माउरिसियो पोचेट्टीनोलाई कोरोना संक्रमण भएका कारण आइसोलेसनमा रहेका उपलब्ध थिएनन् । यो जितपछि पिएसजी लिग वानको शीर्ष स्थानमा उक्लिएको छ । पीएसजी दोस्रो स्थानमा रहेको लियोनलाई २ अंकले उछिनेको हो । पीएसजीको २० खेलमा ४२ अंक भएको छ । त्यस्तै एन्जर्सको भने २० खेलमा ३० अंक रहेको छ र लिगमा सातौं स्थानमा छ । | makalukhabar.com |
1,107,208 | जनकपुर-ढल्केबर सडकखण्डमा अनियन्त्रित भएर सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना भएको हो । गरेका कामबाट राम्रै लाभ हुनेछ । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । भूमिकास्थान नगरपालिका–३ रातामाटाकी वसन्ता मल्ल आइतबार दिउँसो खरानी सोहोर्दै थिए । | makalukhabar.com |
6,213,565 |
शेयर काराेबार भएकाे साताको पहिलो दिन सोमबार शेयरबजार ५० अंकले ओरालाे लाग्दा १२ कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आगामी आर्थिक वर्षकाे बजेट सार्वजनिक भएको भोलिपल्टै शेयर बजार ५०.३३ अंकले घटेर २१७३.४४ बिन्दुमा झर्दा १२ कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका हुन् । बजार खुलेबाट नै घट्न सुरु गरेको बजारमा ५ वटा कम्पनीका सूचकमा हरियाली छाउँदा १८७ वटा कम्पनी राताम्मे देखिन पुगे । सर्वाधिक गुमाउनेमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ । उक्त कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लाग्दा शेयरमूल्य प्रतिकित्ता ४० रुपैयाँले घटेर ३६७ रुपैयाँ कायम भएको छ । साथै, ज्योति लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पाेरेसनको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३२ रुपैयाँ र १०८ रुपैयाँले घटेर क्रमशः प्रतिकित्ता ४०३ रुपैयाँ र १३७९ रुपैयाँ कायम हुन पुग्यो । यस्तै, मल्टिपर्पाेज फाइनान्स र यूनाइटेड आईडीआई मर्दिको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ । कम्पनीको शेयरमूल्य क्रमशः १६ रुपैयाँ र ५० रुपैयाँले ओरालो लागेर प्रतिकित्ता २६० रुपैयाँ र ७८१ रुपैयाँ कायम भयो । रुरु जलविद्युत् परियोजना, मैलुङ खोला जल विद्युत, बोटलर्स नेपाल, समृद्धि फाइनान्स, सिँगटी हाइड्रो इनर्जी, कर्पाेरेट डेभलपमेन्ट बैंक र एनएलजी इन्स्योरेन्सको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ । बजार घटेसँगै आज ठूला कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १०.३३ अंकले घटेर ४२२.७४ बिन्दु कायम भएको छ । यस्तै, आज १३ वटै समूहका सूचक राताम्मे हुन पुगे । सर्वाधिक व्यापार समूहको सूचक ३ प्रतिशतभन्दा बढीले घट्दा होटल्स र पर्यटक र माइक्रोफाइनान्स समूहको सूचक १ प्रतिशतभन्दा बढीले ओरालो लागेको हो । यस दिन कारोबारमा आएका २२७ वटा कम्पनीको २६ हजार पटकको कारोबारमा १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार रुपैयाँबराबरको ३४ लाख ५६ हजार कित्ता शेयर कारोबार भएको छ । अघिल्लो कारोबारका दिनको तुलनामा यस दिन कारोबार रकम भने बढेको देखिन्छ ।
| shilapatra.com |
1,062,109 | सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का उत्तराखण्डका विधानसभा सदस्य प्रनव सिंह च्याम्पियन निलम्बनमा परेका छन् । मदिरा पिउँदै बन्दुक बोकेर नाचेको भिडियो सार्वजनिक भएपछि विधानसभा सदस्य सिंहलाई पार्टीले निलम्बन गरेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको चर्को आलोचना गरिरहेका छन् । | makalukhabar.com |
4,103,324 | लक्ष्मीपूजाको अवसर पारेर रेडियो काठमाण्डुले क्षमता दोब्बर बनाएको छ । ९२.१ मेगाहर्जको रेडियोले पाँच वर्षमा दोब्बर क्षमता वृद्धि गरी एक हजार वाट क्षमता बनाएको हो । १ वैशाख २०७३ बाट सुरु भएको रेडियो काठमाण्डु परिवर्तन सम्भव छ भन्ने नाराका साथ काठमाडौंको चावहिलबाट प्रसारण हुँदै आएको छ । रेडियो क्षमता वृद्धि सँगै अझ राम्रो सुनिने र विस्तार हुने रेडियोले जनाएको छ । रेडियो काठमाण्डुका अध्यक्ष युपी लामिछानेले हरेक दिन १८ घन्टा प्रसारण हुँदै आएकोमा २४ सै घन्टा प्रसारण गर्ने लक्ष्य रहेको जानकारी दिएका छन् । रेडियो फेसबुकमा पेजमा पनि प्रत्यक्ष प्रसारण हुने गरेको छ । मान्म (कालीकोट), ६ साउन । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–८ को टाकुल्लामा पहिरो गएर अवरुद्ध दमौली (तनहुँ), ६ साउन । तनहुँमा एक वर्षको अवधिमा तीन लाख बढी पशुमा पूर्ण खोप पर्वत ६ साउन । वन्यजन्तुवाट हुने क्षतिलाई न्यूनीकरण गर्दै सिङ्गो गाउँपालिकालाई फलफूल उत्पादनमा आत्मनिर्भर बनाउने देउखुरी (दाङ), ६ साउन । घोराही उपमहानगरपालिका–६ का मनकला अधिकारी ८२ वर्षका पार गरे। पन्ध्र काठमाडौँ, ६ साउन । यहाँस्थित भारतीय राजदूतावासले आषाढ पूर्णिमाका अवसरमा आज एक विशेष कार्यक्रम आयोजना काठमाडौँ, ६ साउन । दर्शक–श्रोतासमक्ष नबोलेरै हास्य अभिनय प्रस्तुत गर्न सक्ने च्यार्ली च्याप्लिनको नाम हास्यव्यङ्ग्य कास्की, ६ साउन । विभिन्न रोगका कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा सुरु गोरखा, ६ साउन । जिल्लाको पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणका लागि नगर क्षेत्रभित्रका सामुदायिक वन तथा काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं । | reportersnepal.com |
3,760,123 | पर्सा प्रहरीले समाजिक संजालबाट ठगी गर्ने थप चार जनालाई पक्राउ गरेको छ । प्रहरीले पर्साको विभिन्न ठाउँबाट समाजिक संजालबाट ठगी गर्ने चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिकाका अक्षय चौरसिया, युवराज पासवान, वीरनरायण चौरसिया र राहुलकुमार राउत रहेका छन् । उनीहरुको साथबाट नगद १ लाख ५ हजार सहित मोबाइल बरामद गरेको छ । विगत दुई महिनाको अवधिमा पर्सा प्रहरीले समाजिक संजालबाट ठगी गर्ने ८ भारतीय सहित २० जनालाई पक्राउ गरेको छ । | emountaintv.com |
1,379,888 | जिल्लास्तरीय खोप समन्वय समिति सचिवालयले तीन चरणमा गरी जिल्लाका ३१ हजार आठ सय १२ जना बालबालिकालाई आइपिभी खोप लगाउने तयारी भएको जनाएको छ। आइपिभी खोपको विश्वव्यापी अभाव हुँदा विसं २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका बालबालिका सो खोपबाट बञ्चित हुनुपरेको थियो। सो अवधिमा जन्मिएर खोप लगाउन छुटेका बालबालिकामा पोलियो लाग्ने जोखिम रहने भएकाले उनीहरूलाई लक्षित गरी अभियान देशव्यापीरुपमा अघि बढाउन लागिएको हो। जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख डा. मुक्तिनारायण श्रेष्ठले २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएर आइभिपी खोप लगाउन वञ्चित रहेका बालबालिकालाई लक्षित गरेर अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए। 'तत्कालीन समयमा विश्वव्यापीरुपमा आइभिपी खोपको अभाव भएकाले धेरै मुलुकका बालबालिका खोपबाट बञ्चित हुनुपर्यो,' उनले भने, 'सो अवधिमा जन्मिएका, खोप लगाउन छुटेका बालबालिकालाई अभियानमा सहभागी गराउन अभिभावकलाई अनुरोध गर्दछौं।' कार्यालयका जनस्वास्थ्य अधिकृत मोदप्रसाद ठाकुरले आइपिभी विशेष गरेर बालबालिकाको दायाँ पाखुराको माथिल्लो भागमा मासुभित्र शून्य दशमलव पाँच मिलिलिटरको मात्रा दिनुपर्ने जानकारी दिए। 'आइपिभी खोप ढुवानी तथा भण्डारण दुई डिग्री सेल्सियसदेखि आठ डिग्री सेल्सियसमा राख्नुपर्ने हुन्छ। पोलियोविरुद्धको खोप दुई प्रकारका छन्। मुखबाट खुवाइने (ओपिभी) र सुइबाट दिइने आइपिभी हुन्,' उनले भने। जनस्वास्थ्य अधिकृत ठाकुरले पर्सामा खोप अभियान तीन चरणमासञ्चालन गरिने बताए। 'खोप लगाउन छुटेका उमेरसमूहका बालबालिकालाई तीन चरणको अभियानमा सहभागी गराउने गरी तयारी गरेका छौं,' उनले भने। खोप समन्वय समिति सचिवालयका अनुसार पहिलो चरणमा जेठ १३ गतेदेखि १६ गतेसम्म वीरगञ्ज महानगरपालिका-१ देखि वडा नं १६ सम्म, बहुदरमाई नगरपलिकाका साथै विन्ध्वासिनी, पकहामैनपुर, छिपहरमाई, कालिकामाई, धोविनी र ठोरी गाउँपालिकामा खोप अभियान सञ्चालन गरिनेछ। दोस्रो चरणमा पोखरिया र पर्सागढी नगरपालिका तथा जिराभवानी, जगरनाथपुर, पटेर्वासुगौली र सखुवाप्रसौनी गाउँपालिकामा अभियान सञ्चालन हुनेछ। तेस्रो चरणमा जेठ २३ गतेदेखि २६ गतेसम्म वीरगञ्ज-१७ देखि ३२ नं वडा क्षेत्रमा खोप लगाइने जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिए। उनका अनुसार तीनै चरणमा भवानी अस्पताल लिङ्करोड र वीरगञ्ज हेल्थ केयर अस्पताल बहुअरीमा खोप लगाइनेछ। खोप अभियानमा सात सय आठ जना खोप कार्यकर्ता, स्वयंसेवक एक हजार चार सय १६ जना खटिनेछन्। त्यसैगरी एइएफआई एक सय १२ जना स्वास्थ्यकर्मीका साथै नारायणी अस्पतालका तीन जना चिकित्सक पनि तयारी अवस्थामा रहने ठाकुरले बताए। जिल्ला खोप समन्वय समितिका अध्यक्ष नीरञ्जनप्रसाद सोनारले खोप अभियानमा कुनै पनि प्रकारको त्रुटि र कमजोरी नगर्न स्वास्थ्यकर्मी, खोप कार्यकर्ता, स्वयंसेवकलाई अनुरोध गरे। 'सचिवालयले अभियानको सुक्ष्मरुपमा अनुगमन गर्नेछ । अनुगमनका क्रममा कुनै त्रुटि वा कमजोरी भेटिएमा तत्कालै कारबाहीको सिफारिस सङ्घीय तथा प्रदेश मन्त्रालयमा पठाइनेछ,' उनले भने। अभियानलाई स्वच्छ, सुरक्षित र भरपर्दाे ढंगले अघि बढाउनुपर्नेमा जोड दिँदै अध्यक्ष सोनारले आफ्ना बालबालिकालाई पायक पर्ने ठाउँमा लगी खोप लगाउने कार्यमा सहयोग गर्न अभिभावकलाई अनुरोध गरे। मधेस प्रदेशमा दुई लाख ९२ हजार नौ सय ५९ जनालाई सो खोप लगाउने लक्ष्य राखिएको छ । | annapurnapost.com |
5,073,025 | सुरुवाती मतपरिणाम अनुसार नेपाल मजदुर किसान पार्टी तेस्रो स्थानमा देखिएको छ। जिल्ला निवार्चन अधिकरी गोपालप्रसाद बाँस्तोलाले नेपालखबरलाई दिएको जानाकारी अनुसार केही बेरअघि मतगणाना सुरु भएको हो। सुरुवादी परिणामअनुसार नेमकिपाको गढ मानिएको यस क्षेत्रमा राप्रपा अग्र स्थानमा देखिएको छ। पछिल्ले मत परिणामअनुसार राप्रपाका भरतबहादुर खड्का ३५९ मतसहित अगाडि देखिएका छन्। यहाँ एमालेका नवराज गेलाल ३५६ मतसहित दोस्रो स्थानमा छन्। अर्कातिर नेमकिपाका प्रेम सुवाल २९२ मतसहित तेस्रो स्थानमा छन्। त्यस्तै माओवादी केन्द्रका सुनिल गोठे २०२ मतसहित चौथो स्थानमा देखिएका छन् । | nepalkhabar.com |
