review
stringlengths
272
20.6k
review_length
int64
41
2.99k
पुस काठमाण्डौ नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले निजी क्षेत्रसँग मिलेर बिद्युतीय सवारी साधन र त्यसमा प्रयोग हुने ब्याट्रीको कार्यक्षमता विकाशका लागि अनुसन्धान गर्ने भएको छ नविकरणीय तथा विद्युतीय उर्जाका बिभिन्न प्रविधिबारे अनुसन्धान तथा विकाश गर्न नेपालको सवैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्रीजसँग समझदारी गरेको छ बिहीबार काठमाण्डौमा आयोजित कार्यक्रममा नास्टका प्रविधि महाशाखाका प्रमुख डा सुरेशकुमार ढुंगेल र एशियन ब्याट्रीजका प्रबन्ध निर्देशक सुरेश लोहनीले समझदारीपत्रमा हस्ताक्षर गरे सो अबसरमा नास्टका उपकुलपति प्राडा जीवराज पोखरेलले एशियन ब्याट्रीसँग मिलेर बिद्युतीय सवारीमा प्रयोग हुने ब्याट्रीको कार्यक्षमता डिस्पोजल प्रविधि विद्युतीय सवारीका लागि ब्याट्री चार्जिङ स्टेशन तथा तिब्र चार्जिङ विधिको अनुसन्धान गरिने बताउनुभयो ‘एशियन ब्याट्रीले कमाएको ख्यातीकै कारण हामी उहाँहरुसँग साझेदारीका लागि अग्रसर भएका हौं’ पोखरेलले भन्नुभयो‘उहाँहरुको पूर्वाधार र लगानी तथा हाम्रा बैज्ञानिकहरुको अनुसन्धानले नयाँ प्रबिधिको विकाश गर्ने छौं ’एशियन ब्याट्रीका प्रबन्ध निर्देशक सुरेश लोहनीले नेपालमा विद्युतीय सवारी साधनको अनिवार्य रहेकाले त्यसका लागि आबश्यक ब्याट्री र चार्जिङ प्रविधिको विकाश गर्ने लक्ष्यसहित नास्टसँग सहकार्य गर्न लागिएको बताउनुभयो ‘एशियन ब्याट्री कुनै पनि बिदेशी ब्याट्रीभन्दा निकै स्तरीय रहेको प्रमाणित भइसकेको छ’ लोहनीले भन्नुभयो‘हामीले नेपाल सुहाउँदो सुलभ र अझै उन्नत प्रविधि विकाश गर्न यसले सहयोग पुग्ने छ ’ लोहनीले स्कूल बस छोटो दुरीको ढुवानीका लागि प्रयोग हुने भ्यान आदिलाई बिद्युतीय वाहनका रुपमा प्रयोग गर्न सकिने सम्भावनालाई ख्याल गर्दे प्रबिधि विकाशमा साझेदारी गर्न लागिएको बताउनुभयो बिराटनगरमा उद्योग रहेको एशियन ब्याट्रीसँग बाषिर्क लाख हजार थान ब्याट्री उत्पादन क्षमता रहेको छ चार बर्षदेखि नेपाली बजारमा ब्याट्री विक्रि गरिरहेको सो कम्पनीसँग नेपालमै उत्कृष्ट प्रविधियुक्त उत्पादन संयन्त्र रहेको छ नास्टका प्रविधि महाशाखाका प्रमुख डा सुरेशकुमार ढुंगेलले सफा टेम्पोले संकटका बेला मुलुकको सेवा गरेको र ब्यबसायिक रुपमा पनि सफलता पाएको भन्दै त्यस्तै खाले नयाँ बिद्युतीय प्रविधि विकाश तथा सवारीका लागि आबश्यक लिड एसिड ब्याट्रीको कार्यक्षमता विकाशका लागि सम्झौता निकै फलदायी हुने बताउनुभयो ‘एशियन ब्याट्रीका प्राबिधिक नास्टका प्राबिधिक र बैज्ञानिक सम्मिलित एउटा टोली बनाएर तत्कालै अनुसन्धानका काम थाल्ने छौं’ उहाँले भन्नुभयो पहिलोपटक निजी क्षेत्रसँग मिलेर यस्तो अनुसन्धान र विकाशको काम गर्न लागिएको भन्दै उहाँले यसले मुलुकलाई फाइदा पुग्ने बताउनुभयो
315
साउन बैतडी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ बैतडीको पाटनमा सन्चालन हुनेभएको छ  प्याराग्लाइडिङका लागि प्राविधिक टोलीले उपयुक्त ठहर गरेपछि भदौमा मध्यपहाडी लोकमार्गको पश्चिमी सहर बैतडीको पाटनमा सुरु हुने भएको हो सुदूरपश्चिमेलीको मुख्यपर्व गौरालाई लक्षित गर्दै भदौ महिनाको पहिलो हप्तादेखि पाटनमा प्याराग्लाइडिङ सञ्चालनमा आउने भएको छ भारतको हिमाञ्चलका धरम चन्दको नेतृत्वमा आएको एक प्राविधिक टोलीले सन् देखि सुदूरपश्चिमका विभिन्न स्थानमा प्याराग्लाइडिङ सम्भावनाबारे अध्ययन गरेको थियो अध्ययनपश्चात् टोलीले बैतडीको पाटनमा उपयुक्त ठहर गरेको हो प्राविधिक टोलीले पाटनका चार ठाउँबाट प्याराग्लाइडिङ उपयुक्त भएको ठहर गरेको छ पाटन नगरपालिका– दहडाँडा वडा नं को जरौलीडाँडा वडा नं को अन्नाडीडाँडा र वडा नं को हुरहुरे डाँडाबाट प्याराग्लाइडिङ गर्न सकिने देखिएको टोलीले ठहर गरेको हो टोलीले डडेल्धुराको टुँडिखेल डोटीको तिखाडाँडा लगायतका ठाउँमा समेत परीक्षण गरेको थियो सुरुमा डडेल्धुराबाट प्याराग्लाइडिङका लागि परीक्षण गरिएपनि हावाको एकोहोरो बहावका कारण सम्भव नदेखिएको प्रविधिक टोलीका सदस्य श्यामराज भट्टले राससलाई जानकारी दिनुभयो उहाँले भन्नुभयो “पाटनमा हावाको गति र दिशा उपयुक्त रहेको छ ”प्राविधिक टोलीले सन् मा नै प्याराग्लाइडिङको परीक्षण सफल भएपछि प्राविधिक टोली यस वर्ष पुनः पाटन पुगेर प्याराग्लाइडिङका लागि पहल सुरु गरेको बताइएको छ सुदूरपश्चिम पर्यटन विकास केन्द्रका नामले संस्था दर्ता गरेर स्थानीय जनाले व्यावसायिक रुपमा नै सञ्चालन गर्ने तयारी गरेका छन् त्यस्तै पाटन नगरपालिका– को भिटास्थित पोखरी नजिकमा कटेज खोल्ने तयारी गरेका छन् कटेज स्थापनापश्चात् कटेजमा स्थानीय परिकार राखिने बताइएको छ सुदूरपश्चिमका स्थानीय परिकारमा खीर माणा फाणो बटुको डुपका मकैको रोटीलगायतका परिकार राखिने भएका छन् पाटनभन्दा करिब आठ किलोमिटर पश्चिममा रहेको नेपालकै गहिरो गुफा पतालभुमेश्वरको प्रवद्र्धन र प्याराग्लाइडिङलाई व्यवसायिकीकरण गर्न संस्थागतरुपमै प्रयास गर्ने केन्द्रका अध्यक्ष तथा पाटनका युवा पुष्कर भण्डारीले राससलाई जानकारी दिए उनले भने “पर्यटन प्रवद्र्धनका लागि संस्था दर्ता गरेर सामूहिक रुपमा सञ्चालनको तयारी भएको छ ”पर्यटन प्रवद्र्धन र आकर्षणका लागि भन्दै स्थानीय युवा प्याराग्लाइडिङ व्यावसायिकरुपमा नै सञ्चालन गर्न लागेका हुन् बैतडीमा रहेका धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गरी पर्यटक भित्र्याउन सके यहाँको विकास हुने अध्यक्ष भण्डारीको भनाइ रहेको छ पाटनमा प्याराग्लाइडिङ सञ्चालनमा आएपछि नेपालकै गहिरो गुफा पतालभुमेश्वर निङलाशैनी मन्दिर रौलाकेदार मन्दिर त्रिपुरासुन्दरी मन्दिर जगन्नाथ मन्दिर ईश्वरी गङ्गाधाम मेलौली भगवती भिटाकेदार मन्दिर दोगडा धाम देउलेक केदार सिगास धुरा त्रिवेणी धाम डिलासैनी मन्दिर ग्वाल्लेक केदारलगायतको समेत प्रचारप्रसार हुनेछ भारतीय सहर दिल्ली लखनउ नैनीताललगायत ठाउँमा घुम्न आउने पर्यटकलाई बैतडीमा भित्र्याउने लक्ष्य केन्द्रले राखेको छ पर्यटक भित्र्याउन भारतका विभिन्न ठाउँमा रहेका प्याराग्लाइडिङ व्यवसायीसँग समन्वय गरिने बताइएको छ
365
पुस पर्वत वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका पारेर आफ्नै देवरसँग अवैध गर्भधारण गरी शिशुलाई जन्म दिएर हत्या गर्ने देवरभाउजू पुर्पक्षका लागि थुनामा परेका छन् पर्वतको लिमिठाना– की मीना क्षेत्री र विजयराज क्षेत्रीलाई पर्वत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो वर्षीया मीना क्षेत्री र विजयराज क्षेत्री एकाघरका देवरभाउजू हुन् मीनाले श्रीमान् कुलबहादुर क्षेत्रीलाई ढाकछोप गरेर बच्चालाई जन्म दिई आफ्नै खेतमा खाल्डो खनेर गाडेको प्रहरी अनुसन्धानबाट खुलेको थियो थप अनुसन्धानका लागि पर्वत जिल्ला अदालतका न्यायाधीश मोहनराज भट्टराईको इजलाशले आरोपित मीना क्षेत्री र विजयराज क्षेत्रीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ आरोपित मीनाका श्रीमान् कुलबहादुर क्षेत्रीले आफ्नै भाइ विजयराज र श्रीमती मीनाविरुद्ध पर्वत जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दाअन्तर्गत गत कात्तिक गते किटानी जाहेरी दिएका थिए
118
चैत काठमाडौँ नक्सालस्थित गार्गी कन्या गुरुकुलको एउटा कक्षामा पुग्दा तीन वर्षदेखि / वर्षसम्म उमेरका साना नानी नबिराई संस्कृतको श्लोक वाचन गरिरहेका थिए चौध जना साना नानीलाई एकै ठाउँमा राखेर संस्कृत विषयको अध्ययन गराउने हसिली शिक्षक शुभद्रा नेपालले विद्यार्थीलाई संस्कृत भाषाअन्तर्गत वेद पढ्न लगाइरहेकी थिइन्र हामी कक्षामा प्रवेश गर्ने बित्तिकै सबै विद्यार्थी उठेर नमस्कार गरी आफ्नो शिष्टताको परिचय दिइहाले उनीहरुको परीक्षा लिने तयारी भइरहेको रहेछ त्यसैले विद्यार्थी वेद गीतालगायतका संस्कृत ग्रन्थका श्लोक कण्ठ गरिरहेका थिए ओखलढुङ्गाबाट आएर गुरुकुलमा कक्षा मा पढिरहेकी चेतना वाग्लेले अहिले नै लक्ष्य पनि तय गरिसकेकी छिन् उनको गाउँमा संस्कृत विषय नपढाइने भएकाले अब गएर संस्कृत विषयलाई नै मुख्य विषय बनाएर गाउँका भाइबहिनीलाई पढाउने कक्षा मा अध्ययनरत कालिकोटकी सुनिता बटालाको सोच शिक्षक बन्ने छ तर गाउँमा गएर अरु विषय पढाउनेभन्दा वेदलाई नै प्राथमिकता दिनेमा उनी प्रतिबद्ध छिन् बिहानै बज्दानबज्दै उठेर योग गर्न थाल्ने सुनितालाई आफूले सिकेको योगलाई अरुलाई सिकाउन आनन्द आउँछ त्यसैले उनी योग सिकाउनलाई पनि छुट्टै कक्षा चाहिने बताउँछिन् इलामकी विजया खनाल पनि भविष्यमा शिक्षक नै बन्ने बताउँछिन् गुरुकुलमा संस्कृत भाषा मात्र हैन अन्य विद्यालयमा पढाइने नेपाली अङ्ग्रेजी विज्ञान हिसाब पनि पढाइन्छ यसका साथै योग चित्रकला नृत्य सङ्गीतजस्ता विषयलाई पनि प्राथमिकताका साथ पढाइने गरिन्छ अहिले संस्कृत विषयअन्तर्गत रुद्री पाठको नयाँ अध्ययनसमेत पढाउन सुरु गरिएको छ शिक्षक नेपालले रुद्री पाठ कसरी गराउने पूजा विधि केके हुन् भन्ने विषयमा पढाउन सुरु गरिसकिएको जानकारी दिए संस्कृत भाषा मासिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै शिक्षा क्षेत्रको विकासका लागि लागि अग्रणी भूूमिका खेल्दै आएका शिक्षाविद् डा अङ्गुुरबाबा जोशीको अगुवाइमा डा कमला सुवेदी डा निर्मला पोखरेल मन काफ्लेलगायतले उक्त विद्यालय स्थापनामा योगदान पुर्याएका थिए विसं मा स्थापित सो विद्यालयमा अहिले जना छात्रा अध्ययनरत छन् संस्कृत ब्राह्मणले मात्र पढ्नुपर्छ भन्ने पहिलेको मान्यतालाई तोड्दै गुरुकुलले विभिन्न जिल्लाका विभिन्न भाषाभाषी र जातका छात्रालाई एकै ठाउँमा राखेर संस्कृतका वेद शास्त्रको अध्ययन गराउँदै आएको छ वेदका प्रखर ज्ञाताका रुपमा रहेका महर्षी गार्गीको नामबाट स्थापना गरिएको सो गुरुकुलले महिलालाई पनि संस्कृतका शास्त्रमा विज्ञ बनाउने र पण्डित्याइका काममा महिलालाई अगाडि बढाउने लक्ष्य लिएको छ संस्कृत भाषाको अध्ययनका लागि कुनैबेला भारतको बनारसमा जाने परम्परा नेपालमा पनि थियो अहिले हराउँदै गइरहेको संस्कृत भाषालाई गुरुकुलले केही छात्राको उत्पादन गर्दै संरक्षण गर्ने प्रयासमा छ रासस
340
आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुदको दोश्रो दिन बिहीबार पश्चिमाञ्चलकी विपना परियारले अर्को विद्यालयस्तरको राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विपनाले छात्रा लङजम्पमा मिटर जम्प लगाउदै पश्चिमाञ्चलकै कृष्णा चौधरीले सालमा बनाएको मिटरको कीर्तिमान भंग गरिन् बुधबार विपनाले टि्रपलजम्पमा मिटर हामफाल्दै विद्यालयस्तरको कीर्तिमान बनाएकी थिइन् मध्यपश्चिमाञ्चल प्रमिला चौधरी दोस्रो र पश्चिमाञ्चलकी शशी चौधरी तेश्रो भए दोस्रो
58
सरकारी सञ्चारमाध्यमबाट प्रसारण हुने कतिपय कार्यक्रममा सरकार फेरिएसँगै प्रस्तोता फेरिन्छन् सत्तारुढ दलहरूले आफू निकट व्यक्तिलाई नै त्यस्ता कार्यक्रममा प्रस्तोता राखेका हुन्छन् जब सरकार फेरिन्छ उनीहरू स्वतः जागिरबाट बाहिरिन्छन् सरकारी सञ्चारमाध्यमहरूले जनताप्रति दायित्व पूरा गर्न नसक्नु र ती सत्तारुढ दलको प्रोपोगान्डा माध्यम मात्र हुनुको एउटा कारण यो पनि हो सरकार जुनसुकै पार्टीको होस्सञ्चारमाध्यमलाई पार्टीगत स्वार्थबमोजिम दुरुपयोग हुन दिनु हुँदैन सञ्चारमाध्यम जनताप्रति नै उत्तर
62
वैशाख काठमाडौँ बालाजुको बाइसधारामा आज विशेष मेला लागेको छ प्रत्येक वर्ष वैशाख महिनामा लाग्ने मेला भर्न काठमाडौँँ उपत्यका तथा त्यस वरपरका क्षेत्रबाट समेत मानिस आउने गर्दछन् पार्कभित्र रहेको बाइसधारामा स्नान गरी पवित्र भई त्यहाँको नारायणमन्दिरमा तथा स्थानीय जामाचो डाँडामा रहेको मन्दिरमा भक्तजनले मेला भर्ने गर्दछन् बालाजुको उक्त क्षेत्रमा स्थानीय फितलामाई भजनमण्डलको अगुवाइमा भजनकीर्तनसमेत भइरहेको देख्न पाइन्छ आजको दिन उक्त स्थानमा मेला भरेमा रोगब्याधीबाट मुक्त भई पुण्य प्राप्त हुने जनविश्वास छ स्थानीयवासी एवम् नेकपा (एमाले)का नेता वसन्त मानन्धरले विगतमा त्यहाँको बाइसै धाराबाट पानी आउने गरेकोमा अहिले पानीको स्रोत सुक्दै गएकाले भक्तजनलाई स्नान गर्न समस्या रहेको बताए उनले  त्यस क्षेत्रमा रहेको नारायणमन्दिरको संरक्षण तथा मेलाको प्रचार गर्न जरुरी रहेको बताए त्यसैगरी स्थानीय म्हैँपी मन्दिरमा अजिमाको समेत आज जात्रा गरिएको छ उक्त जात्राका लागि ठूलो सङ्ख्यामा भक्तजनको सहभागिता भएको छ रासस
128
काठमाण्डौ मंसिर स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा सिके राउतले मधेशी जनताले दिएको शहादत र बलिदानीलाई पुनः कसैले विक्री गर्दै कुनै पनि पक्षबाट मधेशी जनतालाई धोखा दिने प्रयास भयो भने मधेशी जनता अब चुप लागेर नबस्ने चेतावनी दिएका छन् काठमाडौं स्थित मधेश मिडिया हाउसमा मङ्गलबार आयोजित प्रेस सम्मेलनमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् राष्ट्रिय मानवअधिकार आयोगले अझंै पनि आफूहरुमाथि भइराखेको दमनको वेवास्ता गरे पहिलो चरणको रुपमा आयोगका कार्यालयहरुमा अगाडि शान्तिपूर्ण धर्ना दिइने सो क्रममा एक वर्ष भित्रमा आफूहरुमाथि कुनै शान्तितपूर्ण बैठक गरेको वा पर्चा बोकेकै आरोपमा भन्दा बढी राज्यविप्लवको मुद्दा दायर गरिएको कुराको उल्लेख गर्दै तानाशाही राणाकाल वा राजतन्त्रमा समेत यति हदसम्म जनतालाई शायदै दबाइएको उनले दाबी गरे ‘यातना दिनुस तर त्यो हदसम्म मात्रै जहाँसम्म शान्तिपूर्ण मार्गमाथि हाम्रो आस्था कायमै रहोस’ भन्दै डा राउतले नेपालमा कस्तो लोकतन्त्र र गणतन्त्र हो भनेर प्रश्न गरे राज्यको शैलीले सिङ्गो लोकतन्त्रकै चरम उपहास भएको उनले दाबी गरे मंसीर गते गठबन्धनद्वारा मनाइएको ’रंगभेदी विरोध दिवस’ को अवसरमा भएका प्रहरी दमनका बारेमा प्रकाश पार्न आयोजित प्रेस–सम्मेलनमा गठबन्धनका सहजकर्ता चन्दन सिंहले रङ्गभेदी दिवस मनाउने दिन मधेशका जिल्लाहरुमा भन्दा बढी गिरफ्तारी र दमनको विषयमा बताए बाँके प्रहरीको हिरासतमा त्यहाँका एसपी टेक बहादुर राईको निर्देशनमा नाम थाहा नभएको प्रहरी हवल्दार र प्रायः लागु औषध मुद्दामा थुनामा रहेका अन्य थुनुवाहरु लगाएर बाँसको लठ्ठी र प्लास्टिकको पाइपले सयकडौं पटक हिर्काएर चरमयातना भोगेका गठबन्धनका प्रवक्ता अब्दुल खान हरपाल सिंह इरफान शेख र राम मनोहर यादव पनि घाइते भई हिँडडुल गर्न समस्या रहेको अवस्थामै पत्रकार सम्मेलनमा उपस्थित भएका थिए यसैगरी बाँके प्रहरीको हिरासतमा दिइएको यातनाका विषयमा प्रवक्ता अब्दुल खानले प्रकाश पारे पत्रकार सम्मेलन पश्चात गठबन्धनका सह–संयोजक कैलाश महतोको नेतृत्वमा प्रहरी हिरासतमा चरमयातना भोगेका गठबन्धनका प्रवक्ता अब्दुल खान हरपाल सिंह इरफान शेख र राम मनोहर यादव लगायत गठबन्धनका अन्य समर्थकहरु राष्ट्रिय मानवअधिकार आयोगमा अध्यक्ष अनुप राज शर्मालाई भेटेर ज्ञापन–पत्र बुझाएका छन्
287
अमेरिकामा रहँदै आएका नेपाली खगोलशास्त्री सुमन सत्यालले सोह्र प्रकाश वर्ष टाढा नयाँ ग्रह रहेको आफूले पत्ता लगाएको दाबी गरेका छन् नागरिक दैनिकमा समाचार छ  युनिभर्सिटी अफ टेक्सस अर्लिङ्टनमा खलो भौतिक विज्ञान बढाउँदै आएका सत्याल नेतृत्वको खगोलशास्त्री टोलीले ‘गिल्जा ’ तारालाई सो ग्रहले परिक्रमा गर्ने गरेको सैद्धान्तिक आधार प्रस्तुत गरेको हो  गिल्जा ताराको आकार सूर्यको आधा छ सूर्य पनि एउटा तारा हो ‘हामी त्यही ताराको अध्ययनबाट प्राप्त तथ्
67
कात्तिक काठमाडौं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालको राजनीतिलाई प्रतिगमनतर्फ फर्काउने खेल भइरहेको बताएका छन् केही समय अघि पूर्व राजा ज्ञानेन्द्र शाहको उपस्थितिमा वनकालीमा भएको विश्व हिन्दु महासंघको कार्यक्रमप्रति लक्षित गर्दै अध्यक्ष ओलीले जनताले फालेका ‘आउट डेटेड’ राजतन्त्रलाई फर्काउने प्रयासमा सांस्कृतिक हमला भएको बताए रिपोर्टर्स क्लब नेपालको देउसीभैलो टोलीसँग कुरा गर्दै ओलीले भने ‘विचरा जोगीहरु कुन जमानामा रहेछन् वर्ष अगाडि राजतन्त्र फालियो यतिवेला राजा छँदैछन् भनेर महाराजाधिराज भन्छन् ’ओलीले अघि भने ‘महाराजाधिराज फेरि राजतन्त्र फर्किनुपर्‍यो फेरि आशनमा फर्किनुपर्‍यो हामी साथमा छौं भनेर उल्क्याउने काम गरिरहेका छन् जनताले फ्याँके भारतबाट जोगीहरु आएर राजतन्त्र राख्ने…’पूर्वराजा ज्ञानेन्द्रप्रति आक्रमक रुपमा प्रस्तुत भएका एमाले अध्यक्ष ओलीले भने’अरु हिसाबले पार लागेन अब जोगीका रुपमा गेरु बस्त्र खरानी धसेको लामो दाह्री पालेको जटाधा का आवरणमा नेपालको राजनीतिलाई प्रतिगमनतर्फ फर्काउने प्रयास भइरहेको छ ’
130
राम नारायण पंडितसिरहा भदौ रकम चलखेलका कारण सिरहाको गोलबजार स्थित रामप्रताप रामप्रसाद जनता बहुमुखी क्याम्पसमा सञ्चालित स्नातक तह प्रथम वर्षको परीक्षा खुलेआम चिट चोरी भइरहेको रहस्य खुलेको छ परीक्षाको नियमअनुसार एउटा डेक्स वेञ्चमा दुई जना विद्यार्थी वस्नु पर्ने व्यवस्था भएपनि विद्यार्थीहरु मनपर्दी तरीकाले तीन चार जनासम्म एकैठाउँमा बसेर परीक्षा दिइरहेको पाईएको छ क्याम्पस प्रमुख किशोर कुमार साह आफै बसेर परीक्षा लिइरहेकोप्रति क्याम्पसका शिक्षकहरुले असन्तुष्टि व्यक्त गरेका छन् आर्थिक प्रलोभनमा परेर क्याम्पस प्रमुख साहले परीक्षा मनपरी तरीकाले सञ्चालन गरिरहेकोले यसबाट क्याम्पसलाई नै घाटा हुने निश्चित रहेको क्याम्पसका एक शिक्षकले बताए परीक्षामा सम्वन्धित क्याम्पसकै विषयगत शिक्षकहरु उपस्थित भएर चिट बनाउने कार्यमा संलग्न रहेको नाम नबताउने शर्तमा एक शिक्षकले बताए परीक्षामा सहलेश कलेज लहानका शिक्षक गौरीशंकर चौधरी र फूलेश्वर साह उपस्थित रहेका थिए परीक्षा निरीक्षणको लागि केन्द्रीय टोली आउने जानकारी आएपछि उनीहरु परीक्षाकेन्द्रबाट बाहिरिएका थिए उनीहरुको उपस्थितिबारे कलेज प्रमुखसँग जिज्ञासा राख्दा एक जना शिक्षक प्रवेश पत्र लिएर आउन पाउने बताए परीक्षा केन्द्रमा खिचिएको फोटो डिलेट गर्न समेत सञ्चारकर्मीलाई दवाव दिएको थियो परीक्षा केन्द्रमा सहलेश कलेज लहान रामजानी कलेज सुखिपुर सरस्वती कलेज मोहनपुर र ब्रम्हचारी दामोदरानन्द कलेज मिर्चैयाको परीक्षा केन्द्र रहेको छ परीक्षामा व्ल्याकवोर्ड र चिठ समेत प्रयोग हुने गरेको श्रोतले जनाएको छ
189
                                               राजविराजमा लाठीसहित प्रदर्शन र विरोधसभाराजविराज कार्तिक सप्तरीको मलेठ गाविसमा सर्वसाधारण जनतालाई प्रहरीले शनिवार राती कुटपीट गरेको विरोधमा स्थानीयवासिन्दाले आइतवार बिहान राजविराजमा प्रदर्शन तथा सभाको आयोजना गरेका छन् राजविराज–रुपनी सडकखण्डमा पर्ने मलेठ गाविस वडा नम्वर– जोलहरी टोलमा आयोजना गरिएको नाच कार्यक्रममा प्रहरीले अवरोध पुर्याउँदै स्थानीयवासिन्दाहरुमाथि लाठी प्रहार गरी कुटपीट गरेका हुन् कुटपीटबाट तीन किशोर र पाँच जना महिला घाइते भएको स्थानीयवासिन्दा भीमराज यादवले जानकारी दिए उनका अनुसार प्रहरीले गाडी स्कर्टीङ्ग गराउने क्रममा जोलहरीमा नाच हेर्न भेला भएका सर्वसाधारण जनताले अवरोध पुर्याएका थिए उनीहरुले गाडी चल्न नदिने अडान लिएपछि प्रहरीले बल प्रयोग गरेका छन् आक्रोशित स्थानीयवासिन्दाले गाडीहरुमा ढुङ्गामुढा गरेका छन् स्कर्टिङ्गमा रहेका केही गाडीहरुको सीसा फुटेको छ गाडी स्कर्टिङ्ग गराउने क्रममा प्रहरीले गरेको लाठीचार्जबाट बसबिट्टी गाविस वडा नम्वर– का वर्षिय दिपेश यादव वर्षिय बच्चालाल नोनियाँ लगायतका व्यक्तिहरु रहेका छन् उनीहरुको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार गराइएको छ दोहोरो झडपका क्रममा केही प्रहरी समेत स्थानीयवासिन्दाको कुटाईबाट घाइते भएको जनाईएको छ प्रहरीले सर्वसाधारण जनतालाई कुटपीट गरेको विरोधमा मलेठ बसबिट्टी राजविराज नगरपालिकाका वासिन्दाहरुले विहानैदेखि सदरमुकाम राजविराजमा लाठी फट्ठा चिर्पट हातमा बोकेर प्रदर्शन गरेका छन् आक्रोशित प्रदर्शनकारीहरुले राजविराजको विभिन्न भाग परिक्रमा पश्चात सहीद दशन चौकमा विरोधसभाको आयोजना गरेका छन् नगर परिक्रमाका क्रममा बजार तथा पसलहरु बन्द गराउनुका साथै मोटरसाइकल समेत चल्न दिएका छैनन् विरोधसभालाई सम्बोधन गर्दै सद्भावना पार्टीका केन्द्रीय महासचिव मनिसकुमार सुमनले मधेशको शालिनता एवम् शान्तिपूर्ण आन्दोलनलाई सुन्न अझैं बेवास्ता गरिए मधेश छुट्टै देश बन्ने चेतावनी दिएका छन् सभामा सद्भावना पार्टीका केन्द्रिय नेता दिनेश यादव संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादव व्यवसायी भीमराज यादव नेपाल सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुबी यादव राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष सतिश कुमार सिंह नेकपा माओवादीका रामगमन साह रामचन्द्र यादव चितरञ्जन यादव कुदुश मियाँ गङ्गाराम यादव उमेश कुमार साह ‘कमाण्डो’ घुँघरु यादव अशोक मेहता दिनेश साह भूपेन्द्र प्रसाद यादव लगायतले मन्तव्य व्यक्त गरेका छन् यसैगरी सप्तरीका फर्सैठ गाविस स्थित झल्ही पुलमा समेत स्थानीय युवाहरुले प्रदर्शन जारी राखेका छन् राजविराज–भारदह सडकखण्डमा उनीहरुले सडकमा टायर बालेर प्रदर्शनलाई निरन्तरता दिँदै मोटरसाइक चल्न समेत रोक लगाएका छन् यता भारदह स्थित पूर्व–पश्चिम लोकमार्गमा समेत प्रदर्शन जारी रहेको छ  
329
एनसेलको कर्मचारी बनेर ग्राहकवाट लाखौं ठगी गरेको अभियोगमा पक्राउ परेका प्रकाश दाहाल दाँया र मेघनाथ गिरी वाँया तस्वीर लक्ष्मी गौतमएनसेल एप प्रयोग गरी सर्वसाधारणलाई झुक्याएर लाखौं ठगी गर्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ पक्राउ पर्नेहरुमा झापा गौरादह– का वर्षीय प्रकाश दाहाल र मोरङको पथरी– का वर्षीय मेघनाथ गिरी छन् उनीहरुले एनसेलकै पूर्व कर्मचारी भारत राजस्थानका सुमित शर्मासँगको मिलेमतोमा एनसेलकै प्रयोगकर्ताहरुवाट लाखौं ठगी गरेको पाँचथर प्रहरी प्रमुख कृष्णप्रसाद कोइरालाले जानकारी दिए कोइरालाका अनुसार उनीहरुले आफ्नो मोवाइलमा एनसेल एप डाउनलोड गरी विभिन्न स्थानका एनसेल नम्वर इन्ट्री गरेर प्रयोगकर्ताले रिचार्ज गरेको मिति मौजादत रहेको व्यालेन्स आदि पत्ता लगार्ई ठगी गरेको पाइएको छ यसरी भयो ठगी अभियुक्तहरुले पहिले एनसेल एपमा विभिन्न स्थानका ग्राहकको नम्वर इन्ट्री गरेर ती नम्वरमा फोन गर्दै विभिन्न बहानामा ठगी गरेको प्रहरी अनुसन्धानमा खुलेको कोइराला वताँउछन उनका अनुसार पिन नम्वर म्यासेज पठाइएका नम्वरहरुमा फोन गर्दै उनीहरुले ‘हामी एनसेलका कर्मचारी हौं तपाईले यसअघि प्रयोग गरेको रिचार्ज कार्डमा पुरस्कार परेको छ त्यस्का लागि कर वापतको रकम अग्रिम भुक्तानी गर्नुस’ भन्दै पैसा उठाउने गरेका थिए हालसम्मको प्रहरी अनुसन्धानमा उनीहरुले मेचीको पाँचथरदेखि कास्कीको पोखरासम्मका जना एनसेल प्रयोगकर्तावाट देखि हजार रुपैंयाका दरले ठगी गरेको पुष्टि भइसको छ यसरी ठगिनेमध्ये अधिकांश महिला छन ठगिने मध्येका तेह्रथुम छातेढुंगा– का तारा सुनारले प्रहरीमा दिएपछि अनुसन्धान प्रकृया शुरु गरेको पाँचथर प्रहरीले जनाएको छ को को ठगिए प्रहरीका अनुसार उनीहरुले एक दिनमा एउटै मात्रै एनसेल नम्वर प्रयोग गर्ने गरेको खुलेको छ उनीहरुले माघ देखि फागुन गतेसम्ममा वटा एनसेल नम्वर प्रयोग गरेर जनालाई ठगी गरेको पुष्टि भइसकेको छ भने अन्य पीडितले जाहेरी दिनेक्रम जारी छ प्रनाउ कोइरालाका अनुसार उनीहरुले छातेढुंगाका तारा सुनार र फिदिम का प्रेम तामाङवाट – हजार पोखराकी निमा लामावाट हजारविर्तामोडका गोपाल ढकाल गौरादहका पुण्यदेवी भट्टराई गौरीमाया खड्का र इलामका विमल राई सहित जनावाट – हजारका दरले ठगी गरेको पुष्टि भइसकेको छ सिम र पैसा झिक्न प्रयोग भएका कागजात सवै नक्कलीप्रहरी अनुसन्धानमा उनीहरुले सिमकार्ड झिक्न प्रयोग गरेको नागरिकतादेखि पैसा झिक्न प्रयोग गर्दै आएका नागरिकता र लाइसेन्स सवै नक्कली भएको पुष्टि गरेको छ उनीहरुले एउटै फोटो प्रयोग गर्दै कहिले सुदेश कार्की त कहिले सञ्जय दाहालका नामवाट नक्कली लाइसेन्स बनाएर आइएमइ र विभिन्न वैंकका काउण्टरवाट पैसा झिकेको पुष्टि भएको छ उनीहरुले पहिलो चरणमा झापाको झिलझिले र मोरङको पथरी र त्यसपछि काठमाण्डौका विभिन्न स्थानवाट पैसा झिकेका छन प्रमुख अभियुक्त एनसेलकै पूर्व कर्मचारीप्रहरीका अनुसार ठगी प्रकरणका प्रमुख अभियुक्त भारत राजस्थानका सुमित शर्मा हुन पहिले एनसेल कम्पनीमै केही समय काम गरेका उनी यसअघि पनि ठगी प्रकरणमा जेल परिसकेका व्यक्ति हुन कम्युटर र प्रविधिमा राम्रो दख्खल राख्ने उनले नक्कली कागजात बनाएर दाहाल र कार्कीलाई प्रयोग गर्दै पैसा ठग्ने गरेको पाइएको प्रहरीले जनाएको छ जेलवाट निस्केपछि केही महिना यता उनी नेपाल–भारत सीमा क्षेत्रमा बसेर ठगी गिरोह सञ्चालन गरिरहेको प्रहरीले जनाएको छ प्रहरीले उनलाई भने पक्राउ गर्न सकेको छैन पक्राउ परेकामध्ये दाहालले विभिन्न स्थानका एनसेल नम्वरमा फोन गरेर पैसा पठाउन लगाउने गर्थे भने गिरी पैसा झिक्न जाने काममा खटाइएका थिए पैसा झिकेपछि शर्मा दाहाल र गिरीले भागवण्डा गरेर लिने गरेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको सहकार्यमा फागुनमा काठमाडौंमा पक्राउ परेका उनीहरुलाई आइतवार पाँचथर पु¥याएर प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो लक्ष्मी गौतम पाँचथर एनसेल एप प्रयोग गरी ग्राहकवाट लाखौं ठग्ने पक्राउ
503
माघ काठमाडौं कवि तथा चित्रकार फयादलाई साउदी अरब सरकारले मृत्युदण्ड सुनाएपछि नेपाली कविहरु त्यसको विपक्षमा उत्रिएका छन् यही अभियान अन्तर्गत शनिबार शिल्पी थिएटरमा कविहरुले कविता सुनाए चित्रकारहरुले चित्र बनाए चर्चित कविहरु श्यामल विमल निभा राजेन्द्र पराजुली हरि अधिकारी गिता त्रिपाठी ईश्वर कँडेललगायतले कार्यक्रममा कविता सुनाएका थिए कवि श्यामलले कार्यक्रममा असरफमाथि मृत्युदण्ड सुनाउँदा नेपालमा बस्ने सबै कविको मन रोएको बताए उनले विचार कविता सुनाउँदै भने ‘यसको विरुद्धमा हामी लाग्नुपर्छ अभिव्यक्ति स्वतन्त्रता हुनुपर्छ ’ त्यस्तै कवि विमल निभाले कवितामार्फत् नेपालको वर्तमान अवस्थालाई व्यङ्ग्यमात्र गरेनन् साउदी अरब सरकारलाई चेतावनी पनि दिए कवि हरि अधिकारीले कवितामार्फत् अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गरे त्यस्तै कवि राजेन्द्र पराजुलीले पनि साउदी सरकारका नाममा कविता वाचान गरे अन्य कविहरु मानिस सौरभ कार्की सुरज सुवेदीले पनि कवितामार्फत् असरफको पक्षमा कुरा गरे कार्यक्रमका अगूवा शिखर घिमिरेले मानवीयताका पक्षमा विश्वका सबै एक हुनुपर्ने बताए अर्का अगूवा अज्ञात लुइँटेलले यो कार्यक्रमलाई भिडियोमार्फत् संसारभर फैलाउने जानकारी दिए कार्यक्रममा उपकार घमाल जुजुकाजी श्रेष्ठ मन गुरुङ जया शर्मा उमा खड्का सुमन गिरी विकु कुमार थापा ओमप्रकाश गुरुङ काजी राना रत्न शाक्यले पेन्टिङमार्फत् असरफलाई सुनाइएको मृत्युदण्डको विपक्षमा पेन्टिङ गरेका छन्
173
सांसद इच्छाराज तामाङ माघ काठमाडौं अर्थमन्त्री विष्णु पौडेलले संसदमा पेस गरेको बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक माथि सिभिल बैंकका अध्यक्षसमेत सांसद इच्छाराज तामाङले आधा दर्जनभन्दा बढी संसोधन प्रस्ताब दर्ता गरेका छन् संसदको पूर्ण बैठकले अर्थ समितिलाई बाफियामाथि आवश्यक छलफल गरी संसोधन गर्ने जिम्मेवारी दिएको थियो आइतबार समितिले बाफियाको विधेयकमाथि छलफल थालेको थियो सोमबार बसेको व्यवस्थापिका संसद अन्तर्गतको अर्थ समितिको बैठकमा सांसद तामाङले सबैभन्दा पहिला बाफियामाथिको आफ्नो संसोधन प्रस्ताबको औचित्य पुष्टि गर्न बोले एकै व्यक्ति दुई कार्यकालभन्दा बढी बैंक तथा वित्तीय संस्थाको अध्यक्ष बन्न नपाउने गरी संसदमा पेस भएको बाफियाको दफा खारेज गर्न प्रस्ताब गरेका थिए यो पनि पढ्नुहोस् बैंकका अध्यक्ष सांसदको माग: एकैव्यक्ति आजीवन बैंकको अध्यक्ष बस्न पाउनुपर्नेएकै व्यक्ति दुई कार्यकालमात्रै बैंकको अध्यक्ष बन्न पाउनुपर्ने व्यवस्था भएमा लोकतान्त्रिक विधिको उपहास हुने तामाङले दाबी गरे ‘लगानीकर्ताले सञ्चालक छान्ने र निर्वाचित सञ्चालकहरुले अध्यक्ष छान्ने लोकतान्त्रिक विधिको उपहास गरिएको छ’ उनले भने ‘संविधानले मौलिक हककोरुपमा ग्यारेन्टी गरेको स्वतन्त्ररुपमा कम्पनी स्थापना गरेर कारोबार गर्न पाउने व्यवस्थाको पनि उपहास भएको छ ’कम्पनी ऐनले लगानीकर्ता नै बैंकको संचालक बन्न पाउने व्यवस्था गरेको भएपनि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनले भने कार्यकाल तोकेर कम्पनी ऐनको भावना विपरित जान खोजेको तामाङको आरोप छ त्यसैगरी सांसद तामाङले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) को कार्यकालको सीमा पनि तोक्न नहुने बताए बाफियाको विधेयकमा एकै संस्थामा एकै व्यक्ति दुई कार्यकालभन्दा बढी सीइओ बन्न नपाउने प्रस्ताब गरिएको छ एकै व्यक्ति लामो समयसम्म संस्थाको अध्यक्ष तथा सीइओ हुँदा संस्थाको संस्थागत सुशासनको अवस्था कमजोर भएको निष्कर्श निकाल्दै नियामक निकाय नेपाल राष्ट्र बैंकले यस्तो प्रस्ताब गरेको थियो अन्तिम पटक भने तत्कालीन गभर्नर डा युवराज खतिवडाका पालामा राष्ट्र बैंकले बाफियाको मस्यौदा तयार गरेको थियो ‘पहिलेपहिले विदेशी विज्ञकारुपमा बैंका सीइओ ल्याउनु पथ्र्यो तर अहिले नेपालमा सीइओ बन्न दक्ष जनशक्ति उत्पादन भइसकेका छन्’ तामाङले प्रश्न गरे ‘यस्तो अवस्थामा सीइओको दुई कार्यकाल तोक्नु कतिको औचित्यपूर्ण छ यस विषयमा गंभीर ढंगले सोच्नु पर्छ ’सांसद तामाङले बाफियाको विधेयकमा भाषागत र शाब्दिक त्रूटीहरु भएकाले त्यसको संसोधनका लागि आफूले संसोधन प्रस्ताब दर्ता गरेको बताए अर्थ समितिका सभापति प्रकाश ज्वालाले विधेयकमाथि संसोधन दर्ता गर्ने सांसदहरुलाई संसोधन प्रस्ताबको औचित्य पुष्टि गर्न समय दिएका थिए अर्थमन्त्रीले संसदमा पेश गरेको विधेयक अर्थ समितिमा पुस गते दर्ता भएको र त्यसमा सांसदहरुले वटा संसोधन प्रस्ताब दर्ता गरेका थिए सोमबारको अर्थ समतिको बैठकमा संसोधन प्रस्ताब दर्ता गर्ने सबै सांसदहरुलाई औचित्य पुष्टि गर्न बोलाइएको भए पनि संसोधन प्रस्ताब दर्ता गर्ने सांसदमध्ये इच्छाराज तामाङसहित आधा दर्जन सांसदमात्रै उपस्थित थिए सांसद जनकराज जोशीले एकै व्यक्ति लामो समयसम्म संस्थामा बस्दा संस्थागत सुशासनको अवस्था कमजोर हुने भएकाले कार्यकाल तोक्ने प्रस्ताब लोकतन्त्रसँग जोडेर नहेर्न आग्रह गरे त्यसैगरी सांसद यज्ञराज सुनुवारले मुलुकको नीतिसँग बैंक तथा वित्तीय संस्थाको नीति मेल खानुपर्ने बताए सांसद चुणमणि विक जंगलीले बैंकिङ क्षेत्रमा कर्मचारीको संगठित हुने अधिकार कटौती गरिएको आरोप लगाए सभासद उदय राणाले अध्यक्ष र सञ्चालक दुई कार्यकाल मात्रै बस्न पाउने गरी बनाइएको विधेयकले लगानीकर्ताको अधिकार खोसेको आरोप लगाए ‘कुनैपनि व्यवसायीले लगानी गरिसकेपछि प्रतिफलको चाहाना राख्छ सम्पत्तिमाथिको उसको अधिकार कटौती गरिनु हुँदैन ’ राणाले भने सांसदहरु रामनारायण बिडारी गोमा कुँवर केदार सञ्जेल र पेम्बा लामाले पनि आफूले राखेको संसोधन प्रस्ताबको औचित्य पुष्टि गरेका थिए संसोधन प्रस्ताब दर्ता गर्ने सांसदहरु भिष्मनाथ अधिकारी मेश श्रेष्ठ बाबुराम पोखरेल कृष्णभक्त जीबन परियार पुष्कर आचार्य प्रेमबहादुर आले विनोद श्रेष्ठ प्रमिला राणा कृष्ण धितात समितिको बैठकमा आफ्नो औचित्य पुष्टि गर्न उपस्थित नै भएनन् उपसमिति गठन दिनमा प्रतिवेदनबाफियाको विधेयकमा धारावाहिक छलफल गर्न अर्थ समितिले उपसमिति गठन गरेको छ उपसमितिमा उदय राणा इच्छाराज तामाङ दिपक कुइकेल केदार सञ्जेल गोमा कुँवर बिमल कुमार केडिया र गोपाल सहित सदस्य रहेका छन् सदस्यहरुले आफूहरुमध्येबाटै संयोजक चयन गर्नुपर्ने अर्थ समितिका सभापति ज्वालाले बताए उपसमितिले दिनभित्र अर्थ समितिलाई आफ्नो प्रतिवेदन बुझाउनु पर्नेछ
