wikipedia_article
stringlengths 1
59k
|
---|
दिपक गुरूङ नेपाली राष्टिय फुटबल टिमका खेलाडी हुन्।
|
बिराटनगर विमानस्थल पूर्वी नेपालमा रहेको पूर्वाञ्चल नेपालको सबै भन्दा प्रमुख विमानस्थल हो। यो विमानस्थल बाट नेकोन एअरले पटना, कलकता, बनारस, तथा ढाका उडान गरी अथवा उडान गर्ने प्रयास गरि विराटनगर विमानस्थललाई त्रिभुवन विमानस्थल पछीको दोस्रो अन्तराष्ट्रिय विमानस्थलको रूपमा चिनाएको थियो। नेपालको विराटनगर विमानस्थलको एअरपोर्ट कोड |BIR|VNVT हो।
यो विमानस्थलको नाम नेपालको विराटनगर नगरको नाम बाट राखीएको हो।
यो विमानस्थल विराटनगर सहरको उत्तर क्षेत्रमा पूर्व पश्चिम लम्विएर रहेको छ।
यो विमानस्थल बाट हुने प्रमुख हवाई सेवा तलका सहर सम्म बिस्तारित छ-
|
निशा अधिकारी नेपाली चलचित्र क्षेत्रको अभिनेत्री, मोडल, भिजे तथा आरजे हुन् । उनले चलचित्र मिसन पैसाबाट नेपाली चलचित्र क्षेत्रम प्रवेश गरेकी थइन् । अभिनेत्री बन्नुपुर्व निशा नेपाली मोडेल थिइन् । निशाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण पनि गरिसकेकी छिन् । निशाले सगरमाथा को सफल आरोहन सन् 2013 मे 1 का दिन गरेकी थिइन् ।
■ नम्रता श्रेष्ठ
■ प्रियंका कार्की
■ ऋचा शर्मा
■ केकी अधिकारी
■ रीमा विश्वकर्मा
|
डा. नागेश्वरप्रसाद सिंह नेपालका पूर्वमन्त्री हुन्। उनको जन्म सप्तरीको कोईलाडी गाविस 3मा भएको थियो।
उनी 2015 सालमा सप्तरीबाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएका थिए। उनी कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य भएका थिए। उनी डा. तुलसी गिरीको मन्त्रीमण्डलमा तीनपटक रहे। पहिलोपटक सिंह 2017 पुस 13मा गठित डा. गिरीको मन्त्रीमण्डलमा अर्थ सहायक मन्त्री बने। 2019 असार 18मा बनेको गिरीको मन्त्रीमण्डलमा स्वास्थ्य, बिजुली र नहर मन्त्री रहे। 2020 चैत 27मा तेस्रोपटक गिरी मन्त्रीमण्डलमा निर्माण, सञ्चार तथा यातायात मन्त्री थिए। पूर्व-पश्चिम राजमार्ग बनाउने योजनाले तराई नभेट्टाएको भन्दै राजा महेन्द्रसँग विमति राखेर राजीनामा दिएका थिए।
उनको निधन 2067 साउन 2 गते सोमबार दिउँसो राजविराज 4 स्थित उनकै निवासमा भयो। उनी 85 वर्षका थिए। डा. सिंहका दुई छोरा छन्। जेठा गोविन्द सिंह राजनीतिमा आवद्ध छन् भने कान्छा डा. शंकर सिंह चिकित्सक हुन्।
राजनीति सँगसँगै सिंह सामाजिक संघसंस्थामा समेत निकै नै सक्रिय थिए। उनी नेपाल रेडक्रस सोसाईटीका संस्थापक समेत थिए। उनी नेपाल मेडिकल एशोसिएशन तथा क्षयरोग निवारण संस्थाका पनि संस्थापक हुन्। लाईन्स क्लब सप्तरीका संस्थापकसमेत रहेका डा. सिंह लाईन्स क्लबका डिस्ट्रीक गभर्नर 325 थिए।
|
सौभाग्य उ.मा.वि. पाल्पा जिल्लाको चिदिपानीमा रहेको एक उच्च माध्यमिक विद्यालय हो। यस विद्यालयले उच्च माध्यमिक शिक्षा परिषद्सँग सम्बन्धन लिएको छ। यो एक सामुदायिक विद्यालय हो।
|
बाबुराम आचार्य नेपालका इतिहास शिरोमणि हुन् । जसको जन्म वि.सं. 1944 फागुन 29 गते काठमाडौंको ठूलो गौरचन भन्ने ठाउँमा भएको थियो ।
उनको जन्म काठमाडौंको ठूलो गौचर भन्ने ठाउँमा भएको थियो। मध्यमवर्गीय परिवारमा वि.सं. 1944 फागुन 29 गते जन्मेका आचार्यका माताको नाम शिवकुमारी र पिताको नाम धर्मदत्त हो।
प्रारम्भिक शिक्षा बाजे पशुपति आचार्यबाट प्राप्त गरेपछि उनले संस्कृतमा व्याकरण र ज्योतिष विषयको औपचारिक शिक्षा हासिल गरेका थिए । पछि बनारस गएर उनले उच्च शिक्षा हासिल गरेका थिए।
उनी 32 वर्षको उमेरदेखि इतिहासको अन्वेषण गर्ने कार्यतर्फ आकषिर्त भए र आफ्नो सम्पूर्ण जीवन यही कार्यमा खर्चे। त्यो बेला देशमा राणाशासन थियो। त्यसैले इतिहास विषयमा हात हाल्नु तत्कालीन अवस्थामा खतरा मोल्नु थियो। त्यस बेला देशको इतिहास लेख्न त के, थाहा पाएको विषयमा बोल्नसमेत नहुने जमाना थियो। त्यसो भए तापनि बाबुराम आचार्यले खतरा उठाए। सुब्बा वीरेन्द्रकेशरी अज्र्यालको उपदेशअनुसार छरिएर रहेका अभिलेख, शिलालेख, वंशावली, हस्तलिखित ग्रन्थ खोज्ने पढ्ने काम उनले सुरु गरे। लुकेर रहेको उनको इतिहास विषयको रुचि र प्रतिभालाई पण्डित भगवान्लाल इन्द्राजीको नेपालको इतिहास विषयक खोजकार्यले प्रेरणा मिल्यो। वि.सं. 1937मा काटियावाड भारतका पण्डित इन्द्राजीले नेपालका 23 वटा अभिलेख छपाई प्रकाशित गरेका थिए। बाबुरामको जन्मपूर्व नै उनको नेपाल आगमन भएको थियो। इतिहास लेख्ने शुभारम्भ त्यसैले गरायो। बाबुराम आचार्यलाई इतिहास विषयमा प्रवृत्त तुल्याई इतिहास शिरोमणि तुल्याउने काम पनि त्यही भ्रमणको प्रतिफल मान्न सकिन्छ।शिलालेख, अभिलेखजस्ता ऐतिहासिक सामग्रीको अध्ययन-मनन गर्नु आवश्यक छ भन्ने जानकारी त्यस भ्रमणले दियो।
व्यापक जनसम्पर्क, मिलनसार प्रकृति, इतिहासप्रतिको उत्कृष्ट रुचिको कारण उनले धेरै कुरा जान्ने अवसर पाए। फलस्वरूप बाँचुन्जेल उनी एक किसिमले जीवित इतिहास बने भने मरेपछि अमर इतिहास। वि.सं. 2007 अघि उनको इतिहासप्रतिको प्रेम आत्मसन्तुष्टिकै लागि मात्र सीमित थियो भने त्यसपछि उनको कलमले अगाडि बढ्ने अवसर पायो। नेपाली भाषामा शिक्षा दिनुपर्छ भन्ने बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहको सङ्गतबाट जागीरे जीवनमा प्रवेश गरेका बाबुराम राजगुरु हेमराजका सहायकसमेत बनेका थिए। नेपालमा आधुनिक ढङ्गको अन्वेषण परम्परालाई भित्र्याउने विद्वत्शिरोमणि हेमराजको मातहतमा रहेको पाठशाला बन्दोबस्त अड्डाका हाकिम बाबुरामले संस्कृत विद्याको उन्नतिमा समेत मद्दत पुर्याए।
बाबुराम आचार्य असाधारण प्रतिभासम्पन्न तीव्र स्मरणशक्ति र प्रखर कल्पनाशक्ति भएका प्रतिभा थिए। उनको अध्ययन क्षेत्र केवल इतिहास विषयमा मात्र सीमित नभई मूर्ति, मुद्रा, नापतौल, जीवनी, धार्मिक स्थल परिचय,शिलालेख तथा नेपालको भाषा, साहित्य आदि विषयमा उत्तिकै चलेको पाइन्छ। इतिहासको सम्बन्धमा उनी आधुनिक कालको इतिहास मात्र होइन लिच्छवि, मध्य, मल्ल तथा बाइसे-चौबीसे राज्यहरूका बारेमा पनि त्यत्तिकै ज्ञान राख्थे। कोही पनि उनीकहाँ पुग्दा निरुत्तरित हुनुपर्दैनथ्यो। जान्न चाहेको कुरा विनास्वार्थ, विनासङ्कोच सम्पूर्ण बताइदिन्थे। त्यति मात्र होइन, उनको सम्पर्क र सानिध्य पाएर कति व्यक्ति नेपालको इतिहासको खोज, अन्वेषणमा लागेको पाइन्छ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको नामकरण पनि उनले नै गरेका थिए। त्यसभन्दा अगाडि यसलाई पन्ध्रौँ चुली र माउन्ट एभरेस्ट नामले मात्र पुकारिन्थ्यो। आफ्नो सम्पूर्ण जीवन इतिहासको अध्ययनमा नै खर्चिंदा वि.सं. 1997 देखि आँखा धमिलिँदै गएर वि.सं. 2008मा त पूरै बन्द भएका थिए।
सोही वर्ष श्री 5 त्रिभुवनद्वारा इतिहासशिरोमणि उपाधिले सम्मानित भएका थिए ।
बाबुराम आचार्य वि.सं. 2020मा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका मानार्थ आजीवन सदस्य बनेका थिए।
उनका प्रकाशित कृतिहरू
|
Oxylophus jacobinusCoccystes melanoleucosCoccystes hypopinarius
जुरे कोइली नेपाल लगायतका एसियाली तथा अफ्रिकाका देशहरूमा पाइने एक प्रकारको कोइलीको प्रजाति हो ।
|
नेपालमा घर र जग्गा जस्ता अचल सम्पत्तिमाथिको स्वामित्व र कर संबन्धि राज्यले अपनाएको विद्यमान संरचना र आवास व्यवस्थापन अव्यवस्थित र अवैज्ञानिक छ। यसले गर्दा भूमि धेरै स-साना टुक्रामा खण्डित भइरहेका छन् भने कृषिप्रधान देश भइकन पनि कृषि अर्थतन्त्रको दुर्गत नै भइरहेको छ। कृषि उत्पादन ह्रास हुँदै गई कुनै बखत कृषिमा आत्मनिर्भर रही खाद्यान्नप निर्यात गर्ने देश आज आयात गर्नुपर्ने अवस्थामा गुज्रिरहेको छ। राज्यले लिएको गलत भू तथा आवास नीतिका कारण कृषि भूमि दिनानुदिन नष्ट् हुँदै अव्यवस्थित रुपमा घर निर्माण भइरहेका छन्।
वर्तमान अवस्थामा सुधार गरी अर्थतन्त्र सुदृढ गर्नको लागि राज्यले निम्न बुँदाहरूमा ध्यान दिनुपर्ने देखिन्छ।
अ. जमिनमाथि द्वैधस्वामित्वको पूर्ण अन्त्यमा सफलता
आ. घर र जग्गा जस्ता अचल सम्पत्तिमाथिको स्वामित्व, हस्तान्तरण र करारोपणमा वैज्ञानिक वर्गीकरण
वि. सं. 2021 मा राज्यले भूमिसुधार ऐन लागू गर्यो र जग्गा जमिनको नापीनक्सा शुरू गरी लगत खडा गरियो। जसमा जग्गाधनी र जग्गा जोत्नेस जोताहा किसान को विवरण राखियो। जस अनुसार जोताहालाई जोताहाको अस्थायी निस्सा दिइयो र जग्गाधनीलाई जग्गा दर्ता गर्न भनियो। यस ऐन अनुसार जोताहाले जग्गाको मोहियानी हक पाउने कानुनी व्यवस्था गरियो।