1,460,284 | काठमाडौं, यसै महिना सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा नेपाल र भारत फरक समूहमा परेका छन् । नेपाल प्रतियोगिताको साबिक विजेता र भारत उपविजेता टोली हुन् । तीन वर्ष अघि भारतमा सम्पन्न १२ औं सागको फाइनलमा नेपालले भारतीय टोलीलाई २, १ गोलले हराउँदै फुटबलको उपाधि चुमेको थियो। अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार १३ औं सागका लागि फुटबलको खेल तालिका सार्वजनिक गरेको हो । घोषित खेलतालिका अनुसार नेपाल समूह ‘ए’ मा परेको छ। उक्त समूहमा नेपालसँगै बंगलादेश र भुटान परेका छन् । यसैगरी समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स परेका छन्। नेपालले आफ्नो पहिलो खेल मंसिर १५ गते बंगलादेशसँग खेल्नेछ। नेपालले समूहगत चरणको दोस्रो खेल मंसिर १९ गते भुटानसँग खेल्नेछ। समूहगत चरणको समाप्तिपछि दुवै समूहबाट तालिकाको पहिलो र दोस्रो स्थानमा आउने टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन्। पुरुष फुटबलको फाइनल खेल मंसिर २४ गते हुनेछ। यसपटक पुरुष फुटबलमा पाकिस्तानले भने भाग लिएको छैन। पुरुष फुटबलको सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइनेछ । | kendrabindu.com |
6,233,194 |
उच्च अदालत, पाटनले सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयन तत्काल कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ । सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध श्रीराम टोवागो उद्योग प्रालिले उच्च अदालत, पाटनमा रिट दायर गरेको थियो । शुक्रबार उक्त रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत, पाटनका न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा रोक लगाउने महानगरपालिकाको निर्णयले उद्योग व्यवसायमा प्रतिकूल असर पर्ने र त्यसले ठूलो क्षति हुन सक्ने देखिएको अन्तरिम आदेशमा उल्लेख छ ।
| shilapatra.com |
5,725,161 | विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन आह्वान गरिएको छ । विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिले सोमबार सूचनामार्फत एक अध्यक्ष र तीन सस्दस्य पदका लागि आवेदन आह्वान गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको उक्त सिफारिस समितिको सूचनामा भनिएको छ, “विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा ५ बमोजिम विद्युत् नियमन आयोगको रिक्त अध्यक्ष (एक) र तीन सदस्य (एकजना महिलासहित) पदमा नियुक्तिका लागि सोही दफामा तोकिएबमोजिम आवश्यक न्यूनतम योग्यता र अनुभव पूरा भएका इच्छुक उमेदवारहरूले यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र उक्त ऐनको दफा ७ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिसमक्ष तपसिल बमोजिमका कागजात तथा विवरणसहित यस मन्त्रालयमा आवेदन पेस गर्न यो सूचना प्रकाशन गरिएको छ ।” इच्छुक आवेदकले विद्युत् नियमन आयोग नियमावली, २०७५ को अनुसूची–१ बमोजिमको आवेदन (आवेदनसाथ व्यक्तिगत विवरण, नोटरी पब्लिकबाट प्रमाणित शैक्षिक योग्यताका प्रति र कार्य अनुभवसम्बन्धी कागजात) पेस गर्नुपर्नेछ । | baahrakhari.com |
4,788,592 | आज बडादसैंको मुख्य दिन विजया दशमी हो। अधिकांश नेपालीको सबैभन्दा ठुलो चाडका रूपमा रहेको बडादसैंको खास महत्व बोकेको दिनका रूपमा विजया दशमीलाई लिइन्छ। यो दिनको प्रमुख आकर्षण भनेको टीका हो। यो दिनमा राम्रो लगाउने र मीठो खाने अनि आफ्ना मान्यजनका हातबाट टीकाजमरा लाएर आशीर्वाद थाप्ने परम्परा छ । यो वर्ष दसैंको टीकाको शुभ साइत ११ बजेर ५१ मिनेट जाँदा जुरेको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिको भदौ ३१ गते बसेको बैठकले उक्त साइत जुराएको हो। टीकाको दिनमा आफ्ना मान्यजनका हातबाट टीका लगाएर आशीर्वाद ग्रहण गरी घटस्थापनामा रोपिएको जमरा लगाउने चलन छ। १५ दिन मनाइने दसैंको मुख्य दिन विजया दशमीमा बहुमत हिन्दु धर्मावलम्बीले नवदुर्गाको प्रसादका रूपमा रातो टीका ग्रहण गर्छन् र समृद्धिको प्रतीक जमरा लगाउँछन् मनाउँछन्। नेवार समुदायले दसैंलाई मोहनीका रूपमा मनाउँछन्। उनीहरू आफ्नो सुस्वास्थ्यको कामना गर्दै कालो टीका लगाउँछन्, जसलाई मोहनी भनिन्छ। यो नेवार समुदायमा परापूर्वकालदेखि नै प्रचलनमा रहेको छ। देशको पूर्वतिर भने किरात (राई, लिम्बू, सुनुवार र हायु) र अन्य आदिवासी जनजाति समुदाय (मगर, तामाङ, थारू, गुरुङ आदि) ले सेतो टीका लगाउने चलन पनि कतैकतै भेटिन्छ। संस्कृतिविद् कृष्णराज सर्वहारीले सेतो रंग शान्तिको प्रतीकका रुपमा लिने गरेको बताए । पहिलेपहिले रंग नभएर पनि सेतो टीकाबाट शुरुवात भएको हुन सक्ने उनी बताउँछन्। ’पहिले ब्ल्याक एन्ड ह्वाइट जिन्दगी। हाम्रो पोशाक पनि सेतो हुन्छ। पगरी, जामा, भोटोसबै सेतै देखिन्छ,’सर्वहारीले भने। कतैकतै पहेंलो टीका लगाउने चलन पनि नभएको होइन। नेपाल कतै विजया दशमीका दिन मात्र टीका लगाउने चलन छ भने कतैकतै थप पाँच दिन अर्थात कोजाग्रत पूर्णिमासम्म टीका लगाउनेगरिन्छ। तर जसले जति दिन टीका लाए पनि आफ्ना मान्यजनको हातबाट टीकाजमरा थाप्न आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म कुनै साइत हेरिरहनु पर्दैन। त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । | kathmandupress.com |
3,799,130 | त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा परीक्षा फर्म भर्नेदेखि शैक्षिक प्रमाणपत्रका लागि प्रत्येक दिन लामो लाइन देख्न सकिन्छ । प्रविधियुक्त वर्तमान समयमा पनि प्रमाणपत्र प्राप्तीका लागि लामो लाइन लाग्नुपर्ने वाध्यता हटाउन विश्वविद्यालयले भने पहल थालेको देखिदैन । पढ्नभन्दा पढेर प्रमाणपत्र लिन अप्ठेरो हुन्छ भन्दा अचम्म लाग्ला । तर अचम्म मान्नुपर्दैन यस्तै वास्तविकता रहेको छ, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुको । त्रिभुवन विश्व विद्यालय स्तरको परीक्षा पास गरि प्रमाण पत्र लिन पढ्न भन्दा पनि अप्ठेरो भएको विद्यार्थीहरुले गुनासो गर्दै आएका छन् । प्रविधियुक्त वर्तमान समयमा पनि प्रविधिको प्रयोग गर्नु साटो विद्यार्थीहरुलाई लामो लाइन वस्नुपर्ने बाध्यता रहेको छ । विश्वविद्यालयले लाइन वस्नुपर्ने वाध्यताको अन्त्य गर्न २०७५ साल जेष्ठ १३ गते देखि शिक्षा संकायका अध्ययनरत विद्यार्थीहरुलाई ट्रान्सक्रिप्टका लागि अनलाइन फारम भर्ने व्यवस्था गरेको थियो । विश्वविद्यालयले उपत्यका बाहिरका आङ्गिक क्याम्पसहरूबाट यो प्रविधि आरम्भ गरेको जनाए पनि उक्त व्यवस्था भने प्रभावकारी हुन सकेको छैन । त्यसो त अनलाइन प्रविधिमात्र होइन परीक्षा नियन्त्रण कार्यालयमै आएर ट्रान्सक्रिप्ट लिदा घन्टौ लाइनमा बस्नु पर्ने, र विभिन्न बहाना देखाउदै महिनौसम्म दुःख दिने काम गरेको विद्यार्थीहरुले बताएका छन् । विद्यार्थीहरुले प्रविधिमैत्री वर्तमान समयमा विश्वविद्यालयले पनि आफुलाई त्यसतर्फ अघि वढाउनुपर्ने बताएका छन । विद्यार्थीहरुले परीक्षा नियन्त्रण कार्यालयमा लाइन लागेर भौचर भर्नुपर्ने व्यवस्थाको अन्त्य गरी अनलाइन पेमेन्टको व्यवस्था गर्न विश्वविद्यालयको ध्यानाकर्षण गराएका छन् । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले भने परीक्षा नियन्त्रण कार्यालयवाट विद्यार्थीहरुलाई छिटो छरितो ढंगले सेवा दिएको दाबी गरेका छन् । विश्वविद्यालयका पदाधिकारीले छिटो छरितो रुपमा विद्यार्थीहरुलाई सेवा दिइरहेको बताए पनि, सेवा लिनकै लागी दिनहुँ विद्यार्थीको लामो लाइन परीक्षा नियन्त्रण कार्यालय वल्खुमा देख्न सकिन्छ । यस्तै ट्रान्सकिप्ट लगाएतका प्रमाण पत्र लिन समेत यो वा त्यो बहानामा महिनौसम्म परीक्षा नियन्त्रण कार्यालय धाउनुपर्ने विद्यार्थीको बाध्यता हालसम्म पनि उस्तै छ । | emountaintv.com |
2,633,833 | बाबा मेरा लागि त्यतिकै प्यारो जति जोकोहीलाई आफ्नो बाबा प्यारो लाग्छ । मेरो बाबा बाल्यकालदेखि नै भारतको नागाल्यान्डमा रहनुभयो । उहाँले आफ्नो अध्ययन पूरा गरी र जागिरमा पाइला टेक्दै गर्दा जन्मभूमि नेपाल फर्कनुभएको हजुरआमा सुनाउनु हुन्छ । बाल्यकालबाट परिवारको साथ र आफ्नोपनको साथका रूपमा बाबाका मामाहरू हुनुहुन्थ्यो । आफ्नो परिश्रम र सङ्घर्षबाट बाबाले सानो संसार सजाउनु भयो । त्यो सानो संसारमा कहिल्यै पनि कुनै कुराको कमी भएन । भौतिक वस्तु जे हामीलाई आवश्यक छ सबै बाबाले पूरा गर्नुभयो । बाबाको भारतीय सरकारी जागिर भएकाले नागाल्यान्डतिर नै धेरै बस्नु हुन्थ्यो । हुन त हामी दिदीभाइ र मेरो जन्म पनि नागाल्यान्डमा नै भयो । जन्मभूमिको छुट्टै किसिमको आत्मीयता हुने रहेछ तर कर्म भूमिको अझ बढी हुने रहेछ । सानो हुँदाका बखत परिवारको महत्त्व खासै बुझिँदैनथ्यो । बाबाले पढ्नु पर्छ भन्दा रिस उठ्थ्यो । छिमेकीले खेल्न जाऊ भन्दा छिमेकी ठीक लाग्थ्यो । तर समय बित्दै जाँदा बाबाममीको आवश्यकता पर्दा परिवारको महत्त्व थाहा हुँदो रहेछ । किनभने बाबाआमा हामीबाट टाढा हुनुहुन्थ्यो । उहाँहरूको सङ्घर्षले आज हामी आफ्नो जीवन निर्वाह गर्न सक्ने भएका छौँ । तर पनि मलाई सधैँ बाबाआमासँगै बस्नु मन थियो । अरूको बाबाआमासँगै हुँदा मलाई शून्य लाग्थ्यो । धेरै मुस्किलले चाडपर्वमा हामी साथमा हुन्थ्यौँ । मलाई जीवन बुझेदेखि बाबाको सामीप्यताको आवश्यकताले सताउँदै गयो । कहिले आफ्नो कार्यव्यस्तता त कहिले अध्ययनका कारण परिवारसँग आफैँ टाढा हुनुपरेको अवस्था थियो । त्यो समय मेरा लागि अत्यन्त कष्टकर भएर बितेको छ । े मम्मी र मलाई सङ्घर्ष बुझ्नु, दुःखी कहिले नहुनू भनेर बाबाले भनेको सधैँ याद आउँछ । हाम्रो ५५ जनाको बृहत् परिवार थियो । परिवारमा जेठो छोरा मेरो बाबा हुनुहुन्थ्यो । उहाँलाई सबैले त्यतिकै माया र सम्मान गर्नुहुन्थ्यो । बच्चा बेलादेखि आफ्नो परिवार र देशबाट टाढा बस्नुभएको भएर मेरो बाबाले आफ्नो कर्म भूमिलाई पूजा गर्नुहुन्थ्यो । कर्म भूमिले जीवन के हो बुझाउँछ भन्नुहुन्थ्यो । समय बित्दै गयो, अब बाबाआमाका दुःखका दिन हराउँदै थिए । अब आरामा गर्ने समय आयो भन्ने गर्थ्यौं । तीन महिनाअगाडिको कुरा हो, बाबा हामी सबै परिवारसँगै थियौँ । यो समय हाम्रो वर्षाैंपछि हुने खुसीयाली थियो । अब चाँडै खुसीका दिन आउँदै थियो । म भविष्यको मीठो कल्पनामा हराउँथेँ, जब परिवार सबै नजिक हुने सोच्दथेँ । बाबाले तीन महिनाअगाडि आफ्नो केही काम बाँकी छ, म छिट्टै आउँछु भनेर फेरि कर्म भूमि फर्कनुभयो । बाबाले दिनुभएको समय कहिले पनि यताउता नहुने, समयको एकदम पक्का हुनुहुन्थ्यो । दुई महिना बित्यो, बाबा आउने समय भयो भनेर हामी खुसी थियौँ । तर त्यसो भएन बाबाले हामीसँग छल गर्नुभयो । जीवनमा पहिलो पटक बाबाले दिनुभएको समयले फेल खायो । बाबाले सदाका लागी हामीलाई छाड्नुभयो । बाबा रहनुभएन भन्ने खबर आयो । मैले संसारमा सबैभन्दा धेरै माया गरेको मेरो बाबा । बाबाको बाल्यकालबाट सुरु भएको भारतको बसाइ बाबाको अन्त्यसमेत त्यहीँ नै भयो । मेरो बाबाको अत्यन्त प्रिय स्थानमा बाबाले आफ्नो अन्तिम स्वास छोड्नु भयो । त्यो समय, त्यो पल मेरा लागि जीवनको अन्त्य भएको महसुस भयो । म कसरी व्यक्त गरूँ । कति समय यस्ता थिए मसँगै बाबा रुनुहुन्थ्यो । सायद मलाई राम्रोसँग बुझ्ने नै मेरो बाबा । ‘लोग्ने मान्छे रुनु हुन्न’ भन्ने गीत सुन्दै हुर्किएका थियौँ हामी । तर मेरो बाबा कैयौँ पटक रोएको मैले देखेको छु । मेरो बाबाले अरूको चित्त बुझाउनलाई आफ्नो स्वाभिमान कहिल्यै बेच्नु भएन । बाबाका बारेमा जति कुरा गरे पनि जीवन सकिँदासम्म पनि पूरा हुँदैन । मलाई मेरो बाबालाई मेरो जीवनको हिरो बनाउनु थिएन । किनभने मेरो बाबाको अरूको साथै आफ्नो पनि ख्याल राखोस् भनेर मलाई चिनाउनु थियो । तर बाबाले जीवनको अन्त्यसम्म पनि अरूका लागि नै योगदान गर्नुभयो । बाबाले जति नै बलियो बन भनेर हिम्मत दिए पनि उहाँ जस्तो हिम्मतवाला र निडर बन्न सकिनँ । कहिले सुख त कहिले दुःखको हावा चलिरहन्छ । मुस्किल आउँछ तर बाबा हुँदा आउने दुःख र नहुँदा आउने दुःखमा धेरै ठूलो फरक हुने रहेछ । बाबा धेरै माया र सधैँ सम्झनामा रहनुहुनेछ । | ratopati.com |
4,576,449 | प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि रातो टीकासँगै सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाइएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्नेजस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत्रूप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा दही चिउरा खाने पर्वका साथै राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ । | hamrobiratnagar.com |
1,009,326 | पोखरा महानगरपालिकामा उन्नाइस हजार छ सय ३४ जना भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीले जमिन प्राप्तिका लागि आवेदन दिएका छन् । यसरी आवेदन दिएकालाई आयोगको जिल्ला कार्यालयले जग्गाधनी पूर्जा प्राप्तिको पहिलो चरणमा दिइने निस्सा वितरण सुरुआत गरेको छ । आयोगले पोखराका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीले दिएको निवेदनका आधारमा आवश्यक प्रक्रियापछि मङ्गलबारदेखि पोखरा–२५ बाट सुरुआत गरिएको हो । सो वडामा दुई सय ४२ दलित र सुकुम्बासीलाई निस्सा प्रदान गरिएको छ । भूमिहीनहरुको समस्या समाधानका लागि सरकारद्धारा गठित राष्ट्रिय भूमिआयोगका अनुसार पोखरा महानगरपालिकामा भूमिहीनको लगत सङ्कलनको सकिएर निस्सा वितरण सुरु गरेको आयोगका जिल्ला अध्यक्ष गङ्गाप्रसाद पोखरेलले बताउनुभयो । उहाँका अनुसार जिल्लाका अन्य पालिकामा भने राष्ट्रिय भूमि आयोगसँग सम्झौतापछि लगत सङ्कलनका लागि आवेदन दर्ताको काम भइरहेको छ । भूमि आयोगका अनुसार महानगरपालिकामा भूमिहीन दलित तीन हजार पाँच सय ५३, भूमिहीन सुकुम्बासी चार हजार एक सय ८३ र अव्यवस्थित बसोबासी ११ हजार आठ सय ९८ परिवारको निवेदन दर्ता भएको छ । महानगरले भूमि आयोग केन्द्रसँग समझदारीमा हस्ताक्षरपछि ३५ दिने सूचना निकालेको थियो । पछिल्लो सूचनाअनुसार तीन हजार भूमिहीन र अव्यवस्थित बसोबासीको लगत सङ्कलन भएको थियो । आयोगका अध्यक्ष पोखरेलले भूमि आयोगसँग सम्झौतापछि अहिले माछापुच्छ«े, मादी र रुपा गाउँपालिकामा भूमिहीनको लगत सङ्कलनको काम आगामी असोज ४ गतेसम्म सञ्चालन हुनेछ । उहाँले भन्नुभयो, “आयोगको जिल्ला कार्यालयले पछि सम्झौता भएका पालिकामा भूमिहीन र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गरिरहेको छ, यसअघिका पुराना अधुरोअन्तर्गतका लागि सरजिमन मुचुल्क, फिल्डबुक र सेता पूर्जाका आधारमा जग्गाधनी पूर्जा दिने तयारी भइरहको छ ।” पुराना अधुरो अपूराअन्तर्गत अन्नपूर्ण गाउँपालिकाको वडा नं १ र २ वडा तथा पोखराका वडा नं १४, १७, १९, २७ ,२८ र ३१ मा सरजिमन मुचुल्का गर्ने काम सकिएको छ । अधुरोअन्तर्गतका दुई सय घरधूरीलाई यही भदौ १३ गते रातो पूर्जा दिने तयारी छ । “पूर्जा र फिल्डबुकमा नाम भएकालाई लालपुर्जा दिने प्रक्रियामा छौँ, केहीदिनमै लालपुर्जा प्रदान गछौँ”, पोखरेलले भन्नुभयो । भूमिहीन सुकुम्बासी र दलितले जग्गाको तिरो तिरे पुग्छ भने अव्यवस्थित बसोबासीले मूल्य निर्धारण समितिले गरेको मूल्याङ्कनअनुसार सय प्रतिशत राजस्व सरकारलाई बुझाउनुपर्ने आयोगका सदस्य सचिव एवं जिल्ला नापी कार्यालयका प्रमुख दिनेश काफ्लेले बताउनुभयो । कम्तीमा १० वर्षसम्म भोगचलन गरेका अव्यवस्थित बसोबासीलाई आवास प्रयोजनका लागि राजस्व लिएर जमिनको लालपूर्जा दिइने उहाँले जानकारी दिनुभयो ।
स्टार नेपाल इन्फोसिस एण्ड एजुकेशन प्रा. लि. द्वारा बिगत ९ बर्ष देखी संञ्चालनमा रहेको सफल न्युज डट कम नेपाली भाषामा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो । हामी यसको माध्यमबाट फरक ढंगले सत्य, तथ्य तथा हरपल ताजा खवरहरु उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दछौं । | safalnews.com |
2,638,110 | म्यान्माको सैनिक सरकारले कारागारमा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीको जीवनलाई उपचार र खानाबाट वञ्चित गरेर खतरामा पारेको आरोप उनको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एलडिसी)ले लगाएको छ । “हामी विशेष चिन्तित छौं किनकी उहाँले पर्याप्त चिकित्सा सेवा प्राप्त गर्नुभएको छैन । सैनिक सरकारले उहाँको जीवनलाई जोखिममा पार्ने उद्देश्यले स्वस्थ खाना वा आवास पर्याप्त रूपमा उपलब्ध छैनन् । यदि उहाँलाई तलमाथि भएका त्यसको जिम्मेवार सैनिक सरकार हुनेछ,” एलडिसीले एक विज्ञप्ति निकालेर भनेको छ । हालैका दिनहरूमा स्थानीय सञ्चारमाध्यमले ७८ वर्षीय नोबेल पुरस्कार विजेता नेत्री दाँतको सङ्क्रमणको कारण बेहोस हुने, बान्ता गर्नेलगायत समस्याबाट पीडित भएको र खाना खान असमर्थ रहेको जनाएका छन् । सन् २०२१ को फेब्रुवरीमा सैन्य विद्रोहपछि सत्ताच्युत गरिएकी नेत्री सुचीलाई सोही समयदेखि हिरासतमा राखिएको छ । सैनिक शासनको विरोधसँगै म्यान्मा गृहयुद्धमा प्रवेश गरेपछि हजारौँले ज्यान गुमाएका छन् । म्यान्मामा हिंसाका घटना निरन्तर बढिरहेका छन् । गत जुलाईमा उनलाई राजधानी नेपीट जेलबाट नजरबन्दमा सारिएको थियो तर उनलाई कहाँ राखिएको छ भन्ने स्पष्ट छैन । यसअघि उनका कान्छा छोराले पनि सैनिक हिरासतमा रहेकी आफ्नी आमालाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप लगाएका थिए । दाँत र गिजाको गम्भीर समस्याका कारण आफ्नी आमा केही दिनदेखि अस्वस्थ भइ खाननसक्ने अवस्थामा पुगेको उनका छोरा किम एरिसले बताएका थिए । नेत्री सुची न्यून रक्तचापबाट पनि पीडित छिन् । उनले आफ्नी बिरामी आमालाई स्वास्थ्य सेवा उपलव्ध गराउन सैन्य सरकारसमक्ष कारागारका अधिकारीहरूले गरेको अनुरोधलाई सैनिक नेतृत्वले अस्वीकार गरेको बताए । म्यान्माका सबै राजनीतिक दलहरूको गठबन्धन निर्वासित राष्ट्रिय एकता सरकारले अन्तरराष्ट्रिय समुदायलाई नेत्री सुची जस्ता राजनीतिक बन्दीहरूलाई उचित उपचार सेवा उपलब्ध गराउन सैनिक शासकलाई दबाब दिन आग्रह गरेको छ । विश्वका धेरै नेताले पनि उनको निःशर्त रिहाइको माग गरेका छन् । साथै उनीहरूले पक्राउ गरिएका विपक्षीलगायत सबैलाई हिरासतमुक्त गर्न आह्वान गरेका छन् । | ratopati.com |
1,801,591 | धेरै कुरा हामीले अरुले भनेको सुनेर पनि विश्वास गरिरहेका हुन्छौं । त्यस्तै एउटा हो सूर्यको किरणबाट नै भिटामिन डी पाइन्छ । यसमा कति साँचो छ ? र कसरी कतिबेला भिटामिन डी पाउन सकिन्छ यसबारेमा आज जान्ने प्रयास गरौं । सूर्यको किरणको सम्पर्कमा आउँदा शरीरमा भिटामिन डी आउँदैन बरु यो तत्व हाम्रो शरीरमा बन्न थाल्छ । जब हाम्रो छाला सूर्यको अल्ट्रावाइलेट किरणको सम्पर्कमा आउँछ यसले शरीरमा पहिलदेखि नै भएको भिटामिन डीलाई ट्रिगर गर्छ । यसकारण हाम्रो शरीरमा भिटामिन डीको उत्पादन सुरु हुन्छ । यस पूरा प्रक्रियामा मिर्गौला र कलेजोको पनि महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले भन्न सकिन्छ हाम्रो शरीरमा अप्रत्यक्ष रुपबाट नै सूर्यको किरणबाट भिटामिन प्राप्त हुन्छ । बिहान खासगरी जाडो समयमा १० देखि १२ बजेसम्मको घाम स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । त्यही एकदमै कडा घाममा बस्दा छालालाई फाइदा भन्दा नोक्सान नै धेरै हुन सक्छ । यदि धेरै लामो समय कडा घाममा बस्नुहुन्छ भने यसले छालामा र्यासेज आउने र संक्रमण पनि हुन सक्छ । त्यसैले खासगरी १२ बजेको घाममा बस्नु हुँदैन । त्यो समयमा छालामा सनस्क्रीन लगाउन नभुल्नुहोस् । कम्तीमा १५ मिनेटदेखि लिएर एक घण्टासम्मको घाम शरीरका लागि जरुरी हुन्छ । भिटामिन डी हाम्रो सम्पूर्ण स्वास्थ्यका लागि आवश्यक मानिन्छ । यसले हड्डी, मांसपेशी तथा दाँतलाई स्वस्थ बनाउने काम गर्दछ । यदि भिटामिन डीको कमी भयो भने शरीरमा टी–सेल्सको उत्पादन बढन थाल्छ । शरीरमा टी–सेल्सको उत्पादन बढ्नाले रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । जसले छिट्टै कुनै पनि संक्रमण हुन्छ । यसको कमीले बच्चामा रिकेट्स हुन सक्छ । युवा तथा वयस्कको हड्डी कमजोर हुनु वा कमजोरी हुने जस्ता समस्या आउन सक्छन् । | nepalviews.com |
