headings
stringlengths
6
104
paras
stringlengths
57
472
label
stringclasses
3 values
प्रदर्शन सुधार्ने लक्ष्य
साफ यू–१५ गल्र्स फुटबल च्याम्पियनसिप खेल्न भुटान पुगेको नेपाली टोलीले शनिबार पहिलो खेल खेल्दै छ । प्रतियोगिता बिहीबारै सुरु हुनेछ । उद्घाटन खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीकी प्रशिक्षक गंगा गुरुङले नेपालले राम्रो तयारी गरेको बताएकी छन् ।
sports
फिफासँग टक्कर लिंँदै यूईएफए
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले दुई नयाँ प्रतियोगिताको योजना बुनेका छन्  । यसले अहिलेको विश्व फुटबल जस्तो छ, त्यसमा ठूलै परिवर्तन ल्याउने छ  ।
sports
मर्स्याङ्दीमा रोकियो र्‍याफ्टिङ
धमाधम जलविद्युत् आयोजना बनेपछि र्‍याफ्टिङ र कायकिङका उत्कृष्ट सूचीमा परेको मर्स्याङ्दी नदीमा यस्ता गतिविधि हुन छोडेको छ । 
business
नयाँ सुरुआतको पर्खाइ
पहिलो वान–डे अन्तर्राष्ट्रिय खेलमा बुधबार नेदरल्यान्ड्सको सामना गर्दा नेपाल जितसहित सुरुआत गर्ने लक्ष्यमा हुनेछ । दुई वान–डे खेल हुने द्विपक्षीय सिरिजअन्तर्गत पहिलो खेल एम्स्टिलभिनमा बुधबार हुँदै छ ।
sports
रेमिटयान्स ३३ प्रतिशतले वृद्धि
चालु आर्थिक वर्षको पहिलो महिनामा ३३.१ प्रतिशतले रेमिटयान्य वृद्धि भएको छ ।गत साउनमा रेमिटयान्समार्फत ७३ अर्ब ९५ करोड रुपैयाँ भित्रिएको हो । सोही अवधिको तुलनामा यो वर्ष ३३.१ प्रतिशतले बढी हो ।
business
‘विदेशीकी स्वास्नी’ हेर्न घुइँचो
सामाजिक घटनामा आधारित फिल्म ‘विदेशीकी स्वास्नी’ लाई यहाँका दर्शकले रुचाएका छन् । हाल भइरहेको च्यारिटी सोहरूमा दर्शकको घुइँचो लोभलाग्दो छ ।
entertainment
गुरूङ फिल्मलाई अब ७० प्रतिशत भाषा अनिवार्य
गुरुङ फिल्म हुन अब ७० प्रतिशत गुरुङ भाषालाई अनिवार्य गराइएको छ । गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) ले पाँचौं राष्ट्रिय महाधिवेशनबाट विधान संशोधन गर्दै यस्तो निर्णय गरेको हो ।
entertainment
सजिलो छैन २०३० को यात्रा
सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्न सरकारले लिएको लक्ष्य सजिलो नभएको विज्ञहरूले बताएका छन् । कान्तिपुर कन्क्लेभको सोमबारको सत्रमा बोल्दै सरोकारवालाहरूले सन् २०३० को लक्ष्य हासिल गर्न नेपालले विभिन्न पक्षमा विचार गर्नुपर्ने धारणा राखे ।
business
डी ब्रुयन फेरि घाइते
म्यानचेस्टर सिटीका स्टार मिडफिल्डर केभिन डी ब्रुयन लिग कपमा बिहीबार फुलहमविरुद्धको खेलमा लिगामेन्टमा चोट लागेपछि ६ सातासम्म खेल्न नसक्ने भएका छन्  ।
sports
पहिलोपटक टिकटमा भजन
पोखरामा हुने पहिलो खुल्ला राष्ट्रिय लोक भजन प्रतियोगितामा दर्शकले टिकट काट्नुपर्ने भएको छ । पुष्पाञ्जली भजन समूह र लायन्स क्लब अफ पोखरा भद्रकालीले संयुक्त रुपमा आगामी फागुन १२ मा पोखरा प्रदर्शनी केन्द्रमा प्रतियोगिता गर्दै छन् ।
entertainment
उपत्यकाबाहिर सेयर कारोबार बढ्दो
गएको आर्थिक वर्ष काठमाडौं उपत्यकाबाहिर सेयर कारोबार करिब साढे दस प्रतिशतले बढ्यो । मुलुकका प्रमुख सहरहरूमा धितोपत्र कारोबार विस्तार हुनुका साथै सर्वसाधारणमा सेयर बजारसम्बन्धी जानकारी बढेपछि उक्त अवधिमा मोफसलमा सेयर कारोबार बढेको हो ।
business
सेयर संख्या ३५ प्रतिशत बढयो
गत माघसम्म सेयर बजारमा करिब साढे ३ अर्ब कित्ता सेयर सूचीकृत छन् । गत वर्षको सोही अवधिको तुलनामा यो करिब ३५ प्रतिशतको वृद्धि हो । हाल सेयर बजारमा (नेपाल स्टक एक्सचेन्ज नेप्से) मा विभिन्न समूहका १ सय ९२ कम्पनी सूचीकृत छन् ।
business
२ करोड ६० लाख कित्ता सेयर सूचीकृत
यो साता सेयर बजारमा ६ वटा कम्पनीको करिब साढे २ करोड कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । उक्त अवधिमा दुई/दुईवटा बिमा र फाइनान्स कम्पनी, एक/एकवटा जलविद्युत् र वाणिज्य बैंक गरी ६ वटा कम्पनीका साधारण, बोनस र हकप्रद गरी २ करोड ५९ लाख ९० हजार कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
business
‘पञ्चायत’ को टिजर
झन्डै ५० वर्षअघिको नेपाली समाजको कथावस्तुमा आधारित भनिएको फिल्म ‘पञ्चायत’ को टिजर रिलिज भएको छ । प्राचीन संस्कृति झल्काउने गरी बनाइएको ‘पञ्चायत’ को लेखन पनि यसका निर्देशन शिवम अधिकारीले नै गरेका हुन् । टिजरमा फिल्मका मुख्य कलाकार नीता ढुंगाना र सरोज खनाललाई देख्न सकिन्छ ।
entertainment
जबजब तिम्रो साथ...
