'म आज नयाँ स्तम्भ लिएर तपाईंहरूमाझ आएको छु । यो स्तम्भ यताको राजनीतिक विकासका विविध घटनाक्रम र त्यसमा मेरो बुझाइमाथि केन्द्रित हुनेछ । ', 'पछिल्लो तीस वर्षमा हामीले दुई महत्वपूर्ण राजनीतिक परिवर्तन भोग्यौं को जनआन्दोलनले ल्याएको प्रजातान्त्रिक परिवर्तन र पछिको गणतान्त्रिक परिवर्तन । यी दुवै कालखण्डमा मैले विभिन्न राजनीतिक संस्थामा प्रत्यक्ष संलग्न रहेर प्रजातान्त्रिक र गणतान्त्रिक संक्रमणका सुरूआती जटिलता पर्गेल्ने मौका पाएँ । यस क्रममा नेपालका राजनीतिक व्यक्तित्व, राजनीतिक संस्था र राजनीतिक परिवेश तथा प्रवृत्तिलाई नजिकबाट देखेँ । तिनै अनुभवका आधारमा म यो स्तम्भमा नेपालको प्रजातान्त्रिक परिवर्तन र गणतान्त्रिक परिवर्तनमाथिको सैद्धान्तिक विवेचना तपाईंहरूसँग साझा गर्नेछु । ', 'पहिलो अंकमा म आज प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन, यसले उत्पन्न गराएको संवैधानिक शून्यता र यो घटना सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेको संसद विघटनसँग ऐतिहासिक रूपले समान छ कि छैन भनेर केलाउँदैछु । ', ' पछि पहिलो जननिर्वाचित सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वकीय सचिव, निजी सचिव र प्रमुख सचिवका हैसियतमा मैले त्यस बेलाको राजनीतिक आरोहअवरोह नजिकबाट नियालेको छु । कुनै पनि राजनीतिक नेतृत्वले गर्ने निर्णयको जसअपजसको भार ऊ स्वयंले बोकेको हुन्छ । त्यसबाट उत्पन्न परिणतिप्रति इतिहासले उसैलाई प्रश्न सोध्छ, उसैलाई जिम्मेवार ठहर्याउँछ । यति हुँदाहुँदै राजनीतिक नेतृत्वले लिने निर्णयहरूमा विभिन्न चाँजो मिलाउने र चाहिएका सूचना उपलब्ध गराउने सहयोगीहरू साक्षीका रूपमा रहन्छन् । म पनि सालको संसद विघटनको त्यस्तै एक साक्षी हुँ । ', 'त्यही राजनीतिक साक्षीका हैसियतमा म अहिलेको घटना र को घटनामा केकति समानता छन् भनेर चर्चा गर्दैछु । ', 'प्रधानमन्त्री ओलीले संसद विघटन गरेर वैशाखमा मध्यावधि निर्वाचन घोषणा गरेपछि हामी सबै अनिश्चय र भयको भुमरीमा रूमलिएका छौं । झट्ट हेर्दा ओलीलाई संसद विघटन नगरी नहुने चुनौती कतैबाट देखिँदैन । न संवैधानिक चुनौती छ, न कुनै किसिमको नैतिक संकट । तै पनि उनले देशलाई संवैधानिक शून्यताको अन्धकार सुरुङभित्र हुँडले । बाटो बिराएको देशले अब कुन गन्तव्य समात्छ, कसैले आकलन गर्न सक्दैन । अन्धकार सुरुङकोअर्को किनारमा उज्यालोछ कि छैन, त्यो पनि हामीलाई थाहा छैन । देशलाई यो अन्धकार र शून्यताबाट सही दिशामा ल्याउने एउटै मात्र शक्ति अब सर्वोच्च अदालतको हातमा छ । ', 'यसबीच राजनीतिक दलहरू आआफ्नो कसरतमा छन् । कसैले संसद विघटनको स्वागत गरेका छन्, कोही विरोध गर्दैछन् । सत्तारूढ दल विभाजनको संघारमा छ । हुन त यो अदालती निर्णय कि सडकको निर्णय कुन उत्तम हो भन्नुपर्ने बेला पनि त हो । सडकमा, चियाचौतारीमा बसेर चुट्ने गफसँगै तलका मान्छेले पैरवी गर्न थाले । बोलचाल बन्द गर्न छोडे । माथिको हल्लाले वायुवेगमा झड्का दिइसक्दा तलका भारेभुरे कार्यकर्तासमेत खेमाको दाम्लोमा बाँधिएर बोक्रे बहसमा लिप्त भएका छन् । यस्तो पनि लाग्छ तिनै मानिस केन्द्रीय स्तरका नेतृत्व हुन् क्यार । बडो विचित्रको वैमनस्यता आज नेपाली समाजमा कालकुट बनेर फिँजिएको देख्दा जनता हामी कति अचम्मका हौं भन्ने पनि लाग्छ । ', 'अमेरिकामा दोहो¥याएर राष्ट्रपतिका लागि लडाइँ भएको खासै देख्नुपर्दैन । अस्ट्रेलिया, क्यानडा, माली लगायतका मुलुकमा सत्तालिप्सामा टाँस्सिरहने अर्थात् नेतृत्व हस्तान्तरण गर्न नचाहने परिपाटी पटक्कै देखिँदैन तब त्यहाँ प्रजातान्त्रिक विकासको प्रतिस्पर्धा बलियो देखिन्छ । समृद्धिको परिकल्पनालाई ठालुपनको ओहोदाले बाँधेर राख्ने नेपाली पार्टीका प्रचलनले पुस्तान्तरण गर्ने सोचमा ध्वाँसो लगाएको छ । राष्ट्रोन्नतिको मियो कतिखेर भाँच्चिन्छ भन्नेसम्मको हेक्का नहुने नेताले जनतालाई कसरी माया गर्ला ?', 'नेता हुनलाई स्वार्थी बने पनि हुने, तिकडमबाजी शिल्पको पारखी भए हुने अर्थात् पढालेखा नभए पनि हुने अनि तिनैले पढालेखालाई हैकम जमाउने परिपाटीमा हाम्रो मुलुक विचार बोकेर अघि बढेको छैन । यहाँ राजनीतिले शिक्षा र शिक्षितलाई पञ्जामा राखेको छ । मुलुक अस्थिरतातर्प धकेलिनमा स्वार्थले ढाडस दिएको छ, यो पुरानो परम्पराकै निरन्तरता हो । जसले आफ्नै पार्टीभित्र एकता कायम राख्दैन उसले जनतालाई कसरी एकताबद्ध गराएर समृद्धितर्प डो¥याउला ? चाहे ओलीको अधिनायकवाद होओस् या ', 'नेपालले घेराबन्दीमा पारेर ओलीको खोइरो खनेका हुनन् आखिर नेकपाले एउटा ठूलो सुअवसरलाई मात्रै गुमाएन देशलाई दशकौंपछि धकेल्यो । फलतः अस्थिर समाजको मुस्लोभित्र जनतालाई फेरि जाकिदियो । ', 'यदि नेताले राष्ट्रिय स्वार्थलाई बोकेको भए सडकमा गएर ', 'को भ्याक्सिन चाहियो भन्न सक्थ्यो, अद्यावधिक नक्साको आधिकारिक पक्षमा चर्चा गथ्र्यो या त नेपालको आर्थिक सुधार र रोजगारको कुरामा एकताबद्ध भएर मार्ग खोज्थ्यो । आखिर प्रतिशोध साँध्न, बदला लिन या त छिर्के हान्नैमा आफ्नो समय खर्चिने नकारात्मक बाटोमा हिँड्ने नेतृत्वले पुनः सँगैठन विस्तार र स्वार्थ बाँडफाँडको नीतिलाई मूल सूत्र बनाउने पक्का छ । तब जबजका कुरा, समाजवादका कुरा, सामाजिक न्यायको चर्चा सबै छायामा पर्दै जाने नैराश्यको बाटो कायमै रहन्छ । ', 'नेकपा मिलेताकाको कुरा हो केही नेताले भन्ने गर्थे, हाम्रो पार्टीले पचासौँ वर्ष राज गर्छ । कसैले भन्थे ‘कम्युनिस्ट ध्रुवीकरणलाई नेपाली जनताको अकाट्य उपलब्धि मान्नुपर्छ । अब अधिनायकवादको अन्त्य भयो, समाजवादले मुहार फेर्छ’ इत्यादि । वाद र सिद्धान्तका भाषणले आज दोषारोपणको कोटसभा गरिरहेको छ । दुई खेमामा विभाजित दुई वर्गको आरोपप्रत्यारोपमा पद, प्रतिष्ठा र पैसाको गोलघर बाहेक अन्य कुनै परिवेश देखिँदैन । हिजो देखाएको विकासवादी सपना, अवसरका जादुगरी पोका आखिर अहिले एकाएक धुमिल भए । कोही आगो हुँदा कोही पानी हुन सकेनन् । हिजो प्रचण्डले एकढिक्का पार्न नसकेको माओवादी चिरा परे जसरी आखिर उही प्रचण्डकै केन्द्रीयतामा अर्को चिरा परिछाड्यो । ', 'फेरि त्यहाँ पनि ठूला नेतृत्वको वरीयताको होड उसै गरी रहिरहने पक्का छ । अर्का ओली पक्षीय ध्रुवमा पनि विभिन्न किसिमले दाग नलागेका मान्छे कति होलान् त भन्ने प्रश्न तेर्सिन्छ । एकपटक पार्टी प्रमुख र सरकार प्रमुख भएकाहरूले कसले कसलाई टेर्ने ? यो गतिरोधको बाटोलाई सम्हालेर लैजान नदिने प्रतिशोधको जरो जति बलियो छ त्यति विकासमुखी एजेन्डा दुवै खेमासँग अस्पष्ट छ । ', 'अर्कोतिर प्रतिपक्षी पार्टी नेपाली काङ्ग्रेसलाई अहिले चुनावको कुरा हुँदा लट्रि पर्ने सम्भाव्यता अवश्य खडा भएको छ तर त्यहाँ पनि खेमावादको शकुनी सोचले दशा उस्तै छ । जनतामा यी तीनतिरैको नेतृत्वप्रति दिल खोलेर समर्थन गर्ने विश्वासको वातावरण छैन । यीबाहेक अन्यप्रति मोडिन खोज्दा त्यहाँ पनि सबलता छैन । जनताको मनोभावलाई छाम्दा अहिले असमञ्जसको अवस्था छ । यस मानेमा असल नेतृत्व को हो भन्ने अन्योलको भूमरीभित्र नेपाली राजनीति निकै अस्थिर छ । ', 'यसर्थ नेपालको अर्थराजनीति र नवउदारवादको पाटो चटक्कै भुलेर गुटभित्र साँघुरिएको वर्तमान कम्युनिस्ट धारमा भावनात्मक एकताको सङ्कट कायमै रहने देखिन्छ । सँगैठन विस्तार गर्दै मौरीका राना छुट्टिए जसरी फेरि छुट्टिँदै हिँड्ने शक्तिको होडले भोलिका दिनमा अधिवेशनको कोकोहोलोमा हाउगुजी गीत गाइरहने सम्भाव्यतालाई मात्रै समर्थन गर्न सकिन्न । मूलतः ', 'नेपाल खेमाभित्र स्थिर सोच र विचारको दर्शन कायम रहनेमा शङ्कै देखिन्छ । कोदो र तोरीको मेलले निस्कने परिणाममा तेल र पिना कस्तो हुन्छ भन्ने कुरा त भोलिको दिनले देखाउँछ । यतिखेर ओली पक्षलाई जनताको समर्थनभन्दा बढी त विरोध नै छ । ', 'तर, चुनावी घोषणाले आफ्नै खुट्टामा आपैँ बन्चरो हानेको तर्क चोकचोकमा सुनिन्छन् । यसर्थ जनताले दिएको अभिमतले स्थिर सरकार कसरी बनाउला र कसरी बहुमतको विरासतलाई फर्काउला भन्ने बारेमा सायदै स्वयम् नेतृत्व पनि अन्योलमा रहेको देखिन्छ । जनताले अस्थिर सरकारकै लागि भोट दिन कष्ट गर्नुपर्ने बाध्यतालाई सही ठान्दैनन् । यसर्थ फुटेका टुक्रे नेतृत्वले बोक्ने दुवै नेतृत्वले बोक्ने चुनावी नारामा जनअभिमतको विश्वास कमजोर देखिन्छ । ', 'अस्थिरताको विपक्षमा जनताले साथ दिएर आगामी अपशकुनलाई बोध गर्दै सकारात्मक भविष्यप्रति सचेत रहनुपर्ने समय सिर्जना भएको छ । यतिखेर आवेशमा आएर समर्थन र विरोध गर्नुभन्दा धैर्य गरेर निर्णय गर्नु बढी व्यावहारिक देखिन्छ । '] । 'निजामती सेवाका लागि राष्ट्रिय नीति बन्न नसक्दा बदलिएको परिस्थितिअनुसार निजामती प्रशासन प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । नेपालमा निजामती सेवाको सुरुवात सालमा भई विभिन्न चरणमा निजामती सेवालाई कानुनी तथा संरचनागत रूपमा सुधार गरिँदै आइएको छ । ', 'यतिखेर मुलुकको शासकीय संरचना नै परिवर्तन भई मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीअनुसार अघि बढिरहेको छ । यस्तो अवस्थामा स्थायी सरकारको रूपमा रहेको निजामती सेवामा पनि आमूल सुधार र परिवर्तन जरुरी छ । तर, निजामती सेवाको दीर्घकालीन दृष्टिकोण, रणनीतिक सोच, उद्देश्य र व्यवस्थापकीय पद्धतिका सम्बन्धमा मार्गदर्शन गर्ने राष्ट्रिय नीति हाल सम्म बन्न नसक्नु दुःखद हो । ', 'अहिले पनि कर्मचारी प्रशासन सञ्चालनमा समस्या देखापर्दा सेवा प्रवाह प्रभावकारी बन्न सकेको छैन भने सुशासनसमेत कायम हुन सकिरहेको छैन । देशमा निजामति कर्मचारी सापेक्ष स्थायी सरकारी संयन्त्र हो । यसलाई स्थायी सरकारका रूपमा पनि लिइन्छ । ', 'जननिर्वाचित सरकार आवधिक हुने र त्यसमा पनि राजनीतिक किचलोका कारण असमयमै सरकार ढल्ने तथा निर्माण हुन जाने भएकाले निरन्तर र स्थायी रूपमा राज्यसत्ताको काम कर्तव्य कर्मचारी संयन्त्रबाट नै हुुन्छ । तर यही संयन्त्र सन्चालनका लागि आवश्यक राष्ट्रिय नीति निर्माण नहुँदा देशमा कार्मचारी व्यवस्थापनमा ठूलो समस्या आइपरको छ । यसअघि सरकारले निजामती सेवाको राष्ट्रिय नीति बनाउने उद्देश्यका साथ मस्यौदासमेत तयार पारेको थियो तर त्यसले मूर्त रूप पाउन भने सकेन । ', 'सरकारले झन्डै तीन वर्षअघि नै यो मस्यौदा तयार गरेको थियो । तर, अहिले त्यो