नापीनक्साको बखत कतिपय जग्गाको मोही जग्गाधनी आफैं थियो भने कतिपय जग्गाधनीको अरू। यसरी अरू मोही भएको जग्गा कतिपय जग्गाधनीले मोहीलाई हक हिस्सा दिनुपर्ने कारण जग्गा दर्ता नगर्नाले कतिपय जग्गाको दर्ता बाँकी रह्योस। यस प्रकार जग्गाको मोही जग्गाधनी आफैं नभइ अरू भएको जग्गाहरूमा द्वैधस्वामित्व रहन गयो।
यस्ता द्वैधस्वामित्वका जग्गाहरूमध्ये दर्ता भएका जग्गाहरू जग्गाधनीले मोहीलाई वा मोहीले जग्गाधनीलाई आफ्नो हकहिस्साको मोल आपसी सहमतिमा तय गरी मोल लिई हक हस्तान्तरण गरी अथवा सो हुन नसक्दा आफ्नो आफ्नो हकहिस्सा छट्या ई एकल स्वामित्व लिने प्रक्रिया चल्यो चलिरहेको छ। तर दर्ता बाँकी रहेका द्वैधस्वामित्वका कतिपय जग्गाको भने द्वैधस्वामित्व अन्त्य हुन सकेन र मोही र जग्गाधनीबीच जसले सक्यो उसले अर्को पक्षको हकहिस्सा समेत एकलौटी खाने होडमा विवाद र मुद्दा समेत चलिरहेको अवस्था छ।यस्ता दर्ता बाँकी रहेका द्वैधस्वामित्वका जग्गाका विषयमा राज्य अन्योल र अस्पष्टि बसी दिनाले यो समस्या चर्कंदै गएको छ र द्वैधस्वामित्व अन्त्य गर्ने राज्यको लक्ष्य सफल हुनसकेको छैन।
त्यसकारण दर्ता बाँकी रहेका त्यस्ता द्वैधस्वामित्वका जग्गा राज्यले अबको 5 बर्षभित्रमा जग्गाधनी र मोही दुबै पक्षलाई उपस्थित गराई दर्ता गरी तत् पश्चायत् जग्गाधनी वा मोहीले आफ्नो हकहिस्साको मोल लिई अर्को पक्षमा हक हस्तान्तरण गरिदिने वा सो हुन नसकेमा दुबै पक्षले कित्ता काट गरी आफ्नो आफ्नो हकहिस्सा छुट्याई एकल स्वामित्व कायम गराउनुपर्छ। यसरी द्वैधस्वामित्वको पूर्ण अन्त्य गर्नुपर्छ।
वर्तमान समयमा कुनै पनि घर वा जग्गाको हक एक जना हकवालाबाट उसका धेरै हकवालामा हस्तान्तरण हुँदा कतिपय अवस्थामा जग्गा कित्ता काट गर्न न्यूनतम् क्षेत्रफल नपुग्ने र घर पनि चिरा पार्नु पर्दा हकवालाहरूबीच विवाद भई मुद्दा समेत चलिरहेको अवस्था छ। जसले गर्दा देशको भूमि र आवास अवस्था अस्तव्यस्त रहेको छ। यसमा सुधारको लागि घर र जग्गा जस्ता अचल सम्पत्तिको स्वामित्वलाई निम्नानुसार वर्गीकरण, स्वामित्व, हस्तान्तरण र करारोपणको व्यवस्था गर्न आवश्यक छ।
निजी सम्पत्ति
राज्यको स्वामित्वको सम्पत्ति
सार्वजनिक सम्पत्ति
सरकारी सम्पत्ति
उपरोक्त अचल सम्पत्तिको स्वामित्व, हस्तान्तरण र करारोपणको व्यवस्था -
1 . निजी सम्पत्ति अन्तर्गत व्यक्ति वा संघसंस्थाको स्वामित्वको घरजग्गा रहनेछन्।
2 . ती सम्पत्तिको निजी भोगचलन र बेचबिखन वा किनबेच गर्न पाइनेछ।
3. निजी सम्पत्तिमा घर बनाउन पाइन्छ।
4 . निजी सम्पत्ति पैतृक सम्पत्तिका रुपमा हकवालाहरुमा हस्तान्तरण हुनेछ।
5 . यसमा लाग्ने सम्पत्तिकर अन्य सबै प्रकारको घरजग्गाकर भन्दा बढी हुनेछ।
1. निजी सम्पत्तिका हकवालाहरुबीच हकहस्तान्तरण गर्न जग्गाको न्यनतम् क्षेत्रफल नपुगेमा सो सम्पत्ति राज्यको स्वामित्वको सम्पत्तिमा परिणत हुनेछ।
2. राज्यको स्वामित्वको सम्पत्तिमा परिणत हुनु अघिका निजी सम्पत्तिका हकवालाहरु र तीनका पैतृक हक खाने सबै हकवालाले परिणत भएको आफ्नो हकको राज्यको स्वामित्वको सम्पत्ति मात्र भोगचलन गर्न पाउनेछन्।
3. कुनै व्यक्ति वा संस्थाले आफ्नो हकको निजी सम्पत्ति राज्यको स्वामित्वको सम्पत्तिमा परिणत गर्न चाहेमा सक्नेछन्।
4. राज्यको स्वामित्वको सम्पत्ति पुन निजी सम्पत्तिमा परिणत हुनसक्ने छैनन्।
5. राज्यको स्वामित्वको सम्पत्तिमा घरनिर्माण वा थपनिर्माण गर्नसक्ने छैनन्।
6. यस सम्पत्तिका भोगचलनकर्ताहरूले भोगचलनबापत तिर्ने कर निजी सम्पत्तिमा लाग्ने करको तुलनामा 49 प्रतिशत मात्र हुनेछ।
1. राज्यको स्वामित्वको सम्पत्ति भोगचलनकर्ताहरूको घनत्व राज्यले तोकेको भन्दा बढी भएमा सार्वजनिक सम्पत्तिमा परिणत हुनेछ र हकवाला भोगचलनकर्ताले राज्यले प्रत्येक आर्थिक वर्षमा अद्यावधिक गरेको मूल्याङ्कभन अनुसार क्षतिपूर्ति पाउनेछ।
2. राज्यको स्वामित्वको सम्पत्तिको हकवाला भोगचलनकर्ताहरूले चाहेमा भोगचलनहकको राज्यले प्रत्येक आर्थिक वर्षमा अद्यावधिक गरको मूल्याङ्कन अनुसार क्षतिपूर्ति लिई सार्वजनिक सम्पत्तिमा परिणत गर्न सक्नेछन्।
3. सार्वजनिक सम्पत्तिका रुपमा रहेको घरजग्गा पुन राज्यको स्वामित्वको सम्पत्ति वा निजी सम्पत्तिमा परिणत हुन सक्ने छैनन्।
4. राज्यले सार्वजनिक सम्पत्तिका रुपमा रहेको संगसंगैका कित्ताहरू आवश्यकता हेरी एउटै वा धेरै कित्ताहरुमा एकीकरण गर्दै लानेछ र ती सार्वजनिक सम्पत्तिको उपयोग निम्नानुसार प्राथमिकताक्रम दिई गर्नेछ।
कृषि
सार्वजनिक आवास
सार्वजनिक शैक्षिक संस्थाहरू
सार्वजनिक स्वास्थ्य संस्था, अस्पतालहरू
सार्वजनिक कलकारखाना र उद्योगहरू
सार्वजनिक मनोरञ्जननका सिनेमा हल र थियटर आदि
उपरोक्त क्षेत्रहरूमध्ये कृषि र सार्वजनिक आवास क्षेत्र बारे चर्चा गरिन्छ।
अ. कृषि क्षेत्र
सबभन्दा पहिला कृषियोग्य भूमि छुट्याई ती भूमिमा कम्तीमा 25 जना कृषक सदस्य भएको सरकारी दर्ता प्राप्त सार्वजनिक कृषि संस्थाहरूलाई एकीकृत निश्वित भूमि व्यावसायिक कृषि उत्पादन गर्न दिइनेछ र कृषिभूमिकर राज्यले लिनेछ।
आ. सार्वजनिक आवास क्षेत्र
राज्यले सार्वजनिक सम्पत्तिको रुपमा रहेको घरजग्गा सार्वजनिक आवासको निम्ति आवश्यकता हेरी नयाँ घरको निर्माण, पूर्वनिर्मित घरमा थपनिर्माण वा पुननिर्माण गर्नेछ। राज्यले नयाँ निर्माण गर्ने एउटा आवासीय घर राज्यले तोकेको मापदण्ड अनुसार कम्तीमा सय परिवारको लागि आवासयोग्य हुनुपर्नेछ। नागरिकको सार्वजनिक आवासीय आवश्यकता हेरी राज्यले नियमित रुपमा सार्वजनिक आवासीय घरहरू नयाँ निर्माण, थपनिर्माण वा पुननिर्माण गर्नेछ भने पूर्वनिर्मित घरहरू पनि उपयोगमा ल्याउनेछ। यी आवासीय घरहरूलाई कम्तीमा सय एकाइहरूमा छुट्याइनेछ। एक एकाइमा बढीमा 6 जना सदस्यको एक परिवार मानी आवास गराइनेछ।
आवासको लागि नागरिकहरूले राज्य समक्ष निवेदन दर्ता गरी प्रतीक्षा सुचीमा बस्नुपर्नेछ र आवास उपलब्ध भएपछि प्रति परिवारका दरले राज्यले तोकेको निश्चित आवासकर राज्यलाई तिरेर बस्नेछ। नागरिकले निवेदन दर्ता गरेको बढीमा 2 वर्षभित्रमा राज्यले आवास उपलब्ध गराउनेछ।
यसरी नै अन्य क्षेत्रका विषयमा राज्यले उचित व्यवस्था र सञ्चावलन गर्नेछ भने निजी क्षेत्रले यी क्षेत्रहरूमा व्यवस्था र सञ्चानलन गर्न पाउनेछैन।
5. नागरिकहरूले सम्बन्धित सार्वजनिक सम्पत्ति प्रयोग गरेवापत उपरोक्त सम्बन्धित क्षेत्रहरूमा सम्बन्धित कर तिर्नेछन् र यो कर निजी सम्पत्ति र राज्यको स्वामित्वको सम्पत्तिकर दुबैको तुलनामा निकै कम हुनेछ।
राज्यले सरकारी कामकाजका लागि सरकारी घरजग्गाको व्यवस्था गर्नेछ।
सरकारले उपयुक्त कारण भएमा सार्वजनिक सम्पत्तिलाई सरकारी सम्पत्तिमा परिणत गर्न सक्नेछ तर सार्वजनिक उपयोगमा आइसकेको सम्पत्तिलाई भने सो सम्पत्तिको स्थापन्न व्यवस्था गरेपछि मात्र सरकारी सम्पत्तिमा परिणत गर्न सक्नेछ।
यसप्रकार राज्यले देशमा कृषि उत्पादन र भूमिव्यवस्थापनमा सुधार गरी कृषि अर्थतन्त्र र आवास व्यवस्थित गर्नु अपरिहार्य भइसकेको छ र अबको 20 बर्ष सम्ममा पनि यस क्षेत्रमा पूर्ण उपलब्धि हासिल नभएमा देशमा आगामी पुस्ताको भविष्य उज्ज्वल हुने सपना सपना नै रहिरहनेछ र विश्वमानचित्रमा नेपाल असफल राष्ट्रको रुपमा चित्रित हुनेछ।
अन्तमा नागरिकहरूले देशमा सुव्यवस्था, सुशासन, विकास, शान्ति र अमनचैन बहाल रहिरहन राज्यप्रति आफ्नो उत्तरदायित्त्व, कर्तव्य र सहयोग गर्नुपर्छ भने कुनै पनि सम्पत्ति चाहे त्यो निजी होस् वा राज्यको स्वामित्वको होस् वा सार्वजनिक वा सरकारी सम्पत्ति कसैको पनि हानि नोक्सानी र क्षति गर्नुहुँदैन र गरेमा राज्यले कानुनी दण्ड, जरिवाना र सजाय गर्नुपर्छ।
|
लामाऔंले नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा ब्रोन्ज-विङ्ड जक्याना भनिन्छ ।
बचेराहरू
अपरिपक्व
बचेराका साथमा बचेराहरू
अपरिपक्व
आन्ध्रप्रदेश
|
ढाँचा:फाल्गुण 2075
|