प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्म युनिटले ‘जोनी जेन्टलम्यान’ को प्रचारप्रसार तीव्र पारेको छ । राजधानीमा आइतबार फिल्मको नयाँ गीत ‘जबजब तिम्रो साथ...’ रिलिज गरिएको छ ।
entertainment
कीर्तिपुर बाहिरियो
एएनके कीर्तिपुर बास्केटबल टिम क्वीक्स बास्केटबल लिगको प्लेअफ समीकरणबाट बाहिरिएको छ । शनिबार गोल्डेन गेट कलेजले किर्तिपुरे टोलीलाई ८१–६५ ले पराजित गरेसँगै कीर्तिपुरको प्लेअफ पुग्ने सभावना समाप्त भएको हो ।
sports
सेफ ओलिभर बने अर्बपति
ज्यामी ट्रेभोर ओलिभर एकजना चर्चित सेफ, होटल व्यवसायी, पाककलासम्बन्धी पुस्तकका लेखक तथा मिडिया व्यक्तित्व हुन् । ४२ वर्षीय बेलायती नागरिक उनी सानैदेखि डाइस्लेक्सिया’ रोगले ग्रसित छन् ।
business
‘हयाप्पी डेज’ को लागत अढाइ करोड
बेलायतका नेपाली व्यवसायीले निर्माण गरेको चलचित्र ‘हयाप्पी डेज’ को लागत करिब २ करोड ५० लाख रुपैयाँ पुगेको फिल्म युनिटले दावी गरेको छ । उक्त लगानी आम नेपाली चलचित्रको तुलनामा उच्च हो ।
entertainment
गीतकार ढुंगेलको एकल मुक्तक वाचन
प्रसिद्ध गीतकार सुवासचन्द्र ढुंगेलले एकल मुक्तक वाचन गरेका छन् । उनी आइतबार राष्ट्रिय नाचघरमा पहिलो पटक उत्रिएका हुन् । 
entertainment
नायकको निर्देशनमा म्युजिक भिडियो
गुरुङ चलचित्रका नायक गमन घले म्युजिक भिडियो निर्देशनमा उत्रिएका छन् । उनले निर्देशन गरेको ‘आजभोलि किन किन चञ्चल हुन्छ मन’ गीतको म्युजिक भिडियो पोखरामा विमोचन गरिएको छ ।
entertainment
दीपाका गीत
राजधानीमा हालै सार्वजनिक ‘प्रतिरूप’ मा आठ गीत छन् : ‘म मृत्युसँग कहिल्यै नडराउने मान्छे’, ‘बिहानैबिहानै घामको किरणसँग’, ‘छाती छामेँ पीडा भयो’, ‘तिमी मेरो म तिम्रो’, ‘झरी जस्तो आँसु झर्‍यो’, ‘मेरो रहर मेरो सपना’, ‘मायाको सागर पोख्दा रैछन्’ लगायत ।
entertainment
१८ औं एसियाली खेलकुद : चम्किएनन् निशा र शिरीष
दुई ओलम्पियन खेलाडी निशा रावल र शिरीष गुरुङ१८ औं एसियाली खेलकुदमा पहिलो खेलबाट विदा भएका छन् । दुवै रियो ओलम्पिक खेलेका खेलाडी हुन् । 
sports
यमबुद्धको ‘पागलपन...’
केही समयअघि निधन भएका र्‍यापर यमबुद्धको ‘पागलपन...’ बोलको गीत मंगलबार सार्वजनिक गरियो । यमबुद्धको जन्मदिनको अवसर पारेर उनको अन्तिम गीतको म्युजिक भिडियो बाहिर ल्याइएको हो ।
entertainment
गलैंचाको निकासी घटयो
वीरगन्जका २ वटा भन्सार बिन्दुबाट समुद्रपारतर्फको गलैंचा निकासी कम भएको छ । दुई भन्सार विन्दुबाट निकासी हुने गलैंचा रकमका आधारमा अघिल्लो वर्षको तुलनामा झन्डै १३ करोड रुपैयाँ कम भएको हो ।
business
अभिनेता क्षेत्रीको सहयोगार्थ बेलायतका नेपाली जुटे
अस्वस्थ अभिनेता दीपक क्षेत्रीको सहयोगार्थ बेलायतका नेपाली पनि जुटेका छन् । चार वर्षदेखि घाँटीमा मासु पलाउने रोगबाट ग्रसित क्षेत्रीको उपचारार्थ देशविदेशबाट सहयोग संकलन तीव्र भइरहेका बेला क्षेत्री समाज बेलायतले यहाँ चन्दा उठाउन थालेको हो ।
entertainment
युभेन्ट्सको रोमाञ्चक जित
माउरिसियो पोचेटिनोले सम्हालेको टोटेनहमले दुई ठूला गल्तीको मूल्य चुकाउँदा युभेन्ट्सले पुनरागमन गर्दै समग्रमा ४–३ को जितसहित बुधबार च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल यात्रा पक्का गर्‍यो ।
sports
के छ ब्यालेट बक्सभित्र ?