566
नयाँ पत्रिकाकाठमाडौं फागुनसञ्चारमन्त्री शेरधन राईले दूरसञ्चार सेवाको अनुमतिपत्र लिएर प्रभावकारी सेवा प्रवाह नगर्ने सेवाप्रदायकमाथि कारबाही गरिने बताएका छन् मुलुकमा वटा टेलिफोन सेवाप्रदायक हुँदासमेत जनताले सहज एवं गुणस्तरीय सेवा प्राप्त गर्न नसकेको भन्दै ‘लाइसेन्स’ मात्रै होल्ड गर्ने कम्पनीलाई कारबाही गरिने जानकारी दिएका हुन् नेपाल दूरसञ्चार प्राधिकरणको औँ वार्षिकोत्सव अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ‘अब सेवाप्रदायकलाई यथास्थितिमा चल्न दिइने छैन’ उनले भने ‘अनुमतिपत्र लिने तर सेवा प्रवाह नगर्ने कम्पनीलाई त्यसै छाडिने छैन ’ दूरसञ्चारको पूर्वाधार विकास तथा साझा प्रयोगमा जोड दिइनुपर्ने मन्त्री राईको भनाइ छ कार्यक्रममा सञ्चारसचिव दिनेशकुमार थपलियाले दूरसञ्चारबाट आर्थिक एवं सामाजिक रूपान्तरण गर्न सकिने बताए उनले विश्वबजारमा सूचना प्रविधिको विकास द्रुत गतिमा भइरहे पनि नेपालको नीतिगत तथा संरचनागत परिवर्तन भने सुस्त गतिमा भएको जानकारी दिए उनले दूरसञ्चार क्षेत्रको विकासलाई यसले जिडिपीमा दिने योगदान हेरेर मूल्यांकन गर्नुपर्नेमा जोड दिए प्राधिकरण अध्यक्ष दिगम्बर झाले ग्रामीण दूरसञ्चार विकास कोषको रकम उपयोग गर्दै अप्टिकल फाइबर विछ्याउने प्रक्रिया सुरु गरिसकेको जानकारी दिए मन्त्रालयलाई सुझाब दिन तथा उसले दिएका निर्देशन पालना गर्न प्राधिकरण सधैँ तयारी अवस्थामै रहेको उनको भनाइ छ प्राधिकरणका निर्देशक आनन्दराज खनालले ‘डिजिटल डिभाइड’ हटाउन आवश्यक रहेको बताए दूरसञ्चार क्षेत्रमा अनेकन समस्या रहेको भन्दै प्राधिकरण सञ्चालक समिति र मन्त्रालयले समाधानका लागि तत्परता देखाउनुपर्नेमा जोड दिए दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियन अध्यक्ष अच्युतानन्द मिश्रले प्राधिकरण सञ्चालक समिति र कर्मचारीको सम्बन्ध चिसिएको बताए कर्मचारी स्वास्थ्यलगायतको सुविधा मागप्रति समिति गम्भीर नभएको उनले आरोप लगाए ‘आजको दिन प्राधिकरणका लागि उत्सव हो’ उनले भने ‘तर प्राधिकरणका कर्मचारीका लागि उत्सव हुन सकेको छैन ’वार्षिकोत्सव अवसरमा प्राधिकरणका उपनिर्देशक अर्जुन घिमिरेलाई ‘प्राधिकरण उत्कृष्ट कर्मचारी पुरस्कार’ प्रदान गरिएको छ वर्षभरमा उत्कृष्ट कार्यसम्पादन गरेकाले उनलाई पुरस्कार प्रदान गरिएको हो
258
फाइल फोटोत्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा दीक्षित हुने विद्यार्थीको आकर्षण बढेको छसमारोहमा स्कार्फ र गाउन पोसाक लगाएर आफूले उत्तीर्ण गरेको प्रमाणपत्रसँगै अध्ययन गरेको अनुभव हुने भएकाले विद्यार्थीको समारोहमा आकर्षण बढेको होत्रिवि परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले उत्तीर्ण हुने विद्यार्थीले आफूसँग एकै पटक धेरै साथीसँग प्रमाणपत्र पाउने भएकाले दीक्षान्त समारोहमा विद्यार्थीको आकर्षण बढेको बताउँछन्उनका अनुसार गत वर्षभन्दा यस वर्ष दुई हजार बढी विद्यार्थी दीक्ष
63
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिजुलीलगायतमा शुल्क बढाएको विरोधमा बुधबारदेखि कर्मचारी किरणप्रसाद भट्टराई आमरण अनसन बसेका छन्स्वास्थ्य बिमामा एकैपटक प्रतिशत पुर्‍याइएको बिजुलीको बिल दशमलव प्रति युनिट बनाएको भन्दै उनी आमरण अनसन बसेका हुन् मूल्यबृद्धि फिर्ता नभएसम्म भन्दै उनी जिओपिडी भवनमा आमरण अनसन बसेका छन्उनलाई केही कर्मचारीहरुले नैतिक समर्थन गरेका छन् दुईवर्ष अघिसम्म निःशुल्क स्वास्थ्य बिमा रहेकोमा त्यसपछिबाट एकैपटक प्रतिशत र हाल आएर प्रतिशत पुर्&
64
वीरगञ्ज माघ नेपाल पत्रकार महासंघ पर्सा शाखाले सदस्यता शुद्धीकरण तथा नया“ सदस्य सिफारिसका लागि बनाएको कार्यदलले सोमवार आफ्नो प्रतिवेदन हस्तान्तरण गरेको छ कार्यदलका संयोजक शत्रुघन नेपालले शाखाका अध्यक्ष श्याम बन्जारालाई कार्यदलले तयार पारेको प्रतिवेदन हस्तान्तरण गरेका हुन् नेपाल पत्रकार महासंघ पर्सा शाखाले कार्यदल बनाएर सदस्यता शुद्धीकरण र नया“ सदस्यताको लागि सिफारिस माग गरेकोमा कार्यदलले सर्वसम्मत रुपमा संतोषजनक प्रतिवेदन बुझाएको संयोजक नेपालले जनाएका छन् नेपाल पत्रकार महासंघ पर्सा शाखाले गठन गरेको सदस्यता शुद्धीकरण तथा नया“ सदस्य सिफारिस कार्यदलमा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष ध्रुव साह पूर्व अध्यक्षहरु दीपेन्द्र चौहान अशोक तिवारी केसीलामिछाने नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एवम मधेस विभाग प्रमुख विजय कुशवाहा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य लालबाबु शेष नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद एवं अधिवक्ता रामनारायण कुर्मी सदस्य छठु साह कार्यदलको सहस्यको रुपमा रहेका थिए प्रतिवेदन बुझ्ने क्रममा शाखा अध्यक्ष श्याम बन्जाराले कार्यदलद्वारा बुझाईएको प्रतिवेदनलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएका थिए सो अवसरमा कार्यदलका सदस्यहरु दिपेन्द्र चौहान अशोक तिवारी विजय कुशवाहा लालबाबु शेख ध्रुव साह केसी लामिछाने रामनारायण कुर्मी र छठु साह समेतको उपस्थिति रहेको थियो
166
दिल्लीमा मैले दश वर्ष बिताएँ ती दश वर्षमा मैले कलेजको शिक्षा पूरा गरेँ विज्ञापन एजेन्सीमा जागिर गरेँ र कैयौँ पत्रिका तथा म्यागेजिनमा काम गरेँ त्यस वेला म केवल राजस्थानकी एउटी केटी थिएँ मेरो बुबा कर कार्यालयमा हुनुहुन्थ्यो म राम्रो अंग्रेजीमा कुरा गर्न सक्थेँ र आफ्नो अफिसका बाँकी केटीहरूजस्तै देखिन्थेँ उस्तै व्यवहार गर्थें म अरू बाँकी केटीमध्ये एक थिएँ जो हेर्दा उच्च जाति र ‘राम्रो कुल घराना’ का जस्ता देखिन्थे दिल्लीमा बिताएका ती दश वर्षमा मैले धेरै कुरा देखेँ सुनेँ र गरेँ मैले हरेक दोस्रो रात मुलचन्दमा पराठा खाएँ हरेक महिनाको अन्तिम आइतबार सरोजिनी नगरका गल्ली–गल्ली घुमेँ र लगभग हरेक सप्ताहन्त मैले हौजखास गाउँ जानका लागि अटोवालासँग लड्दै बिताएँ मैले दिल्लीमा केवल एउटा काम गरिनँ मैले कसैलाई म दलित हुँ भनिनँ मैले कसैलाई यो कुरा भन्नै चाहिनँ के फाइदा हुन्थ्यो र केही नजिकका साथीका अलावा बाँकी सबैले एकआपसमा कुरा काट्थे ‘तिमीलाई थाहा छ याशिका त दलित हो नि यार दलितजस्ती बिल्कुल लाग्दिन त ’केही मानिस अफिसमा भन्थे ‘यिनीहरूलाई त के छ र यिनीहरू त सरकारका ज्वाइँ हुन्… यिनीहरूले त केवल जाँच दिए हुन्छ उसै पास हुन्छन् मिहिनेत त तपाईं हामीजस्ता मानिसले गर्नुपर्छ ’यसप्रकार म उनीहरूमध्ये एकजना नभएर ‘यिनीहरू’ हुन्थेँ लगभग सबैजसो मेरो क्षमतामाथि चर्चा गरिरहेका हुन्थे चार वर्षमा तीनवटा बढुवा राति अबेरसम्म अफिसमा रहेर काम सम्पन्न गरेको र मेरा कथा जसले सामाजिक सञ्जालमा हजारौँ ‘लाइक्स’ र ‘सेयर्स’ पाउँथे सायद कसैको नजरमा पर्दैनथेँ तैपनि जब यी सबैलाई नजरअन्दाज गर्न नसकेको अवस्थामा सायद भन्थे ‘ए कोलम्बिया जर्नालिज्म स्कुल पढेकी हो दलित हो ’यो मैले आफैँ सुनेको हुँ जुन नोटमा मैले पहिलोचोटि आफू दलित भएको वास्तविकता राखेको थिएँ त्यो सामाजिक सञ्जालमा सेयर भएपछि एक पत्रकारले यस्तै केही प्रतिक्रिया दिएका थिए यस्तो लाग्छ दुवै कुरा एकसाथ हुन असम्भव छ दलितको घरमा जन्म हुनेबित्तिकै मानिसको क्षमता नष्ट हुन्छ मानौँ एक दलित केटीले विश्वकै सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयमध्ये एउटामा पढ्नु कुनै आश्चर्य थियो मैले दिल्लीमा बिताएका ती दश वर्षमा मेराबारे सोध्नेलाई म ब्राह्मण हुँ भनेर नभनेको भए लाजपत नगरको जुन घरमा म सात वर्षसम्म डेरा गरेर बसेँ त्यसमा मलाई छ महिना पनि बस्ने दिंदैनथे त्यो छ महिना पनि म त्यसबेला मात्र बस्ने पाउँथें यदि कोही दलित केटीलाई डेरा दिन तयार हुन्थ्यो त्यसो त मेरो घरबेटीले कहिल्यै सोध्दै सोधेनन् किनकि त्यसको आवश्यकता नै परेन म हेर्दा नै उच्च जातिको जस्तो देखिन्थें सायद मेरो रंग मेरो राम्रो जागिर र मेरो आत्मविश्वास देखेर उनले आफैं अनुमान गरे यस्ती केटी त दलित जाति त हुनै सक्दिन सारा दलित मानौं मानिस नभएर जनावरको एउटा नयाँ प्रजाति हुन् सबै एकैप्रकारको देखिन्छन् अथवा उच्च जातिजस्तो देखिनु दलित देखिनुभन्दा राम्रँे हो तर हाम्रो समाजका लागि यही राम्रो छ यदि त्यस्तो नहुन्थ्यो भने मलाई हरेक पल यो कुराको अनुभूति नै हुन्नथ्यो कि म कति भाग्यमानी छु किनकि म सजिलै आफ्नो जात लुकाउन सक्छु यसो गर्न सक्दा म हरेक किसिमका साथी बनाउनसक्छु तिनीहरूलाई जो दलितलाई भेद्भाव गर्दैनन् र तिनीहरूलाई पनि जो हामीलाई देखेकै भरमा नुहाउन इच्छा गर्छन् यसो गर्दा मसंग भेटेपछि जो पनि मेरो खुबी हेरेर व्यहार गथ्र्थो मेरो जातिको दममा हैन तर के म आफ्नो नोट दिल्लीमा रहेर काम गरिरहेका बेला लेख्न सक्थें के म यति खुल्ला भएर यो भन्न सक्थें कि म दलित हुँ सायद सक्दिनथें दिल्लीमा जुन रहस्य मैले यतिधेरै वर्षसम्म लुकाएर राखें त्यसलाई अचानक खोल्नु मेरा लागि निकै मुस्किल हुन्थ्यो सायद असंभव पनि यहाँ न्यूयोर्कमा त्यो भेदभावको कुनै मूल्य रहेको छैन कमसकेम मेरो दैनिक जिन्दगीमा त छँदै छैन यहाँ करिब दुई वर्षदेखि न मसंग कसैले मेरो जातको बारेमा सोधेको छ न कसैले मलाई झुठ बोल्न बाध्य बनाएको छ त्यसकारण त्यो झुठको आवश्यकता पनि आफसेआफ समाप्त भयो जात लुकाउनु मेरा लागि अब त्यति ठूलो कुरा रहेन जति दिल्लीमा थियो अब खुलेर ‘बाहिर आउन’ मेरा लागि सजिलो छ र रोहित बेमुला (भारत हैदरावादको सेन्ट्रल युनिभर्सिटीमा अध्ययनरत वर्षीय पीएचडी छात्र जसले दलित भएकैमा अपमान भोग्य बाध्य भएपछि जनवरीमा आत्महत्या गरेका थिए) को मुत्युपछि आवश्यक भएको छ कास त्यो शहर जससंग मेरो बालापनमै प्रेम भएको थियो जहाँ मैले सबै कुरा सिकें र जसले मलाई यति धेरे दियो त्यसले मलाई ‘म’ हुनुको स्वतन्त्रता पनि दिएको भए…(दत्त न्युयोर्कबाट स्वतन्त्र पत्रकारिता गर्छिन्)बिबिसी हिन्दी डटकमबाट
643
पुस राजविराज अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालयका प्रमुख प्रेमप्रसाद भट्टराईले लिनेसँगै दिने व्यक्ति पनि तयार भएकाले भ्रष्टाचार बढेको बताउएका छन् आयोग क्षेत्रीय कार्यालय इटहरीद्वारा बुधबार राजविराजमा आयोजित ‘भ्रष्टाचार नियन्त्रणमा आयोगको भूमिका’ विषयको अन्तक्र्रियामा उनले धेरै भिड हुने कार्यालयमा आउने सेवाग्राहीले छिटो काम सकाएर जानका लागि कर्मचारीलाई रकम दिने गरेको बताउँदै भने “सप्तरी मालपोत कार्यालयमा दैनिक देखि सय वटा रजिस्ट्रेसनसम्म हुन्छ तर यत्रो भिडमा जो कोहीले पनि चाँडै काम होस् भन्ने अपेक्षा राख्छन् यसैले चाँडो काम गराउनका लागि सेवाग्राहीले रकम दिने गरेको र कर्मचारीले पनि रकम लिन पल्केका छन् ”भट्टराईले खुद्रा पैसाका नाममा पनि भ्रष्टाचार भइरहेको बताउँदै  पाँच दश दिन पनि कोही चाहँदैनन् लिनेले पनि माग्दैनन् ” गाविस सचिवहरु गाविस कार्यालयमा नगएमा तिनलाई कारबाही गरिने चेतावनी पनि उनले दिए कार्यक्रममा सप्तरीका प्रजिअ बलदेव गौतमले कर्मचारीले कामका नाममा बढी रकम माग्दा निरुत्साहन गर्न सेवाग्राहीसँग आग्रह गरे कार्यपत्र प्रस्तुत गर्दै आयोगका प्रहरी निरीक्षक ओमप्रकाश खनालले स्थानीय निकायमा जनप्रतिनिधि नभएको र आयोजनाको नियमित अनुगमन नभएका कारण भ्रष्टाचार बढेको बताए
156
एजेन्सी मेलबर्न माघएक वर्षअघि उनी महिला एकल टेनिसको विश्व वरीयतामा नम्बरमा थिइन् लयमा फर्कन निकै संघर्षरत थिइन् तीन वर्षअघि लगातार दुई अस्ट्रेलियन ओपन जितेपछि बेलारुसकी सुन्दरी भिक्टोरिया अजरेन्का विश्व नम्बर एकमा पुगेकी थिइन् तर चोटले सताएपछि उनको प्रदर्शन र वरीयता लगातार ओलारो लाग्यो वर्षको पहिलो ग्रान्डस्लाम टेनिसमा भने उनले आफ्नो पुरानो फर्म फर्काउन सफल भएकी छिन् मेलबर्नमा रवाफ कामयैगत फेब्रुअरीमा उनी विश्वको औँ वरीयतामा थिइन् यो साता अजरेन्का औँ वरीयतामा आइपुगेकी छिन् मेलबर्नमा आफ्नो उत्कृष्ट लय कायम राखेकीअजरेन्काको खेल उपाधितर्फ लम्किरहेको देखिन्छ शनिबार अन्तिम मा स्थान सुरक्षित गर्ने क्रममा अजरेन्काले जापानकी नाओमी ओसाकालाई – र – ले सहज रूपमा पाखा लगाइन् अजरेन्काले पछिल्ला पाँच खेलमा केवल अंक मात्र गुमाएकी छिन् यसले उनी अघिल्ला संस्करणमा भन्दा उत्कृष्ट लयमा रहेको देखाएको छ पुरुष खेलाडीभन्दा पनि उत्कृष्टटेनिसमा प्रतिशत बेसलाइन अंक हात पार्नुलाई धेरै राम्रो मानिन्छ पुरुष एकलतर्फका नम्बर एक खेलाडी नोभाक जोकोभिकको बेसलाइन प्रतिशत छ यसैगरी डेभिड फेररको र एन्डी मुर्रेको प्रतिशत छ अजरेन्काको भने प्रतिशत बेसलाइन अंक छ उनले / बेसलाइन अंक हात पारेकी छिन् प्रतियोगितामा भाग लिएका महिला खेलाडीमध्ये कसैको पनि प्रतिशतभन्दा बढी बेसलाइन अंक छैन गार्बिन स्तब्धतेस्रो वरीयताकी स्पेनिस खेलाडी गार्बिन मुगुरुचा तेस्रो चरणमै पराजित भएकी छिन् उनलाई चेक रिपब्लिककी बारबोरा स्ट्रिकोभाले पराजित गरेकी हुन् औँ वरीयताकी बारबोराले गार्बिनमाथि – र – को जित निकालिन् चौथोपटक सम्म सर्भिस ड्रप गरेपछि गत वर्षको विम्बल्डन टेनिसकी उपविजेता गार्बिन खेल हार्न बाध्य भइन् यता सातौँ वरीयताकी एन्जलिकी केर्वरले अन्तिम मा स्थान पक्का गरेकी छिन् उनले अमेरिकाकी म्याडिसन ब्रन्गललाई – र – ले पराजित गरिन् उनले खेल जित्न केवल मिनेट लगाएकी थिइन् वाउरिन्काको औँ जितचौथो वरीयताका स्विस खेलाडी स्टान वाउरिन्काले खेलजीवनको औँ जित हात परेका छन् अस्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश गर्ने क्रममा उनले चेक रिपब्लिकका लुकास रोसोलाई – – र –(–) ले पराजित गरे सन् का विजेता वाउरिन्काले अब औँ वरीयताका मिलोस राओनिकसँग प्रतिस्पर्धा गर्नेछन् पुरुष एकलतर्फ ब्रिटिस नम्बर एक एन्डी मुर्रे अन्तिम मा पुग्न सफल भए मुर्रेले पोर्चुगलका जोआओ साउसालाई – – – र – ले पराजित गरे
316
नयनराज पाण्डे लेखकविमोचन हुनै लागेको तपाईंको ‘सल्लीपिर’ उपन्यासको जरा के हो यो विकट हिमाली भेगमा जीवनको जटिलता सामना गरिरहेकाहरूको कथा हो शेर्पा परिवेश तिनको सांस्कृतिक मूल्यमान्यता संघर्ष र सपनासँगै राज्यको उदासीनतालाई ‘सल्लीपिर’ मा समेट्ने प्रयास गरेको छु भनौं ‘सल्लीपिर’ ले को शुरुआत गर्दैछ नेपाली साहित्यको लागि नयाँ वर्ष कस्तो रहला साहित्यका सबै विधाको समृद्धिमा यो वर्ष झनै अर्थपूर्ण हुने विश्वास लिएको छु आख्यानमा नयाँ विषय परिवेश र चरित्र भित्रिने सम्भावना जति छ कवितामा परिपक्व विचारहरूको हस्तक्षेप पनि जारी रहनेछ निबन्ध लगायतका गैरआख्यानात्मक विधाप्रति पाठकको अभिरुचि बढ्नेछ केही समीक्षक र साहित्यकारहरू समेत अचेलका नेपाली साहित्यिक कृतिहरूलाई ‘बोल्नेको पीठो’ भनिरहेका छन् तपाईंको विचारमा कुन पीठो कुन चामल मलाई त्यस्तो लाग्दैन अहिलेका पाठकलाई भ्रममा पार्दै कमजोरलाई असल हो भनी स्थापित गर्न सकिन्न पाठकको चेतना विकासले लेखकलाई जिम्मेवार बन्न जागरुक बनाउँछ तर राम्रो नराम्रो असल खराबबारे बहस भइरहनुपर्छ यो पहिले पनि हुन्थ्यो भोलि पनि भइरहने छ बहस जति स्वस्थ भयो साहित्य विकासको गति उति तीव्र हुन्छ किशोर नेपालले ‘पठन फेसन’ बारे तपाईंका भनाइ भन्दै लेख लेख्नुभयो तपाईंले ‘असफल लेखकहरूको रुवाबासी’ भनी प्रतिवाद पनि गर्नुभयो भनेपछि तपाईं नेपालको सफल लेखक हो फेसनलाई पनि संस्कृतिकै अंग मानेर विश्लेषण गर्न पनि सकिएला तर अहिले पाठकमा जुन जागरुकता छ त्यो फेसनजस्तो मौसमी र क्षणभरमै अप्रासंगिक हुने प्रकृतिको होइन शिक्षा इन्टरनेटका कारण सामाजिक संजालको सहजता र सञ्चारमाध्यमले साहित्यलाई दिइरहेको ‘स्पेस’ आदिका कारणले जागरुक पाठक बढेका छन् भन्ने मेरो मान्यता हो म त साहित्यका गम्भीर पाठकसित निरन्तर सम्वाद गर्ने लेखनीमा विश्वास गर्छु निरुद्देश्य मनोगत कुरा लेख्दिनँ बलियो विषय दमदार चरित्र र कलात्मक प्रस्तुतिमा विश्वास गर्छु मेरो लेखनले केही न केही मुद्दा सम्बोधन गरोस् भन्ने चाहन्छु म आफैंलाई सफल या असफलको पगरी लगाइदिन चाहन्न पाठकले जे भन्छन् त्यही हो म लेखकबीच यस्तो मालिन्य किन हुन्छ म नकारात्मक सोचको विपक्षमा छु साहित्यको नयाँ पुस्ताप्रति मलाई विश्वास छ पाठकको चेतनाप्रति विश्वास छ त्यसैले म अबको साहित्य झनै समृद्ध हुनेछ भन्नेमा विश्वास राख्छु आफ्नो असफलता वा कुण्ठाको आधारमा समय र समाजको पूर्वाग्रहपूर्ण व्याख्या गर्नेसित मेरो सधैं विमति रहनेछ यो विमति कुनै व्यक्तिविशेषसँग होइन प्रवृत्तिसँग हो साहित्यमा प्रगतिशील या प्रजातन्त्रवादी हुनुले के फरक पार्छ त्यसो त तपाईं दुवै तर्फकासँग उत्तिकै संसर्गमा देखिनुहुन्छ समाज परिवर्तनका मुद्दा उठाउने ठेक्का प्रगतिशील ठप्पा लागेकाहरूले मात्र लिनुपर्छ र बाँकीले यौन मनोविज्ञान कुण्ठा आदिबारे घोत्लिनुपर्छ भन्नु कमजोर अतिवादी सोच हो म साहित्यमा चरम कल्पनाशीलता रुचाउँछु तर त्यसले धरातल छोडेको हुनुहुन्न भन्ने मान्यता राख्छु साहित्यिक समाजको कुन कित्तामा छु भन्नेसँग मेरो सरोकार छैन तर के लेख्नुपर्छ भन्ने हेक्का भने सधैं छ त्यसैले पनि म दुवै कित्ताका असल लेखकहरूसँग सधैं सम्पर्कमा रहन्छु तपाईंका कृतिहरू समथरकै उपज भएका छन् अहिलेसम्म भिरालोतिरको पात्र–परिवेश किन आएनन् म कुनै विषय परिवेशमा लेख्नै पर्छ भनी कनीकुथी लेख्दिनँ कथामा मैले काठमाडौंको नेवारी समाजको कथा पनि लेखेको छु तिब्बती शरणार्थीको कथा पनि लेखेको छु यो विषयमा लेख्नुपर्छ र लेख्न सक्छु भन्ने आत्मविश्वास भएपछि मात्र लेख्छु त्यसैले यसपटक ‘सल्लीपिर’ मा मैले पृथक् हिमाली परिवेश लेखेको छु ‘सल्लीपिर’ लेखनीमार्फत मैले फरक विषयमा काम गर्नुको भरपूर आनन्द उठाएँ पछिल्लो एकदशक तपाईं ‘दुई वर्ष एक कृति’ नीतिमा देखिनुहुन्छ र मसालेदार–कमाउ पटकथातिर लहसिएको आरोप पनि छ त्यसले गर्दा साहित्यमा पनि सतहीपन आउन थाल्यो भनियो भने तपाईंलाई कस्तो लाग्छ मैले पटकथा नलेखेको त आठ दश वर्ष नै भैसक्यो नि ‘सल्लीपिर’ लगभग अढाइ वर्षपछि आउँदैछ यति ‘ग्याप’ पर्याप्त हो जस्तो लाग्छ मैले आफूभित्र लेखनको हुटहुटी रहुन्जेल लेख्ने हो पछिल्लो एक दशकमा मेरा तीन नयाँ उपन्यास आएका हुन् अरू त पुराना कथाहरूको संकलन मात्र हुन् विषयको पुनरावृत्ति हुन थाल्यो भन्ने जब आभास हुनेछ म त्यही दिनबाट लेख्न छाड्नेछु त्यसपछि मलाई ट्याक्सी चालक बन्ने रहर छ नयनराज पाण्डेले दुईदशक अघिको ‘उलार’ जस्तो परैबाट देखिने माइलस्टोन खडा गर्न सकेनन् भन्दा गलत हुन्छ म आफैंले के भनुँ यो त पाठकले भन्ने कुरा हो गुमनाम ‘उलार’ लाई समीक्षकहरूले ‘एप्रिसिएट’ गर्न एक दशक लगाइदिनुभयो त्यसैले असफलताको स्वाद मैले भोगिसकेको छु कतिले ‘उलार’ भन्दा ‘लू’ राम्रो भन्नु भएको छ ‘घामकिरी’ मन पराउने पनि ठूलो तप्का छ तर मलाई भने सर्वश्रेष्ठ लेख्नै बाँकी छ भन्ने लागिरहन्छ मेरो लेखनमा विषयको विविधता होस् भन्ने चाहन्छु एउटै विषयमा ‘लौ मैले गजब लेखें’ भनेर आत्ममुग्ध भएर बसिरहन चाहन्नँ तस्वीरहरूः विक्रम राई ‘…त्यसपछि ट्याक्सी चालक बन्ने रहर छ’
648
अर्थमन्त्री डा रामशरण महतले नेपाल कुनै हालतमा हिन्दु राष्ट्र नहुने बताउनुभएको छ बुटवलमा सोमबार कांग्रेसको नगरस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राज्यको कुनै धर्म नहुने भएकाले हिन्दु राष्ट्र हुन नसक्ने बताउनुभयो कांग्रेस केन्द्रीय सदस्य समेत रहनुभएका डा महतले नेपाली कांग्रेसको तारा मध्ये तारा धार्मिक स्वतन्त्रता भएको दाबी समेत गर्नुभयो नेपाली कांग्रेसले नै आर्थिक क्रान्तिको सुरुवात गरेकाले यसको नेतृत्व पनि कांग्रेसले नै गर्ने उहाँले बताउनुभयो महतले नेपाली कांग्रेसको महाधिवेसन निर्धारित समयमै हुने दाबी समेत गर्नुभयोे यसअघि सोमबार नै आन्तरिक राजस्व कार्यालय बुटवलको नवनिर्मित भवनको उद्घाटन गर्दै अर्थमन्त्री डामहतले नीजि पुँजीलाई परिचालन गर्न सकिएन भने मुलुकको विकास सम्भव नहुने भएकाले सरकारले बजेटमा नीजि क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभयो संविधानको प्रारम्भिक मस्यौदाले नीजि क्षेत्रलाई प्रवद्र्धन नगर्ने बताउँदै उहाँले नीजि पुँजीको व्यापक परिचालनका लागि प्रारम्भिक मस्यौदामा सुधार गर्नुपर्ने बताउनुभयो
123
म्यान्चेष्टर युनाइटेडले युरोपा लिग फुटवलमा खराब शुरुवात गरेको छ गए राति भएको लिगको आफ्नो पहिलो खेलमा म्यानचेष्टर युनाइटेड फेयनूरुड क्लवसँग ले स्तब्ध भएको होगोल गर्ने केही राम्रा मौकालाई सदुपयोग गर्न नसक्दा म्यानयु तुलनात्मक रुपमा कमजोर मानिएको क्लवसँग पराजित भएको होफेयनुरुडको जितका लागि टोनी भियना नायक भए स्ट्राइकर निकोलाई जोगर्सनले दिएको क्रमको सदुपयोग गर्दै उनले औं मिनेटमा उनले गरेको गोल नै निर्णायक भयो
62
संविधानसभाको बैठक पूर्वसांसद डा गोपाल कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ संविधानसभाको बैठक सुरु हुने बित्तिकै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले शोक प्रस्ताव प्रस्तुत गरेका थिए अधिकारी सालको प्रतिनिधिसभामा झापा जिल्लाको निर्वाचन क्षेत्र नं बाट नेपाली कांग्रेसको तर्फबाट प्रत्यक्ष निर्वाचित सांसद थिए उनको गत जेष्ठ गते निधन भएको थियो संविधानसभाको बैठक मंगलबार दिउँसो बजेका लागि बोलाइएको छ संविधानसभाको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित हुँदै आएको यो पाँचौपटक हो
71
चिलीमा बिहीबार बिहान शक्तिशाली भूकम्प गएको छ भूकम्पका कारण राजधानी सेनटियागो पनि ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् स्यान्टियागो भन्दा करिब किलोमिटर टाढा उत्तर पश्चिम तटीय इलाकामा केन्द्रविन्दु बनाएर आएकव रेक्टर स्केलको भूकम्पले ठूलो क्षति गरेको समाचारमा उल्लेख गरिएको छभूकम्पबाट पुगेको क्षतिको पूर्ण विवरण & आइसकेको छैन भूकम्पपछि सुनामीको चेतावनीसमेत दिइएको छ समाचार एजेन्सी रोयर्टसले चिलीको आपतकालीन विभागलाई उदृत गर्दै जनधनको क्षतिको विवरण नआइसकेको जनाएको छ अमेरिकी अधिकारीहरुकाअनुसार भूकम्पको झट्का स्थानीय समयअनुसार बजे महसुस गरिएको थियो
77
नयाँ पत्रिकाकाठमाडौं फागुनक्रिकेटको सहरका रूपमा प्रख्यात धनगढीमा फागुनदेखि तेस्रो संस्करणको धनगढी क्रिकेट लिग (डिसिएल) हुने भएको छ यसपटक सगरमाथा सिमेन्ट मुख्य प्रायोजक रहेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले मुख्य प्रायोजक सगरमाथा सिमेन्टसँग सम्झौता गरेका छन् सगरमाथा सिमेन्टका निर्देशक आदित्य संघाईले लिगसँग आबद्ध हुन पाउँदा आफूहरू निकै खुसी भएको बताएका छन् ‘धनगढीलाई क्रिकेटकै सहरका रूपमा विकास गर्न हामी सबै सहयोग गर्छौं’ संघाईले भने प्रतियोगिताको पहिलो संस्करण मा भएको थियो लिगमा पाँच फ्रेन्चाइजडिसिएल लिगमा पाँच फ्रेन्चाइजले प्रतिस्पर्धा गर्ने एकेडेमीका अध्यक्ष शाहीले जनाएका छन् कैलाली जिल्लाका पाँच प्रमुख स्थानकै नामअनुसार फ्रेन्चाइज नामकरण गरिएको हो उनका अनुसार अत्तरिया चौराहा हसनपुर क्याम्पसरोड र सन्तोषी टोलको नाममा क्लबका नाम नामकरण भएको हो यसले त्यस ठाउँको पहिचान वृद्धि गर्नुका साथै त्यस क्षेत्रका स्थानीयलाई क्रिकेट विकासमा जागरुक गराउने विश्वास राखेको उनको भनाइ छ पुसको दोस्रो साता पाँच मालिक खोजेर फ्रेन्चाइज बनाइएको उनले बताए खेलाडीको मोलतोलफ्रेन्चाइज अक्सन खेलाडीको मोलतोल नेपाली क्रिकेटका लागि नौलो हो नेपाली क्रिकेटमा यसलाई व्यवहारमा उतार्न सकिएको थिएन डिसिएलको तेस्रो संस्करण आयोजना गर्ने क्रममा नयाँ प्रयोगसँगै नेपाली क्रिकेटमै फ्रेन्चाइज अक्सन र खेलाडी मोलतोल भित्र्याउन सफल भएको आयोजकले जनाएको छ पाँच फ्रेन्चाइज क्लबले अक्सनमा रहेका खेलाडीहरूमा भाउ लगाएका छन् प्रतियोगितामा सहभागी खेलाडीमध्ये स्थानीय राष्ट्रिय खेलाडीको बोली हजार र अन्तर्राष्ट्रिय खेलाडीको बोली हजारबाट सुरु भएको थियो रिजाल सर्वाधिक महागोनेपाली यू– क्रिकेट टोलीका कप्तान राजु रिजाल लिगकै सर्वाधिक महँगा क्रिकेटर बनेका छन् सन्तोष क्लबले रिजाललाई आबद्ध गर्न हजार रुपैयाँ खर्चेको छ त्यस्तै विनोद भण्डारी र ललितसिंह भण्डारीलाई समान हजारको भाउ लाग्यो फ्रेन्चाइजले बढीमा लाख हजार मात्र अक्सनमा खर्च गर्न पाउँछ नियमअनुसार एक क्लबले बढीमा जना खेलाडी किन्न सक्छ यू– का स्टार खेलाडीलाई विशेष आर्थिक व्यवस्था गरी टिममा भित्र्याउँदा प्रत्येक क्लबले लाख हजार रुपैयाँसम्म टिम खरिदमा खर्च गरेका छन् दश लाखको प्रायोजनतेस्रो संस्करणको डिसिएल उत्कृष्ट बनाउन सगरमाथा सिमेन्टले दश लाख रुपैयाँ प्रायोजनबापत दिने भएको छ निर्देशक संघाईले क्रिकेट विकासका लागि आफूहरू स्वस्फूर्त रूपमा प्रतियोगितासँग आबद्ध भएको बताए यता डिसिएलका अध्यक्ष शाहीले सगरमाथा सिमेन्टको साथ पाउँदा तेस्रो संस्करण व्यापक हुने दाबी गरेका छन् ‘सगरमाथा सिमेन्टको साथले धनगढी क्रिकेट लिगलाई अझ भव्य बनाउन सहयोग पुग्नेछ’ उनले भने ‘सगरमाथाको साथले प्रतियोगिताको निरन्तरतामा ठूलो सहयोग पुर्‍याउने विश्वास लिएका छौँ ’विजेताले लाख पाउनेतेस्रो संस्करणको विजेताले लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ उपविजेताले लाख हजार रुपैयाँ पाउनेछ पुरस्कार धनराशिका रूपमा यो नेपाली क्रिकेटको दोस्रो ठूलो क्रिकेट प्रतियोगिता पनि हो प्रत्येक खेलका म्यान अफ द म्याचले हजार ( खेल) तथा म्यान अफ द सिरिजले हजार रुपैयाँ प्राप्त गर्नेछन् टी– फम्र्याटमा खेलडिसिएल लिगको प्रत्येक लिग चरण खेल टी– फम्र्याटमा हुने डिसिएलका अध्यक्ष शाहीले जानकारी दिएका छन् उनका अनुसार शीर्ष चार टोली प्लेअफमा खेल्नेछन् त्यसमा पहिलो र दोस्रो हुने क्लब फाइनल पुग्नेछन्
422
सोमबार दिउँसो साँढे बजेको हुनुपर्छ टेक्सासबाट पत्रकार विकासराज न्यौपानेको फोन आयो मोबाइलमा ‘दाई नयाँ कुरा थाहा पाउनुभयो सुशील कोइराला त बितेछन् नि ’ उनले एकै सासमा भनिभ्याए  लाग्यो–कतै विकासले फेब्रुअरीमै अप्रिलपू मनाउन त लागेनन् किनकी हिजोसम्म बिरामी भन्ने कहिँकतै समाचार पढेको थिइन आज एक्कासी निधनको कुरालाई कसरी पत्याउने  उनले ह्युस्टनमा तारा बरालसँग कुरा भएको भनेपछि अलिकति आधिकारिक जस्तो लाग्यो थप पुष्टी गर्न मेसेन्जर खोलेँ ने
65
झापा असोज झापाको तोपगछी– बस्ने बर्षिय लालबहादुर राई बिहीबार मृत फेला परेका छन् बेलुका बजेतिर उनलाई स्थानीयले घर नजिकै रहेको नालिमा मृत अबस्थामा भेटेका थिए घटना स्थलमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको उक्त कार्यालयले जनाएको छ
42
सभामुख ओनसरी घर्तीले नयाँ संविधानको कार्यान्वयन भएपछि नेपाली महिलाले ‘छोरी भएर जन्मेका कारण पछि परें’ भन्ने अवस्था अन्त्य हुने बताएकी छन् डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख घर्तीले भनिन् “नयाँ संविधान पूर्णरुपमा कार्यान्वयन भएको दिन यो देशमा छोरी भएर जन्मिएको कारण म पछि परेकी हुँ भनेर कसैले पनि बाधा–विरोध सहेर बस्नु पर्दैन ”अघिल्लो पुस्ताका महिलाले गरेको आन्दोलन र योगदानको परिणामस्वरुप अहिले राष्ट्रपति सभामुखमा महिला भएको भन्दै उनले पुराना महिला आन्दोलनकर्मीको सपना पूरा भएको दाबी गरिन् दुई महिला उच्च पदमा पुग्ने बित्तिकै सबै महिलाको जीवनस्तरमा छुमन्तरको ढङ्गबाट परिवर्तन नहुने भए पनि चुलोचौकाको जिम्मेवारीबाट बाहिर निस्कन उत्साह हौसलाका साथै धावा बोल्न साहस प्रदान गर्ने उनको भनाइ थियो “भविष्यमा गर्ने कर्म छनोट गरिसक्नुभएको होला त्यो मार्गमा अघि बढ्नुस् आज छोरीका लागि नेपालले जितेको छ हामीले जितेका छौँ यो जितमा तपाईंहरुले पनि जित्न सक्नुपर्छ” सभामुख घर्तीले भनिन् स्नातक तहमा बिए बिबिएस र बिएड तथा स्नातकोत्तर तहमा एमए अङ्ग्रेजी समाजशास्त्र मानवशास्त्र र एमबिएसका कक्षा सञ्चालन भइरहेको उक्त क्याम्पसमा हाल एक हजार छात्रा अध्ययनरत छन् वार्षिक परीक्षाका विभिन्न विषयमा छ पटकसम्म सर्वोत्कृष्ट नतिजा हासिल गर्न सफल उक्त कलेजले सस्तो शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ रासस महिला भएकै कारण पछि परिंदैनः सभामुख
