review
stringlengths
272
20.6k
review_length
int64
41
2.99k
फागुन पोखरा बुधबार म्याग्दीको दाना गाविसस्थित केकरबुट्टामा तारा एयरको विमान दुर्घटना हुँदा मृत्यु भएकाहरुको शव बिहीबार पोखरा ल्याइएको छ पहिचान खुलेका तीन जनाको शव मुस्ताङ पुर्‍याइएको छ अन्यको पोखरा ल्याउन सुरू भएको छ एयर डाइनेस्टीको हेलिकप्टरमार्फत मृतक यात्रुको शव बिहीबार दिउँसो पोखरा ल्याइएको हो पोखरा ल्याइएको शव मध्ये मासवारका रेवती वरालको शव पहिचान भएको छ उनको पोष्टमार्टमपछि पोखराबाटै आफन्तलाई शव बुझाउने तयारी गरिएको छ काठमाडौंकी विनता भट्टचन र उनको नावालक छोराको पनि शव पहिचान भएको छ उनीहरुको पनि पोष्टमार्टम पछि आफन्तलाई शव बुझाईने प्रशासनले जनाएको छ अन्य शव पहिचान हुन बाँकी रहेको र केहीको शव ल्याउने क्रम चलिरहेको बरिष्ठ प्रहरी उपरिक्षक महेन्द्रकुमार पोखरेलले जानकारी दिए बुधबार बिहानै भएको दुर्घटनामा दुई विदेशी र दुई शिशुसहित जना सवार तारा एयरको विमान दुर्घटना भएको थियो दुर्घटना बिहानै भएपनि दिउँसो बजेमात्रै घटनास्थलको पहिचान भएको थियो तर विकट भौगोलिक परिवेश र खराव मौसमका कारण उद्धारकार्यमा ढिलाई भएको थियो
143
काठमाडौं: कांग्रेस सभापति स्वर्गीय सुशील कोइरालाको औँ दिनको पुण्य तिथिमा नेताहरूले संविधानको कार्यान्वयन नै सुशीलप्रति श्रद्धाञ्जली हुने विचार व्यक्त गरेका छन् कोइरालको श्रद्धाञ्जलीमा राजधानीको शान्तिवाटीकामा आइतबार आयोजित कार्यक्रममा नेताले सबैको सहमतिमा संविधानको सफल कार्यान्वयनले कोइरालाको अधुरो सपना पूरा हुने बताएका हुन् कांग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेलले कोइराला आफ्नो सिद्धान्तप्रति अत्यन्त निष्ठावान रहेको भन्दै कोइरालाको निधनबाट अपूरणीय क्षति पुगेको धारणा राखे “त्यागी इमान्दार र कर्तव्यनिष्ठ नेता स्वर्गीय कोइरालाबाट कांग्रेस र मुलुकले सिक्ने पाठ धेरै छ” उनले भने “उनको विचार र जीवनशैली सबैले मनन गरे जनतालाई सुख दिन सकिन्छ ”सत्तामा बसेर पनि कोइराला बेदाग रहेको भन्दै पौडेलले स्व कोइरालाको चाहनाबमोजिमको स्वच्छ र सुदृढ कांग्रेस बनाउने अभिभारा आफूहरुको काँधमा आएको बताए कावा सभापति समेत रहेका पौडेलले भने ‘राजनीतिप्रति सम्मान जागृत गराउनु उहाँको चाहना थियो उहाँको त्यो अठोट हामीले पूरा गर्नुपर्छ ”कार्यक्रममा वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले साधारण र सादगी जीवन विताएका स्व कोइरालालाई प्रजातन्त्रप्रति कुनै सम्झौता नगर्ने नेताका रुपमा सबैले चिन्नुपर्ने बताए “संविधानको सफल कार्यान्वयन र मधेस आन्दोलनको सम्बोधन गर्नुपर्ने स्व कोइरालाका अधुरा कामलाई सम्पन्न गर्ने दायित्व हामी सबैको हो” उनले भने“ तर कांग्रेसमा एकता र मेलमिलाप खड्किन थालेको छ ”एकीकृत नेकपा (माओवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयन गर्ने चुनौती अझै बाँकी रहेकाले सबै दलबीच सहमति र सहकार्यको खाँचो औँल्याए उनले सबै दल मिलेर संविधानको कार्यान्वयन गर्न सकेमात्र कोइरालाप्रति सच्चा श्रद्धाञ्जली’ हुने बताए नेकपा (एमाले) का कार्यवाहक अध्यक्ष वामदेव गौतमले स्व कोइरालाको प्रधानमन्त्रीत्व कालमा आफू फरक पार्टीबाट उपप्रधानमन्त्री भएपनि सदैव सहयोग गरेको स्मरण गर्दै संविधान जारी गर्न कोइरालाले खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरे कार्यवाहक प्रधानमन्त्री तथा मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले स्व कोइरालासँगका महत्वपूर्ण घटना सम्झँदै संविधानसभाबाट संविधान जारी गर्न कोइरालाले खेलेको भूमिकाको विर्सन नहुने बताए राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले स्व कोइरालामा मध्यस्तकर्ताको अद्भूत क्षमता रहेकाले नै उनको नेतृत्वमा संविधानसभाबाट संविधान जारी गर्न सहज भएको उल्लेख गर्दै उनलाई आफूले कर्मयोगी नेताका रुपमा चिनेको बताए नेकपा (माले)का अध्यक्ष एवम् उप्रप्रधानमन्त्री सिपी मैनाली कांग्रेस महामन्त्री प्रकाशमान सिंह सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री धवलशमशेर राणा नेपाल परिवार दलका अध्यक्ष एवम् शान्ति तथा पुनःनिर्माण मन्त्री एकनाथ ढकाल बहुजन शक्ति पार्टीका अध्यक्ष एवम् वातावरण मन्त्री विश्वेन्द्र पासवान नेकपा माओवादी–क्रान्तिकारीका उपाध्यक्ष सिपी गजुरेल भारतको बनारसबाट आएका स्व कोइरालाका मित्र दीपक मल्लिकलगायतले स्व कोइरालाका योगदानको चर्चा गर्दै कोइरालाप्रति श्रद्धाञ्जली’ दिएका थिए पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति कोइरालाको गत माघ आफ्नै निवास महाराजगन्जमा निमोनियाबाट निधन भएको थियो
382
साउन काठमाडौं कानुनी व्यवस्था गरेर मात्रै नेपालको जलविद्युत् क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन पाइने प्रबन्धसहितको सुझाव व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले सरकारलाई दिएको छ नीतिगत व्यवस्था नहुँदा हचुवाको भरमा वैदेशिक लगानी भित्र्याउने र अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता गरेर नेपाल विद्युत् प्राधिकरणलाई धरासायी बनाउने प्रवृत्ति बढ्दै गएपछि संसद्कै पहलमा नयाँ नीति बनाउन सरकारलाई सुझाव दिइएको हो सरकारले गत फागुन गते जारी गरेको ऊर्जा सङ्कटकाल निवारण कार्ययोजनामा समेत नीतिगत व्यवस्था गरिने उल्लेख थियो संसद्को चालु अधिवेशनमा नै ऊर्जा सङ्कटकाल निवारण कार्ययोजना सम्बन्धी नीति पेस गरिने बताइए पनि प्रक्रिया अगाडि बढ्न सकेको छैन तर लेखासमितिले गठन गरेको उपसमितिले भने कानुनी प्रबन्धको विषय नै प्रमुख प्राथमिकताको विषय रहेको भन्दै तत्काल विधेयक सदनमा पेस गर्न सरकारलाई आग्रह गरेको हो समितिले सांसद विकास लम्सालको संयोजकत्वमा उपसमिति गठन गरेर प्राधिकरणले यसअघि अमेरिकी डलरमा गरेको विद्युत् खरिद सम्झौता त्यसले पारेको प्रभाव एवम् आगामी दिनमा अपनाउनुपर्ने सचेतताको बारेमा समेत स्पष्ट निर्देश गरेको छ मुलुकको अर्थतन्त्रले धान्नसक्ने गरी अमेरिकी डलरमा सम्झौता गर्न सकिने उल्लेख गर्दै उपसमितिले राष्ट्रिय आवश्यकतालाई ख्याल गर्न र ऊर्जाको मागलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्नेबारेमा समेत स्पष्ट खाका जरुरी रहेको बताएको छ उपसमितिले मेगावाटसम्मका आयोजनाका वैदेशिक लगानी भित्र्याउने विषय गलत भएको जनाएको छ नेपाल र नेपाली लगानीकर्ताको क्षमता समेत पछिल्लो दिनमा बढ्दै गएको नेपाली बैंक तथा वित्तीय संस्थाले पनि लगानी गर्नसक्ने अवस्था देखिएको भन्दै वैदेशिक लगानीमा पनि सीमा तोक्ने विषय अगाडि सारिएको उपसमिति संयोजक लम्सालले राससलाई जानकारी दिनुभयो उपसमितिले मेगावाट भन्दा माथिका आयोजनामा वैदेशिक लगानी भित्र्याउने विषयलाई खुला गरेपनि लाभको बाँडफाँड लगानी संरचना एवम् लगानीकर्ताको आर्थिक पक्षको समेत ख्याल गर्न ध्यानकर्षण गराइएको छ प्राधिकरणले खिम्ती र भोटेकोसीमा अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता गर्दा प्राधिकरणको आर्थिक अवस्था नराम्ररी बिग्रिएको अवस्थामा आगामी दिनमा भने विगतको गल्ती नदो¥याउन आग्रह गर्दै डलरको मूल्य वृद्धि हुँदा अपनाउनुपर्ने सुरक्षात्मक प्रणाली एवम् संरचना बनाउन समेत ऊर्जा र अर्थ मन्त्रालय नेपाल राष्ट्र बैंकलाई आग्रह गरिएको सांसद लम्सालको भनाइ छ उपसमितिले डलरमा विद्युत् खरिद सम्झौता गर्दा अपनाइने ‘वर्किङ गाइडलाइन’ नै महत्वपूर्ण हुने भएकाले हचुवाका भरमा गरिने कुनै पनि सम्झौता मुलुक र प्राधिकरणको हितमा समेत नहुने जनाएको छ ‘‘अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदा खिम्ती र भोटेकोसीलाई भुक्तानी गर्दा प्राधिकरणले वार्षिक रु एक अर्ब बराबरको रकम घाटा बेहोरिरहेको सन्दर्भमा नीति बनाउने विषय नै महत्वपूर्ण हो हामीले प्रष्ट रुपमा प्रतिवेदन तयार पारेका छौ’’ संयोजक लम्सालले भने प्राधिकरणले सन् पछि निर्माणाधिन आयोजनाले उत्पादन सुरु गर्ने भएकाले विद्युत् खरिद सम्झौता नगर्ने जनाउँदै आएको छ प्राधिकरणले सम्झौता नगरिदिँदा केही महत्वपूर्ण आयोजना निर्माणमा जान डराइरहेका छन् लेखा समितिका सभापति जनार्दन शर्माले उपसमितिले तयार पारेको प्रतिवेदनको समग्र पक्षको अध्ययन गरेर पारित गरिने बताए समितिमा अमेरिकी डलरमा गरिएको सम्झौताका कारण प्राधिकरण समस्यामा परेको उजुरी परेपछि उपसमिति नै बनाएर अध्ययन गरेको जानकारी दिँदै सभापति शर्माले सरकारलाई ठोस सुझाव दिइने उल्लेख गरे नेपाली लगानीकर्तासँग प्राधिकरणले वर्षामा प्रतियुनिट चार रुपैयाँ पैसा र हिउँदमा आठ रुपैयाँ पैसामा सम्झौता गर्दै आएको छ तर विदेशी लगानीकर्तासँग भने प्राधिकरणले सेन्टमा सम्झौता गरेको छ उक्त सम्झौता खिम्तीमा कायम गरिएका कारण प्राधिकरण समस्यामा परेको उपसमितिको ठहर छ
464
भारदह असोज सप्तरीको भारदहस्थित कंकालिनी मन्दिरको सभाहलमा पूर्व हिमाली यातायात संघको चौथो महाधिवेशन शनिवार सम्पन्न भयो जागेश्वर यादवको अध्यक्षतामा आयोजित महाधिवेशन शैलेश कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो महाधिवेशनको बन्द शत्रले जागेश्वर यादवको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा सन्तोष कुमार सिंह महासचिवमा श्यामकुमार साह सचिवमा दिलिप कुमार चौधरी कोषाध्यक्षमा शम्भु प्रसाद यादव र सह–कोषाध्यक्षमा अरुण कुमार यादव रहेका छन् सदस्यहरुमा रामु प्रसाद साह अनिल कुमार यादव आनन्द कुमार बिष्ट बच्चु मण्डल र दिनेश कुमार शर्मा रहेका छन् कानूनी सल्लाहकारमा अशोक कुमार चौधरी वरिष्ठ काूननी सल्लाहकारमा सञ्जय साहलाई सर्वसम्मत चयन गरिएको छ
90
कात्तिक काठमाडौं वानअप इभेन्ट एण्ड मिडिया सोलुसनको आयोजनामा काठमाडौंको राजधानीको होटल अन्नपूर्णमा आजदेखि अष्ट्रेलियन एजुकेशन फेयर सुरू भएको छ भोलि शनिबारसम्म एजुकेशन फेयरमा दिउँसो परामर्श लिनेहरुको भीड लागेको थियो नेपालबाट अष्ट्रेलिया अध्ययनमा जाने विद्यार्थीलाई परामर्श दिँदै आएका कन्सल्टेन्सी सहभागी मेलामा अष्ट्रेलियामा अध्ययन सम्बन्धी सम्पूर्ण जानकारी तथा परामर्श निःशुल्क दिइँदैछ मेला अष्ट्रेलियामा पढ्न जान चाहाने विद्यार्थीका लागि निकै उपयोगी र सहयोगी देखिएको छ  अष्ट्रेलिया पछिल्लो समयमा विदेश पढ्न जानेहरुको उत्कृष्ट गन्तव्यको रुपमा विकास भइरहेको छ यसैलाई मध्यनजर गर्दै वानअप इभेन्टले फेयर आयोजना गरेको वानअप इभेन्टका म्यानेजर प्रमित शर्माले जानकारी दिए क्वीन्सल्याण्ड इन्टरनेशनल इन्स्टीच्युटको प्रस्तुतीमा भइरहेको मेलाको इन एशोसियसन विथ ओली एण्ड एशोसियट्स हो यसैगरी मेन सापेन्सर एजुकेशन पार्क हो भने सर्पोटेड बाइमा अस स्टडीज कन्सल्ट्यान्ट रहेको छ मेलामा अष्ट्रेलियामा पढ्न जाने विद्यार्थीलाई परामर्श दिँदै आएका उत्कृष्ट कन्सल्टेन्सीका साथमा अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरुको समेत सहभागिता छ मेलामा अष्ट्रेलिया अध्ययनसँग सम्बन्धित विषयवस्तुहरुको बारेमा विद्यार्थीलाई सम्पूर्ण जानकारी दिने उद्देश्य लिइएको छ विशेषगरी अष्ट्रेलियन शिक्षा नीति भिसा प्रक्रिया छात्रवृत्ति विद्यार्थीको स्वास्थ्य बिमा लगायतका विषयमा निःशुल्क परामर्श दिइँदैछ मेलामा प्रवेशको पनि निःशुल्क व्यवस्था गरिएको छ
169
वीरगञ्ज माघ नेपाल पत्रकार महासंघ पर्सा शाखाको दशौं पूर्ण बैठक सोमवार सम्पन्न भएको छ सोमबार वीरगञ्ज– स्थित नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा  सम्पन्न भएको बैठकले चारवटा बिषयमा निर्णय गरेको छ मधेशमा करिब महिनादेखि जारी रहेको मधेश आन्दोलनलाई तत्काल संबोधन गर्न सम्बन्धित पक्षसंग माग गर्दै आन्दोलनका क्रममा शहादत भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको उपचारको ब्यवस्था गर्न सरकारसंग माग गर्दै आन्दोलनलाई दमन नगर्न  र आन्दोलनमा संयमतता अपनाउन आन्दोलतरत पक्षसंग आग्रह गर्ने निर्णय बैठकले गरेको छ यसरी नै शाखाका पूर्व अध्यक्ष गोपाल गिरीको स्मृतिमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले स्थापना गरेको स्वर्गीय गोपाल गिरी स्मृति कृयशिल पत्रकारिता पुरस्कारका लागि पांच सदस्यीय सिफारिस समिति बनाउने निर्णय गरेको नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव कृष्णउदास खनालले जानकारी दिए शाखाका उपाध्यक्ष धुब्र साहको संयोजकत्वमा गठन गरिएको समितिमा शाखाका पूर्व अध्यक्षहरु शत्रुघन नेपालकेसी लामिछाने तथा कार्य समिति सदस्यहरु सफल खतिवडा र संजिव मिश्र रहनु भएको छ उक्त समितिलाई सात दिनभित्र पर्सामा कृयाशिल एकजना पत्रकारलाई पुरस्कारका लागि सिफरिस गर्न आग्रह गर्ने बैठकले निर्णय गरेको छ बैठकले पर्सामा सदस्यता शुद्धीकरणनवीकरण तथा बितरणकालागि अभियान नै सञ्चालन गर्ने भएको छ त्यसका लागि नौं सदस्यीय कार्यदल गठन गर्ने समेत बैठकले निर्णय गरेको छ पत्रकार महासंघ पर्सा शाखका पूर्व अध्यक्ष शत्रुघन नेपाल संयोजक रहने गरी गठन गरिएको कार्यदलमा पूर्व अध्यक्षहरु केसी लामिछाने अशोक तिवारी दीपेन्द्र चौहान शाखाका उपाध्यक्ष धुब्र साह साधारण सदस्य रामनारायण कुर्मी र प्रेस युनियनका केन्द्रीय सदस्य तथा मधेश बिभाग प्रमुख बिजय कुशवाहा प्रेस चौतारीका केन्द्रीय सदस्य लालबावु शेख तथा क्रान्तिकारी पत्रकार संघका तर्फबाट छठु साह रहेका छन् कार्य दलले सात दिन कृयाशिल नभएका पत्रकारहरुको हकमा र नयां सदस्यता बितरणको हकमा बुझाउने प्रतिवेदनको आधारमा पत्रकार महासंघले थप निर्णय गर्ने समेत बैठकले निर्णय गरेको छ बैठकले मधेश आन्दोलनका क्रममा संचारकर्मीमाथि आक्रमण र सञ्चारसंस्था तोडफोड भएकोप्रति भत्र्सना गर्दै अबका दिनमा यस्ता कृयाकलाप नदोहो¥याउन सम्बन्धित पक्षसँग आग्रह गरेको छ बैठकले महासंघको सदस्य लिएका तर कृयाशिल नभएका ब्यक्तिहरुले सदस्यता स्वेच्छिक रुपमा छाडेमा उनीहरुलाई सम्मान गर्ने समेत निर्णय गरेको छ  बैठकलाई संबोधन गर्दै पत्रकार महासंघका मध्यमाञ्चल संयोजक एवम् केन्द्रीय सदस्य शीतल महतोले पत्रकार महासंघको शुद्धीकरण अभियान पत्रकार महासंघको केन्द्रीय नीति नै रहेको र यो नीतिमा मुलुकभरमा नै पर्सा जिल्ला अगाडि बढेकोमा प्रशंसा गर्दै केन्द्रीय पत्रकार महासंघले मुल्यनिष्ट पत्रकारिताका लागि जस्तैसुकै सहयोग गर्न पनि तयार रहेको बताए नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बञ्जाराको अध्यक्षतामा बैठक सम्पन्न भएको हो
364
काठमाडौंलाई जोड्न सडकहरु पर्याप्त भएनन् भनेर सालमा पहिलोपटक काठमाडौंदेखि हेटौंडासम्म सुरुङमार्गको कुरा पहिलोपटक उठेको थियो काठमाडौं उपत्यकामा जनसंख्या व्यापारिक गतिविधि खासगरी कार्पेट र गार्मेन्ट फस्टाउँदै आएको बेला थियो त्यो त्यसको तयारीका लागि नागरिकस्तरमा एउटा समिति पनि बन्यो सो समितिले अध्ययन गर्‍यो अध्ययनमा थानकोटदेखि मकवानपुरको चित्लाङ हुँदै हेटौडा निकाल्ने त्यसको दूरी किलोमिटर हुने र एक घन्टामा हेटौंडादेखि काठमाडौं आइपुग्न सकिन्छ भन्ने देखियो त्यसबेला अर्ब रुपैयाँमा सो परियोजना सम्पन्न हुनसक्छ भन्ने अध्ययन प्रतिवेदन थियो त्यसबेला नेपाल सरकारको पूरै बजेटको आकार पनि अर्बको हाराहारी मात्रै थियो यतिठूलो रकम खर्चेर बनाउने कि नबनाउने भन्ने चर्चा र बहस चल्यो पछि विस्तारै सेलायो सालतिर तत्कालीन भौतिक योजना मन्त्रालयका सचिव दिनेश चन्द्र प्याकुरेलले काठमाडौंहेटौंडा सुरुङमार्ग महंगो भएको र काठमाडौंलाई सोझै तराईसँग जोड्ने बाटो अत्यावश्यक रहेको भन्दै बागमती करिडोर सडक निर्माण गर्न सकिन्छ भन्ने नयाँ अवधारणा ल्याउनुभयो त्यो सस्तोमै चाँडो बन्न सक्छ भनेपछि त्यो नीतिगत बहसमा आयो विश्व बैंकले एडिबीको रिपोर्टअनुसार आयोजना ठीक छ तर वित्तीय हिसाबले खासै लाभदायी होइन भन्ने निस्कर्ष निकाल्दै उसले पैसा लिगानी गर्न आनाकानी गर्‍योबाग्मती करिडोरको विकास गर्नका लागि एसियाली विकास बैंकलाई संभाव्यता अध्ययन गर्न अनुरोध गरियो एडीबीले बाग्मती करिडोरलाई स्तरोन्नति गरेर केही छोटो बनाउन सकिन्छ भनेर वटा टनेल सहितको सडकको प्रारम्भिक खाका सालतिर तयार पार्‍यो पछि गएर त्यसको नाम द्रुतमार्ग (फास्ट ट्र्याक) राखियो विश्व बैंकले एडिबीको रिपोर्टअनुसार आयोजना ठीक छ तर वित्तीय हिसाबले खासै लाभदायी होइन भन्ने निस्कर्ष निकाल्दै उसले पैसा लिगानी गर्न आनाकानी गर्‍यो विश्व बैंक प्रवेश गरिसकेको हुनाले एसियाली विकास बैंकले लत्तो छाडिदियो त्यसबेला नै यो आयोजना निर्माण गर्न अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो त्यो बेला एउटै आयोजनामा छुट्याउन सक्ने अवस्था थिएन सालसम्म हाम्रो कूल बजेटको आकार / अर्ब रुपैयाँको थियो / मा आइसकेपछि दातृ निकायको आश कति गरेर बस्ने दातृ निकायले सहयोग गर्ने प्रस्ताब स्वीकारे भने पनि आयोजना सुरु गर्नका लागि तत्काल ट्र्याक खोल्नुपर्छ कि भनेर अर्थ मन्त्रालयमा चर्चा भयो / को बजेटदेखि हरेक साल यो मार्गलाई रकम छुट्याउन थाल्यो आर्थिक वर्ष / को बजेटमा ट्र्याक खोल्ने सुर गर्ने रुख कटानी र जग्गा अधिकरण गरेर राखौं त्यसपछि पैसा भयो भने यो आयोजना निर्माण गरौंाल भनेर नेपाली सेनालाई ट्र्याक खोल्ने काम दिइयो आव / मा ट्र्याक खोल्ने काम सम्पन्न भयो / मा केही पनि काम भएन / को अन्तिमतिर आइसकेपछि यो फास्ट ट्रयाक र निजगढ बिमानस्थल नबनाएसम्म तराई मधेसको र नेपालकै विकास भएन भन्ने छलफल संसदीय समितिहिरुमा समेत हुन थायो यसैबीचमा विश्व बैंक र एसियाली विकास बैंकबाट आर्थिक सहयोग प्राप्त हुन्न भन्ने भएपछि आर्थिक वर्ष / ताका सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा अन्तराष्ट्रिय लगानीकर्तालाई भित्र्याउन सकिन्छ कि भनेर पहिलोपटक भौतिक योजना मन्त्रालयबाट सूचना प्रकाशित गरिएको थियो कोरियाको एउटा र भारतीय दुईवटा कम्पनीले आवेदन दिए सरकारको मुल्यांकन गर्ने सामथ्र्य पनि भएन र सार्वजानिकनिजी साझेदारीमा प्रष्टता नभएकाले मन्त्रालयले छान्न नै सकेन र त्यत्तिकै रद्द भयो दोस्रोपटक विजयकुमार गच्छेदार मन्त्री हुँदाखेरी विज्ञापन गरियो सालतिर छान्ने प्रक्रिया प्रारम्भ भयो पहिलो चरणमा भारतका दुई वटा कम्पनी आइएलएफसी र रिलायन्सलाई छानियो पछि बिमलेन्द निधी मन्त्री हुँदाखेरी मा निर्माण सञ्चालन स्वामित्व हस्तान्तरण बुट) मोडेलमा निर्माण गर्ने गरी भारतीय कम्पनीलाई दिने तयारी सुरु गर्नुभयो संसदीय समितिको हस्तक्षेपभारतीय कम्पनीलाई दिने मन्त्रीको तयारीसँगै संसदीय समितिमा यस विषयमा बहस चल्यो बुट मोडेलमा निर्माण गर्दाखेरी नेपाल सरकारलाई पर्ने दायित्व ज्यादै ठूलो हुने देखियो यति महंगो व्ययभार व्यहोर्नु पर्नेगरी सरकारले निजी क्षेत्रलाई जिम्मा दिएर फाइदा हुँदैन विगतमा सरकारसँग पैसा नभएका कारणले निजी क्षेत्रलाई दिने भनिएको हो अहिले सरकारसँग वर्षमा / अर्ब रुपैयाँ लगानी गर्नसक्ने क्षमता छ त्यसैले सरकारले नै निर्माण गर्नुपर्छ भन्ने कुरा उठ्यो र संसदको विकास समितिले सरकारलाई आफ्नै लगानीमा सडक निर्माण गर्न निर्देशन दियो सो क्रममा आर्थिक स्रोत चाहीँ नेपाल सरकारको तर निर्माण गर्ने ठेकेदार चाहीँ सरकारले विदेशी पनि लगाउन पाउने भन्ने कुरा हो तर नेपालमा करोड भन्दा बढीको ठेक्का लगाउँदा विदेशी ठेकेदारलाई पनि सहभागी गराउँछौं यो त खर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको आयोजना भयो यसमा स्वदेशी तथा विदेशी ठेकेदारले भाग लिन सक्छन् को ठेकेदार छानिन्छ भन्ने कुरा पछिको कुरा भयो सडक निर्माण गर्ने बेलामा मजदुर त बाहिरबाट आउँदैनन् जस्तोसुकै ठूला विदेशी कम्पनीले निर्माण गरे पनि यहाँ काम गर्ने कामदार त स्वदेशी नै हुन्छन् अहिले नेपाली कामदारलाई नै यो सडक निर्माणको जिम्मा दिन सकियो भने स्वदेशी ठेकेदारहरुको क्षमता अभिवृद्धि हुन्छ भन्ने हो नेपालको पहाडी क्षेत्रमा सडक बनाउने अनुभव चाहीँ नेपाली निर्माण व्यवसायीलाई बाहेक बाहिरकालाई छैन विदेशी ठेकेदारले पनि नेपालको सडक निर्माण गर्दाखेर सहायक ठेकेदार चाहीँ नेपाली नै राख्ने गर्छन्यो आयोजनामा स्वदेशी ठेकेदारले सफलता पाएमा यस्तै अरु ठूला आयोजना बनाउन प्रोत्साहन पनि मिल्छ त्यसैले किन सुरु नगर्ने आखिर विदेशीको मुख ताकेर त समयमा आयोजनाहरु सम्पन्न गर्न सक्दा रहेनछन् भनेर हेर्नका लागि चमेलिया जलविद्यूत आयोजना माथिल्लो त्रिसूली ए हुलाकी राजमार्ग लगायत हेरे पुग्छ विदेशीले आयोजना बनाउँदा ढिलो बनाउने मात्रै होइन कि आयोजनाको गुणस्तरमा पनि प्रश्नहरु उठेका छन् चार वर्षमा एक खर्ब रुपैयाँ निकाल्न सकिँदैन भने अहिले लेनको मात्रै बनाउँ र पछि फेरि थपौला भन्ने प्रस्ताब पनि आएको छ किनभने अहिलेलाई लेनकै बाटो बन्यो भने पनि काठमाडौंको आपूर्ति व्यवस्थालाई सहज गराउन सकिन्छ भन्ने हो यो मार्गको कूल लम्बाई किलोमिटर हो यसलाई देखि खण्डमा विभाजन गरेर नेपाली ठेकेदारलाई नै पाँच वर्षको ठेक्का सम्झौता एकैचोटी गरे हुन्छ सम्झौता गर्नासाथ पैसा भुक्तानी गरिहाल्नुपर्ने पनि होइन विदेशीलाई अनुभव छैन नेपालको पहाडी क्षेत्रमा सडक बनाउने अनुभव चाहीँ नेपाली निर्माण व्यवसायीलाई बाहेक बाहिरकालाई छैन विदेशी ठेकेदारले पनि नेपालको सडक निर्माण गर्दाखेर सहायक ठेकेदार चाहीँ नेपाली नै राख्ने गर्छन् धुलिखेलदेखि बर्दिबाससम्मको बाटो चार खण्डमा निर्माण गरियो यसका मुख्य काम चाहीँ नेपाली सहायक ठेकेदारले गरेका हुन् नेपालीहरुले बनाउन सक्दैनन् भन्ने मुल्यांकन गलत हो यस्तो मुल्यांकनमा पछाडि कहीँ न कहीँ वित्तीय वा अन्य कुनै स्वार्थहरु रहेका हुनसक्छन्नेपाली ठेकेदारले निर्माण गर्न गर्न सक्दैनन् भनेर विभिन्न व्यक्तिहरुले भनेको सुन्छु तर मलाई लाग्छ ठेकेदारले निर्माण गर्न सक्दैनन् भन्ने भन्दा पनि यो सुशासनसँग जोडिएको विषय हो   सडक विभागमा काम गर्ने वा भौतिक योजना मन्त्रालयमा काम गर्ने दुबै ठाउँका प्राविधिकहरु दक्ष छन् विश्वकै उत्कृष्ट विश्वविद्यालयबाट बढेर आएका जनशक्ति नेपालमै पर्याप्त छन् जहाँसम्म सुरुङ मार्ग नेपालीले बनाउन सक्दैनन् कि भन्ने कुरा छ सुरुङ मात्रै बनाउनका लागि विदेशी ल्याए भैगो नि नेपाली नै सक्षमअब नेपाली ठेकेदारलाई निर्माण गर्न दिँदा विदेशीहरुसँग भएको सम्झौता तोड्नुपर्ने हुन्छ नेपालीहरुले बनाउन सक्दैनन् भन्ने मुल्यांकन गलत हो यस्तो मुल्यांकनमा पछाडि कहीँ न कहीँ वित्तीय वा अन्य कुनै स्वार्थहरु रहेका हुनसक्छन् किनभने अहिलेसम्म यो सडक निर्माणको जिम्मा कसैलाई पनि दिइएको छैन बुट मोडलमा निर्माण गर्न दिने प्रक्रियामा चाहीँ रहेको हो अहिले हामील चाहृयौ भने स्वदेशी लगानी र ठेकेदारमा यो आयोजना निर्माण गर्न सक्छौं ठूलो आयोजना नेपाली स्वयंले निर्माण गर्ने हो भने राष्ट्रको हिम्मत पनि बढ्छ मध्यपहाडी लोकमार्गमा अहिलेसम्म एक पैसा पनि विदेशीको लिइएको छैन अहिलेसम्म विदेशी प्राविधिक र विदेशी सुपिरवेक्षण पनि प्रयोग गरिएको छैन तैपनि बाटो जोडिने अन्तिम चरणमा छ त्यसैले काठमाडौं तराई फास्ट ट्रयाक नेपाली प्रविधि र पुँजीमै निर्माण गर्न सकिन्छ र गर्नुपर्छ पनि (वार्तामा आधारित)
1,056
हिन्दु राज्य माग गर्दै राप्रपा नेपालले शुक्रवार बानेश्वरमा गरेको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीवीच झडप भएको छ माइतीघर मण्डलाबाट सुरु भएको राप्रपा नेपालको प्रदर्शन नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको हो निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्ने राप्रपा नेपालका कार्यकर्तालाई रोक्ने क्रममा भएको झडपमा केही प्रदर्शनकारी र केही सुरक्षाकर्मी घाइते भएका छन् प्रदर्शकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरीले भीडलाई तितरवितर पार्न अश्रु ग्यास प्रहार गरेको थियो झडपमा परि राप्रपा नेपालका केन्द्रीय सदस्य चिरागमान सिंह कुवर गोपाल दाहाल सहित जना कार्यकर्ता घाइते भएको राप्रपा नेपालका सह प्रवक्ता कृष्णमोहन श्रेष्ठले जानकारी दिए |
94
राजविराज माघ सप्तरीको बिसहरिया घर भई हाल राजविराज– मा बस्दैआएका एक दम्पतीले समाज सेवा गर्ने उद्देश्यका साथ आफ्नै नामबाट ट्रष्ट स्थापना गरेका छन् राजनीतिकर्मी गङ्गाराम यादव र समाजसेवी सुशीला देवी यादवले आफ्नै नामबाट ट्रष्ट स्थापना गरी बुधवारदेखि औपचारिक रुपमा कार्यालय सञ्चालन गरेका छन् शहिद दशन चौक छेउमा रहेको भवनमा आयोजित एक समारोहका बीच वर्षिय ज्येष्ठ नागरिक मुनर यादवले औपचारिक रुपमा गङ्गाराम सुशीलादेवी ट्रष्टको उद्घाटन गरेका छन् ट्रष्टले पर्यावरण संरक्षणकागि गाउँवाटिका तथा नगरवाटिका अभियान सञ्चालन पर्यावरणीय एवम् पर्यटकीय महत्वको गङ्गाराम सुशीलादेवी उद्यान स्थापना गर्ने महिला चेतना सीप रोजगार तथा व्यवसायमूलक प्रशिक्षण सञ्चालन गर्ने बालअधिकार सामाजिकरणमूलक कार्यक्रम सामुदायिक स्वास्थ्य सुविधाकालागि एम्बुलेन्स सञ्चालन गर्ने उद्देश्य राखेको ट्रष्टका कानूनी सल्लाहकार सन्तोष कुमार चौधरीले जानकारी दिए उनका अनुसार पिछडिएको गाउँ समुदाय वा वर्गमा निःशुल्क स्वास्थ्य शिविर दैवीप्रकोप न्यूनिकरण विपद् व्यवस्थापन र विपद् पूर्व सचेतना शैक्षिक विकास तथा कृषि शिक्षाको विकासकालागि यथोचित कार्य संस्थाको उद्देश्य क्षेत्रमा विशेष योगदान गर्ने सञ्चारकर्मीलाई पुरस्कृत गर्ने अनाथ तथा असहाय बालक तथा बृद्धबृद्धाको जीवनयापनको व्यवस्था सामाजिक सेवा तथा मानव कल्याणकालागि उपयुक्त कार्य ट्रष्टले गर्नेछन् पर्यावरणीय एवम् पर्यटकीय महत्वको गङ्गाराम सुशीलादेवी उद्यान स्थापना शिविर कार्यालय भवन र एम्बुलेन्स तत्काल सञ्चालन गर्ने अधिवक्ता एवम् पत्रकार चौधरीले जानकारी दिए कार्यक्रममा डा दीपा यादव नेपाल निजामती कर्मचारी ट्रेड युनियनका जिल्ला अध्यक्ष अजय कुमार झा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका सप्तरीका अध्यक्ष अमरनाथ मण्डल तराई मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव सामुदायिक प्रहरी सेवा मञ्चका अध्यक्ष हितनारायण लाल दास महदेवा गाविसका निवर्तमान अध्यक्ष दानालाल यादव नुनुलाल यादव जेपी लोहिया ट्रष्टका दिनेश सिंह प्रेस सेन्टरका दिनानाथ यादवलगायतले शुभकामना मन्तव्य गर्दै ट्रष्ट सञ्चालन गरेकोमा यादव दम्पत्तिको प्रशंसा गरेका छन् सोही कार्यक्रममा प्रमुख अतिथि ज्येष्ठ नागरिक मुनर यादव र ट्रष्ट सञ्चालनमा महत्वपूर्ण योगदान पुर्याउने अधिवक्ता सन्तोष कुमार चौधरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ट्रष्टका सचिव हरेराम यादवद्वारा सञ्चालित कार्यक्रममा ट्रष्टका सदस्य नेत्रविक्रम साहले स्वागत मन्तव्य व्यक्त गरे सोही कार्यक्रममा ई नवीनचन्द्र देवले ट्रष्टलाई पाँच हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् यादव दम्पतीले नगद पाँच लाख रुपैयाँ तथा कट्ठा जग्गासमेत हस्तान्तरण गर्दै ट्रष्ट सञ्चालन गरेका छन् कृषि विकास बैंकको अधिकृत भएर सेवा निवृत भएका उनी बिसहरिया गाउँ विकास समितिको अध्यक्ष तथा गाविस महासंघको अध्यक्ष समेत भएका थिए हाल मधेशी जन अधिकार फोरम गणतान्त्रिकका केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा समाजिक क्षेत्रमा समेत काम गर्दैआएका छन् ट्रष्टको सञ्चालक समितिको अध्यक्ष गङ्गाराम यादव उपाध्यक्षमा सुशीलादेवी यादव सचिवमा हरेराम यादव र कोषाध्यक्षमा सुशील कुमार यादव रहेका छन् सदस्यमा चन्द्रभूषण यादव सन्तोष कुमार यादव अमरेन्द्र कुमार यादव नेत्रविक्रम साह र प्रमेश्वर खङ्ग रहेका छन् सल्लाहकारमा मिश्रीलाल यादव र अशोक कुमार यादव रहेका छन्
397
काठमाडौं बसुन्धरा काठमाण्डौमा बस्दै आएकी मोडल उरुषा पाण्डे मोडलिङ क्षेत्रमा संघर्षरत रहेकी छन् केही सट मूभिमा अभिनय गर्दै मोडलिङमा अभिनय गरेकी उरुषा यो पेशालाई नै भबिष्य बनाउने संघर्ष गरिरहेकी छन् उनी भन्छिन् घरपरिवारको मलाई निकै साथ र सहयोग रहेको छ विश्वास छ एकदिन अवश्यै सफल हुनेछु उरुषा सट मूभिमा अभिनय गर्न मात्र हैन लेखनमा समेत अब्बल रहेकी छन् उनले भनिन् मैले लेखेको केही सटमूभिहरु समेत छायाँकनको तयारीमा रहेको छ बिबिएस पहिलो वर्षमा अध्यनरत रहेकी उरुषा अध्ययनलाई समेत असर नपर्नेगरि मोडलिङ क्षेत्रमा लागिरहने बताउँछिन् अहिलेसम्म कसैको पनि प्रेममा नपरेकी उरुषा प्रेम भन्दा पनि आफ्नो करियर नै पहिलो महत्वपुर्ण रहेकी बताउँछिन् सेक्स राम्रो र नराम्रो दुबै भएको बताउँने उनी दुबैको मन मिलेमा र बिश्वास भएमा सेक्स हुन सक्ने उनको धारणा छ उनी भन्छिन् यो दुई प्रेमीको इच्छाले भयो भने राम्रो तर यही कुरा जर्बजस्ती हुन्छ भने त्यो नराम्रो हुने उनको ठहर छ तर समाज अनुसार जानु पर्ने भएकाले बिवाहअघिको सेक्सलाई उचित नठान्ने उरुषा आफुलाई सेक्सप्रति त्यति इन्ट्रेस समेत नरहेको र अनुभव समेत नभएको बताउँछिन् उनले जे कुराको पनि सही समय आउने बताउँदै अहिले आफ्नो समय राम्रोसँग पढ्ने र करियर बनाउने रहेको ठान्छिन् राम्रो कथा र लेखन भएमा सटमूभि म्युजिक भिडियो लगायतको अफर आएमा आफ्नो अभिनय अनुसार स्विकार गर्ने उनको विचार छ