देवघाट धाम नेपालको मध्यभागमा पर्ने प्रसिद्ध धार्मिक ऐतिहासिक एवं पर्यटकीय महत्वले परिपूर्ण भएको पवित्र तीर्थस्थल हो । आदिप्रयाग, हरिहरक्षेत्र र चक्रतीर्थको रुपमा परिचित यस पुण्यभूमिमा मुक्तिनाथबाट प्रवाहित शालग्रामवाहिनी कृष्णा गण्डकी र गोसाईकुण्डबाट आएकी त्रिशूली आदि अन्य नदीहरूको पावन संगम वनेको छ । जहाँ पर्वहरुमा देवताहरु प्नि स्नान गर्न आउँछन् भन्ने मान्यता छ ।यसै पुण्यभूमिमा वैदिक सनातन धर्म र आर्य संस्कृतिको संरक्षण, संवर्द्धन एवं संस्कृत विद्याको प्रचार–प्रसार गर्ने मूल उद्देश्यका साथ परमगुरु अनन्त श्रीविभूषित स्वामी महेशानन्द गिरिजी महाराजको शुभाशीर्वाद एवं श्रोत्रिय, ब्रह्मनिष्ठ श्री 1008 स्वामी सच्चिदानन्द सरस्वती को सत्प्रेरणाबाट अभिप्रेरित भई परमश्रद्धेय श्री 1008 डा.स्वामी रामानन्द गिरिजी महाराजको शिवसंकल्पअनुसार एक विशुद्ध धार्मिक तथा सामाजिक संस्थाको रूपमा महेश संन्यास आश्रमको स्थापना भएको हो । वि. सं. 2050 सालमा संघ संस्था दर्ता ऐन अन्तर्गत जिल्ला प्रशासन कार्यालय तनहूँमा दर्ता भएको यस आश्रमको संञ्चालनका लागि विधान अनुसार संस्थापक स्वामीज्यूको अध्यक्षता तथा समाजका विभिन्न क्षेत्रमा प्रतिष्ठित महानुभावहरूको सहभागितामा महेश संन्यास आश्रम संचालक समिति को गठन गरिएको छ र यसै ट्रष्टद्वारा आश्रमको सञ्चालन भएको छ ।
राष्ट्रियता, मानवता र विश्ववन्धुत्वको विकासका लागि सनातन धर्म र आर्य संस्कृतिको संरक्षण संवद्र्धन एवं संस्कृतशिक्षाको आवश्यकतालाई हृदयंगम गर्दै संस्कृत वाङ्मय अन्तर्गत ज्ञानविज्ञानहरुको प्रचारप्रसार गर्ने मूल उद्देश्यका साथ देवघाटधाममा एक शैक्षिक संस्थाको रुपमा महेश संस्कृत गुरुकुलको स्थापना गरिएको हो । महेश संन्यास आश्रमको उद्देश्य अनुरूप आश्रमका संस्थापक अध्यक्ष पौरस्त्यवाङ्मयका प्रखर विद्वान् विद्यावारिधि डा.स्वामी रामानन्द गिरिज्यूको शिवसंकल्पद्वारा वि.सं.2052 सालमा एक शैक्षिक संस्थाको रूपमा महेश संस्कृत गुरुकुलको स्थापना भएको हो । संस्थापक स्वामीज्यूको संस्कृत शिक्षाप्रतिको विशेष अनुरागबाट संस्थापित यस गुरुकुललाई शिक्षा ऐन तथा नियमावली बमोजिम संस्थागत निजी शैक्षिक गुठीको रूपमा संचालन हुने गरी संबद्ध सरकारी निकायमा दर्ता गरी नियमित सञ्चालन गरिएको छ । महेश संन्यास आश्रमअन्तर्गत सञ्चालित यस गुरुकुलमा प्राचीन गुरुकुलको मर्यादालाई अनुसरण गर्दै वेद वेदांग लगायत पौरस्त्यविद्याको शिक्षा दिने व्यवस्था गरिएको छ ।
नेपालको प्राचीन कला र संस्कृतिको अनुपम स्वरूप झल्किने शिवमन्दिर एवं अग्निाशालाको निर्माण सम्पन्न भएको छ । मन्दिरमा वैदिक विधिअनुसार विद्येश्वर भगवान्को नियमित पूजा अर्चना रुद्राभिषेक र पर्वहरूमा विशेष धार्मिक अनुष्ठान सञ्चालन गरिँदै आएको छ ।
यस गुरुकुलको महत्त्वपूर्ण शैक्षिक संपत्तिको रूपमा एक पुस्तकालयको स्थापना गरिएको छ । जसमा वेद, उपनिषद्, पुराण, इतिहास, दर्शन, व्याकरण, साहित्य आदि संस्कृत वाङ्मयभित्रका महत्त्वपूर्ण शास्त्रीय विषयका अतिरिक्त आधुनिक विषयका समेत गरी लगभग 12000 पुस्तकहरू संकलन गरिएको छ ।
यस गुरुकुलमा वि.सं. 2052 देखि नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गत क्षेत्रिय शिक्षानिर्देशनालयबाट अनुमति प्राप्त गरी निम्न माध्यमिक तथा माध्यमिक तह संचालन गरिएको छ र पाठ्यक्रम विकास केन्द्रद्वारा निर्धारित पाठ्यक्रमअनुसार कक्षा 6 देखि 10 सम्म को कक्षा सञ्चालन भइरहेको छ ।
यस गुरुकुलमा अध्ययन गरी प्रवेशिका S.L.C.उत्तीर्ण छात्रहरूलाई यसै वातावरणमा उच्च शिक्षा प्रदान गर्नु वाञ्छनीय भएकाले वि.सं.2056 सालदेखि नेपाल संस्कृत विश्वविद्यालयबाट संम्बन्धन प्राप्त गरी महेश संस्कृत गुरुकुल विद्यापीठको सञ्चालन गरिएको छ । स्थापनाकालमा उत्तरमध्यमा तहदेखि सुरु भएको यस विद्यापीठमा हाल शास्त्री तथा आचार्यतहसम्मको कक्षा चलिरहेको छ । वेद, वेदान्त, व्याकरण, दर्शन, नीतिशास्त्र आदि विविध विषयमा विश्वविद्यालयले निर्धारण गरेको पाठ्यक्रमअनुसार कक्षा सञ्चालन भइरहेको छ ।
गुरुकुलमा औपचारिक र अनौपचारिक गरी दुई किसिमका कार्यक्रमहरु सञ्चालित छन् ।औपचारिक अन्तर्गत कक्षा 6 देखि आचार्य तह सम्मको शिक्षा प्रदान गरिएको छ ।अनौपचारिक अन्तर्गत हाल निम्न कार्यक्रमहरु सञ्चालित छन्—
स्थापनाकालदेखि हालसम्म निम्न निर्माण कार्यहरू सम्पन्न भएका छन् ।
निकट भविष्यमा निम्न निर्माणकार्य गर्नुपर्ने
देवघाट–5, तनहूँमा महेश संन्यास आश्रमको नाममा खरिद गरिएको 60 रोपनी जमिनमा आश्रमका गतिविधिहरु सञ्चालित छन् । पक्की पर्खालभित्र सुरक्षित उक्त जमीनलाई विभिन्न प्रयोजनका भवन, वगैचा, खेलकूद मैदान एवं कृषि उत्पादनमा प्रयोग गरिएको छ ।
|
पतनुका नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल, धनुषा जिल्लामा अवस्थित गाँउ विकास समिति हो।
|
दुर्वासाएक वैदिक कालका ऋषि हुन् । उनी आफ्नो रिसको लागि प्रसिद्ध छन् त्यसैले उनलाई क्रोधी भनेर प्राय जानिन्छ उनी भगवान् शिवको अंश अवतार थिए ।दुर्वाश्यश अर्थात् दुवोको लुगा लगाउने दुर्वासाभनिएको हो ।
|
हरानामपुर कपिलवस्तु जिल्लामा पर्ने एउटा गाउँ विकास समिति हो।
|
टु मेकानिकल सिटिजन्स अफ सोभियत यूनियन लेखक तथा उपन्यासकारम्याक्सिम गोर्कीद्वारा लिखित किताब हो ।
|
पकुवा नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धवलागिरी अञ्चल, पर्वत जिल्लामा अवस्थित गाउँ विकास समिति हो ।
|
कुल घरेलु उत्पादन अथवा कुल घरेलु आय, एउटा अर्थव्यवस्थाको आर्थिक प्रदर्शनको एउटा भरपर्दो माप हो, यो एक बर्षमा एउटा राष्ट्रको सीमा भित्रमा अन्तिम मालसमान र सेवाहरुको बजार मूल्य हो । कुल घरेलु उत्पादनलाई तीन प्रकारले परिभाषित गर्न सकिन्छ, जसमा सबै अवधारणात्मक रूपले समान रहेको छ ।
अंग्रेजी पहिलो प्रारम्भिक मध्ययुगीन इङ्गल्याण्ड मा बोली र अब एक वैश्विक Lingua Franca छ भनेर एक पश्चिम Germanic भाषा हो। अंग्रेजी आधिकारिक भाषा वा लगभग 60 सार्वभौम राज्य अमेरिका मा एउटा सरकारी भाषा या त छ। यो संयुक्त राज्य, संयुक्त राज्य अमेरिका, क्यानाडा, अष्ट्रेलिया, आयरल्याण्ड, र न्यूजील्याण्ड मा सबै भन्दा बोली भाषा हो, र यो व्यापक क्यारेबियन, अफ्रीका, र दक्षिण एसिया को केही क्षेत्रमा बोलिने छ। यो छ तेस्रो सबैभन्दा सामान्य देशी चीनी र स्पेनिश पछि, संसारमा भाषा। यो सबैभन्दा व्यापक सिकेका दोस्रो भाषा हो र एउटा सरकारी युरोपेली संघ को, संयुक्त राष्ट्र को भाषा हो, र धेरै अन्य विश्व र क्षेत्रीय अन्तर्राष्ट्रिय संस्थाहरूको को।
अंग्रेजी 1,400 वर्षभन्दा को जीवनशैलीको विकास भएको छ। अंग्रेजी को पुराना फारामहरू, एंग्लो-फ्रिजीयन बोलियों को एक सेट पाँचौ शताब्दीमा एंग्लो-Saxon settlers द्वारा ग्रेट ब्रिटेन ल्याए पुरानो अंग्रेजी भनिन्छ। मध्य अंग्रेजी इङ्गल्याण्ड को नर्मन विजय संग लेट 11 औं शताब्दीमा सुरु भयो। प्रारम्भिक आधुनिक अंग्रेजी लन्डन र राजा जेम्स बाइबल गर्न छापाखाना साथै महान् स्वर सिफ्ट को परिचय संग लेट 15 औं सताब्दी मा सुरु भयो। ब्रिटिश साम्राज्यको विश्वव्यापी प्रभाव माध्यम, आधुनिक अंग्रेजी दुनिया वरिपरि 17 देखि मध्य-20 औं शताब्दीपछि फैलियो। मुद्रित र इलेक्ट्रोनिक मिडिया, साथै एक वैश्विक महाशक्ति रूपमा संयुक्त राज्य अमेरिका को उद्भव को सबै प्रकार को माध्यम ले, अंग्रेजी अन्तर्राष्ट्रिय भाषणले र धेरै क्षेत्रहरु र यस्तो विज्ञान, अन्वेषण रूपमा व्यावसायिक प्रसङ्गहरू मा Lingua Franca को अग्रणी भाषा भएको छ, र व्यवस्था।
आधुनिक अंग्रेजी धेरै अन्य भाषा संग तुलना सानो inflection छ, र सहायक क्रिया र जटिल काल, पक्ष र मुड को अभिव्यक्ति लागि शब्द आदेश, साथै निष्क्रिय निर्माण, interrogatives र केही negation मा निर्भर। स्वर विज्ञान र phonology सर्तहरू, र कहिले काँही पनि शब्दावली, व्याकरण र हिज्जे - - यो महत्तव र विभिन्न देशहरूमा र क्षेत्रहरु मा प्रयोग अंग्रेजी को बोलियों बीच सजिलै देखिने विविधता भए तापनि संसारभरि देखि अंग्रेजी वक्ता एक अर्को प्रभावकारी कुराकानी गर्न सक्षम छन्।
|
समग्र प्रविधि क्षेत्रको सर्वस्वीकार्य विधा सूचना प्रविधि पछिल्लो समय देश विकासको मेरुदण्ड नै बन्दै गएको छ । सूचना प्रविधिको क्षेत्रमा भएको बहुआयामिक प्रभाव र विस्तारले विश्व साँघुरो ग्राममा परिणत हुँदै गएको यथार्थ अब नौलो कुरा रहेन । दैनिक जीवनमै सूचना प्रविधि हावी भएकाले मानिसको दैनिकीमा ठूलो सहजता ल्याइदिएको छ । कम्प्युटरको विकासबाट सुरूवात सूचना प्रविधिको क्षेत्रमा भएको गुणात्मक फड्को कम्प्युटरकै सेरोफेरोमा अझ अङ्कुरित, पुष्पित, पल्लवित हुँदै गएको छ । कम्प्युटर नामको प्रविधिको भाँडो आज आएर यति लचिलो भइसकेको छ कि दूरसञ्चार, सञ्चार माध्यम, बैङ्किङ्ग, व्यावहारिक जुनसुकै प्रयोजनका लागि यसको प्रयोग वाञ्छनीय हुन पुगेको छ ।