191
राजविराज कार्तिक मधेशी मोर्चा सप्तरीले राजमार्ग केन्द्रीत आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ मोर्चा संयोजक सुनिल झाको अध्यक्षतामा शनिवार सम्पन्न बैठकले सो निर्णय गरेको हो उक्त बैठकले तिहार छठ लगायतका पर्वलाई मध्यनजर गर्दै सोमवार र मङ्गलवार दुई दिनका लागि जिल्ला स्थित बैंक तथा वित्तीय संस्थाहरु खुल्न दिने निर्णय गरेको छ मोर्चाको बैठकले आइतवारदेखि राजमार्ग केन्द्रित आन्दोलनलाई अझ सशक्त बनाउन विहानैदेखि राजमार्गको रुपनी र भारदह सडक खण्डमा ब्यापक जनसहभागितामा धर्ना बस्ने कार्यव्र तय गरिएको मोर्चाका सूचना तथा सञ्चार समितिका संयोजक अमरनाथ मण्डलले जानकारी दिए
84
संविधानसभाको अन्तिम सम्वोधनले प्रचण्डको समग्र छविमा फेरबदल आएको महसुस गरिएको छ प्रचण्डको छविमा दोस्रो संविधानसभापछि लगातार स्वखलन हुँदै गएको थियो प्रधानमन्त्री पदबाट राजिनामा दिए यता प्रचण्ड लगातार गिर्दै गएका थिए उनको साख र स्वीकार्यतामा ठुलो परिवर्तन भएको थियो कुनै बेला पार्टीमा उनको विरुद्ध बोल्ने अवस्था थिएन तर शान्तिप्रक्रियामा आइसकेपछी उनकै नेतृ्त्वको पार्टी टुक्रा भएको थियो उनि विरुद्ध पार्टी भित्रबाट विरोधका स्वरहरु ठुलो स्वरमा सुनिन थालेको धेरै भयो पहिलो संविधानसभाले फेल खाएपछि त उनलाई धारे हात लगाउनेको संख्या यति बढयो कि सामाजिक सञ्जालमा उनका विरुद्ध लहर नै आयो उनलाई जति गाली सायदै अरु नेताले खाएका होलान् तर पछिल्ला संविधानसभामा आइतबार गरेको सन्तुलित भाषणपछि प्रचण्डको छविमा ठुलो अन्तर आएको छ उनलाइ प्रंशसा गर्दे फेसबुक र ट्विटरमा स्टाटस र ट्विटका बाढी आएका छन्खासगरी सधैको ल्याङल्याङले आजित भएकाहरु प्रचण्डको पछिल्लो अडानले खुसी भएका छन् प्रचण्डले संविधानमा आफ्ना मुद्धा नआएपनि देशलाइ एउटा निकास दिएरै छाड्ने भन्दै संविधानका लागि ठुलो कसरत गरेका थिए उनको दौडधुप धेरैलाइ मन पर्यो जनमानसमा भारतले नेपालमा स्थिरता हुन नदिने छाप परेको थियो अन्तिम समयमा आएर भारतले जे भन्यो त्यही हुने भन्दै धेरै निरास थिए धेरैले अपेक्षा गरेअनुसार नेपालका लागि भारतीय राजदुतले दौडाहपनि चलाएका थिए तर उनको चासोलाई नसुन्दै प्रचण्डको जसरी संविधानसभालाइ एउटा प्रक्रियामा छिराउन सहयोग गरे त्यसले उनिप्रति सकारात्मक छवि बन्योप्रचण्ड यसअघि बनाउने भन्दा पनि बिगार्ने नेताका रुपना बढि प्रोजेक्सन भएका थिए तर संविधानसभामा उनको पछिल्ला गतिवधीले उनको स्वीकार्यता अन्य पार्टीमा समेत बढाइदियो यिनै पृष्ठभुमिमा प्रचण्डले आइतबार संविधानसभामा अन्तिम भाषण गरे भाषण निकै सन्तुलित थियो र सबै पक्षलाई सन्बोधन गर्ने कोसिस गरिएको थियो धेरै पछि प्रचण्डको भाषणका अन्य दलका सभासदले पनि टेबल ठोकेका थिए प्रचण्डको भाषणमा के थियो यो संविधानको मस्यौदमा धेरेको रगत लत्पतिएको छ यो संविधानलाई नेपाली जनताको सबै तह र तप्काको आफ्नो संविधान बनाउनका लागि यो प्रयास हो पहिलो संविधानसभाबाट संविधानसभा असफल भएपछि हामीले यो संविधानसभा पनि विघटन होला भन्ने कालो बादल मडारिन थाल्यो त्यसैले हामीले अहिले धेरै कुरा गर्ने पक्षमा म छैन हामीले यो बिचमा विभिन्न षडयन्त्र र चलखेल देख्यौं नेपाली नेताहरु आफ्नो बाचा र बोली पुरा गर्न सक्दैनन् भन्ने पुष्टी गर्ने प्रयास चिर्न हामी सफल हुनै पर्छ थारुहरुको माग जायज छन् तर संविधान कुनै पनि हालतमा बनाउनु पर्छ नबनाएर झन ठूलो खतरा हुन्छ भन्ने पनि लागेको छ पहिला कर्णाली जनजाति दलितका अधिकार सोचेजति सम्बोधन गर्न नसकेकोमा पीडा भएको छ त्यो पीडा सबैभन्दा बढी एमाओवादीले नै भोगको छ एमाओवादी कांग्रेस एमालेको सहयात्री पनि भएको छ कांग्रेस एमाले मिल्दा दुई तिहाई पुग्ने भएकाले शासकिय स्वरुप संघीयता लगायत महत्वपूर्ण विषयमा सम्झौता गरियो तर आफूहरुका मुद्धा फरक मतको रुपमा रहनेछन्मधेसमा आन्दोलन चलेको छ ठूलाठूला तोडफोड र हिंसात्मक आन्दोलन चलेको छ राज्यले टाउकोमा गोली ठोक्ने र प्रहरीलाई निर्मम तरिकाले मार्ने काम पनि भएको छ मधेसवादी दलका केही नेताले मधेसलाई छुट्टै देश बनाउने भनेर दिएको अभिव्यक्ति आत्मघाती र राष्ट्रघाती छ दशकदेखि अड्किएको राजनीतिले नयाँ कोर्स लिएपछि प्रचण्ड स्वयमले हल्का महसुस गरेको हुनु पर्छनत्र माओवादीले उठाएर र स्थापित गरेका केही मुद्धा अन्यले नै हाइज्याक गरिसकेका थिए भने केहि मुद्धाले स्वयम पार्टीलाई सक्दै लगेको टिप्पणी सुन्न पाइन्थ्यो प्रचण्डले नयाँ राजनैतिक लाइनले एमाओवादीलाई अर्को वामपन्थी दल एमालेसंग पनि नजिक ल्याएको छ भने प्रचण्डले केपी ओलीको रुपमा नयाँ मित्र फेला पारेका छन्
495
माओवादीबाट एमालेमा फर्किएका वामपन्थी नेता राधाकृष्ण मैनाली बेलाबखत भन्ने गर्छन् नेकपा एमाले दक्षिण एशियाकै गोल्डेन पार्टी हो तर यसलाई चारजना नेता (केपी माधव झलनाथ र वामदेव) ले औंसाहा पारेर बिगारे इतिहासले यही सिद्ध गरेको छ कि यी चारनेता मिले भने एमाले अघि बढ्छ अन्यथा कमजोर हुन्छ मैनालीकै भाषामा भन्दा अहिले एमालेभित्र यी चार नेताहरुले फेरि औंसाहा पार्न सुरु गरेका छन् माधव नेपाल र केपी ओली गुटका वीचमा चर्किएको मनमुटाव र अन्तरविरोध यतिबेला सामाजिक सञ्जालहरुमा छारस्ट भइरहेको छ विशेष गरी केपी गुटका कार्यकर्ताले फेसबुक र ट्वीटरमार्फत आफ्नै पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालको बदख्वाइँ गरिरहेका छन् झलनाथ वामदेव र माधव नेपालले जुन कार्यनीति अघि सारिरहेका छन् त्यो बाटो नै एमालेको हितमा देखिन्छ यही लाइनबाट मात्रै अब राष्ट्रिय एकता सम्भव हुन्छ र संविधान कार्यान्वयन हुन सक्छएमाले नेताहरुले आफूलाई बहुदलीय जनवादको पक्षपाती भन्छन् मदन भण्डारी अध्ययन प्रतिष्ठान पनि चलाएको छ एमालेले तर पार्टी अध्यक्ष पदमा रहेका केपी ओली समूहका नेताकार्यकर्ताहरु पार्टीभित्रै अलिकति फरक विचार आउनासाथ यति असहिष्णु हुने गरेका छन् कि मरिसकेका स्टालिन समेत हाँसिरहेको प्रतीत हुन्छ व्यवस्थापिका संसदमा माधव नेपालले दिएको अभिव्यक्तिलाई लिएर अहिले एमालेभित्र ओली पक्षका नेताकार्यकर्ताहरु ‘औंसाहा पार्ने’ अभियानमा सक्रिय बनेका छन् उनीहरु सत्तास्वादबाट बाहिरिनुको पीडामा छन् केपीको देवत्वकरण माधवको दानवीकरण एमालेमा यतिबेला केपी ओलीलाई देवत्वकरण गर्ने अभियान नै सुरु भएको छ कसैलाई देवता बनाउन राक्षसको अस्थित्व अनिवार्य हुन्छ कि पार्टीभित्र माधव नेपाललाई दानवीकरण गर्ने अभियानसमेत सँगसँगै चलिरहेको छ माधव नेपालमाथिको प्रहारसँगै झलनाथ खनाल र वामदेव गौतमलाई समेत एमालेभित्रका स्टालिनपन्थीहरुले डामिरहेका छन् देवताकै रुपमा नभएर मान्छेकै रुपमा विश्लेषण गर्दा केपी ओलीले महिने शासनकालमा लिएको ‘राष्ट्रियता’को अडानले उनी गैरमधेसी एवं गैरजनजाति समुदायमा लोकपि्रय बनेकै हुन् यो सत्यतालाई कसैले पनि अस्वीकार गर्न सक्दैन तर ओलीले आफ्नो शासन कालमा राष्ट्रको ढुकुटीको कति दुरुपयोग गरे र बालुवाटारमा भोज खाएर कति करोड सकियो भन्ने कुराको उनको योगदानका रुपमा बाहिर आएको छैन एमालेको उच्चस्तरीय बैठकमै माधव नेपालले ‘बालुवाटारको भ्रष्टाचार’ बारे कुरा उठाएकै थिए सुशासनको यो पक्षतिर पूरै आँखा चिम्लेर यतिबेला उनको ‘हनुमान चालिसा’ चलिरहेको छ ओली पक्षका एमालेजनहरु कांग्रेस माओवादी मधेसवादी लगायतका अन्य दलका नेतालाई त ‘भारतीय दलाल’ भनिरहेका छन् नै सँगसँगै आफ्नै पार्टीका नेता माधव झलनाथ र वामदेवलाई दानवीकरण गरिरहेका छन् एमालेभित्र अब यसको परिणाम के होला यो गम्भीर विश्लेषणको पाटो हो सरकारबाट हटेको ओली समूहले आगामी निर्वाचनका लागि राम्रो र अनुकूल वातावरण पाएको छ तर ठीक यहीबेलामा पार्टीभित्र भुसको आगोजसरी झगडा चर्किएको छ यो स्थिति काम रह्यो र अध्यक्षकै गुटबाट ‘औंसाहा पार्ने’ क्रम तीव्र बन्यो भने एमालेको नियति साल वा सालको चुनावमा जस्तै हुन सक्छ ओली ठीक अरु नेता बेठीक एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले व्यवस्थापिका संसदमा सारगर्भित भाषण गरेका थिए उनी राजनेता जसरी प्रस्तुत भएका थिए अब नयाँ सरकार गठन प्रक्रियामा प्रचण्डले एमालेसँग पनि वार्ता गर्नुपर्ने भन्दै खनालले राष्ट्रिय सरकार गठनमा जोड दिएका थिए त्यसैगरी अर्का नेता वामदेव गौतमले संसदमा बोल्दै बजेट घोषणापछि ओलीलाई हटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउने भद्र सहमति भएकै हो भन्ने स्पष्ट पारेका थिए के वामदेवले यसो भनेर झूठ बोलेका हुन् वामदेवको यो भाषण संसदको रेकर्डबाट हटाइएको छैन अझै हेर्न सकिन्छ र वामदेवले यो पनि भनेका थिए कि उनी वचनमा सधैं पक्का छन् र प्रचण्डलाई धोका दिने छैनन् अर्का पूर्वप्रधानमन्त्री एवं एमालेका पूर्वअध्यक्ष माधवकुमार नेपालले पनि संसदमा राजनेताले दिने खालकै सन्तुलित अभिव्यक्ति दिए माधवले कसैलाई पनि अपमान गर्न नहुने सबैको कदर गरिनुपर्ने र गुटका आधारमा नभई संस्थागत ढंगले चल्नुपर्ने अभिव्यक्ति दिएका थिए संसदमा झलनाथ वामदेव र माधव तीनैजना नेताको भाषण सन्तुलित थियो देशलाई ध्रवीकरणतिर होइन एकतातर्फ लैजाने कुरामा परिलक्षित थियो प्रधानमन्त्रीका रुपमा संसदमा केपी ओलीको भाषण कलात्मक र खँदिलो थियो तर त्यो भाषणमा आगामी बाटो प्रष्ट थिएन लक्ष प्रष्ट थिएन विपक्षीको जोडदार खण्डन थियो तर समाधान थिएन समाधानमूलक भाषण झलनाथले गरेका थिए माधव नेपालले गरेका थिए हामीले यो पनि नबिर्सौं कि विगतमा रोल्पासम्म पुगेर माओवादीसँग सम्झौता गर्ने नेता वामदेव गौतम नै हुन् यसैवापत वामदेवलाई पार्टीभित्र माओवादीको पुच्छर बनेको आरोप लगाइएको थियो माओवादीसँग सहकार्य गर्दा ‘नीलो स्याल’ को आरोप झलनाथ खनालमाथि एमालेभित्रैबाट लागेको थियो तर इतिहासको त्यो भूमिका अन्ततः केपी ओली समूहले पनि स्वीकार गर्‍यो र एमाले माओवादी सहकार्यकै प्रतिफलस्वरुप केपी ओली प्रधानमन्त्री बन्न सफल भए अहिले पनि झलनाथ वामदेव र माधव नेपालले जुन कार्यनीति अघि सारिरहेका छन् त्यो बाटो नै एमालेको हितमा देखिन्छ यही लाइनबाट मात्रै अब राष्ट्रिय एकता सम्भव हुन्छ र संविधान कार्यान्वयन हुन सक्छ तर यतिबेला एमालेभित्र केपी ओलीका भजनमण्डलीहरुले संसदमा आफ्नै नेताले बोलेका सारगर्भित विषयलाई लिएर पार्टीका तीनवटा खम्बा भत्काउने र ‘एक खम्बे (बहुदलीय ) जनवाद’ को नीति लाद्ने अभ्यास सुरु गरेका छन् ओली गुटको यो एक खम्बे नीतिले एमालेलाई कहाँ पुर्‍याउँला अनि देशलाई कता पुर्‍याउला नेपाली समाज सभ्यता अनि लोकतान्त्रिक मूल्यमान्यतालाई कति विद्रूप बनाउला भिन्न मत र भिन्न विचारलाई माटोमा मिलाउन खोज्ने र सबैलाई भारतको दलाल देख्ने ओली गुटको यस्तो ‘डोनाल्ट ट्रम्प प्रवृत्ति’ ले नेपाललाई कस्तो हविगतमा पुर्‍याउँला यसको गम्भीरताबारे एमालेभित्र र बाहिर बेलैमा विश्लेषण हुन जरुरी छ अहिले एमालेभित्र केपी ओलीमात्रै ठीक हुन् र अरु सबै जगत् नै मिथ्या हो भन्ने सिद्धान्तको प्रतिपादन भइरहेको छ एमालेबाहेक यो देशका सबै राजनीतिक दलहरु भारतीय एजेन्ट हुन् र एमालेभित्र पनि ओली गुटमात्रै क्यारेटको राष्ट्रवादी हो भन्ने पुराण वाचन भइरहेको छ अब एमालेले के गर्छ केपी ओली नेतृत्वको सरकार ढल्नुको मुख्य कारण यो हो कि सरकारमा सहभागी दल माओवादीलाई विश्वासमा लिन नसक्नु वामदेवले संसदमा रेकर्ड नै गराइसकेका छन् कि हत्ता हस्तान्तरणको भद्र सहमति भएकै थियो र प्रचण्डलाई प्रधानमन्त्री बनाई गठबन्धन कायम राख्ने सहमति एमाले र माओवादीका नेताहरुवीच भएकै थियो वामदेव गलत हैनन् भने केपी ओलीले माओवादीलाई धोका दिनु नै गठबन्धन टुट्नुको मुख्य कारण थियो झलनाथ खनालले ठीकै भनिरहेका छन् संविधान कार्यान्वयनका लागि अब एमाले पनि राष्ट्रिय सरकारमा सहभागी हुनुपर्छ र संविधान कार्यान्वयनका लागि सबैले मिलेर अघि बढ्नुपर्छ भारत सरकारको नियन्त्रणमा नरहेका र अन्टसन्ट लेखेर रमाउने  दिल्लीका केही हावादारी पत्रिकाले ओलीको बहिर्गमनमा खुशी मनाएकै कुरालाई लिएर ओली सरकार भारतले ढालेको भन्नु आफ्नो कमजोरीलाई विषयान्तर गर्नु मात्रै हो तर अब दिल्लीतिर औंलो ठड्याएरमात्रै एमालेको भूमिका पूरा हुँदैन कांग्रेस र एमालेले आगामी चैतमा स्थानीय निकायको चुनाव गर्ने भनेका छन् मंसिरसम्म तीनवटा चुनाव गरिसक्नुपर्ने छ यसका लागि कानून बनाउनुपर्ने छ संविधानमा नमिलेका विवादहरु मिलाउनुपर्नेछ प्रदेशहरुको नाम र सीमा स्पष्ट पार्नुपर्नेछ र यी सबै विषयहरुमा एमालेको भूमिका निर्णायक छ यसका लागि एमाले संयमित हुन आवश्यक छ गम्भीर हुन आवश्यक छ आरके मैनालीले ठीकै भनेका हुन् नेकपा एमाले दक्षिण एशियाकै मजबुत एवं गोल्डेन पार्टी हो तर यसलाई ‘ग्याङ्ग अफ फोर’ ले किरा पारेर सिध्याउने खतरा छविगतमा सालको स्थानीय चुनावमा एमालेले दुई तिहाइ जीत हात पारेको थियो त्यसबेला वामदेव गृहमन्त्री थिए अहिले पनि वामदेव झलनाथहरुले भनेजस्तै एमाले सरकारमा उपस्थित भएर हुने चुनाव र सरकार बाहिर बसेर हुने चुनावमा फरक पर्न सक्छ तर प्रतिपक्षमै बसेर चुनावमा जाने जोखिम मोल्ने हो भने पनि अब एमालेले  मुलुकलाई अघि बढ्ने निकास खोल्छ या सालतिरको रेलिङ र माइक भाँच्ने ध्वंशात्मक विपक्षीको भूमिका खेल्छ यसले नै अब एमालेको भविश्य निर्धारण गर्नेवाला छ केपी अोली साच्चै महान हुन् उनी राजनेता नै हुन् भने सबैभन्दा पहिले आफ्नो पार्टीभित्रको ध्रुवीकरण समाधान गरुन् अनि देशमा बढेको ध्रुवीकरणलाई राष्ट्रिय एकतामा बदलुन् बाइसेचौबीसे गुटको मात्रै नेता भएर आधुनिक पृथ्वीनारायण शाह बन्ने सपना कसैले नदेखे हुन्छ देशलाई राजनेताको खाँचो छ गुटनेताको होइन के केपी ओलीमा राजनेता बन्ने विशेषता छ इमानजमानमा पक्का भएको नैतिकता छ भिन्न विचारप्रति सहिष्णु बन्ने लोकतान्त्रिक संस्कार छ सबैभन्दा पहिले यसका साक्षी भाष्यकार वा उपवाचकहरु झलनाथ माधव र वामदेव बन्न सक्नुपर्छ आफ्नै पार्टीलाई एकतावद्ध पार्न नसक्ने ढुक्कुरे छाती बोकेको गुटको नेताले मीठो भाषण गरेकै भरमा देशलाई कसरी एकतावद्ध बनाउला यक्ष प्रश्न तेसिर्एको छ यतिबेला केपी ओलीमाथि अन्त्यमा आरके मैनालीले ठीकै भनेका हुन् नेकपा एमाले दक्षिण एशियाकै मजबुत एवं गोल्डेन पार्टी हो तर यसलाई ‘ग्याङ्ग अफ फोर’ ले किरा पारेर सिध्याउने खतरा छ एमाले फुट्दा उसलाई मात्रै होइन देशलाई नै घाटा हुन्छ देश कमजोर हुन्छ र यो कुरा निश्चित छ कि यदि एमाले नेताहरुमा एकता भएन र उनीहरुले राष्ट्रको आवश्यकता अनुसारको सही नीति लिन सकेनन् भने भाइ फुटे गँवार लुटे भन्ने आहानजस्तो आगामी चुनावमा ‘एमाले फुटे कांग्रेस लुटे’ भनेजस्तो परिस्थिति आउन पनि सक्छ अब एमालेले के गर्छ आगे श्रीमान ओलीज्यूको जो विचार
1,245
बृजमान तामाङ बिरेन्द्र बजार असोज सप्तरीको शम्भुनाथ नगरपालिका– स्थित खयरबोनामा एक फिट एक ईन्च लम्बाई भएको प्रचिनकालका शिबलिङ्ग भेटिएको छ स्थानिय मदन कुमार राईले देवी खोलाको पार्खालमा दाउरा खन्ने क्रममा शिबलिङ्ग भेटाएको हो गत असोज गते गाउँ नजिकै रहेको देवी खोला पाखामा  खयरको सुकेको जरा खन्ने क्रममा शिबलिङ्ग भेटेको राईले बताए शिबलिङ्ग भएको थाहा पाएपछि गाउँलेहरु उक्त स्थानमा पुगि शिवलिङ्गलाई ल्याई स्थानिय राष्ट्रिय प्राथमिक विद्यालयमा सुरक्षित राखेको स्थानिय बहादुर राईले जनकारी दिए शिबलिङ्ग भेटेको थाहा पाएपछि दैनिक सयौको संख्यामा दर्शनार्थीहरुको भिड लाग्ने गरेको उनले जानकारी गराए भेटिएको शिबलिङ्गलाई स्थानिय बिष्णु राईले स्वर्गीय पिता जितबहादुर राईको स्मृतीमा एक कट्ठा जग्गा उपलब्ध गराइएपछि बुधबार एक कर्यक्रम बीच सोही ठाउँमा स्थापना गरिएको छ शिबलिङ्ग स्थापना शम्भुनाथ नगरपालिकाका निमित्त कार्यकारी प्रमुख प्रधुमन पोखरेल र जग्गादाता राईको संयुक्त रुपमा स्थापना गरेको छ कार्यक्रममा बोल्दै निमित्त कार्यकारी प्रमुख पोखरेलले मन्दिर निर्माणमा नगरपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए कार्यक्रममा खोक्सर प्रवाहा गाविसका पूर्व अध्यक्ष डम्बर नारायण साह एमालेका नुनु गुप्ता फोरम लोकतान्त्रिकका दुर्गानन्द भगत राप्रवि कडरबोनाका शिक्षक प्रशुराम यादव स्थानीय बहादुर राई लगायतकाले बोल्दै मन्दिर निर्माणमा सर्वपक्षिय सहयोगको आवश्यकता रहेको औल्याउँदै आफुहरुको समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे उक्त मन्दिरको नाम किरातेश्वर माहादेव शिबलिङ्ग भनी नामंकरण समेत गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विष्णु राईले जानकारी दिए पूर्व–पश्चिम लोकमार्गको रुपनीदेखी किलो मिटर उत्तर चुरे वन क्षेत्र आसपासमा बुद्धको मुर्ती र प्रचिन कालका ईट्टा प्रयोग भएका भवनहरु पौरानिक वस्तुहरु केही वर्ष यता क्रमबद्ध रुपले भेटने गरेको स्थानियवासीहरुले जानकारी दिएको छ
231
भदौ काठमाडौं सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीविरुद्धको मुद्दामा पुनः सुनुवाइ गर्ने भएको छ साथै उनकोे नियुक्ति सम्वन्धी कागजात लुकाए सरकारलाई पनि कारबाही गर्ने बताएको छ अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमा शुक्रबार सर्वोच्चले पुनरावलोनका लागि निस्सा हुने निर्णय सुनाएको हो लोकमानलाई अख्तियार प्रमुख नियुक्त गर्न रोकिपाउँ भन्दै अर्यालले रिट दायर गरेका थिए सो रिटमा सर्वोच्चले कायम मुकायम प्रधानन्यायाधीशले सपथ खुवाएको र लोकमान नियुक्त भइसकेको भन्दै खारेज गरेको थियो तर अर्यालले आफूले कार्कीको योग्यता पुग्दैन भनेर मुद्दा हालेपछि संवैधानिक छ छैन भनेर फैसला गरिएको दाबी गर्दै तथ्यमा प्रवेश गरेर हेर्न मागसहित पुनरावलोकन दिएका थिए लगत्तै सर्वोच्चले कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्दाको सक्कल कागजात पेश गर्न सरकारलाई निर्देशन दिएको थियो तर सरकारले भूकम्पमा उक्त फाइल हरायो भन्ने जवाफ पठायो सरकारी जवाफपछि शुक्रबार प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले पुनरावलोनकनका लागि निस्सा सुनाएको छ हेर्नुहोस् सर्बोच्च अदालतको फैसला लडाकू शिविरको ‘अनियमिता’बारे अख्तियारले छानविन थाल्यो  लोकमानको नियुक्तिका समयमा अन्तरिम संविधानको धारा (ग) लाई हेरी ब्याख्या गर्नुका साटो समयावधीलाई मात्र हेरिएको र यो ‘प्रिन्सिपल अफ कन्टिच्युसनल कन्स्ट्रक्सन’को सिद्धान्त विपरित देखिएको सर्वोच्चको आदेशमा भनिएको छ अन्तरिम संविधानअनुसार अख्तियार प्रमुख बन्न लेखा राजश्व इन्जिनियरिङ कानुन विकास वा अनुसन्धानको क्षेत्रमा कम्तिमा वर्ष काम गरी अनुभव र ख्याती कमाएको हुनुपर्ने थियो तर मुख्य अधिकृत (तत्कालीन मुख्य सचिव) कार्की साउन मा राजप्रसाद सेवामा उपसचिव पदमा हुकुम प्रमाङ्गीबाट नियुक्त भएको र असोज मा निजामति सेवामा परिवर्तन गरी काम गरेको देखिएको छ उनले विशिष्ट श्रेणी पदबाट भदौ मा राजीनामा दिएका थिए साथै कार्कीबारे रायमाझी आयोगको सिफारिस अर्थपूर्ण रहेको र ‘आयोगले सिफारिस गरिसकेको विषयलाई निष्प्रभावी हुने गरी अन्यथा निर्णय गर्न सक्ने अधिकार भएको देखिँदैन’ भनेर सर्वोच्चकै फैसला रहेको भन्दै शुक्रबारको आदेशमा भनिएको छ ‘दोषी ठहर गर्ने न्यायीक निकायबाट हुन्छ भन्ने सिद्धान्त प्रतिकुल भएको र उच्च नैतिक चरित्र सम्वन्धी योग्यताको संवैधानिक व्यवस्थामा प्रश्न खडा भएको छ ’‘नियुक्तिको कागजात नदिए कारबाही’सर्वोच्च अदालतले लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्दाको सक्कल फाइल फेला नगरेको भन्दै सरकारले दिएको जवाफलाई गैरजिम्मेवारपूर्ण भनेको छ साथै पूर्वआदेश अनुसार फाइल नपठाए न्याय प्रशासन ऐन अनुसार कारबाही गर्ने फैसला गरेको छ अदालतले लोकमान सिंह कार्कीलाई अख्तियारको प्रमुखमा नियुक्तिको सक्कल फाइल मागेको थियो तर मन्त्रिपरिषदको कार्यालयले भूकम्पमा हरायो भन्दै फेला परेपछि उपलब्ध गराउने जवाफ दिएको थियो  
353
काठमाडौ‌ प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्य मनशान्तिको विषय हुन नसक्ने भन्दै विचारबाट निर्देशित सिर्जनाले मात्र समाजमा सन्देश दिन सक्ने बताएका छन् प्रगतिशील लेखक सङ्घको दसौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ‘नेपालका जुनसुकै राजनीतिक परिवर्तनका लागि साहित्यको महत्वपूर्ण योगदान रहेको छ साहित्यले समाजलाई सङ्गठित गर्न पनि महत्वपूर्ण भूमिका निवार्ह गर्दै आएको छ लेखक सङ्घले त्यो भूमिका अझ बढाओस् ”चिन्तनबिनाको साहित्यले कुनै सन्देश प्रवाह नगर्ने जनाउँदै उनले भने “चिन्तन र साधनाबिनाको साहित्यले सन्देश प्रवाह गर्न सक्दैन हाम्रा पुर्खाहरुले कठोर साधना गरेर महाभारत रचना गरे हामीलाई साधना गर्ने बानी हटेर हाइकुमा आइपुग्यौं यसको आशय हाइकुलाई अपमान होइन तर साधना र अनुसन्धान पनि हुन आवश्यक छ ”नेपाल प्रज्ञा–प्रतिष्ठानमा दुई दिनसम्म चल्ने सम्मेलनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ सङ्घका अध्यक्ष डा अमर गिरीका अनुसार सम्मेलनमा देशभरबाट करिब प्रतिनिधि सहभागी छन् विसं सालमा स्थापना भएको सो संस्था सबै वामपन्थी लेखकको एक मात्र साझा संस्था हो श्यामप्रसाद शर्माको अध्यक्षतामा सो संस्था गठन भएको थियो सम्मेलनमा साहित्यकार खगेन्द्र सङ्ग्रौला विमल निभा कृष्णदास श्रेष्ठ राम विनय कविता पौडेल वेणु आचार्य र झपेन्द्र वैद्यलाई सम्मानित गरियो रासस
171
फौजदारी अभियोग लागेको र समाजमा असुरक्षा देखिने व्यक्तिलाई नै जिल्ला प्रशासन कार्यालय काठमाडौंको सिफारिसमा गृह मन्त्रालयले दुई थानभन्दा बढी हतियार र सयौं थान गोली राख्न अनुमति दिएको फेला परेको छ  नागरिक दैनिकमा समाचार छ प्रहरी र अनुसन्धान गर्ने निकायमा संगठित अपराधीकको सूचीमा रहेका व्यक्तिलाई गृह मन्त्रालयले बढी मार क्षमताका दुई थान हतियार राख्ने अनुमति दिएको खुलेको हो अपहरण र फिरौती आरोपमा पक्राउ परी कारागारमा महिना बिताएका बाबु भनिने विश्वक्रान्ति सिंहलाई जेलमुक्त भएको के
73
साउन काठमाडौं पूर्वसभामुख तारानाथ रानाभाटले सभामुख ओनसरी घर्तीको निश्पक्षतामाथि प्रश्न उठाएका छन् संसदको कार्यसूचीमा चढिसकेको आर्थिक विधेयकलाई कार्यसूचीबाट हटाएर अविश्वासको प्रस्तावमाथि पहिले छलफल चलाउने सभामुखको निर्णय त्रुटीपूर्ण रहेको रानाभाटको तर्क छ नेपाली कांग्रेसका नेता एवं पूर्वकानूनमन्त्री समेत रहेका रानाभाटले सभामुख घर्तीको निर्णयप्रति टिप्पणी गर्दै अनलाइनखबरसँग भने‘अविश्वासको प्रस्तावमाथि पहिले छलफल गर्ने भन्दाखेरि अलिकति त्रुटी त भयो अरु विधेयकहरु कार्यसूचीमा नचढेको भए दिन नतोकिएको भए या निश्कर्षमा पुग्ने संवैधानिक बाध्यता नभएको भएदेखि यो ठीकै थियो तर कार्यसूचीमा चढिसकेपछि त्यसलाई ड्रप गरेर अर्कोलाई महत्व दिनुहुँदैनथ्यो ’सभामुख पद तटस्थ संस्था भएकाले झगडियाको सल्लाह सुन्नुको साटो संविधान कानून नियम र विज्ञहरुको सुझाव अनुसार सभामुखले अघि बढ्नुपर्ने पूर्वसभामुख रानाभाटले बताए उनले भने ‘म भएको भए चुड्कीमा समाधान निकालिदिन्छु ’रानाभाटको विश्लेषण उनकै शब्दमाः सभामुख त संस्था हो यो संस्थाले संविधान हेरोस् कानून हेरोस् परम्परा हेरोस् आफ्नो संसद सचिवालय छ तत्कालीन सल्लाहकार भनेको सचिवालय हो त्यसभन्दा बाहेक चाहियो भने त विदेशबाट पनि झिकाउन सकिन्छ बाबा विज्ञहरु अहिले झगडामा मुछिएका ध्रुवीकरणमा बाझाबाझ गरिरहेका नेतासँग सभामुखले सल्लाह गर्न थाल्यो भने त बिग्रियो यिनलाई त फर्केर हेर्न पनि हुन्न निर्णयमा जाउन् उनीहरु त्यसमा छेकबार उनले गर्ने हैन तर के गरौं प्रचण्डजी के गरौं शेरबहादुरजी के गरौं ओलीजी के गरौं वर्षमानजी भन्न थाल्यो भने गयो सभामुखले हेर्ने भनेको संविधान नियमकानून र परम्परा हो अनि त्यसमा पनि समाधान भेटाइएन भने आफ्नो संसद सचिवालय छ त्यसले पनि भेटेन भने विज्ञहरुसित सल्लाह गर्ने हो राजनीतिक पार्टीहरु त यो र त्यो मोर्चामा बन्दुक लिएर उभिइराखेका छन् अनि उहाँले कोसित सोध्न जाने अविश्वासको प्रस्तावमाथि पहिले छलफल गर्ने भन्दाखेरि अलिकति त्रुटी त भयो अरु विधेयकहरु कार्यसूचीमा नचढेको भए दिन नतोकिएको भए या निश्कर्षमा पुग्ने संवैधानिक बाध्यता नभएको भएदेखि यो ठीकै थियो तर कार्यसूचीमा चढिसकेपछि त्यसलाई ड्रप गरेर अर्कोलाई महत्व दिनुहुँदैनथ्यो   ड्रप गर्नु परे पनि कार्यव्यवस्था परामर्श समितिको बैठक गरेर गर्नुपर्थ्यो  त्यो विधेयक पारित गर्ने त एक दिनको कुरा हो नि पास पास पास भन्ने त हो नि चिन्ता के हो भने यहाँ त संसदमा अहिले सभामुखलाई पनि ‘ड्रयाग’ गरिएको छ सभामुख त तटस्थ र मर्यादित संस्था हो त्यहाँ व्यक्ति छ भनेर सोच्न पाइँदैन ऊ राजनीतिभन्दा माथि हुन्छ र उसले परम्परालाई संविधानलाई र नियमलाई गहिरो अध्ययन गरेको हुनुपर्छ परामर्श गरेको हुनुपर्छ र परिपक्व ढंगले निर्णयमा पुग्नुपर्छ भन्ने एउटा स्वाभाविक अनुमान हुन्छ तर यहाँ त्यसले ठाउँ पाएन सभामुख त आफ्नो पुरानो पार्टीबाट तटस्थ रहनुपर्छ तर उहाँ त्यो पार्टीबाट गाइडेड हुनुभो भन्ने पनि कुरा आइराखेको छ यो राम्रो होइन उहाँले कसरी काम गर्दै हुनुहुन्छ त्यसको जानकार त स्वयं उहाँ आफैं हो तर सभामुख तटस्थ हुनुपर्छ त्यो तटस्थताको निर्वाह सभामुखबाट भएको हुनुपर्छ अविश्वासको प्रस्तावः एउटा स्वाभाविक प्रक्रिया अविश्वासको प्रस्ताव पारित गर्नु सरकार फेर्नु अर्को प्रधानमन्त्री हुनु यो स्वाभाविक प्रक्रिया हो यो नौलो कुरा होइन नौलो कुरा त के हो भने निरन्तरता भंग हुने हो कि भन्ने ओलीजी जाँदा सम्पूर्ण भंग हुने त होइन नि सम्पूर्ण मेट्ने त होइन नि यो त निरन्तरता हो खाली यसको नेतृत्व गर्ने अर्थमा हामीले यो गरेका हौं भनेर म्यासेज दिनुपर्ने ठाउँमा यहाँ त फलानाले गर्दा ढिस्कानाले गर्दा यो भएको हो भनिँदैछ यसले बहुत नराम्रो गरेको छ हाम्रो संस्कृति त अन्तरनिर्भरता हो एकता र भाइचारा हो खै त अविश्वासको प्रस्तावलाई स्वाभाविकरुपमा लिनुपर्छ यसैलाई प्रतिष्ठाको विषय बनाउने र गन्धा राजनीतिक सत्तालिप्साको खेल हो भन्ने पार्न हुन्न हाम्रा राजनीतिक पदाधिकारीहरुले संविधानको ले के भन्छ भने बाटो भेट्टाइएन भनेदेखि सरकारले बाधा अड्काउसम्बन्धी प्रस्ताव लैजान सक्छ राष्ट्रपतिको विशेषाधिकारका सम्बन्धमा संविधान मौन छ अदालत त तटस्थ संस्था हो उसकहाँ  मुद्दा नगएसम्म अदालतले बोल्दैन अब हामीले यो अवस्थालाई लामो समय तन्काउनुभन्दा छोटोभन्दा छोटो समयमा निश्कर्षमा पुर्‍याएर स्थितिलाई समाधान गर्नेतिर लाग्नुपर्छ यो ध्रुवीकरण होइन है भन्ने सन्देश कसरी दिनुपर्छ राजनीति गर्ने नेताहरुले जानुन् तर देश अहिले सशंकित अवस्थामा छ मानिसहरु त्राहीमाम छन् मुलुकले समाधान गर्नुपर्ने जटिल समस्याहरु एकातिर छन् यस्तो बेलामा यो अविश्वासको प्रस्ताव त स्वाभाविक प्रक्रिया मात्रै हो ध्रुवीकरण बढ्यो दलहरु गम्भीर बनून् मुलुकको अहिलेको अवस्था के हो हामी फेलियर स्टेट नभए पनि फेलियर स्टेटका सम्पूर्ण लक्षणहरु विद्यमान छन् यत्रो भूकम्पले थिलथिलो पार्‍यो विचल्ली बनायो अहिले बाढी पहिरो आइरहेको छ भ्रष्टाचारजस्तो विकृति विसंगति बढेको छ माफियावाद बढेको छ मुलुकको अर्थतन्त्रमा पक्षधात भएको छ राज्य कमजोर हुँदै गएको छ राज्यलाई कमजोर गराउने अपसंस्कृति र विकृति विसंगति छ छिमेकीहरुले त्यही ढंगले अविश्वास गरिरहेका छन् मित्रराष्ट्र र दातृ निकायहरु सशंकित भइराखेका छन् हाम्रो देशभित्र यस्ता प्रकारका द्वन्द्वहरु मच्चिए कि हिमाल पहाड तराईका जात धर्म संस्कृतिवीच राष्ट्रिय मेलमिलाप नै भंग भएको स्थिति छ यो स्थितिमा राजनीतिक पार्टीहरु भनेका त प्रजातन्त्रका मेरुदण्ड हुन् राज्य सञ्चालनका मूलभूत आधारहरु हुन् यी आफैं विश्वासको संकटमा छन् भैंसीदेखि जोगी डराउनेजोगीदेखि भैंसी डराउने अहिले जुन प्रकारको परिस्थिति एवं राजनीतिक कल्चर विकसित भयो यसबाट अहिले डरलाग्दो ध्रुवीकरण देखिएको छ राजनीतिक पार्टीहरुमा मात्रै होइन कि यसको जरियाले समाजका प्रत्येक अंगमा ध्रुवीकरण देखिएको छ अहिले हेर्नुहोस् न यो धु्रवीकरण कानून व्यवसायी र ज्ञाताहरुका वीचमा पनि आइसक्यो यो हुन्छ भन्छ एउटा वकिल यो हुँदैन भन्छ अर्को वकिल यो हुँदैन भन्छन् वर्तमान प्रधानमन्त्रीजी यो हुँदैन भन्छन् भावी प्रधानमन्त्रीजी यो ध्रुवीकरण सम्पूर्ण क्षेत्रमा छ मजदुर कर्मचारी सारा क्षेत्रमा त्यही आइसक्यो कर्मचारीहरु हात बाँधेर बस्न थाले यही ढंगले संसद पनि प्रभावित भयो हामीले प्राथमिकता केमा दिनुपथ्र्यो मुलुक रुमलियो ओलीजीको सरकारबाट माओवादी केन्द्र किन बाहिरिनुपर्‍यो भन्ने प्रश्न अहिले ज्वलन्त हुन थाल्यो अनि कांग्रेस र माओवादी मिल्नुका कारणहरु के हुन् र किन यस्तो अवस्था आयो यही धु्रवीकरणको कारणले हो अहिले नेपाल बाहिरबाट प्रकाशित हुने पत्रपत्रिकामा पनि नेपालले ठाउँ पाएको छ राम्रो भएको भए सानो देशले यसरी ठाउँ पाउँदैनथ्यो अहिले हामीले अन्तरराष्ट्रिय क्षेत्रमा पनि चर्चा पाइराखेका छौं नयाँ संविधान ध्रुवीकरणको शिकार बन्दैछसंविधानलाई त व्याख्याको जरुरत पर्छ नकारात्मक ढंगले यसका छिद्रहरु खोज्ने हो भने अनेकन छन् म यसको सकारात्मक पक्षमा वकालत गर्ने ठाउँ पनि देख्छु र विपक्षमा पनि ठाउँ देख्छु तर यसको व्याख्या कसरी गर्ने लेटर एण्ड स्पिरिट (अक्षर र भावना) अनुसार गर्नुपर्छ अक्षरलाई मात्रै ध्यान दिने तर भावनालाई ध्यान नदिने वा भावनालाई मात्रै ध्यान दिने तर अक्षरलाई ध्यान नदिने हो भने यी दुईवटैले कुरा मिल्दैन अहिले विश्वासको जुन संकट देखिएको छ यही कारणले त हो नि यही कारणले त ध्रुवीकरण जन्मेको हो संविधानको एउटै धारालाई तपाई एउटा अर्थमा लिनुहुन्छ म अर्को अर्थमा लिन्छु यो ध्रुवीकरणको शिकार त नयाँ संविधान पनि बन्ने भो यो ध्रुवीकरणले आर्थिक राजनीतिक क्षेत्र त शिकार हुन्छहुन्छ छिमेकीहरु तर्सिन्छन् र सशंकित हुन्छन् नै तर यो ध्रुवीरकणले त कार्यान्वयनमा जाँदै गरेको नयाँ संविधानसमेत शिकार भइराखेको छ संसद विघटन संविधानमा लेखिएको छैन संक्रमणकालीन व्यवस्थामा हेर्नुहोस् न संक्रमणकालीन अवस्थाका जुनजुन धाराहरुले व्यवस्थापन गर्न खोजेको छ त्यसैअनुरुप हामी अघि बढ्नुपर्छ अरु धाराहरुलाई ल्याएर यसमा व्याख्या गर्न पाइँदैन त्यसैले अहिले संसद विघटन गर्न सक्ने स्थिति देखिँदैन सरकार ढाल्न सकिन्छ तर बनाउन सकिँदैन भन्ने प्रश्नमा ‘लेटर एण्ड स्पिरिट’ हेर्नुपर्छ संक्रमणकालीन व्यवस्था जुन गरेको छ संविधानमा त्यसको व्याख्याचाँहि यो ध्रुव वा त्यो ध्रुव बनेर गरियो तटस्थ बाटो नै तपाईले मेटेर जानुभो मैले तटस्थ बाटो बताएर हुँदैन दुईवटा ध्रुवमा बाँडिएर मोर्चाबाट लडाइँ सुरु भइसक्यो यसमा तपाई र म पनि आकषिर्त भइसक्यौं एकातिर तपाई र अर्कातिर म छौं अनि यहाँ वीचको बाटो छ वीचको बाटो त मेटेर गइसक्यौं हामीले एउटा सरकारलाई फाल्नलाई अविश्वासको प्रस्ताव ल्याउनु भनेको एउटा स्वाभाविक प्रक्रिया हो परिस्थितिका कारण यो आयो यसलाई हामीले  प्रक्रियासंगत ढंगले समापन गरौं भन्नेतिर नगएर मुलुकलाई नै दुई ध्रुवमा विभाजित गरिसक्नुभयो तपाईले राजनीतिक कानूनी सबैले  संविधानै शिकार भइराखेको छ मेरो विचारमा यसको शिकार संविधान भइराखेको छ अब यसलाई छलफलका माध्यमबाट टुंगो लगाउनुपर्छ यहाँ त छलफल गर्ने परिपाटी नै छैन छलफल गर्ने हो भने कुनै गाह्रै छैन चुड्कीको भरमा निस्कन्छ समाधान मलाई दिने हो भने चुड्कीका भरमा समाधान निकाल्न सक्छु जस्तो लाग्छ दलहरुले मुलुकलाई विनासतिर लान भएन सरकार परिवर्तन भनेको स्वाभाविक कुरा हो (रानाभाटले अनलाइनअखबरसँग गरेको कुराकानीमा आधारित)