199
नयाँ पत्रिकाकाठमाडौं फागुननेपाल बैंकका कर्मचारीले वर्षे सेवा अवधि हटाउन दबाब दिएका छन् बैंैकमा सक्रिय वटा कर्मचारी संगठनमध्ये वटाले व्यवस्थापनसमक्ष यस्तो दबाब दिएका हुन् अहिले नेपाल बंैकमा वर्षे सेवावधि वा वर्षपछि अवकास पाउने व्यवस्था छ यो व्यवस्थालाई परिमार्जन गरी वर्षे सेवाअवधिलाई मात्रै मान्यता दिलाउन ठूला र शक्तिशाली कर्मचारी युनियनले दबाब दिँदै आएको बैंक स्रोतले बतायो खासगरी बैंकका पुराना कर्मचारीले वर्षे सेवावधि हटाउन लबिङ गरिरहेको बुझिएको छ उनीहरूको योजना सफल भए अवकाशको तयारीमा रहेका करिब हजार कर्मचारीले तत्काल अवकाश पाउने छैनन् सोही कारण नेपाली कांग्रेस र नेकपा एमालेनिकट कर्मचारी युनियनले आन्तरिक रूपमा आफूअनुकूल कर्मचारी विनियमावली परिमार्जित गरी स्वीकृतिका लागि पठाएको स्रोतले बताएको छ अहिले बैंकमा करिब प्रतिशत पुराना र प्रतिशत नयाँ कर्मचारी छन् नेपाल बैंकमा करिब प्रतिशत लगानी नेपाल सरकारको र बाँकी लगानी कर्मचारी र सर्वसाधारणको छ साढे सय कर्मचारी कार्यरत यो बैंैकमा हजारभन्दा बढी कर्मचारी सालभन्दा अघि नियुक्त भएका छन् बाँकी कर्मचारीमध्ये करिब हजारजना नयाँ ( सालपछि भर्ना भएका) छन् बाँकी कर्मचारी अस्थायी र करारमा छन् यदि वर्षको सेवा अवधि हटाएर वर्षको उमेर हद लागू भएमा करिब हजार पुराना कर्मचारीलाई राहत पुग्ने जनाइएको छ एकद्वार अवकाश प्रणाली लागू गर्न कर्मचारी युनियनबाट माग आए पनि दबाब भने नआएको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले बताए कर्मचारीको मागबारे आन्तरिक रूपमा छलफल भएको तर ठोस निर्णय भइनसकेको उनले बताए उनले भने ‘कर्मचारी संगठनबाट विभिन्न माग आउनु सामान्य हो आवश्यकता र औचित्यका आधारमा माग सम्बोधन गरिन्छ ’कर्मचारी युनियनका माग छलफलको प्रक्रियामा रहेको बैंकका अध्यक्ष जनार्दन शर्मा आचार्यले बताए कर्मचारीको दबाबका कारण बैंक व्यवस्थापनले सेवावधि परिमार्जनबारे अध्ययन गर्न समिति गठन गरेको थियो समितिले अध्ययन प्रतिवेदन पनि बुझाइसकेको छ तर उक्त प्रतिवेदन एकतर्फी बनाइएको आरोप केही कर्मचारी संगठनले लगाएका छन् ‘एकतर्फी बनाइएकै कारण प्रतिवेदन सार्वजनिक गरिएको छैन’ नेपाल बैंक राष्ट्रिय कर्मचारी संगठनका महासचिव प्रदीप बरालले भने बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत कर्मचारीको मागबारे खुलस्त बोल्न नचाहे पनि बैंक व्यवस्थापनले यस विषयमा अर्थ मन्त्रालयमा जानकारी दिइसकेको छ सेवाअवधिबारे सरकारको राय बुझ्ने उद्देश्यले करिब साताअघि बैंकले अर्थ मन्त्रालयमा यस विषयमा जानकारी पठाएको हो कानुनी व्यवस्थाअनुसार नेपाल राष्ट्र बैंैकले नेपाल बैंकको कर्मचारी विनियमावली स्वीकृत गर्नुपर्छ नेपाल राष्ट्र बैंक राष्ट्रिय वाणिज्य बैंक कृषि विकास बैंक र नेपालबैंकमा वर्षे सेवावधि वा वर्ष (जुन पहिले हुन्छ) सोही समयमा अवकाश पाउने व्यवस्था छ वर्षे सेवावधि हटाउने विषयमा सबै बैंकका कर्मचारीले पटकपटक दबाब दिँदै आए पनि त्यो लागू हुन सकेको छैन यो माग सम्बोधन गर्दा पुराना कर्मचारी लामो समयसम्म रहने र नयाँ कर्मचारीले अवसर नपाउने र वृत्ति विकासमा असर पर्ने जानकारको तर्क छ सेवा अविधि परिमार्जनमा कर्मचारीकै विरोधनेपाल बैंकमा सक्रिय कर्मचारी संगठनमध्ये वटाले सेवावधि परिमार्जनको विरोध गरेका छन् तीमध्ये एमाओवादी निकट नेपाल बैंक राष्ट्रिय कर्मचारी संगठनले संशोधनको खुलेरै विरोध गरेको छ संगठनले विज्ञप्ति जारी गरेर संशोधनको विरोध गरेको हो वर्षे सेवावधि हटाएर वर्षको उमेरहद लागू गर्दा बैंकका करिब प्रतिशत नयाँ कर्मचारीको वृत्ति विकासमा असर पर्ने नेपाल बैंक राष्ट्रिय कर्मचारी संगठनका महासचिव प्रदीप बरालले बताए ‘समग्र बैंकको सुधार र नयाँ कर्मचारीको वृत्ति विकासका लागि पनि वर्षे सेवावधि हटाउनुहुँदैन ’ यो संगठनले आफ्नो महाधिवेशनबाटै सेवाअवधि परिमार्जन गर्न नहुने प्रस्ताव पारित गरेको छ यस्तै नेपाल राष्ट्रिय कर्मचारी संगठन (वैद्य माओवादीनिकट)ले पनि विज्ञप्ति जारी गरी सेवाअवधि परिमार्जनबारे अध्ययन प्रतिवेदन सार्वजकि गर्न माग गरेको छ अहिले नेपाल बैंकमा नेपाल बैंक राष्ट्रिय कर्मचारी संगठन (एमाओवादीनिकट) नेपाल बैंक कर्मचारी संघ (एमालेनिकट) नेपाल बैंक वित्तीय संस्था कर्मचारी संघ (नेपाली कांग्रेसनिकट) नेपाल राष्ट्रिय कर्मचारी संगठन (माओवादी वैद्यनिकट) र नेपाल बैंक कर्मचारी युनियन (स्वतन्त्र) गरी वटा युनियन सक्रिय छन्
536
बाबुराम भट्टराईको नयाँ शक्ति उद्योगको बजार रणनीति जस्तै हो जहाँ ग्राहकलाई भ्रम छर्न पुरानै उत्पादन नयाँ जलपमा बजार पठाइन्छहिन्दीमा एउटा उखान प्रचलित छ ‘मुठ्ठी बन्द तो लाख मुठ्ठी खुली तो राख’ अर्थात् मुठ्ठी बन्द रहुन्जेल लाख खुलेपछि खरानी यो उक्ति बाबुराम भट्टराईको ‘नयाँ शक्ति’ को हकमा दुरुस्त लाग्छ भट्टराईको पार्टी छोड्ने बारम्बारको घुर्की र धम्कीको श्रृंखला अन्ततः एमाओवादी पार्टीको बहिर्गमनसँगै टुङ्गियो तर उनको नयाँ शक्तिले राजनीतिक वृत्तमा कुनै उभार ल्याउन सकेको छैनभट्टराईको नयाँ शक्तिले समर्थन जुटाउन नसक्नुमा मुख्यतः दुई कारण छन् पहिलो उग्रपन्थी साम्यवादी पृष्ठभूमिका उनी लोकतन्त्रवादी होइनन् हजार नेपालीको हत्या गरेको ‘माओवादी जनयुद्ध’ का मुख्य परिकल्पनाकारमध्ये उनी एक हुन्औपचारिक शिक्षाले आर्किटेक्ट उनी यथार्थमा नेपाल एकीकरणयताको सबैभन्दा भयानक नरसंहारका प्रमुख आर्किटेक्ट हुन् संविधानसभालाई सशस्त्र द्वन्द्वताका सहमतिको बटमलाइन बनाउने भट्टराई आफैंले हस्ताक्षर गरेको संविधानको अपनत्व अस्वीकार मात्र गरेनन् संविधान जलाएर हात सेक्ने समूहसँग कुम मिलाउन पुगेदोस्रो कारण चाहिं भट्टराई राष्ट्रवादीका नेता पनि होइनन् बरु भट्टराई पहिल्यै माउ पार्टीबाट अलग्गिएका मोहन वैद्य सीपी गजुरेल रामबहादुर थापा नेत्रविक्रम चन्द आदिको राष्ट्रवादी धार निष्कलंक देखिन्छमाओवादी सशस्त्र द्वन्द्वको समयमा समेत यो समूहले राष्ट्रियताको सवालमा सम्झ्ौता गरेको देखिएन भारतले मोहन वैद्य सीपी गजुरेल आदिलाई मात्र छानीछानी गिरफ्तार गर्नु संयोग मात्र थिएन त्यसैले पनि नयाँ शक्तिले भन्दा यी नेताकै समूहले प्रखर राष्ट्रवादीधारको प्रतिनिधित्व गर्न सक्छलोकतन्त्र र राष्ट्रवादी धारमा अटाउन नसकेको भट्टराईको नयाँ शक्तिलाई एउटा समूहले भने रातो कार्पेट ओछ्याएको छ पहिचानको नाममा राजनीति गर्ने समूहसँग नयाँ शक्तिको बृहत् मोर्चाबन्दी हुने सम्भावना देखिन्छसशस्त्र द्वन्द्वको ज्वार उकास्न भट्टराईले नै जातीय राज्यको नाममा मधेशी र जनजातिलाई पाइन हालेका थिए उनले रोपेको पहिचानवादी जातीय राज्यको आगोले अहिले मुलुकलाई नराम्ररी लपेटेको छ हिजो पहिचानको आधारमा राज्य माग्नेहरू आज हाकाहाकी राष्ट्र विखण्डनको धम्की दिइरहेका छन् तर भट्टराई यी समूहसँगै मोर्चाबन्दी गर्न उन्मुख छलोकरिझयाइँ भट्टराईको मूल चरित्र हो त्यसैले पनि उनको नयाँ शक्तिमा ‘फेस भ्यालु’ रहेका नागरिक अगुवाको साथ देखिएको छैन उनको शक्तिमा साथ दिने तथाकथित अगुवाहरू भारतको नाकाबन्दीलाई नाकाबन्दी मान्नै तयार छैनन् मधेशी संकटको मध्यस्थतामा भारत गुहारिरहेका छन्वास्तविकता के छ भने उनलाई उनकै गूटका भनिएका एमाओवादीका नेता कार्यकर्ताले पनि पत्याएनन् उनको बहिर्गमनले एमाओवादीको हैसियतमा कुनै असर पुगेको देखिंदैनबाबुराम भट्टराईले प्रचलनमा ल्याएका सिक्काहरू अहिले खोटा परिसकेका छन् उनको विद्वत्तासँग जोडिएको मिथ विनिर्माण भइसकेको छ सुशासन र सदाचार पनि परीक्षित भइसकेको छकुनै नयाँ तत्व विनाको नयाँ शक्ति केवल शब्दहरूको जलप हो जसरी खोटा सिक्का चलाउन तत्क्षणका लागि चम्काउने उपक्रम गरिन्छ उनको नयाँ शक्ति बहुराष्ट्रिय कम्पनीको बजार रणनीति जस्तो देखिन्छ जसले उही तत्वमा एउटै उत्पादनलाई विभिन्न नाम र रूपको लेप दिइरहन्छन् र ‘न्यू’ ‘एडभान्स्’ र ‘इम्प्रुभ्ड’ लेवल टाँस्छन् नयाँ शक्ति अर्थात् खोटा सिक्का
397
काठमाडौं सम्पन्न इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा महोत्सवमा अन्तराष्ट्रिय प्रतिस्पर्धातर्फ ‘टासी एण्ड दि मंक’ ले प्रथम पुरस्कार जित्न सफल भएको छ भने नेपाली पानोरमा तर्फ गणेश पाण्डेको निर्देशन रहेको ‘भाग्यले बाँचेकाहरू’ उत्कृष्ट डकुमेन्ट्री बन्न सफल भएको छ उत्कृष्ट ‘टासी एण्ड दि मंक’ र ‘भाग्यले बाँचेकाहरू’राजधानीमा पाँच दिन चलेको किम्फमा एन्ड्रि हिन्टन र जोन्नी बर्क निर्दे्शित ‘टासी एण्ड दि मंक’ले सय डलर पुरस्कार प्राप्त गरेको छ अन्तराष्ट्रिय प्रतिस्पर्धामा दोस्रो भएको पोल्याण्डका निर्देशक पावेल डब्लुद्वारा निर्दे्शित ‘जुरेक’ले एक हजार डलर र अर्मे्नियाका भह्राम एमको निर्देशन रहेको ‘पिइसन पास्टेरा’ले पाँच सय डलर पाएको थियो नेपाली पानोरमामा अरुणदेव जोशीद्वारा निर्दे्शित ‘कमारो’ले वेस्ट फिक्सनको उपाधी जितेको छ पब्लीक च्वाईस अवार्ड समेत जितेको ‘भाग्यले बाँचेकाहरू’ र ‘कमारो’ले जनही रु हजार पुरस्कार पाएका छन् महोत्सवमा फिक्सनतर्फ स्पेसल मेन्सन राजकुमार राईको ’हेभन इज ब्ल्याक’ले पाएको छ वृत्तचित्रतर्फको स्पेसन मेन्सन ’तामागाउँ’ले पाएको छ अन्तर्रा्ष्ट्रिय तर्फ ’लिभ फर प्यासन’ले स्पेसल मेन्सन अवार्ड पाएको छ किम्फ : कुमारी हलमा हाउसफुल दर्शक महोत्सवमा प्रर्दशीत दसवटा भूकम्पसम्बन्धी मिनेटको छोटा चलचित्रको प्रतिस्पर्धा ’सिस्मिक सिफ्ट’मा आयुष निरौलाको चलचित्र ’आफ्टर द क्वेक’ प्रथम भएको छ प्रदीप पोखरेलको ’राइजिङ फ्रम द इपी सेन्टर’ दोस्रो र आदित्य खड्काको ’धर्ती पुत्र’ तेस्रो भएको छ विजेताहरूले क्रमशः र हजार रुपैयाँ पाएका थिए हिमाल एसोसियनको आयोजनामा देखि मंसीरसम्म पाँच दिन चलेको महोत्सवको समापनमा नेपाली पानोरमाको उत्कृष्ट डकुमेण्ट्रीको अवार्ड ‘भाग्यले बाँचेकाहरू’ का निदेृशक गणेश पाण्डेलाई बरिष्ठ कलाकार सुनिल थापाले हस्तान्तरण गरेका थिए यो फिल्मले भुइँचालोबाट जोगिएका नेपालीहरुको कथा र भुइँचालोपछिको देशको अवस्थालाई चित्रित गरेको छ गणेश पाण्डेलाई अवपार्ड प्रदान गर्दै सुनिल थपा ‘कमारो’का अरुणदेव जोशी र ‘भाग्यले बाँचेकाहरू’ का गणेश पाण्डेका साथमा किम्फ अध्यक्ष बसन्त थापा महोत्सवमा देशका वटा फिल्मको प्रदर्शन भएका थिए किम्फ को निर्णायक मण्डलका रहेका ब्रिटिस पर्वतारोही र पत्रकार एड डगलस कोरियाकी प्राध्यापक युन यङ्ग किम तथा विभिन्न पुरस्कारबाट सम्मानित भारतीय फिल्म सम्पादक नम्रता राव तथा वरिष्ठ फिल्म समालोचक प्रेमेन्द्रनाथ मजुमदारले संयुक्त रुपमा पुरस्कार घोषणा गरेका थिए किम्फका अध्यक्ष बसन्त थापाले महाभुकम्प र भारतीय नाकाबन्दीको मार खेपीरहेको अवस्थामा सीमीत साधन श्रोतका भरमा महोत्सव सफता पुर्वक सम्पन्न भएकोमा खुशी ब्यक्त गरे महोत्सवका धेरै फिल्म हाउसफुल भएका थिए किम्फ समापनपछि आयोजक तथा अतिथीहरुमहोत्सवमा तीन महनिा अघि अमेरिकाको न्युयोर्कमा एभरेष्ट मीडयिाको सह आयोजनामा सम्पन्न अन्तराष्ट्रिय ट्राभलीङ् किम्फ आयोजनाबाट उठेको एक हजार अमेरिकी डलर भुकम्पबाट क्षतीग्रस्त सोलुखुम्बुको चाङ्गेस्थान मावीलाई सहयोग गरिने जानकारी महोत्सव निर्देशक रम्यता लिम्बुले दिएकी थिईन् किम्फ सम्पन्न ‘टासी एण्ड दि मंक’ र ‘भाग्यले बाँचेकाहरू’ उत्कृष्ट
376
असार नुवाकोट नुवाकोटको तारुका गाउँ विकास समितिमा एक व्यक्तिले ल्याएको आठ सय बण्डल जस्ता दुई घण्टादेखि तारुकाघाटमा रोकिएको छ नेकपा एमालेसम्वद्ध एक व्यक्तिले ढुवानी गरी ल्याएको जस्तापाता गाउँलेहरुलाई वितरण गर्न लागेको थिए तर जस्ता कुन संस्थामार्फत् ल्याइएको हो भन्ने नखुलेकोल भन्दै कांग्रेसले रोकेको हो कंाग्रेस तारुका इकाई सभापति हरि श्रेष्ठका अनुसार कुनै एनजिओमार्फत् गाउँ भित्र्याइएको आठ सय बण्डल जस्ता राजनीतिक आस्थाका आधारमा एमाले निकट व्यक्तिहरुलाई वितरण गर्न लागेको जानकारी पछि रोकिएको हो अहिले स्थानीय स्तरमा छानविन भइरहेको छ त्यसक्रममा स्थानीय दैवी प्रकोप उद्धार समितिसँग स्विकृत नलिएको र जिल्ला दैवी प्रकोप उद्धार समितिसँग पनि समन्वय नभइको पाइएको छ जस्ता विवादमा परेपछि तारुककै एक व्यक्तिले आफुले नै आठ सय बण्डल जस्ता खरिद गरेर ल्याएको बताउँदै आएका छन् कांग्रेस इकाई सभापति हरि श्रेष्ठले भने उनले जस्ता खरिद गरेको भ्याट बिल देखाउनु पर्ने दाबी गरे
131
साउन काठमाडौं लगानी बोर्डले परियोजना बैंक बनाउने भएको छ लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि के कस्ता र कुन कुन आयोजना छन् भन्ने जानकारी दिने उद्देश्यले आयोजना बैंक स्थापना गर्न लागिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ‘कुनैपनि विदेश लगानीकर्ता आएर नेपालमा लगानीका लागि के कस्ता र कुन कुन आयोजनाहरु छन् भन्दा हामीले केहीपनि देखाउनसक्ने अवस्था छैन’ सीइओ अधिकारीले भने ‘प्रोजेक्ट बैंककोरुपमा संभाव्यता अध्ययन भइसकेका र संभाव्यता अध्ययन हुन बाँकी रहेका आयोजनाहरुको लिस्ट लागनीको बोर्डको वेवसाइटमा राखिने छ ’त्यसका लागि लगानी बोर्डले सबै मन्त्रालयहरुसँग भएका आयोजनाहरुको सूची मागिसकेको छ ‘सरोकारवालाहरुबाट राम्रो रेस्पोन्स आएको छ’ अधिकारीले भने अहिले लगानी बोर्डसँग वटा मात्रै परियोजना भएको र ति सबै प्याक भइसकेको उनको भनाई छ निजी क्षेत्रले पनि बोर्डलाई संभाव्य भएका आयोजनाको सूची उपलब्ध गराउन सक्ने उनले बताए  ‘कस्ता आयोजनालाई बैंकमा राख्ने भनेर ‘स्ट्यान्डर्ड सेट’ गर्ने तयारी पनि भइरहेको छ’ उनले भने
139
विपक्षीले आन्दोलनको कडा कुरा गर्न थालेपछि प्रधानमन्त्री सुशील कोइरालाले पुष्पकमल दाहाल प्रचण्डलाई जरुरी फोन वार्ता गरेका छन् प्रधानमन्त्री कोइराला र विपक्षी दलका नेता एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको फोन वार्ता एकले अर्कोलाई गुनासा सुनाउने र आग्रह गर्नेमै सकियो यो सहित दुई नेताबीच तीनपटक टेलिफोनमा कुराकानी भइसकेको बताइन्छ प्रम कोइरालासँगको टेलिफोन कुराकानीपछि प्रचण्ड आन्दोलनको तयारीका लागि बिपक्षी दलको बैठकमा सिंहदबार पुगेका थिए सोही बैठकबाट मोर्चाले थप आन्दोलनका कायृक्रम तयार गरेको थियो प्रधानमन्त्रीले फोन गरेपछि प्रचण्डले यही अवस्थामा वार्ता हुन भन्दै बिपक्षी मोर्चाले अघि सारेका शर्तबारे बिचार गर्न आग्रह गरे बिपक्षीले संधिानसभासभामा बहुमतीय प्रक्रिया रोकेर सहमतिका आधारमा संविधान निर्माण गर्ने प्रतिवद्धता गर्न सत्तापक्षलाई आग्रह गरे उनले वार्ताका लागि ठोस वातावरण बनाउन कोइरालालाई आग्रह गरेका थिए ुदुई नेताबीच टेलिफोनमा छोटो कुराकानी भयो प्रगति भएनु दाहाल निकट एक नेताले भने गत शुक्रबार कोइराला वार्तामा बस्न आग्रह गदै दाहाल निवास पुगेका थिए उनले संविधान निर्माणका विवादित बिषय सहमतिबाटै अघि बढाउन आफू दृढ रहेको समेत बताएका थिए कांग्रेस प्रवक्ता दिलेन्द्र बडुका अनुसार प्रधानमन्त्री कोइरालाले टेलिफोन मार्फत बार्ताका लागि विपक्षी मोर्चालाई आव्हान गरेको बताए प्रम कोइरालाले टेलिफोनमा प्रचण्डलाई आन्दोलन छाडेर बार्तामा बस्न आग्रह गरेको उनी निकटस्रोतले जनाएको छ
180
कात्तिक काठमाडौं गोन्जालो हिगुइनले आफ्नो पूर्वक्लब नापोलीविरुद्ध गोल गर्दै युभेन्टसलाई इटालियन सिरिएमा जित दिलाएका छन् शनिबार राति भएको खेलमा युभेन्टसले तेस्रो स्थानमा रहेको नापोलीलाई गोल अन्तरले हराएको हो र खेलाबाट अंकका साथ शीर्ष स्थानमा छ अर्जेन्टिनी फवार्ड हिगुइन कीर्तिमानी मिलियन पाउण्डमा यो सिजन नापोलीबाट चिरप्रतिद्वन्द्वी युभेन्टस गएका हुन् र पूर्वक्लबविरुद्ध गोल गर्दा उनले सेलिब्रेसन समेत गरेनन् घरेलु मैदानमा भएको खेलमा युभेन्टसले औं मिनेटमा बोनुचीको गोलबाट अग्रता लिएको थियो तर त्यसको चार मिनेटमा नै नोपालीले बराबरी गोल फर्कायो तर हिगुइनले औं मिनेटमा गरेको गोल नै युभेन्टसको जितका लागि निर्णायक बन्यो हिगुइनले गत सिजन कीर्तिमानी गोल गरेका थिए र क्लब छाड्ने उनको निर्णयले नापोलीका समर्थकहरुलाई दुःखी बनाएको थियो र समर्थकहरुले उनको नामको टिसर्ट च्यात्ने लगायतका गतिविधि गर्दै हिगुइनलाई गद्धारको संज्ञा दिएका थिए आइतबारको खेल अघि नापोलीका प्रशिक्षक मारिजिओ सारीले भनेका थिए कि म उनलाई बधाई दिन्छु जसरी आफूलाई रिस उठाउने छोरालाई एक बाबुले दिन्छ तर हिगुइनले भने गोलपछि सेलिब्रेसन गरेनन् र दुबै हातमार्फत क्षमायाचनाको संकेत गरेका छन्
155
मंसिर काठमाडौं स्पेनिस क्याटलान बार्सिलोनाले कीर्तिमानी मूल्यमा नयाँ टिसर्ट प्रायोजक भित्र्याएको छ अब जापानिज इलेक्ट्रोनिक कम्पनी राकुटनले कतार एयरवेजको स्थान लिनेछ बार्सिलोना र राकुटनबीच आगामी सिजन / बाट लागू हुने गरी चार वर्षे सम्झौता भएको छ र जापानी कम्पनीले बार्सिलोनालाई बाषिर्क मिलियन अर्थात वर्षमा मिलियन पाउण्ड तिर्नेछ यो कतारले दिने भन्दा धेरै बढी रकम हो देखि बार्सिलोनाको टिसर्टको मुख्य प्रायोजक रहेको कतार एयरबेजले बाषिर्क मिलियन पाउण्ड मात्र दिने गरेको थियो
70
राजविराज चैत संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सोमवार भारतको बनारस प्रस्थान गरेका छन् बनारस हिन्दू विश्व विद्यालय अन्तर्गत नेपाल स्टडी सेन्टरले बनारसमा मंगलवारदेखि आयोजना गर्न लागेको दुई दिवसीय ‘एजुकेशन फर डेभलपमेन्ट अफ डेमोक्रेसी द कन्सिट्च्युसनल रिजल्टिङ्ग कन्फिलिक्ट्स इन नेपाल द साउथ एसियन कन्टेक्सट’ विषयक सेमिनारलाई सम्वोधन गर्न उनी भारत प्रस्थान गरेका हुन् सेमीनारमा प्रमुख अतिथि एवं मुख्य वक्ताका रुपमा सहभागी हुन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा एवम् संघीय गठबन्धनका संयोजक यादव भारतको दिल्ली हुँदै बनारस पुग्ने कार्यक्रम रहेको प्रेस सल्लाहकार महेश चौरसियाले जानकारी दिएका छन्
86
शनिबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार चिप्लेकिराको गतिमा देश अघि नबढ्ने भन्दै विपक्षिलाई ध्वाँस दिए तर आफैं भने कति सुस्त छन् भन्ने प्रमाण फेला परेको छ मंसीर मा रिलिज भएर पनि हलबाट उत्रिसकेको फिल्म ‘चकलेट’ लाई सफलताको शुभकामना दिंदै उनले डेढ महिनापछि अर्थात् माघ मा पत्र लेखेका छन् ओलीको हस्ताक्षरित पत्रमा फिल्मको भव्य सफलताको हार्दिक शुभकामना भनिएपनि ‘चकलेट’ ले निराशाजनक प्रदर्शन गरी उत्रेको प्रधानमन्त्री कार्यालयले थाहा पाएन जबकी फिल्म नचलेपछि निमात्री समेत रहेकी अभिनेत्री पूजना प्रधानले दर्शकले फिल्म नहेरिदिएको भन्दै रोष व्यक्त गर्दै फेसबुकमा लेखेकी थिइन् प्रधानमन्त्रीको शुभकामनातर प्रम ओलीको पत्रमा भनिएको छ ‘नायिका प्रधान सात वर्षदेखि अनाथ र असहाय बच्चाहरुका लागि समाजसेवा गर्दै आईरहनु भएको छ उहाँले यो फिल्मको प्रदर्शनबाट उठेको रकमले असहाय बच्चाका लागि भवन निर्माण गरेर उनीहरुलाई आश्रय र शिक्षा दिने उद्देश्य लिनु भएकोमा म यस कार्यको प्रशंसा गर्छु र कार्य सफलताको कामना पनि गर्छु ’त्यसो त पत्रको शुरुमै ‘चकलेट फिल्म निर्माण गरेको थाहा पाउँदा मलाई खुशी लागेको छ सर्वप्रथम म यस फिल्मको भव्य सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु’ भनिएको छ उक्त पत्रलाई ‘चकलेट’ निर्देशक निर्मल शर्माले फेसबुकमार्फत् सार्वजनिक गरिदिएका हुन् प्रधानमन्त्रीको शुभकामना भने फिल्म पक्षलाई लगनपछिको पोते बन्यो यतिबेला भने फिल्मको जेनतेन च्यारिटी शो चलिरहेको छ
191
साउन काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले हास्य व्यंग्य कलाकारहरुको रोजिरोटी संकटमा पारेको गुनासो गर्दै आएका सिस्नोपानी नेपालको टोलीले ओलीलाई सात दिनभित्र बालुवाटार छाड्न व्यंग्यात्मक अल्टिमेटम दिएको छ ओलीलाई भेट्न बालुवाटार पुगेका सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङ्गे वरिष्ठ हास्य व्यंग्य अभियन्ता मनोज गजुरेल अर्जुन पराजुली टंक आचार्य सहितको टोलीसँग ओलीले आधा घण्टा केही हास्यरस र केही गाम्भीर्य खोले हास्य कलाकार त्यसमा पनि सिस्नोपानी नेपालको सधैं निशानामा पर्ने गरेका ओली हास्य कलाकारका प्रिय नेता हुन् यसपटक प्रधानमन्त्रीको रुपमा राष्ट्रिय स्वाभिमान उँचो राखेर सबै जनताको नेता बनेकाले उनलाई व्यंग्यात्मक बधाइदिन बालुवाटार गएको गजुरेलले अनलाइनखबरलाई बताए त्यो भेटमा सिस्नुपानीका ब्रिगेड कमाण्डर टंकराज आचार्यले ओलीलाई व्यंग्य कविताको झटारो हान्दै उचाले–‘जाबो राष्ट्रियता नबेच्ने बदनामी नकमाउने नझुकाउने टाउकोः धन्नै जन्मिएको रहेछौं छोरो केपी ओलीका बाउको ’आचार्यको यो कवितामा जवाफ ओलीले फर्काइहाले‘देशले रगत मागे मलाई बलि चढाउनू रुँदिनन् मेरी आमा हुन् कुमाइकी छोरी ’प्रधानमन्त्रीलार्इ बुझाइएको सिस्नुपानीको व्यंग्यात्मक अल्टिमेटममा भनिएको छविदेशी प्रभुका अगाडि लम्पसार पनि नपर्ने मित्रराष्ट्रको एउटा पनि माग पूरा नगर्ने भित्रराष्ट्र बाहेक कुरै नगर्ने ठाड्ठाडै बोल्ने मनको कुरो सप्पै खोल्ने कुर्सी जाँदा पनि मुसुक्क हाँस्ने धम्की खाँदा पनि निर्धक्क बाँच्ने बालुवाटारमा बसेर पनि पालुवा बहारको सपना बाँड्ने तपाई केपी शर्मा ओलीलाई प्रधानमन्त्री क्वाटर छाड्न सात दिनको अल्टिमेटम दिइन्छ प्रधानमन्त्री निवास छाड्ने बेला त्यहाँका सरकारी सामान र नगद तथा जिन्सी लिएर हिँड्ने गरेका समाचार पढिरहेकाहरुले यसपटक त्यस्तो सुन्न नपरोस् भनेर आफूहरु बालुवाटार गएको गजुरेलले बताए  प्रधानमन्त्रीसँग धेरैबेर कुरा गरेर आफ्ना  कुराहरू राख्न नपाइएको भन्दै ज्ञापनपत्रको पूर्ण पाठ उनले आफ्नो गजुरियल डटकममा राखेको बताएका छन् आफूहरु प्रधानमन्त्रीलार्इ धन्यवाद एवं बधाइ दिन र खबरदारी गर्न बालुवाटार गएको गजुरेलको भनाइ छ
250
राजविराज भदौ विभिन्न समस्याका बावजुद पनि सप्तरीको मलेकपुर गाउँ विकास समिति स्थित जनता उच्च माध्यमिक विद्यालय खुरहुरिया जिल्लामा मात्र नभई पुर्वाञ्चलमै पहिचान बनाउँदै गएको छ विसं सालमा फुसको झुप्रोबाट पठन–पाठन थालिएको उक्त विद्यालयले निम्न माध्यमिक माध्यमिक र उच्च माध्यमिक तहको पठन–पाठन सञ्चालन गर्न सफल भएको छ यसैवर्षदेखि उच्च मावि र प्राविधिक तथा व्यवसायिक शिक्षा अन्तर्गत कम्प्युटर विज्ञान विषयमा चार वर्षे डिप्लोमा पठन–पाठन समेत सञ्चालन गरेको छ उच्च माध्यमिकतर्फ शिक्षा वाणिज्य र विज्ञानको अनुमति पाएको छ तर यसवर्ष भने समय अभावले शिक्षा संकायको कक्षा मात्र सञ्चालन गर्न भ्याएको छ भौतिक पूर्वाधार र दरबन्दी अनुसारको शिक्षक अभावको मार खेप्दै आए पनि उक्त विद्यालयले यस वर्ष सामुदायिक विद्यालयतर्फ एसएलसी परीक्षामा पुर्वाञ्चलमै सर्वोत्कुृष्ट स्थान ओगट्न सफल भएको छ यतिमात्र होइन विगत तीन वर्षदेखि सप्तरी जिल्लामा उत्कृष्ट स्थान कायम राख्दैआएको विद्यालयका प्रधानाध्यापक सुर्यनारायण यादवले जानकारी दिए जिल्लामै अत्यधिक हजार सय छात्रछात्रा अध्ययनरत उक्त विद्यालयमा माध्यमिक तह अर्थात कक्षा मा सय र मा सय गरी सय जना छात्रछात्राहरु अध्ययनरत छन् प्राथमिक तह निम्न माध्यमिक तह र माध्यमिक तहमा जना गरी जना मात्र दरबन्दी शिक्षक रहेको छ विद्यार्थीको चापको अनुपातमा कुल जना माध्यमिक तहमा शिक्षक हुनुपर्ने हो तर प्रधानाध्यापक सहित तीन जनाले धान्नुपरेको छ विद्यार्थीको अनुपातमा दरबन्दी शिक्षकको अभाव छ तर चाहेर पनि कक्षा र मा सेक्सन विभाजन गर्न नसकिएको प्रधानाध्यापक यादवले बताए विद्यार्थीहरुको पठन–पाठन प्रभावित नहोस् भन्ने उद्देश्यले उपलब्ध शिक्षकहरुबाट काम चलाउँदैआएको उनले जानकारी दिए विद्यालयको नाममा कुल बिघा धुर जग्गा रहेको जानकारी दिँदै उनले भने ‘अधिकांश जग्गा सट्टा भर्नामै दिईएको छ भने बाँकी रहेको जग्गाबाट वार्षिक – हजार मात्र आउँछ त्यसैबाट वर्षभरी धान्नुपरेको छ स्थापनाकालदेखि ग्रामिण भेगमा शिक्षाको उन्नयनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उक्त विद्यालय उपेक्षित रहँदैआएको छ त्यसक्षेत्रको मलेकपुर खुरहुरिया बाजितपुर धौनकी अण्डीपट्टी सिंगियोन सिम्राहा मुसहर्निया बेल्हा जमुनी थल्ही पर्साही कटबी छपकी भथौल लक्ष्मीपुरलगायतका गाउँका छात्रछात्राहरु जनता माध्यमिक विद्यालयमा अध्ययनरत छन् विगत तीन वर्षयता विभिन्न समस्याका चाङ्गहरुलाई छिचोल्दै जिल्लामै नमूना विद्यालयको रुपमा स्थान बनाउँदै गएको छ विद्यालयको खेल मैदान सानो भएको तथा जग्गादाताबाट विद्यालयको नाममा हालसम्म नामसारी हुन नसक्दा सहयोग अनुदानबाट बञ्चित हुनुपरेको प्रअ यादवले पीडा सुनाए हाल विद्यालयमा पुस्तकालय र विज्ञान प्रयोगशालाको अति अभाव रहेकोले सहयोगकालागि सम्वन्धित निकायसँग विद्यार्थीहरुले आग्रह गरेका छन् यसै वर्षदेखि उच्च मावि र प्राविधिक तथा व्यवसायिक शिक्षा अन्तर्गत कम्प्युटर विज्ञान विषयमा चार वर्षे डिप्लोमा पठन–पाठन शुरु हुनु अभिभावकहरुकालागि खुशीको कुरा भएको खुरहुरियाका तारकेश्वर यादवले बताए ‘कक्षा उतीर्ण गरेपछि छोराहरु उच्च शिक्षा अध्ययन गर्न बाहिर जान्थे भने अधिकांश छोरीहरु पढ्नबाट बञ्चित हुनपर्ने अवस्था थियो तर यो अवस्था अहिले टरेर गएको छ’ उनले भने ‘घरकै नुन रोटी खाएर पनि कक्षासम्म पढ्न पाउने अवसर जुटेको छ यति मात्र होइन कक्षा उतीर्ण गरेकी छोरीहरुले चार वर्षमै कम्प्युटर ओभरसियर बन्न पाउनु हाम्रालागि खुशीको कुरा हो यस विद्यालयबाट अध्ययन गरेका छात्रछात्रा विभिन्न क्षेत्रमा विशिष्ट तहसम्म पुगिसकेका छन्
432
प्लािस्टकको झोलालाई  अर्जेन्टेनी फुटबल स्टार लियोनल मेस्सीको जर्सी बनाएर लगाउने अफगानिस्तानका वर्षे बालक मुर्ताजा अहमदी अचेल उत्साही छन् िकनकि मेस्सीले उनलाई भेट्ने भनेका छन् गएको महिना अहमदीले प्लास्टिकको झोलामा निलो र सेतो धर्का तानी मेस्सीको नाम लेखे लगाएको तस्बिर इन्टरनेटमा भाइरल भएको थियो अफगानिस्तानको घाज्नी प्रान्तको जगहोरी जिल्लामा बस्ने अहमदीले अलजजिरासँग भनेका छन् म  मेस्सी र फुटबललाई माया गर्छु र एकदिन उनलाई भेट्ने छु अफगानिस्तान फुटबल फेडरेसनका प्रवक्ता
68
नायिका प्रियंका कार्कीले पहिलो पटक कुनै चलचित्रको शिर्ष भूमिकामा काम गरिन् त त्यो हो सुन्तली यो चलचित्र भोली अर्थात फागुन गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ शिर्ष भूमिकामा काम गरेकाले पनि प्रियंकालाई यो चलचित्र चल्नु जरुरी छ अनलाइनखबरसँग सुन्तली को बिषयमा कुरा गर्दै प्रियंकाले भनिन् यो चलचित्र हरेक पक्षबाट उत्कृष्ट छ एउटा गाउँमा जब एक सुन्दरी यूवतीको प्रवेश हुन्छ त्यसपछि आउने खलबलीलाई चलचित्रले उठान गरेको छ प्रियंका आफूले यस्तो भूमिका गर्न पाउँदा भाग्यमानी संझिन्छिन् चलचित्र हेर्नुपर्ने कारण के त पि्रयंकाले भनिन् यो चलचित्र हरेक पक्षबाट उत्कृष्ट चलचित्रको निर्देशनदेखि यसको श्रृङगार पहिरन बिषयवस्तु र कलाकारको अभिनय तारिफयोग्य छ भन्ने लाग्छ बन्दिपुरमा चलचित्रको छायांकन दुई सिफ्टमा गर्दा प्रियंकालाई सुन्तली भनेर बोलाउनेको संख्या बढेको थियो नेपाली चलचित्रमा सुन्तली एक नयाँ प्रयोग भएको कथन उनले सुनाइन् पुरानो स्पेनिस चलचित्र हेरेजस्तो आभाष दर्शकलाई हुन्छ निर्देशक भाष्कर ढुंगानाको कामप्रति प्रशंसा गर्दै प्रियंकाले भनिन् तपाइका लागि चलचित्र प्रदर्शनको अघिल्लो रात कस्तो खुलदुली हुन्छ भन्ने प्रश्नमा प्रियंकाले भनिन् बिहिबार बेलुकी होइन मलाई त आइतबारदेखि नै यस्तो हुन्छ आइतबारदेखि नै निन्द्रा नलाग्ने खुलदुली हुने हुन्छ मलाई बिहिबार बेलुकी त म सुत्न नै सक्दिन चलचित्र क्षेत्रमा आएको छोटो समयमा नै थुप्रै चलचित्र खेलेकी प्रियंका अहिलेकी सर्वाधिक व्यस्त नायिका हुन् उनको हातमा यतिबेला दर्जनौ चलचित्र छन् तर उनीमाथि लगानी गरेको चलचित्रकर्मीका लागि सुन्तली को व्यापार सर्वाधिक महत्वपूर्ण छ
205
एजेन्सी केही खगोलविदहरुले आगामी साताभित्र पृथ्वीमा एक भयानक खगोलीय चट्टान ठोक्किने र त्यो संसारकै अन्त्यको कारण बन्न सक्ने दावी गरेका छन् एस्टेरोइड भनिने उक्त चट्टान सेप्टेम्बरमा पृथ्वीमा ठोकिन्ने र सेप्टेम्बर देखि सेप्टेम्बरकोबीचमा यस्तो घटना हुँदा पृथ्वी ध्वस्त हुने अवस्था समेत आउने कतिपय शंकाबादी खगोलवीदको दावी छ आफूलाई भविष्यबक्ता दावी गर्ने एफ्रेन रोड्रिगेज नामका एक ब्यक्तिले आफुले गरेको अध्यन अमेरिकाको अन्तरिक्ष अध्यन संस्था नाशालाई पठाएका थिए रोड्रिगेजले ब्लड मुन प्रोफेसी भनिने भविष्यवाणीको धारामा आधारित रहेको र उनको भविष्यवाणी अनुसार सेप्टेम्बर उनले भन्ने गरेको ब्लड मुनको अन्तिम साता रहेको बताइएको छ चन्द्र ग्रहणको समय पारेर यस्तो घटना हुने दावी उनको छ अन्तिम पटक सन् को एप्रिलमा चन्द्रग्रहण भएको थियो अव त्यसपछि वटा पूर्णिमा पछि यस्तो हुन सक्ने बताइन्छ आफ्नो दिब्य दृष्टिले अमेरिकाको नियन्त्रणमा रहेको क्यारेबियन टापु पुर्टोरिकोको एक क्षेत्रमा विशाल खगोलिय चट्टान ठोक्किने छ यसले कम्तिमा रेक्टर स्केलको भूकम्प बराबरको धक्का पैदा गर्ने उनको दावी छ नाशाले भने यो दावीलाई हावादारी भन्दै विज्ञप्ति जारी गरेको छ यो दावीमा कुनै सत्यता नरहेको नाशाका पाउलो सोडासले बताएका छन् क्यालिफोर्नियामा बोल्दै पाउलो सोडासले कुनै खाले खगोलीय पिण्ड वा चट्टानले तत्काल पृथ्वीमा असर गर्ने नदेखिएको बताए अहिले सम्म जानकारीमा रहेका कुनै पनि खगोलीय पिण्ड पृथ्वीमामा ठोक्किने अवस्थामा रहेको र पृथ्वी ध्वस्त हुने गरी चट्टान ठोक्किने दावीमा कुनै आधार नरहेको उनको भनाइ छ यस अघि पनि पटक पटक संसार ध्वस्त हुने भविष्यवाणी गरिएका थिए तर ती सबै भविष्यवाणी हावादारी सावित भएका छन् पछिल्लो भविष्यवाणीले धेरै मानिसलाई चिन्तित तुल्याएपछि नाशाले यस्तो दावीमा सत्यता नभएको स्पष्ट पारेको हो
239
पुस काठमाडौं युवा गोलकिपर जानलुइजी डोनारुमाले एसी मिलानलाई इटालियन सुपर कपको उपाधि दिलाएका छन् शुक्रबार भएको फाइनलमा एसीमिलानले युभेन्टसलाई टाइब्रेकरमा ले पराजित गर्दा वर्षीय गोलकिपर डोनारुमा नायक बने   खेलमा युभेन्टसले औं मिनेटमा चेलिनीको गोलबाट अग्रता लिएको थियो तर औं मिनेटमा बोजाभिन्तुराले गोल गरेपछि पहिलो हाफ को बराबरीमा सकियो दोस्रो हाफमा दुबै टोलीबाट गोल हुन सकेन भने थपिएको मिनेटको खेलमा पनि दुबै टोलीबाट गोल नभएपछि निर्णय टाइब्रेकरबाट लिइयो टाइब्रेकरमा एसीमिलानका बापाडुलाको प्रहार बुफोनले रोक भने युभेन्टसका मारियो मान्जुकिजको प्रहार क्रसबारमा लाग्नपुग्यो युभेन्टसका डिबालाको प्रहार एसीमिलानका गोलकिपर डुनारुमाले रोके लगतै पासालिकले गोल गरेपछि एसीमिलान च्याम्पियन बन्यो वर्षको उमेरमा नै गत सिजन मौका पाएका डुनारुमाले मिनेटको खेल अवधिभर पनि राम्रो प्रदर्शन गरेका थिए
110
गत वर्षदेखि उदयपुरको कटारी नगरपालिकाको कटारी बजारमा औपचारिक रुपमा सुरु भएको कटारी गोल्डकपको दोस्रो कटारी गोल्डकप यसपटक आगामी फागुन गतेदेखि सुरु हुने भएको छ   राष्ट्रिय स्तरका ‘ए’ डिभिजन फुटबल टिमसहित सहभागी हुने सो कटारी गोल्डकपको फाइनल खेल फागुन गते सम्पन्न हुने कुरा कटारी गोल्डकपका संयोजक बिनोद कटुवालले बताए  उक्त गोल्डकप खेलमा आठवटा फुटबल टिमको सहभागिता रहने भएको छ नकआउटका आधारमा खेलाइने उक्त गोल्डकपमा प्रथम हुने टिमलाई ट्रफीसहित एक लाख
69
पुस काठमाडौं ताप्लेजुङ नगरपालिका भाटेका स्थानीयले बसाइँसराई रोक्न मोटरबाटो खन्न थालेका छन् विकास नभएका कारण गाउँ छाड्नको सङ्ख्या बढेपछि गाउलेहरु नै मोटरबाटो खन्न सक्रिय भएका हुन् ‘गाउँमा सडक नबनाउने हो भने गाउँ नै रित्तो हुने सम्भावना बढ्यो’ स्थानीय युवराज पुरीले भने ‘विकासको सम्भावना भएपछि बसाइँसराई रोकिने अपेक्षा गरेका छौं सडक निर्माण भएपछि सदरमुकाम जान सजिलो हुन्छ बिरामीलाई अस्पताल लैजान पनि सजिलो हुन्छ ’स्थानीयले अहिलेसम्म किलोमिटर सडक निर्माण गरिसकेका छन् स्थानीयले नै जुटाएको लाख रुपैयाँ लगानीमा उक्त सडक निर्माण भएको हो शिक्षा स्वास्थ्य सञ्चार विद्युत सडकलगायतको सुविधा नहुँदा दोभानक्यानेमबहानन्दे सडकको तल्लो क्षेत्रबाट बसाइँसराई तीव्र बनेको छ यहाँका धेरैले घर रित्तो छोडेर तराई र सदरमुकाम आसपासमा बसाइँ सर्दै आएका छन् रविन भट्टराईबाट
110
आचारसंहिता उल्लंघन गरेको भन्दै पत्रकार शंकर खरेललाई नेपाल पत्रकार महासंघ मोरङ शाखाले ‘सचेत’ गराएको छ मोरङ व्यापार संघका कार्यकारी सचिव श्याम भण्डारीमाथि पत्रकार खरेल सम्पादक रहेको पत्रिका सृष्टि दैनिकले छापेका समाचारले व्यक्तिको मानमार्दन हुने किसिमको कार्य गरेको ठहर गर्दै उनलाई सचेत गराइएको पत्रकार महासंघ मोरङ शाखाले जनाएको छ ‘तपाईंको नाममा प्रकाशित भएका लेख रचनाले विद्यमान पत्रकार आचारसंहिताको उल्लंघन गरेको छ’ पत्रकार महासंघद्वारा जारी विज्ञप्
64
फरक अस्तित्व निर्माण गर्ने गरी आज जताततै सकारात्मक या नकारात्कक रूपमा नयाँ शक्तिले जबर्जस्ती ठाउँ लिएको छ आग्रह या पूर्वाग्रह जस्तोसुकै दृष्टिकोण राख्ने भए पनि सबैलाई एकपटक सोच्नुपर्ने स्थिति सिर्जना गराएको छ नयाँ शक्ति अब नेपाली राजनीतिमा निर्विकल्प रहँदारहँदै अथाह सम्भावनासँगै अनेकौ चुनौतीका पहाडहरू यो सामु छन् त्यसलाई सन्तुलित भई फोर्न जरुरी हुन्छ जुनसुकै पार्टीका समर्थक शुभचिन्तकहरू मुख्यतः युवा वर्ग यो वा त्यो रूपमा वर्तमान राजनीतिक संस्कारबाट असन्तुष्ट छ त्यसलाई साथ लिन नाराले मात्रै होइन युवा लक्षित कार्यक्रम दीर्घकालीन आर्थिक विकासका साथै नयाँ शैलीको साङ्गठनिक योजनासहित कार्यकर्ता व्यवस्थापनको खाका प्रस्ट हुन जरुरी छ नयाँ शक्ति सम्पूर्ण पुराना शक्तिहरूको प्रतिपक्षजस्तो देखिने भएकाले पुराना शक्तिहरूले परम्परागत गलत राजनीतिक संस्कारबाट जनतालाई भ्रमित बनाउन सक्ने खतरालाई सन्तुलित ढङ्गबाट जवाफ दिन जरुरी छ नयाँ शक्ति नामले मात्रै नयाँ बन्ने कदापि होइन फरक मान्छेले वा नयाँ अनुहारले मात्र पनि नयाँ बन्ने होइन स्थापनाकालदेखि नै यसका सबै क्रियाकलाप र गतिविधि राम्रा अनि नयाँ नै हुन्छन् भन्नु पनि गलत हुन्छ तर जनपि्रय हुनका निम्ति नयाँ शैलीको प्रयोगमा कति प्रयासरत रहन्छ भन्ने कुरा प्रमुख हो नयाँ शक्ति नयाँ र पुराना दुबैखाले राजनीतिक अनुहारको मेल हो जुन खिचडी बन्यो भने मीठै हुन्छ भन्ने छैन जनतामा मीठो स्वाद पस्कन विचार र कार्यशैलीमा मेल हुन जरुरी छ नयाँहरूमा साङगठनिक शैलीगत अभाव चरम महत्वाकांक्षा अनि मपाइत्व तीव्र देखिन्छ पुरानाहरु एउटा फरक राजनीतिक विरासतबाट हुर्केका छन् उनीहरूमा पुराना राजनीतिक संस्कार र सङ्कुचन बाँकी नै छ विधि विधान र पार्टी गठन नहुँदै हरेक तह र तप्काका नेतृत्वहरूमा फराकिलो मन होइन कृपावाद र गुटवाद अनि निषेधको प्रवृत्ति देखा पर्ने गरेको छ इमान्दारिता र कमरेडी भावना जसरी जाग्नुपर्ने हो त्यो देखिँदैन ज्यू हजुर नगर्नेलाई निषेध गर्ने परम्परा बाँकी नै छन् मूल नेतृत्वले एकाध नेता र घेराबन्दीको रिपोर्टिङमा विश्वस्त हुने हो भने सुरुदेखि नै असन्तोष पैदा हुन सक्ने देखिन्छ मूल नेतृत्वको सोच र साधनाअनुरूप अरू नेतृत्वहरू छन् कि छैनन् तल्लो तहका अभियन्ताहरूका मनमा के परेको छ भन्ने कुरा बुझ्ने माध्यम मूल नेतृत्वले अपनाउनु पर्छ तीनखुट्टे समावेशी सिद्धान्तले सामुदायिक भावनालाई समेट्न सक्ने त देखिन्छ तर त्यहाँभित्रका वर्गीय धरातललाई कसरी संश्लेषण गर्ने समावेशीमा परेकाहरूको क्षमता अभिवृद्धिको माध्यम के हुने नेता कार्यकर्ताभित्रको वर्ग विविधतालाई कसरी सन्तुलन गर्ने यस्ता प्रश्नहरूले ठूलो अन्तर्विरोधको सिर्जना गर्ने छन् के सबै समुदायले नयाँ शक्तिमा आफ्नो अपनत्व महसुस गर्न सक्लान् यो मुख्य चुनौतीको विषय हो कार्यकर्ताको व्यवहारिक कठिनाइ र त्यसको सही व्यवस्थापनको अभावले मुठ्ठीभरका मानिसहरूको वर्गउत्थान हुँदै आर्थिकरूपमा सबलहरूमात्र राजनीतिमा टाठाबाठा बन्ने संस्कार पुरानो विकृत संस्कार हो विगतको राजनीतिक इतिहासले सिकाएको दरिलो पाठ हो यो दशौँ वर्षदेखि बाबुराम विचार समूहमा समाहित हुँदै विचारलाई संस्थागत गर्न सङ्घर्षरत इमान्दार कार्यकर्ताहरूको उचित व्यवस्थापन कसरी गर्ने पार्टी सञ्चालन स्वयंसेवी वा आंशिक राजनीतिक कार्यकर्ता वा शुभचिन्तकबाट मात्रै सम्भव छ वा केही पूर्णकालीन आवश्यक छ पूर्णकालीन रहने हो भने कति अनि तिनको व्यवस्थापन कसरी गर्ने हो योजना जरुरी छ प्रत्यक्ष निर्वाचनको पद्धति आन्तरिक पार्टी जीवनमा सुरु गर्ने भन्ने कुराले मात्रै सबै विषय हल हुँदैन के नयाँ शक्तिमा पुराना संसदवादी पार्टीहरूले अपनाउने दलाली निर्वाचन पद्धति अपनाउने हो भने त्यसले नयाँपन कदापि दिन सक्दैन निर्वाचनको हल्लाले पार्टी निकाय अनि जनवर्गीय सङ्गठनमा सुरु भएको गुटउपगुट बनाउने आलोचना गर्नेलाई निषेध गर्ने खेलले नयाँ बन्ने र बनाउने बाटोलाई अवरोध गर्नेछ तत्कालीन माओवादीमा रहँदा सिकेको स्वघोषित नेता बन्ने प्रवृत्ति अहिले पनि बाँकी नै छ जो अरूको विचार र धारणालाई स्वीकार्न तयार हुँदैन जनतासँग टाढै बस्न रुचाउने साक्षात्कार नगर्ने र जनताको आलोचना सहँदै सकारात्मक सन्देश प्रवाह गर्न किन हिच्किचाउने यी प्रश्नहरु बाँकी नै छन् नेताहरू आफै जनताको घरघरमा नपुगी जनताले अब कुनै पनि विचार र राजनीतिलाई सजिलै आत्मसाथ गर्ने अवस्था छैन जनताको विश्वास जित्नलाई गफ होइन जीवन व्यवहारको शिक्षा र काम कारवाहीको योजना बोकेर घरदैलोमा पुग्नुपर्दछ पार्टीलाई जीवन्त बनाइराख्न मूल नेतृत्व सबैभन्दा सचेत र जीवन व्यवहारलाई बुझ्ने हुनुपर्दछ आफू स्वयं एकाध सङ्कुचनमा फसिरहने र निश्चित स्वार्थका घेराबन्दीबाट उम्कन नसक्ने अनि सामूहिक निर्णयभन्दा स्वनिर्णयलाई महत्व दिन हो भने नयाँशक्ति नयाँ बोतलको पुरानै पानी बन्ने खतरा रहन्छ नयाँ शक्ति नयाँ बोतलको नयाँ स्वच्छ पानी बन्न सक्नुपर्छ त्यसको लागि हरेक तह र तप्काका नेताहरू आफूलाई आर्थिक सांस्कृतिक सामाजिक अनि साङ्गठनिक सबै रूपमा पारदर्शी बन्न सक्नुपर्दछ नयाँ शक्ति नेपालको अभियान जनताले नियालिरहेका छन् यसको केन्द्रीय परिषद निर्माणको मापन गोलमोटल अनि मनगणन्ते देखिन्छ वर्गीय जातीय भौगोलिक अनि राजनीतिकसामाजिक योगदानका हिसावले यो सही छ कि छैन छनोटको मानक जनताले थाहा पाउनुपर्छ साङ्गठानिक राजनीतिक अनि आर्थिक गतिविधि पारदर्शी रहनु आफैंमा जनउत्तदारी हुनु हो तर यो मात्रै सबैथोक होइन जनतामा अहिले आˆनो चुलो बल्ने कि नबल्ने भन्ने मात्र चिन्ता छ विकास र आर्थिक समृद्धि अनि राष्ट्र निर्माणको चिन्ता छ त्यसैले नारा र दृष्टिकोण मात्र होइन अब हरेक युवाहरूलाई काम दिने योजना प्रस्तुत गर्नुपर्छ विदेशमा रहेका पचासौँ लाख युवालाई स्वदेश फर्काउने ओठे प्रतिवद्धता होइन स्पष्ट नमूना प्रस्तुत गर्नु पर्छ नमूना गाउँ नमूना जिल्ला हुँदै नमूना देश बनाउने कार्यक्रमिक योजना जनतामा दिनु पर्दछ अनिमात्र यो साँच्चैको नयाँ शक्ति बन्नेछ (लेखक नयाँ शक्तिका विद्यार्थी अभियन्ता हुन्)
755
अहिले जिल्ला नगरपालिका र हजार गाविस छन् सालमै गठन भएका यी स्थानीय निकायको संख्यामा थपघट भए पनि अहिलेसम्म पुरानै संरचनामा चलिरहेका छन् साढे पाँच दशकको अवधिमा बसाइसराइ बजारीकरण पूर्वाधार निर्माणका कारण जनघनत्वमा उल्लेख्य फेरबदल भयो राज्यव्यवस्था पञ्चायत हुँदै बहुदलीय व्यवस्थापछि गणतन्त्रमा प्रवेश गरिसकेको छ तर राज्य र नागरिकलाई जोड्ने सेतु स्थानीय तह जस्ताको तस्तै छ को दशकपछि झिनो रूपमा उठेको राज्य पुनःसंरचनाको मुद्दाले को दशकमा संघीयतालाई स्थापित गर्यो संघीय प्रणालीमा आधारित राज्य पुनःसंरचना प्रक्रियामा जाने भएपछि स्थानीय निकायको पनि पुनःसंरचना गर्नुपर्ने भयो सरकारले चैत गते स्थानीय निकाय पुनःसंरचना आयोग गठन गरेको छ आयोगले एक वर्षभित्र स्थानीय निकायको संख्या घटाएर पुनःसंरचनाको सिफारिस दिनुपर्नेछ स्वायत्त संरक्षित र विशेष क्षेत्र पनि सिफारिस गर्नुपर्नेछ झट्ट हेर्दा नगरपालिका र गाविसको संख्या फेरबदल गरे पुग्नेजस्तो देखिए पनि पुनःसंरचना प्रक्रिया जटिल रहेको बताउँछन् आयोगका अध्यक्ष बालानन्द पौडेल शिक्षा सामान्य प्रशासन ऊर्जा र महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयमा सचिव रहिसकेका पौडेल सालमा निवृत्त भएका हुन् स्थानीय तहको पुनःसंरचना प्रक्रिया बाधा÷व्यवधानका साथै सम्भावना र चुनौतीबारे पौडेलसँग कारोबारकर्मी रञ्जित तामाङले गरेको कुराकानी:बालानन्द पौडेल संयोजक स्थानीय निकाय पुनःसंरचना आयोगआयोगले अहिले के गरिरहेको छ भर्खर आयोगको कार्यालय राख्ने टुंगो लागेको छ आयोगका लागि आवश्यक अस्थायी कर्मचारीको दरबन्दी पनि स्वीकृत भएको छ अब कर्मचारी व्यवस्थापनमा लाग्छौं आयोगको बजेट पनि स्वीकृत भएको छ हामीले आयोगको कार्यविधि बनाएर सार्वजनिक पनि गरिसक्यौं वार्षिक कार्ययोजना पनि बनाइसक्यौं त्यही कार्ययोजनाअनुसार काम अगाडि बढाउँदै छौं काम गर्दै जाँदा कार्ययोजनाअनुसार नहुने हो कि भन्ने आशंका हामीलाई छ तर सकेसम्म कार्ययोजनाअनुसारै काम गर्न प्रयासरत छौं यही कार्ययोजनाअन्तर्गत हामीले पाँचवटा विषयगत उपसमिति गठन गरिसक्यौं उपसमितिहरूले काम पनि थालिसकेका छन् उपसमितिहरूमा विज्ञहरूको सेवा आवश्यक परेको छ आयोगको सैद्धान्तिक स्पष्टता कायम गर्न हामीले छलफल पनि चलाइरहेका छौं आयोगको क्षेत्राधिकार पर्याप्त छ कि अपर्याप्त आयोगको काम कर्तव्य र क्षेत्राधिकारबारे संविधानले नै स्पष्ट व्यवस्था गरेको छ आयोगले गाउँपालिका र नगरपालिकाको संख्या र सिमाना तोक्ने हो अवधिसमेत संविधानले तोकेको छ सरकारले दिएको मापदण्डभित्र रहेर गाउँपालिका र नगरपालिकाको संख्या र सिमाना तोक्नुपर्छ भनेको छ जहाँसम्म कार्यक्षेत्रको कुरा छ झट्ट हेर्दा संख्या र सिमाना तोक्ने विषय सामान्य लाग्न सक्छ तर संख्या र सिमाना तोक्दा सैद्धान्तिक आधार आवश्यक छ हामीले जुन स्थानीय निकाय तोक्ने भनेका छौं त्यो भनेको ‘डेलिभरी प्वाइन्ट’ हो स्थानीय निकाय भनेको नागरिकलाई जोड्ने राज्यको अंग हो नागरिकले अनुभूत गर्न सक्ने भनेको स्थानीय सरकार नै हो त्यसैले आर्थिक प्रशासनिक राजनीतिक सामाजिक र सांस्कृतिक रूपले दिगो स्थानीय निकाय बनाउनुपर्नेछ के आधारमा संख्या र सिमाना तोक्न गइरहेका छौं भनेर स्पष्ट हुनुपर्छ यसले पूरा गर्नुपर्ने काम के–के हुन् कस्ता स्रोतसाधन आवश्यक पर्छन् भनेर स्पष्ट हुनुपर्नेछ विज्ञको सहयोग चाहिने क्षेत्र पनि यही हो कसरी संख्या र सिमाना तोक्दा भविष्यमा गाउँपालिका र नगरपालिकाले प्रभावकारी ढंगले कार्यसम्पादन गर्न सक्छन् त्यसलाई मध्यनजर गरेर काम गर्दै छ काम धेरै छन् तर एक वर्षभित्र सक्नुपर्ने बाध्यता छ एक वर्षभित्र यति धेरै काम कसरी गर्नुहुन्छ एक वर्षभित्र काम सक्नै पर्छ नभए अरू उपाय छैन संविधानले नै एक वर्षको समय दिएको छ यही भएर हामीले एक वर्षको कार्ययोजना बनाएका हौं आयोगले उपसमिति मात्रै होइन जिल्लामा भएका प्राविधिक समितिलाई झनै क्रियाशील बनाउनुपर्नेछ जिल्लास्थित प्राविधिक समिति जति क्रियाशील हुन्छ त्यति नै आयोगले चाँडो र प्रभावकारी कार्यसम्पादन गर्न सक्छ त्यसैले जिल्लास्तरीय समितिहरूलाई पर्याप्त स्रोतसाधन दिएर बढीभन्दा बढी क्रियाशील गराउँछौं जिल्लाका यी समिति भनेका हाम्रा वटा हात हुन् स्थानीय प्राविधिक समितिहरूलाई सरकारले पर्याप्त स्रोतसाधन दिनेमा तपाईं कत्तिको विश्वस्त हुनुहुन्छ  आफ्नो कामका लागि सरकारले कन्ज्युस्याइँ गर्ला भन्ने मलाई लाग्दैन चाहिने बजेट सरकारले दिन्छ अर्थ मन्त्रालयसँग पनि कुरा भइसकेको छ आयोगको टीओर हेर्दा स्थानीय सरकारको संख्या घटाउनुपर्नेछ वर्गकिलोमिटरभन्दा बढी क्षेत्रफलका गाविसको संख्या दुई दर्जनजति रहेछ महाभारत पर्वत शृंखलामा पनि देखि वर्ग किलोमिटरका गाविस धेरै रहेछन् कसरी गाभ्नुहुन्छ स्थानीय सरकारलाई संविधानले जति अधिकार र कर्तव्य दिएको छ त्यसलाई बहन गर्न सक्ने दीर्घकालीन स्थानीय संरचना बनाउनुपर्छ यसले निश्चित जनसंख्या र भूगोलको माग गर्छ सरकारले हामीलाई दिएको मापदण्डमै नगरपालिकाको संख्या बढाउने र गाउँपालिकाको संख्या घटाउने भन्ने छ यो सरकारको चाहना हो अर्को अहिले गाविस हुँदा नागरिकले पाइरहेको सेवा–सुविधा गाउँपालिका बनेपछि गुमाउनु हुन्न भन्ने मुख्य लक्ष्य हो सकेसम्म गाविसभन्दा गाउँपालिकामा सेवा–सुविधा बढी हुनुपर्छ नभए अहिले पाइरहेको सेव–सुविधामा कमी आउन हुँदैन स्वायत्त शासन ऐनले जति अधिकार दिएको छ गाउँपालिकामा जाँदा त्यो घट्न हुँदैन भन्ने मान्यता छ गाउँपालिका बनेर सेवा–सुविधा खोसियो भने स्थानीय निकाय पुनःसंरचनाको कुनै औचित्य रहन्न त्यही भएर सबै ठाउँमा गाभ्ने मात्रै भन्दा पनि कतिपय ठाउँमा भिन्न व्यवस्थाअन्र्तगत हेरिनुपर्छ अहिले गाविसबाट पाइरहेको सेवा गाउँपालिकाको वडाबाट पाउनुपर्छ भनिएको छ अब हाम्रो ध्यान गाउँपालिका र नगरपालिका मात्रै होइन वडासम्मै पुगेको छ ठूला गाविसलाई कसरी गाभ्ने त ठूला गाविस कसरी गाभ्ने भन्ने कुरा छ हामीलाई जिल्लाको सीमा चलाउने अधिकार छैन यो संविधानले नै किटान गरेको व्यवस्था हो हाम्रो भूगोल र जनघनत्वमा विविधता छ समथर भूभाग र पर्वतीय क्षेत्रमा जनघनत्वको चरित्र नै फरक छ सहर र गाउँको त भन्नै परेन तराई पहाड र हिमालमा पनि आ–आफ्नै खाले विविधता छ जस्तो खाले भौगोलिक र जनघनत्व भए पनि नागरिकलाई सरकारले दिने सेवा–सुविधा सहज र सरल बनाउने हो यसो भन्दै गर्दा दिगो खालको संरचना गठन पनि गर्नुपर्नेछ अहिले कतिपय गाविस भौगोलिक रूपमा धेरै ठूला देखिन्छन् तर पछिल्लो समय विकास भएको सडक सञ्चारमाध्यमका कारण पहुँच सरल भइसकेको छ यस्तै हुनुपर्छ भन्ने मापदण्ड त बनिसकेको छैन आयोग अध्ययनकै क्रममा छ हामी यस्तो स्थानीय संरचना गठनको सिफारिस गर्ने तयारीमा छौं सरकारले सस्तोमा सेवा दिन सकियोस् र नागरिकले सहज ढंगले त्यो सेवा प्राप्त गर्न सकियोस् हिमाली क्षेत्रमा पर्वतारोहणको रोयल्टी चरिचरनको खर्कका लागि सीमा विवाद छ मान्छे जान नसकिने उच्च पहाडी र हिमाली भेगमा सीमांकन कसरी गर्नुहुन्छ हामीले परिचालन गर्ने भनेको जिल्लास्तरीय प्राविधिक समिति हो स–शरीर उपस्थित भएर हिमाली क्षेत्रको सीमांकन गर्न असोज–कात्तिकपछि सम्भव छैन आयोगको समयावधि चैतसम्म मात्रै हो हाम्रो कार्ययोजना पनि स्थलगत अध्ययनलाई चाँडै सक्ने गरी बनाएका छौं जटिलता पक्कै छ कतिपय ठाउँमा जान पनि सकिँदैन त्यस्ता ठाउँमा नक्सा तथ्यांक हेरेर तथा प्रविधिको प्रयोग गरेर सीमांकन गर्छौं तर जहाँ पहिलादेखि नै विवाद छ त्यस्ता ठाउँमा चाहिँ स्थलगत अध्ययन गर्नुपर्छ केही दशकयता हिमाल र पहाडमा जनसंख्या घट्दै र तराईमा बढ्दो छ यस्तो अवस्थामा समग्र स्थानीय निकाय पुनःसंरचनाका मापदण्ड के–के हुन् मापदण्डहरू आइसकेका छन् तर ‘बेन्चमार्किङ’ गर्ने कुरामा भने टुंगोमा पुगेका छैनौं बसाइसराइले भविष्यमा पार्ने प्रभावबारे आज पनि हामीले छलफल गरिरहेका थियौं तपार्इँले भन्नुभए जसरी सहरी क्षेत्र र समथर भूभागमा बसाइँ सर्ने परिपाटी बढ्दै गएको छ यसले गर्दा आज उपयुक्त देखिएका स्थानीय निकाय भोलि अनुपयुक्त हुन पनि सक्छन् आज अनुपयुक्त देखिएका भोलि उपयुक्त देखिन पनि सक्छन् विगतमा अटाई–नअटाई विद्यार्थी भएको स्कुलमा आज आए विद्यार्थीभन्दा शिक्षक धेरै भए दुई दशकअघिसम्म प्रावि नभएका ठाउँमा अहिले प्लस टुको भवन ठडिइसकेको छ बसाइसराइका कारण आउने उतारचढावले स्थानीय निकायको पुनःसंरचना प्रक्रियालाई मात्रै होइन समग्र विकास प्रक्रियालाई नै जटिल बनाएको छ तर जटिल भन्दैमा पन्छिन मिल्दैन आजको मात्रै हेरेर पुग्दैन भोलिको अवस्थालाई पनि ख्याल गरेर पुनःसंरचना गरिनुपर्छ पुनःसंरचना मात्रै होइन विकास प्रक्रियामै सरकारले परिवर्तन गर्न आवश्यक छ होइन भने स्थानीय निकाय मात्रै समायनुकूल पुनःसंरचना गरेर हुँदैन विकास प्रक्रिया शासकीय पद्धति स्थानीय सेवा प्रवाहको शैलीलाई समायनुकूल परिवर्तन गर्नुपर्छ बसाइसराइका कारण आएको उतारचढावप्रति आयोग पनि गम्भीर छ यसलाई पनि ध्यान दिएर पुनःसंरचना गर्न सरकारलाई सिफारिस दिन्छौं स्थानीय निकाय वा राज्यको पुनःसंरचना निरन्तर गर्नुपर्दो रहेछ समायनुकूल पुनःसंरचनाका लागि यस्ता आयोगलाई दीर्घकालसम्म राख्नुपर्छ जस्तो लाग्दैन स्थानीय निकायको पुनःसंरचना भनेको ‘स्ट्याटिक’ होइन ‘डाइनामिक’ नै हो स्थानीय निकाय भनेको भूगोल मात्रै होइन जनसंख्या पनि हो भूगोल मात्रै छ जनसंख्या छैन भने स्थानीय निकाय मान्न सकिन्न जनसंख्या स्थिर रहँदैन भने पछि त्यसको सान्दर्भिकता पनि स्थिर रहँदैन त्यसैले निश्चित समयमा पुनरावलोकन गरिनुपर्छ जहाँसम्म आयोगको निरन्तरताको कुरा छ आयोग नै चाहिन्छ भन्ने मलाई लाग्दैन प्रान्तीय सरकारले आवश्यक महसुस गरे कार्यदल बनाएर यो कामको निरन्तरता दिन सक्छ बाह्य मुलुकसँग सीमा जोडिएका लिम्पियाधुरा सुस्ता कालापानीजस्ता कतिपय ठाउँमा मित्र राष्ट्रसँग ‘तेरो÷मेरो’ अवस्था छ ती क्षेत्र नेपालको कुनै गाविस वा नगरपालिकामा पर्छन् यस्ता ठाउँको पुनःसंरचना कसरी हुन्छ अहिले भएका वडा र गाविस नफुटाई सम्मिलन गराउने भनिएको छ कतिपय विवाद सम्मिलनबाट टुंगिन सक्लान् कतिपय नटुंगिन पनि सक्छन् यस्ता विवादलाई अन्य तरिकाबाट पनि मिलाउलान् जहाँसम्म अन्तरराष्ट्रिय सीमा विवादको कुरा छ विवादित ठाउँहरू कुनै नगरपालिका वा गाविसमा पर्नु स्वाभाविक हो तर अन्तरराष्ट्रिय सीमा विवाद सुल्झाउने वा के गर्ने भन्ने चाहिँ आयोगको क्षेत्राधिकारमा पर्दैन अन्य देशसँगको सीमा विवाद सुल्झाउने काम सरकारको अन्य निकायले गर्छ बरु त्यस्ता निकायसँग पुनःसंरचना प्रक्रियामा आवश्यकताअनुसार सल्लाह लिने वा समन्वय पनि गर्न सकिन्छ कुनै समय उत्तरी भेग खम्पा विद्रोहको चपेटामा प¥यो ÷ पछि दक्षिणी भाग भूमिगत समूहबाट प्रभावित बन्यो स्थानीय निकायको पुनःसंरचना गर्दा बाह्य चुनौतीलाई कत्तिको ख्याल गर्नुहुन्छ आयोगले आन्तरिक व्यवस्था अनुकूल कुनै काम गर्दैन नेपालले तय गरेका आफ्नो सामरिक महत्वका विषयलाई अनुकूल हुने गरी नै स्थानीय एकाइ बनाउन सिफारिस दिन्छौं सीमा क्षेत्रको स्थानीय निकायले पनि हाम्रो बाह्य सुरक्षालाई प्रभाव राख्नेछ हामी पनि चाहन्छौं कि नेपालका स्थानीय निकाय सामरिक महत्व र बाह्य सुरक्षाका दृष्टिले मुलुकका लागि सहयोगीसिद्ध होस् त्यसैले आयोगले कस्ता स्थानीय एकाइ बनाउँदा आन्तरिक तथा बाह्य सुरक्षामा सहयोग पुग्छ भनेर सरोकारवाला निकायसँग छलफल गर्छौं इलामको लारुम्बा (माङ्सेबुङ) ललितपुरको खोकना र मुस्ताङको लोमान्थाङजस्ता धार्मिक तथा सांस्कृतिक पहिचान बोकेका ठाउँलाई पुनःसंरचना प्रक्रियाले कसरी समेट्छ गाविसहरू गाभ्दा यस्ता ठाउँहरूको पहिचान संकटमा पर्ने त होइन यस्तै क्षेत्रहरूलाई संरक्षण गर्ने भनेर आयोगलाई विशेष संरक्षित र स्वायत्त क्षेत्र पनि तोक्ने अधिकार दिइएको छ महत्वपूर्ण धार्मिक सांस्कृतिक क्षेत्र कुनै गाविस वा नगरपालिकामा त अवश्य नै पर्छन् विशेष खाले धार्मिक तथा सांस्कृतिक चरित्रका यस्ता ठाउँलाई आवश्यकताअनुसार विशेष व्यवस्था गर्न आयोगले सिफारिस गर्नेेछ विशेष स्वायत्त र संरक्षित क्षेत्र जे भने पनि लोकल युनिटभन्दा बाहिरचाहिँ हुँदैन हामीले दिएको सिफारिस संघीय कानुन बनेपछि लागू हुन्छ स्वायत्त विशेष र संरक्षित क्षेत्र तोक्ने विषय त अल्पसंख्यक जातिसँग मात्रै सम्बन्धित छ नि होइन र हामीलाई दिएको टीओरमा यति जाति वा धर्म भनेर तोक्ने भनिएको छैन आवश्यकताअनुसार तोक्न सक्नेछ यसो भन्दै गर्दा अहिलेको संविधानले जति म्यान्डेट दिएको छ त्योभन्दा बाहिर गएर काम गर्न सकिँदैन स्वायत्त विशेष र संरक्षित क्षेत्रको चरित्र उस्तै देखिन्छ यिनीहरूबीच फरकचाहिँ के छ
1,512
बोधराज सुवेदीमहुली असोज ईलाका प्रहरी कार्यालय महुलीमा बिहीबार आयोजित एक सर्वदलीय सर्वपक्षिय भेलाले अबदेखि छाडा पशु चौपायाको कारणले भएको सडक दुर्घटनाको क्षतिपूर्ति सम्बन्धित चौपाया धनीले ब्यहोर्नु पर्ने निर्णय गरेको छ ईलाका प्रहरी कार्यालय महुलीका नयाँ ईञ्चार्ज प्रहरी नायव निरीक्षक रमेश वनले आयोजना गरेको शान्ति सुरक्षा लगायत समसामयिक विषयको अन्तरक्रियात्मक कार्यक्रममा उक्त निर्णय गरिएको हो कार्यक्रममा सहभागिहरुले चाडपर्वको समयमा सडकमा सवारीको चाप वढ्ने हुँदा महुलीमा एउटा ट्राफिक बिट राख्नु पर्ने माग गरे यसैगरी अवैध मादक पदार्थको उत्पादन एवं सेवन चोरी डकैती तथा झंैझगडा विद्युत चोरी काठ तस्करी जस्ता विकृतिहरुको नियन्त्रणकोलागि प्रहरीले सै घण्टा विशेष सेवा प्रदान गर्नु पर्नेमा उनीहरुले जोड दिए कार्यक्रममा बक्धुवा जण्डोल प्रसवनी र लोहोजरा गाविसका निवर्तमान अध्यक्ष र उपाध्यक्षहरु स्थानिय राजनैतिक दल तथा नागरिक समाज एवं विभिन्न संघसंस्थाका प्रतिनिधीहरु पत्रकार लगायत सर्वसाधारणको उपस्थिती रहेको थियो
127
कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले आधिकारिक निकायबाट माग भए न्यायालयभित्रका भ्रष्टाचारको प्रमाण दिने बताएका छन् बारले बिहीबार प्रधानन्यायाधीश रामकुमारप्रसाद शाहलाई पत्र पठाउँदै न्यायाधीशबारे संसद वा न्यायपरिषदले अदालतमा हुने भ्रष्टाचारबारे छानबिन गर्न समिति गठन गरी प्रमाण मागे आफूहरु दिन तयार भएको बताएको हो संविधान र कानूनद्वारा न्यायाधीशलाई पदमुक्त गर्ने अधिकार प्राप्त सर्वाधिकार निकायका व्यवस्थापिका संसद र न्याय परिषदबाट विश्वसनीय छानविन समिति गठन भई सो छानविन समितिबाट विवरण माग भएका अवस्थामा बारले पठाएको पत्रमा भनिएको कान्तिपुर दैनिकमा खबर छभ्रष्टाचारमा संलग्न न्यायाधीशहरुको छानविनको विधि प्रक्रिया र प्रमाण संकलन विधि र सोको ग्राह्यता समेतका सन्दर्भमा सहयोग गर्न नेपाल बार एशोसिएसन प्रतिबद्ध रहेको व्यहोरा पत्रमार्फत जानकारी गराएको हो
105
पुस काठमाडौं सत्तारूढ माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले वैशाख तेस्रो साता स्थानीय तहको निर्वाचन हुने बताएका छन् संशोधन प्रस्ताव पारित भएपनि नभएपनि मुलुक चुनावमा जाने नेता पुनको भनाइ छ आज राजधानीमा आयोजित अखिल क्रान्तिकारी सिटिइभिटी उपत्यका जिल्लाको सम्मेलनमा बोल्दै नेता पुनले भने ‘आउँदो पुस गते संविधान संविधान संशोधन विधेयक संसदमा टेबल हुन्छ त्यसपछि संसदीय प्रक्रिया अनुसार संशोधन प्रस्ताव पारित भएपनि नभएपनि मुलुक चुनावमा जान्छ ’‘संशोधन प्रस्ताव वारपार हुनसाथ चुनावको मिति घोषणा हुन्छ’ माओवादी केन्द्रका प्रभावशाली नेता पुनले भने’ संविधान कार्यान्वयनका लागि चुनाव निर्विकल्प बाटो हो ’सोही कार्यक्रममा फरक प्रसंगमा बोल्दै अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले वर्षे उमेरहद सहित आगामी फागुन गते स्ववियु निर्वाचन गर्ने त्रिवि सभाको निर्णयको स्वागत गरे
110
वैशाख काठमाडौं प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली संविधान कार्यान्वयन गर्न असफल भएको भन्दै सरकारको विकल्प खोज्नुपर्ने बताएका छन् उनीहरुले प्रधानमन्त्री ओलीमाथि संघीयता विरोधीको समेत आरोप लगाउँदै मधेशवादी दलहरुका मागलाई सम्बोधन गरेर संविधानको प्रभावकारी कार्यान्वयनका लागि सरकारको विकल्प खोज्नुपर्ने बताएका हुन् नेपाल ट्रेड युनियन कांग्रेसको आइतबारबाट भएको राष्ट्रिय सम्मेलनको उद्घाटनका क्रममा कांग्रेसका प्रभावशाली नेताहरुले ओली सरकारको आलोचना गरे पार्टी सभापति शेरबहादुर देउवाकासामू केन्द्रीय सदस्य विमलेन्द्र निधि र डा शेखर कोइरालाले संविधान कार्यान्वयन र मधेसको माग सम्वोधन गर्न सरकार उदासीन रहेको बताए सत्तारुढ एमालेको अरुची र नकारात्मक धारणाका कारण सीमांकनका विषयमा मधेशवादी दलहरुसँग सहमति हुन नसकेको नेताहरुले बताए नेता विमलेन्द्र निधिले भने ‘संविधान कार्यान्वयन गर्न र सीमांकन लगायतका मुद्दा सम्बोधन गर्न एमाले नेतृत्वको सरकार नै बाधक छ नेताद्वय निधि र डा कोइरालाले प्रधानमन्त्री ओली संघीयता विरोधी भएको बताए संघीयताविरोधी प्रधानमन्त्रीबाट संघीयतासहितको संविधान कार्यान्वयन हुन्छ भनेर आश गर्न नहुने दुबै नेताले बताएका छन् नेता कोइरालाले भने ‘संविधान कार्यान्वयन गर्न यो सरकार उदासीन छ भनेपनि हुन्छ मधेस र आदिवासीको समस्या समाधान होस् भनेर यो सरकार चाहँदैन ’ओलीले न्यायपालिकामा राजनीतिकरण गरेको र निर्णय प्रक्रियामा निरंकुश शासकको शैली अपनाएको नेताहरुको आरोप छ भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण गर्ने कालोबजारी नियन्त्रण गर्ने प्रशासनलाई चुस्त दुरुस्त पार्ने मामिलामा पनि सरकार पूरै असफल भएको दुबै नेताले बताएका छन् वैशाख गतेबाट व्यवस्थापिका संसद्को अधिवेशन सुरु हुन लागेको भन्दै दुबै नेताले कांग्रेसले सरकारको विकल्प खोज्नतिर ध्यान दिनुपर्ने बताए नेताद्वय निधि र डा कोइरालाले सरकारविरोधी अभिव्यक्ति दिएपनि काँग्रेस सभापति शेरबहादुर देउवाले भने यसबारेमा कुनै टिप्पणी गर्नुभएन उनले श्रमिकहरुमाथि वर्षौंदेखि शोषण हुँदै आएको भन्दै श्रमिकहरुले भोग्दै आएका समस्या समाधानका लागि पहल गर्न श्रम आयोग गठन गरिनुपर्ने बताएका छन्
258