स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । सामाजिक सञ्जालमा धेरैले यसको ढिलासुस्तीमाथि प्रश्न उठाइरहेका छन् ।
entertainment
एडीबीद्वारा १३ अर्ब ऋण स्वीकृत
एसियाली विकास बैंकले २० वटा नगरपालिकामा खानेपानी व्यवस्थापन र सरसफाइमा पहुँच पुर्‍याउन १३ अर्ब (१३ करोड अमेरिकी डलर) ऋण स्वीकृत गरेको छ । बोर्ड बैठकले यो ऋण सहायता स्वीकृत गरेको एडीबीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
business
मेडिसिटीमा नगदरहित स्वास्थ्य बिमा
नेपाल मेडिसिटी अस्पताल र प्रिमियर इन्स्योरेन्सले नगदरहित स्वास्थ्य बिमा सेवाको सुरुवात गरेका छन् ।
business
दमक गोल्डकप: पुलिस सेमिफाइनलमा
रुस्लान थ्री–स्टार क्लबसँग माईभ्याली गोल्डकपमा बेहोरेको पराजयको बदला लिंदै नेपाल पुलिस क्लब दमक गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
sports
यार्साबाट २० लाख राजस्व
दुर्गम साइपाल गाउँपालिकाले यार्चा संकलन क्षेत्रमा प्रवेश गर्नेहरूबाट करिब २० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । करिब ४ हजार ५ सय संकलकबाट प्रवेश शुल्कबापत गाउँपालिकाले उक्त रकम उठाएको हो ।
business
बारीका पाटाभरि तरकारी
यहाँ युवाहरू व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । स्वर्गद्वारी–२ धनबाङका १२ जनाभन्दा बढी युवा यो पेसामा लागेका छन् । बर्खामा मकै लगाउने पाटाभरि तरकारीे खेती गर्दा आम्दानी दोब्बर लिइरहेका छन् ।
business
फ्रेन्चाइज महिला लिग भलिबल हुने
नेपाल भलिबल संघले पहिलोपल्ट फ्रेन्चाइज महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । अक्टोबर पहिलो साता हुने भनिएको प्रतियोगिताको मिति भने तय गरिएको छैन ।
sports
अप्ठ्यारो भनिएको समयमा बैंकको नाफा उच्च
अप्ठ्यारो भनिएको समयमा पनि वाणिज्य बैंकहरूले उच्च नाफा कमाएका छन् । लगानीयोग्य रकम अभाव भएको भन्दै बैंकहरू आत्तिएको र केही बैंकले ऋण प्रवाह रोकेको समयमा पनि बैंकको खुद नाफा उल्लेख्य रूपमा बढेको हो ।
business
औसतमा एसियाड तयारी
नेपालले एसियाली खेलकुदका पछिल्ला दुई संस्करणमा १–१ कांस्य पदकमा चित्त बुझाएको थियो । सन् २०१० ग्वान्झाउमा बक्सिङका दीपक महर्जन र २०१४ इन्चोन एसियाडमा कराँतेकी विमला तामाङले मात्र पदक जितेका थिए । दीपक खेलाडीबाट प्रशिक्षक भइसके भने युवा खेलाडी विमला अमेरिका पलायन भइसकिन् ।
sports
‘एक–दुई दिन चम्किने मन छैन’
अजर जंगमले सन् २०१० मा चीनमा भएको १६ औं एसियाडमा भाग लिएपछि जिम्न्यास्टिक छोडे । त्यसको असरचाहिँ अझै गइसकेको छैन । खेलकुद छोडेर संगीत समाते उनले । विज्ञान विषयमा प्लस टु गरेका उनी पछि संगीतमा स्नातकोत्तर गरे ।
entertainment
होलीमा मच्चियो धुम
पोखराको लेकसाइड बिहीबार ठेलमठेल थियो । सर्वसाधारण, आन्तरिक र बाह्य पर्यटक सप्तरंगी रंगमा रंगिएर रमाइरहेका थिए । वसुन्धरा पार्क नजिकैको अम्बोटमा बाक्लो जमघट देखियो ।
entertainment
श्रीमानभन्दा श्रीमती धनाढय
नेपालमा मन्त्रीभन्दा तिनका श्रीमतीहरू बढी धनाढय रहेको हालै सार्वजनिक तिनीहरूका सम्पत्ति विवरणहरूले पुष्टि गरेका छन् । तर, विश्वका अन्य मुलुकका मन्त्री र मन्त्री पत्नीको सम्पत्तिको विवरण समाचार नै बन्ने गरी सार्वजनिक भएको छैन ।
business
“नेपालमा महिला धेरै स्वतन्त्र”
सरर्र बाइक हाँकिरहेका किशोरी र बजारमा खुलेआम सपिङ गरिरहेका महिला देख्दा पाकिस्तानकी ताजिन बारी एकैचोटि खुसी र आश्चर्यमा परिन् । उनको देशमा यस्तो विरलै हुन्छ रे ।
entertainment
रेश्मा उत्कृष्ट खेलाडी