1,184
वर्षा र सहकालका देवताका रुपमा लिइने रातो मच्छिन्द्रनाथको रथ तान्न सुरु भएको छ मंगलबार बाजागाजासहित रातो मच्छिन्द्रनाथको रथ तान्न सुरु गरिएको हो पहिलो दिन ललितपुरको पुल्चोकबाट गाबाहालसम्म रथ तानिएको छ रथ तान्ने कार्यक्रममा भक्तजनहरुको उल्लेख्य उपस्थिति थियोरथ बुधबार गाबाहालबाट हाकासम्म तान्ने कार्यक्रम छ रथ पाटनका सबै टोल घुमाएर जावलाखेल पुर्‍याइएपछि अन्तिममा साइत हेरेर भोटो देखाउने चलन छरातो मच्छिन्द्रनाथको रथ जात्रा काठमाडौ उपत्यकाको सबैभन्दा लामो र प्रसिद्ध जात्रा हो यो ज
70
अमेरिका आउनका लागि आफ्नो इज्जत लुटाउनुपर्ला भनेर मैले सपनामा पनि सोंचेकी थिइन नाम उल्लेख नगरिदिन अनुरोध गर्दै शेर्पा थरकी वर्षीय एकजना नेपाली महिलाले भक्कानिदै आफ्नो कथा सुनाउँदै भनिन् अमेरिका आउने क्रममा बाटोमा पटकपटक बलात्कृत भएँ मैले आफूलाई लाशजस्तै महसुस गरिसकेकी थिएँ मैले म जीवितै छु भन्ने पनि विर्सिसकेकी थिएँ होण्डुरसको बाटो हुँदै मेक्सिकोबाट गैर कानुनी रुपमा अमेरिका छिर्ने क्रममा बाटोमा दलालहरूबाट पटकपटक बलात्कृत भएकी उनी न्युयोर्क आउँदासम्म हप्ताको गर्भ भइसकेको थियो गर्भ कस्को हो भन्ने पनि थाहा थिएन सपना अमेरिकाको थियो तर विपनामा पटकपटक बलात्कृत हुनुपर्यो उनको कथा यति दर्दनाक थियो कि सुन्नेलाई मन थाम्न मुस्किल हुन्थ्यो बलात्कारबाट बसेको गर्भ पेटमा बोकेर हिड्नुभन्दा आत्महत्या गर्नु वेश भन्ने ठानेर उनले आत्महत्याका लागि सुसाइड नोट लेखिसकेकी थिइन् तर न्युयोर्कमा भेटिएकी एकजना नेपाली सामाजिक कार्यकर्ताले उनका लागि बाँच्ने आशा जगाइदिइन् बलात्कारबाट बसेको गर्भ पतन गरेर नयाँ जिन्दगी सुरु गर्नका लागि सम्झाइबुझाई गरिन् ति नेपाली सामाजिक कार्यकर्ताले उनलाई गर्भपतनका लागि क्वीन्समा रहेको एल्महस्र्ट अस्पतालमा लगिन् तर अस्पतालले गर्भपतन गर्न मानेन सामाजिक कार्यकर्ता भन्छिन् गर्भ हप्ताको भइसकेको रहेछ आमाको स्वास्थ्य अवस्था कमजोर भएकाले अस्पतालले गर्भपतन गर्न डरायो अस्पतालले गर्भपतन गर्न नमानेपछि हामी अझ चिन्तित भयौं उनले अमेरिका आउँदा भोग्नुपरेको पीडाका कारण कुनै पनि बेला आत्महत्या गर्न सक्ने खतरा थियो विभिन्न अस्पताल र प्राइभेट क्लिनिकहरू चहार्ने क्रममा क्वीन्सकै एउटा प्राइभेट क्लिनिकले गर्भपतन गरिदिने सहमति जना तर सय अमेरिकी डलर शुल्क लिएर बल्लतल्ल अमेरिका आएकी उनीसँग सयको त कुरै छाडौं डलर पनि थिएन तर तिनै सामाजिक कार्यकर्ताको सहयोगमा रकम जुटाएर उनको गर्भपतन गरियो अहिले उनी न्युजर्सीमा बेबी सिटिङको काम गर्छिन् एसाइलमको लागि दिएको आवेदन अहिलेसम्म पेन्डिङ नै छ यो एउटा भयानक सपना जस्तो लाग्छ भैगो नसोध्नुस् त्यो विगतको कुरा सम्झ्यो भने फेरी मर्न मन लाग्छ उनले यसो भनिरहँदा उनका आँखाबाट आँशुको धारा बगिरहेको थियो नेपालमा उनका वर्षको छोरा र वर्षकी छोरी श्रीमानको जिम्मामा छाडेर आएकी उनले आफ्नो यो पीडा श्रीमानलाई पनि भन्न सकेकी छैनन् कसरी भन्नु यस्तो कुरा श्रीमानलाई यस्तो कुरा थाहा भयो भने शायद श्रीमानले मलाई छोडिदिन्छन् समाजमा कसरी मुख देखाउनु उनी भन्छिन् पीडा यी महिलाको मात्र होइन मेक्सिकोको बाटो हुँदै गैरकानुनी रुपमा अमेरिका छिर्ने क्रममा अधिकांश महिला बलात्कार र यौन दुर्व्याबहारको शिकार हुने गरेको एम्नेष्टी इन्टरनेशनलको रिपोर्टले समेत देखाएको थियो एम्नेष्टी इन्टरनेशनलको पछिल्लो रिपोर्टमा गैरकानुनी रुपमा अमेरिका छिर्ने क्रममा मध्य अमेरिकी देशमा आउँने क्रममा प्रतिशत महिला बलात्कृत हुने उल्लेख गरिएको थियो तर फ्युजन इन्भेष्टिगेसनले अझ पछिल्लो रिपोर्ट सार्वजनिक गर्दै प्रतिशत महिला बलात्कारको शिकार हुने दावी गरेको छ बलात्कृत नेपाली महिला भन्छिन् म मात्र होइन हामीसँगै आउने अरु महिला पनि बलात्कृत भए कतिपयले दलाललाई पैसाको साटो शरीर सुम्पे भने कतिपय जर्बजस्ती बलात्कृत भए लठ्याउने औषधी सुघाएर समेत उनीहरुले बलात्कार गरे
414
 नेपाली कांग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्य पदको मतगणना हुँदा मत सहित सबैभन्दा अगाडि खुमबहादुर खड्का छन् केन्द्रीय निर्वाचन समितिका अनुसार डा शेखर कोइराला प्रकाशमान सिंह रमेश लेखक पूर्णबहादुर खड्का र केवी गुरुङले मत प्राप्त गरी अग्रस्थानमा छन् त्यसैगरी प्रदीप गिरी प्रदीप पौडेल बालकृष्ण खाँण विमलेन्द्र निधि धनराज गुरुङ महेश आचार्य डा रामशरण महत बलबहादुर केसी विश्वप्रकाश शर्मा सुजाता कोइराला शङ्कर भण्डारी प्रकाशशरण महत एनपी साउद र गोपालमान श्रेष्ठले मत प्राप्त गरेका छन् त्यस्तै चन्द्र भण्डारीले डा मीनेन्द्र रिजाल ज्ञानेन्द्रबहादुर कार्की मतका साथ जना भित्रमा परेका छन् महाधिवेशनमा कुल तीन हजार मत खसेकाले अझै आधा मतगणना गर्न बाँकी छ मतगणना आइतबार बिहानसम्मका लागि स्थगन भएको निर्वाचन समितिले जनाएको छ   खुल्ला केन्द्रीय सदस्यतर्फ सय मत गणना खुमबहादुर अगाडि
115
चैत काठमाडौँ विश्व क्षयरोग दिवसका अवसरमा सांसद शेरबहादुर तामाङको संयोजकत्वमा सात सदस्यीय ‘ककस’ गठन गरिएको छ ‘भोलिन्टियर फर डेभलपमेन्ट नेपाल’ नामक सामाजिक संस्थाको अग्रसरतामा विभिन्न राजनीतिक दलका नेताको सहभागितामा उक्त ककस निर्माण गरिएको हो ककसमा व्यवस्थापिका–संसद्का सदस्यहरुमा अइन्द्रसुन्दर नेम्बाङ शत्रुधन महतो रीता शाही योगेन्द्र घिसिङ कमलाकुमारी घिमिरे तथा पूर्व सांसद उषाकला राई छन् ककसका संयोजक सांसद तामाङले विश्वमा नियन्त्रण भइसकेको सो रोगलाई नेपालमा पनि न्यूनीकरण गर्न सम्बन्धित पक्षसँग छलफल तथा सरकारसँग समन्वय गर्न भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे भोलिन्टियर फर डेभलपमेन्ट नेपालका कार्यकारी निर्देशक वसन्त पराजुलीले प्रत्येक वर्ष नेपालमा पाँचदेखि सात हजार बिरामी सो रोगबाट मर्ने गरेको जानकारी दिए पत्रकार नेहा शर्माले उक्त रोगलाई न्यूनीकरण गर्न सरकार संवेदनशील हुनुपर्नेमा जोड दिँदै नयाँ ककसले राजनीतिक रुपमा दबाब दिन सहयोग पुग्ने बताउनुभयो
121
कात्तिक काठमाडौं अख्तियार प्रमुख लोकमानसिंह कार्की यतिबेला निलम्बित स्थितिमा छन् कुनैबेला समानान्तर सत्ता चलाएका लोकमान किन यसरी जनता र राजनीतिक दलका नेताबाट एक्लिने अबस्थामा पुगे त समानान्तर सत्ता चलाउन ‘बिज्ञ’का रुपमा उनको सचिवालयमा नियुक्त भएका सहयोगीहरुले नै लोकमानका केही गल्तीहरुका कारण लोकमान यो अबस्थामा आएको बिश्लेषण सुनाएका छन् नियुक्त भएदेखि निलम्बित हुँदासम्म लोकमानले आखिर केके गल्ती गरे जसले गर्दा उनी यति चाँडै तिरस्कारको पात्र बन्न पुगे लोकमानका एक बिज्ञका अनुसार लोकमानले गरेका मुख्य गल्तीहरु उनकै शब्दमाः गोविन्द केसीलाई पागल भन्नुहुन्थेनगोविन्द केसीलाई ‘पागल’ भनेर आक्रामक रुपमा बिज्ञप्ति जारी गर्नु गल्ती थियो लोकमानले गोविन्द केसीको सार्वजनिक छवि कति बलियो छ भन्ने हेक्का राख्न सकेनन् आखिर गोविन्द केसीसँग एमालेका पाण्डे दाजुभाईहरु लडेकै थिए पुरै एमाले पंक्ति गोविन्द केसीलाई कतैबाट परिचालित हुन् भनेर सावित गर्न लागेकै थियो बेकारमा गोविन्द केसी मामिलामा सार्वजनिक रुपमै लडाईँमा उत्रिएर उनले नचाहिने ठाउँमा टाउको दुखाए एमाले र गोविन्द केसीको लडाईँलाई ‘लोकमान भर्सेस गोविन्द केसी’को रुपमा अगाडि बढाइयो सचिवालयमै रहेका केहीले उनलाई यसरी पागल नभनौं भने पनि लोकमानले टेरेनन् पछि उनले गल्ती महसुस गरेर अफिसियल डकुमेन्टबाट पागल शब्दचाहिँ हटाए लडाकूको फाइल खोल्नु हतारो भयोसर्वोच्च अदालतले आफ्नो मुद्दा अघि बढाएको रीस फेर्न लोकमानले प्रधानमन्त्री प्रचण्ड भारतमा रहेका बेला लडाकूको फाइल खोल्ने काम गरे त्यसरी हतारो नगरेको भए लोकमानका दुःखका दिन यति छिटो आउने थिएनन् लडाकूको फाइल खोलेर अदालतलाई दबावमा राख्न खोजिए पनि त्यसको असर लोकमानका लागि प्रत्युत्पादक बन्न पुग्यो जुन उनको अदुरदर्शी र आवेगपूर्ण निर्णय थियो प्रचण्ड ओलीका सारथी रहेका बेला लडाकूको फाइल उठाएको भए अर्कै हुन सक्थ्यो लोकमानले वाहवाही पाउन सक्थे तर प्रचण्ड भारतीय पाहुना बनिरहेका बेला हतासपूर्ण तरिकाले लडाकूको फाइल खोल्नु प्रत्युत्पादक भयो शीर्ष तहमा सबैभन्दा राम्रो सम्बन्ध भएका प्रचण्डसँगै उनले अस्त्र प्रहार गर्न खोज्दा लोकमानको राजनीतिक सम्बन्धको आधार समाप्त भयो त्यसो नगरेको भए प्रचण्ड महाअभियोगको प्रस्तावमा कुनै हालतमा अगाडि बढ्ने थिएनन् बेकारमा लोकमानले प्रचण्डलाई शत्रुको कित्तामा पुर्‍याए जुन आबश्यक नै थिएन हिन्दु धर्मका पक्षमा लविङ गर्दा नेताहरु डराएलोकमान आफैं पनि हिन्दुराष्ट्रका पक्षपाती हुन् उनले सार्वजनिकरुपमा आफूलाई गणतन्त्रको पक्षपातीसम्म भन्न हिच्किचाउँछन् यो अवस्थामा उनी अख्तियार प्रमुखको संवैधानिक जिम्मेवारीलाई समेत बिर्सेर हिन्दु धर्मको पक्षमा भित्री लविङमा उत्रिएका थिए बिचमा लोकमानले केही नेताहरुलाई भेटेर धर्म निरपेक्षताको प्रावधान हटाई हिन्दु राष्ट्र बनाउने गरी संसदमा संसोधन प्रस्ताव दर्ता गर्न दबाव दिएका थिए कतै लोकमानले राजतन्त्र फर्काउने भूमिका खेल्न थालेका त होइनन् यस्तो आशंका नेताहरुमा पलायो धर्म निरपेक्षताका पक्षमा लडेका बिभिन्न दलका केही मुख्य नेताहरु लोकमानप्रति आगो बने र हिन्दु धर्मको लविङ गर्नु लोकमानसिंहको तेस्रो गल्ती ठहरिन पुग्यो तामेलीकाण्डले इमेज बिग्रियोसर्वोच्च अदालतमा मुद्दा चलिसकेपछि लोकमान नराम्रोसित आत्तिए अदालतले पूर्जी काट्दा संवैधानिक निकायको प्रमुखका हिसाबले उनले त्यसलाई सहज रुपमा लिइदिएको भए हुन्थ्यो तर म्याद तामेली नबुझ्ने र सरकारी कर्मचारीसमेत प्रयोग गरेर गुण्डागर्दी गर्ने काममा लोकमानले भूमिका खेले जुन उनको ठूलो गल्तीमात्रै थिएन संविधान र कानूनको समेत बर्खीलापसमेत ठहरियो हुन त यसमा अदालतको तर्फबाट पनि केही स्टन्टहरु भएका हुन् अख्तियारबाट सर्वोच्चका रजिष्टारलाई पटकपटक फोन गरेर पत्र अख्तियारमै ल्याइदिनुस् हामी बुझ्छौं भन्दा पनि त्यसो किन गरिएन हामी आफै छक्क परिरहेका छौं जे भए पनि तामेली काण्डमा जे भयो त्यसले जनमानसमा लोकमानको इमेज समाप्त गरिदियो हाम्रो सचिवालय पुरै रक्षात्मक अवस्थामा पुग्यो पहिले लोकमानले भ्रष्ट नेताहरुविरुद्ध केही गर्छन् भनेर आश गरेका पब्लिक पनि यि त ज्याद्रा पो रहेछन् भनेर समर्थन गर्न छाडे यसले लोकमानलाई निर्णायक रुपमा समाप्त गरिदियो आत्तिएर विदेश जानु अर्को गल्तीअदालतसँग डराएर त्यसरी हतारहतार विदेशतिर जानु पनि जरुरी थिएन अदालतको प्रकृया आफ्नो तरिकाले चल्दथ्यो त्यहाँ मुद्दा चल्दैमा काम गर्न नमिल्ने भन्ने थिएन अख्तियारलाई सक्रिय राखेर केही सकारात्मक काम गर्न सकिन्थ्यो जसले गर्दा जनतामा समर्थनको भाव देखिन्थ्यो विदेशतिर लाग्दा उनले भारत पुगेर षडयन्त्र गर्न लागेको नेताहरुलाई पर्न गयो अर्कातिर उनी स्वदेशमै बसेका भए आफ्नो पक्षमा थप लविङ गर्न सक्ने थियो विदेशतिर जाँदा उनले उनले आफ्नो प्रतिरक्षाको अवसर गुमाए एमालेलाई हान्ने योजना चुहियोविदेश भ्रमणमा गएका बेला लोकमानसिंहले नेपाल फर्केर एमाले नेताहरुलाई भ्रष्टाचार अभियोगमा मुद्दा चलाउने योजना बनाएका थिए तर त्यो योजना बिमानस्थलमा आइनपुग्दै चुहियो र एमालेले तत्कालै उनीमाथि एक्सन लियो हाम्रो जानकारीमा रहेसम्म कुनै खास मुद्दामा उनले एमालेका केपी ओलीसहित धेरै शीर्ष नेताहरुलाई पत्र काट्ने गरेर आएका थिए उनले एक दिन पनि कार्यालय चलाउन पाएको भए त्यो हुने नै थियो जस्तो लाग्छ तर एमाले यसमा चतुर देखियो उसले बिचमै यो योजना थाहा पाउन सफल भयो र लोकमान बिमानभित्र छिरेपछि उनीबिरुद्ध संसदमा महाअभियोग दर्ता भयो उनी नेपाल आइसक्दा त निलम्बन पो भइसकेछन् त्यस्तो सूचना चुहाएर लोकमानले सवैभन्दा ठूलो गल्ती गरे सचिवालयमा भ्रष्टहरु हावी भएलोकमानले आफ्नो सचिवालयमा जति पनि मान्छेहरु राखे ती अधिकांश भ्रष्टहरु थिए लोकमानको नाममा सचिवालयका मान्छेहरुले गर्ने गल्तीको भागी पनि लोकमान नै भए उनीहरुको ध्याउन्न पैसा कमाउनेतिर मात्रै गयो र यसले लोकमानलाई थप भ्रष्ट एवं विवादित बनायो लोकमानले स्वच्छ छविका मानिसहरुबाट काम लिएनन् अन्यमाः लोकमानका केही स्वाभावजन्य कमजोरीहरु पनि थिए जसले गर्दा उनको अवसानको दिन नजिकियो उनी आफैं पहिलेदेखि बिबादित छविका थिए त्यसैले कतिपय राम्रै काम गर्न खोज्दा पनि उनलाई सपोर्ट भएन लोकमान हक्की र खरो स्वभावका व्यक्ति हुन् तर धेरैका आलोचनालाई उनले अत्यन्तै व्यक्तिगतरुपमा लिएर देखाइदिने र चिप्लाइदिने चक्करमा लाग्नु जरुरी थिएन उनी अरुविरुद्ध प्रतिशोध साँध्नेतिर भन्दा पनि चुपचाप काम गर्नेतिर लाग्नुपर्दथ्यो तर सिंगै देश आफैं चलाउँछु भनेजस्तो गर्न थालेपछि उनी नराम्रोसँग फसे
796
यस वर्षको विराट गोल्डकप फुटबल टुर्नामेन्ट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ आयोजक समितिले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सबै तयारी सकिएको जनाएको हो  माघ गतेदेखि भनिएको फुटबल प्रविधिक कारण फागुन गते हुँदै फागुन गते सरेको थियो आयोजक समिति अध्यक्ष राजेन्द्र राउतले पत्रकार सम्मेलनमा विनाशकारी भूकम्प र नाकाबन्दी बन्द हडतालका कारण फुटबल आयोजनालाई केही पर पार्नुपरेको जानकारी दिए दिउँसो बजे प्रतियोगिताको उद्घाटन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले ग
67
नयाँ पत्रिकाकाठमाडौं पुसनेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले मोबाइल सेवामा प्रतिस्पर्धा नहुँदा उपभोक्ता मारमा परेको बताएका छन् सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी लगानीको एनसेलबीच प्रतिस्पर्धा हुन नसक्दा उपभोक्ताले कम गुणस्तर बढी महसुल तिर्नुपर्नेलगायत समस्या भोग्नुपरेको उनको भनाइ छ अहिले भएका मोबाइल सेवाप्रदायकले उचित मूल्यमा गुणस्तरीय सेवा दिन नसकेको भन्दै उनले दूरसञ्चारमा थप प्रतिस्पर्धाका लागि तेस्रो सेवाप्रदायकको खाँचो रहेको बताए प्रविधि पत्रकार मञ्च(टिजेएफ)ले आयोजना गरेको पत्रकारको क्षमता अभिवृद्धि तालिम समापन कार्यक्रममा अध्यक्ष झाले त्यस्तो बताएका हुन् ‘अहिले नेपाल टेलिकमको गुणस्तर कमजोर छ भने एनसेलको महसुल केही बढी देखिएको छ’ उनले भने ‘अर्को एउटा प्रतिस्पर्धी सेवाप्रदायक नहुँदा उपभोक्ता मारमा परेका छन् ’ अहिले अपरेटरले ‘द्वयाधिकार’ (डुओपोली) गरेको उनको भनाइ थियो कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका निमित्त सचिव कविराज खनालले सरकारले हालै ल्याएको ब्रोडब्यान्ड नीति र आइसिटी नीतिले दूरसञ्चार पूर्वाधार विकास आधार खडा गरेको जानकारी दिए त्यस्तै प्रविधिले जनजीवन सहज बनाउने भएकाले यसको विकासमा जोड दिनुपर्ने उनकोभनाइ थियो प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले नीतिगत अस्पष्टताका कारण मुलुकमा दूरसञ्चारको उचित विकास हुन नसकेको बताए नीति तथा ऐनलाई समयसापेक्ष बनाउनुपर्नेमा उनको जोड छ प्राधिकरणको सहयोगमा टिजेएफले आयोजना गरेको क्षमता अभिवृद्धि कार्यक्रममा पत्रकार सहभागी थिए पत्रकारलाई प्राधिकरणका वरिष्ठ निर्देशक खनाल तथा उपनिर्देशक मीनप्रसाद अर्याल वरिष्ठ पत्रकार प्रतीक प्रधान नेपाल टेलिकमका सहप्रवक्ता डिल्लीराम अधिकारी एनसेलका इन्टरप्राइज निर्देशक प्रणय आचार्य र जानकी टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत अमित अग्रवालले प्रशिक्षण दिएको कार्यक्रम दिन सञ्चालन भएको थियो
219
वैशाख काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली सोमबार सुनसरीको औराबनी गाविस जाने कार्यक्रम थियो त्यहाँका जनताले प्रधानमन्त्रीको प्रतिक्षा गरिरहेका थिए तर त्यहाँ झुल्किए पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल  प्रधानमन्त्री ओली बिरामी भएकाले कार्यक्रममा सहभागी हुन नसकेको सन्देश प्रवाह भयो के विराम लागेछ प्रधानमन्त्रीलाई स्थानीयको जिज्ञासालाई एमाले कार्यकर्ताहरुले समाधान गर्दै भने प्रधानमन्त्रीको ब्लड प्रेसर लो भयो त्यसैले कार्यक्रममा आउन सक्नुभएन के प्रधानमन्त्री ओलीको रक्तचापमा गडबडी भएकै हो त यसबारे जिज्ञासा राख्दा प्रधानमन्त्री कार्यालय स्रोतले ठाडै अस्वीकार गर्दै भन्यो ‘केको ब्लड प्रेस लो हुनु आज धेरैवटा बैठकहरु परेकाले उहाँ सुनसरी जान नपाउनुभएको हो बैठक बस्दा बस्दै प्लेन छुटिहाल्यो आयोजकले हेलिकोप्टरको व्यवस्था गरेका थिएनन् ’प्रधानमन्त्री ओली सोमबार तीनवटा बैठकमा सहभागी भए सोमबार नै मन्त्रिपरिषदको बैठक बस्यो संवैधानिक परिषदको बैठक पनि सोमबार नै बस्यो त्यसैगरी राष्ट्रिय योजना आयोगको पनि बैठक बस्यो स्रोतका अनुसार पछिल्ला दिनहरुमा प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै समस्या देखिएको छैन उनी एकैदिन धेरैवटा बैठकमा सहभागी हुन सक्ने अवस्थामा छन् प्रधानमन्त्री ओलीले सुनसरीमा गौतम बुद्धको फिट अग्लो मूर्तिको शिलन्यास गर्ने कार्यक्रम थियो सुनसरीलाई लुम्बिनीको झल्को दिने भन्दै एमाले नेताहरुकै अगुवाइमा बनाइन लागेको यो मूर्तिको शिलान्यासमा ओली सहभागी हुन नभ्याउने भएपछि माधव नेपाल सहभागी भएका हुन् मूर्तिको शिलान्यास सकेर नेता नेपाल बिराटनगरमा आयोजित लोकतान्त्रिक फोरमको प्रथम महाधिवेशनमा आतिथ्य गर्न पुगेका छन् प्रधानमन्त्री केपी ओली झापाको दमकमा बुद्धको विशाल मूर्ति बनाउन चाहन्छन् तर एमाले नेतृ भगवती चौधरीले आफ्नो गृहजिल्ला सुनसरीमा एशियाकै ठूलो बुद्ध मूर्ति बनाउने भन्दा प्रधानमन्त्रीलाई बोलाएकी थिइन् बुद्धको मूर्ति शिलान्यास गर्ने क्रममा एमाले नेता माधव नेपालले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् तर त्यस्तो सहमतिको सरकार केपी ओलीकै नेतृत्वमा बनाउनुपर्ने र यही सरकारमा कांग्रेस लगायतका दलहरु सहभागी हुनुपर्ने नेता नेपालले जोड दिएका छन् यसरी बन्दैछ सुनसरीमा बु्द्धको भीमकाय मूर्तिसुनसरी जिल्लाको औराबनी गाबिस वडा नम्बर स्थित ग्रामथानमा महत्वाकांक्षी गुरुयोजनाका साथ नयाँ लुम्बिनीको झल्को दिने गरी बुद्ध पर्यटकीय क्षेत्र निर्माणको काम अघि बढेको हो वुद्ध पर्यटकीय स्थल निर्माण समितिकी अध्यक्ष भगवती चौधरीले राष्ट्रिय गौरवका रुपमा विकास गर्ने लक्ष्यका साथ मूलुककै नमूना पर्यटकीय क्षेत्र निर्माण गरिने बताएकी छन् बुद्धबारे अफवाह फैलिरहेका बेला बुद्धभूमि नेपालको प्रचारप्रसार गर्न तथा शान्तिको सन्देश दिने क्षेत्रका रुपमा बुद्ध पर्यटकीय क्षेत्रले काम गर्ने चौधरीले बताइन्  ‘यहाँ बुद्ध सर्किट बनेपछि बुद्ध सम्बन्धी प्रचार हुने गरेका गलत र भ्रामक कुराहरु निस्तेज बन्न सहयोग पुग्नेछ’ उनले भनिन् ‘बुद्धका वाणीहरुको अनुसरण गर्न र शान्तिको सन्देश फैलाउन यही बुद्ध भूमिबाट सबैलाई मार्गदर्शन हुनेछ ’नयाँ पर्यटकीय गन्तव्यका रुपमा मूलुकको पर्यटन प्रवर्द्धनमा समेत यस क्षेत्रले भूमिका खेल्ने उनको भनाइ छ ‘राजनीतिक मुद्दा पूरा गर्दै मुलुक आर्थिक समृद्धितर्फ अघि बढेको योबेला यस्ता पर्यटकीय धरोहरहरु समृद्धिका आधार बन्न सक्छन्’ उनले बताइन् एमाले केन्द्रीय सदस्य एवं पूर्वसभासद समेत रहेकी चौधरीको पहलमा सुरु भएको पर्यटकीय क्षेत्र निर्माणका लागि निजी श्रोतहरुबाट आर्थिक संकलन भइरहेको बताइएको छ निर्माणका लागि सरकारले समेत सहयोगको आश्वासन दिएको चौधरीको भनाइ छ दश वर्षे गुरुयोजना अनुसार अघि बढेको काम पहिलो दुई वर्षमा पर्यटकीय क्षेत्रका रुपमा बन्ने स्वरुप निर्माण गरिने बताइएको छ यो स्थल सुनसरीको दुहबी बजारबाट किलोमिटर पश्चिमदक्षिण क्षेत्रमा अवस्थित छ यो परियोजना कुल करोड लागत अनुमानका साथ काम प्रारम्भ गरिएको हो ऐतिहासिक सांस्कृतिक धार्मिक तथा आर्थिक पर्यटकीय धरोहरका रुपमा यस क्षेत्रलाई विकास गर्ने लक्ष्य राखिएको छ हिन्दु देवताका मूर्ति पनि राखिने थारुको संस्कृति झल्काइनेस्थानीय गढीवनको नाममा रहेको करिब विघाहा क्षेत्रफलमा बुद्ध सम्बन्धी सम्पूर्ण विषयहरुलाई समेटेर पर्यटकीय स्थल बनाउन लागिएको हो यस क्षेत्रमा मूख्य मूर्तिका रुपमा फिट अग्लो वुद्धको प्रतिमा बन्नेछ ध्यान गर्नका लागि प्रार्थना हलसमेत बन्नेछ यस्तै गार्डेन पनि बन्नेछ नजिकै रहेको ट्याङ्ग्रा खोलामा र्याफ्टिङ गर्न सकिने दाबी गरिएको छ यहाँ गौतम बुद्धका सम्पूर्ण महिमाहरुको संघालोका रुपमा मनोरम क्षेत्रहरु बन्ने निर्माण पक्षले जनाएको छ फरकफरक धर्मको समान अस्तित्वको समेत झल्को पाइने गरी बुद्ध क्षेत्रमा हिन्दुहरुका आस्थाका देवता शिवपार्वतीका मूर्तिहरु समेत बनाइने भएको छ धार्मिक सहिष्णुताका लागि र सबै धर्मको सह अस्तित्वका लागि यस्तो गर्न लागिएको चौधरीले बताइन् यस्तै विभिन्न जातजातिका सांकृतिक विविधताहरु समेत समेटिने बताइएको छ थारु संस्कृति लगायत स्थानीय समुदायको संस्कृतिसमेत यहाँ अध्ययन गर्न पाइने भएको छ  यहाँ बुद्धसम्बन्धी तथा स्थानीय थारु समुदायका विषयमा संग्रहित संग्रहालयसमेत बन्ने भएको छ यस्तै भ्युटावर पार्क पजल बँगैचा पानीको फोहरा लगायतका क्षेत्रहरु बन्दैछन्  प्राचीन थारु राजा रुपनारायणको वासस्थलको रुपमा रहेको धार्मिक किंबदन्ती रहेको यो स्थानमा ग्रामथानको समेत संरक्षण गरेर बुद्ध पर्यटकीय क्षेत्र निर्माणको काम अघि बढाइने चौधरीले जानकारी दिइन्
653
माघ काठमाडौँ एक वर्षभित्र विद्युत्भार कटौती अन्त्य गर्ने लक्ष्यका साथ सरकारले श्वेतपत्रमा समावेश गरेको ऊर्जा सङ्कटकाल घोषणामा विलम्ब भएको छ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत मङ्सिर गते जारी गरेको श्वेतपत्रमा गत पुस महिनाभित्र ऊर्जा सङ्कटकाल घोषणा गर्ने उल्लेख थियो तर हालसम्म त्यसको कुनै तयारी गरिएको छैन जलविद्युत् आयोजना निर्माणमा देखिएका समस्या समाधान गर्न र सहज वातावरण तयार गर्ने ध्येयका साथ संसदीय समितिका पटक पटकका निर्देशन तथा सरोकार भएकाहरुको आग्रहलाई आत्मसात् गर्दै सरकारले ऊर्जा सङ्कटसम्बन्धी कार्ययोजना ल्याउने जनाएको थियो श्वेतपत्रलगत्तै सरकारले सार्वजनिक गरेको तत्कालीन सुधार कार्ययोजनामा समेत उक्त विषय समावेश गरिएको छ तर सम्बद्ध मन्त्रालयकै ढिलाइका कारण सङ्कटसम्बन्धी कार्ययोजना अगाडि बढ्न सकेको छैन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) ले पटक पटक सरकारलाई तत्काल ऊर्जा सङ्कटकाल घोषणा गरेर अगाडि जान आग्रह गर्दै आएको छ तर ऊर्जा मन्त्रालय भने कार्यदल र अध्ययन समितिको नाममा अलमल गरिरहेको छ श्वेतपत्र जारी भएको एक महिनापछि गत पुस गते मात्रै ऊर्जा मन्त्रालयले छ समिति गठन गरी ऊर्जा सङ्कटकालसम्बन्धी कार्ययोजना तयार गर्न सुरु गर्यो ती समितिले हालसम्म आफ्ना प्रतिवेदन तयार पारिसकेका छैनन् प्रतिवेदन तयार भइसकेपछि पनि पुनः छलफल गरेर मात्रै अन्तिम रुप दिने योजनामा मन्त्रालय रहेको छ विसं मा घोषणा भएको ऊर्जा सङ्कटकाल घोषणा गर्दा देखिएका समस्या र कार्यान्वयनमा देखिएका समस्याको समेत पुनरावृति नहोस् भन्नेतर्फ मन्त्रालयले ध्यान दिएको सहायक प्रवक्ता गोकर्णराज पन्थको भनाइ छ ‘सबै समितिले प्रारम्भिक रुपमा प्रतिवेदन तयार पारेका छन् त्यसलाई एकसरो छलफल गरेर अगाडि जाने सोचमा मन्त्रालय छ विलम्ब भएको होइन पूर्ण रुपमा तयारी गर्दा थप केही समय लागेको हो अब केही समयभित्रै आवश्यक निर्णय लिइन्छ’ पन्थले भने प्रस्ट कार्यक्रम नीति र योजना सहित सङ्कटकाल घोषणा गरेर अगाडि जाने हो भने एक वर्षमा मुलुकलाई विद्युत्भार कटौती मुक्त गर्न सकिने सम्बद्ध पक्षको भनाइ छ सङ्कट घोषणा गरेर मात्रै नहुने भएकाले नेपाल विद्युत् प्राधिकरणलाई कामकाजी बनाउनुपर्ने नियमकानुन समयानुकूल बनाउनुपर्ने र जलविद्युत्को क्षेत्रमा हुने अनावश्यक चलखेल तोड्न उच्चस्तरीय आयोग गठन गर्ने हो भने जस्तो सुकै सङ्कटको घडीमा पनि राष्ट्रिय लक्ष्य पूरा हुन सक्ने भएकाले त्यसतर्फ सरकार लाग्नुपर्ने सुझाव पूर्व मन्त्री भरतमोहन अधिकारी दिन्छन् आफूले सालमा नै ल्याएको योजना पनि सन्दर्भ सामग्री हुन सक्ने नेता अधिकारीेको सुझाव छ इपानका अध्यक्ष खड्गबहादुर विष्ट सरकारले विलम्ब नगरी तत्काल ऊर्जा सङ्कट घोषणा गरेर अगाडि बढ्न आग्रह गर्नुहुन्छ ‘ढिलाइ गरेर कुनै फाइदा छैन बरु घाटा नै हुन्छ सबै तयारी विगतमा पनि भएको छ प्राथमिकता निर्धारण गरेर तत्काल काम सुरु गर्नुपर्छ हामी थाकेका छैनौँ ‘ उनले भने एकद्वार प्रणाली विषयमा भने सरकारी निकाय नै अन्योलमा रहेको आफूले पाएको उहाँको कथन छ भारतको अघोषित नाकाबन्दीपछि सम्पूर्ण भार जलविद्युत् क्षेत्रमा परी माग बढेर एक हजार मेगावाट पुगेको छ माग अनुसारको आपूर्ति नहुँदा प्राधिकरणले दैनिक घन्टाभन्दा बढी विद्युत्भार कटौती गरिरहेको छ ऊर्जा सङ्कटकाल घोषणा भएपछि सात मन्त्रालय विभाग र कानुनमा टेकेर अगाडि बढ्नुपर्ने अवस्था जलविद्युत् आयोजनाको हकमा अन्त्य हुनेछ एकद्वार प्रणालीले ती सबै निकायको काम एकै स्थानमा बसेर सम्पादन गर्न सक्छ प्रसारण लाइन निर्माणमा देखिएको जग्गा प्राप्ति मुआब्जा वितरण लगायत समस्या समाधान हुन सक्छ सुरक्षा निकायको परिचालन गरेर पनि काम लिन सकिन्छ व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका सभापति गगनकुमार थापा आफूहरुले पटक पटक ऊर्जा सङ्कट निवारण काल घोषणा गर्न आग्रह गरेको स्मरण गर्नुहुन्छ मुलुकमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्ने हो भने दश हजार मेगावाट विद्युत् उत्पादन नहुँदासम्म सो व्यवस्था कायम राख्नुपर्ने उनको भनाइ छ रमेश लम्साल / रासस
510
पुस काठमाडौं भारतीय नाकाबन्दीका कारण गाँस खोसिएकाहरुलाई शिवसेना नेपालले निःशुल्क खाना खुवाउन थालेको छ पशुपतिको वनकालीमा बिहीबारदेखि ‘निःशुल्क भोजनशाला’ उसले सञ्चालनमा ल्याएको हो भोजनशालाको उद्घाटन पूर्वयुवराज पारसले गरेका थिए हरेक दिन बिहान देखि बजेसम्म आउनेहरु सबैलाई दालभाततरकारी खुवाइने आयोजकले जनाएको छ पार्टीका उपाध्यक्ष शिव केसीले दैनिक दुई हजारलाई लक्ष्यित गरेर खाना पकाइने अनलाइनखबरलाई बताए यति धेरैलाई खाना खुवाउने आर्थिक स्रोत के हो त भन्ने प्रश्नमा उनले भने ‘हामीले नाकाबन्दी सुरु भएदेखि नै अन्न जुटाउने काम सुरु गरेका थियौं अहिले पनि हाम्रो संगठनभित्र र बाहिरबाट सहयोग जुट्ने क्रम जारी छ ’हिन्दू राष्ट्रप्रति आस्थावान राष्ट्रप्रेमी नागरिकहरुले निःशुल्क भोजनका लागि अन्नदान गरिरहेको केसीको भनाइ छ श्री शिवशक्ति राहुलेश्वरानन्द फाउन्डेसनको सहकार्यमा शिवसेनाले निःशुल्क भोजनको सुरुवात गरेको हो यसलाई नाकाबन्दी जारी रहुञ्जेल सञ्चालन गरिने शिवसेनाको दावी छ पहिलो दिन बिहीबार करिब एक हजारले खाना खाए खाना खानेमा पशुपतिका जोगीहरु ठूलो संख्यामा थिए उनीहरुले खाना मिठो भएन भन्दै गनगन गरेको सुनिन्थ्यो शिवसेनाले यसअघि भुकम्पका बेलामा पनि निःशुल्क भोजन सञ्चालन गरेको थियो त्यतिबेला दैनिक हजार सम्मलाई खाना खुवाइएको उपाध्यक्ष केसीले बताए
164
माघ काठमाडौं सांसदहरुले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारको बिषय सबैको साझा मुद्दा भएको बताएका छन् यो समुदायलाई मूलधारमा ल्याउने गरी कानुन निर्माणमा भूमिका निर्वाह गर्ने उनीहरुले प्रतिवद्धता पनि जनाएका छन् नील हिरा समाजले नयाँ संविधानमा यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार र कानुन निर्माणमा सासंदहरुको भूमिका बिषयमा गरेको अन्तरक्रियामा सांसदरुहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् नेपाली कांग्रेसका राजिवविक्रम शाहले समाजमा अपहेलित भएर बस्नु पर्ने अबस्थाको अन्त्यका लागि आफ्नो तर्फबाट कानुन निर्माणमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए नेकपा एमालेका सांसद देवराज भारले यो समुदायको मुद्दा राष्ट्रकै मुद्दा भएको भन्दै सामाजिक न्यायको सिद्धान्तका हिसाबले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई मूलधारमा ल्याउनुपर्नेमा जोड दिए संघीय समाजवादी फोरम नेपालकी सांसद राधादेवी तिमल्सिना राप्रपा नेपालकी धानु महर र राजेश्वरी देवीले पनि धारणा राखेका थिए कार्यक्रममा समाजकी अध्यक्ष पिंकी गुरुङले कानुन निर्माण गरेर कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिदिन सासंदहरुलाई आग्रह गरिन्
135
कविराज कार्की चैत मुगु   मुगु जिल्लास्थित नेपालकै ठूलो र सुन्दर राराताल पुग्ने बाटो  सहज बन्दै गएपछि स्वदेशी र विदेशी पर्यटकहरुको आकर्षणको केन्द्र बन्न थालेको छ सडक मार्ग हवार्इ मार्ग र स्थलमार्गको प्रयोग गरेर रारा ताल अवलोकन गर्न आउने पर्यटकको संख्या बढेको हो फाट्टफुट्ट मात्र पर्यटक आउने राराको अवलोकनको लागि आजभोलि दैनिक देखि जनाको हारा हारीमा रारा हेर्न आउने गरेको पाइन्छ ताल्च विमानस्थल कालो पत्रे पछि हवार्इ सेवा नियमित भएको र नाग्म गमगढी सडक खण्ड पनि स्तर उन्नतिको क्रममा रहेकाले रारा हेर्ने जानेहरुलाई केही सहजता भएको हो बाटो सहज नभएका कारण कहिले काहिँ मात्र विदेशी पर्यटक देखिने रारामा स्वदेशी तथा विदेशीको आवागमन बढेको हो  रारा किनारमा भएको एकमात्र डाँफे होटलमा कुनैदिन पाहुनाको व्यवस्थापन गर्न भ्यार्इ नभ्याइ हुने गर्छ हरेक सिजन र समय अनुसार ताल र वरिपरिको रंग बदलि रहेने भएकाले पनि राराको महिमा झनै बढदै गएको छ विहान देखि साँझ सम्म तालले रुप फेर्छ भने ऋतु अनुसार किनारले रुप फेरी रहेको हुन्छ कहिले हिउँले सेताम्बे देखिने किनार  कहिले रंगी विरंगी फूलले सजिएको हुन्छ रारा तालमा डुङ्गाको सयर देखि लिएर मुर्माटप लगायतका टाँउहरुबाट प्राकृतिक सुन्दरताको आनन्द लिनुको मज्जानै बेग्लै छ हजार सय मिटरको उचाँर्इमा अवस्थित रारा तालको लम्बार्इ किलो मिटर छ भने चौडार्इ करिव किलो मिटर छ यसको गहिराइ भने सय मिटर रहेको छ रारा हेर्न आउने जो कोहिलार्इ पनि सहज र उपयुक्त बनाउन बत्ति र्इन्टरनेट लगायत सुविधा सम्पन्न होटलहरुको विकास गर्नु पर्ने ठुलो खाँचो भएको कुरा सरोकार वालाले वेला वेला उठाउने गरेका छन् नाग्म गमगढी सडक कालो पत्रे का साथै विभिन्न ठाँउबाट रारापुग्ने पैदलमार्गहरुलार्इ पनि व्यवस्थित गर्नु पर्ने अत्यावश्यक देखिएको छ 
250
राजविराज वैशाख नेपाल सरकारसँग वार्तारत विभिन्न सशस्त्र समूहहरुले सहमती कार्यान्वयन नभएको भन्दै राज्यपक्षलाई चेतावनी दिएका छन् संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समिति अन्तर्गतको प्रारम्भिक वार्ता उपसमितिले गरेको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरुले काठमाण्डौमा पत्रकार सम्मेलन चेतावनी दिएका हुन् सम्झौता भएको दुई वर्ष बितिसक्दा राज्यपक्ष गम्भीर हुनुको साटो कार्यकर्ताहरुलाई पक्राउ गरेर मुद्दा चलाउने गरेको उनीहरुको आरोप छ सशस्त्र समूहका तर्फबाट सहमति कार्यान्वयन संघर्ष समितिका संयोजक रामवृक्ष महतो (विवश विद्रोही)ले सरकारले गरेका सहमतिहरु पालना नगरिए कडा आन्दोलनमा जाने चेतावनी दिए जनतान्त्रिक तराई मधेस मुक्ति पार्टी संयुक्त जातीय मुक्ति मोर्चा नेपाल संयुक्त क्रान्तिकारी तराई मधेस मुक्ति पार्टी तराई मिलेटरी मोर्चा संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा मधेस राष्ट्र जनतान्त्रिक पार्टी क्रान्तिकारी जनतान्त्रिक तराई मधेस मुक्ति पार्टी किराँत जनवादी वर्कर्श पार्टी र जनतान्त्रिक तराई मधेस मुक्ति मोर्चाले सरकारको ध्यानाकर्षण गराएका छन् यसअघि शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा आठ बुँदे ध्यानाकर्षण पत्र समेत उनीहरुले बुझाएका छन्
139
राजविराज मंसिर नेपाली गुलामीको औं वर्षका दिनलाई ‘कालो दिन’ घोषणा गर्दै विहीवार गरिएको ‘तराई बन्द’का क्रममा जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी)ले सिरहामा कुकर प्रेस बम विष्फोट गराएको छ नेपाल प्रहरीका प्रमुख आईजीपीउपेन्द्रकान्त अर्यालको गृंह गाउँ सिरहा जिल्लाको मिर्चैया स्थित शीला पेट्रोल पम्प नजिक विहान बजेर मिनेटमा बम विष्फोट गराएको मोर्चा केन्द्रीय संयोजक जयकृष्ण गोइतले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका छन् उक्त विष्फोटबाट मानवीय तथा भौतिक क्षति नभएको प्रहरीले जनाएको छ एक साता अघि मात्र मोर्चाका कार्यकर्ता सप्तरी जिल्ला प्रशासन कार्यालयमा समेत बम राखेका थिए उक्त बम निष्क्रिय पार्ने क्रममा पड्किँदा चार जना सुरक्षाकर्मी घाइते भएका थिए
94
वीगन्जको सडकमा चलचित्रको  पर्दाजस्तै तीव्रगतिमा दृश्यहरु फेरिदैछन् विभिन्न पार्टीका झण्डाधारी कार्यकताहरु एकपछि अर्को गरी सडकमा झुम्मिएका छन् यहँ आउने आफ्ना ठूला नेतालाई स्वागत गर्न यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौसडकमा फरक फरक पार्टीका झन्डावाला गाडीमा नेताहरु ओहोरदोहारेर गरिरहेका छन्   मोटरसाइकलको पनि ताती नै लागेको छ राजनीतिक दलका नेता र मन्त्रीहरु बिहीबारदेखि वीरगन्जमा सुरु भएको पाँचदिने योग विज्ञान शिविरको केन्द्रविन्दु योगगुरु स्वामी रामदेव बाबाको सान्निध्य प
67
राष्ट्रिय खेलकुद परिषदमा एक महिनाअघि दर्ता भएको नेपाल रिङ रेस्लिङ एशोसियशनको आयोजनामा आगामी वैशाख गते काठमाडौंको दशरथ रंगशालामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुँदैछ नेपाली खेलाडीहरु त्यसका लागि अहिले तयारीमा व्यस्त छन् मुलुकका खेलाडीहरु सहभागी हुने प्रतियोगिताको आयोजना र तयारीको सन्दर्भमा संघका पदाधिकारीसमेत रहेका रेस्लर कमल तामाङ उर्फ नुवाकोटे टाईगरलाई प्रश्नः पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता गर्दै हुनुहुन्छ प्रतियोगितामा कुनकुन मुलुकका कतिजना रेस्लरहरु सहभागी हुने्छन् हामीले संघ स्थापना भएपछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागेका हौं प्रतियोगितामा अमेरिका बेलायत जापान सिंगापुर मेक्सिको लगायत मुलुकहरुबाट रेस्लरहरुको सहभागिता रहनेछ उनीहरु सबै व्यवसायिक खेलाडीहरु हुन् मुलुकबाट जना रेस्लरहरु हुनेछन् भने नेपालका हामी जनाले प्रतिस्पर्धा गर्नेछौं नेपालको तर्फबाट प्रतियोगिताको लागि तयारी कस्तो छ प्रतियोगिता खेल्ने नेपाली रेस्लरहरु कोको हुन् संघ दर्ता हुनुभन्दा अघिदेखि नै अन्तर्राष्ट्रिय प्रतियोगिताको सोच बनाएका थियौं त्यसैले हामी दुई महिनादेखि बिशेष प्रशिक्षणमा छौं त्यसअघि पनि नियमित प्रशिक्षण गरिरहेका थियौं तयारी राम्रो भइरहेको छ नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा मैले गरेको छु प्रतियोगितामा मसँगै बाबु बुई मिस्टर यु युव किङ कोब्रा र मिस्टर कोजु गरी खेलाडीहरु रिङमा उत्रदैछौं खेलाडीसँगै तपाई संघको कोषाध्यक्ष पनि हुनुहुन्छ प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद ओलम्पिक कमिटी लगायतबाट कस्तो सहयोग पाउनुभएको छ प्रतियोगिताका लागि परिषद लगायत आधिकारीक निकायबाट हामीले आर्थिक सहयोग पाएका छैनौं रंगशाला हामीलाई उपलब्ध भएको छ सहयोग यही नै हो नयाँ संघ भएकाले पनि होला अर्को अर्को प्रतियोगिताहरुदेखि सहयोग मिल्ने अपेक्षा गरेका छौं प्रतियोगिताको लागि हामीले निजी क्षेत्रबाट सहयोग लिएका छौं प्रायोजकहरु खोजेका छौं रेस्लिङ खेलप्रति नेपालीहरुको धारणा अझै सकारात्मक देखिदैन नेपाली रेस्लरहरुको खेल टिभीमा हेरेको जस्तो रोमाञ्चक भएन भन्ने आरोप आउने गर्छ यो प्रतियोगिताले नेपाली रेस्लिङ समर्थकको भ्रम चिर्न सक्ला हामीले सानैदेखि अन्तर्राष्ट्रिय व्यवसायिक खेलाडीहरुले खेलेको टिभीमा हेरेका हौं मैलेपनि अण्डर डेकर जोन सिना लगायतको खेल हेरेर उनीहरुकै प्रेरणाले रेस्लर बनेको हो तर उनीहरुको र हाम्रो खेल्ने शैली उस्तै हो जहाँसम्म रोमाञ्चक हुँदैन भन्ने आरोप छ म उहाँहरुलाई के भन्छु भने तपाईहरुले यसअघि हेर्नुभएको रेस्लिङभन्दा नेपाली रेस्लर र विदेशी रेस्लरबीचको खेल आएर हेर्नुस् अनि मसँग कुरा गर्नुस् तपाईँहरुलाई विश्वास दिलाउन चाहन्छु कि टिभीमा हेरेको जस्तै तपाईहरुले वैशाख गते हाम्रै दशरथ रंगशालामा देख्न पाउनुहुनेछ नेपाल रिङ रेस्लिङ एशोसियशन दर्ता गरेर आधिकारीक रुपमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने अवधारणा कसरी आयो तपाईँहरु कसरी संगठित हुनुभो यो भन्दा अघिपनि अग्रजहरुले संघ बनाउनुभएको थियो तर त्यो खेलकुद परिषदमा दर्ता थिएन यद्यपि प्रतियोगिता हुन्थ्यो तर प्रदर्शनी खेलको रुपमा सिमित भएको थियो हामी पाँच जनाको सक्रियतामा संघ दर्ता भएको हो अध्यक्ष सुनिता थापा उपाध्यक्ष सुरेशमान मल्ल सचिव शुवर्ण श्रेष्ठ कोषाध्यक्ष म आफैं र सदस्य महेश कोजुको सक्रियतामा रेस्लिङलाई व्यवसायिक बनाउनुपर्छ भन्ने अवधारणा ल्याएर पहिले खेलकुद परिषदमा गत फागुन गते संघ दर्ता गरेका हौं त्यसपछि पहिलो प्रतियोगिता गर्न लागेका छौं यसलाई अझै व्यवस्थित बनाएर धेरै भन्दा धेरै प्रतियोगिता आयोजना गर्ने सोचमा हामी छौं हामीले खेलाडी उत्पादनमा पनि जोड दिनुपर्छ खेलाडीका अलावा मैले प्रशिक्षकको पनि भुमिका निभाइरहेको छु
441
चैत काठमाडौं सञ्चार उद्यमी अरुणकुमार सिंघानियाको हत्यामा निलम्बित सांसद सञ्जय साह पनि मुछिएका छन् सिंघानिया हत्यामा संलग्न चन्द्रदिप यादवले प्रहरीलाई दिएको बयानमा साहसँगै सदभावना पार्टीका नेता रामविनोद यादवको समेत नाम लिएका छन् चन्द्रदिपको बयानपछि निलम्बित सांसद साहलाई सोमबार राति काठमाडौंबाट प्रहरीले धनुषा लगेको छ दोस्रो संविधानसभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर बाट निर्वाचित साह जनकपुर बमकाण्डका मुख्य योजनाकार रहेको आरोपमा पक्राउ परेर प्रहरी हिरासतमा छन् सदभावना केन्द्रीय सदस्य रामविनोद भने हाल फरार छन्   उनलाई सिंघानियाको हत्याका लागि लाख रुपैयाँ दिँदै कन्ट्राक्ट किलर खोजिदिन भनेको चन्द्रदिपको भनाइ छ तर कसको हत्या गर्ने भनेर त्यतिबेला भनेका थिएनन् हत्याको योजना तीन तहकोसजयको आग्रहअनुसार रामविनोदले चन्द्रदिप मनक लामा एकलाल सहनी र मुकेश चौधरीलाई ‘कन्ट्राक्ट किलर’ को रुपमा खोजिदिएका थिए चन्द्रदिप लामा सहनी र चौधरी चारैजना हाल प्रहरी नियन्त्रणमा छन् हत्याको योजना तीन तहको समेत बनेको चन्द्रदिपले प्रहरी समक्ष बताएका छन् चन्द्रदिपले हत्या गर्न नसके लामा र सहनीलाई प्रयोग गर्ने योजना थियो उनीहरु पनि विफल भए अन्तिममा चौधरीलाई प्रयोग गर्ने योजना बनेको चन्द्रदिपको बयान छ तर पहिलो चरणमै सिंघानियाको हत्या गर्न आफू सफल भएको चन्द्रदिपले प्रहरीलाई बयान दिएका छन् हत्यामा चोरीको मोटरसाइकल प्रयोग गरिएको थियो उक्त मोटरसाइकल कदमचोकस्थित सदभावनाको कार्यालय परिसरमा फेला परेको थियो यो पनि पढ्नुस्सञ्चारउद्यमी सिंघानिया हत्याका योजनाकार अझै फरार
196
नवलपरासी असोज इन्दिरा सुगर एण्ड ईण्डष्टिज प्रतापपुर– गंगापुर नवलपरासीले असोज गतेदेखि डिष्टिलरी सञ्चालन गरेपछि प्रदुषण पीडित संघर्ष समिति नवलपरासीले एक प्रेस विज्ञप्ती निकाली आफ्नो ध्यानाकर्षण भएको जनाएको छ जिल्ला प्रशासन कार्यालयमा भदौ गते प्रमुख जिल्ला अधिकारी महादेव पन्तको अग्रसरतामा त्रिपक्षिय बैठक मार्फत डिष्टिलरी सञ्चालन गर्न वातावरणीय प्रदुषण सर्त अनुसार दिन भित्र उद्योग पक्षले वातारणीय रिपोर्ट उपलब्ध गराएपछि मात्र डिष्टिलरी सञ्चालन गर्न पाउने सहमति भएकोमा हालसम्म वातावरण प्रदुषण रिपोर्ट उपलब्ध नगराइकन सहमति विपरित डिष्टिलरी सञ्चालन गरिएकोमा समितिको गम्भीर ध्यानाकर्षण भएको प्रदुषण पीडित संघर्ष समिति नवलपरासीका अध्यक्ष विनोद यादवको हस्ताक्षर सहितको प्रेस विज्ञप्तीमा जनाइएको छ साथै संचालनमा ल्याइएको डिष्टिलरी तत्काल बन्द गर्न माग गरिएको छ नवलपरासीका किसानहरूले लगाएको हजारौं विगहा केरा खेती धानबाली तरकारीलगायतका खेती इन्दिरा सुगर एण्ड एग्रो मिलको प्रदुषण पानीबाट नष्ट भएका छन् त्यसैगरी मिलबाट निस्केको प्रदुषण पानीका कारण वातावरण प्रदुषण भई विभिन्न सरुवा रोगहरु बढने खतरा देखिएको लामखुट्टेको बिगबिगी यसको नियन्त्रण किसानहरु बालीको क्षतिपूर्ति माग दिनुपर्छ भन्दै विगत डेढ महिनादेखि किसानहरु आन्दोलन गरिरहेका छन पीडित किसानहरुले नारा जुलस सहित पटक–पटक जिल्ला प्रशासनलाई घेराउ समेत गरि सकेका छन् सो मिलले नजिकको कंगली खोलामा आफ्नो प्रदुषित पानी ढल निकास गरेपछि वरपर किसानहरुले लगाएको खेतीमा प्रत्यक्ष असर पार्दै आएको छ
188
हिमाल खबरपत्रिकाका प्रकाशक पत्रकार कनकमणि दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  प्रतिशोधपूर्ण भई पक्राउ गरेको भन्दै नेपाल पत्रकार महासंघ हिमाल मिडिया शाखाले भर्त्सना गरेको छ विज्ञप्तिको पूर्ण पाठःअख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैशाख दिउँसो दुई बजे पाटनढोकाबाट हिमाल मिडियाका सहप्रकाशक तथा हिमाल खबरपत्रिकाका प्रकाशक पत्रकार कनकमणि दीक्षितलाई नियन्त्रणमा लिएको छ साझा यातायातको अध्यक्षको हैसियतमा ‘गैरकानूनी सम्पत्ति आर्जन गरेको भ्रष्टाचारको कसुरमा अनुसन्धान गर्नुपर्ने’ भन्दै दीक्षितलाई कार्यालय आधा दिन खुल्ने शुक्रवारको अन्तिम समयमा नियन्त्रणमा लिएको हो अख्तियारको नियन्त्रणमै वीर अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा दीक्षितको रक्तचाप / (ः बजे) र / (ः बजे) देखिएको थियो उच्च रक्तचापका विरामीलाई अख्तियारले आफ्नो हिरासतमा नराखी गौशाला प्रहरीको फौजदारी अपराधका आरोपी राख्ने हिरासत कक्षमा कोचेर राखेको छ आयोगले यसअघि मंसीरमा दीक्षितलाई साझ यातायातको अध्यक्षको रूपमा पत्र पठाएर सात दिनभित्रमा व्यक्तिगत सम्पत्ति विवरण बुझाउन भनेको थियो दीक्षितले विधि–प्रक्रिया मिचेर सम्पत्ति विवरण माग गरिएको भन्दै मंसीरमा दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले ‘कानूनको अख्तियारी र प्रयोजन नखुलाई अनुसन्धानको नाममा कसैलाई कुनै कारबाही गर्न मिल्दैन’ भनेको थियो यद्यपि दीक्षितले तत्पश्चात् आफ्नो सम्पत्ति विवरण अख्तियारमा आफैं उपस्थित भई बुझएका थिए अख्तियारले वैशाख मा अर्को सूचना पठाई उपस्थित हुन भनेकोमा दीक्षितले अदालतको आदेश स्मरण गराउँदै आफ्ना विरुद्ध कुनै कारबाही गर्न अख्तियारलाई क्षेत्राधिकार नभएको र पूर्वाग्रही कारबाही गर्न लागेको भन्दै आयोगमा हाजिर हुनुपर्ने अवस्था नरहेको निवेदन वैशाखमा दर्ता गराएका थिए यो पृष्ठभूमिमा अख्तियारले सार्वजनिक विदाको अघिल्लो दिन शुक्रवार अदालतमा पेश गर्ने समय कटाएर दीक्षितलाई नियन्त्रणमा लिएको छ यस कार्यबाट अख्तियार प्रमुख लोकमानसिंह कार्कीले दीक्षितमाथि व्यक्तिगत रीसईवी साधेको हाम्रो बुझाइ छ दीक्षितले अख्तियार प्रमुखमा कार्कीको नियुक्तिलाई लिएर रायमाझी आयोगद्वारा / को जनआन्दोलनको प्रमुख दमनकर्तामध्ये एक किटान भएको भन्दै विभिन्न माध्यम र मञ्चमा विरोध गरेका थिए दीक्षितले कार्कीको नियुक्तिले मिचेको लोकतन्त्रको मान्यता र संवैधानिक प्रक्रियाबारे निरन्तर आवाज उठाउँदै आएका थिए जनआन्दोलनमा भएको दमन र मानवअधिकार हनन्‌का घटना छानबीन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोग (रायमाझी आयोग) ले कार्कीलाई दोषी किटान गरेको थियो आयोगको प्रतिवेदन अध्ययन गरी सुझाव दिन तत्कालीन मन्त्रिपरिषद्का उपप्रधानमन्त्री (वर्तमान प्रधानमन्त्री) केपी शर्मा ओलीको संयोजकत्वको उपसमितिले कार्कीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य हुने गरी मुख्यसचिवको पदबाट बर्खास्त गर्न सिफारिश गरेको थियो स्मरणरहोस् पत्रकार दीक्षित साझ यातायातमा तलबी पदमा छैनन् उनकै नेतृत्वमा साझाले पुनर्जीवन पनि पाएको छ तर स्वयंसेवालाई ‘सार्वजनिक पद धारण’ भन्दै अख्तियार प्रमुख कार्कीले दीक्षितमाथि इबी साधेको प्रष्ट छ यो कार्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्राप्त संवैधानिक अधिकार दुरुपयोगको निकृष्ट नमूना पनि भएको छ हामी यसको कडा भर्त्सना गर्छाैं सन्त गाहा मगरशाखा अध्यक्ष वैशाख अख्तियारको प्रतिशोधपूर्ण कार्यको भर्त्सना
384
मंसिर काठमाडौं प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयले सबै मन्त्रालय अन्तरगत विगतदेखि अहिलेसम्म करोडभन्दा बढी लागतका निर्माण आयोजना खरिद र परामर्शदाताको खर्चसहितको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ उक्त कार्यालयको आर्थिक पूर्वाधार महाशाखाले विहीबार मन्त्रालयहरुलाई पत्र लेख्दै एक साताभित्र सबै विवरण उपलब्ध गराउन निर्देशन दिएको हो निर्देशनमा आयोजनाको ठेक्का लागेको मिति सम्पन्न हुनुपर्ने मिति ठेकेदार कम्पनी लागत मूल्य आयोजनाको वर्तमान अवस्था र कुनै आयोजना सम्पन्न हुन नसकेको भए त्यसको कारण समेत खुलाएर पठाउन भनेको छ प्रधानमन्त्री दाहालले विकास आयोजनाको काम तिव्र पार्न ताकेता गरेपछि प्रधानमन्त्रीको कार्यालयले यस्तो निर्देशन दिएको हो एक साताभित्र करोडभन्दा बढी लागतका आयोजना खरिद र परामर्शको विवरण मागेका छौँ प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्माले भने उक्त विवरण आएपछि प्रधानमन्त्री कार्यालयले अब हरेक आयोजनाको रेकर्ड बनाएर अनुगमन थाल्छ ’यस्तै खरिद प्रक्रियामा हुन सक्ने अनियमितता रोक्न पनि यस्तो निर्देशन दिनुपरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ सचिव शर्माले भने यसपछि कुन मन्त्रालयअन्र्तगत कतिवटा आयोजना छ भन्ने पनि जानकारी हुन्छ र अनुगमनका लागि पनि सहज हुन्छ प्रधानमन्त्रीको कार्यालयले विवरण पाएसँगै काम नगर्ने आयोजना प्रमुख ठेक्का सम्झौता अनुसार काम अघि नबढाउने ठेकेदार कम्पनीका विरुद्ध पनि कारबाही थाल्ने बताएको छ
174
पुष्प दुलाल फागुन काठमाडौं ‘बैंकहरु फिस्टे चराजस्ता कमजोर भएकाले उनीहरुलाई बलियो बनाउन पुँजी बढाइएको हो त्यसैले पुँजी वृद्धि गर्न राष्ट्र बैंकले तोकेको समय कुनै पनि हालतमा थप हुन सक्दैन ’ आफू बसेको कुर्सीबाट अलि अगाडि सर्दै राष्ट्र बैंकका गभर्नर डा चीरञ्जीवी नेपालले अनलाइनखबरसँग पुँजी वृद्धिबारे आफ्ना धारणा राख्न सुरु गरे भूकम्प मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण मुलुकको अर्थतन्त्र तहसनहस भएकाले बैंकका लगानीकर्ताहरुलाई तोकिएको समयमै तोकिएको चुक्ता पुँजी थप्न कठिन हुन्छ कि भन्ने अनलाइनखबरको जिज्ञासामा गभर्नरले यस्तो जवाफ दिएका हुन् गत साउन गते राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको मौदि्रक नीतिमार्फत असार मसान्तसम्म बैंकहरुको न्यूनतम चुक्ता पुँजी देखि गुणासम्म बढाउनुपर्ने व्यवस्था भएको थियो राष्ट्र बैंकको यस्तो नीतिप्रति निजी बैंकहरुले गुनासो पोख्दै आएका छन् तर एउटा सानो ढुंगा छेवैबाट गयो भने पनि फिस्टे चरा ढल्ने उदाहरण दिँदै गभर्नरले पुँजी बढाउनुको अर्थ ठूलै ढुंगाले लाग्दा पनि ढल्ने अवस्था आउन नदिनका लागि भएको तर्क राखे राष्ट्र बैंकको निर्देशनअनुसार विभिन्न बैंकलाई चुक्ता पुँजी बढाउन भनिएको छ जसअनुसार वाणिज्य बैंकहरुको चुक्ता पुँजी अर्बबाट बढाएर अर्ब पुर्‍याउनुपर्ने छ भने विकास बैंकको पुँजी करोडबाट अर्ब करोड पुर्‍याउन भनिएको छ त्यस्तै देखि जिल्ले विकास बैंकको चुक्तापुँजी अर्ब करोड पुर्‍याउनुपर्ने छ भने देखि जिल्ले विकास बैंकको करोड र राष्ट्रियस्तरका एवं देखि जिल्ला कार्यक्षेत्र भएका वित्त कम्पनीहरुको करोड  पुर्‍याउन राष्ट्र बैंकले भनेको छ त्यस्तै देखि जिल्ला कार्यक्षेत्र भएका वित्त कम्पनीहरुको चुक्ता पुँजी करोड पुर्‍याउनु पर्ने राष्ट्र बैकले व्यवस्था गरेको छ ‘मर्जरभन्दा महत्वपूर्ण रहेछ पुँजीवृद्धि’पुँजी वृद्धिको निर्णय पुनर्निविचार नहुने संकेत गर्दै यसको कार्यान्वयनका लागि समय थप्ने कुरा सोच्न पनि नसकिने गर्भनर नेपालले अनलाइनखबरलाई बताए ‘पुँजी बढाउन समय थप्नुपर्छ भन्ने कुरा त सोच्न पनि सकिँदैन’ डा नेपाल भन्छन् ‘समय प्रशस्तै छ अझै डेढ वर्ष छ भित्रै तोकिएको पुँजी वृद्धि हुनेमा राष्ट्र बैंक विश्वस्त भएको उनले सुनाए तर बैंकरहरुले भने पुँजी बढाउन राष्ट्र बैंकले दिएको समयावधि अत्यन्तै छोटो भएको बताउँदै आएका छन् गभर्नरका अनुसार चुक्ता पुँजी बैंकको गुदी हो चुक्ता पुँजी बढाएसँगै बैंकले लगानी र सञ्जाल बढाउन सक्छ आफूलाई सक्षम र प्रतिस्पर्धि बनाउन सक्छ अनि सानातिना ऋण डुब्ने वित्तिकै संस्थाहरु धरासायी हुँदैनन् राष्ट्र बैंकले उद्दार गर्नुपर्ने अवस्था आउँदैन र वित्तीय क्षेत्रमा जनताको विश्वास बढ्छ ‘जब बैंक तथा वित्तीय संस्थाहरुलाई जनताले विश्वास गर्छन् तब मात्र वित्तीय क्षेत्रले स्थायित्व पाउँछ’ उनले सुनाए ‘राष्ट्र बैंकको मुख्य उद्देश्य नै जनताको निक्षेपको सुरक्षा र वित्तीय क्षेत्रमा स्थायित्व कायम गर्नु हो नियामकले निकायले बजारलाई बुझ्नैपर्छ ’विगतमा भएको मर्जरको प्रभाव विश्लेषण गरेर राष्ट्र बैंक मर्जरभन्दा चुक्ता पुँजी महत्वपूर्ण रहेछ भन्ने निष्कर्षमा पुगेको उनले सुनाए गभर्नरका अनुसार मर्ज गरेर  शाखा सञ्चाज जतिसुकै विस्तार गरे पनि लगानी गर्ने पैसा छैन भने त्यसको अर्थ नरहेकाले पुँजी बढाउनु पर्ने व्यवस्था गरिएको हो बैंकहरुको पुँजी बढाउने राष्ट्र बैंकको घोषणापछि बाहिर हंगामा भएको तर आफूलाई कसैले पनि दबाव नदिएको उनले सुनाए ‘तपाईलाई अचम्म लाग्ला बाहिर त्यस्तो हंगामा भयो तर मकहाँ अहिलेसम्म दबाब आएको छैन ’ उनले सुनाए ‘संसदमै कुरा उठ्यो र संसदीय समितिमा गएर बोल्नुपर्दा चाहिँ निकै दुःख लाग्यो ’ अर्बको कुरा आएको थियोगभर्नर नेपालका अनुसार सुरुमा वाणिज्य बैंकहरुको चुक्ता पुँजी बढाएर अर्ब पुर्‍याउने कि भन्ने कुरा पनि आएको थियो तर बैंकहरुलाई बढी चाप पर्ने विश्लेषण गरेर आफूले नै अर्ब मात्रै बनाउनुपर्नेमा जोड दिएको उनले सुनाए तत्कालीन अर्थमन्त्री डा रामशरण महतले राष्ट्र बैंकले वाणिज्य बैंकहरुको चुक्ता पुँजी अर्ब रुपैयाँ पुर्‍याउने तयारी गरेको र आफूले अहिलेको अवस्थामा संभव नभएको सुझाव दिएपछि अर्ब बनाएको कुरा संसदको अर्थ समितिमा बताइसकेका छन् अर्थतन्त्रलाई थेग्नेे पुँजी आवश्यकगभर्नरका अनुसार / सालमा देशको कूल ग्रार्हस्थ उत्पादन (जीडीपी) को आकार खर्बको हुँदाखेरि बैंकहरुको चुक्ता पुँजी अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था थियो अहिले जीडीपीको आकार खर्बको र सम्ममा कम्तिमा खर्ब रुपैयाँ बराबरको हुन्छ अर्थतन्त्रको आकार नै बढी भएकाले त्यसलाई थेग्नेगरी पुजी बढाउनु परेको हो हामीलाई कति गाह्रो होला हिजोका दिनमा बैंकतथा वित्तीय संस्थाहरुलाई सानो चोट लाग्दा पनि सिकिस्त बिरामी भएका प्रशस्तै उदाहरण छन् अहिले नै दर्जन बढी संस्थाहरु समस्याग्रस्त अवस्थामा छन् ‘हाम्रो मुख्य उद्देश्य जनताको निक्षेपको सुरक्षा गर्नु हो’ उनी भन्छन् ‘सोच्नुहोस त जनताको पैसा सुरक्षित हामीलाई कति गाह्रो भएको होला ’केन्द्रीय बैंकलाई अन्तराष्ट्रिय नियमकुनै पनि देशको केन्द्रीय बैंक ‘लोकलाइज’ नहुने उनले सुनाए गभर्नरका अनुसार केन्द्रीय बैंकका हेरक मूल्यमान्यता नियम र कानूनहरु अन्तराष्ट्रिय हुन्छन् र त्यसैअनुसार हिँड्नुपर्छ कसैले पनि अन्तराष्ट्रिय मान्यता नाघेर एक्लै हिँड्न सक्दैन ‘म फरक छु भनेर भन्नै पाइँदैन किनभने पैसाको प्रवाह संसारभरि एउटै रफ्तारमा हुन्छ सबै केन्द्रीय बैंकहरुले ग्लोबल भिलेजमा काम गर्ने हो’ उनले भने सूचना चुहिएको भए बर्बादै हुन्थ्योमौदि्रक नीति सार्वजानिक हुनुअघि बैंकहरुको चुक्ता पुँजी बढ्दैछ भन्ने सूचना चुहिएको भए सेयर बजारमा ठूलो चलखेल हुन्थ्यो तर राष्ट्र बैंकका सञ्चालक तथा उच्च व्यवस्थापकहरुले पूर्णरुपमा गोपनीयता कायम गरेकोमा गर्भनरले खुसी व्यक्त गरे ‘पुँजी बढ्दैछ भन्ने कुरा मलगायत राष्ट्र बैंकका जनालाई थाहा थियो यो सूचना चुहावट भएको भए सेयर बजार कहाँ पुग्थ्यो ’ गभर्नर भन्छन् ‘खत्तमै हुन्थ्यो ’अघिल्लो दिन नै फाइनल भएको थियोराष्ट्र बैंकको सञ्चालक समितिले साउन गते नै पुँजी बढाउने निर्णय गरेको गभर्नरले सुनाए तर मौदि्रक नीति सार्वजानिक गर्ने दिन विहान पनि मिटिङ छ भनेर बाहिर प्रचारमा ल्याइयो उनको तर्क अनुसार त्यो सबै सूचना चुहावट हुन नदिन अपनाइएको रणनीति थियो ‘हामी छलफल गरिरहेका छौं अन्तिम दिनसम्म मिटिङ छ भनेर भन्नुहोस् है भनेको थिएँ सबै साथीहरुले त्यसै गर्नुभो मिडियाहरुमा पनि गते बिहान मिटिङ बसेर अन्तिम रुप दिइनेछ भनेर समाचार आयो ’ उनी भन्छन् मलेसिया र सिंगापुरका गभर्नर छक्क परेमौदि्रक नीति सार्वजानिक गरेपछि गभर्नर नेपालसँग मलेसिया र सिंगापुर गभर्नर र डेपुटी गभर्नर भेट भएको थियो उनीहरुले ‘पुँजी बउाढन वर्षको समय दिएको यो समय त एकदमै लामो भयो’ भनेर आश्चर्य प्रकट गरेको गभर्नरले सुनाए मा दक्षिण पूर्व अर्थतन्त्रमा देखिएको संकटका बेला मलेसिया लगायतका देशहरुमा मर्जरका लागि महिनादेखि बढीमा महिना दिइएको थियो
865
आरुघाट बजार तस्वीर: ब्रेन सोकोल चैत गोरखा सीता बानियाँको आरुघाटस्थित घरमा तीन दिनदेखि ‘अपत्यारिलो घटना’ भइरहेको छ घरको छानादेखि चुल्होसम्म अज्ञातस्थलबाट ढुंगालगायतका वस्तुहरु खस्छन् यो सिलसिलाले आतंकित बनेपछि बानिया परिवारले प्रहरी गुहारे सोमबार दिउँसो घटनास्थल पुगेको प्रहरीले अनुसन्धान सुरु गरेको छ घरकी जेठी बुहारी नानिमाया बानियाँका अनुसार शनिबार साँझ एक्कासी घरको जस्ताको छानोमा केही खसेको आवाज आएको थियो हेर्दा ढुंगा रहेछ त्यसपछि लगातार आवाज आइरह्यो र ढुंगा खसिरहे साँझ बजेतिर सुरु भएको ढुंगा खस्ने क्रम राति बजेसम्म चल्यो त्यतिबेलासम्म सारा गाउँलेहरु घर वरपर जम्मा भइसकेका थिए सुरुमा कसैले तर्साउन गुलेलीले हानेको अनुमान परिवार र गाउँलेले गरेका थिए एकोहोरो ढुंगा वर्षिएपछि गाउँलेले वरपर व्यापक ‘सर्च’ गरे तर केही भेटिएन राति बजेसम्म ढुंगा झर्ने क्रम नरोकिएपछि सबैजना आआफ्ना घरमा गएर सुते भोलिपल्ट पनि यही क्रम चल्यो अहिले गाउँलेहरु ठान्छन् यो मानिसले गरेको हुँदै होइन ‘अहिले त घरभित्रैका सामान पनि खस्न थालेका छन् हामीले खाटमुनी राखेको साबुनको डल्लो पनि खस्यो धारामा राखेको गिलास पनि खस्यो’ बानियाँले भनिन् सीताका तीन घर आसपासमा छन् जसमध्ये बीचको घर मूल घर हो जहाँ ढुंगा खसिरहेको छ भूकम्पले क्षति भएपछि यो घरको माथिल्लो तला भत्काएर एक तल्ले बनाएर टिनको छानो हालिएको हो त्राशले गर्दा परिवारका सदस्य अन्य दुई घरमा सुत्न थालेका छन् यद्यपि अहिलेसम्म मानिसलाई एकपटक पनि ढुंगाले लागेको छैन प्रहरीले ‘सर्च’ गर्नेघटनाबारे खबर आएपछि इलाका प्रहरी कार्यालय आरुघाटबाट इन्स्पेक्टर रवीराज थपलियाको नेतृत्वमा टोली परिचालन भएको छ थापाले अनलाइनखबरसँग भने म आइपुगेको आधा घन्टा भयो एकपटक जस्तामा केही खसेको आवाज आयो तर खस्दै गरेको देखिएन ’अहिले जस्तामा खसेको ढंगासहितका बस्तुहरुलाई जम्मा पारेर डोकोले छोपेर राखिएको छ र प्रहरीले पनि त्यो हरेर बसेको छ इन्स्पेक्टर थपिलयाका अनुुसार ती ढुंगाहरु आधा किलोदेखि सय ग्रामसम्मका छन् कसैले तर्साउन हानेको हो कि भन्ने आशंकामा प्रहरीले / किलोमिटर क्षेत्रमा सर्च अभियान सुरु गर्ने तयारी गरेको छ
283
काठमाडौं जेष्ठ चीनको याङ्सी नदीमा सय भन्दा बढी यात्रु बोकेको पानी जहाज दुर्घटना भएको छ चीनको पूर्वी शहर नान्जिङबाट दक्षिण पश्चिम शहर चोंगशिंग गइरहेको पानीजहाज हबेइ प्रान्तस्थित याङ्सी नदीमा डुबेको चिनीया अधिकारीहरुले जनाएका छन् हाल सम्म आठ जनालाई जिउँदै उद्धार गरिएको र बाँकीको उद्धार कार्य जारी रहेको जनाईएको छ तेज गतीको समुद्री आँधी र भारी बर्षाका कारण दुर्घटना भएको अनुमान लगाइएको छ पानी जहाजमा सय जना यात्रु र जना चालक दलका सदस्य रहेको बताइन्छ सोही नदीमा गत जनवरीमा भएको पानीजहाज दुर्घटनामा जनाको मृत्यु भएको थियो एजेन्सी
86
मंसिर झापा सहारा सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि रक्षाका लागि शनिबार शसस्त्र प्रहरीको एपीएफ र रुपन्देही भिड्दैछन् कनकाई माविको खेल मैदानमा हुने फाइनलको विजेता हुने टोलीले नगद लाख हजार सय रुपैयाँ उपविजेताले लाख हजार सय रुपैयाँ पाउनेछन् रुपन्देहीले मनाङ मस्याङ्दीलाई टाइब्रेकरमा हराएर फाइनलमा पुगेको हो भने एपीएफले झापा लाई पाखा लगाएको थियो शुक्रबार आयोजित पि्रम्याच कन्फरेन्समा दुवै टोलीले उपाधि जित्ने दावी गरे एपीएफका टिम कोच रत्नकाजी महर्जनले प्रतिद्वन्दी रुपन्देहीलाई आफूहरुले कमजोर नसम्भि को बताए मनाङ मस्याङ्दीलाई हराएको उसको कन्पि ेन्स राम्रो छ उनले भने तर सेट ट्रेनिङ छैन त्यसैले जीत हाम्रो नै हुन्छ उता रुपन्देहीका टिम कोच जगनाथ खड्काले गत वर्ष एपीएफलाई कन्दङ्वा गोल्डकपमा हराएको स्मरण गर्दै आफ्नो प्रतिद्वन्द्वीलाई एभरेज रुपमा हेरेको बताए फाइनलमा डिफेन्समा टाइट गर्ने योजना रहेको भन्दै उनले पनि जित्ने दावी गरे एपीएफका टिम कप्तान मिलन राईले क्वाटरफाइनल र सेमिफाइनमा राम्रो खेलेकेा भन्दै फाइनलमा अझ राम्रो खेल्ने बताए रुपन्देहीका क्याप्टेन दिलिप क्षेत्रीले पनि अब मैदानसँग खेलाडी परिचित भइसकेकेा भन्दै फाइनलमा शसक्त रुपमा प्रस्तुत हुने बताए
158