सुनसरी असोज उदयपुर र सुनसरी जिल्लामा खोलामा डुबेर मङ्गलबार दुई जनाको मृत्यु भएको छ उदयपुरको त्रियुगा नगरपालिका– स्थित त्रियुगा खोलाले बगाएर मङ्गलबार मानसिक सन्तुलन गुमेका त्रियुगा नगरपालिका– बस्ने अन्दाजी वर्षिय मोहमद दुखी मियाँको मृत्यु भएको छ मङ्गलबार बिहान उक्त खोला तर्ने क्रममा मियाँलाई खोलाले बगाएको थियो घटनास्थलमा इलाका प्रहरी कार्यालय जलजलेबाट टोली खटाई घटनास्थल मुचुल्का सम्पन्न गरी घटनाबारे अनुसन्धान शुरु गरिएको जनाएको छ त्यसैगरी सुनसरी खोलामा मङ्गलबार बिहान सुनसरी राजगंज सिनुवारी– का वर्षिय लक्ष्मण उरावको शब फेला परेको छ मियाँ असोज– गते गौतमपुर– स्थित आफन्त रविलाल उरावको घरमा बिहानको खाना खाई आफ्नो घरतर्फ लागेका थिए साता दिनसम्म घर नपुगेपछि उरावका आफ्न्तले उनको खोजी गर्दै जाँदा मङ्गलबार बिहान खोलामा उनको शव फेला परेको जनाएको छ घटनास्थलमा इलाका प्रहरी कार्यालय हरिनगराबाट प्रहरी टोली खटाई घटनाबारे अनुसन्धान शुरु गरेको छ
127
रोहितराज पराजुलीसाहसिक खेलका रूपमा चिनिएको प्याराग्लाइडिङमा युवाका लागि धेरै अवसर र राम्रो आम्दानी रहेको छ सुरुमा विदेशीले ओगटेको प्याराग्लाइडिङ पाइलटको ठाउँ अहिले नेपालीले ओगटेका छन् स्वदेशी र विदेशी पर्यटकको आकर्षण रहेको पोखराको प्याराग्लाइडिङमा अहिले पनि पाइलटको कमी रहेको छ सन् मा नेपाल भित्रिएको प्याराग्लाइडिङमा करिब वर्षसम्म औँलामा गन्न सकिने मात्र नेपाली पाइलट थिए तर पछि नेपालीको संख्या बढदै गयो अहिले एक सय जना नेपाली पाइलटले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमतिसमेत पाएका छन् तर हाल पनि स्वदेशी जनशक्तिको अभाव रहेको छ जसका कारण विदेशी पाइलट नराखी नहुने कम्पनीहरूलाई बाध्यता छ करिब जनाको हाराहारीमा हाल विदेशी पाइलट पोखरामा रहेका छन् जसका कारण वार्षिक रूपमा करोडौँ रकम बिदेसिएको व्यवसायीहरू बताउँछन् अहिले पोखरामा प्याराग्लाइडिङ गराउने नेपाली पाइलटले मासिक एक लाखदेखि दुई लाख रुपैयाँसम्म कमाउने गरेका छन् नेपालमा उडान सुरु भएको करिब वर्षपछि नेपाली प्याराग्लाइडिङ पाइलटहरूले नेपालबाटै उडान अनुमतिका लागि गत भदौबाट अस्थायी लाइसेन्स पाएका छन् प्याराग्लाइडिङ उडानलाई व्यवस्थित गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले पहिलोपटकमा तीन महिलासहित एक सय तीनजना पाइलटलाई अस्थायी लाइसेन्स दिएको थियो पोखरामा दैनिक तीन सय सम्म उडाननेपाल हवाई खेलकुद संस्था (नाका)का उपाध्यक्ष शोभित बानियाँका अनुसार हाल वटा प्याराग्लाइडिङ कम्पनीले उडानका लागि अनुमति लिएको भए पनि करिब वटा मात्र सञ्चालनमा रहेका छन् ती संस्थाहरूसँग न्यूनतम चार र बढीमा वटासम्म प्याराग्लाइडर रहेका छन् पोखरामा प्याराग्लाइडिङको राम्रो अवसर रहेको छ भूकम्प र नाकाबन्दीले पर्यटन क्षेत्रमा आएको कमीका कारण अहिले केही मन्दीजस्तो देखिए पनि यो क्षेत्र बिस्तारै तंग्रिँदै आएको छ भूकम्पअघि पोखरामा एक दिनमा तीन सयदेखि तीन सय उडान हुने गर्थे तर हाल केही मन्दी आएको नाकाका उपाध्यक्ष बानियाँ बताउँछन् एकजना पाइलटले दिनमा बढीमा तीन उडान मात्र गर्न पाउँछन् उडाएबापत हाल नेपालीसँग तीन र विदेशीसँग चार हजार शुल्क लिइँदै आएको उनले बताए धेरै पर्यटक आएको समयमा पाइलट नहुँदा प्याराग्लाइडिङका लागि समस्या हुने  गरेको थियो यी ठाउँमा पाइन्छ प्याराग्लाइडिङ गर्नपोखराको सराङकोटलगायत तीन ठाउँ सुर्खेत पाल्पा काठमाडौं बन्दीपुर धरानलगायतका ठाउँमा प्याराग्लाइडिङका लागि अनुमति दिइएको छ पाइलट बन्न दुई वर्ष आठ लाख प्याराग्लाइडिङमा आधारभूत र एड्भान्स स्कुलमा आधारभूतदेखि एड्भान्स लेभलसम्मको पढाइ हुने र एकजना दक्ष पाइलट बन्न करिब दुई वर्ष लाग्ने र सो अवधिमा सामग्रीसँगै अन्य शुल्क गरी करिब आठ लाख खर्च हुने सुनुवारले बताए उनका अनुसार सुरुमा पाँच दिनको तीन चरणमा गरी दिनको आधारभूत ज्ञान दिइनेछ जसमा विभिन्न डाँडामा गएर प्रशिक्षार्थीलाई उडान गर्न सिकाइने र त्यसपछि उनीहरूलाई एड्भान्स कोर्सका रूपमा घन्टा उडान गर्न सिकाइने सुनुवारले बताए ती उडानमा दुर्घटनाबाट कसरी बच्ने प्याराग्लाइडिङसँगै भएको अर्को ग्लाइडर कसरी खोल्ने कस्ता स्थानमा उड्न हुने/नहुनेजस्ता कुरामा केन्द्रित रहेर सिकाइने उनले बताए त्यसपछि सफल भएकाहरूलाई कम्तीमा पनि दुई सयदेखि तीन सय घन्टाको एड्भान्स कोर्स सिकाइनेछ सो क्रममा उनीहरूले किमि क्रसकन्ट्रीसँगै किमि ट्रयांगल दूरी पार गर्नुपर्नेछ ती सबै उडान भर्दा सफल भएकाहरू मात्र व्यावसायिक पाइलट बन्ने र त्यसपछि मात्र उनीहरूले टेन्डम फ्लाइट (दुईजना उड्ने) गर्न पाउनेछन् अब आफ्नो काम भनेको दक्ष र सक्षम पाइलट उत्पादन गर्ने बताउँदै सुनुवारले हालसम्म प्रशिक्षणको भरमा पाइलट उत्पादन हुँदै आएको भए पनि अब आधिकारिक संस्थामा प्रशिक्षण लिएर मात्र पाइलट बन्न पाउने बताएस्याङ्जाको स्वरेक– मा प्रशिक्षणस्थल राखेर पाइलटलाई तालिम दिने र त्यसका लागि आवश्यक पूर्वाधार तयार भइसकेको छ सुनुवारका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणको निगरानीमा प्रशिक्षण सञ्चालन हुनेछ स्कुलमा उनीसहित केही विदेशी र स्वदेशी अनुभवी प्रशिक्षकले प्रशिक्षण दिनेछन् यस्ता व्यक्ति बन्न सक्छन्योगेश भट्टराईअध्यक्षनेपाल हवाई खेलकुद संस्था (नाका)शारीरिक रूपमा तन्दुरुस्त मेडिकल फिट साहसिक नडराउने  पर्यटकसँग राम्रो व्यवहार गर्नसक्ने मिजासिलो स्वभावका व्यक्ति  प्याराग्लाइडिङप्रति आकर्षण र रुचि भएका रिस्कसँग नडराउने आफ्नो ज्यान जोखिममा राखेर पनि रिस्क मोल्न सक्नेहरूका लागि यो क्षेत्र धेरै राम्रो छ हाल व्यावसायिक पाइलट बन्न नेपाल सरकारले दुईदेखि तीन सय घन्टा उडान गरे हुने नियम बनाएको भए पनि नेपाल हवाई खेलकुद संस्था (नाका)ले एक हजारदेखि एक हजार दुई सय घन्टा उडान गरेपछि मात्र टेन्डम पाइलटको रूपमा स्वीकृति दिने गरेको छ यसरी भित्रिएको थियो नेपालमा सन् मा बिरु बमजन र बेलायती नागरिक एडम हिलले प्याराग्लाइडिङ भित्र्याएका हुन् नेपालका बमजनले प्याराग्लाइडिङ पाइलटसमेत रहेका हिललाई साथ लिएर देशमा प्याराग्लाइडिङ उडान त सुरु गरे तर उडाउने मानिस थिएनन् बिस्तारै एडमले नै विदेशबाट विदेशी पाइलटल ल्याएर उडान भर्न सुरु गरे भित्र्याएको करिब – वर्षजति विदेशीले नै एकछत्र उडान भर्दै आए उडान गरेबापत हुने कमाइ देखेर बिस्तारै तिनै विदेशीसँग नेपालीले पनि विनाअनुमति प्याराग्लाइडिङ उडान गर्न सिके र पछि उडानसमेत भर्दै आए त्यसपछि तिनै बमजनका छोरा बिरु बमजन जो नेपालका पहिलो प्याराग्लाइडिङ पाइलट बने उनीसँगै अन्य नेपालीसमेत सो साहसिक खेलप्रति आकर्षित हुँदै गए र सिक्ने नेपाली पनि बढ्दै गए आकर्षण बढेसँगै खुल्यो स्कुलदिनप्रतिदिन बढ्दै गएको प्याराग्लाइडिङप्रतिको आकर्षणसँगै दक्ष र सक्षम पाइलट उत्पादन गर्न प्रशिक्षण स्कुलसमेत खुलेको छ स्याङ्जाको स्वरेकमा प्याराग्लाइडिङ प्रशिक्षण स्कुल सञ्चालनको अनुमति दिइएको हो स्वरेकमा प्याराग्लाइडिङको व्यावसायिक उडान गरिरहेको पोखरामा रहेको बाबु एड्भेन्चरलाई प्याराग्लाइडिङ स्कुल सञ्चालन गर्न सरकारले अनुमति दिएको हो नेपालमा आधिकारिक स्कुल नहुँदा पाइलटलाई प्रशिक्षणस्थलको अभाव थियो केही कम्पनीले आफूखुसी प्रशिक्षण दिएर विनाअनुमति अवैधानिक रूपमा पाइलट उत्पादन गर्दै आएका थिए स्कुल स्थापनासँगै हाल प्याराग्लाइडिङ सिक्दै आएकाहरूलाई समेत सहज भएको छ
759
काठमाडाैंबुधबार अपारन्ह ः बजे बुद्ध एयरको फ्लाइट नम्बर यु काे रूपमा एउटा जहाज भद्रपुरबाट काठमाडौंका लागि उड्यो दक्षिण एशियाली खेलकूद (साग) मा भारतलाई हराएर स्वदेश फर्किएको फुटबलको राष्ट्रिय टोली त्यही उडानबाट काठमाडौं आइरहेको थियो टोलीको स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सयौं शुभेच्छुक राष्ट्रिय झन्डा बोकेर तैनाथ थिए त्यही भिडमा रातो स्वेटर लगाएकी एक महिला ट्याक्सी पार्किङ क्षेत्रमा फुटबल टोलीलाई कुरिरहेकी थिइन्
63
सिरहा कार्तिक स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक डा सिके राउतले जनमत सङ्ग्रहको माध्यमबाट मात्रै मधेशको मुक्ति हुने दावी गरेका छन् सिरहाको सन्हैठा गाउँ विकास समितिमा सोमवार कवि राम विलास यादवद्वारा लिखित ’सु–मुधुर मनोवद्र्धक’ नामक कविता संग्रहको विमोचन गर्दै उनले यस्तो कुरा बताएका हुन् विसं सालसम्म मधेशीलाई नेपाल अर्थात काठमाडौं उपत्यका जान ’भिसा’ चाहिने प्रसङ्ग उल्लेख गर्दै इतिहासमा मधेश कहिले पनि नेपालको हिस्सा नरहेको प्रष्ट्याए अंग्रेजहरुको कारणले मात्रै नेपालीहरुको औपनिवेशिक शासन मधेशमाथि लादिएको बताउँदै डा राउतले भने ‘यो बाँडेर अलग हुने अंशबंडा पनि होइन यो त हाम्रो जमीनमा वर्षदेखि कब्जा जमाएर हामीमाथि उल्टै शासन गर्दै आएका नेपालीहरुसँग आफ्नो जमीन फिर्ता लिने कुरा मात्रै हो ’डा राउतले क्यान्सर रोगबाट पीडित कविको विषयमा नश्वर शरीरको नाश भए पनि कविता कहिले नमर्ने र कवि आफ्नो कृति मार्फत् अमर भएको विष्लेशन गरे मधेशको इतिहास संस्कृति चाडपर्व राजनैतिक तथा सामाजिक समस्याहरुलाई समेटेर कविताहरु लेखिनु सराहनीय पक्ष रहेको उनले बताए कार्यक्रममा विभिन्न क्षेत्रसँग सम्वन्धित जनसमुदायको उल्लेख्य उपस्थिति थियो
151
मंसिर काठमाडौं नेपाल टेलिकम र चाइना टेलिकम ग्लोवलबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थनीय केबुलमार्गबाट जोड्न नेपाललाई आइपी सर्भिस उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ सम्झौता पत्रमा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य र चाइना टेलिकम ग्लोबल लिमिटेड सीटीजी) का कार्यकारी उपाध्यक्ष ओउ यानले हङकङमा आयोजित एक कार्यक्रमकाबीच हस्ताक्षर गरे केही समयअघि मात्र नेपाल टेलिकम र चाइना टेलिकम ग्लोवल अप्टिकल फाइबरमार्फत जोडिएका थिए त्यसपछि हाल यो सम्झौता सम्पन्न भएको हो चीनसँग स्थल मार्ग हुँदै जोडिएकाले अब सो क्षेत्रबाट पनि अन्य देशका सेवा प्रदायकसँग जोडिन सहज हुनेछ भारत हुँदै प्रयोग गरिएको रुट बाहेक अन्तर्राष्ट्रिय कनेक्टिभिटी को लागि यो अर्को महत्वपूर्ण विकल्प हो अब चिनियाँ मार्गबाट पनि इन्टरनेट आवद्धता सम्भव भएको छ यसअघि भारतीय मार्गबाट मात्र सो सम्भव थियो नेपाल टेलिकम भैरहवा वीरगन्ज र विराटनगर नाकाबाट भारतका विभिन्न दूरसञ्चार सेवाप्रदायकसँग जोडिएकोमा अब चिनियाँ बाटोबाट समेत इन्टरनेटमा आवद्ध हुन सहज भएको छ सम्झौता गर्न आयोजित कार्यक्रममा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्यले नेपाल टेलिकमले यो थप रुटबाट लाभ लिन सक्ने विश्वास ब्यक्त गरे उनलेे चाइना टेलिकमले भरपर्दो सेवा उपलब्ध गराउने र सो रुटमार्फत नेपाललाई ट्रान्जिट हबको रुपमा स्थापित गर्न सकिने अपेक्षा गरे त्यस्तै सीटीजीका कार्यकारी उपाध्यक्ष ओउ यानले चाइना टेलिकमले हिमालय क्षेत्रमा आफ्नो रुट विस्तार कार्य गरिरहेको र यसबाट नेपालचीन रुटमा सेवा प्रदान गर्नुका साथै भारतबाट समेत ट्रान्जिट सेवा प्राप्त गर्न सहयोग पुग्ने बताए उनले नेपाल टेलिकमलाई अत्याधुनिक सुविधासहितको रुट प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरे
226
पुस काठमाडौं व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले खाना पकाउने ग्यासको आपूर्ति बढाउने सबै उपाय लगाउन आपूर्ति मन्त्रालय र सम्बद्ध निकायलाई निर्देशन दिएको छ समितिले अवरोध नरहेका नाकाबाट हुने आयात बढाउन थप ग्यास बुलेट भाडामा लिन तथा रक्सौलमा रोकिएका बुलेटलाई रिरुट गर्न निर्देशन दिएको हो जाडो महिनामा हजार मेटि्रक टन ग्याास खपत हुने गरेकामा अहिले मागको करिब प्रतिशत ग्याास मात्र आयात भइरहेको छ समितिको बिहीवार बसेको बैठकले आपूर्ति मन्त्रालयका सचिव विष्णुप्रसाद लम्साल वाणिज्य विभागका महानिर्देशक शम्भु कोइराला नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का ग्याास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरे लगायतसाग छलफल गरी ग्याासको आपूर्ति बढाउन निर्देशन दिएको हो बैठकमा नेपाल आयल निगमका कार्यकारी निर्देशक खड्काले साउन महिनामा हजार भदौमा हजार असोजमा हजार सय कात्तिक र मंसिरमा / हजार तथा पुस महिनामा हजार सय मेटि्रकटन ग्यास आयात भएको जानकारी दिए उनले जोगबनी सुनौली लगायतका नाकाबाट आपूर्ति बढाउनका लागि भारतीय आयल निगमलाई पत्राचार गरिसकेको बताए खड्काले रक्सौलमा रोकिएका बुलेटमध्ये वटा बुलेट रिरुट गरिसकेको र बााकि सय वटा बुलेट भने रि रुटको प्रक्रियामा रहेको बताए बैठकमा ग्याास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले रिरुट गरेर आयात गर्न धेरै समय लाग्ने र अहिलेको अभाव कम नहुने बताए
186
मोरङ असोज मोरङ र सुनसरीबाट शनिबार लागुऔषध सहित चाजनालाई पक्राउ गरेको छ मोरङको हातिमोडा– बाट प्रहरीले विराटनगरबाट सुनसरीको दुहवीतर्फ जाँदै गरेको कोच नम्बरको मारुती भ्यानमा मोरङ सुन्दरपुर– बस्ने गुणराज राई सोही ठाउँका सुमन प्रसाद फुयाल र भ्यान चालक इटहरी– बस्ने सहिद मियाँ समेतले भ्यानको सिटमुनी लुकाएर राखेको लागुऔषध कोरेक्स– बोतल नाईट्रोजन ट्याबलेट बरामद गरेको छ इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले बेलुका बजेतिर चेक जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय निमुवामा राखी थप अनुसन्धान भइरहेको छ त्यसैगरी सुनसरीको धरान– मा अस्थायी प्रहरी पोष्ट अमरहाटबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा धरान– बस्ने दिल कुमार राइ र सोही ठाउँका सागर भुजेललाई किलो लागुऔषध गाँजा सहित पक्राउ गरेको छ पक्राउ परेका दुवैजानलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको छ
128
एएफसी यू च्याम्पियनसिप छनोटमा नेपालले पहिलो खेल जोर्डनसँग खेल्ने भएको छ एसियन फुटबल महासंघले शुक्रबार एएफसी यू र यू छनोटको खेल तालिका सार्वजनिक गरेको छ यू को छनोट अन्तरगत समूह बीको खेलहरु सेप्टेम्बर देखि सम्म कीर्गिस्तानको विसकेक शहरमा हुनेछ जसमा नेपालले पहिलो खेल सेप्टेम्बर मा जोर्डनसँग हुनेछ सेप्टेम्बर मा घरेलु टोली किर्गिस्तानसँग खेल्नेछ भने अन्तिम खेल तारिखमा ओमानसँग हुनेछ यू छनोटमा देशले प्रतिस्पर्धा गर्नेछटन् समूह विजेता र दोस्रो स्थानमा रहेका चार उत्कृष्ट टीम अन्तिम चरणमा पुग्नेछन् आयोजक भारतले स्वतः अन्तिम चरणमा स्थान बनाउनेछ
83
नवौ संस्करणको आईपीएल अन्तर्गत चौथो खेलमा घरेलु टोलै रोयल च्यालेन्जर्स बैंगलौरले हैदराबादलाई रनले हराउँदै विजयी सुरूआत गरेको छटस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित ओभरको खेलमा विकेट गुमाउँदै रन बनायो उसका लागि डीविलियर्सले सर्वाधिक रन विराट कोहलीले रन शेन वाट्सर्न रन बनाए क्रिश गेल रन बनाएर आउट भएयस्तै सर्फराख खानले रन बनाए भने केदार जादब रनमा अभिजित रहेओपनर विराट कोहलीले तेस्रो नम्बरमा आएका डीविलियर्ससँग मिलेर रनको महत्वपूर्ण साझेदारी
68
मंसिर काठमाडौं भारतको पन्जाबस्थित नाभा जेलमा बन्दुकधारीको एक समूहले आक्रमण गरी पाँच कैदीलाई भगाएका छन् प्रहरीले जेलबाट भागेका आतंकवादी ठानेर हानेको गोली लागेर एक सर्बसाधारण युवतीको मृत्यु भएको छ आतंकवादीहरुको एक समूहले नाभा जेलमा आक्रमण गरेर खालिस्तान लिबरेशन फ्रन्टका हरमिन्दर सिंह मिटुसहित पाँच कैदीलाई भगाएको छ भागेका कैदी ठानेर प्रहरीले एउटा गाडीमा गोली चलाउँदा एक युवक र एक युवती घाइते भएका थिए घाइतेमध्येे युवतीको गोली लागेर मृत्यु भएको हो र उनी आर्केस्ट्रामा काम गर्दथिन् जाँच पड्ताल नगरीकन गोली प्रहार गरेको भनेर प्रहरीको आलोचना भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् प्रहरीका अनुसार प्रहरीको बर्दीमा आएका युवकहरुको एक समूहले जेलमा अन्धाधुन्द आक्रमण गरेको थियो जेलबाट भाग्नेहरुमा हरमिन्दर सिंह मिटु ग्यांगस्टार विकी गोंडर गुरप्रीत शेखों नीता देओल र विक्रमजीत छन् मिटुलाई पन्जाब प्रहरीले सन् मा नयाँदिल्लीस्थित इन्दिरागान्धी अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो उनीमाथि बिभिन्न दश घटनामा मुद्दा चलिरहेको थियो
136
काठमाडौ निर्वतनमा प्रधानमन्त्री एबं कांग्रेस सभापति सुशील कोइरालाले आजै प्रधानमन्त्री निवास बालुवाटार छाड्नुहुने भएको छ प्रधानमन्त्री हुनुअघि महाराजगञ्जस्थीत भाडाको घरमा बस्दै आउनु भएका कोइराला अव पनि अर्कैको घरमा जानु हुने छ काठमाडौमा आफ्नै निजि घर नभएकाले उहाँलाई अव वीपी पुत्र सशांक कोइरालाको निवास महारजगञ्ज सार्ने तयारी गरीएपनि सरसफाई नभएकाले केहिदीन भान्जाको घरमा बस्ने तयारी भईरहेको उहाँका सहयोगी प्रकाश अधिकारलिे जानकारी दिनुभयो कोईरालाले बिपी पुत्र सशांक कोईरालाको घरको सरसफाई आजै सकिए माहाराजगन्ज मै जाने र नभए बुद्धनगर स्थीत भन्जाको घरमा सर्ने तयारी गर्नुभएको अधिकारीले बताउनु भयो उहाँ माघ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि बालुवाटार सर्नु भएको थियो प्रधानमन्त्री निवासमा रहदा पनि उहांका खासै कुनै सामान नभएकाले सशांक कोईरालाको घरमा जादा पुर्ण तयारी गर्नुपर्ने भएकाले पनि उहां बुद्धनगर जान लाग्नु भएको हो यसैबिच नव निर्वाचित प्रधानमन्त्री केपी सर्मा ओलीले अर्को उचित ब्यावस्था नभएसम्म निवास नछाड्न कोईरालालाई आग्रह गर्नु भएको छ उहाले कोईरालालाई टेलीफोन गरी अर्को ब्यवस्था नभएसम्म बालुवाटारमै बस्न आग्रह गर्नुभएको हो तर कोईरालाले भने बालुवाटारले तपाईलाई स्वागत गररिहेकोले आफुले प्रधानमन्त्री निवास आजै छाड्ने निर्णय गरेको जवाफ दिनुभएको थियो निवर्तमान प्रधानमन्त्री कोईरालाले प्रधानमन्त्री निवास छाडेपछि नवनिर्वाचित प्रधानमन्त्री ओली बालुवाटार सर्नुहुने छ कोईराला यसअघि पनि बुद्धनगर बस्दै आउनु भएको थियो उहां बिरामी भएको समयमा कोही उपचारगर्ने नभएपछि उहा आफ्नै भान्जाको बुद्धनगर स्थीतको घरमा बस्न जानुभएको थियो
202
भिषा काफ्लेअध्ययन पूरा गर्नासाथ रोजगारीको सुनिश्चिततासँगै सम्मानजनक पेसाका लागि कृषिविज्ञान राम्रो अवसरका रूपमा विकास भएको छ नेपालमा आवश्यकताअनुसारको जनशक्ति पाउनै मुस्किल भएकाले पनि अध्ययन पूरा गरेसँगै रोजगारीको समेत सुनिश्चितता रहेको हो कृषि क्षेत्रमा नयाँ कुरा पत्ता लगाउन होस् या गहन अध्ययन त्यसको जिम्मेवारी कृषि वैज्ञानिकमै हुन्छ तर हालसम्म नेपालमा सरकारको आवश्यकताअनुसार कृषि वैज्ञानिक उपलब्ध हुन सकिरहेका छैनन् नेपाल कृषि अनुसन्धान परिषद् मातहतका विभिन्न अनुसन्धान केन्द्रमा सय वैज्ञानिकको दरबन्दी छ तर अहिले सय मात्र कार्यरत रहेका छन् यसले के देखाउँछ भने कृषि वैज्ञानिक भएर नेपालको कृषिको क्षेत्रमा केही गर्छु भन्नेहरूका लागि सरकारी क्षेत्रमा अझै बाटो सहज छ त्यसका साथै निजी क्षेत्रमा पनि यसको माग बढ्दै गएको छ नेपाललाई कृषिप्रधान देश भनिन्छ त्यसलाई आधुनिकीकरण गरी नयाँ प्रविधिको विकासका लागि पनि कृषि वैज्ञानकिहरूको ठूलो महत्त्व रहेको हुन्छ नयाँ कृषिमा प्रजातिको विकासदेखि लिएर नयाँ प्रविधि भित्र्याउने जिम्मेवारी कृषि वैज्ञानिकहरूकै रहेको हुन्छ तर यी सबै काम गर्नका लागि हाल नेपालमा रहेका वैज्ञानिकहरूको संख्या अपर्याप्त रहेको नेपाल कृषि अनुसन्धान परिषद्का योजना तथा समन्वय निर्देशक डा दीपक भण्डारी बताउँछन् ‘अझै केही वर्ष कृषि वैज्ञानकिहरूले रोजगारी पाउन कुनै प्रतिस्पर्धा नै गर्नुपर्ने अवस्था छैन’ उनी भन्छन् ‘यो क्षेत्रमा केही गरेर आफू र देशलाई विश्वमा चिनाउँछु भन्नेहरूका लागि राम्रो अवसर पनि हो ’सरकारले एमएसी एजी (कृषिविज्ञानमा स्नातकोत्तर) पास गरेर सेवा प्रवेश गरेकालाई कृषि वैज्ञानिकको रूपमा लिने गरेको छ बिएस्सी एजी गरेकाहरूलाई भने कृषि प्राविधिक अधिकृतको रूपमा लिने गरेको छ यी दुवै पदमा सरकारले तोकेअनुसारको कोटा पूरा हुन सकेको छैन नेपालमा मात्र नभई विदेशमा समेत कृषिविज्ञान पढ्नेहरूका लागि राम्रो अवसर छ विदेशमा राम्रो अवसर भएकै कारण अध्ययनका लागि विदेश गएकामध्ये कमै मात्र फर्किएर आउने गरेका छन् कसरी पढ्नेएमएस्सी एजी पढ्न तीनवटा मार्ग रहेका छन् पहिलो बिएस्सी एजीको अध्ययनपछि आफ्नै खर्चमा सीधै एमएस्सी एजी अध्ययन गर्न पाइन्छ दोस्रो भनेको सरकारी कोटामा बिएस्सी पढेर कम्तीमा तीन वर्ष सरकारी सेवा गरेपछि तलबी बिदामा नै एमएसी एजीका लागि प्रतिस्पर्धा गर्न सकिन्छ तेस्रो विकल्पको रूपमा नेपाल सरकार वा अन्य देशको छात्रवृत्तिमा पनि विदेश गएर एमएस्सी एजी पढ्न पाइन्छ कहाँ पढ्नेकृषि वैज्ञानिक अध्ययन (एमएस्सी एजी) नेपालमा रामपुर चितवनमा रहेको कृषि तथा वन विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयले काठमाडौंबाट प्रत्येक वर्ष जनाभन्दा बढी वैज्ञानिक उत्पादनभइरहेका छन् ती विश्वविद्यालमा बालीविज्ञान बागवानी बालीरोगविज्ञान कीटविज्ञान जैविक प्रविधि कृषि इन्जिनियरिङ पशुविज्ञान मत्स्यविज्ञानजस्ता विषय लिएर पढ्न पाइन्छ कृषि पढ्नेहरुले यसो गरौँ डा दीपक भण्डारी कृषि वैज्ञानिककृषि पेसामा आउनेले यो आर्थिक उपार्जन गर्ने पेसा होइन भन्ने सोचाइले पढ्नुपर्छ तर अध्ययनपछि बेरोजगार बस्नुपर्दैनअनुसन्धान गर्ने रहर तथा नयाँ काम गरौँ भन्ने भावना हुनुपर्छनयाँ कुराको खोजी गर्ने चाहना भएको हुनुपर्छपेसाप्रति लगाव भएको व्यक्ति आउनुपर्छपढाइमा अन्य प्राविधिक विषयलाई जति नै ध्यान दिनुपर्छपढाइ सकेर काम सुरु भएपछि मात्र वैज्ञानिक हुने हो त्यसैले मिहिनेत बढी गर्नुपर्छकर्मचारी मानसिकताभन्दा माथि सोच राख्नुपर्छकृषि वैज्ञानिक बन्न लाग्ने खर्चसरकारी कोटा र छात्रवृत्तिमा पढ्नेहरूका लागि खान–बस्न प्रतिमहिना देखि हजारसम्म लाग्छनिजी रूपमा पढ्दा लाखसम्म खर्च हुन्छ पढ्न लाग्ने समय दुई वर्षकहाँ छन् अवसर नेपालमा कृषि अनुसन्धान परिषद्अन्तर्गत वटा केन्द्र रहेका छन् सबै ठाउँमा कृषि वैज्ञानिकको दरबन्दी छ तर कहीँ पनि दरबन्दी पूरा भएको छैन नयाँ कुरा पत्ता लगाए चाँडै विश्वमा चिनिने अवसर हुन्छविदेशमा पढ्न जानेका लागि राम्रो अवसर हुन्छछिमेकी देश भारत पाकिस्तान र बंगलादेशमा अन्य कर्मचारीको भन्दा तीन गुणा बढी सेवासुविधा छसबैभन्दा राम्रो अवसर अमेरिका अस्ट्रेलिया र युरोपियन देशमा छ
502
निजी विद्यालयले गरेको शुल्क वृद्धि फिर्ता लिन माग गर्दै आन्दोलनमा उत्रिएका नवलपरासीका विद्यार्थी संगठनले शुक्रबारदेखि नवलपरासीका सम्पूर्ण निजी विद्यालय अनिश्चितकालका लागि बन्द आह्वान गरेका छन् नवलपरासीको निजी विद्यालयले देखि प्रतिशतसम्म शुल्क वृद्धि गरेको भन्दै नवलपरासीका विद्यार्थी संगठनले चरणबद्ध आन्दोलन शुरु गरेका हुन आन्दोलनको क्रममा आजदेखि निजी विद्यालय बन्द गरिएको र कसैले बन्दको अवज्ञा गरे कडा संघर्षमा उत्रिने जनाइएको छ
59
राजविराज चैत नेपाली कांग्रेसका युवा नेता चन्द्र केसीले मधेशको सम्वेदनशीलतालाई नेताहरुले अब पनि उपेक्षा गरे मधेश नेपालभित्र नरहन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् मधेशमा जारी अधिकारप्राप्तिको आन्दोलनलाई नजिकबाट नियाल्दैआएका केसीले सोमवार राजविराजमा पत्रकार सम्मेलन आयोजना गर्दै यस्तो चिन्ता व्यक्त गरेका हुन् मधेशको भावनालाई नेताहरुले बेवास्ता गर्दैआएका कारण विद्रोह एवम् विखण्डनका आवाजहरु सङ्गठित एवम् मजबुत हुँदै गएको बताउँदै उनले भने ‘मधेशको समस्या र सम्वेदनशीलतालाई नेताहरुले अब पनि उपेक्षा गरे मधेश नेपालभित्र नरहन सक्छ यसकालागि नेतृत्व पक्ष अविलम्व जिम्मेवार हुनुपर्दछ मधेशलाई अलग देश बनाउने संकल्पका साथ अभियानमा रहेका स्वतन्त्र मधेश गठबन्धनका केन्दीय संयोजक डा सीके राउतप्रति मधेशका युवाहरुको आकर्षण अत्यधिक बढेको युवा नेता केसीले बताए ‘डा सीके राउतका – लाख फोलोवर छन् उनको विचारलाई समर्थन गर्ने अधिकांश युवाहरु देखि वर्ष उमेर समूहका युवाहरु अत्यधिक छन् नेतृत्वहरुप्रति प्रश्न गर्दै उनले भने ‘देशको अस्तित्व संकटमा फँस्दै गईरहेको छ तर नेतृत्ववर्ग निदाएर बसेको छ कसरी निद्रा आएको होला मधेशको पीडालाई मधेशबाट प्रतिनीधित्व गर्ने प्रतिनीधिहरुले समेत गम्भीरतापूर्वक नलिएको गुनासो गर्दै मधेशको असन्तुष्टिलाई सम्वोधन सम्वोधन नगरेसम्म देशको हित नहुने उनले दावी गरे नेपाली कांग्रेस खोटाङ्ग क्षेत्र नम्वर– का प्रतिनीधि समेत रहेका युवा नेता केसी भने ‘म विपी कोइरालाको विचार र सिद्धान्तबाट प्रेरित भएर कांग्रेसमा लागेको हुँ तर पार्टीका नेताहरुले ती विचार र सिद्धान्तलाई समेत बेवास्ता गर्दैआएको छ यो पाराले कांग्रेस पार्टीको हित कदापि हुनेछैन ’देश र मधेशको सवालमा नेपाली कांग्रेस बढी जिम्मेवार देखिनुपर्नेमा गैरजिम्मेवार रुपमा प्रस्तुत भईरहेको उनले टिप्पणी गरे ‘कांग्रेसका नेताहरु आ–आफ्नै ढङ्गले काम गरिरहेका छन् जनताप्रति जिम्मेवार छैन कोही खाडी मुलुकमा ऊँटमा चढेर यात्रा गरिरहेका छन् भने कोही सम्वेदना विहिन भएर बसेका छन् ’वर्तमान अवस्थामा नेपाली कांग्रेसमा रहेका युवा नेतृत्व गम्भीर भई मधेशको पीडालाई बुझ्न गम्भीर हुनुपर्नेमा उनले जोड दिए सप्तरीको मलेठमा भएको मर्मस्पर्शी घटनालाई सम्झेर अझैं पनि आफू दुखी रहेको बताउँदै यस्तो अवस्थामा पनि नेपाली कांग्रेसका अध्यक्ष शेरवहादुर देउवालगायत कुनै पनि नेता हेर्नसम्म नआएको भन्दै पार्टीप्रति उनले असन्तुष्टि व्यक्त गरे ‘मधेशभित्रको विभेद असमानता गरिवी शोषण अशिक्षा बेरोजगारीलगायतका समस्याहरुलाई अब पनि उपेक्षा गरिरहे यसको परिणाम अकल्पनीय हुने शंकेत गरिहेको छ यस्तो अवस्थामा मधेशलाई काठमाण्डौसँग जोड्न नेपाली कांग्रेस अविलम्व मधेशको झुपडीमा आएर मधेशलाई स्पर्ष गर्न र नेतृत्वदायी भूमिका निर्वाह गर्न निर्वाह गर्न आग्रह गर्दछु ’भिडियो हेर्नुहोस्
341
बलिउडमा अहिले आफ्नो आधिपत्य जमाईरहेकी नायिका दीपिका पादुकोण एक पछि अर्को फिल्ममा नयाँ नयाँ रुपमा देखा परिरहेकी छिन् संजय भन्सालीको फिल्म & रामलिला& मा काम गरेर तारिफ कमाएकी दीपिका भंसालीकै अर्को फिल्म बाजीराव मस्तानी मा अभिनय गर्नको लागि तयार भएकी छिन् यस फिल्ममा दीपिकाले किलो वजनको कपडा लगाउने भएकी छिन् वजनदार कपडाको साथमा दीपिकाले एक्शन सीनको पनि जलवा देखाउने भएकी छिन् उनले युद्ध मैदानमा तरवारबाजी समेत गर्ने भएकी छिन् जसको लागि उनले तालिम पनि लिईसकेकी छिन् फिल्म बाजीराव मस्तानीमा दीपिका रणवीर सिंह र प्रियंका चोपडाको अभिनयलाई देखाईनेछ फिल्म आगामी डिसेम्बर मा रिलिज हुने बताइएको छ
95
असोज काठमाडौं लोकसेवा आयोगमा सरकारी सेवातर्फको आवेदन दिनेको सङ्ख्या माग गरेको भन्दा कैयौं गुणा दरखास्त दिनेको सङ्ख्या बढ्ने गरेको पाइएको छ आयोगले माग गरेको भन्दा सङ्ख्याको अनुपातमा धेरै नै आवेदन दिने गरेको आयोगकी सूचना अधिकारी गीता हुमागाईंले जानकारी दिइन् उनका अनुसार गतवर्ष माग गरिएका पाँच हजार माग गरिएकामा चार लाख हजार जनाले आवेदन फाराम भरेका थिए शाखा अधिकृतमा मा हजार नायब सुब्बामा मा एक लाख हजार खरिदारमा एक हजार दुईमा एक लाख हजार स्टाफ नर्स मा हजार अनमी दुई हजार मा हजार अहेब एक हजार मा पाँच हजार र सहायक महिला विकास निरीक्षक मा हजार जनाले दरखास्त फाराम भरेका थिए ‘सरकारी सेवातर्फ आकर्षण बढेकाले आयोगबाट खुलाइने पदमा आकर्षण बढेको छ सूचना अधिकारी गीता हुमागाईंले भनिन् जसलेगर्दा माग गरिएका सङ्ख्याभन्दा कैयौँ गुणा आवेदन दिने गरेका छन् ‘उनका अनुसार सालमा आयोगले विभिन्न पदमा तीन हजार को सङ्ख्यामा दरखास्त माग गरेकामा चार लाख हजार जनाले आवेदन दिएका थिए सरकारले यसरी आयोगमार्फत गरिने दरखास्तबाट वार्षिक करिब करोड राजस्व सङ्कलन गर्ने गरेको छ गतवर्षको आवेदनको सङ्ख्याबाट करिब रु करोड नौ लाख हजार राजस्व सङ्कलन हुने गरेको आयोगका लेखापाल सूर्यप्रसादशर्माले जानकारी गराए उनका अनुसार सरकारले आयोगबाट सहसचिव उपसचिव शाखाअधिकृत खरिदार सरह र बढुवा फारामबाट उक्त राजस्व सङ्कलन गर्नेगरेको छ गतवर्ष आयोगले शाखा अधिकृतदेखि खरिदारसम्म सात पदमा दरखास्त माग गर्दा सरकारले रु करोड लाख हजार रसहसचिव उपसचिव तथा बढुवा फारामबाट रु लाख पाँच हजार राजस्व सङ्कलन गरेको छ आयोगको तथ्याङ्कअनुसार सालमा आयोगबाट माग गरिएका दरखास्तबाट सरकारले करिब रु करोड लाख हजार राजस्वसङ्कलन गरेको थियो आयोगले सहसचिव एक हजार उपसचिव एक हजार शाखा अधिकृत एक हजार नायब सुब्बा खरिदार स्टाफ नर्स अनमी अहेब र सहायक महिला विकास निरीक्षक रुपैयाँ दरखास्त फाराम शुल्क तोकेको छ यसैगरी आयोगले दरखास्त गर्दा सङ्कलन गरिएको राजस्वभन्दा करिब दुईगुणा बढी खर्च परीक्षामा लाग्ने गरेको छ उनका अनुसारपरीक्षा सञ्चालनमा करिब रु करोड लाख हजार खर्च हुने गरेको छ जबकि दरखास्त आवेदनबाट रु करोड नौ लाख हजार मात्र सङ्कलन हुने गरेको छ विज्ञापन प्रश्नपत्र निर्माण प्रश्नपत्र परिमार्जन उत्तरपुस्तिका शैक्षिक सामग्री परीक्षा सञ्चालन कोडिङ उत्तरपुस्तिकापरीक्षणलगायतमा खर्च हुने गरेको छ शर्माले विभिन्न पदको विज्ञापन गर्दा मात्र तीन करोड खर्च लाग्ने गरेको बताए रासस