तेक्वान्दो आईटीएफ नेपालको आयोजनामा धुलिखेलमा भएको तेस्रो एभरेस्ट ओपन तेक्वान्दोमा नेपाली खेलाडीले टिम च्याम्पियनको ट्रफी जितेका छन् ।
sports
एपीएफलाई मेयर कप
सशस्त्र प्रहरीको एपीएफ क्लबले चितवनको पर्यटकीय नगरी पटिहानीमा सम्पन्न प्रथम मेयर कप आमन्त्रण महिला भलिबलको उपाधि हात पारेको छ । एपीएफ मंगलबार फाइनलमा बलियो प्रतिस्पर्धी शिवम् न्यु डायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमा हराएर उपाधि जित्न सफल भएको हो ।
sports
“हरेक गाडीमा पुलिसको फोन नम्बर हुनुपर्छ”
थाइल्यान्ड कप फुटबलमा चामत्कारिक पाराले गोल भएको दृश्य नेपालीलाई खुबै मन परेको देखियो । केही दिनयता युटयुब नेपालको ट्रेन्डिङ लिस्टमा सोही दृश्य समेटिएको भिडियोले अग्रस्थान लिइरहेको छ । ‘बिजायर पेनाल्टी स्कोर इन थाइल्यान्ड कप फुटबल’ शीर्षकको भिडियोमा ३ लाख भ्युज र ४१ वटा कमेन्ट छन् । यो भिडियो सोमबार साँझ ट्रेन्डिङको पहिलो नम्बरमा थियो ।
entertainment
बार्सिलोना जित्दा रियल म्याड्रिडको हार
रियल म्याड्रिड स्पेनिस लिगमा सेभियासँग ३–२ ले पराजित भएको छ । अर्को खेलमा बार्सिलोनाले भिल्लारियललाई ५–१ ले हरायो ।
sports
बिचौलियाको मूल्यमा धान किनबेच
निश्चित मूल्य नहुँदा धान मिल र बिचौलियाले तोकेको मूल्यमा किसान धान बेच्न बाध्य छन् । माग, आपूर्ति र सीमावर्ती बजारको अवस्था हेरेर बिचौलियाले हरेक दिन मूल्य निर्धारण गरी मिलसम्म पुर्‍याउछ ।
business
१ खर्ब स्वदेशी पुँजीमा ५ आयोजना
नेपाल विद्युत् प्राधिकरणअन्तर्गत कम्पनी मोडलमा निर्माणाधीन ७ सय २६ दशमलव ३ मेगावाटका ५ आयोजनाका लागि स्वदेशबाटै करिब १ खर्ब रुपैयाँ जुट्ने भएको छ  ।
business
रेखा थापा भन्छिन्, 'बालविवाह र मृत्युशैय्या उस्तै'
जब रेखा थापा मञ्चमा उक्लिइन्, धेरैले अपेक्षा गरेभन्दा भिन्न विषयसहित प्रस्तुत भइन् । नायिका भएकाले पनि फिल्मकै बारेमा बोल्लिन् वा नाचेर मनोरञ्जन देलिन् भन्ने अपेक्षाले पश्चिमको चन्द्रौटामा आयोजित कार्यक्रममा भेला भएकाहरू नारी वेदना र पीडाका कुरा सुनेर भावुक बने ।
entertainment
पेट्रोल पम्प छानबिन कमिटी अलपत्र
पर्सास्थित सुपर ग्यास उद्योगमा गत पुसमा भीषण आगलागी भयो । आगलागीबाट तीनजनाको ज्यान गएपछि घटनाको सत्यतथ्य यकिन गर्न तत्कालीन आपूर्ति विभागका महानिर्देशक कुमार दाहालको संयोजकत्वमा कमिटी गठन भयो ।
business
उपभोक्ताको नाममा ‘लाखौं खर्च’
उपभोक्ताको नाममा खुलेका संस्थामा बर्सेनि लाखाैं रुपैयाँ खर्च हुने गरेको भेटिएको छ । यस्तो रकम उपभोक्ता सचेतना कार्यक्रम शीर्षकमा खर्च भए पनि प्रभावकारी भने हुन सकेको छैन । 
business
कत्थकमा बलिउड स्वाद
जनकपुर मंगलबार साँझ अलि बेग्लै वातावरणमा झुम्यो । शास्त्रीय नृत्य कत्थकमा फयुजन  गरिएको बलिउड स्वादले जनकपुरियालाई नौलो अनुभव गरायो । 
entertainment
माधव विश्व गल्फ कपमा छनोट
एमेच्योर गल्फर माधव आचार्यले शनिबार टर्किस एयरलाइन्स विश्व गल्फ कपको काठमाडौं छनोटको उपाधि जितेका छन् ।
sports
नेपालीको कतार कर्म
साउदी अरबले नाकाबन्दी गरिदिएपछि कतार अहिले अप्ठयारोमा छ । रोजगारीका लागि त्यहाँ पुगेका नेपाली गरी खान पाऊँ भन्दै आवाज उठाइरहेका छन् । समाचारमा कतार छाइरहेका बेला आइतबार अनामनगरस्थित युनियन हाउसमा पनि मजदुरीका लागि कतार नै पुगेका नेपालीबारेको डकुमेन्ट्री प्रदर्शन गरियो ।
entertainment
सन्दीपको उत्कृष्ट प्रदर्शन
नेपाली लेगस्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै बिग बासमा मेलबर्न स्टार्सले जित हासिल गरेको छ । मेलबर्न क्रिकेट मैदानमा आइतबार भएको खेलमा उनले बिग बासमा उत्कृष्ट प्रदर्शन गरे ।
sports