462,020 | गुल्मीका एक ९० बर्षीय बयोवृद्धले पहिलो पटक स्टुडियोमा पुगेर नयाँ सोरठी भाका ’शिरै चढाऊँला’ गीत गाएका छन् । चन्द्रकोट गाँउपालिका ५जोगिस्थान निवासी वयोवृद्ध गायक मन बहादुर थापाले नयाँ सोरठी भाकामा ’शिरै चढाऊँला’ भन्ने गितमा स्वर दिएका छन् उनीसँगै उनका छोराहरु भूपाल प्रसाद थापा,बावुराम थापा र साथमा चर्चित कलाकार सन्तु थापा र गिता पाइजा लगायतको सुमधुर स्वर रहेको छ । यस ’शिरै चढाऊँला’गितमा शब्द संकलन भने बयोवृद्ध गायक मन बहादुर थापाका छोरा भूपाल प्रसाद थापाले गरेका छन् । तिहार विशेष गाइने सोरठीलाई डिजिटल प्रविधिको अहिलेको जमानामा सदैव जिवित राख्न र पाकापुस्ताका कला गलाको संरक्षणमा सशयोग पुग्ने कलाकार सन्तु थापाले जानकाी दिए । सोरठीका गुरु भनेर गाँउघरमा चिनिने वयोवृद्ध मन बहादुर थापाले पहिलो पटक स्टुडियोमा पुगेर गित गाएर रेकडिङ गरेका हुन । गत शुक्रवार युट\व मार्फत सार्वजनिक गरिएको भिडियोलाई कलाकार सन्तु थापाले निर्देशन गरेका छन् । | hamrakura.com |
4,655,150 | मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले फागु पूर्णिमा अर्थात होली पर्व अवसरमा होली अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत एनसेलले ग्राहकलाई इन्डिया रोमिङ प्याकमा २५ प्रतिशत छुट दिएको छ। यो अफरमार्फत ग्राहकले अझ सुलभ शुल्कमा इन्डिया भ्रमणमा रहँदा सहजै सम्पर्कमा रहन सक्नेछन्। चैत ९ बाट सञ्चालनमा आएको यो छुट योजनामा ग्राहकले करसहित १०० पर्ने इन्डिया रोमिङ प्याक ७५ रुपैयाँ सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ। विविध प्रयोजनका लागि छिमेकी भारत भ्रमणमा बारम्बार जाने ग्राहकले यो प्याक लिएर आफ्नो दूरसञ्चार सेवा खर्चमा कटौती गर्न सक्छन्। यो प्याक सुचारु गरेपछि प्रतिदिन २५ का दरले ३ दिनसम्म रोमिङ सेवाको पहुँचबाट फाइदा लिन सकिन्छ। ग्राहकले प्याकसहित तत्काल ५०० एमबी डेटा पाउँनेछन्, जसले सामाजिक सञ्जाललगायतका माध्यममार्फत सम्पर्कमा सहिरहन मद्दत गर्नेछ। भ्वाइस र एसएमएस सेवाको शुल्कमा पनि भारी छुट पाउँछन्। यो प्याकमा इनकमिङ कल उठाउन र भारतमा कल गर्न पेएजयूगो शुल्कमा ३२ प्रतिशत छुट दिइने एनसेलले जनाएको छ। यो प्याकले सीमावर्ती सहर जस्तै, वीरगन्ज, भैरहवा, नेपालगन्ज, विराटनगर, जनकपुरलगायत सहरबाट बारम्बार भारत भ्रमण गर्ने स्थानीय, साना व्यवसायी, यातायात मजदुरलगायत ग्राहकको रोमिङ सेवा मागलाई सम्बोधन गर्ने विश्वास कम्पनीको छ। एनसेलले होली पर्व अवसरमा विशेष सन्देशमूलक भिडियो पनि सार्वजनिक गरेको छ । | capitalnepal.com |
2,842,885 | मुटुसम्बन्धी समस्याका कारण मन्डिखाटार, काठमाडौँस्थित ह्याम्स अस्पताल भर्ना भएका शाह आज डिस्चार्ज भएका हुन । मुटु अचानक दुखे पछि शुक्रबार साँझ उनलाई ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । पारसको अवस्था सामान्य भएपछि चिकित्सकहरूको सल्लाह अनुसार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । मुटु सबन्धी समस्या परेका पूर्व युवराज शाहको स्वास्थ्य स्थितिका बारेमा थप विवरण सार्वजनिक गरिएको छैन् । | newskarobar.com |
4,418,309 | एक युवकलाई कुटपिट गरेको विषयमा दुई समूहबीच झडप भएपछि प्रशासन कार्यालयले पाँच वटा पालिकामा कर्फ्यू आदेश जारी गरेको छ । इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको छ । साथै स्थानीय प्रशासनले पूर्व पश्चिम राजमार्गमा पनि सतर्कता बढाएको छ । राजमार्गमा लामो दूरीका सवारी साधनलाई निगरानीमा राखेर मात्रै आवतजावत गर्न दिइएको छ । हरिनगर गाउँपालिका-१ भुटाहामा बिहीबार एक युवकमाथि स्थानीयले कुटपिट गरेका थिए । कुटपिट भएको विषयमा आज दुई समूहबीच झडप भएको थियो । भुटाहामा शुक्रबार भएको झडपमा परी चार जना घाइते भएका छन् । जसमा दुई जनालाई गोली लागेको छ । स्थिति नियन्त्रणका लागि प्रहरीले चार दर्जनभन्दा बढी अश्रुग्यास र हवाई फायर गरेको छ । निषेधित स्थानमा सामाजिक, धार्मिक, राजनीतिक सभा, र्याली, भेला जम्मा, प्रदर्शन लगायतका कुनै पनि कार्यक्रम नगर्न र नगराउन प्रशानले जारी गरेको कर्फ्यू आदेशमा उल्लेख छ । | palikakhabar.com |
757,452 | ‘एक नेपाली एक फलफूल बिरुवा रोपण अभियान’ अन्तर्गत रोपिएका बिरुवा हुर्काउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरकारी निकायलाई ‘सर्कुलर’ गरेको छ । प्रधानमन्त्री केपी ओलीले वातावरण दिवसका दिन सुरु गरेको उक्त अभियानक्रममा मुलुकभर भदौ मसान्तसम्म फलफूल र अन्य प्रजातिका २८ लाख ९० हजार ९ सय १९ बिरुवा रोपिएका छन् । ७७ वटै जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति, ७ सय ५३ वटै स्थानीय तह, सुरक्षा निकाय र वित्तीय संस्था तथा सार्वजनिक संस्थानहरूलाई बजेट व्यवस्थापन गरी स्याहारसुसार गर्न प्रधानमन्त्री कार्यालयले ध्यानाकर्षण गराएको हो । तीन वर्षभित्र तीन करोड फलफूल बिरुवा रोपेर संरक्षण र संवद्र्धन गर्दै नेपाललाई फलफूलमा आत्मनिर्भर बनाउने सरकारी घोषणा छ । अभियानअन्तर्गत भदौ मसान्तसम्म रोपिएका बिरुवामध्ये सबभन्दा बढी ५ लाख ४ हजार ४ सय ९४ वटा कागतीका छन् । त्यसपछि अलैंची ४ लाख ६९ हजार १ सय ५०, आँप २ लाख ५९ हजार ३ सय ६५, सुन्तला/मुन्तला ३ लाख ३९ हजार र लिची ८८ हजार ६ सय ३४ रोपिएको प्रधानमन्त्री कार्यालयले तयार पारेको प्रतिवेदनमा छ । यीबाहेक केरा, स्याउ, अम्बा, अनार, कटहर, ओखर, किबी, लप्सी, अमिलो, अंगुरसहित २८ प्रजातिका फलफूल रोपिएका छन् । सात प्रदेशमध्ये सबभन्दा बढी गण्डकीले ८ लाख ३० हजार २ सय १४ बिरुवा रोपेको छ । लमजुङमा मात्र ३ लाख ८१ हजार ८ सय ६७ फलफूलका र घाँसे रूख प्रजातिका २८ हजार ८६ गरी ४ लाख ९ हजार ९ सय ५३ वटा बिरुवा रोपिएका थिए । सबभन्दा कम प्रदेश २ ले ६५ हजार ७ सय ७३ फलफूलका बिरुवा रोपेको प्रतिवेदनमा उल्लेख छ । गण्डकीकै पर्वत र कास्कीले बढी बिरुवा रोपेका छन् । प्रदेश १ को उदयपुर र प्रदेश ५ को रोल्पा पनि बढी बिरुवा रोप्ने ५ जिल्लाभित्र पर्छन् । प्रधानमन्त्री कार्यालयले धेरै बिरुवा रोप्ने ५ जिल्लालाई प्रशंसापत्रबाट सम्मान गर्न लागेको छ । मुस्ताङ, बैतडी, सल्यान, मनाङ र तेह्रथुमले थोरै बिरुवा रोपेका छन् । नेपाली सेनाले ४१ हजार ७ सय ८१, नेपाल प्रहरीले ३४ हजार १ सय ३, सशस्त्र प्रहरीले २४ हजार ७ सय ३७ र बैंक तथा वित्तीय संस्था र सार्वजनिक संस्थानले २५ हजार ४ सय बिरुवा रोपेका छन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँवरले सरकारी नर्सरीमा कम्तीमा ४० प्रतिशत फलफूलका बिरुवा उत्पादन गर्न वन तथा वातावरण मन्त्रालयलाई अनुरोध गरिएको बताए । प्रधानमन्त्री कार्यालयले पूर्व–पश्चिम राजमार्ग, उत्तर दक्षिण कोरिडोर, मध्यपहाडी लोकमार्ग, काठमाडौं चक्रपथ र कोरिडोरमा प्रत्येक ५ मिटरमा एक फल र एक फूल रोप्ने अभियान चलाउन भौतिक पूर्वाधार मन्त्रालयलाई अनुरोध गरेको छ । | ekantipur.com |
2,287,114 | बङ्गलादेशमा जारी काभा तेइस वर्षमुनि (यु–२३) अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल श्रीलङ्कासँग पराजित भएको छ । ढाकाको मिरपुरस्थित शहिद सुहरावर्दी नेशनल इन्डोर स्टेडियमा आज भएको खेलमा नेपाल श्रीलङ्कासँग ०–३ को सोझो सेटमा पराजित भएको हो । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि हिजो भएको उद्घाटन खेलमा नेपाल बङ्गलादेशसँग ०–३ को सोझो सेटमा पराजित भएको थियो । आजको खेलमा नेपालले श्रीलङ्कासँग पहिलो सेट २४–२६ ले गुमायो भने खेलको दोस्रो सेट १८–२५ ले गुमायो । त्यसैगरी खेलको तेस्रो तथा अन्तिम सेटमा नेपाल १७–२५ ले पराजित भयो । यही पुस ११ गतेसम्म चल्ने उक्त च्याम्पियनशिपमा आयोजक बङ्गलादेशसँगै नेपाल, श्रीलङ्का र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेको छ । नेपालले अब समूह चरणको तेस्रो तथा अन्तिम खेलमा किर्गिस्तानको सामना गर्नेछ । उक्त खेल भोलि हुनेछ । | dcnepal.com |
2,690,770 | ९०१६ जनामा गरिएको नमूना परीक्षणमा २४ जनामा संक्रमण पुष्टि भएको हो । सो समयावधिमा २७० जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभर ५५२२ जना सक्रिय संक्रमित रहेका छन् भने २४ घण्टामा २०६५२२ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । | ratopati.com |
5,263,173 | यसबीच पश्चिमा देशहरूले मस्कोको भत्र्सना गर्न आफ्नो पक्षमा उभिन भारतलाई दबाब दिन कुनै कसर बाँकी राखेन । के यो पश्चिमा ‘उपनिवेशवादी मानसिकता’ र ‘औपनिवेशिक संरचना र चलन’ को निरन्तरता हो ? भारतका माक्र्सवादी विद्वान् तथा ट्राइकन्टिनेन्टलः सामाजिक अध्ययन प्रतिष्ठान’ का कार्यकारी निर्देशक विजय प्रसादसँग यिनै विषयमा द ग्लोबल टाइम्सले गरेको कुराकानी प्रस्तुत छ : युक्रेनमा रुसी लडाइँको विषयमा भारतले बलियो अडान लिन मानेन । यसका धेरै कारण छन् । पहिलो, भारत र रुसबीच राष्ट्रपति भ्लादिमिर पुटिनको सरकार बन्नुअघि देखिकै लामो सम्बन्ध रहँदै आएको हो । दुई देशबीच सोभियतकालदेखि नै राम्रो सम्बन्ध थियो । पछिल्ला दशकमा यो कूटनीतिक सम्बन्ध अझ बलियो भएको हो । दोस्रो कारण, ६० प्रतिशतभन्दा बढी भारतीय हातहतियार रुसबाट आयात हुने गरेको छ । तीमध्ये केही हतियार प्रणाली भारतले दशकौँअघि आयात गरेको थियो । भारत आफू ठूलो खर्च गर्न तयार नहुँदासम्म यी हतियार प्रणाली विस्थापित गर्न सम्भव छैन । तेस्रो कारण, भारतले रुसबाट इन्धन पनि खरिद गर्दै आएको छ । यद्यपि भारतले एक महिनाको लागि खरिद गर्ने इन्धन युरोपले एक साँझको निम्ति खरिद गर्ने इन्धनभन्दा कम भएको नयाँ दिल्ली सरकारले प्रस्ट पारिसकेको छ । युक्रेन सङ्कटबारे भारतको मत दक्षिण अफ्रिकादेखि ब्राजिलसम्मको विश्वव्यापी लहरको हिस्सा हो । यी सबै देशहरू असंलग्न मञ्चलाई पुनः सक्रिय बनाउने पक्षमा छन् । संसारलाई दुई ध्रुवमा विभाजन गर्न खोजेको वासिङ्टनको लागि ती देशहरूको यो मत असह्य बनेको छ । शीतयुद्धकालीन मानसिकताअनुसार वाशिङ्टन संसारलाई दुई शिविरमा विभाजित भएको हेर्न चाहन्छ । : ‘पश्चिम’ भन्ने अवधारणालाई गलतरूपमा परिभाषित गरिएको कुरा बुझ्नु महत्वपूर्ण छ । संरा अमेरिकाले आफूलाई संसारकै सबभन्दा शक्तिशाली देश ठान्छ । उसले जी ७ र नाटोलाई आफ्नो अधिकार विस्तार गर्ने औजारको रूपमा मात्र लिने गरेको छ । संरा अमेरिकी शक्तिले त्यहाँका शासकहरूमात्र होइनन्, बरु जी ७ देशहरूका शासकहरू पनि लाभान्वित छन् । संरा अमेरिकाले नेतृत्व गरेको भूमण्डलीकरणको शासन व्यवस्थामार्फत संसारबाट सकेसम्म दोहन गर्न खोजिरहेका देश र शासकहरू पनि यसबाट लाभान्वित छन् । त्यसकारण भारतीय शासक वर्गको एउटा हिस्सा संरा अमेरिकी सरकारको निकट छ । उनीहरू संरा अमेरिका र भारतीय नीतिबीच कुनै दुरी भएको हेर्न चाहँदैन । तथापि, भारत सरकारले सामना गर्नुपर्ने धेरै अन्तरविरोध भएको सत्य उसले स्वीकार्नुपर्छ । व्यापारको लागि भारत संरा अमेरिका वा जी ७ देशबाहेकका अन्य देशहरूसँग पनि निर्भर छ । ऊर्जा र उच्च प्रविधिलगायत प्रमुख स्रोतको लागि भारतले धेरै देशसँग सम्बन्ध विस्तार गर्नुपर्छ । पश्चिमा देशहरू भारतलाई आफ्नो तखतमा राख्न चाहन्छ । तर, यस्ता जटिलता सामना गर्ने हिम्मत गर्दैन । जर्मनी र जापानले समेत रुससँग सम्बन्ध त्याग्न सक्ने अवस्था छैन । भारतभन्दा ती देशहरू संरा अमेरिकाका निकटका देशहरू हुन् । निःसन्देह, ‘मोर्चा’ को यो संरचना ले भारतजस्ता कम दर्जाका मोर्चामा सामेल देशहरूलाई संरा अमेरिकाले समान साझेदारको व्यवहार गर्दैन भन्ने कुरा देखाएको छ । सफा कुरा गर्दा भारत सामेल हुनसक्ने एउटै क्लव भनेको संयुक्त राष्ट्र सङ्घ मात्र हो । हामीले संयुक्त राष्ट्र सङ्घजस्तो विश्वव्यापी संस्थालाई बलियो बनाउनुपर्छ । सबै देशले त्यसको बडापत्र पालना र सबैले सही गरेका अभिसन्धिहरूको पालना गर्नुपर्छ । तपाईँले भनेजस्तै अरू क्लवहरूले मानव समुदायलाई विभाजित गर्छ । निःसन्देह । अरूलाई अर्ती उपदेश दिने यो आनीबानी रोक्नुप¥यो । अरू देशका धारणा पनि गम्भीरतापूर्वक सुन्ने सहृदयी व्यवहार बसाल्नुप¥यो । ती देशहरूले आफ्नो विकासको बाटो अरू शक्तिशाली देशहरूबाट नदबाइनेमा ढुक्क बनाइनुप¥यो । कसको पक्षमा मत दिने जस्ता अरूमाथि निर्णय लाद्ने बानी त उपनिवेशवादी आनीबानी भयो । त्यस्तो बानीले अरू देशको राजनीतिक सार्वभौमिकता छिन्छ । एउटा देशभित्र राजनीतिक सार्वभौमिकता हुनु मात्र महत्वपूर्ण कुरा होइन । बरु अन्तर्राष्ट्रिय मञ्चहरूमा त्यस्ता सार्वभौमिकताको मिलापको लागि लड्नु पनि महत्वपूर्ण हो । व्यापक राजनीतिक सार्वभौमिकताभन्दा कम कुनै पनि कुरा दासतामात्र हुने गर्छ । विकासशील देशहरूले बाङडुङ सम्मेलनको भावनाबारे गम्भीरतापूर्वक विमर्श पुनः थाल्न आवश्यक छ । सन् १९५४ मा भारत र चीनबीच शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा सहमति भएको थियो । त्यही सिद्धान्तको आधारमा अर्को वर्ष सन् १९५५ मा इन्डोनेसियामा बाङडुङमा अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो । त्यही सम्मेलनमा असंलग्न अभियानको खाका तयार गरिएको थियो । त्यसैलाई आधार बनाएर सन् १९६१ मा युगोस्लाभियामा असंलग्न अभियानको सुरुवात भएको थियो । असंलग्न अभियानको अवधारणा शान्तिको अवधारणा हो । सन् १९६० देखि १९७० दशकसम्म हाम्रा देशहरूलाई त्यसले विकासको निम्ति निश्चित स्थान दियो । सन् १९९१ मा तत्कालीन सोभियत सङ्घको विघटनपछि राजनीतिक अभ्यासको रूपमा असंलग्न अभियान कमजोर बन्यो । अब हामीले व्यापक असंलग्न आन्दोलनको निम्ति लड्न जरुरी छ । मेरो विचारमा असंलग्न अभियानको अवधारणामा आधारित र हाम्रो समयको आवश्यकता पूरा गर्न अर्को सम्मेलन आयोजना गर्नुपर्छ । हामीले हाम्रै वैदेशिक नीति बनाउन पाउनुपर्ने अधिकारको लागि लड्नुपर्छ । पुराना औपनिवेशिक शक्तिले कसरी सोच्ने र कसरी काम गर्ने भन्ने अह«ोटपह«ोटबिना हामीले हाम्रो विदेश नीति बनाउन पाउनुपर्छ । मेरो विचारमा भारत सरकार अहिले गम्भीर दुरवस्थामा छ । बितेका दुई दशकमा भारतले संरा अमेरिकासँग निकटको सम्बन्ध जोडेको छ । अमेरिकासँग रणनीतिक सम्बन्ध विस्तार गर्नुका साथै क्वाडमा पनि भारत सामेल भयो । भारतले आफ्नो परराष्ट्र नीतिमा आधारभूतरूपमै हेरफेर गरेको कुरा भनिहाल्न सकिन्न । अहिले संरा अमेरिकाबाट आफू कति स्वतन्त्र छ भनी भारतले अहिले परीक्षण गर्नसक्छ । संरा अमेरिकाले भारतलाई कतिसम्म आफ्नो खुट्टामा उभिएर काम गराउँछ, हामीले पर्खेर हेर्नुपर्छ । अनि त्यसले भारतलाई कस्तो प्रभाव पार्छ भन्ने कुरा पनि हामीले नियाल्नुपर्छ । भारत र चीनजस्ता देशहरू दक्षिण अफ्रिका, ब्राजिल र अन्य असंलग्न अभियानलाई बलियो बनाउन चाहने देशहरूसँग मिलेर असंलग्न अभियानलाई बलियो बनाउने म आशा गर्छु । यस्तो अभियानले संयुक्त राष्ट्र सङ्घभित्र प्रजातन्त्रलाई अझ बलियो बनाउन टेवा पु¥याउनेछ । | onlinemajdoor.com |
5,267,773 | बजेट वाचन गर्नेको अनुहार फेरियो, अङ्कहरू केही तल–माथि भए । तर, प्रदेशवासीको अनुहारमा उज्यालो ल्याउने खालको बजेट आएन ! अथर्मन्त्रीको बजेटको बाकस खुल्दा प्रदेशमा नयाँ उत्साह, उमङ्ग, उज्यालो, हर्ष, उपलब्धि, नयाँ आशा, सुरुआत तथा प्रगति अनुभूत हुनुपथ्र्यो । बजेटमा ‘प्रदेशवासीको हित अभिवृद्धि’, ‘सामाजिक न्यायसहित’, ‘समाजवादउन्मुख’, ‘आत्मनिर्भर अर्थतन्त्र’ आदि उल्लेख गरिएको छ । प्रश्न उठ्छ, नेपाली काङ्ग्रेस, माओवादी र एकीकृत समाजवादीको राजनीतिक दर्शन, सिद्धान्त, सोच तथा अर्थनीति एउटै भइसकेको हो ? हो भने पार्टी, झन्डा किन अलग ? होइन भने जनतालाई किन यति ठूलो धोका ? नीति तथा कार्यक्रममाथि छलफलको क्रममा नक्कली समाजवादीको बिगबिगीको प्रसङ्ग ल्याउँदा हाम्रा केही मन्त्री र मुख्यमन्त्रीले हत्त न पत्त खुट्टा उचाल्नुभएको देख्यौँ । हँसिया–हथौडा अङ्कित झन्डा बोकेर चालिस वर्ष समाजवाद, माक्र्सवाद र माओको नाउँमा राजनीति गरेकाहरूले निधारमा ‘चार तारा’ पोतेर अनि रुख चढी फल टिपेर खान पल्केकाहरूबारे जनताले जरुर मूल्याङ्कन गर्नेछन् । रुखमा बसी–बसी फल खानुसम्म सह्य होला तर जब तल खेतमा पसिना बगाइरहेका किसान–मजदुरलाई आधा टोकेको फलले टाउकैमा पर्ने गरी हानेर जिस्किन थाल्छ तब किसानको सहनशिलता, धैर्यको बाँध भत्किन्छ । त्यतिखेर रुखमात्र बग्ने होइन, रुख चढेर फल खाइरहेकाहरू कोही पनि जोगिने छैनन् । यहाँ प्रदेशको बजेटमाथि छलफल भइरहँदा मलाई मेरो देश रहन्छ कि रहँदैन भन्ने चिन्ताले साह्रै पिरोलिरहेको छ । यो देशको आकाशमा बाज उडिरहेको छ । बाज संरा अमेरिकाको राष्ट्रिय पन्छी हो । एमसीसी पारित भइसकेपछि यो देशमा अमेरिकी साम्राज्यवादको प्रभाव, दबाब, हैकम झनै बढ्न थालेको छ । अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवादबाट ठूलो खतराको अनुभव गर्दै छौँ । विभीषणहरूबाट देश इतिहासमै ठूलो खतरा झेल्दै छ । साम्राज्यवादी तथा विस्तारवादीहरूको विषयमा सबैको गम्भीरता आजको तड्कारो आवश्यकता हो । नेपाली काङ्ग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादीभित्रका सबै देशभक्तहरूले विदेशी हस्तक्षेपबाट देश जोगाउने विषयमा होश पु¥याउने बेला भइसकेको छ । घरभित्रको झगडा त आज नभए भोलि जरुर मिल्नेछ । तर, विदेशी भित्रसम्मै आइपुगे, विदेशीसँग झगडा गर्नु परे झन् गा¥हो हुनेछ । एमसीसीमा भएको देशघातको घाउ आलै छ । सैन्य गठबन्धनमा जाने, हिन्द प्रशान्त रणनीतिको अङ्ग बन्ने, असंलग्नता तथा पञ्चशील त्याग्ने र अमेरिकी साम्राज्यवादको एसपीपी अर्थात् स्टेट पाटर्नरसीप प्रोग्रामको जञ्जालमा फसाउने खेल चल्दै छ । त्यसको समर्थनमा नजान केन्द्र सरकारसम्म यो प्रदेशको आवाज पु¥याउनैपर्छ । सङ्घीय सरकारले गलत बाटो लिए सच्याउने तागत प्रदेशसँग पनि हुनुपर्छ । देश जोगाउन प्रदेशको पनि भूमिका आवश्यक छ । ‘दुई टाउके भन्डारा पन्छी’ को एउटा टाउकोले विष खाँदा ज्यानै जानेबारे प्रदेश सरकार संवेदनशील बन्नैपर्छ । देश जोगिए प्रदेशका मुख्यमन्त्री, मन्त्री नेपालीकै छोराछोरी बन्न पाउनेछन् । त्यतिखेर सच्चा देशभक्तले बनाएको बजेटमात्र होइन प्रदेशमा वास्तविक परिवर्तन अनुभव गर्न पाउनेछौँ । | onlinemajdoor.com |
3,860,159 | कीर्तिमानी रकममा रियल म्याड्रिडबाट युभेन्ट्समा स्थानान्तरण भएका विश्व चर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको नयाँ जर्सी २४ घण्टाभित्र ६ करोड डलरको हाराहारीमा बिक्री भएको छ। इटालियन क्लब युभेन्ट्सले गत साता मात्र ४ वर्षका लागि १० करोड युरोमा रोनाल्डोलाई स्पेनिस क्लब रियल म्याड्रिडबाट भित्र्याएको थियो। उनको आगमनसँगै इटालियन क्लबले दुई दशकदेखि जित्न नसकेको च्याम्पियन्स लिग कब्जा गर्ने आशा राखिएको छ। युभेन्ट्सले पनि उनलाई ७ नम्बर जर्सी नै उपलब्ध गराएको छ। उनको आगमनसँगै इटालेली फुटबलको माहोल तातिएको धेरैको बुझाई छ।इटाली क्लबले उनका लागि खर्चिएको रकम एक दिनको जर्सी बिक्रीबाट मात्र आधाभन्दा बढी कमाई भएको छ। युभेन्ट्सको जर्सी बिक्रीका लागि खुला हुने वित्तिकै रोनाल्डोका युवा समर्थकले अत्याधिक मात्रामा खरिद गरेको बताइएको छ। रोनाल्डोको युभेन्ट्स आगमन भन्दाअघि नै उनको सम्मानमा इटालीको ५ हजार हाराहारीका जर्सी पसलेले ‘बेम–भिन्डो’ अर्थात स्वागत लेखेको टिसर्ट आफ्नो पसलमा झुन्ड्याएका थिए। स्थानीय एक आइसक्रिम पार्लरमा त ‘सिआर७’ मेनुको आइसक्रिमको बिक्री नै खुला गरिएको थियो। ‘म अझै युवा छु र जहिले चुनौति मनपराउँछु, जुन स्पोर्टिङबाट म्यानचेस्टर युनाइटेड र म्यानचेस्टरबाट रियल म्याड्रिड जाँदा जस्तै।र, अहिले रियलबाट युभेन्ट्स आएको छुँ, रोनाल्डोले युभेन्ट्समा आफ्नो आगमनको सन्देश दिँदै भने। कीर्तिमानी रकममा रियल म्याड्रिडबाट युभेन्ट्समा स्थानान्तरण भएका विश्व चर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको नयाँ जर्सी २४ घण्टाभित्र ६ करोड डलरको हाराहारीमा बिक्री भएको छ। इटालियन क्लब युभेन्ट्सले गत साता मात्र ४ वर्षका लागि १० करोड युरोमा रोनाल्डोलाई स्पेनिस क्लब रियल म्याड्रिडबाट भित्र्याएको थियो। उनको आगमनसँगै इटालियन क्लबले दुई दशकदेखि जित्न नसकेको च्याम्पियन्स लिग कब्जा गर्ने आशा राखिएको छ। युभेन्ट्सले पनि उनलाई ७ नम्बर जर्सी नै उपलब्ध गराएको छ। उनको आगमनसँगै इटालेली फुटबलको माहोल तातिएको धेरैको बुझाई छ।इटाली क्लबले उनका लागि खर्चिएको रकम एक दिनको जर्सी बिक्रीबाट मात्र आधाभन्दा बढी कमाई भएको छ। युभेन्ट्सको जर्सी बिक्रीका लागि खुला हुने वित्तिकै रोनाल्डोका युवा समर्थकले अत्याधिक मात्रामा खरिद गरेको बताइएको छ। रोनाल्डोको युभेन्ट्स आगमन भन्दाअघि नै उनको सम्मानमा इटालीको ५ हजार हाराहारीका जर्सी पसलेले ‘बेम–भिन्डो’ अर्थात स्वागत लेखेको टिसर्ट आफ्नो पसलमा झुन्ड्याएका थिए। स्थानीय एक आइसक्रिम पार्लरमा त ‘सिआर७’ मेनुको आइसक्रिमको बिक्री नै खुला गरिएको थियो। ‘म अझै युवा छु र जहिले चुनौति मनपराउँछु, जुन स्पोर्टिङबाट म्यानचेस्टर युनाइटेड र म्यानचेस्टरबाट रियल म्याड्रिड जाँदा जस्तै।र, अहिले रियलबाट युभेन्ट्स आएको छुँ, रोनाल्डोले युभेन्ट्समा आफ्नो आगमनको सन्देश दिँदै भने । | himalkhabar.com |