मस्यौदा कुन अवस्थामा छ भन्नेबारे सरोकारवाला निकाय नै बेखबर बनेका छन् । निजामती सेवा र प्रशासनको सुधार र विकास गर्ने महŒवपूर्ण भूमिकामा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवाको राष्ट्रिय नीतिलाई मूर्त रूप दिन विशेष पहल थाल्नुपर्छ । ', 'अहिले देश पुरानो अवस्थामा छैन । मुलुक लोकतान्त्रिक गणतन्त्रमा परिणत भइसकेको छ । हाल कायम गरिएको संघीय संरचनाअनुसार कर्मचारी प्रशासनलाई संघीय मान्यताअनुसार परिचालन, निर्देशन र व्यवस्थापन गर्न जरुरी छ । यसै मान्यताअनुसार नयाँ निजामती सेवाको जरुरी छ । हाल देशमा रहेका तीनै तहका सरकार र त्यहाँ कार्यरत कर्मचारी आआफ्ना मान्यतामा र एकअर्कामा समन्वयन गरेर परिचालन गर्नुपर्ने आवश्यकता रहन्छ । त्यसैका लागि निजामती सेवाको राष्ट्रिय नीतिको आवश्यकता भएको हो । ', 'ठीक यसै बेलामा मसौदाका रूपमा तयार पारिएको निजामति सेवासम्बन्धी राष्ट्रिय नीतिलाई अलपत्र पार्नु उपयुक्त होइन । अब यसको गम्भीरतापूर्वक खोजीनिती आवश्यक छ । देशलाई स्थायी रूपमा हाँक्ने कर्मचारी प्रशासनलाई नै नीति, विधि र प्रक्रियामा रहने व्यवस्था कायम गर्न नसके अन्य सेवा र कामको के नै पो अपेक्षा गर्न सकिन्छ र ? त्यसैले पनि यसबारे सरकार र ठूला राजनीतिक दलहरू बढी सचेत रहनु जरुरी छ । ', 'निजामती सेवालाई सक्षम, व्यावसायिक, निष्ठावान् र जनमुखी बनाउन पनि तत्काल राष्ट्रिय नीतिको तर्जुमालाई अघि बढाउनुपर्छ । त्यसो गर्न सकिएमा मात्रै संघीय प्रादेशिक र स्थानीय सेवा सञ्चालनका सम्बन्धमा एकरूपता कायम गर्न आधारभूत मार्गदर्शन हुनेछ भने जनमुखी समावेशी र नतिजामुखी प्रशासनको विकास गरी सेवाग्राहीप्रति प्रतिबद्ध सार्वजनिक सेवाको विकासद्वारा सुशासनको प्रत्याभूति हुन सक्ने विश्वास गर्न सकिन्छ । '] । 'महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले’ भनेको छन् । धनभन्दा माया, मानवता एवं मानव व्यवहार ठूलो रहेको विषयवस्तु भएका गीत, कविताहरू लेखिएको पाइन्छन् । गाइएको सुनिन्छ । बंैसालु उमेरका युवा युवतीहरूको ठूलो संख्याले धनभन्दा मन ठूलो भन्ने शीर्षकमा बहस गरेको पाइन्छ । जे भनिए तापनि व्यावहारिक जीवनमा धन सम्पत्तिको महŒव एवं आवश्यकतालाई कसैले नकार्न सक्दैन । अझै अहिले त समाज विज्ञान र प्रविधिको विकासले निम्त्याएको आधुनिक जीवन शैलीसँगैै धनको आवश्यकता र उपयोगिता बढ्दै गएको छ । धनमा मन गएपछि मानिसले आय आर्जनका अप्राकृतिक माध्यम अपनाउँदा विभिन्न समस्या उत्पन्न भएका दृष्टान्तहरू यत्रतत्र पाइन्छ । ', 'त्यसो त धन भनेपछि महादेवका पनि तीन नेत्र भन्ने भनाइले पनि धनप्रतिको मोहलाई पुष्टि गर्दछ । अहिले समाजमा ‘लोभले लाभ लाभले विलाप’ भन्ने उक्ति चरितार्थ भएका परिघटनाहरू व्याप्त छन् । सम्पत्तिका खातिर भाइहरूमा झगडा, द्वन्द्व, कलह र पारिवारिक विघटनका उदाहरण प्रशस्त भेटिन्छन् । चोरी, डकैती, लुटपा धनकै लोभका कारण उत्पन्न भएका समस्या हुन् । धन कमाउने लोभले मानिसले अनेक हतकण्डा गरेको पाइन्छ । खाद्यान्नमा मिसावट, रासायनिक मलको प्रयोग, बिचौलियाहरूको बिगबिगी, कालो बजारी, दलाली, तस्करी, भ्रष्टाचार, आर्थिक अनियमिततालगायतका काममा मानिसहरू रातदिन लागेको देखिन्छ । उल्लिखित कार्य धन कमाउने लालसाबाट नै निर्देशित छन् । ', 'समाज विकासको इतिहासको अध्ययनले मानिस कुनै न कुनै रूपमा लोभ, लालचबाट मुक्त हुन नसकेका