राजविराज विमानस्थल असारबाट नियमित उडान हुने
सप्तरीको राजविराज विमानस्थलबाट असार १ भित्रै नियमित उडान हुने भएको छ । लामो समयदेखि बन्द रहँदै आएको उक्त विमानस्थलमा पक्की धावनमार्गसहितको संरचना निर्माण भएपछि नियमित उडान हुने भएको हो ।
business
अभिनेता क्षत्रीलाई सहयोग
फेसबुक लाइभमार्फत नर्थ क्यारोलिनाबाट अभिनेता दीपक क्षत्रीको उपचारका लागि दुई लाख संकलन गरिएको छ । विशाल भारतीको आयोजना र प्रस्तुति एवं सुमन भट्टराईको स्वरमा सञ्चालित फेसबुक लाइभलाई डीसी नेपाल, ओएस नेपाल एवं फिल्मी बजार अनलाइनहरूले प्रसारण गरेका थिए ।
entertainment
किम्फ कथा
नेपालका प्रतिष्ठित फिल्म फेस्टिभलमध्ये काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभल (किम्फ) एक हो । यो हुन थालेकै १७ वर्ष भइसकेछ । पहिले दुई वर्षमा एकपटक हुन्थ्यो भने अचेल वर्षैपिच्छे हुन्छ । किम्फको पुरानो ठेगाना रुसी सांस्कृतिक केन्द्र हो, त्यसपछि सभागृह र पर्यटन बोर्ड हुँदै अहिले कमलपोखरीको कुमारी हल पुगेको छ ।
entertainment
‘क्यू फोर्टी फाइभ’ मा ऊर्जा उत्पादकको आपत्ति
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बनाएको विद्युत् अनुमतिपत्रसम्बन्धी निर्देशिकामा स्वतन्त्र ऊर्जा उत्पादकहरूले आपत्ति जनाएका छन् । निर्देशिकामा विद्युत् आयोजनाको जडित क्षमता निर्धारण क्यू फोर्टी फाइभको आधारमा हुने प्रावधानप्रति ऊर्जा उत्पादकहरूले विरोध जनाएका हुन् । 
business
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : एडीबीले सहायता नरोक्ने
भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एसियाली विकास बैंक (एडीबी) ले तत्काल ऋण तथा अनुदान नरोक्ने भएको छ । एडीबीका नेपाल निर्देशक मुख्तार खामुदखानोभले बिहीबार विमानस्थल निर्माणको स्थलगत अवलोकन गरी ऋण तथा अनुदान नरोक्ने बताएका हुन् ।
business
अवधारणापत्र हस्तान्तरण
खेलकुद विश्वविद्यालय स्थापना गर्ने सम्बन्धमा अवधारणापत्र तयार गर्न राखेपका सदस्य गंगाबहादुर थापाको संयोजकत्वमा गठन गरेको समितिले बिहीबार प्रतिवेदन बुझाएको छ ।
sports
गरिफा सेमिफाइनलमा
पाहुना टोली गरिफा युनाइटेड स्पोर्टिङ क्लब कोलकाता मंगलबार मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबलको सेमिफाइनल पुगेको छ । गरिफाले अन्तिम क्वाटरफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई १–० ले हराउँदै अन्तिम चारको यात्रा गरेको हो । 
sports
जापानमा नेपाली अवार्ड हुने
पहिलो पटक जापानको टोकियोमा नेपाली फिल्म अवार्ड आयोजना हुने भएको छ । शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पहिलो पटक सूर्य इन्टरनेसनल अवार्ड हुने जानकारी दिँदै १२ विधामा लोकप्रिय पाँचको मनोनयन सार्वजनिक गरिएको छ ।
entertainment
बाबा र एचएचसीए च्याम्पियन
बाबा बोर्डिङले ब्वाइज र एचएचसीएले गल्र्समा दोस्रो बौद्ध अन्तरस्कुल बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । बुधबार फाइनलमा बाबाले नेरिकलाई ४९–४८ को साँघुरो स्कोरले पराजित गर्‍यो । बाबाका गोकुल मोक्तानले १४ स्कोर गरे । 
sports
इलाम र दार्जिलिङमा ‘लभ स्टेशन’
खुलेको मौसम । चियाबारीले हराभरा डाँडाकाँडा । त्यसभित्र प्रदिप खड्का र जेसिता गुरुङको लुकामारी । रमणीय इलामको पर्यटकीय मौसममा फाइदा लुट्ने यो जोडी कति रोमाञ्चित होला ।
entertainment
ओसाकाले रचिन् कीर्तिमान
नाओमी ओसाकाले शनिबार चेक गणतन्त्रकी पेट्रा भिटोभालाई हराउँदै अस्ट्रेलियन ओपन जितेकी छन् । उनी यस्तो उपलब्धि हात पार्ने पहिलो जापानी खेलाडी पनि भएकी छन् । 
sports
धुर्मस–सुन्तली उत्कृष्ट नागरिक