4,215,443 | जनकपुरमा एक युवतीको हत्या भएको आशंकामा चितामा जलाउँदै गरेको शव प्रहरीले नियन्त्रणमा लिएको छ। शव प्रहरीले हस्तक्षेप गरेर नियन्त्रणमा लिएपछि मलामीहरू बिथोलिएका थिए। धनुषाको सबैला नगरपालिका १ की १४ वर्षीया बालिका पिंकी कुमारी यादवले आत्महत्या गरेकी भन्दै परिवारले उनको शव जलाउन लागेको थियो। तर, घटना शंकास्पद भएको र घटनाबारे आफूूहरुलाई जानकारी नगराएको भन्दै प्रहरीले चिता जलाउँदै गरेको गरेको शवको आगो निभाउँदै नियन्त्रणमा लिएको थियो। गए राति ती किशोरीको शव घर मै झुन्डिएको अवस्थामा फेला परेको थियो। सत्रुधन यादवकी छोरीको मृत्यु रहस्यमय भएको भन्दै धनुषा प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ। मृतक पिंकीका बुवा आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना अनुसन्धानको क्रममा अन्य पाँच जनालाई पनि प्रहरीले पक्राउ गरेको सबैला प्रहरीले जनाएको छ। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । | nepallive.com |
2,389,038 | नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ २० पैसा र बिक्री दर १४३ रुपैयाँ ८४ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ४५ पैसा र बिक्री दर १६८ रुपैयाँ २१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । | ratopati.com |
4,653,596 | धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको टोखाको वौडेश्वर मन्दिर परिसरमा मेला लागेको छ। टोखा नगरपालिका र वौडेश्वर संरक्षण समितिको आयोजनामा टोखा नगरपालिका वडा नं १ झोरस्थित बौडेश्वर मन्दिर तथा झरनामा शनिबार मेला लागेको हो। शनिबार बिहानैदेखि लागेको वौडेश्वर मेलामा हजारौँ भक्तजनले मेला अवलोकन गरेको वडा नं १ का वडाध्यक्ष रमेश लामिछानेले जानकारी दिए। पछिल्लो समय टोखा नगरपालिका–१ वौडेश्वर झरना तथा मन्दिरमा आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकास हुँदै गएको छ। वौडेश्वर मन्दिर क्षेत्रको विकासका लागि टोखा नगरपालिकाले गुरुयोजना बनाएर काम गरिरहेको छ। वौडेश्वर संरक्षण समितिले वौडेश्वर मन्दिर तथा झरनामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि मन्दिरसम्म जाने सिँढी निर्माण गर्ने, भक्तजनलाई सहज दर्शनको व्यवस्थाको वातावरण बनाउनेलगायतको काम गरिरहेको छ। टोखामा वौडेश्वरसहित सपनतीर्थ, चण्डेश्वरीलगायतका महत्त्वपूर्ण धार्मिक तथा ऐतिहासिक महत्त्वका मठमन्दिर रहेका छन् भने टोखा बजारमा नेवार समुदायले विभिन्न जात्रा मनाउँदै आएका छन्। टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाको सांस्कृतिक संरक्षणका लागि हरेक आर्थिक वर्षमा बजेटसमेत विनियोजन गर्दै आइरहेको जानकारी दिए । | capitalnepal.com |
4,143,591 | काठमाडौं उपत्यकामा तेस्रो पटक थप भएको निषेधाज्ञा तोड्दै रातो मच्छिद्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीय बीच झडप भयो।बाजागाजासहित उपस्थित स्थानीयले करिब २० फिट जति रथ तान्दानतान्दै उनीहरूलाई प्रहरीले अश्रुग्यास र पानीको फाहोराले तितरबितर पारेको थियो। प्रर्दशनकारीले प्रहरीलाई ढुंगा र काठ पनि हानेका थिए। अहिले प्रहरीले पुल्चोकमा रहेको रातो मच्छिद्रनाथको रथलाई सुरक्षा दिएर राखेको छ। रातो मच्छिन्द्रनाथको रथ पक्कै पनि सम्बन्धित पदाधिकारीले नै तानेको हुनुपर्ने धेरैको अनुमान थियो। तर यो अनुमान भने गलत रहेको दाबी गर्छन् ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जन। आफूहरूलाई थाहै नभई रथ तानिएको उनले दाबी गरे। ‘रथ तान्नलाई क्षमापूजा गर्नुपर्छ। १९ गते क्षमापूजा राखेका छौँ,’ उनले भने, ‘कसले तान्यो हामीलाई जानकारी आएको छैन। यो बाहिरी मान्छेहरू आएर तानेका हुन्। हामीमाथि हस्तक्षेप भएको छ।’ उनका अनुसार ज्यापु समाज, गुठी संस्थान गरी १९ वटा संस्थाको आकस्मिक बैठक बसिरहेको छ। बैठकले यसबारेमा आधिकारिक धारणा सार्वजनिक गर्नेछ। विषम परिस्थितिमा रथयात्राबारे अब के गर्ने भन्ने पनि निर्णय बैठकबाट नै हुने भएको छ। ललितपुरका मेयर चिरिबाबु महर्जनले रथ तानिएकोमा आश्चर्यचकित भएको बताए। ‘यहाँका गुठीयार, ज्यापु समाजलगायतका १९ वटा समाजको भदौ १० गते बैठक बसेको थियो। त्यो बैठकमा म पनि थिएँ,’ महर्जनले भने, ‘त्यो बैठकमा यही समाजभित्रकै विद्वतवर्ग र पञ्चांग समितिलाई जिम्मा दिने निर्णय गरेको थियो। उहाँहरूको परामर्शअनुसार अघि बढ्ने कुरा भएको थियो। यस विषयमा हामीले बुझिरहेका छौं।’ महर्जनका अनुसार, साउनमा लकडाउन खुकुलो भएपछि बुङमतीबाट देउता ल्याइयो। 'रथ तान्नैपर्ने मान्यता छ। तर विषम परिस्थिति भएकाले सावाधानी अप्नाउनै पर्ने पनि छ। तसर्थ विद्वतवर्गले गर्ने निर्णय कार्यान्वयन गराउन महानगरले सहयोग गर्छ।' उपत्यकामा तिन जिल्लामा तीन ठूला जात्रा हुने गर्छन्। काठमाडौँको इन्द्रजात्रा, भक्तपुरको बिस्केट जात्रा र ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा। काठमाडौँको र भक्तपुरका ठूला जात्रा लकडाउनका कारण हुन सकेनन्। ललितपुरका मेयर चिरिबाबु महर्जनका अनुसार रातो मच्छिद्रनाथको जात्रा पनि यस वर्ष हुने/नहुनेमा दोधार नै थियो। तर लकडाउन खुकुलो बनाएसँगै रथ बनाइयो। साउन १० गते बुङमतीका देउता ल्याइयो। संस्कृतिविद् ओम धौभडेलका अनुसार अघिपछि चैत्र महिनाको पूर्णिमाको विधिवत् पूजा गरेपछि रथ निमार्ण कार्य सुरु हुन्छ। रथ बनाउने काम गुठी संस्थानले गर्छ भने विधिवत् रुपमा क्षमापूजा गरेपछि ज्यापु समाजबाट रथ तान्ने गरिन्छ। गा बहालबाट रथ तानेर पाटनका गल्ली हुँदै जावालाखेल पुर्याएर पूजा गरेर भोटो देखाएपछि जात्रा सम्पन्न गरिन्छ। हरेक १२ वर्षमा एकपटक रथ नै तानेर बुङमतीमा देउता पुर्याउने परम्परा छ। अघिपछि पूजा सकेपछि केही व्यक्तिहरुले खटमा राखेर देउता बुङमती पुर्याउने चलन छ। रथमा राखेर बुङमती देउता पुर्याएको यो वर्ष ८ वर्ष पुगको छ। संस्कृतिविद् धौभडेल ललितपुरवासीले रथ नताने भक्तपुरवासीको हक लाग्ने लोकोक्ति रहेको हुँदा रथ तान्न स्थानीयहरुले जोड गरेको हुन सक्ने आँकलन गर्छन्। ‘उपत्यकामा पानीको हाहाकार भएपछि राजा नरेन्द्रदेवका पालामा भक्तपुर, पाटन र कान्तिपुरका केही प्रतिनिधि भारतको आसाममा गई मच्छिद्रनाथ ल्याई बुङमतीमा राखे,’ धौभडेलले भने, ‘देवता बोक्नेमा पाटनका व्यक्ति परेको हुँदा यो देवता पाटनकै क्षेत्र बुङमतीमा राख्ने र पूजा गर्न जिम्मा पनि पाटनबासीकै भागमा परेको थियो। त्यतिबेला नै पाटनले दसैंअघि पूजा नगरे भक्तपुरवासीको हक लाग्ने उक्ति रहेको र असोजमा मलमास परेको हुँदा रथ तानेको हुन सक्छ।’ उनका अनुसार स्थानीय र प्रशासनबीच समन्वय भएको र लोकोक्तिका कारण स्थानीय पनि दबाबमा परेको उनले उल्लेख गरे। यद्यपि महामारीका बेला धेरै भेला भएर रथ तान्दा जोखिम थप बढ्ने भएकाले सरकारले प्रहरी खटाएर रथ तानिदिएर थोरै मान्छेको रोहबरमा भोटो देखाएर देवतालाई बुङमती पुर्याउने वातावरण बनाउन भने चुकेको बताउँछन्। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । | nepallive.com |
2,511,160 | यसैले सन् २००६ मा उडिसामा भएको नाट्यकर्मीहरुको प्रतियोगिताबाट मैले नाट्य भूषणको उपाधि पाएँ । मैले सन् २००४ बाट गाउँगाउँबाट आफै नेपाली सिल्पीहरु बटुलेर नाट्य कार्यशाला पनि चलाएँ । कार्यशालाबाट तीन सय जति शिल्पीहरु उत्पादन भएका थिए । सबै कलाकार त बन्न सकेनन् तर प्रभावकारी नाट्य प्रचारक चाहिँ भए । उनीहरु समाज सुधारक बन्न सफल भए । | ratopati.com |
4,164,141 | कोरोनाका कारण अप्ठ्यारो परेका १५६ नेपाली आज स्वदेश फर्किएका छन्। युएई, मलेसिया र कतार गरी ३ वटा मुलुकबाट ६ उडानमार्फत् उनीहरु स्वदेश फर्किएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार विदेशमा अलपत्र नेपालीको उद्धारका लागि बिहीबार १० वटा उडान तय गरिएको छ। ती उडानमार्फत् कुवेत, साउदी, कतार, मलेसियालगायत मुलुकमा अप्ठ्यारोमा परेका नेपालीहरु स्वदेश फर्काइने विमानस्थलले जनाएको छ । नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । | nepallive.com |