335
पाँचपटककी टेबलटेनिस महिला एकल च्याम्पियन नविता श्रेष्ठले राष्ट्रिय शारीरिक अपाङ्ग टेबलटेनिस संघलाई खेल सामाग्री प्रदान गरेकी छन् उनले शनिबार संघमा आबद्ध पारा टेबलटेनिस खेलाडीका लागि म्याच बल दर्जन मल्टी बल दर्जन टिसर्ट थान नेट थान रबर र रबर प्रोटेक्टर – थान साइड टेप थान जुत्ता जोर ¥याकेट कभर थान र ब्याग थान प्रदान गरेकी हुन् करिब लाख हजार मूल्य बराबरको सामाग्री उनले संघका अध्यक्ष दीपक केसीलाई हस्तान्तरण गरिन् नविताले विभिन्न कार्यक्रममा पाएको
72
गोपाल किरातीमाओवादी नेता प्रचण्डलाई संविधानसभाबाट संविधान जारी गर्नु थियो एमाले नेता खड्ग ओलीलाई सिंहदरबारमा प्रधानमन्त्रीको फोटो झुन्डयाउनु थियो कांग्रेस नेता सुशील कोइरालालाई बेइज्यतीपूर्वक सत्ता बहिर्गमनबाट बच्नु थियो यही पृष्ठभूमिमा संविधानसभाबाट सापेक्षित सहमतिको संविधान जारी भयो र खड्ग ओली बहुमतीय सरकारको प्रधानमन्त्री बने परन्तु प्रधानमन्त्री बन्नुअघि आकाशको तारा खसाउँछु भन्ने केपी ओली सरकारको नेतृत्वमा पुगेको तीन महिना हुँदासम्म वरको सिन्को पर सार्न नसक्ने असक्षम प्रमाणित भएका छन् सञ्चारकर्मीहरुको टिप्पणीमा रोमको राजा निरोलाई पनि ओलीले माथ गरेका छन् नेपाली राजनीतिलाई डेढ दशकअघिको विहारीकरण गरेका छन् यो ओलीको नालायकीपनको द्योतकबाहेक अरु हुन सक्दैन सैद्धान्तिक प्रश्नराजनीतिक स्थिरता पूर्वाधार विकास तथा शान्ति सुरक्षाको दिगो व्यवस्थापन एवं नयाँ राष्ट्रिय एकीकरण सम्पन्न गर्न माओवादीले जननिर्वाचित कार्यकारी शासकीय स्वरुपको जोड्दार पहल गरेको हो तर ओलीकै जिद्दीमा एमाले हुँदै कांग्रेसले जनविरोधी संसदीय शासकीयस्वरुप थोपर्‍यो जो नेपाली राजनीतिमा अभिषाप बन्यो संविधानको मस्यौदामाथि जनताको सुझाव संकलन क्रममा बहुसंख्यक नागरिकबाट कार्यकारी राष्ट्रपतीय प्रणालीको समर्थन भएको हो त्यसबेला यदि ओली नेतृत्वको एमालेले जनतालाई धोका नदिएको भए कार्यकारी राष्ट्रपति प्रणालीमा कांग्रेसलाई सहमत गराउन सम्भव हुन्थ्यो विडम्बना खड्ग ओली कांग्रेसको पाउमा मुन्टो जोत्न पुगे परिणाममा अस्थिरता अविकास तथा राष्ट्रिय अखण्डतामाथि नै प्रश्न उठ्ने गरी संसदीय नालायकीपनको तान्डव फेरि सामना गर्नु परेको छ खड्ग ओलीकै रोजाइ अनुसारको संसदीय प्रचलनमा सरकार बन्नासाथ ढाल्ने क्रम सुरु हुन्छ यद्यपि प्रतिपक्षको परिभाषा पनि समग्रमा गर्नुपर्छ माओवादीद्वारा सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरुसहितको पार्टी स्थायी समिति बैठकमा हामीले भनेका थियौं कि ‘मन्त्रीहरुले चित्त नदुखाउनु होला हामी सत्तापक्ष नभएर जनपक्ष भूमिकामा रहने छौं राम्रो काम गरे समर्थन र गलत काम गरे विरोध जारी राखिने छ ’ यसको पछाडि प्रथम संविधानसभाको बेला एकीकृत माओवादीले सहमतीय सरकारको बिशिष्ट प्रणाली वकालत गरेको थियो त्यसअनुसार प्रतिनिधिसभामा निश्चित प्रतिशत स्थान प्राप्त दलहरु अनिवार्य मन्त्रीमण्डलमा समावेश हुनुपर्ने तथा मन्त्रीमण्डलमा सहभागी जुनसुकै दलका मन्त्रीहरु मात्र सत्तापक्ष र मन्त्रीमण्डलमा सहभागी नरहेका जुनसुकै दलका सदस्यहरु प्रतिपक्ष रहने व्यवस्था अन्तर्निहित थियो संविधान बन्दा संसदीय प्रणाली थोपरिएको भए पनि एकजना माओवादी क्रान्तिकारीले आˆनो पार्टीको राष्ट्रिय हित एवं जनपक्षीय भावधारा प्रस्तुत गर्न सक्नुपर्छ हाम्रो प्रयत्न त्यही रहेको छ निश्चय नै एकीकृत माओवादी ओली गठबन्धनको सत्तापक्ष हो प्रमुख प्रतिपक्षमा नेपाली कांग्रेस छ संसदीय प्रचलनमा सरकार जोगाउन सत्तापक्षले कालकूट बिष पिइरहनुपर्ने प्रतिपक्षले सरकार ढाल्ने उद्योग चलाइरहनुपर्ने हुन्छ गठबन्धन सत्तामा एमाओवादीबाट निश्चित जाति बिशेष र क्षेत्र बिशेषलाई मात्र प्रतिनिधित्व गराएको अर्थात् थारु र दलितको भाग खोसिएको विरोधमा हामीले संघर्ष गर्‍यौं गृहमन्त्रीले छोरीनातिनी काण्ड घटाएर पार्टीलाई संकटमा धकेलेको विरुद्ध केन्द्रीय समितिमा संघर्ष गर्‍यौं पछिल्लो समय थरुवानमधेसलाई उत्तेजित पार्नेगरी इटहरीमा सामन्ती शैलीमा भाषण गर्ने भारतीय नाकाबन्दीले छियाछिया पारेको नेपाली जनताको घाउमा नुनचुक घस्दै मन्त्रालय फूटाएर राष्ट्रिय ढिकुटी लुट्ने ओली सरकारको संसदीय समर्थक हुन हाम्रो चेतनाले पटक्कै दिएन त्यसैले सय दिन पुग्नासाथ खड्ग ओलीको सरकार ढाल्नुपर्छ भनेर संचारजगतमा हामीले जे बोल्यौं जनभावनाको सही लाइन बोल्यौं भाषण पनि गर्न नसक्ने माओवादी मन्त्री ‘बोल्नेको पीठो बिक्ने’ नेपाली समाजको अनुभव हो विगतमा हामी मन्त्री हुँदा मन्त्रालयको बिशेषताअनुसार जनता र कार्यकर्तालाई राहत पुर्‍याउन नसके पनि देश र जनताको पक्षमा भाषण भने चर्कै गरेका थियौं ओली गठबन्धन सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री साथीहरु खड्ग ओलीको लाचार छायाँ मात्र बनिरहेको दृश्य पार्टी कार्यकर्ता र जनसमुदायले टुलुटुलु हेरेर बस्न विवश हुनुपर्दा देश र जनताको नाममा पार्टीले गरेको प्रतिवद्धता आफ्नै पैतालामा कुल्चेर बस्नुपरेको कठोर अनुभूति हुन्छ एकजना बिद्रोही यसर्थ मौन रहनु अपराध ठान्नुपर्छ मन्त्रीहरुको यही ताल हो भने आसन्न निर्वाचनमा राप्रपा नेपाल र संघीय समाजवादी फोरम पक्कै तेस्रो स्थानका निम्ति प्रतिस्पर्धा गर्ने छन् एमाओवादी चौथो या पाचौं स्थानतिर धकेलिनुपर्ने जोखिम बढ्दो छ यसको जवाफ उपप्रधानमन्त्री टोपबहादुरले दिनुपर्छमन्त्रीहरुको यही ताल हो भने आसन्न निर्वाचनमा राप्रपा नेपाल र संघीय समाजवादी फोरम पक्कै तेस्रो स्थानका निम्ति प्रतिस्पर्धा गर्ने छन् एमाओवादी चौथो या पाचौं स्थानतिर धकेलिनुपर्ने जोखिम बढ्दो छ त्यसको जिम्मा पार्टीले लिने कि मन्त्रीले प्रश्नको जवाफ उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले दिनुपर्छ अतः एमाओवादीले आफ्नो भागमा पारेको राज्यमन्त्री यो चरणमा किमार्थ पठाउनुहुँदैन दलित र थारुको प्रश्नमा अर्को चरणमा मन्त्री नै बनाउनुपर्छ राज्यमन्त्री होइन समग्र राष्ट्रियअन्तर्राष्ट्रिय परिस्थितिमा सकिन्छ भने खड्ग ओलीको मधुमास पूरा भएको दिन माओवादीले समर्थन फिर्ता लिनुपर्छ यो उपयुक्त नदेखिएमा समर्थन कायम राखेर आफ्नो पार्टीका मन्त्रीहरुलाई अनिवार्य फिर्ता गर्नुपर्छ अन्यथा एक नम्बरको पार्टी बनाउने अध्यक्ष प्रचण्डको दृढता नम्बर हराउने दुर्दशामा परिणत हुन्छ कि आजै बुद्धि पुर्‍याउन जरुरी छ प्रचण्ड नेतृत्को राष्ट्रिय सरकार ओली सरकारले कम्तिमा थारुमधेसी आन्दोलनको सम्मान गर्नुपथ्र्यो कालोबजारी रोक्नुपथ्र्यो महंगी घटाउने र अभाव हटाउने इमान्दार पहल गर्नुथ्र्यो यो सबै राष्ट्रिय जिम्मेदारीबाट च्यूत बनेर खोक्रो राष्ट्रवादको भाषणबाजी एवं मन्त्रालय विभाजन गरीगरी शेरबहादुर देउवालाई उछिन्ने कलंक थोपरेको हुँदा सचेत नागरिक किमार्थ मौन रहन सक्दैन यद्यपि ओली सरकार ढाल्ने हाम्रो आव्हानलाई छिमेकीको आकाशवाणीसँग तुलना गर्न खोज्ने धृष्टता एमाले पंक्तिबाट नभएको होइन एमाले नेतृत्व आकाशवाणीद्वारा सञ्चालित हुने गरेकैले हामीविरुद्ध त्यस्तो लान्छना थोपर्ने दुस्साहस भएको तथ्य यहाँ छुटाउन मिल्दैन प्रश्न रहृयो ओलीको विकल्प के पहिलो विकल्प हो एमाओवादीले समर्थन फिर्ता लिएर खरो प्रतिपक्षीय भूमिकामा जाने सरकार जेसुकै होस् दोस्रो विकल्प हो समर्थन कायम राखेर आफ्नो मन्त्री फिर्ता गर्ने पर्ख र हेरको स्थितिमा जाने तेस्रो विकल्प हो प्रचण्ड नेतृत्वमा कांग्रेस एमाले मधेसवादीलगायतको राष्ट्रिय सहमतिको सरकार बनाउने जसले थारुमधेसीलगायत आदिवासी जनजाति दलित मुस्लिमका नैसर्गिक मागहरु सम्बोधन गर्नेगरी संविधान संशोधन गर्नेछ र संघीय संविधान कार्यान्वयन गर्दै देशलाई स्वाधीन अर्थतन्त्र निर्माणको दिशामा अग्रसर तुल्याउनेछ त्यही राष्ट्रिय सहमतिको सरकारले छिमेकीसँग कुटनीतिक पहलद्वारा नाकाबन्दीको अन्त्य तथा अभावलाई सहज परिस्थितिमा ल्याउने छ जनयुद्ध र जनआन्दोलन एवं संविधानसभाबाट संविधान निर्माण हुँदै विनाशकारी भूकम्पले आहत नेपाली जनतालाई राहत दिलाउन र थारुमधेसी आन्दोलनलाई सम्मानित निकास उपलब्ध गराउन मुख्य नेतृत्व गरिरहेको अध्यक्ष प्रचण्डलाई यो पुरस्कार देश र जनताको अहितमा होला त सार्वजनिक वहस एवं यसतपर्फ आम सहमति वस्तसंगत आवश्यकता बनेको छ (किराती एमाओवादी नेता हुन् यो लेख उनको व्यक्तिगत विचार हो )
863
गतबर्ष मलेसियामा आयोजना भएको छैटौ नेफ्टा फिल्म अवार्ड मा एकसाथ भएका नायक सविन श्रेष्ठ र कलाकार नम्रता झा अहिले अलग बाटोमा छन् सविनले उक्त समयमा आफ्नो र नम्रताविच ब्रेकअप नभएको खुलाएका थिए तर उनले यो बताएको बर्ष मात्र भैरहेको समयमा उनले आफ्नी पूर्व प्रेमिकालाई नामै तोकेर आफ्नो बारेमा बोल्दै नहिड्न भनेका छन् सविनले आफ्नो फेसबुक मार्फत नम्रतालाई आफूहरुको ब्रेक अप भएको बर्ष भैसकेको अवस्थामा आफ्नो बारेमा नचाहिने कुरा नगर्न आग्रह गरेका छन् सभ्य शैलीमा स्टाटस लेख्दै सविनले नम्रताको बिषयमा आफूले कोहीसाग पनि केही कुरा नगरेको भन्दै आफ्नै मिहिनेतले यो स्थानमा पुगेको लेखेका छन् सविनले लेखेका छन् आज म जे छु म आफ्नो मिहेनतले गरेको छु त्यो सबै मैले गर्देको भनेर नचाहिने कुरा नगर्दा राम्रो भविष्यमा कसले कत्ती गरेको भन्ने कुरा स्पष्ट हुन्छ उनले नम्रतालाई आफ्नो जिवनमा कुनै किसिमको हस्तक्षेप नगर्न भन्दै आफ्नै जिवनको बारेमा सोच्न आग्रह गरेका छन् कुनै समय यूवती र प्रेमका कारण सर्वाधिक चर्चामा रहने नायक सविन श्रेष्ठ अहिले चलचित्रमा व्यस्त छन् उनको र नम्रता झाको बिहे गर्ने चर्चा भैरहदा ब्रेक अप भएको थियो
166
राजविराज माघ संघीय समाजवादी फोरम नेपालका सप्तरीको प्रथम जिल्ला अधिवेशन शनिवार (आज)देखि शुरु भएको भएको छ राजविराज स्थित राजरङ्गशालामा आयोजित भव्य समारोहका बीच फोरमको अधिवेशन पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेका छन् प्रस्तुत छ जिल्ला अधिवेशनका क्रममा खिंचिएका केही तस्विरहरुः( श्यामसुन्दर यादव/न्यूज टुडे)
44
नेपालगन्ज वैशाख : बाँके सीतापुर र उढरापुरका कृषकले लगाएको बर्सिम घाँसमा फौजी किराको प्रकोप बढेको छ घाँस खेती गरेरै आर्थिक आम्दानी गर्दै आएका जिल्लाका कृषक बर्सिम घाँसमा फौजी किराले हानी गर्न थालेपछि चिन्तामा परेका छन् सिजनअनुसार व्यावसायिक रूपमा घाँस खेती गरेका उढरापुर– बसन्तपुरका सिपाइलाल यादवले बर्सिम घाँस लगाउँदा फौजी किराको प्रकोपका कारण ठूलो हानी पुगेको बताए उनले दुई विगाह कठ्ठा जमिनमा बर्सिम घाँस लगाएका छन् फौजी किराको प्रकोपबाट प्रतिशतभन्दा बढी घाँसमा नोक्सानी पुगेको कृषक यादवको भनाइ छ उनले अझै हानी हुने क्रम जारी नै रहेको बताए अन्न बाली लगाउँदा फाइदा नहुने भएपछि सीतापुर– एल गाउँका राजु गोतामेले पनि व्यवसायिक घाँस खेती गर्दै आएका छन् घाँसमा पनि बर्सिममा रुचि राखेका गोतामेलाई बीउ उत्पादन हुने बेला फौजी किराले सताउन थालेपछि चिन्तित छन् गोतामेले फौजी किराले घाँस सखाप नै बनाउन थालेको र नियन्त्रण गर्न विषादी पनि नपाएको गुनासो गरे उता बसन्तपुरका राममिलन खटिकको पनि उस्तै अवस्था छ गत वर्ष कठ्ठा जमिनमा बर्सिम घाँस लगाएका खटिकले आम्दानी राम्रो भएपछि यो वर्ष बढाएर एक बिगाह कठ्ठासम्म पु¥याएका थिए तर बीउ उत्पादन गर्ने बेलामै विभिन्न किराले घाँसको बिऊनै खाएर सताएको उनले बताए आम्दानीको राम्रो स्रोत बन्दै गएको बर्सिम घाँसमा फौजी किराको प्रकोप बढ्दै जाँदा अधिकांश कृषक चिन्तामा छन् सम्वन्धित सराकारवालाले यसतर्फ ध्यान दिनुपर्ने कृषकहरूको भनाई छ जिल्ला कृषि विकास कार्यालयले भने यस बारेमा अनुसन्धान गरेर किरा मार्ने प्रयास गरिरहेको जनाएको छ कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेतले कृषि प्रावधिकलाई अनुसन्धानमा खटाइएको जनाए यसैगरी बाँके बनकटुवामा कृषकले लगाएको करेलामा पनि डाउनी रोगको प्रकोप देखिएको छ रोगले करेलाको पात सुकाउँदै लगेको हरियाली कृषक समूहका अध्यक्ष दिपक थारुले बताए पेडारीका प्रायः कृषकले करेला खेती गरेका छन् कृषक भागिराम थारुले गत वर्ष करेला बेचेरै मनग्य आम्दानी लिएका थिए तर डाउनी रोगका कारण यो वर्ष करेलाबाट दोब्बर कमाई गर्ने उनको योजना अधुरो हुने देखिएको छ कठ्ठा क्षेत्रफलमा करेला खेती गरेका थारुले करेलाको पात पहेंलो हुँदै सुक्दै गएको बताए फल लाग्दै गरेको बेला बोट सुक्ने जस्तो देखिँदै आएको उनको भनाई छ बनकटुवाकै लोहारी थारुले कठ्ठा क्षेत्रफलमा करेला लगाएका छन् “आम्दानी राम्रो हुन्छ भन्ने लागेरै व्यावसायिक रूपमै खेती गर्न लागेका बेला झनै प्रकोपले पो सतायो” उनले दुःखी हुँदै भने “लगानी धेरै लाग्छ उत्पादन दिने बेला विभिन्न रोगले सताउँछ ”पेडारीकै पटुवारी थारुलाई पनि करेलाको पात सुक्दा चिन्ताले सताएको छ टनेलमा करेला खेती गरेका पटुवारीले लगाएको लगानी पनि नउठ्ने चिन्ताले पिरोल्न थालेको बताए बर्सिम घाँसमा फौजी किरा र करेलामा डाउनी रोग लागेपछि किसान चिन्तित
377
महोत्तरी जिल्लालाई खुल्ला दिसामुक्त बनाऔँ’ नाराका साथ सदरमुकाम जलेश्वरमा सोमबार प्रथम मिनी म्याराथन सम्पन्न भएको छप्रथम मिनी म्याराथन दौड प्रतियोगिता महोत्तरी जलेश्वर आयोजक समितिको आयोजनामा सम्पन्न सो म्याराथनमा वर्ष माथिका जम्मा सय जना पुरुष र महिलाले सहभागिता जनाएको संयोजक रामआधार कापरले बताएसो म्याराथनका सहभागीले जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित प्रसिद्ध बाबा जलेश्वरनाथ मन्दिर अगाडिबाट म्याराथन सुरु गरी जिल्लाको मटिहानी गाविसस्थित प्रसिद्ध लक्ष्मीनारायण मठ पुगी त
64
एसएलसी पास भएका साधारणतर्फको विद्यार्थीको उच्च माविमा भर्ना प्रक्रिया शुरु भएको छ तर प्राविधिक एसएलसी दिएका तीन हजारभन्दा बढी विद्यार्थी कहाँ र के पढ्ने भन्ने अन्योलमा परेका छन् शिक्षा मन्त्रालयले प्राविधिक विषय पढेका विद्यार्थीले उच्च माध्यामिक शिक्षा परिषद अन्तर्गत कक्षा र पढ्न पाउने निर्णय गरेको छ तर कुनै संस्था र पाठ्यक्रमको टुंगो लगाएको छैन कतिवटा उच्च माविलाई प्राविधिक विषय पढाउन दिने भन्नेसमेत अहिलेसम्म टुंगो नभएको नयाँ पत्रिकामा खबर छ उच्च माध्यामिक शिक्षा परिषदकी प्रवक्ता हीरा आचार्यले अब पढ्ने शैक्षिक संस्था तथा पाठ्यक्रमको छिटो टुंगो लगाउन प्राविधिक एसएलसी दिएका विद्यार्थी र उनीहरुका अभिभावकले दबाब दिन थालेको बताइन् दिनदिर्न ग्रुप ग्रुपमा आएर विद्यार्थी र अभिभावकको दबाब दिइरहेका छन् यो विषयमा परिषदको निर्णयले हुँदैन शिक्षा मन्त्रालयको निर्णय हुनुपर्छ आचार्यले भनिन् मन्त्रालयले केही निर्णय गर्यो भन्ने हामीले पनि सुनेका छौं तर औपचारिक पत्र पाएका छैनौं विद्यार्थी र अभिभावक आत्तिएकाले फाष्ट्र ट्रयाकमा काम गर्नुपर्ने अवस्था छ उच्च शिक्षाका लागि विद्यार्थी भर्ना लिने समयमा पाठ्यक्रम बनाउने तयारी भइरहेको छ परिषद प्रवक्ता आचार्यले प्राविधिक विषयमा पाठ्यक्रमको खेस्रा तयार भएको बताइन्
163
दुनै असार – यार्सागुम्बा पछिको डोल्पाको चिनारी डोल्पाली स्याउ यस वर्ष तुलनात्मक रुपमा कम फल्यो कर्णालीमै स्वादिष्ट स्याउ फल्ने डोल्पाका बस्तीमा लगाइएका रुख कतिपय खाली देखिन्छन् फले पनि गत वर्षभन्दा पातलो फलेको स्याउ कृषकले बताए स्याउ उत्पादन भए पनि बजारको अभावमा घरमै थन्किने डोल्पाली स्याउ यस वर्ष उत्पादनमा गिरावट आउने कृषि विकास कार्यालय डोल्पाले जनाएको छ स्याउ फुल्ने समयमा खडेरीका साथै हावाहुरीले गर्दा केही झारेको केही फूल नै सुकेकाले स्याउ उत्पादनमा गिरावट आउने सङ्केत देखिएको कार्यालयले जनाएको छ गत वर्ष मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष मेट्रिक टनमात्र उत्पादन हुने अनुमान गरिएको छ अन्य बस्तीमा स्याउ कम फलेको अवस्थामा समसितोष्ण तरकारी उत्पादन केन्द्र जुफालमा भने स्याउ गत वर्षको तुलनामा राम्रो र धेरै फलेको प्रमुख दशरथ पाण्डेले बताए उचित व्यवस्थापनको कारण धेरै स्याउ फलेकोे उनले बताए यस वर्ष बोटमा स्याउ लटरम्म फलेको र यसबाट रु एक लाख हजारसम्म राजस्व सङ्कलन हुने अनुमान गरिएको उनले बताए डोल्पामा रेड डेलिसियस गोल्डेन चक्लेटी जातका स्याउ लगाइएको छ डोल्पाका सुँ जुफाल लिकु दुनै रह त्रिपुराकोट रिमी काइगँउलगायतका दर्जनौँ गाविसमा स्याउ उत्पादन हुने गर्दछन् डोल्पाली स्याउ नेपालगन्ज सुखेत जाजरकोट रुकुमलगायतका जिल्लामा निर्यात हुने गर्दछ डोल्पाका प्रमुख फलफूलको रुपमा स्याउ दाँते ओखर कागतीलगायतका फलफूल हुन यसको व्यावसायिक उत्पादनमा जोड दिए डोल्पालीको जीवनस्तर अझै उकालो लाग्ने कार्यालयको भनाइ छ रासस डोल्पामा स्याउ कम फल्यो
206
श्रवाण काठमाण्डौं राप्रपाको संसदीय दलको नेता तथा उपनेताको निर्वाचन आज दिउसो बजे दलको कार्यालय सिंहदरवारमा हुने भएको छ संविधान सभामा राप्रपाको प्रत्यक्ष र समानुपातिक गरी सभासद् छन् दलको कार्यालयद्वारा जारी विज्ञप्तीका अनुसार संसदीय दलको नेता तथा उपनेता निर्वाचन कार्यक्रममा उमेरद्वारको मनोनयन पत्र दर्ता विहान बजे उमेरद्वारको अन्तिम नामावली प्रकासन विहान ः बजे मतदान दिनको वजे प्रारम्भ हुने जानकारी गराइएको छ
60
बृजमान तामाङ/बिरेन्द्र बजार फागुन सप्तरीको घोघिदाहा स्थित जनचेतना माध्यमिक विद्यालय घोघिदाहा खेल मैदानमा बाउण्ड्री वाल निर्माण हुने भएको छ राज्यको उपेक्षाका कारण ओझेलमा परेको ऐतिहाासिक सप्तरीको जण्डोल स्थित भवानीपुरमा अवस्थित खेलमैदान निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रमको लाख बजेटबाट निर्माण हुने भएको हो खेल मैदानको बाउण्ड्रीवाल शुक्रबार निर्वाचन क्षेत्र नम्वर– का सांसद मानपुर चौधरी र स्थानीय बर्षिय बयोबृद्ध भजन चौधरी थारुले एक कार्यक्रमका बीच संयुक्त रुपमा शिलान्यास गरेका छन् कार्यक्रममा बोल्दै सांसद चौधरीले एक समय पूर्बाञ्चलमै पहिलोपल्ट राष्ट्रिय टिमहरुको सहभागी भएको खेल मैदानले अपेक्षा अनुसारको विकासको गति नलिनु दुखद कुरा भएको बताए पूर्वाञ्चलमै पायक पर्ने स्थानमा खेल मैदान भए पनि राज्यले उपेक्षा गरेका कारण विकासमा पछाडि परेको उनको भनाई थियो उनले खेल मैदानको बाण्ड्रीवाल निर्माण सम्पन्न नभएसम्म सहयोग गर्ने बताउँदै यसको स्तरोन्नतीकोलागि सबैले पहल गर्नुपर्नेमा जोड दिए कार्यक्रममा निवर्तमान क्षेत्रपाल परशुराम चौधरी गाविस जण्डौलका निवर्तमान उपाध्यक्ष नन्दीलाल चौधरी रनिङ्ग शिल्ड प्रतियोगिताका अध्यक्ष शम्भु प्रसाद चौधरी मावि भवानीपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोशन कुमार चौधरी स्थानिय बुद्धिजीवीहरु रामदेव चौधरी सत्यनारायण चौधरी मोतीलाल चौधरी लगायतको उपस्थिती रहेको थियो खेल मैदानमा सालदेखि राष्ट्रिय तथा पूर्वाञ्चलस्तरीय र स्थानिय खेलहरु बर्षदेखि निरन्तर रुपले सञ्चालन भइरहेको खेल प्रतियोगिताका अध्यक्ष चौधरीले जानकारी दिए बाउण्ड्रीवाल निर्माण कार्यकोलागि निर्वाचन क्षेत्र विकास पुर्वाधार कार्यक्रमबाट लाख सहयोग प्राप्त भएको तथा सो बजेटबाट मीटर वाल निर्माण गरिने खेल मैदान निर्माण कार्य घोघिदाहा जण्डौल उपभोक्ता समितिका अध्यक्ष महेश प्रसाद चौधरीले जानकारी दिए
218
प्रधानमन्त्री प्रचण्डसहितको टोलीलाई लिएर काठमाडौंबाट दाङ पुगेको हेलिकोप्टर तस्वीर: कुलदिप न्यौपाने मंसिर काठमाडौं गत मंगलबार साँझ प्रधानमन्त्री प्रचण्डको सचिवालयबाट फोन आयो सचिवालयका एक सदस्यले भने ‘विनोदजी हामी भोलि तपाईंको जिल्ला दाङ जाँदै छौं तपाईं पनि हिँड्नुस् ’‘कार्यक्रम के हो ’ मैले सोधें‘तपाईंकै गाउँमा जाने राप्ती पुलको शिलान्यास’ उनले जवाफ दिए राप्ती नदीमा पुल बन्ने कुराले मन खुसी भयो किनकि वर्षायाममा झण्डै एक किलोमिटर लामो नदीको भेलमा काठको डुंगाको सहायताले राप्ती नदी वारपार गर्नुपर्ने बाध्यता सिसहनिया र गोबरडिहा गाविसका जनतालाई छ दाङ देउखुरीको खेतीयोग्य जमिनमा सिचाईं सुविधामात्रै होइन बालुवा गिट्टी र ढुंगासमेत पुर्‍याएर किसानहरुलाई जीवन दिने राप्ती नदी कहिलेकाहीँ बैरी सावित हुन्थ्यो यही राप्ती नदीबाट हजारौं विघा जमिन कटान र डुबानको मारमा परेका छन् जनता कयौंको ज्यान गुमेको छ मैले प्रधानमन्त्रीसँगै दाङ जाने मानसिकता बनाएँ कार्यालयबाट विदा लिएर प्रधानमन्त्रीको सचिवालयले भनेअनुसार नै म बुधबार बिहानै आठ बजे एयरपोर्ट पुगे त्यहाँ सिचाइँमन्त्री दीपक गिरी पूर्वसामान्य प्रशासनमन्त्री रेखा शर्मा सांसद गंगा थारु प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मा लगायत तैनाथ थिए केहीबेरमा प्रधानमन्त्री प्रचण्ड आफ्नो सचिवालयका सदस्यसहित एयरपोर्ट आइपुगे प्रधानमन्त्री प्रचण्ड उनका अंगरक्षक सचिवालयका सदस्य मन्त्री र सांसदसहित जनाको टोलीलाई बोकेर नेपाली सेनाको सुपर पुमा हेलिकोप्टर बिहान बजे काठमाडौंबाट दाङको राप्ती नदीतर्फ उड्यो बंकरमा बम हान्ने पाइलटले प्रचण्डलाई उडाएप्रचण्डसँगको यात्रा यो मेरो दोस्रो अनुभव थियो माओवादी शान्ति प्रक्रियामा आएलगत्तै म प्रचण्डसँगै पोखरा गएको थिएँ त्यतिबेला माओवादीले देशका प्रमुख शहरहरुमा जनसभा आयोजना गरेको थियो पोखराको जनसभाका लागि काठमाडौंबाट सातवटा गाडीको लस्करसहित प्रचण्ड प्रस्थान गरेका थिए त्यहाँ काठमाडौंबाट मिडियाकर्मीहरु पनि गएका थिए प्रचण्डसँग हेलिकोप्टर यात्रा भने मेरो पहिलो अनुभव थियो भर्खरभर्खर शान्ति प्रक्रियामा आउँदा माओवादीहरु सुरक्षाकर्मी (विशेष गरी नेपाली सेना)लाई देखी सहँदैन थिए तर आजभोलि त्यही नेपाली सेना तत्कालीन माओवादी जनयुद्धको कमाण्डर प्रचण्डको सुरक्षामा तैनाथ छ रोल्पाका माओवादी लुक्ने बंकरमा बम हान्ने पाइलटले नै उडाएको हेलिकोप्टर चढेर प्रचण्डसहितको टोली दाङ जाँदै थियो दाङको राप्ती बगरबाट कैलालीतर्फ उड्न लागेको हेलिकोप्टर तस्वीर: कुलदिप न्यौपानेजनयुद्धकालमा माओवादी डेपुटी कमाण्डर पासाङ (हालका उपराष्ट्रपति नन्दबहादुर पुन)को घरभित्रै लुक्नका लागि बंकर बनाइएको थियो माओवादी शीर्ष नेता कार्यकर्ताहरु त्यही बंकरभित्र लुक्ने गर्थे बंकरको सुरुङ घरभन्दा बाहिरसम्म थियो माओवादीहरु त्यही सुरुङ हुँदै सुरक्षित स्थानमा भाग्थे एकपटक माओवादी अध्यक्ष प्रचण्डसहितको टोली पासाङको घरमा थियो नेपाली सेनाले अपरेशन गर्दैछ भन्ने गोप्य सूचना प्रचण्डसमक्ष आइपुग्यो त्यो सूचना पाएलगत्तै प्रचण्डसहितको टोली घरभित्रै बनाइएको बंकर र सुरुङभित्र छिरेर भाग्न सफल भयो त्यसको केही समयभित्रै नेपाली सेनाको हेलिकोप्टर पासाङको घरमाथि घुम्न थाल्यो बम र गोली बर्सिए त्यो हेलिकोप्टर उडाउने पाइलट तिनै थिए जसले मंगलबार प्रचण्डसहितको टोलीलाई भ्रमण गराउँदै थिए तिनै पाइलट उपराष्ट्रपति पासाङलाई लिएर रोल्पा पनि पुगिसकेका छन् रोल्पामा पासाङले आफ्नो घरमा बनाइएको बंकर पाइलटलाई अवलोकन गराइसकेका छन् प्रत्यक्षदर्शीका अनुसार त्यसबेला पासाङले ती पाइलटलाई भनेका थिए ‘तपाईंले माथिबाट बम हान्नुभयो हामी यसरी बंकरभित्र लुक्दै भागेका थियौं ’ उपराष्ट्रपति पासाङले आफूहरु भाग्दाको क्षण ब्याख्या गर्दै अभिनय नै गरेर देखाउँदा सहभागीहरुबीच हाँसोको फोहोरा छुटेको थियो गत वर्ष दाङमा ओर्लिएपछि विगतको ‘फ्ल्यासब्याक’हेलिकोप्टरको यात्राभर प्रधानमन्त्री प्रचण्डले दाङमा गर्ने सम्बोधनको खाका तयार हुँदै थियो विशेष गरी दाङ देउखुरीको अवस्था र राप्ती नदीमा पुल बनेपछि हुने फाइदाका बारेमा प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मा र प्रधानमन्त्री प्रचण्डका निजी सचिव झंकनाथ ढकालले हामीसँग पनि सुझाव लिए त्यसलाई पूर्वसामान्य प्रशासनमन्त्री एवम् सांसद रेखा शर्माले थप सम्वृद्ध पारिन् दाङ ओर्लिएपछि पाइलटले अनुभव सुनाए ‘आज अचम्मै भयो यति छिटो दाङ आइपुगिएला भन्ने सोचेकै थिएन अरुबेला को नटमा उड्ने हेलिकोप्टर आज त नटमा उड्यो ’ काठमाडौंबाट दाङ आउँदा हेलिकोप्टर यति धेरै छिटो उडेको आफ्नो पहिलो अनुभव भएको उनले बताए राप्तीको बगरमा प्रधानमन्त्री प्रचण्ड तस्वीर: दिनेश श्रेष्ठदाङ देउखुरीको राप्ती बगरमा हेलिकोप्टर ओर्लिंदा बिहानको बजेको थियो प्रधानमन्त्री प्रचण्ड भूमिगतकालमा ओहोरदोहोर गर्ने बाटो थियो त्यो राप्ती नदी तरेर माओवादी नेताकार्यकर्ताहरु महदेवा धैरेनी चिमचिमे हुँदै भारत प्रवेश गर्दथे मलाई विगतको एउटा घटना राम्रोसँग याद छ त्यो दिन रातिको करिब एक बजे मेरो घरको ढोका ढकढक गर्‍यो पुलिस छापा मार्न आयो कि भनेर हामी नसुनेझैं गरी चुपचाप सुतिरहेका थियौं फेरि आवाज आयो ‘माइला बा ’यो आवाज डायमण्डको थियो डायमण्ड बुवाका भान्दाइको छोरा थिए दाङका माओवादी नेता ढोका खोलेर हेर्दा घरको बरण्डामा एक हुल मान्छे थिए केही व्यक्तिहरु घरको वरिपरि छरिएर बसेका थिए कसैले हातमा लठ्ठी लिएका कसैले बन्दुक भिरेका कसैले बडेमानका झोला बोकेका सञ्चो बिसन्चो सोधेपछि डायमण्ड दाइले पानी मागे मैले भान्सा कोठाको घैंटोबाट पानी सारेर एक अम्खोरा पानी दिएँ डायमण्ड दाइले त्यो पानी लगेर घरको पेटीमा बसिरहेका एकजना व्यक्तिलाई दिए उनले कलकल पानी पिएर अम्खोरा रित्ताए र आफ्नो छेउमा राखे अरु व्यक्तिहरु भने इनारमा गएर बाल्टीबाट पानी निकाल्दै पिउँदै गरिरहेका थिए एक अम्खोरा पानी एकै सासमा रित्याउने व्यक्तिको अनुहार अँध्यारोमा ठम्याउन सकिएन उनीहरु सबै एकछिन बसेर हाम्रो घरको दक्षिणतर्फको जंगलतिर लागे केही दिनपछि डायमण्ड दाइ फेरि हाम्रो घरमा आइपुगे उनले भनेपछि पो थाहा भयो अम्खोरामा पानी पिउने तिनै व्यक्ति रहेछन्प्रचण्ड उनी त्यसबेला रोल्पाबाट दाङ झरेका रहेछन् र सिसहनियामहदेवाको बाटो हुँदै राप्ती नदी तरेर भारत प्रवेश गरेछन् विकासका लागि प्रधानमन्त्री आउँदा बन्द घोषणा गर्दा  एमाले विकास विरोधी कित्तामा उभिएको भनेर सत्ता पक्षीय दलले प्रचार गर्ने मौका पाएर मंगलबार बिहान त्यही पैदल हिँड्ने बाटोमा सिसहनियाबाट महदेवा जोड्ने पुलको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड सहभागी भएका हुन् एमालेले प्रचण्डलाई रोक्न खोज्दाप्रचण्ड राप्ती नदीको पुल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्न दाङ जाने कुरा पहिले नै सार्वजनिक भइसकेको थियो त्यो थाहा पाएलगत्तै एमालेले दाङ जिल्ला बन्द घोषणा गर्‍यो एमालेको उद्देश्य प्रचण्डको कार्यक्रम असफल पार्ने थियो तर जिल्ला बन्द घोषणा एमालेका लागि आत्मघाती भइदियो किनकि दाङको विकासका लागि प्रधानमन्त्री आउँदा बन्द घोषणा गर्दा  एमाले विकास विरोधी कित्तामा उभिएको भनेर सत्ता पक्षीय दलले प्रचार गर्ने मौका पाए हुन पनि बन्दले प्रचण्डलाई कुनै असर गरेन असर गर्‍यो त केबल दंगाली सर्वसाधारण जनतालाई शान्ति क्षेत्र घोषित विद्यालयको अर्धवार्षिक परीक्षासमेत बन्दका कारण पुस महिनासम्मका लागि स्थगित गरिएको रहेछ जबकि परीक्षा तालिका सितिमिति फेरबदल हुने गर्दैन प्रचण्ड सिधै काठमाडौंबाट राप्ती नदीको बगरमा ओर्लिएका थिए निर्माणाधीन सय मिटर लामो पुल शिलान्यास गरी पत्रकार भेटघाट गरेर बगर क्षेत्रमा बनाइएका जस्ताका टहरामा खाना खाए उनले दाङ बन्द भन्ने सुइँको समेत पाएका थिएनन् खाना खाने क्रममा प्रचण्डले आयोजक समितिका पदाधिकारीलाई जनसभामा उपस्थिति कम देखेको प्रसंग निकाले आयोजक समितिका एक सदस्यले एमालेले दाङ जिल्ला बन्द गरेकाले उपस्थिति कम भएको जानकारी गराए यो सुनेपछि प्रचण्डले आश्चर्य मानेजस्तो गरेर ‘हो र ’ भने राप्ती पुल शिलान्यास पछि आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड तस्वीर: दिनेश श्रेष्ठबन्दकर्तालाई समाउँदा आफ्नै कार्यकर्ता परेपछि…प्रधानमन्त्री प्रचण्ड राप्ती नदीको बगरबाटै हेलिकोप्टर चढेर सुदूरपश्चिमको यात्रामा निस्किए अबको गन्तव्य कैलालीको धनगढी थियो धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना गरिएको थियो र त्यसको उदघाटन प्रधानमन्त्री प्रचण्डले गर्ने कार्यक्रम थियो तर सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको विरोधमा एमाले जनमोर्चा लगायतका विपक्षी दलहरुले कैलाली जिल्ला बन्द गराएका थिए बजार यातायात ठप्प थिए दाङमा बन्दको सुइँको समेत नपाएका प्रधानमन्त्री प्रचण्डले धनगढी बजारमा भने कालो झण्डाको सामना गर्नुपर्‍यो यद्यपि सुरक्षाकर्मीहरुले कडा सुरक्षा घेरामा राखेर प्रचण्डलाई महोत्सव उदघाटनस्थल सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा पुर्‍याए प्रचण्ड धनगढी ओर्लिनुअघि नै प्रहरीले बन्दकर्ताहरुलाई ठाउँठाउँबाट पक्राउ गरेको थियो बन्दकर्तालाई पक्राउ गर्ने क्रममा एकजना माओवादी केन्द्र निकटकै पत्रकारसमेत परेछन् प्रधानमन्त्रीसहितको टोली कञ्चनपुरको चाँदनी दोधारा पुगेर पुनः धनगढीमा बास बस्न आएका बेला माओवादीकै कार्यकर्ता समातिएको जानकारी प्रधानमन्त्रीको सचिवालयले पायो प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यको पहलमा ती पत्रकारसहित सबै आन्दोलनकारीहरुलाई प्रहरीले सोही दिन बेलुका रिहा गर्‍यो चाँदनीदोधारामा पुग्ने पहिलो बहालवाला प्रधानमन्त्रीधनगढीबाट प्रधानमन्त्री प्रचण्डसहितको टोली नेपालको पश्चिम सीमाना कञ्चनपुरको चाँदनी दोधारा पुग्यो चाँदनी दोधारा पुग्ने प्रचण्ड नेपालको पहिलो बहालवाला प्रधानमन्त्री परेछन् यसअघि कुनै पनि बहालवाला प्रधानमन्त्री त्यहाँ नपुगेको स्थानीयले बताए पिछडिएको क्षेत्रमा पुगेर प्रधानमन्त्री प्रचण्डले स्थानीय जनताको मन जित्ने प्रयास गरे ‘यसअघि कोही पनि बहालवाला प्रधानमन्त्री यहाँ आउनु भएको थिएन हजुरलाई स्वागत गर्न पाउँदा खुसी लागेको छ’ प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले प्रधानमन्त्री प्रचण्डलाई कञ्जभोज नजिकैको एक नदी किनारमा बनाइएको हेलिप्याडमा स्वागत गर्दै भने नदीको बगरबाट करिब एक किलोमिटर टाढा गाडीको यात्रामार्फत् प्रधानमन्त्री प्रचण्ड सचिव टंकमणि शर्मासहितको टोली सुक्खा बन्दरगाह निर्माणस्थल अवलोकन गर्न कञ्जभोज पुगेको थियो साथमा माओवादी केन्द्रका नेता एवम् सात नम्बर प्रदेश इञ्चार्ज लेखराज भट्टसमेत थिए प्रजिअ खनाल माओवादी नेता भट्ट र दोधाराका माओवादी केन्द्रका नेता मानबहादुर सुनारले प्रधानमन्त्री प्रचण्डलाई सुख्खा बन्दरगाह निर्माणबारे जानकारी गराएका थिए सुक्खा बन्दरगाह निर्माणस्थल अवलोकन गर्दै प्रधानमन्त्री प्रचण्ड तस्वीर: दिनेश श्रेष्ठसो क्षेत्र भारतीय सीमा बजार खटिमाबाट करिब किलोमिटर वर पर्दोरहेछ भारतीय सीमा क्षेत्रमा रेलमार्ग छ र त्यससँग जोडिने गरी सुख्खा बन्दरगाह निर्माण गर्ने योजना बनाइएको छ कञ्जभोजमा सुख्खा बन्दरगाह निर्माण भएमा यो एसियन मार्गको लिंक रोड बन्ने र नम्बर प्रदेश सबैभन्दा धनी हुने पूर्वमन्त्रीसमेत रहेका माओवादी नेता भट्टले सुनाए सुख्खा बन्दरगाह निर्माणस्थलमा बिगाहभन्दा धेरै जग्गा रहेको बताइयो माओवादी नेता लेखराज भट्ट वाणिज्य तथा आपूर्तिमन्त्री रहँदा दोधारा चाँदनीको कञ्जभोजमा सुक्खा बन्दरगाह निर्माणको प्रक्रिया अघि बढेको रहेछ केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेटमा पनि यसलाई अघि बढाउने भनिएको रहेछ त्यहाँको स्थलगत अवलोकनपछि प्रधानमन्त्रीले भने ‘विकास निर्माणलाई तिव्रता दिनकै लागि म क्रियाशील छु त्यसैका लागि म यहाँसम्म आएको हुँ सबैभन्दा पहिले यहाँ रेलमार्ग ल्याउनुपर्‍यो ’सुख्खा बन्दरगाह निर्माणस्थलको अवलोकन गरिसकेपछि राष्ट्रिय निमाविको प्राङ्गणमा आयोजित जनसभालाई प्रधानमन्त्रीले संक्षिप्त सम्बोधन गरे करिब तीन मिनेटमात्रै भाषण गरेका उनले भने ‘नेपालको यति महत्वपूर्ण भूगोललाई नेपालसँग राम्रोसँग जोड्न राज्यले अहिलेसम्म किन ध्यान दिएन होला बडो चिन्ता लागिरहेको छ यस भूगोलमार्&#