वीरता जेसिज झापाले कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने भएको छ ।
entertainment
बनिन् हाँसोको पात्र
सेलेब्रिटीलाई गाह्रै छ । सामाजिक सञ्जालबाट टाढा बस्दा फयानसँग कनेक्ट हुनै अप्ठयारो, सामाजिक सञ्जालमा अप टु डेट रहे विभिन्न झमेला आइपर्ने † थोरै चिप्लियो कि उनीहरू ठट्टाको पात्र पनि बनिहाल्छन् ।
entertainment
मानव विकास सूचकांकमा नेपाल तल झर्‍यो
अन्य मुलुकहरूको गतिअनुसार विकास हुन नसक्दा मानव विकास सूचकांकमा नेपाल एक स्थानले तल झरेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार मानव विकास सूचकांकमा नेपाल यसपटक १ सय ४९ औं स्थानमा छ । १ सय ८९ मुलुकहरूमध्ये सन् २०१६ मा १ सय ४८ स्थानमा थियो ।
business
बंगलादेशसँग यू–१८ टोलीको हार
साफ यू–१८ महिला फुटबल च्याम्पियनसिपको अन्तिम लिग खेलमा नेपाली टोली बंगलादेशसँग २–१ ले पराजित भएको छ । पहिलो खेलमा पाकिस्तानलाई फराकिलो अन्तरले हराएका दुवै टोली यस खेलअगावै सेमिफाइनल पुगिसकेका थिए । जितसँगै बंगलादेश समूह ‘बी’ को विजेता बन्दै अन्तिम चारमा पुग्यो ।
sports
‘कालोपोथी’ र ‘घामपानी’ लाई विशेष फिल्म अवार्ड
‘कालोपोथी’ र ‘घामपानी’ ले ‘विशेष चलिचत्र अवार्ड’ प्राप्त गरे । चलचित्र विकास बोर्डले वर्षेनी प्रदान गर्दै आएको यो अवार्डमा विजेता फिल्मलाई २ लाख रुपैयाँ दिइन्छ । यसपालि दुवै फिल्मले २–२ लाख रुपैयाँ पाए ।
entertainment
आयोजकको भेट रेडहर्ससँग
सदरमुकाम फुङलिङमा भदौ ८ देखि हुने पाथीभरा गोल्डकप फुटबलको पहिलो खेलमा आयोजक कञ्चनजंघा फुङलिङ क्लब ताप्लेजुङले रेडहर्स इलामसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
sports
सद्भाव बढाउने फिल्म
गत वर्ष प्रदर्शन भएको ‘घामपानी’ फिल्मलाई दर्शकले ‘सिम्पल एन्ड स्विट’ भनेका थिए । देखेसुनेको कथावस्तुमा सरल तरिकाले फिल्म बनाएको भन्ने खालका प्रतिक्रिया निर्देशक तथा लेखक दीपेन्द्र लामाले पाएका थिए ।
entertainment
पीपीएलः काठमाडौं रोयल्सद्वारा बुटवल ब्लास्टर्स ३७ रनले पराजित [अपडेट]
पीपीएलः काठमाडौं रोयल्सद्वारा बुटवल ब्लास्टर्स ३७ रनले पराजित गरेको छ । नमस्ते पोखरा प्रिमियर लिगको राउन्ड रोबिन लिगको अन्तिम खेलमा बुटवल शुक्रबार काठामाडौ सँग ३७ रनले पराजित भएको हो । काठमाडौंले अघिल्लो चरणको यात्राको सम्भावना बलियो बनाएको छ। काठमाडौं यस जितसँगै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
sports
कृषक भन्छन् : कालीमाटीमा स्टल चाहियो
तरकारी उत्पादनको पकेट क्षेत्र मानिएको गण्डकी गाउँपालिका ७ र ८ घ्याल्चोकका किसानले काठमाडौंको कालीमाटीमा ‘स्टल’ उपलब्ध गराइदिन माग गरेका छन् ।
business
सम्झौताको ५ वर्षपछि बन्दरगाह शिलान्यास
चोभारमा सुक्खा बन्दरगाह निर्माण गर्ने सम्झौता भएको पाँच वर्षपछि सरकारले शिलान्यास गरेको छ । व्यापारिक लागत घटाउन र  मुलुकको आर्थिक उन्नति गर्ने उद्देश्यसहित सरकारले हाल बन्द अवस्थाको हिमाल सिमेन्ट उद्योगको जग्गामा सुक्खा बन्दरगाह बनाउने योजना बनाएको थियो ।
business
६ अर्ब खुम्चियो बजार
यो साता सेयर बजारको आकार करिब ६ अर्ब रुपैयाँले खुम्चिएको छ । उक्त अवधिमा समग्र नेप्से परिसूचक घटेपछि सेयर बजारको आकार (कुल बजार पुँजीकरण) पनि खुम्चिएको हो ।
business
शेक्सपियरको सम्झना
विश्वप्रसिद्ध बेलायती साहित्यकार विलियम शेक्सपियरको जन्मजयन्ती आइतबार विविध कार्यक्रमबीच मनाइएको छ । उनको सम्झनामा लन्डन वेस्टमिन्स्टर आबी नाटयशाला तथा शेक्सपियर्स ग्लोब रंगमञ्चमा विविध कार्यक्रम भए ।
entertainment
चिनियाँ विमानको ककपिटमा जब पावर घट्यो...
