text
stringlengths
160
185k
timestamp
stringlengths
19
19
url
stringlengths
18
2.21k
source
stringclasses
1 value
पोर्चुगलमा संसारकै ठूलो च्याउ - Vishwa News | Popular Nepalase News Media In USA पोर्चुगलमा संसारकै ठूलो च्याउ नेपाली व्यवसायी सापकोटाद्वारा सार्वजनिक काठमाडौं । विश्वकै ठूलो च्याउ नेपालीद्वारा पोर्चुगलमा सार्वजनिक भएको छ । विश्वकै ठूलो र दूर्लभ प्रजातिको बहुमूल्य च्याउ (ह्वाइट ट्रफल) युरोपेली मुलूक पोर्चुगलमा सार्वजनिक गरिएको हो । चर्चित इटालीयन सेफ टङ्क सापकोटाले इटालीबाट खरीद गरी पोर्चुगल ल्याएको उक्त प्रजातिको ट्रफल च्याउ शुक्रबार राजधानी लिसबनमा विशेष पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक भएको छ । उनको यो कार्यक्रमलाई संसारका धेरै सञ्चार माध्यमले फलो गरेका छन । पोर्चुगलका राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत तीन दर्जन बढी पत्रकारको विशेष उपस्थितिमा सापकोटाले सार्वजनिक गर्दै उक्त च्याउ पाँच वर्षयताकै विश्वमै सबैभन्दा ठूलो भएको दाबी गरे । कार्यक्रममा सापकोटाले च्याउको प्रकृति, स्वाद, विश्व बजारमा यसको महत्व लगायतका विषयमा जानकारी दिएका थिएका थिए । सो च्याउको तौल एक किलो १५३ ग्राम रहेको छ । विश्वमै इटाली र क्रोएसियामा मात्र पाइने उक्त प्रजातिको ह्वाइट ट्रफल च्याउ विश्व बजारमा लाखौँ मूल्यमा खरीद बिक्री हुने गर्दछ । विश्व बजारमा अत्यधिक मूल्य पर्ने भएकाले यसलाई 'ह्वाइट डायमण्ड' भनेर पनि चिनिन्छ । खरीद मूल्य सार्वजनिक नगरिएको भए पनि तौल र यसको बजार मूल्यका आधारमा सर्वाधिक महङ्गो मूल्यको ठूलो च्याउ पोर्चुगल भित्र्याउने सापकोटा अहिलेसम्मकै दोस्रो व्यक्ति बनेका छन् । यसअघि सन् २०१६ मा एक पोर्चुगिज नागरिकले ६१८ ग्रामको ट्रफल च्याउ ३० हजार युरो अर्थात् करीब रु ३८ लाख नेपालीमा पहिलोपटक पोर्चुगल भित्र्याएका थिए । इटालीमा भएको लिलाम बिक्रीमा ८८० ग्रामको सोही प्रजातिको च्याउ हङ्कङका एक नागरिकले ८५ हजार युरो अर्थात् करीब रु एक करोड १० लाख नेपालीमा खरीद गरी हङकङ लगेका थिए । सो प्रजातिको च्याउ इटालीमा हरेक वर्ष नोभेम्बर ११ मा लिलाम बिक्री हुने गर्दछ । जहाँ विश्वभरका च्याउसँग सम्बन्धित ठूला व्यापारीहरु सो प्रजातिको च्याउ खरीद गर्न इटाली पुग्ने गर्दछन् । यस्तै प्रजातिका सानो–सानो कमसल प्रकृतिको च्याउको बजार मूल्य भने गत वर्ष चार हजार ५०० युरोे अर्थात् झण्डै रु छ लाख नेपालीप्रति किलो रहेको थियो । यो प्रजातिको धेरै तौल भएको च्याउ विश्व बजारमा दुर्लभ र बहुमूल्य मानिन्छ । खरीद मूल्य सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा सापकोटाले च्याउ अमूल्य भएको प्रतिक्रिया दिएका छन् । सापकोटाले च्याउको खरिद मूल्यभन्दा पनि विश्वकै ठूलो च्याउ प्राप्ति नै आफ्नो लागि सौभाग्य भएको बताए । बचतमध्येको हिस्साबाट लगानी गरेर च्याउ खरीद गर्न सफल भएको उनको भनाइ रहेको छ । संसारभर यो च्याउको आफ्नै महत्व र मूल्य छ । 'यो च्याउ प्राप्त गर्न सक्नु मेरो व्यवसायिक जीवन कै सबैभन्दा ऐतिहासिक र खुशीको क्षण हो,' उनले भनेका छन् । यस्तो दुर्लभ प्रजातिको च्याउ प्राप्तिले अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धी हात पारेको अनुभूति भएको उनको प्रतिक्रिया छ । सर्वाधिक महँगो र ठूलो च्याउ आफ्नो कब्जामा पार्न सफल हुँदै गर्दा एउटा नेपाली भएको नाताले नेपाल र नेपालीको गौरव बढेको महसुस भएको सापकोटाले बताए । मान्छेले फलाउन र खोज्नसमेत नसक्ने उक्त प्रजातिको च्याउ विशेष तालीम प्राप्त कुकुरबाट खोज्ने गरिन्छ । यो एक प्रकारको च्याउका रुपमा परिचित 'ह्वाइट ट्रफल' गिट्ठा जस्तै जमीनमुनि फल्ने ढुसीजन्य खाद्य वनस्पती हो । इटालीयन खानामा मिसाएर विशेष परिकारका साथमा यो च्याउ खाने प्रचलन छ । खानामा विशेष सुगन्ध र स्वादका रुपमा प्रयोग गरिने उक्त च्याउलाई पानीले पखालेर नपकाइकन खानाको परिकारमाथि खुर्केर हाल्ने गरिन्छ । विश्वमै सर्वाधिक महँगो खानाको परिकारका रुपमा यसलाई लिने गरिन्छ । यसैबीच सापकोटा इटालीमा सम्मानितसमेत भएका छन् । च्याउसम्बन्धी खानाको प्रचारप्रसारमा विशेष योगदान पु¥याएको भन्दै विश्वभरका २० जनामध्ये पोर्चुगलबाट सापकोटालाई सम्मान गरिएको हो । सापकोटा च्याउ खानासम्बन्धी पोर्चुगलका लागि ब्राण्ड एम्बासडरसमेत नियुक्त भएका छन् । सापकोटाको आफ्नै लगानीमा पोर्चुगलको राजधानी लिसबनमा तीन वटा इटालीयन र दुई नेपाली गरी पाँच ठूला रेष्टुराँ सञ्चालनमा रहेका छन् । सापकोटाले सञ्चालन गरेका र्फोनो दी ओरो रेष्टुरा विश्वकै उत्कृष्ट २० पिज्जा बनाउने रेष्टुराँमध्येको एक हो । जहाँ सुनको चुल्होमा खाना पकाइन्छ । संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक निकाय (युनेस्को)ले सापकोटाले सञ्चालन गरेका दुई वटा पिज्जा रेस्टुराँलाई पिज्जा बनाउने (अद्वितीय सांस्कृतिक र खानपानको परम्परा) कलालाई विश्व सम्पदामा समेत समावेश गरेको छ । बागलुङका स्थायी बासिन्दा सापकोटा विगत २० वर्षदेखि पोर्चुगल बस्दै आएका छन् ।
2019/04/22 00:04:13
http://vishwanews.com/Articles/view/4012
mC4
एउटा अफर एउटा अफर किशोर सापकोटा print फेव्रुअरी महिनाको चिसो साँझमा बिग फोर ब्रिजमा उभिएको छु। घाम अस्ताउँदा क्षितिज रंगिएर सुनौलो बनेको छ। हिमपात भर्खरै थामिएको हुनाले मुटु कमाउने जाडो छ तर पनि हरेक साँझ यहाँ नआई मन थामिदैन। केन्टकीको लुइभिल र इण्डियनाको जेफर्सनभिललाई जोड्ने ओहायो नदीमाथिको यो ब्रिजका रंगीन बत्तीहरुले साँझमा दृश्यलाई मनमोहक बनाउँछन्। पुलबाट तल नदीमा हेर्दा यस्तो लाग्छ त्यहां पानी होइन, सयौ रंगहरु बगिरहेका छन्। अनि रंगहरुको बीचमा मन पनि बग्दै जान्छ परपरसम्म। केहीपर लुइभिल डाउनटाउनका गगनचुम्बी महलको छाँया पानीमा यसरी पर्छ कि एउटा जगमगाएको शहर नै पानीमाथि तैरिरहेको छ। एक सय बीस वर्षअघि रेललाई ओहायो नदी पार गर्नका लागि बनाइएको यो ब्रीज रेल चल्न छाडेपछि चार वर्षअघि दृश्यावलोकन र पदयात्राका लागि खोलिएको हो। चिसोले गर्दा पार्कका झोलुंगेमा प्रेमिल जोडी झुलेको दृश्य हेर्नबाट भने वञ्चित भएको महसुस गर्छु। वाटर पार्कका रंगीन पानीका फोहराले मन त तान्छन् तर जाडोले नजिक जान शरीर तयार हुँदैन। रुखहरु नांगिएका छन् तर साँझको बत्तीमा ती पनि कम्ती कलात्मक लाग्दैनन्। नदीमा एउटा सानो आकारको पानी जहाज देखियो जसले एकपटक मेरो ध्यान तान्यो। जहाजको छतमा एउटा प्रेमिल जोडी क्यान्डल डिनरमा मस्त छ। उनीहरूलाई न त शुन्य डिग्री सेल्सियसको तापक्रमको मतलब छ न त बाँकी दुनियाँको नै। लाग्छ, उनीहरू नजिकिदै गएको भ्यालेन्टाइन डेको प्रचारदुत हुन्। ध्यान मोबाइलतिर गयो। फेसवुक म्यासेन्जरमा कुनै सन्देश थियो। स्क्रीनमा आँखा पर्नासाथ आश्चर्य लाग्यो। शीलाले पहिलोपटक मलाई टेक्स्ट लेखेकी थिई। मनमनै हिसाब लगाएँ, शीलाको र मेरो भेट नभएको २५ वर्ष भएछ। उसले टेक्स्टमा सबैभन्दा माथि मेरो नाम लेखेकी थिई। उसले मेरो नाम लेखेको देख्दा उसले नजिकै आएर बोलाएजस्तै महसुस भयो। साह्रै आत्मीय लाग्यो र एक पटक मोबाइल छातीमा टाँसे। मलाई शीलाले अंगालेजस्तो महसुुस भयो। यतिका वर्षपछि के लेखेकी होली भनेर पढ्न हतार लाग्यो। तिमीलाई आजकल हरदिन सम्झिरहेकी छु। मलाई सम्बोधन गरे लगत्तै अर्को वाक्य उसले लेखेकी थिई। मैले मनमनै भने – तिमी मलाई आजकल सम्झिरहेकी छ्यौ तर मैले तिमीलाई त नसम्झिएको पल छैन। म तिमीलाई भुल्ने प्रयास गर्दा पनि सम्झिरहेको हुन्छु। मेरो स्मृति तीव्र बेगको रेलझैं दौडियौ विगततिर। म सम्झन सक्ने हुँदादेखि नै शीला र मलाई संगसंगै पाएको थिए। ऊ मेरी छिमेकी थिई। बालशुलभ खेल खेल्दा मेरी बेहुली थिई। स्कुलमा सहपाठी थिई। संगसँगै गाई चराउन जाने गोठाली थिई। किशोरावस्थामा प्रेमिका थिई। भविष्यको कल्पना गर्दा दिलकी रानी थिई। यस्तो समय थियो – मेरा लागि ऊ सर्वश्व थिई। मेरा दिन ऊसंगै सुरु हुन्थे र ऊ संगै ढल्थे। स्मृतिबाट फेरि मोवाइलमा फर्किएँ। नजिकिदै गएको भ्यालेन्टाइन डेले तिम्रो यादलाई झन्झन् हुर्कायो। २५ वर्षसम्म बिना सम्पर्क हामी टाढा टाढा भयांै, कुनै समय दिलको त्यति नजिक भएका हामी आजकल किन यति टाढा भएका हौला भन्ने सम्झेर तिमीलाई अचम्म लाग्दैन? ऊ नजिकै भएकी भए त मलाई भन्न मन लागेको थियो– मलाई यो संसारमा हर कुरामा अचम्म लाग्छ शीला। मलाई त्यति धेरै माया गर्ने मान्छे कसरी अर्काकी भयौ ? मसंगका सपनाहरू कुल्चिएर कसरी अरुसँग बिपना सजाउन सक्यौ? किशोरावस्थामा मन उद्येलित भएर कहिलेकाहीँ मैले हात बढाउँदा आँखाबाट बरर आँसु झार्ने तिमीले कसरी अर्कोसँग सुहागरात मनाउन सक्यौ? मनभित्र प्रश्नहरुका छाल उर्लिए र निरुत्तर भएपछि शान्त भए। मेरो दिमागमा बालापनका खेलमा तिम्री दुलही बन्दाका पलहरु ताजै छन्। अझै पनि म त्यो बेलाकी तिम्री दुलही हुं जस्तो लाग्छ। ईशिवु स्कुल पढ्न जाँदा तिमीलाई कुरिरहने बाटोको झल्झली याद आउँछ। अहिले पनि कतै जाँदा तिमी आउँछौ कि भनेर कुर्न मन लाग्छ। यो दिमागभरी लाइव्रेरीमा मिलाएर राखेका पुस्तकका थाकजस्तै तिमीसंगका यादहरु बसेका छन्। सम्झन्छु, मैले किन यी यादलाई यति सजाएर राखेकी छु? शीलाको टेक्स्टरुपी पत्रमा हाम्रो एउटा सिंगै प्रेमकहानी उतारिएको थियो। कसरी यति धेरै सम्झनाका तरेलीलाई उसले उधिन्न सकेकी होली? उसले त्यति धेरै सम्झना पालेर बसेकी होली भन्ने लागेको थिएन तर ऊसंग त मसँगभन्दा बढी नै याद रहेछन्। उसको सन्देशले फेरि विगत सामुन्ने ल्यायो। साँच्चै मैले पनि हाम्रा कथालाई तहतह बनाएर मनको कुनामा राखिराखेको छु। उसले हामी एसएलसी दिने समयमा आठराईमा डेरा बस्दाको पल स्मरण गरेकी रहिछे। ती पलको स्मरण उसको चिठीमा देख्दा म रोमाञ्चित भएँ। त्यो बेला तेह्रथुममा एसएलसी परीक्षा केन्द्र आठराई र म्याङलुङमा मात्रै थिए। हामी इसिबुबाट झण्डै ३ घन्टा टाढा आठराईमा डेरा बसेका थियौं। ट्युसन सकिएपछि हामी नजिकैको फराकिला नागीमा जान्थ्यौं। जमिनमा पल्टिएर आकासमा उडिरहेका बेसारे चरालाई हेरेर रमाउँथ्यौं। बजार सिरानमा बन्दै गरेको सम्भवत कृषि विकास बैंकको भवनमा कराएर आफ्नो आवाज इको भएको सुन्दै कराउंथ्यौं। तिमीले सम्झन्छौ एकदिन त्यो भवनमा म आइ लभ यु शीला भनेर चिच्याएको थिएँ। मेरो आवाज कति वेर इको भएर थर्किएको थियो? मैले आफैसंग शीला छे भनेजस्तै गरी सोधें। अर्को दिनको पनि याद संगसंगै आयो। शायद सरस्वती पुजाको दिन थियो होला। बिहानै मनमा के लाग्यो कुन्नि, उसको डेरामा गएर उठाएँ। आधा घन्टा टाढा रहेको भगवती मन्दिरमा गयौं। मन्दिरको मुर्तिमा रहेको अबिर उसको सिउँदोमा थोरै लगाइदिएँ र भने– आजदेखि तिमी र म पतिपत्नी भयौं। 'जीवनमा कति पटक बिबाह गर्छौ', उसले मेरो आँखामा आँखा जुधाएर सोधेकी थिई। केबल एक पटक – मैले निर्भिकताका साथ भनें। झुठ – ऊ मुस्कुराई। मेरो त सानैमा तिमीसँग पटकपटक बिबाह भइसक्यो। उसको जवाफले म रमाएको थिएँ। 'हजार पटक विवाह गरेपनि तिमीसँग मात्रै गर्छु नि त', मैले प्रण गर्ने शैलीमा भनेको थिएँ। उसले खुसीले मलाई अंगालो हालेकी थिई। पढाइले बाटो मोड्यो। म काठमाडौ पढ्न गएँ। उसले तेह्रथुम क्याम्पसमा नै पढाइ गरी। टेलिफोन थिएन। सम्पर्कका लागि कि त चिठी नै लेख्नुपर्ने कि त आकासवाणी (आवा) गर्नुपर्ने हुन्थ्यो। आवा खास प्रभावकारी थिएन किनकी पहिला खबर पठाउने, स्टेशनमा बोलाऊने र ह्याण्डस फ्री मोबाइलमा जस्तै निश्चित मिनेट कुरा गर्नुपर्ने हुन्थ्यो। आवाज पनि प्रष्ट नहुने। त्यसैले हाम्रो रोजाइ चिठी भयो। मैले घरमा चिठी लेख्दा हरेक पटक भित्र उसको लागि भिन्नै चिठी राखेको हुन्थें। एकदिन बुवाले पठाएको एउटा आवाले मेरो धर्ती बेस्सरी हल्लाइदिएको थियो। बुवाले गाउँको खबर भन्दै शीलाको विवाह हुन लागेको कुरा अप्रत्यक्ष रुपमा मलाई जानकारी गराउनु भएको थियो। म त्यही खबर सुनेको अर्को दिन म धरानको रात्री बस चढें। बसन्तपुरवाट पैदल करिब १२ घनटा लाग्ने बाटो मैले आठ घन्टामा नै पार गरेको थिएँ। मनमा जसरी पनि शीलालाई लिएर भाग्छु भन्ने जोश थियो। तर म घर नजिक पुग्दा शीलाको विवाहको लागि जन्तीहरु आइसकेका थिए। म घर नजिक झाडीमा निकैबेर रोएको थिएँ। तिमीलाई याद छ, तिमी मेरो विवाहमा आउँदा रोएर आँशु रित्याएर आएका थियौ है ? – उसले नै लेखेकी थिइ। मैले रोएर सुन्निएका तिम्रा आँखा देखेकी थिए तर तिम्रा आँशु पुछ्न सक्ने अवस्थामा थिइन – म पढ्दै गएँ– तिमीले विवाहमा दुनियाँका सामु विन्दास देखिने प्रयास गरेका थियौ तर तिम्रो मनको गहिराइ मैले बुझेकी थिएँ, तर त्यसको के अर्थ रह्यो र ? विवाहमा मलाई गीतबाट एउटा अफर दिएको थियौ है, अझै पनि त्यो गीत म सम्झिरहेकी छु। एउटा अफर दिन्छु तिमीलाई सुन मेरो साथी दिलभित्र राखिदेऊ सबैभन्दा माथि दुःखमा नि नआत्तिउँला, सुखमा नै नमातिउँला एकजुनी कम भए जन्मजन्म जन्मिदिउँला। एउटा अफर दिन्छु तिमीलाई............. साँच्ची, तिमी गाउँका लागि मौरीको रानो जस्तै थियौ। तिमी जता जान्थ्यौ , सारा युवायुवती तिम्रा पछि लाग्थे। बिडम्वना तिमी मेरो पछि लाग्थ्यौ तर म तिमीबाट टाढिन विवश थिएँ। विवाहमा तिमीसंग अरु युवतीहरु झुमिरहेको देख्दा मलाइ ईष्र्या भइरहेको थियो तर म के गर्न सक्थें र? म नै तिमीलाई छाडेर अर्काकी हुन लागेकी थिएँ। सम्झिदा अचम्म लाग्छ, मनभरी तिमीलाई राखेर मैले त्यो दिन अर्काकी बेहुली हुन कसरी स्वीकार गरें होला? किन विद्रोह गरेर त्यही क्षण तिमीसँग भागिन होला? अभिभावकले थोपरेको निर्णय स्वीकार गरेर किन हाम्रो प्रेम र आफैलाई बलीमा चढाएँ होला? सन्देश अपुरो रहेछ। शीलाको अपुरो चिठीले ऊ कति बाध्यात्मक अवस्थामा थिई र मलाई छाडेर अर्कालाई अपनाई भनेर केही प्रष्ट पारेको थियो। उसले हाँसो दिए पनि आँशु दिए पनि मेरा लागि स्वीकार्य थिए। करिव २५ वर्षपछि किन यी सबै कुरा गरी होला भनेर केहीवेर सम्झिएँ। एकपटक कुरा गरौं कि भनेर हेरें, अनलाइन देखिन। यसो आँखा छामें, टिलपिल टिलपिल गर्दै रहेछन्। पुछें। केहीबेर हिँडें र ब्रिजको बीचमा पुगें। मधुरो संगीत बजिरहेको थियो। तल नदीबाट एउटा ठूलो पानी जहाज बिस्तारै बिस्तारै ओझेलमा पर्दै थियो मेरा सपनाजस्तै। फेरि टेक्स्ट आयो। पढ्न थालें। शायद तिमी त त्यो दिन मात्रै रोयौ होला। होला तर म पटक पटक रोइरहें। त्यो दिन धेरै रोए, जुनदिन तिमीले देशै छाडेर अमेरिका उड्यौ भन्ने सुनें। रोएर कति जीवन चल्छ र फेरि बिस्तारै घरपरिवारमा अभ्यस्त बनाएँ। मनको कुनै कुनामा तिमीलाई राखेपनि प्राथमिकतामा हुर्किदै गरेका छोराछोरी र पतिप्रतिको दायित्व थियो। तिमीलाई सन्देश पढिरहँदा कतै मैले छोराछोरी र पतिबाट दुःख पाएर तिमीलाई सम्झिएकी हुँ कि भन्ने लागेको होला, त्यसो होइन। मेरा पति साह्रै असल छन् तर तिमीजति भने पक्कै होइन होला। छोराछोरी हुर्किसकेका छन्। अब आफ्नो जीन्दगी सम्हाल्न सक्छन्। म आज हाम्रै कुरा गर्न चाहन्छु। बिस्तारै जमाना बदलियो। फेसबुकले तिमीसँग जोड्यो। तिमीले मेरो फ्रेन्ड रिक्वेष्ट एसेप्ट गरेको दिन साह्रै खुसी भएँ। तिमीलाई एउटा कुरा थाहा छ, मेरा फेसबुकका हरेक अपडेटमा तिमीले पहिलो लाइक गरेका हुन्छौ? कसरी सक्छौ तिमी यति धेरै मेरो निगरानी गर्न? बिछोड भएको २५ वर्षसम्म पनि कति धेरै सजाउँछौ त्यो मुटुभित्र मलाई? एकछिन थामिएँ। परपरसम्म हेरें। मानिसहरूको चाप ब्रिजमा कम हुँदै गएको थियो। शीलाको अनुहार सम्झिएर केहीबेर टोलाए। अनि फेरि चिठी पढ्न थाले। फेरि अर्को दिन म साह्रै रोएँ। शीलाले लेखेकी थिई – जुन दिन तिमीले जीवनभर बिबाह गरेनौ भनेर थाहा पाएँ। कोही यस्तो पागल हुन्छ? कसरी सक्छौ तिमी यति धेरै माया गर्न? सँगसँगै हुर्किएका हामीमा किन यति धेरै फरक? म तिमीलाई बीच बाटोमा छाडेर अर्काकी हुने, तिमी अर्काकी पत्नी भइसकेकी प्रेमिकालाई दिलमा राखेर जीवन बिताउने? तिमीले मलाई पनि तिमीजस्तै माया गर्ने बनाउन किन सकेनौ? मोबाइल स्क्रोल गरें। म सन्देशको लगभग अन्तिममा आइपुगेको थिए। मैले यति लामो सन्देश किन लेखें भन्ने तिमीलाई लागिरहेको होला। मेरो विवाहको दिन पनि तिमीले मलाई एउटा अफर दिएका थियौ मैले स्वीकार गर्न सकिनँ। तिमी त मनको राजा हौ, मनमा लागेको कुरा गर्न स्वतन्त्र छौ। म तिमीलाई एउटा अफर दिन्छु, स्वीकार गर्छौ? एकछिन रोकिएँ। पढ्नुभन्दा अगाडि के होला भनेर अनुमान गर्न खोजे सकिनँ। फेरि पढें – म तिमीसंग यो पटकको भ्यालेन्टाइन डे मनाउन चाहन्छु। मेरो अफर स्वीकार गर्छौ? 'के आइलाग्यो यो?' मनमनै भने। शीलासँग भ्यालेन्टाइन मनाउन जाँदा उसको परिवारले के भन्लान्? 'साँच्ची तिमीले भ्यालेन्टाइन डेको बारेमा पहिलो पटक कहिले सुन्यौ?' उसले सोधेकी थिई र अगाडि लेखेकी थिई – मैले त डिप्लोमा पढ्दा 'फार फ्रम म्याडिङ क्राऊड' भन्ने नोभलबाट जानेकी हुँ तर कहिले पनि मनाउने रहर जागेन। तिमीले अफर स्वीकार गर्यौ भने यो पटक मनाउँछु र तिमीसँग गिफ्ट पनि माग्छु। शीलाको भ्यालेन्टाइन सेलिव्रेसन गर्ने अफर र गिफ्ट माग्ने कुरा रहस्यमयी थिए मेरा लागि। अकस्मात के भइरहेको छ जस्तो भइरह्यो र अगाडि पढें। तिमीलाई केही असजिलो भएको हुनुपर्छ, पक्कै पनि मेरो घरपरिवारले के भन्लान् भन्ने तिमीलाई लागेको हुनुपर्छ। तर मैले मेरो पति र छोराछोरीलाई हाम्रो प्रेमकहानी सबै सुनाएर अनुमति लिएकी छु। यो मेरो लागि पहिलो र अन्तिम भ्यालेन्टाइन हुनेछ किनकी म ब्रेष्ट क्यान्सरको लास्ट स्टेजमा छु। म अकस्मात चिच्याएर रोएँ। सम्हाल्नै सकिन। छेऊछाऊमा हिँडिरहेकाहरू मलाइ सम्हाल्न आइपुगे। 'हे म्यान आर यु ओ के ?' सबैको एउटै प्रश्न थियो। आफूलाई सम्हालें। बोली अवरुद्ध भएको थियो। आँशुका ढिका तप्पतप्प खसे। ऊ जहाँ भए पनि मेरो आस्था थिई। उसलाई कल्पना गरेर भए पनि बाँकी जीवन काट्न सक्थें तर अकस्मात ऊ अब रहन्न भन्ने सुन्दा विश्वास लागेको थिएन। अगाडि पढें। लेखेकी थिई – संसार कस्तो बिडम्वनापूर्ण छ है। तिमी अमेरिकाको चर्चित अंकोलोजिष्ट। तिमीलाई देखाउन मात्रै पाए पनि क्यान्सर निको हुन्थ्यो कि भन्ने बिरामीलाई लाग्छ तर तिम्रै प्रेमिका आज क्यान्सर भएर मर्न लागेकी छ। शायद तिमीसँग भएकी भए यति चाँडै मर्नु पर्ने थिएन कि जस्तो लाग्छ किनकी तिमीले मेरो क्यान्सर पहिला नै थाहा पाउँथ्यौ नि, होइन ? म त हुस्सु छु, आफ्नै मनको कुरा त राम्ररी थाहा पाउँदिन, बिराम कसरी थाहा पाऊँ? त्यसैले अब बाँकी केही दिनको जीवन तिमीसंग बिताउन चाहन्छु। मलाइ मेरो परिवारले मेरो इच्छामा पुरापुर साथ दिएको छ। अव म तिमीसँग भ्यालेन्टाइन गिफ्टको कुरा गर्छु – उसले अगाडि लेखेकी थिई – तिमीजस्तो चर्चित अंकोलोजिष्टको आवश्यकता अहिले देशलाई छ, तिमी सदाका लागि नेपाल फर्क ल। मैले आँशु पुछें र आफूलाई दर्बिलो बनाएँ। मोबाइलबाट नै काम गर्दै गरेको अस्पताललाई राजीनामा पठाइदिएँ। एउटा अफर स्वीकार गर्न भोलि बिहानै उड्नेछु।
2017/11/23 07:34:43
http://archive.setopati.com/sahityapati/62843/
mC4
कलर्सले घटायो तीन स्मार्टफोनको मूल्य - samayapost.com कलर्सले घटायो तीन स्मार्टफोनको मूल्य समयपोष्ट २०७३ चैत ७ गते ६:३४ कलर्स मोबाइलले आफ्ना तीनवटा मोडलका स्मार्टफोनको मूल्य घटाएको छ । बारफोन प्रयोगकर्तालाई स्मार्ट फोनमा परिवर्तन गर्ने लक्ष्यका साथ मूल्य घटाएको कम्पनीको ११ हजार ४ सय ९५ रुपैयाँ पर्ने पी८५ अब ९ हजार ९ सय ९५ रुपैयाँमै पाइने छ । यस्तै ७ हजार ४ सय ९५ पर्ने पी५० अब ६ हजार ६ सय ९५ मा उपलब्ध हुने छ । पहिले ६ हजार ४ सय १० मूल्य रहेको पी३२ अब केवल ५ हजार ४ सय ९५ मा पाइने छ । यस्तै पी५०को विशेषतामा ५ इन्चको स्क्रिन, १.३ गेगाहर्ज क्वाड कोर प्रोसेसर, २२०० एमएएच ली-आयोन ब्याट्री रहेको छ भनें पि३२ मा एण्ड्रोइड ६.०, १.३ गेगाहर्ज क्वाड कोर प्रोसेसर र ८ जिबी रोम र १ जिबी र्‍याम रहेको छ ।
2022/05/29 08:05:20
https://www.samayapost.com/03/6123.html
mC4
बुटवल नगरले बनायो २६ कानुन -::DainikPatra बुटवल नगरले बनायो २६ कानुन बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले स्थानीय सरकार सञ्चालनका लागि २६ वटा कानुन बनाएको छ । उपमहानगरपालिका नगर कार्यपालिकाले चैत मसान्तसम्म २६ वटा कानुन बनाएर राजपत्रमा प्रकाशित गरेको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार नगर कार्यपालिकाले ९ ऐन, २ नियमावली, ८ कार्यविधि, २ निर्देशिका, २ आचारसंहिता, २ मापदण्ड र एउटा नीति बनाएको हो । नगर कार्यपालिकाले कार्यसम्पादन नियमावली, बैठक सञ्चालन कार्यविधि, नगरसभा सञ्चालन कार्यविधि, निर्णय वा आदेश र अधिकार पत्रको प्रमाणीकरण नियमावली, कर्मचारी आचारसंहिता बनाएको हो । यस्तै गरी उपमहानगरका पदाधिकारीको आचारसंहिता, आर्थिक ऐन, विनियोजन ऐन, भवन निर्माण तथा भूउपयोग मापदण्ड, योजना तथा कार्यक्रम कार्यान्वयन कार्यविधि, प्रशासकीय कार्यविधि ऐन, नगर शिक्षा ऐन, नगर सहकारी ऐन, कृषि व्यवसाय प्रवद्र्धन ऐन, फोहोरमैला व्यवस्थापन ऐन, निर्माण व्यवसाय ऐन, सार्वजनिक निजी साझेदारी नीति, न्यायिक कार्यविधि लगायतका कानुन नगर कार्यपालिकाले बनाएर राजपत्रमा प्रकाशित गरेको छ । नगर कार्यपालिकाले बनाएका कानुनहरुको पूस्तिका बुधबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई हस्तान्तरण गरिएको छ । कानुन पुस्तिका हस्तान्तरण गर्दै नगर प्रमुख शिवराज सुवेदीले मन्त्रिपरिषद्बाट आवश्यक निर्णयहरु गरिदिन अनुरोध गरेका थिए । उनले नगरले बनाएका कानुनहरु नबाझिने गरी बनाएको र सोही अनुसार प्रदेश सरकारसँग समन्वय र सहकार्य गरी काम गर्ने बताए । नगरको कानुन ग्रहण गर्दै मुख्यमन्त्री शंकर पोखरेलले स्थानीय सरकार र प्रदेश सरकारका बीचमा समन्वय र सहकार्यबाट मात्रै मुलुक समृद्ध हुनसक्ने बताए । उनले साझा अधिकारका बारेमा निर्णय गर्ने अधिकार संघीय सरकारलाई रहेको भन्दै तीन तहकै सरकारबीच साझा भावना स्थापित भएमा मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने उल्लेख गरे ।
2019/01/16 04:37:16
http://www.dainikpatra.com/2018/04/11208/
mC4
पलाष्टिकको चामल – Narayani Dainik पलाष्टिकको चामलको चर्चा चलिरहेको बेला सो कुरालाई थप बल प्रदान गर्ने गरी पूर्वको इटहरीबाट एउटा खबर आएको छ । जुन खबर राजधानी दैनिक पत्रिकाले प्रमुखताका साथ छापेको छ । राजधानी दैनिक लेख्छ इटहरी तरहराकी गीतामाया थापाले पकाएको भात थालमै बल जसरी उफ्रिएको छ। इटहरी-१०, खनारको दर्शन प्रिमियर मन्सुली चामल जय सरस्वती सेलर मिलले उत्पादन गरेको चामलको भात बल जसरी उफ्रिएपछि स्थानीय आक्रोसित बनेका छन्।'हिजो पकाएर खाँदा असहज भएको भए पनि आज खानामा प्लास्टिक मिसाएको पुष्टि भयो,' थापाले भनिन्, 'यो चामल ढिलो पाक्ने र खाएपछि पेट दुख्ने समस्या देखियो।' उनले खानाको स्वाद अर्कै आएकाले डल्ला पारेर उफार्द उफ्रिएपछि शंका लागेको बताइन्। उनीहरुले त्यो चामल इन्द्र बस्नेतको पसलबाट किनेर ल्याएको बताएका छन्।'भातको डल्लो उफ्रिएको पहिला फेसबुकमा हेर्न पाइन्थ्यो, अहिले आफ्नै आँखाले देखियो,' स्थानीय छत्रबहादुर पौडेलले भने। खाद्य गुण नियन्त्रण कार्यालय सुनसरीका प्रमुख बिक्रम लिम्बुले भने चामलमा प्लास्टिक हुन सम्भव नहुने बताए। उनले भने, 'हामीले प्रयोगशालाको ल्याबमा टेस्ट नगरी भन्न सक्ने अबस्था हुन्न। यसअघि ल्याबमै चेक गर्दा पनि नेगेटिभ पाइयो।'
2021/09/21 17:57:29
https://www.narayanidainik.com/archives/1093
mC4
लोकसेवाका फर्म भरेकालाई चटारो, दशैं अघि सबै परिक्षा सकाउने आयोगको तयारी | My News Nepal काठमाडौँ । लोक सेवा आयोगले रोकिएका सम्पूर्ण परीक्षा दशैँअघि गरिसक्ने गरी आन्तरिक तयारी गरिरहेको छ । आयोगमा पदाधिकारी सिफारिस भए पनि नियुक्ति भइनसकेको तथा कोरोना (कोभिड–१९) महामारीका कारण लोक सेवासम्बन्धी परीक्षाको आन्तरिक तयारी मात्रै भएको हो । उनले भने, "कोभिड–१९ का कारण रोकिएको परीक्षा अगाडि बढाउने योजना बनाएका छौँ । कोभिड सङ्क्रमण कम भएपछि उपयुक्त समयमा परीक्षा सञ्चालन सुरु गर्ने गरी तयारी गरेका छौँ ।" यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
2021/08/03 21:49:02
https://mynewsnepal.com/14551/
mC4
युवतीमाथि जवरजस्ती गरेको आरोपमा एक पक्राउ | Sabaiko Online Home Flash News युवतीमाथि जवरजस्ती गरेको आरोपमा एक पक्राउ उदयपुर – युवतीमाथि जवरजस्ती गरेको आरोपमा यहाँका १ युवक मंगलबार पक्राउ परेका छन्। दिदीको घर आएकी युवतीलाई विहे गर्छु भन्दै फकाउँदा नमानेपछि जवरजस्ती हातपात गरी घाइते बनाएको आरोपमा त्रियुगा नगरपालिका १४ साउनेका सार्जन राईलाई मंगलबार विहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। पीडित युवतिका अनुसार साउने धाब्लाङस्थित दिदी भिजानुको घर गएका बेला सोमबार साँझ १७ वर्षीय युबकले उनलाई सुरुमा सोल्टीनी साईनो लाउँदै बिहे गर्छु भनेर जिस्काएको नमानेपछि बोकेर १ सय मिटर टाढा लगेर जवरजस्ती हातपात गरेका थिए। प्रतिकार गर्न खोज्दा युवकले मुक्काले हिर्काउदा लडेर युवतीको टाउको र खुट्टामा चोट लागेको छ। राति ७ः३० बजेको घट्नामा युवती चिच्याएर गुहार मागेपछि छुट्याउन गएका भिनाजुमाथि पनि युवकले मुक्का प्रहार गरेको पीडितको भनाई छ। उनको पनि आँखामा चोट लागेको छ। घट्नापछि युवति आफैले प्रहरी र आफन्तलाई फोन गरी गुहारेको बताईन। खबर पाएपछि साउनेस्थित प्रहरी चौकीबाट गएको टोलीले मंगलबार विहान युवकलाई घरबाटै पक्राउ गरी जिल्ला सदरमुकाम ल्याएर कारबाही सुरु गरेको प्रहरी प्रवक्ता डिएसपी मेघराज अधिकारीले बताए। उनका अनुसार २२ वर्षीया युवतीको जिल्ला अस्पताल उदयपुरमा मेडिकल जाँच गरी उपचार हुँदैछ। युवकलाई थुनामा राखेर आवश्यक अनुसन्धान अघि बढाइएको छ। प्रहरीले घट्नाको यथार्थ जानकारी लिने क्रममा पीडित–पीडक दुवैपक्ष र आफन्तजनलाई राखेर अनुसन्धान थालेको पनि अधिकारीले बताएका छन्।
2021/05/09 20:49:25
http://sabaikoonline.com/2018/01/5567
mC4
नबुझी कानुनको विरोध नगरौं « News of Nepal नेपालमा भर्खरै धेरै किसिमका कानुन जारी भएर लागू भएको अवस्था छ । कानुनलाई आफ्नै तरिकाले व्याख्या गरेर विरोध तथा समर्थन गरिएको पनि पाइएको छ । कानुनलाई पहुँचको आधारमा, राजनीतिक आस्थाको आधारमा, जानेबुझेका वकिलको हातमा अडिएको भन्दै सोझा जनताको पहुँचभन्दा बाहिर भएकोले मुलुकमा थुप्रै समस्या भएको कुरा कहीँ–कतै लुकाउनुपर्ने अवस्था छैन । राजनीतिलाई दिगो र स्थायी बनाउने काम नहुनु एउटा समस्या थियो । अहिले राजनीति र सत्ताको चलखेल बन्द भएको छ । कानुन कडाइका साथ आउनुपर्ने थियो, त्यो पनि आएको छ । अब कानुन मिचेर दादागिरी गरी निर्दोष जनताले न्याय नपाउने, करोडौंको काम लिने र काम पूरा नगरेर राज्यको डुकुटी दोहन गर्ने, कानुनलाई पहुँचवालाहरु र पैसावालाहरुले मात्रै परिचालन गर्न सक्छन् भन्ने जस्ता कुराहरु र अन्य सबै खाले गुण्डाराज बन्द गर्नका लागि कानुनलाई कडाइका साथ लागू गर्नुपर्ने देखिएको छ । नेपालको भाग्य र भविष्य परिवर्तन गर्ने जिम्मेवारी पाएका प्रधानमन्त्री के.पी. ओली र प्रचण्डलगायतका नेताहरुले मात्र अब कानुनको कडाइ गरेर हुनेवाला छैन । हरेक स्थानीय सरकार, स्थानीय प्रशासन, स्थानीय प्रहरी, सरकारी वकिल, स्थानीय सञ्चारकर्मी अनि आम बुद्धिजीवी, अधिकारकर्मीहरुले समेत कानुनलाई कडाइका साथ लागू गर्न आ–आफ्नो स्थानबाट खबरदारी गर्नुपर्ने देखिएको छ । सरकार पनि कुनै प्रकारले डगमगाउनुहुँदैन । दुई तिहाइको बलियो सरकारले देशमा अमनचयन कायम गराउन हदैसम्मको उपाय अपनाउन जरुरी छ । पछिल्लो परवर्तित अवस्थामा परिवर्तन भएको कानुन र कानुनमा उल्लेख गरिएका सजायहरुको बारेमा पनि अब हरेक स्थानीय सरकारहरुले टोल–टोलसम्म जानकारी गराउन सकेमा, यसको सकारात्मक सन्देश फैलाउन सकेमा पक्कै पनि देशमा देखिएका सानातिना समस्या सहजै समाधान हुनेछन् । विकासमा देखिएको ढिलासुस्ती स्वतः बन्द हुनेछ । करोडौं रकम कमाएर लाख मात्रै कर तिर्ने ठूला महामहिमहरु करको दायरामा आउनेछन् । नेपालमा परिवर्तनको शुरुवात भएको स्पष्ट देखिनेछ । सबै इमानदार बन्नुपर्ने अहिलेको आवश्यकता हो । कानुनलाई सबैले पालना गर्न र गर्न लगाउनु सबैको कर्तव्य हो ।
2019/07/23 09:54:45
https://www.newsofnepal.com/2018/08/20/134285/
mC4
काठमाडौंको फोहोरमैला बन्चरेडाँडामै, मुआब्जाका लागि पाँच अर्ब रूपैयाँ छुट्टयाइने - दर्पण संसार २०७९ जेठ २७, शुक्रबार १५:११ बजे काठमाडौं । स्थानीय निर्वाचन अघि देखिनै काठमाडौंमा फोहोरको थुप्रो लाग्न थालेको हो । तर काठमाडौं महानगरपालिकामा स्वतन्त्रबाट मेयरमा विजयी भएका बालेन्द्र साहका लागि फोहोर व्यवस्थापन सबैभन्दा ठूलो चुनौति बन्यो । महानगर प्रमुखका रुपमा पदभार ग्रहण गरेदेखि फोहोर व्यवस्थापनको चुनौति सामना गरेको उनले प्रधानमन्त्रीदेखि विभिन्न मन्त्रीहरुसँग हारगुहार नै गर्नुपर्ने अवस्था आयो । शीर्ष नेता, प्रधानमन्त्री शेरबहादुर देउवादेखि सहरी विकास मन्त्री रामकुमारी झाक्रीलाई समेत भेटेर समस्या समाधानको पहल गरेका साहका लागि शुक्रबार भने केही राहत महशुस भएको छ । बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयहरुको अवरोधका कारण फोहोरमैला व्यवस्थापन हुन नसक्दा काठमाडौं दुर्गन्धित बन्दै गएको थियो । तर शुक्रबार निर्वाध रूपमा फोहोरको विसर्जन भएको छ । सहमतिअनुसार स्थानीयले अवरोध नगरेपछि आजमात्र १५३ ट्रक फोहोर खसालिएको छ । काठमाडौं महानगर, सहरी विकास मन्त्रालयसहित सरोकावालासँग विभिन्न चरणमा भएका वार्तापछि स्थानीय फोहोर विसर्जन गर्न दिन राजी भएका हुन् । बञ्चरेडाँडामा काठमाडौंको फोहोर फाल्दा प्रभावित हुने जग्गा यकिन गरी अधिग्रहण सुरू गर्न सहरी विकास मन्त्रालय र संघर्ष समितिबीच सहमति भएपछि काठमाडौंको फोहोर उठ्न थालेको हो । जग्गा अधिग्रहणका लागि मुआब्जा वितरण गर्न तत्काललाई आगामी आर्थिक वर्षकै बजेटमा पाँच अर्ब रूपैयाँ छुट्टयाउने भनिएको छ। महानगरपालिकाले साउन १ देखि कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्ने र नकुहिने फोहोर मात्र डम्पिङ साइटमा विसर्जन गर्ने भनेको थियो। तर उक्त भनाइप्रति बन्चरेडाँडाबासी विश्वस्त थिएनन् । जसका कारण साइडमा झडप समेत भइरहेको थियो । ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्थानीय र काठमाडौं महानगरपालिकाबीच १८ बुँदे सहमति बनेपछि अवरोध हटेको हो । फोहोर व्यवस्थापनका लागि संसदीय समिति गठन समेत हुने भएको छ । पटक पटक समस्या हुँदै आएको काठमाडौंको फोहोर व्यवस्थापनको लागि जनप्रतिनिधिसहितको संयन्त्र बन्न लागेको हो । सहरी विकास मन्त्री रामकुमारी झाक्रीले बलियो संयन्त्र बनाएर मात्रै समस्या समाधान गर्न सकिने बताइन् । शुक्रबार बिहान मन्त्रालयमा सिसडोल र बञ्चरेडाँडाका स्थानीयसँग गरिएको छलफल कार्यक्रममा मन्त्री झाक्रीले फोहोरमैला व्यवस्थापनको लागि बलियो संयन्त्र बनाउनुपर्नेमा जोड दिएकी हुन् । मन्त्री झाक्रीले भनेको समितिको संयोजकको लागि नेकपा एमाले सांसद रामवीर मानन्धरले इच्छा व्यक्त गरेका छन् । संसदमा बोल्दै सांसद मानन्धरले काठमाडौंको फोहोरमैला व्यवस्थापनको जिम्मा आफूलाई दिन आग्रह गरेका हुन् । आफ्नै अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति गठनको प्रस्ताव गरेका हुन् ।
2022/06/29 07:16:24
https://darpansansar.com/news/2715
mC4
जो पिण्डमा छ त्यही ब्रह्माण्डमा काठमाडौं । यो प्राण-शक्तिको प्रवाह हिन्दू, मुसलसिम, इसाईमा मात्र छैन, यो प्राण-शक्तिको प्रवाह प्रत्येक मानिसभित्र छ। यसकारण त्यसलाई हाम्रा सन्तहरूले 'राम' भनेका छन्। रामको मतलब हिन्दूहरूले सजिलैसँग बोल्ने र जोप्रति उनीहरूको श्रद्धा छ, ती राम होइनन्। रामको मतलब हो-रमण गर्नेवाला वस्तु। जो सबैको घट घटमा रमण गर्दछ, सबैको हृदय-हृदयमा घुमिरहेको छ, उही राम हो। अब विचार गर्नुहोस् त्यो सबैको हृदयमा घुम्ने वस्तु के हो। त्यो सबै जाति र वर्गको हृदयमा घुम्ने वस्तु के हो ? त्यो के चीज हो जो कण-कणमा व्याप्त छ? भौतिक जगतको सबैभन्दा सानो कण जसलाई हामी एटम भन्दछौं, त्यसको बीचमा एउटा केन्द्र छ । त्यो केन्द्रको चारैतिर इलेक्ट्रोन्स परिक्रमा गर्दछन्। हाम्रा ऋषिहरूले भनेका छन् - 'जो पिण्डमा छ, त्यही ब्रह्माण्डमा पनि छ।' ब्रह्माण्डको केन्द्र सूर्य छ अनि सूर्यको चारैतिर ग्रहहरू परिक्रमा गरिरहेका छन् । जुन शक्तिले इलेक्ट्रोन्सलाई चलाईरहेको छ, त्यही शक्तिले ग्रहहरूलाई पनि चलाईरहेको छ, त्यही शक्ति सारा विश्वको कण-कणमा व्यापक छ। जोसँग ज्ञान-नेत्र छ उसैले मात्र त्यस शक्तिलाई चिन्न सक्छ। त्यो शक्तिलाई राम यसकारण भनियो, किनभने त्यो सबैमा रमण गर्दछ। दुनियाँमा धेरै भाषाहरू छन्। प्रत्येक देशमा आफ्नो-आफ्नो भाषा छ। दक्षिणमा उनीहरूको आफ्नै भाषा छ, बेलायतमा अंग्रेजी भाषा छ, फ्रान्समा फ्रेन्च भाषा छ, मतलब प्रत्येक देशको आफ्नै भाषा छ। तर संसारमा सबै ठाउँमा बोलिने विश्वव्यापी (Universal) भाषा कुनै छैन। जब भाषा नै व्यापक छैन भने भाषाको माध्यमबाट तपाईंले व्यापक नामको उच्चारण गर्न सक्नुहुँदैन। यसकारण त्यो शक्ति के हो जो सबैमा रमण गरिरहेको छ, जो सर्वव्यापक छ। यसकारण हाम्रा सन्तहरूले भने त्यो भाषाहरूदेखि टाढा छ। आज हामी धेरै कडा भन्दा कडा कानून बनाउँन सक्छौं। जाँतो पिसाउँन सक्छौँ, हातकड़ी लगाउन सक्छौं, तर त्यसबाट समाजमा चलिरहको अपराधवृत्ति समाप्त हुन सक्दैन। यी सबै त आध्यात्मद्वारा हृदय परिवर्तन गरिमात्र समाप्त हुनसक्छन् । आध्यात्ममा मात्र त्यसलाई समाप्त गर्ने ठुलो शक्ति छ । यसकारण आज हाम्रो देशमा आध्यात्मको नितान्त आवश्यता छ ।
2021/01/15 17:07:20
https://hamrakura.com/news-details/93940/2021-01-13
mC4
बाढी, पहिरो र डुबानमा परी ६७ जनाको मृत्यु, १ हजार ४ सय ४५ जनाको सकुशल उद्दार – News Portal of Global Nepali काठमाडौं–अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी सोमबार दिउँसोसम्म ६७ जनाको मृत्यु भएको छ । साथै धनकुटामा ८ जना, मकवानपुरमा ५ जना, ललितपुर र सिराहामा ३/३ जना, झापा, भोजपुर, सुनसरी, महोत्तरी, काभ्रे र सिन्धुलीमा २/२ जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, उदयपुर, रामेछाप, धादिङ, दोलखा र चितवन १/१ जना गरी जम्मा ३९ जना घाइते भएका छन् । घाइतेमध्ये १८ महिला र २१ पुरुष रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका बाटो प्रहरीले सुचारु गराएको छ । साथै महोत्तरी वर्दिवास नगरपालिका-१ र ४ जोड्ने पूर्व पश्चिम राजमार्गमा रहेको भप्सी खोलामा डाईभर्सन गरेको बाटो पानीको बहाब बढ्न गई सोमबार बिहानबाट अवरोध भएको छ । साथै ललितपुर, मकवानपुर, रामेछाप, मुस्ताङ, मनाङ, ओखलढुङगा, भोजपुर, रौतहट, महोत्तरी, पाल्पा, कालिकोट लगायतका स्थानमा भएको बाटो अवरोध हटाउने कार्य जारी छ ।