2,706,946 | २. वीरगंज-कलैया ३३ के.भी. लाइन क्षतिग्रस्त भएको अवस्था छ । ३. भारतबाट विद्युत आयत हुने १३२ के.भी. रक्सौल-परवानीपुर प्रसारण लाइन तथा ३३ के.भी. रक्सौल-वीरगंज प्रसारण लाइन क्षतिग्रस्त भर्इ उक्त लाइनहरुबाट विद्युत आयत बन्द अवस्थामा छ । ४. कलैया वितरण केन्द्र अन्तर्गतको विद्युत प्रणालीमा मात्र करिब १००० देखि १५०० विद्युत पोलहरु लडेको छन् र विद्युत तारहरु विभिन्न स्थानमा चुँडिएका छन् । ५. कलैया स्थित प्राधिकरणको सवस्टेशन हिजो नै चन्द्रनिगाहपुर सबस्टेशनबाट चार्ज गरी बजार क्षेत्रमा विद्युत आपूर्तिको व्यवस्था मिलाइएको छ । ६. विद्युत प्रणालीमा पुगेको हानी नोक्सानीको पूर्ण विवरण आइनसकेता पनि प्रारम्भिक अनुसार करिब २००० पोल र कैयौं ट्रान्सफर्मरमा क्षति भर्इ करिब १०-१५ करोड रुपैंया बरावरको हानीनोक्सनी भएको जानकारी प्राप्त भएको छ । ७. हालसम्म प्राप्त जानकारी अनुसार विद्युत प्रणालीमा क्षति भर्इ वीरगंज क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनपुगेता पनि करेन्ट लागेर मानवीय क्षति भएको पाइएको छैन । ८. उक्त दैवीप्रकोपबाट ठुलो धनजनको क्षति हुनपुगेको र विद्युत सेवा अवरुद्ध भर्इ ग्राहकहरुलार्इ असुविधा पुग्न गएकोमा नेपाल विद्युत प्राधिकरण गहिरो दुःख व्यक्त गर्दै चाँडो भन्दा चाँडो विद्युत प्रणालीको मर्मत संभार गरी विद्युत आपूर्ति सूचारु गर्न प्राधिकरणले आफ्नो सम्पूर्ण साधन श्रोत परिचालन गरिसकेको हुँदा हाम्रो प्रयास प्रति विश्वस्त रहन सम्बन्धित ग्राहक महानुभावहरु समक्ष हार्दिक अनुरोध गर्दछ । ९. देशभर अन्य स्थानहरुमा विद्युत सेवा सुचारु रहेको व्यहोरा अनुरोध गर्दै स्थानिय रुपमा प्राविधिक कुनै समस्या आर्इ कहि कतै विद्युत अवरुद्ध हुनपुगेको भएमा समस्या समाधान गरी तत्काल विद्युत सेवा सुचारु गरिने व्यहोरा समेत आवश्यक जानकारीका लागि अनुरोध गरिन्छ । | ratopati.com |
1,733,666 | संयुक्त राष्ट्रसंघीय राहत तथा सहयोगसम्बन्धी निकायले गाजामा जारी द्वन्द्वको पहिलो सात दिनमा करिब १० लाख मानिस विस्थापित भएको जनाएको छ । युएनआरडब्लुएका सञ्चार निर्देशक जुलिएट टौमाले एएफपीसँग भनेका छन्, ‘गाजामा जारी युद्धका कारण पहिलो सात दिनमा अनुमानित १० लाख मानिस विस्थापित भएका छन् ।’ प्यालेस्टिनी शरणार्थीलाई सहयोग पुर्याउँदै आएको युएनआरडब्लुएका अधिकारीहरूले भनेका छन्, ‘मानिसहरू घर छोडेर हिँड्ने क्रम जारी रहेकाले यो सङ्ख्या अझ बढी हुने सम्भावना छ ।’ गत अक्टोबर ७ मा इजरायलको दक्षिणी भागमा इस्लामिक लडाकुसमूहले गरेको आक्रमणमा एक हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि इजरायलले गाजापट्टीमा हमासको निशानामा आक्रमण गर्दै आएको छ । इजरायली हवाई आक्रमणमा गाजामा हमासका नेता, लडाकु र उनीहरूका लुकेका स्थानहरूलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा परी दुई हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । | nepalviews.com |
3,968,229 | नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले आर्थिक वर्ष काठमाडौं,३१ जेठ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिकालाई जोखिम न्यूनीकरण काठमाडौं,३१ जेठ । नेकपा एमालेकी सांसद विद्या भट्टराई अधिकारीले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र काठमाडौं, ३१ जेठ । नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले गण्डकी प्रदेश सभा सदस्य काठमाडौं, जेठ ३१। प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेका लागि काठमाडौं,३१ जेठ । कोशी सरकार गठनको विवाद आज पनि समाधान नहुने भएको छ । बिहीबार चितवन,३१ जेठ । नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको डिभिजन सडक कार्यालय चितवनले जनाएको काठमाडौं, ३० जेठ । गण्डकी प्रदेश सभा सदस्य एवं मन्त्री फणीन्द्र देवकोटालाई नेकपा (माओवादी केन्द्र) काठमाडौं, ५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् काठमाडौं, ५ साउन । सरकारमा शरदसिंह भण्डारीको सत्तरोहणसँगै लोकतान्त्रिक समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ काठमाडौं, ५ साउन। नेपाल परिवार दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटि औपचारिक रुपमा सफल कार्यकालको काठमाडौं, ५ साउन । | reportersnepal.com |
4,480,476 | आदेशको पूर्णपाठ चैत २७ गते तयार भयो। पूर्णपाठमा सर्वोच्चले लाभकर निर्धारण गर्न तीन महिनाको समयसीमा समेत दिएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (तत्कालीन नेकपा एमाले)कै उच्च बरियतामा रहेको पदमा प्रधानमन्त्री केपी शर्मा ओलीले गृह जिल्लाबासी ‘टेक्नोक्य्राट’ खतिवडालाई अर्थतन्त्रको साँचो सुम्पिए। आफ्ना निश्चित मान्यता र अनुशासनबाट चल्ने खतिवडाको व्यक्तिगत जीवनको यो अभूतपूर्व अवसर थियो ।
तर एनसेलबाट करिब ३ अर्ब रुपैयाँ राजस्व प्राप्त भयो। जुन गत आर्थिक वर्षको भन्दा पनि थोरै हो । | pahilopost.com |
3,300,564 | प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथिको सामान्य छलफल बुधबार सकिने भएको छ । सामान्य छलफलमा उठेका विषय र प्रश्नहरूको जवाफ बुधबार नै अर्थमन्त्री वर्षमान पुनले दिनेछन् । सभामुख देवराज घिमिरेले मंगलबार बिहान ११ बजेका लागि प्रतिनिधि सभाको बैठक राखेका छन् । उक्त बैठकमा बजेटमाथिको सामान्य छलफल जारी रहने छ । प्रतिनिधि सभाको क्यालेन्डरअनुसार बुधबार बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ । उक्त बैठकमा एक घण्टा बजेटमाथि सामान्य छलफल चलाउने र त्यसपछि अर्थमन्त्री पुनले जवाफ दिनेछन् । नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ । सञ्चार केन्द्र प्रा.लि.द्वारा सञ्चालित नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु मध्ये एक हो । परिवर्तनका पक्षमा निर्भिकताका साथ उभिने यो जनपक्षीय अनलाइन मिडिया २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । ‘सूचना, समाचार र विचारको केन्द्र’ बनिरहेको ‘ पाठकहरुले दिनुभएको अत्याधिक मायाका कारण सत्य तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्ने मुलधारको ठुलो मिडियाकारुपमा स्थापित हुँदै गइरहेको छ । | sancharkendra.com |
5,590,076 | अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख गोपालकुमार अधिकारीले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न अख्तियार सक्रिय रहेको बताउनुभएको छ। सिरहाको धनगडीमाई नगरपालिकाको प्रशासनिक भवनमा शनिबार आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको थियो। तीनै तहको सरकारले पठाएको बजेट सदुपयोग नहुँदा आमजनतामा बढिरहेको निराशालाई अन्त्य गर्न अख्तियार सक्रिय रहेको भन्दै प्रमुख अधिकारीले सचेत नागरिकहरूले विकासका लागि आएको बजेट वितरणको प्रक्रिया र समयमा विकासका आयोजनाहरू सम्पन्न गर्न रहनुपर्ने सक्रियता बढाउँदा अनियमितता रोकिने तर्क गर्नुभयो। | gorkhapatraonline.com |
2,352,775 | हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो । आइतबार अपराह्नदेखि सिमकोटलगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको र बेँसीमा वर्षा भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिउँदयाम शुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक चिसो हुने गर्छ । अत्यधिक चिसो र हिमपात भएपछि यहाँका नागरिक चिसो छल्न आगो ताप्ने गर्छन् । मौसम परिवर्तनसँगै आइतबारदेखि निकै चिसो बढेपछि सिमकोटको तापक्रम माइनसमा झरेको छ । हुम्लाको तापक्रम माइनस ८ डिग्री सेन्टिग्रेडमा झरेको छ । चिसोले सिमकोट आसपास चल्ने सडक अवरुद्ध भएका छन् । सडकमा हिउँ जमेपछि सिमकोट आसपास चल्ने आन्तरिक सडक अवरुद्ध भएको हो । समुद्री सतहदेखि करिब एक हजार मिटर उचाइसम्म हिमपात भएपछि हुम्लामा चिसो अत्यधिक बढेको छ । चिसो बढ्दै गएपछि सदरमुकाम सिमकोट बजारमा बसोबास गर्दै आएका व्यापारी, गाउँघरका सर्वसाधारणहरु आगो ताप्दै दिन बिताइरहेका छन् । अत्यधिक चिसो र हिमपात भएपछि यहाँका नागरिक चिसो छल्न आगो ताप्ने गर्दछन् । मौसम परिवर्तनसँगै आइतबारदेखि निकै चिसो बढ्दै गएपछि हुम्लाको उत्तरी क्षेत्रको जनजीवन झनै कष्टकर बनेको स्थानीयवासीले बताएका छन् । चिसोले सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको सेवा प्रवाहमा पनि कठिनाइ भएको छ । कर्मचारीहरूले हिटर तापेर काम गरिरहेका छन् । चिसो बढेसँगै दैनिकरूपमा कार्य गर्दै आइरहेका काम पनि ठप्प भएका छन् । चिसोले गाई बाख्रा मेलापातमा पनि समस्या भएको स्थानीयवासी कमल भण्डारीले बताउनुभयो । सदरमुकाम सिमकोट आसपासका क्षेत्र बाक्लो हिउँले ढाकिएको छ । स्थानीयवासीलाई आऊजाऊ गर्नै समस्या भएको छ । उत्तरी हुम्लाका प्राय बस्तीका बासिन्दाले यसअघि नै गाउँ छोडिसकेका छन । हिमपात भएपछि सदरमुकाम सिमकोट वरिपरिका रुख र जमिन सेताम्मे बनेका छन । आज बिहानदेखि सिमकोटमा चिसोसँगै हावाहुरी चलिरहेको छ । अहिले बाक्लो बादल लागेर अझै हिमपात हुने देखिएको छ । | nepalghatana.com |
5,116,781 | करणले पहिलो ओभरको अन्तिम बलमा जितेन्द्र सिंहलाई पवेलियनको बाटो देखाएका हुन्। विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा सुरु त्रिकोणात्मक सिरिजमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। एक दिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा पहिलो पटक खेलेको हो । | nepalkhabar.com |
4,564,850 | वडाध्यक्षको अनुहारमा समेत आधा उल्लुको चित्र रङ लगाइएको थियो। अधवैँशेको अनुहारमा पनि उल्लुचित्र। नङमा समेत उल्लु चित्र ।
यसै स्तम्भको एउटा श्रृंखलामा दुई दिदी बहिनीको तस्बिर छापियो – अमृत क्याम्पसका प्रतिभाशाली छात्रा भन्दै। कोलकातामा महावाणिज्यदूत रहेका माधवराज भण्डारीका यी दुई छोरी पद्मरत्नको पत्रिकाबाट सार्वजनिक भए ।
दुई वर्षदेखि चलिरहेको मुक्तिनाथ जाने सडक कालोपत्रे गर्ने काम यो वर्ष पूरा भएको छ। दशैँ अगाडि सवारी साधनका लागि पूरै सडकखण्ड खुला गरिएपछि मुस्ताङको गजबको ल्यान्डस्केपको मज्जा लिँदै अब पिच सडकमा सरर गुड्न सम्भव भएको छ ।
सदरमुकाम गमगढीबाट एक दिनको पैदल उकालो ओरालो गरी पुगिने बामा गाउँको यो घरमा झाँक्री बस्छन्। गाउँकै नामी। सबैले औधि विश्वास गर्ने ।
तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि मतदान भइरहेका धनुषा र पर्सा जिल्लाका केही मतदान केन्द्र पुग्दा एकै किसिमको दृश्य देखिन्थ्यो। मतदाताहरु शान्तिपूर्वक लाइन बसिरहेका ।
हामी कर्ण दासको एउटा गीतको म्युजिक भिडियो बनाउँदैछौँ। त्यसका लागि फिमेल मोडल चाहिएको छ,’ उसले आफ्नो उद्देश्य बताएपछि अनुमति दिइन् रुपालक्ष्मी शाहले। रुपाको रुपै त्यस्तो, देख्ने बित्तिकै सबै भुतुक्कै भइहाल्ने । | pahilopost.com |