नेपाल वायुसेवा निगमको किलो भिक्टर कल साइन भएको वाई १२ ई चिनियाँ विमान गत शुक्रबार १० जना यात्रु बोकेर काठमाडौंबाट दाङ उड्ने तरखरमा थियो । क्याप्टेन आङनुरी शेर्पा र कोपाइलट रविन केसी जहाज टेकअफ गर्ने तरखरमा धावनमार्गको विन्दुमा थिए ।
business
तातोपानी नाकाको समयमै काम सक्न निर्देशन
चीनसँग जोडिएको नाका तातोपानीमा भइरहेको कामको प्रगतिबारे दुई देशका प्रतिनिधिले अनुगमन गरेका छन् । नेपालको तर्फबाट भन्सार विभागका उपमहानिर्देशक मनमाया पङ्गेनीको नेतृत्व तथा चीनका भन्सार विभागका उपमहानिर्देशक भाइसीको नेतृत्वमा आएको टोलीले बिहीबार तातोपानी नाका क्षेत्रको अनुगमन गरिएको नेपालको तर्फबाट अनुगमनमा सहभागी बाह्रबिसे नगरपालिकाका प्रमुख निम्फुन्जो शेर्पाले जानकारी दिए ।
business
निगमले वाइडबडीको १ अर्ब १३ करोड किस्ता तिर्न सकेन
नेपाल वायु सेवा निगमले दुइटा वाइडबडी र दुइटा न्यारोबडीसहित चार वटा विमानको पुस मसान्तमा तिर्नुपर्ने ब्याजसहितको १ अर्ब १३ करोड किस्ता तिर्न नसक्ने भएको छ । पुस मसान्त वाइडबडीको दोस्रो किस्ता तिर्ने बेला हो भने चार वर्षअघि ल्याइएका दुइटा न्यारोबडी विमानको १३ औं किस्ता हो । 
business
लुम्बिनी शीर्षस्थानमा
लुम्बिनी यात्रिजले आशीर्वाद पेन्ट्स नेपालगन्ज कप क्रिकेटमा तेस्रो जित हासिल गरेको छ । लुम्बिनीले शनिबार पाल्पा योद्धाजलाई ४ विकेटले हराएको हो ।
sports
पुलिसको कठिन जित
विभागीय टोली नेपाल पुलिस क्लब रूपन्देही–११ विरुद्ध कठिन जित निकाल्दै झापा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पुलिसका रेजिन सुब्बाले खेलको अन्तिम समयमा निर्णायक गोल गरेपछि पुलिसले रूपन्देही–११ लाई १–० ले पराजित गर्‍यो ।
sports
आर्मीलाई सफलता
रश्मिकुमारी घिसिङको ह्याट्रिकसँगै रौतहटले उपराष्ट्रपति महिला राष्ट्रिय लिग फुटबलको पहिलो दिन सोमबार काठमाडौं जिल्लामाथि ४–० को जित हात पारेको छ ।
sports
सुखद बिदाइको प्रतीक्षा
रुसको ११ सहरमा सुरू हुने विश्वकप २०१८ ले अन्तर्राष्ट्रियस्तरमा पृथक् पहिचान बनाएका केही विश्वस्तरीय खेलाडीलाई बिदाइ गर्नेछ । बढ्दो उमेर र युवा पुस्तासँगको चर्को प्रतिस्पर्धाले गर्दा यी खेलाडीले रूसमै आफ्नो विश्वकप यात्रा टुंग्याउँदै छन् ।
sports
ई–स्पोर्ट्स च्याम्पियनसिप हुने
नेपाल ई–स्पोर्ट्स संघले भदौ १ र २ गते नेपाल ई–स्पोर्ट्स च्याम्पियनसिप २०१८ को आयोजना गर्ने भएको छ ।
sports
भारतद्वारा शृंखला बराबर
कप्तान विराट कोहलीले अविजित ६१ रन बनाएपछि भारतले अस्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रियमा २ बलअगावै जित हासिल गरेको छ ।
sports
तेस्रो डीपीएल क्रिकेट : सहज बाटाेमा अत्तरिया
सीवाईसी अत्तरियाले रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा उच्च स्कोर बनाउँदै तेस्रो जित हात पारेको छ । विराटनगर किंग्समाथि सोमबार पाएको १० रनको जितले टोलीको क्वालिफायर्स निश्चितजस्तै भएको छ । 
sports
रुटको कीर्तिमानी शतक
जो रुट इंग्ल्यान्डका लागि वान–डे अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक शतक बनाउने ब्याट्सम्यान भएका छन् । आफ्नो घरेलु मैदानमा ठ्याक्कै सय रन बनाएर रुट नटआउट रहेपछि इंग्ल्यान्डले भारतमाथि मंगलबार ८ विकेटको जित निकालेको छ । योसँगै इंग्ल्यान्ड तीन खेलको शृंखला २–१ ले जित्न पनि सफल भयो ।
sports
अनीता भइन् मिस मंगोल
मिस मंगोल नेपाल २०१७ को उपाधि सिन्धुपाल्चोककी १७ वर्षीया अनीता लामाले चुमेकी छन् । राजधानीमा शनिबार साँझ सम्पन्न प्रतियोगितामा उनले मुलुकभरका २९ प्रतिस्पर्धीलाई पछि पार्दै शीर्ष उपाधि उछिनेकी हुन् । मिस पङ्चुअलको उपाधिसमेत पाएकी उनले ताजसँगै एक लाख रुपैयाँ हात पारिन् ।
entertainment
हिमालको काखमा साइकल पर्यटन
फ्रान्सेली जेम्सको पुरानो इच्छा थियो सन्दकपुरसम्म साइकलमा हुइँकिने  । कठिन उकालो चिर्दै सन्दकपुर डाँडामा लखतरान भेटिएका उनी कञ्चनजंघा र कुम्भकर्ण हिमालसँग नजर जुदाउन पाएपछि भने मख्ख देखिन्थे  ।
business
डीपीएल तयारी अन्तिम चरणमा
धनगढीको फाप्ला क्रिकेट मैदानमा शनिबारदेखि हुने रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । मैदान, दर्शकदीर्घाका लागि प्यारापिट व्यवस्थापन र अन्य प्राविधिक कामहरू लगभग सकिएको प्रतियोगिता आयोजकले जानकारी दिएको छ ।
sports
कहिल्यै आउँदैन पर्याप्त मल
सरकारले कृषिजन्य उत्पादन बढाउने लक्ष्य राखे पनि त्यसका लागि पर्याप्त मल वितरण भने गर्न सकेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कृषिको अत्यधिक उत्पादनका लागि वार्षिक ७ लाख टन रासायनिक मल चाहिन्छ । ४ देखि ५ लाख टन वितरण गर्न सके अभाव हुँदैन ।
business
सुटिङ नथाल्दै रिलिज डेट !