मंसिर काठमाडौं दरबारमार्गमा रहेको याक एन्ड यती होटलले कर तिर्न अटेर गरेपछि काठमाडौं महानगरपालिकाले कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ अन्य तारे होटल करको दायरामा आइसक्दा पनि याक एन्ड यतीले अहिलेसम्म सबै शीर्षकमा कर तिर्न आलटाल गरेपछि कारबाहीको प्रक्रिया सुरु गर्न लागेको कामपाले जानकारी गराएको छ स्थानीय स्वायत्त शासन ऐन को दफा () बमोजिम पहिलो चरणमा कामपाबाट उक्त होटललाई दिने सबै सेवा रोक्का गर्ने दोस्रो चरणमा होटलको प्रशासन र लेखामा तालाबन्दी गर्दा पनि कर नतिरे तेस्रो चरणमा विद्युत् र खानेपानी सेवासमेत ठप्प पारी दिने महानगरपालिकाका राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेले चेतावनी दिए उक्त होटलले करको विवरण बुझाइसकेको भएपनि उक्त विवरणसमेत गलत रहेको कामपाको ठहर छ उनका अनुसार याक एन्ड यतीले कर तिर्नुपर्ने समय वर्ष पुगिसकेको भएपनि दुई वर्षअघि लाख  रूपैयाँमात्र दिएको छ त्यो त एक वर्षको पनि पुग्दैन होटलबाट वार्षिक करिब लाखदेखि लाख रूपैयाँसम्म कर उठ्ने महानगरले जानकारी दिएको छ महानगरका अनुसार याक एन्ड यतीले संयुक्त राष्ट्रसंघीय एजेन्सीलाई भवन भाडामा दिएकाले त्यसको बहाल कर र केही जग्गासमेत भाडामा लिएकाले सोको पनि घरजग्गा कर तिर्नुपर्ने हुन्छ महानगरले ती सबै कर तिर्न निर्देशन दिएपनि अटेरी गर्दै आएको उनले जानकारी दिए अन्य तारे होटल भने महानगरपालिकाले घरजग्गा सवारी तथा बहाल करमा कडाइ गरेसँगै करको दायरामा आएका छन् काफ्लेका अनुसार आर्थिक वर्ष / मा होटलले करिव सात करोड रूपैयाँ बराबरको कर तिरेका छन् काठमाडौँमा हाल ओटा तारे होटल सञ्चालनमा छन् यता अन्नपूर्ण सोल्टी द्वारिका होटल र्‍याडिसनलगायतका अन्य होटलले भने कर तिरिसकेका छन् विसं सालदेखि घरजग्गा कर असुल गर्न थालिएको हो
236
फाइल तस्वीर पुस काठमाडौं सरकारले काठमाडौंनिजगढ द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ मन्त्रीपरिषदको बिहीबार बसेको बैठकले योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको नेतृत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ कार्यदलले द्रुतमार्ग निर्माणका पहिला तयार गरिएको डिपिआर उपयोग गर्न सकिने वा नयाँ बनाउने निर्माण कार्यमा जनताको लगानी वा अरु उपायको खोजी गर्नेबारे एक महिनाभित्र सिफारिस गर्नेछ बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री राम कार्कीले भने फास्ट ट्र्र्याक स्वदेशी लगानीमा बनाउने भनेपछि आम नागरिकसँग आहृवान गरी रकम संकलन गर्ने कि सरकारको कुनै संस्थाले रकम खर्च गर्ने भन्नेमा कार्यदलले सुझाव दिइनेछ र त्यस अनुसार नै सरकार अघि बढ्छ बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरण पुनरावेदन समितिको अध्यक्षमा प्रमोदकुमार वैद्यलाई नियुक्त गरेको छ बैठकले शुक्लाफाँट बन्यजन्तु आरक्षणको नाम परिवर्तन गर्ने र त्यसलाई राष्ट्रिय निकुञ्जमा स्तरोन्नति गर्ने निर्णय पनि गरेको छ साथै शान्ति कोष स्थापना गर्ने प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवा शर्त विषयको विद्येयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ त्यसैगरी बैठकले मानव कृतिम अंग प्रत्यारोपणका सम्बन्धमा सहजीकरणका लागि एक संस्थाको स्थापना गर्ने निर्णय गरेको छ भने नेपाल औषधि लिमिटेडको जिएममा रोवसकुशुम सुवेदीलाई नियुक्त गरेको छ
177
पुस काठमाडौं अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वर्षकै सबैभन्दा न्यूनतम विन्दुमा आइपुगेको छ अमेरिकाको तेल भण्डारण क्षमता बढेको खबरहरु आइरहेका बेला अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर प्रति ब्यारेल डलर भन्दा कम भएको छ यो पछिल्लो वर्षकै सबैभन्दा कम भएको बीबीसीले जनाएको छ पछिल्लो महिनामा तेलको मूल्य प्रतिशत घटेको हो चीनको अर्थतन्त्रमा भइरहेको वृद्धि केही मन्द हुनु तेलको मूल्य खस्किनुको अर्को कारण मानिएको छ साथै अमेरिकामा हालैका वर्षमा तेलको उत्पादन पनि बढिरहेको छ यसअघि तेलको मूल्य ओरालो लाग्दा तेल निर्यातकर्ता राष्ट्रहरुको संगठन ओपेकले तेलको उत्पादनमा कटौती गर्ने गर्दथ्यो तर यसपालि ओपेकले तेलको उत्पादन घटाएको छैन बढ्दो तेल भण्डारणका कारण तेलको मूल्य झर्ने क्रम सन मा जारी रहने विश्लेषण गरिएको छ त्यसमाथि इरान पनि तेल बजारमा प्रवेश गर्दैछ
117
मङ्सिर काठमाडौं काठमाडौँ उपत्यकामा गाईपालक कृषक बढ्दै जाने क्रमसँगै थारा गाई तथा साँढे र बाच्छाबाच्छीलाई सडकमा छाडा छोड्ने क्रम बढ्दो छ गाउँघर तथा सहरका चोक गल्ली र मूल सडक एवम् चौबाटामा छाडा गाई साँढे र बहरले आश्रय लिँदै आएका छन् छाडा चौपायाकै कारण प्रतिशत सडक दुर्घटना हुने गरेको तथ्याङ्क छ पाँच हजारभन्दा बढी भुस्याहा कुकुर र दुई हजारभन्दा अधिक बेवारिसे र अलपत्र अवस्थामा गाई साँढे तथा साना बहर सडकमा रहेका छन् खाने र बस्ने अभावमा रहेका रोगी घाइते भोका तथा पानी खान समेत नपाएका दिनहुँ दुर्घटनामा पर्ने गरेका छाडा चौपायालाई पाल्ने व्यवस्था मिलाउन राजधानीमा पर्याप्त गौशाला छैन राजधानीकै ठूलो समस्याका रुपमा रहेका राष्ट्रिय जनावर गाई साँढे साना बहर तथा पाशुपत क्षेत्रमा बर्सेनि छाडिने साँढे र त्यसको संरक्षण नगर्ने परिपाटीले गर्दा ठूलो समस्या राजधानीवासीले भोग्दै आएका छन् झन्डै एक दर्जन सरकारी निकायसँग समन्वय सहकार्य सहभागिता र सहयोगबिना छाडा गाई साँढे व्यवस्थापन गर्न नसकिने जनाउँदै योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले तिनको व्यवस्थापनका लागि सम्बन्धित मन्त्रालयलाई उपयुक्त निर्देशन दिन प्रधानमन्त्री समक्ष आग्रह गरेको छ
161
नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले नेतृत्वको असफलताले महत्वपूर्ण राजनीतिक अवसरहरु गुमाउनुपरेको बताएका छन् कांग्रेस जिल्ला कार्य समिति काठमाडौंको अधिवेशन उद्घाटन गर्दै देउवाले नेतृत्वले सही निर्णय नलिदा राज्यका महत्वपूर्ण ठाउँहरुबाट कांग्रेस बञ्चित हुनुपरेको बताए उनले भने “आवश्यक समयमा नेतृत्वले निर्णय लिननसक्दा सवै ठाउँबाट कांग्रेस बाहिरिनु परेको हो ”उनले आफू पार्टी सभापति भए मधेशको समस्या समाधान गर्ने बताए देउवाले भने “ वर्षको संघर्षबाट संविधान जारी भयो तर मधेशको असन्तुष्टि कायमै छ ”आगामी औं महाधिवेशनमा सभापति पदको उम्मेद्वारी दावी गर्दै आएका नेता देउवाले नाका खुलेकोमा खुशी व्यक्त गरे उनले भने “अव मधेशका नेताहरुसँग कुरा गर्दै आन्दोलन अन्त्य गर्न पहल गर्नुपर्छ ”देउवाले आफू सभापति भएपछि कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउने बताए –कपिल भट्ट काठमाडाैं नेतृत्वकै कारण कांग्रेसले धेरै अवसर गुमायोः देउवा
118
कात्तिक काठमाडौं दुई दिनसम्म चलेर स्थगित भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार पुनः बस्दैछ यो बैठकले लोकमानको महाअभियोग प्रकरणमा पार्टीको धारणा सार्वजनिक गर्ने नेताहरुले बताएका छन् यद्यपि कांग्रेस अझै पनि अनिर्णयको बन्धनबाट मुक्त हुने स्थिति देखएको छैन केन्द्रीय कार्यसमितिको बैठकमा संविधान संशोधन स्थानीय तहको पुनर्संरचना लगायतका विषयहरु मुख्य एजेन्डा भए पनि सोमबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीमाथि संसदमा दर्ता महाभियोग प्रतावबारे निर्णायक छलफल हुने बताइएको छ यसअघि दुई दिनसम्म चलेको बैठकमा केन्द्रीय सदस्यले लोकमानबारे आफ्नो धारणा राखेका थिए अब जनाले बोल्न बाँकी छ   बैठक सोमबार बिहान बजेदेखि नै बोलाइएकाले बोल्ने क्रम आजै सकिने एक नेताले बताए सभापति शेरबहादुर देउवाले बैठकको सुरुवात गर्दै गत बुधबार लोकमानसिंहलाई बचाउन नसकिने धारणा राखेका थिए तर बरिष्ठ नेता रामचन्द्र पौडेल महामन्त्री शशांक कोइराला कोषाध्यक्ष सीतादेवी यादव लगायतले अझै बोल्न बाँकी नै छ एमाले र माओवादी केन्द्रका सांसदले अख्तियार प्रमुख लोकमानविरुद्ध महाअभियोगको प्रस्ताव बुधबार संसदमा दर्ता गरेका छन् सो प्रस्तावको पक्षमा मतदान गर्ने माओवादी र एमालेले संस्थागत रुपमा बताइसकेका छन् तर कांग्रेसले भने अझै आफ्नो धारणा स्पष्ट पार्न सकेको छैन शेरबहादुरभन्दा रामचन्द्र ढुलमुल कांग्रेस स्रोतका अनुसार पार्टी सभापति शेरबहादुर देउवा लोकमानसिंहविरुद्ध महाअभियोग लगाउनुपर्ने पक्षमा छन् तर रामचन्द्र पौडेल समूहले चाँहि अहिलेसम्म लोकमानको विपक्षमा बोल्ने आँट गरेको छैन स्रोतका अनुसार पार्टीभित्र पौडेल समूहले भित्रभित्रै लोकमानप्रति उदारभाव देखाएर उनलाई जोगाउने भूमिका देखिरहेको छ तर कांग्रेसको कृष्ण सिटौला पक्षचाँहि लोकमानको पक्षमा पार्टीले निर्णय गर्न नहुने र महाअभियोगको नेृतत्व कांग्रेसले लिनुपर्ने लविङमा सक्रिय छ शेरबहादुर देउवा पक्षकै केही नेताहरु लोकमानलाई जोगाउने अभियानमा लागेका छन् तर शेरबहादुर देउवाले भने जनमतलाई हेरेर निर्णय लिनपर्छ भन्दै जनमतको विपक्षमा नजाने संकेत गरेका छन् यो अवस्थामा कांग्रेसको आजको बैठकले लोकमानबारे स्पष्ट धारणा ल्याउनेमा धेरैले आशंका गरेका छन् यसैवीच आइतबार कांग्रेस नेता रामचन्द्र पौडेल आफ्नो गृहजिल्ला तनहुँमा थिए त्यहाँ आयोजित प्रशिक्षण कार्यक्रममा कांग्रेस नेता पौडेलले महाअभियोग प्रस्तावबारे ढुलमुले एवं अस्पष्ट अभिव्यक्ति दिए यसबारे पार्टीभित्र समीक्षा भइरहेको पौडेलले बताए
296
काठमाडौँ : एकीकृत नेकपा (माओवादी) ले वरिष्ठ नेता डा बाबुराम भट्टराईले पार्टी परित्याग गर्नु निर्णय गलत भएको जनाएको छपार्टीका स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले डा भट्टराईको बहिर्गमनबाट आफू आश्चर्यमा परेको र सो निर्णय गलत भएको बताए मुलुकले नयाँ संविधान जारी गरिसकेको र त्यसलाई सहज कार्यान्वयन गर्नुपर्ने बेलामा एकाएक पार्टी छाड्नु गलत भएको र मुलुक र जनताप्रति समेत राम्रो नभएको उनको भनाइ छ नेता सापकाटाले भने & संविधान कार्यान्वयन गरेर मुलुकलाई अगाडि बढाउने र पार्टी पुनर्गठन गर्ने बेलामा उहाँले जुन खालको व्यवहार प्रदर्शन गर्नुभयो त्यो सर्वथा गलत छ मुलुक जनता र क्रान्तिको समेत विरुद्धमा छ& आफ्नो निर्णयमा पुनःविचार गरेर पुनः पार्टीमा फर्कनुपर्नेमा जोड दिँदै सापकोटाले हतारमा गरिएको निर्णय पूर्णतः गलत भएको बताए डा भट्टराईले आफूले स्वतन्त्र रुपमा पार्टी परित्याग गरेको निर्णय गरेको बताए पनि उनको निर्णय स्वतन्त्र रुपमा नआएको बताए एमाओवादीले आइतबारदेखि केन्द्रीय समितिको बैठक बोलाएको र बैठकमा डा भट्टराईको बहिर्गमन तथा अन्य समसायिक विषयमा समेत छलफल हुने उहाँले जानकारी दिनुभयो डा भट्टराईले पार्टीमा नै बसेर संवाद र छलफल गरेको भए राम्रो हुने थियो भन्दै उनले गलत तबरले आएको निर्णय पनि पूर्णतः गलत नै हुने सापकोटाको भनाइ थियो
177
डोनाल्ड ट्रम्प र माइक पेन्स (दायाँ)वासिङटन अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले जितेपछि अमेरिकी मिडिया र बिश्लेषकहरु चकित परिरहेका छन् चुनावको नतिजा आउनुअघिसम्म ट्रम्पले नै जित्छन् भनेर अनुमान गर्ने निकै कम मानिस थिए अमेरिकामा त्यसमध्ये एक थिए बर्षदेखि अमेरिकी राष्ट्रपति निर्वाचनको पूर्वानुमान गरेर सही सावित गरिरहेका प्राध्यापक एनल लिचम्यान वासिङटन पोष्टसँग गत सेप्टेम्बर र अक्टुवरमा गरेको कुराकानीमा उनले ट्रम्प के कारण राष्ट्रपति निर्वाचित हुन्छन् भनेर दावीहरु प्रस्तुत गरेका थिए पछिल्लो कुराकानीमा उनले यो पनि थपेका थिए कि ट्रम्पले जित्छन् तर राष्ट्रपतिको कार्यभारचाहिँ उपराष्ट्रपति माइक पेन्सले सम्हाल्छन् ’ उनको दावी थियो रिपब्लिकनहरुले नै डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाइ राष्ट्रपतिबाट बर्खास्त गर्नेछन् ’ बर्षको इतिहासमा कहिल्यै धोका नखाएका लिचम्यानको पहिलो भविष्यवाणी त सफल भयो नै के उनको दोस्रो भबिष्यवाणी सफल होला त प्राध्यापक एनल लिचम्यानप्राध्यापक लिचम्यानका अनुसार रिपब्लिकनले ट्रम्पलाई भन्दा बढी पेन्सलाई विश्वास गर्छन् ‘ट्रम्प राष्ट्रपतिमा निर्वाचित भए पनि रिपब्लिकनका नेताहरुले उनी राष्ट्रपति भएको देख्न चाहने छैनन् किनकि उनीहरुले ट्रम्पलाई लगाम लगाउन सक्दैनन् ट्रम्प अस्वाभाविक छन् राष्ट्रिय सुरक्षालाई खतरा पार्ने विवादास्पद निर्णय गरेर वा अन्य कुनै कारणले ट्रम्प स्वयंले महाअभियोग निम्त्याउनेछन्’ प्राध्यापकले भने पछिल्लो भविष्यवाणी भने कुनै प्रणालीमा आधारित नभई अन्तरमनको विश्लेषण भएको उनी बताउँछन् लिचम्यानले सन् यता सम्पन्न सबै राष्ट्रपति निर्वाचनको भविष्यवाणी गरेका छन् त्यसमध्ये सन् मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार एलगोरले जित्ने उनको भविष्यवाणी गलत सावित भएको थियो सो निर्वाचनमा एलगोरले सवैभन्दा धेरै पपुलर मत पाए पनि इलेक्ट्रोरल कलेजको मतबाट पराजित भएका थिए
220
बेलाबखतमा उटपट्याङ कामहरु गर्छन् नेपालका सरकारी अधिकारीहरु कुन बेला विदेश पुग्छन् अनि त्यतातिर के देख्छन् सोच्दा हुन्‘यसलाई नेपालमा कार्यान्वयन गर्न पाइयो भने त रातारात चर्चित पनि होइन्छ अनि उस्तै परे कुस्त दाम पनि कमाइन्छ’नेपाल फर्कियो अनि प्रस्ताव बनायो परामर्शदाता छनौट गर्यो परामर्शदाताले पनि कुनै देश नटेकिकनै अनलाइनबाटै अर्थात ‘गुगल गरेर’ कपीपेष्टको माध्यमबाट नीतिको मस्यौदा तयार पारिदिन्छन् त्यसलाई वृहत छलफलमै नल्याई कार्यान्वयनमा ल्याउने परम्परा नेपालम
64
असार काठमाडौं नेपाली चलचित्र जगतमा प्रतिभाशाली निर्देशकको कोटीमा पर्दछन् दीपेन्द्र के खनाल पछिल्लो समय  एकपछि अर्को सफल फिल्म दिइरहेका छन् उनी पछिल्लो फिल्म ‘पशुपति प्रसाद’ बाट आफूलाई उत्कृष्ट निर्देशक साबित गर्दै खनालले यसपालि लगालग दुईवटा अवार्ड हात पारे चलचित्र विकास बोर्डको राष्ट्रिय चलचित्र पुरस्कार र चलचित्र कलाकार संघको फान अवार्डमा दीपेन्द्रले उत्कृष्ट निर्देशकको अवार्ड जितेका हुन् सात वर्षअघि ‘द युगदेखि युगसम्म’ देखि अहिले प्रदर्शनको पर्खाइमा रहेको ‘चपली हाइट ’ सम्म आइपुग्दा उनले सातवटा फिल्म निर्देशन गरिसकेका छन् यिनै फिल्महरू बनाउँदाको अनुभव उनकै शब्दमाः द युगदेखि युगसम्मः पहिलो गाँसमै ढुंगा पढ्ने सिलसिलामा पाँच वर्ष जापान बसेर फर्किँदा अब फिल्म बनाउँछु भनेर माइन्ड मेकअप गरेको थिएँ जापान बसुन्जेल जापानीहरुको काम गर्ने र जीवन जिउने तरिकाले निकै प्रभावित पार्‍यो उनीहरु कुनै निश्चित काम समाएर त्यसमा निपुण हुन्छन् मैले पनि एउटा लाइन समाउनुपर्छ र त्यो मैले रुचाएको फिल्म क्षेत्र नै हो भन्ने निष्कर्षमा पुगेको थिएँ नेपाल आएपछि परम्परागतभन्दा अलिक फरक शैलीको फिल्म बनाउने सोच थियो जीवनमा नयाँपनकै खोजीमा रमाउने म फिल्ममा पनि त्यस्तै चाहन्थेँ विषयवस्तुदेखि हरेक चिज नयाँ होस् उमेरमा पनि भर्खर वर्षको लक्का जवान थिएँ तर फिल्म बनाउन हाम फाल्दा पो थाहा भयो यहाँ त स्थिति अर्कै रैछ   फिल्म निर्माणमा वितरकहरुले फलानो हिरो राख यतिवटा फाइट राख नत्र चल्दैन भनेर प्रभाव जमाउने अवस्था रैछ फिल्म बनाएपछि पनि हलमा लगाउन पालो पर्खनुपर्ने त्यतिबेला गायक अर्जुनकुमार पनि केही गरौं भनेर बसेका रै’छन् उनकै लगानीमा यो फिल्म बनाइयो खासमा म त्यतिबेलाको युनिटी ब्यान्डका सुदिन पोखरेल आसिफ साह र गिरीश खतिवडालाई कलाकारका रुपमा लिएर फिल्म बनाउन चाहन्थेँ तर बजारको ताल देखेर बीचको बाटो रोज्न बाध्य भएँ त्यसैक्रममा त्यो समयमा चल्तीका नायक राजेश हमाललाई नयाँ गेटअपमा प्रस्तुत गरेँ तर फिल्म खासै बिकेन धर्माः चाहेजस्तो भएन अबचाहिँ व्यवसायिक फिल्म बनाउनुपर्‍यो भनेर यो फिल्मको काम सुरु गरेँ नारी चरित्रको संघर्षको कथा थियो आफैंले लेखेको थिएँ त्यतिबेला बनिरहेको व्यावसायिक फिल्मभन्दा राम्रो बनाउँछु भन्ने सोच थियो तर खोजेको एउटा भयो अर्कै कथा नै परिवर्तन गर्नुपर्ने अवस्था आयो निर्माताको छोरालाई हिरो राख्नुपर्ने परिबन्द आइपर्‍यो मनीषा कोइरालालाई यसै फिल्ममार्फत नेपाली फिल्ममा पुनरागमन गराएँ तर राज्य व्यवस्थाप्रति नारी संघर्ष देखाउने फिल्मको थिम त्यत्तिकै मार्नुपर्‍यो फिल्मको विषय नै मोडिने अवस्थामा के फिल्म बनाइराख्नु भनेर यो प्रोजेक्टबाट पछि हट्न लागेको थिएँ तर अरुले नेपाली फिल्म यस्तै हो सम्झौता नगरी हुँदैन भनेर थामथुम पार्ने काम भएपछि पूरा गरेँ यो फिल्मले पनि व्यवसायिक सफलता चाख्न सकेन चपली हाइटः ट्राफिकले पोष्टर च्याते पहिलोचोटि आफ्नो मनले चाहेको फिल्म बनाएको यही हो अब जसले जेसुकै भनोस् कसैको कुरा सुन्दिनँ भनेर लागेको थिएँ सत्य घटनामा आधारित कथा थियो आधुनिकताका नाममा नेपाली समाजको बदलिँदो ट्रेन्ड र यसमा युवा पुस्ताको अवस्था देखाउन खोजेको थिएँ हामीकहाँ गाउँघरको कुरा हरिया डाँडापाखा देखाउन सक्यो भने मात्र अर्गानिक फिल्म मान्ने चलन छ तर सहरको कोठाकोठामा हुने घटनालाई उपेक्षा गरिएको अवस्था छ यी पनि त हाम्रै समाजका यथार्थ हुन् सहरका धेरै कथालाई अझै पनि हेरिएको छोइएको छैन तिनलाई उपेक्षा गर्नुहुँदैन त्यतिबेला काठमाडौंमा चपलीहाइटको पोस्टरमा चालकको आँखा गएर दुर्घटनाको जोखिम बढ्यो भन्ने पनि कुरा आयो ट्राफिक प्रहरीले विभिन्न ठाउँबाट पोस्टर हटाए पनि त्यसले आखिरमा फिल्मकै प्रचार भयो फिल्मलाई दर्शकले पनि मन पराए फिल्म प्राविधिकरूपमा सफल भयो तर व्यवसायिक सफलता पाउन सकेन काठमाडौंमा दुईवटा हल क्यूएफएक्स र एफ क्युबमा मात्र थियो थ्रीडी सुविधा यसैले फिल्मले सोचेजति व्यापकता लिन सकेनभिजिलान्तेः थ्रीडीको असफल प्रयोग नयाँ प्रयोग रुचाउने मेरो स्वभाव नै हो यसै क्रममा नेपालमा थ्रीडी प्रविधि भित्र्याउने सुरु कसेँ नेपालमा थ्रीडी फिल्म बनेको छैन भनेरै त्यसमा काम गरेको हुँ यसका लागि जापानबाट क्यामेरा मगाएँ थ्रीडी प्रविधिमा मुख्यरुपमा क्यामेरा र पोस्ट प्रोडक्सनकै काम बढी खर्चिलो हुन्छ फिल्म प्राविधिकरूपमा सफल भयो तर व्यवसायिक सफलता पाउन सकेन काठमाडौंमा दुईवटा हल क्यूएफएक्स र एफ क्युबमा मात्र थियो थ्रीडी सुविधा यसैले फिल्मले सोचेजति व्यापकता लिन सकेन / लाख रुपैयाँ लगानी गरेको थिएँ लाख जति घाटा लाग्यो आज सोच्दा मैले समयभन्दा अगाडि नै नयाँ प्रविधिसँग खेल्ने दुस्साहस गरेँ जस्तो लाग्छ त्यो फिल्म यतिखेर गरेको भए राम्रो हुन्थ्यो अहिले त राजधानी बाहिरका विभिन्न ठाउँमा पनि थ्रीडी फिल्म देखाउने हल बनिसकेका छन् झोलेः डार्क कमेडीको सफल प्रयोग नयाँ शैली प्रयोग गर्दा जोखिम त हुन्छ तर जोखिमसँग खेल्दा त्यसको मजा नै छुट्टै पाइन्छ तीन वर्षअघि ‘डार्क कमेडी’ जेनरामा बनाएको झोेले फिल्म पनि एउटा प्रयोग थियो हास्य चेतका फिल्म कमै छन् हामीकहाँ कमेडी भइकन  पनि विदेश गएर पैसा कमाउन चाहने निम्नमध्यम वर्गको आकांक्षा र सहरिया नगरबधुको संघर्षमय जीवनलाई पनि मैले चित्रण गरेको छु त्यतिबेला देशको स्थिति हेर्दा राजनीतिक वातावरणका कारण मान्छेहरू हत्तु हैरान थिए उनीहरूलाई अलिक रिप| समेन्ट दिनु जरुरी पनि थियो त्यस्तो बेला मान्छेहरुलाई हँसाउँदा मजा नै होला भन्ने लाग्यो त्यो फिल्मपछि नै कमेडीको टे्रन्ड सुरु भयो ‘कबड्डी’ त्यसपछि आएको फिल्म हो पशुपति प्रसादः मेरो रुचीको फिल्म ‘झोले’ बनाएपछि दुई वर्ष यत्तिकै बसेँ त्यो बीचमा सोचेँ मात्रै ‘भिजिलान्ते’ ले लाख रुपैयाँको ऋण बोकाएको थियो त्यो तिर्नु थियो मान्छेले व्यवहारमा परेपछि सिक्ने रैछ उमेरले पनि परिपक्वता आउँदो रैछ यत्तिकै ब्रेक लिएर बसे पनि मैले आराम भने गरिनँ मान्छे र मानवीय संवेदनाको बारेमा केलाएँ मैले विभिन्न कारणले आफ्नो मनले खाएको फिल्म बनाउन पाएको थिइनँ त्यसको लागि नै गहिरिएर लागेँ त्यसैको नतिजा हो ‘पशुपति प्रसाद’ त्यसअघिका फिल्महरू कुनै बजारलाई हेरेर बनाएँ कुनै पछिल्लो ट्रेन्ड विचार गरेर बनाएँ तर पशुपतिप्रसाद मेरो रुचिको फिल्म हो नितान्त आफ्नो लागि बनाएको हुँ मेरो स्वादको मानवीय संवेदनाले धेरैलाई छोएर फिल्म सफल पनि भयो ‘टलकजंग भर्सेज टुल्के’ निर्माण टोली त्यतिबेला नयाँ फिल्म बनाउन कस्सिएको रै’छ खगेन्द्र लामिछाने आफ्नै कथाका लागि निर्देशक खोज्दै म कहाँ आउनुभयो मसँग पशुपतिनाथ मन्दिर क्षेत्रको मार्मिक कथा थियो मेरो आफ्नै कथा छ भनेर उहाँहरूलाई सुनाउँदा त्यसमा काम गर्न राजी हुनुभयो / पटक पुनर्लेखन गर्‍यौं हामीले कथा पशुपति क्षेत्रको अध्ययन गर्ने क्रममा भष्मेश्वर घाटदेखि पारिको पेटीमा म कयौंपटक सुतेको छु विवशतामा पिल्सएकादेखि सबै कुरामा निश्फिक्री रहेका विचित्र पात्रहरू देख्थेँ त्यहाँ घाटको धुवाँ र रुवाबासीदेखि बेखबर भई डेटिङमा हाँसखेल गर्ने ठिटाठिटीहरू पनि हुन्थे धार्मिक क्षेत्रमा अनेकौं अडबाङ्गा कुरा देखेँ विवादित होला धार्मिक हिसाबले सेन्सर होला भनेर कति कुरा फिल्ममा समेटिनँ मानवीय संवेदना र सम्बन्धहरूकै कथा हो पशुपति प्रसाद सधैं सताउने र खुराफाती मात्र सोच्ने भष्मे डन पनि सीधा बाटोमा आएको देखाइएको छ जस्तोसुकै खराब मानिएको मान्छेमा पोजेटिभ इमोसन पनि हुन्छ भनेर चित्रण गरेको हुँ चपली हाइट ः सिक्वेल होइन नामका कारण यो चपली हाइटकै सिक्वेल हो कि भन्ने लाग्न सक्छ तर अलग्गै विषयवस्तु र परिवेश रहेको फिल्म हो यो यति भईकन चपली हाइटमा जस्तै युवा पुस्ताकै कथा छ यसमा प्रेम धोका र सम्बन्धका विविध आयाम देखाइएको छ फिल्ममा समेटिएका चरित्रहरू काठमाडौंमा देखेकै जेनेरेसन हो रोमान्स थि्रलर जेनरामा बनाएको छु फिल्म सधैं पशुपतिप्रसाद जस्तो फिल्म बनाउन सकिँदैन फेरि आफ्नो निर्देशकीय खुबीको परीक्षण गर्न पनि फरकफरक परिवेश र कथावस्तुमा काम गर्न मन लाग्छ चपली हाइट भदौ गते रिलिज हुँदैछ यसपछि भदौ गतेदेखि नै अर्को फिल्म थाल्दैछु यस अगाडिका फिल्ममा पनि लभस्टोरी कतै न कतै आएको छ तर यो पालि पूर्णरुपमा प्रेमकथाको फिल्म बनाउन लागेको छु कथा पटकथा र संवाद पनि त्यसमा मेरै हुनेछ लोकेसनका हिसाबले सहरको परिवेशका साथै गाउँघरको कुरा पनि हेर्न पाइनेछ
1,081
पुस काठमाडौं नेकपा एमाओवादीका अध्यक्ष प्रचण्डले शनिबार इटहरीमा आयोजित नम्बर प्रदेशको बैठकमा आफ्नो पार्टी चाँडै तेस्रोबाट पहिलो बन्ने दाबी गर्दै थिए सोही दिन काठमाडौंबाट धौलागिरीतिर हिँड्न लागेका ‘नयाँ शक्ति अभियान’ का नेता देवेन्द्र पौडेलले भने हामी तेस्रो भइसक्यौं अब पाँच वर्षभित्र पहिलो शक्ति बन्छौं ’गफ हो कि साँच्चै दोस्रो संविधानसभाको चुनावको नतिजालाई आधार मान्दा नेपाली कांग्रेस अहिले नेपालको सबैभन्दा ठूलो शक्ति हो भने एमाले दोस्रो र एमाओवादी तेस्रो शक्ति हो गणितका आधारमा राप्रपा नेपाल चौथो शक्ति हो तर मधेसी मोर्चालाई एकै ठाउँमा राखेर विश्लेषण गर्ने हो भने पहिलोदेखि चौथो शक्तिसम्मको विन्यास यसरी गर्न सकिन्छ कांग्रेस एमाले एमाओवादी र मधेसी मोर्चा फाइल फोटोपहिले एक्लै र त्यसपछि केही केन्द्रीय सदस्यहरु बाहिरिएर डा बाबुराम भट्टराईको नेतृत्वमा ‘नयाँशक्ति निर्माण अभियान’ बनेको छ जसमा एमाओवादीबाट एकजना पनि सांसदहरु गएका छैनन् झट्ट हेर्दा बाबुराम समूह एक्लैजस्तो देखिन्छ यो स्थितिमा तपाईहरु कसरी तेस्रो शक्ति हुनुभयो यो त गफैमात्र भएन र पौडेलले अनलाइनखबरको प्रश्नको जवाफ दिँदै भने ‘मैले गफ गरेको होइन एमाओवादी छाडेर नयाँ शक्ति अभियानमा लागेपछि मैले करिब जिल्लाको भ्रमण गरिसकें बाहिरी जिल्लामा के भइरहेको छ भन्ने कुरा काठमाडौंले बुझ्दैन ’पूर्वको मोरङ सुनसरीदेखि हेटौडा पोखरा र सुर्खेतसम्मका मुख्य सहरहरुमा नयाँ शक्तिप्रति आकर्षण र उभार देखिएको पौडेलले बताए ‘पुराना शक्तिहरुमा निराशा छ नयाँ शक्तिप्रति सबैको आकर्षण र उभार देखिएको छ पौडेलले अनलाइनखबरसँग भने ‘पार्टी घोषणा नै नगरी हामी तेस्रो शक्ति भइसक्यौं पार्टी घोषणा गरेको वर्षमा हामी पहिलो बन्ने लक्षण देखिइसकेको छ ’विगतको संविधानसभाको गणितले अब काम नगर्ने भन्दै पौडेलले अनलाइनखबरसँग भने ‘अहिले कांग्रेस र एमालेपछिको तेस्रो शक्ति हामी हौं एमाओवादीभन्दा हाम्रो शक्ति ठूलो भइसक्यो ’नयाँ शक्ति निर्माण गर्नेक्रममा सुरुमा दुईवटा लक्ष राखिएको बताउँदै पौडेलले भने ‘नयाँ शक्तिबारे राष्ट्रिय बहस होस् भन्ने हाम्रो योजना थियो यसमा हामी सफल भएका छौंबाबुरामजीलाई विरोध गरेर होस् या समर्थन गरेर होस् सबैको ध्यान हामीले नयाँशक्तितर्फ खिच्न सफल भयौं ’अबको दोस्रो काम नयाँ शक्तिलाई संगठित रुप लिनु रहेको पौडेलले बताए ‘हामीले करिब जिल्लामा भेटघाट र अन्तरक्रियाहरु गरिसक्यौं संगठन निर्माणको बलियो आधार तयार भएको छ पूर्वमाओवादीमात्रै होइन नयाँ मानिसहरु हामीसँग आएका छन् ’‘गाली घटिसक्यो’नयाँ शक्तिका अभियन्ता पौडेलले अहिले सामाजिक सञ्जालहरुमा डा बाबुराम भट्टराईमाथिको गाली कम हुन थालेको दाबी गरे ‘पहिले प्रतिशत गाली आउँथ्यो अहिले निकै कम भएको छ’ पौडेलले भने अहिले विशेषगरी एमाओवादीबाट मात्रै हामीलाई गाली आउने गरेको छ बाँकी हामीप्रति आकर्षण छ देशैभरि हामीले उभार देखिसक्यौं विगतमा पनि काठमाडौंले बाहिरी जिल्लाको मनोविज्ञान नबुझेर माओवादीलाई कमजोर आँकेको पौडेलले सम्झिए  उनले भने ‘काठमाडौं भन्दा बाहिरको स्थिति फरक देखिएको छ हामीप्रति जनताको आशा र उत्साह छ पुराना शक्ति र सत्ताप्रति जनतामा आक्रोश छ ’सुर्खेतमा बाबुराम भट्टराईसँगै नयाँ शक्तिको कार्यक्रम सकेर राजधानी फर्केको दुई दिन नबित्दै बाग्लुङतिर हिँड्न लागेका पौडेलले उत्साहित देखिँदै भने ‘ एमाओवादी छाडेर नयाँ शक्ति अभियानमा लागेपछि म फ्रेस भएको छु त्यहाँ हुँदा एकअर्काको विरोधमा षयडन्त्र र जालझेलका कुरा हुन्थे अहिले हामी सिर्जनात्मक बहसमा छौं पुराना शक्तिहरुलाई हामीले गणतन्त्रसम्म देशलाई ल्याइपुर्‍याएकोमा धन्यवाद नै दिएका छौं गाली गरेर हिँडेका छैनौं ’साइँलाको विश्लेषणः अशोक राई ठूलो हुने ‘खतरा’अघिल्लो साता एमाओवादी स्थायी कमिटीका सदस्य गोपाल किरातीले आफ्नो दल भन्दा अशोक राईको पार्टी ठूलो हुने खतरा औंल्याएका छन् यस्तै अवस्था हो भने आगामी चुनावमा एमाओवादी चौथो या पाँचौं दलमा परिणत हुने किरातीको तर्क छ यद्यपि एमाओवादी अध्यक्ष प्रचण्डले भने अब एमाओवादी पहिलो पार्टी बन्ने र बनाई छाड्ने दाबी गर्दै आएका छन् शनिबार उनले इटहरीमा यही कुरा दोहोर्‍याए नयाँ ध्रुवीकरणको ‘डिस्कोर्स’नेपाली राजनीतिको ‘डिस्कोर्स’ मा एकातर्फ बाबुराम भट्टराईको ‘नयाँ शक्ति’ आफैं चर्चामा छ भने अर्कोतिर अशोक राई र उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम पनि विगतमा भन्दा बलियो बन्न थालेको चर्चा छ अघिल्लो चुनावमा अशोक राई र उपेन्द्र यादव भिन्नाभिन्नै पार्टीका रुपमा चुनावमा गएका थिए अहिले उनीहरु एक भएका छन् मधेसमा भएको आन्दोलनले उपेन्द्र यादवले थप शक्ति आर्जन गरेका छन् आदिवासी जनजातिको समूदायमा र विशेषतः प्रवासमा समेत अशोक राईको पार्टीको प्रभाव छ शायद यही अवस्थालाई बुझेर हुनुपर्छ गोपाल किरातीले आगामी चुनावमा एमाओवादीभन्दा अशोक राईको पार्टी ठूलो बन्ने विश्लेषण गरेको र यतिबेला बजारमा यो पनि हल्ला चल्न थालेको छ कि भविश्यमा बाबुराम भट्टराईको नयाँ शक्ति र संघीय समाजवादीवीच पार्टी एकता वा मोर्चाबन्दीको सम्भावना समेत बढेको छ त्यो अवस्थामा नयाँ शक्तिले प्रचण्डसँग होइन एमाले र कांग्रेससँग पो प्रतिस्पर्धा गर्ने हो कि नयाँ शक्ति अभियानका पौडेलको दाबी छ ‘हामीले पहिलो शक्ति बनेर देशलाई आर्थिक सम्वृद्धिको बाटोमा अघि बढाउने सोचेका हौं एमाओवादी त अब धेरै पछाडि परिसक्यो
673
वीरगञ्ज जेठ एनपीडेली न्युज अनलाइनले आफनो तेश्रो बार्षिक उत्सव जारी मधेस आन्दोलनका महान शहिदहरुको सम्मानमा दिप प्रज्जवलन गरी मनाएको छ माईस्थान स्थित गहवामाई पार्कमा शहिदहरु प्रति श्रद्धासुमन व्यक्त गर्दै कार्यक्रम शुभारम्भ गरिएको थियो मधेसी पत्रकार समाज पर्साका अध्यक्ष एवं एनपीडेली न्युजका सञ्चालक सन्तोष पटेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अशोक वैद्य नेपाल सदभावना पार्टीका महासचिव शिव पटेल तराई मधेस राष्ट्रिय अभियानका महासचिव एवं पुर्व सभासद आत्माराम साह मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पर्साका अध्यक्ष शशिकपुर मियाँ नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य ज्योतिष सम्राट पंडित पुरुषोत्तम दुवे नेपाल पत्रकार महासंघ पर्साका पुर्व अध्यक्ष अशोक तिवारी स्वतन्त्र नागरिक समाजका संयोजक सरोज कर्ण मधेस बिकास अभियानका सह संयोजक ईश्वर यादवमानव अधिकार तथा शान्ति समाज पर्साका अध्यक्ष प्रमानन्द चौधरी वीरगंज जेसीसका अध्यक्ष राजेश पटेल लगायतकाले शहिदहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै जारी मधेस आन्दोलन सफल होस भनी कामना गरे कार्यक्रममा फोरम लोकतान्त्रिक पर्साका नेता सुधिरनाथ पाण्डे नारायणी उपक्षेत्रिय कर्मचारी युनियनका अध्यक्ष रामेश्वर प्रसाद मुस्लिम ईतेहात संगठन पर्साका अध्यक्ष शम्सेद अख्तरएन्टी करप्सन पर्साका सचिव दिपक सर्राफ फेमिन व्युटि होमका संचालक गुडी जोसी नेपाल सदभावना पार्टी महिला मंचका उपाध्यक्ष मुनी श्रीवास्तव पर्सा अध्यक्ष अनिता रौनियार व्युटिसियन सीमा दुवे विश्व हिन्दू परिषद पर्साका सदस्य उदयकान्त झा लोकतान्त्रिक प्राध्यापक संघ ठाकुरराम ईकाई अध्यक्ष सुरेश कुशवाहा युवा व्यवसायी अंसु कुमार बिजय अधिकारी स्थानिय गायक अशोक प्रधान लगायतको सहभागिता रहेको थियो सो कार्यक्रमलाई मधेसी पत्रकार समाज पर्साका कोषाध्यक्ष एवं एनपीडेली न्युज अनलाइनका कार्यालय प्रमुख राकेश साहले सहजीकरण गरेका थिए
230