हाम्रो सन्दर्भमा भने हरेक वर्षझैँ 2065 साल पनि सूचना प्रविधिको क्षेत्रमा खासै उपलब्धिमूलक भएन भन्न चिउँडोमा हात राखेर घोत्लिरहनु पर्दैन । सूचना प्रविधिको मूल प्रवाहमा आफ्नो सिर्जनशीलताको व्यापार गर्न नसक्नु नेपालका लागि वर्षैंदेखिको परम्परागत नियति बन्दै गएको छ । नहुनु मामाभन्दा त कानो मामा निको भनेझैँ केही छिटफुट गतिविधिहरूलाई भने नजर अस्वीकार गर्न सकिँदैन ।
नेपाल टेलिकमको बेथिति
2065 सालको सुरूवातमा राज्यको स्वामित्व रहेको नेपाल टेलिकमले इन्टरनेट प्रयोगकर्ताहरूको लागि 'ए डी एस एल' प्रणाली भित्र्याएको घोषणा गर्यो । 'ए डी एस एल' अर्थात 'असिमेटि्रक डिजिटल सब्स्क्राइभर लाईन'बाट 'पी एस टी एन' टेलिफोनका प्रयोगकर्ताहरूले उच्च गतिको इन्टरनेट सुविधाको उपभोग गर्ने अवसर पाए । सहरी क्षेत्रमा यो प्रविधि भित्रिएपछि 80 प्रतिशतभन्दा बढी परिमाणले इन्टरनेट शुल्कमा कटौती भयो । नेपाल टेलिकमकै सेवा विस्तारको कुरा गर्दा मोबाइलबाट इन्टरनेट सुविधा प्रयोग गर्ने प्रविधि 'जी पी आर एस'को सुविधासमेत थप गर्यो पि्रपेड मोबाइल नमस्तेमा । यसअघि यो सुविधा स्पाइस नेपालले मात्रै दिँदै आएको थियो । जेनेरल प्याकेट रेडियो सर्भिस थप गर्नुलाई नेपाल टेलिकमको ग्राहक बढाउने उद्देश्यसँग मात्रै जोड्ने सकिने आधार उसैले प्रदान गरेको सेवाले दिएको छ । गुणस्तरीय सेवा प्रदान गर्न नसकेको तीतो यथार्थ सम्पूर्ण ग्राहकहरू भुक्तभोगी भएको विषय हो । आफ्नो क्षमता कम भएको जानकारी हुँदाहुँदै सेवाग्राहीलाई प्रभावकारी सेवा उपलब्ध गराउनुको साटो ग्राहकलाई विभिन्न सेवा थप गरेको ढोङ पिट्दैमा मदमस्त छ । खासगरी 'जी एस एम' अर्थात् 'ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन' प्रविधिमा आधारित मोबाइल फोन-नमस्ते, अत्यधिक ग्राहक सङ्ख्याका कारण नेपाल टेलिकमले सञ्चालनमा
ल्याएका 'बी टी एस' अर्थात् 'बेस ट्रान्सिभर स्टेसन'ले धान्न नसकी नेटवर्कको समस्या विगतका वर्षहरूदेखि नै ग्राहकहरूले भोग्दै आएका हुन् तर जति सिमकार्ड वितरण गरे पनि त्यो समस्यालाई हल गर्न कुनै प्रभावकारी कदम चालिएको छैन । नयाँ सेवाको थप गर्नु सह्राहनीय कुरा हो तर गुणस्तरीय सेवा प्रदान भए मात्रै सेवाग्राहीले तिरेको शुल्कको अर्थ रहने थियो । 2065 सालमा भोगिएको यो समस्या नेपाल टेलिकमले 2066मा सुधार गरोस् भन्ने अगि्रम शुभकामना ।
अन्य दूरसञ्चार प्रदायक संस्था
सञ्चारको क्षेत्रमा नेपालमा अपरेट भइरहेका अन्य दुई मोबाइल कम्पनीहरू स्पाइस नेपाल र युटिएल पनि सेवा बिस्तारमा जोडतोडले लागिपरेका छन् । स्पाइस नेपालले 'जी एस ए' प्रविधिमा आधारित मोबाइल फोन सञ्चालन गर्दछ भने युटिएल 'सी डी एम ए' प्रविधिमा आधारित मोबाइल फोन सञ्चालन गर्दै आएको छ । स्पाइस नेपालको मेरो मोबाइल देशको 14वटै अञ्चलमा पुगिसकेको छ भने युटिएलले तीन विकास क्षेत्रमा आफ्नो सेवा विस्तार गरिसकेको छ । यो मूलतः 2065 सालमा भएको सूचनाको क्षेत्रको उपलब्धि हो ।
क्यान इन्फोटेक
देशको सूचना प्रविधिको क्षेत्रलाई फराकिलो पार्न सन् 1992मा कम्प्युटर एसोसिएसन अफ नेपाल -क्यान)को स्थापना भयो । क्यानको स्थापनाले नै सूचना प्रविधिको विकासमा टेवा पुगेको भन्न सक्ने वातावरण नदेखिए पनि बर्सेनि आयोजना हुने सूचना प्रविधि मेला क्यान इन्फोटेकले भने केही हदसम्म प्रविधिको जानकारी एवं चेतना साधारण मानिससम्म पुर्याएको देखिन्छ । वर्षभरिमा एक मेलाको आयोजना मात्रै गरेर बस्ने गरेको क्यानले सूचना प्रविधिको विकासमा खासै भूमिका खेलेको देखिँदैन् ।
सूचना प्रविधि आयोग विघटन
2065मा सूचना प्रविधिसँग जोडिएका व्यक्ति, संस्थालाई एक दुःखद घटना घट्यो, त्यो हो सूचना प्रविधि उच्च आयोगको विघटनको तयारी । बनेपामा रहेको आईटी पार्कको सञ्चालनको लागि मुख्यतः गठन गरिएको उच्च आयोगले सोचेअनुरूपको काम गर्न नसक्दा विघटन गर्ने तयारीमा सरकार जुटेको छ । काम गर्न नसक्ने व्यक्तिलाई हटाइ नयाँ व्यक्ति ल्याउनुको सट्टा आयोग नै खारेज गर्नु उपयुक्त होला र ?
सकारात्मक पहल
यो लेख पढिरहँदा तपाईंले हरेक क्षेत्रमा निराशा मात्रै रहेको अनुभूति गरिरहनुभएको होला । आशा गर्ने ठाउँ पनि छन् । जस्तै त्रिभुवन विश्वविद्यालयअन्तर्गतको कम्प्युटर विज्ञान केन्द्रिय विभागले सूचना प्रविधिको विकासमा एक सानो प्रयास गरेको देखिन्छ, विश्वस्तरीय आईटी कन्प| MB of Day Pack,50 Items Ncell Flood relief free SMS,left.Ncell.न्सको आयोजना गरेर । कन्फ्रेन्स 18 मुलुकका 25 सहभागीहरूले आफ्नो प्रस्तुति प्रदर्शन गरेका थिए । सूचना प्रविधिको क्षेत्रमा नेपालले पनि पाइलाहरू चाल्न थालेको सन्देश उक्त कन्फ्रेन्स मार्फत अन्य मुलुकसम्म पुर्याउने चेष्टा गरिएको थियो ।
अविकसित राष्ट्रको सूचीमा रहेको हाम्रो देशको हिमाली भेगमा वायरलेस इन्टरनेट वाइ-फाइको प्रयोग गर्छन् चौरीपालक व[mषकहरूले भन्दा तपाईंलाई आश्चर्य लाग्न सक्दछ तर यो सत्य हो, चौरी पालनमा लागेका व[mषकहरूले अन्य jmुनै सञ्चार सुविधा नभएकोले वाइ-फाइमार्फत वल्लोडाँडा र पल्लोडाँडामा चौरीको आहार, बसोबास अनि अन्य आवश्यक सामग्रीको जानकारीका साथै खरीद बिक्रीको प्रक्रियासमेत इन्टरनेटमार्फत गर्ने गर्दछन् । 2065 साललाई सूचना प्रविधिका लागि सकारात्मक तुल्याउन हिमाली क्षेत्रको यो आयाम पनि मनन योग्य छ । सन् 2006को रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुनले म्याग्दीबाट सुरू गएको वायरलेस प्रविधि देशका अन्य पहाडी र हिमाली जिल्लामा समेत द्रूत गतिमा विकास गरिरहेका छन् । त्यसबाहेका निजी तवरबाट विभिन्न विश्वविद्यालयका आईटी सङ्कायका विद्यार्थीहरूले नयाँनयाँ सˆट्वेयरको निर्माण गरेर आफूलाई पनि यस क्षेत्रमा अब्बल प्रमाणित गरिरहेको छैन भलै ती रचनात्मक र सिर्जनात्मक पहलकदमीको पुँजीकरण र व्यावसायिकीकरणका लागि राज्यको अग्रसरका आवश्यक हुन्छ ।
अन्त्यमा,
देशमा सूचना प्रविधिको विकास गर्न सर्वप्रथम त शैक्षिक क्षेत्रमा जोड दिनुपर्छ । सूचना प्रविधिको ज्ञान हासिल गराउन उद्योगमा प्रयोग हुने व्यावसायिक ज्ञानभन्दा पनि पहिला त सैद्वान्तिक किताबी ज्ञान अनि उक्त आर्जन गरेको ज्ञानलाई प्रयोगात्मक ज्ञानमा प्रतिस्थापन गर्न सके त्यसले उत्पादक परिणाम दिन सक्छ । सूचना प्रविधिको अर्को प्रमुख बाधक सहरी क्षेत्र र ग्रामीण क्षेत्रबीचको खाडल । सम्पूर्ण उपलब्धताको केन्द्रीकरण र सहरमुखी अवधारणाका कारण ग्रामीण क्षेत्रका युवाहरूलाई प्रविधिको ज्ञान आर्जन गराउन दूरशिक्षाको अवधारणालाई विकास गरी अत्याधुनिक प्रविधिको पहुँच ग्रामीण भेगसम्म पनि विस्तार गर्न सकिन्छ । यसरी सहर र गाउँबीचको खाडल पुर्न सके सूचना प्रविधिको विकासले ऽूतगति लिन सक्छ ।
हुनतः समग्र नेपालमा मोबाइल प्रयोगकर्ताको सङ्ख्या 50 लाखभन्दा बढी छ अनि नियमित कम्प्युटर प्रयोगकर्ताको सङ्ख्या पनि 10 लाख नाघिसकेको छ तर अरूले विकास गरेका प्रविधिहरूको प्रयोगमा नै रमाउने हाम्रो बानीले सूचना प्रविधिको सिर्जनशीलताको क्षेत्रमा कुनै योगदान दिन सक्दैन । त्यसले त फगत प्रविधि मैत्री मानसिकता र जीवनशैली ल्याउला तर त्यतिका प्रविधि भित्राउन गरिएको आर्थिक लगानीले देशको व्यापार घाटामा अरू नकारात्मक सूचक देखाउँछ । एकातिर दर्जनौँ कलेजहरूमा उच्च शिक्षाका रूपमा सूचना प्रविधिका हरेक विद्यामा अध्यापन भइरहेको छ तर ती कलेजका उत्पादनहरू नेपालमा भरपर्दो रोजगार र काम पाइएन भनेर पलायन हुनेको लर्को दिनदिनै बढ्दो छ । 'ब्रेन ड्रेन'को नकारात्मक पीडा एकातिर छ भने आफ्नो देशमा आवश्यक पर्ने जनशक्ति चाहिँ बाहिरबाट आयात गर्नुपर्ने अवस्था छ । तसर्थ आफूले आर्जन गरेको ज्ञान, सीपलाई सही ठाउँमा प्रयोग गरी आउने वर्षहरूमा नेपाली युवाहरूले नै सूचना प्रविधिको क्षेत्रमा आमूल परिवर्तन ल्याउने र आत्मनिर्भरताको सार्थक पाइलो हुनेमा विश्वास गरौँ ।
|