2020/07/14 11:02:26
http://www.nepalbritain.com/?p=62121
mC4
Global Aawaj | » विश्व टेलिभिजन दिवस : अनलाइन टिभीलाई व्यवस्थित बनाउन आग्रह विश्व टेलिभिजन दिवस : अनलाइन टिभीलाई व्यवस्थित बनाउन आग्रह – Global Aawaj काठमाण्डौं । संसारभरि आज विश्व टेलिभिजन दिवस मनाइँदैछ । यस अवसरमा विशेष गरेर टेलिभिजनको उपयोगिता र यसका नयाँ चुनौतीका बारेमा छलफल कार्यक्रमको आयोजना गरिएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले १७ डिसेम्बर १९९६ मा हरेक वर्ष २१ नोभेम्बरका दिन टेलिभिजन दिवसको रुपमा मनाउने निर्णय गरेअनुसार यो दिवस मनाउन थालिएको हो । सङ्घका अध्यक्ष जीवन भण्डारी र महासचिव राजु सुवेदीले दिवसको अवसरमा वक्तव्य जारी गर्दै अनलाइन टेलिभिजनको पहुँचलाई विस्तार गर्दै यसको विषयवस्तु तथा प्रस्तुतिको गुणस्तर वृद्धि गर्न सबैले आ–आफ्नो ठाउँबाट योगदान पुर्याउनुपर्ने बेला भएको उल्लेख गरेका छन्। सबै अनलाइन टिभीकर्मीलाई सङ्गठित हुन र एक अर्कालाई सहयोग, सीप र ज्ञान आदानप्रदान गर्न पनि उहाँहरुले सबैलाई आह्वान गरेका छन् । अनलाइन टेलिभिजनलाई व्यवस्थित, विश्वसनीय र उपयोगी बनाउन सबै टेलिभिजनकर्मी, विज्ञ र सरोकारवाला निकायका बीचमा सहकार्य गर्दै केही प्रयास भइरहेको सङ्घले जानकारी दिएको छ । नेपालमा पहिलो टेलिभिजनको रुपमा विसं २०४१ माघ १७ गते नेपाल टेलिभिजनको स्थापना भएको हो भने हाल सय बढी टेलिभिजन सञ्चालनमा रहेका छन् । त्यसैगरी अनलाइन टेलिभिजनको सङ्ख्या पनि बढीरहेपनि यसको कुनै आधिकारिक तथ्याङ्क भने उपलब्ध छैन ।
2020/11/28 00:02:44
https://www.globalaawaj.com/archives/65380
mC4
ओमिक्रोनसँग नडराउन विश्व स्वास्थ्य संगठनको आग्रह | Safal Khabar शनिबार, १८ मंसिर २०७८, १२ : ४९ काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनसँग नडराउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ । डब्ल्यूएचओकी वरिष्ठ वैज्ञानिक सौम्या स्वामीनाथनले शुक्रवार एक कार्यक ममा बोल्दै उनले केही फरक किसिमको भेरियन्ट फैलिएपनि नडराउन बरु सतर्क रहन आग्रह गरिन् । बीबीसीका अनुसार हालसम्म कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका ४० राष्ट्रहरुमा फैलिसकेको अवस्था छ । यसको संक्रमण नेपालकै छिमेकी मुलुकहरु भारत र श्रीलङ्कामा पनि पाइएको छ । यद्यपि नेपालमा भने पाइएको छैन । दक्षिण अफ्रिकाबाट फैलिएको नयाँ प्रकारको भेरियन्टका कारण विश्वमा फेरि चिन्ता बढेको छ । यसले कोरोना भाइरसबिरुद्धको प्रतिपादित खोपहरुले काम नगर्ने भन्ने भनाइहरु पनि आउँदैछन् । तर यसको पुष्टि भने कतै हुनसकेको छैन । नयाँ ​भेरियन्टको कोरोनाका कारण जापान, अष्ट्रेलिया र भारत जस्ता ठूला मुलुकहरुले पनि अन्तर्राष्ट्रिय सीमाहरु बन्द गरिसकेका छन् ।अन्तराष्ट्रिय समाचार माध्यमहरुले भने नयाँ भेरियन्टको ओक्रोनले ठूलो प्रभाव पार्ने बताउदै आएका छन् ।
2022/01/20 17:43:25
https://www.safalkhabar.com/news/80711
mC4
काश्मिर तनावः भारतीय सेनामाथि आक्रमण, तीन जनाको मृत्यु - Samudrapari.com काश्मिर तनावः भारतीय सेनामाथि आक्रमण, तीन जनाको मृत्यु काश्मिर – भारत प्रशासित काश्मिरको अखनुरमा सेनामाथि आक्रमण भएको छ । आक्रमणमा तीन जना भारतीय सैनिकको ज्यान गएको छ । अखनुरको बटालामा रहेको भारतीय सेनाको जनरल इन्जिनियरिङ कोरका सैनिकमाथि आक्रमण भएको हो । आक्रमणकारी फररा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो आतंककारी आक्रमण रहेको भारतीय अधिकारीको भनाई छ । तर सेनाले यस विषयमा औपचारिक रुपमा केहप् भनेको छैन । सेनाले अहिले त्यस क्षेत्रमा घेराबन्दी गरेको छ । आक्रमणकारीलाई पक्रिन सेनाले अभियान चलाएको छ ।
2018/01/17 10:39:52
http://samudrapari.com/2017/01/192653/
mC4
विपद् व्यवस्थापन समितिले दिने राहतमा विभेद – Sourya Online सौर्य अनलाइन २०७७ साउन २८ गते ६:२२ मा प्रकाशित बागलुङ । बाढी र पहिराका कारण घरगोठ भत्किएकालाई जिल्ला विपद् व्यवस्थापन समितिले दिने राहतमा विभेद हुने गरेको भेटिएको छ । समितिले बाढीपहिरो पीडितलाई मनलाग्दी राहत वितरण गरेको हो । यही ७ साउनमा बागलुङ नगरपालिका–५ मालिकामा पहिराका कारण भत्किएका पाँच घरपरिवारका लागि समितिले उपलब्ध गराउने राहत रकम फरकफरक छ । एकै दिन घर भत्किएका हेमराज रेग्मीलाई समितिले १२ हजार उपलब्ध गराएको छ भने सोही ठाउँकी गंगा पौडेल उपाध्यायलाई ६ हजार रुपैयाँ उपलब्ध गराएको छ । मालिकाकै भरत रेग्मीले समितिका तर्फबाट १० हजार राहत लिएका छन् । उनको गोठसमेत काम नलाग्ने गरेर भत्किएको छ । केही साताअघि पहिरोकै कारण घर भत्किएका बागलुङ नगरपालिका–४ कुँडुलेका टंकनाथ आचार्यले भने १५ हजार राहत पाएका छन् । प्रजिअको नेतृत्वमा रहेको समितिले फरकफरक समयमा राहतका लागि पुग्ने सर्वसाधारणलाई फरकफरक हिसाबले राहत दिएको पाइएको हो । 'क्षतिको हिसाबले भन्ने हो भने कम राहत पाउनेको क्षति बढी भएको छ', बागलुङ–५ का वडाध्यक्ष शिवप्रसाद सापकोटाले भने, 'प्रमुख जिल्ला अधिकारीलाई कुराकानी गर्दा बजेट नभएकाले फरकफरक भएको भन्नुभयो ।' सरकारले पछिल्लोपटक बनाएको विधिअनुसार पाँच जनाको परिवारसम्मलाई घर भत्किएमा १५ हजार र त्योभन्दा धेरै परिवार संख्या भएमा प्रतिपरिवार २० हजार राहत रकम उपलब्ध गराउने व्यवस्था छ । पछिल्लो विधि बनाउनुपूर्व समेत घरगोठ बस्नै नमिल्ने गरी भत्केको परिवारलाई १५ हजारसम्म दिने व्यवस्था थियो । 'हामीले केही जान्दैनौँ जति दिए उति लिइयो', गंगाले भनिन्, 'हामीलाई त तपाईंले पाउने यत्ति हो भनेर दिएँ ।' विपद् व्यवस्थापन समितिबाट पाएको रकमले परिवारको एक महिनाको खाद्यान्न खर्चसमेत नपुग्ने उनले गुनासो गरिन् । बागलुङका प्रजिअ सुरेश न्यौपानेले बजेट कम भएकाले घटनाको अवस्था हेरेर रकम उपलब्ध गराउँदै आएको जानकारी दिए । 'नयाँ विधि बनेको छ, बजेट पुरानै अनुसार आउँछ', उनले भने, 'बजेट नभएकाले मुचुल्काका आधारमा राहत दिनुपरेको हो, सबै ठाउँमा आफैँ पुग्न सम्भव हुँदैन, कागजका आधारमा दिएका छौँ ।' विपद्को सामना गरिरहेका न्यून वर्गीय परिवारले भन्दा मध्यम वर्गका परिवारले राहत रकम धेरै पाएको वडाध्यक्ष सापकोटा बताउाछन् ।
2020/09/24 22:12:44
https://www.souryaonline.com/2020/08/312133.html
mC4
हिमालको काखमा पीपीएलको उपाधि « Janata Samachar हिमालको काखमा पीपीएलको उपाधि कास्की । पर्यटकिय नगरी पोखरामापहिलो पटक आयोजनागरिएको पीपीएल क्रिकेटको उपाधि भिडन्त मंगलबार हुँदैछ । पोखरा रंगशालामा हुने फाइनल खेलमा उपाधिका लागि घरेलु टोली पोखरा पल्टन र चितवन राइनोज बीच प्रतिस्पर्धा हुँनेछ । घरेलु क्रिकेटमा सर्वाधिक पुरस्कार भएको पीपीएल क्रिकेटको उपाधि आफ्नो पोल्टामा पार्ने लक्ष्यमा रहेका छन । सोमबार बिहानपोखराको सराङकोटमा भएको प्रि–म्याच कन्फ्रेन्समा बाल्दै चितवन राइनोजका कप्तान पारसले आफ्नो टिमको लक्ष्य उपाधि जीत्ने भएको बताए । चितवन राइनोज इलिमिनेटर खेलमा काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनलप्रवेश गरेको हो । प्रतियोगिता अन्र्तगत सुरुकादुई खेलमा लगातार हार बेहोरेको चितवन त्यसपछिका कुनै पनि खेल हारेको छैन् । यता,े लिग चरणको खेलमाशीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश पोखरा पल्टन पनि उपाधि घरमै राख्ने दाउमा रहेको छ । पोखराका कप्तान शरद भेषावकरले बीना दवाब उत्कृष्ट खेल खेल्न प्रयास गर्ने बताए । पोखराले लिग चरणका ५ खेलमा ३ खेलमा जित र २ खेलमाहार ब्यहोरेको थियो । तर नेट रनरेटको आधारमा पोखरा शीर्ष स्थानमा रहेको थियो । चितवन र काठमाडौंले पनि ५ खेलमा समान ३ खेलमाजित र २ खेलमाहार ब्यहोरेपनि नेट रनरेटको आधारमा चितवन दोस्रो र काठमाडौं तेस्रो हुँदै इलिमिनेटरमा स्थान बनाएका थिए । पीपीएलको विजेताले २७ लाख नगद पुरस्कार प्राप्तगर्ने छ भने उपविजेताले १० लाख नगद प्राप्त गर्नेछ । प्रतियोगिताको म्यानअफ द सिरिज उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले सुजुकी जिक्सर १ सय ५५ सीसीको मोटरसाइकल प्राप्त गर्ने छ ।
2021/03/02 08:13:30
https://www.janatasamachar.com/2018/11/74558
mC4
मोदीविरुद्ध १११ किसानले निर्वाचन लड्ने एजेन्सी— केही समययता दिल्लीमा नरेन्द्र मोदी सरकारको विरोध गरिरहेका तमिलनाडुका किसानहरुले बनारस लोकसभा सिटबाट प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध निर्वाचन लड्ने फैसला गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा वाराणसी तथा वडोदराबाट चुनाव लडेर दुवै ठाउँबाट जित दर्ज गरेका थिए । यसपटक उनी बनारसबाट निर्वाचन उठ्दै छन् । अर्कोतिर, तमिलनाडुबाट बनारस आएर निर्वाचन लड्ने फैसला गरेका १११ किसानका नेता पी. अय्याकन्नुले भने, 'हामी ४ सय किसानले दिल्ली गएर १४० दिन विरेध प्रदर्शन गरेका थियौँ । २०१४ को निर्वाचनमा प्रधानमन्त्री मोदीले गरेको वाचा नै हाम्रो माग थियो ।' त्यसैले उनीहरुले निर्वाचनका लागि भोट माग्दै हिँडेको र बनारसका गल्लीमा मागेर चुनाव खर्च उठाएको उनले बताएका छन् । पी. अय्याकन्नुले आफूहरुलाई कसैको पनि राजनीतिक समर्थन नभएको र मोदीविरुद्ध चुनाव जित्नै पर्छ भन्ने नसोचेको पनि बताएका छन् । उनले आफूहरु को र मोदी को हुन् भन्ने कुरा चाहिँ सबैलाई देखाउन निर्वाचनमा होमिएको बताएका छन् । यी किसानहरुले फरक फरक तरिकाले विरोध गरिरहेका छन् । यसअघि उनीहरुले खप्पर लिएर प्रदर्शन गरेका थिए र भनेका थिए कि ती खप्परहरु आत्महत्या गर्ने किसानका हुन् ।
2020/05/24 23:17:43
https://farakdhar.com/story/12373/
mC4
एनआरएनको ४० करोड सहयोगमा पर्वतको पञ्चासे केबलकार निर्माण हुँदै,१० हजारलाई रोजगारी सिर्जना – BikashNews एनआरएनको ४० करोड सहयोगमा पर्वतको पञ्चासे केबलकार निर्माण हुँदै,१० हजारलाई रोजगारी सिर्जना २०७५ फागुन १९ गते १२:५४ विकासन्युज काठमाडौं । गैरआवासीय नेपालको लगानीमा पर्वतमा पञ्चासे केबलकार निर्माण हुने भएको छ। पञ्चासे र आसपासको क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित केबलकार सहितको पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजनामा गैरआवासीय नेपालीले रु ४० करोडभन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । संयुक्त अरब इमिरेट्स (युएइ)मा भएको पर्वत समाज अन्तर्राष्ट्रियको बृहत भेलाका क्रममा गण्डकी प्रदेशको ड्रिम प्रोजेक्टको रुपमा रहेको पञ्चासे केबलकारमा लगानी गर्न गैरआवासीय नेपालीले प्रतिबद्धता जनाएका हुन् । पोखरा महानगरपालिका–३३ घाँटीछिनादेखि पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा पर्ने पञ्चासेसम्म केबलकारसहितका अन्य पर्यटकीय पूर्वाधार निर्माण गर्न लागिएको छ । पञ्चासे केबलकार गण्डकी प्रदेशकै सबैभन्दा ठूलो परियोजना भएकाले विभिन्न देशमा रहेका गैरआवासीय नेपालीले लगानीको प्रतिबद्धता व्यक्त गरेको पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए। अध्यक्ष शर्माले दिएको जानकारीअनुसार अष्ट्रेलियामा बस्ने पर्वतेलीले रु २० करोड लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । बेलायत लगायतका युरोपेली देशबाट रु १० करोड लगानी गर्ने प्रतिबद्धता आएको छ भने पर्वत समाज कतारबाट दुई करोड, पर्वत समाज बेल्जियमबाट रु १० करोड लगानीको प्रतिबद्धता आएको छ । कास्की समाजसँग समेत छलफल गर्ने कार्यक्रम रहेको अध्यक्ष शर्माले भने । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्टले समेत परियोजनाको प्रशंसा गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष शर्माले बताए । रु ११ अर्ब ५० करोड लागतमा केबलकार निर्माण गर्ने लक्ष्य राखिएको छ । परियोजनाको ६० प्रतिशत सहुलियत कर्जाबाट र ४० प्रतिशत शेयर सङ्कलन गर्ने लक्ष्य छ । रु चार अर्ब ५५ करोड शेयरमध्ये रु दुई अर्ब ७३ करोड प्रवद्र्धक शेयरबाट सङ्कलन गर्ने लक्ष्य राखिएको छ । यसका लागि अहिले प्रभावित क्षेत्र, देश विदेशमा लगानी जुटाउने काम भइरहेको छ । रु एक अर्ब ८२ करोड भने शेयर निष्कासनबाट सङ्कलन गर्ने लक्ष्य छ । विसं २०७६ माघभित्रमा सम्पूर्ण प्रक्रिया पूरा गरी केबलकार निर्माणको काम शुरु गर्ने योजना छ । पञ्चासे क्षेत्रको प्राकृतिक स्वरुपलाई यथास्थानमा राखेर, पर्यटन पूर्वाधार निर्माण गर्न नगरपालिका र गाउँपालिका एवं नेपाल सरकारसँग करीब तीन हजार रोपनी जग्गा भाडामा लिने गरी प्रक्रिया अगाडि बढिरहेको कम्पनीले जनाएको छ । परियोजनाको सञ्चालनबाट प्रत्यक्ष वा अप्रत्यक्ष १० हजारलाई रोजगारी सिर्जना हुने अनुमान छ । रासस
2019/09/21 10:57:32
https://www.bikashnews.com/2019/03/03/138763.html
mC4
नेपाल–भारतबीच कहिलेकाहीं समस्या आउनु स्वाभाविक हो : डा. महत – Online Khabar २०७८ असोज २५ गते ७:३० २५ असोज, काठमाडौं । हाल भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाल र भारतकाबीच सदियौं पुरानो र नजिकको सम्बन्ध रहेकाले समय–समयमा दुई देशबीचको सम्बन्धमा समस्या देखापर्नु स्वभाविक भएको भनेका छन् । सोही कार्यक्रममा महात्मा गान्धी विश्वविद्यालयका चान्सलरले नेपालको त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्ने बताएका थिए । भारतीय जनता पार्टीको आमन्त्रणमा चार दिनअघि भारत भ्रमणमा गएको सो प्रतिनिधिमण्डलमा कांग्रेसका नेता उदय शमशेर राणा र अजय चौरसिया छन् । सो प्रतिनिधिमण्डलले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डा, भारतीय विदेशमन्त्री एस जयशंकर, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेको थियो ।
2021/12/08 04:11:01
https://www.onlinekhabar.com/2021/10/1025030
mC4
कर्मभूमी कोरिया फर्काउने वातावरण मिलाइदिन सरकारसँग हारगुहार – Kantipur Press विभिन्न देशमा अलपत्र परेका आफ्ना नागरिकलाई प्रत्येक देशले उद्धार गरिरहेको छ। संकटको बेलामा आफन्तहरुसँगै बस्न चाहने मानविय चाहनालाई पुरा गर्न सम्वन्धित देशहरुले पहल पनि गरेका छन्। नेपालबाट पनि कैयौं देशले आफ्ना नागरिकलाई चार्टर फ्लाइट मार्फत स्वदेश लगेको छ।नेपालले पनि चीनको वुहानबाट शुरुका दिनमा केहि नेपालीहरुलाई ल्याए पनि त्यसपछि भने स्वदेश फर्काउने बारेमा अनिच्छा देखाएको छ। अष्ट्रेलियन नागरिकलाई लिएर गएको चार्टर फ्लाइटबाट केहि नेपाली आएको बताइए पनि अन्य देशबाट आउन चाहनेहरुलाई ल्याउने इच्छा देखिएको छैन।खाडीका कतिपय राष्ट्रले आफ्ना देश छाड्न प्रवासी मजदुरहरुलाई सर्कुलर गरेको छ। त्यहाँ रहेका नेपालीहरु पनि मरुभूमी भन्दा मर्नु परेपनि आफ्नै देशमा मर्ने भन्दै स्वदेश फर्कने वातावरणका लागि नेपाल सरकारलाई आग्रह गरिरहेका छन्। तर नेपाल सरकार विदेशमा रहेका नेपालीहरुलाई ल्याउन अनिच्छुक देखिएको छ। सर्वोच्च अदालतको आदेशले भने सरकारको निर्णय परिवर्तन हुनसक्ने अपेक्षा छ। विदेशमा रहेका नेपालीहरुको उद्धारका लागि सर्वोच्चले बिहिवार आदेश जारी गरेको हो। यो आदेशपछि विदेशमा रहेका नेपालीहरुमा झिनो आशा भने पलाएको छ। कोरोना संक्रमण शुरु भएको समयमा स्वदेश फर्किएकाहरु यतिखेर फेरि कर्मभूमी फर्कने समय भएको छ। हाल नेपालमा रहेका कोरियामा अध्ययन, काम तथा व्यापार गर्दै आएकाहरु सरकारले स्वदेश ल्याउने र विदेश जाने दुबै कुरामा रोक लगाएपछि अहिले मारमा परेका छन्। अहिले सयौंका संख्याका कोरिया जान चाहने त्यस्ता व्यक्तिहरु समस्यामा परेका छन्। स्वदेश फर्काउन आनाकानी गर्ने सरकारले कर्मभूमी जान चाहनेहरुलाई सहजीकरण गर्न उनीहरुले माग गरेका छन्। छुट्टी तथा अन्य कामको सिलसिलामा नेपाल आएका यस्ता व्यक्तिहरु कर्मभूमी जान नपाउँदा छटपटाएको आफूहरुले गरेको एक सर्वेमा देखिएको एनआरएनए कोरियाका संस्थापक केपी सिटौलाले बताए। ३ बर्षसम्म इपीएस अध्ययन गरि दुई बर्ष कुरेर कामका लागि कोरिया गएकाहरु, अध्ययन तथा त्यहाँ व्यापार गर्नेहरु अहिले आफ्नो भीसा सकिने अवस्थाका कारण चिन्तित बनेको सिटौलाले बताए।अप्रिलको अन्तिमबाट भिसा सकिने भएका कारण अहिले उनीहरु कुनै पनि हालतमा कर्मभूमी कोरिया फकर्न चाहन्छन। तर सरकारले कोरिया जानलाई प्रतिवन्ध लगाएका कारण उनीहरु फर्कन पाएका छैनन्। कोरोनाकै बीचमा पनि कोरियाले संसदीय चुनाव गरि नयाँ सरकार गठन प्रक्रियामा गइसकेको छ। कोरोनाको राम्रो उपचार भएको देशमा कोरिया अग्रपंकिमा छ। तर सरकार यो कुरा सुन्न चाहिरहेको छैन। कोरियामै रहेका नेपाली अभियन्ता र व्यवसायीहरुले नेपालमा रहेका नेपाली श्रमिक, व्यवसायी र विद्यार्थीहरुलाई नेपाल ल्याउने वातावरण बनाइदिन दक्षिण कोरियास्थित नेपाली दुतावासमा ध्यानाकर्षण पनि गराएका छन्।कोरियाको सबैभन्दा पुरानो संस्था नेपाली सम्पर्क समितिका अध्यक्ष श्री प्रसाद श्रेष्ठ, नेपाली बिध्यार्थी समाजका उपाध्यक्ष श्री सत्याल, दोङ्देमुन ब्यापारी संघका अदक्ष्य भिम गुरुङ सहित नेपाल पर्यटन बोर्डका कोरिया प्रतिनिधी सहित रहेका सिटौलाले संयुक्त रुपमा कार्यबाहक राजदुत राम सिंह थापालाई अनुरोध पत्र हस्तान्तरण गर्दै जति सक्दो छिटो नेपाल सरकारको सम्बन्धित मन्त्रालयमा पठाइदिएर नेपालिहरुको कर्म भुमी जाने बाटो खुलाइदिन अनुरोध गरेका छन्। उनीहरुले कोरिया फर्कन चाहनेहरुको एक सर्वेको नतिजा पनि दुतावासमा बुझाएका छन्। अप्रिल भित्रै आउन चाहनेहरुका लागि र अप्रिल पछि मे ३ तारिखको दुईवटा मिति दिएर गरिएको सर्वेक्षणमा सहभागी ११सय ३५ जनामा ६५ प्रतिशतले अप्रिल २२ मा कोरिया आउन चाहेको बताएका छन् भने ३५ प्रतिशतले मे ३ मा कोरिया आउन चाहेका छन्। यहि समयमा कोरियाबाट काठमाडौं जान चाहने ७५१ जनामा गरिएको सर्वेक्षणमा ६१ प्रतिशतले अप्रिल २२ मा र बाँकी ३९ प्रतिशतले मे ३ मा जाने बताएका छन्। सर्वेको यहि प्रवृतीले पनि जन्मभूमीबाट कर्मभूमी कोरिया फर्कन चाहनेहरु बढी देखिएको एनआरएन अभियानकर्मी केपी सिटौलाले हाम्राकुरालाई बताए। कोरिया आउन चाहने १३ सय ६८ जनामा गरिएको सर्वेमा ९१ प्रतिशतले जसरी भएपनि पहिलो उडानमै कोरिया जान चाहेको बताएका छन्। लकडाउनकै बीचमा पनि ८२ प्रतिशतले काठमाडौं एयरपोर्ट आउन सक्ने दावी समेत गरेका छन्।कोरियामा रहेका हजारौं नेपाली मध्ये अहिलेसम्म कोहि पनि कोरोना संक्रमित नभएको र कोरियन सरकार पनि कोरोना संक्रमण रोकथामको लागि गम्भिर रुपमा लागिरहेको बेलामा आत्तिनु नपर्ने अवस्था रहेको स्थानिय नेपाली अगुवाहरुले पनि बताएका छन्। यो परिस्थितिमा कोरिया आउन चाहेनहरुलाई आउने वातावरण बनाइदिन उनीहरुले माग गरेका छन्। खासगरि नेपाली विद्यार्थीहरु पनि आफ्नो भीसा सकिने डरले समस्यामा छन्। नेपाली विद्यार्थी समाज कोरियाका अध्यक्ष प्रकाश देवकोटाले कोरोनाबाट बच्ने चिन्तासँगै भीसा अवधी सकिने विद्यार्थीहरुलाई आफ्नो भीसा रद्ध हुने डर समेत रहेको बताए। २०२० मार्च सत्रका लागि कोरियाका विश्वविद्यालयमा भर्ना भई शुल्क बुझाइसकेका तर नेपालमा लकडाउनमा फसेका र एनओसीमा गरेको प्रतिवन्धका कारण कैयौं विद्यार्थी कोरिया आउन वञ्चित रहेको देवकोटाले बताए। कोरिया आउन वातावरण बनाइदिन आफूहरुलाई विद्यार्थीहरुले अनुरोध गरेको उल्लेख गर्दै उनले १५० भन्दा बढी विद्यार्थी चार्टड फ्लाइटबाट आउन चाहेको सर्वेक्षणको नतिजा पनि उनले बताए। उनले कोरिया आउन चाहने अन्यसँगै विद्यार्थीहरुलाई पनि सहजीकरणका लागि नेपाल सरकारलाई अनुरोध गरेका छन्।हाम्रा कुराबाट
2022/07/07 17:33:14
https://kantipurpress.com/2020/04/17/6315/
mC4
मनाङ पुग्यो सरकारी सोलार - Dna Nepal मनाङ पुग्यो सरकारी सोलार २० असार २०७८, आईतवार ०९:४६ बाढीपहिरोका कारण विद्युत सेवा विच्छेद भएको मनाङ सदरमुकामम चामेका सरकारी कार्यालयमा सोलार जडान आजबाट सुरु भएको छ । करिब १९ लाख रुपैयाँको सामान ढुवानीका लागि ४ लाख ३१ हजार रुपैयाँ खर्च भएको छ । सबै खर्च गण्डकी सरकारले नै व्यहोरेको छ । सार्वजनिक खरिद ऐनको दफा ४१(१) (३) बमोजिम विशेष परिस्थितिमा सार्वजनिक खरिद प्रक्रिया अपनाई सामान पठाइएको हो । प्रत्येक कार्यालयका लागि १ सय ५० वाटका २ वटा सोलार प्यानल, २ वटा ब्याट्री र इन्भर्टर उपलब्ध गराइएको छ ।
2021/10/19 15:59:47
http://dnanepal.com/%E0%A4%AE%E0%A4%A8%E0%A4%BE%E0%A4%99-%E0%A4%AA%E0%A5%81%E0%A4%97%E0%A5%8D%E0%A4%AF%E0%A5%8B-%E0%A4%B8%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%80-%E0%A4%B8%E0%A5%8B%E0%A4%B2%E0%A4%BE%E0%A4%B0/
mC4
समृद्ध नेपाल निर्माणमा योगदान गर्ने प्रतिबद्धता (भिडियोसहित) – Nepal Japan नेपाली समय : 02:07:48 जापानी समय : 05:22:48 18 October, 2019 22:13 | एन आर एन न्युज | comments | 15150 Views गैरआवासीय नेपाली संघको नवौँ विश्व नेपाली सम्मेलन तथा अन्तर्राष्ट्रिय महाअधिवेशनबाट नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुले नेपालको विकासको अभियानमा प्रतिबद्ध भएर लाग्ने बताएका छन् । संघका नवनिर्वाचित अध्यक्ष कुमार पन्तले सरकारले अघि सारेको 'समृद्ध नेपाल, सुखी नेपाली' अभियानलाई सार्थक र प्रभावकारी तुल्याउन सिङ्गो एनआरएन एकताबद्ध ढङ्गले लागी पर्ने बताउनुभयो । उहाँले समृद्ध नेपाल निर्माणका लागि एनआरएनएले घोषणा गरेको कम्तिमा पनि रु १० खर्ब लगानी भित्र्याउन लागी पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । "नेपाल सरकार र नेपाली जनताले हामी (एनआरएन)बाट निकै ठूलो आशा र अपेक्षा गरेको मैले राम्रोसँग महसुस गरेको छु हामीले भर्खर सरकारसँग कमसेकम पनि रु १० अर्ब लगानी भित्र्याउछौँ भनेका छौँ, त्यसका निम्ति म प्रतिबद्ध छु र निरन्तर लाग्नेछु," उहाँले भन्नुभयो । एनआरएनमा आवद्ध सदस्यलाई निःशूल्क बनाउने तथा प्रतिनिधिका नाममा संस्थालाई साँघुरो हैन सबै सदस्यले मतदानमा भाग लिन पाउने व्यवस्था मिलाउने उहाँको भनाइ छ । करीब ८० लाख एनआरएनमध्ये झण्डै ४० लाख विभिन्न क्षेत्रमा काम गर्ने श्रमिक मजदुर रहेको भन्दै अध्यक्ष पन्तले उनीहरुको हक, हित तथा सेवा सुविधालगायत सबै विषयमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो । संघका नवनिर्वाचित महासचिव डा हेमराज शर्माले एनआरएनलाई सबैको साझा संस्थाको रुपमा स्थापित गर्दै नेपालको आर्थिक समृद्धिको अभियानमा सक्रियतापूर्वक योगदान गर्ने उल्लेख गर्नुभयो ।
2020/02/19 08:22:49
https://www.nepaljapan.com/%E0%A4%B8%E0%A4%AE%E0%A5%83%E0%A4%A6%E0%A5%8D%E0%A4%A7-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2-%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%AE%E0%A4%BE%E0%A4%A3%E0%A4%AE%E0%A4%BE-%E0%A4%AF/
mC4
कोशी कोरिडोर विद्युत प्रसारणलाइन बन्यो « रिपोर्टर्स नेपाल कोशी कोरिडोर विद्युत प्रसारणलाइन बन्यो काठमाडौं, २० असोज । २२० केभि डबल सर्किट क्षमताको कोशी कोरिडोर विद्युत प्रसारणलाइनको निर्माण सम्पन्न भएको छ । भारत सरकारले नेपाललाई एक्जिम बैंकमार्फत उपलब्ध गराएको ५५० मिलियन अमेरिकी डलर ऋण सहयोग अन्तर्गत इनर्वा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो । धनकुटाको हिलेमा आज एक कार्यक्रमको आयोजना गरेर नेपाल विद्युत प्राधिकरणलाई विद्युत प्रसारणलाइन हस्तान्तरण भएको हो । कलपत्रु पावर ट्रन्समिसन लिमिटेड र भारतको एक्जिम बैंकले दूतावासका नियोग–उपप्रमुख नामग्य खम्पाको उपस्थितिमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिड.लाई परियोजना हस्तान्तरण भएको हो । समारोहमा धनकुटा र हिले प्रशासनका प्रतिनिधि, कलपत्रु पावर ट्रन्समिसन लिमिटेडका अधिकारीका साथै स्थानीय समुदायका प्रतिनिधिहरुको उपस्थिति थियो । १०६ किमि लामो कोशी कोरिडोर विद्युत प्रसारणलाइनको निर्माण कूल १०.४ अर्ब रुपैयाँ लागतमा निर्माण भएको हो । भारत सरकारले नेपाललाई एक्जिम बैंकमार्फत उपलब्ध गराएको ५५० मिलियन अमेरिकी डलर ऋण सहयोग अन्तर्गत यस प्रसारण लाइनको निर्माण भइरहेको छ । भारतको कलपत्रु पावर ट्रन्समिसन लिमिटेडले ४.५ अर्ब रुपैयाँ परियोजनाको पहिलो प्याकेजको निर्माणको जिम्मा लिएकोमा उक्त प्याकेजको सफलतापूर्वक निर्माण सम्पन्न भई नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण भएको छ । बाँकी दुईवटा प्याकेजको निर्माण सम्पन्न भएपछि यस सिंगो परियोजनाले अरुण र तमोर नदीका जलविद्युत परियोजनाबाट उत्पादन हुने करिब २००० मेगावाट विजुलीको सहज वितरणलाई सुनिश्चित गर्ने जनाइएको छ । हस्तान्तरण कार्यक्रममा नियोग–उपप्रमुख खम्पाले भारत उर्जा क्षेत्रको सबै पक्षमा द्विपक्षीय सहकार्य गर्न प्रतिबद्ध रहेको चर्चा गरिन् । उनले नेपालमा विद्युत परियोजनाको विकास गर्न, नेपालभित्र र दुई देशबीच विद्युत प्रसारणलाइनको निर्माण गर्न र दुई देशबीच विद्युत व्यापार विस्तार गर्न भारत प्रतिबद्ध रहेको पनि उल्लेख गरिन् । उनले गुणस्तरिय र समयमै निर्माण कार्य सम्पन्न गरेकोमा कलपत्रु पावर ट्रन्समिसन लिमिटेडलाई धन्यवाद दिइन् । परियोजना सम्पन्न गर्न सहयोग गर्ने नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण र स्थानीय प्रशासन प्रति पनि आभार प्रकट गरिन् । कोशी कोरिडोरको अतिरिक्त भारतले १३२ केभि क्षमताका मोदी–लेखनाथ र सोलु कोरिडोर विद्युत प्रसारणलाइनको निर्माणमा पनि सहयोग गरिरहेको छ ।
2021/10/25 21:08:46
https://www.reportersnepal.com/2021/10/597167
mC4
७ पौष २०७७, मगलवार ताप्लेजुङ- प्रदेश १ प्रदेशसभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता टंक आङ्बुहाङले पार्टीभित्र देखिएको विवाद र प्रतिनिधिसभा विघटन गर्ने अलोकतान्त्रिक प्रक्रियाले संविधानतः प्रदेशसभामा असर नगर्ने बताएका छन् । तर, प्रदेश सरकारका आर्थिक मामिलामन्त्री इन्द्र आङ्बो (मौसम)ले भने परिस्थति जटिल हुँदै गएकाले केन्द्रको असर प्रदेशसभासम्मै आइपुग्ने आँकलन गरेका छन् । नेकपा केन्द्रीय सदस्यसमेत रहेका आङ्बुहाङ र आङ्बो दुवै तत्कालीन नेकपा माओवादी केन्द्रबाट प्रदेशसभामा निर्वाचित भएका हुन् । संसदीय दलका उपनेता आङ्बुहाङ ताप्लेजुङबाट र प्रदेश सरकारका आर्थिक मामिलामन्त्री आङ्बो पाँचथरबाट प्रत्यक्ष निर्वाचित भएका हुन् । आङ्बुहाङले असंवैधानिक तवरबाट प्रतिनिधिसभा विघटन गरिएपछिको असर र प्रभावको अन्तिम निक्र्योल भने मंगलबारको बैठकले गर्ने बताए । 'दुवैतर्फका बैठकले गर्ने राजनीतिक निर्णयले प्रदेशसभा र प्रदेश सरकारमा त्यसको छाप छाड्छ', संसदीय दलका उपनेता आङ्बुहाङले बताए । तर, उनले संविधानतः माथिल्लो संसदमा देखिएको असर तत्कालै तल्लो तहसम्म पुग्न नसक्ने उनको भनाइ छ । 'यसो गरियो भने त प्रदेशसभा, स्थानीय तह कहाँकहाँसम्म पुग्ने ?', उनले प्रतिप्रश्न गरे । उता, आर्थिक मामिलामन्त्री आङ्बोले भने प्रदेशसभा र प्रदेश सरकारको भविष्यमा समेत केन्द्रीय असर आइपुग्ने अनुमान गरेका छन् । आङ्बुहाङ पुष्पकमल दाहाल (प्रचण्ड) र आङ्बो गृहमन्त्री रामबहादुर थापा निकट मानिन्छन् । प्रदेशसभामा यस्तो छ अवस्था ९३ जना सांसद रहेको प्रदेश १ प्रदेशसभामा नेकपाका ६७ जना छन् । तीमध्ये पूर्वएमालेबाट ५१ र पूर्वमाओवादीबाट १६ जना छन् । नेपाली कांग्रेसका २१, जनता समाजवादी पार्टीका तीन, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चअन्र्तगत मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद्का एक सांसद छन् । प्रदेश १ सरकारलाई बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ । तर, मुख्यमन्त्री राईको पक्षमा यतिबेला १९ जना मात्र सांसद देखिएका छन् । यसअघि तत्कालीन नेकपा एमालेबाट संसदीय दलको नेता छान्न गरिएको निर्वाचनमा मुख्यमन्त्री शेरधन राई तत्कालीन नेकपा एमालेका सचिवसमेत रहेका प्रदेशसभा सांसद भीम आचार्यलाई दुई मतले पछि पार्दै संसदीय दलको नेता बनेका थिए । उतिबेला बहुमत सदस्य आचार्यको पक्षका रहेको भनिए पनि अन्तिम समयमा चुनावी समीकरणले राईलाई संसदीय दलको नेता बनाएको थियो । राई प्रधामन्त्री केपी शर्मा ओली र आचार्य वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय मानिन्छन् ।
2021/01/19 11:46:18
https://www.palikakhabar.com/single-news/2434
mC4
भाइसँग विवाह गरेर ७०० वटा गधाको दूधले नुहाएकी का'मुक महारानी क्लियोप्रेटाको दुःखद् अ'न्त्य::नेपाली मनको डिजिटल पत्रिका भाइसँग विवाह गरेर ७०० वटा गधाको दूधले नुहाएकी का'मुक महारानी क्लियोप्रेटाको दुःखद् अ'न्त्य एजेन्सी । विश्वको प्राचीन इतिहासमा क्लियोपेट्रालाई एक रहस्यमयी महिलाको रुपमा चित्रण गरिएको छ । उनको अहिले पनि अध्ययन भइरहेको बताइन्छ । विलासी र बदनाम यौ'नमा विश्वकै अग्रणी महिलामा क्लियोप्रेटालाई अहिले पनि लिइन्छ् । उनी मोरिशिमोनको उपाधि पाउने नारी पनि हुन् । उनले एकै रातमा एक हजार प्रेमिहरुसँग बिताएको चर्चा पनि छ । यति मात्र होइन, दरबारका कर्मचारीहरुसँग खुलेआम यौ'न सम्पर्क गर्नु र न'ग्न भएर नृ'त्यमा भाग लिनु उनको शौख भएको बताइन्छ । त्यसैले त क्लियोप्रेटाको शासनको भन्दा उनको सुन्दरता, का'मुकता, ष'ड्य'न्त्रकारी चरित्रबारे बढी चर्चा गरेको पाइन्छ । ईसापूर्व ३० मा मिश्र (इजिप्ट)की महारानी भएकी क्लियोपेट्राले त्यसबेलाका राजा, महाराज, सैनिकका उच्च अधिकारीलाई आफ्नो सुन्दरताको डो'रीले बाँधेर राख्ने गर्दथिन् । तत्कालीन समयमा क्लि योपे ट्रालाई संसारकै धनी र सुन्दरी महिलाको रुपमा चिनिथ्यो । उनको रुपलाई लिएर तत्कालीन रोमन साम्राज्यका तीन शक्ति'शाली पुरुष शा'सकबीच द्व'न्द्व चलेको थियो । जुलियस सिजर, मार्क एन्थोनी र अक्टेभियनको नाम अहिले पनि चर्चामा छ । क्लियोप्रेटालाई मिश्रमा शासन गर्ने अन्तिम फराओ वंशकी शासकको रुपमा लिइन्छ । उनी १७ वर्षकी हुँदा उनका पिताको मृ'त्यु भएको थियो । पिताको इच्छाअनुसार उनी तथा उनका भाइ तोलेमी दियोनेसिस एघारौंले शासन सत्ता सम्हालेका थिए । मिश्रको त्यसबेलाको प्रचलनअनुसार उनले आफ्नै भाइ तोलेमीसँग विवाह गरेकी थिइन् । तामेलीको मृ'त्युपछि उनले शासन सत्ता उनले सम्हालेको चर्चा पाइन्छ । जुलियस सिजर दुश्मन पोम्पेको पिछा गर्दै मिश्र आएका थिए । उनले त्यही बेला क्लियोपेट्रालाई देखे । क्लि योपे ट्राको सुन्दरतामा लट्ठिएका जुलियसले क्लियोपेट्राको पक्षबाट यु'द्ध गरेर उनलाई मिश्रको रानी बनाउन मन्जुरी भएको इतिहासमा उल्लेख भएको पाइन्छ । इतिहास अनुसार जुलियस सिजरसँगको यु'द्धमा तोलेमीको मृ'त्यु भयो । यसपछि क्लियोपेट्राले मिश्रको शासनसत्ता सम्हालिन् । यसपछि उनले आफ्ना अर्को भाइ श्रीमती बनेर राज्य गर्न थालिन् । तर, केही समयपछि उनले आफ्नो पति (भाइ)लाई वि'ष खु वाएर ह'त्या गर्न लगाएको बताइन्छ । जुलियस सिजर र क्लियोप्रेटाको एक पुत्र थियो । त्यसपछि रोमनमा विरोध भएको थियो । रोमन शासक जुलियसका सेनापति जनरल मार्क एन्थोनी पनि क्लि योपे ट्राको सुन्दरताबाट मोहित थिए । एन्थोनीबाट उनले तीन सन्तान जन्माएकी उल्लेख भएको पाइन्छ । एन्थोनीसँग मिलेर क्लि योपे ट्राले संयुक्त रुपमा सिक्का पनि चलाएका थिए । पछि जुलियसको ह'त्या भयो । ह'त्याको विरोधमा जुलियसका उत्तरधिकारी एन्थोनी र गाएस अक्टेभियनको उत्रिए । एन्थोनीलाई क्लि योपे ट्राले सघाएको उल्लेख छ । पछि रोमन साम्राज्य र अक्टेभियनको फौ जबीच यु'द्ध भयो । यस बखत क्लि योपे ट्रा आफ्नो ६० वटा जहाजको साथमा यु'द्धमा गएको चर्चा पाइन्छ । यु'द्ध हारेपछि क्लियोप्रेटाले आफ्नो सुन्दरता देखाएर अक्टेभियनलाई आकर्षण गर्ने योेजनामा थिइन् । तर, अक्टेभियन जा'लमा परेनन् । उल्टै आफ्नो ह'त्या गर्न अक्टेभियन तयार रहेको थाहा पाइन् । यसपपछि क्लियोपेट्राले एक वि'षालु स'र्पलाई टोकाएर आ'त्म ह'त्या गरेको भन्ने पाइन्छ । मृ'त्यु हुँदा उनको उमेर ३९ वर्षको थियो । सुन्दरता र का'मुकताको रहस्य इतिहासकारका अनुसार क्लियोप्रेटा ७०० वटा ग धाको दूधले नुहाउँथिन् । उनको छालामा चमक आउँथ्यो । जौबाट बनेको बि यर पिउने गर्थिन् । कहिले बि यरले नै नुहाउने गर्दथिन् । दैनिक रुपमा वजन र अनुहारमा चमक ल्याउन अनार खान्थिन् । मुलाय र चम्किलो छाला बनाउन अञ्जिर सेवन गर्दथिन् । थकान मेटाउन छोकडा, बदाम, जौबाट बनेका पाउरोटी क्लि योप्रटाका मुख्य खानकी थिए । एजेन्सीको सहयोगमा
2020/03/29 00:00:05
https://www.swadeshnepal.com/2020/03/168887/
mC4
रुपा सुनारलाई कोठा भाडामा नदिने घरबेटी पक्राउ - Mountain Media रुपा सुनारलाई कोठा भाडामा नदिने घरबेटी पक्राउ काठमाडौ । सञ्चारकर्मी रुपा सुनारलाई दलित भएकै कारढा कोठा भाडामा नदिने सरस्वति प्रधान रहेको बुझिएको छ । उनी बिरुद्ध रुपाले उजुरी दिएकी थिइन् । सुनार थर भएकै कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिइएको रुपाको दावी छ । उनी काठमाडौंको बबरमहलमा कोठा खोज्न गएकी थिइन् । त्यहाँ घरवेटी सरस्वति प्रधानलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको हो । यस कुराको पुष्टि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले गरेका छन् । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी हरिबहादुर सिंहका अनुसार प्रहरीले घरबेटीविरूद्ध गत शुक्रबार नै जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । रूपाले पनि घरबेटी पक्राउ परेको जानकारी पाइसकेकी छिन् । भाडाको कुरा गरेपछि जातको कुरा आउँदा रूपाले घरबेटीलाई आफू कामीकी छोरी हुँ भनेकी थिइन् । त्यसपछि भने घरबेटीले कोठा नदिएकी हुन् । रूपा इमेज टेलिभिजनको उकाली ओराली कार्यक्रमकी प्रस्तोता हुन् ।
2021/07/29 18:35:40
https://moun10media.com/News/11491
mC4
पर्यटन विकासमा छुट्याएको ६३ लाखले मासुभात र रक्सी - Darpanpost » पत्र-पत्रिका » समाचार अंक: 14323 धरान । धरान उप–महानगरपालिकाले पर्यटन विकासमा छुट्याएको ठूलो रकम बजेट जनप्रतिनिधि र कर्मचारीले मदिरा सेवन र मासुभातमा स्वाहा बनाएका छन् । धरान उपमहानगरपालिकाको पर्यटन क्षेत्रको विकासमा खर्चनु पर्ने बजेट जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा दुरुपयोग गरेका हुन् । उनीहरुले ६३ लाख २५ हजार तीन सय ७० रुपैयाँ मदिरा र मासुभात शीर्षकमा स्वाहा पारेका छन् । उपमहानगरपालिकाले उक्त बजेटबाट पर्यटक प्रवद्धनको कुनै पनि काम भने गरेको छैन । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रत्नप्रसाद आचार्यले लेखेका छन् ।
2022/07/07 02:24:02
https://www.darpanpost.com/details/14323.html
mC4