काठमाडौं सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक सामाजिक र सांस्कृतिक विकासको बाटोमा अगाडि बढाउने बताएका छन् बेलायती सर्वोच्च युद्ध पदक (भिसी) विजेता एक मात्र जीवित व्यक्तित्व रामबहादुर लिम्बूको जीवनीमा आधारित ‘द जेन्टल वारेयर’ नामक वृत्तचित्र प्रदर्शनीको शुक्रबार उद्घाटन गर्दै उनले जनताको संविधान जारी भइसकेको अवस्थामा त्यसको कार्यान्वयनसँगै अब सम्पूर्ण राजनीतिक दलहरूको एक मात्र सवाल ‘देश विकास’ हुनुपर्छ भने“संविधान एकपटक बनाएपछि सधैँका लागि भन्ने हुँदैन त्यसलाई संशोधन गर्न सकिन्छ त्यसैले मधेसी समुदाय तथा अन्य समुदायको अधिकारलाई सहमति र संवादका आधारमा संशोधनमार्फत समावेश गर्न सकिन्छ” – सरकारका प्रवक्तासमेत रहेका मन्त्री राईले भने नेपालकै स्रोत/साधनको प्रयोग गरी आत्मनिर्भर हुँदै वैदेशिक रोजगारीका लागि विदेश गएका युवालाई समेत स्वदेशमै रोजगारीको व्यवस्थाको सिर्जना गर्नुपर्ने उनको भनाइ छ उनले आगामी / को बजेटलाई जनमुखी र नतिजामुखी बनाउने तयारी भइरहेको बताए मिनेटको वृत्तचित्रमा भिसी लिम्बूको सैनिक र पारिवारिक जीवनलाई समेटिएको छ रासस
137
कास्कीकी स्थायी बासिन्दा दिया पुन यतिबेला दुईवटा भिन्न विधामा सक्रिय छिन् पोखरा नजिकको सहरमा हुर्किएकी दियालाई मोडलिङले आकषिर्त गरिरहेको छ भने नृत्यलाई त उनले करियर नै बनाइसकेकी छिन् यसै वर्ष पोखरामा सम्पन्न सुरताल नृत्य तथा एकल गायन प्रतियोगिताको नृत्य विधातर्फ सर्वोत्कृष्ट हुँदै नगद हजार रुपैयाँ जितेपछि उनी स्थानीय स्तरमा चर्चित नृत्यांगनाका रूपमा स्थापित भएकी छिन् थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी दियाले केही मोडलिङ प्रतियोगितामा नृत्य कोरियोग्राफीसमेत गरिसकेकी छिन् वर्षीया दिया फिट इन्च अग्ली छिन् अभिनय मोडलिङ हुँदै भविष्यमा कुशल कोरियोग्राफर बन्ने लक्ष्य लिएकी दिया नृत्यका हरेक विधामा पारंगत छिन्
89
कात्तिक जुम्ला सडक पहुँच भएसँगै नेपालको सबैभन्दा ठूलो ताल रारा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको थलो बन्दै गएको छ रारा सबैको नजरमा पर्न त केही समय लाग्ला नै तर यो वर्षको दशैंपछिको दुई साताभित्र रारा हेर्ने पर्यटकको सङ्ख्या करिब दुई हजार सयको हाराहारीमा पुगेको छ पर्यटन व्यवसायी गोपाल बमले भने – “असार साउन र भदौसम्म पर्यटकको त्यति चहलपहल देखिएन तर चैत वैशाख जेठ र असोजमा दैनिक – आउने गरे पनि दशैंको दुई दिनपछि प्रतिदिन डेढ सयदेखि दुई सयको भीड लाग्न थाल्यो ” अहिले यहाँका व्यवसायीलाई व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको छ उनका  अनुसार यो समयमा धेरै आन्तरिक पर्यटकले रारा अवलोकन गरेका छन् त्यसमा पनि ज्यादा जसो काठमाडौँ भक्तपुर ललितपुर पोखरा चितवन भैरहवा बुटवल सुर्खेत र केही पूर्वी जिल्लाका पर्यटक रहेका छन् बाह्य पर्यटक भने अमेरिका र युरोपेली मुलुकहरुबाट बढी मात्रामा आउने गरेका छन् त्यहाँ पुग्ने पर्यटकलाई रारा राष्ट्रिय निकुञ्जद्वारा सञ्चालित हेरिटेज गेस्ट हाउस पूर्णादेवी बमको डाँफे गेस्ट हाउस र तालबाट मिनेट तल माझघट्टका होटलमा व्यवस्थापन गरिँदै आएको उहाँले बताउनुभयो रारा हेर्न आउने कर्मचारीको पनि बाक्लै रहेको बमको अनुभव छ सरकारको वार्षिक नियमित कार्यक्रम सञ्चालन गर्नेका लागि रारा ‘पशुपतिको यात्रा सिद्राको व्यापार’जस्तै भयो यो पटक सर्वोच्च अदालतका न्यायाधीश शान्ति तथा पुनःनिर्माण मन्त्रालयका सचिव पशुपक्षी विकास मन्त्रालयका सचिव मध्यपश्चिम सुर्खेतका क्षेत्रीय प्रशासकको रारा अवलोकन भ्रमण पनि भयो मुगुका प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले यस वर्ष रारा ताल हेर्न आउने पर्यटक ह्वात्तै बढेको बताए आउने सबै पर्यटकको बसाइ शान्त र सुरक्षित रहेको प्रजिअ शर्माले बताए आफू छ हजार नौ सय मिटर उचाइ रहेको नं प्रदेशको सबैभन्दा नजिक र सजिलो चीनसँग जोडिएको नाका नाक्चेलाग्नामा पुगेको जानकारी दिए   यो नाका चाँडै खोल्न सकिए यहाँको समग्र विकास र नं प्रदेशको समृद्धिको ढोका खुल्ने उन  भनाइ थियो पर्यटकले कर्णाली राजमार्गलाई पहिलो प्राथमिकता दिएको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रजिअ रुद्रप्रसाद पण्डितले बताए हवाईजहाजबाट महँगो र सबैको पहुँच नभएका कारण स्थलमार्ग प्राथमिकता परेको जनाउँदै प्रजिअ पण्डितले रारा पुग्नेले एकै पटक सुर्खेत दैलेख अछाम कालीकोट जुम्ला र मुगु जिल्ला अध्ययन गर्ने मौका पाएको बताए
313
ठ्याकै मान्छे जस्तै देखिने पखेटा सहितको वास्तविक परि छिमेकी मुलुक चीनमा भेटिए पछि मानिसहरु चकित भएको खबर प्राप्त भएको छ आकाशबाट जमिनमा पछारिएकी एक बृद्ध &#39परी&#39लाई ठुलो पिंजडाभित्र देखेपछि मानिसहरु अचम्मित भएका हुन् तर सो &#39परी&#39 एक कपोकल्पित कला हो बेइजिङका दुई कलाकार सन युआन र पेंग यूले &#39परी&#39को निर्माण गरेका हुन् यथार्थवादी कला निर्माण कै कारण यी दुई कलाकार चर्चित छन् र उनिहरुको कामले प्रसिद्धी कमाइरहेको समाचारमा बताइएको छ सिलिका जेल फाइबर ग्लास र स्टेनलेस स्टिलको सहयोगमा उनिहरुले &#39परी&#39 निर्माण गरेको बताएका छन्
84
माघ काठमाडौं एमाले नेता माधवकुमार नेपालले जनताको भावना विपरित सीमांकन संशोधन गर्न नसकिने बताएका छन् आन्दोलनका नाममा केहि मान्छेले होहल्ला र तोडफोड गर्दैमा त्यसको पछाडि कुद्न नहुने उनको भनाइ छ मदन भण्डारी अध्ययन केन्द्रले मंगलबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेता नेपालले स्थानीय जनताको भावना बुझेर मात्रै सीमा हेरफेर गर्न सकिने धारणा राखे चुनावमा जनताबाट तिरस्कृत दलहरुले जे माग्यो त्यहि दिन नसकिने पनि उनले प्रष्ट पारे जनादेश ठूलो कि मतादेश ठूलो भन्ने खालका बहसहरु आफूले सुनेको र पढेको उल्लेख गर्दै एमाले नेता नेपालले भने‘जनादेशलाई मतादेशले स्थापित गर्नैपर्छ मतादेश नभएकाहरुले जनादेशका नाममा लाठी उठाए वा होहल्ला गरे भन्दैमा उनीहरुका सबै माग पुरा गर्न सकिदैन हामीले मतादेशलाई नै मान्ने हो ’ चुनावमा मत ल्याउन नसक्नेले धेरै फुर्ति नदेखाउन पनि नेता नेपालले आग्रह गरे विखण्डनकारीप्रति सचेत बन्न आग्रहदेशका विभिन्न कुनामा राष्ट्रियता र अखण्डताविरोधी क्रियाकलापहरु भइरहेको उल्लेख गर्दै उनले यसप्रति चनाखो रहन आग्रह गरे अखण्डताविरोधीहरुले नेपालको इतिहासका विषयमा जनतामा भ्रम छर्दै हिँडेकाले जनतालाई बहकिन नदिन इतिहास बुझाउनुपर्ने आवश्यक उनले औंल्याए ‘उनीहरुले कस्ता किताब र डिभिडी बाँडेर युवाहरुलाई भड्काइरहेका छन् खोजी गरौं’ नेपालेले भने‘इतिहासको अपब्याख्या गर्ने र देशप्रति दुर्भावना फैलाउन खोज्नेहरुलाई पाठ सिकाऔं ’ उनले इतिहासलाई माइनस गर्ने वा इतिहासमै रुमल्लिएर बस्ने प्रवृत्ति वेठिक भएको औंल्याए ‘तराई सँधै अभिन्न अंग हो यो कहिल्यै नेपालबाट अलग छैन’ उनले भने ‘तर अहिले दुई राष्ट्रको कुरा आएको छ तराई र पहाडलाई अलग देशका रुपमा व्याख्या गर्ने कुरा आएको छ यो चिन्ताको विषय हो ’नेपालले नेपालमा कुनै जातिविशेषको प्रभूत्व नरहेको पनि बताए यद्यपि ठूलो जात र सानो जातका नाममा जातीय शोषणका अवशेषहरु अझै विद्यमान रहेको उनको भनाइ थियो ‘तर त्यसका नाममा कतिपयले खस जातिको मानमर्दन गर्न खोजेका छन् त्यसको हामीले जबरजस्त खण्डन गर्नुपर्छ’ उनले भने पछिल्लो समय देशका कम्युनिस्टहरु पनि वर्गीय मुद्दा छाडेर जातीय मुद्दाका पछि कुद्न थालेको भन्दै उनले चिन्ता व्यक्त गरे नेता नेपालले संविधान कार्यान्वयनको सिलसिलामा सबैभन्दा पहिलो काम स्थानीय चुनाव सम्पन्न गर्नु रहेको बताए पृथ्वीनारायण शाह र महेन्द्रको प्रशंसानेता नेपालले पृथ्वीनारायण शाह र महेन्द्रको उचित मूल्यांकन हुन नसकेको औंल्याए उनले भने‘हजारौं वर्ष पहिले नेपाल राष्ट्रको आकार यस्तै थियो तर विभिन्न कारणले छिन्नभिन्न भयो त्यसलाई एकतावद्ध बनाउने काम पृथ्वीनारायण शाहबाट भएको हो तर उनले खेलेको यस्तो भूमिकालाई स्वीकार गर्न हामी मानिरहेका छैनौं ’उनले अघि भने‘पृथ्वीनारायण शाहको विषयमा भ्रमको खेति गर्ने काम भएको छ उनले कीर्तिपुरवासीको नाक काटेर तराजुमा जोख्दा यति धार्नी भयो भनेर एक जना ब्रिटिश इतिहासकारले लेखिदिए र कतिपय मानिसहरु त्यसैका पछि कुदेका छन् यस्ता दुष्प्रचारहरुबारे जनतालाई प्रष्ट पार्नु पनि हाम्रो दायित्व हो ’राजा महेन्द्रको पनि नेपालले सकारात्मक चर्चा गरे उनले भने‘हो प्रजातन्त्रको सबालमा महेन्द्रले गलत कदम उठाएका हुन् तर राष्ट्रियताको विषयमा उनको योगदानको उचित मूल्यांकन हुनुपर्छ नेपालको राष्ट्रियतालाई संरक्षण र संवर्द्धन गर्न उनले खेलेको भूमिकालाई अवमूल्यन गर्नु हुँदैन म मरे पनि मेरो देश बाँचिरहोस… भन्ने अभिव्यक्तिबाटै उनको राष्ट्रभक्ति झल्किन्छ राम्रो कुरालाई राम्रो भन्ने आँट हामीले गर्नुपर्छ ’
442
काठमाडौँ चैत संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सहमतिका लागि राजनीतिक दलहरूलाई चैत सम्मको समयसीमा तोकिदिएका छन्प्रमुख दलका शीर्ष नेताहरूको संयुक्त बैठक बोलाएर नेम्वाङले सातादिनमा विषय वा प्रक्रियामा सहमति नभए नियमावलीअनुसार अघि बढ्ने चेतावनी दिएका हुन् चैत अघि नै संविधानका अन्तर्वस्तु वा प्रक्रियामा सहमति गर्नुहोस् यो समयसीमा नाघे नियमावलीबमोजिम अघि बढ्ने छौँ गतेपछि मुलुकको स्थिति अर्कै हुन्छ नेम्वाङले भनेबैठकपछि पत्रकारहरूसँग पनि कुराकानी गर्दै नेम्वाङले विषय या प्रक्रियामा सहमति भए त्यहीअनुसार संविधानसभा अघि बढने उद्घोष गरेको जनाकारी दिए संविधानसभा अध्यक्ष नेम्वाङले नेपाली कांग्रेस नेकपा एमाले एकीकृत नेका माओवादी राप्रपा नेपाल मधेसी जनअधिकार फोरम लोकतान्त्रिक फोरम नेपाल लगायत राजनीतिक दलका प्रमुख नेताहरूलाई आफ्नै कार्यकक्षमा बोलाएर संविधान निर्माणका विषयमा छलफल गरेका थिएबैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले जति प्रयास गरे पनि सहमति हुन नसकेकाले संविधान जारी गर्ने मिति तोकेर प्रक्रियामा अघि बढ्नुपर्ने बताएका थिए सहमति नगरी लामो समयसम्म अघि बढ्न नसकिने प्रधानमन्त्री कोइरालाको भनाइ थियो प्रधानमन्त्रीपछि धारणा राखेका उपप्रधानमन्त्री एवं एमालेका उपाध्यक्ष वामदेव गौतमले लामो समयसम्म सहमतिका लागि पर्खिन नसकिने धारणा राखेका थिए उनले बहुमतको दम्भका आधारमा संविधान निर्माण प्रक्रिया अघि बढाइए संविधानसभा बैठकमा उपस्थित नहुने चेतावनी दिएबैठकमा एमालेका उपाध्यक्ष गौतम र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भनाभन भएको थियो गौतमले हिमाल पहाड र तराई मिलाएर प्रदेश निर्माण गरिनुपर्ने र जातीय पहिचान स्वीकार्न नसकिने बताएपछि यादवले दुई तिहाइले छिटो निर्णय गरेर देखाउन चुनौती दिएका थिए
211
  मंसिर झापा  विमल घर्ती मगर टाइब्रेकरमा चुक्दा सहारा सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफले हात पारेको छ उसले रुपन्देही– लाई – गोल अन्तरले हरायो  योसँगै एपीएफले लाख हजार सय रुपैयाँ पाएको छ भने रुपन्देहीले लाख हजार सय रुपैयाँमा चित्त बुझाएको छ निर्धारित समयको खेल –को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो रुपन्देहीका विजय धिमाल विक्रम लामा र रजिन धिमालले गरेको प्रहार गोलमा परिणत भएको थियो भने विमल चुकेका थिए एपीएफका लागि अञ्जन विष्ट नविन लामा आदित्य चौधरी मिलन राई र सन्तोष कटवालले गोल गरेका थिए यसअघि दोस्रो हाफको औं मिनेटमा एपीएफका राजेन्द्र रावलले पहिलो गोल गरे आदित्य चौधरीको फ्रि–किकलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए  दोस्रो हाफको औं मिनेटमा रुपन्देहीका विमल घर्ती मगरले गोल गरेका थिए  
119
पुस काठमाडौं तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधानको धारा ले संविधान संशोधनलाई नरोक्ने दाबी गरेका छन् अहिलेको व्यवस्थापिका संसद संविधानसभाको रुपान्तरित रुप भएकाले संसदले नै सीमांकन संशोधन गर्नसक्ने ठाकुरले तर्क गरे बिहीबार रिपोर्टर्स क्लबको ज्ञापन पत्र बुझ्दै ठाकुरले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावमाथि आफूहरुले पनि संशोधन प्रस्ताव राख्ने र परिमार्जनसहित पारित गर्नुपर्ने बताए ‘आगामी गते बस्ने संसद बैठकमा सरकारले संविधान संशोधन प्रस्ताव टेबुल गरोस् हामी त्यसमाथि संशोधन प्रस्ताव राख्छौं त्यसपछि परिमार्जनसहित पारित गर्नुपर्छ’ उनले भने हालै सर्वोच्च अदालतले दिएको आदेशसँग आफूहरुले राखेको मागको सरोकार नभएको समेत ठाकुरले बताए उनले संविधानको धारा लाई खारेज गर्नुपर्ने समेत बताए उनले भने ‘धारा संघीय प्रणालीलाई नै रोक लगाउने खालको छ त्यसैले यसलाई खारेज गर्नुपर्छ यसले सात प्रदेशको बारेमा बोलेकोले यो धाराको आवश्यक छैन ’संक्रमणकालीन अवस्था भएर अहिले धारा निष्कृय भएको भन्दै उनले प्रदेश सभा गठनपछि यो सक्रिय हुने भएकाले औचित्य नभएको धारणा राखे
141
असोज काठमाडौं संसदीय सुनुवाई विशेष समितिले नेपालका लागि चीनका राजदूतमा सिफारिस लिलामणी पौडेलको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको छ तर भारतका लागि सिफारिस भएका दीपकुमार उपाध्याय भने सर्वसम्मत हुन सकेनन् संसदीय विशेष सुनुवाई समितिको आइतवारको बैठकमा पौडेलको नाम सर्वसम्मत भएको हो समितिका सभापति केबी गुरुङले पौडेलको नाम अनुमोदनका लागि प्रस्ताव गर्दा सबै सदस्यले सहमति जनाएपछि उनी सर्वसम्मत भएका हुन् भारतका लागि राजदूत सिफारिस भएका उपाध्यायको नाममा भने सर्वसम्मति हुन सकेन एमालेका सांसदहरुले उपाध्याय मुलुकको दूत भन्दा पनि अर्कै देशको हितमा काम गर्ने व्यक्ति भएको भन्दै उनको नाममा सर्वसम्मति गर्न नसकिने बताए एमालेका सांसदहरुको असहमतिका बीच बहुमतबाट उपाध्यायको नाम अनुमोदन भएको छ राजदूतको नाम अनुमोदन गर्दा यसरी समिति नै बिभाजित भएको यो सम्भवतः पहिलो पटक हो आफूहरुको असहमति सांकेतिक रहेको भन्दै एमाले प्रमुख सचेतक भानुभक्त ढकालले संसदीय सुनुवाइमै सर्वसम्मत हुन नसकेका व्यक्तिले समग्र देशको प्रतिनिधित्व गर्न नसक्ने बताए उपाध्यायलाई तत्कालिन केपी ओली नेतृत्वको सरकारले भारतको राजदूतबाट फिर्ता बोलाएको थियो उनीमाथि भारतमा बसेर नेपाल विरुद्ध गतिबिधि गरेको र सरकार ढाल्ने षडयन्त्रमा लागेको आरोप लगाइएको थियो उपाध्याय नेपाली कांग्रेसका नेता हुन् पूर्वमन्त्री समेत रहेका उनी गत संविधानसभा चुनावमा कपिलबस्तु मा एमालेका बलराम अधिकारीसँग पराजित भएका थिए लिलामणी पौडेल नेपाल सरकारका पूर्वमुख्य सचिव हुन्
190
आफैं संलग्न भएर गराइएको निर्वाचनको छानविन आफैंले गर्ने सिफारिससहित छानविन कमिटी गठन गरेको नौलो घटना पहिलोपल्ट पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिमा देखिएको छ  पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रबिन नगरकोटी मोरङ जिल्ला खेलकुद विकास समितिका सदस्य भूवन खतिवडा र क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय सचिव टेकप्रसाद कट्टेल निर्वाचन अधिकृत बसेर साल चैत्र गते मोरङ जिल्ला टेबल टेनिस संघको साधारणसभा सम्पन्न भएको थियो   उक्त साधारण सभाले रो
67
काठमाडौं: नयाँ संविधानमा धर्मनिरपेक्षता शब्द नराख्न चार प्रमुख दल सहमत भएका छन् संविधानमा धर्मनिरेपक्षता हटाउने र त्यसको सट्टा केही उल्लेख नगर्ने तथा राजनीतिक मान्यता पाउन दललाई निश्चित मतको सीमा (थ्रेसहोल्ड) को व्यवस्था राख्न प्रमुख दल सहमत भएका छन् संविधानसभाले धर्म र थ्रेसहोल्डको विवाद संवाद समितिबाट नटुंगिएपछि त्यसको जिम्मा मस्यौदा समितिलाई नै दिएको छ मस्यौदा समितिले संविधानको विधेयक बनाउन सुरु नगर्दै धर्म र थ्रेसहोल्डको विवाद टुंगोमा पुगिसकेको दाबी कांग्रेसका एक नेताले गरे &#39शीर्ष नेताहरूबीच भएका औपचारिकअनौपचारिक छलफलमा धर्म र थ्रेसहोल्डको विवाद टुंगिसकेको छ&#39 मस्यौदा समितिमा रहेका कांग्रेसका ती नेताले भने धर्मनिरपेक्षता हट्छ थ्रेसहोल्ड रहन्छ&#39 देशको परिचयमा मुलुक &#39बहुधार्मिक&#39 भन्ने उल्लेख हुने भएकाले चार दलबीच धर्मका विषयमा अरू केही नलेख्ने सहमति भएको ती नेताले बताए राष्ट्रिय मान्यता पाउन दलहरूका लागि निश्चित मत पाउनुपर्ने सीमा (थ्रेसहोल्ड) संविधानमा राख्नेमा पनि दलहरूबीच सहमति भइसकेको ती नेताले बताए&#39कति प्रतिशत थ्रेसहोल्ड राख्ने नभनौं तर थ्रेसहोल्ड राख्ने सहमति भइसक्यो&#39 ती नेताले भने दलहरूबीच देखि प्रतिशत थ्रेसहोल्डका विषयमा छलफल भइरहेको छ सर्वोच्च अदालतका न्यायाधीशसहित संवैधानिक निकायका पदाधिकारीको पुनर्नियुक्तिको विषय भने टुंगिन नसकेको ती नेताले बताए कांग्रेस पुनर्नियुक्तिका पक्षमा छैन भने एमाओवादी र एमाले पुनर्नियुक्ति छोड्ने मनस्थितिमा छैनन् &#39यो विषय मस्यौदा समितिमा मतदानबाट पनि टुंगिन सक्छ&#39 कांग्रेस स्रोतले भन्यो यसमा सहमति हुने छाँटकाँट अहिले देखिएको छैन&#39 दलहरूबीचको सहमतिका आधारमा कार्यदलले छुटेका विषयमा समेटेर विधेयक बनाउनेछ मेचीउरियानालाघोङ्& गीमोहनानारायणीराप्& ती र महाकाली गरी सातवटा तथा अन्& य साना यता मस्यौदा समितिले संविधानको विधेयक बनाउन सभापति कृष्णप्रसाद सिटौला नेतृत्वको पुरानै कार्यदललाई जिम्मा दिएको छ समितिको बिहीबार बसेको बैठकले दुई दिनभित्र विधेयक बनाउने जिम्मा कार्यदललाई दिएको जानकारी समितिका सभापति सिटौलाले दिए यसअघि विषयगत उपसमितिमा संयोजक रहेका एमालेका भरतमोहन अधिकारी कांग्रेसका रमेश लेखक एमाओवादीका हितराज पाण्डे फोरम लोकतान्त्रिकका जितेन्द्र देव र नेकपा मालेका अइन्द्रसुन्दर नेम्बाङ कार्यदलका सदस्य छन् सभापति सिटौलाले अन्य नेताहरूलाई पनि कार्यदलमा आमन्त्रण गर्ने गरेका छन् शुक्रबार बाट कार्यदलले काम सुरु गर्छ&#39 एमालेका अधिकारीले भने &#39छुटेका र मिल्न नसकेका विषय भए मिलाउने जिम्मा पनि हामीलाई छ तर दुई दिनमा काम सक्छौं&#39 कार्यदलले मिलाउन नसक्ने राजनीतिक विषय संवाद समितिअन्तर्गतको शीर्ष नेता रहेको विशेष समितिले टुंगोमा पुर्& याउनेछ मस्यौदा समिति बैठकमा पाँच विकास क्षेत्रलाई नै प्रदेश बनाउनुपर्नेमा सभासद्ले जोड दिएका थिए पर्सादेखि सप्तरीसम्म बनेको प्रदेशमा पहाड पनि मिसाउनुपर्ने सुदूरपश्चिम प्रदेश ठूलो बनेको र थारूको पहिचान झल्किने प्रदेश बनाउनुपर्ने माग समितिमा उठेको अधिकारीले बताए मस्यौदा समितिलाई विधेयक बनाउन संविधानसभाले चार दिनको समय तोकेको छ विधेयक संविधानसभामा पुगेपछि संविधान पारित हुने चरणमा प्रवेश गर्नेछ
377
माघ काठमाडौं नेपाली कांग्रेसका नेता नरहरि आचार्यलाई पक्षघात भएको छ कांग्रेस सभापति सुशील कोइरालाको निधन भएपछि उनको निवास पुगेका आचार्य त्यहीँ बेहोस भएका थिए कोइरालाको पार्थिव शरीरमा श्रद्धान्जली दिएर बाहिर निस्कने क्रममा उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिए  त्यही क्रममा उनलाई पक्षघात भएको थियो उनलाई सँगै रहेका कांग्रेस सांसद भीमसेन दासले समाएका थिए भित्र लगेपछि अचार्यले हातले इसारा गरेर आफूलाई गाह्रो भएको भन्दै अस्पताल लैजान आग्रह गरे लगत्तै शहीद गंगालाल अस्पतालमा पुर्‍याइएको थियो त्यहाँबाट अहिले न्यूरो अस्पताल लगेर उपचार गरिएको छ प्रधानले अनलाइनखबरसँग भने गाडीमा राख्ने क्रममा नै उहाँको हात र खुट्टा चलाउन गाह्रो भएको थियो ’अस्पताल पुगेर चेक गर्दा उनको रक्तचाप / थियो चिकित्सकहरुका अनुसार उनको मस्तिस्कको दायाँ भागमा रगत देखिएको छ आचार्यको दायाँ भाग ‘प्यालाराइज्ड’ भएको छ कांग्रेस नेता प्रधानले भनेडाक्टरहरुले रिकभर हुन्छ भनेका छन् तर समय लाग्छ ’
129
देवकी केसीइतिहास पढ्दा जंगबहादुरलाई एक बहादुर शक्तिशालि दन्त्यकथाको नायक जस्तै बुद्धि र बलमा निपूर्ण व्यक्तित्वको रुपमा लिइन्छ तर यी जंगबहादुर औंठाछाप नै थिए यिनले अक्षर पनि चिन्न र आफनो नाम पनि राम्रोसँग लेख्न सक्तैनथे हालसम्मको सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्न सौभाग्य पाएका जंगबहादुर राणाको जन्म बि सं असार गते पिता बालनरसिंह कुवर र माता गणेशकुमारीको कोखबाट गोरखाको बोर्लागं भन्ने ठाउँमा भएको थियो जंगबहादुर सानैदेखि स्कुलको शिक्षामा रुची राख्दैनथे उनी आफ्ना पिताका साथ धनकुटा डडेलधुरा र जुम्लामा रहँदा कुस्ती बन्दुकबाजी घोडसवार तथा युद्धकलामा साहै निपूर्ण तथा बिद्धत हुँदै गएका थिए परिस्थितिबस एउटा अनपढ र मुर्ख जंगबहादुरको हातमा राज्य संचालनको निरंकुश अधिकार पर्‍यो तर पनि उनले चाहेका भए देश बिकास र राज्य संचालनको राम्रो जग बसाल्न सक्थे तर उनले त्यस्तो नगरी आफनो भोगबिलास र सुखसुविधाका लागि राज्यकोषको ढुकुटीको चरम दुरुपयोग गरे उनी प्रधानमन्त्री भएको समय बृटिस साम्राज्यको बिस्तार चल्दै थियो त्यसबेला अहिलेको स्वतन्त्र मुलुक भारत पनि बि्रटिसको कब्जामा थियो त्यतिबेला भारतमा अगे्रजबिरोधी गतिबिधि बढ्दै गएको बेला बि्रटिस साम्रराज्यसँग लड्न नसकिने ठानेर उल्टै जंगबहादुरले भारतको लखनउमा अंग्रेजबिरुद्ध गतिबिधि दमन गर्न सैनिक पठाएर सहयोग गरी लखनऊमा लुटपाट मच्चाएर त्यहाँको बनावटको ठुलो सम्पति हात पारेका थिए कतिपय बिद्रोह दबाएपछि भागेर नेपाल आएका भारतका धन कुबेर बेगम तथा महारानीलाई आफ्नै थापाथली दरबारको प्राङ्गणमा शरणार्थीको रुपमा बस्न दिएर उनीहरुसँग भएको हीरा मोति पन्ना लगायत बहुमुल्य गरगहना सबै आफुले नै लिएका थिए त्यसपछि ती धन सम्पति सबै उनले आफू र आफना सन्तानको भोग बिलासका लागी नै खर्चेका थिए जंगबहादुर यतिसम्म सुन्दरीहरुका भोगी थिए कि उनका दरबारमा इन्द्रको राज्य अमराबतिलाई पनि बिर्साउने खालका भोग बिलासका साधनहरु थिए उनी अत्यन्त कामुक थिए उनका बिबाहित र ल्याइते गरेर भन्दा बढी पत्नीहरु भएको पाइन्छ साथै प्रशस्तै आघोषित पत्नीहरु तालिमे सुसारे नर्तकी र रखौटीहरु थिए उनका लागि नेपाल तथा भारतबाट बिभिन्न तरुनी केटीहरु खोजेर ल्याउने प्रशस्त मानिसहरु खटाइएका थिए बिश्वकै महंगी बेश्यामध्येकी एक लुरा बेलसँग सहबास गरेर जंगबहादुरले आफूलाई एक धनी कामुकहरुको सूचीमा समेत राख्न सफल भएका थिएयसरी उनलाई तरुनीहरु ल्याइदिनेमा सुब्बा काजी तथा उच्च पदमा बढुवा हुन्थे भने उनको लागी केटी खोजेर ल्यान नसक्नेलाई दण्डसमेत हुन्थ्यो यदी उनको दरबारमा उनको कामुकतामा भिड्न नचाहने र नसक्ने केटीहरुलाई भोटमा लगेर नेपाल सरकारको प्रतिनिधि मार्फत बेचबिखन हुने गर्दथ्यो जंगबहादुर यतिसम्म कामुक थिए कि भारततर्फ जाँदा बनारस र पटनाका नामुद बेश्याहरुसँग पनि सहबास गर्दथ्ये एकपटक बिसं मा बेलायत यात्राका क्रममा जंगबहादुरले लण्डनकी प्रसिद्ध बेश्या सुन्दरी लुरा बेलसँग एक रातको लाख पाउण्ड तिरेर सहबास गरेका थिए बिश्वकै महंगी बेश्यामध्येकी एक लुरा बेलसँग सहबास गरेर जंगबहादुरले आफूलाई एक धनी कामुकहरुको सूचीमा समेत राख्न सफल भएका थिए उनले सहबास गर्ने कतिपय केटीहरु साहै्र कम उमेरका पनि थिए जंगबहादुर आफूले कतिपय तरुनीहरुलाई आवश्यकता अनुसार सन्तुष्टि दिन शारीरिक क्षमता ह्रास हुँदै गएका कारण साह्रै निराश हुन्थ्ये यौनपिपासु यौनसुखमा लिप्त हुन र तिब्र यौन चाहनामा आबश्यकताअनुसारको सन्तुष्टि दिन नसकेकै कारण निराश भएर जंगबहादुरले अफिमको लत पनि लिने गरेका थिए देशको जिम्मेबार पदमा बसेका जंगबहादुर आफै कामुकतामा लिप्त भएर राज्यकोषको दुरुपयोग हुँदा देश निकासमा खासै प्रगति हुन सकेको थिएन सेक्स जीवनको एउटा पाटो हो तर सेक्समै जीवन बिताउँदा जीवनको अर्को पाटो अधुरो हुन्छ र जीवनमा त्यसैले धेरै उतार चढाव ल्याउँछ भन्ने कुरा जंगबहादुर जस्ता यौन पिपासुले बुझ्न सकेनन्
495
सन्तोष अधिकारी गोरखा  गाउँमा साथीसँग गफगाफमा रमाइरहेको थिएँ एक्कासी बम पड्केको जस्तो आवाज सुनियो ड्याम्म बम पड्केको जसरी आवाज आएको मिनेट पनि भएको थिएन एक्कासी जमिन हल्लियो बारपाक हल्लियो पछि थाहा भयो आधा नेपालै हल्लिएछ ढुङ्गा माटोले बनेको दुईतले कच्ची घर गल्र्यामगुर्लुम्मै ढल्यो आमा श्रीमती र छोरालाई आफ्नै घरले पुर्यो परान लग्यो बहिनीलाई भने जीउँदै निकाल्न सफल भए बारपाक– का सुनबहादुर घले हुन् उनी वर्षका उनी आमा कान्छी श्रीमती आशकुमारी र छोरा मनोज उमेरले छ महिनालाई आफ्नै आँँखा अगाडी पुरिएको देखेर छटपटिन सिवाय केहि गर्न सकेनन् “जमिन हल्लिएको हल्लियै भयो” गत वर्षको वैशाख गतेको बजेको त्यो क्षण स्मरण गर्दै उनले भने “जमिन एक्कासी हल्लीयो घर ढल्यो सबै त्यैँ पुरिए म किन बाँचे होला जस्तो लाग्छ आँखै अगाडी आमा बुढी र छोरो पुरिए कति कोशिस गरेँ उनीहरूलाई जिउँदो निकाल्न सक्दै सकिन बहिनी पनि आमा बुढी र छोरी सँगै घरमा पुरिएकी थिई उ चाहीँ अलि माथी परिछ र मैले खोतल्दै जाँदा ज्यूँदै निकाल्न सकेँ ’बुद्ध हिमालको आँगनमा रहेको बारपाक गाउँ सँधैँ मुस्कुराई रहेझैँ देखिन्थ्यो भूकम्प यता त्यहाँ सन्नाटा छाएसरह भएको छ “पट्यार लाग्छ दिक्क लाग्छ” सुनबहादुर सम्झन्छन् “बहिनीलाई निकाल्न साँझ पाँच बजेसम्म लाग्यो होला गाउँले सबै मरेर बाँचेका छन् छटपटाएका छन मलाई सहयोग गर्न को आउने सबैको पिडा उस्तै म यता बहिनीलाई निकाल्न ढलेको घर पन्छाउँदै थिएँ बेलुका पख गाउँलेहरु आए गाउँलेहरुले आमा बुढी र छोरा निकालेर आँगनको छेउमा राखे बहिनी बेहोस थिई आमा बुढी र छोरालाई गाड्न गाउँले खाडल खन्न लागेकोसमेत उसले थाहा पाइन ’ उनी भन्छन् “त्यस पछि केहि होस थिएन अहिले मरेर बाँचेको एक वर्ष भयो त्रिपालको टहरोमा छु घर बनाउन सरकारले बाटो खोलेकै छैन रे गाउँमा सबै त्यसै भन्छन बनाउँ भत्काउन पर्ने होकी नबनाउँ बर्खा लागिसक्यो ”भूकम्पकै कारण जना बारपाकीले ज्यान गुमाए सरकारले आवास अनुदान उपलव्ध नगराइदिएकोमा बारपाकबासी अति रुष्ट छन् “भूकम्पपछि प्रधानमन्त्री आए राष्ट्रपति आए नेपाल सरकारका उच्च ओहोदाका व्यक्तित्व पनि आए बारपाकीलाई भेला गराए नयाँ बारपाक तत्कालै बन्ने भूकम्पको पीडा केही बाँकी नरहने जसरी भाषण दिए तर भूकम्पको एकवर्षपछि पनि बारपाक जस्ताको तस्तै छ” उनले दुःखेसो पोखे “आधा घण्टा/पैँतालिस मिनेट बारपाकबासीलाई खुसी बनाउन नेताहरू आउँछन्” बारपाकका जितबहादुर घलेले आक्रोस पोखे “वर्षदिन वित्न लाग्यो हाम्रो दुःख पीडा दूर हुन सकेको छैन ’करिब सय जति घरधुरी एकै ठाउँमा र दुई सय जति घरधुरी छरिएको बस्ती छ बारपाकको भूकम्पको वर्षदिन बित्न लाग्दा पनि बारपाकले मुन्टो उठाउन सकेको छैन र बारबाकबासी सरकारको सहयोगको प्रतीक्षामा दिन बिताइरहेका छन्
377