छैमले नेपालको बागमती अञ्चलको काठमाडौं जिल्लामा अवस्थित, हाल दक्षिणकाली नगरपालिकामा पर्ने छैमले हेटौडा निस्कने बाटो मै पर्छ र हामी यही हुँदै यात्राा गर्दछौ । छैमले नास्पातीको लागि प्रख्यात मानिन्छ। नास्पातिका साथै यहाँ काँक्रो, लप्सी, सुन्तला, लगायतका फलफुल पाइन्छ। हावापानीका हिसाबले पनि बसोबासका लागि उत्तम मानिने यो ठाउँ प्राकृतिक सौदर्यले धनि मानिन्छ । यहाँका मानिसहरूको मूल पेशा भनेको कृषि नै हो। यो ठाउँ मा तामाङ समुदायको बाहुल्यता छ। छैमले प्राकृतिक रुपले पनि सुन्दर छ । हावापानी सफा छ । हरिया बन्जङ्गल सँगइ रमाएको छ छैमले । फर्पिङ आसपासलाई अझ सबै सामु पुर्याउने उद्देश्यले बिगत एक बर्ष देखी www.dollugaun.com नामको वेबसाईट सन्चालनमा आएको छ। यसमा यस भेगका धेरै ठाउँलाई समेटने प्रयास गरिएको यसका संचालक प्रमोद कुमार पौडेलले जानकारी गराउनु भयो । फर्पिङ लगायत यहाँ धेरै पर्यटकिय ठाउँहरु रहेको र यसको उचित प्रचार प्रसार आवश्यक रहेको समेत वहाँले बताउनु भयो ।
www.dollugaun.com
नेपालको सन् 2011को जनगणना अनुसार आलापोटमा 968 घरहरू र जनसङ्ख्या 4216 छ ।
|
न्युरोड टिम एक सर्वाधिक पुरानो नेपाली फुटबल क्लबहरू मध्ये एक हो ।
यो क्लबको स्थापना पि.स. 1991 मा भएको थियो। नेपालको सर्वाधिक पुरानो क्लबहरू मध्येको यस क्लबले हालसम्म चार पटक शहिद स्मारक लिगको उपाधि जितेको छ।
2013-14 को राष्ट्रिय लिगमा एन्फाको प्रतिबन्ध परेको थियो ।उक्त सिजनमा यस क्लबले राष्ट्रिय लिग तथा कुनै पनि नेपाली घरेलुु फुटबल प्रतियोगिताहरूमा सहभागीता जनाएन।
|
हाम्रो कथा एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य कमल कुमार शर्मा र अरूद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक रामचन्द्र तामांग हो। यसको प्रकाशन दार्जीलिङमा मासिक 2006भदौमा प्रकाशित भएको थियो।
|
साइलेन्ट अनर अमेरिकन उपन्यासकार ड्यनिएल्ले स्टिलद्वारा लिखित उपन्यास हो ।
|
दुवाकोत नेपालको बागमती अञ्चलको ख्वप जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउँमा 1170 वटा घर छन्।
नेपालको सन् 2001को जनगणना अनुसार दुवाकोतको जनसङ्ख्या 6290 छ। यस मध्य पुरुष 51%, र महिला 49% छन्।
|
यदि यो प्रमुख पृष्ठ चाँडै मेटाउने आधारको मापदण्ड भित्र नपरेको खण्डमा, अथवा तपाईँ यसमा पर्याप्त सुधार गर्न सक्नुहुन्छ भने यो सूचना हटाउनुहोला तर यदि यो तपाईँले सृजना गरेको लेख हो भने तपाईँ आफैले यो सूचना नहटाउनुहोला । यदि यो तपाईँले पृष्ठ बनाउनु भएको हो र तपाईँ यसलाई मेटाउनु पर्ने कुरामा सहमत हुनुहुन्न भने तल रहेको मेटाउन सहमत छैन बटन थिच्नुहोला र वार्तालापमा आफ्नो विचार व्यक्त गर्नुहोला । अथवा तपाईँ सिधै वार्तालापमा गई आफ्नो कुरा राख्न वा आफ्नो कुराको प्रतिक्रिया हेर्न सक्नुहुनेछ ।
एकपटक यो सूचना राखिसकेपछि यदि यो लेख अनुपयुक्त छ वा निश्चित रूपमा चाँडै मेटाउनु पर्ने पृष्ठको मापदण्डमा पर्न आउँछ भने कुनै पनि समयमा प्रबन्धक वा प्रशासकद्वारा यो पृष्ठ मेटाउन सकिनेछ ।
प्रबन्धकहरूको लागि सूचना: कृपया यो पृष्ठ मेटाउनुभन्दा पहिले लिङ्कहरू, इतिहास, र लगहरू हेर्नुहोला । साथै गुगल: वेब तथा समाचार पनि हेर्नुहोला ।यस पष्ठलाई अन्तिम सम्पादन हिमाल सुबेदी ले 13:39 युटिसीमा गर्नु भएको हो ।
सभासद् ईश्वरीप्रसाद दाहाल 'असारे काका' माओवादी केन्द्रीय सल्लाहकार हुनुहुन्छ। असारे काकाका नामले माओवादीमा परिचित 67 वर्षीय दाहाल माओवादीको स्वास्थ्यकर्मी संघको पहिलो अध्यक्ष पनि हुनुहुन्छ। 011 देखि कांग्रेसको राजनीति थाल्नुभएका दाहाल 023 सम्म कांग्रेसमै रहनुभयो। 024मा पुष्पलाल समूहमा प्रवेश गरेर वाम राजनीतिमा लाग्नुभएका काका 033मा चौथो महाधिबेसनमा प्रवेश गर्नुभयो। पार्टी विभाजनपछि मोहनविक्रमतिर र फेरि पनि फुटेपछि मोहन वैद्य किरणले नेतृत्व गरेको मशालमा लाग्नुभयो। काका 040मा मोहनविक्रम सिंहको नेतृत्वमा रहेको मसालको केन्द्रीय सदस्य हुनुभयो। 035 देखि भूमिगत राजनीति थाल्नुभएका काका 058मा माओवादी केन्द्रीय सदस्य हुनुभयो।
काकाले 8 वर्ष बाँसबारी छालाजुत्ता कारखानामा काम गर्नुभयो। केही समय पढाउनुभयो। आइएसम्म पढ्नुभएका काका अखिल नेपाल टे्रड युनियन महासंघको संस्थापक अध्यक्ष हुनुहुन्छ।
पार्टीको एजेण्डा नै सविधानमा लेखाउने आफ्ना एजेण्डा रहेको बताउनुहुन्छ।
|
तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म 4 दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।
यो पर्व मुख्य रूपले नेपालभर मनाईन्छ भने भारतका कुनै कुनै प्रान्तमा मनाइन्छ । भनिन्छ, आद्य शक्ति भगवानशिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो वत्र राखेकि थिईन् त्यो दिन यहि हरितालिका तिजको दिन थियो त्यसै दिन आजसम्म हिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन् ।
यो चाडमा माइतीले छोरी/चेली लाई घरमा गई लिएर आउने वा बोलाएर मीठा-मीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने-बस्ने चलन छ । यस दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ । यहि दर खाने दिन बाट नै तिज पर्वको आरम्भ भएको मानिन्छ । दरमा ठाउँ अनुसार विभिन्न मिठा-मिठा परिकार साथै खीर, ढकने, सेलरोटी, केरा लगायतका खाना, फलफुल खाने गरिन्छ ।
आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ । सामान्यतया दर मध्यरात 12 बजेअघि खाने चलन बसिसकेको छ । भोलिपल्ट दिनभर पानी सम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती ढीलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो ।
तीजको दिनका अतिरिक्त गणेश चतुर्थी र ऋषिपञ्चमी लाई पनि तीज पर्वकै रूपमा मनाइन्छ । खास गरी यसमा स्त्रीहरूले पतिको निमित्त निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वती सँग प्रार्थना गर्दछन् । यो दिन महिलाहरु विहान चाँडै उठी नुहाई धुवाई गरेर दिनभरी जल अन्न ग्रहण नगरी ब्रत बस्ने गदैछन । बेलुकी पख घर गाउँ र छिमेकका महिलाहरु भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ । निर्जला ब्रत भनिएपनि आजभोली महिलाहरु मध्यान्हमै पुजा आराधना पश्चात फलफूल ग्रहण गर्ने गर्दछन । कतिपय महिलाहरु नजीक रहेको शिवमन्दिरमा गई शिव आराधनाका साथै नाच गान तथा रमाईलो गर्ने गर्दछन् । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा महिला ब्रतालुहरुको ठूलो भीड हुने गर्दछ ।
हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई 'चिताएको कुरा पुगोस्' भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।
हाम्रो समाजमा तीज महिलाहरूद्वारा मनाइने एउटा पर्व हो । आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ । यसरी आफू जन्मेको घर, माता,पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ । तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरू आफ्ना पतिको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन् । ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ । तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइन्छ । यस दिन पानीसम्म पनि नखाई ब्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको भएपनि कतिपय महिलाहरु महादेवको पुजा आराधना पश्चात फलफुल ग्रहण गर्दछन् । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ ।