भक्तपुरमा हाम्रो एकीकृत साकोसको आठौंं सेवा केन्द्र « Sahakari Nepal भक्तपुरमा हाम्रो एकीकृत साकोसको आठौंं सेवा केन्द्र प्रकाशित मिति : 31 October, 2021 10:35 am मुख्य कार्यालय रहेको हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्था लि. को आठौंं सेवा केन्द्र भक्तपुरमा उद्घाटन भएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेकप्रसाद चौलागाइले सेवा केन्द्रको उद्घाटन गर्नुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथि चौलागाईं, विषेश अतिथि राष्ट्रिय युवा परिषद्का निवर्तमान कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, जिल्ला सहकारी संघ लि. काठमाडौका उपाध्यक्ष खेमराज सुबेदी, सुर्यविनायक नगरपालिका–२ का वडा अध्यक्ष कमलनाथ आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । उद्घाटनका क्रममा संस्थाका अध्यक्ष परितोष पौडेलले संस्थाले सदस्यमुखी सेवा प्रदान गर्ने र संस्थामार्फत सदस्यहरुलाई सम्पूर्ण वित्तीय समाधान गर्ने सोच बनाएको जानकारी गराउनुभएको थियो । उक्त संस्थाका उपाध्यक्ष रामहादुर कट्वालले संस्थाको विगत र भावी रणनितिक योजनाबारे प्रकाश पार्दै कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गर्नुभएको थियो भने संस्थाका कोषाध्यक्ष शरद वाग्लेले संस्थाको सेवा केन्द्रमार्फत ढुक्कसँग कारोबार गर्न सम्पूर्ण सदस्यहरुलाई अनुरोध गर्दै समुदायमा विविध प्रकृतिका सहकारीहरु सञ्चालनमा रहेको जानकारी गराउँदै विश्वासिलो र उत्कृष्ट सहकारीमा मात्रै बचत तथा ऋणको कारोबार गर्न सदस्यहरुलाई सचेत गराउनुभएको थियो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनद्वारा प्रवर्धित साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोवेशनमा सहभागी हाम्रो एकीकृत साकोसले सम्पूर्ण वित्तीय समाधान सहित सदस्यहरुका लागि दीर्घकालिन सेवा तथा सुविधा ल्याएको र संस्थाको कारोबार बृद्धि गरी यस बर्ष करिब ६६ करोड पुँजी पुर्याउने लक्ष्य राखि सदस्यहरुलाई वित्तीय शिक्षा सहित भक्तपुर सेवाकेन्द्रमार्फत लघुवित्त कार्यक्रम सञ्चालन गरी उद्यमशिलता विकासमा जोड्ने योजना समेत अगाडि सारिएको कुरा कोषाध्यक्ष वाग्लेले सो कार्यक्रममा बताउनुभएको थियो ।
2022/05/25 06:48:35
https://sahakarinepal.com/archives/22632
mC4
चीनसँग अफ्रिकी देशको डर र नेपालका अपेक्षा २३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदैछन् । दुई दिने चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणमा विभिन्न सम्झौताहरु हुँदैछन् । यही सन्दर्भमा अफ्रिकी देशहरुमा चीनको सक्रियताबाट पनि केही सिक्न सकिन्छ । पछिल्ला केही वर्ष हाम्रो छिमेकी देश चीनले विश्वभरका देशमा ऋण प्रवाहमा व्यापक बढोत्तरी गरेको छ । त्यस्तै देशहरुमध्ये हुन्, अफ्रिकी देशहरु पनि । अफ्रिकी देशहरुमा चीनको ऋण प्रवाहले व्यापक उत्साह छाएको छ तर केही विशेषज्ञले चाहिँ बढ्दो ऋण तथा चिनियाँ लगानीका कारण यो महादेशको भविष्यबारे चिन्ता व्यक्त गर्न थालेका छन् । एउटा उदाहरणका रुपमा लिन सकिन्छ युगान्डा । युगान्डाका मानिसहरुका लागि अहिले पनि एम्तेबे–कम्पाला एक्सप्रेस–वेको आकर्षण बढिरहेको छ । यो मार्ग खुलेको तीन महिनामात्र भएको छ । यो ५१ किलोमिटर लामो फोर लेन बाटो हो जसले युगान्डाको राजधानीलाई अन्तर्राष्ट्रिय विमानस्थलसँग जोड्छ । यसलाई चिनियाँ कम्पनीले ४७।६ करोड डलरमा बनाएको थियो । यो पूरै लगानी चिनियाँ बैंक एक्जिमले ऋणस्वरुप गरेको थियो । यो बाटो बन्नुभन्दा पहिले पूर्वी अफ्रिकी देश युगान्डाको राजधानीबाट एम्तेबे विमानस्थल जान २ घन्टा लाग्थ्यो । अत्यन्त धेरै जाम हुने यो बाटोमा हिँड्न कोही पनि चाहँदैनथ्यो । अब त यो बाटोमा त्यस्तै ४५ मिनेटमा गन्तव्य पुगिन्छ । युगान्डाले गत वर्षसम्ममा तीन अरब डलरको चिनियाँ ऋण लियो । र, अफ्रिकामा विनासर्त ऋण लिने चाहना निकै बढेको अर्थशास्त्री रामादान जिगुबीले बताएका छन् । पछिल्लो समय अफ्रिकी देशहरुमा चिनियाँ ऋण मात्र बढेको छैन, अफ्रिकामा काम गर्न चाहने चिनियाँ कम्पनीहरु पनि निकै बढेका छन् । विशेषतः अफ्रिकामा भौतिक पूर्वाधार निर्माण, रेल, रोड, हाइड्रोपावरका ड्याम, रंगशालाहरु बनाउन चिनियाँ निर्माण कम्पनीहरु त्यहाँ पुगेका छन् । त्यसैले विश्लेषकहरुले भनेका छन्– अफ्रिकी देश जुन हिसाबमा चिनियाँ ऋण लिइरहेका छन्, त्यो हेर्दा उनीहरुले यसलाई चुक्ता गर्न सफल होलान् भन्नेमा डर छ । चाड, इरिट्रिया, मोजाम्बिक, कंगो, दक्षिणी सुडान, इथियोपियालगायतका देशले अहिले चिनियाँ ऋण अत्यधि लिइरहेकाले ती देशको आर्थिक भविष्य समस्याग्रस्त हुनसक्ने विश्लेषकहरुले विश्लेषण गरेका हुन् । सन् २०१७ मा मात्र यी देशले ७६।५ अर्ब डलर परियोजनाका लागि चिनियाँ कम्पनीसँग हस्ताक्षर गरेको स्ट्यान्डर्ड बैंक अफ चाइनाका जर्मी स्टिभन्सले एउटा लेखमा लेखेका थिए । यी देशहरुमा भौतिक पूर्वाधारमा भएको चिनियाँ लगानीका कारण त्यहाँका अर्थशास्त्रीहरु किन पनि डराएका छन् भने यी देशको अर्थतन्त्रमा सुधार देखिन छाडेको निकै वर्ष भइसकेको छ । तर, यही क्षेत्रका केही व्यक्तिहरु भने यी देशमा चिनियाँ लगानीबाट डराउनु पर्ने कुनै कारण नभएको बताउँछन् । उनीहरुको एउटै तर्क छ– चीन अफ्रिकाको साथी हो, दुश्मन होइन । यस्तो किन पनि भने पछिल्लो समय चीनको लगानीले ती देशमा लगानी गरिरहेका अफ्रिकी विकास बैंक, युरोपेली युनियन, युरोपेली बैंक, विश्व बैंक तथा जी–८ देशहरु लगानीको हिसाबले निकै पछाडि परिसकेका छन् । तर, चीनले लगानी गर्दा गर्ने सम्झौतामा आफूलाई फाइदा हेर्ने भएकाले पनि यसले समस्या निम्त्याउन सक्ने अर्थशास्त्रीहरुको विश्लेषण छ । तर, यो सब भए पनि सबैभन्दा ठूलो चिन्ता जन्मिएको चाहिँ कतै चिनियाँ लगानीको बोझ निकै ठूलो हुने र यो बोझबाट यी देश कहिल्यै बाहिर आउन नसक्ने त होइनन् भन्ने हो ।
2020/12/02 21:47:28
https://farakdhar.com/story/19102/
mC4
प्रधानी ओली दिल्ली जाँदै, दिल्लीमा अ‍ोलीको के के छ कार्यक्रम ? | सहारा टाइम्स Home » Politics » प्रधानी ओली दिल्ली जाँदै, दिल्लीमा अ‍ोलीको के के छ कार्यक्रम ? प्रधानी ओली दिल्ली जाँदै, दिल्लीमा अ‍ोलीको के के छ कार्यक्रम ? काठमाडौ जेठ १६ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुनका लागि प्रधानमन्त्री केपी शर्मा ओली दिल्ली जान लाग्नु भएको हो । ओली आज १ः३५ को नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्ली पुग्नुहुन्छ । प्रधानमन्त्रीसँगै दिल्ली जाने नेपाली टोलीमा परराष्ट्र सचिव शंकरदास बैरागीसहित पन्ध्र जना उच्च अधिकारीहरू रहनु हुनेछ । प्रम ओली शुक्रबार ३ः४० को निगमकै नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ । ओली डिप्लोमेटिक इन्कलेभस्थित होटल ताज प्यालेसमा बस्नुहुनेछ । शपथग्रहणको भोलिपल्ट अर्थात् शुक्रबार हैदरावाद हाउसमा मोदी र ओलीबीच भेट हुने जनाइएको छ । अत्यन्त छोटो समय भएकाले द्विपक्षीय भेटमा कुनै मुद्दा विशेषमा भन्दा पनि द्विपक्षीय हित र सम्बन्धमा सामान्य छलफल हुने बताइएको छ । केपी ओलीले नरेन्द्र मोदीलाई नेपाल भ्रमणको लागि निम्तो दिने बताइएको छ । 'भारतीय प्रधानमन्त्रीलाई औपचारिक बधाई दिने र दुई मुलुकबीचको सम्बन्ध र दुईपक्षीय विषयमा सामान्य छलफल हुनेछ । भारतीय पक्षले पनि द्विपक्षीय मुद्दालाई नउठाउन बताइएको छ । र, नेपाललाई पनि त्यस विषयमा कुनै कुरा नराख्न सुझाव दिएको बताइएको छ । 'शिष्टाचार भेटमात्र हुनेछ । यो भेटले नेपाल र भारतको राजनीतिक तहमा कायम रहेको सम्बन्ध झन बलियो हुने बताइएको छ । शुक्रबारको भेटमा निम्तोको औपचारिकतामात्र पूरा गरिनेछ । त्यसो त छिमेकमा हुने राजनीतिक परिवर्तनपछि आउने राजनीतिक नेतृत्वलाई बधाई दिने क्रममा नेपाल भ्रमणको निम्तो गर्ने विगतदेखिको परम्परा हो । त्यसपछि भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग संक्षिप्त भेट हुनेछ । भारतले यसपटक मोदीको शपथग्रहणमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का सदस्य राष्ट्रहरूलाई निम्तो दिएको छ । पाँच वर्षअघि मोदीको शपथग्रहणमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्यहरूलाई निम्त्याइएको थियो । पाकिस्तानसँगको तिक्ततापूर्ण सम्बन्धका कारण मोदीले यसपटक पाकिस्तानी समकक्षी इमरान खानलाई निम्तो नदिएको बताइएको छ । मोदीको यो निर्णयलाई सार्कप्रति भारतको बढदो उपेक्षाका रूपमा पनि हेरिएको छ । समारोहमा किर्गिस्तानका राष्ट्रपति र मोरिससका प्रधानमन्त्रीलाई पनि निम्तो दिइएको छ । मोरिससका प्रधानमन्त्री आजै विहान काठमाडौ आइपुगेका छन् । पहिलोपटक प्रधानमन्त्री बनेलगत्तै नेपाल भ्रमणमा गएका बेला मोदीले निकै वाहवाही कमाए पनि त्यो लामो समय टिकेन । पहिलो कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध निकै उतारचढावपूर्ण रहेको थियो । संविधान निर्माणका बेला भारतले खुलेर असन्तुष्टि जनाएपछि नेपालमा मोदीप्रतिको धारणा एकाएक नकारात्मक बन्न पुगेको थियो । संविधानको विरोधमा मधेसकेन्द्रित दलले गरेको आन्दोलनमा अघोषित समर्थन जनाउँदै भारतले सीमा अवरोध गरेपछि नेपाल–भारत सम्बन्ध इतिहासकै सबैभन्दा नाजुक अवस्थामा पुगेको थियो । डेढ वर्षयता भएका उच्च राजनीतिक भ्रमण र दुवै देशका उच्च अधिकारीहरूबीचको बाक्लो संवाद र अन्तक्रियाले दुई देशबीच देखिएको अविश्वास घटदै देखिन्छ ।
2021/04/21 16:23:20
http://www.esaharatimes.com/2019/05/saharatimes_30.html
mC4
मेलम्ची आयोजनाको क्षतिको अध्ययन शुरु, सुधारका काम चाँडै थालिने Media for all across the globe राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनालाई हालै बाढीले क्षति पु-याएपछि तत्काल मर्मतको सम्भावना नरहे पनि क्षतिको अध्ययन गरेर सुधारको योजना थालिएको छ। असार पहिलो साताको बाढीले के कति क्षति पु-यायो भन्ने अनुमान गर्न अहिले नै कठिन भए पनि प्राविधिक आयोजनामा पुगेर र ड्रोन क्यामरामार्फत अध्ययन गरी क्षतिको अनुमान गर्न थालिएको हो। धेरै संरचना नदीजन्य पदार्थले पुरिएको भए पनि कतिपय पदार्थ पुनः नदीले बगाएकाले क्षति बाहिर देखिन थालेको अध्ययनका क्रममा पाइएको छ। प्राविधिक टोलीले घटनास्थल पुगेर र मेलम्ची खानेपानी विकास समितिले ड्रोनमार्फत गरेको सर्वेक्षणमा केही संरचनामा क्षति पुगेको देखिएको छ। बाढीले ल्याएको ठूलो ढुङ्गा मुख्य बाँधको 'इनटेक'को भागमा ठोकिएको र त्यसले क्षति पु-याएको पाइएको छ। मेलम्ची खानेपानी विकास समितिका इञ्जिनीयरसहितको टोलीले यहाँ पुगेर यसको अध्ययन थालेको छ। यो अध्ययनबाट ठूलो ढुङ्गाले संरचनामा क्षति पु¥याएको देखिएका छ। 'हेडवर्क' को संरचना निरीक्षण गर्दा बाढी आउनासाथ मेलम्ची नदीले १० देखि २० मिटर नदीजन्य पदार्थ थुपारेर संरचना पुरेको पाइएको आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए। उनका अनुसार अहिले नदीले नै लेदो बगाएकाले त्यहाँका संरचना केही देखिएको छ। उनले भने,'निर्माणस्थलमा नदीले थुपारेको सबै नदीजन्य लेदोहरु उपकरण लगेर हटाएपछि सबै क्षति यकीन हुन्छ र हामीले थप काम गर्न सजिलो हुनेछ।' मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको झण्डै एक महिनापछि इञ्जिनीयरद्वय शेखर खनाल र निरज गुप्ता, परामर्शदाता कम्पनी र निर्माण कम्पनीका प्रतिनिधिसँग निर्माणस्थल पुगेका थिए। केही सातादेखि 'हेडवर्क' पुग्न प्रयास गरिएकामा यस पटक सम्भव भएको हो। अहिलेसम्म हेर्दा सो आयाजनामा झण्डै रु एक अर्ब ८० करोडको क्षति भएको छ। अब त्यहाँ कति समयपछि काम गर्न सकिन्छ र कसलाई काम गराउने भन्ने निर्णय गर्न बाँकी रहेको प्रवक्ता पन्तले बताउनुभयो। यो काम कसरी गर्न सकिन्छ भन्ने छलफल भइरहेकोे छ। उनले भने,'तर सडक र पुल बनाउने काम पहिले हुनुपर्ने भएकाले कहिलेसम्म गर्न सकिन्छ भन्न सकिने अवस्था छैन।' पहिले निर्माणस्थलमा पुग्न सडक नै बन्नुपर्छ भने त्यसपछि मात्रै पुरिएका संरचना सफा गर्न सकिने समितिले जनाएको छ। अहिले धेरै नदीजन्य पदार्थ थुपारिएकामा त्यो सफा गर्ने काम कति समयमा सकिन्छ भनी छलफल भइरहेको छ। उनले भने,'अहिले त्यसको लेखाजोखा भइरहेकाले अन्तिम प्रतिवेदन एकदुई दिनमा आउनेछ।' आयोजनामा दुईपटक ड्रोनबाट सर्वेक्षण भइसकेको छ। पहिलोपटक बाढी आएको भोलिपल्ट असार २ गते समितिले र पछिल्लो पटक परामर्शदाता कम्पनीले सर्वेक्षण गरेको हो। सामान्यतया अरु आयोजनामा त्यसको पूर्व सर्वेक्षणमा ड्रोन क्यामराको प्रयोग हुँदै आएको छ। आयोजनामा तत्काल मान्छे जाने अवस्था नभएकाले र आयोजनाको क्षतिको विवरण जानकारी पाउन प्रविधिको प्रयोग गरिएको थियो। सो स्थानमा लामो समयसम्म नदीले धार कहिले दायाँ र कहिले बायाँ गरेर जोखिम भएकाले प्राविधिक पठाएर परीक्षण गरिएको थियो। पहिले समितिले ड्रोनलाई हेलिकप्टरबाट राखेर अपरेटरसहित निरीक्षण गरेको थियो। पछिल्लोपटक परामर्शदाताबाट अर्को चरणमा निरीक्षण भएको छ। उनले भने,'अहिले क्षतिको यकीन गरेर त्यसअनुसार योजना बनाउन खोजिएको हो।' आयोजनामा पुगेको क्षति र सडक तथा पुलमा पुगेको क्षतिको स्थलगत अवलोकनका लागि शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगै खानेपानी मन्त्रालय सम्हाल्दै आउनुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ सो स्थानमा पुगेका थिए। उनीहरुसँगै मन्त्रालय, विभाग, समितिका प्रतिनिधि पुगेर स्थलगत अध्ययन भएको थियो। वर्षा सकिएपछि तत्काल अस्थायी वा स्थायी सडक र पुल सकेसम्म चाँडो निर्माण गरेर निर्माणस्थल पुगेमा आयोजनाको पुनःनिर्माण शुरु गर्न सकिनेछ। अस्थायी संरचना बनाउँदा आयोजनामा आवश्यक उपकरण लैजान सकिने उनले बताए। सडक विभागले विशेष महत्वका साथ स्थायी संरचना नै बनाउन चाहेमा आयोजना र स्थानीयवासी दुवैलाई सजिलो हुनेछ। सडक तत्काल खुलाउने विषयमा स्थानीय सरकारको समेत सहयोग आवश्यक रहेको उनले बताए। उनले भने, 'उनीहरुसँग भएका डोजर र तारजालीलगायत प्रयोग गर्न सकिनेछ।' अहिले नदीमा बाढी आउनसक्ने र यसले दायाँबायाँ धार बदल्न सक्ने देखिएको छ। वर्षा कम भएपछि आयोजना पुनःनिर्माण काम शुरु गर्न सकिन्छ। सामान्यतया भदौ महिनासम्म वर्षा हुने भएकाले त्यसपछि काम शुरु गर्न सकिने समितिले जनाएको छ। अहिले तत्काल स्थायीरुपमा सडक निर्माण गर्न नसकिने भए खोलाबाट सडकको ट्र्याक राखेर भए पनि हेडवर्कसम्म पुग्न सकिन्छ। उनले भने,'असोजसम्ममा हेडवर्कमा पुग्न सकेमा के कति काम छन् त्यसको लेखाजोखा गरेर त्यसपछि काम शुरु हुन्छ।' अझै पनि कहिलेसम्ममा उपकरण लिएर निर्माणस्थल पुग्ने भनी टुङ्गो नभएको प्रवक्ता पन्तले बताउनुभयो। उहाँका अनुसार बाढी पहिरोका कारण अहिले भर्खर खोलामा गएर काम शुरु गर्ने अवस्था छैन। अहिले सडक बनाउँदा नदीले बगाउने हुँदा अस्थायी बाटो बनाउन पनि वर्षा सकिनुपर्ने बाध्यता रहेको उनले बताए। कम्तीमा असोजमा काम शुरु गर्न सकिन्छ। निर्माणस्थलसम्म पुग्ने करिब सात किमी सडक बगाएको छ। उहाँका अनुसार खोलाबाट ढुङ्गा हालेर पनि ट्र्याक बनाएर उपकरण लैजान सकियो भने हेडवर्क सफा गर्ने काम शुरु हुनेछ। हेडवर्कमा क्षति कम भएमा र सुरुङ सफा गरे पुग्ने अवस्थामा काठमाडौँमा पुनः पानी ल्याउन लामो समय नलाग्ने अनुमान गरिएको छ। 'हेडवर्क' भन्दा माथिल्लो भागमा रहेको 'कफर ड्याम' लाई अस्थायीरूपमा निर्माण गरेर पानी सञ्चालन गर्न सकिने अनुमान गरिएको प्रवक्ता पन्तले बताए। 'कफर ड्याम' नभई डाइभर्सन नसकिने तर अहिले त्यो हेर्दा त्यो पूरै भत्किएको देखिएको छ। तराईमा नदीमा काम गर्दा बोरामा बालुवा राखेर पनि अस्थायीरूपमा 'कफर ड्याम' बनाउने गरिए पनि पहाडमा बाढीको जोखिम भएकाले ध्यान दिनुपर्ने हुन्छ। अस्थायीरूपमा बोरामा ढुङ्गा राखेर बनाउँदा बगाउन सक्ने भए पनि पुनः त्यसलाई बनाउन सकिन्छ। उनले भने,'जोखिम अनुमान गरेर र खोलामा बाढी आउँदैन भन्ने भएपछि वर्षा पछि गर्न सकिन्छ।' हेलम्बु र मेलम्ची क्षेत्रमा बाढी आएको दिनदेखि नै समितिले सुरुङको निरीक्षण शुरु गरेको थियो। त्यसले गर्दा सुरुङमा धेरै क्षति हुन पाएको छैन। त्यसको निरीक्षण भने अघि नबढेको प्रवक्ता पन्तले बताए। सुन्दरीजल, सिन्धु, ग्यालथुम हुँदै अम्बाथानबाट 'डिवाटरिङ' गरेर खण्डखण्डमा हेर्नुपर्ने उहाँले बताए। अहिले पहिरोले गर्दा अम्बाथान 'अडिट' को मुखबाट टालिएको छ। त्यसलाई खोलेर त्यो खण्डको पानी निकाल्न सकियो भने सुन्दरीजल सिन्धु ग्यालथुमबाट हेरेर सुधार गर्न सकिने उनले बताए। नदीमा बाढी कम भएर पानी सफा भएपछि वैकल्पिक माध्यमबाट पानी पुनःकाठमाडौँ ल्याउन सकिन्छ। पानी पुनःसुन्दरीजल ल्याउन 'हेडवर्क डाइभर्सन' सुरुङ सफा हुनुपर्छ। 'कफर ड्याम' को विकल्प भए पनि त्यहाँसम्म पुग्न कठिन दखिएको छ। उनले भने,'हेडवर्कको संरचनाको दायाँबाट जान सकिँदैन त्यहाँ संरचना बनेका छन्, बायाँतर्फ पहिरो छिचोल्दै डोजर लगेर कफर ड्याम बनाउन सकिन्छ।' अहिले पनि 'हेडवर्क' को संरचना पुरिएको अवस्थामा रहेकाले ठ्याक्कै यति क्षति भयो भन्न सकिने अवस्था नभएको समितिका प्रमुख रामकुमार श्रेष्ठले बताए। अहिले हेर्दा डाइभर्सन टनेल र अम्बाथानको अडिट पोर्टलको टनेलमा लेदो जमेको उनले बताए। अम्बाथानमा निर्माण कम्पनीको र मेलम्ची पुलबजारस्थित समितिको क्याम्पमा क्षति पुगेको छ। त्यसको निर्माण र पुनःस्थापना पहिले गर्नुपर्ने उनले बताए। उनले भने,'पहुँचमार्गका लागि दुईदेखि तीन बेलिब्रिज हुँदा आमनागरिक र आयोजना दुवैलाई माथिसम्म जान सजिलो हुन्छ।' भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बेलिब्रिज प्रदान गर्ने भने पनि आइनसकेको प्रमुख श्रेष्ठले बताए। पहुँचमार्ग बनेपछि मात्रै आयोजनाको निर्माणस्थलसम्म पुग्न सकिने उनले बताए। सुरुङ खाली गराएर परीक्षण गर्ने काम निरन्तर हुनेछ। उनका अनुसार अहिले अम्बाथानको पोर्टलबाट पानी बाहिर पठाउन सकिएको छैन। त्यो पठाएपछि निरीक्षण सम्पन्न हुन्छ र त्यसपछि मात्रै क्षति भएका ड्याम र वैकल्पिक 'डाइभर्सन टनेल' सफा गरिनेछ। उनले भने,'त्यो सबै काम भएपछि मात्रै पुनःकाठमाडौँमा पानी ल्याउन सकिनेछ।' राज्यका सबै संयन्त्र परिचालन भएमा कम्तीमा माघभित्र पानी सुरुङभित्र पठाउन सकिन्छ भनेर कार्यतालिका बनाइएको प्रमुख श्रेष्ठले बताए। आयोजनामा अल्पकालीन र दीर्घकालीन गरी दुवै किसिमका काम गर्न आवश्यक देखिएको छ। पहुँचमार्ग निर्माण र क्षति भएका संरचनाको निर्माणको काम सबैभन्दा पहिले गर्न आवश्यक छ। दीर्घकालीनरूपमा लाङटाङ क्षेत्रको एकीकृत जलाधार संरक्षण गर्नुपर्ने छ। स्थानीयवासी र आयोजना दुवैका लागि विपद्को पहिले नै सूचना दिने उपकरण जडान गर्न आवश्यक छ। उनले भने,'स्थानीयवासीका लागि एकीकृत बस्ती विकासका लागि छुट्टै परियोजना आवश्यक छ भन्ने माग गरिएको छ।' निर्माण शुरु भएको दुई दशकपछि सम्पन्न सो आयोजनाको पानी गत फागुनमा परीक्षणका लागि सुरुङमा पठाइएको थियो। त्यसअघि गत वर्ष असारमा सुरुङको परीक्षण गरिएको भए पनि गेट निस्कँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो। पछिल्लो पटक काठमाडौँ उपत्यकाका धेरै स्थानमा मेलम्चीको पानी वितरण शुरु भएको थियो। कार्यतालिकाका आधारमा असार १ गतेदेखि सुरुङको निरीक्षण थालिएको थियो। तीन महिनामा निरीक्षण सकेर असोजदेखि पुनः पानी सुन्दरीजल झारिने लक्ष्य लिइएको भए पनि अहिले भएको प्राकृतिक विपत्तिले अब काठमाडौँमा मेलम्चीको पानी कहिले झर्छ भन्न सकिने अवस्था भने छैन। रासस
2022/01/22 21:50:14
https://breaknlinks.com/nepali/news/35156835
mC4
म्यानमार सैन्य 'कु' प्रकरण ः राष्ट्रसंघ सुरक्षा परिषदको 'आपतकालीन' बैठक बस्दै - Synergyfm २३ फाल्गुण २०७७, आइतवार | Mar 07, 2021 | 14:05:35 म्यानमार सैन्य 'कु' प्रकरण ः राष्ट्रसंघ सुरक्षा परिषदको 'आपतकालीन' बैठक बस्दै By synergyfm on February 2, 2021 अन्तर्राष्ट्रिय म्यानमारमा भएको सैन्य 'कु' पछि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को 'आपतकालीन' बैठक डाकिएको छ । आज बस्ने बैठकमा सैन्य कु पछिको म्यानमारको अवस्थाबारे छलफल गरी आवश्यक निर्णय लिने तयारी गरिएको बीबीसीले जनाएको छ । म्यानमारमा भएको पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गरेर सो विषय छलफलको पहिलो प्राथमिकतामा ल्याउनु सुरक्षा परिषदका सदस्यहरु सहमत भएको संयुक्त राष्ट्रसंघमा बेलायती राजदूत बारबरा वूडवार्डले बताएकी छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यान्मारको सेनाले नेत्री आङ सान सुकीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेकोमा आपत्ति जनाउँदै त्यहाँको सेनाविरूद्ध आवश्यक कदम चालिने चेतावनी दिएको छ । बाइडनले म्यान्मारको सेनालाई तत्काल सत्ता छोड्न भनेका छन् । अन्यथा अमेरिकाले 'उचित कदम' चाल्ने चेतावनी दिएका छन् । बाइडेनले म्यानमारमाथि फेरि प्रतिबन्ध लगाउने चेतावनी पनि दिएका छन् । उनले प्रजातान्त्रिक गतिविधिमाथिका प्रहार तत्काल नरोके यसअघि लगाइएका प्रतिबन्ध दोहो¥याउने चेतावनी दिएका हुन् । उनले सैनिक 'कु' को विरोध गर्न र नेतृ सुकीसहित हिरासतमा रहेका नेताहरूको रिहाइका लागि दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह पनि गरेका छन् ।
2021/03/07 08:20:37
http://synergyfm.com.np/2021/02/83243/
mC4
सिद्धार्थ माविको वार्षिकोत्सव | eAdarsha.com सिद्धार्थ माविको वार्षिकोत्सव पोखरा, २३ माघ । स्याङ्जा फेदीखोला–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालय फेदीखोलाको ४४ औं वार्षिकोत्सव समारोह मंगलबार सम्पन्न भएको छ। फेदीखोला गाउँपालिकाका प्रमुख घनश्याम सुवेदीले कार्यक्रम उद्घाटन गर्दै विद्यालयले शैक्षिक गुणस्तरमा कुनै पनि सम्झौता नगरी शिक्षा प्रदान गर्न सुझाव दिए । गाउँपालिका उपाध्यक्ष देवी थापाले शैक्षिक वातावरण, शिक्षक, अभिभावक र विद्यार्थी एक अर्काका परिपूरक भएको भन्दै अभिभावकले पनि विद्यार्थीको पढाइ तथा विद्यालयबारे समय–समयमा जानकारी लिनुपर्ने बताइन्। कार्यक्रममा वडाध्यक्ष हिमालयजंग बानियाँ, सिद्धार्थ माविका स्रोतव्यक्ति लक्ष्मण शर्मा पनेरु, पूर्व शिक्षक दिवाकर सुवेदी लगायत बोलेका थिए। विद्यालय व्यवस्थापन समिति अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रअ मनोजकुमार शर्माले शैक्षिक प्रतिवेदन, लेखापाल दीपक पौडेलले आर्थिक प्रतिवेदन पेश गरेका थिए। कार्यक्रम सञ्चालन शिक्षक शोभाकान्त शर्मा, लिलाप्रसाद पराजुली र समीक्षा पौडेलले संयुक्त गरेका थिए । यस्तै, शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। स्याङ्जा, २३ माघ। पुतलीबजार नगरपालिकाको चौथो नगरसभा बुधवार सम्पन्न भएको छ। नगरसभामा बोल्दै नगरप्रमुख सीमा क्षेत्रीले चालु आर्थिक वर्ष २०७५/०७६ का लागि नगरसभाबाट पारित नीति तथा कार्यक्रमबारे जानकारी गराइन्। नगरप्रमुख क्षेत्रीले पुतलीबजार नगरबासीको रोजगारी एवं विकासको आधार बनाउने नीति अनुरुप नगरलाई सुन्तला एवं उज्यालो शहरका रुपमा विकास गर्न आवश्यक कार्यक्रम संचालनगर्ने, युवालाई तालिम, शीतभण्डार निर्माणमा तीव्रता, विभिन्न धार्मिक एवं ऐतिहासिक, पर्यटकीय क्षेत्रको विकास, प्याराग्लाइडिङको गन्तब्य, नागडाँडामा श्रवणकुमारको मूर्ति स्थापनालाई प्रमुख प्राथमिकतामा राखेको बताइन् । उनले व्यवस्थित ढल निकास एवं सबैलाई खानेपानीको पहुँच, बसपार्कको स्तरोन्नति, आँधीखोला करिडोर निर्माण, सबै वडामा बिजुली एवं इन्टरनेटको पहुच, फोहोरमैलाको उचित व्यवस्थापन, पुतलीबजार नगरपालिका ४ मा भ्यू… पोखराको पर्यटन विकासबारे सिलगुडीमा अन्तर्क्रिया पोखरा, २३ माघ। भारतको सिलगुडीमा मंगलबारदेखि शुरु बङ्गाल ट्राभल मार्टमा पोखराको पर्यटनबारे छलफल भएको छ। पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा भारतीय उत्तरपूर्वी ६ वटा राज्यका पर्यटन व्यवसाय सञ्चालन गर्ने व्यवसायीको छाता संगठन इस्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर एशोसिएसन आयोजनामा सञ्चालित मार्टमा सहभागी बन्न पोखरेली पर्यटन व्यवसायीको समूह मंगलबार सिलगुडी आइपुगेको हो। मार्टको उद्घाटन समारोहमा नेपाल, भारत, बंगलादेश र भुटानबाट सहभागी पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधिले क्षेत्रीय अवधारणका साथ यी क्षेत्र समेटर पर्यटकीय विकास गर्नुपनेर्मा जोड दिए।…
2019/02/19 08:49:05
https://www.eadarsha.com/%E0%A4%B8%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%A7%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%A5-%E0%A4%AE%E0%A4%BE%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A5%8B-%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%B7%E0%A4%BF%E0%A4%95/
mC4
एनआरएन इजरायलले शुभकामना आदानप्रदान तथा वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने - Tamang Online तेलअविव – एनआरएनए-एनसिसी इजरायलले वडा दशै तथा मोहनी नख : को पावन अवसरमा चर्चित पव्लिक स्पिकर रमेश प्रसाई लगायत अन्य व्यक्तित्वहरु (अझै तय गरिनसकिएको)को निर्णायक भुमिका रहने गरी जुम अनलाइन भर्चुअल मार्फत "शुभकामना आदानप्रदान तथा वक्तृत्वकला प्रतियोगिता" को आयोजना गर्ने भएको छ । अर्को सुचना अधावधिक (अपडेट) गर्दा वक्ताहरुलाई बोल्ने विषय समेत सार्वजनिक गर्ने योजना रहेकोले सो सुचनामा कार्यक्रमको कार्यविधी सहित बक्ताहरुलाई बोल्ने विषय समेत सार्वजनिक गरिने बताएको छ । कार्यक्रममा यसपालीको लागि इजरायलमा रहेका नेपालीहरुले मात्र प्रतियोगितामा सहभागिता जनाउन सकिने र पुरस्कार राशी क्रमश: प्रथम पुरस्कार ५०० शेकेल (इजरायली मुद्रा) द्वितिय पुरस्कार ३०० शेकेल र तृतिय पुरस्कार २०० शेकेल तय गरिएको छ । कार्यक्रमकोलागि २४ अक्टुवर शनिवार महाअष्टमीको दिन विहानको ठिक १२ बजेदेखिको समय तय गरिएकोले इजरायलमा रहेका सम्पूर्ण संघसंस्थाका प्रतिनिधीहरु, मिडियाकर्मीहरु, समाजसेवीहरु, राजनितिज्ञहरु लगायत सम्पूर्ण इजरायलवासी नेपालीहरुमा सहभागिताकोलागि हार्दिक आह्वान गरेको छ ।
2021/01/17 13:26:26
https://www.tamangonline.com/news/39266
mC4
मूल प्रवाहद्वारा श्रीगंगानगरमा राहत वितरण - NepaliEkta 7 April 2020 11 April 2020 Nepaliekta 0 Comments 739 जनाले पढ्नु भयो । श्रीगंगानगर । यति वेला वैश्विक महामारी कोरोना भाइरसबाट बच्न मानव जातिलाई अत्यन्तै कठिक परिस्थिति छ । भारतमा पनि यो संक्रमण बढदो रुपमा फैलिन थालेको छ । भारत सरकारद्वारा २१ दिने लकडाउनको घोषणा भएको छ, यो निर्विकल्प भएको स्वास्थ्य विज्ञहरुको भनाई छ । तर लकडाउनको कारणले कैयौं श्रमजिवीहरू बीच बाटोमा अलपत्र परेका छन् भने कैयौं होटेल मजदुरहरु, असंगठित क्षेत्र, गैरपंजीकृत श्रमिक एवं दैनिक ज्यालादारी मजदुरहरु गास÷बासको अभावका कारण अत्यन्तै कठिनाई उत्पन्न भइरहेको अवस्था छ । लकडाउनको यो अवधिमा मानवीय भावनात्मक सम्बन्ध राख्दै खान, बस्न समस्या भोगी रहेकाहरु नेपाली श्रमिकहरुलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समितिको पहलमा, स्थानीय व्यापारी तथा समाजसेवी सुनिल अग्रवालको सहयोगमा खाद्यान्न वितरण गरिएको छ । सो राहत श्रीगंगानगर अन्तर्गत रहेको सेतीया फारम, पुरानी आवादी, सिटी, जवाहरनगर एरियामा वितरण गरिएको हो । करिब ५० जना नेपाली श्रमिकहरुले सो राहत पाएका छन् । राहत वितरणको सन्दर्भमा त्रिभुवन भट्टराई र नगर समितिका जिम्मेवार कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
2021/06/20 03:12:48
https://nepaliekta.com/%E0%A4%AE%E0%A5%82%E0%A4%B2-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B5%E0%A4%BE%E0%A4%B9%E0%A4%A6%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A4%BE-%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A5%80%E0%A4%97%E0%A4%82%E0%A4%97/
mC4
फेरी आयो अर्को ठुलो आक्रमणको खबर,अज्ञात बन्दुकधारीहरुको आक्रमणमा परी ६६ जनाको मृत्यु – PathivaraOnline Home > समाचार > फेरी आयो अर्को ठुलो आक्रमणको खबर,अज्ञात बन्दुकधारीहरुको आक्रमणमा परी ६६ जनाको मृत्यु फेरी आयो अर्को ठुलो आक्रमणको खबर,अज्ञात बन्दुकधारीहरुको आक्रमणमा परी ६६ जनाको मृत्यु admin February 16, 2019 समाचार 0 अबुजा । राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा नाइजेरियामा अज्ञात बन्दुकधारीहरुको आक्रमणमा परी ६६ जनाको मृत्यु भएको छ ।अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार उत्तरी राज्य कादुनको काजुरुमा शुक्रबार भएको घटनामा उनीहरु मारिएका हुन् । राज्य सरकारका प्रवक्ता साम्युअल अरुवानले मृत्यु भएका मध्ये २२ जना बालबालिका र १२ जना महिला रहेका बताउनु भएको छ । उनले आक्रमणकारीहरुले आक्रमण गर्नुको कारणका बारेमा अहिलेसम्म केही स्पष्ट हुन नसकेका बताए । घटनास्थलमा सुरक्षाकर्मीहरुको टोली पठाएर सुरक्षा सतर्कता बढाउनुका साथै घटनाका बारेमा अनुसन्धान गर्ने कार्य भइरहेको सरकारी अधिकारीहरुको भनाई छ ।उनीहरुले घटनाका दोषीहरुको खोजी गर्ने क्रममा केही आशंङ्कीत व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको पनि बताएका छन् । स्थानीय सामुदायीक, परम्परागत र धार्मिक अगुवाहरुले थप हिंसा भड्कीन नदिनका लागि प्रयास गरिरहेको पनि प्रवक्ता अरुवानले जानकारी दिए ।उनीहरुले सुरक्षाकर्मीहरु र सरकारी अधिकारीहरुलाई सहयोग गर्न आह्वान पनि गरेको समाचारमा जनाइएको छ ।निर्वाचनको दिन नजिकिदै गर्दा नाइजेरियामा चुनावी कार्यक्रमहरु बढ्दै गइरहेका छन् भने हिंसात्मक घटनाहरु पनि भएका छन् । नाइजेरियामा आज शनिबारका लागि तय गरिएको राष्ट्रपतीय निर्वाचन एक हप्ता पछाडीका लागि सारिएको छ । निर्वाचन हुने दिनको केही घण्टा अगाडी सूचना जारी गर्दै निर्वाचन पछाडी सारेर फेबु्रअरी २३ गते तय भएको अधिकारीहरुले जनाएका छन् ।
2022/01/18 15:50:49
https://pathivaraonline.com/archives/13149
mC4
मिलिजुली युवा क्लवद्धारा न्यायो कपडा हस्तान्तरण - नयाँ दिशा अनलाइन::नयाँ युगको नयाँ अनलाइन नयाँ दिशा अनलाइननयाँ युगको नयाँ अनलाइन मिलिजुली युवा क्लवद्धारा न्यायो कपडा हस्तान्तरण बुटवल । मिलिजुली युवा क्लव तिलोत्तमा ३, जानकीनगरले देउसी भैलो कार्यक्रमद्धारा संकलित रकमबाट मानव सेवा आश्रममा न्यायो कपडा हस्तान्तरण गरेको छ । क्लवले शनिवार आश्रम परिषर सुख्खानगरमा एक कार्यक्रमको आयोजना गरी कम्बल, सुइटरलगाएतका न्यानो कपडा हस्तान्तरण गरेको हो । बीसहजार बरावरको न्यानोकपटा तथा खाद्यान्य प्रदान गरिएको क्लवका अध्यक्ष बरदान आचार्यले बताए । क्लवले निरन्तर देउसी भौलो संचालन गर्दै आएको बताउँदै उनले भैलाबाट संकलित रकम फजुल खर्च गर्ने परम्परालाई तोड्दै समाजिक क्षेत्रमा लगाइएको बताए । तिलोत्तमा, बुटवललगाएतका क्षेत्रहरु देउसी भैलो संचालन गरेर रकम संकलन गरेको थियो । विगतका वर्षहरुमा देउसी भैलोबाट संकलन भएको रकमबाट समाज सेवामा खर्चिने गरेको बताउँदै त्यसको निरन्तरता नै न्यानो कपडा वितरण रहेको उनको भनाई छ । क्लवका अध्यक्ष बरदान आचार्यको अध्यक्षता देउसी भौलो संयोजक तथा क्लवका सचिव सुरज क्षेत्रीको संचालन, उपाध्यक्ष रुवि शर्माको स्वागतमा भएको कार्यक्रममा पूर्वअध्यक्ष नारायण परियार, भैलो व्यवस्थापन समिति सदस्य अभिषेक भण्डारी, सहसचिव पूर्णीमा क्षेष्ठ, तेजेन्द्र राना मगर, कमल थापा क्षेत्री, पुनम दर्नाललगाएतले बोल्दै क्लवले समाजिक सेवाभाव अनुरुप सहयोग प्रदान गरेको बताएका थिए । सोही अवसरमा भैलो व्यवस्थापक अभिषेक भन्डारीले बालबालीका र जेष्ठनागरिकहरुका लागि तयारी खाजा हस्तान्तरण गरेका थिए ।
2021/12/03 04:22:54
https://nayadishaonline.com/archives/1190
mC4
पेट्रोलियम पदार्थमा मासिक आधा अर्ब नाफा तर मूल्य घट्दैन — Ujyaalo Lalteen गृहपृष्ठ » अार्थिक, पत्रपत्रीका, समचार → पेट्रोलियम पदार्थमा मासिक आधा अर्ब नाफा तर मूल्य घट्दैन September 8, 2016७७८ पटक काठमाडौं, भदौ २३ । मासिक नाफा आधा अर्बभन्दा बढी पुगिसके पनि आयल निगमले इन्धन मूल्य घटाएको छैन। निगमले नै यस महिनाको नाफा ५६ करोड ३८ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दा पनि यहाँको भाउ नघटाइने गरेकाले निगमको नाफा उच्च रहँदै आएको हो । हाल अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल कच्चा तेलको मूल्य करिब ४४ अमेरिकी डलर छ । स्थानीय बजारमा भाउ नघटाउँदा लामो समय घाटामा रहेको ग्यास कारोबारमा समेत नाफा हुन थालेको खबर आजको कान्तिपुरमा छापिएको छ।
2022/06/29 13:13:57
http://ujyaalolalteen.com/archives/15538
mC4