1,399
मंसिर ताप्लेजुङ भारतीय सरकारले सय र हजार दरका भारतीय नोटमा बन्देज लगाएपछि पूर्वमा ठप्प बनेको अलैंचीको कारोबार पुनः सुरु भएको छ नेपाल अलैँची ब्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दीपक नेपालका अनुसार भारु पाँचसय र एक हजारको नोट सटही गरी भारतीय व्यापारीले रकम जोहो गरेकाले पुन अलैचीको कारोबार सुरु भएको हो नोटमा बन्देज लगाएपछि भारतीय व्यापारीले प्राविधिक कारण देखाउँदै अलैंची किन्न नआएपछि नेपालका व्यवसायीले सुचना निकालेरै कारोबार बन्द गरेका थिए   अहिले झापाको विर्तामोडमा प्रति मन हजार र ताप्लेजुङमा हजारमा अलैचीको कारोबार भइरहेको व्यवसायीहरुले बताएका छन् यसअघि अलैंची कारोबार ठप्प हुँदा सबै भन्दा धेरै अलैची उत्पादन हुने ताप्लेजुङसहित पाँचथर इलाम तेह्रथुम संखुवासभा लगायत पूर्वकाका  किसान मारमा परेका थिए अलैची कारोबार गर्ने समयमा भारतीय नोट प्रतिबन्ध भएपछि अलैची निर्यात प्रतिशतमा सीमित भएको थियो कृषिजन्य वस्तुमध्ये सबैभन्दा महँगोमा भारतीय बजारमा बिक्ने अलैंची हो नेपालमा वार्षिक करिब पाँच हजार मेट्रिक टन अलैंची उत्पादन हुने गरेको छ यसको प्रतिशत भारत निर्यात हुन्छ
145
कात्तिक मुगु मुगु जिल्लामा यस वर्ष स्याउको उत्पादन घट्ने भएको छ स्याउन राम्रो उत्पादन हुने ताल्चा विमानस्थल आसपालको क्षेत्रमा यस वर्ष स्याउन नफलेपछि उत्पादनमा ह्रास आउँने देखिएको हो स्याउ उत्पादन नभएपछि स्याखेतीमा भर पर्दै आएका किसान समस्यामा परेका छन् सडकसँगको पहुँच नजिक भएका किसानहरु केही वर्षदेखि अन्य वाली छाडेर स्याउ खेतीमा लागेका थिए तर यस वर्ष स्याउ उत्पादन नहुने भएकापछि उनीहरु मर्कामा परेका हुन् फूल राम्रो फुलेकाले यस बर्ष स्याउको उत्पादन बढ्ने सोचेका किसानहरु फल नलागेपछि निरास भएका हुन्   स्याउ भण्डारणका लागि निर्माण गरिएको सित गृह र प्याकिङका लागि मगाइएका कार्टुन अहिले रित्ता र काम विहिन छन् ताल्चाकी विष्णुमाया रोकायाले स्याउ उत्पादन घटे पछि अव के गरेर घर खर्च चलाउने भन्ने चिन्ताले सताएको बताइन् स्याउको बोटलाई  बर्षभरी कम्तिमा हजार घण्टा शून्य डिग्री भन्दा कम तापक्रममा रहनु पर्नेमा गत बर्षको खडेरीले चिस्यान नपुगेकै कारण स्याउ उत्पादन प्रतिशत घटेको जिल्ला कृषि विकास कार्यलय मुगुका वागवानी शाखाका तेज बिक्रम मल्लले बताए
148
नयाँ सङ्घका रुपमा आज राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा नेपाल फुटभली सङ्घ दर्ता भएको छब्राजिलमा मुख्य कार्यालय रहेको फुटभली सङ्घको अध्यक्षमा मनिष जोशी छन् सङ्घको उपाध्यक्षत्रयमा दामोदर अर्याल राजु विक्रम थापा र अम्बिका शर्मा लामिछाने छन् त्यसैगरी महासचिवमा दामोदर भट्टराई सचिवमा प्रेम पौडेल र कोषाध्यक्षमा रमेश नापित छन्सङ्घको सदस्यमा दीपकराज जोशी राजाराम बुढाथोकी कुमार बस्नेत माधवप्रसाद त्रिपाठी दीपककुमार केसी पूर्णिमा श्रेष्ठ लक्ष्मी कार्की हरिकृष्ण महर्जन र वासु कार्की छ
68
राजविराज कात्तिक भारतको बिहार राज्यमा हुन लागेको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै सिमामा सुरक्षा कडा पारेको छ पाँचौं चरणको निर्वाचन अन्तर्गत कात्तिक गते विहीवार हुन लागेको विहार विधानसभाको निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा अवस्था कडा पारेको हो चुनावलाई लक्षित गर्दै सप्तरी सुनसरी मोरङ्ग र सिरहा जिल्लासँग जोडिएका सिमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले सवारी साधन आवत–जावतमा रोक लगाएको छ मङ्गलवारदेखि नै सिमाक्षेत्रमा यातायात साधन आवतजावत गर्न विहीवारसम्मका लागि रोक लगाएको सुरक्षा स्रोतले जनाएको छ चुनाव हुने दिन विहीवार पैदल आवागमनमा समेत रोक लगाइने र सुरक्षा सतर्कता बढाइएको छ
84
राम नारायण पंडित सिरहा फाल्गुन सिरहा प्रहरीले अवैध सामानसहित दुई वटा भारतीय नम्बर प्लेटको पिकअप भ्यान नियन्त्रणमा लिएको छ पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहा चन्द्रअयोध्यानगर– स्थित राजमार्गबाट मङ्गलबार राति प्रहरीले अवैध सामानसहित दुई वटा भारतीय नम्बर प्लेटको पिकअप भ्यान र चालकलाई पक्राउ गरेको हो गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोेलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाको कमाण्डमा खटिएको प्रहरीको गस्ती टोलीले सवारी चेकजाँच गर्ने क्रममा मिलका इलेक्ट्रोनिकलगायतका अवैध सामान सहित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको बीआर बी नम्बरको महेन्द्र पिकअप भ्यान र बीआर जीए नम्बरको महेन्द्र पिकअप भ्यान र चालकलाई नियन्त्रणमा लिएका छन् सवारी चेकजाँचका क्रममा भ्यानमा मिलका इलेक्ट्रोनिक लगायतका सामानहरुको बिल फरक–फरक पाइएकाले दुवै भ्यानसहित भ्यान चालक भारत विहारको मधुबनी जयनगर ग्राम पञ्चायत– निवासी वर्षीय अजय यादव र भारत विहारकै मधुबनी उस्राही ग्राम पञ्चायत– निवासी वर्षिय अशोक यादवलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गोेलबजारका प्रहरी निरीक्षक निरौलाले जानकारी दिए उनीहरुलाई आवश्यक छानबिन गरी आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान पूर्वाञ्चल क्षेत्रीय कार्यालय ईटहरी पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ
156
राजविराज पुस महिला हिंसाको आरोपमा पक्राउ परेका सप्तरीको सप्तकोशी नगरपालिका कार्यालयका कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पोखरेल सार्वजनिक रुपमा माफी मागेपछि रिहा भएका छन् प्रहरीले आइतवार राति वडा नं स्थित फत्तेपुरमा लुकिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिई प्रहरीले पोखरेललाई रातभरी स्थानीय चौकीमा राखेको थियो आफनै कार्यालयकी महिला कर्मचारीलाई ब्ल्याकमेल गरी यौनजन्य कृयाकलाप गर्न खोजेको आरोपमा कुटपिट भएपछि आईतवारदेखि नै पोखरेल लुकेर हिँड्दैआएका थिए पीडित महिलाका आफन्तले खोजतलास गरी प्रहरीमा जानकारी गराएपछि उनलाई पक्राउ गरिएको थियो रातभर चौकीमा वसेका पोखरेलले सोमवार विहानै आफुवाट गल्ती भएको भन्दै सार्वजनिक रुपमा माफि मागेपनि चौकी घेरेर वसेका सर्वसाधारणले उनलाई कानुनी कारवाही र जागिरवाट वरखास्त गर्नुपर्ने माग गरेका थियो ईलाका प्रहरी कार्यालय कञ्चनपुर हुदै राजविराज ल्याईएका उनलाई जिल्ला प्रशासन कार्यालयमा हाजीर गराईएको थियो पीडित महिला उनका आफन्त स्थानीयवासी तथा सप्तरीका सम्पुर्ण सुरक्षा निकायका प्रमुख समेतको अगाडि आफुवाट गल्ति भएको भन्दै माफि मागेपछि पोखरेललाई छोडिएको छ उनले आफुबाट गल्ती भएको र आईन्दा यस्तो गल्ती गरे कानुनी कारवाही भोग्न तयार रहेको भन्दै पीडित महिलाका अगाडि हात जोडेर माफी मागेका छन् कार्यकारी अधिकृत पोखरेलले पीडित र उनका आफन्तसँग माफी माग्दा सिडिओ गौतम एलडिओ (स्थानीय विकास अधिकारी) सुदेवकुमार पोखरेल नेपाली सेनाको राजविराज स्थित कृष्ण दल गणका गणपति गजेन्द्र वोहोरा सप्तरी प्रहरीका एसपी दिवेश लोहनी सशस्त्र प्रहरी वल सिमा सुरक्षा कार्यालय राजविराजका एसपी जय वहादुर खड्का राष्ट्रिय अनुसन्धानका अनुसन्धान निर्देशक देवराज लिम्वु समेतको उपस्थिती थियो पीडित पक्ष र स्थानीयवासीले भने पोखरेललाई पुनः सोहि नगरपालिकामा नपठाउन सिडिओ गौतमलाई आग्रह गरेका छन् राज्यको जिम्मेवार अधिकृत भएर पनि पोखरेलले सामाजिक मर्यादा उलंघन गर्ने कार्य गरेकोले उनलाई हदैसम्मको कारवाही हुने पर्ने भन्दै स्थानीवासी र राजनितिक दलले गरेको निर्णयको पुस्तिका वुझ्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले जानकारी दिएका छन् प्रहरी चौकी घेराउ गरेका सप्तकोशी नगरपालिकावासी तस्विरः खगेन्द्र कार्की/फत्तेपुर
270
माओवादी केन्द्रका दिवंगत नेता भक्तिप्रसाद पाण्डेप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री प्रचण्ड तस्वीर: कविन अधिकारी/अनलाइनखबर कात्तिक काठमाडौं नेकपा माओवादी केन्द्रले मंगलबार पार्टीका दिवंगत नेता भक्तिप्रसाद पाण्डेको श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ माओवादी केन्द्रले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा परिसरमा पाण्डेको श्रद्धाञ्जली कार्यक्रम राखेको हो प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवंगत नेता भक्तिप्रसाद पाण्डेको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित पूर्वसभामुख एवम् एमाले संसदीय दलका उपनेता सुभास नेम्वाङ नयाँ शक्ति नेपालकी हिसिला यमी लगायतका नेताकार्यकर्ताहरुको सहभागीता छ क्यान्सर रोगबाट पीडित पाण्डेको सोमबार ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो उनी माओवादी केन्द्रका सांसद समेत हुन्
103
क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि क्लब विश्वकपको उपाधि रियल मड्रिडले जितेको छ आइतबार भएको फाइनलमा जापानी क्लब कासिम अन्टलर्सलाई – गोल अन्तरले हराउँदै रियल मड्रिडले उपाधि जितेको होरियललको जितमा क्रिष्टियानो रोनाल्डो नायक बने जापानको योकाहामास्थित निशान रंगशालामा भएको खेलमा रियलका कारिम बेन्जामले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए तर पहिलो हाफको अन्त्यतिर कासिम अन्टलर्सका सिबास्कीले गोल गर्दै खेल बराबरीमा ल्याए दोस्रो हाफको औं मिनेटमा पनि सिबास्कीले गोल गर्दै जाप
68
असार काठमाडौं सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरबाट गत पुस गते अवकास पाएका अधिकारीलाई बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले बोर्डको सीइओमा नियुक्त गरेको हो नयाँ सीइओ बन्ने दौडमा अहिलेका सीइओ राधेस पन्त र अधिकारीलगायत केही व्यक्तिहरु प्रतिस्पर्धामा थिए तर सरकारले एमाले निकट अधिकारीलाई लगानी बोर्ड सुम्पिएको हो बोर्डको सीइओको कार्यकाल चार वर्षको हुन्छ जसअनुसार सालसम्म अधिकारीले लगानी बोडीको सीइओ भएर काम गर्नेछन् अागामी अाइतबारदेखि अधिकारीले पदबहार ग्रहण गर्नेछन् राष्ट्र बैंकजस्तो प्राविधिक र स्वायत्त संस्थामा बसेर काम गर्दा सफल भएका अधिकारीका लागि लगानी बोर्डजस्तो राजनीतिक संस्थालाई हाँक्न सक्नु नै पहिलो चुनौति हो डा बाबुराम भट्टराई नेतृत्वको सरकारले सालमा राधेस पन्तलाई बोर्डको सीइओ नियुक्ती गरेको थियो उनको कार्यकाल सालमै सकिएको भएपनि सरकारले नयाँ सीइओ नियुक्त नभएसम्मका लागि पन्तलाई नै काम गर्न भनेको थियो लगानीबो बोर्डका निवर्तमान र नयाँ दुबै सीइओ बैंकिङ पृष्ठभूमि बोकेका व्यक्ति हुन् अधिकारीले पाँ वर्ष डेपुटी गभर्नर सहित गरेर वर्ष राष्ट्र बैंकमा काम गरेका छन् पन्त कुमारी बैंकका सीइओ थिए को हुन् अधिकारी वित्तीय क्षेत्रको नियामक नियका राष्ट्र बैंकमा वर्ष काम गरेका अधिकारी राष्ट्र बैंकको सेकेन्ड म्यान अर्थात डेपुटी गभर्नर भएर काम गरिसकेका छन् राष्ट बैंकको गभर्नरका लागि तत्कालीन अर्थमन्त्री डा रामशरण महतले अधिकारीलाई पनि सिफारिस गरेका थिए राष्ट्र बैंकमा रहँदा अधिकारीले सफलतापुर्वक आफ्नो जिम्मेवारी बहन गरेका थिए अधिकारीले सन् मा दि इन्डियन इन्टिच्यूट अफ चाटर्ड एकाउन्टेन्सिबाट चाटर्ड एकाउन्टेन्सीसम्मको अध्ययन पुरा गरिसकेका छन् अधिकारी वर्षअघि पूर्वीपहाडी जिल्ला खोटांङमा जन्मिएका हुन् यी हुन् अधिकारीका मुख्य चुनौतिराष्ट्र बैंकजस्तो प्राविधिक र स्वायत्त संस्थामा बसेर काम गर्दा सफल भएका अधिकारीका लागि लगानी बोर्डजस्तो राजनीतिक संस्थालाई हाँक्न सक्नु नै पहिलो चुनौति हो लगानी बोर्ड राजनीतिक उद्देश्यले स्थापना गरिएको संस्था हो राजनीतिक अस्थिरता भएको देशमा यस्ता संस्थालाई काम गर्न निकै कठिन हुन्छ राजनीतिकस्तरबाट प्रतिवद्धताहरु आउँछन् तर आपसी समन्वयन नहुँदा काम गर्न भने पाइदैन इच्छाशक्ति र क्षमता हुँदाहुँदै पनि निवर्तमान सीइओ राधेस पन्तले पाँच वर्षमा जनअपेक्षा अनुरुप काम देखाउन नसक्नुको पहिलो कारण पनि राजनीतिकस्तरबाट आउने प्रतिवद्धताहरु व्ययहारमा लागू नहुनु नै हो सरकार कहिलेसम्म टिक्छ भन्ने टुंगो नभएको अवस्थामा एउटा सरकारले नियुक्ती गरेको व्यक्तिलाई अर्को सरकारले सकेसम्म अफ्ठ्यारो पार्ने नेपाली संस्कृति छ जो अधिकारीको अर्को चुनौति हुनेछ फाइल बोकेर ठाउँ धाउनुपर्ने अवस्थाको अन्त्य गर्न सके नवनियुक्त सीइओ अधिकारी बोर्डका सफल सीइओ भएर निस्कनेछन् लगानी बोर्ड गठन हुँदा जनस्तरबाट जुन अपेक्षा गरिएको थियो त्यो अनुसार कामहरु भएका छैनन् कठिनाइका बाबजुत काम गरेर देखाउन सक्नु नयाँ सीइओका लागि निकै ठूलो चुनौति हुनेछ बैदेशिक लगानी भित्र्याउनका लागि अन्तराष्ट्रिय संघ संस्थाहरुसँग प्रगाढ सम्बन्ध बनाएर अघि बढ्न नसकेपनि सीइओ सफल बन्दैन राजनीतिक अस्थिरता कानूनी अन्यौलता र प्रक्रियागत जटिलताका कारण लगानीको वातावरण बन्न सकिरहेको छैन ती सबै समस्याहरुलाई सुल्झाउँदै विदेशी लगानीकर्ताको मन जित्नु अधिकारीका सामू खडा भएको अर्को चुनौति हो लगानी बोर्ड एकद्धार नीति अन्तर्गत बनाइएको हो तर अन्य सरकारी निकायहरुसँग समन्वय गरेर मात्रै बोर्डले काम गर्नुपर्ने भएकाले अन्य निकायले काम नगरिदिँदा लगानी बोर्डले आफ्ना कामहरु प्रभावकारीरुपमा अघि बढाउन सकेको छैन विभिन्न मन्त्रालय तथा निकायहरुले लगानी बोर्ड गठन भएपछि आफ्नो अधिकार खोसिएको सम्झेर अझैपनि खुलेर सहयोग गरेका छैनन् सरोकार रहेका विभिन्न मन्त्रालयका विषयमा लगानी बोेर्डलाई नै निर्णय गर्न दिने व्यवस्था मिलाउन सके लगानी बोर्डले काम गरेर देखाउन सक्छ सरकार र अन्य सरकारी निकायहरुसँग समन्वय गरेर अघि बढ्नु पनि चुनौतिपूर्ण छ आयोजना निर्माण गर्दा स्थानीयका समस्याहरु धेरै नै आउँछन् सामाजिक समस्या भित्र राजनीति घुसेको छ एउटा माग पुरा गरे वटा आउने वटा पुरा गरे वटा आउने प्रवृत्ति छ यसले विकास निर्माणका आयोजना बनाउँदा सामाजिक खर्च अत्यधिक हुन थालेको छ जसले लगानीकर्तालाई निरुत्साहित बनाएको छ स्थानीय र जग्गा अधिकरणको समस्या समाधानका समस्या सुल्झाउन सक्ने वातावरण तयार गर्न लगानी बोर्डका सीइओको ठूलो भूमिका हुन्छ किनभने बोर्डको अध्यक्ष प्रधानमन्त्री हुने कानूनी व्यवस्था छ प्रधानमन्त्रीलाई प्राविधिकरुपमा कन्भिन्स गर्न सके धेरै समस्याको समाधान हुन्छ धेरै महत्वपूर्ण निर्णयहरू गराउन सकिन्छ माथिल्लो कर्णाणी अरुण तेस्रो लगायतका आयोजनाहरु कसरी अघि बढाउने भन्ने अर्को चुनौति छ पशिचम सेती आयोजना अझैपन ठोस रुपमा अघि बढ्न सकेको छैन त्यसका अलावा लगानी बोर्डले हेर्ने भनिएका डेढ दर्जन ठूला आयोजनहरुको प्रगतिको अवस्था सन्तोषजनक छैन ती सबैको कारण वन वातावरण र जग्गा सम्बन्धी लगानी बोर्डका आयोजनाहरुको फाइल वन बातावरण र भूमिसुधार मन्त्रालयमा अडि्कएकाले हो फाइल बोकेर ठाउँ धाउनुपर्ने अवस्थाको अन्त्य गर्न सके नवनियुक्त सीइओ अधिकारी बोर्डका सफल सीइओ भएर निस्कनेछन् तर त्यो निकै चुनौतिपूर्ण छ
669
पुस बुटवल पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता बढिरहेका बेला रक्षा मन्त्री बालकृष्ण खाँणले भने कुनै मुखुण्डो लगाएर पनि राजतन्त्र र्फकन नसक्ने बताएका छन् शुक्रबारबाट बुटवलमा शुरु भएको औं संस्करणको औद्योगिक ब्यापार मेलाको उद्घाटन गर्दै मन्त्री खांणले राजतन्त्रका बारेमा धेरै भ्रम नपाल्न आग्रह गरे ‘कुनैपनि मुल्य र मान्यतामा नेपालमा राजतन्त्र फर्कन संभव छैन यो कल्पनै नगर्नुस्’ उनले भने कांग्रेस नेता समेत रहेका मन्त्री खाँडले प्रदेश नम्बर पाँचमा भइरहेको आन्दोलन सकारात्मक भएपनि बन्दका कारण अर्थतन्त्र तहसनहस भइरहेको भन्दै त्यसतर्फ पनि सोच्न आग्रह गरे ‘लुम्बिनी प्रदेशकेा विकासका लागि पो पो बन्द गर्ने हो विकासका लागि प्रतिकुल प्रभाव पार्ने बन्द नर्गनुस्’ उनले भने उनले जनताको हित विपरित सरकार अघि बढ्न नसक्ने बताए ‘संशोधन प्रस्ताव दर्ता गर्ने बेला पनि प्रधानमन्त्रीलाई मैले भनेकै छु दुर्इ तिहाई बहुमत पुग्ने सुनिश्चितता हुनैपर्छ पास भएन भन के गर्ने ’
129
वैशाख डोटी सुन्दा अचम्म लाग्छ तर डोटी जिल्लाका धेरै ग्रामीण भेकमा बसोबास गर्ने जनताले  महसुल तिर्न एक हजार रुपैयाँ खर्च गर्नु परिरहेको छ सदरमुकाम सिल्गढी दीपायलबाट करिब किलोमिटरभन्दा बढी टाढा बसोबास गरेका जनताले यस्तो समस्या भोग्ने गरेका छन् नेपाल विद्युत् प्राधिकरण मुख्य शाखा कार्यालय दीपायलमा विद्युत् महसुल बुझाउन जिल्लाका बाझकाकाँनी कालिकास्थान खातिवडा दहकालिका लगायतका गाविसबाट उपभोक्ता आउने गरेका छन् बाझकाकाँनीका नरेश खड्काले भने “हामी त अलि नजिक छौँ दहकालिका खातिवडा लगायतका गाविसका जनताले त  सम्म गाडी भाडा तिरेर महसुल बुझाउन आउनुपर्छ त्यति मात्र होइन कहिलेकाहीँ विद्युत् कार्यालयको कम्प्युटर बिग्रियो वा पालो पुगेन भने दुई दिनसम्म दीपायलमै बस्नुपर्छ ”दहकालिकाका भुवन दाहालका अनुसार गाउँमा टिभी पनि छैन फ्रिज हुँदैन मोटर छैन खाली बत्ती मात्र बाल्ने गर्छौं महसुल कम आउँछ कसैको त एक सय रुपैयाँसम्म पनि पुग्दैन त्यही रकम तिर्न एक हजार भन्दा बढी रुपैयाँ खर्च हुन्छ दाहालले थपे “पहिला पहिला त नुन तेल साबुन चिनी लुगाकपडा ल्याउने निहुँले दीपायल आउँथ्यौँ अहिले सबैकुरा यताको भन्दा गाउँमा पाइन्छ पैसा नभए पनि व्यापारीको काम गरेर हामी सामग्री लिन्छौँ ”बढ्दो महँगीसँगै हरेक सामग्रीको मूल्य बढ्दैछ दिपायलका होटेलमा भन्दा तलमा खाना पाइँदैन सुत्नको तिर्नुपर्छ गाडी भाडा महँगो छ सिलगढीमा बस्दै आएका एक नागरिक सचेतक तेज डुम्रेलले बताउनुभयो विद्युत् प्राधिकरणको यो सरासर लापरबाही र ढिलासुस्ती भएको डुम्रेलको बुझाइ छ गाउँमा बैंकिङ सेवा विस्तार भएका छन् एनएमबी बैंकका शाखा खुलेका छन् त्यसमार्फत समेत महसुल बुझाउन सहज बनाउन सकिन्थ्यो तर विद्युत् प्राधिकरणले त्यसतर्फ ध्यान नदिँदा धेरै जनताले दुःख भोग्नु परेको छ नेपाल विद्युत् प्राधिकरण दीपायलका प्रमुख नारायण चौधरीले डोटीका ती ग्रामीण भेकमा महसुल बुझाउने काउन्टर खोल्न समस्या हुने बताए   टाढा पनि छ र कर्मचारीको पनि अभाव रहेको उनकाे  भनाइ छ ती ग्रामीण भेकमा रहेका बैंकिङ सेवा दिइरहेका बैंकमार्फत महसुल बुझाउने व्यवस्था गरे सहज हुने देखिएकोले यस विषयमा विचार गरिने चौधरीले बताए
281
वैशाख बिराटनगर प्रदेश नम्बर एकमा पर्ने मेचीकोशी अञ्चलमा मात्रै यस वर्ष नयाँ तारे होटलका लागि अर्ब लगानी थपिएको छ पाँच वर्षको अन्तरालमा यस क्षेत्रमा अर्ब लगानी भइसकेको छ हिलेमा सुविधासम्पन्न होटल धनकुटाको हिलेमा पहिलोपटक करोडको लागतमा सुविधासम्पन्न चारतारे होटल खुलेको छ पूर्वी पहाडी जिल्लामा सबैभन्दा वढी लगानीमा सुविधा सम्पन्न होरिजन माउण्टेन रिसोर्ट सञ्चालनमा आएको हो बिराटनगरका होटल व्यवसायी रेवतीबहादुर थापाले पर्यटकलाई लक्षित गरी रोपनी क्षेत्रफलमा वटा कोठा भएको होटल खोलेका हुन् लामो समयदेखि बिराटनगरमा रत्ना होटल सञ्चालन गदै आएका थापाले कोशी करिडोर क्षेत्रमा घुम्न आउने पर्यटनलाई लक्षित गरी आफुले होरिजन माउण्टेन रिसोर्ट  सञ्चालनमा ल्याएको बताए पूर्वी पहाडी जिल्लाको पर्यटन प्रवर्द्धनका लागि होटल निर्माणसँगै ढोका खुल्ने थापाको भनाइ छ लाली गुँरासको राजधानी मानिने तीनजुरेमिल्केजलजले क्षेत्र यही रुटमा पर्छ यस क्षेत्रमा धुम्न आउने र बस्न चाहने पर्यटनलाई उपयुक्त होटलको  अभाव अब होरिजन माउण्टेन रिसोर्टले पूरा गर्ने थापाले बताए   बिराटनगरमा पाँच करोडको लगानीमा खुलेको कोठाको होटल रत्ना थापाले यस अघिदेखि नै सञ्चालन गर्दै आएका छन् पछिल्लो समय पूर्वी पहाडी जिल्लामा नयाँ एवं सुविधा सम्पन्न होटलहरु खुल्ने क्रम ह्वातै बढेको छ तराईका जिल्लामा मात्रै  सुविधा सम्पन्न होटलहरु रहने गरेकोमा पछिल्लो पाँच वर्षको अवधि यता पहाडी जिल्लामा पनि होटलहरु खुल्ने क्रम बढेको छ अहिले पूर्वी पहाडी जिल्लामा मात्रै करिव भन्दा बढी सुविधा सम्पन्न होटल सञ्चालनमा आएका छन् पाँच वर्षको अवधिमा करोडभन्दा बढी लगानीमा यी होटल निर्माण भएको होटल व्यावसयी महासंघ मेचीका केन्द्रीय सदस्य एवं ताप्लेजुङका होटल व्यवसायी छिरिङ शेर्पाले जानकारी दिए कोशी र मेची करिडोरमा खुलेका होटलहरुमा सय वटा सुविधा सम्पन्न रुम क्षमता छन् यहाँ वाह्यसँगै आन्तरिक पर्यटकहरुको भिड बढ्न थालेको छ पर्यटकको चाप अनुपातमा लगानीकर्ताहरु होटल व्यवसायमा आर्कषित भएका छन शेर्पाका अनुसार राम्रा र सुविधा सम्पन्न होटलले अहिले आफ्नो लगानीको लाभ उठाउन थालिसकेका छन् तराईका जिल्लामा मात्रै होइन पहाडी जिल्लामा पनि पछिल्लो समय होटल व्यवसायमा लगानी गर्ने क्रम ह्वातै बढेको छ यसले पूर्वी पहाडी जिल्लाको आर्थिक गतिविधिमा टेवा पुर्‍याउँदै आएको पूर्वाअञ्चल उद्योग वाणिज्य महासंघका अध्यक्ष टंक दुलालले अनलाइनखबरलाई बताए उनले भने ‘होटलमा लगानी गर्ने क्रम बढेको छ यो व्यवसायलाई यस क्षेत्रको पर्यटन प्रवर्द्धनसँग जोडेर लान सकिएको अवस्थामा स्थानीयस्तरमा आर्थिक उपार्जनको भरपर्दो स्रोत बन्ने छ ’ पूर्वी पहाडी जिल्ला ताप्लेजुङ इलाम र पाँचथरमा करिव को संख्यामा पर्यटक लक्षित होटल खुलेका छन् त्यस्तै कोशी कोरिडोर क्षेत्र अन्र्तगत धनकुटा तेह्रथुम संखुवासभा लगायतका जिल्लामा पनि को संख्यामा सुविधा सम्पन्न होटल सञ्चालनमा आएका छन् पूर्वी पहाडी जिल्लाअन्तर्गत कोशी कोरिडोरका  होटलहरुमा  कान्जिरा याक सुरवी शीतल निवास होटल लालीगुराँस भेडेटार भ्यु होटल मनशान्त अरुण भ्याली ग्रिन हेवनलगायतका होटललाई सुविधासम्पन्न एवं नाम चलेका होटलका रुपमा लिइन्छ त्यसैगरी मेची करिडोरअन्तर्गत पूर्वी पहाडी जिल्लामा होटल ग्रिन भ्यु होटल वेलकम चियावारी कटेज मेवा खोला रिसोर्ट स्नोलियो पार्क होटल सरगम होटल सुमितलगायतका सुविधा सम्पन्न होटलको नाम आउँछ पाइपलाइनमा तारे होटलपूर्वी नेपालमा होटल व्यवसायी महासंघमा आवद्ध हजार बढी होटल छन् जसमध्ये पर्यटकलाई लक्षित गरी एक हजार बढी होटल सञ्चालनमा छन् महासंघका केन्द्रीय सदस्य रविन गौतमका अनुसार मेचीकोशीमा अहिले वटा तारे होटल निर्माणधीन अवस्थामा छन् यस क्षेत्रमा भन्दा बढी तारे होटल सञ्चालनमा छन् पूर्वाञ्चलमा रहेका  पर्यटकीय स्थलहरु घुम्न आउने पर्यटकलाई लक्षित गरी खुलेका होटलहरुले यस क्षेत्रको पर्यटन विकास र प्रवर्द्धनको ढोका खुल्ने गौतमको भनाइ छ विगतमा केही होटलबाहेक अधिकांश होटलले सुरक्षा संवेदनशिलता भएका विशिष्ट पर्यटकलाई सेवा दिन सक्दैनथे अबका दिनमा भने यो समस्याको अन्त्य भएको गौतम बताउँछन् पूर्वाञ्चलको पर्यटनले गति लिएसँगै कोशी र मेची अञ्चल अन्तर्गतका जिल्लामा पाँचतारे होटल निर्माणको क्रम ह्वात्तै बढेको गौतमको भनाइ छ उनका अनुसार अहिलेको करिव वटा पाँचतारे स्तरका होटल निर्माण भइसकेका छन् कोशी र मेची अञ्चलअन्तर्गत पर्ने जिल्लामा निर्माणाधीन तारे होटेलमा कम्तिमा पन्ध्र करोडदेखि एक अर्बभन्दा माथिको लगानी छ मेची र कोशी अञ्चलका पूर्वी पहाडी पर्यटकीय क्षेत्रमा नयाँ होटल निर्माण हुने क्रम थपिएको छ पुराना होटलहरु पनि स्तारोन्नित गर्ने क्रममा छन् ठूला लगानीकर्ता होटलतर्फ आकर्षित विद्युतको संकट र मजदुर अभावका कारण उद्योग सञ्चालन गर्न कठिनाइ हुन थालेपछि ठूला औद्योगिक घरानाहरु होटल व्यवसायतर्फ आकर्षित भएका छन् सेन्चुरी गोर्खा डिर्पाटमेन्ट स्टोर्सलगायतले होटल व्यवसायमा हात हालेका छन् सेन्चुरी मसलालगायतको फुट प्रोडक्शनमा लगानी गर्दै आएका उद्योगी मोती दुगड यतिबेला बिराटनगरमा दुईवटा ठूला होटल निर्माणमा जुटेका छन् बिराटनगर तीनपैनीमा दुगडले करोडको लगानीमा होटल ह्यारीसन सञ्चालनमा ल्याएका छन् कोठाको चार तारे होटल सञ्चालनमा आएसँगै दुगडकै लगानीमा  बिराटनगरमै अर्ब करोडको लगानीमा पाँच तारे होटल निर्माण भइरहेको छ पूर्वमा शिक्षा र स्वास्थ्यको हबका रुपमा विकास हुँदै गएको बिराटनगरमा पर्यटन विकास र प्रवर्द्धनका लागि आफूले होटलमा लगानी थालेको उद्योगी दुगड बताउँछन् ‘यो सेवामूलक क्षेत्र हो यद्यपि यो क्षेत्रको विकासविना पर्यटन क्षेत्र माथि उठन सक्दैन’ दुगडले अनलाइनखबरसँग भने यसका लागि मेरो लगानीको रोजाइ होटल व्यवसाय बनेको छ बिराटनगरमा जस्तै सुनसरीको इटहरीमा गोर्खा डिर्पाटमेन्ट स्टोर्सका सञ्चालक बलराम आर्चायसहितको व्यवसायी टोलीले करोडको लागतमा होटल गरिमा बनाइरहेको छ एक वर्षभित्रै सञ्चालनमा ल्याउने तयारीमा साथ निर्माणको चरणमा रहेको गरिमा पाँच तारे होटल हुने लगानीकर्ता आर्चायले अनलाइनखबरलाई बताए एक विघा क्षेत्रफलमा निर्माणाधीन होटल गरिमा कोठाको हुने छ यो पूर्वाञ्चलकै ठूलो होटल हुने लगानीकर्ता आर्चायको दाबी छ बिराटनगरका पर्यटन व्यवसायी एवं पर्यटन फेडेरेशन पूर्वाञ्चलका संयोजक भविश श्रेष्ठले पछिल्लो समय तारे होटल निर्माणले पूर्वाञ्चलको पर्यटन विकास र प्रवर्द्धनका लागि मुहार फेरिने अपेक्षा गरिएको बताउँछन् धार्मिक प्राकृतिक र सांस्कृतिक पर्यटकीयस्थलको हबका रुपमा चिनिने पूर्वाञ्चलमा जसरी नयाँ लगानीकर्ता आर्कषित हुँदै गएका छन् यसले पूर्वाअञ्चलको पर्यटन विकास र प्रवर्द्धनको ढोका खुल्ने उनले बताए होटलको सम्भावना बढाउने पर्यटकीय गन्तव्य मेची र कोशी अञ्चलका पूर्वी पहाडी जिल्लामा पर्यटकीय क्षेत्र प्रसस्तै छन् प्रयटकीय क्षेत्रको प्रचुर सम्भावना रहे पनि पहाडी जिल्लाका पर्यटकीय क्षेत्रले गति भने लिन सकेको छैन पूर्वी नेपाल धार्मिक प्राकृतिक र सांस्कृतिक पर्यटकीय क्षेत्रहरुमा सगरमाथादेखि मकालु कञ्चनजंघा लगायतका हिमालहरु छन् यसले गर्दा नम्बर प्रदेश हिमाल आरोहणदेखि ट्रेकिङका लागि पनि मुलुकमै परिचित छ त्यसैगरी ताप्लेजुङको पाथिभारा देवी खोटाङ जिल्लामा पर्ने हलेसी महादेव सुनसरीको बराह क्षेत्र धाम सप्तरीको छिन्नमस्ता देवी धरानको दन्तकाली र बुढासुब्बा झापाको कन्काई देवी लगायतका धार्मिक स्थलहरु यस प्रदेशका पर्यटकीय आकर्षणका केन्द्र हुन् यसैगरी पूर्वी पहाडी जिल्लामा नाम चलेका भन्दा बढी ताल र पोखरीहरु छन् जसले धार्मिक एवं सांस्कृतिकरुपमा छुट्टै विषेशता बोकेका छन् तेह्रथुमको चिचिलिङ पोखरीदेखि संखुवासभाको सभापोखरीसम्म सांस्कृतिक अर्थ बोकेका स्थल हुन् यसैगरी इलाम चियाको राजधानीको रुपमा पर्यटकीय हिसाबले परिचित छ भने तेह्रथुमको तीनजुरेमिल्केजलजल्ले क्षेत्र लाली गुराँसको राजधानीका रुपमा परिचित छ यसैगरी पूर्व तराई क्षेत्रमा कोशी टप्पु रामसार क्षेत्रसँगै थुप्रै रामसार क्षेत्रहरु छन् मोरङमा पनि बेलबारी बेतनाजस्ता सिमसार क्षेत्रहरु छन् इलामको श्रीअन्तुदेखि धनकुटाको भेडेटार मुलघाटजस्ता रमणीय ठाउँहरु प्राकृतिकरुपमा पर्यटक तान्ने स्थल हुन् ताप्लेजुङ पाँचथर इलाम धनकुटा तेह्रथुम सुनसरी संखुवासभा र खोटाङलगायतका जिल्लाहरुमा मुलुककै पर्यटन व्यवसायका लागि पूर्वको हवका रुपमा लिन सकिने सम्भावना छ पूर्वी नेपालका यिनै पर्यटकीय गन्तव्यलाई लक्षित गरेर होटल व्यवसायको राम्रो सम्भावना देखिएको छ यो पनि पढ्नुहोस्गर्मीमा घुम्न आउनुस् है चिसो र मनोरम भेडेटार