दृष्टान्तहरू भेटिन्छन् । औं शताब्दीमा चाणक्यद्वारा लेखिएको अर्थशास्त्रमा पनि धनको लोभले भ्रष्टाचार हुने विषय उल्लेख गरेको पाइन्छ । चाणक्यले त्यस तत्कालीन अवस्थामा पनि कर्मचारीले भ्रष्टाचार गर्ने गरेको दृष्टान्त प्रस्तुत गरेका छन् । यसैगरी मध्ययुगमा पनि समाजमा मानापाथीको नाप तौलमा बेइमानी गर्नेलाई वर्ष सजाय दिने गरेको इतिहास छ । उल्लिखित ऐतिहासिक दृष्टान्तले मानिसमा हरेक कालखण्डमा जसरी भए पनि सम्पत्ति कमाएर ऐस, आराम र तडकभडकको जीवन जिउने लालसा रहेको पाइन्छ । ', 'हाम्रो समाजमा आधुनिक जीवनशैलीका कारण धन कमाउने इच्छा वा लोभ झन्पछि झन् बढेको देखिन्छ । धनको मुख कालो भनेझंै मानिसले धनका अगाडिजस्ता सुकै कुकर्म पनि गर्न अगाडि सरेको देखिन्छ । राजनीति, प्रशासन, वाणिज्य, व्यापार, निर्माण कार्यलगायतका क्षेत्रहरूमा धन आर्जनका लागि भ्रष्टाचार, कमिसन, कालोबजारी, ठगी हुने गरेको छ । विश्व प्रख्यात कवि कार्ल कोरसले भ्रष्टाचार अत्यन्तै खराब कार्य भएको र यसले भ्रष्टाहरूलाई नैतिक पतन गराउनुका साथै सम्पूर्ण देशको नैतिकता नै ध्वस्त पार्ने कुरा उल्लेख गरेका छन् । उनले भनेजस्तै समाजका हरेक ठाउँमा भ्रष्टाचार मौलाएको छ । समाजमा अनैतिक, अवैधानिक, बेइमानी र खराब आचरणको विकास हुँदै गएको अग्रजहरूको अनुभव छ । ', 'भ्रष्टाचारको मुख्य कारण धन आर्जनको लालसा हो । हरेक ठाउँमा हुने कमिसन, अनियमितता, मिलिजुली खाने प्रवृत्तिका कारण देशका संरचनाहरू कमजोर हुने गरेका छन् । भ्रष्टाचारको जालो बालुवाटार, सिंहदरबारदेखि स्थानीय तहसम्म फैलिएको जानकार बताउँछन् । हाम्रो देशमा भ्रष्ट आचरण भएको राजनीतिक नेतृत्व एवं प्रशासकका कारण सुशासन कायम हुन सकेन भन्ने प्रशासनविद्हरूको भनाइ छ । सुशासन नभई विकासले गति लिन सक्दैन । मुलुकमा सुशासन कायम हुन नसक्नुमा राजनीतिक व्यक्ति एवं व्यक्तित्वहरूमा धन लाभका लागि भ्रष्ट आचरण जोडिएर आउँछ । अहिले पद, पैसा र प्रतिष्ठाका खातिर हरेक राजनीतिक पार्टीहरू घात, अन्तरघात, प्रतिघात हुँदै आपसी खिचातानी र स्वार्थमा लागि रहेका छन् । राजनीतिक दलका कतिपय नेताहरू कुन नेताका पछाडि लाग्दा सत्तामा जान पाइन्छ भन्ने अवस्थालाई बकुल्लाले माछा ढुकेजस्तो गरी पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ । आपूलाई पदलाभ र धनलाभ हुन्छ भने समाज, देश एवं नैतिकतासँगै कुनै सरोकार नराख्नेहरूको बिगबिगी छ । काले काले मिलेर खाउँ भालेको संस्कृति जताततै मौलाएको छ । ', 'हाम्रो देशमा पटकपटकका राजनीतिक परिवर्तनहरूलाइ संस्थागत हुन नसक्नु, राजनीतिक दलहरू आपसमा नमिल्नु, आफन्तवादले जरो गाड्नुको पछाडि लोभ, लालसा र धनमोह नै मुख्य भूमिका खेलेको हुन्छ । राजनीतिमा लोभमा अडिएको खेलभित्र विकास एजेन्डा, सिद्घान्त र दृष्टिकोण गौण भएको छ । अहिले यही मुलुकमा जन्मिएर, यहीको माटोमा हुर्किएर, यहीका नागरिकहरूको समर्थनप्राप्त गरी गरिब जनताबाट उठेको करमा रजाइ गर्दै राज्यको नेतृत्व तहमा पुगेका व्यक्तिहरूको नाम भ्रष्टाचारमा मुछिने गरेको छ । दूध उम्लिएपछि पोखिन्छ भनेजस्तै अहिले नेपाल कम्युनिस्ट पार्टी पद, पैसा र लोभका कारण क्षतविक्षत भएको छ । ', 'जननिर्वाचित प्रधानमन्त्रीले साथीहरूले काम गर्न दिएनन् भन्दै संसद् विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेका छन् । जननिर्वाचित प्रधानमन्त्री काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तै नागरिकहरूका दःुख, पीडा र कष्टहरूलाई छाडेर मै खाऊँ मै लाऊँ सुखसयल वा मोज मै गरूँ, मै बाचूँ मै नाचूँ अरू सब मन् दुर्बलहरू भन्ने आसयको सोंच द्वारा निर्देसित भएको देखिन्छ । उनको यो कार्य पद, पैसा र लोलुपताको पराकाष्ठा हो । अति गरे खति हुन्छ भन्ने नेपाली लोकोक्ति नेपाल कम्युनिस्ट पार्टीले भोगेको छ । ', 'कन्प्युसियसले आपूले इज्जत पाउनका लागि अरूलाई इज्जत दिनुपर्ने धारणा राखेका छन् । गौतम बुद्घले मानिसलाई महान् बनाउने सदाचार र उच्च विचारले हो, भनेका छन् । महाकवि देवकोटाले मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन, भन्ने धारणा राखेका छन् । कन्प्युसियसले भनेझैं राज्यले जनताबाट इज्जत पाउन उनीहरूको विकासको चाहना पूरा गर्न सकेन । जनताबाट इज्जत पाउन सकेन । यसरी हेर्दा हाम्रो समाज, राजनीतिककर्मी, राज्यका संघसंस्थालगायत हेरक व्यक्तिमा सदाचार, सत्कर्म, नैतिकता एवं सेवाभावको क्षय हुँदै गएको देखिन्छ । यसो हुनमा मानिसमा त्यागको भावना हराउँदै जानु हो । लोभ, लालच र तृष्णाका पछाडि लाग्नु हो । ', 'मुलुकमा विधिको शासनको पालना गर्न राज्य सक्षम नभएकाले राजनीतिक संक्रमणको आडमा कालो धन आर्जन गर्नेहरूको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । राजनीतिक शक्तिको आडमा आप्ना दल वा गुटका कार्यकर्ताले गर्ने आर्थिक अनियमिताप्रति उच्च पदस्थ व्यक्तिहरूले आँखा चिम्लिनु नै भ्रष्टाचारलाई प्रश्रय दिनु हो । भ्रष्टहरूलाई कारबाही गर्नुको साटो भ्रष्टाचारीको मुद्दालाई राजनीतिकरण गर्ने जस्ता राजनीतिक दलका क्रियाकलापहरू नै देशमा समस्याहरू बढ्दै गएका छन् । ', 'लोभ, लालसा, भ्रष्टाचार मानव निर्मित समस्या हुन् । भ्रष्टाचार बढाउन, घटाउन, नियन्त्रणगर्न वा निराकरण गर्ने कुरा राज्य र नागरिकको इच्छाशक्तिमा निर्भर हुन्छ । विधिको शासनले आर्थिक अनियमितता एवं भ्रष्टाचारलाई नियन्त्रण गर्दछ । ट्रास्परेन्सी इन्टरनेसनलको तथ्यांकअनुसार भ्रष्टाचार नहुने देशहरूको सूचीको पहिलो नम्बरमा डेनमार्क छ । यसै गरी क्रमशः न्युजिल्यान्ड, फिनल्यान्ड, सिंगापुर एवं स्विडेनलगायतका देश पर्दछन् । यी राष्ट्रका राज्य प्रमुख, उच्चपदस्थ कर्मचारलगायत सचेत नागरिकले देश र जनताप्रति गर्नुपर्ने कर्तव्य र सामाजिक दायित्वप्रति इमानदार भएकोले भ्रष्टाचार नभएको हो । त्यहाँको राज्य नागरिकप्रति जवाफदेही भई विधिको शासनमा राज्य सञ्चालन गरेकाले समाजमा कालो धन कमाउनेहरू निरुत्साहित भएका हुन् । ', 'हाम्रो देशको भ्रष्टाचार दुरुपयोग निवारण आयोगमा बर्सेनि ÷ हजार भ्रष्टाचारसम्बन्धी उजुरीहरू पर्ने गरेता पनि भ्रष्टहरूलाई कारबाही भएको पाइँदैन । धन भनेपछि महादेवका त तीन नेत्र हुन्छन् भने मानिसहरूमा धनमोह हुनु अस्वाभाविक होइन । तथापि, अहिले समाजमा सबैभन्दा ठूलो धन भन्ने चिन्तनबाट ग्रसित भएकोल व्यक्ति, समाजको आत्मिक सुख क्षीण हुँदै गएको छ । सिंगो राष्ट्रको आर्थिक जीवन लथालिंग भएको छ । यसर्थ, को कसैले पनि धन आर्जनका लागि ठगी कार्य नगरांै । ', 'सदाचार, कल्याणकारी भावना, सादा जीवन, उच्च विचारलाई हरेक मानिसले अवलम्बन गरौं । आप्नो फाइदाका लागि भ्रष्टहरू खोज्दै हिँड्ने बानीको अन्त्य गरौं । भ्रष्टहरूलाई सामाजिक बहिष्कार गरांै । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले भनेजस्तै घुस लिन्या र दिन्या दुवै भ्रष्ट हुन् । दुवै देशका शत्रु हुन् भने झंै लोभ, लालच, तृष्णा एवं भ्रष्ट आचरण भएका हरेक मानिसहरू समाजका शत्रु हुन् । समस्याहरूका कारक तŒव हुन् । यसर्थ, मिहिनेतको कमाइमा रमाउने बानीको विकास गरौं । '] । 'पछिल्ला बर्षदेखि, ह्वावेले नेपालको आईसीटी उद्योगमा सेवा गर्दै आएको छ । सूचना र सञ्चार प्रविधि आईसीटी पूर्वाधार र स्मार्ट उपकरणहरूको विश्वाको एक अग्रणी प्रदायकको रूपमा, ह्वावे प्रत्येक व्यक्ति, घर, र संगठनको लागि पूर्ण कनेक्टेड, इन्टेलिगेन्ट संसारको लागि डिजिटल ल्याउन प्रतिबद्ध छौं । आर एन्ड डीमा दिगो र ठूलो लगानी ह्वावे प्रविधिको अग्रणी स्थानमा रहनुको मुख्य कारक हो । ह्वावेले भन्दा बढी देशहरूमा विश्वको तीन अर्ब भन्दा बढी जनसंख्यालाई जोडेको छ, नेपाल तिनीहरू मध्ये एक हो । ', 'नेपालमा टेलिकम अपरेटरहरूसँगको संयुक्त प्रयासबाट ह्वावेले // टेक्नोलोजी नेपालमा ल्यायो र देशभर हिमालयदेखि तराईसम्म कनेक्टिविटी पु-याएको छ । फाेरजी टेक्नोलोजीको साथसाथै नेपालले विगतका वर्षहरूमा उच्च गुण र वेगका साथ इन्टरनेटको प्रयोगमा ठूलो बृद्धि देखेको छ । यस टेक्नोलोजीले संचार क्षेत्रका लागि मात्र नभई ईकमर्स, अनलाइन शिक्षा, डिजिटल फाइनान्स, अनलाइन भिडियो स्ट्रिमिङ, अनलाईन सोसल नेटवर्किङ र समग्र सामाजिक आर्थिक क्षेत्रलाई फाइदा पु-याउने अन्य अनलाइन गतिविधिहरूका लागि पनि देशलाई प्रगतिशील बनाएको छ । ', 'कनेक्टिविटी निर्माणका साथै ह्वावेको आईसीटी टेक्नोलोजी र इकोसिस्टमले सरकारदेखी लिएर वित्तीय संस्था, एयरलाइन्स, इन्टरनेट सेवा प्रदायक, मिडिया आदिमा जस्ता विभिन्न क्षेत्रका संगठनहरूलाई मद्दत गरिरहेको छ । यसले आईसीटी टेक्नोलोजी प्रयोग गरेर आन्तरिक दक्षता, र उनीहरुको सेवाहरू अधिक सुविधाजनक, सजिलो, र द्रुत प्रसंस्करण बनाई डिजिटल रूपान्तरणको प्रगतिलाई गति दिन मद्दत गरेको छ । । उपभोक्ता व्यवसायमा ह्वावे नेपालको बजारमा सब भन्दा मनपर्ने स्मार्टफोन र स्मार्ट उपकरण ब्रान्ड हो । ह्वावे स्मार्टफोनहरू नेपालमा सबै क्षेत्रका मानिसहरूले व्यापक रूपमा प्रयोग गर्दछन् जसले उनीहरूको जीवनलाई बढी सुविधाजनक बनाईरहेको छ । ', 'ह्वावेले नेपालमा सधैं हाम्रो कर्पोरेट सामाजिक उत्तरदायित्वको कदर गर्दछ । हामीले गत बर्षदेखि नेपालमा दस हजार भन्दा बढी आईसीटी प्रतिभा विकास गर्न सफल भएका छौं । ह्वावे नेपालमा अनुभवी धेरै प्रतिभाहरू अहिले शीर्ष टेलिकम अपरेटरहरू, सरकारी परियोजनाहरू र नेपालका आईटी क्षेत्रहरूमा काम गरिरहेका छन् । ह्वावे नेपाल उत्कृष्ट प्रतिभाको लागि एक आकर्षक संस्था भएको छ, र महत्वाकांक्षी टेक्नोफाईलहरूका लागि अन्तर्राष्ट्रिय टेक्नोलोजी क्षेत्रको प्रवेशद्वार बनेको छ । ', ' को महा भूकम्प, र मा तराई क्षेत्रको बाढी र आँधी जस्ता प्राकृतिक प्रकोपहरूमा पनि निरन्तर काम र प्रयासबाट ह्वावे नेपालको समर्पण झल्किन्छ । को भूकम्पमा ह्वावेले टेलिकमलाई ठीक गर्न वास्तवमै छिटो काम गरेर सञ्चार प्रणाली र उद्धार सञ्चालनमा मद्दत ग-यो । हामीले सगरमाथा बेस क्याम्पमा वायरलेस बेस स्टेशन साइट निर्माण गर्न टेलिकम अपरेटरहरूलाई पनि मद्दत ग-यौं, जसले सञ्चार ब्लाइन्ड स्पटलाई बाहिरी विश्वमा पूर्ण रूपमा कनेक्ट गर्न मद्दत ग-यो । कोभिड महामारीको बेला पनि, द्धन्रछन् टोली नेटवर्क को सहज संचालन सुनिश्चित गर्न दूरसंचार अपरेटरहरु