अस्थिरताको साङ्लो कहाानेर देखियो ? - Swaviman Nepal Home विचार अस्थिरताको साङ्लो कहाानेर देखियो ?  दीपेन्द्र रोकाया नेपालको राजनीतिक मोड फेरिएको छ । माओवादी केन्द्रसाग एमालेले सहमतिअनुसारको काम गरेन । सरकार टिकाउने खम्बो माओवादी केन्द्र हुने तर एमालेले आफ्नै मनपरी गर्दै गएका कारण मंगलबार केन्द्रले सत्ता समर्थन फिर्ता लियो । यो सबैले देखेकै कुरा हो । यसका साथै माओवादी केन्द्रका तर्फबाट प्रतिनिधित्व गरेका मन्त्रीहरुले देश, जनता र परिस्थितिअनुसार काम गर्न सकेका थिएनन् । यो अप्ठेरोपनलाई क्रमभंग गर्न आवश्यक थियो । उक्त कदमस्वरुप माओवादी केन्द्रले सत्ता समर्थन फिर्ता लिएको देखियो । अब राजनीतिमा माओवादी केन्द्रलाई एमाले नामको कम्युनिष्टसाग सहकार्य गर्नेभन्दा कााग्रेसलाई विश्वास गरी सहकार्य गर्नुको औचित्य खोजिने बेला आएको छ । त्यो पनि सैद्धान्तिक विचलनको रुपमा व्याख्या गर्नेहरु आफ्नो ठाउामा छादै छन् । माओवादी केन्द्रले त्यसलाई कसरी व्यवहारमा चिर्छ, त्यो भने हेर्न बााकी छ । तर यो कुरा पक्का हो कि माओवादी केन्द्रका लागि एमाले नामको कम्युनिष्ट र लोकतन्त्रको ठेक्का लिएको जस्तो दाबी गर्ने नेपाली कााग्रेससाग सहकार्य गर्नु एउटै हो । कारण एमाले कम्युनिष्टभन्दा लोकतन्त्रवादी भइसकेको र कााग्रेसले हिजोको दरबारको भूमिका खेल्न खोजिरहेको दैनिकीबाट प्रष्ट हुन्छ । नेपालको राजनीतिमा यसको परिणाम कस्तो आउाछ, त्यो त भविष्यले बताउनेछ तर यति चाहिा स्पष्ट छ कि प्रचार, संगठन र अन्तर्राष्ट्रिय क्षेत्रलाई दह्रो तरिकाले ध्यान दिन सकिएन भने सत्ताबाहेक भ्रम हो भन्ने कुराले सबैतिर इजार खुस्कने अवस्था आउन सक्छ । एकातिर सरकारमा हुादा जनस्तरको काम नगर्ने अर्कातिर त्यहाा पुगेपछि वर्ग फेर्ने नेताहरुको शैलीले जनस्तरबाट कट्दै जाादा आगामी स्थानीय निर्वाचनमा आफ्नो मृत्युको घोषणा आफौ गर्नुपर्ने अवस्था आउन सक्छ । यसैले यो कोल्टो फेराइले माओवादी केन्द्रको आखिरी परीक्षण गर्ने दिन आएको रुपमा हेर्ने जमात बढेको पाइन्छ । यसो त माओवादी केन्द्रले यसबीचमा उठाएको जोखिमले केपी शर्मा ओलीको अन्तिम समयमा आएर छवि बदलिन गएको थियो । यो छवि माओवादी केन्द्रका कारण पित्तलमा सुनको जलप लगाइदिएको शोभाजस्तै बनेको थियो । यो कुरा संसारलाई थाहा छ । यसकारण माओवादी केन्द्रलाई एजेण्डाका आधारमा देश र जनतालाई केन्द्रमा राखी सहकार्य गर्न कुनै अप्ठेरो मान्नुपर्न अवस्था छैन । बरु उसले जनताको बीचमा आफ्नो कुरो स्पष्टसाग पुर्‍याउन सक्नुपर्दछ । अन्तर्राष्ट्रिय क्षेत्रलाई सन्तुलनमा ल्याउन सक्नुपर्दछ । त्यसका साथै, पार्टी नेतृत्व सरकारमा भए पनि पार्टी संगठन निर्माणमा लाग्नु पर्दछ । माओवादी केन्द्रले बिग्रेको जनसम्बन्ध सुधार्नका लागि राष्ट्रिय सहमतीय सरकारको नेतृत्व रोज्ने, असन्तुलित अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलनमा ल्याउने र जनसंगठनमा आएको विचलन रोक्ने कार्य गर्न सक्नु पर्दछ । यसो गर्नसकेमा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । अहिले पनि संक्रमणकाल चलिरहेकाले जे पनि हुनसक्ने अवस्था विद्यमान अवस्थामा रहिरहेकोमा ध्यान दिनुपर्ने पक्ष धेरै छन् । यसमध्ये नेपालको यो दुरवस्थालाई हटाउन जसले पहलकदमी लिन्छ, त्यसैले नेपालको भविष्य सुनिश्चित गराउनसक्ने देखिएको छ । के यस कार्यका लागि प्रचण्ड तयार भएका हुन् ? प्रचण्डले केही वर्ष म सरकारमा जान्न भनिरहेका बेला पुन: प्रचण्डकै नेतृत्वमा सरकार बन्ने समाचारले नयाा सञ्चार गराइरहेको छ । यसको मतलब के हुन सक्छ भने नेपाली राजनीतिमा माओवादी केन्द्रले नयाा बहसको सामना गर्ने साहस गरेको छ । एक, सहकार्यका हिसाबमा । दुई, अनुभवको हिसाबमा । तीन, नयाा पहलकदमी लिने हिसाबमा । यहाा कुखुरा बनेर होइन, चील बनेर हेर्नसकेमा शान्ति प्रक्रिया सम्पन्न गर्ने कुरा, संक्रमणकालको अन्त्य गराउने कुरा, भूकम्प तथा नाकाबन्दीले थला परेको देशलाई पुनर्निर्माण गरी विकास र समृद्धता ल्याउने कुरा कम चानचुने विषय छादै छैनन् । नेपालको परिवेशमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जति अस्थिर नेताको रुपमा चर्चा हुन्छ, त्योभन्दा बढी उनीभन्दा अरु उच्च कदको नेता नभएको र उनले चाहे भने केही परिवर्तन हुनसक्ने चर्चा हुन थालेको पाइन्छ । अरुले भन्दा उनले सबैलाई समेट्न सक्छन् । शान्ति प्रक्रियामै देखियो कि एमालेका नेता झलनाथ खनाल र केपी शर्मा ओलीको सरकार प्रचण्डकै प्रस्ताव तथा समर्थनमा बनेका हुन् । अझ माधव नेपालको पनि प्रचण्डकै उदारताले सरकारमा पुग्ने आधार बनेको थियो । एमालेसाग जति सहकार्य भयो, त्यसबाट अपेक्षा गरेको भन्दा पनि सहमति गरेका कुरा समेत उल्टिादै गएकाले अर्को रुप लिन पुगेको पाइयो । शान्ति प्रक्रियामा कााग्रेससाग जुन ढंगले सहमति गरिएको थियो, त्यसले नयाा ठाउामा पुग्ने आधार त बन्यो । तर माओवादी र कााग्रेसका लागि सम्झनुपर्ने पक्ष के छ भने भारतीय प्रभावमा परेर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संविधानसभाको जनमत आएको चार महिनासम्म माओवादीलाई जनमतअनुसार सरकार बनाउने वातावरण नबनाउनु र पूर्वसहमतिअनुसार राष्ट्रपति हुनबाट गिरिजाप्रसाद कोइरालालाई रोक्ने अस्त्र माओवादीबाट रामराजा प्रसाद सिंहको प्रस्ताव हुनुले सहमतीय राजनीतिमा ब्रेक लागेको थियो । इतिहासको यस गल्तीलाई सच्याउने आधार यी दुई पार्टीबाट भएको खण्डमा देश र जनतालाई फाइदा नै हुनेछ । सञ्चारमाध्यमहरुमा आएका टीकाटिप्पणीले माओवादी केन्द्रले पूर्व एमालेको रुपमा सत्ताका लागि मरिहत्ते गर्दै गएको चर्चा सुनिन थालेको छ । यो पनि स्पष्ट छ कि यही प्रक्रियामा सामेल भएपछि राजनीतिक ढुकुर वा जोगीजस्तो भएर बस्न उपयुक्त हुादैन । बरु हरेक ठाउामा जुझारु, संघर्षशील, सिर्जनशील र युग सुहाउादो क्रान्तिकारी कदम चाल्न सक्नुपर्दछ । के माओवादी केन्द्र यतिबेला यस्ता कार्य गर्न सक्षम होला ? यो सबै व्यवहारमा हेर्नुपर्ने विषय बनेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई के अनुभव भएको देखिन्छ भने हरेक प्रक्रियाको साक्षी म भएर पनि मैले देशको नेतृत्व राम्ररी गर्न पाएको छैन । विभिन्न तथ्यहरुले देशलाई निकास दिनका लागि उक्त अनुभव व्यावहारिक रुपमा लागू गर्न दिन आवश्यक पनि देखिन्छ । यी तर्क वितर्क जे जस्तो भए पनि कााग्रेस केन्द्रीय समितिको निर्णय र कााग्रेस नेता शेरबहादुर देउवाको कदमले निर्णायक भूमिका खेल्नेछ । यसका लागि पर्ख र हेरको नीति अख्तियार गरेका मधेशवादी दलहरुको पनि भूमिका कस्तो हुन्छबाट नाप्नुपर्ने हुन्छ । आउादा दिनहरु चुनौतीपूर्ण त छन् नै तर ती चुनौतीलाई अवसर मानेर सामना गर्ने हो भने क्रान्तिकारी परिवर्तनको ढोका खोल्ने आधार पनि बन्न सक्छ । यसका लागि युवाविहीन गाउा र यस्तै हुादै गए, युवाविहीन सहर बन्ने अवस्थामा रहेको नेपाली युवा जनशक्तिको व्यवस्थापन गर्न दीर्घकालीन सोच बनाउन सक्नुपर्दछ । नेपालको शिक्षा नीति र व्यवहार राष्ट्रिय सोचमा आधारित हुनपर्छ । देशमा प्राकृतिक स्रोत नभएको पनि होइन, त्यसको व्यवस्थापन आवश्यक छ । हरेक नीति निर्माण तहदेखि जनतालाई आागन बढार्न पनि वैदेशिक सहयोगको तल्तली पर्नाले देश थप अस्थिर बन्दै गएको अवस्थामा केही गर्नका लागि राष्ट्रिय सोच नै अगाडि सार्नुपर्दछ । यसमा कााग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, मधेशवादी तथा अरु साना दलले पनि सोच्नुपर्दछ । स्वार्थ केन्द्रित राजनीतिको ठाउामा देश र मुलुक केन्द्रित भएर 'सबै सागै' भन्ने अवधारणाका आधारमा मुलुकको नेतृत्व प्रचण्डबाट हुनसकेमा नेपालको अस्थिरताको साङ््ग्लोबाट उम्कने दिन आउनेछ ।
2021/07/31 17:41:24
http://swaviman.com/2016/07/14/%E0%A4%85%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%BF%E0%A4%B0%E0%A4%A4%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%B8%E0%A4%BE%E0%A4%99%E0%A5%8D%E0%A4%B2%E0%A5%8B-%E0%A4%95%E0%A4%B9%E0%A4%BE%E0%A4%BE%E0%A4%A8%E0%A5%87/
mC4
कार्यक्रममा अखिल नेपाल युवक सङ्घका केन्द्रीय सल्लाहकार कासिनाथ पोख्रेल, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य राम बहादुर जिएम, जातीय समता समाजका केन्द्रीय उपाध्यक्ष टिका बहादुर विक, समता समाजकै केन्द्रीय सचिव चन्द्र बहादुर बहादुर नेपाली, राजमो घोराही उपमहानगर सचिव लीला बहादुर पुन, अखल नेपाल महिला सङ्घ घोराही उपमहानगरकी उपाध्यक्ष वसन्ता भट्टराई, सचिव कमला घर्ती लगायतले मन्तव्य राख्नु भएको थियो । कोषाध्यक्ष भरत पर्छाईको स्वागत मन्तव्यबाट अघि बढेको भेलाको सञ्चालन सचिव शेर बहादुर पुनले गर्नुभएको थियोे । भेलाले नारायण प्रसाद खरेलको अध्यक्षतामा ११ सदस्यीय वडा समिति चयन गरेको छ, जसको उपाध्यक्षमा कमला घर्ती, सचिवमा शेर बहादुर पुन, कोषाध्यक्ष सञ्जय विक र सहसचिवमा वसन्त खरेल रहनु भएको छ । सदस्यहरूमा जित बहादुर घर्ती, केशव खरेल, भरत पर्छाई, लक्ष्मण विक, आशा किरण अधिकारी र सुशिला नेपाली रहनु भएको छ । भेलाले लीला बहादुर पुन, मेघ प्रसाद खरेल र जित बहादुर पुनलाई सल्लाहकारमा चयन गरेको छ ।
2019/01/19 19:14:42
http://hankweekly.com/index.php?action=news&id=9567
mC4
पर्यटन – Page 7 – Gokarneshwor Online News वासुदेव पौडेल पोखरा, ३० पुस (रासस) : सुन्दा अचम्म लाग्छ, शिलामा कुँदिएका दृश्यले सजिएको र चमेरै चमेराले भरिएको गुफाभित्र दुुई झरना छन् । जुन हिउँदमा सुक्दैन, वर्षात्मा पनि ठूलो हुँदैन । पृथ्वी राजमार्गअन्तर्गतको तनहुँ दुलेगौँडाबाट झण्डै १५ किलोमिटर पश्चिम लागेपछि शुक्ला गण्डकी नगरपालिका वडा नं १२.. बेनी, ३० पुस (रासस) : बेनी नगरपालिका–३ मुसुङमा माघे सङ्क्रान्ति पर्वको अवसरमा परम्परागत रुपमा लाग्दै आएको मेलालाई यस वर्षदेखि पर्यटन मेलाका रुपमा सञ्चालन गर्न शुरुआत भएको छ । भकिम्ली क्षेत्रमा रहेको धार्मिक, पर्यटकीय गन्तव्य, कृषि,पशुपालनलगायतको सम्भावनाको उजागर गर्न परम्परागत रुपमा लाग्दै आएको.. – राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, २१ पुस (रासस) : भीमदत्त नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी सन् २०१९ लाई पूर्वाधार र प्रचार वर्ष घोषणा गरेको छ । नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले नेपाल भ्रमण वर्षमा नगरपालिका क्षेत्रमा आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार र.. –सिद्धराज भट्ट धनगढी, २० पुस (रासस) : सुदूरपश्चिम प्रदेशको मुख्य तीर्थस्थल कैलाली जिल्लाको गोदावरी धाम धार्मिक पर्यटनको गन्तव्य क्षेत्रका रूपमा विकास हुन थालेको छ । गोदावरी धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, प्रत्येक छ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशि दर्शन मकर मेलाको शुरुआत.. भद्रपुर, १९ पुस (रासस) : अध्यागमन कार्यालय काँकडभिट्टाले नेपालको पूर्वी नाका हुँदै नेपाल भित्रिने पर्यटक घटेको जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार सन् २०१७ को तुलनामा सन् २०१८ मा काँकडभिट्टा नाकाबाट नेपाल भित्रिने पर्यटक ३२२ ले घटेका हुन् तर बाहिर भने बढेका छन् । सोही नाकाबाट बाहिरीने पर्यटक भने.. मुस्ताङ, १८ पुस (रासस) : सन् २०१७ को तुलनामा २०१८ मा हिमाली पर्यटकीय जिल्ला मुस्ताङ भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या १२ प्रतिशतले वृिद्ध भएको छ । सन् २०१७ मा ५२ हजार ४७५ जना विदेशी पर्यटकले भ्रमण गरेका मुस्ताङमा सन् २०१८ मा ५९ हजार ८३८ पर्यटक आएका अन्नपूर्ण संरक्षण क्षेत्रको इलाका संरक्षण.. म्याग्दी, १६ पुस (रासस) : अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडास्थित करबाकेलीलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न समुदायले चन्दामार्फत करोडौँको पूर्वाधार निर्माण गरेका छन् । रु दुई करोडभन्दा बढी सहयोग जुटाएर करबाकेलीको थान, पूजास्थल, पदमार्ग, सडक, सामुदायिक लज र सभाहल, खेलमैदानलगायतका.. –सिवी अधिकारी काठमाडौँ, १६ पुस (रासस) : नेपालको पर्यटन प्रवद्र्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष सावित भएको छ । यसवर्ष अहिले सम्मकै सबैभन्दा बढी १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरे । देशमा सहज परिस्थिति सिर्जना भइ पर्यटक आगमनमा बृद्धि हुँदै गएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् ।.. घोराही, १६ पुस (रासस) : दाङको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र पाण्डवेश्वर महादेव धाम धारापानीको पर्यटन प्रवद्र्धनका लागि झण्डै रु ९० करोडको गुरुयोजनाको तयारी गरिएको छ । यहाँको पर्यटन विकासका लागि विभिन्न भौतिक पूर्वाधार निर्माण गर्न करीब रु ९० करोड बढीको गुरुयोजना बनाएर अघि बढ्ने पाण्डवेश्वर.. हेटौडा, १५ पुस (रासस) : ऐतिहासिक मकवानपुर गढीमा आन्तरिक पर्यटक तथा इतिहास अध्ययनकर्ताहरूको भीड बढ्न थालेको छ । मकवानपुरगढीको ऐतिहासिकता तथा वस्तुस्थितिसहितको समाचार राष्ट्रि«य समाचार समितिले सम्प्रेषण गरेपछि र विभिन्न सञ्चारमाध्यममा प्रसारण प्रकाशन भएपछि मकवानपुर गढीमा आउने पर्यटक तथा अध्ययन..
2019/04/19 13:13:29
http://gokarneshworonline.com/archives/category/%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%9F%E0%A4%A8/page/7
mC4
बाँदरले दुःख दिएपछि किसानले गरे स्थानीय सरकारसँग पुनर्वास माग | TibraKhabar (तीव्रखबर डटकम) छिटो खबरको एउटै विकल्प Home कृषि बाँदरले दुःख दिएपछि किसानले गरे स्थानीय सरकारसँग पुनर्वास माग बाँदरले दुःख दिएपछि किसानले गरे स्थानीय सरकारसँग पुनर्वास माग वर्षेनी बाँदरले बालीनाली खाइदिएर समस्या बेहोर्दै आएका किसानले पुनर्वासको माग गरेका हुन्। बाँदरले दुःख दिएपछि समस्या लिएर जिल्ला प्रशासन कार्यालय पुग्ने किसानले अहिले गाउँगाउँमा पुगेका स्थानीय सरकारलाई बाँदरले निम्ल्याएका समस्या समाधान गर्न माग गरेका हुन्। तमोर तटीय क्षेत्रका गाउँ तथा ठूला जंगलका नजिकै रहेका बस्तीमा बाँदरले दुःख दिने गरेका छन्। छथर गाउँपालिकाका हमरजुङ, फाक्चामारा र पञ्चकन्याका किसानले आफूहरूलाई बाँदरले वर्षेनी दुःख दिइरहेको भन्दै अन्यत्रै पुनर्वास गरिदिन स्थानीय सरकारलाई माग गरेका छन् । यता लालीगुराँस नगरपालिकाका किसानले पनि बाँदरबाट निम्तिएका समस्या सुल्झाइदिन माग गरेका छन्। आठराई र फेदाप गाउँपालिकामा पनि बाँदरले सताएको भन्दै किसान गाउँपालिका पुगिरहेका छन्। म्याङलुङ नगरपालिकाका केही बस्तीमा पनि यो समस्या छ। आफूहरूले लगाएको कृषिबाली बाँदरले खाएर थन्क्याउन नदिएको, भगाउन जाँदा लडेर घाइते भएको र गाउँमा खाद्यान्न संकट हुने गरेको भन्दै पीडित किसानले आफूहरूलाई व्यवस्थापन गर्नुपर्ने माग अघि सारेका हुन्। यी गाउँमा बाँदरको आतंककै कारण वर्षेनी बसाइँ हिँड्नेहरुको संख्यासमेत उच्च छ। बाँदर आतंकले हैरान भएर गाउँ रित्तै बन्न थालेको छथर गाउँपालिका–२, हमरजुङका किसान भीमबहादुर थापाले बताए। बाँदरलाई तर्साएर भगाउन हतियार प्रयोग गर्न पाइँदैन, लठ्ठीले खेदाए आफैँमाथि जाइलाग्छन्' उनी भन्छन् 'कि बाँदर मार्नुपर्‍यो कि हामीलाई अन्यत्रै लगेर बासको व्यवस्था गर्नुपर्‍यो।' बाँदरले घरभित्र राखेको अन्न र चामलसमेत लगेर खाइदिने गरेको उनले बताए। यी गाउँका बासिन्दा गत वर्ष बाँदरबाट भएका समस्या सुनाउन सदरमुकाम आएका थिए। यही समस्या लिएर गाउँपालिका पनि धाउने गरेका छन्। बाँदरले किसानका हिउँदे, बर्खे दुवै बाली नष्ट गर्ने गरेको आठराई गाउँपालिका–४ का कमल प्रसाईले बताए।रासस
2018/07/22 16:45:41
http://tibrakhabar.com/archives/90566
mC4
आमिर खानका भाञ्जा इमरान खान यस्तो भए ? चिन्नै मुश्किल आमिर खानका भाञ्जा इमरान खानले 'जाने तु या जाने ना' फिल्मबाट बलिउडमा डेब्यू गरेका थिए । उनले यो फिल्मबाट चकलेटी हिरोको रुपमा आफूलाई स्थापित गराएका थिए । तर हालै उनको एउटा फोटो सार्वजनिक भएको जसमा उनलाई चिन्नै गाह्रो भइरहेको छ । इमरान खानलाई मुम्बईको जिमबाट भेटिएको हो । उनी निकै दुब्लो देखिएका छन् । उनले यस्तो फोटो देखेर सोसल मिडिया प्रयोगकर्ताले उनलाई सायद सञ्चो नभएको अनुमान गरिरहेका छन् । कतिले उनको तस्बिर हेरेर चिन्तासमेत व्यक्त गरिरहेका छन् । यसबाहेक इमरान खान श्रीमती अवन्तिकासँग सम्बन्धविच्छेदको खबरका कारण पनि चर्चामा छन् । भारतीय मिडियाका अनुसार यी दुईबीचको सम्बन्ध ठिक नभएको र विच्छेदको स्थितीमा आइपुगेको छ । एक कार्यक्रमका बेला सम्बन्धविच्छेदको खबरबारे जब इमरानलाई प्रश्न सोधियो तब उनले फोटोग्राफर्स र भिडियोग्राफर्सलाई हेरेर मुस्कुराए र भने, 'तपाईंहरु कार्यक्रममा यस्तो प्रकारको प्रश्न कसरी सोध्न सक्नुहुन्छ ?'् यद्यपि, अवन्तिकाकी आमाले दुबैको सम्बन्धबारे आइरहेको खबरलाई खारेज गरेकी थिइन् । उनले दुबैको सम्बन्धविच्छेदको खबरलाई गलत बताइन् । यद्यपि, उनले दुबैबीच आपसी मतभेद भएको जुन चाँडै नै ठिक हुने कोसिस जारी भएको बताइन् । स्मरण रहोस्, इमरान र अवन्तिकाले ८ वर्षसम्म डेटिङपछि सन् २०११ मा विवाह गरेका थिए । यी दुईका एक छोरी पनि छन् ।
2019/07/15 18:13:36
http://www.filmyzoom.com/2019/06/09/36055/
mC4
सर्वोच्चले भन्यो– कुन कानूनका आधारमा अस्पतालले बिरामीसँग कर असुलेको ? १८:४९:५६ प्रकाशित काठमाडौ – अस्पतालले बिरामीसँग कुन कानुनका आधारमा कर असुलेको भन्दै सर्वोच्च अदालतको संवैधानिक इजलाशले प्रश्न उठाएको छ। प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, न्यायाधीशहरू दीपकराज जोशी, चोलेन्द्र शमसेर जवरा, ओमप्रकाश मिश्र र दीपककुमार कार्कीको इजलासले बिरामीबाट लिइने यस्तो करका सम्बन्धमा लिखित रुपमा १५ दिनभित्र जवाफ दिन भनेको हो। अधिवक्ता विष्णुप्रसाद तिमल्सिना, चन्द्रप्रकाश शिवाकोटीलगायतले दायर गरेको रिटमा पहिलो सुनुवाई गर्दै संवैधानिक इजलाशले कर उठाउने कानुनी आधारको बारेमा प्रश्न उठाएको हो। सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, अर्थ मन्त्रालय र नीजि अस्पतालहरुलाई समेत कर उठाउनुको कारण माग गरेको हो । अदालतले सोमवार निजी अस्पतालले बिरामीबाट लिने मूल्य अभिवृद्धि कर र स्वास्थ्य सेवा कर लिइएको सम्बन्धमा सरकारसँग कारण माग गरेको हो । उपचारबापत विरामीबाट कर लिने व्यवस्था संविधानको मौलिक हक विपरीत भएको भन्दै गत साउन १६ गते सर्वोच्चमा रिट दायर गरेका थिए । स्वाथ्य सेवालाई संविधानले मौलिक हकमा उल्लेख गरेका कारण कर लगाउन नपाउने रिटमा जिकिर गरिएको छ। संविधान २०७२ को धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशूल्क प्राप्त गर्ने भनिएको छ । कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नगरिने व्यवस्था संविधानमा गरिएको छ। सर्वोच्चले कर लिन पाउने वा नपाउने विषयमा विपक्षीको कुरा सुनेर मात्र रोक लगाउन वा नलगाउने भन्दै अर्को छलफलमा विपक्षीलाई बोलाएको हो । सर्वोच्चले अर्को सुनुवाईमा अन्तरिम आदेश जारी गरेमा हाल अस्पतालले लिने गरेको कर लिनबाट रोक लाग्नेछ। मंगलबार मात्रै आपूर्ति व्यवस्था तथा हित संरक्षण मञ्चले राजधानीका दुई ठूला अस्पताल अनुगमन गर्दा कानून विपरित कर र शुल्क असुलेको पाएको थियो । ग्रान्डी अस्पतालले बिरामीबाट १३ प्रतिशत भ्याट लिने गरेको भेटिएको थियो भने बी एन्ड बी अस्पतालले ५ प्रतिशत स्वास्थ्य सेवा कर बाहेक पनि थप ५ प्रतिशत शुल्क असुल्ने गरिएको देखिएको थियो ।
2018/12/15 06:35:16
http://swasthyakhabar.com/story/12720
mC4
वडाध्यक्षको मोटरसाईकल चलाउन पनि ड्राईभर भर्ना ! - Everest Dainik - News from Nepal वडाध्यक्षको मोटरसाईकल चलाउन पनि ड्राईभर भर्ना ! गुल्मी, असोज १२ । राज्यका उच्च अहोदामा पुगेका नेता अधिकारीले गाडी र चालक सुविधा पनि लिने गरेको नौलो होईन । तर, गुल्मी ईस्मा गाउँपालिका २ का अध्यक्ष टीका रेश्मीले भने मोटरसाईकल चालक सुविधा लिएका छन् । उनले दैनिक कार्यसम्पादनका लागि मोटरसाईकल चालक भर्ना गरेका छन । गाउँपालिाका कार्यालय वा अन्यत्र जान उनले लु १ ब १४८० नम्बरको मोटरसाईकल प्रयोग गर्दै आएका छन् । मोटरसाईकल चलाउन नजान्ने उनले रमेश घिमिरेलार्य चालक राखेका हुन् । जनप्रतिनिधि सुविधाभोगी हुन थालेको गुनासो आईरहेका बेला जनप्रतिनिधिले नै मोटरसाईकल चालक सम्म पनि भर्ना गरेपछि स्थानीयले आक्रोश ब्यक्त गरेका छन् । चालक घिमिरेको काम वडाध्यक्षलाई मोटरसाईकलमा राखेर उनले भनेको ठाउँमा पुर्याउनु हो । नागरिक दैनिकमा खबर छ ।
2020/07/15 01:01:25
https://everestdainik.com/2018/09/211881/
mC4
विचार Archives - Page 47 of 48 - चौतारी पोष्ट अनलाइन ■ चन्दा चौधरी पछिल्लो चुनावको बेला आवश्यक ठोस कार्य बिना नै मधेशकेन्द्रित ६ वटा दलको एकीकरण गरेर 'राष्ट्रिय जनता पार्टी नेपाल'को निर्माण भयो । उता मधेशी जनाधिकार फोरमको रुपान्तरण (मेटामोरफोसिस) ले पछिल्लो समय समाजवादी पार्टीको यात्रासम्म तय गरेको छ । अहिले छापाहरूमा राजपा र समाजवादी पार्टी एकताको ठूलो चर्चा छ । एकीकरण चर्चाको बिगबिगी यतिसम्म छ कि मानौ एकता भोली नै हुन्छ, होइन आजै हुन्छ, ए होइन.. अहिले एक घण्टामै पार्टी एकीकरण हुँदैछ ! एकीकरणको निमित्त राजपाका केही नेताहरूको अग्रपंक्ति देखिएता पनि पार्टी यो एकीकरणको विषयमा एकमत छैन । एकीकरण पहिला कि महाधिवेशन भन्ने विषयको व्यापकता छ, राजपाभित्र । यो आलेख यसै विषयमा केन्द्रित गरिएको छ । हिजै मात्र मण्डला बुक प्वाइन्टमा पुस्तक खरिद गर्न गएको थिएँ । त्यहाँ एकजना संघीयताविद एवं राजनीतिक विश्लेषक भेटिनुुभयो, उहाँले पङ्क्तिकारलाई सोध्नुभो– बालकृष्ण मैनाली प्रायः मान्यता के राखिन्छ भने, जति बेला सत्ता सञ्चालकहरूले अन्जानमै गलत गरेको भए तापनि कानुनको कठघरामा उभिन किञ्चित पनि लज्जा र सरमको बोध गर्दैनन्। शिर ठाडो पारेर आफ्नो गल्तीलाई आत्मसात् गर्दै देशको कानुनले दिएको सजायलाई हाँसी–हाँसी स्वीकार गर्छन्। त्यति बेला कुनै पनि देशका जनताले सुखको अनूभूति गर्छन् कि मेरो देश चलाउनेहरूले सकेसम्म गल्ती गर्र्दैनन्, अञ्जानमै गल्ती गरेछन् भने पनि त्यसको सजाय भोग्न तयार रहन्छन्। त्यस्तो देशको जनताले सदैव सुखको अनुभूति नै गरेका हुन्छन्। यस्ता देशहरूमा कानुनी शासनको दुरूपयोग यो वा त्यो नाउँमा नगण्य मात्रामा मात्रै हुन्छ। प्रायः प्रचलित कानुनअनुसार सम्बोधन गर्ने सवालमा दलका कार्यकर्ता, आफन्त र नातागोता भनेर कानुनी प्रयोगमा हाम्रो देशमा जस्तो भेदभाव गरिँदैन। हाम्रो देशको शासन प्रणालीचाहिँ अन्य एसियाली देशहरूको तुलनामा धेरै फरक छ। हामीकह प्राध्यापक चैतन्य मिश्र सामाजिक संजालमा ब्यक्तहुने विचारलाई पहिला पहिला एक आपसमा हुने कानेखुसीका रुपमा चित्रण गर्दछन । कुनै घट्ना वा वस्तु माथि मानिसहरुका विचारहरु फरक हुनु स्वाभावै भएपनि पहिला यसको दायरा सानो थियो । विज्ञान र प्रविधिको आम मानिसमा पहँुच भएका कारण हिजो जस्तो अव विचारहरु कानेखुसीमा मात्र सिमित रहेन , एक क्षणमा नै यसरी ब्यक्त भएका विचारहरु संसार भरी फैलन थाले मात्र नभइ सार्वजनिक विषयहरुमा समेत चुनौती दिन थाले । सामाजिक संजाललाई द्धन्दात्मक रुपमा विश्लेषण गर्ने हो भने यसको सकारात्मक र नकारात्मक प्रभाव दुवै देख्न सकिन्छ । केही सामाग्रीहरुको प्रवाहले समाजलाई शिक्षा दिएको छ , न्यायवाट वञ्चित भएकाहरुले न्याय समेत प्राप्त गरेका छन , असहायहरुका लागि सहयोग जुटेको छ । यस्ता अनेकन राम्रा पक्षहरुका वावजुद एक अर्कामा गाली गर्ने सामाजिक द्धेश फैल्याउने , सामाजिक अपराध वढाउने सामाग्रीहर के रबि लामिछाने अब प्रधानमन्त्री बन्छन् त ? जी एन शर्मा सामाजिक सञ्जालमा यस्तो हुण्डरी चल्यो मानौँ यो हुण्डरीका अघि सुनामी पनि थर्र कापेर लुथ्रुक्क परेको छ । देशमा अरु केही छैनन् र कोही पनि छैनन् छन् भने कोही रबि लामिछाने छन् र छन् भने उनका समर्थकहरु मात्र छन् । सामाजिक संञ्जालदेखि शहरका प्राय सडकमा रबि लामिछानेको मात्रै चर्चा बाँकी समाचार अलप भए जस्ता भए । मै हुँ भन्ने नेताका भाषण र मन्त्रीका उद्घाटन छायाँमा परेर मानौँ देशमा नयाँ केही हलचल भएको छ र केही हुनेवाला छ जस्तो । सत्य यो नै हो झण्डै चौध दिन शहरका चौक र सडक अनि सामाजिक संजालको डाटा केलाउने हो भने यता रबिको चर्चा उता रबिको चर्चा । न्यूज २४ मा एउटा कार्यक्रम संचालन गर्ने रबि लामिछाने लगायतका अरु ३ जना पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जब अनुसंन्धानका लागि भनेर पक्राउ परे तत् समयबाटै उनका समर्थकले उनीहरुलाई फसाई यो भनेर रिहा गर भन्दै सामाजिक सञ्जाल र सडक तताउन - हेमन्तप्रसाद ओली 'सुदर्शन' बहस त पुँजीवादमा आत्मसमर्पण गरिसकेका तर अझै समाजवादको खोल पनि नछोडेका विश्वविद्यालयका आचार्यहरूसँग गर्नुपरेको छ । तर यसको सुरुआत ती आचार्यहरूलाई सिस्नुपानी लगाउने र जनताका लागि आशाको बत्ती बाल्ने कविताबाट गरौँ । भारतीय लेखक भूषिता वाशिष्टको 'अफिमको खेतीदेखि अफिमसम्म' शीर्षकको आलेख यही वर्षको जेठ ११ गते 'नयाँ पत्रिका' को 'झन् नयाँ' स्तम्भमा छापिएको थियो । त्यही आलेखमा उनले पाकिस्तानी कवि फौजको कविता उद्धृत गरेकी थिइन् । त्यसमा भनिएको छ : 'यो मैलो उज्यालो रातको कालिमामा मलिन उषा यो त्यो बिहानी त होइन जसको प्रतीक्षा थियो यो त्यो बिहानी होइन जसलाई खोज्न काला रातहरूको व्यग्र ज्वाला छिचोल्दै हाम्रो दुःखले लवालव दुवालीलाई किनारा लगाउन निस्केका थियौँ । यौवनका बागहरूमा गुज्रिँदै गर्दा अनेकन हातले हामीलाई रोक्न नखोजेका होइनन् । अनेक मनोहर कायाका छाया हाम भीमबहादुर पन्थ विश्वका विकसित मुलुकका फौजी संगठनका आ–आफ्नै संस्कृति, चालचलन, रहनसहन हुन्छन्। यस्ता विभिन्न संस्कारको प्रादुर्भावलाई केलाउँदै जान सम्भव पनि छैन। जे होस्, आ–आफ्ना मुलुकका राजनीतिक, आर्थिक अनि सामाजिक परिवेशअनुरूप फौजी कल्चरको शुरूवात हुने गर्दछ। जसको निरन्तरता चिरकालसम्म रहिरहन्छ। विकसित मुलुक जस्तै– अमेरिका, बेलायत, फ्रान्स आदि राष्ट्रका फौजी संगठन र तिनका संस्कारहरूको अध्ययन, अवलोकन हुन जरुरी छ। विश्वको लामो इतिहास बोकेका विकसित फौजी कल्चरका राम्रा र उपयोगी संस्कारहरूको हाम्रा फौजी संगठनहरूमा पनि अनुसरण गर्न प्रेरित गर्नु जरुरी छ। हाम्रो जस्तो भर्खरै प्रजातन्त्रको बाह्रखरी पढ्दै गरेको राजनीतिक कल्चरले विकसित भैसकेको प्रजातान्त्रिक मुलुकको सपना देख्नु पनि गलत हुन्छ। फौजी कल्चर भनेको के हो ? यसको दीर्घकालीन महत्व के छ ? फौजी कल्चरमा अनावश्यक हस्तक्षेप गर्दा वर्तमान फ रवि जस्ता 'नायक'अगाडि झुकेन कानुनको सर्वोच्चता डा. राजु अधिकारी रवि लामिछाने 'रविसँग शक्ति थियो, पैसा थियो र त्यत्रो जनसमर्थन थियो। तर पनि उनले कानुनलाई चुनौती दिन सकेनन्। कानुनी राज्य स्थापनाको दिशामा यो अर्को यौटा नयाँ शुरुवात हो।' दुई सातादेखि अन्यौलमा रहेको र सडक तताइरहेको पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणले अन्ततः एउटा निकास पाएको छ। शालिकराम पुडासैनीको मृत्युभन्दा पनि लोकप्रिय टेलिभिजन प्रस्तोता रवि लामिछानेको गिरफ्तारीले गर्दा यो प्रकरणले धेरै चर्चा पायो। अदालतको आदेशपछि केही समयका लागि यो विषय मत्थर हुनेछ। अब अदालती प्रक्रिया अनुसार वास्तविक दोषीहरुको पहिचान हुँदै जाला र त्यही अनुसार कारबाही पनि हुँदै जाला। तर जे भए पनि अधिकांश नेपालीले यो विषयमा अदालतले सन्तुलित फैसला गरेको महशुश गरेका छन्। हुन त रवि लामिछानेका समर्थकहरुले अदालतको आदेशलाई आफ्नो विजय भनेर अबिर यात्रा नै गरे उनका विरोधीहरुले चाहिँ आफ्नो जितका र ■ देवप्रकाश त्रिपाठी छलनीतिमा अब्बल मानिएका प्रचण्ड र चातुर्यमा अग्रणी ठानिने केपी शर्मा ओलीबीचको सूक्ष्म खेलहरू बुझ्न सकियो भने यसले वर्तमानमा हामीले भोग्नु परिरहेको पीडा मात्र भुलाउँदैन, फुटबल या क्रिकेटका पारखीहरूले खेल हेरेर प्राप्त गर्ने तहको रमाइलो अनुभूति पनि गराउँछ, खेल बुझ्नचाहिँ सक्नुपर्छ । सत्ता–राजनीतिको माथिल्लो दर्जामा रहेका नेताहरूबीच जुन स्तरको मिलाप, विलाप र बेइमानी देखिन्छ, त्यसबाट मुलुक आहत बनेको कुरामा विमति नरहला, तर 'राडीमा सातु मुछेपछि घिन मान्नुहुँदैन', त्यसैमा आनन्द लिनुपर्छ भनेझैँ 'यस्तै'लाई नेता बनाएपछि सुन्दर सपना देख्नुभन्दा यिनकै खेलमा रमाइलो मानेर बस्नु उचित हुने ठान्न थालिएको छ । वर्तमान राजनीतिमा मुख्य खेलाडी हुनुपर्थ्यो केपी शर्मा ओली र शेरबहादुर देउवा, तर देउवा मूल खेलाडी नबनेर च्याँखेदाउमै सीमित भएपछि खेलमा मुख्य पात्र बनेका छन् केपी र प्रचण्ड । यी नेपालको घटुवा र नेकपाको सवाल -विनोद नेपाल आज–आज, भोलि–भोलि भन्दाभन्दै एकताको झन्डै चौध महिनापछि मात्रै ठूलो रस्साकस्सीका बीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय नेताहरूको कार्यविभाजन भयो। तर त्यो विभाजन नेताहरूको कार्यक्षमता, योग्यता, योगदान र सक्रियताको आधारमा भन्दा पनि गुटगत आधारमा भयो भन्ने गुनासो सो पार्टीभित्रै देखा परेको छ। कसैको असन्तुष्टिको सम्बोधन गर्न नयाँ पद सिर्जना गर्नेदेखि आफ्ना निकटलाई जिम्मेवारीमाथि जिम्मेवारी दिने र अर्कालाई जिम्मेवारीविहीन बनाइएका कारण असन्तुष्टि देखिएको छ। पार्टीका बैधानिक र जिम्मेवार निकायमा छलफलविना दुई अध्यक्षको सहमतिमा जिम्मेवारी प्रदान गरिएको भन्दै त्यसप्रति असन्तुष्टि देखा परेको हो। यसले पार्टीभित्रको आन्तरिक लोकतन्त्रमाथि पनि प्रश्न उठेको छ। यति मात्र होइन, यस्ता क्रियाकलापका कारण जिम्मेवार नेता तथा कार्यकर्ताहरूले पार्टीको भविष्यप्रति नै चिन्ता व्यक्त गर्न काङ्ग्रेस सच्चिने कि सिद्धिने ? नेपाली काङ्ग्रेस सच्चिने कि सिद्धिने भन्ने काङ्ग्रेसका प्रमुख नेताहरू र युवा नेताहरूको अबको कार्यशैली र सोच अनि भूमिकामा निर्भर रहन्छ । ■ विजयसन्तोषी राई नेपाली काङ्ग्रेस पार्टी फैलिएर मैलाउनुका साटो पार्टीभित्र गुटउपगुट मैलाउँदै झागिँदै गएको छ । नेताहरूचाहिँ बलियो बन्दै जानु पार्टीचाहिँ साँघुरिँदै र दुब्लाउँदै जानु सबैभन्दा विडम्बना भएको छ । परिवर्तनको हरेक आन्दोलनको सफल नेतृत्व गरेको नेपाली काङ्ग्रेस इतिहासको अहिलेसम्मकै अत्यन्तै कमजोर अवस्थामा पुगेको छ । यतिवेला काङ्ग्रेसले आफूलाई उचित ढङ्गले व्यवस्थापन गरी समाल्न सकेन भने स्वयम् काङ्ग्रेस र राष्ट्रको लागि अपूरणीय क्षति हुने खतरा बढेको छ । काङ्ग्रेस अहिलेको अवस्थामा आइपुग्ने मुख्य कारण स्थायी रूपमा गुट–उपगुटले संस्थागत रूप धारण गरी क्रियाशील भइरहनु नै हो । गुटउपगुट दह्रो हुनु पार्टीचाहिँ दिन प्रतिदिन कमजोर बन्दै जानु नै हो । यस अव
2021/10/27 01:35:56
http://chautaripostonline.com/category/%E0%A4%B5%E0%A4%BF%E0%A4%9A%E0%A4%BE%E0%A4%B0/page/47/
mC4
पर्यटकलाई एकहप्ता लोमान्थाङ जान रोक - Enepalese.com पर्यटकलाई एकहप्ता लोमान्थाङ जान रोक इनेप्लिज २०७१ फागुन २८ गते ४:३९ मा प्रकाशित मुस्ताङ, २८ फागुन । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले पर्यटकलाई कम्तीमा एकहप्ता लोमान्थाङ भ्रमणमा जान रोक लगाएको छ । कागबेनीदेखि माथिका क्षेत्रमा अझै पनि बाक्लो हिउँ जमेकाले दुर्घटना हुनसक्ने भन्दै केही समयलाई लोमान्थाङ भ्रमणमा अनुमति नदिएको एक्याप लोमान्थाङका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार कोबाङखोलामा सामान्य पुल बनेपछि स्थानीय भने जोखिम मोलेर लोमान्थाङ आउन थालेका छन् । "पर्यटकको याम सुरु भए पनि यहाँ अझै बाक्लो हिउँ जमेकै छ, त्यसैले पर्यटकलाई एकहप्तासम्म अनुमति छैन् प्रमुख शेरचनले भन्नुभयो । दुई हप्ताअघि तीन दिनसम्म निरन्तर हिउँ परेपछि कागबेनीदेखि माथिका क्षेत्रमा अत्यधिक हिउँ जमेको थियो । हिउँका कारण लोमान्थाङ पुगेका सात पर्यटक फर्कन नसकेपछि उनीहरुलाई हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । अनौठो भू–बनोट, राजदरबार, स्थानीय कला संस्कृति र प्राकृतिक सुन्दरतामा रमाउन लोमान्थाङमा तेस्रो मुलुकका पर्यटक बढी जाने एक्यापले जनाएको छ । यो याममा थुप्रै पर्यटक लोमान्थाङ जान आतुर रहे पनि मौसमले साथ नदिएको एक्याप मुस्ताङका प्रमुख विदुर कुइँकेलले बताउनुभयो । "यहाँ मौसमका कुनै भर नै हुँदैन, क्षणभरमै मौसम परिवर्तन हुन्छ अनि हिमपात हुन्छ, उहाँले भन्नुभयो, "कागबेनीदेखि माथि गयो भने त्यस क्षेत्रमा त्यति राम्रो बस्ने ठाउँमा पनि छैन ।" एक्यापले लोमान्थाङसहित उपल्लो मुस्ताङका विभिन्न क्षेत्रमा जाने पर्यटकको तथ्याङ्क कागबेनीबाट सङ्कलन गर्दै आएको छ । गत वर्ष चार हजार १०० पर्यटकले लोमान्थाङको भ्रमण गरेका थिए । "त्यसमा अधिकांश तेस्रो मुलुकका नागरिक थिए, नेपाली अलि कम जान्छन्, प्रमुख कुइँकेलले भन्नुभयो ।
2022/07/02 12:12:02
https://www.enepalese.com/2015/03/10371.html
mC4
बिप्लब माथी प्रतिबन्द लगाउने निर्णय सरकारले पुनर्विचार गर्नुपर्छ – पौडेल — Motivatenews.Com काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य देबेन्द्र पौडेलले बिप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी माथी सरकारले लगाएको प्रतिबन्द सरकारले पुनर्विचार गर्नुपर्ने बताएका छन । विप्लव समुहको मुद्धा राजनीतिक हो की आपराधिक हो भन्ने निक्र्योल गरेर मात्र थप कदम चालिनुपर्ने भन्दै उनले सरकारले हतारमा सो पार्टी माथी प्रतिबन्द लगाएर अपरिपक्कता देखाएको बताए । संवाद चौतारीले बुधबार आयोजनाका गरेको अन्तरसंबाद कार्यक्रममा बोल्दै नेता पौडेलले हतारमा आएर सरकारले विप्लव माओवादीलाई राजनीतिक गतिविधि गर्न रोक लगाइएको आरोप लगाए । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव नेतृत्वको पार्टीलाई राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । पौडेलले सरकारको यस्तो निर्णयले पुरानै अवस्थामा फर्कन सक्ने खतरा भएको भन्दै उनका गतिविधि अराजक बन्दै गएको, आगजनी र तोडफोड बढेकाले नियन्त्रण गर्नु आवश्यक भएको प्रष्ट पारे । 'वार्ताका लागि केही समय आव्हान गर्र्नुपर्ने थियो, राज्यले नियन्त्रण गर्न नसक्ने गम्भीर घटना भइसकेका थिएनन्' पौडेलले भने 'हिजोको माओवादी द्धन्द्ध पनि वार्ताबाट समाधान भयो, त्योभन्दा ठूलो समस्या यो होइन ।' उनले विप्लवको विषय राजनीतिक भएकाले वार्ताका माध्यमबाट नै समस्याको हल खोजिनुपर्ने जनाए । उनले सीके (चन्द्रकान्त) राउतसँग सरकारले सहमति गरेर एउटा आन्दोलनको अन्त्य गरेको बताउदै अगाडी थपे, 'सरकारले मधेशका र अन्य समस्यालाई वार्ता र छलफलबाट निकास दिनुपर्छ । राउतले मधेशलाई छुट्टै ढंगले हेर्ने भनेका थिए तर अब त्यो समस्याको समाधान भएको छ, यो सकारात्मक कदम हो ।' उनले राजनीतिमा विश्वसनियता, इमान्दारिता र नैतिकताको खाँचो भएकाले त्यसबाट पछि हट्न नहुनेसमेत बताए । उनले सहमति भइसकेका विषयमा प्रतिप्रश्न गरिरहने र फेरि जवाफ फर्काउने राजनीतिक कार्यशैली राम्रो नभएकाले प्रतिवद्धता पूरा गर्न सबै पक्ष इमान्दार हुनुपर्नेमा जोड दिए । पौडेलले सरकारले जनतामाझ गरेका प्रतिवद्धता पूरा गरेर आफ्नो लोकप्रियता बढाउनुपर्ने बताए ।
2021/05/09 00:45:19
https://motivatenews.com.np/archives/7729
mC4