1,023
माघ काठमाडौं गत असोजबाट सुरु भएको नाकाबन्दीका कारण नेपालका अस्पतालहरुमा जीवनरक्षक औषधिको अभाव भएपछि गैरआवासीय नेपाली संघले करिव करोड लाख रुपैयाँको बराबरको औषधि र औषधिजन्य सामाग्रीहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको छ संघका अध्यक्ष शेष घलेले त्यसअन्तर्गत अन्तिम लटको औषधिजन्य सामाग्री उपप्रधानमन्त्री कमल थापाललाई आइतबार विधिवत रुपमा हस्तान्तरण गरे यसमा अष्ट्रेलिया र चीनबाट प्राप्त झण्डै लाख रुपैयाँ बराबरको औषधि र औषधिजन्य सामाग्रीहरु छन् यसका लागि अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरुको सहयोगमा हजार सय (हवाई ढुवानी भाडा सहितको मूल्य) बराबर र चीनबाट हजार सय अमेरीकन डलर (हवाई खर्च बाहेक) बराबरको औषधिजन्य सामाग्रीहरु प्राप्त भएको थियो जसलाई नेपाल वायुसेवा निगमले हङकङबाट निःशुल्क ढुवानी गरी काठमाडौं ल्याइदिएको थियो पहिलो दोस्रो र तेस्रो चरणमा गरी करिव करोड पाँच लाख रुपैयाँको औषधि हस्तान्तरण गरेको संघले थप करिब लाख रुपैयाँको सामाग्रीहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको हो बिश्वभर छरिएर रहेका नेपालीहरुको सहयोगमा संकलित रकमबाट बिभिन्न देशमा औषधि खरिद गरी हवाई मार्गबाट नेपाल भित्राई संघले नेपाल सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा बिभाग आपूर्ति महाशाखा र जनकपुर नारायणी तथा वुटवल अञ्चल अस्पतालहरुलाई ती औषधि उपलब्ध गराएको थियो अञ्चल अस्पताहरुमा ती औषधिहरु नेपाली सेनाले निःशुल्क ढुवानी गरिदिएको थियो पहिलो चरणमा मंसिर गते लाख मूल्य बराबरको जीवन रक्षक औषधिहरु संघका अध्यक्ष घलेले स्वास्थ्य तथा जनसंख्या मन्त्री रामजनम चौधरीलाई हस्तान्तरण गरेका थिए दोस्रो चरण मंसिर गते संघले जनकपुर नारायणी र बुटबलका क्षेत्रीय अस्पतालहरुलाई लाख हजार रुपैयाँको औषधि हस्तान्तरण गराएको थियो मन्त्रालयसँगको सहमति र नेपाली सेनाको सहयोगमा संघले तीनवटै अस्पताललाई सम्बन्धित स्थानमै पुगेर औषधि हस्तान्तरण गरेको थियो तेस्रो चरणमा संघले लाख हजार रुपैयाँ बराबरको औषधि स्वास्थ्य राज्यमन्त्री मो मुस्ताक आलम मार्फत नेपाल सरकार स्वास्थ्य मन्त्रालय औषधि विभाग आपूर्ति महाशाखालाई हस्तान्तरण गरेको थियो हस्तान्तरण अन्तिम हुनसक्ने करिव तीन करोडको औषधि दिने योजना रहेको भए पनि अस्पताल र सरकारसँगको छलफलपछि अन्य दातृ निकायले समेत अत्याबश्यक औषधिहरु सहयोग गरिरहेको हुँदा आबश्यक परेको खण्डमा फेरि सहयोग गर्ने योजनाअनुसार यो चौथो चरणको अष्ट्रेलिया तथा चीनवाट प्राप्त अति आवश्यक औषधी तथा औषधिजन्य सामाग्रीहरु हस्तान्तरण गरिएको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदकी प्रवक्ता रञ्जु थापाले विज्ञप्ति निकालेर जानकारी दिएकी छन् नेपाल सरकारले खरिद गर्न लागेको अति आवश्यक औषधिमा समावेश नभएका औषधिहरु आवश्यक परेमा संघ पुनः सहयोग गर्न तयार रहेको छ अन्यथा यो नै अन्तिम हस्तान्तरण हुने विज्ञप्तिमा उल्लेख  छ विज्ञप्तिमा लेखिएको छ ‘हाल नाकावन्दी पहिलेको जस्तो नरहेको तथा नेपाल सरकारले समेत चालिस करोड बराबरको अति आवश्यक औषधिहरु द्रुत खरिद प्रकृया मार्फत खरिद गर्न लागेको अवस्थामा नेपाल सरकारले खरिद गर्न लागेको अति आवश्यक औषधिमा समावेश नभएका औषधिहरु आवश्यक परेमा संघ पुनः सहयोग गर्न तयार रहेको छ अन्यथा यो नै अन्तिम हस्तान्तरण हुने छ ’‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै मातृभूमीलाई परेको हरेक बिपतको बेला आगामी दिनमा पनि साथ दिने एनआरएनले प्रतिबद्धता जनाएको छ सहयोगीहरुप्रति आभारऔषधि हस्तान्तरणको अलावा देशलाई आइपरेको यस मानवीय संकटको बिश्व समुदाय माझ जानकारी गराउने उद्देश्य अनुरुप बिभिन्न देशहरुमा गैरआवासीय नेपाली संघको अगुवाइमा कार्यक्रमहरु संचालन भएका थिए जसको नारा ‘नेपाल होप्स’ शीर्षकमा ‘हामीलाई जस्तो तिमीलाई नपरोस्’ भन्ने सन्देशसहित नेपालको मानवीय संकटलाई विश्व समूदाय माझ झल्काउने गरी अभियान समेत संचालन गरिएको थियो यस कार्यमा योगदान गर्ने नेपाल सरकार नेपाली सेना नेपाल वायुसेवा निगम डा भगवान कोईराला डा बालकृष्ण खकुरेल डा भिमसिंह तिनकारी डा गणेश गुरुङ संघका संरक्षक कुलचन्द्र गौतम लगायत मानवीय संकट समाधान र यसलाई अन्तराष्ट्रियकरण गर्ने अभियानमा सहभागी हुने सवै सहयोगी हातहरुलाई गैरआवासीय नेपाली संघले आभार प्रकट गरेको छ यसैगरी सहयोग संकलनका लागि अष्ट्रेलियाबाट समन्वय गरेका डा रेखा गुरुङ दीपा राई धर्मराज अधिकारी एनआरएन अष्ट्रेलिया भिक्टोरिया राज्य समितिका केशव कँडेल एनसीसी अष्ट्रेलिया तथा चीनबाट सहयोग संकलनका लागि डा राजीवप्रसाद केशहरी तथा उनको टीम एनसीसी चीन त्रिलोक गुरुङ तथा नेपाल बायुसेवा निगमलाई पनि हार्दिक आभार प्रकट गरेको छ
568
देशमा छाया (कालो) अर्थतन्त्र हाबी हुँदै जाँदा सरकार विस्तारै यसको चंगलमा फस्न थालेको छ तीन महिनादेखिको तराई आन्दोलन तथा भारतको नाकाबन्ीका कारण कमजोर सरकार भएको मौका छोपेर उपभोग्य सामग्री विशेषतः पेट्रोलियम पदार्थको खुलेआम कालोबजारी गर्ने क्रमसँगै भूमिगत अर्थतन्त्र मौलाउन थालेको स्पष्ट देखिएको हो   चालु आर्थिक वर्षको आर्थिक बृद्धि दुई प्रतिशतभन्दा तह रहने  अनुमान गर्ने अर्थमन्त्रालय कालो अर्थतन्त्रबारे अनभिज्ञ भने छैन नागरिक दैनिकमा समाचार छ  मंगलवार अर्थ म
67
चैत काठमाडौं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चीनसँग यातायात तथा पारवहन सम्झौता हुनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै योगदान नरहेको बताएका छन् रिपोर्टस क्लबले शुक्रबार गरेको साक्षात्कारमा फोरम नेपालका अध्यक्ष यादवले चीनसँग यातायात तथा पारवहन सम्झौताका लागि सात वर्ष पहिलेदेखि नै गृहकार्य भएको दाबी गर्दै प्रधानमन्त्री ओलीले आफ्ना कारण सम्झौता भएको प्रचार गर्नुको अर्थ नरहेको दावी गरे नेता यादवले स्वतन्त्र व्यापार विमानस्थल निर्माण इन्धनको अन्वेषण गर्ने सम्बन्धी सम्झौताका लागि केही वर्ष पहिलेदेखि नै गृहकार्य भइ चीन समेत सकारात्मक भएका कारण अहिले सम्झौता भएको बताए फोरम नेपालका अध्यक्ष यादवले सरकारमाथि गणतन्त्र संघीयता र धर्मनिरपेक्षता जस्ता संवैधानिक उपलब्धिहरु मास्न षड्यन्त्र गरिरहेको आरोप लगाए उनले संविधान बमोजिम सपथ खाएका मन्त्रीहरुले नै संघीयताको विरोध तथा हिन्दु राज्यको वकालत गर्नुले संवैधानिक उपलब्धि गुम्नेमा आशंका उब्जिएको धारणा राखे
124
भूकम्पपछिको पुनर्निर्माणनिम्ति सहायता खोज्दै आयोजना हुने दाता सम्मेलनमा सरकारले ऋण मिनाहाको सवाल प्राथमिकतापूर्वक उठाउने भएको छ खर्ब रुपैयाँको पुनर्निर्माण राशी जुटाउन लागिँदा पुरानो ऋण मिनाहा प्रयाससमेत हुन लागेको हो कान्तिपुर दैनिकमा समाचार छ दाता सम्मेलनको एक महत्त्वपूर्ण एजेन्डा ऋण मिनाहा हो अर्थमन्त्री रामशरण महतले भने नयाँ बजेटअघि ढिलोमा असार दोस्रो साताभित्र सम्मेलन आयोजना गरिने उनले बताए मुलुकले तिर्न बाँकीवैदेशिक ऋण खर्ब अर्ब रुपैयाँ छ यो कुल गार्हस्थ्य उत्पादनको प्रतिशत हो जुन सामान्य अवस्थामा मिनाहा गरिहाल्नुपर्ने होइन
76
काठमाडौँ शीर्ष दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच मंगलबार सिंहदरबारमा भएको वार्ता निष्कर्षविहिन बनेको छ तीन दलले गठन गरेको सदस्यिय समिति र मोर्चाको सदस्यिय टोलीबीच सिंहदरवारमा भएको वार्ता निष्कर्षमा पुग्न नसकेकाले भोली फेरी बस्ने भन्दै आजको वार्ता विना निष्कर्ष टुंगीएको मोर्चाको वार्ता टोलीका सदस्य सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिए उनले आफूहरुले राखेको माग पुरा गर्ने प्रतिवद्धता नआएसम्म राजनीतिक एजेण्डामा प्रवेश गर्न नसकिने बताएसँगै सरकारी टोली उठेर हिँडेको बताए वार्तामा मोर्चाले सीमांकन समावेसीसमानुपातिक प्रतिनिधित्व जनसंख्याको आधारमा निर्वाचन क्षेत्र लगाएतका संविधानमा बुँदे संशोधन प्रस्ताव पेश गरेको थियो सरकारी वार्ता टोलीले सरकार र नेताहरुसँग छलफल गरि भोली हुने वार्तामा ठोस प्रस्ताव ल्याउने बताएका छन् वार्तामा संयुक्त मधेसी मोर्चाका तर्फबाट वार्ता टोलीमा कर्ण सहित तमलोपार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्ल संघीय समाजवादी फोरम नेपालका लालबाबु राउत र तराई मधेस सद्भावना पार्टीका रामनरेश राय सहभागी थिए भने दलको तर्फबाट नेपाली कांग्रेसका महेश आचार्य एमालेका अग्नी खरेल र एमाओवादीका नारायणकाजी श्रेष्ठ सहभागी थिए
146
काठमाडौं  दुग्ध विकास संस्थान (डीडीसी)ले विराटनगरस्थित पाउडर प्लान्टको क्षमता दोब्बर बनाउने भएको छ हाल दैनिक हजार टन पाउडर बनाउँदै आएको प्लान्टले आगामी वर्षबाट दैनिक हजार टन पाउडर उत्पादन गर्ने डीडीसीका महाप्रवन्धक गंगा तिमल्सेनाले जानकारी दिए उनका अनुसार पाउडर प्लान्टको क्षमता विस्तार गर्न करोड रुपैयाँ लगानी लाग्छ “प्लान्टको क्षमता विस्तारका लागि टेन्डर आह्वान भइसकेको छ” उनले भने “आगामी आर्थिक वर्षको सुरुमै संचालनमा आउन सक्छ ”सिजनमा दूध बढी उत्पादन हुने र त्यो दूधलाई व्यवस्थापन गर्न पाउडर प्लान्टको क्षमता दोब्बर बनाउन लागेको तिमल्सेनाले जानकारी दिए “सिजनमा बढी दूध उत्पादन हुन्छ डेरी उद्योगीले सबै दूध खरिद नगर्दा मिल्क होलिडे हुने सम्भावना हुन्छ” उनले भने “मिल्क होलिडे रोक्न प्लान्टको क्षमता दोब्बर पार्न लागेको हो ”डीडीसीका अनुसार विराटनगरस्थित प्लान्टबाट डेरी ह्वाइटनर समेत उत्पादन गर्ने तयारी भएको छ उद्योगले दैनिक टन डेरी ह्वाइटनर उत्पादन गर्ने योजना बनाएको छ उनका अनुसार गर्मी सिजन सुरु भएसँगै डीडीसीले विभिन्न उत्पादन बजारमा ल्याएको छ गर्मी सिजनका लागि आइसक्रिम फ्रेस मिल्क दहीलगायतका उत्पादन बजारमा ल्याएको जानकारी दिए गर्मी सिजन सुरु भएसँगै डीडीसीले देशभरको उत्पादन देखि प्रतिशत बढाउने योजना ल्याएको छ उनका अनुसार गत आर्थिक वर्षमा डीडीसीले करोड रुपैयाँ नाफा कमाएको थियो चालु आर्थिक वर्षमा पनि उद्योगले नाफा कमाउने तिमल्सेनाले जानकारी दिए उद्योगले दैनिक लाख हजार लिटर दूध खपत गर्दै आएको छ
199
चैत काठमाडौं सिटी सेन्टरमा फिल्म हेर्न पुगेका कृषि मन्त्री हरिबोल गजुरेल बाहिर निस्केर बच्चाजसरी रोएका छन् डब्बु क्षेत्रीद्वारा निर्देशित फिल्म राहदानी हेरेर निस्केपछि उनले क्यामराकै अगाडि डाँको छोडेका हुन् वैदेशिक रोजगारीको विषयमा बनेको फिल्म हेर्न मन्त्री आफ्नो दलबलसहित बिहीबार बेलुकी सिटी सेन्टर पुगेका थिए फिल्ममा भावुक सिन आउँदा हलभित्रै मन्त्रीले आँशु झार्न थालेको निर्देशक क्षेत्रीले बताए ‘फिल्मको कथामा एक गरिब परिबारको गाई मरेको दृष्यपछि मन्त्रीज्यू भावविव्हल हुनुभएको थियो’ क्षेत्रीले अनलाइखबरसँग भने ‘त्यसपछि लगातार उहाँको आँखामा आँशु छचल्किइरहेको मैले देखेँ ’फिल्म सकिएर बाहिर निस्कदा मन्त्री गजुरेल निकै भावुक मुद्रामा थिए उनलाई सञ्चारकर्मीले रोकेर फिल्मको विषयमा प्रतिक्रिया मागे तर मन्त्रीले धेरै बोल्न सकेनन् ‘यो चलचित्र सत्यमा आधारित छ मैले कतार दुवईमा जाँदा जे देखेँ त्यसलाई यहाँ कलाकारले पर्दामा प्रस्तुत गर्नुभएको छ यो सटिक यथार्थपरक छ मलाई लाग्छ यो विदेशीएका युवाहरुको…’ यति भन्नासाथ मन्त्रीले मुख बिगारे अनि क्वाँक्वाँ गरे त्यसपछि आफ्नै हातले अनुहार छोपेर झण्डै घुुँक्क घुँक्क गर्दै झण्डै आधा मिनेट रोए अनुहारबाट हात हटाएर पनि रोइरहेपछि निर्देशक क्षेत्रीले उनलाई त्यहाँबाट निकालेका थिए हेर्नुस् भिडियोयो पनि पढ्नुस्मन्त्री गजुरेल भन्छन्ः फिल्ममा गाई मरेपछि भावुक बनें जिम्मेवारीवोधले रोएँ
173
चैत काठमाडौं महिन्द्रा गाडीको नेपाली बिक्रेता अग्नि इन्कर्पाेरेटले नयाँ महिन्द्रा केयुभी गाडीको बुकिङ खुल्ला गरेको छ इन्ट्री लेभलको यस एसयुभी गाडीलाई ‘दी योङ एसयुभी’ संज्ञा दिइएको छ यो गाडीले ग्राहकलाई उत्कृष्ट डिजाइन स्टाइलिस र आरामदायी इन्टेरियर तथा सजिलो हृयान्डलिङका साथै हृयाचब्याक गाडीको मूल्यमा एसयुभी गाडीको अनुभव गराउने कम्पनीको दाबी छ केयुभी विभिन्न रङमा उपलब्ध छ कम्पनीले केयुभी गाडीमा वर्षको वारेन्टी दिने बताएको छ यसमा सुरक्षाका लागि एबीएस तथा डुअल एयरब्यागका साथै आफ्नो वर्गमै पहिलो डुअल रियर फग लाइट जस्ता सुविधाहरु राखिएको छ एसयुभी गाडीमा जस्तो यसमा पनि खुल्ला स्थान र जनासम्म व्यक्तिहरु आरामसँग बस्न मिल्ने गरी एड्जस्टेवल सिटहरु रहेका छन् गत जनवरीमा भारतमा सार्वजनिक गरिएको केयुभी ले भारतीय बजारमा लोकपि्रयता कमाइसकेको छ अहिलेसम् मभारतमा हजारभन्दा बढी केयुभी बुकिङ भइसकेको कम्पनीको दाबी छ
122
आश्विन काठमाण्डौं एमाओवादी नेतृत्वको संघीय गणतान्त्रिक मोर्चा लगायत तीन संयुक्त मोर्चाले सहमतिको प्रक्रिया भन्दा बाहिर गएर बहुमतीय आधारमा संविधान निर्माण गर्न खोजिए त्यो मान्य नहुने जनाएको छ एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा विगतमा प्रमुखदल बीच भएको बूँदे सहमति अन्तरिम संविधान विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षसंग भएको सहमतिको आधारमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्नु पर्नेमा जोड दिइएको छ पत्रकार सम्मेलनमा एमाओवादी अध्यक्ष प्रचण्डले शान्ति सम्झौताको प्रमुख हस्ताक्षर कार्तालाई एक्ल्याउने काम भएको र विगतको सहमति र सम्झौताबाट भाग्न खोजेको कारण समस्या पैदा भएको बताउनु भएको छ
90
यू– विश्वकप क्रिकेटमा पाकिस्तानले नेपाललाई रनको चुनौती दिएको छ टस जितेर फिल्डिङ रोजेको नेपाल सामू विकेट गुमाउँदै पाकिस्तानले पूरै ओभरमा रन बनाएको थियो नेपालका लागि सन्दिप लामिछानेले तीन दिपेन्द्रसिं ऐरी र आरिफ सैखले / विकेट लिएका थिए भने सुशील कडेलले एक विकेट लिए क्वाटर फाइनल खेलमा बङ्गलादेशसँग पराजित भएकाे नेपाल पाँचाैं स्थानका लागि खेलिरहेका हुन् नेपालसामू पाकिस्तानको रनको चुनौती
59
काठमाडौं देशको वैदेशिक रोजगारीमा जाने प्रणाली अव्यविस्थत भएसँगै वैदेशिक रोजगारीमा जाने कामदार गठिने क्रम पनि बढेको छ आर्थिक वर्ष ÷ मा म्यानपावर कम्पनी तथा दलालबाट रोजगारीमा जाने कामदारको करोड लाख रुपैयाँभन्दा बढी रकम ठगिएको छ वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार गत आवमा कामदारको करोेड लाख हजार रुपैयाँ बरावरको ठगी भएको छ जसमध्ये म्यानपावर कम्पनीले करोड लाख रुपैयाँ र व्यक्तिगत रुपमा विकसित मुलुकको रोजगारीमा पठाइदिने आश देखाएर दलालले करोड रुपैयाँ ठगी गरेको तथ्याङ्कले देखाएको छ सो अवधिमा कुल हजार सय जना कामदार ठगिएका छन् जसमध्ये म्यानपावर कम्पनीबाट सय र व्यक्तिगत रुपमा हजार सय जना कामदार गठिन पुगेका छन् विभागका अनुसार म्यानपावर कम्पनीले सम्वन्धित देशको रोजगारीमा पठाएर भनेको काम तलव सुविधा नदिने तथा कामदारसँग नेपाल सरकारले तोकेभन्दा बढी रकम लिएर ठग्ने गरेका छन् तर व्यक्तिगत रुपमा भने बढी तलव तथा विकसित देशको रोजगारीमा पठाइदिने लोभ देखाएर अग्रीम रुपमा पैसा उठाएर भाग्ने तरेको उजुरी आउने गरेको विभागले जानकारी दिएको छ सो अवधिमा विभागले सय जना कामदारको करोड लाख रुपैयाँ भने उठाइदिएको छ कतिपयलाई सहमति तथा कतिपयलाई प्रहरी लगाएर कानुन बमोजिम रकम असुल गरिदिएको विभागका एक अधिकारीले बताए साथै विभागले सो अवधिमा करोड रुपैयाँ बरावरको सय वटा ठगीलाई भने अदालमा मुद्दा दायर गरेको छ सैगरी वटा म्यानपावर कम्पनीलाई कारावाही गरी लाख रुपैयाँभन्दा बढी जरिवाना गरिएको समेत विभागको भनाइ छ नेपालको अव्यवस्थित वैदेशिक रोजगारी वर्षमा करोडको ठगी
212
चैत काठमाडौं सरकारले आगामी वैशाखको दोस्रो सातादेखि भूकम्प पीडितका लागि घर बनाउने काठ उपलब्ध गराउने भएको छ सरकारले भूकम्प गएको वर्ष दिन पारेर वैशाख बाट काठ दिने तयारी गरेको छ पीडितहरुलाई काठको रोयल्टी दरमा प्रतिशत छुट दिने निर्णय मन्त्रालयले गरिसकेको छ काठको ढुवानी खर्च भने पीडितले नै बेहोनुपर्ने मन्त्रालयका सहसचिव तथा प्रवक्ता कृष्णप्रसाद आचार्यले जानकारी दिए ‘भूकम्प पीडितलाई काठ उपलब्ध गराउन मन्त्रालयले ढिलाइ गर्ने छैन’ प्रवक्ता आचार्यले भने तर मन्त्रालयले यस विषयमा औपचारिक निर्णय भने गरिसकेको छैन वनमन्त्री अग्नि सापकोटाले वैशाख गतेदेखि पीडितलाई सहुलिय दरमा काठ उपलब्ध गराउन तयारी थाल्न मन्त्रालयका अधिकारीलाई निर्देशन दिइसकेका छन् सरकारले भस्कम्पपीडितको घर बनाउनका लागि दोलखाबाट रकम वितरण थालेपनि गाविस सचिवहरुले त्यसमा असहयोग गरेका छन् घर बनाउने अनुदान रकम वितरणको अन्यौलमा वन मन्त्रालयले काठ उपलब्ध गराउने व्यवस्था गर्न ढिलाइ गरेको छ तर घर बनाउन सुरु नै नभएकाले काठ वितरणमा ढिलाइ भएको भन्ने मान्न मन्त्रालय तयर छैन सरकारले काठको रोयल्टीमा प्रतिशत छुट दिने भएपनि ढुवानी खर्च नबेहोर्ने हुँदा विपन्न परिवार भने प्रभावित हुने देखिएको छ
159
कात्तिक काठमाडौं भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको सुरुको दिनमै सोसियल मिडियाको मुख्य ‘ट्रेण्ड’ माओवादी र भारतको विरोधमा खनियो प्रचण्ड सरकारमाथि सोसियल मिडियाले बोलेको यो पहिलो हमला होइन र यो अन्तिम प्रहार पनि होइन मुखर्जी दिल्ली फर्कनासाथ प्रचण्ड थप घेराबन्दीमा पर्ने अवस्था छ सरकार परिवर्तनदेखि दिल्ली भ्रमणसम्मकेपी ओली नेतृत्वको सरकार ढाल्ने निर्णयमा पुग्नासाथ सोसियल मिडिया प्रचण्डविरुद्ध खनियो त्यसबेला प्रचण्डलाई भारतको ‘दलाल’सम्म भन्दै सामाजिक सञ्जालमा तीब्र प्रहार भयो यद्यपि मधेसमा प्रचण्डको विरोधको पारो अलिकति तल झर्‍यो राष्ट्रवादी जनमत काठमाडौंको नाकाबन्दी पीडित मानसिकता नेताहरुसँग असन्तुष्ट मध्यम वर्ग वौद्धिक समुदाय अनि विदेशमा बसेर देशको चिन्ता गर्ने समुदाय नियमितजसो माओवादीको विरोधमा उभिने गरेको छ यही वीचमा कांग्रेससँग मिलेर केपी ओलीको सरकार ढाल्ने निर्णयमा प्रचण्ड पुग्नासाथ यो समुदाय माओवादीविरुद्ध थप जाइलागेको छ प्रधानमन्त्री बनेको केही समयपछि प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा निस्किए भारत जानुअघिदेखि नै उनीविरुद्ध देशव्यापी आलोचना र दबाव सुरु भयो यही कारण प्रचण्डले आफ्नो भारत भ्रमणलाई एउटा चुनौतीका रुपमा लिएको बताए प्रचण्ड भारतसँग झुकेर आउने र लम्पसार पर्ने भन्नेजस्ता आरोपहरु उनीमाथि सामाजिक सञ्जालमार्फत् खनिए भारत भ्रमणबाट आफूले यी चुनौतीको सामना गरेर फर्केको प्रचण्डको दाबी रहँदै आएको छ तर सामाजिक सञ्जालको ‘भर्चुअल’ जनमत प्रचण्डको यो दाबीलाई स्वीकार्नेवाला छैन देशभित्र एउटा जबरजस्त के मान्यता स्थापित गरिएको छ भने प्रचण्ड सरकार भारतको इशारामा बनेको हो हुन त एक जमानामा माओवादीले माधव नेपालको सरकारलाई यसैगरी ‘कठपुतली सरकार’ भनेको थियो अहिले प्रचण्डको सरकारलाई एमालेले ‘कठपुतली’ चाँहि भनिहालेको छैनन् तर त्यही दर्जामा राखेर प्रचण्ड सरकारको आलोचना भइरहेको छ प्रचण्डको दिल्ली र गोवा भ्रमणले काठमाडौंको राष्ट्रवादी जनमतलाई खासै मथ्थर पारेको छैन बरु थप उत्तेजित बनाइदिएको छ मुखर्जी आउँदा थप प्रहारप्रधानमन्त्री प्रचण्ड उनको सरकार र माओवादी पार्टीमाथि सामाजिक सञ्जालबाट भएको तेस्रो प्रहार चाँहि भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणमा सार्वजनिक विदा दिने सरकारी निर्णय भएपछि सुरु भयो यो प्रहारको प्रतिवाद गर्न प्रधानमन्त्री प्रचण्ड आफैंले उक्त निर्णय राष्ट्रपति विद्यादेवीको आग्रहमा गरिएको सार्वजनिक प्रतिक्रिया दिए यद्यपि त्यसको आलोचना हुन छाडेन र अझै भइरहेको छ मुखर्जीको नेपाल भ्रमणको पहिलो दिन सार्वजनिक यातायात अवरुद्ध हुँदा उपत्यकाबासीहरु सरकारविरुद्ध थप आक्रामक एवं रुष्ट बने माथि उल्लेख गरिएका चारवटै प्रशंगमा सोसियल मिडियाले प्रचण्ड र माओवादीविरोधी जनमतलाई थप उत्तेजनामा ल्याइदिएको छ जसका कारण माओवादी नेताहरु मनोवैज्ञानिक हिसाबले प्रतिरक्षात्मक अवस्थामा पुगेका छन् अब यो स्थितिमा कुनै सुधार आएन भने यसले आगामी चुनावमा समेत माओवादी केन्द्रलाई नकारात्मक प्रभाव पार्न सक्छ अहिले नेपाली राजनीतिमा एउटा डिस्कोर्स सुरु भएको छ के प्रचण्ड नेतृत्वको सरकारले आगामी चुनावमा माओवादी केन्द्रको भोट घटाइरहेको छ एमालेको स्कोरयो कुरा निश्चय नै हो कि सामाजिक सञ्जालमा पहुँच राख्ने मध्यम एवं शिक्षित समुदायमा नेकपा एमालेनिकट मानिसहरुको विशेष ‘होल्ड’ छ हुन त यहाँ एमालेलाई नरुचाउने जमात पनि ठूलै छ तर यसले माओवादीलाई समेत मन पराउँदैन सामाजिक सञ्जालमा अर्को पनि ठूलो जमात छ जसले एमाले माओवादी कांग्रेस वा कुनै पनि दललाई राम्रो नजरले हेर्दैन र यी सबै नेताहरुलाई ‘चोर’ को संज्ञा दिन्छ विशेष गरी यी सबै क्लष्टरमा रहेका नागरिकहरु यतिबेला माओवादी नेतृत्वको सरकारको कार्यशैली देखेर दिक्क छन् अहिले नेपाली राजनीतिमा एउटा डिस्कोर्स सुरु भएको छ के प्रचण्ड नेतृत्वको सरकारले आगामी चुनावमा माओवादी केन्द्रको भोट घटाइरहेको छ अनि के लोकमान प्रकरणसम्म आइपुग्दा एमालेले आफ्नो स्कोर बढाइरहेको हो यसका साथमा अर्को पनि प्रश्न छ ‘जनयुद्धका बेला आफूलाई अफेन्सिभ राख्न सक्ने माओवादी नेतृत्व अहिले किन डिफेन्सिभ भनेको होला राजनीतिक खेलमा आखिर किन घटिरहेको छ माओवादी केन्द्रको स्कोर ’यसका पछाडिको कारण खोज्ने हो भने सरकार प्रचण्ड एक्लैले चलाइरहेको जस्तो देखिन्छ माओवादीका अन्य मन्त्रीहरुको परफरमेन्स शुन्यजस्तै छ सरकारका प्रवक्ताको परफरमेन्स पनि झूर छ प्रधानमन्त्रीका सल्लाहकारहरु अर्धभूमिगत हुन् कि जस्ता देखिन्छन् प्रचण्ड एक्लैले सगर थाम्न खोजेजस्तो गरिरहेको प्रतीत हुन्छ त्यसैले उनी जति अघि बढ्न खोज्छन् सामाजिक सञ्जालमा तारो बनिहाल्छन् प्रचण्डको प्रतिवाद गरिदिने कोही छैनन् नेपालमा भारतविरोधी राष्ट्रवादी जनमत निकै बलियो र जब्बर रहेकाले त्यसको मार मुखर्जी र नेपाल सरकार दुबैले खाने स्थिति आएको हो काठमाडौंको मनोविज्ञान र सोसियल मिडियाको ट्रेण्डलाई हेर्दा मुखर्जीको नेपाल भ्रमणले नेपालभारत सम्बन्धलाई सकारात्मक बनाउनुभन्दा बढी गिजोलेको प्रतीत हुन्छ र यसका पछाडि केही ऐतिहासिक सन्दर्भहरु पनि छन् भारतले नेपालमाथि अन्यायपूर्वक नाकाबन्दी गर्नु यहाँको संविधानलाई स्वागत गर्न अन्कनाउनु नेपालको सरकार ढाल्न भारतीयहरु हात धोएर लागेको नेपालीलाई महसुस हुनु अनि पछिल्लो समयमा लोकमान प्रकरणमासमेत भारतीय राजदूतले लोकमानलाई बोकेर ‘माइक्रो म्यानेजमेन्ट’ गर्न खोजेको भाव नेपाली जनतामा प्रवाह हुनुले मुखर्जीको भ्रमण कोपभाजनमा परेको हो हुन सक्छ मुखर्जीले काठमाडौंमा आलोचनाको शिकार बनेको क्षतिपूर्ति जनकपुरको नागरिक अभिनन्दनबाट उठाउने प्रयास गर्नेछन् तर जसै जनकपुरमा मुखर्जीको भव्य स्वागत र अभिनन्दन हुनेछ काठमाडौंकेन्दि्रत जनमत निकै असहिष्ण्ुातापूर्वक त्यसलाई विद्रूपीकरण गर्नतिर लाग्नेछ पोखरामा त मुखर्जीसँग गुनासो गर्न भूपू सैनिकहरु तम्तयार भएर बसिसकेका छन् लोकमान प्रकरणः गालीबाट जोगिने छहारीजतिबेला माओवादीका सांसद महेन्द्रबहादुर शाही प्रस्तावक बनेर अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव पेश भयो सोसियल मिडियाले माओवादीलाई हमला नगरेको यही घटनामा मात्रै हो तर यसमा प्रचण्ड डराउने र खुट्टा कमाउने आशंका अझै गर्न छाडिएको छैनन् केपी ओलीलाई देवत्वकरण गर्दै खेलिएको सिस्नुपानीको देउसीमा समेत ‘महेन्द्रबहादुर शाहीधन्यवाद’ भनेर भट्याइएको प्रशंग पक्कै पनि प्रधानमन्त्री प्रचण्डले सुनेकै हुनुपर्छ प्रचण्ड नेतृत्वको सरकारलाई लोकमान प्रकरणमा मात्रै मध्यम वर्गले समर्थन गरेको छ तर यसको हिसाबकिताब अझै भइसकेको छैन यसवीचमा प्रचण्डले लोकमान प्रकरणमा कस्तो व्यवहार गर्छन् त्यसैमा उनको थप अलोकप्रियता वा लोकप्रियतामा निर्भर गर्नेछ प्रचण्डले अर्को घेराबन्दी पर्खिए हुन्छनिश्चित छ अब कात्तिक महिनाभित्रै संविधान संशोधनको प्रस्ताव संसदमा टेवल गरेपछि प्रधानमन्त्री प्रचण्डमाथि फेसबुक र टि्वटरबाट अर्को अग्निअस्त्र प्रहार हुनेवाला छ प्रचण्डले केही गरे पनि आक्रमण हुनेछ नगरे पनि केही गर्न नसकेको भनेर आक्रमण हुनेछ लोकमानका पछि लागेको सोसियल मिडिया यतिबेला मुखर्जीतिर लागेको छ शुक्रबार उनी दिल्ली फर्किएपछि यो सुरसाको मुख प्रचण्ड सरकारतिर सोझिनेवाला छ र अन्त्यमाअब शुक्रबार मुखर्जी भारत नफर्किँदासम्म सोसियल मिडियामा ‘लम्पसारवाद’ ट्रेण्ड जारी नै रहनेछ र माओवादीमाथि तीव्र प्रहार यथावतै रहनेछ त्यतिबेलासम्म माओवादीहरु सुतुमूर्गजसरी टाउको लुकाएरै बसिरहने छन् सायद यसरी बारम्बार भइरहेको सोसियल मिडियाको आक्रमणलाई सामना गर्ने प्रधानमन्त्री प्रचण्डसँग केही विकल्प छन्ःपहिलो आम ट्रेण्ड विपरीत हुनेगरी वा अलोकपि्रय निर्णयहरु नगर्ने दोस्रो आफूलाई सहासपूर्वक एन्टी करेन्ट धारमा उभ्याउने र सामाजिक सञ्जालको आलोचनाबाट विचलित नहुने वा तेस्रो सोसियल मिडियामा आफूलाई वा आफ्नो टीमलाई समेत सक्रिय बनाउँदै अफेन्सिभ बन्ने माओवादी नेतृत्वको सरकारविरुद्ध भइरहेको प्रहारको प्रतिवादमा आफ्नो पार्टी मेसिनरी प्रयोग गर्ने र यो ‘भर्चुअल वार’मा मैदानमा उत्रिने माओवादी केन्द्रले अब के गर्ला उसले जे गरे पनि यो कुरा नभुलोस् कि सोसियल मिडियामा सक्रिय पुस्ता र समाजको यो ठूलो तत्कालाई पूरै बेवास्ता गरेर गालीगलौच गरेर वा उसलाई चिढ्याएर मात्रै माओवादी पार्टीको राजनीति उँभो लाग्न सक्दैन माओवादीको मात्रै होइन कुनै पार्टीको पनि भविश्य त्यसरी बन्दैन प्रचण्डले चित्त बुझाउने एउटा तर्क के पनि छ भने एमाले कांग्रेस समर्थित काठमाडौंको शहरिया तप्काले उनको विरोध गरे पनि मधेसी जनजाति र मोफसलको जनमतले त उनलाई माया नै गरिरहेको छ तर यो तर्क पनि प्रचण्ड र माओवादी नेताहरुको भ्रममात्रै हो किनभने ती समुदायले माया गरेको भए माओवादी पार्टी तेस्रो स्थानमा कसरी खुम्चियो मुखर्जीको विरोधः कालो झण्डाको साटो ‘लम्पसारवाद’ ट्रेन्डिङ
1,041
फागुन काठमाडौं संविधानविरुद्ध आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका थप कार्यक्रम सार्बजनिक गरेको छ मोर्चाको केन्द्रीय सचिवालयको बुधबार बसेको बैठकले होलीका दहनको दिन सांसदहरुको सामूहिक पुत्ला दहन लगायतका कार्यक्रम गर्ने निर्णय गरेको हो यसैगरी आगामी चैतमा मधेसका जिल्लाहरुमा विरोध सभा गर्ने र घण्टासम्म मधेस आन्दोलनका नाराहरु लगाउने मोर्चाले जनाएको छ यसलाई मोर्चाले ‘हल्लाबोल’ कार्यक्रमको संज्ञा दिएको छ कैलाली महोत्तरी धनुषा सिरहा रुपन्देही लगायतका जिल्लाहरुमा दिउँसो एक बजेदेखि सरकारविरुद्ध प्रदर्शन गर्ने मोर्चाद्वारा सार्बजनिक आन्दोलनका कार्यक्रममा उल्लेख छ यही फागुन गतेदेखि चैत गतेसम्म हरेक जिल्लामा क्षेत्रीयस्तरमा सभा अन्तरक्रिया कोणसभालगायतका कार्यक्रम हुनेछन् यसबाट मधेस आन्दोलनमा जागरण पैदा हुने र समर्थन मिल्ने मोर्चाको विश्वास छ यसैगरी न्यायपरिषदले सर्बोच्च अदालतका न्यायाधीश नियुक्तिका लागि गरेको सिफारिस समावेशी नभएको भन्दै त्यसलाई रद्ध गर्न मधेसी मोर्चाले माग गरेको छ हेर्नुस् मधेसी मोर्चाको आन्दोलनका कार्यक्रम
126