661,701 |
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूलाई केही नेताहरुले दवाव र धम्की दिएको बताएका छन् ।
नेता रावलले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै आफूलाई केही राजनीतिक दलका नेताहरूबाट दवाव र धम्कीयुक्त फोन आएको बताएका हुन् । पार्टी अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको भेटमा आफूलाई कार्यबाहक अध्यक्ष बनाउने विषयमा कुनै कुरा नभएको पनि रावलले स्पष्ट पारेका छन् । रावलले उनका बारेमा प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन् । ‘पद र प्रतिष्ठाको लागि बाह्य शक्तिका सामु घुँडा टेक्दै देशलाई संकटतर्फ धकेल्नेहरूले नै मेरोविरुद्ध झुटा प्रचार घृणित तहमा झरेर गरेका हुन्,’ विज्ञप्तिमा भनिएको छ । | lokpath.com |
3,132,406 | पर्वतको सदरमुकाम कुश्मादेखि बसमा कच्ची सडक हुँदै डेढ घण्टाको दूरीमा पुग्न सकिने सुन्दर र रमणीय गुरूङ गाउँ छ आर्थर डाँडाखर्क । गाउँमा बिजुली, घरघरमा खानेपानीको धारो, अंग्रेजी माध्यमको पठनपाठन, स्तरोन्नति पर्खंदै गरेको स्वास्थ्य चौकी र पक्की हुने क्रममा रहेको चाक्ला ग्राभेलिङ सडकले गाउँमा भौतिक विकास हुँदै गएको संकेत गर्छ। तर, यति हुँदाहुँदै पनि गाउँमा मान्छे बस्न छाडेका छन् । हरेकजस्तो घरका ढोकामा लगाइएका ताल्चा र भग्नावशेष रहेका घरले आर्थर डाँडाखर्कदेखि विस्थापित भएकाको सङ्ख्या अत्यासलाग्दो रहेको जनाउँछ । यहाँका कतिपय हङकङ, बेलायत, अमेरिका युरोपलगायतका देशहरूमा परिवारसहित बस्दै आएका छन् । नजिकको सहर पोखरा, काठमाडौं, चितवनजस्ता सुविधा सम्पन्न सहरमा गएर बसोबास गर्ने परिपाटी बढ्दै गएपछि गाउँ सुनसान बन्न पुगेको हो । ‘घरमा आमा र बुवा बस्नु हुन्छ। हामी दुई बहिनी पोखरातिर बस्ने गर्छौं, कहिलेकाहीँ चाडबाडमा गाउँ पुग्ने हो’, २१ वर्षीया सजना गुरूङले भनिन्, ‘हाम्रा आफन्तको घर सबै रित्ता छन्, उनीहरूको छोराछोरी पनि बाहिर देशमा भएको हुँदा घर भत्किसकेका छन्, अब, फेरि उनीहरू फर्केर गाउँ आउँछन् भन्ने चाहिँ लागेको छैन ।’ गाउँको बसाइँसराइँ ठूलो चुनौती बनेको वडाध्यक्ष रूद्रमोहन रिमालले बताए । उनले भने, ‘मान्छेका आधारभूत आवश्यकता सबै पुगेका छन्, विकास निर्माणका काम पनि दिन प्रतिदिन बढी रहेकै छन् र पनि बसाइँसराइ रोक्न सकिएको छैन । लाहुरेको गाउँ भएकाले गर्दा पनि उनीहरुका सबै परिवार बाहिर नै जाने परिपाटीले गर्दा पनि गाउँ रित्तो बनेको हो ।’ टपक्क मिलेका छपनी, ढुङ्गाले छाएका लहरै मिलेको गाउँ, पुरानो मौलिक शैलीमा निर्माण गरिएका घुमाउने घर, कौसी, कोठी, बार्दली, धन्सार यी सबै यहाँका मौलिक विशेषता हुन्। गाउँको बाटो हुँदै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पञ्चासेको लेक पुग्न सकिन्छ । ‘कुश्मादेखि नजिकै भएर पनि यो गाउँ सुनसान भएको महसुस हुन्छ’, स्थानीय रूपा थापा गुरूङले भनिन्, ‘गाउँमा मान्छे बस्न छाडे पनि यहाँको दुई सय वर्ष पुरानो बौद्ध गुम्बा, गुरूङ समुदायको कला संस्कृति र ढुंगाका पुराना र घुमाउने घर समेटेर गुरूङ संग्रहालय बनाउन सकेमा बाहिरका मान्छेलाई गाउँमा आकर्षित गर्न सजिलो हुन्थ्यो भने गाउँ पनि रमाइलो बन्नेथ्यो ।’ आर्थर डाँडाखर्क पुर्खौली भएका थुप्रै आर्थरवासीले यति बेला पोखरामा समाज घर निर्माण गरेका छन् । ‘विभिन्न ठाउँमा छरिएर बसेका आफन्तलाई जमघटका लागि सहजता प्रदान गर्न पोखरामा समाज घर बनाएका हौं’, कुश्मा बस्दै आएकी स्मृति गुरूङले भनिन्, ‘सबै आफन्ती गाउँमा जान सक्ने परिस्थिति नभएको हुँदा जन्म, मृत्युदेखि बिहेवारी, भोज सबै कार्यक्रम पोखरामा नै हुने गरेको छ ।’ बिहेवारी र रमाइलो कार्यक्रममा मान्छेको भीड यसै हुने नै भयो। त्यसबाहेक मान्छे मर्दा पनि वरपरका गाउँबाट हुलका हुल मान्छे आउने ५० वर्षीया पार्वती गुरूङले सुनाइन् । ‘यस गाउँको कोही मर्यो भने नजिकको गाउँ रामजा, तिलहार, भुक्ताङले, ठानामौला, दुर्लुङका थुप्रो मान्छे यहाँ आउने गर्थे’, गुरूङले आफू १६/१७ वर्ष उमेर हुँदाको स्मरण गर्दै भनिन्, ‘त्यो बेला अरघु (मृत्यु संस्कार) तीनचार दिनसम्म हुन्थ्यो, गाउँमा आएका पाहुनालाई प्रत्येकको घरमा सुत्ने र बस्ने व्यवस्था हुन्थ्यो। ठाउँ/ठाउँमा खुद्रा होटल पनि खोलिन्थे, त्यो बेला केटीलाई केटाले पैसा खर्च गरेर खुवाउने चलन थियो । अहिले ती सबै कहानी भए, गाउँमा मान्छे देख्नै मुस्किल हुन थाल्यो ।’ रासस सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं । | souryaonline.com |
2,969,712 | संघिय मामिला तथा स्थानीय विकास मन्त्री हित राज पाण्डेले निर्वाचनको बाधक प्रतिपक्ष भएको बताउनु भएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै पाण्डेले तोकिएको समयमा निर्वाचन गर्नु संबिधान कार्यान्वयनको सफल पक्ष भएको भन्दै संसदमा प्रतिपक्षको अवरोधकै कारण निर्वाचन सम्बन्धी बिधेयक टेबुल हुन नसक्दा निर्वाचनको बाधक प्रतिपक्ष देखिएको बताउनु भयो । उहाँेले आयोगले तयार पारेको प्रतिबेदन केही दिनमा राजनीति असहमतीलाई सुल्झाउँदै प्रधानमन्त्रीले बुझ्ने र तत् पश्चात स्थानिय तहको निर्वाचन कसैले चाहेर पनि रोक्न नसक्ने भन्दै उहाँले अब सरकारले स्थानीय निकायको नभएर स्थानीय तहको निर्वार्चन गर्ने बताउनु भयो । उहाँले वर्तमान समयमा सबै अवरोधको गाँठो नै संसद भएको बताउनु भयो । संबिधान संशोधन बिधेयक संसदमा दर्ता भईसकेको र अव फिर्ता नहुने भन्दै प्रतिपक्षलाई लोकतान्त्रिक अभ्यासमा आउन आग्रह गर्नु भयो । उहाँले संबिधान संशोधन मधेश, थारु र जनजातीहरुको माग सम्बोधनका साथै संबिधान कार्यान्वयनको सवल पाटो भएकाले प्रतिपक्षले समेत संशोधनलाई अझ रचनात्मक रुपमा अगाडि बढाए संबिधान कार्यान्वयन गरे निर्वाचनको वाताबरण तयार हुने बताउनु भयो । संबिधान निर्माणमा जसरी प्रमुख राजनीतिक दलहरु एक भएका थिए वर्तमानमा पनि संबिधानको कार्यान्वयनको पाटोमा एक भएर लाग्नु नै आजको आवश्यकता रहेको उहाँको भनाई छ । उहाँले तत्काल सरकार परिवर्तनभन्दा पनि निर्वाचनबाट अभिमत ल्याएर अग्रसर बन्नु पर्नेमा जोड दिनु भयो । आफ्नो मन्त्रालयले बिकासका काममा देखिएको अनियमितता प्रत्यक्ष अनुगमनबाट नियन्त्रण गर्ने भन्दै समयमै बजेटको सदुपयोग गरि फ्रिज हुनबाट रोक्ने र दक्ष प्राबिधिकहरु थप्न थालेको बताउनु भयो । उहाँले बिकासका काममा हुने भ्रष्टाचारको अन्त्य तर्फ सरकारले ठोस नीतिका साथ प्रस्तुत् हुन थालेको बताउनु भयो । | newsofnepal.com |
6,211,301 |
पोखरा विश्वविद्यायल (पीयू)मा लामो समयदेखि रिक्त रहेका उपकुलपति र रजिष्ट्रारलगायत पदको पदपूर्तिको माग गर्दै विद्यार्थीमा आन्दोलनमा उत्रिएका छन् । बिहीबारदेखि विश्वविद्यालयको मूलद्वारमै रिले अनशन सुरु गरेका विद्यार्थीले दास्रो दिन पोखराको शहिद चोकस्थित रहेको जिल्ला प्रशासन कार्यालयअघि धर्ना दिएका हुन् । विद्यार्थीले पोखरा विश्वविद्यालयअन्तर्गतका विभिन्न ३ संकायका डीन र निर्देशकहरूको पद रिक्त हुँदा शैक्षिक अन्यौलता बढ्को बताउँदै खालिरहेका पदहरूमा तत्कालै नियुक्ति गर्न माग गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । विद्यार्थीले विभिन्नि नारा लेखेका प्लेकार्डसहित जिल्ला प्रशासन कार्यालयअघि समेत धर्ना दिएका थिए । विगत १० महिनायता विश्वविद्यालयको उपकुलपति नियुक्ति नहुँदा हजारौँ विद्यार्थीको भविष्य अन्योलमा परेको नेपाल विद्यार्थी संघका नेता राजीव भण्डारीले बताए । उनले विश्वविद्यालय नेतृत्वविहीन नभएपछि कर्मचारी नियुक्ति, परीक्षा प्रणाली, छात्रवृत्ति, स्ववियुको चुनाव, दीक्षान्त समारोह र टिचिङ अस्पतालको निर्माणलगायत काम प्रभावित भएको बताए । पूर्णकालीन पदाधिकारी नहुँदा विश्व विद्यालयको महत्वपूर्ण कार्यकारी र प्राज्ञिक परिषद् बस्न सकेको छैन । विश्वविद्यालयमा सम्बन्धित संकायको लागि आवश्यक पर्ने नीति नियम र नियमित सञ्चालन गरिनु पर्ने अनलाइन कक्षामा समेत सञ्चालन हुननसकेको विद्यार्थीको आरोप छ । विश्वविद्यालयका पदाधिकारी नियुक्तीमा राजनीतिक भागबण्डा नमिलेको कारण ढिलाई भएको विद्यार्थीको भनाइ छ । विद्यानअनुसार विश्वविद्यालयमा भिसीको नियुक्तपछि मात्र भिसीले रजिष्ट्रार लगायतका पदहरूमा नियुक्ति गर्दछन् ।
| shilapatra.com |
2,128,307 | नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत ए विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । श्रीलंकाको आर प्रेमदासा रंगशालामा नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् । नेपालले ब्याटिङ रोजे पछि भारत ए ले पहिला बलिङ गर्दैछ ।। नेपाल पहिलो जितको खोजीमा हुनेछ । भारत लगातार दोस्रो जितका साथ सेमिफाइनल यात्रा पक्का गराउन चाहन्छ । नेपाललाई सेमिफाइनलको सम्भावना कायमै राख्न यस खेल जित्नै पर्ने हुन्छ । नेपालको रोहित पौडेल र भारतको यश धुलले कप्तानी गर्नेछन् । नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो । त्यस्तै भारतले युएई ए लाई ८ विकेटले हराएको थियो । गत मेमा नेपालमा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपाल इमर्जिङ कपका लागि छानिएको हो । टेस्ट राष्ट्र भारत स्वतः छनोट भएको हो । नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार युएई ए सँग खेल्नेछ । यस प्रतियोगितामा ६ टोली सहभागीता रहेको छ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शिर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ । सेमिफाइनलका दुई विजेता उपाधीका लागि भिड्ने छन् । फाइनल खेल २३ जुलाईमा रहेको छ । | sagarmatha.tv |
4,917,308 | नयाँ प्रतिभा जिसु कोइरालाद्वारा अभिनित म्यूजिक भिडियो “लाजले छोपेको” युटयुबबाट सार्वजनिक भएकाे । शान्ति श्री परियार र यज्ञ बिकको स्वर रहेको गीतको लय र शब्द राजु सुनामको छ । चिकित्सा शास्त्रकी विद्यार्थी कोइरालाई अभिनयमा पुष्प खड्काले साथ दिएका छन् । भिडियोको कोरियोग्राफी र निर्देशन मौसम हिमालीले गरेका छन् । | rajdhanidaily.com |