५५ वर्षमाथिका नागरिकलाई खोप दिने तयारी – Sourya Online सौर्य अनलाइन २०७७ फागुन १९ गते २१:०५ मा प्रकाशित इलाम । सरकारले २३ फागुनदेखि ५५ वर्षमाथिका नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिने तयारी गरेको छ । दोस्रो चरणको पहिलो प्राथमिकतामा ५५ देखि ७४ वर्ष उमेरसमूहका व्यक्तिहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाउने भएको हो । यसको तयारी इलामसहित देशैभर सुरु गरिएको छ । इलाममा यस चरणमा ७१ हजार जना नागरिकलाई खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ । तत्काल १५ हजार जनालाई पुग्ने खोप आइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । 'अहिले १७ सय भायल खोप आइसकेको छ । त्यसले १७ हजारलाई पुग्छ । ग्रामीण क्षेत्रमा १० प्रतिशत खेर गए पनि १५ हजारलाई पुग्छ', कार्यालय वृजकुमार दासले पत्रकारहरुसँगको अन्तरक्रियामा भने, 'भण्डारणमा समस्या भएकाले एकैपटक नल्याइएको हो । बाँकी पनि आउँछ ।' यसपटक स्वास्थ्य केन्द्र र खोप केन्द्रबाट खोप लगाइनेछ । अन्य खोपजस्तो वडावडामा गएर दिन असम्भव भएकाले स्वास्थ्य केन्द्र र खोप केन्द्रबाट मात्र खोप लगाइने कार्यालयले जनाएको छ । कोभिड–१९ विरुद्धको दोस्रो चरणका खोपका लागि करिब तीन सय स्वास्थ्यकर्मीलाई तालिम दिने तयारी कार्यालयले गरेको छ । स्वास्थ्यकर्मीको साथमा दुई जना स्वयमसेवकसमेत हुनेछन् । उनीहरुले जिल्लाका २ सय १४ वटा खोप केन्द्रबाट खोप लगाउने स्वास्थ्य कार्यालय इलामका खोप सुपरभाईजर गंगाधर पण्डितले जानकारी दिए । यसैगरी यही चरणमा ४० देखि ५४ वर्ष उमेर समूहमध्ये तोकिएका दीर्घ रोगीलाई पनि खोप लगाइनेछ । भारतले १० लाख डोज खोप अनुदान दिएपछि १४ माघदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सुरु भएको थियो । पहिलो चरणको पहिलो प्राथमिकतामा २६ माघदेखि ३० माघसम्म फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शबबाहन चालक, कारागारका कर्मचारी, कैदी, सफाइकर्मीलाई खोप लगाइएको थियो । पहिलो चरणको दोस्रो प्राथमिकतामा २ फागुनदेखि ८ गतेसम्म पत्रकार, सरकारी कर्मचारी, बैंकका कर्मचारी स्थानीय तहका जनप्रतिनिधि, सीमा सुरक्षा पोष्टमा खटिएका कर्मचारी र पहिलो चरणमा छुटेकाहरूलाई कोभिड–१९ विरुद्धको खोप दिइएको थियो । पहिलो चरणमा इलामका ६२ प्रतिशतले कोभिड १९ रोग विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका अनुसार २ हजार ६० जनाले कोभिड १९ रोग विरुद्धको खोप लगाएका हुन् । कार्यालयले ३ हजार ३ सय ३० जनालाई खोप लगाउने लक्ष्य भएपनि पूरा भने हुन नसकेको कार्यालय प्रमुख दासले बताए । उनका अनुसार पहिलो चरणको पहिलो प्राथमिकतामा परेका १४ सय ६५ जना र पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका २ हजार ६० जनाले खोप लगाएका छन् । जिल्लाका १० स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीमध्ये ३९ प्रतिशत, निजामती कर्मचारीध्ये ७० प्रतिशत, जनपथ प्रहरीमध्ये ३८ प्रतिशत, सशस्त्र प्रहरी शतप्रतिशत, बैंक तथा वित्तीय समूहका कर्मचारीमध्ये ५४ प्रतिशत, प्राधिकरण तथा संस्थानमा कार्यरतमध्ये १० प्रतिशत र न्याय सेवा समूहका ९३ प्रतिशत कर्मचारीले मात्र कोभिड १९ रोग विरुद्धको खोप लगाएका छन् । पत्रकारहरुमध्ये करिब ४० प्रतिशतले मात्र कोरोना बिरुद्धको खोप लगाएका छन् । यो खोपको दुई मात्रा १० देखि १२ साताको अन्तरमा दिइन्छ । पहिलो चरणमा पहिलो मात्रा खोप लगाएकाहरूले बैशाख ७ मा दोस्रो मात्राको खोप लगाउनेछन् । स्वास्थ्य कार्यालयका प्रमुख दासले कोरोना बिरुद्धको खोप निर्धक्क भएर लगाउन सबैलाई आव्हान गरेका छन् । विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त भएको यस खोपले कुनै असर नगर्ने भएकाले यस खोप लगाउन आह्वानसमेत गरे । कोभिड–१९ विरुद्धको खोप लगाउनुअघि वा पछि निश्चित खाना खाँदा खोप बढी प्रभावकारी वा कम प्रभावकारी हुने भन्ने नहुने चिकित्सकहरू बताउँछन् । सामान्य आफूले सधैँ खाइरहेको खाना खाँदा समस्या हुँदैन । हालसम्म नेपाल लगायत संसारका अन्य मुलुकमा पनि कोभिडको खोप लगाएपछि मानिसहरूलाई ज्वरो आए जस्तो हुने, जिउ दुख्ने वा बिसन्चो हुने जस्ता लक्षणहरू देखिएको पाइएको छ । विश्व स्वास्थ्य संगठनले पनि कोभिड खोप लगाएपछि देखिने तर हानिकारक नठानिएका त्यस्ता लक्षणहरूबारे उल्लेख गरेको छ । त्यस्तो बेला शरीरमा पानीको मात्रा कम भएको हुन सक्ने कुरामा ध्यान दिनुपर्छ । त्यस्तै मद्यपानले शरीरमा पानी कम हुने अवस्था सिर्जना गर्ने र रोग प्रतिरोधी प्रणालीलाई कमजोर बनाइदिन्छ भन्ने पुराना अध्ययनहरूले देखाएको कारण मदिरा सेवन नगर्नु उचित नहुने चिकित्सकहरु सुझाव दिन्छन् ।
2021/04/11 00:05:13
https://www.souryaonline.com/2021/03/349608.html
mC4
गण्डकी बैंक र सानिमाबीच सम्झौता | eAdarsha.com गण्डकी बैंक र सानिमाबीच सम्झौता पोखरा, १२ फागुन । गण्डकी बिकास बैंक लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडबीच बीमा व्यवसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा प्रदान गनेर्सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार गण्डकी बिकास बैंकका संपूर्ण ग्राहकहरुले मुलुकभर फैलिएको ७७ वटै शाखाहरुबाट बीमालेखहरु लिन, बीमाशुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सुविधाहरु उत्कृष्ट सेवासहित सरल एवं सुलभ तरिकाले बैंकका सम्पूर्ण शाखाहरुमार्फत प्राप्त गर्न सक्नेछन् । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा र इन्स्योरेन्स कम्पनीको तर्फबाट महाप्रबन्धक शिवराज तिमिल्सिनाले हस्ताक्षर गरे । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत छविन्द्न शर्मा र सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ शर्मा तथा इन्स्योरेन्सको तर्फबाट मुख्य प्रबन्धक गणेश चौलागाई, बरिष्ठ प्रबन्धक गणेशराज श्रेष्ठ, सहायक प्रबन्धक सुदिप ढुंगानाको समेत उपस्थिति थियो । बैंकले वित्तीय पहुँचलाई उच्च प्राथमिकता दिदै हिमाल, पहाड र तराईका जनताहरुलाई सहज र सरल रुपमा आफ्ना ७७ वटा शाखाहरुबाट पूर्ण बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ दरमा कर्जा प्रवाह गर्नुको एबीबीएस, स्टीएम, इसीसी/आइपीएस, सी–एएसबीए, मोवाइल बैकिङ सेवा, लजुघुवित्त सेवा, रेमिट्यान्स सेवासहित पूर्ण बैकिङ सेवा प्रदान गर्दै आएको छ ।
2022/07/07 08:05:31
https://www.eadarsha.com/nep/69240/
mC4
::Rojgar Manch||Online Newspaper :: Employment Nepal News, Financial Nepal News, Nepal Breaking News, Nepali Latest News, Top Headlines News, National, Political News, Social, Sports, Economy, Business, Health, Entertainment, Nepali Movie, Nepali Music Video and World News, Nepal Bank News, business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Nepal Weather सावित्रीको 'शिशा होस या दिल' दुबईमा छायांकन:: Rojgar Manch :: सावित्रीको 'शिशा होस या दिल' दुबईमा छायांकन सोमवार, २०७२ श्रावण १८ गते १२:१८ . नेपाली लोकदोहोरी क्षेत्रमा सक्रिय योगदान पुराउदै आएकी सावित्री गिरी कुनै नौलो नाम होइन ।२०६२ सालमा 'अल्झियो नजर' एल्बमबाट सांगीतिक जीवन शुभारम्भ गरेकी उनको आधुनिक गित 'शिशा होस या दिल' बजारमा आउने तरखरमा छ । जुन गितको भिडियोको छायांकन भर्खरै मात्र दुवईमा सम्पन्न भएको छ । लोकगीत 'सेतै फुल्यो, मेलैमा सरर दोहोरी खेलैमा', र तीजगीतहरु पढ्नलेख्न नजाने नि ईङ्लिस सिक्ने हो, छम छमी नाच्ने हो, काठमाडौ जादा अचानक सेती नदि उर्लेर आयो आदि चर्चाको शिखर चुम्न सफल रहेका छन । तिनै गायिका आज कामको शिलशिलामा प्रदेशि भुमी दुबईमा छिन । 'खाने मुखलाई जुँगाले छेक्दैन' भने झै यहाँ रहेर पनि करिब आधा दर्जन गीतमा स्वर दिईसकेकी छिन । सृजना र रचनालाई निरंतरता दिईरहे पनि प्रवासमा हुदा कहिलेकाही छायांकनमा आफ्नो थिम अनुसार नहुने बताइन । भर्खरैमात्र दुबईको जेबलपार्कमा छायांकन सकिएको उनको आधुनिक गीत 'शिशा होस या दिल' बजारमा आउने तयारिमा रहेको छ, जसमा दुबई कार्यरत पत्रकार एबम मोडल लाल बहादुर ढेङगाले निर्देशन गरेका छन । २०६२ सालमा गायक बम बहादुर कार्कीको सहयोगमा गायन यात्रा आरम्भ गरेकी गिरीले रामजि खाड, राजु परियार, बिष्णु माझी, राधिका हमाल, देबि घर्ती, शिरीष देबकोटा, खड्क गर्बुजा, आदि चर्चित गायकगायिकासंग स्वर दिएकि छिन ।२०६७ सालमा कतारमा रहंदा कतारका संघसंस्थासंग मिलेर रमाइलो तीजगीत महोत्सवको संयोजक रहि ५०० भन्दाबढि नेपाली चेलीको सहभागी जुटाई तीज कार्यक्रम सम्पन्न गरेकी थिइन । जसको नेपाल टेलिभिजनले ४० मिनेट बढी प्रत्यक्ष प्रशारण गरेको थियो । त्यस कार्यक्रमले कतारमा काम गर्ने प्रबाशी नेपालीसामु थप लोकप्रियता हासिल गर्न सफल भएकि थिइन । सानै उमेरदेखि गीतसंगीतमा रुचि राख्ने उनी आमाले लेखीदिएको गीत कक्षाकोठामा गुरु साथीहरु लाइ सुनाउथिन । पछि क्रमशः स्कुल कलेजका सास्कृतिक कार्यक्रममा भाग लिदै सफलता बटुल्दै आज यहासम्म आएको बताईन । उनको काठमाडौ अनामनगर स्थित आफ्नै लगानीमा स्काईकल्चर कृयशन म्युजिक प्रालि पनि रहेको छ,जस्लाई उनको छोरी एबम गायिका ज्योती गिरीले सन्चालन गर्दै आएकि छिन । पहिले पहिले भाइ महेन्द्र गिरि, जर्मनबाट हरिप्रसाद कडेल, युएसबाट धर्मदाजु नर बहादुर गुरुङहरुले एल्बम निकाल्न आर्थिक सहयोग गरेपनी हाल आफै सक्षमभई एल्बम निकाल्ने गरेको उनले बताइन। आफू जुन ठाउँ र परिबेशमा रहे पनि नेपाली गीतसंगीतलाई माया गरि निरंतरता दिने र सम्पुर्ण नेपालीको मौलिक पहिचान मध्ये एक गीतसंगीतको खस्कदो अवस्थालाई माथी उठाउन अनुरोध गरेकी छिन ।
2018/06/25 10:08:14
http://rojgarmanch.com/index.php?action=news&id=1034
mC4
विमान दुर्घटनामा ओलीको दोष कति ? - TV Annapurna नेपालमा विमानको प्रयोग २००६ सालबाट सुरु भएको हो । पछिल्लो समय नेपाल तथा अन्य देशहरुमा भएका विमान दुर्घटनाका समाचारहरू आइरहेका छन् । आकाशमा उड्ने र अति संवेदनशील भएकोले विमान दुर्घटनापछि ठूलो संख्यामा यात्रुको निधन हुने गर्दछ । प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री भएको करिब १ महिना नपुग्दै नेपालमा ४९ जनाको ज्यान जाने गरी भएको यो दुर्घटना अत्यन्तै ठूलो दुर्घटना हो । अहिलेसम्मको इतिहासलाई पल्ट्याउँदा नेपालमा हालसम्म ८० भन्दा बढी विमान दुर्घटनामा परेका छन् । जसमा कैयौँ यात्रीको निधन भएको छ । विमान दुर्घटनाका विविध कारण छन् । मौसमको खराबी, चालकको बदमासी र विमानको अवस्था आदि नै हुन् । यद्यपि यसमा अन्य प्राविधिक त्रुटी पनि हुन सक्छन् । विमान दुर्घटनाका कारण यस्ता भएपनि हाम्रो नेपाली समाजमा यतिबेला मनगढन्ते कुराहरु भइरहेका सुनिन्छन् । ओली प्रधानमन्त्री भएको बेलामा यस्तो दुर्घटना भएको भनेर पनि कसैले ओलीप्रति नकरात्मक टिप्पणी गरेका छन् । यी टिप्पणीहरु साँच्चिकै बेतुकका छन् । प्रधानमन्त्री जोसुकै भएपनि विमान दुर्घटनाको कारण प्रधानमन्त्री बन्न सक्दैनन् । दुर्घटना भनेको आकस्मिक संयोग मात्रै हो । यस्ता अन्धविश्वास र कपोकल्पित विषयले नेपाली समाजको समेत धज्जी उडाइरहेको छ । त्यसो त अन्य प्रधानमन्त्री भएको बेलामा पनि विमान दुर्घटना भएका छन् । हाम्रो समाजमा विवाह गरेको केही समयमै श्रीमानको निधन भयो भने उसकी पत्नीलाई श्रीमान टोकुुवा भनेर हेप्ने गरिन्छ । साथै ती नारीलाई अलच्छिना भनिन्छ । पतिको निधन दुर्घटना वा विभिन्न रोगको आक्रमणबाट हुन्छ भने त्यसको दोष उसको पत्नीलाई खन्याउनेहरु पनि छन् । वास्तवमा यिनीहरु समाजका कलंक नै हुन् । यिनले गर्दा समाज अझै तल भासिएको छ । सकरात्मक चिन्तनको कमीले नै यस्ता वाहियात कुरामा बकबक गरेका हुन्छन् । २०५६ असार २३ गते वुधबार लुफ्थान्सा एयरलाइनको विमान काठमाडौंको भष्मासुर डाँडामा दुर्घटना हुँदा, काँग्रेस नेता शेर बहादुर देउवा प्रधानमन्त्री बनेको सातौं दिन थियो । त्यो दिन विमानमा सवार पाँचै जनाको ज्यान गयो । देउवा प्रधानमन्त्री बनेको हप्ता दिन नबित्दै विमान दुर्घटना भएपछि नेपाली समाजले उनलाई अलच्छिना प्रधानमन्त्री भन्यो । तर देउवा चार पल्ट प्रधानमन्त्री बने । पछिल्लो पल्ट गएको सोमबार काठमाडौंमै (त्रिभुवन विमानस्थल) ५१ जनाको ज्यान जानेगरी यूएस बंगला विमान दुर्घटना भयो । एमाले अध्यक्ष केपी शर्मा ओली दोश्रो कार्यकालका लागि प्रधानमन्त्री बनेको २५ दिनमा । ओलीले विमान स्थल पुगेर उद्धार कार्यलाई तिव्रता दिन नेपाल नागरिक उड्यन प्राधिकरणका अधिकारीहरुलाई निर्देशन दिए। हालसम्म मुलकमा ८ पटक अन्तर्राष्ट्रिय, र आन्तरिकतर्फ ८० भन्दा बढी विमान दुर्घटना भए । नेपालमा विदेशी एयरलाइनका विमान दुर्घटनाको शुरुवात काँग्रेस नेता मातृका प्रसाद कोइराला प्रधानमन्त्री बन्दादेखि शुरु भएको हो । २०११ फागुन २५ मंगलबार बाराको सिमरामा कालिङ्गा एयरको विमान दुर्घटना भयो । २ जनाको ज्यान गयो । विमानमा सवार १ जना बँचे । यही थियो नेपालमा दुर्घटना भएको पहिलो अन्तर्राष्ट्रिय विमान । २०१३ जेठ २ मंगलबार इण्डियन एयरलाइन्सको विमान काठमाडौंमा दुर्घटना हुँदा १४ जनाको ज्यान गयो, १९ जना बाँचे । त्यो बेला प्रधानमन्त्री थिए नेपाल प्रजापरिषदका नेता टंक प्रसाद आचार्य । राष्ट्रप्रमुख थिए महेन्द्र । टंक प्रसादलाई हटाएर महेन्द्रले एकिकृत प्रजातान्त्रिक पार्टीका कुँवर इन्द्रजीत सिंहलाई प्रधानमन्त्री बनाए । उनको पालामा तेश्रो विदेशी विमान दुर्घटना भयो, २०१४ चैत ११ सोमबार, पात्लेभञ्ज्याङमा । त्यो दिन भएको इण्डियन एयरलाइन्सको दुर्घटनामा विमानका सबै २० जनाको ज्यान गयो । त्यसयता ३२ वर्षसम्म नेपालमा अन्तर्राष्ट्रिय विमान दुर्घटना भएन । २०४९ साउन १६ शुक्रबार नुवाकोटको घ्याङफेदीमा भएको थाइ एयरवेजको विमान दुर्घटना त्रासदीपूर्ण थियो । जहाँ, ११३ जनाको ज्यान गयो, प्रधानमन्त्री थिए, काँग्रेसका गिरिजा प्रसाद कोइराला । २०४९ कै असोज १२ सोमबार ललितपुरको भट्टेडाँडामा १ सय ६७ जनाको ज्यान जानेगरी पाकिस्तान एयरको विमान दुर्घटनाभयो । प्रधानमन्त्री गिरिजाप्रसाद नै थिए । त्यसको करीब १६ वर्षपछि नेपाली भूमीमा अर्को विदेशी विमान दुर्घटना भयो २०७१ फागुन २० बुधबार, त्रिभुवन विमानस्थलमा । टर्किस एयरको विमान धावन मार्गमै चिप्लिए पनि यात्रु हताहत भएनन्, प्रधानमन्त्री थिए, सुशिल कोइराला । त्यसो त नेपालको करीब ६० वर्षे (सन् १९९५८ जुलाइदेखि आर एनएसी, त्यसअघि नेपालको आफ्नै वायु सेवा थिएन, नागरिक उड्डयन प्राधिकरण सन् १९५७ मा स्थापित) हवाइ यातायातको इतिहासमा पद्म शमरेश जंगबहादुर राणादेखि केपी ओलीसम्मको कार्यकालमा ८० भन्दा बढी विमान दुर्घटनामा परेका छन् । ती दुर्घनामध्ये गिरिजाप्रसाद कोइरालाको पालामा ८, देउवाको पालमा ४, सूर्य बहादुर थापा, कृष्ण प्रसाद भट्टराई, माधव नेपाल, सुशिल कोइराला र कीर्तिनीधि विष्टको पालामा ३–३, बाबुराम भट्टराई र लाकेन्द्र बहादुर चन्दको पालामा २–२ तथा, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, तुलसी गिरी, सूवर्ण शमशेर, टंक प्रसाद आचार्य र मातृका प्रसाद कोइराला सहित वर्तमान प्रधानमन्त्री ओलीको पालामा एक एक पल्ट विमान दुर्घटना भएका छन् (हेलिकोप्टर बाहेक) । सरकारको जिम्मेबार विमानस्थल सुरक्षित बनाउने हो । त्यसको लागि नीति नियम बनाउने हो । जिम्मेबार पक्षलाई अझ बढी जागरुक बनाउने हो । साथै दुर्घटना न्यूनीकरणका लागि आवश्यक पहलकदमी गर्ने हो । तर दुर्घटनाको कारण अलच्छिना सरकार भनेर टिप्पणी गर्नु ज्यादै तुच्छ टिप्पणी हो । त्यसो त केपी ओलीले पनि एउटा भाषणमा दिनदिनै गाडी दुर्घटना भएको छ । यो सरकार नै अलच्छिन भएको कुरा पनि चर्चामा आएको थियो । यो कुरामा पनि ओलीले निर्लज्ज टिप्पणी गरेको देखिन्छ । जसले गरेपनि यस्ता टिप्पणी गर्दा केही विचार पुर्याउनुपर्छ ।
2019/01/22 07:07:48
https://www.tvannapurna.tv/nepalma-vhaekaa-biman-dsurfgf123hyhaftana/
mC4
अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख लिएर फरार ब्यक्ति पक्राउ - A complete Nepali news portal based on news & views २० आश्विन २०७८, बुधबार २१:२२ October 7, 2021 Buddha Sharan काठमाडौँ। अष्ट्रेलिया पठाईदिन्छु भनि रकम ठगेर फरार भएका एक व्यक्ति पक्राउ परेका छन्। आफूलाई Queensland Education Foundation Pvt. Ltd. को सञ्चालकका रुपमा परिचय दिने बानेश्वर बस्ने मणि निरौलालाइ प्रहरीले पक्राउ गरेकाे हाे । निराैलाले सुजन खत्री नामका एक व्यक्तिसँग अध्ययनको लागि डिपेन्डेण्ट भिषामा अष्ट्रेलियामा पठाइदिन्छु भनि १२ लाख लिएका थिए । पैसा लिएपछि अस्ट्रेलिया पनि नपठाएकाे र केहि समयपछि फरार भएकाेले पिडितले दिएकाे निवेदनका अाधारमा निराैलालाइ महानगरी अपराध महाशाखाले बुधबार बानेस्वरबाटै पक्राउ गरेको जनाएकाे छ । टोखा न.पा. वडा नं. १ बस्ने २४ वर्षका सुजन खत्रीलाई निराैलाले धेरै प्रलाेभन दिएर फसाएकाे बताइएकाे छ । पटक पटक प्रयास गर्दा पनि सम्पर्कमा नआए पछि महाशाखामा जाहेरी निवेदन दिएकाे खत्रीले जनाएका छन । पक्राउ परेका निरौलालाइ थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त सिंहदरबार काठमाडौँ पठाईएको महाशाखाले जनाएको छ ।
2021/12/02 19:55:13
https://nonstopkhabar.com/archives/66205
mC4
अधिकारीको जन्मघरबाट भट्टराईको चुनावी अभियान - Durbin Nepal News अधिकारीको जन्मघरबाट भट्टराईको चुनावी अभियान दूरबिन नेपाल २० कार्तिक २०७६, बुधबार १४:३४ चिप्लेढुंगा, २० कार्तिक : आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेकपाकोतर्फबाट उम्मेदवार रहनुभएकी विद्या भट्टराईले पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीबाट अभियान शुरु गर्ने बताउनुभएको छ । स्व रवीन्द्र अधिकारीको जन्म घर जहाँ रवीन्द्रले जीवनको बाल्यकालसँगै राजनीतिक जीवनको यात्रा शुरुआत गर्नुभएको थियो । उक्त स्थानबाट नै विद्याले चुनावी अभियानको शुरुआत गर्ने नेकपा कास्कीका निर्वाचन उम्मेदवार व्यवस्थापन समितिका संयोजक धनराज आचार्यले जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालयको प्राध्यापन पेशाबाट राजिनामा दिएर निर्वाचनमा आउनुभएकी भट्टराईले उक्त स्थानका स्थानीयवासीसँग अन्तक्र्रिया र भेटघाट गरेर अभियान शुरु गर्न लाग्नुभएको हो । यसैगरी मनोनयन दर्ताको एक दिन मात्र बाँकी रहँदा नेकपासहित साना दल साझा पार्टी, विवेकशील नेपाली दल, समाजवादी पार्टी र राप्रपाले मात्र उम्मेदवार टुङ्गो लगाएका छन् । नेपाली काङ्ग्रेसले भने खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उम्मेदवारको टुङ्गो लागेसँगै कास्कीमा साना दल चुनावी अभियानमा सक्रिय बनिरहेका छन् । आ–आफ्नै एजेण्डाअघि सारेका अधिकांश उम्मेदवारमध्ये केहीको पुरानो राजनीतिक पृष्ठभूमि देखिन्छ भने केही नयाँ छन् । उम्मेदवारले विकास, समृद्धि र सुशासन एवं पहिचानलगायतका मुद्दालाई चुनावी एजेण्डा बनाएर घरदैलोमा पुग्दैछन् । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्यको पदका लागि कास्की क्षेत्र नं २ मा उपनिर्वाचन हुन लागेको हो । कूल ७१ हजार ८७१ मतदाता रहेको सो क्षेत्रमा ३२ मतदानस्थल र ८२ मतदान केन्द्र रहेको छ । उम्मेदवारले कात्तिक २१ गते मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।
2020/06/02 16:22:57
http://www.durbinnepal.com/archives/48869
mC4
काठमाडौँ भ्यू टावरको निर्माण सुस्त, महानगरले थप्यो म्याद काठमाडौँ- सुस्त गतिमा निर्माण भइरहेको काठमाडौँ भ्यू टावर (दृश्यावलोकन स्तम्भ) निर्माणका लागि काठमाडौँ महानगरपालिकाले एक वर्ष समय थप गरेको छ । निर्माणको कामअन्र्तगत अहिले जमीनमुनिको काम भइरहेको छ । जमीनमुनिको ८० प्रतिशत काम सकिएपनि अन्य काम शुरु नै हुन नसकेको कामपा सार्वजनिक निजी साझोदारी एकाइ प्रमुख धु्रव काफ्ले बताउँछन् । उनका अनुसार आवश्यकता अनुरुप एक वर्षको समय थप गरिएको हो । सम्झौतानुसार ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउन पाउनेछन् । काफ्लेका अनुसार उक्त स्तम्भ निर्माणको योजना भूकम्पअघि नै आएको र भूकम्पपछि निर्माणसम्बन्धी फरक निर्णय हुँदा केही समय काम गर्ने वातावरण थिएन । अहिले भने काम भइरहेको छ । निर्माण कम्पनीले कामपालाई शुरुको समयदेखि नियमित रुपमा बुझाउनुपर्ने सम्झौता रकम भने दिइरहेको छ । उक्त कम्पनीले वार्षिक रु ९८ लाख कर कामपालाई बुझाउँदै आएको छ । गोरखा भूकम्पपूर्वको योजना स्तम्भ २९ तला बनाउने थियो । भूकम्पपछि भवन निर्माणको मापदण्ड फेरबदल भएकाले भवन पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक बनाउनुपर्नेछ । स्तम्भ निर्माणको लागत रु तीन अर्ब ५० करोड पुग्ने अनुमान गरिएको छ । स्तम्भको सबैभन्दा तल्लो तलामा बसको पार्किङस्थल रहनेछ । त्यसको माथि दोस्रो तलामा हलुका गाडीको पार्किङस्थल, व्यवस्थित चलचित्रघर, पौडी पोखरी, खाजाघर, बैंक तथा महानगरपालिकाको वडा कार्यालयसमेत रहनेछन् । स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । सो अग्लोघर नेपाली कलासंस्कृति झल्किने खालको हुनेछ । कामपा र ठेकेदार कम्पनीबीच भएको सम्झौतानुसार निर्माणपछि कम्पनीले वार्षिक रु दुई करोड ३५ लाख तिर्नुपर्ने हुन्छ । यो वार्षिक २ दशमलव ५ प्रतिशतका दरले बढ्दै जान्छ । तीन वर्षदेखि निर्माण शुरु गर्ने योजनाले गर्दा बस बिसौनीबाट आवतजावत गर्ने सवारी साधनलाई खुला मञ्चमा सारिसकिएको छ । बस बिसौनी जस्तो फराकिलो नभएको हुँदा मानिस खुला मञ्चमा खुम्चिएर आवतजावत गर्न बाध्य भएका छन् । आगामी दिनमा काठमाडौँ उपत्यकाका विभिन्न १७ रुटमा चल्ने गाडीहरु निर्माणाधीन दृश्यावलोकन स्तम्भमा निर्माण हुने बस बिसौनीबाट आवत जावत गर्नेछन् । रासस
2020/07/06 21:20:45
https://www.nepalsamaya.com/news/12051
mC4
कटानको समस्या अन्त्य गर्छौ – अपार « Thahaonline.com | थाहा अनलाइन कटानको समस्या अन्त्य गर्छौ – अपार १६ मंसिर २०७४, शनिबार १०:४६ मा प्रकाशित दिपक बोहरा, तुलसीपुर १६ मंसिर । बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नंं. ३ को प्रदेशसभा १ का उम्मेदवार जग प्रसाद शर्मा 'अपार'ले दाङका नदी तथा खोलाहरुको कटान मुक्त बनाउने प्रतिबद्धता जनाएका छन् । तुलसीपुर उपमहानगरपालिका १५ का बिभिन्न स्थानमा भएका चुनाबी सभालाई सम्बोधन गर्दै उनले बर्षेणी आउने बाढीले गर्दा घर जोखिममा पर्नुका साथै खेती योग्य जमिन कटान हुने गरेको भन्दै उक्त समस्याको स्थायी रुपमा समाधन गर्ने प्रतिबद्धता जनाएका छन् । उनले स्थानीय तहमा पनि बामगठबन्धनको सरकार बनेको र प्रदेश तथा केन्द्रमा पनि बामगठबन्धनकै एकलौटी सरकार बन्ने भन्दै आफुले योजना बनाएकै समयमा सबै बिकास निर्माणका काम गर्न सहज हुने उनले बताए । उनले जुन ठाउमा बढि समस्या देखिएको त्यस्ता समस्यालाई पहिलो प्राथामिकतामा राख्ने उनले बताए । कुनै ठाउ सुकुम्बासीको सम्स्या, कुनै ठाउ बाढीपीडित, कुनै ठाउ खानेपानी, कुनै ठाउ सिंचाई, शिक्ष, स्वास्थ्य, रोजगार,सञ्चारलगायतका समस्या रहेको भन्दै बढी आबश्यकतालाई पहिलो प्राथामिकता दिने उनले बताए । 'नदी तथा खोलाका किनारामा बस्नेहरुको डुवान तथा नदीले कडान गर्ने समस्या छ, भने ऐलानीमा बसोबास गर्दै आएकाहरुको सुकुम्बासी समस्या छ ' उनले भने ' ती सबै समस्यालाई सामाधान पहिलो प्राथामिकतामा राखेर गछौं । समृद्धी र बिकासका लागि गरिएको बामएकताले दुई तिहाई बहुमत ल्याउने निश्चित भएको उनले बताए । देशका ठुला शक्ति माओवादी केन्द्र र एमालेबीचको एकताले जनताहरु उत्साहित भएको भन्दै अब मुलुकमा आमुल परिबर्तन ल्याउनहरुले साथ दिने बताए ।
2022/01/16 22:18:03
https://thahaonline.com/14884/
mC4
विदेशबाट फर्केपछि सामूहिक कृषि व्यवसायमा रमाउँदै युवा | Himalaya Post Posted by Himalaya Post | १६ मंसिर २०७७, मंगलवार १९:२३ | पेमा लामा, काभ्रे – पाँचखाल नगरपालिका–२ अनैकोटका बोधनाथ तिमल्सिना हिजोआज गोलभेँडा टिप्न, औषधि छर्न र त्यसलाई बजारीकरण गर्दैमा व्यस्त छन् । उनको दैनिकी अहिले टनेलभरि फलेको गोलभेँडालाई सुरक्षित गर्ने, बिक्री गर्ने र त्यसको उचित व्यवस्थापन गर्नु हो । त्यसरी काम गरेर उनले अहिले सबै खर्च कटाएर मासिक रु ५० देखि ६० हजारसम्म आम्दानी गर्दै आएका छन् । रोजगारीका लागि अफगानिस्तान गएर नौ महिना काम गरेपछि कम्पनी खारेज भएर स्वदेश फर्किएका उनी पछि फेरि दुबईमा गएर श्रम गरे । त्यसपछि मलेसियामा गएका उनी अहिले आफ्नै घरमा बसेर राम्रो आम्दानी गरिरहेका छन् । मासिक रु २८-३० हजारका लागि परिवारदेखि टाढा बसेर विदेशी भूमिमा श्रम गर्न बाध्य भएका उनले पुनः नेपाल फर्केपछि परिवार पाल्न थोरै सङ्ख्यामा कुखुरा पालेर बसेको अनुभव सुनाए । पछि मन मिल्ने साथीको सामूहिक योजनामा सहभागी भएर अहिले उनी कृषि व्यवसाय सञ्चालन गरिरहेका छन् । "विदेशी भूमिमा बगाएको पसिना आफ्नै भूमिमा परिवारसँगै बसेर बगाउन पाउँदा छुट्टै आनन्द हुँदोरहेछ", उनले भने, "पहिला केही आधार थिएन र विदेसिएँ, अहिले अलिअलि कमाएको छु । त्यहाँ जतिकै यहाँ श्रम र परिश्रम गरेको खण्डमा मासिक रु ४५-५० हजार सजिलै कमाई हुने रहेछ ।" त्यस्तै सोही ठाउँका निरोज खतिवडा पनि उनसँगै कृषि व्यवसायमा सक्रिय छन् । मलेसियामा गएर फर्किएका उनी अहिले गाउँमा नै साथीहरुसँग मिलेर सामूहिक कृषि व्यवसायमा संलग्न भई राम्रो आम्दानी गरिरहेका छन् । उनको काम कृषि फार्मको व्यवस्थापन गर्नु हो । योजना बनाउने र कार्यान्वयनका लागि साथीहरुसँगै खटिरहेका उनले भने, "विदेशमा उनीहरुले भनेअनुसार काममा खट्नुपर्छ, जतिखेर भन्यो त्यतिखेर नै काममा जानुपर्छ, त्यही अनुसारले यही बसेर गरेको खण्डमा धेरै आम्दानी गर्न सकिन्छ भन्ने अहिलेको हाम्रो खटाई अनुसारको आम्दानीले पनि पुष्टि गरेको छ ।" सोही ठाउँका अर्का युवा १५ वर्षअगाडि देखि ब्वायलर कुखुरापालन व्यवसाय गर्दै आएका दीपक तिमल्सिनाले कुखुरा फार्मको रेखदेख गर्छन् । व्यक्तिगत रुपमा पहिलादेखि सोही काम गर्दै आएका उनले पछिल्लो समयमा सामूहिक रुपमा काम गर्ने उद्देश्यले अगाडि बढेको बताए । त्यस बेलादेखि सङ्घसंस्था, भेटेरिनरी र दाना कम्पनीहरुले दिएको तालीमबाट सिकेका सीपलाई उपयोग गर्दै निरन्तर लागिरहहेका उनले अहिले हप्तामा दुई गाडी अण्डा बजारमा बिक्री गर्दै आएका छन् । जिल्लाकै पाँचखाल, दोलालघाट र छिमेकी जिल्ला सिन्धुपाल्चोकको बाह्रबिसे, खाँडीचौर, मेलम्चीलगायत बजारक्षेत्रमा उनले उत्पादन गरेको अण्डा बिक्री हुने गरेको छ । 'पाँचखाल साझेदारी कृषि फार्म' दर्ता गरी सञ्चालन गरिरहेको व्यवसायमा पाँचजना विदेशबाट फर्केका र छजना स्थानीय कृषक गरी ११ जना सहभागी छन् । करीब दुई वर्षअगाडिबाट शुरु गरेको सो फार्ममा अहिले गोलभेँडा, काउली, काँक्रो, घ्यू सिमी, ब्वायलर र अण्डाका लागि लेयर्स कुखुरा छन् । त्योसँगै अहिले आलु खेतीका मौसम भएकाले त्यसतर्फ समेत उनीहरु खटिरहेका छन् । करीब १४५ रोपनी जग्गा भाडामा लिएर शुरु गरेको व्यवसायमा अहिले करीब ७० रोपनीमा टनेल हालेर गोलभेँडा उत्पादन गर्दै बिक्री गरिरहेको छ । त्यस्तै अण्डाका लागि १५ हजार लेयर्स कुखुरा छ भने मासुका लागि चार हजार ब्वायलर कुखुरा पालन गरिरहेका छन् । अब अर्को वर्षमा त्यसको दोब्बर बढाउने लक्ष्यका साथ काम गरिरहेको उनीहरुको भनाइ छ । दैनिक एक सय क्रेटभन्दा माथिको गोलभेँडा बिक्री भइरहेको छ । त्यसरी काम गरेर आफूहरु मात्रै नभएर स्थानीयवासी १२ जनालाई समेत रोजगारी दिएको बताइएको छ । दुईजना पुरुषलाई मासिक २५ हजार र १० जना महिलालाई मासिक १५ हजार गरी १२ जनालाई रोजगारीसमेत दिएको उनीहरुको दाबी छ । सो फार्मको नेतृत्व रमेशप्रसाद खतिवडाले गरिरहहेका छन् । विगत ५-७ वर्षअगाडिबाट व्यवसाय गर्दै आएका उनले पछिल्लो तीन वर्षदेखि सो फार्मको नेतृत्व गर्दै आएका हुन् । "समूहमा मिलेर काम गरौँ भन्ने उद्देश्यले हामी ११ जना साथी मिलेर यो कामको थालनी गरेका हौँ", उनले भने, "सबै गर्दा करीब १४५ रोपनीमा दुई करोड लगानीमा काम भइरहेको छ ।" त्यससँगै अब फार्मबाट नै कुखुराको माक्स दाना उत्पादन गर्ने तयारीमा रहेको उनको भनाइ छ । फार्मको कोषाध्यक्षको जिम्मेवारी सम्हालेका कौशल्य तिमल्सिनाले व्यक्तिगतभन्दा सामूहिक रुपमा काम गर्दा बढी व्यावसायिक बन्न मद्दत मिल्ने भएकाले सबैजना मिलेर नै काम गर्न थालेको बताए । "समूहमा हामी अवस्थाअनुसार समयसयममा छलफल गरेर सबै उत्पादनहरुको एकमुष्ट रुपमा हिसाब राख्ने गरेका छौँ", उनले भने, "लगानी अनुसारको प्राप्त नाफालाई त्यही अनुसारले बाँडेर लिने गरेका छौँ ।" त्यसरी काम गर्दा कुखुरा, तरकारी, अण्डा लगायतका काममा छुट्टाछुट्टै हिसाब गर्ने र त्यसलाई वार्षिक रुपमा एक ठाउँमा राखेर हिसाब गर्ने गरेको फार्मका अध्यक्ष खतिवडाले बताए । वार्षिक रु एक करोडको नाफा लिने लक्ष्यका साथ काम गरिरहेको उनको भनाइ छ । सामूहिक रुपमा यसरी व्यवसाय गरिहेका आफूहरुलाई राज्यले अनुदान उपलब्ध गराएको खण्डमा अझ व्यवसायलाई वृद्धि गर्दै रोजगारीसमेत दिन सक्ने अध्यक्ष खतिवडाको भनाइ छ । "औषधि र दाना निकै महँगो छ । उत्पादित वस्तुको बजार व्यवस्थापनमा राज्यले ध्यान दिन सकेको छैन । उत्पादनको मूल्यसमेत तोकिदिएको छैन", उनले भने, "त्यही अण्डा कहिले क्रेटको एक हजार ४०० देखि एक हजार ५०० मा नै पाउँछ, कहिले दुई हजार ६ सयदेखि दुई हजार ७ सयसम्म पर्छ । खर्च अनुसारको मूल्य निर्धारण गरिदियो भने व्यवसाय र उपभोक्ता बीचमा सन्तुलन हुनेथ्यो ।" पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेरले सामूहिक रुपमा खेती र व्यवसाय गर्ने किसानका लागि बैंक तथा वित्तीय संस्था र उद्योगीहरुसँग सामूहिक छलफल गरी परेको समस्याको समाधानका लागि सहजीकरण गरिरहेको बताए । रासस
2021/04/20 22:28:21
https://www.himalayapost.com/archives/138360
mC4
चितुवासँग लडेर छोरीको उद्धार – Himshikharnews.com ५ चैत्र २०७६, बुधबार ०७:४१ तनहुँकी एक महिला चितुवाको आक्रमणमा परेकी आफ्नी छोरीलाई खोसेर उद्धार गर्न सफल हुनुभएको छ । शुक्लागण्डकी नगरपालिका–३, बनकेवाकी इन्दिरा न्यौपानेले सोमबार साँझ घरमै खेलिरहेकी छोरीलाई आक्रमण गरी घिसारेर ५० मिटर तल पु¥याएको चितुवासँग लडेर छोरीलाई बचाउनुभएको हो । घरको आँगनमा रहेको धारामा आमासँग हात समातेर पुगेकी २१ महिनाकी संस्कृति न्यौपानेलाई चितुवाले आक्रमण गरी लगेको थियो । छोरीलाई चितुवाले तानेर लगेसँगै होहल्ला गर्दै आमाले चितुवासँग लडेर छोरी बचाउनुभएको हो । चितुवाको आक्रमणमा परी घाइते छोरीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । चितुवाले बालिकाको पेटमा चारवटा, दुई खुट्टामा एक÷एकवटा नङ्ग्रा गाडेर घाइते बनाएको अस्पतालले जनाएको छ । अस्पतालमा उपचाररत बालिकाको स्वास्थ्य खतरामुक्त रहेको बालिकाका बाबु नारायण न्यौपानेले जानकारी दिनुभयो । "गाउँमा चितुवाको आतङ्क सुरु भएको धेरै भयो । हामी सबै परिवार घरमै थियौँ । आमासँगै हात समातेर गएकी छोरीलाई चितुवाले ताने पनि श्रीमतीले साहसका साथ चितुवासँग भिडेर छोरी बचाउन सफल भइन्", न्यौपानेले भन्नुभयो । चितुवाको आक्रमणबाट घाइते बालिकाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख किसान गुरुङले जानकारी दिनुभयो । गुरुङले चितुवाको आक्रमणबाट घाइते बालिका खतरामुक्त रहेको र आमा सामान्य घाइते रहेको बताउनुभयो । तनहुँमा दुई वर्षको अवधिमा चितुवाको आक्रमणबाट नौ जनाको मृत्यु भइसकेको छ । – अमरराज नहर्की /गोरखापत्र अनलाइन
2021/11/30 02:46:59
https://www.himshikharnews.com/2020/03/18/6782
mC4
मंसिर २० देखि देशैभर रेनो एक्सचेन्ज क्याम्प, टेस्ट ड्राइभ गरे बापत आकर्षक उपहार – Clickmandu मंसिर २० देखि देशैभर रेनो एक्सचेन्ज क्याम्प, टेस्ट ड्राइभ गरे बापत आकर्षक उपहार क्लिकमान्डु २०७५ मंसिर २० गते ११:४७ मा प्रकाशित काठमाडौं । नेपालमा रेनोको आधिकारिक बितरक, एडभान्स अटोमोबाईल प्रा लि(विशाल समूहको सहायक कम्पनी) ले रेनो कार प्रेमीहरुका लागि मंसिर २० गतेदेखि पुस ६ गतेसम्म नेपाल भर रेनो एक्सचेन्ज क्याम्प आरम्भ गरेको छ । ''पुरानो छोडाँै ! नयाँ गुडाऔँ'' भन्ने ट्यागलाईनका साथ अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर आयोजना गरिएको यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले रेनोको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्ने कम्पनीले जनाएको छ । रेनोको क्विड, डस्टर र क्याप्चर मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेको छ । अभियानले ग्राहकलाई तुरुन्त मूल्यांकन र एक्सचेन्ज, २ बर्षसम्मको लागी फ्रि सर्भिसिङ्ग, निःशुल्क एसोसोरिज, एक आर्थिक वर्षभरीका लागि सडक कर फ्री, इजी फाइनान्स सुबिधा लगायत सेवा उपलब्ध गराएको छ । ग्राहकहरुले प्रत्येक टेस्ट ड्राइभ गरे बापत आकर्षक उपहार जित्नेछन् । रेनो एक्सपेरियन्सले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने बारेमा जानकारी प्रदान गर्ने कम्पनीले जनाएको छ ।
2019/05/23 04:43:13
https://clickmandu.com/2018/12/69041.html
mC4
बिपी कोइराला मेरो अभिभावक हुनुहुन्थ्यो ः प्रधानमन्त्री देउवा - असन बजार पत्रिका काठमाडौँ, ६ साउन ः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला आफ्नो राजनीतिक गुरु मात्रै नभइ अभिभावक पनि हुनुहुन्थ्यो भन्नुभएको छ । उनन्चालिसौँ बिपी स्मृति दिवसका अवसरमा आज प्रधानमन्त्री देउवाले एक सन्देशमार्फत् बिपी कोइरालाको प्रेरणाले नै आफूहरु लोकतन्त्र प्राप्तिको आन्दोलनमा होमिएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले आज आफ्नो स्मृति चार दशक अघि उहाँसँगको सामिप्यतामा फर्किएको महसुस गर्दै बिपीको मार्गदर्शन जीवनभर आफ्नो प्रेरणा हुने पनि बताउनुभयो । नेपालको प्रजातान्त्रिक आन्दोलनका एक शिखर पुरुष एवं नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाप्रति प्रधानमन्त्री देउवाले श्रद्धासुमन व्यक्त गर्नुभयो । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको योगदानको स्मरण गरी आज ३९औँ स्मृति दिवस मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उहाँ नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिकाभरमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरी बिपी कोइराला, प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्री तथा कांग्रेस नेताहरुलाई बन्दी बनाएका थिए । बिपी कोइरालाले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याउनुभएको छ । उहाँका कैयौँ कृति नेपाली पाठकबीच लोकप्रिय छन् । (रासस)
2021/07/30 19:34:52
https://abpnepal.com/2021/07/21/%E0%A4%AC%E0%A4%BF%E0%A4%AA%E0%A5%80-%E0%A4%95%E0%A5%8B%E0%A4%87%E0%A4%B0%E0%A4%BE%E0%A4%B2%E0%A4%BE-%E0%A4%AE%E0%A5%87%E0%A4%B0%E0%A5%8B-%E0%A4%85%E0%A4%AD%E0%A4%BF%E0%A4%AD%E0%A4%BE%E0%A4%B5/
mC4