रमेश धमला माघ काठमाडौं नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अयार्लले प्रहरी अधिकृतहरु नै घुससहित रंगेहात पक्राउ परेको घटनालाई आफूले गम्भिर रुपमा लिएको बताएका छन् साथै उनले मातहतका कर्मचारीलाई निगरानी गर्न नसक्ने हाकिमहरुलाई नै कारबाही गर्ने चेतावनी दिए पछिल्लो पटक ललितपुरका डीएसपी यदानिधि ज्ञवालीसहित तीन प्रहरी घुस लिँदै गर्दा पक्राउ परे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो प्रहरी प्रमुख अर्यालले शुक्रबार विहान महानगरीय प्रहरी मातहतका अधिकृतहरुलाई बोलाएर निर्देशन दिएका छन् आईजीपी अर्यालले अब गलत काम गर्नेहरुलाई मात्र होइन उनीहरुलाई निगरानीमा राख्न नसक्ने हाकिम नै कारबाही गर्ने चेतावनी दिएका छन् अधिकृतहरुसँगको बैठकपछि अनलाइनखबरसँग कुरा गर्दै आइजीपी अर्यालले भने प्रहरी अधिकृतहरु घुससहित रंगेहात पक्राउ परेको घटनाले आफूलाई निकै गम्भिर बनाएको बताए ‘ललितपुमा पनि एसएसपीकै कमजोरी देखियो त्यस्तो कमजोर नेतृत्व कारवाहीको भागिदार हुनुपर्छ ’नेतृत्वमा बस्नेहरुले मातहतका कर्मचारीको सपरिवेक्षेण नगर्नु कमजोरी भएको उनले बताए उनले अब नेतृत्वमा बस्नेहरुलाई पनि कारबाही गर्ने बताए पटक­­पटक दिएको निर्देशन किन पालना भएन भन्ने प्रश्नमा अर्यालले भने ‘निर्देशन पालना नगरेको भन्दा पनि व्यक्तिगत नियत गलत देखिएको छ त्यसलाई सुधार गर्न कडा रुपमा प्रस्तुत हुन्छु ’
167
असार फलेवास (पर्वत) पर्वतका सरकारी कार्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गर्न थालिएको छ  कार्यालयको कामप्रति कर्मचारीलाई जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले धौलागिरि अञ्चलमै पहिलोपटक पर्वतका सरकारी कार्यालयमा मेसिन जडान गर्न लागिएको हो मेसिन जडान कार्य आइतबार जिल्ला प्रशासन कार्यालयबाट सुरु भएको छ कार्यालयमा जडान गरिएको मेसिनमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले हाजिर गरेर उद्घाटन  गरे सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था हुँदा जिल्लामा कीर्ते हाजिरी गर्नेको अन्त्य हुने र अनुगमन कार्यमा पनि सहजता हुने भएको छ निक हाजिरी रजिस्टरमा हाजिर गर्दा कर्मचारी कुनबेला कार्यालयमा आए र गए त्यसको बारेमा सही जानकारी हुन नसक्ने कार्यालयमा पूरै समय समेत नबस्ने गरेको अवस्थामा विद्युतीय माध्यमबाट हाजिर गर्दा कुन बेला आए र कुन बेला गए भन्ने बारेमा समेत जानाकारी लिन सकिने प्रमुख जिल्ला अधिकारी मरासिनीले जानकारी दिए उक्त विद्युतीय हाजिरी मेसिन जडान कार्य सदरमुकाममा रहेका सबै सरकारी कार्यालयमा विस्तार हुने भएको छ खासगरी नागरिकको बढी चाप हुने कार्यालयमा पहिलो चरणमा र अन्य कार्यालयमा दोस्रो चरणमा मेसिन जडान गरिने बताइएको छ
155
भाद्र काठमाण्डौं औं अन्तरराष्ट्रिय साक्षरता दिवस एवं राष्ट्रिय शिक्षा दिवस आज & सक्षम शिक्षा स्तरीय शिक्षा समृद्धिका लागि साक्षरता र प्रविधि युक्त शिक्षा& भन्ने नाराका साथ विविध कार्यक्रम गरी मनाइदै छ दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी गरिने शिक्षा मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिनु भएको हो पत्रकार सम्मेलनमा शिक्षामन्त्री चित्रलेखा यादवले गुणस्तरीया शिक्षा समुन्नत राष्ट्रको पहिलो आधार भएकाले गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो उहाँले सन् सम्ममा सबैलाई साक्षर बनाउने अभियान सफल पार्न सबैको सहयोग आवश्यक रहेको बताउनु भयो
83
जेठ काठमाडौं प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको चार दलको बैठकले संविधानसभाको बैठक सारेर संविधान तथा राष्ट्रिय सरकारको टुंगो लगाउने निर्णय गरेको छ प्रधानमन्त्री निवासमा बसेको नेपाली कांग्रेस एमाले एमाओवादी र मधेसी मोर्चाका शीर्षनेताको बैठकले जेठ गतेभित्रै संविधान र सरकारको विषयमा सहमति जुटाउने निर्णय गरेको हो संविधानसभाको बैठक सूचना टाँसेर गतेसम्म स्थगित गर्ने सहमति भएको छ बैठकमा सहभागी एमाओवादी महासचिव कृष्णबहादुर महराले भने संविधान र राष्ट्रिय सरकार दुईवटै विषयमा एकदुई दिन भित्रै प्याकेजमा टुंगो लगाउने जिम्मेवारी चार दलका शीर्ष नेतालाई दिइएको छ संविधानका अन्तरवस्तु र सरकारको स्वरुपबारे सक्षम छलफल नभएको भन्दै महराले यसबारे सुशील कोइराला केपी ओली प्रचण्ड र विजय गच्छदारसमेत चार नेताले टुंगो लगाउने बताए
106
काठमाडौं/ नेपालका लागि टिभिएस मोटर कम्पनीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले पहिलोपटक पोखरा नयाँबजारस्थित सोरुमबाट अपाचे सिरिज आरटिआर म्याट ब्लु एडिसन बाइक बिक्री सुरु भएको छ म्याट ब्लु एडिसन बाइकको जगदम्बा मोटर्सका भिपी दीपककुमार अग्रवाल र एएसबी अटोमोबिल्सका कार्यकारी निर्देशक प्रमेश पराजुलीले बिक्री सुरु गरेका थिए सेकेन्डमै देखि किमि प्रतिघन्टा पुग्ने सिसी रेसिङ च्यासिस र सिसी दुवैमा उपलब्धलगायत फिचर्स भएको अपाचे म्याट ब्लु एडिसन आरटिआर सिरिजमा सबैभन्दा धेरै पुरस्कार प्राप्त बाइक रहेको कम्पनीले जनाएको छ नेपाली युवामाझ आफ्नो स्टाइलिस लुक रेसिङ थिम र पर्फमेन्सका कारण अपाचे सिरिज लोकप्रिय रहँदै आएको कम्पनीको भनाइ छ टिभिएस मोटर कम्पनीले विभिन्न आकर्षक रङमा उपलब्ध अपाचे सिरिजमा म्याट ब्लु रङ पनि थपेको हो कम्पनीका हाल मुलुकभर डिलरसिप संख्या पुगेका छन् जगदम्बा मोटर्स शंकर ग्रुपको कम्पनी हो
120
थुप्रै सुखद तथा दुःखद अनुभूति छोड्दै अंग्रेजी वर्ष हामीबाट बिदा हुने तर्खरमा छ बिदा हुन लागेको वर्षको समीक्षा गर्ने क्रम पनि सुरु भएको छ यसै क्रममा बिबिसीले सन् का उत्कृष्ट तस्वीर छनोट गरी सार्वजनिक गरेको छ वर्षको सुरुवातमा दक्षिण अमेरिकी देशरुमा जीका भाइरसले थुप्रै नवजात शिशुलाई चपेटामा पार्‍यो मस्तिष्क पूर्णरुपमा विकसित नभएका बच्चाहरु जन्मिए यस रोगलाई माइक्रोसेफैली नाम दिइयो विश्व स्वास्थ्य संगठनले यसलाई अन्तर्राष्ट्रिय स्वास्थ्य संकट घोषणा गर्‍यो यस वर्षको जनवरीमा अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पले म्यासाचुयट्समा अभिवादन गर्दा खुसीले एक समर्थकको होशहवास उड्यो पछि ट्रम्पले राष्ट्रपति चुनावमा बाजी मारे मार्च महिनामा अमेरिकी राष्ट्रपति बराक ओबामा र उनकी पत्नी मिचेल ओबामा अर्जेन्टिनाको भ्रमणमा थिए भ्रमणका क्रममा आयोजित एक राजकीय भोजका क्रममा ओबामा र उनकी पत्नीलाई त्यहाँको राष्ट्रिय नृत्य ट्यांगोमा सहभागी हुन भनियो र उनीहरु खुलेर नाचे अमेरिकी राज्य न्यूयोर्कमा भएको एउटा आन्दोलनका क्रममा जुलाई का दिन आन्दोलनकारी महिला इशिया इवान्स प्रहरी डफ्फाको अघिल्तिर एक्लै खडा भइन् यो तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो एक निहत्था अश्वेत युवक प्रहरीको आक्रमणमा मारिएको विरोधमा भएको आन्दोलनले त्यसपछि झनै उग्र रुप लियो जुलाई मा न्यूयोर्कको गगनचुम्बी भवनका बीचबाट आएको सूर्यको प्रकाशले मनोरम दृष्य देखियो मानिसहरुले यसको तुलना ब्रिटेनको स्टोनहेजसित गरे यसलाई म्यानह्याटनहेज नाम दिइयो टर्कीमा सत्ता उल्टाउने असफल प्रयासका क्रममा राजधानी इस्तानबुलको बस्फोरस पुलमा राष्ट्रपति रिचेप तैयप अर्दोआन र विद्रोही सैनिकहरूबीच ठूलो भिडन्त भयो यस पुलले युरोप र एसियालाई जोड्छ चीनको हुनान प्रान्तमा थ्यानमेन पहाडको ठीक किनारामा रहेको चट्टानमाथि एक सय मिटर लामो शीशाको पारदर्शी बाटो निर्माण गरिएको छ यहाँ पर्यटकको ताँती लाग्ने गर्छ जनवरी मा ब्रिटेनका प्रख्यात गायक डेभिड बोईको निधन भयो उनका प्रशंसकले दक्षिण लन्डनको ब्रेक्सटनस्थित उनको जन्मस्थानमा पर्खालमा ठूलो पोष्टर टाँगेर कार्यक्रम गरे स्थानीय परिषद्ले यो पोष्टरलाई सुरक्षित राख्ने निर्णय गरेको छ ल्याटिन अमेरिकी गायिका बियोन्सी नोल्सले लस एन्जेलसमा ब्ल्याक इन्टरटेनमेन्ट टेलिभिजनको पुरस्कार वितरण समारोहमा आफ्नो गीत ‘पि| म विथ केडि्रक लेमर’ प्रस्तुत गरिन् त्यसमा उनले पुरस्कार पनि जितिन् संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगका अनुसार सन् मा भूमध्यसागर पार गर्ने प्रयासका क्रममा तीन हजार आठ सय आप्रवासी डुबेर मरे वा बेपत्ता भए रियो ओलम्पिकमा पाँच हजार मिटर दौडका क्रममा न्यूजिल्याण्डकी निकी हैंबलिन अमेरिकी धाविका एबी डी आगस्टिनोसँग ठोक्किएर लडेकी थिइन् आगस्टिनोले दौड छोडेर उनलाई मद्दत गरिन् उनको यो व्यवहारको निकै तारिफ भयो जमैकाका उसेन बोल्ट तीव्र गतिका धावक हुन् रियो ओलम्पिकका क्रममा एक सय मिटर दौडको सेमिफाइनलमा उनले क्यामरालाई देखेर मुस्कुराउन भुलेनन् पछि फाइनलमा उनले सेकेन्डमा दौड पूरा गरेर तेस्रो पटक ओलम्पिकको गोल्ड मेडल कब्जा गरे सिरियाको अलेप्पोमा भएको हवाई हमलापछि ढलेको एउटा भवनको भग्नावशेषबाट पाँच वर्षका बालक ओमरान दकनीशलाई रगत र माटोसँग लतपतिएको अवस्थामा उद्धार गरियो यो तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो लोकतान्त्रिक गणराज्य कंगोको उत्तरी प्रान्त किवुमा अगष्ट महिनामा जातीय हिंसा भड्कियो हिंसाका क्रममा बुटेंबो शहरमा मात्रै जनाको मृत्यु भयो सिरियाको अलेप्पो शहरमा सेप्टेम्बरका दिन भयानक हवाई हमला भयो ध्वस्त भएका भवनको भग्नावशेषबाट आफ्ना बच्चाहरुलाई निकालेर सुरक्षित स्थानतर्फ लग्दै स्थानीयवासीहरु सन् पछि यस वर्षको नोभेम्बरमा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आयो यसलाई ‘सुपरमुन’ नामकरण गरियो
469
पुस काठमाडौं आज काठमाडौंबाट प्रकाशित हुने राष्ट्रिय दैनिकहरुले पहिले संविधान संशोधनबारे निर्णय गरेपछि मात्रै निर्वाचन प्रक्रियामा जानुपर्ने सत्तारुढ पार्टीको अडानलाई प्रमुखताका साथ फ्रन्टपेजमा छापेका छन् कान्तिपुर राष्ट्रिय दैनिकले दाहाल र देउवालाई उदृत गर्दै संशोधन फिर्ता नहुने र नरोकिनेबारे मधेसी मोर्चालाई जानकारी गराएको समाचार छापेको छ उसले पाँच बजेसम्म ओपिडी सञ्चालन गर्नुपर्ने अस्पतालहरुमाथिको निर्देशन पालना नभएको समाचारलाई पनि फ्रन्टपेजमा स्थान दिएको छ सरकारले तोकेको एमबिबिएस शुल्कमा भर्ना लिन निजी कलेजहरुले आनाकानी गरिरहेको र बढ रकम असुल्न चलखेल गरिरहेको समाचार आजको नागरिक दैनिकले फ्रन्टपेजमा छापेको छ त्यस्तै आजको अन्नपूर्ण पोष्टले सरकारले संशोधन प्रक्रिया अघि बढाउनेबारे मोर्चालाई आश्वासन दिएको समाचार छापेको छ गोरखापत्र दैनिकले भने निर्वाचन कानून संसदको प्रथमिकतामै नपरेको समाचार फ्रन्टपेजमा प्रकाशित गरेको छ राज्य पुनःसंरचना आयोगको प्रतिबेदन नबुझ्न सत्तारुढ र मोर्चाबीच सहमतिबारेको समाचार आजको नयाँ पत्रिका दैनिकले प्रकाशन गरेको छ  
129
फागुन काठमाडौं माओवादी अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले भागी बिहे गरेकी छोरी ज्वाइँलाई औपचारिक कार्यक्रम गरेर बधाई दिएका छन् चन्दकी छोरी सञ्जु चन्दले गत माघमा अमृत साइन्स क्याम्पसमा बिएसस्सी पढ्र्दै गएका सुनसरीका विनोद लुईंटेलसँग भागी बिहे गरेकी थिइन् लुईंटेल विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका अस्कल अध्यक्ष समेत हुन् र उनको विप्लवसँग व्यक्तिगत चिनजान समेत थियो तर विप्लवको परिवारले विवाहको स्वीकृति नदिएपछि उनीहरुले भागी बिबाह गरे विवाह भएको झण्डै डेढ महिनापछि दुबै परिवारको सहमतिमा औपचारिक कार्यक्रम भएको छ  बुद्धनगरमा भएको कार्यक्रममा माओवादी नेताहरुका साथै लुईंटेलका परिवारका सदस्यहरु समेत थिए छोरी ज्वाइँलाई बधाइ दिएपछि कार्यक्रमलाई विप्लवले सम्बोधन पनि गरे कार्यक्रममा सहभागी क्रान्तिकारी पत्रकार संगठनका उपत्यका संयोजक जन्मदेव जैशीका अनुसार विप्लवले सञ्जु विनोदको जोडीले क्रान्ति र परिर्वतनमा एउटा इँटा थप्ने काम गरोस् भन्दै बधाइ दिए सम्बोधनका क्रममा उनी भावकु पनि भएका थिए र गला समेत अवरुद्ध भएको एक सहभागीले बताए यो कार्यक्रम विप्लवकै पहलमा भएको माओवादी नेताहरु बताउँछन् यो पनि पढ्नुस्पार्टीका विद्यार्थी नेतासित भागिन् विप्लवकी छोरी
152
वैशाख काठमाडौं  न्यू योर्कमा आयोजना हुने हिरोल्ड काई अन्तराष्ट्रिय च्याम्पियनसिपमा सहभागी हुन नेपाली कराते खेलाडी जनक सिंह खड्का अमेरिका प्रस्थान गरेका छन् नेपाल कराते महासंघका अध्यक्ष एवं सितेरियो कराते संघका अध्यक्ष दावा गुरुङ्गले खड्कालाई राष्ट्रिय झन्डा प्रदान गर्दै विदाई गरे अप्रिल तारिख अमेरिकामा आयोजना हुने च्याम्पियनसिप पश्चात मे मा क्यानडाको मोन्टेरियलमा आयोजाना हुने मोन्टेरियल खुला कराते च्याम्पियनसिपमा खड्का सहित अमेरिकामानै रहेका सुनिल लामाले पनि सहभागिता जनाउने खड्काले जानकारी गराए जनक सिंह खड्काले केजी मुनि र सुनिल लामाले केजी मुनि प्रतिस्पार्धा गर्नेछन् खड्काले मा आयोजना भएको युएसए ओपन कराते च्याम्पियनसिपमा कास्य पदक प्राप्त गरेका थिए विदाई कार्यक्रममा नेपाल कराते महासंघका महासचिव हरिशरण केसी सदस्य निवास गोपाल बैद्यलगायतको उपस्थिती रहेको थियो
109
काठमाडौं/ नेवा: अधिकार सिरपा: गुथिले नेपाल भाषाका प्रख्यात साहित्यकार तथा मानवअधिकारकर्मी पद्मरत्न तुलाधरलाई ‘तेस्रो नेवा: अधिकार’ पुरस्कार प्रदान गरेको छ नेवा: लगायत सम्पूर्ण आदिवासी जनजातिको अधिकार प्राप्तिका लागि दशकौँदेखि निरन्तर रूपमा निर्वाह गर्दै आएको अगुवाको भूमिकाप्रति सम्मान दर्साउँदै पुरस्कार प्रदान गरिएको हो पुरस्कारका लागि डा महेशमान श्रेष्ठ र मोहिनी श्रेष्ठले पाँच लाखको अक्षयकोष स्थापना गरेका छन् नेपाल भाषा साहित्य फाँटमा प्रगतिशील धारका लेखकका रूपमा परिचित तुलाधर सिद्धहस्त प्रहसन (ख्या:ल) लेखक र निबन्धकारका रूपमा चिनिन्छन् उनले फत्तेबहादुर सिंहको सम्पादकत्वमा निस्कने ‘नेपाल भाषा पत्रिका’लाई लामो समय निरन्तरता दिएका थिए नेपाल भाषा मंका: खल:का अध्यक्ष रहेका तुलाधरले नेपाल भाषा र संस्कृति जगेर्ना र नेपाल सम्बत्लाई राज्यस्तरबाट मान्यता दिलाउन नेतृत्वदायी भूमिका खेलेका थिए पछिल्लो समय द्वन्द्व व्यवस्थापनमा सहजकर्ताको भूमिकामा रहेका उनी हाल मानवअधिकार संरक्षण मञ्चका अध्यक्ष छन् बहुदलीय व्यवस्थाको पुनर्बहालीपछि स्वास्थ्यमन्त्रीसमेत रहेका तुलाधर एकताका राष्ट्रिय पञ्चायतमा ‘बहुदल’को माग गरेर देशभित्र र बाहिर चर्चामा आएका थिए उनी अहिले आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका संयोजक पनि हुन् तुलाधरलाई श्रेष्ठ दम्पतीले अभिनन्दनपत्र र हजार रुपैयाँ प्रदान गरेका थिए भने मल्ल के सुन्दर र दुर्गालाल श्रेष्ठले दोसल्ला ओढाईसम्मान गरे
171
माघ काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले घरघरमा ग्यासको पाइप पुर्‍याउने एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने आफ्नो घोषणालार्इ हँसीमजाकमा नउडाउन सबैसित आग्रह गरेका छन् ‘कार्डियोलोजी एन्ड क्रिटिकल केयर’ नामक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्रीले भनेम जति दिन प्रधानमन्त्री पदमा रहन्छु ती कार्य पूरा गर्न मेरो  प्राथमिकतामा रहन्छ कुरा काट्नेहरु काटिरहन्छन् तर म पछाडि फर्किन्नँ ती कार्य पूरा गरेरै छाड्छु फोटो ठड्याउन मात्र सिंहदरबार गएको भन्दै उनले भूकम्प र अघोषित नाकाबन्दीले थिलथिलो भएको जनताको जीवनस्तरलाई माथि उकास्ने आफ्नो ध्येय रहेको बताए आफूलाई केहीको पनि लोभ नभएको बताउँदै उनले भने देश र जनताकै चिन्ता मात्र मलाई छ ’प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा र सेवालाई थप सर्वसुलभ बनाउन सरकारले ध्यान दिएको समेत बताएका छन् ‘कार्डियोलोजी एन्ड क्रिटिकल केयर’ पुस्तक वरिष्ठ हृदयरोग विशेषज्ञ (कार्डियोलोजिस्ट) प्रा डा अरुण साय्मीको प्रमुख लेखनमा डा  हेमन्त श्रेष्ठ र डा सूर्य देवकोटाले प्रकाशनमा ल्याएका हुन् रासस
134
कृष्णप्रसाद श्रेष्ठअध्यक्ष नेपालगन्ज उद्योेग वाणिज्य संघप्रदेश नम्बर को सबैभन्दा सशक्त मानिने उद्योगी व्यवसायीको साझा संगठन नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्व गत वर्षदेखि तयारी पोशाकका थोक व्यवसायी कृष्णप्रसाद श्रेष्ठले सम्हाल्दै आएका छन् सालमा साधारण सदस्यबाट संघमा प्रवेश गरेका श्रेष्ठ सालमा कोषाध्यक्ष र सालमा उपाध्यक्ष हुँदै सालमा अध्यक्षमा निर्वाचित भएका हुन् हाल उनले आफ्नो तीन वर्षे कार्यकाल समाप्त गरेर थपिएको महिनाको पनि अन्तिम समयमा पुगेका छन् पूर्वको तुलनामा पश्चिममा निकै कम आर्थिक विकास भएको र यस क्षेत्रलाई आर्थिकरूपमा सम्पन्न बनाउन राजनीतिक दलका नेताहरूले खासै भूमिका निर्वाह गर्न नसकेको उनको भनाइ छ तीन वर्षे कार्यकालमा आफ्नो कुशल नेतृत्वकै कारण अहिले जिल्लाका भन्दा बढी समिति र उपसमितिमा संघको दरिलो उपस्थिति रहेको श्रेष्ठको दाबी छ सोही कारणले नेपाल उद्योग वाणिज्य महासंघका वटा समितिमा पनि आफूलाई विभिन्न पदमा राखिएको बताउँदै उनले आफ्नो कार्यकालमा संघको प्रतिष्ठा धेरै बढेको बताए सरकारले प्रस्तुत गर्न थालेको आर्थिक वर्ष ÷ को बजेट कस्तो हुनुपर्ने र के कस्ता कुराले प्राथमिकता पाउने आशा निजी क्षेत्रको छ भन्नेलगायतका विषय तथा उद्योगी व्यवसायीका स्थानीय समस्यामा केन्द्रित रहेर अध्यक्ष श्रेष्ठसँग नेपालगन्जस्थित कारोबार संवाददाताले गरेको कुराकानी :सरकारले आर्थिक वर्ष / का लागि ल्याउन लागेको बजेट कस्तो हुनुपर्छ आगामी बजेट व्यवसायी मैत्री हुनुका साथै देशमा ठूलो आर्थिक परिवर्तन ल्याउने खालको हुनुपर्छ आज उद्योग व्यवसाय कलकारखाना फस्टाउन नसक्दा ठूलो संख्यामा युवाशक्ति विदेश पलायन भएको छ अबको बजेटले देशमै ठूलो मात्रामा रोजगारी सिर्जना गर्न सक्नुपर्छ ठूला–ठूला उद्योग र मेघा परियोजना सञ्चालन गरिनुपर्छ आर्थिक विकास र आर्थिक गतिविधि वृद्धि भयो भने रोजगारी र अन्य सम्भावना आफैं बढेर जान्छन् त्यसैले अब केही वर्ष सबैको ध्यान आर्थिक विकासमै केन्द्रित हुनुपर्छ अहिले देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो समस्या भनेको ऊर्जा संकट नै हो ऊर्जाको समस्याले उद्योग व्यवसाय चौपट भएको छ उत्पादन ठप्प भएको छ ऊर्जा समस्याकै कारण कतिपय उद्योग कारखाना बन्द गर्नुपरेको छ आगामी बजेटमा ऊर्जा समस्या समाधान गर्ने योजना र कार्यक्रम ल्याउनुपर्छ देशको भन्सार औद्योगिक कर र भ्याट नीतिमा व्यापक हेरफेर गरिनुपर्छ ती सबै नीति बनाउँदा वा समीक्षा गर्दा निजी क्षेत्रको पनि सहभागिता र प्रतिनिधित्व गराइनुपर्छ थ्रेस होल्ड लाख पु¥याउँदा साना र मझौला व्यवसायीलाई राहत हुन नसकेको उनीहरूको गुनासो छ त्यसमा पुनर्विचार गरिनुपर्छ थ्रेस होल्ड शून्यमा पु¥याइनुपर्ने र अझै बढाउनुपर्ने दुई मत देखिएका छन् यसको समायोजन गर्नुपर्छ जडीबुटीको निर्यात सहज बनाइनुपर्छ साइकल कपडा र अन्य वस्तुमा भन्सार र भ्याट परिवर्तन गरिनुपर्छ बजेट बनाउनुपूर्व सरकारले उद्योगी व्यवसायीसँग सल्लाह सुझाव लिने गरेको छैन बजेट ल्याउनुपूर्व सरकारले हरेक वर्ष विभिन्न औपचारिक अनौपचारिक कार्यक्रम गरेर निजी क्षेत्रबाट सल्लाह र सुझाव लिने गरेको छ जिल्ला जिल्लाबाट सुझाव सल्लाह माग्ने गरिएको छ तर उद्योग वाणिज्य संघलगायतका निजी क्षेत्रले दिएको सुझाव र सल्लाहलाई सरकारले कहिले पनि कार्यान्वयन गर्दैन उद्योगी व्यवसायीले दिएका सुझावलाई कुनै वास्ता गरिँदैन सुझाव सल्लाहलाई बेवास्ता गर्ने काम अब नगरियोस् सुझाव र सल्लाह औपचारिकता पूरा गर्न मात्र लिइन्छ यस पटक यस्तो नहोस् भन्ने हाम्रो अपेक्षा छ नेपालगन्ज उद्योग वाणिज्य संघले बाँकेका उद्योगी व्यवसायी र सबै वस्तुगत संगठनका धारणा समेटेर पठाएको सुझाव यस पटकको बजेटमा समावेश हुनेछ भन्ने हामीले आशा गरेका छौं ती सबै सुझावलाई बेजटमा समावेश गर्नुपर्छ भन्ने हाम्रो आग्रह हो यदि इमान्दारिपूर्वक त्यसो गर्न सकियो भने साँच्चिकै उद्योगी व्यवसायीले भोग्दै आएका सबै समस्या समाधान हुनेछन् र एउटा राम्रो र जनमुखी बजेट आउनेछ नयाँ बजेटमा कस्ता कुराले प्राथमिकता पाउनुपर्छ जस्तो लागेको छ यहाँलाई कुनै पनि देशको बजेट भनेको त्यो देशको विकासको सही खाका र आर्थिक कार्यक्रम हो नयाँ बजेट विकासमुखी हुनुका साथै महत्वकांक्षीसमेत हुनुपर्छ नेपाली जनता छोटो समयमै आत्मनिर्भर बन्ने तथा आर्थिकरूपमा सक्षम हुने योजना र कार्यक्रमले बजेटमा प्राथमिकता पाउनुपर्छ देशका ठूला जलविद्युत् योजनादेखि लिएर राष्ट्रिय गौरवका अन्य आयोजनाको निर्माण छिटोभन्दा छिटो सम्पन्न गर्ने योजना र कार्यक्रमले बजेटमा उच्च प्राथमिकता पाउनुपर्छ हालसम्मको बजेट निर्माणको तयारी हेर्दा त्यसो गरिएला जस्तो लागेको छ अबको वर्षसम्म सरकारले ठूला ठूला मेघा परियोजना सञ्चालन गर्नुपर्छ देशलाई आगामी वर्षमा एक निश्चित स्थानमा पु¥याउने साझा लक्ष्य बनाएर सबै एकजुट भई अगाडि बढ्नुपर्छ देशको विकासमा ठूलो परिवर्तन ल्याउन सक्ने केही ठूला आयोजना सरकारले आफ्नै लगानीमा निर्माण गर्ने अठोट गर्नु निकै सकारात्मक निर्णय हो सो निर्णय कार्यान्वयन हुनुपर्छ कार्यान्वयनको पाटो केही कमजोर देखिएकाले यसमा बढी ध्यान दिनु जरूरी छ बजेट कार्यान्वयनमा के कस्ता समस्या देखिने गरेका छन् त जुनसुकै सरकारले पनि आफ्नो तरिकाले राम्रो बजेट ल्याउन खोजेको देखिन्छ तर कागजमा तयार पारिएको बजेट तल्लो तहसम्म पुग्दा साँच्चिकै कार्यान्वयन हुने खालको बनेको छ कि छैन त्यसले नेपाली जनताको जीवनस्तर उकास्न कति सहयोग गर्छ त्यो कति व्यावहारिक र वास्तवकितामा आधारित छ यस्ता प्रश्नको उत्तरले मात्र बजेट कार्यान्वयनलाई सही दिशा देखाउन सक्छ बजेट बनाउँदा विकास निर्माणलाई विशेष ध्यान दिएर बनाइनुपर्छ अबको बजेट खर्च हुने खालको हुनुपर्छ हाल जम्मा देखि प्रतिशत मात्र विकास बजेट खर्च हुने गरेको देखिएको छ यस्तो पाराले देश बन्दैन कम्तीमा पनि प्रतिशत बजेट खर्च हुने गरी काम गरिनुपर्छ फ्रिज हुने बजेटको अब काम छैन बजेट तयार पार्दा नै फ्रिज नहुने गरेर तयार पार्नुपर्छ विकास निर्माणको अनुगमन गर्ने कडा संरचना बनाइनुपर्छ ठेक्का लिएर वर्षभरि काम नगर्ने तर जेठ लाग्ने बित्तिकै हतार हतार बजेट समाप्त पार्न गुणस्तरहीन काम गर्ने परिपाटीको अन्त्य गर्ने व्यवस्था बजेटमै गरिनुपर्छ निर्माण कार्यको गुणस्तरबारे सरकारी निकायले विशेष चासो लिनुपर्छ जस्तो पायो त्यस्तो काम सकेर भुक्तानी दिने परिपाटीको पनि अन्त्य हुनु जरूरी छ नयाँ बजेटमा विशेष गरी पश्चिम क्षेत्रका लागि कस्ता कुरालाई ध्यान दिनुपर्छ त पश्चिम नेपालको यो क्षेत्र देशका अन्य क्षेत्रको तुलनामा आर्थिक र भौतिक विकासको दृष्टिले निकै पिछडिएको छ विगतमा सशस्त्र द्वन्द्वका बेला सबैभन्दा बढी प्रभावित बनेको क्षेत्र पनि यही हो तसर्थ बजेटमा सरकारले यस्ता क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम ल्याउनुपर्छ यस क्षेत्रको उद्योग व्यवसाय फस्टाउने आर्थिक गतिविधि बढ्ने लगानी भित्रिने खालको वातावरण बजेटमार्फत बनाइनुपर्छ क्षेत्र नम्बर र क्षेत्र नम्बर एक अर्कासँग गाँसिएकाले यस क्षेत्रमा पर्यटन विकास जडीबुटी खेती र कृषिसँग सम्बन्धित अन्य योजना अगाडि सारिनुपर्छ कर्णालीको बहुमूल्य जडीबुटी स्याउ र ओखरलगायतको उत्पादनको प्रमुख बजार र निकासीको नाका पनि नेपालगन्ज भएकाले जडीबुटी व्यवसायलाई सहज बनाउने निकासीलाई झन्झटमुक्त तरिकाले नियमित पार्ने तथा स्थानीय उत्पादनलाई बढाउने कुरालाई विशेष ध्यान दिइनुपर्छ आर्थिक विकासका लागि जिल्लाका सबै ठाउँमा बाटो र विद्युत् तथा सिँंचाइको व्यवस्था गरिनु जरूरी छ यहाँका कुन–कुन योजनालाई विशेष प्राथमिकतामा राखिनुपर्छ आउने बजेटमा नौबस्तामा स्थापना गर्न लागिएको प्रदेशस्तरको औद्योगिक क्षेत्र निर्माणलाई तीव्र बनाइनुपर्छ जसले गर्दा त्यहाँ छिटोभन्दा छिटो उद्योग स्थापना गरेर सञ्चालन गर्न सकियोस् सुख्खा बन्दरगाह निर्माणको आयोजना पनि अलपत्र परेको छ सो आयोजनालाई पनि तीव्र बनाइनुपर्छ राप्तीपारिको सडकलाई विशेष प्राथमिकतामा राखिनु अति आवश्यक छ सो सडक नबन्दा हजारौंले आफ्नो उत्पादनलाई भारतमा सस्तोमा पु¥याउन बाध्य छन् उनीहरूको सबन्ध नेपालभन्दा भारतसँग बढी छ आर्थिक गतिविधि शून्य छन् यस्तै बहुप्रतीक्षित सिक्टा सिँचाइ आयोजना पनि छिटो सम्पन्न गर्न लगाउनुपर्छ वर्षमा प्रतिशत मात्रै प्रगति भएको सो योजनालाई जति सक्यो छिटो सम्पन्न गराउनुपर्छ यस्तै नेपालगन्जमा सभागृह तथा व्यावसायिक भवन निर्माणका लागि पनि विवादरहित तरिकाले योजना बनाई बढीभन्दा बढी बजेट छुट्याएर कार्यान्वयन गरिनुपर्छ नेपालगन्जमा चक्रपथको योजनाका लागि पनि आवश्यक बजेट विनियोजन गरिनुपर्छ हालैमात्र संसद्बाट पारित भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कस्तो लाग्यो सरकारले राष्ट्रपतिमार्फत संसद्मा प्रस्तुत गरेर पारित भएको नीति तथा कार्यक्रमले स्वदेशमा रोजगारी सिर्जना गर्ने ठूला–ठूला आयोजना आफ्नै लगानीमा सञ्चालन गर्ने र आर्थिक विकासलाई अगाडि बढाउने कुराले प्राथमिकता पाएकाले निजी क्षेत्र उत्साहित बनेको छ नीति तथा कार्यक्रम हेरेर नै बजेट पनि सोही प्रकारको आउने आशा बढेको छ नीति तथा कार्यक्रको कार्यान्वयनमा ध्यान दिन सक्ने हो भने यो सबैभन्दा बढी उपलब्धिमूलक बन्न सक्नेमा कुनै शंका छैन तर हाम्रो देशमा कागजमा जतिसुकै राम्रा कुरा लेखिए पनि कार्यान्वयनमा ठूलो चुनौती देखा पर्दै आएको छ सो चुनौतीलाई चिर्न सक्ने हो भने निश्चय पनि देशले विकास र उन्नतिमा गति लिने छ नीति तथा कार्यक्रममा एक घर एक रोजगार शैक्षिक प्रमाणपत्रका आधारमा युवालाई ऋण दिइने जस्ता लोकप्रिय कार्यक्रम रहे पनि बन्द हड्ताल गर्नेले क्षतिपूर्ति तिर्नुपर्ने जस्ता व्यावहारिक रूपमा अप्ठ्यारा कुरा पनि राखिएकोले ती सबै सफल असफल हुने कुरा कार्यान्वयनमै भर पर्नेछ नेपालगन्जका उद्योग व्यवसायको अवस्था अहिले कस्तो छ विगतमा भएका विभिन्न द्वन्द्व बन्द हड्ताल र नाकाबन्दीलगायतका कारण नेपालगन्जको उद्योग व्यवसायलाई ठूलो प्रभाव पर्दै आएको छ त्यसैले अब पुराना कुरा नदोहोरिने प्रतिबद्धता गर्दै आर्थिक समृद्धिको बाटोमा सबै अग्रसर हुनुपर्छ विद्युत् समस्याका कारण अहिले उद्योग व्यवसाय सबैभन्दा बढी प्रभावित छन् केही समय पहिलेसम्म देशभरिका उद्योगी व्यवसायीलाई लोडसेडिङ नहुने नेपालगन्जमा उद्योग खोल्न संघले आह्वान गरिरहेकोमा अहिले त्यो अवस्था छैन अहिले दैनिक घण्टाभन्दा बढी लोडसेडिङ भइरहेकाले यहाँ रहेका उद्योग नै समस्यामा परेका छन् सरकारसँग मेघावाट विद्युत् माग गरिए पनि मेघावाट मात्रै उपलब्ध गराइएकाले समस्या समाधान भएको छैन नेपालगन्जलगायत बाँके जिल्लामा उद्योग व्यवसाय सञ्चालन वातावरण एकदमै राम्रो र सुधारोन्मुख भए पनि विद्युत् संकटले अवरोध पु¥याएको छ बाँके जिल्ला यस क्षेत्रकै सुगम यातायातको सुविधा मजदुर प्रशस्त पाइने र सिमाना नजिक भएका कारण उद्योगका लागि ऊर्वरभूमि बन्दै गए पनि उद्योग व्यवसाय सोेचे जति फस्टाउन सकेको छैन बाँके जिल्लाका उद्योग व्यवसायका प्रमुख समस्या के–के हुन् बाँकेमा उद्योग व्यवसाय फस्टाउन नसक्नुमा केही प्रमुख समस्या र चुनौती पनि देखिएका छन् ती मध्ये पहिलो समस्या हो– विद्युत् संकट भारतले करिब वर्षअघि नेपाललाई दिन थालेको मेगावाट विद्युत् नै अहिले पनि दिँदै आएको छ त्यतिबेला त्यो पर्याप्त थियो होला तर अहिले त्योभन्दा सय गुणा बढी आवश्यकता बढेको छ उद्योग कलकारखाना वित्तीय संस्था र घर–घरमा विद्युत्को खपत बढेको छ आवश्यकता बढ्दै जाँदा पनि विद्युत् थप गर्न सकिएको छैन जसका कारण पछिल्लो समयमा लोडसेडिङ सुरू गरिएको छ राष्ट्रिय प्रसारण लाइनबाट केही समयअघिदेखि मेगावाट विद्युत् प्राप्त भए पनि त्यो पर्याप्त छैन हामीले राष्ट्रिय प्रसारण लाइनबाट मेगावाट विद्युत् माग गरेकोमा मेघावाट मात्र पाएका छौं त्यसैगरी अर्को प्रमुख समस्या समय–समयमा हुने राजनीतिक र आन्तरिक बन्द हड्ताल बाँके यस क्षेत्रकै केन्द्र बिन्दु भएकाले राजनीतिको नाममा हुने सबै बन्द–हडताल यहाँनै बढी हुने गरेका छन् जसबाट उद्योग व्यवसाय निकै प्रभावित हुने गरेको छ यसैगरी राजनीतिबाटै प्रेरित भएर उद्योगमै हुने मजदुरका विभिन्न हड्तालका कारण पनि उद्योग व्यवसायमा समस्या आउने गरेको छ यीबाहेक उद्योगमैत्री नीतिको अभाव खुला सिमानाका कारण हुने अवैध चोरी पैठारी र सरकारी सहुलियत नपाउनु पनि मुख्य समस्या हुन् खुला सिमानाका कारण उद्योग व्यवसायलाई कस्तो प्रभाव परेको छ खुला सिमानाका कारण बाँकेको समग्र उद्योग व्यवसायमा ठूलो समस्या हुँदै आएको छ दैनिक करोडौंको सामान भारतबाट अनधिकृतरूपमा भित्रिँदा लाखौं राजस्व गुमिरहेको र स्थानीय उद्योग व्यवसायलाई धराशायी बनाउने काम भइरहेकोमा हाल केही समययता भन्सारमा कडाइ गरिएको छ
1,558