पौराणिक कालदेखि चलिआएको तीजको ब्रतकथा यसप्रकार रहेको छ । यो ब्रतको महात्म्यको कथा भगवान शिवले पार्वतीजीको पूर्वजन्मको स्मरण गराउने उद्देश्यले यसप्रकार भन्नु भएको थियो । हे गौरी ! पर्वतराज हिमालयको घर अर्थात तिम्रो माइतमा बस्दा गंगातटमा तिमीले आफ्नो बाल्यावस्थामा अधोमुखी भई घोर तपस्या गरेकी थियौ । उक्त अवधिमा तिमीले कुनै अन्नपानी नखाई केवल हावाको मात्र सेवन गरेकी थियौ र मात्र सुख्खा पत्ताहरू चबाई दिनहरू काटेकी थियौ । माघको चिसोमा तिमीले निरन्तर जलमा प्रवेशगरी तप गर्यौ, बैशाखको शरीर जलाउने गर्मीमा पञ्चाग्निद्वारा शरीर तपायौ । साउनको मुसलधारे वर्षामा खुल्ला आकाशमुनि बिना अन्नपानी व्यतीत गर्यौ । तिम्रो यो कष्टदायक तपस्या देखेर तिम्रा पिता धेरै दुःखी र चिन्तित हुने गर्दथे । तब एकदिन तिम्रो तपस्या तथा तिम्रा पिताजीको दुःख र चिन्तालाई मनन गरी नारदजीले तिम्रा घरमा आउनुभयो । तिम्रा पिताले नारदजीलाई घर आउनाको कारण सोध्नुभयो र प्रत्युत्तरमा नारदजीले भन्नुभयो “ हे गिरिराज ! म भगवान विष्णुले पठाएर यहाँ आएको हुँ । तपाईँकी छोरीको घोर तपस्याबाट प्रसन्न भई स्वयं भगवान विष्णु उनीसँग विवाह गर्न चाहनुहुन्छ । यसबारे म तपाईंँको राय जान्न चाहन्छु । ” नारदजीका कुरा सुनेर तिम्रा पिताले अति प्रसन्नताकासाथ भन्नु भयो । श्रीमान् यदि स्वयं विष्णु भगवान मेरी कन्याकासाथ वरण गर्न चाहनुहुन्छ भने मलाई कुनै आपत्ति छैन । उहाँ त साक्षात् परब्रह्म हुनुहुन्छ । यो त हरेक अभिभावकको पिताको इच्छा हुन्छ कि उसकी छोरी सुखसंम्पदाले परिपूर्ण पतिका घरकी गृहलक्ष्मी बनून् र आफ्नो जीवनसाथै पति र परिवारको सुखकी कारण बनून् । नारदजीले तिम्रा पिताको स्वीकृति पाएपछि भगवान विष्णुसमक्ष गई विवाह टुङ्गो लागेको समाचार सुनाउनु भयो । तर विष्णुसँग आफ्नो विवाह हुन लागेको थाहा पाएपछि तिमी असाध्यै दुःखित भयौ । तिम्रो दुःखको कुनै ठेगान भएन । अति दुःख, चिन्ता र कष्टमा तिम्रा दिनहरू बित्न थाले ।
तिम्रो चिन्तित र दयनीय मुहार देखेर तिम्री एउटी सखीले तिम्रो दुःखको कारण सोद्धा तिमीले भन्यौ -'मैले मनैदेखि भगवान शिवलाई वरण गरेकी छु, तर मेरा पिताले मेरो विवाह विष्णुजीसँग गरिदिने निधो गर्नुभयो । म विचित्र धर्मसङ्कटमा छु । अव मैले प्राण त्याग्नुबाहेक कुनै उपाय र विकल्प देखेकी छैन । ' तिम्री ती सःगिनी अति नै चङ्ख र समझदार थिइन् । उनले तिमीलाई भनिन् - 'प्राण नै त्याग गर्नुपर्ने यहाँ के नै कारण छ र? संकटको घडिमा धैर्यताका साथ काम गर्नुपर्दछ । हिन्दूनारीको जीवनको सार्थकता नै केमा छ भने जसलाई मनैले पतिका रूपमा एक पटक वरण गरिन्छ, उसैसँग निष्ठापूर्वक जीवन निर्वाह गर्नुपर्दछ । दीगो आस्था र एक निष्ठाका सामु त स्वयं भगवान पनि असहाय र किंकर्तविमुढ बन्न पुग्नुहुन्छ । तसर्थ म तिमीलाई घनघोर वनमा लैजान्छु जुन साधनास्थल पनि हो र त्यहाँ तिम्रा पिताले समेत तिमीलाई खोजेर पाउनुहुन्न । मलाई पूर्ण विश्वास छ ईश्वरले अवश्य तिम्रो सहायता गर्नुहुनेछ । ' अनि तिमीले तिम्री सहेलीले भने झैँ गर्यौ । यता तिम्रा पिता तिमीलाई घरमा नदेखेपछि धेरै चिन्तित र दुःखी हुनुभयो । उहाँ सोच्न थाल्नुभयो - 'मैले त मेरी पुत्रीको भगवान विष्णुसँग विवाहको निधो गरेको थिएँ, भगवान विष्णु विवाहका निमित्त जन्ती लिएर आउनुभएका बखतमा कन्यालाई घरमा नभेट्दा अनर्थ हुन जानेछ, विष्णुलाई मैले के जवाफ दिने?' यती विचार गरी तिम्रा पिताले चारैतिर तिम्रो खोजीको कार्य शुरु गराउनुभयो । यता तिम्रो धुमधामसँग खोजीकार्य भइरह्यो उता तिमी आफ्नी सहेलीका साथ नदीका तटमा एउटा गुफामा आराधनामा लीन भयौ । भाद्रपद शुक्लको तृतीया तिथि, अनि त्यस दिन हस्ता नक्षत्र थियो, त्यसदिन तिमीले बालुवाको शिवलिङ्ग निर्माण गर्यौ । रातभरि मेरा स्तुतिमा गीत गाउँदै जागरण गर्यौ । तिम्रो यो कठोर तपस्याको प्रभावले मेरो आसन हल्लिन पुग्यो र शीघ्र तिम्रा सामूमा पुगेँ र तिमिलाई वर माग्न भनेँ ।
त्यससमय आफ्नो तपस्याको फलका प्रभावले प्रकट भएको म महादेवलाई आफूसमक्ष देखेर तिमीले भन्यौ - 'मैले हजुरलाई साँचो मनले पतिका रूपमा वरण गरिसकेकी छु । यदि तपाई साँच्चै नै मेरो तपस्याबाट प्रसन्न भई यहाँ प्रकट हुनुभएको हो भने मलाई आफ्नी अर्धाङ्गिनीका रूपमा स्वीकार गर्नुहोस् । त्यसपछि “तथास्त्” भनेर म कैलाश पर्वततर्फ फिर्ता भएँ । भोलिपल्ट उज्यालो हुने बितिक्कै तिमीले पूजाका समस्त सामग्री नदीमा सेलाई आफ्नी सहेलीसहित व्रतको समापन गर्यौ । त्यही समय तिम्रा पिता गिरिराज आफ्ना बन्धुबान्धवसहित तिमीलाई खोज्दै खोज्दै त्यहीँ पुग्नुभयो । तिम्रा पिताले तिम्रो अवस्था देखेर अत्यन्त दुःखी हुँदै तिम्रो त्यो कठोर तपस्याको कारण सोध्नुभयो । तिमीले भन्यौ - 'पिताजी ! मैले आफ्नो जीवनको अधिकांश समय कठोर तपस्यामा विताएँ । मेरो यो तपस्याको एकमात्र उद्देश्य माहादेवलाई पतिका रूपमा प्राप्त गर्नु थियो । आज म आफ्नो तपस्याको परीक्षामा सफल भएकी छु । म आफ्नो आराध्यको खोजीमा घरबाट निस्किएर हिँडेकी हुँ । अब मैले हजुरसँग घर नै फर्कनु पर्छ भने महादेवका साथ मेरो विवाह गरिदिने भए मात्र म घर फर्कन्छु । तिम्रा कुरा सुनेर पिता हिमालयले तिम्रो इच्छा स्वीकार गर्नुभयो र तिमीलाई घर फिर्ता लिएर जानुभयो । केहीसमय पछि उहाँले पुरा विधिविधान सहित हाम्रो विवाह गरिदिनु भयो । भगवान शिवले अझ भन्नुभयो - हे पार्वती ! भाद्रपदको शुक्ल तृतीयामा तिमीले मेरो आराधना गरी जुन ब्रत बसेकी थियौ, त्यसैको परिणामस्वरूप हामी दुईको विवाह सम्भव भएको हो । यो ब्रतको महत्व यसकारणले पनि महत्वपूर्ण छ । जसले यो ब्रत निष्ठापूर्वक पालन गर्दछ, त्यसलाई मनोवाञ्छित फल प्राप्त हुनेछ । यो ब्रतलाई हरितालिका भन्नुको अर्थ पनि पार्वतीलाई साथीहरूले पिता र आफ्नो प्रदेशबाट हरण गरी जंगलमा लगेको प्रसङ्गसँग जोडिन्छ । हरितालिका शब्दमा रहेका हरिता र आलिका यी दुई शब्दको अर्थ पनि क्रमशः हरण गरिएकी र सथीहरू भन्ने हुन्छ । भगवान शिवले पार्वतीजीलाई भन्नुभयो - यस व्रतलाई विधिविधानपूर्वक जसले लिन्छ, त्यसले तिम्रोजस्तै सुयोग्य र अचल श्रीमान् प्राप्त गर्दछ ।
हाम्रो समाजमा तीज महिलाहरूले मनाउने एउटा महत्वपूर्ण पर्व हो । आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन विताउनु पर्नेहुन्छ । यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रूपमा तीजपर्वको गहन महत्व रहेको छ । तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत वसी नाचगान र मनोरञ्जन गर्छन भने अविवाहिताहरू सुयोग्य वरको आशा राखी ब्रत बस्छन । ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीहरूलाई दानदक्षिणा गर्ने चलन रहेको छ ।
शास्त्रअनुसार 12 महिनाको रजस्वलामा अन्जानवस कति कुरा छोइएको हुन सक्छ । उक्त पापबाट मूक्त हुन भाद्र शुक्ल पञ्चमीको दिन 365 वटा दतिवन तोकी माटो तथा गाईको गोबर लगाएर 365 पटक नुहाउनु पर्छ र यसको पनि थुप्रै विधिहरू छन । तर मूलतः 365 वटा दतिवनका डाँठ टाेकेर खोलामा बगाउनु, माटो र गोबरले शरीरका सबै अंगहरू सुद्ध गर्नु, चाल्नीमा गनौती राखेर माथिबाट पानी खन्याई छानिएको पानीले नुहाउनु र सप्तऋषीको पूजा गरेपछि महिलाहरू पूर्णरूपमा सुद्ध हुन्छन् भन्ने विश्वास गरिन्छ । 365 वटा दतिवन दिनकाे एउटा 365 दिनसम्म टाेकेर तीजमा पञ्चमीको दिन खाेलामा बगायाे भने पनि रजस्वला हुँदाकाे समयमा भएकाे पापबाट माेक्ष भइने पनि विश्वाश छ । वास्तवमा भन्ने हो भने तीज आफैंमा एक सुन्दर पर्व हो र यसलाई व्रतमा परिणत भएको भए पनि फलफूल ग्रहण गरेर दिनभरि बस्नमा पनि वैज्ञानिक हिसाबले हेर्दा फलदायक नै देखिन्छ । नारीहरूले रातो टीका रातो कपडा, रातो चुरा, पोते आदि सबै रातै रंगमा सजिनु तीज पर्वको रंग हो । नारीहरू त्यस दिन नाचगान गर्दै हर्षोल्लासका साथ दिनभरि भोकै बसी श्रीमानको दिर्घायुको कामना गर्नु नै विशेष यस तीज पर्वको सन्देश मानिन्छ ।
तीज व्रतको दिन घरको कामकाजलाई चटक्क छोडेर नेपाली महिलाहरू स्वतन्त्र तथा हषिर्त भएर घर बाहिर निस्कन्छन् । उनीहरूको गीतमा आफ्ना अधिकार तथा वेदनाका कुराहरू समेटिएका हुन्छन् । यसले महिलाहरूलाई सशक्त बनाउँछ । यी कुराहरू तीजको सकरात्मक पक्ष हो ।
हाल विदेशमा रहेका नेपाली महिलाहरूले पनि यो चाड बडो धुमधामकासाथ मनाउने गरेको पाइन्छ ।
अट्वारि व्रत :-यो पर्व विशेषगरी नेपालको पश्चिमी क्षेत्रमा बस्ने दङौरा थारूहरूको समुदायमा मनाउने गरिएको छ । यो पर्वमा पुरुषहरूले व्रत बस्ने र भिमको पुजा अाराधना गर्ने गर्दछन् । अाइतबारको दिनमा मात्र मनाइने हुनाले पनि यसको नाम अट्वारि रहन गएको हो ।
|
मलसाँप्रो विभिन्नदेश पाईने एक वन्यजन्तु हो । यो मांशहारी प्राणी हो र यसले मौरीको घार देखेमा खाने गर्छ। भनिन्छ "मलसाँप्रोले आलो खान्न बासी पाउन्न"। मलसाँप्रोले कुनै चिजको सिकार गरेमा त्यसलाई त्यतीखेर नखाएर सूर्यको छायाँ हेरेर माटो मुनि लुकाएर छोड्छ। जब बासी भएको बेला खानकोलागी खोज्दा सूर्य अर्को ठाउँमा गएकोले त्यो चिज भेटाउन सक्दैन। मलसाँप्रो प्रायः जोडा भेटिन्छन्। बिरालो भन्दा अलिक ठुलो देखिने मलसाँप्रो निकै चलाख जनावर हो। यो रुखमा चढ्न सक्ने भिरमा जान सक्ने जुन सुकै ठाउँमा पनि जान सक्ने जनावर हो। यसको रंग कालो र सेतो मिसिएको खैरो हुन्छ। यसको चार खुट्टा र पुछर हुन्छन्।