रासस , ५ कार्तिक २०७६, मंगलवार, १२:४६ pm काठमाडौं । नेपाल र अष्ट्रिया ऊर्जा क्षेत्रमा सहकार्य गर्न सहमत भएका छन् । नेपाल र अष्ट्रियाबीच गठित ऊर्जा संयन्त्रको पहिलो सचिवस्तरीय बैठकमा दुवै देश सो सहमतिमा पुगेका हुन् । सोमबार सम्पन्न संयन्त्रको पहिलो बैठकमा नेपालकोतर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र अष्ट्रियाका तर्फबाट त्यहाँको यातायात तथा प्रविधि हेर्ने उपमन्त्रीका सल्लाहकार सोन्जा स्टिलर सहभागी थिए । सम्झौतापत्रमा नेपालकोतर्फबाट ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव प्रविणराज अर्याल र अष्ट्रियाबाट सल्लाहकार सोन्जा स्टिलरले हस्ताक्षर गरेका छन् । संयन्त्रको पहिलो बैठकमा ६३५ मेगावाटको दूधकोशी र सय मेगावाटको तामाकोशी–५ जलविद्युत् आयोजनामा आवश्यक लगानी सहयोग गर्ने र अन्य जलविद्युत् आयोजनाको हकमा समेत भविष्यमा सहकार्य गर्ने सहमति भएको मन्त्रालयका प्रवक्ता प्रविणराज अर्यालले जानकारी दिएका छन् । त्यसैगरी नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रको क्षमता अभिवृद्धिका लागिसमेत प्राविधिक सहयोग गर्ने समझदारी भएको छ । नेपाल र अष्ट्रियाबीच जलविद्युत् पूर्वाधार प्रविधि सहकार्यसम्बन्धी समझदारीपत्रमा गत जेठ ८ गते हस्ताक्षर भएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अष्ट्रियाको राजधानी भियनामा त्यहाँका समकक्षी एन्दे्रइस रेईकार्डसँग यो सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । २ देशबीच ऊर्जाका क्षेत्रमा आर्थिक लगानी, प्राविधिक सहयोग तथा ऊर्जा क्षेत्रका अनुभवलाई आदानप्रदान गर्ने सहमतिमा उल्लेख थियो । त्यसका साथै परियोजनाको पहिचान गरी संयुक्त कार्य समूह बनाएर काम गर्ने समझदारीसमेत त्यति बेला भएको थियो । समझादारीअनुसार ऊर्जा र वैकल्पिक क्षेत्रमा सहकार्य गर्नुका साथै प्राविधिक सहयोग, परियोजनाको संयुक्त अध्ययन र तालिममा पनि सहकार्य गरिने समझदारीअनुसार सोमबार दुवै पक्षबीच उक्त सहमति भएको हो । मन्त्रीपुनले मन्त्रालयको कार्यभार सम्हालेलगत्तै चीन बङ्गलादेश र अष्ट्रियासँग ऊर्जा समझदारीमा हस्ताक्षर भएको छ । त्यसका साथै भारतसँग इनर्जी बैंकिङ, अन्र्तदेशीय प्रशारण लाइन पिटिएको गाइड लाइनसमेत संशोधन भएको छ । ऊर्जामन्त्रीसँग अष्ट्रियन प्रतिनिधिमण्डलको भेटवार्ता ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग अष्ट्रियाको यातायात तथा प्रविधि हेर्ने उपमन्त्रीका सल्लाहकार सोन्जा स्टिलर नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । ऊर्जा संयन्त्रको बैठकमा सहभागी हुन नेपाल आएको उक्त टोलीले मन्त्री पुनसँग आज भेटवार्ता गरेको हो । भेटमा सल्लाहकार स्टिलरले नेपालको जलविद्युत् क्षेत्रका दुई परियोजनामा थप लगानी गर्न दुवै पक्षको सहमत भएको जानकारी दिएका छन्।मन्त्री पुनले ऊर्जा संयन्त्रको पहिलो बैठकले ऐतिहासिक निर्णय गरेको भन्दै नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्ने अष्ट्रिया सरकारको निर्णयप्रति आभार व्यक्त गरेका छन् । उनले जलविद्युत् क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको भन्दै अष्ट्रियासँग नेपालले ऊर्जा समझदारीमा हस्ताक्षर गरेको युरोपको पहिलो देश भएको जानकारी दिएका छन् । मन्त्री पुनले आगामी दिनमा दुवै देशबीच ऊर्जाका क्षेत्रमा लगानी, प्राविधिक सहयोग तथा ऊर्जा क्षेत्रका अनुभवलाई आदानप्रदान गर्न संयन्त्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।
2020/06/06 07:04:21
https://www.corporatenepal.com/2019/10/146291/
mC4
प्रवासी भुजेल समाज युएईले चौथो अधिवेशन एवं उधौली पर्व मनाउदै । | कुवेतको पहिलो नेपाली अनलाईन पत्रिका ← ८३ वर्षमा कहाँ पुग्यो नेपालको उद्योग ? तमु समाज युएईले गायक मनोज गुरुङ र बुगि उगिका बिजेता कविता नेपालीको साथ तमु च्यु ल्होसार आउदो जनवरी १० मा मनाउने। → युएईरोजगारिको शिलशिलामा युएईमा श्रमशिल भुजेलहरुको साझा संस्था "प्रवासी भुजेल समाज सेवा समिती युएई" को चौथो अधिवेशन तथा आफ्नो मौलिक सांस्कृतिक पर्व उधौली आगामी १३ डिसेम्बर २०१९ का दिन युएईको वरदुबई स्थित सिल्भर स्पुन रेष्टुरेन्टको सभा कक्षमा भव्यताका साथ मनाउने भएकोछ । अधिवेशनबाट आगामी सन २०१९/२०२१ को लागि नयाँ कार्यसमिति समेत चयन हुनेछ । उक्त कार्यसमिति चयनकालागी संस्थापक अध्यक्ष एवं वरिष्ठ सल्लाहकार सुर्य बहादुर खवासको संयोजकत्वमा निवर्तमान अध्यक्ष यम बहादुर घर्ती तथा पुर्व कोषाध्यक्ष अर्जुन भुजेल सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिती चयन गरेको छ । अधिवेशन तथा उधौली पर्व व्यवस्थापनका लागी महासचिव मीन बहादुर भुजेलको संयोजकत्वमा व्यवस्थापन समिती बनेको छ । प्रवासबाटै भएपनी आफ्नो भाषा, संस्कार, संस्कृतिको संरक्षण, संवर्धन तथा समग्र विकासमा सहयोग पुर्‍याउने उद्देश्यका साथ सन २०१२ मार्च ३० मा स्थास्पित यस समाजले स्थापनाकाल देखि नै विभिन्न अन्तरक्रिया तथा सामाजिक कार्यलाई निरन्तरता दिदै आएको छ । आफ्नो जातिको 'boutमा समाजमा व्यप्त भ्रम चिर्न आफ्ना सदस्यहरुलाई चेतना मुलक अन्तरक्रिया कार्यक्रमहरु संचालन गर्दै आएको तथा आफ्ना मौलिक पर्वहरुलाई प्रवर्धन गर्न पर्व विषेश कार्यक्रम समेत गर्दै आएको साथै एकल तथा युएईमा कृयाशिल सामाजिक संघ संस्थाको सहकार्यमा अफ्ट्यारोमा परेका नेपालीहरुलाई समय समयमा सहयोग पुर्‍याउदै आएको समाजका महासचिव मीन बहादुर भुजेलले बताउनु भयो ।आयोजकले युएईमा रहुनुहुने सम्पुर्ण भुजेल दाजुभाइ, दिदीबहिनी, विभिन्न संघ-संस्थाका प्रतिनिधि तथा पत्रकारहरुमा गरिमामय उपस्थितिको लागि अपिल गरेको छ ।
2022/05/18 04:08:47
https://kuwaitnepal.com/2019/11/25/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B5%E0%A4%BE%E0%A4%B8%E0%A5%80-%E0%A4%AD%E0%A5%81%E0%A4%9C%E0%A5%87%E0%A4%B2-%E0%A4%B8%E0%A4%AE%E0%A4%BE%E0%A4%9C-%E0%A4%AF%E0%A5%81%E0%A4%8F%E0%A4%88%E0%A4%B2/
mC4
श्रीमान्, हल्ला र दबाबमा नपरी संविधानको रक्षा गरिबक्सियोस्ः गगन थापा – Nayabook बुटवल-नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधि सभा विघटनबारेको मुद्दामा कुनैपनि हल्ला र दबाबको प्रभावमा नपरी संविधानअनुसार फैसला गर्न न्यायाधीशरुलाई आग्रह गरेका छन्। नेपाली कांग्रेस बुटवल उपमहानगर समितिले बुटवलमा गरेको विरोध सभामा बोल्दै नेता थापाले संविधानको रक्षाको जिम्मा सर्वोच्चमाथि गएको भन्दै सडकमा भइरहेको हल्ला र बन्द कोठाभित्रको खासखुसले प्रभाव पार्न नहुने बताए। 'हाम्रो सम्पूर्ण विश्वास अदालतमा छ, अदालतमा श्रीमानहरुले भन्नुभएको हामीले सुन्यौं, बाहिर के भइरहेको छ त्यसले हामीलाई प्रभावित गर्दैन, हामी पनि त्यही चाहन्छौं, बाहिर भइरहेको कुराले बेन्चमा बसेको श्रीमानहरुलाई प्रभावित नगरोस्'। उनले भने–हामीलाई कुनै प्रभावित गर्नु छैन, बाहिर भएको हल्लाले पनि प्रभावित नगरोस्, बन्द कोठाभित्र भएको खासखुसले पनि प्रभावित नगरोस्, श्रीमानहरुलाई एउटै कुराले प्रभावित गरोस्, आफ्नो ड्युटीले, संविधानभित्र भएको कुराले प्रभावित गरोस्, श्रीमान् दबाब र हल्लाको भरमा हैन, संविधानको मर्ममा टेकेर फैसला गरिबक्सियोस्, संविधानको रक्ष गरिबक्सियोस्।' उनले संविधानको कुनैपनि धारामा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा नरहेको भन्दै संविधानको मर्मलाई बुझेर मात्रै फैसला आएमा संविधान र मुलुकको रक्षा हुने बताए। 'हामीले नशामा लठ्ठ भएर लेखेको हैन, हाम्रो अनुभवका आधारमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउँदैन भनेर लेखेका छौं' उनले भने। उनले बहुमतप्राप्त प्रधानमन्त्रीले ससद चलाउदिन भन्न पाउँछ भन्ने तर्क अदालतमा भइरहेकोप्रति इंगित गर्दै भने–'म अदालतमा सुनिरहेको छु, श्रीमान्हरुले के सोधिराख्नुभएको छ भने बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्‍यो, सरकार चलाउँदिन भन्यो भने के गर्ने भनेर सोध्नुभएको छ, मलाई भित्रभित्र हुटहुटी लागेर अदालतमै गएर बहस गर्न पाएको भए के भन्थे भने, बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्छु, सरकार चलाउँदिन भन्यो भने श्रीमान्को प्रश्नमा मेरो उत्तर–बहुमतप्राप्त प्रधानमन्त्रीले संसद भंग गरे घर जाने, घर बस्न मन नलागे वन जाने।' उनले प्रजातान्त्रिक मुलुकहरुका संविधान हेरेर, पढेर र आफ्नै मुलुकको अनुभवकै आधारमा संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने व्यवस्था गरेको उल्लेख गरे। 'बेलायतको संविधान, जर्मनको संविधान, पाकिस्तानको संविधान, भारतको संविधानले के भन्छ भन्‍ने कुरा पल्टाउनै पर्दैन, हामीले सबै संविधान पढेर, धारा धारा पल्टाएर, अनि हाम्रो संविधानमा धारा ७६ लेखेको हो, हाम्रो संविधानले भनेअनुसार जम्मा एउटा अवस्थामा मात्रै संसद भंग हुन्छ, कमजोर प्रधानमन्त्रीले संसदमा विश्वासको मत प्राप्त गर्न सकेन, संसदमा बहुमत प्राप्त गर्न सकेन वा त्यो संसदले प्रधानमन्त्री नै बनाउन सकेन।' उनले भने–आज त्यसै पूर्व प्रधानन्यायाधीशहरु, राजनीतिक दलहरु बोलेका हैनन्, आज यो कुरा कसैले पढ्न पर्दैन, जान्न पर्दैन, यो लेखिएको कुरा हो । त्यसकारणले कांग्रेसले भन्यो, यो असंवैधानिक हो, सँगसँगै अनधिकृत पनि हो। संविधानले जे जे नगर भनेको छ त्यो गर्न पाउनुहुन्न, त्यो असंवैधानिक हुन्छ, यहाँको वडाध्यक्षले पनि कानुनले जे जे गर भनेको छ त्यो काम गर्न पाउँदैन। संविधानले जे भनेको छ, त्यो भन्दा बाहेक सार्वजनिक पद धारण गरेको व्यक्तिले गरेमा अनधिकृत हुन्छ।' उनले संसद विघटन असंवैधानिक मात्रै नभई अनधिकृत र अराजनीतिक भएको बताए। 'कांग्रेसको जिल्ला सभापतिले बुटवल नगर सभापतिलाई निकाल्नुभयो भने उहाँले विधान मिचेर निकाल्नुभयो, यो विधानविपरीत भयो भन्नुहुन्छ। तर कांग्रेसको सभापतिले आजदेखि तपाइँ नेकपाको अध्यक्ष छैन भनेर निकाल्दिनुभयो भने के भन्छ ? विधानमै छैन, त्यो के भन्ने ? आफ्नो अधिकारमै नभएको कामलाई अनधिकृत भनिन्छ । आफ्नो अख्तियारमै नभएको कामलाई अनधिकृत भनिन्छ । नेपालमा बहुमतप्राप्त प्रधानमन्त्रीले कुनैपनि बहानामा, कुनैपनि नाममा, कुनैपनि कारणमा संसदलाई छुनै पाउन्न। संसदप्रति नजर लगाएर हेर्न पाउन्न'–उनले भने–संसद भंग गर्ने त धेरै परको कुरा हो। यो अनधिकृत कुरा हो। र, यो चरम अराजनीतिक कुरा हो।'
2021/10/25 11:30:35
https://news.nayabook.com/2021/01/1562/
mC4
जाजरकोटमा पनि बन्दको प्रभाब,यात्रुहरुको बिजोग — Bhaktapurpost.com जाजरकोटमा पनि बन्दको प्रभाब,यात्रुहरुको बिजोग जाजरकोटमा सार्वजनिक यातायात बन्दको प्रभावले यात्रुहरुको बिजोग भएको छ । सिण्डिकेटवाला यातायात व्यवसायीहरुले थालेको यातायात बन्दको आन्दोलनको प्रभाव ले जाजरकोटमा बुधबार बिहान देखि यातायातका साधन बन्द भएका छन । नियमित सञ्चालनमा आएका भेरीगंगा यातायात ब्यबसायिक ,मध्य पश्चिम यातायात ब्यबसायिक ,काक्रे बिहार यातायातका सबै सार्वजनिक यातायातका साधहरु बन्द हुदा यात्रुहरु बिजोगमा परेका हुन । हाल सदरमुकाम खलंगा आसपास भाडाका सवारी साधनहरु नचले पनि निजी सवारी साधन मोटरसाइकल चलिरहेका छन् ।शान्ति चौतारा बसपार्कको पार्किङ क्षेत्रमा गाडीहरु यातायात ब्यबसाही हरुले थन्काइएका छन । टिकट काउन्टर बन्द छन् । गाडी नपाएर यात्रुहरु जानुपर्ने गन्तब्य सम्म यातायातका साधन नपाउदा अलपत्र परेका छन् । सवारी नचल्दा सर्वसाधारण यात्रु समस्यामा परेका छन् । यातायात व्यवसायीको हड्तालको प्रभावले जाजरकोटबाट छुट्ने सवारी साधनहरु हड्तालका कारण यातायात व्यवसायीका संघरसमितिहरुले बसर जीप चलाएका छैनन् । सधैं व्यस्त र भरिभराउ हुने छिन्चु जाजरकोट सडक खण्ड आज सुनसान छ । बस व्यवसायीले सेवा ठप्प पारेर हड्तालमा उत्रेपछि हड्तालबारे पूर्वजानकारी नपाएका यात्रुहरु बसपार्कमै अलपत्र परेका छन् । बसबाट स्कूल जाने विद्यार्थीहरु पनि हड्तालले समस्यामा परेका छन् । उता जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरिक्षेक भाबिस रिमालका अनुसार गृहमन्त्री रामबहादुर 'बादल'ले सेवा अवरुद्ध गर्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएको कुरामा जाजरकोटमा कुनै जानकारि नभएको जानकारि दिएका छन । जाजरकोटमा अहिले सम्म कुनै आन्दोलनले कुनै असर नपरेको जानकारि दिए हाल शान्ति पूर्ण आन्दोलन भइरहेको रिमालको भनाइ रहेको छ । जिल्लाको पाचँकाटिया छेडा थलह सडक सण्डमा अन्य गाडिहरु सञ्चालनमा आएको र हाल समितिहरुको गाडिमात्र बन्द रहेको रिमालको भनाइ रहेको छ ।
2021/09/17 17:05:38
http://bhaktapurpost.com/archives/13876
mC4
कोरोनाबाट हङकङमा पनि एकको मृत्यु, चीनमा ४२५ को मृत्यु | कोरोनाबाट हङकङमा पनि एकको मृत्यु, चीनमा ४२५ को मृत्यु – हिपमत कोरोनाबाट हङकङमा पनि एकको मृत्यु, चीनमा ४२५ को मृत्यु हङकङ,२१ माघ: विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले पुष्टि गरेका छन् । हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो । उपचारका लागि प्रिन्स मार्गरेट अस्पतालमा भर्ना भएका उनी १३ औं व्यक्ति थिए । उपचाररत ती व्यक्तिको स्वास्थ्य अवस्था बिग्रिएसँगै मङ्गलबार बिहान मृत्यु भएको हो । हुबेइ प्रान्तका सहायक गभर्नर सिआयो जुवाले उक्त प्रान्तमा स्वास्थ्य उपचार र सतर्कताको काममा कुनै कसर बाँकी नराखिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । उनले चीनले उहानबाट भाइरस अन्यत्र फैलिन नदिन विशेष सतर्कता अपनाएको बताएका छन् । यता चीनको केन्द्र सरकारले पनि उहानलगायतका धेरै शहर बजारमा मानिसको आवतजावत रोक्नाका साथै सवारी साधनहरु बन्द गरेको छ । यसअघि फिलिपिन्समा पनि आइतबार एक जनाको ज्यान गएको थियो । उनी पनि उहानबाट गएका ४४ वर्षीय चिनियाँ नागरिक रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । ती चिनियाँ नागरिकको मृत्यु भएको पुष्टि भएलगत्तै फिलिपिन्स सरकारले चीनबाट आउने विदेशी नागरिकको आवागमन बन्द गर्ने घोषणा गरेको छ । 'चीनबाहिर कोरोना भाइरसका कारण व्यक्तिको मृत्यु भएको यो पहिलो घटना हो,' डब्लुएचओको भनाई छ । –एएफपी
2022/07/06 19:42:12
https://www.hipamat.com/details/6572.html
mC4
द्विपक्षीय वार्ता सफल नभए त्रिपक्षीयनै होस्- गोरामुमो – खबरम्यागजिन Homeखबरद्विपक्षीय वार्ता सफल नभए त्रिपक्षीयनै होस्- गोरामुमो द्विपक्षीय वार्ता सफल नभए त्रिपक्षीयनै होस्- गोरामुमो September 3, 2017 खबरम्यागजिन प्रतिनिधि खबर 0 दार्जीलिङः राज्य सरकारसित हुने वार्ताहरु फलप्रद नभए केन्द्र सरकारको हस्तक्षेपमा त्रिपक्षीय वार्ता हुनैपर्छ, गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको यस्तै चाहना छ। आगामी 12 सितम्बरको दिन हुने दोस्रो द्विपक्षीय वार्ता पनि सफल हुनेछैन, यसैले गोरामुमोले अझै 3-4 वटा वार्ता हेर्ने अनि ती वार्ताहरु पनि विफल भए त्रिपक्षीय वार्तानै हुनपर्ने माग उठाउने भएको छ। आज गोरामुमोका प्रवक्ता नीरज जिम्बाले आगामी 12 सितम्बरको दिन गोरामुमोको प्रतिनिधि टोलीले भाग लिने जानकारी गराउँदै उक्त वार्ता पनि सफल नहुनेनै बताए। उनले भने-गोरामुमोको पहलमानै वार्ता शुरू भएको छ, किनभने गोरामुमोले वार्तामा विश्‍वास गर्छ। यसैले यी वार्ताको माध्यमबाटनै पहाड़ खोल्ने माहौल पनि तयार गर्नुपर्छ। उनले पहाड़ बन्दलाई जनताको बन्द रहेको स्पष्ट भएको बताउँदै यसैकारण विनय तामाङले बन्द खोल्ने घोषणा गर्दा यसको व्यापक विरोध भएको बताए। यसैबीच, उनले गोजमुमोलाई जीएमसीसी (गोर्खाल्यान्ड मूभमेन्ट को-अर्डिनेशन कमिटी)-लाई पनि सशक्त बनाउने अपील गर्दै भने-जीएमसीसीको गठननै गोजमुमोले गरेको हो अनि अहिले गोजमुमोभित्रनै विवाद खड़ा भएको छ। तर यो उनीहरुको आन्तरिक मामिला भएको कारण यसमाथि गोरामुमोलाई भन्नु केही छैन। तर गोर्खाल्यान्डको लागि गठन भएको जीएमसीसीलाई दह्रिलो बनाउने दायित्व पनि गोजमुमोकोनै हो, यसैले गोजमुमोले यसबारे शीघ्र बैठक बोलाएर उचित पहल गर्नपर्छ। दिल्लीमा 11 सहीदको शवयात्राः जीएसएसएसले भन्यो- पक्राउ बन्द गर, केन्द्रले हस्तक्षेप गर मलाई मार्न नेपालबाट सार्पसुटर ल्याइएको छ, त्यसै कारण बङ्गाल पुलिसले मेरो सुरक्षा गरेको होः विनय तामाङ
2022/01/26 21:24:26
https://khabarmagazine.com/archives/7776
mC4
तीन दिनसम्म अस्पतालका बेडमै रहन्छन् शव ! « Drishti News – Nepalese News Portal तीन दिनसम्म अस्पतालका बेडमै रहन्छन् शव ! सेती कोरोना विशेष अस्पताल धनगढीमा उपचाररत व्यक्तिको मृत्यु भएपछि बेडमै राखिएको शव । यस्ता शव एक, दुई र तीन दिनसम्म अस्पतालका बेडमै रहन्छन् । तस्विर : नयाँ पत्रिका काठमाडौं । सेती कोरोना विशेष अस्पताल धनगढीमा उपचार गराइरहेका कञ्चनपुरका ६२ वर्षीय एक पुरुषको बिहीबार बिहान निधन भयो । कुरुवा बसेका श्रीमती र छोरी आइसियू कक्षमा रुन थाले । पल्लो बेडमा अन्तिम सास लिइरहेको बिरामीको मृत्यु भयो, आफन्तहरू पालैपालो आएर रोइरहेका छन् । वल्लोपल्लो बेडमा भएका बिरामी यो सबै हेर्न बाध्य छन् । यसले उनीहरूलाई मनोवैज्ञानिक रूपमा कस्तो प्रभाव पा¥यो रु त्यो त छँदै छ । तर, तीन दिनसम्म आइसियू बेडमा रहँदा सिकिस्त बिरामीले भने बेड पाइरहेका छैनन्, बेडमा पुग्न नपाई उनीहरूको मृत्यु भइरहेको छ । शव उठाउने विषयमा स्पष्ट नीति नबन्दा अन्य धेरै अस्पतालमा शव बेडमा छन्, बिरामी बाहिर छन् । बिरामी आफन्तको कुरुवा बसेका गुलरिया नगरपालिका– २ का दिनेश पौडेलले आइसोलेसन कक्षबाट शव उठाइदिन अस्पताल प्रशासन र स्वास्थ्यकर्मीसँग धेरैपटक आग्रह गरे । तर, कसैले सुनेन । बेलुकी ६ बजेपछि मात्रै शव बाहिर निकालियो । 'दिनभर शव बेडमै राखिरहँदा अन्य बिरामी र कुरुवालाई ठूलो तनाव हुने गरेको पौडेलले बताए । भन्छन्, 'हाम्रो बिरामी रहेको बेडनजिकै भएकाले हामीलाई दिनभर तनाव भयो । आफ्नै आँखाअगाडि मरेको बिरामीको शव दिनभर हेरेर बस्नुपर्दा बिरामीलाई झन् कस्तो भयो होला ? तपाईं आफैँ सोच्नुस् ।', यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
2021/05/12 05:01:31
https://www.drishtinews.com/archives/74545
mC4
तातोपानी विकासका लागि जुट्दै स्थानीय | langtangnews.com तातोपानी विकासका लागि जुट्दै स्थानीय Posted By: Hemnath Khatiwada March 4, 2017 सुर्य थोक्रा रसुवा । पर्यटन प्रर्वदनका लागि स्थानीयवासी जुटेका थालेका छन् । भूकम्प अघि तातोपानीको मुहानमा पानी सुकेर अन्यत्र निस्केपछि उनीहरु संरक्षणा लागि जुटेका हुन् । बैशाख १२ गतेको भूकम्प पछि चिलिमे ५ मा रहेको ठूलो तातोपानीको मुलबाट पानी एक्कासी सुकेर चिलिमे गाविस वडा नं.३ मा पानी बढेको हो । पहिले पनि त्यहाँ सानो तातोपानीको मुल थियो । पानी स्थानीयले बढेपछि त्यहाँ २ वटा पोखरी निर्माण गरेका छन् । भूकम्प पछि तातोपानी मुल बढेपछि हामीले स्थानीय साङजेन जलविद्युत कम्पनीको सहयोगमा नेपाली सेना तथा स्थानीय छुटेर पोखरी निर्माण तथा तारजाली लगाउने कार्य गरेको ब्रागो तातोपानी संरक्षण समितिका अध्यक्ष कामी तामाङले बताउँनुभयो । भूकम्प पछि टेताङचे गाउँका एक जना बृद्धले पानीबाट बाफ आएको देखे पछि खबर गरे त्यहाँ बाटो तयार गरी गाउँलेहरु हेर्न पुगेका थिए । ०७३ मंसिर ३ गते समिति गठन गरिएको उहाँले बताउँनुभयो । दायावाया पहिरोले क्षति पुगेको स्थानमा संरक्षण गर्नु पर्ने , नदि कटान रोक्न बाँध बाध्नु पर्ने , शौचालय , नुहाएपछि कपडा फेर्ने स्थान निर्माण गर्न फोहोर व्यवस्थापन जस्ता कामहरु प्राथमिकतामा राखेर गर्न लागेको समितिक सचिव सोनामदोर्जे तामाङले बताउँनुभयो । महिला र पुरुष छुट्टै नुहाउने पोखरी र धारा निर्माण भएको छ अब प्रचार प्रसारको काम गन सके आन्तरिक तथा बाह्य पर्यटक भित्रिने उहाँले बताउँनुभयो । एकातिर नदि र अर्कोतर्फ भिरालो जमिन भएकोले पानीको मुल तथा जमिन संरक्षण गरी नजिकैसम्म सडक जोड्न सके तातोपानीले पर्यटन प्रर्वद्धन गर्न सक्ने चिलिमे गाविस १ का महिला समाजसेवी सुजिता तामाङले बताउँनुभयो । स्थानीय गाविस, जिविस सुरक्षा निकायमा समेत सन्वय गरी यस क्षेत्रको विकासमा अघि बढन आवश्यक रहेको उहाँले बताउँनुभयो । स्वास्थ्य तथा पर्यटकीय दृष्टिले तातोपानीा नुहाउनु लाभदायक मानिन्छ । तातोपानी रसुवा जिल्ला सदरमुकाम धुन्चेबाट पाँच कोष उत्तरमा पर्छ । राजधानीबाट यहाँ पुग्न ६ घण्डा लाग्दछ । अहिले रोङगाखोलाबाट सिधै चिलिमे जाने छोटोबाटो खुले पछि छोटोबाटो भएको छ । अत्यन्त रमणीय धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थान ओगटेको, प्राकृतिक रूपमा उत्पन्न तातोपानी मार्गबाट गोल्जुङ, गत्लाङ, थुमन, बृद्धिम गाविसका मानिसहरुका आउने एक केन्द्र पनि हो चिलिमे । साङजेन् पाल्दोरपीक जस्ता रमणीय हिमश्रृङ्खला देख्न सकिन्छ । चिलिमे, साङजेन जल विद्युत आयोजना पनि यहा पर्दछ । स्याफ्रुबेंसी बजारबाट नागबेली परेको सडक सुन्दर तामाङ बस्ती थाम्बुचेत गाउँबाट तीन घण्टा पैदल मार्गमा यात्रा पछि तातोपानी कुण्ड पुग्न सकिन्छ । तातोपानीमा स्नान् गर्नाले स्वास्थ्यका दृष्टिले निकै लाभदायक मानिन्छ । तातोपानीको पोखरी (कुण्ड) मा ३ दिनसम्म डुबुल्की मारेर नियमित नुहाउँदा छालामा घाउ खटिरा आउने , पेटका रोगहरू निको हुने तथा हाडजोर्नी, ढाड दुख्ने समस्या निकोहुने जनविश्वास रहेको छ । तातोपानीमा नुहाँउदै गर्दा भेटिएका तनहुँ दमौलीका हरिप्रसाद आचार्य आफ्नो ग्याष्ट्रिकको समस्या निको भएको बताउनुभयो । अर्का यात्री नुवाकोटका मुक्तिनाथ आचार्य स्वास्थ्य लाभका लागि तातोपानीको कुण्डमा नुहाँउदै आफ्नो बाथरोग निको हुने बताउँनुभयो । धार्मिक , पर्यटकीय र स्वास्थ्यका हिसाबले अत्यन्तै महत्वपूर्ण स्थान ओगटेको तातोपानीको संरक्षण र विकासका लागि सबैले लाग्नु पर्ने स्थानीय बासिन्दा बताउँछन् । यस क्षेत्रलाई सुविधा सम्पन्न पर्यटकीय गन्तव्य स्थलको निर्माण गरिनुपर्ने माग स्थानीय बासिन्दाले गरेका छन् । यहाँको तातोपानी अन्यत्रको भन्दा भिन्न र लाभदायक स्वास्थ्योपचार, मनोरञ्जन तथा पर्यटकीय रूपमा परीचित छ । पर्यटकीय क्षेत्रका रुपमा चिनिएको तातापानी एक ठाउँमा सुकेपनि नयाँ स्थानमा निस्केको र त्यसको संरक्षण गरी गन्तव्य बन्न सके सिङ्गो जिल्लाको पर्यटन प्रबद्र्धनमा मद्दत पुग्ने र यस क्षेत्रको प्रचार प्रसार गरी व्यवस्थित गर्न सबैको ध्यान जानु पर्ने बासिन्दाको माग छ ।
2021/06/22 08:25:34
http://www.langtangnews.com/%E0%A4%A4%E0%A4%BE%E0%A4%A4%E0%A5%8B%E0%A4%AA%E0%A4%BE%E0%A4%A8%E0%A5%80-%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B8%E0%A4%95%E0%A4%BE-%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF-%E0%A4%9C%E0%A5%81/
mC4
गर्भपतनलाई अस्थायी साधन मान्न थालिएपछि... १५ भदौ, डोटी । डोटीमा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । सुरक्षित गर्भपतन सेवा अस्थायी साधनका रूपमा विकास हुन थालेको भन्दै यहाँका स्वास्थ्यकर्मी चिन्तित बनेका छन् । असावधानीका कारण गर्भपतन गर्नेको सङ्ख्या बढेको भन्दै स्वास्थ्यकर्मी चिन्तित बन्ने गरेका हुन् । सिलसिलामा उक्त संस्थाले जिल्लाको सायल गाउँपालिका तथा केआइसिंह गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवाका लागि प्रत्यक्ष रूपमा सहयोग गरिरहेको उक्त कार्यक्रमका फोकल पर्सन शिद्धराज जोशीले बताए । उनले भने, "हामीले प्रत्यक्ष रूपमा दुई पालिकाका स्वास्थ्य संस्थामा काम गर्दै छौँ, अन्य पालिकाका स्वास्थ्य संस्थामा पनि हाम्रो सहयोग रहँदै आएको छ ।" कोरोना सङ्क्रमण नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण पुरुष घरैमा हुने र नचाहँदा नचाहँदै पनि गर्भ रहने गरेका कारण सुरक्षित गर्भपतन सेवा लिन बाध्य हुने गरेको सेवाग्राही महिलाले बताउने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । गर्भ निरोधक साधनको प्रयोग गर्ने बानीको विकास नभएका कारण जिल्लामा पछिल्लो समय गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्ने गरेको पाइएको शैलेश्वरी अस्पताल दिपायलका निर्देशक तथा स्वास्थ्यकर्मी आइजङ्ग कुँवरले बताए । यहाँको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिकाको इलाका स्वास्थ्य कार्यालय दौडमा मात्रै साउनसम्म ८० जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएको सो कार्यालयका प्रमुख शिवराज जोशीले बताए ।
2022/06/28 03:28:01
https://www.nmbnews.com/2021/08/52281/
mC4
बिबाद मिलाउने जिम्मा चार जनालाई « Nepal24Hours.com – 'Integration Through Media' बिबाद मिलाउने जिम्मा चार जनालाई ७ पुष २०६९, शनिबार १६:२१ मा प्रकाशित काठमाडौं, ७ पुस । एकीकृत माओवादीले सरकार छाड्ने नछाड्ने विषयमा विवाद मिलाउने जिम्मा पार्टीका चार शीर्ष नेतालाई दिएको छ । एमाओवादी केन्द्रीय कार्यालयका विस्तारित बैठकले आज यस्तो धारणा सार्वजनीक गरेको हो । बैठकले अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ तथा सचिव पोष्टबहादुर बोगटीलाई जिम्मा दिएको हो । प्रवक्ता अग्निप्रसाद सापकोटाले वैशाखमा निर्वाचन सम्पन्न गर्ने गरी पार्टी र सरकारबाट पहल गर्ने निर्णय भएको जानकारी दिए । उनले भने, 'विगतमा भएका पार्टी निर्णयका आधारमा निर्णय लिइनेछ ।' एमाओवादीको यसअघिको पदाधिकारी बैठकले सहमतिका लागि लचिलो हुने निर्णय गरेको थियो । बैठकले सरकारबारे वार्ता र छलफल गर्दै जाने तर सार्वजनिकरुपमा कुनै अभिव्यक्ति नदिने निर्णय भएको सापकोटाले जानकारी दिए । सरकार छाड्ने विषयमा विवाद बढे केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक बोलाउने तयारी भएको छ । बैठकले महाधिवेशन सम्पन्न गर्न आवश्यक तयारी गर्दै जाने निर्णय गरेको छ । हेटौंडामा माघ २० देखि केन्द्रीय महाधिवेशन गर्ने निर्णय एमाओवादीले यसअघि नै गरेको थियो ।
2021/12/05 11:51:02
https://np.nepal24hours.com/archives/13611
mC4
रुकुमपुर्वमा जिल्ला स्तरीय वृहत यौनिकता शिक्षा समिति गठन – Lumbini Darpan Online Lumbini Darpan Online — २५ कार्तिक २०७७, मंगलवार १६:४२ 0 comment रुकुम –पूर्व मा बृहत यौनिकता शिक्षा सम्बन्धि जिल्ला स्तरीय समिति गठन भएको छ । शिक्षा विकास तथा समन्वय इकाई रुकुम –पूर्वका इकाई प्रमुख तिलक गौतमको संयोजकत्वमा १५ सदस्यिय समिति गठन गरिएको छ । जसको सदस्य सचिवमा यूएनएफपिएका जिल्ला संयोजक भुवन सेजुवाल रहेका छन् भने अन्य सदस्यमा रहेका छन् । समितिमा भूमे र सिस्ने गाउँपालिकाको शिक्षा शाखा र स्वास्थ्य शाखाका प्रमुख एवम् प्रतिनिधि, विभिन्न विद्यालय प्र.अ. तथा प्रतिनिधि गैरसरकारी संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिका साथै पत्रकार सो समितिको सदस्यमा रहेका छन् । किशोर किशोरी मैत्री विद्यालय र समाज निर्माणको लागि यो समितिले जिल्लामा काम गर्ने छ । अहिले प्रमुख समस्याको रुपमा देखा परेको बाल विवाह र त्यसले निम्त्याउने समस्याहरुको समाधानका लागि जिल्लामा समिति गठन गरी काम थालिने सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यसमिति सदस्य हरी अधिकारीले बताएका छन् । चुनौतीको रुपमा रहेको बाल विवाह र त्यसले निम्त्याउने समस्या समाधानको लागि भन्दै लुम्बिनी प्रदेशमै पहिलो पटक रुकुम –पूर्व बाट काम थालनी गरिएको उनले बताएका छन् । समिति गठनको कार्यक्रम अघि बृहत यौनिकता शिक्षा सम्बन्धि जिल्लाको अवस्था समस्या, चुनौती र समाधानको उपायको बारेमा छलफल गरिएको थियो । छलफलमा सहभागी सबैले जिल्लामा किशोर किशोरी मैत्री विद्यालय र समाज निर्माण गर्न अति आबश्यक रहेको बताएका छन् । त्यसको लागि किशोर किशोरीहरुलाई किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा दिने, सचेतना अभिबृद्धि गर्ने, नेतृत्व तहको सहभागितामा जोड दिने जस्ता कार्य गनुपर्नेमा छलफलमा सहभागिहरुले जोड दिएका छन् । कार्यक्रमका प्रमुख अतिथी शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक टिकाराम अर्यालले यौनिकता शिक्षालाई सबैले सकारात्मक रुपले बुझिदिनुपर्ने बताएका छन् । यौनिकता शिक्षालाई फराकिलो रुपमा बुझेमा मात्र त्यसले मानिसलाई स्वास्थ हुन मदत गर्ने उनको भनाई रहेकोछ । यौनिकता सम्बन्धिको शिक्षाले मानिसको जिवन सहज र सरल बनाउछ । वृहत क्षेत्र ओगटेको यस विषयले स्वास्थ्यलाई व्यवस्थित गर्छ, निर्देशक अर्यालले भन्नुभयो । रुकुम –पूर्व बाट सुरु भएको यो अभियान नमुना र प्रभावकारी होस भन्दै उहाँले नव गठित समितिलाई सक्रिय भएर काम गर्न आग्रह गरेका छन् । शिक्षा विकास तथा समन्वय इकाई रुकुम –पूर्व, सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तु र यूएनएफपिएको संयुक्त आयोजना र लुम्बिनी प्रदेशको समन्वयमा आयोजना गरिएको कार्यक्रम शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तिलक गौतमको अध्यक्षता, शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक टिकाराम अर्यालको प्रमुख आथित्यता र सिद्धार्थ सामाजिक विकास केन्द्रका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार पोमनारायन पौडेलको सहजीकरणमा सम्पन्न भएको कार्यक्रम संयोजक जियाउल हकले बताएका छन् । यसै गरी सिस्ने गाउँपालिकामा सुरक्षित आवास गृह समन्वय समितिको बैठक सम्पन्न भएको छ भने सिस्ने गाउँपालिका र भुमे गाउँपालिकामा सुचना व्यवस्थालाई प्रभावकारी बनाउन ल्यापटप हस्तान्तरण गरिएको कार्यक्रम संयोजक हकले बताएका छन् ।
2021/06/15 09:47:15
https://lumbinidarpanonline.com/2020/5028/
mC4
लागुऔषध तस्करीको ट्रान्जिट बन्दै झापा « रिपोर्टर्स नेपाल –यज्ञराज आङ्देम्बे दमक, ९ मङ्सिर : पछिल्लो समय झापा जिल्ला लागुऔषध तस्करीको ट्रान्जिट बन्दै गएको छ । सरकारी तथ्याङ्कका अनुसार अहिले देशभर लागुऔषध प्रयोगकर्ताको सङ्ख्या दुई लाखभन्दा बढी रहेको छ । पुरुषको सङ्ख्या बढी भए पनि महिला पनि लागुऔषध कारोबारमा सक्रिय रहेको बताइएको छ ।-रासस/File Photo
2021/12/02 10:02:28
https://www.reportersnepal.com/2021/11/613318
mC4
मिटरमा हिँड्न नमान्ने ट्याक्सी धमाधम कारबाहीमा न्यूजलय बिहीबार ०६, बैशाख २०७५ काठमाडौँ । उपत्यकाभित्र मिटरमा चल्न नमान्ने ट्याक्सीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही गर्न थालेको छ । ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि महाशाखाले अनुगमनलाई तीव्रता दिएको हो । मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई महाशाखाले रु तीन हजारदेखि पाँच हजारसम्म जरिवानासमेत गर्ने.... ​बिचौलियालाई तत्काल पक्राउ गर्न सर्वोच्च अदालतको आदेश काठमाडौं । नक्कली फैसला र आदेश बनाउने कार्य गम्भीर र अक्षम्य अपराध भएको भन्दै सर्वोच्च अदालतले बिचौलिया गिरोहलाई कारवाही गर्न प्रहरी निकायलाई निर्देशन दिएको छ । नक्कली फैसला र आदेशबाट बिचौलियाले न्यायमा विचलन एवं अन्तर्रा्ष्ट्रिय समुदायद्वारा अदालतलाई परिपत्र गरेपछि सर्वोच्च गम्भीर बनेको हो । ​यस कारण काटियो मन्त्री, सभामुख र अध्यक्षकै टेलिफोनको लाइन काठमाडौं । सभामुख कृष्णबहादुर महराको सिंहदरबारस्थित कार्यकक्षको ल्यान्ड लाइन फोन काटिएको छ । बुधबार मध्याह्नदेखि महराको कार्यकक्षको टेलिफोनको लाइन काटिएको हो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख शिवमाया तुम्बाहाम्फे, उपाध्यक्ष शशिकला दाहालको कार्यालयको पनि टेलिफोनका लाइन काटिएको छ । टेलिफोन शुल्क.... ​कर्मचारीलाई घरपायक कार्यालयमा खटाइनेः मन्त्री पण्डित न्यूजलय बुधबार ०५, बैशाख २०७५ विराटनगर । सरकारले स्वेच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक हुने कार्यालयमा खटाउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले तीन तहमा कर्मचारी खटाउनुपर्ने भएकाले स्वेच्छिक अवकाश हाललाई स्थगित गरेको बताए । गुण्डा नाइकेका सहयोगी माओवादी र एमालेका कार्यकर्ता काठमाडौँ । प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोज पुनका सहयोगी माओवादी र एमालेका कार्यकर्ता भएको खुलेको छ । पुनका ५ जना सहयोगीलाई रुपन्देही प्रहरीले पक्राउ गरेसँगै यो रहस्य खुलेको हो । पुनलाई रुपन्देहीमा हत्या आतंक मच्याउन सघाउने माओवादी केन्द्रका केन्द्रीय सदस्य र.... ​सिन्डिकेट माग्दै यातायात व्यवसायीहरुले गरे आन्दोलनको घोषणा काठमाडौं । यातायात व्यवसायीहरुले सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरी व्यवसायीहरुले अनिश्चितकालीन यातायात बन्द लगायतका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । वैशाख २१ गते घर तथा ग्यारेजमा गाडी थन्काउने र २७ गतेदेखि अनिश्चितकालीन.... ​गोपाल किराती र विप्लव मिल्दै काठमाडौं । गोपाल किरातीले विप्लवको नेतृत्वमा नयाँ पार्टी गठनको प्रस्ताव अगाडि सारेका छन् । माओवादी एमालेसँग एकतामा जाने निर्णय पछि किराती माओवादीबाट अलग भएर बसेका हुन् । किरातीले बुधबार विज्ञप्ती निकालेर माओवादीधारको केन्द्रीकरणमा निर्णायक पहल गर्न विप्लवसँग आग्रह गरेका छन् । उनले.... ​यातायात क्षेत्रको 'सिन्डिकेट'विरुद्ध यस्तो छ मन्त्रिपरिषद निर्णय काठमाडौं । सरकारले यातायातसँग सम्बन्धित सबै संस्थाको दर्ता र नवीकरण जिल्ला प्रशासन कार्यालयमा नगर्नरनगराउन निर्देशन दिएको छ । सरकारले गरेको यस्तो निर्णयले जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएका त्यस्ता सबै संस्थाको दर्ता खारेज हुने अवस्था आएको छ । मंगलबार 'सिन्डिकेट'विरुद्ध कठोर बन्दै बालुवाटारमा.... ​ओलीको भासण अब चिनियाँ भाषामा न्यूजलय मङ्गलबार ०४, बैशाख २०७५ काठमाडौं । प्रधानमन्त्री केपी ओलीको 'म प्रधानमन्त्री हुँदा' नामको पुस्तकलाई चिनियाँ भाषामा प्रकाशित गरिएको छ । प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा गरेका भाषणहरुको संगालोलाई चिनियाँ भाषामा प्रकाशित गरिएको हो । बेइजिङ पुगेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले चिनियाँ भाषामा प्रकाशित प्रधानमन्त्री ओलीका भाषण समेटिएको पुस्तक.... जेठदेखि त्रिभुवन विमानस्थल २१ घण्टा संचालनमा आउने : पर्यटनमन्त्री काठमाडौं । पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आगामी जेठको पहिलो हप्ताबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने घोषणा गरेका छन् । सो विमानस्थल २४ घण्टा नै सञ्चालन गर्ने आफ्नो लक्ष्य रहे पनि तत्कालका लागि सम्भव नदेखिएको अधिकारीले बताए ।
2021/04/13 04:19:01
https://newslaya.com/news/national?page=422
mC4
खैरहनीका मासु पसलको अनुगमन – Chitwan Post खैरहनीका मासु पसलको अनुगमन रत्ननगर । खाद्य स्वच्छता कायम गर्दै स्वच्छ मासु उपभोक्तासमक्ष पु¥याउने उद्देश्यका साथ खैरहनी नगरपालिकाले नगरभित्रका मासु पसलहरुको आइतबार अनुगमन गरेको छ । खैरहनी नगरपालिका उपप्रमुख एवं बजार अनुगमन समिति संयोजक सुनिता थपलियाको नेतृत्वमा नगरपालिकाको वडा नम्बर ६ र ८ मा रहेका पसलहरुमध्ये करिब दुई दर्जन पसलको अनुगमन गरिएको थियो । अनुगमन गरिएकामध्ये खैरहनी ८ स्थित सुलभ मार्केटिङमा सरसफाइको अवस्था निकै दयनीय पाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरूषोतम शर्माले जानकारी दिए । त्यहाँ मासु काट्ने ठाउँमा रगत र कुखुराको भुत्ला जथाभावी फालिएको, हरियो झिँगा भन्किएको, मासु बेच्ने ठाउँनजिकै कुखुरा पाल्ने गरेको पाइएको उनले बताए । सुलभ मार्केटिङलाई सुधारका लागि एक साताको समय दिइएको छ । अरु पसलहरुले पनि सरसफाइमा सुधार गर्नुपर्ने देखिएको शर्माले जानकारी दिए । त्यस्तै, धेरै पसलहरु नगरपालिकामा दर्ता नभई सञ्चालनमा रहेको पाइएको शर्माले बताए । केही पसलहरुले खुल्लारुपमा मासु बिक्री गरेको, मासुमा हरियो झिँगासमेत भेटिएको थियो । नगरपालिकामा दर्ता नभएकालाई दर्ताको लागि आग्रह गरिएको छ भने सरसफाइमा कमजोर पाइएका पसलहरुलाई एक साताभित्र सुधार गर्न सचेत गराइएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख विक्की राउत, नगरपालिकाका सार्वजनिक सेवा तथा क्षमता विकास समिति संयोजक एवं खैरहनी २ का वडाध्यक्ष टीकादत्त इटनी, उद्योग वाणिज्य संघ, खैरहनीकी प्रथम उपाध्यक्ष कमला श्रेष्ठ, नगरपालिकाका पशु शाखा प्रमुख रूद्र श्रेष्ठलगायतका कर्मचारीहरु तथा प्रहरीलगायतको उपस्थितिमा अनुगमन गरिएको थियो ।