संग रह्यो । ', ' मा कोभिड को अचानक प्रकोपले हामी सबैलाई अपरिवर्तनीय र अन्धाधुन्ध प्रभाव पार्यो र हामी बाँचिरहेको संसारलाई सदाका लागि परिवर्तन गर्यो । / मोबाइल ब्रोडब्यान्ड नेटवर्क कभरेज, डाटा सेन्टर, क्लाउड प्लेटफर्म र अन्य मजबूत आईसीटी पूर्वाधारले महामारी लड्न टेली मेडिसिन र अनलाइन भाइरस सम्पर्क ट्र्याकिंग जस्ता डिजिटल विधिलाई मात्र नभई डिजिटल अर्थव्यवस्थालाई अर्थतन्त्र सुधारको लागि एक प्लेटफर्म निर्माण गर्न सक्षम गर्दछ । ', 'महामारीपछि नेपालमा इन्टरनेटको डाटा उपभोग दिनदिनै बृद्धि भएको छ । धेरै भन्दा धेरै मानिसहरू घरबाट काम र घरबाट अध्ययन गर्ने ढाँचामा लागिरहेको हुँदा दिनको समयमा अनलाइन गतिविधिहरू पनि बढेको छ । यद्यपि, विशेष गरी ग्रामीण क्षेत्रमा, कमजोर इन्टर्नेट ब्रोडब्यान्ड कभरेजका कारण अनलाइन प्लेटफर्म प्रयोग गर्नका लागि मानिसहरुको संख्या सीमित छ । काठमाडौं, पोखरा, बुटवल, चितवन जस्ता प्रमुख शहरहरू बाहेक नेपालका अधिकांश दुर्गम भागहरू अझै पनि ब्रोडब्यान्ड कनेक्टिभिटीले कभर गरिएको छैन जसले जनताको दैनिक जीवन र आर्थिक क्रियाकलापहरूलाई असर गरिरहेको छ । ', 'सरकारले स्कूलहरूलाई डिजिटल शिक्षाका लागि सुझाव पनि दिएको छ तर ग्रामीण क्षेत्रमा कनेक्टिविटीको अभावका कारण विद्यार्थीहरू महिनौंसम्म शिक्षाबाट वञ्चित छन् । नेपाल सरकारले यो सुझाव पनि दिएको छ, “डिजिटल नेपालको सोच केवल प्रमुख शहरहरूलाई इन्टरनेट सेवा प्रदान गर्ने मात्र होइन तर ग्रामीण क्षेत्रमा पनि यसलाई सुलभ बनाउने बारेमा हो । “ तसर्थ, हामी सबैले सबै मानिसहरुमा ब्रोडब्याण्ड कनेक्टिविटी ल्याउने दिशामा सँगै काम गर्नु पर्छ, विशेष गरी महामारी पछि, ताकि सबैले डिजिटल संसार र डिजिटल एप्लिकसन जस्तै ईकमर्स, अनलाइन शिक्षा, डिजिटल फाइनान्स, अनलाइन भिडियो स्ट्रिमिङ, र अनलाइन सामाजिक नेटवर्किंगबाट लाभान्वित हुन सक्दछ । ', 'कनेक्टिविटीको बृद्धिले जनसंख्याको विशाल बहुमतलाई असर गर्ने डाटाको उपयोगमा उल्लेखनीय वृद्धि हुनेछ । यद्यपि कनेक्टिविटीको सहज र राम्रो प्रदर्शन, डाटाको बहाव र आईटी स्रोतको मागको लागि आईसीटी पूर्वाधार र डाटा सेन्टरको आवश्यक पर्नेछ । यसले व्यावासायिक अवसरहरू प्रदान गर्न र डिजिटल अर्थव्यवस्था बजारलाई बढावा गर्न मद्दत गर्दछ । शहरको केन्द्रबाट ग्रामीण क्षेत्रहरुमा कनेक्टिविटीले डाटा ट्राफिकको ग्राफ बदल्छ । निश्चित रूपमा यसले डाटा सेन्टर अवधारणाको तीव्र वृद्धिमा प्रभाव पार्नेछ । डाटा प्रवाहको कनेक्टिविटी र बृद्धिसँगै, अन्य आईसीटी सेटअपको साथ डाटा सेन्टरको आवश्यकताहरूमा वृद्धि हुनेछ । देशका विभिन्न भागहरूमा डाटा सेन्टरहरू निर्माण गर्दा सुरक्षित र सहज रूपमा कनेक्ट गर्न मद्दत गर्दछ । ', 'हामी मान्दछौं, देशभरि कनेक्टिविटी बृद्धिसँगै धेरै सरकारी र सहयोगी कार्यालयहरूले शहरका केन्द्रहरूमा भर पर्नु पर्दैन । कनेक्टिविटीको ब्रिद्धीले उनीहरूलाई समग्र देशमा उनीहरूका कार्यालयहरू निर्माण गर्ने सुविधा प्रदान गर्दछ । दुबै सरकारी र निजी संस्थाहरूमा आईसीटी पूर्वाधारको बृद्धिसँगै डाटा सेन्टरको निर्माण गर्नुपर्नेछ । त्यस्तै, नेपालका छिमेकी देशहरुबाट अन्तर्राष्ट्रिय ब्यान्डविथ कनेक्टिभिटी बढ्न थालेपछी यस क्षेत्रबाट डाटा फ्लो पनि बढ्ने छ । तसर्थ, डाटाबेस सेन्टरको साथै अन्य पूर्वाधारहरूको आवश्यकता एक प्रमुख आवश्यकता हुनेछ ।