दुःख हरेकको जीवनमा आउँछ दुःखको असीम भारले मान्छे गल्छ शिवहरि पौडेल पनि दुःखले गले तर गलेको माटोझैं उनी बिलाएर गएनन् पाकेको इँटा भए र सपनाको घर बनाए अहिले उनी त्यही घरको सिरानमा बसेर आफ्नो जीवनको लेखाजोखा गर्छन् एउटा समय थियो– शिवहरिको शब्दमा ‘कालो समय’ जतिबेला उनी नांगो आँखाले जीवनको क्षितिजलाई सधैं निष्पट अँध्यारो देख्थे जीवनमा रंग पनि हुन्छन् भन्ने उनले त्यतिबेला थाहा पाए जब उनी पटक गाउँ फर्किए पटक काठमाडौं फर्काइए झरी परिरहेको एक दिन बाह्रखरीसँग गफिँदा उनको अनुहारमा लेसमात्र पनि दुःख देखिएन दुःखको अथाह सागरमा पौडिएर सुखको किनारमा आएपछि उनले चिन्ता लिन छाडिदिए आफू हाँस्दैनन् अरुलाई हँसाउँछन् यसमै उनको सम्पूर्ण जीवनदर्शन लुकेको छ उमेरले पाँच दशक टेकेका यी ‘अकबरी सुन’ले जे–जे भने हामीले यहाँ त्यही–त्यही सार्यौं:मकवानपुरमा सालमा जन्मिएका शिवहरि पौडेलका दाजुभाइ र दिदीबहिनी थिए परिवार खेती–किसानी गथ्र्यो जमिन त्यति धेरै पनि होइन तर थोरै पनि होइन जेनतेन परिवार पालिएको थियो हलो जोत्न खाँचो थिएन अर्मपर्म गरेर खेती चल्थ्यो सन्तान भएपछि त्यसको प्रभाव बिस्तारै पर्न थाल्यो सबै सन्तानलाई पढाउन सम्भव भएन पढ्नैपर्छ भन्ने नभएर पनि होला– शिवहरि र उनका साँहिला दाइले मात्रै पढ्ने अवसर पाए पढ्न त थाले तर पढ्न गरेको संघर्ष कुनै फिल्मको दर्दनाक कथाभन्दा कम छैन कक्षा सम्म गाउँकै स्कुलमा पढेका शिवहरिले त्यसभन्दा अगाडिको पढाइलाई निरन्तरता दिनु फलामे च्युराझैं भयो साहिँला दाइले जागिर खान थालिसकेका थिए उनले शिवहरिलाई कक्षासम्म पढाइदिने वचन दिएका थिए त्यसैले शिवहरि मकवानपुर आएर दाइसँगै बसेर पढ्न थाले उनले त्यहीँबाट एसएलसी पास गरे वर्षकै उमेरमा उनले एसएलसी दिएका थिए परिवारको आयस्रोत केही थिएन तर खाने मुख भने बढ्दै थिए परिवारको आर्थिक अवस्था कमजोर थियो किनेर खानु नपरे पनि घरखर्च चलाउन ठूलो पहाड थियो टेस्ट दिएर बसेपछि उनले काम खोज्न थाले बाराको अमलेखगन्ज आयल निगममा पद खाली छ भन्ने थाहा पाएपछि उनी त्यहीँ पुगे सकेसम्म त्यहाँ कोही काम गर्न मान्दैनथे जंगलको बीच एकान्तमा डरले कोही बस्न मान्दैनथे ज्यान जोखिममा राखेर कोही काम गर्न जाँदैनथे तर वर्षको कलिलै उमेरमा शिवहरि जंगलको बीचमा बसेर काम गर्न थाले काम पनि भरपर्दो र गतिलो थिएन हाजिर भएको दिनको मात्रै पैसा आउँथ्यो दिनको रुपैयाँ थियो तलब पहिलो महिनाको तलबले साइकल किने राम्रो अंक ल्याएर एसएससी पास गरे साँहिला दाइले पाइन्ट किनिदिन्छु भनेका थिए नभन्दै शिवहरिले एसएलसी पास गरे दाइले वचन हार्न सकेनन् र उनलाई पाइन्ट किनिदिए उनले पहिलो पटक पाइन्ट लगाएको त्यहीबेला हो उनले कक्षा पढ्दासम्म हाफपाइन्ट नै लगाए “पहिलो पटक पाइन्ट लगाउँदा निकै असहज भयो आफूलाई अलि ठूलै मान्छे जस्तो ठानें खुसीले गद्गद् भएँ संसार जितेजस्तो लाग्यो” उनले सुनाए एसएलसी पास भए पनि उनले त्यो वर्ष पढ्न पाएनन् अमलेखगन्जमा बसेर क्याम्पस जान सकिन्थेन जागिर पनि छाड्न सकेनन् जागिर छाडे पढ्न पैसा नहुने पढे जागिर छाड्नु पर्ने पढाइ र जागिरमा एउटा रोज्नुपर्ने भयो एक वर्ष उनले जागिर रोजे एकदिन हाकिमको कोठामा छिरेर आफ्ना सबै समस्या सुनाउँदै रोए पढ्नका लागि काठमाडौं सरुवा गरिदिन आग्रह गरे हाकिम उनलाई काठमाडौं सरुवा गर्न त राजी भए तर उनले एउटा सर्त राखे आफ्नो ठाउँमा काम गर्ने शिवहरि स्वयंले खोजिदिनु पर्ने त्यो जंगलको बीचमा कोही पनि जान नमान्ने गाउँकै भाइलाई फकाएर आफ्नो ठाउँमा राखिदिए र काठमाडौं आए काठमाडौं आएपछि शिवहरिले बबरमहलस्थित आयल निगममा काम गर्न थाले उनको तलब रुपैयाँ भयो थापाथलीमा डेरा लिएर बस्न थाले पाटन संयुक्त क्याम्पसमा आईए भर्ना भए कोठा भाडा रुपैयाँ थियो क्याम्पस फि रुपैयाँ खाना खान पैसा पुग्दैनथ्यो बिहान कलेजबाट बजे साइकलमा रत्नपार्क आएर रुपैयाँका दरले वटा पत्रिका किन्थे र खुलामञ्चमा बदाम खाएर बस्नेलाई रुपैयाँमा बेच्थे रुपैयाँ फाइदा हुन्थ्यो त्यो पैसा लिएर उनी रत्नपार्कको रिमझिम भोजनालय गएर खाना खान्थे काठमाडौंमा चिनेजानेका कोही थिएनन् सरसहयोग गर्ने कोही भेटिँदैनथे उनलाई काठमाडौंमा बसेर एक्लो जीवन पनि धान्न कठिन भयो चार्टर अकाउन्टेन्ट बन्ने सपना बोकेर राजधानी छिरेका उनी आएकै बाटो रित्तो हात घर फर्किए एसएलसी पास भए पनि सोचेजस्तो अंक नआएपछि उनले कमर्स पनि पढ्न पाएनन् मानविकीमा भर्ना भए त्यो पनि पूरा गर्न पाएनन् जागिर त थियो तर त्यसले खान–बस्न नधानेपछि उनी असोज गते घरै फर्किए घरमा अरुले पढ्न पाएका थिएनन् त्यसैले उनलाई पढाउने परिवारको धोको थियो परिवारले काठमाडौं गएर संघर्ष गर्न दबाब दियो आमाले खसी बेचेर सय रुपैयाँ थमाइन् र काठमाडौं पठाइन् सय रुपैयाँ लिएर काठमाडौं आएपछि उनको फेरि पुरानै दैनिकी सुरु भयो त्यो पैसा एक महिनाको डेरा भाडा न थियो त्यसले कति नै थेगभर गर्न सक्थ्यो र उनका पुरानै दुःखका दिन सुरु भए संघर्षको यात्रामा उनी थाके फेरि घर फर्किए काठमाडौं नफर्किने निर्णय गरेर घर गए तर परिवारले उनलाई फेरि पनि घर बस्न दिएन उनलाई जसरी पनि पढाउने परिवारको चाहना थियो आमाले गाउँमा सरसापटी गरेर सय रुपैयाँ दिइन् र काठमाडौं पठाइन् शिवहरि फेरि उसैगरि काठमाडौं आए तेस्रो पटक काठमाडौं आउँदा भने पुरानै तरिकाबाट जीवन धान्न सकिँदैन भन्ने सोचिसकेका थिए उनले जागिरसँगै टेन्डर हाल्न सिके टेन्डर हाल्ने र अर्कोलाई केही नाफा राखेर बेच्न थाले यो कामले भने उनलाई आर्थिक रूपमा केही राहत दियो तीन वर्षमा उनको जागिर स्थायी भयो सालमा सुब्बा भए काम गरे पनि पैसा धेरै नहुने खानकै लागि चारतिर काम गर्नुपर्ने भए पनि उनलाई एकैतिर राम्रो पैसा आउने काम चाहिएको थियो तर कतै पनि नभेटिने भएपछि उनले लोकसेवा आयोगको तयारी सुरु गरे बिहान क्याम्पस दिउँसो जागिर गरेर अबेरसाँझ घर फर्किने शिवहरि मध्यरातसम्म बसेर लोकसेवा पढ्थे सालमा उनले सरकारी जागिरका लागि पाँच ठाउँबाट परीक्षा थिए चार ठाउँमा नाम निकाले उनलाई त्यो समय खरिदार र सुब्बाको किताब पूरै कण्ठ थियो अझै पनि सामान्य ज्ञानका अपडेट नभएका कुरा उनलाई धेरै याद छ चार ठाउँमा नाम निकालेपछि उनलाई कहाँ जागिर खाऊँ कहाँको छाडौं भयो सबैतिर बुझ्दा नेपाल राष्ट्र बैंकको जागिर राम्रो र धेरै तलब भएको थाहा पाए र त्यहीँ काम सुरु गरे उनले राष्ट्र बैंकमा रुपैयाँबाट काम सुरु गरेका थिए गत वर्षमात्रै रिटायर्ड हुँदा उनले मासिक हजार तलब बुझ्थे उनले सालमा नेपाल प्रेस इन्स्टिच्युटबाट महिने पत्रकारिताको तालिम पनि लिए उनलाई पत्रिका प्रकाशन गर्न मन लाग्यो जागिर र टेन्डरबाट करिब हजार रुपैयाँ जम्मा गरेका थिए त्यही पैसाले ‘दि सन’ नामक पाक्षिक पत्रिका प्रकाशन गर्न थाले सिने रंगीन उक्त पत्रिकामा उनी सम्पादक थिए यो पत्रिका करिब दुई वर्षसम्म निस्कियो विज्ञापनको पैसा उठाउन नसकेपछि समयमै प्रकाशन हुन छाड्यो त्यही समयमा बसन्त चौधरीको ‘उर्बसी’ नामक पत्रिकामा पनि काम गरिरहेका शिवहरिले आफ्नो पत्रिका भने बन्द गरे पत्रिका बन्द हुनुको कारण ‘कामना’ पत्रिका पनि एउटा थियो ‘कामना’ लोकप्रिय हुँदै गएपछि ‘दि सन’को बजार घटेको थियो उनको हजार रुपैयाँ डुब्यो उनलाई अग्रज कलाकार शिव श्रेष्ठ भुवन केसी मोहन निरौला पुरन जोशीलगायतले पछिसम्म कलाकारभन्दा पत्रकारकै रूपमा लिन्छन् पत्रिका बन्द गरेपछि उनी केही फुर्सदिला भए र सालबाट कलाकारितामा हात हाले नाटक खेल्न थाले आरोहण गुरुकुल समूहमा आबद्ध भएर उनले नाटक खेल्न थाले जहाँ सुनील पोखरेल निशा शर्मा राजेन्द्र शलभदेखि सरोज खनालसम्म थिए त्यहाँ उनले वर्ष काम गरे वैशाख बाट ‘वनदेखि’ नामक सडक नाटक गरे त्यही वर्ष उनले बद्री अधिकारीले निर्देशन गरेको ‘दुश्मन’ नामक चलचित्रमा बसुन्धरा भुसालका बाबुको भूमिका गरे बसुन्धराभन्दा करिब वर्ष कम उमेरका शिवहरिले अभिनयमा न्याय गरे उनको अभिनयलाई सबैले मन पराए करिब वर्षको बीचमा उनले करिब एक दर्जन टेलिचलचित्रमा काम गरिसकेका थिए यहीबीचमा उनले ‘देवी’ नामक टेलिचलचित्रमा काम गरे जसमा उनी पूर्णे नामक असाधारण भूमिकामा छन् त्यो पात्रलाई सबैले मन पराए उनी रातारात हिट भए उनको जीवनमा ‘देवी’ नै ‘टर्निङ पोइन्ट’ बन्यो उनलाई सबैले चलचित्रमा अनुबन्ध गर्न थाले त्यो समयका उनी लोकप्रिय मात्र होइन महँगा कलाकारमा पनि दरिए उनले नायिकाको भन्दा धेरै पारिश्रमिक लिन्थे उनले एउटा चलचित्रबाट हजारसम्म पारिश्रमिक लिए एक वर्षमा वटा ठूला चलचित्र गरे वर्षमा वटा चलचित्र पु¥याए खानका लागि दैनिक पत्रिका बेच्ने उनको आर्थिक अवस्था मजबुत हुँदै गयो उनी घरजग्गा किन्न सक्ने हैसियतमा पुगे उनले जागिरसँगै चार टेलिचलचित्र नाटक र चार ओटासम्म चलचित्रमा एकै दिन अभिनय गर्थे देखि बजेसम्म राष्ट्र बैंकमै हुन्थे टिफिन ब्रेकमा पनि उनी सुटिङ जान भ्याउँथे तर प्रायः सुटिङ साँझको समयमै मिलाउँथे मा उनले लाख हजारमा काठमाडौंको कुलेश्वरमा आना जग्गा किने त्यो जग्गामा उनले दुई महिनामै डीपीसी गरे यति गरिसक्दा उनको लाख हजार खर्च भएको थियो त्यसलाई लाखमा बेचे त्यही वर्ष कुलेश्वरमै अढाई आना जग्गा किनेर तीन कोठे घर बनाए तर यसका लागि उनले दुई लाख रुपैयाँ ऋण लिएका थिए तीन लाख रुपैयाँ नाफा राखेर उनले त्यो घर बेचे र नैकाप पुगे अहिले उनले साढे आना जग्गामा अढाई तले घर बनाएका छन् राष्ट्र बैंकमा शिवहरि सुब्बाबाट अधिकृतमा बढुवा भए जिम्मेवारी थपियो दौडधूप पनि बढी भयो खान र बस्नको टुंगो थिएन आर्थिक रूपमा पनि सबल हुँदै थिए त्यसैले उनले केही समय ब्रेक लिने निर्णय गरे को अन्त्यसम्म अभिनय गरेनन् बिस्तारै उनलाई मान्छेले बिर्सिन थाले क्रेज घट्दै गयो उनलाई फेरि अभिनयमै जोडिन मन लाग्यो ‘फिरफिरे कला केन्द्र’ भनेर जितु नेपालले निर्माण गरेको हाँस्य टेलिचलचित्रमा अभिनय गरे तर नेपाल टेलिभिजनले त्यो कार्यक्रमको नमुना मन पराएन त्यो टेलिसिरियल सीताराम कट्टेल (धुर्मुस) र केदार घिमिरे (माग्ने बुढा)ले लेखेका थिए पछि त्यसैलाई नाम परिवर्तन गरी ‘जिरे खुसार्नी’ बनाएर नेपाल टेलिभिजनले प्रसारण ग¥यो त्यसको मुख्य अभिनयमा शिवहरि थिए उनी त्यसमा मन्त्री थिए उनको पीए दमन रुपाखेती थिए कथाअनुसार मन्त्रीले फिरफिरे कला केन्द्र उद्घाटन गर्नुपर्ने थियो मन्त्रीको रूपमा शिवहरि उद्घाटन गर्न त जान्छन् तर मान्छे दुई–तीन जना मात्रै देखेपछि उनलाई रिस उठ्छ उनले भन्छन् “मन्त्री आएर उद्घाटन गरेपछि मान्छेको भीडभाड हुनुपर्छ भरे रेडियो टेलिभिजनमा आउनुपर्छ कस्तो ठाउँमा ल्याइस् प्वाक्क मुखाँ हान्नु जस्तो ”उनले आफ्नो पीएलाई गाली गर्न स्क्रिप्ट तयार पारेका थिएनन् यत्तिकै लाइभ गाली गर्दा अचानक आएको शब्द थियो त्यो ‘जिरे खुर्सानी’ दोस्रो भागमा पुग्दै लोकप्रिय भइसकेको थियो धेरैले राम्रो भनेर प्रतिक्रिया दिइरहेका थिए एकदिन उनी थापाथलीस्थित कार्यालय आउँदै थिए त्रिपुरेश्वरमा एक जना बटुवाले रोकेर सोधे “तपाईं जिरे खुर्सानीको मन्त्री होइन तपाईंले पहिलो भागमा पीएलाई गाली गर्दा ‘प्वाक्क मुखमा हान्नु जस्तो’ भन्नुभएको थियो तर दोस्रोमा किन भन्नुभएन त ” त्यसपछि तेस्रो भागदेखि उनले यसलाई थेगोकै रूपमा प्रयोग गर्न थाले सुरुमा ‘पूर्णे’ पात्रबाट चिनिएका शिवहरि दोस्रो इनिङमा ‘प्वाक्क मुखाँ हान्नु जस्तो’ थेगोबाट स्थापित बने एक दशकभन्दा लामो समय चलेको ‘जिरे खुर्सानी’ बन्द भएपछि उनी अहिले‘ब्रेक फेल’ नामक हाँस्य टेलिसिरियल निर्देशन गरिरहेका छन् चियाको चुस्कीसँगै आफ्नो जीवन संघर्षको फेहरिस्त प्रस्तुत गर्दै शिवहरिले तीतो विगत सम्झिए तर अनुहारमा दुःखको कुनै छनक देखाएनन् सत्य बोल्नुको उनको विशेषता हो भने ‘डाइलग’ले नै हँसाउन सक्नु उनको खुबी हो उनी एक घण्टा एक्लै स्टेज कभर गर्न सक्छन् तर दर्शक/स्रोतालाई हँसाउन उनले मुख बिगार्नु पर्दैन जिउ मर्काउनु पर्दैन  मात्र डाइलग डेलिभर गरिदिए पुग्छ स्टेजमा गएपछि डाइलग अटोमेटिक आउँछ खासै पूर्व तयारी नै गनुै पर्दैन उनी आफैंमा स्वयं गम्भीर प्रकृत्तिका व्यक्ति हुन् हम्मेसी हाँस्दैनन् दुनियाँले उनलाई हाँस्य कलाकारिताको हस्ती भनेर चिनिसक्दा पनि उनी स्वयंलाई आफू हाँस्य कलाकार हुँ भन्ने कहिल्यै लागेन तर उनलाई स्टेज वा टिभीसेटमा देख्नेबित्तिकै दर्शकहरु हाँसिदिन्छन् उनलाई यही अचम्म लाग्छ तस्बिरः रोजित खड्का
1,630
राजविराज चैत्र लामो बन्दले पढाई प्रभावित भएका एसएलसी दिन लागेका विद्यार्थीहरुकालागि सञ्चालित रेडियो कार्यक्रम सप्तरीको पत्थरगाडा स्थित एसएलपी उच्च माध्यमिक विद्यालयका केही विद्यार्थीहरुले भने लाभ लिएका छन् एसएलसी परीक्षा दिने विद्यार्थीहरुको पठन–पाठन प्रभावित भएको वास्तविकतालाई मध्यनजर गर्दै सप्तरीमा सञ्चालन गरिएको रेडियो कक्षाको लाभ केही विद्यार्थीहरुले भने लिन सफल भएका हुन् सेभ द चिल्ड्रेनको सहयोगमा जिल्ला शिक्षा कार्यालयले सञ्चालन गरेको हप्ते रेडियो कार्यक्रम केही विद्यार्थीले रुचीका साथ कार्यक्रम सुनेर विषय शिक्षकसँग छलफल गरेर लाभ लिएको विद्यालयका प्रधानाध्यापक देवु प्रसाद यादवले बताए श्रोतकेन्द्रको बैठकमा पाएको जानकारी अनुसार आफूले त्यसको भोलीपल्टै विद्यालयका सम्वन्धित शिक्षकहरुलाई जानकारी गराएको उनले बताए विद्यार्थीहरुलाई लाभ मिल्ने विषय भएकोले आफूले गम्भीरतापूर्वक लिएको बताउँदै उनले भने ‘कुन कुन रेडियोबाट कति बजे प्रशारण हुन्छ भन्ने विषयमा मैले शिक्षक तथा विद्यार्थीहरुलाई समेत जानकारी दिएँ ’फागुन गतेदेखि रेडियोहरुबाट सञ्चालन भएको नेपाली अङ्ग्रेजी विज्ञान गणित र सामाजिक विषयको रेडियो कक्षामा केही विद्यार्थीहरुले सहभागिता जनाएका कारण राम्रै अङ्क प्राप्त गर्नेमा आफू आशावादी रहेको बताए नियमिततर्फ कुल सय विद्यार्थीहरुमध्ये जनाले नियमित रुपमा रुचीका साथ छलफल कार्यक्रममा पनि सहभागी भएको प्रधानाध्यापक यादवले जानकारी दिए एसएलसी दिन लागेका विद्यार्थीहरुलाई लक्षित गरेर सञ्चालन गरिएको रेडियो कार्यक्रमको उद्देश्य एकदमै राम्रो रहे पनि पूर्व तयारीमा भने कमी देखिएको गणित विषयका शिक्षक घनश्याम यादवले बताए केही विद्यार्थीले निक्कै रुचीकासाथ कार्यक्रममा सहभागिता जनाएको जानकारी दिँदै उनले भने ‘सबभन्दा पहिला त रेडियोहरुको प्रशारण समय उपयुक्त भएन सबै विद्यार्थीसँग रेडियोको उपलब्धता भएन विद्यालयमा रेडियो समेत उपलब्ध थिएन ’शिक्षक यादवका अनुसार वैकल्पिक शिक्षणको रुपमा अपनाईएको यो विधिलाई आगामी दिनहरुमा पूर्व तयारीका साथ अगाडि बढाईए फलदायी हुने उनको भनाइ छ ‘विद्यालयकै समयमा रेडियो कार्यक्रम प्रशारण हुने समय मिलाएर एकै ठाउँमा विद्यार्थीहरुलाई एकै ठाउँमा बसेर सुन्न सक्ने वातारण मिलाइएको भए सिकाई प्रभावकारी हुने थियो’ उनले भने ‘विषय शिक्षकका साथ बसेर कार्यक्रम सुन्ने वातावरण मिलाइएको भए तत्कालै जिज्ञासा समाधान हुनेथियो ’रेडियो सुन्ने ईच्छा हुँदाहुँदै अभिभावकले रेडियो सुन्नकालागि मोबाइल दिन नमानेको सोही विद्यालयमा अध्ययनरत एक छात्राले बताईन् आफ्ना सहकर्मी अधिकांश छात्राहरु यस्तै समस्याका कारण रेडियो सुन्नबाट बञ्चित भएको बताउँदै उनले भनिन् ‘कार्यक्रम बनाउँदा हामी जस्ता निम्नवर्गका छात्र–छात्राको समस्यालाई मध्यनजर गर्न आग्रह छ ’सेभ द चिल्ड्रेनले सहयोगात्मक सिकाई परियोजना अन्तर्गत लाख हजार रुपैयाँ खर्च गरेको छ जसमध्ये माध्यमिक तह सञ्चालनमा रहेका जिल्लाका ओटा विद्यालयका प्राथमिक शिक्षकहरुलाई सिकाई सम्बन्धि तालिम दिईएको तथा उनीहरुमार्फत पनि रेडियो कार्यक्रमबारे विद्यालयलाई जानकारी गराएको सेभ द चिल्ड्रेनका एजुकेसनल अफिसर सञ्जीव साहले जानकारी दिए उनका अनुसार श्रोतकेन्द्रहरुको बैठकमा समेत प्रधानाध्यापकहरुलाई एसएलसी तयारी कक्षाबारे जानकारी गराएको छ कार्यक्रम सञ्चालित एफएमहरुबाट समेत कार्यक्रमबारे प्रोमो (प्रचार) गरिएको अफिसर साहले बताए
389
राजविराज फागुन कला क्षेत्रको चर्चित नाम हो डाक्टर सिके सिंह पेशाले डाक्टर भएपनि कलाक्षेत्रमा निरन्तर लागी परेका सिंह पछिल्लो समय बनेका नेपाली गीतको म्युजिक भिडीयोमा छाउँदै गरेका मोडल हुन् डाक्टरी पेशाका बावजुद पनि कलाक्षेत्रमा सक्रिय रहदै आएका डा सिंहको आइतवार जन्मदिन परेको छ गीतका म्युजिक भिडियो साना पर्दाका चलचित्र अथवा ठुला पर्दाका चलचित्र आदिका अभिनयमा छाउँदै गरेका सिंहको औ जन्म दिन हो आफ्नो जन्मदिन भए पनि उनी खासै धुमधामसँग जन्म दिन मनाउने पक्षमा भने छैनन् डा सिंहले भने ‘केही साथीहरु माझ हल्का जन्मदिनको सेलीब्रेसन गर्ने सोच बनाएको छु ’‘चुलबुले कान्छीलाई देखेर छैन मन बसमा ’ बोलको गीतको मोडलिङबाट चर्चा पाएका सिंहले आधा दर्जन भोजपुरी गीतका भिडीयो र एउटा भोजपुरी चलचित्र ‘बेवफा सजनिया’ मा पनि अभिनय गरेका छन् पेसा अन्य भए पनि नेपाली कला क्षेत्रमा निरन्तर लागिरहने सोचाइमा रहेका डा सिंह लाई जन्म दिनको उपलक्षयमा हाम्रो तर्फबाट पनि शुभकामना
138
कार्यपत्र प्रस्तोता पुनले आफ्नो कार्यपत्रमा सल्यान जिल्लाका लोक गीतलाई प्रस्तुति विषयवस्तु संरचना साहित्य भाषा तथा शैलीका आधारमा विश्लेषण गरेका थिए पुनले सल्यान जिल्लाका सदियौंदेखिका लोक गीत व्यक्ति स्थान तथा पुस्तामा विस्तारित हुँदै आइरहेको तर कैंयौ लोक गीतहरु लोप हुँदै गएकोमा चिन्ता व्यक्त गरे उनले संकटग्रस्त अवस्थाका लोकगीतलाई विभिन्न कार्यक्रमका माध्यमबाट जोगाउनुपर्ने खाँचाे अाैंल्याए
53
नेपालले दोस्रो सब्सिच्युटको रुपमा अनिल गुरुङलाई मैदानमा प्रवेश गराएको छ राष्ट्रिय टोलीको कप्तान घोषित भएका अनिल प्लेइङ सेटमा नपरेपछि उनको स्थानमा विराज महर्जनलाई कप्तानी सुम्पिएको थियो अनिल खेलको मिनेटमा अन्जन बिष्टको स्थानमा प्रवेश गरेका थिएहाल मैदानमा नेपालले तीन स्ट्राइकर अनिल भरत खवास र विमलघर्ती मगरलाई उतारेको छ मिनेटको खेल सकिँदासम्म कुनै गोल हुन सकेको छैन नेपालले सट प्रहार गर्दा टिमोर लेस्टेले सट मात्र प्रहार गरेको छ
66
चैत चितवन पवित्र तीर्थस्थल देवघाट जोड्न दासढुङ्गामा निर्मित मोटरेबल पुल निर्माण सम्पन्न भए पनि सञ्चालनमा आउन सकेको छैन पुलबाट मुख्य राजमार्गसम्म जोड्ने मिटर सडक निर्माणमा ढिलाइ हुँदा पुल सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको हो यसअघि पुलको काम सम्पन्न हुनै लाग्दा जेठ गते हावाहुरीका कारण पुल ढलेपछि तीन पटक सम्पन्न गर्नुपर्ने मिति थप गरिएको थियो   डिभिजन सडक कार्यालय भरतपुरले असार गते अनक कन्स्ट्रक्सन प्रालिलाई रु करोड लाख हजार मा असार गतेसम्ममा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको कार्यालयका इञ्जिनियर शशाङ्क मिश्रले बताए तोकिएको मितिमा काम सम्पन्न नहुने भएपछि दोस्रो पटक असार गते सम्पन्न गर्नुपर्ने भए पनि जेठ गते हावाले संरचना ढलेपछि असोज गतेसम्मका लागि म्याद थप गरिएको थियो यस समयमा पनि भूकम्प र नाकाबन्दीको कारण देखाउँदै निर्माण कम्पनीले काममा ढिलाइ गरेको हो पुल र राजमार्गमा जोड्ने बाटोमा कल्भर्ट निर्माण गर्ने कामका विषयमा ठेक्कामा उल्लेख नभएपछि कसले गर्ने भनेर यकिन हुन नसक्दा पछिल्लो समय बाटोकै कारण पुल सञ्चालन हुन नसकेको मिश्रले बताए कविलास गाउँ विकास समितिको दासढुङ्गाबाट तनहुँको देवघाट गाउँ विकास समितिमा जोड्ने दशमलव मिटर लामो पुलको पूरै भाग मिटर चौडा छ जसमा छ मिटरमा सवारीसाधनका लागि र दुवैतर्फ एक÷एक मिटर पैदल यात्रुका लागि छुट्याइएको छ पवित्र तीर्थस्थल देवघाट जोड्ने झोलुङ्गे पुल रहे पनि पक्की पुल भने यो पहिलो हो पुल बनेसँगै पवित्र तीर्थस्थल देवघाट जाने तीर्थयात्रु र स्थानीय बासिन्दालाई प्रत्यक्षरुपमा लाभ मिल्नेछ तनहुँकै देवघाटसँग जोडिएका अन्य गाविसले पनि पुलबाट लाभ लिन सक्छन्
222
नेपाली कांग्रेसको आसन्न औँ महाधिवेशनको तयारीका लागि क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिको निर्वाचन शुक्रबार माघमा हुँदैछ कांग्रेसले संविधानसभाको निर्वाचनमा कायम निर्वाचन क्षेत्रानुसार नै माघमा क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिको निर्वाचनको मिति निर्धारण गरेको छ निर्वाचनको तयारीका लागि सबै निर्वाचन क्षेत्रमा आवश्यक सामग्री सहित निर्वाचन अधिकृत खटिइसकेका छन् बारा बाहेक अन्य अधिकांश जिल्लाका निर्वाचन क्षेत्रमा शुक्रबार क्षेत्रीय र महाधिवशेन प्रतिनिधिको निर्वाचन सम्पन्न हुने का्रग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी दिए एक निर्वाचन क्षेत्र भएका जिल्ला र प्राविधिक कठिनाइले स्थानीय तहको निर्वाचन हुन बाँकी निर्वाचन क्षेत्रमा भने माघमा निर्वाचन हुने उनले बताए केही स्थानमा बाहेक माघमा गाउँ नगर वडा र नगरको अधिवेशन गरेको कांग्रेसले क्षेत्रीय अधिवेशन तथा महाधिवशेन प्रतिनिधिको निर्वाचन माघ र जिल्ला अधिवेशन माघमा गर्दैछ एक निर्वाचन क्षेत्र भएका जिल्लामा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन एकै दिन हुने संयोजक अधिकारीले बताए गाउँ र नगरको निर्वाचनबाट चुनिएका क्षेत्रीय प्रतिनिधि र स्थानीय नेतृत्वले पार्टीको क्षेत्रीय र जिल्लाको नेतृत्व एवम् महाधिवेशन प्रतिनिधिको चयन गर्ने केन्द्रीय निर्वाचन समितिका सचिव प्रदीप पराजुलीले जानकारी दिए महाधिवेशन प्रतिनिधिले महासमिति सदस्य र केन्द्रीय कार्यसमितिको चयन गर्ने व्यवस्था कांग्रेस विधानमा छ कांग्रेसमा केन्द्रीय कार्यसमितिका निर्वाचन क्षेत्रबाट जनाका दरले निर्वाचित हुने हजार र विदेशस्थित जनसम्पर्क समिति भ्रातृ तथा शुभेच्छुक संस्थाबाट चयन हुने गरी जम्मा हजार को हाराहारीमा महाधिवेशन प्रतिनिधि चयन हुने सचिव पराजुलीले बताए कांग्रेसमा हाल जनसम्पर्क समिति भ्रातृ र शुभेच्छुक संस्था छन् महाधिवेशन प्रतिनिधिले केन्द्रको नेतृत्व चयन गर्ने भएकाले यतिखेर कांग्रेसमा सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका नेता कार्यकर्ता आआफ्ना पोल्टामा निर्वाचन परिणाम ल्याउन सक्रिय रूपमा लागेका छन् हालसम्म नेता देउवा र उपसभापति रामचन्द्र पौडेलले उम्मेदवारी घोषणा गरिसकेका छन्कांग्रेसमा तीन हजार गाविस नगरपालिका र तिनका वडा निर्वाचन क्षेत्र र जिल्लामा कायम पार्टीका स्थानीय कार्य समितिका लागि प्रत्येक चार÷चार वर्षमा निर्वाचन हुन्छ पार्टीको औँ महाधिवेशनका लागि स्वीकृत कुल क्रियाशील सदस्य सङ्ख्या चार लाख हजार कायम भएको छ बाह्रौं महाविधेशनमा तीन लाख हजार जना क्रियाशील सदस्य थिए आगामी महाधिवेशन फागुन देखि गतेसम्म काठमाडौँमा हुदैछ व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल काँग्रेसको यसअघि औँ महाधिवशेन साल भदौ देखि गतेसम्म काठमाडौँमै भएको थियो कांग्रेसः क्षेत्रीय र महाधिवेशन प्रतिनिधि निर्वाचन शुक्रबार
329
लामो समय देखि लोक गायनमा सक्रिय गायिका भुमिका शाह शङ्करको आधुनिक गीत चाडै बजारमा आउँदै छ पाँच वटा लोक दोहरी जाल बुनेर हेरी रमाइलो हाइ ए बुढा जोवनको धनी पत्र लेखेर जस्ता बजारमा ल्याइसकेकी उनले अब आधुनिक गीतमा पनि आफुलाई प्रस्तुत गरेकी छन् लोक गीतमा उनलाई निक्कै मन पराइएको थियो भने आधुनिक गीतमा पनि दर्शक स्रोताले आफुलाई मन पराउनेमा उनी आशावादी देखिन्छन् थुप्रै स्टेज कार्यक्रममा आफ्नो प्रस्तुतीहरु मार्फत दर्शकलाई लोभ्याएकी उनकै शब्द सङ्गीत र स्वरमा भमरा झैँ डुली हिडने रैछको म्यूजिक भिडियो पनि तयार गरेकी छन् उनले कृष्ण सुनार र शान्ती नेपालीले मोडलिङ गरेको उक्त गीत तयार भएको हो
99
पछिल्लो समय काठमाडौँ भक्तपुर र ललितपुरमा यौन व्यवसाय फस्टाएको छ उसो त वैशाखको भूकम्पपछि विस्तारै सामान्य बन्दै गएको उपत्यकामा यौनधन्दासँगै जुवाको खाल पनि सुरु भएको छ सामान्य भट्टीदेखि सुविधासम्पन्न होटल र अपार्टमेन्टमा दलालले यौन व्यवसाय सञ्चालन गरेका हुन् बालाजुको बसपार्क पुरानो बसपार्क जडिबुटि पेप्सीकोला कलंकीका समान्य भट्टी गेष्टहाउस र केही राम्रै नाम आउने होटलमा समेत सञ्चालक आफैँले युवती राखेर यौन व्यवसाय चलाउँदै आएका छन् ललितपुरको ग्वार्को सातदोबाटो र भक्तपुरको सूर्यविनायक आसपासका क्षेत्रमा विगत दुई वर्षदेखि खुल्लमखुल्ला यौन व्यवसाय सञ्चालन हुँदै आएको छ काभ्रे सिन्धुपाल्चोक रामेछाप दोलखा धादिङ गोरखा नुवाकोटलगायत पहाडी जिल्लाबाट रोजगारीको खोजीमा राजधानी भित्रिएका युवतीलाई दलालले विभिन्न प्रलोभन देखाएर वेश्यावृत्तिमा लगाउने गरेका छन् सुरुमा रेष्टुरेन्टमा काम लगाइदिएर वेश्यावृत्ति गराउन बाध्य पार्ने गरेका छन् दलालहरुले गेष्टहाउस नै भाडामा लिएर यौन व्यवसाय सञ्चालन गर्दै आएका छन् यस्ता गेष्टहाउसमा युवतीलाई नै राखेर व्यावसायिक रुपमा धन्दा गर्ने गिरोह नै राजधानीमा सक्रिय छ विगत पाँचवर्ष पहिले यस्ता धन्दा चलाउने एक दर्जन दलालका नाइकेले तत्कालीन परिसर प्रमुख एसपी रमेश खरेलले कानुनको दायरामा ल्याएपछि राजधानीमा यौन अखडा चलाउनेको भागदौड मच्चिएको थियो तर यतिखेर प्रहरीले नदेखेजस्तो गरेपछि सुविधासम्पन्न अपार्टमेन्ट र होटलमा युवती सप्लाई गर्ने गिरोहसँगै राजधानीमा यौनधन्दा फेरि सुरु भएको हरेक शुक्रबार सरकारी गाडी लिएर काठमाडौँ आउने अधिकृतहरुको संख्यासँगै अरु युवा पनि राजधानी धाउन थालेकाले देखिएको छ कतिपय दलालले अपार्टमेन्ट भाडामा लिएरै यौन व्यवसाय सञ्चालन गर्दै आएका छन् भने भारतीय मूलका पर्यटकलाई पाँचचारे होटलमा युवती पठाउने धन्दासमेत निर्बाध चलेको छ यता प्रहरीले प्रहरीले नेपाली जुवाडेलाई क्यासिनो प्रवेशमा पूर्ण बन्देज लगाएपछि सुरक्षित स्थलको खोजी गर्दै जुवाडे रिसोर्ट र अपार्टमेन्टमा पुग्न थालेको अपराधखबरडटकमले लेखेको छ जुवाको अखडा थाप्ने दलाललाई प्रहरीले विशेष निगरानी गरेपछि प्रिपेड जुवा हाउसको नाम दिँदै दलालहरुले रिसोर्ट र अपार्टमेन्टको कोठामा जुवा खेलाउन थालेका हुन टोलटोलमा रहेका अखडाबारे स्थानीयले प्रहरीलाई खबर गर्न थालेपछि जुवा खेल्न सुविधासम्पन्न अपार्टमेन्ट र रिसोर्टको कोठा बुक हुन थालेको हो क्यासिनो बन्द भएपछि प्रहरीले टोलटोलमा क्यासिनो शैलीमा सञ्चालित अखडामा छापा मार्न थालेपछि जुवाडे र दलालले गोप्यरुपमा अपार्टमेन्ट र रिसोर्टको कोठामा जुवा खेलाउन थालेका हुन समाचार स्रोतका अनुसार रानीवारीस्थित रिसोर्ट जुवाडेको लागि सुरक्षित जुवा खेल्ने अखडा बनेको छ राम्रै आम्दानी हुने भएपछि रिसोर्ट मालिककै संरक्षणमा जुवा खेलाउन थालिएको रिसोर्टका कर्मचारीले बताए रानीबारीमा अमर तमाङ अशोक श्रेष्ठ र राम तमाङले जुवा खुलाउँदै आएका छन् एकै दिन जुवा खालमा लाख रुपैयाँ माथिको हारजीत हुँदै आएपनि प्रहरीले सुईँको पाएको छैन राम तमाङले जुवा खेलाउन गौरीधार र चप्पल कारखाना पछाडि दुई वटा घर वर्षदेखि भाडामा लिएर अखडा सञ्चालन गर्दै आएका हुन् जुवा खेलाएकै भरमा तमाङसँग करोडौँ रुपैयाँबराबरको सम्पत्ति छ सम्पत्तिको स्रोत खोज्ने हो भने लामाको सबै सम्पत्ति जफत हुने उनकै समकक्षी बताउँछन् अवैध रुपमा अमेरिकामा मानवतस्करी गर्दै आएका गोपाल बुढाथोकी रामकृष्ण कुवँर मिलन लामाको समूह पनि जुवा अखाडाका ग्राहक भएको स्रोत बताउँछ मानवतस्कर कुवँर लामा र बुढाथोकीले जुवा खोलाउन जुवाडे भेला पार्ने र अमर तमाङ राम लामाले खेल्ने ठाउँको चाँजोपाँजो मिलाउँने गरेको जुवाडेहरु नै बताउँछन् अपार्टमेन्ट र रिसोर्ट छाडेर केहीले घरमै पनि जुवा अखडा सञ्चालन गर्दै आएका छन् यसरी जुवा अखडा सञ्चालन गर्नेमा डिल्लीबजारका प्रभुशमशेर राणा अग्रपंक्तिमा आउँछन् राणाले डिल्लीबजार कालिकास्थानस्थित आफ्नै घरमा जुवा अखडा सञ्चालन गर्दै आएका छन् गत दशैँदेखि तिहारसम्म एक महिनाको अवधिमा त्यहाँ एक अर्ब रुपैयाँ बराबरको हारजीत भएको जुवाडेबीच चर्चा छ मोबाईल शैलीमा अखडा सञ्चालन हुने गरेको स्रोत बताउँछ गौशाला राममन्दिरका लीला उप्रेतीले पनि ठूलै जुवा अखडा सञ्चालन गर्दै आएका छन् उप्रेतीले आफ्नै निवास राम मन्दिर तथा भाडामा लिएका घरमा जुवा सञ्चालन गर्दै आएका हुन् एक दिन आफ्नो घरमा अर्को दिन अर्को घरमा गर्दै उप्रेतीले वर्ष देखि जुवाको खाल थाप्दै आएका छन् उता वर्षदेखि सञ्चालित राणाको जुवाघरबारे नेपालका सबै प्रहरीलाई सूचना भए पनि कसैले छापा मार्ने आँट गरेका छैनन् पूर्वराजाका ज्वाइँ राजबहादुर सिंहका भाइ हरिस सिंहलेसमेत जुवा अखडा सञ्चालन गर्दै आएका छन् सिंहले विशालनगरमा जुवा अखडा सञ्चालन गरेका हुन् सिंहको जुवा अखडामा राजपरिवारका सदस्यदेखि मिटर राजा महेश सिंह गुण्डाका नाइकेकोसमेत जमघट हुने गरेको स्रोतको दाबी छ बानेश्वरमा रहेको नेत्रकमल छुनामुना विद्यालयअगाडि मदनबहादुर कँडेलले जुवा अखडा सञ्चालन गर्दै आएका छन् राजधानीको जुवा अखडामध्ये कँडेलको अखडा टपटेनमा पर्छ जुवा अखडामा नेता कर्मचारी तस्करी प्रहरीका हाकिम नै आउने गरेका छन् ब्यापारी अमृत गुरुङ कानुन क्षेत्रका सुरेन्द्रशमशेर जबरा नायक भुवन केसीका बुबा मदनबहादुर केसीलगायतका व्यक्ति जुवाका पारखी भएको स्रोत बताउँछ त्यस्तै बौद्ध चुच्चेपाटीमा खेमबहादुर श्रेष्ठले क्यासिनो शैलीमा जुवा अखडा सञ्चालन गर्दै आएका छन् राजधानीमा लामो समयदेखि जुवा खेलाउँदै आएका राम लामाले सञ्चालन गरेको जुवाघरमा प्रहरीले पटकपटक छापा मारे पनि लामा फुत्किदै आएका छन् जुवाघरका सञ्चालक लामा लामो समयदेखि राजधानीमा जुवा खेलाउँदै आएका व्यक्ति हुन् प्रहरी र सेनाका अधिकृतको घर भाडामा लिएर जुवा अखडा सञ्चालन गर्ने सिन्धुपाल्चोकका नारायण खड्का पनि जुवा अखडा थाप्नेमा टप फाइभमा पर्छन् कमलपोखरीका किरण गौतमले पनि जुवा अखडा सञ्चालन गर्दै आएका छन् गतवर्ष उनको कमलपोखरी अखडामा प्रहरीले जुवा खेलाएको भन्दै उनलाई समेत पक्राउ गरिएको अपराध खबर डटकमले लेखेको छ
744
राजविराज असोज मधेश आन्दोलनमा सहादत प्राप्त गरेकाहरुको सम्झनामा मङ्गलवार सप्तरीमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्वारा मैनवत्ती प्रज्जवलन गरिएको छ राजविराजस्थित गजेन्द्र चौकमा शहिदहरुको सम्झनामा मैनवत्ती प्रज्जवलन गरिएको हो कार्यक्रममा मोर्चासँग आवद्ध सङ्गठनका जिल्ला अध्यक्ष एवम् केन्द्रीय नेता तथा भातृ सङ्गठनहरुका पदाधिकारीहरुको सहभागिता रहेको संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन्
55
जेठ काठमाडौं नेपाल घरेलु तथा साना उद्योग महासंघले आगामी आर्थिक वर्षको बजेटमा घरेलु तथा साना उद्योगलाई उपेक्षा गरेको बताएको छ झण्डै पाँच लाख घरपरिवार आश्रति भएको लघु उद्यम विकासका लागि स्पष्ट कार्यक्रम नआएको महासंघको आरोप छ घरेलु तथा साना उद्योगलाई मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा लिइन्छ यस्ता उद्योगहरुको विकासबीना प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न नसकिने महासंघको ठोकुवा छ महासंघका अध्यक्ष सुरेश प्रधानले उद्योग मन्त्रालय अन्तरगत विनियोजित अर्ब करोडमध्ये ठुलो हिस्सा औद्योगिक क्षेत्र र पूर्वाधार विकासमा खर्च बताउँदै बजेटको अत्यन्तै सानो अंशमात्र घरेलु तथा साना उद्योगको विकासमा खर्च हुने गुनासो पोखे महासंघका वरिष्ठ उपाध्यक्ष श्यामप्रसाद गिरीले बजेट वक्तव्यमा पटकपटक निर्यात प्रवर्द्घन गर्ने वाक्य प्रयोग भएतापनि निर्यातमुखी उत्पादन बृद्धिमा जोड दिने व्यवस्था र निर्यातलाई प्रोत्साहन गर्न निर्यात प्रोत्साहन सूविधालाई यथावत राखिएको गुनासो गरे भूकम्प र त्यसपछिको नाकाबन्दीको मारमा परेका लघु घरेलु तथा साना उद्यमीहरूको पुनःउत्थानलाई बजेटले सम्बोधन नगरेको बरिष्ठ उपाध्यक्ष गिरीले बताए ‘यसले जीडीपीमा उद्योग क्षेत्रको योगदान प्रतिशतभन्दा कममा झर्ने निश्चित छ त्यसले बजेटमा पुनरावोलक गरी मुलुकभित्र रहेका झण्डै एक लाख हजार लघु घरेलु तथा साना उद्योगको विकासका लागि बिषेश कार्यक्रम ल्याउन सरकारसँग आग्रह छ’ बरिष्ठ उपाध्यक्ष गिरीले भने म्हासंघका अनुसार विशेषत भुकम्पपछिको पुनः निर्माणलाई प्राथमिकतामा राख्दै पुर्वाधार विकासमा जोड दिनु सडक सञ्जाल र यातायातको विस्तार हवाइ पूर्वाधार र शहरी विकासका लागि थप कार्यक्रम ल्याउनु यस बजेटका सकारात्मक पक्ष हुन् बरिष्ठ उपाध्यक्ष गिरीले बजेटमा उल्लेखित महिला उद्यमशीलता विकास कोषको आकार बृद्घि च्यालेञ्ज फण्डको व्यवस्था कृषिलाई आधुनिकीकिरण गर्ने कार्यक्रम सहितको कृषि उत्पादनमा आत्मनिर्भर हुने अवधारणा उद्योग दर्ता र वर्हिगमनका लागि सरलीकरण युवालाई उद्यमशीलतामा आकषिर्त गर्न बीउ पूँजीको व्यवस्था गर्नु सकरात्मक भएको बताए आगामी दुई वर्षभित्र लोडसेडिङमुक्त गर्ने लगानीकर्तालाई आकषिर्त गर्न आगामी वर्ष लगानी शिखर सम्मेलन गर्ने चालु आर्थिक वर्षमा उत्पन्न भएको असहज परिस्थितिमा प्रतिशत भन्दा कम क्षमतामा सञ्चालन भएका उद्योगहरुले बुझाउनुपर्ने विद्युतको डिमाण्ड शुल्क छुट दिनेजस्ता बिषयले औद्योगिक विकासमा सघाउ पुर्‍याउने विश्वास गरिएको छ यसैगरी कृषियोग्य जमिनलाई बाँझो राखे प्रतिशत जरिवाना लगाउने व्यवस्था तथा उद्योग लगायतका क्षेत्रमा बन्द हडताल गर्न नपाइने र गरेमा भएको क्षतिको क्षतिपूर्ति बन्द हडताल गर्ने पक्षबाट नै भराउने परिकल्पना पनि बजेटका सकरात्मक पक्ष भएको गिरीले बताए यसका अलावा पब्लिक कम्पनीका रूपमा स्थापना हुने उद्योग व्यवसायलाई आयकरमा प्रतिशत छुट आयकर प्रयोजनका लागि थ्रेसहोल्डमा पुनरावलोकन बीमा सेवाको ग्रामीण क्षेत्रमा पहुँच विस्तार गर्न उत्प्रेरित गरिने सरकारी सम्पत्ति सांस्कृतिक र पुरातात्विक धरोहरको बीमा लगायतका विषयलाई बजेटमा समेटिएको छ
365