2020/06/06 10:04:35
https://echitwanpost.com/84343/
mC4
विज्ञको प्रश्न : चीनको सहमतिमा भारतले कालापानी सीमा अतिक्रमण गरिरहेको छ ? - Media Dabali सोमवार, कार्तिक १ २०७८Oct 18 2021 काठमाडौं – नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक, कालापानी समस्यामा 'चीन फ्याक्टर' महत्त्वपूर्ण रहेको छ । पूर्वराजदूत मधुरमण आचार्यले लिपुलेक, लिम्पियाधुरा, कालापानीको सीमा समस्या चिनियाँ फ्याक्टर भुल्न नहुने बताए । उनले भने, 'के चीन सहमतिमा भइरहेको छ, त्यो सोचनीय विषय छ ।' आचार्यले लिपुलेक भारतको मात्र होइन, रणनीतिक स्वार्थ रहेको हुन सक्ने बताए । चीनले यो मार्गलाई साउथ एसियाको प्रवेशको मार्गका रुपमा हेरेको हुन सक्ने औंल्याए । 'यही बेला भारतको पूर्वसीमा नाथुलामा भारत–चीनको गोली हानाहान हुन्छ, यता लिपुलेकमा भारतका रक्षामन्त्रीले सडक उद्घाटन गर्छन्, लिपुलेक विषयमा चीन बोल्दैन,' उनले प्रश्न गर्दै भने, 'के यो चीनकै सहमतिमा बनाएको होइन यो गम्भीर विषय हो ।' 'नेपाल र भारतले मात्रै यो समस्या समाधान गर्न सक्दैनन्, त्रिदेशीय विन्दु कायम भएको छैन, त्यसले तीनै देशबीच वार्ता गरेर समाधान गर्नुपर्छ,' सीमासम्बन्धी जानकारी एवं नापी विभाग पूर्वमहानिर्देशक तोयनाथ बराल भन्छन्, 'अन्तर्राष्ट्रियकरण त जरुरी छैन तर चीन छाडेर यो समस्या समाधान हुँदैन ।' सरकार, विपक्षी दललगायत सर्वपक्षीय सहमतिको दस्तावेजका आधारमा त्रिदेशीय वार्ताबाट मात्रै यो समस्याको उनको धारणा छ । त्रिदेशीय विन्दु कायम नरहेको अवस्थामा लिपुलेक हुँदै उत्तरी जोड्ने सडक भारतले एकतर्फी निर्माण गर्दा चीनको मौनता रणनीतिक देखिन्छ । अन्तर्राष्ट्रिय कानूनविद् डा. युवराज संग्रौलाले चीनको व्यापारिकबाहेक अरु स्वार्थ नहुने बताए । भारतको व्यापारिकका मात्र नभई सामरिक दृष्टिले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र अतिक्रमण गरिरहेको उनको ठहर छ । 'व्यापारका लागि मात्र होइन, भारत अझै चीनले आक्रमण गर्ला भनेर डराइरहेको छ, सामरिक दृष्टिले पनि त्यो भूभाग अतिक्रमण गरिरहेको छ,' उनले भने, 'तर चीनलाई भारतले आक्रमण गर्ने भन्ने कुनै डर छैन ।' आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । सुगौली सन्धिविपरीत भारतले एकपक्षीय रुपमा नेपाली भूभागमा यसरी सडक बनाउन नपाउने उनको भनाइ छ । भारतीय अनुसन्धानकर्ता धनञ्जय त्रिपाठीले लिपुलेक मानसरोवर सडकको विषयमा चीन पनि महत्त्वपूर्ण फ्याक्टर रहेको कुरालाई नकार्न नसकिने बताए । लिम्पियाधुरासहितको आधिकारिक नक्सा जारी गरेर मात्रै भारतसँग अन्य कूटनीतिक पहल गर्न विज्ञहरुको सुझाव छ । पूर्व राजदूत खड्गनाथ अधिकारी लिम्पियाधुरा सहितको आधिकारिक नक्सा जारी गर्न ढिलाइ नगर्न सरकारलाई सुझाव दिन्छन् । त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागले गरेको भिडियो कन्फरेन्समा पूर्वराजदूत अधिकारीले भने, 'तथ्य प्रमाण, ऐतिहासिक दस्ताबेज र नक्सा सबै हामीसँग छन्, त्यसकारण तत्काल लिम्पियाधुरासहित नक्सा जारी गर्नुपर्छ ।' उनले गम्भीर भएर अहिलेसम्म सीमा विवादमा नेपाल सरकारले कूटनीतिक प्रयास नगरेको दाबी गरेका छन् । 'यो विषय मौसमी बाजा बनेको छ, चर्चा परिचर्चा हुन्छ, त्योभन्दा अरू केही हुन्न,' उनले भने, 'नेपालले अहिलेसम्म औपचारिक रूपमा लिम्पियाधुरा, लिपुलेक र कालापानीको समस्याबारे भारसँग कुरा नै राख्न सकेको छैन ।' नापी विभागका पूर्व महानिर्देशक एवं सीमाविद् बुद्धिनारायण श्रेष्ठले नक्सामार्फत नेपालको भूमि अतिक्रमण थालेको इतिहास कोट्याउँदै पहिला लिम्पियाधुरा सहितको नक्सा नेपालले प्रकाशन गरेर प्रतिवाद गर्नुपर्ने बताए । उनले संविधानमा पनि नक्सा नराख्दा यो समस्या आएको उनको भनाइ छ । 'तत्काल चुच्चे नक्सा जारी होस्,' उनले भने, 'चुच्चे नक्सा जारी गरेर नै हो भारतलाई पहिलो काउन्टर दिने ?' उनले भारतद्वारा नेपाली भूभाग लिपुलेक क्षेत्रमा सडक निर्माणलगायत क्रियाकलाप तत्काल रोक्न दबाब दिनुपर्ने बताए । 'भारतले ८० किमि सडक बनाइसक्यो, अब ५ किमि लिपुलेकमा सडक खन्न बाँकी छ, त्यसलाई ह्यान्ड ब्रेक लगाउनुपर्छ,' उनले भने । जलविज्ञानविद् जगतप्रसाद भुसालले काली नदीको उद्गम लिम्पियाधुरा भएको कुरा दुईमत नरहेको बताए । उनले नदी विज्ञानको सिद्धान्तका आधारमा लिम्पियाधुराबाट आउने नदीलाई काली नदी मानेर तत्काल नक्सा जारी गर्नुपर्ने बताए । नेपालको नक्सामा लिम्पियाधुरा गायब भएको र निसान छापमा भएको नक्सामा लिपुलेक र कालापानी गायब भएको विषयमा अन्नपूर्णले पटक–पटक समाचार प्रकाशन गर्दै आएको छ । सरकारले २०७५ फागुनमा लिपुलेक र कालापानीलाई समेटेर नक्सा जारी पनि गरेको थियो । २०३२ सालदेखि नक्सा बनाउँदै आएको नापी विभागको कुनै पनि नक्सामा लिम्पियाधुरा समावेश छैन ।
2021/10/18 02:15:40
https://pramodky.com.np/newcms/public_html/paper/118972
mC4
सहुलियतपूर्ण कर्जा कार्यविधि संशोधनको तयारी काठमाडौं, २५ साउन । सरकारले व्यवस्था गरेको सहुलियतपुर्ण कर्जा लिन झन्झटिलो भएको युवाहरुले गुनासो बढेपछि सरकारले सहुलियतपूर्ण कर्जा कार्यविधि संशोध गर्ने जनाएको छ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा पनि सबै निकायका अप्ठ्यारा फुकाउने गरि कार्यविधि संशोधन गरिने बताएका छन् । सरकारले सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि बनाएर सातवटा क्षेत्रमा कर्जा प्रभाव सुरु गरेको एक बर्ष बित्न लागेपनि १६ हजार १ सय ६१ जनाले मात्र सहुलियतपुर्ण कर्जा लिएका छन् । सहुलियतपुर्ण कर्जा अन्तरगत विदेशबाट फर्किएका युवा परियोजना कर्जा लिनका लागि वैदेशिक रोजगारीबाट फर्किएको तीन बर्ष नकटेको हुनुपर्ने व्यवस्था छ । कार्यविधिमा विदेशमा गरेको कामको अनुभवको प्रमाणपत्र र सीप अनिवार्य हुनुपर्ने उल्लेख छ । यही व्यवस्थाका कारण वैदेशिक रोजगारीबाट फर्किएका अधिकांश युवा कर्जा सेवा लिनबाट बञ्चित भएको रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारीले जानकारी दिए । सहुलियतपुर्ण कर्जा लगानीका लागि सरकारले कर्जाको सुरक्षणको व्यवस्था पनि गरेको छ । तर प्रवाह गरिएको कर्जाको असुली प्रक्रिया १ वर्ष भित्र पनि शुरु नभए, नेपाल राष्ट्र बैंकमा कर्जा नोक्सान सुरक्षण दावी गर्न नमिल्ने प्रावधानले अप्ठ्यारोमा पारेको बैंकर एसोसिएसन नेपालका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाको भनाई छ । रिटर्नी माइग्रेन्ट नेपाल लगायतका विभिन्न निकायले कार्यविधि संशोधन गर्नका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरिसकेका छन् । सरकारले पनि सबै क्षेत्रका जानकारको गुनासोलाई सम्बोधन गर्नेगरी सहुलियतपुर्ण कर्जा कार्यविधि संशोधन गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको जनाएको छ । अहिलेसम्म सबैभन्दा बढि व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा १५ हजार ४ सय १२ र महिला उद्यमशिल कर्जा पाँच सय २९ जनाले लिएका छन् । बाँकी शिर्षकका सहुलियतपूर्ण कर्जा लिनेको सङ्ख्या एक सय पनि ननाघेको बताईएको छ ।
2019/12/09 07:47:32
https://www.sajhapost.com/2019/08/10/187961.html
mC4
राेनाल्डाे फर्ममा फर्केकाे प्रमाणित लियोन– पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले हंगेरीविरुद्ध बुधबार रातिको खेलमा दुई गोल गरेर क्रिस्टियानो रोनाल्डोले आफू उच्च फर्ममा फर्केको प्रमाण दिएको बताएका छन्। लिले– रोबी बार्डीले समय सकिन पाँच मिनेट बाँकी रहँदा गोल गरेपछि बुधबार राति गणतन्त्र आयरल्यान्डले इटालीमाथि १–० को नाटकीय जित हासिल गर्दै युरोपियन च्याम्पियनपिको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । भार्डे आर्सनल नजाने –इङल्याण्ड तथा लेस्टर सिटीका स्ट्राइकर जेम्स भार्डे आर्सनल नजाने भएका छन्। लेस्टर सिटीले एक विज्ञप्ति निकाल्दै भार्डेका प्रतिनिधि र आफ्नो क्लबबीच उनी आगामी चार वर्षका लागि क्लबमै रहने सहमति भएको बताएको छ। सिकागो – डिफेन्डिङ च्याम्पियन चिली कोलम्बियालाई पराजित गर्दै अमेरिकामा जारी कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ। बिहीबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा चिलीले कोलम्बियालाई २–० गोल अन्तरले पराजित गरेको हो। अन्तिम १६ समिकरण पूरा, नयाँ राष्ट्र फाइनलमा पुग्ने निश्चित (तालिका) पेरिस– फ्रान्समा जारी युरोकप २०१६ को बुधबारबाट समुह चरणका खेलहरु सकिएका छन्। यससँगै अन्तिम १६ समिकरण पनि पूरा भएको छ। जसअनुसार फाइनलमा एक नयाँ राष्ट्रले प्रवेश पाउने पनि पक्का भएको छ। स्पेन सुरुको दुई खेल जितेर अन्तिम १६ मा पुगिसकेको थियो। अघि बढ्न क्रोएसियालाई भने कम्तीमा बराबरी गर्नुपर्ने थियो। केही मिनेटमै गोल गरेपछि स्पेन खेलमा हाबी पनि भयो। त्यसपछि टोलीले खेल अलि हल्का रूपमा लियो। छनोट हुनलाई खेल्नु र छनोट भएर खेल्नुको अन्तर स्पेनी प्रदर्शनमा पनि देखियो। सिएमजी क्लब संकटा र जगदम्बा लुम्बिनी फुटबल क्लब राजधानीमा जारी ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनल भिड्ने भएका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बुधबार संकटाले लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दीलाई ३–१ ले र लुम्बिनीले बुद्ध एयर मोरङ फुटबल क्लबलाई २–१ ले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका थिए। क्रिस्टियानो रोनाल्डोले युरोपियन च्याम्पियनसिपको चार फरक संस्करणमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाउँदा बुधबार रातिहंगेरीसँग ३–३ को नाटकीय बराबरी नतिजा निकाल्दै पोर्चुगलले नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। अन्तर्गत गएराति सम्पन्न खेलहरुमा इटली आयरल्याण्डसँग पराजित हुँदा बेल्जियम र आइसल्याण्ड भने विजयी भएका छन्। यता हंगेरी र पोर्चुगलले भने बराबरी खेल्दै अंक बाँडेका छन्। इब्राहिमोबिचद्वारा संन्यासको घोषणा पेरिस – स्विडिस स्टार जाल्टन इब्राहिमोबिचले अन्तराष्ट्रिय खेल जीवनबाट संन्यासको घोषणा गरेका छन्। उनले हाल फ्रान्समा जारी युरो कप २०१६ आफ्नो अन्तराष्ट्रिय करियरको अन्तिम प्रतियोगिता भएको पनि बताएका छन्।
2018/03/19 01:01:37
http://nagariknews.com/category/26?page=170
mC4
» विपक्षी दलको बैठक स्थगित गरेर देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक विपक्षी दलको बैठक स्थगित गरेर देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक दिउसो २ बजे नयाँ सरकार गठनबारे छलफल गर्न विपक्षी राजनीतिक दलहरुको बैठक बोलाएका सभापति देउवाले त्यसलाई स्थगित गरेर पदाधिकारी बैठक बोलाएका हुन् । बैठक दिउँसो तीन बजे देउवा निवास बुढानिलकण्ठमा बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारसम्म संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलहरुको सरकार गठनका निम्ति आह्वान गरेकी छन् । दलहरुसँग छलफल गर्नुअघि पार्टीभित्र छलफल गर्ने उद्देश्यले देउवाले पदाधिकारी बैठक बोलाएका छन् । नयाँ प्रधानमन्त्रीका लागि दाबेदार देउवाका लागि जनता समाजवादी पार्टी जसपा एक नहुँदा गठबन्धन बनाउन समस्या भएको छ । जसपाको उपेन्द्र यादव पक्षले समर्थन जनाएपनि महन्थ ठाकुर पक्षले देउवालाई समर्थन नगर्ने स्पष्ट पारिसकेको छ । अब देउवाका लागि एमालेको माधवकुमार नेपाल पक्षले के गर्छ भन्ने विषय नै महत्वपूर्ण भएको छ । नेपाल पक्षले विपक्षी गठबन्धनलाई सहयोग गर्ने गरी काम गर्यो भने मात्र धारा ७६ २ अनुसार देउवाको नेतृत्वमा नयाँ सरकार बन्न सक्छ । अन्यथा, त्यो सम्भव देखिँदैन । राष्ट्रपति भण्डारीले पनि सरकार गठनका लागि छोटो समय दिएर कांग्रेस, माओवादीलाई थप दबाबमा पारेकी छन् ।
2021/10/24 19:31:56
https://www.khabarkura.com/2021/05/50830/
mC4
डेभिड रुविन, जसले महाकवि देवकोटालाई अमेरिकामा चिनाए – Online Khabar सन्दर्भ देवकोटा जयन्ती : २०७८ कात्तिक १९ गते १७:०० महाकवि देवकोटाको स्केच (बायाँ) र अमेरिकी लेखक डेभिड रुविनले देवकोटाका विषयमा लेखेको पुस्तक कुनै दुईमत छैन कि महाकवि लक्ष्मीप्रसाद देवकोटा बहुभाषामा रचना गर्न सक्थे । अंग्रेजीमा पनि सहजै साहित्य लेख्न सक्ने खुबी थियो उनमा । उनले अंग्रेजी भाषामा कृतिहरू रचना गरेर विश्वमा ख्याति कमाउँदै नोबेल पुरस्कार जित्ने सोच राखेका थिए । त्यतिबेलाको प्रविधि र परिस्थितिले त्यो सम्भव नभएपनि उनका विशिष्ट कृति आजपर्यन्त नेपाली साहित्य जगत मात्र होइन, विश्वमा समेत उल्लेखनीय छन् । देवकोटा अफ्रो-एसियाली साहित्य सम्मेलनमा भाग लिन तत्कालीन सोभियत संघको तासकन्द शहर पुगेका थिए । त्यहाँ उनले दिएको अंग्रेजी भाषणको आजसम्म पनि चर्चा हुने गरेको छ । दोस्रोपटक पनि उनी भारतको नयाँदिल्लीको सम्मेलनमा भाग लिन गएका बेला त्यतैबाट स्वास्थ्य उपचारका लागि सोभियत संघ पुगेका थिए । देवकोटाले अमेरिका भने पुग्ने अवसर पाएनन्, तर उनका कविताले भने सम्मानित ढंगले अमेरिका पदार्पण गरे । त्यसो त महाकविलाई मृत्युशय्यामा भेट्ने विश्वविख्यात साहित्यकारद्वय वेद मेहता र डम मोर्रेले आ–आफ्ना संस्मरणात्मक कृतिमा देवकोटासँगको भेट तथा अलिकति नेपाली साहित्यको चर्चा गरेर नेपाली साहित्यलाई विश्व समुदायमाझ पुर्‍याएका हुन् । अंग्रेजीभाषी संसारमा नेपाली साहित्यको चर्चा र महाकवि देवकोटा पुगेकै हुन् । महाकवि देवकोटाले आफ्नो जीवनकालमा अमेरिका आउने अवसर पाएनन् । तर उनका कविताले भने सम्मानित ढंगले अमेरिका पदार्पण गरे । झ्याउरे छन्दमा लेखिएको देवकोटाको सर्वाधिक लोकप्रिय र बिक्रीमा समेत कीर्तिमान राख्ने मुनामदन पनि धेरैवटा अंग्रेजी अनुवादमा आएको हो । अन्य भाषामा पनि आएको हो । तर सन् १९८० मा कोलम्बिया विश्वविद्यालय प्रेसले 'नेपाली भिजन्स', 'नेपाली ड्रिम्स', 'द पोयट्री अफ लक्ष्मीप्रसाद देवकोटा' प्रकाशित गरेपछि भने अमेरिकामा महाकवि देवकोटाको प्रतिभाको चर्चा हुन थाल्यो । यो पुस्तक अमेरिकाको कोलम्बिया विश्वविद्यालय प्रेसले प्रकाशित गर्नु ठूलो कुरा हो भने संयुक्त राष्ट्रसंघको युनेस्कोको नेपाली अनुवाद शृंखलामा स्वीकार्य हुनु सबैभन्दा ठूलो महत्वको कुरा हो । यो युनेस्कोको प्रतिनिधि कृति संग्रहमा समाविष्ट छ । यो आधुनिक एसियाली साहित्य शृंखला अन्तर्गत रहेको छ, जसको सम्पादकीय बोर्डमा क्याथलिन आर एफ वरिल, पियरे काचिया, सिटी सिया, बार्बरा स्टोलर मिलर, एडवार्ड सिडेस्टिकर मार्शा वैग्नर तथा डोनाल्ड कीन रहेका थिए । यो पुस्तक संसारका २१० विश्वविद्यालय र पुस्तकालयमा संग्रहित छ । यो कृतिलाई अनुवाद गरी देवकोटालाई चिनाउने उपन्यासकार डेभिड रूविन अमेरिकाको कनेक्टिकट राज्यका बासिन्दा हुन् । विशेषगरी उनी भारतीय साहित्यकार प्रेमचन्द, निराला आदिका कृति अंग्रेजीमा अनुवाद गरेर ख्याति कमाएका व्यक्तित्व हुन् । डेभिडलाई महाकवि देवकोटाप्रति चासो बढाउने काम कोलम्बिया विश्वविद्यालयका प्राध्यापक थियोडोर रिकार्डी जुनियरले गरेका थिए । उक्त पुस्तकका कविता अनुवादका लागि उनले महाकवि पत्नी मनदेवी देवकोटा र छोरा पद्मप्रसाद देवकोटाबाट अनुमति लिएका थिए । नेपालमा उनले यो पुस्तक अनुवाद र उनको जीवनीमूलक भूमिका लेखनका लागि महेशराज पन्त, डोरवबहादुर विष्ट लगायतबाट सहयोग प्राप्त गरेका थिए । डेभिडले यो पुस्तकमा देवकोटाका ४५ कविताको अनुवाद गरेका छन् । यस संग्रहमा उनको बहुचर्चित कविता 'पागल' समावेश गरेका छन् भने उनको अन्तिम कविता मानिएको 'आखिर श्रीकृष्ण रहेछ एक' पनि समावेश गरिएको छ । माइकल हटले 'बुलेटिन अफ द स्कुल अफ ओरियण्टल एण्ड अफ्रिकन स्टडिज'मा यस किताबको समीक्षा गर्दै लेखे । पछिल्लो समय नेपाली संस्कृतिको विषयमा लेखिएका पुस्तकहरुमा नेपाली आधुनिक साहित्यलाई बेवास्ता गरिएको छ । रूविनको देवकोटामाथि लेखिएको नयाँ पुस्तकले सूचना, शैली तथा संरचनालाई ताजा रूपमा प्रस्तुत गरेको छ । यस पुस्तकको बारेमा क्याम्ब्रिज विश्वविद्यालयको प्रेसले अनलाइन माध्यमबाट प्रकाशन गर्ने जर्नल अफ द रोयल एसियाटिक सोसाइटीको अप्रिल १९८१ को अंकमा डीजेम्याथ्युजले समीक्षा गरेका छन् । नेपालमा पश्चिमाहरूको ध्यान आकृष्ट भएको, विभिन्न परियोजनाको सञ्चालनका लागि नेपाल जानेहरूले नेपाली भाषा सिकेको, तर यो देशको भाषाको महत्वपूर्ण साहित्यिक पक्ष कसैले चर्चा नगरेको बेलामा डेभिड रूविनले यो कृतिको अनुवाद गरेर आँखा खोलिदिएको उनले उल्लेख गरेका छन् । यो पुस्तकको समीक्षा गर्दै डा. तारानाथ शर्माले म्याडिसन विश्वविद्यालयले प्रकाशन गर्ने जर्नल अफ साउथ एसिएन लिटरेचरको सन् १९८४ को हिउँद–वसन्त अंक वर्ष १९, अंक १ मा लेखेका छन्, 'रूविनको अनुवादको परिचय र देवकोटाको जीवन र रचनालाई प्रभाव पार्ने तत्वहरू एकदमै सही छन् ।' तर उनले कविताको अनुवादको विषयमा भने आफ्नो असहमति प्रकट गर्दै उनले भनेका छन्, 'पोयट्री निड नट वि लस्ट इन ट्रान्सलेसन (कविता अनुवाद गर्दा हराउनु हुन्न) ।' सर्वप्रथम कोलम्बिया विश्वविद्यालय प्रेसले प्रकाशन गरेको यो पुस्तकपछि बेलायतबाट स्वतन्त्र प्रकाशनका रूपमा पनि प्रकाशित भएको देखिन्छ । डेभिड रूविनको निधन भइसकेको छ । नेपालका महाकविलाई चिनाउने उनले जुन काम गरे त्यसलाई नेपाली नागरिकले सधैं सम्झिरहनेछन् ।
2022/01/18 22:30:09
https://www.onlinekhabar.com/2021/11/1034169
mC4
नेपालगन्जमा होली भव्य रुपमा मनाइदै – Radio Hatemalo FM प्रकाशित मितिः ७ चैत्र २०७५, बिहीबार १७:३४ March 21, 2019 हातेमालो संवाददाता बाँके । आज तराईमा होली खेलिइरहेको छ । त्यसक्रममा नेपालगन्ज पनि विहानै देखि अबिरमा रंगिन थालेको छ । समूह बनाएर होली खेल्ने र संस्थागत रुपमा होली खेल्दै गरेका बजार क्षेत्रमा देखिन्छ भने गाउँबस्तीमा आफ्न्त र साथीहरुसँग होली खेलेको हेर्न पाइन्छ । प्रेस चौतारी र प्रेस सेन्टरले पनि संयुक्त रुपमा जिल्ला पार्टी कार्यालय रहेको स्थानमा होली खेलेका थिए । होलीको कार्यक्रम आयोजनासँगै दुबै संगठनमा नेता कार्यकर्ता र नेकपाका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि, प्रदेशसभा सदस्य आइपी खरेलले पर्व परम्परा भएकाले त्यसलाई सबैले मनाउनु पर्ने तर पर्वका नाममा विकृति भित्र्याउन नहुने धारणा राखेका थिए । नेपालगन्जमा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले पनि होलीको अवसरमा शुभकामना आदानप्रदान गर्यो । पर्वको अवसरमा आठौं राष्ट्रिय खेलकुदको सन्देश दिंदै पर्व मनाइएको हो । त्यस्तै, नेपालगन्जको सेतु विक चोकका दुई स्थानमा होली केन्द्रित इभेन्ट भैरहेका छन् फागु पूर्णिमा तिथिको हिसाबले चतुर्दशी तिथि भए पनि बुधबार फागुपर्व अर्थात् होली मनाइँदैछ। प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिका दिन होली मनाउने परम्परा छ। होलीको सुरुवात भने फाल्गुण शुक्ल अष्टमीमै हुन्छ। रुख काटेर बनाइएको लिंगोमा विभिन्न रंगका ध्वजा सजाइन्छ। यसरी सजाइएको लिंगो सबैको अनुकुल हुने ठाउँमा ठड्याइन्छ। अष्टमीदेखि पूर्णिमासम्म आठ दिनसम्म मनाइने पर्व हुनाले फागुलाई 'होलाष्टक' भनिन्छ। मुख्य दिन भने पूर्णिमा वा चैत्र कृष्ण प्रतिपदालाई लिइन्छ।
2020/07/15 09:12:32
https://radiohatemalo.com.np/2019/03/21/8471/
mC4
10:46 am, बिहीबार, भदौ ११, २०७७ पहिलो मेकानिकल इनर्जी जसका कारण बाइकले गति प्राप्त गर्छ भने दोस्रो हिट इनर्जी जसले इन्जिनलाई तातो बनाउँछ । मेकानिकल इनर्जीबाट मोटरसाइकल चल्छ भने हिट इनर्जीको प्रयोग कुनैपनि कामको लागि हुँदैन । उल्टो यो इनर्जीले मोटरसाइकलको प्रफर्मेन्समा गिरावट ल्याउनुका साथै इन्जिन तातेर बन्द हुने समस्या आउँछ । यसलाई कम गर्न उत्पादकले विभिन्न तरिका अपनाएर इन्जिनलाई चिसो राख्न प्रयास गर्छन् । मूल्य अनुसार बिभिन्न कम्पनीले आफ्ना मोटरसाइकलमा बिभिन्न इन्जिन कुलिङ सिस्टम प्रयोग गर्ने गरेका छन् । कस सीसीका कम पावर प्रदान गर्ने मोटरसाइकलमा समान्य एयर कूल्ड इन्जिन प्रयोग गर्ने गरेको पाइन्छ । समान्य तया यो १५० सीसीसम्मका मोटरसाइकलमा बढी प्रयोग भएका छन् । २५० सीसीसम्मका मोटरसाइकलमा धेरै आयल कुल्ड इन्जिन प्रयोग गर्ने गरेको पाइन्छ भने यो भन्दा माथिका मोटरसाइकलमा धेरैजसो लिक्वीड कुल्ड इन्जिन प्रयोग गरिएको हुन्छ । इन्जिन कुलिङ गर्न अहिले चल्तीमा रहेका एयर कुल्ड, आयल कुल्ड तथा लिक्विड कुल्ड इन्जिनको विकास भएको छ । एयर कुल्ड प्रविधि सामान्य प्रविधि हो । हामीले यहाँ लिक्वीड कुल्ड र आयल कुल्ड इन्जिनबीचको भिन्नता लेख्ने प्रयास गरेका छौं । १. आयल कुल्ड टेक्नोलोजी अयल कुल्ड इन्जिन टेक्नलोजी एयर कुल्डपछि आएको दोस्रो कुलिङ टेक्नोलोजी हो । नेपालमा आएका बाइकहरु मध्य पहिलो पटक बजाज २२० मा यो टेक्नोलोजी प्रयोग भएको थियो । यो टेक्नोलोजीमा एयर कुल्ड इन्जिनको अगाडि थप एक कम्पोनेन्ट रेडियटर समेत जडान गरिएको हुन्छ । यो कुलिङ टेक्नोलोजीमा इन्जिनमा प्रयोग भएको लुब्रिकेन्टले इन्जिनलाई नै चिस्याउने काम गर्छ । यो प्रक्रियामा इन्जिनमा रहने लुब्रिकेन्टलाई इन्जिनको ठिक तलबाट एउटा पाइप मार्फत अगाडि रहेको रेडियटरमा पठाइन्छ । जहाँ बाहिरी हावाको सम्पर्कमा आएको रेडियटरले इन्जिन चल्दा तातेको लुब्रिकेन्टलाई चिस्याउने काम गर्छ । रेडियटरबाट चिसिएको लुब्रिकेन्ट फेरि इन्जिनमा जाँदा यसले इन्जिनको तापक्रमलाई केही मात्रामा घटाउन सहयोग पुर्याउँछ । २. लिक्विड कुल्ड टेक्नोलोजी लिक्विड कुल्ड टेक्नोलोजी सबैभन्दा आधुनिक कुलिङ टेक्नोलोजी हो । माथि चर्चा गरिएका एयरकुल्ड तथा आयल कुल्डभन्दा लिक्विड कुल्ड बिल्कुलै फरक टेक्नोलोजी हो । यसमा एयर कुल्डमा जस्तो इन्जिनको आवरणमा गहिरो धार पनि हुँदैन भने आयल कुल्डमा जस्तो इन्जिनमा रहेको लुब्रिकेन्टलाई रेडियटरमा लगेर चिस्याउने काम पनि हुँदैन । यसमा पनि रेडियटर दिइएको हुन्छ तर, रेडियटरमा फ्यान समेत हुन्छ । जसले लिक्विडलाई छिटो चिस्याउन मद्दत गर्छ । यसमा हालीने लिक्विड एक विषेश खालको लिक्विड हो, जसलाई इन्जिनको तापक्रमले नभेट्ने ठाँउमा स्टोर गरिएको हुन्छ । यो लिक्विडलाई कुलायन्ट भनिन्छ । कुलायन्टमा ७० प्रतिशत पानी र ३० प्रतिशत केमिकल रहेको हुन्छ । यो टेक्नोलोजीमा रेडियटरबाट केही पाइपहरु इन्जिन भित्रसम्म पुर्याइएको हुन्छ, जसले रेडियटरमा चिस्याइएको चिसो लिक्विडको मद्दतले इन्जिन चिस्याउने गर्छ । यो हालसम्मको आधुनिक टेक्नलोजी हो । अहिलेका सबै पावरफुल तथा प्रफर्मेन्स मोटरसाइकलमा यसको प्रयोग गरिएको हुन्छ ।
2021/01/22 05:23:30
https://www.meroauto.com/news/oil-cooled-vs-liquid-cooled/
mC4
बर्थिङ सेन्टरमा गर्भवतीको आकर्षण | Latest news of Nepal,world news, articles, literature, Business news, Entertainment and more बर्थिङ सेन्टरमा गर्भवतीको आकर्षण बर्थिङ सेन्टरमा गर्भवतीको आकर्षण पुस १५ गते, २०७७ - १२:२२ सिमकोट । सुढेनी महिलाको सहायतमा घरमै सुत्केरी हुने परम्परा परिवर्तन हुँदै गएको छ । हिमाली जिल्ला हुम्लाका महिला पछिल्लो समय स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीबाट सुत्केरी सेवा लिन थालेका छन् । सीप नेपालले बनाएको आधारभूत सामुदायिक स्वास्थ्य एकाई र चङ्खेली गाउँपालिकाको सहकार्यमा पिप्पलाङ बर्थिङ सेन्टरको स्थापना भएपछि यहाँका गर्भवती महिलालाई सहज भएको हो । चङ्खेली गाउँपालिका वडा नं ४ मा रहेको पिप्पलाङमा असोजदेखि बर्थिङ सेन्टरको स्थापना हुँदा यहाँ आसपासका गाउँका महिलाले नियमित गर्भजाँच गराउन थालेका छन् । पुस १३ गते सोमबार पहिलो पटक एकजना महिलालाई सेवा प्रदान गरिएको पिप्पलाङ बर्थिङ सेन्टरमा कार्यरत स्टाफ नर्स रमिता तामाङले जानकारी दिए । बर्थिङ सेन्टरका स्वास्थ्यकर्मीले २५ वर्षीया हजारकला लुवारलाई पहिलो पटक सेवा प्रदान गरेका हुन् । बर्थिक सेन्टर स्थापना हुँदा गाउँका महिलाको आकर्षण बढेको नर्स तामाङले जानकारी दिए । हालसम्म पिप्लाङ बर्थिङ सेन्टरमा आठ महिलाले गर्भ जाँच गराउनुका साथै सोमबार स्वास्थ्यकर्मीको सक्रियतामा एक जनालाई सफलतापूर्वक सुत्केरी गराइएको उनले बताए । यस्तै पुस महिनाभित्रै सुत्केरी हुने चारजना महिला रहेको उनीहरु सबै गर्भजाँचका लागि बर्थिङ सेन्टरमा आउने गरेका छन् । वडा नं ४ का नागरीकलाई सेवा प्रदान गर्ने उद्देश्यकका साथ सीप नेपालले सुविधा सम्पन्न बर्थिङ सेन्टर सञ्चालन गरेको छ । गर्भवती महिलालाई गाउँबस्तीमा सहज रुपमा सुत्केरी गराउन यो सुविधा पिप्पाल, पाली, गाउँलगायत महिलाले पहिलो पटक सेवा पाएका हुन् । यसअघि यहाँका महिलाले घरमै गाउँका परम्परागत सुढेनीबाट सुत्केरी गराउने गरेको भए पनि अब यसको विस्तारै न्यूनीकरण हुँदै जान लागेको छ । बेथाले निक्कै च्यापेपछि हेलिकोप्टर चार्टर गरेर सुर्खेत, नेपालगञ्ज र काठमाडौँ लाने गरिन्थ्यो तर अब बर्थिङ सेन्टरको स्थापनाले यो समस्याबाट ग्रामीण बस्तीका महिलाले मुक्ति पाउने भएका छन् । यहाँका महिलालाई स्वास्थ्य संस्था पुग्नका लागि दुईदेखि तीन घण्टासम्मको पैदल हिँडेर जानुपर्ने अवस्था छ । आमा र बच्चाको स्वास्थ्यलाई ख्याल गर्दै सरकारले वर्षौंदेखि 'आमा सुरक्षा' कार्यक्रम सञ्चालन गरिरहेको छ । अस्पतालमा बच्चा जन्माउन प्रोत्साहनस्वरूप रु एक हजार र यातायात खर्चबापत रु ४०० सुत्केरी महिलाले पाउने गरेका छन् । यसले गर्दा स्वास्थ्य संस्थामा गएर दक्ष प्रसूति सेवा लिई सन्तान जन्माउने महिलाको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।
2021/01/22 06:57:59
https://www.khabardabali.com/2020/12/303201/
mC4
इँटा भट्टामा सहज जीवन खोज्दै रोल्पाली- भिडियो - कान्तिपुर समाचार फाल्गुन १, २०७६ दिपेन्द्र रोक्का काठमाडौँ — उपत्यकाको ललितपुरमा ३० भन्दा बढी इँटा भट्टा सञ्चालनमा छन् । मंसिर, पुस र माघमा इँटा कारखानामा छुट्टै रौनक देखिन्छ । चिम्नीबाट निस्केको धुँवाको मुस्लोसँगै मजदुरहरु इँटा कारखानामा व्यस्त छन् बुङमतीमा आजभोलि । कारखानामा व्यस्त हुने मजदुरमध्ये आधाजसाे रोल्पाली छन् । रोल्पा र रोल्पालीहरुले २५ वर्ष अगाडि आजकै दिन सहज जीवनको सपना बोकेर लडेका थिए । तर, इँटाको धुलो र चिम्नीको धुवाँको मुस्लो भित्रको जीवन अहिले निकै कठिन छ । रोल्पाकी २३ वर्षीय मनकुमारी घर्ती इँटा कारखानामा काम गर्न आएको २ महिना भयो । श्रीमान चुलबहादुर सँगै १ वर्षे नानी काखमा च्यापेर काठमाडौं आइपुगिन मनकुमारी । गाउँको ऋण तिर्न लागि आफ्नो काखे नानी छेउमा राखेर इँटा बोक्दै थिइन् । दैनिक ८ सयदेखि १ हजार इँटा बोक्छिन् । आफूले कति कमाउँछु भन्ने पनि थाहा छैन उनलाई । गएको हप्ता इँटा बोकेकै कारण उनको ढाड र पेट नमज्जाले दुख्यो । सञ्चो भएको भोलिपल्टदेखि फेरि आफ्नो काममा फर्किन् । 'खाने मुख छ काम त गर्नैपर्‍यो' उनका श्रीमान चुलबहादुर भन्छन् । रोल्पाबाट आएकी शर्मिला विक साहुबाट लिएको पैसा तिर्न नसकेपछि तिनै साहुमार्फत यहाँ काम गर्न आएकी रहिछिन् । साहुहरु ठेकेदार सरह हुन् । उनीहरुले गाउँ ठाउँबाट इँटा भट्टामा काम गर्ने मानिसहरु भेला पार्छन् । ३१ वर्षीय बुद्धिराम मगरले सानैमा इँटा भट्टामा काम गर्न सुरु गरेका थिए । त्यसपछि उनी विदेश गए अहिले फेरि फर्किएका छन् इँटाको खातमा । 'विदेशमा हुँदा पैसा बच्थ्यो बरु यहाँ त फुरमासी खर्च धेरै हुन्छ' उनी भन्छन् । दैनिक इँटा बोकेर ८ सय देखि १२ सयसम्म कमाउँछन् । काममा खटिएको दिन त्योभन्दा धेरै पनि हुन्छ । मगर पानी पर्ने मौसममा रोल्पामै खेती किसानी गर्न फर्किन्छन् । वर्षमा ५–६ महिना उनी यतै इँटा भट्टामा बिताउँछन् । रोल्पाबाटै १ महिनाअघि साहु मार्फत भट्टा आएका प्रेमबहादर विकले आफ्नो काम असुरक्षित महसुस गरेका छन् । विदेशमा काम गर्दा कामदारको सुरक्षा कम्पनीले जिम्मा लिन्छ । तर, यहाँ कसले जिम्मा लिन्छ ? काम गर्दा लगाउने मास्क, बुट र ग्लोब भए आफ्नो काम अलि सुरक्षित हुने उनको विश्वास छ । समान्यतया एउटा इँटाभट्टामा १५० देखि २०० मजदुर काम गर्ने गर्दछन् । नेपाल ट्रड युनियन महासंघको तथ्यांक अनुसार हाल नेपालममा ५०० भन्दा बढी इँटा कारखानाहरु संचालनमा रहेका छन् । यस्ता भट्टामा काम गर्ने मजदुरको संख्या चार लाखभन्दा बढी मजदुरहरु छन् । रोजगारीको अवसर नहुँदा इँटा भट्टामा आउने मजदुरको संख्यामा वृद्दि हँदै छ । यस्ता इँटा भट्टाहरुमा नेपालीका साथसाथै भारतीय मजदुरहरु पनि उत्तिकै संख्यामा छन् । तथ्यांक अनुसार नेपालका हजारौं इँटाभट्टामा ४१ प्रतिशत भारतीय मजदुरहरु कार्यरत छन् । नेपाली मजदुरको तुलनामा भारतीयहरुमा इँटाको व्यवस्थापन र आवश्यक आगोको ज्ञान बेसी हुने इँटा भट्टाका सञ्चालकहरु बताउँछन् । मजदुरहरु कोही साहुमार्फत त कोही आफैं आउछन् । प्रकाशित : फाल्गुन १, २०७६ २१:४६ पूर्वसर्त पालना नगरेको भन्दै सप्तरीमा इस्लामिक सम्मेलन गर्न गृह मन्त्रालयको रोक आयोजक समितिका अध्यक्ष भन्छन्- हामीले सबै सर्त मानेका छौं फाल्गुन १, २०७६ अवधेशकुमार झा राजविराज — सप्तरीको बोदेवरसाइन नगरपालिका–५ जाजरमा हुने भनिएको मुसलमान समुदायको धार्मिक सम्मेलन गर्नलाई गृह मन्त्रालयले रोक लगाएको छ । फागुन ३, ४ र ५ गते हुने भनिएको उक्त कार्यक्रममा मन्त्रालयले रोक लगाएको हो । कार्यक्रम गर्न यसअघि गृह मन्त्रालयले अनुमति दिँदा अघि सारेका सर्तहरुको आयोजकले पालना नगरेको कारण कार्यक्रममा रोक लगाइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए । 'शान्ति सुरक्षा र अन्तर्राष्ट्रिय केही विषयमा आयोजकले सर्तहरु पालना गरेनन्,' गृह प्रवक्ता शर्माले भने, 'त्यसकारण कार्यक्रम आयोजनामा रोक लगाइएको हो ।' उक्त कार्यक्रममा कम्तिमा दुईलाखभन्दा बढी मुसलमान समुदायका व्यक्तिहरुको उपस्थिती हुने अनुमान गरिएको छ । नेपाल र भारतका मात्र मुसलमान समुदायको उपस्थिति कार्यक्रममा रहने बताइएपनि अन्य मुलुकबाट पनि सहभागी हुनसक्ने सुरक्षा स्रोतको दाबी छ । गृह मन्त्रालयले रोक लगाउने निर्णय गरेसँगै सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालसहित सुरक्षा निकायका प्रमुखहरु कार्यक्रम आयोजनास्थलमै पुगेर आयोजकलाई कार्यक्रम स्थगन गर्न आग्रह गरेका छन् । 'गृहको निर्देशनपछि हामीले आयोजकलाई कार्यक्रम नगर्न आग्रह गरेका छौं,' बिहीबार साँझ कार्यक्रमस्थलमै रहेका सप्तरी प्रहरीका प्रवक्ता डीएसपी तिलक भारतीले भने । गृहको रोकपछि सीमा नाकामा उक्त कार्यक्रमका सहभागीहरुलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । सप्तरीको कुनौली लगायतका विभिन्न नाका र सुनसरीको भान्टाबारी नाकामा सुरक्षाकर्मीहरुले सम्मेलनमा आउन लागेका सहभागीहरुलाई नेपाल प्रवेश गर्न दिएका छैनन् । विभिन्न नाकामा गरी सयौंको संख्यामा मुसलमानहरु रोकिएका छन् । फागुन ३ गतेदेखि कार्यक्रम हुने भनिएपनि बिहीबारसम्म मात्र २५ हजारभन्दा बढी सहभागी सम्मेलनस्थलमा आइसकेका छन् । सम्मेलनमा आयोजक समितिका संयोजक मोहम्मद गफुरले बिहीबार दिउँसो प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा अधिकारीहरुको टोली आएर कार्यक्रम नगर्न भनेको बताए । 'सबै तयारी भइसकेको छ, कार्यक्रम सुरु हुने दिनमा आइपुग्दा अचानक कार्यक्रममा रोक लगाउनुले हामी आश्चर्यमा परेका छौं,' संयोजक गफुरले भने । उनले नेपाल र भारतबाहेक अन्य मुलुकका मुसलमान समुदायलाई कार्यक्रममा आमन्त्रण नगरिएको भएपनि आफ्नै तरिकाले अन्य मुलुकका सहभागी आएको भए फर्काउन तयार रहेको बताए । 'नेपाल र भारतबाहेक अन्य मुलुकका कोही सहभागी आफैं भिसा लिएर आएका छन् भने हामी फर्काउन तयार छौं,' संयोजक गफुरले भने, 'तर अब कार्यक्रममा रोक लगाउनु उचित होइन ।'
2020/06/04 08:10:54
https://ekantipur.com/video/2020/02/13/15816054322321277.html
mC4
साढे ५ महिनामा १९ गैंडा मरे- समाचार - कान्तिपुर समाचार शान्ति केन्द्रलाई १ रुपैयाँ दान लुम्बिनी — लुम्बिनीमा बनाउन लागिएको महासिद्ध सेन्चुरी फर युनिभर्सल पिस केन्द्रका लागि मुठीदान अभियानअन्तर्गत एक रुपैयाँ दान कार्यक्रम अघि बढेको छ । अभियानका लागि विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले केन्द्रका परिकल्पनाकार श्यालपातेन्जिङ रिम्पोचेलाई लुम्बिनीमा एक रुपैयाँ दान गरे । अहिले निर्माण स्थलमा पुग्दै एक रुपैयाँ दान गर्नेहरू बढिरहेका छन् । अभियानको सुरुवात गत मंसिरमा सार्क महासचिव इसाला रुवान विराकुनले एक रुपैयाँ दान गरेर शुभारम्भ गरेका थिए । त्यस्तै पशुपति क्षेत्र विकास कोष सदस्यसचिव डा. प्रदीप ढकालले पनि एक रुपैयाँ दान गरे । नेपालमा एक रुपैयाँ र अन्यत्र एक डलर दान अभियान चलाएर लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउन सबैतिरबाटै व्यापक सहभागिता र योगदान होस् भन्ने उद्देश्यले अभियान चलाइएको परिकल्पनाकार रिन्पोचेले बताए । 'यस्तो कामले सबैको सहभागिता हुन्छ,' उनले भने, अपनत्व बढेर शान्ति, सद्भाव, मैत्री र करुणाको भावना उत्प्रेरित हुन्छ ।' केन्द्रमा दुई हजार जना अट्ने सभाकक्ष, शान्तिवार्ता र ध्यान कक्ष, पुस्तकालय र संग्रहालय हुनेछन् । त्यस्तै विहार र गुम्बा रहने अत्याधुनिक केन्द्र बन्नेछ । जर्मन आर्किटेक्टले डिजाइन गरेको कमलको फूल आकारमा बनाउन लागिएको वर्ल्ड पिस केन्द्र ३ वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य छ ।
2021/01/28 00:08:33
https://ekantipur.com/news/2020/12/31/160938567390954829.html
mC4