|
मोजाम्बिकको टापु माडागास्कर को विश्व सम्पदा क्षेत्र हो । यो क्षेत्रलाई युनेस्कोले सन 2001 मा विश्व सम्पदा क्षेत्र घोषणा गरेको थियो ।
अम्बोहिमाङ्गा विकिभोएजबाट यात्रा गाइड
|
शैवसर्वश्वसार प्रमाणभूत पुराण-संग्रह मैथिली भाषाका महाकवि विद्यापति द्वारा रचित काव्य हो। यो संस्कृत भाषामा लेखिएको छ।
|
हनोइ भियतनामको राजधानी शहर हो ।
|
पथरी बहुमुखी क्याम्पस मोरङ जिल्लामा रहेको एक क्याम्पस हो । यसले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको छ।
|
समापिका देबनाथ एउटा भारतीय चलचित्र र टि.भी. अभिनेत्री र मोडेल हुन्। उनी मुख्य रूपले बङ्गाली र हिन्दी भाषाको चलचित्रमा अभिनय गर्ने गर्छिन । उनले सन् 2007मा "काल" चलचित्रबाट अभिनयको सुरूवात गरेकी थिइन् ।
|
यदि यो प्रमुख पृष्ठ चाँडै मेटाउने आधारको मापदण्ड भित्र नपरेको खण्डमा, अथवा तपाईँ यसमा पर्याप्त सुधार गर्न सक्नुहुन्छ भने यो सूचना हटाउनुहोला तर यदि यो तपाईँले सृजना गरेको लेख हो भने तपाईँ आफैले यो सूचना नहटाउनुहोला । यदि यो तपाईँले पृष्ठ बनाउनु भएको हो र तपाईँ यसलाई मेटाउनु पर्ने कुरामा सहमत हुनुहुन्न भने तल रहेको मेटाउन सहमत छैन बटन थिच्नुहोला र वार्तालापमा आफ्नो विचार व्यक्त गर्नुहोला । अथवा तपाईँ सिधै वार्तालापमा गई आफ्नो कुरा राख्न वा आफ्नो कुराको प्रतिक्रिया हेर्न सक्नुहुनेछ ।
एकपटक यो सूचना राखिसकेपछि यदि यो लेख अनुपयुक्त छ वा निश्चित रूपमा चाँडै मेटाउनु पर्ने पृष्ठको मापदण्डमा पर्न आउँछ भने कुनै पनि समयमा प्रबन्धक वा प्रशासकद्वारा यो पृष्ठ मेटाउन सकिनेछ ।
प्रबन्धकहरूको लागि सूचना: कृपया यो पृष्ठ मेटाउनुभन्दा पहिले लिङ्कहरू, इतिहास, र लगहरू हेर्नुहोला । साथै गुगल: वेब तथा समाचार पनि हेर्नुहोला ।यस पष्ठलाई अन्तिम सम्पादन हिमाल सुबेदी ले 10:27 युटिसीमा गर्नु भएको हो ।
एकिकृत नेकपा माओवादीकी समानुपातिक सभासद् विमला केसी माओवादी निकट महिला संघकी केन्द्रीय सदस्य, अर्घाखाँची जिल्लाकी सह इन्चार्ज र राज्य समितिकी सदस्य पनि हुनुहुन्छ। रुकुमको सिम्ली -1 सिम्लीमा जन्मिएकी केसीले एस एल सी सम्मको औपचारिक शिक्षा लिनु भएको छ।
2046 सालदेखि विद्यार्थी राजनीतिबाट राजनीतिमा आएकी केसी कलाकार, महिला तथा विद्यार्थी सङ्गठनमा काम गर्र्दै आउनु भएको थियो। 2050 सालमा वाइसीएलकी सदस्य भएकी के सीले माओवादी शसस्त्र विद्रोह सुरुहुनु पूर्व सुरक्षादलबाट थुप्रै कारबाहीमा भाग लिनु भएको थियो।
विमलाकी श्रीमान् वसन्त शर्मा माओवादीको पाल्पा इन्चार्ज हुनहुन्छ। उहाँकी आमा 28 वर्षको उमेरमै विधवा हुनुभएको थियो। आमालाई समाजले गर्ने अपमान देखेर त्यो चलन फेर्न राजनीतिमा होमिएको के सीले बताउनुभयो। महिला हितका लागि संविधानमा विशेष व्यवस्था हुनुपर्नेमा आफूले जोड दिने के सी बताउनुहुन्छ।
|
चालु पूँजी ले संस्थाको व्यवसाय सञ्चालनको लागी नगद तरलताको उपलब्धता सम्बन्धमा जानकारी दिन्छ । संस्थाको स्थिर सम्पत्ति जस्तो चालू पूँजीलाई पनि सञ्चालन पूँजीको रूपमा लिइन्छ । चालु पूँजीको गणना चालु सम्पत्तिबाट चालु दायित्व घटाएर गरिन्छ । जब संस्थामा चालु सम्पत्ति भन्दा बढि चालु दायित्व हुन्छ, त्यस अवस्थमा चालु पूँजीको कमि हुने गर्दछ ।
चालु पूँजी भन्नाले चालु सम्पत्ति तथा चालु दायित्वको फरकलाई जनाउँदछ ।
चालु पूँजी = चालु सम्पत्ति - चालु दायित्व
|
यदि यो प्रमुख पृष्ठ चाँडै मेटाउने आधारको मापदण्ड भित्र नपरेको खण्डमा, अथवा तपाईँ यसमा पर्याप्त सुधार गर्न सक्नुहुन्छ भने यो सूचना हटाउनुहोला तर यदि यो तपाईँले सृजना गरेको लेख हो भने तपाईँ आफैले यो सूचना नहटाउनुहोला । यदि यो तपाईँले पृष्ठ बनाउनु भएको हो र तपाईँ यसलाई मेटाउनु पर्ने कुरामा सहमत हुनुहुन्न भने तल रहेको मेटाउन सहमत छैन बटन थिच्नुहोला र वार्तालापमा आफ्नो विचार व्यक्त गर्नुहोला । अथवा तपाईँ सिधै वार्तालापमा गई आफ्नो कुरा राख्न वा आफ्नो कुराको प्रतिक्रिया हेर्न सक्नुहुनेछ ।
एकपटक यो सूचना राखिसकेपछि यदि यो लेख अनुपयुक्त छ वा निश्चित रूपमा चाँडै मेटाउनु पर्ने पृष्ठको मापदण्डमा पर्न आउँछ भने कुनै पनि समयमा प्रबन्धक वा प्रशासकद्वारा यो पृष्ठ मेटाउन सकिनेछ ।
प्रबन्धकहरूको लागि सूचना: कृपया यो पृष्ठ मेटाउनुभन्दा पहिले लिङ्कहरू, इतिहास, र लगहरू हेर्नुहोला । साथै गुगल: वेब तथा समाचार पनि हेर्नुहोला ।यस पष्ठलाई अन्तिम सम्पादन हिमाल सुबेदी ले 06:47 युटिसीमा गर्नु भएको हो ।
माया बोहराको जन्म सुदूरपश्चिम नेपालको डडेलधुरा जिल्लामा भएको हो ।
उहाँको जन्म डडेलधुरा जिल्लामा भएको हो|
|
लिनक्स एक कम्युटर सञ्चालन प्रणाली अथवा अपरेटिङ्ग सिस्टम हो। जिएनयु/लिनक्स एक खुल्ला स्रोत र स्वतन्त्र कम्युटर सञ्चालन प्रणाली हो। यो एक कम्युटर सञ्चालन प्रणाली भएको कारणले यसलाई धेरै मानिसहरूले धेरै स्वरुमा निर्माण गरेका छन्, तिनै स्वरूपलाई नै लिनक्स वितरणहरू भनेर चिनिन्छ।अङ्ग्रेजीमा यसलाई लिनक्स डिस्ट्रो भनेर भनिन्छ। हाल उपलब्ध मुख्य वितरणहरू निम्न छन्।
|
धारी नेपालको महाकाली अञ्चलको दार्चुला जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउँमा 671 वटा घर छन्।
नेपालको सन् 2001को जनगणना अनुसार धारीको जनसङ्ख्या 3899 छ। यस मध्य पुरुष 49%, र महिला 51% छन्।
|
यमन महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा यमनको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो यमनमा फुटबलको लागि शासकीय निकाय यमन फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र भएता पनु हाल टोलीले कुनै पनि अन्तर्राष्ट्रिय खेलहरू खेलको छैन त्यसैले टोलिको फिफा बरियता क्रम पनि छुट्टाइएका छैन ।
यमन जून 2012 को अनुसार फिफा मान्यता प्राप्त खेलहरू खेलेको छैन । 1999 को अनुसार, महिला राष्ट्रिय टोलीले महिला विश्वकप र एसियाली महिला च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गरेको छैन । यस टिममा एक सप्ताह को चार प्रशिक्षण सत्र थियो। सन् 2006 मा, यमनको अन्डर -18 टिमको पनि स्थापना भएको थियो जसमा एक हप्ताको चार प्रशिक्षण सत्र पनि थियो। टिमले कुनै पनि खेलहरूमा सहभागी नभएको हुँदा फिफाले टिमको बरियता क्रम पनि छुट्टाउनमा बन्देज गरेको थियो ।
|
शाश्वत पराजुली नेपाली बालसाहित्यका लेखक हुन्। शाश्वत साहित्यकार कृष्णप्रसाद पराजुलीका जेठा छोरा हुन्।
वि.सं. 2026 मंसिरमा जन्मेका शाश्वतले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्। पराजुलीका दुई दर्जन भन्दा बढी बालकथा र चित्रकथाका किताब् प्रकाशित छन्। उनले दर्जनौं बाल पुस्तकहरूको सम्पादन पनि गरेका छन्। उनले बालपत्रिका मेला र कान्तिपुर दैनिकको परिशिष्टाङ्क कोपिलाको पनि सम्पादन तथा संयोजन गरेका छन्। बालमनोविज्ञान र बाल रुचि बुझेका शाश्वतका बालसाहित्यिक कृतिहरू निकै लोकप्रिय मानिन्छन्। शाश्वत बालसाहित्यमा बढी पुस्तक बिक्री हुने लेखकका रूपमा पनि चिनिएका छन्।
शाश्वतका प्रकाशित पुस्तकहरू हुन् :
1. हीराको टुक्रा 2. अनुहारको चित्र 3. लाटोकोसेरोलाई लड्डु 4. बादलुले रङ फेर्दा 5. छिमेकी चरा 6. पुलतीको यात्रा 7. बिचरो बुख्याचा 8. दङ्ग फुरुङ्ग 9. भकुल्लेको साथीको ? 10. चुस्के र छुस्के 11. हिउकान्छा 12. सुरीको साइकल 13. जन्मदिन 14. भुकली र म्याउँची 15. रमाइलो मेला 16. गोपीको टोपी 17. सिंहपता मैजु र अरू कथाहरू 18. म आफैं गर्न सक्छु 19. आधा देशको राजकुमार 20. सोहन र सर्कस 21. बुर्लुक्क उफ्रदै मुसुक्क हाँस्दै 22. लालमोहन रसभरी 23. हिमालमा के के छ ?24. न त मम नत बारा 25. छाता र वर्षादी 26. गुइँठे र गुलेली
‘आधा देशको राजकुमार’ बालउपन्यासका लागि शाश्वतले अन्तर्राष्ट्रिय नेपाली समाजको उत्कृष्ट बालकृति पुरस्कार पाएका छन्। यसैगरी ‘विचरो बुख्याचा’ कृतिका लागि पारिजात पान्डुलिपि पुरस्कार पाएका छन्। उनी बालविकास पत्रकारिता पुरस्कार, रेडियो नेपालको उत्कृष्ठ गीतकार पुरस्कार, जमर्को बालसाहित्य पुरस्कार लगायत अन्य थुप्रै पुरस्कारहरूबाट पनि सम्मानित छन्।