फिल्म निर्माण संख्यामा बढोत्तरी हुन थालेपछि स्वदेशी फिल्मका लागि सोलो रिलिज पाउनु नै उपलब्धि बन्न थालेको छ । सोलो रिलिजका लागि यतिबेला रिलिज डेट घोषणामा समेत प्रतिस्पर्धा चल्न थालेको छ । पहिले रिलिज मिति निश्चित गरेपछि अर्को फिल्मले सोही मितिमा चलाउन खोजे भिडन्त निम्त्याउनु जस्तै हुने भएकोले नैतिक रूपमा आफूलाई बलियो बनाउन पनि फिल्मकर्मीले यति बेला फिल्म सुटिङ फ्लोरमा जानुअघि नै रिलिज मिति घोषणा गर्न थालेका छन् ।
entertainment
‘बटरफ्लाई’ ट्रेलर
ओम प्रतीक गुरुङको निर्देशन रहेको फिल्म ‘बटरफ्लाई’ को शनिबार ट्रेलर सार्वजनिक गरिएको छ । आर्यन अधिकारी र प्रियंका कार्की अभिनीत उक्त फिल्मको ट्रेलरमा प्रेम, रोमान्स, सस्पेन्स र एक्सनको भरपुर प्रयोग गरिएको छ ।
entertainment
विराटनगरलाई श्री एयरको साथ
धनगढी प्रिमियर लिग (डीपीएल) तयारीमा रहेको विराटनगर किंग्सले उपाधि जित्ने लक्ष्य लिएको छ । विराटनगर प्रतियोगिताको पहिलो संस्करणको उपविजेता हो । गत संस्करणमा भने विराटनगर लिग चरणभन्दा माथि जान सकेन ।
sports
साताको सेयर : बिमा समूहको कारोबार हिस्सा बढ्यो
यो साता कुल कारोबारमा बिमा समूहले २२.६८ प्रतिशत हिस्सा ओगटेको छ । यसको अर्थ बिमा कम्पनीहरुको सेयर लगानीकर्ताले बढी किनबेच गरिरहेका छन् भन्ने हो । पुँजी वृद्धिका लागि अहिले कम्पनीहरुले विभिन्न योजनाहरु सार्वजनिक गरिरहेका छन् ।
business
भारतमा ‘म:म' व्यापारबाट करोडपति बने नेपाली युवा
‘नेपालको लोकप्रिय खाजा म:मलाई ब्रान्डका रूपमा स्थापित गर्न सके गज्जब हुन्छ ।’ यही सोचले भारतको कोलकातामा व्यापार थालेका नेपाली युवा विनोद हुमागाईं अहिले करोडपति बनेका छन् ।
business
अर्थ र ऊर्जामा विश्व बैंकको २३ अर्ब 
विश्व बैंकले अर्थ र ऊर्जा क्षेत्र सुधारका लागि नेपाललाई करिब २३ अर्ब रुपैयाँ (२० करोड डलर) सहायता दिने भएको छ ।
business
डेटिङ एप्सबाट चम्किए एन्ड्री
चौवालीस वर्षअघि मस्कोमा जन्मेका एन्ड्री एन्ड्रिभ एकजना रुसी उद्यमी हुन् । आफैंले सञ्चालन गरेको डेटिङ नेटवर्किङ (एप) बाट उनी अर्बपति बनेका छन् ।
business
कोष्टारिकामाथि ब्राजिलको विजय, नाइजेरिया र आइसल्यान्ड भिड्दै
विश्वकपको उपाधि दाबेदार मानिदै आएको ब्राजिलले शुक्रबार भएको खेलमा कडा प्रतिस्पर्धाबीच कोस्टारिकामाथि २–१ गोलको जित हासिल गरेको छ ।
sports
सम्झनामा खेमराज गुरुङ : ‘पूर्व चिनाउने गायक’
गायिका मेलिना राई एउटा सन्दर्भ सम्झेर बेलाबखत थकथक मान्छिन् । उनलाई खेमराज गुरुङको ‘चिसो चिसो बतास...’ बोलको गीत गाउन भनिएको रहेछ । त्यसको डमी नै हात परे पनि केके कारणले गाउन पाइन् ।
entertainment
बंगलादेशको जित
तमिम इकवाल र शकिब अल हसनले दोहोरो शतकीय साझेदारी गरेपछि टेस्ट शृंखलामा भोगेको पीडाबाट पुनरागमन गर्दै बंगलादेशले आइतबार वेस्ट इन्डिजमाथि पहिलो वान–डे अन्तर्राष्ट्रियमा ४८ रनको जित हात पारेको छ ।
sports