Sajhasabal.com | Homeके अहिले कतार जान पाइन्छ ? यी ५ प्रक्रिया पुरा गरे जान पाइन्छ भदौ २८, काठमाडौँ | कोरोना महामारीको कारण अहिले विश्व आक्रान्त छ । यो परिस्थितिमा कुनैपनि एक देशबाट अर्को देशमा जान त्यति सहज भने छैन । वैदेशिक रोजगार मोबाइल एपमा कयौंले हामीलाई प्रश्न गरेका छन् 'अहिले कतार जान पाइन्छ ?' यसको प्रश्नको जवाफ त्यति सहज छैन । यस अघि साझा सबाल मिडियाले बैदेशिक रोजगार बिभागको ताहाचल स्थित कार्यालयमा यसको जवाफ माग्दा कतार जाने आशामा श्रम गर्न आएकाहरुलाई श्रम कार्यालयका अधिकारीहरुको उत्तर थियो - 'कतार जान सहज छैन । अहिले कतार जान श्रम लिन आउनेको संख्या पनि कम छ ।' आप्रवासी कामदारको उच्च संख्या रहेको कतारमा बिभिन्न देशबाट बैदेशिक रोजगारीको क्रममा पुग्ने गरेका छन् । नेपालबाट पनि बैदेशिक रोजगारीमा जाने मुख्य देश कतारलाई लिइन्छ । कोरोना सुरु भएपछि तथा त्यस अघि नेपाल विदामा आएका नेपालीहरु अहिले कतार जान पाउने आशामा बसिरहेका छन् । तर अगस्टदेखि आप्रवासी कामदारलाई प्रवेश दिने निर्णय गरेको कतारले नेपाललाई बढी जोखिममा परेको देशको सूचीमा राखेको कारण अहिले कतार जान नेपालीलाई समस्या छ । तर पनि अहिलेको अवस्थामा समेत केहि नेपाली कतार गईसकेका छन् केहि जाने क्रममा छन् । अहिले कसरी गएका छन् त नेपालीहरु कतार ? यस्तो छ प्रक्रिया: कतारले नेपाल सहित बिभिन्न देशबाट कामदार लैजान रोक लगाएको कारण पहिलो कुरा कतारले कुनैपनि व्यक्तिलाई इन्ट्री परमिट दिनु पर्ने हुन्छ । यस्तो परमिट पाउनु भनेको कतार जान परमिट हुनु हो । अन्यथा त्यस्तो परमिट पाएकाहरुलाई श्रम निकाल्न त्यति ठूलो कुरा छैन । परमिट पाउनको लागि कतार पोर्टलको अनलाइन सर्भिस वेबसाइट (यो लिंक) अन्तर्गत पेज खोलेर साइन अप गरि विवरण भर्नुपर्छ । यो विवरण भर्दा कामदारले भन्दा पनि कम्पनीले नै भरिदिदा परमिट पाउने सम्भावना बढी हुन्छ । तर यो कुरा पनि याद राख्नुपर्छ कि अहिले कतारले जो पायो त्यसलाई त्यस्तो परमिट दिदैन । परमिट लिनको लागि बिशेष-बिशेष पेशाको कामदार हुनुपर्छ । जस्तो कि स्वास्थ्यकर्मी, सरकारी तथा अर्ध-सरकारी क्षेत्रमा काम गर्नेहरु वा कतारको सरकारले प्राथमिकतामा राखेको कामदारले त्यस्तो परमिट पाउन सक्छन् । अन्य कामदारले परमिट पाउने सम्भावना त हुन्छ टर निकै न्यून । परमिट पाउन आफ्नै कतार आइडीबाट निकालिएको सिम कार्ड प्रयोग गरेर मात्र कतार पोर्टलको वेबसाइटमा नयाँ एकाउन्ट खोल्न सकिने बताइएको छ । मोबाइल नम्बरको स्वामित्व नभएको अवस्थामा कतार पोर्टलको खाता खुलेपनि खाता एक्टिभ हुँदैन । त्यस्तो अवस्थामा कल सेन्टरमा फोन गरेर कतार पोर्टलको एकाउन्ट एक्टिभ बनाउन सकिन्छ । खाता खोल्न कतार पोर्टलको लिंक खोलेर नेपाली कामदार लिने कम्पनीले कतारको आइडी हानेर सोहि आइडी उल्लेख रहेको मोबाइल नम्बर हान्नु पर्ने हुन्छ । कतार पोर्टलले पाएको विवरण अनुसार प्राथमिकताको आधारमा परमिट पाएको खण्डमा एक महिनाको लागि उक्त परमिट जारी हुन्छ । सोहि अवधिमा परमिट पाउने व्यक्ति कतार पुग्नुपर्ने हुन्छ । कतार पोर्टलबाट परमिट पाएपछि अब आफूसँग भएको भ्यालिड भिषा, मिति नसकिएको पासपोर्ट, सम्बन्धित देशको कम्पनीसँगको सम्झौतापत्र लिएर श्रम स्वीकृति लिन सकिन्छ । बिदामा आएकाहरुले सातै प्रदेशमा रहेको श्रम कार्यालयमा गई पुन: श्रम स्वीकृति लिन सक्छन् । तर नयाँ श्रम निकालेर जानेले भने काठमाडौँको ताहाचलमा रहेको श्रम कार्यालयमै पुग्नुपर्ने हुन्छ । अहिले श्रम कार्यालयले नयाँ तथा पुरानो सबैका लागि श्रम स्वीकृति दिईरहेको छ । तर श्रम गर्न जाँदा अर्को कुरा के ध्यान दिनुपर्छ भने भदौ १७ गते बैदेशिक रोजगार बिभागले अनिवार्य एनओसी लेटर चाहिने निर्णय गरेको छ । त्यस अनुसार कतारमा रहेको कम्पनीले कामदारको नाममा एनओसी बैदेशिक रोजगार बिभागको इमेलमा पठाउनुपर्ने हुन्छ । अनि मात्र श्रम स्वीकृति जारी हुन्छ । वैदेशिक रोजगार बिभागका अनुसार म्यानपावर कम्पनी मार्फत कतार जानेको हकमा भने एनओसी कतार स्थित दुतावासले समेत प्रमाणीकरण गर्नुपर्ने हुन्छ । यस सम्बन्धि स्पष्ट हुन तथा श्रम कार्यालयको इमेल ठेगामा प्राप्त गर्न यो (लिंक)मा क्लिक गरि पुरा भिडीयो हेर्नुहोला । श्रम स्वीकृति लिएपछि तपाइँले अझै बाँकी काम गर्नुपर्छ, कतारको लागि टिकट काट्ने काम । नेपाल सरकारले सेप्टेम्बर महिना भरको उडान तालिका सार्वजनिक गरिसकेको छ, त्यस अनुसार जुन-जुन उडान कतार उड्छ । त्यसै उडानको एयरलाइन्सलाई सम्पर्क गरि टिकट लिन सकिन्छ । वा कतार एयरवेजमा सम्पर्क गर्नु भएमा पनि हुन्छ । कतार उडानको टिकट लिएपछि अब तपाइले कतार पुगेर १४ दिन क्वारेन्टाइन बस्नुपर्ने हुँदा त्यसको लागि होटल बुकीङ गर्नुपर्ने हुन्छ । होटल बुकीङ गर्न तपाइको कम्पनीको सहयोग लिनु भएमा सहज हुन्छ । १४ दिन होटल क्वारेन्टिनमा बस्नको लागि कम्तिमा २१६९ रियाल तिर्नुपर्ने हुन्छ । तर त्यो पैसामा ७०० रियाल क्वारेन्टाइनमा बसेपछि फिर्ता पाइन्छ । कतार एयरवेज होलिडेको वेबसाइट (लिंक) मा गई होटल क्वारेन्टाइनमा बस्न बुकीङ गर्न सकिन्छ । बुकीङ गर्दा एक्लै रुममा बस्नेलाई महँगो पर्न सक्छ भने सेएर्ड (साथिसँग एकै कोठामा बस्दा) केहि सस्तो पर्न सक्छ । एकै कोठामा तीन जनासम्म संगै बस्न सकिन्छ । साथै दुई वा तीनजना संगै एकै कोठामा बस्ने भए एकै उडानमा कतार पुग्नुपर्ने हुन्छ । उडान होटल बुकीङ गर्दा कम्तिमा ४८ घण्टा अघिनै बुकीङ गर्नुपर्ने हुन्छ । बुकीङ गरेकाहरुलाई सिधै एयरपोर्टबाट होटलमा लगिन्छ । अब तपाइको कतार उड्ने दिन जहिले तय भएको छ सो भन्दा अघि ७२ घण्टा भीत्रको कोरोना नेगेटिभको परीक्षण प्रमाण लिनुपर्ने हुन्छ । जसको लागि कतार एयरवेजले मान्यता दिएको स्वास्थ्य संस्थाबाट मात्र परीक्षण गर्नु पर्छ । अहिले सरकारले कोरोना परीक्षण शुल्क रु. २००० तोकेको छ । कतार एयरवेजले मान्यता दिएको कोरोना परीक्षण गर्ने स्वास्थ्य संस्थाको सूची तल हेर्नुहोला । १. स्टार हस्पिटल, सानेपा हाइट २. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन ३. केएमसि हस्पिटल, सिनामंगल ४. हंस हस्पिटल, धुम्बाराही ५. सूर्य हेल्थ केयर, लाजिम्पाट ६. सेन्ट्रल डायग्नोसीस ल्याबरेटरी, कमलपोखरी ७. ग्रांडी अन्तराष्ट्रिय अस्पताल, टोखा ८. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु ९. वीर अस्पताल, सुन्धारा कतार पुगेपछि.. कतार पुगेपछि के-के हुन्छ भन्ने कुरा माथि दिईएको कतार एयरवेज होलिडेको वेबसाइट (लिंक)मा सबै विवरण दिइएको छ, जस अनुसार १४ दिन क्वारेनटाईनमा बसेपछि कोरोना परीक्षण हुन्छ । नतिजा पोजेटिभ आएमा कतार सरकारले तोकेको मापदण्डमा आइसोलेसन बस्नुपर्छ । यदी परीक्षण नेगेटिभ आएमा कम्पनीमा गएर कम्पनीले ७ दिन कोठामा क्वारेन्टाइनमा बस्नुपर्छ ।
2020/10/30 10:36:07
http://sajhasabal.com/foreign-jobs-information/69083
mC4
गल्कोटका अधिकाश सडक कुलोमा प्रयोग, हिलाम्मे सडकमा सवारी र यात्रुलाई सास्ती | ebaglung.com गल्कोटका अधिकाश सडक कुलोमा प्रयोग, हिलाम्मे सडकमा सवारी र यात्रुलाई सास्ती २०७४ असार २५, आईतवार १९:१७ Top News, थप समाचार 370 पटक हेरिएको ! घनश्याम गौतम गल्कोट २०७४ असार २५ । गलकोट नगरपालिकाका अन्तर्गतका अधिकाशं सडक हिलाम्मे बनेका छन् सडक हिलाम्मे बन्दा सबारी साधन सञ्चालनमा त समस्या छदै छ पैदल यात्रुलाई समेत यात्रा गर्न समस्या भएको छ । गलकोट नगरपालिका ििबभन्नि बडा अन्तरगतका ग्रामीण सडक अन्तरगत हटिया झारमौरा काडेबास सडकमा पानीले सडक त बिग्रिएको छ नै, सडकलाई पुर्ण रुपमा नहरको रुपमा प्रयोग गरिएको छ । मसुरबारी देखी झारमौराको खेतमा लगाइएको पानीको निकासको रुपमा मोटरबाटोलाई प्रयोग गर्दा बाटो हो की कुलो तथा नहर छुट्याउनै समस्या भएको छ । सडकलाई कुलो बनाईको छ । सडक बिभिन्न ठाउमा र्चिकएको तथा ससाना पहिरो समेत गएको छ स्थानियको लगानीमा निर्माण भएको मोटरबाटोको ब्यबस्थापन तथा भल कटान नगर्दा सडकले सडकको रुप लिन सकेको छैन् । त्यस्तै गल्कोट नगरपालिका बाड नं ५ को बसाहफाट देखी भैसे सम्मको खण्ड पनि हीलाम्मे बनेको छ । सो बाटोमा नियमति बिभिन्न सबारी साधन गुड्ने गर्छन तर बाटोको अबस्था नाजुक रहेको यात्रुले गुनासो गर्दछन् बाटोमा पानी लगाउने, भल कटान नगर्ने र वाटोको मर्मत नगर्दा पैदल यात्रुले समेत जोखीमको यात्रा गर्नुपर्नृे बाध्यता रहेको स्थानिय कोष बहादुर बस्नेतले बताए । गाँउ गाँउमा र टोलटोलमा मोटरबाटो निर्माण भएका छन् तर ब्यबस्थापन नभएकोले यात्रा गर्न समस्या भएको गणेश बहादुर खत्रीले बताए । बर्षातको समयमा भल कटान गनु्ृ आबश्यक हुन्छ तर खेतमा सिँचाईको लागी लगिएको पानी कुलो नबनाई मोटरबाटोबाट लैजाने गरेका छन् । पछिल्लो समयमा दिनानुदिन दुर्घटना बढिरहको अबस्थामा बाटोमा पानी लगाउने, सडकमा खाल्डाखुल्डी हुनु र आफ्नो स्बार्थको लागी गलत रुपमा मोटरबाटोको प्रयोग हुन पनि दुर्घतटनाको हिस्सा बनेको गलकोट हटिया प्रहरी चौकीका ट्राफिक प्रहरी महेन्द्र खत्रीले बताए । गलकोट नगरपालीकाको बाड नं ४ चमुवा जाने बाटो, बाड नं ५ को कौलेनी, सर्दाखेत बाड नं ६ को नेपाने कायस जामुनडाडा, लगाएतका बिभिन्न सडकमा पानीले खाडल बनाउदा सबारी सञ्चालनमा समेत समस्या आउन थालेको यात्रुले बताएका छन् । मोटरबाटो निर्माण तथा उपभोक्ता समितीले पनि चासो दिएका े पाईदैन् । सडको ट्याक खोल्ने भन्दा पनि ब्यबस्थीत सडक निर्माण गरि यात्रालाई सहज बनाउनु् जरुरि छ । सडकको र्ममत गर्नु र यात्रालाई सहजता प्रदान गर्नु सबैको जिम्मेबारी हो त्यसैले सडकलाई सडककै रुपमा सञ्चालन गर्नमा समयमै सम्बन्धीत सबैको ध्यान पु¥याउनु आबश्यक छ ।
2018/04/22 06:39:10
http://www.ebaglung.com/archives/10686
mC4
उम्मेदवार चिनारीसहितको प्रतिवद्धतापत्र लिएर भोट माग्दै वाम गठबन्धन – Satyapati बाँके । वाम गठबन्धनका उम्मेदवारहरु व्यक्तिगत चिनारी र विकासे एजेन्डासहितको प्रतिबद्धतापत्र लिएर घरदैलोमा पुगेका छन् । नेपालगन्जको वडा नं. ९ बाँकेगाउँ आसपासमा वाम गठबन्धनका उम्मेदवार तथा नेता कार्यकर्ताले घरदैलो गरेका हुन् । चारबाहिनीचोकमा प्रचण्डपुत्र प्रकाश दाहालप्रति एक मिनेट मौन धारण र श्रद्धाञ्जली अर्पण गरी गठबन्धनले घरदैलो शुरुवात गरेको थियो । सो अवसरमा बाँके क्षेत्र नं. २ का निर्वाचन परिचालन कमिटीका संयोजक दामोदर आचार्यले प्रकाशको निधनले कम्युनिष्ट आन्दोलनमा क्षति पुगेको बताए । छोटो श्रद्धाञ्जली सभापछि वाम गठबन्धनका उम्मेदवार तथा नेता कार्यकर्ताहरु वडा नं. ९ को घरघरमा पुगे मत मागेका थिए । घरदैलोका क्रममा गठबन्धनको निर्वाचन परिचालन कमिटीले उम्मेदवारको व्यक्तिगत चिनारी र विकासे एजेन्डा समेटिएको प्रतिबद्धतापत्र बाँडेको थियो । बाँके क्षेत्र नं. २ का उम्मेदवार पशुपतिदयाल मिश्र, प्रदेशसभा क र ख का उम्मेदवारहरु क्रमशः कामता खटिक र विजयकुमार गुप्ताको शिक्षादेखि अहिलेसम्म गरेका राजनीतिक यात्रा र उनीहरुले प्रतिबद्धता गरेका विकासका एजेन्डाहरु समेटिएका छन् । तीनै जना उम्मेदवारको साझा प्रतिवद्धता ३० बुँदे रहेको छ । नेपालगन्ज विश्वविद्यालय, राँझा विमानस्थलको स्तर वृद्धि, राप्ती नदी कटान, डुवान रोक्ने र बाढीपीडितलाई सुरक्षित बसोबास गराउने, नेपालगन्जलाई ५ नम्बर प्रदेशको राजधानी बनाउने, विशेष आर्थिक क्षेत्र, सबै गाउँमा सडक सञ्जाल जोड्ने, भेरी अञ्चल अस्पतालको स्तर बृद्धि, लोडसेडिङ अन्त्य, स्वास्थ्य बिमा, शुद्ध पिउने पानीको व्यवस्था, प्राथमिक शिक्षा अनिवार्य, माध्यमिक शिक्षा निशुल्क र उच्च शिक्षामा सुलभ पहुँच पु¥याउने साझा प्रतिवद्धताका रुपमा उल्लेख गरिएको छ । त्यसैगरी पर्यटनको विकास र जिल्लालाई प्रवेशद्वारका रुपमा विकास गर्ने, धार्मिक सद्भावमा विशेष जोड, राप्तीघाटलाई व्यवस्थित, सामाजिक सुरक्षा सुरक्षा पाँच हजार पु¥याउने, कृषि तथा औद्योगिक क्षेत्र विकास गरी स्वदेशमै रोजगारी सिर्जना गर्ने, फोहोर व्यवस्थापनलाई पुनः प्रयोगका परियोजना सञ्चालन गर्ने, तराई मधेससमेतका जनतालाई शोषण, उत्पीडन, विभेद र असमानताबाट मुक्त गरेर न्याय, समानता, समृद्धि सुनिश्चित गर्न देश र जनताको आवश्यकता अनुसार संविधान कार्यान्वयनको परिमार्जन र विकास गर्दै तराई मधेसका साथै समग्र राष्ट्रको आर्थिक विकास र सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिबद्धताहरु रहेका छन् । आफ्ना प्रतिबद्धताहरु लिएर घरघरमा पुगेका उम्मेदवार, नेता तथा कार्यकर्ताहरु उत्साहित देखिएका छन् । 'हाम्रो अभियान सफल भएको छ । घरघरमा पुग्दा आम जनताले माया, सद्भाव देखाएका छन्, बाँके क्षेत्र नं. २ प्रदेश सभा 'ख' का उम्मेदवार विजयकुमार गुप्ताले भने । नेपालगन्जको घरदैलोमा उम्मेदवारहरु पशुपतिदयाल मिश्र, विजयकुमार गुप्ता, जिल्ला निर्वाचन परिचालन कमिटीका संयोजक दामोदर आचार्य, सहसंयोजक निरक गुरुङ, प्रदेश 'ख' का संयोजक रविन्द्र लम्साल, सचिव दत्तप्रसाद आचार्य, एमालेका जिल्ला सहसचिव प्रमोद धिताल लगायतको उपस्थिति रहेको थियो ।
2022/01/16 22:01:15
https://satyapati.com/2017/11/1805/
mC4
ब्यास नगरपालिकामा अब विपद्को विवरण एकै ठाउँबाट – देशसञ्चार ब्यास नगरपालिकामा अब विपद्को विवरण एकै ठाउँबाट दमौली- ब्यास नगरपालिकामा विपद् पोर्टल शुभारम्भ गरिएको छ। सङ्घ, प्रदेश र स्थानीय तहमा विपद् सम्बन्धी सूचना एकीकृत रुपमा आदानप्रदान गर्ने उद्देश्यसहित ब्यास नगरपालिकामा विपद् पोर्टल शुभारम्भ गरिएको हो । नेपाल सरकारले राष्ट्रिय एकीकृत विपद् सूचना व्यवस्थापन प्रणाली अन्तर्गत विपद् सूचना पोर्टलको विकास गरेको छ । सोही बमोजिम नगरपालिकाले एकीकृत विपद् सूचनाको व्यवस्थापन गर्ने उद्देश्यले आजदेखि उक्त पोर्टलको शुभारम्भ गरेको जनाएको छ । यस पोर्टलमार्फत विपद्को तयारी, प्रतिक्रिया, सतर्क, जोखिम सम्बन्धी जानकारी साथै क्षमता र संशोधनका विभिन्न तथ्याङ्क र सूचना लिन सहज हुने ब्यास नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख इन्जिनीयर रवीन्द्रलाल मूलले जानकारी दिए। उक्त पोर्टलमा देखिए अनुसार विगत दश वर्षमा ब्यास नगरपालिकामा १९ घटना र ८ व्यक्तिको मृत्यु भएको छ। सन् २०२०-२०२१ फेुब्रअरीबीच सात घटना भएकामा पाँच व्यक्तिको मृत्यु भएको छ। पोर्टलमा खासगरी आगलागी, चट्याङ, पहिरो आदिका घटना धेरै भएको देखिएको नगरपालिकाले जनाएको छ । विपद् पोर्टलमा नेपाल सरकारका विभिन्न निकाय, विपद्मा कार्य गरिरहेका सङ्घ संस्थाबाट तयार गरिएका सूचना तथा तथ्याङ्क रहेको हुँदा यसको सहयोगले नगरपालिकाको रणनीति योजना बनाउन सहज हुने ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताए। नगरपालिकाले आवधिक रुपमा तथ्याङ्क प्रविष्ट गरी विपद् पोर्टलमा रहेको सूचना र तथ्याङ्कलाई थप अद्यावधिक गर्ने नगरप्रमुख न्यौपानेले प्रतिबद्धता व्यक्त गरे। पोर्टलमा शिक्षा, स्वास्थ्य, वित्तीय संस्था, उद्योग, पर्यटन, सांस्कृतिक धरोहरलगायत नगरपालिकामा रहेका विभिन्न पूर्वाधारको सूचना सङ्कलन भइसकेको हुँदा भविष्यमा हुने कुनै पनि विपद्का घटनालाई प्रतिक्रिया गर्न सहयोग पुग्ने युथ इनोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले जानकारी दिए। यसमा रहेका सूचना तथा तथ्याङ्कलाई आधार लिई नगरपालिकाले आफ्नो तयारी गर्न सक्ने र भविष्यमा हुनसक्ने जोखिमलाई पहिचान गरी दीर्घकालीन योजना बनाउने सक्ने उनले बताए। विपद् पोर्टलको स्थानीयकरण युथ इनोभेसन ल्याबको प्राविधिक सहयोग र युएसएआइडिको आर्थिक सहयोगमा ब्यास नगरपालिकालगायत १३ अन्य पालिकामा काम भइरहेको छ । स्थानीयकरण कार्य अन्तर्गत ल्याबले प्राविधिक इन्जिनीयरलाई पाँच महिना ब्यास नगरपालिकामा खटाएको थियो। विपद् पोर्टलले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागि चाहिने पूर्वतयारी, पूर्व चेतावनी र प्रतिकार्यमा सुदृढ पार्ने क्षमता राख्नुका साथै यसले विपद् जोखिमको सञ्चार र विपद् पछिको घटनामा समन्वय गर्न र तथ्यमा आधारित रहेर विपद् जोखिम न्यूनीकरणसँग सम्बन्धित योजना तर्जुमा गर्न र स्थानीयस्तरमा सूचीत निर्णय लिन र नीति बनाउनसमेत मद्दत पुर्‍याउने बताइएको छ। विपद् पोर्टलले जलविज्ञान र मौसमसम्बन्धी जोखिम जस्तैः भारी वर्षा र बाढी, वातावरणीय जोखिम जलवायु प्रदूषण र भूकम्प जस्ता भूवर्गीय जोखिमको सूचना दिनुका साथै चेतावनी वा खतरा सीमा पार गर्दा विपद् पोर्टलमा चेतावनी सूचना प्रदर्शीत हुने बताइएको छ। विपद् पोर्टलमा सन् २०११ देखिको क्षति र नोक्सान सम्बन्धी जानकारी समावेश गरिएको छ। यी तथ्याङ्क स्थानीय सरकारको लागि आपतकालपछि पुनःप्राप्ति, पुनःस्थापना र पुनःनिर्माणको लागि योजना बनाउन उपयोगी हुने नगरपालिकाले जनाएको छ। विपद् पोर्टलमार्फत् नगरपालिकाले वर्षा र नदीको जलस्तर अनुगमन, भूकम्प, वायु प्रदूषण र डढेलोको रियलटाइम तथ्याङ्क अवलोकन गर्न सक्दछ । जुन प्रारम्भिक तयारी कार्यको लागि सहयोगी हुने विश्वास गरिएको छ । विपद् पोर्टलमार्फत नगरपालिकाले प्रकोप सम्बन्धित कागजात, स्थानीय, वार्ड र समुदायस्तरमा प्रकोप व्यवस्थापन समितिका सदस्यको सम्पर्क जानकारी, स्थानीय सरकारले प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापन परियोजनासम्बन्धी डाटा र जानकारी एकीकृत गर्न सक्नेछन्।
2021/03/01 09:44:28
https://deshsanchar.com/2021/02/23/478347/
mC4
» स्वतन्त्र नागरिक समुहले एमसीसीको बिरोधमा रुपन्देहीमा प्रदर्शन गर्ने १७ असार २०७७, बुधबार १५:४३ बुटवल । स्वतन्त्र नागरिक समूह नेपालले एमसिसीको बिरोधमा प्रदर्शन गर्ने भएको छ । सो समुहले यहि असार १९ गते रुपन्देहीको मणिग्राममा बिरोध प्रदर्शन गर्ने लागेको समुहद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । समुहका संयोजक विश्वराज गैह्रेले मंगलबार विज्ञप्तीजारी गरी स्वतन्त्र नागरिक समूह नेपाल राष्ट्रियताको पक्षमा उभिएको र सरकारले संसदबाट पास गराउन लागेको एमसीसीको विपक्षमा रहेको जानकारी गराउनु भएको छ । एमसीसी सम्झौता तत्काल खारेज गर्न र भारतले ७२ स्थानमा मिचेको नेपाली भूमि फिर्ता गराउनका लागि सरकारलाई दवाव दिन शान्तिपूर्ण आन्दोलन गरिने संयोजक गैरेले बताउनु हुन्छ । देशभक्त तथा स्वाभिमानी नेपालीलाई एमसीसी सम्झौता खारेजीका लागि दवावमूलक तर शान्तिपूर्ण आन्दोलनमा उत्रन संयोजक गैह्रेले आग्रह गर्नुभएको छ । एमसीसी खोरजीका लागि स्वतन्त्र नागरिक समूह नेपाल रुपन्देहीमा क्रियाशील रहेको र यही साउन १९ गते शुक्रबार पांचवजे तिलोत्तमाको मणिग्राममा एमसीसी बिरुद्द सभाको आयोजना गरिएको विज्ञप्ती मार्फत संयोजक गैह्रेले जानकारी गराउनु भएको छ । वेलुका पांच वजे आयोजना गरिने उक्त कार्यक्रममा सहभागिताका लागि सबैलाई आग्रह गरिएको छ । एमसीसी खारेजीको एक सुत्रीय माग पूरा नहुंदासम्म सरकार, राज्य र राजनीतिक दललाई दवाव दिनका लागि शान्तिपूर्ण जनदवाद जारी राख्ने विज्ञव्तीमा उल्लेख गरिएको छ । लकडाउनको पालना गरी कार्यक्रम गरिने छ । २०६९ सालमा स्थापना भएको स्वतन्त्र नागरिक समूह, नेपाल अधिकारको क्षेत्रमा क्रियाशील छ । विश्वराज गैह्रे संयोजक रहेको यो संस्थाले स्वतन्त्र रुपमा अवस्था र आवश्यक्ता अनुसार आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ । कुनैपनि राजनीतिक दलसंग आवद्द नरहेको यो संस्था नितान्त स्वतन्त्र र सामाजिक संस्था हो । राष्ट्रियता, जनतन्त्र, जनजीविका र राष्ट्यि अखण्डता, एकताको पक्षमा यो संस्था सक्रिय रहेको संयोजक विश्वराज गैह्रेले बताउनुभयो । कुनैपनि दल विशेष तथा निकट नरहने र राज्य, सरकार, राजनीतिक दलले गरेका गलत कामको बिरोध गरी दवाव दिन स्वतन्त्र नागरिक समूहको मूलमर्म रहेको संयोजक गैह्रेले विज्ञप्ती जारी गरी जानकारी गराउनु भएको छ ।
2020/08/04 10:39:31
https://www.bulletinnepal.com/archives/51703
mC4
» अमेरिकालाई चीनको जवाफः हाम्रो लोकतन्त्रमा तिम्रो कोकाकोलाको जस्तो स्वाद नखोज्नु अमेरिकालाई चीनको जवाफः हाम्रो लोकतन्त्रमा तिम्रो कोकाकोलाको जस्तो स्वाद नखोज्नु २०७८ बैशाख ११, शनिबार १३:१८ काठमाडौं । चीनियाँ विदेश मन्त्री वाङ यीले आफ्नो लोकतन्त्रमा कोकाकोलाको स्वाद नखोज्न अमेरिकालाई चेतावनी दिएका छन् । विदेशमन्त्री यीले चिनलाई आफ्नो विकल्प आफै रोज्ने अधिकारको सम्मान गर्न अनुरोध पनि गरेका छन् । शुक्रबार चिनियाँ विदेश मन्त्री यी र अमेरिकी विदेश मामला काउन्सिलका अध्यक्ष रिचर्ड हासबीच भिडियो कन्फेरेन्समा कुराकानी भएको थियो । कन्फेरेन्समा दुई देशबिचको सम्बन्धलाई थप प्रभावकारी र शान्तिपूर्ण बनाउने सम्बन्धमा छलफल भएको थियो । कन्फेरेन्सबारे चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सले लेखेका छन की लोकतन्त्र कुनै कोकाकोला होइन जसको स्वाद संसारको जुनुसकै कुनामा समान हुने प्रतिवद्धता गरिएको होस् । चिनियाँ विदेश मन्त्रीले चिनियाँ लोकतन्त्रले आफ्ना नागरिकहरुलाई शान्तिपूर्ण र सुखद जीवन प्रदान गरेको बताउँदै अमेरिकाले त्यसको सम्मान गर्नुपर्नेमा जोड दिएका थिए ।
2021/11/29 21:17:40
https://www.singhadarbar.com/post/10192/
mC4
अस्पतालमा मृत्यु भएका तीन मध्ये एकमा कोराना – Nepal24Hours.com – Integration Through Media ….! १२ कार्तिक २०७७, बुधबार १७:१२ English चितवन । भरतपुर अस्पतालमा मृत्यु भएका तीनमध्ये एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर २ का ४६ वर्षीय पुरुष रहेका छन् । अस्पतालको आकस्मीक कक्षमा आइपुग्दा बिहिबार राती उनको मृत्यु भएको थियो । मृत्यु पछि गरिएको नमुना परिक्षणमा उनमा कोरोना पुष्टि भएको हो । बिहीबार दिउँसो सघन उपचार कक्षमा खैैरहनी नगरपालिकाकी २२ वर्षीया युवतीको उपचारको क्रममा मृत्यु भएको पौडेलले बताउनुभयो । उनको पनि नतिजा नेगेटिभ आएको छ । उनीहरु तीनै जनालाई ज्वरो, खोकी सहित श्वासप्रश्वासमा समस्या देखिएको थियो । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि स्वाब परीक्षणका लागि पठाइएको थियो । यसअघि भदौ १४ गते अस्पतालको आकस्मिक कक्षमा तीन जनाको एकैदिन उपचारकै क्रममा मृत्यु भएको थियो । उनीहरुको कोरोना परीक्षण गर्दा तीनै जनाको नतिजा पोजेटिभ आएको थियो ।
2020/10/28 17:12:48
https://www.nepal24hours.com/np/archives/75759
mC4
कांग्रेस महाधिवेशन : ३२ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न ! « Nepal Bahas प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार १३:३३ ९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजसम्म ३२ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ । बाँकी जिल्लामा पूर्व निर्धारित कार्यतालिकाअनुसार शुक्रबारदेखि जिल्ला अधिवेशन प्रारम्भ हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन मंसिर १० गते शुक्रबार हुदैछ भने प्रदेश अधिवेशन मंसिर १६ र १७ गते गर्ने कार्यतालिका छ । कांग्रेसको १४औँ महाधिवेशन यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुनेछ । क्रियाशील सदस्यताको विवादका कारण ढिलाइ भएको एकमात्र जिल्ला सर्लाहीमा भने शुक्रबार वडा अधिवेशन प्रारम्भ हुन लागेको छ ।
2021/12/09 10:18:47
https://www.nepalbahas.com/2021/11/25/359988/
mC4
नयाँ हुन्डाई भर्ना - प्रविधि - नेपाल नयाँ हुन्डाई भर्ना हुन्डाई भर्नाको नयाँ संस्करणको कार नेपाली बजारमा आएको छ । हालै नेपालमा लन्च गरिएको भर्नालाई पाँचौँ जेनेरेसनको कार भनिएको छ । नयाँ भर्ना विभिन्न ६ कलरमा उपलब्ध हुनेछ, जसको मूल्य ४२ लाख ९६ हजार रुपियाँदेखि सुरु भई ४६ लाख ९६ हजारसम्म पर्छ । तर, नेपालमा भने यो कार पेट्रोल इन्जिनमा मात्रै उपलब्ध हुनेछ । यसमा १६ सय सीसीको इन्जिन प्रयोग भएको छ । यो इन्जिनले बढीमा १ सय २१ ब्रेक हर्सपावर बराबरको शक्ति निकाल्छ । सेडान वर्गको यो कारमा ६ वटा गियर छन् । र, प्रयोगकर्ताले अटोमेटिक वा म्यानुअल ट्रान्समिसनको विकल्पबाट रोज्न सक्नेछन् । पर्फर्मेन्समा पनि भर्ना उत्तिकै सशक्त छ । यसको अधिकतम स्पिड १ सय ९६ किलोमिटर प्रतिघन्टा रहेको दाबी गरिएको छ । र, यसले लगभग १८ किलोमिटर प्रतिलिटरको माइलेज दिन्छ । अडियो भिडियो नेभिगेसन भएको सात इन्चको टच स्क्रिन, सिट हाइट एडजस्टर, पछाडिको सिटमा आर्म रेस्ट, कप होल्डर आदि नयाँ भर्नामा थपिएका फिचर हुन् ।
2018/12/11 07:58:53
http://nepal.ekantipur.com/news/2017-11-20/20171120121352.html
mC4
कालापानीका नागरिकलाई राष्ट्रिय जनगणनामा सामेल गर्न माग – kalikadainik.com कालापानीका नागरिकलाई राष्ट्रिय जनगणनामा सामेल गर्न माग मंगलबार, आषाढ ०८, २०७८ | १५:४१:०७ | काठमाडौँ । नयाँ पार्टी नेपालले देशभर बाढीपहिरामा परेका नागरिकलाई तत्काल गाँस, बास र कपासको व्यवस्था गर्न र तिनलाई उचित राहत वितरणमा ध्यान दिन सरकारसँग माग गरेको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष युवराज सफलले आज विज्ञप्ति जारी गरी देशमा कोरोनाको प्रभाव विस्तारै कम भए पनि जोखिम कायम भएको हँुदा सम्पूर्ण नागरिकलाई खोप सेवा दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । पार्टी प्रवक्ता सफलले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायत भूभागका नेपाली नागरिकलाई राष्ट्रिय जनगणना २०७८ मा सामेल गर्न र मतदाता नामावलीमा नाम समेत समावेश गरी मत हाल्न पाउने अधिकार दिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ ।
2022/05/16 15:53:54
https://www.kalikadainik.com/2021/06/22/39830/
mC4
दैलेखमा पेट्रोलियम अन्वेषण चार सर्भे एकैपटक - Seven Nepal बुधबार, आश्विन ०६, २०७८ | Thursday, November 21, 2019 प्रकाशित मिति: बिहिबार, मंसिर ०५, २०७६ समय: ७:२२:४१ दैलेखकोे शिरिस्थान र नाभिस्थानलगायतका क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण गर्न दैलेख आएको चिनियाँ प्राविधिक टोलीले एकैपटक चारवटा सर्भे सुरु गर्ने भएको छ । नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषणका लागि गर्नुपर्ने चारवटा सर्भे एकैपटक गर्न लागिएको हो ।
2021/09/21 23:54:56
https://sevennepal.com/12285/
mC4
फिल्म 'कृष्ण–लीला' को छायांकन शुरु - MusicKhabar.com: Nepal's No. 1 Musical Newspaper फिल्म 'कृष्ण–लीला' को छायांकन शुरु काठमाडौं । दशै अघि नै निर्माण घोषणा भएको फिल्म 'कृष्ण–लीला' को गत शुक्रवारबाट छायांकन शुरु भएको छ । पूर्वी नेपालको झापाबाट सुटिङ थालीएको फिल्मको युनीट हाल इलाम पुगेको छ । दीपक ओलीको निर्देशन र लक्ष्मण सुवेदीको लेखन रहेको फिल्मको सुटिङ 'कुनै दिन यस्तो पनि जिन्दगानी' बोलको रोमान्टिक गीतबाट सुरु भएको जानकारी कार्यकारी निर्माता रत्न श्रेष्ठले दिएका छन् । सो गीतमा अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा श्रेत्री रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । अन्जु पन्त र सुगम पोखरेलको स्वर र अर्जुन पोखरेलको संगीत रहेको गीतको कोरियोग्राफी रामजी लामीछानले गरेका हुन् । बाबु श्रेष्ठले खिचेको गीत निकै सुन्दर बनेको कोरियोग्राफर लामीछानले बताएका छन् । आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको 'कृष्ण–लीला' मा पुष्प खड्का,श्रद्धा क्षेत्री,बुद्धि तामाङ,रबिन्द्र झा,नवीन रेग्मी,हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईलगायतका कलाकार मुख्य भूमिकामा छन् । प्रकाश कार्की र केवल तामाङ निर्माता रहेको फिल्मको कोशी नदी किनारमा सेट लगाएर सुटिङ आरम्भ गरिएको थियो भने युनीट हाल इलामको पानीटार पुगेको छ । त्यहाँ गीतको छायांकन सम्पन्न गरेर दृश्य खिच्न थालीने जानकारी निर्देशक वलीले दिएका छन् । फिल्मको सम्पूर्ण छायांकन पूर्वी नेपालमै सकाइने बताइएको छ ।
2021/04/20 11:23:01
https://musickhabar.com/film-krishna-lila-shooting/
mC4
स्थानीय तहले सुविधाभन्दा असुविधा दियोः ३० रुपैयाँ महसुल तिर्न ३ सय भाडा | Nepal Desh Home जिल्ला स्थानीय तहले सुविधाभन्दा असुविधा दियोः ३० रुपैयाँ महसुल तिर्न ३ सय भाडा स्थानीय तहले सुविधाभन्दा असुविधा दियोः ३० रुपैयाँ महसुल तिर्न ३ सय भाडा ३१ असार, रुकुम । देशमा संघीयताको स्थापनापछि भएको स्थानीय तह निर्वाचनमा 'गाउँगाउँमा सिंहदरबार' खुबै चलेको नारा बन्यो । स्थानीय तहको गठन र जनप्रतिधिको चयन भएपछि जनताले सुगमताको अनुभव गर्ने भनी राजनीतिक दलका शीर्ष नेताहरुले जोडतोडले भाषण पनि गरे । तर जनताका समस्या भने स्थानीय तहको निर्वाचनपछि पनि उस्तै छन् । उस्तै मात्रै छैनन् अझ समस्या भोग्न बाध्य छन् रुकुमका जनताले । गाउँमै पाइने सेवा सदरमुकाम सरेपछि त्यहाँका धेरै स्थानमा जनता पीडित छन् । विगतका वर्षमा आफ्नै साविकका गाविस कार्यालयमै विद्युत् महसुल बुझाइरहेका रुकुमका सेवाग्राहीले स्थानीय तह निवार्चनपछि ३० रुपैयाँ विद्युत् महसुल तिर्न ३ सय रुपैयाँ गाडीभाडा खर्चेर सदरमुकाम धाउनु परेको छ । केन्द्रीय प्रसारण लाइनले मुसिकोट नगरपालिका, बाँफीकोट गाउँपालिका र सिस्ने गाउँपालिकाका केही भाग छोएको छ । मुसिकोट नगरपालिकाबाहेक जनता यतिबेला एक दिन हिँडेर (गाडीमा ५ घण्टा) बिजुली महसुल तिर्न सदरमुकाम धाइरहेका छन् । यी क्षेत्रका जनताले स्थानीय तह कार्यान्वयनमा आउनुअघि साविकका गाविस कार्यालयमा महसुल भुक्तानी गर्न पाउँथे । तर हाल नयाँ व्यवस्थाअनुसार बैङ्किङ प्रणालीमार्फत महसुल बुझाउनुपर्ने भन्दै साविकका गाविसमा राखिएका प्राधिकरणका कर्मचारी सदरमुकाम फिर्ता बोलाइएपछि स्थानीयले सास्ती झेल्नु परेको हो । बाफिकोट गाउँपालिका–९ का पर्शुराम शर्माले तिर्नुपर्ने रकम थियो जम्मा ३० रुपैयाँ । ३० रुपैयाँ बिजुलीको महसुल तिर्न उनी ३ सय रुपैया गाडीभाडा तिरेर एक दिन घरको काम छोडेर सदरमुकाम खलंगा आए । 'बिजुलीको महसुल तिर्नलाई यति समस्या हुन्छ भने गाउँगाउँमा सिंहदरबार भनेर जनतालाई आँखामा छारो हाल्ने किन रु' उनले आक्रोस पोखे । महसुल तिर्न सदरमुकाम आउँदा गाडीभाडाबाहेक उनको थप रकम पनि खर्च भयो । घरको काम अलपत्र छाडेर ३० रुपैयाँ तिर्नलाई ३ सय खर्च गर्नुपर्ने अवस्था यतिबेला उनलाई मात्र होइन रुकुमवासीका लागि ठूलै पीडा बनेको छ ।
2018/06/24 22:30:55
http://nepaldesh.com/2017/07/15/13832/
mC4
व्रत सकिएपछि के नखाने, के खाने ? | सुदुरपश्चिम खबर व्रत सकिएपछि के नखाने, के खाने ? सातामा कम्तीमा एक दिन व्रत बस्नु स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ । तर, व्रत सकिएपछि मानिसहरु खान नहुने कुराहरु बढी खाएर पनि बिरामी पर्ने गरेका छन् । दिनभरको व्रत सकिएपछि व्रतको दिन बेलुका अन्न खान नहुने भनिन्छ । तर, फलफूल र झोलयुक्त पदार्थ भने खान धार्मिक छुट छ । व्रतको दिनमा प्रशस्त पानी, फलफूल र फलफुलको जुस खान सकिन्छ । व्रत बस्दा निराहार बस्दा राम्रो भएपनि स्वास्थ्यमा समस्या हुनेले यी झोलिलो कुरा खान चिकित्सकहरूले सुझाएका छन् । दिनभरको भोको पेटले तत्काल कडा खाना पचाउन नसक्ने भएकाले हल्का खाने कुरा खान सुझाइएको छ । लामो व्रतपछि एकैपटक धेरै खानेकुरा खाँदा शारीरिक प्रतिक्रिया उत्पन्न भएर मानिस बेहोस हुन सक्छ ।ठोस खाना मात्रै होइन, पानी पनि एक्कासी धेरै पिउनुहुँदैन । पहिले थोरै खाएर केही बेर आराम लिएपछि फेरि खानु उपयुक्त मानिन्छ । व्रत सकिएपछि आँटाको रोटि बनाई आलूसँग खान सकिन्छ । व्रतमा साबदाना शुद्ध दुध मिलाएर शुद्ध परिकार बनाएर खाँदा पनि आडिलो हुने बताइन्छ । व्रतमा बदाम भिजाएर दुधमा लगाएर पनि खान सकिन्छ । व्रत सकिएपछि केहि छिन रिलिफ भन्दै कोल्ड डिंक लिने बानी छ भने त्यसले मुटुमा गम्भीर खतरा पैदा गर्छ । खाली पेटमा तत्काल चिया पिउनु पनि ठीक नहुने चिकित्सकहरू बताउँछन् । यसअतिरिक्त मसलेदार खाना पनि खानु राम्रो नहुँने बताइएको छ । यो बेला रोटी, दाल, भात र तरकारी नै उत्तम हुन्छ । (gnewsnepal बाट सभार)
2021/06/21 12:17:04
https://sudurpashimkhabar.com/2021/05/23/39272/
mC4
Himalaya Dainik » सोनाक्षी चाहन्छिन्ः 'राष्ट्रपति पदका लागि तापसी पन्नू' सोनाक्षी चाहन्छिन्ः 'राष्ट्रपति पदका लागि तापसी पन्नू' बलिउड चर्चित अभिनेत्री द्वय तापसी पन्नू र कंगना रनावटबीचको वि वादले बलिउडमा तहल्का मच्चाएकाे छ । कंगनाले तापसीलाई 'बी-ग्रेड' अभिनेत्री भनेपछि उनीहरुबीच वार चलेको हो । तापसीले आफ्नो अन्दाजमा कंगनालाई जवाफ दिइरहेकी छन् । उनले एक अन्तर्वार्तामा कसैको मृ त्युलाई आफ्नो नीजि फाइदाका लागि प्रयोग गर्न नमिल्ने बताएकी थिइन् । उनीहरुको विवा दमा बलिउड फिल्मकर्मीहरु पनि विभाजित भए, केहीले कंगनाको समर्थन गरेका छन् भने तापसीलाई सपोर्ट गरेका छन् । सोनाक्षी सिन्हाले भने तापसीलाई देशको राष्ट्रपतिको रुपमा देख्न चाहेको समेत बताएकी छन् । उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्, 'राष्ट्रपति पदका लागि तापसी ' सुशान्तको नि धनपछि बलिउडमा नेपोटिज्मको विषयमा व्यापक बहस भइरहेको छ । सुशान्त सिंह राजपूतको नि धनपछि नेपोटिज्मको विषयमा, 'नेपोटिज्मको विषयमा भइरहेको बहसलाई मानिसहरुले आफ्नो व्यक्तिगत फाइदाका लागि प्रयोग गरिरहेका छन् । म त्यो इन्डस्ट्रीको बारेमा नराम्रो भन्दिनँ, जसले मलाई खाना र पहिचान दिएको छ ।' दर्शक नै आउटसाइडरभन्दा स्टार किड्सको फिल्म हेर्न चाहने तापसीको भनाई छ । तापसीले, 'इन्डस्ट्री नेपोटिज्मको एक हि स्सा हो । तर, जनता र मिडिया पनि त्यसको हिस्सा हो । किन मानिसहरु हाम्रो फिल्म फर्स्ट डे, फर्स्ट शो हेर्दैनन् ? किन उनीहरुले 'सोन चिडिया' लाई हिट बनाएनन् ? किन मानिसहरु आउटसाइडरभन्दा स्टार किड्सको फिल्म हेर्न बढी रुचाउँछन् ?'
2020/10/01 08:06:41
https://himalayadainik.com/news/16562
mC4
गणतन्त्र दिवसका अवसरमा भारतले दियो नेपाललाई ३० एम्बुलेन्स - Sidha News गणतन्त्र दिवसका अवसरमा भारतले दियो नेपाललाई ३० एम्बुलेन्स काठमाडौ। ७१ औं गणतन्त्र दिवसका अवसरमा भारतीय दूतावासले नेपाललाई ३० वटा एम्बुलेन्स प्रदान गरेको छ। नेपालस्थित भारतीय दूतावासले गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न अस्पताल तथा गैरनाफामुलक संस्थालाई ३० वटा एम्बुलेन्स सहयोग गरेको हो। दूतावासले विभिन्न शैक्षिक संस्थाहरुलाई ६ वटा बस समेत सहयोग गरेको छ। नेपालस्थित भारतीय दूतावसमा भएको एक कार्यक्रमबीच वीर नारी एकल महिला तथा मृतक सैनिकका परिवारलाई सम्मान पनि गरेको छ। दूतावासका अनुसार १ वीर नारी, ८ एकल महिला र मृतक सैनिकका ५ जना नातेदारलाई ५ करोड ९७ लाख नेपाली रुपैयाँ र कम्बल वितरण गरी सम्मान गरिएको हो। कार्यबाहक राजदूत डा. अजय कुमारले सात वटै प्रदेशमा रहेका ५१ वटा पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक समेत प्रदान गरे। कार्यबाहक राजदूत अजय कुमारले गणतन्त्र दिवसका अवसरमा भारतीय राष्ट्रपति दिएको शुभकामना सन्देश पढेर सुनाएका थिए। भारतले नेपालको आर्थिक विकासको यात्रामा हातेमालो गर्ने प्रतिवद्धता समेत गरेको छ। विभिन्न समय र सन्दर्भमा भारतले नेपालका नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल तथा गैर नाफामुलक संस्थाहरलाई ७ सय ८२ एम्बुलेन्स र विभिन्न शैक्षिक संस्थाहरुलाई १ सय ५४ बस प्रदान गरेको छ। दिवसका अवशरमा इन्डिया हाउसमा भएको स्वागत समारोहमा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन लगायत विभिन्न राजनीतिक दलका नेताहरु सहभागी थिए।
2021/12/03 17:17:03
https://sidhanews.com/archives/6942
mC4