|
उदयपुर जिल्लाको जोगीदह गाविसको वडा नं 9 मोतियाही र त्रियुगा नगरपालिकाको खैजनपुर तथा मोतियाही सामुदायिक वन उपभोक्ता समिती, मोतियाहि र खैजनपुर सामुदायिक बन उपभोक्ता समितिको बन क्षेत्रको समेत सिमारेखाको काम गर्दछ।
|
ई.पू. 1902 ईसा मसीहको जन्म देखि पूर्वका वर्षहरूलाई दर्शाउँदछ। ईसाको जन्मलाई अधार मानेर त्यसको जन्मदेखि ई.पू. 804 वा वर्ष पूर्वका वर्षलाई यस प्रकार प्रदर्शित गरिन्छ। यो जूलियन कलेण्डरमा आधारित एक सामूहिक वर्ष मानिन्छ। अधिकांश विश्वमा यसै पद्धतिका आधारमा पुराना वर्षहरूको गणना गरिन्छ। भारतमा यसका अतिरिक्त धेरै पञ्चाग प्रसिद्ध छन् जस्तै विक्रम संवत् जो ईसाका जन्मदेखि 57 वा 58 वर्ष पूर्व शुरु हुन्छ र यो नेपाल राष्ट्रिय क्यालेण्डर हो। यसका अतिरिक्त शक संवत् पनि प्रसिद्ध छ। शक संवत् भारतको प्राचीन संवत् हो जो ईसाको जन्मको 78 वर्ष पछिदेखि आरम्भ हुन्छ। शक संवत् भारतको राष्ट्रिय क्यालेण्डर हो।
भारतमा प्रचलित केही अन्य प्राचीन संवत् यस प्रकार छन्-
उपर्युक्त अन्तरका आधारमा ई.पू. 1902 का अनुसार विक्रम संवत्, सप्तर्षि संवत्, कलियुग संवत् र प्राचीन सप्तर्षि आदिमा वर्ष निकाल्न सकिन्छ।
|
क्यामरून जिब्रिल थोमस, विज खलिफाको रूपमा चिनिन्छ,एक अमेरिकी र्यापर,गायक-गीतकार र अभिनेता हुन् । उनले 2006 मा आफ्नो पहिलो एल्बम, शो एण्ड प्रोभ जारी गरे र सन् 2007 मा वार्नर ब्रोस रेकर्डमा हस्ताक्षर गरेका थिए ।
|
नाओमी टानी एक जापानी अभिनेत्री हुन्् । उनीले 1970 को दशकमा तिर जापानी वयस्क चलचित्रहरूमा अभिनय गरेकी थिईन ।
|
दौंघा नेपालको लुम्बिनी अञ्चलको गुल्मी जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउँमा 630 वटा घर छन्।
नेपालको सन् 2001को जनगणना अनुसार दौंघाको जनसङ्ख्या 3015 छ। यस मध्य पुरुष 43%, र महिला 57% छन्।
|
महेन्द्र सिंह धोनी को जन्म 7 जुलाई 1981 मा भएको हो । उनि भारतिय राष्ट्रिय क्रिकेट टिम तथा चेन्नई सुपर किङ्गसका कप्तान हुन् । उनि ले अहिले सम्म क्रिकेटका सबै रास्ट्रीय खेलहरु जितेका छन् | महेंद्र सिंह धोनी एस्तो कप्तान हो,जले आईसीसी को तिनोटा बड़ी ट्रॉफ़ी मा कब्ज़ा गरेको छ। धोनी को कप्तानी ले भारतलाई आईसीसी को वर्ल्ड-टीट्वेन्टी, क्रिकेट वर्ल्ड कप र आईसीसी चैंपियंस ट्रॉफ़ी जीतका छन् ।
धोनीको जन्म राँँची, बिहार मा भएको हो । उनी आफूलाई हिन्दू राजपूत मान्छन् । उनको पैतृक ल्वाली गाउँ उत्तराखण्डको अल्मोडा जिल्लाको लाम्गढामा पर्छ । धोनीको असली थर धौनी हो र यस थर उत्तराखण्डको खस राजपूत समुदायमा पर्छ ।
|
कला सुब्बा नेपालकी एक चर्चित मोडल हुन् । उनको जन्म हङकङमा भएको हो । उनले सन् 1996 बाट मोडलिङ सुरु गरेकी हुन् । मोडलका साथसाथै उनी सुन्दरी प्रतियोगिता फेसन सो हरुको कोरियोग्राफीमा पनि आफु अगाडि बढ्दै छिन । उनले मिस नेपाल प्रतियोगिता मा मिस ट्यालेन्ट टाइटल जित्न उनी सफल भइन् । उनले सन् 2000 मा बेस्ट मोडल अफ द इयर बन्न पनि कला सफल भइन् । उनी हिट्स एफ एममा आर्जे समेत गर्छिन् । उनले चार बर्ष च्यानल नेपालमा भिजेको रुपमा समेत काम गरिसकेकी छिन । उनी सानै उमेर देखि फेसन तथा मोडलिङ क्षेत्र जान चाहन्थीन ।
सन् 2000 मा बेस्ट मोडल अफ द इयर
http://www.newsnrn.com/2015/09/10/22400/
|
फोक्सो हावामा सासफेर्ने जनावरहरूको श्वासप्रस्वास प्रणालीको प्रमुख आन्तरिक अङ्ग हो।
|
देउरी पर्बहा नेपालको जनकपुर अञ्चलको धनुषा जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउँमा 765 वटा घर छन्।
नेपालको सन् 2001को जनगणना अनुसार देउरी पर्बहाको जनसङ्ख्या 4512 छ। यस मध्य पुरुष 53%, र महिला 47% छन्।
|
ब्ल्याक होल अन्तरिक्षमा भएको क्षेत्र हो जहाँ भएको अत्याधिक गुरुत्व बलका कारण प्रकाश पनि बाहिरिन सक्दैन । सामान्य सापेक्षताको सिद्धन्त अनुसार अन्तरिक्षमा रहेको उच्च घनत्व भएको पिण्डबाट ब्ल्याक होलको निर्माण हुन्छ । ब्ल्याक होलको वरिपरि गणितीय तथ्यहरूको आधारमा परिभाषित गरिएको काल्पनिक सतह हुन्छ जसलाई घटना क्षितिज भनिन्छ । यो क्षेत्रमा पुगेको कुनैपनि वस्तु बाहिर आउन सक्दैन त्यसैले यो क्षेत्रलाई अन्तरिक्ष वैज्ञानिकहरूले प्वाइन्ट अफ नो रिटर्न को संज्ञा दिएकाछन । कुनै पनि ब्ल्याक होलको घटना क्षितिज कत्रो हुन्छ भन्ने कूरो त्यसको पूर्व आकारमा भर पर्छ ।
|
सोनु निगम एउटा भारतीय संगीतकार हुन् जसले कन्नडा र हिन्दी चलचित्रमा ख्याति प्राप्त गायक हुन् । उनले यस बाहेक उडिया, तमिल, आसामी, पञ्जाबी, बङ्गाली, मलायाम, मराठी, तेलगु र नेपाली भाषामा गीतहरू गाएका छन् ।
उनी चार बर्ष हुँदा नै संगीत तथा गायनमा रमेका थिए ।
|
सिंगापुर राष्ट्रिय क्रिकेट टिम सिंगापुरको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा भाग लिने क्रिकेट खेलाडीहरूको समूह हो।
|
गुंटूर जिल्ला भारतीय राज्य आन्ध्र प्रदेशको एउटा जिल्ला हो।
|
ध देवनागरी बर्णमालामा व्यन्जनबर्णको 19औं अक्षर हो।
|
मेची सन्देश एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य स्वयम्भूलाल श्रेष्ठद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक भद्रपुर नगर पञ्चायत हो। यसको प्रकाशन झापामा पाक्षिक -मा प्रकाशित भएको थियो।
|
भूमध्य सागर पृथ्वीको एउटा सागर जो उत्तरी अफ्रीका, यूरोप, अनातोलिया तथा मध्य-पूर्वको बीचमा अवस्थित छ। यसको क्षेत्रफल लगभग 25 लाख वर्गकिलोमीटर छ जो भारतको क्षेत्रफलको लगभग तीन-चौथाई हो। प्राचीन कालमा ग्रीक, अनातोलिया, कार्थेज, स्पेन, रोम, जेरुशलम, अरब तथा ईजिप्ट जस्ता प्रदेश तथा नगरहरुको बीच स्थित भएको कारणले यसलाई भूमध्य सागर भन्दथे। यो अटलांटिक महासागर संग जिब्राल्टर द्वारा जोडिन्छ जो केवल 14 किलोमीटर चौडा एउटा जलडमरूमध्य हो।
|
सबै भुजा र कोणहरू बराबर भएको बहुभुजलाई नियमित बहुभुज भनिन्छ । जस्तै:समबाहु त्रिभुज र वर्ग नियमित बहुभुज हुन् ।
|
चित्रलेखा यादव अङ्ग्रेजी: Chitra Lekha Yadav नेपाली कांग्रेसको एउटा सदस्य र सुशील कोइराला अन्तर्गत 2014 फेब्रुअरी 25 मा उनी नेपाल शिक्षा मन्त्रीको पद ग्रहण गरी - सरकार नेतृत्व भयो। उनी एक नेपालकी राजनीतिज्ञ र पूर्व सभामुख हुन्।
|
स्वचालित भनेको आफै चल्नु वा अरुको सहायता बिना चल्नु हो। जस्तै स्वचालित रकेट स्वचालित कार आदि तर स्वचालित हुनको लागि सम्बन्धीत मेशिनमा प्रोग्रामिङ गरिएको हुनुपर्दछ साथसाथै त्यसलाई आवश्यक पर्ने वावरको व्यवस्था गरिइएको हुनुपर्दछ।
|
ब्लेटा "बिबि" रेक्सा जन्म 30 अगस्त 1988) एक अमेरिकी गायिक, गीतकार र रेकर्ड निर्माता हुन् । उनि फ्लोरिडा जर्जिया लाइनसँग, "मिन्टु बि", जि-इजिसँग "मि माइसेल्फ एण्ड आइ" र मार्टिन ग्यार्रिक्ससँग "इन द नेम अफ लभ" लगायतका गितहरुले परिचित छिन् । उनले विभिन्न कलाकारहरू जस्तै सेलेना गोमेज र निक जोनसका लागि पनि गीत गाईकि छिन् ।
रेक्साको जन् सन 1989 अगस्त 30 ब्रेक्लिन न्यु योर्कमा भएको थियोे । उनको बुबा अलबानियाका थिय भने उनको अामा अमेरिकाकी थिईन । उनी 6 बर्षको हुँदा उनको परिवार स्टेटन अाईल्याडमा सरेको थियो ।
|
नैनीताल ) भारतको एक पर्यटकीय सहर तथा नैनीताल जिल्लाको सदरमुकाम हो । यस सहरको बीचमा अवस्थित नैनी तालको नामबाट नै यसको नामकरण गरिएको हो ।
नैनीताल सन् 1814 देखि 1816 सम्म चलेको नेपाल अंग्रेज युद्ध भन्दा अगाडि नेपालको भूभाग थियो । तर सुगौली संधि पश्चात उक्त भूभागमा बेलायतले कब्जा गरेको थियो । यसपछि 1841 मा मात्र नैनीताल सहरको स्थापना भएको थियो ।
|
यो नेपालको सगरमाथा अञ्चलको सप्तरी जिल्लाको एक गाँउ विकास समिति हो।
नेपालको सन् 2001को जनगणना अनुसार यहाँको जनसंख्या छ।
|
तेजस्वि मादीवाडा एक भारतीय चलचित्र अभिनेत्री र मोडल हुन्, जो मुख्य रूपमा तेलुगु चलचित्र उद्योगमा काम गर्छन् ।
|
सक्-सक् एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य योगेन्द्र तिमिल्सिना र गोपालराज जोशीद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक रीडर्स कर्नर हो। यसको प्रकाशन धरानमा अनियमित2028मा प्रकाशित भएको थियो।
|
जेनिन मारिया लिन्डमल्डर एक अमेरिकन अश्लील चलचित्र अभिनेत्री तथा कामुक नर्तकी हुन ।
|
Subsets and Splits